• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
०७२ पौष २८ मंगलवार


काठमाडौं : प्रमुख तीन दल र आन्दोलनरत मधेसी मोर्चाद्वारा गठित दुवै कार्यदलको बैठक मंगलबार बस्दैछ। सोमबार अपरान्ह बस्ने भनिएको कार्यदलको बैठक सरकारी पक्षका प्रतिनिधिको व्यस्तताका कारण बस्न नसकेपछि मंगलबार बस्न लागेको हो।

मंगलबारको बैठकमा मधेसी मोर्चाले राखेका एघार बुँदे मागमा बुँदागत छलफल गरेर साझा अवधारणा बनाउन गम्भीर छलफल हुने बताइएको छ। गत आइतबारको बैठकमा दुवै पक्षले मधेस आन्दोलनको सम्बोधन र असहज अवस्थाको अन्त्यका लागि निकास खोज्न सकारात्मक छलफल सुरु भएको र छिटै निश्कर्ष आउने बताएका थिए।


कार्यदलले प्रदेशहरुको सिमांकनको पुनरावलोकन, जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण, नागरिकता प्रावधान, राज्यका निकायमा समावेशी सहभागितालगायत मधेसी मोर्चाले अघि सारेका मागका सम्बन्धमा बुँदागत छलफल गरेर सहमतिको खाका बनाउने छ।

तीन महिनाभित्र सिमांकन टुंगो लगाउन प्रस्ताव गरिएको उच्चस्तरीय राजनीतिक समितिको वैधताको बारेमा मोर्चाले प्रश्‍न उठाउपछि यसलाई संसद्‌बाट अनुमोदन गरेर वैधानिकता प्रदान गर्न सकिने प्रस्ताव सरकारी पक्षले राखेको छ।

कार्यदलमा नेपाली कांग्रेसका महेश आचार्य, एमालेका भीम रावल र एमाओवादीका कृष्णबहादुर महरा छन् भने मोर्चाका तर्फबाट हृदयेश त्रिपाठी, राजेन्द्र श्रेष्ठ र रामनरेश राय छन् ।

मधेस आन्दोलनको सम्बोधन तथा मुलुकको असहज अवस्थाको अन्त्यका लागि निकास खोज्न प्रमुख तीन दल र मधेसी मोर्चाले  कार्यदल बनाएपछि दुवै पक्ष सहमतिका लागि हरेक दिनजसो छलफलमा जुटेका छन्।कार्यदलमा समझदारी जुटेपछि शीर्ष तहमा वार्ता गरेर सहमति गर्ने र संसद्बाट संविधान संशोधन विधेयक पारित गर्ने तयारी छ।

जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण र राज्यका निकायमा समावेशी सहभागितासम्बन्धी संविधान संशोधन विधेयक संसद्मा विचराधिन छ। यसमा संशोधन प्रस्तावहरु पेस भइसकेका छन् । प्रस्तावित विधेयकमै परिमार्जन गरेर मधेसलाई सम्बोधन गर्ने प्रयास ठूला तीन दलले गरेका छन् ।

त्यसैगरी सिमांकनको विषयलाई तीन महिनाभित्र टुंगो लगाउन अधिकारसम्पन्न राजनीतिक संयन्त्र वा संवैधानिक आयोग बनाउने औपचारिक निर्णय सरकारले गरिसकेको छ।
annapurnapos
२८ पुस, एजेन्सी।

ह्वाइट हाउसमा पछिल्लो हप्ता रुँदै भाषण गरेका अमेरिकी राष्ट्रपति बाराक ओबामाको आँसु नक्कली भएको दाबी गरिएको छ। आँसु निकाल्न प्याजको प्रयोग गरिएको फक्स न्युट टिभी च्यानलले दाबी गरेको हो।

अमेरिकामा बन्दुक खरिद वा बिक्री गर्ने कानुनको बारेमा बोल्दै गर्दा उनको आखा रसाएका थिए।

तीन वर्षअघि कनेक्टिकटको न्यु टाउनस्थित एउटा विद्यालयमा भएको गोलीकाण्डबारे बोलिरहँदा उनको आँखामा आँसु देखिएको थियो । ‘जब म ती बालबालिकाका बारेमा सोच्छु तब म पागल हुन्छु,’
 उनले भने, ‘हामी सबैले यो मुद्दामा कठोर हुन सिनेटसँग माग गर्नुपर्छ ताकि बन्दुकको पक्षमा हुने लबीलाई झुट साबित गर्न सकियोस् ।’nepaliheadlines
पोखरा, २८ पुस । नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले अहिलेको कठिन अवस्थामा आपूर्ति व्यवस्थालाई सहज बनाउन सरकारले आफ्ना संयन्त्रलाई प्रभावकारीरुपमा परिचालन गर्नुपर्ने बताउनुभएको छ ।
नेकपा (एमाले) गण्डकी अञ्चल समन्वय समितिको आयोजनामा ‘संविधान कार्यान्वयन र राष्ट्रिय एकता सुदृढीकरण अभियान’अन्तर्गत अञ्चलस्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई पोखरामा सम्बोधन गर्दै उहाँले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको आपूर्ति व्यवस्था सुस्त भएकाले कालोबजारी मौलाएको आरोप लगाउनुभयो ।
पूर्वप्रधानमन्त्री खनालले सीमांकनका विषयमा मधेसी मोर्चासँग वार्ता गर्दा निकै होसियारी अपनाउनुपर्ने बताउँदै हिमाल, पहाड र तराईलाई टुक्राएर प्रदेश बनाउन नसकिने धारणा राख्नुभयो ।
dainiknepal
तपाईँ पहिल्यै देखि नै दुब्लो हुनुहुन्छ, वा हालसालै तपाईँको तौल घटेको छ, कुनै न कुनै बेला तपाईँलाई आफ्नो तौल बढाउन मन लाग्नु स्वाभाविक कुरा हो\
। तौल बढाउने सबैभन्दा राम्रो प्राकृतिक उपाय आफ्नो खानामा क्यालोरीको मात्रा बढाउनु हो। र त्यसको साथै तपाईँले अरूबेला भन्दा अलि बढी खाने बानी पनि बसाल्नुपर्दछ

तथापी, यदि तपाईँको तौल अकस्मात घटेको छ भने तुरुन्तै चिकित्सकसँग सल्लाह लिन जानुपर्दछ, किनभने त्यसरी अचानक तौल घट्नु कुनै खतरनाक समस्याको सङ्केत पनि हो।

प्राकृतिक रूपले तौल कसरी बढाउने त?

१. क्यालोरीको मात्रा बढाउनुहोस्

यदि तपाईँको उदेश्य तौलमा भन्दा पनि शरीर सुसंगठित बनाउनुमा छ भने, तपाईँले नियमित रूपमा प्रोटिन युक्त खाना खानु जरुरी हुन्छ। विशेष गरी शारीरिक व्यायाम
 पछि मात्रै प्रोटिन खानु उचित हुन्छ। कुखुराको मासु, माछा, अण्डा, गेडागुडी तथा दही जस्ता खानेकुराहरूमा प्रशस्त प्रोटिन पाइन्छ। यदि तपाईँ शाकाहारी हुनुहुन्छ भने, प्रोटि
नको लागि ब्रोकाउली, चना, हरियो केराउ, पनिर, बदाम, तिल, ओखर जस्ता खानेकुराहरू खान सक्नुहुन्छ।
दैनिकी खानामा बोसोयुक्त चिज अथवा घ्यू मिसाएर खाँदा पनि त्यसबाट प्रशस्त क्यालोरी पाउन सक्नुहुन्छ। साथै, गाईभैँसीको दूध पनि प्रोटिन र क्यालोरीको राम्रो श्रोत हो
खाने तेलले पनि तपाईँको तौल घटबढ गराउन उत्तिकै भूमीका खेलिरहेको हुन्छ। स्वस्थ तेलमा जैतूनको तेल, अवोकाडोकोतेल, बदामको तेल, नरीवलको तेल, सूर्यमुखी तेल पर्दछ र यसमा प्रशस्त मा
त्रामा क्यालोरी पनि पाइन्छ। (कुन तेल खानु उचित हुन्छ, जान्नको लागि यहाँ क्लिक गर्नुहोस्)
कहिलेकाहिँ शरीरमा क्यालोरीको मात्रालाई नियन्त्रण गर्नको लागि चकलेट पनि खान सक्नुहुन्छ।
२. खानेबानी सुधार्नुहोस्

दिनमा कम्तीमा पनि ३ चोटी खाने बानी बसाल्नुहोस्। शरीरमा क्यालोरीको मात्रा बढाउनको लागि दिनमा ३ चोटी खानै पर्ने हुन्छ।
 कसै-कसैले बिहानको खाजा नखाई बिहानको खाना र बेलुकाको खाना मात्रै खाने बानी हुन्छ। तर दिनमा ३ चोटी खानुभयो भने त्यसले तौल बढाउनमा धेरै मद्दत गर्दछ।
यदि तपाईँको पेटले तपाईँलाई धेरै खान दिँदैन भने, थोरै थोरै खानुहोस् तर ३ चोटी खान नबिर्सनुहोस्।
शरीरमा क्यालोरीको बहावलाई निरन्तरता दिनको लागि तपाईँले हरेक ४-४ घण्टामा केही न केही खाइराख्नुपर्ने हुन्छ। तर अहिलेको यस्तो महङ्गीको जमानामा हरेक
 ४ घण्टामा बाहिरको खानेकुरा खानु सबैको लागि सम्भव नहुन सक्छ। त्यसैले आफ्नो साथमा कुनै न कुनै किसिमको कानेकुराहरू राख्ने बानी बसाल्नुहोस्। सुकाको फलफूल
 (काजु, किसमिस, पिस्ता, आदि।), चकलेट (डार्क चकलेट), बदाम, भटमास, भुटेको चिउरा, भुटेको चना र केराउ जस्ता खानेकुराहरू साथमा राख्नुहोस्।
जतिबेला पनि ठोस खाना मात्रै खाँदा पनि उचित हुँदैन, त्यसैले क्यालोरीलाई तरलको रूपमा पिउनु पनि जरुरी हुन्छ। कोकाकोला जस्ता सोडायुक्त तरल पदार्थ नपिउनुहोस्, यसले शरीरको क्यालोरी
लाई जलाउँदछ, त्यसको सट्टा फलफुलको जुस, दूध, दही जस्ता क्यालोरीयुक्त तरल पदार्थ पिउनुहोस्।
खानुभन्दा अगाडि कुनै पनि किसिमको तरल पदार्थ नपिउनुहोस्।
३. कारण पत्ता लगाउनुहोस्

तपाईँको तौल किन बढेको छैन भनेर कारण पत्ता लगाउनु सबैभन्दा राम्रो उपाय हुन आउँछ। नत्र तपाईँले जति सुकै प्रयास गरेपनि तौललाई बढाउन सक्नुहुन्न। शरीरमा कुनै किसिमको समस्याहरू हुन सक्छन्,
जुन प्रत्यक्ष देखिँदैन र त्यसको लक्षण लामो समयपछि मात्रै देखिन्छ। त्यस्ता समस्याहरूलाई सजिलै चिन्न पनि सकिँदैन, त्यसको लागि एकचोटी चिकित्सकको सल्लाह लिनु जरुरी हुन्छ।
अन्त्यमा! हुन त अत्याधिक तौल बढ्नु शरीरको लागि राम्रो होइन, फेरि अत्याधिक दुब्लो हुनु पनि राम्रो होइन, आफ्नो उचाई अनुसार तौललाई नियन्त्रणमा राख्नु जरुरी हुन्छ। त्यसैले दैनिकी सन्तुलन भोजन खानुहोस्,
 स्वस्थ खानेकुराहरू खानुहोस्, बाह्य प्याकेटका खानेकुराहरू नखानुहोस्, दैनिक व्यायाम गर्नुहोस्, तपाईँको शरीर त्यसै पनि स्वस्थ हुनेछ।nepaliheadlines

काठमाडौं । वन तथा भूसंरक्षण मन्त्री अग्नी सापकोटा दोहोरो भूमिकामा चीन भ्रमणमा निस्किएका छन् ।
वन तथा जैविक विविधता संरक्षण क्षेत्रमा पारस्परिक सहयोगसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्न र एमाओवादी र चिनियाँ कम्युनिष्ट पार्टीबीचमा औपचारिक छलफल गर्न एमाओवादी स्थायी समिति सदस्यसमेत रहेका सापकोटा सोमबार बेइजिङतर्फ गएका हुन् ।
चीनको वन मन्त्रालयको निमन्त्रणामा मन्त्री सापकोटा मन्त्रालयका कर्मचारीसहित बेइजिङ गएका हुन् ।
इन्धन व्यापार लगायत ८ बुँदे सम्झौता गरेको नेपालले चीनसँग वन तथा पैदावारसम्बन्धि महत्वपूर्ण विषयको सम्झौतामा हस्ताक्षर गर्न लागेको हो । अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।
dainiknepal
२८ पुस, काठमाडौं।

तीन दल र आन्दोलनरत मधेसी मोर्चाबीचको कार्यदल बैठक आज पनि बस्दैछ । कार्यदलमा एमाले प्रतिनीधि भीम रावलको ‘व्यस्तता’ का कारण हिजो बस्न नसकेको बैठक आज हुन लागेको हो ।

यसअघि कार्यदल बैठकमा तीन दल र मोर्चा प्रतिनिधिहरू सीमांकन हेरफेरलगायत मोर्चाका ११
बुँदे माग सुल्झाउन प्रस्तावित राजनीतिक संयन्त्रलाई संसदमार्फत संवैधानिक वैधता दिने सहमति नजिक पुगेका थिए । सोही विषयलाई आजको कार्यदलले टुंगो लगाउने बताइएको छ ।

