• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
काठमाडौं – आन्दोलनरत संयुक्त लोकतान्त्रि मधेसी मोर्चाको एक घटक संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि गम्भिर आरोपहरु लगाएका छन् । आइतबार रिपोटर्स क्लबमा बोल्दै यादवले प्रधानमन्त्रीले नचाहेकै कारण आजसम्म वार्ताले निकास पाउन नसकेको दाबी गरेका हुन् ।


साक्षात्कारमा बोल्दै यादवले भने, ‘अहिले देश गैर जिम्मेवार व्यक्तिको हातमा गएको छ । त्यस्ता व्यक्तिको हातमा देश रहेसम्म समस्या समाधान हुँदैन । यसलाई धेरै दिनसम्म टिकाइराख्ने हो भने जनताले दुःख पाइरहन्छ । यो सरकारको अब आवश्यकता छैन ।’
‘के अब सरकार ढलेपछि मात्र मधेसको समस्या समाधान हुन्छ त ?’ भन्ने प्रश्नमा उनले मधेस समस्या समाधान भएपनि नभएपनि सरकार ढल्ने दाबी गरे ।

यादवले प्रधानमन्त्री जस्तो व्यक्तिको बोली र व्यवहारले झन् समस्या बल्झाएको दाबी गरे । ‘एक तर्फ वार्ता गर्ने र अर्को तर्फ मधेसका मान्छे जानवर भनेर भन्ने ? यस्तो पनि हुन्छ ?,’ उनले दुःखेसो पोखे । उनले व्यक्ति जस्तो भए पनि प्रधानमन्त्री पदको गरिमा राख्नका लागि त्यस्तो अभिव्यक्ति दिन नसुहाउने बताए । ‘प्रधानमन्त्री नै गल्लीको गुण्डा, सडकको डन र माफियाका सरदार जस्तो भएर बोलेर समस्या समाधान हुँदैन,’ उनको भनाई थियो ।

यादवले प्रधानमन्त्रीले मधेस समाधान नचाहेको पनि आरोप लगाए । ‘जब–जब वार्ता सकारात्मक दिशामा अघि बढ्छ, त्यति बेला नै सरकारले शान्तिपूर्ण आन्दोलनमाथि दमन गर्छ । यसले वार्ताको वातावरण नै बिग्रिन्छ । यो सरकारले समस्याको समाधान नै चाहेको छैन,’ उनले भने । शनिबार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग वार्ता सकारात्मक भएको दिननै रौतहट र वीरगञ्जमा सरकारले दमन गरेको उनले बताए । यादवले अब वार्ता सरकारले चाहे मात्र वार्ता हुने र त्यो वार्ता मधेसमा हुने बताए ।
उनले अहिलेको सरकारले कालोबजारीबाट अवैद्य कमाई गरिरहेको कारण पनि मधेसको समस्या समाधान गर्न नचाहेको आरोप लगाए । ‘तेल र तेल र ग्यासको तस्करी र कालोबजारीको को पैसा बालुवाटारसम्म पुग्छ । अहिले त मधेसीमाथि दोष देखाउन सजलो छ । मन्त्री र प्रधानमन्त्री मिलेर तस्करीको पैसा खाइरहेका छन्,’ उनले भने, ‘अहिले वीरगञ्ज नाका मात्र बन्द छ । अरु ठाउँबाट तेल र ग्यास आइरहेका छन् । तर जनताले पाइरहेका छैनन् । कहाँ गयो त्यो ग्याँस र तेल ?’
उनले आफूहरुले बुझाएको ११ बुँदे माग अनुसार प्याकेजमा सहमति चाहेको बताए । ‘सीमाकंनको कुरा टुंगाउनुपर्छ । कुनै समुदायको क्लसटरलाई भत्काउन पाइदैन,’ उनले भने ।

ratopati
गैरमधेसी पहाडे समुदाय र सरकारविरुद्ध सधैं उग्र भाषण गरेर चर्चामा आइरहने सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो वीरगञ्जको मितेरी पुलमै डेरा जमाएर बसेको देख्दा धेरैलाई लाग्दो हो, उनी आन्दोलनप्रति समर्पित भएरै तराईमा बसिरहेका छन् । तर, यथार्थ अलि बेग्लै रहेछ ।
अध्यक्ष महतो तराईमै बस्नुको वास्तविक रहस्य अर्कै छ । स्रोतका अनुसार सरकार र पहाडे समुदायविरुद्ध लगातार उग्र भाषण गर्दै हिँडेका महतो एकदमै डरपोक बन्दै गइरहेका छन् ।
एक समय आफूलाई सुरक्षाकर्मीले हत्या गर्ने षड्यन्त्र गरिरहेको भन्दै सुरक्षाको चिन्ता गर्ने महतोले अहिले पहाडे समुदायबाट आफू असुरक्षित रहेको भय पाल्न थालेका छन् । यसैक्रममा काठमाडौं आउँदा आफू असुरक्षित हुने उनले निकटस्थसँग बताउन थालेका छन् ।
काठमाडौं फोबिया !

स्रोतका अनुसार महतोमा यतिबेला काठमाण्डौं फोबिया देखिन थालेको छ । केही समयअघि वीरगञ्जमा मधेसी नेताहरुको संयुक्त बैठक थियो । त्यहाँ संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका तर्फबाट राजेन्द्र महतो पनि सहभागी थिए ।
सो बैठकमा मधेस गठबन्धनका तर्फबाट जेपी गुप्ता र मातृका यादव लगायतका नेताहरु पनि उपस्थित थिए । वीरगंजको सो बैठकमा राजेन्द्र महतोले आफू काठमाडौं नफर्किनुको रहस्य खुलाउँदै भने- ‘वार्ता भएर आन्दोलन रोकिए पनि म काठमाडौं फर्किन सक्दिँन, काठमाडौंमा कुनै पनि बेला ममाथि आक्रमण हुन सक्छ ।’
महतोको भनाइ उधृत गर्दै सो बैठकमा सहभागी एक नेताले गरेकोे खुलासा अनुसार काठमाडौंमा सम्भाव्य आक्रमणको डरले नै महतो तराईमै बसेर आन्दोलनमा लागिरहेका छन् । ‘पहाडे विरोधी मेरो छवि बनिसकेको छ, काठमाडौंमा सँधै सँगै सुरक्षागार्ड त हुँदैनन्, त्यस्तोबेला कहिँकतैबाट आक्रमण भए के गर्नु ?’ एक नेताले महतोको त्रास सुनाए ।
त्यसो त मोर्चाका नेताहरु उपेन्द्र यादव र महन्थ ठाकुरले आन्दोलनसँगै वार्तामा पनि जोड दिइरहेका छन् । मोर्चाका सबै नेताहरु काठमाडौं आवत-जावत गरिरहेका छन् र उनीहरु सुरक्षित छन् ।
तराईमा पनि पहाडे समुदायका मानिसहरुले कुनै असुरक्षाको महसुस गरेका छैनन् र राजधानीमा मधेसी समुदायले कुनै असुरक्षाको अनुभूति गरेका छैनन् । तर, महतो भने आफ्नै मनको बाघले डराइरहेका छन् ।
महतो आन्दोलन नटुङ्गिएसम्म काठमाडौं नफर्किने घोषणा गर्दै झण्डै चार महिनाअघि तराई हानिएका थिए । यसबीच, उनी एकपट मात्रै काठमाडौं आए र एक दिनमात्रै बसेर फर्किइहाले ।
त्यसपछि उनी आफ्नो बाचा विपरीत केहीहप्तामै काठमाडौं फर्किए । यहाँ उनले विजय गच्छदार, राजकिशोर यादव र नेपाली कांग्रेसका केही नेताहरुसँग गोप्य भेटघाट गरे र भोलिपल्टै वीरगंजको बाटो तताए । त्यस यता उनी तराईमै डेरा जमाएर बसिरहेका छन् । त्यहीँबाट उनी बिहारको बाटो हुँदै दिल्ली पुगे ।
दुईवटा घटनाले झनै त्रास बढ्यो
काठमाडौंमा आक्रमणकै डरले महतोले आफ्नी सांसद श्रीमती र छोरीलाईसमेत राजधानी बाहिर लगेका छन् । दसैंताका सिनामंगलस्थित महतोको घरमा केही युवाले नाराबाजी गर्नुका साथै महतोलाई ‘सामाजिक बहिस्कार गर्ने’ पोष्टर टाँगेपछि उनले सुत्केरी अवस्थामा रहेकी छोरी र श्रीमतीलाई मधेसमा बोलाएका हुन् । यो घटनाले महतोमाथि थप मनोवैज्ञानिक त्रास थपिदिएको छ ।
हालै सर्लाहीको लालबन्दीका संघीय गठबन्धनको जनसभाका लागि त्यहाँ पुगेकी महतोकी पत्नी सांसद शैलीदेवी महतोमाथि स्थानीयले आक्रमण गर्ने प्रयास गरेका थिए, जसबाट महतो अझै बढी आत्तिएका छन् ।
मोर्चाका नेताहरु यता काठमाडौंमा वार्ताको टेबुलमा बस्दा उता तराईमा महतोले कडा अभिव्यक्ति दिने गरेका छन् । मोर्चाभित्रै पनि महतोको छवि वार्ताविरोधीका रुपमा चित्रित छ ।
यादव र ठाकुर पहिलोपटक सरकारसँगको उच्चस्तरीय वार्तामा सहभागी हुँदा वीरगञ्जबाटै महतोले उनीहरुलाई ‘मधेसका गद्दार’ को आरोप लगाउँदै मञ्च तताउन भ्याएका थिए ।
तराईको आक्रोश र असन्तुष्टिलाई आफ्नो पार्टीको ‘भोट बैंक’ का रुपमा प्रयोग गर्न महतोले उत्तेजक कुरा गरिरहेको भन्दै मोर्चाका अरु नेताहरुले असन्तुष्टि पोख्ने गरेका छन ।
वीरगञ्जबाटै चुनाव लड्ने तयारी
महतोले वीरगञ्जको मितेरी पुलमै अड्डा जमाएर बस्नुको अर्को कारण पनि रहेको बताइन्छ । त्यो के भने संविधानसभाको दोस्रो निर्वाचनमा सर्लाही क्षेत्र नं.-४ बाट महतो मज्जैले पराजित भएका थिए । अहिले वीरगञ्जको क्षेत्र नं. ३ बाट महतोले चुनाव लड्ने योजना बनाएको मोर्चासम्बद्ध स्रोतको दाबी छ ।
‘आफूलाई अरुभन्दा बढी क्रान्तिकारी देखाएर आन्दोलनको आडमा महतो वीरगञ्जमा आफ्नो राजनीतिक आधार तयार गरी आगामी चुनाव जित्ने तानाबाना बुन्न व्यस्त छन्, स्रोतले भन्यो ।
महतो वार्ता विरोधी होइनन्
काठमाडौं आउन गराए पनि वा भाषण गर्दा जतिसुकै कडा बोले पनि महतो वार्ताविरोधि चाँहि नरहेको मोर्चाका नेताहरु बताउँछन् । यसबारे स्रोतले भन्यो- ‘विचरा महतोजी वार्ताविरोधी होइनन्, उनी पनि जतिसक्दो चाँडो सहमति होस् भन्ने नै चाहिरहेका छन्, काठमाडौंमा व्यवस्थापिका संसद तथा विविध छलफलहरुमा सहभागी भइरहेका लक्ष्मणलाल कर्ण महतोकै पार्टीका सहअध्यक्ष हुन् भन्ने हामीले बिर्संन हुँदैन ।’
यद्यपि अलि बढी नै डराउने महतोलाई काठमाडौं उनका लागि सुरक्षित छ भन्ने मनोवैज्ञानिक प्रभाव पार्न सके उनी चाँडै काठमाडौं आउने स्रोतको दाबी छ ।
(जनकपुरबाट)
onlinekhabar
काठमाडौं, ५ पुस । विगत चार महिनादेखि तराईमा आन्दोलनरत मधेसी मोर्चाका कार्यकर्ताले करिव ५ सय उद्योगसँग दैनिक हजारौं रुपैयाँ असुलेर उद्योग संचालन गर्ने अनुमति दिएको खुलासा भएको छ ।
उनीहरुले उद्योगको प्रकृति र क्षमता हेरेर प्रति उद्योग दैनिक ५० हजार रुपैयाँसम्म असुलेको समाचार अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।
उनीहरुले उद्योगको कम्पाउन्डबाट मालबहाक गाडी निकाल्दा प्रतिगाडी तीनहजार रुपैयाँ लिने गरेको नेपनल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले बताए ।
dainiknepal
आइतबार, ५ पुष

