महरा नफर्किदै माधव नेपाल चीन तिर ! ओलीले नजान आग्रह गर्दा मानेनन् !
सरकारको विशेष दुतको रुपमा चीन भ्रमणमा रहेका उपप्रधान एवं अर्थ मन्त्री कृष्णबहादुर महरा चीनबाट नफर्किदै नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल पनि चीन प्रस्थान गरेकाछन् । पार्टी स्थायी समितिको बैठक छोडेर नेता नेपाल विहिवार राती चीन प्रस्थान गरेका हुन् ।
एकाविहानै प्रचण्डको उद्घोष, सिंहदरवारमै बसेर
स्थायी समितिको बैठक छोडेर चीन नजान पार्टी अध्यक्ष केपी ओलीले आग्रह गरेपनि निर्धारित कार्यक्रम भएको रद्द गर्न नमिल्दै नेपाल चीन गएको एमालेका एक स्थायी समिति सदस्यले बताए । सरकार परिवर्तन निक भयो र कसरी अगाडि बढ्ने भन्ने बारेमा विगत पाँच दिनदेखि पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा एमालेको स्थायी समितिको बैठक जारी रहेको छ ।
नेता नेपालले अध्यक्ष ओलीलाई सरकार परिवर्तन हुनुनको पछाडि ओली नै मुख्य जिम्मेवार रहेको बताउदै आएका छन् । नेपालले तीन बुँदे सहमति पालना गरेको भए अहिले प्रतिपक्ष दलको भूमिका भन्दा सरकारमा रहेर एमाले नेतृत्वको सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेट कार्यान्वय गरेर देशको समृद्धि अगाडि बढाउन सकिने बताउदै आएका छन् ।
हरेक दिन नयाँ काम, प्रचण्ड सरकार ‘हार्ड एण्ड फास्ट’ लक्ष्यमा
सरकार परिवर्तनपछि अध्यक्ष ओलीको स्थायी समिति सदस्यहरुले चर्को आलोचना गर्दै आएका छन् । ओलीले माओवादीसँग गत वैशाख २३ गते भएको तीन बुँदे सहमति पालना नगरेको भन्दै माओवादीले पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा कांग्रेसको साथ लिएर नयाँ सरकार गठन गरेको छ । सरकार गठन भएको १५ दिन भन्दा बढी भइसक्दा समेत एमालेले भने सरकार किन परिवर्तन भयो भन्ने बहस चलिरहेको छ ।
ओलीलाई ठोक्ने माधव नेपाल रणनीति !
माधव नेपाल पक्षका नेताहरुले बैठक बस्यो कि ओलीलाई ठोक्ने रणनीति लिएका छन् । प्रसंग हो, साउन ३१ गते धुम्बाराहीमा बसेको एमाले स्थायी कमिटिको बैठकको । बैठक प्रारम्भ हुने बित्तिकै केपी ओलीले नेपाल पक्षका नेतालाई बोल्न दिए । नेपाल पक्षले सल्लाहअनुसार नै ओलीलाई पूर्ण रुपमा ठोक्ने लक्ष्य निर्धारण गरेका थिए । नेपाल पक्षले अर्याल होटल बानेश्वरमा बसेर आवश्यक नीति तथा योजना बनाएका थिए । सोही योजनाअनुसार नै स्थायी कमिटिको बैठकमा सबैभन्दा पहिले माधव नेपालले धारणा राखे ।
एउटा खाडलः जहाँबाट वर्षेनी निस्किन्छ २ खर्व ८० करोडको हिरा
उनले भने– ‘केही मान्छेहरुले मुलुकलाई उखान टुक्कामय बनाए, हावादारी सपना बाँडे, आफूले मात्रै सबै गरेको अरुले केही नगरेको समेत भन्न भ्याए । इतिहासमा सफल प्रधानमन्त्रीको नाम लिदा मेरो नाम पनि लिइन्छ, झलनाथ जीको नाममा पनि राष्ट्रवादको छाप लागेकै छ । तर केही मान्छेहरु आफूलाई पूर्ण रुपमा आफूमात्रै पूर्ण भएको गफ लगाएर हिँडेको पनि देखिएको छ ।’
अलिक फरक रुपमा प्रस्तुत भएका नेपालले बुँदागत रुपमा ओली विरुद्ध प्रहार मात्रै गरेरनन् उखानका आधारमा चल्ने भए गठबन्धन किन नजोगाएको, प्रधानमन्त्री बनिरहन त सरकारमा सहभागी भएका अन्य दलको पनि भावना बुझ्नपर्ने थियो होला नी । सत्य निरुपण तथा मेलमिलापमा काँग्रेसका मान्छे प्रमुख छन् । सरोकार भएको पक्ष माओवादी छ, समन्वय गरेको भए राम्रै काम हुन्थ्यो, त्यसो किन नगरेको ?
