• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
बर्दिवास, २४ पुस । नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले मधेसको अहिलेको समस्या बस्तुगतभन्दा बढी सिर्जित रहेको बताउनुभएको छ ।
महोत्तरीको बर्दिवासमा आज कार्यकर्तासँगको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले संविधान घोषणाको ऐतिहासिक उपलब्धिलाई हेर्न र पचाउन नसक्नेले फैलाएका भ्रम चिर्न नसक्दा समस्या बढेको बताउनु भएको हो ।
विश्वकै उदाहरण हेरिँदा पनि उत्कृष्ट संविधानबारे मधेसी जनतालाई बताउन, बुझाउन नसक्दा भ्रमको खेती गर्नेले ठाउँ पाएका पोखरेलको भनाइ छ । अत्यन्त लोकतान्त्रिक विधि र प्रक्रिया अपनाएर घोषणा गरिएको संविधानले मुलुकलाई स्थिरता दिने कुराबाट आत्तिएका देशी र विदेशी शक्तिले नेपाली आँगनमा भ्रमको खेल खेलेर मधेस तताएको महासचिव पोखरेलको भनाइ थियो ।
संविधानले उत्पीडित जाति समुदाय, महिला, दलित, मधेसी र अल्पसङ्ख्यकको हकमा विशेष व्यवस्था गरेको कुरा संविधानका पानामा घामजस्तै छर्लङ्ग भए पनि त्यही कुरा जनतामा पुग्न नसक्दा समस्या बढेको पोखरेलले बताउनुभयो ।
संविधान लेखिंदा र घोषणा गरिंदासम्म केही कुरा छुटेका रहेछन् भने त्यसलार्ई संवैधानिक बाटोबाट समावेस गर्न सकिने प्रावधान रहेको तर्फ पोखरेलको जिकिर थियो । ‘संविधान ढुङ्गामा लेखिएका अक्षर होइनन्’ महासचिव पोखरेलले भन्नुभयो, ‘यसलाई आवश्यकता र औचित्यका आधारमा परिवर्तन र परिमार्जित गर्न सकिन्छ ।’
पछिल्ला समयमा मधेससँग जोडिएका संविधानमा सम्बोधन हुनपर्ने कुराबारे संवैधानिक प्रक्रियाबाटै समावेसको प्रक्रियाअघि बढेर निर्णायक तहमा पुगिसकेको पोखरेलले बताउनुभयो ।
अव मधेसवादी दलले एमाले, काँग्रेस र एमाओवादीलाई सत्तोसराप गर्न छाडेर संविधानमा सम्बोधन गरिनुपर्ने कुराबारे संसदमा छलफल गर्न उहँँको सुझाव थियो ।
dainikne
२४ पुस, काठमाडौं ।

पूर्व युवराज पारस साहले आफू देशको बारेमा चिन्तित रहेको तर राजा बन्ने चाहाना भने नरहेको बताएका छन् ।


लामो समय पछि राजनीतिक स्टेटस लेख्दै पारस साहले आफूलाई राजा बन्न वा शासन गर्न नचाहेको तर युवा पुस्तालाई देशको जिम्मा लगाउन चाहेको भनेका छन् ।


पारस साहले आफू देशलाई ठिक ठाउँमा ल्याउने चाहानामा रहेको भन्दै पारसले यसका लागि युवा पुस्ताको जिम्मामा देश आउनु पर्ने भनेका छन् ।


यस अघि उरन्ठाउला र गैर राजनीतिक स्टेटस लेख्ने पारसले राजनीतिक स्टेटस लेखेपछि धेरै प्रतिक्रिया आएका छन् । उनलाई धेरैले समर्थन गरेको देखिन्छ भने कतिपयले उडाएका समेत छन् ।nepaliheadlines
ताप्लेजुङ, पुस २४ । ताप्लेजुङमा यसवर्ष साढे पाँच अर्ब रुपैयाँ बराबरको अलैंची उत्पादन भएको छ ।
‘कालो सुन’को उपमाले चिनिने पहाडी जिल्लाको प्रमुख नगदेबालीको रुपमा रहेको अलैंचीको उत्पादन बढेसँगै आम्दानी पनि बढेको छ । जिल्ला कृषि विकास कार्यालय ताप्लेजुङका अनुसार यो वर्ष जिल्लामा कुल दुई हजार चार सय १० मेट्रिक टन अलैंची उत्पादन भएको छ ।
यो उत्पादन गत वर्षको भन्दा एक हजार मेट्रिक टनले बढी हो । गतवर्ष एक हजार चार सय १० मेट्रिकटन मात्र अलैंची उत्पादन भएको थियो ।
हालको स्थानीय बजार मूल्य ९० देखि ९२ हजार रुपैयाँ प्रतिमन रहेको छ । उत्पादित अलैंचीबाट यो वर्ष ताप्लेजुङमा साढे पाँच अर्ब रुपैयाँभन्दा बढी भित्रिने भएको छ ।
कृषि विकास कार्यालय ताप्लेजुङका बागवानी विकास अधिकृत उमेश राउतले यो वर्ष जिल्लामा ६० हजार दुई सय ५० मन अर्थात कुल २४ लाख १० हजार किलोग्राम अलैंची उत्पादन भएको बताए ।
अलैंचीको मूल्य यो वर्ष गतवर्ष भन्दा प्रतिमन १३ हजार रुपैयाँले कम हो । एक नगरपालिका र ४८ गाविस रहेको ताप्लेजुङमा ओलाङ्चुङगोला बाहेक सबै क्षेत्रको कुल चार हजार पाँच सय हेक्टर जमिनमा अलैंची खेती गरिन्छ ।
imagekhabar

काठमाण्डु, २४ पुस– पूर्वयुवराज पारस शाहले आफूमा राजा बन्ने कुनै मनसाय नरहेको तर नेपालमा राजतन्त्र फर्कने दाबी गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत पारसले आफू कसैलाई शासन गर्ने पक्षमा नरहेको तर मुलुक लथालिंग अवस्थामा पुगेका बेला युवा पुस्ताको सहयोगमा पुरानै अवस्थामा फर्काउन सक्रिय हुने घोषणा गरेका हुन ।
उनले नेपालबाट राजतन्त्रको अन्त्य हुनुमा पुरानो पुस्ता जिम्मेवार रहेको भन्दैै नयाँ पुस्ताले पुस्ता राजतन्त्र फर्काउन चाहेको जिकिर गरेका छन् ।
‘मेरो राजा बन्ने चाहना छैन, म कसैलार्इं शासन गर्न चाहन्न । मैले यो कुरा पहिले पनि स्पष्ट पारेको थिएँ । अहिले फेरि स्पष्ट पार्न चाहन्छु । म देशलाई पहिलेकै स्थितिमा फर्काउन चाहन्छु’, पारसले भनेका छन्, ‘त्यसका लागि मलाई नयाँ पुस्ताको सहयोग आवश्यक छ ।
उनले आफ्नो काम पुरानो पुस्ताले गरेको गल्ती सच्याएर नयाँ पुस्तालाई मुलुक हस्तान्तरण गर्नु रहेको उल्लेख गरेका छन् ।
स्पष्ट रुपमा उल्लेख नगरे पनि नयाँ पुस्ता भनेर उनले छोरा हृदयन्द्रलाई राजा बनाउन चाहेको भन्ने संकेत बुझिन्छ । उनको दाबीमा पुरानो पुस्ताले फालेको राजतन्त्र अहिलेको नयाँ पुस्ताले ल्याउन चाहेको छ ।
kathmandutoday
शुक्रबार, २४ पुष
काठमाडौं । निलम्बित युरोपेली फुटबल महासंघका अध्यक्ष मिचेल प्लाटिनीले आफू फिफाको अध्यक्षका लागि आगामी महिना हुने निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् ।
विश्व फुटबल महासंघ फिफाका अध्यक्ष सेप ब्लाटरले राजिनामा दिएपछि अर्को महिना नयाँ अध्यक्षका लागि निर्वाचन हुँदैछ ।
प्लाटिनी र फिफाका तत्कालीन अध्यक्ष सेफ ब्लाटर सबै प्रकारका फुटबल गतिविधिमा संलग्न हुन नपाउने गरि आठ बर्षको प्रतिबन्धमा परेका छमा परेका छन् ।
उनीहरु सन् २०११ मा अनाधिकृत रुपमा दुई लाख डलर भुक्तानी गरेको आरोपमा दोषी देखिएपछि कारबाहीमा परेका हुन् ।
प्रतिबन्धविरुद्ध ब्लाटर र प्लाटिनी दुवैले अपिल गरेका छन् । ६० वर्षीय प्लाटिनी फ्रान्सेली राष्ट्रिय टिमका पूर्व खेलाडी समेत हुन् ।
nepalsandesh
२४ पुस, काठमाडौँ।
भारतको हरिद्वारमा भएको पतञ्जली योगपीठको कार्यक्रम तथा दिल्लीमा विभिन्न दलका वरिष्ठ नेता एवम् मन्त्रीसँगको भेटवार्तापछि नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेल गएराति स्वदेश फर्किएका छन् ।


ती भेटवार्तामा उपसभापति पौडेलले दुई देशबीचको सहज सम्बन्धमा पछिल्लो समयमा देखिएको कठिनाइ र नेपालीले भोगिरहेको समस्याबारे अवगत गराई आपूर्ति व्यवस्थालाई सहज तुल्याई समस्याको छिटो निकास दिनुपर्नेमा जोड दिएका थिए ।

