• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
काठमाडौं, ६ कात्तिक । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आन्दोलन र भारतीय पक्षको अघोषित नाकाबन्दी तथा उनीहरूको नागरिकतासम्बन्धी मागले आकास छोइरहेका बेला क्यानडाको आमनिर्वाचनको पछिल्लो नतिजाले नेपाल र नेपालीहरूलाई झस्ल्याङ्ग बनाएको छ ।
क्यानडामा जस्टिन ट्रडो नेतृत्वको लेबर पार्टीले बहुमतका साथ संसदीय निर्वाचनमा जित हासिल गरेको छ ।
जस्टिन एक दशकपछि आफ्नो पार्टीको बहुमतमा प्रधानमन्त्री बन्दैछन् । उनी र उनको पार्टीका जितमा त्यहाँ बसोबास गर्ने भारतीय मुलका नागरिकहरूको योगदान उल्लेख्य मानिएको छ ।
लेबर पार्टीले ३ सय ३८ सीटामध्ये १ सय ८४ सीटमा विजयी भएको छ । यो संख्या आफ्नो एकल सरकार बनाउनका लागि प्रयाप्त हो ।
नेपालमा पनि भारतीय पक्ष तराई मधेसमा बसोबास गर्ने जनतालाई नागरिकता दिने विषय खुकुलो बनाउनु पर्ने तथा तराईमा दुई वटा प्रदेश बनाउन नेपाली पक्षलाई दवाव दिइरहेको छ । यो दवाव र क्यानडाको संसदीय चुनावको नतिजाले नेपालीहरूलाई सचेत रहन सन्देश दिएको छ ।
मधेसकेन्द्रित दलहरूले पनि आफ्नो मुल माग नागरिकता र सिमाङ्कन कै विषय उठाएका छन् । भारतले आफ्ना लुकोका इच्छाहरूलाई अघोषित नाकाबन्दीमार्फत पूरा गराउन नेपाली पक्षलाई दवाव दिइरहेको छ ।
उता, क्यानडामा स्टीफन हार्परको नेतृत्वमा मैदान उत्रिएको कञ्जर्वेटिभ पार्टीको १० वर्षको शासन लेवर पार्टीको जितसँगै अन्त्य भएको छ ।
क्यानाडको आमचुनावमा १९ जना भारतीय मुलका नागरिकले जित हासिल गरेका छन् । यो जितसँगै भारतमा खुसीयाली छाएको छ ।
विभिन्न सहरमा आतिशवाजी गरेको समाचारमा जनाइएको छ । क्यानडामा आफ्ना १९ जना नागरिकले संसदीय चुनाव जितेको भनेर भारतीय पक्ष भने मख्ख छ ।
लेवर पार्टीले भारतीय मुलका १५ जना नागरिकलाई उम्मेदवार बनाएको थियो । कञ्जर्वेटिभ पार्टीका तर्फबाट पनि तीन भारतीयले जितेका छन् भने एक जनाले न्यू डेमोक्रेटिक पार्टीबाट चुनाव जितेको समाचारमा जनाइएको छ ।
तीन वटा पार्टीबाट विजयी भएका सबै सांसदलाई जोड्दा भारतीय मुलका क्यानेडिन नागरिकको संख्या १९ पुगेको हो ।
जुनसुकै पार्टीबाट जित हासिल गरे पनि भारतीय मुलका सांसदहरूले भारतीय नागरिक र भारतको पक्षमा निर्णय गर्ने प्रतिवद्धता जनाएका छन् । र मिलेर हिँडेका छन् ।
कजर्वेटिभ पार्टीका ६५ वर्षीय सांसद दीपक ओबरायले सातौँ पटक क्यानडामा चुनाव जिता हुन् । चुनाव जित्ने अन्य उम्मेदवारमा दर्शन कंग, टिम उप्पल, राज ग्रेवाल, रमेश संघा, कमल खेरा, रूबी सहोता, सोनिया सिद्धू, नवदीप बैंस, गगन सिकंद, राज सैनी, बर्दिश चाग्गर, बाब सरोया, यास्मीन रतनासी, चन्द्र आर्य, हरजीत सज्जन, सुख धालीवाल, जती सिद्धू र जसवीर सिद्धू छन् ।
साढे ३ करोड जनसंख्या रहेको क्यानडामा भारतीय मुलका नागरिकको संख्या तीन प्रतिशत रहेको छ । अघिल्लो संसदीय चुनावमा क्यानडामा आठ जनाले भारतीयले चुनाव जितेका थिए ।
dainiknepal.com
काठमाण्डु, ५ कात्तिक– उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालका सह–महासचिव अभिषेकप्रताप साहले प्रधानमन्त्री केपी ओलीमाथि ‘राबण’ को आरोप लगाएका छन् ।


सामाजिक सञ्जाल फेसबुकमार्फत साहले ओलीलाई ‘राबण’ र आन्दोलनरत मधेसी मोर्चालाई ‘राम’ दाबी गरेका छन् ।


हाल मुलुकमा सत्य र असत्यका बीचमा लडाइँ चलिरहेको र प्रधानमन्त्री ओलीले असत्यको नेतृत्व गरिरहेको जिकिर उनको छ । मधेसीहरु भने सत्यका पक्षमा रहेको दावी उनको छ ।


‘आज ओली रावण र मधेसीहरु राम हुन्’, साहले लेखेका छन्, ‘हेरौं नेपालमा कसले जित्छ ? ।’
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले तराईमा एक महिनादेखि गरिरहेको आन्दोलन र नाकाबन्दीलाई साहले सत्यको पक्षमा भनेकोमा केहीले भने फेसबुकमै आपत्ति जनाएका छन् ।


उनीहरुले नेपालका लागि रावण भारतका प्रधानमन्त्री नरेन्द्र मोदी भएको लेखेकोमा साहले मोदीको बचाउ गरेका छन् ।

साहले मोदीको चरित्र राम र कृष्णको जस्तो रहेको र भारतमा मोदीलाई कसैले रावण नभनेको जिकिर गरेका छन् ।


सीमा नाकामा भारतले नभई आफूहरुले अवरोध गरेको उनले उल्लेख गरेका छन् । साहले भारतका प्रधानमन्त्री मोदी नेपालमा पहाडी बाहुनले जनजाति, आदिवासी र मधेसीमाथि गरेको अन्यायविरुद्ध रहेको दावीसमेत गरेका छन् ।
kathmandutoday.com
काठमाण्डु, ६ कात्तिक– संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले दसैंलगत्तै नाका केन्द्रित आन्दोलन थप कडा बनाउने भएको छ ।

दसैंका लागि केही खुकुलो बनाइएको र कोजाग्रत पूर्णिमालगत्तै आन्दोलन थप सशक्त बनाउन लागिएको मोर्चाका नेताहरुले बताएका छन् ।
तमलोपा सह–अध्यक्ष हृदयेश त्रिपाठीले दसैंसकिए लगत्तै आन्दोलन सशक्त बनाउने तयारीमा आफूहरु रहेको बताए ।
यद्यपि आइतबार हुने वार्तामा सरकार कसरी प्रस्तुत हुन्छ भन्ने विषयले आन्दोलनको भावी दिशा तय हुने उनको भनाइ थियो । ‘हाम्रो लडाईं जनताविरुद्ध होइन’, त्रिपाठीले काठमाण्डु टुडेसँग भने, ‘दसैंका लागि केही खुकुलो गरेका थियौं, केही दिनभित्रै फेरि सशक्त बनाउँछौं ।’
सिमांकनमा कुरा नमिलेसम्म आन्दोलन नरोकिने उनले बताए । आफूहरुले अवरोध नगेका कारण वीरगञ्जबाहेक अन्य नाकाबाट सामान ढुवानी भइरहेको दाबी गर्दै त्रिपाठीले अन्य नाकामा पनि धर्ना र प्रदर्शन गरिने उल्लेख गरे ।
‘हामीले छोडिदिएका कारण रक्सौलबोहक अन्य नाकाबाट समान आएको हो’, उनले भने, ‘अब काँकडभिट्टा, जोगवनी, सुनौली, रुपैडिहा र बेलहिया नाकामा पनि धर्ना दिन्छौं ।’
माग सम्बोधन नभएसम्म एक लिटर पेट्रोल पनि नेपाल आउन नदिने निर्णय मोर्चाले गरेको छ । आइतबारको वार्तापछि मोर्चाको बैठक बसेर भावी आन्दोलनबारे ठोस निर्णयमा पुग्ने जानकारी त्रिपाठीले दिए ।
kathmandutoday.comf

वीरगन्ज : पर्साको शंकरसरैया गाविसमा बिहीबार राति जंगली हात्तीले रातभर उपद्रो मच्चाएको छ ।

पर्सा वन्यजन्तु आरक्षको जंगलबाट राति ८ बजे करिब दुइ दर्जनको संख्यामा गाउँमा छिरेको जंगली हात्तीको बथानले शंकरसरैया गाविस–४ र ५ मा रातभर उपद्रो मच्चाएको हो ।

जंगली हात्तीले स्थानीय किसानहरुले लगाएको करिब दुई बिघाको धानबाली खाएर तथा माडेर नष्ट पारिदिएको छ ।


जंगली हात्तीको बथानले स्थानीय शंकर पासवानको ८ कठ्ठा, शिव महतो नुनियाको ९ कठ्ठा, टिमल महतो कम्कडको १० कठ्ठा र भगवती चौधरीको ७ कठ्ठामा लगाइएको धानबाली नस्ट पारेको हो ।

जंगली हात्तीले शंकरसरैयामै रहेको सुकिभारमाई मन्दिर र इलाका बन कार्यालयमा समेत क्षति पु¥याएको  सहायक वन अधकृत फरमान मियाले जानकारी दिए ।

रातभर गाँउमा उपद्रो मच्चाएको जंगली हात्तीको बथानलाई स्थानीयवासीले राँको बालेर तथा टिन ठटाएर जंगलतर्फ धपाएको स्थानीय महेन्द्र पासवानले जानकारी दिए ।
annapurnapost.com
पेटको समस्याबाट धेरै मानिस हैरान हुने गर्छन् । पाचन प्रणालीमा हुने समस्या, वायु विकार, कब्जियत, झाडापखालाले गर्दा धेरै मानिसले समस्या भोग्नु परिरहेको नै हुन्छ । उचित समयमा तथा स्वास्थ्यवर्धक खानपान नहुँदा पेटको समस्याले निकै सताउने गर्छ । अझ पाचन प्रणालीलाई नै असर पार्न सक्ने अस्वस्थकर खानाले त झन् ठूलो समस्या निम्त्याउन सक्छ ।

पाचन प्रक्रियाले नै राम्रोसँग काम गर्न नसकेको अवस्थामा पेटसम्बन्धी धेरै रोगहरूले सताउने गर्छ । त्यसका लागी पाचन प्रणालीलाई स्वस्थ राख्नु र स्वस्थकर खाना खानु निकै आवश्यक हुन्छ । यस्तै, पेटको दुखाई कम गर्नका लागि घरेलु उपचारले पनि केही हदसम्म काम गर्छ । कुनै कुनै अवस्थामा घरेलु उपचारबाटै तपाईको दुखाई सञ्चो हुन सक्छ ।

थाहा पाऔ केही घरेलु उपचार जसले तपाईको पेट दुखाईलाई कम गर्न मद्धत गर्छ…

– दिनमा एउटा स्याऊ खानु स्वास्थ्यको लागी निकै फाइदा जनक मानिन्छ । यस्तोमा दैनिक रूपमा एउटा केरा खानुले पनि पेटको रोगलाई निकै म गर्न मद्धत गर्छ । केरामा हुने इलेक्ट्रोलाइट्स र पोटासियमको मात्रा हुन्छ जसले झाडापखालको समयमा कमी हुने पोटासियम र इलेक्ट्रोलाइट्सको मात्रालाई पूर्ती गर्छ । यस्तै केरामा फाइबर पनि हुन्छ जसले पाचन प्रक्रियालाई फाइदा पुर्याउँछ ।

– ब्राउन राइसको प्रयोगले पनि पाचन प्रणालीलाइ निकै फाइदा पुर्याउने गर्छ । ब्राउन राइसमा अधिक मात्रामा फाइबर पाइन्छ जसले गर्दा पाचन प्रणालीलाई फाइदा पुर्याउँछ । यसमा हुने फाइबरले कोलस्टेरोलको मात्रामा कमी ल्याउँछ । तर, राम्रोसँग चपाइएन भने त्यसले पेटमा वायुको समस्या पनि ल्याउन सक्छ ।

मुम्बई । काठमाडौंको सुन्धारास्थित केन्द्रीय कारागारमा बन्दी जीवन विताइरहेका फ्रान्सेली नागरिक चार्ल्स शोभराजको जीवनीमा आधारित बलिउड फिल्म ‘मैँ और चाल्र्स’ छिट्टै रिलिजको तयारीमा छ । फिल्मको अन्तिम कार्य धमाधम जारी रहेको समाचारमा जनाइएको छ ।
विश्वभरि अपराधिक कार्यमा नाम कमाएका शोभराजको जीवनीमा बनेको यो फिल्ममा शोभराजको भूमिकामा बलिउड अभिनेता रणदीप हुड्डाले अभिनय गरेका छन् ।
फिल्ममा शोभराजले अपनाएका अपराधिक कार्य र जेलबाट भाग्न गरिएका प्रयास तथा शैलीको पनि दृश्याङ्कन गरिएको छ ।
फिल्ममा शोभराज कारागारबाट कसरी भाग्न सफल हुन्छन् र अपराध गर्छन् भन्ने विषयमा पनि रोचक शैलीमा समेटिएको समाचारमा जनाइएको छ ।
भारतमा रहेर गरेका अपराध र नेपालमा उनको कैदी जीवनका विषयमा पनि फिल्ममा देख्न पाइनेछ ।
हत्या अभियोगमा आजीवन कारावासको सजाय पाएका शोभराज काठमाडौंको सुन्धारास्थित केन्द्रीय कारागारमा अत्याधिक कडा सुरक्षा घेराभित्र जीवन विताइरहेका छन् ।
उनको जीवनीलाई लिएर समय समयमा फिल्म र कितावहरू आइरहने गरेका छन् । उनको जीवनीलाई लिएर अन्तर्राष्ट्रिय डिष्कभरी च्यानलेसमेत डकुमेन्ट्री बनाइ सकेको छ ।
फिल्म ‘मैँ और चार्ल्स’मा चर्चित अपराधी चाल्र्स शोभराजको अभिनय गरिरहेका अभिनेता रणदीप हुड्डाले यो फिल्मले अपारधलाई बढावा नदिने प्रतिक्रिया दिएका छन् । उनले आफूद्वारा अभिनित सो फिल्मले चर्चा बटुल्ने दाबी गर्छन् ।
चार्ल्स शोभराजको अपराध गर्ने शैलीको फाइदा अभिनेता अमिताभ बच्चनले पनि उठाएको हुड्डाको भनाइ छ । शोभराजको अपराध गर्ने शैली र सम्वाद अभिताभले आफ्नो फिल्म ‘डन’मा प्रयोग गरिसकेको दाबी गरे ।
रणदीपले भनेका छन्, ‘अमित ज्यूको फिल्म ‘डान’को चर्चित सम्वाद ‘११ मुल्ककी पुलिस….’ चार्ल्स शोभराज कै निजी जिन्दगीबाट लिइएको थियो ।’
‘मैँ और चार्ल्स’मा शोभराजको भूमिकामा देखिन थालेका रणदीपले ‘चाल्र्स शोभराजका बारेमा १० वर्षको उमेरमा सुनेको थिए । र त्यही बेलादेखि नै म चार्ल्सलाई एकदमै ग्लैमरस व्यक्ति ठान्छु ।’
अभिनेता हुड्डाले ‘डान’को डायलगबाट नै आज पनि अमिताभ बच्चन उत्तिकै चर्चामा रहने गरेको बताए ।
शोभराजको जीवनीमा बनेको यो फिल्म शुभ साबित हुने उनको भनाइ छ । सन् २०१४ मा आफ्नो फिल्मी करियरमा रणदीपले थुप्रै हिट फिल्म दिएका थिए । – एजेन्सी
dainiknepal.com

