• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
भोपाल । भारतको भोपाल देखि नजिकै रहेको झाबुआ ग्यास पड्किएर २० जनाको मृत्यु भएको छ ।
झाबुआको एक होटलको भित्र ग्यास विष्पोटहुदा कम्तिमा २० जनाको ज्यान गरेको भारतिय सञ्चार माध्यमहरुले जनाएका छन्।
ग्यास विष्पोट पछि होटलको छल खसेर छतले च्यापेर धेरै जना घाईते भएका छन्।
घाइतेहरुको अपस्तालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
www.nepalsandesh.com

भाद्र २६, २०७२- ‘आज तराईमा कति मान्छे मारिए ?’ आजभोलि हरेक दिन यस्तो प्रश्न धेरै गरिन्छ । संविधन निर्माण प्रक्रिया र सीमांकनको विरोधमा तराईमा भइरहेका प्रदर्शनहरुमा हालसम्म तीन दर्जन व्यक्तिको मृत्यु भइसकेको छ । यो मृत्युको श्रृंखला जारी छ । कतिबेला कहा झडप हुन्छ र मान्छे मान्छिन् भन्न गाह्रो छ ।

सुदूरपश्चिम कैलालीबाट सल्किएको आगो पूर्व विराटनगरसम्म पुगेको छ । वीरगन्ज, पर्सा, जनकपुर, महोत्तरी, सिराहा, भैरहवामा आगो सल्केको छ । तराईका कतिपय जिल्लामा भुसको आगो जस्तो भएका खबर आइरहेका छन् । पूर्वी पहाडी जिल्ला पनि शान्त हुन सकेका छैनन् । हाल मधेशी आन्दोलनले ओझेल परेको मात्र हो ।

यता काठमाडौंलाई तराईको आगोको रापतापले खासै छोएको देखिँदैन । सिंहदरबार, बानेश्वर र बालुवाटारलाई थोरबहुत छोए पनि त्यो आगोले पोल्ने गरी छोएको छैन । एक झिल्कोले सारा देश जलाउन सक्छ भन्ने नेताले नबुझेको होइन । तराई करिब एक महिनादेखि बन्द छ । दैनिक जीवन बडो मुश्किलले चलिरहेको छ । अस्पतालमा औषधिको अभाव हुन थालेको छ । यता काठमाडौं मस्त देखिन्छ । राज्यको सबै शक्ति लगाएर काठमाडौंमा अभाव हुन दिइएको छैन । तराईमा यो अवस्था जारी रहे काठमाडौं कति दिन मस्त रहन सक्छ ?

तराईमा रातमा मात्र होइन, दिउसो नै एेंठन परेको छ । ऐंठनमा मान्छेहरु छटपटिरहेका दृश्य हामी दैनिक देखिरहेका छौं । यो एेंठनको कुनै सीमा छैन । जबसम्म ऐंठन कायम रहन्छ, तबसम्म मान्छेले सजिलै सास फेर्न मुश्किल पर्छ । खुकुलो हुने तत्काल संभावना देखिएको छ्रैन । त्यसको असर काठमाडौंलाई खासै परेको छैन । सुरक्षाकर्मीको स्कर्टिङमा दैनिक उपभोग्य सामान रातारात भित्रिएको छ । एक हिसाबले काठमाडौबासी तराईको ‘रमिते’ बन्न बाध्य छन् ।


कांग्रेस, एमाले, एमाओवादीका शीर्ष नेताहरु मात्र होइन, खाटी मधेशी दलका नेताहरु समेत दैनिक तराईमा बढ्दै गइरहेको मृत्युको हिसाबकिताब निकालेर राजनीतिक दाउपेचमा व्यस्त छन् । महोत्तरीमा शुक्रबार मारिएका सशस्त्र प्रहरका असई पहिलो पटकको आक्रमणबाट मुश्किलले जोगिएर उपचारका लागि एम्बुलेन्समा उपचार गर्न जाने क्रममा विभत्स ढंगले मारिए । जलेश्वमा बुधबार झडपमा मारिएका नाती रोहनको काजक्रिया गर्न सामान किन्न गएको बेला ७५ बर्षिय गणेश चौधरी मारिए । उनी रेडक्रसकर्मी पनि थिए । यी दुई फरक प्रकृतिका घटनाले जो कोहीलाई स्तब्ध बनाउछ । तर, प्रमुख तीन दल र मधेशी नेताहरुले यी दुवै घटनालाई कसरी लिएका होलान् ? दुवै पक्षले यी घटनालाई आफ्नो अनुकूल व्याख्या गरिरहेका छन् ।


‘जनता’ को मृत्युलाई बलिदान देख्ने सोचका कारण तराईमा मृत्यको संख्या अझै बढ्ने देखिन्छ । जनताको मृत्यलाई बलिदान ठानेर राजनीतिक उद्देश्य प्राप्त गर्ने निहीत स्वार्थका कारण संविधान निर्माण प्रक्रिया विवादमा परेको छ । प्रमुख दलले वार्ताका लागि संविधान निर्माण प्रक्रिया दुई दिन स्थगित गरेका छन् । यसलाई दुवै पक्षलाई ‘विन विन’ हुने आवसरका रुपमा लिन सक्नुपर्छ । मृत्युलाई राजनीतिक भर्‍याङको रुपमा कसैले पनि लिुन हुँदैन ।


विगतमा एउटै राजनीतिक उद्देश्यका लागि निरंकुश राजतन्त्रसँग लडेका शक्तिहरु यतिबेला आपसमा भिड्नु प्राप्त उपलब्धि धरापमा पार्नुबाहेक केही होइन । प्रमुख तीन दलले सकेसम्म धेरै राजनीतिक सहमतिका आधारमा संविधान जारी गर्नुपर्छ, त्यसका लागि आइतबारसम्म अधिकत प्रयास गर्नैपर्छ । आन्दोनलमा उत्रिएका मधेशी, जनजाति दलले पनि वार्ताको माध्यमबाट माग पुरा गर्ने कोशिश गर्नैपर्छ ।


मेधशी, थारुका मुद्दालाई समेटेर संविधान जारी गर्ने प्रयास हुनुपर्छ, केही माग छुटे भने फेरि पनि संविधान संशोधनको बाटो खुलै रहन्छ । तत्काल सबै विषयमा सहमति हुन नसके बाँकी विषय आगामि दिनमा सम्बोधन गर्ने गरी संविधान जारी गर्नु उत्तम विकल्प हुनेछ । बल प्रमुख तीन दल र मधेशी दलको कोर्टमा छ । यस्तै अवस्था कायम रहे, बल अरुकै कोर्टमा जाने र गोल प्रतिगामीले हान्ने खतरा हुन्छ ।


