• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
काठमाडाैं । काठमाडौंस्थित भारतीय दूतावासले विनाविभागीय मन्त्री सत्यनारायण मण्डललाई सम्बोधन गर्दै भारतविरोधी अभिव्यक्ति नदिन चेतावनी दिएको छ ।
मन्त्री मण्डलले सोमबार विराटनगरमा प्रेस चौतारीद्वारा आयोजित कार्यक्रममा भारतले नेपालमा औपनिवेशिक शैलीको हस्तक्षेप गरेको र विनाबर्दीका सैनिक पठाउन लागेको अभिव्यक्ति दिएका थिए । त्यसबारे मंगलबार भारतीय दूतावासले वक्तव्य जारी गरी मन्त्री मण्डलको अभिव्यक्तिको भत्र्सना गरेको छ ।
‘दूतावास यस्ता धारणाको जोडदार भत्र्सना गर्छ, साथै सम्पूर्ण जिम्मेवार व्यक्तिलाई नेपाल र भारतबीचको वर्षौं पुरानो सम्बन्धमा खलल पार्ने कुनै पनि काम नगर्न तथा अभिव्यक्ति नदिन अनुरोध गर्छ,’ मण्डललाई लक्षित गर्दै दूतावासको विज्ञप्तिमा उल्लेख छ । दूतावासले मण्डलबाहेक अरू क–कसलाई सम्बोधन गर्न खोजेको हो, विज्ञप्ति स्पष्ट छैन । मण्डल एमाले स्थायी कमिटी सदस्यसमेत हुन् ।
मण्डलको भनाई जस्तो तस्तै:
मैले विराटनगरमा जे बोलेँ, केही मिडियाले बंग्याएर प्रकाशन–प्रसारण गरे । त्यसैलाई आधार मानेर भारतीय दूतावासले मविरुद्ध विज्ञप्ति निकालेको छ । त्यो विज्ञप्तिको भाषाप्रति मेरो टिप्पणी छैन । म पार्टीमा छलफल गर्छु किनभने मलाई पार्टीले मन्त्री बनाएको हो । त्यसपछि म विस्तृत प्रतिक्रिया दिन्छु ।
मैले विराटनगरमा भनेको थिएँ कि नेपालमा विदेशीहरूको अवाञ्छित गतिविधि बढेको छ । साम्राज्यवादी शक्तिहरूले विगतमा जस्तो प्रत्यक्ष सेना पठाउने अवस्था छैन । तर, आर्थिक क्रियाकलाप वाञ्छित र अवाञ्छित दुवै भइरहेको छ । आर्थिक क्रियाकलाप अवाञ्छित पनि हुन्छ, त्यो भनेको विनाबर्दीको सेनाजस्तो हो । यो नवऔपनिवेशिक नीति हो भनेको थिएँ, मैले भारतको नाम लिएकै थिइनँ ।
पत्रकारले नाकाबन्दीबारे के भन्नुहुन्छ भनेर सोधेका थिए । मैले भनेँ, ‘यो हस्तक्षेप हो, नाकाबन्दी हो ।’ मैले विनाबर्दीको सिपाही भन्ने विषयमा पत्रकारले पनि आशय बुझेनन्, भारतीयले पनि बुझेनन् । भारतले टिप्पणी गर्छ, उसको स्वतन्त्रताको कुरा हो । ठूलो राष्ट्रको दूतावासले त्यही रूपमा बुझ्यो । तर, सत्य कुरा त्यो होइन र थिएन । मलाई पनि कति धम्की आएको छ । मेरा बालबच्चालाई धम्की आएको छ । मधेसबाटै धम्की आएको छ । म सुरक्षित छैन ।
अहिले एउटा सार्वभौम मुलुकको मन्त्रीमाथि जसरी टिप्पणी भएको छ, यसबारे के भन्ने रु भारत भन्ने देश जन्मिनुभन्दा अगाडि नै हाम्रोबीचमा रोटी–बेटीको सम्बन्ध हो । देशभन्दा पुरानो हो सम्बन्ध । मैले नेपालीको हित र नेपाल राष्ट्रका पक्षमा बोलेको हुँ । कुनै छिमेकीविरुद्ध बोलेको होइन । मसँग भारतीयले केही कुरा गरेका छैनन् । मैले उनीहरूको टिप्पणी मिडियामार्फत थाहा पाएँ । आजको नयाँ पत्रिकामा खबर छ ।
dainiknepal.com
काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा.युवराज खतिवडालाई नियुक्त गर्ने निर्णय गरेको छ ।
बुधबार बिहान बसेको मन्त्रिपरिषदको बैठकले नेपाल राष्ट्र वैंकका पूर्वगभर्नर डा.खतिवडालाई योजना आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।
खतिवडा यसअघि माधवकुमार नेपाल प्रधानमन्त्री भएका समयमा पनि योजना आयोगको उपाध्यक्ष भएका थिए ।
त्यसपछि उनी गर्भनर भएर केहीसमय अघि मात्रै सेवा निवृत्त भएका थिए ।
यसैगरी मन्त्रिपरिषद बैठकले मधेस आन्दोलनमा ज्यान गुमाएकाका परिवारलाई १० लाख रुपैया क्षतिपूर्ति दिने निर्णय गरेको छ ।
www.nepalsandesh.com
बुधबार, १८ कार्तिक
वीरगञ्ज । वीरगन्ज रक्सौलबीचको मितेरी पुलमा मधेसवादी दलले गरेको धर्नालाई हटाएर वीरगञ्ज नाका खोलेपछि उग्र बनेको प्रर्दशनलाई मध्यनजर गर्दै स्थानिय प्रशासनले लगाएको अनिश्चितकालिन कर्फ्यु आज १ बजे सम्मका लागि हटाएको छ ।
आन्दोलन र प्रर्दशशनको क्रममा एक भारतिय नागरिको ज्यान गएपछि स्थानिय प्रसासनले अनिश्चितकालिन कर्फु लगाएको थियो ।
तर आज बिहान ८ बजे देखि ३ घण्टाको लागि हटाएको कर्फु थप दुई घण्टा बढाएर १ बजे सम्मका लागि खुल्ला गरिएको प्रसासनले जनाएको छ ।
कर्फु हटेपछि वीरगञ्जको जनजीवन सामान्य बन्दै गएको छ भने सर्वसाधरणको चहलपहन समेत बढेको छ । कर्फ्यु हटेपछि वीरगञ्जका नगवा, ब्रहमचोक, माइस्थान, मुर्ली, छपकैयामा लगायतको स्थानमा चहलपहन बढेको छ ।
www.nepalsandesh.com
काठमाडौं, १८ कात्तिक । मधेसमा आन्दोलन गरिरहेको सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो प्रहरी हिरासतमा पुगेका छन् ।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता समेत रहेका महतो बारा प्रहरीको हिरासतमा पुगेका हुन् । हिरासतमा पुगेका उनले पक्राउ परेका सदभावना पार्टीका कार्यकर्तालाई भेटेका छन् ।
महतोले इलाका प्रहरी कार्यालय सिमराको हिरासतका थुनुवा(कार्यकर्ता)लाई भेटेका हुन् । आन्दोलनका क्रममा सदभावनाका कार्यकर्तालाई सिमरा प्रहरीले पक्राउ गरेर हिरासत राखेको छ । उनै कार्यकर्ता भेट्न महतो प्रहरी घेरामा सिमरा प्रहरीको हिरासत पुगेका हुन् ।
बाराका प्रहरी प्रमुख एसपी लाकेन्द्र बहादुर मल्लले दैनिक नेपालसँग टेलिफोनमा कुराकानी गर्दै राजेन्द्र महतो थुनुवा भेट्न प्रहरी कार्यालय आएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो- ‘आन्दोलनमा पक्राउ परेका थुनुवा भेट्न आएका थिए, भेटेर गए ।’ जिल्ला प्रहरी कार्यालय बाराका अनुसार मधेसी मोर्चाका सयौं कार्यकर्ता अहिले पनि प्रहरी हिरासतमा छन् ।
dainiknepal.com
काठमाडौ । नेपालमा चलिरहेको मधेस आन्दोलनको कारण देखाउदै भारतले आफ्ना नागरिकलाई नेपाल नजानका लागि आग्रह गरेको छ ।
आइतबार वीरगञ्ज प्रर्दशनको क्रममा एक भारतिय नागरिकको मृत्यु भएपछि भारतले आफना नागरिकलाई नेपाल प्रवेशमा रोक लगाएको हो ।
तराईमा आन्दोलनमा भारतियहरुको संम्लग्ता बढ्दै गएको पुष्ट्रि भएपछि भारतले यस्तो कदम चालेको हो ।
वीरगञ्जमा प्रर्दशनको भारतयि नागरिकको समेत संम्लग्नता रहेको भन्दै पक्राउ परेका दुई व्यक्ति फेला परेपछि भारतले यस्तो निर्णय गरेको हो ।
यसैगरी भारतले तराईमा चलिरहेको आन्दोलनले गर्दा भारतिय नागरिक असुरक्षित रहेको भन्दै नेपाल प्रवेशमा रोक लगाइएको भारतिय अधिकारीहरुले जनाएका छन् ।
www.nepalsandesh.com
काठमाडौं, कार्तिक १८ । एकीकृत माओवादीले पार्टीका पूर्व उपाध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीबाट निष्काशन गर्ने निर्णय गरेको छ ।
प्रचण्ड निवास लाजिम्पाटमा बसेको एमाओवादी स्थायी समिति बैठकले भट्टराईले पार्टी हित विपरित गतिबिधि गरेको भन्दै निष्काशन गर्ने निर्णय गरेको हो ।
भट्टराईले नयाँ शक्तिको वकालत गर्दे आएकाले स्पष्टीकरण सोधिएको तर चित्तबुझ्दो जवाफ नदिएकाले पार्टीबाट निश्काशन गर्ने निर्णय गरेको महासचिव कृष्णबहादुर महराले जानकारी दिए ।
त्यसैगरी बैंठकले भट्टराईका गतिबिधिलाई सहयोग पुर्‍याउने अरु नेता रामचन्द्र झा, रामरिझन यादव, महेन्द्र पासवान, रामकुमार शर्मालाई निष्काशन गरेको छ ।
बैंठकले केहि मान्छेले पार्टी छाड्दैमा कुनै असर नपर्ने भन्दै नेतृत्वप्रति असन्तुष्टी जनाउने बाँकीलाई स्पष्टीकरण सोध्ने भएको छ । डाक्टर बाबुराम भट्टराईको नयाँ शक्तिमा सामेल हुने भन्दै मंगलबार २५ जना नेताले राजीनामा दिएका थिए ।
www.imagekhabar.com
कार्तिक १८, २०७२- हिजो मंगलबार काठमाडौबाट रसुवाको चिलिमेतर्फ आउँदै गरेको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या ३६ जना पुगेको छ ।

दुर्घटनामा परेर घटनास्थलमा २९ र उपचारको क्रम रसुवा अस्पतालमा १ जना, नुवाकोटको त्रिशुलीमा ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । एक जना उपचारको क्रममा काठमाडौस्थित शिक्षण अस्पताल महाराजगंगमा मृत्यु भएको रसुवाका सभासद जनार्दन ढकालले जानकारी दिए । दुर्घटनामा परेर २२ पुरुष र १४ महिलाको मृत्यु भएको हो । हिजो बिहान साढे ६ बजे काठमाडौबाट रसुवाका लागि बस गुडेको थियो ।

मृत्यु हुनेमा बस चालक सुदर्शन गुरुङ छन् भने हिजो पहिचान भएका ३ शवमा धुन्चे र धैबुङ गाविस हेर्ने गाविस सचिव रुपन्देहीका ५२ वर्षीय टीकमबहादुर शाही, बारा  गढीमाईनगरपालिका- ७ की २९ वर्षीया दिपा चिमौरिया र गोल्जुङ—५ का ३ वर्षीय निमा टासी तामाङको पहिचान भएको प्रहरीले जनाएको छ ।

त्यसैगरी उपचारको क्रममा मृत्यु भएका धैबुङ- ९ की ४२ वर्षीया सेती विकको उपचारको क्रममा शिक्षण अस्पतालमा मृत्यु भएको सभासद् जनार्दन ढकालले बताए ।

पहिचान भएका शवहरुको रसुवा अस्पतालमा पोष्टमार्टम रिपोर्ट नआएकाले उनीहरुको शव आज बुधबार बुझाइने डिएसपी अवदेश विष्टले बताए ।

बस दुर्घटनामा उद्धारका लागि नारायण दल गणका सेना, नेपाल प्रहरी, सशस्त्र सिमा सुरक्षा बल र स्थानीयवासी खटिएका थिए । बस सडकको छेउपट्टी भसिएर १ सय ५० मिटर तल खसेको स्थानीयले बताए ।

इन्धन संकट र क्षमता भन्दा बढी यात्रु बोकेका कारण दुर्घटना भएको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताए । बसमा क्षमता भन्दा बढी यात्रु रहेकाले दुर्घटनाका भएको प्रत्यक्षदर्शीले  बताए ।

