• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
काठमाण्डु, २३ साउन – पहिलो कुरा त नेपाल भूकम्पको नियमित जोखिममा छ भन्ने कुरा हामीले विर्सनुहुँदैन । नेपालमा अहिलेसम्म गएका ठूला भूकम्पको अध्ययन गर्दा पूर्व,मध्यर पश्चि क्षेत्रगरी तीन स्थानलाई केन्द्र बनाएको पाइन्छ ।
पूर्वमा सन् १२५५ पछि सन् १९३४ (विसं १९९०) मा करिब सात सय वर्ष अन्त्रपछि महाभूकम्प गएको तथ्यांक छ । त्यस्तै मध्य क्षेत्रमा सन् १३४४,सन् १६११ र सन् १८११ पछि सन् २०१५ मा ठूला भूकम्प गएका छन् तर महाभूकम्प भने हाइन । यस तथ्यलाई हेर्दा प्रत्यक दुइ सय वर्षमा मध्य क्षेत्रमा ठूला भूकम्प आएको पाइन्छ ।
यसको मतलब गोरखा भूकम्पपछि करिब दुई सय वर्षलाई भूकम्प ट¥यो भन्न पनि सकिन्छ र यसमै विश्वास गरेर ढुक्क भने हुनुहुँदैन । पश्चिम क्षेत्रमा सन् १५०५ मा ८.५ रेक्टर स्केलको भूकम्प गएको थियो, जुन अहिलेसम्म नेपालकै सबैभन्दा ठूलो भूकम्प हो । त्यसयता पश्चिमलाई केन्द्र बिन्दु बनाएरु ६.३ रेक्टरको भूकम्प जानुबाहेक अर्को ठूलो भूकम्पको तथ्यांक पाइँदैन ।
यसको मतलबत्यस क्षेत्रमा शक्ति सञ्चय भइरहेको छ । तर, भूकम्प कति अन्तरपछि जान्छ भन्ने कसैले ठोकुवा गर्न सक्दैन । त्यही क्षेत्रमा सयौँ वर्षसम्म पनि भूकम्प नआउन सक्छ ।
सन् ११०० मानेपालमा समेत प्रभावित हुनेगरि आसाम केन्दैविन्दु बनाएरु गएको भूकम्पको नौ सय वर्ष बितिसक्दा पनि ठूलो भूकम्प गएको छैन । यी सवै तथ्यलाई हेर्दा हामी जोखिममा छौ भन्ने त बुझिन्छ तर भोलि नै भूकम्प जान्छ भनेर निश्चित गर्न सकिँदैन । नेपालमा भूकम्पको सम्भावना छ, तर यसबाट सुरक्षित रहने प्रयास आजैदेखि गर्नुपर्छ ।

लोकविजय अधिकारी
प्रमुख, राष्ट्रिय भूकम्प मापन केन्द्र 
गोरखापत्र दैनिकबाट
kathmandutoday.com
एजेन्सी : भारतीय प्रान्त झारखन्डको राजधानी राँचीसँगैको एक गाउँमा गाउँलेले बोक्सी आरोपमा कुटेर पाँचजना महिलाको ज्यान लिएका छन् ।

गाउँलेले ती महिलालार्इ शुक्रबार राति शुरुमा भालाले घोची त्यसपछि ढुंगाले किच्याएर ज्यान लिएका हुन् ।

हत्या गरिएकामा आमा-छोरीसँगै छिमेकी घरका अन्य तीन महिला पनि रहेका छन् । यो घटनापछि प्रहरीले त्यहाँका ५० जना गाउँलेलार्इ प्रहरीले पक्राउ गरेको छ ।

पुलिसलार्इ यो घटनाको जानकारी शनिबार बिहान मिलेको थियो । यो घटनापछि गाउँ तनाव शुरु भएको छ । घटनास्थलमा झारखन्ड पुलिसका डिआर्इजीसहित सयौं प्रहरी खटाइएका छन् ।

सबै शवलार्इ पोस्टमार्टमका लागि अस्पताल पठाइएको छ । पुलिसका अनुसार गिरफ्तार गरिएका सबै गाउँलेले ती महिलाको हत्या गरेको स्विकारेका छन् ।

तर अन्य गाउँलेले भने डिआर्इजीसहितका प्रहरीलार्इ घेरेर राखेका छन् । यो घटना राँचीको मान्डर ब्लकको कन्जिय मरर्इ टोलमा भएको हो ।

गाउँमा केही महिनाअघि चार बालबालिकाको मृत्यु भएको थियो । त्यो घटनापछि गाउँले ती महिलालार्इ बोक्सी आरोप लगाउँदै आएका थिए ।

उनीहरुले तिनै महिलाका कारण बालबालिकाको ज्यान गएको बताउँदै आएका थिए । पुलिसका अनुसार शुक्रबार मध्यराति गाउँमा पञ्चायत बोलाइएको थियो ।

पञ्चायतले समेत ती महिलामाथि बोक्सी भएको अभियोग लगायो । पञ्चायतमा भेला भएका गाउँलेले ती महिलालार्इ घरभन्दा केही पर लगेर कुट्न थालेका थिए ।

कुटपिटपछि गाउँलेले ती महिलालार्इ पहिले भालाले रोपे अनि त्यसपछि ढुंगाले किच्चाएर उनीहरुको ज्यान लिइयो annapurnapost.com
हस्त रेखा विज्ञानमा लामो र बाक्लो कपाल भएकी स्त्री सौभाग्यशाली हुने उल्लेख छ । छोंटो र कालो परेला हुने महिला पनि सौभाग्यशाली मानिन्छन् ।
तर शरीरका कुनै यस्ता अंग पनि छन् जहाँ रौं भएको अशुभ मानिन्छ ।

स्त्रीको हातमा रौं अशुभः
हस्त रेखा विज्ञानका अनुसार जुन स्त्रीको हातमा रौं हुन्छ त्यस्ता स्त्री उग्र र रिसाहा हुन्छन् । यस्ता स्त्रीले अरुको कुभलो चाहाने र विगार्नका लागि कदम चाल्ने समेत उक्त विज्ञानको दावी छ ।

पुरुषको हातमा रौं शुभः
स्त्रीको भन्दा ठिक विपरित हातमा रौं भएमा पुरुषका लागि भने शुभ मानिन्छ । हातमा रौं हुने पुरुष वुद्धिमान र ज्ञानी हुने हस्त रेखा विज्ञानमा उल्लेख छ ।
हातमा रौं कम हुने पुरुष दुरदर्शी हुने तर स्वार्धी हुने पनि उल्लेख छ ।nepaliheadlines.com
लसुन प्राय हामी सबैको भान्छामा प्रयोग भइरहने खाद्य सामग्री हो। यसलाई विभिन्न थरिका तरकारीमा हाली प्रायो गर्ने गरिन्छ । लसुनको स्वाद जति स्वादिलो हुन्छ त्यसले स्वास्थ्यलाई पनि त्यति नै फाइदा पुर्‍याएको हुन्छ । नियमित लसुन खाने हामीले विभिन्न स्वास्थ्यसम्बन्धी समस्या बाट छुट्कारा पाउन सक्छौ । भान्सामा तरकारी मिठो बनाउने उद्देश्यले मात्र लसुन उपयोग गर्ने गृहिणीलाई पनि थाहा नहुन सक्छ लसुनको अधिक उपयोगिता । लसुन सेवनका कारण हुने फाइदा थुप्रै छन् ।

* लसुनमा क्यान्सर प्रतिरोधी क्षमताको जर्मानियम तत्व हुने भएकाले यो क्यान्सरका लागि पनि उपयोगी हुने देखिएको छ । यो तत्व अन्य कुनै पनि जडिबुटीभन्दा बढी लसुनमै पाइने अध्ययनले देखाएको छ ।

*लसुनमा भएको एन्टिब्याक्टेरियल र एन्टिफंगल (ढुसी प्रतिरोधी गुण)ले एलर्जी हुनबाट जोगाउँछ । रुघाखोकी, घाँटीको समस्या र सामान्य अपच हुनेले नियमित लसुन उपभोग गर्दा फाइदा गर्छ ।

*कुटेको लसुनलाई पानीमा मिसाएर घाउ सफा गरे घाउ पाक्न दिँदैन।

*बिहान उठ्नेबित्तिकै नियमित एक केस्रा लसुनलाई मन तातो पानीसँग खाने गर्नाले ग्यास्टिकको समस्या कम हुँदै जान्छ। त्यसैगरी भोक जगाउनुको साथै पाचन प्रणालीमा पनि सुधार ल्याउँछ।

*यसले कलेजोमा पाचन रसहरूको उत्पादन गर्न सहयोग गर्ने र बोसो जम्न नदिने भएकाले कलेजोलाई स्वच्छ राख्न यसको महत्वपूर्ण भूमिका हुन्छ ।

*लसुनको रसमा नुन मिसाएर मालिस गरेमा भित्री चोटको दुखाइ कम गर्छ।

किडनी अर्थात मृगौला शरीरको निक्कै महत्वपूर्ण अंग मध्ये एक हो । यसले शरीरमा रगत सफा गर्ने देखि, हार्मोन बनाउने, खनिज सोक्ने, मुत्र उत्पादन गर्ने, टक्सिन अर्थात खराव पदार्थहरुलाई शरीरबाट निकाल्ने तथा एसिडको सन्तुलन बनाउने जस्ता काम गर्छ ।
यहाँ हामीले दैनिक जीवनमा गर्ने १० गल्तीको चर्चा गरिएको छ जसले मृगौलालाई हानी पुर्‍याउँछ ।

