नेपालले गज्जवका प्रधानमन्त्री पाएको छ। यति सक्षम प्रधानमन्त्री सायदै नेपालले कहिल्यै बेहोरेको थियो। ओली सरकार सञ्चालनमा त अब्बल छन् नै तर त्यही मात्र उनको सबल पक्ष होइन। उनको अन्य सामर्थ्यको पनि चर्चा हुनु जरुरी छ ।
ओली जनलाई खुसी राख्न प्रहसन गर्ने सामर्थ्य राख्दछन्। ओलीको जनता हसाउँने कला देखेरै होला धेरै हास्य कलाकारले उनिबाट असुरक्षित महसुस गरेका छन्। दीपक राज गिरीले राम्रैसंग गइरहेको श्रृंखला तितो सत्य बन्द गरे र उनको सो निर्णय सहित सावित भयो। आखिर ओलीको पछिल्लो प्रहसनले हास्यरसको उत्कर्ष जो छोयो।
त्यसो भए ओली प्रहसरले कसरी निरन्तरता पाउला ? यो लेखमै यही विषयमा चर्चा गरिनेछ।
अहिलेसम्म ओलीका मुखमा दुई डायलग निस्किसके जुन निकै चर्चा र महत्वका साथ सुनिए। पहिलो थियो, एकै वर्षमा लोडशेडिङ हट्नेछन, हावाबाट बिजुली निकालिनेछ। दोस्रो झनै चर्चित भयो-चुला चुलामा ग्यासका पाइप जोडिनेछ ।
ओली त्यसै क्षमतावान नेता हुन। प्रधानमन्त्रीका रुपमा उनलाई चीरकालसम्म शंकाको लाभ उपलब्ध भइरहनेछ। उनि राष्ट्रवादी हुन हेक्का रहोस।
उनको यही छविलाई ध्यानमा राख्दै ओलीले आगामी दिनमा बोल्ने सक्ने डायलग कस्ता होलान ?
प्रत्येक घर घरमा पेट्रोल,डिजेलको पाइप पुर्याइदिन्छु (ख्याल गर्नुस ग्यासको पाइप घर घरमा पुगिसेको छ)। धारो खोल्ने पेट्रोल थाप्ने । सबै चीजको लागि फरक फरक पाइप राख्न सक्दिन। त्यही पाइपमा कुनै समय पेट्रोल आउँछ, कुनै समय ग्यास । बेलाबेलामा पानी पनि त्यही पाइबाट आउँछ। जुन बेला जे आउँछ त्यसैबाट चलाउने।
घर घरमा बुलेट ट्रेन जोडिनेछ। ट्रेनमा एसी राखीदिन्छु। ढोकाबाट निक्लने बितिकै ट्रेनको ढोकामा छिर्ने अनि सरर भनेको ठाउँमा पुगिेने। कहिले कहिँ ढोकसम्म पुग्ने समय भएन भने झ्यालबाटै ट्रेनको छतमा हामफाल्न सकिने। सरर नेचुरल एसीमा जहाँ भने त्यही पुगिने।
प्रत्येक खोलमा तुइन होइन पुल राखिदिन्छु। पुलमाथि ट्रेन गुड्छ। पुलमुनि शपिङ कम्प्लेक्स बनाइन्छ। ट्रेनमा सरर गुडेर शपिङ कम्पलेक्समा शपिङ गर्न सकिने।
दु:ख गरेर पैसा कमाउने दिन गयो। जागिर किने खाने ? बेकारमा काम गर्ने गर्ने ? मोजमस्ती गर्नुस। सरकारले घर घरमा पैसा बोरामा राखेर पुर्याउँछ। युवा भएका घरलाई अझ बढि प्राथमिकता। बोराबाट पैसा निकाल्ने,खर्च गर्ने।
भुकम्प बाट घरबार गुमाएकालाई काठमाडौंमा एक एकवटा घर उपलब्ध गराउँछु। पिडित परिवारको सबै खर्च बर्च सरकारले बेहोर्छ। मात्र सरकारले दिएको घरमा बसिदिए पुग्छ।
सम्पुर्ण नागरिकलाई स्वस्थ उपचार निशुल्क । घर घरमा फोन गरेकै आधारमा डाक्टर उपलब्ध गराउइनेछ। निजि अस्पताल वा नर्सिङ होममा कसैले उपचार गराए त्यसको बिल सरकारले भरिदिन्छ।
स्नातकोतर सम्म निशुल्क शिक्षा उपलब्ध गराउँछु। उल्टै विद्यार्थीलाई मासिक भत्ता उपलब्ध गराइनेछ। विश्वविद्यालयमा राजनिति गर्न दिइनन्। सबै पार्टीका विद्यार्थी संगठनलाई प्रतिबन्ध लगाइनेछ।
भारतले नाकाबन्दी गरिरहे छिमेकी नै फेरिदिन्छु। भुगोलमा दायाबायाँ गरेर छिमेकी फेर्न जे गर्न पर्छ सरकारले गर्छ। चीनतिर कुरा नमिले पनि त्यसै गरम्ला।nepaliheadlines

अधिकांश मानिसहरूलाई राति सुत्नेबेला निदाउनको लागि धेरै मुश्किल हुने गर्दछ। यस्तो हुनुमा धेरै कारणहरूले प्रभाव पारिरहेका हुन्छन्। दिनभरीको थकान र तनावले गर्दा हाम्रो शरीर थाकेपनि, मस्तिष्कमा नानाथरी कुराहरू खेलिरहेका हुन्छन् जसले गर्दा निन्द्रा लाग्न धेरै समय लाग्ने गर्दछ। यस्तो समस्याबाट मुक्त हुने एउटै उपाय भनेको हाम्रो दिमागलाई शान्त र अचल बनाउनु नै हो।
अमेरिकी निन्द्रा विशेषज्ञ ‘डा. एण्ड्रिउ विल’ ले एक श्वासप्रश्वासको प्रविधीको विकास गरेका छन्, जसले तपाईँलाई केवल ६० सेकेण्डमा नै निन्द्रा लगाउन मद्दत गर्दछ। तर यो विधिबाट प्रत्यक्ष असर देख्नको लागि तपाईँले ६० दिनसम्म हरेक दिन २ चोटी यसलाई अभ्यास गर्नुपर्ने हुन्छ। दिनदिनै अभ्यास गर्दैजाँदा तपाईँ आफैले यसको असरलाई महशुस गर्न सक्नुहुनेछ।
यो विधिमा ४-७-८ को नियम लागू हुन्छ, यसको लागि कुनै बाह्य साधनको जरूरत पर्दैन र तपाईँले जहाँ बसेर पनि यसलाई अभ्यास गर्न सक्नुहुन्छ। डा. विलका अनुसार, जति धेरै अभ्यास गर्यो त्यति नै आराम पाउन सकिन्छ र यसले तपाईँको रिसलाई नियन्त्रण गर्न पनि मद्दत गर्दछ।
यो अभ्यास सिक्नको लागि ढाडलाई सीधा बनाउनुहोस् र पाइतालाले भुईँमा सीधा टेक्नुहोस्। त्यसपछि निम्न विधिहरू गर्नुहोस्-
१. मुखबाट सबै हावा बाहिर निस्कने गरि लामो स्वास फाल्नुहोस्।
२. त्यसपछि मुख बन्द गरेर नाकबाट बिस्तारै स्वास भित्र लिनुहोस् र मनमनै ४ सम्म गन्नुहोस्।
३. त्यसपछि स्वासलाई रोक्नुहोस् र मनमनै ७ सम्म गन्नुहोस्।
४. त्यसपछि फेरि मुखबाट सबै हावालाई बाहिर निस्कने गरि ८ गनुन्जेलसम्म स्वास फाल्नुहोस्, यसरी बाहिर फाल्दा आवाज निस्कनुपर्ने हुन्छ।
५. यति गर्दा एक स्वासप्रश्वास पूर्ण हुन्छ। अब फेरि नाकबाट बिस्तारै स्वास भित्र लिनुहोस् र यो प्रक्रिया ४ चोटि दोहोर्याउनुहोस्।nepaliheadlines

काठमाडौं, पुस २५ । कारागार तोडेर फरार भएका मेक्सिकोका खतरनाक लागू औषध तस्कर गुस्मान लोएरा पक्राउ परेका छन् ।
एल चैपो नामले परिचित लोएरा लागू पदार्थ कोकिनका खुंखार तस्कर हुन् । मोस्ट वान्टेडको सूचीमा रहेका लोएरा गत छ महिना अघि पक्राउ परेका थिए ।
कडा सुरक्षाकाबीच मेक्सिकोको कारागारमा रहेका उनी डेढ किलोमिटरको सुरुङ खनी भाग्न सफल भएका थिए । उनले मेक्सिकोमा रही अमेरिकामा ठूलो परिमाणमा लागू औषध आपूर्ति गर्दै आएका थिए ।
अमेरिकाले उनको नाममा ५० लाख अमेरिकी डलर इनाम घोषणा गरेको थियो । मेक्सिकोको सिनलोआ प्रान्तमा सेनासँगको मुठभेडमा उनी पक्राउ परेका थिए ।
उनी यसअघी पनि ग्वाटेमालाको कारागारबाट फरार भएका थिए । सन् १९९३ मा ग्वाटेमालामा पक्राउ परेका उनी सन् २००१ मा कपडा लोड गरेको ट्रकमा चढी भाग्न सफल भएका थिए ।
imagekhabar

काठमाडौं, पुस २५ । काठमाडौं शहरमा अहिले जताततै देखिने एउटा दृश्य हो, सार्वजनिक यातायातमा झुण्डिएर यात्रारत मानिसको झुण्ड ।
टेम्पो, माइक्रो बसदेखि ठूला भनिने बसमा समेत यो दृश्य सामान्य बनेको छ । नाकाबन्दीको बहानामा आफ्नै अगाडि आम यात्रुले जोखिमपूर्ण यात्रा गरिरहँदा पनि अन्देखा गरिरहेको ट्राफिक प्रहरीको बल्ल आँखा खुलेको छ र थालेको छ, छतमा यात्रा गराउनेलाई कार्वाही अभियान ।