बैठकमा कड्किँदै माधव नेपालले भनेका थिए, “माओवादीको एजेण्डा पनि बोक्न नहुने, उसलाई मिलाएर पनि लैजान नसक्ने जुन हुतीहार प्रवृत्ति नेतृत्वमा देखियो, त्यसैका कारण यो अराजकता सतहमा आएको हो । माओवादीलाई दोष नदिउ उ परक पार्टी हो, ऊ एमालेको भातृ संगठन होइन, तर गठबन्धन तोडिहाल्ने पक्षमा माओवादी थिएन, मैले पनि पटक पटक माओवादीका नेतासँग सम्वाद गरेको छु । उनीहरु गठबन्धनलाई थप बलियो बनाउने पक्षमा नै थिए ।”
यो पृष्ठभूमिमा माधव नेपालको चीन यात्रालाई अर्थपूर्ण मानिएको छ । त्यसमाथि सरकारका विशेष दुत बनेर चीनमा रहेका अर्थमन्त्री कृष्णबहादुर महरा नफर्किँदै माधव नेपालको यात्रा संयोग मात्र नभएको कतिपयको बुझाइ छ ।

काठमाडौं, ३ भदौ । नयाँ सरकार बनेलगत्तै दुई छिमेकी मुलुकसँग सन्तुलित सम्बन्ध बनाउने घोषणा गरेका प्रधानमन्त्री पुष्पकमल दाहालका विशेषदूतका रूपमा उपप्रधानमन्त्री विमलेन्द्र निधि बिहीबार अपराह्न नयाँदिल्ली पुगेका छन् । निधिको भ्रमणभन्दा एक दिनपूर्व भारतीय राजदूत रञ्जित रेले निधिको यात्रामा प्रधानमन्त्री दाहाल तथा राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमण र भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमणका मितिहरू निर्धारण हुने बताएका थिए ।
मन्त्री निधिलाई नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय विदेश मन्त्रालयका उच्च अधिकारी र नयाँदिल्लीस्थित नेपाली दूतावासका अधिकारीले स्वागत गरेका थिए । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ । नयाँदिल्ली प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग उपप्रधानमन्त्री निधिले भारतसँगको सम्बन्ध सुधारमा आफ्नो भ्रमण केन्द्रित रहेको बताए । ‘नाकाबन्दीपछि भारत र नेपालबीच देखिएको असमझदारी हटाएर सम्बन्ध सुधार्न मेरो भ्रमण केन्द्रित रहनेछ’, उनले भने । उनले नेपाल र भारतबीच द्विपक्षीय भ्रमणहरू गराउन आफ्नो भ्रमणले सहयोग पुर्याउने विश्वास व्यक्त गरे । भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई नेपाल भ्रमणको निमन्त्रणा दिने र त्यसको मितिसमेत निर्धारण गर्न आफूले भ्रमणका क्रममा कोसिस गर्ने उनले बताए । प्रधानमन्त्री दाहालको भारत भ्रमण तय गर्ने विषयमा भारतीय पक्षसँग कुराकानी हुने निधिले बताए । ‘मेरो भ्रमणले नेपालभारत सम्बन्ध सुधार्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास लिएको छु’, उनले भने । मन्त्री निधिले भारत बसाइका क्रममा भारतीय राष्ट्रपति मुखर्जी, प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री राजनाथ सिंह, विदेशमन्त्री सुष्मा स्वराज र विपक्षी दल कांग्रेस आईका नेतासँग भेट्ने तय भएको छ । नेपालमा नयाँ संविधान जारी भएको वार्षिकोत्सव अर्थात् असोज ३ गतेको अवसर पारेर भारतीय राष्ट्रपतिलाई भ्रमण गराउने पक्षमा नेपाल सरकार छ । भ्रमणका क्रममा मन्त्री निधिले मधेसी दलहरूको माग