१ पानी कम पिउने

यदि तपाइँ नियमित पानी पिउने गर्नु हुन्न भने यसको सबै भन्दा पहिलो र खराव प्रभाव मृगौलामा पर्छ । पानीको अभावले गर्दा मृगौलाले रगत सफा गरेर फोहोर फ्याँक्न कठिन हुन्छ । यसले उल्टो परिणाम दिन्छ शरीरमा टक्सिन जम्मा हुन्छ ।

२ नून बढी

खानामा चर्को नून खाने बानी छ भने यसले रक्त चाप बढाउँछ । यसले मृगौलामा दवाव पैदा गर्छ । तपाँइले दिनमा ५ ग्राम भन्दा बढी नून खानु हानिकारक छ ।

३ पिसाव रोक्ने
यदि पिसाव आउँदा पनि पछि जाउँला भनेर बस्ने बानी छ भने आजै देखि बानी सुधार्नुस् । पिसाव रोक्ने बानीले मृगौलामा पत्थरी हुने र मृगौला फेल नै हुने खतरा समेत पैदा गर्छ ।

४ गुलियो खाने बानी
यदि गुलिया खानेकुरा धेरै बानी छ भने आजै देखि छोड्नुस् । गुलियो बढी खाँदा यसले शरीरमा प्रोटीनको मात्रा बढी भएर मृगौलामा समस्या हुन्छ ।

५ पोषणको अभाव

शरीरमा पोषक तत्वको अभाव भो भने मृगौला खराव हुन्छ । भिटामिन-6 र म्याग्नेशियम भरपुर खानाले मृगौलामा पत्थरी हुन दिँदैन ।

६ मासु बढी खाने
मासुको पारखी हुनुहुन्छ र बढी नै मासु खाने बानी छ भने पनि तपाइँको मृगौला समस्यामा छ । मांसाहारले शरीरको पाचन प्रक्रियालाई प्रभावित पार्छ जसले मृगौलामा सोझै असर गर्छ ।

७ अनिद्रा
रातिमा निद्रा नलाग्ने वा धेरै जागा बस्ने बानी पनि मृगौलाका लागि घातक छ । यसले मृगौला सम्बन्धि विभिन्न रोग ल्याउन सक्छ । निद्राले मृगौलालाई स्वस्थ राख्न सघाउँछ ।

८ चिया कफी बढी सेवन

चिया कफी अत्याधिक मात्रामा पिउँदा पनि मृगौलामा समस्या हुन्छ । चिया कफीले शरीरमा क्याफिनको मात्रा बढाउँछ जसले मृगौलामा भार पर्छ ।

९ पेनकिलर सेवन
टाउको दुख्ने वित्तिकै वा सामान्य दुखाइ कम गर्न पनि गोली खाने बानी छ भने आजै देखि छोड्नुस् । धेरै पेनकिलरको सेवनले तपाइँको मृगौलामा प्रभाव पार्छ ।

१० जाँड रक्सी
अल्कोहल अर्थात जाँड रक्सीको अत्याधिक सेवनले पनि मृगौला समस्यामा पर्छ । यसले मृगौला फेल हुने अत्याधिक सम्भावना हुन्छ ।


यी १० कुरा सँधै ख्याल गर्नुस्  nepaliheadlines.com
अनुहारमा टुप्पो कालो भएका स-साना थोप्लाहरु हुन्छन् । भित्र डल्लो जस्तो देखिने यस्ता थोप्लाहरु निचोर्दा कडा जमेको सेतो खैरो पदार्थ आउँछ अनि छालामा सानो खाडल पर्दछ । यस्ता थोप्लाहरुलाई ब्लाकहेड्स भनिन्छ । अनुहारको सुन्दरताका लागि यस्ता ब्लाकहेड्स वास्तवमै अभिसाप नै हुन्छ, किनकी यसले अनुहारको छालालाई कुरुप बनाइदिनछ ।


जब छालामा हुने स-साना छिद्रहरु सरीरबाट निस्कने चिल्लो पदार्थ, जिवाणुहरु तथा मृत कोशिकाका कारण बन्द हुन्छन् तब ब्लाकहेड्स देखिन थाल्छ । अनुहारमा टाँसिने धुलो, माटो तथा फोहोरका कारण समेत संक्रमण भएर यो सिर्जना हुनसक्छ । यो समस्या सबैभन्दा बढि तैलीय छाला हुनेहरुमा हुन्छ ।
ब्लाकहेड्सको समस्याबाट धेरै मानिस पीडित हुने गरेको र यसबाट छुटकारा पाउनका लागि विभिन्न खाले उपाय तथा उपचार समेत अपनाउने गरेको पाइन्छ । तर केही सजिला घरेलु उपाय अपनाउने हो भनेमात्रै पनि यो समस्या समस्या कम हुन्छ । ती घरेलु उपाय यस्ता छन् :
वाफ लिने– दुइ मिनेटसम्म अनुहारमा वाफ लिनुहोस् र त्यसपछि प्राकृतिक स्क्रबरले अनुहार पुछ्नुहोस् । नियमित रुपमा यसो गर्दा अनुहारमा रहेका यस्ता ब्लाकहेड्स हट्दछन् यसले अनुहारका अन्य सेता फुस्रा दागहरु पनि हराउँछन् ।


तुलसी– अनुहार चम्किलो पार्नुका साथै डण्डिफोरको समस्या हटाउन तथा कालोपोतो र कालो टाउके थोप्लाहरु हटाउनका लागि समेत तुलसी उपयोगी हुन्छ । यसका लागि तुलसीको पातलाई पानीमा भिजाउने अनि त्यसलाई माथिपट्टि फर्काएर ब्लाकहेड्स भएको अनुहारको छालामा ५-१० मिनेट  राख्ने । त्यसपछि तुलसीको पातलाई हटाएर मुख धुने । यो प्रक्रिया दैनिक रुपमा दोहोराएमा अनुहारको यस्ता कालो टाउका भएका थोप्लाहरु कम हुन्छ ।
बदाम– बदाम टुक्राटुक्रा पार्नुहोस् अनि त्यसमा बेसन मिलाएर लेदो बनाउनुहोस् । अनि टुक्रा बदाम र बेसनको मिश्रणले अनुहार स्क्रब गर्नुहोस् । नियमित रुपमा यसो गर्दा अनुहारको ब्लाकहेड्स कम हुन्छ ।

कागती र मह– कागतीको रस, नुन तथा मह समान मात्रामा मिलाएर झोल तयार गर्नुहोस् । यसमा दही पनि मिलाउन सक्नुहुन्छ त्यसपछि त्यो लेदोलाई अनुहारमा दलेर केही समयसम्म रगड्नुहोस् र स्क्रब गर्नुहोस् । ५-१० मिनेटपछि अनुहार धुनुहोस् र सफा रुमालले अनुहार पुछ्नुहोस् । नियमित रुपमा यसो गर्दा अनुहारको ब्लाकहेड्स, कालोपोतो, डण्डिफोर तथा अनुहार चिलाउने जस्ता समस्या हट्ने र अनुहार चम्किलो तथा सफा हुन्छ ।
www.onlinekhabar.com
काठमाडौं, श्रावण २३ । सिन्धुपाल्चोकलाई केन्द्रविन्दु बनाएर शनिबार बिहान भूकम्पको एउटा पराकम्पन गएको छ ।
बिहान ६ बजेर २४ मिनेट जाँदा सिन्धुपाल्चोकलाई केन्द्र बनाएर ४ म्याग्नेच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
यसअघि शुक्रबार दिउँसो ११ बजेर ५७ मिनेट जाँदा काभ्रेपलाञ्चोक केन्द्र विन्दू भएर ४ दशमलव ४ म्याग्नेच्युटको पराकम्पन गएको थियो ।

काठमाडौः एकीकृत माओवादीले कसैको निर्वाचन क्षेत्र कहाँ पर्छ र कहाँ स्थान सुरक्षित हुन्छ भन्ने मान्यता नराखी संघीय राज्यको सीमांकन गर्ने निर्णय गरेको छ।

सिंहदरबारमा शुक्रबार बसेको एमाओवादी स्थायी समितिको बैठकले जनताको सुझावका आधारमा संघीय राज्यको सीमा निर्धारण गर्नुपर्ने निष्कर्ष निकालेको छ। सहमतिका आधारमा संविधान लेखन प्रक्रियालाई अगाडि बढाउन आफ्नो पार्टीका तर्फबाट विशेष प्रयास गर्ने र जनताको सुझावका आधारमा नेपालको संविधान, २०७२ को प्रारम्भिक मस्यौदालाई परिष्कृत र समृद्ध बनाउने निचोड बैठकले निकालेको छ।


अध्यक्ष दाहालले बैठकमा संविधान नबनाऔ भने मुलुक अर्को कोर्सतिर जाने भो, बनाउँदा पार्टीको एजेन्डा संवोधन नहुँने देखिएको धारणा राखेका थिए।बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले राख्नुभएको धारणा उद्घृतगर्दै प्रवक्ता दीनानाथ शर्माले भने, ‘आज अबेरसम्म सहमति गर्नुपर्ने आवश्यकता छ। सोही आधारमा छलफल भइरहेको छ। सबै विवादित विषयमा सहमति हुन्छ।'

पछिल्लो दिनमा कैलाली, कञ्चनपुर, झापा, मोरङ र सुनसरी जिल्लाबारे देखिएको विवाद पनि पूर्ण रुपमा समाधान भएको छैन। प्रमुख दलका शीर्ष नेता सम्मिलित विशेष समितिमा यस विषयमा छलफल चलिरहेको जानकारी शर्माले दिए।