सामानहरु सहज आपूर्ति हुन नसक्दा नेपालमा देखिएको कठिनाइबारे भारत जानकार रहेको र त्यसलाई समाधान गर्न आफूहरु क्रियाशील रहेको भनाइ भारतीय पक्षले उपसभापति पौडेलसमक्ष राखेका थिए ।

“मैले समस्याको छिटो निकास खोज्न र असहज आपूर्तिलाई छिटो सहज बनाउन भारतले तदारुकता देखाउन भने, घरभित्रको समस्या हामी आपसी संवाद, सहमति र छलफलबाट टुङ्ग्याउन क्रियाशील छौँ,” उपसभापति पौडेलले स्वदेश फर्केपछि भने ।

आफूले भेटेका भारतका सबै पार्टीका नेताको नेपालप्रति सद्भाव र सहानुभूति पाएको तथा अहिलेको अवस्थालाई धेरै लम्ब्याउन नहुने धारणा राखेको पाएको समेत उपसभापति पौडेलले बताए।


बिहीबार काँग्रेस आईका नेता डा करण सिंहसँग भएको भेटमा नेता सिंहले नेपालमा देखिएको समस्याप्रति चिन्ता व्यक्त गर्दै समस्याको छिटो निकास खोज्नुपर्नेमा जोड दिएका थिए । उपसभापति पौडेलले भारतीय जनता पार्टीका उपाध्यक्ष श्याम जाजुसहित विभिन्न पार्टीका नेतासँग भेटवार्ता गरे ।

दिल्ली यात्राको पहिलो दिन उपसभापति पौडेलले भारतीय विदेशमन्त्री सुुषमा स्वराज, गृहमन्त्री राजनाथ सिंह, भारतीय जनता पार्टीका उपाध्यक्ष भगतसिंह कोसियारी, नेपालका लागि पूर्वभारतीय राजदूतहरु, नेपाल जानकार सांसद डिपी त्रिपाठीलाई भेटेका थिए । यसअघि हरिद्वारमा आयोजित पतञ्जली योगपीठको कार्यक्रममा उपसभापति पौडेल सहभागी भएका थिए ।nepaliheadlines
काठमाडौं, २४ पुस । सरकार र मधेसी मोर्चाबीचको वार्ता सरकारात्मक रुपमा अगाडि बढेको समाचार सार्वजनिक भइरहेका बेला छ सदस्यीय कार्यदलले आफ्नो गृहकार्यलाई तीव्रता दिएको छ ।
मधेसी मोर्चाले अगाडि सारेका ११ बुँदामा दफावार छलफल सुरू गरेको कार्यदलको बैठक बस्नेत तयारी भएको छ । स्रोतका अनुसार आज बस्ने कार्यदलको बैठकमा अधिकांश बुँदामा सहमतिको प्रयास खोजिनेछ ।
यसैबीची, मधेसी मोर्चाको बैठक आज पनि बस्दैछ । अहिले केही समयपछि तमलोपाको कार्यालय बिजुलीबजारमा बस्ने बैठकले आन्दोलन र वार्ताको समीक्षा गर्नेछ ।
मोर्चाले आजै थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेको सद्भावना पार्टीका महासचिव मनीष सुमनले जानकारी दिनुभएको छ ।
यसअघि बिहीबार बसेको मधेसी मोर्चाको बैठकमा सरकारसँग कार्यदलले गरेको वार्ताको समीक्षा भएको थियो ।
dainiknepal.com/2016/116853.html#sthash.OD9BMUGU.peZ6jdRY.dpuf
शुक्रबार, २४ पुष
काठमाडौं । आन्दोलन अलपत्र छाडेर दिल्लीमा चारे होटलमा बसेको भन्दै उनकै कार्यकर्ताले विरोध गरिरहेका बेला सद्भावना अध्यक्ष राजेन्द्र महतो भने अझै दिल्लीमै बस्ने भएका छन् ।
उनी तत्काल स्वदेश नफर्कनुको खास ठूलो कारण भने छैन । उनलाई एक साता पछि रक्तचापको अवस्थाबारे जाँच गराउन चिकित्सकहरुले सल्लाह दिएका छन् । जुन सामान्य मेडिकलमा पनि सम्भव छ । तर, उपचारमा संलग्न चिकित्सकलाई नै फलोअप गराउनका लागि उनी त्यहाँ बसेका हुन् ।
आफूसँगै श्रीमतीलाई समेत लिएर गएका महतो दिल्लीस्थित एक तारे होटलमा बसेका छन् । बिरामी भएर गएका महतो तारे होटलमा बस्ने, हामीलाई नाकामा चिसो खुवाएर राख्ने भन्दै वीरगञ्जमा उनको चर्को विरोध भैरहेको छ ।
उनी नेपाल आउन नचाहरुको अर्को कारण मधेस आन्दोलन नै हो । कार्यदल मार्फत् भैरहेको वार्ता सकारात्मक भएर सहमति गर्ने बेलासम्ममा मात्रै उनी नेपाल फर्कने मनासयमा रहेको बताइएको छ ।
आफ्ना कारण सहमति भाँडियो भन्ने आरोप लागेपछि उनी दिल्लीमै बसेर सकारात्मक सन्देश चाहेको बताइन्छ । महतो दिल्लीमा बस्नुको अर्को कारण उनी सहमति नभएसम्म काठमाडौं नफर्कने कसम खाएका थिए ।
मधेसमै बस्दै आन्दोलनमा जानुपर्ने बाध्यता आउने र फेरि रोग बल्झने डर उनमा छ । यस्तै उनले नेपालमा आफू असुरक्षित भएको बताउन समेत थालेका छन् । सहमति नबनेसम्म आफू असुरक्षित हुने भयले उनी उतै अल्झन चाहेका छन् ।
कार्यदलमा आफ्नो तर्फबाट कसैलाई पनि नपठाएका उनले अन्तिममा कार्यदलले गर्ने निर्णय र महन्थ–उपेन्द्रले गर्ने समझदारी आफूलाई मान्य भएको बताएर आफू पनि वार्ताको पक्षधर भएको पुष्टी गर्न खोजेका छन् ।
महतोले सहमति सँगै पावर सेयरिङको विषय पनि उठाउन मोर्चाका नेताहरुलाई दबाब दिएका छन् । अनि वर्तमान सरकारको स्वरुप परिवर्तन गरि सत्तामा सामेल हुने योजना पनि दिल्लीमै बनाइरहेको बताइन्छ ।
यसका लागि उनले दिल्लीको सुत्र प्रयोग गरिरहेको बताइएको छ । सत्ता समिकरणमा सामेल हुने पक्का वातावरण बनाउन पनि उनी दिल्लीमै रहेको स्रोतको दाबी छ ।
सहमति लगत्तै आन्दोलनरत मधेसी मोर्चालाई पनि सरकारमा समावेश गराउने र उक्त सरकारमा आफ्नो पार्टीलाई महत्वपुर्ण मन्त्रालय चाहिने भन्दै उनले लविङ समेत गरेको स्रोतको दाबी छ ।
nepalsandesh
अनुहार मानिसको सवैभन्दा पहिले देखीने भाग हो, मानिसको सुन्दरताको एउटा प्रमुख कडीको रुपमा पनि अनुहारलाई लिन सकिन्छ् । तर अनुहार राम्रो पार्न व्युटी पार्लर नै धाउन पर्ने वा कुनै कस्मेटिक सर्जरी नै भने गरिहाल्नु पर्दैन् । हामीले मिलाएर खानेकुरा प्रयोग गरेमा पनि त्यसले अनुहारको सुन्दरतालाई बढाउने कार्य गर्दछ ।


राम्रो अनुहारको लागी नछुटाइ प्रयोग गर्नु पर्ने कुरा यस्ता छन्..

१.कागती पानीः कागती सहजै पाइन्छ । ।कागती पानीको नियमित सेवनले अनुहारका पोरलाई सानो पार्दछ भने चिल्लो पदार्थबाट अनुहारलाई मुक्त राख्दछ। यसका साथै यसले अनुहारमा चमक पनि बढाउँछ। पिउनको सातै कागतीलाई अनुहारमा दल्न समेत सकिन्छ ।

२ अण्डाः अण्डा खानलाई मात्र मिठो होइन यसका गुण पनि धेरै छन्।
अण्डलाई फुटाएर अनुहारमा लगाउनाले अनुहारको छाल नरम हुनुका साथै यसले मोस्चराइजिङ इफेक्ट पनि दिन्छ ।


३.महः मह सेवन र अनुहारमा लगाउनले ईनफेक्सन बाट बचाउनका साथै अनुहारको छाला नरम बनाउँछ।
महलाई कागतीसंग मिसाएर प्रयोग गर्दा यसको प्रभाव अझ बढ्दछ।

४.स्ट्रवेरिजः स्ट्रवेरीमा भिटामिन सि, एन्टीअक्सिडेन्ट र एक्सफोलियन्ट्स पाइन्छ ।स्ट्रवेरीलाई धुलो पारेर अनुसार लगाउनले अनुहारको छाला सफा हुन्छ। यसका साथै अनुहारको चमक पनि यसले बढाउँछ ।

