• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
सोमबार, ६ पुष
जनकपुरधाम । राष्ट्रपति विद्यादेवी भण्डारीको जनकपुर आगमनलाई लिएर जानकी मन्दिरमा गरिएको तोडफोड र ढुङ्गामुढा घटनामा संग्लन रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ गरिएका तीनै जनामाथि प्रहरीले सार्वजनिक मुद्दा दायर गरेर अनुसन्धान सुरु गरेको छ । पक्राउ पर्नेमा सीताशरण मण्डल, राहुलकुमार राउत र रितेशकुमार मण्डल रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख रामदत्त जोशीले घटनामा संग्लनको पहिचान भइसकेको र उनीहरुको खोजी कार्य तीव्र बनाइएको बताए ।
अाइतबार बसेकाे बसेको मन्त्रिपरिषद्को बैठकले घटनाका दोषिलाई कानुनी कारबाही गरिने निर्णय गरेपछि प्रहरीले घटनालाई गम्भीरताका साथ लिएर अनुसनधान सुरु गरेको हो ।
nepalsandesh
‘प्रचण्ड’ का तीन नातिनीलाई चीन भ्रमण पठाएपछि ठूलै हंगामा भयो ।

चीनले भूकम्पबाट भएको क्षति र पुनर्निर्माणको अवलोकनका लागि १५ देखि ३० वर्षमुनिका भूकम्प प्रभावितलाई सिचुआन प्रान्तको छिन्दुङ भ्रमण गराएको थियो । गत २५ मंसिरमा दुई साताका लागि चीन उडेको टोली एक सातामै स्वदेश फर्कियो ।

कारण थियो, उक्त प्रकरणबारे चीनको असन्तुष्टि । सो प्रकरणबारे सञ्चार माध्यममा समाचार प्रकाशित भएपछि चीनले त्यसलाई गम्भीर रुपमा लियो । चाइना प्रकरणले एमाओवादीमै ठूलै हलचल ल्यायो ।
जारी केन्द्रीय समिति बैठकमा गृहमन्त्री शत्ति, बस्नेतको राजीनामा मागियो । बैठकमा अब त्यस्तो गल्ती नगर्ने भन्दै माफी मागेपछि एकपटकका लागि बस्नेतले माफी पाए ।
भ्रमणमा सहभागी सदस्यहरुका कारण विवाद भएपछि दुई साताका लागि गएकाहरु एक सातामै फिर्ता भए । यदि १४ दिनसम्मै बसेको टोली अहिलेसम्म चीनमै हुन्थ्यो ।
तर टोलीका सबै गत १ पुसमै नेपाल फर्किइसकेका छन् । ‘हामी दुई साताका लागि गएका थियौं, भिसा नै १४ दिनको थियो’, टोलीका एक सहभागीले काठमाण्डु टुडेसँग भने, ‘अधिकांश नेताका आफन्त भ्रमण टोलीमा सहभागी भएका कारण चीनले एक हप्तामै फिर्ता गरिदियो ।’
उनका अनुसार भ्रमण विवादति भएसँगै चिनियाँहरुले टोलीमा सहभागीहरुलाई खासै राम्रो व्यवहारसमेत गरेका थिएनन् ।
kathmandutoday भिडियो हेर्न तलको बाकस थिच्नुहोस
काठमाडौँ, ६ पुस । चीनको सबैभन्दा ठूलो सिमेन्ट उत्पादक हुवाजिन नारायणी सिमेन्ट कम्पनी (साङ्घाइ) लाई प्रत्यक्ष वैदेशिक लगानीमार्फत रु १४ अर्बको लगानीमा नेपालमा सिमेन्ट उद्योग खोल्ने बाटो खुलेको छ ।
लगानी बोर्डको आइतबारको बैठकले सोसम्बन्धी प्र्रस्तावलाई स्वीकृति दिएको हो । प्रधानमन्त्री तथा बोर्डका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज साँझ बोर्डको कार्यालय नयाँबानेश्वरमा बसेको १९औँ बैठकले कुल एघार लाख टन सिमेन्ट उत्पादन गर्ने उद्योग खोल्न अनुमति दिने निर्णय गरेको हो ।
यो निर्णयपछि अब कम्पनीले नेपालको उद्योग विभागमा साझेदार कम्पनी दर्ता गरी कार्य अघि बढाउने बोर्डका प्रमुख कार्यकारी अधिकृत राधेश पन्तले जानकारी दिनुभयो । ओली प्रधानमन्त्री भएपछि बोर्डको पहिलो बैठकले सोसम्बन्धी प्रस्तावलाई स्वीकृति दिएको हो ।
कम्पनीले नेपालमा उद्योग स्थापना गर्न वैदेशिक लगानी (एफडिआइ) ल्याउनेसम्बन्धी प्रस्ताव बोर्डमा पेस गरेको थियो । कम्पनीले आगामी दुई वर्षमा कच्चा पदार्थ क्लिङ्कर उत्पादनसहितको कारखाना सञ्चालनमा ल्याउनेछ ।
चीनकै होङ्सी गु्रपले हेटौँडास्थित शिवम् सिमेन्ट उद्योगमा लगानी गर्दैछ । शिवम्मा होङ्सीको ७० प्रतिशत तथा नेपालीको ३० प्रतिशत लगानी हुनेछ । सरकारले २०७३ सालपछि विदेशी सिमेन्ट आयातमा प्रतिबन्ध लगाउन स्वदेशमै उत्पादन गर्न चाहने उद्योगलाई विशेष सुविधा दिने घोषणा गरेपछि लगानीकर्ता आकर्षित भएका हुन् ।
पन्तका अनुसार बैठकले मुलुकमा ऊर्जाको माग बढेका सन्दर्भमा सोलार, वायु उत्पादनका लागि गोर्खाज युके कम्पनीलाई अख्तियारी दिन सरकारलाई सिफारिस गरेको छ ।
त्यस्तै वैकल्पिक ऊर्जाको वर्तमान र भावी मागको पहिचान गरी सार्वजनिक गर्न राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा युवराज खतिवडाको संयोजकत्वमा सम्बन्धित मन्त्रालयका प्रतिनिधि रहने गरी उच्चस्तरीय समिति गठन गरेको छ ।
यस्तै बुढीगण्डकी जलविद्युत् विकास समितिलाई आयोजनासँग जोडिएका आर्थिक, वातावरणीय र कानुनी समस्या समाधानमा प्राविधिक सहयोग गर्ने, निजी क्षेत्रसँग मिलेर विन पावरको सम्भाव्यता मापन गर्ने, विभिन्न आयोजनामा स्थानीय जनताको लाभ र उत्पादकको चासोलाई ध्यानमा राखी स्थानीय सेयर वितरण र त्यसको मूल्य निर्धारणसम्बन्धी मापदण्ड बनाउने निर्णय पनि गरेको छ ।
यस्तै परिवर्तित समयमा बोर्डको ऐन, २०६८ परिमार्जनको मस्यौदा तयार गरी सरकारलाई बुझाउन बैठकले निर्देशन दिएको छ ।
बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले एक वर्षभित्र मुलुकलाई विद्युत्भार कटौती मुक्त बनाउन युद्धस्तरमा काम गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिनुभएको थियो । प्रधानमन्त्री ओलीले कुनै पनि बहानामा आयोजना र विकासलाई अवरुद्ध पार्ने काम उचित नहुने भएकाले त्यस्तो कार्यलाई कानुनको नियन्त्रणमा लिइने पनि बताउनुभयो ।
dainiknepal
सोमबार, ६ पुष
आफ्नै ट्यांकर र बुलेटबाट केरुङसम्म ढुवानी पनि गरिदिने
काठमाडौं । पेट्रो चाइनाको सहायक कम्पनी गोरमुड आयल रिफाइनरीका पदाधिकारीले चीनको केन्द्र सरकारबाट निर्देशन आए नेपाललाई चाहेजति इन्धन दिन सकिने बताएका छन् ।
उनीहरुले नेपालका नाकासम्म ढुवानी गरिदिने जानकारी पनि दिएका छन् ।बेइजिङस्थित नेपाली दूतावासका आर्थिक मामिला (इकोनोमिक मिनिस्टर) विनोद आचार्य नेतृत्वको सम्भाव्यता अध्ययन टोलीले छिन्गाईस्थित वाणिज्य विभाग र रिफाइनरीका पदाधिकारीसँग गरेको छलफलमा यस्तो आश्वासन आएको हो ।
रिफाइनरीले आफ्नै ट्यांकर र बुलेटबाट केरुङसम्म ढुवानी गरिदिने बताएको छ । यसअघि अनुदानको पेट्रोल पनि पेट्रो चाइनाले केरुङसम्म ढुवानी गरिदिएको थियो ।आजको कारोबारमा समाचार छ
nepalsandesh
काठमाडौं– हालै सार्वजनिक गरिएको एक अनुसन्धान प्रतिवेदनमा हालको काठमाडौंपछिको दोस्रो ठूलो शहर पोखरा मध्ययुगिन समयमा आएको विनाशकारी भुकम्पबाट बनेको दाबी गरिएको छ ।
जर्मन अनुसन्धानदाताले अध्ययन गरेर सार्वजनिक गरेको रिपोर्टमा मध्ययुगिन समयमा आएको विनाशकारी भूकम्पपछिको भग्नावशेषबाट पोखरा बनेको दाबी गरिएको हो । अनुसन्धानदाताहरुले साइन्स म्यागजिनमा सार्वजनिक गरेको अनुसन्धान प्रतिवेदनमा सन् ११००, १२२५ र १३४४ मा ८ म्याग्निुच्यूडभन्दा माथिका विनाशकारी भुकम्प गएको निश्कर्ष निकालिएको छ । पोट्सडाम विश्वविद्यालयका वैज्ञानिकहरूको नेतृत्वमा गरिएको उक्त अनुसन्धानमा भुकम्पको कारण अन्नपूर्ण हिमश्रृंखलाको ६० किलोमिटर दूरीसम्म रोडा, चट्टान र बालुवाहरु यत्रतत्र छरिएको निश्कर्ष समेत निकालिएको छ । सो भुकम्पले त्यतिबेला जनधनको व्यापक क्षतीसमेत भएको थियो । अनुसन्धामा संलग्न त्रिस्टोफ एन्डरम्यानले भयानक भुकम्पपछि यस क्षेत्रमा भौगोलिक तथा आर्थिक पुर्नसंरचना सुरु भएको तर्क गरेका छन् । अनुसन्धानदाताहरुले पोखरा उपत्यका  नजिकै भेटिएको एक ठूलो ढुंगालाई पनि भुकम्पसँग जोडेर हेरेका छन् । ratopati
रौतहट – आफ्नो साथीलाई रौतहटको गौरमा प्रहरीले गोली हानी हत्या गरेको बिरोधमा विद्यार्थीहरु सोमबार बिहानदेखि आन्दोलित भएका छन् । आइतवार गौरमा भएको झडप प्रहरीले चलाएको गाली लागेर जुद्ध माबिमा कक्षा १० मा अध्ययनरत बिधार्थी शेख तबरेजको मृत्यु भएको बिरोध गर्दै बिहानैदेखि बिधार्थीहरु आन्दोलित भएका हुन् ।
विद्यार्थीहरुले एउटा प्रहरी कार्यालयको कम्पाउण्ड वाल भत्काइ दुइवटा प्रहरीचौकीका बोर्ड तोडफोड गरेका छन् । जनता उच्च माबि कटहरीयाबाट आज बिहानै सैयौंको संख्यामा गएका बिधार्थीहरु बर्तमान सरकारको बिरोधमा चर्का नारा लगाउँदै बजार बन्द गराएका थिए ।
आक्रोशित बिधार्थीहरुको समुह एकाएक दौड्दै बजार छेउमै रहेको इलाका प्रहरी कार्यालय माथि तीनतर्फबाट आक्रमण गरेका थिए । विद्यार्थीहरुले प्रहरी कार्यालयको मुलगेटमा टायर बालेर आफ्ना साथीलाई मारेको बिरोध गर्दै कार्यालयको बोर्ड तोडफोड गरेका छन् । साथै उनीहरुले प्रहरी कार्यालयको कम्पाउण्ड वालमा पूर्व र उतर तर्फबाट झण्डै ५० मिटर वाल भत्काएका छन् ।

आक्रमणको क्रममा कार्यालयमा रहेका प्रहरीहरुले जवाफी कारवहाी गरेनन् । बरु प्रहरीले स्थानियहरुलाई फोन गरेर बिद्यार्थीहरुलाइ समझाएर हटाउन अनुरोध गरेका थिए । पछि आएका स्थानीयहरुको अनुरोधमा बिद्यार्थीहरु हाल शान्त भई बजार क्षेत्रमा प्रदर्शन गरिरहेका छन् ।
त्यसैगरी सरमुजवा स्थित शंकर माबिका बिद्यार्थीहरुले प्रहरीचौकी बंकुलको गोलघरमा केहीबेर अघि आगजनी गरेका छन् । चौकी कम्पाउण्डमा राखिएको एउटा मोटरसाइकल र साइकलमा समेत आगजनी गरेका छन् । आगजनीबाट गोलघर ध्वस्त भएको छ भने त्यहाँ राखिएका फर्निचरहरु जलेर नष्ट भएको छ ।
उता गंगापिपरा स्थित बिद्यार्थीहरुले प्रहरी कार्यालयको बोर्डमा तोडफोड गरेका छन् ।
जिल्ला प्रहरी प्रवक्ता डिएस्पी राजेन्द्र पोखरेलले घटना भएको स्विकार गर्दै बिद्यार्थीहरुलाइ संयमित बनाउन सबैलाइ आग्रह गरेका छन् ।
यसैबीच, सोमबार बिएडको परिक्षालाई मध्यनजर राख्दै १० बजेसम्म खुल्ला गरिएको कफ्र्यु १० बजेबाट पुनः कायम गरिने रौतहटका प्रमुख जिल्ला अधिकार नरहरी बरालले जानकारी दिए ।
अहिले आन्दोलनरत मधेसी मोर्चाका नेताहरु पनि विद्यार्थीहरुसँग मिलेर प्रदर्शन गरिरहेका छन् भने जिल्ला विभिन्न स्थानमा टायर बालेका छन् । राजमार्गमा समेत सवारीको आवतजावतलाई ठप्प पारिएको छ ।

ratopati
काठमाडौं, पुस ६ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले भारत र मधेसी मोर्चासँग छुट्टाछुट्टै वार्ता गरेरमात्र अहिलेको समस्या समाधान गर्न सकिने बताएका छन् । उनले भारतको सरोकार मधेस आन्दोलनसँग नभई सुरक्षा र नेपालको पानीसँग मात्र भएको बताउँदै मधेसी मोर्चासँग राजनीतिक वार्ता गर्ने र भारतसँग पानीमाथिको व्यापारिक सम्झौता गर्ने हो भने अहिलेको समस्या हल हुने दाबी गरेका छन् ।
सोमबार ईमेज एफएमसंग कुरा गर्दै डा. कोइरालाले मधेसप्रति दलहरु अनुदार भएकै कारण परिस्थिति बिग्रदै गएको बताए । उनले मधेसको आन्दोलनलाई सामान्य रुपमा लिने हो भने सम्हाल्नै नसक्ने परिस्थिति सिर्जना हुनसक्ने दावी गरेका छन् । अहिले मुलुकमा देशीविदेशी शक्तिहरुको चलखेल भएका कारण मधेसको समस्यालाई समयमै सम्वोधन गर्न सकिएन भने देश टुक्रन सक्ने कोइरालाले बताए ।
उनले मधेसलाई अधिकार दिन दलहरु डराउनु पर्ने कुनै कारण नभएको प्रष्ट पारे । समावेशी, समानुपातिक जस्ता विषय संविधान संशोधन प्रकृयामा रहे पनि प्रदेश सीमांकनमा प्रमुख दलहरु चुकेको बताए । प्रमुख दलहरुले पश्चिमका खसहरुको आन्दोलन सम्वोधन गर्न ७ प्रदेश बनाउन सक्ने तर मधेसको आन्दोलनलाई सम्वोधन गर्न नसक्ने व्यवहारले मधेसलाई झन चिढ्याएको डा. कोइरालाको भनाई छ ।
शीर्ष नेताहरुले छलफल र बहस नगरि निर्णय गर्ने गरेका कारण देश अति अप्ठ्यारोमा परेको उनले बताए ।
डा. कोइरालाले नेपाली कांग्रेस अब पुरानो चिन्तनको नेतृत्वबाट अगाडि बढ्न नसक्ने बताउदै नयाँ शैली र चिन्तन बोकेका व्यक्तिहरु नेतृत्वमा पुग्नु पर्ने बताए । नेपाली कांग्रेसमा अब ६०÷४० को भागबन्डा अन्त्य हुने दावी गर्दै गुटको राजनीति गर्नेहरु आफैं किनारा लाग्ने बताए ।
imagekhabar
लखनउ, पुस ६ । भारतको अयोध्यामा राम मन्दिर बनाउन भन्दै धमाधम ढुंगा थुपार्न थालिएको छ । आइतबार पहिलो खेपअन्तर्गत दुई ट्रक ढुंगा अयोध्यामा ल्याइएको छ ।
विश्व हिन्दू परिषदको अगुवाईमा अयोध्यामा राम मन्दिर निर्माणको तयारी गरिएको हो । उक्त संगठनका प्रवक्ता शरद शर्माका अनुसार अयोध्याको राम सेवक पुरममा दुई ट्रक ढुंगा आइतबार भित्रिएको छ । राम जन्मभूमिका अध्यक्ष महन्त नृत्य गोपाल दासले शिला पुजनसमेत गरेका छन् ।
महन्त दासका अनुसार केन्द्र सरकारबाट संकेत पाएपछि मन्दिर निर्माणको कामलाई गति दिन थालिएको हो । अयोध्यामा राम मन्दिर निर्माणका लागि अब लगातार ढुंगा ल्याइने उनले बताए ।
अयोध्या सहरमा यसअघि पनि हिन्दु र मुस्लिमबीच द्वन्द्व भएको थियो, जसको असर भारतभर देखिएको थियो । हिन्दुहरुले अयोध्यालाई राम जन्मभूमि भन्दै त्यहाँ रामको मन्दिर हुनुपर्ने बताउँदै आएका छन् भने मुस्लिमहरुले सो क्षेत्रमा बाबरी मस्जिद कायम हुनुपर्ने बताउँदै आएका छन् ।
भूमि विवादसम्बन्धी मुद्दा अदालतमा विचाराधिन रहेकै समयमा राम मन्दिर निर्माणका लागि भन्दै अयोध्यामा ढुंगा ल्याउन थालिएपछि सो क्षेत्रमा धार्मिक द्वन्द्व चर्किने संकेत देखिएको हो ।
जानकारहरुका अनुसार केन्द्र सरकार र राज्य सरकारबीच समेत यो मामलामा द्वन्द्व चलिरहेको छ । हिन्दु धर्म पक्षधर केन्द्र सरकारले राम मन्दिर निर्माणमा जोड दिइरहेको छ भने उत्तर प्रदेश राज्य सरकारले अदालतमा मुद्दा बिचाराधिन रहेको अवस्थामा कुनै प्रकारको संरचना निर्माण गर्न नहुने अडान राख्दै आएको छ । (एजेन्सी)
imagekhabar
काठमाडौं, ६ पुस । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आन्दोलन तराई मधेसका केही जिल्लाहरूमा पुनः चर्किन थालेको छ ।
रौतहट जिल्लाको सदरमुकाम गौरमा आइतबार भएको प्रदर्शन हिंसात्मक भएपछि एक जना आन्दोलनकारीको सुरक्षाकर्मीको गोली लागेर मृत्यु भएको छ ।
पर्साको वीरगञ्जमा पनि मधेसी मोर्चाको आन्दोलन उग्र हुन थालेको छ । जनकपुरमा पनि मधेसी मोर्चाका कार्यकर्ता दिनप्रतिदिन सडकमा जम्मा भएर प्रदर्शन गरिरहेका छन् ।
तराई मधेस चार महिनादेखि असन्त हुँदा पनि आन्दोलनकारी दल र सरकार पक्ष जिम्मेवार बन्न नसकेको आरोप लाग्न थालेको छ । मधेस मामिलामा जानकारहरू दुबै पक्ष गम्भीर रुपमा वार्तामा प्रस्तुत हुन नसकेको आरोप लगाउँछन् ।
मधेस मामिलाका जानकार एक बुद्धिजीवीले भने, ‘वार्तामा मधेसी मोर्चा कडा रुपमा प्रस्तुत हुँदा समस्या आएको छ । सरकारले पनि मधेसीहरूको आन्दोलनलाई पेलेर लगेर आफ्नो आयु बढाउन चाहन्छ । यहीनेर तालमेल मिलेको छैन । अब ढिला नगरेर दुबै पक्ष लचकताका साथ वार्तामा प्रस्तुत हुनुपर्छ । निकास निकाल्नै पर्छ ।’
सद्भावना पार्टीका मनीष सुमनले आफूहरूको आन्दोलनमा राज्य पक्षबाट चरम दमन भएको आरोप लगाउनु हुन्छ । ‘सरकार जिम्मेवार भएन । वार्तामा इमान्दारिता नै देखिएन’, उहाँले भन्नुभयो, ‘एक दिन वार्ता गर्ने हप्तौसम्म वार्ताका कुरै नगर्ने । अब यस्तो तरिकाले कहाँ हुन्छ ? आन्दोलन त अगाडि बढ्छ ।’
हुन पनि पछिल्लो दुई साता यता औपचारिक रुपमा सरकार र मधेसी मोर्चाबीच वार्ता हुन सकेको छैन । कांग्रेस र मधेसी मोर्चाबीच वार्ता भएपनि ती वार्ता खासै ठोस रुपमा अगाडि बढेका छैनन् ।
राज्यले यस्तो अवस्थामा आन्दोलनकारीलाई वार्तामा ल्याएर समस्याको समाधानका लागि दैनिक रुपमा वार्ता गर्नुपर्ने सुझाव राजनीतिक विश्लेषकहरूको छ ।
उता, मधेसी मोर्चाले आन्दोलन चलाइरहेका बेला राज्यको सीमाङ्कनप्रति असन्तुष्टि राख्ने क्रम पनि बढ्न थालेको छ । सीमाङ्कनको विषयमा चित्त दुःखाएको पूर्वको लिम्वुवान पार्टी र चुरे भावर राष्ट्रिय एकता पार्टीले आ–आफ्नो क्षेत्रमा आन्दोलन गरिरहेका छन् ।
उनीहरूलाई पनि वार्तामा ल्याएर छिटो समस्याको समामाधान नखोज्ने हो भने मुलुक आन्दोलनकारीको हातमा नजाला भन्न सकिँदैन ।
सबै समूह आन्दोलनमा उत्रन थाले भने त्यसले जनतामा झन् आक्रोश बढ्न गई वर्तमान सरकारलाई नै असर पर्न सक्नेदखिन्छ ।
dainiknepal
काठमडौं, ६ पुस । एमाले अध्यक्ष समेत रहुनभएका प्रधानमन्त्री केपी ओली पार्टीको कार्यक्रममा सहभागी हुन आज सुनसरी जिल्ला जाँदै हुनुहुन्छ ।
सुनसरी जिल्लामा एमालेको कार्यक्रमलाई ओलीले उदघाटन गर्ने कार्यक्रम छ ।
बिहान एघार बजे त्यसतर्फ जाने प्रधानमन्त्री ओलीले एमालेका स्थानीय नेता तथा कार्यकहरूसँग भेट गर्ने कार्यक्रम रहेको स्रोतले जनाएको छ ।
पछिल्लो समय पार्टीको कार्यक्रमलाई प्राथमिकता दिँदै आउनुभएका ओलीले आइतबार दुई नम्बर प्रदेशका सांसद र नेताहरूसँग पार्टी मुख्यालय धुम्बाराहीमा परामर्श गर्नुभएको थियो ।
सुनसरी भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले जिल्लाका कार्यालय प्रमुखहरूसँग पनि भेट गर्ने बुझिएको छ । ओलीको भ्रमणलाई लिएर सुनसरी जिल्लामा उच्च सुरक्षा सतर्कता अपनाइएको छ ।
dainiknepal
काठमाडौं, ६ पुस । मधेसी मोर्चाका कार्यकर्ताले रौतहटका तीन प्रहरी चौकीमा आक्रमण गरेका छन् । कटहरी, बंकुस र गंगापिपरामा रहेका प्रहरी चौकीमाथी मोर्चाका कार्यकर्ताले आक्रमण गरेका छन् । सयौको संख्यामा आएका मोर्चाका कार्यकर्ताले प्रहरी चौकीहरु नियन्त्रणमा लिएर आगजनी गरेको छन् ।
आइतबार प्रहरीको गोलीबाट रौतहटमा एक आन्दोलनकारीको मृत्यु भएपछि आक्रामक बनेका मोर्चाका कार्यकर्ताहरु विहानै देखि हिंसात्मक गतिविधिमा लागेका छन् । उनीहरुले प्रहरी बिटहरुमा आगजनी र सार्वजनिक सम्पति तोडफोड गर्न लागेको स्थानीय प्रशासनले जनाएको छ ।yeskathmandu
काठमाडौं, ६ पुस । तराई मधेस लोकतान्त्रिक पार्टीका सहअध्यक्ष हृदय त्रिपाठीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘बिधवा’ भनेको विषयमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले माफी नमाग्ने बताउनुभएको छ ।
उहाँले मधेसी र आन्दोलनका विषयमा राष्ट्रपति हुनुभन्दा अगाडि दिएको अभिव्यक्तिलाई लिएर दिएको अभिव्यक्तिविरुद्ध जनकपुरमा प्रदर्शन भएको बताउनुभयो ।
नेपालवाणी रेडियो नेटवर्कमा आज बिहान पत्रकार ऋषि धमलासँग कुरागर्दै त्रिपाठीले भन्नुभयो, ‘राष्ट्रपति जनकपुर जानु हुँदैन थियो । मन्दिरमा कुकुर प्रवेश गराएकाले मन्दिरको सफाइ गरिएको हो । हामीले माफी माग्दैनौ । कारबाही गर्छ भने गरोस् । मधेसीलाई कम्युनिष्ट सरकारले गर्ने त्यही त हो । विद्यादेवी भण्डारीलाई कसले जनकपुर जान भनेको थियो ?’
बिधवा राष्ट्रपति भण्डारी जानकी मन्दिरमा प्रवेश गरेर अपवित्र बनाएको भन्दै मधेसी मोर्चाका नेता तथा कार्यकर्ताहरूले मन्दिरको सफाइ गरी पवित्र पानी छर्केका थिए । यो कार्यको सबैतर्फ बिरोध भइरहेको छ ।
सो विषयलाई लिएर एमालेले मधेसी मोर्चालाई माफी माग्न दबाव दिएको छ । मधेसी मोर्चाले राष्ट्रपति भण्डारीलाई बिधवा भनेर मन्दिर सफाइ गरेको विषयमा माफी नमाग्ने जनाएको हो ।
dainiknepal
काठमाडौं – यदि कुनै अदृष्य खेल भएन भने यसै साता भारतले नेपालमाथि लगाएको अघोषित नाकाबन्दी अघोषित रुपमै अन्त गर्नेछ । कूटनीतिक च्यानलहरुमाफत प्राप्त विश्वस्त जानकारीका अनुसार, नाकाबन्दी खुलाउने रोडम्याप तयार भइसकेको छ ।
मधेसी मोर्चाले अन्तिम धक्का भनेर घोषणा गरेको आन्दोलन पनि यही रोडम्याप कार्यान्वयनकै लागि हो । सीधै उधारो सम्झौता गरेर मधेसमा जाँदा आफूले उकासेका मान्छेहरुले आफैंलाई लखेट्ने डरले मोर्चाका नेताहरु फेस सेभिङको उपायमा लागेका हुन् । नाकाबन्दी खुलाउने पछिल्लो रोडम्याप अनुसार प्रदेशहरुको सीमांकन टुंगो लगाउन एक उच्चस्तरीय राजनीतिक संयन्त्र गठन हुनेछ । सीमांकन हेरफेरको सुनिश्चिततासहित मोर्चालाई मनाउन भारतले प्रयास गरेकाले यो सम्भव भएको हो
नयाँ दिल्ली स्रोत भन्छ – सुरुमा संसदीय समिति भनिएको थियो तर त्यसो गर्दा महन्थ ठाकुुर र राजेन्द्र महतो संयन्त्र बाहिर पर्ने भएकाले उच्चस्तरको राजनीतिक संयन्त्र बनाउने सहमति भएको छ । यो संयन्त्रले तीन महिनाभित्र सीमांकनको विवाद मिलाउनेछ । सीमांकन विवाद मिलाउने क्रममा झापा, मोरङ र सुनसरीलाई भने टुक्राइने छैन । ती जिल्लालाई २ नं. प्रदेशमा पनि राखिने छैन यदि तीनै जिल्लाको विवादका कारण कुरा नमिल्ने अवस्था आएमा कोसी पूर्व अलग्गै विशेष प्रदेश बन्नेछ । त्यसो भएमा सगरमाथाका जिल्लाहरु २ नम्बर प्रदेशमा थपिनेछन् । पश्चिम तराईमा थारुको माग पूरा गर्न कैलाली जिल्ला फुटाइनेछ । आजको साँघु साप्ताहिकले खबर लेखेको छ ।

ratopati
६ पुस, काठमाण्डौं ।

कांग्रेसको बाह्रो महाधिवेशन नजिकिँदै जाँदा शेरबहादुर देउवा आक्रामक, रामचन्द्र पौडेल रक्षात्मक र सुशील कोइराला निद्रामा देखिएको चर्चा कांग्रेस वृत्तमा चल्न थालेको छ ।

नयाँ बानेश्वरमा सम्पर्क कार्यालय खोलेर अभियानमा निस्किएका देउवाले यसबीचमा कोइराला पक्षका केही प्रभावशाली नेताहरुलाई आफ्नोतिर तानिसकेका छन् । कोइराला क्याम्पका प्रभावशाली दोस्रो तहका नेतालाई भने अहिले नभई महाधिवेशनको मुखैमा तानेर पदाधिकारीको उम्मेदवरा बनाउने रणनीति देउवाको रहेको छ ।

पछिल्लो समय कोइराला पक्षका केन्द्रीय सदस्य तथा वैचारिक नेता चन्द्र भण्डारी देउवातिर लागेका छन् । सुशील कोइरालाले मनोनित गरेका श्याम घिमिरे समेत सम्पर्क कार्यालय देखिन थालेका छन् । त्यस्तै ललितपुर २ का सांसद् समेत रहेका प्रभावशाली नेता चन्द्र महर्जन मात्र होइन, मोरङ कांग्रेसका सभापति तथा पूर्वका प्रभावशाली नेता तथा सांसद् अमृत अर्याल पनि देउवातिर खुलेका छन् ।

माथिल्ला नेताभन्दा तलकाहरुसँग जनाधार हुने भएकाले देउवाले पहिले जिल्ला सभापति, प्रभावशाली सांसदहरुलाई आफूतिर तान्ने रणनीति अख्तियार गरेर अगाडि बढेका छन् । देउवाले यसपाली डेढसयदेखि ३ सय मतको अन्तरमा जित्ने रणनीति बनाएको स्रोतको दाबी छ । आजको साँघु साप्ताहिकमा खबर छ ।nepaliheadlines.
सोमबार, ६ पुष
काठमाडौ । एकृकित नेकपा माओवादीका अध्यक्ष पुष्प कमल दाहालले आगामी दुई वर्ष आफुलाई पार्टी पुननिमार्णको नेतृत्व गर्न दिन आग्रह गरेका छन ।
केन्द्रिय समितीको बैठकमा सदस्यहरुले उठाएको प्रश्नको जवाफ दिदै दाहालले सो आग्रह गरेका हुन ।
उनले आगामी ६ महिना परिक्षण अवधीको लागी पार्टी निमार्णको कार्ययोजनासहित कार्यक्षेत्रमा जाने र त्यसको स्वतन्त्रध समिक्षा गर्दै २०७३ अन्तिम सम्म महाधिबेशन गर्ने प्रस्ताव पनि गरेका छन ।
केन्द्रिय समितीको बैठकमा आफुले प्रस्ताव गरेको दस्तावेज पार्टी पुनर्निमाणको लागि केन्द्रित भएर आएको भन्दै त्यलाई अक्षरशः व्यवहारमा कार्यन्यन गरेर लौजाने समेत बताएका छन । आजको राजधानीमा समाचार छ ।
nepalsandesh
रौतहट, ६ पुस । तराईमा आन्दोलन चलिरहेका बेला बसका मालिकले बीमा रकम लिनका लागि आफ्नो बसमा आफै आगजनी गर्न थालेका छन् ।
आन्दोलनकारीले बसमा आगो लगाएको देखाएर मालिकले नै पुरानो बसको बीमा रकम लिन आफै बस जलाउने गरेको प्रहरी अनुसन्धानबाट पुष्टि भएको अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।
रौतहटको चन्द्रपुर–८ मंगलपुरस्थित पूर्वपश्चिम राजमार्गमा आइतबार बिहान एक यात्रुबसमा बसका कर्मचारी आफैले आगजनी गरेर फरार भएको प्रहरीले जनाएको छ ।
यस्तै घटना दुई साताअघि बाराको निजगढ–पथलैया सडक खण्डमा पनि भएको थियो ।
मंसिर १९ गते बसका मालिक र चालकको मिलेमतोमा निजगढबाट हेटौँडा चल्ने ना ४ ख ३२१६ नम्बरको बसमा आगजनी भएको थियो ।
प्रहरीले शंका लागेर अनुसन्धान गर्दा फाइनान्सका नाममा उक्त बस रहेको र बीमा रकम लिनका लागि चालकलाई पैसाको लोभ देखाएर मालिकले नै आगजनी गराएको खुल्न आएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक लोकेन्द्रबहादु्र मल्लले बताए ।
dainiknepal
हेल्लो शुभ बिहानी सबैलाई आज वि .सं. २०७२ साल पुस ६ गते। सोमबार। इश्वी सन् २०१५ डिसेम्बर २१ तारिख। नेपाल संवत् ११३६ थिंलाथ्व। मार्गशीर्ष शुक्लपक्ष। तिथि– एकादशी, २३:३७ बजेउप्रान्त द्वादशी हेर्नुहोस आजको राशिफल ।
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
Ariesविगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ। नयाँ कामको प्रस्ताव आउनेछ। तपाईंलाई अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन्। मनग्य धन आर्जन होला। विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। नयाँ रचनात्मक काम सुरु गर्ने समय छ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला। विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने मौका छ।
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
Taurusचुनौती देखिए पनि स्वाभिमानको रक्षा गर्न सकिनेछ। दिगो आम्दानी हुने काम फेला पार्न सकिनेछ। बलमिच्याइँले हानि पुर्याउन सक्छ। फाइदाका पछि लाग्दा साथीभाइ टाढिन सक्छन्। धैर्यले काम लिँदा प्रतिस्पर्धीलाई उछिन्न सकिनेछ। नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइ फेला पर्नेछन्। लामो यात्रा सम्भावना छ। अनजानको गल्तीले हानि पुर्याउन सक्छ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
Geminiलाभ हुने काम प्रारम्भ गर्ने समय छ। साझेदारीमा पनि फाइदा हुनेछ। आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि बढी नै फाइदा हुनेछ। आम्दानी बढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन्। दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ। गरिएका कामको राम्रै मूल्यांकन हुनेछ। विभिन्न भौतिक साधनहरू जुट्नेछन् र प्रसन्नता पनि मिल्नेछ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
Cancerभूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोगबाट प्रशस्त लाभ उठाउन सकिनेछ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ। काममा मातापिताको सहयोग प्राप्त होला। अरूलाई प्रभावित पारेर काम लिन सकिनेछ। कीर्तिमानी काम सम्पादन होला। तर, विभिन्न अवसर आए पनि विलासी मनोकांक्षाले अप्ठ्यारोमा पार्न सक्छ। यसले तपाईंको स्वतन्त्रतामा बाधा पुग्ने सम्भावना छ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
Leoसामाजिक उत्तरदायित्व वहन गर्ने समय छ। रोकिएका काम समेत सम्पादन हुनेछन्। नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ। धार्मिक अनुष्ठान तथा परोपकारजन्य क्रियाकलापमा समय बित्नेछ। मंगलमय कृत्य सम्पादन गर्ने समय छ। तीर्थाटनको अवसर प्राप्त हुनेछ। धेरैले तपाईंको तारिफ गर्नेछन्। कीर्तिमानी काम सम्पादन हुन सक्छ। प्रतिष्ठा कमाउने बेला छ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
Virgoपहिलेका समस्या दोहोरिन सक्छन्। स्वास्थ्यमा कमजोरी र उपचारमा खर्च हुने योग छ। मुख्य काममा बाधा हुने देखिन्छ। सानातिना घरेलु काममै अल्झनुपर्दा मन खिन्न रहनेछ। सवारीमा सावधानी अपनाउनुहोला। लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ। पढाइलेखाइमा पनि समय दिन नसकिएला। सहयोगीहरूको भरपर्दा सबै काम नबन्न सक्छन्, सजग रहनुहोला।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
Libraअलि बाध्यताका काममा जुट्नुपर्ला। केही विवादमा समेत परिने योग छ, सचेत रहनुहोस्। तापनि, दिन मनोरञ्जनपूर्ण रहनेछ। व्यावसायिक यात्रा सम्भावना छ। आम्दानी प्रशस्तै बढ्नेछ। आतिथ्यपूर्ण सम्मान पाइएला। प्रेमको बन्धन कसिने बेला छ। दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ। सवारी साधन उपयोग गर्दा अलि सावधानी अपनाउनुपर्ने समय छ।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
Scorpioसफलताका लागि प्रतिस्पर्धा गर्नुपर्ने समय छ। शत्रुहरूको चलखेल बढ्नाले केही चुनौती समेत सामना गर्नपर्ला। तापनि, प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ। व्यापार तथा उद्योगतर्फ फाइदाकै योग छ। यात्राको व्यवस्थापनमा खर्च हुनेछ। द्वन्द्व तथा प्रतिस्पर्धामा सावधानीसाथ जुट्नुपर्नेछ। व्यावसायिक काममा फाइदा उठे पनि भोग–विलासमा धन खर्च हुनेछ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
Sagittariusबौद्धिक कार्यबाट धनलाभ हुनेछ। आफ्नो प्रतिभा अरूलाई देखाउन सकिनेछ। गुरुजनको विशेष सहयोग जुट्नेछ। प्रयत्न गरेका काम ढिलै सम्पादन भए पनि उपलब्धि राम्रै पाइनेछ। पढाइलेखाइमा प्रगति हुनेछ। पेटको खराबीले स्वास्थ्य भने कमजोर रहला। व्यावसायिक काम बीचमा अवरुद्ध बन्न सक्छ। सन्तान वा सहयोगीका माध्यमबाट काम सम्पादन हुनेछ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
Capricornपारिवारिक भेटघाटको समय छ। टाढिएका आफन्तहरू नजिकिनेछन्। कृषि तथा पशु व्यवसायबाट लाभ हुने समय छ। प्राकृतिक पर्यावरण वा एकान्तमा मन रमाउनेछ। चिन्तन–मनन, ध्यान वा रचनामा रुचि बढ्नेछ। घरमा बसेरै विभिन्न काम सम्पादन गर्न सकिनेछ। आत्मीयजनसँग भेटघाट होला। सरसफाइ, वागबगैंचा र जलसम्बन्धी काममा आकर्षित भइनेछ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
Aquariusनयाँ काम सुरु गर्ने समय छ। मनग्य धनलाभ हुनेछ। साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन्। विशेषगरी नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ। परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला। आवश्यकता भन्दा सोखका विषयमा खर्च हुनेछ। कृषिक्षेत्रमा भने अलि बढी परिश्रम र लगानी गर्नुपर्ला। बिछोडिएका प्रियपात्रको सम्झनाले सताउन सक्छ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
Piscesशुभचिन्तकहरूले राम्रै साथ दिनेछन्। सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। विशेष सभा–समारोहमा सहभागी बन्ने मौका छ। सजिलै काम बन्नाले उत्साह जाग्नेछ। गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ। सहयोगीहरूले काममा साथ दिनेछन्। विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ। रोकिएका काम सम्पादन हुनेछन्।

काठमाडौं, ५ पुस । आइतबार साँझ बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले वार्ता र सम्वादबाटै मधेस आन्दोलनका माग सम्बोधन गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुटारमा बसेको बैठकले कांग्रेसले संसदमा पेस गरेको संविधान संशोधन विधेयकलाई पारित गर्न प्रक्रिया अगाडि बढाउने निर्णय समेत गरेको छ । जबकी यो संशोधन विधेयकलाई आन्दोलनरत मधेसी मोर्चाले स्वीकार गरेको छैन् ।
तर, मधेस आन्दोलनका दुई महत्वपूर्ण मागलाई (समानुपातिक समावेशीता र जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण) संविधान संशोधन विधेयकले सम्बोधन गर्छ । मधेसी मोर्चालाई पेलेरै मधेस आन्दोलनका दुई माग पुरा गर्न सरकार यो विधेयकलाई पारित गर्ने निर्णयमा पुगेको हो ।
‘राज्यका निकायहरूमा समानुपातिक समावेशी सहभागिता सुनिश्चित गर्ने तथा संविधान प्रारम्भ हुँदा कायम रहेका प्रत्येक जिल्लामा कम्तिमा एक निर्वाचन क्षेत्र कायम रहने गरी जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्ने प्रयोजनका लागि संविधानमा संशोधनका निमित्त संसदमा पेश भएको विधेयक पारित गर्न प्रक्रिया अघि बढाइने छ,’ प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार प्रमोद दाहालद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।
यसैगरी मधेस आन्दोलनको अर्काे माग सीमांकनलाई राजनीतिक संयन्त्र गठन गरी तीन महिनाभित्र टुंग्याउने र नागरिकता लगायतका अन्य मागहरूलाई समेत वार्ता र सहमतिका आधारमा उचित समाधान खोज्न सकिने निर्णय पनि गरिएको छ ।
यद्यपी सीमांकनबारे मधेसी मोर्चाले प्याकेजमै सहमति खोजेको छ । जसका कारण यो विषयमा पनि सरकार मधेसका माग सम्बोधन गर्न मधेसी मोर्चालाई पेलेर जाने निर्णयमा पुगेको छ ।
‘प्रदेश सिमाङ्कनका सम्बन्धमा आन्दोलनरत दलहरूले उठाएको मागलाई समेत दृष्टिगत गर्दै राजनीतिक सहमति अनुरुप संविधानमा उपयुक्त व्यवस्था गरिने छ । यस्तो राजनीतिक सहमतिका लागि एक राजनीतिक संयन्त्र गठन गरिने छ । उक्त संयन्त्रले ३ महिनाभित्र सुझाव सहितको प्रतिवेदन दिनेछ । यस बाहेक नागरिकता लगायतका अन्य मागहरूलाई समेत वार्ता र सहमतिका आधारमा उचित समाधान खोज्न सकिने छ ।’ प्रधानमन्त्री कार्याद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
यसैगरी सरकारले आनदोलनरत पक्षलाई आन्दोलन फिर्ता लिन आग्रह गरेको छ । ‘असहमति र विरोधलाई शान्तिपूर्ण र कानूनसम्मत ढंगले प्रकट गर्ने अधिकारको सम्मान गर्दै आन्दोलनरत दलहरूका मागहरूलाई उपर्युक्त बमोजिम सम्बोधन गर्ने स्पष्ट प्रतिवद्धता व्यक्त भैसकेको हुँदा तत्काल आन्दोलन फिर्ता लिन सम्बद्ध पक्षहरूसंग सरकार आह्वान गर्दछ ।’
बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीमाथि केही अराजक र उच्छृङ्खल व्यक्तिहरुले जनकपुरको जानकी मन्दिरमा हालै गरेको दुव्र्यवहार र लगाएका लाञ्छनाप्रति सरकारले निन्दा र भत्र्सना गरेको छ । साथै बैठकले राष्ट्रको शीर झुकाउने त्यस्तो अभद्र र असभ्य व्यवहार भविश्यमा नदोहोरिनेतर्फ गम्भीर ध्यानाकर्षण गराउँदै दोषिउपर कानुनबमोजिम कारबाही हुने स्पष्ट पारेको छ ।
मन्त्रिपरिषद्को बैठकमा उपप्रधानमन्त्री एवम् परराष्ट्र मन्त्री कमल थापाले आफ्नो बेलायत भ्रमणका बारेमा पनि अवगत गराएका थिए ।
dainiknepal
पासपोर्टमा नाम गलत हुँदा रामेछापका चेतबहादुर तामाङको रोजगारी गुमेको छ । आठ महिना पहिले एक्ससिएम म्यानपावरबाट मलेसिया आएका तामाङको पासपोर्टमा बहादुर टाइपिङ गलत भएका कारण भिसा नविकरण हुन नसकेको हो ।
मेसिन रिडेवलल पासपोर्ट भिसाका लागि म्यानपावरमा बुझाएको र सोहि अनुसार मलेसियाबाट भिसा गएपनि श्रम स्वीकृति नभएपछि उहाँले अर्को पासपोर्ट बनाउनु भएको थियो । पछि बनाएको पासपोर्टमा श्रमस्वीकृति भएपनि पहिलेकै पासपोर्ट अनुसार भिसा थियो । दुई वटै पासपोर्ट बोकेर उहाँले लङकावीको म्यागडोनाल्स रेष्टुरेन्टमा काम गर्दै आउनु भएको थियो । तर दोश्रो वर्षको भिसा नविकरण गर्ने बेलामा कम्पनीले त्यसैलाई कारण देखाई नविकरण नगरेको हो । भिसा नविकरण गर्न नमानेपछि कम्पनीले स्थानीय दलाललाई जिम्मा लगाएको छ । दलालकोमा आफूलाई बस्न समस्या भएको र मानसिक यातनासमेत दिएको चेतबहादुरले गुनासो गर्नुभयो । उहाँले अन्य नेपाली कामदारको सहयोगमा दूतावास पुगेर समस्याको बारेमा जानकारी गराउनु भएको छ । dcnepal
काठमाडौं–एमाओवादी अध्यक्ष प्रचण्डले भारतले नेपालका राजनितीक दलहरुलाई दलाल बनाउन खोजेको भन्दै चिनसँग सम्झौता गर्नुको विकल्प नरहेको बताएका छन् ।
पार्टी कार्यालय पेरिसडाँडामा जारी केन्द्रिय समिती बैठकमा आफ्नो प्रतिवेदनबारे उठेका प्रश्नहरुको प्रष्टिकरण दिँदै प्रचण्डले यस्तो बताएका हुन् ।
पार्टी एकताको सम्भावना प्रवल रहेको उल्लेख गर्दै प्रचण्डले दलाल पुँजिपतीले जतिसुकै प्रयत्न गरेपनी ध्रुविकरणलाई कसैले रोक्न नसक्ने बताए । उनले भने, ‘प्रचण्डलाई नसिध्याईकन एमाओवादी नसकिने देशी विदेशी प्रतिक्रियावादीको निचोड छ, त्यसविरुद्ध कस्तो योजना बनाउने यही केन्द्रिय समितीले निर्णय गरोस् ।’

एमाओवादी परित्याग गरेका बरिष्ठ नेता डा. बावुराम भट्टराई बारे टिप्पणी गर्दै प्रचण्डले भने, ‘बावुरामको बैचारीक विचलन देखापर्यो, अनि उहाँलाई साम्राज्यवादीहरुले लिएर गए ।’
राजनितीक प्रतिवेदनमा जातीय क्षेत्रीय मोर्चाको कुरा उल्लेख नभएको भन्दै केन्द्रिय सदस्यहरुले उठाएको प्रश्नबारे प्रचण्डले ‘भुलेछु’ भन्दै थपिने जानकारी गराएको एक केन्द्रिय सदस्यले रातोपाटीलाई बताए ।

छ महिने कार्यायोजना बनाउँदै एमाओवादी
एमाओवादीले जारी केन्द्रिय समिती बैठकबाट ६ महिने कार्ययोजना बनाउने भएको छ । आईतबारको बैठकमा बोल्दै पार्टी अध्यक्ष प्रचण्डले यस्तो योजनाको प्रस्ताव गरेका हुन् ।
उनले प्रस्ताव गरेको कार्ययोजना अनुसार बैचारीक काम, स्कुल, संघर्ष, जनपरिचालन तथा वर्कसप लगायत ६ प्रकारका योजना बनाउँदै पार्टीको आधार तहसम्म पुग्ने बताईएको छ । बैठकमा सहभागी एक केन्द्रिय सदस्य भन्छन्, ‘आन्तरिक राष्ट्रियता र राष्ट्रिय स्वाधिनताको बारेमा वर्कसप चलाएर फिल्डमा जाने सहितको ६ महिने कार्ययोजना अध्यक्षले प्रस्ताव गर्नुभएको छ ।’ त्यस्तै नेता कार्यकर्ता लाई बैचारिक रुपमा अब्बल बनाउनका लागी त्रैमासीक प्रकाशन निकाल्ने योजना पनी प्रचण्डले प्रस्ताव गरेका छन् ।
ratopati भिडियो हेर्न तलको बाकस थिच्नुहोस
काठमाडौं–एमाओवादी अध्यक्ष प्रचण्डले भारतले नेपालका राजनितीक दलहरुलाई दलाल बनाउन खोजेको भन्दै चिनसँग सम्झौता गर्नुको विकल्प नरहेको बताएका छन् ।
पार्टी कार्यालय पेरिसडाँडामा जारी केन्द्रिय समिती बैठकमा आफ्नो प्रतिवेदनबारे उठेका प्रश्नहरुको प्रष्टिकरण दिँदै प्रचण्डले यस्तो बताएका हुन् ।
पार्टी एकताको सम्भावना प्रवल रहेको उल्लेख गर्दै प्रचण्डले दलाल पुँजिपतीले जतिसुकै प्रयत्न गरेपनी ध्रुविकरणलाई कसैले रोक्न नसक्ने बताए । उनले भने, ‘प्रचण्डलाई नसिध्याईकन एमाओवादी नसकिने देशी विदेशी प्रतिक्रियावादीको निचोड छ, त्यसविरुद्ध कस्तो योजना बनाउने यही केन्द्रिय समितीले निर्णय गरोस् ।’

एमाओवादी परित्याग गरेका बरिष्ठ नेता डा. बावुराम भट्टराई बारे टिप्पणी गर्दै प्रचण्डले भने, ‘बावुरामको बैचारीक विचलन देखापर्यो, अनि उहाँलाई साम्राज्यवादीहरुले लिएर गए ।’
राजनितीक प्रतिवेदनमा जातीय क्षेत्रीय मोर्चाको कुरा उल्लेख नभएको भन्दै केन्द्रिय सदस्यहरुले उठाएको प्रश्नबारे प्रचण्डले ‘भुलेछु’ भन्दै थपिने जानकारी गराएको एक केन्द्रिय सदस्यले रातोपाटीलाई बताए ।

छ महिने कार्यायोजना बनाउँदै एमाओवादी
एमाओवादीले जारी केन्द्रिय समिती बैठकबाट ६ महिने कार्ययोजना बनाउने भएको छ । आईतबारको बैठकमा बोल्दै पार्टी अध्यक्ष प्रचण्डले यस्तो योजनाको प्रस्ताव गरेका हुन् ।
उनले प्रस्ताव गरेको कार्ययोजना अनुसार बैचारीक काम, स्कुल, संघर्ष, जनपरिचालन तथा वर्कसप लगायत ६ प्रकारका योजना बनाउँदै पार्टीको आधार तहसम्म पुग्ने बताईएको छ । बैठकमा सहभागी एक केन्द्रिय सदस्य भन्छन्, ‘आन्तरिक राष्ट्रियता र राष्ट्रिय स्वाधिनताको बारेमा वर्कसप चलाएर फिल्डमा जाने सहितको ६ महिने कार्ययोजना अध्यक्षले प्रस्ताव गर्नुभएको छ ।’ त्यस्तै नेता कार्यकर्ता लाई बैचारिक रुपमा अब्बल बनाउनका लागी त्रैमासीक प्रकाशन निकाल्ने योजना पनी प्रचण्डले प्रस्ताव गरेका छन् ।
ratopati भिडियो हेर्न तलको बाकस थिच्नुहोस
महोत्तरी, ५ पुस । जनकपुरमा राष्ट्रपति विद्यादेवी भण्डारीमाथि भएको अभद्र व्यवहारको विरोधमा महोत्तरीको बर्दिवास बजारमा महिलाहरुले आज प्रदर्शन गरेका छन् ।
अखिल नेपाल महिला सङ्घ, अखिल नेपाल महिला सङ्घ क्रान्तिकारी, नेपाल महिला सङ्घलगायतका सङ्गठनले राष्ट्रपति भण्डारीमाथि जनकपुरमा भएको दुव्र्यवहारविरुद्ध प्रदर्शन गरेका हुन् ।
विवाह पञ्चमीको अवसरमा जनकपुर गएको बेला मधेसी मोर्चाका कार्यकर्ताले राष्ट्रपति विद्यादेवी भण्डारीलाई बिधवा भन्दै अपमान र दुव्र्यवहार गरेका थिए । राष्ट्रपति भण्डारीमाथि भएको दुव्र्यवहारको अहिले चौतर्फी विरोध भइरहेको छ ।
प्रदर्शनपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य शशीकला दाहालले कुनै पनि सभ्य समाजले कल्पना गर्न नसक्ने किसिमको दुव्र्यवहार राष्ट्रपतिमाथि हुनु दुःखद् भएको बताउनुभयो । उहाँले राष्ट्रपतिमाथि दुव्र्यवहार गर्नेलाई कडा कारबाही गर्न पनि सरकारसँग माग गर्नुभयो ।
- Sdainiknepal
काठमाडौँ, ५ पुस । उपप्रधानमन्त्री कमल थापाले आपूर्ति व्यवस्था र पारवहन अवरोधका कारण नेपालमा सिर्जना भएको सङ्कट चाँडो अन्त्य गर्न भारत उत्सुक रहेको बताउनुभएको छ ।
नेपाल र बेलायतबीच कूटनीतिक सम्बन्ध स्थापना भएको २०० वर्ष पुगेको उपलक्ष्यमा बेलायत सरकारले आयोजना गरेको स्वागत समारोहमा भाग लिएर आज स्वदेश फर्केपछि उहाँले विमानस्थलमा पत्रकारलाई भन्नुभयो– “समस्या समाधानतर्फ उन्मुख रहेकाले नाकाबन्दी चाँडै हट्ने र परिस्थिति सामान्य हुनेछ ।”
मधेस केन्द्रित दलले उठाएका मागलाई वार्ता र संवादका माध्यमबाट राजनीतिक ढङ्गले समाधान खोज्ने प्रयास भइरहेको बताउँदै उहाँले भन्नुभयो– “हामी समस्या समाधानको अत्यन्त नजिक पुगेका छौं, केही विषयमा समझदारी भइसकेको छ, केही विषयमा सहमति नजिक छाँै भने केही मागलाई सम्बोधन गर्न प्रक्रिया अघि बढाउने काम भइरहेको छ ।”
प्रजातन्त्रको मूल्यमान्यता र समावेशी चरित्र कायम गरिएको नेपालको संविधानलाई बेलायती नेताले ऐतिहासिक कोसेढुङ्गाका रुपमा व्याख्या गर्नुभएको बताउँदै परराष्ट्रमन्त्री थापाले संविधान निर्माण प्रक्रिया र समावेशी विषयको मुक्तकण्ठले प्रशंसा भएको जानकारी दिनुभयो ।
भारतबाट भएको आपूर्ति व्यवस्था र पारवहनको अवरोधका कारण सिर्जना भएको सङ्कटका बारेमा मन्त्री थापाले बेलायती नेतालाई विस्तृत रुपमा जानकारी गराउनुभएको थियो ।
बेलायतमा रहँदा उपप्रधानमन्त्री थापाले विदेशमन्त्री, विदेश तथा राष्ट्रमण्डल, राज्यमन्त्री, अन्तर्राष्ट्रिय सहयोग विभागसम्बन्धी मन्त्री र न्यायमन्त्रीसँग दुई पक्षीय हित, साझा चिन्ता र चासोका बारेमा विचार विमर्श गर्नुभएको थियो ।
भेटका अवसरमा पारवहनमा भएको अवरोधले उत्पन्न मानवीय सङ्कटप्रति बेलायत सरकारको तर्फबाट चिन्ता व्यक्त गरिनुका साथै आवश्यक परेका खण्डमा सहयोगको प्रतिबद्धतासमेत जनाइएको थियो ।
नेपालको पहिलो दौत्य सम्बन्ध कायम रहेको मुलुक बेलायतले नेपालको आर्थिक विकासमा ठूलो सहयोग पु¥याउँदै आएको छ ।
नयाँ संविधान निर्माण भएपछि देशमा राजनीतिक स्थिरता र प्रजातान्त्रिक वातावरण कायम हुनेहुँदा बेलायतको तर्फबाट खासगरी पूर्वाधार निर्माण र आर्थिक विकासमा उद्धार सहयोग प्राप्त हुने अपेक्षा गरिएको भनाइ पनि भेटघाटका अवसरमा मन्त्री थापाले राख्नुभएको थियो ।
लामो समयदेखि बेलायती सेनामा कार्यरत नेपालीले तलब र पेन्सनमा भोग्नुपरेको असमानताका बारेमा बेलायत सरकारको ध्यानाकर्षण गराएको जानकारी दिँदै उपप्र्रधानमन्त्री थापाले दक्षिणी सुडानमा शान्ति स्थापनाका लागि खटिएका नेपाली सेनाका कुमार लामा छुट्टीमा बेलायत जाँदा द्वन्द्वका घटनाको अभियोगसँग जोडेर पक्राउ परेकामा हालसम्म मुद्दा किनारा लाग्न नसकेकाबारे पनि समकक्षीसँग कुराकानी गर्नुभएको थियो ।
धेरै लामो समयपछि उच्चस्तरमा भएको आफ्नो भ्रमणबाट दुई देशबीचको सम्बन्ध सुदृढ गर्ने सम्बन्धमा अत्यन्त उपयोगी भएको दाबी गर्दै परराष्ट्रमन्त्री थापाले नेपाल भ्रमणका लागि बेलायतका प्रधानमन्त्री डेभिड क्यामरुनलाई प्रधानमन्त्री केपी ओलीले दिनुभएको निमन्त्रणा हस्तान्तरण गरेको जानकारी दिनुभयो ।
dainiknepal
२०७२ पुष ४ गते
जीवनमा यति अपमानजनक कार्यको विरोधमा कहिल्यै धर्ना बस्न र विरोध गर्न नपरोस् भनी कामना गर्दछु । आज कति दुखपूर्ण विषयमा धर्ना बस्न परयो, आफैलाई लज्जाबोध भइरहेको छ ।
विवाह पञ्चमीमा जनकपुरको जानकी मन्दिरमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई बम प्रहार गरियो, ढुंगामुडा प्रहार गरियो । यो निन्दनीय थियो, धार्मिक स्थलमा विरोध गर्नु, हिंसात्मक व्यवहार गर्नु कुनै हालतमा क्षम्य हुन सक्दैन । त्यसपछिका घृणित घटनाहरुले विश्व सामु नेपाली लज्जित हुनुपरेको छ ।
विवाहपञ्चमीको दिनको घटनालाई हामी नेपाली बिर्सन चाहन्थ्यौं । घटनाका जिम्मेवारहरुले त्यसमा क्षमा माग्लान् भन्ने विश्वाश थियो तर त्यसपछि सोही घटनालाई आधार बनाएर महिला माथि नै अपमान गर्ने काम गरियो । विधवा महिला मानिस नै होइनन् भन्ने ढंगले मधेस आन्दोलनका कतिपय पक्ष तथा कतिपय आन्दोलनकारीले व्यवहार गरेका छन् । विधवा महिलाको अस्तित्वमा नै प्रश्न उठाउने ढंगले अठारौं शदीको व्यवहार गरिएको छ । एक्काइसौं सदीको नेपालमा विधवा महिलाको अस्तित्वमा प्रश्न गर्नु लाजमर्दाे घटना हो । यो घटनाका दोषीहरुलाई सरकारले कारबाही गर्नुपर्छ । यो घटनाको जिम्मेवारी लिएर सम्बन्धित राजनीतिक दलहरुले जनता समक्ष माफी माग्नुपर्छ ।
राजनीतिक आन्दोलनको बहानामा समस्त महिलामाथि नै प्रहार गर्नु अपराध हो । यस्तो सामाजिक अपराधको बाटो आन्दोलनकारी दल र त्यसको नेतृत्व वर्गले त्याग्नुपर्छ । उनीहरुले सामाजिक मर्यादाको ख्याल गर्नुपर्छ । आन्दोलन गर्दा हातमा ढुंगालाठी र मुखमा जिब्रो छ भन्दैमा मनपरि गर्न र जथाभावी बोल्न पाईंदैन ।