मधेशी दलले वार्ता छोडेर आन्दोलन मात्रै भने भने त्यो प्रतिउत्पादक हुन सक्छ । मधेशमा जारी आन्दोलनमा मधेशी दलले अपेक्षित जनसहभागिता हुन सकेको छैन । थोरै मानिसको उपस्थितिले लामो समय आन्दोलन चलाउन खोज्दा त्यो हिंसात्मक बन्ने खतरा रहन्छ । कैलालीमा धेरै थारु युवाले गाउँ छाडेका छन्, तराईका जिल्लामा पनि आन्दोलन हिंसात्मक हुने डरले पलायन हुने क्रम बढेको त्यहाँबाट प्राप्त खबरमा उल्लेख छ ।


यसैले अग्रगमनलाई जोगाउने जिम्मेवारी कांग्रेस, एमाले, एमाओवादी र मधेसी दलकै हो । तराईलाई ‘ध्वस्त’ गराएर काठमाडौ ‘मस्त’ हुने खेल सबैले त्याग्नै पर्छ ।kantipur.ekantipur.com
बारा, भदौ २६ । बारामा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले शनिबार एका बिहानै तीन वटा ट्रकमा आगजनी र तोडफोड गरेका छन् ।

मोर्चाका कार्यकर्ताले बन्दको अवज्ञा गरेको भन्दै ट्रक माथि आगजनी गरेको बताएका छन् । आगलागीबाट मनोहरवा गाविसमा रहेको रिलायन्स् सुगर एण्ड केमिकल इन्डष्ट्रिजबाट चिनी लिएर काठमाडौंका लागि छुटेका तीन वटा ट्रक जलेर काम नलाग्ने अवस्थामा पुगेका छन् ।

प्रहरीका अनुसार पूर्णरुपमा क्षतीग्रस्त बनेका ट्रकहरुमा ना ५ ख २९९५, ना ५ ख ८७६१ र ना ४ ख २९२७ हुन् । आगजनीबाट गाडीमा रहेको चिनीसँगै करोडौँ  रुपैयाँको क्षती र्भको छ ।
www.etajakhabar.com
काठमाडौँ, २६ भदौ । वैदेशिक रोजगार विभागले इजरायलमा केयरगिभर घरेलु कामदार पठाउन दुई साताभित्र रोजगार आवेदन दिन खुला गर्ने तयारी गरेको छ ।

दुबै देशका सरकारमार्फत ९जीटूजी० माध्यामबाट नेपाली कामदार पठाउने ब्यवस्था अनुरुप प्रारम्भिक रोष्टरका लागि आवेदन खुला गर्न लागेको छ ।

विभागका प्रवक्ता बद्रीकुमार कार्कीले नेपाल र इजरायलबीच जीटूजीमार्फत कामदार पठाउने सम्झौताको पाइलट प्रोजेक्ट अनुरुप प्रारम्भिक रोष्टरको आवेदन खुला गर्न लागिएको बताए ।

विगतमा स्वीकृतप्राप्त तालिम प्रदायक संस्थाहरुबाट तीन महिना घरेलु कामदारसम्बन्धी तालिम लिइसकेका ब्यक्तिले आवेदन दिन सक्ने उनले बताए । आवेदन दिएका कामदारको पहिलो चरणमा प्रारम्भिक सूची तयार गरिने कार्कीले जानकारी दिए ।

इजरायल जानका लागि घरेलुु कामसम्बन्धी तालिम र अंग्रेजी भाषामा दक्ष हुनुपर्नेछ ।कामदारको उमेर २५ देखि ४५ वर्ष, तौल ४५ किलो र उचाइ १।४ मिटर हुनुपर्नेछ ।

यसअघि म्यानपावर एजेन्सीले इजरायलमा कामदार पठाउँन ८ लाख रुपैयाँसम्म रकम असुलेको भन्दै दुई पटकसम्म नेपालबाट कामदार लिन बन्द गरेको थियो । आजको कारोबार दैनिकमा खबर छ ।
www.etajakhabar.com
नेपालगन्ज:आन्दोलनकारीले महोत्तरी लखेटेर निर्मम हत्या गरिएका सशस्त्र प्रहरी सहायक निरीक्षक थमन बहादुर विकको  नेपालगन्ज-२५ शान्तिनगर घरमा रुवाबासी चलेको छ।

सञ्चार माध्यमबाट घटना भएको थाहा पाएका मृतक विकको परिवारलाई घटनाको खबर गर्न सशस्त्र प्रहरीको टोली शुक्रबार बेलुका ७ बजे मात्रै उनको घर पुगेको थियो। बृद्ध आमा महिमी विक भक्कानिदै रोइरहेकी छन भने श्रीमति अर्धचेत अवस्था छिन्।


'मेरो छोरालाई के भयो, किन मारे ?, १६ वर्ष पुलिसमा काम गर्दा केही भएन', वृद्ध आमा भन्दै थिइन्, ‘अहिले के भएको हो?' श्रीमति शोभा श्रीमानको अकस्मात मृत्यु खबर सुनेर बेहोस भएकी छन् । नाबालक ३ वर्षीय छोरा सुवोधसहित आफन्तमा कोलाहल मच्चिएको छ।  (विदामा बसेका असईलाई मोर्चा कार्यकर्ताले लखेटीलखेटी हत्या गरे )


थमनको मृत्युको खबर आउँदा ३३ वर्षीया शोभा उपभोग्य समान किन्न बजारमा थिइन्। माइतीले टेलिभीजनमा समाचार हेरेर खबर गरेलगत्तै शोभा बजारमा नै बेहोस भएर लडेकी थिइन।

साँझ पुगेका सशस्त्र प्रहरी निरीक्षक वीरेन्द्र जिसीले घर पत्ता लगाउनै मुस्किल परेको बताए।अहिलेसम्म मृतक विकको शव कहाँ आइपुग्यो भन्ने जानकारी नभएको बताउँदै प्रहरी निरीक्षक जिसीले खबर आएपछि सुचना दिने जानकारी परिवारलाई गराएर फर्किएका छन ।


'केही पर्यो भन्ने खबर गर्नु होला' उनले भने, ‘उताबाट खबर आएपछि म खबर गर्छु।'शुक्रबार बिहान आन्दोलनकारीको आक्रमणबाट घाइते भएका सशस्त्र प्रहरी बिकलाई एम्बुलेन्सबाट निकालेर आन्दोलनकारीले लखेटेर हत्या गरेको सशस्त्र प्रहरीले जनाएको छ।