सम्बोधनका लागि सरकारले चाल्ने कदमबारे समेत छलफल गर्नेछन् । निधिले शनिबार भारतीय प्रधानमन्त्री मोदी र विदेशमन्त्री स्वराजसँग अलगअलग भेट गर्नेछन् । मन्त्री निधि भारत भ्रमण सकेर आइतबार स्वदेश फर्किनेछन् । नयाँ सरकारका प्राथमिकता बुझ्छौंः भारत भारतले विशेषदूत निधिको भ्रमणलाई नेपालमा बनेको नयाँ सरकारका प्राथमिकता बुझ्ने अवसरका रूपमा लिएको छ । भारतीय विदेश मन्त्रालय साउथ ब्लकमा बिहीबार आयोजित पत्रकारसम्मेलनमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरूपले भारतले नेपालसँगको सम्बन्धलाई उच्च प्राथमिकतामा राखेको बताउँदै अहिलेको सरकारसँग निकट रही काम गर्न चाहेको उल्लेख गरे । ‘प्रचण्डको नेतृत्वमा सरकार बनेयता नेपाल सरकारका तर्फबाट निधिको भ्रमण पहिलो उच्चस्तरीय सरकारी भ्रमण हो । उहाँको भ्रमणले नेपालमा बनेको नयाँ सरकारको प्राथमिकताबारे हामीलाई जानकारी लिने अवसर प्रदान गर्नेछ’, स्वरूपले भने, ‘साथै दुई देशबीचको बहुआयामिक सम्बन्धलाई कसरी थप सुदृढ गर्ने भन्ने उपायहरूका विषयमा यस भ्रमणमा छलफल हुनेछ ।’ dainiknepal

काठमाडौं, ३ साउन । संखुवासभाका एक बालकलाई हनहन्ती ज्वरो आयो । टाउको दुख्ने, जोर्नी दुख्ने समस्या सँगै देखियो । घरमै निको पार्ने प्रयासस्वरूप परिवारले उनलाई तातोपानी पिउन आग्रह गरे । अन्य घरेलु उपाय अपनाए । केही सीप नलागेपछि नजिकैको पसलबाट औषधि किनेर बालकलाई खुवाइयो ।
आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ – नतिजाको पर्खाइमा अभिभावकले कडा ज्वरो आएका ती बालकलाई सात दिनसम्म घरमै राखे । थला परेपछि मात्रै उनलाई धरानस्थित बीपी कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठानमा उपचारका लागि लगियो ।
चिकित्सकले जाँचका विभिन्न उपाय अपनाउँदा पनि उपलब्धि नभएपछि उनको रगत निकालेर टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइयो । नजितामा ती बालकको रगतमा स्क्रब टाइफस रोग पुष्टि भयो । सोहीअनुसारको उपचार प्रक्रिया अघि बढाइए पनि ढिलो अस्पताल ल्याउँदा बालकले ज्यान गुमाउनु पर्यो ।
बालकको ज्यान गएपछि मात्र उनका अभिभावकले स्क्रब टाइफस कस्तो रोग हो भन्ने थाहा पाए । यो एउटा उदाहरण हो । स्क्रब टाइफसबारे जानकारी समयमै नपाउँदा वा नलिँदा अनायासै यस वर्ष अन्य दुईजनाले ज्यान गुमाउनु परेको छ । जब कि यो रोगको समयमै उपचार भयो भने निको हुन्छ ।
मुसामा पाइने किर्नाजस्तै कीरा (माइटको लार्भा)ले टोक्दा मानिसमा फैलिने उक्त रोगबाट वैशाखयता ९१ जनामा उक्त रोग पुष्टि भइसकेको छ । ‘पहिले केही थाहा थिएन । अरू नै कारणले ज्वरो आएको होला भन्ने लाग्यो र कतै गइनँ । ज्यानै जालाजस्तो भयो अनि अस्पताल आएँ,’ टेकुस्थि शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना भएका एक बिरामीले भने, ‘अहिले थाहा भयो यो त निकै डरलाग्दो रोग रेहछ ।’
रोगका लक्षण
–कडाखाले ज्वरो (१०२ देखि १०५ डिग्री फरेन हाइटसम्म) आउने