काठमाडौं – व्यवहारबाट परख नगर्ने र नेताका बोलीलाई मात्र विश्वास गर्ने हो भने यिनीहरुयी जत्तिका आदर्श, देशप्रेमी, जनप्रेमी र पद्दतिका पक्षपाती कोही लाग्दैनन् । यिनका वास्तविक जीवन चाहिं कति स्वार्थी, पद्धतिका विपरित र कमाउने कार्यमा मात्र केन्द्रित हुन्छन् भन्ने झाँकी यहाँ प्रस्तुत गर्न लागेका छौं ।
रेवन्त गौतम सरकारी पदले सव इन्जिनियर र नेपाली निजामती कर्मचारी संगठनका उपाध्यक्ष हुन् । स्थानीय निकायका कर्मचारी यिनको दरबन्दी जिल्ला प्राविधिक कार्यालय प्युठान हो । यी निजामती कर्मचारी होइनन् । जिल्ला विकास कार्यालयले यिनलाई नियुक्त गरेको हो ।
दैनिक हाजिर गरी जागिर खाने कार्यालय प्युठान भएपनि गौतम गत दुई वर्षदेखि काठमाडौमै बस्छन् । हालसम्म यिनको न तलबभत्ता रोकिएको छ न त जिविसको प्राविधिक कर्मचारी भएर पाइने कमिसनको भाग नै खोसिएको छ । यिनी २÷२ महिनाको अन्तरालमा प्युठान जान्छन्, हाजिर बजाउँछन्, विकास निर्माणका लागि गएको रकमबाट काम फत्ते भएको फर्जी कागजी प्रक्रियामा हस्ताक्षर गरेपछि आफ्नो भाग लिन्छन् र फेरी राजधानी फर्कन्छन् ।
एमाले निकट कर्मचारी संगठनमा आबद्ध जिल्लाका राष्ट्रसेवककाबीच खुब आदर्श, सिद्धान्त र परिवर्तनका गफ दिन रुचाउने गौतम डेढ दुई महिनामा जिल्ला पुगेर भागमा आउने कमिसन र तलबभत्ता बुझ्दा पटक्कै लाज मान्दैनन् । बरु उल्टै राजधानीका उच्चपदस्थ कर्मचारी र राजनीतिक नेतासँगका पहुँचको हवाला दिएर कहिले युनियन काज, कहिले योजना निरीक्षणका नाममा, कहिले स्थानीय विकास मन्त्रालय र कहिले डोलिडारमा काज भनी काठमाडौतिर हानिन्छन् । यिनी सात दिने काज लिएर एक महिनासम्म राजधानीमै बिना काम बरालिन्छन् र कार्यालयमा गएर कहिले योजना अनुगमन र संगठनको काममा थिएँ भनी एकैचोटी हाजिर गर्छन् ।
तर संगठनको विधानमा र स्थानीय निकायको नियमावलीमा पनि कार्यालयमा अनुपस्थित भई डेढ दुई महिनामा एकैपटक किर्ते हाजिर गरी तलबभत्ता खान पाउने व्यवस्था छैन । बरु ऐनमा जुनसुकै ट्रेड युनियनका पदाधिकारीले पनि कार्यालय समयमा सरकारी कामकाज गरी बिहान‐बेलुका वा सार्वजनिक बिदामा ट्रेडयुनियनको काम गर्ने भन्नेछ ।
यति मात्र होइन यिनले नेता भएकै कारण जिवनसंगिनीलाई समेत निजामती सेवा नियमावलीको उलंघन गरेर काठमाडौमै कमाउ कार्यालयमा ल्याएका छन् । यिनकी श्रीमती मधु भट्ट सेती अञ्चलबाट लोकसेवाआयोग पास गरी सहायक स्तरमा जागिरे बनिन् । निसेनिमा प्रष्ट व्यवस्था गरिएको छ कि जुन अञ्चलबाट सेवा प्रवेश गरिएको हो सोही अञ्चलमा कममा पनि पाँच वर्षसम्म सेवा गर्नुपर्नेछ । तर मधुले जागिर शुरु गर्नासाथ उनका श्रीमान् रेवन्त नेता भएकै कारण सारा कर्मचारीलाई लाग्ने नियम पालना गर्नुपरेन । उनी जागिरे बनेकी दुई वर्ष भयो र भूमीसुधार मन्त्रालय अन्तर्गत राजधानीमै कार्यरत रहेको पनि दुई वर्ष पुग्नै लाग्यो । आदर्श र सिद्धान्तका कुरा गर्न माहिर कर्मचारी नेता रेवन्तको वास्तविक जीवन कति बदमाशी र अराजक रुपले चलेको छ यी दृष्टान्तले प्रष्ट पार्छन् ।
रेवन्त विगत ८ वर्ष अर्थात् ०६४ सालदेखि संगठनको उपाध्यक्ष छन् । स्थानीय स्वायत्त शासन ऐनमा यस समूहका कर्मचारीले काजमा एक महिनासम्म आथिक लाभ लिएर जान पाउने प्रावधान छैन । तर यी निजामती कर्मचारी नभएपनि प्राविधिक कार्यालयका हाकिमहरुलाई धम्काएर ऐन बमोजिम नपाउने सुविधा पनि वर्षैपिच्छे लिइरहेका छन् । रेवन्तको मुख्य काम भनेको जिविस र गाविसले सञ्चालन गर्ने योजनाका इस्टिमेट गर्ने, अनुगमन गर्ने र योजनास्थलमै गएर कार्यसम्पादन भए नभएको यथार्थ प्रतिवेदन पेश गर्ने हो । तर यिनी दुई महिनामा एकपटक सदरमुकाम खलंगामा गएर एक हप्ता बसी उपभोक्ता समिति तथा गाविस सचिवसँग मिलेर इस्टिमेट,अनुगमन, कार्यसम्पन्न प्रतिवेदन सबै बनाइदिने बहूलठ्ठीपूर्ण काम गर्छन् । यसो गरेवापत यिनलाई राम्रै रकम कमिसनस्वरुप हात लाग्दछ । अनि यिनी नै बजेट सदुपयोग, पारदर्शिता तथा विकासका कुरामा प्राय प्रवचन पनि दिन्छन् ।
कर्मचारीका संगठनको केन्द्रीय समितिमा रहेर छानीछानी कमाउ कार्यालयमा जाने र त्यसलाई सकेजति दोहन गरिसकेपछि लगत्तै अर्को आकर्षक अड्डामा सरुवा हुने भाग्यमानी रामचन्द्र अधिकारी हुन् । केही वर्षअघि यी ललितपुरको करोडौं बजेट हुने इमाडोल गाविसका सचिव थिए । त्यहाँ यिनको कमाई गर्ने र त्यसबाट संगठनका नेतालाई पनि लाभ पुर्याउने शैलीबाट प्रभावित भएर संगठनकै पहलमा उनलाई लगत्तै सेवा नै परिवर्तन गराएर वैदेशिक रोजगार विभागमा पठाइयो । वैरोमा रहेर यिनले अतिरिक्त कमाईबाट संगठनका पदाधिकारीलाई देशभ्रमण र विदेशसम्म पुग्न लाखौं सहयोग गरे । यहाँ रहँदा अधिकारीले सबै कटाएर ५० लाख कमाई गरी बचाएका उनीसँगै वैरोमा रहेका संगठनकै अर्का सदस्य बताउँछन् । पाँचलाख त उनले वैरोमा रहँदा संगठनका नाममा उनलाई त्यहाँ पुर्याउने संगनका नेताहरुमाथि खर्चिएको बताउने गरेका छन् । यी भाग्यमानी अहिले वैरोबाट सोझै यातायात व्यवस्था विभागमा स्थापित गरिएका छन् । हाल यिनी संगठनका केन्द्रीय सदस्य पनि रहेका छन् ।
कर्मचारी सरुवा हुन कममा पनि दुई वर्ष एउटा कार्यालयमा काम गरेको हुनुपर्ने प्रावधान निसेनिमा छ । तर संगठनका साधारण सदस्य मात्र भएपनि प्रकाश अधिकारी भने लोसेआबाट अधिकृत भएको दुई वर्ष नपुग्दै छानेका चार आकर्षक कार्यालयमा फन्को मारिसकेका छन् । यी ३ वर्षअघिसम्म काभ्रेको महादेवस्थानमा गाविस सचिव थिए । त्यतिबेला नै यिनले सचिवको हैसियतमा भ्रष्ट स्थानीय नेतासँग मिली सय रोपनीजति सार्वजनिक जग्गा व्यक्तिका नाममा दर्ता गर्न सिफारिश गरिदिएर एकैपटक १२ लाख रुपैयाँ घुसस्वरुपमा हात पारे । अधिकारीको यो गलत कार्यका विरुद्ध वैद्य माओवादीले उनलाई कि जग्गा दर्ता बदर गर्न प्रक्रिया अघि बढाउनु पर्ने कि भौतिक कारवाहीका लागि तयार रहनुपर्ने चेतावनी दिएपछि सो क्षणसम्म संगठनको साधारण सदस्य पनि नरहेका प्रकाश काठमाडौ आएर संगनका पैसाप्रेमी पदाधिकारीलाई खुशी तुल्याई मन्त्रालयमा काजमा आए । स्थानीय विकास मन्त्रालयमा हाजिर भएपछि राजधानीमै बस्न थालेका उनले घुसको रकम सदुपयोग गरी भक्तपुरमा जग्गा पनि खरिद गरे ।
जग्गा किन्ने रकम जोडेका र संगठनका पदाधिकारीको संरक्षण पाएका उनी ढुक्कैले पढ्न थाले र दुई वर्षअघि अधिकृतमा नाम निकाले । पहिलो रमाना स्वरुप सर्लाही निर्वाचन कार्यालयमा खटिए । पैसाकमाउन सकिने अवस्था नभएपछि उनी त्यहाँ टिकिरहने कुरै भएन । संगठनकै नेताका बलमा केही महिनापछि नै उनी खोटांग जिविसमा योजना अनुगमन तथा प्रशासकीय अधिकृत बनेर गए । त्यहाँ एकवर्ष पनि नबसी संगठनकै पहलमा लालबन्दी नगरपालिकामा कार्यकारी बने । छोटो अवधि मात्र त्यहाँ बसी नयाँ घोषित राजधानीकै बज्रबाराही नपामा उपसचिव कार्यकारी हुनुपर्नेमा संगठनकै बलमिच्याइमा हाल अधिकृत यिनलाई नै कार्यकारी बनाइएको छ । दुई वर्षमै रोजीरोजी कमाउ कार्यालयमा सरुवा गराउने संगठनका नेतालाई निर्णायक पदमा जिताउन यिनले नयाँ नपाको कति लाख रुपैयाँ सुम्पलान् अनुमान मात्र गरौं ।
संगनठनका नेतालाई लाखौं रकम चढाएर राज्यका कान्छा ज्वाई बन्ने अर्का कर्मचारी जयराम उप्रेती हुन् । विकासका लागि विनियोजित सरकारी रकम मिलाएर खाने र खुवाउने कार्यमा सिपालु भएकै कारण संगठनका केही नेता यिनलाई जहाँ बढी कमाउन सकिन्छ त्यहीं पठाउन मरिमेटेर लाग्छन् । यी करीब ४ वर्षअघिसम्म काभ्रेको पनौती नपाको उपस्वास्थ्यचौकीमा अहेब (खरिदार स्तर) थिए ।
अधिकृतमा नाम निकाले र सहायक सिडिओ भएर बाजुरा गए । जहाँ खटेपनि दुई वर्ष अनिवार्य बस्नुपर्ने निजामती सेवा ऐनको प्रावधान भएपनि ६ महिना पनि नबिती यिनी नेपाल निजामती कर्मचारी संगठनकै द्रव्यप्रेमी नेताका पहलमा प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा काजमा ल्याइए ।
निजामती कर्मचारीको बढुवाका लागि अनिवार्य तालिम कार्यक्रमहरु सञ्चालन गर्ने केन्द्रमा तालिम सामग्रीदेखि प्रशिक्षकका रुपमा अतिरिक्त कमाई गर्न पाइने भएकाले उनलाई त्यहाँ पुर्याइएको हो । यहाँ हुने अतिरिक्त कमाइबाट चित्त नबुझेपछि उनी केही महिनापछि नै ताप्लेजुंगमा योजना अधिकृत बनेर गए । त्यहाँको कमिसन र अतिरिक्त कमाइमा पनि उनको मन रम्न सकेन । ताप्लेजुंगमा हाजिर भएको करीब १० महिनापछि कमाउ कार्यालय खोज्दै भौंतारिएका उनी संगठनकै नेताका बलमा यातायात व्यवस्था कार्यालय एकान्तकुनामा ल्याइए । हाल उनी लाइसेन्स वितरण शाखामा छन् र विवादित स्मार्ट कार्डमा यिनैको हस्ताक्षर रहने गरेको छ ।
ट्रेड युनियनको नेता भएको आडमा अनियमितता गरी मनग्गे कमाउन सकिने सरकारी अड्डाहरु छानीछानी जाने र थोरै समयमा लाखौं कमाई त्यहाँबाट सरिहाल्ने अर्का कर्मचारी इश्वरी ढकाल हुन् । नेपाल निजामती कर्मचारी संगठनका उपाध्यक्ष समेत रहेका लेखा अधिकृत ढकाल उपाध्यक्षको जिम्मेवारीमा रहेपछि जल उत्पन्न प्रकोप नियन्त्रण कर्यालय बारा, मालपोत कार्यालय ललितपुर, कर्मचारी प्रशिक्षण केन्द्र ललितपुर, ट्रमा सेन्टर (वीरअस्पताल), स्थानीय विकास मन्त्रालय, पर्यावरणमा आधारित स्थानीय विकास भन्ने प्रोजेक्ट र ग्रामीण विकास प्रशिक्षण केन्द्रमा पुगी रस चुसिरहेका छन् । मालपोत लपुमा रहेर पैसा त कमिने तर जतिबेला पनि अख्तियारले समाउने भएकाले बदनामीको डरले उनी स्टाफ कलेजमा सरुवा भए ।
खरिदार र सुब्बाको पदोन्नतीका लागि अनिवार्य तालिममा एउटा कक्षा लिने र कक्षा संख्या बढाएर कमाउने धन्दा चलाए । प्रतिकक्षा २ हजार रुपैयाँ पाइने भएकाले मासिक दर्जनौं कक्षा बढाएर उनले त्यहाँ रहुञ्जेल अतिरिक्त कमाई गरेका स्टाफ कलेज श्रोतले रातोपाटीलाई बताएको छ ।
यसपछि उनी ट्रमा सेन्टरमा गए । भारतीय सहयोगमा झण्डै अर्बको लागतमा निर्मित सेन्टरको नरेन्द्र मोदीले उद्घाटन गर्दा ढकाल नै त्यहाँका लेखाअधिकृत थिए । उद्घाटनअघि करोडौंका सामान खरिद गर्दा लाखौं कमिसनको खेलमा ढकाल संलग्न थिए । उनले सामान खरिद गर्दा दशौं लाख लाभ हासिल गरेका वीर अस्पतालका एक अधिकृत बताउँछन् । यसको चर्चा शुरु हुन लागेपछि उनी सुटुक्क स्थानीय विकास मन्त्रालयमा सरुवा मिलाएर आए ।
मन्त्रलयमा बसेर कमाइको मौका नपाएपछि उनी छोटो अवधिमै फेरी स्थानीय विकास प्रशिक्षण केन्द्रमा गए । यहाँ हुने सिमित अतिरिक्त कमाइमा चित्त नबुझाएका उनी हाल अर्बौं विदेशी लगानी रहेको पर्यावरणमा आधारित स्थानीय विकास भन्ने प्रोजेक्टमा सरेका छन् । मन्त्रालयका एक उपसचिव भन्छन् यो प्रोजेक्ट एनजिओ जस्तै हो । उल्लेखित सबै कर्मचारीहरुले केही वर्षको छोटो अवधिमै राजधानीमा दुईभन्दा बढी स्थानमा करोड पर्ने जमीन जोडेका छन् । यिनलाई निसेनिको उलंघन गरी कमाउ कार्यालयमा पठाउने नेपाल निजामती कर्मचारी संगठनका सदाबहार नेताहरुले देशदेखि विदेश भ्रमण गरेकाछन् ।
तर यिनीहरुले काम गरेका कार्यालयका हालत हेर्ने हो भने केही काम भएको पाईंदैन । देखिने गरी आफैं भ्रष्टाचारमा संलग्न नहुने तर पैसाका लागि दर्जनौं कर्मचारीलाई पालैपालो कमाउ कार्यालयमा खटाई सबैबाट लाभ लिइरहने ट्रेड युनियन नेतृत्वलाई कन अख्तियारले बेवास्ता गरेको छ खोजीको विषय बनेको छ ।
ratopati
२५ पुस, एजेन्सी।
भारतको बिहारमा प्रहरी र नक्सालवादीबीचको भिडन्तमा पाँच जना नक्सालवादी मारिएका छन् ।
बिहारको राजधानी पटनाबाट झण्डै एक सय २० किलोमिटर दक्षिणमा रहेको औरंगावादको ढिबरामा केन्द्रीय रिजर्व पुलिस बल सिआरपिएफ र नक्सालवादीबीच मुढभेड भएको हो ।
भिडन्तपछि गरिएको खोजिका क्रममा पाँच जना नक्सालवादीको शव भेटिएको स्थानीय प्रहरीले जनाएको छ । झडपका क्रममा एक प्रहरी हवल्दार पनि घाइते भएका छन् । घटनास्थलबाट एक एके ४७ तथा अरु केही हतियार पनि बरामद भएको प्रहरीले जनाएको छ ।nepaliheadlines