नेपालगन्ज-२५ शान्तिनगर टोलमा २ वर्ष पहिलेमात्र घर बनाएका बिकको घरमा बुढी आमा, श्रीमती र १ नाबालक छोरा बस्दै आएका थिए। विकको सानो घर खेतको वीचमा छ। बाँके कचनापुर– ५ मुदुवा स्थायी घर भएका थमन ४ भाइमध्ये साइँला हुन्।

थमनको स्थायी घर भएको कचनापुरको मदुवामा नै दाहसंस्कार गर्ने तयारी भइरहेको उनका साथी एव राप्रपा नेपालका बाँके अध्यक्ष ऋषि देवकोटाले जानकारी दिए।
www.annapurnapost.com
पोखरा : अनैतिक क्रियाकपालमा संलग्न भएको अभियोगमा प्रहरीले शुक्रबार पोखराका होटल र रेष्टुरेन्टबाट याैन व्यवसायीसहित ३१ युवती र १२ पुरुषलाई पक्राउ गरेको छ ।

पोखरा–८ जाल्पारोडमा युवती र पुरुषहरुवीच अनैतिक क्रियाकलाप हुने गरेको विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामको टोलीले छापा मारेको थियो ।

पक्राउ परेकाहरुमध्ये अधिकांश पोखराको बाग्लुङ्ग बसपार्कमा यौन व्यवसाय गरेर बसेकाहरु रहेका कास्कीका प्रहरी नायव उपरीक्षक गोविन्द अधिकारीले जनाएका छन ।

प्रहरीले बाग्लुङ्ग बसपार्कमा कडा निगरानी गरेर कारबाही गरेपछि त्यहाँवाट विस्थापित यौन व्यवसायीले पोखराका विभिन्न स्थानमा होटल चलाएर बसेका प्रहरीको भनाइ छ ।www.annapurnapost.com
आज मिति २०७२ भाद्र २६ गते शनिबार

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) अस्वस्थताले काममा ढिलासुस्ती हुन सक्छ। अप्रिय समाचारले दुःखी बनाउला। पढाइलेखाइमा पनि प्रगति गर्न नसकिने र व्यापार व्यवसायमा समेत सोचेको फाइदा नउठ्ने देखिन्छ। नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला। आफूलाई कमजोर भएको अनुभूति हुनेछ। निराश नहुनुहोस्, केही समय पर्खंदा स्थितिमा सुधार आई अवश्यै उन्नति हुनेछ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) ढिलासुस्तीले काम बिग्रन सक्छ। हातमा आएको मौका गुम्ने देखिन्छ, सचेत रहनुहोला। स्थायी सम्पत्तिमा केही विवाद आउला। परिवारजन तथा बन्धु–बान्धवबीच आत्मीयतामा कमी आउला। तापनि, बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई बिस्तारै सुधार गर्न सकिनेछ। महत्वाकांक्षी योजना पनि बिस्तारै फलदायी हुनेछन्। पशु, भूमि र मातृधनबाट सामान्य लाभ मिल्नेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिनेछ। कृषिकर्म र व्यावसायिक काममा केही लगानीपछि फाइदा हुनेछ। प्रशस्त धन आर्जन गर्ने मौका छ। पराक्रम र उत्साह बढ्नेछ। उद्योग र व्यापारमा विशेष फाइदाको योग छ। प्रतिस्पर्धी परास्त होलान्। सहयोगीहरूले राम्रै साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ। नयाँ काममा हात हाल्ने समय छ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) काम र पठन–पाठनमा लगनशील बन्न नसक्ता अरूले आलोचना गर्नसक्छन्। तपाईंको कमजोरीमाथि टिप्पणी हुन सक्छ, सचेत रहनुहोला। बोलीको गलत अर्थ लाग्नाले सहयोगीहरू टाढिन सक्छन् । लेनदेनमा पनि विवाद बढ्ने सम्भावना छ। विगतको श्रमबाट भने लाभ हुनेछ। काम रोकिनुका साथै मानसम्मानमा आघात पुग्न सक्छ। फाइदा कममात्र हुनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) पारिवारिक जमघटमा मन रमाउनेछ। विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ। स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। विभिन्न उपहार पाइएला। प्रतिष्ठित काम गर्ने मौका छ। आत्म–विश्वास बढ्नेछ। पठनपाठनमा प्रगति हुनेछ। रोकिएका काम बन्ने र नयाँ काम पाइने योग छ। भेटघाटमा अलमलिनाले कामलाई बाधा पुग्नेछ। स्वास्थ्यका लागि खानपानमा सचेत रहनुपर्ने बेला छ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)अवसरको खोजीमा केही दौडधूप गर्नुपर्ला। फाइदाका पछि लाग्दा साथीभाइसँग असमझदारी बढ्न सक्छ। खर्च बढ्नुका साथै आर्थिक अभाव देखा पर्न सक्छ। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। धेरै लगानीपछि कममात्र फाइदा हुनेछ। समयमा होस नपुग्नाले केही चुनौती समेत झेल्नुपर्ला। होसियारीसाथ काम लिनुपर्ने समय छ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) समय उत्साहजनक रहला। आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। नयाँ ज्ञान प्राप्त हुने योग छ। कृषि तथा पशुपालनमा भने सोचेको लाभ नहोला। तापनि व्यापारमा प्रशस्त फाइदा हुने योग छ। दाम, नाम, इनाम हात पर्ने बेला छ। श्रमको उचित मूल्यांंकन होला। पढाइमा पनि राम्रै प्रगति हुनेछ। आम्दानी सामान्य भए पनि ठूलो खाँचो टार्न सकिनेछ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। कीर्तिमानी काम गर्ने समय छ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ। नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ। धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ। तर, शारीरिक अस्वस्थता सम्भावना छ। सानातिना काममा महत्वपूर्ण समय बित्नेछ। सहयोगीहरूले साथ दिए पनि काम पूरा नहुने समय छ। ठूलो सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन्, सचेत रहनुहोला।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)काममा केही चुनौती देखिए पनि प्रयत्न गर्दा समयको सदुपयोग हुनेछ। सहयोगीहरूले सहयोगका लागि तत्परता देखाउनेछन्। गोप्य रहस्य पत्ता लगाउन सकिनेछ। नसोचेको धन लाभ हुन सक्छ। तर, सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ने समय छ। स्वास्थ्यमा पनि अलि कमजोरी अनुभूति हुनेछ, इष्टदेवको पूजा–उपासना गर्दा फाइदा होला।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)केही अधैर्यपना बढ्न सक्छ। विगतका समस्या बल्झिन सक्छन्। तापनि दिन मनोरञ्जनपूर्ण रहनेछ। नयाँ ज्ञान सिक्ने मौका छ। पढाइमा प्रगति हुनेछ। व्यवसायका लागि यात्रा हुनेछ। दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्नेछ। आम्दानी प्रशस्तै बढ्नेछ। नयाँ सवारी साधन प्राप्तिको योग छ। आतिथ्यपूर्ण सम्मान पाइएला। प्रेम र मित्रताको बन्धन कसिने बेला छ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन्। प्रतिस्पर्धामा पनि विजयी भइनेछ। व्यापारलगायत आर्थिक लाभ हुने काममा राम्रै फाइदा हुनेछ। आलोचकहरूले काममा अवरोध पुर्याउन सक्छन्। आफ्ना योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ। समस्या देखिए पनि चुनौती चिर्दै काम बनाउन सकिनेछ।

