• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
काठमाण्डु, १२ पुस– एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समस्या समाधानका लागि काठमाण्डुमा सकारात्मक वार्ता चलिरहेका बेला विराटनगरमा मधेसी मोर्चाको एक घटक सदभावना अध्यक्ष राजेन्द्र महतोको प्रहरी कुटाइबाट टाउको फुटेको घटनालाई लिएर गृहमन्त्री शक्ति बस्नेतसँग असन्तुष्टि जनाएका छन् ।


कार्यकर्तासहित रानी भन्सार कार्यालयमा धर्ना बस्न पुगेका महतोको प्रहरी आक्रमणमा शनिबार टाउको फुटेको थियो । शनिबार काँग्रेस सभापति सुशील कोइराला निवासमा बसेको काँग्रेस, एमाओवादी र मोर्चाको बैठकमा मोर्चा नेताहरुले रानी भन्सार घटनाबारे कुरा उठाएपछि प्रचण्डले बैठकस्थलबाटै गृहमन्त्री बस्नेतलाई टेलिफोन गरेका थिए ।
वार्तामा सहभागी सदभावना महासचिव मनिष सुमनले प्रचण्डले घटनाबारे आपत्ति जनाएको काठमाण्डु टुडेलाई बताए । ‘राजेन्द्र महतोमाथि जे भयो त्यो राम्रो भएन’, प्रचण्डको भनाइ उद्धृत गर्दै सुमनले भने, ‘यो त धेरै नै भयो, यो घटनाले वार्ताको वातावरण बिग्रियो ।’ सुमनका अनुसार घटना किन र कसरी भयो भन्नेबारे प्रचण्डले गृहमन्त्री बस्नेतसँग जानकारी मागेका थिए । तर बस्नेतले तत्काल जानकारी दिन सकेनन् ।

‘प्रचण्डजीले घटना कसरी भएको हो भन्नेबारे तत्कल जानकारी चाहियो भन्नुभयो’। सुमनले भने, ‘गृहमन्त्रीले आफूलाई थाहा नभएको र बुझेर खबर गर्ने लाचारी जवाफ दिनुभयो ।’ गृहमन्त्रीले घटनाको कारण पत्ता लगाएर टेलिफोन गर्ने बताए पनि बैठक बसुञ्जेल गृहमन्त्रीको फोन नआएको सुमनले बताए ।
kathmandutoday भिडियो हेर्न तलको बाकस थिच्नुहोस
विराटनगर, १२ पुस । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शनिबार विराटनगरको जोगवनी नाकामा भएको घटनाप्रति दुःख व्यक्त गरेका छन् ।
आइतबार विहानै विराटनगर पुगेका प्रचण्डले यहाँस्थित विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रहरी र मधेसी मोर्चाको कार्यकर्ताबीच विराटनगरको रानी भन्सारनजिक शनिबार अपराह्न भएको झडपको घटनाप्रति दुःख व्यक्त गरेका हुन् ।
उनले झडपमा परी घाइते भएका मधेसी मोर्चाका नेता तथा सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको स्वास्थ्यलाभको कामना गरे ।
शनिबार प्रहरी र मोर्चाका कार्यकर्ताबीच झडप हुँदा महतो घाइते भएका थिए । उनको गोल्डेन अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।
dainiknepal
काठमाडौं : भारतको हरियाणास्थित बरवाला सत्लोक आश्रममा सत्संगका लागि पुगेका २४ नेपालीले एउटा अकल्पनीय अवस्था समाना गर्नुपर्‍यो । भित्र सत्संग चलिरहँदा बाहिरबाट एक्कासी घेराबन्दी गरेर आक्रमण र तोडफोड सुरु भयो। त्यही क्रममा उनीहरु पनि समातिए।

कसुर केही पनि थिएन। तर उनीहरुलाई सार्वजनिक अपराधको झुटा मुद्दा लगाएर अन्य सहभागीजस्तै जेलमा लगियो । त्यसमध्ये सातजना धरौटी राखेर छुटे पनि सत्रजना अहिले पनि जेलमा छन् ।

सत् साहिव सेवा समितिद्वारा शनिबार राजधानीमा आयोजित कार्यक्रममा सहभागी भएका नागरिक समाज, मानवअधिकारकर्मी तथा पीडित परिबारका सदस्यहरुले हाल जेलमा रहेका १७ जनाको तत्कालै निः शर्त रिहाइ लागि भारत सरकारसँग माग गरेका हुन् ।

हरियाणा प्रान्तको हिसारजिल्लाको बरवालास्थित सत्लोक आश्रममा सन्त गुरु रामपाल महाराजको सत्संगमा सहभागी हुन गत २०७२ कात्तिक २७ गते २४ जना नेपाली सर्वसाधारण आ श्रम पुगेका थिए । इटहरीका पीडित शम्भु बस्नेतका अनुसार सत्संग कार्यक्रम सुरु हुनु अगावै स्थानीय प्रान्त सरकारको निर्देशनमा आ श्रममा प्रहरीद्वारा आक्रमण भएको थियो ।

करिब एक लाखको संख्यामा रहेका प्रहरीले आ श्रम घेरावन्दी गरेर अ श्रु ग्यास, लाठि चार्ज र पानीको फोहोराको प्रयोग गरी सत्संगमा सहभागी भएका सर्वसाधारणलाई निर्मम रुपमा कुटपिट गरेका थिए । त्यसपछि सहभागी भएकालाई पक्राउ गरेर जेल पठाइएको थियो । प्रहरीले डोजर लगाएर आ श्रमसमेत भत्काइदिएको थियो ।

‘धार्मिक आस्था हुनेमाथि हरियाणा सरकारले अत्याचार गर्‍यो’, आफ्नो पीडा सुनाउँदै बस्नेतले भने, ‘हरेक नागरिकलाई धार्मिक आस्था राख्न स्वतन्त्रता छ । मेरो छोरो लक्ष्मण पनि सत्संगमा सहभागी हुन गएको थियो । तर अहिले जेलमा छ ।’ उनका अनुसार निक्कै यातना दिएर लक्ष्मणलाई अहिले हिसार जेलमा राखिएको छ ।

अर्का पीडित जाकिर हुसैनले आफुहरु कुनै अपराध नगरेपनि भारत सरकारले जघन्य अपराधीजस्तो व्यवहार गरेको बताए । उनले अपराधीसँग पनि नगर्ने व्यवहार स्थानीय प्रहरीले गरेको जानकारी दिए । कुटपिटबाट घाइते बनेका उनलाई पनि पक्राउ गरेर हिसार जेलमा राखिएको थियो ।

एक लाख घरौटीमा तारेखमा रिहा भएका उनी हरेक महिना तारेख बुझन हिसार जाने गरेका छन् । ‘सत्संगमा सहभागी भएर कुनै अपराध नगरेपनि प्रहरीको कुटाई बाट पीडित बनेको र अपराधी झै तारेख धाउनुपरेको छ’, हुसैनले भने,‘नेपाल सरकार र भारत सरकारले हामीलाई निः शर्त मुक्त गराउन पहल गरिदिनुपर्छ ।’
यसैगरी नागेन्द्र ठाकुर, मुकेश कार्कीले पनि आफ्नो पीडा पोखेका थिए ।

२४ जना नेपालीमध्ये अहिले पनि सातजना बस्नेतसहित धनुषाको ईश्वर श्रेष्ठ, काठमाण्डौंका राजकुमार गिरी, सिराहाको बिजय साह, बिनोद यादब, कञ्चनपुरका योगेन्द्र चन्द र मोरंगका सुरेश राई हिसार जेलमै बन्दी जिवन बिताइरहेका छन भने बाँकी १७ जना नेपाली धरौटी राखेर तारेखमा रिहा भएका छन् ।

इटहरीको मुकेश कार्की, भक्तपुरको उमनाथ ढकाल, धनुषाको गणेश महतो, रामचन्द्र यादब र अञ्जारुल मियाँ, बर्दियाको नन्दराम खैरहा, सिराहाको रामसोगारथ महतो, राजेन्द्र सदा, शिवचन्द्र यादब, भूप सिंह र उपेन्द्रप्रसाद सिंह, महोत्तरीको शिवपुजन साह, कञ्चनपुरको सुरेश भट्ट, रौतहठको दिनेश महतो, उमेश महतो र पर्वतको गणेश गिरीले जनही एक एक लाख रुपैयाँ धरौटी बुझाएर तारेखमा रिहा भएका हुन् ।

अधिकारकर्मी सुबोधराज प्याकुरेलले धर्म निरपेक्ष भारत सरकारको सुरक्षाकर्मीले धार्मिक आस्थाका अनुयायीमाथि वर्वरपूर्ण यातना दिएको बताए । उनले युद्ध अपराधीसँग नगर्ने यातना सत्संगमा सहभागीमाथि गरिएको जानकारी गराउदै घटनाको बारेमा तत्कालै एमनेष्टी इन्टरनेशनलले छानविन गरी दोषिलाई कारवाहीको दायरामा ल्याउनुपर्ने औल्याए ।

‘हरियाणाको प्रहरी परिचालन भएपनि केन्द्रिय सरकारको प्रत्यक्ष निर्देशनमा केही धार्मिक म्यानेजरहरुको आडमा धार्मिक आस्थाका सर्वसाधारणमाथि कारयतापूर्ण यातना दिइयो । यो घटनालाई अन्तर्राष्ट्रिय करण गरेर दोषिमाथी कारवाही गराउनुपर्छ’, उनले भने ।

वरिष्ठ अधिवक्ता रामकृष्ण काफलेले आफुलाई धर्म निरपेक्ष राष्ट्र र लोकतान्त्रिक मुलुक भन्ने भारतले नै आफनै मुलुकमा अन्य धार्मिक आस्थाका अनुयायीमाथि जनावरलाई पनि नदिइने यातना दिइएको जानकारी दिए ।annapurnapost
जलेश्वर–भारतमा नेपाली महिलाको विहे हुँदा भारतले आफ्ना अन्य नागरिक झै सवै क्षेत्रमा समान अधिकार दिएको तर नेपालमा जारी नयाँ संबिधानले भारतिय मुलकी महिलाको हकमा सो व्यवस्था नगरि नेपाल भारतको सम्बन्ध चिस्याउन खोजेको आरोप भारतका पुर्व केन्द्रिय मन्त्री प्रा.डा. रघुवंश प्रसाद सिंहले लगाएका छन् ।

नागरिकता र अन्य प्रावधान नेपाल सरकारले संसोधन नगरे नेपालले ठुलो क्षति व्यहोर्नु पर्ने समेत उनले चेतावनी दिए ।

मधुबनी जिल्लाको मधवापुर प्रखण्ड स्थित गान्धी मैदानमा नेपाल भारत मैत्री यात्रामा रहेका डा.सिंहले नेपालको मामलामा कुनै हेक्का नराखी यस्तो चेतावनी दिएका हुन् ।

नेपाल र भारतको वर्षौ देखिको सम्बन्धमा खस समुदायले विभिन्न प्रपन्च रची सम्बन्ध विगार्न खोेजेकोमा मधेशका जनता सो प्रति सचेत हुनु पर्ने समेत कथन थियो ।

साथै नेपालका विदेश तथा उपप्रधानमन्त्री कमल थापाले भारतिय सरकारसंग साठगाठ गरि सिमाक्षेत्रमा तस्करी गराएर मधेश आन्दोलन दबाउन खोजेको आरोप समेत उनले लगाएका छन ।
सदियौ देखि राम जानकी विवाह नेपाल र भारतका लाखौ श्रद्धालुको सहभागितामा हुने गरेको तर नेपालका राष्ट्रपतिको हठका कारण जनकपुर आक्रान्त भएको र मध्यप्रदेश लगायत भारतका विभिन्न राज्यवाट विवाहपन्चमीमा गएका श्रद्धालु जानकी माताको दर्शन समेत गर्न नपाई त्रसित अवस्थामा फर्कनु परेको उनले बताए ।

