• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
शुक्रबार, १० पुष
काठमाडौं । संविधानमा २५ सदस्यीय मन्त्रिपरिषद गठन गर्ने भनिएपनि त्यसलाई चुनौती दिँदै जम्बो मन्त्रिपरिषद बनाएका प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले पूर्णता पाएकोले अब जनताले महसुस गर्नेगरी काम गरिने बताएका छन् ।
शुक्रबार राजधानीमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले जनचाहना अनुरुप सरकारले काम गर्न नसकेको स्वीकार समेत गरे ।
उनले सरकारले पूर्णता पाएकाले अब काम गर्न सजिलो हुने दावी गरे ।
उनले भूकम्प पीडितहरुका लागि तत्कालीन र दीर्घकालीन योजना सहित व्यवस्था मिलाउने र आपुर्ति व्यवस्था केही दिन भित्रै सहज बनाउन सरकार लागिपरेको दाबी समेत गरे ।
प्रधानमन्त्री ओलीले नयाँ संविधान कार्यान्वयनको चरणमा रहेको बताउँदै नेपालको संविधान विश्वकै गतिशील संविधान भएको बताए ।
ओलीले आन्दोलनका नाममा अराजक गतिविधि गर्नेहरुलाई सरकारले कडा कारबाही गर्ने बताउँदै मधेसी मोर्चासँग गम्भीर वार्ता चलिरहेकोले चाँडै सहमति हुने विश्वास व्यक्त गरे ।
nepalsandesh
नयाँ दिल्ली : भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले अनुमतिविना हतियारसहित नेपाल छिर्नु त्रुटीपूर्ण रहेको स्वीकार गरेको छ। एसएसबी महानिर्देशक बी डी शर्माले सीमा सुरक्षा बल नेपाली सीमाभित्र समातिनुलाई दुर्भाग्यपूर्ण भन्दै आफ्नोतर्फबाट गल्ती भएको स्वीकार गरेको नवभारत टाइम्सले लेखेको छ।



गत मंसिर दोस्रो साता हतियारसहित एसएसबीका जवानहरु नेपालभित्र समातिएका थिए। केही घन्टा सशस्त्र प्रहरी नियन्त्रणमा राखिएको उनीहरुलाई पछि सीमा सुरक्षा बलका अधिकारीले फिर्ता लगेका थिए।

सीमा सुरक्षा बलको ५२ औं स्थापना दिवशमा उनले नेपाल सीमामा स्थिति सामान्य रहेको ब्रिफसमेत गरेका छन्। बिहारको रक्सौल बाहेक अधिकांश सीमा क्षेत्रमा स्थिति सामान्य रहेको उनले जानकारी दिए। उनका अनुसार अझै पनि २ हजार सवारी नेपाल जानका लागि सीमामा तैनाथ छन्। पहिले यसरी रहेका गाडीको संख्या ४ हजार ५ सयभन्दा बढी थिए।

'यो एउटा खराब घटना थियो। मेरो हिसाबले पनि घटना गलत थियो। हाम्रोतर्फबाट केही गल्ती भएकै हो। नेपालको सम्प्रुभताको सम्मान गर्दै हामीले घटनाको अनुसन्धान आदेश दिएका छौं। मैले आफ्ना जवानहरुलाई नेपालका सशस्त्र प्रहरीको अनुमति नलिइ कुनै पनि हालतमा अर्कोतिर नजाउन्,' उनले भने।

महानिर्देशक शर्माले १ सय ७ हजार ५१ किलोमिटर लामो सीमामा कहिलेकाही मानवीय त्रुटी हुने स्वीकार गर्दै दुई देशको सीमा अझै पनि प्रस्ट रेखांकन नभएको जनाएका छन्। सीमा क्षेत्रमा हरेक व्यक्तिको सुरक्षा जाँच गर्न असम्भव रहेको बताउँदै उनले नन कम्ब्याटेन्टहरु परिचालन गरिरहेको जानकारीसमेत दिए।sajhapatrika भिडियो हेर्न तलको बाकस थिच्नुहोस
१० पुस, एजेन्सी ।
नाइजेरियाको अवुजा क्षेत्रमा ग्यासले भरिएको ट्यांकर विस्फोट हुँदा १ सय भन्दा बढीको मृत्यु भएको छ ।

क्रिसमस मनाउन भीडभाड जुटेको क्षेत्रमा विस्फोट भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।


क्रिस्चियनहरुको बाहुल्यता रहेको अबुजा क्षेत्रमा उक्त विस्फोट भएको समाचारमा जनाइएको छ ।

विष्फोटपछि उक्त क्षेत्रमा आतंक मच्चिएको छ ।nepaliheadlines
२०७२ पुष १०
काठमाडौं । रिमोट प्रविधिमार्फत पेट्रोल पम्पहरुको ठगीमा वातावरण मन्त्रालयका सहसचिव रामआधार साह, नेपाल आयल निगम थानकोट डिपोका प्रमुख रविन शर्मासहित पम्प सञ्चालक र मिस्त्रीहरु जेल चलान भएका छन् । ठगी मुद्दामा अदालतले बिहीबार उनीहरुलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।
सहसचिव हासलाई ललितपुर अदालतले तथा शर्मालाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । रिमोट प्रविधिबाट पम्पहरुले गर्ने ठगीमा प्रहरीले १९ जनाविरुद्व बुधबार मुद्दा दायर गरेको थियो । वातावरण मन्त्रालयका सहसचिव साह, आयल निगम थानकोट डिपो प्रमुखसहित १९ जनाविरुद्व ठगी र कालोबजारी मुद्दा दर्ता गरिएको छ । नयाँ पत्रिकामा खबर छापिएको छ ।
dainiknepal
रौतहट, १० पुस । चन्द्रपुर नगरपालिका–९ अन्तर्गत पूर्व–पश्चिम राजमार्गको पौराइ चोकमा आज बिहान नेपाल आयल निगमको ट्याङ्करबाट इन्धन झिक्दै गरेको अवस्थामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार ना४ख ६३६ नं को उक्त ट्याङ्करमा पाइप घुसाई तेल झिकिरहेको अवस्थामा पर्सा जिल्ला वीरगन्ज उपमहानगरपालिका–२१ बस्ने २५ वर्षीय टपेश्वर पटेल पक्राउ परेका छन् । ट्याङ्कर चालक भने भाग्न सफल भएको बताइएको छ ।
प्रहरीले घटनास्थलबाट १० लिटरको पेट्रोलसहितको जर्किन र ट्याङ्करसमेत नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको बताएको छ । उक्त ट्याङ्कर विराटनगरबाट काठमाडौँस्थित निगमको थानकोट डिपोका लागि इन्धन बोकी आएको प्रहरीले जनाएको छ ।
dainiknepal
विराटनगर: विराटनगर ७ महावीर रोडमा बिहीबार राति आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले अज्ञात वस्तु विष्फोट गराउँदा दुई आदोलनकारी घाइते भएका छन्।

विष्फोट गराइएको बस्तुको अहिलेसम्म पहिचान हुन सकेको छैन। विष्फोटमा परेर विराटनगर ७ का ४३ वर्षीय भगतलाल केसरी र २७ वर्षीय श्याम साह घाइते भएका हुन् । दाहिने खुट्टाको औंलामा चोट लागेका घाइते केसरीको गोल्डेन अस्पताल विराटनगरमा उपचार भइरहेको छ।


साह भने कोसी अञ्चल अस्पताल विराटनगरमा उपचार गराएर घर फर्किएका छन्। प्रहरीले विष्फोट आन्दोलनरत संयुक्त  लोकतान्त्रिक मोर्चाका कार्यकर्ता गराएको जनाएको छ।

मोर्चाले प्रहरीमाथि ढुँगा मुढा गरिरहेका बेला विष्फोट भएको वडा प्रहरी कार्यालय विराटनगरका प्रहरी निरीक्षक किशोर लम्सालले बताए। लम्सालका अनुसार प्रहरीलाई लक्षित गरेर गराइएको विष्फोटमा मोर्चाकै कार्यकर्ता घाइते भएका हुन्।

मोर्चाले विराटनगरमा बिहीबार साँझ मसाल जुलुस निकाल्न खोजेपछि प्रहरीले हस्तक्षेप गरेको थियो। त्यस लगत्तै मोर्चाका कार्यकर्ताले घरका छतछतबाट प्रहरीमाथि ढुँगा मुढा गर्न थालेपछि प्रहरी र आन्दोलनकारीबीच दोहोरो झडप हुँदा महाविर रोड क्षेत्र राति १२ बजे सम्म तनावग्रस्त बनेको थियो।

प्रहरी निरीक्षक लम्सालका अनुसार तनावकाबीचमा मोर्चाले ढुँगामुढा प्रहार र प्रहरीले त्यसको डिफेन्स गरिरहेका बेला आन्दोलनकारीको भीडबाट विष्फोटको आवाज आएको थियो। प्रहरीले आन्दोलनकारीले विष्फोटका लागि तयार पारेर राखेको बम विष्फोट भएको हुन सक्ने आशंका गरेपनि त्यसको पुष्टि गर्न सकेको छैन।

विष्फोट भएको बस्तुको पहिचान हुन नसक्दा कस्तो खालको विष्फोट हो भनेर ठिम्याउन नसकिएको प्रहरीले जनाएको छ। कहाँबाट, कसरी र कुन बस्तु विष्फोट भयो भन्ने कुरा पत्ता नलागेका कारण घटनाको अनुसन्धान थालिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी प्रमोद खरेलले बताए।

उनले आन्दोलनका  नाममा विष्फोट गराइएपछि विराटनगरको सुरक्षा व्यवस्था कडा पारिएको जानकारी दिए। मोर्चाका संयोजक एवं संघिय समाजवादी फोरम नेपालका मोरङ अध्यक्ष राजकुमार यादवले मोर्चाले नभइकन घुसपैठ गर्नेले विष्फोट गराएको दावी गरे।

उनले मोर्चाको शान्तिपूर्ण आन्दोलन गर्ने मोर्चाको कार्यक्रम रहेको बताए। 'हाम्रो आन्दोलनलाई बद्नाम गराउन कसैले विष्फोट गराएको हुन सक्छ,' यादवले भने, 'आन्दोलनमा भइरहेको घुसपैठ रोक्न हामी लागिपरेका छौं।'
annapurnapost
डेलिमेल । बुल्गेरियामा जन्मिएका एक रहस्यमयी बाबा भेङ्गाले मुस्लिम संगठनले युरोपमा हमला गर्नेबारे पहिले नै भविष्यवाणी गरेका थिए । उनले २०१६ मा ठूलो मुश्लिम युद्ध हुने भविष्यवाणीसमेत उनको थियो । जसको सुरुवात २०१६ सुरु हुनैलाग्दा पेरिसबाट भईसकेको छ ।


बाबा भेङ्गाको मृत्यु सन् १९९६ मा ८५ वर्षको उमेरमा भएको थियो । उनी दृष्टिविहिन थिए । उनको ८५ प्रतिशत भविष्यवाणी सत्य सावित हुने विश्वास गरिन्छ । उनले भनेअनुसार अमेरिकामा २००१ मा वर्ल्ड ट्रेड सेन्टरमा आतंकवादी हमला भयो, सन् २००४ मा आएको सुनामी र मुस्लिमहरुको हमलाबारेकाे भविष्यवाणी पनि पूरा भइसकेको छ ।

उनले अरब राष्ट्रबाट २०१० देखि ठूलो मुश्लिम युद्धको सुरुवात हुने भविष्यवाणी गरेका थिए । डेलीमेलकाअनुसार उनले अफ्रिकीमुलका अमेरिकी नागरिक अमेरिकाको राष्ट्रपति बन्ने भविष्यवाणीसमेत गरेका थिए । बाराक ओबामा राष्ट्रपतिमा चुनिएपछि उनको यो भविष्यवाणी पनि मिल्यो ।

