• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
काठमाडौं, ७ माघ । प्रमुख तीन दल र मधेसी मोर्चाबीच प्रधानमन्त्री निवास बालुवाटारमा शीर्ष स्तरीय वार्ता सुरु भएको छ ।
मधेसका मुद्दामा सहमति खोज्न विहान ९ बजेदेखि वार्ता सुरु भएको हो ।
वार्तामा प्रमुख तीन दलका शीर्ष नेता सहभागी छन् । यसैगरी मोर्चाका तर्फबाट उपेन्द्र यादव, हृदेश त्रिपाठी, लक्ष्मणलाल कर्ण र शर्वेन्द्रनाथ शुक्ला सअभागी छन् ।
यसअघि तीन दल–मोर्चा कार्यदल स्तरको वार्ताको औचित्य सकिएको भन्दै मोर्चाले शीर्ष तहमा मात्रै वार्ता गर्ने निर्णय गरेको थियो ।
मोर्चासँग सहमति खोज्न भन्दै शीर्ष तीन दलको आग्रहमा संसद बैठक दुई दिन पर सारिएको छ । मोर्चासंग सहमति खोजेर ९ गते संविधान संशोधन प्रस्ताव पारित गर्ने तयारी तीन दलले गरेका छन् ।
dainiknepal
बिहीबार, ७ माघ
कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१ की २८ वर्षीय सरिता लुहारको प्रहरी जवानले गरेको रक्तदानले ज्यान बचेको छ ।
महाकाली अञ्चल अस्पतालमा बुधबार तीन महिनाको भ्रुण (शिशु) खसेपछि लुहारको अत्यधिक रक्तश्रावका कारण अवस्था चिन्ताजनक भएको थियो ।
‘ओ पोजेटिभ’ रगत नपाएपछि चिन्ताजनक अवस्थामा रहेकी उनलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत प्रहरी जवान राजाराम डगौराले एक प्रिन्ट रगत दान गरेपछि उनको ज्यान जोगिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । अहिले उनको अवस्था सामान्य रहेको छ ।
nepalsandesh
काठमाडौं– नेपाली सेनाले  नयाँ पदका लागि दरखास्त आह्वान गरेको  छ । नेपाली सेनाको कार्यरथी विभाग भर्ना छनौट निर्देशनालय जंगी अड्डाले बिहीबार एक सार्वजनिक सूचना जारी गर्दै एक सय ७५ जनाका लागि दरखास्त आह्वान गरेको हो।
नेपाली सेनाको स्वीकृत दरबन्दीभित्र रिक्त रहेका पदहरुमा समावेशी तथा खुल्ला प्रतिस्पर्धाबाट पदपूर्ति गरिने नेपाली सेनाले जनाएको छ। जसमा विभिन्न ट्रेडका प्राविधिक तथा बिल्दार पदहरु रहेका छन् । आवेदकले आवश्यक कागजात तथा शैक्षिक योग्यताको प्रमाणपत्रसहित स्वयम उपस्थित भएर १० रुपैयाँको टिकट टाँसेर दरखास्त पेस गर्न सक्नेछन्। इच्छुक उम्मेद्वारले यही माघ ७ गतेदेखि फागुन ७ गतेसम्मभित्र र त्यसपछि दोब्बर दस्तुर तिरेर सात दिनसम्म आवेदन दिन सकिने सुचनामा उल्लेख छ । उम्मेद्वारहरु आवेदन दिनका लागि जंगी अड्डाको पश्चिममा रहेको खेल मैदान क्षेत्रमा पुग्नुपर्ने जनाइएको छ। नेपाली सेनामा बहालवाला रहेको उम्मेद्वारहरुका लागि भने आवश्यक शैक्षिक योग्यता हासिल गरेको हुनुपर्ने भए पनि उमेर हद लाग्ने छैन । ratopati
बिहीबार, ७ माघ
रुकुम । रुकुम खोलागाउँकी एक युवतीको सामूहिक बलात्कारपछि हत्या भएको छ । घर नजिकैको जङ्गलमा दाउरा लिन गएकी खोलागाँउ–५ सर्केनाकी १६ वर्षकी युवतीको हत्या भएको प्रहरीले जनाएको छ ।
मङ्गलबार अपराह्न दाउरा लिन जङ्गल गएकी युवती राति अबेरसम्म नफर्किएपछि परिवार र छिमेकीले खोजी गर्दै जाँदा जङ्गलमा एउटा रुखमा बाँधेर हत्या गरिएको अवस्थामा फेला पारेका थिए ।
युवतीको शव परीक्षणका लागि बुधबार जिल्ला अस्पताल जाजरकोट ल्याइएको छ । युवतीको बलात्कारपछि हत्या भएको अस्पतालका डा दीपक पुनले बताउनुभयो । “शवको प्रकृति हेर्दा हातखुट्टा बाँधेर सामूहिक बलात्कार पछि हत्या गरेको हुन सक्छ”–उहाँले भन्नुभयो ।
युवतीलाई केही दिनअघिदेखि नचिनेको नम्बरबाट फोन गरेर केटाहरूले धम्की दिने गरेको स्थानीय बासिन्दा निर्मल शाहले बताउनुभयो । शाहले फोनमा धम्की दिनेले नै युवतीको हत्या गरेको हुनसक्ने बताउनुभयो ।
nepalsandesh
तनहुँ: आँबुखैरेनीबाट डुम्रेतर्फ आउँदै गरेको ग१ख ५५०२ नम्बरको माइक्रोबसको ठक्करबाट घाइते भएका भरतपुर नगरपालिका-६ निवासी ३७ वर्षीय सुजन खनालको उपचारका क्रममा मृत्यु भएको छ।

दुर्घटनामा परी गम्भीर घाइते भएका उनको काठमाडौँको नर्भिक अस्पतालमा उपचारका क्रममा गएराति मृत्यु भएको प्रहरीले जनाएको छ।


बुधबार साँझ पृथ्वी राजमार्गको बन्दीपुर नगरपालिका-४ ठूल्ढुङा भन्ने स्थानमा विपरीत दिशामा गुडिरहेको ना२५प ९१६९ नं को मोटरसाइकललाई उक्त माइक्रोबसले ठक्कर दिएको थियो।

मोटरसाइकलमा सवार सुजनका ६० वर्षीय बुबा बद्रीको उपचारका क्रममा हिजै डुम्रेस्थित लक्ष्मी अस्पतालमा मृत्यु भएको थियो।

त्यस्तै नारायणगढबाट पोखरातर्फ जाँदै गरेको ग१ख ५६१७ नं को ट्रक गएराति व्यास नगरपालिका-१ तालघरेमा पल्टिएर दुर्घटना भएको छ। दुर्घटनामा कुनै मानवीय क्षति नभए पनि ट्रकमा रहेको आलु सडकभरि पोखिएको छ।
annapurnapost
एजेन्सी ।

कुनै स्त्री मन परेको छ तर नजिक बनाउन सक्नु भएको छैन भने अव जादु टुना गरिराख्नु पर्दैन । अव तपाइँले एउटा स्प्रे किने पुग्छ ।

पत्याउन गाह्रो पर्ने यो कुरा साँचो हो । बैज्ञानिकहरुले पुरुषका लागि महिलाहरुलाई आकर्षित गर्ने स्प्रे बनाएका छन् । यो स्प्रे लगाएपछि त्यसको गन्ध सुघ्नासाथ महिलाहरु पुरुषप्रति प्रभावित भै हाल्ने दावी समेत गरिएको छ ।

जर्मनीको बोन विश्वविद्यालयका शोधकर्ता बैज्ञानिकहरुले यो स्प्रेलाई सफलतापूर्वक परीक्षण गरेका हुन् ।
‘लव हर्मोन’ नाम दिइएको यो स्प्रेमा अक्सिटोसिनलाई सिन्थेटिककोरुपमा राखिएको छ । यो लगाएका पुरुषलाई महिलाहरुले सकारात्मकरुपमा लिन थालि हाल्ने दावी शोधकर्ताको छ ।

यो स्प्र्मा सिन्टोसिनन नामको सिन्थेटिक तत्व समेत मिसाइएको छ जुन अक्सिटोसिन हर्मोनबाट बनाइएको छ। यो हर्मोनले मस्तिस्कमा पुग्नासाथ मानिसलाई प्रेममा पार्ने बैज्ञानिकहरु बताउँछन् ।

अक्सीटोसिन हर्मोन बच्चा पैदा गर्नका लागि र स्तनमा दुध पैदा गर्नका लागि समेत आवश्यक हुन्छ । यसले आमालाई बच्चा प्रति आकर्षित समेत गर्ने गरेको बताइन्छ ।

यो शोधमा ४६ महिलालाई सहभागी गराइएको थियो । जसको उमेर २० देखि २९ वर्ष सम्मको थियो । यो स्प्रे लगाएपछि महिलाहरु लगाउनेहरुप्रति आकर्षित भएर प्रेमिल बनेको बताइएको छ ।

स्प्रे सुघाउने वित्तिकै महिलाहरुलाई आफ्ना साथीप्रति नै सकारात्मक भाव उत्पन्न भएको र आकर्षक लाग्न थालेको समेत भनिएको छ । यद्यपी गर्भनिरोधक गोली खाएका महिलालाई भने यो स्प्रेले प्रभाव नदिएको शोधकर्ताको भनाइ छ ।nepaliheadlines
काठमाडौं, ७ माघ । चुरे भावर राष्ट्रिय एकता पार्टी नेपालले आफ्नो राष्ट्रिय कार्यकर्ता भेला माघको दोस्रो साता सर्लाही जिल्लामा गर्ने जनाएको छ ।
चुरे भावर पार्टीका अध्यक्ष बद्रीप्रसाद न्यौपानेले आज विज्ञप्ति जारी गरेर राष्ट्रिय कार्यकर्ता भेला माघको १६ र १७ गते सर्लाहीको हरिवनमा गर्ने निर्णय भएको जनाएका हुन् । उनले भेलामा संगठन रहेको सबै जिल्लाबाट प्रतिनिधि आउने बताए । भेलामा करिव पाँच सय प्रतिनिधिको सहभागिता रहनेछ । भेलालाई सुरक्षा दिन भावर सेनाले चारैतिरबाट घेरा हाल्ने अध्यक्ष न्यौपानेले बताए ।
मुलुकको समसामयिक राजनीति, सांगठनिक र जारी आन्दोलनका विषयमा रणनीति बनाउन छलफल गर्ने उदेश्यले चुरे भावरले राष्ट्रिय कार्यकर्ता भेला बोलाएको हो ।
यसअघि विशेष कारणवस स्थगित भएको सो भेलालाई व्यवस्थित बनाउन चुरे भावरले प्रत्येक जिल्लाबाट चुरे भावर शान्ति सेना सहभागी गराएको विज्ञप्तिमा उल्लेख गरेको छ । भेलाको सम्पूर्ण तयारी पूरा भएको अध्यक्ष न्यौपानेले बताए ।
चुरे क्षेत्रलाई समेटेर संघीय प्रदेशको सीमाङ्कन बनाउन सरकारसँग भएको ९ बुँदे सम्झौता कार्यान्वयनका लागि चुरे भावर राष्ट्रिय एकता पार्टी नेपालले आन्दोलन गर्दै आएको छ ।
dainiknepal
काबुल, माघ ७ । अफगानिस्तानको राजधानी काबुलमा बुधबार साँझ भएको विस्फोटमा कम्तीमा सातजनाको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् । विस्फोट एउटा टेलिभिजन च्यानलको मोटरलाई लक्षित रहेको अधिकारीहरुको भनाई छ ।
काबुलस्थित रुसी दुतावास नजिकै ‘टोलो’ टेलिभिजन च्यानलको मिनी बसलाई निशाना बनाएर विस्फोट गराइएको थियो । विस्फोटमा सात जनाको मृत्यु हुनका साथै २० जना घाइते भएका छन् ।
सो टेलिभिजनले ट्वीट गर्दै भनेको छ, ‘दुर्भाग्यवस् आज एक आतंकवादी हमलामा हामीले आफ्ना सात कर्मचारी गुमाएका छौं ।’
सो हमलाको जिम्मेवारी तालिवानले लिएको छ । गत सेप्टेम्बरमा कुन्दुजमा भएको हिंसाको समाचार सम्प्रेषण गरेको भन्दै तालिवानले उक्त च्यानललाई कारवाहीको धम्की दिएको थियो । (एजेन्सी)
imagekhabar
बिहीबार, ७ माघ
एजेन्सी । अमेरिकी अन्तरिक्ष वैज्ञानिकहरुले सौर्यमण्डलमा पृथ्वी भन्दा १० गुणा ठूलो ग्रह भेटिएको दावी गरेका छन् ।
क्यालिफोर्निया इन्स्टीट्युट अफ टेक्नोलोजीका शोधकर्ताले यसलाई ‘प्लानेट नाइन’ को उपमा दिएका छन् ।
यसले अरबौ माइल परबाट परिक्रमा गरिरहेको छ । अनुसन्धानको नतिजा कम्प्युटर मोडलिङमा आधारित छ ।
अनुसन्धानका सहलेखक कोनस्टान्टिन बेटेगिनले ग्रह अस्तित्वमा रहेकोमा आफूहरु विस्वस्त रहेको बताए ।
यस ग्रहले बरुणले भन्दा २० गुणा छिटो सूर्यको परिक्रममा गर्ने अनुसन्धानकर्ताले बताएका छन् ।
nepalsandesh
काठमाडौं: मुलुकका तीन विश्वविद्यालयमा रजिस्ट्रार पद रिक्त भएको महिना दिन बित्दा पनि नयाँ नियुक्तिका लागि प्रक्रिया सुरु भएको छैन।