बैठकमा एमाओवादी अध्यक्ष दाहालले सहमतिको पूर्ण अधिकार, आफू, वरिष्ठ नेता डा बाबुराम भट्टराई र उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई दिन आग्रह गरेका थिए। अध्यक्ष दाहालले प्रमुख दलहरुबीच अहिलेसम्म भएका छलफलको जानकारी गराए।

स्थायी समितिका सदस्यहरुले सबै पक्षको माग र चाहना तथा विगतमा पार्टीले उठाउँदै आएको मागका आधारमा विवादित विषयमा सहमति खोज्नुपर्ने र आधारभूत एजेन्डाबाट पार्टी पछाडि हट्न नहुने धारणा राखेको जानकारी शर्माले दिए।

सुदूरपश्चिमलाई अखण्ड राखिनुपर्ने र लुम्बिनी, गण्डकी अञ्चल अखण्ड हुनुपर्ने माग संघीयताको प्रावधान र मान्यता विपरीत रहेको भन्दै पार्टीले सबैको चाहना र भावनालाई सम्मान गर्नुपर्ने धारणा नेताहरुले बैठकमा राखेका थिए।
www.annapurnapost.com
काठमाडौं, साउन २३ – नेपाल र इजरायलबीच पुनः इजरायलमा घरेलु कामदार पठाउने सम्झौतापत्रमा हस्ताक्षर भएको छ । इजरायलले केयर गिभरका लागि तालिमप्राप्त नेपाली महिला कामदार छनोट गरी लैजाने इच्छा राखेसँगै शुक्रबार दुई मुलुकबीच सो सम्झौता भएको हो । विगत चार वर्षदेखि रोकिएको घरेलु कामदार लैजाने प्रक्रिया पुनः सुरु गर्न इजरायल सहमत भएपछि अहिले यस्तो सम्झौता भएको हो ।

श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङको उपस्थितिमा नेपालका लागि इजरायली राजदूत यारोन मेयर र वैदेशिक रोजगार विभागका महानिर्देशक भरतराज सुवेदीले शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा सो सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्, आजको राजधानी दैनिकमा खबर छ । पहिलो चरणमा ६० हजार महिला कामदार लैजाने तयारी गरेको इजरायलले नर्स ता तीन महिनाको केयर गिभर तालिम लिएका र २५ देखि ४५ वर्ष उमेरका हुनुपर्ने जनाएको छ । एसएलसी पास भई इन्टरमिडियट तहका अंग्रेजी भाषा सिकेकाले मात्र इजरायल जान पाउनेछन् । निःशुल्क भिसामा जाने कामदारले हवाई टिकट, स्वास्थ्य परीक्षण र बिाम शुल्क तिर्नुपर्ने छ । आजको राजधानी दैनिकमा खबर छ ।
आज वि.सं. २०७२ श्रावण २३ गते शनिबार तदनुसार ई. सं. २०१५ अगस्ट ०८ तारिख
श्रावण कृष्ण नवमी, कृतिका नक्षत्र, बृष राशिको चन्द्रमा, बृद्धि योग, वणिज करण

आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
आज गरेको लेनदेनको कारोबारमा भनेजस्तो लाभ नमिल्न सक्छ । छिट्टै प्रतिफल आउने लगानीले फाइदा हुनसक्छ । भर्खर चिनजान भएको व्यक्तिउपर ठूलो भरोसा नराख्नु राम्रो हुन्छ, नयाँ मित्रले धोका दिन सक्छ । बोलीमा उत्ताउलोपन हुने भएकाले संयमता अपनाउनु राम्रो हुन्छ । चिसो चिजबिज खानपान नगर्नु बेस हुनेछ । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शं शनैश्चराय नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
उत्साहमा कमी हुने छैन, जोस र जाँगर बढ्ने दिन छ, तर आज हतार वा आवेशमा आएर कुनै काम नगर्नु होला । खानपान र मनोरञ्जनको आशा जाग्नेछ, मित्रवर्गको साथ प्राप्त गर्न कठिनाइ हुनेछ । तर्क, बहस र वादविवादमा समेत आफ्नो पकड देखिंदैन । महत्त्वाकाङ्क्षा त्यागी अघि बढेमा लाभ मिल्नेछ । आजका लागि शुभअङ्क ८ र शुभरङ्ग ध्वाँसे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ रां राहवे नमः यस मन्त्रको कम्तीमा १८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
अशुभ समाचारको आगमनले मनमा उदासी छाउने छ । सामाजिक सभासमारोहमा समय खर्च हुनाले केही गर्नैपर्ने काम रोकिन सक्छन् । राजनैतिक वातावरणले निराशा हुनेछ । खानपिनमा तलबितल पर्नसक्छ । राज्यपक्ष वा प्रशासनिक काममा ढिलासुस्ती हुने योग छ । झैझगडाभन्दा टाढा रहनु राम्रो हुन्छ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सों सोमाय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
चिताउँदै नचिताएको कुनै महत्वपूर्ण कार्य सिद्धि हुने छ । विपरीतलिङ्गीसँग विनम्र भावले व्यवहार गर्दा राम्रो हुनेछ । रोकिएका सरकारी काम सुल्झाउने राम्रो समय छ । समाजसेवाबाट वा साथीभाइको विचारलाई अनुसरण गर्दा लाभ हुनेछ । भाइबहिनी वा सन्ततिका कारण खुसीको वातावरण बन्नसक्छ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग गाढा रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमश्चण्डिकायै यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
अध्ययन, अध्यापन वा आफ्नो जिम्मेबारीको क्षेत्रमा लगनशील भएमा लाभ पाउनु हुन्छ । व्यवसायिक र सामाजिक क्षेत्रमा खटेजति सफलता प्राप्त हुनेछ, तर काम गर्नुअघि जान्नेबुझ्नेको राय लिनु राम्रो हुन्छ । प्रेमसम्बन्ध र दाम्पत्य जीवनका लागि समय निकाल्न नसक्नाले तिक्तता आउन सक्छ । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बृं बृहस्पतये नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
आज बिग्रिनै लागेको कुनै काम बन्न सक्छ, किनभने भाग्यभावमा चन्द्रमाको उपस्थिति रहेको छ । मनमा आध्यात्मिक र वैराग्यका भावना सञ्चरण हुन सक्छन् । पारमार्थिक कामप्रति चासो बढ्ने छ । गरेको परिश्रमको ढिलो गरी प्रतिफल आउने छ । मानप्रतिष्ठा र सामाजिक मर्यादाप्रति सजग रहनु राम्रो हो । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सरस्वत्यै नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
आठौं घरमा चन्द्रमा रहेकाले सवारीसाधन चलाउँदा र बाटो काट्दा होस राख्नुहोला ।घरायसी कामधन्दामा केन्द्रित हुनुपर्छ । पारिवारिक जीवनमा समेत सन्तुष्टि हुँदैन । व्यक्तिगत स्वास्थ्यले चिन्तित तुल्याउने छ । विवाद, झैझगडामा समय र धन नष्ट हुनेछ, तर वैदेशिक क्षेत्रबाट लाभ मिल्नसक्छ । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग बैजनी वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमो भगवते वासुदेवाय यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
आज कल्पनाको संसारमा रुमल्लिएर दिन बित्नसक्छ । दाम्पत्य जीवन र प्रेमप्रसङ्गको निरसताले दुःखी र चिन्तित तुल्याउन सक्छ । तर्कवितर्क र विवाद वा झैझगडामा सतर्क रहनु बेस हुन्छ । सामाजिक क्षेत्रमा गएको धनबाट प्रतिफल नआए पनि सुखसुविधा बढाउन र धनप्राप्तिका लागि गरिएको प्रयास सफल हुनेछ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सफा र चम्किलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शुं शुक्राय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
बौद्धिक क्षेत्र राम्रो देखिन्छ । बिहान ज्ञानगुनका क्षेत्रमा मन आकर्षित भएपनि दिउँसोबाट प्रतिकूल समय सुरु हुनेछ । कसैसँग व्यर्थमा तर्क, बहस र वादविवाद गर्नु पर्ला । प्रेममा धोका हुने सम्भावना छ । आर्थिक तथा शारीरिक शक्तिमा ह्रास आउने छ । छटपटी र असन्तुष्टि बढ्ने छ । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग पहेंलो वा गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ महालक्ष्म्यै नमः यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
एकाबिहानै ज्ञानगुन र दार्शनिक विषयमा आकर्षित भइने छ, कल्पना र भावुकतालाई व्यवहारमा उतार्न आजको दिन अनुकूल हुनेछ । केही महत्वपूर्ण घरायसी काममा समय व्यतीत गर्नु पर्नेछ, जसबाट भविष्यमा राम्रो फाइदा पुग्नेछ । दिउँसोबाट आत्मबलमा अझ बृद्धि हुनाले सन्तुष्टि प्राप्त हुनेछ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग छिर्केमिर्के बुट्टे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कें केतवे नमः यस मन्त्रको कम्तीमा ७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
सुखभावमा बसेको चन्द्रमाका कारण आज कुनै नयाँ काममा हात हाल्नु श्रेयस्कर हुँदैन । व्यापार व्यवसायबाट पनि भनेजस्तो फाइदा लिन सकिंदैन । शरीरमा आलस्यले डेरा जमाउने छ । घरायसी समस्यामा समय बित्नसक्छ । मानसिक तनाव र उल्झनलाई झेल्नुपर्ने छ । कामको अनावश्यक चाप बढ्ने छ । आजका लागि शुभअङ्क १ र शुभरङ्ग कलेजी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ घृणि सूर्याय नमः यस मन्त्रको कम्तीमा ७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
आज धार्मिक र सामाजिक काममा समय बित्ने दिन छ । बन्द व्यापार र कृषिक्षेत्रमा मध्यम छ । मनमा वैराग्यको भावना पलाउन सक्छ र आध्यात्मिक र दार्शनिक भावनाको विकास हुनेछ । आज गरिएको परोपकारको कामबाट रोकिएको काम बन्न सक्छ । कताकता भाग्यलाई दोष दिन मन लाग्नेछ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग हलुका रातो वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कुलदेवताभ्यो नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

