• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL


धनगढी :सुदूरपश्चिमबाट राजधानीसहित पुर्वी रुटमा चल्ने सार्वजनिक सवारी साधनमा पेट्रोल र ग्यासको ढुवानी बढेको छ ।

पश्चिममा पेट्रोल र ग्यासको ठूलो अभाव नरहेका बेला बसमा ढुवानी बढेको हो । काठमाडौंसम्म बसका कर्मचारीहरुले १० लिटर पेट्रोलको पाँच सय र एक सिलेन्डर ग्यासको एक हजार भाडामा ढुवानी गरिहेका छन ।


धनगढी र महेन्द्रनगरबाट राजधानीसहित पुर्वी रुटमा चल्ने यात्रुबाहक बसहरुमा यात्रु भन्दा पनि पेट्रोलियम पदार्थ र ग्यासको ढुवानी बढेको धनगढी तारानगरका कुलानन्द उपाध्यायले बताए ।

उनले बसको छत र ग्यालरीमा डिजेल पेट्रोलका ग्यालेन र ग्यासका सिलेन्डर मात्रै देख्न सकिने बताए । राजधानीमा पेट्रोलकै लिटरको तीन सय भन्दा बढीमा कालाबजारी हुन थालेपछि पश्चिमबाट यसरी ढुवानी बढेको हो ।

जिल्ला प्रशासन कार्यालयले मोटरसाइकलमा बढीमा पाँच सयको पेट्रोल वितरण गर्न थालेपछि, धेरै पेट्रोल पम्प सञ्चालकलले पनि राती राती ग्यालेनमा भरेर महंगोमा विक्रि गरिरहेका खबरहरु प्राप्त भएका छन । तर जिल्ला अनुगमन समितिले, यसको अनुगमन नगर्दा कालाबजारी झन मौलाएको छ ।

जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा रहने बजार अनुगमन समितिले बजारका पेट्रोल पम्प सञ्चालकहरुले महंगोमा विक्रि गर्न र आफन्तलाई मात्रै बाँडन ईन्धन लुकाउने गरेको धनगढीका देबीलाल शर्माले बताए ।

नेपाल आयल निगमले पनि सुदूरपश्चिममा पेट्रोलको दैनिक आपूर्ति नाकाबन्दी भन्दा पहिलेकै हाराहारीमा भइरहेपनि अभावबारे अनुगमन समितिले पत्ता लगाउनुपर्ने जनाएको छ ।

‘बजारमा अभाव देखिएको छ भने पक्कै पनि तेल बाहिर सप्लाई भईरहेको छ, यो रोक्ने र नियन्त्रण गर्ने काम अनुगमन समितिको हो’ नेपाल आयल निगम क्षेत्रीय कार्यालय धनगढीका प्रमु शरद पौडेलले भने ।

सार्वजनिक सवारी साधनमा पेट्रोल र ग्यास ढुवानी भएकै कारण बाँकेमा ९ जनाको ज्यान जाने गरी भएको ठूलो दुर्घटनापछि पनि सुदूरपश्चिमबाट चल्ने बसहरुमा कडाइ भएको छैन ।
www.annapurnapost.com


इन्धन सरकारी टोली आइतबार बेइजिङ जाने
काठमाडौं : भारतीय नाकाबन्दीपछि इन्धनको संकट टार्न विकल्प खोजिरहेको सरकारलाई चीन सरकारले एक हजार मेट्रिक टन इन्धन अनुदान सहयोगस्वरुप मंगलबार पठाइदिने भएकाे छ ।

भारतीय नाकाबन्दीपछि इन्धन आयातको विकल्प खोजिरहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राजदूत उ चुन्ताईबीच भएको सहमति बमोजिम् चीनबाट मंगलबार रसुवा–केरुङ नाका हुँदै हजार मेट्रिक टन इन्धन नेपाल भित्रन लागेको हो ।


भारत भ्रमणका गएका उपप्रधान तथा परराष्ट्र मन्त्री कमल थापालाई भारतीयपक्षले नाकाबन्दी नखोल्ने जनाउ दिएपछि प्रधानमन्त्री केपी शर्मा ओली चीनबाट इन्धन आयतका लागि सक्रिय भएका थिए ।

केही दिनअघि चिनियाँ राजदूत उ चुन्ताई र प्रम ओलीबीच भएको छलफलमा भएको सहमति अनुसार चीनले यही मंगलबार एक हजार मेट्रिक टन इन्धन अनुदानस्वरुप नेपाल पठाउन लागेको हो ।

चीनले अनुदानस्वरुप दिने सो इन्धन रसुवा–केरुङ नाकाबाट मंगलबार नेपाल पठाउने तयारी गरेको छ ।

‘प्रधानमन्त्री र चिनियाँ राजदूतबीच भएको सहमति बमोजिम चीनले पहिलो चरणमा अनुदानस्वरुप हजार मेट्रिक टन इन्धन नेपाल पठाउन लागेको हो’, प्रधानमन्त्री कार्यालय स्रोतले भन्यो, ‘इन्धन आयातको विस्तृत सम्झौताका लागि आइतबारै सरकारको उच्च टोली बेइजिङ जाने कार्यक्रम छ ।’

भारतले संविधान संशोधन गरी आफ्ना सर्त पुरा गरेमात्र नाकाबन्दी खोल्ने जनाउ दिएपछि प्रम ओलीकै निर्देशनमा मंगलबार राति आयल निगमको उच्चस्तरीय टोली चीनको सिगात्से पुगिसकेको छ ।

प्रधानमन्त्री ओलीको उपस्थितिमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्रमा छलफल भएकै दिन मंगलबार राति नेपाल आयल निगमको ६ सदस्यीय टोली चीनको सिगात्से गएको थियो ।

पेट्रोलियम र ग्यास चीनबाट आयात गर्न सिगात्से पुगेको निगमका निमित्त उपमहाप्रवन्धक सुशील भट्टराई नेतृत्वको टोलीले त्यहाँबाट ग्यास र इन्धन आयतका लागि चिनियाँ पक्षसँग छलफल गरेको थियो ।

चीनले पेट्रोलियम र ग्यास दिने सहमति जनाएपछि विस्तृत सम्झौतका लागि आइतबारै नेपालबाट उच्चस्तरीय प्रतिनिधि मण्डल चीनको बेइजिङ जाने भएको छ ।

अर्थ, वाणिज्य तथा आपूर्ति र परराष्ट्र मन्त्रालयको उच्चस्तरीय सरकारी टोली इन्धनको आयातका लागि सम्झौता गर्न आइतबारै बेइजिङ जान लागेको हो ।

गत बैशाख १२ गतेको भूकम्पका कारण क्षतिग्रस्त रसुवागढी–केरुङ नाका गत असोज २८ गतेबाट सञ्चालनमा आएको थियो ।

नेपाल र चीन सरकारको संयुक्त पहलमा खुलाइएको सो नाकाको सडकमा पुनः पहिरो खसेर थुनिएपछि त्यसलाई खुलाउन दुबै पक्षका अधिकारी लागेका छन् ।

चीन र नेपाल दुबैतर्फका कर्मचारी र मजदुरले पहिरो हटाउने कामलाई दू्रतता दिएकाले मंगलबारै केरुङ नाकाबाट इन्धनका ट्यांकर नेपाल छिर्ने बताइएको छ ।
www.annapurnapost.com
 । युथ फर युथ (युवाका लागि युवा) जापानको दोश्रो साधारण सभा नयाँ नेतृत्व चयन तथा विभिन्न उपसमिती गर्दै सम्पन्न गरिएको छ । सभाले पुन: बाबुराम पौडेलको नेतृत्वमा २१ सदस्यीय कार्यसमितिमा चयन गर्दै सम्पन्न गरिएको हो ।
कार्यसमितिका पदाधिकारीहरुमा उपाध्यक्षमा गोकुल दोर्जे तामाङ र पदम ठगुन्ना, महासचिबमा तेजेन्द्र पौडेल, सचिबमा गंगा बहादुर आले मगर, सचिबमा दिपकराज पुन र कोषाध्यक्षमा मनोज राई रहेका छन् ।
त्यस्तै गरी सदस्यहरुमा सुरेश घिमिरे, दिपा घिमिरे, प्रज्वल गुभाजु, माया लामा, शुलोचना मानन्धर, राजु गौतम, लालमणी बस्नेत, नम्रता श्रेष्ठ, प्रदिप ढकाल, बिकास थापा, दिनेश मल्ल र शुसिल तमु रहेका छन् ।
पौडेलको सभापतित्वमा सुरु गरिएको साधारण सभाका प्रमुख अतिथि डा भूपालमान श्रेष्ठ, अतिथिहरु अर्घाखाँची समाज जापानका अध्यक्ष ज्योतिस घर्ती मगर, त्रिभुवन विश्व विद्यालयका प्राध्यापक खिलनाथ सापकोटा लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रम संचालन तेजेन्द्र पौडेलले गरेका थिए भने स्वागत मन्तव्य गोकुल तामाङ्ले गरेका थिए । सस्थाको आर्थिक प्रतिवेदन मनोज राईले प्रस्तुत गरेका थिए ।
www.nepalsandesh.com
काठमाडौं, ७ कात्तिक । राष्ट्रपति र पराष्ट्रपति निर्वाचनमा प्रमुख विपक्षी दल नेपाली कांग्रेसले उम्मेदवारी दिने निर्णय गर्दै त्यसका लागि संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग परामर्श गर्ने निर्णय गरेको छ ।
महाराजगञ्जस्ति सभापति सुशील कोइराला निवासमा आज बिहान बसेको पदाधिकारी बैठकले राष्ट्रपति निर्वाचनमा उम्मेदवारी दिने निर्णय गरेको हो ।
बैठकपछि पत्रकारसँग संक्षित कुरा गर्दै वरिष्ठ नेता शेरबहादुर देउवाले राष्ट्रपतिमा कांग्रेसले उम्मेदवारी दिने बताउनुभयो ।
‘कांग्रेसले राष्ट्रपति निर्वाचनमा आफ्नो उम्मेदवारी दिन्छ’, उहाँले भन्नुभयो, ‘आफ्नो उम्मेदवारलाई विजयी बनाउने संसदमा प्रतिनिधित्व गर्ने अन्य दलहरूसँग वार्ता र सम्वाद गर्ने निर्णय भएको छ ।’
कांग्रेसले आजैदेखि राष्ट्रपतिमा आफूलाई समर्थन जुटाउन राजनीतिक परामर्श थालेको छ । राष्ट्रपतिमा उम्मेदवारी दिने निर्णय गरेको कांग्रेसले कसलाई अगाडि सार्ने भन्ने विषयमा केही भनेको छैन ।
यद्यपि कांग्रेसले डा.रामवरण यादवलाई नै निरन्तरता दिने वा केवी गुरुङ, रामनारायण चौधरी, मानबहादुर विश्वकर्मा, चित्रलेखा यादवलगायतको नामलाई चर्चामा ल्याएको छ ।
dainiknepal.com
काठमाडौं, ७ कात्तिक । प्रमुख विपक्षी दलका नेता तथा कांग्रेस सभापति सुशील कोइरालासँग भेट गरी उपप्रधान तथा भौतिक योजनामन्त्री विजय गच्छदारले राष्ट्रपति निर्वाचनमा प्रमुख चार दलबीच सहकार्य आवश्यक रहेको बताउनुभएको छ ।
कोइराला निवास महाराजगञ्जमा आज बिहान भएको भेटवार्तापछि पत्रकारसँग कुरागर्दै गच्छदारले कांग्रेससहित एमाले, एमाओवादी र आफ्नो पार्टी फोरम लोकतान्त्रिकबीच सहकार्यको आवश्यक्ता रहेको बताउनुभयो ।
‘संविधान निर्माणका क्रममा देखिएको एकता र सहकार्य आउँदा दिनमा पनि आवश्यक छ’, गच्छदारले भन्नुभयो, ‘राष्ट्रपति निर्वाचनमा पनि आवश्यक छलफल गरेर सहमतिका साथ जानुपर्छ ।’
भेटवार्ताका क्रममा सभापति कोइरालाले राष्ट्रपति निर्वाचनमा कांग्रेस उम्मेदवारलाई समर्थन गर्न आग्रह गर्नुभएको थियो । उहाँले राष्ट्रपति कांग्रेसले पाउनुपर्ने जिकिर गच्छदारसँग गर्नुभएको छ ।
एमालेको नेतृत्वमा सरकार गठन भएपछि गच्छदारले कांग्रेस सभापति कोइरालासँग पहिलो पटक औपचारिक रुपमा भेट गर्नुभएको हो ।
dainiknepal.com
लन्डन, ७ कात्तिक । भारतको पञ्जाब राज्यमा सिखविरुद्ध पुलिसले दमन गरेको विरोधमा लन्डनमा बसोबास गर्ने भारतीय मुलका नागरिकहरूले विरोध प्रदर्शन गरेका छन् ।
भारतीय उच्चायोगको बाहिर सिख प्रदर्शनकारीले प्रदर्शन गरेका हुन् । प्रदर्शन हिंसात्मक भएपछि ब्रिटिश पुलिसले २० प्रदर्शनकारीलाई गिरफ्तार गरेको समाचारमा जनाइएको छ ।
हिंसत्मक प्रदर्शनमा एक पुलिसकर्मी घायल भएका छन् । पञ्जाबमा सिखमाथि पुलिसले बर्बरताका साथ दमन गरेको जनाइएको छ । ‘सिख लाइव्ज मैटर’ नामक संगठनको समर्थनमा सयौँ प्रदर्शनकारी बिहीबार लन्डनमा जम्मा भएका थिए ।
प्रदर्शनकारीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सिखहरूलाई दमन हुँदा पनि कुनै कदम नउठाएको भन्दै मोदीविरुद्ध समेत नारावाजी गरेका थिए ।
सुरुमा भारतीय प्रदर्शनकारीले लन्डनमा शान्तिपूर्ण रुपमा प्रदर्शन गरेका थिए । तर पछि प्रदर्शन हिंसात्मक भएपछि पुलिसले मध्यलन्डनस्थित भारतीय उच्चायोगको आसपास क्षेत्रमा घेराबन्दी गरेको थियो ।
लन्डन पुलिसले भारतीय उच्चायोगको बाहिर ‘नियोजित प्रदर्शन’को जानकारी आफूले पाएको जनाएको छ । भारतीयले लन्डनमा बाटो अबरुद्ध गरेर प्रदर्शन गरेपछि पुलिसले हस्तक्षेप गरेको थियो
dainiknepal.com


