• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
२७ पुस, साउदी अरब।
नेपाल र साउदी अरबबीच हुने श्रम सम्झौताका विषयमा छलफल गर्न श्रम सचिव रामकुमार आचार्यको नेतृत्वमा तीन सदस्यीय प्राविधिक टोली आइतबार राति रियाद आइपुगेको छ ।

टोलीमा परराष्ट्र मन्त्रालयका सहसचिव रमेशप्रसाद खनाल र श्रम तथा रोजगार मन्त्रालयका सहसचिव गोविन्दमणि भुर्तेल पनि छन्। साउदी सरकारको निमन्त्रणामा टोली रियाद आएको हो ।


टोलीले साउदीको श्रम सचिवस्तरीय प्राविधिक टोलीसँग छलफल गर्ने साउदीका लागि कार्यवाहक नेपाली राजदूत आनन्दप्रसाद शर्माले जानकारी दिए । श्रम सचिवस्तरीय वार्तामा मूलतः प्रस्तावित श्रम सम्झौता, साधारण कामदार र घरेलु महिला कामदार लगायतका विषयमा छलफल हुने बताइएको छ । दुबै देशका प्राविधिक टोलीको छलफलपछि श्रम सम्झौताको अन्तिम खाका तयार गरिने र श्रम सम्झौताको मिति तय गरिने कार्यक्रम रहेको छ ।

नेपाली कामदारका लागि ठूलो श्रम बजारका रुपमा लिइएको साउदी अरबसँग लामो समयदेखि श्रम सम्झौता हुन नसक्दा नेपाली कामदारहरुले सम्झौता अनुसारको काम नपाउने, तोकिएको अवधिभन्दा बढी काम गर्नुपर्ने, करार अवधि सकिए पनि स्वदेश फर्कन नपाउने, श्रम शोषण, मानसिक तथा शारीरिक यातना भोग्नुपर्नेलगायतका समस्या झेल्नु परिरहेको छ ।

त्यस्तै कामदारको मृत्यु भएको खण्डमा साउदीबाट शव फिर्ता गर्न न्यूनतम तीन महिना लाग्ने लगायतका समस्याले नेपाली कामदार मर्कामा पर्ने गरेका छन् । पछिल्लो समय नेपाली कामदारका लागि साउदी अरब आकर्षक गन्तव्य मुलुक बनेको छ ।nepaliheadlines
काठमाडौं: 'सिमसिमे पानीमा' बोलको  गीत गाएर चर्चित भएकी गायिका रेखा शाह ठगी अभियोगमा पक्राउ परेकी छन् ।

धम्की दिएको अभियोगमा उनलाई आइतबार राति महानगरीय प्रहरी परिसरले हिरासतमा लिएको हो ।


क्यासिनोमा जुवा खेलाउनका लागि शाह दम्पत्तीले एक व्यक्तिलाई लगानी गरेको रकम उठाउनका लागि धम्की दिएको अभियोगमा प्रहरीले उनीहरुलाई हिरासतमा लिएको हो।

धम्की दिएको बारेमा बोलाएर महानगरीय प्रहरी परिसरमा पुगेका साह दम्पत्तीले परिसर प्रमुख एसएसपी विक्रमसिंह थापालाई धम्की दिएपछि दुबैजनालाई प्रहरीले हिरासतमा राखेको हो।

ब्याज तिर्ने शर्तमा क्यासिनो खेल्न काठमाडौंकै सन्दीपराज काफ्लेले लगेको रकम नतिरी उनी बेपत्ता भएपछि साह दम्पत्तीले उनका बाबु सुबासराजलाई रकम तिर्न दबाब दिँदै धम्यक्याएको आरोप लागेको छ।