यतिबेला सामाजिक सञ्जाल, रेडियो, पत्रपत्रिकामा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको नयाँ शक्तिको चर्चा बढ्दो छ । डा. भट्टराई नयाँ शक्ति निर्माण अभियानमा देश दौडाहामा छन् । राम्रो छवि बनाएका रविन्द्र मिश्र, डा. स्वर्णिम वाग्ले, लीलामणि पौडेल, अनिल शाह, उज्ज्वल थापा लगायतले पनि नयाँ शक्तिको बहस चलाइरहेको पाइन्छ ।
देशमा विद्यमान असंख्य राजनीतिक दल र तिनीहरूको अकर्मण्यतालाई नयाँ शक्तिको आधार बनाइएको छ । खासगरी पुराना शक्तिको विकल्पमा नयाँ शक्तिलाई लिइएको छ । असल राजनीतिक संस्कारसहितको राजनीतिक पार्टी निर्माण गरी देशलाई विकसित र समृद्धि बनाउन नयाँ शक्ति आवश्यक रहेको बताइएको छ । विद्यमान राजनीतिक पार्टीले देशलाई खास निकास र विकास दिन नसकेको अवस्थामा आएको नयाँ विचार भनिएकाले पनि यसले चर्चा पाएको देखिन्छ ।
नयाँ शक्ति आवश्यक रहेको महसुस
नेपालमा राजनीतिक दलको गठन र राजनीति विकास क्रम त्यति लामो छैन । नेपालमा सक्रिय भइराखेका राजनीतिक दलमध्येमा नेपाली कांग्रेसको विशिष्ट पहिचान छ । ऊ पुरानो राजनीतिक पार्टी पनि हो । उसको स्थापनाको मुख्य एजेन्डा राणाशासन फालेर प्रजातन्त्रको स्थापना गराउनु थियो । त्यसअनुरूप ऊ राणाशासन फाल्न सफल भयो, प्रजातन्त्र ल्यायो । यद्यपि यसको केही वर्षमै पञ्चायत व्यवस्था लागू भयो ।
प्रजातन्त्र आए पनि जनस्तरमा प्रजातन्त्रको आभास हुन सकिरहेको अवस्था भने थिएन । बडाहाकिम, मुखिया, जिम्मावाल, काजी, जमिनदारकै हालिमुहाली रहेको अवस्था थियो । यो अवस्था स्वयंले सामन्तप्रथा ढलाउने एउटा विद्रोह वा क्रान्तिको आधार तय नगरिरहेको होइन ।
नेपालमा कम्युनिस्ट शासन स्थापित गर्ने उद्देश्यसहित आएको नेकपा एमाले र नेपाली कांग्रेस मिलेर ०४७ सालमा पञ्चायत फालेर राजतन्त्रात्मक प्रजातन्त्र स्थापना भयो । त्यसको केही वर्षमा नेकपा एमालेले चुनाव जितेर अल्पमतकै भए पनि सरकार चलायो । यद्यपि कम्युनिस्ट व्यवस्थाको स्थापना गर्न भने सकेन ।
पछिल्लो दुई दशकमा गणतन्त्रको स्थापना, संविधानसभाबाट संविधानको निर्माण लगायत एजेन्डा लिएर नेकपा माओवादी गठन भयो । जसले सञ्चालनको गरेको जनयुद्धको आडमा गणतन्त्र स्थापना र संविधानसभाबाट संविधान निर्माण पनि सम्भव भयो ।
यसरी सरसर्ती हेर्दा नेपालका राजनीतिक दलहरूले आफ्नो राजनीतिक एजेन्डा पूरा गराउनमा सफल भएका छन् । तर, २१ औँ शताब्दीको मुलुकलाई कसरी विकासमा लान सकिन्छ ? सबै जातजाति भाषाभाषी र क्षेत्रलाई कसरी मिलाएर लान सकिन्छ ? देशमा गरिबी र बेरोजगारीलाई कसरी न्यूनीकरण गर्न सकिन्छ ? देशका होनहार युवाहरू र दक्ष जनशक्तिलाई कसरी देश विकासमा लगाउन सकिन्छ ? अबको देशको बाटो के हो ? यसबारे पुराना शक्तिहरुमा स्पष्ट भिजन देखिँछैन । संस्कार र रणनीति देखिँदैन । यहाँसम्मकी इच्छा शक्ति पनि देखिँदैन ।
जब राजनीतिक एजेन्डा पूरा हुन्छ, त्यसपछिको आर्थिक विकासको एजेन्डामा परिवर्तन हुन नसक्दा ती राजनीतिक दलहरू असफल भई पुनः प्राप्त राजनीतिक अधिकारसमेत गुमेको अवस्था पाइन्छ । उदाहरणका लागि राणाहरूको पतनपछि प्रजातन्त्रको स्थापना भए पनि पुनः पञ्चायती व्यवस्थाको लागू, पञ्चायती व्यवस्था अन्त्यपछि पनि पुनः राजतन्त्रात्मक व्यवस्था, राजा ज्ञानेन्द्रले चालेका कदम, आदिलाई लिन सकिन्छ । त्यसैले अब देश गणतन्त्रात्मक भइसकेको र संविधानसभाबाट जनताले नै चुनेका प्रतिनिधिबाट संविधान निर्माण कार्य सम्पन्न भइसकेको अवस्थापछि पनि पुनः राजनीतिक अधिकारकै लागि लड्न खोजेमा प्राप्त अधिकार समेत गुम्ने स्थिति आउन सक्छ । यसका लागि नै अबको बाटो पुराना राजनीतिक शक्तिहरू परिवर्तन हुन नखोजे पनि नयाँ शक्तिको निर्माण गरी आर्थिक विकासमा अगाडि बढ्नु आवश्यक छ ।
देशमा नयाँ शक्ति उदाउँछ र देशलाई समृद्धि पथमा हिँडाउँछ भने त्यो आमनेपालीका लागि सुखद कुरा नै हुनुपर्छ । तर, जनतालाई यो कुरा बुझाउन त्यति सजिलो छैन । त्यसैले डा. बाबुराम भट्टराई कैलाली जानुपर्छ । लीलामणि पौडेल कर्णाली जानुपर्छ । रविन्द्र मिश्र सिन्धुपालाञ्चोक जानुपर्छ । अनिल शाह सप्तरी जानुपर्छ । डा. स्वर्णिम वाग्ले रोल्पा जानुपर्छ ।उज्वल थापा कञ्चनपुर जानुपर्छ र जनतालाई बुझाउनुपर्छ ।
नयाँ शक्ति निर्माण कति सहज कति असहज ?
हाम्रो देश सामाजिक, सांस्कृतिक एवं भौगोलिक दृष्टिकोणले अत्यन्तै विविधतापूर्ण छ । नयाँ शक्ति निर्माणको बहस गर्दै गर्दा नेपालको हरेक ठाउँको सामाजिक स्थिति, त्यहाँका जनतामा भएको चेतना र शैक्षिक स्तर, स्थानीय राजनीतिक नेतृत्वको प्रभाव लगायत समेत निकै गहन अध्ययन गर्नुपर्ने हुन्छ । नयाँ शक्तिलाई पुराना शक्तिको विकल्प भनिएको छ । देशमा वैकल्पिक विचार दिन राजधानीमा बसेर कलम चलाउँदैमा, सहरी क्षेत्रमा विचार गोष्ठी गर्दैमा, दुई–चार बुद्धिजीवीको समर्थन प्राप्त गर्दैमा र विदेशमा बस्ने सीमित नेपालीले सामाजिक सञ्चालमा व्यक्त गर्ने विचारको पछि लागेर मात्र नयाँ शक्ति निर्माण अभियान सफल भएर देशलाई सही विकास र समृद्धिमा लैजान सकिन्छ भन्ने मान्न सकिँदैन । हाम्रो देशमा करिब तीन चौथाई जनसंख्या ग्रामीण क्षेत्रमा बसोबास गर्ने र बाँकी एक चौथाई सहरी क्षेत्रमा बसोबास गरेको अवस्था छ, यसलाई समेत नयाँ शक्ति निर्माणको क्रममा ख्याल राख्नुपर्ने देखिन्छ । अन्य देश र नेपालको परिवेश फरक छ– भारत, चीन, अमेरिका, अस्ट्रेलिया र क्यानडाको चुनाव, त्यहाँको जनताको चेतना र बुझाइको स्तरको तुलनामा । त्यसैले यो अवस्थालाई पनि ख्याल गर्नुपर्ने हुन्छ ।
नेपालमा देशको कुल जनसंख्याको आधा जनसंख्या युवा जमात छ । उक्त जमात कामका लागि जागरुक, सक्षम र राजनीतिक रुपले तटस्थ देखिन्छ । यो वर्गको उपयोग नै नयाँ शक्तिको मुख्य आधार बनाइनुपर्छ । विकासको मार्गनिर्देशसहितको नयाँ शक्तिको आवश्यकता नै त्यही वर्गलाई छ । त्यसैले यो वर्गलाई देश विकास र नयाँ शक्तिमा आबद्ध गर्न सकिन्छ भन्ने आँकलन गर्न सकिन्छ । तर प्रयोगमा ल्याउन कति सहज र असहज छ भन्ने कुरा त्यसको नेतृत्व र मार्गनिर्देशमा भर पर्छ । हामीहरू विकासको दृष्टिले धेरै नै पिछडिएका छौँ । हामी कतिपय आमनेपालीलाई समृद्धि के हो, विकास कस्तो हुन्छ, राजनीतिक संस्कार कस्तो हुन्छ वा हुनुपर्छ, देशमा कति दल छन्, कुन दलमा कस्ता मान्छे छन्, नेपाल बाहेकका अन्य देशमा कस्तो राजनीति संस्कार, विकास र समृद्धि छ, भन्नेबारे निकै कम जानकारी होला । त्यसैले डा. बाबुराम भट्टराई, रविन्द्र मिश्र, अनिल शाह, उज्ज्वल थापा, लीलामणि पौडेल, डा. स्वर्णिम वाग्लेलगायत नयाँ शक्तिको बहस चलाउनेले अन्य देशको विकास र समृद्धि देखेर ओतप्रोत भएर मात्र हुँदैन । गाउँमा अधिकांशलाई एक–दुईवटा चुनाव चिह्नभन्दा थाहा नभएको अवस्था छ । यसअघिका चुनावहरूमा आफूले जसलाई मत दिएको हो, त्योभन्दा दायाँ–बायाँ गरियो भने धर्मै छाडेको ठहरिन्छ भन्ने उमेरले पाका मानिसहरुको संख्या पनि कम छैन । कुन दलको कस्तो एजेन्डा र रणनीति छ, कस्ता मान्छे चुनिँदै छन् भन्ने ज्ञान निकै कमलाई छ । ज्ञान दिने मान्छेहरू समेत बिकाउमा छन् । बुद्धिजीवी र राजनीतिक विश्लेषक नै आफूनिकट राजनीतिक दलको पक्षमा विचार व्यक्त गर्छन् । हाम्रो देशमा आवधिक रुपमा निर्वाचन नहुनु र भएका निर्वाचनबाट पनि कुनै पनि राजनीतिक दलले स्पष्ट बहुमत ल्याउन नसक्दा राजनीतिक नेतृत्वले आफ्ना एजेन्डालाई लागू गराउन सकिरहेको पाइँदैन । जसले गर्दा नै नेपालमा राजनीतिक स्थिरतासँगै आर्थिक विकासले गति लिन सकेको छैन । नेपाल समृद्ध होला भन्दा झनै गरिबीको खाडलमा भासिँदै गएको छ ।
नयाँ शक्तिको नेतृत्व
नेपाल अहिले विषम र दोधार परिस्थितिमा छ । अन्तर्राष्ट्रिय राजनीति, प्रशासनिक, अर्थशास्त्रका ज्ञाता र देश बनाउने इच्छा हुँदैमा नयाँ शक्तिले दैवी शक्तिको रूपमा सफलता पाउन सक्छ भन्ने हुँदैन । सफलता पाउनका लागि केन्द्रदेखि स्थानीय तहसम्मको संगठन संरचना बलियो बनाउनुपर्छ । मान्छे जतिसुकै विज्ञ र इच्छाशक्ति बोकेको किन नहोस्, अर्काले चिनेन र पत्याएन भने त्यसको अर्थ रहँदैन । नेपाली जनतालाई विकास र समृद्धिको बहस चलाएर जिस्क्याउने मान्छे चाहिएको छैन । छोटो समयमै देशमा सुख शान्ति र समृद्धि चाहिएको छ । पुराना शक्तिहरूले जस्तै सपना मात्रै बाँड्दै जाने झुटा आश्वासन दिने नयाँ शक्तिलाई पनि नेपाली जनताले विश्वास गर्न सक्दैनन् । खासगरी युवा जमात भाषणमा भन्दा काममा विश्वास गर्छ ।
विश्व परिवेश हेर्दा नेपाल धेरै पछि परिसक्यो । हामीलाई छोटो समयमा अन्य राष्ट्रहरूमा जस्तो सुख, शान्ति, समृद्धि र विकास दिने नेतृत्व चाहिएको हो । यदि ढिला भयो भने, असल संगठन र संस्कार निर्माण गर्न अलमल भयो भने, नयाँ शक्ति अभियान पनि केही सीमित मानिसलाई नेता बनाउने मात्रै हुन सक्छ ।
यदि देशलाई विकास र समृद्धिमा लैजान नयाँ शक्ति निर्माणको बहस चलाइएको हो भने सबै नयाँ शक्ति निर्माणका बहसकर्ताहरू एक ठाउँमा उभिएर संगठन निर्माण प्रचार र जनचेतनामा लाग्नुपर्छ । अन्यथा देश विकास गर्ने होइन, देशमा अर्को थुप्रै नयाँ पार्टीहरू खोल्ने र उक्त पार्टीको अध्यक्ष भएर बस्नु सिवाय अरु केही हुन सक्दैन ।
हामी जनताको चाहना विकास नै हो । देशमा नयाँ शक्ति उदाउँछ र देशलाई समृद्धि पथमा हिँडाउँछ भने त्यो आमनेपालीका लागि सुखद कुरा नै हुनुपर्छ । तर, जनतालाई यो कुरा बुझाउन त्यति सजिलो छैन । त्यसैले डा. बाबुराम भट्टराई कैलाली जानुपर्छ । लीलामणि पौडेल कर्णाली जानुपर्छ । रविन्द्र मिश्र सिन्धुपालाञ्चोक जानुपर्छ । अनिल शाह सप्तरी जानुपर्छ । डा. स्वर्णिम वाग्ले रोल्पा जानुपर्छ ।उज्वल थापा कञ्चनपुर जानुपर्छ र जनतालाई बुझाउनुपर्छ ।
ratopati
शनिबार, २५ पुष
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हावाबाट विजुली बाल्ने र ग्यास पाइपलाईन घर घरमा लगिदिने भाषण गरेपछि सामाजिक सञ्जालमा विवाद र आलोचना सुरु भएको छ ।
ओलीको भाषणलाई लिएर युवा, व्यावसायी, साहित्यकार र पत्रकार सम्मले विरोध गरेका छन् । चर्चित युवा पत्रकार पुरुषेत्तम लम्सालले पनि प्रधानमन्त्रीको भाषणलाई आधार मानेर सामाजिक सञ्जाल फेसबुकमा यस्तो कमेन्ट गरेका छन् ।
उनी लेख्छन गफै त हो नि, हाम्रो के जान्छ र? प्रधानमन्त्रीले भन्न हुने हामीले नहुने भन्ने कहाँ छ र?…..
कर्णालीको मुगु, डोल्पालगायतका जिल्लामा खाना पकाउने ग्यास सिलिण्डर फालाफाल, पाइपलाइनको कूलो खन्न कर्णालीबासी बेसी झरेका छन् ।
लिलामी नखुल्दै चन्द्रमामा खाली रहेको जग्गा कित्ताकाट गरी नेपालीले कारोबार पनि शुरु गरे ।
सगरमाथा आधार शिविरसम्म संचालित केबलकारको टिकट दुई वर्षसम्मको लागि सकियो, खप्तडस्थित पाँचतारे होटल र अन्तराष्ट्रिय क्यासिनोमा पर्यटकको भीड नियन्त्रण गर्न सकिएन।
नेपालको हावा, बतास, वायु र आँधीसमेतको स्रोतबाट उत्पादित उर्जा खरिद गर्न पश्चिमा देशहरुबीच प्रतिस्पर्धा, नेपालले तीन वर्षभिभत्रै बोलकबोल खोल्ने ।
भन्दाभन्दै केपी ओली नेतृत्वको सरकार तमासा देखाएरै जाने भन्दै व्यङग गरेका छन।
nepalsandesh

२५ पुस,काठमाडौं । चुला चुलामा ग्यासको पाइपको पुर्याउँछु भनेर भाषण गरेका प्रधानमन्त्री केपी शर्माले ओलीले चौतर्फी आचोलान खेप्नु परेको छ। समाजिक सञ्जालहरुमा मत उको खेदो खन्दै व्याङगको ओइरो नै छ।
बिना आधार प्रधानमन्त्रीले बोलेको भन्दै ओलीको बोलीको चर्को विरोध भएको हो। यसअघि पनि उनले एकै वर्षमा लोडशेडिङ अन्त्य गर्ने र हावाबाट बिजुली निकाल्ने भाषण गरेका थिए।
काम भन्दा बोल्ने गरेको र भाषणमै समय बर्बाद गरेको भन्दै धेरेले आलोचना गरिरहँदा एमाले एक नेता प्रदिप नेपालले भने ओलीको पछिल्लो बोलीको प्रतिरक्षा गरेका छन्।
फेसबुकमा स्टाटस लेख्दै नेता नेपालले काठमाडौंमा मिथेन ग्यासको भण्डार ,दैलेख र मोरङमा पेट्रोलनको भण्डार रहेको भन्दै काम भए घर घरमा ग्यास पठाउने सकिने भन्दै ओलीको वचाउ गरेका हुन्।
नेपालले भारतकै कारण नेपालको पेट्रोल उत्खनन २७ वर्ष देखि रोकिएको समेत लेखेका छन्
त्यसै गरि अर्का एमाले नेता शंकर पोखरेलले पनि ओलीको वचाउमा शब्द खर्चिएका छन्। उनि लेख्छन्-सपना नदेख्ने र आशा जगाउन नसक्नेले न नेतृत्वगर्न सक्छ नत समाजनै वदल्न सक्छ ।\
निशानामा परेको प्रधानमन्त्रीको वोली त्यस्तै प्रयास नि हुन सक्छ ।
केही दिन नेपाली हेडलाइन्ससंग कुरा गर्दे पुर्व उर्जामन्त्री तथा एमाले सचिव गोकर्ण विष्टले ओलीप्रति संकेत गर्दै धेरै बेलेर अर्थ छैन आलोचना गरेका थिए।nepaliheadlines