बाबा भेङ्गाले यूरोपले सन् २०१६ मा आतंकवादी हमलाको सामना गर्नुपर्ने बताएका थिए । उनले भनेको साल सुरु हुनै लाग्दा पेरिसमा ठूलो आतंकवादी हमला भइसकेको छ । युरोपका अन्य सहरहरु पनि उच्च जोखिममा छन् ।

आगमी समयबारे उनले गरेका भविष्यवाणीहरु यस्ता छन्:

उनको भविष्यावाणी अनुसार सन २०३३ मा पृथ्वीको हिमाली क्षेत्र पग्लिएर जानेछ । वैज्ञानिकलेसमेत यो तथ्यलाई इन्कार गरेका छैनन् । यदि यस्तो हुने हो भने सगरमाथा पनि नरहन सक्छ । जसले नेपालीको एउटा गर्व गर्न लायक पहिचान खोसिन सक्ने खतरा छ ।

सन् २०४३ मा यूरोपमा इस्लामिक सत्ताले हमला गर्नेछ, यसको केन्द्र इटालीको रोम हुनेछ । २०४६ मा हरेक व्यक्ति अंग निर्माणमा लाग्ने छन् । सन् २०६६ मा एक मस्जिदमा ठूलो हमला हुनेछ । त्यसपछि अमेरीकाले अभूतपूर्व हतियार प्रयोग गर्नेछ, जसका कारण पृथ्वीको तापमानमा निकै ठूलो गिरावट आउनेछ ।

सन् २१०० मा यस्तो कृतिम सूर्य बन्नेछ, जसले धर्तिको अध्याँरो हिँस्सामा प्रकाश दिन प्रयास गर्नेछ । सन् २१११ मा मानिस र रोबोर्ट मिल्ने छन्, जसलाई साइबोर्स भनिने छ । सन् २१५४ मा जीवहरु मिकरुपमा विकास हुँदै आधा मानिस बन्नेछन् ।


सन् २१७० मा पृथ्वी भिषण सुख्खा हुनेछ । सन् २१९५ मा एलिन्स र मानिस मिलेर पानीको गहिराईभित्र सहर बसाउने छन् । सन् २२०१ मा सूर्यको न्युक्लीयर क्रियामा ठूलो बदलाब आउनेछ । सूर्य फिक्का हुनेछ, तापमानमा धेरै गिरावट आउनेछ ।

सन् २२८८ मा समयको यात्रा संभव हुनेछ, मानिसहरुले दोस्रो ग्रहसँग सम्बन्ध बनाउनेछन् । सन् २४८० मा दुई कृत्रिम सूर्य एकआपसमा टकराउने छन् । धर्ति अध्याँरोमा डुब्नेछ । सन् ३००५ मा मंगलग्रहमासमेत युद्ध हुनेछ ।sajhapatrika भिडियो हेर्न तलको बाकस थिच्नुहोस
शुक्रबार, १० पुष
चितवन । पश्चिम चितवनको पटिहानीमा बसको ढोकाबाट खसेर गाडी साहुकै मृत्यु भएको छ ।
गएराति माडीबाट नारायणगढ आउँदै गरेको ना५ख १०८७ नंको बसको ढोकाबाट खसेर सोही गाडीका सामु भरतपुर– १२ का ४५ वर्षीय विष्णुप्रसाद सापकोटाको मृत्यु भएको जिप्रका चितवनले जानकारी दिएको छ ।
प्रहरीका अनुसार गएराति भएको उक्त दुर्घटनामा गम्भीर भएका सापकोटाको उपचारका क्रममा भरतपुर मेडिकल कलेजमा मृत्युभएको हो ।
उनको शव अहिले भरतपुर अस्पतालमा राखिएको छ । गाडीका चालक र सहचालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । पछिल्लो समयमा इन्धन अभावका कारण सवारी कम चलेपछि बसको ढोका र छतमा बसेर यात्रा गर्ने क्रम बढेको छ
nepalsandesh
staged Madhesi parties have been attacked by Indians again staging a protest over miteri Bridge on Wednesday

Birgunj, Dec. 10 raksaula forced into transit workers staged Madhesi parties have been attacked by Indians again staging a protest over miteri Bridge on Wednesday night attacked the Indian smugglers and subsystems bhariyaharule.
Wednesday night, about eight o'clock a patrol in bunches from fatty acids and Indian smugglers tried to beat his bhariyaharule dharnarata protest was a clash between the two sides.
Wednesday night remained tense due to clashes crouching bridge. Traffickers often forced to smuggle goods Raxaul India Naka erecting bamboo blocks are laid warrant removing the goods andolanakariharule congenial had defended.
The kehiberamai Unlike the ahirava hordes from one group of smugglers and bhariyahale lathaththi bhatasahita staging the venue of the clash andolanakariharu try akramanko above Nepal Goodwill Party Secretary krna Patel said the clash.
Traffickers Raxaul carts, rickshaw pullers and other goods brought into fabric company of agitators tried to prevent the traffickers from forging Patel said lathathi Protestors carry reflux
"Wednesday night, staging 15 (20 relatively small sitting thiyamai ', staging ramanagarika old Vikram Shah telile Parsa said," belonged to the Indian traffickers Birgunj put Raxaul suddenly finding we did not vandalized by erecting bamboo, and they tried to beat us one group.
Protestors tried traffickers mill FM radio broadcasting, having heard the news of Birgunj on Wednesday night when the donation Madhesi Morcha activists forced into traffickers escaped Baton mansurale Bara said Tahir.
Bridge on Wednesday night, crouching unseen though trafficker claimed agitators large-scale smuggling goods nakabatai rickshaws, carts and put the traffickers were successful in the wheelbarrow with Birgunj.
14 carts, 10 and 10 rickshaw pullers and other goods through customs, Birgunj Textiles traffickers lovely venue, the agitators said seated.
Wednesday night, the local leader of any political parties on miteripulako staging were sitting. Bara and Parsa district were staging only divested from rural plummet.
Traffickers attempted to attack the news andolanakarimathi FM radio continued broadcasting even though some party leaders on Wednesday night had not staging a protest in Birgunj, Bara Bhima complained Chauhan.
"Pramod guptamatrai Kalaiya of Bara came purvasabhasad, but none of zonal leader came in," he said, "just to give everyone janya FM antaravarta and talk, but workers deprived kutimda. '
Andolanakariharu repeatedly forced into staging smugglers and Indians who have been facing attacks. Last November 16 and 17 on the morning of Monday night smugglers and Indians who have been staging protests, were attacked.
November 16 unidentified Indian and five protesters were injured akramanbata smugglers. On the morning of November 17, four people were injured in the Madhesi parties.
On the morning of November 16 Indians pitched tents sit-place andolanakariharule efforts of the fire were sprinkling petrol.
November 16 unidentified Indians staged a place andolanakariharule tenta pitched down and subdue protestors venue Birgunj an Indian empty truck Unlike the lovely side adakiera were sitting.
Birgunj on the Indian youths have been killed by police after an angry movement Indians on November 17 cadres are also staging a Madhesi parties had beaten manhandled.
Nepal Goodwill Party central committee member Shivnarine Patel Indian nationals but also staged a scene of the attack said traffickers often pakata.
"Due to sanctions by smuggling napaekaharule the andolanakarimathi are attacked ', forced into early Wednesday morning found Patel said,' smuggler Nepal are giving police protection. '
Shrestha, District Police rajubabu andolanakariharu residing there some statute, it would not sit sentry.
"It is our duty to protect protestors," he said, "but they are living in No Man's Land, where we can do nothing. 'Annapurnale be helpful.
If someone gave Nepal, Nepal Police take action to increase the complaints beaten ready Shrestha said Superintendent of Police.
Constitution and demarcation against the agitating Madhesi parties since July 30 Birgunj-Raxaul wheelers often forced to sit on October 7, who were impressed by NACA are भिडियो हेर्न तलको बाकस थिच्नुहोस
अमरेन्द्र कुमार यादव, धनुषा १० पुस । पूर्वप्रधानमन्त्री डा.बाबुराम भटराईको नयाँ शक्ति अभियान पनि मधेश आन्दोलनमा होमिन थालेका छन् । बिहीबार धनुषाको महेन्द्रनगरबाट नयाँ शक्तिको नेतृत्वमा मोटरसाईकल र्याली निकालिएको छ । मधेशमा जारी आन्दोलनलाई थप मजवुत वनाउन नयाँ शक्तिले मोटरसाईकल र्याली प्रदर्शन गरेको छ । मधेश आन्दोलनको माग पुरा गर्न दवाव स्वरुप मोटरसाईकल र्याली प्रदर्शन गरेको नेताहरुले बताए ।

धनुषाको क्षीरेश्वरनाथ नगरपालिका अन्तर्गत महेन्द्रनगरको हनुमान चोकबाट पाँच सयभन्दा बढीसंख्यामा शुरु भएको मोटरसाईकल र्याली महेन्द्रनगर बजारको परिक्रमा गर्दै मिथिला नगरपालिका, गणेशमान चारनाथ नगरपालिका र धनुषाधाम नगरपालिका हँदै जनकपुर लगायतको स्थानमा प्रदर्शन गरेका छन् ।

उक्त र्याली जनकपुरको जनकप चोकमा पुगेर कोणसभा गरेको थियो । कोणसभाको संबोधन गर्दै नयाँ शक्तिका अभियन्ता बिजय कुमार यादवले भने “देखु नै करु” , “सुनु नै करु” , “बुझु नै करु” , अर्थात अवको दिनमा हामीले नयाँ शिक्तको अभियान हेर्न सुन्न बुझनको लागि होईन गर्नको लागि नयाँ शक्तिको आवश्यकता रहेको बताए ।

त्यस्तै क्षीरेश्वरनाथ व्यापार संध महेन्द्रनगरका अध्यक्ष राम जी सिंह उक्त कोणसभामा बोल्दै भने ‘पहिले त सहर केन्द्रित अर्थात जनकपुर केन्द्रित आन्दोलन थियो तर अव गाँउ केन्द्रित आन्दोलन पुग्यो । अब हामीलाई के बुझ्नु पर्छ भने सहर चुप रहेपनि गाँउ चुप लाग्दैन ।’

त्यसैबीच नयाँ शक्तिका महिला अभियन्ता शुधा सिंहले भने ‘पहिले मोर्चाको आन्दोलन थियो अव मधेशको जनआन्दोलन भयो, यस आन्दोलनमा पुरुष मात्रै होईन महलिाले पनि लड्नु पर्छ किनभने जारी संविधानमा सबैभन्दा शोषित महिला देखिएको छ, त्यस्तै अव म सुधा सिंहलाई हैन सबै मधेशी, जनजाती, आदिवासी, दलित, मुस्लिम महिलाहरुलाई आफ्नो हकको लागि लड्नुपर्छ ।

सोही कोणसभामा प्रगतिशिल समाज महेन्द्रनगरका संयोजक संजय पटेलले भने ‘हामी मधेशी युवा राजनितिक दललाई एक ठाउँमा उभियाउछौ भने अभियानमा म संजय पटेलले प्रतिबद्धता व्यक्त गर्दछु ।’

साथै संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका धनुषा संयोजक शेष नारायण यादवले नयाँ शक्तिका अध्यक्षतामा निकालिएको मोटरसाइृकल व्र्यालीलाई स्वागत गर्दै, उहाँले क्षीरेश्वनाथ नगरपालिकाले गरेको आन्दोलनलाई जहिले पनि नयाँ स्वरुप नयाँ आयाम नयाँ तरिकाबाट आन्दोलन गर्ने गरेको कुरा महेन्द्रनगरबासीबाट मोर्चालाई पनि सिक्नु पर्ने आवश्यकता रेहेका र यस्तै अभियान मोर्चालाई पनि गर्नुपर्ने आवश्यकता रहेको बताए ।hulakinews भिडियो हेर्न तलको बाकस थिच्नुहोस
KATHMANDU: The agitating armed extremist organization, demanding a separate slamika slamika State (aiisa) from the capital Delhi and Kanpur railway station within 72 hours and threatened to destroy the brutal chaos has been.