प्याज खाएपछि मुखबाट गन्ध आउँछ । सोही कारण कतिले प्याजलाई मन पराउँदैनन् त कतिपयले धार्मिक मान्यताका कारण पनि प्याजको सेवन नै गर्दैनन् ।

तर प्याज खाएपछि केहीबेर गन्ध आएपनि वा धार्मिक मान्यताधारीहरुले नरुचाएपनि यो निकै हितकारी खाद्यपदार्थ हो । विज्ञहरुका अनुसार प्याजमा निकै लाभदायक तत्वहरु पाइनुका साथै यसमा औषधिय गुण समेत पाइन्छ । प्याज खानुका मुख्य फाइदाहरु यस्ता छन् -

१. क्यालोरी दहन गर्न – बढि क्यालोरीयुक्त खाद्यपदार्थ खानाले मोटोपना लगायतका समस्या आउन सक्छ । तर प्याज यस्तो खाद्यपदार्थ हो जसले क्यालोरी दहन गर्न मद्दत गर्दछ । प्याजले कार्बोहाइड्रेटलाई पचाउन सहयोग पूराउँछ ।

२. महिनावारीको बेला हुने पीडा कम गर्न समेत प्याजको सेवन लाभदायक हुन्छ । प्याजमा हुने तत्वले पेन किलरको काम गर्छ । सामान्यतया महिनावारी हुने नियमित समयको ४-५ दिनअघि देखिबाट नियमित रुपमा प्याज खाने गरेमा महिनावारी हुँदा दुखाइ बढि हुने महिलालाई फाइदा पुग्छ ।

३. दागधब्बा हटाउन सहयोग गर्छ । प्याजमा हुने भिटामिन सी तथा एन्टिसेप्टिक तत्वले डार्क स्पट तथा कालो पोतो कम गर्दछ । प्याज पिँधेर त्यसको लेप दहिमा मिलाएर अनुहार तथा सरीरमा लगाउनाले जिउमा भएका दाग धब्बा कम हुन्छ ।

४. प्याजमा क्यान्सर प्रतिरोधी तत्व हुन्छ । प्याजको नियमित सेवनले टाउको, घाँटी तथा पेटको क्यान्सरको खतरा कम गर्ने वैज्ञानिकहरुले बताएका छन् । प्याजमा हुने अर्गानोसल्फ तत्वले क्यान्सर प्रतिरोधी तत्वको रुपमा काम गर्छ । यसले क्यान्सर जन्य कोषलाई रोक्दछ ।

५. प्याजको सेवनले रोग प्रतिरोधी क्षमतामा वृद्धि गर्छ । प्याजमा हुने फाइटोकेमिकल्सले जिउमा भिटामिन सी केा प्रभाव बढाउँछ र रोग प्रतिरोधी क्षमता बढाउँछ ।

६. दिनहुँ प्याजको सेवनले रुघाखोकी तथा चिसोको समस्या पनि कम गर्छ ।

७. प्याजमा एन्टी फ्लामेटरी तथा एन्टी सेप्टिक र एन्टी ब्याक्टेरियल गुण हुन्छ । तसर्थ प्याज दिनहुँ खाने गर्नाले पेट दुख्ने, आन्द्राको संक्रमण लगायतका जोखिम कम हुन्छ ।

८. निद्रा नपर्ने समस्या भएकाहरुका लागि प्याजको सेवन लाभदायक हुन्छ । बेलुकीको खानामा प्याजलाई सलादको रुपमा खाने गर्नाले मीठो निद्रा पर्छ ।

९. मधुमेहको जोखिम घटाउँछ । प्याजमा कम मात्रामा क्यालोरी हुन्छ । साथै यसमा फाइबर, आइरन, पोटासियम, भिटामिन्स तथा अन्य विभिन्न खाले पोषक तत्व समेत हुन्छ । त्यसैले प्याजको सेवनले रगतमा चिनीको मात्रा सन्तुलित गराउन सहयोग गर्छ । साथै मधुमेहका रोगीको लागि समेत प्याजको सेवन फाइदाजनक हुन्छ ।


१०. मुखबाट गन्ध आउने तथा दाँत, गिँजा र मुखमा संक्रमण भएका हरुका लागि प्याजको सेवन फाइदाजनक हुन्छ । प्याजको सेवनले मुखमा रहेका हानिकारक जिवाणु नष्ट गर्न सहयोग गर्छ ।
घरमा मठ राखेर तुलसी रोप्ने पुरानो चलन हो । तर तपाइँलाई थाहा नहुन सक्छ तुलसीको महत्व ठूलो छ ।

शास्त्रका अनुसार तपाइँको घरमा कुनै पनि नराम्रो घटना हुन लागेको छ भने सबैभन्दा पहिले तपाइँको घरमा रोपिएको तुलसीका पातमा संकेत देखिन्छ । घरमा संकट आउनु अघी तुलसीका पात सुक्न थाल्छन् ।

पुराणमा उल्लेख भए अनुसार जुन घरमा संकट आउँछ त्यहाँ लक्ष्मीको बास हुँदैन । तुलसी लक्ष्मीकी प्रतिक भएका कारण संकट आउन लागेको घरमा तुलसीका पात सुक्ने शास्त्रको भनाइ छ ।

ज्योतिष विद्याका अनुसार बुध ग्रहका कारण यस्तो हुने गर्छ । बुध ग्रहको प्रभाव हरियो रंगमा हुन्छ । कुनै पनि विरुवाको रंग हरियो हुनुमा बुधको प्रभाव हुन्छ । बुधले नै संकट आउने संकेत तुलसी सम्म पुर्‍याउँछ । कुनै ग्रहले कुनै घरमा शुभ फल दिने भएपनि बुधले त्यसको संकेत तुलसीमा पठाउँछ ।

तुलसीको गमला भान्साको छेउँमा राख्दा घरमा कलह समाप्त हुन्छ भने पूर्वी दिशाको झ्यालको छेउँमा तुलसीको विरुवा रोप्दा पुत्रको स्वभाव सकारात्मक हुने विश्वास छ ।

कुनै पनि घरमा छोरीको विवाह गर्न ढिला भो भने तुलसीमा जल चढाउने चलन छ । ब्यापर ब्यवसायमा समस्या भएको छ भने घरको दक्षिण-पश्चिम दिशामा तुलसीको विरुवा रोप्नाले ब्यवसायमा सफलता मिल्ने विश्वास छ ।
बुलेटप्रुफ रोग निरोधक क्षमताका लागि यी आठ प्रकारका खानेकुरा नियमित प्रयोग गर्नुहोस्

हामीले नियमित रुपमा आफ्ना पाठकहरुलाई सके सम्म उचित सुचना प्रसारण गरेर उनीहरुमा स्वस्थ जीवन तथा खुशियाली ल्याउने प्रयास गरिरहेका छौं । त्यसका लागि हामी प्रत्येक दिन मानव स्वास्थलाई कसरी तन्दु्रस्त राख्न सकिन्छ भन्ने सत्य र  तथ्यमा आधिरित सुचना प्रसारणका लागि कटिबद्ध छौं ।

धेरै जस्तो अवस्थामा हामीले विज्ञहरुबाट प्राप्त गरेका तथ्य र सत्य जानकारी पस्किने गरेका छौं । यसका लागि हामी आफ्ना विज्ञहरु प्रति सधै आभारी छौं र आफ्ना पाठकहरुलाई पनि हामीले पस्केको जानकारी पढेर आफुले स्वास्थ लाभ गर्न सफल हुनु भएकोमा धेरै खुशी छौं ।

कतिपय अवस्थामा तपाईलाई रुघाखोकीले सताइ रहेको हुन्छ र त्यसबाट छुटकारा पाउन तपाई आफ्नो रोग निरोधक क्षमतामा सुधार ल्याउन चाहिरहेको हुन सक्छ । उचित भिटामीन र मिनरल आबद्ध खोराक नियमित रुपमा प्रयोग गर्ने गरेमा तपाईले आफ्नो स्वास्थ तन्दु्रस्त रहेको पाउनुहुनेछ ।

अन्य रोगबेथा लगायत यो शक्तिशाली मेथड अपनाउनाले साधारण रुघाखोकी लगायत अन्य शारीरिक बेथाहरु तपाई छेउ कहिल्यै पर्ने छैन ।

तसर्थ आज हामी तपाईहरुलाई रोग निरोधक क्षमतामा अपुट विकाश गर्नका लागि यी प्राक्रितिक र भरपर्दो सरदाम प्रयोग गरेर आफ्नो स्वास्थलाई तन्द्रुस्त पार्नहुन सल्लाह दिदै छौं ।

यी ८ प्रकारका खानेकुराले इम्युन सिस्टमलाई बलियो बनाउन मद्धत पुर्याउँछ

१. भेडे खुर्सानी

यसमा भीटामिन सी को मात्रा अन्य फलफुलमा भन्दा दुई गुणा बढी  मात्रामा हुन्छ । यसका साथै भेडे खोर्सानी बेटा क्यारोटिनको प्रमुख स्रोतको रुपमा लिइन्छ जुन छालालाई स्वस्थ बनाउनुका साथै आखालाई पनि राम्रो गर्छ ।

२. कागती तथा सुन्तला

यी फलमा भीटामीन सी पाइन्छ । यसको प्रयोग गर्नाले सेतो रक्त कोशिकामा संक्रमण हुन पाउँदैन ।