टोरन्टो, १० सेप्टेम्बर। क्यानडामा बसोबास गर्दै आएका एक नेपालीको सवारी दुर्घटनामा परी मृत्यु भएको छ। उत्तरी ओन्टारियोको पुर्बी इग्नस स्थित हाइवे -१७ मा आफैंले चलाएको मोटर बुधबार बिहान दुर्घटना हुदाँ केनोरा सिटीमा बस्ने बिमल अधिकारीको घटनास्थलमै मृत्यु भएको हो।   ओन्टारियो प्रोभेन्सियल पुलिस (ओपिपि)का अनुसार, इग्नसबाट लगभग ४० किलोमिटर पुर्बमा सो मोटर दुर्घटना भएको थियो। अधिकारीले चलाइरहेको टोयोटा ‘रयाभ फोर’ गाडी सेन्टर लेन क्रस गरी बिपरित दिशाबाट आइरहेको निशान ‘पाथफाइनडर’मा ठोक्किन पुगेको स्थलगत जांच पछि प्रहरीले बताएको छ। दुर्घटनाको खबर पाए लगत्तै त्यहाँ पुगेको प्रहरीले चालक अधिकारीलाई जीवित अवस्थामा नभेटेको बताएको छ। स्वर्गीय अधिकारीको आजै पोष्टमार्टम गरिएको छ।
आफ्ना जेठ छोरालाइ थनडर वे स्थित कलेजमा पुरयाउन पत्नी सहित हिडेका अधिकारी बीच बाटोमै दुर्घटनामा परेका हुन्। सो दुर्घटनामा परी अधिकारीका श्रीमती र छोरा गम्भीर घाइते भएका छन् भने अर्का गाडीका चालक र यात्रु पनि सख्त घाइते भएका छन्। घाइते मध्ये श्रीमती अधिकारीको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ। घाइते सबै जनाको उपचार थनडर वे मा भैरहेको छ।

 दुइ छोराका पिता अधिकारी हालै मात्र मिसिसागा सिटीबाट बसाईं सरी केनोरा गएका हुन्। अधिकारीको निधनले क्यानडाका नेपाली स्तब्ध भएका छन्।

मिजासिला स्वभाब र समुदायका हरेक उमेर समूहमा सहजै घुलमिल हुनसक्ने अधिकारीको निधनले ब्राम्पटन, मिसिसागाका नेपाली समुदाय निकै भाव विह्वल भएका छन्। यसैबीच अधिकारीको निधन प्रति शोक बक्तब्य जारी गर्दै गैर आवासीय नेपाली संघ क्यानडाका अध्यक्ष तुलसी प्रसाद सापकोटाले गहिरो दु:ख व्यक्त गरेका छन्।
‘यस दुखद घटनाप्रति धैर्य धारण गर्न उहाँको शोक सन्तप्त परिवार सदस्यहरुमा एनआरएन क्यानाडा समबेदना ब्यक्त गर्दछ’, अध्यक्ष सापकोटाले भनेका छन्- ‘उहाँको आत्माको चिर शान्तिको लागि कामना गर्दछौं।’ यस दुखद घडिमा रितिरिवाज सम्पन्न गर्न तथा क्रिटिकल अवस्थामा रहनुभएकी रुपा अधिकारी र उहाँको दुइ छोराहरुलाइ सहयोग गर्न स्थानिय नेपाली समुदाय र सम्भव सबैलाइ गैरआवासीय नेपाली संघ क्यानडाले अपिल गरेको छ। - NepaliVision
काठमाडौं, २५ भदौ । नेपालमा शुक्रबार राति नयाँ भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार शुक्रबार राति दार्चुलालाई केन्द्रविन्दु बनाएर ४.१ रेक्टर स्केलको भूकम्प गएको हो । शुक्रबार बेलुका ६ बजेर ३९ मिनेटमा भूकम्पको धक्का महसुस भएको थियो ।
भूकम्पको धक्काले दार्चुला पूरै हल्लिएको पत्रकार नरेन्द्र कार्कीले जनाएका छन् । भूकम्पबाट क्षति भने केही नभएको कार्कीले जनाए । केन्द्रका अनुसार भूकम्पको धक्का आसपासका जिल्लाहरुमा समेत महसुस भएको छ ।
नेपालमा वैशाख १२ गते गोरखाको वारपाकलाई केन्द्रविन्दु बनाएर गएको विनाशकारी भूकम्पपछि दर्जनौ नयाँ भूकम्प पनि गएका छन् ।
dainiknepal.com
महोत्तरीमा शुक्रबार अान्दोलनकारीले एम्बुलेन्सबाट थुतेर हत्या गरेका सशस्त्र प्रहरीका असई  थमन विकको घर बाँकेको कन्चनपुर- ६ मा हो। उनी २०५६ सालमा नेपाल प्रहरीमा भर्ति भएका थिए । २०५८ सालमा सशस्त्र प्रहरी गठन भएपछि उनी सशस्त्रपट्टि आएका थिए। ३ वर्षअघि मात्र उनी असईमा बढुवा भएका थिए।


महोत्तरीको सिमा सुरक्षा बलमा कार्यरत उनी एक वर्षदेखि त्यहीँ रहेको सशस्त्र प्रहरीका प्रवक्ता डिआइजी पुष्पराम केसीले जानकारी दिए। 'पथलैयामा विशेष कामका लागि आएका थिए, आन्दोलनकारीको आक्रमणमा उनको निधन भयो' उनले भने।

