• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
घैंटेको समर्थनमा जुलुस निकाल्दा प्रहरीले लखेट्यो, २ पक्राऊ
सभासद भीमसेनदास भन्छन्-मान्छे मार्नलाई पुलिस बनाको ?
२०७२ भदौ ४ गते ११:०० मा
४ भदौ, काठमाडौं । प्रहरी इन्काउन्टरमा मारिएका गुण्डा नाइके कुमार श्रेष्ठ ‘घैंटे’ का समर्थकहरुले काठमाडौंको सामाखुसीमा विरोध प्रदर्शन गरेका छन् । घैंटेका समर्थकहरुले बाटो अबरुद्ध गर्दै विरोध प्रदर्शन गर्न थालेपछि प्रहरीले लेखेटेर दुईजनालाई पक्राउ गरेको छ ।


कुमार घैंटे मारिएको स्थान
काठमाडौं क्षेत्र नम्बर ६ का कांग्रेस सभासद भीमसेनदास प्रधानका अनुसार प्रदर्शनमा सहभागी दुईजना युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उनले अनलाइनखबरसँग भने, ‘कुमारले थुप्रै सामाजिक काम गरेको थियो । भूकम्प पीडितलाई राहत बाँडेको थियो । त्यसलाई हत्या गरेपछि स्थानीयले विरोध गरेका हुन् ।’
उनले प्रहरीले नियन्त्रणमा लिएर घैंटेलाई हत्या गरेको भन्दै प्रहरीको आलोचना गरे । ‘पुलिस किन बनाको ? मान्छे मार्नलाई ?’ सभासद प्रधानले प्रश्न गर्दै भने, ‘जेल र सुधारगृह गलत काम गरेकाहरुलाई राख्नलाई बनाको हो । पुलिसले शान्ति सुरक्षा दिने हो, कुमारलाई मार्नै पर्थ्यो र ?’
विहीबार सामाखुसीस्थित आफ्नो घरनजिकै कुमार घैंटे प्रहरीको गोली लागी मारिएका थिए ।

भिडियो हेर्न तलको बाकस थिच्नुहोस
सरोगेसी या योसँग जोडिएको 'सरोगेट मदर' बारे पछिल्ला समयमा विभिन्न मत बाहिर आएका। सरोगेसीको खास अर्थ हो, नायब। यसो हुँदा सरोगेट मदरको मतलब हुन जान्छ, नायब आमा। नायबको अर्थ हो, निमित्त। निमित्तको अर्थ हो, ‘केही समयका लागि काम गर्नेवाला।'

निचोडमा, अहिलेको प्रचलनको सरोगेट मदरको खास अर्थ हो, भाडामा कोख उपलब्ध गराउने आमा।



उसो त अरूले पाएका बच्चालाई लालनपालन गर्ने र तिनलाई उज्ज्वल भविष्य दिने आमा या बाबुहरूलाई पनि सरोगेट मदर र सरोगेट पिता नै भनिन्छ।



आफूबाट सन्तान प्राप्त नभएका कारण अरू कसैको बालबालिकालाई संरक्षण गर्ने र हुर्काउनेहरूलाई हामी नेपाली धर्म पिता र धर्म माताका रूपमा बुझ्छौं। धर्म पिता र माताहरूले जीवनभर बच्चाको लालनपालन मात्रै नगरेर बिहावारी गरिदिएर सम्पत्ति र वंशजकै भागीदारसमेत बनाउँछन्।


तर यहाँ चर्चा गर्न लागिएको सरोगेट मदरचाहिँ कसैको भ्रूण आफ्नो गर्भमा प्रत्यारोपण गरेर जन्माइदिने आमाबारेको हो। यस्ता आमाहरूलाई ‘जेस्टेसनल मदर’ अर्थात् 'भ्रूणावधिको आमा' पनि भनिन्छ ।

केही समयका लागि आमाहरूको गर्भ भाडामा लिएर बच्चा जन्माउने प्रचलन नेपालमा भित्रिएको र यसले पार्ने दीर्घकालीन र अल्पकालीन असरका बारेमा विभिन्न कोणबाट बहस चलिरहेकाले यस विषयमा केही लेख्नु आवश्यक लाग्यो।

जन्माउनु प्रकृतिको संस्कार हो। प्रकृतिका हरेक वनस्पति र प्राणी प्रजननका लागि जागृत हुन्छन्। हामीलाई पृथ्वीभित्रका प्रजनन प्रक्रियाबारे जति जानकारी
छ, त्यसबाट हामी के अनुमान लगाउन सक्छौं भने यो जगत् चल्नुमा सबैभन्दा बढी जिम्मेवार प्रजनन इच्छा छ।

खासगरी जीवजन्तुका आमाहरूमा प्रजननको चाहना उत्कट हुन्छ। आमा बन्ने रहर प्रायः हरेक स्त्रीजातिमा विद्यमान हुन्छ। तर पनि विभिन्न जैविक कारणले कतिपय आमा प्रजननका लागि सक्षम हुँदैनन्।

वंश सञ्चालनका लागि सन्तान प्राप्त गर्ने अभिप्सा उनीहरूमा भए पनि, वयस्क हुँदाहुँदै पनि, प्रजननका लागि उपयुक्त ओभम् र स्पर्म उपलब्ध हुँदाहुँदै पनि केही शारीरिक असमर्थताका कारण मात्रै उनीहरूले आफ्नै गर्भभित्र बच्चा हुर्काउन असमर्थ भएका हुन्।

तर चमत्कारी विज्ञानले अनुर्वर आमाहरूलाई आफ्नै वीज अरू कसैको गर्भमा प्रत्यारोपण गराएर आमा बन्ने बाटो खोलिदिएको छ। आजको दिनमा आफ्नो पुरुष मित्रको स्पर्म र आफ्नो ओभम्लाई फर्टिलाइज गराएर दोस्रो कोही सक्षम महिलाको कोखमा बच्चा हुर्काउन सकिने भएको छ।

हाम्रो समाजमा यो नौलो विषय हो, तर महँगो भए पनि पश्चिमा समाजका कतिपय देशमा यो प्रचलित व्यवहार हो। अवश्य पनि, कसैको बच्चा आफ्नो पेटमा नौ महिनाको अवधिसम्म हुर्काउनु र बच्चा आफ्नो पेटमा रहेका कारण हुने शारीरिक परिवर्तन झेल्नु महिलाका लागि चुनौतीपूर्ण विषय हो।

बढेको पेटको बारेमा आफन्तलाई हुने जानकारी र अन्त्यमा त्यो बच्चा आफूले र अन्य आफन्तले समेत हेर्न र देख्नसमेत नपाउनु तथा समाजले त्यस विषयलाई कसरी लिन्छ भन्ने विषय सोचनीय हो। हरेक विषयमा चियोचर्चो गर्न चाहने हाम्रो समाजले एउटी महिलाका यी सारा व्यवहार र गतिविधिलाई कसरी लिन्छ ?
कसैको खुसीका लागि कोही बच्चा जन्माउन सक्षम स्त्रीले आफ्नो कोख सहयोग गर्नु उचित देखिन्छ। पापहरूमध्ये महापाप जीवहत्या हो, तर यो अद्भुत जगत्मा कसैलाई जीवन दिनु र जन्माउन सहयोग गर्नु जति खुसीको कुरो के हुन सक्छ?
यही विषयलाई लिएर एउटी महिलाको मनमा उर्लने हुनडरीहरू सरोगेसीको मनोवैज्ञानिक पाटो हो। तर उत्तिकै सोचनीय विषय हो, निःसन्तान बाआमाले भोग्ने दर्द। उनीहरूका तर्फबाट यो विषयलाई हेर्ने हो भने यो विषय अत्यन्तै पुण्यकारी छ। सन्तान प्राप्ति नभएर अत्तालिएका मातापिताका लागि सरोगेसी वरदान हो।

त्यसमाथि सरोगेसीका यी सारा आयामहरूलाई बुझ्न सक्ने, चुनौतीलाई सहज रूपमा झेल्न सक्ने र यसअघि कमसेकम एउटा बच्चा पाइसकेको महिला मात्रै सरोगेट आमाका लागि चुनिने प्रचलन छ । तर पनि सरोगेसी संवेदनशील विषय हो।

यो सत्य हो, हामी आर्थिक रूपमा पिछडिएका छौं जसका कारण केही पैसाको लोभमा नौ महिनासम्म कसैको भ्रूण बोक्न हाम्रा आमा, भाउजू र दिदीबहिनीहरू तयार छन् । तर योसँग जोडिएका केही अन्य विषय पनि छन् जसलाई अझै स्पष्ट पार्दा सरोगेसीका केही भ्रमबारे हामी मुक्त हुन सक्छौं।

अहिले पनि नेपालका केही सीमित अस्पतालहरूमा वीर्य बैंकहरू क्रियाशील छन्। अस्पतालमा गएर वयस्कहरूले आफ्नो त्यहाँ आफ्नो वीर्य बेच्न सक्छन् ।
स्मरण रहोस्, एक थोपा वीर्यमा करोडौं जीवन हुन्छन्। रक्तदानको प्रचलन त नेपालमा धेरै पुरानो हो। आँखादान र मिर्गौला दान पनि आज उत्तिकै प्रचलित छन्।

यी विषय पनि, हाम्रो समाजको धर्म, संस्कृति र प्रकृति नियाल्ने हो भने गम्भीर हुन् । तर रक्तदान, मिर्गौला दान, आँखादान र शरीरको अन्य अंग प्रत्यारोपणको विषयलाई हाम्रो समाजले सहज रूपमा स्वीकार गर्‍यो।

सँगसँगै वीर्यदान या वीर्य बिक्री पनि अस्पतालमा सहज रूपमा भइरहेका छन्। उल्लिखित यी विषयमा कुनाकन्दरामा केही चर्चा चले होलान्, तर सरकार, सहरी समाज र मिडियाहरूले सहजै स्विकारे।

गरिबीका कारण अहिले पनि कतिपय मान्छेहरू भारतमा गएर आफ्ना मिर्गौला बेचिरहेका छन्। पैसाको लोभकै कारण काठमाडौंबाटै कतिपय कल्याणकारी भनिएका संस्थाहरू गाउँका बालबालिका पश्चिमाहरू अनेक प्रपन्च मिलाएर बेचिरहेका छन्।

यसबारे हाम्रो सरकार संयन्त्र बेखबर छ या थाहा भए पनि केही थान बिटामा ती गोरखधन्दा चुपचाप चलिरहेछ। तर सरोगेसीका बारेमा पछिल्लो चिन्ता देख्दा लाग्छ, सरोगेसीका कारण देशमा बर्बादै हुनेवाला छ।

व्यक्तिको शरीरमाथीको हक ऊ आफूलाई हुन्छ। आफ्नो कोखको अधिकार हरेक स्त्रीको अधिकार हो। कोही विदेशीले नेपालका सीधासोझा दिदीबहिनीहरूलाई ललाइफकाई सरोगेट आमा बनाउँछ भने त्यो अपराध हो।

त्यसलाई सम्बोधन गर्ने कानुन बनाएर त्यस्तालाई कारबाही गर्नुपर्छ तर मन्त्रिपरिषद्ले पारित गरेको सरोगेसीसम्बन्धी कानुन संसद्ले यथासम्भव छिटो बनाएर पारित गर्नुपर्छ। विदेशीका कुरा छोडौं, यसै देशभित्र पनि आफ्नो अस्वस्थताका कारण कतिपय आमाबा सन्तान सुखबाट बन्चित छन्, तिनको खुसीका लागि पनि कानुनले नै सरोगेसी आमाका लागि उचित व्यवस्था गर्नुपर्छ।

किनकि कसैको खुसीका लागि कोही बच्चा जन्माउन सक्षम स्त्रीले आफ्नो कोखलाई सहयोग गर्नु उचित देखिन्छ। पापहरूमध्ये महापाप जीवहत्या हो, तर यो अद्भुत जगत्मा कसैलाई जीवन दिनु र जन्माउन सहयोग गर्नुजति खुसीको कुरो के हुन सक्छ ?
annapurnapost.com
बनेपा:  काभ्रेपलाञ्चोकको टुकुचानाला-८ मा अविरल वर्षाका कारण गएराति घरको गोरो भत्किएर दम्पतीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ४१ वर्षीय लक्ष्मण केसी र ३५ वर्षीया गीता केसी रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी दिए ।

 घटनामा घाइते भएका नौ वर्षीय छोरा विजय केसी र गीताको दिदीको छोरा १२ वर्षीय दिनेश कार्कीको बनेपास्थित शिरमेमोरियल अस्पतालमा उपचारपछि घर फर्किसकेका छन् ।


भूकम्पपछि ढुङ्गा र माटोको गारो लगाएर घर बनाएका केसी दम्पतीको केही दिनयतादेखि निरन्तर परिरहेको वर्षाका कारण गारो भत्किएर मृत्यु भएको प्रहरीले जनाएको छ ।

झन्डै एक साताअगाडि टुकुचानाला गाविसमा पहिरो खस्न थालेपछि जोखिम बढेको भन्दै स्थानीय प्रशासनले वडा नं ५, ६ र ७ का करिब एक दर्जन परिवारलाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको थियो ।

यसैबीच जिल्लाको सस्र्युखर्क-४ खानीगाउँमा पनि पहिरो खस्दा भित्री सडकखण्ड अवरुद्ध भएको छ । प्रनाउ केसीका अनुसार ३० मिटर लामो पहिरो खसेका कारण तामाघाटदेखि ठूलोपर्सेलसम्म जाने कच्ची सडकखण्ड पनि अवरुद्ध भएको हो । रासस
nnapurnapost.com
घैंटे इनकाउन्टरको विरोध गर्ने नेतालाई संकेत गर्दै एसएसपी खनालले भने,‘गुन्डाहरुसँगको कनेक्सन बाहिर ल्याउँछौं’
काठमाण्डु, ४ भदौं– गुन्डानाइके कुमार घैंटेले प्रहरीले इनकाउन्टरमा मारेपछि महानगरीय अपराध महाशाखाका एसएसपी सर्वेन्द्र खनालले अन्य गुन्डाहरुलाई पनि बाँकी नराख्ने संकेत गरेका छन् ।

उनले भने, ‘अब गुन्डाराज चल्नेवाला छैन । हाम्रो लक्षय फ्रि अफ फियर सोसाइटी बनाउने हो । गुन्डाहरुबाट कसैले दुःख दिएका छन् भने गोप्य रुपमा सूचना दिनुहोला, गोप्यता कायम राखेर हामी कारबाही गर्छौं ।’
खनालले गुन्डा र प्रहरीबीचको दाहोहोर भिडन्तमा घैंटे मारिएपछि विरोध गर्नेहरुलाई पनि सचेत गराएका छन् । उनले गुन्डाहरुको को–कोसँग कनेक्सन छ भन्ने कुरा पनि अनुसन्धान गरेर सार्वजनिक गर्ने बताए ।  घैंटको मृत्युपछि चौतर्फी खुसीयाली आएको र धेरैले आफूलाई बधाई दिएको एसएसपी खनाले जानकारी दिए ।