बनियापुरवा, ६ कात्तिक । भारतको उत्तरप्रदेश राज्यको बनियापुरवामा एक महिलालाई गोली हानेर हत्या गरेपछि दुई बदमाशहरूले बलात्कार गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
कानपुरको नवाबगञ्जस्थित बनियापुरवामा एक साताअघि लुटपाटको विरोध गरेको भन्दै स्थानीय दुई बदमाशहरूले विवाहित ३८ वर्षीया महिलाको हत्या गरेर बलात्कार गरेका हुन् ।
उनीहरूले महिलालाई बदला लिन हत्या गरेका थिए । हत्या गरेपछि पनि रिस नमरेपछि उनीहरूले संगीतालाई पालैपालो यौनसम्बन्ध राखेको प्रहरी भनाइ छ ।
३८ वर्षीया महिला संगीतालाई पहिला बदमाशहरूले गोली हानेर हत्या गरेका थिए । त्यसपछि संगीतालाई पालैपालो बलात्कार गरेको नवाबगञ्ज पुलिस थानाले जनाएको छ ।
हत्यापछि बलात्कार भएको खबर प्रहरीले शनिबार मात्रै थाहा पाएको थियो । त्यसपछि नवाबगञ्ज पुलिस र क्राइम ब्राञ्च टीमले दुबै आरोपी युवकहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।
सोधपुछका क्रममा ती दुबै अभियुक्तले संगीतालाई गोली हानेर हत्या गरेपछि पालैपालो बलत्कार गरेको स्वीकार गरेका छन् ।
अनुसन्धानपछि स्थानीय पुलिसले दुबैलाई कोर्टमा पेश गरेको छ । कोर्टले अनुसन्धानका लागि हिरासतमा पठाइ दिएको छ ।
एसपी पश्चिम राजेश एसले पत्रकार सम्मेलन गरेर बनियापुरवा ख्योरापट्टी निवासी सत्य नारायण श्रीवास्तवकी पत्नी संगीतालाई अघिल्लो आइतबार घरमा हत्या गरेको जनाएका छन् । त्यस बेला संगीता घरमा एक्लै थिइन् ।
dainiknepal.com
सीतापुर । भारतको उत्तरप्रदेश राज्यमा आरक्षणमा चुनाव जित्नका लागि एक युवकले अनुसूचित दलित युवतीसँग विवाह गरेको खुलासा भएको छ ।
पञ्चायत चुनावका बेला सीतापुर जिल्ला निवासी अविवाहित युवकले अनुसूचित जातिकी महिलालाई सीट आरक्षित रहेको थाहा पाएपछि फटाफट युवती खोजेर विवाह गरेको समाचारमा जनाइएको छ ।
महिलाको आरक्षित सीट पाउनका लागि ती युवकले तीन दिनभित्र विहे गरेर विवाह दर्ताको प्रमाणपत्र लिएका हुन् ।
आनन–फानन आर्य समाजमा युवकले यवतीसँग विवाह गरेका थिए । त्यसपछि उनले पत्नीको नाम उम्मेदवारीमा दर्ता गराइ दिए ।
सीतापुर जिल्लाको पिसावाँ ब्लाकको जिल्ला पञ्चायतको वार्ड नम्बर ३६ बाट पाताबोझ निवासी राधेश्याम कनौजियाले यसअघि नै आरक्षणमा अनुसूचित जातिको सीटमा चुनाव लडने निर्णय गरिसकेका थिए ।
dainiknepal.com
 । रक्षकहरु नै भक्षक बन्न थाले पछि समाज कसरी अपराधमुक्त होला ? यो विषयले सर्बत्र प्रश्न उठाइरहेको छ। नैतिकता, इमान्दारी र कर्तव्यपथमा खडेरी पर्दै गएपछि अधोगति उधोमतिले समाजमा प्रभुत्व जमाउँदै गएको छ। परिवारको पेटपालो र बालबच्चाको भविष्य निर्माणको सपना बोकेर अरबको खाडीमा जीवनलाई दाउमा राखेका युवाहरुको प्रियसीहरु कुमतीले गर्दा घरबार बिग्रनु, छोडपत्र गर्नु, सुइकुच्चा ठोक्नु अब सामान्य भइसक्यो। नेपालका अधिकांश प्रहरी अड्डाहरु मात्र होइन, अदालतमा समेत यस्तै मुद्दाहरुको चाप बढेको तितो यथार्थ कसैबाट लुकेको छैन्।

समाजमा व्याप्त यस्ता विकृती विसंगती झल्काउने साँस्कृतिक विचलन मच्चाउने कार्यहरु जिम्मेवार र सामाजिक व्यक्ति मात्र हैन, राजनितिक दलका अगुवा कार्यकर्ताहरु र नेता समेत भेटिएका छन्। यसलाई किमार्थ राम्रो मान्न सकिन्न।यावत् विषमतालाई न्यूनीकरण गर्न र कानुन बमोजिम अनुसन्धान र कारबाही गर्न राज्यले नेपाल प्रहरीलाई खटाएको छ तर कारबाहीको लागि अनुसन्धान गर्ने निकायका जिम्मेवार प्रहरीहरु स्वयम् असामाजिक कृयाकलाप गर्दै अर्काको घरबास भत्काउने काम गरिरहेको पाउनु बिडम्बना सिवाय केहि हुन सक्दैन। सर्बसाधारण व्यक्तिहरुबाट समाजमा घट्ने यस्ता घटनाहरुलाई सामान्य जस्तै मान्न थालिएको छ। तर राज्यको कानुन कार्यान्वयन गर्ने निकायमा कार्यरत नेपाल प्रहरीका जिम्मेवार अफिसरहरुबाट अरुको गुँड भत्काएर घरबास उखेल्ने गरी भएका लुकिचोरी यौन कारोबारका फेहरिस्तहरु बाहिर आएका छन्।

ति प्रकरणहरु बाहिरिन थालेपछि विदेशीएका श्रीमान्का श्रीमतीहरु पारपाचुके देखि सुईकुच्चा ठोक्ने क्रमले निरन्तरता पाइरहेको घिन लाग्दो दृश्यहरुले आँखा बिझाइरहेका छन्।यस्तै पछिल्लो घटना हामिलाई प्राप्त भएको छ। घटना पोखरा लामाचौरको हो। २०७२ असोज ९ गते शनिबार साँझ ७ बजेको समयमा छोरा उत्सव माथिल्लो तल्लामा पढ्दै थिए। मुल गेट खोलेर कोही पुरुष आमा भएको भुई तलाको कोठामा छिरेको उनले चाल पाए। केहि छिन उनले चाल बुझे। कोठाको झ्याल ढोका र पर्दा समेत बन्द गरिएको थाहा पाएपछि उनी तल ओर्लिए। चुकुल लगाएको ढोका ढक्ढकाए धेरै पटक तर आमा र परपुरुष भएको कोठाको कोठा खुलेन।
उनले आमाको नियत राम्रो मानेनन्। बुबा अरबको खाडीमा श्रम गरिरहदा आमाको चरित्र व्यवहारप्रति असन्तुष्ट रहेका १७ वर्षिय छोराले वडा प्रहरी कार्यालय बगरमा फोन गरेर आमा र सँगै रहेका अधबैशे पुरुषलाई प्रहरीको जिम्मा लगाए।

वडा प्रहरी बगर ल्याइएपछि थाहा भयो महिलाको गोप्य कोठासम्म पुगेर चुकुल लगाउने पुरुष शसस्त्र प्रहरी बल मुक्तिनाथ बाहिनी पोखरामा कार्यरत प्र.ना.नि. मछिन्द्र शाही रहेछन्। लमजुङ कुन्छा घर भई हाल कास्कीमा बस्दै आएका बहालवाला जुनियर प्रहरी अधिकृत शाही र आफ्नै आमा विरुद्ध छोराले केहि सार्वजनिक अपराध ऐन वमोजिम कारबाही हुन माग गर्दै वडा प्रहरी कार्यालय बगरमा जाहेरी बुझाए, तर बगर प्रहरीले जाहेरी लिन मानेन्। प्रहरीसँग जोडिएको मुद्दा भएकोले जाहेरी नलिएर पक्राउ परेका व्यक्ति प्र.ना.नि.शाहीलाई विभागीय कारबाहीका लागि पत्र सहित कार्यरत अड्डा मुक्तिनाथ बाहिनी पठाइदिएको छ भने महिलालाई माइती पक्षको जिम्मा लगाइएको प्रहरी निरिक्षक अमरबहादुर थापाले बताए।साँझको समयमा अर्काको घरमा पुगेर अर्काकी श्रीमती माथी गिद्दे दृष्टि लगाउने व्यक्ति प्र.ना.नी.लाई संगठनले कस्तो कारबाही गर्छ थाहा छैन।

बाहिनीका शसस्त्र प्रहरी उपरीक्षक चित्र बहादुर के.सी. मछिन्द्र शाहीको उक्त यौन प्रकरणका सम्बन्धमा छानबिन भइरहेको बताउँछन्। कस्तो कारबाही हुन्छ भन्ने विषयमा एस.पि.केसीले खुलाउन चाहेनन्। उनले टेलिफोनमा भने–“प्र.ना.नि. शाहीले गल्ती गरेको प्रमाणित भए विभागले कारबाही गर्छ।”महिलाको कोठामा पुगेर चुक्कुल लगाएर बस्दा पक्राउ परेका उनलाई जस्तो कारबाही भएपनि १७ वर्षिय छोराकी आमाको गुँड बास भत्किने अवस्थामा पुगेको छ। विदेश रहेका श्रीमान पनि यो घटनाको नालीबेली सुनेपछि घर आएका छन्। अब दुबै पक्ष सम्बन्ध विच्छेद गर्ने निष्कर्षमा पुगेका छन्। श्रीमानले नीज श्रीमती स्वीकार गर्न नसक्ने अडान लिएपछि श्रीमती केही रकम लिएर पारपाचुके गर्न राजी भएको बताइएको छ।

जमा मच्छिन्द्र शाही जस्ता राष्ट्र सेवक प्रहरी भनिनेहरु नै पथभ्रष्ट भएपछि अरुको के कुरा। अल्पज्ञानी महिलाले पनि आफ्नो चरिचलाई दाउमा राखेर आफ्नै भविष्यमाथी खुँडा प्रहार गरेकी छिन्। यता श्रीमान भने छोरा पढाउन खर्च जुटाउन पुनः विदेश जाने मनस्थितिमा छन्। उनले भने– “आफ्नो भन्ने श्रीमतीले नै धोका दिएपछि म कसको लागी घर बस्नु ?” यसरी बन्द कोठामा परपुरुषसँगै आफ्नै छोराको उजुरीबाट प्रहरीद्वारा पक्राउ गरिएकी आमाले बयान फेर्न छोरालाई दबाब दिएकी थिइन। छोराले भने– “मलाई बाइक किनिदिने लोभ समेत दिएका थिए तर आफूले बाबालाई अन्याय पर्ने हुंदा कसैको कुरा सुनिन । साभार माईन्यूजनेपाल ।।।
कार्तिक ६, २०७२- नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री सुशील कोइरालाले आफ्नो नेतृत्वको सरकारका पालामा आन्दोलनरत् मधेसी दललाई वार्तामा ल्याउने गरिएको प्रयास र समाधान खोज्न संसदमा दर्ता गराईको संविधान संशोधनको प्रस्तावले सार्थक बनाउनुपर्ने बताएका छन् ।
कोइरालाले पूर्ववर्ती सरकारको प्रयासलाई वर्तमान सरकारले परिणाम मुखी बनाउने विश्वास व्यक्त गरेका छन् । विजया दशमीका अवसरमा समस्त नेपालीमा शुभकामना व्यक्त गर्दै कोइरालाला सांस्कृतिक चाड पर्वहरुले कायम गरेको राष्ट्रिय एकतालाई अक्षुण्ण राख्न सबै नेपालीले बुद्धिमता र विवेकपूर्ण ढंगले काम गर्न जरुरी रहेको भनेका छन् । उनले सशस्त्र द्धन्द्धको अन्त्य गरी संविधान लेखनसम्मको प्रक्रियाको अनुभवले मधेस आन्दोलनलाई व्यवस्थापन गर्न सहयोगी हुने उल्लेख गरेका छन । 'सशस्त्र द्धन्द्धको शान्तिपूर्ण समाधान सहित संविधान लेखन र घोषणा गरिसकेको हाम्रो अनुभव देशको तराई मधेशमा देखिएको समस्याको समाधानमा पनि उपयोगी हुनेछ,'  कोइरालाले जारी गरेको विज्ञप्तीमा भनिएको छ 'हामीले भर्खरै जारी गरेको नेपालको संविधान नेपालमा दिगो शान्ति, राजनीतिक स्थायित्व, विकास र नेपाली जनताको सुख र समृद्धिको आधार हुने मैले विश्वास लिएको छु ।'                                      