काठमाडौं, २५ पुस । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठक आज पनि बस्ने भएको छ । दुई दिनदेखि काठमाडौंको बिजुलीबजारस्थित तराई मधेस लोकतान्त्रिक पार्टीको मुख्यालयमा बस्दै आएको मधेसी मोर्चाको बैठक आज पनि बस्ने तयारी गरेको हो ।
बैठक बस्ने तयारी भए पनि समय तय नभइसकेको सद्भावना पार्टीका महासचिव मनीष सुमनले जानकारी दिनुभयो । ‘दुई दिनदेखि जारी मधेसी मोर्चाको बैठक आज पनि बस्छ । तर समय तय भइसकेको छैन’, उहाँले भन्नुभयो, ‘सरकारसँग वार्ता पनि चलेको छ । आन्दोलनलाई पनि चलाउनु पर्छ । पुरानालाई निरन्तरता दिँदै नयाँ केही कार्यक्रम दिन्छौँ ।’
यसअघि शुक्रबार बसेको मधेसी मोर्चाको बैठकमा आन्दोलन, सरकारसँगको वार्ता, कार्यदलको तयारीलगायतका विषयमा समीक्षा भएको थियो ।
चार महिनादेखि मधेस आन्दोलन गर्दै आएको मधेसी मोर्चाले सरकारसँग सहमति गरेर छिटो अवतरण चाहन्छ । तर सरकारी पक्षबाट भएको ढिलासुस्तीले मधेसी मोर्चाका नेताहरू शसंकित छन् ।
विशेष गरेर सरकार मधेसी मोर्चालाई सहमतिमा ल्याएर मधेस आन्दोलन टुङ्ग्याउनेभन्दा पनि थकाएर आन्दोलन तुहाउने पक्षमा रहेको देखिन्छ ।
यो चाल पाएको मधेसी मोर्चाले यस पटक सहमति नभए मधेस आन्दोलनलाई अर्कै नयाँ तरिकाले उचाइँमा पुगाउन योजना बनाउन सक्ने मधेसी नेताहरूको भनाइ छ ।
dainiknepal

अमेरिकाको ओहायोमा बस्ने ३ वर्षिया बालिक एकाएका इन्टरनेट सेलिब्रेटी बनिन्। कारण थियो उनको हजुरआमा अवतार। बालिकाकी १८ वर्षिय आन्टीले उनको यस्तो तस्विर ट्विटर राखेपछी करौडौ मानिसले त्यसलाई हेरे । उनको हजुरआमा अवतारले धेरैलाई मन्त्रमुग्ध बनायो।
वास्तवममा यो सबै मेकअपको कमाल थियो। ३ वर्षिय बालिकाले आफ्नी आन्टीलाई आफूलाई मेकअप गरिदिन भनेपछि उनि मेकअफबाटै हजुरआमा बनेकी थिइन। ।
यसरी मेकअप गरेर बुढि बनेकी तीन वर्षिय बालिकको तस्विर जब ट्वटिरमा राखियो त्यसले लाखौको ध्यान खिच्न सफल रह्यो ।nepaliheadlines

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पहिल्यैदेखि भारतविरोधी नेता होइनन् । उनलाई असफल बनाउन विशेषतः मधेसवादी नेताहरुले भारतविरोधीका रुपमा चित्रित गर्ने प्रयास गरिरहेका छन् । तर, पछिल्लो समयमा प्रधानमन्त्री ओलीले मधेसी मोर्चाको आरोपलाई चिर्दै भारतसँग सम्बन्ध सुधार गरेका छन् ।
र, यसैको परिणाम हो, फेबु्रअरी लाग्नासाथ प्रधानमन्त्री ओली बेइजिङको साटो दिल्ली भ्रमणमा जाँदैछन्, जहाँ नेपाल-भारतवीच केही महत्वपूर्ण समझदारी बन्नेछ ।
दिल्लीसँग सम्बन्ध सुधार्ने प्रधानमन्त्री केपी ओलीको योजनामा लिपुलेक, कालापानी वा सुस्ताजस्ता सीमा समस्याको विषयले पनि केही असहज बनाउने चूनौती छ । किनभने दुई देशका प्राविधिकले सीमानाको नक्शासम्बन्धी ९९ प्रतिशत काम सकेको भएता पनि दुई देशवीच हस्ताक्षर गर्न बाँकी छ । र, ओलीको दिल्ली भ्रमणका बेला भारतीय पक्षबाट यसमा हस्ताक्षरको माग दोहोरिन सक्छ ।
तर, अहिलेको सम्वेदनशीलतालाई बुझेर परराष्ट्र मन्त्रालय एवं भूमिसुधार मन्त्रालय सम्हालेको राप्रपा नेपालले यसबारे प्रधानमन्त्रीलाई सहयोग गर्ने र भारतसँग सम्बन्ध सुधार्ने ओलीको योजनालाई सघाउने जनाउ दिएको छ ।
भारतीय संस्थापन पक्षले प्रधानमन्त्री केपी ओलीलाई दिल्लीमा स्वागत गर्नुअगावै नेपालको मागबमोजिम वीरगञ्जको नाका खुल्ला गरिदिने र नाकाबन्दी समाप्त भएको सन्देश दिने तयारी गरिरहेको बुझिएको छ ।
सूत्रहरुका अनुसार दिल्ली भ्रमणमा जानुअघि नै वीरगञ्ज नाका खोलिदिनुपर्ने प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग विशेष आग्रह गरेका छन् । यद्यपि मोदीले भारतले नाकाबन्दी नगरेको बताउँदै आएका छन् ।
महाकालीमा लगाएको ‘गुन’ देखि प्रधानमन्त्रीसम्म
नेपालका राजनीतिक दल र तिनका नेताहरुसँग माइक्रो म्यानेज गर्न खोज्ने भारतीयहरु अहिले नेकपा एमालेको सन्दर्भमा के गर्ने भनेर अल्मलिएका छन् । मधेसी मोर्चाको प्रचारसँगै भारतीय पक्षले ओलीलाई ‘भारतविरोधी नेता’ ठानेर प्रधानमन्त्री बन्नबाटै रोक्न खोजेको थियो । तर, सकेन ।
भारतले ओलीको विकल्पमा सुशील कोइरालालाई प्रधानमन्त्रीमा उभ्याउने प्रयाससमेत गरेको थियो । तर, यसमा असफल भएपछि भारतीयहरु अहिले गरेर ओलीलाई फकाउने पक्षमा उभिएका छन् ।
विगतमा ओलीलाई भारतले बेवास्ता गर्दै आएको र उनको विकल्पमा माधवकुमार नेपाललाई ‘सपोर्ट’ गर्ने नीति लिँदै आएको थियो । पहिलो संविधानसभामा ओली र माधव नेपाल दुबैले चुनाव हारेका थिए । तर, प्रचण्डको मुखबाट प्रस्ताव गराएर नेपाललाई सभासद मात्रै बनाइएन, प्रधानमन्त्रीसमेत बनाइयो ।
तर, प्रभावशाली नेता ओलीलाई पहिलो संविधानसभामा सभासदसम्म मनोनित गर्नेबारे कसैले आवश्यकता महसुस गरेन । यसमा भारतीय इच्छाले काम गरेको एमालेका केही नेताहरुको बुझाइ रहँदै आएको छ ।
भारतले केपी ओलीलाई भन्दा माधव नेपाललाई ‘च्यापे’ पनि एमाले महाधिवेशनमा ओलीले नेपाललाई हराएर आफू अध्यक्ष बने । भारतले पटक्कै नरुचाएका झलनाथ खनाललाई संसदीय दलमा ओलीले हराइदिए । यी दुबै परिघटनाले एमालेमा केपी ओलीसँग सम्बन्ध सुधार गर्नु भारतका लागि बाध्यता बन्यो ।
विगत महाकाली सन्धीकै बेलादेखि ओलीले जोड दिँदै आएको नेपाल-भारत मित्रतामा अहिले आएर प्रधानमन्त्री भएपछि उनले अडान छाडे होला भनेर मान्न सकिँदैन ।
दोस्रो संविधानसभापछि जब केपी ओली एमाले संसदीय दलको नेता र पार्टीको अध्यक्ष हुँदै प्रधानमन्त्रीसम्म बने, त्यसपछि भारतीय पक्षको ध्यान उनीप्रति जान बाध्य भयो ।
भारतले नाकाबन्दीको हतियार प्रयोग गरेर ओलीलाई गलाउने नीति लिएको थियो, तर तस्कर र कालोबजारियाहरुले भारतीय नाकाबन्दीको हतियारलाई निस्तेज बनाइदिए । ओली सरकारको ‘राष्ट्रवादी अडान’ वा चीनतिर ढल्कने नीतिका कारण भारतीय नाकाबन्दी असफल भएको होइन । आयल निगमसँग मिलेर तस्करहरुले गरेको तेल तस्करीका कारण कारण काठमाडौंलाई घेराहाल्ने भारतीय नीति असफल भयो । र, भारतले बाध्य भएर ओलीसँग सम्झौता गर्ने र आफ्नो स्वार्थहरु पूरा गर्ने बाटो लिन बाध्य बन्यो । त्यसैको प्रमाण हो, ओलीलाई दिल्लीमा स्वागतको तयारी ।
ओली प्रधानमन्त्री बन्नासाथ भारतीय राजदूत रञ्जित रायले बालकोटममै पुगेर पटक-पटक सम्बन्ध सुधार गर्ने प्रयत्न गरे । बीजेपी नेता विजय जोलीले काठमाडौं आएर ‘कमिङ प्राइम मिनिस्टर’ भन्दै ओलीको प्रशंसा गरे । परराष्ट्रमन्त्री कमल थापाले दुई दुई पटक दिल्ली गएर केपी ओली र आफूहरु भारतविरोधी नभएको प्रतिवद्धता जनाए ।
प्रधानमन्त्री ओलीसँग भारतले विश्वास गर्ने एउटै बलियो ऐतिहासिक आधार पनि छ, त्यो हो- महाकाली सन्धी । ०५६ सालमा एमालेमा विभाजन यही महाकाली सन्धीका कारणले भएको थियो । वामदेव गौतम र सीपी मैनालीको नेतृत्वमा एमाले विभाजन हुँदा ओलीले महाकाली सन्धीको पक्षमा वकालत गर्दै नेपाल-भारत मित्रतामा ठूलो योगदान गरेका थिए ।
अहिले पनि भारतसँगको सम्बन्ध सुधारका लागि महाकाली सन्धीका बेला ओलीले लिएको अडानलाई एउटा कोसेढुंगाका रुपमा लिने गरिन्छ ।
धेरैले यो मान्ने गरेका छन् कि प्रधानमन्त्री ओली आफ्नो निश्चित विचार र अडान भएका नेता हुन् । यो आधारमा विश्लेषण गर्दा विगत महाकाली सन्धीकै बेलादेखि ओलीले जोड दिँदै आएको नेपाल-भारत मित्रतामा अहिले आएर प्रधानमन्त्री भएपछि उनले अडान छाडे होला भनेर मान्न सकिँदैन ।
राप्रपा नेपालको बलियो साथ
भारतसँग सम्बन्ध सुधार गर्ने प्रधानमन्त्री ओलीको भित्री इच्छामा राप्रपा नेपाल बलियो सहयोगी बनेको छ । सिद्धान्ततः राजतन्त्रको वकालत गर्ने राप्रपा नेपाल केपी ओलीको तुलनामा बढी ‘राष्ट्रवादी’ ट्याग बोकेको दल हो ।
कमल थापाले महाकाली सन्धीमा ओलीले जस्तो योगदान पनि गरेका छैनन् । बरु विगतमा राप्रपाले महाकाली सन्धीको विपक्षमा मतदान गरेको इतिहास छ । तर, कुशल राजनीतिज्ञ थापाले दुईपटकको दिल्ली भ्रमणमा नेपाल-भारतवीचको सम्बन्ध सुधारका लागि निकै ठूलो मेहनत गरे । ओली सरकार भारतविरोधी हो भनेर मधेसी मोर्चाले फैलाएको भ्रम चिर्न थापा सफल भए । मन्त्री थापाले समकक्षी सुस्मा स्वराजलाई दिएको ३ बुँदे रोडम्यापमा प्रधानमन्त्री ओलीको पनि समर्थन थियो, जसले भारतीय संस्थापन पक्षलाई मधेसी मोर्चासँग एउटा दुरीमा राख्यो र ओली सरकारप्रति विश्वासको वातावरण बनायो ।
नेपाल भारत सम्बन्धमा चिसोपन बढाउने लिपुलेक प्रकरण सुशील कोइराला सरकारका पालामा निकै उचालिएको थियो । तर, ओली सरकारका पालामा स्वाट्टै सेलाएको छ । यसको कारण हो, परराष्ट्र मन्त्रालय र भूमिसुधार मन्त्रालय दुबै राप्रपा नेपालका हातमा रहनु ।
स्रोतका अनुसार उपप्रधानमन्त्री थापाले नेपाल-भारत सीमा विवादका विषयहरुमा अहिले मौन रहन भूमिसुधार मन्त्री रामकुमार सुब्बालाई भनेका छन् । जसले गर्दा अहिले लिपुलेकको प्रकरण ओली सरकारको कार्यसूचीभन्दा बाहिर परेको छ । र, यो विषय अब ओलीको दिल्ली भ्रमणका बेला उठ्ने छैन ।
सूत्रहरुका अनुसार भारतसँग सम्बन्ध सुधार गर्न कमल थापाले लगाएको गुन तिर्नका लागि प्रधानमन्त्री ओलीले अब पुस २७ गते पृथ्वी जयन्तीका सरकारी विदा दिनुपर्ने मन्त्री थापाको प्रस्तावलाई समर्थन गर्नेछन् ।
त्यस्तै पशुपतिमा संकटमोचन पूजा गर्ने र जनकपुरमा राम जानकी विवाह पञ्चमीमा राष्ट्रपतिलाई पठाएर हिन्दु पहिचानलाई मान्यता दिलाउने काममा पनि प्रधानमन्त्री ओलीले राप्रपा नेपालकै इच्छाअनुरुप सहमति जनाएका हुन् ।
यी सबै परिघटनाले सरकारमा प्रधानमन्त्री ओली र उपप्रधानमन्त्री थापावीच रिदम एकदमै मिलेको देखिएको छ ।
onlinekhabar