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा गत मंसिर २६ गतेदेखि रजिस्ट्रार पद रिक्त छ। तत्कालीन रजिस्ट्रार डा. हेमराज पन्तको कार्यकाल सकिएपछि उक्त पद रिक्त रहेको हो।


त्यस्तै कृषि तथा वनविज्ञान विश्वविद्यालय र मध्यपञ्चिमाञ्चल विश्वविद्यालयमा पुस ३० गते रजिस्ट्रार पद रिक्त भएको छ। राजनीतिक दलको भागबन्डामा पदाधिकारी नियुक्त गर्ने परम्पराका कारण सबै विविमा रजिस्ट्रार नियुक्तिमा ढिलाइ भएको हो।

विश्वविद्यालयको नियमअनुसार उपकुलपतिले विश्वविद्यालय आर्थिक तथ कर्मचारी प्रशासन चलाउन आफूलाई योग्य लागेको व्यक्तिको नाम रजिस्ट्रार नियुक्तिका लागि प्रधानमन्त्री तथा कुलपतिसमक्ष प्रस्ताव गर्नुपर्ने हुन्छ। तर मुख्य दलबीच भागबन्डा नमिलेको भन्दै उपकुलपतिहरूले रजिस्ट्रारका लागि सम्भावित व्यक्तिको नाम कुलपतिसमक्ष प्रस्ताव गर्न पाएका छैनन्।

रजिस्ट्रार विश्वविद्यालयका समपूर्ण आर्थिक तथा प्रशासनिक जिम्मेवारी वहन गर्नुपर्ने पद हो। सुदूरपश्चिमाञ्चल विश्वविद्यालयकी उपकुलपति भूषण श्रेष्ठले केन्द्रमा मुख्य दलबीच सहमति नभएसम्म आफूले रोजेको व्यक्तिलाई रजिस्ट्रार नियुक्त गर्न नपाउने समस्या कारण ढिलो भएको बताइन्।

'अहिले सबै क्षेत्र भागबन्डामा चलेको छ। भागबन्डा नमिलेसम्म मैले नाम सिफारिस गर्नुको अर्थ देखिनँ', श्रेष्ठले भनिन्।नयाँ व्यक्ति नियुक्तिका विषयमा छलफल गर्न प्रधानमन्त्रीलाई भेट्ने कोसिस गरे पनि समय नमिलेको उनले बताइन्। श्रेष्ठ कांग्रेस कोटाबाट उपकुलपतिमा भएकी थिइन्।

कृषि तथा वनविज्ञानमा एमाओवादी कोटाबाट ईश्वरीप्रसाद ढकाल उपकुलपति नियुक्त भएका कारण अन्य दल निकटका व्यक्तिलाई रजिस्ट्रार बनाउनुपर्ने बाध्यता छ।त्यस्तै मध्यपश्चिमाञ्चलमा पनि एमाले निकटका उपेन्द्र कोइराला उपकुलपति नियुक्त भइसकेका कारण एमाओवादी वा अन्य दल निकटका व्यक्तिलाइ रजिस्ट्रार बनाउनुपर्ने बाध्यता छ।

त्यस्तै मध्यपश्चिमाञ्चलमा पनि एमाले निकटका उपेन्द्र कोइराला उपकुलपति नियुक्त भइसकेका कारण एमाओवादी वा अन्य दल निकटका व्यक्तिलाई रजिस्ट्रार बनाउनुपर्ने बाध्यता छ।कृषि तथा वनविज्ञान विश्वविद्यालयका उपकुलपति ईश्वरी ढकालले तीनवटै विश्वविद्यालयमा एकैपटक रजिस्ट्रार नियुक्ति गरिने भएकोले केही ढिलो भएको बताए।

कस्ता व्यक्तिलाई रजिस्ट्रारमा सिफारिस गर्ने भन्ने विषयमा प्राध्यापकसँग सम्बन्धित विभिन्न संगठनसंग छलफल भइरहेको उनले जानकारी दिए।रजिस्ट्रार नियुक्तिका लागि उपकुलपतिले तीनजनासम्म व्यक्तिको नाम कुलपति तथा प्रधानमन्त्रीसमक्ष सिफारिस गर्न सकिने ढाकालले बताए ।

आयोग सात महिनादेखि सदस्यसचिवविहीन
मुलुकभरका विश्वविद्यालयको नियमन तथा व्यवस्थापन गर्ने निकाय विश्वविद्यालय अनुदान आयोग आठ महिनादेखि सदस्यसचिवविहीन छ।

तत्कालीन सदस्यसचिव भोला पोखरेलको पदावधि सकिएपछि आयोग वैशाख अन्तिमदेखि सदस्यसचिवविहीन भएको छ।आयोगमा सदस्यसचिवको भूमिका प्रशासन तथा आर्थिक व्यवस्थापन गर्नुपर्ने हुन्छ।

दलको भागबन्डा नमिल्दा उक्त पदमा लामो समयसम्म नियुक्ति हुन नसकेको हो। आयोगका हालका अध्यक्ष पराशरप्रसाद कोइराला कांग्रेस निकट मानिन्छन्। सदस्यसचिव पदमा अन्य दल निकटका व्यक्तिलाई ल्याउनुपर्ने भएकोले नियुक्तिमा ढिलाइ भएको शिक्षा मन्त्रालय स्रोतले जनाएको छ।
annapurnapost
बिहीबार, ७ माघ
काठमाडौं । धेरैलाई थाहा नहुन सक्छ, अभिनेता राजेश हमाल र भुवन केसीबीच राम्रो सम्बन्ध छैन ।
त्यही सम्बन्धको निरन्तरता हालै काठमाडौंको पाँचतारे होटल सोल्टीमा आयोजित सिजी कामना फिल्म अवार्डको एक कार्यक्रममा पनि देखियो ।
त्यहाँ थुप्रै फिल्मकर्मीहरु राजेश र भुवन एकआपसमा बोल्लान कि नबोल्लान भन्नेमा जिज्ञासु थिए । फोटो ग्राफरहरु पनि ‘उनीहरु कतिबेला अंकमाल गर्लान र तस्वीर लिइहालौं’ भनेर तयारी अवस्थामा देखिन्थे ।
तर, कार्यक्रमको अन्त्यसम्म उनीहरुले बोल्न त के आँखाको इसारा समेत गरेनन् । कार्यक्रममा उनीहरु एकअर्कालाई पूर्णतः बेवास्ता गर्दैअरुसँग गफिन मस्त देखिए ।
अभिनेता रमेश उप्रेतीसँगको गफमा राजेश मस्त देखिए भने भुवन गौरी मल्ललगायतसँग वाइनको चुस्की लिइरहे । आफ्ना पछाडि रहेका राजेशलाई उनी बेला–बेला व्यंग्य हानिरहेका हुन्थे ।
राजेश भने आफ्ना वरिपरी भएकालाई मतलब नगरी गफमै मस्त देखिन्थे । करिब डेढ घन्टासम्म उनीहरुको यो क्रम जारी रह्यो । तर उनीहरु बोलेनन् ।
भुवन कार्यक्रमबाट एकाएक हराए भने राजेश उप्रेतीसँग डिनर गरेपछि बाहिरिएका थिए । राजेशलाई ‘महानायक’ उपमा दिइएकोमा भुवनले विभिन्न कार्यक्रममा आक्रोश व्यक्त गर्ने गरेका छन् । सायद यही कारणले उनीहरुबीच सम्बन्ध विग्रिएको हो । आजको शुक्रबार साप्ताहिकमा समाचार छ ।
nepalsandesh
श्रीसूर्य उत्तरायण शिशिर ऋतु, कीलकनाम संवत्सर, शाके १९३७, विक्रमसम्वत २०७२ साल माघ ७ गते विहीबार नेपाल सम्वत् ११३६ पोहेलाथ्व, सन् २०१६ जनवरी २१ तारिक शुक्लपक्ष द्वादशी तिथि विहान ९ वजेर २४ मिनेटसम्म, मृगशिरा नक्षत्र राती ८ वजेर ४० मिनेटसम्म, ऐन्द्रियोग राती २ वजेर ४ मिनेटसम्म, बालवकरण विहान ९ वजेर २४ मिनेटसम्म, आनन्दादियोग मृत्यु, सूर्य मकर राशीमा, चन्द्रमा विहान ९ वजेसम्म वृष उप्रान्त मिथुन राशीमा ।

आजको राशिफल:
मेषः–

मध्यान्ह पछि समयले साथ दिनेछ । अवसरको सदुपयोग गर्न पछि नपर्नु होला । अरुका कुरा भन्दा आफ्नो कामलाई प्राथमिकता दिनु होला । मनमा महत्व मात्रै पालेर नबस्नु होला । आय आर्जन बढ्ने छ ।
वृषः–


दिनको पूर्वाद्ध अनुकुल नै छ,काम काजमा विलम्व नगर्नु होला । आर्थिक कारोवारमा थोरै ध्यान दिनु होला । अपरान्ह देखि समयले कम साथ दिनेछ । संचित धन नास हुन सक्छ । विश्वास घात पनि हुन सक्छ ।
मिथुनः–


