• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL

विराटनगर । विराटनगरका व्यवसायीले आन्दोलनकारीलाई लखेटेका छन् । बजार बन्द गराउँदै हिँडेका संयुक्त मधेसी मोर्चाका नेता कार्यकर्तालाई व्यवसायीले लखेटेका छन् ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार संघीय समाजवादी फोरमका अध्यक्ष राजकुमार यादवको नेतृत्वमा बजार बन्द गराउँदै हिँडेका आन्दोलनकारीलाई ट्राफिक चोकदेखि जलजला मोडसम्मका व्यवसायीले प्रतिकार गरी लखेटेका हुन् ।
प्रहरीको सहयोगमा आन्दोलनकारीलाई त्यहाँबाट महावीर चोकतर्फ लगिएको थियो । उक्त क्षेत्रका व्यवसायीले लामो समयदेखि बजार बन्द हुँदा व्यापार चौपट भएको भन्दै प्रतिकारमा उत्रिएका हुन् । नागरिक दैनिकमा खबर छ ।
dainiknepal.com
विराटनगर । विराटनगरका व्यवसायीले आन्दोलनकारीलाई लखेटेका छन् । बजार बन्द गराउँदै हिँडेका संयुक्त मधेसी मोर्चाका नेता कार्यकर्तालाई व्यवसायीले लखेटेका छन् ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार संघीय समाजवादी फोरमका अध्यक्ष राजकुमार यादवको नेतृत्वमा बजार बन्द गराउँदै हिँडेका आन्दोलनकारीलाई ट्राफिक चोकदेखि जलजला मोडसम्मका व्यवसायीले प्रतिकार गरी लखेटेका हुन् ।
प्रहरीको सहयोगमा आन्दोलनकारीलाई त्यहाँबाट महावीर चोकतर्फ लगिएको थियो । उक्त क्षेत्रका व्यवसायीले लामो समयदेखि बजार बन्द हुँदा व्यापार चौपट भएको भन्दै प्रतिकारमा उत्रिएका हुन् । नागरिक दैनिकमा खबर छ ।
dainiknepal.com
काठमाडौं, १२ कात्तिक । एकीकृत नेकपा माओवादी पार्टी परित्याग गरी नयाँ शक्तिको बहस गरिरहेका पूर्व प्रधानमन्त्री बाबुरामले आफैले जन्माएको पार्टीमाथि गम्भीर आक्षेप लगाएका छन् ।
पार्टी छाडेको पहिलो पटक बाबुरामले एमाओवादीलाई गम्भीर आक्षेप लगाएका हुन् । पोखरामा आयोजित आन्तरिक भेटघाट कार्यक्रममा आफ्नो विचार व्यक्त गर्दै बाबुरामले एमाओवादी एमालेको पुच्छर बनेको आक्षेप लगाएका हुन् । पार्टीमा रहदा एमाले एमाओवादीको पुच्छर बताउने बाबुरामले पार्टी छाड्ने वित्तिकै बोलि फेरेर एमाओवादी एमालेको पुच्छर भएको आरोप लगाए ।
साथै उनले एउटाको पुच्छर अर्को जस्तै गरी कांग्रेसको पुच्छर एमाले र एमालेको पुच्छर माओवादी भएर उही पुरानै सत्ताको अंग हुन पुगेको दाबी समेत गरेका छन् ।
यस्तो छ बाबुरामले प्रमुख राजनीतिक दललाई लगाएको आक्षेपः
हिजोदेखिका शक्ति, नेपालको इतिहासमा पहिलो चरणमा प्रजापरिषद्, त्यसको जगमा अलिकति अगाडि आएको नेपाली कांग्रेस, त्योभन्दा अलि फरक र नयाँ प्रगतिशील चेतना बोकेर आएका वामपन्थी र त्यसको पहिलेको मूल शक्ति मालेरएमाले र त्यसभन्दा पनि माथि उठेर त्यसैमा सुधार गरेर नयाँ ढंगले जान्छु भनेर आएका माओवादी शक्ति, यो चारवटा शृङ्खला टेकेर हामीले त्यो युग पूरा गरेका थियौं । यहाँसम्म आइपुग्दा प्रजापरिषद् त इतिहासमा विलिन भइसक्यो ।
कांग्रेस एउटा झारजस्तो हो, त्यसलाई कसैले गोडमेल पनि गर्न पर्दैन आफैं उम्रिराख्छ, चुनावको बेलामा भोट हाल्छ तर त्यसको कुनै विचार, नीति, आदर्श खास बाँकी पनि छैन, त्यस्तो बाँकी रहिराख्छ । तर नयाँ युगको आवश्यकता पूर्ती गर्ने ढंगले त्यो आउने सम्भावना छैन । इतिहासको विडम्बना के हुँदोरहेछ भने पुरानो शक्तिको विनाश हुँदै जान्छ र नयाँ आएको शक्ति पनि गोलचक्कर हुँदै त्यहीँ पुग्दोरहेछ । पछि वामपन्थी कम्युनिष्टहरुको एमालेको रुपमा आएको शक्तिको पनि विस्तारै कांग्रेसीकरण भएर त्यो कांग्रेसकै अलिकति नयाँ रुप भएको अहिले हामी देख्छौं । २०४६ सालपछि आएको एमाले विस्तारै कांग्रेसीकरण भएर गयो । त्यसैको विरुद्धमा माओवादीले विद्रोह र्गयो र नयाँ क्रान्तिकारी शक्ति, विकल्प निर्माण गर्छौं भनेर हामी लागेकै हो । केही हदसम्म निर्माण गर्न हामी सफल भएको पनि हो । तर इतिहासको विडम्बना, त्यो माओवादी शक्ति पनि एउटा विन्दूमा पुगिसकेपछि विस्तारै केही चाहिँ टुटफुट भएर जाने र भएको पार्टीको मूलधारको मूल नेतृत्वले रंग बदलेर अन्ततः त्यही पुरानै शक्तिमा गएर मिसिने भयो ।
नेपाली कांग्रेसको अधःपतन जुन ढंगले भयो, पञ्चायत अथवा राजतन्त्रवादी शक्तिहरुसँग मिलेर त्यही विचार लिएर कांग्रेसको आफ्नो जुन स्वरुप, विपी कोइरालाले लिएको प्रजातान्त्रिक समाजवादी विचार थियो त्यो विस्तारै अत्यन्त दक्षिणपन्थी धारमा गएको थियो र पछि एमाले त्यसरी नै कांग्रेसको धारमा गएको थियो, पछिल्लो चोटि माओवादी आन्दोलन जसको अधिकांश हिस्सा हामी छौं त्यो माओवादी आन्दोलनको मूल नेतृत्व पनि घुमीफिरीकन फेरि एमालेकरण भयो । अहिले एमालेको कांग्रेसीकरण र माओवादीको एमालेकरण भएको स्थिति छ ।
एउटाको पुच्छर अर्को जस्तै गरी कांग्रेसको पुच्छर एमाले र एमालेको पुच्छर माओवादी भएर उही पुरानै सत्ताको अंग हुन पुग्यो ।
dainiknepal.com
काठमाडौं, १२ कात्तिक । उच्चस्तरीय राजनीतिक संयन्त्रले मधेसी मोर्चाले अघि सारेका मागका विषयमा प्रमुख विपक्षी दल नेपाली कांग्रेससँग सहकार्य गरेर अगाडि बढ्ने निर्णय गरेको छ ।
बालुवाटारमा आज बसेको संयन्त्रको बैठकले मधेसी मोर्चाले राखेका मागका विषयमा कांग्रेससँग पनि छलफल गरेर संविधान संशोधन गरी निकास खोज्ने सहमति गरेको हो । मधेसी मोर्चाले राखेका माग सम्बोधान गर्नका लागि नेपालको संविधान २०७२ संशोधन गर्नुपर्ने हुन्छ ।
मधेसी मोर्चाले सिमाङ्कन, जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धाण, नागरिकतालगायतका विषयलाई जोडदार रुपमा उठाउँदै आएको छ ।
नेपालको संविधान २०७२ संशोधनका लागि कांग्रेसको सहयोग अनिर्वाय हुन्छ । संविधान संशोधनका लागि आवश्यक पर्ने दुई तिहाइ बहुमत कांग्रेसले समर्थन गरेमा मात्रै पुग्छ ।
त्यसै गरेर राजनीतिक संयन्त्रले भारतले नेपालमा लगाएको अघोषित नाकाबन्दीका विषयमा गम्भीर छलफल गरेको छ । संयन्त्रले भारतसँग कुटनीतिक पहल गरेर आपूर्ति व्यवस्था सहज बनाउन सरकारलाई पुनः आग्रह गरेको छ ।
बैठकले भारतमा रहेका र नेपालमा शुभेच्छा राख्ने राजनीतिक दलहरूसँग सम्पर्क गरी अघोषित नाकाबन्दी खोल्नका लागि पहल गर्ने निर्णय पनि गरेको छ ।
मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल गरेको राजनीतिक संयन्त्रले नाकाबन्दीले भएको अस्तव्यस्तताका कारण भोग्नु परेको मस्याको छिटो समाधान खोज्ने निर्णय पनि गरेको छ ।
एकीकृत माओवादीका अध्यक्ष तथा राजनीतिक संयन्त्रका संयोजक पुष्पकमल दाहालको अध्यक्षतामा बसेको बैठकमा प्रधानमन्त्री केपी ओलीका साथै सत्तारुढ दलका नेताहरूको पनि सहभागिता रहेको थियो ।
dainiknepal.com
काठमाडौं, १२ कात्तिक । आफ्नो अघोषित नाकाबन्दीकाबीच चीनले नेपाललाई सहयोग गरेपछि भारतले नयाँ षड्यन्त्र रचेको खुलासा भएको छ ।
भारतीय पत्रिकाको एक अंग्रेजी अनलाईन संस्करणले लेखेको समाचार अनुसार आफ्नो नाकाबन्दीलाई प्रभावित पार्नेगरी नेपाललाई सहयोग गरेको भन्दै चीनविरुद्ध भारतले नयाँ चाल चलेको हो ।
मधेसी मोर्चाका स्थानीय एक नेता उमेश यादवलाई उद्धृत गर्दै प्रकाशित गरिएको समाचारमा भारतले चीनविरुद्ध नेपालबाटै प्रदर्शन एवं विरोधका कार्यक्रम सञ्चालन गर्न सुरु गरेको हो । चीनले नेपाललाई १३ लाख लिटर इन्धन अनुदानमा दिएपछि पछिल्लो समय मधेसमा आन्दोलन गरिरहेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले समेत चीनविरुद्ध प्रदर्शन थालिसकेको छ । भारतकै सुझाव अनुसार मधेसी मोर्चाले तराई मधेसमा चीनविरुद्ध विरोध प्रदर्शन गरेको समाचार दाबी गरिएको छ ।
मधेसी मोर्चाका नेता यादवलाई उद्धृत गर्दै समाचारमा भनिएको छ-‘हाम्रा नेताहरुले भारतकै सुझावमा चीनविरुद्ध आन्दोलन थालेका हुन् । मधेस आन्दोलनमा भारतको प्रत्यक्ष सहयोग रहेकाले हाम्रो आन्दोलन सफल पार्न भारतले यस्तो सुझाव दिएको हामीले महसुस गरेका छौं । तर, भारतको स्वार्थ हामीले पनि बुझ्न सकेका छैनौं ।’
उनले मधेसी र जनजातिको अधिकारका लागि मधेस आन्दोलनमा भारतको साथ र समर्थन आवश्यक पर्ने समेत भनेका छन् । भारतको सुझाव र आग्रहमा मधेसी मोर्चाका नेताहरु आफ्नो मुद्दा कमजोर हुन नदिन चीनविरुद्ध प्रदर्शनमा उत्रिएको ती नेताको दाबी छ । तर, समाचार अन्तिम अनुच्छेदमा भारतले नेपालका मधेसी नेतालाई प्रयोग गरेर चीनविरुद्ध गर्न लगाएको दाबी गरेको छ ।
चीनले सहयोग दिने घोषणा गरेपछि मधेसी मोर्चाले अहिलेसम्म वीरगञ्ज र बारामा ‘ब्याक अफ चाइना’ भन्दै विरोध प्रदर्शन गरिसकेका छन् । यसअघि पनि मोर्चाले चीनको झण्डा जलाउनुका साथै चिनियाँ नाका समेत बन्द गर्ने चेतावनी
dainiknepal.com
काठमाडौँ, १२ कात्तिक । राष्ट्रपति डा रामवरण यादवलाई शीतलनिवासबाट आज विदाई गरिँदैछ ।
राष्ट्रपतिमा विद्यादेवी भण्डारी निर्वाचित भएपछि यादव आजदेखि ललितपुरको बागडोलस्थित भाडाको घरमा सर्ने हुनुभएको छ ।
व्यवस्थापिका–संसद्बाट बुधबार राष्ट्रपति पदमा भण्डारी निर्वाचित भएसँगै राष्ट्रपति डा यादव शीतलनिवासबाट सर्न लाग्नुभएको हो ।
नवनिर्वाचित राष्ट्रपति भण्डारीको शपथग्रहण समारोहपछि सरकारले आज आयोजना गर्ने बिदाइ समारोहपछि उहाँ साँझ बागडोल सर्नुहुने उहाँका प्रेस सल्लाहकार राजेन्द्र दाहालले जानकारी दिनुभयो ।
सरकारले आज दिउँसो राष्ट्रपति यादवको बिदाइमा एक समारोहको आयोजना गर्दैछ । शपथग्रहण समारोह सकिएको डेढ घन्टापछि सरकारले गर्ने भिन्नै समारोहमा राष्ट्रपति यादवको बिदाइ गरिनेछ ।
उहाँ २०६५ साउन ६ गते गणतन्त्र नेपालको प्रथम राष्ट्रपति चुनिनुभएको थियो ।
dainiknepal.com

