• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
आइतबार, २४ असोज
काठमाडौं । प्रधानमन्त्री निर्वाचनको मुखमा एमाओवादी पार्टी फुटाउने योजना सफल नभएपछि सांसदलाई नै गोली हान्ने धम्की आएको सार्वजनिक भएको छ ।
एकीकृत नेकपा माओवादीका सांसद निशा साह र सोनिया यादवलाई प्रधानमन्त्रीमा केपी ओलीलाई भोट हाले गोली हान्ने धम्की आएको हो । अज्ञात व्यक्तिले फोन गरी आफूलाई गोली हान्ने धक्की दिएको शाहले बताएकी छन् ।
उनीहरुले धम्की आएपनि आफूहरु पार्टीको निर्णयमा अडिग रहेको भन्दै ओलीलाई भोट हाल्ने बताएका छन् । प्रधानमन्त्रीमा ओली निश्चितजस्तै देखिएपछि उनलाई रोक्न विभिन्न हत्कण्डाहरु अपनाएका खबरहरु सार्वजनिक भइरहेका छन् ।
www.nepalsandesh.com
काठमाडौं– एकीकृत माओवादी र सांसद पद परित्याग गरेका डा.बाबुराम भट्टराईले प्रधानमन्त्री निर्वाचनमा चासो राखेका छन् । उनले काग्रेस सभापतिको पक्षमा लविङ गरेका छन् । स्रोतका अनुसार शनिवार प्रधानमन्त्रीको उम्मेदवारी दर्ता भएलगत्तै उनले आफू नजिक मानिएका एकीकृत माओवादीका सांसद र तराई–मधेश केन्द्रित दलका नेताहरुसँग कोइरालाको पक्षमा लविङ गरेका थिए ।

‘डा.बाबुराम भट्टराईले फोन गरेर ओली प्रधानमन्त्री हुँदा देशको जटिलता बढ्न सक्ने भनेर कोइरालाको पक्षमा लविङ गर्नुभएको थियो ’ एमाओवादीका एक सांसदले भने । त्यसो त एकीकृत माअ‍ोवादीको ओलीलाई समर्थन गर्ने निर्णयमा असहमति राखेका एकीकृत माओवादीकै नेता देवेन्द्र पौडेलले शनिवार बालुवाटार पुगेर कोइरालासँग भेट गरेका थिए । भेटमा आफ्नो तर्फबाट सहयोग गर्ने आश्सवन पौडेलले कोइरालालाई दिएको बालुवाटार स्रोतले बतायो ।
नयाँ शक्ति बनाउन भन्दै सांसद पदबाट समेत राजीनामा गरेका भट्टराईले प्रधानमन्त्री चयन प्रक्रियामा अनाबश्यक चासो देखाएको भन्दै उनकै निकट मानिएका एकीकृत माओवादीका नेताहरुबाट समेत आलोचना भएको थियो ।
स्रोतका अनुसार कोइरालालाई भेट्न पौडेल भट्टराईकै योजनामा गएका थिए । भट्टराई नजिक मानिएका प्रभु साहले पनि पार्टी निर्णय अनुसार भोटिङ गर्ने भनेर विज्ञप्ती निकालेका छन् । संविधानमा हस्ताक्षर नगरेर उनले तराई–मधेशको आन्दोलनमा समर्थन गरेका थिए । भट्टराईले ओली प्रधानमन्त्री भए देशमा थप तनाव बढ्ने आशंका लिएको उनी निकट स्रोत बताउँछ । झलनाथ खनाललाई प्रधानमन्त्रीमा सहयोग गर्ने एकीकृत माओवादीको निर्णयमा पनि भट्टराईले त्यसबेला फरक मत राखेका थिए ।
एमाले र एकीकृत माओवादीबीच नयाँ सरकार गठनलगायतका विषयमा भएको १४ बुँदे सहमतिको जगमा एमाले अध्यक्ष केपी ओली आज प्रधानमन्त्री बन्दैछन् । एमालेका अध्यक्ष केपी शर्मा ओली र एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले हस्ताक्षर गरेको सहमति पत्रमा तराई–मधेसमा आन्दोलनरत दलहरू, थारु समुदाय र विभिन्न रूपमा आफ्ना मुद्दा र आवाज उठाइरहेका आदिवासी, जनजातिलगायतका अन्य उत्पीडित समुदायसँग वार्तामार्फत समस्याको राजनीतिक सम्बोधन गरी समाधान गर्ने उल्लेख गरिएको छ ।

सरकारको खेलमा मतलव छैनः बाबुरामको सचिवालय

उता सचिवालयले भने सरकार बनाउने खेलमा डा.भट्टराईको कुनै चासो नरहेको बताएको छ । आइतवार स्वकीय सचिव विश्वदीप पाण्डेले प्रेस नोट निकालेर भट्टराई यस्तो खेलमा सहभागी भएको भनि आएका समाचार निराधार भएको उल्लेख गरेका छन् ।
‘संसदमा आज हुने प्रधानमन्त्री चुनावमा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराइले आफू निकट सभासदहरूलाइ मतदान गर्न रोक्दैहुनुहुन्छ, भन्नेजस्ता हल्लाहरू निराधार र गलत भएको स्पष्ट पार्न चाहन्छौं ।’ प्रेस नोटमा छ, ‘उहाँ अहिले सरकार बनाउने वा गिराउने कुनैपनि भूमिकामा संलग्न नहुने स्पष्ट पार्न चाहन्छौं । उहाँको एउटै ध्येय छ–पछिल्लो समयमा कमजोर हुँदै गएको पहाड–तराइ–मधेसको एकता बलियो बनाउने र बृहत राष्ट्रिय एकताको वातावरण बनाउन पहल र प्रयत्न गर्ने । त्यसका लागि उहाँ विगत केही समयदेखि क्रियाशील रहदै आउनुभएको सर्बविदितै छ ।’
प्रेस नोटमा राजनीतिक दाउपेचमा मात्रै अल्झिनु भन्दा अब राष्ट्रिय एकता सँगसँगै मुलुकलाइ आर्थिक समृद्धितिर कसरी लैजाने भन्ने बिषयमा भट्टराई विज्ञहरूसँग छलफलमा केन्द्रित रहेको उल्लेख छ । ‘विज्ञ र सरोकारवालाहरूसँगको छलफल र आन्तरिक तयारी पश्चात उहाँले मुलुकको आर्थिक समृद्धिको योजना सार्बजनिक गर्नुहुनेछ ’ प्रेस नोटमा भनिएको छ ।

बाबुरामसँगको परामर्शपछि ३० केन्द्रीय सदस्यको असहमति

ओलीलाई प्रधानमन्त्री बनाउने पार्टी निर्णय गलत भएको बाबुराम निकट मानिने ३० केन्द्रीय सदस्यले बताएका छन् । डा.भट्टराईसँगको परामर्शपनि यस्तो भनाई सार्वजनिक आएको स्रोतले जानकारी दियो ।

एककिृत माओवादीका ३० जना केन्द्रीय सदस्यले शनिवार विज्ञप्ती निकालेर यस्तो जनाएका थिए । ३० जना केन्द्रीय सदस्यको विज्ञप्ती आउनुपूर्व लाजिम्पाटमा बसेको स्थायी समिति वैठकमा नेता देवेन्द्र पौडेलले फरक मत राखेका थिए ।

‘देशको विद्यमान परिस्थितिको जिम्मेवारपूर्ण रुपमा हल गर्ने पहलकदमी लिनुको साटो निःसर्त एमालेलाई समर्थन गर्ने निर्णयले देश झनै दलदलमा फस्ने खतरा रहेको हुंदा हाम्रो जस्तो शान्ति प्रक्रियाको महत्वपूर्ण हिस्सा रहेको जिम्मेवार पार्टीको यस्तो गलत र गैरजिम्मेवार निर्णयप्रति हाम्रो विमती रहेको जानकारी गराउन चाहन्छौं ’ विज्ञप्तीमा भनिएको छ ।

कैयौं आफ्ना जायज मागहरु सहित आन्दोलनमा रहेका पक्षहरुलाई वार्तामा ल्याउने वातावरण वनाउन लाग्नुपर्ने, सम्पूर्ण नेपालीहरु मिलेर पुनःनिर्माणमा लाग्नु पर्ने, कैयौं वांकी रहेका शान्ति प्रक्रियाका विषयहरुलाई पुरा गर्नु पर्ने बेलामा एकीकृत माअ‍ोवादीले एमालेलाई समर्थन गरेको जनाइएको छ ।
त्यसैगरि आसन्न चाडपर्वहरुको पूर्व सन्ध्यामा कैयौं उपभोग्य वस्तुहरुको सहज आपूर्तिका लागि पहल गर्नु पर्ने, स्वाधिनताको भावना सहितका सम्पूर्ण नेपालीहरुलाई आन्तरिक रुपमा गोलवन्द गरेर देशको विद्यमान समस्याको समाधान गर्ने र राष्ट्रिय एकता र सार्वभौमसत्ताको रक्षाको लागि राष्ट्रिय सहमति कायम गरेर जानु पर्ने अवस्थामा यो निर्णयले गंभिर एवं आश्चर्यचकित वनाएको विज्ञप्तीमा जनाइएको छ ।