सन्दीपले साह दम्पत्तीबाट क्यासिनो खेल्नका लागि करिब ७३ रुपैयाँ लगेको प्रहरी स्रोतको भनाइ छ।
annapurnapost
काठमाडौं, २७ पुस । सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले केपी ओली नेतृत्वको वर्तमान सरकारलाई उल्लुको संज्ञा दिएका छन् ।
सोमबार राजधानीमा मधेसी पत्रकार समाजले दिल्लीमा रहेका अध्यक्ष महतोसँग टेलिफोनमार्फत आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा उनले भने– ‘अहिलेको सरकार उल्लु (लाटोकोसेरो)को झुण्ड जस्तो छ, जसले मधेसमा भइरहेको आन्दोलन देखेको छैन ।’
मधेश झण्डै पाँच महिनादेखि बन्द हुँदा पनि ओली सरकार अन्धो जस्तो गरेर बसिरहेका भन्दै महतोले यो अवस्था देशको लागि हानिकारक भएको चेतावनी दिए । मधेसीहरु देशभित्र अधिकार खोजिरहेका छन् तर, सरकारले मधेसको आवाज बन्दुकले जबर्जस्त दवाउन खोजेको उनको आरोप छ । उनले मधेसीहरु आफ्नो अधिकार माग्दा भारतीय देख्ने नजर पहिला परिवर्तन गर्नुपर्ने बताए ।
आफूले अहिले दिल्लीमा भारतका विभिन्न नेताहरुसँग भेट्ने क्रम जारी भन्दै महतोले मधेसका समस्या समाधान दिल्लीले गर्न ओली सरकारलाई सुझाव दिएको पाएको बताए । ‘मधेस आन्दोलन दिल्लीको हो भन्नेहरु केही समयपछि दिल्ली आउँदैछ आफ्नो दरबारमा लम्पसार पर्न,’ प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणलाई लक्षित गर्दै अध्यक्ष महतो भने- ‘अब भारत परास्त को हुन् भने कुरा केही समयपछि थाहा हुन्छ ।’
म केही सातापछि नेपाल फर्किन्छु र मधेसको समस्या समाधान नहुनजेल नाकामा फेरी धर्ना बस्छु अध्यक्ष महतो थपे, मधेशको माग पुरा नभएसम्म नाकाबन्दी खुल्दैन, हामी वारपारको लडाइँमा छौँ ।
नेपाल फर्केपछि काठमाडौंमा रहनु भएको मधेसी शीर्ष नेताहरुलाई बोलाएर फेरी नाकामा बस्छौँ । सरकारले वार्ताको नाटक मात्र गरिरहेका छन्, । अब मधेसका नागरिक सरकारसँग नगदमा कारोबार गर्छ, उदारो होइन ।
अध्यक्ष महतोले मधेस कसैको उपनिवेश होइन, त्यो कुरा ओली सरकारले बुझ्नुपर्ने बताए । उनले वर्तमान संविधान संशोधनलाई आफूहरुले स्वीकार गर्न नसक्ने पनि बताए ।
dainiknepal
महोत्तरी । महोत्तरीको बर्दिवास नगरपालिका २ का ३५ बर्षीय रामपृत सदा मुसहरको एउटा सानो झुप्डी छ । जहाँ उनका ६ जना परिवारका सदस्यहरु रात विताउँछन् ।
पुस माघको लुगलुग कापने कठ्याङग्रीदो जाडोमा न्यानो ओड्ने औछ्याउनेको अभावमा सदाका परिवारका सदस्यहरु महिनौ दिनदेखि मस्तले निदाउन सकेका छैन । परिवारका सदस्यलाई आर्थिक अभावले बढ्दो जाडोमा न्यानो लुगा किनीदिन सकेका छैन । उनको झुपडी बाहेकको अरु जग्गा जमिन छैन । दिनभरी जंगल गएर ल्याएको दाउरा बिक्री गरेर आएको रुपैंयाले रामपृतको चुलोमा राति आगो बल्छ । जुन दिन जंगलबाट दाउरा ल्याउन सक्दैन वा जंगलबाट ल्याएको दाउरा बिक्री हुदैंन त्यो दिने दिन राति चुल्हो बल्न मुसकिल नै पर्छ ।
मधेशी दलित समुदायका सदा मुसहर बस्तीको एउटा प्रतिनिधी पात्र मात्र हुन् । उनी जस्ता त्यस बस्तिका करिब ६० घरधुरीका ४२० जना मानिसहरु चिसो संगै चलेको शितलको कारणले रातभरी जाग्राम बसेर भगवान्को भरमा रात बिताउदै आएका छन् । यसरी जीवन बिताउन बाध्य भएपनि मुसहर समुदायका मानिसहरु कसैलाई भन्न आँट गर्दैन । जाडोसंग उनीहरु साइनो नै गाँसेको देखिन्छ ।