५.केराः
महसंग मिसाएर केरालाई अनुहारमा लगाउँदा छाला स्वस्थ र चम्किलो बन्द्छ ।यसले मोस्चराइजको पनि काम गर्दछ । भिडियो हेर्न तलको बाकस थिच्नुहोस
काठमाडौं, २४ पुस । नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले मधेसमा चलेको आन्दोलनलाई कसरी ल्यान्डिङ् गर्ने भनेर भारतीय नेताहरूसँग छलफल गरेको बताउनुभएको छ ।
नेपालवाणी रेडियो नेटवर्कमा आज बिहान पत्रकार ऋषि धमलासँग कुरागर्दै उपसभापति पौडेलले संविधान संशोधनको दुई प्रस्ताव पारित हुनेवित्तिक वीरगञ्ज नाका खोल्ने आश्वासन भारतीय पक्षसँग आफूले पाएको बताउनुभयो । ‘संविधान संशोधन प्रस्ताव पारित हुनेवित्तिकै वीरगञ्ज नाका खुल्छ’, उहाँले भन्नुभयो, ‘यसमा मधेसी मोर्चाले पनि मान्छ ।’
परराष्ट्रमन्त्री कमल थापाले भारतीय पक्षसँग संविधान संशोधन गरेर मधेसी दलहरूको आन्दोलन सम्बोधन गर्ने आश्वासन दिएर आएको बताउनुभएका पौडेलले भन्नुभयो, ‘भारतीय विदेशमन्त्री सुष्मा स्वराजले संविधान संशोधनको प्रस्ताव किन छिटो भएन भनेर जिज्ञासा राख्नु भयो । भारतीय गृहमन्त्री राजनाथ सिंहले पनि कमल थापाले दिएको आश्वासनका विषयमा जिज्ञासा राखेको पाएँ ।’
सीमा नाकामा भएको अबरोधका विषयमा भारतीय बिदेशमन्त्री सुष्मा स्वराज र गृहमन्त्री राजनाथ सिंहले सीमा क्षेत्रको सुरक्षा चासोका विषयमा कुराकानी भएको उपसभापति पौडेलले बताउनुभयो ।
नयाँदिल्लीमा उपचार गराई रहेका सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोसँग आफूले मानवताका हिसावले भेट गरेको पौडेलले बताउनुभयो । ‘मानवीय नाताले उहाँसँग भेट गरेको हुँ’, पौडेलले भन्नुभयो, ‘मधेसी मोर्चामा विवाद छैन । कार्यदलमा हाम्रो पनि समर्थन छ भनेर राजेन्द्र महतोले भन्नुभएको छ ।’
योग आध्यात्मिक बाबा रामदेवको कार्यक्रममा सहभागी हुन भारत पुग्नु भएका उपसभापति पौडेलले बिहीबार राति काठमाडौं फर्कनु भएको छ ।
dainiknepal
शुक्रबार, २४ पुष
काठमाडौँ । भारतको हरिद्वारमा भएको पतञ्जली योगपीठको कार्यक्रम तथा दिल्लीमा विभिन्न दलका वरिष्ठ नेता एवम् मन्त्रीसँगको भेटवार्तापछि नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेल बिहीबारराति स्वदेश फर्किएका छन् ।
ती भेटवार्तामा उपसभापति पौडेलले दुई देशबीचको सहज सम्बन्धमा पछिल्लो समयमा देखिएको कठिनाइ र नेपालीले भोगिरहेको समस्याबारे अवगत गराई आपूर्ति व्यवस्थालाई सहज तुल्याई समस्याको छिटो निकास दिनुपर्नेमा जोड दिएका थिए ।
सामानहरु सहज आपूर्ति हुन नसक्दा नेपालमा देखिएको कठिनाइबारे भारत जानकार रहेको र त्यसलाई समाधान गर्न आफूहरु क्रियाशील रहेको भनाइ भारतीय पक्षले उपसभापति पौडेलसमक्ष राखेका थिए ।
“मैले समस्याको छिटो निकास खोज्न र असहज आपूर्तिलाई छिटो सहज बनाउन भारतले तदारुकता देखाउन भने, घरभित्रको समस्या हामी आपसी संवाद, सहमति र छलफलबाट टुङ्ग्याउन क्रियाशील छौँ,” उपसभापति पौडेलले स्वदेश फर्केपछि भने ।
आफूले भेटेका भारतका सबै पार्टीका नेताको नेपालप्रति सद्भाव र सहानुभूति पाएको तथा अहिलेको अवस्थालाई धेरै लम्ब्याउन नहुने धारणा राखेको पाएको समेत उपसभापति पौडेलले बताए ।
बिहीबार काँग्रेस आईका नेता डा करण सिंहसँग भएको भेटमा नेता सिंहले नेपालमा देखिएको समस्याप्रति चिन्ता व्यक्त गर्दै समस्याको छिटो निकास खोज्नुपर्नेमा जोड दिएका थिए । उपसभापति पौडेलले भारतीय जनता पार्टीका उपाध्यक्ष श्याम जाजुसहित विभिन्न पार्टीका नेतासँग भेटवार्ता गरे ।
दिल्ली यात्राको पहिलो दिन उपसभापति पौडेलले भारतीय विदेशमन्त्री सुुषमा स्वराज, गृहमन्त्री राजनाथ सिंह, भारतीय जनता पार्टीका उपाध्यक्ष भगतसिंह कोसियारी, नेपालका लागि पूर्वभारतीय राजदूतहरु, नेपाल जानकार सांसद डिपी त्रिपाठीलाई भेटेका थिए । यसअघि हरिद्वारमा आयोजित पतञ्जली योगपीठको कार्यक्रममा उपसभापति पौडेल सहभागी भएका थिए ।
nepalsandesh
शुक्रबार, २४ पुष
एजेन्सी । फ्रान्सको राजधानी पेरिसस्थित एक प्रहरी केन्द्रमा बिहीबार बिहान आक्रमण गर्ने एक शंकास्पद आक्रमणकारीको प्रहरी कारबाहीमा मृत्यु भएको छ ।
पेरिसस्थित व्यंग्य पत्रिका ‘चार्ली हेब्दो’को कार्यालयमा आक्रमण गरी पत्रकारसहित १२ जनाको हत्या गरेको एक वर्ष पुगेकै दिन पेरिसस्थित प्रहरी केन्द्रमा ती शंकास्पद आत्मघाती आक्रमणकारीले हमला गरेका थिए ।
प्रहरीका अनुसार चक्कु बोकेका ती आक्रमणकारी ‘अल्ला ओ अकबर’ भन्दै चिच्याएका थिए । उनले विस्फोटक कपडा लगाएको फ्रान्सको गृह मन्त्रालयले उल्लेख गरेको छ ।
फ्रान्सेली राष्ट्रपति फान्कोइस होलान्डले प्रहरी मुख्यालयमा चार्ली हेब्दो कार्यालय आक्रमणको वार्षिकी समारोहमा मन्तव्य दिएलगत्तै प्रहरी केन्द्रमा आक्रमण भएको थियो । आजको अन्नपूर्ण पोस्टमा समाचार छ ।
nepalsandesh
२४ पुस, काठमाडौं ।

नारायणहिटी दरबार संग्राहालय परिसरभित्र छ राहदानी विभाग । दरबारको पश्चिम ढोकाबाट प्रवेश गरे पुगिन्छ विभागमा जहाँ ०६५ साल जेठसम्म पूर्व राजा ज्ञानेन्द्र शाहको निजी सचिवलय थियो ।

दरबारको मुख्य भवन र विभागबीच केही खाली ठाउँ छ । त्यहाँ केही फोहोर राख्ने भाँडासँगै भेटिन्छ , कालो रंगको कार ।

दिनको हजारभन्दा बढी मानिस पासपोर्ट लिन विभाग पुग्छन् । तर न कसैको ध्यान त्यो कारमा परेको छ न त्यो कालो कारले नै कसैलाई आकर्षण गरेको छ ।


कारको दुवै लुकिङ ग्लास फुटेका छन् । कार धुलाम्य छ । धुलोले कारको वास्तविक रंगलाई छोपिसकेको छ । बा१च ९२९४ कारको नम्बर प्लेटमा उल्लेख छ । कारको अगाडिपट्टी नम्बर प्लेटको थोरै माथि लेखिएको छ – मर्सिडिज बेन्ज ।

वर्षौ भयो यो मर्सिडिज बेन्ज त्यहाँ थन्केको । कसैले मेरो हो भन्दै दाबी गर्न आएको छैन । राहदानी विभागको कम्पाउन्डभित्र रहेको यो कार कसको हो भन्नेबारे विभाग बेखबर छ ।

राष्ट्रपतिले शीतल निवास छोड्नु परेपछि परराष्ट्र मन्त्रालय केही समय अहिले विभाग रहेको भवनमा रह्यो । पछि मन्त्रालय सिंहदरबारस्थित अर्थ मन्त्रालयको भवनमा स¥यो ।