www.ratopati.com/news
पटकआइतबार, २४ असोज
काठमाडौं । एमाओवादी परित्याग गरेर हिँडेका नेता डा.बाबुराम भट्टराईले आफू सरकार बनाउने र गिराउने खेलमा नरहेको दावी गरेका छन् ।
प्रधानमन्त्री चयनको प्रक्रिया अघि बढ्दैगर्दा बाबुराम पक्षीय एमाओवादी नेताहरु विरोधमा उत्रिएपछि भट्टराई सत्ता खेलमा लागेको चौतर्फी समाचार आएपछि भट्टराईको सचिवालयले सरकार गिराउने र बनाउने खेलमा भट्टराई नरहेको प्रष्ट्याएको हो ।
भट्टराईले एमाओवादी नेताहरुलाई विज्ञप्ती निकाल्न लगाएर पार्टी फुटाउने कसरत गरेको हल्ला चलेको थियो ।
भट्टराईका स्वकीय सचिव विश्वदीप पाण्डेले जारी गरेको विज्ञप्तिमा भनिएको छ, पर्वप्रधानमन्त्री भट्टराईले आफू निकटका सभासदहरुलाई मतदान गर्न रोक्दै हुनुहुन्छ भन्ने जस्ता हल्लाहरु निराधार र गलत भन्ने प्रष्ट पार्न चाहन्छौं ।’
भट्टराई अहिले पहाड तराई र मधेसको एकता बलियो बनाउने र बृहत राष्ट्रिय एकताको वातावरण बनाउन पहल र प्रयत्न गर्नेमा केन्द्रित रहेको उनको निजी सचिवालयले जनाएको छ ।
www.nepalsandesh.com
काठमाडौं, २४ असोज । एकीकृत नेकपा माओवादीले प्रधानमन्त्रीका उम्मेदवार एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भोट हाल्न आफ्ना सभासदलाई ह्वीप जारी गरेको छ ।
एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको पार्टीको बैठकले सबै सभासदलाई ओलीको पक्षमा अनिवार्य मतदान गर्न निर्देश गरेको हो । ओलीलाई समर्थन गर्ने निर्णयको विरोधमा रहेका पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई पक्षका नेता तथा सभासदलाई पनि अनिवार्य मत खसाल्न निर्देशन दिइएको एमाओवादी प्रवक्ता दिनानाथ शर्माले जानकारी दिनुभयो ।
बैठकमा प्रचण्डले बाबुराम पक्षका नेतातर्फ संकेत गर्दै पार्टी निर्देशन विपरित जाने जुनसुकै सभासदलाई कडा भन्दा कडा कारवाही गर्ने चेतावनी समेत दिनुभएको थियो ।
साथै एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्रीको उम्मेदवारमा समर्थन गरेको निर्णयको बिरोध गर्दै वक्तव्य जारी गर्ने एमाओवादीका केन्द्रीय सदस्यमाथि पार्टीले अनुशासन उल्लंघन गरेकोमा कार्वाही गर्ने भएको छ । पार्टीले औपचारिक निर्णय गरेकोमा सो को सार्वजनिक विरोध गर्ने केन्द्रीय सदस्यहरुमाथि अनुशासनात्मक कारवाही हुने प्रवक्ता शर्माले बताउनुभयो । ‘पार्टीले गरेको निर्णयकाविरुद्ध सार्वजनिक अभिव्यक्ति दिने र त्यसको प्रतिकूल हुने गरी आज मतदान गर्ने काम कसैले गर्छ भने त्यो पार्टीका लागि निकै गम्भीर हुनेछ । हामीले पार्टीको नीतिविपरित जानेहरुमाथि कडा कारवाही गर्छौं ।’ शर्माले भने ।
dainiknepal.com
काठमाडौं, २४ असोज । नेपालमा नाकाबन्दी गरिरहेको भारतलाई अन्तर्राष्ट्रिय कानुनको फन्दामा पार्न सबै नेपाली एकजुट भइसकेका छन् ।
यस्तो अवस्थामा भारतले सन्धी सम्झौता उल्लंघन गर्दै नेपालमा नाकाबन्दी लगाएको भन्दै ३३ दलीय मोर्चाले संयुक्त राष्ट्र संघमा उजुरी पत्र समेत पठाएका छन् । जसका कारण भारत अन्तर्राष्ट्रिय कानुनको फन्दामा पर्ने सम्भावना बढेको छ ।
यसै क्रममा नेकपा एमालेका नेता माधवकु्मार नेपालले अन्तर्राष्ट्रिय सन्धि सम्झौता विपरित नाकाबन्दी लगाएको भारतलाई अन्तर्राष्ट्रिय कानुनको फन्दामा पार्नुपार्ने धारणा राखेका छन् ।
उनले भारतलाई नाकाबन्दी तत्काल हटाउन समेत चेतावनी दिएका छन् । यदि नाकाबन्दी नहटाए अन्तर्राष्ट्रिय कानुनको कठघरामा सबै नेपाली एकजुट भएर भारतलाई उभ्याउने उनको कडा भनाई छ ।
एमाले नगरकोट नगर कमिटीको प्रथम अधिवेशनका क्रममा बोल्दै नेता नेतालले नेपालको आन्तरिक मामलामा हस्तक्षेप गर्दै भारतले नाकाबन्दी लगाउनु गलत भएको उल्लेख गर्दै नेपाली नागरिकले अब शसक्त प्रतिकार गर्ने बेला आइसकेको बताए ।
नेता नेपालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली जनताबाट कमाएको माया र सम्मान गुमाएको बताउँदै नेपालको समस्या सुल्झाउन भारत–नेपालबीच आवश्यक वार्ता एवम् छलफल तत्काल थाल्न आग्रह समेत गरे ।
dainiknepal.com
आइतबार, २४ असोज
काठमाडौ । देशले आज ३८ औं प्रधानमन्त्री पाउने भएको छ ।अबको केहि समय पछि कांग्रेस सभापति सुशील कोइराला र एमाले अध्यक्ष केपी शर्मा मध्ये एक जना नेपालको ३८ प्रधानमन्त्रीको रुपमा निर्वाचित हुने छन् ।
प्रधानमन्त्रीको निर्वाचनको लागी आज ११ बजे संसद बैठकले बोलाइएको छ।
नयाँ प्रधानमन्त्रीको लागी नेकपा एमालेका अध्यक्ष ओलीलाई एमाओवादी र राप्रपामा लगायत साना दलले सहयोग गर्ने प्रतिवद्धता र आश्वासन दिएका छन्
अहिले सम्म ओलीलाई प्रधानमन्त्रीको १६ दलका ३१२ रुपमा संसदले मतदान गर्ने प्रतिवद्धता जनाएका छ भने अन्य दलका संसदहरुले पनि ओलीलाई आश्वासन दिएका छन् ।
अन्तिम समयमा कुनै चमत्कार भएको खण्डमा स्पष्ट रूपमा देखापरेका समीकरणका अनुसार ओली प्रधानमन्त्री बन्ने पक्का पक्की भएको छ ।
यस्तै सुशिल कोइरालालाई काग्रेश र मधेस केन्द्रित दल र साना दलले सहयोग गर्ने बताएका छन् ।कोइरालाको पक्षमा अहिलेसम्म कांग्रेसका २०७ को समर्थन छ भने संविधानसभाको प्रक्रिया बहिष्कार गर्दै आएका दुई मधेसी मोर्चाका ५३ सदस्यसमेत उनको पक्षमा जाने सम्भावना छ।
यसैगरी एमाओवादीका केही सभासदले कोइरालालाई सहयोग गर्ने चर्चा चलेपछि सुशिल कोइराला पनि बलियो प्रतिस्पर्थीको उमेद्वारको रुपमा देखिएका छन् ।
www.nepalsandesh.com
काठमाडौ, २४ असोज  / नयाँ प्रधानमन्त्रीको चुनावका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीलाई जसरी पनि हराउने रणनीतिमा भारतीय दूतहरु सक्रिय भएका छन् ।स्रोतका अनुसार ओलीको पक्षमा स्पष्ट बहुमत देखिएपछि भारतले कुनै पनि हालतमा सफल हुन नदिन ठूलो परिणामा आर्थिक चलखेल सुरु गरेको छ ।
सांसद किन्नका लागि शुक्रबार मात्रै भारतको चेन्नइस्थित एक बैंकबाट नेपाल स्थित भारतीय दूतावासका कर्मचारी टुराई मार्गनको नाममा एसविआइ बैंकको खाता नम्वर ७७००८९०३६१ मा ९३ करोड भारु टान्सफर गरिएको छ ।
यति ठूलो रकम ती व्यक्तिको खातामा गत एक महिनाको बीचमा आएको यो पहिलो पटक भएको बैंकका अधिकारीले बताएका छन् । भारतीय राजदूत रन्जीत रे र रअका पूर्व अधिकारी एबी माथुरले कांग्रेस उमेदबार शुशील कोइरालाको पक्षमा मतदान एकजना सांसदलाई दस करोडसम्म दिने अफर सहित सक्रिय भएका छन् ।ओलीलाई प्रधानमन्त्री बनाउने मुख्य प्रस्तावक रहको एमाओवादीका बाबुराम पक्षीय सांसद किन्ने पहिलो योजना रहेको छ । एमाओवादी संसदीय दलमा ८४ मध्ये बाबुराम सहित बढीमा १० जना समर्थक सांसद रहेका छन् ।
तर भट्टराई आफैले पहलकदमी लिएर रातभर विकाउ हुन सक्ने मानिएका सांसदलाई फकाउने र प्रलोभन दिने भारतीय दूतहरुबाट थ्रेट गर्ने समेत काम भएको एमाओवादी सभासद ल्यारकाल लामाले बताएका छन् । स्रोतका अनुसार बाबुरामले आफ्नो तर्फबाट १५ सांसद पु¥याईदिने बचन भारतीय दूतहरुलाई दिएका छन् ।यसैगरी राप्रपा नेपाल र राप्रपाका सांसदहरुलाई पनि प्रति सांसद दस करोडको अफर सहित किन्ने अन्तिम प्रयास भइरहेको छ ।
स्रोतका अनु्सार राप्रपाका १२ सांसद मध्यै ६ जना सांसदलाई शुशील कोइरालाको पक्षमा मतदान गराउन सहमत गराएको बुझिएको छ । तर उनीहरुले आफ्नो मत निर्णायक हुने अवस्थामा मात्र कोइरालालाई मतदान गर्ने शर्त राखेका छन् ।भारतीय दूताबासको दबाबमा मधेश आन्दोलनमा रहेका सबै दल र आफ सासद पदबाट समेत राजीनामा गरेका बाबुराम भट्टराई र सद्भावाना पार्टीका सांसद समेत मतदानमा आउने दूतहरुले दावी गरेका छन् । उनीहरुले राजीनामा दिए पनि संसद सचिवालयबाट स्वीकृत गरेको सूचना जारी नभएकाले मतदान गर्न पाउने दूतहरुको बुझाई रहेको एबिसी टेलिभिजनकाे अनलाइनले समाचार प्रकासन गरेकाे छ ।
purbelinews.com
आज वि.सं. २०७२ साल असोज २४ गते। आइतबार।
इश्वी सन् २०१५ अक्टोबर ११ तारिख। शकसंवत् १९३७।
कीलक संवत्सर। दक्षिणायन। शरद ऋतु।
नेपाल संवत् ११३५ ञला गा। आश्विन कृष्णपक्ष।
तिथि– चतुर्दशी, २६:१८ बजेउप्रान्त औंसी।
नक्षत्र– उत्तरफाल्गुनी, २३:१२ बजेउप्रान्त हस्त।
योग– ब्रह्म, २३:०३ बजेउप्रान्त ऐन्द्र।
करण– भद्रा , १३:१५ बजेदेखि शकुनि, २६:१८ बजेउप्रान्त चतुष्पद।
आनन्दादिमा मित्र योग। चन्द्रराशि– कन्या।
काठमाडौंमा सूर्योदय– ६:०२ बजे, सूर्यास्त– १७:३९ बजे र दिनमान २९ घडी ० पला।
शस्त्र-अस्त्र आदिबाट मरेकाको चतुर्दशी श्राद्ध। नलाश्वने च:र्हे पूजा।




मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) Aries :
सफलताका लागि प्रतिस्पर्धा गर्नुपर्ने समय छ। शत्रुहरूको चलखेल बढ्नाले केही चुनौती समेत सामना गर्नपर्ला। तापनि, प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ। व्यापार तथा उद्योगतर्फ फाइदाकै योग छ। यात्राको व्यवस्थापनमा खर्च हुनेछ। द्वन्द्व तथा प्रतिस्पर्धामा सावधानीसाथ जुट्नुपर्नेछ। व्यावसायिक काममा फाइदा उठे पनि तत्काल खर्च समेत गर्नुपर्ला।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) Taurus :
समयको गतिलाई पछ्याउन नसक्दा अलि दुःख पाइएला। भौतिक साधन बिग्रनाले पनि लक्ष्य प्राप्त गर्न नसकिएला। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहन सक्छ। गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ। प्रतिस्पर्धाले पुरुषार्थी काम गर्ने हिम्मत पलाउनेछ। सन्तान वा अनुयायीको सल्लाह, सहयोगले लाभ उठाउन सकिनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) Taurus :
परिस्थितिअनुसार चल्न नसक्ता अलि दुःख पाइनेछ। पहिलेका निर्णयले यतिबेला काममा चुनौती आउन सक्छ। अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा लाभ मिल्नेछ। मातृधन, पशुधन र जमिनबाट धनलाभ हुन सक्छ। महत्वाकांक्षी योजना सार्वजनिक गर्न केही समय पर्खनुहोला। काममा परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ।
कर्कट(हि, हु, हे, हो, डा, डि, डु, डे, डो) Cancer :
नयाँ काममा हात हाल्ने समय छ। प्रशस्त धन आर्जनको मौका छ। काममा चुनौती देखिए पनि प्रतिस्पर्धापछि लाभ मिल्नेछ। उद्योग तथा व्यापारमा सामान्य फाइदा मिल्नेछ। सहयोगीहरूले साथ दिनेछन् र उत्साह पनि बढ्नेछ। कृषि तथा पशुपालनमा खर्च बढ्नेछ। पुरानो समस्याले केही झमेला आइलाग्ला। दम्पतीबीच विवाद वा पारिवारिक असमझदारी बढ्न सक्छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) Leo :
विभिन्न अवसर पाइने समय छ। तर, सोचेको काम समयमा सम्पादन गर्न नसकिने र अवसर फुत्कने सम्भावना पनि देखिन्छ। सहयोगी वा शुभचिन्तकहरूले आफ्ना कमजोरीप्रति टिप्पणी वा गुनासो गर्न सक्छन्, सचेत रहनुहोस्। पढाइलेखाइमा ध्यान दिन नसकिएला। द्विविधामा परिने र निर्णायक क्षमतामा कमी आउने योग छ। धैर्यसाथ निरन्तरको प्रयत्नले फाइदा हुनेछ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) Virgo :
प्रयत्न गरेको काम छोटै समयमा पूरा हुनाले दिन फुर्सदिलो रहनेछ। इच्छाशक्ति बढ्नेछ भने रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ। परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिनेछ। साथ दिनेहरू बढ्नेछन्। प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ। स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। परिवारजनसँग आत्मीयता बढ्नेछ। प्रेम र मित्रताको बन्धनसमेत कसिने समय छ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) Libra :
समयमा होश नपुग्नाले खर्च मात्र हुनेछ। प्रलोभन देखाउनेहरूले फसाउन सक्छन्। खर्च गरेर पनि त्यति फाइदा उठाउन नसकिएला। ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्नेछ। शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ। परिवारजनबाट टाढिनुपर्ला। आफ्नै कमजोरीले विवादमा परिनेछ भने सद्विचारले अभिप्रेरित हुनेहरूलाई फाइदा हुनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) Scorpio :
आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। गरेका कामबाट प्रशस्त लाभ हुनेछ। श्रमको उचित मूल्यांकन होला। नयाँ ज्ञान प्राप्त हुने योग छ। पढाइमा प्रगति हुनेछ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा प्रशस्त फाइदा हुनेछ। रोकिएका काम सम्पादन गर्ने र नयाँ काममा हात हाल्ने समय छ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) Sagittarius :
भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोगबाट प्रशस्त लाभ उठाउन सकिनेछ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ। काममा मातापिताको सहयोग प्राप्त होला। अरूलाई प्रभावित पारेर काम लिन सकिनेछ। कीर्तिमानी काम सम्पादन होला। तर, विभिन्न अवसर आए पनि प्रलोभनले अप्ठ्यारोमा पार्न सक्छ। यसले तपाईंको स्वतन्त्रतामा बाधा पुग्ने सम्भावना छ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) Capricorn :
आँटेको काम समयमा गर्न नसकिएला। अरूका काममा समय बित्न सक्छ। तापनि, प्रयत्न गर्दा केही काम बन्नेछन्। सहयोगीहरूले साथ दिनेछन् र आंशिक सफलता मिल्नेछ। आस मारेको काम बन्नाले उत्साह जाग्नेछ। धेरैलाई फाइदा हुने काम सम्पादन गर्न सकिनेछ। अस्वस्थताका बाबजुद जिम्मेवारी भने थपिनेछन्। व्यावसायमा खर्च बढ्नेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) Aquarius :
पहिलेका समस्या दोहोरिन सक्छन्। स्वास्थ्यमा कमजोरी र उपचारमा खर्च हुने योग छ।  मुख्य काममा बाधा हुने देखिन्छ। सानातिना घरेलु काममै अल्झनुपर्दा मन खिन्न रहनेछ। सवारीमा सावधानी अपनाउनुहोला। लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ। पढाइलेखाइमा पनि समय दिन नसकिएला सहयोगीहरूको भरपर्दा सबै काम नबन्न सक्छन्, सजग रहनुहोला।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) Pisces :
व्यापार–व्यवसायमा लाभ हुनेछ। व्यावसाय विस्तारका लागि यात्रा पनि हुनेछ। खर्च लागे पनि सोख परा हुनेछ। दाम्पत्य सम्बन्धमा रमाउने समय छ। मित्रता र प्रेमको बन्धन कसिन सक्छ। दिन मनोरञ्जनपूर्ण रहनेछ। नयाँ ज्ञान सिक्ने मौका छ। आम्दानी प्रशस्तै बढ्नेछ भने नयाँ भौतिक साधन जुट्न सक्छ। आतिथ्यपूर्ण सम्मान पाइएला। पठनपाठनमा प्रगति हुने

काठमाडौं, २३ असोज । शनिबार भारतबाट झण्डै डेढ अर्ब रुपैयाँ काठमाडौं आइपुगेको छ ।
भारतको चेन्नाईबाट नेपालस्थित राजधानी काठमाडौंको लैनचौरमा रहेको भारतीय राजदूतावासको खातामा ९३ करोड भन्दा बढी भारतीय रुपैयाँ आएको स्रोतबाट जानकारी प्राप्त भएको छ ।
आइतबार हुने प्रधानमन्त्रीको निर्वाचनलाई सांसद खरिद गर्न र केपी ओलीलाई हराउन भारतले गोप्य रुपमा रातारात नेपाल पैसा पठाएको उच्च स्रोतले जानकारी दिएको हो ।
उक्त रकम चेन्नाईबाट नेपालस्थित भारतीय दूतावासका कर्मचारी (Turai murgan) को नाममा SBI बैङ्कको (A/C number- 77008903617) मार्फत ९३ करोड भारु ट्रान्स्फर भएको स्रोतले जनाएको छ ।
दूतावासले बार्गेनिङमा रहेका केही सभासदलाई पैसा बाँडिरहेको बुझिएको छ ।
dainiknepal.com
नेपालमा बस्ने नेपालीले अमेरिकाको ग्रीनकार्ड लिने तरिका
- बासु फुलारा (यटर्नी-एट-ल)
फेसबुक:
http://www.facebook.com/bashu.phulara