मुसहरहरुको जीवन नियाल्न केही दिन अघि नेपालका हाँस्य कालाकार धुर्मुश र सुन्तली पुगेका थिए । मुसहरहरुको घर घर पसेर उनीहरुको जीवन नियाल्दा धुर्मुश र सुन्तली भावुक बनेका थिए । कालाकारद्वयले मुसहरु समुदायका मानिसहरुसंग उनीहरुका दिन चर्या कसरी चलिरहेको बारेमा करिब २ घण्टा सम्म कुराकानी गरेका थिए ।
उनीहरु मुसहरका बालबालिकाहरुको अवस्था हेर्दा निकै चिन्तित बनेका थिए । जब मुसहर बस्तिमा हास्यकालाकार धुर्मुश र सुन्तली पुग्दा गाउँ भरीका मानिसहरु जम्मा भएका थिए । उनीहरुले कालाकारले हसाउने सोचेका थिए । तर त्यहाँ हास्यकालकार नै भावुक बनेपछि गाउँका मानिसहरु कानेखुशी गर्न थालेका थिए । घर छेउमै एक सय मिटरको दुरीमा जनता मावि छन् । त्या अन्य ठाउँका बालबालिका पढ्न आउँछन् । तर मुसहर बस्तिका बालबालिका विद्यालय पढ्न जान सकेका छैन । मुसहर समुदायका केटाकेटीहरू घर छेउमै विद्यालय भएपनि थोरै बालबालिका मात्रै विद्यालय जान्छन् ।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत महोत्तरीको बर्दिबास चोक भन्दा दुई किलोमिटर दक्षिण पर्ने मुसहर बस्ती पर्दछ । करिब ४२० जना मुसहरहरुको बसोबास यस बस्तिमा छ । पुरुषको तुलनमा मुसहर बस्तीमा अलि महिलाहरुको संख्या बढी नै छ । महिला २१५, पुरुष २०५ र १ देखि १५ बर्षका १५० जना बालबालिकाहरु यस बस्तीमा छन् । बस्तीकै छेउमा प्राथमिक तहदेखि स्नातकसम्मको अध्यापन गराइने जनता उच्च मावि तथा बहुमुखी क्याम्पस पनि छ । बस्तीबाट विद्यालय पुग्न दुई मिनेट पनि लाग्दैन । तर, मुसहर टोलका अधिकांश बालबालिका विद्यालय जाँदैनन् । यो टोलमा विद्यालय जाने उमेरका झण्डै १२० जना बालबालिका भए पनि मुस्किलले पाँच सात जना बच्चाबुची विद्यालय जाने गरेका छैन ।