राहदानीको काम भने त्यही पूर्व राजाको सचिवालय रहेको भवनबाटै सञ्चलान गरिरहेको छ ।यो कार वीरेन्द्रको हो , नागरिक दैनिकमा खबर छ ।nepaliheadlines
वि.सं. २०७२ साल पुस २४ गते। शुक्रबार। इश्वी सन् २०१६ जनवरी ८ तारिख। नेपाल संवत् ११३६ थिंलागा। पौष कृष्णपक्ष। तिथि– त्रयोदशी, ७:३० बजेउप्रान्त चतुर्दशी।उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
परिस्थितिले केही अप्ठ्यारो मोडमा पुर्याउन सक्छ। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोगीहरू पछि हट्न सक्छन्। श्रम गरीकन मूल्य प्राप्त नहुने समय छ। कमजोरीले चिन्ता बढाउन सक्छ। परिस्थितिवश चिताएको काम रोकिन सक्छ। अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ने देखिन्छ। आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्, गोपनीयतामा ध्यान पुर्याउनुहोला।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
पहिलेका समस्या दोहोरिन सक्छन्। स्वास्थ्यमा कमजोरी र उपचारमा खर्च हुने योग छ। मुख्य काममा बाधा हुने देखिन्छ। सानातिना घरेलु काममै अल्झनुपर्दा मन खिन्न रहनेछ। सवारीमा सावधानी अपनाउनुहोला। लेनदेनको विवादले अप्ठ्यारो पार्न सक्छ। पढाइलेखाइमा पनि समय दिन नसकिएला। आश्वासन दिएर झुक्याउनेहरूले सताउन सक्छन्, सचेत रहनुहोला।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
विभिन्न सहयोग र उपहार पाइनेछ। आयआर्जन पनि राम्रै हुनेछ। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्। कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइनेछ। परिवारजनको साथले नयाँ आशा पलाउनेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। अतिथिका रूपमा सम्मान पाइने समय छ। रमाइलो यात्राको समेत मौका छ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन्। प्रतिस्पर्धामा पनि विजयी भइनेछ। व्यापारलगायत आर्थिक लाभ हुने काममा राम्रै फाइदा हुनेछ। ईर्ष्या गर्नेहरूले केही बाधा पुर्याउन सक्छन्। आफ्ना योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ। अवरोध पन्छाउँदै काम सम्पादन गर्न सकिनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
समयको गतिलाई पछ्याउन नसक्दा अलि दुःख पाइएला। भौतिक साधन बिग्रनाले पनि लक्ष्य प्राप्त गर्न नसकिएला। आफूलाई कमजोर भएको अनुभूति हुनेछ। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहन सक्छ। गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ। साथीसंगत र खानपानमा सावधान रहनुहोला।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
अरूको फाइदाका लागि उपयोग भइनेछ भने परिस्थिति आफ्ना लागि अलि प्रतिकूल रहने देखिन्छ। काम बिग्रने डरले सताइरहनेछ। बेसुरमा वचन दिने बानीले दुःख पाइनेछ। नजिकका साथीभाइ टाढिन सक्छन्। महत्वाकांक्षी योजना गोप्य राख्नुहोला। पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ। काममा अरूको भर पर्दा धोका हुन सक्छ, सचेत रहनुहोला।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
सजिलै काम बन्नाले उत्साह जाग्नेछ। सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। एक्लो प्रयासबाटै धेरैलाई फाइदा पुग्न सक्छ। सहयोगीहरूले काममा साथ दिनेछन्। विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ। रोकिएका काम सम्पादन हुनेछन्। पठन–पाठनमा प्रगति हुनेछ। विशेष सभा–समारोहमा सहभागी बन्ने मौका छ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
काम र पठन–पाठनमा लगनशील बन्न नसक्ता अरूले आलोचना गर्नसक्छन्। तपाईंको कमजोरीमाथि टिप्पणी हुन सक्छ, सचेत रहनुहोला। बोलीको गलत अर्थ लाग्नाले सहयोगीहरू टाढिन सक्छन् । लेनदेनमा पनि विवाद बढ्ने सम्भावना छ। विगतको श्रमबाट भने लाभ हुनेछ। काम रोकिनुका साथै मानसम्मानमा आघात पुग्न सक्छ। फाइदा कममात्र हुनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
प्रयत्न गरेको काम छोटै समयमा पूरा हुनाले समय फुर्सदिलो रहनेछ। इच्छाशक्ति बढ्नेछ भने रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ। परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिनेछ। साथ दिनेहरू बढ्नेछन्। प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ। स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। परिवारजनसँग आत्मीयता बढ्नेछ। प्रेम र मित्रताको बन्धन कसिएर जाला।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
समयमा होश नपुग्नाले खर्च मात्र हुनेछ। प्रलोभन देखाउनेहरूले फसाउन सक्छन्। खर्च गरेर पनि त्यति फाइदा उठाउन नसकिएला। ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्नेछ। शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ। परिवारजनबाट टाढिनुपर्ला। आफ्नै कमजोरीले विवादमा परिनेछ भने सदाचारीहरूलाई मात्र समय उत्साहजनक रहनेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
उठ्नुपर्ने रकम हातलागी हुनाले तत्कालका समस्या टर्नेछन्। व्यवसायमा सामान्य फाइदा प्राप्त हुन सक्छ। अरूका लागि उपयोग भइनेछ। श्रमको समुचित मूल्यांकन नहुन सक्छ। भएको आम्दानी र सञ्चित रकम समेत खर्च गर्नुपर्ला। लगानीको कम प्रतिफल पाइनेछ भने अरूको भरण–पोषणमा खर्च हुन सक्छ। मालमत्ता हराउन सक्छन्, सचेत रहनुहोला।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
कीर्तिमानी कामले आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक कामको दायित्व बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ। व्यापारमा प्रशस्त फाइदा हुनेछ। काममा मातापिताको सहयोग प्राप्त होला। प्रतिष्ठित काम गर्ने मौका छ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ।

हुन त प्रेम अभिब्यक्त गर्नका लागि ‘आइ लभ यू’अर्थात म तिमीलाई प्रेम गर्छु भन्नु जति प्रभावकारी केही पनि हुँदैन । यो साधारण तर सबैभन्दा प्रभावकारी तरिका हो । यो पुरानो जमाना देखि चलेको भाषा र तरिका पनि हो । तर जमाना बदलिँदै जाँदा ‘आइ लभ यू’ को अर्थ भन्दा अझै फरक भाषामा मानिसहरु प्रेम ब्यक्त गर्न मन पराउन थालेका छन् ।

यहाँ ‘आइ लभ यू’ नभनिकन प्रेम ब्यक्त गर्ने तरिकाको बारेमा चर्चा गरिएको छ । कसैलाई प्रस्ताव गर्दा वा प्रेम ब्यक्त गर्दा ‘आइ लभ यू’ नभनीकन पनि कसरी भन्ने त ? थाहा पाइराख्नुस् १० बैकल्पिक भाषा र अभिब्यक्ति ।

१ म तिमीलाई भित्र देखि सम्मान गर्छु

कसैलाई आफूले मन पराउने कुरा बताउनु छ वा प्रेम ब्यक्त गर्नु छ भने ‘आइ लभ यू’ को सट्टा आइ अडोर यू अर्थात म तिमीलाई कदर गर्छु वा सम्मान गर्छु भन्न सकिन्छ । यसले पनि प्रेम ब्यक्त गर्छ र उस्तै भावना जगाउँछ ।

२ म तिमीप्रति नतमस्तक छु

कुनै ब्यक्तिलाई प्रेम ब्यक्त गर्दा ‘आइ लभ यू’को सट्टा आइ इन्फ्याचुएटेड विद यू पनि भन्न सकिन्छ । यसको अर्थ म तिम्रा हरेक कुरामा नतमस्तक छु । भन्ने हो यसले प्रेमको अवस्थालाई नै बुझाउँछ । यसले ‘आइ लभ यू’ भन्नु भन्दा फरकपन पनि महसुस गराउँछ ।

३ म तिम्रै हुँ
‘आइ लभ यू’ को साटो अझै मिठो भाषामा आफूलाई अरुको प्रेममा परेको बुझाउन चाहनु हुन्छ भने आइएम योर्स अर्थात म तिम्रै हुँ पनि भन्न सक्नु हुन्छ ।

४ म तिम्रो सपना देख्छु

तपाइँलाई प्रेम ब्यक्त गर्न मन छ र अझै प्रेमिल भाषामा ‘आइ लभ यू’ भन्न चाहनु हुन्छ भने आई ड्रिम अफ यू पनि भन्न सक्नु हुन्छ । यसले म तिम्रो सपना देख्छु भन्ने अर्थबाट तिम्रो प्रेममा परेको छु र तिम्रैबारेमा मात्र सोंच्छु भन्ने अभिब्यक्त गर्छ ।

५ म हाम्रो प्रेममा जिउँछु

यदि तपाइँ नयाँ तरिकाले प्रेम प्रस्ताव गर्न चाहनु हुन्छ भने आइ लिभ फर आवर लभ अर्थात म हाम्रो प्रेमका लागि जिउँछु भन्न सक्नु हुन्छ ।



६ मलाई तिम्रो नजिक भैरहन मन पर्छ

‘आइ लभ यू’ भन्नुको साटो आइ लभ विइङ अराउण्ड यू अर्थात मलाई तिम्रो नजिक भैरहन मन पर्छ भन्दा पनि प्रेमको अभिब्यक्ति उत्तिकै बलियो हुन्छ ।

७ म निशर्त प्रेम गर्छु
तपाइँलाई म तिमीलाई प्रेम गर्छु ‘आइ लभ यू’ मात्र भन्न मन लाग्दैन भने माइ लभ इज अनकण्डिसनल अर्थात मेरो प्रेम निशर्त छ भन्ने कुरा बुझाउन सक्नु हुन्छ ।

८ म तिमी बिना केही होइन
आइएम नथिङ विदआउट यू भन्नु पनि ‘आइ लभ यू’ भन्नु भन्दा प्रभावकारी बन्न सक्छ । यसले सुन्ने मानिसलाई फरक र विशेष अनुभव गराउँछ ।


९ मलाई तिमी मेरो छेउँमा चाहिन्छ

‘आइ लभ यू’ भन्नुको साटो कहिले काँहि आई नीड यू बाई माई साइड अर्थात म तिमी मेरै छेउँ छाउ होउ भन्ने चाहन्छु भनेर पनि प्रेम ब्यक्त गर्न सकिन्छ । यसले तपाइँले उक्त ब्यक्तिप्रति अनुभव गर्ने विशेष भावना झल्किन्छ ।