मधेशीको मांग अविलम्ब सम्बोधन नभए आफु स्वयम मधेश देखि काठमाडौसम्म यात्रा गरि आन्दोलनमा सहभागी हुने डा.सिंहले बताए ।
ratopati भिडियो हेर्न तलको बाकस थिच्नुहोस
काठमाडौं, १२ पुस । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता तथा सद्भावना पार्टीका महासचिव मनीष सुमनले सरकारले विराटनगर घटनाका सम्बन्धमा माफी माग्नुपर्ने बताउनुभएको छ ।
उहाँले विराटनगरमा पूवघोषित कार्यक्रमअनुसार रानीभन्सारमा धर्नामा बस्ने क्रममा प्रहरीले हस्तक्षेप गरेर शनिबार आफ्ना अध्यक्ष राजेन्द्र महतोलाई कुटपिट गरी गम्भीर घाइते बनाएको भन्दै आत्ति जनाउनुभयो । महासचिव सुमनले सरकारले सो घटनाका विषयमा माफी नमाग्दासम्म वार्तामा सद्भावना पार्टी नबस्ने बताउनुभयो ।

दैनिक नेपालसँग आज बिहान कुरागर्दै महासचिव सुमनले भन्नुभयो, ‘शान्तिपूर्ण धर्नामा बसेको व्यक्तिलाई कुटपिट गरेर गम्भीर घाइते बनाउनु पाइन्छ ? सो घटनाका विषयमा सरकारले माफी मागेर दोषीलाई कारबाही गर्नुपर्छ । अन्यथा वार्ताको कुनै अर्थ छैन । मधेसी मोर्चा वार्तामा बस्दैन । सद्भावनाको यो मान्यतालाई सबैले मान्ने छन् ।’
रानीभन्सार नाका अबरोध गर्न पुग्नु भएका अध्यक्ष महतोलाई सो क्षेत्रबाट हटाउने क्रममा प्रहरीले बल प्रयोग गरेको थियो । सो क्रममा अध्यक्ष महतोलाई चोटपटक लागेको थियो । घटनाको मधेसी मोर्चाले बिरोध गर्दै आएको छ ।
dainiknepal भिडियो हेर्न तलको बाकस थिच्नुहोस
धनगढी–२०५२ साल फेरि फर्किने नेकपा माओवादीका स्थायी समिति सदस्य एव्म पार्टी प्रवक्ता खड्क बहादुर विश्वकर्मा (प्रकाण्ड)ले चेतावनी दिएका छन् ।
शनिवार कैलालीको लम्कीमा ‘१२१ औं माओ जयन्ती’को अवसरमा भएको सभालाई सम्बोधन गर्दै पार्टी प्रवत्ता (प्रकाण्ड)ले धैर्यताको बाँध टुटिसकेको दावी गर्दै उनले भने–‘केही दिन भित्रै २०५२ साल फर्किन्छ ।’

२०५२ सालमा पार्टीले उठाएका मागलाई अहिले सम्म पनि सम्बोधन नभएको भन्दै नेकपा माओवादीका स्थायी समिति (प्रकाण्ड)ले फेरी एक पटक २०५२ सालमा फर्किनु पर्ने अवस्था सिर्जना भएको बताए ।
अब यो अन्तिम पटकको आन्दोलन हो, (प्रकाण्ड)ले भने, –‘१४ हजार सहिदको सपना पुरा गछौं ।’
एमाओवादी फुटेर चार टुक्र भएपनि चाँडै सबै माओवादी एक हुने उनले दावी गरे ।
हामीपुरा चार टुक्र भएपनि केही दिनमा सबै एक हु“दैछौं, पुर्व मन्त्री समेत रहेका विश्वकर्मा (प्रकाण्ड)ले–‘भ्रष्टचारी, दलाली र कालोबजारी गर्ने संग एकता हुँदैछन ।’
प्रचण्ड प्रति लक्षित गर्दै विश्वकर्मा (प्रकाण्ड)ले भारतीय दलालसंग एकताको सम्भावना नरहेको बताए ।

पुर्व मन्त्री समेत रहेका विश्वकर्मा (प्रकाण्ड)’ ले एमाओवादी अध्यक्ष प्रचण्डका कारण पार्टीको सपना चक्नाचुर भएको बतँए । ‘प्रचण्ड’ बाँदरको पुच्छर जस्तै हुन, उनले भने–‘जति सम्झाएपनि केही लाग्दैन ।’ प्रचण्डले १४ हजार नेपाली सहिदले गरेको बलिदानी बर्सिएकाले पार्टीको सपना पुरा नभएको उनले बताए ।

अहिलेको सरकारमा भ्रष्टचारी, दलाली र कालोबजारी गर्नेमात्र रहेकाले नेपाली जनताले दुःख भोग्नुपरेको बताए । भारतले नाका बन्दी गर्दा समेत सरकारमा बसेका उसैको दलाल गर्छन, विश्वकर्मा (प्रकाण्ड)ले भने ।
नेपाली जनतालाई भ्रम छर्नको लागि बाबुराम भट्टराई नयाँ शक्ति गठनमा लागेको बताए । उनले बाबुराम भट्टराईको नयाँ शक्तिलाई नयाँ बोतलमा पुरानो मदिरा भएको बताए ।

ratopati
आइतबार, १२ पुष
एजेन्सी । अमेरीकामा अाएकाे  शक्तिशाली हावाहुरीका कारण १८ जनाको मृत्यु भएको छ ।

अमेरीकाको मिसिसिपी राज्यमा १० जना र टेक्ससमा ६ जना अराकांश १ जना र अलाबाका १ जनाको हावाहुरी र तुफानको कारण मृत्यु भएको बिबिसीले जनाएको छ ।
हावा हुरी संगै बाक्लो हिउ परेपछि यातायातको साधनहरु समेत चल्ल सकेका छैनन । यस्तै समाचार अनुसार मिसिसिपीमा ५६ जना घाइते भएका छन भने ४०० भन्दा बढि घरहरुमा क्षति भएका छन् ।
nepalsandesh
कार्टुन : यस्तो गर्न परे मात्र थाहा पाउनेछन् जनताका दुख

ग्याँस बोक्न त गारै रैच हौ भिडियो हेर्न तलको बाकस थिच्नुहोस
काठमाडौं , १२ पुस । शनिबार राजधानीमा शीर्ष राजनीतिक दल र मधेसी मार्चाको वाता चलीरहँदा मधेसमा राजेन्द्र महतोको टाउकोमा लाठीका वर्षा बज्रीरहेका थिए । यही कुरालाइृ उपेन्द्र यादवले बैठकमा उठाए ।


उनले प्रचण्डलाई प्रश्न गर्दै भने प्रचण्डजी वार्ता गर्ने तरिका यही हो रु हामी लचिलो भएर वार्ता गर्ने राजेन्द्र महतोजी लगायतलाई मरणासन्न हुने गरी घाइते बनाउने ?

काँग्रेस सभापति शुशिल कोइराला निवास महारञ्जगञ्जमा चलेको वार्ता सकारात्मक भए पनि राजेन्द्र महतोको काण्डले मधेसी नेताहरुले भाँझो हाल्ने निउ पाए र सीमाकंन भन्दा पनि राजेन्द्र महतो घाइते भएको विषयले चर्चा पायो ।

मोर्चाका नेताहरुले आफ्ना मान्छेको टाउको फुटाएर सरकारले वार्ताको नाटक रचेको आरोप समेत लगाए ।
osnepal भिडियो हेर्न तलको बाकस थिच्नुहोस
पुस १२, सप्तरी ।

सप्तरीको भारदह–१ का राजीव राउत जारी मधेस आन्दोलनमा प्रहरीको गोलीले मारिएका पहिलो व्यक्ति हुन्। मधेसी मोर्चाले आह्वान गरेको साउन ३१ र ३२ को बन्द अनिश्चित बनेपछि भदौ १ मा भारदहमै भएको झडपमा उनी मारिए।

२४ वर्षे उनी राजनीतिमा क्रियाशील थिएनन्। संघीय समाजवादी फोरमले राउत आफ्नो कार्यकर्ता दाबी गरेपनि उनीनिकटहरू भने फोरमको भनाइप्रति आश्चर्य मानिरहेका छन्। निकै कमजोर आर्थिक अवस्थाका उनी तीन–चार वर्षयता केरा खेती गरेर परिवार पाल्दै थिए।

‘५ वर्षअघि राजीव रोजगारीका लागि मलेसिया गएका थिए तर ठगिए र फर्किए,’ छिमेकी रामु विश्वास भन्छन्, ‘उनको आर्थिक अवस्था कमजोर थियो, त्यसमाथि ठगिएपछि ऋणको भार झन् पर्यो।’

त्यसपछि अरूको सल्लाहमै उनले खेत भाडामा लिएर केरा खेती थाले। खेतीबाट राम्रै आम्दानी हुन थालेपछि दुई वर्षमै पुरानो ऋण चुक्ता गरी बिस्तारै उनको परिवार आर्थिक रूपमा बलियो बन्दै गरेको विश्वासले बताए।

घटनाको दिन शान्तिपूर्ण आन्दोलन गरिरहेका मोर्चा नेतालाई प्रहरीले कुटपिट गरेको खबर पाएपछि बुझ्न आउँदा झडप भइरहेको थियो। प्रहरीले खोलेको फायरमा पहिलो गोली नै राजीवको छातीमा लागेको विश्वासले देखे। करिब ३ वर्षअघि बिहे गरेका राजीवका एक पत्नी, २० महिनाका छोरा र करिब ४ महिनाकी छोरी छिन्।

भदौ २२ साँझदेखि पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको भारदहमा मोर्चाका नेताको जमघट बढ्दै थियो। कम्तीमा ५ हजार जनालाई खाना खुवाउने तयारी थियो। त्यसको जिम्मा लिएका थिए, सद्भावना पार्टीका वरिष्ठ उपाध्यक्ष, सप्तरी हनुमाननगरका नवलकिशोर साह (रामबाबु) ले।



मोर्चाका जिम्मेवार नेताले विरोध गरेपनि त्यहाँ सहभागी एक समूहले छेउका तीन रुख ढालेर राजमार्ग अवरुद्ध गरे। भदौ २३ बिहानैदेखि एसपी शिशिरकुमार कर्माचार्य, सशस्त्र प्रहरी बल दन्तकाली गणका एसपी जनक बोहरालगायत उच्च अधिकारीको नेतृत्वमै प्रहरीले राजमार्गको अवरोध हटाउन थाल्यो। रुख हटाइरहेका बेला प्रदर्शनकारीले ढुंगामुढा गरेपछि प्रहरीले गोली चलायो। गोली लागेर सप्तरीको पोर्ताहा–१ का ६३ वर्षे रामकिसुन राउत मारिए। राजनीतिसँग टाढा रहेका राउत आन्दोलनसँग पनि खासै सरोकार राख्दैनथे।

आन्दोलन सेलाउन थालेपछि मोर्चाले ‘चलु राजमार्ग भरु राजमार्ग’ अभियान चलायो। व्यापक प्रचारसहित मंसिर ५ मा निर्धारित कार्यक्रममा पूर्व–पश्चिम राजमार्गअन्तर्गत रूपनी र भारदहमा भीड ओर्लियो। राजनीतिमा रुचि राख्नेभन्दा पनि लामो बन्दका कारण बेरोजगार किसान, युवा, मजदुरलगायत गाउँ–गाउँबाट राजमार्ग पुगे।

जसरी पनि गाडी रोक्नैपर्ने मोर्चाको अनि मान्छे मारेरै भएपनि गाडी पठाउनुपर्ने प्रशासनको अडान देखियो। झडपमा प्रहरीले गोली चलायो। भारदह र रूपनीमा १–१ जना घटनास्थलमै मारिए। धेरै घाइते भए। त्यहाँ मर्नेहरू पनि राजनीतिमा सक्रिय थिएनन्।

भारदहमा मारिएका सप्तरी, डाढा गाविस–७ बलियाका वीरेन्द्र रामको आर्थिक अवस्था दयनीय छ। दैनिक ज्यालादारीमा राजमिस्त्रीको काम गर्ने वीरेन्द्रका एक काखेछोरा छन्। त्यही घटनामा मारिएका सप्तरी, जमुनी मधेपुरा गाविस–९ छपकीका २७ वर्षे नागेश्वर यादव र जमुनी मधेपुरा–३ पर्साहीका १९ वर्षे शिवशंकर दास पनि राजनीतिबाट टाढा थिए। अत्यन्तै न्यून आर्थिक हैसियतका यी युवा मजदुरी गरेर पेट पाल्थे।