राजमार्गसँगै जोडिएको यो मुसहर बस्ति सुगम ठाउँमा भएर पनि बर्दिबासको यो बस्तीका मुसहर समुदायमा अझै पनि पढ्नु पर्छ भन्ने उनीहरुमा चेतनाको खाँचो देखिन्छ । यहाँका मुसहर बर्दिबासका सबै भन्दा पुराना बासिन्दा हुन् । उनीहरूकै बाउ बाजेले जङ्गल फँडानी गरेर बर्दिबासमा बस्ती बसाएको जानकारहरू बताउँछन् । तर, उनीहरु कसैको पनि एउटा झुपडी अट्ने भन्दा धेरै जमिन छैन । अंधिकासको त्यो पनि ऐलानीमै घर छ ।
यो सिङ्गो बस्तीका एक किशोर बाहेक सबैलाई ‘कालो अक्षर भैँसी बराबर’ भने जस्तै छ । सिङ्गो मुसहर बस्तीमा १८ वर्षीय किशोर मञ्जय सदा मात्रै साक्षर छन् । लक्ष्मी सदाको छोरा मञ्जय आफ्नो घरनजिकैको जनता उच्च माविमा कक्षा ११ मा वाणिज्य संकायमा पढै्छन् । मञ्जय बाहेक यो सिङ्गो बस्तीमा अक्षर चिन्ने धेरै कम छ । मञ्जयको प्रभावले बस्तीका पाँच–सात जना बालबालिका महिनामा दुई–चार दिन विद्यालय त जान्छन् तर, कसैले पनि साउँ अक्षर खुट्याउनसम्म जानेका छैनन् ।

गरिबी र चेतनाको अभावले आक्रान्त मुसहर बस्तीमा सरकारी तथा गैर सरकारी निकायले शैक्षिक जागरण ल्याउन धेरै अभियानहरू चलाए । तर, ती सबै अभियानहरुले निरन्तरता नपाउँदा बालुवामा पानी हाले जस्तै भएको सो बस्ति वरिपरिका बासिन्दाहरु बताउँछन् । अर्काको बनीबुतो, जंगलबाटल दाउरो ल्गाएर बजारमा बिक्री गर्ने र ज्याला मजदुरी गरेर बिहान बेलुकाको छाक टार्ने दलित बस्तीका अधिकांश अभिभावकका ४–५ जना बालबालिका छन् ।
आफ्ना ६ जना छोराछोरी भए पनि कसैलाई पढन् नपठाएको बताउँछन् सबत सदा । विद्यालय जाने उमेरका तीन छोरा र तीन छोरी भए पनि उनीहरु कसैलाई सबतले बिद्यालयमा भर्ना गरेका छैनन् । ‘घरमा खाने छैन, के ले पढाउनु । हामीले त पढेनौँ अब छोराछोरीलाई किन पढाउनु प¥यो,’ सबतले भने । बालबालिकाले पनि आफूलाई ज्याला मजदुरी र बनिबुतो गर्न सघाउने गरेको उनको भनाइ छ ।
जन्मान्तरको लागि परिवार नियोजनको गर्नुपर्छ भन्ने जानकारी पनि मुसहर बस्तिमा सन्देश पुगेको छैन । परिवार नियोजन गर्नुपर्ने सन्देशको खाँचो यहाँका महिला पुरुषलाई छ । मुसहरहरुको सानो बस्तिमा बर्सोनी जन्मिने बाच्चाहरुको संख्या बढ्दा बस्ती बाल बगैँचा झैँ भएको छ । सो बस्तिका रामपृत सदाको पनि दुई छोरा र दुई छोरी सहित चार जना सन्तान छन् । यद्यपी मुसहरहरु आ–आफ्ना बालबालिकाहरुको जन्म दर्ता समेत गराउँदैनन् । सरकारी अस्पतालबाट निःशुल्क उपचार र औषधी उपलब्ध भएपनि टिकट काट्ने पैसाको अभावमा सेवा पाउनबाट बञ्चित हुनुपरेको बताउँछन् रामपृत सदा । सरसफाईको अभावमा उनिहरु विरामी परिरहन्छन् ।