उनले नेपालगंजमा रहेका विकको परिवारलाई घटनाबारे जानकारी गराएका छन्।
***
शुक्रबार बिहान महोत्तरीको जलेश्वरबाबा चोकनेर लिफ्टमा पुगेका थिए सशस्त्र प्रहरीका असई थमन विक। अफिसको काम विशेषले बाराको पथलैयास्थित सशस्त्र प्रहरीको कार्यालयमा आएका उनी मधेस बन्द क्रममा मोटरसाइकलमा लिफ्ट मागेर महोत्तरी पुगेका थिए। मोटरसाइकलमा जलेश्वरबाबा चोकमा पुगेका उनीमाथी प्रर्दशनकारीले आक्रमण गरेका थिए ।

त्यहाँबाट नेपाल प्रहरीले उद्धार गरी जिल्ला अस्पताल लगेको थियो। १६ टाँका लगाएपछि उनलाई अस्पतालले जनकपुर अञ्चल अस्पताल रिफर गरेको थियो। रेडक्रसको एम्बुलेन्समा दिउँसो उनलाई एक जना सशस्त्र प्रहरीको साथ लगाएर जनकपुर ल्याउँदै गर्दा बाटोमा प्रर्दशनकारीले अवरोध गरेका थिए।

त्यसपछि चालकले एम्बुलेन्स बटियातर्फ गाउँको बाटो जनकपुर ल्याउने भन्दै त्यता मोडेका थिए। महोत्तरी गाविस बटिया ३ मा एम्बुलेन्स सडकमा फस्न पुग्यो। पछ्याउदै गएका आन्दोलनकारीले उनलाई एम्बुलेन्सबाट निकाले र खेदीखेदी मारेको प्रहरीले जनाएको छ।  setopati.com
कपिलवस्तु । काठमाडौंमा प्रमुख तीन दलले संविधानसभाको जारी प्रकृया दुई दिन रोक्ने निर्णय गरेको तीन घण्टा पछि आन्दोलनरत मधेसवादी दलका नेताहरुले वार्तामा नजाने बताएका छन् ।
कपिलवस्तुको तौलिहवामा आयोजित विरोध सभामा बोल्दै सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले विगतका सहमति कायान्वयन नगर्ने बेइमान तीन दलसँग वार्तामा जानुको औचित्य नहुने बताए ।

उनले विगतमा गरिएका ८, १६ र २२ बुँदे कार्यान्वयन नभएसम्म वार्ता नहुने बताए । उनले वार्ताकालागि भन्दै धाएर काठमाडौं जाने फुर्सद आफुहरुलाई नभएको बताउँदै बरु आन्दोलनमै गोली खान तयार रहेको बताए ।
संयुक्त मधेसी मोर्चाले आयोजना गरेको कार्यक्रममा महतोले सक्ने भए मधेसमा आएर वार्ता गर्न चुनौति समेत दिए । कार्यक्रममा संघीय समाजवादीका अध्यक्ष उपेन्द्र यादवले आफुहरुको सर्त पुरा नभएसम्म वार्तामा नजाने बताए ।
तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले सरकारले अझै वार्ताको वातावरण नबनाएकाले काठमाडौं नजाने बताए । उनले सरकार मधेसका मुद्दामा उदासीन भएको आरोप समेत लगाए ।
त्यस्तै तराई मधेस सद्भावनाका अध्यक्ष महेन्द्र रायले तीन दलले प्रकृया रोकेको नाटक गरेर आफुहरुको आन्दोलनको अवमुल्यन गरेको बताए । मधेसवादी दलका नेताहरुले मधेसको समस्या समाधानकालागि मधेसमै वार्ता हुनुपर्ने बताएका थिए ।
www.nepalsandesh.com
सिराह : सिराहको गोलबजारमा गोली चल्दा दुईजना गम्भीर घाइते भएका छन् ।

शुक्रबार बेलुका प्रदर्शनकारी र प्रहरीबीच भएको झडपमा गोली चल्दा गोलबजारकै ३५ वर्षीय लक्ष्मण दास र १६ वर्षीय आशिष शाह घाइते भएका छन् । गोली लागेर सडकमै ढलेका दुवैजनाको अवस्था गम्भीर छ।

