• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
काठमाडौं, २२ असोज । नयाँ सरकार गठनबारे एकीकृत नेकपा एमाओवादीले आफ्नो धारणा सार्वजनिक गरेको छ ।
शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी समितिको बैठकले एमालेको नेतृत्वमा कांग्रेससहितको सरकार गठन गर्नुपर्ने निर्णय गरेको हो । उसले नेतृत्व एमालेलाई नै दिनुपर्नेमा समेत जोड दिएको छ ।
कांग्रेस र एमाले दुबैले सकारको नेतृत्वको दाबी गरिरहेको अवस्थामा एमाओवादीले बहुमतीय प्रक्रियाबाटै भएपनि एमालेको नेतृत्व र कांग्रेसको सहभागितामा सहमतिको सरकार बनाउनु पर्ने निर्णयमा पुगेको बैठकमा सहभागी एक नेताले दैनिक नेपाललाई बताए ।
उनले भने– हाम्रो पार्टीको आधिकारिक धारणा भनेको पूर्व सहमति अनुसार सरकारको नेतृत्व एमालेले पाउनुपर्छ । र त्यसमा कांग्रेस सहभागी हुनुपर्छ ।’ बैठकबाट एमाओवादीले आफ्नो आधिकारिक धारणामा प्रमुख दलबीच संविधान निर्माणपछि सरकारको नेतृत्व एमालेलाई नै दिने सहमति भएको बताएको छ ।
dainiknepal.com
शुक्रबार, २२ असोज
काठमाडौं । काठमाडौंबाट भारतको बनारससम्म चल्ले बस सेवा आजबाट बन्द भएको छ ।
नेपालको अवस्था सुधार नभएको भन्दै भारतीय पक्षले बनारसबाट काठमाडों आउने गाडी बन्द गरेको हो । भारतले तरार्य क्षेत्रमा असुरक्षा बढ्दै गएको भन्दै दुई साता अघिबाट अघोषित नाकाबन्दी गरेको छ । यसै क्रममा भारतले काठमाडौं बनारस बस सेवा समेत बन्द गरेको हो ।
२०७१ फागुन २१ बाट उक्त बस सेवा सरु गरिएको थियो ।
काठमाडौं–बनारसको मैत्री बस सेवाको नेपालका तर्फबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्री विमलेन्द्र निधि र भारतीय राजमार्ग तथा यातायात मन्त्रालयका सचिव सञ्जय बान्दोपाध्यायले संयुक्त रुपमा रंगशालाबाट औपचारिकसेवा सुरु गरेका थिए ।
नेपाल–भारत यातायात सम्झौताअनुसार पहिलो चरणमा गत मंसिर ९ मा काठमाडौं–दिल्ली मैत्री बस सेवा सुरु भएको थियो। दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को १८ औं शिखर सम्मेलनका बेला प्रधानमन्त्री सुशील कोइराला र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा बस सेवा सुरु गरेका थिए । काठमाडौं–बनारस सेवा दोस्रो चरणको कार्यक्रम हो ।
www.nepalsandesh.com
काठमाडाैं । मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीले माओवादी र माओ विचारधारा मान्ने कम्युनिस्ट पार्टीहरूसँग एकता गर्ने निर्णय गरेको छ ।
माओवादीको बिहीबार सम्पन्न केन्द्रीय समिति बैठकले माओवाद र माओ विचारधारा मान्ने पार्टीहरूबीच एकताका लागि अपिल गरेर ठोस पहल लिने निर्णय गरेको हो ।   यो निर्णयसँगै माओवादीले एकीकृत नेकपा माओवादी, नेत्रविक्रम चन्द नेतृत्वको माओवादी, नेकपा (एकीकृत) लगायतका माओवादी विचारधारा मान्ने पार्टीहरूसँग एकताका लागि वार्ता अगाडि बढाउने भएको छ ।
एमाओवादी र माओवादीबीच पार्टी एकता संविधान जारी गर्न प्रमुख दलबीच २५ जेठमा भएको १६ बुँदे सहमतिसँगै रोकिएको थियो । ‘क्रान्तिकारी कम्युनिस्ट खासगरी माओवाद र माओविचार मान्नेहरूबीच एकताका लागि अपिल र ठोस पहल गर्ने निर्णय भयो,’ बैठकको निर्णयबारे माओवादीका केन्द्रीय सदस्य रामदीप आचार्यले भने ‘यो निर्णयले क्रान्तिकारी कम्युनिस्टहरूबीचको ध्रुवीकरणलाई मद्दत पुर्‍याउँछ ।’ पाँच दिनदेखि राजधानीमा जारी केन्द्रीय समिति बैठकमा अधिकांश सदस्यहरूले क्रान्तिकारी धु्रवीकरणको नेतृत्व लिन अध्यक्ष वैद्यलाई दबाब दिएका थिए । नयाँ पत्रिका दैनिकमा खबर छ ।
- Seedainiknepal.com
तुलसीपुर : नेपालगञ्जबाट रुकुम जाँदै गरेका बसका यात्रुहरु लुटिएका छन् ।

लुटेराहरुले उनीहरुबाट सल्यानको बारुलीमा  करिब १२ लाख रुपैयाँ लुटेर लगेको प्रहरीले जनाएको छ । ती बस नेपालगञ्जबाट दाङ हुँदै रुकुम जाँदै थिए ।

राप्ती अञ्चल प्रहरीका अनुसार शुक्रबार बिहान साढे दुई बजेतिर लुटेराको एउटा समूहले यात्रुहरुलाई हतियार देखाइ लुटपाट गरेका हुन् ।

उनीहरुबाट करिब १२ लाखभन्दा बढी लुटिएको प्रहरीले जनाएको छ । लुटिनेमध्ये अधिकांश भारतबाट मजदूरी गरी दशैं मान्न घर फर्किएकाहरु छन् ।

३ वटा बसका यात्रु लुटपाट गरी उनीहरुले एक सयभन्दा बढी मोबाइल सेटहरु पनि लगेका छन् । लुटेराहरुको प्रतिकार गर्दा सल्यानका यात्रु शुभलाल पुन घाइते भएका छन् । उनलाई लुटेराहरुले खुकुरी प्रहार गरेका थिए ।

नेपालगन्जबाट रुकुम चौरजहारीका लागि छुटेका भेरी अञ्चल बस ब्यवसायी समितिको ना ५ ख ५९७, भेरी राप्ती बस ब्यवसायी समिति रुकुमको ना ४ ख १३१७ र ना ४ ख ६३८६ नम्बरका यात्रुबाहक बसमा यात्रु लुटिएका हुन् ।

www.annapurnapost.com
काठमाडाैं : तपाईं अमेरिका जाने तयारी हुनुहुन्छ ? त्यसो भए हवाई टिकट किन्दा यता पनि ध्यान दिने कि ?

ठमेल भगवानबहालस्थित स्पिडी ट्राभल्सले अमेरिका–नेपाल आउन जान ८२ हजारमै हवाई टिकटको प्याकेज ल्याएको छ ।

कम्पनीले दशैं तिहार पर्वका अवसरमा अमेरिका–नेपाल आउने जाने हवाई टिकट ८२ हजार २ सयमै उपलब्ध गराउन थालेको हो ।

भदौबाट थालिएको यो योजनाबाट ४ सय बढीले फाइदा लिइसकेको कम्पनीले जनाएको छ ।

स्पिडीले डेल्टा एयरालइन्ससँगको सहकार्यमा प्रदान गरिरहेको छ । दशैं तिहारको अवसरमा यो योजना ल्याइएको स्पिडीका म्यानेजिङ डाइरेक्टर उमेश दनैले जानकारी दिए ।

सामन्तया एक पटक अमेरिका ओहोरदोहोर गर्न १ लाख १६ हजारदेखि १ लाख ५० हजारसम्म हवाई टिकटमा खर्च हुने गर्दछ ।

‘हामीले यो प्याकेजमा करसमेत जोडेका छौं’, दनैले भने, ‘यो प्याकेजबाट सयौं यात्रु लाभान्वित भएका छन् ।

स्पिडीले युरोप, अमेरिका, जापान, क्यानडा, मध्यपूर्वी देशमा पनि सस्तो दरमा हवाई टिकट उपलब्ध गराइरहेको जानकारी दिएको छ ।

दनैले नेपालीहरुलाई बैंकक, सिंगापुर र जापानको लागि होलिडे प्याकेज चलाइरहेको जानकारी दिए ।

स्पिडीले जापानमा विदा मनाउन जानेहरुका लागि  २ लाख ९० हजारमा हवाई टिकटसहितको होलिडे प्याकेज पनि चलाइरहेको छ ।