–टाउकोमा धेरै दुखाइ हुने
–श्वासप्रश्वासमा समस्या पैदा हुने
–जीउ, जोर्नी र मांसपेशीमा पीडा हुने
–खोकी लाग्ने
–पेट दुख्ने र पखाला लाग्ने
–शरीरका विभिन्न भागमा गुलाबी बिमिरा देखिनु
स्क्रब टाइफसबाट बच्ने उपाय
–घरवरपर सफा राख्ने र आफूले पनि सरसफाइमा ध्यान दिने
–लामो बाउला भएको कपडा लगाउने
–मुसाबाट टाढै रहने
–सामान्य रूपमा ज्वरो आउने वा खोकी लाग्नेजस्ता समस्या देखिमा एक दुई दिन घरमै आराम गरी तातो र झोलिलो खाने ।
–त्यसो गर्दा नभए सम्बन्धित चिकित्सकको सल्लाहमा उपचार अघि बढाउने ।
–असामान्य लक्षण देखिँदा शरीरमा भएका दागहरू नियाल्ने । केहीले टोकेकोजस्तो लाग्यो भने तुरुन्त चिकित्सकको सल्लाह लिने
उपचारविधि
यो रोगको पहिचान बिरामीमा देखिएको लक्षण र कीराले टोकेको दाग देखेर पनि गरिन्छ । रगत परीक्षणअन्तर्गत सीबीसी काउन्ट, लिभर फंग्सन टेस्ट गरिन्छ । स्क्रब टाइफसको एन्टिबडी पत्ता लगाउन एलाइजा टेस्ट र द्रूत परीक्षणसमेत गर्न सकिन्छ ।
नेपालमा हाल एलाइजा टेस्टबाटै काम चलाउने गरिएको छ, जुन हालसम्म टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा हुने गरेको छ । महाशाखाका चिकित्सक गुणनिधि शर्माका अनुसार स्क्रब टाइफसको आशंका भएका बिरामीलाई प्रयोगशाला प्रतिवेदन आउनुभन्दा पहिलेदेखि नै एन्टिबायोटिक औषधि दिन सकिन्छ ।khabardabali

काठमाडौं, ३ भदौ । आन्दोलनका क्रममा मारिएका भारतीयलाई पनि सहिद घोषणा गर्न माग मोर्चाले गरे पनि सरकारले उक्त माग पुरा गरेन । गत १६ कात्तिक ०७२ मा वीरगन्जमा मारिएका भारतीय नागरिकलाई सहिद घोषणा गर्नुपर्ने मोर्चाको माग थियो ।
आजको नयाँ पत्रिका दैनिकमा खबर छ – उसले सरकारलाई बुझाएको ६८ जनाको सूचीमा आशिषकुमार रामको नाम छ । उनको ठेगाना भने पर्सा उल्लेख छ, तर उनी भारतीय नागरिक हुन् । सरकारले उनलाई सहिद घोषणा गरेन ।
khabardabali

काठमाडौ, ३ भदौ । सरकारले मधेस आन्दोलनका क्रममा मारिएका ५२ जनालाई सहिद घोषणा गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले सीमांकनको विषयमा तराईलगायत विभिन्न क्षेत्रमा भएका आन्दोलनका क्रममा मारिएकामध्ये ५२ जनालाई सहिद घोषणा गरेको हो । सरकारले सहिदका परिवारलाई यसअघि नै १० लाख रुपैयाा दिने निर्णय गरिसकेको छ ।
आजको नयाँ पत्रिका दैनिकमा खबर छ – सरकारले कैलाली घटनामा मारिएका ११ प्रहरीलाई पनि सहिद घोषणा गरेको छ । मधेस आन्दोलन तथा सीमांकनको विषयमा भएका आन्दोलनका क्रममा मारिएका सर्वसाधारण ४१ र प्रहरी ११ गरी ५२ जनालाई सरकारले सहिद घोषणा गरेको हो ।
मोर्चाद्वारा सहिद घोषणा गर्न ६८ जनाको सूची
मधेसी मोर्चाले सहिद घोषणाको माग गर्दै सरकारसमक्ष यसअघि ६८ जनाको सूची बुझाएको थियो । मोर्चाले केही दिनअघि मात्रै गृहमन्त्री विमलेन्द्र निधिलाई ६८ जनाको सूची बुझाउादै उनीहरूलाई सहिद घोषणा गर्न माग गरेको थियो । तर, गृह मन्त्रालयले ५२ जनालाई मात्रै सहिद घोषणा गर्नुपर्ने भन्दै मन्त्रिपरिषद्समक्ष प्रस्ताव लगेको हो ।