kantipur.ekantipur.com
खजुरा, ६ कात्तिक । बाँके जिल्लाका विपन्न समुदायका महिला च्याउखेती व्यवसायबाट जीविकोपार्जन गरिरहेका छन् ।
सीमान्तकृत समुदायमा सूचिकृत केवट समुदायका महिला पछिल्लो समय च्याउखेतीबाट साँझ बिहानको जोहो मात्र हैन आफ्ना छोराछोरीलाई विद्यालय पढाउनेसम्मको खर्च जुटाउँदै आएका छन् ।
जिल्ला कृषि विकास कार्यालय र अन्य सङ्घसंस्थाले आयआर्जनका लागि सीपमूलक तालिम र प्राविधिक सहयोग उपलब्ध गराएपछि केवट समुदायका महिलाले, समूह नै गठन गरी अहिले व्यावसायिकरुपमा च्याउखेती सुरु गरेका हुन् ।
आर्थिक स्थिति कमजोर भएका उनीहरुलाई व्यावसायिक च्याउखेतीले घरको समस्या टार्न सजिलो मात्र भएको छैन बचत पनि गर्न सफल भएको पर्वत महिला लघु उद्यम समूहकी कलावती केवटले बताउनुभयो ।
नेपालगन्ज उपमहानगरपालिका–१७ बुलबुलियाकी सोनी केवटलाई चार छोराछोरीलाई पढाउन त्यति सजिलो थिएन ।
श्रीमान्ले मजदूरी गरेर कमाएको पैसाले रोजीरोटीसँगै धौधौले छोराछोरीको मासिक शुल्क बुझाउन पुग्थ्यो, तर हिमाल महिला लघु उद्यम समूहमा आबद्ध भएर व्यावसायिक च्याउखेती सुरु गरेपछि उहाँले अहिले सबैलाई सहजै पढाउन सक्नुभएको छ भने एउटी छोरीलाई उच्च शिक्षा दिइरहनुभएको छ ।
जिल्ला कृषि विकास कार्यालय र जिल्ला लघु उद्यम समूहले बीउ, ड्रम तथा प्राविधिक सहयोग गरेपछि जिल्लामा अहिले विपन्न समुदाय व्यावसायिक च्याउखेतीतर्फ आकर्षित भएका हुन् । उनीहरुले उत्पादन गरेको च्याउ नेपालगन्जमै खपत हुने गरेको छ ।
घरमा खानका लागि पनि सजिलो हुने र आम्दानी पनि हुने भएपछि कञ्चन केवटलाई च्याउखेतीले सन्तुष्ट बनाएको छ । जिल्ला कृषि विकास कार्यालय बाँकेले बेरोजगार युवालाई कृषि पेसामा लगाउन यो वर्ष मात्र झन्डै रु दुई करोड लगानी गर्दैछ ।
त्यसमध्ये च्याउखेतीका लागि ४८ जना युवालाई छनोट गरी १६ लाख रकम वितरणको तयारी गरेको छ ।
dainiknepal.com
धनगढी, ६ कात्तिक । कैलाली जिल्लामा बिहीबार दुई महिलाले आत्महत्या गरेका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार धनगढी उपमहानगरपालिका–३ की २४ वर्षीया गीता सार्कीले आफ्नै घरको कोठामा झुन्डिइ आत्महत्या गरेकी छन् ।
मृतक सार्कीको शव परीक्षणका लागि सेती अञ्चल अस्पताल पुर्‍याइएको छ ।
यसैगरी, उर्मा गाविस–७ की ४० वर्षीया तारादेवी बूढामगरले घर नजिकैको रुखमा झुन्डिइ आत्महत्या गरेकी छन् । प्रहरीले यी घटनाका सम्बन्धमा अनुसन्धान थालेको छ । रासस
dainiknepal.com
 (3)काठमाडौं, ६ कात्तिक । नेपाली नागरिकले आन्दोलन स्थगित गर्न गरेको आग्रहलाई संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले टेर्दैटेरेन ।
बरु मधेसी मोर्चाका नेता तथा सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो वीरगञ्जस्थित नेपाल–भारत दशगजा क्षेत्रमा टेन्ट टाँगेर बसी भारतीय नाकाबन्दीलाई सहयोग पुर्‍याइ रहे ।
मधेसी मोर्चाको आन्दोलन, नाकाबन्दी र भारतीय पक्षको अघोषित नाकाबन्दी नेपाली हिन्दूहरूलाई दैनिक जीवनमा प्रभाव त पार्‍यो ।
तर दसैँ मान्न अबरोध गर्न सकेन । नाकाबन्दी र अन्य आन्दोलनका कार्यक्रमलाई दसैँदेखि छठसम्म खुकुलो बनाउन सबैले मधेसी मोर्चासँग आग्रह गरेका थिए ।
मधेसी मोर्चाका महन्थ ठाकुर, उपेन्द्र यादव र महेन्द्र राय यादवले नाकाबन्दी र आमहड्तालको कार्यक्रमलाई संशोधन गरेर जाने तयारी पनि गरेका थिए ।
तर सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको दवावपछि उनीहरूले पनि नाकाबन्दीको कार्यक्रममा हेरफेर गर्न सकेनन् । स्रोतका अनुसार भारतीय पक्षको दवावमा अध्यक्ष महताले नाकाबन्दीको कार्यक्रमलाई फिर्ता गराउन नदिएका हुन् ।
विशेष गरेर राजेन्द्र महतोको नियन्त्रणमा रहेको मधेसी मोर्चाको आन्दोलनमा उनी नै नाकाबन्दी गर्ने कार्यक्रम अग्रपंक्तिमा छन् । र दसैँ विथोल्ने उनको योजना नेपाली हिन्दूहरूले दुःखकष्ट सहेर विफल बनाइ दिएका छन् ।
हिजो बिहीकारका दिन सम्पूर्ण हिन्दू नेपालीहरूले दसैँ आ–आफ्नो गच्छेअनुसार मनाएका छन् । घरमा पाकेको मिठोमसिनो खानेकुरा खाएर तथा मान्यजनको हातको टीका र जमरा लगाई दसैँ मानिएको हो ।
दसैँको टीकाको दिन टीका र जमरा लगाउन नपाएकाहरूले नौँ गते कोजाग्रतपूर्णीमा सम्म टीका लगाउने छन् ।
मधेसी मोर्चा र भारतीय नाकाबन्दीका कारण पेट्रोलियम पदार्थको अभावका कारण प्रसस्त सवारी चल्न सकेनन् । तैपनि सर्वसाधारणहरूले जोखिम मोलेर सदिऔँदेखि मनाउँदै आएको दसैँ पर्व मनाइ खुसीयाली बाँडेका छन् ।
dainiknepal.com


चितवन:  चितवनको माडीमा दसैँका बेला अत्यधिक मादक पदार्थ सेवन गरी मोटरसाइकल चलाउँदा चार जना घाइते भएका छन् ।

गएराति दुई मोटरसाइकल एकापसमा ठक्कर खाँदा मोटरसाइकलमा सवार चार जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।


प्रहरीका अनुसार चितवनको माडी—११ खरकट्टामा लु ४ प ३२६ नम्बरको मोटरसाइकल र अर्को नम्बर नखुलेको मोटरसाइकल एकापसमा ठक्कर खाएका थिए ।

उनीहरुले अत्यधिकरुपमा मापसे गरेको पाइएको प्रहरीले जनाएको छ ।

यसरी घाइते हुनेमा माडी–१० देवेन्द्रपुरका २३ वर्षीय मुक्ति काफ्ले, सोही ठाउँमा २२ वर्षीय महेन्द्र सुवेदी, २२ वर्षका दीपक पौडेल र २० वर्षीय विकास आचार्य रहेको प्रहरीले जनाएको छ ।

उनीहरुको स्थानीय मेडिकलमा उपचारपछि थप उपचारका लागि कलेज अफ मेडिकल साइन्सेज भरतपुरमा ल्याइएको छ । घाइतेमध्ये विकास आचार्यको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
annapurnapost.comf
काठमाडौं, ६ कात्तिक । कीर्तिपुरमा बिहीबारदेखि बाह्रवर्षे नाच सुरु भएको छ ।
राजा निवास मल्लका पालादेखि सुरु भएको सो नाच ११ महिनासम्म चल्छ । नाच टोल टोलमा आलोपालो गरी देखाइन्छ ।
अष्टमातृका, महालक्ष्मीलगायत ११देवदेवीका मुकुन्डो लगाएर सो नाच नाचिन्छ ।
नगरवासीलाई सुरक्षित गराउन यो नाच सुरु गरिएको नृत्यगुरु राजकुमार मालीले बताउनुभयो ।
अस्त्र परित्याग दिवस
विजयादशमीकै दिन बिहीबार दुई हजार २७७औँँ अस्त्र परित्याग मनाइयो । मौर्यसम्राट् अशोकले कलिङ्गको युद्धपछि विक्षिप्त भई युृद्ध नगर्ने घोषणा गरेको दिनलाई अस्त्र परित्याग दिवसका रुपमा मनाइने चारुमती बुद्ध विहारका प्रमुख भिक्षु तपस्सी धम्मले जानकारी दिनुभयो ।
भिक्षु धम्मले भन्नुभयो–“उहाँकै देनले आज हामीले लुम्बिनी हाम्रो भन्न पाएका छौँ, बौद्धधर्मको विकासमा उहाँको अतुलनीय योगदान छ, आजको दिन उहाँको योगदानलाई स्मरण गरी शस्त्रास्त्र दिवसलाई शान्त भएर खुसी बाँडी मनाऔँ ।” रासस
dainiknepal.com


एजेन्सी : संसारकै चर्चित अटो शो टोक्यो मोटर शो शुरु हुनभन्दा केही दिनअघि जापानको चर्चित कम्पनी होन्डाले सन् २०२० सम्ममा सेल्फ ड्राइभिङ कार बनाउने घोषणा गरेको छ ।

यसभन्दाअघि निसान र टोयोटाले पनि सेल्फ ड्राइभिङ कार बनाउने घोषणा गरिसकेका छन् ।


होन्डाका प्रवक्ताले बताए अनुसार होन्डा र जनरल मोटर्स फ्युल सेल सिस्टम दुबै सेल्फ ड्राइभिङ कार बनाउनका लागि एकसाथ मिलेर काम गरिरहेका छन् ।

केही दिनअघि बेलायको पत्रिका 'द गार्जियन' ले लेखेको समाचार अनुसार बहुचर्चित प्राविधिक कम्पनी एप्पल पनि सेल्फ ड्राइभिङ कार बनाउने एक गोप्य परियोजनामा काम गरिरहेको छ ।
यसका साथै गुगल पनि अमेरिकाको सिलिकन भ्यालीमा सेल्फ ड्राइभिङ कारको परीक्षणमा लागिरहेको छ ।

गत साता इलेक्ट्रिक कार बनाउने वाली कन्पनी टेस्लाले पनि आफ्नो एक आधिकारिक बक्तब्यमा कम्पनीले सेल्फ ड्राइभिङ कार बनाउनेतर्फ कदम बढाएको जानकारी दिएको थियो ।

समाचार अनुसार टोक्यो मोटर शोका क्रममा कयौं कम्पनीले सेल्फ ड्राइभिङ कारको कन्सेप्ट पेश गर्नेछन् । सन् २०२० सम्ममा सडकमा सेल्फ ड्राइभिङ कार देख्न पाइने अन्तरर्राष्ट्रिय सञ्चारमाध्यले जनाएका छन् ।
www.annapurnapost.com


लहान : पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको धनगढीमाई नगरपालिकास्थित अयोध्यानगर कसहाको गागन पुल नजिक आज अपराह्न मोटरसाइकल दुर्घटना हुँदा गम्भीर घाइते भएका दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ ।

मृत्यु हुनेमा सिरहाको गोलबजार नगरपालिका–४ का सागर दाहाल र लहान नगरपालिका–१० का सचित खड्का रहेको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक सन्तोष निरौलाले जानकारी दिए ।


निरौलाका अनुसार दुर्घटनामा घाइते भएका दुवैलाई तत्काल उद्धार गरी उपचारका लागि लहानस्थित रामकुमार शारडा उमाप्रसाद मुरारका स्मारक अस्पतालमा भर्ना गरेलगत्तै मृत्यु भएको हो ।

पश्चिमबाट लहानतिर आउँदै गरेको स ४ प ४७३६ नंको मोटरसाइकलमा सवार रहेका दुवै गागन पुल पार गर्नेबित्तिकै मोटरसाइकल अनियन्त्रित भएर लडेपछि गम्भीर घाइते भएका थिए । रासस
- www.annapurnapost.com
मलेसिया : मलेसियामा रहेका नेपालीले विभिन्न कार्यक्रम गरेर दसैँं मनाएका छन् । विहीवार मलेसियाको क्लाङ्गमा नेप्लिज विजिनेश एसोसिएसन क्लाङ्गले दर्शै विषेश कार्यक्रम गरेको छ ।

मलेसियामा नेपालीहरु कम्पनीबाट छुट्टी लिएरै दसैं मनाएका हुन् । उनीहरुले प्रदेशमा भएपनि एकै ठाउँ भेला भएर दसैंमा खुसी साटासाट गरे ।

कार्यक्रममा दशैंको दिन पनि टीका लगाउन नपाएका नेपालीलाई समुहिक टीका लगाइएको थियो । नेपाली दूतावास मलेसियाका द्धितिय सचिव उत्तम शाहीले सो कार्यक्रममा उपस्थितलाई टीका लगाइदिएका थिए ।

सोही कार्यक्रममा विभिन्न वक्ताले नेपाली नेपालीवीच भाइचार बढाउन यस्तो कार्यक्रम आयोजना गरिएको बताएका थिए ।

कार्यक्रममा प्रवासमा रहेका नेपाली कलाकारले आफ्नो प्रस्तुतीसमेत दिएका थिए । गायक जनक रुचाल, रमेश बानियाँले गीत गाए भने जस्मा लिङ्गदेन, सुमित स्याङ्गतान र विशाल नेगीलगायतले नृत्य प्रस्तुत गरेका थिए ।

मलेसियाका अन्य ठाउँमा रहेका नेपालीलेसमेत सामुहिक टीका लगाएर दसैँ मनाएका छन् । कम्पनीमा रहेका श्रमिकले छुटी लिएरै दसैँ मनाएका हुन् ।
annapurnapost.com
यु-१९ विश्वकप क्रिकेट छनोटमा विजेता बनेको नेपाली टिम ट्रफीसहित । नेपाली टिमले अर्को वर्ष बंगलादेशमा हुने विश्वकपमा प्रतिस्पर्धा गर्नेछ । www.annapurnapost.com


काठमाडौँ : विगत चाड पर्वका समयमा काठमाडौँ उपत्यकामा विभिन्न किसिमका घटना हुने गरे पनि यसपालिको बडादसैँमा कुनै किसिमका अप्रिय घटना भएका छैनन् ।