मोर्चाले बटमलाइनकारुपमा प्रस्तुत गर्दै आएको सीमांकन हेरफेरसम्बन्धी संयन्त्रमा कार्यविधिको भाषा के हुने भन्नेमा दुई पक्षबीच
सहमति हुन बाँकी छ। मोर्चाले ‘मधेसमा दुई प्रदेश हुने गरी’ वाक्यांश लेखिनुपर्ने अडान लिएको छ । तीन ठूला दल भने ‘संघीय प्रदेशहरूको सीमांकन पुनरावलोकन तथा परिमार्जन’ लेखिनुपर्ने अडानमा छन्।nepaliheadlines
महोत्तरी, २८ पुस । तराई मधेसमा झन्डै पाँच महिनादेखि जारी राखेको मधेसी मोर्चाको आन्दोलनको प्रभाव विस्तारै सेलाउँदै गएको छ ।
आन्दोलनका कार्यक्रम कम हुँदै गएसँगै अस्तव्यस्त बनेको यस क्षेत्रको जनजीवन पछिल्लो समयमा आएर सामान्य बन्दै गएको छ । जिल्ला सदरमुकाम जलेश्वरलगायत ग्रामीण भेगमा रहेको साप्ताहिक हाटबजार क्रमिक रुपमा खुल्दै गएका छन् । यस क्षेत्रको वातावरण शान्तिपूर्ण माहोलमा परिणत हुँदै गएको छ जसका कारण सर्वसाधारणको शान्तिपूर्ण दैनिकी बिताउने चाहना र आशासमेत साकार बन्दै गएको छ ।
पछिल्लो समय सदरमुकाम जलेश्वरमा आन्दोलनको खासै प्रभाव परेको छैन । यहाँका बजार पसल खुलेका छन् । त्यस्तै जिल्लाका प्रमुख व्यापारी केन्द्रका रुपमा रहेको गौशाला, सम्सी, रामगोपालपुर, औरही, भ्रमरपुरालगायतका बजार पनि निर्वाध रुपमा सञ्चालनमा रहेको छ ।
आन्दोलनको सुरुवातको समयमा तराई मधेसका हरेक पसल, हाटबजार, सवारी साधन चलाउनमा रोक लगाए तापनि पछिल्लो समयमा सार्वजनिक रुपमा चल्ने यात्रुबाहक बस तथा मालबाहक सवारी साधनबाहेक इ–रिक्सा, टेम्पोलगायतका साना सवारी साधन निर्वाध रुपमा सञ्चालनमा आएका हुन् ।
सीमा नाकामा मोर्चाले धर्ना दिँदै आएका स्थलहरु प्रायः सुनसान देखिन थालेका छन् । सीमा नाकामा धर्नाकारी जुट्न छाडेपछि बजारमा सामानको आयात पनि बढेको स्थानीय व्यापारीले बताएका छन् ।
जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला अस्पताल र जिल्ला अदालतबाहेकका सरकारी कार्यालय अझै पनि सञ्चालनमा आउन नसकेको महोत्तरीका प्रहरीले जनाएको छ ।
मधेस आन्दोलन उत्कर्षमा पुगेका बेला सरकार तथा केही अपराधी चरित्रका व्यक्तिले आन्दोलन तुहाउने षडयन्त्र गरिरहेको आरोप लगाउँदै त्यस्ता तत्वहरू मोर्चाको आन्दोलनलाई बदनाम गर्न विभिन्न चलखेल गरिरहेको तराई मधेस सद्भावना पार्टीकी कोषाध्यक्ष निलम अधिकारीले बताउनुभएको छ ।
dainiknepal
काठमाडौं, २८ पुस । बेलायतका वैज्ञानिकहरुले नेपालमा फेरि विनाशकारी भूकम्प जानसक्ने चेतावनी दिएका छन् ।
लण्डनका वैज्ञानिकहरुले गरेको एक अध्ययनमा पुनः विनाशकारी भूकम्प जानसक्ने उच्च सम्भावना रहेको औंल्याइएको हो ।
वैज्ञानिकहरुले नेपालमा गत वैशाख १२ मा आएको विमानकारी भूकम्पसँग सम्बन्धित तथ्यहरु अध्ययन गरेर सो निष्कर्ष निकालेको समाचार संस्था बीबीसीले जनाएको छ ।
बीबीसीका विज्ञान मामिला संवाददाता जोनाथन एमोसका अनुसार नेपालमा ७ दशमलव ८ रेक्टरस्केलको भूकम्प ‘टेक्टानिक प्लेट्स’ एक आपसमा ठोक्किएका कारण आएको हो । स्याटलाइट डाटाबाट वैज्ञानिकले हिमालयको दक्षिणी भागमा ११ किलोमिटटको क्षेत्रमा भूगर्भीय चट्टानमा धेरै चलायमान भएको बीबीसीका विवरणहरुमा उल्लेख छ ।
वैज्ञानिकले त्यही चलायमानका कारण हिमालयको उचाई प्रत्येक वर्ष केही मिलिमिटर बढ्ने गरेको जनाएका छन् । वैशाख १२ मा गएको ७ दशमलव ८ रेक्टरस्केलको भूकम्पबाट ९ हजार मानिसले ज्यान गुमाएका थिए ।
dainiknepal
मंगलबार, २८ पुष
एजेन्सी । इस्लामिक अतिवादी संगठन आइएसले इराकका बिभिन्न चार स्थानमा आक्रमण गर्दा ४० भन्दा बढि ज्यान गएको छ ।
आक्रमणकारीले राजधानी बग्दानमा रहेको एक सपिङ सेन्टर हमला गर्दा १८ जनाको ज्यान गएको छ ।
यस्तै उत्तरी बग्दादादमा विष्पोट गराउदा २० जना भन्दा बढिको ज्यान गएको बिबिसीले जनाएको छ ।
बग्दादको अल जदेदा इलाकामा रहेको सपिङ मलमा रहेका शिया मुश्लिमहरुलाई लक्षित गरी गरिएको आक्रमणमा थुप्रै घाइते भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन
हतियारसहित सपिङ मलमा प्रवेश गरेका आइएसका लडाकु र इराकी सुरक्षाकर्मीले गोली हाना समेत भएको थियो । उक्त घटनामा दुई जना आईएस लडाकुले आत्मघाति बिस्फोट गरी मारिएको बताइएको छ ।
nepalsandesh
पोखरा–सोमवार पोखरामा गृहलक्ष्मी ग्याँस वितरण गरिदैँ थियो । अघिपछि गृहलक्ष्मी र शक्ति ग्याँस कति बाँडिदैछ भन्नेबारे जिल्ला आपूर्ति समिति कास्कीले अघिल्लो दिन नै सूचना जारी गर्दै आएको थियो । तर, सोमवार जिल्ला आपूर्ति समितिले मिडियालाई सूचना जारी गरेन् । प्रशासन कार्यालयमा लाईन नभएर कुनैपनि मिडियामा सूचना नदिएको प्रशासन स्रोतले बताएको छ । केही नागरिकले ग्याँस वितरणबारे थाहा पाए र ग्याँसको लाईनमा गए । आपूर्ति समितिले तोकेका बिक्रेताहरुले हिजो पोखरामा बेइमानी गर्दा धेरै नागरिकले सास्ती पाएका छन् । एक बुलेट अर्थात् २५ सय आधा भरिएका सिलिण्डर ग्याँस वितरण हिजो गरिएको छ । तर, विक्रेताले लाईनमा वसेका उपभोक्तालाई पाखा लगाएर आफ्नो पसलबाट सामान किन्नेलाई मात्र ग्यास वितरण गरेका छन् । पोखराको मालेपाटनस्थित विचार चौतारी नजिकै रहेको एक डिपोमा लाईनमा बसेका शिवप्रसाद शर्माले हिजो ग्यास नपाएको गुनासो गरे । त्यहाँका विक्रेताले आफ्नोबाट सामान किन्नेलाई मात्र ग्याँस दिने बताएपछि उनी निरास भएर फर्केका थिए । उनी जस्ता धेरै नागरिक त्यसै गरी फर्किएका छन् । यता पोखराको रानीपौवास्थित पुरानो धारामा त हिजो विहान ग्यास लाईनमा हात हालाहाल नै भएको छ । विक्रेताले लाईनमा बसेका नागरिकलाई वाइपास गर्दै आफ्ना ग्राहक छानेपछि यस्तो अवस्था आएका पोखरा रानी पौवाका स्थानीय धनीराम सापकोटाले बताए । यता शसस्त्र प्रहरीका श्रीमतीहरु अभावको ग्यास र डिजेल पेट्रोल वितरण गरेर मालामाल भएको खबर छ । पोखराको कालिका गणमा कार्यरत अधिक शसस्त्र प्रहरीका श्रीमतीहरु पोखराको मालेपाटनका विभिन्न घरमा भाडामा बस्छन् । उनीहरुका श्रीमानहरुले गणबाट पेट्रोल र ग्यास सुविधा पाउँछन् । सशस्त्रले सञ्चालन गरेको कालिका फ्युल स्टेशनमार्फत श्रीमान्ले रातारात इन्धन ओसार्ने श्रीमतीहरु जर्किनका जर्किन इन्धन बिक्री गर्ने गरेको भेटिएको छ । हाम्रो घरमा एकजना सशस्त्र प्रहरीकी श्रीमती बस्छिन् । श्रीमानले कालिका गणमा काम गर्छन् । उनले पेट्रोल र ग्यास बोकेर आउँछन् । मध्यरातमा ग्राहकले घर नै भरिन्छ, पोखराको मालेपाटनका एक घरधनीले बताए । सशस्त्र प्रहरीका श्रीमतीले अहिले गणबाट श्रीमानले ओसारेको इन्धन र ग्यास बिक्री गरेर लाखौं रुपैयाँ कमाएको ती घर धनीले बताए । पोखराको मालेपाटनस्थित कालिका गणका झण्डै १५ सय जवानमध्ये धेरैजसो भित्रै बसेपनि अधिकांश विवाहित सशस्त्र प्रहरीहरु पोखराको मालेपाटनलगायतका विभिन्न स्थानमा डेरा लिएर श्रीमतीसँग बस्दै आएका छन् । गल्ती गर्ने जो कोहीलाई पनि कारवाही गर्ने बताउँदै आएका गणपति फणिन्द्र पौडेलको आदेशलाई समेत अटेरी गर्दै सशस्त्रका जवानले श्रीमतीलाई इन्धन र ग्यासको व्यापारी बनाएपछि सर्वसाधारण नागरिकहरु मर्कामा परेका छन् । यता उपभोक्ता मञ्च कास्कीका अध्यक्ष कपिलनाथ कोइरालाले ग्यास र इन्धन तस्करी गर्नेहरुलाई तत्काल कारवाही गर्नुपर्ने बताएका छन् । जोसुकै किन नहोस् लाईनमा बसेकोलाई वाइपास गर्न पाईदैँन, लाईन छोडेर आफ्ना ग्राहक छान्नु वदमासी भएको उनको भनाई छ । उपभोक्ता ऐन २०६४ विपरित अभावको बेला कालोवजारी गर्ने जो कोहीलाई पनि छोड्न नहुने उनको भनाई छ । ratopati
एजेन्सी । निद्रासँग जोडिएका धेरै तथ्यहरु छन् जसको बारेमा तपाई अहिलेसम्म अन्जान हुनुहुन्छ । जान्नुस् के हो त्यस्तो रहस्यमयी तथ्य अचम्मा पर्नुहुनेछ ।
– के तपाईलाई थाहा छ कि अन्धा मानिसलाई सुत्दाखेरी अप्ठेरो हुन्छ । किनकि रिकाडियन रिदमका लागि विहानको घाम जरुरी हुन्छ, जो अन्धा मानिस पाउन सक्दैनन् ।
– मनुष्य एउटा यस्तो प्राणी हो जसले निद्रालाई टालिरहन्छ ।
– लामो समयसम्म निद्रामा कमीका कारण मानिसको दिमागमा यसको असर पर्छ, जसले कहिले काँही केही जोखिमपूर्ण फैसला पनि लिन्छन् ।
– मध्यरातको सिफ्टमा काम गर्ने मानिसलाई हमेशा निद्राको समस्या हुन्छ जसले क्यान्सरको खतरा बढाउँछ ।
– कम सुत्ने अधिकांश मानिसहरु आवश्यक भन्दा बढी खाना खान्छन् ।
– के तपाईलाई थाहा छ कि घुर्दाखेरी तपाईले सपना देख्न सक्नुहुन्न् ।
– सुत्नुभन्दा बढी टेलिभिजन हेर्दा शरीरमा क्यालोरी कम हुन्छ । टेलिभिजन हेर्दा १८ क्यालोरी सकिन्छ भने निद्राबाट १५ क्यालोरी मात्रैकम हुन्छ ।
dainiknepal
मंगलबार, २८ पुष
महोत्तरी । तराई मधेसमा झन्डै पाँच महिनादेखि जारी राखेको मधेसी मोर्चाको आन्दोलनको प्रभाव विस्तारै सेलाउँदै गएको छ ।
आन्दोलनका कार्यक्रम कम हुँदै गएसँगै अस्तव्यस्त बनेको यस क्षेत्रको जनजीवन पछिल्लो समयमा आएर सामान्य बन्दै गएको छ ।
जिल्ला सदरमुकाम जलेश्वरलगायत ग्रामीण भेगमा रहेको साप्ताहिक हाटबजार क्रमिक रुपमा खुल्दै गएका छन् । यस क्षेत्रको वातावरण शान्तिपूर्ण माहोलमा परिणत हुँदै गएको छ जसका कारण सर्वसाधारणको शान्तिपूर्ण दैनिकी बिताउने चाहना र आशासमेत साकार बन्दै गएको छ ।
पछिल्लो समय सदरमुकाम जलेश्वरमा आन्दोलनको खासै प्रभाव परेको छैन । यहाँका बजार पसल खुलेका छन् । त्यस्तै जिल्लाका प्रमुख व्यापारी केन्द्रका रुपमा रहेको गौशाला, सम्सी, रामगोपालपुर, औरही, भ्रमरपुरालगायतका बजार पनि निर्वाध रुपमा सञ्चालनमा रहेको छ ।
आन्दोलनको सुरुवातको समयमा तराई मधेसका हरेक पसल, हाटबजार, सवारी साधन चलाउनमा रोक लगाए तापनि पछिल्लो समयमा सार्वजनिक रुपमा चल्ने यात्रुबाहक बस तथा मालबाहक सवारी साधनबाहेक इ–रिक्सा, टेम्पोलगायतका साना सवारी साधन निर्वाध रुपमा सञ्चालनमा आएका हुन् ।
सीमा नाकामा मोर्चाले धर्ना दिँदै आएका स्थलहरु प्रायः सुनसान देखिन थालेका छन् । सीमा नाकामा धर्नाकारी जुट्न छाडेपछि बजारमा सामानको आयात पनि बढेको स्थानीय व्यापारीले बताएका छन् ।
जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला अस्पताल र जिल्ला अदालतबाहेकका सरकारी कार्यालय अझै पनि सञ्चालनमा आउन नसकेको महोत्तरीका प्रहरीले जनाएको छ ।
मधेस आन्दोलन उत्कर्षमा पुगेका बेला सरकार तथा केही अपराधी चरित्रका व्यक्तिले आन्दोलन तुहाउने षडयन्त्र गरिरहेको आरोप लगाउँदै त्यस्ता तत्वहरू मोर्चाको आन्दोलनलाई बदनाम गर्न विभिन्न चलखेल गरिरहेको तराई मधेस सद्भावना पार्टीकी कोषाध्यक्ष निलम अधिकारीले बताइन ।
nepalsandesh
काठमाडौं । रगतमा कोलेष्ट्रोलको मात्रा वृद्धि हुँदा मुटू र शरीरका थुप्रै भागमा नोक्सानी पुगाउन सक्छ ।
कोलेष्ट्रोलको मात्रा बढी हुँदा त्यसले आँखालाई समेत असर पुगाउन सक्छ भने सोँच्ने शक्तिमा क्षीण हुनु र पुरुषमा यौन कार्यमा निष्क्रियता पनि हुन सक्ने चिकित्सकहरूले बताएका छन् ।
आफ्नो शरीरको कोलेष्ट्रोललाई कम गराउनका लागि यी उपाय नियमित गरिए हामीलाई धेरै सहयोग मिल्ने चिकित्सकहरूले बताएका छन् ।
लसुन
प्याज र टमाटरपछि खाना पकाउन ज्यादा प्रयोग गरिने लसुन हो । लसुनमा थुप्रै अनुसन्धान भएका छन् । र स्वास्थ्यका लागि लसुन अत्यन्तै फाइदा जनक भएको तथ्यले देखाएको छ । प्रत्येक दिन एउटा केस्रा काँचो लसुन खाँदा कोलेष्ट्रोलको मात्रा थुप्रै घट्छ ।
जैतून
जैतूनमा मोनोसैचुरेटेड फ्याट एसिड हुन्छ । जसले गर्दा रक्तचापको कम गर्न र कोलेष्ट्रोल घटाउन सहयोग मिल्छ । बिहान उठेर लसुन र जैतूनको तेललाई मिसाएर खाने गर्दा उचित हुन्छ ।
बदाम
खास गरेर बदामको सेवन मुटूका लागि राम्रो मानिन्छ । यसमा प्रोटीन, फाइबर र एन्टीआक्सीडेन्टस्को मात्रा अधिक हुन्छ । यसले कोलेष्ट्रोललाई रगतमा मिसिनबाट रोक्छ । बदाममा क्यालोरी अधिक हुने हुँदा यसको सेवन ध्यान पुगाएर गर्नुपर्छ । धेरै खाँदा अर्को रोग निम्तन सक्छ ।
ग्रीन टी
चीन र मध्य एशियाका साथै अन्य देशमा खाना खाएपछि ग्रिन टी पिउने चलन छ । ग्रिन टी पिउँदा शरीरमा रहेको अनावश्यक चिजहरूलाई निकालेर फाल्ने गर्छ । यसको प्रयोगले कोलेष्ट्रोल घटाउन सहयोग मिल्ने गरेको चिकित्सकहरूले बताएका छन् ।
माछा
हिल्स, सैलमन र ट्राउट माछा, ओमेगा– ३ मा फ्याटी एसिडले भरपूर हुन्छन् । यो रक्तवाहिनिलाई सफा गर्ने काम गर्छ । माछाको सेवनले कोलेष्ट्रोल जम्मा हुन दिँदैन । रगत पनि सफा गर्छ । यसै कारण चिकित्सकहरूले हप्तामा दुई पटक माछा खान सल्लाह दिने गर्छन् ।
सोयाबीन
प्रोटीनले भरपूर सोयाबीन आफैमा पूर्ण आहार मानिन्छ । सोयाबीनमा आइसोफ्लैवोन हुने गर्छ । जसले कोलेष्ट्रोलविरुद्ध काम गर्छ । यसका अलावा दाल पनि फाइदा जनक रहेको मानिन्छ । दालमा प्रोटीन र फाइबर हुन्छन् ।
dainiknepal
काठमाडौं । गुगल ब्वाइको उपमा पाएका नेपाली बालक आदित्य दाहालले फेरि अर्को रोचक भविष्यवाणी गरेका छन् । उनले अहिलेको राजनीतिक गतिरोध र राष्ट्रिय निकाशकालागि युवा पुस्तामा नेतृत्व हस्तान्तरण हुनुपर्ने बताएर सबैलाई आश्चर्य चकीत मात्रै पारेका छैनन्, राजनीतिमा तरंग समेत उत्पन्न भएको छ ।
अमेरिकामा उपचार गरेर स्वदेश फर्कीएका आदित्यले बेला बेलामा रोचक र राजनीतिसँग मिल्दोजुल्दो विषय उठान गर्दै आएका छन् । उनले राजनीतिको फोहरी खेलका कारण नेपाल र नेपालीले अर्को देशसँग आफ्नो आत्मसम्मान बेच्न बाध्य भएको र अब मुलुकलाई नयाँ पीढिको खाँचो रहेको बताएका छन् ।
उनले युवा पिढिले मात्र गुमेको आतमसम्मान फिर्ता ल्याउन सक्ने दाबी समेत गरेका छन् । उनले देश विकास गर्ने हो भने नयाँ पुस्ताको नयाँ सोच मात्रै काम लाग्ने उल्लेख गरेका छन् ।
समकालीन राजनीतिमा पहिलो पुस्ता नै हाबी भएका बेला उनले गरेको यो भविष्यवाणी निकै सान्दर्भिक समेत रहेको छ । उनका प्राय भनाइहरु मिल्दै आएका छन् । अमेरिका प्रस्थान गर्नेबेला एयरपोर्टमा उनले आफु नेपाल नफर्केसम्म हिंसा हुने र कल्पना गरेभन्दा ठुला घटना हुने बताएका थिए ।
नभन्दै कैलालीको टिकापुरमा एसएसपी लक्ष्मण न्यौपाने सहित प्रहरी अधिकारीहरुले ज्यान गुमाए भने तराई मधेस आन्दोलनका क्रममा ५० बढीले ज्यान गुमाइसकेका छन् । अझै राजनीतिक अन्यौलता र नेपालमा संकट जारी छ ।
आदित्य बोल्न सक्दैनन्, औपचारिक पढाई लेखाई समेत छैन । तर उनले नेपाली, अंग्रेजी, हिन्दी, चाइनिज लगायतका भाषामा लेख्न सक्छन् । लेखेरै उनले भविष्यवाणी गर्दै आएका छन् ।
nepalsandesh
२८ पुस, काठमाडौं ।