आन्दोलनकारी को–को भए सहिद ?
राजेन्द्र (राजीव) राउत (सप्तरी), दुर्गेश यादव (भैरहवा), राजकिशोर ठाकुर (रौतहट), धर्मराज सिंह (वीरगञ्ज), दीनानाथ साह (वीरगन्ज), भोला साह (वीरगन्ज), हिफाजत मियाा (बारा), रामकृष्ण राउत (सप्तरी), रोहन चौधरी (महोत्तरी), रामविवेक यादव (महोत्तरी), अमित कापर (महोत्तरी), वीरेन्द्र बिच्छा (महोत्तरी), रामशिला मण्डल (महोत्तरी), गणेश चौधरी (महोत्तरी), नितु यादव (जनकपुर), सञ्जयकुमार चौधरी (जनकपुर), दिलीप यादव (जनकपुर), चन्दन पटेल (रुपन्देही), रञ्जना क्षेत्री (रुपन्देही), राजकुमार बरई (रुपन्देही), बिन्दु भन्ने विनोद लाकोल (रुपन्देही), नन्दनी पाण्डेय (रुपन्देही), सौमती मुराव (रुपन्देही), शत्रुधन पटेल (पर्सा), वीरेन्द्र राम (सप्तरी), नागेश्वर यादव (सप्तरी), दिलीप साह (सप्तरी), प्रमोद गुप्ता (बारा), मो. मेहरुद्दिन (रौतहट), शेष तवरेज आलम (रौतहट), द्रोपदी धानुक चौधरी (रंगेली), महादेव ऋषिदेव (रंगेली), शिवु माझी (रंगेली), राजाराम झा, यमबहादुर बिसी (सुर्खेत), टीकाराम गौतम (सुर्खेत), गोपालसिंह रजवार (सुर्खत), हरि कुँवर (जुम्ला), टेकबहादुर सावद (कैलाली), करण सिंह (बाँके) र जयप्रकाश शाह (बारा)
सुरक्षाकर्मी सहिद
एसएसपी लक्ष्मण न्यौपाने (कैलाली), इन्स्पेक्टर बलराम विष्ट (कैलाली), केशवराज बोहरा (कैलाली), लोकेन्द्र चन्द (कैलाली), रामबिहारी ठाकुर (कैलाली), ललित साउद (कैलाली), बमनबहादुर विक (महोत्तरी), जनक नेगी (कैलाली), काशीराम कामी (कैलाली), देवबहादुर पाण्डे (कैलाली) र करण सिंह (बाँके) ,।khabardabali

नयाँदिल्ली ३ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका विशेष दूतका रूपमा उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधि बिहीबार सााझ नयाँदिल्ली पुगेका छन् । निधिले शुक्रबार सााझ भारतका राष्ट्रपति प्रणव मुखर्जी र शनिबार बिहान प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्ने कार्यक्रम छ ।
आजको नयाँ पत्रिका दैनिकमा नयाँदिल्लीबाट पर्शुराम काफ्लेको रिपोर्ट प्रकाशित छ– जेट एयरको उडानबाट साँझ ६ बजे दिल्ली पुगेका उपप्रधानमन्त्री निधिलाई भारतीय विदेश मन्त्रालयको उत्तरी डिभिजन (नेपाल र भुटान मामिला) प्रमुख सुधाकर दलेलाले सरकारका तर्फबाट स्वागत गरे । निधिलाई स्वागत गर्न इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालका लागि भारतीय राजदूत रणजित राय, नेपाली कार्यबाहक राजदूत कृष्णप्रसाद ढकाल, कांग्रेस युवा नेता बालकृष्ण पाण्डे पनि पुगेका थिए । भारत सरकारले उनको बसोबासको व्यवस्था होटेल ताज प्यालेसमा गरेको छ ।
उपप्रधानमन्त्री निधि सााझ ८ बजे बारखम्बा रोडस्थित नेपाली दूतावासमा आयोजित रात्रिभोजमा सहभागी भए । भोजमा भारतीय कंग्रेसका नेता डा. करण सिंह, पूर्वविदेशसचिव श्यामशरण, नेपालका लागि पूर्वराजदूत जयन्तप्रसाद, राकेश सुद, भाजपा नेता तरुन भिजय, सांसद डिपी त्रिपाठीलगायत सहभागी थिए ।