जनकपुरधाम:  धनुषाको ढल्केवरमा प्रहरी र आन्दोलनकारीबीच गएराति झडप भएको छ ।

झडपका क्रममा प्रहरीले गरेको लाठी र गोली प्रहारबाट करिब ११ जना आन्दोलनकारी घाइते भएका छन् । राति करिब २ बजे प्रहरीले स्कर्टिङ गरेर यात्रुबाहक बस र विभिन्न मालबाहक गाडी लगिरहेका बेला संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले ढुङ्गा प्रहार गरेका थिए ।


प्रदर्शनकारीले गाडीमाथि ढुङ्गा प्रहार गर्न थालेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरी करिब ३० राउण्ड हवाई फायर गरेको थियो । प्रहरी र प्रदर्शनकारीबीच भएको झडपमा करिब ११ जना प्रदर्शनकारी घाइते भएको बताइएको छ । घाइतेमध्ये अधिकांशको शरीरमा गोलीको छर्रा लागेको छ ।

आन्दोलनकारीले केही सवारीसाधनमा पेट्रोल बमसमेत प्रहार गरेको बताइएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक रामदत्त जोशीले सवारीसाधनलाई गन्तव्यतर्फ पुर्‍याउने क्रममा प्रदर्शनकारीले ढुङ्गा प्रहार गर्न थालेपछि परिस्थितिलाई नियन्त्रण २५ देखि ३० राउण्डसम्म हावामा गोली चलाउनुपरेको जानकारी दिए ।

प्रदर्शनकारीले दुई वटा बसको सिसा फुटाइदिएका छन् । ढुङ्गा लागेर एक जना चालकको टाउको फुटेको छ भने एक जना महिला यात्रु घाइते भएका छन् । उनीहरुको उपचार स्थानीय स्वास्थ्य संस्थामा भइरहेको छ । अहिले सो क्षेत्र तनावग्रस्त छ ।
annapurnapost.com
काठमाडौँ, ७ कात्तिक । सरकारले राज्य सञ्चालन र आफ्ना भावी कार्यक्रम कार्यान्वयनका निम्ति न्यूनतम साझा कार्यक्रम तय गर्न सत्ता साझेदार दलसँग छलफल थालेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बालुवाटारस्थित प्रधानमन्त्री निवासमा समसामयिक राजनीतिक स्थितिका साथै सरकारका आगामी योजना र न्यूनतम साझा कार्यक्रम निर्धारणबारे विचारविमर्श भइरहेको छ ।
बैठकमा मन्त्रिपरिषद्का सदस्यसहित सत्तारुढ दलका नेता सहभागी हुनुहुन्छ ।
dainiknepal.com

दैनिक नेपाल२०७२ कार्तिक ७ गते ८:५३

नयाँदिल्ली, ७ कात्तिक । पाकिस्तान र अमेरिकाबीच बढ्दो सम्बन्धलाई लिएर भारतले असन्तुष्टि जनाएको छ । विशेष गरेर पाकिस्तान शासित कश्मीरमा ड्याम निर्माणको विषयमा भारतले सार्वजनिक रुपमा आफ्नो असन्तुष्टि जनाएको हो ।
अमेरिकाले पाकिस्तान अधिनस्त काश्मीरमा ड्याम निर्माणका लागि अमेरिकाले सहयोग गर्ने आश्वासन दिएको छ ।
नेपाली भूमि कालापानी, लिपुलेक, सुस्तालगायतका स्थानमा अतिक्रमण गरेको भारतलाई आफ्नो भूमिमा पाकिस्तानले दाबी गर्दा विरोध गर्ने गरेको छ । काश्मीरमा पाकिस्तान र भारतले आ–आफ्नो भूमि भएको भन्दै दाबी गर्दै आएका छन् ।
काश्मीरमा सोही विवादका कारण लामो समयदेखि लडाइँ हुँदै आएको छ । अमेरिकाले त्यस विषयलाई ध्यानमा राखेर भारतको विपक्ष र पाकिस्तानको पक्षमा सहयोग गर्ने जनाएको हो ।
पाकिस्तानलाई अमेरिकाले गर्न थालेको सहयोगको विरोधमा भारतले शुक्रबार काश्मीर आफ्नो अभिन्न अंग रहेको दाबी गर्दै प्रतिक्रिया दिएको छ । त्यसैले यस क्षेत्रमा हुने सम्झौता र सहयोगप्रति आफूलाई मान्य नहुने भारतले जनाएको छ ।
अमेरिका र पाकिस्तानबीच हतियार साम्झौताप्रति पनि भारतले आफ्नो ध्यान केन्द्रित गरिरहेको छ ।
dainiknepal.com




प्रधानमन्त्री र सत्ता साझेदार दलसँग छलफल हुँदै

काठमाडौँ: आन्दोलनरत संयुक्त मधेसी मोर्चाले प्रदेश सीमाङ्कनको विषयलाई मुख्य मुद्दाका रुपमा उठाएपछि त्यसलाई सम्बोधन गर्न सरकारले सघन गृहकार्य थालेको छ ।

मोर्चासँग भोलि हुने वार्तालाई सार्थक एवम् परिणाममुखी तुल्याउन उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कमल थापाको संयोजकत्व गठित वार्ता टोलीले आज प्रधानमन्त्री, उच्चस्तरीय राजनीतिक समन्वय समिति र सत्ता साझेदार दलका नेतासँग छलफल गर्न लागेको हो ।

दुई महिनाभन्दा बढी समयदेखि तराई क्षेत्रमा जारी मोर्चाको आन्दोलनबाट मुलुकलाई निकास दिन प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा प्रमुख प्रतिपक्षी दलका साथै सत्ता साझेदार पार्टीसँग संविधान संशोधनलगायत मोर्चाका माग सम्बोधनबारे गहन छलफल हुने वार्ता टोलीका संयोजक एवम् बिना विभागीय मन्त्री रामजनम चौधरीले बताए ।

तराईमा दुई प्रदेश हुनुपर्ने मोर्चाको माग र तिनको सीमाङ्कनप्रतिको असन्तुष्टि सम्बोधन गर्न समन्वय समितिका संयोजक एवम् एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालसँग पनि छुट्टै विचारविमर्श गरिने जानकारी उनले दिए । अध्यक्ष दाहाल नेतृत्वको समन्वय समितिमा सत्ता साझेदार दलका शीर्ष नेताहरु सदस्य छन् ।

यसअघि सरकारी वार्ता टोलीले मोर्चासँग दुईचरणमा वार्ता गरिसकेको छ । ती दुवै वार्तामा मोर्चाले प्रदेश सीमाङ्कन, तराई आन्दोलनका क्रममा पक्राउ परेका आफ्ना कार्यकर्ताको रिहाइ, मुद्दा फिर्ता, दङ्गाग्रस्त घोषणा गरिएका क्षेत्रबाट नेपाली सेना र सशस्त्र प्रहरीको फिर्ती, ज्यान गुमाएकालाई सहिद घोषणा एवम् घाइतेको निःशुल्क उपचारलगायत मागबाट पछि नहट्ने अडान दोहोर्‍याएको थियो ।

रत्ननगर: पूर्वी चितवनको पिप्ले गडौलीमा धानको कुन्यूमै आगलागी भएको छ ।


शुक्रबार करिब २१ कट्ठाको धानको कुन्यूमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

राप्ती नगरपालिका–७ स्थित स्थानीय मीनराज कँडेलको धान थन्क्याएर राखेको कुन्यूमा आगलागी भएको थियो ।

अज्ञात व्यक्तिले आगो लगाएर भागेको अनुमान प्रहरीले गरेको छ । स्थानीयवासी र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा आए पनि करिब ५०/६० हजार रुपैयाँ भन्दाबढीको धान नष्ट भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

वर्ष दिनभरि खाने अन्न भित्र्याउने समयमा आगलागी भएकाले कँडेल परिवार चिन्तित भएका छन् । आगो कसले लगायो भन्ने विषयमा भने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसैबीच, चितवनको भरतपुरस्थित केन्द्रीय बसपार्कमा रहेको प्रतिक्षालयमा अन्दाजी ७०/७२ वर्षका एक वृद्धको गएराति मृत्यु भएको जिप्रका चितवनले जानकारी दिएको छ ।
annapurnapost.com

काठमाण्डु, ७ कात्तिक– भारतीय नाकाबन्दीले जनजीवन असामान्य बन्दै गएका बेला नेपालले उत्तर छिमेकी चीनलाई इन्धन उपलब्ध गराइदिन औपचारिक आग्रह गरेको छ ।

त्यसबारे सरकारले शुक्रबार राति चिनियाँ परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको हो । स्रोतका अनुसार बाणिज्य तथा आपूर्ति मन्त्रालयको लिखित आग्रहमा परराष्ट्र मन्त्रालयले चीनको सरकारी स्वामित्वमा रहेको चाइना नेशनल पेट्रोलियम कर्पोरेशन ‘सिएनओओसी’ मार्फत नेपालमा इन्धन आपूर्तिको व्यवस्था मिलाइदिन आग्रहसहितको पत्र लेखेको हो ।

पत्रमा ‘नेपाल गम्भीर प्रकारको संकटमा रहेका बेला असल छिमेकीका नाताले नेपालका लागि आवश्यक पर्ने परिमाणमा डिजेल, पेट्रोल, हवाई इन्धन र खाना पकाउने ग्यास उपलब्ध गराइदिन नेपाल सरकार आग्रह गर्दछ’ भनिएको छ ।
पत्राचार गर्नुअघि शुक्रबार अपराह्न एकीकृत माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठसहित बाणिज्य तथा आपूर्तिमन्त्री गणेशमान पुन, चीनका लागि नेपाली राजदूत महेश मास्के तथा नेपालका लागि चिनियाँ राजदूत ऊ चुन्ताइबीच छलफल भएको थियो ।