उपत्यकामा अहिलेसम्म कुनै घटना नभएको र जनजीवन सामान्य रहेको महानगरीय ट्राफिक प्रहरीले जनाएको छ । सम्भावित घटनालाई ध्यानमा राखी सडकमा निगरानी बढाइएकाले यस पटक सडक र नगरको सामान्य अवस्था रहेको महाशाखाका प्रवक्ता राजेन्द्र भट्टले राससलाई जानकारी दिए ।

अघिल्लो दसैँमा मादक पदार्थ सेवन गरी लापर्वाहीपूर्वक सवारी साधन चलाउने र दुर्घटनामा परी केहीको ज्यानै जानेसमम्का घटना भए पनि यस पटक त्यस्ता घटना भएको छैन । पेट्रोलियम पदार्थका अभावले उपत्यकामा कम सवारी साधन चलेकाले पनि सडकमा कुनै समस्या नरहेको प्रहरीको भनाइ छ ।

यसैबीच उपत्यकाका सडकमा कम सवारीसाधन चले पनि मान्यजनकामा टीका लगाई आशीर्वाद थाप्न जानेको चहलपहल निकै बाक्लो देखिएको छ । सर्वसाधारण फाट्टफुट्ट सार्वजनिक साधन र केही सङ्ख्यामा चलेका निजी सवारी साधनमा र कतिपय पैदल यात्रा गरेर पनि गन्तव्यतर्फ लागेका देखिन्थे ।
निन्छ, वास्तविक जीवनमा पाउन नसकेका वा दबाएर राखिएका इच्छाहरू सपनामा प्रस्फुटित हुन्छन् । यसैगरी दबेर रहेका यौनइच्छा पनि सपनामा छताछुल्ल हुन्छन् । विभिन्न अध्ययन अनुसार अधिकांश युवायुवती त्यस्तो सपना देख्न चाहन्छन् जहाँ उनीहरूको भेट आफ्ना प्रियजनसँग होस् र यौनक्रीडा गर्न पाइयोस् । त्यसैले सपनामा कसैसँग सम्भोग गरेको देख्नुलाई सामान्य रूपमा लिइन्छ।


 हामीमध्ये धेरैले यसलाई हल्का रूपले लिन्छौँ र किन यस्तो सपना देखियो भन्ने विषयमा खासै चासो दिँदैनौँ, तर यौनविज्ञहरूले भने सपनामा सम्भोगको सम्बन्ध व्यक्तिको अरूसँगको यौनसम्बन्ध एवं उसको मनोविज्ञानमा निर्भर हुने बताएका छन्। कुनै महिलाले सपनामा कसैसँग सम्भोग गरेको देख्नुको कारण के हो भन्ने कुराको उत्तर दिँदै यौनविज्ञ डाक्टर केतन परमारले विभिन्न पाँचवटा अवस्थाको व्याख्या गरेका छन्।


पति वा प्रेमीसँग सम्भोग गरेको सपना देखे:
यदि सपनामा आफ्नो पति वा प्रेमिका साथ सम्भोग गरेको देखियो भने त्यसका दुईवटा अर्थ हुन सक्छन्। या त सपना देख्ने महिलाको पति वा प्रेमीसँगको सम्बन्ध प्रगाढ छ, या त उनले पति वा प्रेमीबाट त्यो सन्तुष्टि पाइरहेकी छैनन्, जुन उनले चाहिरहेकी छिन्। यदि कसैले यस्तो सपना देखे आफ्नो प्रेमी वा पतिसँग बसेर कुराकानी गरी कारण पहिल्याएर समाधानतर्फ लाग्नुपर्छ।

पूर्वप्रेमीसँग सम्भोग गरेको देखे:
यदि आफ्नो पूर्वप्रेमीसँग सम्भोग गरेको सपना देखियो भने त्यसको अर्थ हुनसक्छ, पुरानो ब्वाइफ्रेन्डसँगको सेक्सलाइफ निकै राम्रो थियो। देखावटी रूपमा अहिलेको प्रेमीलाई मन पराइए पनि अचेतन मनमा पुरानो प्रेमीले नै लोभ्याइरहेको छ भने ऊसँग सम्भोग गरेको सपना देखिन्छ। यस्ता सपनाबाट आफ्नो नयाँ प्रेमीसँग सन्तुष्टिका साथ सम्भोग गर्न पाइएन वा नयाँ प्रेमीसँग खटपट हुन थाल्यो भन्ने प्रस्ट हुन्छ।

कुनै चर्चित नायकसँग सम्भोग गरेको सपना देखे:
यदि कुनै चर्चित नायकसँग सम्भोग गरेको सपना देखियो भने त्यसको अर्थ हो, आफ्नो प्रेमी वा पतिमा अरू केही कुरा खोजिएको छ। हिरोको सफलता र खुबीसँग आफ्नो प्रेमी वा पतिलाई दाँजिरहँदा पनि यस्ता सपना देखिन्छ।

कुनै महिलासँगै सम्भोग गरेको सपना देखे:
यदि कुनै महिलासँगै सम्भोग गरिएको सपना देखियो भने त्यसले मनोविज्ञान एवं शारीरिक अवस्थाका बारेमा पनि गहिरो अर्थ राख्छ। यस्तो सपना देखियो भने के बुझ्नुपर्छ भने आफ्नो यौन पार्टनर पुरुष मात्र हो भन्ने सोच गलत हो। यस्तो सपना बारम्बार देखियो भने र वास्तविक जीवनमा पनि कुनै महिलासँगै यौन क्रियाकलापका लागि आकषिर्त भइयो भने आफ्नो यौनचरित्र वा प्राथमिकता तथा यौनिकताका सम्बन्धमा पुनर्विचार गर्नुपर्छ। कुनै महिलाले सपनामा अर्की महिलासँग सम्भोग गरेको देख्छिन् भने त्यसको अर्थ के पनि हुनसक्छ भने ती महिलाले आफ्नो प्रेमी वा पतिले आफ्नो बढी ख्याल गरोस् भन्ने चाहन्छिन्।

प्रेमीसँग बिछोड भएको सपना देखे:
प्रेमीसँग विछोड भएको सपना देखियो भने त्यसको अर्थ हो— आफ्नो प्रेमीसँग संवेगात्मक निकट सम्बन्ध र बढी समय चाहे पनि त्यो पाइएको छैन। सम्बन्धमा खटपट आएको वा निकट भविष्यमा आउने ठूलो परिवर्तन वा घटनाको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा चिन्तित रहेका बेला पनि प्रेमीसँग बिछोड भएको सपना देखिने यौनमनोविज्ञ परमार बताउँछन्।





मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) Aries :
आम्दानीको नया बाटो भेटिनेछ,नोकरीमा केहि सहजताको अनुभूति हुनेछ, प्रतिष्ठित व्यक्ति संगको सामिप्यता बढ्नेछ,मिष्ठान्न भोजन र मनोरन्जनात्मक भेटघाट गर्ने अवसर मिल्नेछ,पढाई लेखाइमा सुधारको संकेत देखिनेछ,आजको लागि शुभ अंक ९ हो भने शुभ रंग ध्वासे,र यात्रा गर्नु पुर्ब बगलामुखी भगवतीको सम्झना गरे सफलता मिल्नेछ ।





वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) Taurus :
ब्यबसायिक पाटो सफलता मुखी हुनेछ,धार्मिक कार्यमा रुची बढे संगै रमाइलो यात्राको सम्भाबना देखिन्छ,नेतृत्वदायी भूमिका निर्बाह गरि दिर्घकालिन योजनाको तयारि गरिनेछ,पशु पंक्षी र कृषिजन्य व्यवसायमा फाइदाको समय देखिन्छ,आजको लागि शुभ रंग गाढा रातो हो भने,शुभ अंक ५ हो,कामको सुरुवात गर्नु पुर्ब ॐ घृणी सूर्याय नम: यो मन्त्र १२ पटक उच्चारण गरेर अगाडी बढे सकारात्मक फल मिल्नेछ ।





मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) Taurus :
धार्मिक यात्रा हुनेछ भने सेवामुलक काममा रुची बढ्नेछ,मान्यजनको सहयोग मिल्नाले काममा सफलताको फड्को मारिनेछ,कानुनि अड्चन आइलाग्न सक्ने देखिन्छ, आकस्मिक रुपमा जरिवानाको सम्भाबना देखिन्छ,स्वास्थ्यमा गडबडी हुन सक्छ,आजको लागि शुभ अंक ४,शुभ रंग हरियो हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब बिष्णु भगवानको स्मरण पुजा र मन्त्र जप गरेर अगाडी बढे सफलता हात लाग्नेछ।





कर्कट(हि, हु, हे, हो, डा, डि, डु, डे, डो) Cancer :
मनमा बिभिन्न किसिमका चिन्ता आइलाग्नेछ,रिस बढ्नाले सल्लाह र सहकार्यमा कमि आउने देखिन्छ,आर्थिक लेनदेन गर्न खासै उत्तम समय देखिन्न,सवारी साधनको प्रयोग घातक बन्न सक्छ निकै चनाखो रहनुहोला,प्रेम पीडाको सम्भाबना देखिन्छआजको लागि शुभ अंक ७ हो भने शुभ रंग सेतो हो,कुनै काममको थालनी पुर्ब देबी भगवतीको स्मरण पूजा र स्तोत्र पाठ गरे निकै सफलता हात लाग्नेछ ।







सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) Leo :
प्रणय सुत्र अत्यन्त मिठासपूर्ण रहनेछ, व्यवसायमा उच्चतम सफलता मिल्नेछ,आजको दिन कामबाट केहि फुर्सद मिल्नेछ,वाहन तथा मनोरन्जनात्मक क्षेत्रबाट सुख मिल्नेछ,पढाइ लेखाइमा केहि सुधारको संकेत देखिनेछ,आजको लागि शुभ अंक २,शुभ रंग बुट्टे हो भने,कुनै काम सुरुवात गर्नु पहिले ॐ रां राहबे नमः  मन्त्र १८ पटक जप गरेर अगाडी बढे सफ़लता मिलने देखिन्छ ।







कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) Virgo :
अरुको लागि समय खर्चिनु परिता पनि  अन्तमा तपाइको सहयोगको उचित मुल्यांकन हुनेछ,शत्रु पक्ष सबल रहेता पनि सजिलै परास्त गर्न सकिनेछ,कुरा काट्नेहरु बढ्नेछन,स्वास्थ्यमा केहि कमजोरी देखिएता पनि साझपखबाट  सुधार आउनेछ,यात्रा सम्भाबना देखिन्छ,लागि शुभ अंक ८,शुभ रंग पहेलो हो भने कुनै काम सुरुवात गर्नु पुर्ब ॐ नम: शिवाय यो मन्त्र ११ पटक जपेर अगाडीबढे सफलता मिल्नेछ।





तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) Libra :
सन्तानसुख प्राप्त हुनेछ,साहित्यिक र रचनात्मक कार्यमा रुची बढ्नेछ,नोकरीमा केहि सहजताको अनुभूति हुनेछ,रमाइलो भेटघाटमा सरिक भइनेछ,बौध्दिकता अझै बढ्ने समय छ,पेटमा समस्या आउन सक्छ,खानपानमा चनाखो रहनु पर्ला,आजको लागि ६,शुभ रंग सप्तरंगी  हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब कुलादेबताको  स्मरण र दर्शन पूजा गरेर अगाडी बढे उत्तम हुनेछ।







वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) Scorpio :
आफनै बाहुबलले काम सम्पन्न गर्न सकिनेछ,,पारिवारिक झैझमेला आइलाग्नेछन,साथि भाइको सहयोग केहि ढिलाइका साथ मिल्नेछ,हतारको निर्णय आफ्नै लागि घातक हुन सक्छ,सवारी साधनको प्रयोग निकै घाटादायक बन्नसक्छ चनाखो रहनुपर्ला,आजको लागि शुभ अंक ४ शुभ रङ्ग रातो हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब ॐ सरस्वत्यै नम: यो मन्त्र जपेर अगाडी बढे उत्तम हुनेछ।





धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) Sagittarius :
पराक्रम बढ्नेछ,आजको दिन मान सम्मान प्रशस्त पाइनेछ,घुमफिर र मनोरंजनमा समय बित्नेछ, नंया साथिको सहयोग निकै फलिफाप पूर्ण रहनेछ,दाजु भाइको सम्बन्धमा भने केहि कमजोरी आउने देखिएता पनि आफन्त संगको सम्बन्ध मजबुत बन्नेछ,आजको लागि शुभ अंक ५ शुभ रंगखैरो  हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब नवदुर्गा भगवतीको मन्त्र जप गरेमा सफलता हात लाग्नेछ।






मकर (भो,जा,जि,खि,खु,खे,खो,गा,गि) Capricorn:
संचित धनको नोक्सानी भएता पनिलगानी गरेको धनले उचित प्रतिफल दिनेछ,बहुमुल्य रत्न तथा धातुको कारोबार फस्टाउनेछ,मनमा आनन्दको अनुभूति हुनेछ,बिदेशमा रहनु हुनेहरुको लागि भने चिन्ताकारक समय रहनेछ,आजको लागि शुभ अंक ३,शुभ रंग सेतो हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब ॐ गं गणपतये नमः यो मन्त्र २१ पटक स्मरण गरेर थालनी गरेमा उचित हुनेछ।






कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) Aquarius :
शरीरमा स्फूर्ति बढेसगै काम गर्ने जागर बढ्नेछ,आफन्त तथा साथीभाई संगको सम्बन्ध सुमधुर बन्नेछ,सजिलै अरुको बिस्वास जित्न सकिनेछ,मांगलिक कार्यहरुमा सरिक हुने अवसर मिल्नेछ, मनोरन्जनात्मक र सफल दिन रहनेछ,आजको लागि शुभ अंक ९,शुभ रंग सेतो हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब ॐ देब्यै नम: यो मन्त्र स्मरण गरेर अगाडी बढे सफलता हात लाग्नेछ।







मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) Pisces :
आम्दानिको तुलनामा खर्चको बृध्दि हुनेछ,काम गर्ने जाँगर घट्नेछ,कष्टकर यात्राको सम्भाबना रहनाले अत्याबस्यक काम बाहेक यात्रामा ननिस्कनु नै बुध्दिमानी हुने देखिन्छ,चोटपटक र दुर्घटनाको भय देखिन्छ,सामाजिक मान प्रतिष्ठामा कमि आउनसक्छ,आजको लागि शुभ अंक ३,शुभ रंग निलो हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब ॐ मृत्युन्जयाय नम: यो मन्त्र स्मरण गरेर अगाडी बढे सफलता हात लाग्नेछ।