टोकियो । जापानवासी नेपालीले गत एकसाताको अवधिमा दुई गम्भीर बिरामीलाई करिब रु तीन लाख ५९ हजार बराबरको जापानी येन आर्थिक सहयोग गरेका छन् ।
रक्तक्यान्सर पीडित काभ्रे, चपाखोरीको कुरुवासका ३२ वर्षीय दिलीप लामाको उपचारका लागि एक लाख १८ हजार ७०० जापानी येन पठाइएको हो ।
पाटन क्याम्पस स्ववियु कोषाध्यक्षसमेत रहेका लामा विगत केही समययता रक्तक्यान्सर भई भक्तपुर क्यान्सर अस्पतालमा उपचाररत रहेका छन् । लामा परिवारले पठाइएको रकम गत बिहीबार बुझेको जनजाति पत्रकार महासङ्घ, जापानका शान्ता पहरीले जानकारी दिइन्नु ।
त्यस्तै गम्भीर बिरामी भई भारतमा उपचाररत नेपाली काँग्रेसका नेता उमेशजङ्ग रायमाझीको उपचारका लागि नेपाली जनसम्पर्क समिति जापानले आर्थिक सहयोग गरेको छ ।
जनसम्पर्क समिति जापानले सभासद् धनराज गुरुङमार्फत रु एक लाख ७४ हजार १२५ पठाएको महाधिवेशन प्रतिनिधि कपिलदेव थापाले जानकारी दिए । बिरामीद्वय उपचारका लागि लामो समय अस्पतालमा बस्नुपर्ने र पारिवारिक अवस्था कमजोर भएको भन्दै जापानमा रकम सङ्कलन गरी पठाइएको हो ।
एकसाताअघि जापान आएका पूर्वसभासद् गुरुङले गम्भीर बिरामी रायमाझीको रकम अभावमा उपचारमा समस्या भएपछि सहयोगका लागि गरिएको अनुरोधअन्तर्गत जापानका नेपाली काँग्रेसमा आबद्धहरुले उठाएको रकम बुझेको बताए ।
nepalsandesh
आइतबार, ५ पुष
एजेन्सी । बेलायतको एक विश्वविद्यालयले अहिले सुरु भएको जलवायु परिवर्तनले पृथ्बीबाट मानव लोप हुने खतरा रहेको संकेत देखाएको छ ।
बेलायतको लिसेस्टर युनिभर्सिटीका बैज्ञानीकहरुले पृथ्वीमा बढीरहेको तापक्रमका कारण मानव प्रजाती लगायत सयौं जीवजन्तुको अस्तित्व समाप्त हुनसक्ने प्रतिवेदन बनाएको हो ।
बैज्ञानीकहरुले पृथ्वीमा बढीरहेको तापक्रमले समुद्रमा पनि असर गर्ने र समुद्रको तापक्रम बढ्दा अक्सीजनको मात्रा कम हुदै जाने उल्लेख गरेका छन् । बैज्ञानीकहरुले जलवायु परिवर्तनका कारण समुद्रमा ६ डिग्री भन्दा बढीको तापक्रम बढ्नु, हरित गृह ग्यासको प्रभाव बढ्नुले समस्या आउन लागेको प्रतिवेदन बनाएका छन् ।
यस्ता कारणले अक्सीजनको उत्पादनमा कमी आएको र अक्सीजनमा आधारीत जीव जन्तुको भविष्य खतरामा रहेको बताएका छन्।
अनुसन्धान टोलीका संयोजक एवं विश्वविद्यालयका प्राध्यापक सर्गेई पेट्रोब्स्कीले अर्टाटीकामा जमेर बसेको पानीको बरफ समेत पग्लने उल्लेख गरेका छन्।
nepalsandesh
काठमाडौं, पुस ५ । चीनले अमेरिकाले आफूहरुलाई उकास्न खोजेको आरोप लगाएको छ । दक्षिणी चिनियाँ सागरस्थित विवादित द्विपमा अमेरिकी बम बर्षक बिमान तैनाथ गरेपछि क्रूद्ध बनेको चीनले अमेरिकामाथि यस्तो आरोप लगाएको हो ।
अमेरिकी बम बर्षक बिमानले चीनको द्विप नजिकबाट उडान भरेपछि चिनियाँ सैनिकलाई सतर्क अवस्थामा राखिएको छ । अमेरिकी रक्षा मन्त्रालयले भने चिनियाँ भनाइको खण्डन गरेको छ । आफ्ना विमानले नियोजित उडान नगरेको भन्दै अमेरिकाले चिनियाँ आरोप गलत भएको जनाएको छ । (एजेन्सी)
imagekhabar
आइतबार, ५ पुष
काठमाडौं । विगत चार महिनादेखि तराईमा आन्दोलनरत मधेसी मोर्चाका कार्यकर्ताले करिव ५ सय उद्योगसँग दैनिक हजारौं रुपैयाँ असुलेर उद्योग संचालन गर्ने अनुमति दिएको खुलासा भएको छ ।
उनीहरुले उद्योगको प्रकृति र क्षमता हेरेर प्रति उद्योग दैनिक ५० हजार रुपैयाँसम्म असुलेका छन् ।
उनीहरुले उद्योगको कम्पाउन्डबाट मालबहाक गाडी निकाल्दा प्रतिगाडी तीनहजार रुपैयाँ लिने गरेको नेपनल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले बताए ।
उनका अनुसार करिब ५ सय उद्योग दैनिक रुपमा मार्चालाई कर तिरेर सञ्चालन गर्न बाध्य भएका छन । आजको अन्नपुर्णमा समाचार छ ।
nepalsandesh
काठमाडौं, ५ मंसिर । सर्वोच्च अदालतबाट भ्रष्टाचारी ठहर भएदेखि राजनीतिबाट गुमनाम भएका मधेसी नेता जयप्रकाश गुप्ता फेरी सक्रिय भएका छन् । १८ महिना जेल बसेर फर्केदेखि उनी नेपाली राजनीतिमा निस्क्रिय थिए । तर पछिल्लो समय उनी फेरी सक्रिय भएका छन् ।
उनको सक्रियता मधेसमा मात्र बढेको छैन, प्रधानमन्त्री निवासदेखि भारतीय दुतावाससम्म बैठक र छलफलमा सहभागि हुन थालेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटे लगतै गत मंगवार उनी भारतीय दुतावासमा पुगेका थिए । लैनचौरस्थित दुतावासबाट उनले भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग भिडियो कन्फेरेन्स गरेको स्रोतले बताएको छ ।
नेपालको वर्तमान अवस्था र मधेसी दलको आन्दोलनका बिषयमा गुप्ताले भारतीय विदेशमन्त्री स्वराजसँग छलफल गरेका थिए । आन्दोलनरत मधेसी मोर्चा मधेसमा अलोकप्रिय भएको भन्दै उनले उपेन्द्र यादव, महन्थ ठाकुर र राजेन्द्र महतोको कुरालाई विश्वास नगर्न आग्रह पनि गरेका थिए ।
उनीहरुले मधेसी जनताको अधिकारका लागि भन्दा पनि सत्ताका लागि आन्दोलन गरेको स्वराजलाई बताएका थिए । मधेसी दलसँग भएका पुराना सम्झौता कार्यान्वयन नगराउन  यादव, ठाकुर र महतो नै बाधक भएको टिप्पनी समेत गुप्ताले गरेका थिए ।
भारतीय विदेशमन्त्रीसँग भिडियो कन्फेरेन्स गर्नुअघि गुप्ता लगाएका मधेसी नेताहरुले प्रधानमन्त्री ओलीसँग भेट गरेका थिए । गुप्ताले मधेसी मोर्चाका नेताहरुसँग मात्र सहमति गरेर नपुग्ने भन्दै आफ्ना मागहरु पनि प्रधानमन्त्रीलाई सुनाएका थिए ।yeskathmandu
काठमाडौं, ५ पुस । विगत चार महिनादेखि तराई मधेसमा आन्दोलन गरिरहेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आजदेखि संविधान संशोधन विधेयकविरुद्ध आन्दोलन केन्द्रित गर्ने भएको छ ।
संविधानको मस्यौदाको प्रति तराई मधेसका २२ जिल्लामा जलाउने सद्भावना पार्टीका महासचिव मनीष सुमनले जानकारी दिनुभयो ।
‘आज तराई मधेसका २२ जिल्लामा संविधान संशोधनको विधेयकलाई जलाउने छौँ’, उहाँले भन्नुभयो, ‘विधेयक जलाउन मधेसी मोर्चाका नेता तथा कार्यकर्ताहरू दिनभरि व्यस्त हुनुहुनेछ ।’
मधेसी मोर्चाले सरकारले सदनमा अगाडि बढाएको संविाधन संशोधनको विधेयकप्रति असहमति जनाउँदै आन्दोलन गरिरहेको छ । मोर्चाले आफ्नो आन्दोलनलाई फेरि चर्काउने संकेत गरेको छ ।
dainiknepal
काठमाडौं, ५ पुस । नेपालको तराई मधेसीमा जारी मधेसी मोर्चाको आन्दोलनमा भारतीय गुप्तचर संस्था ‘रअ’को संलग्नता रहेको खुलासा भएको छ ।
भारतीय साप्ताहिक पत्रिका ‘इकोनोमिक एण्ड पोलिटिकल विक्ली’ (पत्रिकाको लिङ्क)ले मधेस आन्दोलन यति लामो समय टिक्नुमा भारतीय सरकार र उसको गुप्तचर ऐजन्सीको प्रत्यक्ष तथा सक्रिय सहयोग रहेको दाबी गरेको छ ।
पत्रिकाको डिसेम्बर १९ को अंकमा प्रकाशित ‘नेपाललार्इ सजाय’ सम्पादकीयमा भनिएको छ, ‘मधेसी दलहरूले भारत सरकार र इन्टेलिजेन्स एजेन्सीहरूको राजनीतिक सहयोगबिना यति लामो महिना नाका अबरुद्द गर्न सक्छन् भनेर सोच्न सकिँदैन ।’
भारतले अहिले नेपाललाई सजाय दिइरहेको उल्लेख गर्दै पत्रिकाले मधेसीहरूबाट नाकाबन्दी हुनु र नेपालको अन्य भूभागमा भारतविरोधी गतिबिधी बढ्नु भारतको विदेशनीतिका लागि ठूलो दुर्घटनाका रुपमा चित्रित गरेको छ ।
भारत सरकारको विद्यमान नेपाल नीति भारतकै लागि आत्मघाती, लज्जाजनक तथा डरलाग्दो रहेको सो पत्रिकाले जनाएको छ । भारतको संलग्नतामा नाकाबन्दी भइरहेको भन्नेमा यथेस्ट प्रमाण रहेकासमेत उक्त पत्रिकाले लेखेको छ ।
नेपालको संविधानप्रति भारतले दिएको प्रतिक्रिया तथा भारतले संविधानमा परिवर्तन हुनुपर्छ भनेर निरन्तर नेपाललाई भनिरहनुबाट भारतको हठातको प्रतिशोधमुलक गैह्रकुटनीतिक व्यवहार रहेको टिप्पणी सो पत्रिकाले गरेको छ ।
भारतले नेपाललाई चीनको हातमा पुगाएको दाबी पत्रिकाले सम्पादकीयमा छ । जारी नाकाबन्दी भारतकैतर्फबाट नेपालमा भएको हो भन्ने अन्तर्राष्ट्रिय समुदायले बुझिसकेको जनाइएको छ ।
भारतले १९८० को अन्त्यतिर राजीव गान्धीको प्रधानमन्त्रीत्वकालमा पनि नेपालमा नाकाबन्दी लगाएर ब्यापार र पारवहन रोकेको पत्रिकाले उल्लेख गरेको छ ।
dainiknepal
काठमाडौं – प्रधानमन्त्रीको स्वीकय सचिवालयमा रहेर सल्लाहाकारलगायत विभिन्न उच्च पदमा काम गर्ने कसैले पनि अब सुविधाबापत सरकारी गाडी नपाउने भएका छन् । सल्लाहाकारले विभिन्न बाहनामा सरकारी गाडी दुरुपयोग गर्न सक्ने र गाडीको समेत अभाव हुने भएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले प्रधानमन्त्रीको कुनै पनि सल्लाहाकारलाई सरकारी गाडी नदिने गरी सल्लहाकारको सेवा सुविधासम्बन्धी नयाँ कार्यविधि तयार गरेको छ ।
नयाँ कार्यविधिअनुसार प्रधानमन्त्री ओलीका मुख्य सल्लाहाकार विष्णु रिजाल र प्रेस सल्लाहाकार प्रमोद दाहालले राज्यमन्त्री सरहको सुविधा दिइएको छ । उनीहरुको मासिक तलब ४६ हजार दुई सय २० रुपैयाँ छ । महँगी भक्ताबापत एक हजार पाउँछन् ।
राज्यमन्त्रीसरहको तलब बुझ्ने अन्यमा विज्ञान प्रविधि तथा सामाजिक सांस्कृति सल्लाहाकार अजयक्रान्ति शाह, सुरक्षा सल्लाहाकार प्रकाशबहादुर बस्नेतजनसम्पर्क सल्लाहाकार देवेन्द्र दाहाल र प्रशासनि सल्लाहाकार वसन्तकुमार नेम्वाङ छन् ।
प्रधानमन्त्री ओलीको सल्लाहाकार भई सचिवसरहको सुविधा पाउनेमा वरिष्ठ जनसम्पर्कविज्ञ निरुदेवी पाल, वरिष्ठ राजनीतिक विज्ञ ज्ञानेन्द्र शाक्य, वरिष्ठ सञ्चारविज्ञ चेतन अधिकारी, वरिष्ठ प्रशासनविज्ञ राजेन्द्रप्रसाद यादव र वरिष्ठ वैदेशिक विज्ञ गोपाल खनाल छन् । उनीहरु सबैले सचिवसरह मासिक ४१ हजार एक सय ३० तलब र एक हजार रुपैयाँ महँगी भत्ता पाउने आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।yeskathmandu
काठमाडौं, पुस ५ । इङ्गलिस प्रिमियर लिग फुटबलमा संकटग्रस्त क्लव चेल्सीले जित हात पारेको छ । शनिबार राति आफ्नै मैदानमा भएको खेलमा चेल्सीले सण्डरल्याण्डलाई ३-१ ले हराएको हो । खेलमा चेल्सीलाई विजयी गराउन ईभानोभिच, पेड्रो र ओस्कारले एक एक गोल गरे ।
चेल्सीका प्रशिक्षक जोजे मौरिन्हो बर्खास्त गरिएपछिको पहिलो खेलमै चेल्सी विजयी भएको हो । चेल्सीले यो सिजनको अन्तिमसम्मको लागि गुस हिडीङ्कलाई प्रशिक्षकको जिम्मेवारी दिएको छ । हिडीङ्क यसअघि पनि सन् २००९ मा पनि केही महिनाको लागि चेल्सी प्रशिक्षक बनेका थिए ।
प्रिमियर लिग अन्तर्गत शनिबार भएको अर्को खेलमा म्यान्चेस्टर युनाईटेड पराजित भएको छ । म्यान्चेस्टर युनाईटेडलाई नर्वीच सिटीले २-१ ले हराएको हो । उता एभर्टनलाई ३-२ ले हराँउदै लेष्टर सिटीले अंक तालिकामा शिर्ष स्थानको अग्रतालाई अझ फराकीलो पारेको छ ।
प्रिमियर लिग अन्तर्गतका अन्य खेलहरुमा टोटनह्याम हट्सपरले साउथह्याम्पटनलाई २-० ले, क्रिष्टल प्यालेसले स्टोक सिटीलाई २-१ ले तथा बर्नमाउथले वेष्ट ब्रोमलाई २-१ ले हराएका छन् । न्युकासल युनाईटेड र एस्टन भिल्लाले भने १-१ गोलको बराबरी खेलेका छन् ।
शनिबार रातिका खेलहरुपछि प्रिमियर लिगको अंक तालिकामा १७ खेलबाट ३८ अंक जोडेको लेष्टर सिटी शिर्ष स्थानमा छ । एक खेल कम खेलेको आर्सनल ३३ अंकसहित दोस्रो स्थानमा छ भने तेस्रो स्थानको म्यान्चेस्टर सिटीको ३२ अंक छ । साविक विजेता चेल्सी भने १८ अंकको साथ १५ औं स्थानमा रहेको छ ।
imagekhabar
संघर्ष र परिवर्तनको संवहाक हजारौ हजार युवा युवतीहरुलाई राजनैतिक दलहरुले सामन्ती शोषणबाट नेपाली जनताहरुलाई मुक्ति दिलाउन जनाधिकार स्थापित गर्न आमूल परिवर्तनको दिशामा थालिएको आन्दोलनमा सहभागी मात्र गराएनन् हजारौंको संख्यामा शहादत पनि गराए अनि अंगभङ्ग, घाइते, वेपत्ता गराए भने लाखौं मानिसहरुलाई घरबार विहीन बनाए भने हजारौं हजारलाई अनाथ ।
आफ्नो राजनैतिक उद्देश्य प्राप्त भएपछि जनताको अधिकारको निमित्त किन मौन रहन्छन् । के यिनिहरुलाई शक्तिमा पुगाउनकै निमित्त हजारौं युवाले शहादत दिएका थिए । हजारौं बेपत्ता, हजारौं अनाथ अनि हजारौं हजार घाइते भएका थिए ? अनि समाजमा आफू अपमानित भएपनि सिद्धान्तलाई उच्च आदर्श बनाएका थिए, अवश्य थिएनौ ।
आज माओवादी फुटको अनेकौं अड्कलबाजी बजारमा देखिन्छ । कोही भन्छन् सिद्धान्तको कारण, कोही आर्थिक हिसाब नमिलेर, कोही पद नपाएर आदी आदी यि सब भ्रमक समाचार र अड्कलवाजी हुन् र यिनै कुरा भन्न लगाइएको छ बजारमा बजारका ठेकेदारहरुद्वारा । किन फुटेको जस्तै गरे त माओवादी ? यसमा गम्भिर अध्ययन हुनु जरुरी छ ।
वास्तवमा यो फुट न कुनै सिद्धान्त न कुनै पद नमिलेर हो, न अरु कुनै कारण यो त १२ बुँदेको ग्राइण्ड डिजाईन अनुसार नै फुट गरेको जस्तो देखाउने मात्र हो । हात्तिको दाँत जस्तै देखाउने र खाने ।
माओवादी फुटको नाटक र १२ बुँदे सहमति यि विषय नेपाल र नेपाली राजनैतिक रुपमा गम्भिर प्रकारको षड्यन्त्र मात्र हो ।
आज बजारमा जतिपनि प्रकारका माओवादी पार्टी वा सिद्धान्त बोक्ने नेतृत्व छन् उनीहरुलाई सबै थाहा थियो । शान्ति प्रकृया पछिको वातावरण अनि अवस्था आउन सक्ने चुनौती ।
तत्कालीन राज्यपक्ष अनि माओवादी यो विषयमा बडो गम्भिर खालको डिजाइनको पक्षमा थियो ।
शान्ति प्रकृयापछि माओवादीभित्र सहिदहरुका मुद्दा, वेपत्ताका मुद्दा, घाइते, अपाङ्ग, जनमुक्ति सेना, बर्हिगमित जनमुक्ति सेनाका मुद्दाहरु, विस्तापित परिवार, राज्य पीडित, माओवादी पीडित, दमन अत्याचारको मुद्दा उठ्ने बेला थियो ।
अझ शान्ति प्रकृया पछि सेना भित्र भएको भ्रष्टचारको कुरा त छेक्न नसक्ने नै भैसकेको थियो । ढिलो चाँडो यो मुद्दाहरु कुनै न कुनै रुपमा बाहिर आउने छाट् देखिएपछि ठूलो ग्राण्ड डिजाईन मार्फत फुटाउने चालबाजी सुरु भै हाल्यो केही नेतृत्वले पहिले नै बुझेको कारण आफू चोखिन केही झुण्ड लिएर गई हाल्यो ।
शान्ति प्रकृया पछि पहिलो संविधान सभा अनि सरकार संचालनको क्रममा आफ्नै कार्यकर्ताको दिनहुँ जस्तो नारा जुलुसले माओवादी नेतृत्व झस्कीएकै हुन् ।
यि कुनै पनि मुद्दाहरु सहजै पुरा हुने खालका थिएनन् त्यसैले फुटको नाटक मञ्चन शुरु भयो अनि पारियो कार्यकर्तामा भ्रामक सोच नेतृत्वले पहिले नै बुझेको थियो यदि एकै ठाउँमा बस्यो भने यि सारा मुद्दालाई चोइटा चोइटा पारेर टुक्र्याउनु पर्छ ।
अनि बनाउन थालियो फेरि जनवादी क्रान्ति पक्ष संसदवादी पक्ष, जनविद्रोह पक्ष, नया शक्ति के के हो के के । यहि माध्यमद्वारा नै सम्पूर्ण कार्यकर्ताहरु बाँडिने र सानो सानो झुण्ड हुनेमा कुनै शंका थिएन ।
अनि हामी कार्यकर्ता, जनतालाई चाहीँ वास्तवमै सिद्धान्तकै आधारमा, विचारकै आधारमा, अनि पक्षकै आधारमा पार्टीहरु फुट भएको हो कि जस्तो बनाईयो । बुद्धिजिवीको प्रयोग मार्फत, मिडिया मार्फत अनि अन्य प्रोपोग्राण्डा मार्फत ।
त्यही हिजोका इमान्दार कार्यकर्ताहरुलाई वेरोजगार बनाउने, विदेशीको हातमा बेचिदिने, अस्त व्यस्त बनाउने रणनीति । लडाई लडाउने बेलामा अनकौं प्रलोभन र सपनाहरु देखाए आज उनीहरुको सपना पुरा भए पश्चात बिचैमा अलपत्र पार्न खोज्दैछन् । आज जति पनि अस्तित्वमा रहेका नेतृत्व वा अस्तित्वमा नरहेका सबैले जिम्मेवारी वहन गर्नै पर्छ, कोही पनि भाग्न पाउने छैन ।
हाम्रो सपनाहरु फूलका गुच्छा थिएनन् अनि हाम्रो सपनाहरु ५ लाख ९ लाखको चेक पनि थिएनन् । अनि हाम्रो सपनाहरु कसैलाई महलमा कसैलाई झुपडीमा अनी कसैलाई मन्त्री, प्रधानमन्त्री बनाउने पनि थिएन । हाम्रो सपना त वर्गिय विभेद, लैङ्गििय, क्षेत्रिय अनि आर्थिक समृद्धिको बाटो थियो कमरेड ।
कि त सबै मिलेर सहिद, घाइते, अपाङ्ग, वेपत्ता परिवार, बर्हिगमित जनमुक्ति सेना, जनमुक्ती सेना सबै प्रकारका कार्यकर्ताको समस्या हल गर नत्र जनमुक्ती सेनामा बाल सैनिक प्रयोग भएको कुरा अन्तराष्ट्रिय जगतले मान्यता दिई सकेको छ, सेना भित्र भएको भ्रष्टाचारको कुरा तमाम प्रकारको मुद्दाले तिमिहरुको योजना चकनाचुर पार्ने छन् ।
ढिलो चाँडो हामी सबै प्रकारका पीडितले न्याय अवश्य पाउने छौं । आज सम्म त तिमीहरु हामीहरुलाई झुलाएर, छक्याएर मस्तले सुतिरहेको छौ अब त्यो दिन पनि याद गर, यदि हामी आफ्नो अधिकारको लागि जाग्यौं भने त्यो क्षण तिम्रो निद्रासँग घृणा शुरु हुनेछ ।
– लेनिन बिष्ट
संयोजक
बहिर्गमित जनमुक्ती सेना नेपाल
dainiknepal
स्काइपबाट अब नेपाल टेलिकम र एनसेलको मोबाइलमा निःशूल्क फोन गर्न सकिने भएको छ। कल गर्दा कुनै पैसा नलाग्ने स्काइपले जनाएको छ ।