चेतनाको अभावका कारण मुसहर बस्तिमा बालविवाह हुने गरेको छ । सो बस्तिका रंजु सदालाई आफू कति बर्षको हुँ भन्न सक्दैन । तर उनले आफ्नो काँखमा ४ महिनाको मुसकुराउँदै गरेकी छोरी खेलाउँदै गरेको छिन् । झट् हेर्दा उनको उमेर १३–१४ बर्ष भन्दा बढि भएको छैन । उनी जस्ता धेरै बालिकाहरुको २० बर्ष नपुग्दै कलिलो उमेरमै विवाह अभिभावकहरुले गरिदिने गरेका छन् ।
धुर्मुश र सुन्तली मुसहर बस्तीको यी यावत कुरा सुनेपछि मुसहर बस्तिका बालबालिकाहरु किन गाउँ छेउमै रहेको स्कूलमा किन पढ्न गइरहेका छैन्न भनेर जनता उच्च मावि बर्दिवासमा पुगेका थिए । हास्यकालाकार धुर्मुश र सुन्तलीले विद्यालयका सहायक प्रधानाध्यापक दिलिप तिवारीसंग भेट्न पुगेका थिए ।
बार्तालापका क्रममा सहायक प्रअ तिवारीले आफूहरूले जति नै गर्दा पनि विद्यालय नजिकैको मुसहर बस्तीमा पढ्नुपर्छ भन्ने चेतनाको विकास हुन नसकेको बताए । ‘हामी बर्सोनी नयाँ शैक्षिक सत्रको शुरुमा मुसहर बस्तीलाई केन्द्रित गरेर विद्यार्थी भर्ना अभियान चलाउँछौ’, तिवारीले भने ‘तर एउटा बालक मञ्जय बाहेक सिङ्गो मुसहर बस्तीमा अभियानको कुनै प्रभाव पर्न सकेको छैन ।’
विद्यार्थी भर्ना अभियानको क्रममा शिक्षक शिक्षिकाले धेरै करकाप गरेपछि कतिपय अभिभावकले आफ्ना बालबालिकालाई विद्यालयमा भर्नासम्म गर्ने गरेका छन् । अहिले पनि विद्यालयको भर्ना रजिष्टरमा धेरै बालबालिकाहरुको नाम छ तर, भर्ना भएको भोलिपल्ट देखि नै उनीहरु विद्यालय आउदैन । कतिपय अभिभावकले सरकारले दिने छात्रबृतिको रकम लिनको लागि मात्रै भए पनि आफ्ना बालबालिकालाई बिद्यालयमा भर्ना गर्ने गरेका शिक्षक तिवारीले बताए ।
धेरैलाई त विद्यालयमा पढ्ने दलित बालबालिकालाई सरकारले छात्रबृतिको रकम दिन्छ भन्नेसम्म पनि थाहा छैन । अभिभावकमै पढ्नु पर्छ भन्ने चेतना छैन, हामीले मात्र पढ्नु पर्छ भनेर कति कर गर्नु, शिक्षक तिवारीले प्रति प्रश्न गरे ।
धुर्मुश र सुन्तलीले एकै स्वरमा साहेक प्रअ तिवारीलाई भने, ‘मुसहर बस्तीको बालबालिकाहरुलाई कसरी शिक्षा प्रदान गर्ने तपाईहरुको पनि जिम्मेवारी हो । मुसहरका बालबालिकाहरु पनि पढ्न यो विद्यालय संचालन गरिएको हो । त्यसैले भर्ना अभियानमा मात्र होइन अन्य समयमा बालबालिका अभिभावक र यिनका सरोकारवालाहरुलाई मुसहर बस्तिको सुधारको लागि के गर्नु पर्छ अब’ भन्दै हास्यकालकार विद्यालयबाट फर्किएका थिए ।