फोन: (७१८) ४४०-५७५४
इमेल: bp@chhetrylaw.com

           अमेरिकाको अध्यागमन कानूनका अनुसार, तपाई अमेरिका भन्दा बाहिर हुनु हुन्छ । अर्थात तपाई हाल नेपालमा बसिरहेको हुनुहुन्छ । र अमेरिकाको ग्रीन कार्ड कसरि बनाउने भनेर सोची रहनु भएकोछ भने तपाईको लागि एउटा तरिका छ । तपाई नेपालमा नै बसेर अमेरिका आउनु पूर्व अमेरिकाको ग्रीनकार्ड बन्न सक्ने पर्याप्त कानुनी आधारहरु तपाईसंग छन्  ।  तपाईको लागि केहि आधारमा नेपालबाट तपाईआफैले वा अमेरिकामा रहनु भएका नागरिक वा ग्रीन कार्ड नातेदार वा अमेरिकन रोजगारदाताले तपाईकोलागिआप्रवासी पिटिसन दिएर यु. यस. सी. आइ. यस. बाट स्वीकृत भएको अवस्था छ ,   र आप्रवासी भिषा पनि तुरुन्तउपलब्ध छ भने तपाईले अमेरिकाको नेसनल भिषा सेन्टर मार्फत काठमाडौँमा रहेको अमेरिकन कन्सुलेटमाआप्रवासी भिषाका लागि निबेदन दिन सक्नु हुन्छ। तपाईको आप्रबाशी भिषा अमेरिकन कन्सुलेटबाट अन्त्यमास्वीकृत भएको खण्डमा तपाई अमेरिका आएर यहाँको स्थाई बासिन्दा अर्थात अमेरिकाको ग्रीन कार्ड पाउन सक्नुहुन्छ ।

         तपाई हाल नेपाल मा हुदा खेरि पनि अमेरिकाको ग्रीन कार्ड पाउने पर्याप्तआधारहरु भने तपाई संग हुनु पर्छ। उदाहरणका लागि, अमेरिकामा रोजगारीको माध्यम तपाईको रोजगारदाताले तपाईकोलागि आप्रवासी आइ-१४० निवेदन/पिटिसन दिएर यु. यस. सी. आइ. यस. बाट सर्बपर्थम स्वीकृत भएकोखण्डमा; तपाई असाधारण प्रतिभाको व्यक्ति भएर तपाई तपाई आफैले आइ-१४० आप्रवासी निवेदन/पिटिसन दिएर यु. यस. सी. आइ. यस. बाट सर्बपर्थम स्वीकृत भएको खण्डमा; तपाईसंग अमेरिकामा लगानी गर्ने योजनाछ भने तपाई आफैले आप्रवासी आइ-५२६ निवेदन/पिटिसन दिएर यु. यस. सी. आइ. यस. बाट सर्बपर्थम स्वीकृतभएको खण्डमा; अर्थात तपाई को अमेरिका को नागरिक नातेदार वा ग्रीन कार्ड नातेदार ले आप्रवासी आइ-१३०निवेदन/पिटिसन दिएर यु. यस. सी. आइ. यस. बाट सर्बपर्थम स्वीकृत भएको खण्डमा र अमेरिकाको स्थाईआप्रवासी भिसा तुरुन्त उपलब्ध भएको खण्डमा , दोस्रो चरण मा अमेरिका को नेसनल भिषा सेन्टर को आप्रबासीभिषा सम्बन्धि सम्पूर्ण कानुनी प्रक्रिया हरु पुरा गरेर चाहिने कागजपत्रहरु, भिषा निबेदन र बुझाउनु पर्ने फीलगायत अन्य प्रक्रिया नेसनल भिषा सेन्टर मार्फत पुरा गरि तपाई ले दिएको स्थाई आप्रवासी भिषा निबेदन लाइनेपाल मा रहेको अमेरिकन कन्सुलेट बाट पनि अन्तिम चरणमा स्वीकृत भएको खण्डमा मात्र नेपालबाट अमेरिकाआएर ग्रीन कार्ड होल्डर बन्न सकिन्छ।

        तसर्थ, तपाईको लागि मुख्यतया रोजगारी वा परिवारमा आधारित आप्रवासी निवेदन/पिटिसन अमेरिकाबाट यु. यस. सी. आइ. यस. ले सर्बप्रथम स्वीकृत गरेर आप्रवासी भिषा तत्काल उपलब्ध भएको खण्डमा दोस्रो चरणमा तपाईले अमेरिका को नेसनल भिषा सेन्टर को आप्रबासी भिषा सम्बन्धि सम्पूर्ण कानुनी प्रक्रिया हरु पुरा गरिपिटिसन गर्ने वा भिषा निबेदन दिने व्यक्ति ले बुझाउनु पर्ने चाहिने मूल वा प्रतिलिपि कागजपत्रहरु, भिषा निबेदन रबुझाउनु पर्ने सरकारी भिषा दस्तुर फि लगायत अन्य प्रक्रिया पुगेको अवस्था छ भने नेपालमा रहेको अमेरिकनकन्सुलर अफिसले भिषा निवेदक को अन्तरबार्ता लगायत अन्तरबार्ता अगाडी वा पछाडी का आबस्यक अन्य अरुप्रक्रियाहरु समाप्त गरि कन्सुलर अफिस ले नै निवेदक लाइ भिषा दिने कि नदिने भनेर अन्तिम निर्णय गर्ने गर्दछ।अन्त्यमा, तपाईको आप्रबाशी भिषा अमेरिकन कन्सुलेट बाट स्वीकृत भएको खण्डमा तपाई अमेरिका आएर यहाँको स्थाई बासिन्दा अर्थात अमेरिकाको ग्रीन कार्ड पाउन सक्नु हुन्छ ।