कांग्रेसमा सदस्यता विवाद ,पदाधिकारीले टुंग्याए, देउवा पक्ष असन्तुष्ट तर, विवाद अझै मिलेको छैन । देउवा पक्षको असन्तुष्टिबीच पदाधिकारी बैठकले क्रियाशील सदस्यताको विवाद टुंग्याएको छ ।

सोमबार बिहान सभापति सुशील कोइरालाको निवासमा बसेको बैठकले सदस्यताको विवाद टुंगो लगाएको हो । बैठकले नरहरि आचार्य संयोजक रहेको क्रियाशील सदस्यता छानबिन समितिले दिएको प्रतिवेदनलाई केही फेरबदल गरेको छ ।

१२औँ महाधिवेशनकै सूचीलाई मान्यता

सभापति कोइरालाको जोडमा कैलाली, रौतहट, डोल्पा र सोलुखुम्बु जिल्लालाई विवादित मानी १२औँ महाधिवेशनमा रहेको क्रियाशील सदस्यताको सूचीलाई मान्यता दिने निर्णय पदाधिकारी बैठकले गरेको छ ।

छानबिन समितिका सदस्य रामकृष्ण यादवले फरक मत राखेको आधारमा समितिको निर्णय परिवर्तन गरिएको एक पदाधिकारीले बताए । यी जिल्लाका नयाँ क्रियाशील सदस्यले मताधिकार प्रयोग गर्न पाउनेछैनन् । उनीहरूको सदस्यता महाधिवेशनभर स्थगन गर्ने निर्णय गरिएको छ ।

पदाधिकारीको निर्णय सार्वजनिक भएन

देउवापक्षीय कोषाध्यक्ष चित्रलेखा यादवले हस्ताक्षर नगरेपछि सोमबार विवादित जिल्लाबारे गरिएको निर्णय सार्वजनिक गरिएको छैन । ‘तीन जिल्लाका नयाँ सदस्यले महाधिवेशनमा भाग लिन नपाउने, तर पुराना नवीकरण गरेकाले पाउने भन्ने निर्णय भएको छ,’ केन्द्रीय कार्यालयका मुख्यसचिव तिवारीले भने, ‘अब मंगलबार सार्वजनिक गर्छौं ।’

देउवाले गरे आफ्नो पक्षको छुट्टै बैठक



पार्टीको पदाधिकारी बैठकलगत्तै देउवा पक्षको बैठक बसेको थियो । केन्द्रीय कार्यसमितिलाई छलेर संस्थापन पक्षले आफूखुसी गरेको निष्कर्ष निकालेको बैठकले दुई–चार ठाउँको समस्या देखाएर संस्थापन पक्ष महाधिवेशन हुन नदिने खेलमा लागेको आरोप लगाएको छ ।
यी जिल्लाका नयाँ सदस्यता खारेज

क्रियाशील सदस्यताको विषयको विवादका कारण केन्द्रीय कार्यालयमा रौतहट, कैलाली र सोलुखुम्बुका नेता–कार्यकर्ता अनशन बसिरहेका छन् । पदाधिकारी बैठकले रौतहटको क्षेत्र नम्बर १, २, ३ र ४, सोलुखुम्बु र कैलालीका सबै नयाँ सदस्यता लिएकाहरूले महाधिवेशनमा भाग लिन नपाउने निर्णय गरेको छ । ती जिल्लामा १२औँ महाधिवेशनताका नयाँ सदस्यता लिएका र अहिले क्रियाशील सदस्यता नवीकरण गरेकाहरूको सदस्यता स्वीकृत गरिएको छ ।

पदाधिकारीको निर्णयमा देउवा पक्ष असन्तुष्ट

पदाधिकारी बैठकले गरेको निर्णयमाथि वरिष्ठ नेता शेरबहादुर देउवा पक्षले भने असन्तुष्टि जनाएको छ । क्रियाशील सदस्यता छानबिन समितिले दिएको समितिको प्रतिवेदनविपरीत निर्णय भएको भन्दै देउवा पक्षले असन्तुष्टि जनाएको हो।

देउवा पक्षकी कोषाध्यक्षले हस्ताक्षर गरिनन्

पदाधिकारी बैठकको निर्णयप्रति असहमति जनाएको देउवा पक्षले निर्णयमा हस्ताक्षर गरेको छैन । निर्णयमा वरिष्ठ नेता देउवा र कोषाध्यक्ष चित्रलेखा यादवको हस्ताक्षर छैन । निर्णयमा सभापति कोइरालासहित उपसभापति रामचन्द्र पौडेल, महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्ण सिटौलाको हस्ताक्षर छ ।

केन्द्रीय सदस्य मीन विश्वकर्माले बैठकमा वरिष्ठ नेता देउवा र कोषाध्यक्ष यादवलाई नबोलाइएको दाबी गरे । उनका अनुसार पदाधिकारी बैठकबाट निर्णय गराएपछि त्यसमा सही गराउन केन्द्रीय कार्यालयका मुख्यसचिव ऋषिकेश तिवारी काठमाडौं गोकर्ण पुगेका थिए । तर, कोषाध्यक्ष यादवले देउवा पनि अनुपस्थित बैठकले गरेको निर्णयमा हस्ताक्षर नगर्ने बताइन् ।

संस्थापनको निर्णयविरुद्ध भन्डाफोर गर्ने

देउवा पक्षको बैठकले संस्थापनको निर्णयविरुद्ध भन्डाफोर अभियान चलाउने निर्णय गरेको छ । ‘विभिन्न बहाना बनाएर सकेसम्म महाधिवेशन पर सार्ने, टार्ने नीतिमा संस्थापन पक्ष देखियो,’ देउवा पक्षको बैठकमा सहभागी केन्द्रीय सदस्य मीन विश्वकर्माले भने, ‘अब हामी दुई–चार जिल्लाको समस्यालाई प्रतिकार गर्दै महाधिवेशनमा केन्द्रित हुन्छौँ ।’ देउवा पक्षले हार्ने मनस्थितिका कारण संस्थापनले यस्तो हर्कत गरेको आरोपसमेत लगाएको छ ।

नयाँ बानेश्वरस्थित सम्पर्क कार्यालयमा बसेको बैठकमा वरिष्ठ नेता शेरबहादुर देउवा, विमलेन्द्र निधि, बालकृष्ण खाँण एनपी साउद, मानबहादुर विश्वकर्मा, केशवकुमार बुढाथोकी, चन्द्र भण्डारी, गोविन्द भट्टराई, श्याम घिमिरे, अम्बिका बस्नेत, सुजाता परियार, ईश्वरी न्यौपाने, रमेश रिजाललगायत सहभागी थिए । नयाँ पत्रिका दैनिकमा खबर छ ।nepaliheadlines
मंगलबार, २८ पुष
मोरङ । गत जेठमा मृत्यु भएको भनेर दाहसंस्कार गरिएका पथरी, शनिश्चरेका भूपाल अधिकारी जीवितै भेटिएपछि गाउँले आश्चर्यमा परेका छन् ।
इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक रमेश बस्नेतका अनुसार आठ महिनाअघि पथरी शनिश्चरे– १ मा अवस्थित शान्ति सामुदायिक वनमा फेलापरेको शवको कङ्काल र कपडा १८ वर्षीय भूपालको भएको परिवारले पुष्टि गरेपछि प्रहरीले मृत्यु भएको पुष्टि गरेर दाहसंस्कार गर्न लगाएको थियो ।
परिवारले प्रहरीमा दिएको जाहेरीका आधारमा प्रहरीले भूपालको मृत्यु पुष्टि गरेर अन्त्येष्टि गरेको आठ महिनापछि सोमबार शनिश्चरे–५ का भूपाल अधिकारी जीवितै पथरी, शनिश्चरे आइपुगेका छन् ।
सुस्तःमनस्थितिका भूपाल यसअघि भारत पुगेको बुझिएको छ ।
पथरीका प्रहरी निरीक्षक बस्नेतका अनुसार ट्र्याक्टरमा मजदुरीको काम गर्दै आएका भूपाल जेठ १५ देखि २० गतेको बीचमा गायव भएका थिए ।
प्रहरीकै आग्रहमा अधिकारी परिवारले सो कङ्काल गाडेका थिए । उनको ट्र्याक्टरबाट लडेर मृत्यु भएको आरोप परिवारले लगाएपछि प्रहरीले त्यतिबेला उनले काम गर्ने ट्र्याक्टरका चालकलाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दा दर्ता गरी कारबाहीको प्रक्रिया अगाडि बढाएको थियो ।
उनी जीवित फेला परेपछि सो कङ्काल कसको थियो भन्ने विषय थप अनुसन्धान गर्ने विषय बन्दै गएको प्रहरी निरीक्षक बस्नेतको भनाइ छ।
मृत्यु भइसकेको छोरा जीवित फर्केपछि घरपरिवारमा खुसी छाएको छ । तर किरिया गरिसकेका व्यक्तिलाई घरमा राख्न नहुने भन्दै गाउँलेले विरोध गरेपछि छोरालाई घरमा राख्न अप्ठ्यारो परेको परिवारले जनाएका छन् ।
भूपाल भेटिएको थाहा पाउनेबित्तिकै गाउँका मानिसले घरमा राख्न नहुने भन्दै दबाब दिन थालेको भूपालकी आमा मनमाया अधिकारीले बताइन । मनमायाले भनिन् – “कसले के भन्छन् सुन्दैनौँ, मेरो छोरा म घरमै लगेर राख्छु ।” भूपाललाई अहिले इलाका प्रहरी कार्यालय पथरी ल्याएर राखिएको छ ।
nepalsandesh
पुस २८, २०७२- भारतीय गृहमन्त्री राजनाथ सिंहले सद्भावना नेता राजेन्द्र महतोलाई अहिले संशोधन प्रक्रियामा रहेको प्रस्ताव स्वीकार्दै थप सहमति र समझदारीका निम्ति अघि बढ्न सुझाएका छन् । ‘सीमांकन मामिलामा पनि तत्काल ‘रिजिड’ नबन्नुहोस्, केही महिनाभित्रमा यो समस्या सुल्झाउने गरी सहमति खोज्नुहोस्,’ गृहमन्त्री सिंहको भनाइ उद्धृत गर्दै महतोले भने ।

