काठमाडौं, ७ माघ । प्रमुख तीन दल र मधेसी मोर्चाबीच प्रधानमन्त्री निवास बालुवाटारमा शीर्ष स्तरीय वार्ता सुरु भएको छ ।
मधेसका मुद्दामा सहमति खोज्न विहान ९ बजेदेखि वार्ता सुरु भएको हो ।
वार्तामा प्रमुख तीन दलका शीर्ष नेता सहभागी छन् । यसैगरी मोर्चाका तर्फबाट उपेन्द्र यादव, हृदेश त्रिपाठी, लक्ष्मणलाल कर्ण र शर्वेन्द्रनाथ शुक्ला सअभागी छन् ।
यसअघि तीन दल–मोर्चा कार्यदल स्तरको वार्ताको औचित्य सकिएको भन्दै मोर्चाले शीर्ष तहमा मात्रै वार्ता गर्ने निर्णय गरेको थियो ।
मोर्चासँग सहमति खोज्न भन्दै शीर्ष तीन दलको आग्रहमा संसद बैठक दुई दिन पर सारिएको छ । मोर्चासंग सहमति खोजेर ९ गते संविधान संशोधन प्रस्ताव पारित गर्ने तयारी तीन दलले गरेका छन् ।
dainiknepal

बिहीबार, ७ माघ
कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१ की २८ वर्षीय सरिता लुहारको प्रहरी जवानले गरेको रक्तदानले ज्यान बचेको छ ।
महाकाली अञ्चल अस्पतालमा बुधबार तीन महिनाको भ्रुण (शिशु) खसेपछि लुहारको अत्यधिक रक्तश्रावका कारण अवस्था चिन्ताजनक भएको थियो ।
‘ओ पोजेटिभ’ रगत नपाएपछि चिन्ताजनक अवस्थामा रहेकी उनलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत प्रहरी जवान राजाराम डगौराले एक प्रिन्ट रगत दान गरेपछि उनको ज्यान जोगिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । अहिले उनको अवस्था सामान्य रहेको छ ।
nepalsandesh

काठमाडौं– नेपाली सेनाले नयाँ पदका लागि दरखास्त आह्वान गरेको छ । नेपाली सेनाको कार्यरथी विभाग भर्ना छनौट निर्देशनालय जंगी अड्डाले बिहीबार एक सार्वजनिक सूचना जारी गर्दै एक सय ७५ जनाका लागि दरखास्त आह्वान गरेको हो।
नेपाली सेनाको स्वीकृत दरबन्दीभित्र रिक्त रहेका पदहरुमा समावेशी तथा खुल्ला प्रतिस्पर्धाबाट पदपूर्ति गरिने नेपाली सेनाले जनाएको छ। जसमा विभिन्न ट्रेडका प्राविधिक तथा बिल्दार पदहरु रहेका छन् । आवेदकले आवश्यक कागजात तथा शैक्षिक योग्यताको प्रमाणपत्रसहित स्वयम उपस्थित भएर १० रुपैयाँको टिकट टाँसेर दरखास्त पेस गर्न सक्नेछन्। इच्छुक उम्मेद्वारले यही माघ ७ गतेदेखि फागुन ७ गतेसम्मभित्र र त्यसपछि दोब्बर दस्तुर तिरेर सात दिनसम्म आवेदन दिन सकिने सुचनामा उल्लेख छ । उम्मेद्वारहरु आवेदन दिनका लागि जंगी अड्डाको पश्चिममा रहेको खेल मैदान क्षेत्रमा पुग्नुपर्ने जनाइएको छ। नेपाली सेनामा बहालवाला रहेको उम्मेद्वारहरुका लागि भने आवश्यक शैक्षिक योग्यता हासिल गरेको हुनुपर्ने भए पनि उमेर हद लाग्ने छैन । ratopati

रुकुम । रुकुम खोलागाउँकी एक युवतीको सामूहिक बलात्कारपछि हत्या भएको छ । घर नजिकैको जङ्गलमा दाउरा लिन गएकी खोलागाँउ–५ सर्केनाकी १६ वर्षकी युवतीको हत्या भएको प्रहरीले जनाएको छ ।
मङ्गलबार अपराह्न दाउरा लिन जङ्गल गएकी युवती राति अबेरसम्म नफर्किएपछि परिवार र छिमेकीले खोजी गर्दै जाँदा जङ्गलमा एउटा रुखमा बाँधेर हत्या गरिएको अवस्थामा फेला पारेका थिए ।
युवतीको शव परीक्षणका लागि बुधबार जिल्ला अस्पताल जाजरकोट ल्याइएको छ । युवतीको बलात्कारपछि हत्या भएको अस्पतालका डा दीपक पुनले बताउनुभयो । “शवको प्रकृति हेर्दा हातखुट्टा बाँधेर सामूहिक बलात्कार पछि हत्या गरेको हुन सक्छ”–उहाँले भन्नुभयो ।
युवतीलाई केही दिनअघिदेखि नचिनेको नम्बरबाट फोन गरेर केटाहरूले धम्की दिने गरेको स्थानीय बासिन्दा निर्मल शाहले बताउनुभयो । शाहले फोनमा धम्की दिनेले नै युवतीको हत्या गरेको हुनसक्ने बताउनुभयो ।