नेपालभरी मात्र होइन तपाईँले स्काइपबाट विदेश फोन गर्दा पैसा समेत लाग्दैन्। तर, फोन गर्नेको मोबाइलमा भने इन्टरनेट हुनु आवश्यक छ। फोन रिसिभ गर्नेको मोबाइलमा इन्टरनेट नभएपनि हुन्छ।
त्सका लागि तपाईँले स्काइपको फोन डायल गर्ने स्थानमा गएर सिधै कल गर्न सक्नुहुनेछ। याे सुरक्षाका हिसावले अलि जटिल छ। किनभने फोन गर्नेकाे नम्बर जाँदैन।

नेपालमा मंगलबार गएको शक्तिशाली भुइँचालोपछि भाइबरले फेरि निःशुल्क सेवा सुरु गरेको छ ।
वैशाख १२ को भूकम्पपछि पनि केही दिन निःशुल्क कलको सेवा उपलब्ध गराएको भाइबरले पुनः नेपाली प्रयोगकर्ताले जुनसुकै मुलुकमा गर्ने कल (भाइबर आउट) निःशुल्क गराएको हो ।
टि्वटर मार्फत यसबारेमा जानकारी दिँदै भाइबरले नेपालको पछिल्लो भूकम्पपछि नेपाली प्रयोगकर्तालाई भाइबर आउट निःशुल्क गरिएको र नेपाली प्रयोगकर्ताले जुनसुकै स्थानमा भाइबरबाट कल गर्दा पैसा नलाग्ने उल्लेख गरेको छ ।
यो सँगै भाइबरको प्रयोग गरी नेपाल भित्र र बाहिर गरिने जुनसुकै कल गर्दा पैसा लाग्नेछैन । भिडियो हेर्न तलको बाकस थिच्नुहोस

वि.सं. २०७२ साल पुस ५ गते। आइतबार। इश्वी सन् २०१५ डिसेम्बर २० तारिख। नेपाल संवत् ११३६ थिंला थ्व। मार्गशीर्ष शुक्लपक्ष। तिथि– दशमी, २५:५४ बजेउप्रान्त एकादशी।उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
चुनौती देखिए पनि स्वाभिमानको रक्षा गर्न सकिनेछ। दिगो आम्दानी हुने काम फेला पार्न सकिनेछ। बलमिच्याइँले हानि पुर्याउन सक्छ। फाइदाका पछि लाग्दा साथीभाइ टाढिन सक्छन्। धैर्यले काम लिँदा प्रतिस्पर्धीलाई उछिन्न सकिनेछ। नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइ फेला पर्नेछन्। लामो यात्रा सम्भावना छ। अनजानको गल्तीले हानि पुर्याउन सक्छ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
अवसर आए पनि मौकामा लाभ उठाउन नसकिएला। ठूलै प्रयत्न गर्दा सामान्य फाइदा हुनेछ। तर, आजको लाभांश सुरक्षित वा सञ्चय नहुन सक्छ। सरसापटमा धन खर्च हुने समय छ। आम्दानी बिगार्नेहरू सक्रिय रहन सक्छन्। श्रमको उचित मूल्य नमिल्न सक्छ। सोचेभन्दा कमै फाइदा मिल्नेछ भने खर्चको मात्रा बढ्नेछ। परिस्थितिले निष्क्रिय बनाउन सक्छ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
काम गर्ने अवसर मिले पनि प्रतिफल हात पार्न नसकिएला। प्रतिष्ठित काम र पदको आशा देखाउनेहरूले धोका दिन सक्छन्। शासक वर्गबाट पनि धोका हुन सक्छ, सचेत रहनुहोस्। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट सामान्य लाभ मिल्नेछ। आर्थिक लाभ नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ला। पढाइलेखाइमा समय दिन नसकिएला। व्यापारमा भने फाइदै हुनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ। आफ्नो वर्ग वा क्षेत्रको नेतृत्व हातलागी हुनेछ। धेरैले तपाईंका कामको तारिफ गर्नेछन्। कीर्तिमानी काम गर्ने समय छ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सहयोगीहरूले साथ दिनेछन्। आँटेका काम पनि सजिलै बन्नेछन्।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
परिस्थितिले केही अप्ठ्यारो मोडमा पुर्याउन सक्छ। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोगीहरू पछि हट्न सक्छन्। श्रम गरीकन मूल्य प्राप्त नहुने समय छ। कमजोरीले चिन्ता बढाउन सक्छ। बाध्यतामा अलमलिनुपर्दा चिताएको काम रोकिन सक्छ। अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ने देखिन्छ। आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्, गोपनीयतामा ध्यान पुर्याउनुहोला।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
विभिन्न सहयोग र उपहार पाइनेछ। आयआर्जन पनि राम्रै हुनेछ। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्। कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइनेछ। परिवारजनको साथले नयाँ आशा पलाउनेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। अतिथिका रूपमा सम्मान पाइने समय छ। रमाइलो यात्राको समेत मौका छ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
आँटेका काममा बाधा पुर्याउनेहरू प्रशस्तै हुनेछन्। फजुल खर्च पनि बढ्नेछ। चोरी वा ठगीमा परिने योग भएकाले होसियार रहनुपर्ने समय छ। केही अप्ठ्यारा परिस्थितिको सामना गर्नुपर्ला। केही चुनौतीहरू देखिनेछन्। अधिकार सुरक्षा गर्न जुट्नुपर्नेछ। गरी आएका काम र व्यापार–व्यवसायमा फाइदा उठाउन नसकिएला। शत्रुहरू बढ्नाले समस्या थपिएलान्।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
दिन उत्साहपूर्ण रहला। सुखद समाचार सुन्न पाइनेछ। स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ। व्यापारमा भने कम मात्र फाइदा होला। पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ। पढाइलेखाइमा प्रगति हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन्।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
महत्वाकांक्षी योजना फलीभूत हुनेछन्। नयाँ काममा हात हाल्ने समय छ। परिवारजन तथा बन्धु–बान्धवबीच आत्मीय भाव बढ्नेछ। भूमि तथा मातृधनबाट लाभ लिने समय छ। बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्न मौका छ। काममा मातापिताको सहयोग प्राप्त होला। कृषि–चौपायाबाट लाभ मिल्नेछ। स्थायी सम्पत्ति जोड्ने समय छ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
काममा रोकावट र कममात्र फाइदा हुने समय छ। सहयोगीहरूले हात झिक्नाले अलि अप्ठ्यारोमा परिनेछ। आर्जित धन तत्काल खर्च हुन सक्छ। पुरानो समस्याले पनि झमेला आइलाग्ने योग छ। दाम्पत्य सम्बन्धमा केही असमझदारी बढ्न सक्छ। कृषि तथा पशुपालनमा खर्च बढ्नेछ। काममा चुनौती देखिएलान्। आफ्नै प्रयासले गरेका काममा भने लाभ मिल्नेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
सजिलै काम बन्नाले उत्साह जाग्नेछ। सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ। सहयोगीहरूले काममा साथ दिनेछन्। विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ। रोकिएका काम सम्पादन हुनेछन्। पठन–पाठनमा प्रगति हुनेछ। योग्यताको कदर हुनेछ। मानसम्मान पनि पाइनेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
प्रयत्न गरेको काम छोटै समयमा पूरा हुनाले समय फुर्सदिलो रहनेछ। इच्छाशक्ति बढ्नेछ भने रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ। परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिनेछ। स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। परिवारजनसँग आत्मीयता बढ्नेछ। प्रेम र मित्रताको बन्धन कसिने सम्भावना छ। काममा साथ दिनेहरू बढ्नेछन्। प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ।