संविधान संशोधन प्रस्ताव मधेसी मोर्चाको सहमतिमा नआएको भन्दै आफूले ‘अझै पनि यो संशोधन पारित गर्नमा तीन प्रमुख राजनीतिक दलले आनाकानी गरिरहेको’ बताएको उनले उल्लेख गरे ।

‘मैले विगतका आयोग र संवैधानिक समितिको सिफारिसअनुसार मधेसमा कम्तीमा २ प्रदेशको प्रतिबद्धता जनाएको अवस्थामा सीमांकनमा सहमतिमा आउन सकिने बताएँ,’ महतोले भने ।

गृहमन्त्री सिंहले नेता महतोलाई भेट्नुअघि नेपालका लागि भारतीय राजदूत रणजित रायसँग पनि भेटवार्ता गरेका थिए ।

‘राजनीतिक दलहरूलाई आवश्यक सहमति र समझदारीका लागि सकेसम्म सकारात्मक भूमिका खेल्न गृहमन्त्री सिंहले राजदूत रायमार्फत दिल्लीको सन्देश पठाउनुभएको छ,’ गृहमन्त्री–राजदूत भेटबारे एक अधिकारीले भने, ‘नियमित आपूर्ति तथा ढुवानीका कारण नेपाली जनताले बेहोरेको कठिनाइ सम्बोधन गर्न पनि तत्काल सहमति र समझदारी जरुरी रहेको भन्दै गृहमन्त्रीले सन्देश पठाउनुभएको छ ।’

नेता महतोले यसअघि कंग्रेस नेताहरू डा. करण सिंह, कपिल सिब्बल र सलमान खुर्सिदसँग पनि भेटवार्ता गरेका थिए ।

अघिल्लो महिना भारतीय संसद्मा जुटेको सहमतिअनुसार नेपाल मामिलामा वस्तुगत जानकारी लिन सर्वदलीय डेलिगेसन काठमाडौं पठाउने भनिएकोमा भइरहेको ढिलाइबारे भारतीय कंग्रेसले सरकारलाई दबाब
 दिने भएको नेता खुर्सिदले जानकारी गराएका थिए ।kantipur.ekantipur


| २०७२ पौष २८ मंगलवार काठमाडौं: वन तथा भूसंरक्षणमन्त्री अग्नि सापकोटा दोहोरो भूमिकामा चीन भ्रमणमा निस्किएका छन्।


वन तथा जैविक विविधता संरक्षण क्षेत्रमा पारस्परिक सहयोगसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्ने र एमाओवादी र चिनियाँ कम्युनिस्ट पार्टीबीचमा औपचारिक छलफल गर्न एमाओवादी स्थायी समिति सदस्यसमेत रहेका सापकोटा सोमबार बेइजिङतर्फ गएका हुन्।चीनको वन मन्त्रालयको निमन्त्रणामा मन्त्री सापकोटा मन्त्रालयका कर्मचारीसहित बेइजिङ गएका हुन्।

वनमन्त्री सापकोटा नेतृत्वको सात सदस्यीय प्रतिनिधिमण्डलले चिनियाँ वनमन्त्री झाङ जिनलोङसँग बुधवार भेट गरी वन तथा जैविक विविधता संरक्षण क्षेत्रमा पारस्परिक सहयोगसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्ने कार्यक्रम छ। यसैगरी मन्त्री सापकोटाले बिहीबार चिनियाँ कम्युनिस्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका प्रमुख सोङ ताओसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको उनका स्वकीय सचिव युवराज दुलालले बताए।

'नेपाल सरकारको मन्त्री र एमाओवादी स्थायी समिति सदस्य हुनुको नाताले उहाँको भूमिका दोहोरो देखिएको हो', दुलालले भने। सापकोटाले बेइजिङ प्रस्थान गर्नुअघि एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गरेका थिए।

सापकोटाले सोङसँग चिनियाँ कम्युनिस्ट पार्टी र एमाओवादीबीचको सम्बन्धका बारेमा औपचारिक छलफल गर्ने दुलालले बताए। 'दुई कम्युनिस्ट पार्टीका पारस्परिक सम्बन्ध र नेपालको राजनीतिक परिस्थितिबारे छलफल हुन्छ', दुलालले भने।

भारतीय नाकाबन्दीपछि उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा र कानुनमन्त्री अग्नि खरेलले दुई साताअघि चीन भ्रमण गरेका थिए भने आपूर्तिमन्त्री गणेशमान पुनले अनौपचारिक रूपमा चीन भ्रमण गरेका थिए। सरकारले चीनबाट इन्धन आपुर्तिका लागि गृहकार्य गरिरहेको छ।

चीनले पनि नेपालमा इन्धन निर्यात गर्न सम्भाव्यता अध्ययन गरिरहेको छ। 'चीनबाट तेल आपूर्ति गर्ने विषयलाई पनि मन्त्री सापकोटाले प्राथमिकताका साथ सरकारी र पार्टीगत तहमा छलफल गर्नेछन्', मन्त्रालयका एक अधिकारीले भने।

दुलालका अनुसार भक्तपुरको सूर्यविनायकमा प्राणी उद्यान, घाइते तथा अपांग वन्यजन्तुको उपचार केन्द्र निर्माण, सीमावर्ती क्षेत्र तातोपानी र रसुवागढीका मार्गलाई हरित मार्ग बनाउन पहल गर्ने, अरनिको राजमार्र्ग व्यवस्थित गर्न चीनको करिब १५ अर्ब रुपैयाँलाई छिटो प्रभावकारी रुपमा कार्यान्वयनमा लैजानेलगायतका विषयमा मन्त्री सापकोटाले चिनियाँ अधिकारीहरूसँग छलफल गर्नेछन्।
annapurnapost
काठमाडौं: पशुपालनमा गोरु र साँढेको उपयोगिता कम हुन थालेपछि सरकारले आगामी फागुनदेखि बाछी मात्र जन्मने बीर्य (सेक्स सिमेन) वितरण गर्ने तयारी गरेको छ।

प्रचुर परिमाणमा दूध उत्पादनका लागि बाछाभन्दा बाछी आवश्यक पर्ने भएकाले पशुपंक्षी मन्त्रालय अन्तर्गतको राष्ट्रिय दुग्ध विकास बोर्डले बाछी मात्र जन्माउन सेक्स सिमेन वितरण गर्न लागेको हो।


बोर्डका कार्यकारी निर्देशक बाबुकाजी पन्तका अनुसार बोर्डले बाछी मात्र जन्माउन आठ हजार मात्रा (डोज) वितरण गर्ने गृहकार्य थालेको छ । यसमा चार हजार होलेस्टेन फ्रिजन र चार हजार मात्रा जर्सी जातको गाईको हुनेछ।

उनका अनुसार सेक्स सिमेनको प्रतिमात्राको मूल्य दुई हजार सात सयदेखि तीन हजारसम्म पर्छ। तर, किसानलाई भने प्रतिमात्रा २५ रुपैयाँमा उपलब्ध गराइनेछ। 'सेक्स सिमेन' महँगो भए पनि हामीले एउटा किसानसँग २५ रुपैयाँ लिएर एक मात्रा उपलब्ध गराउँछौं', बोर्डका कार्यकारी निर्देशक पन्तले भने।

उनका अनुसार यो सिमेनको प्रयोग गरेर बाछी मात्रै जन्माउन सकिन्छ । बाछी मात्रै जन्मिएपछि दूध उत्पादन वृद्धि गर्न सकिन्छ।बोर्डले तीन वर्षअघि ६ सय मात्रा सेक्स सिमेन ल्याएर सफल प्रयोग गरेपछि अहिले आठ हजार मात्रा ल्याएर वितरण गर्न लागिएको हो।

पन्तले भने, 'यसअघि हामीले ६ सय मात्रा ल्याएर परीक्षण गरेका थियौं। परीक्षणको क्रममा कुल मात्राबाट ९२ प्रतिशत बाछी मात्रै जन्मियो।' सेक्स सिमेन वितरणका लागि बोर्डले गत महिनामा टेन्डर आह्वान गरेको थियो । टेन्डरमा पाँच वटा आपूर्तिकर्ताले युरोप र अमेरिकाबाट ल्याएर उपलब्ध गराउने भनेर बोलपत्र बुझाएका छन्।

बोर्डका अनुसार जिल्ला पशु सेवा कार्यालय, जिल्ला दुग्ध उत्पादक सहकारी संघ, केन्द्रीय दुग्ध सहकारी संघ र राष्ट्रिय पशु प्रजनन महाशाखाको सहकार्यमा व्यावसायिक पशुपालक किसानलाई यो सिमेनको मात्रा वितरण गरिनेछ।नेपालमा वैज्ञानिकरूपमा गर्भाधान गरिने पद्धती कार्यान्वयनमा नआएकाले बाछा जन्मिने संख्या बढ्दो छ।

यसका कारण दूध उत्पादन वृद्धि हुन सकेको छैन्। जनसंख्या वृद्धिसँगै नेपालमा पछिल्लो समयमा दूध उत्पादन हुने समयमा समेत दूधको अभाव हुन थालेपछि सरकारले दूध उत्पादनमा वृद्धि गर्न यो विधिलाई कार्यान्वयनमा ल्याउन लागेको हो। नेपालमा बर्सेनि दूध उत्पादन चार प्रतिशतले बढेपनि खपत भने आठ प्रतिशतका दरले बढ्दै गएको छ।

उनका अनुसार अन्य मुलुकमा गोरु र साँढेलाई मासुका रूपमा प्रयोग गरिए पनि नेपालमा धार्मिक आस्था तथा सामाजिक सद्भावका कारण गोरु र साँढे प्रयोगविहिन अवस्थामा छ। गोरुलाई खेत जोत्न तथा साँढेलाई गर्भाधान प्रक्रियाका लागि मात्र प्रयोग गरिँदैआएको छ । गाईले बाछा र बाछी करिब समान संख्यामा जन्माउने गर्छ।

'नेपालमा बाछाको प्रयोग त्यति सारो छैन', उनले भने, 'पोथीसँग सहवास गराउने र खेत जोताउने बाहेक अन्य काममा प्रयोग गर्न नपाइने हुँदा बाछामा गरिएको लगानी व्यर्थ देखिएको छ। पोथीमात्रै जन्मिए त्यसले दूध उत्पादनमा प्रचुर परिमाणमा योगदान पुर्‍याउने भएकाले सेक्स सिमेन वितरण गर्न लागेका छौं।'

सेक्स सिमेनको सहयोगमा गाईलाई कृत्रिम गर्भाधान गराइनेछ। कृत्रिम गर्भाधान गराएको नौं महिनामा गाईले बाछी जन्माउन सक्षम हुनेछ । सेक्स सिमेनको प्रयोग गरी उत्पादन भएको गाईले दैनिक २५ लिटरसम्म पोषिलो दूध दिन्छ।

सामान्य जातका गाईले भने १२ लिटर दूध दिने गरेको छ। आठ हजार मात्रा वितरण गरेपछि उत्पादन हुने बाछीको सहयोगमा आगामी तीन वर्षमा डेढ लाख लिटरसम्म दूधको उत्पादनमा वृद्धि हुने बोर्डले दाबी गरेको छ।

पशुउत्पादन निर्देशनालयका निर्देशक डा.बिमलकुमार निर्मलका अनुसार गाईमा 'एक्स एक्स' भनेर दुईवटा क्रोमोजोम हुन्छ। यस्तै साँढेमा ‘एक्स र वाई’ भनेर दुइवटा छुट्टाछुट्टै प्रकृतिको क्रोमोजोम पाइन्छ । साँढेको ‘वाई’ र गाईको ‘एक्स’ भन्ने क्रोमोजोम मिलेर बाछा जन्मिन्छ।

सेक्स सिमेन पद्धतीअन्तर्गत जटिल प्रक्रियाबाट साँढेको बीर्यमा पाइने दुई छुट्टाछुट्टै क्रोमोजोममध्ये 'वाई' भन्नेलाई झिक्ने काम हुन्छ। 'वाई' भन्ने क्रोमोजोमलाई झिकेपछि साँढेको बीर्यमा 'एक्स' भन्ने र गाईको 'एक्स एक्स' भन्ने बीर्यलाई मिसाएर छुट्टै प्रकारका 'सेक्स सिमेन' तयार गरिन्छ। ‘यस्तो सेक्स सिमेनको सहयोगमा गाईलाई गर्भाधान गराउँदा ९५ प्रतिशतसम्म बाछी मात्रै जन्मिन्छ', डा.निर्मलले।

बोर्डका अनुसार बढी उत्पादन हुने कात्तिकदेखि माघसम्म ११ लाख लिटर दूधको माग हुन्छ । यसमध्ये आठ लाख ७५ हजार लिटर आपूर्ति हुँदै आएको छ। यस्तै कम उत्पादन हुने समय माघदेखि असोजसम्म ११ लाख लिटरको माग भए पनि ६ लाख ७५ हजार लिटर मात्र आपूर्ति हुन्छ।

उत्पादनको अभावमा मागअनुसार दूध आपूर्ति गर्न दुग्ध विकास संस्थान तथा निजी क्षेत्रले महँगो मूल्यमा भारतबाट कच्चा र धूलो दूध आयात गर्दैआएका छन्। इन्फोप्रचुर परिमाणमा दूध उत्पादनका लागि बाछाभन्दा बाछी आवश्यक पर्ने भएकाले पशुपंक्षी मन्त्रालय अन्तर्गतको राष्ट्रिय दुग्ध विकास बोर्डले बाछी मात्र जन्माउन सेक्स सिमेन वितरण गर्न लागेको हो।
annapurnapost
मंगलबार, २८ पुष