यो मुसहर बस्तीमा धेरै गैरसरकारी क्रियाशील छन् । न्यून आय भएका मुसहर समुदायको आयआर्जन बढाउने र उनीहरूको शैक्षिक चेतना जगाउने नाममा यो बस्तीमा गैससले बर्सोनी लाखौँ रुपियाँ खर्च गर्ने गरेका छन् । तर, त्यसको उपलव्धी भने शून्य जस्तै छ । बर्दिबास गाविसलाई दश महिना अघि नै खुल्ला दिशा मुक्तक्षेत्र घोषणा गरिए पनि साविकको बर्दिबास गाविस भित्रकै यो बस्तीका अधिकांश घरमा शौचालयको सुविधा छैन । कतिपय घरमा गाविस कार्यालय र विभिन्न गैरसरकारी संस्थाहरूले खुल्ला दिशा मुक्त क्षेत्र घोषणाताका काम चलाउ खालको शौचालय निर्माण गरिदिएका भए पनि सम्बन्धित परिवारले त्यसको प्रयोग नगरी खुल्ला ठाउँमा दिशा पिसाब गर्दै आएका छन् । पानीको अभावमा धेरैले चर्पि प्रयोग नगरेको बसितमा मनयज सदा बताउछन् ।
उनीहरुको घर घरमा खानेपानीको धारा स्टेन्ड बनाइएको छ । मुसहर बस्तिमा खानेपानी पु¥यान स्टेन्ड बनाइयो तर त्यहाँबाट अहिले सम्म पानी झरेको छैन । ४२० जनाका लागि मुसहर बस्तिका मानिसहरु बस्ति भन्दा टाढा रहेका सार्वजनीक पानी टयांकीमा घण्टौं लामबद्ध भएर पानी भर्ने गरेका छन् ।
मुसहर बस्ति अवलोकन गरेर फर्किएपछि हास्यकालाकार धुर्मुश र सुन्तलीले मुसहर बस्तिको एकिकृत विकासको लागि आफुहरु पनि लाग्ने बताए । साथै यस बस्तिको विकासको लागि सरोकारावालाहरुलाई सहयोग गर्न सार्वजनिक रुपमा उनीहरुले अपिल गरेका छन् ।
dainiknepal
दैनिक ८ गिलास पानी पिउने दैनिक साग खाने खानामा सलाद समावेश गर्ने टुसा उम्रेका अनाज खाने बिहान उठ्नेबित्तिकै एक

गिलास मनतातो पानीमा कागतीको रस राखेर पिउने मौसमअनुसारका फलफूल खाने चिसो पेयपदार्थ नपिउने चिया÷कफी धेरै नपिउने रेसायुक्त तरकारी खाने
नुन कम खाने बढी गुलियो नखाने तारेको र डढेको नखाने तरकारीको बोक्रा नफाल्ने भुटेको भटमास, मकै, चना खाने रातीको खाना ७ बजेभन्दा ढिलो नखाने खाना
खानेबित्तिकै नसुत्ने चाँडै सुत्ने र चाँडै उठ्ने ८ घण्टा मस्त सुत्ने रक्सी, चुरोट र सूर्ति सेवन नगर्ने बिहान कम्तिमा ३० मिनेट हिड्ने, व्यायाम गर्ने तनावमा काम नगर्ने सुख/दुःख सेयर
गर्ने बिदाको दिन परिवारसहित घुमफिर गर्ने प्रार्थना, पुजापाठ गर्ने जंकफुड, फास्टफुड सेवन नगर्ने बेलाबेलामा मनोरञ्जन गर्ने हरेक कुरामा चित्त बुझाउने धेरै नमोटाउने ६/६
 महिनामा शरीर चेकअप गराउने ३/३ महिनामा ब्लडप्रेसर जाँच्ने यौन जीवन सक्रिय राख्ने
दिनहुँ एकपटक मजाले हाँस्ने आफूलाई कमजोर नसम्झने सकारात्मक सोचाई राख्ने ध्यान गर्ने डा. विपलव सापकोटा
२७ पुस, काठमाडौं ।

मधेसी मोर्चाको कार्यदलमा नबसेका सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो मधेसी दबाट पनि क्रमशः बहिष्कृत हुँदै गएका छन् ।