‘सस्तोदरमा तयार पारिएको यो प्याकेजबाट जापान घुम्न जानेहरु बढिरहेका छन्’, दनैले भने, ‘हामीले जापानमा विदा मनाउने नेपालीहरुलाई लक्षित गरी ल्याएको यो प्याकेज प्रभावकारी भइरहेको छ ।’

annapurnapost.com
भीमदत्तनगर: भारतले लगाएको अघोषित नाकाबन्दीका कारण पश्चिमी सीमा नाका गड्डाचौकीबाट नेपाल प्रवेशमा रोक लगाइएका भारतीय सवारी साधनसमेत चल्न थालेका छन् ।

नाकाबन्दीको आंशिक प्रभाव परेको यहाँका नाकाबाट भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले गत असोज ११ गतदेखि असुरक्षाको कारण देखाउँदै भारतीय नम्बर प्लेटका सवारी साधन नेपाल आउन सीमा नाकामै रोक लगाएको थियो।

तर बिहीबारदेखि कञ्चनपुरमा भारतीय सवारी साधन चल्न थालेको इलाका प्रहरी कार्यालय गड्डाचौकीले जनाएको छ। सो कार्यालयका प्रमुख प्रहरी नायब निरीक्षक राजेन्द्रबहादुर चन्दले गड्डाचौकी नाका क्रमिक रुपमा सामान्य बन्दै गइरहेको बताए।

कञ्चनपुर प्रशासनले मौखिक रुपमा भारतीय पक्षलाई कुनै पनि तोडफोड नहुने भन्दै सुरक्षाको प्रत्याभूति दिएपछि भारतीय सीमा सुरक्षा बल एसएसबीले सवारीका साधन नेपाल आउन दिएको हो।

भारतीय सवारी साधन नेपाल नआउँदा भारतीय बजारबाट आयात हुने खाद्य सामग्री, फलफूल, तराकारीजन्य वस्तुको बजारमा अभाव देखिँदै आएको थियो भने नेपालीको महान् चाडपर्व दसैँ तिहारका लागि भारतबाट नेपाल फर्कने यात्रुहरु सवारी साधन नचल्दा सीमावर्ती बजार बनबासादेखि गड्डाचौकी बसपार्कसम्म हिँडेरै आउन बाध्य भएका थिए। रासस
www.annapurnapost.com
शुक्रबार, २२ असोज
नेपालमा भारत विरोधी भावना भड्काइयो : भारत
काठमाडौं । अघोषित नाकाबन्दी गरेको भारतले नेपालले अन्य मुलुकबाट इन्धन लगायतका अन्य सामान ल्यान भारतले कुनै अवरोध नगर्ने जनाएको छ । उसले नेपाल स्वतन्त्र मुलुक भएको भन्दै आफ्नो हितमा हुने गरि निर्णय गर्न कुनै रोकतोक नभएको जनाएको छ ।
भारतीय विदेशमन्त्रालयका प्रवक्ता विकास स्वरुपले बिहीबार नियमित पत्रकार भेटघाट कार्यक्रममा नेपालबारे यस्तो धारणा राखेका हुन् । उनले भने, ‘नेपाल एक स्वतन्त्र र सम्प्रभु मुलुक हो, उसले आफ्नो बारेमा आफैं निर्णय गर्न सक्छ ।’
उनले नेपालको तराई क्षेत्रमा भढेकिएको द्धन्द्धका कारण सामान नेपाल भित्रन नसकेको भन्दै यसमा भारतको कुनै दोसा नरहेको दावी गरे ।
उनले भारतबाट अइन्धन लगायतका समान ल्यान तराई क्षेत्रको समस्या समाधान गर्न भने नेपाल गंभिर हुनपर्ने उल्लेख गरे । तराईको समस्या सम्बोधन गरे भारतबाट सामान पठाउन कुनै समस्या नभएको उनको भनाई थियो ।
उनले नेपालमा भारत विरोधी भावना बढ्दै गएकोमा चिन्ता प्रकट गरे । ‘नेपालमा भारतविरोधी भावना भड्काइएको छ,’ उनले भने, ‘भारतविरोधी भावना कसले भड्काइरहेको छ भन्नेमा कुनै सन्देह छैन ।
ww.nepalsandesh.com
वि.सं. २०७२ साल असोज २२ गते। शुक्रबार। इश्वी सन् २०१५ अक्टोबर ९ तारिख। नेपाल संवत् ११३५ ञला गा। आश्विन कृष्णपक्ष। तिथि– द्वादशी, २२:२५ बजेउप्रान्त त्रयोदशी।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
समयको गतिलाई पछ्याउन नसक्दा अलि दुःख पाइएला। भौतिक साधन बिग्रनाले पनि लक्ष्य प्राप्त गर्न मुस्किल पर्नेछ। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहन सक्छ। गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ। प्रतिस्पर्धाले पुरुषार्थी काम गर्ने हिम्मत पलाउनेछ। संगत र खानपानमा सावधान रहनुहोला।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
विगतका निर्णयले काम बिग्रन सक्छ। बेसुरमा वचन दिने बानीले दुःख पाइनेछ। मान्यजनको सुझावप्रति विश्वास नलाग्न सक्छ। महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ। काम बिग्रने डरले पनि सताइरहनेछ। पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ। परिवारमा आमाको सहयोगबाट काम सम्पादन हुन सक्छ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
विभिन्न उपहार प्राप्त हुने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ। गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। कृषिमा कामको चाप र चौपायामा केही समस्या देखिए पनि प्रशस्त धन आर्जन हुने समय छ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
बोलीको गलत अर्थ लाग्नाले मान–सम्मानमा पनि आघात पुग्न सक्छ। विचार सम्प्रेषण गर्न केही समय पर्खनु बुद्धिमानी हुनेछ। बिस्तारै फाइदा उठ्ने योग छ। विगतमा सम्पादित कामबाट धन लाभ हुनेछ। पठन–पाठनमा बिस्तारै प्रगति हुनेछ। समस्या दर्साउँदा शुभचिन्तकहरूले साथ दिनेछन्। अनावश्यक वादविवादमा परिने समय भएकाले सजग रहनुपर्नेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
इच्छाशक्ति बढ्नुका साथै प्रयत्न गरेको काम छोटै समयमा पूरा हुन सक्छ। परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिनेछ। प्रशंसकहरू बढ्नेछन्। विशेष समारोहबीच मान–सम्मान, प्रतिष्ठा आदि पाइनेछ। स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। परिवारजनसँग आत्मीयता बढ्नेछ। प्रेम र मित्रताको गाँठो कसिनेछ। फुर्सद नमिले पनि प्रतिष्ठित काम गर्ने अवसर जुट्नेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
समयमा होश नपुग्नाले खर्च मात्र हुनेछ। प्रलोभन देखाउनेहरूले फसाउन सक्छन्। मेहनत गर्दागर्दै पनि उपलब्धि प्राप्त गर्न मुस्किलै पर्ने समय छ। शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्नाले पनि दुःख पाइनेछ। परिवारजनबाट टाढिनुपर्ला। आफ्नै कमजोरीले काममा बाधा हुने सम्भावना देखिन्छ। सद्विचारले अभिप्रेरित हुनेहरूलाई भने फाइदै हुनेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। काम देखाएर लाभ उठाउने समय छ। श्रमको उचित मूल्यांकन हुनेछ। पढाइमा प्रगति हुनेछ। नयाँ ज्ञान सिक्ने मौका छ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि तथा पशुपालनमा सामान्य र नोकरी तथा व्यापारमा प्रशस्त लाभ हुने योग छ। पितृधनको उपयोगबाट पनि विशेष फाइदा मिल्नेछ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ। कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ। व्यापार–व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुनेछ। रुचिका विषयमा लगानी बढाउने समय छ। विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
धर्ममा श्रद्धा र परोपकारमा मन जानेछ। स्वास्थ्यमा भने कमजोरी अनुभव हुनेछ। सानातिना काममा अल्झनुपर्दा आफ्ना योजना समयमा सम्पादन नहुन सक्छन्। आशा देखाउनेहरूको भरपर्दा धोका पाइनेछ। चुनौतीपूर्ण कामको दायित्वले कठोर निर्णय गराउन सक्छ। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्ला। सफलता भने न्यून मात्र हातलागी हुनेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
समस्या दोहोरिन सक्छन्। सानातिना घरेलु काममै अल्झनुपर्ला। सवारीमा समेत सावधानी अपनाउनुपर्नेछ। स्वास्थ्यमा कमजोरी र उपचारमा खर्च हुने योग छ। विद्यामा कमजोरी र लेनदेनमा विवाद हुने सम्भावना छ। प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुनेछन्। सहयोगीहरूको मद्दतले केही काम बन्नेछन्। इष्टदेवको पूजा–उपासना गर्दा फाइदा होला।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
दिन मनोरञ्जनपूर्ण रहनेछ। नयाँ ज्ञान सिक्ने मौका छ। तर व्यापार–व्यवसायमा सोचेको लाभ नमिल्न सक्छ। यात्रामा केही समस्या आउलान्। अलि बाध्यताका काममा जुट्नुपर्ने योग छ। दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ। आम्दानी प्रशस्तै बढ्नेछ। नयाँ सवारी साधन प्राप्तिको योग छ। आतिथ्यपूर्ण सम्मान पाइएला। प्रेमको बन्धन कसिने बेला छ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। यात्रामा विशेष लाभ होला। शत्रु र रोगबाट छुटकारा मिल्ने समय छ। मुद्दा–मामिलामा पनि विजयी भइनेछ। व्यापार तथा उद्योगतर्फ सामान्य फाइदाको योग छ। अधिकारका लागि केही संघर्ष पनि हुन सक्छ। प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गर्नेछन्। परिस्थितिसँग सम्झौता गर्नुपरे पनि प्रतिष्ठा जोगाउन सकिनेछ।