महन्थ ठाकुरको दाबीअनुसार हालको मधेस आन्दोलनमा ५५ जनाको ज्यान गएको छ । ती सबै शहीद हुन् । शहीदका पत्नीहरु स्वतः सम्मानित शहीद पत्नी हुने भए । तर मधेसी मोर्चाले उनीहरुलाई शहीद पत्नी भन्छ वा ‘अलच्छिना विधवा’ भन्छ विरोधाभाष हुने भएको छ । किनभने बिहीबार राष्ट्रपति विद्या भण्डारी विवाह पञ्चमीको अवसरमा जानकी मन्दिर गइन् ।


राष्ट्राध्यक्षका रुपमा पूजाअर्चना गरिन् । मोर्चाका कार्यकर्ताले भण्डारीलाई रोक्न ढुृंगामुढा गरे । तर उनीहरु रोक्न सफल भएनन् । राष्ट्रपति राजधानी फर्केपछि अलच्छिना विधवाले मन्दिर अपवित्र पारेको भन्दै गंगाजल छर्केर ‘पवित्र’ पारे । यसको पुष्टि राजेन्द्र महतोको पार्टीका धनुषा अध्यक्ष सञ्जय सिंहले गरेका छन्, त्यससम्बन्धी खबर शनिबारका छापाहरुमा पनि छ ।
अहिलेको आधुनिक समाजमा पतिको निधन भएपछि महिलालाई ‘विधवा’ भन्न हुँदैन, यसो भन्दा उनीहरुको अपमान हुन्छ भनेर एकल महिला भन्न थालिएको छ । मान्छे नमर्ने कुन ठाउँ हुँदैन । हरेक ठाउँमा मान्छे मर्छन् कोही भाग्यले पछि मर्छन् कोही अघि । हालकी राष्ट्रपतिको जस्तै अवस्था पूर्वराष्ट्रपति डा. रामवरण यादवको पनि हो । उनी पनि एकल पुरुष हुन् । उनी जानकी मन्दिर गएर पूजाअर्चना गर्थे । तर उनले पूजाअर्चना गर्दा मन्दिर कहिल्यै अपवित्र भएन । मन्दिर धोइपखाली गर्नुपर्ने र गंगाजल छर्केर क्षमापूजा गर्नुपर्ने अवस्था आएन ।
एमाले नेता शंकर पोख्रेलले ट्वीट गरे, ‘राष्ट्रपतिले जानकी मन्दिर दर्शन गरेकोमा अपवित्र भयो भनेर चोख्याउन खोज्नेहरु र महिलाशिक्षाका विरुद्ध उभिने तालिवानका बीचमा के अन्तर भयो र !’ वास्तवमा मधेसी मोर्चाका कार्यकर्ताको यो हर्कतले समग्र नेपाली महिलाको अपमान गरेको छ । त्यसमा पनि एकल महिलाहरुको त झन ठूलो अपमान गरेको छ । महिलाहरुलाई सधैं दबाएर पैतालामुनी दबाउन खोज्ने पूरुषप्रधान मुलुकको पक्षमा मधेसी मोर्चा बलियोसँग उभिएको रहेछ भन्ने सन्देश दिएको छ ।
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले एकपटक मसँगको टेलिफोन कुराकानीका क्रममा भनेका थिए, ‘यो राष्ट्रलाई मधेसीले कति कुरा कहिलेसम्म दिने ? दिँदादिँदा धोतीमात्रै बाँकी छ । त्यो पनि मागेपछि आन्दोलन नगरे के गर्नु ? कहिलेसम्म मधेसीले दास भएर बाँच्नु पर्ने हो ?’
रंगीन टेलिभिजन दाइजोमा नपाउँदा बुहारीलाई जिउँदो जलाएका घटना पनि मधेसमा नभएका होइनन् । यद्यपि पंक्तिकारले त्यसलाई सामान्यीकरण गरेको होइन । दाइजोको कुरीति पहाडमा पनि छ । पहाडियामा पनि छ । समान अधिकार र आत्मासम्मान खोजिरहेको मधेसी मोर्चाले महिलालाई अलच्छिना भनेको देख्दा अचम्म लागेको छ । आत्मासम्मान मधेसी मोर्चाका कार्यकर्तालाई चाहिने तर त्यो आत्मासम्मान आधा जनसंख्या ओगट्ने महिलालाई चाहिँ दास नै बनाएर राख्न पाउने शर्तमा मात्रै रहेछ ।
उपेन्द्र यादवले मधेसीलाई दास बनाएको दाबी र मधेसीले महिलालाई दास मान्ने प्रवृत्तिले स्पष्ट पार्छ हालको आन्दोलन अधिकार र आत्मसम्मानकालागि होइन । यदि हुन्थ्यो भने मधेस आन्दोलनमा मारिएका शहीदका पत्नीहरुलाई उनीहरुले अलच्छिाना भन्ने थिएनन् । किनभने विद्या भण्डारी अलच्छिना हुने र बाँकी चाहिँ लच्छिना हुन सक्दैनन् । मदन भण्डारीको निधन एक रहस्यमय जीप दूर्घटनामा भयो । दुर्घटना कसैको चाहनामा हुने होइन । यसमा उनकी पत्नीलाई जोड्नु जति दूर्भाग्य र शर्मनाक कुरा अरु के होला ? मधेसी मोर्चाको हर्कतले आमने पालीको शीर लज्जाले झुकेको छ ।

नेपालको संविधानले राष्ट्रपतिलाई राष्ट्रिय एकताको प्रतीक र संविधानको सरंक्षक मानेको छ । राष्ट्रपति जुनसुकै धर्म, दल, लिंग, जात वा समुदायबाट नियुक्त भएपनि नियुक्त भएको मितिले उसको पूराना सबै स्टाटस खारेज हुन्छन् । र ऊ सबैको साझा सांस्थाका रुपमा रहन्छ । सबै धर्मको, सबै पार्टीको, सबै जात र समुदायको साझा राष्ट्रपतिमा पहाडिया, शोषक, सामन्ती शासकको छवि देख्नु मधेसी मोर्चाका कार्यकर्ताको दृष्टिभ्रम हो र उनीहरुको निचताको पराकाष्ठा हो ।
किनभने हिजो मधेसबाट मधेसी जनताको छोरो राष्ट्रपति भएका थिए । समय बित्दै जाँदा कुनै दिन मधेसी एकल महिला पनि राष्ट्रपति हुन सक्छिन् यसमा अनौठो मान्नु पर्ने कुनै कारण छैन । किनभने यो लोकतान्त्रिक व्यवस्था हो । यो व्यवस्थामा पारस शाह जस्तालाई ‘सरकार’ भनिरहनु पर्दैैन ।
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठले पनि मोर्चाका कार्यकर्ताको जंगलीरुपलाई औल्याउँदै फेसबुकमा रेणु यादवसमेतको नाम जोडेर यस्तो लेखे, ‘०५० साल जेठ ३ गते जननेता मदन भण्डारीको मृत्यु हुनुमा विद्या पाण्डेको या एकल महिला बन्नुमा फÞोरम नेता तथा पूर्वशिक्षामन्त्री रेणुकुमारी यादवको के दोष ? रहरले रोजिन्छ विधवा जीवन ? या बाध्यताले गरिन्छ यस्तो परिस्थितिको बरण ? के पत्नीवियोग पूर्वराष्ट्रपति डा.रामवरण यादवको रोजाइ थियो ? बिल्कुलै थिएन । अनि उनी लुम्बिनी,बराह क्षेत्र, त्यही रामजानकी मन्दिर पुग्दा ती क्षेत्र अपवित्र ठानिएन, धोइपखाली पनि गरिएनन् तर आज परिस्थितिलाई भिन्न बनाइएको छ, जातका आधारमा विरोध जनाइएको छ । नियतिबस् आफ्नी माताजी पनि कुनै दिन विधवा हुँदा के भन्दा हुन् यी (मधेस–पुत्र)ले, आन्दोलनकारी मधेसी मोर्चाले ? मठ, मन्दिरबाट लघारेर सडकमा अलपत्र पार्दा हुन् कि पोइ टोकुवा,अलच्छिना घर पस्लिन् भन्दै ढोकामा धर्ना बसेर आमामाथि पनि नाकावन्दी थोपर्दा हुन् ?’

मधेसी मोर्चाको यस्तो क्रियाकलापको चौतर्फी विरोध भएको छ । मोर्चाको क्रियाकलापले राष्ट्रपतिले कति अपमान महसुस गरिन् त्यो त थाहा छैन तर यस्तो हर्कतले मधेस वा भनौं मुलुकभरका आमजनता, बुद्धिजीवी, सचेत नागरिकहरुको आत्मसम्मान तरल भएको हुनुपर्छ ।
जब कुनै मान्छेले राम्रो नराम्रो छुट्याउन सक्दैन, विवेक शून्य हुन्छ । लाठीको भाषा बुझ्छ, ज्ञानको बुझ्दैन । खान र शौच गर्न जान्दछ तर कुन खान हुने कुन नहुने छुट्टयाउन सक्दैन । शौच गर्ने त थाहा हुन्छ तर शौचालय र नदी, ताल किनार थाहा पाउँदैन भने त्यस्तालाई नेपाली समाजमा व्यंग्य गरेर गोरु भन्ने गरिन्छ । अर्थात गोरुको जस्तै बुद्धि भएकालाई सांकेतिक रुपमा गोरु भनिएको हो । अहिले मधेसी मोर्चाका कार्यकर्ताले पनि ठीक यहि गोरु प्रवृत्ति देखाए । उनीहरुलाई आन्दोलन गर्नुपर्छ भन्ने त थाहा भयो तर कसको विरुद्ध गर्ने भन्ने थाहा भएन । ढुंगा हान्नुपर्छ भन्ने त थाहा भयो तर मन्दिरमा हान्ने कि अन्तै हान्ने थाहा भएन । लात्ति हान्नुपर्छ भन्ने पनि थाहा भयो तर जानकी मन्दिरका आस्थाका सामग्रीमा हान्ने कि अन्तै हान्ने भन्ने थाहा भएन ।
सरसफाई गर्नुपर्छ भन्ने त थाहा भयो तर जनकपुरका तालतलैया किनारमा दिनहुँ शौच गर्ने ठाउँमा सफाई गर्ने कि राष्ट्रपतिले छोएको स्थानमा ? त्यो थाहा भएन । अधिकार माग्नु पर्छ भन्ने त थाहा भयो तर आफ्नै आमा दिदीबहिनीको अधिकार खोस्नु हुन्न, अपमान गर्नुहुन्न भन्ने थाहा भएन । यति कुरा थाहा नपाउने जीव यदि दुई खुट्टाकै भरमा हिँडछ्, आकार मान्छेकै जस्तो छ भने पनि त्यो गोरु हुन्छ भनिएको सयद ठीकै रहेछ ।
kathmandutoday भिडियो हेर्न तलको बाकस थिच्नुहोस
काठमाडौँ, ४ पुस । नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले मधेसको समस्या चाँडो समाधान हुने बताउनुभएको छ ।
रिपोर्टर्स क्लब नेपालले आज कोइराला निवास महाराजगन्जमा गरेको विशेष साक्षात्कारमा सभापति कोइरालाले संविधान संशोधन गरी आन्दोलनरत मधेसी मोर्चाका जायज माग सम्बोधन गर्नुपर्ने बताउनुभएको हो ।
पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका कोइरालाले वर्तमान अवस्थामा देखिएको समस्या समाधान गरी आम नागरिकलाई सङ्कटबाट मुक्त गराउनुपर्ने बताउनुभयो ।
उहाँले अहिलेको संविधानले सबै जाति, धर्म, भाषा, वेशभूषालाई प्रतिनिधित्व गरेको भन्दै केही छुटेका विषय संशोधनमार्फत टुङ्ग्याउनुपर्नेमा जोड दिनुभयो ।
सभापति कोइरालाले नेपाली काँग्रेसको आधारभूमि मधेस भएको तथा मधेसी जनता र काँग्रेसबीच विश्वासको सङ्कट देखिएको भन्दै यसलाई सहज बनाउन सहमति सहकार्य र एकताको खाँचो रहेको औँल्याउनुभयो । उहाँले भन्नुभयो–“संविधान सम्झौताको दस्तावेज हो यसलाई फेरबदल गर्न सकिन्छ, अब मुलुकलाई विकासको बाटोमा लैजानु आवश्यक छ ।”
पूर्व प्रधानमन्त्री कोइरालाले १० वर्षे माओवादी युद्ध र सेना समायोजन वार्ताबाटै सफल भएको उल्लेख गर्दै मधेसका माग पनि वार्ताबाटै समाधान गर्ने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो– “दोस्रो संविधानसभाको निर्वाचन हुन्छ हुँदैन भन्ने आशङ्कामा निर्वाचन भयो, संविधान आउँछ आउँदैन भन्ने आशङ्कामा संविधान आयो अब मधेस समस्या पनि चाँडो समाधान हुन्छ ।”
सभापति कोइरालाले नेपाली राजनीति दलकै झगडाका कारण लामो समयदेखिको छिमेकी मुलुकसँग सम्बन्ध बिग्रेको भन्दै सम्बन्ध सुधार गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले नेपालको संविधानले सबैको अधिकारलाई समेटेको भन्दै यो संविधान दक्षिण एसियाकै उत्कृष्ट भएको दाबीसमेत गर्नुभयो ।
उहाँले भूकम्प र नाकाबन्दीको सङ्कटमा पनि नेपालीहरुसँग धैर्य गर्न सक्ने क्षमताको प्रशंसा गर्नुभयो ।
सभापति कोइरालाले अबको महाधिवेशनमा नेपाली काँग्रेसको सभापति पदमा उम्मेदवार दिनुहुन्छ भन्ने सञ्चारकर्मीको प्रश्नमा उहाँले पार्टीभित्र छलफल गरेर निर्णय लिने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो– “मलाई पार्टीभन्दा देशको माया छ त्यसैले अहिले महाधिवेशनको बारेमा सोच्नसमेत पाएको छैन ।”
उहाँले सङ्घीयताका बारेमा सबै दलसँग व्यापक छलफल गरेर अगाडि बढ्ने उल्लेख गर्नुभयो ।
dainiknepal
वीरगन्ज : आन्दोलनरत मधेसी दलका कार्यकर्ता र प्रहरीबीचको झडप कारण वीरगन्ज शनिबारदेखि फेरि अशान्त बनेको छ ।