गुल्मी, १२ कात्तिक । जिल्ला कारगार गुल्मीमा एक कैदीको मृत्यु भएको छ ।
गतबर्ष १२ बर्षका लागि जेल चलान भएका जोहाङ्गका ७२ बर्षिय खिमानन्द अर्यालको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ । जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी निरिक्षक रामप्रकाश पौडे्लका अनुसार बुधवार साँझ खाना खाएर सुतेका अर्याल बिहीवार बिहान उठेर पण्डित भएकाले बिहानको नृयकर्म गरेर पुनः सुतेका थिए ।
आफूले पुजापाठ गर्ने स्थानीय मन्दिरमा एक युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा अर्याल २०७० चैत १० गते जिल्ला कारागार गुल्मीमा चलान भएका थिए । जिल्ला कारगार गुल्मीका प्रमुख गोपाल प्रसाद पाण्डेका अनुसार अर्का कैदी एकुराज भण्डारी र खिमानन्द अर्याल नाताले मामा भाज्जा पर्ने सगै सुत्ने र बिहान उठेर सगै नृत्यकर्म गर्ने बताउनुभयो ।
dainiknepal.com
पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको देवचुली नगरपालिका वडा नं २ मा आज बिहान यात्रुबाहक बस अनियन्त्रित भई कल्भर्टमा ठोक्किदा १० जना यात्रु घाइते भएका छन् ।



सुर्खेतबाट काठमाडौँका लागि गुडिरहेको ना४ख ७७१५ नंको यात्रुबाहक बस तीव्र गतिका कारण दुर्घटना परेको इलाका प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

दुर्घटनामा परी घाइते हुनेको चितवन मेडिकल कलेज, भरतपुरमा उपचार भइरहेको छ । दुर्घटनामा घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि बस चालक भने फरार रहेका छन् । चालीसजना सवार बसका अन्य यात्रुलाई प्रहरीले अर्को सवारीको व्यवस्था गरी काठमाडौँ पठाएको छ ।
काठमाडौं, १२ कात्तिक । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले सभापति सुशील कोइराला, उपसभापति रामचन्द्र पौडेल र शेरबहादुर देउवाको भूमिकाको विषयमा समीक्षा हुने बताउनुभएको छ ।
नेपालवाणी रेडियो नेटवर्कमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेतृ कोइरालाले प्रधानमन्त्री र राष्ट्रपति निर्वाचनमा पार्टीले भोगेको पराजयका विषयमा कांग्रेसभित्र गम्भीर समीक्षा हुने बताउनुभयो ।
‘प्रधानमन्त्री र राष्ट्रपति पदमा भएको पराजयका विषयमा केन्द्रीय कार्यसमितिमा समीक्षा हुनेछ’, उहाँले भन्नुभयो, ‘यसको जिम्मेवारी तीन जना शीर्ष नेताले लिनुपर्छ ।’
उचित समयमा उचित निर्णय लिन नसक्ने नेतृत्वको विषयमा समीक्षा अनिर्वाय भइसकेको नेतृ कोइरालाको भनाइ थियो ।
उहाँले शीर्ष नेताहरूले आफ्नो जिम्मेवारी कुशलताका साथ बहन नगरेको हो की भन्ने नेता तथा कार्यकर्तामा आशंका उब्जिएको उल्लेख गर्नुभयो ।
एमाले उपाध्यक्ष विद्यादेवी भण्डारी राष्ट्रपतिमा निर्वाचित हुनु भएकोमा बधाइ दिनुभएकी कांग्रेस नेतृ कोइरालाले भन्नुभयो, ‘प्रथम महिला राष्ट्रपति निर्वाचित हुनु भएकोमा बधाइ छ ।’
उहाँले भण्डारीले आफ्नो जिम्मेवारीलाई कुशलताका साथ बहन गर्न सक्ने आफूले विश्वास लिएको पनि उल्लेख गर्नुभयो ।
dainiknepal.com



ताजाखबर, कात्तिक १२-
केही दिनअघिसम्म इन्धनमा व्यापक कटौती गरेको भारतले पछिल्ला केही दिनयता भने थोरै मात्रामा भएपनि इन्धन बोकेका ट्यांकर नेपाल पठाउन थालेको छ ।
बुधबार रातीसम्म विराटनगर र रुपन्देहीको बेलहिया नाकाबाट ९० भन्दा बढी इन्धन बोकेका ट्यांकर नेपाल प्रवेश गरेका छन् ।
विराटनगर नाका भएर ५३ वटा र रुपन्देहीको बेलहिया नाका भएर ३५ भन्दा बढी इन्धन बोकेका ट्यांकर नेपाल भित्रिएका सम्बन्धित भन्सार कार्यालयहरुले जनाएका छन् ।
यस्तै, विराटनगर नाकाबाट ५० वटा इन्धन बोकेका गाडी नेपाल भित्रिने तयारीमा छन् । रुपन्देहीबाट एलपी ग्यासका चार वटा बुलेट पनि गएराती नेपाल भित्रिएका छन् ।
यी बाहेकका अन्य नाकाहरुबाट समेत केही मात्रामा इन्धन र अन्य मालसामान बोकेका गाडी नेपाल भित्रिने क्रम जारी छ ।