मनमा अशान्ति हुनेछ । काम गरेर आफुलाई भन्दा अरुलाई बढि हुनेछ । घर डेराको समस्या पर्न सक्छ । आर्थिक स्थिति पनि कमजोर बन्नेछ । गर्न लागेका काममा पनि विभिन्न समस्या आउने देखिन्छ ।
कर्कटः–


मध्यान्ह सम्मको समय थोरै अनुकुल भए पनि अपरान्ह देखि समयले साथ दिने छैन । अनावस्यक काममा समय खर्च हुने छ । खर्चको मात्रा पनि ह्वातै बढ्ने छ । व्यापारमा नोक्सानी हुन सक्छ ।
सिंहः–


समय राम्रो चलिरहेको छ,आफ्नो कर्म क्षेत्रबाट बाहिर नजानु होला । नोकरी,राजनीति तथा व्यापार व्यवसाय, वित्तिय कारोवारबाट धन आर्जन हुनेछ । कामको वीचमा विचार परिवर्तन नगर्नु होला ।
कन्याः–


काममा देखिएका समस्या कम भएर जाने छन् । मनमा भएको द्विविधा पनि हटेर जाने छ । आफ्नो काम छोडेर अन्त नलाग्नु होला । आर्थिक कारोवारमा विशेष चनाखो रहनु पर्ने देखिन्छ ।
तुलाः–


सहज बातावरणको अभाव देखिन्छ । काम गर्दा विभिन्न समस्या झेल्नु पर्ला । व्यापार व्यवसायमा आएको मन्दि कायम नै रहने देखिन्छ । आफुले गरेका कामले अरुलाई फाईदा पुग्ने छ ।
वृश्चिकः–


कुैन काम गर्नु छ भने शुभ मुहुर्तमा गर्नु होला,मध्यान्ह देखि समयले साथ दिने छैन । बन्न लागेका काम पनि विग्रिन सक्छन् । स्वास्थ्यमा पनि समस्या आउन सक्छ । खर्चको मात्रा बढ्नेछ ।

धनुः–


विरोधी परास्त हुनेछन् । काम गर्दा तनावमा कहिल्यै नगर्नु होला । प्रयत्नपूर्वक गरेका काम सफल हुने छन् । दैनिका काम काजमा साना तिना समस्या आए पनि प्रयत्नबाट समाधान गर्न सकिने छ ।
मकरः–

परिवारमा मनमुटाव बढ्न सक्छ । सामान्य प्रयासबाट काम बन्ने छैनन । मेहनतका साथ गरेका काम भने सफल हुने छन् । अरुको मुख नताकि काम गर्नु होला । मनमा भय त्रास उत्पन्न हुन सक्छ ।
कुम्भः–

शारीरिक दूर्वलता तथा मानसिक तनाव बढ्न सक्छ । के गर्ने भन्न कुरामा नै समय जानेछ । आफुमा भएको उर्जाको प्रयोग गर्न नसक्दा पछि परिनेछ । व्यापार व्यवसायमा पनि विभिन्न समस्या आउने छन् ।
मिनः–
समयमा काममा प्रवेश गरेमा काम बन्ने छन् नत्र काम अधुरा नै रहने छन् । धन सम्पतिको विषयमा आफन्त सँग मनमुटाव हुन सक्छ । मध्यान्ह पछिको समयले त्यति साथ दिने देखिदैन । खर्च बढ्ने छ ।
etajakhabar
७ माघ, काठमाडौँ।

बैंकमा अत्यधिक पैसा थुप्रिएपछि र त्यो अनुपातमा कर्जा नगएपछि साधारण निक्षेपको ब्याज अहिलेसम्मकै न्यून एक प्रतिशतमा झरेको छ। लगातार घट्दै गएको निक्षेप ब्याजदरले बैंकमा पैसा राख्दा ब्याजमार्फत अन्त्यन्त न्यून रकम प्राप्त हुने भएको छ।
नेपाल राष्ट्र बैंकका पूर्वडेपुटी गभर्नर महाप्रसाद अधिकारी निक्षेपको ब्याजदर यसरी ओरालो लाग्नु अर्थतन्त्रका लागि राम्रो संकेत नभएको बताउँछन्।

नेपाल बैंकर्स एसोसिएसनका पूर्व अध्यक्ष अशोक राणा बैँकमा अत्याधिक लगानी योग्य रकम भएका कराण निक्षेपमा न्यून ब्याजदर दिनु परेको बताउँछन्। भारतीय नाकाबन्दीपछि बैंकहरुमा कर्जामा अघिल्लो वर्षमा जस्तो माग छैन, विदेशबाट आउने रेमिटेन्स बढ्दै गएको तथा कर्जाको माग नभएका कारण बैकहरुसँग पर्याप्त पैसा छ। यसले गर्दा बैँकहरुले निक्षेपको व्याजदर अहिलेसम्मकै न्यून एक प्रतिशतमा झारेका हुन्।

बैंक तथा वित्तीय संस्थामा कर्जाको माग आयातमा आधारिक क्षेत्रमा बढी हुने गरेको छ । सामान आयात गर्न दिने कर्जा र त्यो खरिदका लागि दिने कर्जाको अनुपात बढी छ । भारतीय नाकाबन्दीपछि आयात व्यापार खस्केको छ । सामान नआएका कारण खरिदमा दिने कर्जाको माग छैन् ।अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ।nepaliheadlines
काठमाडौं, ७ माघ ।
संसदमा रहेको संशोधन प्रस्ताव र मधेसी मोर्चाका मागका विषयमा छलफल गर्न प्रधानमन्त्री केपी ओलीले मधेसी मोर्चासहित प्रमुख दलका शीर्ष नेताहरुको बैठक बोलाउनुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा अहिले केही समयपछि बस्ने बैठकमा संविधान संशोधनमा परेका पुरक संशोधनका विषयमा छलफल हुनेछ । सो विषयमा सहमति गर्नका लागि प्रधानमन्त्री ओलीले बैठक बोलाउनुभएको हो ।
यसअिघ कांग्रेस, एमाले र एमाओवादीसहितका सत्तारुढ दलहरुको बुधबार बसेको बैठकले मधेसी मोर्चासँग छलफल गरेर संविधान संशोधनमा कुरा मिलाउने निर्णय गरेको थियो ।
सोही निर्णयलाई आधार बनाइ मधेसी मोर्चाका अन्य मागका विषयमा पनि छलफल हुनेछ ।
dainiknepal
२०७२ माघ ७ बिहीवार

काठमाडौं: सरकारले सडक सञ्जालले छुन बाँकी करिब पाँच सय गाउँ विकास समितिलाई तीन वर्षभित्र जोड्ने भएको छ।

हिमाली जिल्लाका चट्टानयुक्त ठाउँबाट सडक निर्माण गर्नुपर्ने भएकाले नखोलिएका सडकलाई जतिसक्दो चाँडो काम गर्ने गरी तयारी भइरहेको हो।स्थानीय विकास मन्त्रालयको निर्देशनमा स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग (डोलिडार) ले सबै गाविसमा पुग्ने सडक बनाउने तयारी गरिरहेको हो।


विभागका महानिर्देशक रामकृष्ण सापकोटाले मन्त्रालयबाट सडक नपुगेका मुलुकका बाँकी गाविसमा जतिसक्दो चाँडो ट्र्याक खोल्न निर्देशन आएकाले सोहीअनुुसार कार्ययोजना तयार पारिरहेको जानकारी दिए। उनले भने, ‘गत वर्षको सर्वेक्षणमा पाँच सय ८४ गाविसमा सडक पुग्न बाँकी थियो।

त्यसमध्ये करिब एक सय गाविसमा सडक पुर्‍याएका छौं । बाँकी चार सय ८० गाविसमा तीन वर्षभित्र सडक पुर्‍याउने तयारी हुँदैछ। त्यसका लागि करिब १५ अर्ब रुपैयाँ लाग्नेछ।' विभागले केही दिनमे कार्ययोजना बनाई मन्त्रालयमार्फत मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने तयारी गरेको सापकोटाले बताए।

पाँच सय ८४ गाविस जोड्न सात हजार दुई सय ६८ किलोमिटर सडक निर्माण गर्नुपर्नेमा अब चार सय ८० गाविस जोड्न ६ हजार ३८ किलोमिटर सडक निर्माण गर्नुपर्ने विभागको तथ्यांक छ।

विभागको स्थानीय यातायात पूर्वाधार क्षेत्रगत कार्यक्रमको तथ्यांकअनुसार पाँच सय ८४ गाविसमध्ये ताप्लेजुङका २३, पाँचथरका २०, इलामका पाँच, मोरङको एक, धनकुटाको एक, संखुवासभाका १०, भोजपुरका १२, सोलुखुम्बुका १९, ओखलढुंगाका ११, खोटाङका २८, उदयपुरका १४, सिन्धुलीका २४ र रामेछापका दुईवटा गाविसमा सडक पुगेको छैन।

ललितपुरको एक (ठूलादुर्लुङ), दोलखाका दुई, सिन्धुपाल्चोकका दुई, काभ्रेका सात, नुवाकोटका ६, रसुवाका ६, धादिङका पाँच, मकवानपुरका १०, चितवनको एक (चण्डीभञ्ज्याङ), गोरखाका ११, लमजुङका सात, तनहुँका तीन गाविस सडकले छोएको छैन।

यस्तै कास्कीका तीन, मनाङका पाँच, म्याग्दीका १४, बागलुङका नौ, गुल्मीका दुई, पाल्पाका तीन, प्युठानका दुई, रोल्पाका १६, रुकुमका २३ र सल्यानका पाँच गाविस पनि सडकसँग जोडिन बाँकी छ।

सुर्खेतका ११, दैलेखका १३, जाजरकोटका २०, डोल्पाका १५, जुम्लाका पाँच, कालीकोटका २७, मुगुका १९, बाजुराका २१, बझाङका २७, अछामका १५, कैलालीका तीन, डडेल्धुराका पाँच र दार्चुलाका १५ गाविसमा पनि सडक पुग्न बाँकी छ। सबैभन्दा बढी गाविस ४२ वटामा सडक नपुगेको जिल्ला बैतडी हो भने सबै गाविसमा २७ वटामै सडक नपुगेको जिल्ला हुम्ला हो।

पूर्वाधार क्षेत्रगत कार्यक्रमका इन्जिनियर लक्ष्मण दही श्रेष्ठका अनुसार काभ्रे र सिन्धुपाल्चोक जोड्ने इन्द्रावती कोरिडरमा कडा चट्टानका कारण पूरा गर्न कठिन भएको हो। उनले भने, 'गाविस जोड्न बनाइएको २२ किलोमिटर सडक प्रयोगहीन छ।'