These two different cities, showing a lovelier place is also threatened by attacks.

World's most powerful terrorist organization Islamic Threat seen as a high priority with the Indian media wrote newspaper.

Is Delhi NCR threats to the security forces, including the railway by the RPF Post, if security alert has been very hard.

Aiesale giving Christmas observance has repeatedly threatened to be attacked places. Sorry for the holiday season by choosing the said action after the railway authorities in .dilimaias IS continuing threats directed to the RPF, railway stations have a strong chests. Arapiephale railway station has started strong chests.

IS threats Kanpur and Delhi have left the locals train cadna.
asianepalnews भिडियो हेर्न तलको बाकस थिच्नुहोस
काठमाडौं, पुस १० । धनुषाका घरघरमा अहिले ‘सिलिन्डर बम’ भित्रिन थालेको छ । लगातार चार महिनादेखिको बन्द हड्ताल र नाकाबन्दीका कारण खाना पकाउने ग्यासको चरम अभाव भएको छ ।

तर धनुषाका गाउँसहरमा भारतीय सीमा बजारबाट तस्करहरुले घरघरमा ग्यास सिलिन्डर पुर्‍याउने गरेका छन् ।

तस्करहरुले तरकारी बेचेजस्तै घरघरमा पुगेर ‘ग्यास लिने’ भनी सोध्ने गर्छन र आफूसँग भएको भरिएको सिलिन्डरबाट खाली सिलिन्डर साट्ने गरेका छन् ।

सामान्यभन्दा दोब्बर, तेब्बर मोलमा पाउने यी सिलिन्डरहरु असुरक्षित हुने भएकाले एक प्रकारको बमजस्तै भएको ग्यास व्यवसायीहरुको भनाई रहेको छ ।

दुई दिन पहिल मात्रै धनुषामा सिल नलगाइएका ग्यास सिलिन्डर गाडीमा राखेर ओसारप्रसार गर्नेक्रममा ट्रकले पिकअप भ्यानमा ठक्कर दिँदा आगो बलेको र चालकको जलेर मृत्यु भएको थिया ।

सिल नगरिएका सिलिन्डर राख्न र ओसारप्रसार गर्न दुवैका लागि असुरक्षित रहेको व्यवसायीको भनाई छ । अन्नपूर्ण पोस्टमा खबर छ ।

शुक्रबार, १० पुष
काठमाडौं । इराक र सिरियामा अखडा जमाएर विश्वभर आतंक मच्चाइरहेको इस्लामिक अतिवादी संगठन आइएसका कारण अब सिरियनहरुले अन–अराइभल भिसा नपाउने भएका छन् ।
इराकीलाई पहिले देखि नै यो भिसा दिइदैन थियो । सरकारले सिरियनलाई दिंदै आएको अन–अराइभल (अध्यागमनमा उपलब्ध गराइने) भिसा समेत स्थगन गर्ने निर्णय गरेको हो ।
अब उनीहरुले सम्बन्धित दूतावासमार्फत् भ्रमणको स्पष्ट कारण र यहाँ जिम्मा लिने व्यक्ति देखाएमात्रै सम्बन्धित दूतवासबाट भिसा पाउनेछन् ।
आइएसका लडाकुहरुले सहज प्रवेश पाउने मुलुकहरु खोजिरहेको भन्दै शक्तिसम्पन्न मुलुकहरुले यस्तो भिसा नदिन नेपाललाई आग्रह गर्दै आएका थिए ।
आन्तरिक सुरक्षा सञ्जाल कमजोर भएको सुरक्षित स्थान आइएसले खोजिरहेको भन्दै सचेत हुनुपर्ने अवस्था आएको एक अधिकारीले बताए ।
nepalsandesh
शुक्रबार, १० पुष
सिरहा । विवाहको सम्पुर्ण पुजा सकेर बेहुली अन्माउने समयमा बेहुला बिवाह मृत्यु भएको छ।
सिरहाको चन्द्रअयोध्यापुर गाविस वडा नम्बर १ चोहर्वा गाउँमा विवाह समाप्त भए लगत्तै बिहिबार यस्तो घटना भएको हो ।
सिरहा नगरपालिका–२ का पल्टु यादवका छोरा कमलेश यादवको विवाह चन्द्रअयोध्यापुर–१ का देवलाल यादवकी छोरी अनीता कुमारी यादवसँग सम्पन्न भई बेहुली अन्माउने बेलामा यस्तो घटना भएको प्रहरीले जनाएको छ ।
बेहुलाको मृत्युपछि बेहुली र बेहुलाकोे घर–परिवारमा पनि रुवावासी भएको छ ।एक्कासी बेहुलाको मृत्यु भएपछि घटनास्थल पुगेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी टोलीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।
बेहुलाको मृत्यु भएको खबर थाहा पाउदा बित्तिकै बेहुली बेसोश भएपछि उनलाई उपचारको लागि अस्पताल लगिएको छ।
nepalsandesh
काठमाडौं, पुस १० । सत्तासाझेदार एमाओवादीले मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्रीको निर्णयको विरोध गरेको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास लाजिम्पाटमा बिहीबार बसेको बैठकले बरु आवश्यक परे मन्त्रालय घटाउन तयार हुनुपर्ने तर, विस्तार कुनै हालतमा गर्न नहुने निर्णय गरेको हो ।

स्थायी समितिले प्रधानमन्त्रीय प्रणालीका नाममा ओलीले मनपरी गर्दै गए मन्त्रिपरिषद्बाट फिर्ता हुन मन्त्रीहरुलाई निर्देशनसमेत दिएको छ ।

‘हाम्रो पार्टीको इमेजको कुरा पनि हुन्छ यस्तोमा आवाज दबाएर बस्ने होइन’ प्रचण्डको भनाई उद्यृत गर्दै बैठक स्रोतले भन्यो, ‘राम्रो डेलिभरी दिन नाकाबन्दी लगायत विभिन्न कारणले सकिएको छैन ।

यस्तो बेला झन् अप्रिय निर्णयहरु प्रधानमन्त्रीबाट हुन थाल्ने हो भने हाम्रा साथीहरु त्यहाँ कुर्सीको अवधि लम्ब्याएर बसिरहनुको कुनै अर्थ छैन ।’ आजको कान्तिपुर दैनिकमा खबर छ ।

etajakhabar
काठमाडौं- वैकल्पिक नयाँ राजनीतिक शक्ति निर्माण गर्ने भन्दै एमाओवादी परित्याग गरेका डा. बाबुराम भट्टराई पछिल्लो दिनमा निराश बन्न थालेका छन् । नयाँ शक्तिको पक्षमा देशव्यापी माहोल आउने भन्दै सार्वजनिक मन्तव्य दिंदै हिंडेका उनलाई फेसबुक जस्ता सामाजिक सञ्जालमा समेत ताली भन्दा गाली बढ्ता आएको, जनताले नयाँ शक्तिलाई आत्मसात् नगरेको जस्ता कारणले उनी निराश भएका छन् ।
नयाँ शक्तिको नारा, लोगो, झण्डाको विज्ञापन गरेका डा. भट्टराईलाई कुनै पनि नेपाली नागरिकले सुझाव नदिएपछि अब कसरी अगाडि बढ्ने कुराको छेउ–टुप्पो समेत उनले पाउन सकेका छैनन् । नयाँ शक्ति नयाँ बोत्तलमा पुरानै रक्सी भएको भन्दै नागरिकले समेत नटेरेको, एमाओवादीभित्रका आफ्ना गुटका सदस्य मात्रै सहभागी भएको भन्दै धेरैले अटेर गरेको सानेपा स्रोतले जनाएको छ । नयाँ शक्तिको पक्षमा कुनै पनि माहोल नआएपछि डा. भट्टराईले पछिल्ला दिनमा भारतलाई समेत गाली गर्न थालेका छन् । मधेशी आन्दोलन र भारतको नाकाबन्दी फरक विषय रहेको भन्दै उनले भारतलाई गाली गरेका हुन् । भारतलाई गाली गरेरै भए पनि नयाँ शक्ति विस्तार गर्ने योजनामा उनी छन् । पछिल्लो दिनमा मकवानपुर, पोखरालगायतका स्थानमा गरिएका सार्वजनिक कार्यक्रममा उनले भारतलाई गाली गरेका थिए । फेसबुकमा लोगो र नाराका लागि विज्ञापन गर्दा कुनै पनि प्रत्युत्तर नआएपछि उनी नागरिक समाजका अगुवा भनिने र आफूलाई बुद्धिजीवी बताउनेहरूको मोर्चा बनाएर जाने निष्कर्षमा पुगेका छन् । आफूलाई साथ दिन्छु भनेर लागेका समेत एमाओवादीमा फर्केका छन् । एकाध जिल्लामा बाहेक अन्यत्र कोही पनि नेता तथा कार्यकर्ता समेत उनको पक्षमा खुलेका छैनन् । पछिल्ला दिनमा विवेकशील नेपाली नामक गैरसरकारी संस्था चलाएकाहरू समेत नयाँ शक्तिमा समाहित भएको भनेर डा. भट्टराईले सामाजिक सञ्जालमार्फत डंका पिटाए । तर सो समूहका सदस्यहरूले भने आफूहरू नयाँ शक्तिमा जानै नसक्ने र त्यस्तो सम्भावना नभएको सार्वजनिक गरेका छन् । यसबाट उनी थप हच्किएका छन् । फेसबुकमा पनि गाली मात्रै पाउने, आउँछु भनेका समेत नआउने भएपछि सानेपामा सन्नाटा छाएको बताइन्छ । यस्तै नयाँ शक्तिका संगठन विभाग प्रमुख भनिएका देवेन्द्र पौडेलले विभिन्न व्यापारिक तथा उद्योगीलाई फोन गरेर चन्दा दिन भनेका छन् । भोलि त हामी नै हौं नि सत्तामा आउने भन्दै पौडेलले धम्की दिने गरेको नेपाल उद्योग वाणिज्य महासंघका एक पदाधिकारीले बताए । आजको जनआह्वान साप्ताहिकमा खबर छापिएको छ ।ratopati
मस्को, पुस १० । भारत र रुसबीच १६ बुँदे सम्झौता भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको रुस भ्रमणका क्रममा दुई देशबीच विभिन्न विषयमा सम्झौता भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।
भारतीय प्रधानमन्त्री मोदी र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले संयुक्त वक्तव्य जारी गरेर सम्झौताको जानकारी दिएका हुन् । दुई देशबीच भारतमा कामोव २२६ हेलिकोप्टर बनाउने विषयमा सहमति भएको भारतीय प्रधानमन्त्री मोदीले वक्तव्यमा उल्लेख गरेका छन् ।
यस्तै परमाणु उर्जामा दुई देशबीच आपसी सहयोग बढाउने सहमति भएको मोदीको भनाई छ । सम्झौताअनुसार अब भारतका दुई स्थानमा रुसले १२ वटा परमाणु रियाक्टर बनाउने छ ।
आगामी २० वर्षभित्रमा ६ वटा परमाणु रियाक्टर बनाइसक्ने रुसी राष्ट्रपति पुटिनले बताएका छन् । भारत र रुसबीच दुई देशका नागरिक तथा कुटनीतिक राहदानी लिएकालाई आवतजावतमा केही सहज बनाउने, हेलिकोप्टर इन्जिनियरिङ क्षेत्रमा सहयोग गर्ने, रेलवे क्षेत्रमा प्राविधिक सहयोग बढाउने, भारतमा सौर्य उर्जा तथा ब्रोडकास्टिङ क्षेत्रमा सहयोग गर्नेलगायतका विषयमा सम्झौता भएको छ ।
भारतीय प्रधानमन्त्री मोदी दुई दिने भ्रमणका लागि बुधबार रुस गएका थिए । (एजेन्सी)
imagekhabar
शुक्रबार, १० पुष
काठमाडौ । क्रिष्चियन धर्मालम्बीहरुको सबैभन्दा ठूलो चाड क्रिसमस डे  आज विश्वभर मनाईंदैछ ।
क्रिष्चियन धर्मका प्रर्वतक जिसस क्राइष्टको जन्मदिनको अवसर पारेर हरेक वर्षको डिसेम्बर २५ तारिखमा यो पर्व मनाउने गरिएको छ ।
क्रिष्चियन धर्ममा प्रभु यशुख्रिष्टले दुःखमा परेको आफ्ना भक्तजनहरुलाई उद्दार गर्ने गर्छन् भन्ने मान्यताका साथ क्रिसमस मनाउने प्रचलन रहेको छ ।
नेपालमा पनि पछिल्लो सयमा क्रिष्चियन धर्म अंगाल्नेहरु बढ्न थालेका छन् । यो पर्व मनाउन सरकारले विसं २०६४ पछि डिसेम्बर २५ का दिन सार्वजनिक बिदा दिन थालेको थियो । यो पर्व पनि नेपालीहरु धुमधामका साथ मनाउने गरेका छन ।
क्रिसमस दिवस मनाउन काठमाडौ लगायत दनेशमा बिभिन्न भागमा रहेको चर्चहरुमा क्रिष्चियन धर्मालम्बीहरुको भीड लागेको छ ।
इसाई धर्मावलम्बीले येशुको कन्या (मारियम) को कोखबाट जन्म भएको र मारियमको विवाह युसुफसँग हुन लागेको समयमा स्वर्गदूतले मानव समुदायको कल्याणका लागि संसारमा येशुले जन्म लिन लागेको भविष्यवाणी गरेको विश्वास गर्छन् ।
येशुले अन्याय, अत्याचार तथा विभेदबाट मानिसलाई मुक्ति दिलाउन आफैं क्रसमा चढेको मान्यता रहि आएको छ । विशेषगरी दुःखी, गरिब, असहाय र उत्पीडित वर्गलाई सामाजिक रूपमा सशक्त बनाउन मानव समुदायलाई शिक्षा तथा सन्देश दिनुभएका येशुको जीवनको त्याग सम्पूर्ण मानिसका लागि प्रेरणा बन्न सक्ने इसाई धर्ममा उल्लेख गरिएको छ।
इसाई धर्मावलम्बीको प्रत्येक वर्ष डिसेम्बर २५ मा शुद्ध हृदयदेखि नै येशुको प्रशंसा तथा प्रार्थना गर्ने गरेका छन ।
nepalsandesh
शुक्रबार, १० पुष
काठमाडौ । चिनियाँ उपराष्ट्रपति ली युआन छाले नेपालमा इन्धन ढुवानी गर्दा देखिएका समस्या समाधान गरेर दीर्घकालीन रूपमा इन्धन पठाउन सकिने बताएका छन् ।
६ दिने चीन भ्रमण रहेका उपप्रधानमन्त्री कमल थापासँग ग्रेट हल अफ पिपुलमा भएको भेटमा उनले तत्कालका लागि भन्दा पनि दीर्घकालमा पूर्वाधार बनाएर ढुवानी गर्न सकिने बताएका हुन् ।
चीनको विदेश मन्त्रालयका प्रवक्ता होङ लईले उपप्रधानमन्त्री थापाको भ्रमणमा नेपाल र चीनबीच आगामी वर्षको द्विपक्षीय योजनाको विषयमा छलफल हुने बताएका छन् ।
बिहीबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा उनले नेपाल र चीनबीच आपसी हितको विषय, व्यावहारिक सहकार्यका विषयमा भ्रमण केन्द्रित हुने जानकारी दिए ।
उनले नेपालसँग बृहत्तर सहकार्यमार्फत दीर्घकालीन मित्रता कायम राख्न चाहेकोसमेत बताए । आजको नयाँ पत्रिकामा समाचार छ ।
nepalsandesh
१० पुस, काठमाडौं ।

एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रमुख स्वकीय सचिव रहेका चुडामणि खड्कालाई हटाएका छन् । मङ्गलबार सम्पन्न केन्द्रीय समितिको बैठकले खड्कालाई हटाउने निर्णय गरेको हो ।
भूगोलमा काम गर्ने भन्दै खड्काले प्रमुख स्वकीय सचिवबाट हटेका छन् । उनको स्थानमा रोल्पाका जोखबहादुर महरालाई ल्याइएको छ । शान्ति प्रक्रिया शुरु हुने वित्तिकै महरा अध्यक्ष प्रचण्डका स्वकीय सचिव थिए । तर उनको भूमिका प्रभावकारी नभएको भन्दै त्यतिवेलै चर्को आलोचना भएको थियो । पहिलो गेयरमा मात्रै चल्न जानेका महराले अध्यक्ष प्रचण्डको गतिलाई पछ्याउन सक्दैनन् ।

उकालोमा पाँच गियर र ओरालोमा पहिलो गेयर मात्रै चलाउने खड्काले फोन नउठाउने गरेको आरोप लाग्ने गरेको थियो । सचिवालयमा बसेर राम्रो पनि गर्न नसकेको भन्दै खड्काको आलोचना भएको थियो । मान्छेहरूले डा. बाबुराम भट्टराई जे जस्तो भने पनि उनको सचिवालय सूचना प्रवाहमा भने चुस्त, दुरुस्त भएको बताउने गरेका छन् ।

तर लाजिम्पाटले कहिल्यै पनि सूचना तथा समन्वयलाई व्यवस्थित गरेन । खड्काको ठाउँमा आएका महराको चालढाल बुझेका एक एमाओवादी कार्यकर्ताले पेरिसडाँडामा भने लौ अब हेडक्वाटर पहिलो गियरमा चल्न थालेपछि के होला ? दुई वटै हातमा आइफोन बोके पनि खड्काले फोन नउठाएको पेरिसडाँडामा चर्चा छ ।

तर नयाँ आएका महराको कार्यशैली पनि खड्काको भन्दा फरक नरहेको भन्दै धेरैले निर्णय नहुँदै दुःखेसो व्यक्त गरेका छन् । लाजिम्पाटलाई गतिलो र बलियो सहयोगीको जरुरत छ । तर यो कुरा प्रचण्डले कहिल्यै विचार गरेनन् । न त त्यसतर्फ नै ध्यान दिए । आजको जनआह्वान साप्ताहिकमा खबर छापिएको छ ।nepaliheadlines
हेल्लो शुभ बिहानी सबैलाई आज वि.सं. २०७२ साल पुस १० गते। शुक्रबार। इश्वी सन् २०१५ डिसेम्बर २५ तारिख। नेपाल संवत् ११३६ थिंलाथ्व। मार्गशीर्ष शुक्लपक्ष। तिथि– पूर्णिमा, १६:४५ बजेउप्रान्त प्रतिपदा हेर्नुहोस आजको राशिफल ।
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
Ariesनयाँ काम सुरु हुनाले धनलाभ हुनेछ। साथीभाइले पनि सहयोग जुटाउनेछन्। रचनात्मक काममा जुट्ने समय छ। तर, आफ्नै त्रुटिले केही अवसर फुत्कने सम्भावना देखिन्छ। आवश्यकता भन्दा बाध्यताका विषयमा खर्च हुनेछ। कृषिक्षेत्रमा अलि बढी परिश्रम र लगानी गर्नुपर्ला। काममा बाधा पुर्याउनेहरू सक्रिय हुनेछन्। परिस्थितिले सोचेभन्दा फरक मोड लिन सक्छ।
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
Taurusविभिन्न अवसरले तपाईंलाई पछ्याउनेछन्। बोलीको प्रभाव पनि बढ्नेछ। ठीक समयमा सही निर्णय लिन सकिनेछ। कार्यसम्पादन गर्ने क्षमता बढ्नेछ। तापनि, केही अवसर फुत्कने सम्भावना देखिन्छ, सचेत रहनुहोला। दीर्घकालीन रूपमा फाइदा हुने काममा हात हाल्ने समय छ। तार्किक क्षमता बढ्नेछ। विशेष सभा–समारोहमा भाग लिने मौका छ। मानसम्मान पाइनेछ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
Geminiप्रतिष्ठित काम गर्ने मौका छ। आत्म–विश्वास बढ्नेछ। विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ। पारिवारिक जमघटमा मन रमाउनेछ। मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइने योग छ। स्वादिष्ट भोजनको आनन्द समेत पाइएला। कामबाट फुर्सद मिल्नेछ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
Cancerखर्च लागे पनि दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ । चुनौतीहरू पन्छाउँदै रोकिएका काम बनाउन सकिनेछ। धैर्यले काम लिने समय छ। छर–छिमेकमा केही असमझदारी बढ्ने योग देखिए पनि प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ। प्रयत्न गर्दा टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ । वैदेशिक क्षेत्रबाट लाभ उठाउने मौका छ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
Leoश्रमको मूल्यांकन भए पनि प्रतिफल तत्कालै नपाइएला। भएको आम्दानी र सञ्चित रकम समेत खर्च हुन सक्छ। आम्दानी सामान्य भए पनि ठूलो खाँचो टर्नेछ। उठ्नुपर्ने रकम हातलागी भए पनि तत्काल खर्चनुपर्ला। कृषि, पशुपालनमा आदिमा सामान्य फाइदा हुनेछ। धेरै लगानीपछि कम प्रतिफल पाइने र अरूको भरण–पोषणमा खर्च हुने सम्भावना छ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
Virgoउत्साहमा अलि कमी आउला। अरूको विश्वास जिते पनि आफन्तबाट धोका हुन सक्छ। प्रतिष्ठित काम गर्ने अवसर पाप्त हुनेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक कामको दायित्व बढ्नेछ। काममा मातापिताको सहयोग प्राप्त होला। तर, काममा अनावश्यक दबाबको सिकार भइनेछ, सचेत रहनुहोला।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
Libraसामाजिक उत्तरदायित्व वहन गर्ने समय छ। रोकिएका काम समेत सम्पादन हुनेछन्। नयाँ काम र जिम्मेवारी हात पार्न सफल भइनेछ। धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ। मंगलमय कृत्य सम्पादन गर्ने वा तीर्थाटनको योग छ। धेरैले तपाईंका कामको तारिफ गर्नेछन्। कीर्तिमानी काम गर्ने अवसर प्राप्त हुनेछ। प्रतिष्ठा कमाउने बेला छ।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
Scorpioसानातिना समस्याले अप्ठ्यारो परिस्थिति सिर्जना हुने देखिन्छ। स्वास्थ्यमा पनि अलि कमजोरी अनुभूति हुन सक्छ। काममा केही चुनौती देखिए पनि प्रयत्न गर्दा सकारात्मक संकेत प्राप्त हुनेछ। सहयोगीहरूले अप्ठ्यारो समयमा साथ दिनाले चुनौतीहरूलाई पार लगाउन सकिनेछ। गोप्य रहस्य पत्ता लाग्नेछन् भने नसोचेको धन लाभ हुन सक्छ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
Sagittariusसुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् भने परिवारजनको साथले नयाँ आशा पलाउनेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। विभिन्न सहयोग र उपहार पाइनेछ। आयआर्जन पनि राम्रै हुनेछ। अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ। रमाइलो यात्रा गर्ने अवसर जुट्नेछ। कामको चापबाट पनि फुर्सद पाइनेछ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
Capricornचुनौती चिर्दै काम बनाउन सकिनेछ। प्रतिस्पर्धामा पनि विजयी भइनेछ। रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन्। व्यापारलगायत आर्थिक लाभ हुने काममा धेरै समय बित्नेछ। ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन्। आफ्ना योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
Aquariusदिन उत्साहपूर्ण रहला। प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन्। सुखद समाचार सुन्न पाइनेछ। स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ। व्यापारमा भने कम मात्र फाइदा होला। पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ। पढाइलेखाइमा प्रगति हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
Piscesनयाँ काममा हात हाल्ने समय छ। स्थायी सम्पत्ति जोड्ने अवसर प्राप्त हुनेछ। परिवारजन तथा बन्धु–बान्धवबीच आत्मीय भाव बढ्नेछ। भूमि तथा मातृधनबाट लाभ लिने समय छ। बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्न मौका छ। महत्वाकांक्षी योजना फलीभूत होलान्। काममा मातापिताको सहयोग प्राप्त होला। कृषि–चौपायाबाट लाभ मिल्नेछ।