दुर्घटनामा सख्त घाइते भएकाहरुको काठमाडौंस्थित वीर अस्पताल, शिक्षण अस्पताल, वि एण्ड बी र ग्रिनसिटी अस्पतालमा उपचार भइरहेको छ ।

मृतकहरुको नामावली
हाकु-८ का ३४ वर्षीय बुद्धिबहादुर तामाङ
चिलिमे-६ का १९ वर्षीय यासाङछिरिङ तामाङ
सरमथली-८ का २८ वषिय सुवासकर्म लामा
भोर्ले-७ का ४० वर्षीया बाटुली तामाङ
हाकु-८ का ४५ वर्षीय रिसाङ तामाङ
भोर्ले-७ का ५५ वर्षीया सोममाया थिङ
भोर्ले-४ का २७ वर्षीया शान्तिमाया थिङ
नुवाकोट चारघरे-५ का २८ वर्षीय रामजी रिमाल
नुवाकोट चारघरे-४ का २९ वर्षीय दुर्गाप्रसाद भट्ट
नुवाकोट गेर्खु-८ का २३ वर्षीय विष्णुप्रसाद घिमिरे
धैबुङ-९ का ४४ वर्षीया चरिमाया लो
धैबुङ-९ कै १९ वर्षीय दिनेश मोक्तान
धैबुङ-९ कै २६ वर्षीया इन्दिरा तामाङ
गोल्जुङ-३ का ३८ वर्षीया मेन्दोसाङमु तामाङ
भोर्ले-४ का २२ वर्षीय लालकाजी तामाङ
गोल्जुङ-३ का २३ वर्षीय छेवाङ घले
चिलिमे-२ का ४० वर्षीय ल्हाक्पा तामाङ
चिलिमे-१ का ३२ वर्षीया ल्हाक्पाछोमे तामाङ
चिलिमे-९ का २९ वर्षीया फुर्पुछोमु तामाङ
सरमथली-५ का ४८ वर्षीय नुर्पुगोम्बो तामाङ
सरमथली-५ का २४ वर्षीय जीतमान गुम्बो तामाङ
भोर्ले-४ की २८ वर्षीया लक्ष्मी थिङ
गत्लाङ-२ का २६ वर्षीय सुदीप लामा
गत्लाङ-६ का २९ वर्षीय प्रवेश लामा



१८ कात्तिक, बीरगञ्ज ।

सीमा नाकामा बसेका मधेशी आन्दोलनकारीलाई भारतीय नागरिकले हातपात गर्दै कुटपिट गर्न खोजेको एक दिन पछि आन्दोलनकारीले भारतीय पक्षबाट अर्को झट्का ब्यहोरेका छन् ।

सीमा नाकामा धर्नामा बसेकाहरुले खाने भारतीय मेस बन्द गरिएपछि आन्दोलनकारीलाई समस्या भएको छ ।


यस अघि नेपाली सीमामा धर्ना बसेका आन्दोलनकारी भारतमा सञ्चालित मेसमा गएर खाना खाने गरेका थिए । तर मंगलबार राति मधेशी आन्दोलनकारीमाथि आक्रमणमै उत्रिएका भारतीयहरुले अव आन्दोलनमा सघाउन नसक्ने बताएका छन् ।

किन कुटन खोजियो धर्नामा बसेका मधेशी नेतालाईः यस्तो छ कारण

नाकाबन्द गर्दा भारतीयहरुलाई समेत समस्या भएको र भारतीय नागरिक नै मारिने अवस्था आएको भन्दै भारतीयहरुले मेस चलाउन नसक्ने बताएका हुन् ।
एजेन्सी । एउटा यस्तो देश जहाँ जसको जनसख्या २७ मात्र छ । सायद सुन्दा धेरैलाई बिश्वास नगाग्न सक्छ तर यो सत्य हो ।
यो देश युरोपको बिकशित देश बेलायतको नजिकै रहेको छ जसको नाम सील्याण्ड हो ।

बेलायतको सफोल्क समुद्री तटबाट झन्डै १० किलोमीटरको दुरीमा रहेको सील्याण्ड खण्डहर भएको पुरानो किल्लामा रहेको छ ।
यस किल्लालाई दोस्रो बिश्व युद्धको समय ब्रिटिस सरकारले निर्माण गरेको थियो ।
सन २०१२ अक्टूबर ९ मा रोय बेट्स नाम गरेका व्यक्तिले आफुलाई सो सील्याण्डको राजकुमार घोषित गरेका थिए ।
रोय बेट्सको पछि सील्याण्डमा उनका छोरा माइकलले शासन गरिरहेका छन् ।
विराटनगर । भारतको विहार राज्यको विधानसभा निर्वाचनलाई मध्यनजर गरी मङ्गलबार साँझदेखि जोगवनी नाका सिल गरिएको छ ।
सो राज्यको पाँचौँ चरणको निर्वाचनअन्तर्गत नेपालसँग जोडिएका विहार राज्यको निर्वाचन क्षेत्रमा भोलि मतदान हुँदैछ ।
सीमा सिल भएपछि यातायातका साथै सर्वसाधारणको आवतजावतसमेत बन्द भएका छन् । निर्वाचन सकिएपछि पूर्ववत् रुपमा नाका सञ्चालन हुने बताइएको छ ।
www.nepalsandesh.com
निर्माणकार्य थालिएको १४ वर्ष बित्दा पनि दाङ देउखुरीको अन्तर्राष्ट्रिय क्रिकेट मैदान अझै अलपत्र छ।

लमही नगर विकास समितिको पहलमा उक्त मैदानको निर्माणकार्य थालिए पनि बजेट अभावका कारण अलपत्र परेको हो। तर, यसपटक खेलकुद मन्त्रालयले २० लाख र नगर विकास समितिले ८० लाख रुपैयाँ बजेट विनियोजन गरेपछि यसको नयाँ डिजाइन सुरु भएको छ।


लमही नगर विकास समितिअन्तर्गतको जग्गामा व्यवस्थित सहरी विकासका लागि तत्कालीन माओवादी नेता डा. बाबुराम भट्टराईले यो मैदानसहित जग्गा प्लानिङ गरेका थिए। टेक कन्सल्टेन्सीमार्फत २०४६ साल पुसमा जग्गा प्लानिङ गरिए पनि पछिमात्रै बस्ती विकास भएको हो।

सोही प्लानिङभित्र यो मैदान पनि थियो।लामो समयदेखि अलपत्र परेपछि अहिले यो निर्माणाधीन मैदान गाईबाख्रा चराउने र ड्राइभिङ सिक्ने थलो बनेको छ। 'व्यवस्थित मैदानको अभावमा स्थानीय खेलाडी सार्वजनिक चौर र सडकमा क्रिकेट खेल्न बाध्य छन्', लमहीका खेलाडी विशाल आचार्य भन्छन्।

२०५७/०५८ सालमा एथलेटिक्स खेलका लागि भनेर यो जग्गा छुट्याइएको थियो। तर, जिल्लामा क्रिकेटको क्रेज बढ्न थालेपछि यसलाई क्रिकेट मैदानका रूपमा निर्माण थालिएको थियो।'स्थानीय स्तरमा छलफल गरी योजना परिवर्तन गरियो र क्रिकेट मैदान बनाउनेतर्फ सबैको ध्यान गयो', लमही नगर विकास समितिका सबइन्जिनियर तुलसीराम अर्यालले भने, ‘क्यानको आश्वासनमा धेरै काम समितिले आफैं गर्‍यो तर, अहिले क्यानले पनि चासो दिएको छैन।'

अहिलेसम्म मैदान निर्माणका लागि ७० लाख रुपैयाँभन्दा बढी खर्च भइसकेको छ। मैदान निर्माणका लागि क्यानलाई स्वामित्व हस्तान्तरण गर्न समिति तयार भए पनि अन्तिममा आएर क्यानले बेवास्ता गरेको नगर विकास समितिको ठहर छ।

पछिल्लो समय लमही नगर विकास समितिको सक्रियतामा यो मैदानको भौतिक पूर्वाधार विस्तारका लागि विस्तृत गुरुयोजना बनाउन थालिएको छ। नगर विकास समितिले आन्तरिक कोषबाट पाँच लाख रुपैयाँ खर्च गरेर डिजाइन गर्न डाइमेन्सन इन्जिनियरिङ कन्सल्टेन्सीलाई जिम्मा दिएको छ।

कन्सल्टेन्सी र समितिबीच मैदानको डिजाइनको बारेमा छलफल भइरहेको छ।भौतिक पूर्वाधार निर्माणका लागि यो वर्ष एक करोड रुपैयाँ बजेट विनियोजन भएको नगर विकास समितिका अध्यक्ष घनश्याम सुवेदीले जानकारी दिए।

उनका अनुसार नगर विकास समितिले ८० लाख र खेलकुद मन्त्रालयबाट २० लाख गरी एक करोड बजेट विनियोजन भएको हो।
annapurnapost.com

कार्तिक १८, २०७२- नेपाल आयल निगमले इन्धन खरिदसम्बन्धी सम्झौता गर्न चाइना नेसनल पेट्रोलियम कम्पनी (पेट्रो चाइना) लाई पत्राचार गरेको छ । साताअघि नेपालले चीनबाट इन्धन ल्याउने व्यावसायिक समझदारी गरेपछि सोहीअनुसार निगमले पत्राचार गरेको हो । निगमका निर्देशक मुकुन्द घिमिरेका अनुसार इन्धनको मूल्य, आयात गर्नका लागि रुटबारे थप छलफल गर्न पत्रमा आग्रह गरिएको छ ।

‘पूर्वसहमतिअनुसार निगमले मंगलबार पत्रचार गरेको छ । पत्रमा आयात गर्ने नाका, मूल्य, मोडालिटीलगायत विविध विषयमा छलफल हुने छ,’ घिमिरेले भने, ‘प्राविधिक विषयमा पनि छलफल हुने छ ।’ सोहीअनुसार सम्झौताको बाटो खुल्ने जनाएको छ ।
 निगमले पत्र वाणिज्य मन्त्रालयलाई बुझाइसकेको जनाएको छ । वाणिज्यले पत्र पराष्ट्र मन्त्रालय हुँदै चाइना नेसलन पेट्रोलियमलाई पठाउने छ । चिनियाँ टोलीहरू कहिले आउने भन्ने विषयमा भने केही उल्लेख नगरिएको घिमिरेले बताए । ‘निगमका तर्फबाट थप छलफल गर्न पत्र पठाएका हौं,’ उनले भने, ‘टोली कहिले आउँछ, त्यो जानकारी भएन ।’

साताअघि बेजिङ पुगेका चीनका लागि नेपाली राजदूत महेश मास्केको टोलीले त्यहाँका सरकारी टोलीसँग दुई पक्षीय समझदारीपत्र (एमओयू) मा हस्तक्षर गरिसकेका छन् । समझदारी पत्रमा निगमका प्रबन्ध निर्देशक गोपालबहादुर खड्का र पेट्रो चाइनाका उपाध्यक्ष झाङ टोङले हस्ताक्षर गरेका छन् । समझदारीअनुसार चीनबाट तत्कालका लागि नेपालमा खपत भइरहेको परिमाणमा बढीमा एक तिहाइ ल्याइने छ । चीनबाट पेट्रोल डिजेललगायत अन्य पेट्रोलियम पदार्थ ल्याइने छ ।

भारतले अघोषित रूपमा नाकाबन्दी गरेपछि वैकल्पिक स्रोतको खोजीमा नेपाल चीनले १३ लाख लिटर पेट्रोल ल्याउन थालेको छ । धेरै वर्षदेखि चीनबाट इन्धन ल्याउने भनिँदै आए पनि प्रक्रिया अघि बढ्न सकेको थिएन । चीनबाट इन्धन आयातसँगै भारतीयको एकाधिकार पनि तोडिएको छ । यसअघि नेपालमा भारतीय आयल कर्पोरेसन्स (आईओसी) बाट मात्रै इन्धन आयात हुँदै आएको थियो ।

यस्तै चीनले अनुदानमा दिएको इन्धन बोकेर १२ ट्यांकर सोमबार उपत्यका भित्रिसकेको छ । थप इन्धन लिनका लागि सोमबारै २२ ट्यांकर केरुङ प्रस्थान गरेका छन् । ती ट्यांकरहरूमा मंगलबार इन्धन लोड गरिने निगमले जनाएको छ ।

अनुदानस्वरूप १ हजार मेट्रिकटन (१३ लाख लिटर) इन्धन दिने सार्वजनिक गरेपछि इन्धन लिन शुक्रबार निगमबाट १२ ट्यांकर तिब्बत हिँडेका थिए । ती ट्यांकरहरू १२ हजार लिटर बोक्न सक्ने छन् । तर, नेपाल तर्फको बाटो बिग्रेकाले ती ट्यांकरहरूमा ९ देखि १२ हजार लिटर इन्धन छ ।

निगमका अनुसार चीनले युरो ४ मापदण्डको पेट्रोल दिएको छ । निगम आईओसीबाट युरो ३ मापदण्डको पेट्रोल आयात गरिरहेको छ ।