एमाले सचिव योगेश भट्टराईले विगतमा भएको गल्ती सच्याउन कांग्रेस तयार भए कांग्रेस सभापति सशील कोइराला राष्ट्रपति बन्न सक्ने बताएका छन् । ताप्लेजुङमा सञ्चारकर्मीसँग कुराकानी गर्दैउ उनले प्रधानमन्त्री निर्वाचनमा भएको कमजोरी सच्याए कोइरालालाई राष्ट्रपति मान्न तयार रहेको बताएका हुन ।
एकीकृत माओवादीले एमालेलाई राष्ट्रपति प्रस्ताव गरिसकेको भन्दै उनले कांग्रेसले गल्ती सच्याउन तयार नभए एमालेले छिट्टै राष्ट्रपति उम्मेदवार खडा गर्ने बताए । ‘विगतको गल्ती सच्यान तयार हुने हो भने १६ बुँँदे सहमतिका आधारमा सुशील कोइरालालाई राष्ट्रपति मान्न तयार छौं’ भट्टराईले भने–‘काग्रेस गल्ती सच्याउन तयार भएन भने एमालेले छिट्टै राष्ट्रपति उम्मेदवार खडा गर्छ ।

संविधान बहिस्कार गरेर आन्दोलनमा रहेका मधेसवादी दलका नेतालाई राष्ट्रपति स्वीकार्न नसकिने बताउंदै उनले मधेसी मोर्चाले महन्थ ठाकुरलाई राष्ट्रपति स्वीकार्न नसकिने बताए । सचिव भट्टराईले भारतको अघोषित नाकाबन्दीका कारण जनजीवन असामान्य बनेकामा सरकार गम्भीर रहेको भन्दै चीनबाट अत्यावश्यक बस्तु इन्धन र ग्यास आयात गर्ने प्रक्रिया सुरु हुनै लागेको बताए ।nepaliheadlines.com
५ कात्तिक, काठमाडौं ।

एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतले गरेको अघोषित नाकाबन्दीको कारण दैनिक उपभोग्य वस्तुको सहज आपूर्तिको लागि वैकल्पिक व्यवस्था गर्न सरकारसँग आग्रह गरेका छन् । सत्ता गठबन्नकोतर्फबाट गठित उच्च स्तरीय राजनीतिक संयन्त्रको संयोजक समेत रहेका प्रचण्डले आपूर्तिको सहज व्यवस्थाको लागि भारतसँग विशेष कुटनैतिक पहल गर्न प्रचण्डले माग गरेका हुन् ।

विजय दशमीको अवसरमा प्रचण्डद्धारा जारी शुभकामना विज्ञप्तीमा भर्खरै जनताका प्रतिनिधिद्वारा संविधान निर्माण प्रक्रिया सम्पन्न र यसको कार्यान्वयन प्रक्रियामा अझै बाँकी छ । यसलाई कार्यान्वयन गराउनका निम्ति दलहरुबीच अझै दरिलो एकताको आवश्यकता रहेको बताएका छन् ।

सम्पूर्ण राजनीतिक दलहरुलाई एकताबद्ध भएर संविधान कार्यान्वयन प्रक्रियामा अगाडि बढ्न आग्रह गर्दै उनले संविधानमा आफ्ना कतिपय मुद्दा सम्बोधन नभएको भनी आन्दोलनमा रहनुभएका मधेशी, थारु, जनजाति लगायत सबै पक्षलाई वार्ताको माध्यमबाट समस्याको समाधान खोज्न आग्रह गरेका छन् ।nepaliheadlines.com
धनुषा: 'भर्खरै भूकम्पको सामना गरेर दसैंको स्वागत गरिरहेका नेपालीको मनोबल यो बन्द, हडताल र नाकाबन्दीले तोड्न सक्दैन,” क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरकी नमिता उप्रेती भन्छिन् ।

विगत ६८ दिनदेखिको महोत्तरीसहित तराई मधेसका जिल्ला मधेस बन्दको चपेटामा परेका भएपनि अहिलेको असहज परिस्थितिमा समेत विजयादशमी मनाइरहेकी उप्रेतीको उमङ्गमा कुनै कमी देखिएन । उप्रेतीले रु २५० प्रति लिटरको पेट्रोल किनेर भएपनि आपूmहरु ९श्रीमान, छोरा० सर्लाहीको हरिवन माइत टिका लगाउन बाइकमा जान लागेको बताइन् ।

महेन्द्रनगरको हनुमानचोकमा भेटिएकी गृहिणी एवम् व्यवसायी लक्ष्मी भुजेलले अवस्था जस्तो भएपनि खुशीकासाथ मान्यजनको हातबाट टिका थाप्नु, शुभकामना आदान प्रदान गर्नु र माता भवानीको विभिन्न रुपको आराधना गर्नु नै दशहराको मर्म भएको बताउँदै भनिन्, ‘दुई जोर लुगाको साटो एक जोर, सिँगै खसी किन्ने ठाउँमा पाँच किलो मासुले काम चलाउँला, ग्यास नपाएर के भयो ? माटाको चुल्होमा थोरै परिकार बनाएर खाऔँला तर दसैंको प्रभावलाई केहीले छेक्न सक्दैन ।’

‘अझैं पनि सहजरुपले सवारी आवागमन सुरु भएको छैन । भारतबाट आएका मालवाहक वाहान र स्थानीय ठूला गाडी प्रहरी स्कर्टिङमा, त्यो पनि रातिपख गुडिरहेका छन् । अपराह्नदेखि अबेर रातिसम्म पूर्वपश्चिम राजमार्गको महोत्तरीको वर्दिवासदेखि धनुषाको लालगढको सडकमा गाडीको लाम देख्न सकिन्छ । यात्रामा जोखिम कायमै छ । मुलुकको अन्य सहरजस्तै विहानदेखि परिवारका कुनै सदस्य ग्यास खोज्न हिंडिरहेका हुन्छन् भने कोही मन्दिरमा पूजा गर्न गइरहेका हुन्छन् ।

परिवारकै कोही पेट्रोल खोजि रहेका हुन्छन् भने अरु बच्चाबच्चीसँगै लुगा, खेलौना र बेलुन किनिरहेका हुन्छन् । घटस्थापना सुरु नहुँदै यहाँका चोक, बजार र सडकमा बेलुन बोकेका युवायुवती देख्न थालिए । हातभरी बेलुन र खेलौना बोकेका बालबालिकालाई डोर्‍याउँदै अभिभावक हिंडिरहेका हुन्छन् ।

क्षीरेश्वरनाथ नगरपालिकाका उद्योग वाणिज्य सङ्घका अध्यक्ष रामजी सिंहले भन्नुभयो, ‘जीवनमा दुःखसुख आइराख्ने हुनाले वर्षदिनको महापर्वमा त्यसको असर पर्न हुँदैन ।’ वहाँले कतिपय अनावश्यक दैनिक खर्च कटौती गरेर यो पर्वकोलागि प्रबन्ध मिलाएको बताए ।

महेन्द्रनगरका स्थानीय राजनीतिकर्मी हरिप्रसाद पौडेलले भने , ‘यो संसार टुकीदेखि सोलार प्रविधिमा पुगिसक्यो, दशमी त सधैँ उस्तै रमाइलो लाग्छ,’ । उनले ‘द्वन्द्व एवम् आन्दोलन चर्किएको बेला र बेलाबेलामा खडेरी परेर अन्न उत्पादन नहुँदा पनि सबैले यी पर्व मनाएकै बताए ।

निस्सन्देह नाकाबन्दिले यहाँको बजारमा दसैंकालागि चाहिने पर्याप्त सामग्रीको आपूर्ति नहुँदा अभाव र महङ्गी छ । भारतीय पोसाकको ठाउँ थाइल्याण्ड र चीनबाट आएका लुगाफाटाले लिएको छ । ठाउँठाउँमा दसैं मेला भने लागेकै छ । समोसा, चाट, पकौडा, प्याजी, खेलौना र मिठाई पसल सजिएकै छ । आ–आफ्नो आवश्यकता र क्षमता अनुरुप सबैले किनमेल गरिरहेकै छन् ।

‘अरु वर्ष दश हजारको लुगा किन्नेले तीन हजार कै भएपनि किनेकै छन्,’ शिक्षक मिनबहादुर तामांगले भन्नुभयो, ‘जेजति खाएपनि भोजन स्टलमा भिड देखिएकैछ ।’ स्थानीयले अद्भुत ऊर्जा र जोशकासाथ अहिलेको अनौठो परिस्थितिसँग जुध्दै आपसी एवम् पारिवारिक तालमेलकासाथ विजया दशमी मनाइरहेका छन् ।

पत्रकार महासङ्घ महोत्तरीका सचिव धमेन्द्र झाले भन्नुभयो, ‘गाडी नचलेर बाहय रौनक भलै कम देखिएको होला, सम्पन्नदेखि विपन्न सबैले परापूर्वदेखि धुमधामकासाथ मनाउँदै आएको यस्तो पर्वमा मनलाई कहाँ थाम्न सकिन्छ र ?’

सीमापारीबाट दसैं, तिहार र छठजस्तो महापर्वमा पुजन सामग्री ल्याएर महेन्द्रनगरको साप्ताहिक हाट सखुवाबजारमा बेच्ने भारतीय नागरिक रामचन्द्र मण्डलले पनि नेपालीहरुको उत्साहको प्रशंसा गर्छन् ।

‘बन्दमा पैसा अभाव हुने हुनाले पुजन सामग्री के बिक्री होला जस्तो लागेको थियो,’ उनले भने , ‘तर, थोरै भएपनि किनेकै छन् । ‘दुई देशको जनताको बीचमा कुनै मनमुटाव र दुश्मनी छैन, यताको किनमेल र काम गर्न सुरसन्ड, सीतामढी, सम्सी, मधवापुर जान्छन्, हामी ब्यापार गर्न यता आउँछौं,’ उनले भने ।
annapurnapost.com
काठमाडौं, ५ कात्तिक । प्रधानमन्त्री केपी ओलीले संविधानसभाबाट संविधान जारी भएसँगै करिब सात दशकदेखिको जनताको राजनीतिक र सामाजिक अधिकार प्राप्तिको चाहना र आकांक्षालाई संस्थागत गरेको बताउनुभएको छ ।
विजयादशमीको अवसरमा आज दिनुभएको शुभकामना सन्देशमा प्रधानमन्त्री ओलीले नेपाली जनताको लामो र अथक संघर्षको परिणामस्वरुप जननिर्वाचित संविधानसभाबाट गएको असोज ३ गते नेपालको संविधान जारी भएको उल्लेख गर्नुभएको छ ।
मुलुक विश्वमै प्राकृतिक र जैविक विविधता र अन्य सम्पदाको दृष्टिले अनुपम रहेको बताउँदै सन्देशमा प्रधानमन्त्री ओलीले यिनै प्राकृतिक सम्पदाहरुको भरपूर सदुपयोग गरेर अब मुलुकलाई आर्थिकरुपमा समृद्धिको दिशामा अघि बढाउनु आवश्यक रहेको बताउनुभएको छ ।
संविधान जारी हुनुअघिदेखि नै देशका केही भागमा असन्तुष्टिहरू देखिएको उल्लेख गर्दै उहाँले संविधान जारी भएसँगै ती असन्तुष्टिहरू सकिएको उल्लेख गर्नुभएको छ ।
मधेस केन्द्रित दलहरूका जायज मागलाई सम्बोधन गर्न सरकारका तर्फबाट आफूले पत्राचारसमेत गरिसकेको उल्लेख गर्दै उहाँले सरकारले वार्ताका लागि गठन गरेको समितिले आफ्नो कार्य प्रारम्भ गरिसकेको पनि जानकारी दिनुभएको छ ।
‘संविधान निरन्तर गतिशीलताको एउटा दस्तावेज भएकाले त्यसमा केही कमीकमजोरी छन् भने पनि सार्थक वार्ता र संवादका माध्यमबाट त्यसलाई सच्याउन सकिने भएकाले आन्दोलनरत मधेस केन्द्रित दलहरूलाई बडादसैँको यस अवसरमा फेरि एकपटक आन्दोलन रोकी वार्तामा आउन आह्वान गर्दछु’, ओलीले सन्देशमा उल्लेख गर्नुभएको छ ।
केही समयदेखि सीमा क्षेत्रमा भएका अवरोधका कारण इन्धनलगायतका सामान आपूर्ति व्यवस्थामा असहजता उत्पन्न भएकाले चाँडपर्वको बेलामा समेत आम नेपालीले कष्ट र अप्ठ्याराहरू व्योहोर्नु परिरहेको बताउँदै ओलीले आपूर्ति व्यवस्थालाई सहज बनाउन सरकारले तदारुकताका साथ पहल थालिसकेको उल्लेख गर्नुभएको छ ।
चाडपर्वका बेला नेपाली जनताले भोग्नुपरेको अनुचित पीडाप्रति आफू अत्यन्तै संवेदनशील र दुखित भएको बताउँदै प्रधानमन्त्री ओलीले यस्तो जटिल र कठिन परिस्थितिमा आम देशवासीले देखाउनु भएको संयम, धैर्यता र राष्ट्रिय एकताको भावनाको सम्मान गर्ने उल्लेख गर्नुभयो ।
‘हाम्रो मुलुक बहुधार्मिक, बहुभाषिक र बहुसांस्कृतिक मुलुक हो । हाम्रा रीतिरिवाज, संस्कृति र सुन्दर परम्पराहरूले आम नेपालीलाई शदियौंदेखि एक आपसमा जोड्दै आएको छ । यो कुरा हाम्रा लागि गौरबको विषय पनि हो । गौरवपूर्ण यस्तो इतिहासलाई निरन्तरता दिँदै मुलुकलाई एकताबद्ध र अखण्ड राख्न हामी सबै लागिपरौँ भन्ने आह्वान पनि गर्न चाहन्छु’, सन्देशमा भनिएको छ ।
प्रधानमन्त्रीले सन्देशमा बडादसैँ २०७२ को उपलक्ष्यमा सरकार र आफ्नो व्यक्तिगत तर्फबाट स्वदेश र विदेशमा बस्नुहुने सम्पूर्ण नेपालीमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्नुभएको छ ।
dainiknepal.com
यौन दाम्पत्य जीवनमा निक्कै महत्वपूर्ण छ । महिलाहरुका विभिन्न स्त्री विशिष्ठ समस्या हुने भएपनि पुरुषहरुमा भने सँधै नै
यौन सम्बन्ध राख्ने चाहाना हुन्छ । त्यस्तै जटिल अवस्था हो गर्भवती अवस्था ।
गर्भवती अवस्थामा यौन सम्बन्ध राख्न हुन्छ कि हुँदैन वा हुने भए कसरी गर्ने भनेर धेरै अलमलमा देखिन्छन् । तर चितित्सकहरु
भन्छन् वास्तवममा गर्भवती अवस्थामा पनि यौन सम्बन्ध राख्न सकिन्छ तर त्यो पेटमा भार पर्ने वा बच्चालाई असर गर्ने
स्तरमा हुनु हुँदैन ।
गर्भवति अवस्थामा यौन सम्बन्ध कसरी राख्न सकिन्छ र सुरक्षित आसनबारे यहाँ केही तस्विर सहितका टिप्स प्रस्तुत
गरिएको छ :
एकै दिशामा सुतेरःस्पुनिङ भनिने यो आसनमा गर्भवती स्त्री र पुरुष एकै दिशामा फर्केर सँगै सुत्छन् । र पेटको बच्चालाई
असुविधा नहुने गरी पछाडीबाट अंगालो हालेर पुरुषले स्त्रीसँग सहवास गर्न सक्छ ।
मुख मैथुनः स्त्री गर्भवती भएको अवस्थामा यौन चाहाना पुरा गर्ने सबै भन्दा उत्तम माध्यम हो मुख मैथुन । हुन त यो पूर्ण
यौन सम्बन्ध होइन तर यसले पनि यौन चाहानालाई शान्त पार्न भने सकिन्छ । यद्यपी यसो गर्दा स्त्रीको योनीमा
रगत आउने गरी गर्नु हुँदैन यसले गर्भलाई जटिल अवस्थामा पुर्याउन सक्छ ।
महिला माथि चढ्ने आसनः महिला पुरुषमाथि चढ्ने आसन पनि गर्भवती अवस्थाम यौन सम्बन्ध राख्ने सुरक्षित तरिका हो
। यसमा पेटमा भार नपर्ने गरी यौन क्रिडा गर्न सकिन्छ ।
स्वान आसनःयो आसनमा गर्भवती महिला ओच्छ्यानमा घुँडा टेकेर शरीरमा सन्तुलन राख्छिन् भने महिलाको पेटमा असर
नपर्ने गरी पछाडीबाट यौन क्रिडा गर्छन् । यो आसनलाई डग्गी आसन पनि भन्ने गरिन्छ ।
कैंची आसनः यो आसनमा महिला ओच्छ्यान वा टेवुलको छेउँमा खुट्टा फराकिलो पारेर बस्छिन् अनि पुरुषले कुनै दवाव पैदा
नगरी यौन क्रिडा गर्छन् । यसो गर्दा उनीहरुको आकार कैँची जस्तै देखिन्छ । महिलाका खुट्टाले पुरुषको शरीरलाई धेरै
चल्न र दवाव पैदा गर्न दिँदैनन् ।
पुरुष तल बसेरःयो आसनमा महिला पुरुषको काखमा बस्छिन् तर उनीहरु एकै दिशमा फर्किएका हुन्छन् । यो आसनमा पनि
दवाव पैदा नगरी पुरुषले पछाडीबाट यौन क्रिडा गर्छन् ।
काठमाडौँ  – नेपाल सुनचाँदी व्यवसायी महासङ्घले यसवर्षको दसैँमा सुन तथा गरगहनाको व्यवसायमा कमी आएको जनाएको छ ।