निधि सोमबार साँझ मात्रै स्वदेश फर्किने कार्यक्रम छ । उनीसँग काठमाडौंबाट परराष्ट्र मन्त्रालयका सहसचिव भृगु ढुंगाना आएका छन् । औपचारिक भेटवार्ताहरूमा दिल्लीस्थित कार्यबाहक नेपाली राजदूत कृष्णप्रसाद ढकाल, राजनीतिक काउन्सिलर हरि ओडारीलगायत रहनेछन् ।
अमित र मनमोहनसँग भेट्ने प्रयास
उपप्रधानमन्त्री विमलेन्द्र निधिले सत्तारुढ भारतीय जनता पार्टीका अध्यक्ष अमित साहसाग भेटका लागि प्रयास भइरहेको छ । साह सकारात्मक भए पनि समय तय हुन बााकी छ । भारतका पूर्वप्रधानमन्त्री एवं कंग्रेस नेता डा. मनमोहन सिंहसँग निधिको भेटवार्ताका लागि नेपाली दूतावासले प्रयास गरिरहेको छ । भारतीय कंग्रेसका अध्यक्ष सोनिया गान्धीसँग भेटका लागि सुरुमा कोसिस भए पनि उनको स्वास्थ्यलगायत कारण सम्भव नभएपछि पूर्वप्रधानमन्त्री सिंहसाग भेट्न प्रयास भएको हो । सिंहसँग शनिबार अपराह्न भेट्नेबारे कुराकानी भएको, तर समय तय नभएको दूतावास स्रोतले जानकारी दिएको छ । ०६२र६३ को आन्दोलनपूर्व भएको १२ बुादे समझदारी र नेपालमा गणतन्त्र घोषणा हुने वेला भारतमा सिंह प्रधानमन्त्री थिए ।
khabardabali
आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
mesh
सोचेका काममा बिलम्ब हुनेछ । पारिवारिक समस्यामा ध्यान दिनु पर्नेछ । आम्दानीका मार्गमा अवरोध आउने छ । व्यावसायिक काममा समय दिन सकिंदैन । साझेदारी र सट्टापट्टामा बेफाइदा हुने भएकाले सतर्क रहनु पर्छ । प्रेमसम्बन्ध निरस हुनेछ । तर आत्मविश्वासका साथमा काम गरेमा केही महत्त्वपूर्ण उपलब्धीसमेत प्राप्त हुनेछ । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग वैजनी वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बृं बृहस्पतये नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
brish
कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ । व्यापार–व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला । विभिन्न अवसरले पछ्याउनेछन् । शत्रुहरू किनारा लाग्नेछन् । चुनौती चिर्दै काम बनाउन सकिने छ । व्यापारलगायत आर्थिक लाभ हुने काममा राम्रै फाइदा हुनेछ । प्रतिस्पर्धामा पनि विजयी भइनेछ । रोकिएका काम बन्नेछ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग ध्वाँसे वा घुर्मैलो कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ भूमिदेव्यै नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
mithun
मिश्रित प्रभाव भएको दिन छ । काम रोकिनुका साथै मानसम्मानमा आघात पुग्न सक्छ । फाइदा कममात्र हुनेछ । आफ्ना कामजोरीमाथि टिप्पणी हुनसक्छ, सचेत रहनुहोला । बोलीको गलत अर्थ लाग्नाले सहयोगीहरू टाढिन सक्छन् । अरूका काममा श्रम तथा बुद्धि खर्चनु पर्ला । आफ्ना काम स्थगित हुनाले मन खिन्न हुनेछ । कमजोरीले चिन्ता बढाउन सक्छ । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग सेतो वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गुरवे नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