मंसिर–५ राति भारदह र रूपनीमा प्रहरीको गोली लागेर सर्वसाधारणको मृत्यु भएको खबरलगत्तै बिहानैदेखि सदरमुकाम राजविराज तनावग्रस्त भयो। स्थानीय युवा र प्रहरीबीच चोक–चोकमा झडप भए।

मोर्चाका कुनै नेता नभएकाले स्थिति झन् असहज बन्यो। त्यहीक्रममा प्रहरीले गोली प्रहार गर्दा दुईतल्ले घरमा छोरीसँगै टिभी हेर्दै बसेका राजविराज–१ का युवक व्यापारी दिलीप साहको टाउकामै गोली लाग्यो। उनको तत्कालै निधन भयो। सँगै रहेकी ५ वर्षीया छोरी मुस्कानको हातमा गोली लाग्यो। साह कुनै मधेसवादी दलसँग आबद्ध थिएनन्। उनलाई कांग्रेसले आफ्नो कार्यकर्ता दाबी गर्योा।

मधेस आन्दोलनम प्रहरीको गोलीले मारिएका तथा घाइतेहरू अधिकतर भने राजनीतिबाट टाढा देखिन्छन्। आन्दोलन हेर्न आएकाहरू प्रायः मारिएको र घाइते भएको देखिन्छ। आन्दोलनमा नेतृत्वकर्ता र सुरक्षा अधिकारी पनि जिम्मेवार नहुँदा स्थिति अराजकतातिर मोडिएको, सर्वसाधारणको ज्यान जाने अवस्था बनेको जानकारहरू बताउँछन्।

मान्छे मारिएका सबैजसो विरोधका कार्यक्रममा मोर्चाको जिम्मेवार नेता नदेखिनुले उनीहरू जसरी पनि तनाब उत्पन्न गराएर आन्दोलन चर्काउने रणनीतिमा देखिएको विश्लेषकहरूको टिप्पणी छ, नागरिक दैनिकमा खबर छ ।nepaliheadlines
१२ पुस, काठमाडौं ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको दक्षिण पश्चिमतर्फ काठमाडौं महानगरपालिका वडा नम्बर ३५ काटेश्वरमा निर्माण गरिएका केही भवन भत्काउनुपर्ने भएको छ । हवाई व्यवस्थापनमा समस्या उत्पन्न भएकाले त्यस्ता संवेदनशील क्षेत्रमा निर्माण गरिएका भवन भत्काउनुपर्ने भएको हो ।

नागरिक उड्डयन प्राधिकरणले दिएको प्रतिवेदनका आधारमा काठमाडौं महानगरपालिकाद्वारा गठित प्राविधिक समितिले ६ वटा घरको केही भाग भत्काउनुपर्ने र चारवटा घरको तला थप्न नहुने सिफारिस गरेको हो ।
महानगरपालिकाको ३५ वडाअन्तर्गत निर्माण गरिएका केही भवनका कारण हवाई व्यवस्थापनमा समस्या उत्पन्न भएको भन्दै प्राधिकरणले महानगरपालिकालाई पत्राचार गरेको छ ।

त्यस्ता संवेदनशील क्षेत्रमा निर्माण गरिएका भत्काउनुपर्ने भनी पहिचान गरिएका भवनहरुको प्राविधिक समितिबाट स्थलगत निरीक्षण गरी प्रतिवेदन तयार पार्न महानगरपालिकाको गत मंसिर १५ गतेको बोर्ड बैठकले निर्देशन दिएको थियो । अन्नपूर्ण पोस्टमा खबर छ ।nepaliheadlines
१२ पुस, काठमाडौं ।

काठमाडौं उपत्यकामा पेट्रोल, डिजेल र मट्टीतेल वितरण गर्दै आएको आयल निगमको थानकोट डिपोमा पेट्रोल एक हजार दुई सय किलोलिटर छ । यो ‘डेप्थ स्टक’ हो । डिजेल तीन हजार तीन सय किलोलिटर मौज्दात छ ।

भन्सार नाकामा फाट्टफुट्ट एक–दुई ट्यांकर भित्रिएको मट्टीतेल सम्बन्धित क्षेत्रमै वितरण भइरहेको छ । निगमको सिनामंगलस्थित हवाई इन्धन डिपोमा ६ सय ५० किलोलिटर हवाई इन्धन मौज्दात छ ।

निगमले उपत्यकामा दैनिक अधिकतम ५० हजार लिटर पेट्रोल वितरण गर्दै आएको छ । साझा, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका पम्पबाट पेट्रोल वितरण भइरहेको छ । डिजेल भने दैनिक दुई लाख ३० हजार लिटर वितरण भइरहेको छ ।

मौज्दात नभएकाले उपत्यकामा मट्टीतेल बिक्री नभएको करिब एक महिना भइसकेको छ । निगमले आन्तरिक उडान भर्ने विमानलाई दैनिक ५० हजार लिटरभन्दा बढी हवाई इन्धन वितरण गरिरहेको छ । यस्तै पुसमा १८४ बुलेट नेपाल भित्रिएको छ भने २०८ बुलेट रक्सौलमा रोकिएका छन् ।

यस्तै वीरगन्ज नाका ठप्प भएकाले अन्य प्रमुख पाँच नाका काँकडभिट्टा, विराटनगर, भैरहवा, नेपालगन्ज र धनगढीबाट इन्धन भित्रिरहेका छन् । यी नाकाबाट डिजेलका ट्यांकर धेरै र पेट्रोलका ट्यांकर कम आइरहेका छन् ।

यसरी आएकामध्ये काठमाडौंमा दैनिक औसतमा १५ ट्यांकर डिजेल र चार ट्यांकर पेट्रोल ल्याउने गरेको निगमले जनाएको छ । भन्सार कार्यालयहरूका अनुसार ११ पुस रातिसम्म कुनै नाकाबाट पेट्रोल, डिजेल आएको छैन ।

१० पुसमा डिजेल ३६ र पेट्रोल ६ ट्यांकर, ९ पुसमा डिजेल ४८ र पेट्रोल १० ट्यांकर आएका थिए । ८ पुसमा डिजेल ५२ र पेट्रोल १५ ट्यांकर, ७ पुसमा डिजेल ४९ र पेट्रोल १४ ट्यांकर, ६ पुसमा डिजेल ३४ र पेट्रोल १०, ५ पुसमा डिजेल २९ र पेट्रोल १२ ट्यांकर र ४ पुसमा डिजेल ३९ र पेट्रोलका चार ट्यांकर भित्रिएका थिए । नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ ।nepaliheadlines
आइतबार, १२ पुष

भारतले दोहोरो चाल चाल्न थालेको पुष्टि हुँदैछ । भारतले एकातिर ओली सरकारले परराष्ट्र मन्त्री कमल थापा मार्फत दिल्लीमा पेश गरेको तीन महिना पछि सीमांकन परिवर्तन गर्ने प्रस्तावलाई सहमति दिंदै स्वागत गरेको छ भने अर्को तिर मधेशी मोर्चालाई म कुटे जस्तो गर्छु तँ रोए जस्तो गर्नु भनेको पुष्टि हुँदैछ ।
मधेशी मोर्चाका नेताहरुलाई दिल्ली वोलाएर ओली सरकार संग भएको सहमतिलाई समर्थन गर्न भन्दै दवाव दिए जस्तो गरेको भारतीय मोदी सरकारले भित्र भित्रै भने अर्कै खिचडी पकाइ रहेको छ ।
मधेशी मोर्चालाई दवाव दिए जस्तो गरेतापनि मधेशी मोर्चाले नै मानेन के गर्ने भन्दै भारतीय नेताहरुले मध्यस्थकर्ता वनेकाहरु मार्फत ओली सरकारलाई खवर पठाएको समाचार श्रोतले जानकारी दिएका छन् । वीरगञ्ज नाका पुरै वन्द गरेर अरु नाकाहरु अलि खुकुलो जस्तो गरेतापनि भारतीय मोदी सरकारले नेपाल माथिको नाकावन्दी तत्काल नहटाउने भएको छ ।
अहिले मध्यस्थकर्ताहरु मार्फत भारत सरकारले मधेशी मोर्चालाई मान्य हुने खालको सीमांकनको ग्यारेन्टी दिएर भएपनि आन्दोलन फिर्ता लिन लगाउन ओली सरकारलाई सुझाव दिन थालेको वताइन्छ । मोदी सरकारले ओलीलाई आधा झुकेर नपुग्ने र पुरै झुक्न पर्ने स्थितिमा पुर्‍याउन खोजेको देखिन्छ ।
बेलैमा चीनवाट इन्धन आयात शुरु गर्न हिचकिचाएका ओली अहिले आएर पछुतो मान्न थालेको वताइन्छ । बेलैमा चीनवाट इन्धन आयात गर्न सकेको भए भारतले यस्तो विधि हेप्न नसक्ने थियो भनेर ओलीले आफ्ना निकटहरुलाई भन्न थालेको समाचार श्रोतले वताएको छ ।
अहिले भारतले ओलीको विकल्प खोजी गर्न शुरु गरेको समाचार पाएपछि ओलीले हतार हतार मन्त्रालय फुटाएर साना दलहरुलाई मन्त्री वनाएर देशलाई अरवौं व्ययभार थपे । तर यसले मात्र ओलीको कुर्सी जोगिन्छ भन्ने ग्यारेन्टी नभएको र यसवाट जनतामा ओली वदनाम हुन थालेको देखिन्छ ।
केही दिन भित्र चीनवाट इन्धन ल्याउने प्रकृयाको ग्यारेन्टी गर्न ओली सरकार असफल भएमा अब जनताले सहेर वस्ने स्थिति नरहने देखिन्छ । ओली सरकारले छ जना उपप्रधानमन्त्री वनाएको कुरालाई जनताले भारतीय नाकावन्दीको विशेष परिस्थितिमा सहेपनि अब भने नसहने देखिएको छ ।
ओली सरकारको विकल्पमा प्रचण्ड वा देउवाको नेतृत्वमा मधेशी मोर्चा, कांग्रेश र एमाओवादीको गठवन्धन सरकार हुन सक्छ कि भनेर कसरत हुन थालेको समाचार श्रोतले वताएको छ ।
nepalsandesh
काठमाडौं– नेपाल आयल निगमले ग्यास आयात बरौनीबाट ग्यास आयात पनि बढाउने भएको छ । ‘सामान्य अवस्थामा बरौनीबाट १२ हजार टन ग्यास लोड भइरहेकोमा केही दिनबाटै करिब १५ हजार टन ग्यास लोड हुनेछ,’ निगमका प्रवक्ता मुकुन्द घिमिरेले भने ।
त्यस्तै, निमगले हल्दिया रिफाइनरीबाट ग्यास आयात बढाउने जनाएको छ । सामान्य अवस्थामा सात हजार टन ग्यास लोड भइरहेको हल्दियाबाट केही दिनमै आठ हजार टनभन्दा बढी ग्यास लोड गरिदिने घिमिरेले बताए । ‘आइओसी अधिकारीले खाली भएका बुलेट सबै पठाउनू, हामी सबै रिफाइनरीबाट ग्यास भरेर पठाइदिन्छौँ भनेका छन्,’ घिमिरेले भने । निगमका अनुसार अ हिले वीरगन्ज नाकाबाट प्रवेशको पखाईमा भारततिर दुई सय आठ बुलेट रोकिएर बसेका छन् । भन्सार विभागको तथ्यांकअनुसार पुसयता शनिबारसम्म एक सय ८४ बुलेट ग्यास आएका छन् । शनिबार काँकडभिट्टाबाट एक, १० पुसमा १८ बुलेट ग्यास आएको थियो । सुनौली–बेलहिया हुँदै १० पुसमा १० बुलेट र ९ पुसमा दुई बुलेट ग्यास आएका छन् । आयल निगमले स्थापना गरेको ग्यास कन्ट्रोल रुमका अनुसार ४ पुसमा काठमाडौंकेन्द्रित उद्योगका १७ बुलेट भैरहवा भन्सारबाट छुटेका थिए । भैरहवा भन्सारबाटै ५ पुसमा काठमाडौंकेन्द्रित उद्योगका १६, ६ पुुसमा २५, ७ पुसमा २१ र ८ पुसमा ३० बुलेट ग्यास आएको कन्ट्रोल रुमले जनाएको छ । पछिल्ला दिनमा ग्यासको आयात बढे पनि सर्वसाधारणले पाउन सकेका छैनन् । नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ । ratopati
Intolerance row: Aamir Khan's hatred for Narendra Modi goes back a long way


 Bollywoods' Mr Perfectionist Aamir Khan on Monday, Nov 23, jumped into a boiling controversy of so-called 'intolerance' prevailing in the country. 50-year-old Aamir has been honoured by the Government of India with the prestigious awards of Padma Shri in 2003 and Padma Bhushan in 2010. What Aamir Khan is today or any other Bollywood superstar is today, is only because of Indians and because of the love and admiration they have received from their Indian fans.