भिडियो हेर्न तलको बाकस थिच्नुहोस
काठमाडौँ । लोक गायिका ज्योति मगर यतिबेला निकै आलोचित बन्नुभएको छ भने उहाँको भड्किलो र उत्ताउलो हाउभाउप्रति सर्वसाधारण उत्तिकै आक्रोशित पनि छन् । हालसालै सार्वजनिक भएको ‘ढाडे बिरालो’ नामक तीजको गीतमा उनको उत्ताउलो हाउभाउ र शैलीप्रति धेरैले विरोध जनाएका थिए ।


मगरले नेपाली कला र संस्कृति बिगार्ने र समाजमा अश्लीलता फैलाएको भन्दै हालै नेपाल लोक दोहोरी प्रतिष्ठानले विज्ञप्ति जारी गरी यस्ता अश्लील गीतहरू निरुत्साही गर्नुपर्ने र लोकगीत सङ्गीतलाई सामाजिक मूल्य मान्यता, विधि विधान, शिष्टता र मर्यादा विपरीत हुने गरी उत्पादन र सार्वजनिक गर्नेलाई पनि कारबाही हुनुपर्ने जनाएको छ ।
कार्यक्रमस्थलमा उत्ताउलो हाउभाउ देखाएर देशदेखि विदेशसम्म नै पटक पटक विवादमा पर्दै आउनुभएकी मगरलाई सामाजिक सञ्जालमार्फत केही युवाले सार्वजनिक रूपमा नै बहिष्कार गर्नुपर्ने आवाजसमेत उठाइरहेका छन् । भिडियो हेर्न तलको बाकस थिच्नुहोस
भदौ ४,
 काठमाडौं। मारिनु केहि अघीसम्म कुमार श्रेष्ठ (घैंटे) काठमाडौं कपुरधारा बालकुमारी मार्ग ९८/२०मा बस्दै आएका थिए। बिहिवारको विहान कुमारको लागि अन्तिम दिन भयो घर नम्वर ९८/२० मा। छोरी सिम्रिकालाई विद्यालय छोडेर साथीहरुसँग सामाखुसीमा भेटघाटपछि खाना खान घर आएका उनले न घरमा पाकेको खाना खान पाए। बरु उनलाई नै कुरेर बसेका प्रहरीको गोली पाए। स्थानिय भन्छन उनलाई घर अगाडी स्कुटर रोक्न खोज्दा भटाभट गोली हानियो । उनले त्यहि ज्यान गुमाए।
केहि बर्षअघी श्रीमतीसँग पारपाचुके भएपछि छोरी सिम्रिकासँग काठमाडौंमा बस्दै आएका  कुमारलाई छोरीकै कारण भागदौडको आरोपित जिन्दगी भन्दा केहि असल काम गर्न लागिपरेका उनका साथीहरु बताउँछन्। पत्रपत्रिकामा आउने समाचारमा आफ्नो बारेमा आएका समाचारमा अनेक विशेषण जोडिएर आउन थालेपछि आफू छोरीको लागि पनि असल बाटोमा लाग्न चाहेको उनले भुकम्पपछि वितरण र उद्रारका बेलामा प्रभावित क्षेत्रमा भेटिएका कुमारले हामीसँग बताएका थिए।


छोरीले गुण्डा नाइके भनेको केहो बाबा भनेर सोधेपछि आफू त्यो छवी मेटनै भएपनि रातोदिन असल काममा लागिपरेको बताउँदै बएका थिए। कतिपय ठाउँमा उनले सार्वजनिक कार्यक्रम समेत गरेर त्यसलाई उजागर गर्ने प्रयास गरेका थिए। तर जे गरेपनि समाजले हेर्ने दृष्टिकोण फेरिन भने गाह्रो भएको उनको अनुभव थियो।


छोरीका लागि सबैथोक गर्न तयार र जस्तोसुकै परिवर्तन हुन तयार रहेको साथीहरुसँग बताउने कुमारले नया भुकम्पपछि पाएको नयाँ जीवन नयाँ सोच नयाँ जोश सहित राष्ट्रको लागि भएको बताउँदै फेसकुब पेजमा लेख्दै आएका थिए। तर नियतीलाई यो कुरा मञ्जुर थिएन। छोरीले बाबुलाई सोधेको गुण्डा नाइकेको जवाफ व्यवहारमा सुध्रिएर दिन नपाउँदै कुमारको कपुरधारा बालकुमारी मार्ग ९८/२०को घरमा समेत ताला लागेको छ। भिडियो हेर्न तलको बाकस थिच्नुहोस
जुबा : दक्षिण सुडानका राष्ट्रपति साल्भा किरले पत्रकारलाई मार्ने धम्की दिएको एकदिन  पछि दक्षिण सुडानमा एकजना पत्रकारको हत्या भएको छ ।


उनले ती पत्रकारलाई हत्या गर्ने धम्की दिएको मृतक पत्रकारका साथीहरूले बताएका छन् । उनको हत्यापछि अस्पतालमा उपस्थित पत्रकारहरूले राष्ट्रपतिबाटै पत्रकार मार्ने धम्की आएको बताएका हुन् ।

पिटर मोइ नामका ती पत्रकारलाई बन्दुकधारीले गोलीहानी हत्या गरेका थिए । बन्दुकधारीले उनको हत्या गरेपछि उनको साथमा रहेका पैसा र कुनैपनि सामान नलगेका जनाएका छन् ।
राजधानी जुमाको एक अस्पतालमा उनको शव राखिएको स्थानमा पुगेर पत्रकारहरूले आफूहरू पनि राज्य पक्षबाट असुरक्षित भएको बताएका छन् ।

जुमामा यस वर्ष मारिने पत्रकारमा उनी सातौँ हुन् । पछिल्लो समयमा सुडानमा बढ्दै गएको द्वन्द्वका कारण कयौं पत्रकार मारिन र धाकधम्की सहन बाध्य भएका बताइन्छ ।
नियतबस र रिसइबीकै कारण उनको हत्या गरिएको छ– दक्षिण सुडानको पत्रकार युनियनका अध्यक्ष ओलिभर मोदीले बताएका छन् । उनका अनुसार पछिल्लो समयमा दक्षिण सुडानको सरकारले आफ्ना विरुद्धमा समाचार लेख्ने पत्रकारलाई तारो बनाएको पनि बताए । भिडियो हेर्न तलको बाकस थिच्नुहोस
आज वि.सं. २०७२ भाद्र ०४ गते शुक्रबार तदनुसार ई. सं. २०१५ अगस्ट २१ तारिख
श्रावण शुक्ल षष्ठी, स्वाती नक्षत्र, तुला राशिको चन्द्रमा, शुक्ल योग, वणिज करण
भोलिको व्रत/पर्व : गोस्वामी तुलसीदास जयन्ती, त्रिपुष्कर योग विहान ०७ बजेर २७ मिनेटसम्म

आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
जीवनसाथी वा विपरीतलिंगी मित्रसँग मन फुकाएर आफ्ना कुरा राख्न सकिने छ । घरमा माङ्गलिक कृत्य सम्पादन गर्ने वातावरण बन्नेछ । अध्ययन, अध्यापन र लेखनमा खास अभिरुचि हुनेछैन, तर स्वास्थ्यस्थिति र आर्थिक पक्ष बलियो भएर आएको छ । उमङ्ग र स्फूर्तिका कारण शरीर हलुको र फुरुङ्ग हुनेछ । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शं शनैश्चराय नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
आर्थिक र व्यवसायिक समस्या समाधान हुनेछन् । तर्कवितर्क, चिन्तन आदिका क्षेत्रमा उल्लेखनीय लाभ हुनेछ । आफन्तले तपाईंका विचार र तर्कको सराहना गर्नेछन् । स्वास्थ्य सबल रहने छ, दैनिक कामकाज सजिलै सम्पन्न हुनेछन् । कल्पना र भावुकतामा रमाउँदा रमाउँदै दिन गएको पत्तो पाउनुहुन्न । आजका लागि शुभअङ्क २ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सों सोमाय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
व्यवसायिक क्षेत्रमा दौडधूप गरेजति सफलता प्राप्त हुने छ । भाइबहिनी र छोराछोरीबाट समेत सन्तोष प्राप्त हुनेछ । दार्शनिक र आध्यात्मिक भावना पैदा हुन सक्छन् । पारिवारिक जीवनमा सामान्य तनाव र समस्या देखा पर्नसक्छन् । साथीभाइले सहयोग गर्न सक्दैनन्, जे गरे पनि आफ्नै बुद्धि खियाउनु पर्नेछ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग हलुका रातो वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कुलदेवताभ्यो नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
घरायसी वातावरणमा केही धमिलोपन आउने छ । सामान्य कुराले पनि मन पिरोल्नेछ । मानसिक अशान्ति र बेचैनी हुने योग छ । पढाइलेखाइमा जाँगर चल्दैन । विश्वास गरेका व्यक्तिबाट नै विश्वासघात हुने सम्भावना छ । जस कसैलाई मन पेट खोलेर नदिनु होला । प्रेमसम्बन्धमा तिक्तता आउनसक्छ । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ मृत्युञ्जयाय नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
सामाजिक कार्यमा नेतृत्वदायी भूमिका वहन गर्नु पर्नेछ, जसबाट सम्मान प्राप्त हुनेछ । बोलीको प्रभाव रहनाले काम बन्ने छ समयलाई पर्खिनु होला । रोजगारी र व्यापारव्यवसायमा आजको दिन विशेष महत्वको दिन हुनेछ । चेलीबेटी वा कुटुम्बका तर्फबाट खुसीको खबर प्राप्त हुने सम्भावना समेत छ । आजका लागि शुभअङ्क १ र शुभरङ्ग कलेजी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ घृणि सूर्याय नमः यस मन्त्रको कम्तीमा ७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
मनमा बसाइ सर्ने, सरुवा हुने, स्थान परिवर्तन अथवा व्यवसाय वा पेसामा परिवर्तनको धारणा उत्पन्न हुन सक्छ । नयाँ काममा हात हाल्ने समय भएकाले आफ्ना विचारलाई कार्यान्वयन गर्दा राम्रो हुन्छ । प्रशस्त धन आर्जन गर्ने अवसर पाउनुहुनेछ । प्रतियोगितात्मक क्रियाकलापमा सफल हुनुहुने छ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गुरवे नमः यस मन्त्रको कम्तीमा २४ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
साथीभाइ र परिवारका सदस्यहरूले सहयोग गर्नेछन् । सन्तति र भाइबहिनीका पक्षबाट सन्तोष मिल्नेछ । व्यवसायिक क्षेत्र लाभप्रद रहने छ । भौतिक साधनको जोहो हुनाका साथै मनोरञ्जनात्मक क्रियाकलापमा सक्रिय हुने अवसर जुट्ने छ । तर मनमा कताकता दोधारको स्थिति भने आउनसक्छ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग छिर्केमिर्के बुट्टे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कें केतवे नमः यस मन्त्रको कम्तीमा ७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
घरपरिवार वा छरछिमेकीका सानातिना जिम्मेबारी आइलाग्न सक्छन् तर शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । धनसङ्ग्रहका क्षेत्रमा बाधा छ, अझ श्रममूलक काम र कृषि तथा पशुपालनका क्षेत्रमा लाभ हुनेछैन । दैनिकीमा खर्च बढ्ने छ । दिक्क र झर्कोलाग्दो यात्राको योग छ । परपाहुनाको चाप बढ्नसक्छ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सरस्वत्यै नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
आत्मबल बढ्ने छ । शत्रुहरू पराजित हुनेछन् । मातापिता र अभिभावक वर्गको आशीर्वचन प्राप्त हुनेछ । समाजसेवाका कामबाट लाभ हुनेछ । सुखसुविधा र विलासिताका लागि समय र धनको जोहो हुनसक्छ । राज्यपक्षबाट लाभ प्राप्त हुनेछ । बन्दव्यापार, पेसा र रोजगारीका क्षेत्रबाट फाइदा लिन सकिने छ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग सेतो वा घिउरङ्ग हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमः शिवाय यस मन्त्रको कम्तीमा २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
हाकिम, मातापिता वा विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ । आज जग्गाजमिनको कारोबार गर्दा राम्रो प्रतिफल आउन सक्छ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । सन्तान पक्षबाट सहयोग प्राप्त हुनेछ । साथीभाई र नातागोताले साथ दिनेछन् । आम्दार्नीका नयाँ मार्ग देखा पर्नेछन् । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बृं बृहस्पतये नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
आफन्त वा साथीभाइले गर्नैपर्ने काममा समेत सघाउ पुर्याउन सक्दैनन्, त्यसैले कुनै काम गर्दै हुनुहुन्छ भने सुरुमा निराशा भए पनि अन्त्यमा सफलता प्राप्त गर्नु हुनेछ । आकस्मिक यात्राको समय छ, तर यात्राबाट सोचेजस्तो प्रतिफल प्राप्त हुनेछैन । तर तीर्थव्रत तथा देवालय आदिको भ्रमणबाट सन्तुष्टि हुनसक्छ । आजका लागि शुभअङ्क ८ र शुभरङ्ग ध्वाँसे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ रां राहवे नमः यस मन्त्रको कम्तीमा १८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
सानातिना काम र घरेलु समस्यामा नै आजको समय व्यतीत हुनेछ । प्रत्येक काममा बाधाअड्चन आउने र ढिलो गरी कार्यसम्पादन हुने दिन छ । सवारी साधन हाँक्दा वा बाटो काट्दा सचेतता अपनाउनु बेस हुनेछ । स्वास्थ्यमा समस्या हुनसक्छ । लेनदेनमा विवाद हुनेछ । घरायसी सुखमा कमी देखिन्छ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग गाढा रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमश्चण्डिकायै यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मानिसको छालामा आउने काला वा अन्य रंगका दानालाई कोठी भनिन्छ ्रहामीले बुझ्ने कोठी भनेको छालालाई रङ्ग प्रदान गर्ने कोषिका एकै ठाउँमा थुप्रिएर रहने अवस्था हो । यसलाई अङ्ग्रेजीमा मोल निभ्स भनिन्छ । सामान्यतया शरीरको देखिने वा नदेखिने जुनसुकै भागमा कोठी आउन सक्छ ।यस्तो कोठी सरीरको कुन भागमा छ त्यसले सोही अनुसारको शुभाशुभ फल दिने मत ज्योतिषीहरुको छ ।

अनुहारमा भएको कोठी : यदि तपाईंको अनुहारमा कोठी छ भने यो शुभको संकेत हो । यसलाई तपाईंले धनवान बनाउँछ । तर यदि तपाईंको बाँया गालामा कोठी छ भने यो अशुभ हो । यसले तपाईंलाई सधैं पैसाको अभावमा बाँच्नुपर्ने संकेत गर्छ । कालो कोठी अनुहारमा भएमा कसैको नजर नलाग्ने विश्वास समेत रहिआएको छ ।

ओठमा भएको कोठीः ओठमा कोठी हुने व्यक्तिहरुको भित्रि मनमा निकै प्रेम हुन्छ । यसले तपाईंको कामुक प्रवित्तिलाई पनि दर्शाउँछ ।