डोल्पा, ९ पुस । युवा संघका अध्यक्ष राजीव पहारीले राष्ट्रियताका लागि जुनसुकै शक्तिसँग पनि लड्न तयार रहेको बताएका छन् ।

विकट हिमाली जिल्ला डोल्पाको दुनैमा आयोजित एमालेका सात वटा संगठनहरुको सम्मेलनको संयुक्त रुपमा उद्घाटन गर्दै अध्यक्ष पहारीले कुनै हालतमा राष्ट्रलाई विखण्डन गर्न नदिने बताए । उनले भने- ‘हामी समृद्ध नेपाल निर्माण गर्नका लागि जस्तोसुकै बलिदानी दिन तयार छौं । जस्तोसुकै नेतृत्व दिन तयार छौं तर, कुनै हालतमा विखण्डन सहँदैनौ र गर्न प्रयास गर्नेलाई छाड्दैनौं ।’
प्रेस चौतारी नेपाल, युवा संघ नेपाल, अनेरास्ववियु, नेपाल उत्पीडन जातिय मुक्ति समाज, खेलकुद महासंघ लगायत एमालेका जनसंगठनहरुको सम्मेलनमा बोल्दै पहारीले मधेस आन्दोलन राष्ट्र विखण्डनका लागि भइरहेको आरोप लगाउँदै त्यसकाविरुद्ध देशव्यापी जागरण अभियान सञ्चालन गरेको बताए ।
‘हिमाल, पहाड र तराईको एकता मजबुत पार्ने अभियान लिएर म हिमाली जिल्ला डोल्पा आएको हुँ । तपाईहरुको आर्शिवाद, सुभेच्छा लिएर यहाँबाट तराई जाँदैछु । तराईमा साप्रदायिक हिसाबले विभाजन गर्ने तत्वहरुलाई परास्त गरेर मात्र फर्किनेछु,’ उनले भने । हजारौंको संख्यामा कार्यकर्ता तथा स्थानीयबासी सहभागी उक्त सम्मेलनमा पहारीले भने- म मर्न तयार छु, तर राष्ट्रलाई खण्डित हुन दिँदैन् ।

डोल्पा प्राकृतिक सम्पत्तिले धनि जिल्ला भएकाले यहाँको फलफुल र जडिबुटीको बजार व्यस्थापन हुन नसकेको र त्यसका लागि आफूले एमालेको नेतृत्वसँग र सरकारसँग पहल गर्ने प्रतिबद्धता पहारीले जनाए ।
सम्मेलनमा एमाले पार्टी केन्द्रीय सदस्य हंशबहादुर शाही, युवा संघका केन्द्रीय सचिव बचनबहादुर सिंह, डोल्पा एमाले जिल्ला अध्यक्ष दत्तबहादुर सिंह, युवा संघका कर्णाली इन्चार्ज जितेन्द्र महत लगायतले मन्तव्य राखेका थिए ।
सम्मेलन पूर्व एमालेका कार्यकर्ताले बाजागाजासहित दुनै बजार परिक्रमा गरेका थिए । सूमन बुढाको अध्यक्षता आयोजित सम्मेलनले शुक्रबार नयाँ नेतृत्व चयन गर्नेछ ।
dainiknepal भिडियो हेर्न तलको बाकस थिच्नुहोस
विराटनगर, ९ पुस । मधेसी मोर्चाले मसाल जुलुस प्रदर्शन गर्न खोज्दा प्रहरीले अवरोध गरेपछि मोर्चाका कार्यकर्ता र प्रहरीबीच आज साँझ विराटनगरको महावीरचोकमा झडप भएको छ ।

झडपको तस्विर खिच्ने क्रममा प्रहरीको लाठी प्रहारबाट कान्तिपुरका समाचारदाता अवधेशकुमार झा घाइते भएका छन् । घाइतेको विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरी उपरीक्षक प्रमोद खरेलले दोहोरो झडपको क्रममा पत्रकार झालाई चोट लागेको पुष्टि गर्दै यसविषयमा थप जानकारी लिने कार्य भइरहेको बताउनुभयो ।
etajakhabar भिडियो हेर्न तलको बाकस थिच्नुहोस
काठमाडौँ, ९ पुस । चतुर भनिएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारत र भारतीयहरुको नराम्ररी व्यइज्यत गरेका छन् ।

दुई दिने रुस भ्रमणका क्रममा मोदीले रुसमा व्यइज्यतको सामना गर्नु परेको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

मोदी भारतको राष्ट्रिय गान बजिरहेका बेला अडिनुको साटो हिँडेपछि रुसी मर्यादापालकले उनलाई ठेगान लगाउन तान्नु परेको थियो ।

यसैबिच मोदीलाई अपमान गरीएको भन्दै भारतको विपक्षी दल कांग्रेस तथा आम आदमी पार्टीले मोदीको चर्को आलोचना गरेका छन् । यही विषयलाई लिएर मोदीको संसारभर आलोचना भइरहेको छ ।

काठमाडौं, ९ पुस । नेपाल विद्युत प्राधिकरणले शुक्रबारदेखि लागू हुने गरी लोडसेडिङको तालिका दैनिक एक घण्टा बढाएको छ ।

सातामा ७० घण्टा हुँदै आएको लोडसेडिङ शुक्रबारदेखि ७७ घण्टा पुगेपछि  अब विजुलीबाट मोबाइल चार्ज र खाना पकाउन पनि गाह्रो पर्ने भएको छ ।

सुख्खायाममा नदीको जलस्तर घटेकाले लोडसेडिङ बढाउनु परेको प्राधिकरणले जनाएको छ। dcnepal
काठमाडौं : ललितपुर जिल्ला अदालतले कम परिमाणको पेट्रोलियम पदार्थको विक्रीमा संलग्न एकजना सहसचिवसहित नौजनालाई थुनामा राख्ने आदेश दिएको छ ।

जिल्ला न्यायाधीश गायत्री प्रसाद रेग्मीको इजलासले पेट्रोलियम ठगीको घटनालाई गम्भीरतापूर्वक लिँदै नापतौल विभागका पूर्वमहानिर्देशक तथा सह–सचिव रामआधार साहसहित नौजनालाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको छ ।


अदालतले पेट्रोलियम कालोबजारीमा संलग्न भएको अभियोगमा महानगरीय प्रहरी अपराध महाशाखाबाट पक्राउ नेपाल आयल निगम थानकोट डिपोका प्रमुख रबिन शर्मालाई पनि जेल चलान गर्ने आदेश दिएको छ । (कालोबजारीमा थानकोट डिपो प्रमुख पक्राउ)

अदालतले पेट्रोलम पम्पको मिटर बिगारेर उपभोक्तालाई कम परिमाणको पेट्रोलिय विक्री तथा कालोबजारीमा संलग्न पेट्रोल पम्प सञ्चालकहरु हेमविक्रम राणा, गोपाल महर्जन, शैलेन्द्र बादे, शुभप्रसाद तिमल्सिना र युनुश प्रधानसहितलाई थुनामा पठाएको हो ।

भारतबाट पेट्रोल पम्पमा रिमोट प्रविधि भित्र्याउने कार्यमा मुख्य संलग्नता नापतौल विभागका पूर्वमहानिर्देशक साहको रहेको महानगरीय प्रहरी अपराध महाशाखाको दाबी छ।पेट्रोलियम पदार्थ ठगीको आरोपमा पक्राउ परेका पम्पका सञ्चालक र पम्पमा रिमोर्ट जडान गर्ने प्राविधिकको बयानबाट शर्मा र साहको संलग्नता खुलेको थियो ।

त्यसैगरी आयल निगम थानकोट डिपोका प्रमुख रबिन शर्माले संकटको बाहनामा इन्धन वितरणमा अनियमिता गरेको आरोपमा महानगरी प्रहरी अपराध महाशाखाले मंसिर २७ मा पक्राउ गरेको थियो।

पेट्रोल पम्पका सञ्चालकहरु भने प्रहरी तथा सरकारी प्रतिनिधि र राष्ट्रिय उपभोक्ता मञ्चले गरेको अनुगमनका क्रममा दोहोरो मिटर प्रणाली राखी ठगी गरेको पाइएपछि पक्राउ गरेका थिए । annapurnapos भिडियो हेर्न तलको बाकस थिच्नुहोस
९ पुस, काठमाडौं । राज्य पुनसंरचनाका लागि सीमांकन गर्नुपर्ने बेला कतिपय जिल्लालाई यताउति गर्नै नहुने अडान प्रधानमन्त्री केपी ओलीले राख्दै आएका छन् । यसै साता उनले इटहरीमा पुगेर यही अडान दोहोर्‍याए । तर, भूकम्पपछि बस्नै नहुने अवस्थामा पुगेको सिंहदरबारमा ओली नेतृत्वको सरकारले केही मन्त्रालयहरु टुक्र्याएर देशलाई थप आर्थिक भारमा परेको छ ।

विगतमा प्रधानमन्त्री कार्यालय र रक्षा मन्त्रालय रहेको सिंहदरबारको मुख्य बिल्डिङ भूकम्पका कारण बस्न नहुने भैसकेको छ । प्रधानमन्त्रीको कार्यालय परराष्ट्र मन्त्रालयको भवन छेऊमा सरेको अवस्था छ ।
कतिपय मन्त्रालयहरुमा कार्यालय सञ्चालन गर्ने ठाउँसम्म छैन । यस्तो बेलामा मन्त्रालयको संख्या कम गर्नुपर्ने विभिन्न अध्ययन एवं सिफारिसलाई समेत लत्याउँदै ओली सरकारले दलीय भागवण्डाका लागि मन्त्रालयको संख्या बढाउने अलोकप्रिय निर्णय गरेको छ ।
भूकम्प र नाकाबन्दीले जर्जर बनिरहेको देशको अर्थतन्त्रलाई सहज बनाउनका लागि पनि मन्त्रालयको संख्या घटाउने र मितव्ययिता अपनाउनुपर्ने बेला छ अहिले । तर, ओली सरकार आर्थिक व्ययभारको दृष्टिकोणले पनि उल्टोबाटोतिर लागेको छ ।
बिहीबार स्वाथ्य तथा जनसंख्या र विज्ञान प्रविधि तथा वातावरण मन्त्रालयलार्इ फुटाएर वातावरण तथा जनसंख्या मन्त्रालय बनाइएको छ । यसैगरी सहरी विकासलार्इ फुटाएर सहरी विकास र खानेपानी तथा सरसफाइ मन्त्रालय बनाइएको छ ।
संविधान पढेकै हुन् त प्रधानमन्त्रीले ?
जनताले संविधान नबुझेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रम हटाउने सरकारी अभियानको घोषणा गरेको धेरै भएको छैन । सो अभियानका नाममा अहिले पनि सरकारी खर्च विभिन्न जिल्लामा कार्यक्रम भइरहेको छ ।
प्रधानमन्त्रीले जनतालाई सुझाउने अभियान चलाएको नयाँ संविधानको धारा ७६ को उपधारा ९ मा प्रधानमन्त्रीसहित २५ जनाभन्दा बढी मन्त्री बनाउन नपाइने स्पष्ट व्यवस्था छ । प्रधानमन्त्रीले नयाँ संविधानको यो भावनालाई समेत कुल्चेर जथाभावी मन्त्रालय फुटाउँदै मन्त्री थप्ने काम गरेका छन् ।
संविधानको संक्रमणकालीन व्यवस्थाको धारामा उल्लेखित ‘आवश्यकता अनुसार’ भन्ने पदावलीमा टेकेर ओलीले आवश्यकता नै नभएका ठाउँमा पनि औचित्यहीन ढंगले मन्त्री बनाउने काम गरिरहेका छन् ।
सार्वजनिक समारोहहरुमा संविधानको व्याख्या गरिरहेका प्रधानमन्त्रीले जिल्लाहरु नटुक्राइने र यथावत राखिने बताउँदै आए पनि नयाँ संविधानले जिल्लाको कुनै संरचना परिकल्पना गरेको छैन ।
अहिलेको संविधानले केन्द्र, प्रदेश सभा र स्थानीय निकाय (गाउँपालिका र नगरपालिका) को मात्र परिकल्पना गरेको छ, जिल्लाहरुको परिकल्पना संविधानमा छैन । तर, संविधानमै नभएका जिल्लाहरु नफुटाउने बताउँदै आएका प्रधानमन्त्रीले केका लागि मन्त्रालयहरु टुक्राएका होलान् ? सरकारी निर्णयले यस्तो गम्भीर प्रश्न उब्जाएको छ ।
मन्त्रिपद चकलेट बाँडेजस्तै
ओली सरकारको भूमिका सुरुदेखि नै खराब देखिएको छ । व्यवस्थापिका संसदमा एक सीटमात्रै प्रतिनिधित्व रहेको दललाई किन मन्त्री पद बाँडिएको छ भन्ने ‘जस्टिफिकेसन’ सरकारसँग छैन ।