(बासु फुलारा नेपाली- नेपाली-अमेरिकन समुदाय माझ चर्तित यटर्नी-एट- हुनुहुन्छ । यो लेखमा व्यक्त बिचारहरुपाठकका जानकारीकालागि सुझावहरु मात्र हुन् । कानुनी उपचारका सल्लाह भने होइनन् । अध्यागमन कानुनसम्बन्धि उपचारका लागि भने यटर्नी-एट-ल बासु फुलारालाई उहाको इमेल: bp@chhetrylaw.com मा सम्पर्कराख्न सक्नु हुनेछ । ---Source: http://khasokhas.com/immigration)
नयाँ सरकारको गठनका विषयमा नेपाली कांग्रेस केन्द्रीय समिति भित्र बिहिबार र शुक्रबार दिनभर गम्भीर छलफल चल्यो।
बैठकमा महामन्त्रीद्धय प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, सहमहामन्त्री पूर्णबहादुर खड्का लगायत करिब एक दर्जन सदस्यहरुले संविधान निर्माणका लागि भएको १६ बुँदे सहमति गर्दा प्रमुख दलका शीर्ष नेताहरुबीच भएको सहमतिकै आधारमा नयाँ सरकारको नेतृत्व एमाले अध्यक्ष केपी शर्मा ओलीलाई दिनुपर्ने धारणा जोडदार रुपमा राखे।
उनीहरुले संविधान बनाउँदा दलहरुबीच भएको सहमति, एकता र सहकार्यको संस्कृतिलाई निरन्तरता दिँदै मुलुकमा विद्यमान संकटको सामना र संविधानको सफल कार्यान्वयनमा जोड दिए।
तर झण्डै ९० प्रतिशत सदस्यहरुले दलबीच भएको एकता र सहमतिलाई निरन्तरता दिँदै मधेसमा आन्दालनरत दलको माग वार्ता र सम्वादद्धारा सम्बोधन गर्न फेरीपनि कांग्रेसकै नेतृत्वमा राजनीतिक सहमतिको सरकार निर्माणमा जोड दिएका थिए।
शुक्रबार अपरान्ह बोल्न बाँकि रहेका सदस्यहरुले आफ्नो राय राखिसकेपछि पार्टी उपसभापति रामचन्द्र पौडेलले आफूले पार्टी संगठन निर्माणका लागि ठूलो भूमिका निर्वाह गरेपनि अहिलेसम्म कुनै मौका नपाएको गुनासो गर्दै भने, मेरो नामको अघिको उपसर्ग हटाइदिनुहोस्। म कति भरिया बन्ने? भन्दै उनले यस पटक आफ्नो नेतृत्वमा नयाँ सरकारको गठनका लागि बैठकले निर्णय गर्न आग्रह गरे।
पौडेलको भनाईमा असहमति जनाउँदै पार्टी सभापति सुशील कोइरालाले भने, ‘प्रधानमन्त्रीको उम्मेदवार को बन्ने भन्ने कुरा अहिले नै नगरौं। अझै पार्टीभित्र र बाहिर छलफल गरी निर्णय गरौंला।’
कोइरालाको अभिव्यक्तिप्रति सहि थाप्दै वरिष्ठ नेता शेरबहादुर देउवाले पनि सरकार गठनका लागि पार्टीको मतले मात्र नपुग्ने भएको हुदाँ तत्काल निर्णय नगर्न सुझाए। उनले अहिलेको मुख्य समस्या भनेको मधेसमा जारी आन्दोलन भएको उल्लेख गर्दै मधेसवादी दल लगायत अन्य दलको सहयोग जस्को नाममा जुट्छ उसैलाई उम्मेदवार बनाउनु पर्ने राय दिए।
बैठक सकिनु केही समय अघि देउवाले आफू निकट नेता विमलेन्द्र निधिलाई कांग्रेसकै नेतृत्वमा सबै दललाई समेटी राजनीतिक सहमतिको सरकार गठनका लागि पार्टीले पहल गर्ने बैठकको निर्णय प्रस्ताव तयार पार्न लगाएका थिए। निधिले तयार पारेको प्रस्तावको मस्यौदा पार्टी सदस्य शेखर कोइरालाले हेर्दै कम्प्यूटरमा टाइप गर्न त्यहाँ उपस्थित सहयोगीलाई लगाए। त्यहिबीचमा सहमहामन्त्री पूर्णबहादुर खड्काले मस्यौदा हेर्दै यो के हो र कस्ले तयार पार्न भन्यो भन्दै कम्प्यूटर सहयोगीलाई हप्काउदै उक्त कागज च्यातिदिएको एक सदस्यले बताए।
त्यसपछि शुक्रबारको बैठकमा कुनै निर्णय भएन। नेताहरू बैठक कक्षबाट बाहिरीने क्रममा प्रधानमन्त्री कोइराला र नेता देउवाले निर्णय हुँदैछ भन्ने प्रतिक्रिया दिए भने पौडेलले तीन नेता बसी छलफल र निर्णय गरी पुनः केन्द्रीय समितिमा शुक्रबार नै प्रस्तुत गरी अनुमोदन हुने जानकारी दिँदै तीन नेताबीच छलफलका प्रधानमन्त्रीको निजी कार्यकक्षतिर लागे।
शुक्रबार करिब साढे ३ बजेदेखि तीन शीर्ष नेताहरु छलफलमा बसेका थिए। उक्त छलफलमा पनि पौडेलले कोइराला र देउवासँग आफूलाई एक पटक पालो दिन आग्रह गरिरहे। देउवाले सभापति कोइरालालाई पटक पटक प्रश्न गर्दै भने, ‘तपाई नै लड्ने हो भने पनि भन्नुहोस्। होइन भने पार्टी विधान अनुसार, संसदीय दलको नेता चयनको प्रक्रियामा जाउँ जो निर्वाचित हुन्छ उही उम्मेदवार बनौला,’ भन्ने धारणा राखे। तर कोइरालाले कुनै प्रतिक्रिया दिएनन्।
त्यही बीचमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्को टोली प्रधानमन्त्री कोइराला र कांग्रेस नेतासँग भेटवार्ता गर्न पुगे र लामो समय छलफल गरी आफ्नो पार्टीको धारणा राख्दै बाहिरिए।
कोइरालाले कुनै प्रतिक्रिया नदिएपछि देउवा र पौडेल पनि शनिबार बिहान पुनः बसी निर्णयमा पुग्ने भन्दै बाहिरिए।
साँझ बालुवाटारमा कोइराला निकट मानिने प्रवक्ता दिलेन्द्रप्रसाद बडु, सञ्चारमन्त्री मिनेन्द्र रिजाल, बनमन्त्री महेश आचार्य, अर्थमन्त्री रामशरण महत लगायतका नेताहरुबीच छलफल चल्यो।
उनीहरुमध्ये बडु र रिजालले अन्तिम समयसम्म पनि कोइराला नै उम्मेदवार हुनुपर्ने अडान राखिरहे भने महेश, नरहरि र महत जसले केन्द्रीय समितिको बैठकमा सहमति र सहकार्यको संस्कृति तोड्न नहुने भन्दै एमालेसँगको सहमतिलाई निरन्तरता दिन पार्टीलाई सुझाएका थिए उनीहरुले पनि विचार बदलेको स्रोतले बतायो।
यदि सहमतिका आधारमा एमालेको नेतृत्व स्वीकार गर्न पनि नसक्ने र कोइरालाले पनि सहज जित्ने परिस्थिती छैन भने पौडेललाई उम्मेदवार बनाउनु पर्ने तर देउवालाई कुनै हालतमा दिन नहुने अडान राखे।
शनिबार बिहान ९ बजेतिर बालुवाटारमा पुग्दा त्यहा पार्टी पदाधिकारीहरु छलफलमा जुटिसकेका थिए। देउवा साढे ९ बजे बालुवाटारको एक नम्बर गेटबाट भित्र पसे।
तीन नेताको बैठक भनिएपनि पदाधिकारी सहितको बैठकमा कोइरालाले पहिलो पल्ट मुख खोल्दै भने, ‘अहिलेको अवस्थामा तपाईँहरुले सक्नु हुँदैन। मलाई नै सबैले सरकारको नेतृत्व निरन्तरता दिन आग्रह गरीरहेको हुँदा म आफै अघि बढ्नु पर्ने भयो।’ त्यसपछि देउवा र पौडेल रातो अनुहार बनाउँदै मौन स्वीकृति जनाए।
बैठकमा आफ्नो उम्मेदवारी घोषणा गर्नुपूर्व कोइरालाले पार्टीभित्र र बाहिर तीन दलको सहमति र सहकार्यलाई निरन्तरता दिन जोड दिए पनि अहिलेको राजनीतिक सहमति एमाले कै कारण तोडिएको दाबी गरेको एक सदस्यले बताए।
मुलुकमा उत्पन्न सबै समस्याकेा समाधान गर्न र संविधानको सफल कार्यन्वयनका लागि तीन दलको सहमतिलाई निरन्तरता दिन तीन दलबीचकै आपसी सहमतिका आधारमा नै नयाँ सरकारको नेतृत्व चयन हुनुपर्ने थियो। तर एमाले स्थायी कमिटि बैठकले कांग्रेस र एमाओवादीसँग परामर्श विना नै एकलौटी निर्णय गरी पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई उम्मेदवार बनाएपछि दलहरुबीचको सहमति टिक्न नसकेको उनको दाबी थियो।
यस परिस्थितिमा पार्टीभित्र र बाहिर रहेका सबैको चाहना अनुसार आफैं उम्मेदवार बन्नु परेको तर्क गर्दै कोइरालाले आफ्नो नेतृत्वमा सरकार गठनका लागि अझै पनि एमाले र एमाओवादी लगायतका सबै दललाई सहयोगका लागि आग्रह गर्ने पार्टीको निर्णय सुनाए।
दोस्रो निर्णयका रुपमा कांग्रेसले तराई मधेस र भारतकोबीचमा पर्ने दशगजामा विभिन्न माग राख्दै नाकाबन्दी गर्दै आएका आन्दोलनरत दललाई पनि सहमतिमा आउन आग्रह गरेको छ।
कोइरालाले अहिले आन्दोलन गरिरहेका मधेसवादी दल पनि भोलि संसदमा हुने प्रधानमन्त्रीको निर्वाचन प्रक्रियामा सहभागी भएर आफूलाई मतदान गर्ने जानकारी गराएका थिए।
कोइरालाको यस्तो निर्णय सुने लगत्तै सहमहामन्त्री पूर्णबहादुर खड्काले चर्को प्रतिबाद गर्दै यसमा आफ्नो एकसय एक प्रतिशत असहमति रहेको बताए। पार्टी नेता गणेशमान सिंहले टनकपुर सन्धिको बेला सरकारले उक्त सन्धी संसदबाट अनुमोदन नगरी इतिहासमा हिमालयन मिस्टेक गरेको छ भनेको प्रसंग उल्लेख गर्दै कोइरालाले पनि अहिले प्रधानमन्त्रीको उम्मेदवार बन्ने निर्णय गरी सहमतिको राजनीति तोड्नु नेपालको इतिहासमा हिमायलन मिस्टेक भएको बताए।
सभापति कोइरालाको निर्णय सहमतिकेा राजनीति, मुलुक र जनताको आवश्यकतासँगै संविधानको सफल कार्यन्वयनका लागि गलत भएको टिप्पणी गर्दै भने, यसले देशभित्रमात्र नभइ नेपाल र भारतबीचको कुटनीतिक सम्बन्धमा थप नकारात्मक असर पार्छ।
सभापतिले मनोनित गरेको पदाधिकारी सभापतिसँगै असहमत भएपछि नैतिक रुपमा पदमा बसीरहन नमिल्ने भन्दै खड्काले आजैको मितिदेखि पार्टीको सहमहामन्त्री पदबाट राजीनामा दिएको घोषणा गरे, उनले भने, लिखित पत्र पछि बुझाउँछु।
पार्टी सभापति र संसदीय दलको नेता स्वयम् नै प्रधानमन्त्रीकेा उम्मेदवार बन्छु भनेपछि दलको नेता चयनका लागि समय पनि छोटो र यसले महाधिवेशनमा असर पार्ने भएकोले मौन बसेका वरिष्ठ नेता देउवा एक नम्बर गेटबाट र पौडेल ३ नम्बर गेटबाट पौने १० बजेतिर बालुवाटारबाट बाहिरिए।  setopati.com
