सडकबाट उछिट्एर रुखमा कार ठोक्किदाँ दुईको मृत्यु
रौतहट : चन्द्रनिगाहपुरमा अनियन्त्रित गतिमा एउटा कार सडकबाट हुत्तिएर रुखमा ठोक्किएर दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ।

चन्द्रनिगाहपुरबाट लालबन्दी जाँदै गरेको बा ठ च ९०१२ नम्बरको आइ टेन कार चन्द्रनिगाहपुर बागमती सडकखण्डको पौराही जंगलमा साँझ ७ बजे दुर्घटना भएको हो। दुर्घटनामा छ जना घाइते भएका छन्। मृत्यु हुनेमा सर्लाहीका रानीबनका ३३ वर्षीय चित्रबहादुर पुर्वाछाने र २५ वर्षिय मनोज गोले छन्।

प्रहरीका अनुसार निकै तीव्र गतिमा कुदेको कार अनियन्त्रित भएर सडकबाट जंगलतिर हुत्तिएको थियो। सडकबाट हुत्तिएको कार रुखको करिब दस मिटर माथिको हाँगामा ठोक्किर भूँइमा पछारिएको थियो। घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।
annapurnapost.com
,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses