• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
चिरञ्जीवी पौडेल
दरबारमार्गस्थित राइजिङ मलमा एक मध्यान्न श्वेता खड्कासित भेट भयो । उनले दोस्रो तल्लामा रहेको कफी सपमा बोलाएकी थिइन् ।
‘यो मलको इन्टरियर डिजाइन मेरो कम्पनीले गरेको हो,’ कफी अर्डर गरिसकेपछि उनले सुनाइन्, ‘यो कफीसप पनि मेरै हो । अचेल कहिलेकाहीँ आउँछु ।’
राइजिङ मललगायत थुप्रै कर्मर्सियल हाउसहरुको इन्टरियर डिजाइन गरेकी श्वेता अहिले आफ्नै जीवनको ‘इन्टरियर डिजाइन’ मिलाउन संघर्षरत छिन् ।
एक वर्षअघि पति श्रीकृष्ण श्रेष्ठको वियोगपछि जो भताभुंग भएको थियो । पीडाका बादलहरु पन्छाएर बिस्तारै उघि्रँदै गरेकी उनको अनुहारमा मुस्कान यदाकदा देखिन थालेको छ, जुन मानौं सदियौंदेखि हराइरहेको थियो । तर अझै पनि, यिनी पहिलेकी श्वेता होइनन् ।


एक वर्ष एक युगजस्तो
‘मैले यस्तो जिन्दगीको कल्पनासम्म गरेकी थिइँन्,’ कालो चश्मा लगाएकी श्वेता सँभवतः भुईंतिर हेर्दै बोलिरहेकी छिन्, ‘म पहिले महत्वाकांक्षी थिएँ । भविष्यको योजना बुनेर बस्थें । मेरो जीवन मेरै मुठ्ठीमा छ भन्ने लाग्थ्यो । तर, आज भविष्यप्रति बैराग मात्रै लाग्छ । भविष्य भन्ने शब्दमै विश्वास टुटेको छ ।’
पछिल्लो एक वर्ष उनलाई कष्टकर रुपमा लामो अनुभव भएको छ । वियोगान्त चलचित्रको लम्बेतान क्लाइमेक्स जस्तो । यो एक वर्षमा उनलाई एक युग बाँचे जस्तो लागेको छ ।
जीवनकै पीडादायी समयलाई यसरी वर्णन गर्छिन्, ‘खै, कसरी बर्णन गरुँ । मेरा लागि त समय बिताउनु नै सबैभन्दा ठूलो काम थियो । दिन अति लामो लाग्थ्यो, रात त्योभन्दा लामो लाग्थ्यो । दिनहरु गुजार्न जति गाह्रो थियो, त्योभन्दा गाह्रो थियो रातहरु गुजार्न । कति लामो सास फेरेँ, कति सुस्केरा हालेँ, कति छट्पटिएँ, कहालिएँ, रोएँ, चिच्याएँ, कुनै हिसाब छैन । जसरी-तसरी बाँचे । कसरी बाँचे, कसरी उठेँ आज छक्क पर्छु ।’
६ महिनासम्म त श्वेता ओछ्यानमै मुढोजसरी लडिरहिन् । उनलाई आमाले बाथटवमा राखेर नुहाइदिन्थिन् । बहिनीले खाना खुवाउँथिन्, गोडा धोइदिन्थिन् । उनी फेरि एकचोटि नाबालक बनेकी थिइन् । ती कुराहरु कति उनलाई याद छन्, कति छैनन् ।
‘म बौलाहीजस्तै भएकी रहेछु । आज आमाले भन्नुहुन्छ, मलाई बेलाबेला खोई केले छोपेझैं हुन्थ्यो रे । मेरा अगाडि कसैले शिशाको भाँडाकुँडा राख्दैनथ्यो । कतिपटक चियाको गिलास घोप्ट्याएँछु, कतिपटक मोबाइल झटारो हानेछु । अहिले मलाई केही याद छैन ।’
सपनामा आए रे श्रीकृष्ण
लामो
समयसम्म ओछ्यानमा लडिरहँदा तीन महिनापछि उनलाई ‘ब्याक पेन’ सुरु भयो । खाना नखाएर पाचन प्रणाली कमजोर हुन थाल्यो । उनी शरीर र मन दुबैकी रोगी बनिन् ।
‘कहिलेकाहीँ ऐनामा आफूलाई हेर्थेँ, आफ्नै अनुहार देखेर डर लाग्थ्यो । मै हुँ र ? जस्तो लाग्थ्यो,’ उनी भन्छिन् ।
परिवारले उनलाई डाक्टरकहाँ पुर्‍याए । डाक्टरले एक फाँको औषधी लेखिदिए । तर, उनले औषधि खान सकिनन् । घाँटीबाटै गएन ।
एक रात, करिब एक बजे उनी एक्लै छतमा उक्लिन् । त्यो जूनेली रातमा उनी धेरैबेरसम्म एक्लै बर्बराइन्, चिच्याइन्- मलाई यहाँ एक्लै नछाड्नुस, हजुरसँगै लैजानुस् । म यो औषधि खाँदिन । खाँदै खाँदिन ।
‘त्यही रात मैले उहाँलाई सपनामा देखेँ । उहाँले मलाई भन्नुभयो- म अहिले इन्डियामा छु । प्लिज तिमी औषधी खाइदेऊ । सबै ठीक हुन्छ । त्यसपछि मैले औषधी खान थालेँ । मेरो होश बिस्तारै खुल्दै गयो । तर, जब होस खुल्न थाल्यो, झन् मलाई गाह्रो भयो ।’
फेसबुकमा साथीभाइ र आफन्तहरुको फोटो हेर्थिन् । सबैजना हाँसीखुशी देख्थिन् । सोच्थिन्, ‘हे भगवान, मलाई मात्रै किन यस्तो ?’
उनको मनमा खाली नकारात्मक सोचाइहरु आउँथे । ‘किन बाँच्ने जस्तो लाग्थ्यो । परिवारले एकछिन मात्रै एक्लै छाडेको भए सायद म बाँच्दिनथेँ,’ उनी भन्छिन् ।
श्रीकृष्ण मृत्यु हुँदा उनले निर्माणमा गरेको फिल्म कोहिनुर देशभर चलिरहेको थियोे । फिल्म हेर्न हलहरुमा मानव सागर नै उर्लियो । श्वेतालाई सहानुभूति होला भनेर धेरैले फिल्मको सफलताका बारेमा चर्चा गर्थे । तर, उनी खुशी हुनुको साटो झन् रुन्थिन् ।
‘मान्छेको जीवनमा हाँसो र आँशु एकैसाथ हुन सक्दैन रहेछ । त्यसैले यस्तो खुशीको अवसरमा पनि म रमाउन सकिँन । जति कोहिनुरको बारेमा कुरा सुन्थेँ, त्यति भावुक हुन्थेँ,’ उनी भन्छिन् ।
अमेरिकामा तीन महिना
अमेरिकाबाट फर्केका श्वेताका नृत्यगुरु बसन्त श्रेष्ठ उनलाई हेर्न आएका थिए । एकातिर ब्याकपेन र अर्कोतिर डिप्रेसनले सताइएकी थिइन् उनी । बसन्तले उनलाई भने, ‘यसरी सँधै ओछ्यानमा लडेर हुँदैन । एकपटक अमेरिका जाउँ, स्वास्थ्यको पनि राम्रो उपचार हुन्छ । नयाँ ठाउँ घुमफिर गर्दा मन पनि बहलिन्छ ।’
उनको परिवारले पनि सहमति जनाएपछि श्वेता तयार भइन् । कोहिनुर फिल्मसमेत लिएर श्रेष्ठ दम्पत्तिसँगै श्वेता अमेरिका गइन् । श्वेता के गइन्, उनको शरीर गयो !
अमेरिकाका आठ ठाउँमा कोहिनुरको प्रदर्शन सम्पन्न भयो । फिल्म हेर्नभन्दा श्वेतालाई भेट्नका लागि नेपालीहरु ओइरिन्थे । सहानुभूति दिन्थे र हौसला बढाउँथे । हाँस्न आग्रह गर्थे ।
श्वेता आफैंले पहिलोपटक कोहिनुर फिल्म अमेरिकामै हेरिन् । फिल्मको एउटा दृश्यमा उनी धेरै रोइन् । भारतको विमानस्थलमा श्रीकृष्णले श्वेतालाई छाड्न आएको दृश्य फिल्ममा छ । श्वेता एक्लै जान मानिरहेकी हुन्नन् । श्रीकृष्णले उनलाई सम्झाउँछन्, ‘तिमी यसरी कमजोर भएर हुन्न, तिमी त हिम्मतिली केटी हौ ।’
‘वास्तविक जीवनमा पनि मलाई सँधैं यसरी नै सम्झाउनुहुन्थ्यो । तिमी गृहणी भएर घरधन्दा गरेर बस्नुहुँदैन, हाम्रो बिजनेस सम्हाल्नुपर्छ तिमीले भन्नुहुन्थ्यो,’ उनी सम्झिन्छिन् ।
‘तिमीलाई भाइले बोलाएको छ’ भनेर दाइले उठाउनुभयो । दाइको सहारामा भित्र गएँ । तर, त्यहाँ उहाँलाई पाइनँ । त्यहाँ केवल उहाँको मृत शरीर थियो
अमेरिकामा बसन्तले श्वेतालाई डाक्टरकहाँ लगे । डाक्टरले उनलाई डिप्रेसनको औषधिका साथै मनोपरामर्श पनि दिए । बिस्तारै रातमा निद्रा लाग्न थाल्यो । जति धेरै निदाइन्, त्यति धेरै होसमा आइन् ।
फोटो हेर्दा आघात
अझै पनि उनी पूर्णरुपमा सम्हालिएकी छैनन् । बेलाबेलामा मुटु चिरिएझैं हुने उनी बताउँछिन् । नियालेर श्रीकृष्णको फोटो तथा भिडियो हेर्न सक्दिनन् अहिले पनि ।
‘झल्याकझुलुक हेर्दा केही हुन्न,’ उनी भन्छिन्, ‘तर ध्यान दिएर हेर्न खोज्यो भने आघात पर्छ ।’ अमेरिकामा एकचोटि राति सुत्नेबेला हिम्मत गरेर यूट्वमा श्रीकृष्णको भिडियो हेरेकी थिइन् । त्यो रात उनी निदाउनै सकिनन् । त्यसको ३ दिनसम्म बिरामी नै परिन् ।
श्वेता बिस्तारै आफ्नो रुटिनमा फर्किन संघर्षरत छिन् । पुरानो व्यवसायहरुलाई ह्याण्डल गर्ने प्रयास गर्दै छिन् । अचेल उनी प्रायः माइतीमा बस्छिन् । कहिलेकाहीँ घर जान्छिन् । माइती उनलाई घर र घर चाहिँ माइती जस्तो भएको छ ।
उनको शारीरिक स्वास्थ्यमा पनि सुधार आइरहेको छ । दैनिक एक घन्टा ‘मर्निङ वाक’ गर्छिन् । औषधी सेवन र थेरापी पनि जारी छ । डाक्टरको सल्लाहअनुसार उनले खानेकुरामा धेरै ‘परहेज’ गरिरहेकी छिन् । तीन महिनादेखि भात खाएकी छैनन् । गुलियो चिज र दूधका परिकार पनि खानु हुँदैन उनले ।
श्वेतालाई म्यासेजहरु धेरै आउँछन् । फेसबुकको कमेन्टले क्षणिकरुपमा भए पनि आनन्द दिन्छ । अहिले उनको इन्बक्समा हजारौं म्यासेज थुप्रिएका छन् । कति हेर्छिन्, कति हेर्दिनन् । अहिलेको अवस्थामा आउनुमा डाक्टरको ओखतीको जति हात छ, त्यति नै शुभचिन्तकको माया छ भन्ने उनलाई लाग्छ ।
‘मलाई सबैभन्दा ठूलो ओखती त मेरा शुभचिन्तकहरुको माया पो रहेछ,’ उनी भन्छिन् ।
खाना रुच्छ, तर केही खान हुँदैन । पेटमा इम्युन सिस्टम कमजोर भएकाले । कार्वोहाइड्रेड भएको खानेकुरा, गुलियो, डेरी आइटम खानु हुँदैन । भात खानु हुँदैन । भात नखाएको तीन महिना भयो । रोटी र फलफूलहरु मात्रै खान्छिन् ।
अबको योजना ?
श्वेता फेरि काममा फर्किन चाहन्छिन् । फिल्म उद्योगमा फर्किन चाहन्छिन् । तर कहिले ? यसको जवाफ दिन सक्दिनन् ।
‘मलाई थाहा छैन, म कहिलेसम्म शारीरिकरुपमा फिट हुन सक्छु, अनि मानसिक रुपमा पनि तयार हुन्छु’ उनी भन्छिन्, ‘अहिलेका लागि यो एउटा इच्छा मात्रै हो ।’
फिल्ममा फर्किँदा फेरि हिरोइनकै रुपमा नहुन सक्ने पनि उनको भनाइ छ । त्यसो त यो बीचमा उनलाई अफरहरु नआएका होइनन् । करिब आधा दर्जन निर्देशकहरु हिरोइन बनिदिनुपर्‍यो भन्दै उनीकहाँ स्त्रिmप्ट बोकेर पुगे, उनले विनम्रतापूर्वक अस्वीकार गरिन् ।
‘मलाई १० लाख पारिश्रमिकको अफर पनि आयो । तर, मैले उहाँहरुले ल्याएको स्त्रिmप्ट पल्टाएर हेर्न पनि सकिनँ,’ श्वेताले सुनाइन् । उनले अब नाचगानवाला ग्ल्यामरस हिरोइनको भूमिकामा खेल्ने न रहर छ न जाँगर । महिलाप्रधान र सन्देशमूलक फिल्मको अफर आयो भने सोच्ने छु ।
तत्काललाई भने उनी आफ्ना पुरानो बिजनेसहरुमै व्यस्त रहनेछिन् । अफिसियल मिटिङहरुमा जान थालेकी छिन् । ‘बिजनेस डिल’ हरुमा सहभागी हुन थालेकी छिन् ।
विवाह ?
‘प्लिज यो प्रश्नमा प्रवेशै नगरौं,’ श्वेता सुरुमै पन्छिइन्, ‘मेरो दिमागमै छैन यो कुरा ।’
यद्यपि, श्रीकृष्णमाथि लेखिएको किताबमा श्वेतालाई उद्वृत गर्दै लेखिएको छ, ‘जीवनमा अब अर्को विवाह नगर्ने प्रण गर्छु ।’ यस विषयमा उनले कुनै प्रष्टीकरण पनि दिन चाहिनन् । कोट्याई-कोट्याई सोध्ने जमर्को पनि गरिएन ।
श्रीकृष्णका अन्तिम दिनहरु

भारतको अस्पतालमा श्रीकृष्णको उपचार गराउँदाका दिनहरु श्वेता यसरी सम्झिन्छिन् :
हाम्रो बिहेअघि नै उहाँ बिरामी हुनुहुन्थ्यो । लगातार सुक्खा खोकीले सताइरहेको थियो । डाक्टरले चिसो र एलर्जीको औषधि दिएका थिए । तर थामिएन, बरु बढ्दै गयो । यस्तैमा हामीले बिहे गर्‍यौं ।
बिहेपछि आफैंले ह्याण्डल गर्छु, खानपिन र औषधिमा कडाइ गर्छु भन्ने सोचेकी थिएँ । तर, मैले त्यो मौकै पाइनँ । बिहेको जग्गेमा बस्दा उहाँलाई साह्रो भइसकेको रहेछ, तर केही देखाउनुभएन । हाम्रो सुहागरात साह्रै पीडादायी रुपमा बित्यो । उहाँलाई व्यथाले चापेपछि म र परिवारले रातभरि उहाँलाई रुँगेर बस्यौँ ।
बिहेको पर्सिपल्ट उपचारका लागि उहाँलाई भारत लग्यौँ । म, मेरो जेठाजु र आमाजू गएका थियौँ । उहाँले हामी उपचारका लागि भारत जान लागेको कुरा गोप्य राख्न चाहनुभएको थियो । मिडियासित हनिमुनमा जान लागेको भनिदिनुभयो । बिहेलगत्तै उपचार गर्न जाँदा नानाथरि कुरा हुन्छन् भनेर चिन्तित हुनुहुन्थ्यो ।
भारतको गंगाराम अस्पतालमा भर्ना गर्दा पनि हामीले पहिचान खुलाएनौँ । उहाँलाई अर्कै नाममा भर्ना गरेका थियौँ । सुरुमा चेक गर्दा डाक्टरले निमोनिया भनेका थिए । तर, औषधि चलाइसके पनि स्वास्थ्यमा सुधार भएन । त्यसपछि डाक्टरले क्यान्सरको आशंका गरे । हामीले परीक्षण गर्न आग्रह गर्‍यौं । शंका सही निक्लियो । म आकाशबाट तल खसेझैं भएँ ।
त्यसपछिका दिनहरू अति वेदनामय थिए । उहाँलाई क्यान्सर भएको हामीले अन्तिमसम्म लुकाएका थियौँ । हाम्रो अनुरोधमा डाक्टरले पनि बताएका थिएनन् । परिवारको औषधि व्यवसाय भएकाले उहाँ औषधिको विषयमा जानकार हुनुहुन्थ्यो । त्यसैले शंका नहोस् भनेर डाक्टरले औषधिको बट्टा र स्लाइनको खोल पनि फेरेर दिन्थे ।
डाक्टर, नर्स र हामी सबैले गम्भीर भएर उहाँको अगाडि केही नभएजस्तो अभिनय गरिरहेका थियौँ । यद्यपि, त्यतिवेला म भित्रभित्रै काँपिरहेकी हुन्थेँ । उहाँको आँखामा हेरेर कुरा गर्न सक्दिनथेँ । फिल्ममा गर्ने अभिनयमा भन्दा हजारौँ गुणा कठिन हुँदोरहेछ, वास्तविक जीवनमा गर्ने अभिनय ।
आफ्नो पीडा लुकाउन म हरसम्भव प्रयास गर्थेँ । वार्डभित्र पस्दा मुखमा मास्क लगाउँथेँ । तर, बेला-बेलामा असहृय हुन्थ्यो । बेस्सरी रुन-चिच्याउन मन लाग्थ्यो । भक्कानो फुट्न खोजेपछि मुख छोपेर बाहिर निस्किन्थेँ र मैदानमा गएर पागलजसरी चिच्याउँथेँ । मन्दिरमा गएर एकोहोरो बर्बराउँथेँ ।
म दिन-रात उहाँकै साथमा हुन्थेँ । गल्दै गएपछि उहाँले कहिलेकाहीँ निराशाका कुरा गर्नुहुन्थ्यो । त्यतिबेला मुखले त गाली गर्थेँ, तर आफ्नो आँखामा आँसु भरिएको र गला अवरुद्ध भइसकेको पत्तै हुँदैनथ्यो । अस्पताल बसाइमा मेरो आफ्नै हालत बिग्रेको थियो । खान पटक्कै रुच्दैनथ्यो । क्यान्टिनमा खानेकुरा अर्डर गर्थेँ, तर गाँस निल्न सक्दिनथेँ । राति निद्रा पर्दैनथ्यो । धेरै रातहरू जागा नै बिताएँ ।
पछिल्ला दिनहरूमा उहाँ राम्रोसित बोल्न सक्नुहुन्नथ्यो । ईशाराबाट कुरा गर्नुहुन्थ्यो । ईशाराले नै मलाई ‘तिमी नआत्तिएऊ, नरोऊ’ भन्नुहुन्थ्यो । ‘मलाई अरू केही चिन्ता छैन, खाली तिम्रो चिन्ता छ’ भन्नुहुन्थ्यो । दाइहरूसित पनि मेरै चिन्ता व्यक्त गर्नुहुन्थ्यो । एकचोटि दाइसित ‘श्वेतालाई बहिनी बनाएर राख्नुस् दाइ धर्म हुन्छ’ भन्नुभयो ।
मैले के यस्तो कुरा गरेको भनेर झगडा गरेँ । उहाँले ‘होइन, यत्तिकै भनेको । मलाई तिम्रो मायाले केही हुन दिँदैन’ भन्नुभयो । त्यसदिन म निकै रोएँ ।
क्यान्सर पुष्टि भएपछि डाक्टरले किमो दिन सुरु गरे । पहिलो किमो सफल भयो । तर, जुन दिन दोस्रो किमो दिने भनिएको थियो, मेरो मन बिहानैदेखि निकै काँपिरहेको थियो । उहाँले किन हो ‘आज भेज मात्रै खान्छु है’ भन्नुभयो । किन त्यसो भन्नुभयो, थाहा छैन । मैले उहाँलाई दूध दिन खोज्दा गिलास नै फुटेर पोखियो । मलाई ‘अपशकुन’को आभास भयो । हातगोडा गले ।
किमो दिने बेला हामी सबैजना नर्भस थियौँ । नभन्दै उहाँलाई निकै गाह्रो हुन थाल्यो । सास फेर्न गाह्रो भएर छट्पटाउन थाल्नुभयो । म भित्रभित्रै कहालिएँ । धेरै गाह्रो भएपछि डाक्टरलाई आइसियुमा लैजान अनुरोध गर्यौँ । वार्डबाट आइसियुमा पुर्‍याउँदा म उहाँसँगै थिएँ । उहाँलाई आइसियुभित्र छिराइयो । भित्र छिर्ने वेलामा उहाँले हात उठाउनुभयो र हल्लाएर मलाई बिदाइको इशारा गर्नुभयो । त्यही हो, मैले उहाँलाई अन्तिमपटक जीवित देखेको क्षण ।
दाइहरू रुममा जानुभयो । तर, म जान सकिनँ । आफैँलाई नियन्त्रण गर्न सकिरहेकी थिइनँ । आइसियुको ढोकाभन्दा बाहिर एउटा सानो मन्दिरजस्तो थियो । म त्यहीँ गएर अलाप-बिलाप गर्न थालेँ । भगवानलाई दुबै हात जोडेर बिन्ती बिसाउँदै थिएँ । होस हवास गुम भएजसरी त्यहीँ लडीबुडी गर्न पुगेछु ।
मीनकृष्ण दाइ र डाक्टरहरू बाहिर निस्केर मलाई बोलाउनुभयो । ‘तिमीलाई भाइले बोलाएको छ’ भनेर दाइले उठाउनुभयो । दाइको सहारामा भित्र गएँ । तर, त्यहाँ उहाँलाई पाइनँ । त्यहाँ केवल उहाँको मृत शरीर थियो । दैवले उहाँको प्राणपखेरु टिपेर लगिसकेछ ।
त्यही क्षण मेरो मुटु चुँडियो । त्यसपछि के-के भयो, मलाई केही सम्झना छैन ।
www.onlinekhabar.com
ज्योतिष शास्त्रमा अंकको ठूलो महत्व छ । अंक अनुसार नै मान्छेको भविष्यबारे बताउँछन् ज्योतिषहरु ।

विवाहका लागि अंकमिलान एकदमै महत्वपूर्ण मानिन्छ । पछिल्लो समयमा सम्बन्धहरु सहजै विग्न थालेपछि यसको महत्व झनै बढेर गएको छ ।


जन्मदिनको मुलाङ्क अनुसार कुन केटा केटीको जोडी बन्ने कि नबन्ने निर्धारण गर्छन् ज्योतिषहरु ।

के हो मुलाङ्क ?

कुनै पनि ब्यक्तिको मुलाङ्क उसको जन्मदिनको गतेको संख्याको कुल हो अर्थात तपाइँको जन्म मिती १० गते हो भने तपाइँको मुलाङ्क १ हो तर ११ गते हो भने १‌‍‍‌+१= २ हुन्छ । १४ गते जन्मदिन हो भने मुलाङ्क १‌‍‍‌+४= ५ हुन्छ ।

९ सम्मको मुलाङ्क भएका केटी राम्रा मानिन्छन् । ९ सम्म मुलाङ्क भएका केटीहरुसँग सम्बन्ध गाँस्दा राम्रो हुने र जीवनमा सुख प्राप्ती हुने ज्योतिषको दावी छ ।

तर १ मुलाङ्क भएका केटालाई २ देखि ८ सम्मका जोर मुलाङ्क भएकी केटी जोडी परेमा यस्तो जोडीको जीवन दुःख र कलहले भरिएको हुन्छ । यिनीहरुको जीवनमा सँधै झगडा हुन्छ ।

यदि केटाको मुलाङ्क २ छभने त्यस्ता केटालाई १ देखि ७ सम्म मुलाङ्क भएका केटी ठिक हुँदैन । अन्य मुलाङ्क भएका केटी खोजेर सम्बन्ध जोड्नु उपयुक्त हुन्छ ।

जुन पुरुषको मुलाङ्क ३ हुन्छ त्यस्ता पुरुष ३, ४ र ५ मुलाङ्क भएकी केटीसँग टाढै बसेको राम्रो । तत्र जीवनभर कलह भोग्नु पर्ने हुन सक्छ ।

जुन पुरुषको मुलाङ्क ४ हुन्छ त्यस्ता पुरुष २, ४ र ५ मुलाङ्क हुने केटीसँग बँचेकै राम्रो ।

जसको मुलाङ्क ५ हुन्छ त्यस्ता पुरुषले १, २, ५, ६ र ८ मुलाङ्क मध्ये जुनसुकै भएकी केटीसँग सम्बन्ध जोड्दा पनि हुन्छ ।

जुन केटाको मुलाङ्क ६ हुन्छ त्यस्ता केटाले १ वा ६ मुलाङ्क भएकी केटीसँग सम्बन्ध राख्नु राम्रो हुन्छ अन्यथा जीवन तनावपूर्ण हुने खतरा हुन्छ ।

मुलाङ्क ७ हुने केटालाई मुलाङ्क २, ४ वा ७ हुने केटी जोडी मिल्छ ।

८ मुलाङ्क हुने केटाका लागि १, ४, ८ या ९ मुलाङ्क भएकी केटी जोडी ठिक हुन्छ ।

जुन पुरुषको मुलाङ्क ९ हो यस्ता पुरुषलाई १, २, ३, ६ वा ९ मुलाङ्क भएकी केटी राम्रो मानिन्छ । तर यो मुलाङ्क हुनेले ४ र ८ मुलाङ्क हुनेसँग भुलेर पनि सम्बन्ध राखुन् हुँदैन ।source nepaliheadlines
काठमाडौं, साउन २९ – मुलपानीमा रोपाईं गर्न गएका बेला स्थानीय महिलाहरुमाथि अश्लिल हर्कत गरेर राजीनामा दिन बाध्य भएका कृषिमन्त्री हरी प्रसाद पराजुलीलाई कृषि सचिव उत्तम कुमार भट्टराईले फुलमाला लगाएर विदाई गरेका छन् ।


विहीबार मध्यान्ह मन्त्रालमा एक कार्यक्रमको आयोजना गर्दै सचिव भट्टराईले राजीनामा दिएको डेढ महिनापछि पराजुलीलाई विदाई गरेको मन्त्रालय स्रोतले जनाएको छ ।

विवादित पूर्वमन्त्रीलाई विदाइ गर्ने कार्यक्रममा केही कर्मचारीहरुले उपस्थित नहुने मनशाय व्यक्त गरेपनि भट्टराई सबैलाई अनिवार्य उपस्थित हुन निर्देशन दिएको एक अधिकृतले रातोपाटीलाई बताए ।

मन्त्रालयको हलमा अयोजित कार्यक्रमको पुष्टि गर्दै मन्त्रालयका प्रवक्ता टिकाराम शर्माले भने, ‘विदाइ कार्यक्रम भएको हो, तर मेरो अन्यत्र कार्यक्रम भएकाले धेरै समय बस्न पाइँन ।’
कृषि सचिव उत्तम कुमार भट्टराई

कृषि सचिव उत्तम कुमार भट्टराई

असामाजिक हर्कत गरेर चर्को आलोचना खेपेका मन्त्रीलाई यत्ति लामो समयपछि विदाई गरेकोबारे जिज्ञासा राख्न पटक–पटक सम्पर्क गर्दा पनि कृषि सचिव भट्टराईको फोन उठेन

भिडियो हेर्न तलको बाकस थिच्नुहोस
काठमाडौं, २९ साउन ।सेरोगेट (भाडाकी) आमाबाट नेपालमा जन्मिएका शिशु इजरायलमा लैजाँदा, त्यहाँको
विमानस्थलमा । फोटो : रोयटर्स
काठमाडौं: काम गर्ने भिसामा थाइल्यान्ड पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले स्युचाटारमा डिवेस्ट एजुकेसन कन्सल्टेन्सी सञ्चालन गर्दै आएकी गायत्री वाग्लेलाई पक्राउ गरेको छ।

नवलपरासी घर भएकी वाग्लेले थाइल्यान्ड पठाइदिन्छु भन्दै बूढानीलकण्ठका गोकुल क्षेत्रीसँग तीन लाख ५० हजार रुपैयाँ ठगी गरेको आरोप छ। उनलाई महानगरीय प्रहरी अपराध महाशाखाले बुधबार पक्राउ गरेको हो।



प्रहरीका अनुसार आइडिएल कन्सल्टेन्सी एन्ड क्यारियर डेभलपमेन्टका नाममा एक दैनिक पत्रिकामा विज्ञापन छपाएकी वाग्लेलाई क्षेत्रीले फोन गरेका थिए। फोनमा साढे तीन लाख रुपैयाँ लाग्छ र तलब नेपाली ६० हजार रुपैयाँ हुन्छ भनेपछि क्षेत्रीले वाग्लेलाई भेटेका थिए।

वाग्लेले एक लाख रुपैयाँ लिई ‘थाइल्यान्ड पुगेपछि मेरा दाजु भिमेश डोटेलले काममा लगाइन्छिन्' भनेपछि क्षेत्री थाइल्यान्ड गएका थिए।क्षेत्रीले थाइल्यान्ड पुगेर डोटेललाई भेटी थप दुई लाख ५० हजार रुपैयाँ बुझाएका थिए।

कामको व्यवस्थाका लागि भन्दै क्षेत्रीलाई एक थाई नागरिकको जिम्मा लगाएपछि डोटेल सम्पर्कविहीन भएका थिए। क्षेत्रीले प्रहरीमा उजुरी दिएअनुसार उनी २० दिन थाइल्यान्डमा बस्दा पनि काम नपाएपछि नेपाल फर्किएर पुनः वाग्लेलाई भेटेका थिए।

'रकम फिर्ता गर्न मिल्दैन बरु फेरि जाऊ, कामको व्यवस्था मिलाइदिन्छु' भनेर वाग्लेले क्षेत्रीलाई दोस्रोपटक थाइल्यान्ड पठाएकी थिइन्। दोस्रोपटक जाँदा पनि काम नपाएपछि फेरि उनी नेपाल आए। यहाँ आएर पैसा फिर्ता माग्दा वाग्लेले दिन नमिल्ने बताएपछि क्षेत्रीले महाशाखामा उजुरी दिएका थिए।


प्रहरीले अनुसन्धान गर्दा डिवेस्ट एजुकेसन कन्सल्टेन्सीकी सञ्चालक वाग्लेले कन्सल्टेन्सी सञ्चालनका लागि शिक्षा मन्त्रालयबाट अनुमति नलिएको पत्ता लागेको छ। भिडियो हेर्न तलको बाकस थिच्नुहोस

२९ साउन । चिकित्सकले चरम लारपरवाही गरी पत्थरीको अप्रेसनका क्रममा बिरामीको पेटभित्र दुईवटा पाइप
छाडेका छन् ।
दुख्न नछाडेपछि बिरामीले पटकपटक धाउँदासमेत शल्यक्रिया गर्ने चिकित्सक र उपचार गराएको अस्पतालले वास्ता नगरेकाले अन्तै भिडियो एक्सरे गराउँदा पेटभित्र पाइप देखिएको हो । भरतपुर १८ की ४० वर्षीया गोमा भण्डारीले मिर्गौलामा पत्थरी भएपछि नारायणी सामुदायिक अस्पतालमा शल्यक्रिया गराइएकी थिईन् । अप्रेसन डाक्टर ज्ञान पोखरेलले गरेका थिए । कान्तिपुर दैनिकमा समाचार छ । भिडियो हेर्न तलको बाकस थिच्नुहोस
हत्‍यामा संलग्‍न राजु राणाभाट पक्राउ
कास्की: नेपाली कांग्रेसका स्थानीय नेता रामजी पौडेल 'बादल'को हत्या भएको छ। लेखनाथ-१ पावरहाउस घर भएका उनको शव पृथ्वीराजमार्ग नजिकैको भीर तल भेटिएको स्थानीयले बताएका छन्।


उनको हात, घाँटीमा चोट देखिएकोले आफन्तहरुले हत्या भएको भन्दै घटनाको छानबीन माग गरेका छन्।हत्‍याको विरोधमा उनीहरुले पृथ्वीराजमार्गमा चक्काजाम गरेका छन।   आक्रोसित भीडले बा १२ च ३२८० नम्वरको निजी मारुती सुजुकी गाडी जलाई दिएका छन। पौडेल देउवा पक्षका कार्यकर्ता हुन्।
 

बादलको हत्‍यामा संलग्‍न राजु राणाभाट पक्राउ परेका छन्। हत्‍यामा संलग्‍न तीन जनाको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ।
/annapurnapost.com
आज वि.सं. २०७२ श्रावण २९ गते शुक्रबार तदनुसार ई. सं. २०१५ अगस्ट १४ तारिख
श्रावण कृष्ण अमावस्या, अश्लेषा नक्षत्र, कर्कट राशिको चन्द्रमा, व्यतिपात योग, किंस्तुघ्न करण
आजको व्रत/पर्व : दर्श श्राद्ध, हलो तथा निशि बार्ने दिन
भोलिको व्रत/पर्व : गुँलाधर्मारम्भ

आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
घरगृहस्थीमा धेरै समय खर्चनु पर्ने योग छ । वैदेशिक रोजगारी गर्नेेहरूले आज घरायसी कुरा सम्झेर दिन बिताउने छन् । आकस्मिक रूपमा स्वास्थ्यमा समस्या आउनसक्छ । छोराछोरीको स्वास्थ्य एवं पढाइप्रति जिम्मेवारी बोध हुनेछ । मातापितासँगको सम्बन्धमा समेत निराशा भाव आउनसक्छ । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग बैजनी वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमो भगवते वासुदेवाय यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
नजिकका मित्रबाट विशेष सहयोग र सुख प्राप्त हुने देखिन्छ । भाइबहिनीका तर्फबाट खुसीको खबर प्राप्त हुनेछ । भोजभतेर खानपिन जस्ता सामाजिक कार्यमा सहभागी हुनु पर्नेछ । दीघकालिक फाइदाका लागि गरिएको प्रयास सार्थक हुनेछ । बन्दव्यापारबाट लाभ मिल्नेछ र स्वास्थ्यमा कुनै समस्या देखिने छैन । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग सिन्दुरे रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ हं हनुमते नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
दैनिक आम्दानीका मार्गमा बृद्धि हुनेछ, तर मानप्रतिष्ठा र ख्यातिमा आँच आउने सम्भावना छ । घुमघाम र भेटघाटका लागि मन लालायित हुनेछ, तर समय निकाल्न धौधौ हुनेछ । छरछिमेकी, कुटुम्ब वा नातागोताको काममा संलग्न हुनुपर्ने छ, तर सरसहयोग गरे पनि असन्तुष्टि बढ्न सक्छ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सरस्वत्यै नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
नयाँ कामको लागि नयाँ अवसर आउनेछ । निर्माण तथा व्यवहारिक क्षेत्रमा मन आकर्षित हुनेछ । मन त्यसैत्यसै फुरुङ्ग हुने समय छ । दैनिक कामकाज सजिलै सम्पन्न हुनेछन् । आफन्त र मित्रहरूसँग भेटघाट र रमाइलो गरिने छ । घरपरिवारमा राम्रो छ । बन्दव्यापार र रोजगारीका क्षेत्रमा लाभ मिल्नेछ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग सेतो वा घिउरङ्ग हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमः शिवाय यस मन्त्रको कम्तीमा २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
खर्च बृद्धि हुने समय चल्दैछ । नकारात्मक र निराशाजनक भावनाले दुखित भइने छ । चिन्ता, शंका र छट्पटीले मानसिक तनाव हुनसक्छ । अशुभ समाचार सुन्नु पर्ने हुन्छ । नयाँ कामका निम्ति शरीरमा उत्साह आउने छैन, निर्णय क्षमतामा कमी भएको अनुभूति हुनेछ, मनमा दोधारको अवस्था सिर्जना हुनेछ । आजका लागि शुभअङ्क १ र शुभरङ्ग कलेजी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ घृणि सूर्याय नमः यस मन्त्रको कम्तीमा ७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । काममा तल्लीनता दिन सकेमा सफल भइने छ । धार्मिक तथा आध्यात्मिक क्षेत्रतर्फको काममा सहभागी बन्नु पर्ला । नोकरी गर्नेले मानसम्मान पाउने छन् । प्रशासनिक र राज्यपक्षबाट हुनुपर्ने काममा सफलता प्राप्त हुनेछ । पठनपाठन र प्राज्ञिक क्षेत्रबाट लाभ लिन सकिने छ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गुरवे नमः यस मन्त्रको कम्तीमा २४ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
स्वास्थ्यस्थिति राम्रो रहनुका साथै काम गर्ने जाँगर बढ्ने छ । पारिवारिक सुखसम्मृद्धिमा बृद्धि हुनेछ । काममा सोचेजस्तै सफलता मिल्नुका साथै उन्नति गर्ने अवसर प्राप्त हुने योग छ । नवीन रोजगारीको सम्भावना छ । प्रतिस्पर्धीहरूमाथि विजय प्राप्त हुने छ । आज धैर्यधारण गरी परिश्रम गर्ने दिन हो । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग छिर्केमिर्के बुट्टे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कें केतवे नमः यस मन्त्रको कम्तीमा ७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
संयमताका साथमा समय यापन गर्नु श्रेयस्कर हुनेछ, आजको दिन भाग्यमा रहेको चन्द्रमा कमजोर छ । अर्काको भर पर्नुभन्दा पनि आफ्नै प्रयासमा गरिएका कामले फाइदा हुनेछ । धार्मिक, सामाजिक र पारमार्थिक काममा खटिनु पर्नेछ, तर विवादबाट टाढा रहनु होला । साँझपख शुभ समाचार आउन सक्छ । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बुं बुधाय नमः यस मन्त्रको कम्तीमा ८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
चन्द्रमा अनिष्ट भए पनि राशिमा परेको राम्रा ग्रहको प्रभावले मनमा जोस, जाँगर, उत्साह र उमंग देखापर्ने छ । घरायसी वातावरणमा आज सुमधुर सम्बन्ध कायम हुने देखिन्छ । साथीभाइसित बसेर छलफल र वार्तालाप हुनेछ । महत्वपूर्ण कार्यमा सफलता पाउन गोप्य राखेमा सफलता मिल्नेछ । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग पहेंलो वा गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ महालक्ष्म्यै नमः यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
स्वास्थ्यस्थितिमा अनुकूलता आउनेछ । काम गर्न जाँगर चल्नेछ, उत्साहवर्द्धक समय छ, आम्दानी बढ्न सक्छ । घुमघाम, भेटघाट र मनोरञ्जनमा दिन बित्नेछ । मेजमानीको अनुकूलता प्राप्त हुनेछ । दाम्पत्यसम्बन्ध सुखद रहनेछ । प्रेमको बन्धनमा बाँधिने बेला छ । परोपकारकारका क्षेत्रमा मन आकर्षित हुनेछ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गं गणपतये नमः यस मन्त्रको कम्तीमा २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
लामो समयदेखि रोकिएका कामहरू बन्न सक्ने मौका छ । आकस्मिक निम्तोमा सहभागी हुने सम्भावना देखिन्छ । मिष्ठान्न भोजनको अवसर आउने छ, तर आहारविहारमा विशेष सतर्क रहनु राम्रो हुन्छ । शारीरिक प्रतिस्पर्धा र तर्क, विवाद वा न्याय सम्पादनका सिलसिलामा लाभ प्राप्त गर्न सक्नुहुनेछ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सफा र चम्किलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शुं शुक्राय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
सन्ततिका क्रियाकलापमा सामान्य समस्या देखिन सक्छन् । जानकार व्यक्ति वा गुरुजनले सहयोग गर्नाले आत्मबल बढ्ने छ । बन्दव्यापारबाट लाभ नै हुनेछ । पठनपाठन र चिन्तनमननमा ध्यान केन्द्रित हुनसक्छ । पारिवारिक सहयोग र सद्भावमा कमी आए पनि आफैंले गरेको निर्णय फलदायी हुनेछ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ अं अङ्गारकाय नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

यस्तो किन हुन्छ त्यसैले आज थोरै लेख्दै छु मन परे शेयर वा कपी गरेर पेजमा बा वाल मा लेखि दिनु होला।।*प्रदेशीहरु मात्र किन यति धेरै चोट र पिडाहरु भोग्नु पर्छ ?


~जब एउटा प्रदेशी मिठो सपना बोकेर प्रदेश पसेको हुन्छ।आफ्नो प्राणभन्दा प्यारी प्रेमीका वा श्रीमती साथ मा बा-आमा र छोरा छोरीलाई छोडेरप्रदेशको भुमीमा आफ्नो पसिना र रगत संग लड्दैभविष्यको मिठो कल्पना गर्दै प्रदेशी दिनहरु बिताउँछन ।रात दिन त्यहि आफ्नो प्रेमीका वा प्राण भन्दा प्यारी श्रीमती संगबिताएका पलहरु कल्पना गरी पर्देशी भुमीमा आफ्ना दु:ख सबै भुलि दिन्छन।प्रदेशीले हरेक दिन आफ्नो पसिना रगत संग लुकामारी गरी पैसा कमाउँछन ।

बिचरा प्रदेशी मन मा चाहाँना हुदाहुदै पनि भविश्य सोची एक पैसा खर्चनगरी कमाएको हुन्छ तर आज कल कस्तो जमाना खै कसरी भनु म संसार नैस्वार्थी र जाली भए पछि।आज भोली बढि पर्देशीका प्रेमीहरु वा श्रीमतीहरुबढि अर्कै संग जान्छन किन ?त्यसैले आज चिच्याई चिच्याई भन्न मन लागेको छ मलाई।प्रेदेशीको पनि एउटा चाहाँना हुन्छ सपना हुन्छ ।

उसको पनि एउटा छुट्टै संसारबनाउँने सपना हुन्छ।तर सपना सपना मै सिमित रहन्छ केवलप्रेमीका वा श्रीमतीहरुले गर्दा।हे भगवान किन सोच्दैनन प्रदेश मा पसिना र रगत संग खेल्दै पैसा कमाउँनु भएको छ।हाम्रै लागी त होनि प्रदेश जानु भएको भनेर ?किन सोच्दैनन प्रदेशी जिन्दगी संग खेलवाड गर्दा उसको मन दुख्ला भनेर ?कति धेरै सपना बुनेको हुन्छ धेरै पैसा कमाएर राम्रो संग बसुला भनेर तरसोचेको भन्दा ठिक उल्टो भई दिन्छ बिचरा प्रदेशी दु:ख गरेरकमाएको पैसा उता घर मा अर्कै संग मोज मस्ती गरेर अर्कै संग पोईला जान्छनत्यो पल कसरी सहन सकेको होला त्यो पर्देशीले किन सोच्दैन किन ?

मन भरी संगालेका मिठा सपनाहरु भताभंग पारेर जिउँदो लाश सरी फेरी आफ्नैजन्म भुमी ठाउँ र बा-आमा र छोरा छोरी सम्झेर घर फर्केको हुन्छ।
मैले पनि आज मेरी उनीलाई भन्दैछु मेरो जिन्दगी तिम्रै हात मा चाँहे बगार
चाँहे सपार तिम्रो जिम्मा। भिडियो हेर्न तलको बाकस थिच्नुहोस
महाँरानी
यदी म बेश्या हुँ भन्ने थाहा पाए भने कतीपय पुरुशहरु भित्रभित्रै गद गद हुन्छन  र मौका पर्यो भने फोन नम्बर माग्छन र निस्फिक्री फोन पनि गर्छन । कोठाको तारतम्य मिलाउछन र भने जती पैसा तिर्न तयार हुन्छन । कसैले नदेखी सकेसम्म माक्स लाएर कोठामा भित्रिन्छन अनि नाङ्गिन्छन । फेरि दुरुस्तै भएर बाहिरिन्छन मानौ केही भएकै छैन । अझ उसले मलाई नै बाहिर देख्यो भने उसको साथीलाई भन्छ “ओए हेर न उ.. त्यो बेस्या हो रे”
‘रे’ लगाईदिन्छ । मानौ उ दुध ले धोएको हो । उ म सँग सुतेकै हैन । र उ कहिल्यै बेस्या सँग जानै सक्दैन , उ ईज्जतदार हो । हो.. यहि हो पुरुशहरुको देखाउने दारा  । जो सँग सुते पनि उ चोखो हुन्छ प्रमाण केही हुदैन । हुन त भगवान ले पनि नारीलाइ नै ठगेका छन । कसैसँग यौन सम्पर्क राख्नासाथ नारी कै भर्जिनिटि क्षय हुन्छ । पुरुश त जस्ताको त्यस्तै । फेरी पुरुश हरुलाइ बिबाह पुर्ब वा बिबाह पश्चात भोग गर्न चाही परस्त्री चाहिन्छ । अनि बिहे गर्दा चाही भर्जिन केटी चाहिन्छ , यो पुरुश हरुको अर्को लुकाउने दार्हा  हो ! पुरुश हरुले महिला लाई खेलौना अथवा यौन शन्तुस्टी मेटाउने साधन भन्दा बढी केही सँझदै सँझदैनन ।

सडकमा हिड्ने जो सुकै केटीलाई पनि कसिलो नितम्ब र थाई देख्यो भने १२ बर्सको ठिटो देखी ७५ बर्षको बुढो सम्मले नियालेर हेर्छ ! बास्तब्मा हामिलाई पनि हेरिदिए हुन्थ्यो जस्तो नै लाग्छ । गुनासो सिर्फ यति हो कि पुरुशले पनि किन बेश्याको दर्जा पाउन सकेन ? किन महिलालाई मात्र दोशी मान्छ हाम्रो समाज ?
प्रकृतीले समागम कै लागी पुरुश र नारी बनाएको हुनुपर्छ । नत्र सबै पुरुश भए वा नारी भए नि भैहाल्थ्यो नि । यदी त्यसो हो भने सेक्सलाई मानिसले  किन लुकाउछन ? बिहेको पहिलो रातको असह्य पिडालाई बिहान बुहारीले लुकाउन सक्दिनन् र टाङ फाड्दै हिडेको देखेर सबैलाइ थाहा पनि हुन्छ कि बुहारीलाइ गार्हो भै रहेको छ । तै पनि कसैले भन्न सक्दैनन कि ‘बुहारी तिम्रो गुप्ताँङ्ग दुखेको छ आराम गर ‘ भनेर । बरु भित्र भित्रै बुहारि लाई हेरेर गद गद भै रहेका हुन्छन । यो हाम्रो समाजको खराब पक्ष नै हो ।


भर्खरै को ताजा घटना एउटी गायिका , मोडल ज्योती मगर माथी ‘अभद्र ब्यबहार’ले सँचार माध्यम तातेका छन । के ज्योतीको अर्धनग्न शरिर नहेर्ने धृष्टता यो समाजका पुरुश ले गर्न सक्छन ? के ज्योतिका भिडियो हरु एभोईड गर्ने ताकत छ पुरुश हरुमा ? छैन । बरु उल्टै अहिले सबै भन्दा बढी युट्युब मा ज्योतिका भिडियो लाई क्लिक गरिन्छ । र उनका भिडियोको भ्यु यो साता मात्र करिब डबल भएको छ । यसको मत्लब पुरुश लाई उनी मन पर्छीन । फेरी किन ज्योती ठिक छन भनेर भन्ने आँट कुनै पुरुशमा छैन त ?
मैले सामाजिक सँजालमा खुब ठुला भनाउदा लेखक,कबी ,लब्ध प्रतिष्ठित ब्यक्ती हरु, अफिसर हरु  र केही कलाकारलाई समेत जोखेकी छु । मै सँग ईनबक्स मा भल्गर च्याट गरेर पब्लिकमा नारीको सँमान गर्नु पर्छ भन्ने आशयका लेखहरु लेख्छन । मलाईनै “स्तन को फोटो पठाईदेउ न” ? भनेर अनुरोध गर्नेहरु ज्योती मगरलाई गाली गर्दै स्टाटस अपडेट गर्छन आखिर कतिदिन सम्म कोखमा दार्हा बोकेर हिड्छौ पुरुश हरु ?
मलाई यौन ब्यबसाय गर्ने रहर छ भने म किन कसैसँग डराउने ? अझ जसले म सँग यौन सम्पर्क राख्छ उसै सँग किन म लुकेर हिड्ने ? मैले किन सँम्मान साथ यौन ब्यबसाय अपनाउन नसक्ने ? के यो देश अघोसीत पुरुश बेश्या हरुको मात्र बपौती हो ? यस्ता कैयन अनुत्तरीत प्रश्न छन जस्को उत्तर सबै लाई थाहा छ तर कोही बताउन चाहाँदैनन् । यदी मलाई यौनकर्मि हुन रहर लाग्यो भने मलाई कसैले रोक्न सक्दैन चाहे कानुन चाहे परिवार ।
मलाई थाहा छ यही  मेरो लेखमा पनि पुरुस हरुले  र केही लुकेर बेश्याबृती गर्दै बाहिर बाहीर महिला यस्तो हुनुपर्छ यस्ता लुगा लगाउनु पर्छ भन्दै महिलाकै ओकालत गर्ने छद्मभेशी हरुले भद्दा सब्द मा गालि गर्न सक्छन । तर मलाई त्यस्ता हरुप्रती सहानुभुती बाहेक केही छैन ।
जबसम्म पुरुशहरु र केहि महिला हरु समेत औपचारिकता को खोल ओढेर महिलालाई गालि गर्दै लुकेर नाङ्गो नाच हेर्छन र खुद बेश्याबृती गर्छन तब सम्म यो समाज अठारौ सताब्दीमा छ भनेर भन्दा फरक पर्दैन ।www.ejanata.com
लेखनाथ : लेखनाथ नगरपालिका–१ स्थित पट्नेरीमा रहेको सेतीको पुल नजिकैबाट नदीमा खसेको ट्र्याक्टर हराएको छ ।

ग १ त ११६१ नम्वरको बालुवा बोकेको ट्र्याक्टर बागमारा पशुपती घाटबाट बालुवा लिएर आउने क्रममा आज चिरगादी पुलछेउबाट तल खसेको हो । ट्र्याक्टरमा रहेका चालक र सहचालकसहित अन्य दुई जना सामान्य घाइते रहेका छन् ।



ट्र्याक्टरको खोजीकार्य जारी रहेको इलाका प्रहरी कार्यालय गगनगौँडाका प्रमुख उज्ज्वल पौडेलले जानकारी दिए ।
annapurnapost.com
हरेक दिन बिहान उठ्ने बितिकै खाली पेटमा पानि पिउने बानी जापानमा लोकप्रिय छ। यस बाहेक बैज्ञानिक परिक्षणले पनि पुष्टि गरेको छ कि नियमित निम्न तरिकाले पानी पिउने हो भने केहि त्यस्ता नया पुराना रोगहरु टाउको दुख्ने, शरीर दुख्नु, हृदय प्रणाली, तेज धड्कन, मिर्गी, अत्यधिक मोटोपन, आस्थामा, क्षयरोग, मेनिनजाइटिस, मिर्गौला र मूत्र रोग, उल्टी, ग्यास्ट्रिक,  मधुमेह, कब्जियत,आँखा रोग, कान, नाक र घाँटी रोग आदि नलाग्न, निको पार्न, अथवा बढ्न नदिन पानीले ठुलो मदत पुर्याउछ।

पानि पिउने विधि
१. बिहान उठ्ने बित्तिकै ब्रस गर्नु अघि खाली पेटमा ४ गिलास*१६० मिलिलिटर पानि पिउनुहोस।
२. अब ब्रस गर्नुहोस र अन्य दैनिकी नित्यकर्म गर्नुहोस तर पानि पिएको ४५ मिनेट फेरी केहि पेय पदार्थ नपिउनुहोस र केहि खाना पनि नखानुहोस।
३. ४५ मिनेट पछी तपाइले नियमित झैं नास्ता या खानपिन गर्न सक्नुहुन्छ।
४. नास्ता या अन्य बिहान बेलुकाको भोजन गरेको १५ मेनेट पछी २ घण्टा सम्म फेरी केहि खानपिन नगर्नुहोस।
५.  जापानिज र चाइनिजहरु आफ्नो भोजन संग तातो चिया वा तातो सुप पिउने गर्छन। हामी पनि नक्कल गर्ने कि? हुनत खाना संग एक गिलास चिसो पेय सबैलाई मन पर्छ। तर भोजनमा भएको चिल्लो पदार्थ पचाउन तातो पेयले मदत गर्छ भने चिसो पेयले जमाउछ।
६. रोगि वा बिरामीले यदि सुरुमा ४ गिलास पानि पिउन कठिन हुन्छ भने जति सकिन्छ त्यति बाट सुरु गर्नुहोस र बिस्तारै बढाउदै ४ गिलासमा पुर्याउनुहोस्।
निम्न रोगहरु लाग्न नदिन, कम गर्न, निको पार्न माथिको पानि पिउने विधिले मदत गर्दछ।
उच्च रक्तचाप – ३० दिन
गैस्ट्रिक – १० दिन
मधुमेह – ३० दिन
क्यान्सर – १८० दिन
क्षयरोग – ९० दिन
माथिको विधि अनुसार पानि पिउदा साइड इफेक्ट केहि हुदैन निश्चिन्त हुनुहोस तर केहि बेर लगातार पिसाब लाग्ने छ। यो विधिलाई सबैले आफ्नो दैनिकी बनाउने हो भने स्वस्थ रहन मदत पुग्ने छ।
दैनिक कति मात्रामा पानि पिउने भन्ने प्रस्नको उत्तर फरक फरक हुन सक्छ। स्वास्थ्य स्थिति, वातावरण र सारीरिक क्रियाकलाप अनुसार पिउने पानीको मात्रा फरक होला तर सामान्य अवस्थामा स्वस्थ मानिसलाइ दैनिक ३ देखि ४ लिटर तरल पदार्थको आवस्यक्ता पर्दछ। केहि मात्रामा तरल पदार्थ फलफुल र खानाको माध्यम बाट पनि आपूर्ति हुन्छ। मानव सरिरका प्राय सबै प्रणालीलाई पानी चाहिन्छ। पानीले नै हो सरिरमा भएका बिकारलाई पसिना र पिसाबको माध्यमबाट बाहिर निकाल्छ, हरेक कोषहरूमा पौष्टिक आहार पुर्याउन्छ, नाक कान् र घांटीमा ओसिलो पन राख्छ। त्यसैले माथिको विधि अनुसार दैनिक पानि पिउन सुरु गरौ स्वस्थ रहौ।
गर्मीको महिना र सारीरिक ब्यायम गर्दा साबिकको भन्दा बेसी पानि पिउने बानी बसालौ। भिडियो हेर्न तलको बाकस थिच्नुहोस
मृत्युसंग डरलाग्नु स्वभाविक हो। अधिंकास मानिस मृत्युसंग डराउँछन्। दिउँसो भन्दा राती बढी डर लाग्छ, किन? जुन कुराको यथार्थ थाह हुदैन, जुन देख्न सकिदैन, त्यसबाट डर पैदा हुनु सामान्य हो। तर साच्चैँ मृत्यु के हो?
मृत्युसंग किन डर लाग्छ?

मृत्यु शब्द सुन्ने बित्तिकै सबैभन्दा पहिले ‘सबैकुराको अन्त्य हुने’ सोच आउँछ। ‘सबैकुराको अन्त्य’ हुने सोच नै डरको कारण बन्न जान्छ। जे हुदैछ त्यसको अन्त्य होस्, हामी चाहदैनौ। तैपनि दुःखको अन्त्य होस भनि कामना गर्ने गर्छौ।

मृत्युले राम्रा वा नराम्रो दुवैमा परिवर्तन ल्याउँछ। मृत्यु पश्चात आत्मा एउटा शरिरबाट अर्को भौतिक शरिरको खोजीमा निस्कन्छ। अर्थात आत्मा एक नयाँ जीवनको खोजीमा बुढो शरिरलाई छोडिदिन्छ।

डरको सबैभन्दा ठुलो कारण मोह हो। यो जीवनको मोह, जीवनसंग जोडिएका मानिस अनि वस्तुको मोह। त्यसैले मृत्युसँग डर लाग्छ। मोहको कारण। केही मानिस यस्ता भेटिन्छन् जो मृत्युसंग डर मान्दैनन। मृत्युसंग डर नमान्नेले साँच्चैको जीवन जिएका हुन्छन्, जीवन जिउने कला जानेका हुन्छन्।

संसारको वास्तविकता जानेर पनि हामीलाई होस हुदैन, जीवन छ भने मृत्यु पनि हुनै पर्छ। किनकी संसार क्षणभरको छ, परिवर्तनशील छ। परिवर्तन संसारको रित हो। जसले परिवर्तन बुझेको हुन्छ उसले जीवनको यथार्थ बुझ्नसक्छ। यो लेख पढ्नसुरु गर्नु भएको तपाइ र यो वाक्य पढ्दै गरेको तपाई एउटै हुनुहुन्न। तपाइको शरिर परिवर्तनशील छ, कोष मर्ने अनि नयाँ बन्ने प्रक्रिया प्रत्येक पल भइरहेको छ। हाम्रो सोच भने फरक हुन्छ, जे भइरहेछ सधै रहन्छ झै व्यवहार गर्छौ।

यस्ता व्यवहारको पछाडी केही कारण छन्। हामीलाई जीवनको उद्धेश्य थाह नहुनाले यस्तो सोचिन्छ। जीवनको उद्धेश्य थाह पाउन हामीलाई कुनै चाख छैन। किनकी आफै बाटो बनाउन कठिन छ, त्यसैले त हामी त सदियौं देखि अन्यले देखाएको बाटो हिड्दैछौ।

मृत्यु पछि के हुन्छ?