भैरहवा : नेपाल–भारत सुनौली नाकामा तैनाथ सुरक्षाकर्मीहरुले बुधवारदेखि मानिसलाई समेत आवत–जावतमा रोक लगाएका छन् ।

बुधवार वेलहिया नाकामा मधेशी मोर्चा र सुरक्षाकर्मीबीचको झडपपछि दुवैदेशका सिमावर्ती सुरक्षाकर्मीले आ–आफना देशका नागरिक एवं भौतिक सम्पतीको सुरक्षाको कारण देखाउँदै सर्वसाधारणलाई रोकेर फर्काउन थालेका हुन् ।

भारतीय भूमिमा नेपालीलाई मरणासन्न हुनेगरी कुटपिट भएको र मधेशी मोर्चाका नेता तथा कार्यकर्ताहरुउतै सुनौलीमा भएकाले नेपाली सुरक्षाकर्मीहरुको बाक्लो भींडले कडा पहरेदारी गरिरहेको छ ।

भारतले १७ दिनदेखि नाकावन्दी गरी यसनाकामा मालवहाक गाडीहरु रोकिरहेको अवस्थामा बुधवारको घटनापछि मानिस आवतजावतमा समेत रोक लगाएको छ ।

भारत महारजगंजका डिएसपी पंकजकुमार सिंह र सिमावर्ती प्रहरी चौकीका सई भरत यादवको टोलीले भारतीय नागरिकहरुलाई नेपाल जान रोकेका छन् ।

यसैगरी नेपाल वेलहिया ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक रविन्द्रबाबु रेग्मी, भंसार राजस्व कार्यालयका संसस्त्र प्रहरी निरीक्षक तुल्सीराम पाण्डेको टोलीले नेपाली नागरिकलाई भारतमा असुरक्षा भएको बताउँदै सिमानाकाबाटै फर्काइरहेका छन् ।

पर्यटक, विरामी, ट्रेन एवम् बसको टिकट लिएका व्यक्तिबाहेक अन्य सबैलाई सम्झाई बुझाई फर्काउने काम दुवैतर्फबाट भईरहेको प्रहरी निरीक्षक रेग्मीले बताए ।

सिमाक्षेत्रमा भएको घटनालाई दृष्टिगत गरी बुधवार विहानदेखि साझसम्मै रुपन्देही जिल्लाका प्रहरी प्रमुख एसपी वृद्धिराज गुरुङ, सशस्त्र प्रहरी सिमा सुरक्षा कार्यालयका ससस्त्र प्रहरी उपरीक्षक जिवी संग्रौला, भन्सार राजस्व गुल्म भैरहवाका सशस्त्र प्रहरी नायव उपरीक्षक शंकर खनाल र प्रहरी नायव उपरीक्षक महेन्द्र खड्का लगायतको कमाण्डमा सिमानाकामा सयाैं सुरक्षाकर्मी तैनाथ छन् ।

यसैगरी भारतमा पनि सिमा सुरक्षाबल एसएसवीका कमान्डेट केएस वनकोटी, सहायक डिएमलगायतका सुरक्षा अधिकारीहरुले पनि सिमानाका छोडेका छैनन । उनीहरु महाराजगंज जिला कार्यालय छोडेर सिमानाकाको दसगजामा वेस क्याममा मुकाम खडा गरी बसेका छन् ।

नेपालदेखि भारतको सुनौली तथा नौतुनामा बजार गर्न गएका नागरिकमाथि त्यसक्षेत्रका केहि व्यापारी एवं मधेशी मोर्चाका कार्यकर्ताहरुले दुव्र्यवहकार एवम् कुटपिट भएका घटनाप्रति नेपालीहरु चिन्तती हुनुका साथै आक्रोशीत बनेका छन् ।

बुधवार एकनेपाली युवा वेलहिया काठमाण्डौं रात्री वसका सहचालक कृष्ण विक्ष्टको हात काटेर दरगजामा फालिदिएपछि जीयधनको सुरक्षामा खतरा बढेको हो ।

यसअघि सुनौलीमा बजार गर्न गएका ५ जना नेपाली गृहणीहरुमाथि दुव्र्यवहार भएको थियो । भारतीय सेनामा कार्यरत भई घरविदामा नेपाल बुटवल देविनगर फर्कदै गरेका सेना गणेश थापा र अर्का एकजना ट्रक चालक सिमानामा कुटिएका छन् ।

यसैगरी दसैँ मनाउन गुल्मी घर आउदै गरेका एक लाहुरे नन्दराम पौडेलको एकलाख ६० हजार रुपैयाँ सिमापारी लुटिएको छ ।

यस्ता घटनाले सिमानाकामा रहेका दुवै देशका नागरिकहरु एकआपसमा त्रास एवं शंकालु बनेका छन् ।

दिनभर दसपटक सिमावारी पारी गर्ने दुवै देशका स्थानियहरु अहिले सिमानाका काट्न असुरक्षित ठानेका छन् ।

भारतीय नेपाल आउन र यता नेपालका पारी भारत जान डराईरहेको नेपाल भारत मैत्री समाजका अध्यक्ष डा. शान्तकुमार शर्माले जानकारीदिए । ‘एकअर्काप्रति शंका, आक्रोश एवं द्वेष मानसिकतामा देखिएका छन् । मोर्चाको नाकावन्दी एवं धर्नामा भएका घटनाले दुईदेशको सम्वन्धसंगै नागरिकहरुमा समेत फाटो ल्याउने काम गरेको छ । यो साह्रै दुःखद र गंभिर सवाल हो ।’

सिमा सुरक्षाबवल प्रमुख कमान्डेट एसके वनकोटीले असुरक्षाका कारण भारतका गाडी चालक र मान्छेहरु पनि अगाडी नेपालतर्फ जान डराइरहेको बताए ।

प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले भारतले मोर्चालाई आफनो भूमि प्रयोग गर्न दिएको र अपराधिक क्रियाकलापका कारण मानिसहरुमा डरत्रास एवम् असुरक्षा बढेकाले भारतले नाकावन्दी फिर्ता गरी फटाफट गाडी पठाउन थाले सबै ठीक हुने बताए । annapurnapost.com
काठमाडौँ : नेकपा एमालेले आफ्नो नेतृत्वमा नयाँ सरकार गठन गर्नका लागि एकीकृत नेकपा (माओवादी) नेतृत्वलाई आग्रह गरेको छ ।

एमाले अध्यक्ष केपी ओलीसहित शीर्ष नेतृत्वले आज एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल निवास लाजिम्पाट पुगी ‘भद्र सहमति’अनुसार अध्यक्ष ओलीको नेतृत्वमा नयाँ सरकार गठनका लागि औपचारिक आग्रह गरेको हो ।

जवाफमा अध्यक्ष दाहालले सहमतिबाटै अगाडि बढ्नुपर्नेमा जोड दिँदै सो विषयमा आफ्नो पार्टीको शुक्रबार बस्ने पदाधिकारी बैठकले निर्णय गर्ने बताउनुभएको एमाले सचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

सहमतिको सरकारका लागि आह्वान गरिएको समय सकियो

राष्ट्रपति डा रामवरण यादवले सहमतिका आधारमा नयाँ प्रधानमन्त्री चयनका लागि यही असोज १५ गते सात दिनको समयसहित गर्नुभएको आह्वानको अन्तिम दिनसम्म पनि सहमतिको सरकार गठन हुन सकेन ।

तराई मधेसमा आन्दोलनरत दलहरुसँगको वार्ता निष्कर्षमा नपुगेको, कतिपय प्रमुख दलले संस्थागत निर्णय नगरेका कारण संसद्मा रहेका दलहरुबीच सो विषयमा सहमति जुट्न नसकेको हो ।

व्यवस्थापिका–संसद्को शुक्रबार बस्ने बैठकले प्रधानमन्त्री चयनका लागि बहुमतीय प्रक्रिया सुरु गर्नेछ । त्यसअघि राष्ट्रपति डा यादवबाट प्रधानमन्त्री चयन गर्न संसद्लाई आह्वान गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