आश्विन २३, २०७२- झण्डै २ महिनादेखि जारी मधेस आन्दोलनमा वीरगन्जमा बसोवास गर्ने पहाडी समुदायले शनिबार एक्यवद्धता जनाएका छन् । विहान स्थानीय घन्टाघरबाट निस्केको जुलुसले नगरपरिक्रमा गरी मितेरी पुल स्थित जारी धर्नास्थलमा सम्पन्न भएको थियो ।
आन्दोलन मधेसमा बस्ने पहाडी, मारवाडी, मुस्लिम सबैको आन्दोलन हो भन्ने सन्देश प्रवाह भएको अगुवा डा.दिपक शाक्यले बताए । 'यसले सामाजिक सदभाव समेत कायम गर्छ,' उनले भने, 'सदियौँदेखि सबै मिलेर बसेको समाज केही गलत तत्वले चाहेर बिथोलिदैन् ।' मधेस आन्दोलनको ५७ दिन बितिसक्दा पनि नेपाल सरकारले मुलुकको आधा जनसंख्याको भावनालाई कदर नगरेको गुनासो गर्दै यथासिघ्र मधेसका माग पुरा गर्न आह्वान गरेका थिए । अधिकार प्राप्तिका लागि एक दशक भित्र मधेसमा अहिले तेस्रो आन्दोलन चलिरहेको छ । १७ दिनको नाकाबन्दीले मुलुकमै अभाव चुलिएको छ ।
पहाड मात्र हैन् मधेसका सहरमा समेत इन्धन र एलपीजी ग्यासको अभाव चर्किएको छ । मितेरीमा पुलमा जारी धर्नामा सहभागि हुन पर्सा र बाराका विभिन्न गाउँबाट सर्वसाधारण ट्याक्टर, साइकल र मोटरसाइकल चढेर हजारौँ जनता आउन थालेका छन् । गाउँबाट ट्याक्टरमा आएका उनीहरु स्थानीय घन्टाघरबाट बाजा बजाउँदै धर्नास्थल पुगेका थिए । राज्य गम्भीर नहुँदा सबै नेपालीले दुख पाएका हुन् । मधेसको अधिकारको प्राप्तिका लागि यो नै अन्तिम संघर्ष भएकाले यसपाली उधारो सम्झौता हैन् नगदमा अधिकार लिने नेताहरु बताउँछन् । 'गाउँ गाउँबाट आन्दोलनमा सहभागि हुन आएका जनताले समेत यसपटक पछाडि नहट्न दबाब दिइरहेका छन्,' रामसपाका केन्द्रिय सदस्य राजेशमान सिंह भन्छन्, 'जति दिन बन्द गर्नुपरे पनि मधेसका सबै वर्ग तयार छन् ।' यसैबीच ५७ दिनदेखि मधेस आन्दोलन जारी भएपनि सरकारले कानमा तेल हालेर बसेको भन्दै मधेसी मोर्चाले ध्यानाकर्षण गराउन खाली थाल ठठाउँने, अर्द्ध नग्न जुलुस प्रदर्शन, हस्ताक्ष्ार संकलन लगायतका शान्तिपूर्ण आन्दोलन जारी राखेको नेपाल सदभावना पार्टीका केन्द्रीय सदस्य शिव पटेलले बताए ।
kantipur.ekantipur.com
काठमाडौं । एकीकृत माओवादी परित्याग गरेका नेता डा.बाबुराम भट्टराई पक्षधर भनेर चिनिएका नेता प्रभु साहले प्रधानमन्त्रीको निर्वाचनमा आफूले पार्टी निर्णय अनुसार केपी ओलीलाई भोट हाल्ने बताएका छन् ।
पार्टीको संसदीय दलको बैठकमा नेता साहले एमालेलाई समर्थन गर्ने निर्णयमा आफ्नो व्यक्तिगत समर्थन नरहेपनि ओलीलाई भोट हाल्ने बताएका हुन् ।
यस्तै उनले शनिबार नै बाबुराम पक्षीय नेताले निकालेको विज्ञप्तीमा आफ्नो नाम भएपनि त्यसमा आफ्नो समर्थन नरहेको र आफूले हस्ताक्षण पनि नगरेको स्पष्ट पारे ।
संसदीय दलको बैठकमा साहबारे प्रश्न उठेका थिए । ती प्रश्नको उत्तर दिँदै उनले आफू पार्टी निर्णयभन्दा बाहिर नजाने स्पष्ट पारेका हुन् ।
उनले संविधानसभाका अन्तिम बैठकहरु बहिस्कार गरेका थिए । तर त्यसपछि उनी संसदका बैठकमा भने सहभागी हुँदै आएका छन् ।
एमाओवादीले एमाले अध्यक्ष ओलीलाई मतदान गर्ने सर्वसम्मत निर्णय गरेको छ ।
www.nepalsandesh.com
काठमाडौं । नयाँ प्रधानमन्त्रीका लागि उम्मेदवारी दर्ता गरेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले आफू सबैसँग सहकार्य गरेर अघि बढ्न तयार रहेको बताएका छन् ।
एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रस्तावक र राप्रपा नेपालका अध्यक्ष कमल थापा समर्थक रहेर प्रधानमन्त्रीका लागि उम्मेवदारी दर्ता गरेपछि उनले अन्तिममा काँग्रेसले पनि साथ दिने विश्वास व्यक्त गरे ।
विगतमा आफू प्रधानमन्त्री सुशील कोइरालाको प्रस्तावक रहेको स्मरण गर्दै ओलीले आफूलाई काँग्रेसले पूर्वसहमति अनुसार समर्थन गर्ने विश्वास व्यक्त गरेका हुन् ।
ओलीको उम्मेदवारीमा प्रस्तावक रहेका एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र समर्थक राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफूहरुले ओलीलाई आगामी प्रधानमन्त्रीका लागि बिनासर्त समर्थन गरेको बताए ।
www.nepalsandesh.com
सुनसरी, २३ असोज । सुनसरीमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले प्रहरीमाथि आक्रमण गरेका छन् ।
दुहवी भलुवा नगरपालिका–७ मा गस्ती गर्ने क्रममा लुकीछिपी बसेका बन्दकर्ताले शुक्रबार ढुङगा प्रहार गर्दा ईलाका प्रहरी कार्यालय दुहवीका प्रहरी नायव निरीक्षक भुदेब बस्नेतको दाँत भाँचिएर घाइते भएका छन् ।
यसैगरी सुनसरी दुहबी भलुवा नगरपालिका–७ स्थित स्कर्टिङमा खटिएको प्रहरीमाथि शुक्रबार बन्दकर्ताले ढुंगामुढा र शिसा प्रहार गर्दा सशस्त्र प्रहरी जवान बेबूराज राई घाइते भएका छन् । अश्रुग्याँस फायर गरी भिडलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
dainiknepal.com
वीरगञ्ज, २३ असोज । पर्साको वीरगञ्जमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले मोटरसाइकल जलाएका छन् ।
शनिबार मोर्चाका कार्यकर्ताले वीरगञ्ज उपमहानगरपालिका–१७ गण्डक सिँचाई कार्यालय अगाडि ना.३ प ८३१५ नम्बरको मोटरसाइकलमा पेट्रोल खन्याई आगजनी गरेको प्रहरीले जनाएको छ ।
आगोले जलेर मोटरसाइकल चालक बारा गढिमाई नगरपालिका–३ स्थित अगरबत्ती कारखानामा काम गर्ने सुनसरी दुहबीका ५० वर्षीय अशोक ढुंगाना घाइते भएका छन् । उनलाई उपचारको लागि नारायणी उपक्षेत्रीय अस्पताल वीरगज पठाइएको छ ।
आगजनीबाट मोटरसाइकल पूर्णरुपमा जलेर क्षति भएको छ । आगजनी गर्ने बारा बहुअरी–१२ बस्ने ३० वर्षीय वृषकिशोर यादब र ३३ वर्षीय सुरेन्द्र पटेललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
dainiknepal.com
शनिबार, २३ असोज
काठमाडौं । १२ घण्टा अघि मात्र आफू प्रधानमन्त्री नहुने, देउवा र पौडेल मिलेर आउन भन्दै उनीहरुलाई विदाबारी गरेका कोइराला रातारात परिवर्तन भए ।
आफैंले कारबाहीको सिफारीस गरेको व्यक्ति अर्थात् अमरेशकुमार सिंहले रातारात कोइरालाको दिमाग लैनचौरको भारतीय दुतावासको कराईमा फ्राई गरिदिएपछि कोइराला शनिबार बिहान देउवा र रामचन्द्रसँग कड्किए, भए म प्रधानमन्त्री, नभएपनि मै प्रधानमन्त्री ।
कोइराला कड्किने वित्तिकै चाल बुझेका देउवालेमुन्टो हल्लाए । हुन्छ दाई । रामचन्द्र एकछिन वाल्ल परे । पछि उनले पनि बुझे लैनचौर कार्ड ।
भारतले नाकाबन्दी लगाएर आहत भएका नेपाली जनतालाई धुलो चटाउँदै त्यही भारतको इशारामा कोइराला प्रधानमन्त्री बन्न लागेको कुरा त कांग्रेस भित्रका राष्ट्रवादी धारका नेता पुर्णबहादुर खड्काको रुवाइबाटै प्रष्ट भइसकेको छ ।
पुर्णबहादुरको राजीनामाा पनि यस कारण नै भएको हो । उनले कोइराला भारतको प्रयोग स्वरुप उम्मेदवार भएको र अझै वितण्डा मच्चाउने बताएका छन् । उनले रुदै कोइरालाले पार्टी पनि सक्ने र देश पनि भाँडभैलो पार्ने बाटो रोजेको बताएका छन् ।
उनको यो रुवाइमा आम नेपालीको आँशु खसेको छ । पक्का हो, कोइराला विस्तारबादीको चंगुलमा फसे, कांग्रेसका सांसदहरुकै दाबी हो यो । संसद भवनको ल्होत्से हलमा बसेर कोइरालाको उजाड उम्मेदवारी हेरिरहेका कांग्रेस सभासद रामहरी खतिवडाले त सुशील दाईलाई भोट दिँदा अरुकै मान्छेलाई दिएको जस्तो अवस्था आएको बताउँदै अनुहार निलो बनाए ।
उनले कांग्रेसले इतिहाँसमा बदनाम हुने काम गरेको बताए । कांग्रेसका अर्का सभासद बहादुरसिंह लामाले आफु पनि काम गर्न नसक्ने र अरुलाई पनि काम गर्न नदिने प्रवृत्ति कांग्रेस नेताहरुमा देखिएको बताए । उनले पनि जनतालाई धोका दिने काम गर्न नहुने बताए ।
यसैगरी काँग्रेस सभासद चन्द्र भण्डारीले कोइरालाले केही गर्न नसक्ने टिप्पणी गरे । उनले काँग्रेसको नेतृत्व राष्ट्रप्रति जिम्मेवार हुन नसकेको भाव पोखे ।
कांग्रेस सभासद राजिवविक्रम शाहले त अब कांग्रेसको सांसद हुँ भन्न पनि लाज लाग्ने अवस्था आइपरेको बताए । संसद सचिवालयमा सुशीलको मनोनयन दर्ता हुँदा उनीहरुले न त ताली नै बजाए, न त कुनै उत्साह नै ।
केवल हेरिरहे, एक दर्शकले चलचित्रको पर्दामा फिल्मका झुर दृश्य हेरैझैं । आफ्नै सभाापतिलाई भिलेनका रुपमा, केवल भिलेन ।
www.nepalsandesh.com
काठमाडौं । आफ्नो अनुमान विपरित एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने पक्का पक्की भएपछि भाारतीय संस्थापन पक्ष झस्किएको छ ।
भाारतले अनुमान गरे विपरित ओली प्रधानमन्त्री बन्ने पक्का भएपछि दिल्लीमा रुवाबासी सुरु भएको स्रोत बताउँछ ।
भारतीय दुतावासमा समेत ओली प्रधानमन्त्री बन्ने भएपछि सबैले पुर्पुरोमा हात राखेर बसेको लैनचौर स्रोत बताउँछ ।
भारतीय जनता पार्टीको अनुमान विपरित राप्रपा नेपालले समेत ओलीलाई समर्थन गर्ने पक्का भएको र ओलीको समर्थकमा थापा बसेकाले उनीहरु हच्किएका छन् ।