छलफलमा चिनियाँ राजदूत चुन्ताईले सकारात्मक जवाफ दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ मन्त्री पुनसहित सम्वद्ध मन्त्रालयका अधिकारीलाई बालुवाटार बोलाएर इन्धन दिन आग्रह गर्दै चीनलाई तत्काल पत्र लेख्न निर्देशन दिएका थिए ।
नेपालस्थित चिनियाँ दूतावासले चीन सरकार नेपाललाई इन्धन दिन इच्छुक रहेको भन्दै त्यसका लागि सरकारी स्तरमा औपचारिक सम्झौता प्रक्रिया अगाडि बढाउन प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेतासँग लविङ नै गरेको थियो ।


तर भारतीय नाकाबन्दी खुल्ने आशमा सरकारले अहिलेसम्म त्यसबारे प्रक्रिया नबढाउँदा चिनियँ प्रस्ताव अलपत्र परेको थियो । नेपाल आयल निगमले यसअघि १५ दिनका लागि आवश्यक पेट्रोलियम पदार्थ आपूर्तिका लागि बोलपत्र आह्वान गरेकामा चिनियाँ कम्पनीले पनि तेल दिने इच्छा व्यक्त गरेको थियो ।
नेपालमा संविधान जारी भएपछि असन्तुष्टि जनाउँदै भारतले एक महिनायता गर्दै आएको नाकाबन्दीका कारण पेट्रोलियम पदार्थको हाहाकार भएको छ । इन्धन अभावमा दसैंका बेलासमेत सर्वसाधारणले यात्रा गर्न र खाना पकाउन कठिनाई भोग्नुपरेको छ ।
kathmandutoday.com
  पटकशनिबार, ७ कार्तिक
काठमाडौँ, ७ कात्तिक । राष्ट्रपति एवम् उपराष्ट्रपतिको निर्वाचनलगायत समसामयिक विषयमा छलफल गर्न नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ ।
दिउँसो १२ः३० बजे नयाँ बानेश्वरस्थित वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बस्ने उक्त बैठकले पछिल्लो राजनीतिक परिस्थितिको विश्लेषण, प्रतिपक्षीका रुपमा नेपाली काँगेसको भावी रणनीति तय र राष्ट्रपति एवम् उपराष्ट्रपति पदका आफ्ना उम्मेदवारलाई विजयी बनाउने उपायबारे छलफल गर्ने पार्टीका केन्द्रीय सदस्य डा शेखर कोइरालाले बताउनुभयो ।
आजै बिहान उक्त पार्टीको पदाधिकारी बैठक महारागञ्जस्थित पार्टी सभापति सुशील कोइरालाको निवासमा बिहान ९ बजे बस्दैछ ।
www.nepalsandesh.com
...

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
अवसर आए पनि मौकामा लाभ उठाउन नसकिएला। ठूलै प्रयत्न गर्दा सामान्य फाइदा हुनेछ। तर, आजको लाभांश सुरक्षित वा सञ्चय नहुन सक्छ। सरसापटमा धन खर्च हुने समय छ। आम्दानी बिगार्नेहरू सक्रिय रहन सक्छन्। श्रमको उचित मूल्य नमिल्न सक्छ। सोचेभन्दा कमै फाइदा मिल्नेछ भने खर्चको मात्रा बढ्नेछ। परिस्थितिले निष्क्रिय बनाउन सक्छ।

...
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
उत्साहमा अलि कमी आउला। अरूको विश्वास जिते पनि आफन्तबाट धोका हुन सक्छ, सचेत रहनुहोस्। तापनि प्रतिष्ठित काम गर्ने मौका छ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक कामको दायित्व बढ्नेछ। काममा मातापिताको सहयोग प्राप्त होला। तर, अनावश्यक ठाउँमा खर्च हुन सक्छ, सचेत रहनुहोला।

...
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
आस मारेको काम बन्नाले उत्साह जाग्नेछ। सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ। गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ। सामाजिक काममा रुचि बढ्नेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। विशेष योजनाहरू बन्नेछन्। धार्मिक अनुष्ठान र मंगलमय कृत्य सम्पादन हुन सक्छन्। व्यवसायमा पनि प्रशस्तै लाभ हुनेछ। भाग्योन्नतिको समय छ।

...
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
आजको प्रयत्न निष्फल जस्तै होला। काम बिग्रने भयले सताउला। लगानी, दौडधुप, श्रम र प्रयत्नको उचित मूल्य नपाइने समय छ। न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने समय छ। नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ। गरी आएको कामलाई भने निरन्तरता दिन सकिनेछ। आश्वासन दिएर झुक्याउनेहरूले सताउनेछन्, सचेत रहनुहोला।

...
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
रमाइलो क्षणमा अचानक खिन्नता बढ्ने समय छ। सोचेको लाभ नमिल्न सक्छ। केही अप्ठ्यारा परिस्थितिको सामना गर्नुपर्ला। आफन्तसँग असमझदारी बढ्न सक्छ। बाध्यताका काममा अलमलिनुपर्ला। पतिपत्नीमा अविश्वास बढ्ने योग छ। सामान्य आम्दानी भइरहनेछ। व्यवसायमा पनि फाइदै हुनेछ। यात्रा गर्दा धनमाल हराउन सक्छ, सचेत रहनुहोला।

...
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
अप्ठ्यारा परिस्थितिको सामना गर्नुपर्ला। केही चुनौतीहरू देखिनेछन्। अधिकार सुरक्षा गर्न जुट्नुपर्नेछ। गरी आएका काम र व्यापार–व्यवसायमा फाइदा उठाउन नसकिएला। शत्रुहरू बढ्नाले समस्या थपिएलान्। आँटेका काममा बाधा पुर्याउनेहरू प्रशस्तै हुनेछन्। फजुल खर्च पनि बढ्न सक्छ। चोरी वा ठगीमा परिने योग भएकाले होसियार रहनुपर्ने समय छ।

...
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन्। दिन उत्साहपूर्ण रहला। सुखद समाचार सुन्न पाइनेछ। स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ। व्यापारमा भने कम मात्र फाइदा होला। पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ। पढाइलेखाइमा प्रगति हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ।

...
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
कृषि–चौपायाबाट लाभ मिल्नेछ। नयाँ काममा हात हाल्ने समय छ। परिवारजन तथा बन्धु–बान्धवबीच आत्मीय भाव बढ्नेछ। भूमि तथा मातृधनबाट लाभ लिने समय छ। बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्न मौका छ। महत्वाकांक्षी योजना फलीभूत होलान्। काममा मातापिताको सहयोग प्राप्त होला। स्थायी सम्पत्ति जोड्ने समय छ।

...
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
परिस्थितिले सोचेभन्दा फरक मोड लिन सक्छ। सहयोगीहरूले हात झिक्नाले केही अप्ठ्यारोमा परिनेछ। सञ्चित रकम खर्च गर्नुपर्ने आवश्यकता पर्न सक्छ। कृषि तथा पशुपालनमा केही नोक्सानी होला। पारिवारिक असमझदारीले पनि काममा अप्ठ्यारो पर्न सक्छ। तापनि, मेहनत गर्दा फाइदै हुनेछ। परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन भने खिन्न रहनेछ।

...
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
मान–सम्मान बढ्नेछ। बोलीको भरमा काम सम्पादन हुने योग छ। विचारले धेरैलाई आकर्षण गर्ने समय छ। प्रशंसकहरू बढ्नेछन्। सहयोगीहरूले काममा साथ दिनेछन्। राम्रै फाइदाको योग छ। विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ। रोकिएका काम सम्पादन हुनेछन्। पठन–पाठनमा प्रगति हुनेछ। विशेष सभा–समारोहमा सहभागी बन्ने मौका छ।

...
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ। नयाँ कामको प्रस्ताव आउनेछ। तपाईंलाई अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन्। मनग्य धन आर्जन होला। विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। नयाँ रचनात्मक काम सुरु गर्ने समय छ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला। विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने मौका छ।

...
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
केही मात्रामा खर्च बढ्नेछ भने काममा आलस्य जाग्नेछ। तर, लगानी बढाउनुपर्ने अवस्था देखिन्छ। चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ। धैर्यले काम लिने समय छ। छर–छिमेकमा भने केही असमझदारी बढ्ने योग छ। तापनि, प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ। वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ। स्थानान्तरण र टाढाको यात्रा सम्भावना छ।
nepalitools.com

बेनी:  म्याग्दी जिल्लामा सञ्चालन भइरहेका ७२७ वटा साना तथा घरेलु उद्योगमा करिब  एक अर्ब ६० करोडको लगानी भएको छ ।

यस जिल्लामा अहिलेसम्म सञ्चालनमा आएका उद्योगको सङ्ख्या ७२७ पुगेको घरेलु तथा साना उद्योग विकास समिति म्याग्दीले जानकारी दिएको छ ।


गत आवको अन्त्यसम्म जिल्लामा ६०० वटा घरेलु तथा साना उद्योग सञ्चालनमा रहेको देखिएको छ । सबै उद्योगमा गरी करिब एक अर्ब ६० करोडको लगानी भएको समितिले बताएको छ ।

म्याग्दीमा पोल्टीफार्म, राइसमिल, फर्निचर, दूध डेरी र मोबाइल मर्मत केन्द्र थपिँदै गएका छन् । घरेलु तथा साना उद्योग विकास समितिका अनुसार जिल्लामा २१२ पोल्टीफार्म, ७६ राइसमिल, ३२ वटा फर्निचर उद्योग, ७९ वटा दूध डेरीलगायतका साना तथा घरेलु उद्योग सञ्चालन भइरहेका छन् ।

यी सबै उद्योगमा प्रत्यक्ष वा अप्रत्यक्ष गरी करिब पाँच हजार जनाले रोजगारी पाइरहेको अनुमान छ । यी उद्योगमा मासिक ३० करोडभन्दा बढीको कारोबार हुने गरेको प्रारम्भिक अध्ययनले देखाएको समितिले बताएको छ ।


गत आवमा राइसमिल, पोल्टीफर्म, डेन्टल क्लिनिक, मोबाइल मर्मत केन्द्र, सिलाइकटाइ प्रशिक्षण केन्द्र, माछाफार्म, बाख्राफार्म, होटल र दूध डेरीको दर्ता बढेको हो ।

सबै उद्योग व्यवसायलाई कानुनी दायरामा ल्याउन विभिन्न पक्षबाट सक्रियताका साथ सहयोग भएकाले कानुनी प्रक्रिया पुर्‍याएर उद्यम व्यवसाय गर्ने क्रम बढेको समितिका वरिष्ठ उद्योग अधिकृत रमेशराज रेग्मीले बताए ।
annapurnapost.com
वासिङ्टन, ७ कात्तिक । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति बाराक ओबामा र पाकिस्तानी प्रधानमन्त्री नवाज शरिफबीच वासिङ्टनमा भेटवार्ता भएको समाचार छ ।
हाल अमेरिकाका भ्रमणमा रहनुभएका पाकिस्तानी प्रधानमन्त्री नवाज शरिफ र अमेरिकी राष्ट्रपति ओबामाबीच बिहीबार वासिङ्टनमा भेटवार्ता भएको हो ।
ह्वाइट हाउसमा भएको सो भेटमा उहाँहरूबीच विभिन्न खाले अतिवाद र आतङ्कवादविरुद्धमा एक भएर लड्ने सहमति भएको बताइएको छ ।
ह्वाइट हाउसले दिएको जानकारीअनुसार राष्ट्रपति ओबामाले पाकिस्तान आतङ्वादका विरुद्धमा लड्ने शक्तिका रुपमा रहिआएको भन्दै यस शक्तिका रुपमा पाकिस्तानलाई अमेरिकाले स्वीकारेको बताउनुभयो ।
यी दुई नेताद्वारा जारी संयुक्त विज्ञप्तिमा पाकिस्तानले विगत लामो समयदेखि आतङ्कवादका विरुद्धमा लड्दै आएको छ भन्दै आतङ्कवादविरुद्धमा लड्ने शक्तिका रुपमा अमेरिकाले पाकिस्तानलाई स्वीकारेको बताइएको छ ।
सो विज्ञप्तिमा पाकिस्तानले विगतका कैयौँ वर्षदेखि आतङ्कवादका विरुद्धमा लड्ने, अल कायदालाई कमजोर बनाउने तथा अरु यस्ता शक्तिलाई पनि कमजोर बनाउन पाकिस्तानले खेलेको भूमिकाको अमेरिकाले प्रशंसा गरेको छ ।
सो विज्ञप्तिमा पाकिस्तान र अमेरिकाले पाकिस्तानले अफगानिस्तान छिमेकीका हैसियतमा तालिवानविरुद्धको अफगान र अमेरिका कारबाहीमा सघाइरहेको बताइएको छ ।
साथै आगामी दिनमा पनि यस्तो सहयोगले निरन्तरता पाउने भन्दै अफगान सरकारले गरेको शान्तिवार्ताको प्रस्तावप्रति सहमति जनाउँदै वार्तामा बस्न पनि अफगानिस्तानका तालिवानलाई आग्रह गरिएको छ ।
उक्त विज्ञप्तिमा पाकिस्तानी प्रधानमन्त्री शरिफले पाकिस्तानले कुनै पनि आतङ्कवादी शक्तिका लागि आफ्नो भूमि प्रयोग गर्न नदिने आश्वासन पनि दिनुभएको छ ।
विज्ञप्तिमा अमेरिकी राष्ट्रपति ओबामाले अमेरिका पाकिस्तान विभिन्न क्षेत्रमा सहयोग र समन्वय गर्दै आएका शक्ति हुन भन्दै आगामी दिनमा पनि यो सहयोग र समन्वयले झन बढी निरन्तरता पाउने बताउनुभएको छ ।
यसपटकको यस भ्रमणका क्रममा शान्ति र सुरक्षाका क्षेत्रमा मात्र नभई आर्थिक, वैज्ञानिक एवम् शैक्षिक क्षेत्रमा पनि सहयोग दानप्रदानका बारेमा छलफल भएको बताउनुभएको छ ।
dainiknepal.com