वीरगन्जको घण्टाघर र माइस्थान चोकमा प्रहरी र आन्दोलनकारीबीच शनिबार दिनभर झडप भयो । झडपमा दुईजना प्रहरी निरीक्षकसहित नौजना प्रहरी घाइते भएका छन् ।


आन्दोलनकारीहरुले हानेको ढुङ्गा लागेर प्रहरी निरिक्षकद्वय शेख अदालत र सुधीर राई , प्रहरी नायव निरीक्षक विष्णुदयाल शर्मा र प्रहरी जवान अजीत पाण्डेसहित नौजना घाइते भएको पर्साका प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठले बताए ।

टाउको फुटेका पाण्डेको अवस्था गम्भीर छ । उनको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । आन्दोलनकारीले प्रहरी सवार ना १ ग ४८९ र बा १ ग २५८१ नम्बरको गाडीमा तोडफोड पनि गरेका छन् ।

झडपमा संलग्न रहेको भन्दै प्रहरीले नौ आन्दोलनकारी पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा फेटाका तेजीलाल प्रसाद साह कलवार, वीरगन्ज–१३ का जितेन्द्र कुशवाहा, अमित जयसवाल, अनिल कुमार गुप्ता, सिकेन्द्र चौरसिया, धिरजकुमार गुप्ता, विशालकुमार साह, मुन्ना मण्डल र सुरजकुमार तुराहा छन् । उनीहरुलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।

मोर्चाको ढुंगाले लागेर घाइते प्रहरी जवान अजीत पाण्डे
घण्टाघर चोकमा दिउँसो मोटरसाइकल तोडफोड गर्ने क्रममा कलवारलाई प्रहरीले नियन्त्रणमा लिएपछि आक्रोशित आन्दोलनकारीहरु ढुङ्गामुढा गर्दै प्रहरीमाथि जाइ लागेपछि झडप शुरु भएको थियो ।

झडपका क्रममा आन्दोलनकारीहरुले प्रहरीमाथि पेट्रोल बम पनि प्रहार गरेका थिए । प्रदर्शनकारी  तितरबितर पार्न प्रहरीले दुई सेल अश्रुग्यास पनि प्रहार गरेको थियो । घण्टाघर र माइस्थान क्षेत्रमा दिउँसोदेखि शुरु झडप साँझसम्म चलेको थियो ।

घण्टाघर चोकमा आन्दोलनकारीले हानेको ढुङ्गाले लागेर पत्रकार सुरेश बिडारीको क्यामेरा फुटेको छ ।

शनिबार साँझ घण्टाघर चोकनजिकै रहेको नेपाली सेनाको ब्यारेक अगाडिको सडकमा आन्दोलनकारीले एउटा मोटरसाइकलमा आगजनी गरेका छन् ।

सेनाको ब्यारेक अगाडिको सडक छेउमा पर्सा जगरनाथपुरका राधा किसुन साह सोनारले रोकिराखेको ना ३ प २३४० नम्बरको मोटरसाइकलमा आन्दोलनकारीले मोटरसाइकलबाटै पेट्रोल खन्याएर आगो लगाएका हुन् ।

आन्दोलनकारीहरुले मोटरसाइकलमा आगो नजिकै रहेको ब्यारेकबाट आएका सेनाका जवानलहरुले निभाएका थिए ।

तनावग्रस्त वीरगञ्ज
मोटरसाइकलमा आगो लगाउनेहरुले चालक साहलाई कुटपिट गरेका छन् ।  कुटपिट गर्न थालेपछि भागेर ज्यान जोगाएको साहले बताए ।

‘आशाराम अस्पतालमा रहेका बिरामीलाई भेटन जानु थियो, सालोलाई कुरेर बसिरहेको थिएँ’, साहले भने, ‘चार–पाँचजनाको हुलमा आएका केटाहरुले तोडफोड गर्दै मोटरसाइकलमा आगो लगाइदिए ।’

मोटरसाइकलमा आगो लगाएर आफूलाई  कुटपिट गर्न थालेपछि भागेर ज्यान जोगाएको उनले बताए । शुक्रबार पनि सेनाको ब्यारेक अगाडि नै आन्दोलनकारीले एउटा मोटरसाइकलमा जलाइदिएका थिए ।  

मधेसी दलका कार्यकर्ताहरुले शनिवार वीरगन्जको घण्टाघर, माइस्थान, घडीअर्वा लगायतका स्थानमा टायर बालेर प्रदर्शन गरे ।

उनीहरुले वीरगन्जमा शनिवार पनि टाँगा, इ–रिक्सा, टयाम्पु, कार, जिप समेत चल्न दिएनन् । प्रदर्शनका कारण वीरगन्जको बजार र पसलहरु शनिवार पनि खुल्न सकेन ।
 
मधेसका माग पुरा गराउन सरकार र प्रमुख तीन दललाई अन्तिम धक्का दिने बताउँदै शुक्रबारदेखि आन्दोलन फेरि चर्काएका मधेसी दलहरुले वीरगन्जमा शनिबार बिहानैदेखि प्रदर्शन गरेका हुन् ।

नयाँ संविधान जारी भएको तीन महिना पुगेको दिन पुस ३ गते शुक्रबारदेखि मधेसी दलहरुले आन्दोलन थप सशक्त बनाएका हुन् । annapurnapost
महिलाहरूमा महिनावारी हुनु एउटा सामान्य प्रक्रिया हो। तर, महिनावारीको समयमा खपिनसक्नु दुखाइ हुनु भनेको समस्या हो। महिनावारीको समयमा महिलामा सामान्य ढाड दुख्ने तथा थकानको महसुस हुने हुन्छ। चिकित्सकीय हिसाबमा केही क्षण वा समयको हल्का दुखाइ सामान्य अवस्था नै हो।
तर, महिनावारी हु”दा धेरैलाई खपिनसक्नु पेट दुख्ने, वाकवाकी लाग्ने, ढाड र कम्मर जोडले दुख्ने, खान मन नलाग्ने र नियमित दैनिक कामसमेत गर्न गाह्रो हुन्छ भने त्यो एक किसिमको समस्या हो। उमेर पुगेका पाका वा विवाहित महिलामा भन्दा यस्तो समस्या भर्खरै महिनावारी सुरु भएका युवतीमा, अविवाहितमा धेरै देखिने गर्दछ। चिकित्सकीय भाषामा महिनावारीको समयमा हुने पीडालाई डिस्मेनोरिया भनिन्छ।
वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. भोला रिजालका अनुसार यो समस्या विवाहित र अविवाहित दुवै महिलामा देखिन्छ। तर, अविवाहितमा विवाहितको तुलनामा धेरै पाइन्छ। उनका अनुसार महिनावारीमा हुने यस्तो समस्या प्रामरी र सेकेन्डरी गरी दुई किसिमका छन्। प्राइमरी डिस्मेनोरिया प्रायः अविवाहित तथा वयस्क महिलालाई हुने गर्छ। सेकेन्डरी डिस्मेनोरिया भने २० वर्È माथिको उमेर समूहका महिलालाई हुने गर्छ। यो प्रायः विवाहित महिलामा देखिने समस्या हो।
डिस्मेनोरियाले सताएका महिलाहरूलाई लामो समयसम्म दुखाइले सताइरहन्छ। कतिपय अवस्थामा त दुखाइ लगातार ८/१० घण्टासम्म पनि हुन सक्छ। दुखाइ अत्यधिक हुँदा महिलाले पेन किलरको सेवन गर्छन्। निश्चित मात्रामा पेन किलर सेवन गर्नु उचित भए पनि जथाभावी पेन किलर सेवन गर्नु झन् घातक हुने चिकित्सकहरू बताउँछन्। त्यसकारण दुखाइ बढी हुने महिलाले चिकित्सकको सल्लाहमा औषधि सेवन गर्नुपर्ने डा रिजालको सुझाव छ।
स्त्रीरोग विशेषज्ञहरूका अनुसार प्राइमरी डिस्मेनोरियामा महिनावारीको बेलामा तल्लो पेट, कम्मर र ढाड दुख्छ। बिस्तारै महिलामा दुखाइ बढ्दै गएर खुट्टा र टाउको दुख्ने, वाकवाकी लाग्ने समस्या देखिने गर्दछ। केही महिलालाई भने पखालासमेत लाग्न सक्ने चिकित्सक बताउँछन्। चिकित्सकहरूका अनुसार कम उमेरमा महिनावारी हुनु, इस्ट्रोजन र प्रोजेस्टेरोन हर्मोनको असन्तुलन हुँदा महिलामा यस्तो समस्या देखिने गर्छ। साथै, महिनावारी हु”दा पाठेघर खुम्चने र तन्किने हुनाले पनि तल्लो पेट जोडले दुख्ने स्त्रीरोग विशेषज्ञ डा. विमल थापा बताउँछन्।
‘महिनावारीमा यौनांगमा कुनै बाधा आयो अथवा रगत बग्ने यौन नली सा”घुरो भयो भने पनि प्राइमरी डिस्मेनोरियामा हुन सक्छ,’ उनले भने, ‘यो समस्या केहीमा वंशाणुगत कारणले पनि देखिन्छ।’ उनका अनुसार यस्तो समस्या अत्यधिक मोटा र सुखमय जीवनशैली बिताउने युवतीलाई बढी हुने गर्दछ। विवाहपश्चात् बच्चाको सामान्य जन्म भएपछि निराकरण हुने यस्तो समस्या ठ्याक्कै के कारणले हुन्छ भन्ने स्पष्ट नभए पनि अनियमित प्रकारको पाठेघरको खुम्चाई र पाठेघरमा अक्सिजनको कमीका कारणले हुने बताइन्छ।
चिकित्सकका अनुसार सेकेन्डरी डिस्मेनोरिया २० वर्ष माथिको उमेर समूहका महिलालाई बढी हुने गर्छ। यो प्रायः विवाहित महिलामा देखिने समस्या हो। यस्तो समस्या भएका महिलामा महिनावारी समयमा नहुने र ह”ुदा रगत धेरै बग्नु, यौनसम्पर्क गर्दा यौनांग दुख्नु, बाँझोपना र अत्यधिक सेतो पानी बग्ने हुन्छ। यस्तो अवस्थामा औÈधिको सेवन गर्दा पनि दुखाइ कम नहुन सक्छ। प्रजनन् रोग, अण्डाशय वा अण्डवाहिनी नलीमा समस्या देखिनु, लामो समयसम्म आईयूसीडी तथा कपर–टी को प्रयोग, अनियमित औÈधिको प्रयोगका कारण पनि यस्तो समस्या आउ”छ। यस्तो डिस्मेनोरिया आफैँमा रोग नभई अन्य रोगको लक्षण भएकाले समयमा नै रोगको पहिचान गरी पीडाबाट छुटकारा पाउन सकिने चिकित्सकहरू बताउँछन्।
डा. थापाका अनुसार डिस्मेनोरियाको दुखाइबाट छुटकारा पाउन चिकित्सकको सल्लाहमा पेन किलर खानुसँगै घरमै समेत उपचार गर्न सकिन्छ। विशेषगरी महिलाले तल्लो पेटमा हलुका मालिस गर्ने, पेटमा रबरको थैली वा बोतलमा तातोपानी राखेर वा बाक्लो कपडा तातोपानीमा भिजाएर सेक्ने गर्दा धेरै राहत पाउन सकिन्छ। यस्तै ढाड र खुट्टासमेत सेकाउन सकिन्छ। अदुवा पानी तताएर खाने, गेडागुडीको तातो झोलको सेवन गर्दा पनि दुखाइबाट छुटकारा पाउन सकिन्छ। यस्तै आफूलाई केही व्यस्त राख्दासमेत राहत हुनेछ।
नागरिक न्यूज बाट।
शनिबार, ४ पुष
निकै तामझामकासाथ बालुवाटारमा वार्ता छाडेर दिल्ली हानीएका मधेसी मोर्चाका नेताहरु भारतले साथ छोडेको संकेत पाएपछि चीनसँग टाँसीने दाउमा लागेको खुलासा भएको छ ।
मधेसी मोर्चाको मागहरु सरकारले पुगा गरिदिने अवस्था आएको र चारबुँदे रोडम्यापमा लाग्न सुझाव दिएका बेला मधेसी मोर्चाका नेताहरु चीनसँग लसपस गर्न पुगेका हुन् ।
भारतले आन्दोलनमा साथ नदिने संकेत पाएपछि मोर्चाका नेताहरु विकल्पको खोजीमा लागेका हुन् । उनीहरुले विभिन्न चाँजोपाँजो मिलाएर चीनसँग लसपस बढाएका हुन् ।
भारतले अबरोध भएका नाकाहरुको दशगजा छेउमा ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरि मधेसी मोर्चालाई प्रवेश नदिने र वीरगञ्ज बाहेकका नाकाहरुबाट निर्वाध रुपमा सामान पाठाउन थालेको अवस्थामा मोर्चाका नेताहरु झस्कीएका हुन् ।
उनीहरुले जतीसुकै अबरोध गरे पनि वीरगञ्ज नाका समेत खोल्ने तयारी भारतले गरेपछि मधेसी मोर्चाका नेताहरु विकल्पको खोजीमा लागेका हुन् ।
भारतले संसदमा दर्ता भएको संविधान संशोधन विधेयक पारित भएपछि मधेसको ७० प्रतिशत माग पुरा भएको ठहरीने र नाका पुर्ण रुपमा सहज गर्ने आश्वासन प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिइसकेको छ भने त्यस कीसीमको तयारी समेत गरेको छ ।
आफुहरुले राखेको ११ बुँदे माग पुरा नभैकन भारतले साथ छोड्न लागेको बुझेका मधेसी मोर्चाका नेताहरु चिन्तित बनेका छन् । चीनले अनुदानको इन्धन उपलब्ध गराएका बेला सबैभन्दा बढी चिनियाँ झण्डा जलाएका मधेसी मोर्चाका नेताहरु अहिले चीनसँगै लम्पसार परेर चीनको मन पगाल्न लागेका हुन् ।
चीनसँग निकै उठबस गरेका संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवकै चाहनामा मधेसी मोर्चाका संयोजक समेत रहेका महन्थ ठाकुरले चिनियाँ राजदुत उ जुन्थाइसँग गोप्य रुपमा भेट गरि आफुहरुको मागका बारेमा अवगत गराएका छन् ।
उनीहरुले मधेस आन्दोलनका क्रममा केही स्थानमा चीनको झण्डा जल्नुलाई आफुहरुले पनि गम्भिरताकासाथ लिएको र गल्ती भएकोमा माफि समेत मागेका थिए ।
यादवले भारतले आफुहरुलाई हेपेको निश्कर्ष निकाल्दै चीनसँग दुरी नजिक पार्ने रणनीति लिएका छन् भने त्यसकालागि महन्थ लगायतका नेताहरुले समेत साथ दिएका छन् ।
भारत भ्रमण सकेर फर्कीएपछि नै उपेन्द्रले यस बारेमा योजना बनाएका थिए । भारत सरकारले आफ्नो स्वार्थ पुरा गर्नकालागि र संसदमा लागेको दाग पखाल्नकालागि आफुहरुलाई प्रयोग गरेको चाल बुझेका उनीहरुले चीनसाग निकटता कायम गरि आफुहरुको मुद्दा स्थापीत गराउने सुर कसेका छन् ।
बुधबार साँझ भएको चिनियाँ राजदुतसँगको भेटमा राजदुत चुन्थाइले भारत भ्रमणबारे पनि चासो राखेका थिए । राजदुतले भारतको भर पर्दा धोका पाउनसक्ने अवस्थाप्रति ख्याल राख्न मोर्चाका नेतालाई सुझाव दिएको स्रोत बताउँछ ।
अब मधेसी मोर्चाका नेताहरु भारत हैन चीनको बाटो लाग्दा मात्रै समस्याको गाँठो फुक्ने निश्कर्षमा पुगेको बताइन्छ । चीनसँगको दुरी कम गर्न र सद्भाव लिनकालागि आवश्यक परे मोर्चाका चारै दलका अध्यक्षहरु बेइजिङ जानजसक्ने बताइएको छ ।
यसको तयारी समेत थालीएको मोर्चा सम्बद्ध स्रोतको दाबी छ । तर, पछिल्लो समय मौन बसेको चीनले तत्काल मधेस आन्दोलनको समर्थन गरिहाल्ने अवस्था भने देखिएको छैन ।
nepalsandesh
काठमाडौ – सरकार तथा प्रतिपक्षसँग अबको वार्ता मधेशमै हुने भनाई सार्वजनिक भएको एक दिन नबित्दै संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेताहरुले आफैले गरेको निर्णय उल्टाउँदै नेपाली काँग्रेससँग वार्ता गरेको छ ।