कार्यक्रमका संयोजक गंगाबहादुर बस्नेतले भौगोलिक रूपमा सहज गाविसमा सडकले जोड्ने काम भइसकेको र बाँकी रहेकामा एकदमै कठिन अवस्था रहेको जानकारी दिए। उनका अनुसार हिमाली जिल्लामा जंगल र कडा चट्टान रहेकाले कठिन भएको हो।
annapurnapost
बिहीबार, ७ माघ
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा रहेको संविधान संशोधन पारित हुनासाथ भारतले जारी राखेको नाकाबन्दी खुल्ने बताएका छन् ।
बुधबार पाँचदलीय बैठकमा प्रधानमन्त्री ओलीले राखेको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘संशोधन प्रस्तावको प्रक्रिया अघि बढ्नासाथ नाकाबन्दी खुल्छ। यस विषयमा सहमति भएको छ।’
ओलीले उक्त सहमति कुन स्तरमा र केकस्तो प्रक्रियाबाट भएको हो भन्नेबारे नबताएको स्रोतले उल्लेख गर्‍यो। बैठकमा प्रधानमन्त्री ओलीले जसरी हुन्छ, संशोधन प्रस्तावलाई अधिकतम लचकतासाथ पारित गर्न नेताहरूसँग आग्रह गरेका थिए।
बैठकले संसद्मा रहेको संशोधन प्रस्ताव अघि बढाउन तीनबुँदे सहमति गरेको छ। आन्दोलनरत मधेसी मोर्चा सहमतिमा आए संविधान संशोधन प्रस्ताव परिमार्जन गर्ने, प्रस्ताव परिमार्जन गर्न संसदीय कार्यदल बनाउने र मधेसी मोर्चा सहमतिमा नआए संविधान संशोधन प्रस्तावमध्ये अधिकतम समावेशी र समानुपातिक प्रस्ताव पास गर्ने पाँच दलको सहमति छ।
एमाओवादी र कांग्रेसबीच संविधान संशोधनका लागि संसद्मा रहेका २४ वटा प्रस्तावमा मोर्चासँगको सहमति र सहकार्यअनुसार परिमार्जन गर्दै अघि बढ्ने सहमति बुधबार बिहान भएको थियो।
एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस उपसभापति रामचन्द्र पौडेलले प्रधानमन्त्री ओलीसँग बुधबार बिहान भएको भेटमा यस्तो अनौपचारिक सहमति भएको जानकारी स्रोतले दियो।
कांग्रेस उपसभापति पौडेलले भने, ‘प्रधानमन्त्रीको मंगलबारको मधेसप्रतिको प्रस्तुतिबाट सशंकित हुँदै दाहाल र मैले आजै शीर्ष बैठक डाक्न ओलीलाई भनेका थियौं। आन्दोलनरत पक्षसँग संवैधानिक मान्यतामा वार्ता गर्छु भन्ने अडानले मुलुकलाई बरबाद गर्छ भन्ने उदाहरण विगतमा माओवादी र मधेसी दलसँग भएको सहमति नै हो।’
प्रधानमन्त्री ओलीले मंगलबार प्रमुख पाँच दलको बैठकमा मधेसी मोर्चाको माग संविधानसम्मत नभएकाले आफूले स्वीकार्न नसक्ने बताएका थिए।
प्रधानमन्त्रीको मंगलबारको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘संसद्मा दर्ता भएका २४ मध्ये मोर्चाको ११ बुँदे मागसँग निकट रहेको प्रस्तावलाई नै पारित गर्नुपर्छ। अाजकाे अन्नपूर्णमा समाचार छ ।
nepalsandesh
बिहीबार, ७ माघ
लहान । सदभावना अध्यक्ष राजेन्द्र महतो बुद्यबाार रक्तचाप बढेर ओच्छ्यान परेका छन्। मंगलबार लहानमा मधेसी मोर्चाले आयोजना गरेको मधेस बलिदानी दिवस सम्बोधन गर्न आएका महतो लहानको मारुती होटलमा आराम गर्दैछन्। बुधबार कार्यकर्ता र समर्थकसंग भेटघाटकै क्रममा अचानक उनलाई स्वस्थ्यमा समस्या देखिएको हो।
लहानस्थित डिभाईन अस्पतालका डा.चन्द्रशेखर यादवले महतोको रक्तचाप जाँच गर्दा १८०-१०० देखिएको बताए। सुगर पनि समान्यभन्दा बढी देखिएको डा. यादवले बताए ।
उनको रक्तचाप र सुगर दुबै समान्यभन्दा धेरै बढेको देखिएपछि औषधी खाएर पूर्ण आराम गर्न सल्लाह दिएको डा. यादवले बताए।
चिकित्सकले महतोलाई तनावमा नरहन, दौडधुप कम गर्न, खानपान नियमित गर्न, पूर्ण आराम गर्न सल्लाह दिएको उनका सहयोगीले बताए।
तर, उनी उपचारबाट फर्केकै दिनदेखि दौडधुप सुरु गरेपछि स्वास्थ्य असहज बनेको उपचारमा संलग्न चिकित्सक डा. यादवले बताए। टाउँको भारी हुने, धमिलो देख्ने, असहज र कमजोरी महसुस हुने जस्ता समस्या छ । नागरिकमा समाचार छ ।
nepalsandesh
लोग्ने मानिसहरु अचम्मका हुन्छन् । खासगरी स्त्रीहरुको सम्बन्धमा उनीहरु अनौठा ब्यवहार नै देखाउँछन् । हुन त पुरुषहरु महिलामा अनेक अनेक प्रयोग गर्न खोज्छन् तर यहाँ त्यस्ता अनौठा कुराको चर्चा गरिएको छ । जुन् हरेक पुरुषले महिलामा चाहन्छ ।

मेक अप नगरेको
हुन त केटीहरु चिटिक्क पर्न मन पराउँछन् । तर खासमा केटाहरु मेकअप नगरेकी स्त्रीको बास्तविक रुप हेर्न चाहन्छन् । केटीहरुले यो कुरामा कम ध्यान दिन्छन् । साधा केटीसँग रोमान्स गर्ने उनीहरुको चाहाना हुन्छ ।

नमिलेका कपडा
केटीहरु मिलाएर कपडा लगाएर मात्र डेटिङ जान मन पराउँछन् । तर केटाहरु नमिलेका कपडा लगाउँदा केटीहरु कस्तो देखिन्छन् होला भनेर सोंच्छन् । कपडा मिलेको वा नमिलेको चिन्ता केटहरुमा खास हुँदैन केटीहरुमा मात्र हुन्छ ।

बुद्धीमान केटी
केटीहरु सुन्दर भए सबै पुग्छ जस्तो ठान्छन् । राम्री भएपछि केटाहरुले पच्छ्याइ हाल्छन् नि भन्ने भ्रम समेत उनीहरुमा हुन्छ । तर केटाहरुले भित्रीरुपमा आत्म विश्वासी र बुद्धीमान केटी खोजिरहेका हुन्छन् ।

स्लिम मात्र होइन
केटालाई सँधै स्लिम केटी मन पर्छ भन्ने छैन । कतिपय केटाहरु ठूलो जिउ भएका वा भद्दा देखिने केटी मन पराउँछन् । भद्दा स्त्री शरीरसँग क्रिडा गर्ने पुरुष चाहाना हुन्छ ।

भावनात्मकरुपमा बलियो
पुरुषहरु आफ्नी स्त्री बुद्धीमान आत्मविश्वासी र भावनात्मकरुपमा पाकी एवं यौनिकरुपमा खुला केटी खोज्छन् । भावनात्मकरुपमा कमजोर भएको बेला सघाउने र रोमान्सको समयमा छाडा बनोस् भन्ने केटाहरुको चाहाना हुन्छ ।

भद्दा कपडा लगाएकी
केटाहरु घरमा भद्दा र खुल्ला कपडा लगाएको बेला स्त्रीहरुप्रति बढि आकर्षित हुन्छन् । त्यस्तो कपडामा स्त्रीहरुसँग जिस्किन र रोमान्स गर्न पुरुषहरु लालायित हुन्छन् ।

नजरमा नजर
पुरुहहरु आफ्नी स्त्री आत्म विश्वासी मात्र होइन आफूसँग आँखा जुधाएर कुरा गर्न सक्ने होस् भन्ने चाहन्छन् । केटीहरुले आँखामा हेरेर बोलेको र लाज नमानेको उनीहरुलाई झनै मन पर्छ । - नेपालि हेडलाइन्स भिडियो हेर्न तलको बाकस थिच्नुहोस
तिथिहरुको आधारमा मानिसहरुको भविष्यको फल बनाइन्छ । यसमा महिनाको पनि निकै महत्वपूर्ण भूमिका रहेको हुन्छ । जन्मेको महिना अनुसार तपाईं कस्तो हुनुहुन्छ थाहा पाउनुस्ः

 १. बैशाख महिनाः बैशाख महिनामा उत्पन्न हुने मानिस भोगी (सर्वसुखयुक्त), धनवान, राम्रो चित्त र बिचार भएका, क्रोधवान, सुन्दर आँखा भएका, रुपवान, स्त्रीहरुलाई माया गर्ने स्वभावका हुन्छन् ।

 २. जेठ महिनाः जेठ महिनामा जन्मिएका मानिसहरु विदेशमा बस्ने, शुभ चित्त र लामो आयु भएका व्यक्ति हुन्छन् ।

 ३. असार महिनाः यो महिनामा जन्मिएका मानिसहरु धर्मात्मा, धन नाश हुने भएका कारण पिडित, सुन्दर वर्ण भएका र थोरै सुख भोग गर्ने हुन्छन् ।

४. साउनः साउन महिनामा जन्मिएका मानिसहरु सुख, दुःख तथा हानी–लाभमा सधैँ एकनास हुन्छन् ।

५. भदौः भदौ महिनामा जन्मिने मानिसहरु सधैँ खुसी रहने, धेरै बोल्ने, मधुर बोली भएको र सुन्दर व्यक्ति हुने गर्दछन् ।

 ६. असोजः यो महिनामा जन्मिने मानिस सुन्दर रुप भएका, अत्यन्त पवित्र, गुणवान र धनी हुने गर्दछन् ।

 ७. कार्तिकः यो महिनामा जन्मिएका मानिसहरु धनवान्, कम बुद्धि, दुष्ट प्रवित्ति र पापी हुने गर्दछन् ।

 ८. मंसिरः यो महिनामा जन्मिएका मानिसहरु मिठो बचन बोल्ने, धनवान, धर्ममा विश्वास राख्ने, निकै मिलनसार, पराक्रमी र अरुलाई उपकार गर्ने प्रकारका हुन्छन् ।

 ९. पुसः यो महिनामा जन्मिने मानिसहरु निडर, कठोर, देवताहरुलाई नमान्ने र सुख–सुविधा उत्पन्न गर्ने खालका हुन्छन् ।

 १०. माघः यो महिनामा जन्मिने मानिसहरु वुद्धिमान, धनवान, निडर, निष्ठुर बचन बोल्ने प्रकारका हुन्छन् ।
११. फागुन महिनाः यो महिनामा जन्मिने मानिसहरु शुक्ल वर्ण भएको, अरुको उपकार गर्ने, धनवान, विद्यावान, सुखी र सधैँ विदेश भ्रमण गर्ने खालका हुन्छन् ।

१२. चैतः यस महिनामा जन्मिने व्यक्ति दार्शनीक, अहंकाररहित, राम्रो कर्म गर्ने, रातो आँखा भएको र रिसाहा हुने गर्दछन् । (एजेन्सी
यदि तपाइँले करोडपतिहरुको जन्मकुण्डली देख्नु भएको छ भने उनीहरुको कुण्डलीमा समानता हुन्छ । ज्योतिष शास्त्रका अनुसार खास एक योग परेका ब्यक्ति करोडपति हुन्छन् ।
करोडपति बन्नका लागि योग मिलेको हनु पर्छ । त्यस्ता ब्यक्तिको राजयोग परेको हुन्छ । जुन ब्यक्तिको कुण्डलीमा गुरु धनु वा मीन राशीमा हुन्छ वा कर्कटको स्थानमा पहिलो, चौथो वा सातौं तथा दशौं स्थानमा हुनंछ यस्ता ब्यक्तिको योग दिब्य हुन्छ ।