राष्ट्रपति डा रामवरण यादवले नेपालको संविधानको धारा २९८ को उपधारा (२) बमोजिम सात दिनभित्र राजनीतिक सहमतिका आधारमा प्रधानमन्त्री चयन गर्न संसद्मा प्रतिनिधित्व गरेका राजनीतिक दललाई गत असोज १५ गते आग्रह गरेका थिए । रासस

annapurnapost.com
काठमाडौँ, २१ असोज– भारतले नेपाल स्वतन्त्र राष्ट्र भएको भन्दै जहाँ बाट तेल ल्याए पनि आफुहरुलाई कुनै आपत्ति नभएको बताएको छ ।

बिहीबार विदेश मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा भारतले यस्तो बताएको हो । भारतले नेपाल स्वतन्त्र राष्ट्र भएकाले आफूलाई अत्यावश्यक वस्तु कुन देशबाट लिने कुनबाट नलिने भन्ने नेपालीकै रोजाइको विषय भएको बताएको छ।  पत्रकार सम्मेलनमा सोधिएका प्रश्नहरुको जवाफ दिँदै प्रवक्ता विकास स्वरुपले यस्तो बताएका हुन् ।

चीनसम्बन्धी प्रश्न तथा जिज्ञासाहरु लगातार पन्छाएका उनले अन्तमा भने– "अर्कै देशबाट सामान लिने तपाईँसँग नलिने भन्छन् भने उनीहरुलाई स्वागत छ। उनीहरु स्वतन्त्र राष्ट्र हुन् उनीहरुको आफ्नो च्वाइसेज छन्, तर जुन रोटी बेटीको नाता छ, सांस्कृतिक नाता छ, त्यो त भारतसँग मात्रै छ। त्यो कुनै अरु देशले कसरी प्रतिस्थापन गर्न सक्छ? यो नेपाललाई पनि राम्रोसँग थाहा छ।"

पर्याप्त मात्रामा पेट्रोलियम पदार्थ आपूर्ति नगरेपछि एयरलिफ्ट गर्न नेपाल आयल निगमले ग्लोबल टेन्डर खुला गरेकै दिन भारतको यस्तो प्रतिक्रिया आएको हो।

‘यस्तै उनले घोषित, अघोषित कुनै पनि नाकाबन्दी नगरेको बताए । उनले आफुहरुले  ‘हामीले अफिसियल  तथा अनअफिसियल कुनै पनि नाकाबन्दी नगरेको भन्दै अहिले नेपाल भारतका नौ वटा सीमा नाकामा भएका अवरोधहरु नेपालको भूमितर्फ भइरहेका र हरेक दिन ट्रकहरु नेपालभित्र पस्न कुरिरहेको दाबि समेत गरे ।

साथै प्रवक्ता स्वरुपले जबसम्म राजनीतिक रुपमा समस्याको समाधान निकालिँदैन, तबसम्म भारतबाट सामान नेपाल जान नसक्ने भन्दै नाकाबन्दी लम्बिने संकेत गरे। नेपालमा एन्टी इन्डिया सेन्टिमेन्ट बढिरहेको र चाइनासँग सहयोग लिने धम्कीलाई कसरी लिनुभएको छ ? अर्का एक पत्रकारको जिज्ञासामा उनले आफुहरुको अडान अडान क्लियर भएको भन्दै संविधानमा संशोधन भएमा वर्तमान गतिरोध अन्त्य हुने बताए ।
काठमाडाैं, २१ असोज । सर्वोच्च अदालतले भारतीय कम्पनीसँग सम्झौताको तयारी गरिएको काठमाडौँ–तराई–मधेस द्रुतमार्ग(फास्टट्र्याक) का बारेमा हाललाई कार्यान्वयन अगाडि नबढाउन सरकारलाई आदेश दिएको छ ।

प्रधानन्यायाधीश कल्याण श्रेष्ठको एकल इजलासले आज उक्त योजनाका बारेमा उठेको प्रश्न विचारणीय भएकाले सो योजना हाल जहाँ पुगेको भए पनि त्यसलाई आउँदो कात्तिक ११ गतेसम्म यथास्थितिमा राख्न सरकारलाई अन्तरिम आदेश दिएको हो ।




सर्वोच्च अदालतले सो आयोजनामा निरुपण गर्ने विषय धेरै भएको उल्लेख गर्दै सो आयोजना हाललाई कार्यान्वयन नगर्न मन्त्रिपरिषद्लगायतका निकायको नाममा अन्तरिम आदेश दिएको हो ।


सर्वोच्च अदालतले उक्त योजनाको लगानी संरचना कस्तो हुने, लागतको अनुपात के कति हुने भन्ने अझै पनि अनिश्चित देखिएको भन्दै त्यसलाई हाल कार्यान्वयन गर्न नहुने उल्लेख गरेको छ ।

सर्वोच्च अदालतले कात्तिक ११ गते छलफल गर्नका लागि उपस्थित हुँदा फास्टट्र्याकमा हालसम्म भएको प्रगतिको प्रतिवेदन लिएर आउन पनि सरकारका सम्बन्धित निकायलाई आदेश दिएको छ ।

सरकारले भारतीय कम्पनीलाई सो योजना दिने तयारी गरेको भए पनि नेपालका प्रमुख दलबीच नै यसबारेमा मतभेद भइरहेको छ । दलबीच मतभेद भइरहेका बेला सर्वोच्च अदालतले सो आयोजनाको प्रक्रिया जहाँ पुगेको भए पनि हाललाई रोक्न अन्तरिम आदेश दिएको हो ।

आउँदो कात्तिक ११ गतेसम्म दिइएको अन्तरिम आदेशलाई निरन्तरता दिने वा नदिने भन्ने सम्बन्धमा सरकार र रिट निवेदकका कानुन व्यवसायीबीच सर्वोच्च अदालतमा छलफल हुनेछ ।

सरकारले भारतको इन्फ्रास्ट्रक्चर लिजिङ एण्ड फाइनानसियल सर्भिसेज लिमिटेड (आइएल एन्ड एफसए) सँग फास्ट्र्याकका बारेमा सम्झौता गर्न अन्तिम तयारी गरेको थियो ।

उक्त तयारी गरिरहेका अवस्थामा भाइराजा राईलगायतले नेपाल र सो कम्पनीबीच के कसले के कति लाभ पाउन भन्नेबारेमा स्पष्ट नभई हाललाई सो योजना अगाडि बढाउन नहुने माग दाबी गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो ।


रु एक खर्ब १२ अर्ब बराबरको लगानी लाग्ने अनुमान गरिएको सो योजनाका लागि नेपाल सरकारले रु १५ अर्ब लगानी गर्ने भनी सार्वजनिक रुपमा बताउँदै आएको थियो ।

सो आयोजनामा सम्झौता गर्न लागिएको भनिएको भारतीय कम्पनीले रु २२ अर्ब लगानी गर्ने तयारी गरिरहेको र बाँकी रकम भने भारतले सहुलियत दरले नेपाल सरकारलाई ऋण दिने भनिएको थियो ।

सो फास्टट्र्याक ९५ किलोमिटर बनेमा काठमाडौँबाट तराईसम्म अत्यन्त छिटो समयमा पुग्न सकिनेछ । तर सर्वसाधारणलाई भने महँगो भाडा लाग्ने बताइएको छ ।

- internetkhabar.com
काठमाडौँ, २१ असोज । इजरायलमा केयर गिभरको रुपमा काम गर्न जान चाहनेलाई वैदेशिक रोजगार विभागले आज आवेदन माग गरेको छ ।
विभागले सूचना जारी गर्दै इजरायल जान चाहनेहरुले कात्तिक २५ गतेभित्रमा आवेदन दिन आग्रह गरेको छ । नेपाल सरकार र इजरायल सरकारबीच गत साउन २२ गते नमूना परियोजनाको रुपमा पहिलो चरणमा ३०० जनालाई घरेलु कामदारको रुपमा लैजाने सम्झौता भएको थियो ।
कार्यक्रमअन्तर्गत जाने कामदारले वृद्ध, अपाङ्ग, अशक्तको स्याहार, सम्भार र रेखदेख गर्नुपर्ने सूचनामा उल्लेख छ । यसअघिनै तीन महिनाको केयर गिभरको तालिम लिइ प्रथम चरण उत्तीर्ण भएकामध्येबाट ५० देखि ६० जनालाई तत्कालै रोजगारीका लागि इजरायल पठाइने छ, भने बाँकीलाई क्रमशः पठाइनेछ ।
अङ्ग्रेजी भाषा जानेको, २० घण्टाको व्यवहारिक तालिमसहित ६० घण्टाको थप तालिम सम्पन्न गरेका २५ देखि ४५ वर्ष उमेरभित्रका पुरुष र महिलाले सो पदमा आवेदन दिन पाउने विभागले जनाएको छ । कामदारका लागि कम्तिमा प्रवेशिका परीक्षा उत्तीर्ण, ४५ किलो तौल भएको र पाँच फिट उचाईलगायत १३ वटा मापदण्ड विभागले तोकेको छ । रासस
dainiknepal.com
राजविराज : नेताहरुलाई कुकुरको संज्ञा दिदै मधेसी मोर्चा सप्तरीले बिहीबार भारदहमा कुकुर जुलुस प्रदर्शन गरेको छ ।