भारतको अघोषित नाकाबन्दीका कारणले गर्दा यस क्षेत्रको व्यापारमा नकारात्मक असर परेको हो ।

महासङ्घका अनुसार अघिल्ला वर्षमा दसैँका वेलामा दैनिक करिब ५० किलोको सुनको व्यापार हुने गरेकामा यसपटक विभिन्न कारणले दैनिक १० किलोको समेत कारोवार हुन सकेको छैन ।

महासङ्घका अध्यक्ष मणिरत्न शाक्यले सुन तथा गरगहनाको अहिले किनबेचको राम्रो समय भएको भए पनि नाकाबन्दीका कारण सर्वसाधारणको प्राथमिकतामा परिवर्तन भई बिक्रीमा कमी आएको स्वीकारे ।

भूकम्पका कारण सुन तथा गरगहनाको कारोवार ह्वात्तै घटेको भए पनि विस्तारै विवाह, ब्रतबन्ध तथा तिजलगायतका पर्वले कारोवारमा क्रमिक सुधार आउन थालेको थियो । तर विभिन्न वाणिज्य बैङ्कमार्फत आउने दैनिक १५ किलो सुनसमेत उठ्न सकेको छैन ।

नेपाल रत्न तथा आभूषण महासङ्घका अध्यक्ष रमेश महर्जनका अनुसार अहिले विशेषगरी नयाँ सुन किन्ने तथा गहना प्रयोग गर्ने भन्दा पनि पुराना गरगहनालाई मर्मत गरी लगाउने प्रचलन बढेको छ ।

महर्जनले सुनले नगदकारुपमा मान्यता पाउने हुँदा सर्वसाधारण मानिसले समेत दसैँमा धेरै थोरै गरगहना जोहो गर्ने परम्परा रहेको बताउँदै सुनको मूल्य उच्च हुनु, पैसाको क्रय शक्ति घट्नु, सुन लगाउँदा असुरक्षासमेत हुनेजस्ता कारणले मानिसको यसप्रति आकर्षण घट्दै जान थालेको बताए ।

अन्तर्राष्ट्रिय मुद्रा तथा डलरमा सुनको कारोवार र खरिद बिक्री हुने गर्दछ । आवश्यक पर्दा सन्चय गरेको सुन तथा गहना बिक्री गरी विभिन्न काम चलाउनेसमेत गरिन्छ ।

-www.ratopati.com
धनगढी, २३ असार । अल्पसंख्यक जातीमा सूचीकृत वादी समुदायका दुई किशोरीले समलिंगी विवाह गरेका छन् ।
कैलालीको लम्बी –चुहा नगरपालिका–१, बल्चौरकी १९ वर्षीया मीना वादी र बर्दिया तारातालकी १८ वर्षीया सीमा वादीले समलिंगी विवाह गरेको समाचार राजधानी दैनिकले छापेको छ ।
विगत आठ वर्षदेखि एक आपसको मायाजालमा फसेका मीना र सीमाले गत फागुन महिनामा घरबाट भागेर समलिंगी विवाह गरेका हुन् ।
बर्दियाकी सीमा कैलालीको बल्चौरमा रहेकी दिदीको घरमा आइरहन्थिन्, त्यतिबेला आफूसँग परिचय भई मायाजालमा फसेपछि आफूहरुर्ला समलिंगी विवाह गरेका मीनाले बताइन् ।
उनीहरुका अनुसार मीना श्रीमान हुन भने सीमा श्रीमती ।
मीना केटी भए पनि व्यवहार, कपडा लगाउने स्टाइल, बोल्ने शैली केटाजस्ता भएकोले आफूले मन पराई मीनालाई श्रीमान् मानेर आफूले विवाह गरेको सीमाले बताइन् ।
dainiknepal.com
काठमाडौं । पछिल्लो समय यौन शिक्षाको विषयमा चाँसो बढ्दै गइरहेको छ ।
यौन शिक्षासँगै विश्वका युवायुवतीहरुमा यौन चाँसो पनि बढीरहेको छ । त्यस्तो बेला पश्चिमी देशहरुमा जहाँ वयस्क युवकहरु अत्याधिक अनलाइन पोर्नको प्रभावलाई महसूस गर्छन् ।
प्रविधिको विकाससँगै नेपालमा पनि पछिल्लो समय अनलाईनमा पोर्न भिडियो हेर्नेको संख्या बढेको छ । यौन सम्बन्ध र व्यवहारिक विज्ञान विशेषज्ञका अनुसार सेक्स एउटा यस्तो समस्या होे, जसलाई लिएर किशोरहरुमा धेरै जान्ने इच्छा हुन्छ ।
त्यो जान्नका लागि अनलाईनमा सेक्स भिडियो हेर्छन् । आजभोली सोशल मीडिया र वेबसाइडले गर्दा यो बारेमा जान्न धेरै सजिलो भएको छ । तर अधिकांश जानकारी लिँदा यो पोर्नग्राफीको रुपमा देखा पर्छ ।
एण्ड्रोमेडा एण्ड्रोलजी सेण्टरका निर्देशक डा.सुधाकर कृष्णमूर्ति भन्छन्,-‘म सेक्सलाई लिएर अज्ञानता नै यसको दोषी मान्छु । मानिसहरुलाई पहिला स्वस्थ सेक्सको बारेमा जान्न जरुरी छ । पोर्न भनेको उसको स्वरुप मात्रै हो ।’
उनी यस्तो चिकित्सक हुन जो एण्ड्रोलोजीमा पहिलो पटक काम गरेर सफतला पाएका व्यक्ति हुन् । यो पुरुषको प्रजनन क्रियासँग सम्बन्धित गड़बड़ीलाई समाधान गर्ने चिकित्सा शाखा हो ।
उनी भन्छन्-‘एक शिक्षित महिला तथा पुरुषले पोर्न भिडियोलाई देह सुखको माध्यम मात्रै मान्दैनन्, बल्कि सँगै भएको र अझै नजिक छन् भन्ने प्रयासलाई देखाउँछ । यो किशोरहरुसँग मात्र होइन् हरकोहीसँग सेक्स गर्न मजा लिन हेर्ने गरिन्छ ।’
डर यो कुराको छ कि सजिलै उपलब्ध हुने अनलाइन पोर्नले खतरनाक यौन व्यवहारका लागि युवालाई उत्प्रेरित गर्छ, विशेषगरी यस्तो देश जहाँ युवाहरुको जनसंख्या विश्वमा सर्वाधिक हुन्छ ।
डाक्टर कृष्णमुर्तिका अनुसार सेक्स उत्तेजना बढाउने कामका साथै पोेर्न भिडियोले यौन जन्य अपराध समेत जन्माउने गरेको छ । युवाहरुको मस्तिष्कमा गहिरो प्रभाव पारेर उनीहरुलाई उत्तेजित पारेर यौन अपराधका लागि बाध्य पार्ने गरेको चिकित्सकहरुको निष्कर्ष छ ।
्
चिकित्सकका अनुसार नेपालमा मात्रै ८० लाख बढीले पोर्न भिडियो हेर्ने गर्छन् । पोर्न भिडियो हेर्नुको मुख्य उद्देश्य यौन उत्तेजना बढाउनु नै भएको उनीहरुको ठहर छ । पछिल्लो समय बढीहरेका बलात्कारका घटना पनि पोर्न भिडियोकै कारण भएको बताइएको छ ।
पोर्न भिडियो विशेषगरी युवापुस्ताले हेर्ने गर्छन् । डाक्टर कृष्णमुर्ति भन्छन्-‘युवा अवस्था भनेको जवानीको अवस्था हो । यो बेला जवानीको जोशलाई थप सक्रिया बनाउन युवायुवतीले पोर्न भिडियो हेर्छन् । तर यस्ले नकारात्मक असर पनि पार्छ ।’
उनका अनुसार हाम्रो समाजमा प्रायजसो १५ देखि ५० वर्षसम्मका व्यक्तिले पोर्न भिडियो हेर्ने गरेका छन् । नेपालमा महिला भन्दा पुरुषले बढी पोर्न भिडियो हेर्ने गर्छन् । एजेन्सी
dainiknepal.com
टोरेन्टो, क्यानडा, ५ कात्तिक । क्यानडा सरकारले भूकम्प पीडित नेपालीका लागि सहज रुपमा भिसा दिन थालेको छ ।
महाभूकम्पबाट प्रभावित भएको सम्पूर्ण विवरण दिने आवेदकलाई सहज रुपमा तत्कालै भिसा उपलब्ध गराइएको क्यानडा सरकारले जनाएको छ । क्यानडाका सिटीजनसिप र इमिग्रेसन मन्त्री क्रिस अलेक्जेन्डरका अनुसार, भूकम्पबाट प्रभावित आवेदकको सम्पूर्ण आवेदन पक्रिया अन्यको तुलनामा निकै सहज र छिटो रुपमा गरिएको छ । उनका अनुसार, क्यानडा भित्रै रहेका र छोटो समयको भ्रमण भिसामा क्यानडा पुगेकाले पनि भूकम्पबाट प्रभावित भएको विवरण पेश गरे आफ्नो बसाई लम्ब्याउन पाउने छन्। तर, उनले यो अवधिमा कति नेपालीले भिसा पाए भन्ने बारे एकिन तथ्यांक भने दिएनन् ।
कसरी लिने भिसा ?
क्यानडाको सिटीजनसिप र इमिग्रेसन मन्त्रालयका अनुसार, भिसा पाउनका लागि सबैभन्दा पहिले क्यानडा इमिग्रेसनमा निवेदन दिनुपर्ने हुन्छ। भूकम्प प्रभावितका लागि मन्त्रालयले विशेष इमेल र फोन नम्बरको समेत व्यवस्था गरेको छ । नेपालमा रहेका आवेदकले आफ्नो ठेगाना र कसरी भूकम्पबाट प्रभावित भएको जानकारीसहित दिल्लीस्थित क्यानडेली दूतावासको इमेल Delhi-immigration@international.gc.ca मा निवेदन पठाएपछि दूतावासले भिसा प्रक्रिया तत्कालै सुरु गर्छ ।
भ्रमण, अध्ययन वा कामका निम्ति क्यानडा आउन चाहने नयाँ आवेदकले पनि क्यानडाको सिटीजनसिप र इमिग्रेसनको वेबसाइटमा अनलाइन आवेदन दिएलगतै भूकम्पबाट प्रभावित भएको सम्पूर्ण जानकारी दिल्ली दूतावासको इमेलमा छुट्टै पठाउनु पर्नेछ। यसका साथै, सिटीजनसिप र इमिग्रेसनको कल सेन्टरको नम्बर १-८८८-२४२-२१०० मा फोन गरी आफू प्रभावित भएको जानकारी दिन सकिनेछ ।
नेपालको विनाशकारी महाभूकम्पप्रति अति नै सम्वेदनशिल देखिएको क्यानडाले तत्कालै ५ मिलियन क्यानडेली डलर सहायता घोषणा सहित एक उद्दार टोली नेपाल पठाएको थियो ।
dainiknepal.com
एजेन्सी । अमेरिकी राष्ट्रपति बराक ओबामा अहिले संसारकै शक्तिशाली व्यक्तित्व मानिन्छन् ।
उनकी पत्निको मिशेल ओबामा हुन् । जो विश्वकै शक्तिशाली महिला मानिन्छिन् । प्राय यी दुबै जना सँगै भ्रमणमा बाहिर निस्कने गर्छन् । बराक मिसेलबीच यति गाढा प्रेम छ की त्यो हामी शब्दमा बर्णन गर्न सक्दैनौं । दुबैको पहिचान एक आदर्श दम्पतीको रुपमा हुन्छ । यीनलाई अमेरिकाको सबैभन्दा रोमांटिक जोड़ीको रुपमा पनि हेरिन्छ, तर, दुबैबीच आम नागरिककै दम्पत्तीजस्तै झगडा पनि खूब हुन्छ । र एक समयमा यो पवित्र बन्धन टूट्ने स्थितीसम्म पनि पुगेको थियो । यति मात्रै होइन, मिशेल ओबामा, बराक ओबामाको धेरै बानीबाट दुःखी पनि थिईन् ।
अमेरिकी राष्ट्रपति बराक ओबामा र मिशेल ओबामाको प्रेम कहानीका रोचक दश कुरा :
१) केन्याबाट पढ्नका लागि अमेरिका छिरेका बराक ओबामा र मिशेल ओबामाको पहिलो भेट १९८९मा अमेरिकाको सिकागो ल फर्ममा भएको थियो ।
२) हारवर्ड ल स्कूलमा पढ्न पहिलो वर्षको पढ़ाई पुरा गरेर सिकागो ल फर्ममा बराक ओबामा समर इन्टर्नशिपका लागि पुगेका थिए । त्यो बेला मिशेलको पूरा नाम मिशेल राबिन्सन थियो र उनले बराक ओबामाको प्रशिक्षकको भूमिका निभाएकी थिईन् । जब मिशेललाई यो जिम्मेवारी दिइयो तब बराक ओबामासँग नभेटेरै दिइएकोमा यो जिम्मेवारी उनलाई मन परेको थिएन् ।
३) सिकागो ल फर्मको ४७ औं कोठामा बराक ओबामाले पहिलोपटक मिशेललाई भेटे तब पहिलो नजरमै मिशेलको मनमा बसे । उनी पनि मिशेलको बोल्ने र हास्ने शैलीबाट निकै प्रभावित भए । । क्रिस्टोफर एण्डरसनको पुस्तक ‘बराक एण्ड मिशेलः द लभ स्टोरी’मा यो कुरा उल्लेख गरिएको छ की मिशेलसँगको पहिलो भेटपछि ओबामाले आफ्ना साथीसँग भनेका थिए, अरे यार, उनी धेरै सुन्दर लाग्छिन्, म उनको मनमा बस्न आफ्नो जादू चलाउने प्रयास गर्छु ।
४) उता, दोस्रो तर्फ मिशेलले बराक ओबामासँग अनौठो तरिकाले भेटेर सफा कुरा गर्दैै सुरुमा आफ्नो कामसँग मात्रै मतलब राख्न भनिन् । बराक जब उनीसँग नजिक हुन प्रयास गर्दै थिए तब मिशेलले सफा कुरा गर्दै भनिन्–‘मेलै आजसम्म कसैसँग प्रेम गरेको छैन् र डेटिंग पनि गएकी छैन् ।’
५) मिशेलको त्यस्तो सफा कुराले उत्साहित भएका बराकले मिशेलको सुन्दरताको तारिफ गर्दै गिफ्ट पठाउन थाले । उनलाई हरेक भेटमा फुल दिन पनि सुरु गरे । र फोन गर्न पाएजतिका सबै मौका पनि उनले गुमाएनन्, तर मिशेलको मन पग्लिएको थिएन् । तर केही महिनापछि उनले बराक ओबामाले आफ्नो एक समारोहमा बोलाइएको निमन्त्रणलाई स्वीकार गरिन्, जहाँ ओबामा अश्वेत युवकलाई हिम्मत जुटाएर भाषण दिँदै थिए । ओबामाको त्यो भाषणले कमाल गरेर देखायो, जो मेहनत, फूल र फोन मोबाइलबाट हुन सकेको थिएन् ।
६) दुबै जना आफ्नो पहिलो डेटमा सिकागोको हायड पार्क स्थित बेस्कीन–राबिन्स स्टोरमा गएका थिए । यहाँ दुबैले पहिलो पटक एक अर्कालाई किस गरेका थिए । यो स्टोर अहिले एक सब–वे स्टोरमा समायोजन भइसकेको छ, तर बराक र मिशेलको पहिलो डेटिङलाई लिएर यहां एउटा स्मृति चिन्ह बनाइएको छ ।
७) दुई वर्षभन्दा बढीको कोर्टशिपपछि एक दिन बराक ओबामाले ल को परीक्षा पास गरेको खुशीयालीमा मिशेललाई रोमांटिक डिनरमा बोलाए र उनलाई विवाहको प्रस्ताव राखे । मिशेलसँग नाई भन्ने कुनै कारण थिएन् । दुबैले ३ अक्टोबर, १९९२ मा सिकागोको ट्रिनिटी यूनाइटेडमा २०० पाहुनालाई साक्षी राखेर विवाह गरे ।
८) विहे गरेको चार वर्षभित्र बराक ओबामा इलिनोइसबाट सीनेटरमा चुनिए । विहेपछि उनको राजनीतिक जीवन रफ्तारमा अगाडि बढ्यो, तर पतिको जिम्मेवारीमा उनी असफल हुँदै गए । क्रिस्टोफर एण्डरसनको पुस्तक ‘बराक एण्ड मिशेलः द लभ स्टोरी’ मा ओबामाका ती खराब बानीहरु उल्लेख गरिएको छ, जस्ले मिशेललाई धेरै दुःखी बनायो । जस्तै, घरको कुनै काम नर्गनु, भान्साको सबै काम मिशेलका लागि छाड्नु, आफ्नो मोजा–रुमाल सही ठाउँमा नराख्नु, चुरोट पिउने बानी, मध्य रातिसम्म नसुत्ने बानी, निद्रामा घुर्ने बानी र परिवारका लागि धेरै कम समय दिनु ।
९) ओबामाका यी बानीमा सुधार नआएपछि दुई छोरीलाई जन्म दिएकी मिशेल ओबामा सम्बन्ध विच्छेद गर्ने विषयमा सोच्न थालिन । जून, २००१ मा ओबामाकी दोस्री छोरी साशाको जन्म भएको थियो र तीन महिनाभित्रै साशा मेनिनजाइट्स नामको प्राणघातक रोगको सिकार बनिन् । त्यो बेला ओबामा सबै कुरा छाडेर आफ्नी छोरीका लागि लगातार ७२ घण्टा अस्पतालमा कुरुवा बसे । त्यो व्यवहारले सम्बन्ध विच्छेदको योजनामा पुगेकी मिसेलको मन पग्लियो । जसकारण साशाको रोगले बराक र मिशेललाई फेरि एक बनायो ।
१०) मिशेल ओबामा आफ्ना पतिका बारेमा भन्छिन् कि–हाम्रो विवाह यद्यपी परफेक्ट थिएन होला, तर हाम्रो सम्बन्धलाई बोलियो बनायो । उता बराक ओबामाले पनि धेरैपटक भनिसकेका छन् कि सधै मिशेलको सुझावमा अमल गर्छन् र कुनै पनि ठूलो फैसला मिशेललाई नसोधेर गर्दैनन् । अमेरिकाको राष्ट्रपति पदको एकदमै व्यस्त सयमको बाबजुद पनि मिशेलका लागि हरेक दिन समय निकाल्छन् । त्यो समयलाई परिवारसँग विहान एक्सरसाइज र साझ ब्रेकफास्ट खाएर सदुपयोग गर्छन् । अब केही समयमै ओबामा नेपाल भ्रमण आउने गरी कुटनीतिक पहल समेत भइरहेको बताईन्छ । अहिले ओबामा आफ्नो जन्मथलो केन्या जाँदैछन् ।
dainiknepal.com
सुनसरी  – गए राती मधेसी मोर्चाका कार्यकर्ताहरुले सवारी स्कटीङ्गलाई अवरोध गराएपछि प्रदर्शनकारी र प्रहरी बिच राती पटक पटक झडप हुँदा सुनसरीको दुहबीमा गोली चलेको छ ।