इस्तो योग मेष, कर्कट वा तुला राशी वा कर्कट तथा तुला र मकर राशी लग्नवालाहरुको कुण्डलीमा हुन्छ । यस्तो योग भएको कुण्डली हुनेहरु चरित्रवान र महान विचारक समेत हुन सक्छन् ।

यिनीहरु बुद्धीमान हुन्छन् र दीर्घ जीवन सुखमय पनि हुन्छ ।

त्यस्तै अर्को करोडपति बनाउने योग हो मालब्य योग । यो योगको निर्माण शुक्रले गर्छ । ज्योतिष शास्त्रका अनुसार कुण्डलीको पहिलो स्थान, चौथो वा सातौं एवं दशौं स्थानमा आफ्नो राशि तुला या वृष रह्यो भने यस्ता ब्यक्ति असाध्यै धनी हुन्छन् ।
यिनीहरु रोमान्टिक र कलात्मक हुन्छन् र यसबाटै पैसा कमाउँछन् । यस्ता ब्यक्ति देख्नमा पनि सुन्दर र आकर्षक हुने हुन्छ ।
ज्योतिष शास्त्रका अनुसार जसको जन्मकुण्डलीमा शनि पहिलो र मकर वा कुम्भ राशि पहिलो चौथो वा सातौं स्थानमा बसेको हुन्छ त्यस्तो ब्यक्ति राजयोगमा परेको हुन्छ । यस्ता ब्यक्ति विपन्न परिवारमा जन्मिएपनि करोड पति हुन्छन् ।
६ माघ, काठमाडौं । चीनले अनुदानमा दिएको एकमुखे इन्डक्सन चुल्होको मूल्य सरकारले १२ हजार रुपैयाँ निर्धारण गरेको छ । यी इन्डक्सन चुल्होको बिक्री भोलिदेखि टेकुस्थित नेशनल ट्रेडिङबाट सुरु हुनेछ ।

भारतबाट आउने एकमुखे इन्डक्सन चुल्हो भने नेपाली बजारमा ३ हजार रुपैयाँदेखि ५ हजार रुपैयाँसम्म पर्छ । राम्रै गुणस्तरको चुल्हो पनि ६ हजार रुपैयाँसम्म पाइने अवस्थामा अनुदानकै चुल्होको पनि आपूर्ति मन्त्रालयले उच्च मूल्य तोकेको हो ।

‘चीनले दिएको मूल्यसूची, ढुवानी खर्च र भन्सार लागत अनुसार चीनबाट आएको इन्डक्सन निकै महंगो बनाएर बेच्न लागिएको हो,’ आपूर्ति मन्त्रालयका एक अधिकारीले भने ।


आपूर्ति मन्त्रालयले इन्डक्सन ९ हजार २ सय रुपैयाँमा बेच्नुपर्ने प्रस्ताव अर्थमन्त्रालयमा लगेको थियो । अर्थ मन्त्रालयले इन्डक्सनबापत चीनले कट्टा गर्ने अनुदान ‘रिकभर’ हुने गरीे मूल्य ११ हजार ९ सय ९६ रुपैयाँ बनाउन भनेको हो ।

अर्थ मन्त्रालयले नियमित अनुदान कटौति हुने गरी आएको सहयोग भएकाले त्यसलाई लागत अनुसार नै बेच्नुपर्ने बताएको छ । त्यसैअनुरुप नेशनल ट्रेडिङले बिक्री सुरु गर्न लागेको हो । रसुवागढी भन्सारबाट भित्रिएको चुल्होको भोलिदेखि नेशनल ट्रेडिङको टेकुस्थित बिक्री केन्द्रबाट बिक्री सुरु हुनेछ । यी इन्डक्सन चूल्हो सर्वसाधारणले बिना कुनै कागजात खरिद गर्नसक्ने नेशनल ट्रेडिङले जनाएको छ ।

चीनबाट अनुदानमा आएका थप १० हजार इन्डक्सनको सरकारले अझै भन्सार छुटाएको छैन ।
चीनले नेपाललाई नेपाललाई १३ लाख लिटर पेट्रोल अनुदानमा दिएको थियो । अब फेरि सोही परिमाणमा इन्धन दिन चीन सहमत भइसकेको छ । चीनले दिएको ३० टन चामल, १० टन तोरीको तेल र १० टन नुन खाद्य संस्थानले बिक्री गर्दैछ ।

काठमाडौँ : नेपाली र अमेरिकी सेनाको एकमहिने संयुक्त तालिम एवम् सैन्य अभ्यास आजदेखि छाउनीस्थित महावीर गण, तालिम शिविर नगरकोट र नागार्जुनमा सुरु भएको छ ।

तालिममा मानवअधिकार तथा युद्ध कानुन, सैन्य निर्णय प्रक्रिया, सहरी क्षेत्रमा मानवीय तथा सैन्य कारबाहीलगायत विषयमा संयुक्त अभ्यास हुने नेपाली सेनाले जनाएको छ ।

नेपाली सेना र अमेरिकी सेनाको विशेष दस्ताबीच लामो समयदेखि संयुक्त तालिम सञ्चालन हुँदै आएको जनाउँदै सैनिक जनसम्पर्क निर्देशनालयले जारी गरेको विज्ञप्तिमा त्यसबाट नेपाली सेना र अमेरिकी सेनाको सैद्धान्तिक, व्यावहारिक र विशेष अनुभवको आदानप्रदान गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ ।

नेपाली सेनाको अन्य सैनिक सङ्गठनसँग सहकार्य गरी सैनिक कारबाही सञ्चालन गर्नसक्ने क्षमतालाई समेत अभिवृद्धि गर्न विशेष सहयोग पुग्नाका साथै यस्ता संयुक्त तालिम-अभ्यासबाट दुई देशबीचको मैत्रिपूर्ण पारस्परिक सम्बन्धलाई अझ बढी प्रगाढ एवम् सौहार्द तुल्याउन सहयोग पुग्ने सेनाले जनाएको छ । रासस
annapurnapost
काठमाडौं ।

प्रमुख तीन दल र आन्दोलनरत मधेशी मोर्चाबीच कुरा मिल्न लागेको र कार्यदलस्तरमा सहमतिको मस्यौदा तयार हुन लागेको समाचार पुराना हुन नपाउँदै राजनीतिक माहौल एकाएक भाँडिएको छ । कुरा मिलाउने कडी ठानिएको प्रमुख दल तथा मोर्चाको कार्यदलको औचित्य समाप्त भएको घोषणा गर्दै मधेशी मोर्चा पुनः सडकमा फर्किएको छ ।

कार्यदलमा विवादमा रहेको संघीय सीमाङ्कनको ३ महिना भित्र राजनीतिक संयन्त्रमार्फत टुङ्गो लगाउन सहमतिसँगै नाका अवरोध लगाएका आन्दोलन अन्त्य हुने र भारतीय नाकाबन्दी पूर्णरुपमा खुल्ने आशा सञ्चार भएको थियो । बुधबार प्रमुख दलहरुले संविधान संसोधन प्रक्रिया जस्ताको तस्तै अघि बढाउने र संसदको कारवाही अघि बढाउने निर्णय गरेपछि मधेशी मोर्चा फेरि सडकमै छोडिने र तीन दल एकातिर र मधेशी मोर्चा अर्कोतिर हुँदै माहौल पुनः तनावमै गुज्रिने संकेत देखिएको छ ।


फरक फरक जुँगाको लडाइँ र गुजुल्टिएको मोर्चा

मधेशी मोर्चाले आन्दोलन गरेको ४ महिना वितिसक्यो । ५६ जनाले आन्दोलनमा ज्यान गुमाए पनि । तर यो आन्दोलनको औचित्य पुष्टि हुन सक्छ कि सक्दैन भन्ने अझै पनि दोधार छ । कारण हो मोर्चा भित्र रहेको अस्पष्टता र नेताहरुबीच रहेको जुँगाको लडाइँ । मोर्चाका प्रमुख २ नेता उपेन्द्र यादव र राजेन्द्र महतोकोबीचमा देखिएको शितयुद्धले पनि मधेश आन्दोलन र समग्र वार्ता प्रक्रियालाई प्रभावित पारिरहेको विश्लेषकहरु बताउँछन् । यादवले वार्तामा सकारात्मक कुरा गर्दा महतो भड्किने र महतो सहमतिको पक्षमा देखिँदा उपेन्द्र बाउँठिने अनौठो दृष्य लामो समय देखि देखिँदै आएको छ । तर कुरा यत्तिमा सीमित छैन ।


सीमा नाकाको अवरोधमा आन्दोलनको स्वरुप फरक बनाउने भन्ने वियषमा पनि यी २ प्रमुख नेताबीच गम्भिर मतभेद देखिएको थियो । अहिले आएर उनीहरुको अडान विपरित दिशामा देखिएको छ । सरकार पक्षमा पनि समस्या समाधान भन्दा पनि जुँगाको लडाइँ प्रधान बनिरहेको छ । संविधान संसोधनका लागि जवर्जस्ती दवाव दिएको कांग्रेसलाई यसको जस लिनु छ तर मधेश समस्या समाधान हुने नहुनेसँग चासो देखिँदैन । उता केपी शर्मा ओलीले मधेशी मोर्चाका मागबारे धेरै सुन्ने धैर्यता राख्दैनन् । उनलाई नाकाबन्दी खुलाउने कुरामा बढी चासो छ ताकि भारत भ्रमण छिटो होस् र सहज बनोस् ।

किन अड्किएको छ कुरा ?