गठनको सुरुवाती दिनमै विश्वेन्द्र पासवानलाई मन्त्री बनाइयो । बिरामी भएर कामै गर्न नसक्ने अवस्थाका मेघराज दुषाधलाई राज्यमन्त्रीको पुरस्कार ‘प्रदान’ गरियो ।
विहीबार प्रधानमन्त्री केपी ओलीले संसदमा दुई सीटको प्रतिनिधित्व गर्ने शिवलाल थापा, एकराज ढकाल र एक सीटका प्रतिनिधि एवं विगतमा आफूलाई पागल घोषणा गर्ने प्रेमबहादुर सिंहलाई समेत मन्त्री पद बाँडेका छन् । जबकि एमाओवादी र राप्रपा नेपालको समेत समर्थन रहेको ओली सरकारलाई ढाल्न वा ढल्नबाट बचाउन यी साना दलको कुनै भूमिका छैन ।
यसरी काँक्रा चिरेजसरी मन्त्रालयहरु चिरेर साना दलका नेतालाई मन्त्री बनाउने ओली सरकारको कार्यशैलीले ०४६ सालपछिको भ्रष्ट संसदीय कुसंस्कारलाई झल्को दिएको छन् ।
माधव नेपालका पालामा भ्रष्टाचारको छाप लागेका पूर्वपञ्च दीपक बोहोरालाई समेत सरकारमा ल्याएर ओलीले आफ्नो सरकारलाई थप बदनाम बनाउने काम गरेका छन् । बोहोरालाई मन्त्री बनाउनेबारे राप्रपाले कुनै औपचारिक निर्णय गरेको थिएन ।
प्रधानमन्त्री ओलीले मन्त्रीजस्तै आफ्ना सल्लाहकारहरुमा पनि विज्ञलाई भन्दा आफ्ना गुटकालाई मानिसलाई राखेका छन् । आफ्ना ससुरालीलाई समेत उनले सल्लाहकार राखेका छन् । जस्तो उनले विज्ञान प्रविधि सल्लाहकार बनाएका व्यक्ति उनका ससुराली हुन् ।
पूर्वमुख्यसचिव पौडेल भन्छन्- मन्त्रालय फुटाउनु विसंगतिको जड
मन्त्रालय टुक्र्याउने र संख्या बढाउने सरकारी निर्णयले नेपालको प्रशासनिक क्षेत्रमा कस्तो असर पार्ला ? यसबारे अनलाइनखबरले पूर्वमुख्यसचिव लीलामणि पौडेललाई सोध्दा उनले भागबण्डा मिलाउनका लागि मन्त्रालय फुटाउनु तत्कालीन र दीर्घकालीन दुबै हिसाबले उपयुक्त नहुने बताए ।
onlinekhabar भिडियो हेर्न तलको बाकस थिच्नुहोस
बर्दिया, ९ पुस । नेपाल–भारत सीमा क्षेत्रमा भारतीय वनरक्षकले नेपाली नागरिकमाथि गोली प्रहार गरेका छन् ।
भारत उत्तरप्रदेश बहराईच जिल्ला मुर्तिहा स्थित वनका कर्मचारीले गोली प्रहार गर्दा बर्दिया गुलरिया–१२ टेपरीका २१ वर्षीय शेर बहादुर डांगी घाइते भएका छन् ।
बर्दियाका प्रहरी प्रवक्ता डीएसपी नेत्रमणी केसीले घाँस दाउरा लिन गएको समयमा वनरक्षकले गोली प्रहार गर्दा शेरबहादुरको टाउकोमा छर्रा लागि घाईते भएको जानकारी दिए ।
केसीका अनुसार घाइते शेरबहादुरलाई उपचारका लागि नेपालगन्ज लगिएको छ । यसअघि भारतीय सुरक्षाकर्मीको एक टोलीले सुनसरीको भान्टाबारीमा घरमै छिरेर चार नेपालीमाथि गोली हानेको थियो ।
dainiknepal
काठमाडौं:  तेश्रोलिङ्गी भुमिका श्रेष्ठले आफु तेश्रोलिङ्गी भएकै कारण केटासाथीले प्रेममा धोका दिएको बताएकी छिन् ।

राजधानीमा आयोजिक एक कार्यक्रममा सहभागी युवाहरुलाई आफ्नो जीवन भोगाइका अनुभव बाड्ने क्रममा उनले तेश्रो लिङ्गी भएको थाहा पाएपछि केटासाथीले आफुलाई प्रेममा धोका पाएको बताएकी हुन् ।  उनले भनिन् 'समाजको तेश्रोलिङ्गीप्रति हेर्ने दृष्टीकोण अझै पनि परिवर्तन भएको छैन ।'

मगंलबार 'युथ एक्सन नेपाल'ले तेश्रो लिङ्गीको विषयमा आयोजना गरेको कार्यक्रममा 'ब्लु डायमण्ड सोसाइटी'मा समेत आबद्ध श्रेष्ठले तेश्रोलिङ्गीप्रति हेरिने दृष्टीकोणका विषयमा चर्चा गरेकी थिइन् ।

तेश्रोलिङ्गी भएकै कारण हरेक दिन घरपरिवार, टोल छिमेक, सडकपेटीदेखी काम गर्ने कार्यालयबाट समेत तिरस्कृत हुन परेको उनले दुखेसो गरेकी छन् ।

स्वभाव र भावना फरक हुदैमा तेश्रोलिङ्गीप्रति विभेद गर्ने अधिकार समाजलाई नभएको आयोजक सस्थाकी भावना भट्टले बताएकी छन् । नेपालमा करिब ५ लाख समलिङ्गी एवं तेश्रोलिङ्गी लगायतको सख्या  रहेको कार्यक्रममा बताइएको थियो । annapurnapost
काठमाडौं : पार्टीभित्र विवाद भएपछि मन्त्री बन्ने अन्तिम तयारीमा रहेका एमालेका चारजना नेता जिल्लिएका छन् ।

राज्यमन्त्रीका आकांक्षी धेरैजना भएपछि अन्तिम सूचीका चारजनालाई प्रधानमन्त्री ओलीले सपथ खुवाउन सकेनन् ।

पार्टीभित्र आकांक्षी धेरै भएपछि एमालेबाट राज्यमन्त्री बनाउने तयारी गरिएका मञ्जु चौधरी, दिनेशचन्द्र यादव, दामोदर भण्डारी र बलबहादुर महत जिल्लिएका हुन् ।

स्रोतका अनुसार एमालेबाट नरदेवी पुन र दिपनारायण साहले पनि राज्यमन्त्रीमा दाबेदारी प्रस्तुत गरेपछि राज्यमन्त्रीको टुंगो लाग्न नसकेको हो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले नवनियुक्त मन्त्रीहरुको सपथ कार्यक्रममा ढिलाइ भएकाले आइतबारसम्ममा राज्यमन्त्री नियुक्त भइसक्ने जानकारी दिए । annapurnapost
बिहीबार, ९ पुष
मुम्बई । पोर्नस्टारबाट बलिउड प्रवेश गरेकी नायिका सन्नी लियोन आमा बन्ने योजनामा रहेको हल्ला बलिउड बजारमा फैलिएको थियो ।
एक अन्तरवार्ताका क्रममा उनी आफैले आफ्ना पति र सासुले चाँडै आफूलाई आमा बनेको हेर्न चाहेको बताएर आमा बन्न लागेको हल्लालाई मलजल गरेकी थिइन ।
तर हालै आएर उनले आफू तत्काल आमा बन्ने योजनामा नरहेको बताएकी छन् । उनले आफूलाई आमा बन्न कुनै हतार नरहेको भन्दै आफू बलिउडमा करियर बनाउने तिर केन्द्रित रहेको उल्लेख गरेकी छन् ।
३४ वर्षीय सन्नीले डेनियल वेबरसँग विवाह गरेकी छन् । उनी यसवर्षमात्रै गुगलमा सबैभन्दा बढी खोजिएकी भारतीयको सूचीको एक नम्बरमा परेकी थिइन् ।
उनी आफू महिला भएकोले आमा बन्नु सामान्य भएको बताउँदै निश्चित समयपछि त्यो समय आउने तर अहिले आमा बन्ने उद्देश्य नरहेको बताइन् ।
nepalsandesh
जर्मनी– जर्मनीका पूर्व शासक एडल्फ हिटलरबारे अनौठो तथ्य फेला परेको छ ।
इतिहासकारले नाजी नेताको समयको बारेमा अध्ययन गर्ने क्रममा अनौठो तथ्य फेला पारेको जर्मनीको इतिहासका विज्ञ तथा अन्वेषक पिटर फ्लीसम्यानले बताएका छन् ।
जर्मनीका पूर्व तानाशाहाका रुपमा चिनिँदै आएका हिटलरले ल्याड्सवर्गस्थित जेल जीवन बिताउँदै गर्दा उनलाई पेय पदार्थ (बियर) दिइने गरेको हालै यहाँ प्रकाशित एक ऐतिहासिक दस्तावेजमा जनाइएको छ ।

उनलाई जेलमा रहँदा पनि विशेष रुपमा व्यवहार दिइएको अभिलेखबाट जानकारी हुन आएको छ ।

हिटलर र उनका कैयौँ सहयोगीलाई तत्कालीन जर्मन सरकारले दिएको आतिथ्यबारे अन्वेषणका क्रममा थाहा पाएपछि यसले उनीहरुलाई चकित पारेको फ्लीसम्यानले बताए ।

हिटलर र उनका सहयोगीलाई सन् १९२३ को असफल ‘बियर हल पुच’ पछि जेलमा लिइएको थियो ।

यसमा जर्मन तानाशाहले ब्राभियामा शक्ति कब्जा गर्दैगर्दा नियन्त्रणमा लिइएको हिटलरको जेल जीवनका बारेमा रहेको अभिलेखबाट खुल्न आएको बताइएको छ ।

अभिलेखअनुसार हिटलर र उनका सहयोगीलाई समाजवादी वा कम्युनिस्टको तुलनामा सम्मानजनक व्यवहार दिइएको थियो ।

हिटलरलाई ल्यान्डसवर्ग जेलबाट सन् १९२४ डिसेम्बर २० मा व्यवहारमा सुधार आएको भन्दै जेलमुक्त गरिएको र पछि उनका गतिविधिका कारण प्रसिद्ध भएका थिए ।

उनको नाजी पार्टीले बहुमत प्राप्तगरेपछि सन् १९३३ पछि जर्मनीको चान्सलरका रुपमा आएका उनी पछि निरंकुश शासनशैलीका कारण पतन हुनुपरेको थियो ।

ratopati
भारतीय सांसदको तलब मासिक ४ लाख ५० हजार पुग्ने
नयाँ दिल्ली– अरविन्द केजरी वालको सरकारले नयाँ दिल्ली विधायक सदस्यको तलब चार गुणाले वृद्धि गरेपछि अब केन्द्र सरकार सांसदको तलब भत्ता बढाउने तयारीमा लागेको छ। सांसदको तलब बढाउने प्रस्ताव अर्थ मन्त्रालय पठाइएको छ। यो विधेयक पारित भएपछि भारतीय सांसदको तलब प्रति महिना ४ लाख ५० हजार (२ लाख ८० भारु) हुनेछ।