करिब ४ सयको संख्यामा रहेका  बिराटनगरबाट काठमाडौका लागी छुटेका सबारी साधनहरुलाई स्कटीङ्ग गर्दा मोर्चाका कार्यकर्ताहरुले सडक अवारोध गरेका थिए ।

सडक अवारोध गर्ने क्रममा प्रदर्शनकारीलाई हटाउन प्रहरीले गोली चलाउदा ६ जना कार्यकर्ता र दुई जना बटुवा घाइते भएका छन । स्कटीङ्गका सवारीसाधनमाथि तोडफोड भएपछि गोली चलाएको प्रहरीले जनाएको छ ।
गोली र छर्रा लागेर पुनम परियार, राहुल रौनियार, दिनेश रौनियार, अनिल साह र इस्राव मिया घाइते भएका छन । साथै नाम नखुलेका दुई जना बटुवा समेत घाइते भएका छन । उनिहरु सबैको छाती, खुट्टा र टाउकोमा चोट लागेको छ । सबैको स्थानिय अस्पतालमा उपचार भइरहेको छ । प्रर्दशनकारीलाई सडकबाट हटाउन जनपद र सशस्त्र प्रहरीको ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो । प्रर्दशनकारी अराजक भएपछि मात्र प्रहरीले हवाई फायर र छर्रा प्रहार गरेको प्रहरीको भनाई छ ।

स्कटीङ्गबाट प्रहरीले ५४ वाट पेट्रोलियम पर्दाथ बोकेका सवारी साधन तथा १२ वटा रात्री बस र १७ वटा मालवहाक ट्रंक काठमाडौ पठाइएको छ ।

www.ratopati.com

: पर्सा प्रहरीले भारतीय नक्कली नोटसहित दुईजनालाई पक्राउ गरेको छ ।

नक्कली नोटको कारोबारीहरुले भारतीय नक्कली नोट बोकेर भारततर्फ जाँदै गरेको सूचनाको आधारमा खटिएको प्रहरी टोलीले वीरगन्जको घण्टाघरबाट भारत जाँदै गरेको ना १६ प २१८३ नम्बरको मोटरसाइकलसहित पर्सा जानकीटोला–३ का छठु बैठालाई पक्राउ गरेको हो ।

उनको साथबाट एक हजारको एकसय थान भारतीय नक्कली नोट, पाँच सयको भारतीय सक्कली नोट ३ थान, एक हजार नेपाली नोट १९ थान र ५ सयको १२ थान नेपाली नोट बरामद गरेको पर्साका प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठले बताए ।


नक्कली नोटसहित पक्राउ परेका बैठालाई सोधपुछ गर्दा वीरगन्ज–१० बस्ने श्रीदेव गिरीले उनलाई पठाएको बयानको आधारमा नक्कली नोटको कारोबारमा संलग्न रहेको आशंकामा गिरीलाई पनि पक्राउ गरिएको प्रउ श्रेष्ठले बताए ।

पक्राउ दुबैलाई खोटाचलन मुद्दामा थप अनुसन्धानको लागि हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक श्रेष्ठले जानकारी दिए ।
annapurnapost.com
पाेखराकाे नुवारथाेकमा एकसय ६० जनाकाे परिवार एकै ठाउँमा दशैंकाे टीका लगाउँदै -.annapurnapost.com
नयाँ शक्ति निर्माणमा लागेका एमाअाेवादीका पूर्वनेता
डा. बाबुराम भट्टरार्इ बाबुबाट दसैंको टीका ग्रहण गर्दै -

वीरगन्ज : बारा प्रहरीले हतियार सहित एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहटको रौतहटको बसन्तपट्टी गाविस–७ का २७ वर्षीय राजु पाण्डे छन् ।

प्रहरीले उनको साथबाट कटुवा पेस्तोल एक थान र त्यसमा लाग्ने एक राउण्ड गोली बरामद गरेको  छ ।

विशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय बाराबाट प्रहरी हवल्दार नागेन्द्र बैठाको नेतृत्वमा सादा पोशाकमा खटिएको प्रहरीको टोलीले बाराको भोडाहा गाविस–२ बाट बुधबार बेलुकी पाण्डेलाई हतियार सहित पक्रेको हो ।

बीर आर ०५ जे ४७१४ नम्बरको भारतीइ मोटरसाइकलमा सवार रहेका पाण्डेको शरिर खानतलासी गर्दा कम्मरमा लुकाएको अवस्थामा कटुवा पेस्तोल र गोली बरामद भएको जिल्ल प्रहरी कार्यालय बाराले जनाएको छ ।