www.etajakhabar.com
काठमाडौं, १२ कात्तिक । जनमोर्चा नेपालका अध्यक्ष एवम् सांसद चित्रबहादुर केसीले मुलुकको राष्ट्रियता खतरामा परेकाले आफू सरकारमा सहभागी हुन लागेको बताउनुभएको छ ।
नेपालवाणी रेडियो नेटवर्कमा आज बिहान पत्रकार ऋषि धमलासँग कुरागर्दै अध्य
क्ष केसीले मुलुकको राष्ट्रियता कमजोर भएका बेला त्यसको रक्षाका लागि सरकारमा मन्त्री बन्न लागेको बताउनुभयो । उहाँले आफू उपप्रधानमन्त्री र मन्त्री बन्न लागेको विषय सबैलाई भन्दै हिँड्ने विषय नभएको उल्लेख गर्नुभयो ।
‘म उपप्रधानमन्त्री बन्दैछु वा मन्त्री बन्दैछु तपाईलाई किन रिपोर्टिङ गर्ने ?’, आक्रोशित हुँदै अध्यक्ष केसीले भन्नुभयो, ‘जनमोर्चा नेपाल सरकारमा जानु हुँदैन भनेर कहाँ लेखेको छ ?’ उहाँले पार्टीको निर्णयअनुसार आफू सरकारमा सहभागी हुन लागेको बताउनुभयो ।
अध्यक्ष केसीले मन्त्री बन्न उपप्रधानमन्त्री पद कसैसँग नमागेको दाबी गर्नुभयो । ‘मैले कैसँग उपप्रधानमन्त्री र मन्त्री पद मागेको छैन’, उहाँले भन्नुभयो, ‘अहिले राष्ट्रियता कमजोर भएकाले हाम्रो पार्टी सरकारमा सहभागी हुन लागेको हो । राष्ट्रियता जोगाउन पहल गर्ने छौँ ।’
लामो समय वामपन्थी राजनीति गर्नुभएका शालीन स्वभावका अध्यक्ष केसी उपप्रधानमन्त्री र मन्त्री पदसहित एमाले नेतृत्वको वर्तमान सरकारमा सहभागी हुँदै हुनुहुन्छ ।
dainiknepal.com
पर्वत, १२ कात्तिक । बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालिएपछि पर्वतमा एक करोड ५० लाखभन्दा बढी रकम फिर्ता भएको छ ।
जिविसले गत आवदेखि बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेको थियो । बैंकबाट वितरण गर्नुपूर्व गाविसका सचिवहरुले फर्जी नाम राखेर करोडौँ रुपैयाँ दुरुपयोग गर्ने गरेको समेत खुलासा भएको छ ।
एउटै गाविस सचिवले एकदेखि ३०० जनासम्मको फर्जी नाम राखेर सामाजिक सुरक्षा भत्ताको रकम दुरुपयोग गर्ने गरेको पाइएको हो । जिल्लाका एक नगरपालिकासहित ४२ वटा गाविसमा सामाजिक सुरक्षा भत्ता पाउनेलाई बैंकमार्फत भत्ता वितरण गर्न थालिएपछि रु एक करोड ५९ लाख फिर्ता भएको जिविसले जनाएको छ ।
जिविसका सामाजिक सुरक्षा कार्यक्रम प्रमुख लीलाधर सुवेदीका अनुसार गाविसका सचिवहरुले दिएको नामावलीअनुसार बैंकमा भत्ता बुझ्न नआएका कारण उक्त रकम जिविसमै फिर्ता भएको हो । यसअघि उक्त रकम गाविस सचिवहरुले दुरुपयोग गर्दै आएका थिए ।
गाविस सचिवहरुले उपलब्ध गराएका नामावलीअनुसार पर्वतमा दलित ज्येष्ठ नागरिक तीन हजार ३५६, अन्य ज्येष्ठ नागरिक सात हजार १२४, एकल महिला ६० वर्ष मुनिका दुई हजार ९०८, ६० वर्ष माथिका एकल महिला तीन हजार १८५, पूर्ण अपाङ्ग २०१, आंशिक अपाङ्ग ७४ जना र बालबालिका पाँच हजार ६५८ जनाका गरी २२ हजार ५०६ जनालाई जिविसबाट रकम निकासा भएको थियो ।
कुल ११ करोड ५६ लाख ९५ हजार ६०० निकासा भएकामा रु एक करोड ५९ लाख फिर्ता भएको सुवेदीले जानकारी दिनुभयो । गाविसका सचिवहरुले नै फर्जी नामावली दिएर रकम बुझ्ने गरेका कारण यति ठूलो सङ्ख्यामा रकम फिर्ता भएको सुवेदीले बताउनुभयो ।
अहिले जिविस पर्वतले सदरमुकाममा दुई, फलेवासमा एक, कार्कीनेटामा एक, हुवासमा १ र म्याग्दीमा रहेको बैंकबाट जिल्लामा एक नगरपालिकासहित ४२ वटा गाविसका बासिन्दालाई भत्ता वितरण गर्ने व्यवस्था मिलाएको छ ।
राष्ट्रिय वाणिज्य बैंक, गरिमा विकास बैंक, मुक्तिनाथ विकास बैंक, देव विकास बैंकलगायतका विभिन्न बैंकका शाखाबाट गत आवदेखि नै भत्ता वितरण गरेपछि सामाजिक सुरक्षा भत्ता बुझ्नेसमेत लाभान्वित बनेका छन् भने रकमको दुरुपयोग हुनबाट समेत जोगिएको जिविसका सूचना अधिकृत तुलसीराम शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार अझै रकम फिर्ता हुने क्रम बाँकी रहेको छ ।
गाविस सचिवहरुले वृद्धवृद्धाको नामावलीसमेत अद्यावधिक नगर्ने र फर्जी नामहरु राखेर आफँै औँठाछाप तथा खुट्टाको बुढीऔँलाको छापसमेत लगाएर रकम बुझ्ने गरेका थिए ।
सामाजिक सुरक्षा भत्तामा अनियमितता भएको समाचारहरु आएपछि कतिपय गाविस सचिवहरु भने अख्तियारको फन्दामा समेत परिसकेका छन् ।
एउटै गाविसमा ठूलो रकम जाने तर फिर्ता नहुने भएपछि जिविसले समेत कडाइ गरेको थियो । रकम दुरुपयोग हुनबाट जोगाउन र पारदर्शिता कायम गर्नका लागि जिविसले बैंकमार्फत वितरण गर्न थालेपछि सामाजिक सुरक्षा भत्ता प्रभावकारी बनेको बैंकहरुले जनाएका छन् ।
बैंकमार्फत वितरण प्रक्रियालाई अझै सहज बनाउनका लागि पनि पहल भइरहेको जिविसका सामाजिक सुरक्षा कार्यक्रम प्रमुख लीलाधर सुवेदीले जानकारी दिनुभयो ।
उहाँका अनुसार एउटै गाविसलाई धेरैवटा बैंकको जिम्मेवारीलाई कम गरी अरु बैंकलाई पनि सामाजिक सुरक्षा भत्ता वितरणको जिम्मेवारी दिने तयारी भइरहेको छ । रासस
dainiknepal.com
काठमाडौं, १२ कात्तिक । नेपाल–भारत सीमाको दशगजा क्षेत्रमा धर्नामा बसेर नाकाबन्दी लगाइ जनालाई सास्ती दिइरहेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र सरकारवीच आज पनि वार्ता हुँदैछ ।
सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा आज हुने वार्तामा मधेसी मोर्चाले अघि सारेका मागका विषयमा छलफल हुनेछ ।
सरकारले मोर्चाका मागलाई आयोग बनाएर क्रमशः पूरा गर्दै जानुपर्ने प्रस्ताव राख्दै आएको छ । तर मधेसी मोर्चाले सरकारको प्रस्तावलाई ठाडै अस्वीकार गर्दै आएको छ ।
मधेसी मोर्चाले तराईका सबै जिल्लाहरू समेटेर दुई प्रदेश बनाउनु पर्ने, जनसंख्याका आधारमा निर्वाचन क्षेत्र बनाइनु पर्ने, नागरिकतालगायतका माग राखेर आन्दोलन गर्दै आएको छ । मधेसी मोर्चाका केही माग राष्ट्रियता विरोधी रहेको भन्दै आलोचना पनि हुने गरेको छ ।
मधेसी मोर्चाको मागका विषयमा सरकार र प्रमुख विपक्षी दल नेपाली कांग्रेस पूरा गर्ने विषयमा सकारात्मक छन् । तर नाकाबन्दीको कार्यक्रम फिर्ता लिन गरेको सरकार र कांग्रेसलगायतकाको आग्रहलाई मधेसी मोर्चाले मान्ने गरेको छैन ।
सरकारले वार्ताको वातावरण बनाउन विभिन्न निर्णय गरे पनि मधेसी मोर्चाले वार्ताका लागि आवश्यक पर्ने वातावरण भने नबनाएको आरोप छ ।
वार्ताको वातावरण बनाउन मधेसी मोर्चाले पनि नाकाबन्दीसहितका आफ्ना कार्यक्रममा हेरफेर गर्नुपर्ने दवाव छ । वार्ता दिउँसो एक बजे हुने कार्यक्रम छ ।
dainiknepal.com
काठमाडौं, कार्तिक १२ । चीनले भारतद्वारा नेपालमाथि लगाउँदै आएको अघोषित नाकाबन्दीका बारेमा भारतसँग छलफल गर्ने भएको छ । नेपाललाई पेट्रोलियम पदार्थ उपलब्ध गराउनेबारेमा सम्झौता गरेको चीनले नेपाल र भारतबीचको सम्बन्धमा सुधार ल्याउन भारतसँग वार्ता गर्ने चासो देखाएको हो ।
चिनियाँ विदेशमन्त्रालयका प्रवक्ता लु काङ्गले नेपाल र भारत चीनका छिमेकी मुलुक भएको प्रष्ट पार्दै क्षेत्रीय स्थिरताका लागि नेपाल र भारतबीचको सम्बन्धमा चीनको चासो रहेको जनाएका हुन् ।
बुधबार बेइजिङमा नियमित पत्रकार भेटघाट कार्यक्रममा उनले भने, ‘हामी क्षेत्रीय स्थिरताका पक्षमा छौं र देशहरुबीच मैत्रीपूर्ण सम्बन्धका लागि सम्बन्धित देशहरुसँग वार्तामा बस्त र मित्रवत छलफल गर्न तयार छौं ताकि आम सहमतिमा पुग्न सकियोस् ।’
उनले भने, ‘चीन र नेपालबीच मित्रवत सम्बन्ध रहँदै आएको छ । नेपालका लागि एक छिमेकी राष्ट्रका रुपमा हामी आशावादी छौं कि नयाँ संविधान जारी भएसँगै जतिसक्दो चाँडो नेपालमा स्थिरता वहाल हुनेछ र नेपालले विकासका लागि एक उज्जवल संभावनाको सुरुवात गर्नेछ ।’
नेपाली पक्षको अनुरोधका आधारमा चीनले आफ्नो क्षमताअनुसार नेपाललाई सहयोग उपलब्ध गराउने प्रष्ट पार्दै उनले इन्धन आपूर्तिका बारेमा दुबै पक्षबीच छलफल भइरहेको जनाए ।
www.imagekhabar.com
काठमाडौं, १२ कात्तिक । महिला प्रथम तथा मुलुकको दोस्रो राष्ट्रपति विद्यादेवी भण्डारीले आज पद तथा गोपनीयको शपथ लिनुु हुँदैछ ।
दिउँसो तीन बजे राष्ट्रपति कार्यालय शीतल निवासमा हुने विशेष कार्यक्रममा प्रधान न्यायाधीश कल्याण श्रेष्ठले भण्डारीलाई पद तथा गोपनीयताको शपथ दिलाउनु हुनेछ । शपथका लागि राष्ट्रपति कार्यालय शीतल निवासले तयारी गरेको छ ।
एमाले उपाध्यक्ष रहनुभएकी भण्डारीले बुधबार सत्तागठबन्धनका दलहरूको समर्थनमा राष्ट्रपति पदमा निर्वाचित हुनु भएको थियो ।
उहाँले आफ्ना प्रतिद्वन्द्वी कांग्रेसका नेता कुलबहादुर गुरुङलाई पराजित गर्नुभएको हो ।
dainiknepal.com
काठमाडौं । सरकारले निवर्तमान राष्ट्रपति डा. रामवरण यादवका लागि समयमा आवासको व्यवस्था गर्न नसक्दा भाडामा लिइएको घरलाई युद्धस्तरमा सेना लगाएर सिंगार्नु परेको छ।
सेनाको मर्मत सम्भार विभाग बुधबार साँझदेखि राति अबेरसम्म ललितपुरको बागडोलस्थित भाडामा लिइएको घर मर्मतमा जुटेको थियो।
पूर्वराष्ट्रपतिलाई के के सुविधा दिने भन्ने स्पष्ट निर्णय हुन नसक्दा सरकार अन्योलमा थियो।
यसबारे मंगलबार राति प्रधानमन्त्री निवासमा विशेष छलफल गरिए पनि कानुनको अभावमा निर्णय हुन नसकेको बालुवाटार स्रोतले बतायो।
यादवलाई भीभीआईपी सुविधाअनुसार आवास, सचिवालय, पेन्सन, सुरक्षालगायत दिने तयारी छ। तर ती सुविधा कुन कानुनअनुसार दिने भन्नेमा अन्योल छ।
यादव सर्ने नयाँ घरको मर्मतसम्भार बुधबार अपराह्नदेखि नेपाली सेनाको मर्मत सम्भार विभागले गरिरहेको छ। ’तत्काल घर खोज्नुपर्ने भएकाले कति भाडा तिर्ने भन्नेलगायतका विषयमा सम्झौता भइसकेको छैन,’ राष्ट्रपति कार्यालयका सचिव टेकप्रसाद ढुंगानाले बताए ।  आजको अन्नपुर्णमा समाचार छ  ।
www.nepalsandesh.com
धरान: क्याम्पस पढ्न पठाएकी छोरी विद्या भण्डारी कम्युनिस्ट राजनीतिमा लागेको चाल पाउँदा आमा मिथिला पाण्डेलाई कम्ती पीर परेको थिएन। दुःख पाउने डरले राजनीतिमा नलाग्न उपदेश दिएकी उनै जेठी छोरी देशको सर्वोच्च पदमा पुग्दा मिथिला अत्यन्त हर्षित भएकी छन्।

उहिले गरेको गाली सम्झँदै मिथिलाले भनिन्, 'कम्युनिस्ट भन्नेबित्तिकै भोजपुरको गाउँमा त्यतिबेला ज्यान जोगाउनै गाह्रो थियो। पञ्चायतविरुद्ध लाग्नेहरूलाई खोजीखोजी सिध्याउन थालिएको थियो। त्यसमाथि छोरी मान्छे ! मैले राजनीति नगर भनेर गाली गरें, सम्झाएँ।'

यस्तो अवस्था आउला भन्ने कहिल्यै नसोचेकी उनले भनिन्, ‘धन्य मेरी छोरी ! आज आएर राष्ट्रपति हुनुरहेछ र राजनीतिमा लगाएछन् भगवान्ले। म अत्यन्तै हर्षित छु। विद्यालाई मैले जन्ममात्र दिएँ, यो ठाउँमा पुर्‍याउन लाखौं आमाहरूको अमूल्य सहयोग छ।'

नेपाली जनताकै साथ र सहयोगले आफ्नी छोरी राष्ट्रपतिमा निर्वाचित भएको उनले बताइन्। उनले विद्या राष्ट्रपति भएपछि देशमा स्थायी शान्ति र वर्तमान समस्याको समाधान हुने आशा पनि व्यक्त गरिन्। ७४ वर्षीया मिथिलाले भनिन्, 'जनताको सहयोग नबिर्सिकन देश र जनतामा समर्पित भएर काम गर्न भन्छु। आशीर्वाद दिन म काठमाडौं जाँदैछु।'

सुनसरीको बराहक्षेत्र गाविसस्थित चतरामा आफैंले स्थापना गरेको श्रीराम शान्तिकुन्जमा बस्दै आएकी मिथिला छोरी राष्ट्रपतिमा निर्वाचित भएपछि बुधबार विराटनगरबाट हवाईजहाजमा काठमाडौं गइन्। जेठी छोरी विद्याले राष्ट्रपतिमा उम्मेदवारी दिनासाथ आफूलाई काठमाडौं बोलाएको पनि उनले सुनाइन्।

विद्याको बाल्यकाल सम्झँदै मिथिलाले भनिन्, ‘बच्चादेखि नै इमानदार र लगनशील थिइन्। विद्याको बानी देखेर हजुरबुबा तिलकबहादुर पनि साह्रै प्रशंसा गर्नुहुन्थ्यो। विद्या सबैभन्दा बढी हजुरबुबाको विश्वासपात्र थिइन्।'

जेठी छोरीलाई राम्रोसँग बढाउने र सरकारी जागिर खुवाउने उद्देश्यका साथ बाबु रामबहादुर र आफूले अनेक समस्या झेलेर विद्यालय भर्ना गरेको पनि उनले स्मरण गरिन्। एसएलसी पास गरेर भोजपुर क्याम्पसमा आईए पढ्दै गरेकी विद्या कम्युनिस्ट बनेर पञ्चायतविरुद्धको आन्दोलनमा लागेको चाल पाएपछि भने मिथिलाले नराम्ररी गाली गरेकी थिइन् । पञ्चायती व्यवस्थामा कम्युनिस्टलाई कसैले रुचाउँदैनथे।

विद्याले भोजपुर क्याम्पसबाट आईएसम्मको पढाइ सकेपछि परिवार मोरङको बाहुनीमा बसाइँ सरेको थियो। पार्टीमा काम गर्दा मदन भण्डारीसँग मायाप्रेम बसेपछि परिवारिक सल्लाहअनुसार 'मागी विवाह' गरिदिएको मिथिलाले बताइन्। उनले छोरी राष्ट्रपति भएपछि ज्वाइँ मदनको बाँकी सपना पनि पूरा हुने विश्वास लिएकी छन्।
annapurnapost.com
उद्योगीले शुक्रबार (भोलि)बाट आधा ७.१ किलोग्राम ग्यास भरिएका सिलिन्डर बजारमा उपलब्ध गराउने भएका छन् ।तराईका उद्योगले ल्याएका ४० भन्दा बढी बुलेटमध्ये करिब २५ बुलेट काठमाडौंमा ल्याई यहाँका उपभोक्तालाई आधा ग्यास भरिएका सिलिन्डर उपलब्ध गराउने एलपी ग्यास उद्योग संघले जनाएको छ ।


सरकारले सिलिन्डरमा आधा ग्यास भरेर बिक्री गर्न उद्योगी/बिक्रेतालाई स्वीकृति दिएपछि व्यवसायीले यस्तो तयारी थालेको छ ।भारतको नाकाबन्दीका कारण ग्यास अभाव भएपछि १४.२ केजी क्षमताको सिलिन्डरमा आधा मात्रै भरेर बिक्री गर्न सरकारले स्वीकृति दिएको हो । एउटा सिलिन्डरमा आधा ग्यास भर्दा धेरै उपभोक्तालाई पुर्‍याउन सकिने उद्योगीको भनाइ छ ।नयाँ पत्रिकामा खबर छ