How can Aamir called India 'intolerant', when his movies like PK, Taare Zameen Par, Peepli Live, Dhobi Ghat, Lagaan and many others gross over Rs 100 crores at the box office. Although Aamir is known to stay away from media limelight and is mostly seen in public, during his movie promotions, but this particular statement by him, has brought him in the eye of storm. Aamir a known baiter of Modi Aamir calling India an intolerant nation under Prime Minister Narendra Modi led-NDA government does not come as a surprise for many, who have keenly observed his equation with Modi in the last few years. Ten years back in 2005, he carried out a campaign to deny Modi to get US visa. In March 2005, he, along with 203 people, had signed a public petition in 2005 against Modi, that hauled up the then PM Dr Manmohan Singh for criticising the US visa ban on Modi who was then the chief minister of Gujarat. [Text of citizens statement re the Indian Prime minister's comments in the Rajya Sabha following refusal of US Visa to Narendra Modi] [Read: VHP's open letter to Aamir Khan] Aamir had also slammed Modi-ruled Gujarat over 2006 Vadodara riots. "I think it is (Vadodara incident) very sad and what happened in Gujarat a few years ago was also equally unfortunate. It's a shame that the administration is not able to control the situation there and it is resulting in deaths of innocent people", Aamir had said. Aamir had vocal disagreements with Modi over Narmada Dam project and accused him of harming him when Modi had not even filed a case against him. However, his movie Fanaa, that released around that time, faced an unofficial ban in Gujarat. ['Fanaa' banned in Gujarat] Khan had also said that it was a pity that the ruling party in Gujarat viewed him as anti-Gujarat and was trying to stall Fanaa. "I don't think of myself as a Hindu or a Muslim, a Sikh or a Christian. I'm an Indian. And it is for the people of India to decide what is right or wrong", Khan was quoted as saying by a leading daily. In an interview with Reddif, Khan had said, "I strongly feel no innocent Hindu, Muslim, Sikh or Christians should get killed in riots.I feel all human beings should oppose such people. Those who instigate others in the name of religion are wrong." On being asked whether he will make a call to Modi to sort out the issue, Khan had said, "Why should I phone him? Why should I interfere in his work? Let the people decide who is right and who is wrong." On BJP, Khan had said, "I want the people of India to see that here is a political party (BJP) that does not believe in democracy. Here is a party that does not believe in the rights of poor people." In 2006, his movies-- Range De Basanti and Taare Zameen Par, had also faced revolt in Gujarat. [Anti-Modi remarks haunts Aamir Khan] On Narmada Bachao Andolan in Gujarat under the leadership of social activist Medha Patkar, Aamir had said on May 26, 2006, "I will not retract my steps nor will I apologise to anyone simply because I've not done any wrong." "Let me specify that I am not opposed to Narmada dam construction. All I want is that the people, who have been ousted by the construction of dam, should get alternative accommodation", Aamir had said. In 2011, despite having differences with Modi, Aamir visited Ahmedabad for the promotion of his movie '3 Idiots', when Modi was the chief minister of Gujarat, and he had also praised the good work happening in the field of girls education in Gujarat! When Aamir's meeting with Modi raised eyebrows Even though, Aamir kept on attacking Modi, but yet Modi embraced him. But why did Aamir meet Modi, in the first place, when he was convinced Modi was a bad person? As a guarded U-turn on June 23, 2014, Khan had met Modi, shortly after 2014 Lok Sabha elections concluded in May. He had shared the pic of meeting Modi at Twitter and said that it was very kind of PM Modi to spare his valuable time. [After making anti-Narendra Modi remarks, Aamir Khan meets PM at 7RCR] Aamir had brought along-with him a DVD set of his reality TV Show Satyamev Jayate, to promote "Vote for Change" episode, when he met PM Modi. On Oct 2, 2014, Aamir had shared the dais with PM Modi during the launch of Swachh Bharat Campaign in New Delhi. [Aamir Khan joins PM Narendra Modi's 'Swachh Bharat' campaign] Aamir had also said he would be happy if he is made the brand ambassador of the cleanliness drive. In Jan 2015, Aamir had signed an open letter to PM Modi, alongwith other renowned activists to address critical issues such as poverty, climate change and equality, as part of the action 2015 campaign. Aamir-NaMo's sweet & sour chemistry! On the whole, Aamir Khan and Narendra Modi have shared an acrimonious relationship over the past few years. [When Aamir Khan met Narendra Modi] Both are an ace performers in their respective fields of politics and entertainment and have earned a global reputation to represent India. [Videos: List of brands/campaigns that Aamir Khan has endorsed] Freedom comes with responsibility India is world's largest democratic country and its every individual has got the fundamental right to voice his/her opinions, but at the same time it is wrong to say that India is an intolerant country, that too by a person like Aamir Khan or any other celebrity. [How Indians proved that Aamir Khan was not wrong!] Hope time will heal this too! भिडियो हेर्न तलको बाकस थिच्नुहोस
वि.सं. २०७२ साल पुस १२ गते। आइतबार। इश्वी सन् २०१५ डिसेम्बर २७ तारिख। नेपाल संवत् ११३६ थिंलागा। पौष कृष्णपक्ष। तिथि– द्वितीया, १५:३८ बजेउप्रान्त तृतीया।उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
अरूको फाइदाका लागि उपयोग भइनेछ भने परिस्थिति आफ्ना लागि अलि प्रतिकूल रहने देखिन्छ। काम बिग्रने डरले सताइरहनेछ। बेसुरमा वचन दिने बानीले दुःख पाइनेछ। नजिकका साथीभाइ टाढिन सक्छन्। महत्वाकांक्षी योजना गोप्य राख्नुहोला पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ। परिवारमा आमाको माध्यमबाट काम बन्न सक्छ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
विगतको सफलताले काममा झन् उत्साह बढ्नेछ। उद्योग र व्यापारमा निकै फाइदा हुनेछ। प्रतिस्पर्धीहरूलाई पनि सजिलै पछि पार्न सकिनेछ। सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ। कृषि तथा व्यावसायिक काममा केही चुनौती देखापर्न सक्छन्। तापनि, नयाँ काममा हात हाल्ने समय छ। प्रशस्त धन आर्जन गर्ने मौका छ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
विभिन्न अवसर पाइनेछ। तर, सोचेको काम समयमा सम्पादन गर्न नसकिने र अवसर फुत्कने सम्भावना देखिन्छ। काम र पठन–पाठनमा लगनशील बन्न नसक्ता अरूले आलोचना गर्नसक्छन्। आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ, सचेत रहनुहोला। बोलीको गलत अर्थ लाग्नाले सहयोगीहरू टाढिनेछन् । विगतको श्रमबाट भने लाभ हुनेछ। फाइदा अलि कममात्र हुने समय छ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
हिम्मतले काम लिन नसक्दा केही पछि परिनेछ। योजनाअनुसार अघि बढ्न नसकिए पनि नियमित काम भने बन्नेछन्। खानपानको अनियमितताले स्वास्थ्यमा समस्या देखिएला। सहयोगीहरू कमै भेटिनेछन् भने फुर्सदिलाहरूले अलमल्याउन सक्छन्। थोरै आर्जनमा चित्त बुझाउनुपर्ला। अध्ययनमा सामान्य विषयको ज्ञान लिन निकै मेहनत गर्नुपर्ने समय छ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
समयमा होश नपुग्नाले खर्च मात्र हुनेछ। प्रलोभन देखाउनेहरूले फसाउन सक्छन्। खर्च गरेर पनि त्यति फाइदा उठाउन नसकिएला। ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्नेछ। शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ। परिवारजनबाट टाढिनुपर्ला। आफ्नै कमजोरीले विवादमा परिनेछ भने सद्विचारले अभिप्रेरित हुनेहरूलाई फाइदा हुनेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
समय उत्साहवर्द्धक रहला। आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। पितृधन उपयोग गर्दा अझ लाभ हुन सक्छ। नयाँ ज्ञान प्राप्त हुनेछ। कृषि तथा पशुपालनमा भने सोचेको लाभ अलि नहोला। तापनि व्यापारमा प्रशस्त फाइदा हुनेछ। दाम, नाम, इनाम हातपार्ने बेला छ। श्रमको उचित मूल्यांंकन होला। पढाइमा पनि राम्रै प्रगति गर्न सकिनेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
प्रतिष्ठित काम गर्ने मौका छ। मातापिताको सहयोग प्राप्त होला। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक दायित्व बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। कीर्तिमानी काम गर्ने समय छ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
धर्ममा श्रद्धा र परोपकारमा मन जानेछ। स्वास्थ्यमा भने कमजोरी अनुभव हुनेछ। सानातिना काममा अल्झनुपर्दा मुख्य काममा अवरोध हुन सक्छ। आशा देखाउनेहरूको भरपर्दा धोका हुन सक्छ। चुनौतीपूर्ण कामको दायित्व लिनाले धेरै परिश्रमपछि न्यून सफलता मिल्नेछ। सहयोगी जुटाउन नसकिएला। आँटेका काम पूरा नभए पनि आंशिक फाइदा हुनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
काममा केही चुनौती देखिए पनि प्रयत्न गर्दा सकारात्मक संकेत प्राप्त हुनेछ। सहयोगीहरूले अप्ठ्यारो समयमा साथ दिनाले चुनौतीहरूलाई पार लगाउन सकिनेछ। गोप्य रहस्य पत्ता लाग्नेछन् भने नसोचेको धन लाभ हुन सक्छ। तापनि, सानातिना समस्याले अप्ठ्यारो परिस्थिति सिर्जना हुने देखिन्छ। स्वास्थ्यमा पनि अलि कमजोरी अनुभूति हुन सक्छ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् भने परिवारजनको साथले नयाँ आशा पलाउनेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। विभिन्न सहयोग र उपहार पाइनेछ। आयआर्जन पनि राम्रै हुनेछ। अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ। रमाइलो यात्रा गर्ने अवसर जुट्नेछ। कामको चापबाट पनि फुर्सद पाइनेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम सुरु हुन सक्छ। परिस्थितिसँग केही सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ। हठ गर्ने बानीले दुःख पाइएला। सद्विचार लिनेहरूका लागि समय उत्साहजनक रहनेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
दिन उत्साहपूर्ण रहला। सुखद समाचार सुन्न पाइनेछ। स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ। व्यापारमा भने कम मात्र फाइदा होला। पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ। पढाइलेखाइमा प्रगति हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन्।

१२ पुस, काठमाडौं ।

उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाको चीन भ्रमण प्रधानमन्त्री केपी ओलीको आगामी चीन भ्रमणको तयारीअनुरूप भएको खुलेको छ । अहिले नै तयार भएका कतिपय विषय छलफलका रूपमा राख्दै आगामी वर्ष (सन् २०१६) को सुरुवातमा नै हुने सरकार प्रमुखस्तरको भ्रमणका क्रममा सम्झौता गर्ने भनिएपछि यो खुलासा भएको हो ।

तर २०१६ को कुन महिनामा प्रधानमन्त्रीस्तरको भ्रमण हुने स्पष्ट पारिएको छैन ।


चीनले नेपालसँगको सम्झौता नेपालको राजनीतिक सहमतिमा गर्न खोजेका कारण नहतारिएको पनि अधिकारीहरूले बताए । अहिलेको अवस्थामा नेपालमा राजनीतिक सहमति नभएकोप्रति लक्षित गर्दै चिनियाँ नेता र अधिकारीले कार्यकारीस्तरमा कतिपय सम्झौता गर्न सकिने परराष्ट्रमन्त्री थापालाई बताएका छन् ।