भारतले अन्तिमसम्म कांग्रेस एमाले जुधाएर पुनः सुशील कोइरालालाई नै प्रधानमन्त्री बनाउन खोजेको थियो । भारतीय कार्डका रुपमा कोइराला प्रयोग भएका थिए ।
कोइराला भारतीय निर्देशन अनुसारनै उम्मेदवार भएको लैनचौर स्रोतको दाबी छ । भारतीय कार्ड असफल भएपश्चात् दिल्लीमा रणनीति बन्दै गरेको बताइएको छ ।
दिल्लीले अन्तिमसम्म पनि कोइरालालाई प्रधानमन्त्री बनाउने पहल गर्ने रणनीति बनाएको छ । नभए ओलीलाई नै गलाउने नीति लिने बताइएको छ ।
भारतले दशैं, तिहार, छठ जस्ता महान् पर्वको मुखमा लगाएको नाकाबन्दीका विरुद्ध ओली चर्को रुपमा प्रस्तुत भइरहेका छन् ।
कोइरालाले भने कुनै पहल नै नगरेको आरोप लाग्ने गरेको छ । दिल्लीमा मच्चीएको खैलाबैलाले काठमाडौंमा असर पार्ने हो की होइन हेर्न बाँकी छ ।
www.nepalsandesh.com
झापा २३ असोज / झापाका विभिन्न होटल तथा लजबाट प्रहरीले आज आपत्ती जनक अवस्थामा चार जोडीलाई पक्राउ गरेको छ ।
बिर्तामोडस्थित नयाँ वसपार्कमा सञ्चालित होटलमा छापा मारेर उनीहरुलाई आपत्ती जनक अवस्थामा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी खड्गवहादुर खत्रीले बताउनुभयो ।
उहाँले गणेश र ताप्लेजुङ होटल एण्ड लजबाट उनीहरुलाई पक्राउ गरिएको बताउनुभयो ।बिर्तामोडमा लामो समयदेखि यौन जन्य गतिविधि हुने गरेको जनगुनासो बढेपछि प्रहरीले छापा मारेको डीएसपी खत्रीले बताउनुभयो । होटल सञ्चालक पक्राउ नपरेपनि प्रहरीले नौ जना पक्राउ गरेको थियो । तर एक जना युवा भने प्रहरीले गाडीमा राख्ने क्रममा प्रहरीलाई झुक्याएर फरार भएको बताइएको छ ।
purbelinews.com
काठमाडौं, २३ असोज । बहुमतीय सरकार गठनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने निश्चित भएको छ । ओली प्रधानमन्त्री बन्न प्रष्ट बहुमत एमालेको खातामा छ ।
उता कांग्रेसबाट सभापति सुशील कोइरालाले आफू पुनः प्रधानमन्त्रीमा निर्वाचित हुने दाबी गरेका छन् । उनले पनि आफूसँग बहुमत रहेको दाबी गरेका छन् । यसैक्रममा ओलीलाई प्रधानमन्त्री बनाउन एमालेको खातामा रहेको बहुमतमा विवाद सुरु भएको छ ।
नेपाली कांग्रेसले सरकारको नेतृत्वमा दाबी गरेसँगै एमालेको बहुमत बाँडिने सम्भावना बढेको छ । ओलीलाई प्रधानमन्त्रीमा रोक्न एमाओवादीदेखि राप्रपासम्मका मत बाँडिने देखिएको हो । यी दुबै पार्टीमा ओलीलाई समर्थन गरेको भन्दै विरोध सुरु भइसकेको छ भने एक पक्षले कांग्रेसलाई समर्थन गर्ने संकेत देखाएको छ । जून मत ओलीका लागि अमूल्य बहुमत हुन् ।
एमाओवादीमा बाबुराम पक्षका २९ जना नेताहरुले शनिबार संयुक्त विज्ञप्ती जारी गर्दै एमाले अध्यक्ष ओलीलाई समर्थन गरेको भन्दै विरोध जनाएका छन् ।  एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओलीलाई समर्थन गरेपछि पार्टी परित्याग गरेका पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई पक्षधरका २९ नेताहरुले विज्ञप्ती निकालेर विरोध जनाएका हुन् ।
एमाओवादी नेताहरु देवेन्द्र पौडेल, गंगा श्रेष्ठ, नवराज सुवेदी, रामचन्द्र झा लगायतका २९ नेताहरुले जारी गरेको विज्ञप्तीमा बहुमतीय सरकार गठनमा एमालेलाई समर्थन गर्ने निर्णयको विरोध गरिएको छ ।
विज्ञप्ती अनुसार बाबुराम पक्षका नेताले प्रचण्डको ओलीलाई समर्थन गर्ने निर्णयमा सहयोग नगर्ने संकेत देखाएका छन् । यसले ओलीलाई प्रधामन्त्री बन्न चाँहिने बहुमत नपुग्न सक्छ । स्रोतका अनुसार ओलीलाई प्रधानमन्त्रीबाट रोक्न पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले आफ्ना पक्षीय नेतालाई निर्देशन दिएका छन् ।
उनले कुनै पनि हालतमा ओली प्रधानमन्त्री हुन हुन्न भन्ने अडान राखेको एमाओवादी स्रोतको दाबी छ । जसका कारण शनिबार एमाओवादीका २९ नेताले संयुक्त विज्ञप्ती निकालेका हुन् ।
यता ११ सीट भएको राष्ट्रिय प्रजातन्त्र पार्टीमा पनि विवाद कायमै छ । अहिले राप्रपामा चन्द र राणा गरी दुई पक्षका कारण मत बाँडिने सम्भावना बढी छ । स्रोतका अनुसार अहिलेका अध्यक्ष लोकेन्द्र बहादुर चन्द पक्षधरले कांग्रेसलाई समर्थन गर्ने बुझिएको छ भने पशुपति सम्शेर राणा समूह ओलीको पक्षमा छ । यसो हुँदा राप्रपाका पाँच मत एमालेले नपाउने सम्भावना बढी छ ।
जसले ओलीलाई बहुमतबाट प्रधानमन्त्री बन्नबाट रोक्न सक्छ । यद्यपी अन्य साना पार्टीको भोट पाएमा भने बहुमत पुग्न सक्छ ।
dainiknepal.com
२३ असोज, मुस्ताङ ।