दासको ढाडमा र शाहको हातमा गोली लागेको छ ।दुवैजनालाई धरान अस्पतालमा लगिएको छ।

प्रहरीले गोलबजारमा रहेका तीनवटा ट्रान्सफरमर गोली हानेर फुटाइदिएको छ । प्रदर्शनकारीले राति गतिविधि नगरुन् भनेर अध्याँरो बनाउन ट्रान्सफरमर पड्काइएको बताइएको छ।
annapurnapost.com
२५ भदौ, काठमाडौं । सरकारले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको अगुवाईमा मध्य तराईमा नृसंस र हंस्रक गतिविधि भइरहेको बताएको छ ।
गृह मन्त्रालयले शुक्रबार विज्ञप्ति निकालेर शान्ति सुरक्षामा खटिएका सुरक्षाकर्मी र उनीहरुको परिवारलाई यातनादिनेदेखि पेट्रोल छर्किएर हत्या गर्ने जस्ता ‘मानवीयताको कलंकजन्य’ क्रियाकलाप भएको बताएको छ ।
महोत्तरीको जलेश्वरमा मधेसी मोर्चाबाट परिचालित हिंस्रक जत्थाले सशस्त्र प्रहरीका असई थमनबहादुर विकमाथि सांघातिक आक्रमण गरेको गृहले बताएको छ । विहान भएको आक्रमणमा परी घाइते भएका उनलाई उपचारका लागि जनकपुर ल्याउने क्रममा सोनुखडा भन्ने स्थानमा आन्दोलनकारीले लखेटी लखेटी हत्या गरेका थिए ।
अराजक, उत्तेजक र अपराधिक व्यक्तिहरुले कर्फ्यू उल्लंघन गरेर घरेलु हतियारले सुरक्षाकर्मीमाथि आक्रमण गरेको गृह मन्त्रालयले नाएको छ ।
धनुषामा पनि सुरक्षाकर्मीमाथि फायरिङ भएको मन्त्रालयले बताएको छ । प्रहरीसँगको झडपमा एक जनाको मृत्यु भएको गृह मन्त्रालयले बताएको छ ।
www.onlinekhabar.com
जलेश्वर, भदौ २५ – महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आन्दोलनकारीहरुको कुटपिटबाट सशस्त्र प्रहरी असई नेपालगञ्ज निवासी थमन बहादुर विश्वकर्माको मृत्यु भएको छ । हत्या गरिएका विक संयुक्त राष्ट्रसंघको मिशनमा भाग लिनको लागि पथलैयाबाट परिक्षा दिएर आउदै थिए । उनी एक्लै रहेको वखत जलेश्वरका आन्दोलनकारीहरुले उनलाई जलेश्वर नगरपालिकानिर फेला पारेर लखेटेपछि उनी ज्यान बचाउन त्यही रहेको पोखरीमा हामफालेका थिए तर पनि आन्दोलनकारीहरुले उनलाई पोखरीबाट बाहिर निकालेर बाँसको भाटा लगायतबाट कुटपिट गरेका थिए । जलेश्वरमा नै आन्दोलनकारीहरुले बिहान साढे ८ बजे कुटपिट गरेका विकलाई उपचारका लागि जिल्ला अस्पताल जलेश्वर लगिएको थियो । टाउकोमा चोट लागेको उनको स्वास्थ्य अवस्था विग्रदै गएपछि अस्पतालकै एम्बुलेन्सबाट जनकपुर लग्दै थिए । मुख्य बाटो ठाउँ ठाउँमा अवरुद्ध भएका कारणले उनलाई गाउँको बाटो भएर लाग्दै थिए तर महोत्तरी गाविसको अनैठा गाविस पुग्दा आन्दोलनकारीहरुले सो एम्बुलेन्सलाई रोकेर आगजनी गरेका थिए । एम्बुलेन्समा रहेका अन्य पाँचजनालाई पनि कुटपिट गर्न थालेपछि उनीहरु भागेका छन् । तर असई विक भाग्न नसकेपछि उनलाई थप कुटपिट गरेपछि त्यही मृत्यू भयो । विकको शव एम्बुलेन्स जलेको ठाउँबाट करिब ५ सय मिटरको खेतमा फेला परेको सशस्त्र प्रहरीका प्रहरी उपरिक्षक धिरेन्द्र पाण्डेले बताए । एम्बुलेन्समा रहेका सशस्त्र प्रहरीका सियापति पासमान, चालक, अस्पतालका एक कर्मचारी तथा सशस्त्रका कर्मचारी राजकुमार झा अहिलेसम्म सम्पर्कमा नरहेको सशस्त्र प्रहरीले जनाएको छ । त्यसैगरी बिहीबार मात्रै आन्दोलनकारीहरुले सशस्त्र प्रहरीकै जवान सुधिर शर्मालाई पनि कुटपिट गरेको बेला उद्धार गरेका थिए । बाराको पिलुवा गणमा कार्यरत उनी महोत्तरीकै पर्सापतैलीका स्थानीय थिए । घर आएको बेला उनलाई जलेश्वरमा स्थानीयहरुले कुटपिट गर्न थालेपछि सुरक्षाकर्मीले हवाईफायर र अश्रुग्याँस छोडदै उनको उद्धार गरेका थिए । www.ratopati.com
जलेश्वर : मधेसी मोर्चाका कार्यकर्ताले विदामा बसेका सशस्त्र प्रहरीका एक असईको क्रुरतापूर्वक लखेटेर हत्या गरेपछि महोत्तरीको जलेश्वर तनावग्रस्त भएको छ ।

सशस्त्रका असई थमनबहादुर विकलाई कुटपिट गरेपछि उपचारका लागि जनकपुरमा लाने क्रममा मोर्चाका कार्यकर्ताले लखेटेर हत्या गरेपछि जलेश्वर तनावग्रस्त भएको हो ।

जलेश्वरमा लगाइएको अनिश्चिकालिन निषेधाज्ञा तोड्न उत्रेका मधेसी मोर्चाका कार्यकर्तासँग भएको झडपमा प्रहरीले गोली चलाउँदा रामशिला मण्डल मारिएकी हुन् ।

जलेश्वरको  महादेव मन्दिर नजिकै प्रदर्शनमा उत्रेका मोर्चाका कार्यकर्ताले ढुंगामुढा गरेपछि प्रहरीले चलाएको गोली टाउकोमा लागेर मण्डलको ज्यान गएको हो ।

टाउकोमा गोली लागेर गम्भीर घाइते बनेकी मण्डललाई जलेश्वर अस्पतालमा पुर्याएपछि चिकित्सकले मृत घोषित गरेका थिए ।annapurnapost.com
भदौ । सामाजिक सञ्जाल फेसवुकमा आफ्ना अर्ध–नग्न तस्विरहरु पोष्ट गर्दै चर्चामा आएकी नेपालकी सनी लियोनलाई प्रहरीले पक्राउ गरेको छ । महेन्द्रनगर भाँसीमा रहेको लिटिल वुद्ध स्कुलमा कक्षा १० मा पढ्ने अर्चना पनेरुले विगत एक हप्तादेखि आफ्ना नग्न तस्विरहरु लगातार पोष्ट गर्दै आएकी थिईन । समाजिक सद्भाव भड्काएको तथा अश्लिलता फैलाएको आरोपमा प्रहरीले उनलाई महेन्द्रनगरस्थित आफ्ना घरबाट पक्राउ गरेको हो ।

त्यस्तै प्रहरीले उनकी आमा सुनिता पनेरुलाई समेत पक्राउ गरेको छ ।
उनीहरुलाई जिल्ला प्रहरी कार्यालयको महिला सेलले ठाडो उजुरीको आधारमा पक्राउ गरेको हो । पक्राउ परेकी आमा सुनिताले भने आफ्नी छोरीमाथि लगानी गरेको भन्दै गर्व गरेकी छिन ।उनले छोरीलाई स्टार बनाउने भन्दै छोरीमाथि लगानी गरेको बताएकी छिन् । यता अर्चनाले फेसवुकमा फोटो राख्न तथा यी गतिविधि गर्न आमाले हौसला दिएकी बताएकी छिन । श्रोत अनलाइन पत्रिका
biswokhabar भिडियो हेर्न तलको बाकस थिच्नुहोस
काठमाडौं : मुख्‍य तीन दलले संविधान निर्माण प्रकियालाई आइतबारबाट मतदानमा लैजाने निर्णय गरेका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बिहानदेखि भएको तीन दलको शीर्ष बैठकले संविधान निर्माणको प्रक्रियालार्इ दुर्इ दिन रोकेर आन्दोलनकारीसँग वार्ता गर्ने निर्णय गरेका हुन्। वार्ता भए पनि नभए पनि आइतबारबाट मतदान प्रकिया नरोकिने निर्णय दलहरुले गरेका छन्।

बालुवाटारमा भएको आजको बैठकमा कांग्रेस सभापति तथा प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी ओली र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललगायत तीन दलका नेताहरुको उपस्थिति थियो ।

बैठकबाट बाहिरिँदै एमालेका उपाध्यक्ष भीम रावलले मधेसी दलसहितका आन्दोलनकारीसँग दुर्इ दिनसम्म वार्ताको प्रयास भइरहेको जनाउँदै आइतबारबाट मतदान प्रकियामा जाने निर्णय भएको जानकारी दिए ।