- Seewww.ratopati.com
 पटकबिहीबार, १२ कार्तिक
काठमाडौ । गणतान्त्रिक नेपालका प्रथम राष्ट्रपति ७ वर्ष ३ महिनापछि आज शीतल निवास छाड्दैछन् । दुई वर्षको कार्यकालका लागि ०६५ साउन ८ गते यादव राष्ट्रपतिमा निर्वाचित भएका थिए ।
संविधान जारी गर्ने प्रक्रिया लम्बिदै जादाँ उनको पदावधि पनि लम्बिदै गयो र संविधान जारीसँगै बुधबार भएको निर्वाचनमा विद्या भण्डारी राष्ट्रपतिमा निर्वाचित भएपछि उनको बिदाइ पक्का भयो ।
शिलल निवास छाड्दा मधेश आन्त होस भन्ने चाहना राखेका राष्ट्रपति यादव समस्या समाधान नहुदाँ खिन्न रहको छन् । आजको कान्तिपुरमा समाचार छ ।
www.nepalsandesh.com
पटकबिहीबार, १२ कार्तिक
काठमाडौ । नेपाललाई जति भने पनि इन्धन दिने चाइना नेसनल पेट्रोलियम कर्पाेरेसन (सिएनपिसी)सँग ग्यास उत्पादन र वितरण गर्न ५० हजार आठ सय ३६ किलोमिटर लामो ग्यास पाइपलाइन रहेकोछ ।
उसले कच्चा तेलको पाइपलाइन १८ हजार एक सय ३२ किलोमिटर बिछ्याएको छ । पेट्रोलियम पाइपलाइन १० हजार ८६ किलोमिटर छ ।
सिएनपिसीले वार्षिक रूपमा एक सय ५० मिलियन टन कच्चा पदार्थ प्रशोधन गर्छ भने पाँच मिलियन टन इथालिन उत्पादन गर्छ । उसले पाइपलाइन र इन्धन भण्डारणगृह निर्माणमा दख्खल राख्छ ।
चीनमा खपत हुनेमध्ये ४० प्रतिशत इन्धन सिएनपिसीले उत्पादन गर्छ । यसमा मुख्य गरी ग्यास, डिजेल, मट्टीतेल, पेट्रोल, लुब्रिकेन्टलगायत पर्छन् ।
सिएनपिसीसँग वार्षिक १० मिलियन टनका दरले कच्चा पदार्थ प्रशोधन गर्ने रिफाइनरी मात्रै चारवटा छन् ।सन् २०१४ मा सिएनपिसीले ११७.०२ मिलियन टन प्रशोधित तेल बिक्री गरेको थियो ।
सिएनपिसीले दैनिक २० मिलियन उपभोक्तालाई सेवा बेचिरहेको दाबी गरेको छ । सिएनपिसीले सुडान, काजकिस्तान, अल्जेरिया, बेलायत, फ्रान्सलगायत देशमा संयुक्त रिफाइनरी नै सञ्चालन गरिरहेको छ ।
सिएनपिसीले कच्चा तेल, प्रशोधित तेल, प्राकृतिक ग्यासको बिक्रीबाट धेरै लाभ लिइरहेको छ ।सिएनपिसीले पेट्रो चाइना इन्टरनेसनल कम्पनीमार्फत अन्तर्रा्ष्ट्रिय व्यापार गर्दै आएको छ ।
नेपालले पनि पेट्रो चाइनाबाट इन्धन ल्याउने हो । पेट्रो चाइनाले नेपालबाहेक ८० भन्दा बढी मुलुकमा एजेन्सी परिचालन गरी करिब सय प्रकारका प्रशोधित तेल र रासायनिक पदार्थको कारोबार गर्दै आएको छ । नयाँ पत्रिकामा समाचार छ ।
www.nepalsandesh.com
कात्तिक । नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले राष्ट्रपति पदमा निर्वाचित विद्यादेवी भण्डारीले सबैलाई साथमा लिएर अघि बढ्ने विश्वास व्यक्त गर्नुभएको छ ।
राष्ट्रपति पदमा भण्डारी निर्वाचित भएपछि व्यवस्थापिका–संसद्बाट बाहिरिने क्रममा सभापति कोइरालाले सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै आफ्नो पार्टीले प्रजातान्त्रिक प्रक्रियाअनुसार राष्ट्रपति पदमा उम्मेदवारी दिएको बताउनुभयो ।
सभापति कोइरालाले राष्ट्रपतिमा निर्वाचित भण्डारीलाई बधाई तथा शुभकामना पनि दिनुभयो । रासस
dainiknepal.com
मुम्बई । काठमाडौंको सुन्धारास्थित केन्द्रीय कारागारमा कडा सुरक्षा घेरभित्र आजीवन काराबासको सजाय भोगीरहेका कुख्यात अपराधी चार्ल्स शोभराजको विषयमा बनेको बलिउड फिल्म ‘मै और चार्ल्स’लाई लिएर सामाजिक सञ्जालहरूमा बादविवादहरू सुरु भएका छन् ।
विशेष गरेर फिल्मको प्रचार शैलीका विषयामा आलोचना पनि भएका छन् । कुख्यात अपराधीलाई अल हीरोको सम्मानमा रुपमा प्रचार गरिएको भन्दै केही भारतीय सञ्चारमाध्यमरूले आलेचना पनि गरेका छन् ।
तर अधिकांश सञ्चारमाध्यमले कुख्यात अपराधीले कसरी अपराध गर्छ भन्ने सन्देश दिनका लागि पनि शोभराजको जीवनीमा बनेको फिल्म ‘मै और चार्ल्स’ले भूमिका खेल्ने बताएका छन् ।
फिल्म निर्माण गर्दा होस् वा फिल्मको प्रमोशनका विषयमा शोभराजसँग भारतीय कलाकार र निर्माण पक्षले सुन्धारास्थित केन्द्रीय कारागारमा आइ भेटवार्ता गर्ने गरेको टाईम्स अफ इण्डियाले जनाएको छ ।
‘मै और चार्ल्स’मा शोभराजको भूमिकामा बलिउड अभिनेता रणदीप हुड्डाले अभिनय गरेका छन् । हुड्डा स्वयंले पनि शोभराजलाई सुन्धारास्थित केन्द्रीय कारागारमा आएर भेट गर्नुका साथै फिल्मको पोष्टरमा शोभराजको अटोग्राफ लिएको अन्तर्वाताका क्रममा जनाएका छन् ।
थुपै्र सर्वसाधारणको हत्या अभियोग लागेका शोभराजमाथि लागेका आरोपहरू प्रमाणित भएपछि अहिले उनले बन्दी जीवन बिताइ रहेका छन् ।
dainiknepal.com
हेल्लो शुभ बिहानी सबैलाई  आज वि.सं. २०७२ साल कात्तिक १२ गते। बिहीबार। इश्वी सन् २०१५ अक्टोबर २९ तारिख। नेपाल संवत् ११३५ कौला गा। कार्तिक कृष्णपक्ष। तिथि– द्वितीया, १३:४२ बजेउप्रान्त तृतीया हेर्नुहोस आजको राशिफल ।
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
Ariesबोलीको गलत अर्थ लाग्ने र मान–सम्मानमा पनि आघात पुग्ने सम्भावना छ, सचेत रहनुहोस्। विचार सम्प्रेषण गर्न केही समय पर्खनु बुद्धिमानी हुनेछ। तापनि, सहयोगीहरूले काममा साथ दिनेछन्। बिस्तारै फाइदा उठ्ने योग छ। विगतमा सम्पादित कामबाट लाभ हुनेछ। पठन–पाठनमा बिस्तारै प्रगति हुनेछ। अनावश्यक वादविवादमा परिने समय छ, सचेत रहनुहोला।
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
Taurusआँटले काम लिन नसक्दा पछि परिनेछ। योजनाअनुसार अघि बढ्न नसकिए पनि नियमित काम भने सम्पादन हुनेछन्। खानपानको अनियमितताले स्वास्थ्यमा समस्या देखिएला। सहयोगीहरू कमै भेटिनेछन् भने फुर्सदिलाहरूले अलमल्याउन सक्छन्। थोरै आर्जनमा चित्त बुझाउनुपर्ला। अध्ययनमा सामान्य ज्ञान नसुझ्नाले बढी मेहनत गर्नुपर्ने समय छ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
Geminiखर्च लागे पनि दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ। चुनौतीहरू पन्छाउँदै रोकिएका काम बनाउन सकिनेछ। धैर्यले काम लिने समय छ। छर–छिमेकमा केही असमझदारी बढ्ने योग देखिए पनि प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ। प्रयत्न गर्दा टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्नेछ। वैदेशिक क्षेत्रबाट लाभ उठाउने मौका छ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
Cancerआम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। गरेका कामबाट प्रशस्त लाभ हुनेछ। श्रमको उचित मूल्यांकन होला। नयाँ ज्ञान प्राप्त हुने योग छ। पढाइमा प्रगति हुनेछ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा मनग्य फाइदा हुनेछ। पितृधनको उपयोगबाट विशेष फाइदा उठाउन सकिनेछ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
Leoआश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। अरूको विश्वासमा पर्दा अन्त्यमा धोका पाइएला। केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ। तापनि समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिनेछ। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ। विभिन्न अवसर जुटे पनि अरूलाई वचन दिने बानीले दुःख पाइनेछ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
Virgoभाग्यले नसोचेको फाइदा दिलाउन सक्छ। चुनौतीहरू स्वतः हट्नेछन् भने कर्मयोग र आम्दानीले पछ्याउनेछन्। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। धेरैले तपाईंका कामको तारिफ गर्नेछन्। कामले अरूको मन लोभ्याउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सहयोगीहरू जुटिदिनाले ढिलै भए पनि चिताएका कामहरू सम्पादन हुने समय छ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
Libraकाममा केही चुनौती देखिए पनि प्रयत्न गर्दा समयको सदुपयोग हुनेछ। सहयोगीहरूले सहयोगका लागि तत्परता देखाउनेछन्। गोप्य रहस्य पत्ता लगाउन सकिनेछ। नसोचेको धन लाभ हुन सक्छ। तर, सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ने समय छ। स्वास्थ्यमा पनि अलि कमजोरी अनुभूति हुनेछ, इष्टदेवको पूजा–उपासनाले लाभ मिल्नेछ।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
Scorpioप्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ। नयाँ ज्ञान सिक्ने मौका छ। व्यापार–व्यवसायमा लाभ हुनेछ। व्यावसायिक यात्रा सम्भावना छ। दाम्पत्य जीवन रमाइलो रहनेछ। आम्दानी प्रशस्तै बढ्नेछ। विभिन्न भौतिक साधन जुट्नेछन्। आतिथ्यपूर्ण सम्मान पाइएला। मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ। धेरैको मन लोभ्याउने उपलब्धि हासिल हुनेछ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
Sagittariusअप्ठ्यारा परिस्थितिको सामना गर्नुपर्ला। केही चुनौतीहरू देखिनेछन्। अधिकार सुरक्षा गर्न जुट्नुपर्नेछ। गरी आएका काम र व्यापार–व्यवसायमा फाइदा उठाउन नसकिएला। शत्रुहरू बढ्नाले समस्या थपिएलान्। आँटेका काममा बाधा पुर्याउनेहरू प्रशस्तै हुनेछन्। फजुल खर्च पनि बढ्नेछ। सहयोगका नाममा ठगीमा परिने योग भएकाले होसियार रहनुहोला।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
Capricornसुखद समाचारले अझ उत्साह बढ्नेछ। नयाँ ज्ञान सिक्ने मौका छ। व्यापार–व्यवसायमा विशेष लाभ लिने समय छ। व्यावसायिक यात्रा सम्भावना छ। दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ। आम्दानी प्रशस्तै बढ्नेछ। नयाँ सवारी साधन प्राप्तिको योग छ। आतिथ्यपूर्ण सम्मान पाइएला। बोलीकै भरमा विशेष काम सम्पादन हुन सक्छ, क्रियाशील रहनुहोला।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
Aquariusपरिवारजन तथा बन्धु–बान्धवबीच आत्मीय भाव बढ्नेछ। भूमि तथा मातृधनबाट लाभ लिने समय छ। बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्न मौका छ। महत्वाकांक्षी योजना फलीभूत होलान्। काममा राम्रै सहयोग जुट्न सक्छ। कृषि–चौपायाबाट लाभ मिल्नेछ। नयाँ काममा हात हाल्ने समय छ। स्थायी सम्पत्ति जोड्ने समय छ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
Piscesपरिस्थितिअनुसार चल्न नसक्ता दुःख पाइनेछ। सहयोगीहरूले पनि विपक्षीलाई साथ दिन सक्छन्। यसले अलि अप्ठ्यारोमा परिनेछ। आर्जित धन खर्च हुन सक्छ। पुरानो समस्याले केही झमेला आइलाग्ला। दाम्पत्यमा शंका र असमझदारी बढ्न सक्छ। कृषि तथा पशुपालनमा खर्च बढ्नेछ। काममा चुनौती देखिएलान्। आफ्नै प्रयासले काममा लाभ मिल्नेछ।