१० तिमी र म सदाका लागि

‘आइ लभ यू’ भन्नुको साटो यू एण्ड मी अलवेज अर्थात म र तिमी सदाका लागि भन्ने अभिब्यक्तिबाट पनि प्रेमिल अनुभव गराउन सक्नु हुन्छ ।
काठमाडौँ– संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले प्रमुख तीन दलीय कार्यदलसँग भएको वार्ताका बारेमा समीक्षा गरेको छ ।

तराई–मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) केन्द्रीय कार्यालयमा आज बसेको मोर्चाको बैठकमा बुधबार मोर्चा र प्रमुख दलको कार्यदलबीच भएको वार्ताका बारेमा समीक्षा भएको तमलोपाका महासचिव जितेन्द्र सोनलले बताए ।

बैठकमा वार्तालाई कसरी निचोडमा पु¥याउने र वार्तासँगै आन्दोलनलाई कसरी अगाडि बढाउने भन्ने सम्बन्धमा छलफल भएको र त्यसबारेमा विस्तृत रुपमा शुक्रबारको बैठकमा कुरा हुने उनले जानकारी दिए ।


बैठकमा मोर्चाका नेताहरु लक्ष्मण लाल कर्ण, उपेन्द्र यादव, महन्थ ठाकुर, महेन्द्र राय यादव, हृदयश त्रिपाठी , रामनरेश राय यादव, राजेन्द्र श्रेष्ठ, जितेन्द्र सोनल , रुँजु तिवारीलगायतको सहभागिता रहेको थियो  ।

ratopati
काठमाडौँ, २३ पुस । नेपालले उत्तर (प्रजातान्त्रिक जनगणतन्त्र) कोरियाले बुधबार हाइड्रोजन बम परीक्षण भएको भनी गरेको घोषणाप्रति दुःख व्यक्त गरेको छ ।
यस्ता कार्य अन्तर्राष्ट्रिय आणविक अप्रसार प्रयत्न र कोरिया प्रायःद्वीपको शान्ति, स्थायित्व एवम् एकताका लागि हानिकारक हुने नेपालको दृष्टिकोण रहेको परराष्ट्र मन्त्रालयद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।
नेपाल सबै आमविनाशकारी हतियार र पूर्ण निःशस्त्रीकरणको पक्षमा रहनाका साथै आणविक परीक्षणको विरुद्धमा समर्थन गर्ने दृढ नीतिमा रहेको विज्ञप्तिमा जनाइएको छ । विज्ञप्तिमा नेपाल संयुक्त राष्ट्र सङ्घको अभिसन्धि र अन्तर्राष्ट्रिय कानुनअनुसार अन्तर्राष्ट्रिय विवादको समाधानमा नेपाल विश्वास गर्दछ भनिएको छ ।
बुधबार उत्तर कोरियाले हाइड्रोजन बम परीक्षण गरेको थियो । उक्त परीक्षणका कारण आसपासका क्षेत्रमा ५.१ म्याग्नेच्युडको भूकम्प गएको थियो । संयुक्त राष्ट्र संघसहित दक्षिण कोरिया, अमेरिका, जापान लगायतले उत्तर कोरियाको उक्त परीक्षणको भर्त्सना गरेका छन् ।
dainiknepal
काठमाडौँ, २३ पुस । भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले हाल मुलुकको आपूर्ति व्यवस्थामा देखिएको असहज अवस्थालाई समाधान गर्न परिणाम देखिने गरी सबैले आआफ्नो स्थानबाट पहल गर्नुपर्ने बताउनुभएको छ ।
हाल नेपालमा रहनुभएका राजदूत उपाध्यायले लोकतान्त्रिक छापामाध्यम राष्ट्रिय समाजले आज यहाँ आयोजना गरेको सञ्चारकर्मीसँगको भेटघाट कार्यक्रममा इन्धनको आपूर्तिमा देखिएको असहज अवस्थाका कारण नेपाली जनताले दुःख पाएपछि त्यसलाई समयमै समाधान गर्न नसक्दा उहाँले आफ्नो नयाँ दिल्ली बसाइँ कष्टप्रद रहेको अनुभव भएको बताउनुभयो ।
नेपाल र भारतबीच ऐतिहासिक सुमधुर सम्बन्ध रहेको बताउँदै राजदूत उपाध्यायले भन्नुभयो- “दुवै मुलुकबीचको सम्बन्धमा देखिएको असहज अवस्थाले कसैलाई पनि फाइदा हुँदैन भन्ने बोध भारतलाई भएको छ ।” नेपालमा भारतका बारेमा नकारात्मक टिप्पणी बढेकामा नयाँ दिल्ली चिन्तित रहेको अवगत गराउँदै उहाँले भारतले नेपाललाई आफ्नो नजिकको छिमेकी मित्र र परिवारको एक सदस्य मानेको बताउनुभयो ।
नेपालका राजनीतिक दलले तराईको समस्या समाधानका लागि अहिले देखाएको लचकता र सक्रियता समयमै गरेको भए जनताले दुःख पाउने थिएनन् भन्दै राजदूत उपाध्यायले अहिले समस्या समाधानका लागि सत्तापक्ष र आन्दोलनरत पक्षबीच सबैले जित्ने अवस्था छ भन्नुभयो ।
तराई-मधेसमा आन्दोलनरत पक्षका माग सम्बोधन गर्न प्रमुख दलले साझा अवधारणा सार्वजनिक गरेपछि त्यसको भारतले स्वागत गरेको बताउँदै राजदूत उपाध्यायले मुलुकको आपूर्ति व्यवस्थामा देखिएको असहज अवस्था बिस्तारै सहज हुँदै गएको जानकारी गराउनुभयो ।
dainiknepal
काठमाडौं, २३ पुस । शान्ति सेना अन्तर्गत यूएन मिसनमा लेबनानमा खटिएका एक नेपाली सैनिकको मृत्यु भएको छ ।
विश्व शान्ति स्थापनार्थ युनिफिल मिशन, लेवनानमा श्री गोरखदल गण (शा.से.) ५७ औं डफ्फामा कार्यरत प्युठ भरतराज कार्कीको कर्तव्य पालनको सिलसिलामा पुस १७ गते मृत्यु भएको नेपाली सेनाको सैनिक जनसम्पर्क निर्देशनालय जंगीअड्डाले जनाएको छ ।
मृत्यु भएका कार्कीको शवलाई बुधबार कतार एयरलाईन्सको उडानबाट नेपाल ल्याइएको छ । विहीबार वीरेन्द्र अस्पताल, छाउनीको प्राङ्गणमा सैनिक सम्मानका साथ कार्कीलाई अन्तिम श्रद्धाञ्जली अर्पण गरिएको छ ।
उक्त श्रद्धाञ्जली कार्यक्रममा नेपाली सेनाका रथीबृन्द, सेनानी समूह, अन्य सैनिक जवान एवं सम्बन्धितका परिवारजनका साथै नेपालस्थित यूएन स्थायी नियोगका प्रतिनिधि र रक्षा मन्त्रालयका प्रतिनिधि समेतको उपस्थिति रहेको थियो ।
नेपाली सेना विगत ६ दशकभन्दा अघिदेखि विश्वका विभिन्न द्वन्द्वग्रस्त क्षेत्रहरुमा शान्ति सैनिकका रुपमा खट्टिई आफूलाई सुम्पिएको जिम्मेवारी कूशलतापूर्वक निर्वाह गर्दै आएको छ । एक सैनिक जवान राष्ट्रले दिएको कठिन भन्दा कठिनतम् आदेशलाई शीरोपर गर्दै मातृभूमि, आफ्ना परिवारजन तथा सहकर्मी मित्रहरुबाट टाढा रहंदै अपरिचित र कठिन भौगोलिक सुरक्षा परिस्थितिमा समेत विश्व शान्ति स्थापनार्थ तैनाथ हुनु आफैंमा गौरवको विषय भएको सेनाले जनाएको छ ।
‘अझ, विश्व शान्ति र भात्तृत्वका लागि खट्टिदा खट्टिदै शहादत प्राप्त गर्नु आफैंमा विशिष्ट त्याग र बलिदान हो । शान्ति स्थापनाको पूण्य कार्यमा समर्पित सैनिक जवानको यस बलिदानले विश्व शान्तिप्रतिको नेपालको अटुट समर्पणलाई थप उजागर गरेको छ ।’ नेपाली सेनाद्धारा जारी विज्ञप्तिमा जनाइएको छ । तथ्यांकअनुसार हालसम्म शान्ति स्थापनार्थ तैनाथ ६२ जना शान्ति सैनिकहरुको मृत्यु भइसकेको छ ।
dainiknepal
जनकपुर, पुस २३ । जनकपुरमा बजार बन्द गराउँदै हिँडेका मधेसी मोर्चाका कार्यकर्तालाई विहीबार स्थानीय व्यापारीहरुले लखेटेका छन् ।

मोर्चाका कार्यकर्ताले पसलहरुमा तोडफोड गर्न थालेपछि आक्रोशित बनेका व्यापारीहरुले आन्दोलनकारीलाई लखेटेका हुन् ।

व्यापारीहरुले मोर्चाका धनुषा संयोजक तथा सद्भावना पार्टीका जिल्ला अध्यक्ष संजयकुमार सिंह र तराई मधेस सद्भावना पार्टीका धनुषा अध्यक्ष रुपनारायण मण्डलको मोटरसाइकल पनि जलाइदिएका छन् ।

त्यसक्रममा मोर्चाका केही नेता तथा कार्यकर्ता व्यापारीहरुबाट कुटिएका छन् ।

मोर्चाका कार्यकर्ता धर्मेन्द्र साहले भने नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताले आन्दोलनकारीमाथि हातपात गरेको आरोप लगाएका छन् ।