मधेशी मोर्चाका नेताहरुले हिजो तमलोपाका पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी वार्ताको औचित्य समाप्त भयो भन्दै सरकार तथा प्रतिपक्षि दललाई वार्ताको आवश्यकता छ भने मधेशमै वार्ता गर्न आउनुपर्ने निर्णय सुनाएका थिए ।

हिजो दुई वजे भएको पत्रकार सम्मेलनको भोलीपल्ट अर्थात आज विहानै पूर्व प्रधानमन्त्री सुशील कोइरालाको निवासमा गएर वार्ता गरेका छन् । वार्तामा तमलोपाका अध्यक्ष महन्थ ठाकुर र संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव तथा तमलोपाकै उपाध्यक्ष वृषेशचन्द्र लालको उपस्थिति थियो ।

उपाध्यक्ष लाललाई सम्पर्क गर्दा उनले आज वार्ता होइन छलफल मात्र भएको प्रतिकृया दिए । ‘वार्ता त सरकारसँग हुन्छ, प्रतिपक्षि दलसँग होइन,’ उनले भने । लालले संशोधन विधेयकको बारेमा दुई पक्षले आआफ्नो धारणा साटासाट गरेको प्रतिकृया दिए । उनले अरु थप केही प्रतिकृया दिन मानेनन् ।

काँग्रेस पार्टी स्रोतका अनुसार पार्टीका सभापति सुशील कोइरालाले संशोधन विधेयकमा छलफल गरौं, यसमा के कति सुधार गर्न सकिन्छ सुधार गर्न तयार छौ भनि प्रस्ताव राख्दा मोर्चाका नेताहरुले संशोधन विधेयकमा मात्र होइन आफूहरुले राखेको अन्य एजेण्डामा पनि छलफल हुनुपर्ने अडान राखेका थिए ।


संशोधन विधेयकमा पनि छलफल गरौला तर अरु विषयको बारेमा के गर्ने त्यस विषयमा काँग्रेस अझै स्पष्ट नभएकाले संशोधन विधेयकको बारेमा मात्र छलफल गर्न नसिकने तर्क उपेन्द्र यादवले राखेको स्रोतले जनाएको छ ।
बैठकमा सभापति कोइरालाले आफूहरुले ल्याएको विधेयक पास हुन दिन र ‘बाँकी विषयमा के कति छलफल गर्न सकिन्छ गरौला’ भन्ने कुरा राखेका थिए । जवाफमा तमलोपा अध्यक्ष ठाकुरले आफूहरुले सबै विषयमा छलफल शुरु गर्ने र प्याकेजमा सहमति गर्ने भनि पहिलादेखि नै भन्दै आएको तर शीर्ष दलहरुले वास्ता नगरेको गुनासो सुनाएका थिए ।

बैठकमा सहभागी बृषेशचन्द्र लालले काँग्रेस दोहोरो भूमिकामा देखिएको बताउँदै पार्टीका नेताहरुको धारणा फरक फरक आइरहेको र त्यसले गर्दा वार्तालाई झनै अन्योल बनाएको धारणा बैठकमा राखेको बैठकमा सहभागी एक नेताले रातोपाटीलाई बताए ।

त्यसपछि सभापति कोइरालाले मोर्चाले राखेको एजेण्डामा के कति गर्न सकिन्छ भनि बारेमा पार्टीभित्र छलफल गरेर पुनः कुरा गर्ने प्रतिबद्धता व्यक्त गरेको स्रोतले जनाएको छ ।

“संसद्मा पेस भएको संविधान संशोधन विधेयकमार्फत मोर्चाले उठाएका मागलाई कहाँ, कसरी समेट्न सकिन्छ, नमिलेको विषय के हो र कसरी मिलाउन सकिन्छ तपाईँहरूको स्पष्ट धारणा ल्याउनुस् भनेका छौँ, उहाँहरूले सरसल्लाह गरेर आउछौँ, भन्नुभएको छ,”– प्रवक्ता बडूले भने ।

मोर्चाको एक घटक तराई–मधेस लोकतान्त्रिक पार्टीका प्रवक्ता सर्वेन्द्रनाथ शुक्लाले मोर्चाका नेताहरू काठमाडौँमै रहेको र उहाँहरूले आज प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेससँग संविधान परिमार्जन सम्बन्धमा कुराकानी भएको जानकारी दिए ।

ratopati
काठमाडौं, पुस ४ । बहुदलीय व्यवस्था पुनःस्थापना भएपछि मुलुकले अहिलेसम्म १३ प्रधानमन्त्री पायो । मुलुकको कार्यकारी प्रमुखको रुपमा देश हाँक्ने प्रधानमन्त्री नै हो । तर तीमध्ये १२ प्रधानमन्त्री हाँक्ने एक्ला चालक भने एउटै छन् काठमाडौँ, वसुन्धराका माधव कार्की ।
मुलुक हाँक्नेलाई पनि हाँक्ने चानचुने जिम्मेवारी हैन । त्यो महत्वपूर्ण जिम्मेवारीलाई चालक कार्कीले कुशलतापूर्वक पूरा गरेका छन्। तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईदेखि वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसम्मलाई चालक कार्कीले एक्लै हाँकेका हुन ।
मुलुकको शासनको बागडोर सम्हाल्ने प्रधानमन्त्री एक–दुई हैन १२ जनालाई सुरक्षित गन्तव्यमा पुर्‍याउँदा चालक कार्कीका विभिन्न अविष्मरणीय र रोचक अनुभूति र अनुभव छन् ।
कार्कीले विसं २०५६ देखि तत्कालीन प्रधानमन्त्री भट्टराईको गाडी चलाए । त्यसपछि सूर्यबहादुर थापा, लोकेन्द्रबहादुर चन्द, गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवा, पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल, डा बाबुराम भट्टराई, खिलराज रेग्मी मन्त्रिपरिषद् अध्यक्ष, सुशील कोइराला र वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको गाडी चलाएका छन् ।
विसं २०४२ मा कृषि मन्त्रालयमा सवारी चालकका रुपमा सेवा प्रवेश गरेका कार्कीले २०४७ सालमा गृह मन्त्रालय हुँदै प्रधानमन्त्री कार्यालयमा सरुवा भई प्रधानमन्त्रीको सवारी चलाउने महत्वपूर्ण जिम्मेवारी पाए । त्यसो त चालक कार्कीले कुनै संस्थाबाट तालिम लिएका हैनन। तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसादको समयमा मिलन बस्नेतले उनलाई तालिम दिएका थिए ।
प्रधानमन्त्रीको गाडी सुरक्षा कारकेडको गतिअनुसार चलाउनु आफैंमा चुनौतीपूर्ण हो । निकै सचेतपूर्वक सवारी चलाउनुपर्ने हुन्छ । त्यतिका चुनौतीबाट विचलित नभइकन कार्कीले जिम्मेवारी पूरा गरिरहेका छन् ।
कुनै प्रधानमन्त्रीलाई तीव्र गति मन पर्ने र कसैलाई कम गति मन पर्ने, त्यसैले व्यक्तिको चाहना र आवश्यकतानुसार सवारीको गति सन्तुलन गर्नुपर्ने बाध्यता उनलाई थियो, छ । बाह्र प्रधानमन्त्रीको निरन्तर सवारी चलाउँदा त्यसबीचमा फेरबदल भइरहने प्रधानमन्त्रीसँगका विभिन्न अनुभूति कार्कीमा छ ।
प्रधानमन्त्रीको सवारी चलाउन नेपाली सेनाका कर्णेल र नेपाल प्रहरीका प्रहरी नायब निरीक्षकले प्रशिक्षण दिन्थे । सवारीका बेला कहीँ कतै गाडी भगाउनुपरेमा कारकेड मोटरसाइकलको गतिमा ९५० देखि ८०० को गतिमा हाँक्नुपर्छ ।
चालक कार्कीलाई भने अन्य हँकाइभन्दा कार्यकारी प्रमुखको गाडी हाँक्न सजिलो र मज्जा हुन्छ । ‘प्रधानमन्त्रीको सवारीमा हर्न बजाउनु पर्दैन, कतै रोक्नु पनि पर्दैन र जाम पनि हुँदैन’,कार्कीले भने ।
यतिका प्रधानमन्त्रीसँग हिमचिम हुँदा पनि त्यस्तो कुनै लाभ लिन नसक्नुभएका उनलाई पेसाप्रति सदैव गौरवको अनुभूति हुन्छ । ‘मलाई गौरव लाग्छ, म आफ्नै मेहनतले आज यो ठाउँमा पुगेको छु, देशको प्रधानमन्त्रीको सवारी हाँक्न पाउँदा असाध्यै खुसी र गर्व लागेको छ’ रासससँगको कुराकानीमा कार्कीले भने ।
अबको छ महिनापछि उमेर हदका कारण सेवानिवृत्त हुन लाग्नुभएका कार्कीले बाँकी जीवन सानोतिनो व्यवसाय गरेर बिताउने योजना सुनाए । उनी निजामती सेवा अन्तर्गत पाँचौँ तहबाट सेवानिवृत्त हुँदैछन् । कार्कीको परिवारमा श्रीमतीसहित दुई छोरा र चार छोरी छन् ।
चालक कार्कीको अनुभवमा मुलुक हाँक्ने प्रधानमन्त्रीजस्तो व्यक्तिको सवारी हाँक्ने एउटै चालक हुनु राम्रो हो, व्यक्तिपिच्छे चालक फेरिँदा सवारी दक्षता कम हुने हुँदा जोखिम निम्तन सक्छ ।
बाह्र प्रधानमन्त्रीका अहिलेसम्म चार वटा मात्र सवारी फेरिएका छन् । अहिलेका प्रधानमन्त्रीको नयाँ सवारी छ । हालसम्म प्रधानमन्त्रीले चढ्ने महँगो गाडी भनेको करिब रु सात करोड मूल्यको छ । सबैभन्दा महँगो बिएमडब्लु कार हो जसको रु आठ करोड मूल्य पर्छ । परराष्ट्र मन्त्रालयको यो कार विशेष समारोहका बेला मात्र प्रयोग गरिन्छ ।
सामान्यतःप्रधानमन्त्रीको सवारीमा तीन सुरक्षा निकाय ९नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका गाडी र ट्राफिक प्रहरीको कारकेड मोटरसाइकल हुन्छन् । दैनिक ३२ देखि ३४ जना सुरक्षार्थ खटिन्छन् तर विशेष समारोहमा गाडी पनि बढी हुन्छन् । मोटरसाइकल कारकेड नौ वटा अघिपछि र दायाँबायाँ १० वटा हुन्छ ।
प्रधानमन्त्रीका आफ्नै सोख
चालक कार्कीले अहिलेसम्मका प्रधानमन्त्री थरिथरि सोखका पाएका छन्  । वर्तमान प्रधानमन्त्री ओली तथा तत्कालीन प्रधानमन्त्री देउवा, दाहाल र भट्टराईलाई बढी गति मन पर्छ ।
थापा र निवर्तमान प्रधानमन्त्री सुशीललाई भने कम गति मनपर्छ । यतिका प्रधानमन्त्रीमध्ये गिरिजाप्रसादले मात्र चालक कार्कीका बारे बढी चासो लिएका रहेछन् । प्रधानमन्त्री कोइरालाले त तीन पटक उनको घरमा पुगी अवस्थाबारे सोध्ने गर्थे । अहिलेका प्रधानमन्त्री ओलीले पनि घरपरिवारको अवस्थाबारे चासो लिन्छन् ।
कार्कीले भने,‘प्रधानमन्त्री ओलीले आफ्नो परिवारका सबैलाई बालुवाटारमै बोलाएर सामूहिक तस्बिर खिचाए । अरुसँग त्यस्तो क्षण रहेन ।’ चालक कार्कीको निपुणतालाई देखेर तत्कालीन प्रधानमन्त्री दाहालको समयमा उनलाई निजामती पुरस्कार–२०६५ बाट सम्मान गरिएको थियो ।
imagekhabar
शनिबार, ४ पुष
काठमाडौं । राजधानीमा नेपाली सेनाको एक टोलीमाथि बन अतिक्रमण गर्ने सहुमले आक्रमण गरेको छ ।
शनिबार विहान राजधानीको गोकर्ण वनमा सेनामाथि आक्रमण भएको हो । खाना पकाउने दाउरा खोज्न गएका व्यक्तिहरुको एक समुहले गस्तीमा खटिएको सेनाको टालीमाथि आक्रमण गरी एक सैनिक जवानको हात समेत काटिदिएका छन् ।
आक्रमणबाट घाइतेृ भएका सैनिकको नाम खुलाइएको छैन । दाउरा खोज्न गोकर्ण जंगलमा पुगेका व्यक्तिहरुलाई नेपाली सेनाको बर्दबहादुर गण ‘घ’ गुल्मको सैनिक टोलीले रोक्न खोज्दा झडप भएको थियो ।
वन क्षेत्रको सुरक्षार्थ खटिएको गुल्मका सेनाले दाउरा खोज्न गएको उक्त समुहमा रहेका १० जनालाई दाउरासहित नियन्त्रणमा लिएको बताइएको छ ।
तर, उनीहरु स्थानीय भने नभएको जनाइएको छ । घटना किन र कसरी भयो भन्ने बारेमा थप अनुसन्धान भइरहेको बताइएको छ ।
nepalsandesh
काठमाडौं, ४ पुस । विहानको समयमा मर्निङ वाकमा गएका भारतीय कांग्रेसका एक वरिष्ठ नेताको अज्ञात समूहले गोली हानेर हत्या गरेको छ ।
भारतको प्रमुख प्रतिपक्षी दल कांग्रेस आईका वरिष्ठ नेता राजनारायण सिंहको उत्तर प्रदेशको आजमगढ जिल्लामा मोटरसाइकल चढेर आएका दुई जनाको समूहले गोली हानेर हत्या गरेको भारतीय प्रहरीले जनाएको छ ।
पूर्व सांसद समेत रहेका नेता सिंहको मर्निङ वाक गरेर घर फर्किने क्रममा हत्या भएको भारतीय न्जूज च्यानल आजतकले प्रहरीलाई उद्धृत गर्दै समाचारमा जनाएको छ ।
अधिवक्ता समेत रहेका सिंह उत्तर प्रदेश राज्य कांग्रेस कमेटीका वरिष्ठ नेता हुन् । राज्य प्रहरीले हत्याराको खोजी गरिरहेको छ । कांग्रेस नेता सिंहको हत्याको खबरले पुरै राज्य शोकमा डुबेको छ । खबर अनुसार अहिलेसम्म हत्याराको पत्ता लाग्न सकेको छैन् । सिंहको शवलाई पोस्टमार्टमका लागि पठाइएको छ ।
कांग्रेसका वरिष्ठ नेता सिंह आजमगढ जिल्लाको ठेकमा बस्दै आएका थिए । १० दिन पहिला उनी यूपी कांग्रेसको सहकारिता प्रकोष्ठका चेयरमैनमा चुनिएका थिए । उनी वर्ष १९९३ आजमगढ जिल्लाबाट सांसद थिए ।
उत्तर प्रदेश नेपालको सुदूरपश्चिमसँग जोडिएको सीमा राज्य हो ।
dainiknepal
पुस ४   |