थापाकै भ्रमणका क्रममा स्वतन्त्र व्यापार सम्झौता (एफटीए), द्विपक्षीय लगानी तथा सुरक्षण सम्झौता (बिप्पा) लगायतका सम्झौता गर्ने तयारी नेपालको थियो । तर चीनले यसमा थप अध्ययन गर्ने र दीर्घकालीन हितमा उपयोगी बनाउने भनेपछि नेपालले आस गरेको स्वतन्त्र व्यापार सम्झौता (एफटीए), द्विपक्षीय लगानी तथा सुरक्षण सम्झौता (बिप्पा), पारवहन तथा व्यापार सम्झौता र इन्धन आयात सम्झौतामा हस्ताक्षर हुन सकेन ।

ती सम्झौता गर्ने कुरामा दुवै देशबीच राजनीतिक तहमा सहमति जुटेको छ । चीनले यो विषयलाई कार्यकारीस्तरमा नै टुंग्याउन लागेकाले अहिले सम्झौता नभएको एक अधिकारीले बताए ।

‘यो भ्रमणले आगामी दिनमा द्विपक्षीय हितका लागि गर्ने कार्यको धेरै आधार तयार गरेको छ । सम्झौताभन्दा पनि त्यसका लागि बनाइने आधार निकै महत्त्वपूर्ण रहन्छ । त्यो तय भएको छ । अहिलेसम्मको सम्बन्धका बारेमा खुलेर छलफल भएको छ भने नेपाललाई परेको समस्या पनि स्पष्ट राखिएको छ,’ चीनका लागि नेपाली राजदूत डा. महेश मास्केले भने, ‘नेपाल र चीनबीचको सम्बन्धमा केही अलमल भए पनि यो स्पष्ट पार्ने काम दुवै पक्षबाट भएको छ । यस अर्थमा भ्रमण सफल र सार्थक भयो । सम्बन्धलाई माझ्न यो स्तरको भ्रमण आवश्यक छ । आशा गरौं छिट्टै प्रधानमन्त्रीस्तरको भ्रमण हुनेछ ।’ कान्तिपुरमा खबर छ ।nepaliheadlines
टर्कीको पुलिसले आजकल एकजना लुटेरा बेहुलीको खोजी गरिरहेको छ । यी बेहुली विवाहको पहिलो रातमै लाखौँ रुपैयाँ मूल्यका गहना तथा उपहार लिएर फरार भएकी हुन् । सिरियाली आप्रवासी रहेकी यी युवकीले यसअघि पनि दुइपटक सम्म यस्तै विवाहको नाटक गरेर ठगी गरेको खुलासा भएको छ ।
बेहुली बनाएर जिन्दगी बिताउने अभिलाषाका साथ ती युवतीलाई भित्राएका टर्कीको डेनजिली सहरका बेहुला राजा तुरकलका अनुसार एक म्यारिज ब्युरोमार्फत ती युवतीसँग उनको विवाह भएको हो । परिवार तथा आफन्तको सहमतीमै ती सिरियाली आप्रवासी युवतीसँग उनको विवाह भएको थियो । आफुले बेहुलीसँग सुहागरात पनि मनाउन नपाएको र उनी आफुलई ठगेर भागेको पीडित बेहुलाको भनाइ छ ।

विवाहको रात ठग बेहुलीले ती युवकलाई पेय पदार्थमा केही चिज मिसाएर खुवाइछन् । उक्त पेय पदार्थ खाएपछि बेहुला बेहोस् बने । ब्युझिँदा त झण्डै ८ लाख रुपैयाँ पर्ने सुनका सिक्का, गहना तथा नगद समेत लिएर बेहुली त्यहाँबाट सुइँकुच्चा ठोकिसकिछन् । जब उनले आफु ठगिएको कुरा पुलिसमा गएर उजुरी गरे र ती बेहुलीको तस्वीर पनि देखाए तब पुलिस अचम्ममा पर्यो । ती युवतीविरुद्ध यसअघि पनि दुइजनाले यस्तै ठगीको मामिलामा उजुरी गरिसकेका रहेछन् । आफुले लाखौँ खर्च गरेर विवाह गरेको र बेहुली उल्टै लाखौँ रकम लिएर भागेपछि ती युवक पीडामा परेका छन् ।
काठमाडौं । पारसकी प्रेमिका थाइल्याण्ड नागरिक ‘लिन कान्निका’का कारण शाही परिवार तनावमा परेको छ । थाइल्यान्डमा रहेका पारसले दसैंमा कान्निकालाई सँगै काठमाण्डौं ल्याउने खबर पठाएपछि कान्छी श्रीमतीका रुपमा भित्र्याउन खोजेको आशंकामा पूर्वराजा ज्ञानेन्द्र शाहको परिवार चिन्तामा परेको हो ।
बाबुआमालाई पारसले लिनसँग बिहे नै गर्ने कुरा बताएका छैनन् । दसैंको टीका लगाउन काठमाण्डौं आउँदा प्रेमिकालाई सँगै ल्याउने सन्देश निरन्तर बाबुआमालाई पठाइरहेका थिए । दसैंका बेला लिनलाई ल्याएर कान्छी बनाउने क्रासले ज्ञानेन्द्र शाहको परिवारले पारसलाई फकाउने प्रयास गरेका हुन् ।
paras shahमुटुको विरामी भएकाले पारसलाई जबर्जस्ती गर्ने पक्षमा ज्ञानेन्द्रको परिवार छैन् । सकेसम्म सम्झाएरै पारसलाई लिनसँगको सम्बन्धबाट अलग गराउने प्रयास उनीहरुको छ ।
तर, पारसले निर्मलनिवासमा आफ्ना लागि छुट्टै घर बनाइदिन सन्देश पठाएको स्रोतलाई उदृत गर्दै नयाँ पत्रिकाले खबर छापेको छ । पूर्वयुवराज्ञी पारसलाई सम्झाउन बैंकक गएकी थिइन् भने उनी केही दिन अघि काठमाण्डौं फर्किएकी छन् ।
११ पुस, काठमाडौं ।

एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले आगामी दुई वर्षभित्र सबै माओवादी पार्टीलाई मिलाएर मुलुककै सबैभन्दा ठूलो पार्टी बनाउने अभियानमा आफू लागेको दाबी गरेका छन ।

एमाओवादी केन्द्रीय कार्यालय पेरिसडाँडामा कोटेश्वरमा आज आयोजित १२२औँ माओत्सेतुङ जयन्ती समारोहलाई सम्बोधन गर्दै उनले मुलुक एमाओवादीको एजेण्डामा अगाडि बढे पनि माओवाद मान्ने घटकहरु नै विभिन्न टुक्रामा विभक्त हुनु राम्रो नभएको बताए ।

अध्यक्ष दाहालले भने –‘‘नेतृत्व, कार्यकर्ता तह कसले कहाँ के कति गल्ती गरे त्यसको समग्र समीक्षा गरिनुपर्छ । सबैले आत्मालोचना गरेर नयाँ आधारमा अगाडि बढ्नुपर्छ । अब पनि पुरानै तरिकाले अगाडि बढियो भने न त मुलुकको हित हुन्छ न त नेपाली जनताको नै कुनै प्रगति हुन्छ ।’’

केही दिनअघि सम्पन्न केन्द्रीय समितिको बैठकले सबै माओवादी घटकलाई एकताका लागि आह्वान गरेको र परिणाम सकारात्मक दिशातिर नै गइरहेको उनको कथन थियो ।

एमाओवादी तेस्रो पार्टी भए पनि मुलुकको समस्या समाधान गर्न नेतृत्व प्रदान गरिरहेको उल्लेख गर्दै अध्यक्ष दाहालले लहड र सनकका आधारका कुनै पनि विषय सार्थक निष्कर्षमा पुग्न नसक्ने स्पष्ट पारे ।

मुलुक, जनता र राष्ट्रियता तथा सार्वभौमसत्ताको पक्षमा अडान राख्दा आफ्नो पार्टी पटक–पटक टुक्रा पारिएको भन्दै उनले एमाओवादी जस्तोसुकै सङ्कटमा फसे पनि जनताको पक्षमा काम गर्न नछाड्ने दृढता व्यक्त गरे ।

एमाओवादी परित्याग गरी नयाँ शक्ति निर्माणमा लाग्नुभएका डा बाबुराम भट्टराईप्रति परिलक्षित गर्दै अध्यक्ष दाहालले भने – “केही मान्छे माओवाद छाडेर आफूखुसी गर्दै हिँडेका छन् । यसले सहिद, घाइते, बेपत्ता नागरिकको भावना विपरीत काम भएको छ । कतै यो अपराधीकरणको दिशामा त लागेको छैन ?’’

आफ्नो कुनै पनि व्यक्तिगत स्वार्थ नभएको स्पष्ट पार्दै अध्यक्ष दाहालले सम्पूर्ण ध्यान राष्ट्रको समुन्नतिमा नै केन्द्रित रहेको बताए ।

मुलुकले भोग्नुपरेको विद्यमान समस्या समाधानका लागि आफू र आफ्नो पार्टी क्रियाशील रहेको उल्लेख गर्दै उनले तराई–मधेसको समस्या राजनीतिक तवरले हल गर्ने र संविधानको सहज कार्यान्वयन गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।nepaliheadlines
११ पुस, जनकपुरधाम ।

सुरक्षा निकायको निष्क्रियताका कारण सीताराम विवाहका दिन मन्दिरभित्र र बाहिर घटना घटेको सञ्चारकर्मीले बताएका छन् ।

सो घटनाका सन्दर्भमा सरकारद्वारा गठित उच्चस्तरीय छानबिन समितिसँगको छलफलमा सञ्चारकर्मीले उक्त तथ्यतर्फ ध्यानाकर्षण गराउँदै सुरक्षाकर्मीले विवाह महोत्सवमा सहभागी श्रद्धालुप्रति अमानवीय व्यवहार गरेको प्रसङ्ग उल्लेख गरे ।

मन्दिरभित्र र बाहिर सुरक्षाकर्मीको बाक्लो उपस्थिति भएपनि १० जना मन्दिरको गर्भगृहसम्म पुगेर मन्दिरको चाँदीको ढोकालाई तोडफोड, आस्थाका सामग्रीलाई खुट्टाले हिर्काउने र महन्तलाई अभद्र व्यवहार गर्दा पनि सुरक्षाकर्मीको सक्रियता देखा नपर्नु गम्भीर त्रुटि भएको बताउँदै महोत्सवका दिन विशिष्ट अतिथिको आगमनले श्रद्धालु पूजाअर्चनाबाट वञ्चित हुने गरेकाले उक्त दिन विशिष्ट अतिथिको आगमनका बारेमा ध्यान दिनुपर्ने धारणा राखे ।

मोर्चाले संविधानमा हस्ताक्षर गर्ने जनप्रतिनिधिलाई जिल्ला प्रवेश निषेध गरेका अवस्थामा राष्ट्रप्रमुखको जनकपुर आगमनले आन्दोलनरत पक्षले केही आक्रोशजन्य विरोधका कार्यक्रम गरेको सञ्चारकर्मीले बताए ।

छानबिन समितिका संयोजक विनोद केसीले घटनामा फौज्दारी अभियोग गरेका व्यक्तिलाई कानुनी दायरामा ल्याउने बताए । nepaliheadlines
बिराटनगर : जोगवनी नाकामा प्रहरीसँगको झडपमा घाइते भएका सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलाई उपचारका लागि बिराटनगरस्थित गोल्डेन अस्पतालमा भर्ना गरिएको छ ।


जोगवनी नाका थुन्न बसेपछि प्रहरीले हटाउने क्रममा भएको झडपमा महतोको टाउकोमा चोट लागेको थियो । चोट लागेपछि उनलाई एम्बुलेन्समार्फत ल्याएर अस्पतालको आईसियुमा भर्ना गरिएको हो ।

यसैबीच जोगवनी नाकामा भएको झडपमा परेर मोर्चाका २२ जना कार्यकर्ता पक्राउ परेका छन् । यसैबीच मोर्चा कार्यकर्ताहरुले बिराटनगरको अस्पताल मोडमा एक यात्रु बसमा तोडफोड गरेका छन् । annapurnapost भिडियो हेर्न तलको बाकस थिच्नुहोस
नेकपा माओवादीका नेता रामबहादुर थापा (बादल)ले राजदरवार हत्याकाण्ड तथा मदन–आश्रित दुर्घटना भारतले गराएको आरोप लगाएका छन्।