तनहुँ: आँबुखैरेनीबाट डुम्रेतर्फ आउँदै गरेको ग१ख ५५०२ नम्बरको माइक्रोबसको ठक्करबाट घाइते भएका भरतपुर नगरपालिका-६ निवासी ३७ वर्षीय सुजन खनालको उपचारका क्रममा मृत्यु भएको छ।
दुर्घटनामा परी गम्भीर घाइते भएका उनको काठमाडौँको नर्भिक अस्पतालमा उपचारका क्रममा गएराति मृत्यु भएको प्रहरीले जनाएको छ।
बुधबार साँझ पृथ्वी राजमार्गको बन्दीपुर नगरपालिका-४ ठूल्ढुङा भन्ने स्थानमा विपरीत दिशामा गुडिरहेको ना२५प ९१६९ नं को मोटरसाइकललाई उक्त माइक्रोबसले ठक्कर दिएको थियो।
मोटरसाइकलमा सवार सुजनका ६० वर्षीय बुबा बद्रीको उपचारका क्रममा हिजै डुम्रेस्थित लक्ष्मी अस्पतालमा मृत्यु भएको थियो।
त्यस्तै नारायणगढबाट पोखरातर्फ जाँदै गरेको ग१ख ५६१७ नं को ट्रक गएराति व्यास नगरपालिका-१ तालघरेमा पल्टिएर दुर्घटना भएको छ। दुर्घटनामा कुनै मानवीय क्षति नभए पनि ट्रकमा रहेको आलु सडकभरि पोखिएको छ।
annapurnapost

एजेन्सी ।
कुनै स्त्री मन परेको छ तर नजिक बनाउन सक्नु भएको छैन भने अव जादु टुना गरिराख्नु पर्दैन । अव तपाइँले एउटा स्प्रे किने पुग्छ ।
पत्याउन गाह्रो पर्ने यो कुरा साँचो हो । बैज्ञानिकहरुले पुरुषका लागि महिलाहरुलाई आकर्षित गर्ने स्प्रे बनाएका छन् । यो स्प्रे लगाएपछि त्यसको गन्ध सुघ्नासाथ महिलाहरु पुरुषप्रति प्रभावित भै हाल्ने दावी समेत गरिएको छ ।
जर्मनीको बोन विश्वविद्यालयका शोधकर्ता बैज्ञानिकहरुले यो स्प्रेलाई सफलतापूर्वक परीक्षण गरेका हुन् ।
‘लव हर्मोन’ नाम दिइएको यो स्प्रेमा अक्सिटोसिनलाई सिन्थेटिककोरुपमा राखिएको छ । यो लगाएका पुरुषलाई महिलाहरुले सकारात्मकरुपमा लिन थालि हाल्ने दावी शोधकर्ताको छ ।
यो स्प्र्मा सिन्टोसिनन नामको सिन्थेटिक तत्व समेत मिसाइएको छ जुन अक्सिटोसिन हर्मोनबाट बनाइएको छ। यो हर्मोनले मस्तिस्कमा पुग्नासाथ मानिसलाई प्रेममा पार्ने बैज्ञानिकहरु बताउँछन् ।
अक्सीटोसिन हर्मोन बच्चा पैदा गर्नका लागि र स्तनमा दुध पैदा गर्नका लागि समेत आवश्यक हुन्छ । यसले आमालाई बच्चा प्रति आकर्षित समेत गर्ने गरेको बताइन्छ ।
यो शोधमा ४६ महिलालाई सहभागी गराइएको थियो । जसको उमेर २० देखि २९ वर्ष सम्मको थियो । यो स्प्रे लगाएपछि महिलाहरु लगाउनेहरुप्रति आकर्षित भएर प्रेमिल बनेको बताइएको छ ।
स्प्रे सुघाउने वित्तिकै महिलाहरुलाई आफ्ना साथीप्रति नै सकारात्मक भाव उत्पन्न भएको र आकर्षक लाग्न थालेको समेत भनिएको छ । यद्यपी गर्भनिरोधक गोली खाएका महिलालाई भने यो स्प्रेले प्रभाव नदिएको शोधकर्ताको भनाइ छ ।nepaliheadlines

काठमाडौं, ७ माघ । चुरे भावर राष्ट्रिय एकता पार्टी नेपालले आफ्नो राष्ट्रिय कार्यकर्ता भेला माघको दोस्रो साता सर्लाही जिल्लामा गर्ने जनाएको छ ।
चुरे भावर पार्टीका अध्यक्ष बद्रीप्रसाद न्यौपानेले आज विज्ञप्ति जारी गरेर राष्ट्रिय कार्यकर्ता भेला माघको १६ र १७ गते सर्लाहीको हरिवनमा गर्ने निर्णय भएको जनाएका हुन् । उनले भेलामा संगठन रहेको सबै जिल्लाबाट प्रतिनिधि आउने बताए । भेलामा करिव पाँच सय प्रतिनिधिको सहभागिता रहनेछ । भेलालाई सुरक्षा दिन भावर सेनाले चारैतिरबाट घेरा हाल्ने अध्यक्ष न्यौपानेले बताए ।
मुलुकको समसामयिक राजनीति, सांगठनिक र जारी आन्दोलनका विषयमा रणनीति बनाउन छलफल गर्ने उदेश्यले चुरे भावरले राष्ट्रिय कार्यकर्ता भेला बोलाएको हो ।
यसअघि विशेष कारणवस स्थगित भएको सो भेलालाई व्यवस्थित बनाउन चुरे भावरले प्रत्येक जिल्लाबाट चुरे भावर शान्ति सेना सहभागी गराएको विज्ञप्तिमा उल्लेख गरेको छ । भेलाको सम्पूर्ण तयारी पूरा भएको अध्यक्ष न्यौपानेले बताए ।
चुरे क्षेत्रलाई समेटेर संघीय प्रदेशको सीमाङ्कन बनाउन सरकारसँग भएको ९ बुँदे सम्झौता कार्यान्वयनका लागि चुरे भावर राष्ट्रिय एकता पार्टी नेपालले आन्दोलन गर्दै आएको छ ।