मधेसी मोर्चाले अघि सारेको छ बुँदे प्रस्तावलाई आधार बनाएर सहमति खोज्न एमाओवादीले सबैभन्दा बढी पहल गरिरहेको छ । नेपाली कांग्रेस पनि यसमा सकारात्मक रहेको बताइन्छ । यद्पी कांग्रेसभित्रै समेत संस्थापन र देउवा पक्षबीच फरक मत छ । मोर्चाका मागमा सबैभन्दा अनुदार देखिएको छ सत्ताको नेतृत्व गरिरहेको एमाले । २ दिन अघि प्रधानमन्त्री ओलीले मोर्चाको माग सहमति गर्नेभन्दा नगर्ने नियतले आउन खोजेको हो भन्दै पड्किएपछि कांग्रेस नेताहरुले ओलीलाई आशंका नगर्न आग्रह गरेका थिए । ‘अस्तिसम्म संविधानको अनुसूचीमा राख्नुपर्छ भन्ने केही कुरा थिएन, फेरि अचानक कहाँबाट आयो यो अनुसूचीको कुरो ?’ ओली कड्किए र भने, ‘त्यसैले यो सहमति गर्न आएको हो कि नगर्न आएको हो भन्ने शंका लाग्यो ।’ प्रधानमन्त्री केपी ‌ओली पड्किएको एक दिनपछि कार्यदलको बैठकमा उनका उपप्रधानमन्त्री भीम रावल पनि पड्किए जसका कारण मोर्चाले कार्यदलको औचित्य नै समाप्त भएको घोषणा गरिदियो ।


यसैक्रममा मोर्चको सहमति विना नै जस्ताको तस्तै संविधान संसोधन प्रक्रिया अघि बढाउन प्रमुख तीन दल सहमत भएका छन् । बुधबार प्रमुख दलहरुले धमाधम ह्वीप जारी गरेर आफ्नो पार्टीका सांसदहरुलाई अनिवार्य उपस्थितिका लागि निर्देशन दिएका छन् ।

नाकाबन्दी खोल्ने एजेण्डा धरापमा
सरकारलाई सबैभन्दा बढी चासो भारतीय नाकाबन्दी खोल्नुसँग छ । मधेश आन्दोलन जता सुकै पुगेपनि नाकाबन्दी खुलाउन सके आफ्नो सफलता देख्ने मानसिकता देखिँदै आएको छ । पछिल्लो समयमा भारत समेत नाकाबन्दी खोल्न र प्रधानमन्त्री केपी ‌ओलीलाई चीन जानु अघि भारत लैजाने मनस्थितिमा देखिएको हो तर नेपाली राजनीतिक झनै गुजुल्टिएको देखेर भारत समेत विलखबन्दमा परिरहेको भारत मामिला जानकारहरु बताउँछन् । सत्तारुढ एमाले, एमाओवादी र कांग्रेसले संयुक्तरुपमा संविधान संसोधनका लागि अघि सारेको प्रस्तावलाई मन्त्रीपरिषदले पारित गरेपछि भारतबाट त्यसको स्वागत भयो । पछिल्लो समय नाकाबन्दी खोल्न दवावमा परिरहेको भारतले मधेशी मोर्चाका नेताहरुलाई अव नाका छोड्न निरन्तर दवाव दिँदै आएको छ । तर नाकाबन्दी कायम रहेमात्र सरकारलाई झुकाउन सकिने विश्लेषणमा रहेका मधेशवादी दलका घटकहरुबीच नै अव के गर्ने र कसरी अघि बढ्ने भन्ने अन्यौल छ ।

परराष्ट्रमन्त्री कमल थापाको अनौपचारिक भारत भ्रमणपछि सरकारलाई गलाउन सफल भएको बुझेको भारतले अव समाधानमा भारतको निर्णायक पहल मात्र पुष्टी गर्न चाहेको बताइन्छ छ । मधेशी मोर्चाले जतिसुकै आन्दोलनको कुरा गरेपनि नाकाबन्दीको हतियार बाहेक अन्य कुनै प्रभावकारी प्रदर्शन गरेन नसकेपछि मधेशी मोर्चालाई समर्थन गरेर पार नलाग्ने निष्कर्षमा भारत पुगेको विज्ञहरु बताउँछन् । तर नेपालमा अल्झिएको राजनीतिक परिदृष्यले भारतलाई यत्तिकै नाकाबन्दी खोल्न पनि नमिल्ने र नाकाबन्दी जारी राख्दा पनि राजनीतिक र आर्थिकरुपमा ठूलो क्षति ब्यहोर्नु पर्ने अवस्था आइलागेको छ । यो विगत ४ महिना देखि चरम इन्धन संकट र कालाबजारीको मार खेपिरहेका नेपालीहरुका लागि सबैभन्दा दुखद् कुरा हो ।nepaliheadlines
बुधबार, ६ माघ

एजेन्सी। सौर्यमण्डलमा पनि कहिले काहिँ अजिव अजिवका घटनाहरु घट्ने गर्छन् ।त्यस्तै घटना या संयोग फेरी सौर्यमण्डलमा देखिदैंछ ।
भोलि बिहानको समयमा पांच वटा ग्रहहरुलाई पृथ्वीबाट एकै समयमा हेर्न सकिने भएको छ ।जनवरी २० को अन्तिम प्रहरमा ती पांचवटै गृहहरु एउटै लाईनमा पर्ने हुँदा ती सबैलाई पृथ्वीबाट एकै पटक हेर्न सकिने भएको हो ।
ती पाँचवटा ग्रहहरुमा बुध ,शुक्र ,शनि,मंगल र बृहस्पति हुन् ।दशौ वर्ष पछि ती गृहहरु एकै ठाउँमा एउटै लाईनमा देखिंदा त्यो दृश्य असाध्यै उज्यालो र रोमान्चक हुने अर्थस्काईले जनाएको छ ।
नाङ्गो आँखाले भन्दा चश्मा लगाएर त्यो दृश्य हेर्दा फाईदा हुने पनि विशेषज्ञहरुले बताएका छन् ।
nepalsandesh
काठमाडौं, ६ माघ । भारतले बुधबार विहान अन्तरिक्षमा पांचौं उपग्रहको सफल प्रक्षेपण गरेको छ ।
योसँगै भारतीय अन्तरिक्ष अनुसन्धान संस्थान (इसरो)ले अन्तरिक्षमा एउटा अर्काे सफलता हात पारेको हो ।
इण्डिया रीजनल नेविगेशन सेटेलाइट सिस्टम (आईआरएनएसएस)को पाँचौं उपग्रहलाई अन्तरिक्षमा सफल प्रक्षेपित गरिएको हो । पीएसएलवी-सी३१ नामक रकेटको माध्यमबाट यो उपग्रहलाई अन्तरिक्षमा पठाइएको हो । यसलाई वर्ष २०१६ को पहिलो सफल प्रक्षेपण मानिएको छ ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आईआरएनएसएसका अधिकारीलाई पीएसएलवी सी–३१ रकेटलाई सफल प्रक्षेपण गरेकोमा बधाई दिएका छन् । (एजेन्सीको सहयोगमा)
dainiknepal
६ माघ, लाहान ।

केही दिन अघि मात्र उपचार गरेर भारतबाट फर्किएका सदभावना अध्यक्ष राजेन्द्र महतो पुनः विरामी परेका छन् । रानी भन्सारमा धर्ना दिन खोज्दा प्रहरीसँगको झडपमा घाइते भएका महतोको चोट बल्झिएको चिकित्सकहरुले बताएका छन् ।

राजेन्द्र महतोको घाउ चर्किन थालेको र रिंगटा चल्ने क्रम पनि शुरु भएको चिकित्सकले जानकारी दिएका छन् ।

सँधै उग्र कुरा गर्ने राजेन्द्र महतोले मधेशी मोर्चा र तीन प्रमुख दलबीचको वार्ता भाँडिन थालेको समयमा भने अव सहमति हुन लागेको बताउँदै आएका छन् ।

गत साता बिराटनगरको जोगबनीमा प्रदर्शनका क्रममा प्रहरसँगको झडपमा घाइते भएका महतोलाई थप उपचारका लागि दिल्ली लगिएको थियो ।nepaliheadlines
खोजीका लागि परिवारको आग्रह
धादिङबेसी : ‘आजसम्म साह्रै आपतसँग बसेँ, उनीहरूले मागेको पैसा पनि दिएको छु, अहिले मलाई २ जना साथीहरूले पाकिस्तानको बोर्डरसम्म पु्‍याइदिन्छु भनेका छन् । पाकिस्तान प्रवेश गरेपछि त्यहीँको सिम किन्न पाएँ भने फोन गर्छु पाइनँ भने भारत पुगेपछि मात्रै फोन गर्छु है ।’


गत पुस १० गते अफगानिस्तानमा अलपत्र परेका श्रीमान् सुकबहादुर सुनारले फोनमा गरेका कुरा धादिङको दार्खा गाविस ६ की प्रमिला सुनारको कानमै गुन्जिरहेको छ । तर त्यो दिनदेखि श्रीमान् फेरि सम्पर्कमा नआएपछि उनी श्रीमान्को खोजीमा सहयोग गरिदिन सदरमुकाम चहारिरहेकी छन् ।

गएको फागुन २२ गते भारतको बाटो हुँदै वैदेशिक रोजगारीका लागि अफगानिस्तान गएका धादिङ दार्खाका सुकबहादुर सुनार पुसको १० गतेदेखि बेपत्ता भएपछि उनको खोजी गरिदिन परिवारले आग्रह गरेका हुन् ।

धादिङकै दलाल कालबहादुर खातीलाई चार लाख ५० हजार बुझाएर राम्रो कमाइ हुने आशामा काम गर्न फागुन २२ गते सुकबहादुर भारतको बाटो हुँदै अफगानिस्तान गएका थिए । तर त्यहाँ लामो समय बस्दा पनि काम नपाएको र थुपै यातना पाएपछि घर फर्किन्छु भनेर फोन गरेका श्रीमान् आजसम्म सम्पर्कमा नआएपछि उनको परिवारको बिचल्ली भएको छ ।

‘फागुनको २२ गते भारत हुँदै गएका श्रीमान् चैत महिनामा अफगानिस्तान पुगेपछि फोनमा कुरा भएको थियो', सुकबहादुरकी श्रीमती प्रमिलाले भनिन्, ‘फोनमा काम पाइएको छैन, अब बिस्तारै काम पाइन्छ होला भनेर भन्नुहुन्थो अरू कुरा केही भएन तर एक्कासि म घर फर्किंदैछु भनेर फोन गरेको मान्छे बेपत्ता हुनुभयो ।’

यहाँबाट कालबहादुर खातीलाई पैसा बुझाएर भारतीय एजेन्ट गोरखा हरमटारीकी शान्ता थापासँग भारतमा सम्पर्क भएपछि उनीमार्फत अफगानिस्तान उडेका सुकबहादुरले उहाँ पुगेपछि काममा लगाइदिने भन्दै त्यहीको दलालले पैसा माग्ने गरेको बताउने गरेको श्रीमती प्रमिलाले बताइन् ।

‘यहाँ कामको टुंगो लागेको थिएन, उहाँ गएपछि नै पासपोर्टमा भिसा हानेर काम गर्न पाइन्छ भनेर काल बहादुरले भनेको कुरामा विश्वास गरियो । चिनेको मान्छेले यसरी फसाउँछन् होला भनेर विश्वासै लागेन, उहाँ पुगेपछि त काममा लगाइदिनको लागि त्यहाँको दलालले फेरि पैसा माग्न थालेछ’, निराश हुँदै प्रमिलाले भनिन्, ‘अब नजानु गइसकियो, काम पाइन्छ भनेका छन् पैसा पठाइदेऊ भनेर श्रीमान्ले पनि भन्नुभयो पटक पटक गरी ३ लाख ७० हजार फेरि पठाइयो तर काम पाइएन । उहाँ पनि फिर्ता हुनुभएन ।’

नेपाल आर्मीमा जागिर खाएका सुकबहादुरले जागिरको पैसा बचाएर सदरमुकाममा एउटा २ तले पक्की घर पनि बनाएका थिए । घर बनाउँदा लागेको ऋण तिर्न भनेर विदेशिएका श्रीमान् नफर्केपछि उनको परिवारको विचल्ली भएको छ । सुकबहादुरका ससुरा भक्तबहादुर सुनारले भने, ‘उहाँ पुगेपछि निकै दुःख पाएको भनेर फोन गर्नुहुन्थ्यो, म अब नेपाल नै फर्कन्छु ।

फर्कन पनि पैसा चाहिन्छ भनेका छन् भनेर ज्वाइँले भन्नुभयो, ज्यान रहे त सम्पत्ति कमाउला नि भनेर सदरमुकाममको घर पनि बेचेर ज्वाइँलाई नेपाल झिकाउन पैसा पठाइयो तर ज्वाइँ पनि हराउनुभो पैसा पनि गयो ।’