चीनले दिएको इन्धन छुट्टै भण्डार गरिने निगमले जनाएको छ । अनुदानको इन्धन युरो ४ को भएकाले थप परीक्षण गरेर मात्रै वितरण गर्ने निगमको तयारी छ । यस्तै बाँकी इन्धन एक महिनाभित्रै उपत्यका भित्र्याउने निगमको तयारी छ ।



नवलपरासी: नवलपरासीको ग्रामीण क्षेत्रका अधिकांश थारू समुदायका महिला नागरिकता पाउनबाट वञ्‍चित भएका छन्।

श्रीमतीलाई नागरिकता बनाइदिए सम्पत्ति दिनुपर्छ, जागिर गर्छन् भन्ने परम्परागत सोचका कारण श्रीमान्ले नागरिकता बनाइदिन नखोज्ने गरेको उनीहरुले गुनासो गरेका छन् । त्यसमा पनि कतिपय पढेलेखेका बुझेका पुरुषले समेत महिलालाई नागरिकता बनाइदिन नखोज्ने गरेको उनीहरुको भनाइ छ।


नवलपरासीको तिलकपुरमा मङ्गलबार आयोजित कार्यक्रममा थारू समुदायमा महिला धेरै नागरिकताबाट वञ्चित हुनु परेको भन्दै उनीहरुले महिलामाथि हुने बलात्कारजस्तो अपराध पनि समाजमा केही नेताको भनसुनमा मिलापत्र गर्दा बलात्कार भएका महिला तथा किशोरीको जीवन असहज बन्न पुगेको समेत बताएका छन्।

पीडितका परिवारलाई डरधम्की देखाएर कतिपय जघन्य अपराध पनि भित्रभित्रै मिलाउने गरेको भन्दै यस कार्यमा प्रहरी प्रशासनको समेत मिलोमतो हुने गरेकाले आफूहरुलाई कतिपय पीडितलाई न्याय दिलाउनका लागिसमेत गाह्रो हुने गरेको उनीहरुको भनाइ छ।

महिलामाथि हुने घरेलु हिंसा, बलात्कार, बोक्सीको आरोप लगायतका हिंसाबाट पीडित महिलाको मञ्जुरीबिना परिवारलाई दबाब दिएर पैसाको लोभलालच देखाएर मिलापत्र गर्दा कतिपय महिला आत्महत्या गर्न बाध्य हुन परेको गुनासो पनि उनीहरुले गरेका छन्।

यस्तो कामलाई निरुत्साहित पार्न आफूहरु सक्रिय भएर लागिपर्ने प्रतिबद्धतासमेत उनीहरुले जाहेर गरेका छन्। रासस
annapurnapost.com
काठमाडौं, कार्तिक १८ । भारतीय मिडियाले नेपालसँगको सम्बन्ध मोदी सरकारले बिगारेको भन्दै आलोचना गरेका छन् । बुधबार प्रकाशित भारतीय अखबारमा नेपाल–भारत सम्बन्धका बारेमा सम्पादकीय, लेख तथा समाचारले प्राथमिकता पाएका छन् ।
नवभारत टाइम्सले बुधबारको अंकमा नेपाल–भारत सम्बन्धलाई केन्द्र बनाएर सम्पादकीय नै लेखेको छ । ‘नेपाल असन्तुष्ट किन ?’ शीर्षकमा सम्पादकीय लेख्दै सो अखबारले भनेको छ, ‘आफ्नो सबैभन्दा प्यारो छिमेकी नेपालसँगको हाम्रो सम्बन्ध यति उपेक्षित हुन्छ भन्ने कल्पना दुबै मुलुकमा सायदै कसैले गरेको थियो होला ।’

नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको आन्तरिक मामलामा भारतलाई दखल नदिन चेतावनी दिएको उल्लेख गर्दै सम्पादकीयमा भनिएको छ, ‘ओलीले भारतमाथि नेपालको तराई क्षेत्रमा हिंसा भड्काएको आरोप पनि लगाएका छन् ।’
सम्पादकीयमा अगाडी लेखिएको छ, ‘यतिमात्र होइन, नेपालले पहिलो पटक चीनबाट इन्धन मगाउन सुरु गरेको छ, अहिलेसम्म उसले केवल भारतबाट इन्धन मगाउँदै आएको थियो ।’
‘भारतलाई आफ्नो सबैभन्दा निकट मान्ने नेपालभित्र कुनै ठूलो भ्रम सिर्जना भएको छ,’ सम्पादकीयमा लेखिएको छ, ‘यस्तो किन भयो ? यो हाम्रो विदेश नीतिका लागि एउटा ठूलो प्रश्न हुनु पर्दछ ।’ सम्पादकीयमा आशंकायुक्त प्रश्न गरिएको छ, ‘हामी नेपाललाई लिएर कहीँ अतिरञ्जित त भएका छैनौं ?’
भारत सरकार पेट्रोलियम पदार्थ र अन्य अत्यावश्यकीय बस्तुको आपूर्तिमाथि रोक लगाएर नेपाललाई घुँडा टेकाउन चाहन्छ भन्ने आमधारणा नेपालमा बनेको नवभारत टाइम्सले आफ्नो सम्पादकीयमा लेखेको छ । सम्पादकीयमा भनिएको छ, ‘सम्भवतः बिहार विधानसभा निर्वाचनलाई ध्यानमा राख्दै केन्द्र सरकार नेपालका मधेसवादीहरुसँग बढी निकट देखिन चाहन्छ । सबैलाई थाहा छ, मधेसीहरुको बिहारसँग रोटी–बेटीको सम्बन्ध छ । तर हामीले आफ्नो विदेश नीतिमाथि राजनीतिको तत्कालिन दबाबको प्रभाव पर्न दिनुहुँदैन । नेपालसँगको हाम्रो सम्बन्ध अमूल्य छ, कुनै पनि मूल्यमा हामीले यसलाई जोगाउनु पर्दछ ।’
www.imagekhabar.com
झापाका पेट्रोल पम्पबाट सवारीसाधनमा इन्धन भर्दा अबदेखि अनिवार्य रुपमा सवारी दर्ता किताब ब्ल्युबुक चाहिने भएको छ ।
पेट्रोलियम पदार्थमा भएको अनियमितता रोक्न बजार व्यवस्थापन तथा आपूर्ति व्यवस्थापन समिति झापाले सवारीसाधनमा इन्धन वितरण गर्दा पेट्रोल पम्पले सवारीधनीले आफ्नो सवारीसाधनको नवीकरण गरेको सवारी दर्ता किताब देखाएपछि त्यस्ता सवारीसाधनमा मात्र इन्धन वितरण गर्न पेट्रोल पम्पलाई निर्देशन दिएपछि सवारीसाधनमा इन्धन भर्न ब्ल्युबुक अनिवार्य भएको हो ।
जिल्ला प्रशासन कार्यालय झापामा मङ्गलबार साँझ बसेको बैठकले आजका मितिदेखि यस्तो नियम लागू गर्न लागेको जिल्ला प्रशासन कार्यालय झापाका प्रशासकीय अधिकृत राजु दाहालले जानकारी दिनुभयो ।
उहाँका अनुसार इन्धन भर्न पुगेका सवारीसाधनको ब्ल्युबुकको कैफियत लेखिएको पानामा इन्धन भरेको मिति, परिमाण उल्लेख गरेर मात्र इन्धन उपलब्ध गराउन पेट्रोल पम्पलाई निर्देशन भइसकेको छ ।
त्यस्तै ग्यास र इन्धन ओसारपसार गर्ने सवारीसाधनबाहेक अन्य सवारीसाधनमा इन्धन र ग्यास बोकेर ढुवानी गर्न नपाइने भएको छ ।
सैगरी हाल सञ्चालनमा आएका लामो दूरीका सवारीसाधनलाई ५० प्रतिशतमा सिमित राखी सञ्चालनमा ल्याउने, काठमाडौँ जाने रात्रि बस २५, धनकुटा जाने दुई र ताप्लेजुङ जाने १५ वटा मात्र बस सञ्चालन गर्ने निर्णयसमेत भएको प्रशासकीय अधिकृत दाहालले बताउनुभयो । रासस
dainiknepal.com
काठमाडौं, १८ कात्तिक । विगत तीन महिनादेखि तराई मधेसमा आन्दोलन गरिरहेको मधेसी मोर्चाले आफ्ना मागको अन्तर्राष्ट्रियकरण सुरु गरेको छ ।
सरकारले मागलाई सम्बोधन गर्नेतर्फ ध्यान नदिएको ठहरमा रहेको मधेसी मोर्चाले ती मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्न थालेको हो ।
मधेसी मोर्चाका तर्फबाट मधेसका मागलाई अन्तर्राष्ट्रियकरण गर्न सद्भावना पार्टीका सहमहासचिव देवेन्द्र यादव जेनेभा प्रस्थान गर्नुभएको छ । यादव दुई दिन अगाडि त्यसतर्फ जानु भएको हो ।
सद्भावना पार्टीका महासचिव मनीष सुमनका अनुसार मधेसी मोर्चाले उठाएका जायज मागका विषयमा सरकारले नसुनेपछि त्यसलाई अन्तर्राष्ट्रिय जगतमा पनि जानकारी गराउने उदेद्दश्यले यादवलाई जेनेभा पठाइएको हो ।
शान्तिपूर्ण मधेस आन्दोलन दमन गर्न राज्य पक्षबाट भएको अधिक बल प्रयोग र मानवअधिकारहननका विषयमा सहमहासचिव यादवले कुरा उठाउनु हुने महासचिव सुमनले बताउनुभयो ।
मधेस आन्दोलनका विषयमा कुरा उठाउन कै लागि थर्ड एलाइन्सका तर्फबाट अधिवक्ता दीपेन्द्र झा पनि जेनेभा जानु भएको छ । झाले पनि मधेसी मोर्चाका माग र मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्न सहोग गर्नु हुनेछ ।
जेनेभाको सोही कार्यक्रममा सहभागी हुन उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा पनि जानु भएको छ ।
dainiknepal.com
काठमाडौं, १८ काठमाडौं । मुलुकको पछिल्लो राजनीतिक अवस्था र पार्टी छाडेको घोषणा गरेका नेताहरूका विषयमा के गर्नेबारेमा छलफल गर्न एमाओवादीको स्थायी समिति बैठक बस्दैछ ।
अहिले केही समयपछि अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा बस्ने बैठकले पार्टी परित्याग गरेको घोषणा गरेका नेताहरूका विषयमा निर्णय गर्ने स्रोतले जनाएको छ । बैठकले पार्टी परित्याग गरेका नेताहरूलाई अनुशासनको कारबाही गर्ने बुझिएको छ ।
देबेन्द्र पौडेलसहितका तीन दर्जन बढी नेताहरूले एमाओवादी परित्याग गरेको जानकारी पार्टी मुख्यालय पेरिसडाँडालाई जानकारी दिएपछि अध्यक्ष दाहालले बैठक बोलाउनु भएको हो ।
पार्टी परित्याग गरेका नेताहरूले पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईलाई सहयोग गर्ने जनाइ सकेका छन् । उनीहरूले नयाँ राजनीतिक दल बनाउने तयारी गरिसकेका छन् ।
dainiknepal.com
काठमाडौं, १८ कात्तिक । प्रधानमन्त्री केपी ओलीले आज मन्त्रिमण्डल विस्तार गर्ने योजना बनाउनु भएको छ ।
प्रधानमन्त्री भएको लामो समय भइसक्दा पनि आफ्नै पार्टी नेकपा (एमाले)बाट मन्त्रीको चयनमा केही समस्या भएपछि ओलीले मन्त्रिमण्डल विस्तार गर्न सक्नु भएको थिए ।
तर मंगलबार बसेको एमाले स्थायी समितिको बैठकले अध्यक्ष समेत रहनु भएका प्रधानमन्त्री ओलीलाई पार्टीबाट बन्ने मन्त्रीको चयन गर्ने जिम्मेवारी दिएपछि ओलीले आज मन्त्रिमण्डल विस्तारको योजना बनाउनु भएको हो ।
प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार प्रमोद दाहालले कुनै समस्या नआए आज एमालेका मन्त्रीहरूलाई समेटेर मन्त्रिमण्डल विस्तारको तयारी भएको बताउनुभयो ।
एमालेका तर्फबाट मन्त्री बन्ने सूचीमा भीम रावल, विष्णु पौडेल, शेरधन राईलगायतको नाम अग्रपंक्तिमा छ ।
स्रोतका अनुसार उपप्रधानमन्त्री बनाउँदा एमालेभित्र विवाद भएपछि प्रधानमन्त्री ओलीले उप्रधानमन्त्री नबनाउने की भनेर निकटका नेताहरूसँग सल्लाह गर्नु भएको छ ।
यदि उपप्रधानमन्त्री बनाइएन भने एमालेका मन्त्रीले मन्त्री पदमा मात्रै शपथ लिनेछन् ।
dainiknepal.com
काठमाडौं, १८ कात्तिक । प्रधानमन्त्री केपी ओलीले आज मन्त्रिमण्डल विस्तार गर्ने योजना बनाउनु भएको छ ।
प्रधानमन्त्री भएको लामो समय भइसक्दा पनि आफ्नै पार्टी नेकपा (एमाले)बाट मन्त्रीको चयनमा केही समस्या भएपछि ओलीले मन्त्रिमण्डल विस्तार गर्न सक्नु भएको थिए ।
तर मंगलबार बसेको एमाले स्थायी समितिको बैठकले अध्यक्ष समेत रहनु भएका प्रधानमन्त्री ओलीलाई पार्टीबाट बन्ने मन्त्रीको चयन गर्ने जिम्मेवारी दिएपछि ओलीले आज मन्त्रिमण्डल विस्तारको योजना बनाउनु भएको हो ।
प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार प्रमोद दाहालले कुनै समस्या नआए आज एमालेका मन्त्रीहरूलाई समेटेर मन्त्रिमण्डल विस्तारको तयारी भएको बताउनुभयो ।
एमालेका तर्फबाट मन्त्री बन्ने सूचीमा भीम रावल, विष्णु पौडेल, शेरधन राईलगायतको नाम अग्रपंक्तिमा छ ।
स्रोतका अनुसार उपप्रधानमन्त्री बनाउँदा एमालेभित्र विवाद भएपछि प्रधानमन्त्री ओलीले उप्रधानमन्त्री नबनाउने की भनेर निकटका नेताहरूसँग सल्लाह गर्नु भएको छ ।
यदि उपप्रधानमन्त्री बनाइएन भने एमालेका मन्त्रीले मन्त्री पदमा मात्रै शपथ लिनेछन् ।
dainiknepal.com
काठमाडौं, १८ कात्तिक । मुलुकमा देखिएको आपूर्ति व्यवस्था सहज बनाउने विषयमा छलफल गर्न मन्त्रिपरिषदको बैठक बस्दैछ ।
अहिले केही समयपछि सिंहदरबारस्थित मन्त्रिपरिषदको कार्यालयमा बस्ने बैठकमा मुलुकभरिको आपूर्ति व्यवस्थाका विषयमा छलफल हुनेछ ।
भारतले लगाएको अघोषित नाकाबन्दीपछि मुलुकभरि आपूर्ति व्यवस्थामा कठिनाइ भएको छ ।
दैनिक उपभोग्य वस्तु पनि अभाव हुन थालेको छ । सरकारले यस विषयमा छलफल गरी बैकल्पीक व्यवस्थाका लागि पहल गर्नेछ ।
त्यसै गरी बैठकमा मन्त्रालयहरूका नियमित एजेन्डा र मुलुकको समग्र विषयमा छलफल हुने बुझिएको छ ।
dainiknepal.com
कार्तिक १८, २०७२- चीनले खासातर्फका भवन तथा सडक मर्मत गरेर तातोपानी नाकासमेत सक्दो छिटो सुचारु गर्ने भएको छ । उसले रसुवागढी–केरुङ नाकालाई स्तरोन्नति गर्दै खासा–तातोपानी नाका बराबरकै अधिकार प्रत्यायोजन गरेको छ ।

रसुवागढी–केरुङलाई अन्तर्राष्ट्रियस्तरको नाकाका रूपमा व्यवस्थापन गरेलगत्तै रसुवाको टिमुरेमा अत्याधुनिक सुक्खा बन्दरगाहसकमेत बनाइदिने भएको छ । दुई देशका भन्सारका उच्च अधिकारीबीच मंगलबार काठमाडौंमा सुरु भएको बैठकमा यस्तो सहमति भएको हो ।

सुक्खा बन्दरगाह बनेपछि तातोपानी र रसुवागढीको स्तर उस्तै रहने नेपाली अधिकारीहरूको भनाइ छ । त्यसलाई नियमित र सबल बनाउन नेपालतर्फको सडक चौडा र व्यवस्थित गर्नुपर्ने हुन्छ ।

नेपाल–चीनका अन्य ७ नाका व्यवस्थित र स्तरोन्नति गर्न पनि चीनले सघाउने सहमति गरेको छ । सहमतिपत्रमा बिहीबार हस्ताक्षर हुने बैठकमा सहभागी अधिकारीहरूले बताए । दुई प्रमुख नाका रसुवागढी र तातोपानी अवरुद्ध भएपछि खुलाउने र थप व्यवस्थित गर्नुका साथै अन्य नाकालाई स्तरोन्नति गर्न दुवै सरकार सहमत भएका हुन् । दुईपक्षीय नाकामा रहेका भन्सार व्यवस्थापनसम्बन्धी उच्चस्तरीय बैठकमा यस्तो सहमति भएको हो ।

काठमाडौंमा मंगलबार सुरु उक्त बैठक नियमित २८औं उच्चस्तरीय बैठक हो । हरेक वर्ष दुवै मुलुकमा आलोपालो यो बैठक गरिन्छ । तातोपानी भन्सार तत्काल सुचारु गर्ने र त्यसलगत्तै ताप्लेजुङको ओलाङचुङगोला, संखुवासभाको किमाथांका, दोलखाको लामाबगर, गोरखाको लार्के, मुस्ताङ, मुगु र हुम्लाको यारी नाकालाई थप प्रभावकारी बनाएर दुईपक्षीय जनस्तरको सम्बन्ध विस्तार गर्ने सहमति भएको हो । यसका लागि पूर्वाधार निर्माणमा सघाउन चीन तयार रहेको बैठकमा सहभागी भन्सार विभागका प्रवक्ता सूर्य सेढाईंले कान्तिपुरलाई बताए ।

भारतले नाकाबन्दी गरेपछि रसुवागढी–केरुङ नाकालाई प्राथमिकतासाथ खुला गरेर इन्धन ल्याउन थालिसकेको अवस्थामा तातोपानी नाका पनि तत्कालै सञ्चालनमा ल्याउने गरी प्रक्रिया अघि बढेको र त्यहाँबाट पनि इन्धन तथा ग्यास ल्याउने तयारीमा सरकार छ । नेपालतर्फको सडक र भन्सारमा समस्या नरहेको जानकारी तिब्बती अधिकारीलाई गराएको र उनीहरूले पनि जतिसक्दो छिटो उक्त नाका सञ्चालनमा ल्याउने बताएको प्रवक्ता सेढाईंले जनाए ।

स्रोतका अनुसार खासाको छ्यासोमबाट सीधा तातोपानी सामग्री ल्याउने तयारी भएको छ । खासाको भौगोलिक अवस्था सहज नभएको, त्यहाँ कुनै पनि बस्ती नरहने संकेत गर्दै चीनका सेना तथा अन्य निकाय रहने र कारोबार छ्यासोमबाट हुने जानकारी गराएको एक अधिकारीले बताए । यो नियमित बैठक भए पनि भूकम्पपछिको अवस्था र भारतले दक्षिणी नाका बन्द गरेकाले अन्य समयभन्दा बढी महत्त्वपूर्ण रहेको अधिकारीहरूले बताए ।

बैठकमा दुवैतर्फका भन्सार प्रशासनलाई सुदृढ गरी प्रभावकारी बनाउने र नेपालले निर्यात गर्दै आएका वस्तुलाई सहज रूपमा जाँच पास गराउनेसमेत सहमति भएको छ ।

बैठकमा नेपाल र चीनका कार्यालय समय झन्डै दुई घण्टाको फरक परेकाले त्यसलाई समायोजन गर्ने विषयमा पनि छलफल भएको भन्सार विभागका निर्देशकसमेत रहेका सेढाईंले बताए । चीनले आठ हजार वस्तुलाई भन्सार सुविधा दिएको भए पनि त्यो कार्यान्वयन नभएकाले त्यसको विषयमा उनीहरूको भन्सार कम्प्युटरमै त्यो वस्तु राखेर कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको अधिकारीले बताए ।

बैठकमा नेपालका तर्फबाट भन्सार विभागका उपमहानिर्देशक दामोदर रेग्मीको नेतृत्वमा ६ सदस्य र चीनका तर्फबाट ल्हासा भन्सारका उपप्रमुख लङ चेङ वई नेतृत्व ६ सदस्य छन् । टोली सोमबार काठमाडौं आएको हो । बैठक बिहीबार दुईपक्षीय सहमति
गर्दै सकिनेछ ।

बुधबार, १८ कार्तिक
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीका लागि विद्युत् प्राधिकरणसँग सुविधासम्पन्न गाडी मागिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले गाडी उपलब्ध गराउन ऊर्जा मन्त्रालयमार्फत विद्युत् प्राधिकरणलाई निर्देशन दिएको छ।
उपप्रधानमन्त्री तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझीले भने प्राधिकरणले निर्माण गरिरहेको भरतपुर–हैटौँडा प्रसारण लाइनको बा.१३च ९७१३ नम्बरको टोयोटा ल्यान्ड क्रुजर गाडी लगेका छन् ।
प्राधिकरणले आयोजनाका लागि करिब दुई करोड रुपैयाँमा त्यो गाडी किनेको थियो ।प्रधानमन्त्री कार्यालयको निर्देशनमा ऊर्जा मन्त्रालयले १५ कात्तिकमा प्राधिकरणलाई पत्राचार गरेर प्रधानमन्त्रीलाई सुविधासम्पन्न गाडी उपलब्ध गराउन भनेको छ ।
मन्त्रालयको पत्रमा भनिएको छ, ‘सम्मानीय प्रधानमन्त्रीले चढ्ने गाडी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट माग भएकाले एक थान सुविधासम्पन्न गाडी उपलब्ध गराइदिनु हुन अनुरोध छ ।’
प्राधिकरणले ऊर्जामन्त्रीलाई दिएकैजस्तो भरतपुर–हैटौँडा प्रसारण लाइनका लागि नै किनिएको गाडी प्रधानमन्त्री कार्यालयमा पठाउने तयारी गरेको छ ।
‘प्रधानमन्त्रीका लागि ऊर्जा मन्त्रालयबाट गाडी माग भएकाले ऊर्जामन्त्रीलाई नै उपलब्ध गराएजस्तो गाडी दिने तयारी भइरहेको छ,’ प्राधिकरण स्रोतले भन्यो ।
प्राधिकरणले प्रसारण लाइन आयोजनाका लागि सुविधासम्पन्न दुईवटा टोयोटा ल्यान्ड क्रुजर गाडी किनेको थियो । विद्युत् प्राधिकरणले खरिद गरेका महँगा र सुविधासम्पन्न गाडीमा प्रधानमन्त्री, ऊर्जामन्त्री र नेताहरूको आँखा पर्ने गरेको छ । नयाँ पत्रिकामा समाचार छ ।
www.nepalsandesh.com
१८ कात्तिक, काठमाडौं । सं

युक्त लोकतान्त्रिक मधेसी मोर्चाले वार्ताका लागि सरकार तत्पर नभएको भन्दै आक्रोश व्यक्त गरेको छ। मोर्चाले वार्ता सकारात्मक रूपमा अघि बढेका बेला सरकार दमनमा उत्रिएर वार्ताको वातावरण बिगारेको पनि आरोप लगाएको छ।

मोर्चाले आफूहरू भने वार्ताका लागि जतिबेला पनि तयार रहेको जनाएको छ। ‘वार्ता गर्ने सरकारले शान्तिपूर्ण आन्दोलनकारीमाथि बिहानै आगो लगाउने काम गर्न मिल्छ?’ मोर्चाका नेता एवं सद्भावना पार्टी अध्यक्ष राजेन्द्र महतोले भने, ‘वार्ता गर्ने तरिका हो यो ? बन्दुक देखाएर वार्ता हुन्छ? सरकारले नै वार्ता चाहेको छैन। हामी त जुनसुकै बेला वार्ता बस्न तयार छौं। हामी बसेकै पनि हौं।’

मोर्चाले अघि सारेको मागलाई नाजायज भन्दै कमजोर बनाउने प्रयास सरकारी तवरबाटै भएको जनाउँदै त्यसका लागि जति समय लागे पनि माग पूरा नहुन्जेल आन्दोलन फिर्ता नहुने महतोले बताए।