काठमाडौ । भर्खरै गरिएको बैज्ञानिकहरुको एक नयाँ अनुसन्धान विष्लेषणले नेपालमा गत बैशाख १२ गतेको जस्तै बिनाकारी भूकम्प जान सक्ने बताएका छन।
बैज्ञानिकहरुकले नेपालमा आएको भूकम्पको सेटेलाइटको तथ्याङको आधारमा यस्तो निष्कर्ष निकालेका हुन।

बैज्ञानिकहरुको अनुसार नेपालमा आएको भूकम्प टेक्टानिक प्लेट्स ठोक्किएर गएको हुनाले यस्तो भूकम्प फेरी दोहोरिन सक्ने बताएका हुन।
सैटेलाइट तथ्याङबाट बैज्ञानिकहरुले हिमालय क्षेत्रको दक्षिणी इलाकामा ११ किलोमिटरमा भुगोलको हलचल बढि भएको जनाएका छन ।जसले गर्दा हरेका वर्ष सगरमाथाको उचाइ समेत बढ्ने उनीहरुले बताएका छन ।

गत बैशााख १२ गते भएको ७ ८ रेक्टर स्केलको भूकम्पले अर्वाैको भौतिक क्षति र ८ हाजार भनदा बढि मानिहरुको ज्यान गएको थियो ।
nepalsandesh
काठमाडौं: अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठले युवा तथा खेलकुदमन्त्री सत्यनारायण मण्डललाई झुक्याएर आफ्नी सानिमाका छोरा डा. सरोजकृष्ण श्रेष्ठको जागिरे पदावधि थप गराएको पुष्टि भएको छ।

श्रेष्ठले मन्त्री मण्डललाई झूटो विवरण पेस गरी भाइ सरोजलाई खेलकुद मन्त्रालयअन्तर्गतको एन्टिडोपिङ सेलमा विशेषज्ञ डाक्टरका रूपमा थप चार वर्षका लागि नियुक्ति दिलाएका हुन्।मन्त्रालयले यसअघि नै उक्त पदमा डा. अजयशमशेर राणालाई नियुक्त गर्ने निर्णय गरिसकेको थियो।


तर एनओसी अध्यक्ष श्रेष्ठले आफ्ना भाइ सरोजको पदावधि थप गराई अन्तर्राष्ट्रिय निकायमा पत्राचारसमेत गरिसकेको खुलेको छ।एन्टिडोपिङ सेलमा कार्यरत डाक्टरले विश्व एन्टिडोपिङ एजेन्सी (वाडा) अन्तर्गत दक्षिणएसियाली क्षेत्रीय एन्टिडोपिङ एजेन्सी (राडो) सहित अन्य अन्तर्राष्ट्रिय ‘फोरम’ मा नेपालको प्रतिनिधित्व गर्छन्।

आफ्नै पार्टी एमालेमा केन्द्रीय सदस्य रहेका श्रेष्ठले आफूलाई ढाँटेको थाहा पाएपछि मन्त्री मण्डल रुष्ट बनेको स्रोतले बतायो। उनले टेलिफोनमा श्रेष्ठसँग असन्तुष्टि पनि व्यक्त गरिसकेका छन्। अहिले मन्त्री मण्डल सरोजको पदावधि थप गर्ने आफ्नै निर्णय परिवर्तन गर्ने मनस्थितिमा पुगेका छन्।

'मन्त्रीज्यू भर्खरै आउनुभएको थियो। पार्टीका केन्द्रीय सदस्य श्रेष्ठले ढाँट्दैनन् भन्ने उहाँलाई विश्वास थियो । त्यसैले श्रेष्ठले भनेअनुसार सरोजको पदावधि थप गरिदिनुभयो', स्रोतले भन्यो, 'तर श्रेष्ठले झूटो कुरा गरेको थाहा पाएपछि मन्त्री निक्कै रिसाउनुभयो। उहाँले फोनबाटै श्रेष्ठसँग असन्तुष्टि पनि व्यक्त गर्नुभयो।'

सरोज एनओसी अध्यक्ष श्रेष्ठको नातेदार पर्ने थाहा पाएपछि मन्त्री मण्डल थप रिसाएका थिए । उनले सत्यतथ्य बुझ्न राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई पत्राचारसमेत गरेका छन् । राखेपले भने जबाफ पठाइसकेको छैन।
एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले आफ्नी सानिमाका छोरा सरोजकृष्ण श्रेष्ठको पदावधि थप गराई अन्तर्राष्ट्रिय निकायमा पत्राचार गरेको खुलेको छ।
ओम हस्पिटलमा कार्यरत सरोज १२ वर्षयता उक्त पदमा कार्यरत थिए। उनको पदावधि डिसेम्बर २७ तारिखमा सकिँदै थियो । त्यसैले मन्त्रालयले सोही मितिबाट लागू हुने गरी उक्त पदमा राखेपका पूर्वचिकित्सक राणालाई नियुक्त गर्ने निर्णय गरेको थियो।

मन्त्रालयले सोही निर्णयअनुसार ७ अक्टोबरमै राणालाई नियुक्त गरिने जानकारीसहित विश्व एन्टिडोपिङ एजेन्सीलाईसमेत पत्राचार गरेको थियो । तर एनओसीले पनि सरोजको पदावधि थप गरिएको बेहोरोको पत्र पठाएपछि वाडाले चासो व्यक्त गरेको छ।मन्त्रालयमा पठाएको इमेलमा वाडाले अजयको नियुक्ति रद्द गरिएको हो भनी सोधेको छ।

'दक्षिणएसियाली क्षेत्रीय एन्टिडोपिङ एजेन्सीमा सरोजलाई निरन्तरता दिने बेहोराको पत्र प्राप्त भएको छ। त्यसो भए अजयलाई नियुक्त गरिएको ७ अक्टोबरको निर्णय रद्द गरिएको हो ? ' वाडाको इमेलमा उल्लेख छ । मन्त्रालयले भने दक्षिणएसियाली क्षेत्रीय एन्टिडोपिङ एजेन्सीमा अजयलाई नै पठाउने उल्लेख गरेको छ।

'मन्त्रीज्यूले पनि आफूलाई ढाँटिएको बताउनुभएको छ । हामी अजयलाई नै पठाउँदैछौं । हामी यसै साता वाडालाई सोही बेहोराको पत्र पठाउछौं', मन्त्रालय स्रोतले भन्यो।

एनओसी अध्यक्ष श्रेष्ठले भने आफूले मन्त्रीलाई नढाँटेको प्रतिक्रिया दिएका छन् । उनले प्रक्रियाअनुसार नै सरोजको पदावधि थप भएको दाबी गरे। 'मन्त्रीज्यू र मेरो विषयमा त्यस्तो केही भएको छैन। उहाँले प्रक्रियाअनुसार नै सरोजको पदावधि थप गर्नुभएको हो', श्रेष्ठले भने। उनले अन्तर्राष्ट्रिय फोरमहरूमा सरोजले नै नेपालको प्रतिनिधित्व गर्ने दाबी पनि गरे।

‘निर्णय परिवर्तन गर्ने विषयमा मलाई कुनै जानकारी छैन। मन्त्रालयले दिएको नियुक्तिअनुसार सरोजले नै अन्तर्राष्ट्रिय फोरममा नेपालको प्रतिनिधित्व गर्नुहुनेछ', अध्यक्ष श्रेष्ठले अन्नपूर्णसँग भने।
annapurnapost
वि.सं. २०७२ साल पुस २८ गते। मंगलबार। इश्वी सन् २०१६ जनवरी १२ तारिख। नेपाल संवत् ११३६

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
बन्ने निश्चय भएको काम अचानक बिग्रन सक्छ। रुचिका विषयमा लगानी बढाउने समय छ। भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ। समयमा काम पूरा नहुनाले मन खिन्न रहनेछ।
बृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आजको तपाईको दिन राम्रो छ । विभिन्न अवसरले पछ्याउनेछन्। कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ। नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह)                                                                             प्रेम र मित्रताको बन्धन कसिनेछ भने दाम्पत्य सुखमय बन्नेछ। स्वार्थ सिद्ध गर्न धाउनेहरूले सताउन सक्छन्, सजग रहनुहोला। आयआर्जन पनि राम्रै हुनेछ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
यात्रामा विशेष लाभ हुनेछ भने लामो यात्राको प्रक्रिया अघि बढ्न सक्छ। प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गर्नेछन्। कामको चापबाट पनि फुर्सद पाइनेछ। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् भने परिवारजनको साथले नयाँ आशा पलाउनेछ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
घुमघामको योग छ । शत्रु र रोगबाट छुटकारा मिल्ने समय छ। मुद्दा–मामिलामा पनि विजयी भइनेछ। विभिन्न सहयोग र उपहार पाइनेछ।
कन्या ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो)                                                                           महत्वाकांक्षी योजना तत्कालै सुरु नर्गदा राम्रो देखिन्छ । पढाइलेखाइमा पनि प्रगति गर्न नसकिने समय छ । कमजोर भएको अनुभूति हुनेछ। केही समय पर्खंदा स्थितिमा सुधार आउने र काम बन्ने योग छ।

तुला ( र, रि, रु, रे, रो, ता, ति, तु, ते )
समय त्यति राम्रो छैन । अपजस पाइने समय भएपनि परिवारको सरसल्लाह लिएर काम थाल्नु राम्रो हुनेछ। प्रतिस्पर्धी परास्त होलान्। सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिनेछ।
बृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ। समय अत्यन्तै राम्रो छ । प्रशस्त धन आर्जन गर्ने मौका भउकाले उत्साह बढ्नेछ।

धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे )
कृषिकर्म र व्यावसायिक काममा केही लगानीमा फाइदा हुने देखिन्छ। सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिनेछ।
विगतको श्रमबाट प्रशस्त धन आर्जन हुनेछ।

मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
भएको आम्दानी र सञ्चित रकम समेत खर्च गर्नुपर्ने योग छ। आँटेको काम समयमा पूरा नहुन सक्छ। कामबाट फुर्सद मिल्ने र एत्साह बढ्नेछ ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, द )
सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्नुका साथै नयाँ काम पाइने योग छ। छिमेकीहरुसँग असमझदारी बढ्न सक्छ। लामो यात्रा गर्ने सुअवसर प्राप्त हुन सक्छ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि )
समय त्यति शुभ छैन । आम्दानी, पढाइलेखाइमा बाधा पुग्ने देखिन्छ । मालसामन हराउने संभावना रहकाले शर्तक रहनुहोला । समयमा काम पूरा नहुनाले मन खिन्न रहनेछ।

काठमाडौं, २७ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलाई टेलिफोन गरी उनको स्वास्थ्य स्थितिकाबारेमा जानकारी लिएका छन् ।
तराईको आन्दोलनका क्रममा घाइते भई भारतको नयाँ दिल्लीमा उपचाररत अध्यक्ष महतोलाई प्रधानमन्त्री ओलीले टेलिफोन गरी स्वास्थ्यलाभको कामना गर्नुभएको प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव ईन्द्र भण्डारीले जानकारी दिए ।
प्रधानन्त्री ओलीले महतोलाई फोन गर्दै छिट्टै काठमाडौं फर्कन आग्रह समेत गरे । राजनीतिक सहमति पहिल्याउने क्रममा काठमाडौं आउन भन्दै ओलीले महतोलाई संवाद र सहमतिका लागि आग्रह गरेका छन् ।
फोनवार्तामा महतोले मधेस मामलामा रहेका समस्या सम्बोधन गर्न तदारुकता देखाउन प्रधानमन्त्री ओलीलाई आग्रह गरेका छन् । तराईमा आन्दोलनका क्रममा विराटनगर–जोगवनी नाकामा धर्नामा बस्ने क्रममा घाइते भएका अध्यक्ष महतो थप उपचारका लागि नयाँ दिल्ली गएका हुन् ।
dainiknepal
काठमाडौं, २७ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रभन्दा कोही माथि नरहेको बताएका छन् ।
आइतबार पूर्वराजा ज्ञानेन्द्र शाहले दिएको अभिव्यक्तिको भोलिपल्टै जवाफ फर्काउँदै प्रधानमन्त्री ओलीले दरबार छाड्नेले घरबार गरेर बस्न पाउने बताए ।
महेन्द्र पुलिस क्लबमा राप्रपा नेपालले पृथ्वी जयन्तीका अवसरमा आयोजना गरेको चियापान कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले लोकतन्त्रमा सबैको समान अधिकार भएकाले घरबार बस्न पाउने उल्लेख गरे ।
यसअघि आइतबार पूर्वराजा ज्ञानेन्द्रले ‘दरबार छाडे पनि घरबार नछाडेको’ भन्दै विज्ञप्ति जारी गरेका थिए । प्रधानमन्त्रीले कुनै पनि अर्थमा लोकतन्त्रभन्दा राजतन्त्र वा अर्को कुनै व्यवस्था राम्रो नहुने तर्क गरे ।
उनले केही दिनमा देशले निकास पाउन भन्दै नआत्तिन आग्रह गरे ।
dainiknepal
२७ पुस, बेइजिङ।

चीनले साउदी अरेबिया र इरानलाई शान्त र संयम रहन आग्रह गरेको छ । चिनियाँ वरिष्ठ कूटनीतिज्ञले सो आग्रह गरेको एएफपीले बताएको छ ।

इरानमा रहेको साउदी अरेबियाको दूतावासमा हालैमात्र इरानीहरुले आक्रमण गरी क्षति पुर्याएका थिए । सो आक्रमणपछि साउदी अरेबियाले इरानसँगका कूटनीतिक सम्बन्ध एकतर्फी रुपमा तोडेको थियो ।

तेहरानमा रहेको अरेबियाली दूतावासमाथिको हमलापछि विकसित सम्बन्धका कारण विश्वका अरु देशमा पनि असर परेको छ ।

साउदी अरेबियामा सिया मुस्लिम समुदायका नागरिकलाई मृत्युदण्ड दिइएपछि यसको प्रतिक्रियास्वरुप इरानमा अरेबियाली कूटनीतिक नियोगमाथि हमला भएको थियो ।

गत हप्तामात्र चिनियाँ वरिष्ठ उपविदेशमन्त्री झाङ मिङले साउदी अरेबिया र इरानका कूटनीतिज्ञहरुले भेटवार्ता गरी शान्त र संयम रहन आग्रह गरेका थिए ।