आन्दोलनकारीहरुविरुद्ध स्थानीय व्यापारीहरु उत्रिएपछि जनकपुरमा केही समय तनाव उत्पन्न भएको थियो ।imagekhabar
काठमाडौं, पुस २३ । तराई–मधेसमा आन्दोलनरत् मधेसी मोर्चाले अहिलेसम्मका आफ्ना आन्दोलनहरुको समीक्षा गरेको छ ।

मोर्चाको विहीबार राजधानीमा बसेको बैठकमा आन्दोलहरुको समीक्षा गर्दै आगामी आन्दोलनको कार्यक्रमबारे पनि छलफल भएको जनाइएको छ ।

बैठकपछि मोर्चाका नेताहरुले आफ्ना ११ बुँदे मागको सम्बोधन नभएसम्म आफूहरु आन्दोलनका कार्यक्रमहरु नरोक्ने पक्षमा मोर्चा रहेको बताए । imagekhabar.com
काठमाडौं, पुस २३ । अढाइ सय वर्ष लामो यात्रालाई इतिहासको गर्भमा पुर्‍याउँदै विगत बनेको नेपालको राजतन्त्रलाई झक्झक्याउने केही स्थान र वस्तु अहिले पनि नेपालका विभिन्न क्षेत्रमा छरिएर रहेका छन् ।

जसको संरक्षण र सम्बद्र्धनको जिम्मा नेपाल ट्रष्टले पाएको छ । तीमध्ये नारायणहिटी दरबार ज्यूँदो इतिहास बोकेको मुख्य थलो हो ।

जहाँबाट अन्तिम शाह राजा ज्ञानेन्द्र, पूर्वजको पसिनाले सिर्जिएको राजतन्त्रलाई हासी–हासी बिदा गर्दै निस्किएका थिए । त्यही नारायणहिटी परिसरको अवस्था भने कस्तो छ त ? एक रिपोर्टimagekhabar
काठमाडौं २३ पूस । कुनै भवितव्य नभए अनि राजनीति संलदै गए सन् २०१६ को मार्च वा अप्रिलमा चिनियाँ राष्ट्रपतिले नेपालको एक या दुई दिने भ्रमण गर्न सक्नेछन् । राष्ट्रपति सी जिनपीङको सम्भावित नेपाल भ्रमणका लागि चिनियाँ पक्षले तयारी र पहल समेत सुरु गरिसकेको छ । तर, नेपालको कुटनीतिक पहल भने शून्य प्राय छ ।
यही बिचमा चीनका लागि नेपाली राजदुत डा.महेश मास्केको पदावधि समाप्त हुन लागेको छ । चीनसँग राम्रो सम्पर्क सुत्र कायम गरेका मास्केको पदावधी थप्ने पक्षमा सरकार देखिदैन । तर, उनको अभावमा बेइजिङमा नेपालले गर्नुपर्ने पहल गर्न सक्ने छैन ।
चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल भ्रमणमा आउने विषयले यतिवेला नेपालको मात्र होइन, दक्षिण एसियामै चासोको विषय बनेको छ । उनको सम्भावित नेपाल भ्रमणलाई लिएर सबैभन्दा बढी भारत नै हच्किएको छ ।
उनको भ्रमण प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणपछि हुने बताइएपनि मितिका बारेमा कसैले पनि खुलाएको छैन । चिनियाँ राष्ट्रपतिको यो भ्रमण नेपालका लागि मात्र होइन, चीनका लागि पनि निकै महत्वपूर्ण र नयाँ आयाम हुने छ र यो भ्रमण दक्षिण एसिया हुँदै मध्य एसियासम्म चीनको पहँच बढाउनका लागि फलदायी हुनेछ ।
नेपालको आर्थिक विकासमा पनि चिनियाँ योगदान बढ्ने गरि यो भ्रमण हुनेछ । उनी विश्वकै शक्तिशाली शासक मध्ये एक हुन् र उनी विश्वकै केन्द्रमा रहेका नेता हुन् । यस्तो अवस्थामा उनले नेपाल भ्रमणका लागि केही सर्तहरु तयारी गरेका छन् ।
उनको सम्भावित भ्रमणमा इन्धन पाइपलाईन निर्माण र त्यसको सम्पूर्ण लगानी चीनले नै गर्नेगरी सम्झौता गर्ने, मध्य एसियालाई केन्द्र बनाएर निर्माण गरिने रेलमार्गको हस्ताक्षर गरिने र नेपालमा चिनियाँ लगानी ल्याएर उर्जा विकास गर्ने विषयमा हस्ताक्षर गर्न चीन तयार छ ।तर, यसका लागि उसले केही सर्त राख्नेछ । त्यो प्रधानमन्त्री ओलीकालाई अत्यासलाग्दो र असम्भव हुने छ ।
चीनले यी सम्झौता अघि प्रधानमन्त्री ओलीसँग बेइजिङमा इन्धनको व्यापारिक सम्झौता र विप्पा सम्झौता गर्ने छ । र शीको भ्रमणमा हुने सम्भावित सम्झौताका लागि राजनीतिक सहमति कायम गर्नका लागि ओलीलाई आग्रह गर्ने र राजनीतिक सहमति बनेमा मात्र उनको भ्रमण हुने छ ।
नत्र, उपराष्ट्रपतिको मात्र भ्रमण हुनेछ । नेपालसँगको सम्बन्ध बलियो बनाउन नेपालको राजनीतिक नेतृत्वले केही प्रतिवद्धता जनाउनुपर्ने उसको सर्त रहने छ । चीनसँगको सम्बन्ध दिल्लीलाई देखाउन या उसँग बार्गेनिङ पावर बढाउनका लागि मात्रै प्रयोग गर्ने रणनीतिको अन्त्य गर्नका लागि पीङले प्रतिवद्धता माग्ने भएका हुन् ।
उनले चीनसँगको सम्बन्ध र मामला भारतसँगको फाइदाका लागि उपयोग नगर्ने प्रतिबद्धता नआए यस्तो सम्झौता नगर्ने संकेत गरिसकेका छन् । किनकी चीनको भारतमा अत्याधिक लगानी छ र भारतलाई विच्क्याएर नेपालसँग नजिक हुनु उसका लागि बेफाइदा हुनेछ ।
यसकारण चिनियाँ सर्त मान्नका लागि नेपाली नेतृत्व तयार हुनुपर्नेछ । अहिले पनि नेपाली नेतृत्वले ढुलमुले नीति लिएका कारण इन्धनको व्यापारिक सम्झौता हुन नसकेको चिनियाँ आरोप छ । देखिन पनि यस्तै देखिएको छ ।यसकारण पीङको प्रस्ताव ओलीका लागि आपत हुन सक्छ, तर, यसले दीर्घकालमा नेपाललाई आत्मनिर्भर बनाउन सहयोग गर्नेछ । नेपाल शन्देसबाट
purbelinews
बिहीबार, २३ पुष
काठमाडौं । विश्व फुटबलको नियमनकारी निकाय फिफाको नयाँ बरियतामा नेपाल फेरि ४ स्थान तल झरेको छ ।
फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ बरियता अनुसार नेपाल ४ स्थान तल झर्दै १९६ औं स्थानमा पुगेको हो । दक्षिण एसियाली मुलुकको बरियतामा पनि नेपाल पुछारमा झरेको छ ।
दक्षिण एसियाली मुलुकहरुको सूचीमा साफ च्याम्पियनसिपको उपविजेता अफगानिस्तान शीर्ष स्थानमा रहेको छ भने माल्दिभ्स दोस्रो तथा साफ विजेता बनेको भारत तेस्रो स्थानमा रहेको छ ।
अफगानिस्थान तीन स्थान तल झरेको हो भने माल्दिभ्स र भारत समान ३ स्थान माथि उक्लिएका हुन् ।
अफगानिस्तान फिफा बरियताको १५३ औं, माल्दिभ्स १५७ औं, भारत १६३ औं, बंगलादेश १७९ औं, पाकिस्तान १८५ औं, श्रीलंका १८८ औं र भुटान १९२ औं स्थानमा रहेका छन् ।
एसियाली बरियतामा इरान शीर्ष स्थानमा रहेको छ भने कोरिया दोस्रो तथा जापान तेस्रो स्थानमा रहेका छन् ।
विश्व बरियतामा भने यसपटक पनि बेल्जियम एक नम्बरमा रहन सफल भएको छ भने विश्वकपको उपबिजेता अर्जेन्टिना दोस्रो, स्पेन तेस्रो, जर्मनी चौथो, चिली पाँचौं स्थानमा रहेका छन् ।
यसैगरी ब्राजील, पोर्चुगल, कोलम्बिया, इङल्याण्ड र अष्ट्रिया क्रमशः छैठौं देखि दशौं स्थानमा रहेका छन् ।
nepalsandesh
जनकपुर, २३ पुस । बन्द र हड्तालले आजित धनुषाको जनकपुरका व्यापारी मधेसी मोर्चाविरुद्ध प्रतिकारमा उत्रिएका छन् ।
प्रतिकारमा उत्रिएपछि जानकी चोकमा मोर्चा कार्यकर्ता र स्थानीय बासिन्दा/व्यापारीबीच झडप भएको प्रहरीले जनाएको छ । जनकपुरको जानकी चोक अहिले तनावग्रस्त बनेको छ । विहीबार दिउँसो मोटरसाइकल जुलुससहित मोर्चाका कार्यकर्ता बजार बन्द गराउँदै हिडेका थिए । उनीहरुले व्यापारीलाई पसल बन्द गराउन दबाब दिएका थिए । त्यसपछि आक्रोशित व्यापारी र स्थानीयहरु मिलेर प्रतिकारमा उत्रिएका हुन् ।
प्रतिकारमा उत्रिएका स्थानीयले मोर्चाका नेता चढेको मोटरसाइकल जलाइदिएका छन् । उनीहरुले सद्भावना पार्टी अध्यक्ष संजय सिंहको ज २ प ५४१९ नम्बर र तमसपा जिल्ला अध्यक्ष रूपनारायण मण्डलको ज ३ प २९९१ नम्बरको मोटरसाइकलमा जलाएका हुन् ।
यता मोर्चा नेताहरूले कांग्रेस र एमाले कार्यकर्ताले जुलुसमा अवरोध गरेका आरोप लगाएका छन् ।
dainiknepal
बनेपा, पुस २३ । काभ्रेपलाञ्चोकका पाँच गाविसमा अस्थायी टहरामा बसोबास गरिरहेका भूकम्पपीडितका लागि सामूहिक सामुदायिक आवास निर्माण गरिने भएको छ ।