रुपन्देही:  भारतले गरेको अघोषित नाकाबन्दीका कारण पेट्रोलियम पदार्थको सहज आपूर्ति हुन नसक्दा बजारमा पेट्रोलको कालोबजारी बढेको छ ।

भारतीय आयल निगमले नेपाल आयाल निगमलाई पर्याप्त मात्रामा पेट्रोलियम पदार्थ उपलब्ध नगराउँदा बजारमा कालोबजारी बढेको हो ।


सीमा क्षेत्रमा बसोबास गर्ने तथा तराई मधेस आन्दोलनको प्रभाव परेका स्थानका अधिकांश युवाले भारतीय बजार सुनौली र नौतनवासम्म पुगेर सवारीसाधनमा पेट्रोल हालेर ल्याउने र त्यसलाई प्रतिलिटर २१० देखि ३५० सम्म बिक्री गर्ने गरेका छन् ।

खुल्ला ठाउँबाट बिक्री हुने उक्त पेट्रोलमा डिजेल, ताडपिन तेल, मट्टितेल, जीवनजल र पानी मिसाएर समेत बिक्री वितरण गर्ने गरिएको पाइएको छ ।

मिसावटयुक्त पेट्रोलको प्रयोगका कारण मोटरसाइकल तथा कारको इञ्जिनमा खराबी आएर हैरानी बेहोर्नु परेको प्रयोगकर्ताले बताएका छन् ।

रुपन्देहीको बेलहिया, भैरहवा बसपार्क, वनगाई, मर्चवार लुम्बिनीलगायतका स्थानमा खुलेआमरुपमा पेट्रोलको कालोबजारी हुने गरेको छ । पेट्रोलमा व्यापकरुपमा कालोबजारी बढ्दा पनि स्थानीय प्रशासन भने मौन छ ।

खुल्ला ठाउँमा खुलेआमरुपमा पेट्रोलियम पदार्थको बिक्री वितरण हुँदा आगो लाग्ने खतरासमेत बढेर गएको स्थानीयवासीको गुनासो बढेको छ ।

खुलेआम पेट्रोलियम पदार्थको कालोबजारी भएको पाइए स्थानीय प्रशासन ऐनअनुसार कारबाही अघि बढाउने रुपन्देही प्रशासनले जनाएको छ ।
annapurnapost.com


काठमाडौं : अचानक बेहोस भएर उपचारका लागि अस्पताल भर्ना गरिएका एक नेपालीको कुवेतमा बिहीबार निधन भएको छ ।

खोटाङको सिमपानी गाविस-७ निवासी ४२ वर्षीय रामबाबू खड्काको बिहीबार दिउँसो कुवेतको अस्पतालनमा निधन भएको हो ।


एकसाता अघि ड्युटीमै रहेका बेला अचानक बेहोस भएर ढलेका उनलार्इ साथीहरुले उपचारका लागि मुबारक अलकबिर अस्पालको आइसियूमा भर्ना गरेका थिए ।

उच्च रक्तचापबाट पीडित उनी १५ वर्षअघि रोजगारीका लागि कुवेत आएका थिए । उनले सन् २००६ सम्म रियल स्टेट कम्पनीमा सेक्युरिटी गार्डको काम गरेका थिए ।

सन् २००६ पछि भने उनी सुल्तान सेन्टरमा सेक्युरिटी गार्डमा आवद्ध भएका थिए । गत शुक्रबार ड्युटीमा रहेकै बेला ढलेर बेहोस भएका उनको मुबारक अलकबिर अस्पतालको आर्इसियूमा उपचार हुँदाहुँदै निधन भएको उनको पारिवारिक श्रोतले जानकारी दिएको छ ।

बिहीबार निधन भएका उनको शवलार्इ नेपाल फर्काउने कानुनी प्रक्रिया अघि बढाउन आइतबारसम्म कुर्नुपर्ने भएको छ ।

शुक्रबार र शनिबार कुवेतमा सरकारी विदा परेकाले आइतबारबाट शवलार्इ नेपाल पठाउन पहल थालिने कुवेत-खोटाङ सम्पर्क मञ्चका अध्यक्ष मञ्जीत रार्इले जानकारी दिए ।

खोटाङ-कुवेत सम्पर्क मन्चका सदस्यसमेत रहेका खड्काको अध्यक्ष रार्इले नै अस्पतालमा हेरचाह गरिरहेका थिए । उनको मृत्युको खबरसँगै सिमपानीस्थित उनको परिवार र आफन्तमा रुवाबासी भएको छ । मृतक खड्काका श्रीमती, २ छोरी र एक छोरा छन्।
annapurnapost.com

एकलव्य
नयाँ प्रधानमन्त्री केपि ओलीले आफ्नो गृहजिल्ला झापाको पहिलो भ्रमणको वेलामा कार्तिक ४ गते भएको एक सभामा आफुले भ्रष्टाचार नगर्ने सार्वजनिक प्रतिवद्धता जनाएकाछन् ।
हुनत प्रधानमन्त्री जस्तो सर्वोच्च पदमा पुगेपछि म भ्रष्टाचार गर्दिन भनेर भन्नु पर्ने विषय नै होइन । सीधा कुरा यो हो कि प्रधानमन्त्री जस्तो व्यक्तिले भ्रष्टाचार गर्न पाउँदैन , त्यो  गम्भीर अपराध हो । तर धेरैलाई थाहा नभएको विषय के हो भने नेपालको कानूनले अख्तियार दुरुपयोग अनुसन्धान आयोग जस्तो भ्रष्टाचार निवारण गर्ने सर्वोच्च निकायलाई प्रधानमन्त्रीले भष्टाचार गरे भने कारवाही गर्ने अधिकार दिएको छैन ।
जसरी राजालाई राजतन्त्रमा कुनै पनि निकायले कारवाही गर्न सक्दैन , त्यसरी नै गणतन्त्रमा पनि प्रधानमन्त्रीलाई अख्तियारले समात्न नसक्ने गरी कानून वनाइएको छ । प्रधानमन्त्रीलाई कारवाही गर्ने एक मात्र उपाय भनेको संसदमा अविस्वास प्रस्ताव वा महाअभियोगको प्रस्ताव पारित गरेर हटाउने हो ।
तर यो सजिलो विषय होइन । किनभने प्रधानमन्त्री संग आफ्नो पार्टी र अरु सत्ता गठबन्धनमा रहेका दलहरुको साथ रहने हुनाले उसमाथि कारवाही हुन सक्दैन ।
नेपालका अहिले सम्मका प्रधानमन्त्रीहरु कोही पनि चोखो रहेनन् भनिन्छ । सबैले कमाए भनिन्छ । सबैले कुनै न कुनै तरिकाले भ्रष्टाचार गरेका थिए भनिन्छ । कुनै प्रधानमन्त्री आफैले पनि ब्रिफकेस भरी पैसा लिन्थे भनिन्छ भने कुनैले आफ्नी श्रीमती वा पिएहरु वा आफन्तहरु मार्फत पैसा लिन्थे भनिन्छ ।
प्रधानमन्त्री भएपछि र प्रधानमन्त्रीवाट हटेपछि उनीहरुको जीवनस्तर र खर्चवर्च हेर्दा कुनैले पनि आफु प्रधानमन्त्री छँदा भ्रष्टाचार गरेर पैसा कमाउन वाँकि राखेनन् भन्न सक्ने आधार प्रसस्त देखिन्छ । सर्बसाधारण जनता भन्दा पनि ओली जस्तो नेतालाई विगतका प्रधानमन्त्रीहरु क कसले कसरी भ्रष्टाचार गरेर पैसा कमाए र देशको काम लथालिंग छाडे भन्ने वढी थाहा भएको होला नै । त्यसैले ओलीले आफ्ना सन्तान नभएकोले भ्रष्टाचार गर्दिन भनेर सार्वजनिक रुपमा भन्नु भएको हुन सक्दछ ।
यदि यो वाचा उहाँले व्यवहारमा लागु गर्न सक्नु भएमा यो नेपालको लागि धेरै ठुलो योगदान हुनेछ । प्रधानमन्त्रीले भ्रष्टाचार गर्ने भएपछि नै मन्त्रीहरु र मातहतका सरकारी निकायका मानिसहरुले पनि भ्रष्टाचार गर्न थाल्ने हुन । हुँदा हुँदा भ्रष्टाचार रोक्ने जिम्मा दिइएका निकायका मानिसहरुले पनि भ्रष्टाचार गर्न थाल्ने हुन्छ र देशको उन्नतिमा भन्दा आफ्नो व्यक्तिगत स्वार्थमा ध्यान गएपछि के हुन्छ देशको हालत भन्ने कुरा हामीले भोगी रहेका छौं ।
यदि प्रधानमन्त्री आफुले भ्रष्टाचार नगर्ने भएमा मन्त्रीहरु र मातहतका अरुले पनि भ्रष्टाचार गर्न डराउने हुन्छ र भ्रष्टाचार सून्य मै लान नसके पनि धेरै हद सम्म निर्मुल हुन गई देश विकास तीब्र गतिमा शुरु हुनेछ ।
प्रधानमन्त्री ओलीको यो वाचा व्यवहारमा यथार्थ बन्न थाल्छ भने जनताले उनको तलव सुविधा कानूनी रुपमा वढाउन संसदलाई दवाव दिनु पर्दछ । किनभने प्रधानमन्त्रीको अहिलेको तलबले आउने पाहुनाहरुलाइ दुधको चिया ख्वाउन पनि पुग्दैन , कालो चिया सम्म बल्ल पुग्ला । अहिले प्रधानमन्त्रीको तलब भनेको ६१,८२०।– रुपैयाँ प्रति महिना हो । प्रधानमन्त्रीलाई पेट्रोल, टेलिफोन, पत्रिका आदिको लागि भनेर केही सुविधा त दिएको हुन्छ , तर खान लाउन र पाहुनालाई ख्वाउन बैधानिक रुपमा खासै व्यवस्था छैन । पार्टीको अध्यक्ष र प्रधानमन्त्री पनि भएकाले  समस्यामा परेका आफ्ना कार्यकर्ता र मतदाताहरुलाई केही न केही हेर्नै पर्ने हुन्छ । प्रधानमन्त्रीले महिनामा ४ पटक वालुवाटारमा रात्री भोजको आयोजना गर्न पाउने व्यवस्था लगाएत अरु यस्ता कयौं ठाउँहरु त छ , तर यो खर्च वाटै अरु खर्च निकाल्ने कुरा पनि सानो तिनो भ्रष्टाचार नै हो ।
भनाइको अर्थ यो हो कि प्रधानमन्त्रीको वास्तविक खर्च उनलाई वैधानिक रुपमा दिइने तलव वाट पुग्दैन । प्रधानमन्त्री पद गएपछि उसको साधारण खर्च सम्म पनि उनलाई दिइने केही भत्ता वाट कदापी पुग्दैन । तसर्थ भष्ट्राचार नगर्ने प्रतिवद्धतालाई अहिलेका नयाँ प्रधानमन्त्रीले साँच्चै पालन गर्दछ भने उनलाई चाहिने न्यूनतम आवश्यकता राज्यले व्यहोर्ने कानूनी प्रावधान यथाशीघ्र वनाई उनलाई भ्रष्टाचार गर्न नपर्ने वातावरण वनाई दिनु पर्दछ ।
एउटा बैकको कार्यकारी प्रमुखले पनि नेपाल मै महिनाको पाँच लाख तलब पाउँछ । देश को कार्यकारी प्रमुखले देशको भलो गरोस् र उनले आफ्नो व्यक्तिगत चिन्ता लिन नपरोस् भनेर प्रधानमन्त्रीलाई महिनाको बीस लाख तलब दिइनु अन्यथा हुने छैन । भ्रष्टाचार भनेको छोराछोरीका लागि मात्र गरिन्छ भन्ने होइन । अहिलेका प्रधानमन्त्रीको छोराछोरी नभएपनि अन्य खर्च पुग्ने गरि दिनु राज्यको दायीत्व हो । नेपालमा प्रधानमन्त्री टिक्ने भनेको दुई बर्ष हो , र यो अवधीमा उनलाई करीव पाँच करोड दिएर देशमा हुने अरबौं भ्रष्टाचार निवारण हुन्छ र देश विकासको गति तीब्र हुन शुरु हुन्छ भने यो शुभ कार्य गर्ने हिम्मत संसदले गर्न पर्ने हुन्छ र जनताले यसलाई स्वीकार गर्नु पर्ने हुन्छ । विगत देखि हाल सम्म यो पाँच करोड जोगाउने नाममा प्रधानमन्त्रीले यो भन्दा वढी आफै भ्रष्टाचार गर्ने गर्छन् र अरुलाई पनि अरर्बौ रकम भ्रष्टाचार गर्न दिइरहेको हुन्छ । तसर्थ नयाँ प्रधानमन्त्रीको नयाँ वाचा संगै जनताले पनि नयाँ ढंगले सोच्न पर्ने वेला आइसकेको छ ।
यतिले पुग्दैन भने अझ वढाएपनि फरक पर्दैन तर त्यस पछि पनि भ्रष्टाचार गर्छ भने त्यस्तो प्रधानमन्त्रीलाई कडा सजाँय  दिने कानून पनि वनाइनु पर्दछ ।
www.nepalsandesh.com
लहान, ६ कात्तिक । विजयादशमीलाई मध्यनजर गरी सगरमाथा अञ्चलको प्रमुख व्यापारिक केन्द्र सिरहाको लहानमा आमहड्ताललाई खुकुलो पारेको संयुक्त मधेसी मोर्चाका कार्यकर्ताले आज बिहानदेखि पुनः सशक्त पारेको छ ।
संयुक्त मधेसी मोर्चाका नेता, कार्यकर्ताले आज बिहानैदेखि लहानस्थित बजार, पसल, उद्योगधन्दा बन्द गराएका छन् ।
विजयादशमीभरि बजार पसल खोल्न दिएका मोर्चाका कार्यकर्ताले दसैँ सकिएको भन्दै आज बिहानबाट बजार, पसल बन्द गराएको स्थानीयवासीले बताएका छन् । रासस
dainiknepal.com