सुनसरीको इटहरीमा आयोजित वैदेशिक हस्तक्षेप र राष्टि्रय स्वाधिनताको प्रश्न विषयक अन्तर्क्रियामा बोल्दै उनले आफ्नो कुरा नमानेकोले भारतले ती घटनाहरु गराएको बताए।

‘मदन आश्रितलाई किन मारे भन्दा इण्डियाले भनेजस्तो मानेनन्, अलिकति जोरी खोजेजस्तो भएकोले मारिदिए,' उनले भने, ‘वीरेन्द्रलाई किन नाश गरे भन्दा माओवादीलाई दबाउ भनेका थिए।'

उनले माओवादीलाई दबाउन नमान्दा वीरेन्द्रको वंशनाश गरिएको ठोकुवा गर्दै नेपालमा सुगौली सन्धीयता वैदेशिक हस्तक्षेप लगातार चलिरहेको बताए। उनले दाजुभाईको झगडामा टेकेर भारतले फाइदा लिन नियोजित रुपमा नाकाबन्दी गरेको बताए। उनले नेपालका स्रोत साधन, सुरक्षा र जमिनमा एकाधिकार कायम गर्नु भारतको गोप्य स्वार्थ भएको समेत आरोप लगाए।

बादलले अहिलेको संविधानमा आरक्षणलाई नै अधिकारका रुपमा परिभाषित गरिएको आरोप लगाउँदै जनताको हातमा सत्ता नआएको जिकिर गरे। उनले वर्तमान संविधानले केही उपलब्धी भने ल्याएको र अझै केही उपलब्धी पाउन बाँकी रहेको बताए।

कार्यक्रममा बोल्दै संघीय लिम्बुवान पार्टी नेपालका अध्यक्ष कुमार लिंगदेनले बाह्य हस्तक्षेपको कुरा गर्नु अघि आन्तरिक उपनिवेश अन्त्य हुनुपर्ने बताए। उनले जुन देशको आधाभन्दा बढी बजेट विदेशी सहयोगमा बन्छ, त्यो देशले हस्तक्षेप भयो भनेर गुनासो गर्नुको अर्थ नहुने बताए। उनले भारत र चीनले आउँदो ५० वर्षसम्म नेपाललाई छुन नसक्ने बताउँदै भने, ‘खाली नेता बिक्न सक्छन्, तर भारत र चीनले नेपाललाई सियो जत्तिले पनि हिर्काउन सक्दैन।' उनले नेपालमा आर्थिक राष्ट्रवादको आवश्यकता रहेको बताउँदै स्वायत्त राज्यलाई फल्न फूल्न नदिइ राष्ट्रवाद दह्रो नहुने बताए।

कार्यक्रममा बोल्दै नेकपा एमालेका कोशी अञ्चल प्रमुख जीवन घिमिरेले मधेसमा भइरहेको आन्दोलन नेपालीको नभइ भाञ्जा र ज्वाईहरुको आन्दोलन भएको बताए। उनले २०६३ सालमा दिइएका अंगीकृत नागरिकता छानविन गर्न र नेपाल–भारत सीमा बन्द गर्न माग गरे। उनले भारत र बंगलादेश बिचमा झै नेपाल–भारतमा परिचय पत्रको व्यवस्था गर्नुपर्ने बताए।

यता एमाओवादीका प्रल्हाद बुढाथोकीले आन्तरिक राष्ट्रवादलाई पहिला मजबुत गराउनुपर्ने बताए। उनले संविधानमा रहेका कमि कमजोरीको आधारमा विदेशीले खेलेको बताउँदै आत्मनिर्भरताको लडाई लड्नुपर्ने बताए। उनले संविधान र आजका उपलब्धीहरुलाई अवमूल्यन गर्न नहुने धारणा राखेका थिए। बुढाथोकीले माओवादी आन्दोलन सम्झौतामार्फत् टुंगिएकोले सबै उपलब्धी हाँसिल गर्न नसकेको र अझै लड्न बाँकी रहेको बताए।

कार्यक्रममा बोल्दै वक्ताहरुले वाम एकतामा समेत जोड दिएका थिए। कार्यक्रम माओत्सेतुङको १२३ औं जन्मजयन्तीको अवसरमा नेकपा (माओवादी)ले आयोजना गरेको थियो।setopati भिडियो हेर्न तलको बाकस थिच्नुहोस
काठमाण्डु, ११ पुस– विराटनगरस्थित रानी भन्सारमा धर्नामा बसेका सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो घाइते भएका छन् ।

नेपाल प्रहरीले दशगजाबाट हट्न बारम्बार आग्रह गर्दा नहटेपछि बल प्रयोग गरिएको थियो । सो क्रममा प्रदर्शनकारीसँगै महतो पनि घाइते भएका छन् ।

प्रहरीसँगको झडपपछि भारतीय भूमिमा गएर नेपाली भूमिमा ढुंगा हान्न थालेपछि भारतीय सीमा सुरक्षा बल एसएसबीलेसमेत आन्दोलनकारीलाई उताबाट लखेटेको थियो ।

झडपका क्रममा महतोको टाउको र घुडामा चोट लागेको छ । उनलाई भारतीय प्रहरीको सहयोगमा पक्राउ गरी नेपाल प्रहरीलाई बुझाइएको र हाल अस्पतालमा भर्ना गरिएको बुझिएको छ ।
kathmandutoday भिडियो हेर्न तलको बाकस थिच्नुहोस
शनिबार, ११ पुष

काठमाडौं । कांग्रेस सभापति सुशील कोइराला निवासमा आन्दोलनरत मधेसी मोर्चा सहित नेपाली कांग्रेस र एमाओवादीको त्रिपक्षीय वार्ता भएको छ ।
वार्तामा आन्दोलनरत मधेसी मोर्चाको ११ बुँदे माग सम्बोधनका विषयमा गम्भिर छलफल भएको नेताहरुले बताएका छन् । वार्तामा संविधान संशोधन विधेयक अघि बढाउने विषयमा कसरी अघि बढ्ने र मधेसी मोर्चाका अन्य मागहरु सम्बोधन गर्ने विषयमा सकारात्मक छलफल भएको कांग्रेस नेता महेश आचार्यले बताए ।
छलफलका क्रममा मधेसी मोर्चाका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओली मधेसी मोर्चाको माग प्रति गम्भिर नबनेको आरोप लगाएका थिए । यस अघि दिउँसो मोर्चा र कांग्रेसबीच छलफल भएको थियो ।
मोर्चाको मागप्रति कांग्रेसले चासो लिदै सहमतिको प्रयास गरिरहेको छ ।
बिहान कांग्रेस शीर्ष नेताले एमाओवादी अध्यक्ष प्रचण्डलाई उनकै निवास लाजिम्पाटमा भेटी मधेसी मोर्चासँगको वार्ता बारे जानकारी गराएको थियो । पछिल्लो समय प्रचण्ड पनि वार्तामा लागिपरेका छन् ।
nepalsandesh
शनिबार, ११ पुष

काठमाडौं । अनिता यादव, पुर्व राष्ट्रपति डा रामवरण यादवकी छोरी हुन् । सामाजिक सञ्जालमा निकै सक्रिय अनिता बेला बेलामा सकारात्मक सन्देश सहितका स्टाटसहरु राखिरहेकी हुन्छीन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा पुरुषलाई सुन्दरता पछाडि दौडने प्रबृत्तिको मानिन्छ भन्दै महिलाको ब्यवहार र तवर तरिकाले सुन्दरता झल्काउछ भन्दै त्यसतर्फ संकेत गरेकी छिन् ।
उनले हाम्रो बाहिरी सुन्दरता त जन्मदा देखे नै आएको हो जुन चाहेरे पनि परिबर्तन गर्न सकिदैन तर भित्रि सुन्दरता प्रतेक पल परिवर्तन गर्न सकिन्छ भन्दै भित्रि सुन्दरता हेर्न सुझाव दिएकी छिन् ।
मानिस बाहिर बाट जति सुकै सुन्दर भए पनि भित्रि रुपमा सुन्दर छैन भने त्यसको सुन्दरता बेकार हुन्छ भन्दै उनले युवाहरुलाई सुन्दरताका बारेमा गम्भीर बन्न आग्ह समेत बनेकी छिन् ।
nepalsandesh
शनिबार, ११ पुष

विराटनगर । आन्दोलनरत मधेसी मोर्चाका नेता कार्यकर्ताले उदण्ड प्रदर्शन गर्न थालेपछि प्रहरीले सद्भावना अध्यक्ष राजेन्द्र महतोलाई केहीबेर नियन्त्रणमा लिएको छ ।
महतो रानी भन्सार नाका अबरोध गर्न भन्दै भारत तर्फबाट जुलुस लिएर नेपाल छिरेका थिए ।
उनलाई प्रहरलिे रोक्न खोजेपछि झडप भएको थियो । झडपका क्रममा उनलाई सामान्य चोट लागेको थियो । उनको नेपाल भारत सीमा स्थित जोगवनीमा मल्हम पट्टी गरिएको छ ।
nepalsandesh
विराटनगर, पुस ११ । विराटनगरस्थित रानी भन्सार नाका बन्द गर्न खोज्ने सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोसहित केही नेता–कार्यकर्ता शनिबार घाइते भएका छन् ।

भारतबाट आएका महतो र सद्भावनाका केन्द्रीय सदस्य दिलिप धाडेवासहितका कार्यकर्ताले नाका ठप्प पार्न खोजेपछि नेपाल प्रहरीले हटाउन खोजेको थियो ।

तर, उनीहरु प्रहरीमाथि जाइलागेपछि भएको झडपमा महतोसहित केही नेता–कार्यकर्ता घाइते भएका हुन् । महतोको टाउकोमा चोट लागेको छ ।

झडपपछि भारतको नाकामा पुगेका उनीहरुलाई भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले पनि धपाएको थियो ।

झडपपछि महतोसहितका घाइते भएका सबैजना भारततिरै लागेका बताइएको छ । imagekhabar
शनिबार, ११ पुष
काठमाडौं । धार्मिक ग्रन्थहरुमामृत्युमाथि विजय हासिल गर्ने एक जना मात्रै भगवान छन् ती हुन् भोलेनाथ अर्थात् शिवबाबा, भगवान् शिव । महाकाल स्वरुप अन्य देवताहरु भने मृत्युको मुखमा पुगेको धार्मिक ग्रन्थहरुमा नै प्रष्ट रुपमा किटान गरिएको छ ।
शिव महापुराणमा यस्ता कैयौं प्रमाण रहेका छन्, ती विषय अध्ययन गरेपश्चात् पत्ता लाग्छ कि मृत्यु कहिले आउँदैछ र कसरि मान्छेको मृत्यु हँदैछ । ग्रन्थहरुमा उल्लेख भए अनुसार भगवान शिवले पार्वतीलाई मृत्युका बारेमा जानकारी गराएका थिए ।
यदि मनुष्यको ग्रह दर्शन हुँदा दिशाहरुको ज्ञान नहुनु, मनमा असन्तुष्टि र अशान्ति छाई रहनुले ती मनुष्यहरुको मृत्यु ६ महिनाभित्र हुन्छ भन्ने तथ्य त्यसमा उल्लेख छ ।
महाभारत युद्धमा तीरले यसरी बोलेका थिए मृत्युबारेको प्रमाण
मनुष्यको सिर(टाउको)मा गिद्ध, कौवा अथवा कबूतर अर्थात् चरा आएर बसेमा त्यो मनुष्यको एक महिनाभित्र मृत्यु हुन्छ ।
अचानक कुनै व्यक्तिको शरीर सेतो वा पहेलो देखियो र रातो निशानी देखिएमा सम्झिनुस् त्यस्ता लक्षण देखिएका मनुष्यको मृत्यु ६ महिनाभित्र हुन्छ ।
रावणको अवश्था देखेर आश्चर्यमा परेका थिए हनुमान
कुनै पनि व्यक्ति उज्यालो वा अग्निको प्रकाश राम्रोसँग देख्न सक्दैन वा देखेर पनि ज्ञान लिन सक्दैन भने अनि चारैतिर कालो अन्धकार देखेको महसुस गर्छ भने त्यस्तो मनुष्यको जीवन लीला ६ महिनाभित्र समाप्त हुन्छ ।
यदि मनुष्य हरिणको पछाडी लागेका शिकारीको भयानक आवाजलाई पनि छिटो सुन्न सक्दैन् भने उस्को मृत्यु ६ महिनाभित्र हुने भगवान शिवले पार्वतीलाई बताएको शिव महापुराणमा प्रमाणसहित उल्लेख छ ।
यसरी धार्मिक ग्रन्थहरुमा उल्लेख भएको मृत्यु थाहापाउने उपायलाई प्रमाण सहित पस्तुत गरिएको छ ।
nepalsandesh
विराटनगर :विराटनगरस्थित जोगबनी नाका थु्न्न पुगेका सद्‍भावना पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोसहितका प्रदर्शनकारीहरु नाकामा झडप भएपछि भारततिर भागेका छन्।