भारतीय सांसदले यसअघि ५० हजार भारु तलब पाउँथे। त्यसलाई बढाएर एक लाख पुर्या इने भएको छ। निर्वाचन क्षेत्र भत्ता ४५ हजार भारुबाट बढाएर ९० हजार बनाउन सिफारिश गरिएको छ। सांसदको पेन्सन सुविधा २० हजार रुपैयाँबाट बढाएर ३५ हजार पुर्यारउन भनिएको छ। यो बाहेक पाँच वर्षभन्दा बढी समय संसद सदस्य रहेकाहरुलाई अझ बढी पेन्सन सुविधा दिइनेछ।

भारतीय अर्थ मन्त्रालयले दुवै सदनका लागि यो वर्ष झन्डै ४ अर्ब भारु विनियोजन गरेको छ।
केजरीवालका कारण केन्द्र सरकार दवाबमा
सुविधा सिफारिशमा सांसदहरुलाई दिइने कार ऋण सुविधा बढाइनुपर्ने उल्लेख छ। अहिले ४ वर्षमा चुक्ता गरिसक्नु पर्ने कारको ऋण अब ५ वर्षमा तिरे हुनेछ। सांसदहरुले सम्मानजनक तलब नपाएको भन्ने गुनासो आएपछि तलब बढाउन लागिएको हो। यसअघि गोरखपुरका भारतीय जनता पार्टी सांसद योगी आदित्यनाथ नेतृत्वको समितिले सांसदलाई घर ऋण, निर्वाचन क्षेत्रमा अतिथि गृह एवं हाउजिङमा छुट हुनुपर्ने माग गरेको थियो। सरकारले सो प्रस्ताव कार्यान्वन गर्न अस्वीकार गरेको थियो।

यस पटक भने अरविन्द केजरीवाल नेतृत्वको दिल्ली सरकारले विधानसभा सांसदको तलब ४ सय गुणा बढाएपछि केन्द्रलाई दवाब परेको छ। आम आदमी पार्टी नेतृत्वको सरकारले विधान सभा सदस्यको तबल ३ लाख ७७ हजार (२ लाख ३५ हजार भारु) पुर्याबएको थियो।
nagariknews भिडियो हेर्न तलको बाकस थिच्नुहोस
कोरियाले माघ तेस्रो हप्ताबाट कामदार लैजाने
काठमाडौ ९ पुस । रोजगारी अनुमति प्रणाली (इपिएस) कोरिया छैटौँ भाषा परीक्षामा उत्तीर्ण भएका आठ हजार ४९० जनाको व्यक्तिगत विवरणसहितको सूची दक्षिण कोरिया पठाउने क्रम आज सकिएको छ ।
इपिएस कोरिया शाखा नेपालका निर्देशक डिल्लीराम बाँस्तोलाका अनुसार भाषा परीक्षामा उत्तीर्ण भई स्वास्थ्य परीक्षण र प्रहरी प्रतिवेदन सकारात्मक भएका उम्मेदवारको प्राथमिक सूची कोरिया पठाउने कार्य आज सकिएको हो ।
सूचीमा रहेका आवेदकमध्ये मानव संसाधन विभाग कोरियाले जाँचबुझ गरी दुई हप्ताभित्र स्वीकृत भएकाको विवरण नेपाललाई पठाउनेछ । सूचीमा रहेकाको रोस्टर तयार पारी नेपालले कोरिया पठाएपछि रोजगारदाताले सोही सूचीबाट आफूलाई उपयुक्त लागेको व्यक्ति छनोट गर्नेछ ।
रोजगारदाताले व्यक्ति छनोट गरी श्रम सम्झौतामा दस्तखत गरी नेपाल पठाएपछि यहाँ रहेको आवेदकले पनि सो सम्झौतामा हस्ताक्षर गरेपछि प्रवेशाज्ञा लगायतको प्रक्रिया पूरा गरी रोजगारीका लागि कोरिया जान पाउने व्यवस्था छ ।
यस वर्षको भाषा परीक्षामा उत्तीर्ण भएकाहरुले सूचीअनुसार माघको तेस्रो हप्ताबाट कोरिया जान पाउने बाँस्तोलाले जानकारी दिनुभयो । “भाषा परीक्षा उत्तीर्ण गरेकामध्ये दुई वर्षभित्र जस–जसको माग आउँछ, उनीहरु जान पाउँछन्, माग नआएकाहरु अवधि सकिएपछि कोरिया जान पाउँदैनन्” उहाँले भन्नुभयो ।
सन् २००८ बाट इपिएसमार्फत कोरियामा नेपाली कामदार पठाउन सुरु गरिएकामा हालसम्म ३५ हजारभन्दा बढी कामदार सो प्रणालीमार्फत गइसकेका छन् । यो प्रणालीमार्फत जाने कामदारले चार वर्ष १० महिना काम गर्न पाउँछन् । यस वर्ष भाषा परीक्षामा उत्तीर्ण गरेकामध्ये ६० प्रतिशतभन्दा बढीले गत मङ्सिर ९ देखि १४ सम्म भएको सीप परीक्षणमा उत्कृष्ट अङ्क प्राप्त गरेका छन् ।
कोरियाले इपिएस प्रणालीबाट १६ देशबाट कामदार लगिरहेकामा ती देशमध्ये सीप परीक्षणमा सबैभन्दा बढी प्रतिशत उत्कृष्ट अङ्क ल्याउने नेपालका कामदार बनेका छन् ।
अब कोरिया जाने फारम अनलाइनबाटै
इपिएस कोरिया शाखाले आगामी वर्षको भाषा परीक्षाको आवेदन अनलाइनमार्फत भर्ने व्यवस्थाका लागि तयारी गरेको छ ।
शाखाका निर्देशक बाँस्तोलाले सो सम्बन्धी प्रस्ताव श्रम तथा रोजगार मन्त्रालयमा पठाई सकिएको जानकारी दिँदै मन्त्रालयबाट स्वीकृत हुने बित्तिकै सफ्टवेयर निर्माणका लागि बोलपत्र आह्वान प्रक्रिया सुरु गरिने जानकारी दिनुभयो ।
भाषा परीक्षाको फारम भर्दा सधैँ लामो लाइन हुने, सुरक्षा व्यवस्था गर्न कठिनाइ हुनेजस्ता समस्या देखिएकाले अनलाइन फारम भर्ने व्यवस्था गर्न लागिएको हो । अहिले काठमाडौँ उपत्यका र उपत्यकाबाहिरका पाँच स्थानबाट आवेदक आफैँ उपस्थित भएर फारम भर्नुपर्ने अवस्था छ । नयाँ व्यवस्था लागू भए आवेदकले साइबर वा आफ्नै घरबाट अनलाइनमार्फत फारम भर्न सक्नेछन् ।
purbelinews भिडियो हेर्न तलको बाकस थिच्नुहोस
बिहीबार, ९ पुष
मेष राशि (Aries) (चू,च,चो,ला,ली,लू,ले,लो,आ): सामुद्रिक शास्त्र अनुसार मेष राशि भएका महिलाहरुको गर्दन भन्दा माथिल्लो भाग धेरै नै संवेदनशील हुने गर्छ ।ती स्थानहरु जस्तै  कान, गाल तथा कपाललाई हल्का संग सहलाउने हो भने महिलाहरुलाई आनन्द मिल्नेछ । व्यक्तिगत रूपमा यो राशिका महिलाहरु रातो रंग संग सहजै आकर्षित हुने गर्छन् । आसपासको माहौलमा रातो रंग  (जस्तै  बेडरूमको रंग , रातो गुलाफ, रातो बत्ति) लाई देखेर उनीहरु धेरैनै रोमान्चित हुने गर्छन् ।

वृषभ राशि (Taurus) (इ,उ,ए,ओ,वा,वि,वू,वे,वो):ज्योतिषको जानकारी अनुसार वृष राशिका महिलाहरुको स्वभाव धेरै रोमान्टिक र गम्भीर पनि हुनेगर्छन् ।यिनीहरुलाई गर्दनमा स्पर्श गर्दा  अत्यन्त राम्रो मान्छन् । यिनीहरुलाई घमण्डी ,जथाभावी बोल्ने मानिस मन पर्दैन ।
मिथुन राशि (Gemini) (का,की,कू,घ,ड,छ,के,को,हा): यो राशिका मानिसहरु धेरै नै कामुक स्वभावका हुन्छन् । स्वभावले यिनीहरु रोमान्टिक त हुन्छन् नै तर आवश्यक परेको खण्डमा अर्को मानिसलाई झुक्काउन र फसाउनलाई पनि पछी पर्दैनन् । मिथुन राशिका महिलाहरुलाई लोभाउनको लागि तपाईलाई उनीहरुको धेरै माया गर्ने व्यक्तिको रुपमा प्रस्तुत हुनुपर्ने हुन्छ ।यो राशिका महिलाहरुको काँध ,हात तथा औलाहरु अत्यन्त संवेदनशील हुने गर्छन् त्यसैले ती अंगहरुमा स्पर्श गर्दा उनीहरुलाई आनन्दित बनाउने गर्छ ।
कर्कट राशि (Cancer) (ही,हू,हे,हो,डा,डी,डू,डे,डो): यो राशिका स्त्री-पुरुष स्वभाव भन्दा भावुक र संवेदनशील हुनेगर्छन् । सामान्यतया उनीहरु अरुलाई भन्दा स्वयमलाई बढी प्राथमिकता दिने गर्छन् ।यो राशिका महिलाहरुको  ह्रदय स्थल तथा गर्दन मुनिको भाग बढी संवेदनशील हुने गर्छ । प्रेमका साथ साथै उनीहरुलाई ती भागहरुमा स्पर्श गर्नाले सजिलै उत्तेजनाको अनुभव मिल्नेगर्छ ।