सीमांकन र संविधानको विरोधमा ५५ दिनदेखि आन्दोलनरत मोर्चाले ठूला तीन दलका शीर्ष नेताहरुलाई कुकुरको संज्ञा दिएर जुलुस प्रदर्शन गरेका हुन् ।

जुलुसमा स्थानीयले आफूले घरमा पालेका कुकुरहरुको घाँटीमा तीन दलका मुख्य नेताहरुको तस्वीर झुण्डाएका थिए ।

कुकुरहरुको घाँटीमा नेपाली कांग्रेसका अध्यक्ष एवं प्रधानमन्त्री सुशील कोइराला, केन्द्रीय सदस्य कृष्ण सिटौला, एमालेका अध्यक्ष केपी ओली, गृहमन्त्री बामदेव गौतम, नेता भीम रावल तथा एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालको तस्वीर झुण्ड्याइएको थियो ।

भारदह चौकबाट निस्केको कुकुर जुलुस बजार परिक्रमापश्चात सहिद चोकमा कोण सभामा परिणत भएको थियो । प्रदर्शनमा स्थानीय राजनैतिक दलका नेता, व्यापारी, शिक्षक, बालबालिकाको सहभागिता थियो ।

सभामा नेसपा गजेन्द्रवादीका राष्ट्रिय अध्यक्ष बिकास तिवारीले मधेसको माग सुनुवाइ गर्न शीर्ष नेताहरुले ढिलाइ गरेकाले कुकुर जुलुस निकाल्नु परेको बताए । उनले मधेस प्रदेशको माग पूरा नभएसम्म विभिन्न रुपका प्रदर्शन जारी राखिने बताए ।

कार्यक्रममा संघीय समाजवादी फोरम नेपालका नेता परशुराम यादव, कौशलेन्द्र यादव, नेपाल शिक्षक संघका जगदीश यादव, नेपाल शिक्षक फोरमका शिवशंकर मण्डल, श्यामदेव यादवलगायतले मधेसको माग पुरा नभएसम्म आन्दोलन नरोकिने बताए ।

यसैगरी राजविराजमा आयोजित कोणसभामा सदभावना पार्टीका दिनेश यादवलगायतका वक्ताले पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोको घर र पार्टीको केन्द्रीय सम्पर्क कार्यालयमा बिहीबार विहान भएको घेराउ र ढुङ्गामुडाको भत्र्सना गर्दै त्यस्को प्रतिकार गर्ने चेतावनी दिए ।annapurnapost.com
नेपालगन्ज नाका बिहीबार ठप्प
नेपालगन्ज : नेपालगन्ज रुपेडिया नाका बिहीबार ठप्प भएको छ । दशगजामा मधेसी मोर्चाका  कार्यकर्ता धर्ना बसेपछि  नाका ठप्प भएको हो ।

नेपालगन्ज–रुपेडिया नाकामा मधेी मोर्चाको प्रभाव कम भएको भन्दै नेपाल सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो भारतीय बाटो हुँदै आन्दोलनलाई उर्जा दिन आएका छन् ।

विहान ८ बजे देखि नाकामा धर्ना कार्यक्रम शुरु भएको तराई मधेश लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य पशुपति दयाल मिश्रले जानकारी दिए ।

सद्भावना अध्यक्ष महतो आउने भएपछि मोर्चाका कार्याकर्ता धर्ना बसेका थिए ।

मोर्चाको धर्नाको कारण बिहीबार नाका ठप्प भएको छ ।  धर्ना बस्नु पहिला विहानै रुपेडिया नाकाबाट ५ वटा मालवाहक भित्रिएको इलाका प्रहरी कार्यालय जमुनाहाले जनाएको छ ।

इप्रकाका इन्चार्ज प्रहरी नायव निरीक्षक विष्णु गिरीले धर्नाको कारण बिहिबार सिमा नाका ठप्प भएको जानकारी दिए । ‘विहान धर्ना नबस्दै ५ वटा गाडी भित्रिए’, उनले भने, ‘आज यति नै हो ।’

नेपालगन्ज  रुपेडिया नाका बन्द गर्ने जिम्मेबारी पाएका नेताहरु असफल भएकोले  महतो नेपालगन्ज आएको सदभावना पार्टी बाँकेले जनाएको छ ।

महतो आउने भएपछि नेपालतर्फ सीमाना सुरक्षा व्यवस्था कडा बनाइएको छ । दशगजामा धर्ना बसेका मोर्चाका कार्यकर्ता महतो आएपछि नेपाली भूमिमा धर्नामा बसेका छन ।

विहीबार साँझ महतो सांकेतिक मात्रै  धर्नामा बसेका थिए । अवस्था हेरेर शुक्रबार धर्ना बस्ने नबस्ने तय गरिने सदभावनाका केन्द्रीय सदस्य रामकुमार दीक्षितले बताए ।
annapurnapost.com
पटकबिहीबार, २१ असोज
७, १७ र ३५ बुँदे प्रस्ताव आफुहरुको नभएको प्रष्ट
काठमाडौ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संयूक्त लोकतान्त्रिक मधेसी मोर्चाले ब्यवस्थापिका संसद नछाडेको बताएका छन् ।
नयाँ प्रधानमन्त्री चयनकोलागि संसद संख्याको जोड घटाउ चलिरहेको बेला रिपोर्टर्स क्लब नेपालले बिहीबार आयोजना गरेको साक्षात्कारमा उनले आफुहरुले संविधान निर्माण प्रक्रियामा असहमति प्रकट गरेर संविधानसभा मात्रै बहिस्कार गरेको स्पष्ट पारे ।
उनले आफूहरुको सहभागिता विना प्रधानमन्त्री चयन नहुने अवस्था आए पार्टी र मोर्चाबाट उपयूक्त निर्णय लिने भन्दै प्रधानमन्त्री चयन प्रक्रियामा सहभागि हुने संकेत गरे ।
उनले आगामी सरकारमा सहभागिता जनाउन सक्ने संकेत गर्दै आवश्यक सहयोगकालागि तयार रहेको बताए । अध्यक्ष यादवले सरकारले आफूहरुसँग सल्लाह नै नगरी एकतर्फी रुपमा संविधान संसोधन प्रस्ताव दर्ता गराएको विषयलाई ‘मिठो नाटक’ को संज्ञा दिदै सहमति नगरी गरेको कामले स्वामित्वमा गंभिर समस्या आएको टिप्पणी गरे ।
सीमांकनमा परिवर्तन नगरेसम्म आन्दोलन फिर्ता नहुने स्पष्ट पार्दै अध्यक्ष यादवले राज्य पुर्नसंरचना आयोगले दिएको प्रतिवेदनको आधारमा अघि बढे धेरै विषयहरु आफै हल भएर जाने दावी गरेका छन् ।
अंगिकृत नागरिकले राज्यको महत्वपूर्ण पद पाउनु पर्छ भन्ने आफूहरुको माग नभएको भन्दै अध्यक्ष यादबले केवल आफूहरुले कुनै पनि नेपाली नागरिक नागरिकताबाट बञ्चितमात्रै हुनु हुन्न भनेको प्रष्ट पारेका छन् ।
अध्यक्ष यादवले बाहिर मधेसी मोर्चाको भनि आएको ७, १८ र पछिल्लो ३५ बुँदे प्रस्ताव आफूहरुको नभएको भन्दै त्यस्ता प्रस्ताव थाहै नपाई आफूहरुको टाउकोमाथि थोपरिएको भन्दै असन्तुष्टी प्रकट गरेका छन् ।
उनले बाह्य शक्तिले आफुहरुको नाममा खेल्न खोजेको बताए । तर, त्यो शक्ति को हो भन्ने प्रष्ट पारेनन् । उनको आशय भारतले खेलेको भन्ने नै थियो ।
www.nepalsandesh.com
नेपालगन्ज, २१ असोज । भारतपरस्त भएको आरोप खेप्दै आउनु भएका पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नाकाबन्दी भारतको हैकवाद भएको बताउनुभएको छ ।
थारुले कैलालीमा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्न पश्चिम आएका भट्टराईले विहीबार नेपालगन्ज विमानस्थलमा अयोजित पत्रकार सम्मेलनमा बोल्दै भारतले लगाएको नाकाबन्दीको मुकाबिला गर्न सबै राष्ट्रिय शक्ति एकजुट हुनुको विकल्प नभएको बताउनुभयो ।
भारतले नेपालमाथि पटक पटक हैकमवाद लाद्दै आएको बताउँदै पूर्वप्रधानमन्त्री भट्टराईले राष्ट्रियताको रक्षाका लागि उठ्ने बेला भएको बताउनुभयो । लामो प्रयासपछि मुलुकले नयाँ संविधान पाएपनि मधेसी, थारु र आदिवासी÷जनजातिका माग अझैँ समेट्न बाँकी रहेको बताउनुभयो । उहाँले संविधान संशोधनमार्फत मधेसी, थारु र आदिवासी÷जनजातिको माग समेट्न राजनीतिक दललाई सुझाव दिनुभयो । मधेसी, थारु र आदिवासी÷जनजातिको अधिकार स्थापित गराउन आफू मधेस दौडाहामा निस्केको उहाँले जिकिर गनुभयो ।
कस्तो पार्टी गठन गर्ने भन्ने कुनै योजना तय भइनसकेको बताए पनि उहाँले चाडै नै नयाँ शक्तिको जन्म हुने स्पष्टा पार्नुभयो । भट्टराई आजै राजधानी फर्किनु भएको छ ।
dainiknepal.com
एजेन्सी : गार्इको मासुको विवादलार्इ लिएर भारतको जम्मु कश्मिरको विधानसभाका सदस्यहरुबीच संसद् भवनमै कुटाकुट भएको छ ।