३. अदुवा

अदुवामा भीटामीन सी को मात्रा पनि भएकाले यसको सेवन गर्नाले रुघाखोकीले आक्रमण गर्न सक्तैन । अदुवामा जिन्जेरोल भन्ने तत्व पाइन्छ जसका कारण अदुवा पीरो र तातो पनि हुन्छ । अनि यो तत्वमा रोगसँग लड्न सक्ने क्षमता अत्यधिक मात्रामा हुन्छ ।

४. बेसार

यसको सेवन गर्नाले जोर्नी दर्दमा अत्यधिक फाइदा मिल्ने कुरा हालै गरिएको एक अनुसन्धानबाट पुष्टी भैसकेको छ । ज्वरो आएको बेलामा बेसार पानी उमालेर सेवन गर्नाले रोगबाट छुटकारा पाइन्छ ।

५. पालुंगो

यसमा भीटामिन सी, बेटा कारोटीन र विषाणु नासकको मात्रा अत्यधिक मात्रामा आवद्ध हुन्छ जसले तपाईको रोग सँग लड्न सक्ने क्षमतालाई सदैब बलियो बनाइ राख्छ । सक्नुहुन्छ भने पालंगोको सागलाई थोरैमात्र पकाएर अथवा झ्वाईक मात्र पारेर खानाले अझै फाइदा प्राप्त गर्न सकिन्छ । तसर्थ भए सम्म र पाए सम्म दैनिक रुपमा पालुंगोको साथ प्रयोग गर्नुहोस् ।

६. ब्रोकाउली

पालुंगो जस्तै ब्रोकाउलीलाई पनि सब्जीहरुको राजाको रुपमा लिने गरिएको छ । यसमा पनि विषादी नाशक गुण र भिटामीनको मात्रा अत्यधिक मात्रामा आबद्ध रहन्छ । यसमा भीटामिन ए, सी र इ हुने भएकाले यसको सेवन गर्न अति आवश्यक छ । पालंगो जस्तै ब्रोकाउलीलाई पनि थोरै समय सम्म मात्र पकाउनुहोस् नत्र यसमा भएको पोषण तत्व हराएर जान्छ ।

७. दही

यदि तपाई दहीको प्रशंसक हुनुहुन्छ र दही तपाईलाई मन पर्ने खोराक मध्य पर्छ भने तपाईको निम्ती यो सुखद समाचार हो । हालै गरिएको एक अनुसन्धानका क्रममा अनुसन्धान कर्ताहरुले दही सेवन गर्नाले मानिसको रोग सँग लड्ने क्षमता बलियो हुने पत्तो लगाएका छन् । यसमा भिटामीन डी को मात्रा यथेस्ट मात्रामा पाइने भएकोले यसले इम्युन सिस्टम बिलियो बनाउँछ ।

८. बदाम

बदाममा भिटामीन इ पाइन्छ । अनि भिटामीन इ ले शरीरमा जम्मा भएको बोसोलाई सजिलै पगाल्ने काम गर्छ ।  दैनिक रुपमा बदामका केही गेडाहरु खाने गर्नाले शरीरमा अनावश्यक रुपमा बोसोले घर बनाउन पाउँदैन ।
मानिसहरु भन्छन् पहिलो प्रेम सँधै विशेष हुन्छ । पहिलो प्रेम भुल्न सकिँदैन भन्ने धेरैको भनाइ हुन्छ । चाहे त्यो सफल प्रेम होस वा असफल ।

तर यसो भन्दैमा पहिलो प्रेममा समस्या नहुने होइन । मानिसहरु पहिलो प्रेममा विछोडको पीडा भोगे पनि जीवनभर केही कुरा जान्न चाहन्छन् । पहिलो प्रेममा परेको मान्छेको विषयमा कतिपय कुरा जान्ने चाहाना सँधै हुन्छ ।

त्यसैले मानिसहरु पूर्व प्रेमी वा प्रेमिकाको फेसबुक चेक गरिरहन्छन् । भलै फ्रेण्डलिष्टबाट हटिसकेको होस् ।

पूर्व प्रेमीका बारेमा केटीहरु के सोंच्छन् त ?

१ फेसबुक
पछिल्लो समयमा फेसबुक नै मानिसहरुको गतिविधी थाहा पाउने माध्यम हो । त्यसैले केटीहरुले पूर्व प्रेमीको फेसबुक जाँच गरिरहन्छन् । प्रेमीले नयाँ फिचर चलायो कि चलाएन । उसले के गर्दैछ भन्ने कुरा फेसबुकबाटै थाहा पाउन चाहन्छन् केटीहरु ।

२ साथी र नातेदारको चिन्ता
केटीहरुलाई ब्रेकअप पछि केटाका नतेदार र साथीसँग भेट्दा के भन्ने के गर्ने भन्ने चिन्ता सँधै हुन्छ ।

३ फेसबुक स्ट्याटस

पूर्व प्रेमीले लेखेका फेसबुक स्ट्याटसलाई आफ्नै लागि लेखेको होला भन्ने सोंचेर केटीहरु दुःखी हुन्छन् । खासगरी ब्रेकअप हुने वित्तिकै यस्तो कुरा बढी हुन्छ ।

४ केटीसँग देख्दा गाह्रो

कुनै पनि केटीले ब्रेकअप पछि पनि आफ्नो प्रेमीसँग अरु केटी देख्न चाहन्ने । कुनै केटी देखेमा केटीको मनमा अनेक कुरा खेल्छन् र इर्स्या समेत जन्मिन्छ ।

५ केटीको फेसबुक

केटीहरुले आफ्नो पूर्व प्रेमीसँग कोही नजिकिएको देखे भने ती केटीको समेत फेसबुक प्रोफाइल लगायतका कुरा जाँच गर्छन् ।

६ केटीको ग्रुप

केटीहरुले प्रेमीसँग ब्रेकअप पछि उ अर्कै समूहमा केटीहरुसँग नजिकिएको जस्तो लाग्छ । पुराना साथी छोडेर नयाँ केटीसँग नजिकिएको ठान्छन् केटीहरु ।

७ दारी
केटाले दारी पालेमा पूर्व प्रेमिकालाई चित्त दुख्छ । किन दारी पालेको होला । मेरै कारणले हो कि भन्ने उनीहरु ठान्छन् ।

८ कपडा

ब्रेकअप पछि केटीहरुलाई केटाले लगाउने कपडाको खुव ख्याल हुन्छ । नयाँ कपडा लगाएमा उनीहरु अव ब्राण्डेड लगाउन थालेछ । वा यस्तो लगाउन थालेछ भन्ने ठान्छन् ।

९ फेसबुक लाइक

ब्रेकअप पछि पूर्व प्रेमीको फेसबुकमा धेरै फेसबुक लाइक आउँदा पनि केटीलाई इर्स्या लाग्छ । यति धेरै लाइक कसले गर्‍यो भनेर उनीहरु हेर्छन् । लाइक गर्ने केटीको प्रोफाइल समेत चेक गर्छन् ।

१० अव के चासो

धेरै नै चासो दिएपछि दुःखी हुँदा केटीहरुलाई लाग्छ अव मलाई उसको के चासो । अन्तिममा उनीहरु चासो नदिने भन्दै चासो दिइरहन्छन् ।
मुम्बई- राजेश खन्नाकि 'लिव इन पार्टनर' रहेकी अनिता आडवाणीको उजुरीमा सुप्रिम कोर्टले डिम्पल कपाडिया, अक्षय कुमार र ट्विंकल खन्नाको विरुद्धमा नोटिस जारी गरेको छ। अनिता आडवाणीले बम्बई हाइकोर्टमा यी तीन जनाको विरुद्धमा घरेलु हिंसाको उजुरी गरेकी थिइन्।

बम्बई हाइकोर्टले अनिता राजेश खन्नाकी श्रीमति नभएको र यसमा घरेलु हिंसाको भारतीय कानुन अनुसार उजुरी दर्ता गर्न नसकिने भन्दै खारेज गरेको थियो। बम्बई हाइकोर्टले उनको उजुरी खारेज गरे पनि अनिता न्याय खोज्ने यात्रा नरोकिने बताउँदै आएकि थिइन्।

अनितता हाईकोर्टको फैसलाको विरुद्धमा सुप्रिम कोर्टमा पुगेकि थिइन्। अक्षय कुमारको कानुनी सल्लाह दिने फर्म 'आइसी' लिगलले अहिले सम्म अदालतको नोटिस प्राप्त नभएको बताएको बताउँदै नोटिस प्राप्त हुनासाथ बम्वई हाइकोर्टमा वुझाएका सबै कानुनी दस्तावेज सुप्रिम कोर्टमा बुझाउने बताएको छ। अक्षय कुमार राजेश खन्नाका ज्वाई हुन्।
काबुल : अफगानिस्तानको राजधानी काबुलमा शुक्रबार भएको एक भीषण ट्रक बम आक्रमणमा परी कम्तीमा १५ व्यक्तिको मृत्यु भएको समाचार छ । यस आक्रमणमा परी अन्य २४० घाइते भएका जनाइएको छ ।

तालिवान नेता मुल्लाह ओमारको मृत्यु घोषणा भएयताको यो पहिलो भीषण आक्रमण भएको बताइएको छ । यस आक्रमणको हालसम्म कुनै पनि आतङ्ककारी समूहले जिम्मा भने लिएको छैन । साह साहिदको छिमेकमा पर्ने एक सैनिक शिविरनजिकै मध्य रातमा सो आक्रमण भएको जनाइएको छ ।