'मधेसीसहितका आन्दोलनकारी दलसँग वार्ताको प्रयास भइरहेको छ', उपाध्यक्ष रावलले भने, 'हामीले यो निर्णय कसैको दवाब र प्रभावमा गरेका होइनौं, संविधानको प्रक्रियासँगै वार्ता पनि जारी राख्ने निर्णय भएको छ ।'

कांग्रेस महामन्त्री तथा संविधान मस्यौदा समितिका सभापति कृष्ण सिटौलाले असन्तुष्ट पक्षहरुलार्इ समेट्ने अन्तिम प्रयासस्वरुप दुर्इ दिन कुर्ने निर्णय भएको जानकारी दिए ।

'यो अन्तिम अवसर हो, दुर्इ दिनमा वार्ता भएपनि नभए पनि प्रक्रियामा जाने निर्णय भएको छ', सिटौलाले भने ।

एमाओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सहमतिको प्रयास सकारात्मक हुँदै गएकाले दुर्इ दिन पर्खेर मतदान प्रक्रियालार्इ अघि बढाइने जानकारी दिए ।

संविधानसभाको कार्यसूची अनुसार  संविधानको परिमार्जित विधेयक, २०७२ माथि  शुक्रबार दफाबार छलफल सकेर मतदान गर्ने कार्यक्रम थियो ।annapurnapost.com
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जारी संविधान निर्माणप्रक्रिया नरोक्ने स्पष्ट पारेका छन् ।
आन्दोलनरत मधेसी दलका मागलाई सम्बोधन गर्न संविधान निर्माण प्रक्रिया रोक्नुपर्ने आशयसहित बालकोट पुगको भारतीय राजदूत रञ्जीत रेलाई ओलीले यो जबाफ दिएका हुन् ।

संविधान निर्माण प्रक्रिया रोकेर मधेसी दलका माग सम्बोधन गरी अघि बढ्न सुझावसहित बालकोट पुगेका राजदूत रेलाई अध्यक्ष ओलीले अन्तिम अवस्थामा आएर संविधान निर्माण नरोकिने प्रष्ट पारेका हुन् ।

‘संविधान निर्माणको प्रक्रिया रोकिन्न । अहिले चलिरहेको प्रक्रियाबाट संविधान जारी गर्छौं’, रञ्जीत रेसँगको भेटमा अध्यक्ष ओलीको भनाइ उधृत गर्दै उनका स्वकीय सचिव रमेश आचार्यले अन्नपूर्णसँग भने, ‘आन्दोलनरत मधेसी दललाई सरकारले पटक पटक वार्तामा बोलाउँदा पनि आउन मानेका छैनन् । अहिलेकै प्रक्रियामा रहेर पनि उनीहरुका माग सम्बोधन गर्न सकिन्छ ।’

मधेसी दलले उठाएका मागबारे छलफल गर्न पार्टीको तर्फबाट, नेताको तर्फबाट र व्यक्तिगरुपमा पनि वार्तामा डाक्दा उनीहरु नआएकाले समस्या भएको ओलीको भनाइ थियो ।

‘मधेसलगायतमा चलेको आन्दोलनमा जे कुरा उठेको छ’, ओलीले रेसँग भने, ‘त्यसलाई सम्बोधन गर्न सरकारको तर्फबाट फार्टीको तर्फबाट, पार्टीका नेताको तर्फबाट र व्यक्तिगत पहलमा वार्तामा आउन भनेका छौं । तर उहाँहरु आउन मान्नु भएको छैन ।’

अध्यक्ष ओलीले मधेसीसहितले उठाएका मागलाई संविधान जारी गरिसकेपछि संशोधनमार्फत सम्बोधन गर्न सकिने विकल्प अझै बाँकी रहेको ओलीको भनाइ थियो ।

आधा घन्टासम्म भएको अध्यक्ष ओलीसँगको भेटमा राजदूत रेले घुमाउरो भाषामा मधेसी दलका मागलाई सम्बोधन गर्न संविधान निर्माणप्रक्रिया रोक्नुपर्ने सुझाव दिएका थिए ।

‘सबैको सहमति र सबैको सहभागितामा संविधान आउनुपर्छ’, राजदूत रेले ओलीसँग भने, ‘संविधान आउनुमात्रै ठूलो कुरा होइन । सबैलाई सहमति गराएर संविधान ल्याउनुस् ।’

राजदूत रेले शुक्रबार बिहानै एमाओवादीका अध्यक्ष प्रचण्डलाई पनि भेटेर मधेसी दलको माग सम्बोधन गर्न जारी संविधान निर्माण रोक्न आग्रह गरेका थिए । annapurnapost.com
जनकपुरधाम :  जिल्ला प्रशासन कार्यालय, धनुषाले जनकपुर नगरमा विहान ६ बजेदेखि लगाएको कफ्र्यू संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताहरुले उलंघन गर्दा ठाउँठाउँमा झडप भएको छ ।

कर्फ्यू अवज्ञा गर्दै विहानदेखि ठाउँठाउँमा टायर बाली सरकार र प्रमुख तीन दलको विरोधमा नाराबाजी गरेका छन् ।

यता, प्रहरीले सडकमा देखीने व्यक्तिलाई लखेट्दा नगरको मुख्य चौकहरुमा झडप जारी रहेको छ ।

अहिले जनकपुरका मिल्स एरिया, विश्वकर्मा चोक, महावीर चोक, जानकी चोक, देवीचोक र बजरंग चोकसहितका स्थानमा प्रहरी र प्रर्दशनकारीबीच झडप जारी छ ।झडपका क्रममा प्रहरीले १२ राउन्डबी हवाई फायर गरिसकेको छ ।

मोर्चाले शुक्रबार ‘चलु जनकपुर भरुजनकपुर’ नाराका साथ गाउँगाउँबाट प्रदर्शन गर्दै दिउँसो २ बजे सदरमुकाममा प्रवेश गरी कर्फ्यू अवज्ञा गर्ने जानकारी गराएको छ ।

विहीबार बसेको सुरक्षा समितिको बैठकले शुक्रबार विहान ६ बजेदेखि अनिश्चितकालको लागि नगरक्षेत्रमा कफ्र्यू लगाउने निर्णय गरेको हो ।

सुरक्षाकर्मीहरु बिहानैदेखि नगरका मुख्य नाकाहरुमा तैनाथ गरिएको छ । नगरका मुख्य चोकहरुमा समेत उल्लेख्य संख्यामा सुरक्षाकर्मीहरु परिचालन गरिएका छन् ।