दसगजामा रहेका नेपाली सुरक्षाकर्मीमाथि ढु‌ंगा हान्ने मोर्चाका कार्यकर्ताहरुलाई भारतीय फौज एसएसबीले हटाएको छ। अहिले नाकामा प्रदर्शनकारी छैनन् र प्रहरीले सुरक्षा घेरामा नाका संचालन भइरहेको छ।

पछिल्ला दिन सहज रुपमा संचालन हुँदै आएको जोगबनी नाका थुन्न महतोको कमान्डमा मोर्चाका कार्यकर्ताहरु बिहानदेखि नाकामा जम्मा भएका थिए।

प्रहरीमाथि प्रदर्शनकारीबाट व्यापक ढुंगामुढा भएपछि झडप भएको हो। नेपाली सुरक्षाकर्मीतर्फ ढुंगा प्रहार गर्दै आन्दोलनकारीहरु भारतीय भूमितिर भागेका छन्। annapurnapost
विराटनगर, ११ पुस । जोगबनीबाट नाराबाजी गर्दै आएका सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलाई प्रहरीले पक्राउ गर्न खोज्दा झडप भएको छ ।
नाराबाजी गर्दै आएको महतोको समुह र प्रहरीबिच रानीभन्सारमा झडप भएको हो । नाराबाजीको नेतृत्व गरिरहेका महतोलाई प्रहरीले पक्राउ गर्न खोजेको थियो ।
 तर मोर्चा कार्यकर्ताले प्रहरीमाथी नै ढुंगामुढा गर्न थालेपछि दुवै पक्षबिच झडप भएको छ ।
 अहिले मोर्चाका कार्यकर्ताले भारतीय भुमि प्रयोग गरि सुरक्षाकर्मीमाथि ब्यापक रुपमा ढुंगामुढा गरिरहेका छन् ।yeskathmandu
११ पुस, काठमाण्डौं ।

एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी परित्याग गरेका गएका नेता डा. बाबुरामलाई लिनप्याओवादीको संज्ञा दिएका छन् । १२२ औँ माओ दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।


बाबुरामको पार्टी परित्याग दक्षिणवादी विसर्जनवाद भएको औल्याउँदै उनले बाबुरामले सधैं नेतृत्वमै आँखा लगाउने खुलासा गरे । ‘लिनप्याओलाई माओले म पछिको अध्यक्ष तपाई नै हो भन्दा दिन रात निन्द्रा लागेन, किनकी लिनप्याओलाई माओ कहिले मर्ने हो र आफु कहिले अध्यक्ष बन्ने हो भन्ने चिन्ताले सताएछ’, उनले भने । अध्यक्षकै लागि उनले माओलाई मार्नेसम्मको योजना समेत बनाए प्रचण्डले भने । माओलाई मार्ने लिनप्याओको योजना अन्तत: असफल भयो र उनी आफै निस्केर सडकमा हिडे र मरे । ‘म नाम लिन चाहन्न, म यति भनेपछि तपाईहरुले बुझ्नुभयो ’ प्रचण्डले भने ।

क्रान्ति निरन्तर जारी रहने बताउँदै उनले मुलुकलाई निकास दिने जिम्मा एमाओवादीको काँधमा रहेको बताए ।nepaliheadlines
काठमाडौं, ११ पुस । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको आकस्मात पाकिस्तान भ्रमणलाई लिएर राजधानी नयाँ दिल्लीमा विरोध प्रदर्शन भएको छ ।
शनिबार प्रमुख प्रतिपक्षी दल कांग्रेस र कम्युनिष्ट पार्टी सम्बद्ध युवा संगठनहरुले दिल्लीमा विरोध प्रदर्शन गरेका हुन् । शुक्रबार मोदीले पाकिस्तानको ३ घण्टे भ्रमण गरेका थिए ।
विरोध प्रदर्शनमा उत्रिएका युवाहरुले दिल्लीमा मोदीको पुत्ला समेत जलाएका छन् ।
dainiknepal
काठमाडौं । भारतीय गृहमन्त्री राजनाथ सिंहले नेपालसँग जोडिएका नाकाहरुमा तत्काल आवश्यक मात्रामा जासुसहरु खटाउन भारतीय सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।
सीमा सुरक्षा बलका अधिकारीहरुसँगको समिक्षा बैठकका क्रममा सिंहले खुला सीमा क्षेत्रमा आवश्यक मात्रामा जासुर परिचालन गर्न निर्देशन दिएका हुन् ।
उनले नेपालसँगको खुला सीमालाई विशेष ध्यानमा राख्न आग्रह समेत गरेका छन् ।
आफ्नो मन्तव्यका क्रममा निकै अत्तालीदै बोलेका सिंहले नेपालमा जारी आन्दोलन र आतंकबादी हमलाको सन्त्रास फैलिएकाले आवश्यक मात्रामा जासुस परिचालन गर्न निर्देशन दिएका थिए ।
उनले भारत विरुद्ध विभिन्न आतंकवादी संगठनहरुले हमलाको योजना बनाएको खबर आएकाले खुल्ला सीमा भारतकालागि समस्या भएको बताएको द एसियन एजले जनाएको छ ।
nepalsandesh
काठमाडौं, १० पुस । पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले मधेसवादी दलका नेतासँग भेटवार्ता गरी कुनै हालतमा आन्दोलन फिर्ता नलिन आग्रह गरेका छन् ।
नयाँ शक्ति निर्माण अभियानका संयोजक समेत रहेका बाबुरामले शुक्रबार साँझ नागरिक समाजका अगुवा र मधेसका केही बुद्धिजीविसहित मोर्चाका नेताहरुको बैठकमा प्रदेशको सीमांकन हेरफेर नभएसम्म आन्दोलन फिर्ता नलिन आन्दोलनरत मधेसी मोर्चाका नेतालाई भनेका हुन् ।
उनले प्रमुख दलहरुलाई सीमांकन हेरफेर गर्न बाध्य पार्न मधेश आन्दोलनलाई राष्ट्रिय स्वरुप दिएर सशक्त पार्न आग्रह गरे । आन्दोलनमा नयाँ शक्तिका तर्फबाट आवश्यक सहयोग गर्न तयार रहेको उनको भनाई थियो ।
प्रमुख दलहरुले आन्दोलनलाई गम्भिरतापूर्वक नलिएको आरोप लगाउँदै बाबुरामले उधारो सम्झौता नगर्न मधेसी मोर्चालाई सुझाव दिए । उनले भने– ‘आन्दोलन सुरु भएको चार महिना वितिसक्यो । ५० जनाले बलिदानी दिए । अब निशाफ नभएसम्म आन्दोलन नरोक्नुस् ।’
dainiknepal
विराटनगर : एमाओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले मन्त्रिपरिषद् विस्तार र मन्त्रालयको विभाजनको कडा आलोचना गरेका छन्।

क्रान्तिकारी पत्रकार सङ्घ मोरङद्वारा शनिबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा श्रेष्ठले भने, 'मन्त्रालय टुक्रयाउने र मन्त्री थप्ने विषयमा पार्टीको सहमति छैन। यसको हामी विरोध गर्छौं।'

श्रेष्ठले मधेसको समस्या छिटोभन्दा छिटो समाधानका लागि पार्टी गहन रुपमा लागेको बताए। उनले यसका लागि सत्तारुढ दल र प्रतिपक्षी दलबीच आपसी सहमति आवश्यक रहेको धारणा राखे। उनले थारु र मधेसी मोर्चाको आन्दोलन राजनीतिक आन्दोलन रहेको र यसलाई राजनीतिक रुपमा समाधान गर्नुपर्दछ भने।

नेता श्रेष्ठले मोर्चाको ११ बुँदे मागअन्तर्गत मुख्यतयाः तीन वटा विषयमा मौलिक हकअन्तर्गत समानुपातिक समावेशी, जनसङ्ख्याका आधारमा निर्वाचन क्षेत्र पुनरवलोकनको मागलाई संविधान संशोधनको विधेयकको भाषा परिमार्जन गरी पूरा गरिने र सीमाङ्कनका सम्बन्धमा राजनीतिक समिति बनाएर समाधान गर्न सकिने बताए।

उनले नाकाबन्दीका कारण उत्पन्न सङ्कटलाई अन्त्य गर्न पहल गर्नुपर्ने र भूकम्पपछि नवनिर्माण कार्य र पीडितलाई राहत उपलब्ध गराउने कार्यमा तीव्रता दिनुपर्नेमा जोड दिए। annapurnapost
शनिबार, ११ पुष
काठमाडौँ । भारतको अघोषित नाकाबन्दीपछि मुलुकले भन्सार तथा आन्तरिक राजस्वबाट झण्डै रु ८० अर्ब बराबरको घाटा बेहोर्नु परेको छ ।