काठमाडौंँ, ६ कात्तिक । उन्नाइस वर्षमुनिका खेलाडीहरु सम्मिलित आइसिसी यु–१९ विश्वकप छनोट प्रतियोगिताको विजेता बनेको नेपालले सातौँपटक विश्वकप भिड्ने भएको छ ।

साथै, नेपाली राष्ट्रिय टोलीले अबको चार महिनापछि बङ्गलादेशमा हुने विश्वकप प्रतियोगिताबाट विजयी हुने प्रण पनि गरेको छ ।
मुलुकको क्रिकेट खेलको इतिहास रचना गर्दै फर्केको नेपाली टोलीका कप्तान राजु रिजालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देशवासी, खेल पदाधिकारी एवम् क्रिकेटका शुभेच्छुक र सञ्चारकर्मीमाझ भन्नुभयो– ‘‘टीमको कडा मेहनत र एक अर्काको सहयोगले यो नतिजा प्राप्त भएको हो ।’’
प्रतिस्पर्धा कडा भए पनि नेपाली टोलीको आपसी सहयोग र कडा मेहनतका साथ खेलेकाले अहिलेको सफलता आएको भन्दै उहाँले विश्वकपमा राम्रो नतिजा ल्याउन अझै कडा मेहनत चाहिने बताउनुभयो । बाहिर गएर अभ्यास गर्न पाएको खण्डमा ब्याड्सम्यान र बलरलाई राम्रो गराउन सकिन्छ, कप्तान रिजालको भनाइ छ ।
नेपाली टोलीका प्रशिक्षक जगत टमटाले नेपाली टोलीका लागि अहिले राम्रो अवसर छ, अझै राम्रो अभ्यास गरेर गएको खण्डमा जित अवश्य नेपालको पक्षमा आउने बताउनुभयो ।
“अहिलेको टीमका खेलाडीमा गुणस्तर छ, उनीहरुलाई नेपाली जनता, सरकार र राष्ट्रिय खेलकुद परिषद्ले अवसर दिन्छन् भने दुई वर्षमा राष्ट्रिय टोलीमा जान सक्छन् यिनका लागि ‘एक्सपोज’ चाहिन्छ,”–उहाँले भन्नुभयो ।
प्रशिक्षक टमाटाले छनौट चरणको पाँचवटा प्रतियोगितामा आयरल्याण्ड टप प्रतियोगी भएपनि नेपाली टीमले राम्रो खेलेको भन्दै बलिङ ६०, ब्याटिङ ४० प्रतिशत रहेको छ, ब्याटिङमा सुधार गर्न जरुरी छ, विश्वकप चुनौतीपूर्ण भएकाले बाँकी अवधिमा अन्तराष्ट्रियस्तरको अभ्यास गर्न जरुरी भएकाले यसलाई क्रिकेट सङ्घले ध्यान दिने विश्वास व्यक्त गर्नुभयो ।
छनोट चरणमा पाँच टीम नेपाल, आयरल्याण्ड, अमेरिका, युगाण्डा र पपुवा न्युगिनीले प्रतिस्पर्धा गरेका थिए । मलेसियाको राजधानी क्वालालम्पुरमा बिहीबार विश्वकप छनोट प्रतियोगिताको अन्तिम खेलमा आयरल्याण्डलाई तीन विकेटले पराजित गर्दै नेपाल विजेता टोली बनेको थियो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज मध्याह्न आइपुगेको टोलीलाई नेपाल क्रिकेट सङ्घका पदाधिकारी तथा कर्मचारीले स्वागत गरेका थिए । रासस
dainiknepal.com
कार्तिक ६, २०७२- ‘जनयुद्धको क्रममा ०५९ साल मंसिरमा सप्तरीको कदमाहामा मलाई तत्कालिन शाही सेनाले पक्राउ गरेको थियो, मलाई मार्ने तयारी गरियो, तर उनीहरु मलार्इ राम्ररी नचिन्दा अल्मलिए, तर मैले म सँगै रहेका स्थानीय ब्यापारी सागिर मियाँको पसलको कामदार हुँ भन्दै जोगिए
, त्यो दिन नजोगिएको भए आज कहाँ सासँद र मन्त्री हुनसक्थे र’ गत आइतवार सिंचाइमन्त्रीको रुपमा सपथ लिएका उमेश यादबले यसो भनिरहँदा उनी फोनमै भावुक भए । जनयुद्धका लागेर पटक पटक सुरक्षाकर्मीको निशाना छलेका उनले आफू जनयुद्धमा लाग्दा घर परिवारमा सुरक्षाकर्मीको अत्यधिक आउजाउ र सोधपुछ तथा आफनो चिन्ताका कारण पिता किसुनदेव यादबलाई ह्दयघात भएको र पछि सोही कारणले मृत्यु भएको वास्तविकता स्मरण भएपछि उनी भावुक बनेका हुन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वको मन्त्री परिषदमा आइतवार सिंचाइमन्त्रीको रुपमा सपथ लिएका यादब गाउँले परिवेस हुदै मन्त्री सम्म पुग्न भ्याएकोमा सन्तोष ब्यक्त गरे । ‘मैले आज सम्म गरेको त्याग र दुखको परिणाम हो यो’–मन्त्री यादबले कान्तिपुरसित भने–‘सबै वर्ग र क्षेत्रको सहयोगले मन्त्रालयलाई नमुना वनाउने प्रयत्न गर्नेछु ।’ सप्तरीको लालापटी गाविस वडा नम्वर– १ निवासी यादव २०७० सालको दोस्रो संविधानसभाको निर्वाचनमा एकिकृत नेकपा माओवादीवादीबाट उम्मेदवार भई सप्तरी क्षेत्र नम्वर– ३ बाट संविधानसभा सदस्यमा निर्वाचित भएका थिए ।  पिता स्व. किसुनदेव यादव र माता लक्ष्मी देवी यादवको कोखबाट जेठो सन्तानको रुपमा धर्तीमा पाईला टेकेका थिए । आफूसहित चार दाजुभाइ र एक बहिनीको अभिभावकत्वको जिम्मेवारी सम्भाल्दै आएका उनले गाउँकै राष्ट्रिय प्राथमिक विद्यालयमा प्राथमिक तह पुरा गरी वि.स. २०४४ सालमा राजविराज स्थित राजदेवी माध्यमिक विद्यालयबाट एसएलसी पास गरे । राजनीतिसँगै भारतको मधेपुराबाट प्रविणता प्रमाणपत्र तह उतिर्ण गरेका छन् । वि.सं. २०३९ सालताका काठमाण्डौको ललितपुरमा शिक्षण पेशामा कार्यरत काका रामदेव यादवसँग उनी पढ्नका लागि काठमाण्डौ पुगे । त्यहाँका बासिन्दाहरुले देउसी भैलो खेलेर सङ्कलन भएको रकमबाट कक्षा ३ बाट सञ्चालन भएको विद्यालय १० सम्म सञ्चालन गरेको कुराले उनी प्रभावित भए । आफ्नो गाउँ ठाउँको विकास आफैले गर्नुपर्छ भन्ने सङ्कल्पका साथ गाउँ फर्के प्रा. चन्द्रकिशोर यादव, ईन्जिनियर प्रयाग यादव, कामेश्वर यादव, हरिनारायण यादव, विष्णुदेव यादव लगायतका कर्मचारीहरु समेतको अगुवाइमा क्लव सञ्चालन गरे । गाउँका सरकारी कर्मचारीहरुले कमाइको केही अंश क्लवमा जम्मा गरेर गाउँमा विकासीय अभियान चलाए । विद्यार्थीकालदेखी नै खरो स्वभावका उनी राजनिती भने राष्ट्रिय प्रजातन्त्र पार्टीवाट सुरु गरेका थिए । राप्रपाको युवक सङ्गठनको जिल्ला अध्यक्ष, सगरमाथा अञ्चल ईञ्चार्ज हुदै केन्द्रीय सदस्य समेत भए । पार्टीका नेता राजेश्वर देवकोटा समेत उमेशको शैलीबाट प्रभावित हुदै गएका थिए । देवकोटाले उमेशलाई युवा कार्यकर्ताको रुपमा नभई छोरा भनेर बोलाउथे भने उमेशले समेत बुवा भनेर आदर गर्दथे । माओवादी जनयुद्धले गति लिईरहेकै क्रममा माओवादी नेता मातृका यादव सप्तरी आएका थिए । राजविराज स्थित पब्लिक विन्देश्वरी उच्च माध्यमिक विद्यालयमा गोप्य बैठक आयोजना भएको थियो । सोही क्रममा उमेशको पनि माओवादी जनयुद्धका गतिविधिहरुमा सामिप्यता बढ्दै गयो । उमेशका अनुसार उनले त्यस अघि काठमाण्डौमा छदा जनादेश साप्तातिकको बेलाबखत स्तम्भमा छापिने गरिएको वावुराम भटराइको लेखवाट समेत माओवादी प्रति प्रभावित हुदै आएका थिए । राप्रपाबाट विस्तारै टाढिदै उनी माओवादीको पर्चा, पम्पलेट छर्ने, भित्ते लेखन गराउने जस्ता कार्यमा सक्रिय भए । पार्टीको गतिविधीहरुमा सक्रिय भई ईमान्दारीपूर्वक काम गर्नथालेपछि उमेशलाई माओवादीको भातृ संगठन मधेशी राष्ट्रिय मुक्ति मोर्चाको गाउँ कमिटी अध्यक्षको जिम्मेवारी दिईयो । तत्पश्चात पार्टीको सेल कमिटि सेक्रेटरी, एसिएम, डिसिएमको जिम्मेवारी पाए । शम्सेरपुर धातीमा वि.सं. २०५८ सालमा सम्पन्न मधेशी राष्ट्रिय मुक्ति मोर्चाको जिल्ला सम्मेलनबाट सूर्यनाथ यादव अध्यक्ष भए भने उमेशले उपाध्यक्षको जिम्मेवारी पाए । ०५८ मंसीर ११ गते तत्कालिन राजा ज्ञानेन्द्रले संकटकाल घोषणा गरे पछि निक्कै जोखिमपूर्ण कामहरु समेत उनले पार्टीको निर्देशन अनुसार गरे । उनी एरिया हुदै जनसरकार प्रमुख, जनमिलिसिया कमिसार, जिल्ला जनमुक्ति सेना कम्पनी हुदै बटालियन कमिसार, वाईसिएल केन्द्रीय सदस्य एवम् धनुषा अध्यक्ष, धनुषा महोतरी, सर्लाही ईञ्चार्ज, वाइसिएल मिथिलाराज्य संयोजकको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरे ।  उनी पार्टीभित्र छोटो समयमै प्रभावशाली नेताको रुपमा परिचित भए । पार्टीको जिल्ला संयोजक हुदै वि.सं. २०६९ सालमा पार्टीको केन्द्रीय सदस्य समेत भए । सप्तरी क्षेत्र नम्वर ३ बाट २०६४ सालमा संविधानसभा सदस्यमा चुनाव लडे पनि पराजित भए तर दोश्रो संबिधान सभामा उनी सप्तरी ३ नम्बरवाटै विजयी भए । संबिधान निर्माणको प्रक्रियामा सक्रियतापुर्वक सहभागी भएका यादब संबिधान सभामा २०७१ माघ ५ को मध्यरात आफ्नो दलले गरेको बिरोधमा कुर्सी तोडफोडका घटनामा पनि अगाडि देखिएका थिए । उक्त घटना निक्कै चर्चामा रह्यो ।