कात्तिक । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आन्दोलको बुई चढेर नेपालमा अघोषित नाकाबन्दी लगाएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सरकारले उचित शासन व्यवस्था चलाउन नसकेको भन्दै कलाकारले पनि असयोग आन्दोलन सुरु गरेका छन् ।
भारतमा असंहिष्णुता र साम्प्रदायिकता रोक्न नसके तथा शान्तिसुरक्षा अत्यन्तै कमजोर भएको भन्दै भाजपा नेतृत्वको मोदी सरकारविरुद्ध कलाकारहरूका साथै वैज्ञानिक, साहित्यकारलगायतले असहयोग आन्दोलन सुरु गरेका हुन् । असहयोग आन्दोलनअन्तर्गत यसअघ साहित्यकारहरूले राज्यले आफूहरूलाई दिएको पुरस्कार फिर्ता गरेका थिए ।
नेपालमा मोदी र भारतीय शासकको चर्को विरोध हुँदै आएको छ । नेपालमा नाकाबन्दी लगाएकै कारण भारतीय शासकहरूको विश्वभरि बदनामी भएको छ ।
सुरुवातीमा लोकप्रियता कमाएका नरेन्द्र मोदीले मधेसी मोर्चाका कारण नेपालमा बदनामी कमाएका छन् । विश्वले मोदी सरकार र त्यहाँको प्रशासकहरूको लोकतान्त्रिक खोलभित्रको चरित्र फेरि एक पटक हेर्न पाएका छन् ।
साहित्यकारहरूले पुरस्कार फिर्ता गरेको केही दिन वित्न नपाउँदै कलाकारहरूले पनि राष्ट्रिय पुरस्कार मोदी सरकारलाई फिर्ता गरेका छन् ।
राष्ट्रिय पुरस्कार फिर्ता गर्नेमा फिल्ममेकर दीवाकर बनर्जी र डक्यूमेन्ट्री फिल्म मेकर आनन्द पटवर्धन रहेका छन् ।
एएनआईका अनुसार फिल्ममेकर एफटीटीआईमा निर्देशक गजेन्द्र चौहानको विरोधमा भएको विद्यार्थीको हड्ताल र लेखक प्रो. मल्लेशप्पा मदिवलप्पा कलबुर्गी र कमरेड गोविन्द पानसरेको नृशंस हत्याको विरोधमा राष्ट्रिय पुरस्कार फिर्ता गरेको उल्लेख छ ।
दीवाकर र आनन्द पटवर्धनका अलावा लिपिका सिंह, निशान्त जैन, कीर्ति नेखवा, हर्ष कुलकर्णी, हरि नायरलगायतले पनि आफूले पाएका राष्ट्रिय पुरस्कार मोदी सरकारलाई फिर्ता गरेका छन् ।
जबकी १०० सयभन्दा बढी वैज्ञानिकहरूले पनि मुलुकभित्र बढ्दै गएको साम्प्रदायिकता र कमजोर शान्तिसुरक्षालाई लिएर विरोधस्वरुप आफूहरूले पाएका राष्ट्रिय पुरस्कार फिर्ता गर्ने उल्लेख गरिसकेका छन् ।
dainiknepal.com
नेपाल र चीनले यी दुई ढोका खोले भारत डुब्न सक्छ !
काठमाण्डु, ११ कातिक– यसबेला नेपालविरुद्ध अघोषित नाकाबन्दी गरेर भारतले विश्वभर अलोकप्रियता कमाइरहेको छ । नेपालका दुई छिमेकी भारत र चीनले गरेको अकल्पनिय विकासको प्रभावले विकासशील राष्ट्र नेपाललाई पनि केही प्रभाव त पारेको छ नै तर भारतको चरम घमण्डका कारण आज नेपालीले सास्ती बेहोर्नुपरेको छ । यही सवालमा भारतले आफ्नो घमण्ड देखाउँदा नेपाल र चीन मिलेर त्यही खालको घमण्ड देखाए भारतलाई ठूलो प्रभाव पर्नसक्ने देखिएको छ ।

विकासकै कुरा गर्दा केही वर्षअघिदेखि भारतलाई धक्का दिने गरी चीनले ब्रम्ह पुत्र नदीमा ड्याम बनाएर विश्वलाई चकित बनाएको छ । विश्वशक्तिका रुपमा उदाएको चीनले भारतविरुद्ध स्लो प्वाइजनका रुपमा आफ्नो रणनीति अपनाइ रहेको बताइन्छ । संसारको सबैभन्दा अग्लो स्थानमा निर्माण भएको ब्रम्हपुत्र नदीको परियोजना नौ अर्व ६० करोड युआन अर्थात एक अर्व ५० करोड डलरमा तयार भएको छ ।
यो तिव्वतमा निर्माण भएको सबैभन्दा ठूलो जलविद्युत परियोजना पनि हो । यसबाट उत्पादन हुने विद्युतले तिव्वतको एक तिहाइ विद्युत मागलाई एक्लैले पूरा गर्नेछ।विश्वको छाना भनेर चिनिने तिव्वतको ३३०० मिटरको उचाइमा बनेको यो आयोजना चीनको हाउनेन समूहले बनाएको हो । तिव्वतमा यारलुङ जाङबु नदीले चिनिने यही नदी बग्दै भारत र बंगलादेशसम्म पुग्छ । भारतमा यो नदीलाई ब्रम्हपुत्र भनेर चिनिन्छ ।
सहनान प्रिफ्केचरको ग्याचा गाउँमा बनेको यो जलविद्युत् परियोजना निर्माण सम्पन्न भएपछि भारतलाई भने टाउको दुःखाइ बनेको छ ।ब्रम्हपुत्रको शिरमा बनेको ड्याम ‘युद्ध’ जस्तो समयमा खोलिदिए भारत नै तहसनहस हुने भन्दै भारतमा यस्को विरोध भएको हो । चीनले भने यो आयोजना ‘रन अफ दि रिभर’ भन्दै यसबाट भारतलाई कुनै क्षति नहुने जानकारी दिएको छ । चीनको विदेश मन्त्रालयकी प्रवक्ता हुवा चुनयिङले परियोजनाबाट भारतलाई कुनै पनि समस्या नहुने बताइन् ।
सन् १९७२ देखि अध्ययन थालिएको यो परियोजना निर्माणका लागि सन् २००९ मा गेजुवा समूहलाई छानिएको थियो । यसबाट सन् २०१४ को नोभेम्वर २३ मा पहिलो युनिटबाट विद्युत् उत्पादन थालिएको थियो। परियोजनामा ८५ मेगावाटका छ वटा युनिट लगाइएको छ । परियोजनालाई वातावरण मैत्री बनाउन माछा हिंड्ने छुट्टै बाटो बनाइएको छ । जसका लागि कम्पनीले करोडौं रुपैयाँ खर्च गरेको छ । त्यसैगरी सिभरेज लगायतका विभिन्न काममा पनि कम्पनीले ठूलो रकम खर्च गरेको छ ।
अब चीनले यो ड्यामभन्दा माथि ६४० मेगावाटको दागु तथा ५६० मेगावाटको जेइचु र यो परियोजनाभन्दा तल ३२० मेगावाटको जियाचा ड्याम बनाउन अनुमति दिएको छ ।११६ मिटर अग्लो र ३८९ मिटर लामो कंक्रिट ड्यामले यारलुङ जाङबु नदीको पानीलाई रोकेको छ । तसर्थ, यस परियोजना भारतका लागि टाउको दुखाईको विषय भएको बताइन्छ ।
यता, नेपालबाट बग्ने कोसी नदी पनि भारतका लागि टाउको दुखाइको विषय भएको छ । कोशी नदीमा निर्माण गरिएका ढोका वर्षातको भेलले बिहार डुबाउने संकेतका साथ भारतले नियन्त्रणजस्तै गर्दै आएको छ । यसमा पनि नेपालले कडा नीति ल्याएर चाबी आफ्नो हातमा राख्न सके भारतको सातो जानसक्ने जानकारहरु बताउँछन् ।kathmandutoday भिडियो हेर्न तलको बाकस थिच्नुहोस
काठमाडौँ: नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीलाई छिमेकी मुलुक चीनका राष्ट्रपति सी जिनपिङका तर्फबाट बधाई दिइएको छ ।

चिनियाँ राष्ट्रपतिका तर्फबाट नेपालका लागि चिनियाँ राजदूत उ चुन्ताई भण्डारीको निवास बानेश्वर हाइट पुगी बधाई दिएका हुन् ।


भण्डारीका स्वकीय सचिव नवराज गौतमका अनुसार राजदूत चुन्ताईले उनको कार्यकाल सफलताको बधाई दिए ।
- See mwww.annapurnapost.com
काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले विद्यादेवी भण्डारीलाई राष्ट्रपतिमा निर्वाचित गराएर संविधान कार्यान्वयनको प्रक्रिया ऐतिहाँसीक रुपले सुरु भएको बताएका छन् ।
उनले नेपालको इतिहाँसमा पहिलो पटक महिला राष्ट्र प्रमुख भएको उल्लेख गर्दै यो नयाँ संविधानको ऐतिहाँसीक उत्कृष्टता भएको बताए ।
सभामुख र राष्ट्रपतिमा महिला आउनु नै यो संविधानको ऐतिहाँसीकता रहेको उनको भनाई थियो । तराई मधेसमा जारी आन्दोलन सम्बोधन गर्न सरकारले अब विशेष रुपले लाग्ने भन्दै समानुपातिक समावेशीताको सिद्धान्तलाई यो निर्वाचनले पुष्टि गरेको प्रचण्डको भनाई थियो ।
अध्यक्ष प्रचण्डले इन्धन आपुर्तिकालागि विभिन्न पहल भैरहेको र अब चाँडै निकास निस्कने बताए । उनले केही दिन समस्या परेपनि झेलेर नेपालीको स्वाभिमान उच्च राख्न नेपाली जनताले देखाएको ध्रैयतालाई सम्मान गर्ने बताए ।
उनले राष्ट्रपति निर्वाचनमा पनि सहमतिको प्रयास गरेको तर कांग्रेसले नमानेको बताए । उनले कांग्रेसको हठका कारण समस्या भएको बताए । प्रचण्डले देशका अघि देखिएका समस्या समाधान गर्न कांग्रेस, एमाले र एमाओवादी एक भएर जानुपर्ने बताए ।
www.nepalsandesh.com
काठमाडौं । राष्ट्रपति निर्वाचनमा पराजित भएपछि नेपाली कांग्रेसका पुराना नेता कुलबहादुर गुरुङले आफु प्रजातान्त्रिक प्रणलीलाई स्विकार गर्ने नेता भएको बताएका छन् ।
उनले चुनावमा एक जना मात्रै विजयी हुने भएकाले आफ्नो हार विद्याको जितकालागि भएको बताए । गहभरी आँशु पार्दै बयोबृद्ध नेता गुरुङले नेपालमा गणतन्त्र घोषणा गर्दाको क्षण सम्झदै महिला राष्ट्रप्रमुख भएकाले आम नेपालीको जित भएको बताए ।
उनले आफु राष्ट्रपतिकालागि सबैभन्दा उपयुक्त पात्र भएको तर, राजनीतिक रुपमा आफुहरुको मत कमजोर भएकाले पराजीत हुनुपरेको बताए ।
नयाँ राष्ट्रपतिले संविधान कार्यान्वयन गर्न अभिभावकीय भुमिका खेल्नुपर्ने भन्दै भण्डारीले उक्त भुमिका निभाउन सक्ने उनको भनाई थियो ।
www.nepalsandesh.com
काठमाडौं : नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीको शपथ कार्यक्रम बिहीबार हुने भएको छ। प्रधानन्यायधीश कल्याण श्रेष्ठले भण्डारलाई पद तथा गोपनियताको सपथ ग्रहण गराउने कार्यक्रम छ।

राष्ट्रपति कार्यालय शितलनिवासमा शपथ लिएपछि उनले बिहीबारदेखि नै राष्ट्रप्रमुखको पद समाल्ने छिन्। बिहीबार नै राष्ट्रपति डा. रामवरण यादवले शितलनिवासबाट विदाइ लिनेछन्। विशेष सम्मानसहित यादवलाई विदाइ गर्ने कार्यक्रम छ। सेनाले विशेष सलामी दिएर उनलाई भैसेपाटीस्थित भीभीआइपी निवासमा लगिनेछ।

नयाँ राष्ट्रपतिको शपथ तथा वर्तमान राष्ट्रपतिको विदाइबारे प्रधानमन्त्रीले राष्ट्रपति यादवलगायतका अन्य अधिकारीसँग बुधबार परामर्श गरेका छन्। राष्ट्रपति रामवरण यादवलाई सरकारले भीभीआईपी सुरक्षासहित काठमाडौंको भैंसेपाटी क्षेत्रमा सुविधासम्पन्न घरमा आवासको व्यवस्था गर्ने भएको छ।