ती भ्रमणहरुमा भएका दुई छुट्टाछुट्टै भेटका क्रममा उपविदेशमन्त्रीले साउदी अरेबिया र इरानका अधिकारीहरुलाई संयम रहन आग्रह गरेको चिनियाँ सरकारी वेभसाइटमा जनाइएको छ ।nepaliheadlines
काठमाडौं, २७ पुस । मधेसी मोर्चाका ११ बुँदे मागमा सहमति खोज्न बस्ने भनिएको कार्यदलको बैठक अन्तिम समयमा आएर स्थगित भएको छ ।
कार्यदलमा रहेका मधेसी मोर्चाका सदस्यहरू बैठकका लागि दिनभरि कुरेर बसे पनि कार्यदलमा सदस्य रहेका एमाले र एमाओवादीका मन्त्रीहरू खबर नगरेपछि बैठक प्रभावित भएको हो ।
बैठक स्थगित हुनुको कारण स्पष्ट रुपमा नखुलाइए पनि मन्त्रीहरूले आन्तरिक गृहकार्य नगरेका कारण बैठक प्रभावित भएको स्रोतले जनाएको छ ।
कार्यदलका सदस्य तथा तराई मधेस सद्भावना पार्टीका वरिष्ठ नेता रामनरेश राय यादवले बैठकका लागि तयार भएर बसे पनि सरकारका तर्फबाट कुनै पनि खबर नआएको बताउनु भयो ।
‘हामी त कार्यदलको बैठक छ भनेर तयारी अवस्थामा बसेका थियौँ’, उहाँले भन्नुभयो, ‘बेलुका छ बजेसम्म खबर आएन । राति हुने बैठकमा त के जानु र ?’
स्रोतका अनुसार कार्यदलका सदस्य तथा उपप्रधानमन्त्री भीम रावल र गृहमन्त्री शक्ति बस्नेतले तयारी नगरेपछि बैठक नबोलाउनु भएको हो । मधेसी मोर्चाले कार्यदलको कार्यविधि र बैधानिकतामा स्पष्ट भएर आजको बैठकमा आउन भनेका थिए ।
dainiknepal
काठमाडौं, पुस २७ । भारतसँग सीमा जोडिएका नाकाहरुबाट सोमबार पनि इन्धन आयात प्रभावित बन्यो ।

सोमबार दिनभरमा काँकडभिट्टा–पानीट्यांकी नाकाबाट पेट्रोलियम पदार्थबाहेकका १ सय ५० ओटा मालबाहक गाडीमात्र नेपाल प्रवेश गरेका छन् ।

यस्तै, विराटनगर–जोगबनी सोमबार नाकाबाट दिनभरमा ४ ट्यांकर डिजेल, ४ ट्यांकर पेट्रोल, १२ बुलेट एलपी ग्याससहित २ सय ५ ओटा मालबाहक गाडी नेपाल प्रवेश गरेको सीमा प्रहरी कार्यालयले जनाएको छ ।

भैरहवा–सुनौली नाकाबाट २६ ओटा एलपी ग्यास बुलेटसहित ३ सयओटा मालबाहक गाडी नेपाल भित्रिए । यो नाका भएर सोमबार साँझसम्म डिजेल र पेट्रोल, मट्टीतेल भने नभित्रिएको भन्सार कार्यालयले जनाएको छ ।

यस्तै, नेपालगन्ज–रुपैडिहा नाकाबाट पनि सोमबार दिनभरमा ८० ओटा मालबाहक गाडी नेपाल भित्रिएका छन् ।

यो नाका भएर तीन बुलेट ग्यास पनि सोमबार साँझसम्म नेपाल भित्रिएको भन्सार कार्यालयले जनाएको छ । imagekhabar
वीरगन्ज : नेकपा माओवादीका संयोजक मातृका प्रसाद यादवले  मधेसी दलहरुको आन्दोलन नौटंकी मात्र भएको आरोप लगाएका छन्।

वीरगन्जमा सोमबार संयुक्त मधेसी राष्ट्रिय आन्दोलन समितिले आयोजना गरेको विरोधसभालाइ सम्बोधन गर्दै संयोजक यादवले मधेसी दलको आन्दोलनले केहि पनि उपलब्धी नपाउने ठोकुवा गरे।


आन्दोलन चलेको पाँच महिना भइसक्यो , उनले भने , अहिले सम्मको उपलब्धी के त ? यसरी आन्दोलन हुदै हुन्न । उनले आन्दोलनरत मोर्चाका नेता र तीनका कार्यकर्ताहरु थाकिसकेको पनि टिप्पणी गरे।

दशगजामा धर्नामा बसेर मधेसी दलका नेता कार्यकर्ताहरुले नौटंकी गरिरहेको भन्दै यादवले भने ,‘मधेसी मोर्चाका नेताहरुले हरेक उद्योगी व्यपारीसंग रकम असुली गरेर उद्योगधन्दा चलाउन दिइरहेका छन् ।

'मितेरी पुलमा धर्ना बसेर नाटक गरिहरेका छन्, उनले भने , अनि उनिहरुले नै सामानको तस्करी गरेर पहाडमा पनि पुर्‍याइरहेका छन् ।

उनले मधेसी मोर्चाका नेताहरुले मधेस लुटन आन्दोलन गरिरहेको बताए। उपेन्द्र यादव , महन्थ ठाकुर , राजेन्द्र महत्तो र महेन्द्र यादव सबै मधेसलाइ लुटन चाहन्छन् , उनले भने ,‘गोर्खाली शासकहरु भने देश लुट्नमा तल्लीन छन् ।

संयोजक यादवले मधेसमा दुइ प्रदेश बनाउने मधेसी मोर्चाको माग नाजायज भएको बताए । आत्मनिर्णयको अधिकार सहित समग्र मधेस एक प्रदेश हुनुपर्ने बताउदै यादवले भने , मधेशमा दुइ प्रदेश बनाइयो भने मधेसीहरु पुर्ण रुपमा अधिकारबिहिन हुन्छन् , त्यसैले हामीलाइ त्यो स्वीकार्य छैन ।

अबको आन्दोलन मधेसीहरुले छापामार शैलीमा लडनु पर्ने भन्दै यादवले भने, ‘ छापार शैलीमा लड्यो भने मधेसले सबै कुरा पाउछ , हतियार खोज्न जानुपर्दैन ,नेपाल प्रहरी र नेपाली सेनाकै हतियार हामीलाइ काम लाग्छ ।

उनले मधेसमा अब देखि नयाँ पहाडीहरुलाइ छिर्न नदिने चेतावनी पनि दिए । उनले भने ,‘ पहाडबाट पहिले जो जति आएर बसे ठिकै छ , तर अब पहाडबाट आउने पहाडीहरुलाइ मधेसमा बस्न दिन्नौ । मधेस आफैमा एक राष्ट्र भएको बताउदै संयोजक यादवले स्वतन्त्र मधेस राष्ट्रका लागि आफुहरुको संघर्ष निरन्तर जारी रहने बताए ।

केपी ओली , प्रचण्ड , शुसिल कोइराला ,कमल थापा लगायतका गोर्खाली शासकहरुले दिल्ली धाएर भारतीय विदेशमन्त्री सुस्मा स्वराजको गोडा मालीश गर्दै आएको उनले बताए । उनले भने ,‘गोर्खाली शासकहरु दिल्ली धाएर सुस्मा स्वराजको गोडा मालीश गर्छन, अनि यहा स्वभीमान र राष्ट्रवादको राग अलाप्छन् ।

 नयाँ शक्तिको अभियान चलाएका बाबुराम भटटराइ सबै भन्दा ठूलो नौटंकीबाज भएको बताउदै उनले भने ,‘मधेसीको गर्दन रेटेर बाबुरामले संविधान जारी गरे , अहिले आएर मधेसीका सामु गोहीको आँशु झारिरहेका छन्।

उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि मधेसीको शुभचिन्तक नभएको बताए। मधेससंग मोदीको कुनै मोह छैन ,उनको त नेपालका शासकसंग दोस्ती नै छ , उनले भने, मोदीको घरमा झाडु लगाउने र भात पकाउने पनि पहाडीया नै छन् , त्यसैले मोदीले मधेसीको कदापी हित चाहदैनन् ।'

मधेसी मोर्चाका अधिकांश शीर्ष नेताहरुलाइ अर्ध पहाडियाको संज्ञा दिदै यादवले भने ,‘मोर्चाका अधिकांश नेताका स्वास्नी पहाडिया नै छन् , त्यसैले उनिहरुको घाँटी पहाडीया शासकहरुसंग जोडिएको छ।
annapurnapost
पुस २७, २०७२- प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहको पछिल्लो अभिव्यक्तिलाई जवाफ फर्काएका छन् । कमल थापा नेतृत्वको राप्रपा नेपालले सोमबार पृथ्वि जयन्तीमा काठमाडौंमा आयोजना गरेको चियापान कार्यक्रममा प्रधानमन्त्री ओलीले पूर्वराजालाई जवाफ फर्काउँदै भने, ‘दरबार छाड्नेले घरबार गरेर बस्न पाउँछ ।’

पूर्वराजा ज्ञानेन्द्रले ‘दरबार छाडे पनि घरबार नछाडेको’ अभिव्यक्ति दिएका थिए । प्रधानमन्त्रीले कुनै पनि अर्थमा लोकतन्त्रभन्दा राजतन्त्र वा अर्को कुनै व्यवस्था राम्रो नहुने तर्क गरे ।

चियापानमा पुगेका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले पनि राष्ट्रनिर्माता पृथ्विनाराण शाहप्रति आफ्नो सम्मान रहेको बताए ।  चियापानमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, लोकेन्द्रबहादुर चन्दलगायतका नेता, सरकारी अधिकारी, सुरक्षा अधिकारी, कलाकार, पत्रकारलगायतको उपस्थिति थियो ।

kantipur.ekantipur
सोमबार, २७ पुष

कांग्रेसमा नातावाद र कृपावाद यती झाँगीएको छ की, त्यसकै परिधिमा रहेर पार्टीको १३ औं महाधिवेशन अघि बढ्दै छ । संस्थापन पक्षले अथर्तात् सुशीील कोइरालाले महाधिवेशनमा सकेसम्म आफु सभापति बन्ने र कोइराला खान्कीकै सशांक, शेखर वा सुजातालाई भावि सभापति बनाउने रणनीतिमा छन् ।
अझ कतीसम्म भने स्वर्गिय गिरिजाप्रसादले जीवनको अन्तिम क्षणमा सुजातालाई नविर्से भनेको कुरालाई कोएइरालाले यतीबेला मनन गर्दै आएका छन् । र सुजातालाई स्पेस दिनकालागि उपसभापति बनाउने तयारीमा उनी पुगेका छन् ।
यसै बीचमा सुशीलसँग अहिले एक महिला सधैं सँगै देखिन्छीन् । अमेरिकामा स्थायी बसोबास रहेको मृदुला खनाल कोइराला प्रधानमन्त्री भएका बेला उनको जनसम्पर्क सल्लाहकारका रुपमा काम गरेकी थिइन् ।
अहिले उनै मृदुला सुशीलको सबैभन्दा नजिककी पात्र भएर हिडिरहेकी छिन् । कांग्रेस राजनीतिमा त्याग तपस्या र बलिदान गरेका सयौं महिला नेतृहरुलाई पछि पार्दै अमेरिकाबाट स्वाट्ट आएर उनी अहिले सभापतिको सबैभन्दा नजीककी भएकी छिन् ।
कतीपयले यो प्रवृत्तिको विरोध पनि गरेका छन् । तर, कोइराला स्वयंलाई मृदुलाको बानी र सहयोगि व्यावहार मनपरेपछि के नै लाग्छ र ?
कोइराला प्रधानमन्त्री भएपछि नेपाल आएकी उनी अहिले महिला केन्द्रीय सदस्यको सबैभन्दा दाबेदार देखिएकी छिन् । मृदुलाको क्रियाशील सदस्यतामाथि नै प्रश्न उठेका बेला उनी भने केन्द्रीय सदस्यको दाबी गरिरहेकी छिन् ।
उनका कारण पार्टी बदनाम भएको भन्दै सानेपामा विरोधका आवाजहरु पनि सुनिने गरेका छन् । तर, सुशील यस्तो आवाज सुन्ने पक्षमा छैनन् ।
सुशीललाई मृदुलाले महाधिवेशन प्रतिनिधि बनाउन बारम्बार आग्रह गर्दै आएकी छिन् । यतीसम्म की यदी आफुलाई प्रतिनिधि नबनाए सुशीललाई ठुलो धक्का पुग्ने चेतावनी समेत उनले दिदै आएको स्रोत बताउँछ ।
उनी नेपाली कांग्रेसको राजनीति गर्न चाहे पनि अमेरिकाको नागरिकता लिइसकेको र त्यस्ता व्यक्तिलाई पार्टीले स्थान दिन नहुने भन्दै सानेपामा आवाज उठेको धेरै समय भैसकेको छ ।
सभापति कोइरालालाई भेट्न आउने कार्यकर्तालाई मृदुलाकै कारण भेट्न नसक्ने अवस्था आएको संस्थापनकै नेताहरुको आरोप छ ।
जनसम्पर्क अधिकृतका नाममा कार्यकर्ता र सुशील बीचको दुरी बढाउने काम उनले गरेकाले उनलाई काखी च्याप्नुको अर्थ नरहेको संस्थापनकै नेताहरुको आवाज समेत सुशीलले बेवास्ता गरेका छन् ।
अब सुशीललाई मृलुलाहरुको व्यवस्थापनको नयाँ चिन्ता समेत थपीएको छ १३ औं महाधिवेशनमा ।
nepalsandesh
पुस २७, २०७२- जंगलमा भेटिएको कंकाल बुझेर सदगत गरिएका युवक आठ महिनापछि घर फर्किएपछि मोरङको पथरी शनिश्चरेका बासिन्दा चकित भएका छन् । परिवारको जाहेरीको आधारमा प्रहरीले मृत्यु पुष्टि गरेर अन्त्येष्टि गरिएको आठ महिनापछि शनिश्चरे–५ का भूपाल अधिकारी जिवितै घर आइपुगेका हुन् ।

मृत्यु भएको ठानिएका छोरा जिवितै घरमा आइपुग्दा परिवारमा खुशीयाली छाएको छ । तर, क्रियाकर्म गरिसकेको छोरालाई घरमा राख्न नहुने भन्दै गाउँलेले दबाब दिएपछि परिवार सामाजिक रुपले अप्ठेरोमा पनि परेको छ ।

२०७२ जेठ २२ मा पथरी शनिश्चरे नगरपालिका–१ स्थित शान्ति सामुदायीक वनमा फेला परेको कंकाल कपडाका आधारमा १८ वर्षिय सुस्त मनस्थितिका भूपालको भएको उनको परिवारले ठहर गरेको ईलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरिक्षक रमेश बस्नेतले जनाए ।

ट्रयाक्टरमा लोडअनलोडको काम गर्दे आएका भूपाल जेठको मध्यमा २–४ गायब भएका थिए । प्रहरीकै आग्रहमा अधिकारी परिवारले उक्त कंकाल गाडेका थिए । उनको ट्रयाक्टरबाट लडेर मृत्यु भएको आरोप परिवारले लगाएपछि प्रहरीले त्यतिबेला उनी काम गर्ने ट्रयाक्टरका चालकलाई केही दिन हिरासतमा राखी अनुसन्धान गरी कर्तब्य ज्यान मुद्दा दर्ता गरि अनुसन्धान अगाडी बढाएको थियो । तर, उनी जिवितै भेटिएपछि त्यो कंकाल कसको थियो भन्ने प्रश्न उब्जिएको छ ।