सहरी विकास तथा भवन निर्माण विभागमार्फत भूकम्पपीडितलाई जाडो छल्न भन्दै ‘विन्टर सेल्टर’ (हिउँदे आवास) निर्माण गर्न लागिएको सहरी विकास तथा भवन डिभिजन कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख अष्टलाल सुवालले जानकारी दिए ।

उनले पहिलो चरणमा जिल्लाका शिखरआम्वोटे, चौवास, कलातीभूमिडाँडा, च्यासिङ्खर्क र धुसेनी शिवालयमा आवासका लागि त्यस्ता भवन बनाउन लागिएको बताए ।

डिभिजन कार्यालयले एउटा भवन निर्माणका लािग रु ३९ लाख लागत लाग्ने उल्लेख गर्दै थप २४ ओटा गाविसमा पनि आवास बनाउन बजेट माग भएको सुवालले जानकारी दिए ।

आधा रोपनी क्षेत्रफलमा निर्माण हुने त्यस्तो आवासमा आठ कोठा र त्यसमा महिला तथा पुरुष शौचालयसमेत रहनेछन् ।

भूकम्पबाट मृत्युहुनेको संख्या ३३०
काभ्रेपलाञ्चोकमा हालसम्म भूकम्पबाट मृत्यु हुनेको संख्या ३३० पुगेको छ ।

जिल्ला दैवी प्रकोप उद्धार तथा राहत समितिले गत वैशाख १२ गते गएको भूकम्पका कारण थप तीनजनाको मृत्यु भएको जनाएपछि मृतकको संख्या ३३० पुगेको हो ।

काभ्रेपलाञ्चोकका प्रजिअ मदन भुजेलले लामो समयदेखि विभिन्न अस्पतालमा उपचार गराइरहेका तीनजनाको मृत्यु भएको पुष्टि गर्दै भूकम्पपीडितले प्राप्त गर्ने सबै प्रकारका राहत उनीहरुका परिवारलाई प्रदान गरिने बताए ।

बनेपाका आइतलाल मानन्धर, बालुवापाटीका लालबहादुर तामाङ र कुशादेवीका सावित्री हुमागाइँको मृत्यु भएको हो । भूकम्पका कारण यसअघि ३२७ जनाको मृत्यु भइसकेको छ ।

केन्द्रीय दैवी प्रकोप तथा उद्धार समितिबाट जिल्लामा आएको झन्डै ४०० थान कम्बल जिल्लाको दुर्गम क्षेत्र मानिने महाभारत शृंखला डाँडापारीका १२ गाविसमा वितरण गर्ने र न्यानो कपडा खरिदका लागि रु १० हजार यही शुक्रबारभित्र वितरण गरिने भएको छ ।