नेपाल र चीनको सिमाना कोरला नाका नजिकै निर्माण गरिएको स्वागत द्वार भत्काइएको छ ।

जिल्ला विकास समिति मुस्ताङबाट खटिएको प्राविधिज्ञको टोलीले तीनवर्ष अघि निर्माण गरेको द्वार भत्काइएको हो । सीमा नाकाभन्दा करिब पाँच किलोमिटर यता निर्माण गरिएको ढोका सिमाना नजिकै हुनुपर्ने चौतर्फी दबाब बढेपछि त्यसलाई भत्काइएको जिविसले जनाएको छ ।

करिब १० लाख रुपैयाँ खर्च गरेर निर्माण गरिएको स्वागत द्वार सीमाभन्दा धेरै वर भएको भन्दै उपल्लो मुस्ताङका सर्वसाधारणले पनि आपत्ति जनाउँदै आएका थिए ।

ठेकेदारले तोकिएको स्थानभन्दा वर निर्माण गरेका कारण समस्या भएको थियो । सीमा नजिकै अर्को स्वागत द्वार निर्माण गर्न पुरानो द्वार भत्काइएको स्थानीय विकास अधिकारी बलदेवप्रसाद जोशीले जानकारी दिए ।

“त्यो वैज्ञानिक भएन भन्ने कुरा आएपछि त्यसलाई भत्काएर सीमा नजिकै द्वार निर्माण गर्ने हो,” स्थानीय विकास अधिकारी जोशीले भने, “त्यसका लागि आवश्यक बजेट पनि विनियोजन गरेका छौँ ।” चीनले भने सीमा नजिकै सुरक्षा बलको शिविर खडा गरेर सुरक्षालाई चुस्त पारेको छ । रासस
nepaliheadlines.com
काठमाडौं, २३ असोज । नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले पुनः प्रधानमन्त्री पदका लागि व्यवस्थापिका संसदमा उम्मेदवारी दर्ता गराउनुभएको छ ।
कोइरालाको प्रस्तावकमा वरिष्ठ नेता शेरबहादुर देउवा र समर्थकमा उपसभापति रामचन्द्र पौडेल छन् । कोइरालाको समर्थनमा अहिलेसम्म अन्य कुनै दल देखिएको छैन् ।
उम्मेदवारी दर्ता गर्दै कोइरालाले अन्य दलहरुको सल्लाहमा नै उम्मेदवारी दर्ता गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो- ‘अन्य दलहरुले सहयोग गर्ने प्रतिबद्धतामा मैले उम्मेदवारी दिएको हुँ ।’
dainiknepal.com
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली देशको भावी प्रधानमन्त्री बन्ने निश्चित भएको छ ।
प्रधानमन्त्रीमा उम्मेदवारी दिएका ओलीलाई संसदका तेस्रो एमाओवादी र चौथो ठूलो दल राप्रपा नेपालसहित अधिकांश साना दलको समर्थन रहेको छ ।
ओलीको उम्मेदवारीमा एमाओवादी अध्यक्ष प्रचण्ड प्रस्तावक र राप्रपा नेपालका अध्यक्ष कमल थापा समर्थक रहेका छन् ।
प्रधानमन्त्री चयनका लागि २९९ मत आवश्यक रहेको छ । यस्तोमा ओलीलाई ३२० भन्दा बढी सांसदहरुको समर्थन देखिइसकेको छ ।
एमाओवादी, राप्रपा नेपाल, राप्रपा, नेकपा माले, नेपाल मदजुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा, नेकपा संयुक्त सहितका दलहरुको समर्थन देखिएको छ ।
अहिले संसदमा कायम रहेको सांसद संख्या ५ सय ९७ रहेको छ र प्रधानमन्त्री बन्नका लागि २९९ मत आवश्यक छ । मधेसवादी दलका ३५ सभासद प्रक्रियामा सामेल छैनन् ।
www.nepalsandesh.com
काठमाडौं । प्रधानमन्त्री सुशील कोइराला पार्टीबाट प्रधानमन्त्रीको उम्मेदवार बनेलगत्तै राष्ट्रपति डा.रामवरण यादवलाई भेट्न शितल निवास पुगेका छन् ।
राष्ट्रपतिसँगको भेटमा कोइरालाले आफ्नो राजीनामा पेश गरेका छन् । यसअघि संसद बैठकलाई सम्बोधन गरेर राष्ट्रपतिलाई भेटी सहमतीय सरकार गठनका लागि प्रक्रिया अघि बढाउन आग्रह गरेका कोइरालाले औपचारिक रुपमा राजीनामा पत्र बुझाएका थिएनन् ।
राष्ट्रपतिसँगको भेटमा उनले आफू फेरि प्रधानमन्त्रीको उम्मेदवार बन्न लागेको जानकारी गराएको बुझिएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने लगभग निश्चित भएको समयमा उम्मेदवारी दर्ता गर्न लागेका कोइरालाले मधेसवादी दलको समर्थन पाउने आशा गरेका छन् ।
www.nepalsandesh.com
काठमाडौं : प्रधानमन्त्री सुशील कोइरालाले प्रधानमन्त्री पदबाट राजीनामा दिएका छन् । प्रधानमन्त्रीका लागि पुनः उम्मेदवारी दिने कांग्रेसको निर्णयपछि शनिबार दिउँसो उनी शितलनिवास पुगेर राजीनामा बुझाएका हुन्।

राजीनामा बुझाएर उम्मेदवारी दर्ता गर्ने तयारीमा छन् । संसद्को गत असोज १५ गतेको बैठकमा प्रधानमन्त्री कोइरालाले पद छोड्ने घोषणा गरे पनि अहिलेसम्म राजीनामा दिएका थिएनन् । annapurnapost.com
काठमाडौं–भद्र सहमति अनुसार नयाँ सरकार गठन हुनुपर्ने माग राख्दै आएका काग्रेस महामन्त्री कृष्णप्रसाद सिटौला तनावमा परेका छन् ।
उनलाई प्रमुख तीन दल मिलेर बन्ने ओली नेतृत्वको सरकारमा उप्रपधानमन्त्री तथा गृहमन्त्रीका रुपमा हेरिएको थियो । काग्रेसले पार्टी सभापति सुशील कोइरालालाई पुनः प्रधानमन्त्रीका रुपमा अगाडि सार्ने निर्णय गर्दा पनि महामन्त्री सिटौला काग्रेसले ओलीलाई समर्थन गर्नुपर्ने लविङमा थिए । काँग्रेसका एक केन्दीय सदस्यले भने, ‘सिटौला तनावमा छन् । उनी एमाले नेतृत्वको सरकारमा काग्रेस सहभागी बन्नुपर्ने पक्ष छन ।’ संघीयताको विवादमा झापा, मोरङ, सुनसरीलाई टुक्राउन नहुँने योजनामा सिटौलाले ओलीलाई साथ दिएका थिए । www.ratopati.com
थ्री नट थ्री राइफलसहित एक पक्राउ
तुलसीपुर : शुत्रबार बिहान बसका यात्रु लुटेर भागेकालाई सल्यान प्रहरीले जंगलमै घेरा हालेको छ । घेरा हालेर खोज्ने क्रममा शुक्रबार साँझ र शनिबार बिहानसमेत लुटेरा र प्रहरीबीच गोली हानाहान भएको छ ।

शुक्रबार साँझ प्रहरीले जाजरकोटका सविन रानालाई थ्रीनट थ्री राइफल र एक लाख नगदसहित पक्राउ गरेको थियो ।

अरु लुटेरालाई खोज्ने क्रममा शनिबार बिहान फेरि प्रहरी र लुटेराबीच गोली हानाहान भएको थियो ।

राप्ती अञ्चल प्रहरी कार्यालयका अनुसार पक्राउ परेका रानाबाट सशस्त्र प्रहरीले प्रयोग गर्ने कम्ब्याट, थ्री नट थ्री र त्यसको ६ राउन्ड गोली, मोबाइल तथा २ थान खुकुरी पनि प्रहरीले बरामद गरेको छ ।

शुक्रबार बिहान १ बजेतिर सल्यान सुइकोटमा ३ वटा बसका यात्रु लुटिएका थिए । तीनवटा बसका यात्रुबाट करिब १२ लाख रुपैयाँ लुटिएको प्रहरीले जनाएको छ । घटनास्थलमा प्रहरीको ठूलो संख्याले घेरा हालेर लुटेराहरु खोजिरहेको छ ।

ती बस नेपालगञ्जबाट रुकुम जाँदै थिए । बसमा लुटिनेहरु अधिकांश भारतमा कमाएर दशैं मान्न घर फर्किएकाहरु छन् ।annapurnapost.com
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Aug 24 (6)
  • Aug 23 (1)
  • Aug 19 (1)
  • Aug 18 (19)
  • Aug 17 (17)
  • Aug 16 (24)
  • Jan 24 (18)
  • Jan 23 (27)
  • Jan 22 (32)
  • Jan 21 (35)
  • Jan 20 (35)
  • Jan 19 (34)
  • Jan 18 (40)
  • Jan 17 (45)
  • Jan 16 (27)
  • Jan 15 (29)
  • Jan 14 (35)
  • Jan 13 (40)
  • Jan 12 (32)
  • Jan 11 (39)
  • Jan 10 (31)
  • Jan 09 (23)
  • Jan 08 (31)
  • Jan 07 (30)
  • Jan 06 (39)
  • Jan 05 (34)
  • Jan 04 (39)
  • Jan 03 (43)
  • Jan 02 (47)
  • Jan 01 (31)
  • Dec 31 (34)
  • Dec 30 (36)
  • Dec 29 (43)
  • Dec 28 (33)
  • Dec 27 (27)
  • Dec 26 (38)
  • Dec 25 (33)
  • Dec 24 (38)
  • Dec 23 (44)
  • Dec 22 (39)
  • Dec 21 (37)
  • Dec 20 (40)
  • Dec 19 (31)
  • Dec 18 (47)
  • Dec 17 (30)
  • Dec 16 (16)
  • Dec 15 (42)
  • Dec 14 (30)
  • Dec 13 (32)
  • Dec 12 (35)
  • Dec 11 (42)
  • Dec 10 (26)
  • Dec 09 (31)
  • Dec 08 (15)
  • Dec 07 (37)
  • Dec 06 (30)
  • Dec 05 (34)
  • Dec 04 (32)
  • Dec 03 (33)
  • Dec 02 (36)
  • Dec 01 (37)
  • Nov 30 (48)
  • Nov 29 (28)
  • Nov 28 (35)
  • Nov 27 (35)
  • Nov 26 (47)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (27)
  • Nov 22 (32)
  • Nov 21 (43)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (22)
  • Nov 17 (29)
  • Nov 16 (32)
  • Nov 15 (25)
  • Nov 14 (28)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (42)
  • Nov 09 (22)
  • Nov 08 (40)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (42)
  • Nov 01 (44)
  • Oct 31 (29)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (47)
  • Oct 27 (32)
  • Oct 26 (39)
  • Oct 25 (35)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (22)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (31)
  • Oct 02 (29)
  • Oct 01 (29)
  • Sep 30 (29)
  • Sep 29 (24)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (26)
  • Sep 25 (27)
  • Sep 24 (18)
  • Sep 23 (15)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (26)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (12)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (19)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (22)
  • Sep 07 (22)
  • Sep 06 (26)
  • Sep 05 (18)
  • Sep 04 (23)
  • Sep 03 (24)
  • Sep 02 (25)
  • Sep 01 (24)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (27)
  • Aug 28 (28)
  • Aug 27 (30)
  • Aug 26 (29)
  • Aug 25 (24)
  • Aug 24 (35)
  • Aug 23 (30)
  • Aug 22 (31)
  • Aug 21 (32)
  • Aug 20 (30)
  • Aug 19 (33)
  • Aug 18 (27)
  • Aug 17 (34)
  • Aug 16 (28)
  • Aug 15 (23)
  • Aug 14 (23)
  • Aug 13 (22)
  • Aug 12 (19)
  • Aug 11 (18)
  • Aug 10 (24)
  • Aug 09 (16)
  • Aug 08 (18)
  • Aug 07 (25)
  • Aug 06 (16)
  • Aug 05 (18)
  • Aug 04 (21)
  • Aug 03 (19)
  • Aug 02 (14)
  • Aug 01 (17)
  • Jul 31 (19)
  • Jul 30 (19)
  • Jul 29 (15)
  • Jul 28 (12)
  • Jul 25 (14)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home