उनले वार्ताबिना पनि सरकारले आफूहरूले अघि सारेका माग पूरा गर्न सक्ने धारणा राखे। जायज माग पूरा नभए आन्दोलनले अर्कै मोड लिन सक्ने उनले चेतावनी दिए। आजको नागरिकमा खबर छ ।nepaliheadlines.com
काठमाडौं, १८ कात्तिक । राष्ट्रपति छान्ने अघिल्लो दिन बालुवाटारमा बसेको एमाले स्थायी समिति बैठकमा प्रधानमन्त्री केपी ओलीले सरकार ढाल्ने खेल सुरु भैसकेको रहस्योद्घाटन गर्नु र दक्षिणी दलाल अमरेशकुमार सिंहले फागुनको कांग्रेस महाधिवेशनलगत्तै सरकार परिवार्तनको खेलले तीव्रता पाउने दावी गर्नुकावीच के तादात्म्यता होला ?
कात्तिक १० गते बालुवाटारमा शीर्ष नेताहरूको बैठकलाई ब्रिफिङ गर्दै ओलीले सरकारलाई जसरी पनि टिकाउनेभन्दा केही गरेर जनतामा छाप छोड्न पाए राम्रो हुने मनशाय व्यक्त गरेको जनआस्था साप्ताहिकले छापेको छ ।
त्यसैको हाराहामीमा अमरेशले एकथरि एमाले नेताहरूलाई धम्की दिए, ‘अबको कोशिस प्रचण्डलाई लोभ्याउनु हुनेछ ।’ उनका अनुसार उपराष्ट्रपति, सभामुख र रोजेको मन्त्रालय पाइकेको एमाओवादीलाई प्रधानमन्त्रीको अफर गरिनेछ ।
यसो गर्दा १० वर्ष लडेर नपाइएको राजकीय सत्ता चुनावमार्फत, कुटनीतिक बलमा प्राप्त भएको सन्देश दिन सहज हुनेछ र यसबाट माओवादी विभाजनको असरलाई न्युनिकरण गर्न पनि उनलाई सहज हुनेछ ।
त्यस्तो सरकारमा मधेसी र नेपाली कांग्रेसलाई पनि सामेल गराएपछि बल्ल एक खालको दीर्घकालीन भारतीय ग्राण्ड डिजाइनले सार्थकता पाउनेछ ।
दक्षिण पहिले पनि नेपालको सन्दर्भमा पार्टीहरूभित्र फस्र्टम्यान होइन सेकेण्ड म्यानलाई च्याप्ने नीति अवलम्बन गर्दै आएको छ ।
कांग्रेसमा सुशील कोइरालाको सट्टा शेरबहादुर देउवा उसको पहिलो रोजाइ बन्यो । एमाओवादीमा बाबुरामलाई त्यस्तै गरियो । लामो समयसम्म एमालेले पनि यही नियति भोग्दै आएको हो ।
यही चालबाजी बुझेपछि सुशील, प्रचण्ड र केपी ले जस्तोसुकै मूल्य चुकाएर भए पनि एकथान संविधान देखाइदिनकै निम्ति जारी गरेका हुन् । त्यसका विरुद्ध महिनौँदेखि नाकाबन्दीको अस्त्र लगायतको अस्त्र प्रहार भइरहेको छ ।
dainiknepal.com
महेन्द्रनगर (धनुषा), १७ कात्तिक । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले गरेको अनिश्चितकालीन बन्द तथा भारतीय नाकाबन्दीका कारण जनकपुर बजारमा औषधिको अभाव भएको छ ।
दैनिक औषधि सेवन गर्नुपर्ने बिरामी मर्कामा परेका छन् भने आन्दोलनको कारण जनकपुर अञ्चल अस्पतालको सेवा प्रभावित हुने भएको छ ।
आमहडतालका कारण हृदयरोग, उच्च रक्तचाप, मधुमेह, बच्चाहरुको औषधिहरुको बजारमा अभाव भएको छ । एसिलक एम्पुल, ज्वरोका औषधि, एन्टिबायोटिक, स्लाइनलगायतका अतिआवश्यक औषधिको बजारमा अभाव भएको नेपाल औषधि व्यवसायी संघ अञ्चल शाखा जनकपुरका अध्यक्ष गणेशप्रसाद साहले बताउनुभयो ।
आर्थिक वर्ष समाप्त भएदेखि जनकपुरमा आन्दोलन सुरु भएपछि जनकपुर अञ्चल अस्पतालमा औषधि र अक्सिजनलगायतका अतिआवश्यक औषधिको अभाव हुन थालेको छ ।
आर्थिक वर्ष समाप्त भएपछि जनकपुर अञ्चल अस्पतालले औषधि र अक्सिजन लगायत सामग्रीहरु ट्रयाक्टरमार्फत परिपुर्ति गर्ने गरेको थियो । तर, यस वर्ष आन्दोलनको कारण हालसम्म औषधि आपूर्ति हुन नसकेको जनकपुर अञ्चल अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट सञ्जय ठाकुरले बताए ।
अक्सिजन, सर्पदंश, एन्टीवायोटिक, नरमल सलाइन, एचआइभी रोगीका औषधि लगायत अस्पतालमा अभाव भएको मेसु ठाकुरले जानकारी दिनुभयो । यस्तै अवस्था रहिरहने हो भने जनकपुर अञ्चल अस्पतालको आकस्मिक सेवा, शल्यक्रिया र प्रसूति सेवासमेत बन्द गर्नुपर्ने अवस्था आउने ठाकुरले जनाए ।
मधेसी मोर्चाले विगत ८१ दिनदेखि आमहड्ताल गरेकोले सबै क्षेत्रमा समस्या उत्पन्न भएको छ ।
www.nepalsandesh.com
 पटकबुधबार, १८ कार्तिक
काठमाडौ । प्रहरीसँगको मुठभेडमा मारिएका थुन्डा नाइके घैंटे कुमार श्रेष्ठको शव ७४ दिनदेखि त्रिवी शिक्षण अस्पतालमा छ ।घटनाको छानबिन हुनुपर्ने भन्दै आफन्तले शव बुझेका छैनन् ।
गत ३ भदौमा रानीबारीस्थित घरै अगाडि मुठभेडमा उनको मृत्यु भएको थियो । घैंटेका आफन्तले प्रहरीले नियोजित रुपमा हत्या गरेको आरोप लगाउँदै आएका छन् ।
प्रहरीले भने महानगरिय अपराध महासाशाको अपराध टोली संग मुठभेड हुदाँ मुत्यु भएको बताउदै आएको छ । आजको नयाँ पत्रिकामा समाचार छ।
www.nepalsandesh.com
वीरगन्ज – रक्सौल नाकास्थित मितेरी पुलमा धर्ना बसेर नाकाबन्दी गरिरहेका मधेसी दलका नेता कार्यकर्तालाई मंगलबार साँझ भारतीय नागरिकले हातपात गरेका छन् । ३०–४० जनाको संख्यामा रहेका भारतीयले धर्नास्थल मितेरी पुलमै गएर मोर्चाका नेताकार्यकर्तालाई गालीगलौज गर्दै हातपात गरेका हुन् ।

मोर्चाको आन्दोलनका क्रममा सोमबार वीरगन्जमा प्रहरीको गोली लागेर भारतीय युवक आशीषकुमार रामको मृत्यु भएपछि भारत रक्सौलका स्थानीय बासिन्दा आक्रोसित भएका हुन् ।

नेपाल सद्भावना पार्टीका केन्द्रीय सदस्य शिव पटेलले रक्सौलबाट लाठी र भाटा बोकेर आएका भारतीयले धर्ना बसेका मोर्चाका नेता कार्यकर्तालाई गाली गलौज गर्नुका साथै दुव्र्यबहार गरेको बताए । उनले भने,‘उनीहरुले हातपात त गरेनन, तर जथाभावी बोल्दै गालीगलौज गरे ।’ धर्नामा बसेका मोर्चाका एक नेताले भने भारतीयहरुले अपशव्द बोल्दै केही नेतालाई हातपात गरेको बताए । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

www.ratopati.com
हेल्लो शुभ बिहानी सबैलाई आज वि.सं. २०७२ साल कात्तिक १८ गते। बुधबार। इश्वी सन् २०१५ नोभेम्बर ४ तारिख। नेपाल संवत् ११३५ कौला गा। कार्तिक कृष्णपक्ष। तिथि– अष्टमी, १०:०१ बजेउप्रान्त नवमी हेर्नुहोस आजको राशिफल ।
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
Ariesपरिस्थितिअनुसार चल्न नसक्ता अलि दुःख पाइनेछ। पहिलेका निर्णयले काममा चुनौती आउने र मौका गुम्ने देखिन्छ। अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा लाभ मिल्नेछ। महत्वाकांक्षी योजना सार्वजनिक गर्न केही समय पर्खनुहोलाा। परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ। मातृधन, पशुधन र जमिनबाट पनि लाभ होला।
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
Taurusगरिएका कर्मको उचित प्रतिफल पाइनेछ। विभिन्न उपहार प्राप्त हुने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। कृषिमा कामको चाप र चौपायामा केही समस्या देखिए पनि प्रशस्त धन आर्जन हुने समय छ। शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
Geminiकाममा रोकावट र मानसम्मानमा आघात पुग्ने समय छ। फाइदा कममात्र हुनेछ। पठन–पाठनमा त्यति समय दिन नसकिएला। अरूले आलोचना गर्न सक्छन्। तपाईंको कमजोरीमाथि टिप्पणी हुन सक्छ, सचेत रहनुहोला। बोलीको गलत अर्थ लाग्ने र लेनदेनमा विवाद बढ्ने सम्भावना छ। सहयोगीहरूले पनि त्यत्ति साथ नदेलान्। विगतको श्रमबाट भने लाभ हुनेछ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
Cancerविभिन्न अवसर आए पनि समयमा निर्णय लिन नसक्दा पछि परिनेछ। मौकाको फाइदा उठाउन नसकिएला। शुभचिन्तकहरूले आफ्ना कमजोरीप्रति गुनासो गर्न सक्छन्। स्वास्थ्यका लागि खानपानमा सचेत रहनुपर्ने बेला छ। भेटघाटमा अलमलिनाले काममा बाधा पुग्नेछ। आश्वासन दिनेहरूले झुक्याउन सक्छन्। रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्न सक्छ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
Leoसमयमा होश नपुग्नाले खर्च मात्र हुनेछ। प्रलोभन देखाउनेहरूले फसाउन सक्छन्। खर्च गरेर पनि त्यति फाइदा उठाउन नसकिएला। ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्नेछ। शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ। परिवारजनबाट टाढिनुपर्ला। आफ्नै कमजोरीले विवादमा परिनेछ भने सद्विचारले अभिप्रेरित हुनेहरूलाई फाइदा हुनेछ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
Virgoव्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ। नयाँ जिम्मेवारी पाइएला। लामो समयदेखि रोकिएको काम बन्नुका साथै सोचेभन्दा बढी नै लाभ हुने योग छ। पारिवारिक आवश्यकता पूर्ति होला। श्रमको उचित मूल्यांकन हुनेछ। पितृधनको उपयोगबाट विशेष फाइदा होला।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
Libraप्रतिष्ठित कामले आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक कामको दायित्व बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ। व्यापारमा प्रशस्त फाइदा हुनेछ। काममा मातापिताको सहयोग प्राप्त होला। कीर्तिमानी काम गर्ने समय छ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
Scorpioस्वास्थ्य कमजोर रहनाले काम गर्न नसकिएला। तर, जिम्मेवारी भने बढिरहनेछन्। बाध्यतापूर्ण काममै समय बित्न सक्छ। सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइएला। व्यावसायिक काममा खर्च बढ्नेछ। अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ। समयमा काम पूरा नहुनाले खिन्नता बढ्ला। सेवामूलक कामबाट प्रतिष्ठा मिल्ने समय छ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
Sagittariusअप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन्। प्रयत्न गर्दा समयको सदुपयोग हुनेछ। सहयोगीहरूले काममा सहयोगको तत्परता देखाउनेछन्। आस मारेको फल पुनः प्राप्त हुन सक्छ। गोप्य रहस्य पत्ता लगाउन सकिने समय छ। तर, सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ला। स्वास्थ्यमा पनि अलि कमजोरी अनुभूति हुनेछ। कठिन चुनौती सामना गर्नुपर्ला।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
Capricornनयाँ ज्ञान सिक्ने मौका छ। मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउनुका साथै धेरैको मन लोभ्याउन सकिनेछ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ। व्यापार–व्यवसायमा विशेष लाभ लिने समय छ। व्यावसायिक यात्रा सम्भावना छ। दाम्पत्य जीवन रमाइलो रहनेछ। आम्दानी प्रशस्तै बढ्नेछ। विभिन्न भौतिक साधन जुट्नेछन्। आतिथ्यपूर्ण सम्मान पाइएला।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
Aquariusरोकिएका काम बन्नाले उत्साह जाग्नेछ। संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन्। प्रतिस्पर्धामा पनि विजयी भइनेछ। व्यापारलगायत आर्थिक लाभ हुने काममा राम्रै फाइदा हुनेछ। तपाईंको ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन्। आफ्ना योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ। चुनौती चिर्दै काम बनाउन सकिनेछ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
Piscesअस्वस्थताले काममा ढिलासुस्ती हुन सक्छ। अप्रिय समाचारले दुःखी बनाउला। पढाइलेखाइमा पनि प्रगति गर्न नसकिने र व्यापार व्यवसायमा समेत सोचेको फाइदा नउठ्ने देखिन्छ। नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला। आफूलाई कमजोर भएको अनुभूति हुनेछ। निराश नहुनुहोस्, केही समय पर्खंदा स्थितिमा सुधार आई अवश्यै उन्नति हुनेछ।

साउदी अरब, कार्तिक १७ । साउदी अरबमा कार्यरत कामदारका लागि साउदी सरकारले श्रम संरक्षण योजनाअन्र्तगत् तलबसम्बन्धी नयाँ व्यवस्था सार्वजनिक गरेको छ ।

साउदी अरबको श्रम मन्त्रालयले तीन हजार ५९५ निजी कम्पनीमा कार्यरत झन्डै चार लाख पाँच हजार ५९० कामदारको तलब सुनिश्चततालाई लक्षित गरी सो व्यवस्था सार्वजनिक गरेको हो ।