विजय केसी । शुक्रवार एक कार्यक्रममा प्रधानमन्त्री के पि ओलीले प्रत्येक जनताको घर घरका चुलो मै ग्याँस पाइप जोडि दिने नयाँ कार्यक्रमको घोषणा गरेका छन् । तर प्रधानमन्त्रीका कुरा सुनेर कार्यक्रममा उपस्थित आफ्नै कार्यकर्ताहरु पनि पेट मिचि मिचि हाँसे ।
आधा सिलिण्डर ग्याँस भरिएको सिलिण्डर समेत पनि जनतालाई दिन नसक्ने प्रधानमन्त्रीले घर घर मै ग्याँस पाइप जडान गरि विना सिलिण्डर ग्याँस घर घरमा चाहिए जति उपलब्ध गराउने घोषणाले सबैलाई हँसाउने नै भयो ।
विकसित देशहरुमा घर घरमा ग्याँस पाइप जोडिएको हुन्छ र मिटर जडान गरिएको हुन्छ । खपत भएको ग्याँसको मात्रा मिटरमा देखाउँछ र त्यस अनुसार पैसा तिरे पुग्छ । सिलिण्डरको झंझट छैन ।
सिलिण्डरमा भरिएको ग्याँस पैसा तिरेर किन्छु भन्दा पनि जनताले पाएका छैनन् । यस स्थितिमा प्रधानमन्त्रीका घर घरका चुलोमा ग्याँस पाइप जोड्ने कुराले प्रधानमन्त्री आफै हावादारी भाषण गर्दै हिंडेको आरोप लाग्नु स्वाभाविक हो ।
उता मधेश आन्दोलन र नाकावन्दीको विषयमा जति सुकै कार्यदल वने पनि वा जति सुकै वार्ता भएपनि पूर्ण रुपमा नाकावन्दी नखुल्ने भएको छ ।
सरकारले जसरी तीन महिनाको समय लिएर युद्ध विराम गर्न खोजीरहेको छ, मधेशी मोर्चा र भारत सरकारले पनि अर्ध नाकावन्दी कायमै राखेर दवाव दिने योजना वनाएको एक उच्च समाचार श्रोतले जानकारी दिएको छ ।
अरु नाकाहरुमा कहिले अलि खुकुलो र कहिले अलि कडा गर्ने तर वीरगंज नाका भने वन्द गरि राख्ने योजना मधेशी मोर्चा र भारतले वनाएको समाचार श्रोतको भनाइ छ ।
एकातिर अर्ध नाकावन्दी गरेर न मर्नु न वाँच्नु को स्थिति वनाइ राख्ने भारत र मोर्चाको नीति तथा अर्कोतिर सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्रीको हावादारी भाषणले जनतामा थप आक्रोस मात्र पैदा गरेको छ ।
जनताले सहनुको मतलव सधै यस्तै सहेर वस्छन् भन्ने मूल्यांकन सत्ताधारी र आन्दोलनकारीहरुले गरे भने जनताको आक्रोस अर्कै तरिकाले दुबै थरिका विरुद्ध पोखिने वेलामा के होला भन्ने उनीहरुले नसोचेको देखिन्छ ।
nepalsandesh
विजय केसी । शुक्रवार एक कार्यक्रममा प्रधानमन्त्री के पि ओलीले प्रत्येक जनताको घर घरका चुलो मै ग्याँस पाइप जोडि दिने नयाँ कार्यक्रमको घोषणा गरेका छन् । तर प्रधानमन्त्रीका कुरा सुनेर कार्यक्रममा उपस्थित आफ्नै कार्यकर्ताहरु पनि पेट मिचि मिचि हाँसे ।
आधा सिलिण्डर ग्याँस भरिएको सिलिण्डर समेत पनि जनतालाई दिन नसक्ने प्रधानमन्त्रीले घर घर मै ग्याँस पाइप जडान गरि विना सिलिण्डर ग्याँस घर घरमा चाहिए जति उपलब्ध गराउने घोषणाले सबैलाई हँसाउने नै भयो ।
विकसित देशहरुमा घर घरमा ग्याँस पाइप जोडिएको हुन्छ र मिटर जडान गरिएको हुन्छ । खपत भएको ग्याँसको मात्रा मिटरमा देखाउँछ र त्यस अनुसार पैसा तिरे पुग्छ । सिलिण्डरको झंझट छैन ।
सिलिण्डरमा भरिएको ग्याँस पैसा तिरेर किन्छु भन्दा पनि जनताले पाएका छैनन् । यस स्थितिमा प्रधानमन्त्रीका घर घरका चुलोमा ग्याँस पाइप जोड्ने कुराले प्रधानमन्त्री आफै हावादारी भाषण गर्दै हिंडेको आरोप लाग्नु स्वाभाविक हो ।
उता मधेश आन्दोलन र नाकावन्दीको विषयमा जति सुकै कार्यदल वने पनि वा जति सुकै वार्ता भएपनि पूर्ण रुपमा नाकावन्दी नखुल्ने भएको छ ।
सरकारले जसरी तीन महिनाको समय लिएर युद्ध विराम गर्न खोजीरहेको छ, मधेशी मोर्चा र भारत सरकारले पनि अर्ध नाकावन्दी कायमै राखेर दवाव दिने योजना वनाएको एक उच्च समाचार श्रोतले जानकारी दिएको छ ।
अरु नाकाहरुमा कहिले अलि खुकुलो र कहिले अलि कडा गर्ने तर वीरगंज नाका भने वन्द गरि राख्ने योजना मधेशी मोर्चा र भारतले वनाएको समाचार श्रोतको भनाइ छ ।
एकातिर अर्ध नाकावन्दी गरेर न मर्नु न वाँच्नु को स्थिति वनाइ राख्ने भारत र मोर्चाको नीति तथा अर्कोतिर सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्रीको हावादारी भाषणले जनतामा थप आक्रोस मात्र पैदा गरेको छ ।
जनताले सहनुको मतलव सधै यस्तै सहेर वस्छन् भन्ने मूल्यांकन सत्ताधारी र आन्दोलनकारीहरुले गरे भने जनताको आक्रोस अर्कै तरिकाले दुबै थरिका विरुद्ध पोखिने वेलामा के होला भन्ने उनीहरुले नसोचेको देखिन्छ ।
nepalsandesh
शनिबार, २५ पुष
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हावाबाट विजुली बाल्ने र ग्यास पाइपलाईन घर घरमा लगिदिने भाषण गरेपछि सामाजिक सञ्जालमा विवाद र आलोचना सुरु भएको छ ।
ओलीको भाषणलाई लिएर युवा, व्यावसायी, साहित्यकार र पत्रकार सम्मले विरोध गरेका छन् । चर्चित युवा पत्रकार पुरुषेत्तम लम्सालले पनि प्रधानमन्त्रीको भाषणलाई आधार मानेर सामाजिक सञ्जाल फेसबुकमा यस्तो कमेन्ट गरेका छन् ।
उनी लेख्छन गफै त हो नि, हाम्रो के जान्छ र? प्रधानमन्त्रीले भन्न हुने हामीले नहुने भन्ने कहाँ छ र?…..
कर्णालीको मुगु, डोल्पालगायतका जिल्लामा खाना पकाउने ग्यास सिलिण्डर फालाफाल, पाइपलाइनको कूलो खन्न कर्णालीबासी बेसी झरेका छन् ।
लिलामी नखुल्दै चन्द्रमामा खाली रहेको जग्गा कित्ताकाट गरी नेपालीले कारोबार पनि शुरु गरे ।
सगरमाथा आधार शिविरसम्म संचालित केबलकारको टिकट दुई वर्षसम्मको लागि सकियो, खप्तडस्थित पाँचतारे होटल र अन्तराष्ट्रिय क्यासिनोमा पर्यटकको भीड नियन्त्रण गर्न सकिएन।
नेपालको हावा, बतास, वायु र आँधीसमेतको स्रोतबाट उत्पादित उर्जा खरिद गर्न पश्चिमा देशहरुबीच प्रतिस्पर्धा, नेपालले तीन वर्षभिभत्रै बोलकबोल खोल्ने ।
भन्दाभन्दै केपी ओली नेतृत्वको सरकार तमासा देखाएरै जाने भन्दै व्यङग गरेका छन।
nepalsandesh
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हावाबाट विजुली बाल्ने र ग्यास पाइपलाईन घर घरमा लगिदिने भाषण गरेपछि सामाजिक सञ्जालमा विवाद र आलोचना सुरु भएको छ ।
ओलीको भाषणलाई लिएर युवा, व्यावसायी, साहित्यकार र पत्रकार सम्मले विरोध गरेका छन् । चर्चित युवा पत्रकार पुरुषेत्तम लम्सालले पनि प्रधानमन्त्रीको भाषणलाई आधार मानेर सामाजिक सञ्जाल फेसबुकमा यस्तो कमेन्ट गरेका छन् ।
कर्णालीको मुगु, डोल्पालगायतका जिल्लामा खाना पकाउने ग्यास सिलिण्डर फालाफाल, पाइपलाइनको कूलो खन्न कर्णालीबासी बेसी झरेका छन् ।
लिलामी नखुल्दै चन्द्रमामा खाली रहेको जग्गा कित्ताकाट गरी नेपालीले कारोबार पनि शुरु गरे ।
सगरमाथा आधार शिविरसम्म संचालित केबलकारको टिकट दुई वर्षसम्मको लागि सकियो, खप्तडस्थित पाँचतारे होटल र अन्तराष्ट्रिय क्यासिनोमा पर्यटकको भीड नियन्त्रण गर्न सकिएन।
नेपालको हावा, बतास, वायु र आँधीसमेतको स्रोतबाट उत्पादित उर्जा खरिद गर्न पश्चिमा देशहरुबीच प्रतिस्पर्धा, नेपालले तीन वर्षभिभत्रै बोलकबोल खोल्ने ।
भन्दाभन्दै केपी ओली नेतृत्वको सरकार तमासा देखाएरै जाने भन्दै व्यङग गरेका छन।
nepalsandesh
शनिबार, २५ पुष
काठमाडौ । नाकाबन्दीका कारण खाना पकाउने ग्यासको चरम अभाव भइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले अब चुलाचुलामा ग्यासको पाइप जोडिदिने महत्वकांक्षी भाषण गरेका छन् ।
‘अब सिलिन्डर फेज समाप्त भयो, कहिले ग्यासको बुलेट आउला भनेर हेर्ने दिन गए,’ प्रधानमन्त्री ओलीले शुक्रबार एमाले उपत्यकास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै भने, ‘अलिकति समय दिनुहोस, घरका चुलाचुलामा ग्यासको पाइप फिट गरिदिन्छु ।’
कार्यकर्तामाझ आफ्ना विरोधीको आलोचना गर्दै सुरु गरेका ओलीले आफ्नो भनाईलाई काममा उताररे देखाउने दाबी गरे ।‘चुला–चुलामा ग्यासको पाइप हुन्छ, भित्तामा मिटर टाँसिन्छ, जति बाल्नुहुन्छ त्यसको पैसा तिर्नुहोस’ प्रधानमन्त्रीले भने ।
प्रधानमन्त्रीले काठमाडौका फाेरोहबाट पनि ग्यास निकिलिने बताए । आजको कान्तिपुरमा समाचार छ ।

हेल्लो शुभ बिहानी सबैलाई आज वि.सं. २०७२ साल पुस २५ गते। शनिबार। इश्वी सन् २०१६ जनवरी ९ तारिख। नेपाल संवत् ११३६ थिंलागा। पौष कृष्णपक्ष। तिथि– चतुर्दशी, ७:४७ बजेउप्रान्त औंसी।
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
Ariesस्वास्थ्य कमजोर रहनाले काम गर्न नसकिएला। तर, जिम्मेवारी भने बढिरहनेछन्। बाध्यतापूर्ण काममै समय बित्न सक्छ। सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइएला। व्यावसायिक काममा खर्च बढ्नेछ। अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ। समयमा काम पूरा नहुनाले खिन्नता बढ्ला। सेवामूलक कामबाट प्रतिष्ठा मिल्ने समय छ।
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
Taurusआजको प्रयत्न निष्फल जस्तै होला। काम बिग्रने भयले सताउला। लगानी, दौडधुप, श्रम र प्रयत्नको उचित मूल्य नपाइने समय छ। न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने समय छ। नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ। गरी आएको कामलाई भने निरन्तरता दिन सकिनेछ। आश्वासन दिएर झुक्याउनेहरूले सताउनेछन्, सचेत रहनुहोला।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
Geminiप्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ। नयाँ ज्ञान सिक्ने मौका छ। व्यापार–व्यवसायमा विशेष लाभ लिने समय छ। व्यावसायिक यात्रा सम्भावना छ। दाम्पत्य जीवन रमाइलो रहनेछ। आम्दानी प्रशस्तै बढ्नेछ। विभिन्न भौतिक साधन जुट्नेछन्। आतिथ्यपूर्ण सम्मान पाइएला। मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउनुका साथै धेरैको मन लोभ्याउन सकिनेछ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
Cancerप्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ। यात्रामा विशेष लाभ होला। शत्रु र रोगबाट छुटकारा मिल्ने समय छ। मुद्दा–मामिलामा पनि विजयी भइनेछ। व्यापार तथा उद्योगतर्फ सामान्य फाइदाको योग छ। अधिकारका लागि केही संघर्ष पनि हुन सक्छ। प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गर्नेछन्। परिस्थितिले अरूको हातमा गइसकेको धन फिर्ता दिलाउनेछ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
Leoअस्वस्थताले काममा ढिलासुस्ती हुन सक्छ। अप्रिय समाचारले दुःखी बनाउला। पढाइलेखाइमा पनि प्रगति गर्न नसकिने र व्यापार व्यवसायमा समेत सोचेको फाइदा नउठ्ने देखिन्छ। नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला। आफूलाई कमजोर भएको अनुभूति हुनेछ। निराश नहुनुहोस्, केही समय पर्खंदा स्थितिमा सुधार आई उन्नति हुनेछ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
Virgoविगतका निर्णयले काम बिग्रन सक्छ। बेसुरमा वचन दिने बानीले दुःख पाइनेछ। मान्यजनको सुझावप्रति विश्वास नलाग्न सक्छ। महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ। काम बिग्रने डरले पनि सताइरहनेछ। पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ। परिवारमा आमाको सहयोगबाट काम सम्पादन हुन सक्छ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
Libraअनुकूल समय छ। गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ। कृषि–चौपायामा केही समस्या देखिए पनि प्रशस्त धन आर्जन गर्ने मौका छ। बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
Scorpioफाइदा कममात्र हुनेछ। पठन–पाठनमा त्यति समय दिन नसकिएला। अरूले आलोचना गर्नसक्छन्। तपाईंको कमजोरीमाथि टिप्पणी हुन सक्छ, सचेत रहनुहोला। बोलीको गलत अर्थ लाग्ने र लेनदेनमा विवाद बढ्ने सम्भावना छ। सहयोगीहरूले पनि त्यत्ति साथ नदेलान्। विगतको श्रमबाट भने लाभ हुनेछ। काममा रोकावट र मानसम्मानमा आघात पुग्ने समय छ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
Sagittariusप्रयत्न गरेको काम छोटै समयमा पूरा हुनाले समय फुर्सदिलो रहनेछ। इच्छाशक्ति बढ्नेछ भने रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ। परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिनेछ। साथ दिनेहरू बढ्नेछन्। प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ। स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। परिवारजनसँग आत्मीयता बढ्नेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
Capricornखर्च बढ्नुका साथै आर्थिक संकटले सताउन सक्छ। व्यवसायमा लगानी बढाउनुपर्ला। समय र नियमलाई बेवास्ता गर्दा चुनौती आइलाग्नेछन्। दण्ड वा जरिवानामा परिने सम्भावना छ। छर–छिमेकमा पनि असमझदारी बढ्न सक्छ। तापनि, प्रतिस्पर्धाबाट सामान्य फाइदा उठ्नेछ। वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ। स्थानान्तरण वा टाढाको यात्रा सम्भावना छ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
Aquariusमेहनत गर्दा अलि कम मूल्य प्राप्त हुनेछ। तापनि उठ्नुपर्ने रकम हातलागी हुनेछ। स्थायीभन्दा अस्थायी पेसाबाट फाइदा हुने समय छ। आँटेका काम बीचमा अवरुद्ध बन्न सक्छन्। भएको आम्दानी र सञ्चित रकम समेत खर्च हुने सम्भावना छ। सोचेको फाइदा उठाउन अलि नसकिएला। खर्चको मात्रा बढ्न सक्छ। परिस्थिति अन्योलमय बन्न सक्छ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
Piscesप्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक दायित्व बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। कीर्तिमानी काम गर्ने समय छ।
etajakhabar