सिंह राशि (Leo) (मा,मी,मू,मे,मो,टा,टी,टू,टे):  यो राशिका महिलाहरुलाई प्रेम तथा प्रणय सम्बन्ध मार्फत साथि बनाउन सजिलो हुन्छ । अतिआत्मविश्वास हुने भएकाले यिनीहरुलाई आफुलाई अत्यन्त माया गर्ने जीवनसाथीको चाहाना हुनेगर्छ । सिंह राशिका महिलाहरुको शरीरको पछाडिको भाग संवेदनशील हुने गर्छ त्यसैले उनीहरुलाई त्यो भागमा छुँदा आनन्दको अनुभूति गर्छन् ।यसको अलावा उनीहरुलाई आफ्नो प्रशंसा गरेको धेरै नै मन पर्छ ।
कन्या राशि (Virgo) (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो): कन्या राशिका महिलाहरु केटाहरुलाई प्रेम बारे कुरा खुलाउन लजाउँछन् ।उनीहरुको शरीरको माथिल्लो भाग अत्याधिक संवेदनशील हुने गर्छ ।यिनीहरुलाई आफ्नो साथि संग कुरा गरेर समय गुजार्न आनन्द लाग्छ ।
तुला राशि (Libra) (रा,री,रू,रे,री,ता,ती,तू,ते):शुक्र ग्रहको  स्वामित्व रहने तुला राशि भएको महिलामा काम-वासना प्रवल रुपमा हुनेगर्छ । यो राशिका महिलाहरुमा प्रेम गर्नेहरु प्रति सजिलै आकर्षित हुनेगर्छन् । तर प्रेम सम्बन्ध भएको बेला यिनीहरु आफ्नो कुरा खुलाउन चाहँदैनन् ।यिनीहरुको शरीरको पछाडिको भाग संवेदनशील हुने भएको ले उनीहरुलाई त्यहाँ स्पर्श गर्दा धेरै नै उत्तेजित हुनेगर्छन् ।
वृश्चिक राशि (Scorpio) (तो,ना,नी,नू,ने,नो,या,यी,यू): मंगल ग्रह अन्तर्गतको राशि भएको कारण यो राशि भएका महिलाहरुमा अर्कै प्रकारको आक्रमकता हुने गर्छ ।त्यसै कारण प्रेम सम्बन्धको विचमा पनि यो राशि भएका महिलाहरु आक्रामक रुपमा प्रस्तुत हुन सक्छन् । जवकी स्वभावले वृश्चिक राशि का महिलाहरुलाई कोमल स्पर्श गरेको मन पर्छ ।यिनीहरुलाई रुखो स्वाभाव ,फरक व्यवहार गरेको मन पर्दैन ।
धनु राशि (Sagittarius) (ये,यो,भा,भी,भू,धा,फा,ढा,भे): ज्योतिष शास्त्र अनुसार यो राशिका महिलाहरु धार्मिक स्वाभावका हुन्छन् त्यसैले यिनीहरुलाई प्रेम सम्बन्धमा खुल्लापन राम्रो लाग्दैन ।तर यिनीहरुलाई गित ,कविता ,रोमान्टिक माहोल भने मन पर्छ । यिनीहरुको पैताला माथिको भाग संवेदनशील हुने भएपनि यीनीहरुलाई उत्ताउलोपना भएको लोग्ने मानिस मन पर्दैन ।
मकर राशि (Capricorn) (भो,जा,जी,खी,खू,खे,खो,गा,गी): यस राशिका महिलाहरु अस्थाई सम्बन्ध बाट टाढा रहन रुचाउँछन् ।यिनीहरु विश्वासिला र वफादार हुन्छन् । यिनीहरुलाई आफ्नो साथि संग दायाँबायाँ कुरा गर्न भन्दा मौन भएर घुम्न डुल्न मन लाग्छ , एक अर्काको आँखामा हेरेर कुरा गर्न उनीहरु मन पराउँछन् । यिनीहरुको गोडाको भाग बढी संवेदनशील हुने गर्छ ।
कुंभ राशि (Aquarius) (गू,गे,गो,सा,सी,सू,से,सो,दा):  जल तत्व को राशि भएको कारण यो राशिका महिलाहरु पुरुषहरुलाई प्रेम गर्न उत्साहित  हुने गर्छन् र प्रेम सम्बन्धमा आफ्नो प्रेमीलाई धेरै सघाउने प्रकारका हुन्छन् । यो राशिका महिलाहरुका ह्रदय स्थल तथा पछाडिको भाग अत्यधिक संवेदनशील हुने गर्छ ।
मीन राशि (Pisces) (दी,दु,थ,दे,दो,चा,ची): गुरु प्रधान राशि भएको कारण यो राशि भएका महिलाहरुको शरीर धेरैमात्रमा मोटो हुने गर्छ । परन्तु प्रेममा उनीहरुलाई कुनै प्रकारको सवाल जवाफ मन पर्दैन ।तर मायामा जिस्कनु ,अनेक प्रश्नहरु गर्नु ,कतै घुम्न जानु यिनीहरुलाई मन पर्छ ।यिनीहरुको शरीरको तिघ्रा र पिडुलाको भाग अत्यधिक संवेदनशील हुने गर्छ ।
nepalsandesh
काठमाडौं, ९ पुस । विश्वकै शक्तिशाली आतंकवादी संगठन इश्लामिक स्टेट आईएसले भारतका विभिन्न सहरमा आक्रमण गर्ने धम्की दिएको छ ।
भारतीय पत्रिका अमर उजालाको अनलाईन संस्करणमा प्रकाशित समाचार अनुसार आगामी ७२ घण्टाभित्र राजधानी दिल्ली र कानपुर रेल्वे स्टेशनमा बम बलास्ट गर्ने धम्की आईएसले दिएको हो ।
आईएसको धम्कीपछि रेल्वे सुरक्षा बलले दिल्ली एनसीआर समेत सबै आरपीएफ पोस्टलाई अलर्ट गरेको छ । यसका साथै गाजियावाद, गुडगाउँ फरिदाबादमा समेत विशेष सुरक्षा सतर्कता अपनाइएको छ । समाचार अनुसार यो धम्की रेल्वे सुरक्षा बल दिल्लीको टूर कन्ट्रोललाई दिइएको थियो ।
सबै आरपीएफ पोस्टले यो सूचनालाई ध्यानमा राख्दै सुरक्षा व्यवस्था कडा पारेका छन् । यसअघि तीन दिने पहिला पनि आईएसले क्रिसमस र नयाँ वर्षको अवसरमा रेल उडाउने धम्की दिएको थियो । रेल अधिकारिहरुले आरपीएफलाई रेल्वे स्टेशनमा कडा चेकजाँच गर्न निर्देशन दिएका छन् ।
आईएसले आक्रमण गर्ने धम्की दिएपछि भारतमा त्रास छाएको छ । विशेषगरी दिल्ली र कानपुर क्षेत्रमा नागरिक रेल चढ्न छाडेका छन् ।
dainiknepal
बिहीबार, ९ पुष
एजेन्सी । भारतको दिल्लीमा ३ दिन अघि भएको हवाईजहाज दुर्घटनामा मारिएका आफन्तहरुले भारतीय गृहमन्त्री राजनाथ सिंहलाई रुँदै प्रश्न गरे “किन पुराना काम नलाग्ने हवाईजाहजहरु प्रयोग गरियो ? जसको कारणले हाम्रा प्रियजनहरुले ज्यान गुमाउनु पर्यो यसको दोषी को हुने ?”
दुर्घटनामा मारिएका आफन्तहरुले गम्भीर प्रश्न सहितको आरोप लगाए पछी गृहमन्त्री राजनाथ सिंह चौतर्फी आलोचित भएका हुन् ।
सो हवाई दुर्घटनामा मारिएका भारतीय सव इनिस्पेक्टर रविन्दर कुमार कि छोरीले राजनाथ सिंह र हवाईजहाज सेवाका प्रवन्धक डीके पाठकलाई पुराना हवाईजाहजको प्रयोग गरेर यो दुर्घटना भएको भन्दै आगामी दिनहरुमा थप भारतीय सुरक्षा फौजहरु हवाईजहाज दुर्घटनामा परेर  मारिन नपरोस  भन्दै उनले यो घटनाको तुरुन्त छानविन गरिनुपर्ने र दोषीलाई कारवाही गर्नुपर्ने माग गरेकी छिन् ।
उनि रुँदै  प्रश्न सोध्छीन् “भन्नुस सेनाका नौजवानहरु मात्रै किन यस्तो दुर्घटनामा मारिन्छन् तर किन तपाईहरु जस्तो भिआईपीहरुलाई भने कहिल्लै यस्तो हुँदैन ?हामीलाई जवाफ दिनुस ” ।
भारतीय सेनाका जवानहरु सवार हवाईजहाज दुर्घटनामा परेपछि गृहमन्त्री राजनाथ सिंह लगायतका सरकारी अधिकारीहरुको भारतमा व्यापक आलोचना भैरहेको छ ।
nepalsandesh
बिहीबार, ९ पुष
एजेन्सी । माइकल ज्याक्सनले यो संसार छोडेको पनि ६ वर्ष भइसक्यो तर आज पनि उनका समर्थकहरुको कुनै कमी छैन ।
उनको सन् १९८२ मा ‘थ्रिलर’ नामको एक एल्बम आएको थियो । अमेरिकामा मात्र यो एल्मबको ३० करोड प्रति बिक्री भइसकेको छ, जबकी पूरै संसारमा यसको १०० करोड भन्दा धेरै प्रतिहरु बिक्री भइसकेको छ ।
‘थ्रिलर’ ले आठ ग्रैमी अवार्ड पाएको छ, जो आफैमा रेकर्ड हो । माइकल ज्याक्सनले आफ्नो जीवनकालमा निकालेका एल्बमको बिक्रीबाट आजसम्म पनि पैसा कमाइरहेका छन् ।
उनी यौ धर्तीबाट विदा भएपनि उनका समर्थक शुभचिन्तकहरुले बिर्सन सकेका छैनन् ।
nepalsandesh
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Aug 24 (6)
  • Aug 23 (1)
  • Aug 19 (1)
  • Aug 18 (19)
  • Aug 17 (17)
  • Aug 16 (24)
  • Jan 24 (18)
  • Jan 23 (27)
  • Jan 22 (32)
  • Jan 21 (35)
  • Jan 20 (35)
  • Jan 19 (34)
  • Jan 18 (40)
  • Jan 17 (45)
  • Jan 16 (27)
  • Jan 15 (29)
  • Jan 14 (35)
  • Jan 13 (40)
  • Jan 12 (32)
  • Jan 11 (39)
  • Jan 10 (31)
  • Jan 09 (23)
  • Jan 08 (31)
  • Jan 07 (30)
  • Jan 06 (39)
  • Jan 05 (34)
  • Jan 04 (39)
  • Jan 03 (43)
  • Jan 02 (47)
  • Jan 01 (31)
  • Dec 31 (34)
  • Dec 30 (36)
  • Dec 29 (43)
  • Dec 28 (33)
  • Dec 27 (27)
  • Dec 26 (38)
  • Dec 25 (33)
  • Dec 24 (38)
  • Dec 23 (44)
  • Dec 22 (39)
  • Dec 21 (37)
  • Dec 20 (40)
  • Dec 19 (31)
  • Dec 18 (47)
  • Dec 17 (30)
  • Dec 16 (16)
  • Dec 15 (42)
  • Dec 14 (30)
  • Dec 13 (32)
  • Dec 12 (35)
  • Dec 11 (42)
  • Dec 10 (26)
  • Dec 09 (31)
  • Dec 08 (15)
  • Dec 07 (37)
  • Dec 06 (30)
  • Dec 05 (34)
  • Dec 04 (32)
  • Dec 03 (33)
  • Dec 02 (36)
  • Dec 01 (37)
  • Nov 30 (48)
  • Nov 29 (28)
  • Nov 28 (35)
  • Nov 27 (35)
  • Nov 26 (47)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (27)
  • Nov 22 (32)
  • Nov 21 (43)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (22)
  • Nov 17 (29)
  • Nov 16 (32)
  • Nov 15 (25)
  • Nov 14 (28)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (42)
  • Nov 09 (22)
  • Nov 08 (40)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (42)
  • Nov 01 (44)
  • Oct 31 (29)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (47)
  • Oct 27 (32)
  • Oct 26 (39)
  • Oct 25 (35)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (22)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (31)
  • Oct 02 (29)
  • Oct 01 (29)
  • Sep 30 (29)
  • Sep 29 (24)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (26)
  • Sep 25 (27)
  • Sep 24 (18)
  • Sep 23 (15)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (26)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (12)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (19)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (22)
  • Sep 07 (22)
  • Sep 06 (26)
  • Sep 05 (18)
  • Sep 04 (23)
  • Sep 03 (24)
  • Sep 02 (25)
  • Sep 01 (24)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (27)
  • Aug 28 (28)
  • Aug 27 (30)
  • Aug 26 (29)
  • Aug 25 (24)
  • Aug 24 (35)
  • Aug 23 (30)
  • Aug 22 (31)
  • Aug 21 (32)
  • Aug 20 (30)
  • Aug 19 (33)
  • Aug 18 (27)
  • Aug 17 (34)
  • Aug 16 (28)
  • Aug 15 (23)
  • Aug 14 (23)
  • Aug 13 (22)
  • Aug 12 (19)
  • Aug 11 (18)
  • Aug 10 (24)
  • Aug 09 (16)
  • Aug 08 (18)
  • Aug 07 (25)
  • Aug 06 (16)
  • Aug 05 (18)
  • Aug 04 (21)
  • Aug 03 (19)
  • Aug 02 (14)
  • Aug 01 (17)
  • Jul 31 (19)
  • Jul 30 (19)
  • Jul 29 (15)
  • Jul 28 (12)
  • Jul 25 (14)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home