यो योजना सार्वजनिक गरिएसँगै साउदी अरबमा रोजगारीका लागि आएका झन्डै ६ लाख नेपाली कामदार लाभान्वित हुने आशा गरिएको छ । तलब पाउन नसकेका र सम्झौता अवधि सकिएर पनि स्वदेश फर्किन नपाएका नेपाली कामदारका लागि यो व्यवस्थाले राहत पुग्ने विश्वास लिइएको छ ।

निजी कम्पनीमा कार्यरत कामदारले निश्चित समयमै तलब पाउने गरी ल्याइएको यो व्यवस्था लागू गर्न सरकार प्रतिबद्ध रहेको साउदीका श्रम निरीक्षण तथा वातावरण विकासमन्त्री अब्दुल्लाह अबुले बताए ।

सार्वजनिक गरिएको नयाँ व्यवस्थाअनुसार सबै निजी कम्पनीले आफ्ना कामदारलाई समयमै तलव भुक्तान गर्नुपर्ने अरब न्यूजमा प्रकाशित समाचारमा उल्लेख गरीएको छ । यो व्यवस्थाले रोजगारदाता कम्पनी र कामदारका बीचमा देखिएको समस्या समाधान गर्ने विश्वास लिइएको छ ।

यो व्यवस्थाको उल्लंघन गर्ने कम्पनीलाई प्रतिकामदारका आधारमा तीन हजार साउदी रियल जरिवाना गरिने बताइएको छ । नयाँ नियमअनुसार कामदारलाई निरन्तर तीन महिनासम्म तलबभत्ता उपलब्ध नगराएको खण्डमा कम्पनी बन्दसमेत गरिनेछ र उक्त कम्पनीमा कार्यरत कामदारले स्वतः अन्य कम्पनीमा काम गर्न पाउनेछन् ।

यो व्यवस्था दुई महिनापछि सबै निजी कम्पनीमा लागू हुने भएकाले आफ्नो कम्पनीमा कार्यरत कामदारको विवरण पठाउन मन्त्रालयले आग्रह गरेको छ । रासस www.imagekhabar.com
रसुवा, १७ कात्तिक- काठमाडौँबाट रसुवाको चिलिमेतर्फ आउँदै गरेको ना ३ ख ५७०६ नं को बस आज अपराह्न १ बजे दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या ३६ पुगेकोे छ ।
दुर्घटनामा परी गम्भीर घाइतेमध्ये नुवाकोटको त्रिशूली अस्पतालमा पाँच, काठमाडौँस्थित त्रिवि शिक्षण अस्पतालमा एक र जिल्ला अस्पताल धुन्चेमा एकजनाको मृत्यु भएपछि मृतकको सङ्ख्या ३६ पुगेको हो । घटनास्थलमा २९ यात्रुको मृत्यु भएको थियो । मृतकका शवहरु अहिले जिल्ला अस्पताल धुन्चेमा राखिएको र बुधबार बिहानदेखि शव परीक्षण गरी आफन्तलाई बुझाइने प्रहरीले जनाएको छ । मृतकमध्ये अधिकांश रसुवाका भए पनि सनाखत हुन सकेको छैन । दुर्घटनाग्रस्त बसमा करिब ८९ यात्रु रहेको बताइएको छ । घाइतेमध्ये तीनजना जिल्ला अस्पताल धुन्चेमा सामान्य उपचारपछि घर फर्केका छन् । दुर्घटनामा रसुवाका सरमथली, भोर्ले, लहरेपौवा, धैबुङ, हाकु, गुल्जुङ, गत्लाङ, टिमुरे तथा बारा, सिन्धुली, नुवाकोट लगायतजिल्लाका समेत परेका प्रहरीले जनाएको छ । प्रहरी नायब उपरीक्षक अवदेश विष्टका अनुसार मृत्यु हुनेमा महिला १४, पुरुष २० बालक एक, बालिका एक छन् । तीमध्ये त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा एक, त्रिशूली अस्पतालमा पाँच, जिल्ला अस्पताल धुन्चेमा एक र घटनास्थलमा २९ जनाको मत्यु भएको थियो । दुर्घटनामा मृत्यु भएकामध्ये गुल्जुङ गाविस–५ का तीन वर्षीय बालक निमाटासी तामाङको मात्र सनाखत भएको छ । उक्त बस पासाङल्हामु सडकखण्डको राम्चे गाविस–३ ग्राङस्थित सडकबाट करिब ५०० मि तल खसेर दुर्घटना भएको थियो । रासस www.etajakhabar.com
फाईल तस्बिर : कान्तिपुर ।
'प्रधानमन्त्री र सभामुख पद दिईसकेका थियौं,अहिले एउटा राष्ट्रपतिको पद मात्रै गुमाएको हो । त्यो भन्दा बढी कांग्रेसले मधेशको विश्वास गुमाएका छौ । मधेश र पाहडको सम्वन्ध गुमाएका छौ र मधेश र नेपाली कांग्रेसको सम्वन्ध गुमाएका छौ' निधिले भने,'यसलाई बचाउन कांग्रेसले संविधान संशोधनको विधेयकलाई अघि बढाउन सघर्ष गर्नुपर्छ ।'
कार्तिक १७, २०७२- प्रधानमन्त्रीमा उम्मेदवारी दिने निर्णयकै कारण कांग्रेस सभापति सुशील कोइराला पार्टीभित्रैबाट अप्ठ्यारोमा परेका छन् । तीन दिनदेखि जारी केन्द्रीय कार्यसमितिको बैठकमा प्रधानमन्त्रीको उम्मेदवारी बन्ने निर्णयले नै  राज्य सत्ताका सवै पद गुमाउनु परेको भन्दै अधिकांश केन्द्रीय सदस्य नेतृत्वप्रति खनिएपछि कोइराला नैतिक संकटमा परेका हुन । नैतिक रुपमा संसदीय दलको नेताबाट राजीनामा दिनुपर्ने आवाज समेत पार्टीभित्र उठ्न थालेको छ ।

कोइराला सहित तीनै नेताले सक्रिय राजनीतिक त्याग्नुपर्ने धारणा पार्टीभित्र प्रवल बन्दै गएपछि   कोइरालाले मंगलबार अशक्त नभएसम्म सक्रिय राजनीति नत्याग्न जबाफ दिएका थिए । मंगलबारको बैठकमा प्रवक्ता दिलेन्द्र बडु, केन्द्रीय सदस्यहरु विमलेन्द्र निधि, मिनेन्द्र रिजाल र  गुरुराज घिमिरेले लोकतन्त्रमा प्रतिस्पर्धालाई स्वभाविक रुपमा लिनुपर्ने भन्दै प्रधानमन्त्रीको उम्मेदवारले कांग्रेसलाई नोक्सान नगरेको बताएका थिए । चारजना बाहेक अन्य सबै सदस्यहरुले कोइरालाको उम्मेदवारीलाई अस्भाविक र गलत निर्णय भएको भन्दै नेतृत्वले आत्मआलोचना सहित माफी माग्नुपर्नेमा जोड दिएका थिए ।

यसपालीको केन्द्रीय कार्यसमितिको बैठक विगतमा जस्तो दुई पक्षबीच विभाजित छैन । यसअघि केन्द्रीय कार्यसमितिको बैठकमा हुने छलफल संस्थापन र देउवापक्ष विच विभाजित हुन्थ्यो । बैठकमा संस्थापन पक्षले सभापति कोइरालाको र अर्को पक्षले देउवाको प्रतिरक्षा गर्ने परम्परा जस्तै थियो ।  प्रधानमन्त्री निर्वाचनको बिषयमा भने दुवै पक्षका अधिकांश सदस्यहरु तीनै शिर्ष नेतृत्वप्रति खनिएका छन् ।

देउवा निकट विमलेन्द्र निधि कोइरालाको प्रतिरक्षामा उभिएका छन् । देउवा पक्षीय नेता पुर्णवहादुर खडका प्रधानमन्त्रीमा कोइरालाको उम्मेदवारीसंगै असन्तुष्टी भई सहमहामन्त्रीबाट राजीनामा दिए । देउवा निकट केन्द्रीय सदस्यहरु प्रकाशशरण महत, बालकृष्ण खाँडलगायतले तीनै शिर्ष नेतृत्वले गलत निर्णय लिएको भन्दै आत्मआलोचना गर्नुपर्ने माग गरे । संस्थापन पक्षीय अधिकांश सदस्यहरु पनि कोइरालाले उम्मेदवारी दिने निर्णय गलत भएको भन्दै सक्रिय नेतृत्व त्याग्न आग्रह गरेका छन ।  
केन्द्रीय सदस्य निधिले भद्र सहमति अनुसार जाँदापनि कांग्रेसले प्रधानमन्त्री र सभामुख नपाउने उल्लेख गर्दै कांग्रेसले आंलकाकारिक राष्ट्रपति मात्रै गुमाएको बताए ।

'प्रधानमन्त्री र  सभामुख पद दिईसकेका थियौं,अहिले एउटा राष्ट्रपतिको पद मात्रै गुमाएको हो । त्यो भन्दा बढी कांग्रेसले मधेशको विश्वास गुमाएका छौ । मधेश र पाहडको सम्वन्ध गुमाएका छौ  र मधेश र नेपाली कांग्रेसको सम्वन्ध गुमाएका छौ' निधिले भने,'यसलाई बचाउन कांग्रेसले संविधान संशोधनको विधेयकलाई अघि बढाउन सघर्ष गर्नुपर्छ ।'

अन्तरिम संविधानमा भएको व्यवस्था अनुसार जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्ने र राज्यका सवै अंगमा समानुपातिक समावेशी सिद्धान्त अनुसार प्रतिनिधित्वको सुनिश्चिता गर्ने बिषय संविधानमा समावेश गर्ने आश्वसनकै कारण कांग्रेस, एमाले र एमाओवादीका मधेश केन्दि्रत दलहरुले संविधान स्वीकार गरेको निधिले बताए । 'अन्तरिम संविधानबाट प्रमुख दलहरु पछि हटा मधेश र पाहडबीच दुरी बढाउने काम गर्यो' निधिले भने,'यसलाई घटाउन कांग्रेसले अब आउने संसदको बैठकबाटै संविधान संशोधनको बिधेयकलाई पारित गराउन दबाव दिनुपर्छ ।' उनले राष्ट्रियता र राष्ट्रिय स्वाभीमानलाई हेर्ने दृष्टिकोणमा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र सिके राउत एउटै सिक्काका दुई पाटा भएको आरोप लगाए । 'पाहड र मधेशमा फरक-फरक राष्ट्रियताको परिभाषा हुन्न । मधेशी युवाहरुमा पाहडलाई हेर्ने दृष्टिकोणमा सिके राउतको मनोविज्ञान अघि बढेको छ । पाहडी युवाहरुमा केपी ओलीको मनोविज्ञान बढेको छ' निधिले भने,'यी दुवै एउटै सिक्काका दुई पाटा हुन ।'

कांग्रेस केन्द्रीय सदस्य ज्ञानेन्द्रवहादुर कार्कीले भारत र नेपालबीचको सम्वन्ध कांग्रेस नेतृत्वकै सरकार छदा विग्रेको बताउदै यसलाई सुधार गर्न कांग्रेसले अग्रसरता लिनुपर्नेमा जोड दिएका थिए । उनले नेतृत्वको अदुरदर्शी निर्णयले अनुकुल परिस्थितीलाई प्रतिकुल बनाउने काम गरेको बताउँदै आत्मआलोचना गरेर नेतृत्व अघि बढ्न सुझाव दिए । 'यो संविधानबाट एकल पार्टीको बहुमत आउने अवस्था छैन । हाम्रो संविधान नै त्रिशंकु संस्कृतिको छ । यसलाई बुझेर नै नेताहरुले कांग्रेसलाई आस्था र विश्वासको केन्द्र बनाउनु पर्दथ्यो' कार्कीले भने,'नेतृत्वको अदुरदर्शी निर्णयले सवै पद मात्रै गुमेन । कांग्रेसलाई भारत परस्तको सन्देश दिएर संगठनलाई क्षती पुर्‍याउने काम समेत भएको छ ।'

अर्का सदस्य बालकृष्ण खाँडले पनि प्रधानमन्त्री निर्वाचनमा नेतृत्वले गल्तीले सवै पद गुमाउनु परेको बताए । केन्द्रीय सदस्य नविन्द्रराज जोशीले पार्टीभित्रै उम्मेदवार दिदापनि पार्टी सभापति कोइराला हुन नहुने बताएका थिए । 'पहिलो विकल्प एमालेलाई समर्थन गरेर जानुपर्दथ्यो । पार्टीले उम्मेमदवार दिनै पर्ने अवस्थामा पनि पार्टी सभापति नभई अन्य नेतालाई अघि सार्नुपर्दथ्यो' जोशीले भने । सदस्य केशवकुमार बढुाथोकीले असल व्यक्ति भएपनि नेताहरु राम्रो नेता बन्न नसकेको बताए । 'नैतिक रुपमा पनि सभापतिजी (सुशील कोइराला) पार्टीको १३ औं महाधिवेशनमा उम्मेदवार बन्न अब मिल्दैन' उनले भने ।

kantipur.ekantipur.com
कार्तिक १७, २०७२- संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले मंगलबार काठमाडौंमा बिरोध प्रदर्शन गरेको छ ।
अढाई महिनादेखि आन्दोलरत मोर्चाका कार्यकर्ताहरुले माईतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका हुन् । वीरगन्जमा सोमबार भएको प्रहरी दमनको विरोध गरिएको तमलोपा विद्यार्थी फ्रन्टका अध्यक्ष सुरेश मण्डलले बताए । जुलुसले प्रधानमन्त्री र गृहमन्त्रीको पुतला जलाउने गरेको प्रयास प्रहरी हस्तक्षेपले रोकिएको थियो ।
kantipur.ekantipur.com
आन्दोलनरत मधेशी मोर्चा र प्रहरी बिच सोमबार भएको झपडमा भारत नागारोड – १५ का आशिस कुमार रामको मृत्यु भएपछि आक्रोशित भारत रक्सौलका बासिन्दाले मंगलबार मधेशी मोर्चामाथी आक्रमण गरेका छन् । मितेरी पुलमा धर्ना बसेका मोर्चा कार्यकर्तालाई भारतियहरुले हातमा लाठी र तरवार बोकेर आक्रमण गरेका हुन् ।