उनीसँगै गएका अन्य जिल्लाका १५ जना साथी पनि कोही त्यहाँबाट भागेको र कोही घरबाटै पैसा झिकाएर फर्किएकाले सुकबहादुरले पनि घर फर्किनको लागि पैसा मगाएको प्रमिलाले बताइन् ।

सुकबहादुर अफगानिस्तान पुगेपछि भिसा लगाउन भनेर पासपोर्ट पनि जफत गरेकोले गाडीको बाटो भएर आउँदा कागजपत्र नभएपछि अफगानिस्तान या पाकिस्तानमा पक्राउ परेको हुनसक्ने भन्दै परिवारले उनको खोजी गरिदिन आग्रह गरेका छन् ।

सुकबहादुरका सुसुरा भक्त बहादुरले भने, ‘पुस ९ गते ज्वाइँकै नाममा उनलाई नेपाल फिर्ता आउनको लागि भनेर १ लाख पठाइयो, १० गते मैले पैसा पनि पाएँ, मेरो पासपोर्ट दलालले फिर्ता दिएनन्, मलाई यहीका २ जना साथीले बोर्डरसम्म पुर्‍याउन सहयोग गर्छु भनेका छन् म अब हिँडे भारत पुगेपछि मात्रै फोन गर्छु भनेर हिँडेका ज्वाइँ आजसम्म सम्पर्कमा आएनन् ।’

सुकबहादुर बेपत्ता भएको विषयमा सुरक्षित आप्रवासन परियोजनाले पनि खोजी थालेको छ । परियोजनाकी संयोजक गंगा सुवेदीले भनिन्, ‘सुकबहादुरको बारेमा खोजी गरिदिन पाकिस्तान र अफगानिस्तान हेर्ने नेपाली दूतावासमा खबर पनि पठाइएका छौँ ।’
annapurnapost
सिओल (दक्षिण कोरिया), ६ माघ । विश्वकै शक्तिशाली राष्ट्र संयुक्त राज्य अमेरिकाले चीनसँग सहयोग मागेको छ ।
बुधबार संयुक्त राज्य अमेरिकाका उच्च कुटनीतिज्ञले उत्तर कोरियाद्वारा हालै गरेको चौथो आणविक परीक्षण एसिया क्षेत्रको स्थायित्वका लागि समस्या हुनसक्ने भन्दै प्योङयाङका विरुद्धमा नाकाबन्दी लगाउन आग्रह गरेका हुन् ।
प्योङयाङका विरुद्धमा नाकाबन्दीका लागि भइरहेका भनिएका अन्तरर्राष्ट्रिय प्रयासमा चीनलाई पनि सघाउन उनले अनुरोध गरेका प्राप्त समाचरमा जनाइएको छ ।
दुई दिने भ्रमणको क्रममा सिओल आउनुभएका अमेरिकी उपविदेशमन्त्री टोनी ब्लिङकनले प्योङयाङ विरुद्ध नाकाबन्दी लगाउने कुरामा चीनको विशेष भूमिका रहने बताउनुभयो ।
ब्लिङ्कन यही बिहीबार बेइजिङ पुग्ने कार्याक्रम छ । त्यहाँ रहँदा उहाँले चिनियाँ नेता तथा कुटनीतिज्ञसँग भेटी यस विषयमा छलफल गर्नुहुने कार्यक्रम छ ।
ब्लिङ्कनको बेइजिङ भ्रमण अमेरिकी विदेशमन्त्री जोन केरीको आगामी हप्ता हुने चीन भ्रमणको केही दिन अगाडि हुनेछ ।
‘हामी चीनले प्योङयाङ विरुद्धको प्रतिबन्ध विषयमा कदम चालोस भन्ने चाहन्छौं- ब्लिङकनले दक्षिण कोरियाली विदेशमन्त्री यून बोआइङ सेसगँको कुराकानीका क्रममा भन्नुभयो ।’
पछिल्लो समय उत्तर कोरियाद्वारा आणविक हतियार निर्माणमा देखाइएको महत्वकांक्षापछि चीन पनि अरु विश्व राष्ट्रजस्तै उत्तर कोरियाको यी गतिविधिप्रति सन्तुष्ट छैन ।
गत हप्तामात्र उत्तर कोरियाले गरेको हाइड्रोजन परीक्षणपछि विश्वमा उत्तरका विरुद्धमा उभिन अमेरिकाले विश्वका कतिपय राष्ट्रलाई आग्रह गरिरहेको छ ।
सो बम परीक्षणपछि छिमेकी देश दक्षिण कोरियापनि यसका विरुद्धमा देखिदै आएको छ । यसका कारण एसियाकै शान्ति व्यवस्थामा असर पर्ने भन्दै दक्षिण कोरियाले यसको व्यापक मात्रामा विरोध गर्दै आएको छ ।
दक्षिण कोरियाले नै उत्तरका विरुद्धमा नाकाबन्दी गरी आवश्यक कारबाही गर्न विश्वलाई आग्रह गर्दै पनि आएको छ । रासस/एएफपी
dainiknepal
६ माघ, काठमाडौं ।

मधेशी मोर्चासँगको वार्ता विचमै पुगेर अड्किएपछि सेलाएको राजनीतिक माहौलकाबीच आज प्रमुख ५ दलले सम्भावित राजनीतिक समाधानबारे छलफल गर्ने तयारी गरेका छन् ।

सत्तारुढ एमाले र एमाओवादी सहित प्रतिपक्षी नेपाली कांग्रेस, सत्तारुढ राप्रपा नेपाल र फोरम लोकतान्त्रिका शीर्ष नेताहरुबीच दिउसो ३ बजे बैठक हुन लागेको बालुवाटार श्रोतले जानकारी दिएको छ


मधेशी मोर्चासँगको वार्तामा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक बोलाएका हुन् ।nepaliheadlines
एजेन्सी : पाकिस्‍तानमा आतंकवादीले फेरि एक पटक आफ्नो घिन लाग्दो चरित्र देखाउँदै विश्वविद्यालयमा आक्रमण गरेका छन् ।


आतंकवादीले पेशावरमा रहेको बाचा खान विश्वविद्यालयमा बुधबार बिहानत निशाना बनाएका हुन् । विश्वविद्यालयमा रहेका करिब ३ हजार ६ सय छात्रछात्रामाथि आतंकवादीले धावा बोलेका हुन् ।

हमलाका क्रममा ज्यान बचाएका छात्रहरुले बताए अनुसार आतंकवादीहरुले ६० देखि ७० विद्यार्थीहरुको टाउकोमा ताकीताकी गोली हानेका छन् ।

विश्वविद्यालयमा रहेका छात्र, शिक्षक र अन्य मानिसलाई बचाउनका लागि सयौं सुरक्षाबलले अपरेशन चलाएका थिए ।

त्यसक्रममा आतंकवादी र विद्यार्थीहरु गरी कम्तिमा २५ जनाले ज्यान गुमाएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

करिब १० जनाको संख्यामा पसेका आतंकवादीले अत्याधुनिक हतियारबाट विद्यार्थीमाथि गोली हानेका थिए । आतंकवादीहरुले विश्वविद्यालयमा पसेर बम पनि पड्काएका समाचारमा जनाइएको छ।

विश्वविद्याल आक्रमणमा संलग्न कम्तिमा छ जना आतंकवादीहरु पाकिस्तानी सुरक्षाकर्मीको कारबाहीमा मारिएका छन् ।

प्रत्यक्षदर्शीका अनुसार आतंकवादीले कम्तिमा ६० देखि ७० विद्यार्थीको टाउकोमै गोली हानेका हुन् । आतंकवादीले बिहान साढे ९ बजे विश्वविद्यालमा धावा बोलेका थिए ।

पाकिस्तानी सञ्चारमाध्यमका अनुसार कक्षामै पसेर आतंकवादीले विद्यार्थीमाथि गोली बर्साएका थिए । विश्वविद्यालयमा पसेर गोली बर्साउँदा शुरुमै एक प्राध्यापक मारिएका थिए ।
त्यसपछि विश्वविद्यालयमा पुगेका सुरक्षाकर्मीसँगो भिडन्तका क्रममा मारिनेको संख्या २५ पुगेको हो । विश्वविद्यालमा चलेको गोलाबारी करिब ३ घन्टापछि रोकिएको छ ।
annapurnapost
बुधबार, ६ माघ
काठमाडौँ । सार्वजनिक निकायमा कुनै अनियमितता भएको छ वा सेवाप्रदायक निकायमा सेवा लिन जाँदा तपाईंमाथि कुनै सरकारी कर्मचारीले दुःख दिएका छन् भने अब धन्दा नमान्नुस् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आजदेखि नेपाल टेलिकमको सहयोगमा १०७ नम्बरको टेलिफोन नम्बर सञ्चालनमा ल्याएको छ । सो टेलिफोन नम्बर चौबिसै घन्टा सञ्चालनमा रहनेछ ।