मधेस आन्दोलनको सबैभन्दा उग्र देखिएका महतो मधेसी दल र नेताहरुबाट नै बहिष्कृत भएका छन् । २०७२ पुस ११ गते विराटनगर जोगबनीको नाकामा धर्ना बस्ने क्रममा घाइते भएपछि उनलाई कुनै पनि मधेसी दलका नेताले सान्त्वना दिनसमेत अस्पतालमा गएनन् ।

समग्र जनताबाट बहिष्कृष्त हुँदै आएका उनी पछिल्लोपटक आफ्ना मधेसी नेता र दलहरुबाट पनि बहिष्कृतका पात्र बन्दै गएका छन् ।

जुन आन्दोलन मधेसी मोर्चाले आयोजना गरेको थियो त्यही आन्दोलनमा उत्रदा महतोले कुटाई खाएपछि त मधेसी दलका उच्च नेताहरुले स्वास्थ्यको जानकारी लिने सामान्य शिष्टाचार पनि राखेनन् ।

प्रहरीको कुटाई खाएर घाइते भएपछि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गरेका उनीलाई त्यहाँ भेट्न उनी सम्मिलित मोर्चा कुनै पनि नेता कार्यकर्ता गएनन् ।

यसरी क्रमशः बहिष्कृत भएका महतो पछिल्लो पटक तीन दलसँग वार्ता गर्नको लागि बनेको मोर्चाको कार्यदलबाट नै बहिष्कृष्त भए । यता राजेन्द्र महतोका भतिजा उपेन्द्र महतोले फेसबुकबाट मधेसी मोर्चाका अन्य नेताको चरित्रहत्या गर्ने काम गरेको भन्दै मोर्चाभित्रै यो विषयले प्रवेश पाएको छ ।



राजेन्द्र महतो मन्त्री हुन्जेल सधैं पिए भएका र काठमाडौंमा ७ करोडको सम्पत्ति जोडेको भनेर सद्भावनाभित्रै चर्चामा रहेका उपेन्द्रले फेसबुकबाट महन्थ ठाकुर र उपेन्द्र यादवविरुद्ध प्रचार गरिरहेका छन् ।