kantipur.ekantipur.com
कार्तिक ६, २०७२- सरकारले दसैंलगत्तै पासपोर्ट आवेदनमा ‘लाइभ इनरोलमेन्ट प्रणाली’ लागू गर्ने भएको छ । असोज पहिलो सातादेखि नै यो प्रणाली लागू गर्ने घोषणा गरिए पनि प्राविधिक कारण देखाउँदै ढिलाइ गरिएको हो । लाइभ इनरोलमेन्ट प्रणालीको जिम्मा दुई महिनाअघि फ्रान्सेली कम्पनी ओर्वथरलाई जिम्मा दिइए पनि काम द्रुत गतिमा अघि बढ्न सकेको छैन । भारतले गरेको अघोषित ‘नाकाबन्दी’ को कारण देखाई केही ढिलाइ भएको जानकारी राहदानी विभागलाई ओर्वथरले दिएको छ । सरकारले राहदानी विभाग र विदेशमा रहेका आफ्ना नियोगमध्ये तत्काल ११ स्थानबाट पासपोर्ट आवेदनमा ‘लाइभ इनरोलमेन्ट प्रणाली’ लागू गर्ने निर्णय गरेको थियो । आवेदनकर्ता आफ्नो सक्कल नागरिकता र पुरानो पासपोर्ट लिएर लाइभ इनरोलमेन्ट केन्द्रमा पुगे सबै प्रक्रिया अघि बढ्ने उल्लेख छ । यो प्रणाली लागू भएमा विभाग र ती नियोग रहेका मुलुकका नेपालीले फाराम भरेर लाइन बस्नुपर्दैन । यस प्रणालीअनुसार कम्प्युटरबाट सिधै फोटो खिचेपछि फाराम पनि त्यहीं बसेर भर्ने र इलेक्ट्रोनिक हस्ताक्षर तथा औंठाछाप दिनुपर्ने हुन्छ । ई–पासपोर्टमा जाने तयारीस्वरूप सरकारले यस्तो प्रक्रिया अघि बढाएको हो । पाँच वर्षभित्र सरकार ई–पासपोर्टमा जानुपर्ने हुन्छ ।  भरिएको फाराम तत्काल राहदानी विभागमा पठाइनेछ भने त्यहीबाट र पासपोर्ट छापिने स्थानमा सोझै जाने हुनाले यसलाई छरितो र भरपर्दो प्रणालीको रूपमा लिइन्छ । यसका लागि पुरानो पासपोर्ट र नागरिकताको सक्कल लिएर दूतावास तथा विभाग गए पुग्छ । सरकारले यो प्रणाली २ वर्षदेखि लागू गर्ने प्रयास गरिरहेको थियो । दुई महिनाअघि सरकारले गरेको निर्णयअनुसार मलेसिया, साउदी अरब (रियाद र जेद्दाह), कुवेत, कतार, यूएई, अमेरिका (वासिङटन डीसी र न्युयोर्क), बेलायत र हङकङमा यो प्रणाली सुरु गरिनेछ ।  ‘हामीले दसैंअगावै सुरु गर्ने गरी काम अघि बढाए पनि प्राविधिक कार्यले केही दिन ढिला भयो । दसैंलगत्तै यो लागू हुन्छ । नोभेम्वर २४ अगावै कम्पनीले गर्ने सहमति छ ।’ विभागका महानिर्देशक लोकबहादुर थापाले कान्तिपुरलाई भने, ‘हामी कम्पनीसँग सल्लाह गरेर जतिसक्दो छिटो काम अघि बढाउन भन्नेछौं । केही हार्डवेयर सामग्री आउन ढिलाइ भएको हो ।’ थापाका अनुसार कम्पनीले आन्तरिक वाइरिङ तथा डेक्सको काम सम्पन्न भएको जानकारी दिएको छ ।  नयाँ टेन्डरबाट लागू गर्ने भनिए पनि समय अभाव, पुरानो सम्झौताको अल्झनले सरकारले अन्तरिम व्यवस्था र परीक्षणका लागि भन्दै यो प्रणालीको जिम्मा ओर्वथरलाई दिएको हो । सरकारले तत्काल ग्लोबल टेन्डर गर्न सक्ने अवस्था नरहेकाले राहदानी विभागले तयार पारेको तीन विकल्पमध्ये मध्यमार्गी बाटोका रूपमा ८ मुलुकमा रहेका १० नियोगमा ५० वटा लाइभ इन्रोलमेन्ट प्रणाली आरम्भ गर्न विभागलाई निर्देशन दिएको थियो । सहमतिअनुसार ओर्वथरले २५ लाख थप पासपोर्ट समेत छाप्ने अवसर पाएको छ ।  यो प्रणालीअन्तर्गत छापिने राहदानी अहिलेको भन्दा १ दशमलव ३० अमेरिकी डलर महँगो पर्नेछ । तर, लाइभ इन्रोलमेन्ट विदेशी नियोगमा कम्पनीले नै जडान गर्ने र त्यसको जनशक्तिलाई पनि कम्पनीले प्रशिक्षण दिने हुनाले घाटा नरहेको दाबी परराष्ट्रको छ । यसअघि सरकारले ३ दशमलव ५९ अमेरिकी डलरमा राहदानी छाप्दै आएको थियो । नेपालभर ‘लाइभ इन्रोलमेन्ट प्रणाली’ राख्ने प्रस्ताव गरिए पनि थप दुई डलर भार पर्ने भएकाले सुशील कोइराला नेतृत्वको मन्त्रिपरिषद्ले मध्यमार्गी बाटो अपनाएको थियो । ती मुलुकमा दसैंलगत्तै ओर्वथरले आफ्नो सामान र कर्मचारी पठाई व्यवस्थापन गर्ने बताएको छ ।  यो प्रणाली लागू भएपछि फोटो कहाँ खिच्ने, फाराम कसले भरिदिने जस्ता समस्याबाट सर्वसाधारण मुक्त हुनेछन् । सक्कल नागरिकता जिल्लाबाट प्रमाणित गरेर लगेको अवस्थामा सेवाग्राहीका सबै काम पूरा हुने जनाइएको छ । विदेशस्थित दूतावास फाराम नखुम्चाइकन विभागमा पठाउने ‘डिप मेल’ को झन्झटबाट पनि मुक्त भएका छन् । नेपालीको बढी चाप भएका दूतावास तथा नियोगमा पहिलो चरणमा यो लागू गर्न लागिएको विभागका निर्देशक शरद आरनले बताए । यो प्रणालीबाट सरकारलाई केही आर्थिक भार थपिएको भए पनि सर्वसाधारणको भने खर्च बचत हुनेछ । आउँदो नोभेम्बर २४ सम्म सरकारले हस्तलिखित राहदानी विस्थापन गरिसक्नुपर्छ । विभागका अधिकारीहरूका अनुसार करिब ३९ लाख नागरिकले एमआरपी बनाइसकेका छन् । अब पहिलेको जस्तो चाप नहुन सक्छ । त्यसमा १० हजार जति सरकारी र कूटनीति राहदानी बनेका छन्, अन्य सर्वसाधारणको छ ।’ करिब एक लाखले एमआरपी बनाएर पेज सकेर अर्को बनाएको तथ्यांकले देखाउने हुनाले ३८ हजार नेपालीले नयाँ एमआरपी वा हस्तलिखित विस्थापन गरकाले समस्या नहुने विभागका अधिकारीहरू बताउँछन् । ग्लोबल टेन्डर पनि प्रक्रियामा सरकारले ग्लोबल टेन्डर प्रक्रिया पनि सँगै अघि बढाएको छ । व्यवस्थापिका संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले पनि ग्लोबल टेन्डरमा जान निर्देशन दिइसकेकाले लाइभ इन्रोलमेन्टसँगै सरकार ग्लोबल टेन्डरमा जानुपर्ने हुन्छ । सन् २०१० मा ओर्वथरसँग सम्झौता भएयता डाटा सेन्ट्रलाइज गर्न नसकेकामा सतर्कता केन्द्रले छानबिन गरिरहेको भए पनि त्यसको टुंगो अझै लागेको छैन् । समय अभाव र डाटा सेन्ट्रलाइज गर्न विधिमा सरकार यसअघि चुक्दा पुन: अन्तरिमकालका लागि भन्दै ओर्वथरलाई नै थप पासपोर्ट छपाइको जिम्मा दिएकोमा तत्कालीन सरकार आलोचित समेत बनेको थियो । डाटा प्रणाली लिने गरी सम्झौता गरेको भए तत्कालीन सरकार अन्तर्राष्ट्रिय टेन्डरमा जान सक्ने थियो । समयमै टेन्डर प्रक्रिया अघि बढाइएको भए सन् २०१५ नोभेम्बर २४ पछि कसले राहदानी छपाइ तथा पर्सनलाइजेसन गर्ने भन्ने निक्र्योल हुन्थ्यो । तर, त्यसमा समयमा ध्यान दिइएन । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को प्रावधानअनुसार आगामी मंसिरदेखि हस्तलिखित राहदानी प्रयोग गर्न सकिने छैन । तर, डाटा ट्रान्सफरमा समस्या हँुदा अन्य राहदानी पनि नचल्ने अवस्था आउने हुनाले अहिले यो प्रक्रियामा गएको हो ।

kantipur.ekantipur.com

विराटनगर : आफ्नै बसले शुक्रबार बिहान किचिएका सहचालकको उपचारको क्रममा मृत्यु भएको छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरी कुशहा–४ मा ना ५ ख ४९२५ नम्बरको यात्रुवाहकको सहचालक दीपक कार्कीको मृत्यु भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय, विराटनगरले जनाएको छ ।