शुक्रबार बिहान सबेरै भएको यस आक्रमणमा परी ज्यान गुमाएका सङ्ख्या बढेर १५ पुगेको राष्ट्रपतिको उप प्रवक्ता सयेद जफार हसिमीले  बताएका छन् । सो आक्रमणमा परी २४० भन्दा बढी व्यक्ति घाइते भएको पनि जफारले थप जानकारी दिएका छन् । घाइते र मारिएका व्यक्तिहरूमा महिला र बालबालिकासमेत रहेका जनाइएको छ ।

अफगानिस्तानमा सन् २०१५ को पहिलो ६ महिनाभित्रमा भएका सशस्त्र द्वन्द्व र युद्धमा परी एक हजार ५९२ सर्वसाधारणको ज्यान गएको अफगानिस्तानका लागि संयुक्त राष्ट्रसङ्घीय मिसनले बुधबार प्रकाशन गरेको प्रतिवेदनमा जनाएको थियो ।

‘प्रोटेक्सन अफ सिभिलेन्स इन आर्मड् कन्फ्लिक्ट इन अफगानिस्तान फर २०१५’ नामको सो प्रतिवेदन मानवअधिकारवादी एक समूह युनाइटेड नेसन्स असिस्टेन्स इन अफगानिस्तान  (युएनएएमए)  ले तयार पारेको जनाइएको छ ।

सो नागरिक हताहतको प्रमुख कारण तालिवान र अन्य सरकारविरोधी तत्वहरू भएका युएनएएमएले दाबी गरेको छ । सो प्रतिवेदन गत जनवरी १ बाट ३० जुनसम्मको भएको जनाइएको छ ।

उक्त अवधिभर घाइते र मृतक सर्वसाधारण गरी चार हजार ९२१ रहेको जनाइएको छ । तीमध्ये एक हजार ५९२ जना मारिएका र तीन हजार ३२९ जना घाइते भएका सो प्रतिवेदनमा बताइएको छ ।


अफगानिस्तानमा सन् २००९ को जनवरी १ बाट सन् २०१५ को जुनसम्म १९ हजार ३६० जनाभन्दा बढी नागरिक हताहत हुनुको साथै अन्य ३३ हजारभन्दा बढी घाइते भएको पनि सो प्रतिवेदनमा जनाइएको थियो ।
annapurnapost.com
मुम्बई । बलिउडका अभिनेता सलमान खान बेला बेला फिल्मभन्दा बढी विभिन्न घटनाका कारण चर्चामा आउने गर्छन् ।

भारतमा उनका ‘हिट एण्ड रन’, कुटपिट, मारपिट जस्ता मुद्दा अहिले पनि सुल्झिएका छैनन् । पाँच वर्षको जेल सजायँ पाएका सलमानले माथिल्लो अदालतबाट न्याय पाएका थिए । अहिले पनि उनको यो महत्वपूर्ण मुद्दा अदालतमा विचाराधिन छ ।
यही क्रममा विहीबार भारतमा फाँसी सजायँ सुनाइएका याकूब मेमनको पक्षमा बोलेको भन्दै सलमानविरुद्ध फाँसी सजायँको माग उठ्न थालेको छ । त्यो पनि सत्तारुढ दलकै नेताबाट । सत्तारुढ भारतीय जनता पार्टीका सांसद उषा ठाकुरले सलमान खानलाई मृत्युदण्ड सजायँ दिन माग गरेकी छिन् ।

सांसद उषा ठाकुर ।
उनले याकूब मेमन जस्तैगरी सलमानलाई पनि फाँसीमा झुण्ड्याउनुपर्ने बताएकी हुन् । उषाले देशविरोधी गतिविधी गर्ने अपराधी भएकाले अपराधीको पक्ष लिने पनि देशद्रोही हो भन्दै सलमानलाई फाँसीमा चढाउन अदालत र न्यायधिशलाई आग्रह गरेकी छिन् । सलमानले याकूबलाई फाँसीमा झुण्ड्याउनु दुई दिन अगाडि फाँसीमा चढाउनु गलत कार्य भएको भनेर न्यायलयको अलोचना गर्नेगरी ट्विट गरेका थिए ।

यस्तो विवादास्पद भनाईपछि सांसद उषाका अमर्थक र अचोलक दुई धारमा छुट्टिएका छन् । उनको राजीनितक बजारमा पनि आलोचना सुरु भएको छ । उनका समर्थकले पनि सामाजिक सञ्जालमा मृत्युदण्डको माग गरिरहेका छन् । उषा सत्तारुढ दल भाजपाको मध्य प्रदेशको इन्दौरकी सांसद हुन् ।
dainiknepal.com

इजरायल सरकारले अन्तत नेपाली कामदारहरुलाई केयरगिभर कामदारकोलागि भिसा उपलव्ध गराउने भएको छ । करिव ६ बर्षको लामो अवरुद्दकाविचको निकै ठूलो दौडधुप पश्चात इजरायल सरकारले नेपाली कामदारहरुलाई भिसा उपलव्ध गराउन  शुक्रवार सम्झौता पत्रमा हस्ताक्षर भएको छ  ।

श्रम राज्यमन्त्री टेकबहादुर गुरुङको उपस्थितिमा नेपालकालागि इजरायली राजदूत यारोन मेयर र रोजगार विभाग महानिर्देशक भरतराज सुवेदीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । “पछिल्लो सहमति बमोजिम जीटूजी प्रक्रियाबाट नेपाली कामदार इजरायल आउने बताउदै पहिलो चरणमा ५० दोस्रो चरणणमा १०० र अन्तिम चरणममा १५० गरी सरकारले पाइलट प्रोजेक्ट अन्तर्गत पहिलो चरणमा जीटूजी प्रक्रियाबाट परिक्षण स्वरुप ३०० कामदारकोलागि भिसा उपलव्ध गराउने नेपाली राजदूतावास स्रोतले बतायो ।

इजरायल सरकारले यस अघि एजेन्सी मार्फत कामदारहरु ल्याउने गरेको छ र त्यसरी ल्याइएका विदेशी कामदारहरुलाई इजरायलस्थित एजेन्सीहरुको निगरानीमा राखिने गरिन्छ । जीटूजी प्रक्रियावाट कामदार इजरायल आएपछी इजरायल सरकारले नन प्रफोटि मेकिङ अर्गनाइजेसनको सहयोगमा कामदारहरु व्यवस्थापन गर्ने मेकानिजन तय गरिसकेको र सोही अनुसार इजरायलमा कामदारहरुको व्यवस्थापन हुने बताइएको छ ।

इजरायलको केयरगिभर कामदारको रोजगारीमा जान श्रम तथा रोजगार मन्त्रालयले तोकेका तालिम केन्द्रहरुबाट ३ महिनाको नर्सिङ तालिम लिन अनिवार्य गरिएको छ भने इजरायल आउन इच्छुक उमेदवार १० कक्षा पास गरेको २५ बर्ष माथिका  न्यूनतम वजन ४५ किलो, उचाई ५ फिट, स्वास्थ्य परिक्षणबाट निरोगी प्रमाणित भएको  अँग्रेजी भाषा बोल्न जानेको हुनुपर्ने छ । कामदारहरूको अन्तिम छनौट इजरायल सरकारले तोकेको इजरायली कम्पनीले नेपाली अधिकारीलाई समेत राखेर गर्नेछ । छनौटमा इजरायल सरकार र नेपाल सरकारविच चरण चरणमा भएका सम्झौता अनुरुप उनीहरुको उमेर, शिक्षा, स्वास्थ्य लगातका विषयहरुलाई प्रार्थमिकताकासाथ हेरिने छ ।

पूर्ण रुपमा निशुल्क भिसामा न्यूनतम ८० हजार रुपैया हाराहारीको लागतमा कामदारहरु इजरायल आउन पाउने बताउदै कामदारहरु छनौट के कसरी प्रक्रिया अगाडि वढाउने, कहाँ सम्पर्क गर्ने लगायत सम्पूर्ण प्रक्रियाहरुको बारेमा आवश्यक जानकारीहरु वैदेशिक रोजगार विभाग नेपाली राजदूतावास इजरायल लगायत सरकारी निकायहरुबाट सार्वजनिक सुचना मार्फत सुचित गर्ने व्यहोरा जानकारी गराउदछौं । त्यस्तै इच्छुकहरुले कसैले आश्वासन दिएको भरमा कसैको कुरामा पछि लागेर प्रक्रिया अगाडि नवढाउन पनि अनुरोध गरिएको छ ।

यसैबिच नेपाली राजदूतावास तेलअभिवका काउन्सिलर तथा उपनियोग प्रमुख खड्ग प्रसाद दाहालले आफू इजरायलको यस नियोगमा आउनु अघि नै श्रम तथा रोजगार मन्त्रालयका तथा मन्त्रालयका अग्रजहरूले थालनी गरेको काम, महामहिम राजदूत र राजदूताबासका सम्पूर्ण अधिकृत कर्मचारीको २ बर्षको अथक प्रयास पछि आज सफल भएको जनाउदै यसले नेपालीहरूका लागि-खास गरि २५ बर्ष माथिका द दिदी- बहिनी दाजुभाईहरूका लागि  निम्नतम शुल्क( जम्मा नेरू.८०,००० लगभग) मा अधिकतम ( प्रतिमहिना नेरू १,२०,००० भन्दा बढी) आम्दानी गर्ने रोजगारीको उत्तम गन्तब्य स्थल मात्र खुल्दै छैन ..यस्तै कामका लागि इजरायल आउने भारत, श्रीलंका, फिलिपिन्स लगायतअन्य देशका कामदारहरुलाई समेत निम्नतम शुल्कमा इजरायलमा रोजगारी प्राप्त गर्न मार्ग-प्रशस्त गर्ने बताउनुहुदै यो दिन बैदेशिक रोजगारीमा जाने नेपालीहरुको लागि सुनौलो दिन वनोस् भन्ने शुभेच्छा प्रकट गर्नुभएको छ ।