मरेको ठानिएका भूपाल भने सिक्किम पुगेको खुल्न आएको छ । गत मंगलबार उनी नेपाल फर्किएका थिए । मंगलबार काकरभित्ताबाट धरान आइरहेको बसमा उनलाई पथरीकी एक महिलाले उनलाई भेटेकी थिइन् । उर्लाबारीबाट बस चढेकी ती महिला पहिले त भूपाललाई देख्दा तर्सिएकी थिइन् । तर, पछि भूपाल नै भएको यकीन भएपछि उनले घर ल्याएकी थिइन् ।

रोजगारीका लागि साउदी अरबमा रहेकी भूपालकी आमा मनमाया १५ दिनअघि मात्र घर फर्किएकी थिइन् । उनले पनि धार्मिक विधिअनुसार छोराको क्रियाकर्म सकेकी थिइन् । त्यसको तीन दिनमै भूपाल घरमा आइपुगेको भूपालका आफन्त भुवनेश्वर पोखरेलले बताए ।

कक्रियाकर्म गरिसकेको छोरा घरमै पुगेपछि आमा मनमायाले ईलाका प्रहरी कार्यालय पथरीमा निवेदन दिँदै आफ्नो हराएको छोरा फर्केको र भुलवश अर्कैको शवको कंकालको सदगत गरेको बताएपछि प्रहरीले उक्त कंकाल कसको हो भन्ने विषयमा फेरि खोजी सुरु गरेको छ ।

‘हाम्रो घरमा त खुशी फर्किएको छ,’ मनमायाले कान्तिपुरसित भनिन्, ‘आफू विदेशमा हुँदा छोरा मरेको खबर पाईयो, म उतै हुँदा बुबाले क्रियाकर्म गरे, म फर्किपछि म पनि रितिरिवाजले क्रियाकर्म गरेको ३ दिन बित्न नपाउदै छोरो टुपलुक्कै घरमा आईपुग्दा हाम्रो हर्षको सीमा छैन ।’

तर, माया मारिसकेको छोरा भेट्दाको खुशी गाँउलेका कारण निरासामा परिणत हुन लागेको मनमायाले बताइन् । ‘क्रियाकर्म गरिसकेको छोरोलाई घरमा राख्न हुँदैन भन्दै गाउँलेले दबाब दिन थालेका छन्,’ मनमायाले भनिन् । छोरा घरमा आईनपुग्दै गाउका मानिस आएर घरमा राख्न नहुने भन्दै दबाब दिन थालेका कारण तीन दिन आफ्नो छोरालाई झापाको चारआली स्थित माइतीमा राखेर फेरि ईलाका प्रहरी कार्यालय पथरी ल्याएको मनमायाले बताइन् । ‘अब जसले जे भनुन् सुन्दैनौं, मैले जन्म दिएको छोरा हो घरमै लगेर राख्छु,’ मनमायाले भनिन् ।

kantipur.ekantipur
झापा, २७ पुस । सशस्त्र प्रहरीले झापाको नेपाल भारत सीमा नजिकैबाट दुई भारतीय नागरिकलाई लागुऔषधसहित पक्राउ गरेको छ ।
सोमबार झापा जिल्लाको गौरिगंज ४ भवानीपुरबाट एपीएफ टोलीले करिब ९ बोतल कोरेक्स नामक लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको सशस्त्रका डीएसपी अजय छतकुलीले जानकारी दिनुभयो ।
पक्राउ पर्नेहरुमा भारतको किसनगंज फतियावाद पंचायत बेतीया घर बताउने मुकेशकुमार सिंह र राकेशकुमार सिंह छन् ।
सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट गौरिगंजबाट खटिएको एपीएफ टोलीले सवारी साधनमा जाँच गर्ने क्रममा बीआर ३७ जी ७९२९ नम्बरको भारतीय नम्बर प्लेटको मोटरसाइकलमा सवार निजहरुको साथबाट उक्त लागुऔषध फेला परेपछि उनीहरुलाई पक्राउ गरेको हो ।
dainiknepal
सोमबार, २७ पुष
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ‘दरबार छाड्नेले घरबार गरेर बस्न पाउनेभन्दै घरबार भन्दा बढी नसोचेकै राम्रो हुने जवाफ फर्काएका छन् ।
पुर्व राजा ज्ञानेन्द्रले आइतबार मात्रै आफुले दरबार छाडे पनि घरबार नछाडेको भन्दै विज्ञप्ती निकालेका थिए ।
राष्ट्रिय एकता दिवसिको अवसरमा राप्रपा नेपालले आयोजना गरेको जलपान समारोहमा पत्रकारहरुसँग संक्षीप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री ओलीले दरबार ताक्ने सपना देखेको भए भएको घरबार पनि बिग्रने बताए ।
उनले जनताले घुँडा टेकाएको व्यक्तिले बढी निहँ खोज्न नहुने बताए । प्रधानमन्त्री ओलीले जमाना फेरीयो भन्दैमा इतिहासमा योगदान गर्ने व्यक्तित्वहरुलाई बिर्सन नहुने बताए ।
उनले कम्युटर र ल्यापटपको जमाना आएपनि कापी र कलमले लेखिएको महाभारत र रामायणको सान्दर्भिकता नसकीने भन्दै पृथ्वी नारायणको योगदान सधैं स्मरणीय रहने बताए ।
नेपालमा उदार लोकतन्त्र भएकैले ज्ञानेन्द्रले घरबार गरेर बस्न पाएको बताउँदै ओलीले लोकतन्त्रको फाइदालाई कमजोरीका रुपमा सोच्नेको भलो नहुने बताए । उनले पृथ्वी नारायण शाहले गरेको योगदान नेपाल र नेपालीले सधैं स्मरण गरिरहने पनि बताए ।
nepalsandesh
हत्या आरोपमा मलामीसहित ५ जना पक्राउ भैरहवा– आठ महिनाकी गर्भवती श्रीमतीबाट यौन सम्पर्कको प्रस्ताव अस्विकार भएपछि श्रीमानबाट मारिनुपरेको छ ।
घटना रुपन्देहीको सिपवा गाविसको हो । सिपवा–६ का शैलेश मल्लाहले आफ्नो आठ महिनाकी गर्भवती श्रीमती २२ वर्षीया सुनिता मल्लाहलाई यौन सम्पर्क गर्न खोज्दा उनले गर्भवती भएको कारण देखाउँदै अस्विकार गरेकी थिइन । आफ्नो प्रस्ताव अस्विकार भएको देखेपछि मादक पदार्थ सेवन गरि आएका शैलेशले सहन् सकेनन् र श्रीमतीलाई कुटपिट गरेको बयान दिएको प्रहरीको भनाई छ । राती १० बजे हत्या गरि बिहानै ५ बजे लाश जलाउन खोज्दा स्थानीयले प्रहरीलाई खबर गरेपछि मात्र घटना बाहिर आएको हो । कर्तव्य गरि मारेको र अपराध लुकाउन लाशको अन्तिम संस्कार गर्न लागेको आरोपमा मृतकका पति, ससुरा र मलामीसहित ५ जनालाई पक्राउ गरेको रुपन्देही प्रहरी प्रवक्ता डिएसपी रामेश्वर कार्कीले जानकारी दिए । प्रहरीले कारवाही गर्दै अपराध लुकाउन दाहसंस्कार गर्न खोजेको भन्दै सिपवा–६ का मुख्य आरोपी मृतकका पति शैलेश मल्लाह, मृतकका ससुरा ६० वर्षीय रतन मल्लाह र मलामी सोही स्थानका २६ वर्षीय शिवदास कलवार, २७ वर्षीय शिवड मल्लाह र २५ वर्षीय सुरज मल्लाह रहेको प्रहरीको भनाई छ । मृतक सुनिताको शरिरको ७५ प्रतिशत शरिरको भाग जलेको प्रहरीको भनाई छ । ratopati
२७ पुस, काठमाडौं ।

सरकारले पृथ्वी जयन्तीको अवसरमा विदा नदिएपछि रिसाएका उपप्रधानमन्त्री कमल थापालाई फकाउन प्रधानमन्त्री केपी ओली भृकुटिमण्डमा पुगेका छन् ।


राप्रपा नेपालले नेपाल पुलिस क्वलमा आयोजना गरेको चियापान कार्यक्रममा पुगेर प्रधानमन्त्री ओलीले थापालाई चित्त नदुखाउन आग्रह गरेका छन् । थापासंगै १५ मिनेट बसेका ओलीले थापालाई समय र परिस्थितिको बाँध्यतालाई बुझिदिन समेत आग्रह गरेका छन् । कार्यक्रममा पत्रकारसंग कुराकानी गर्दै प्रधानमन्त्री ओलीले पृथ्वीनारायण साहले पुर्याएको योगदानको प्रशसा गरे । प्रधानमन्त्रीले भने,‘पृथ्वीनारायण साहको नेपालको एकीकरणमा ठूलो योगदान पु¥याएको छ, यसलाई सहजै रुपमा विर्सन मिल्दैन ।’

जनताको शासन भन्दा अर्को कुनै उपयुक्त शासन नभएको बताउंदै उनले पृथ्वीनारायण साहको नेतृत्वमा एकीकरण हुँनु राष्ट्र निर्माण गरिएको कार्यलाई अस्वीकार गर्न नमिल्ने बताए ।

सबैलाई सन्तुलित ढंगले अगाडि बढाउनु पर्ने अवस्था रहेकोमा जोड दिदै प्रधानमन्त्री ओलीले नेपालको वस्तुत अवस्थामा पनि सबैलाई थाहा भएको बताए । ‘राष्ट्रिय स्वार्थमा सानातिना स्वार्थको काम छैन’, उनले भने,‘नेपाल एउटा राष्ट हो । राष्ट्रको रुपमा रहिरहनेछ ।’

नेपाल इतिहास कालदेखि नै उचार चढाव आएर सीमा वरपर पुगे पनि नेपाल एउटा एकीकृत राष्ट्र भएको बताउंदै उनले पृथ्वी नारायण साहले ठूलो योगदान पुर्याएको बताए।nepaliheadlines
अधिकांसले सामान्य खालको समस्या आउँदा हस्पिटल गएर चिकित्सकसँग जँचाउन गाह्रो मान्ने गर्छन। तर कहिलेकाहिँ यस्तै साना-साना कुराहरूले पनि ठूलै समस्या निम्त्याउन सक्दछ। त्यसैले आफ्नो शरीरमा कुनै प्रकारको अनौठो लक्षण देखापर्यो भने हस्पिटल गएर एकचोटी जाँच्नै पर्ने हुन्छ।

चिकित्सकहरूको सुझावअनुसार, हामीले निम्न प्रकारका लक्षणहरूलाई कहिल्यै पनि बेवास्ता गर्नुहुँदैनः

१. अनुपेक्षित वजनमा कमी

अधिकांशको लागि त, कुनै प्रयास नगरी थोरै तौल घट्नु भनेको राम्रै कुरा हुन जान्छ, तर कसै-कसैको लागि अचानक तौल घट्नु भनेको समस्याको सङकेत हुन सक्छ। हुन त धेरै व्यस्तताले गर्दा अनि खाने बानीमा परिवर्तन हुनाले पनि तौलमा घटबढ हुन सक्छ, तर यो भन्दा खतरनाक कारणले पनि अकस्मात तौल घटेको हुन सक्छ। जस्तै; कोलियाक रोग (Coeliac disease– पेट सम्बन्धि रोग) अथवा अतिसक्रिय थाइरोइड ग्रन्थिको कारण पनि अचानक तौल घट्न सक्छ। (मोटोपना घटाउने सेक्सी उपायहरूको बारेमा जान्न यहाँ क्लिक गर्नुहोस्)

त्यसैले, यदि कुनै कारणबिनानै तपाईँको तौल अकस्मात घटेको छ भने आजै हस्पिटल गएर जाँचिहाल्नुहोस्। थाइरोइड ग्रन्थिको क्यान्सरको पछिल्लो चरणमा तौल घट्ने लक्षण देखा पर्दछ।

२. महिनावारी बन्द भैसकेपछि पनि रगत देखा पर्नु

रजोनिवृत्ति (महिनावारी बन्द हुनु) भैसकेपछि पनि महिलाहरूको यौनाङ्गमा रगत देखा परेमा, चाहे त्यो थोरै मात्र नै किन नहोस्, यसले ठूलै समस्याको सङ्केत देखाएको हुन सक्छ। सुरुमा, चिकित्सकले योनीको भित्तामा कुनै प्रकारको सङ्क्रमण अथवा घाउ भएको छ छैन हेर्दछ। तर, यसले गर्भाशयको क्यान्सर भएको पनि सङ्केत गरेको हुन सक्छ। यसको लागि थप जाँच गर्नुपर्ने हुन्छ, त्यसैले रजोनिवृत्ति भएपछि पनि यौनाङ्गमा रगत देखा परेमा त्यसलाई हेलचेक्र्याईँ नगर्नुहोस्, तुरुन्तै हस्पिटल जानुहोस्। ()

३. बङ्गारामा असजिलो महशुस भएमा



टन्सिल अथवा दाँतमा सङ्क्रमण हुँदा पनि बङ्गारा दुख्ने गर्दछ, तर यसको अर्कै खतरनाक कारण पनि हुन सक्छ। पाचन प्रक्रियामा समस्या हुँदा पनि हाम्रो घाँटीमा एसिडको छिर्का पर्न जान्छ र त्यस वरिपरि दुख्ने गर्दछ। अर्को कारण भनेको मुटुमा अक्सिजनको मात्रा कमी हुँदा पनि छाती र बङ्गारामा पीडा हुने हुन्छ। त्यसैले यसलाई बेवास्ता गर्नुहुँदैन।

बङ्गारा दुख्ने लगायत स्वासप्रश्वासमा समस्या, थकान, रगत बान्ता भएमा अथवा अकस्मात तौल घट्ने जस्ता लक्षणहरू देखा परेमा तुरुन्तै हस्पिटल जानुहोस्।

४. पेट फुलेमा

४० वर्षमुनिका व्यक्तिहरूमा थकान, ग्यास्ट्रिक तथा असन्तुलन भोजनले गर्दा पनि पेट फुल्ने समस्या देखा पर्दछ। सामान्यतयाः यदि तपाईँलाई झाडापखाला लागेको छ, थकानले सताएको छ अथवा खाना पचाउन गाह्रो भैरहेको छ भने पेट फुल्ने हुन्छ। तर यस्ता कुनै पनि समस्या छैन र पेट फुलिराखेको छ भने, यसले कुनै खतरनाक समस्यालाई सङ्केत गरेको हुन सक्छ। विशेष गरी महिलाहरूको पेट फुलेमा उनीहरूको डिम्बाशयको क्यान्सरले गर्दा पनि हुन सक्ने चिकित्सकहरू बताउँछन्।