प्रहरीको सुरक्षा घेराका लागि पर्खेर बसेका सो बसका सहचालक कार्की सोही बसमुनि भूँइमा सुतेको अवस्थामा बस चालकले बस अगाडि बढाउने क्रममा कार्की किचिएका थिए ।

बससहित चालकलाई अनुससन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको छ । रासस
www.annapurnapost.com

साताैं पटक विश्वकप क्रिकेटमा भिड्दै
काठमाडौं : उन्नाइस वर्षमुनिका खेलाडीहरु सम्मिलित आइसिसी यु–१९ विश्वकप छनोट प्रतियोगिताको विजेता बनेको नेपालले सातौँपटक विश्वकप भिड्ने भएको छ ।


नेपाली राष्ट्रिय टोलीले अबको चार महिनापछि बङ्गलादेशमा हुने विश्वकप प्रतियोगिताबाट विजयी हुने प्रण पनि गरेको छ ।

मुलुकको क्रिकेट खेलको इतिहास रचना गर्दै फर्केको नेपाली टोलीका कप्तान राजु रिजालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देशवासी, खेल पदाधिकारी एवम् क्रिकेटका शुभेच्छुक र सञ्चारकर्मीमाझ भने, 'टीमको कडा मेहनत र एक अर्काको सहयोगले यो नतिजा प्राप्त भएको हो ।'

प्रतिस्पर्धा कडा भए पनि नेपाली टोलीको आपसी सहयोग र कडा मेहनतका साथ खेलेकाले अहिलेको सफलता आएको भन्दै उनले विश्वकपमा राम्रो नतिजा ल्याउन अझै कडा मेहनत चाहिने बताए

बाहिर गएर अभ्यास गर्न पाएको खण्डमा ब्याड्सम्यान र बलरलाई राम्रो गराउन सकिन्छ, कप्तान रिजालको भनाइ छ ।

नेपाली टोलीका प्रशिक्षक जगत टमटाले नेपाली टोलीका लागि अहिले राम्रो अवसर छ, अझै राम्रो अभ्यास गरेर गएको खण्डमा जित अवश्य नेपालको पक्षमा आउने बताए ।

'अहिलेको टीमका खेलाडीमा गुणस्तर छ, उनीहरुलाई नेपाली जनता, सरकार र राष्ट्रिय खेलकुद परिषद्ले अवसर दिन्छन् भने दुई वर्षमा राष्ट्रिय टोलीमा जान सक्छन् यिनका लागि ‘एक्सपोज’ चाहिन्छ', उनले भने ।

प्रशिक्षक टमाटाले छनौट चरणको पाँचवटा प्रतियोगितामा आयरल्याण्ड टप प्रतियोगी भएपनि नेपाली टीमले राम्रो खेलेको भन्दै बलिङ ६०, ब्याटिङ ४० प्रतिशत रहेको बताए ।

उनले ब्याटिङमा सुधार गर्न जरुरी रहेको उल्लेख गर्दै विश्वकप चुनौतीपूर्ण भएकाले बाँकी अवधिमा अन्तराष्ट्रियस्तरको अभ्यास गर्न जरुरी भएकाले यसलाई क्रिकेट सङ्घले ध्यान दिने विश्वास व्यक्त गरे।

छनोट चरणमा पाँच टीम नेपाल, आयरल्याण्ड, अमेरिका, युगाण्डा र पपुवा न्युगिनीले प्रतिस्पर्धा गरेका थिए । मलेसियाको राजधानी क्वालालम्पुरमा बिहीबार विश्वकप छनोट प्रतियोगिताको अन्तिम खेलमा आयरल्याण्डलाई तीन विकेटले पराजित गर्दै नेपाल विजेता टोली बनेको थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज मध्याह्न आइपुगेको टोलीलाई नेपाल क्रिकेट सङ्घका पदाधिकारी तथा कर्मचारीले स्वागत गरेका थिए ।
annapurnapost.com


भोजपुर : पुर्वी पहाडी जिल्ला भोजपुरमा शुक्रबार मुसलधारे पानीसहित परेको असिनाले धानबालीमा क्षति गरेको छ ।

भोजपुरको उत्तरी दिङ्लाक्षेत्रमा दिउँसो एक बजेबाट परेको पानी र असिनाले पाक्न लागेको धानमा ठूलो क्षति पुगेको स्थानीय उपेन्द्र भट्टले जानकारी दिए ।

उनका अनुसार मुसलधरे पानी र असिनाले दसैंमा टीका लगाउन जानेहरुलाई प्रभावित बनाएको ।


असिनाले धानबालीसँगै कोदोमा ठूलो नोक्सानी पुगेको स्थानीय कृषकहरुले बताएका छन् ।
www.annapurnapost.com

पोखरा । पोखरामा महिलाहरुले यौन सन्तुष्टि पूरा गर्न नयाँ तरिका अपनाएका छन् ।
आफ्ना श्रीमान विदेश गएको र गाउँका अविवाहित युवा समेत विदेश पलायन भएकाले यौनसन्तुष्टि प्राप्त गर्न यहाँका महिला तथा युवतीहरुले यस्तो तरिका अपनाएका हुन् । त्यो हो सेक्स टोयको प्रयोग ।
कतिपयले आफू बिदेश जानुअघि आफ्नी श्रीमतीलाई पनि किनेर लगेको तथा कतिपय आफ्नै आमाले छोरीको लागि तथा केटा साथीले केटीको लागि र केटी साथीले केटाको लागि पनि यो खरिद गर्न आउने गरेका छन् ।
पोखरामा यौनसन्तुष्टि प्राप्त गर्न प्रयोग गरिने कृत्रिम यौनसामग्री सेक्सटोयको प्रयोग ह्वात्तै बढेको ब्यापारीहरुले बताएका छन् । पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाईडमा रहेका पसलमा सेक्सटोय खरिद गर्ने र यसको बारेमा जानकारी लिन आउनेहरुको भीड लाग्ने गरेको छ ।
कतिपयले फोनबाट यसको बारेमा जानकारी लिन्छन् र खरिद गर्छन् भने कतिपय पसलमै आएर लैजाने गरेका छन् । सेक्सटोय खरिद गर्नेमा महिलाको संख्या बढी छ । कुल ग्राहकको ६० प्रतिशत महिलाहरु रहेको पसल सञ्चालक सुवास भट्टराईले बताए । दुई बर्षअघि पोखरामा सुरु भएको सेक्सटोयको ब्यापार सोचेभन्दा बढी फष्टाएको उनले बताए ।

पुरुषको तुलनामा महिलाहरु यसको बारेमा जिज्ञासु देखिएको उनको अनुभब छ । यसको ३० प्रतिशत ग्राहक बिदेशी पनि छन् । अधिकांश बिदेशी पर्यटक आफैले लिएर आउने भएकाले नेपाली ग्राहकको संख्या अत्याधिक भएको सञ्चालकले बताएका छन् । नेपाली कुल ग्राहक मध्य पनि ४५ प्रतिशत पोखराकै स्थानीय छन् । नेपालका बिभिन्न स्थानबाट पोखरा घुम्न आएकाहरुले पनि खरिद गरेर लैजाने गरेका छन् । काठमाडौंको सुन्धरा र पोखराको लेकसाईडमा मात्रै पसल भएपनि अर्डर अनुसार निःशुल्क होम डेलिभरिको सुबिधा पनि रहेको भट्टराईले जानकारी दिए ।
सुरक्षित यौन क्रियाकलापको लागि सेक्सटोय अतिनै उपयोगी हुने दाबी गरिएको छ । ‘एउटा प्रेमिकाबाट पाउने प्रेम सहितको सेक्स त हुदैन तर एउटा यौनकर्मीबाट पाउने आनन्द यसबाट प्राप्त हुन्छ ।’ पसल संचालकको भनाई । कतिपयले आफू बिदेश जानुअघि आफ्नी श्रीमतीलाई पनि किनेर लगेको तथा कतिपय आफ्नै आमाले छोरीको लागि तथा केटा साथीले केटीको लागि र केटी साथीले केटाको लागि पनि यो खरिद गर्न आउने गरेको उनले सुनाए । यौन चाहना भएर पनि बाहिर खुल्न नसकेकाको लागि यो उपयुक्त साधन मानिन्छ ।
dainiknepal.com

एजेन्सी : उत्तरप्रदेशको मेरठस्थित हापुण शहरको सिकन्दर गेटमा बस्दै आएको एक मुस्लिम परिवारले आफ्नो गाई 'जुली' को जन्मदिन धूमधामसँग मनाएको छ ।

गाईको जन्मदिन मनाउने क्रममा मुस्लिम परिवारले १० किलोको केक बनाएर गाईलार्इ बर्थ डे क्याप पनि लगाइदिएको छ ।


भारतमा एकातर्फ गार्इको मासुलार्इ लिएर साम्प्रदायिक उन्माद फैलिरहेको छ । अर्कातिर उत्तर प्रदेशकै दादरीमा युवक अखलाकलार्इ घरमा गार्इको मासु राखेको अफबाहकै भरमा भींडले केही दिनअघि कुटीकुटी ज्यान लिएको थियो ।

 यस्तो अवस्थामा मुस्लिम परिवारले गार्इलार्इ लिएर बढिरहेको साम्प्रदायिक हिंसा गर्नेहरुलार्इ गतिलो जबाफ दिएको छ ।

केमिकल वेस्ट म्यानेजमेन्ट कम्पनीमा काम गरिरहेका इरशादका परिवारमा ४० वर्षदेखि गाई पालिँदै आएको छ । इरशादका पिता हाजी अब्दुल गनी आफ्नो गाईलाई धेरै माया गर्छन् ।

उनले सन् २००८ मा आफ्नो घरमा जन्मेको गाईको नामकरण र उनको जन्मदिन मनाउने परम्परा गरेका थिए । यसै वर्ष २९ जुलाईमा हाजी अब्दुल गनीको निधन भयो ।

'जूली र उसकी आमा भोली हाम्रा परिवारका सदस्य हुन् । हामी उनीहरुलार्इ आफ्ना छोराछोरीलार्इ जस्तै स्याहार गर्छौं', आफ्नो गाईको बारेमा इरशाद भन्छन्, 'जुलीको यो पहिलो जन्म दिन भएकाले हामीले भब्यताका साथ मनाएका हौं । करिब एक सय पाहुना बोलाएर जुलीको जन्मदिन मनायौं ।'

इरशाद अगाडि भन्छन्, 'हामीले १० किलोको इगलेस बनिला केक अर्डर गर्यौं र त्यसमाथि गार्इको जस्तै आकार भएको क्यान्डल लगायौं । सबै पाहुनाले जुलीलार्इ मनपर्ने खानेकुरा उपहार लिएर आएका थिए ।

आफ्नो गाईको जन्मदिन मनाउने क्रममा यो परिवारले नेपाली ६४ हजार रुपैयाँ खर्च गरेको थियो ।
www.annapurnapost.com




एजेन्सी : भारतको फरिदाबादमा परेवा चोरेको आरोपमा एक दलित युवकको हत्या भएको छ ।

परेवा चोरेको आरोपमा ती दलित युवाको हत्या गरिएपछि हरियाणाको सोनिपत र फरिदाबादमा हिंसा मच्चिएको छ ।


हरियाणास्थित फरिदावादको सोनिपतमा परेवा चोरीको आरोपमा पक्राउ युवाको प्रहरी हिरासतमा ज्यान गएपछि त्यहाँ हंगामा भएको हो ।

प्रहरीले हिरासतमा लिएका ती युवाको शरीरभरी चोट लागेको पाइएपछि उनलार्इ यातना दिइ हत्या गरिएको भन्दै आफन्तहरुले आन्दोलन थालेका हुन् ।