मुलुकभित्रका जुनसुकै स्थानबाट नागरिकले आयोगलाई भ्रष्टाचार तथा अनियमितताका बारेमा जानकारी दिन सक्नेछन् । नेपाल टेलिकमका जुनसुकै सेवाबाट नागरिकले जुनसुकै समयमा निःशुल्क रुपमा फोन गरेर आफ्ना गुनासा टिपाउन सक्नेछन् ।
आयोगका प्रवक्ता कृष्णहरि पुस्करका अनुसार आयोगको सो नम्बरमा फोन आएको एकाध मिनेटभित्रै आयोगको टोली सेवाग्राहीले समस्या भोगेको स्थानमा पुग्नेछन् ।
नियमअनुसार हुने काम गरिदिन पनि सरकारी निकायले ढिलासुस्ती गर्ने, अनावश्यक दुःख दिने, घूस माग्ने प्रवृत्तिलाई नियन्त्रण गर्न उक्त नम्बर प्रभावकारी बन्ने आयोगको दाबी छ ।
नेपाल प्रहरीको १००, दमकलको १०१, ट्राफिक प्रहरीको १०३ र बालबालिका हराएमा १०९८ मा निःशुल्क फोन गरेर आफ्ना गुनासा तथा चासो व्यक्त गर्न सके जस्तै आयोगले आजदेखि औपचारिक रुपमा उक्त नम्बर सञ्चालनमा ल्याएको हो ।
प्रवक्ता पुस्करले रासससँग भन्नुभयो, ‘‘जुनसुकै सरकारी निकायमा सेवाग्राहीसँग घूस मागिएको छ, काममा आलटाल गरिएको छ वा दुःख दिइएको छ भने नेपाल टेलिकमको नम्बरबाट तत्काल आयोगमा फोन गर्नुस् । हामी तत्काल त्यस्ता निकायमा उपस्थित हुन्छाँै र दोषीउपर कारबाही गर्छौं ।’’
यसअघि आयोगले विभिन्न हटलाइन नम्बरको व्यवस्था गरेको थियो । तर आयोगले अनावश्यक रुपमा दुःख दिने नियतले फोन गरेको पाइए, त्यस्ता व्यक्तिलाई पनि कानुनको दायरामा ल्याउने जनाएको छ ।
“घूस लिए, काममा आलटाल गरेर अनियमितता गरेको पाइए मात्र फोन गर्नुस् होइन भने दुःख दिने उद्देश्यका साथ फोन नगर्नुहोला”, प्रवक्ता पुस्करले भन्नुभयो, ‘‘सार्वजनिक निकायको कुनै भ्रष्टाचार, घूसखोरी वा अनियमिततासम्बन्धी केही ठोस जानकारी छ भने तुरुन्त १०७ नम्बरमा फोन गर्नुस् । हामी आवश्यक कारबाही गर्छौं ।’
nepalsandesh
काठमाडौ, ६ माघ । नेकपा माओवादी विप्लब समूहका चार केन्द्रीय सदस्यसहित सयौ कार्यकर्ताहरुले पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिमा प्रवेशको घोषणा गरेका छन ।
बुधवार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर केन्द्रीयसदस्यहरु ठाकुरप्रसाद चापागाई, गगनबहादुर थापा, तेजप्रसाद अधिकारी र बसन्त घर्तीमगरसहितका नेता कार्यकर्ताहरुले नयाँ शक्तिमा जाने घोषणा गरेका हुन ।
जसमा विद्यार्थी केन्द्रीय सदस्य मिनराज केसी, पर्वत डीसिएम हरि पौडेल,अनिल मास्के, सूर्यबहादुर थापा, प्रदिपबहादुर थापा,चित्रपुर्ज पार्टी, सुस्मीता केसी, धर्मराज शर्मा, लोकराज कुवँर उत्तम परियार, टिका नेपाली, सीता भुषाल, राजेन्द्र तिवारी, राम अधिकारी, पर्वत जिल्ला कमिटि सल्लाहकार एकनारायण गिरी, टेकराज शर्मा, गणतान्त्रिक मञ्ज काठमाडौ डिसिएम सागर चापागाई रहेका छन ।
त्यसैगरी परिश्वर भुसाल, हरि तिवारी, छवि गौडेल, बैकुण्ठ पाण्डे, डा. विनोद पराजुली, चन्द्रबहादु श्रेष्ठ, गिता गुरुङ्ग, शान्ति भट्ट, पवित्रा थापा,सीता चापागाई अप्सरा बराल र बिजेन्द्र लाल श्रेष्ठ लगायतका रहेका छन ।
dainiknepal
बुधबार, ६ माघ एजेन्सी । गाईको मासुमाथि लगाइएको प्रतिबन्धलाई लिएर इस्लामिक स्टेट (आइएस)ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रक्षामन्त्री मनोहर परिकरलाई ज्यान मार्ने धम्की दिएको छ ।
प्रधानमन्त्री र रक्षामन्त्रीलाई धम्की दिइएको पत्र गृह तथा सामान्य प्रशासन विभागलाई प्राप्त भएको हो । टाइम्स अफ इन्डियासँग कुरा गर्दै आइजिपी भी रंगेनाथनले यो घटनाको अनुसन्धान सुरु भएको बताए । पत्रमा ‘तपाईंहरूले गौ हत्यामाथि प्रतिबन्ध लगाउनुभएको छ, हामी हेर्छौँ,’ लेखिएको थियो । ‘तपाईंहरूले गाईको मासु खान रोक लगाउनुभएको छ, तपाईंहरूको ख्याल राखिनेछ,’ मोदी र परिकरको नाममा पठाइएको पोस्टकार्डमा यस्तो धम्की दिइएको थियो ।
मोदी र भारतीय अधिकारीहरुलाई ज्यान मार्ने धम्कि दिएको आईएस विरुद्द पनि भारतको पश्चिमी उत्तर प्रदेशमा  एक प्राइभेट आर्मी तैयार भैरहेको खुलासा भएको  छ । धर्म सेनाको नामले तयार भैरहेको यो आर्मीको उदेश्य आतंकवादी संगठन आईएस संग लड्नु रहेको छ ।
यिनीहरुको बुझाईमा  आईएस ले २०२० सम्ममा भारतको पश्चिमी उत्तर प्रदेशलाई आफ्नो कब्जामा लिएर छोड्छ । हिन्दू स्वाभिमान सेनाहरुको दावा रहेको छ कि १५००० सैनिकहरु सुरु देखिने आफ्नो सुरक्षाको निम्ति मर्नको निम्ति तयार भएर बसेका छन् ।
एउटा अंग्रेजी वेभसाइट को रिपोर्ट अनुसार उनीहरुको एउटा टिमले एक हप्तामा चारवटा क्याम्प तयार गरेको छ  ।यो क्याम्प साम्प्रदायिक रुपमा धेरै संवेदनशीलरुपमा उत्तर प्रदेशको पश्चिमी भूभागतिर फैलिरहेको छ  ।
यो संगठनको लिष्टमा साना साना बच्चाहरु पनि सामेल गरिएको छ  ।सात देखि आठ वर्षका बालबालिकाहरु लाई पनि बन्दुक र तरबार चलाउने तालिम दिईएको छ  ।
भारतको गाजियाबाद भन्ने जिल्लाको डासना भन्ने ठाउँको एक मन्दिरमा यो संगठन को मुख्य कार्यालय रहेको र यो संगठनका नेताहरु त्यहि उपलब्ध हुने गरेका छन्  । त्यो संगठनका नेताहरुले आफ्नो संगठनको संख्या लगातार बढिरहेको घोषणा गरेका छन्।
तिनीहरुको ५० ट्रेनिंग क्याम्प रहेको छ जसमा केहि गोप्य तरिकाले चलिरहेका छन् भने केहि खुल्लम खुल्ला । त्यस क्यामहरुमा खुलेआम पुरुष ,महिलाहरु तथा केटा ,केतिहरुलई ट्रेनिंग दिंदै आईरहेको छ ।
nepalsandesh
काठमाडौं, माघ ६ । उपप्रधानमन्त्री एवं रक्षामन्त्री भीम रावलले चीनसंग छिट्टै इन्धन आयात सम्बन्धी सम्झौता हुने बताएका छन् ।
आज राजधानीमा आयोजित एक कार्यक्रममा उनले चीनबाट इन्धन आयातका लागि प्रधानमन्त्री स्तरमा सम्झौताको प्रयास भइरहेको बताए । मधेसमा जारी आन्दोलनको समाधानका लागि सरकार प्रयासरत रहेको भन्दै रावलले आफुहरु जुनसुकै स्तरमा पनि बार्ता गर्न तयार रहेको उल्लेख गरे ।
imagekhabar
बुधबार, ६ मा काठमाडौं। नेकपा माओवादी विप्लव समूहका चार केन्द्रीयहरुले पार्टी परित्याग गरेका छन् ।बुधबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर उनीहरु बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिमा प्रवेश गरेका हुन्।
विप्लव माओवादी बाट बाबुरामको नयाँ शक्ति अभियानमा प्रवेश गर्ने हरुमा माओवादीका केन्द्रीय सदस्यहरु ठाकुरप्रसाद चापागाई, गगनबहादुर थापा, तेजप्रसाद अधिकारी र बसन्त घर्तीमगरले रहेका छन् ।
नेपालमा नयाँ जनयुद्द गर्ने भन्दै विभिन्न फौजी र गैरफौजी तालिम तथा अभियान गरिरहेको विप्लव माओवादीबाट किन बाहिरिनु भयो भन्ने पत्रकारले सोधेको जवाफमा  ठाकुरप्रसाद चापागाईले भने “नेपालको आर्थिक संरचनालाई कसरी परिवर्तन गर्ने भन्ने सोचका साथ नयाँ शक्ति आएकोले आफूहरु त्यसमा प्रवेश गरेको बताए ।”
चार केन्द्रिय सदस्यले पार्टी गरे पनि त्यो बारेमा  विप्लव माओवादीको धारणा सार्वजनिक भैसकेको छैन ।
nepalsandesh
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Aug 24 (6)
  • Aug 23 (1)
  • Aug 19 (1)
  • Aug 18 (19)
  • Aug 17 (17)
  • Aug 16 (24)
  • Jan 24 (18)
  • Jan 23 (27)
  • Jan 22 (32)
  • Jan 21 (35)
  • Jan 20 (35)
  • Jan 19 (34)
  • Jan 18 (40)
  • Jan 17 (45)
  • Jan 16 (27)
  • Jan 15 (29)
  • Jan 14 (35)
  • Jan 13 (40)
  • Jan 12 (32)
  • Jan 11 (39)
  • Jan 10 (31)
  • Jan 09 (23)
  • Jan 08 (31)
  • Jan 07 (30)
  • Jan 06 (39)
  • Jan 05 (34)
  • Jan 04 (39)
  • Jan 03 (43)
  • Jan 02 (47)
  • Jan 01 (31)
  • Dec 31 (34)
  • Dec 30 (36)
  • Dec 29 (43)
  • Dec 28 (33)
  • Dec 27 (27)
  • Dec 26 (38)
  • Dec 25 (33)
  • Dec 24 (38)
  • Dec 23 (44)
  • Dec 22 (39)
  • Dec 21 (37)
  • Dec 20 (40)
  • Dec 19 (31)
  • Dec 18 (47)
  • Dec 17 (30)
  • Dec 16 (16)
  • Dec 15 (42)
  • Dec 14 (30)
  • Dec 13 (32)
  • Dec 12 (35)
  • Dec 11 (42)
  • Dec 10 (26)
  • Dec 09 (31)
  • Dec 08 (15)
  • Dec 07 (37)
  • Dec 06 (30)
  • Dec 05 (34)
  • Dec 04 (32)
  • Dec 03 (33)
  • Dec 02 (36)
  • Dec 01 (37)
  • Nov 30 (48)
  • Nov 29 (28)
  • Nov 28 (35)
  • Nov 27 (35)
  • Nov 26 (47)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (27)
  • Nov 22 (32)
  • Nov 21 (43)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (22)
  • Nov 17 (29)
  • Nov 16 (32)
  • Nov 15 (25)
  • Nov 14 (28)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (42)
  • Nov 09 (22)
  • Nov 08 (40)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (42)
  • Nov 01 (44)
  • Oct 31 (29)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (47)
  • Oct 27 (32)
  • Oct 26 (39)
  • Oct 25 (35)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (22)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (31)
  • Oct 02 (29)
  • Oct 01 (29)
  • Sep 30 (29)
  • Sep 29 (24)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (26)
  • Sep 25 (27)
  • Sep 24 (18)
  • Sep 23 (15)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (26)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (12)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (19)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (22)
  • Sep 07 (22)
  • Sep 06 (26)
  • Sep 05 (18)
  • Sep 04 (23)
  • Sep 03 (24)
  • Sep 02 (25)
  • Sep 01 (24)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (27)
  • Aug 28 (28)
  • Aug 27 (30)
  • Aug 26 (29)
  • Aug 25 (24)
  • Aug 24 (35)
  • Aug 23 (30)
  • Aug 22 (31)
  • Aug 21 (32)
  • Aug 20 (30)
  • Aug 19 (33)
  • Aug 18 (27)
  • Aug 17 (34)
  • Aug 16 (28)
  • Aug 15 (23)
  • Aug 14 (23)
  • Aug 13 (22)
  • Aug 12 (19)
  • Aug 11 (18)
  • Aug 10 (24)
  • Aug 09 (16)
  • Aug 08 (18)
  • Aug 07 (25)
  • Aug 06 (16)
  • Aug 05 (18)
  • Aug 04 (21)
  • Aug 03 (19)
  • Aug 02 (14)
  • Aug 01 (17)
  • Jul 31 (19)
  • Jul 30 (19)
  • Jul 29 (15)
  • Jul 28 (12)
  • Jul 25 (14)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home