इजरायलले इजरायली अदालतको निर्णय अनुसार नै अन्य मुलुकहरुबाट पनि जीटूजी प्रक्रियावाट नै विदेशी कामदारहरुलाई इजरायल ल्याउने तयारी गरिरहेको वुझिएको छ । यससँगै नेपाली कामदारहरुलाई नियमित रुपमा इजरायल ल्याउन यस प्रक्रियाले बाटो खोल्ने आशा आम नेपालीहरुमा छाएको छ ।

मासिक सरदर १ लाख २० हजार रुपैयाँको हाराहारीमा कमाइ हुने मानिएको मध्यपूर्वको इजरायलको रोजगारी विशेष गरी महिला कामदारहरुको निम्ती सुरक्षित र आकर्कष गन्तव्यस्थलको रुपमा रहिआएको छ ।   इजरायल सरकारले करिव ६ बर्ष अघिदेखि म्यानपावर एजेन्सीहरुले कामदारबाट अत्याधिक रकम लिदै इजरायल प्रवेश गराएको, तालिम विना नै अत्याधिक मात्रामा असक्षम कामदारहरुलाई इजरायल प्रवेश गराउदा कामदारहरु समस्यामा पर्ने गरेको लगायत विभिन्न कारणहरु देखाउँदै नेपाली कामदारहरुलाई केयरगिभरको भिषा दिन रोक लगाएको थियो । त्यसलगत्तै इजरायलमा नेपाली कामदारहरुको संख्या घट्ने क्रममा रहँदै आएको छ ।

www.a1khabar.com
एजेन्सी : धर्मनिरपेक्षताको पक्षमा वकालत गर्दै आएका एक ब्लगरको शुक्रबार दिउँसो बंगलादेशको राजधानी ढाकामा हत्या भएको छ
४० वर्षीय ब्लगर निल्यो निललार्इ पहिचान हुन नसकेको समूहले हत्या गरेको पुष्टि ढाकाको खलीगाउँस्थित बंगलादेशी प्रहरीका सव-इन्सपेक्टर खैरुजजमानले पुष्टि गरेका छन् ।

'हामीलार्इ प्राप्त प्राराम्भीक सूचना अनुसार हत्या गरिएका ब्यक्ति ब्लगर भएको खुलेको छ ।'

उनीसँगै बंगलादेशमा धर्मनिरपेक्षताक
पक्षमा वकालत गर्ने चौथो ब्लगरको हत्या भएको छ । हत्यामा इस्लामिक आर्मीको संलग्नता रहेको अनुमान गरिएको छ ।

समाचार अनुसार निलको ढाकास्थित कोठैमा पसेर निलमाथि आक्रमण गरिएको थियो । निलले लामो समयदेखि इस्लामिक पार्टीमाथि प्रतिबन्ध र सन् १९७१ का युद्धका अपराधीमाथि कारबाही माग गर्दै आएका थिए ।annapurnapost.com
एजेन्सी । मध्य अफ्रीकी देश कांगोमा आज विहान भूकम्पको ठूलो धक्का महसुस गरिएको छ ।
भूकम्पमा परी दुई बालिकाको मृत्यु भएको खबर प्राप्त भएको छ । अमेरिकी भौगर्भिक संस्था (यूएसजीएस)का अनुसार कांगो के बुकावु शहरलाई केन्द्रविन्दु बनाएर ५.६ रेक्टर स्केलको ठूलो धक्का महसुस गरिएको हो ।
यसको केन्द्र कांगोको बुकावु सहरबाट ३९ किलोमिटर उत्तर रवांडाको सीमा आसपास जमिनको १० किलोमिटर गहिराई भएर गएको थियो । त्यहाँको स्थानीय समय अनुसार, भूकम्पको झट्का विहान ३ बजेर २५ मिनेटमा महसूस गरिएको थियो ।
भूकम्पले लाखौंको धनसम्पत्तिको क्षति भएको समाचार प्राप्त भएको छ । मृतकको संख्या बढ्न सक्ने बताइएको छ ।
ainiknepal.com
काठमाडौं, २१ साउन । गएको ३ दिनदेखी सुनको मुल्यमा कुनै उतारचढाब आउन सकेको छैन ।

आज छापावाल सुन प्रतितोला ४७ हजार ५ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ४७ हजार २ सय ५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

चाँदीको मूल्य पनि तोलाको ६ सय ६० रुपैयाँ नै रहेको महासघंको बेवसाइटमा उल्लेख छ । सुनको यो मुल्य ५ बर्षपछिको सस्तो हो ।

सुनचाँदीको मुल्य घटेपनि उपभोक्ताले भने सर्बत्र खरिद गर्न पाइरहेका छैनन् । सुन सस्तिएसगैँ ब्यापारीले लुकाएर बजारमा सुनको अभाब सृजना गरेको उपभोक्ताहरुको गुनासो छ ।

आर्इएसले यसरी तोक्यो महिलाको मूल्य
एजेन्सी : आतंकवादी संगठन इस्लामिक स्टेट (आर्इएस) ले इराकको मोसुलमा १९ जना महिलाको हत्या गरेका छन् ।
टर्कीका सुरक्षा अधिकारीले ती महिलाको हत्या भएको पुष्टि गरेका छन् । समाचार अनुसार आर्इएसका लडाकूसँग यौन सम्बन्ध राख्न इन्कार गरेपछि ती महिलाको हत्या भएको हो ।

एक र दुर्इ अगष्टमा भएको सो घटनामा ती सबै महिलालार्इ पटक पटक गरेर हत्या गरिएको हो ।

टर्किस डेमोक्र्याटिक पार्टीका प्रवक्ता मिमोसिनीले बताए अनुसार संगठनभित्र र्‍याङ्किङका आधारमा कम उमेरका महिला र युवतीको खरिद हुने गरेको छ ।


उनले एक इराकी समाचार एजेन्सीलार्इ बताए अनुसार पछिल्लो दुर्इ दिनमा १९ महिलाको आर्इएसले हत्या गरिसकेका छन् । यी सबै महिलालार्इ लडाकूको यौनतिर्खा मेटाउन इन्कार गरेको भन्दै हत्या गरिएको हो ।

समाचार अनुसार कुर्दिस डेमोक्रेटिक पार्टीले दाबी गरेको दुर्इ दिन अघिमात्रै राष्ट्र संघले आर्इएसद्वारा यौनकार्यमा लगाउने महिला र युवतीहरुको मूल्य सूची सार्वजनिक गरेको थियो ।

राष्ट्र संघकाको 'सेक्रेट्री-जनरल फर सेक्सुअल भ्वाइलेन्स' का स्पेशल रिप्रेजेन्टेटिभ ज्यानब बांगुराका अनुसार, इराक र सिरियाका युद्धग्रस्त इलाकामा युवती दैनिक उपभोग्य बस्तुसरह किनबेच भइरहेका छन् ।

कयौं पटक आतंकवादीले युवतीलार्इ यसकारण खरिद गर्छन्, जसले उनीहरुका परिवारसँग लाखौं रुपैयाँ फिरौती लिन सकियोस ।

आर्इएसले तोकेको महिलाको मूल्य । डेली मेलबाट
http://annapurnapost.com/News.aspx/story/16050
काठमाडौं, २२ साउन । नेपालमा वैशाख १२ गते गएको विनाशकारी ‘गोरखा भूकम्प’पछि अब पश्चिम नेपालदेखि भारतको दिल्लीसम्मको भूभागमा भविष्यमा एउटा ठूलो भूकम्प आउन सक्ने खतरा बढेको वैज्ञानिकहरुले चेतावनी दिएका छन् ।
नयाँ तथ्याङ्कहरुले गत बैशाख महिनामा नेपालमा गएको विध्वंशकारी भूकम्पमा पृथ्वीमुनि सञ्चित सबै तनाव निस्कन नसकेको र त्यो पश्चिमतर्फ सरेको उनीहरुले जनाएका छन् । नेचर एण्ड साइन्स नामक जर्नलमा प्रकाशित अनुसन्धानात्मक लेखमा वैज्ञानिकहरुले त्यस्तो चेतावनी दिएका हुन् ।
तर उनीहरुले उक्त भूकम्प कुन परिमाणको हुनेछ र कहिले आउनेछ भनेर चाहिँ भन्न नसकिने बताए । बीबीसीसँग कुरा गर्दै ब्रिटेनको प्रतिष्ठित क्याम्ब्रिज विश्वविद्यालयका प्राध्यापक जँ फिलिप अवुआकले भने, ‘यस क्षेत्रमा ध्यान दिन जरुरी छ, यदि आज भूकम्प आउने हो भने पश्चिम नेपालमा मात्रै होईन, उत्तरी भारतको गङ्गा मैदानमा घना बसोबासका कारण पनि ठूलो विध्वंश हुनसक्नेछ ।’