नेपाली महिलाको अपमान, देशकै अपमान, मिथिला संस्कृतिको अपमान र माता जानकीको अपमान हुने यो घटनाको विरोधमा आज अनेमसंघले काठमाडौंमा गरेको धर्नामा सहभागी हुँदा असाध्यै दुख लाग्यो । जीवन धर्ना र आन्दोलनमै बिताइयो, यति घृणित कार्यको विरोधमा समेत धर्ना बस्न परयो । धर्ना अवधी भरि उदास भएँ म ।
dainiknepal
काठमाडौं, ५ पुस । एकीकृत नेकपा(माओवादी)ले पार्टीलाई सशक्त र प्रभावकारी बनाउने उद्देश्यले छ महिने सङ्गठन सुदृढीकरण योजना ल्याउने भएको छ ।
विभिन्न ढङ्गले छुट्टाछुट्टै पार्टी बनाएका तर माओवादलाई मान्ने शक्तिलाई समेत एकताको प्रक्रियामा ल्याउने उद्देश्यका साथ सङ्गठन सुदृढीकरणको योजना ल्याउन लागेको हो ।
प्रारम्भिक चरणमा आगामी जेठसम्मलाई केन्द्रित गरी पार्टीको सङ्गठन सुदृढीकरण योजना ल्याइएको प्रवक्ता दिनानाथ शर्माले जानकारी दिनुभयो ।
विगतमा टुटफुट भएर गएका तथा विभिन्न रुपमा रहेका माओवाद मान्ने पार्टी तथा शक्तिलाई एकताको प्रक्रियामा ल्याउने तथा आन्तरिक रुपमा सशक्त बन्ने ध्येयका साथ नयाँ कार्ययोजना ल्याउन लागिएको उहाँको कथन छ ।
गत मङ्सिर १५ गतेदेखि सुरु भएको एमाओवादी केन्द्रीय समितिको बैठकमा नेताले पार्टीको सुदृढीकरण कार्ययोजना ल्याउन, संविधानसभाबाट जारी भएको संविधानको सहज कार्यान्वयनसम्बन्धी योजना ल्याउन आग्रह गरेका थिए । संविधानले मुलुकमा सात प्रदेश बनाएकाले प्रादेशिक संरचनाअनुसार पार्टीको संरचना निर्माण गर्नुपर्ने उहाँहरुको जोड थियो ।
एमाओवादीले प्रदेशको संरचनाका आधारमा पार्टीको संरचना तयार गर्ने तयारी गरेको छ । प्रदेशको जिम्मा स्थायी समिति सदस्य वा वरिष्ठ पोलिटब्युरो सदस्यलाई दिने एमाओवादीको भनाइ छ । एमाओवादीले यसअघि नै राज्य समिति भङ्ग गरिसकेका सन्दर्भमा नयाँ आधारमा संरचना निर्माण गर्न लागिएको हो ।
तराई मधेसमा केन्द्रिकृत तथा विकेन्द्रीत रुपमा पार्टी प्रशिक्षण, भेला, संविधानमा भएका सकारात्मक तथा जनताका विषयलाई प्रचारप्रसार गर्ने, अपुग भएका विषयलाई संशोधनका माध्यमबाट अगाडि बढाउने निर्णयसमेत गरेको छ ।
पार्टीका नेताले उठाउनुभएको प्रश्नको जवाफ दिँदै एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले जवाफ दिँदै पार्टीलाई आगामी दुई वर्षभित्र एक नम्बरको बनाउने र त्यसमा पार्टीका नेता तथा कार्यकर्ताको प्रमुख भूमिका रहनुपर्नेमा जोड दिनुभयो ।
उहाँले पार्टीलाई लान्छना लगाएर बाहिरिनेले नेपाली जनताको भावना, सहिद तथा बेपत्ता नागरिकको भावनालाई लत्याएको भन्दै पार्टीलाई सुधार गरेर उनीहरुलाई जवाफ दिनुपर्ने बताउनुभयो ।
उहाँले पार्टीका कुनै पनि नेता तथा कार्यकर्ता तरङ्गित नभई पार्टी काममा लाग्न र जनताको सेवा गर्न निर्देशन दिनुभयो । सरकारमा रहेका मन्त्रीलाई पनि विधि प्रक्रिया र सरकार सञ्चालन समन्वय समितिको आवश्यक परामर्शका आधारमा मात्रै अगाडि बढ्नसमेत निर्देश गर्नुभयो ।
प्रवक्ता शर्माले जारी केन्द्रीय समितिको बैठकमा अभूतपूर्ण एकताको सम्प्रेषण भएको जानकारी दिँदै पार्टीलाई पहिलेकै स्थितिमा ल्याउन एकजुट भएर जानुपर्छ भन्ने अध्यक्षको प्रस्तावमा सबै केन्द्रीय सदस्यले त्यसैअनुरुपमा मनन गर्नुभएको बताउनुभयो ।
प्रवक्ता शर्माले अध्यक्ष दाहालले पार्टीको आगामी महाधिवेशनमा जाने, जन परिचालन गर्ने, मुलुकभर कार्यशाला चलाउने, पार्टी स्कुलिङ विभागलाई प्रभावकारी बनाएर मुलुकभर नै प्रशिक्षण चलाउने प्रस्ताव पेस गर्नुभएको उल्लेख गर्नुभयो ।
प्रारम्भिक चरणमा जेठसम्मको कार्यक्रम आएको र त्यसको कार्य विभाजन भोलिको बैठकले निर्णय पनि भएको उल्लेख गर्दै उहाँले अध्यक्षको राजनीतिक प्रतिवेदन पनि सोमबार बस्ने बैठकले नै पारित गर्ने प्रवक्ता शर्माको भनाइ थियो ।
dainiknepal
२०७२ पौष ५ आईतवार

वीरगन्ज : आन्दोलनरत मधेसी दलका कार्यकर्ता र प्रहरी बिचको झडपका कारण वीरगन्ज आइतवार पनि दिनभर तनावग्रस्त रहयो ।घण्टाघर चोकमा आन्दोलनकारीहरुले मोटरसाइकल तोडफोड गर्न थालेपछि प्रहरीले रोक्न खोज्दा झडप सुरु भएको हो।

झडपका क्रममा प्रदर्शनकारीहरुले प्रहरी माथि ढुंगामुढा गरेपछि प्रहरीले पनि ढुंगा चलाएका थिए। दुवै तर्फबाट  ढुंगा चलेका कारण घण्टाघर र माइस्थान चोक क्षेत्र दिनभर तनावग्रस्त बनेको हो। प्रहरी माथि ढुंगा हानेको आरोपमा प्रहरीले १०जना प्रदर्शनकारीलाइ नियन्त्रणमा लिएको छ।

पक्राउ पर्नेहरुमा गम्भीरा साह , समीम अली ,भागीरथ साह कानु ,सोयल अख्तर ,आलोक सिंह ,बलिराम पटेल ,रोहीत गुप्ता , रन्जन गुप्ता सहित १० जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिइएको पर्साका प्रहरी उपरिक्षक राजुबाबु श्रेष्ठले बताए। उनीहरु सबैलाइ जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रउ श्रेष्ठले जानकारी दिए।

आइतवार वीरगन्जको घण्टाघर चोकमा मोटरसाइकल तोडफोड गर्दै मधेसी दलका कार्यकर्ताहरु । तस्बिर : क्रान्ति शाह

प्रहरीले हानेको ढुंगाले लागर दुइ जना प्रहरी पनि सामान्य घाइते भएको उनले बताए।आन्दोलनकारीहरुले आइतवार प्रदर्शनका क्रममा  घण्टाघर चोकमा मधेसी दलका कार्यकर्ताहरुले दुइ वटा टयाम्पु र आधा दर्जन मोटरसाइकलमा तोडफोड  पनि गरेका छन् ।आन्दोलनकारीहरुले ना १ ह ९३३ र ना १ ह ६६८ नम्बरको टयाम्पु तथा ना ८ प १८९० ,ना १६ प ४४८४,ना १ प ६६२८  नम्बरको मोटरसाइकलमा तोडफोड गरेका हुन्।

 वीरगन्जको घण्टाघर , माइस्थान , पावरहाउस चोक लगायतका स्थानमा मधेसी दलका कार्यकर्ताहरुले बिहानै देखि टायर बालेर प्रदर्शन गरेका थिए। मधेसी दलको प्रदर्शनका कारण शुक्रबार देखि बन्द रहेको वीरगन्जको मेनरोडका बजार र पसलहरु आइतबार पनि खुल्न सकेन। यस्तै आन्दोलनकारीहरुले वीरगन्जमा आइतवार पनि मोटरसाइकल , रिक्सा , टाँगा , टेम्पु लगायतका साना सवारी सधानहरु चल्न दिनन्।

 मधेसका माग पुरा गराउन सरकार र प्रमुख तीन दललाइ अन्तिम धक्का दिने बताउदै आएका मधेसी दलहरुले शुक्रबार देखि आन्दोलनलाइ फेरि चर्काएका हुन्। नयाँ संविधान जारी भएको तीन महिना पुगेको दिन पुष ३ गते शुक्रबार देखि मधेसी दलहरुले आन्दोलनलाइ थप शसक्त बनाएका हुन्।

 संविधान निर्माण र सीमांकनको विरोधमा मधेसी दलहरुले गत साउन ३० गते देखि नै बन्द हडताल गर्दै आएका हुन्। यस्तै वीरगन्ज रक्सौल नाकाको मितेरी पुलमा ८९ दिन देखि मधेसी दलले धर्ना दिएर नाका पनि ठप्प पार्दै आएका छन्।

मधेसी दलका नेता कार्यकर्ताहरुले असोज ७ गते देखि दिनरात २४ सै घण्टा मितेरी पुलमा धर्ना दिएर नाका ठप्प पारेका कारण तीन महिना देखि रक्सौलबाट कुनै पनि मालवाहक गाडी वीरगन्ज प्रवेश गर्न सकेको छैन।मितेरी पुलको धर्नामा आइतबार पनि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र संघीय समावेशी मधेसी गठबन्धनका नेता कार्यकर्ताहरु बसेका छन्।annapurnapost
काठमाडौं, पुस ५ । क्लव विश्व कप फुटबलको उपाधि स्पेनिस क्लव ‘बार्सिलोना’ले हासिल गरेको छ ।
जापानको योकोहामामा आइतबार सम्पन्न फाइनल खेलमा बार्सिलोनाले अर्जेन्टिनी क्लव रिभर प्लेटलाई ३–० ले पराजित गर्दै क्लव विश्व कप उपाधि हासिल गरेको हो ।
बार्सिलोनाको जितमा लुईस सुवारेजले दुई तथा लियोनल मेस्सीले एक गोल गरे ।
बार्सिलोनाले क्वल विश्व कपको उपाधि हासिल गरेको यो तेस्रो पटक हो ।
imagekhabar
५ पुस   |
महोत्तरी – संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले महोत्तरीको सम्सीमा ७०० लिटर पेट्रोलियम पदार्थ नियन्त्रणमा लिएर नष्ट गरेको छ ।

आज दिउँसो भारतीय बजारबाट लुकीछिपी तस्करी गरी ल्याइरहेको अवस्थामा सम्सीमा मधेसी मोर्चाका कार्यकर्ताले सो परिमाणका पेट्रालियम पदार्थ नियन्त्रणमा लिएर आगो लगाई नष्ट गरेको हो ।