karkat
आजको प्रयत्न निष्फल जस्तै होला । आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्, सचेत रहनुहोला । महत्वाकाङ्क्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ । पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिने छ । विगतका निर्णयले काम बिग्रन सक्छ । मान्यजनको सुझावप्रति विश्वास नलाग्न सक्छ । बेसुरमा वचन दिने बानीले दुःख पाइनेछ । आजका लागि शुभअङ्क ८ र शुभरङ्ग कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कालभैरवाय नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
singha
मनका इच्छा र आकाङ्क्षामा व्यवधान सिर्जना हुनेछ । दिन मनोरञ्जनपूर्ण रहने छ, तर पनि मनमा निराशा र वैराग्यका भावना मँडारिन सक्छन् । पठनपाठनमा रुचि हुँदैन । नयाँ ज्ञान सिक्ने मौका त छ, तर मिहिनेत र परिश्रममा कमी आउनाले पूर्ण हुँदैन । यात्रामा नमज्जा हुनेछ । दाम्पत्य जीवन वा प्रेमसम्बन्धमा चिसोपन देखिने छ । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग गुलाबी वा सिन्दूरे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गृहलक्ष्म्यै नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
kanya
जे गरे पनि आवेग र रिसरागलाई नियन्त्रणमा राखी धैर्य र लगनशीलताका साथमा काम गर्नुपर्छ । हतारको निर्णयले काम बिग्रन सक्छ, सजग रहनुहोला । मान्यजनको सुझाव अप्रिय लाग्नेछ । महत्वाकाङ्क्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ । रोकिएका घरेलु कामकाज बिस्तारै बन्नेछन् । परिवारजनमा असमझदारी र मनमा अधैर्यपना बढ्नेछ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग हलुका सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ रां राहवे नमः यस मन्त्रको कम्तीमा ०८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
tula
व्यावसायिक यात्राको सम्भावना छ । मनग्ये आम्दानी हुनेछ । विभिन्न भौतिक साधन जुट्न सक्छन् । नयाँ सवारी साधन प्राप्तिको योग छ । आतिथ्यपूर्ण सम्मान पाइएला । बोलीकै भरमा विशेष काम सम्पादन हुन सक्छ, क्रियाशील रहनुहोला । प्रेमी÷प्रेमिकाका बीचमा सुमधुरता र सामीप्यता प्राप्त हुनेछ । नयाँ कामको प्रस्ताव आउनेछ । आजका लागि शुभअङ्क १ र शुभरङ्ग हलुका नीलो वा हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सरस्वत्यै नमः यस मन्त्रको कम्तीमा ०७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
brishik