काठमाडौं– सिरियामा आइएसको उपस्थिति बढ्दै गएको निहूँमा पछिल्लो समयमा सिरियाली आकाशबाट गर्ने गरिएको हवाई कारबाहीले सिरियामा मात्र सीमित नभएर अरु विदेशी मुलुकबीचको सम्बन्धमा समेत तिक्तता ल्याइदिएको छ ।

सिरियामा जारी युद्ध पाँचौ वर्षमा प्रवेश गरिरहँदा यसले विश्वकै टाउको दुखाइरहेको बेला यो अर्को विवाद विश्वसामु थपिएको छ । त्यो विवाद हो रसिया र टर्कीबीचको । टर्कीले रसियाली हवाई सेनाको सु–२४ नामक युद्धक विमानलाई गएको नोभेम्वरमा खसालिदिएपछि सिरियामा जारी हवाई आक्रमणको अवस्था विकराल बन्दै गएको मात्र नभई यी दुई देशबीचको सम्बन्धमा थप दरार उत्पन्न गरिदिएको छ ।

यस विषयलाई लिएर विश्वको विभिन्न भूगोलका कतिपय कुनाका नागरिकमा तेस्रो विश्वयुद्धको त्रास पनि उब्जिएको देखिन्छ । तर त्यसको सम्भावनालाई अहिलेका विश्व राजनीतिका सरोकारवालाहरु भने सीधै नकार्छन् । हुन पनि यतिमात्र घटनाले विश्वयुद्ध निम्त्याउन त गाह्रैपर्छ तर पनि एक सार्वभौम राष्ट्रको विमानलाई अर्को कुनै देशले विना कुनै सूचना खसालिदिन्छ भने यसलाई सहज अन्तर्राष्ट्रिय राजनीतिको कोटिमा राख्न पनि सकिँदैन ।

टर्कीले रसियामाथि गरेको यो आक्रमण पछाडि ठूलो आश्चर्य नै मान्नुपर्ने अवस्था भने छैन । किनकी रसियाद्वारा युरोपका विभिन्न मुलुकमा सुरक्षा दिने नाममा गतिविधि संचालन गरिरहेको र यस्ता गतिविधि टर्की विरुद्ध पनि चलाइदै आएको वेलावेलामा अन्तरराष्ट्रिय संचारमाध्यममा सुनिदै आएका कुरा हुन् ।

टर्कीका अधिकारीहरूले रसियाली युद्धक विमान नोभेम्बर १३ मा पनि टर्कीका अधिकारीले अन्तरराष्ट्रिय सिमा कानुनको उल्लङ्घन गर्दै रसियाली विमान आफ्नो देशको हतेई वरपर आकाशमा उडेपछि लगातार पाँच मिनेटसम्म चेतावनी दिँदासमेत त्यहाँबाट अन्यत्र नगएपछि बाध्य भई गरेको र सो आक्रमणको विकल्प नभएको दावी गरे ।

यद्यपि यस घटना सम्वन्धमा टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगानल केही दिन पहिले फ्रान्सको एक टेलिभिलनलाई दिएको अन्तर्वार्तामा घटनालाई दुखद बताएका थिए । ‘घटना नहुनुपर्ने थियो तर घटनापछि पनि दुई छिमेकी राष्ट्रबीच आपसी समझदारीकासाथ अघि बढ्नुपर्ने’ राष्ट्रपति एर्डोगानको तर्क थियो ।

यसै सन्दर्भलाई लिएर आफू रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनसँग पेरिसमा भइरहेको संयुक्त राष्ट्रसंघको पहलमा आयोजना गरिएको जलवायु सम्मेलनको समय भेट्ने इच्छासमेत व्यक्त गरेका थिए । तर यसमा रसियाले खासै चासो व्यक्त गरेन । तत्काल वार्ताको सम्भावना पनि ट¥यो । त्यसपछि उनीहरुबीच अर्को कुनै पनि प्रसँग वा निहूँमा भेट हुन पाएको छैन ।

रसियाली राष्ट्रपति पुटिनले टर्कीले आफ्नो विमानमा आक्रमण गर्नु गलत भएको भन्दै माफी माग्नुपर्ने अडान राखेपछि पुटिन र एर्डोगानबीच वार्ता हुन सकिरहेको छैन । रसियाले आफ्नो विमान टर्कीले बताएअनुसार उसको ईलाकामा प्रवेश नगरेको दावी गर्दै आएको छ । अंकराले रसियाली विमानमा गैरकानुनी रुपमा आक्रमण गरेको मस्कोको दावी छ ।

सिरियामा व्याप्त द्वन्द्व अन्त्यगर्ने प्रयासमा नै अमेरिकी विदेशमन्त्री जोन केरीले हालै रसियाको भ्रमण गरे । त्यहाँ विदेशमन्त्री स्तरको वार्ता भयो । अर्को वार्ता न्यूयोर्कमा बोलाई समग्र विश्वले चिन्ता व्यक्त गर्दै आएको सिरिया समस्याबारे थप वार्ता गर्न अमेरिकाद्वारा गरिएको प्रस्तावमा रसिया तत्कालै एर्डोगानलाई सत्ताच्यूत गरी नयाँ विकल्पमा जानु सही नहुने बताउदै अमेरिकी प्रस्तावमाथि मस्को सकारात्मक नहुँदा वार्ता तत्कालका लागि टरेको छ ।

घटना सम्वन्धमा टर्कीले आफ्नो सिमाक्षेत्रमा रसियाले विमान उडाउदै आएकोले विमानमाथि आक्रमण गरेको भन्दै माफी नमाग्ने जनाउँदै आएको छ । यसै बिषयलाई लिएर संयुक्त राष्ट्रसंघका महासचिव बान कि मुनले रसिया र टर्कीबीच देखिएको तनाव समाधान गर्न विश्व समुदायलाई अपिल गरिसकेका छन् । बानले सम्वद्ध सवैलाई रसियाली विमान दुर्घटना र यसबाट आउनसक्ने परिणामप्रति सम्वेदनशील बनी समस्यालाई यथासम्भव छिटै समाधान गर्न अनुरोध गरेका हुन् ।

टर्कीले सिरियामा आफ्ना सेनाले अमेरिकाद्वारा आपुर्ति गरिएका एफ्–१६ प्रयोग गर्दै सिरियाली राष्ट्रपति बसर अल असद विरुद्धको आक्रमणलाई तेज पारिरहेको अवस्थामा रसियाले भने सिरियाली राष्ट्रपति असदलाई सघाउदै आएको अवस्था छ । यस्तै आक्रमणमा टर्कीले सन् २०१३ मा सिरियाली हवाई सेनाको एम्आई–१७ र एम्आईजी–२३ लाई टर्कीको हवाई इलाकामा प्रवेश गरेको बताउदै टर्कीमा खसालेको थियो ।

टर्कीले सन् २०१४ मा पनि सिरियाली एम्आईजी–२३ लाई टर्कीमा खसालेको थियो । यस्तै गएको अक्टोबरमा पनि एक चालकबिहीन युद्धकविमानलाई आक्रमण गरेको थियो । पछि यसको बदलास्वरुप सिरियाले पनि टर्कीको युद्धक विमानलाई सिरियाली हवाई क्षेत्रमा प्रवेश गरेको अरोपमा खसालिएको थियो ।

यसरी हेर्दा सिरियाली तथा टर्कीको हवाइ ईलाका ठूलो तनावको विषय बन्दै आएको छ । अर्को शब्दमा सो क्षेत्रमा हवाई शक्तिलाई चेतावनीका बाबजुद दुवैले प्रयोग गर्दै आएको पाइन्छ । तर नेटो तथा टर्कीले यस्ता सिमा क्षेत्र उल्लङ्घनका घटनालाई कडाईकासाथ रोक्नुपर्ने जनाउदै आएका छन् । दोहो¥याएर भएका यस्ता घटनाले सिमालाई थप तनावग्रस्त वनाउने उनीहरूको बुभाई छ ।

यदि टर्कीले दावी गरेबमोजिम सु–२४ ले टर्कीको हवाई क्षेत्र उल्लङ्घन गरेको र चेतावनीलाई बेवास्ता गरेको भए आक्रमण हुनु कुनै नौलो कुरा भएन । यो टर्कीको अधिकार हो भनेर पनि भन्न सकिने भयो । तर यदि रसियाले टर्की सानो देश भएकै आधारमा दादागिरी देखाएको अवस्था हो भने यसमा रसिया पछि हट्नुपर्ने स्पस्ट छ । अन्य शक्ति राष्ट्र टर्कीको पछाडि रहनेछन् । अहिलेको अवस्था भनेको टर्की र नेटोले आफ्नो दावी प्रमाणित गर्ने वा पछि हट्ने भन्ने नै हुनेछ ।

त्यस्तै यस बिषयमा अडिग क्रेमलिनले पनि आफ्नो दावीलाई आफ्ना जनता तथा विश्व समुदायबीच सत्य सावित गर्नु आजको चुनौती हुनेछ । यदि रसियाली जहाजलाई अन्तरर्राष्ट्रिय कानुन विपरित टर्कीको हवाई इलाकामा प्रवेश भएको पाइएमा यसको जवाफ प्रभावित राष्ट्र लगायत विश्व समुदायलाई कुन उद्देश्यका साथ युद्धकविमानलाई त्यहाँ पठाइएको हो यसको जवाफ दिन त्यति सजिलो पक्कै हुने छैन ।

रसियाले विमान आफ्नो सिमा नजिक ९सिरिया र टर्कीको पनि सिमाक्षेत्र बीच० रहेर आतङ्कबादी संगठन इस्लामिक स्टेट समुह वा सिरियामा रहेको आईएसआईएलका गतिबिधि नियन्त्रण गर्नका लागि त्यहाँ पठाएको दावी गरेपनि विमान आक्रमण भएको इलाका आईएसआईएलको संगठन नभएको विभिन्न अन्तरर्राष्ट्रिय नियामक निकायले बताउदै आएका छन् ।