प्रजिअ भुजेलले भूकम्पपीडितका बारेमा अनुगमन र निरीक्षण प्रभावकारी हुन नसकेको स्वीकार गर्दै अनुगमनलाई प्रभावकारी बनाउन कदम चालिने प्रतिबद्धता व्यक्त गरे । imagekhabar
बिहीबार, २३ पुष
ओलीलाई उचाल्ने, मोर्चालाई पछार्ने
काठमाडाैं । नयाँ वर्षको उपलक्ष्यमा शुभकामना दिने भन्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई टेलिफोन गरेर संविधान संशोधन विधेयक पारीत भएपछि नाका सहज हुने बताएका थिए ।
ओली पनि मख्ख पर्दै मोदीको प्रशंसा गर्न भ्याए । यता, आन्दोलदनरत मधेसी मोर्चाका नेताहरुलाई पनि कुनै हालतमा वीरगञ्ज नाकामा आन्दोलन नछाड्न र संविधान संशोधन भएपनि नमान्न उनै मोदीले मोर्चाका नेताहरुलाई उचालेको खबर आइरहेको छ ।
यस्तोमा भारतीय पूर्वकेन्द्रीय रेलमन्त्री एवं विहारका नेता लालुप्रसाद यादवले भने मोदीले आजकाल नयाँ जागिर नै थालेको बताएका छन् । प्रधानमन्त्री मोदीकै कारण नेपाल भारत बिचको पुस्तौं लामो सम्बन्ध सखाप भएको भन्दै यादवले मोदी कुटनीति नेपालमा फेल भएको समेत दाबी गरेका छन् ।
यादवले मोदीले नेपालका प्रधानमन्त्री ओलीलाई उचाल्ने र मधेसी मोर्चाका नेताहरुलाई पछार्ने रणनीति लिएको र दुई पक्षलाई नै म तपाईंको साथमा छु भनेर अवस्था उत्तेजित पारेको आरोप लगाएका हुन् ।
सद्भावनाका केन्द्रीय सदस्य योगेन्द्र यादवसँग आफ्नै निवास पटनामा कुराकानी गर्दै यादवले मोदीका कारण नेपालको तराईमा समस्या सुल्झन नसकेको बताएका हुन् ।
उनले नेपालको मन्त्रिपरिषद्ले पारित गरेको तीन बुँदे प्रस्तावको भारतले समर्थन वा विरोध गर्नुको कुनै तुक नभएको भन्दै मोदीको यस्तो चरीत्र र जागिरका कारण नेपाली नेपालीबीचमा भिडन्त बढ्ने खतरा आएको बताएका हुन् ।
उनले सद्भावनाका नेताहरुलाई संयमित भएर सहमति, सहकार्य र एकता गरेर समस्या सुल्झाउन आग्रह गरे । यादवले पहिला देश अनि मधेसको भावना लिएर अघि बढ्न पनि सुझाव दिए ।
nepalsandesh
बिहीबार, २३ पुष
एजेन्सी। भारतले भियतनाममा सुचारु गर्न खोजेको तथ्यांक ट्रयाक गर्ने स्टेशनलाई लिएर भारत र चीन विच असहज स्थिति पैदा भएको छ । चिनिया अधिकारीहरुले भारतको यो रवैयाले स्थिति असहज हुने जनाएको छ ।
भारतले यो डेटा ट्रयाक गर्ने स्टेशन चीनको दक्षिणी महासागर तट नजिकै बनाउन थालेकाले चीन उत्तेजित भएको हो ।भारतको अन्तरिक्षमा अनुसन्धान गर्ने सस्थाले सो डेटा स्टेशन हो ची मिन्ह शहरमा स्थापना गरेको छ ।
जुन संस्था केहि दिनमा सुचारु हुनेछ र त्यहाँ बाट इन्डोनेसिया सम्म सो स्टेशन विस्तार गर्ने योजना भारतले बनाएको भारत अधिकारीहरुले जनाएका छन् ।
चीनको प्रतिक्रिया संगै भारतले यो समस्यालाई शान्तिपूर्ण तरिकाले हल गरिने जनाएको छ ।
nepalsandesh
काठमाडौं, २३ पुस । तराईमा आन्दोलनरत मधेसवादी दललाई फकाउन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नयाँ प्रस्ताव ल्याएको छ ।
कांग्रेसले औपचारिक रुपमै व्यवस्थापिका संसदमा पेस भएको संविधान संशोधन विधेयकमा मधेसीले राखेकै मागअनुसार परिमार्जन प्रस्ताव ल्याएको हो । उक्त प्रस्तावलाई विहीबार कांग्रेसका सांसदले संसद सचिवालयमा पेस गरेका छन् ।
उक्त प्रस्तावमा अन्तरिम संविधानमा भएको व्यवस्था अनुसार जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्नुपर्ने, विगतका सहमति र अहिलेका मागका आधारमा समानुपातिक समावेशीता कायम गर्नुपर्ने माग राखिएको छ । जून माग पुरा गराउन मधेसवादी दलले चार महिनादेखि आन्दोलन गरिरहेका छन् ।
हाल संसद प्रस्तुत संशोधन विधेयक परिमार्जन गरी माथि उल्लेखित विषयलाई समेट्नुपर्ने प्रस्ताव कांग्रेसले संसद सचिवालयमा दर्ता गरेको कांग्रेस सभासद अमरेशकुमार सिंहले जानकारी दिनुभयो ।
कांग्रेसका तर्फबाट संसदमा चार विधेयक पेस गरिएका छन् । जसमा सांसदहरु विमलेन्द्र निधी, फरमुल्ला मन्सुर, मिनेन्द्र रिजाल र रोमी गौचनले अलग अलग प्रस्ताव पेस गरेका हुन् ।
संविधान संशोधन प्रस्तावमा परिमार्जन प्रस्ताव पेस गर्न तोकिएको समयभित्र राष्ट्रिय जनमोर्चाका दुर्गा पौडेल र मिना पुन, नेककिपाका प्रेम सुवाल, नेपाली जनता दलका हरिशरण शाह, रामकुमार राई र नेकपा सयुक्तका जयदेव जोशीले फरक फरक प्रस्ताव पेस गरेका छन् ।
जसमा जनमोर्चाले संशोधन विधेयकले पहाडी समुदायलाई विभेद गरेको भन्दै विरोध जनाएको छ ।
यसअघि कांग्रेस, एमाले, एमाओवादी र मधेसवादी दलले संयुक्त रुपमा प्रस्ताव लैजाने भनेका छन् थिए तर, यो समाचार तयार पार्दासम्म एमाले, एमाओवादी र मधेसी मोर्चाले संशोधन विधेयकमा प्रस्ताव पेस गरेका छैनन् ।
dainiknepal
बिहीबार, २३ पुष
काठमाडौं । कुनै भवितव्य नभए अनि राजनीति संलदै गए सन् २०१६ को मार्च वा अप्रिलमा चिनियाँ राष्ट्रपतिले नेपालको एक या दुई दिने भ्रमण गर्न सक्नेछन् ।
राष्ट्रपति सी जिनपीङको सम्भावित नेपाल भ्रमणका लागि चिनियाँ पक्षले तयारी र पहल समेत सुरु गरिसकेको छ । तर, नेपालको कुटनीतिक पहल भने शून्य प्राय छ ।
यही बिचमा चीनका लागि नेपाली राजदुत डा.महेश मास्केको पदावधि समाप्त हुन लागेको छ । चीनसँग राम्रो सम्पर्क सुत्र कायम गरेका मास्केको पदावधी थप्ने पक्षमा सरकार देखिदैन । तर, उनको अभावमा बेइजिङमा नेपालले गर्नुपर्ने पहल गर्न सक्ने छैन ।
चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल भ्रमणमा आउने विषयले यतिवेला नेपालको मात्र होइन, दक्षिण एसियामै चासोको विषय बनेको छ । उनको सम्भावित नेपाल भ्रमणलाई लिएर सबैभन्दा बढी भारत नै हच्किएको छ ।
उनको भ्रमण प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणपछि हुने बताइएपनि मितिका बारेमा कसैले पनि खुलाएको छैन । चिनियाँ राष्ट्रपतिको यो भ्रमण नेपालका लागि मात्र होइन, चीनका लागि पनि निकै महत्वपूर्ण र नयाँ आयाम हुने छ र यो भ्रमण दक्षिण एसिया हुँदै मध्य एसियासम्म चीनको पहँच बढाउनका लागि फलदायी हुनेछ ।
नेपालको आर्थिक विकासमा पनि चिनियाँ योगदान बढ्ने गरि यो भ्रमण हुनेछ । उनी विश्वकै शक्तिशाली शासक मध्ये एक हुन् र उनी विश्वकै केन्द्रमा रहेका नेता हुन् । यस्तो अवस्थामा उनले नेपाल भ्रमणका लागि केही सर्तहरु तयारी गरेका छन् ।
उनको सम्भावित भ्रमणमा इन्धन पाइपलाईन निर्माण र त्यसको सम्पूर्ण लगानी चीनले नै गर्नेगरी सम्झौता गर्ने, मध्य एसियालाई केन्द्र बनाएर निर्माण गरिने रेलमार्गको हस्ताक्षर गरिने र नेपालमा चिनियाँ लगानी ल्याएर उर्जा विकास गर्ने विषयमा हस्ताक्षर गर्न चीन तयार छ ।तर, यसका लागि उसले केही सर्त राख्नेछ । त्यो प्रधानमन्त्री ओलीकालाई अत्यासलाग्दो र असम्भव हुने छ ।
चीनले यी सम्झौता अघि प्रधानमन्त्री ओलीसँग बेइजिङमा इन्धनको व्यापारिक सम्झौता र विप्पा सम्झौता गर्ने छ । र शीको भ्रमणमा हुने सम्भावित सम्झौताका लागि राजनीतिक सहमति कायम गर्नका लागि ओलीलाई आग्रह गर्ने र राजनीतिक सहमति बनेमा मात्र उनको भ्रमण हुने छ ।
नत्र, उपराष्ट्रपतिको मात्र भ्रमण हुनेछ । नेपालसँगको सम्बन्ध बलियो बनाउन नेपालको राजनीतिक नेतृत्वले केही प्रतिवद्धता जनाउनुपर्ने उसको सर्त रहने छ । चीनसँगको सम्बन्ध दिल्लीलाई देखाउन या उसँग बार्गेनिङ पावर बढाउनका लागि मात्रै प्रयोग गर्ने रणनीतिको अन्त्य गर्नका लागि पीङले प्रतिवद्धता माग्ने भएका हुन् ।
उनले चीनसँगको सम्बन्ध र मामला भारतसँगको फाइदाका लागि उपयोग नगर्ने प्रतिबद्धता नआए यस्तो सम्झौता नगर्ने संकेत गरिसकेका छन् । किनकी चीनको भारतमा अत्याधिक लगानी छ र भारतलाई विच्क्याएर नेपालसँग नजिक हुनु उसका लागि बेफाइदा हुनेछ ।
यसकारण चिनियाँ सर्त मान्नका लागि नेपाली नेतृत्व तयार हुनुपर्नेछ । अहिले पनि नेपाली नेतृत्वले ढुलमुले नीति लिएका कारण इन्धनको व्यापारिक सम्झौता हुन नसकेको चिनियाँ आरोप छ । देखिन पनि यस्तै देखिएको छ ।
यसकारण पीङको प्रस्ताव ओलीका लागि आपत हुन सक्छ, तर, यसले दीर्घकालमा नेपाललाई आत्मनिर्भर बनाउन सहयोग गर्नेछ ।
nepalsandesh
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Aug 24 (6)
  • Aug 23 (1)
  • Aug 19 (1)
  • Aug 18 (19)
  • Aug 17 (17)
  • Aug 16 (24)
  • Jan 24 (18)
  • Jan 23 (27)
  • Jan 22 (32)
  • Jan 21 (35)
  • Jan 20 (35)
  • Jan 19 (34)
  • Jan 18 (40)
  • Jan 17 (45)
  • Jan 16 (27)
  • Jan 15 (29)
  • Jan 14 (35)
  • Jan 13 (40)
  • Jan 12 (32)
  • Jan 11 (39)
  • Jan 10 (31)
  • Jan 09 (23)
  • Jan 08 (31)
  • Jan 07 (30)
  • Jan 06 (39)
  • Jan 05 (34)
  • Jan 04 (39)
  • Jan 03 (43)
  • Jan 02 (47)
  • Jan 01 (31)
  • Dec 31 (34)
  • Dec 30 (36)
  • Dec 29 (43)
  • Dec 28 (33)
  • Dec 27 (27)
  • Dec 26 (38)
  • Dec 25 (33)
  • Dec 24 (38)
  • Dec 23 (44)
  • Dec 22 (39)
  • Dec 21 (37)
  • Dec 20 (40)
  • Dec 19 (31)
  • Dec 18 (47)
  • Dec 17 (30)
  • Dec 16 (16)
  • Dec 15 (42)
  • Dec 14 (30)
  • Dec 13 (32)
  • Dec 12 (35)
  • Dec 11 (42)
  • Dec 10 (26)
  • Dec 09 (31)
  • Dec 08 (15)
  • Dec 07 (37)
  • Dec 06 (30)
  • Dec 05 (34)
  • Dec 04 (32)
  • Dec 03 (33)
  • Dec 02 (36)
  • Dec 01 (37)
  • Nov 30 (48)
  • Nov 29 (28)
  • Nov 28 (35)
  • Nov 27 (35)
  • Nov 26 (47)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (27)
  • Nov 22 (32)
  • Nov 21 (43)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (22)
  • Nov 17 (29)
  • Nov 16 (32)
  • Nov 15 (25)
  • Nov 14 (28)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (42)
  • Nov 09 (22)
  • Nov 08 (40)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (42)
  • Nov 01 (44)
  • Oct 31 (29)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (47)
  • Oct 27 (32)
  • Oct 26 (39)
  • Oct 25 (35)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (22)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (31)
  • Oct 02 (29)
  • Oct 01 (29)
  • Sep 30 (29)
  • Sep 29 (24)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (26)
  • Sep 25 (27)
  • Sep 24 (18)
  • Sep 23 (15)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (26)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (12)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (19)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (22)
  • Sep 07 (22)
  • Sep 06 (26)
  • Sep 05 (18)
  • Sep 04 (23)
  • Sep 03 (24)
  • Sep 02 (25)
  • Sep 01 (24)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (27)
  • Aug 28 (28)
  • Aug 27 (30)
  • Aug 26 (29)
  • Aug 25 (24)
  • Aug 24 (35)
  • Aug 23 (30)
  • Aug 22 (31)
  • Aug 21 (32)
  • Aug 20 (30)
  • Aug 19 (33)
  • Aug 18 (27)
  • Aug 17 (34)
  • Aug 16 (28)
  • Aug 15 (23)
  • Aug 14 (23)
  • Aug 13 (22)
  • Aug 12 (19)
  • Aug 11 (18)
  • Aug 10 (24)
  • Aug 09 (16)
  • Aug 08 (18)
  • Aug 07 (25)
  • Aug 06 (16)
  • Aug 05 (18)
  • Aug 04 (21)
  • Aug 03 (19)
  • Aug 02 (14)
  • Aug 01 (17)
  • Jul 31 (19)
  • Jul 30 (19)
  • Jul 29 (15)
  • Jul 28 (12)
  • Jul 25 (14)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home