मुलुकको पहिलो राष्ट्रपति यादवलाई सरकारले जीवनभर भीभीआईपी सुरक्षा, सेवा र सुविधा प्रदान गर्न लागेको हो। बुधबार नयाँ राष्ट्रपति चयन हुने भएकाले वर्तमान राष्ट्रपतिको आवास व्यवस्था गर्न सरकारले यादवको इच्छाअनुसार भैंसेपाटी क्षेत्रमा तत्कालका लागि भाडामा घर लिइएको छ।

पूर्वराष्ट्रपतिको हैसियतमा यादवलाई सचिवालय, नेपाली सेनाको सुरक्षा, आवास सुविधासहित अन्य सुविधा सरकारले प्रबन्ध गर्नेछ।
annapurnapost.com
इलाम, ११ कात्तिक । भिनाजुको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका इलाम महमाई–७ का सम्बाहाम्फे कान्छा भनिने धनसिंह लिम्बूलाई जिल्ला अदालत इलामले आज सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको छ ।
जिल्ला न्यायाधीश नवराज दहालको इजलासले लिम्बूलाई मुलुकी ऐन ज्यानसम्बन्धी महलको १, १३ (१) अनुसार कसुर ठहर गर्दै उक्त सजाय सुनाएको अदालतका श्रेस्तेदार जगदीश्वर भट्टराईले बताउनुभयो ।
धनसिंहले गत असार १२ गते दिदी भिनाजुबीचको झगडा छुट्याउने क्रममा भिनाजु सोमबहादुरमाथि चक्कु प्रहार गरेका थिए । चक्कु प्रहारबाट सोमबहादुरको घटनास्थलमै मृत्यु भएको थियो । भिनाजुको मृत्युपछि दिदी अमृताले भाइ धनसिंहविरूद्ध जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएकी थिइन् । रासस
dainiknepal.com
काठमाडौँ, ११ कात्तिक । नेपाल ट्रष्टको कार्यालयले तराईका १० जिल्लामा पूर्व राजपरिवारको नामको सम्पत्ति खोज्न कर्मचारीको समूह पठाउने भएको छ ।
पूर्वराजा वीरेन्द्र, पूर्व रानी ऐश्वर्य र उनीहरुको परिवारको देहावसान हुँदाका बखतको सम्पत्ति खोज्न कर्मचारीको समूह खटाउने तयारी सुरु गरिएको कार्यालयका कार्यकारी सचिव भीमप्रसाद उपाध्यायले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो – “झापा, मोरङ, सुनसरी, बारा, रुपन्देही, नवलपरासी, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा चालु आवमा जग्गा खोजबिनका लागि समूह पठाउन लागिएको छ । दश जिल्लाका मालपोत कार्यालय र नापी कार्यालयमा गई सूक्ष्मरुपमा अध्ययन गर्न समूह पठाउन लागिएको हो ।” कार्यालयले दुई वर्षअघिदेखि सघन सम्पत्ति खोजबिन अभियान सुरु गरेको थियो ।
अहिलेसम्म २२ हजार रोपनी जग्गा पूर्व राजपरिवारको नामबाट नेपाल ट्रष्टको कार्यालयको नाममा ल्याइएको प्रवक्ता पर्शुराम अर्यालले जानकारी दिनुभयो । “नागार्जुन जङ्गलको २७ हजार रोपनी जग्गा कार्यालयको नाममा ल्याउन सञ्चालक समितिको बैठकबाट निर्णय गरी मन्त्रिपरिषद्मा प्रस्ताव पठाइएको छ, नागार्जुन जङ्गलकै धादिङतर्फको १५ हजार रोपनी जग्गा यसअघि नै ट्रष्टको नाममा आइसकेको छ” – उहाँले भन्नुभयो ।
पूर्व राजपरिवारको नामबाट ट्रष्टको नाममा आएका घर जग्गाको भाडाबाट उठेको करिब रु ३६ करोड ट्रष्टको कोषमा जम्मा भएको छ । यसरी जम्मा भएको रकम नेपाल ट्रष्ट ऐन २०६४ अनुसार सार्वजनिक हितका लागि शिक्षा र स्वास्थ्यमा लगानी गर्न सकिने व्यवस्था रहेको छ । सङ्कलित रकम हालसम्म खर्च नभएकाले कार्यविधिको मस्यौदा भइरहेको कार्यालयले जनाएको छ । कार्यविधि बनेपछि तोकिएका जनहितका काममा कोषको उपयोग गरिनेछ । रासस
dainiknepal.com
काठमाडौँ, ११ कात्तिक । नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको सार्वभौमिकता र संविधानको रक्षा गर्दै समृद्धिका लागि आफ्नो तर्फबाट भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
राष्ट्रपति पदमा निर्वाचित भएपछि व्यवस्थापिका–संसद् परिसर नयाँ बानेश्वरबाट निस्कने क्रममा सञ्चारकर्मीलाई पहिलो प्रतिक्रिया दिँदै उहाँले नयाँ संविधानको कार्यान्वयन गर्दै मुलुकसामु तेर्सिएका समस्याको मिलेर समाधान गर्नुपर्नेेमा जोड दिनुभयो ।
भण्डारीले भन्नुभयो, “मुलुकको हित नै मेरो सर्वाेपरी हित हो । मुलुक र जनताप्रतिको जिम्मेवारी पूरा गर्नेछु ।”
उहाँले नयाँ लोकतान्त्रिक संविधान लागू भएपछिको राष्ट्रपतिको निर्वाचनमा आफूलाई विजयी गराएकामा सबै दल, सांसद र जनतालाई धन्यवाद पनि दिनुभयो । रासस
dainiknepal.com
११ कात्तिक, नवलपरासी ।

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्ताले नवलपरासीमा आज ३५ वटा मोटरसाइकल तोडफोड र २ वटामा आगजनी गरेका छन् । बडादशैंका अवसरमा खुकुलो बनाइएको बन्द दसैं सकिएलगत्तै शसक्त बनाएपछि तोडफोडमा उत्रिएका हुन् ।

सदरमुकाम परासीलगायतका दक्षिणी क्षेत्रमा मोर्चाले अटेर गरी मोटरसाइकल चलाएको भन्दै तोडफोड गरेका हुन् । बन्दका क्रममा अटेर गरी सवारी साधन चलाइएकाले तोडफोड गरिएको राधेरमण पाण्डेयले जानकारी दिए ।

पाण्डेका अनुसार सनई गाविस र परासी सडक–खण्डमा दुईवटा मोटरसाईकलमा पेट्रोलियम पदार्थ बोकेर आईरहेको समयमा कार्यकर्ताले जलाएका हुन् भने बैरिहवा, शान्तिचौर, परासी निलोगेट, मन्झिरिया र सिमावर्ती क्षेत्रमा गरि ३५ वटा मोटरसाईकल तोडफोड गरेका हुन् ।

मोर्चाले खुकुलो बनाएको बन्दलाई हिजोदेखि शसक्त बनाउदै यातायात, उद्योग कलकारखाना, बंैक बित्त संस्था र बजारहरु ठप्प पारेको छ । बन्दलाई सशक्त बनाउन भन्दै मोर्चाका कार्यकर्ताले ठाउँठाउँमा यातायात र बजार बन्द गराउदै हिडेका छन् भने सदरमुकामसहित दक्षिणी क्षेत्रको जनजिवन प्रभावित बन्दै गएको छ ।
लुम्बिनी (रुपन्देही), ११ कात्तिक । भारतीय अधिकारीहरुले आज साँझदेखि बेलहियालगायतका भारतसँग जोडिएका नाका बन्द गर्ने जनाएको छ ।
जिल्ला पञ्चायत अध्यक्ष एवम् सदस्यको चुनावलाई मध्यनजर गर्दै महाराजगन्ज र सिद्धार्थनगर जिल्लाका सुरक्षा अधिकारी एवम् प्रशासकले आज साँझदेखि नाका बन्द गर्ने जनाएका हुन् । आज साँझ ५ बजेदेखि बिहीबार मतदान सकिएर मतपेटिका सुरक्षित स्थानमा पु¥याउँदासम्म २४ घण्टा नाका बन्द हुने भएको छ ।
महाराजगन्ज र सिद्धार्थनगर जिल्लामा चौथो चरणअन्तर्गत बिहीबार मतदान हुँदैछ । महाराजगञ्ज जिल्लाका अधिकारी सुनिलकुमार श्रीवास्तवले नेपालतर्फ सीमा जोडिएको नवलपरासीदेखि रुपन्देहीको मर्चवारसम्म ८६ किलोमिटर नाका बन्द हुने जानकारी दिनुभयो ।
यसैगरी, सिद्धार्थनगर जिल्लाका अधिकारीले कपिलवस्तु जिल्लाको पूर्वी क्षेत्रमा नाकाबन्दीको घोषणा गरेको प्रमुख जिल्ला अधिकारी अब्दुल कलाम खाँले जानकारी दिनुभयो ।
लुम्बिनी अञ्चलसँग जोडिएको सीमावर्ती महाराजगन्ज र सिद्धार्थनगर जिल्लामा २९ तारिख (कात्तिक १२ गते ) मतदानको कार्यक्रम छ । नेपालतर्फ पनि सुरक्षा व्यवस्था कडा पारिएको छ ।
नेपालबाट भारततर्फ हतियार एवम् विस्फोटक पदार्थ लान नदिने तथा चुनाव बिथोलिने कुनैपनि किसिमका गतिविधि नेपाली भूमिबाट हुन नदिने प्रतिबद्धता आफूले भारतीय अधिकारीसँग व्यक्त गरेको उहाँले बताउनुभयो
dainiknepal.com
काठमाडाैं । राष्ट्रपति रामवरण यादवलाई सरकारले भीभीआईपी सुरक्षासहित काठमाडौंको भैंसेपाटी क्षेत्रमा सुविधासम्पन्न घरमा आवासको व्यवस्था गर्ने भएको छ।
मुलुकको पहिलो राष्ट्रपति यादवलाई सरकारले जीवनभर भीभीआईपी सुरक्षा, सेवा र सुविधा प्रदान गर्न लागेको हो। बुधबार नयाँ राष्ट्रपति चयन हुने भएकाले वर्तमान राष्ट्रपतिको आवास व्यवस्था गर्न सरकारले यादवको इच्छाअनुसार भैंसेपाटी क्षेत्रमा तत्कालका लागि भाडामा घर खोजिरहेको छ।
राष्ट्रपति यादवले नयाँ राष्ट्रपतिले शपथ लिएलगत्तै शीतल निवास छाड्ने तयारी गरेका छन्। तर सरकारले उनको आवासका लागि अझैसम्म नयाँ घर तय गरिनसकेकाले केही दिन ढिला हुन सक्ने बताइएको छ।
पूर्वराष्ट्रपतिको हैसियतमा यादवलाई सचिवालय, नेपाली सेनाको सुरक्षा, आवास सुविधासहित अन्य सुविधा सरकारले प्रबन्ध गर्नेछ। ‘केकति सेवासुविधा दिने भन्ने विषय निर्णय हुन बाँकी छ तर पूर्वराष्ट्रपतिलाई सबै सुविधा दिनेमा कुनै शंका छैन’, प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले भने ।
यादव निकट स्रोतका अनुसार उनले कुनै सेवामूलक सामाजिक संस्था खोलेर परोपकारी काम गर्ने मनस्थिति बनाएका छन्। अन्नपूर्ण पाेष्टमा खबर छ ।
dainiknepal.com
बुटवल (खस्यौली), ११ कात्तिक । सिद्धार्थ राजमार्गमा पर्ने बुटवल पाल्पा सडकखण्डअन्तर्गत गर्ने पाल्पा दोभानको सिद्धबाबा मन्दिर नजिकै माथिबाट खसेको पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ ।
आज दिउँसो करिब ३ः४५ बजे दोभान र माथिल्लो सिद्धबाबा नजिकै माथिबाट ठूलो पहिरो खसेको र राजमार्ग अवरुद्ध बनेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक महेन्द्र खड्काले जानकारी दिनुभयो ।
उहाँका अनुसार अहिले पाल्पातर्फबाट आउने र बुटवलबाट पाल्पा, पोखरा, स्याङ्जा, गुल्मी, अर्घाखाँचीलगायतको जिल्लामा जाने सवारीका साधन दुवैतर्फ रोकिएका छन् । सवारीसाधन रोकिएपछि यात्रु अलपत्र परेका छन् ।
पहिरो हटाउनका लागि पाल्पाबाट डोजर ल्याउन समस्या भएको र बुटवलबाट डोजर लैजाने तयारी भइरहेको पनि उहाँले जानकारी दिनुभयो । पहिरो ठूलो भएकाले केही समय लाग्ने पनि उहाँले बताउनुभयो ।
बुटवलको तल्लो सिद्धबाबा (चिढिया खोलादेखि पाल्पाको दोभानसम्मको करिब चार किलोमिटर सडक अत्यन्तै जोखिमयुक्त रहेको र यस सडक भएर यात्रा गर्ने यात्रुले दैनिक जोखिमपूर्वक यात्रा गर्न बाध्य छन् ।
यहाँको सडकको दूरावस्थाकै कारण वर्षौंदेखि सयौँ यात्रुले ज्यान गुमाइसकेका छन् भने हजारौँ यात्रु घाइते भएका छन् । त्यस्तै ठूलो धनमालको पनि क्षति भइरहेको छ । रासस
dainiknepal.com
काठमाडौं, ११ कात्तिक । भारतको अघोषित नाकाबन्दीबीच नेपालले छिमेकी देश चीनसँग इन्धन व्यापार सम्झौता गरेको छ ।
नेपालमा भारतीय एकाधिकार तोड्दै बुधबार नेपाली अधिकारीहरुले चीनको राजधानी बेइजिङमा चिनियाँ अधिकारीसँग छलफल गरी इन्धन खरिद गरेर नेपाल भित्र्याउने सम्बन्धमा सम्झौता पत्रमा हस्ताक्षर गरेको चीनस्थित नेपाली राजदूतावासले जनाएको छ ।
चीनका लागि नेपाली राजदूत महेश मास्केले बेइजिङमा रहेको नेपाली टोलीले चिनियाँ सरकारी टोलीसँग इन्धन आपूर्तिका लागि दुईपक्षीय समझदारी पत्रमा हस्ताक्षर गरेको जानकारी दिनुभयो ।
सम्झौता अनुसार चीनले नेपाललाई सहुलियत मूल्यमा पेट्रोल, डिजेल र अन्य इन्धनका सामग्री उपलब्ध गराउने उल्लेख गरिएको छ । यसअघि नेपालमा भारतले मात्रै इन्धन आपूर्ति गर्दै आएको थियो । आजको सम्झौतासँगै अब नेपालमा भारतको एकाधिकार तोडिएको हो ।
dainiknepal.com