मृत्युपछि के हुन्छ, यो बहसको मात्र विषय हो। मृत्यु पछिको सत्यता जीवन छदै थाह पाउन सकिदैन। थाह नभएको विषय भएकाले नै मृत्युको डर लाग्ने गर्छ। मृत्यु पछिको सन्दर्भमा ‘स्वर्ग’ र ‘नर्क’ निकै प्रचलनमा रहेको विषय हो। तर ‘स्वर्ग’ र ‘नर्क’ जीवन छदै अनुभव गरिन्छ, जसको लागि मृत्यु नै पर्खनु पर्दैन। बालककाल देखि नै मृत्यु अनि स्वर्ग र नर्कको बारेमा धेरै विषय थाह भइसकेको भए पनि कुनै पनि तथ्य वा विचार भरपर्दा छैनन, झुक्याउनलाई भनिए जस्तै।

पुर्वजन्म र पुर्नजन्म

स्वर्ग’ र ‘नर्क’ मान्ने हो भने पुर्वजन्म र पुर्नजन्म पनि सम्भव देखिन्छ। पुर्वजन्म र पुर्नजन्म हुनु पछाडी धेरै कारण हुने गर्छन। जब सिद्धार्थ गौतम बुद्धले बुद्धत्व प्राप्त गरे उनले आफ्नो पुर्वजन्म नहुने बताएका थिए। बुद्धत्व प्राप्त हुनासाथ पुर्वजन्म अनि पुरै सृष्टीको बारेमा ज्ञान पाएका बुद्धले आफ्नो जीवनको लक्ष्य भेटेको र अब कुनै पुर्नजन्मको आवश्यकता नपर्ने हुनाले अर्को जन्म नहुने बताएका थिए। बर्षौंको ध्यानले उनले जीवनको यथार्थ जानेका थिए। बुद्धको अनुसार मृत्यु जीवको अन्त्य होइन। एउटा भौतिक शरिरले जीवनको सत्यको लागि गरेको प्रयत्न अनुसार अर्को जन्म निश्चित हुन्छ। उदाहरणको लागि तपाइले केही कुरा जान्न खोज्दै हुनुहुन्छ, एक दिन किताब खोज्न बिताउनुहोला, अर्को दिन एउटा किताब पढेरसक्नु होला, तेस्रो दिन सोही बिषयमा अन्यसंग छलफल गर्नुहोला, अर्को दिन सो विषयमा तपाइ ठुलो जानकार भइसक्नुहुनेछ। त्यसपछिका दिनमा तपाइले सो विषय खोजिरहनु पर्दैन। त्यसरीनै हाम्रो जन्म हुने गर्छ। प्रत्येक जन्ममा केही न केही सिकिन्छ जसले अर्को जन्ममा सहयोग गर्छ।

यो सन्दर्भ हिन्दु धर्मसंग पनि मेल खान्छ। लाखौ योनी हुदै मानव शरिरमा आत्माको जन्महुने धेरै पुराणमा सुनिदै आएको हो। साथै आत्मा अमर हुने विषय संसारका सबैजस्तो धर्म सम्प्रदायले बताउँछन्। शरिरको उमेर भएझै आत्माको पनि उमेर हुन्छ (आत्माको उमेरको बारेमा विस्तृतमा पढ्नुहोस्)। प्रत्येक जन्ममा सिकेका कुराले आत्माको उमेर तय गर्छ। जति आत्माको उमेर बढ्दै गयो त्यति नै जीवनको यथार्थको नजिक पुगिन्छ, बुद्धत्व प्राप्तिको बाटोमा अघि बढिन्छ। आखिर मृत्यु पनि जीवनको सत्यताको लागि आत्माले खोज्ने नयाँ शरिर हो, नयाँ बाटो हो,नयाँ अनुभव हो ।
एजेन्सी । भनिन्छ प्रेम अन्धो हुन्छ तर, यहाँ एक महिला आफ्ना भान्जाको प्रेममा यति अन्धी बनिन कि उनले आम मानवीय सम्बन्धलाई थोरै पनि ख्याल गरिनन् । जून पुरुषसँग उनले जन्मौं जन्मसम्म जिउने मर्ने कसम आएकी थिईन् उसैलाई मृत्युको चितामा पुर्‍याएकी छिन् ।
घटना भारतको राजस्‍‌थान प्रदेशको राजधानी जयपुर स्थित बरकत नगरको हो । ३५ वर्षीय महिलाले कथित आफ्ना प्रेमी भान्जासँग मिलेर आफ्नै पति राकेश सैनीको हत्या गरेकी छिन् ।
घटनाको जानकारी पाएपछि पुलिसले आरोपी महिला र उनका प्रेमीलाई गिरफ्तार गरेको छ । आरोपी महिलाको उनका भान्जाबीच प्रेम सम्बन्ध चलिरहेको थियो यति मात्रै होइन् प्रेमको उत्कर्षमा पुगेर महिलाले आफ्ना प्रेमीसँग अवैध शारीरिक सम्बन्ध पनि राखिन् । महिलाका पति राकेशलाई आफ्नी पत्‍नी र भान्जाबीच बढिरहेको सम्बन्धका बारेमा थाहा थियो । उनलाई प‌त्‍नीले अवैध शारीरिक सम्बन्ध राखेको कुरा पनि थाहा थियो ।
टाइम्स अफ इंडियाका अनुसार, आरोपी महिलाका पति राकेशलाई जब उनीहरुको सम्बन्धका बारेमा थाहा भयो तब पत्निलाई कुटपिट गर्न थाले जसबाट आजित भएर ती महिलाले आफ्ना प्रेमीसँग मिलेर राकेशलाई मार्ने योजना बनाए । र त्यसपछि उनको हत्या गरिदिए ।
पुलिसका अनुसार, हत्यापछि महिलाले पुलिसलाई फोन गरिन र भनिन् कि- मेरा पतिलाई अज्ञात समुहले हमला गरी हत्या गरेका छन् । महिलाको सूचना केही बेरमा पुलिस घटनास्थल पुग्यो । त्यसपछि प्रहरीको विशेष जांच दलले हत्‍या भएको ठाउँको तलासी लियो ।
जयपुरका डिप्टी पुलिस कमिश्नर राष्ट्रदीप कंवरका अनुसार फोनमा पति-पत्नीमाथि हमला भएको भनिएको थियो तर, महिलाको शरीरमा कुनै चोट देखिएन् । त्यसपछि प्रहरीले घटनामा थप रहस्य लुकेको भन्दै गहिरो अनुसन्धान थाल्यो ।
गहिरो अनुसन्धानको सुरुवात प्रहरीले महिलालाई केही प्रश्न सोधेर गर्‍यो । तर, महिलाले स्पष्टसँग जवाफ दिन सकिनन् । त्यसपछि प्रहरीलाई झनै शंका भयो । त्यसपछि पुलिसले महिलाको घरको तलाशी लियो । तलासीका क्रममा थाहा भयो की जुन कोठामा राकेशको हत्या गरिएको थियो त्यहाँ केही रगतका धब्बाहरु थिए । जसलाई पोछा लगाएर सफा गरिएको थियो ।
त्यसपछि महिलासँग प्रहरीले कडा सोधपुछ गरेपछि उनले घटनाको सबै पोल खोलिन । महिलाले बताएअनुसार उनले आफ्ना भान्जासँग मिलेर पति राकेशको घाटी रेटेकी थिईन् जसकारण खूनका छीटा दुबैको शरीरमा लागेको थियो तर, उनीहरुले हत्यापछि आफ्नो शरीरलाई धोएर रगत पखालेका थिए ।
त्यसपछि महिलाले आफ्ना भान्जालाई घर छोडेर भाग्न पठाइन् । महिलाबाट पाएको जानकारीका अधारमा पुलिसले छापा मारेर उनका प्रेमी पवनलाई पनि गिरफ्तार गर्‍यो । अब माइजू र भाञ्जालाई ज्यान मार्ने उद्योगमा कम्पतीमा २० वर्ष जेल सजाय हुन सक्ने प्रहरी अधिकारी बताउँछन् ।
dainiknepal.com
एजेन्सी । भारतको राजधानी नयाँ दिल्लीको पाकबडा क्षेत्रका पाँच घरबाट ठूलो यौनधन्दाको पर्दाफास भएको छ । पुलिसले त्यहाँबाट सात जना यौनकर्मी महिलालाई गिरफ्तार गरेको छ । छिमेकीको सुकारीमा प्रहरीले त्यहाँ छापा हानेको थियो । गिरफ्तार गरिएका सबै महिलाविरुद्ध अवैध यौनधन्दा चलाएको अभियोगमा मुद्दा दर्ता गरिएको छ । राजधानीको पाकबडा क्षेत्रका पाँच वटा सुनसान ठाउँका घरमा दिउँसो करिब २ बजे पुलिसले छापा हानेको थियो ।
जून घरमा छापा हानिएको थियो त्यो समयमा सात महिलाहरु थिए । जसमा एक पश्चिम बंगाल की, तीन मुरादाबाद की, दुई पाकबड़ा र एक युवती अमरोहाबाट वेश्यावृति गर्न दिल्ली पुगेकी थिईन् । पुलिसले ५१२० रुपैयाँ समेत बरामद गरेको छ । घरका कोठाहरुमा ठूलो परिमाणमा गर्भ निरोधक साधन भेटिएका छन् । दिल्लीका सिटी एसपी डा. रामसुरेश यादवले स्थानीयको उजुरीका आधारमा छापा हान्दा यौनधन्दाको पर्दाफास भएको बताए । ‘हामी पक्राउ परेका सबैविरुद्ध देह व्यापारको अभियोगमा मुद्दा लगाएका छौं ।’ भिडियो हेर्न तलको बाकस थिच्नुहोस
करिब ६ वर्षदेखि नेपाली कामदार लैजान रोकेको इजरायल सरकारले अब महिला कामदार ल्याउने भएको छ। श्रम तथा रोजगार मन्त्रालयको लामो पहलपछि इजरायली सरकार नेपाली महिला कामदार ल्याउन सहमत भएको हो। महिला कामदार इजरायल ल्याउने  सम्झौतामा हालै श्रम तथा रोजगार मन्त्रालयमा दुई देशका अधिकारीबीच कामदार ल्याउने विषयमा हस्ताक्षर भयो |


अहिले नेपालमा, इजरायल आउनको लागि ठूलै मान्छेको सोर्स लगाइरहेको पनि भेटिएको छ| हिजोको दिनमा कुन देश गएकी तिमी, इजरायल ? भन्दै नाक खुम्च्याउने दिदी बहिनीहरू आज हामी पनि इजरायल आउन पर्यो त्यताबाट मिलाइ दिनुपर्यो, लौ न भन्दै दिनकै ४,५ कल फोन यो पंक्तिकारलाई गर्छन्|

ती दिदी बहिनीहरुलाई लाग्न सक्छ, इजरायल आउनेबित्तिकै डलरको ओइरो लाग्छ| तर कुरा त्यसो होइन। सरकारले भने अनुसार १ लाख २५ हजार कमाउन कामदार दिदी बहिनीहरूले धेरै आँशु बगाउनु पर्छ | त्यो आँशुको मूल्य लाख त के करोडौं रूपैयाँले पनि चुकाउन सक्दैन।

हालै नेपाल सरकार र इजरायल सरकारले गरेको कामदारसम्बन्धी सम्झौतामा सुसारे कामदारको लागि विवाहित, आमा बनिसकेकालाई प्राथमिकता दिने भनिएको छ।  अविवाहित केटीहरु आए भने इजरायल मै बिहे गरेर बस्छन् नेपाल फर्कदैनन् भन्ने कुरामा इजरायल चनाखो भएको देखिन्छ। उता नेपाल सरकार भने कामदार पठाउन इजरायलसँग भिक मागिरहेको शैली देखाइरहेको छ।

इजरायलमा पैसा कमाइ त हुन्छ तर त्यो पैसाले किन्न नपाउने आफ्नो पन इजरायल लगायत अन्य देशमा विदेशिने महिलाहरूले कहिल्यै पाउँदैनन् भन्ने कुरा हेक्का राखेको देखिदैँन्। दुध खुवाउँदै गरेको बच्चा परिवारको काखमा फालिदिएर, अघिल्लो रातसम्म अँगालोमा बाँधिएर सुतेको श्रीमा्न एर्पोट पुर्याउन आउँदा हात छोड्न नसकेको त्यो मर्मस्पर्शी क्षण! फेरि त्यतिबेला जति भक्कनिए पनि लामो समयको बिछोडले उत्पन्न हुने शंका उपशंका र असमझादारीबाट कतिपयको त धन कमाउने लहलहैमा  पारिवारिक माया सधैँको लागि बिदा भएको कारूणिक स्थिति हाम्रा आँखाले धेरै देखिसकेका छन्।  


इजरायलमा रहेका नेपाली  कामदारमध्ये झण्डै ८५% महिला छन्। घर भित्र रहेर केयर गिभरका रूपमा बुढाबुढीको स्याहारमा व्यस्त हुनुपर्ने उनीहरूको काम हो। जसरी बाहिरबाट हाँसीखुसी  इन्टरनेट चलाएर, लेख रचना गरेर वा राम्राराम्रा फोटाहरु अपलोड गरेको देखेर धेरै पैसा कमाएको देखिन्छ तर यहाँको यथार्थ बेग्लै छ| कहिँकतै सजिला काम भए पनि धेरैजसो अल्जैमर रोगी हेर्नुपर्छ| अरु सबैखाले बिरामीभन्दा यो रोगका बिरामी देख्दा सजिलो भए पनि मानसिक रुपमा धेरै तनाब बेहोर्नुपर्छ|  बिरामीहरू बेलाबेलामा झर्किने/रिसाउने हुन्छन्| त्यसबेला आफू संयमित भएर हाँसीहाँसी उनीहरुलाई सामान्य अवस्थामा ल्याउनु पर्छ| बिरामीको अवस्था हेरेर आफू २४ घण्टा ड्युटी गर्न तयार भएर बस्नुपर्छ |कुनै बिरामी सजिला हुन्छन, कामदारलाई पनि बुझ्ने हुन्छन् भने  कुनैले काम गर्ने मेसिन सरह सोच्छन् र केवल काममा मात्र दलाइरहन्छन्।