५. थकान

यदि तपाईँलाई दिनैभरी पनि थकाइ लागिरहन्छ भने तपाईँको शरीरमा फलामको कमी भएको हुन सक्छ, त्यसैले त्यस्तो अवस्थामा रातो फल मासु तथा गेडागुडीहरू खानु आवश्यक हुन्छ। तर, कसै-कसैमा मुटु र फोक्सोको समस्याले पनि निरन्तर थकाइ लागिरहने हुन्छ, किनभने तपाईँको शरीरका अङ्ग र मांसपेशीहरूले पर्याप्त मात्रामा अक्सिजन पाइराखेका हुँदैनन्। साथै, रक्तअल्पता, भिटामिन-डी को कमीले गर्दा पनि यस्तो लक्षण देखा पर्दछ, त्यसैले तुरुन्तै हस्पिटल गएर चिकित्सकक सल्लाह लिनुहोस्। (६० सेकेण्डमै निदाउने उपायको बारेमा जान्न यहाँ क्लिक गर्नुहोस्)

६. दुखेको ठाउँ निको नहुनु

शरीरको कुनै ठाउँमा हलुका मात्रै भएपनि निरन्तर दुखिरहन्छ र निको हुँदैन भने त्यसले छालाको क्यान्सरलाई सङ्केत गरेको हुन सक्छ। यसको अर्को कारण भनेको कमजोर प्रतिरक्षा प्रणाली र मधुमेह हुन सक्छ। यदि तपाईँलाई मधुमेह छ अथवा मोटोपना छ र यसरी कुनै अङ्गमा निरन्तर दुखिरहन्छ भने, त्यसलाई जँचाउन ढिलो नगर्नुहोस्। (टाउको दुख्यो? सञ्चो कसरी गराउने? जान्न यहाँ क्लिक गर्नुहोस्)

७. नङमा परिवर्तन देखा परेमा

तपाईँको आँखाले जस्तै नङले पनि तपाईँको स्वास्थ्यको बारेमा धेरै कुराहरू बताउन सक्दछ। तपाईँको खाने बानी, वंशाणुगत गुण र तपाईँको शरीरमा भएको रोगको बारेमा पनि नङले विस्तृत जानकारी दिन सक्दछ। यसले तपाईँलाई रक्तअल्पता भएको छ-छैन भनेर पनि सङ्केत दिन सक्दछ। नङभित्र रगत जमेको छ भने त्यसले रगतमा सङ्क्रमण भएको छ भनेर जनाउँदछ भने लामो समयसम्म नङभित्र कालो/खैरो रङको दागले क्यान्सरलाई सङ्केत गर्दछ। यति सानो-सानो कुरामा पनि किन हस्पिटल गैराख्नु भनेर तपाईँले हेलचेक्र्याईँ गरिराख्नुभएको छ भने तपाईँले ठूलो भूल गरिराख्नुभएको छ।

“स्वास्थ्य नै सबैभन्दा ठूलो धन हो”, शरीर स्वस्थ रहे मात्र आफूले चाहेअनुसारको काम गर्न सकिन्छ। त्यसैले आफ्नो स्वास्थ्यको ख्याल आफैले गर्नु जरुरी हुन्छ। सानो भन्दा सानो लक्षणले पनि ठूलो भन्दा ठूलो समस्याको सङ्केत गरिरहेको हुन्छ।nepaliheadlines
२७ पुस, एजेन्सी।

साउदीमा सिया मुस्लिमका धर्मगुरु निम्र अल–निम्रलाई मृत्युदण्ड दिएपछि सुन्नी मुस्लिम राज्य साउदी अरब र सिया मुस्लिम सरकार रहेको इरानबीच तीक्तता बढेको छ। यो संगै मध्येपूर्व देशहरुमा कार्यरत नेपालीहरु प्रभावित हुने खतरा बढेको छ।


निरन्तर घटिरहेको तेलको मूल्यको कारण मध्यपूर्वी देशको आर्थिक अवस्था निरन्तर गिर्दो छ। यस्तो अवस्थामा इरान र अरब बिच बढेको द्वन्दले समस्या थप जटिल गर्ने देखिन्छ। तेलबाट आर्जन कम हुँदा कर्मचारी कटौती र ज्याला घटाइएको समाचार आउन थालेका छन्।

करिब ६ लाख भन्दा बढी नेपाली काम गर्ने साउदीमा यसको प्रभाव सुरुमा देखिने सम्भावना बढेको छ। सन् २००४ अप्रिल यताकै सबैभन्दा कम विन्दुमा तेलको मूल्य पुगेको छ। प्रतिब्यारेल ३३ डलरमा झरेको तेलको मूल्य संगै मध्यपूर्वी देशको अर्थतन्त्र डामाडोल हुने संघारमा छ।

फिलिपन्समा इरान-अरब द्वन्द र इन्धनको मूल्यको निरन्तर गिरावटको कारण राष्ट्रपति वेनिग्नो एक्विनोलेले आकस्मिक बैठक नै बोलाएका थिए। फिलिपिन्समा आउने रेमिट्यान्सको एक चौथाई हिस्सा मध्यपूर्वबाटै आउने गरेकोमा पछिल्लो वर्ष सो १० प्रतिशतले कमी आएको बताइएको छ। फिलिपिन्सका २४ लाख भन्दा बढी खाडी मुलुकमा कार्यरत छन्। देशमा भित्रने कुल रेमिट्यान्सको २२ प्रतिशत मध्यपूर्वबाट भित्रन्छ। जसमा साउदीबाट १० र युएईबाट ८ प्रतिशत रेमिट्यान्स फिलिपिन्स भित्रने गरेको छ।

नेपालमा आउने रेमिट्यान्सको ठुलो हिस्सा यीनै मध्यपूर्वी देशबाट आउँछन्। गत वर्ष ६ खर्ब १७ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो। देशमा भित्रने कुल रेमिट्यान्सको ६० प्रतिशत हिस्सा खाडी मुलुकबाटै आउने गरेका छन्।

मध्यपूर्वको अधिकांस देशहरको अर्थतन्त्रको आधार स्रोत तेल हो। तेलको मूल्यमा आएको ठुलो गिरावट संगसंगै साउदी र इरानबिच भड्किएको द्वन्दका कारण मध्यपूर्वी देशका अर्थतन्त्रमा असर पर्ने निश्वित छ। पहिले कै अवस्थामा झै निर्माण कार्य गर्ने वातावरण नहुँदा त्यहाँ काम गर्ने नेपालीको रोजगारीमा समेत प्रत्यक्ष प्रभाव पर्ने देखिन्छ।nepaliheadlines
२७ पुस, काठमाडौं ।

एमाओवादी अध्यक्ष एवं उच्चस्तरीय राजनीतिक सयन्त्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कमल थापा जारी वार्ता प्रक्रियाबाट बाहिरिएका छन् । प्रधानमन्त्री ओलीको योजना अनुसार सरकार गठन भएलगत्तै थापालाई वार्ता टोलीको संयोजक बनाइएको थियो भने प्रचण्डलाई उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजक बनाइएको थियो ।



प्रधानमन्त्री ओली, प्रचण्ड र थापाले मधेसी मोर्चासंग २५ पटक औपचारिक वार्ता गर्दा पनि सहमति जुट्न नसकेपछि प्रधानमन्त्री ओलीको आग्रहमा कार्यदल गठन गर्ने सहमति भएको थियो । तीन दल र मोर्चा सहभागी कार्य दल गठन भएर छलफल समेत अगाडि बढाएको छ । कार्यदल गठन भएपनि प्रचण्ड र थापाले सहमति निर्माणको लागि कुनै छलफल समेत अगाडि बढाएका छैनन । दैनिक रुपमा राजनीतिक भेटघाटमा व्यस्त हुँदै आएका प्रचण्ड पार्टीको काममा व्यस्त भएका छन भने थापा मन्त्रालयको कार्यमा व्यस्त हुँदै आएका छन् ।

एक साताको बीचम तीन दल र मोर्चाबीका सदस्यहरुबीच पाँच पटक बैठक हुँदा पनि ठोस सहमति जुटन नसकेको छैन । सहमति निर्माण गर्न र वार्ता गर्ने जिम्मेवारी पाएका प्रचण्ड र थापा नै बाहिरिएका छन् । कार्यदलले छलफल थालेपछि प्रधानमन्त्री ओलीले पनि मधेसी मोर्चाका शीर्ष नेताहरुसंग कुनै छलफल गरेका छैनन् । वार्ताको जिम्मेवारी पाएका प्रचण्ड र थापा जिम्मेवारी विहीन भएपछि आ–आफ्नो काममा लागेका छन् । यतिसम्म कि सहमति निर्माणको लागि प्रमुख शीर्ष दलका नेताहरुले पनि ध्यान दिएका छैनन् ।nepaliheadlines
काठमाडौं, २७ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले देशका लागि राम्रा काम गर्न खोजेको बताउनुभएको छ ।
भृकुटीमण्डपस्थित महेन्द्र पुलिस क्लबमा पृथ्वीनारायण शाहको जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा राप्रपा नेपालले सोमबार आयोजना गरेको समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले भन्नुभयो- मैले जति राम्रा काम गरेपनि ती कामहरुको प्रशंसा गर्नुभन्दा पनि आलोचना गरियो । राम्रा कामहरुलाई ओझेलमा पारेर नराम्रा कामहरुलाई ठूलो विषय बनाइयो ।
उहाँले केही मान्छे छन्, जो मेरो साना कुरालाई लिएर मजाक उडाउने र गलत अभिव्यक्ति दिने कार्यमा लागेको आरोप लगाउनुभयो । ‘मैले राम्रा गरेको कसैले देखेन् । मैले नराम्रो गरेको सबैले देखे,’ उहाँको गुनासो थियो । केही दिन अगाडि प्रधानमन्त्री ओलीले सिलिण्डर युग समाप्त पारेर घरघरमा ग्यास पाइप पुर्याउने घोषणा गरेका थिए ।
सञ्चारकर्मीको प्रश्नमा उहाँले मुलुकले छिट्टै निकास पाउने बताउनुभयो । ‘वार्ता सम्वाद चलिरहेको छ, धेरै अगाडि बढिसकेको छ । धैर्यता गर्नुपर्छ,’ उहाँले भन्नुभयो ।
पृथ्वी नारायण शाहको जन्म जयन्तीमा विदा दिने सरकारले नै राष्ट्रिय एकता दिवस मनाउने चर्चा थियो तर, सरकारले किन मनाएन् भन्ने प्रश्नमा प्रधानमन्त्री ओलीले भन्नुभयो- पृथ्वीनारायण शाहले भौगलिक रुपमा एकता गर्नुभाको हो । उहाँको सम्मान गर्नुपर्छ । उहाँको ती कामहरुको मुल्यांकन गर्नुपर्छ ।’
dainiknepal
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Aug 24 (6)
  • Aug 23 (1)
  • Aug 19 (1)
  • Aug 18 (19)
  • Aug 17 (17)
  • Aug 16 (24)
  • Jan 24 (18)
  • Jan 23 (27)
  • Jan 22 (32)
  • Jan 21 (35)
  • Jan 20 (35)
  • Jan 19 (34)
  • Jan 18 (40)
  • Jan 17 (45)
  • Jan 16 (27)
  • Jan 15 (29)
  • Jan 14 (35)
  • Jan 13 (40)
  • Jan 12 (32)
  • Jan 11 (39)
  • Jan 10 (31)
  • Jan 09 (23)
  • Jan 08 (31)
  • Jan 07 (30)
  • Jan 06 (39)
  • Jan 05 (34)
  • Jan 04 (39)
  • Jan 03 (43)
  • Jan 02 (47)
  • Jan 01 (31)
  • Dec 31 (34)
  • Dec 30 (36)
  • Dec 29 (43)
  • Dec 28 (33)
  • Dec 27 (27)
  • Dec 26 (38)
  • Dec 25 (33)
  • Dec 24 (38)
  • Dec 23 (44)
  • Dec 22 (39)
  • Dec 21 (37)
  • Dec 20 (40)
  • Dec 19 (31)
  • Dec 18 (47)
  • Dec 17 (30)
  • Dec 16 (16)
  • Dec 15 (42)
  • Dec 14 (30)
  • Dec 13 (32)
  • Dec 12 (35)
  • Dec 11 (42)
  • Dec 10 (26)
  • Dec 09 (31)
  • Dec 08 (15)
  • Dec 07 (37)
  • Dec 06 (30)
  • Dec 05 (34)
  • Dec 04 (32)
  • Dec 03 (33)
  • Dec 02 (36)
  • Dec 01 (37)
  • Nov 30 (48)
  • Nov 29 (28)
  • Nov 28 (35)
  • Nov 27 (35)
  • Nov 26 (47)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (27)
  • Nov 22 (32)
  • Nov 21 (43)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (22)
  • Nov 17 (29)
  • Nov 16 (32)
  • Nov 15 (25)
  • Nov 14 (28)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (42)
  • Nov 09 (22)
  • Nov 08 (40)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (42)
  • Nov 01 (44)
  • Oct 31 (29)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (47)
  • Oct 27 (32)
  • Oct 26 (39)
  • Oct 25 (35)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (22)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (31)
  • Oct 02 (29)
  • Oct 01 (29)
  • Sep 30 (29)
  • Sep 29 (24)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (26)
  • Sep 25 (27)
  • Sep 24 (18)
  • Sep 23 (15)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (26)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (12)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (19)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (22)
  • Sep 07 (22)
  • Sep 06 (26)
  • Sep 05 (18)
  • Sep 04 (23)
  • Sep 03 (24)
  • Sep 02 (25)
  • Sep 01 (24)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (27)
  • Aug 28 (28)
  • Aug 27 (30)
  • Aug 26 (29)
  • Aug 25 (24)
  • Aug 24 (35)
  • Aug 23 (30)
  • Aug 22 (31)
  • Aug 21 (32)
  • Aug 20 (30)
  • Aug 19 (33)
  • Aug 18 (27)
  • Aug 17 (34)
  • Aug 16 (28)
  • Aug 15 (23)
  • Aug 14 (23)
  • Aug 13 (22)
  • Aug 12 (19)
  • Aug 11 (18)
  • Aug 10 (24)
  • Aug 09 (16)
  • Aug 08 (18)
  • Aug 07 (25)
  • Aug 06 (16)
  • Aug 05 (18)
  • Aug 04 (21)
  • Aug 03 (19)
  • Aug 02 (14)
  • Aug 01 (17)
  • Jul 31 (19)
  • Jul 30 (19)
  • Jul 29 (15)
  • Jul 28 (12)
  • Jul 25 (14)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home