हातमा भएको कोठीः यदि तपाईंको दाहिने हातमा कोठी छ भने यो तपाईंको बीरताको संकेत हो जसका कारण मानिसहरु तपाईंलाई सम्मान गर्छन् । बाँया हातमा कोठी हुनेहरुले छोरी नै जन्माउने देखाउँछ । औंलामा कोठी हुने ब्यक्तिक विद्वान गुणबान र धनवान हुन्छन् । तर यिनीहरुका शत्रु भने धेरै हुन्छन् ।

गर्धन : गर्धनमा कोठी हुने व्यक्ति अल्छी हुन्छ र खाली आराम गरिरहन चाहन्छ ।

छातिमा भएको कोठी : दायाँ छातिमा कोठी हुने पुरुषहरुले आफ्नी श्रीमतीलाई बहुतै प्रेम गर्छन् भने बायाँ छातिमा कोठी हुनेहरु स्वास्नीसँग झगडा गरिरहन्छन् ।

खुट्टामा भएको कोठी : दायाँ खुट्टामा कोठी हुनेहरु बुद्धिमान हुन्छन् भने बायाँ खुट्टामा कोठी हुनेहरु खर्चालु हुन्छन् ।

काठमाडौं, ३ भदौ ।

१ २०५५ साल कार्तिक ५ गते वर्ष २१ को प्रेम गुरुङ्ग लाई काठमाडौं २९ मा घैटे भन्ने कुमार श्रेष्ठ र राजु श्रेष्ठले खुकुरी र खुँडा प्रहार गरी ज्यान मार्ने उद्योग मुद्दामा कारवाही भएको ।

२) २०६० साउन १४ गते चावहिलमा बस व्यवसायी संघको कार्यालयमा तोडफोड गर्ने कार्यमा संलग्न रही सार्वजनिक अपराध मुद्दामा कारवाही भएको ।

३) २०६२ साल असार १८ गते सामाखुशी स्थित भन्ज्याङ दोहोरी साँझामा म्याग्दी राखु पिप्ले २ घर भई सामाखुशी बस्ने वर्ष ३६ को कुमार मल्ललाई कुटपिट गरेको घटनामा ज्यान मार्ने उद्योग मुद्दामा कारवाही भएको ।

४) ०६३ साल भदौ १६ गते राती का।जि।गोंगवु स्थित सोगल डान्स रेष्ट्ररेण्ट अगाडी सडकमा काभ्रे सरमथली ८ घर भई काठमाण्डौ बस्ने विष्णु लामालाई गोली प्रहार गरेको घटनामा ज्यान मार्ने उद्योग मुद्दामा कारवाही भएको ।

५) फेरी ०६३ असार १८ गते राती अन्दाजी ०३ः०० बजेको समयमा काठमाडौं २९ सिद्दि गणेश मा।वि।अगाडी वा।१ ज।२३४७ नम्बरको ट्याक्सीमा गई रहेका निज घैंटे भन्ने कुमार श्रेष्ठ समेतले वा ५ च ८८६ नंम्बरको गाडीमा चढेका प्रेम लामा समेतलाई धारीलो हतियार प्रहार गरी घाईते तुल्याएको घटनामा ज्यान मार्ने उद्योग मुद्दामा कारवाही भएको ।

६) २०६३ फागुन २६ गते जिल्ला कास्की पोखरा घर भई का।जि।गल्कोपाखा बस्ने हनेन्द्र सिंहलाई गल्कोपाखामा धारीलो हतियार प्रहार गरी घाईते बनाएको घटनामा ज्यान मार्ने उद्योग मुद्दामा कारवाही भएको ।

७) २०६५ साल कात्तिक २४ गते साँझ १७ः३० वजे दरवारमार्गमा अमित लामालाई गोली प्रहार गरी घाईते वनाएको घटनामा ज्यान मार्ने उद्योग मुद्दामा कारवाही भएको ।

८) घैंटेले सामाखुसी, गोंगबुलगायतका क्षेत्रमा व्यवसायीहरुलाई धक्म्याएर रकम उसुल्दै आएको गुनासो प्रहरीसमक्ष आएको थियो । भूकम्पका बेलामा समेत धम्क्याएर राहत उठाउने र आफूले बाँडेको उजुरी प्रहरीमा आएको थियो ।

www.etajakhabar.com

– कमलराज भट्ट
काठमाडौं, ३ भदौ । प्रहरीले खोजी गरेपछि लुकीलुकी हिडिँरहेका काठमाडौंका चर्चित डन कुमार श्रेष्ठ उर्फ कुमार घैँटेको बिहीबारबाट जीवनलिला सकिएको छ । काठमाडौँको सामाखुसी र लाजिम्पाट क्षेत्रलाई आधार बनाउँदै गुण्डाराज चलाउँदै आएका घैंटेले छोटो समयमै अकुत सम्पत्ति मात्रै कमाएनन्, राजनीतिमात्र कालो धनलाई सेतो बनाउँदै आएका थिए ।

काठमाडौंमा प्रहरीले गुण्डाहरुलाई कडाई गरेपछि कहिले राजधानीबाहिर त कहिले सिंगापुर र हङकड पुग्ने गरेका घैंटे आफैले आफू करोडपति र अपराधी भएको पुष्टि गरेका थिए । आफ्नो फेसबुक पेज शोराज आइडोमार्फत उनले करोड रुपैयाँको थुप्रोमा खिचेको फोटो, अबैध पेस्तोल र एसएमजी बोकेको फोटो सार्बजनिक गरेका थिए । जसलाई दैनिक नेपालले गत फागुन ३ गते सार्वजनिक गरेको थियो ।
उनी आफैले फेसबुकमा अपलोड गरेको फोटोमा एक हजारको नोटको पैसाको बण्डल खान लागेको देखिन्छ । उनीसँग आधुनिक हतियार पनि रहेको उनी स्वयमले फेसबुकमार्फत खुलाासा गरेका थिए । पैसाको थुप्रोको अगाडि टेबलमा खुकुरी र एउटा पेस्तोल पनि प्रष्टै देखिएको छ ।
पैसा र हतियारमा शौखिन रहेको देखाउँदै डन घैटेँले फोटो सार्वजनिक गरे पनि प्रहरीले यसको अनुसन्धान गर्ने हिम्मत गरेको थिएन ।
गुण्डागर्दीबाट करोडौँ रुपैंया आर्जन गरेका घैंटे पछिल्लोपटक भने ठेक्कापट्टामा लागेका थिए । त्यसका लागि काँग्रेसकै नेता तथा सभासद बद्रीनरसिंह केसीले साथ दिँदै आएको थिए । पछिल्लोपटक काँग्रेसको कार्यकर्ता बने पनि उनले गुण्डागर्दी गर्न छाडेका थिएनन् । गुण्डागर्दीबाटै करोडौँ रुपैंया असुल्दै आएका थिए । करोडौँमा खेल्ने लतले बिहीबार अन्ततः उनको ज्यान लियो ।

घैंटेले झण्डै तीस करोड अवैध रकम गजुरमूखी निर्माण सेवाको नामबाट असुली सकेको प्रहरीको दाबी छ । पैसाकै आडमा प्रहरी र काँग्रेसका केही नेताहरुको आडमा उनले उन्मुक्ति पाउँदै आएका थिए । नेपाल निर्माण ब्यबसायी महासंघका महासचिव शरद गौंचनसँग पनि उनको घनिष्ठता थियो । गौचनसँगको मिलेमतोमा घैटैंले ठेक्कापट्ट कब्जा गर्ने गरेको महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाले जनाएको छ ।
अझ दिनेश अधिकारी चरीको हत्या र रमेश बाहुन लागू औषधसहित जेल जलान भएपछि त घैंटेको जगजगी बढ्यो । राजधानीमा चरी र घैंटेबीच मारामारको अवस्था चलिरहेको थियो । चक्रे मिलनसँग मिलेर घैंटको समूहलाई आक्रमण गर्ने तयारी गरिरहेको अवस्थामा चरी मारिएका थिए । त्यहीकारण राजधानीमा आफ्नो राज चल्ने भन्दै घैंटको समूह खुशी भएको थियो ।
चरीको हत्यापछि भागेका डनहरु केही समय लगत्तै राजधानी फर्केर फेरि गुण्डागर्दी गर्न थालेका थिए । चरीको इन्काउन्टरपछि चुपचाप बसेका डनहरू असुली र ठेक्कापट्टामा कब्जा गर्न फर्किए पनि प्रहरीले केही गर्न सकेको थिएन । एक बर्षअघि मात्रै जेलबाट छुटेका मिलन चक्रे पनि फेरि असुली धन्दामा लागेको भन्दै प्रहरीले पछ्याइरहेको छ । प्रहरीका अनुसार, महाराजगंज क्षेत्रका व्यवसायीहरूलाई सताउन थालेको भन्दै चक्रेविरुद्ध उजुरीहरु आउन थालेको छ । त्यस्तै ललितपुरमा मीनकृष्ण महर्जनले कांग्रेसको आडमा धन्दा चलाइरहेका छन् । उनीविरुद्ध पनि अपराध महाशाखामा उजुरी परेको छ । शक्तिविहीन भएपछि गणेश लामा भने चुपचाप छन् । दीपक मनाङे पनि सक्रिय हुन थालेको बताइन्छ । घैंटेको इन्कान्टरसँगै प्रहरीले अब अन्य डनलाई पनि पिछा गर्ने रणनीति लिएको छ ।
dainiknepal.com
काठमाडौं, भदौ ३ । बिहिबार बिहान प्रहरीको इन्काउन्टरमा कुमार घैंटे मारिए लगत्तै महाराजगञ्ज स्थित टिचिगं अस्पतालमा उनका शुभचिन्तकको भिड लाग्यो । जहाँ उनका समर्थक तथा सर्वसाधारणको बाक्लो उपस्थिति थियो । उनका समर्थकले प्रहरी र गृहमन्त्रीको विरोधमा नाराबाजी समेत गर्न भ्याए ।

त्यहि भिडमा देखिएका एक अधबैंसेले सलमान खानको शैलीमा शरीरको माथिल्लो भागको कपडा नलगाई बोडी देखाएर प्रहरीलाई गाली दिन थालेपछि उनलाई पक्राउ गरिएको थियो । उनले घैँटे निर्दोष भएको र आजको यो समाजले उसलाई सो पेशाा अगाल्न बाध्य पारेको भन्दै उनले एकोहोरो बोलीरहेका थिए ।

www.etajakhabar.com
जुबा : दक्षिण सुडानका राष्ट्रपति साल्भा किरले पत्रकारलाई मार्ने धम्की दिएको एकदिन  पछि दक्षिण सुडानमा एकजना पत्रकारको हत्या भएको छ ।

उनले ती पत्रकारलाई हत्या गर्ने धम्की दिएको मृतक पत्रकारका साथीहरूले बताएका छन् । उनको हत्यापछि अस्पतालमा उपस्थित पत्रकारहरूले राष्ट्रपतिबाटै पत्रकार मार्ने धम्की आएको बताएका हुन् ।

पिटर मोइ नामका ती पत्रकारलाई बन्दुकधारीले गोलीहानी हत्या गरेका थिए । बन्दुकधारीले उनको हत्या गरेपछि उनको साथमा रहेका पैसा र कुनैपनि सामान नलगेका जनाएका छन् ।


राजधानी जुमाको एक अस्पतालमा उनको शव राखिएको स्थानमा पुगेर पत्रकारहरूले आफूहरू पनि राज्य पक्षबाट असुरक्षित भएको बताएका छन् ।

जुमामा यस वर्ष मारिने पत्रकारमा उनी सातौँ हुन् । पछिल्लो समयमा सुडानमा बढ्दै गएको द्वन्द्वका कारण कयौं पत्रकार मारिन र धाकधम्की सहन बाध्य भएका बताइन्छ ।

नियतबस र रिसइबीकै कारण उनको हत्या गरिएको छ– दक्षिण सुडानको पत्रकार युनियनका अध्यक्ष ओलिभर मोदीले बताएका छन् । उनका अनुसार पछिल्लो समयमा दक्षिण सुडानको सरकारले आफ्ना विरुद्धमा समाचार लेख्ने पत्रकारलाई तारो बनाएको पनि बताए ।
annapurnapost.com
काठमाडौँ, ३ भदौ ।
एकमहिनाअघिमात्र सञ्चारमाध्यमा अन्तर्वार्ता दिँदै डन कुमार श्रेष्ठ उर्फ कुमार घैँटेले भनेका थिए, ‘प्रहरीले मलाइ इन्काउन्टरमा मार्न खोज्दै, योजना बनाउँदैछ ।’ नभन्दै उनले भनेको ३५ दिनमै उनी मारिए । १३ गोली उनको शरीरमा दागियो । घरमै गोली प्रहार भयो । लखेटेर मार्ने काम भयो । यसलाई इस्यु बनाएर केहीलाई राजनीतिक शिर उठाउने अवसर पनि बनेको छ । तर प्रहरीले किन उनलाई इन्काउन्टरको योजना बनाएको थियो त ।