मोटरसाइकलमा राखी गौशालातर्फ ल्याउँदै गरिएको अवस्थामा मोर्चाका कार्यकर्ताले पेट्रोल २०० लिटर तथा डिजेल ५०० लिटर गरी ७०० लिटर नियन्त्रणमा लिई नष्ट गरेको तराई मधेस सद्भावना पार्टीका जिल्ला कोषाध्यक्ष निलम अधिकारीले जानकारी दिए ।

ratopati
वीरगन्ज, ५ पुस । प्रदर्शनकारी र प्रहरीबीच आज वीरगन्जमा पटकपटक भइरहेको झडपका कारण यहा“को जनजीवन त्रसित बनेको छ ।
वीरगन्ज उपमहानगरपालिकाको घन्टाघर चोकमा प्रदर्शनकारी र प्रहरीबीच आज दिउँसो १२ बजेदेखि पटकपटक झडप भइरहदा वीरगन्ज तनावग्रस्त भएको हो ।
प्रदर्शनकारीले सुरक्षाकर्मीमाथि ढुङ्गामुढा प्रहार गरिरहेका छन् । आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ता आज बिहानैदेखि वीरगन्जको घन्टाघर, बसपार्क, मुर्लीचोक, पावरहाउ चोक, राधेमाई चोक, रानीघाटलगायत बाटोमा टायर बालेर प्रदर्शनमा उत्रिएका थिए । विभिन्न नारा लगाउँदै प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीले वीरगन्ज बजार बन्द गराएका छन् ।
बन्दको अवज्ञा गरेको भन्दै प्रदर्शनकारीले वीरगन्जको घन्टाघरमा ना१ह ९३३ र ना१ह ६६८ नम्बरको ट्याम्पो तथा ना८प १८९०, बा१६च ४४८६ र ना१प ७७२८ नम्बरको मोटरसाइकलमा तोडफोड समेत गरेका छन् ।
बन्दका समयमा कुनै अप्रिय घटना हुन नदिन अहिले वीरगन्जमा व्यापक मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी केशव घिमिरेले बताउनुभयो ।
dainiknepal
बुटवल, पुस ५ । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले मधेसी मोर्चाले गरिरहेको आन्दोलन स्वयं मधेसी जनताविरुद्ध भएको दाबी गरेका छन् ।
नेपाली समाजको एकता तोड्ने र भ्रम फैलाएर समाजलाई विभाजित गर्ने उद्देश्यले नियोजित रुपमा मधेस आन्दोलन गरिएको उनको दाबी छ ।
आज बुटवलमा अनेरास्ववियुको केन्द्रीय महिला भेलाको उद्घाटन गर्दै उनले एमालेले जस्तै अरु राजनीतिक दलले पनि मधेसमा गएर संविधानबारे आम जनतालाई बुझाउन प्रयास गर्नुपर्नेमा जोड दिए ।
imagekhabar
काठमाडौँ, ५ पुस । प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान बिभाग चालचलन शाखाबाट बितरण हुदै आइरहेको प्रहरी चारित्रिक प्रमाणपत्र  को दर्ता तथा बितरण आज आइतबारदेखि पाँच वटै क्षेत्रका प्रहरी कार्यालयबाट गरिने भएको छ ।
प्रहरी चारित्रिक प्रमाणपत्र लिनेहरुको अत्याधिक चाप बढेकाले सेवाग्राहीको सुविधालाई मध्यनजर राखी क्षेत्रीय प्रहरी कार्यालयहरु बिराटनगर, हेटौडा, पोखरा र मध्यपश्चिम क्षेत्र अन्तर्गत अञ्चल प्रहरी कार्यालय भेरी र सुदूरपश्चिम क्षेत्र अन्तर्गत अञ्चल प्रहरी कार्यालय सेतीबाट निवेदन दर्ता तथा प्रमाणपत्र बितरण गरिने भएको हो ।
यसअघि रहेको प्रमाणपत्रका लागि काठमाडौँ आउनपर्ने बाध्यात्मक अवस्थाका कारण सेवाग्राहीलाई असुविधा भइरहेको हुदाँ क्षेत्रबाटनै दर्ता तथा बितरण व्यवस्था मिलाइएको प्रहरी प्रवक्ता डीआईजी कमलसिंह बमले जानकारी दिनुभयो ।
दर्ता गरेको निवेदन संकलन गरी एकमुष्ट प्रहरी प्रधान कार्यालयमा पठाउने र त्यस्ता निवेदकको आपराधिक अभिलेख जाँच गरेपश्चात प्रहरी प्रधान कार्यालयबाट प्रमाणपत्र जारी गरी सम्बन्धित कार्यालयबाट नै बितरणका लागि पठाइदिने व्यवस्था मिलाएको छ । चारित्रिक प्रमाणपत्रका लागि आइतबार देखि विहिबारसम्म निवेदन दर्ता गर्ने र निबेदन दर्ता गरेको अर्को हप्ताको बुधबारका दिन सम्बन्धीत व्यक्तिले प्रमाणपत्र पाउने छन् ।
विदेशमा भएका नेपाली, विदेशी नागरिक र शरणार्थीहरुका लागि प्रहरी प्रधान कार्यालय चालचलन शाखाबाट मात्रै निवेदन दर्ता तथा प्रमाणपत्र वितरण गरिदै आएको व्यवस्था यथावत राखिएको छ ।
dainiknepal
काठमाडौं, पुस ५ । राष्ट्रपति विद्यादेवी भण्डारीले ‘भूकम्पबाट प्रभावित संरचनाको पुनःनिर्माणसम्बन्धी विधेयक, २०७२’ प्रमाणीकरण गरेकी छन् ।
राष्ट्रपतिले नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम सो विधेयक प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता ध्रुवराज आचार्यले जानकारी दिए ।
justify;">राष्ट्रपतिमा निर्वाचित भएपछि भण्डारीले पहिलोपल्ट विधेयक प्रमाणीकरण गरेकी हुन् । व्यवस्थापिका–संसद्को बैठकले यही पुस १ गते भूकम्पबाट प्रभावित संरचनाको पुनःनिर्माण गर्ने सम्बन्धमा बनेको विधेयक पारित गरेको थियो ।
दलहरुबीचको लामो विवादपश्चात् भूकम्पबाट प्रभावित संरचनाको पुनःनिर्माण गर्ने सम्बन्धमा बनेको विधेयक, २०७२ पारित गरिएको थियो ।
सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दलबीचको विवादका कारण रोकिएको एवम् प्रमुख कार्यकारी अधिकृत को हुने भन्नेमा खिचातानीसमेत हुँदै आएको सो विधेयक सर्वसम्मतले पारित गरेको थियो ।
गत वैशाख १२ गतेको गोरखा भूकम्प र त्यसपछिका पराकम्पले मुलुकका १४ जिल्ला पूर्णरुपमा प्रभावित भएका छन् भने ३१ जिल्ला प्रभावित भएका छन् ।
आठ हजार ८८९ जनाको मृत्यु, करिब आठ लाख घर तथा आवासको क्षति तथा २१ हजार बढी नागरिक घाइते भएका छन् । पुरातात्विक महत्वका विश्व सम्पदा सूचीमा रहेका सम्पदा एवम् ऐतिहासिक कलाकृतिसमेत भूकम्पको चपेटामा परेको छ ।
सरकारले तत्कालीन राहतका रुपमा रु १५ हजार वितरण गरे पनि भूकम्पपीडित पाल र जस्तामुनि कष्टकर जीवन बिताउन बाध्य छन् । पछिल्लो पटक न्यानो कपडा किन्नका लागि दिइने भनिएको रु १० हजार केही जिल्लामा वितरणको अख्तियारी पुगे पनि अधिकांश जिल्लामा रकमको अख्तियारीसमेत गएको छैन ।
गैरसरकारी सङ्घसंस्थाले विभिन्न स्थानमा घर तथा आवास बनाउने प्रतिबद्धता जनाए पनि पछिल्लोपटक भारतको अघोषित नाकाबन्दीका कारण कुनै प्रगति हुन सकेको छैन । कानुनको अभावमा भूकम्पपीडितले आवास निर्माणमा लागि दिने भनिएको रु दुई लाख वितरण हुन सकेको थिएन ।
राष्ट्रपतिले प्रमााणीकरण गरिसकेको अवस्थामा भूकम्पपीडितले अब राहत पाउने मार्गप्रशस्त भएको छ । सरकारले ऋण लिने कि राहत लिने रोज्न पीडितलाई नै दिने बताउँदै आएको छ । राहत लिने रु तीन किस्तामा रु दुई लाख प्राप्त गर्नेछन् भने ऋण लिनेले सहरी क्षेत्रमा रु २५ लाख र ग्रामीण क्षेत्रमा रु १५ सम्म प्राप्त गर्न सक्नेछन् । तर राहत रकम अपुग भएको भन्दै विभिन्न क्षेत्रबाट थप गर्नुपर्ने आवाज उठ्दै आएको छ ।
कानुन नै निर्माण भइसकेको अवस्थामा भूकम्पपीडितलाई राहत दिन तीन तहको संरचना निर्माण हुनेछ । केन्द्रमा संयोजकत्वमा कार्यकारी समिति, निर्देशक समिति र स्थानीय तहमा निर्वाचित पनि संरचना स्थापना हुनेछ ।
सरकारले केही दिनभित्रै भूकम्पपछिको पुनःनिर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत नियुक्ति गर्ने तयारी गरेको छ ।
imagekhabar
आइतबार, ५ पुष
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार साँझका लागि मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन् ।
साँझ ७ बजेका लागि बैठक बोलाइएको भएपनि एजेण्डाबारे कसैलाई जानकारी दिइएको छैन ।
बैठकमा पछिल्लो राजनीतिक अवस्था, मधेसी मोर्चाले फेरि सुरु गरेको हिंशात्मक आन्दोलन, भारतको नाकाबन्दी लगायतका विषयमा छलफल हुनसक्ने बताइएको छ ।
मधेसी मोर्चाले काठमाडौंमा वार्ता नगर्ने भन्दै फेरि आन्दोलन सुरु गरपछि आइतबार रौतहटको गौरमा एक आन्दोलनकारीको मृत्यु भएलगत्तै प्रधानमन्त्रीले मीनत्रपरिषदको बैठक बोलाएका हुन ।
ओलीले यसअघि वार्ताबाट समस्याको समाधान नभए बल प्रयोग गर्ने चेतावनी दिएका थिए ।
nepalsandesh
काठमाडौं, ५ पुस । मुलुकको पछिल्लो राजनीतिक अवस्था र आपूर्ति व्यवस्था तथा तराई मधेसका जिल्लामा फेरि चर्किएको आन्दोलनका विषयमा समीक्षा गर्न प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाउनुभएको छ ।
अहिले सात बजे सिंहदरबारमा बस्ने मन्त्रिपरिषद बैठकमा रौतहटको गौर र वीरगञ्जमा चर्किएको मधेसी मोर्चाको आन्दोलन तथा तराईको शान्ति सुरक्षाका विषयमा छलफल हुने स्रोतले जनाएको छ ।
गौरको आन्दोलन उत्तेजित भएर अनियन्त्रित हुन थालेपछि प्रहरीले चलाएको गोली लागेर आजै एक प्रदर्शनकारीको मृत्यु भएको छ । प्रदर्शन तराईमा फेरि उत्तेजित हुन थालेपछि ओलीले सो विषयमा पनि मन्त्रीहरूसँग परामर्श गर्नु हुने बुझिएको छ ।
बैठकले विशेष गरेर तराईको शान्ति सुरक्षा र आपूर्ति व्यवस्थाका विषयमा आफ्नो छलफल केन्द्रित गर्ने स्रोतले जनाएको छ ।
बैठकले मन्त्रालयका नियमित एजेन्डा र विभिन्न नियुक्तिका विषयमा पनि छलफल गर्ने बुझिएको छ ।
dainiknepal
आइतबार, ५ पुष
काठमाडौं । उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापाले सीमा नाकामा भइरहेको अवरोध हटाउन भारतलाई धेरै हतार भैसकेको बताएका छन् । बेलायत भ्रमण पुरागरि स्वदेश फर्कीएका थापाले भारतले संकट समाधानकालागि हतार गरिरहेको बताएका हुन् ।
उनले लण्डनमा आफु हुँदा नै भारतीय समकक्षी सुष्मा स्वराजले फोन गरि गतिरोध चाँडै अन्त्य गराउनकालागि आग्रह गर्दै नाका खोलन भारतलाई हतार भएको बताएको उल्लेख गरे ।
उनले भारत सीमा नाकामा भैरहेको अबरोध अन्त्य गराउन भारत निकै उत्सुक भएको उल्लेख गर्दै मधेसी मोर्चालाई लचक भएर वार्तामा आउन आग्रह गरे ।
थापाले देश भित्रको आन्दरीक समस्या आफैंले समाधान गर्नुपर्ने भन्दै मोर्चाका नेताहरुलाई संवेदनशील हुन पनि आग्रह गरे ।
nepalsandesh