ठुलो संख्यामा आएका भारतियहरुले मधेशी मोर्चाको आन्लदोलनमा आफ्नो निर्दोस युवकले ज्यान गुमाउनु परेको भन्दै आक्रोश पोखेका थिए । सोमबार वीरगन्ज नाकाको शंकराचार्य गेट नजिक भएको झडपमा प्रहरीको गोली लागेर भारतको नागारोड – १५ का आषिशकुमार रामको ज्यान गएको थियो ।
आषिस कुमारको मृत्युबारे भारतको विदेश मन्त्रालयले विज्ञप्ति निकालेर सोमबार वीरगञ्जमा भारतीय नागरिक मारिएपछि भारतीय गाडी चालकहरुले सीमा क्षेत्रमा बढेको तनावप्रति चिन्ता जनाएको र आफूले उनीहरुलाई जोखिम नउठाउन भनेको स्पष्ट पारेको छ । साथै चालकहरुलाई सावधानी अपनाउन भन्दै भारतीय विदेश मन्त्रालयले सावधानी अपनाउन र सुरक्षित रहन निर्देशन दिएको स्पष्ट पारेको छ ।
त्यस्तै सोमबार आषिस कुमारको मृत्यु भएपछि स्थीत असामान्य भएको भन्दै बिरगन्जमा हिजो दिउँदो ३ बजेबाट लगाएको कर्फ्यूको उल्लंघन गरेर मंगलबार मधेसी मोर्चाका कार्यकर्ताले प्रदर्शन गरेपछि वीरगन्जको नगवा र बाइपास ब्रम्हचोक झडप भएको छ । झडपका क्रममा प्रहरीले २३ राउण्ड भन्दा बढी हवाइ फायर गरेको छ ।
यस्तै बाइपासकै लक्ष्मणवा चोकमा पनि मंगलबार बिहानैदेखि आन्दोलनकारीहरुले सडकमा टायर बालेर प्रदर्शन गरिहेका छन् ।setoparewa भिडियो हेर्न तलको बाकस थिच्नुहोस
नेपाल भित्रको आमूल परिवर्तनका आन्दोलनहरु सबैजसो भारतीय मध्यस्थतामा टुंगिए । नेपाल भित्र चलेका आमुल परिवर्तनका आन्दोलनहरुमा भारतीय भूमिको प्रयोग भए, भारतीय सत्ताधारीहरुको पनि प्रत्यक्ष वा अप्रत्यक्ष सहयोग सहानुभूति रह्यो । यसले गर्दा नेपालको भारत माथिको भौगोलिक निर्भरता राजनैतिक आर्थिक सांस्कृतिक सबैतिर झन् विस्तार हुने मौका पायो ।
यहाँका शासकहरु मुखले राष्ट्रवाद फलाके पनि व्यवहारमा विदेशी शक्ति, त्यसमा पनि मुख्यतः भारतीय शासकहरु समक्ष भित्री रुपमा आत्मसमर्पण गर्दै सत्ता टिकाउने चालमा लाग्दै आए । यसले गर्दा नेपाल स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न देश भन्दै आएपनि अर्ध औपनिवेशीक र नवऔपनिवेशीक देशको रुपमा रहन वाध्य भयो । यसैले गर्दा अहिले नाकावन्दीको मार सारा नेपालीले पुनः खेप्न परेको छ ।
सत्ता पक्ष होस वा संसदीय प्रतिपक्ष होस वा क्रान्तिकारी नै किन नहोस्, सबैको भारतीय सत्ता संगको अपवित्र साँठगाँठको कारणले गर्दा नै यस्तो स्थिति उत्पन्न भएको हो । नेपाली कांग्रेस, एमाले र एमाओवादीले यसपाली भारतीय निर्देशन विपरित संविधान जारी गरे ।
यसपछि भारतले नाकावन्दी रुपी अघोषित युद्ध सुरु ग¥यो । यी तीनै दलका प्रमुख नेताहरुले कुनै न कुनै वेला भारतीय सत्तासंग अपवित्र साँठगाँठ गरेकै थिए । तर यसपाली यी तीन दलका नेताहरुले भारतीय स्वार्थ सबै पुरा गर्नु भनेको आफ्नै खुट्टामा वंचरो हान्नु हो भन्ने कुरा देखे । भारतले यसपाली उनीहरुले तत्काल पुरा गर्न नसक्ने माग राखेको थियो । तसर्थ उनीहरु तत्कालका लागि भारत विरोधी वन्न वाध्य भए । तर संविधान जारी भए लगत्तै नेपाली कांग्रेशका सभापति भारतीय पक्षमा हाम्फालेर भद्र सहमति तोड्दै प्रधानमन्त्रीको उम्मेदवार बने । यी तीन दललाई फुटाउन भारत सफल भयो ।
तर प्रधानमन्त्री, राष्ट्रपति, उपराष्ट्रपति र सभामुख लगायतका ठूला पदहरुमा तत्कालका लागि भारत विरोधी बनेका दलहरुले विजय हासिल गरे । अहिले एमाले, एमाओवादी लगायतका दलहरु भारतीय हस्तक्षेपको विरोधी बनेका छन् । तर यी दलहरुका केही प्रमुख नेताहरुले पहिला जनता र देशको आँखा छलेर तथा हाकाहाकी नै भारतीय विस्तारवादी सत्तासंग अपवित्र र देशघाती साँठगाँठ गरेको घटनाहरुवाट जनता अझै आशंकित छन् कि कतै यिनीहरुले फेरि देश र जनतालाई धोका दिएर भारतीय विस्तारवादी हस्तक्षेप सामु झुक्ने त होइन ?
अहिले उनीहरुले सापेक्षतामा देश र जनताको लागि राम्रो गरेका छन् भनेर जनता धैर्य साथ नाकावन्दीको अति खराव प्रभावका विरुद्ध पनि आ–आफ्नै तरिकाबाट जुझिरहेका छन् र सरकारलाई मौन समर्थन गरिरहेका छन् । यस्तो परिस्थितिमा नेपालको राष्ट्रिय मुक्ति संघर्षको कार्यदिशा कस्तो हुनु पर्दछ, हामीले अहिलेको भूमण्डलीकृत विश्वमा आत्मनिर्भर अर्थतन्त्र र राजनीतिको विकास गर्न सक्छौं कि सक्दैनौं भन्ने जस्ता वहस सुरु भएको छ ।
अहिलेको सन्दर्भमा भारतीय हस्तक्षेप विरुद्ध आवाज उठाउने सबै राजनैतिक शक्तिहरुको घोषित वा अघोषित मोर्चा वा कार्यगत एकता वा तालमेल सहितको संघर्ष आवश्यक छ । जस्तै सत्तामा रहेका हस्तक्षेप विरोधी सबै दलहरु तथा वैद्य र विप्लव माओवादी तथा कांग्रेस भित्रका भारतीय हस्तक्षेप विरोधी सबै नेता कार्यकर्ताहरुबीच एक खालको तालमेल, कार्यगत एकता वा सक्यो भने घोषित वा अघोषित मोर्चावन्दी आवश्यक छ र यसमा मधेशका देशभक्त जनतालाई पनि सामेल गरिनु पर्दछ ।
यस्तो संयुक्त मोर्चा निर्माणको अर्थ सबै काम त्यहि मोर्चावाट गर्ने भन्ने होइन कि भएका मिलन विन्दुहरुमा संयुक्त भएर वा आ–आफ्नो ठाउँवाट भारतीय हस्तक्षेप विरुद्ध संघर्ष गर्ने र नमिलेका विषयहरुमा आफ्ना क्षमता अनुसार स्वतन्त्र संघर्ष पनि जारी राख्नु पर्दछ, तर प्रहारको निशाना भने भारतीय विस्तारवादी हस्तक्षेप नै मुख्य बनाइनु पर्दछ ।
जसरी भारतले आफ्नो बलियो विन्दु इन्धन र नाकाहरुवाट आक्रमण गरेको छ, त्यस्तै गरि सबै शक्तिहरुले आ–आफ्ना बलिया, सम्भव विन्दुहरु र विषयहरुबाट भारतीय हस्तक्षेपका विरुद्ध जवाफी अभियान चलाइनु पर्दछ । जस्तै भारतीय च्यानल बन्द गर्ने विप्लव माओवादीको अभियानले पनि भारतमा ठूलो खैलावैला मच्चाएको थियो ।
पोखरामा भारतीय खसी नल्याउने अभियान चलेको छ । सरकारले चीनवाट अलि अलि भएपनि इन्धन ल्याउन सुरु गरेको छ । जनताले दाउरा ब्रिकेट देखि गुँइठासम्म प्रयोगमा ल्याउन थालेका छन् । विप्लव माओवादीले कालावजारीयाहरुलाई कारवाही थाल्ने घोषणा गरेको छ । गृहमन्त्रीले नाका खोल्ने वीरगञ्ज अभियानको ट्रायल थालेका छन् । त्यस्तै एमाले युवा संघले भारतीय हस्तक्षेप विरोधी अभियान थालेको छ । एमाओवादी विद्यार्थीहरुले पनि यस्तै अभियान थालेका छन् । वैद्य माओवादीको विद्यार्थी संगठनले लिपुलेक यात्रा गरेर भारतीय विस्तारवादको भण्डाफोर गरेको छ । यस्ता अनगिन्ती अभियानहरु सुरु भएका छन् ।
तर सबै अभियानहरुलाई समन्वयात्मक रुपमा अघि वढाउने एक बृहत संयुक्त मोर्चाको खाँचो छ । भारतीय हस्तक्षेप विरोधी राष्ट्रिय मुक्ति संघर्ष एक लामो प्रकृया हुनेछ, भारत जस्तो शक्ति लाई केही दिनमा हराउने लक्ष्य यथार्थवादी हुन सक्दैन । तसर्थ यस्तो दीर्घकालीन प्रकृयाको लागि दीर्घकालीन योजना र विविध अल्पकालीन र मध्यकालीन योजना आवश्यक हुन्छ । तुरुन्त विजयको मानसिकता र योजना भनेको उग्रवामपन्थ हुनेछ । भारत संग जोरी नखोज्ने र दास भएर बस्ने दक्षिणपन्थी राष्ट्रिय आत्मसमर्पणवादी प्रवृति पनि छ । त्यसवाट पनि यो आन्दोलनलाई जोगाउनु पर्दछ र त्यस्तो प्रबृति विरुद्ध भण्डाफोर चलाइनु पर्दछ ।
भारतीय हस्तक्षेप विरुद्ध संघर्ष भनेको चौतर्फी संघर्ष हो भन्ने यथार्थ वोध गरी त्यस अनुरुपको चौतर्फी संघर्षको योजना बनाईनु पर्दछ । यो टोटल मुभमेन्ट ९समग्र आन्दोलन० हो । यसको राजनैतिक, आर्थिक, सांस्कृतिक, शैक्षिक, भौगोलिक, प्राविधिक सबै क्षेत्रमा आन्दोलन गरिनु पर्दछ । यो संघर्ष शान्तिपुर्ण तथा अशान्तिपुर्ण सबै ढंगले चलाउन नेपाल र नेपालीहरु सबै वाध्य छन् किनभने भारतीय विस्तारवादले हातमा दहि लिएर स्वागत गर्न हस्तक्षेपकारी नीति अपनाएका होइनन्, गान्धी बनेर शान्तिको सन्देश दिन हस्तक्षेप गरेका होइनन् । उल्टै भारतीय सत्ता अहिले अंग्रेज साम्राज्यवादी सत्ता जस्तो वनेको छ भने नेपाल र नेपाली गान्धी गिरी गर्दैछन् । तर गान्धीको बाटोले मात्र भारतले स्वतन्त्रता प्राप्त गरेको होइन, जसवारे विपी कोइरालाका रचनाहरुमा प्रशस्त विश्लेषण पढ्न पाइन्छ ।
यस समग्र संघर्षको कार्यदिशालाई कार्यान्वयन गर्न सबै जनता परिचालन गर्ने मास लाइन (जन नीति) बनाईनु पर्दछ । यसको एक महत्वपूर्ण पक्ष भनेको सबै जनतालाई भारतीय विस्तारवादी हस्तक्षेप विरुद्ध परिचालन गर्ने कार्यक्रम वनाइनु र सबैलाई संघर्षमा आ आफ्ना क्षमता र परिस्थिति अनुरुप सहभागी वनाइनु पर्दछ ।
करीव तीन करोड नेपालीले एक साथ थुके पनि खोला बन्छ, जसमा क्रमशः भारतीय हस्तक्षेपकारी नीति बगाउन सकिन्छ । यस्तो आन्तरिक एकतावद्ध अभियानको लागि आम जनतालाई उत्साहित गर्ने र सबैलाई अन्यायका विरुद्ध न्याय र समानताको हक प्राप्त हुने व्यवस्था श्रृजना गर्न सक्नु पर्दछ । आत्मनिर्भर अर्थतन्त्र र आत्मनिर्भर राजनीतिको जग निर्माणको सुरुवात देश भित्र हुनु पर्दछ । यसमा सरकार चिप्लियो र मुठ्ठिभर मानिसहरुको हितमा मात्र लाग्यो भने तथा आफ्नो सत्ता स्वार्थको लागि भारतीय विस्तारवाद संग घुँडा टेक्न थाल्यो भने पछि गएर आन्तरिक अन्तरविरोध नै प्रधान बन्ने स्थिति पनि आउँन सक्दछ ।
मधेश, थारु र अन्य जाति जनजातिको समस्या भनेको अन्तिम अर्थका वर्गीय उत्पीडन कै समस्या हो र वर्गीय उत्पीडन कै कारण श्रृजित समस्या हो । तसर्थ नेपालका सबै भूभागमा बस्ने नेपालीहरुको यो वर्गीय उत्पीडनको हल नखोजी यो समस्याको वास्तविक हल हुँदैन । अहिले जनताको जातीय चेतनामा खेल्ने काम भारतले गर्न खोजेको छ, यसको उचित समाधान पनि दिइनु पर्दछ र अनुचित मागहरुमा सम्झौता गर्नु हुन्न । निश्कर्ष यो हो कि सहि कार्यदिशा, नीति र योजना तथा कार्यक्रमले मात्रै भारतीय विस्तारवादलाई पराजीत गर्न सकिने हुन्छ ।
www.nepalsandesh.com
आगल निगमले चीनबाट तेल ल्याउन प्रक्रिया अगाडि बढायो, पेट्रो चाइनासँग मूल्यसूकाठमाडौं – नेपाल आयल निगमले बिहीबारदेखि तीन दिन निजी सवारी साधनलाई पेट्रोल दिने भएको छ । यसको साथै निगमले पेट्रोल पम्पहरुको सूचीसमेत सार्वजनिक गरेको छ। तिहारलाई लक्षित गर्दै तीन दिन पेट्रोल वितरण गर्न लागिएको निगमले जनाएको छ । उपत्यकाका ५० निजी पम्पमार्फत निजी सवारी साधनलाई लट अनुसार पेट्रोल वितरण गरिनेछ पेट्रोल वितरण गरिनेछ। निगमले सवारी साधनको । घिमिरेका अनुसार मोटरसाइकलमा १ देखि ३० लटसम्मलाई बिहीबार, ३१ देखि ५० लटसम्मलाई शुक्रबार र ५१ देखि बाँकी सबै लटलाई शनिबार पेट्रोल वितरण गरिनेछ। यो निजी चार पाङ्ग्रे र दुई पाग्रेमा लागू हुनेछ ।www.ratopati.com