जिवनमा सफल हुनुको मतलब केवल कडा परिश्रम गर्नु मात्र होइन उत्कृष्टताका साथ काम गर्नु पनि हो । हामी सबै जिवनमा सफल हुन चाहन्छौँ ।
तर सफल हुने ध्याउन्नमा हामीले गर्ने कडा परिश्रम सही ठाउँमा पर्दैन । जिवनमा सफलताको दर बढाउनका लागि महत्वपूर्ण सूत्र हो, ‘सिम्पल ह्याबिट, स्मार्टर थिंकिङ ।’ बिहान छिटै उठ्ने बिहानी भनेको दिनको सबैभन्दा बढि उत्पादक समय हो । प्रभावतमा तन र मन दुबै प|mेस हुन्छ । बिहान ढिलो गरी उठेर अफिसबाटै आफ्नो दिनको सुरुवात गर्ने भुल नगर्नुहोस् ।
काममा जानुभन्दा कम्तीमा पनि २ घण्टा अघि उठ्ने बानी बसाल्नुपर्छ । बिहानको समयमा आफ्नेा दिउसोको योजना तय गर्नुहोस्, दिउसो आफुले गर्ने कामको सूचिकरण गर्नुहोस् र सोही मुताविक गर्नुहोस् । अभ्यास जिवनमा सफल हुनका लागि जिउ पनि स्वस्थ हुनुपर्छ ।
यसका लागि आफुले गर्ने काममा प्रसस्त अभ्यास गर्नुका साथै मज्जाले नियमित व्यायाम गरेर सरीरलाई स्वस्थ राख्नु पर्छ । शानदार व्यक्तित्व बनाउनुहोस् यदि तपाइँको आत्मविश्वासको तह उच्च छ भने जिन्दगीको आधा लडाइँ जितिसक्नुभयो भन्ने सम्झनुस् ।
जब तपाइँको व्यक्तित्व सानदार बनाउनुहुन्छ तब आत्मविश्वास बढ्छ । यसका लागि बोलीचाली, पहिरन जस्ता विषयमा ध्यान दिनु पर्छ । खानपान जिवनमा सफल हुनका लागि स्वस्थ हुनु आवश्यक छ र स्वस्थ बन्नका लागि भोजनको सबैभन्दा ठूलो हात हुन्छ । त्यसैले स्वस्थकर तथा सन्तुलित

पुस २४, २०७२- नेपाल सद्भावना पार्टीका अध्यक्ष एवं मधेशी मोर्चाका नेता राजेन्द्र महतोले ‘चार महिनादेखि जारी मधेस आन्दोलनको मर्म र भावनालाई दिल्लीले बुझेजति काठमाडौंले अझै बुझ्न नसकेको’ बताएका छन् ।
स्वास्थ्य उपचारका निम्ति एक साताअघि मेदान्त अस्पताल आएका नेता दिल्लीमा छँदै काठमाडौंमा मधेसी मोर्चासँग सरकारी तहको संवाद तीब्र बनेपछि महतोले मधेस आन्दोलनमा जोडिएको अन्तरंग भारतीय साइनोका बारे कुराकानी गर्न चाहेका हुन् । ‘कार्यदल, समिति जे भने पनि मधेसका माग र एजेन्डा अब नयाँ गृहकार्यको बिषय होइन,’ इन्डिया इन्टरनेसनल सेन्टरमा शुक्रबार भेटिएका नेता महतोले भने— ‘आज दिल्लीले काठमाडौंको नजरबाट मधेसलाई हेरिरहेको अवस्था छ । जबकि मधेसलाई काठमाडौंले हेरेकै छैन, यसबेला दिल्लीले काठमाडौंको चश्माबाट हेरेर मधेस के बुझ्नु, के बुझाउनु ?’
उनले काठमाडौंमा मधेसीमोर्चा र सरकार पक्षधर कार्यदल बनेर भैरहेको कुराकानी सकारात्मक भए पनि शीर्षस्थ नेताको तहमा समझदारी नभइ निर्णयमा पुगिहाल्ने अवस्था नरहेको समेत बताए । ‘म, महन्थ ठाकुर, उपेन्द्र यादवजीहरुसँग फोन सम्पर्कमा छु,’ महतोले भने—‘परामर्श भैरहेकै छैन । फेरि पनि भैहाल्छ÷मिलिहाल्छ भनेर वार्ता समझदारीमा टुङ्गिन नसक्ने सहमति हामीबीच भैसकेको छ ।’ नेता महतोसँगको कुराकानीको सार :
के तपाईहरुको मधेस आन्दोलन र सीमा अवरोधका कार्यक्रममा जनविश्वास टुट्दै गएको हो ? आन्दोलनमा जनसहभागिता देखिन छाडेको छ नि ।
होइन, आन्दोलनमा जनविश्वास गुमिहालेको स्थिती छैन । तर, यसको संकेत भने देखापर्न थालेको छ । शान्तिपूर्ण आन्दोलन र धर्ना–जुलुशबाट आफ्ना मागहरु सुनुवाइ नभएको अबस्थामा अब के गर्ने (?) भन्ने उपायको खोजी हुन थालेको आभाष मैंले पाएको छु । योबेला युवा पिंढीले भन्न थालिसकेको छ— यसरी मात्रै हाम्रो आवाज सुनुवाइ नहुने रहेछ । यता जुलुस गर्यो, धर्ना बस्यो, उताबाट सरकारले छर्रा हान्छ, गोली ठोक्छ । फेरि बदनामी पनि आन्दोलनकारीकै हुन्छ । यसकारण अब ‘हिंसात्मक उपाय’ पो रोज्ने कि भन्ने आवाज कहींकतै उठ्न थालिसकेको छ । हामी भने शान्तिपूर्ण आन्दोलनबाटै समाधान भेटिनेछ भनेर सम्झाइबुझाइ गर्दै अघि बढिरहेका छौं ।
हामी अहिलेसम्म प्रदेश मागेर आन्दोलन गरिरहेका छौं, यहाँ प्रदेशभन्दा अलग बिखन्डनका कुरा गर्नेहरु देखा पर्न थालेका छन् । यदि मधेश÷थारुहट प्रदेश मागको आन्दोलन र अडानमा हामी असफल बन्यौं भने बिखन्डनकारीले स्वत बल पाउनेछन्, यो स्थिती भने बिचारणीय हुनेछ । यसरी हिंसात्मक र बिखन्डनकारी कुरा अगाडी आयो भने यसले साम्प्रदायीक दंगाको स्थिती पनि ल्याउन सक्छ । यसतर्फ पनि सबै राजनीतिक दलहरुले बिचार पुर्याउनु जरुरी छ ।
मधेस आन्दोलनलाई सम्बोधन गर्नै सरकार र मधेस मोर्चाका तर्फबाट दुइतर्फी कार्यदल बनेको छ । तपाई यसमा आशावादी हुनुहुन्छ ?
हेर्नुस्— हाम्रो नेपालमा यदि कुनै काम गर्नु छैन भने आयोग, कार्यदल, समिति बनाइने गरेको छ । यही पुनरावृत्ति मधेस मामलामा पनि गर्न लागिएको हो कि भन्ने आशंका बढेको छ । हामीले मेचीदेखि महाकालीसम्म मधेस÷थरुहट दुई प्रदेशको कुरा गरेका हौं । यसमध्येको भूभागलाई के÷कता तलमाथि गर्ने हो, सल्लाह गर्न सकिन्छ । पहाड÷मधेसको सन्तुलन मिलाउन सकिन्छ । तर, दुई प्रदेश चाहिन्छ नै । संविधानसभाकै समिति र बाहिरी सुझाव प्रतिवेदनले पनि भनेको कुरा हो यो । भोली गएर प्रदेश थपिएला वा घट्ला । संघीय संरचनाको नाम, आकार घटबट होला—यो बेग्लै कुरा हो । तर, वार्ताको टेबलमा ‘तत्काल प्रदेश दियो भने अर्को समूहको आन्दोलन सुरु हुन सक्छ नि’ भन्ने जवाफ दिएर प्रमुख ३ दल बसेका छन् । यो त भाग्ने कुरा हो, उम्कने कुरा हो । ‘यो गर्यो भने आकाश खस्छ, पाताल धसिन्छ’ भनेर बस्ने बेला होइन यो । यदि अर्को आन्दोलन भयो भने त्यसलाई पनि सम्बोधन गर्नुपर्छ । यो सरकारको कर्तव्य हो ।
तपाईले दिल्ली–दौडाहामा आएका कांग्रेस नेता रामचन्द्र पौडेललाई पनि हिजो भेट्नुभएको छ । मधेस मामलामा कांग्रेसले लिन सक्ने अडानका बारे केही सुझाव दिनुभएन ?
एउटा दल मात्रै होइन, एमाले, माओवादी र कांग्रेस मिलेर संविधान बनाएका हुन् । यसकारण ‘असहमती’को बिउ रोप्ने तीनवटै दल हुन् । यसमा प्रतिपक्षमा बसेको छु भन्दैमा कांग्रेस उम्कन मिल्दैन भनेर मैंले रामचन्द्रजीलाई भनेको छु । तर, अनौठो के भने मधेस मामलाको कुरा आउनासाथ एमाले, माओवादी र कांग्रेस एउटै कित्तामा उभिएको मैंले पाएको छु, असहयोगी कित्ता । मैंले उहाँलाई कांग्रेसले आफ्ना आदर्श नेता गिरिजाप्रसाद जस्तै निर्णयमा अडिग हुनुपर्यो भनेर सम्झाएको पनि छु । त्यसबेला जनयुद्धमा रहेको माओवादीलाई राजनीतिको मुलधारमा ल्याउन को पो सहमत थियो र ? के भारतले मानेको थियो र ? तर, गिरिजाप्रसादले ल्याउनुभएको हो । आज त्यही कांग्रेस पार्टी ‘अनिर्णयको बन्दी’ भएको छ । मैंले नेता रामचन्द्र पौडेललाई पनि कांग्रेसको यो निर्णयक्षमताका बारे सम्झाइबुझाइ गरेको छु ।
काठमाडौमा गठित वार्ता कार्यदलमा सद्भावना पार्टी सहभागी नभएकोबारे टिकाटिप्पणी चलेको छ नि ?
एउटा कुरा भनौं तपाईलाई । काठमाडौंको केही मिडियाले मधेश आन्दोलन र मोर्चा गठबन्धन बारे बडो नकारात्मक खबर दिंदै आएका छन् । भ्रम फैलाउने र बुझ पचाउने काम एकदमैं बढी भएको छ । मिडियामा पनि ‘खसबादी’ र ‘नश्लीय’ वर्चस्व बढी छ । यही कार्यदल बनाउँदा मधेस मोर्चाका ४ पार्टी बसेर बैठक भएको थियो । हाम्रो पार्टीका महासचिव मनिषकुमार सुमन त्यस बैठकमा सहभागी थिए । बैठकमा उपस्थिती भएर सरकार तर्फबाट ३ सदस्यीय समिति भएकाले मधेस मोर्चाको पनि ३ सदस्यीय समिति बन्ने सहमति जुटेको हो । मधेसी मोर्चामा टुटफुट देख्न चाहनेले फैलाएको हल्लाका पछि तपाई पनि नलाग्नुहोस् ।
तर सद्भावना पार्टी अलिक रुष्ट देखिएको अवस्था हो ?
हेर्नुस्, यो प्रतिक्रिया स्वभाविक पनि हो । वीराटनगर घटनामा ममाथि जानाजानी र नियतबस प्रहरीको दमन तथा कुटपिट भएकोमा सरकारले अहिलेसम्म एक शब्द पनि बोलेको छैन । न घटनाको न्यायिक छानविन भएको छ, न कतैबाट ‘सरी’ भनिएको छ । एउटा प्रहरी अधिकारी ‘नमस्कार नेताज्यू’ भन्दै सामुमा आएर कुटपिट गरेको अवस्थालाई ‘नियोजित’ नभनेर के भन्ने ? यसकारण थोरबहुत रुष्ट अवस्था देखिएकै हो ।
अब बनेको कार्यदलले मधेशी मोर्चाका माग र आन्दोलनका एजेन्डामा सहमति ल्याउन सक्ला त ?
मलाई यसमा शंका छ । शीर्षस्थ तहमा टुङ्ग्याउनुपर्ने कुरा नटुङ्गयाएर कार्यदल बनाउनाको मनसाय के हो ? मलाई के लाग्छ भने यो पनि समस्या तन्काइरहने अर्को उपाय हो । कार्यदलका सदस्यले के अन्तिम निर्णय लिन सक्छन् र ? अथवा कार्यदल सुझाव के ‘म्यान्डेटोरी’ हुन्छ र ? यो टाइम–पास राजनीति मात्रै हो कि भन्ने लागेको छ । शीर्षस्थ नेतृत्वले एउटा सैद्धान्तिक सहमति बनाएपछि र गाइडलाइन तय गरेपछि मात्रै कार्यदलको अर्थ रहन सक्छ । धेरै कुरा आगामी साता काठमाडौं फिरेर थाहा लाग्नेछ ।
मधेशी मोर्चाका अरु नेताहरु सद्भावना पार्टी र बिशेषगरी तपाईसँग असन्तुष्ट रहेको चर्चा छ नि ?
त्यस्तो खबर भ्रामक हो । मधेश आन्दोलनप्रति सबै जिम्मेवार छन्, मोर्चाका सबै दल । मोर्चाभित्र कसैको पनि व्यक्तिगत लडाई वा असन्तुष्टी छैन । कुनै गुनासो वा असमझदारी मैंले महसुस गरेको छैन । तर, यत्ति हो आन्दोलन कसैले रोकेर रोकिन्न । माग पुरा नभैन्जेल यो जनताको आन्दोलन भैसकेको छ, रोकिनेवाला छैन ।
एक महिनाअघि मधेशीमोर्चाका नेताहरु दिल्ली भ्रमणमा आएर फिरेपछि मधेश मामलामा भारतको बोली फेरिएको भन्ने चर्चा सुरु भएको छ । के भन्नुहुन्छ ?
भारतले सुरुदेखि आजसम्मै सबैलाई मिलाएर जानु र अधिकतम सहमति जुटाउनु भनेकै छ । उसले आज आएर मधेस मामला ‘इग्नोर’ गरेजस्तो लाग्दैन । नेपालमा शान्ति र स्थिरता, विकास चाहने भारतको सधैंको कुरा हो । मधेसको धर्तीमा आज जुन प्रकारको आन्दोलन भैराखेको छ, त्यसबाट आज भारत अनविज्ञ रहने अथवा वास्ता नगर्ने स्थितीका बारेमा कसैले सोच्छ भने त्यो उसको मुर्खता हो । नेपालमै शान्ति–स्थिरता चाहनेले झन् उसको सिमानामै अशान्ति भैरहेको अवस्था रुचाउला र ? यसकारण मधेस सरोकारमा भारतको बोली फेरिएको होइन, छैन । किनभने शान्ति र स्थिरताका लागि मधेसमा भएको आन्दोलनलाई सम्बोधन नगरेसम्म समस्या सामाधान हुन सक्दैन भन्ने भारतलाई राम्ररी थाहा छ, हामीलाई पनि थाहा छ ।
तर, काठमाडौंबाट सरकारका बरिष्ठ मन्त्रीको तारन्तारको दिल्ली भ्रमणले ‘अब कुरा मिलिसक्यो’ भन्ने हल्ला बाहिर गएको अवस्था छ । कुरा मिलेको हो र ?
मैंले पनि नबुझेको कुरा के हो भने के नेपाल भनेको खालि काठमाडौं खाल्डो मात्रै हो ? नेपाल त तल दसगजासम्म फैलिएको मधेस पनि हो, हामी सिमावर्ती बासिन्दा भए पनि नेपाली हौं । मधेसमा अशान्ति÷असहज स्थिती भैराखेका बेलामा दिल्ली र काठमाडौं बीचमा सुमधुर सम्बन्ध भएमा यसको अर्थ के रहला ? काठमाडौं र मधेसबीचमा भएको दूरी घटाउनेतर्फ सबैले लाग्नुपर्छ । काठमाडौंलाई हेरेर दिल्लीले मधेस बुझ्नुको अर्थ छैन । काठमाडौंले पनि मधेस मामलालाई सम्बोधन नगरी दिल्लीलाई कुरा बुझाउन खोज्नुको कुनै अर्थ छैन । यो दुरी त्यसबेला हट्छ, जब मधेसको भावनालाई आत्मसात गरिन्छ । भूगोलको एकिकरणले मात्रै देश बन्दैन, भावनामा पनि एकीकरण जरुरी छ । राष्ट्रनिर्माणको प्रकृया भनेको यही हो ।
अनि काठमाडौंले दिल्लीलाई हेर्ने दृष्टिकोण नि ?
यो मुश्किलको प्रश्न हो । काठमाडौंलाई ‘दिल्लीबिना काम पनि नचल्ने तर दिल्लीको उचित र जायज कुरा सुन्न पनि आनाकानी गर्ने’ मनोदशाले घेरेको छ । अहिले यही भैरहेको छ । दिनरात नेपाली नेताहरु दिल्ली दौडिएका दौडियै छन्, सबैजना कानेखुशी गर्नमैं व्यस्त छन् । फेरि दिल्लीले बोलेको कुरो पनि सुनिएको छैन । यो दुर्भाग्य हो । यसकारण काठमाडौंले आफ्नो सोचमा सुधार ल्याउनुपर्छ । दिल्लीसँग राम्रो सम्बन्ध चाहिन्छ तर, नेपाल भनेको काठमाडौं मात्रै होइन भन्ने कुरा दिल्लीले बुझिसक्दा पनि काठमाडौंले यही कुरा बुझ्न सकेको छैन । मधेसमा शान्ति–स्थिरता भएन भने के भारत सुखचयनले बस्न सक्ला ? कदापी सक्दैन । यसकारण सीमावर्ती सुरक्षा र शान्ति भनेको मधेसको मात्रै सवाल होइन, भारतको पनि सवाल हो ।
नाकाबन्दीको स्थिती सहज हुँदै गएको र आपुर्ती बढ्दै गएको संकेतका भरमा पनि दिल्ली दृष्टिकोण बद्लिएको भन्ने चर्चा छ । तपाई दिल्लीमै भएर के संकेत देख्नुभएको छ ?
यसरी अलग दृष्टिबाट कुरा गर्न मिल्दैन । मधेसको समस्या भनेको काठमाडौंको पनि हो र एकैसाथ भारतको पनि हो । खुला सिमानाको सिमावर्ती बिन्दू मधेसको धर्तीमा शान्ति–सुरक्षा भएन भने काठमाडौंभन्दा पहिले भारतलाई आघात पुग्न सक्छ भन्ने यथार्थलाई अहिले दिल्लीले बुझिसकेको छ । यसकारण मधेसको समस्यामा भारत पन्छने वा मतलव नराख्ने कुरा गलत हो । मधेस मामलाबाट भारतले हात झिक्नु भनेको आफ्नै समस्याबाट हात झिक्नुजस्तै हो ।
तपाईहरुले अहिंसात्मक र शान्तिपूर्ण मधेस आन्दोलन भने पनि तपाईहरुको बाधा÷बिरोधको यो शैलीलाई ‘मानवताविरोधी’ भन्न थालिएको छ । के भन्नुहुन्छ ?
यस्तो नचाहिँदो भनाइप्रति म खेद ब्यक्त गर्दछु । यो मानसिक दिवालियापन मात्रै हो । नबुझेको, अज्ञानी र पूर्वाग्रहले ग्रसित अवस्थामा मात्रै हाम्रो आन्दोलनलाई मानवताविरोधी भन्न सकिन्छ । हाम्रो शान्तिपूर्ण आन्दोलनमा सरकारले टाउको र छातिमा गोली हानिरहेको छ, यसलाई के भन्न सकिन्छ ?
सद्भावना पार्टीबाहेक मधेसी मोर्चाका अन्य सदस्यले कार्यदल सुझावमा सहमति जनाए, निश्चित समयावधिमा मिल्ने गरी सिमांकन स्वीकारे भने तपाई के गर्नुहुन्छ ?
त्यस्तो हुनै सक्दैन । ‘अभि नहीं तो कभि नहीं’ हाम्रो अहिलेको नारा हो । ‘भैहाल्छ, मिलिहाल्छ’को उधारो कुराले यसपटक आन्दोलन रोकिनेवाला छैन, बरु आन्दोलनको स्वरुप अझ कडा रुपमा बदलिन सक्छ । यसकारण मधेश सवाल र आन्दोलन एजेन्डा छाडेर सहमतीमा आउने सम्भावनै छैन ।
kantipur.ekantipur