काठमाडौं, ११ कात्तिक । नेकपा एमालेका उपाध्यक्ष विद्या भण्डारी गणतन्त्र नेपालको पहिलो महिला राष्ट्रपतिमा निर्वाचित हुनुभएको छ । व्यवस्थापिका संसदमा बुधबार भएको निर्वाचनमा ३२७ मत प्राप्त गर्दै भण्डारी राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो ।
राष्ट्रपतिमा निर्वाचित हुनुभएका भण्डारीको भोजपुरदेखि काठमाडौं सम्मको राजनीतिक यात्रा यस्तो छः
नाम : विद्यादेवी भण्डारी
जन्म मिति : सोमबार ०५ असार २०१८ तदनुसार-
जन्मस्थान : मानेभन्ज्याङ -२, भोजपुर, नेपाल ।
पारिवारिक अवस्था :
हजुरबा : स्व. तिलकबहादुर पाण्डे ।
हजुरआमा : स्व. भीमकुमारी पाण्डे ।
माता : मिथिला पाण्डे ।
पिता : स्व. रामबहादुर पाण्डे ।
दाजुभाइ र दिदीबहिनीहरु
तेजेन्द्र पाण्डे
टेकेन्द्र पाण्डे
डेगेन्द्र पाण्डे
बहिनी : सुशीला पाण्डे ।
विबाह : २४ साउन २०३९ सालमा ।
१. श्रीमान : स्व. मदनकुमार भण्डारी ।
२. छोरीहरु : उषाकिरण भण्डारी तथा ज्वाइँ उमेश थापा ।
डा. निशाकुसुम भण्डारी ।
३. दाजुभाइ तथा दिदी/बहिनीहरु क्रमशः
मनोज भण्डारी तथा कमला भण्डारी । मोहन भण्डारी तथा लक्ष्मी भण्डारी । प्रेम भण्डारी तथा शारदा भण्डारी । डा. कैलाश भण्डारी तथा कल्पना भण्डारी ।
बहिनीहरु : शारदा निरौला, इन्दु बराल, शान्ता पोखरेल, राधा निरौला, स्व. गीता लामिछाने ।
निवास : नयाँ बानेश्वर– १०, काठमाडौं, नेपाल ।
१. नागरिकता नम्बर : ३७६८/११८४
२. राहदानी नम्बर : ४२२९३१० ।
शिक्षा :
बाल्यकालीन शिक्षा : बेहेरेश्वर प्राथमिक विद्यालय, भोजपुर ।
माध्यमिक शिक्षा : विद्योदय व्यावसायिक सेकेन्डरी स्कुल ।
उच्चशिक्षा :
भोजपुर क्याम्पस, भोजपुरबाट आई. ए. उत्तीर्ण ।
महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरमा बि.ए. अध्ययन
भाषा : नेपाली, हिन्दी र अंग्रेजी ।
भ्रमण : स्वदेश तथा
विदेशमा: भारत, चीन, पाकिस्तान, बंगलादेश, श्रीलंका, ब्राजिल, अमेरिका, क्यानाडा, इटाली, थाइल्यान्ड ।
राजनीतिक दल :
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत माक्र्सवादी लेनिनवादी)
वर्तमान जिम्मेवारी :
हाल प्रतिनिधि सभा सदस्य, (संविधानसभा सदस्यका रूपमा नेतृत्वदायी भूमिका)
उपाध्यक्ष, नेकपा (एमाले) (२०७१ असार १९–२५ मा सम्पन्न नवौँ राष्ट्रिय महाधिवेशनबाट)
अध्यक्ष, अखिल नेपाल महिला संघ, नेकपा (एमाले) ।
अध्यक्ष, मदन भण्डारी फाउन्डेसन ।
उपाध्यक्ष, नेपाल अफ्रो एसियाली जनएकता संघ (आप्सो) ।
राजनीतिक यात्रा :
२०३५ मा भोजपुर क्याम्पसबाट तत्ककलीन नेकपा (माले) सम्बद्ध युवा लिगबाट संगठित राजनीतिक यात्रा आरम्भ ।
२०३७ मा काठमाडौंमा भएको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (पाँचौँ) को राष्ट्रिय सम्मेलन प्रतिनिधि ।
२०३७ मा तत्कालीन नेकपा (माले) को पार्टी सदस्यता प्राप्त ।
२०३६ देखि २०४४ सम्म अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको पूर्वाञ्चल सदस्य ।
२०३९—०४० सालमा महेन्द्र मोरड क्याम्पसको स्ववियु कोषाध्यक्षमा निर्वाचित ।
२०४६ मा कीर्तिपुरमा भएको अखिल नेपाल महिला संघको पहिलो सम्मेलनमा मोरङबाट प्रतिनिधि ।
२०५० देखि २०५४ सम्म नेपाल ट्रेड युनियन महासंघ जिफन्टको महिला विभाग प्रमुख ।
२०५४ मा नेपालगञ्जमा भएको नेकपा (एमाले) को छैठौं महाधिवेशनबाट केन्द्रीय कमिटी सदस्यमा निर्वाचित ।
२०५५ पुसमा विराटनगरमा भएको अखिल नेपाल महिला संघको चौथो अधिवेशनबाट अध्यक्षमा निर्वाचित । त्यसपछि क्रमशः ०६२ मंसीर काठमाडौंमा भएको पाँचौँ अधिवेशन र ०६९ वैशाख पोखरामा भएको छैठौं अधिवेशनबाट समेत अध्यक्षमा निर्वाचित भई हालसम्म ।
२०५९ मा नेकपा (एमाले) को सातौं महाधिवेशन जनकपुरबाट पुनः केन्द्रीय कमिटी सदस्यमा निर्वाचित ।
२०६४ सालमा बुटवलमा भएको नेकपा (एमाले) को आठौं महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित ।
२०७१ सालमा काठमाडौंमा भएको नेकपा (एमाले) को नवौं महाधिवेशनबाट पुनः उपाध्यक्षमा निर्वाचित ।
२०६०/०६२ सालमा दुईपटक अन्तरपार्टी महिला संयुक्त संघर्ष समिति (जोइन्ट वुमन स्ट्रगल कमिटी) को संयोजकको जिम्मेवारी ।
२०६२ पुसबाट हालसम्म नेपाल अफ्रो एसियाली जनएकता संगठनको (आप्सो) उपाध्यक्षमा निर्वाचित ।
राजकीय जिम्मेवारी :
– २०५० सालको उपनिर्वाचनमा र २०५१ सालको मध्यावधि निर्वाचनमा समेत काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित ।
– २०५४ सालमा नेपाल सरकारको जनसंख्या तथा वातावरण मन्त्रीका रुपमा जिम्मेवारी बहन ।
– २०५६ मा काठमाडौं क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित ।
– २०६७ बाट २०६९ सम्म नेपाल सरकारको रक्षा मन्त्रीका रुपमा कार्य सम्पादन ।
जेल जीवन :
२०६१/०६२ को जनआन्दोलनताका प्रहरीद्वारा ‘हाउस एरेस्ट’ तथा हिरासत ।
रुचि :
— महिला, उत्पीडित जनता तथा सीमान्तीकृत समुदायको हितमा कार्यरत रहने ।
— समाजको आमूल परिवर्तनको अभियानमा लागिरहने ।
— गीत, संगीत तथा साहित्यिक लेखनमा वि
dainiknepal.com
काठमाडौँ, ११ कात्तिक । एअर अरेबियाको उडान नम्बर जि ९–५३७ द्वारा मङ्गलबार साउदी अरेबियाबाट नेपाल आएका भारतीय नागरिक सञ्जय गोयन्कालाई प्रहरीले २२८ ग्राम सुनसहित पक्राउ गरेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार क्षेत्र पार भइसकेपश्चात शङ्का लागी प्रहरीले जाँच गर्ने क्रममा जुत्तामा लुकाई ल्याएको अवस्थामा तीन टुक्रामा रहेको उक्त सुन बरामद भएको थियो ।
यसैगरी आरए ४०९ को उडानद्वारा हङ्कङबाट काठमाडौँ आएका बेलायती राहदानी भएका नेपाली नागरिक विक्की गुरुङलाई भन्सार क्षेत्र पार भई बाहिर निस्कदै गरेको अवस्थामा प्रहरीले हातमा लगाएको ९४ ग्रामका सुनको बाला एक थानसहित पक्राउ गरेको छ ।
यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
पेट्रोलियम पदार्थको कालोबजारीमा प्रहरीको संलग्नताबारे छानबिन सुरु
पेट्रोलियम पदार्थको कालोबजारीमा नेपाल प्रहरीको संलग्नताबारे सामाजिक सञ्जालमा आएको सूचनाबारे प्रहरी प्रधान कार्यालयले छानबिन अगाडि बढाएको जनाएको छ ।
जर्किनमा रहेको पेट्रोलियम पदार्थ प्रहरीको गाडीमार्फत राजधानीको एक होटलमा झार्दै गरेको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भएपछि आज प्रहरीले यस सम्बन्धमा छानबिन भइरहेको आफ्नो ट्वीटरमार्फत जनाएको हो । रासस
dainiknepal.com


रौतहट, ११ कात्तिक । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले गएराति गौर चन्द्रनिगाहपुर राजमार्गको जयनगरमा दुईवटा मोटरसाइकलमा आगजनी गरेका छन् ।

मोटरसाइकलमा इन्धन ओसारेको भन्दै मोर्चाका कार्यकर्ताले दुईवटा मोटरसाइकलमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । आगजनीका कारण मोटरसाइकलका चालकसमेत घाइते भएका छन् ।

गौरबाट गरुडा आउंँदै गरेको ना.१४प ५१०५ नम्बरको मोटरसाइकल र अर्को नम्बर नखुलेको मोटरसाइकललाई जयनगरमा बाटो अवरुद्ध पार्दै बसेका मोर्चाका कार्यकर्ताले नियन्त्रणमा लिएर आगजनी गरेका हुन् ।

मोटरसाइकलमा लागेको आगोका कारण गरुडा–१ का २८ वर्षीय चालक सुरेस साह र २७ वर्षीय राम प्रवेश साह घाइते भएका छन् ।

घाइते दुबै जनाको गरुडाको हेल्थल्याण्ड अस्पतालमा उपचार भइरहेको छ । आगजनी गर्नेहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ
काठमाडौँ ११ कातिक । राष्ट्रपति चयनका लागि आज भएको निर्वाचनमा कूल ५४९ सांसद्ले मतदान गर्नुभएको छ ।

नयाँबानेश्वरस्थित व्यवस्थापिका–संसद्को ल्होत्से हलमा बिहान ११ बजेदेखि मतदान प्रक्रिया सुरु भई दिउँसो २ बजेसम्म चलेको थियो ।