उपेन्द्र यादव पक्ष राजेन्द महताले सस्तो लोकप्रियताको लागि नौटंकी गरेको भन्दै असन्तुष्ट छन् । अब मधेसमा महतोविरुद्ध भण्डाफोर गर्ने उनीहरुको तयारी छ । साँघुसाप्ताहिकमा खबर छ  ।nepaliheadlines
काठमाडौं, २७ पुस । मधेसी मोर्चाले मधेस आन्दोलनमा उठाएका ११ बुँदे मागका विषयमा छलफल गर्दै आएको छ सदस्यीय कार्यदलको बैठक आज पनि बस्दैछ ।
दिउँसो सिंहदरबारमा बस्ने बैठकमा ११ बुँदाका विषयमा दफावार छलफल हुने तराई मधेस सद्भावना पार्टीका वरिष्ठ नेता तथा कार्यदलका सदस्य रामनरेश राय यादवले जानकारी दिनुभयो । बैठक १ बजेपछि बस्ने कार्यक्रम छ ।
सीमाङ्कनसहितका माग उठाएको मधेसी मोर्चाले सो विषयमा कार्यदलस्तरमा छलफल गर्दै आएको छ ।
कार्यदलमा भएका सम्वाद र छलफलहरू सकारात्मक रुपमा अगाडि बढेको नेता रायले बताउनुभयो । ‘छलफलहरू चलिरहेको छ’, उहाँले भन्नुभयो, ‘ठोस सहमति भइसकेको छैन । छिट्टै सहमति खोज्ने प्रयासमा छौँ ।’
dainiknepal
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Aug 24 (6)
  • Aug 23 (1)
  • Aug 19 (1)
  • Aug 18 (19)
  • Aug 17 (17)
  • Aug 16 (24)
  • Jan 24 (18)
  • Jan 23 (27)
  • Jan 22 (32)
  • Jan 21 (35)
  • Jan 20 (35)
  • Jan 19 (34)
  • Jan 18 (40)
  • Jan 17 (45)
  • Jan 16 (27)
  • Jan 15 (29)
  • Jan 14 (35)
  • Jan 13 (40)
  • Jan 12 (32)
  • Jan 11 (39)
  • Jan 10 (31)
  • Jan 09 (23)
  • Jan 08 (31)
  • Jan 07 (30)
  • Jan 06 (39)
  • Jan 05 (34)
  • Jan 04 (39)
  • Jan 03 (43)
  • Jan 02 (47)
  • Jan 01 (31)
  • Dec 31 (34)
  • Dec 30 (36)
  • Dec 29 (43)
  • Dec 28 (33)
  • Dec 27 (27)
  • Dec 26 (38)
  • Dec 25 (33)
  • Dec 24 (38)
  • Dec 23 (44)
  • Dec 22 (39)
  • Dec 21 (37)
  • Dec 20 (40)
  • Dec 19 (31)
  • Dec 18 (47)
  • Dec 17 (30)
  • Dec 16 (16)
  • Dec 15 (42)
  • Dec 14 (30)
  • Dec 13 (32)
  • Dec 12 (35)
  • Dec 11 (42)
  • Dec 10 (26)
  • Dec 09 (31)
  • Dec 08 (15)
  • Dec 07 (37)
  • Dec 06 (30)
  • Dec 05 (34)
  • Dec 04 (32)
  • Dec 03 (33)
  • Dec 02 (36)
  • Dec 01 (37)
  • Nov 30 (48)
  • Nov 29 (28)
  • Nov 28 (35)
  • Nov 27 (35)
  • Nov 26 (47)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (27)
  • Nov 22 (32)
  • Nov 21 (43)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (22)
  • Nov 17 (29)
  • Nov 16 (32)
  • Nov 15 (25)
  • Nov 14 (28)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (42)
  • Nov 09 (22)
  • Nov 08 (40)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (42)
  • Nov 01 (44)
  • Oct 31 (29)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (47)
  • Oct 27 (32)
  • Oct 26 (39)
  • Oct 25 (35)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (22)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (31)
  • Oct 02 (29)
  • Oct 01 (29)
  • Sep 30 (29)
  • Sep 29 (24)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (26)
  • Sep 25 (27)
  • Sep 24 (18)
  • Sep 23 (15)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (26)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (12)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (19)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (22)
  • Sep 07 (22)
  • Sep 06 (26)
  • Sep 05 (18)
  • Sep 04 (23)
  • Sep 03 (24)
  • Sep 02 (25)
  • Sep 01 (24)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (27)
  • Aug 28 (28)
  • Aug 27 (30)
  • Aug 26 (29)
  • Aug 25 (24)
  • Aug 24 (35)
  • Aug 23 (30)
  • Aug 22 (31)
  • Aug 21 (32)
  • Aug 20 (30)
  • Aug 19 (33)
  • Aug 18 (27)
  • Aug 17 (34)
  • Aug 16 (28)
  • Aug 15 (23)
  • Aug 14 (23)
  • Aug 13 (22)
  • Aug 12 (19)
  • Aug 11 (18)
  • Aug 10 (24)
  • Aug 09 (16)
  • Aug 08 (18)
  • Aug 07 (25)
  • Aug 06 (16)
  • Aug 05 (18)
  • Aug 04 (21)
  • Aug 03 (19)
  • Aug 02 (14)
  • Aug 01 (17)
  • Jul 31 (19)
  • Jul 30 (19)
  • Jul 29 (15)
  • Jul 28 (12)
  • Jul 25 (14)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home