हतियारसहित पक्राउ पाण्डेलाई जिल्ला प्रहरी कार्यालय बाराको हिरासतमा राखेर थप आनुसन्धान भइरहेको प्रहरी निरिक्षक शशी ठाकुरले जानकारी दिए ।
www.annapurnapost.com
काठमाडौं, ५ कात्तिक । राष्ट्रपति डा रामवरण यादवले नयाँ संविधान निर्माणसँगै मुलुकमा आर्थिक एवम् सामाजिक विकासतर्फ केन्द्रित गर्ने बाटो खुलेको बताउनुभएको छ ।
बडादसैँ २०७२ का अवसरमा राष्ट्रपति डा यादवले आज दिनुभएको शुभकामना सन्देशमा देश–विदेशमा रहनु भएका सम्पूर्ण नेपालीलाई सुख, शान्ति र समृद्धिका लागि हार्दिक एवम् मङ्गलमय शुभकामना व्यक्त गर्दै प्रमुख राजनीतिक मुद्दा निरुपण भएको पृष्ठभूमिमा अब सम्पूर्ण सोच र शक्ति आर्थिक क्रान्तिका लागि साझा राष्ट्रिय लक्ष्यमा लाग्नुपर्ने जनाउनुभएको छ ।
‘जननिर्वाचित प्रतिनिधिबाट संविधान बनाउने हाम्रो झण्डै सात दशक पुरानो राष्ट्रिय सपना भर्खरै साकार भएको छ । संविधानसभाबाट नेपालको संविधान जारी भएको सुअवसरमा पुनः हार्दिक बधाई ज्ञापन गर्दछु’, उहाँले सन्देशमा भन्नुभएको छ, ‘नयाँ संविधानको कार्यान्वयनसँगै झण्डै एक दशकअघि सुरु गरिएको शान्ति प्रक्रिया टुङ्गिएको छ भने जनआन्दोलनका उपलब्धि बनेका लोकतान्त्रिक गणतन्त्र, सङ्घीयता, समावेशीताले संस्थागत स्वरुप प्राप्त गरेका छन् ।’
सन्देशमा संविधान निर्माण आफैँमा एउटा निरन्तर प्रक्रिया भएको र यसको अभ्यास तथा कार्यान्वयन गर्दै अघि बढ्दा यो थप परिष्कृत, समावेशी र न्यायपूर्ण हुँदै जाने भन्दै नेपालको नयाँ संविधान देशमा संविधानवाद र लोकतन्त्रका आधारभूत मान्यता स्थापित गर्दै नेपालबाट सबै प्रकारका विभेद, अन्याय र शोषणलाई अन्त्य गर्न सफल हुने विश्वास व्यक्त गरिएको छ ।
संविधानले हिमाल, पहाड, तराई, मधेश या पूर्व–पश्चिममा बसोबास गर्ने भिन्नभिन्न जातजाति, वर्ण, भाषा, धर्म र सामाजिक एवम् सांस्कृतिक पहिचान बोकेका सबै नेपालीको लागि समान अवसरको ढोका खोली राष्ट्रिय एकता सुदृढ पार्न र सामाजिक सद्भाव एवम् क्षेत्र, जातजाति र समुदायबीच आपसी भाइचारा कायम गर्न उल्लेख्य योगदान दिन सफल रहोस् भन्ने कामना राष्ट्रपतिको रहेको छ ।
‘चाडपर्व नेपाली समाजका गहना हुन् । हरेक ऋतु परिवर्तनसँगै आइरहने चाडपर्वले हाम्रो भौगोलिक, धार्मिक, सांस्कृतिक, जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्भाव, राष्ट्रिय एकता र साझा नेपाली पहिचान कायम गर्नमा महत्वपूर्ण योगदान गरेका छन्’, सन्देशमा भनिएको छ, ‘विभिन्न जात–जाति, समुदाय, भूगोल र धर्माबलम्वीका विशिष्ट परम्परा हाम्रो राष्ट्रिय एकताको मियोका रुपमा रहेका छन् ।’
उहाँले दसैं, तिहार, छठ, ल्होसारजस्ता पर्वलाई साझा सांस्कृतिक उत्सवका रुपमा विस्तार र विकास गर्नेतर्फ ध्यान दिनु समायोचित हुने पनि बताउनुएको छ ।
विनाशकारी भूकम्पले फैल्याएको सन्त्रास र क्षतिबाट मुलुकको ठूलो भू–भाग अद्यापि आक्रान्त रहिरहेकै अवस्थामा देशको केही भू–भाग, विशेषतः तराई, मधेश आन्दोलित र अशान्त हुन पुगेको तथा निरन्तरको बन्द, हड्ताल र असुरक्षाले तराई, मधेशका जनताको जीवनयापन अत्यन्त कष्टकर हुँदै गइरहेको स्मरण गराउँदै उहाँले लाखौँ बालबालिकाको पढाइ बर्बाद भएको, सिङ्गो मुलुककै उद्योग, कलकारखाना, बैंक–वित्तीय प्रणाली र राष्ट्रिय अर्थतन्त्रमा समेत प्रतिकूल असर पार्न थालेकामा राष्ट्रपतिले चिन्ता व्यक्त गर्नुभएको छ ।
सन्देशमा भनिएको छ, ‘लोकतन्त्रमा विरोध, हड्ताल र आन्दोलनलाई स्वभाविक प्रक्रियाका रुपमा लिइन्छ । विरोध र आन्दोलनको स्वरुप भने सधैंँ लोकतान्त्रिक र शान्तिपूर्ण हुनुपर्ने हुन्छ । आन्दोलनकारीप्रति राज्यका व्यवहार पनि संयमित र सहिष्णु हुनु अति जरुरी हुन्छ ।’
लोकतान्त्रिक पद्धतिको सीमाभित्र रहेर उठाइने विरोधका आवाज र आन्दोलनका मागलाई गम्भीर र संवेदनशील ढङ्गबाट ग्रहण गरी वार्ता, छलफल आदिको माध्यमबाट संवोधन गर्नु लोकतान्त्रिक सरकारहरुको कर्तव्य हुन आउने तथा परिवर्तन र लोकतन्त्रको सङ्घर्षमा सधैंँ अग्रपङ्तिमा रहँदै आएका तराई, मधेशका जनताको आवाज सुन्न र त्यहाँको समस्याको समाधान पहिल्याउन अरु ढिलाइ नगर्न संवद्ध सबै पक्षसँग राष्ट्रपतिले आग्रह पनि गर्नुभएको छ ।
उपराष्ट्रपति झाद्वारा बडादसैँको शुभकामना
उपराष्ट्रपति परमानन्द झाले नेपालीहरूको महान पर्व बडादसैँ तथा विजया दशमी २०७२ को अवसरमा देश विदेशमा रहनुभएको सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक एवम् मङ्गलमय शुभकामना व्यक्त गर्नुभएको छ ।
झाले आज दिनुभएको शुभकामना सन्देशमा यस पावन पर्वको माध्यमबाट नेपाली–नेपालीबीचको आपसी सद्भाव, सहिष्णुता र भाइचाराको अभिवृद्धि हुँदै जाने बताउनुभएको छ ।
उहाँले यस पर्वले सबै नेपालीलाई एकताबद्ध गर्दै आपसी सहमति, सहयोग र सहकार्यको बाटोमा अघि बढ्न सबैलाई प्रेरित गरोस् भन्ने कामना व्यक्त गर्नुभएको छ । रासस
dainiknepal.com
काठमाडौं—आइसीसी यु—१९ विश्वकप छनौट प्रतियोगिताको फाइनलमा बिहीबार आयरल्यान्डले नेपाललाई १८५ रनको चुनौती दिएको छ। मलेसियाको किनरारा एकेडेमी ओभलमा टस जितेर ब्याटिङ रोजेको आयरल्यान्डले ४७.४ ओभरमा अल आउट हुँदै १८४ रन बनायो।

नेपालको कसिलो बलिङ सामु आयरल्यान्डका खेलाडीले खुलेर ब्याट घुमाउन सकेनन्। फूल स्पेल १० ओभर बलिङ गरेका ललित नारायाण राजवंशीले १ मेडन राख्न राख्दै मात्र ३६ रन दिएर ४ विकेट लिए। आरिफ शेखले ३ विकेट लिए भने दीपेन्द्र सिंह ऐरीको पोल्टामा दुई विकेट प¥यो।

आयरल्यान्डका लागि आक्रमक ब्याटिङ गरिरहेका गेरी म्याक्लिन्टक ४५ रनको अवस्थामा दीपेन्द्रको बलमा बोल्ड भएपछि नेपालले आयरल्यान्डमाथि दवाब बढाएको थियो। आयरल्यान्डका अर्का खतरनाक ब्याट्सम्यान एन्ड्र्यु अस्टिन ललितको बलमा प्रेम तामाङबाट क्याच भएका थिए। उनले ४४ रन बनाउन सके।

यु—१९ विश्वकप प्रतियोगिता अन्तर्गत राउन्ड रोबिनको अन्तिम खेलमा बुधबार नेपालले आयरल्यान्डमाथि ८ विकेटको विजय हासिल गरेको थियो। बुधबार नेपालले जित्दा पनि आयरल्यान्डले १८५ रनकै लक्ष्य आयरल्यान्डले दिएको थियो। ओपनर सुनिल धमाला र सन्दीप सुनाले १७० रनको साझेदारी गरेपछि नेपालले आयरल्यान्डलाई ८ विकेटले पराजित गरेको थियो।
nagariknews.com

गोरखा : बिहानै उठेर चुल्हो सल्काउन खोज्दा फैलिएको आगो शरिरमा सल्केर जल्दा गोरखामा एक वृद्धको ज्यान गएको छ ।

गोरखाको गुम्दा गाविस–९ निवासी ७८ वर्षीय टिजनकान्छा गुरुङको बिहीबार बिहान जलेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार चुल्होबाट फैलिएको आगोले उनको घर पनि जलेर ध्वस्त भएको छ ।


बिहानै घरमा सल्किएको आगो निभाउने स्थानीयबासीको प्रयास असफल भयो । गाउँलेले वृद्धलाई पनि बचाउन सकेनन् ।

annapurnapost.com
काठमाडौं, ५ कात्तिक । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले बिजया दशमीले सबै नेपालीलाई साँस्कृतिक एकताको सूत्रमा आबद्ध गरेर नेपालको राष्ट्रियतालाई झन सबल बनाउन सघाउँदै आएको जनाएको छ ।
कांग्रेस सभापति सुशील कोइरालाले बडादसैँका अबसरमा आज शुभकामना सन्देश दिँदै हाम्रा साँस्कृतिक चाड पर्वहरूले कायम गरेको राष्ट्रिय एकतालाई अक्षुण्ण राख्न सबै नेपालीले बुद्धिमता र विवेकपूर्ण ढंगले काम गर्न जरुरी रहेको बताउनुभएको छ ।
‘अहिले हामी एक ऐतिहासिक मोडमा उभिएका छौं’, सन्देशमा कोइरालाले भन्नुभएको छ, ‘प्रजातन्त्रको स्थापना, पुनःस्थापना र संस्थागत विकासकालागि नेपाली जनताले झण्डै एक शताब्दी अगाडिदेखि गरेको आन्दोलन र संघर्षका उपलब्धिहरूलाई संस्थागत गरी नेपाल र नेपालीको भविष्य सुरक्षित गर्ने संविधान जारी गर्ने ऐतिहासिक जिम्मेवारी समस्त नेपालीको साथ र सहयोगमा सम्पन्न भएको छ ।’
कांग्रेसले राष्ट्रिय चाड पर्वमा पनि नेपालको तराई मधेसमा चलेको आन्दोलन र त्यसका कारण छिमेकी मित्र राष्ट्र भारतसँग जोडिएका नाकामा सिर्जना भएको अवरोधले मुुलुकको आपूर्ति व्यवस्थामा आएको असहज परिस्थितिले नेपालीहरूको दैनिक जीवनलाई प्रभावित गरेको उल्लेख गरेको छ ।
‘संविधानका केही विषयमा असहमति देखाउदै आन्दोलनमा रहनु भएका राजनीतिक दलहरूलाई शान्तिपूर्ण वार्ताको माध्यमबाट समस्याको समाधान खोज्न मेरो नेतृत्वमा रहेको पूर्ववर्ती सरकारले संसदमा संविधान संशोधन विधेयक दर्ता गर्नुको साथै आन्दोलनरत दलहरूलाई वार्तामा ल्याउन गरिएको प्रयासलाई सार्थक बनाउनु परेको छ’, कोइरालाले भन्नुभएको छ ।
वर्तमान सरकारले त्यसलाई परिणाममा पुराउने आफूले विश्वास लिएको कोइरालाले बताउनुभएको छ ।
‘नागरिकलाई सर्वाधिकार सम्पन्न बनाएको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको अभ्यास र विकासमा पनि राजनीतिक दलहरुको बीचमा आपसी सहमति, सहकार्य, एकता र मेलमिलाप कायम राख्न सम्बद्ध सबै पक्ष उत्तिकै जिम्मेवार बनेर नेपाललाई सबल राष्ट्र्रमा रुपान्तरण गर्न मन बचन र कर्मले समर्पित बन्न भवानी दुर्गाले सबैलाई आर्शीवाद प्रदान गरुन्’, शुभकामना सन्देशमा कोइरालाले भन्नुभएको छ ।
dainiknepal.com
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Aug 24 (6)
  • Aug 23 (1)
  • Aug 19 (1)
  • Aug 18 (19)
  • Aug 17 (17)
  • Aug 16 (24)
  • Jan 24 (18)
  • Jan 23 (27)
  • Jan 22 (32)
  • Jan 21 (35)
  • Jan 20 (35)
  • Jan 19 (34)
  • Jan 18 (40)
  • Jan 17 (45)
  • Jan 16 (27)
  • Jan 15 (29)
  • Jan 14 (35)
  • Jan 13 (40)
  • Jan 12 (32)
  • Jan 11 (39)
  • Jan 10 (31)
  • Jan 09 (23)
  • Jan 08 (31)
  • Jan 07 (30)
  • Jan 06 (39)
  • Jan 05 (34)
  • Jan 04 (39)
  • Jan 03 (43)
  • Jan 02 (47)
  • Jan 01 (31)
  • Dec 31 (34)
  • Dec 30 (36)
  • Dec 29 (43)
  • Dec 28 (33)
  • Dec 27 (27)
  • Dec 26 (38)
  • Dec 25 (33)
  • Dec 24 (38)
  • Dec 23 (44)
  • Dec 22 (39)
  • Dec 21 (37)
  • Dec 20 (40)
  • Dec 19 (31)
  • Dec 18 (47)
  • Dec 17 (30)
  • Dec 16 (16)
  • Dec 15 (42)
  • Dec 14 (30)
  • Dec 13 (32)
  • Dec 12 (35)
  • Dec 11 (42)
  • Dec 10 (26)
  • Dec 09 (31)
  • Dec 08 (15)
  • Dec 07 (37)
  • Dec 06 (30)
  • Dec 05 (34)
  • Dec 04 (32)
  • Dec 03 (33)
  • Dec 02 (36)
  • Dec 01 (37)
  • Nov 30 (48)
  • Nov 29 (28)
  • Nov 28 (35)
  • Nov 27 (35)
  • Nov 26 (47)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (27)
  • Nov 22 (32)
  • Nov 21 (43)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (22)
  • Nov 17 (29)
  • Nov 16 (32)
  • Nov 15 (25)
  • Nov 14 (28)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (42)
  • Nov 09 (22)
  • Nov 08 (40)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (42)
  • Nov 01 (44)
  • Oct 31 (29)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (47)
  • Oct 27 (32)
  • Oct 26 (39)
  • Oct 25 (35)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (22)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (31)
  • Oct 02 (29)
  • Oct 01 (29)
  • Sep 30 (29)
  • Sep 29 (24)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (26)
  • Sep 25 (27)
  • Sep 24 (18)
  • Sep 23 (15)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (26)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (12)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (19)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (22)
  • Sep 07 (22)
  • Sep 06 (26)
  • Sep 05 (18)
  • Sep 04 (23)
  • Sep 03 (24)
  • Sep 02 (25)
  • Sep 01 (24)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (27)
  • Aug 28 (28)
  • Aug 27 (30)
  • Aug 26 (29)
  • Aug 25 (24)
  • Aug 24 (35)
  • Aug 23 (30)
  • Aug 22 (31)
  • Aug 21 (32)
  • Aug 20 (30)
  • Aug 19 (33)
  • Aug 18 (27)
  • Aug 17 (34)
  • Aug 16 (28)
  • Aug 15 (23)
  • Aug 14 (23)
  • Aug 13 (22)
  • Aug 12 (19)
  • Aug 11 (18)
  • Aug 10 (24)
  • Aug 09 (16)
  • Aug 08 (18)
  • Aug 07 (25)
  • Aug 06 (16)
  • Aug 05 (18)
  • Aug 04 (21)
  • Aug 03 (19)
  • Aug 02 (14)
  • Aug 01 (17)
  • Jul 31 (19)
  • Jul 30 (19)
  • Jul 29 (15)
  • Jul 28 (12)
  • Jul 25 (14)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home