यतिखेर सिरियाको आकासमा यी दुई देश बाहेक अमेरिका, फ्रान्स लगायताका विभिन्न पश्चिमा देशहरुको पनि युद्धक विमानहरु कुदिरहेका छन् । उनीहरुले उनीहरुहै भाषामा सो विमानबाट आइएसका आतङ्ककारीहरु खोजिरहेका छन् । ती आतङ्ककारीहरु के कति भेटिए भन्ने त थाहा छैन तर पनि सिरियाली नागरिक भने दिनदिनै ठूलो सङ्ख्यामा मारिएकै छन् । उनीहरुको आकासमा यसरी विदेशी विमान उड्न कहिले रोकिने हो भन्ने अझै निश्चित छैन । साढे चार वर्ष भन्दा लामो समयको सिरियाली हिंसामा परी त्यहाँ करिब साढे दुई लाख नागरिकको ज्यान गइसकेको छ ।

सानो बिवादले बिस्तारै जटिल रुप लिनसक्छ भन्ने कुरामा सचेत रहनु अङ्करा तथा मस्को दुबैले जान्नुपर्छनसक्छ भन्ने कुरामा सचेत रहनु अङ्करा तथा मस्को दुबैले जान्नुपर्छ ।

ratopati
४ पुस, काठमाडौं । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले भारतको नाकाबन्दीले नेपालीलाई आत्मनिर्भर हुन झकझकाएको बताएका छन् ।

कृषि अनुुसन्धान परिषद् नार्कद्वारा आयोजित कृषि अनुसन्धान परिषद्को वर्तमान अवस्था र भावी कार्यदिशा विषयक अन्तरक्रियामा अध्यक्ष दाहालले नेपाल कृषि प्रधान देश भएपनि कृषि क्षेत्रमा
 पनि अहिलेसम्म परनिर्भर भएकाले अब खाद्यान्न, जडिबुटिलगायत कृषिसँग सम्बन्धित बस्तुको अभाव हुन नदिन आत्मनिर्भर हुनुपर्ने वर्तमानको आवश्यकता रहेको बताएका हुन् ।

वर्तमान अवस्था राजनीतिक विकृतिका कारण भएको भन्दै अध्यक्ष दाहालले सम्पूर्ण क्षेत्र राजनीतिक परिस्थितिले विगारेको दाबी गरे । उनले अन्य क्षेत्रजस्तै कृषि क्षेत्र पनि राजनीतिबाट
प्रभावित भएकोले कृषि क्षेत्रले फड्को मार्न नसकेको बताए । उनले रुवान्डालगायत अन्य विकसित देशहरु कृषि क्षेत्रबाट नै विकसित भएकोले कृषिमा स्तरोन्नती नगर्दासम्म मुलुकले विकासको फड्को मार्न नसक्ने बताए ।

अध्यक्ष दाहालले नेपालको विश्व विद्यालयको शिक्षा र कृषि मन्त्रालयको काम कारवाही फितलो भएकाले नयाँ पीँढिका लागि कृषि सम्बन्धी कुनै किसिमको ज्ञान दिन नसकिएको भन्दै अबको लक्ष्य नै
आर्थिक सम्बृद्धि भएकाले कृषिको व्यवसायीकरणबिना औद्योगिकरण गर्न नसकिने र औद्योगिक क्षेत्रमा विकास नभई आर्थिक सम्बृद्धि सम्भव नहुने बताए ।
nepaliheadlines
ताजाखबर, ४ पुस- नेपाल आयल निगमले आइतबारदेखि सबै प्रकारका सवारीसाधनलाई इन्धन उपलब्ध गराउने भएको छ । यसअघि इन्धनको अभावमा कोटा प्रणाली अनुसार इन्धन दिँदै आएको निगमले
आइतबारदेखि भने सबै खालका सवारी साधनलाई बार मिलाएर इन्धन दिने भएको हो । निगमले सार्वजनिक गरेको नयाँ तालिका अनुसार अत्यावश्यक सवारीसाधनले सबै बारमा इन्धन पाउनेछन् । अस्पताल, औषधि, दमकल, शववाहन, फोहर बोक्ने गाडीलाई १५ देखि ३० लिटर इन्धन जुनसुकै बारमा पुगेपनि उपलब्ध गराइनेछ । यस्तै, अत्यावश्यक खाद्य वस्तु, दुध, पानी, तरकारी ढुवानी गर्ने सवारीसाधनलाई आइतबार, मङ्गलबार र शुक्रबार इन्धन बाँडिनेछ । कुटनीतिक नियोग, राजदूतावास, विद्यालयका गाडीलाई भने आइतबार र शुक्रबार डिजेल उपलब्ध गराउने आयल निगमले जनाएको छ ।
etajakhabar
काठमाडौं, ४ पुस । राजधानीमा नेपाली सेनाको एक टोलीमाथि आक्रमण भएको छ ।
शनिबार विहान राजधानीको गोकर्ण वनमा खाना पकाउने दाउरा खोज्न गएका व्यक्तिहरुको समुहले गस्तीमा खटिएको सेनाको टालीमाथि आक्रमण गरी एक सैनिक जवानको हात काटिदिएका छन् ।
घटनास्थल तस्वीर स्रोतः नागरिक न्यूजबाट
घटनास्थल/तस्वीर स्रोतः नागरिक न्यूजबाट
घाइते सैनिकको नाम खुल्न सकेको छैन् । दाउरा खोज्न वनमा पुगेका व्यक्तिहरुलाई नेपाली सेनाको बर्दबहादुर गण ‘घ’ गुल्मको सैनिक टोलीले रोक्न खोज्दा भएको झडपमा दाउरा खोज्न गएको समुहको प्रहारबाट एक सैनिकको हात काटिएको हो ।
वन क्षेत्रको सुरक्षार्थ खटिएको गुल्मका सेनाले दाउरा खोज्न गएको उक्त समुहमा रहेका १० जनालाई दाउरासहित नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ ।
dainiknepal
शनिबार, ४ पुष
गुल्मी । नेकपा (एमाले)का सचिव प्रदीपकुमार ज्ञवालीले मधेसकेन्द्रित दलको सर्त मानेर सरकारले मधेसमा गएर वार्ता नगर्ने बताएका छन।
एमाले प्रचार विभाग गुल्मीले आज तम्घासमा आयोजना गरेको पत्रकार भेटघाटमा उनले भने “वार्ता गर्न सरकार मधेसमा जान हुँदैन भन्ने होइन, तर मधेसवादी दलको यो सर्त उनीहरुको भावुक कुरा मात्र हो, जुन स्वीकार्य छैन ।”
तराई–मधेस आन्दोलन सामाजिक द्वेष भड्काउने, राष्ट्रिय एकतालाई कमजोर गर्ने र अतिवादी तत्व हाबी हुने खालको भएको बताउँदै नेता ज्ञवालीले मधेसकेन्द्रित दलले यसलाई गम्भीरतापूर्वक लिनुपर्ने बताए ।
आफैँले निर्माण गरेको सङ्कटमा मधेसीवादी दल आफैँ फस्दै गएको बताउँदै उनले समयमै यसको समाधानको बाटामा नगए आन्दोलन नियन्त्रण बाहिर गई अतिवादीको कब्जामा जान सक्ने खतरा बढेको बताएका छन।
nepalsandesh
शनिबार, ४ पुष
विरगंज  । विरगंजको घण्टाघर नजिकै प्रदशनकारी र प्रहरी विच झडप भएको छ । सर्वसाधारण जनताको मोटरसाइकल जलाउन खोज्दा प्रहरीले प्रदशनकारीलाई रोकेको थियो ।
प्रहरीले जलाउन खोजिएको मोटरसाइकल जलाउन नदिएपछि  प्रदशनकारी झडपमा उत्रिएका हुन्  ।मध्यान्हमा  बन्दकर्ताले सर्वसाधारणका पसलहर सवारी साधन तोडफोड गर्न खोज्दा  झडप भएको हो  ।
अराजक गतिविधी गरिरहेका  प्रदशनकारिलाई प्रहरीले रोक्न खोज्दा झडप भएको हो । सो झडपमा ५ प्रदशनकारी  घाईते भएका छन् ।
प्रहरी संगको झडपमा केहि प्रदशनकारिहरुले प्रहरीको गोलि खोस्न खोजे पनि उनीहरु सफल हुन् सकेनन्  । गोलि खोस्न आएका प्रदशनकारिलाई प्रहरीले बल प्रयोग गरेर लखेटेको थियो  ।
मधेसी मोर्चाले वार्ता गर्न मधेसमा नै आउनुपर्ने र प्रधानमन्त्रीले बल प्रयोग गरेर अराजकताको अन्त्य गर्ने भनेको २४ घण्टा नवित्दै विरगंजमा  झडप भएको हो ।
nepalsandesh
४ पुस, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच तराई–मधेस आन्दोलन र संविधान संशोधनको विषयमा केन्द्रित भएर छलफल भएको छ ।

नेपाली काँग्रेसका सभापति सुशील कोइरालाको महाराजगञ्जस्थित निवासमा आज बिहान उनीहरुबीच भएको छलफलमा मुलुकको समसामयिक राजनीतिक सङ्कट यथाशक्य छिटो टुङ्ग्याएर अगाडि बढ्ने सहमति भएको थियो ।

सो अवसरमा नेपाली काँग्रेसले व्यवस्थापिका–संसदमा पेस भएको संविधान संशोधनसम्बन्धी विधेयकबाट आन्दोलनका मुद्दालाई सम्बोधन गरेर अघि बढ्ने सन्दर्भमा आधार तयार गर्ने भएकाले त्यसमा सहयोग गर्न मोर्चालाई आग्रह गरेको थियो ।

संशोधन विधेयकमा राज्यका प्रमुख अंगहरुमा समानुपातिक समावेशी सिद्धान्तलाई आत्मसात् गर्ने र हालको जिल्लाको इकाइलाई कम्तीमा पनि एक निर्वाचन क्षेत्र कायम गरी जनसङ्ख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्ने प्रावधान राखिएको छ ।

काँग्रेसले मोर्चालाई संशोधन विधेयकलाई थप परिमार्जन गर्न सकिने विभिन्न पक्षहरुका बारेमा जानकारी गराउँदै त्यसमा मोर्चासँग आवद्ध दलहरुको सहमति लिएर आउन आग्रह गरेको थियो ।nepaliheadlines
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Aug 24 (6)
  • Aug 23 (1)
  • Aug 19 (1)
  • Aug 18 (19)
  • Aug 17 (17)
  • Aug 16 (24)
  • Jan 24 (18)
  • Jan 23 (27)
  • Jan 22 (32)
  • Jan 21 (35)
  • Jan 20 (35)
  • Jan 19 (34)
  • Jan 18 (40)
  • Jan 17 (45)
  • Jan 16 (27)
  • Jan 15 (29)
  • Jan 14 (35)
  • Jan 13 (40)
  • Jan 12 (32)
  • Jan 11 (39)
  • Jan 10 (31)
  • Jan 09 (23)
  • Jan 08 (31)
  • Jan 07 (30)
  • Jan 06 (39)
  • Jan 05 (34)
  • Jan 04 (39)
  • Jan 03 (43)
  • Jan 02 (47)
  • Jan 01 (31)
  • Dec 31 (34)
  • Dec 30 (36)
  • Dec 29 (43)
  • Dec 28 (33)
  • Dec 27 (27)
  • Dec 26 (38)
  • Dec 25 (33)
  • Dec 24 (38)
  • Dec 23 (44)
  • Dec 22 (39)
  • Dec 21 (37)
  • Dec 20 (40)
  • Dec 19 (31)
  • Dec 18 (47)
  • Dec 17 (30)
  • Dec 16 (16)
  • Dec 15 (42)
  • Dec 14 (30)
  • Dec 13 (32)
  • Dec 12 (35)
  • Dec 11 (42)
  • Dec 10 (26)
  • Dec 09 (31)
  • Dec 08 (15)
  • Dec 07 (37)
  • Dec 06 (30)
  • Dec 05 (34)
  • Dec 04 (32)
  • Dec 03 (33)
  • Dec 02 (36)
  • Dec 01 (37)
  • Nov 30 (48)
  • Nov 29 (28)
  • Nov 28 (35)
  • Nov 27 (35)
  • Nov 26 (47)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (27)
  • Nov 22 (32)
  • Nov 21 (43)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (22)
  • Nov 17 (29)
  • Nov 16 (32)
  • Nov 15 (25)
  • Nov 14 (28)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (42)
  • Nov 09 (22)
  • Nov 08 (40)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (42)
  • Nov 01 (44)
  • Oct 31 (29)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (47)
  • Oct 27 (32)
  • Oct 26 (39)
  • Oct 25 (35)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (22)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (31)
  • Oct 02 (29)
  • Oct 01 (29)
  • Sep 30 (29)
  • Sep 29 (24)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (26)
  • Sep 25 (27)
  • Sep 24 (18)
  • Sep 23 (15)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (26)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (12)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (19)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (22)
  • Sep 07 (22)
  • Sep 06 (26)
  • Sep 05 (18)
  • Sep 04 (23)
  • Sep 03 (24)
  • Sep 02 (25)
  • Sep 01 (24)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (27)
  • Aug 28 (28)
  • Aug 27 (30)
  • Aug 26 (29)
  • Aug 25 (24)
  • Aug 24 (35)
  • Aug 23 (30)
  • Aug 22 (31)
  • Aug 21 (32)
  • Aug 20 (30)
  • Aug 19 (33)
  • Aug 18 (27)
  • Aug 17 (34)
  • Aug 16 (28)
  • Aug 15 (23)
  • Aug 14 (23)
  • Aug 13 (22)
  • Aug 12 (19)
  • Aug 11 (18)
  • Aug 10 (24)
  • Aug 09 (16)
  • Aug 08 (18)
  • Aug 07 (25)
  • Aug 06 (16)
  • Aug 05 (18)
  • Aug 04 (21)
  • Aug 03 (19)
  • Aug 02 (14)
  • Aug 01 (17)
  • Jul 31 (19)
  • Jul 30 (19)
  • Jul 29 (15)
  • Jul 28 (12)
  • Jul 25 (14)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home