जम्मु कश्मिरमा सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) का विधायकले बिहीबार विधानसभामा एक निर्दलीय विधायकमाथि कुटपिट गरेका हुन् ।

निर्दलीय विधायक इन्जिनियर रासिदमाथि उनले बुधबार होस्टल परिसरमा गार्इको मासुसहितको पार्टी आयोजना गरेको आरोप लगाइएको छ ।

पार्टी दिने क्रममा केही भाजपा विधायकले त्यहाँ प्रदर्शन गर्दै खानाको स्टल पनि तोडफोड गरेका थिए ।

रासिदले सञ्चारमाध्यमलार्इ बताएअनुसार सदनमा कश्मिरमा गार्इको मासु खान र बेच्न प्रतिबन्ध हटाउनका लागि पेश गरिएको विधेयकमा चर्चा गर्ने कार्यतालिका थियो ।

उनले आफू संसद्मा बोल्न उभिन खोज्दा भाजपाका विधायक रविन्द्र रैनाले कुटपिट गरेको बताएका छन् । भाजपाका अन्य सभासद्हरुले पनि उनीमाथि कुटपिट गरेका थिए ।

विपक्षी नेशनल कन्फ्रेन्स र कांग्रेसका विधायकले यस घटनाको पनि विरोध गरेका थिए ।

राज्यका पूर्व मुख्यमन्त्री उमर अब्दुल्लाहले बताए अनुसार विधायकमाथि 'दादरी' को शैलीमा आक्रमण गरिएको हो ।

मुख्यमन्त्री मुफ्ती मोहम्मद सईदले बताए अनुसार जुन मुद्दामा केही सातादेखि सदनमा हंगामा भइरहेको थियो, त्यो चाँडै टुंगिनेछ । annapurnapost.com
महेन्द्रनगर, २१ असोज । सुदूरपश्चिम विश्वविद्यालयको नाम परिर्वतन गरेको चरणबद्ध रुपमा आन्दोलनमा उत्रिएका पाँच विद्यार्थी संगठनहरुले आन्दोलन स्थगित गरेका छन् ।
गत शुक्रबार देखि नेवि संघबाहेक एमाले सम्बद्ध अनेरास्ववियु, एमाओवादी सम्बद्ध अखिल क्रान्तिकारी, वैद्य÷विप्लव माओवादी सम्बद्ध क्रान्तिकारी र राष्ट्रिय जनमोर्चा सम्बद्ध अखिल छैटौँका विद्यार्थी संगठनहरुले चरणबद्ध रुपमा गर्दैै आएको आन्दोलनका सम्पूर्ण कार्यक्रम बिहीबारदेखि केही दिनका लागि स्थगित गरेका हुन् ।
आन्दोलनरत पाँचै विद्यार्थी संगठनहरुको महेन्द्रनगरमा बसेको बैठले दशैँ तिहारलाई मध्यनजर गर्दै सो समयसम्मका लागि आन्दोलन स्थगित गरिएको अनेरास्ववियुका उपाध्यक्ष नरेश सिंहले बताउनुभयो । उहाँका अनुसार विश्व विद्यालयमा लगाईएको ताला यथावत रहने छ । बाँकी आन्दोलनका कार्यक्रम स्थगित गरिएका हुन ।
आन्दोलन स्थगित गरिएको समयमा माग पुरा गरे आन्दोलन स्वतः फिर्ता हुनेछ । नाम परिर्वतनको बिरुद्धमा पाँच विद्यार्थी संगठनहरुले तालाबन्दी, शैक्षिक हड्ताल, शिक्षा मन्त्री, सिचाईमन्त्रीको पुत्लादहन, कार्यक्रम बहिष्कार समेत गरेका थिए । विद्यार्थी संगठनहरुले माग पुरा नहुन्जेलसम्म आन्दोलन नरोक्ने चेतावनी समेत दिएका छन् ।
dainiknepal.com
काठमाडौँ, २१ असोज । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा विवाद बढेको छ ।
सङ्घीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव र सदभावना अध्यक्ष राजेन्द्र महतोबीच मतभिन्नताले चर्काे रुपमा लिएपछि विवाद बढेको हो । विहीबार रिपोर्टर्स क्लबमा आयोजित कार्यक्रममा संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले राजेन्द्र महतोप्रति आक्रोश पोखेका छन् ।
महतोको निर्देशनमा मोर्चाका कार्यकर्ताले फेरि चीनको झण्डा जलाएपछि उपेन्द्रले आक्रोश पोखेका हुन् । देशभित्रको असन्तुष्टिलाई सम्बोधन नगर्ने तर मित्रराष्ट्रका झन्डा जलाउने काम गरिएकोमा उनले आफ्नै मोर्चाका नेता राजेन्द्र र कार्यकर्ताको आलोचना गरे ।
त्यो कदममा आपत्ति जनाउँदै कार्यकर्तालाई मधेस आन्दोलन नेपाल सरकारसँग सम्बन्धीत भएकाले छिमेकी राष्ट्रका झण्डा नजलाउन आग्रह गरे । उनले भने-‘अब झण्डा जलाइएको पाइएमा मोर्चाले कडा कारवाही गर्छ ।’ उनले झण्डा जलाइएकोमा दुःख व्यक्त गर्दै अन्तर्राष्ट्रिय समुदायसँग माफी समेत मागे ।
फरक प्रसंगमा बोल्दै यादवले सरकार समस्याको समाधान खोज्न संवेदनशील नभएको बताए । सरकारले विगतमा भएका सहमति कार्यान्वयन नगरेका कारण समस्या बढेको उनको भनाई थियो ।
विगतमा गरिएको आठबुँदे र २२ बुँदे सहमतिको कार्यान्वयन नै मोर्चाको माग रहेको चर्चा गर्दै उनले यी सहमतिको कार्यान्वयन गरे समस्याको समाधान निस्कने बताए ।
विगतका आन्दोलनका उपलब्धिलाई संस्थागत गर्न अन्तरिम संविधानमा समेटिएका विषय पनि नयाँ संविधानमा नसमेटिएको बताउँदै उहाँले तीन दलका केही नेताको ‘सिन्डिकेट’का कारण समस्या बल्झिएको धारणा राखे ।
dainiknepal.com
भद्र सहमति बिर्सँदै सुशील आफैं अघि सरे
काठमाडौं : एमाले र एमाओवादीसँग भएको भनिएको भद्रसहमति विर्सँदै कांग्रेस आफ्नै नेतृत्वमा सरकार बनाउने बाटोतर्फ अग्रसर भएको छ ।

बिहीबार बिहान बसेको शीर्ष तीन नेता तथा पदाधिकारीको बैठकले सरकारको नेतृत्व आफैंले गर्नुपर्ने निचोड निकाले पनि नेतृत्व गर्ने व्यक्तिबारे टुंगो लगाउन सकेन ।

प्रधानमन्त्रीका लागि पार्टी सभापति तथा प्रधानमन्त्री सुशील कोइराला र वरिष्ठ नेता शेरबहादुर देउवाले तीब्र आकांक्षा देखाएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सहमतीय सरकार बन्ने सम्भावना कम हुँदै गएको हो ।

नयाँ सरकारबारे बिहीबार बिहान प्रम निवास बालुवाटारमा कांग्रेस सभापति सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा र उपभासपति रामचन्द्र पौडेलबीच गोप्य छलफल भएको थियो ।

तीन नेताको छलफलमा सभापति कोइराला र वरिष्ठ नेता देउवाले प्रधानमन्त्रीको दाबी गरेपछि सहमति जुट्न सकेन ।

प्रधानमन्त्रीका लागि उभासभापति रामचन्द्र पौडेलले पनि दाबी गरेकाले त्यसको टुंगो लगाउन बिहीबार बिहानै पदाधिकारीको बैठक पनि बसेको थियो ।