महत्वाकाङ्क्षी योजना कार्यान्वयन गर्ने योजनामा हुनुहुन्छ भने केही समय पर्खनुहोला । आफैंले गरेका निर्णय कार्यान्वयन गर्न धौधौ पर्नेछ । आफन्तका बीचमा खटपट, चिन्ता र शङ्का उब्जने छ । परिवारभित्र मनोमालिन्य बढ्ने सङ्केत छ । मान्यजनको सुझावलाई नमान्नाले काम बिग्रन सक्छ । आमा वा घरकी बृद्ध स्त्रीको स्वास्थ्यमा समस्या देखिन सक्छ । आजका लागि शुभअङ्क ४ र शुभ रङ्ग रातो वा पहेंलो रङ्ग हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमश्चण्डिकायै यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
dhanu
खर्चको मात्रा बढ्नुका साथै परिस्थिति अन्योलमय बन्ने सम्भावना छ । मिहिनेत गर्दा अलि कम मूल्य प्राप्त हुनेछ । तापनि उठ्नुपर्ने रकम हातलागी हुनेछ । सोचेको फाइदा उठाउन अलि नसकिएला । नयाँ काम सुरु गर्न निकै खट्नु पर्ने हुन्छ । लगनशीलता र परिश्रमको अभावमा बन्दव्यापारमा मन्दी छाउने छ । परोपकारी र सामाजिक काममा समय प्रदान गर्नु पर्नेछ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग गाढा नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सिद्धिविनायकाय नमः यस मन्त्रको कम्तीमा ०८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
makar
अरूलाई प्रभावित पारेर काम बनाउन सकिने समय छ । प्रशंसकहरू बढ्नेछन् । सहयोगीहरूले काममा साथ दिनेछन् । राम्रै फाइदाको योग छ । विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ । रोकिएका काम सम्पादन हुनेछन् । पठन–पाठनमा प्रगति हुनेछ । कीर्तिमानी काम गर्ने समय छ । पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ । व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग घिउरङ्क वा गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ महालक्ष्म्यै नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
kumbha
निराशाभाव बढ्नुका साथै प्रयत्न गरेको काममा बिलम्ब हुनाले दिक्क लाग्नेछ । परम्परा र बाध्यतामा खुम्चिनु पर्नाले नरमाइलो लाग्न सक्छ । तर आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । श्रमपूर्वक समर्पित हुँदा पनि कामको मूल्य पाइने सम्भावना छ । विशेष समारोहबीच प्रतिष्ठा, मान–सम्मान जुटाउन सकिने छ । भोजभतेरमा सहभागी हुन पाइने छ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग सिन्दुरे रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ हं हनुमते नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
mean
बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई सकारात्मक बनाउने समय छ । टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ । प्रयत्न गर्दा टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ । त्यस्तै यात्राका क्रममा अपनाएको सचेतताले ठूलो नोक्सानी हुनबाट जोगिने छ । खर्च लागे पनि दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग सेतो वा बैजनी पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ चित्रगुप्ताय नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।