सामाखुसी युवा क्लवका तर्फबाट काठमाडौं महानगरपालिका वडा नम्वर २९ का एसएलसी उतीर्ण परिक्षार्थीहरुलाई सम्मान तथा वधाई ज्ञापन कार्यक्रम सके लगत्तै चर्चामा आएका क्लब अध्यक्ष कुमार श्रेष्ठले त्यसयता प्रहरीले आफूलाई एकान्तमा एक्लै पारेर ‘इन्काउण्टर गर्न खोजेको बताएका छन् । क्लबले एसएलसी उतीर्ण परिक्षार्थीहरुलाई सम्मान तथा वधाई ज्ञापन कार्यक्रम गरेकै दिन पनि आफूमाथि निगरानी राखिएको तर शिक्षामन्त्री चित्रलेखा यादव, सभासदहरु भिमसेनदास प्रधान र जगदिशनरसिंह केसीलगायतका विशिष्ट व्यक्तिहरु र सयौं विद्यार्थीहरु भएका कारण आफूलाई प्रहरीले केहि नगरेको बताए । त्यसयता आफूमाथि निगरानी बढाएको अनुभुति गरिरहँदा असार २५ गते शुक्रवार साँझ साढे ५ को आसपासमा आफूलाई सादा पोसाकका प्रहरीले मोटरसाइकलमा पछ्याएर भारतीय राजदुतावास पछाडी रहेको तरकारीबजार नजिक ‘इन्काउण्टर’ को प्रयास भएको जनाएका हुन् ।
सामाखुसीस्थित घरमा छोरीसँग बस्दै आएका कुमारले घटनाका बारेमा कुरा गर्दै भने प्रहरीले किन ‘इन्काउण्टर’ को प्रयास ग¥यो बुझ्न सकिन रु लाजिम्पाटस्थित साथीहरुले सञ्चालनमा ल्याएको लास्ट फ्राइडे रेष्टुरेण्टबाट घर फर्कने क्रममा भारतीय तथा बेलायती दुतावासको बीचको बाटोबाट ओरालो झरेर ढुङगेधारा नजिक आइपुग्ने वित्तिकै मोटरसाइकलले आफ्नो स्कुटरलाई क्रस गरेर रोकेपछि ‘केटा’हरुको कुनै समुहले आक्रमण गर्ने प्रयास गरेको अनुमान लगाएपनि तत्काल किन रोकेको भन्ने वित्तिकै उनीहरुले आफूहरु प्रहरी भएको बताएको कुमार बताउँछन् ।
सरकारी मोटरसाइकल, नीजि मोटरसाइकल र स्कुटर समेत गरि ५ वटा सवारीसाधनमा आफूलाई पछ्याएर आएकाहरुले तत्काल पक्राउ गर्न खोजेपनि प्रतिवाद गरेपछि उनीहरुले तथानाम गाली गरेर धम्क्याएको कुमारको भनाइ छ । अचानक तरकारी बजार नजिकै तनावको स्थिति भएपछि वजारका सबै आफूहरु भएको ठाउँमा आएर सादा पोसाकका भनिएका प्रहरीहरुसँग सवाल जवाफ गरेपछि उनीहरु यो पटक बचेपनि अर्को पटक भने त्यत्तिकै नछोड्ने भन्दै धम्क्याएर फर्किएका थिए ।
सामाखुसीमा तरकारी किन्न गएका विश्वास केसीले साँझ अचानक एक हुल केटाहरुले अर्को केटालाई घेरेको देखेपछि आफूहरुले त्यहाँ हल्ला गरेपछि प्रहरी त्यहाँबाट पछि हटेको बताउनुभयो । तर उनीहरु गलत इरादा राखेर आएको कुराचाहि उनीहरुले फर्किदा बोलेको कुराले आशंका पैदा भएको केसीले बताउनुभयो । केसीको प्रश्न थियो के उनीहरु कुनै इन्काउण्टरको इरादाले आएका थिए वा अरु नै केही ? काठमाडौंमा केहि महिनाअघी धार्दिङका गुण्डानाइके दिनेश अधिकारी चरी प्रहरी इन्काउण्टरमा मारिएका थिए ।
उनीमाथि कैयन संगिन आरोप लागेको थियो । एमालेका कार्यकर्ता रहेका उनी कतिपय मामिलामा एमालेका नेताहरुका लागि टाउको दुखाइ बनेका थिए। सुध्रन अनेक मौका दिएपनि नसुध्रेका उनलाई अन्तत प्रहरीले ‘इन्काउण्टर’ ग¥यो । कुमार भन्छन ‘युवा अवस्थामा झगडा पनि गरियो । लफडामा पनि परियो । तर २०६५ सालयता न केहि विगारेको छु न केहि गरेको छु । न वदमासी गरेको छु । न उजरी नै परेको थाहा छ । तर प्रहरीले पछ्याइ पछ्याइ के गर्न खोजेको हो आश्चर्यमा परेको छु ।’
२०७२ वैशाख १२ र त्यसपछि आएका भुकम्प र पराकम्पहरुपछि देशमा भएको जनधनको विनाशमा सक्रिय भएर लागिरहेको बेला किन प्रहरीलाई मेरो काम आँखामा बिझेको छ बुझन सकेको छैन कुमारले थपे । न म भागेको छु न प्रहरीलाई मैले केहि विगारेको भन्ने सूचना छ तर पटक पटक किन दुख दिन खोज्छन भन्ने नबुझेपछि तथा प्रहीको इरादा सफा नदेखिएपछि राष्ट्रिय मानअधिकार आयोगमा उजुरी दिएको कुमारले बताए । सायद केहि दिनमा आयोगले सम्वन्धित प्रहरी अधिकारीहरुसँग वयान लिन्छ होला ।
कुमारले महाराजगञ्ज प्रहरी तथा त्यहाँका प्रहरीहरु कुमार गुरुङ, कुमार लामा, देवदास र जनक लगायत विरुद्ध किटानी उजुरी गरेका छन । भुकम्प पछिको उद्धार र राहतमा कुमार र उनको सामाखुसी क्लव तथा उनी संलग्न लोकतान्त्रिक खेलकुद संघले विगतमा यसरी सक्रियता देखाएपनि भुकम्पको प्रभाव नसकिदै प्रहरीले देखाउन खोजेको अनावश्यक सक्रियताले तनाव मात्र बढाएको कुमारको भनाइ छ ।
विपत व्यवस्थापन स्वयंसेवक समिति गठन
सामाखुसी युवा क्लव मार्फत लागेका थियौ । नेपाली काँग्रेसको खेलकुद विभागको तर्फबाट समेत राहत सँगै उद्धार पूर्नस्थापना गराउने अभियान शुरु हुने जानकारी भयो । विभागको सदस्यको हैसियतले हामीहरुलाई यसमा क्रियाशिल हुन निर्देशन आयो । खेलकुद विभाग प्रमुख धनराज गुरुङले सबै खेलाडी तथा खेल पृष्ठभुमिका सबैलाई समेटेर समिति नै बनाएपछि अन्तराष्ट्रिय खेलाडी समेत रहनुभएका राजु श्रेष्ठको संयोजकत्वमा समिति बनाइयो।
मलाई उपसंयोजकको जिम्मेवारी दिइयो । सरकार तथा विभिन्न पार्टीका शिर्ष नेताहरुले राहत, उद्धार र निर्माणमा युवाहरुलाई आह्वान गर्नुभएको थियो । पार्टीका विभिन्न भातृ तथा शुभेच्छुक संस्थाहरुले पनि युवाहरु परिचालन गरेका थिए । खेलकुद विभागमा आवद्ध युवा अझ प्रभावकारी हुने ठानी पार्टीको निर्देशनमा समिति गठन भयो । समिति गठन पछि एकैपटक धेरै साथीहरुलाई संस्थागत रुपमा काममा जान सजिलो बनायो । विभाग अन्तर्गत ४ वटा समुह बनाइएको छ ।
हरेकले आफ्नो जिम्मेवारी परेको क्षेत्रमा गएर काम गर्ने काार्यविधी बनाएका छौ । काम गर्न जानु अघि जुन ठाउँमा जाने हो त्यस क्षेत्रमा गएर अध्ययन र सर्वे गर्छौ । अनि जस्लाई सहयोगको अत्यावश्यक छ उनीहरुलाई सहयोग गर्न थालेका छौ । काठमाडौंको छविमले, काभ्रेस्थली, मनमैजु, टोखा, वालाजु लगायतका क्षेत्रमा काम भइरहेको छ । काठमाडौं बाहेक काभ्रेपलाञ्चोकमा पनि हामीले काम गरेका छौ ।
भत्काउने र बनाउने काम सँगसँगै
विभाग अन्तर्गत समिति बनेपछि हामीले भुकम्पप्रभावित र पिडितहरुका लागि लक्षित गरि काम थाल्यौ । राहतका काम एक चरणमा सकिएपछि के आवश्यकता हो भन्ने पहिचान गरेपछि हामीले भग्नावशेषमा परिणत भएका घरहरुलाई भत्काउने काम गरिरहेका छौ । धराप बनेका त्यस्ता घर भत्काउने मात्र होइन ति घरहरुबाट मालसामानहरु निकाल्ने काम पनि हामीले गरिरहेका छौ । एउटा उदाहरणको रुपमा भन्नुपर्दा पानी खाने करुवा घरभित्र छ निकाल्ने आँट थिएन ।
हामीले त्यस्ता करुवा मात्र हैन अरु सामान निकाल्यौ । जुन घरमा घरमालिक जान सकिरहेका थिएनन् । जान आँट गरेका थिएनन त्यस्ता घरहरुमा हामीहरु गएर मालसामान निकाल्ने र त्यस्ता धराप घरहरु हामीले भत्कायौ । त्यस्ता धराप घरहरु भत्काउन मात्र लाखौ रुपैया लाग्थ्यो त्यस्ता ठाउँमा हामीले काम र्गयौ । मेरै नेतृत्वमा रहेको टीमले ८० भन्दा बढी घर भत्कायो । यस अतिरिक्त हामीले घरबार बिहिनभएकाहरुलाई अस्थायी घर बनाएर पनि हस्तान्तरण गरिरहेका छौ । हाम्रा संयोजक राजु श्रेष्ठको संयोजनमा वुढानिलकण्ठ क्षेत्रमा २० वटा अस्थायी घर बनाएर हस्तान्तरण गरेका छौ ।
हामीले जहाँ जहाँ भग्नावशेषहरु भत्काएका छौ त्यहाँ अस्थायी घर बनाउने योजना पनि बनाएका छौ। अब भग्नावशेषहरु हटाउने काम छाडेर पुननिर्माणमा केन्द्रित हुन्छौ । बर्षा लागी सेकेको छ । त्यसैले अब घरबार नभएकाहरुलाई अस्थायि घर बनाएर दिने अभियानलाई गती दिन्छौ । एउटा गाउँमा १ हजार जति मान्छे भएपनि डरले अघी बढ्न नसकेका उनिहरुमा हामी सय जनाजति स्वयंसेवकहरु गएर काम गर्दा आँट र सासह बढेको हामीले पायौ । उनीहरुले भरोसा पाए । हामीहरुले पनि सधै गएर गर्न सक्ने त होइननी । हामीले डरमा रहेका मानिसहरुमा भरोसा र आँट दिलाउन थोरै भएपनि सकेका छौ । यो हाम्रो प्रारम्भिक सफलता हो ।
सबै खर्च स्वयंसेवककै
भुकम्प पिडित प्रभावित क्षेत्रमा अहिले हाम्रो सयौ स्वयंसेवकहरु खटिनुभएको छ । सबैले समय निकालिरहेका छन् । समय मात्र दिएर पनि भएन। काममा गएकाहरुले ज्यावलहरु, हेल्मेट, गैती, डोरी, भ¥याङ, वेल्चा, सावेल लगायतका सामग्री किन्नै प¥यो । परिचालन भएका स्वयंसेवकहरुलाई पिडितहरुको घरमा राहतमा आएको सामग्री मागेर खाउ भन्नु भएन ।
उनीहरुको खाजाको व्यवस्था पनि गर्नुप¥यो । यि सबै काममा खर्च हुने रकम अहिले स्वयंसेवकहरुबाटै उठाइएको छ । सबैले समय, श्रम र पैसा अभियानलाई छुट्ट्याएका छन । केही व्यक्तिहरुले यसमा निस्वार्थ सहयोग पनि गरेका छन् । हामीले खटेको देखेर समय र श्रम गर्न नसक्नेहरुले पैसा सहयोग गरेका छन ।
समाजसेवा ढोंग हैन र ढोंग गर्दैनौ
अहिले कतिपयले हामीले गरेको कामलाई विगतको हाम्रो क्रियाकलापसँग जोडेर पनि हेर्ने गरेको सुनेको छु । आफहरुलाई चोख्याउन समाजसेवाको देखावा गरेको भन्ने लगायतका टिप्पणी पनि सुनेको छ । आपराधिक पृष्ठभुमिका व्यक्तिहरु समाजसेवामा आएको भन्ने चर्चा पनि गराइएका छन । म एउटा कुरा के स्पष्ट गर्न चाहन्छु भने मैले हिजो जे गरे त्यो भोगिसकेको छु । मैले राम्रो गरेको भएपनि भोगे । कानुनको नजरमा नराम्रो गरेको थिए होला र त कतिपय बेलामा मैले जेल समेत जानुप¥यो ।
त्यो स्विकार्नलाई मलाई कुनै अप्ठ्यारो छैन । कर्म अनुसारको फल मैले पाएको छु । आज म आफ्नो कर्ममा छु । चार बर्षदेखि ममाथि कुनै आरोप छैन । प्रहरीकहाँ जानुपर्ने विगो गरेको छैन । देशमा कानुन छ । प्रहरी छ । अदालत छ । सबैले आफ्नो काम गर्छन । यदि मैले गल्ती गरेको भए के कानुनले मलाई छोड्थ्यो होला र रु प्रहरी चुप लागेर बस्थ्यो होला र ?  त्यसैले आक्षेप लगाउने काम र पटक पटक तिमि त यस्तो भनेर विगततिरै धकेल्ने कामले समाज सुध्रिन्छ भन्ने मलाई लाग्दैन । गल्ती नै गरेको छ भने मानिसलाई सुध्रन सुधारगृह तथा जेल बनाइएका छन् । कतिले सजायँ भुक्तानपछि राम्रो गरेर समाजमा स्थापित भएका छन् ।
गल्ती नगर्ने मानिस मैले देखेको छैन । गल्ती गरेर सजायँ पाएपछि सुध्रिन्छु राम्रो काम गर्छु भन्दा फेरि नराम्रो कामतर्फ नै धकेल्ने काम राम्रो हो जस्तो मलाइ मलाई लाग्दैन। म आफ्नो काम गर्छु । क्लव मार्फत समाजसेवा गर्छु । खेलकुद विभाग मार्फत खेलकुदको विकासको काममा सक्दो योगदान गर्छु । तर समाजसेवाको नाममा मलाई कुनै ढोंग गर्नुनी छैन र म त्यस्तो ढोंग गर्दानी गर्दिन ।
खुट्टा तान्ने र बाटो रोक्ने समय हैन
हरेक क्रियाको प्रतिक्रिया हुन्छ। राम्रो काम गर्दा त कुरा काटिन्छ । नराम्रो काम गर्दा त नकाटिने कुरै भएन । नराम्रो काम गर्दा सजाँय भोग्न तयार नै छौ । तर देशलाई विपत्ती परेको बेला यहि माटोको अन्न पानी खाएर बलियो भएको नाताले दुखमा परेकालाई सहयोग गर्न खोज्दा त्यसमा कसैलाई किन टाउको दुख्छ म बुझ्दिन । म त सोझो नेवारको छोरो ।
मनमा लागेको कुरा गरौ भनेर भुकम्पपिडितलाई सहयोग गर्न लागेको छु। तर मेरो यो सक्रियता कतिलाई विझाएको होला त्यसैले केहि विरोधमा पनि लागेका छन । तर यस्तो बेलामा राजनीति नगर्न मेरो उहाँहरु सबैलाई आग्रह हो । त्यसो गर्नेहरुको नियत खराव छ भन्ने बुझ्नुपर्छ । जस्ले राम्रो काम गरेपनि हौस्याउने समय हो यो । खुट्टा तान्ने समय हैन जस्तो लाग्छ मलाई ।
गिरोहको नाइके हो र परिचालन मात्र गर्नु ?
हामीले गल्तिले केहि काम विर्गायौ भने हामीलाई पाताल र्पुयाउन खोज्ने र हामीले राम्रो काम गर्न खोज्दा पनि सधै अपराधी झै व्यवहार गर्न खोजिएको झै लाग्छ । कतिले अहिले पनि अगाडी नसर्नुस भन्छन । केटाहरु परिचालन गर्नुस न भन्ने सल्लाह पनि दिन्छन । तर म गिरोहको मान्छे होर केटा मात्र परिचालन गर्ने ? अनि मैले बाहिर देखिनै नहुने के अपराध गरेको छु र ? अपराध गरेको भए कार्वाही पनि भोगौला तर देशमा विपत भएको बेला अलिअलि बलियो पाखुरा भएको मान्छे सुतेर बस्नु हुन्न भन्ने लाग्यो र साथीहरुसँग पिडितको सहयोगमा छु । पिडितलाई सहयोग गर्नु अपराध हो भन्ने पुष्टी भयो भने म कार्वाही भोग्न तयार छु ।  साभार: अनलाइन पत्रिका डटकम भिडियो हेर्न तलको बाकस थिच्नुहोस
पाप धुरीबाट कराउँछ भन्ने उक्ती यतिबेला चन्द्रबहादूर पहरीको हकमा लागू होला । १२ वर्षअघि गरेको हत्याको रहस्य खुलेपछि उनी अहिले प्रहरी खोरमा छन् । उनलाई प्रहरीले पक्राउ गरेरसार्वजनिक गरेको छ । के गरेका थिए चन्द्रबहादूर पहरीले निर्मम ढंगबाट घाँटी रेटी हत्या गरिएको अवस्थामा ललितपुर बडिखेलमा एकै परिवारका ५ सदस्यको लाश २०६० साल असोज १६ गते भेटिएको थियो । त्यसपछि अहिलेसम्म घटना रहस्यमै रह्यो ।
बडिखेलस्थित खेल गाउँमा एकै परिवारका ५ जनाको हत्या हुदाँ पुरै गाउँ स्तब्ध बनेको थियो । घटनामा भानु नगरकोटी र उनकी श्रीमति धनकुमारी नगरकोटी मात्रै मारिएनन् निर्दोष एक छोरा र दुई छोरीको समेत हत्या भयो । १३ वर्षका रविन्द्र नगरकोटी, १० वर्षकी लुरी नगरकोटी तथा ८ वर्षकी टुकुली नगरकोटी समेतको शव उनीहरुकै ओछ्यानमा घाँटी रेटिएको अवस्थामा फेला परेको थियो । प्रहरीले अहिले हत्यारा चन्द्रबहादुर पहरीलाई पक्राउ गरेर सार्वजनिक गरेको छ । नगरकोटीको परिवारसँगै बस्ने चन्द्र बहादुर राँगा काट्ने काम गर्दथे । उनी पछिल्लो ३ वर्षयता भने भक्तपुर चागुनारायणमा बसाई सरेको प्रहरीले जनाएको छ । किन गरे पहरीले हत्या प्रहरी अनुसन्धानबाट फलामको धारिलो हतियार प्रहार गरेर घाँटी रेटी भानु नगरकोटीको परिवारको हत्या भएको रहस्य खुलेको थियो । तर लामो समयसम्म प्रहरीले अपराधीलाई पक्राउ गर्न सकेको थिएन । प्रहरीका अनुसार नातामा चन्द्रबहादूर पहरी भानु नगरकोटीको ज्वाई पर्छन् । तर भानु नगरकोटी र आफ्नी पत्नी सुर्यकुमारी पहरीबीच अनौतीक सम्बन्ध रहेको आशंका चन्द्रबहादूरले गरेका थिए । उनले सुर्यकुमारी र भानुबीचको सम्बन्धका विषयमा अरु कोही नभएर भानुकै छोरीहरुबाट थाहा पाएको बयान दिएका छन् । घटना हुनु ५–६ दिनअघि दुई परिवारबीचमा झगडा भएको थियो । त्यतिबेला चन्द्रबहादुरले आफ्नो बहिनी र ज्वाईलाई मार्ने धम्की दिएका थिए । त्यसपछि दशैँको अस्टमीका दिन चन्द्र बहादुर पहरीकै आमाको घरमा राँगाको मासू बोकेर मृतक भानु नगरकोटी आफ्नो घर गएका थिए । त्यसरात चन्द्रबहादूर र भानु दुबै आ–आफ्नो घरमा भोज गर्दैथिए । त्यसपछि अत्याधिक मदिरा सवेन गरेपछि ५–६ दिनअघिको झगडा संझेर बहिनी ज्वाईको हत्या गर्ने सोचमा पुगेको चन्द्रबहादूर पहरीले प्रहरी समक्ष बताएका छन् । उनले घरमा श्रीमती तथा परिवारका अन्य सदस्यलाई थाहा नदिई भानुको घर गएको बयान दिएका छन् । भानुकै घरमा मासु काट्ने हतियार फेला पारेपछि त्यही हतियारले भानुलाई सिध्याउने सोचका राखेका चन्द्रबहादूर पुग्दा भानुको कोठामा त्यस दिन श्रीमान् श्रीमती थिएनन्, भानूका छोरा रविन्द्र नगरकोटी र छोरी लुरी सुतिरहेका थिए । चन्द्रबहादूरले रिसको झोकमा उनीहरुमाथि प्रहार गरे । तर प्रहार गरिसकेपछि मात्रै उनलाई भानु नभएर उनका छोरा–छोरीको हत्या गरेको हेक्का भयो । लगत्तै उनी अर्को कोठामा गए र सुतिरहेका भानुका श्रीमान् –श्रीमतीसँगै कान्छी छोरी ८ वर्षीया टुकुलीको उस्तै निर्मम तरिकाले घाँटी रटेर हत्या गरे । उनले हत्यापछि सबै प्रमाण नस्ट गर्ने उद्धेश्यसहित उनले घाँटी रेट्दा प्रयोग गरेको हतियार भानु नगरकोटीको घर नजिकै रहेको खोल्सामा फालेका थिए । त्यस्तै हत्याका समय प्रयोग गरेको कपडा पूर्वपट्टी रहेको ठूलो खोलामा फाले । त्यसपछि चन्द्रबहादूरकै कान्छा छोरा महेश्वरले भोलीपल्ट भानु नगरकोटीको परिवारको हत्याका विषयमा सुनाउँदा उनले केही थाहा नपाएजस्तो गरेका थिए । आफ्नो जेठो छोरा कालेले दिएको हैरानीका कारण पछिल्लो समय भक्तपुरमा बस्दै आएको उनले प्रहरी समक्ष बताएका छन् । www.ratopati.com
नुवाकोट : बिहीबार दिउँसो गएको भूकम्पले नुवाकोटको काहुले गाविसमा एक जनाको मृत्यु भएको छ ।