फरिदावादको सोनिपतमा यो घटनाले केही दिनयता तनाव बढाएको छ । मृतकका आफन्तहरुले प्रहरी चौकी र सुरक्षामा खटिएका प्रहरीमाथि ढुंगामुढा बर्साएका छन् ।

केही महिलाले पुलिसकर्मीमाथि लाठी पनि बर्साएका छन् । त्यसपछि पुलिसले अवस्थालार्इ नियन्त्रणमा लिन बल प्रयोग गरेको थियो । त्यस इलाका सयौंको संख्यामा प्रहरी परिचालित गरिएको छ ।

पुलिसका अनुसार ती युवकको शव उनको घरमै भेटिएको थियो । तर पुलिसको भनाइको कडा प्रतिवाद गर्दै युवकका परिवारले प्रहरी हिरासतमै उनको मृत्यु भएको दाबी गरेका छन् ।

ती दलित युवामाथि परेवा चोरीको आरोप अर्को जातिका मानिसले लगाएका थिए । अहिले दुबै जातिका मानिस एकअर्काविरुद्ध उत्रेका छन् ।
www.annapurnapost.com
६ कात्तिक । आफ्ना छिमेकी मुलुकहरूलाई दुःख दिएर सइताइ रहेको ठूलो प्रजातान्त्रिक मुलुक भारतलाई अमेरिकाले साइजमा राख्न पाकिस्तानलाई लडाकु बिमानहरू दिने समाचारसँगै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षासम्बन्धी ‘किचन क्याबिनेट’मा खैलाबैला मच्चिएको छ ।
पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफको अमेरिका भ्रमणमा हुनसक्ने सैन्य सम्झौतालाई लिएर मोदीको सुरक्षा बैठकमा चर्चा हुने गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
भारतको बढ्दो दबदवाबाट सशंकित बनेको सैन्य शक्तिशाली देश अमेरिकाले पाकिस्तानलाई लडाकु बिमान र हतियार दिने तयारी गरेको समाचारमा जनाइएको छ ।
भारतीय सञ्चारमाध्यमहरूले अमेरिकाले पाकिस्तानलाई फाइटर बिमान बिक्री गर्न लागेको भनेर विरोधमा समाचार धाराप्रवाह रुपमा प्रकाशित गरिरहेका छन् । यस विषयमा पाकिस्तान र अमेरिकाले भने केही जनाएका छैनन् ।
अमेरिकाले भारतलाई आफ्नो बसमा राख्नका लागि भारतको पुरानो दुश्मन पाकिस्तानलाई फाइटर बिमान र हतियार बिक्रीको सम्झौता गर्न सक्ने प्रधानमन्त्री मोदीको सुरक्षा बैठकमा छलफल भइरहेको जनाइएको छ ।
यस्तो अवस्था आएमा भारतलाई पाकिस्तानबाट ठूलो समस्या हुन सक्ने भारतीय सञ्चारमाध्यहरूको भनाइ छ ।
अमेरिका दुनियाँको नम्बर एक सैन्य शक्ति देश हो । अमेरिकाले पाकिस्तानलाई एफ–१६ फाइटर जेट बेच्ने योजना बनाएको छ ।
अमेरिकी अखबारहरूका अनुसार पनि पाकिस्तानका प्रधानमन्त्री नवाज शरीफको बाराक ओबामासँग हुने भेटमा बिमान खरिद बिक्रीका विषयमा सम्झौता हुन सक्नेछ ।
न्यूयार्क टाइम्सले पनि पाकिस्तानलाई एफ– १६ फाइटर जेट बेच्ने योजना बनाएको समाचार छापेको छ । पाकिस्तानका प्रधानमन्त्री नवाज शरीफको अमेरिका यात्राका बेला यस विषयको घोषणा गरिने छैन । तर व्हाइट हाउसले यस कुरालाई पछि घोषणा गर्ने न्यूयोर्क टाइम्सले जनाएको छ ।
नवाज शरीफ अमेरिका यात्राका लागि २० अक्टोबरमा अमेरिका पुगिसकेका छन् ।
अमेरिकाबाट फाइटर जेट पाएपछि पाकिस्तानमा तीन देशका फाइटर जेट हुने छन् । पाकिस्तानलाई चीन र फ्रान्सले यसअघि नै फाइटर जेट बिमान दिइसकेका छन् । अमेरिकाले ८ वटासम्म एफ– १६ फाइटर जेट बेच्ने योजना बनाएको छ ।
यसअघि अप्रिलमा अमेरिकाको विदेश मन्त्रालयले पाकिस्तानसँग अर्बौँको सैन्य सम्झौतामा हस्ताक्षर गरेको थियो । अमेरिकाको विदेश मन्त्रालयका अनुसार पाकिस्तान उसको घनिष्ठ सहयोगी हो ।
पाकिस्तानको अखबार डानले पाकिस्तानलाई अमेरिकाले १४ कान्बेट एयरक्राफ्ट, ५९ मिलिट्री ट्रेनर जेट र ३ सय ७४ आर्मड पर्सनल करियर दिने विषयमा सम्झौता भएको जनाएको छ ।
यी हथियार पाकिस्तानलाई दिइएको थियो । यसको प्रयोग अमेरिकी सेनाले अफगानिस्तान र इराकमा पहिला नै गरिसकेको छ । – एजेन्सी
dainiknepal.com
 मुस्लिम देशहरूमा महिलाको जीवन अत्यन्तै कष्टकर हुने गरेको समाचारहरू आइरहेका हुन्छन् । ती मुुस्लिम देशहरूमा नेपाली युवा र युवतीहरू रोजगारीका लागि जाने गरेका छन् ।
ती देशहरूका महिलाको जीवन कसरी वितेको होला भनेर चासो हुनु स्वभाविक हो । यहाँ हामीले विशेष गरेर साउदी अरबका महिलाहरू कसरी जीवन विताइ रहेका छन् भनेर खोज्ने प्रयास गरेका छौँ ।
दैनिक नेपाल डट कममा राखिएका यी तस्बिरहरू ब्रिटिश फोटोग्राफर ओलिविया आर्थूरले खिचेँका हुन् । उनले तस्बिरहरू आफ्नो किताब ‘जेद्दाह डायरी’मा पनि समावेश गरेका छन् । २००९ मा ब्रिटिश काउन्सिलले ओलिवियालाई जेद्दाहमा दुई हप्ताको फोटोग्राफी वर्कशापमा पनि बोलाएको थियो ।
त्यस क्रममा उनले साउदी अरबमा रहेका महिलाहरूको तस्बिर खिचेँका थिए । ती तस्बिरहरू साउदी महिलाको रहनसहनसँग आधारित छन् ।
साउदी अरबमा महिलाहरूलाई ड्राइभिङका साथै पढ्न लेख्न र घुम्नका लागि पनि आफ्नो पति वा बाबुआमासँग अनुमति लिनु पर्छ । ओलिवियाले लिएका यी तस्बिरहरू अहिल खुला माहोलमा बसेका महिलाहरूको मात्रै हो ।
साउदीमा अधिकांश घरहरूमा महिलालाई अन्य पुरुषको अगाडिबाट हिँड्न पनि दिँदैनन् । यसले गर्दा अन्य मुस्लिम महिलाहरूको तस्बिर सार्वजनिक गरिएको छैन ।
dainiknepal.com


गौशाला : प्रहरीमाथि आक्रमण गर्ने एक जुवाडेलाई महोत्तरी प्रहरीले आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिजलपुरा–९ बस्ने रविन्द्र घोरारी रहेको छ ।

इलाका प्रहरी कार्यालय बर्दिबासबाट खटिएको टोलीले बिजलपुरा–९ स्थित पथलैया बजारमा जुवा खेलिरहेका जुवाडेहरुलाई बिहीबार अबेर राति पक्राउ गर्न खोज्दा जुवाडे र प्रहरीबीच केहीबेर झडपसमेत भएको थियो ।


जुवाडेहरुले एकतर्फी रुपमा प्रहरीमाथि ढुङ्गामुढा गरेका थिए । ढुङ्गामुढाबाट प्रहरीको गाडीमा समेत सामान्य क्षति पुगेको छ भने जुवाडेहरुले प्रहरी हबल्दार बरुण भूमिहारलाई कुटपीट गरी घाइते बनाएका छन् ।

घाइते प्रहरी हबल्दार भूमिहारको बर्दिबास स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । घटनामा संलग्न अन्य जुवाडेहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । रासस
www.annapurnapost.com
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Aug 24 (6)
  • Aug 23 (1)
  • Aug 19 (1)
  • Aug 18 (19)
  • Aug 17 (17)
  • Aug 16 (24)
  • Jan 24 (18)
  • Jan 23 (27)
  • Jan 22 (32)
  • Jan 21 (35)
  • Jan 20 (35)
  • Jan 19 (34)
  • Jan 18 (40)
  • Jan 17 (45)
  • Jan 16 (27)
  • Jan 15 (29)
  • Jan 14 (35)
  • Jan 13 (40)
  • Jan 12 (32)
  • Jan 11 (39)
  • Jan 10 (31)
  • Jan 09 (23)
  • Jan 08 (31)
  • Jan 07 (30)
  • Jan 06 (39)
  • Jan 05 (34)
  • Jan 04 (39)
  • Jan 03 (43)
  • Jan 02 (47)
  • Jan 01 (31)
  • Dec 31 (34)
  • Dec 30 (36)
  • Dec 29 (43)
  • Dec 28 (33)
  • Dec 27 (27)
  • Dec 26 (38)
  • Dec 25 (33)
  • Dec 24 (38)
  • Dec 23 (44)
  • Dec 22 (39)
  • Dec 21 (37)
  • Dec 20 (40)
  • Dec 19 (31)
  • Dec 18 (47)
  • Dec 17 (30)
  • Dec 16 (16)
  • Dec 15 (42)
  • Dec 14 (30)
  • Dec 13 (32)
  • Dec 12 (35)
  • Dec 11 (42)
  • Dec 10 (26)
  • Dec 09 (31)
  • Dec 08 (15)
  • Dec 07 (37)
  • Dec 06 (30)
  • Dec 05 (34)
  • Dec 04 (32)
  • Dec 03 (33)
  • Dec 02 (36)
  • Dec 01 (37)
  • Nov 30 (48)
  • Nov 29 (28)
  • Nov 28 (35)
  • Nov 27 (35)
  • Nov 26 (47)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (27)
  • Nov 22 (32)
  • Nov 21 (43)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (22)
  • Nov 17 (29)
  • Nov 16 (32)
  • Nov 15 (25)
  • Nov 14 (28)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (42)
  • Nov 09 (22)
  • Nov 08 (40)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (42)
  • Nov 01 (44)
  • Oct 31 (29)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (47)
  • Oct 27 (32)
  • Oct 26 (39)
  • Oct 25 (35)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (22)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (31)
  • Oct 02 (29)
  • Oct 01 (29)
  • Sep 30 (29)
  • Sep 29 (24)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (26)
  • Sep 25 (27)
  • Sep 24 (18)
  • Sep 23 (15)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (26)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (12)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (19)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (22)
  • Sep 07 (22)
  • Sep 06 (26)
  • Sep 05 (18)
  • Sep 04 (23)
  • Sep 03 (24)
  • Sep 02 (25)
  • Sep 01 (24)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (27)
  • Aug 28 (28)
  • Aug 27 (30)
  • Aug 26 (29)
  • Aug 25 (24)
  • Aug 24 (35)
  • Aug 23 (30)
  • Aug 22 (31)
  • Aug 21 (32)
  • Aug 20 (30)
  • Aug 19 (33)
  • Aug 18 (27)
  • Aug 17 (34)
  • Aug 16 (28)
  • Aug 15 (23)
  • Aug 14 (23)
  • Aug 13 (22)
  • Aug 12 (19)
  • Aug 11 (18)
  • Aug 10 (24)
  • Aug 09 (16)
  • Aug 08 (18)
  • Aug 07 (25)
  • Aug 06 (16)
  • Aug 05 (18)
  • Aug 04 (21)
  • Aug 03 (19)
  • Aug 02 (14)
  • Aug 01 (17)
  • Jul 31 (19)
  • Jul 30 (19)
  • Jul 29 (15)
  • Jul 28 (12)
  • Jul 25 (14)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home