रौतहट, २४ पुस-
विगत चार महिनादेखि अवरुद्ध बनेको गौर–बैरगनिया सीमा नाका आजबाट सञ्चालन भएको छ ।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताहरुले गौर–बैरगनियास्थित मितेरी पुलमा धर्नामा बसी नाका अवरोध गर्दै आएका थिए । धर्नामा मोर्चाका कार्यकर्ता आउन छाडेपछि उक्त नाका भएर चारपाङ्ग्रे सवारी साधनदेखि लिएर मोटरसाइकल, रिक्सा, टाँगा, ओहोरदोहोर गर्न सुरु गरेका छन् ।
मितेरी पुलमा रहेको अवरोध हटेलगत्तै सदरमुकाम गौरमा चहलपहल बढेको छ । सीमा नाका भएर आवागमन सुरु भएपछि व्यापार व्यवसाय निर्वाधरुपमा सञ्चालन भएको छ भने जनजीवन पनि सामान्य बन्न थालेको छ ।
etajakhabar
खुसी के हो भन्ने विषयमा छलफल गर्ने हो भने, यसको टुङ्गो सायद कहिले लाग्दैन । खुसी एक महसुस गर्ने विषय हो । तर के, खुसी हुनका लागि हामीले केहि नियम पालना गर्नुपर्छ ?हो, खुसी रहन केहि नियम पालना गर्नुपर्छ र वैज्ञानिकहरुले सधैँ खुसी रहने तरिका पत्ता लगाएका छन् ।
१. तपाईंले जे सोच्नुहुन्छ त्यहि व्यवहारमा उत्रने गर्दछः सकारात्मक सोचले तपाईंको व्यवहारमा पनि प्रभाव पार्ने गर्दछ । विशेषज्ञ सन एक्हरले मानिसको व्यवहारमा वातावरणले १० प्रतिशत मात्र प्रभाव पार्ने गर्दछ । बाँकी ९० प्रतिशत तपाईंले कस्तो प्रतिक्रिया दिनुहुन्छ, त्यसमा भर पर्छ । यदि तपाईंले सहि निर्णय लिनुभयो भने, नतिजा सधैँ सकारात्मक नै हुने गर्दछ । सहि निर्णय लिनका लागि तपाईंको सोच्ने तरिका पनि सकारात्मक हुन जरुरी छ । आफ्नो खुसी आफ्नो दिमागमार्फत आफैँ निर्माण गर्नुहोस् । नकारात्मक सोचले तपाईंलाई भित्री रुपमा ध्वस्त पार्नुका साथै तपाईंको बाहिरी दुनियाँलाई पनि प्रभाव पार्ने गर्दछ । रचनात्मक सोचले तपाईंको उत्पादकत्व र उर्जालाई ३० प्रतिशतले वृद्धि गर्ने गर्दछ । आफ्नो दिमागको शक्तिलाई प्रयोग गर्नुहोस् ।
२. नकारात्मक सोचलाई फ्याँकिदिनुहोस्ः सबै मानिसहरु भिन्न हुन्छन् र उनीहरुको सोच्ने शैली पनि उस्तै । हामीमध्ये धेरैले हाम्रो दिमागमा नकारात्मक सोचाईलाई हाबी हुन दिन्छौँ । यसले तपाईंको वास्तविक जीवनमा समस्या ल्याइदिने गर्दछ । आफ्नो दिमागलाई नकारात्मक सोचबाट मुक्त गर्ने थुप्रै तरिकामध्ये स्पेनको युनिभर्सिटीमा विकास गरिएको एउटा तरिका निकै लोकप्रिय छ । उनीहरुका अनुसार आफ्ना सबै नकारात्मक सोचाईहरु एउटा पानामा लेखेर कि त त्यो कागजको टुक्रालाई जलाइदिने वा च्यात्ने गरेमा यसले तपाईंमा भएको नकारात्मक सोचाई कम गर्ने गर्दछ ।
३. सकारात्मक कुराहरुको नोट बनाउनेः आफ्नो जीवनमा जे जति पाइरहनु भएको छ त्यसमा खुसी हुन सिक्नुहोस् । सबैको जीवनमा केहि न केहि राम्रो पक्ष पक्कै हुने गर्दछ । आफूलाई खुसी बनाउने कुराहरुमा मात्र ध्यान दिनुहोस् । आफ्नो जीवनमा पाएको र हाँसिल गरेको सकारात्मक कुराहरुको नोट बनाउनुहोस् । एउटा कुरा साँचो हो कि हाम्रो दिमागले नकारात्मक सोचाइलाई चाँडै बिर्सन सक्दैन यद्यपी अनुसन्धानकर्ताहरुले नकारात्मक सोचाईभन्दा सकारात्मक कुरामा बढि ध्यान दिने गर्नाले यसलाई चाँडै नै बिर्सन सकिने बताएका छन् ।
४. दिमागलाई फ्रेस बनाउने तरिका अपनाउनुः हार्भाड युनिभर्सिटीमका अनुसन्धानकर्ता म्याट किलिङ्सवर्थले खुसी रहनका लागि आफ्नो जीवनको प्रत्येक मिनेटलाई याद गर्नुपर्ने बताउँछन् । आफू खुसी हुँदाको क्षणलाई कहिले पनि बिर्सन नहुने उनी बताउँछन् । यदि हामीले हाम्रो दिमागलाई फ्रेस बनाउँछौँ, हाम्रो खुसी पनि त्यति नै बढ्ने गर्दछ । विगतका दिनमा गरेका रमाइला घटनाहरुलाई सधैँ दिमागमा ताजा राखिरहनु पर्ने बताउँदै म्याटले बिगतका काला दिनहरुलाई बिस्तारै बिर्सदैँ लैजानु पर्ने बताउँछन् ।
५. अरुलाई सहयोग गर्नुहोस्ः आफ्नो जीवनको केहि समय अरुको लागि पनि छुट्याउनुहोस् । हामी धेरैजसो अवस्थामा स्वार्थी हुने गर्दछौँ । हुन त हामीले आफ्नो आवश्यकता र इच्छाको बारेमा सोच्नु पर्छ । दोस्रो व्यक्तिलाई तपाईंको आवश्यकता भएको थाहा पाउँदा तपाईंलाई साँच्चैको खुसी लाग्छ । आफ्नो केहि समय र पैसा अरुलाई सहयोग गर्नका लागि खर्च गर्नुहोस् । अरुलाई सहयोग गर्दा तपाईलाई एउटा सकारात्मक उर्जा प्राप्त हुने गर्दछ जसले तपाईंलाई अन्ततः खुसी हुन मद्दत गर्दछ ।
६. उज्वल भविष्यको आशा गर्नुहोस्ः आफ्नो जीवनबाट के कुराको आशा गर्नुहुन्छ त्यसलाई सोच्नुहोस् र ध्यानमा राख्नुहोस् । यथार्थपरक हुनुहोस् र सपना देख्न नहिच्किचाउनुहोस् । आफ्नो जीवन आउने ५ वा १० वर्षम कस्तो होला भनेर कल्पना गर्नुहोस् । यसले तपाईंलाई तपाईंको जीवनको महत्वपूर्ण भाग के हो भन्ने सिकाउँछ र यसमा नै ध्यान केन्द्रित गर्न सिकाउँछ । आफ्ना प्राथमिकताहरुलाई आफै व्याख्या गर्नुहोस् र सपनालाई साकार बनाउन तल्लिन हुनुहोस् ।

दिसा गर्दा रगत आउँछ, मासु पलाएको छ, दुख्छ, फाटेको, फुलेको या सुन्निएको छ, मलद्वार चिलाउँछलगायतका समस्या आम मानिसमा सुनिन्छ । कसैको त पीप बग्छ, अंगुरका झुप्पाजस्तो पलाएको छ, रातो डल्लो छ भन्ने सुनिन्छ । यही रोग नै पायल्स हो । कसैलाई यो रोग लाग्दा रगत आउछ भने कसैलाई आउदैन ।
पायल्स हुनुको कारण
पायल्स हुनुको मुख्य कारण खानपान र जीवनशैली नै हो । पानी कम खाने, हरियो सागपात नखाने, शारीरिक व्यायाम कम गर्ने, धेरै व्रत बस्ने, चिया बढी पिउने, माछामासु तथा सुख्खा चीज जस्तै चाउचाउ, बिस्कुट, चाउमिन बढी खाने, अनियमित खानपान, अनिद्रा, धेरै तनाव लिने, रक्सी, चुरोट, सूर्तिको अत्यधिक प्रयोग, कलेजोको खराबी, तथा भुटेतारेका कुरा बढी खाने गर्नाले पायल्स तथा दिसाबाट रगत आउने, मासु पलाउनेजस्ता समस्या बढी हुन्छ ।
दिसा कब्जियत, वा दिसा थोरै आउनु, गोटा पर्नु, नियमित दिसा नहुनु, दिसा तथा पाद रोक्नु, दिसा पिसाब लागेको बेलामा नगर्नु, अत्यधिक गर्मी वातावरणमा बस्नु, चिल्लो तथा तेलको प्रयोग बढी हुनु, पायल्स रोगको कारण हो । शरीरलाई आवश्यकभन्दा बढी खानु, तनाव लिनु तथा जीवनशैली एकनासको नभएका कारण पायल्स हुन्छ ।
पाइल्सका लागि खानुपर्ने
पानी प्रशस्त पिउने, हरियो सागपात काँचै खाने, फलफुल खाने, चोकरसहितको गहुँको पिठो, रोटी, जौ, ब्राउन राइस, रहर तथा मुगको दाल खाने ।
खानासंग मुला, काँक्रो, गाँजर खाने, नरिबल, अनार, स्याउ, बेलजस्ता फलफुल, करेला, धनिया, लौका खानु राम्रो हुन्छ । कब्जियत हुन नदिने, हरेक दिन शारीरिक व्यायाम गर्ने, आफ्नो पिसाबले गद्द्वार धुने, एक गिलास गाइको दुधमा आधा कागती निचोरेर तुरुन्त खाँदा कसै कसैलाई रगत तथा पिप आउने जस्ता समस्या ठीक भएका छन् । नरिवलको बाहिरको जटा डढाएर एक चिम्टी खरानी र दुबोको २ चम्चा रस घोलेर बिहान बेलुका एक गिलास मनतातो पानीसंग खाँदा सन्चो भएको पाइएको छ ।
कसैलाई मुलाको बिउ कुटेर तोरीको तेलमा फिटेर दिसा गरिसकेपछि लगाउँदा निको हुन्छ । कसैलाई फिटकिरी एक टुक्रा राखेर दश लिटर जति पानीमा दिनको दश मिनेट बस्दा धेरै आराम मिल्छ । नियमित रुपमा योग गर्दा पनि सन्चो हुन्छ । यो समस्याको नआत्तिइकन उपचार गर्नुपर्छ । औषधि उपचारबाट निको हुन केही समय लाग्न सक्छ । शल्यक्रिया पनि अन्तिम उपचार भने होइन । कहिलकोही शल्यक्रियापछि पनि समस्या बल्झिएको र निको नभएको पाइन्छ ।
पायल्सका बिरामीले के नगर्ने के नखाने ?
पिरो, चिल्लो तथा मसला बढी भएको, माछामासु, बासी खानेकुरा, कालो दाल, अदुवा, अमिलो, चना, भन्टा, आलु, बोतलबन्द कुराहरु, पूरानो अचार, रेडिमेड खानेकुरा, चियाकफी, चुरोट रक्सी जस्ता चिज उपभोग नगर्ने, स्त्री सम्भोग कम गर्ने, खाली पेट नबस्ने, बिहान अबेरसम्म नसुत्नेलगायतका कुरामा ध्यान दिए पायल्स हुनबाट बचिन्छ । भइसकेपछि पनि छिटो निको हुन्छ ।
विशेष गर्नुपर्ने कुराहरु
पायल्सका बिरामीले हप्तामा एकपटक वा आवश्यकताअनुसार पेट सफा गराउने, पेट हल्का राखी उपचार गर्नु एकदम रामंो विधि हो । एकदम कम र हल्का खाने, शरीरले पचाउन सक्ने गरी खानुपर्छ ।
हप्तामा दुई तीनदिन शुरुमा रोग बढेको अवस्थामा एकदिन बिराएर फलफूलको रस वा पानीमात्र खाएर बस्नुपर्छ । डाक्टरको सल्लाहअनुसार केही राम्रो भएपछि बिस्तारै काँचै खानेकुरा खाएर बस्ने, पेटलाई हलुंगो बनाएर औषधि गर्दै जाने । यस्तै, पिपलको बोक्रा मसिनो बनाएर सुकाएर पिस्ने, शुद्ध तोरीको तेलमा मिसाएर नियमित बिहानबेलुकी मासु बढेको ठाउमा एकदेखि तीन महिनासम लगाएमा बिस्तारै सुक्दै जान्छ ।