भुकम्पसँगै झरेको पहिरोले पुर्दा सदरमुकाम विदुरदेखि २६ किलोमिटर पश्चिममा रहेको काहुले गाविसा एक वृद्धको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

परकम्पपछि खसेको पहिरोले पुरिएर साल्मे गाविस–९ का ८३ वर्षीय कुशव तामाङको मृत्यु भएको हो । काहुले गाविस–२ खुर्लुखोला नजिकै भूकम्पसँगै झरेको पहिरोले किचेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनीसँगै नुवाकोटमा भूकम्पबाट मृत्यु हुनेको संख्या एकहजार एकसय चार पुगेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।annapurnapost.comf
३ भदौ, रुपन्देही।

रुपन्देहीको गौतम बुद्ध विमान स्थलमा यती यएरको विमान दुर्घटना भएको छ।

भैरहवा बाट काठमाण्डौको लागी उडान भर्ने क्रममा विमानको टायर पन्चर भएपछि विमान अनियन्त्रीत भई धावनमार्ग बाट चिप्लिएको थियो ।

विमानमा सवार २९ जना यात्रु सुरक्षित रहेका विमान स्थलले जनाएको छ ।

विमान धावनमार्गबाट बाहिर गएको थियो। दुर्घटना पश्चात यात्रुहरु विमानबाट ओर्लेर पुनः विमानस्थल फर्केका थिए।nepaliheadlines.com
काठमाडौं, ३ भदौं । प्रहरी इन्काउन्टरमा गुण्डा नाइके कुमार श्रेष्ठ ‘घैंटे’ मारिएपछि महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनाल अहिले खुसीसँगै तनावमा छन् ।
खुसी यस मानेमा छन् की महाशाखाले एउटा ठूलो सफलता हात पा¥यो गुन्डा नाइके घैंटेलाई इन्काउन्टरमा मारेर । तर अर्काेतर्फ उनी तनावमा छन् । तनावको कारण हो नेताहरुको फोन ।
उनलाई अहिले नेताहरुको फोन रिसिभ गर्न हम्मे हम्मे परेको छ । सुरुमा उनलाई नेपाल प्रहरी प्रमुख आर्इजीपी उपेन्द्रकान्त अर्यालले फोन गरेर धन्यवाद दिए । उनको त्यो शब्दले खनाल झनै खुसी भए । त्यसपछि गृहमन्त्री वामदेव गौतमले खनाललाई फोन गरे । फोन गर्दै अपराध नियन्त्रण र गुण्डागर्दी रोकथाम गर्न विशेष ध्यान दिएको भन्दै मन्त्री गौतमले खनाललाई बधाइ दिए । त्यसपछि उनको मन झन प्रफुल्ल भयो ।
तर, त्यसपछिका फोनले उनलाई तनाव भयो । त्यसपछि कांग्रेसका नेताहरुले पालैपालो फोन गरेर उनलाई हप्काए । कतिपयले उनलाई बेस्सरी गाली समेत गरे । कांग्रेसका नेताहरुको नाम भने उनले खुलाएनन् । अहिले खनाल खुसी भन्दा बढी तनावमा छन् । अझै पनि नेताहरुको फोन आउने क्रम जारी रहेको उनले बताए ।
आज दिउँसो सामाखुसीको कपुरधारामा गुन्डा नाइके घैंटे इन्काउन्टरमा परेर घाइते भएका थिए । घाइते लगत्तै शिक्षण अस्पताल लगिएका उनको त्यही मृत्यु भएको थियो ।
dainiknepal.com
गुण्डा नाइके घैंटे मारिएपछि ट्वीटरमा यस्तो प्रतिक्रिया
बिहिबार, भाद्र ३, २०७२ १७:०३:३९

गुण्डा नायिके कुमार घैँटे उर्फ कुमार श्रेष्ठ प्रहरी इन्काउटमा मारिएपछि सामाजिक सञ्जाल गर्माएको छ । मारिनु जायज भएको आसय सहित ट्वीटर प्रयोगकर्ताहरूले सयौँ ट्वीट गरिसकेका छन् । ट्वीटमा ‘कर्मको फल भोगेको’ लगायत कांग्रेस नेता तथा सभासद्हरूले घैँटेको मृत्युको सन्र्दभा बोलेका अभिव्यक्तिहरू ट्वीटका गरम मसला बनेका छन् ।


हेरौँ केही प्रतिकृयाः
‘जे सुकै होस् उनी गुण्डा नै थिए ! हेर्दै जानोस सुर्खेतमा र मधेसमा मारिएका निर्दोष भन्दा उनी मारिंदा नेताहरूको कोकोहोलो ठुलो हुनेछ यहाँ !’ –सुविकु

‘चाहिँदा दलको झण्डा बोकाइएर अरु विरुद्ध फायर खोल्न लगाएको घैंटो काम सकिएपछि फुटाइएछ।दल भित्रै बसैर घैटो भरिरहेका थुप्रै घ्याम्पा कहिले ढल्छन?’ अक्षर काका

‘कुमार घैँटेप्रति श्रद्धाञ्जली, शोक सन्तप्त कांग्रेस पार्टीलाई धैर्यधारण गर्न आग्रह । भोलि सदनमा तमासा हुनेहोला अब फेरि बन्द हरे !’ – विना अधिकारी

‘जसले अर्काको बाँच्ने अधिकारमाथि बारम्बार नियोजित आक्रमण गर्छ, तिनले आफ्नो ’मानबअधिकार’ गुमाईसकेका हुन्छन भने त्यस्ताको मृत्‍यु उत्सब बन्छ।’ विश्वराज न्यौपाने

‘यसरी नै घैटे, पटारे, भोडेहरू इन्कान्टरमा ड्याम ड्याम ढलाउँदै जाने हो भने देश बुद्धिमानीहरूको पकडमा नआउला भन्न सकिन्न ।’ -सर्टिफाइड नेपाली

‘जगदिशले बोलिसक्यो घरमै गएर हत्या गरेको हो भनेर के गर्नु आफ्नो चेलोको बचाउ गर्नुपर्यो नत्र पछी अरु सेनामेनाले उसैलाई खाईदिन्छ । नुनको सोझो ।’ -बैद्यबाको ठूलदाई

‘मलाइ गुण्डा, ज्यानमारा, हत्याराप्रति कुनै सहानुभूति छैन । कर्मको फल हो, यहि जुनिमा भोग्नुपर्छ ।’ -समिरमणि दिक्षित

‘पुलिसले पनि समानुपातिक इन्काउन्टर गर्दो रैछ एमालेको चरी,कांग्रेसको घैटे अब पालो माओवादी र मधेसबादी सम्बन्धित कै त होला नि नत्र बिरोध होला।’ –भन्तना राज

‘घैंटे केही कांग्रेसी नेताको नजरमा मान्छे होला तर आम नेपालीको नजरमा अपराधी हो त्यसैले जनताको नुन खाएको सुरक्षाकर्मिले आफ्नो दायित्व पूरा गरे ।’ -गोपाल दुलाल

‘पत्रिकाले ठुलो बनाउने के तेसै, वास्ता नगरे हुन्न? खबर जति सबै घैंटेको बारेमा । एउटा गुण्डा मर्यो सकियो कुरो । किन चर्चामा ल्यायर ठुलो बनाउने?’ -रा’राज

‘चरी र घैंटे आत्मकथा लेख्न नपाउंदै मरे ! धन्न महेश बस्नेत ले चैं लेखिहाल्यो !’ -रबिनबाबु ‏

‘नेपाल प्रहरीले पोहोर साल ‪‘चरीलाई‬’ ईन्काउटर गर्दा, एमालेका केही नेताहरु र अखिलमा ’चरीले’ पालेका केहि कार्यकर्ताहरुले कोकोहोलो गरेका थे’ अहिले ‪‎घैटेलाई‬ प्रहरीले ‪‘चरीलाई‬’ गर्दा काङ्ग्रेसका केही नेताहरु अनि नेसिसंघ/तरुण दलले कोकोहोल मच्चाउदैछन? के केही नेताहरु गुण्डाबिना आफ्नो दैनिका चलाउन असक्षम भएकै हुन त?’ किरण देउजा -फेसबुक भिडियो हेर्न तलको बाकस थिच्नुहोस

काठमाडौं ।

नेपाल प्रहरीको ‘मोष्ट वान्टेड’ सूचिमा रहेका गुन्डा नाइके कुमार लामा ‘घैँटे’ प्रहरी कारबाहीमा मारिएका छन् । खोजतलासको क्रममा रहेको प्रहरीको टोलीलाई घैँटे नेतृत्वको टोलीले विहीबार स्थानीय सामाखुसीमा आक्रमण गरेपछि प्रहरीको जवाफी कारबाहीमा उनी मारिएका प्रहरी प्रवक्ता कमलसिंह बमले बताए ।