संसद्मा हाल कायम रहेका ५९७ सदस्य मध्ये ५४९ जनाले मतदानमा भाग लिनुभएको संसद् सचिवालयका प्रवक्ता डा भरतराज गौतमले जानकारी दिनुभयो ।

मतदानमा ४७ सांसद् अनुपस्थित रहनुभएको छ । एक सांसद् निलम्बनमा रहेकाले मतदानमा भाग लिन पाउनुभएन । मतदान सकिएकाले अब अपरान्ह २ः३० बाट मतगणना प्रारम्भ हुने छ भने साँझ ५ बजे बस्ने संसदको वैठकमा मत परिणाम घोषणा गरिनेछ ।

राष्ट्रपतिमा नेकपा (एमाले) बाट विद्यादेवी भण्डारी र नेपाली काँग्रेसबाट कूलबहादुर गुरुङ प्रतिस्पर्धी हुनुहुन्छ । सत्तारुढ गठबन्धनको पक्षमा प्रष्ट बहुमत भएकाले विद्या राष्ट्रपतिमा निर्वाचित हुने सम्भावना बलियो छ । मधेसी मोर्चाका ४२ सभासदसहितका केही दल मतदान प्रक्रियामा सहभागी भएनन् । राससdainiknepal.com
काठमाडौं, ११ कात्तिक । नेपालमा वैशाख १२ गते गएको भूकम्पको अंग्रेजी तारिख २६ अप्रिल थियो । सोमबार मात्रै अफगानिस्तानको हिन्दकुशमा गएको भूकम्पको अंग्रेजी तारिख पनि २६ अक्टुबर थियो मात्र महिना फरक ।
विभिन्न तथ्यांक अनुसार पृथ्वीमा शक्तिशाली भूकम्पहरु २६ तारिखकै दिन बढी जाने गरेको देखिएको छ । आखिर २६ तारिखकै दिन किन जान्छ त ठूलो भूकम्प ? यसको जवाफ वैज्ञानिकहरुले समेत दिन सकेका छैनन् । उनीहरुले संयोग मात्रै हो भन्ने गरेका छन् ।
यसलाई संयोग वा अरु कुनै तथ्य मानेपनि विश्वभरीमा ठूल्ठूला विनाशकारी भूकम्प २६ तारिख कै दिन आउने गरेका हुन् ।
तथ्यांक हेर्दा चीनमा २६ जुलाई १९७६, गुजरातमा २६ जनवरी २०११ र हिन्द महासागरमा २६ डिसेम्बर २००४मा भूकम्प सँगसँगै सुनामी पनि आएको थियो । जसले जनधनको क्षति गरेको थियो । ताइवानमा २६ जुलाई २०१० र जापानमा २६ फ्रेबरी २०१०मा आएको भूकम्पले सयौंको ज्यान लिएको थियो ।

भूकम्पको इतिहास हेर्ने हो भने २६ जून १९२६ मा रोड्स भूकम्प आएको थियो जबकि २६ जनवरी १७०० मा उत्तरी अमेरिकामा आएको भूकम्पमा पनि सयौं मानिस मारिएका थिए । वैज्ञानिकहरुले जे सुकै भनेपछि अंग्रेजी पात्रोको २६ तारिखलाई मानिसहरुले भूकम्प आउने दिनको रुपमा चिन्न थालेका छन् । २६ तारिखले एउटा नयाँ इतिहास रचेको बताइएको छ । २६ तारिखकै कारण आजभोली आम मानिसहरुले सावधानी अपनाउने गरेका छन् ।
- यो समाचार दैनिक नेपाल डटकमबाट साभार गरिएको हो
बुधबार, ११ कार्तिक
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले र राष्ट्रपति डा. रामवरण यादव बिच शितल निवासमा भेटवार्ता भएको छ ।
प्रधानमन्त्री ओली संसदमा  एमाले उपाध्यक्ष विद्या भण्डारीलाई राष्ट्रपतिको उमेद्वारमा मतदान गरेर  शीतल निवास पुगेका थिए ।
भेटवार्तामा राष्ट्रपति यादवको अवकाशको व्यवस्थापन र नयाँ राष्ट्रपतिलाई शितल निवास प्रवेश प्रक्रियाको सम्बन्धमा छलफल भएको शितल निवास श्रोतले जनाएको छ ।
यसै प्रधानमन्त्री ओली नेपाली राजनितिमा एक अभिभावकको भुमिका प्रति खुसी व्यक्त गर्दै प्रशंसा गरेका छन् ।
रामवरण यादव २०६५ साउन ८ गते गणतन्त्र नेपालको पहिलो राष्ट्रपतिमा भएका थिए ।
www.nepalsandesh.com




मोरङ: दसैंपछि बजार पसल बन्‍द गराउँदै हिडेका मधेसी मोर्चाका सयौ बन्दकर्तालाई विराटनगरमा व्‍यापारीहरुले प्रतिकार गरेर लखेटेका छन्। विराटरनगरस्थित जलजला मोडदेखि ट्राफिकचोकसम्‍म बजार पसल बन्द गराउँदै हिँडेका मोर्चाका कार्यकर्ताहरुलाई व्‍यापारीहरुले लखेटेका हुन्।

व्‍यापारी र बन्दकर्ताबीच झडप भएपछि तत्‍कालै प्रहरी आएर बन्दकर्तालाई महावीर चोकमा पुर्‍याएर तितरबितर पारेका छन्। प्रहरीले बन्द गराउँदै हिड्ने मधेसी जनअधिकार फोरम मोरङका अध्‍यक्ष राजकुमार यादव, तमलोपा मोरङका अध्‍यक्ष मोहमद कवीरलाई प्रकाउ गरेका छन्।

प्रहरी र व्‍यापारीले लखेटेपछि महावीर चोकमा धर्नामा बस्न खोजेका  मोरचाका कार्यकर्तालाई प्रहरीले त्‍यहाबाट पनि तितरबितर पारेका छन्। यसरी विराटनगरस्थित जोगबनी नाकाबाट बुधबार एउटा पनि मालबाहक तथा पेट्रोलियम ट्‍यांकरहरु भित्रिएका छैनन्।

यता, विराटनगर भन्सार कार्यालयले यसअघि आएका गाडीहरुलाई भने भन्‍सारको यार्डबाटै धमाधम खाली गराइरहेका छन्।
अन्नपूर्ण पोस्ट्को     मा जोडिनुस् । मोबाइलका लागि  र बाट
काठमाडौँ ११ कातिक । प्रधानमन्त्री केपी शर्मा ओलीले आज नेपालको दोश्रो राष्ट्रपति चयनका लागि मतदान गर्नुभएको छ ।

राष्ट्रपति चयनको लागि नयाँबानेश्वरस्थित व्यवस्थापिका–संसद् भवनको ल्होत्से हलमा जारी गोप्य मतदानमा ११ः२५ बजे ओलीले मतदान गर्नुभएको हो ।

यसैगरी, प्रधानमन्त्री ओलीपछि राष्ट्रपतिका उम्मेदवार विद्यादेवी भण्डारीले पनि मतदान गर्नुभयो । मतदान अपराह्न २ बजेसम्म जारी रहनेछ । यस्तै मतदानका लागि विभिन्न पार्टीका शीर्ष नेता र सभासद् लाइनमा हुनुहुन्छ ।
पटकबुधबार, ११ कार्तिक
भैरहवा । भारतको महाराजगञ्ज जिल्ला पञ्चायतको निर्वाचनलाई मध्य नजर गर्दै नेपाल–भारत सीमा क्षेत्रको प्रमुख सुनौली नाका बन्द हुने भएको छ ।
आज साँझ ५ बजेदेखि भोली साँझ ५ बजेसम्म नाका बन्द गरिन भारतीय सुरक्षा अधिकारीले जनाएका छन् ।
भोली हुने निर्वाचनलाई मध्यनगर गर्दै महाराजगञ्ज जिल्लासँग सीमाना जोडिएको नेपालका सिमानाका पुर्ण बन्द गरिने उनीहरुले जनाएका छन् ।
खुल्ला सिमानाको कारण निर्वाचनमा अबैभ घुसपैठ हुने सक्ने र शान्तिसुरक्षाको निर्वाचन अवधीभर नाकामा सम्पूर्ण आवत–जावत बन्द हुनेछ ।
www.nepalsandesh.comf
बुधबार, ११ कार्तिक
विराटनगर । बजार बन्द गराउँदै हिँडेका मधेसी मोर्चाका कार्यकर्तालाई व्यवसायीहरु मिलेर लखेटेका छन् ।
संघीय समाजवादी फोरमका अध्यक्ष राजकुमार यादवको नेतृत्वमा बजार बन्द गराउँदै हिँडेका
आन्दोलनकारीलाई ट्राफिक चोकदेखि जलजला मोडसम्मका व्यवसायीले लखेटेका हुन् ।
व्यवसायीलहरुले मोर्चाले आफनो माग पुरा गराउन बन्दको बिकल्प नखोजी लामो समयदेखि बजार बन्द हुँदा व्यापार व्यावसाय गरेर खाने मानिसहरुलाई दुख दिएको भन्दै प्रतिकारमा गरेका हुन् ।
www.nepalsandesh.com
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Aug 24 (6)
  • Aug 23 (1)
  • Aug 19 (1)
  • Aug 18 (19)
  • Aug 17 (17)
  • Aug 16 (24)
  • Jan 24 (18)
  • Jan 23 (27)
  • Jan 22 (32)
  • Jan 21 (35)
  • Jan 20 (35)
  • Jan 19 (34)
  • Jan 18 (40)
  • Jan 17 (45)
  • Jan 16 (27)
  • Jan 15 (29)
  • Jan 14 (35)
  • Jan 13 (40)
  • Jan 12 (32)
  • Jan 11 (39)
  • Jan 10 (31)
  • Jan 09 (23)
  • Jan 08 (31)
  • Jan 07 (30)
  • Jan 06 (39)
  • Jan 05 (34)
  • Jan 04 (39)
  • Jan 03 (43)
  • Jan 02 (47)
  • Jan 01 (31)
  • Dec 31 (34)
  • Dec 30 (36)
  • Dec 29 (43)
  • Dec 28 (33)
  • Dec 27 (27)
  • Dec 26 (38)
  • Dec 25 (33)
  • Dec 24 (38)
  • Dec 23 (44)
  • Dec 22 (39)
  • Dec 21 (37)
  • Dec 20 (40)
  • Dec 19 (31)
  • Dec 18 (47)
  • Dec 17 (30)
  • Dec 16 (16)
  • Dec 15 (42)
  • Dec 14 (30)
  • Dec 13 (32)
  • Dec 12 (35)
  • Dec 11 (42)
  • Dec 10 (26)
  • Dec 09 (31)
  • Dec 08 (15)
  • Dec 07 (37)
  • Dec 06 (30)
  • Dec 05 (34)
  • Dec 04 (32)
  • Dec 03 (33)
  • Dec 02 (36)
  • Dec 01 (37)
  • Nov 30 (48)
  • Nov 29 (28)
  • Nov 28 (35)
  • Nov 27 (35)
  • Nov 26 (47)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (27)
  • Nov 22 (32)
  • Nov 21 (43)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (22)
  • Nov 17 (29)
  • Nov 16 (32)
  • Nov 15 (25)
  • Nov 14 (28)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (42)
  • Nov 09 (22)
  • Nov 08 (40)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (42)
  • Nov 01 (44)
  • Oct 31 (29)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (47)
  • Oct 27 (32)
  • Oct 26 (39)
  • Oct 25 (35)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (22)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (31)
  • Oct 02 (29)
  • Oct 01 (29)
  • Sep 30 (29)
  • Sep 29 (24)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (26)
  • Sep 25 (27)
  • Sep 24 (18)
  • Sep 23 (15)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (26)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (12)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (19)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (22)
  • Sep 07 (22)
  • Sep 06 (26)
  • Sep 05 (18)
  • Sep 04 (23)
  • Sep 03 (24)
  • Sep 02 (25)
  • Sep 01 (24)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (27)
  • Aug 28 (28)
  • Aug 27 (30)
  • Aug 26 (29)
  • Aug 25 (24)
  • Aug 24 (35)
  • Aug 23 (30)
  • Aug 22 (31)
  • Aug 21 (32)
  • Aug 20 (30)
  • Aug 19 (33)
  • Aug 18 (27)
  • Aug 17 (34)
  • Aug 16 (28)
  • Aug 15 (23)
  • Aug 14 (23)
  • Aug 13 (22)
  • Aug 12 (19)
  • Aug 11 (18)
  • Aug 10 (24)
  • Aug 09 (16)
  • Aug 08 (18)
  • Aug 07 (25)
  • Aug 06 (16)
  • Aug 05 (18)
  • Aug 04 (21)
  • Aug 03 (19)
  • Aug 02 (14)
  • Aug 01 (17)
  • Jul 31 (19)
  • Jul 30 (19)
  • Jul 29 (15)
  • Jul 28 (12)
  • Jul 25 (14)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home