तीन नेतको छलफलमा प्रधानमन्त्री तथा सभापति कोइरालाले संविधान आफ्नै नेतृत्वमा बनेकाले मधेसमा चलेको आन्दोलनलाई सम्बोधन गर्न संविधानको संशोधन पनि आफैंले गरेर विदा हुने अडान लिएका थिए ।

‘मेरै नेतृत्वमा संविधान ल्याएँ, अब मधेसलाई शान्त पार्न संविधान संशोधन गर्न दिनुस’, कोइरालाको भनाइ उधृत गर्दै बालुवाटार स्रोतले भन्यो, ‘संविधान संशोधन गरी मधेसलाई मिलाएर देशमा शान्ति ल्याइ म विदा हुन्छु ।’

कोइरालको भनाइमा वरिष्ठ नेता देउवाले कडा आपत्ति जनाएका थिए । उनले सभापतिको यो चाहनाले पार्टी नै ‘ड्यामेज’ हुने धारणा राखेका थिए ।

‘संविधान ल्याइसकेपछि अब तपाईं (सुशील) ले फेरि प्रधानमन्त्रीमा निरन्तरता खोज्न मिल्दैन’, देउवाको भनाइ उधृत गर्दै स्रोतले भन्यो, ‘राजीनामा घोषणा गरिसकेकाले तपाईंले निरन्तरता दिन खोज्दा पार्टी पनि ड्यामेज हुन्छ ।’

उपसभापति पौडेल पनि सुशीललाई रोकेर प्रधानमन्त्री हुने दाउमा रहेकाले तीन नेताबीच साझा व्यक्ति चुन्ने काम असफल भएको हो ।

तीन नेताले सहमति जुटाउन नसकेपछि बिहानै कांग्रेस पदाधिकारीको बैठक बसेको थियो । सो बैठकले पनि प्रधानमन्त्रीका लागि साझा नेता छान्न सकेन ।

पदाधिकारी बैठकमा पनि तीनै नेताले प्रधानमन्त्रीमा दाबी गरेपछि अहिले बालुवाटारमा केन्द्रीय समितिको बैठक बालुवाटारमै बसिरहेको छ ।

दुबै नेताले प्रधानमन्त्रीमा दाबी गरेपछि कांग्रेसको विधान वमोजिम् संसदीय दलको चुनावी प्रक्रियामा जानुपर्ने अवस्था देखिएको छ । दुबैले दाबी नछोडेमा कांग्रेसले चुनावमार्फत संसदीय दलको नेता छानेर प्रधानमन्त्रीको उम्मेदवारको टुंगो लगाउने भएको छ ।

एमाले अध्यक्ष केपी ओली र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भन्दै आएको भद्र सहमति नै नभएको संकेत गर्दै सुशीलले आफैं प्रम हुने आकांक्ष प्रष्ट पारेपछि तीन दलको एकता पनि संकटमा पर्ने अवस्था आएको छ ।

संविधान ल्याउनुअघि नै कांग्रेस, एमाले र एमाओवादीबीच एमाले अध्यक्ष ओलीलाई प्रम बनाउने विषयमा भद्र सहमति भइसकेको दाबी दुई पार्टीले गर्दै आएका छन् ।

यो अवस्थामा फेरि पनि आफैं प्रम हुने आकांक्षा सुशीलले देखाएपछि प्रधानमन्त्री चयनप्रक्रिया बहुमतीयतर्फ अघि बढेको छ ।

बिहीबारै बालुवाटारमा बसिरहेको केन्द्रीय समिति बैठकमा पनि प्रम कोइरालाले आफैं निरन्तर हुने जनाउ दिएपछि तीन दलबीचको भद्रसहमति पनि संकटमा परेको छ ।

‘सभापति आफैंले प्रममा दोहोरिने स्पष्ट संकेत गरिसक्नु भएको छ’, कांग्रेसका एक केन्द्रीय सदस्यले भने, ‘आजको केन्द्रीय समिति बैठकमा पनि उहाँले सरकारको नेतृत्व अरुलाई नदिने बताइसक्नु भएको केन्द्रीय समितिले कांग्रेसकै नेतृत्वमा सरकार बनाउने निर्णय गर्नेछ ।’
www.annapurnapost.com
बारा, असोज २१ । संयुक्त मधेसी मोर्चाका कार्यकर्ताले विहीबार पनि बारामा प्रदर्शन जारी राखेका छन् ।

उनीहरुले विहीबार जीतपुरमा एउटा मालबाहक ट्रकमा तोडफोड गर्नुका साथै आगजानीको प्रयास गरेका छन् ।

वीरगन्जबाट सिमेन्ट बोकेर काठमाडौं आउँदै ट्रकलाई रोकेर उनीहरुले आगजनीको प्रयास गरेका हुन् ।

मोर्चाका कार्यकर्ताहरुले ट्रकमा रहेका ४ सय ४० बोरा सिमेन्टमा पानी हालेर नस्ट गरिदिएका छन् ।

उनीहरुले ट्रकको टंकीमा रहेको डिजल झिकेर आगो लगाउने प्रयास गरेका थिए । तर, तत्काल प्रहरी घटनास्थलमा पुग्दा ट्रक आगलागीबाट जोगिएको हो ।imagekhabar.com
सुनसरी – नजिकिदै गएको हिन्दु नेपालीहरुको महान पर्व विजया दशमी , दिपावली तथा छठ पर्वका लागि पूर्वाञ्चल क्षैत्रीय प्रसाशनले पूर्वाञ्चलको १६ वटै जिल्लामा रहेका प्रहरी प्रसाशन , सुरक्षा निकाय र अनुसन्धान विभाग संगसंगै विशेष गुप्तचरहरुलाई समेत हाइअलर्टमा रहन दिएको छ ।
सबैभन्दा महत्वपुर्ण र ठुलो पर्वको रुपमा मानिने दशै तिहार जस्ता पर्वहरुमा कुनै अपराधिक गतिविधीहरु हुन नदिन पूर्वाञ्चल क्षेत्रीय प्रसाशन कार्यालय धनकुटाले मातहतका सबै निकायलाई सुुरक्षा स्थिती कडा पार्न निर्देशन दिएको हो ।
बिशेषगरी गोप्य सुचनाहरु संकलनमा खटिएका गुप्तचरहरुलाई चनाखो रहेर काम गर्न निर्देशन दिएको छ । त्यसै गरी यो वर्ष सुरक्षाको दृष्टीकोणले पूर्वको ३ जिल्लालाई विशेष प्राथमिकतामा राखिएको छ ।
पूर्वको सुनसरी , मोरङ्ग र झापालाई प्रसाशनले विशेष प्राथमिकतामा राखी सुरक्षा स्थिती आवश्यकता अनुसार बढाउने तयारी गरेको छ । जुनसुकै समय र जतिबेला पनि यि ३ जिल्लाहरु विभिन्न समूहको टार्गेटमा पर्न सक्ने भन्दै क्षेत्रीय प्रसाशन कार्यालय धनकुटाले आवश्यकता अनुसार सुरक्षाकर्मी परिचालन गर्ने तयारी थालेको छ ।
चाडपर्वलाई लक्षित गरी यि ३ जिल्लाहरुमा कुनै अपराधिक गतिविधी हुन नदिन पहाडी भेगमा रहेका प्रहरीहरु समेत तराइका जिल्लाहरुमा झारिएको छ ।
मुलुकमा संविधान जारी भइसकेपनि राजनीतिक र विभिन्न अपराधिक समुहहरुले यिनै जिल्लाहरुलाई टार्गेट गरी उतपात मच्चाउने हुनाले यो वर्षको चाडवाडलाई लक्षित गरी पुर्व क्षेत्रमा विशेष सुुरक्षा योजना बनाउन लागिएको क्षेत्रीय प्रसाशन कार्यालय धनकुटाले जनाएको छ । चाडपर्वको समयमा अपराधिक समुहहरु पूर्व क्षेत्रमा सक्रिय रहने हुदा त्यस्ता गिरोह विरुद्ध पूर्व क्षेत्रमा प्रहरी सर्तकता अपनाइएको पूर्वाञ्चल क्षेत्रीय प्रसाशक सुरेश आर्चायले बताए ।