काठमाडौंको सामाखुसीस्थित आफ्नै घर नजिक कपुरधारामा प्रहरी र घैंटेको समूहबीच गोली हानाहान हुँदा घाइते भएका उनलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुर्‍याए लगत्तै मृत घोषणा गरिएको हो । घैंटे अवैध चन्दा असुली, हतियार देखाएर धम्क्याउने तथा गुण्डागर्दीमा संलग्न भएको लगायतका दजनौ मुद्दाको आधारमा प्रहरीले मोस्ट वान्टेडमाको सूचिमा राखेको थियो । एमाले निकटका गुण्डा नाइके दिनेश अधिकारी चरी मारिएको १ वर्ष पछि अर्का गुण्डा नाइके घैंटेलाई प्रहरीले उस्तै स्टाइलको इन्काउन्टरमा अन्त्य गरिदिएको छ ।




‘मोष्ट वान्टेड’ सूचिमा रहेका घैंटे घरमै रहेको सूचनाका आधारमा प्रहरी उनलाई पक्राउ गर्न गएको थियो । तर, प्रहरी देख्ने बित्तिकै घैंटेको समूहले फायर खोलेपछि प्रतिरक्षाका लागि गोली चलाउदा उनीसहित अन्य दुई ब्यक्ति घाइते भएका थिए ।

 “प्रहरीमाथि जाई लागेपछि दोहोरो भिडन्तमा घाइते भएका घैँटेको उपचारका क्रममा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा मृत्यु भएको हो” – नाइके समूहका सुरेन्द्र महर्जन र राज महर्जन घाइते भएको जानकारी दिँदै प्रहरी नायब महानिरीक्षक बमले भने । दुईजना प्रहरी सहायक निरीक्षक र एकजना प्रहरी जवान पनि घाइते भएको जानकारी दिँदै उनले ती तिनैजनाको वीर अस्पतालमा उपचार भइरहेको बताए ।

गृहमन्त्रीको आदेशमा घैटेको हत्याः केसी दाजुभाइ
गुण्डा नाइके कुमार घैटेको मृत्यु गृहमन्त्री वामदेव गौतमको ठाडो निर्देशनमा भएको कांग्रेसले आरोप लगाएको छ । कांग्रेसको संरक्षणमा घैटेले गुण्डागर्दी चलाएको आरोप लाग्दै आएको बेला कांग्रेसले घैटेको प्रहरी इन्काउन्टरको नाममा सुनियोजित हत्या भएको बताएको हो । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले गुण्डा नाइके कुमार घैट मारिएकोप्रति आक्रोस पाखेका छन् । राजनीति गतिविधिमा सहयोग गर्दै आएका घैटको मृत्यु प्रहरी इन्काउन्टरमा नभएर सुनियोजित भएको उनले दावी गरेका छन् । घैटेको मृत्युपछि कांग्रेसका नेता तथा कार्यकर्ता ठूलो संख्यामा महाराजगन्जस्थिति शिक्षण अस्पतामा पुगेका छन् । मान्छे मार्न नपाइने भन्दै केसीले प्रहरीले कानुन हातमा लिएर जे पनि गर्ने छुट नभएको बताए ।



कांग्रेसका अर्को नेता एवं सभाषद जगदिशनरसिंह केसीले गहृमन्त्रीको ठाडो आदेशमा इन्काउन्टर गरेर कुमार घैटेलाई मारिएको आरोप लगाए । इन्काउन्टर र हत्या एकै प्रकृतिको कसुर भएकाले हत्यारालाई जे सजाय हुन्छ हत्या गर्नेलाई पनि त्यही साजय हुनुपर्ने उनले माग गरे । उनले भने- प्रहरीले भनेको कुरा ५०० प्रतिशत गलत छ । उनको घरमै गएर गोली हानिएको छ । गोली लागेर ढलिसकेको मान्छेले गोली हानेको उनले बताए । कुमार श्रेष्ठलाई मारिएको छ । उनले यस अघि नै आफूमाथि इन्काउण्टर हुन सक्ने भनेर निवेदन दिएका थिए । यो हत्या हो गोली हान्ने हत्यारा हो ।


कांग्रेस नेताः अर्जुननरसिंह केसी
उनले प्रहरीले जे मन लाग्यो त्यही गर्ने अधिकार नपाएको दावी गरे । घैंटको सरासर हत्या भएको भन्दै उनले यसका हत्यारालाई कारवाही गर्न माग गरे । उनले भने यो इन्काउन्टर होइन, सिभिल प्रहरीले मास्क लगाएर सिधै छातीमा गोली हानेको हो । इन्काउन्टर भए उसलाई गोली हान्न जाने ५/६ जना को हुन्? जवाफ चाहियो ।

कांग्रेस सभाषदः जगदिश्वरनरसिंह केसी
गुण्डा मार्ने प्रहरी काइदाः पालैपालो इन्काउण्टर

जतिसुकै गुण्डागर्दी र अपराधका लागि कुख्यात भएपनि त्यस्ता ब्यक्ति मारिँदा समेत प्रहरीको आलोचना गरिनु र गैरन्यायिक हत्याको मुद्धा उठ्नु नेपालमा सामान्य जस्तै बनेको छ । घैंटे मारिँदा पनि विहीबार महाराजगञ्जस्थित शिक्षण अस्पतालमा यस्तै दृष्य देखियो । उनका समर्थक र कांग्रेसी नेता कार्यकर्ताले समेत प्रहरीको आलोचना गर्दै गृहमन्त्रीमाथि समेत प्रश्न उठाए ।

धेरै समय भएको छैन प्रहरीले नेकपा एमालेका जिल्ला नेता समेत रहेका दिनेश अधिकारी ‘चरी’लाई प्रहरीले इन्काउन्टरमा मारेपछि एमालेभित्र हंगामा भयो । आफ्नै गृहमन्त्री भएको समयमा पार्टी आवद्ध गुण्डा नाइके मारिएपछि एमालेभित्र नै गृहमन्त्रीको राजिनामा समेत मागियो । चरी मारिएको विरोधमा धादिङका सांसद राजेन्द्र पाण्डेले संसदमै तमासा देखाएका थिए । अव त्यस्तै संकेत नुवाकोटका कांग्रेसी राजनीतिज्ञद्व केसी दाजुभाइले देखाएका छन् । प्रहरीले पछिल्लो समय राजनीतिक संरक्षणमा रहेका भएपनि गुण्डाहरुलाई पालै पालो तह लगाउने रणनीति अपनाएको देखिन्छ । एमाले संरक्षणमा रहेका भनिएका चरी मारिएको करिव १ वर्ष पछि कांग्रेस संरक्षणका भनिएका घैंटेले पनि इन्काउन्टरको उस्तै नियती भोग्नुले अव राजनीतिक संरक्षणले मात्र गुण्डाहरु जोगिन सक्दैनन् भन्ने संकेत गरेको छ ।

यस्तो थियो घैंटको विगतः कस कसलाई भयो तनाव?

कुमार घैटे सम्पति सुद्धीकरण विभागले गलतबाटोबाट अकुत सम्पति कमाएको भनेर छानविनमा रहेका गुण्डा नायिके थिए । उनीमाथि विभिन्न हत्या देखि अपहरण र गुण्डागर्दीका मुद्धामा संलग्न भएको आरोप थियो ।

प्रहरीले चरीको इन्काउन्टर गरेपछि केही हच्किएका भएपनि गुण्डा सर्कलमा घामड, लिंडे र निडरको रुपमा चिनिने गुण्डाका नाईके कुमार श्रेष्ठ ‘घैंटे’ भने आफ्ना सहयोगी परिचालन गरी असुली धन्दामा सक्रिय थिए । आफूलाई गोली हान्न सक्ने डनद्धय रमेश बाहुन जेल चलान र दिनेश अधिकारी ‘चरी’को प्रहरी कारबाहीमा मृत्यु भएपछि उनी अहिले निर्धक्क भएर गुण्डागर्दी र क्षेत्रविस्तारमा सक्रिय थिए । अघिल्लो वर्ष प्रहरी इन्काउन्टरमा मारिएका चरीलाई समेत घैंटेले नै जन्माएको हुन् । चरीसंग सम्बन्ध बिग्रिएपछि घैंटेले चरी बिरुद्ध बाफलका गुण्डा समिरमान बस्नेतलाई उभ्याएका थिए ।



धादिङमा चरीले एकाधिकार गर्न थालेपछि चरीसंग बिच्किएका राधे भण्डारीलाई धार बनाएर घैंटेले चरीबिरुद्ध गत बर्ष गोली हान्न लगाएका थिए । आफूमाथी गोली प्रहार गर्ने राधेलाई बदला लिने उदेश्यले ६ महिना अगाडि गोली चलाएका चरीलाई दुई साता अघि मात्र प्रहरीले मुडभेटमा मारेको बताएको छ । चरीको मृत्युसंगै चरीको क्षेत्रमा राज गर्ने उनको मनसाय थियो । उनले सामाखुसि, बाफल, बालाजु क्षेत्रका प्राय कलेजहरुमा घैंटेले यी आराधिक समूह परिचान गरेर डीआईको नाममा विभिन्न कलेजहरुबाट रकम असुल्दै आएका थिए ।

कस कसलाई तनाव ?

नेपाली राजनीतिमा गुण्डा र राजनीतिज्ञहरुको सम्बन्ध अनौठो छ । गुण्डा भनेर प्रहरी इन्काउन्टरमा परेका चरीलाई एमालेले झण्डा ओडाएर विदाइ गरेको थियो । अव घैंटे मर्दा सबैभन्दा बढी तनाव नुवाकोटमा राजनीति गर्ने नेपाली कांग्रेसका अर्जुननर सिंह केसी र उनका दाजु जगदिशश्वरनरसिंह केसीलाई भएको देखिएको छ । केसी दाजु भाइले घैंटेलाई घरमै गएर मारिएको आरोप लगाएका छन् । सभाषद समेत रहेका जगदिश्वरनरसिंह केसीले प्रहरीले गृहमन्त्रीको ठाडो आदेशमा हत्या गरेको आरोप लगाए । उनले यो घटनाको छानविन गर्न माग गर्दै प्रहरीले इन्काउण्टरको नाममा मन लागेको मान्छे मार्न नपाउने माग गरे । उनले प्रहरीले भनेको कुरा ५०० प्रतिशत गलत भएको समेत बताए ।

केही समय अघि चर्चित गुण्डा नाइके कुमार घैंटेको एक कार्यक्रममा प्रमुख अतिथिको रुपमा शिक्षामन्त्री चित्रलेखा यादव सहभागी भएपछि उनीहरुबीचको सम्बन्धका बारे अनेकथरी चर्चा चलेका थिए । गुण्डागर्दीबाट अकुत सम्पत्ति बटुलेका घैंटेले पैसा वितरण गर्नकै लागि आयोजना गरेको कार्यक्रममा शिक्षामन्त्री यादव सहभागी भएकी थिइन् । गत १७ गते सामाखुसीमा घैंटेले आयोजना गरेको पैसा बाँढ्ने कार्यक्रममा मन्त्री नै संलग्न भएपछि स्थानीयहरु अचम्ममा परेका थिए ।



चित्रलेखा यादव
घैंटेका प्रमुख संरक्षक भनेर आलोचित कांग्रेस नेता जगदिश्वर नरसिंह केसी तथा सभासद् भिमसेनदास प्रधान समेत उक्त कार्यक्रममा सहभागी भएका थिए । समय समयमा घैंटेले कांग्रेस युवा नेता गगन थापाको नाममा धम्क्याउँदै पैसा उठाउँदै हिडेको समेत चर्चा चलेको थियो ।

डिभिजन–४ र दक्षिण अमेरिकी देश बर्मुडामा आयोजना भएको डिभिजन–३ को छनोट खेल पार गरेको नेपाली क्रिकेट टिमलाई सम्मानमा नेपाली कांग्रेसले आयोजना गरेको कार्यक्रममा सम्मान र पुरस्कार वितरणलाई भव्य बनाउन पार्टीका खेलकुद प्रमुख धनराज गुरुङले गुण्डा नाइके कुमार घैंटेको सहारा लिएपछि त्यसको ब्यापक आलोचना भएको थियो । कांग्रेस पार्टी कार्यालय सानेपामा क्रिकेट खेलाडी सम्मान कार्यक्रममा उनलाई पनि बोल्ने अवसर दिइएको थियो । घैंटेले बोल्दा तालीले कार्यक्रम हल गुन्जायमान बन्यो भने पार्टी सभापति सुशील कोइरालाले बोल्दा र सम्मान गर्दा खेलाडी मात्र थिए र ताली सम्म नबजेको भनेर समाचार नै बनेको nepaliheadlines.comथियो । भिडियो हेर्न तलको बाकस थिच्नुहोस
वामदेवको ठाडो आदेशमा घैंटेको हत्या भयो : सभासद केसी
'घैंटे चार वर्षदेखि नर्मल जीवनमा थिए'
२०७२ भदौ ३
३ भदौ, काठमाडौं । कांग्रेस सभासद जगदीशनरसिंह केसीले कुमार श्रेष्ठ घैंटे निर्दोष रहेको भन्दै उनलाई गृहमन्त्री वामदेव गौतमको ठाडो आदेशमा हत्या गरिएको बताएका छन् ।


चार वर्षदेखि घैंटेले क्रिमिनल काम छाडेर नर्मल लाइफ बिताइरहेको सभासद केसीले बताए । मास्क लगाएर सादा पोशाकमा आएका ५ जनाले खाना खान लागेका बेला घैंटेलाई हत्या गरेर बाहिर ल्याई दोहोरो भिडन्तको नाटक गरेको केसीले आरोप लगाए ।
चार वर्षदेखि आपराधिक क्रियाकलाप छाडेर हाल निर्माण व्यवसायीका रुपमा कमारले काम गरिरहेको सभासद केसीले बताए ।
घटनालगत्तै गोली चलेको स्थलमा पुगेका सभासद केसीले टेलिफोनमा कसैलाई रिपोटिङ गर्दै वामदेव गौतमको ठाडो आदेशमा निर्दोष व्यक्तिको हत्या भएको बताएका थिए ।
‘यो सरासर मानवअधिकार विरोधी काम हो । नागरिकले सामान्य जीवन बिताएर बाँच्न पाउने व्यक्तिमाथि गरिएको यो अपराध हो,’ हत्या भएको स्थलमा पुगेका सभासद केसीले भने,’उसले चाहेको भए त्यहाँ केही हुन सक्थ्यो, तर केही भएन किनभने उसले प्रहरीले समात्छ र समाते पनि केही हुँदैन भन्ने ठानेको थियो ।’
मास्क लगाएर जाने ५ जनाले कुमारलाई मारिसकेपछि भीडन्तका नाममा आकाशतिर फाइरिङ गरेको सभासद केसीले बताए ।
दोहोरो भिडन्तमा गोली चलेको हो : प्रहरी
महानगरी प्रहरी महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले चाँहि घैंटेलाई नियमित चेकजाँचका क्रममा उसको समूहले प्रहरीमाथि आक्रमण गरेको र दोहोरो भिडन्त भएको बताएका छन् ।
यसैवीच सभासद केसीको नेतृत्वमा शिक्षण अस्पताल परिसरमा कुमारको समर्थनमा नाराबाजी सुरु भएको छ ।