गत वैशाखको भूकम्प भारतीय प्लेट र युरोसियन प्लेट भनिने दुइ भौगर्भिक क्षेत्रहरुबीच घर्षण हुँदा पैदा भएको हो । यो निरन्तर भइरहने प्रक्रिया हो जहाँ हरेक वर्ष जमीन दुइ सेन्टिमीटरले उत्तरतिर सरिरहेको हुन्छ ।
वैज्ञानिकहरुका अनुसार गत बैशाख १२ मा गएको भूकम्पले पृथ्वीमुनि सञ्चित तनावमध्ये केहीमात्रै सतह बाहिर निकालेको थियो । प्राध्यापक अवुआकले भने, ‘यदि सो भुइँचालोले हिमालयको अघिल्तिरसम्मको भूभागमा चिरा पारेको भए अझ ठूलो भूकम्प आउन सक्थ्यो ।’
अनुसन्धानकर्ताहरु पृथ्वीको सतहमुनिको केही तनाव पोखरादेखि पश्चिम तथा दिल्लीको उत्तरतर्फ सरेको ठान्दछन् । हिमालयक्षेत्रमा सन् १५०५ मा ८.५ रेक्टरको महाभूकम्प आएको थियो । हालै त्यता सरेको दबाबले गएको पाँचसय वर्षभन्दा बढी समयदेखि त्यहाँ जम्मा भईरहेको तनावमाथि थप दबाब थप्न सक्ने उनीहरु बताउँछन् ।
‘अहिले हामी पश्चिम नेपालका बारे निकै चिन्तित छौं,’ प्राध्यापक अवुआकले भने । उनले नेतृत्व गरेको टोलीले त्यस क्षेत्रमा अरु बढी अनुगमन गर्नुपर्ने जनाएको छ, यद्यपी अर्को प्राकृतिक विपद् ठिक कहिले आउनेछ भनेर अनुमान गर्नु असंभव नै छ ।
‘हामी मानिसहरुलाई तर्साउन चाहँदैनौं, तर आफुहरु बसिरहेको ठाउँमुनि अत्यन्तै धेरै तनाव सञ्चित भईरहेको छ भन्नेबारे उनीहरु सचेत रहन अत्यन्तै आवश्यक छ,’ प्राध्यापक अवुआकले भने ।
उनले ठूला भूकम्पहरु पनि थेग्नसक्ने ससाना घरहरु निर्माण गर्न सुझाव दिए । नेपालमा गत वैशाखमा गएको भूकम्पमा परी झण्डै नौ हजार जनाको ज्यान गएको थियो भने हजारौं घाइते भएका थिए ।
प्राध्यापक अवुआकले भने, ‘काठमाण्डौ नजिकै ७ दशमलव ८ म्याग्निच्युडको भूकम्प आयो भन्ने सुन्दा त्यसबाट तीन देखि चारलाख मानिसहरुको ज्यान गयो भन्ने समाचार सुन्न म तयार भएर बसेको थिएँ, यो दुर्घटना हो, तर निकै घना जनसंख्या भएको इलाकामा १०,००० भन्दा कम मानिसहरुको ज्यान जानुलाई एउटा सानो संख्या नै मान्नु पर्दछ।’
गत वैशाखको भूकम्पले उच्च फ्रिक्वेन्सीको तरङ्गहरु सिर्जना गरेको भए काठमाण्डौका साना भवनहरुमा ठूलो क्षति पुग्न सक्ने थियो भनी वैज्ञानिकहरु बताउँछन् । सो भूकम्पमा पर्याप्त तनाव निष्काशन नभएको, बरु जमीनमुनि जम्मा भएको तनाव पश्चिमतर्फ सरेकाले अझ ठूलो भूकम्पको जोखिम बढेको उनीहरुले बताएका छन् । बीबीसीबाट
http://dainiknepal.com/2015/80701.html
काठमाडौं : शुक्रबार मध्यान्ह काभ्रे जिल्लाको ढुंखर्क केन्द्रबिन्दु भएको भूकम्पको धक्का महसुस भएको छ ।
मध्यान ११ बजेर ५७ मिनेटमा काभ्रेको ढुंखर्कलार्इ केन्द्रबिन्दु बनाएर ४.४ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस भएको थियो । भूकम्पको धक्का काठमाडौं उपत्यकामा पनि महसुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ । यसअघि बिहीबार राति ८ बजेर ३६ मिनेटमा सिन्धुपाल्चकोकको बराम्ची केन्द्रबिन्दु भएको ४.१ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस भएको थियो । annapurnapost.com
काठमाडौं, श्रावण २२ । वैज्ञानिकहरुले नेपाल र भारतको केही क्षेत्रमा ठूलो भूकम्पको जोखिम कायमै रहेको बताएका छन् । नेपालमा बैशाख १२ गते गएको ७.८ म्याग्निच्युटको भूकम्पपछि गरिएका विभिन्न अध्ययनहरुले अझै शक्तिशाली भूकम्पको जोखिम कायम रहेको देखाएका हुन् ।


भौगर्भिक विज्ञानसम्बन्धी पत्रिका जियो साईन्स र साईन्सले दाबी गरेअनुसार बैशाख १२ गतेको भूकम्पले यो क्षेत्रको जमिनमुनी सञ्चित सबै शक्तिलाई प्रवाह गर्न सकेको छैन । तर उक्त भूकम्पले यो शक्तिलाई केही पश्चिमतर्फ धकेलेको बताइएको छ ।

अध्ययनमा सामेल वैज्ञानिक प्रोफेसर जाँ फिलिप अभोवाकलाई उद्धृत गर्दै बीबीसीले लेखेअनुसार नेपालको पोखराबाट पश्चिमदेखि भारतको दिल्लीबाट उत्तरसम्म शक्तिशाली भूकम्पको जोखिम बढेको छ । यो क्षेत्रमा विशेष सतर्कता र पूर्व सावधानी अपनाउनुपर्ने उनको भनाई छ ।

वैशाख १२ को भूकम्पले जमिनमुनि जम्मा भएको शक्तिको केही हिस्सा मात्रै बाहिर ल्याएको अध्ययन प्रतिवेदनको दाबी छ । योजत्रै वा योभन्दा पनि ठूलो शक्तिको हिस्सा भूकम्पको केन्द्रविन्दु भएको गोरखाको बारपाकभन्दा पश्चिमतर्फ सरेको वैज्ञानिकहरुको दाबी छ । Source: Image Khabar.com
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Aug 24 (6)
  • Aug 23 (1)
  • Aug 19 (1)
  • Aug 18 (19)
  • Aug 17 (17)
  • Aug 16 (24)
  • Jan 24 (18)
  • Jan 23 (27)
  • Jan 22 (32)
  • Jan 21 (35)
  • Jan 20 (35)
  • Jan 19 (34)
  • Jan 18 (40)
  • Jan 17 (45)
  • Jan 16 (27)
  • Jan 15 (29)
  • Jan 14 (35)
  • Jan 13 (40)
  • Jan 12 (32)
  • Jan 11 (39)
  • Jan 10 (31)
  • Jan 09 (23)
  • Jan 08 (31)
  • Jan 07 (30)
  • Jan 06 (39)
  • Jan 05 (34)
  • Jan 04 (39)
  • Jan 03 (43)
  • Jan 02 (47)
  • Jan 01 (31)
  • Dec 31 (34)
  • Dec 30 (36)
  • Dec 29 (43)
  • Dec 28 (33)
  • Dec 27 (27)
  • Dec 26 (38)
  • Dec 25 (33)
  • Dec 24 (38)
  • Dec 23 (44)
  • Dec 22 (39)
  • Dec 21 (37)
  • Dec 20 (40)
  • Dec 19 (31)
  • Dec 18 (47)
  • Dec 17 (30)
  • Dec 16 (16)
  • Dec 15 (42)
  • Dec 14 (30)
  • Dec 13 (32)
  • Dec 12 (35)
  • Dec 11 (42)
  • Dec 10 (26)
  • Dec 09 (31)
  • Dec 08 (15)
  • Dec 07 (37)
  • Dec 06 (30)
  • Dec 05 (34)
  • Dec 04 (32)
  • Dec 03 (33)
  • Dec 02 (36)
  • Dec 01 (37)
  • Nov 30 (48)
  • Nov 29 (28)
  • Nov 28 (35)
  • Nov 27 (35)
  • Nov 26 (47)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (27)
  • Nov 22 (32)
  • Nov 21 (43)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (22)
  • Nov 17 (29)
  • Nov 16 (32)
  • Nov 15 (25)
  • Nov 14 (28)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (42)
  • Nov 09 (22)
  • Nov 08 (40)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (42)
  • Nov 01 (44)
  • Oct 31 (29)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (47)
  • Oct 27 (32)
  • Oct 26 (39)
  • Oct 25 (35)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (22)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (31)
  • Oct 02 (29)
  • Oct 01 (29)
  • Sep 30 (29)
  • Sep 29 (24)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (26)
  • Sep 25 (27)
  • Sep 24 (18)
  • Sep 23 (15)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (26)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (12)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (19)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (22)
  • Sep 07 (22)
  • Sep 06 (26)
  • Sep 05 (18)
  • Sep 04 (23)
  • Sep 03 (24)
  • Sep 02 (25)
  • Sep 01 (24)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (27)
  • Aug 28 (28)
  • Aug 27 (30)
  • Aug 26 (29)
  • Aug 25 (24)
  • Aug 24 (35)
  • Aug 23 (30)
  • Aug 22 (31)
  • Aug 21 (32)
  • Aug 20 (30)
  • Aug 19 (33)
  • Aug 18 (27)
  • Aug 17 (34)
  • Aug 16 (28)
  • Aug 15 (23)
  • Aug 14 (23)
  • Aug 13 (22)
  • Aug 12 (19)
  • Aug 11 (18)
  • Aug 10 (24)
  • Aug 09 (16)
  • Aug 08 (18)
  • Aug 07 (25)
  • Aug 06 (16)
  • Aug 05 (18)
  • Aug 04 (21)
  • Aug 03 (19)
  • Aug 02 (14)
  • Aug 01 (17)
  • Jul 31 (19)
  • Jul 30 (19)
  • Jul 29 (15)
  • Jul 28 (12)
  • Jul 25 (14)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home