काठमाडौं– सद्भावना पार्टीका सहमहासचिव तथा विदेश विभाग प्रमुख देवेन्द्र यादवले पार्टी अध्यक्ष राजेन्द्र महतो दिल्लीबाट फर्किए लगतै फेरी वीरगञ्जको मितेरी पुलमा धर्ना दिने बताएका छन् ।
शुक्रबार राजधानीमा ‘मधेशी पत्रकार समाज’ले आजोजना गरेको कार्यक्रममा सहमहामन्त्री यादवले भने ‘सरकार र मोर्चाबीच जारी वार्ता सफल नभए केही दिनमा हाम्रो अध्यक्ष ज्यू, दिल्लीबाट आउनु हुन्छ र हामी फेरी मितेरी पुलमा धर्ना दिन्छौं ।’ ‘अबको हाम्रो लडाई वारवारको हुन्छ ।’
मोर्चाले जति लचकता अपनाएपनि सरकार कठोर भएर आएको उनको भनाई थियो । ‘अनि कसरी वार्ता सफल हुन्छ ? उनले भने, ‘‘हामी मधेशीको अधिकारको लागि आन्दोलन गर्दा प्रधानमन्त्री केपी ओली लगायत केही नेताहरुले त्यसलाई सम्प्रदायीकताको संज्ञा दिन्छन् तर ति नेताहरु मधेशको म पनि सुन्न चाहेको छैन ।’ उनले थपे थपे, ‘मधेशीले मोचीदेखि महाकालीसम्मको बोडरमा हेडलाइटका काम गरेको छ र देशको रक्षा पनि ।’ ‘तर यहाँ त्यही मधेशीलाई भारतीय दृष्टिकोणले हेर्ने नजर पहिला परिवर्तान हुनु पर्छ सहमहासचिब यादवको भनाई थियो ।
यादवले नागरिकताको सवालमा पहिला अन्तरिम संविधानमा जे व्यवस्था थियो त्यो अहिले पनि हुनु पर्ने बताए । ‘ तर यहाँ त अन्तरिम संविधानमा दिएको अधिकार पनि कटौति गरेका छन्, हामी मधेशको जाइजमा माग सरकारलाई पुरा गर्न भन्दा ५० भन्दा बढी मधेशका नागरिकहरुलाई सरकारले गोली हानेर हत्या गरिसक्यो । मधेश झण्डै पाँच महिनादेखि बन्द छ तर सरकार कानमा तेल हालेर बसेको छ, सरकारलाई न मधेशदेखि मतलब छ, न पहाडदेखि ।’ उनले भने ।

काठमाडौ – भारतीय विदेश मन्त्री सुष्मा स्वराजले नयाँ सविधानले मधेशी समुदायसँग भेदभाव गरेको बताएकी छिन् । मेदान्त अस्पतालबाट डिस्चार्ज भई फ्लोअपका लागि दिल्लीमै रहेका सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोसँगको भेटमा स्वराजले सविधानमा मधेशीको माग सुनिश्चित नभएसम्म आन्दोलन जारी राख्न पनि सुझाव दिएको महतोका पार्टीले जनाएको छ ।
‘यो आन्दोलन मधेसको आन्दोलन हो,’ उनको भनाई उद्धृत गर्दै सद्भावना पार्टी स्रोतले बतायो, ‘मधेसीसँग यो संविधानमा भेदभाव भएकै हो त्यसैले तपाईंहरुको माग चाँडै पुरा होस् र राजनीतिक संकट सहज होस् ।’
जवाफमा अध्यक्ष महतोले पनि आफ्नो माग पूरा नहुन्जेलसम्म वीरगञ्ज नाका नखुल्ने र त्यसमा भारतले पनि कुनै प्रकारको दवाव नदियोस् भन्ने कुरा राखेका थिए ।
उनले आफू नेपाल फर्केपछि पुनः वीरगञ्ज रक्सैला नाकामा धर्ना बस्ने कुराको जानकारी सुष्मा स्वराजलाई गराए ।
नयाँ दिल्लीस्थित विदेश मन्त्रालयमा भएको भेटघाटमा भारतीय विदेश सचिव एस जयशंकर र नेपाल डेस्क प्रमुख सहसचिव अभय ठाकुर पनि उपस्थित रहेको सद्भावना पार्टीले जनाएको छ ।
यसअघि मंसिर २० गते भारत भ्रमणको क्रममा मोर्चाका नेताहरुसँग महतोले सुष्मा स्वराजसँग भेट गरेका थिए । यसपटक मोर्चाका अन्य नेता बिनानै स्वराजसँग भेट गर्न महतो पुगेका हुन् । पछिल्लो समय मोर्चाभित्र सद्भावना पार्टी असन्तुष्ट रहेको छ ।
अरामका लागि दिल्लीमा बसेका महतोले त्यहाँका नेताहरुसँगको भेटघाटलाई तीब्रता दिएका छन् । उनले भाजका विभिन्न नेताका साथै विजय जोलीसँग भेटेका छन् भने भारतका पूर्व जर्नेल अशोक मेहतालाई पनि भेटेका छन् ।
भाजपाका नेता तथा नेपालको बारेमा जानकार मानिएका जोलीसँगको भेटमा अध्यक्ष महतोले नेपाल सरकार मधेशी जनताको अधिकार नदिने पक्षमा रहेको कुरा राखेका थिए । आन्दोलनको पाँच महिना भइसक्यो तर सरकार हालसम्म मधेश आन्दोलनलाई वेवास्ता गरि हिडिरहेको आरोप लगाउँदै उनले मधेशीको माग पूरा नहुन्जेलसम्म आन्दोलन जारी राख्ने बताएका थिए ।
त्यसमा नेता जोलीले मधेश आन्दोलनमा आफ्नो पूर्ण सहमति र समर्थन रहेको बताउँदै नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले मधेशीको माग पूरा गरेर मात्र भारतको भ्रम गरे उनको लागि फलदायी हुने धारणा राखेका थिए । जोलीले सविधान संशोधन गरेर मधेशीको समस्या समाधान गर्नुपर्नेमा बढी जोड दिएको पार्टीले जनाएको छ ।
महतोले भारत पुगेका कांग्रेस उपसभापति रामचन्द्र पौडेलसँग पनि भेटेका छन् ।

२४ पुस, एजेन्सी ।
पाकिस्तान र अफगानिस्तानका केही भागमा भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्पकले भारतको जम्मु कश्मिरमा समेत झट्का दिएको भारतीय सञ्चार माध्यले जनाएका छन् ।
भूकम्पको तिव्रता ५ दशमलव ५ रेक्टर स्केलको रहेको र भूकम्पको केन्द्रविन्दु अफगानिस्तानको हिन्दुकुश क्षेत्र रहेको बताइएको छ ।nepaliheadlines

२४ पुस, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिन भित्र जनताले अनुभव गर्ने गरि परिणाममुखी विशेष प्रयास भैरहेको बताएका छन् ।
आफूले अव केही नभन्ने परिणामबाट देखिने उनको भनाइ छ ।
पार्टीका कार्यकर्तालाई प्रशिक्षण दिन राजधानीमा आयोजित कार्यक्रममा ओलीले केही दिनमै जनताले अनुभव गर्ने गरि परिणाम आउनेगरी काम भैरहेको दावी गरे ।
सरकारले गर्न लागेको विशेष कामबारे अहिले प्रचारबाजी नगर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । आफूले बोल्दा गर्न लागेका काममा समेत अवरोध भएको खुलासा समेत उनले गरेका छन् ।nepaliheadlines

काठमाडौं, २४ पुस । क्यान्सर पीडित पूर्व सभासद शान्ता चौधरीको स्वास्थ्यमा सुधार आएको छ ।
भारतको राजीव गान्धी अस्पतालमा उपचार गराइरहेकी पूर्व सभासद शान्ता स्वास्थ्यअवस्था नर्मल भएपछि यसैहप्ता नेपाल फर्किएकी हुन् । उनी नियमित उपचारका लागि केही साता अघि दिल्ली गएकी थिईन् ।
उनले आफू नेपाल फर्केको कुरा सामाजिक सञ्जाल फेसबुकमा मार्फत सार्वजनिक गरेकी छिन् । उनले लेखेकी छिन्– ‘सम्पूर्ण मित्रहरुमा स्वास्थ्यस्थिति नर्मल रहेको जानकारी गराउन चाहन्छु । खुशीका साथ घर फर्किदैछु । धन्यवाद छ यो हस्पिटललाई पनि !’
क्यान्सर पीडित शान्ता फ्लोअप उपचारका लागि बेला बेला अस्पताल पुग्ने गर्छिन् ।

काठमाण्डु, २४ पुस– लामो समयदेखि भारतीय सीमाबाट नेपालमा इन्धन लगायतका अत्यवश्यक बस्तु आयात नभएपछि भारतले अघोषित नाकाबन्द लगाएको भन्दै चारैतिरबाट विरोध भयो ।
संयुक्त लोतान्त्रिक मधेसी मोर्चाको नाका केन्द्रीत आन्दोलन र भारतको नाकाबन्दीका कारण तीन महिना भन्दा बढी समय ग्यास, तेल, खाद्यान्न लगायतका अत्यावश्यक बस्तुको हाहाकार नै भयो ।
तर, राजनीतिक रुपमा देखिएको नेपाल–भारतबीचको गतिरोध साम्या हुँदै गएपछि नेपालको संविधानलाई लिएर रुष्ट रहेको भारतले अघोषित रुपमा लगाएको नाकाबन्दी अघोषित रुपमै खोलेको संकेत गरेको छ ।
पछिल्लो दुई सातामा भारतबाट दैनिक ४०० सय देखि हजारको हाराहारीमा मालवाहक गाडी नेपाल भित्रिन थालेका छन् ।
मधेसी मोर्चाको धर्नाका कारण अवरुद्ध रहेको वीरगञ्ज बाहेक देशका अन्य नाकाबाट ग्यास, तेल, खाद्यान्न, पर्यटक बोकेका गाडी धमाधम भित्रिरहेका छन् ।
हाल मेची, भैरहवा, विराटनगर, नेपालगंग, कृष्णनगर, कैलाली, काँकाडभित्ता लगायतका नाकाबाट बिना कुनै अवरोध गाडी नेपाल प्रवेश गरीरहेका छन् ।
kathmandutoday

काठमाडौं, पुस २४ । एक वर्षभित्र लोडसेडिङ अन्त्य गर्ने घोषणा गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले अब ‘ग्यासको पाइपलाइन नै घरघरमा पुर्याइदिने’ प्रतिबद्धता व्यक्त गरेका छन् ।
नेकपा एमाले राजधानी विशेष समन्वय कमिटीको भेलालाई शुक्रबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ‘ग्यासको सिलिन्डर बोकेर सडकमा दौडनुपर्ने युगको अन्त्य गर्दै’ घरघरमा पाइपलाइनबाट ग्यास पुर्याइदिने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
प्रधानमन्त्री ओलीले आफूले गर्न लागेका काम देखेर विरोधीहरु आत्तिन थालिसकेको भन्दै केही समयमै मुलुकको इन्धन संकट समाप्त पार्ने बताए ।
उनले डिजेलबाट चल्ने सवारी–साधनको सट्टा विद्युतीय सवारीलाई प्राथमिकतामा राखेर सरकारले काम गरिरहेको बताए ।
देश विकासका लागि आफूले विभिन्न योजना ल्याइरहेको भन्दै उनले त्यस्ता योजना साकार पारेरै छाड्ने प्रतिबद्धता व्यक्त गरे । imagekhabar

काठमाडौं, पुस २३ । अढाइ सय वर्ष लामो यात्रालाई इतिहासको गर्भमा पुर्याउँदै विगत बनेको नेपालको राजतन्त्रलाई झक्झक्याउने केही स्थान र वस्तु अहिले पनि नेपालका विभिन्न क्षेत्रमा छरिएर रहेका छन् ।
जसको संरक्षण र सम्बद्र्धनको जिम्मा नेपाल ट्रष्टले पाएको छ । तीमध्ये नारायणहिटी दरबार ज्यूँदो इतिहास बोकेको मुख्य थलो हो ।
जहाँबाट अन्तिम शाह राजा ज्ञानेन्द्र, पूर्वजको पसिनाले सिर्जिएको राजतन्त्रलाई हासी–हासी बिदा गर्दै निस्किएका थिए । त्यही नारायणहिटी परिसरको अवस्था भने कस्तो छ त ?imagekhabar

पटकशुक्रबार, २४ पुष
बालकृष्ण ढुंगेलको मुद्दामा सर्वोच्च अदालतले विहिवार एक महत्वपूर्ण फैसला सुनाएको छ । एमाओवादीका भूतपूर्व सभासद समेत रहेका ढुंगेललाई द्वन्द्व कालमा भएको एक घटनामा अदालतले गरेको जन्मकैदको फैसलामा माफि नहुने निर्णय दिएको छ ।
वावुराम भट्टराई प्रधानमन्त्री भएको वेलामा ढुंगेललाई अदालतले गरेको जन्मकैदको फैसलावाट छुट्कारा दिलाउन मन्त्री परिषदले माफि दिने सिफारिस राष्ट्रपति समक्ष पठाएको थियो ।
सो सिफारिस विरुद्ध परेको रिटमा सर्वोच्च अदालतले माफि नदिनू र नदिलाउनू भनि निर्णय दिएको छ ।
यस फैसलाले माओवादी क्याम्पमा ठुलो हलचल ल्याएको छ । अदालतमा प्रचण्ड वावुराम लगाएत कयौं माओवादी नेताहरुको नाममा कयौं मुद्दाहरु छन् । यदि अदालतले फैसला लिन थाल्यो भने प्रचण्ड वावुरामहरुलाई पनि माफि दिन नमिल्ने भई जेल जानु पर्ने स्थिति आउने खवरले उनीहरु माझ नयाँ भूकम्प आएको छ ।
अहिलेको संविधानको धारा २७६ मा माफि शिर्षकमा राष्ट्रपतिले कुनै अदालतले गरेको सजायँलाई कानून वमोजिम माफि, मुल्तवि, परिवर्तन वा कम गर्न सक्नेछ भन्ने उल्लेख छ ।
तर त्यसमा कानून वमोजिम भनिएको हुनाले कानून नवने सम्म सो धारा लागू नहुने विज्ञहरु वताउँछन् र विहिवारको सर्वोच्चको फैसलामा पनि सो कुरा उल्लेख छ ।
अब कानून वनाउन वहुमत चाहिन्छ र एमाओवादी संग वहुमत नभएको स्थितिमा एमाले वा कांग्रेसको शरणमा परेर उनीहरुको सहमतिमा मात्र त्यस कानून वन्ने हुन्छ ।
यस्तो स्थितिमा एमाओवादीका प्रचण्ड लगाएतका नेताहरु आगामी दिनमा एमाले वा कांग्रेस संग झुकेर सम्झौता गर्न वाध्य हुनु पर्नेछ वा जेल जान तयार हुनु पर्नेछ ।