त्यसै गरी पुर्वाञ्चलको १६ वटै जिल्लाहरुमा रहेका सुुरक्षा निकायहरुलाई पनि चाडवाडको बेला चनाखो हुन क्षेत्रीय प्रसाशन कार्यालय धनकुटाले विशेष निर्देशन दिइसकेको बताइएको छ । यो वर्ष पूर्वी पहाडी भेगका केही प्रहरीहरुलाई सुरक्षाको कारण देखाउदै प्रसाशन र गृहमन्त्रालयको निर्देशनमा तराइका जिल्लाहरुमा झारिएको छ ।

www.ratopati.com
काठमाडौं । भारतको सिलिगुडी नगरपालिका र स्थानीय ग्राम पञ्चायत चुनावमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टी पराजीत भएको छ ।
स्थानीय ग्राम पञ्चायतको चुनावमा वामपन्थीहरुले जित हात पारेका हुन् । चुनावमा वामपन्थीहरुले बिजेपी र पश्चिम बंगालको तृणमुल काँग्रेसले नराम्रो धक्का खाएको हो ।
कुल २२ ग्राम पञ्चायतमध्ये १० वटामा वाममोर्चाले जीत हात पारेको छ भने ८ वटामा मिलिजिुली परिणाम आएको छ । ममता बेनर्जीको त्रिणमूल कांग्रेसले ४ वटा ग्राम पञ्चायतमा मात्रै जित निकालेको छ ।
सिलगुडी नगरपालिका र महकुमा परिषदको चुनावमा समेत वामपन्थीले बहुमत हासिल गरेका छन् भने तृणमुलको प्रभाव रहेको खोरीबारीमा समेत वाममोर्चाले जितेको छ ।
स्थानीय चुनावको यो परिणामसँगै पश्चिम बंगालको आगामी विधानसभा निर्वाचनमा यसको प्रभाव गर्ने आँकलन गरिएको छ ।
स्थानीय ग्राम पञ्चायत एवं पञ्चायत समितिहरुमा चुनावमा कांग्रेसले ६१ सीट जितेको छ भने बीजेपीले २२ सीटमात्रै हात पारेको छ । तृणमूल कांग्रेसले १५३ सीट हात पारेको छ ।
विगतमा नेपालीभाषीहरुको साथ पाउँदै आएको भारतीय जनता पार्टीले यसपटक नेपालमा लगाएको नाकाबन्दीसँगै साथ गुमाएको चर्चा गरिएको छ ।
नेपालीभाषीहरुले यो चुनावमा वाममोर्चालाई सघाएपछि जित हात पार्न सफल भएको हो । ती स्थानमा नेपालीभाषी भारतीयहरुको ठूलो जनसंख्या रहेको छ ।
www.nepalsandesh.com
त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा २०७१ साल माघ÷फागुन महिनामा सञ्चालित मानविकी तथा सामाजिक शास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह दोस्रो वर्ष (२०७०)को (शोधपत्रबाहेक) ललितकला (मूर्ति र चित्र) र सङ्गीत विषयका परीक्षाको परीक्षाफल प्रकाशन गरिएको छ ।

यसैगरी, २०७१ सालमा सञ्चालित कानुन सङ्कायतर्फ बिएएलएलबी दोस्रो वर्षको परीक्षाको परीक्षाफल पनि प्रकाशित गरिएको छ ।

www.nepaljapan.com
अल्ट्रालाइट विमानको प्रतिकात्मक तस्बिर।
पोखरा विमानस्थलबाट बिहीबार बिहान उडान भरेको एउटा अल्ट्रालाइट विमान सम्पर्कविहीन भएको छ।
सम्पर्कविहिन जहाजमा एकजना पाइलट र एक यात्री रहेको पाेखरा विमानस्थलले जनाएको छ।

जहाजको खोजिका लागि एउटा हेलिकोप्टर र अर्को अल्ट्रालाइट विमान परिचालन गरिएको छ।

काठमाडौं : काठमाडौं उपत्यका तथा आसपासका क्षेत्रमा बिहीबार दिउँसो भूकम्पको धक्का महसुस भएको छ ।

बिहीबार दिउँसो १ बजेर ४ मिनेटमा दुई पटक भूकम्पको धक्का महुसस भएको हो । भूकम्पले काठमाडौं उपत्यकाको केही क्षेत्रमा घरसमेत हल्लाएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ललितपुरको लेले नजिकै केन्द्रबिन्दु भएको ४ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस भएको हो ।
annapurnapost.com
असोज २१ , काठमाडौं । कोरियन भाषा परीक्षा इपीएसको नतिजा बिहीबार सार्वजनिक भएको छ । परीक्षामा ८ हजार ४ सय ९० जना उत्तीर्ण भएका इपीएस कोरिया शाखा निर्देशक डिल्लीराम बास्तोलाले जानकारी दिए ।
सहभागीमध्ये १९ दशमलव ५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका हुन् । परीक्षामा उत्पादनमुलकतर्फ ५ हजार ८ सय १७ र कृषि तथा पशुपालन तर्फ २ हजार ६ सय ७३ जना उत्तीर्ण भएका हुन् ।
पास हुनेमा ७ हजार ७ सय ८९ पुरुष र १ सय १ महिला छन् । इपीएस भाषा परीक्षा असोज २ र ३ गते सञ्चालन भएको थियो ।

मंसिरको पहिलो हप्तापछि पास भएकाहरुको स्वास्थ्य परीक्षण, आवेदन दर्तालगायतका प्रक्रिया सुरु हुने निर्देशक बास्तोलाले बताए । प्रक्रिया पूरा गरेर उनीहरु सन् २०१६ को जनवरीदेखि कोरियामा रोजगारीका लागि जान सुरु गर्नेछन् ।
इपीएसको नतिजा www.epsnepal.gov.np र www.hrd.or.kr मा हेर्न सकिने इपीएस कोरिया शाखाले जनाएको छ ।

Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Aug 24 (6)
  • Aug 23 (1)
  • Aug 19 (1)
  • Aug 18 (19)
  • Aug 17 (17)
  • Aug 16 (24)
  • Jan 24 (18)
  • Jan 23 (27)
  • Jan 22 (32)
  • Jan 21 (35)
  • Jan 20 (35)
  • Jan 19 (34)
  • Jan 18 (40)
  • Jan 17 (45)
  • Jan 16 (27)
  • Jan 15 (29)
  • Jan 14 (35)
  • Jan 13 (40)
  • Jan 12 (32)
  • Jan 11 (39)
  • Jan 10 (31)
  • Jan 09 (23)
  • Jan 08 (31)
  • Jan 07 (30)
  • Jan 06 (39)
  • Jan 05 (34)
  • Jan 04 (39)
  • Jan 03 (43)
  • Jan 02 (47)
  • Jan 01 (31)
  • Dec 31 (34)
  • Dec 30 (36)
  • Dec 29 (43)
  • Dec 28 (33)
  • Dec 27 (27)
  • Dec 26 (38)
  • Dec 25 (33)
  • Dec 24 (38)
  • Dec 23 (44)
  • Dec 22 (39)
  • Dec 21 (37)
  • Dec 20 (40)
  • Dec 19 (31)
  • Dec 18 (47)
  • Dec 17 (30)
  • Dec 16 (16)
  • Dec 15 (42)
  • Dec 14 (30)
  • Dec 13 (32)
  • Dec 12 (35)
  • Dec 11 (42)
  • Dec 10 (26)
  • Dec 09 (31)
  • Dec 08 (15)
  • Dec 07 (37)
  • Dec 06 (30)
  • Dec 05 (34)
  • Dec 04 (32)
  • Dec 03 (33)
  • Dec 02 (36)
  • Dec 01 (37)
  • Nov 30 (48)
  • Nov 29 (28)
  • Nov 28 (35)
  • Nov 27 (35)
  • Nov 26 (47)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (27)
  • Nov 22 (32)
  • Nov 21 (43)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (22)
  • Nov 17 (29)
  • Nov 16 (32)
  • Nov 15 (25)
  • Nov 14 (28)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (42)
  • Nov 09 (22)
  • Nov 08 (40)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (42)
  • Nov 01 (44)
  • Oct 31 (29)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (47)
  • Oct 27 (32)
  • Oct 26 (39)
  • Oct 25 (35)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (22)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (31)
  • Oct 02 (29)
  • Oct 01 (29)
  • Sep 30 (29)
  • Sep 29 (24)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (26)
  • Sep 25 (27)
  • Sep 24 (18)
  • Sep 23 (15)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (26)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (12)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (19)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (22)
  • Sep 07 (22)
  • Sep 06 (26)
  • Sep 05 (18)
  • Sep 04 (23)
  • Sep 03 (24)
  • Sep 02 (25)
  • Sep 01 (24)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (27)
  • Aug 28 (28)
  • Aug 27 (30)
  • Aug 26 (29)
  • Aug 25 (24)
  • Aug 24 (35)
  • Aug 23 (30)
  • Aug 22 (31)
  • Aug 21 (32)
  • Aug 20 (30)
  • Aug 19 (33)
  • Aug 18 (27)
  • Aug 17 (34)
  • Aug 16 (28)
  • Aug 15 (23)
  • Aug 14 (23)
  • Aug 13 (22)
  • Aug 12 (19)
  • Aug 11 (18)
  • Aug 10 (24)
  • Aug 09 (16)
  • Aug 08 (18)
  • Aug 07 (25)
  • Aug 06 (16)
  • Aug 05 (18)
  • Aug 04 (21)
  • Aug 03 (19)
  • Aug 02 (14)
  • Aug 01 (17)
  • Jul 31 (19)
  • Jul 30 (19)
  • Jul 29 (15)
  • Jul 28 (12)
  • Jul 25 (14)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home