भिडियो हेर्न तलको बाकस थिच्नुहोस
दैनिक नेपाल२०७२ भदौ ३
काठमाडौँ, ३ भदौ । गुन्डा नाइके कुमार लामा ‘घैँटे’ प्रहरी कारबाहीमा मारिएका छन् ।
खोजतलासको क्रममा रहेको प्रहरीको टोलीलाई घैँटे नेतृत्वको टोलीले आज स्थानीय सामाखुसीमा आक्रमण

गरेपछि प्रहरीको जवाफी कारबाहीमा उनी मारिएका प्रहरी प्रवक्ता कमलसिंह बमले बताउनुभयो ।
“प्रहरीमाथि जाई लागेपछि दोहोरो भिडन्तमा घाइते भएका घैँटेको उपचारका क्रममा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा मृत्यु भएको हो” – नाइके समूहका सुरेन्द्र महर्जन र राज महर्जन घाइते भएको जानकारी दिँदै प्रहरी नायब महानिरीक्षक बमले बताउनुभयो ।
उहाँका अनुसार दोहोरो भीडन्तमा दुईजना प्रहरी सहायक निरीक्षक र एकजना प्रहरी जवानलाई गोली लागेको छ । गोली लागेर घाइते तीनै जना प्रहरी कर्मचारीको वीर अस्पतालमा उपचार भइरहेको छ ।
साथै घैँटे समूहका महर्जनद्वयको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचार भइरहेको जानकारी पनि उहाँले दिनुभयो ।

भिडियो हेर्न तलको बाकस थिच्नुहोस
शिक्षण अस्पतालमा प्रहरी र गृहमन्त्रीविरुद्ध नाराबाजी
काठमाडौं : कांग्रेसका सभासद् जगदीशनरसिंह केसीले अपराधकर्म छाडेर सुध्रिसकेका कुमार घैंटेलार्इ गृहमन्त्रीको ठाडो आदेशमा हत्या गरिएको आरोप लगाएका छन्। घैंटेमाथिको इन्काउन्टरलगत्तै शिक्षण अस्पताल महाराजगञ्ज पुगेका कांग्रेस नेतासमेत रहेका केसीले मास्क लगाएका पाँच जनाको समूहले कुमार घैंटेलार्इ घरैभित्र गोली हानेर हत्या गरेको बताएका हुन् ।


'अपराधकर्म छाडेर सत्कर्म थालिसकेको एउटा युवालार्इ कायरतापूर्वक हत्या गरेर उनको बाँच्न पाउने अधिकार खोसियो', केसीले भने, 'प्रहरीले नाटकीय रुपमा कुमारको छातीमै टाँसेर गोली हानेको पाइयो । उसले चार वर्षदेखि अपराधकर्म छाडिसकेको थियो ।'


नेता केसीले कुमारलार्इ घरैमा हत्या गरेर प्रहरीले दोहोरो भिडन्तको नाटक गरेको पनि आरोप लगाए । 'प्रहरीले कुमारको हत्या गरेको छ। अपराध गरेको भए सजाय गर्नुपर्नेमा अपराध छाडेर निर्माण व्यवसायमा लागेको मान्छे मारियो', उनले भने, 'मास्क लगाएर आएका प्रहरीले अपराधीको शैलीमा उनको ज्यान लिए । अपराध गर्दा कानुनी कारबाही गर्न छाडेर मान्छे मार्नु कहाँको कानुनीराज हो ?'

यसैबीच ठूलो संख्यामा शिक्षण अस्पतालमा जम्मा भएका कुमार घैंटेका समर्थक र कांग्रेस कार्यकर्ताले हत्याको विरोधमा नाराबाजी गरिरहेका छन् ।

सयौंको संख्यामा जम्मा भएका कांग्रेस कार्यकर्ताले गृहमन्त्री वामदेव गौतम र प्रहरीविरुद्ध चर्को नाराबाजी गरिरहेका छन्।

उनीहरुले प्रहरीले कुमारको ज्यान लिएर अपराध शुरु गरेको आरोप लगाउँदै घटनाको छानविन गर्न पनि माग गरेका छन्।
www.annapurnapost.com
काठमाडौं । नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले ‘गुण्डा नाइके’ कुमार घैंटे मारिएकोमा आक्रोश व्यक्त गरेका छन् ।
केसीको राजनीतिक गतिविधिमा सहयोग गर्दै आएका घैटे मारिएपछि प्रतिक्रिया दिँदै केसीले घैंटमाथि इन्काउन्टर नभएर सुनियोजित हत्या भएको टिप्पणी गरेका हुन् ।
काँग्रेस कार्यकर्ता समेत रहेको घैंटेमाथि गोली प्रहार भएपछि केसीसहितका केही काँग्रेस नेता महाराजगञ्जस्थित शिक्षण अस्पताल पुगेका थिए ।
मान्छे मार्न नपाइने भन्दै केसीले घैटेको हत्या गरेर प्रहरीले कानुनको धज्जी उडाएको आरोप लगाएका छन् ।
प्रहरी कारबाहीमा गम्भीर घाइते भएका घैटेलाई शिक्षण अस्पताल लगिएलगत्तै चिकित्सकहरुले मृत घोषित गरेका थिए ।
उनी अवैध चन्दा असुली गर्ने, हतियार देखाएर धम्क्याउने तथा गुण्डागर्दीमा संलग्न भएको आरोपमा प्रहरीको मोस्ट वान्टेडको सूचीमा रहेका थिए । एक वर्षअघि पनि प्रहरी इन्काउन्टरमा अर्का गुण्डा नाइके दिनेश अधिकारी चरी मारिएका थिए ।
www.nepalsandesh.com
काठमाडौं: पुँजी बजारले बुधबार नयाँ रेकर्ड कायम गरेको छ। बजारमापक नेप्से परिसूचक ११९१.९२ विन्दुमा पुगेर नेपाली पँुजी बजारकै अहिलेसम्मकै उच्च रेकर्ड कायम गर्न सफल भएको हो।

बुधबार ३१.९९ विन्दुले बढेपछि नेप्से परिसूचक १२ सय नजिकमा आइपुगेको हो। योसँगै २०६५ भदौ १५ मा कायम भएको ११७५ को उच्च विन्दुको रेकर्ड तोडिएको छ। नेप्सेको अब प्रत्येक उचाई नयाँ हुनेछ।


दोस्रो संविधान सभाको चुनावपछि तातेको बजारले पटकपटक नयाँ रेकर्ड बनाउने कोशिस गरेको भए पनि सफल हुन सकेको थिएन। विगतमा बैंकको सेयर बढ्न नसक्दा नेप्से अपेक्षाकृतरूपमा माथि जान नसकेको हो।


राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत बैंकको चुक्ता पुँजी दुई वर्षभित्र आठ अर्ब रुपैयाँ पुर्‍याउनैपर्ने बाध्यकारी व्यवस्था गरेपछि पुँजी बजारमा उछाल आएको हो। पुँजी बढाउन बैंकले बोनस र हकप्रद सेयर दिने अपेक्षासहित लगानीकर्ता हौसिएका हुन्। सेयर भाउ र नेप्से दुवै रफ्तारमा माथि लागेकाले नयाँ लगानीकर्ता सचेत हुन आवश्यक छ।

सेयर ब्रोकर तथा विश्लेषक ईश्वरीप्रसाद रिमाल अत्यन्त सचेत भएरमात्र लगानी गर्न सुझाव दिन्छन्। 'बजार बढेका बेला सधैं माथि जान्छ भन्ने जस्तो लाग्छ। घट्दाको पीडा अझ बढी हुने भएकाले निकै सजग हुनुपर्छ,' उनले भने। डिम्याट कारोबार थालिएको र दैनिक कारोबार रकम बढेकाले बजार कुन विन्दुमा पुगेर रोकिन्छ भनेर अनुमान गर्न भने कठिन रहेको उनले बताए।

पुँजी बजारका लागि अहिले सबै पक्ष सकारात्मक देखिएको छ। डिम्याटमार्फत सेयरको डिजिटल कारोबार सुरु भएको छ। सेयरको प्रमाणपत्र बोकेर हिँड्नुनपर्ने भएकाले पुँजी बजारको विकासमा यसलाई लगानीकर्ताले 'ब्रेक थ्रु' भनेका छन्। बजार बढाउन यसले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ।

यसबाहेक संविधान निर्माणका अधिकांश विषयमा राजनीतिक दलबीच सहमति भइसकेकाले स्थायी शान्ति भई लगानी वातावरण बन्ने विश्वास लगानीकर्तामा बढेको छ। यसले पनि बजार बढाउन थप सहयोग पुगेको विश्लेषक बताउँछन्।

बजार निकै तेज गतिमा अघि बढेकाले बजारमा भर्खर प्रवेश गरेका नयाँ लगानीकर्ताले गुमाउने सम्भावना पनि उत्तिकै हुन्छ। भाउ उच्च भएका बेला किनेकाले घाटा पूर्ति गर्न लामो समय लाग्न सक्ने भएकाले कम्पनीको समग्र अवस्था, प्रतिसेयर आम्दानी, मूल्य-आम्दानी अनुपात अध्ययन गरेरमात्र लगानी गर्नुपर्ने हुन्छ।



पुँजी बढाउन बैंकले बोनस र हकप्रद सेयर दिने अपेक्षासहित लगानीकर्ता हौसिएका हुन्। सेयर भाउ र नेप्से दुवै रफ्तारमा माथि लागेकाले नयाँ लगानीकर्ता सचेत हुन आवश्यक छ।



नियामक नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरी बजार निकै रफ्तारले बढेका बेला लगानीकर्ता सचेत हुन जरुरी भएको बताउँछन्। 'धितोपत्र बोर्डले पनि अहिलेको कारोबार अवस्था तथा वृद्धिदरका बारेमा सुक्ष्म अध्ययन गरिरहेको छ,' उनले भने।

नेप्सेले बुधबार नयाँ रेकर्ड बनाएपछि अब कहाँ पुगेर ब्रेक लाग्छ भनेर पत्ता लगाउन लगानीकर्तालाई मुश्किल हुन थालेको छ। बजारमा न्यूनतम १५ सय देखि १८ सम्म पुग्ने अनुमान र विश्लेषण गर्न थालिएको छ।

नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष राजकुमार तिमिल्सिनाले वाणिज्य बैंकबाहेक अन्य समूहको सेयर बढ्नै बाँकी रहेकाले नेप्से अझमाथि जाने देखिएको बताए । उनले भने, ‘मौद्रिक नीतिको बाध्यकारी व्यवस्थाले लगानीकर्ता निकै उत्साहित भएका छन्। अहिलेको प्रवृत्ति हेर्दा बजार अझै माथि जाने देखिएको छ।'

पछिल्ला दिनमा नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेकाले बजारमा नयाँ लगानीकर्ताको चाप नघटेको देखाउँछ। बुधबार २.७६ प्रतिशतले बजार बढ्दा ६६ करोड ७७ लाख नौ हजार एक सय ६७ रुपैयाँको सेयर किनबेच भएको छ। विगतको औसत कारोबार तुलना गर्दा यो रकम उच्च हो।

दैनिक कारोबार हुने सेयर संख्या पनि चुलिँदोक्रममा छ । बुधबार एक सय ३९ कम्पनीको १२ लाख २३ हजार १६ कित्ता सेयर किनबेच भएको छ। कारोबार रकम, सेयर संख्या तथा कारोबार हुने कम्पनी सबैले बजार माथि लैजान सहयोग गरेको देखिएको छ।

स्टक ब्रोकर्स एसोसिएसनका पूर्वअध्यक्ष नन्दकिशोर मुन्दडाले मौद्रिक नीतिमा पुँजी बढाउनुपर्ने व्यवस्था गरिँदा लगानीकर्ता उत्साहित देखिएको बताए। बजार चुलिँदोक्रममा छ। 'भाउ निकै अकासिएका बेला नयाँ लगानीकर्ताले निकै विवेक पुर्‍याएरमात्र सेयर किन्नुपर्छ,' उनले भने।

नेप्सेको वृद्धिसँगै लगानीकर्ताको सम्पतिमापन गर्ने बजार पुँजीकरण पनि अहिलेसम्मकै उच्चस्तरमा आइपुगेको छ। बुधबारको तथ्यांकअनुसार बजार पुँजीकरण १२ खर्ब २७ अर्ब ८२ करोड रुपैयाँ कायम भएको छ।

ठूला र मध्यमस्तरका बैंकको सेयरमा लगानीकर्ताको आकर्षण बढी देखिएको छ। विकास बैंक र फाइनान्स कम्पनीको सेयर भाउ भने खासै बढ्न सकेको छैन।



नगद लाभांश बाड्न रोक
काठमाडौं  नेपाल राष्ट्रबैंकले बैंक तथा वित्तीय संस्थालाई नगद लाभांश बाड्न रोक लगाएको छ।

लाभांश सम्बन्धी कार्यविधि २०७२ जारी गर्दै राष्ट्रबैंकले तोकेको न्यूनतम चुक्ता पुँजी पुर्‍याउन कर प्रयोजन बाहेक नगद लाभांश बाड्न प्रोत्साहन नगर्ने जनाएको छ।

'२०७४ असार मसान्तभित्रमा तोकेको न्यूनतम चुक्ता पुँजी पुर्‍याउने गरी बैंक तथा वित्तीय संस्थाले नगद लाभांशभन्दा बोनस सेयर वितरणलाई प्राथमिकता दिनुपर्ने छ' ,राष्ट्रबैंककको कार्यविधिमा भनिएको छ।

राष्ट्रबैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत बैंक तथा वित्तीय संस्थाको चुक्ता पुँजी चार गुणा बढाउने घोषणा गरेको थियो।

राष्ट्रबैंकको व्यवस्था सर्वसाधारण सेयरधनीको हितमा छ। संस्थापक सेयरधनीले नगद लाभांश चाहन्छन भने सर्वसाधारणले बोनस।
www.annapurnapost.com
२०७२ भदौ ३ गते

बाल्यकालमा कल्पना गरिने धेरै कुराहरुमध्ये उडेर आकाशको बादल छुने कल्पना मुख्य हुन्छ । उडेर मात्र होइन आकाशसम्मै पुग्ने लामो भर्‍याङ ठड्याउन पाए त सिधै बादलुसम्म पुगिन्थ्यो नी भनेर पनि सायद सोँच्नुभयो होला आफ्नो बाल्यकालमा ।


आकाश छुने भर्‍याङ, यो त आखिर कल्पना न हो, एउटा दिवास्वप्न जस्तै भन्नुहोला । तर अब यो कुरा केवल कल्पना तथा सपनामै मात्र सिमित रहेन । बाल्यकालको यो दिवास्वप्नलाई वैज्ञानिकहरुले मूर्तरुप दिँदैछन् ।

क्यानडाको टुथ टेक्नोलोजी नामक कम्पनीले आकाश छुने भर्यांग बनाउने भएको छ । जमिनबाट करीब २० किलोमिटर अग्लो एक टावर बनाउनका लागि उक्त कम्पनीले पेटेन्ट अधिकार प्राप्त गरेको छ । यो भवनका कारण अन्तरीक्षमा रकेट पठाउने लागतलाई कम गर्न सकिने बताइएको छ ।