इजरायलको काममा झट्ट हेर्दा खानपिन बसाईं लगायत स्वास्थ्य उपचार फ्री भएको जस्तो देखिन्छ तर यो बिल्कुल  सत्य होइन।   मालिकहरुले एक कौडी पैसा खर्च गरेका हुँदैनन् न त हामीलाई दया नै गर्छन्|  कामदारले पाउनु पर्ने तलबबाट कटाएर नै यस्तो सुविधा दिएइको हो । त्यसमाथि पनि  भाषा जानेकालाई छुट्टै व्यवहार हुन्छ भने नजानेकाले आफूले पाउनु पर्ने सुबिधाबाट बन्चित हुनुपर्छ|

कामदारको रूपमा यी यावत् हेपाई सहनु पर्दा आफ्नै देश, परिवार झल्झली सम्झेर तरक्क आँशु झर्छ| इजरायलको कामलाई जति राम्रो भनिए पनि आखिर यो परदेश हो| यहाँ जरो आउँदा टाउको समाई दिने आफन्त छैनन् |धेरै बिरामी परे हस्पिटलको शैयामा एक्लै लडिरहनु पर्छ| त्यतिबेला आकाश झरेर च्यापे जस्तो महसुस हुन्छ| यो पीडा सम्पूर्ण परदेशिएका नेपालीहरुको हो|

अन्तमा, सरकार आफ्ना देशका नागरिकलाई काम गर्न विदेश पठाएको कुरामा खुसी हुने वातावरण रोकिनु पर्छ। उनीहरूलाई त देश निर्माण गर्न लगाउने र देशप्रतिको दायित्व निर्वाह गर्न उत्प्रेरित गर्न पहल गराएमा सर्वोत्तम हुने थियो । यदि त्यो संभव छैन र देशको अवस्थालाई ध्यानमा राखेर युवा शक्ति विदेश श्रम गर्न पठाउनै पर्ने भयो भने पनि पठाउनुभन्दा पहिला  यथोचित तालिम दिनुपर्छ । भिडियो हेर्न तलको बाकस थिच्नुहोस
काठमाडौं,साउन २८–प्रहरी महानिरीक्षकको  छोराबाटै असुरक्षा बढेको भन्दै स्वास्थ्य मन्त्रालयका सह–सचिव डा. गरिबादास ठाकुरले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी दिएका छन् ।
बुधवार ठाकुरले दर्ता गराएको उजूरीमा विभिन्न परिस्थीतीको सिर्जना गरी आफु र आफ्नो परिवारलाई मानसिक तथा समाजिक दबाव सिर्जना गरिरहेको उल्लेख गरिएको छ ।  गएको असार १९ गते आफ्नो छोरा डा. अनिमेश ठाकुरलाई आईजिपी अर्यालका छोराले कर्तब्य गरि हत्या गरेको भन्दै त्यसबारे कानुनी उपचारमा लाग्दा आफुमाथी खतरा बढेको उनले दाबी गरेका छन् ।   उजुरी पत्रमा भनिएको छ, ‘हामिलाई निज अभियुक्त र उनका सहयोगीबाट असुरक्षाको महसुस र वातावरण सिर्जना भैरहेको छ, यस्तो अवस्थामा हामीलाई सुरक्षाको ब्यवस्था मिलाएर पिडाको घडीमा दुर्घटनाबाट जोगाईदिनु हुन अनुरोध गर्दछु ।’ /www.ratopati.com
काठमाडौं: हास्यकलाकार जोडी सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले काभ्रेपलाञ्चोकको पहरी बस्तीमा बनाएको एकीकृत नमुना बस्ती स्थानीयलाई हस्तान्तरण गरेका छन्।

सहरी विकास मन्त्री डा. नारायण खड्का बुधबार नमुना बस्तीमा बनेका २० घरको चाबी परिवारका मुलीलाई हस्तान्तरण गरे।भूकम्पले पहरी समुदायका अधिकांशको घर भत्किएको थियो। घर हस्तान्तरण गर्दै मन्त्री डा. खड्काले सरकारले एकीकृत बस्ती विकासको लागि योजना बनाइरहँदा कलाकारले निर्माण गरेको एकीकृत बस्तीको कामले फाइदा पुगेको बताए।


कलाकार हरिवंश आचार्यले कलाकारमा मानवीय संवेदनाको रूप हुने उदाहरण धुर्मुस र सुन्तलीले प्रस्तुत गरेको बताए। कलाकार मदनकृष्ण श्रेष्ठले धुर्मुस सुन्तलीले सामाजिक कार्यको आनन्द लिइरहेको बताए।

कार्यक्रममा धुर्मुसले भूकम्पपछि अमेरिकाको कार्यक्रमलाई रद्द गरेर नेपाल फर्किएपछिको अवस्थाको स्मरण गर्दै विभिन्न ठाउँको खोजी पछि पहरी बस्तीमा आइपुगेको बताए। उनले भने, 'लगातार झन्डै ७५ दिन बारीको पाटामा सुत्दै घर बनाएर अहिले समुदायलाई जिम्मा दिँदाको खुसीको म वर्णन गर्न सक्दिनँ।'

यो जोडीसँगै मेरी बास्सै, भद्रगोल र सगुन डटकमको सहकार्यमा बस्तीका घरहरू निर्माण गरिएका हुन्। कार्यक्रममा बस्ती निर्माणमा जन श्रमदानदेखि प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउने व्यक्तिलाई कदरपत्र प्रदान गरिएको थियो।

बस्तीमा बनेका प्रत्येक घरमा तीनवटा कोठा र एक ट्वाइलेट बाथरुम छ भने सबै घरमा डिस जोडिएको छ। प्रत्येक घरको अगाडि एक-एकवटा धारा जडान गरिएका छन् भने ट्वाइलेटको मलमूत्रलाई सीधै बायोग्यासमा जोडेर ग्यास उत्पादन गरिएको छ। त्यहाँ घुम्न आउने पाहुनाका लागि पाहुना घरको समेत निर्माण गरिएको छ।
www.annapurnapost.com
ज्योती मगर,
साच्चि तपाईको निकै चर्चा हुने गर्छ । नाम पनि निकै सुनिन्छ । साथीभाईसँग बस्दा होस् या त कही कतै चिया
पसल यात सार्वजनिक स्थल तपाईकै कुरा हुनछ आजभोली । हुन त पहिले पनि आक्कलझुक्कल हुन्थ्यो तर
आजभोली अलि बढी भइरहेको जस्तो लाग्छ मलाई ।
कुरा त हुन्छ तर, राम्रा कुरा भने कहिल्यै हुँदैन । आज म तिमीलाई तपाईकै बारेमा केही कुरा भन्न गइरहेको छु । ज्योती, ब्यक्तिगत रुपमा तिमीलाई जे मन लाग्छ गर, त्यो तिम्रो स्वतन्त्रता र अधिकार हो । तर, यसामाजिक रुपमा आफ्नो उत्तउलोपन आफैसँग राख्दा राम्रो होला । तिमीले केही समय यता लोकगीत दोहोरी गीत क्षेत्रको नराम्रोसँग बेइज्जत गरिरहेकी छौँ । धेरै पटक तिम्रा उत्ताउला र सीमा नाघेका गीत भिडियो सुनेपछि हेरेपछि मन अमिलो भएर आउँछ । केही दिनदेखि उनको बारेमा अनलाइनहरु फेसबुक र ट्विटर अनी
यु ट्युबमा आइरहेका प्रतिकृया हेरेपछि मेरो मन थाम्न सकेन र केही कुरा लेख्न मन लाग्यो ।
मलाई लाग्छ लोक गीत र दोहोरी गीत, तीज गीत भनेको हरेक नेपालीको मन हो, मुटु हो । जसको सम्बन्ध हाम्रो पूर्खासँग पनि रहेको छ र नेपाली संस्कृतिको एउटा रुप पनि यही हो । ज्योति तिमी यो क्षेत्रको लागि अनुपयुक्त छौ ? तिमी आफैलाई सोध । यो पवित्र क्षेत्रलाई तिम्रो नग्नता र उत्ताउलोपनले दुषित पार्ने धृष्टता नगर । चर्चा कमाउनकै लागि हो भने, देखाएकै भरमा हिट हुने भूत चढेको हो भने, तिमीलाई अरु बाटो रोज, मोडलिङमा जाउ तर नेपाली लोक क्षेत्रमा बसेर यस्तो तमासा नगर । लोक क्षेत्रमा आएर शरीर देखाउने काम नगर र लोक गितको जुन पुरानो पहिचान छ त्यसलाई बिगार्न नखोज । यस्ता गतिबिधि गर्ने अरु बाटा छन् त्यतै जाऊ तिमी ।
हेर, लोक दोहोरी क्षेत्र ज्योतीको ‘देखाउने’ क्षेत्र होइन । ज्योति तिमी लोक दोहोरीको नाम लिएर यसलाई बिटुल्याउने काम नगर । तिम्रा बाबुआमा दाजुभार्इ दिदी बहिनी वा कोही आफन्तजन सँगसँगै बस, तिम्रै उत्ताउलोपना हेर, देखाउm अनी वहाँहरुलाई सोध, तिम्रो अन्तरमनलाई सोध, के तिमी ठीक गर्दैछौं ? तिम्रो काम, क्षेत्र र तिम्रो व्यवहार फरक भयो । एकपटक सोच अनि आफ्नो नाम गलत पहिचान र बाटोबाट होइन राम्रो बटोबाट कमाऊ ।
kathmandutoday.com
शैक्षिक योग्यता खोज्नेलाई ओलीको प्रश्‍न
काठमाडौं: एमाले अध्यक्ष केपी ओली सधैंभन्दा भिन्न मुढमा थिए। बुधबार दिउँसो उनी मुस्कुराउँदै प्रज्ञाभवन कामलादी प्रवेश गरे। कार्यक्रम सञ्चालन भइरहेका बेला उनी आसनमा बसे। केही वक्ताको भाषणसमेत रोचक मुडमा सुने उनले। कार्यक्रम थियो उद्योग मन्त्री महेश बस्नेतको ‘म महेश’ पुस्तक बिमोचन।

कार्यक्रमको अन्तिममा ओलीले ४५ मिनेट भाषण गरे। तर त्यो राजनीतिक भाषण थिएन। उनले ऋषिमुनी, जडीबुटीका, तपोभूमिका र बुद्धका बारेमा प्रबचन दिए झैं सुनाए। ‘संविधानको मस्यौदामा नेताहरु यति पढेको र उति पढेको भन्ने पनि चर्चा आयो, म प्रश्न गर्छु-बुद्धले कति कक्षा पास गरेका थिए? ‘ ओली आफैले जवाफ पनि दिए, ‘उनी साक्षर पनि थिएनन् तर उनका नाममा आज कतिले पीएचडी गरेका छन्?’