जनकपुर प्रवेश गर्ने मुख्य नाकाहरु पूर्वको कपिलेश्वरदेखि पुल्चोकसम्म, पश्चिमको बेलापूल, उत्तरको बाबा पेट्रोल पम्प तथा दक्षिणको कुवा रामपुरस्थित शिक्षा कार्यालय क्षेत्रमा कफ्र्यू लगाई ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
annapurnapost.com
एम्बुलेन्समै धावा बोलेर हत्या गर्ने प्रयास
जनकपुरधाम : महोत्तरी सदरमुकाम जलेश्वरमा मधेसी मोर्चाका प्रर्दशनकारीहरुले नेपाल प्रहरीका एकजना असईलाई निर्घात कुटपिट गरेका छन् ।

स्थानीय शंकर चौकमा सादा पोसाकमा रहेका असई थमनबहादुर विकलाई कर्फ्यू खुकुलो भएको मौकामा प्रर्दशनकारीहरुले समातेर निर्घात कुटपिट गर्दा उनी गम्भीर घाइते भएका छन् ।

विकलाई टाउकोमा बढी प्रहार गरिएको छ । उनलाई उपचारको लागि जिल्ला अस्पताल जलेश्वरमा भर्ना गरिएपनि उपचार सम्भव नभएपछि थप उपचारको लागि जनकपुर अञ्चल अस्पतालमा पठाउने प्रयास भइरहेको छ ।

तर, प्रर्दशनकारीहरुले एम्बुलेन्समा घाइते प्रहरी रहेको थाहा पाएपछि गाडीमाथि ढुंगामुढा गर्दै मार्ने प्रयास गरेको महोत्तरीका प्रहरी उपरीक्षक सौरभ राणाले जानकारी गराए ।

एम्बुलेन्स चालकले तीव्र गतिमा गाडी भगाएपछि प्रर्दशनकारीहरु मोटरसाइकलमा चढेर एम्बुलेन्सको पछि लागेको प्रहरीले जनाएको छ ।

घाइते प्रहरी बोकेको एम्बुलेन्सको अवस्था खुल्न नसकेकोे उपरीक्षक राणाले बताएका छन् ।

जलेश्वरबाट जनकपुर आउने बाटोमा प्रहरी भ्यान पठाएर घाइते प्रहरीको अवस्था बुझ्ने प्रयास भइरहेको राणाले बताए ।

जलेश्वरमा विहान केही बेर कर्फ्यू खुकुलो बनाइए पनि प्रहरीलाई प्रर्दशनकारीले कुटपिट गरी घाइते बनाएपछि पुनःकफेर्यू लगाइएको छ ।

यता प्रदर्शनकारीहरुले कफर््यू तोड्ने प्रयास गर्दा ठाउँ ठाउँमा झडप भएको छ ।
annapurnapost.com
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Aug 24 (6)
  • Aug 23 (1)
  • Aug 19 (1)
  • Aug 18 (19)
  • Aug 17 (17)
  • Aug 16 (24)
  • Jan 24 (18)
  • Jan 23 (27)
  • Jan 22 (32)
  • Jan 21 (35)
  • Jan 20 (35)
  • Jan 19 (34)
  • Jan 18 (40)
  • Jan 17 (45)
  • Jan 16 (27)
  • Jan 15 (29)
  • Jan 14 (35)
  • Jan 13 (40)
  • Jan 12 (32)
  • Jan 11 (39)
  • Jan 10 (31)
  • Jan 09 (23)
  • Jan 08 (31)
  • Jan 07 (30)
  • Jan 06 (39)
  • Jan 05 (34)
  • Jan 04 (39)
  • Jan 03 (43)
  • Jan 02 (47)
  • Jan 01 (31)
  • Dec 31 (34)
  • Dec 30 (36)
  • Dec 29 (43)
  • Dec 28 (33)
  • Dec 27 (27)
  • Dec 26 (38)
  • Dec 25 (33)
  • Dec 24 (38)
  • Dec 23 (44)
  • Dec 22 (39)
  • Dec 21 (37)
  • Dec 20 (40)
  • Dec 19 (31)
  • Dec 18 (47)
  • Dec 17 (30)
  • Dec 16 (16)
  • Dec 15 (42)
  • Dec 14 (30)
  • Dec 13 (32)
  • Dec 12 (35)
  • Dec 11 (42)
  • Dec 10 (26)
  • Dec 09 (31)
  • Dec 08 (15)
  • Dec 07 (37)
  • Dec 06 (30)
  • Dec 05 (34)
  • Dec 04 (32)
  • Dec 03 (33)
  • Dec 02 (36)
  • Dec 01 (37)
  • Nov 30 (48)
  • Nov 29 (28)
  • Nov 28 (35)
  • Nov 27 (35)
  • Nov 26 (47)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (27)
  • Nov 22 (32)
  • Nov 21 (43)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (22)
  • Nov 17 (29)
  • Nov 16 (32)
  • Nov 15 (25)
  • Nov 14 (28)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (42)
  • Nov 09 (22)
  • Nov 08 (40)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (42)
  • Nov 01 (44)
  • Oct 31 (29)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (47)
  • Oct 27 (32)
  • Oct 26 (39)
  • Oct 25 (35)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (22)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (31)
  • Oct 02 (29)
  • Oct 01 (29)
  • Sep 30 (29)
  • Sep 29 (24)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (26)
  • Sep 25 (27)
  • Sep 24 (18)
  • Sep 23 (15)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (26)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (12)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (19)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (22)
  • Sep 07 (22)
  • Sep 06 (26)
  • Sep 05 (18)
  • Sep 04 (23)
  • Sep 03 (24)
  • Sep 02 (25)
  • Sep 01 (24)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (27)
  • Aug 28 (28)
  • Aug 27 (30)
  • Aug 26 (29)
  • Aug 25 (24)
  • Aug 24 (35)
  • Aug 23 (30)
  • Aug 22 (31)
  • Aug 21 (32)
  • Aug 20 (30)
  • Aug 19 (33)
  • Aug 18 (27)
  • Aug 17 (34)
  • Aug 16 (28)
  • Aug 15 (23)
  • Aug 14 (23)
  • Aug 13 (22)
  • Aug 12 (19)
  • Aug 11 (18)
  • Aug 10 (24)
  • Aug 09 (16)
  • Aug 08 (18)
  • Aug 07 (25)
  • Aug 06 (16)
  • Aug 05 (18)
  • Aug 04 (21)
  • Aug 03 (19)
  • Aug 02 (14)
  • Aug 01 (17)
  • Jul 31 (19)
  • Jul 30 (19)
  • Jul 29 (15)
  • Jul 28 (12)
  • Jul 25 (14)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home