यो डिजाइन तयार गर्ने वैज्ञानिक डाक्टर ब्रेन्डेन क्वीनका अनुसार यो संरचनाका कारण अन्तरीक्ष उडानको लागतलाई एक तिहाइसम्म कम गर्न सकिन्छ ।

२० किलोमिटर अग्लो उक्त भवनले वायुमण्डलको समताप मण्डल अर्थात् स्ट्राटोस्फेयर छुनेछ । यो ओजोनको तह पनि हो । यहाँबाट अन्तरीक्ष अलिक नजिक हुनेछ ।

यो संरचनाको माथि एक गोलाकार स्पेस हुनेछ र त्यसमा रनवे बनाइनेछ । योे भवनमा चढ्नका लागि लिफ्टयुक्त ट्युब कारको प्रयोग गरिने बताइएको छ ।

टुथ टेक्नोलोजीका सिइओ क्यारोलाइन्स रोबर्टस्का अनुसार यो भवन विश्वको सबैभन्दा अग्लो भवन बुर्ज खालिफा दुबइ भन्दा २० गुणा अग्लो हुनेछ । यो भवन बनेपछि अन्तरीक्ष पर्यटन फस्टाउने दाबी कम्पनीले गरेको छ ।

हुनत धेरै वर्ष पहिले नै विज्ञहरुले आकाशसम्म पुग्ने लिफ्ट ठड्याउने कल्पना गरेका थिए । तर प्रविधिको अभावमा त्यो अहिलेसम्म सम्भव हुन सकिरहेको छैन ।

भिडियो हेर्न तलको बाकस थिच्नुहोस
काठमाडौं : प्रहरीले गरेको ‘इन्काउन्टर’ मा चर्चित गुन्डा नाइके कुमार घैंटे मारिएका छन्
काठमाडौंको सामाखुसीस्थित कपुर धारामा बिहीबार बिहान गुण्डा नाइके घैँटेमाथि प्रहरीले गोली हानेको थियो ।


पक्राउ गर्न पुगेको प्रहरी टोलीमाथि घैंटेले गोली चलाएपछि गरिएको प्रतिकारमा घाइते भएका घैंटेको उपचारका क्रममा मृत्यु भएको महानगरीय प्रहरी अपराध महाशाखाले जानकारी दिएको छ ।

‘पहिले प्रहरीलाई एक राउन्ड गोली प्रहार गरेपछि प्रहरीले आत्मरक्षाका लागि गोली चलाउँदा घैंटै घाइते भएका थिए’, महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसी सर्वेन्द्र खनालले भने, ‘गोली लागेपछि तत्कालै त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुर्‍याइएका उनको उपचारकै क्रममा ज्यान गएको जानकारी अस्पतालबाट आएको छ ।’

गोली लागेपछि गम्भीर घाइते भएका घैंटेलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको थियो । Source : Annapurna Post
दुर्मुख मानिसहरुले थाहा छैन कस्ता कस्ता खालका कुरा गर्छन् । यिनीहरुको कुराहरुमाथि चासो दिनु हुँदैन । म पनि दिन्नँ । यदि मैले यिनका कुरामाथि चासो दिएँ भने यिनीहरुको मुखमा जति व्याक्टेरियाहरु टाँसिएका छन् ती सबै मेरा कानसम्म पुगेर सुन्ने शक्ति खियाइदिने छन् । तर हरेक कुराको एउटा सीमा हुन्छ । यी दुर्मुख मानिस सीमा पार गर्दै गइरहेका छन् । यता धेरै दिनदेखि म राम्रो लेख्छु भन्ने कुरामाथि गौरब गरिरहेकी छु ।



यसमा कसैलाइ कुनै गुनासो छैन । गुनासो छ भने मेरो व्यक्तिगत जीवनलाइ लिएर । यसभन्दा बाहेक पनि जुन मानिसहरु मेरो लेखन रुचाउदैनन्,उनीहरु जब मेरो लेखनलाई रुचाउने मानिसहरुसँग बहसमा उत्रन्छन् तब एउटै प्रश्न बार–बार दोहोराइने गरिन्छ–मैले एकभन्दा अधिक विवाह किन गरें ?(विवाहको संख्यालाइ लिएर मानिसहरुमा थरि थरिका मतभेद पनि छन् । कसैले भन्छन,तीन ! कसैले चार ! कसैले पाँच र कसै कसैले त सात वटा विवाहसमेत !) मेरो कति विवाह भयो र मेरा पूर्व श्रीमानको नाम के हो,यस कुरालाई लिएर मानिसहरुमा उत्साहको सीमा छैन ।

जुन मानिसहरुले मेरो साहित्यको एक अक्षर पनि पढेका छैनन,उनीहरु प्नि लोक मुखबाट सुनेका मेरा पूर्व श्रीमानको नाम आफ्नो मुखमा राख्छन् । लोक मुखबाट सुनेको कुरा मैले यसकारण निकालेँ किनकि कुनै दिन,कतै पनि मैले कोसँग विवाह गरें भनेर भनेकी छैन । लेखेकी पनि छैन । जुन मानिसहरुले मेरा नाम मेरा श्रीमानको लिष्टमा सामेल गरेका छन , उनिहरु के साँच्चै मेरा श्रीमान थिए ? उनीहरुको साथमा के म कहिल्यै पनि रहेकी सहेकी छु ? को थिए मेरा श्रीमान ? म कस–कसको साथमा श्रीमानको रुपमा बसेकी छु ? यसको उत्तर मात्र मलाइ थाहा छ ।

मेरो लेखनमा दिमाग खपत गर्नुको सट्टा मानिसहरु मेरो विवाहको बारेमा दिमाग खपत गर्छन् । तर विवाह नितान्त मेरो निजी मामला हो । कहिले,कोसँग मेरो के सम्बन्ध थियो ? उक्त सम्बन्ध कहाँ पुगेर समाप्त भयो ? त्यो मात्रै मलाइ थाहा छ । मभन्दा बाहेक अरु यी सब कुरामा जान्ने क्षमता कसैमा छ ? तर पत्रिकाहरुको हाउभाउ देखेर यस्तो लाग्छ मानौ उनीहरुलाइ नै मेरो बारेमा मभन्दा बढी थाहा छ । यस्ता मानिसको नाम मेरो श्रीमानको रुपमा प्रचारित गरिन्छ,जसलाइ म चिन्दा पनि चिन्दिनँ ।

म प्राय  सोच्ने गर्छु,यी सबको कारण के हो ? मानिसहरुलाइ म कसको साथमा घुम्छु–हिँड्छु भन्ने कुरामा यति धेरै जिज्ञासा किन हुन्छ ? म कसको साथमा सुतेकी छु ? म चाहे जोसुकैको साथमा सुतुँ ,चाहे उ मेरो विवाहित श्रीमान होस् या जससँग मेरो विवाह नै नभएको होस् । यो मेरो नितान्त शारिरिक मामला हो । जहाँसम्म मेरो जानकारी छ,शारिरिक मामला नितान्त निजी हुन्छ । व्यक्तिगत ! मानिसले एक – अर्कासँग पे्रम गर्छ,सम्वन्ध बनाउँछ । यो मानिसको अन्तर्गत नियम हो । तर यसमा बिचार गर्नुपर्ने कुरा भनेको एउटै हुन्छ । कसैले कसैको नोक्सान त पुराइरहेको छैन ? मलाई थाहा छ मेरा धेरै नजिकका मानिसहरुलाई पनि थाहा छ । मैले कहिल्यै कसैको नोक्सान गरेकी छैन । बरु श्रीमानको क्रममा जुन जुन नाम मेरो नामको छेउमा दर्ता छन्,उनीहरुले नै कैँयौ कैँयौ तरिकाबाट मेरो नोक्सान गरिरहे !मेरो अपमान गरेका छन ।

तर म आफुलाइ अपमानित हुन दिन चाहँन्न । मैले ति सम्वन्ध तोड्नुपर्यो । त्यसो त अन्य छिमेकी नातेदारका कुराबाट के प्रकट हुन्छ भने यदि कसैसँग मेरो सम्वन्ध विच्छेद नभएको थियो भने उनीहरु खुशी हुने थिए । अर्थात म यदि बेइज्जत हुँदै हुँदै थोरै थोरै गर्दै मरेकी थिएँ भने उनीहरुलाइ ती महिला धेरै चरित्रवान थिइन् भन्ने मौका मिल्ने थियो । मलाई थाहा छ ,पुरुष अन्यायको अगाडि यदि मैले आफ्नो बल दिएकी थिएँ भने सबै मानिसले मलाइ ‘लक्ष्मीजस्ती महिला’ भन्ने थिए । तर म आफ्नै हत्या गरेर यस्ता तमाम मानिसलाई खुशी गराउन राजी छैन ।

मलाई कुनै फरक पर्दैन । मेरा श्रीमानको नाममा जुन जुन मानिसका नाम प्रचारित हुन्छन्,तिनीहरमध्ये म कसैकसैलाइ मात्र चिन्छु । तर के पनि सत्य हो भने जस–जसलाई चिन्छु,उनीहरुसँग मेरो मानसिक र शारीरिक दुरी भिडियो हेर्न तलको बाकस थिच्नुहोस
काठमाडौं : प्रहरीले गरेको ‘इन्काउन्टर’ मा चर्चित गुन्डा नाइके कुमार घैंटे मारिएका छन् ।

काठमाडौंको सामाखुसीस्थित कपुर धारामा बिहीबार बिहान गुण्डा नाइके घैँटेमाथि प्रहरीले गोली हानेको थियो ।

पक्राउ गर्न पुगेको प्रहरी टोलीमाथि घैंटेले गोली चलाएपछि गरिएको प्रतिकारमा घाइते भएका घैंटेको उपचारका क्रममा मृत्यु भएको महानगरीय प्रहरी अपराध महाशाखाले जानकारी दिएको छ ।

‘पहिले प्रहरीलाई एक राउन्ड गोली प्रहार गरेपछि प्रहरीले आत्मरक्षाका लागि गोली चलाउँदा घैंटै घाइते भएका थिए’, महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसी सर्वेन्द्र खनालले भने, ‘गोली लागेपछि तत्कालै त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुर्‍याइएका उनको उपचारकै क्रममा ज्यान गएको जानकारी अस्पतालबाट आएको छ ।’

गोली लागेपछि गम्भीर घाइते भएका घैंटेलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको थियो । annapurnapost.com
भाद्र ३ बिहीवार, काठमाडौं : प्रहरीले गुण्डा नाइके कुमार घैंटेमाथि गोली प्रहार गरेको छ । काठमाडौंको सामाखुसीस्थित कपुर धारामा गुण्डा नाइके घैँटेलाई पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाएको हो ।

 गोली लागेर घाइते भएका घैंटेलाई उपचारका लागि तत्कालै अस्पताल लगिएको छ । पक्राउ गर्न गएको महानगरीय अपराध महाशाखाको टोली र घैंटेको समूहबीच गोली हानाहान हुने क्रममा प्रहरीको गोली लागेर उनी घाइते भएका हुन् ।

पहिले प्रहरीलाई एक राउन्ड गोली प्रहार गरेपछि प्रहरीले आत्मरक्षाका लागि गोली चलाउँदा घैंटै घाइते भएको महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसी सर्वेन्द्र खनालले बताए । उनका अनुसार गोली लागेपछि गम्भीर घाइते भएका घैंटेलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको छ ।
annapurnapost.com aaबाट
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Aug 24 (6)
  • Aug 23 (1)
  • Aug 19 (1)
  • Aug 18 (19)
  • Aug 17 (17)
  • Aug 16 (24)
  • Jan 24 (18)
  • Jan 23 (27)
  • Jan 22 (32)
  • Jan 21 (35)
  • Jan 20 (35)
  • Jan 19 (34)
  • Jan 18 (40)
  • Jan 17 (45)
  • Jan 16 (27)
  • Jan 15 (29)
  • Jan 14 (35)
  • Jan 13 (40)
  • Jan 12 (32)
  • Jan 11 (39)
  • Jan 10 (31)
  • Jan 09 (23)
  • Jan 08 (31)
  • Jan 07 (30)
  • Jan 06 (39)
  • Jan 05 (34)
  • Jan 04 (39)
  • Jan 03 (43)
  • Jan 02 (47)
  • Jan 01 (31)
  • Dec 31 (34)
  • Dec 30 (36)
  • Dec 29 (43)
  • Dec 28 (33)
  • Dec 27 (27)
  • Dec 26 (38)
  • Dec 25 (33)
  • Dec 24 (38)
  • Dec 23 (44)
  • Dec 22 (39)
  • Dec 21 (37)
  • Dec 20 (40)
  • Dec 19 (31)
  • Dec 18 (47)
  • Dec 17 (30)
  • Dec 16 (16)
  • Dec 15 (42)
  • Dec 14 (30)
  • Dec 13 (32)
  • Dec 12 (35)
  • Dec 11 (42)
  • Dec 10 (26)
  • Dec 09 (31)
  • Dec 08 (15)
  • Dec 07 (37)
  • Dec 06 (30)
  • Dec 05 (34)
  • Dec 04 (32)
  • Dec 03 (33)
  • Dec 02 (36)
  • Dec 01 (37)
  • Nov 30 (48)
  • Nov 29 (28)
  • Nov 28 (35)
  • Nov 27 (35)
  • Nov 26 (47)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (27)
  • Nov 22 (32)
  • Nov 21 (43)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (22)
  • Nov 17 (29)
  • Nov 16 (32)
  • Nov 15 (25)
  • Nov 14 (28)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (42)
  • Nov 09 (22)
  • Nov 08 (40)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (42)
  • Nov 01 (44)
  • Oct 31 (29)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (47)
  • Oct 27 (32)
  • Oct 26 (39)
  • Oct 25 (35)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (22)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (31)
  • Oct 02 (29)
  • Oct 01 (29)
  • Sep 30 (29)
  • Sep 29 (24)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (26)
  • Sep 25 (27)
  • Sep 24 (18)
  • Sep 23 (15)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (26)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (12)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (19)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (22)
  • Sep 07 (22)
  • Sep 06 (26)
  • Sep 05 (18)
  • Sep 04 (23)
  • Sep 03 (24)
  • Sep 02 (25)
  • Sep 01 (24)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (27)
  • Aug 28 (28)
  • Aug 27 (30)
  • Aug 26 (29)
  • Aug 25 (24)
  • Aug 24 (35)
  • Aug 23 (30)
  • Aug 22 (31)
  • Aug 21 (32)
  • Aug 20 (30)
  • Aug 19 (33)
  • Aug 18 (27)
  • Aug 17 (34)
  • Aug 16 (28)
  • Aug 15 (23)
  • Aug 14 (23)
  • Aug 13 (22)
  • Aug 12 (19)
  • Aug 11 (18)
  • Aug 10 (24)
  • Aug 09 (16)
  • Aug 08 (18)
  • Aug 07 (25)
  • Aug 06 (16)
  • Aug 05 (18)
  • Aug 04 (21)
  • Aug 03 (19)
  • Aug 02 (14)
  • Aug 01 (17)
  • Jul 31 (19)
  • Jul 30 (19)
  • Jul 29 (15)
  • Jul 28 (12)
  • Jul 25 (14)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home