रौतहट, ५ पुस । यसैबीच जिल्ला प्रशासन कार्यालय रौतहटले आज सदरमुकाम गौरमा निषेधाज्ञा आदेश जारी गरेको छ ।
गौरमा आज मोर्चाका कार्यकर्ता तथा प्रहरीवीच भएको झडपमा एक जनाको मृत्यु भएको र अवस्था सामान्य नभएकाले शान्ति सुरक्षाको अवस्थालाई ध्यानमा राखी प्रशासन कार्यालयले गौर नगरपालिका क्षेत्रमा अपराह्न ४ बजेदेखि अनिश्चितकालीन निषेधाज्ञा आदेश जारी गरेको हो ।
प्रशासन कार्यालयले गौर नगरपालिका अन्तर्गत उत्तरमा नयाँ बसपार्कको वडहरवा पुल, दक्षिणमा गौर भन्सार गेट, पूर्वमा हनुमानस्थानको वडहरवा पुल र पश्चिममा टिकुलिया गाउँदेखि पूर्वसम्मको क्षेत्रमा निषेधाज्ञा आदेश जारी भएको प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेल जानकारी दिनुभयो ।
dainiknepal
वीरगन्ज–वीरगन्जमा आन्दोलनकारीको बीचमा मिसिएर सादा पोसाकका प्रहरीले ढुंगामुढा गरिरहेको खुलेको छ । बर्दिवाला प्रहरीले दुई जना आन्दोलनकारीलाई पक्राउ गर्दा ती सादा पोसाकका प्रहरी नै रहेको खुलासा भएको हो । नेपाल प्रहरी र सशस्त्र प्रहरीका ६ जना जवानले दुई जना आन्दोलनकारीलाई पक्रेर घण्टाघर चोकस्थित प्रहरी बिटमा लगेका थिए ।
सोधपुछका क्रममा पक्राउ परेका दुई जना सादा पोसाकका प्रहरी रहेको र आन्दोलनकारीको बीचमा रहेर ढुंगामुढा गरिरहेको खुलेको थियो । बर्दिवाला प्रहरीले सादा पोसाकको प्रहरी नचिनेर उनीहरुलाई कुटपिटसमेत गरेका थिए । पक्राउ परेका दुवै जनाको परिचय भने प्रहरीले गोप्य राखेको छ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताहरुले वीरगञ्जमा आन्दोलनलाई कडा पारेका छन् । हिजो प्रहरी र प्रदर्शनकारीबीच झडप भएपछि अवस्था तनावग्रस्त बनेकोमा आज मोर्चाका कार्यकर्ताले आन्दोलनलाई थप कडाई गरेका छन् । बिहानैदेखि आन्दोलनकारीहरुले बजार, उद्योग कलकारखाना, यातायात बन्द गराएका छन् भने तोडफोडमा समेत उत्रिएका छन् । आन्दोलनकारीहरुले घण्टाघरमा केहि ट्याम्पो र मोटरसाइकलमा तोडफोड गरेका छन् । उनीहरुले ना १ ह ९३३ र ना १ ह ६६८ नम्बरको ट्याम्पोका साथै ना८च १८९०, चा१६च ४४८६ , ना १प ७७२८ नम्बरका मोटरसाइकल तोडफोड गरेका हुन् । आन्दोलनकारी आक्रामक बनिरहँदा वीरगञ्ज क्षेत्रमा ठूलो संख्यामा सुरक्षा परिचालन गरिएको सहकर्मी अमित अग्रवालले जनाएका छन् ।ratopati
आइतबार, ५ पुष
रौतहट । रौतहटको गौरस्थित बिपी चोकमा आन्दोलनकारी र प्रहरी बिच दोहोरो झडप भएको छ ।
झडप पछि सदरमुकाम गैर अहिले तनाबग्रस्थ बनेको छ । झडपमा १० जना प्रहरी र ४ जना प्रर्दशनकारी घाइते भएका छन । घाइतेलाई उपचारको लागि अस्पतालमा लगिएको छ ।
आन्दोलनकारीले प्रहरीमाथि ढुंगामुढा  र शिशाका बोतल प्रहार गरेपछि स्थिति तनावग्रस्त बनेको हो  ।
प्रहरीले झडपमा लाई नियन्त्रणमा लिनका १० राउण्ड आश्रुगयस ३ वटा हवाई फायर गरेको छ ।
यसै गरी प्रहरीले माइकिङ गर्दै शान्तिपुर्ण आन्दोलनमा ढुंगामुढा प्रहार भए प्रहरीको गोली चल्ल सक्ने भन्दै आन्दोलनकारीलाई चेतावनी दिइरहेको छ ।
nepalsandesh
काठमाडौँ, ५ पुस । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा अहिले देखिएका दुईथरि अतिवादले सङ्कट समाधानका लागि सहमतिमा पुग्न अप्ठ्यारो पारिरहेको बताउनुभएको छ ।
रिपोर्टर्स क्लब नेपालद्वारा आज यहाँ आयोजित साक्षात्कारमा उहाँले भन्नुभयो, “तराई मधेसको आन्दोलन केही पनि होइन भन्ने एकथरि र आन्दोलन पहाड तथा काठमाडौँविरुद्ध हो भन्ने अर्काथरि दुवै खाले अतिवादी चिन्तनलाई रोक्न आवश्यक छ ।”
नेपाली काँग्रेसका सभापति सुशील कोइरालासँग शनिबार भएको वार्ता सकारात्मकतर्फ उन्मुख रहेको बताउँदै उहाँले विगतका सहमति कार्यान्वयन नगरेर विश्वास टुटाउने काम ठूला राजनीतिक दलबाट भएकाले सीमाङ्कनका विषयमा विश्वस्त पार्ने आधार तय भएमा
आन्दोलन फिर्ता लिने सङ्केत गर्नुभयो ।
यद्यपि उहाँले भन्नुभयो, “विश्वविद्यालयको जस्तो सेमेस्टर प्रणाली र किस्ताबन्दीमा भने यसपालिको आन्दोलन उधारो आश्वासनमा रोकिनेवाला छैन ।”
अध्यक्ष यादवले आफूहरुले उठाएका मागलाई सरकारले एक रत्ती पनि नसुनेका कारण पुनः आन्दोलनका कार्यक्रम घोषणा गरिएको बताउँदै भन्नुभयो, “आन्दोलनबाट हिमाल, पहाड र तराईका निम्न तथा मध्यम वर्गका जनता धेरै नै पीडित भएको र दुःख पाउँदा समेत सरकारको नेतृत्वमा त्यस विषयमा चिन्ता नहुँदा १२८ दिन पुगिसक्दा पनि आन्दोलन निष्कर्षमा पुग्न नसकेको हो ।”
जनकपुर घटना दुःखद
विवाहपञ्चमीका दिन जनकपुरमा भएको घटनाप्रति आफू दुःखी भएको बताउँदै उहाँले भन्नुभयो, “त्यो दुःखद घटना हो, आन्दोलनका मागलाई सम्बोधन गराउन जनताले राज्यलाई दबाब दिनुपर्छ ।” अध्यक्ष यादवले प्रदेशहरुमा बहुभाषाको प्रयोग, प्रदेशको सीमाङ्कन सच्याउने, समानुपातिक र समावेशी प्रतिनिधित्व, जनसङ्ख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण लगायत विषय समाधान गर्न नसकिने कुनै माग नै नरहेको जिकिर गर्नुभयो ।
dainiknepal
काठमाडौं, ५ पुस । भारतमा शक्तिशाली भूकम्प गएको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार उत्तराखण्डको कैयौ भूभागमा भूकम्पको धक्काले जमिनै बेस्सरी हल्लिएको छ । जसका कारण सर्वसाधारणमा त्रास छाएको छ । घर छाडेर खुल्ला ठाउँमा गएका छन् ।
पिथौरागढको धारचूलामा शनिवार ३ बजेर ४७ मिनेटमा ५.४ रेक्टर स्केलको भूकम्पको धक्का महसुस गरिएको हो । यसको केन्द्र नेपालसँग जोडिएको जिल्ला रहेको बताइएको छ ।
भारतीय मौसम विभागका अनुसार भूकम्पको केन्द्र जमिनबाट दस किलोमिटर गहिराईमा थियो । धारचूलामा भूकम्पको झट् बढी महसुस गरिएको थियो । लगातार तीन वटा झट्का गएको बताइएको छ ।
आपदा प्रबन्धन अधिकारी डा. आरएस राणाले भूकम्पबाट भएको क्षतिको विवरण प्राप्त भइनसकेको बताए ।
dainiknepal
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Aug 24 (6)
  • Aug 23 (1)
  • Aug 19 (1)
  • Aug 18 (19)
  • Aug 17 (17)
  • Aug 16 (24)
  • Jan 24 (18)
  • Jan 23 (27)
  • Jan 22 (32)
  • Jan 21 (35)
  • Jan 20 (35)
  • Jan 19 (34)
  • Jan 18 (40)
  • Jan 17 (45)
  • Jan 16 (27)
  • Jan 15 (29)
  • Jan 14 (35)
  • Jan 13 (40)
  • Jan 12 (32)
  • Jan 11 (39)
  • Jan 10 (31)
  • Jan 09 (23)
  • Jan 08 (31)
  • Jan 07 (30)
  • Jan 06 (39)
  • Jan 05 (34)
  • Jan 04 (39)
  • Jan 03 (43)
  • Jan 02 (47)
  • Jan 01 (31)
  • Dec 31 (34)
  • Dec 30 (36)
  • Dec 29 (43)
  • Dec 28 (33)
  • Dec 27 (27)
  • Dec 26 (38)
  • Dec 25 (33)
  • Dec 24 (38)
  • Dec 23 (44)
  • Dec 22 (39)
  • Dec 21 (37)
  • Dec 20 (40)
  • Dec 19 (31)
  • Dec 18 (47)
  • Dec 17 (30)
  • Dec 16 (16)
  • Dec 15 (42)
  • Dec 14 (30)
  • Dec 13 (32)
  • Dec 12 (35)
  • Dec 11 (42)
  • Dec 10 (26)
  • Dec 09 (31)
  • Dec 08 (15)
  • Dec 07 (37)
  • Dec 06 (30)
  • Dec 05 (34)
  • Dec 04 (32)
  • Dec 03 (33)
  • Dec 02 (36)
  • Dec 01 (37)
  • Nov 30 (48)
  • Nov 29 (28)
  • Nov 28 (35)
  • Nov 27 (35)
  • Nov 26 (47)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (27)
  • Nov 22 (32)
  • Nov 21 (43)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (22)
  • Nov 17 (29)
  • Nov 16 (32)
  • Nov 15 (25)
  • Nov 14 (28)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (42)
  • Nov 09 (22)
  • Nov 08 (40)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (42)
  • Nov 01 (44)
  • Oct 31 (29)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (47)
  • Oct 27 (32)
  • Oct 26 (39)
  • Oct 25 (35)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (22)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (31)
  • Oct 02 (29)
  • Oct 01 (29)
  • Sep 30 (29)
  • Sep 29 (24)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (26)
  • Sep 25 (27)
  • Sep 24 (18)
  • Sep 23 (15)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (26)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (12)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (19)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (22)
  • Sep 07 (22)
  • Sep 06 (26)
  • Sep 05 (18)
  • Sep 04 (23)
  • Sep 03 (24)
  • Sep 02 (25)
  • Sep 01 (24)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (27)
  • Aug 28 (28)
  • Aug 27 (30)
  • Aug 26 (29)
  • Aug 25 (24)
  • Aug 24 (35)
  • Aug 23 (30)
  • Aug 22 (31)
  • Aug 21 (32)
  • Aug 20 (30)
  • Aug 19 (33)
  • Aug 18 (27)
  • Aug 17 (34)
  • Aug 16 (28)
  • Aug 15 (23)
  • Aug 14 (23)
  • Aug 13 (22)
  • Aug 12 (19)
  • Aug 11 (18)
  • Aug 10 (24)
  • Aug 09 (16)
  • Aug 08 (18)
  • Aug 07 (25)
  • Aug 06 (16)
  • Aug 05 (18)
  • Aug 04 (21)
  • Aug 03 (19)
  • Aug 02 (14)
  • Aug 01 (17)
  • Jul 31 (19)
  • Jul 30 (19)
  • Jul 29 (15)
  • Jul 28 (12)
  • Jul 25 (14)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home