तराई मधेसको आन्दोलन र नाकाबन्दीका कारण सङ्कट गहिरिँदै जाँदा मुलुकको आर्थिक स्वास्थ्य नराम्ररी प्रभावित भएको हो । मौजुदा दक्षिणी नाकामा समस्या उत्पन्न भइरहदा ‘गोरखा भूकम्प’का कारण उत्तरी नाकासमेत ठप्प भएपछि थप जटिलता थपिएको छ ।
चालु आवको पहिलो महिना शतप्रतिशतको प्रगति हासिल गर्न सफल भन्सार विभागले भदौ, असोज, कात्तिक, मङ्सिरमा ठूलो घाटा व्योहोर्नु परेको छ । भदौमा रु १७ अर्ब १८ करोड भन्सार असुलीको लक्ष्य लिएपनि ६५।७९ प्रतिशत अर्थात रु ११ अर्ब २४ करोड मात्रै उठाएको छ ।
असोजमा रु १५ अर्ब सात करोडको लक्ष्य लिएकोमा ४२।५१ प्रतिशत अर्थात रु ६ अर्ब ४० करोड, कात्तिकमा रु १४ अर्ब ८४ करोड लक्ष्य राखेकोमा ४१।७४ प्रतिशत अर्थात रु ६ अर्ब १९ करोड असुली, मङ्सिरमा रु १६ अर्ब ५६ करोड लक्ष्य राखेकोमा ५९।५६ प्रतिशत अर्थात रु नौ अर्ब ८६ करोड मात्र असुली गरेको छ । वीरगन्ज नाकाबाट मात्रै तीन महिनामा २१ अर्ब घाटा भएको छ ।
त्यसैगरी, भैरहवा, नेपालगञ्ज, मेची, वीरगञ्जको सुख्खा बन्दरगाह तथा अन्य भन्सार नाकाबाट हुने निर्यातमासमेत कमी आएको छ । चार महिनामा कैलाली भन्सार नाकाबाहेक अन्य भन्सार नाकाबाट भएको आयातमा कमी आएको छ ।
वीरगञ्ज भन्सारबाट रु ४३ अर्ब ३२ करोड, वीरगञ्ज सुख्खा बन्दरगाहबाट रु १४ अर्ब २९ करोड र विराटनगर भन्सार नाकाबाट रु। २४ अर्ब ७० करोडको आयात भएको छ । पेट्रोलियम पदार्थ, सवारी साधन, फलाम, स्पात, चुनाढुङ्गा, सिमेन्ट, विद्युतीय तथा मसलन्द सामान आयात रोकिएको छ । भन्सार नाकामा लामा सवारीका लाइनले मुलुकको आर्थिक वृद्धि दरलाई समेत प्रभाव पारेको छ ।
भन्सार विभागका प्रवक्ता सूर्य सेढाइकाअनुसार तातोपानी नाकाले मासिक रु ११ करोड राजस्व उठाउने गरेकोमा विगत नौ महिनादेखि ठप्प हुँदा समस्या भएको छ । मुलुकको ५५ प्रतिशत भन्सार राजस्व धान्ने दक्षिणको छिमेकीसँगका मौजुदा सीमा नाकामध्ये वीरगन्ज र उत्तर तर्फको रणनीतिक महत्वको नाका भूकम्पका कारण ठप्प भएपछि आयातमा निर्भर राजस्व नकारात्मक विन्दुमा पुगेको हो । पछिल्लो दुई महिनादेखि सञ्चालनमा आएको उत्तरको अर्को नाका केरुङबाट दैनिक रु एक करोडको हाराहारीमा राजस्व सङ्कलन हुन थालेको छ ।
आन्तरिक राजस्व पनि प्रभावित
आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्माकाअनुसार तराई मधेसमा जारी आन्दोलन र भारतको नाकाबन्दीका कारण राज्यको चौतर्फी क्षेत्रमा असर परेको बताउनुहुन्छ ।
गत मङ्सिरसम्म आन्तरिक राजस्व रु १० अर्ब कम उठेको छ । विभागले मङ्सिरसम्म रु ५७ अर्ब उठाउने लक्ष्य राखेपनि रु ४७ अर्बमात्र असुली गर्न सफल भएको छ । तराई मधेसको आन्दोलन र भारतीय नाकाबन्दीका कारण इन्धन सङ्कट तथा यातायातको असुविधाका कारण पनि आन्तरिक राजस्व उठ्न समस्या भएको शर्माको भनाइ छ ।
विभागले कर दाखिला गर्ने मिति बढाएका कारण पुस महिनासम्ममा केही सुधार हुने अपेक्षा समेत राखेको छ । जारी बन्दको अन्त्य र नाकाबन्दी अन्त्य नहुने हो भने आन्तरिक राजस्वको वार्षिक लक्ष्यमा पनि ठूलो प्रभाव पार्ने विभागको ठहर छ ।
विप्रेषण बढ्यो
नेपाल राष्ट्र बैंकले चालु आवको पहिलो चार महिनामा विप्रेषण आय २३।२ प्रतिशतले वृद्धि भई रु दुई खर्ब ४९ अर्ब ५८ करोड पुगेकोे जनाएको छ । अमेरिकी डलरमा विप्रेषण आय अघिल्लो वर्षको सोही अवधिमा २।७ प्रतिशतले वृद्धि भएकोमा चालु आवको चार महिनामा ११।६ प्रतिशतले वृद्धि भई रु दुई अर्ब ६ करोड डलर पुगेको छ ।
नेपाल राष्ट्र बैंकका प्रवक्ता त्रिलोचन पङ्गेनी अन्तर्राष्ट्रिय श्रम बजारमा ज्याला वृद्धि भएको, अमेरिकी डलरको विनिमय दर बढेको, भूकम्प र नाकाबन्दीपछि वैदेशिक रोजगारीमा गएकाले पठाउने रकम बढेकाले त्यसको प्रत्यक्ष प्रभाव विप्रेषणमा परेको बताउनुहुन्छ ।
विकास खर्च ठप्प
आन्तरिक रुपमा आर्थिक गतिविधिको परिचायक मानिने विकास खर्च हालसम्म दुई प्रतिशत मात्रै भएको छ । चाडपर्वपछि विकास निर्माणमा केन्द्रित हुने समयमा भारतको अघोषित नाकाबन्दीले समस्या पारेको छ ।
चालु आवका लागि रु आठ खर्ब १९ अर्ब ४६ करोड ८८ लाख ६४ हजारको बजेट प्रस्तुत भएको छ । ५० प्रतिशत बढी विकास बजेट रहेकोमा प्रथम चौमासिकमा कम्तीमा पनि २० प्रतिशत विकास बजेट परिचालित हुनुपर्ने थियो । तर विकास बजेट प्रयोग हुन नसक्दा बजारमा अत्याधिक तरलता कायम हुन पुगेको छ ।
चालु आवको कुल विनियोजनमध्ये चालु खर्च तर्फ रु चार खर्ब ८४ अर्ब २६ करोड ६३ लाख ७५ हजार र पूँजीगत खर्च तर्फ रु दुई खर्ब आठ अर्ब ८७ करोड ४२ लाख ४२ हजार विनियोजन गरिएको छ ।
ठूला जलविद्युत् आयोजना, सडक तथा पूर्वाधारको निर्माण इन्धन अभावमा ठप्प छ । साना तथा मझौला आयोजना समेत प्रभावित भएको छ । तराईका कतिपय जिल्लामा बजेटको अख्तियारी समेत गएको छैन ।
निराश निजी क्षेत्र
तराई मधेसको आन्दोलन र भारतको अघोषित नाकाबन्दीका कारण दुई सय भन्दा बढी उद्योग तथा कलकारखाना बन्द भएका छन् । भन्सार विन्दुमा रोकिएका सामानको बिलम्ब शुल्क काबुभन्दा बाहिर गएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष पशुपति मुरारकाअनुसार खाद्यपदार्थ तथा औद्योगिक कच्चापदार्थ कामै नलाग्ने गरी नष्ट भएका छन् । बन्द हड्ताल नाकाबन्दीबाट रु दुई खर्ब बढीको नोक्सानी भएको छ ।
अर्थ मन्त्रालयका प्रमुख आर्थिक सल्लाहकार प्रा डा गोविन्द नेपालले बन्द तथा नाकाबन्दीबाट भएको क्षतिको मूल्याङ्कनसहित उद्योगी व्यवसायीलाई अनुदानमा छुट दिने कार्यक्रम ल्याउन लागेको बताउनुहुन्छ ।
चालु आवको मध्यावधि मूल्याङ्कनपछि सम्पन्न हुनसक्ने योजनाको पुनः प्राथमिकीकरण गरेर कार्यान्वयनमा लैजाने तयारीमा मन्त्रालय रहेको छ ।
सल्लाहकार नेपाल कार्ययोजना तयार गरेर गत मङ्सिर ८ गते जारी भएको श्वेतपत्रलाई कार्यान्वयन गर्ने र त्यसको अनुमगन गर्न अर्थमन्त्रीको संयोजकत्वमा संयन्त्र समेत बनाइसकिएकाले समस्याको निराकरणको उपाय निस्कने बताउनुहुन्छ
nepalsandesh
शनिबार, ११ पुष
काठमाडौं । सोच्नुहोस त तपाईलाई अचानक एक दिन फोन अयो र के तपाई पृथ्वीबाट बोलेको हो ? भनेर सोध्यो भने तपाई के सोच्नुहुन्छ ।
तपाई सोच्न सक्नुहुन्छ कुनै पागलले फोन गरेछ वा कुनै साथीले फोन गरेर उल्लु बनाउँन खोजिरहेको छ ।
कोही अति उत्साही मानिसले भने कुनै एलियनले फोन गरेको सोच्न सक्छ ।
ब्रिटिस अन्तरिक्ष यात्री टिम पिएकीले क्रिसमसका दिन जब एक युवतीलाई फोन गरेर यही प्रश्न गरे तब उनी आश्चर्यमा परिन ।
इन्टरनेशलन स्पेश स्टेशनमा कार्यरत पिएकीले त्यसपछि लिखित रुपमा माफी मागे र यो कुनै प्रकारको मजाक नभएको आश्वस्त पार्ने कोशिस गरे ।
पिएकीले यो कुनै मजाक नभएको र आफूले जानेर नै एक नम्बर डायल गरेको बताए । स्पेशमा रहँदा यस्तो हुन्छ कि हुँदैन भनेर जान्नका लागि आफूले यसो गरेको उनले प्रष्टिकरण दिएका छन् ।
पिएकीको प्रश्न सुनेर महिला अवाक भइन र कुनै दोस्रो ग्रहबाट कसैले फोन गरेको सम्झिइन । पिएकीले दिएको प्रष्टिकरण सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
४३ वर्षीय पिएकी विवाहित हुन र उनका २ सन्तान छन् । हाल ६ जना क्रु इन्टरनेशनल स्पेश स्टेसनमा कार्यरत रहेका छन्, जसमा पिएकी एक हुन् ।
-एजेन्सीकाे सहयाेगमा
nepalsandesh
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Aug 24 (6)
  • Aug 23 (1)
  • Aug 19 (1)
  • Aug 18 (19)
  • Aug 17 (17)
  • Aug 16 (24)
  • Jan 24 (18)
  • Jan 23 (27)
  • Jan 22 (32)
  • Jan 21 (35)
  • Jan 20 (35)
  • Jan 19 (34)
  • Jan 18 (40)
  • Jan 17 (45)
  • Jan 16 (27)
  • Jan 15 (29)
  • Jan 14 (35)
  • Jan 13 (40)
  • Jan 12 (32)
  • Jan 11 (39)
  • Jan 10 (31)
  • Jan 09 (23)
  • Jan 08 (31)
  • Jan 07 (30)
  • Jan 06 (39)
  • Jan 05 (34)
  • Jan 04 (39)
  • Jan 03 (43)
  • Jan 02 (47)
  • Jan 01 (31)
  • Dec 31 (34)
  • Dec 30 (36)
  • Dec 29 (43)
  • Dec 28 (33)
  • Dec 27 (27)
  • Dec 26 (38)
  • Dec 25 (33)
  • Dec 24 (38)
  • Dec 23 (44)
  • Dec 22 (39)
  • Dec 21 (37)
  • Dec 20 (40)
  • Dec 19 (31)
  • Dec 18 (47)
  • Dec 17 (30)
  • Dec 16 (16)
  • Dec 15 (42)
  • Dec 14 (30)
  • Dec 13 (32)
  • Dec 12 (35)
  • Dec 11 (42)
  • Dec 10 (26)
  • Dec 09 (31)
  • Dec 08 (15)
  • Dec 07 (37)
  • Dec 06 (30)
  • Dec 05 (34)
  • Dec 04 (32)
  • Dec 03 (33)
  • Dec 02 (36)
  • Dec 01 (37)
  • Nov 30 (48)
  • Nov 29 (28)
  • Nov 28 (35)
  • Nov 27 (35)
  • Nov 26 (47)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (27)
  • Nov 22 (32)
  • Nov 21 (43)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (22)
  • Nov 17 (29)
  • Nov 16 (32)
  • Nov 15 (25)
  • Nov 14 (28)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (42)
  • Nov 09 (22)
  • Nov 08 (40)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (42)
  • Nov 01 (44)
  • Oct 31 (29)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (47)
  • Oct 27 (32)
  • Oct 26 (39)
  • Oct 25 (35)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (22)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (31)
  • Oct 02 (29)
  • Oct 01 (29)
  • Sep 30 (29)
  • Sep 29 (24)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (26)
  • Sep 25 (27)
  • Sep 24 (18)
  • Sep 23 (15)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (26)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (12)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (19)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (22)
  • Sep 07 (22)
  • Sep 06 (26)
  • Sep 05 (18)
  • Sep 04 (23)
  • Sep 03 (24)
  • Sep 02 (25)
  • Sep 01 (24)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (27)
  • Aug 28 (28)
  • Aug 27 (30)
  • Aug 26 (29)
  • Aug 25 (24)
  • Aug 24 (35)
  • Aug 23 (30)
  • Aug 22 (31)
  • Aug 21 (32)
  • Aug 20 (30)
  • Aug 19 (33)
  • Aug 18 (27)
  • Aug 17 (34)
  • Aug 16 (28)
  • Aug 15 (23)
  • Aug 14 (23)
  • Aug 13 (22)
  • Aug 12 (19)
  • Aug 11 (18)
  • Aug 10 (24)
  • Aug 09 (16)
  • Aug 08 (18)
  • Aug 07 (25)
  • Aug 06 (16)
  • Aug 05 (18)
  • Aug 04 (21)
  • Aug 03 (19)
  • Aug 02 (14)
  • Aug 01 (17)
  • Jul 31 (19)
  • Jul 30 (19)
  • Jul 29 (15)
  • Jul 28 (12)
  • Jul 25 (14)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home