ओलीले नेपाल ज्ञान र तपोवनको खानी भएको पनि बताए। ‘ऋषिहरु काशीबाट, गयाजीबाट, बंगालको खाडीबाट नेपाल आउँथे अनि ज्ञान प्राप्त गरेर फर्किन्थे,’ ओलीले भने। नेपाल ज्ञानभूमि र तपोभूमि रहेको स्पष्ट पार्दै उनले नेपाली माटो नै बिशेष भएको बताए।

‘अरु देशमा चार लाइन कविता लेख्ने आँशुकवि हुन्छ, हाम्रोमा त गाई हेर्न जाने गोठला दोहोरी खेलेर सधै आँशुकवि हुन्छन्,’ ओलीले भने, ‘यहाँ लेखे कथा बन्छ, भने कविता बन्छ, बोले गीत बन्छ।’ मञ्चमा रहेका उपप्रधान एवं गृहमन्त्री बामदेव गौतमतर्फ लक्षित गर्दै ओली भने, ‘तपाईं पनि महेश बस्नेतको किताब बिमोचनमा आएर ताली मात्र बजाउने होइन भरेदेखि कलम कापी लिएर लेख्न बस्नुस्।’

ओलीले नेपाली गुगल ब्वाई भनेर चिनिने आदित्य दाहाल र झलनाथ खनालको सन्दर्भ पनि यसरी निकाले, ‘आदित्यको कुरा सुनेर झलनाथजी पनि त्यहाँ जानु भएछ, अनि उसलाई सोध्नु भएछ-मेरी हजुरआमाको नाम के हो? आदित्यले नाम लेखिदिएपछि झलननाथ तीनचित पर्नु भएछ, उहाँलाई पनि हजुरआमाको नाम थाहा रहेनछ अनि घरमा फोन गरेर सोध्दा त उही नाम रहेछ।’ ओलीले थपे, ‘शिवजी डमरु बजाएर आएका हुन कि के हो ? जे भए पनि उनले पनि नेपाल नै रोजे।’

ओलीले नेपालीहरु सूचना प्रविधिमा समेत अगाडि रहेको बताए। ‘मोबाइल सेट आइपुगिसकेको हुँदैन यहाँ चलाउन जान्ने धेरै हुन्छन्।’ फेरी गौतमतर्फ लक्षित गर्दै उनले भने, ‘मोबाइल सेट बामदेवजीको खल्तीमा हुन्छ, उहाँको नातिनीसँग हुँदैन तर एक छिन फेला पारे उहाँलाई सिकाइदिन्छिन्।’


उनले उद्योग मन्त्री महेशको समेत तारिफ गरे। उनले भने, ‘युथफोर्स गठन गरेर परेड खेल्दा अलिअलि बुटको आवाज आयो भनेर गुनासो पनि गरे। परेड खेल्दा त बुटको आवाज आइहाल्छ नि, त्यो त क्याटवाक गरेको होइन नि।’

‘आगो लागेको ठाउँमा दमकल बन’
काठमाडौं: एमाले अध्यक्ष केपी ओलीले ६ प्रदेशसहितको संघीय राज्य र सीमांकन उपयुक्त रहेको जिकिर गरेका छन्।

संविधानसभा भवनमा एमालेका मध्य तथा पूर्वीजिल्लाका सभासद्सँगको बैठकमा ओलीले संविधान सहमतिको दस्ताबेज भएकाले त्यसलाई सहज रूपमा ग्रहण गर्न सुझाव दिए। उनले भने, ‘६ प्रदेशसहितको संघीय राज्य अहिलेको अवस्थामा जायज छ। यो एमालेको मात्र होइन संविधानसभामा प्रतिनिधित्व गर्ने र नगर्ने सबै दलको साझा दस्ताबेज पनि हो।’

संविधानका विषयमा उठको जायज मुद्दा सम्बोधन गर्न एमाले तयार रहेको ओलीले बताए।परिमार्जित मस्यौदा सहमतिको दस्ताबेज भए पनि तर्कपूर्ण र औचित्यपूर्ण माग समेट्न प्रयास गरिने जानकारी ओलीले सभासद्लाई गराएका थिए।

आवेग र उत्तेजनामा अहिले भइरहेका आन्दोलन ठीक नभएको दाबी गर्दै उनले भने, ‘प्रदेशलाई लिएर जसरी आगो बाल्न खोजिएको छ, त्यसका लागि एमाले शान्तिपूर्ण दमकल बन्न तयार हुनुपर्छ। आगो चर्काउन खोजको ठाउँमा तपाईंहरूले लेप लाउनुपर्छ।’

क्षेत्रीय र जातीय रूपमा नभई दलहरूले विकास र न्यायका लागि ६ प्रदेशको खाका तयार पारेको ओलीको भनाइ थियो । परिमार्जन गर्न सकिने भए पनि सबैको माग सम्बोधन हुन नसक्ने उनले बताए।

‘खेत रोप्नुपरेको छ। कसैले पानी पारिदेऊ भन्छन्। खेत रोप्न त्यो माग जायज नै हो, बिस्कुन सुकाउनेले घाम लगाइदेऊ भन्छन् त्यो माग पनि जायज नै हो तर त्यसलाई कसरी मिलाउने भन्ने अहिलेको चुनौती हो’, उनले भने।

मुलुकभर विभिन्‍न पक्षबाट असन्तुष्टि व्यक्त हुनु स्वाभाविकै रहेको उनले बताए।एमालेका थारू र मधेसी सभासद्ले ओलीप्रति खनिँदै भने, ‘अल्पसंख्यक जाति तथा समुदायलाई अधिकार नदिइएको, सीमा निर्धारणमासमेत ध्यान नगएको, आफूहरू र मतदाताबीच द्वन्द्व हुँदा मध्यपश्चिममा आगो बाल्ने काम भयो।’


ओलीले तत्कालै ती सभासद्को भनाइप्रति आपत्ति जनाउँदै भने, ‘आगो बाल्छौं भन्‍नेबीच दमकल लिएर जानुपर्‍यो।चर्काउँछु भन्नेलाई लेपन लगाएर टाल्नुपर्‍यो।’
 annapurnapost

सर्लाही, २८ साउन । सर्लाहीमा एक बालिका आफ्नै साथीबाट बलात्कृत भएकी छिन् ।
७ वर्षीय बालिकालाई छिमेकी तथा मिल्ने साथी १२ वर्षीय विजय पासवानले बलात्कार गरेका हुन् । घरमा खेल्न बोलाएर उनले बालिकालाई फकाएर बलात्कार गरेको प्रहरीले जनाएको छ ।
खेल्ने क्रममा लुगा फुकालेर फकाई फुल्याई उनले बालिकाकै घरमा बलात्कार गरेका थिए । बलात्कारपछि बालिकाको यौनीबाट रगत बग्न थालेपछि अभिभावकले थाहा पाएर प्रहरीमा उजुरी दिएका थिए ।
आफ्नै साथी ७ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले हरिवन नगरपालिका­१० बस्ने ननी पासवानका छोरा विजयलाई बुधबार नियन्त्रणमा लिएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
dainiknepal.com
काठमाडौं, २८ साउन । प्रधानमन्त्री सुशील कोइरालाले नेपालका लागि संघीयता नौलो भएकाले कठिनाइ भएको बताउनुभएको छ ।
संसदको आजको बैठकमा बोल्दै प्रधानमन्त्री कोइरालाले सबै मिलेर संघीयताको नौलो विषयलाई टुङ्गो लगानुपर्ने बताउनुभयो । उहाँले संघीयताको विषयलाई अन्यथा नलिन आग्रह गर्नुभयो ।
सुर्खेत, जुम्लासहितका जिल्लामा विभिन्न माग राखेर आन्दोलन भइरहेको बताउनुभएका प्रधानमन्त्री कोइरालाले सबैका हकअधिकार स्थापिन हुन थालेका बेला आन्दोलन आवश्यक नरहेको बताउनुभयो ।
उहाँले आफ्ना अधिकारलाई संस्थागत गर्नका लागि लाग्नुपर्ने बताउनुभयो ।
उहाँले विश्वास ग
रेर अधिकारका लागि सम्वादमा लाग्न आग्रह गर्नुभयो ।

मधेशका साथीहरूलाई संघीयताप्रति अविश्वास नगर्न आग्रह गर्नुभएका प्रधानमन्त्री कोइरालाले भन्नुभयो, ‘मधेशका साथीहरूलाई संघीयता आउँछ भने विश्वास नै थिएन ।’
कोइरालाले मुलुकमा सहमतिका साथ संविधान ल्याउने तयारीमा लागेको भन्दै सम्वाद र सहमतिलाई पनि निरन्तरता दिइरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘मुलुक धेरै ठूलो परिवर्तनमा जाँदैछ । प्रवेश गरिसकेको छ । नयाँ संविधान जनताले निर्माण गरिरहेका छन् ।’
प्रधानमन्त्री कोइरालाले आन्दोलनकारीहरूलाई आफ्ना आन्दोलनका कार्यक्रम फिर्ता लिन आग्रह गर्नुभयो ।
उहाँले संविधान जारी हुने अन्तिम चरणमा रहेको भन्दै आन्दोलन आवश्यक नरहेको बताउनुभयो ।
उहाँले आन्दोलन अराजक बन्दै गएपछि सरकार चुप लागेर नबस्ने बताउनुभयो ।
प्रधानमन्त्री कोइरालाले हिंसा बढेपछि सुरक्षा निकायले आफ्नो काम गर्ने बताउनुभयो ।
dainiknepal.com
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Aug 24 (6)
  • Aug 23 (1)
  • Aug 19 (1)
  • Aug 18 (19)
  • Aug 17 (17)
  • Aug 16 (24)
  • Jan 24 (18)
  • Jan 23 (27)
  • Jan 22 (32)
  • Jan 21 (35)
  • Jan 20 (35)
  • Jan 19 (34)
  • Jan 18 (40)
  • Jan 17 (45)
  • Jan 16 (27)
  • Jan 15 (29)
  • Jan 14 (35)
  • Jan 13 (40)
  • Jan 12 (32)
  • Jan 11 (39)
  • Jan 10 (31)
  • Jan 09 (23)
  • Jan 08 (31)
  • Jan 07 (30)
  • Jan 06 (39)
  • Jan 05 (34)
  • Jan 04 (39)
  • Jan 03 (43)
  • Jan 02 (47)
  • Jan 01 (31)
  • Dec 31 (34)
  • Dec 30 (36)
  • Dec 29 (43)
  • Dec 28 (33)
  • Dec 27 (27)
  • Dec 26 (38)
  • Dec 25 (33)
  • Dec 24 (38)
  • Dec 23 (44)
  • Dec 22 (39)
  • Dec 21 (37)
  • Dec 20 (40)
  • Dec 19 (31)
  • Dec 18 (47)
  • Dec 17 (30)
  • Dec 16 (16)
  • Dec 15 (42)
  • Dec 14 (30)
  • Dec 13 (32)
  • Dec 12 (35)
  • Dec 11 (42)
  • Dec 10 (26)
  • Dec 09 (31)
  • Dec 08 (15)
  • Dec 07 (37)
  • Dec 06 (30)
  • Dec 05 (34)
  • Dec 04 (32)
  • Dec 03 (33)
  • Dec 02 (36)
  • Dec 01 (37)
  • Nov 30 (48)
  • Nov 29 (28)
  • Nov 28 (35)
  • Nov 27 (35)
  • Nov 26 (47)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (27)
  • Nov 22 (32)
  • Nov 21 (43)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (22)
  • Nov 17 (29)
  • Nov 16 (32)
  • Nov 15 (25)
  • Nov 14 (28)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (42)
  • Nov 09 (22)
  • Nov 08 (40)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (42)
  • Nov 01 (44)
  • Oct 31 (29)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (47)
  • Oct 27 (32)
  • Oct 26 (39)
  • Oct 25 (35)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (22)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (31)
  • Oct 02 (29)
  • Oct 01 (29)
  • Sep 30 (29)
  • Sep 29 (24)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (26)
  • Sep 25 (27)
  • Sep 24 (18)
  • Sep 23 (15)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (26)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (12)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (19)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (22)
  • Sep 07 (22)
  • Sep 06 (26)
  • Sep 05 (18)
  • Sep 04 (23)
  • Sep 03 (24)
  • Sep 02 (25)
  • Sep 01 (24)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (27)
  • Aug 28 (28)
  • Aug 27 (30)
  • Aug 26 (29)
  • Aug 25 (24)
  • Aug 24 (35)
  • Aug 23 (30)
  • Aug 22 (31)
  • Aug 21 (32)
  • Aug 20 (30)
  • Aug 19 (33)
  • Aug 18 (27)
  • Aug 17 (34)
  • Aug 16 (28)
  • Aug 15 (23)
  • Aug 14 (23)
  • Aug 13 (22)
  • Aug 12 (19)
  • Aug 11 (18)
  • Aug 10 (24)
  • Aug 09 (16)
  • Aug 08 (18)
  • Aug 07 (25)
  • Aug 06 (16)
  • Aug 05 (18)
  • Aug 04 (21)
  • Aug 03 (19)
  • Aug 02 (14)
  • Aug 01 (17)
  • Jul 31 (19)
  • Jul 30 (19)
  • Jul 29 (15)
  • Jul 28 (12)
  • Jul 25 (14)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home