काठमाडौँ, १७ कात्तिक । नेपाल आयल निगमले चिनियाँ पेट्रोलियम कम्पनी – पेट्रो चाइनासँग पेट्रोलियम पदार्थको मूल्यसूची उपलब्ध गराउन आग्रह गरेको छ ।
निगमले आज पेट्रो चाइनालाई एक पत्र पठाएर मूल्यसूची उपलब्ध गराउन आग्रह गरेको हो । निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले पेट्रो चाइनालाई आज पत्र पठाइएको जानकारी दिनुभयो ।
उहाँले व्यापारिक कारोबारका लागि मूल्यसूची उपलब्ध गराउन पत्राचार भएको बताउनुभयो । कार्यकारी निर्देशक खड्काले चीनबाट पेट्रोलियम पदार्थ आयात गर्न सकिन्छ भन्ने प्रमाणित भएपछि थप प्रक्रिया अगाडि बढाउन लागिएको र प्रक्रिया अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।
केरुङ नाकाबाट चीनले उपलब्ध गराएको पेट्रोल आयात गर्न नेपाली ट्याङ्कर आज त्यसतर्फ लागेका छन् । आज १२ वटा ट्याङक्र त्यसतर्फ लागेको निगमले जनाएको छ ।
भारतले अघोषित नाकाबन्दी गरेपछि वैकल्पिक स्रोतको खोजीमा लागेको निगमले चीनबाट अनुदानमा प्राप्त १३ लाख लिटर पेट्रोल ल्याउन थालेको छ भने सो पेट्रोल नेपाल भित्रने क्रममा रहेको छ । चीनबाट ल्याइएको पेट्रोल निगमको थानकोटको भण्डारण डिपोमा भण्डारण गरिएको छ ।
चीनका लागि नेपाली राजदूत महेशमान मास्के नेतृत्वको टोलीले केहीदिन पहिले पेट्रो चाइनासँग इन्धन आयात गर्ने सम्बन्धमा द्विपक्षीय सम्झौता गरेको थियो । चीनबाट निगमले कुल खपतको ३३ प्रतिशत इन्धन आयात गर्ने सम्झौता गरेको थियो । सो सम्झौता भएपछि निगमलाई चीनले अनुदानस्वरुप १३ लाख लिटर इन्धन अनुदानमा उपलब्ध गराएको थियो ।
भारतले अघोषित रुपमा नाकाबन्दी गरेपछि सरकारले विकल्पमा चीनबाट पेट्रोलियम पदार्थ ल्याउने उपाय खोज्न बाध्य भएको थियो ।
dainiknepal.com
पाकिस्तान:  विवाहको प्रस्ताव अस्विकार गरेपछि आगो लगाइएकी एक पाकिस्तानी युवतीको उपचारको क्रममा मङ्गलबार मृत्यु भएको चिकित्सकहरुले जनाएका छन् ।

सोनिया बीबी नाम गरेकी २० वर्षीया ती युवती आफ्ना प्रेमी लतिफ अहमदले पेट्रोल छकिएर आगो लगाएपछि घाइते भएकी थिइन । उनी गत महिना अस्पताल भर्ना भएकी र मङ्गलबार बिहान उनको मृत्यु भएको चिकित्सक स्रोतले जानकारी दिएको हो ।


विवाहको प्रस्ताव अस्विकारपछि आगोको लप्कोमा परेर घाइते भएकी सोनियाको स्वास्थ्यमा सुरुमा केही सुधार भएको मुल्तानको निसतार अस्पतालले एएफपी समाचार समितिलाई बताएको थियो् । तर पछि पुनः सङ्क्रमणको कारण उनको मङ्गलबार बिहान मृत्यु भएको बताइएको छ ।

सोनियाको शरीरको ४५ देखि ५० प्रतिशत भाग जलेको चिकित्सक नसिद चौधरीले एएफपी समाचारलाई बताएका छन् । मध्य पञ्जाव प्रान्तको मुल्तान जिल्लाको दुर्गम गाउँमा सो घटना भएको जनाइएको छ । प्रहरी २४ वर्षीय एक सदिग्ध व्यक्तिलाई पक्राउ गरेको जनाइएको छ ।

पाकिस्तानमा घरेलु हिंसामा सयौं महिलाले ज्यान गुमाउने गरेका समाचारमा उल्लेख छ । यस्ता आक्रमणहरुमा सन् २००८ देखि हालसम्म ३ हजार भन्दा बढी महिलाको ज्यान गएको एक अनुसन्धानले बताएको छ ।
annapurnapost.com
काठमाडौँ, १७ कात्तिक । सरकारले वीरगन्जमा सोमबार भएको हिंसात्मक घटनाले उग्ररुप लिएपछि बल प्रयोग गर्न सुरक्षाकर्मी बाध्य भएका स्पष्ट पारेको छ ।
सोमबार बिहान भारत–नेपालबीचको सीमा क्षेत्रमा रहेको वीरगन्ज–रक्सौल नाकामा आन्दोलनकारीको अवरोध हटाउनाका साथै दुई भारतीयसहित पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएपछि हप्तौंदेखि नेपाली भूमिमा रोकिएका भारतीय मालवाहक ट्रक बिहान १०ः३० बजे सीमापारि गएको परराष्ट्र मन्त्रालयले गए राति जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
प्रहरीले बल प्रयोग गरी अवरोध हटाएपछि प्रदर्शनकारीले सुक्षाकर्मीमाथि ढुङ्गामुढा र पेट्रोल बम प्रहार गरेपछि स्थिति नियन्त्रणमा लिन चेतावनीस्वरुप अश्रुग्यास प्रहार गर्नुपरेको मन्त्रालयले बताएको छ । स्थिति नियन्त्रणमा लिने क्रममा भारतीय आशिषकुमार रामको मृत्यु भएको र १७ सुरक्षाकर्मी घाइते भएका थिए । अधिकतम संयमताका साथ सुरक्षाकर्मीले आफ्नो भूमिका निर्वाह गरेको बताउँदै सरकारले भारतीयको मृत्यु भएकामा खेद प्रकट गरेको छ ।
वार्ताका माध्यमबाट राजनीतिक विषय सम्बोधन गर्न नेपाल सरकार प्रतिबद्ध रहेको र वार्ता सही दिशामा अघि बढेको स्पष्ट गर्दै वक्तव्यमा नेपाली भूमिमा शान्ति सुव्यवस्था कायम गर्दै विदेशी यातायात व्यवसायीसहित आवागमनलाई सहज बनाउन दृढ रहेको उल्लेख छ ।
यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई फोन गरेर घटनाको छानविन गरी स्पष्ट पार्न आग्रह गर्नुभएको थियो ।
dainiknepal.com
काठमाडौँ, १७ कात्तिक । नेकपा माओवादीले भारतले अघोषित नाकाबन्दी गरेर नेपालकोे राष्ट्रियता, राष्ट्रिय अखण्डता र स्वाधीनतामाथि हस्तक्षेप गरेको जनाएको छ ।
माओवादी महासचिव नेत्रविक्रम चन्दले आज विज्ञप्ति जारी गर्दै नाकाबन्दी भूपरिवेष्टित देशको विशेषाधिकार, राष्ट्रसङ्घीय सम्मेलनबाट पारित कानुन, विश्व व्यापार सङ्गठन कानुन, नाकाबन्दीपछि भएको पारवहन सन्धि, नेपाल–भारत द्विपक्षीय व्यापार सन्धि, एसियाली महादेशको कानुन, सार्क सदस्यताको हैसियत र स्वतन्त्र बजारको सुनिश्चितता गर्ने बिमस्टेक कानुन विपरीत रहेको जनाउनुभएको छ ।
माओवादीले भारतसँगको खुला सीमामा नियमन गर्न, प्रवेश अनुमतिपत्र र श्रम इजाजत पत्र लागू गर्न र सीमा क्षेत्रमा सुरक्षा बल परिचालन गर्न समेत माग गरेको छ ।
तिहारलगत्तै भारतले लगाएको अघोषित नाकाबन्दी तथा कालोबजारी र भ्रष्टाचारका विरुद्ध पनि आन्दोलन गर्ने पार्टीले जनाएको छ । रासस
dainiknepal.com
काठमाडौँ, १७ कात्तिक । सरकारले भारतबाट आयात गरिएका खाना पकाउने ग्यासको परिमाणसहितको विवरण नेपाल आयल निगमलाई उपलब्ध गराउन ग्यास उद्योगीलाई निर्देशन दिएको छ ।
खाना पकाउने ग्यासको चरम अभाव भएपछि वितरणलाई प्रभावकारी बनाउन त्यसखालको व्यवस्था गरिएको हो । वाणिज्य तथा आपूर्ति मन्त्रालयले ग्यास उद्योगीलाई कति परिमाणमा ग्यास आयात भएको हो, त्यसको बिक्री तथा वितरण गर्ने प्रणालीसमेत उपलब्ध गराउन निर्देशन दिएको हो ।
मन्त्रालयले भारतबाट नेपाल पैठारी हुने ग्यास बुलेटको परिमाण, सम्बन्धित ग्यास उद्योगको नाम, रिफिलिङ गरिने मिति, वितरण गरिने डिलर, बिक्रेता र वितरकको नामसमेत उल्लेख भएको विवरण सम्बन्धित ग्यास उद्योगले नेपाल आयल निगममा खडा गरिएको नियन्त्रण कक्षमा नियमितरुपमा जानकारी गराउन उद्योगीलाई निर्देशन दिएको हो ।
मन्त्रालयले नियमितरुपमा जानकारी गराउन ४२६३४९९ नम्बरको फ्याक्ससमेत उपलब्ध गराएको छ । नियमितरुपमा जानकारी नगराइए कडा कारवाही गर्ने मन्त्रालयले जनाएको छ । मन्त्रालयका उपसचिव शिवप्रसाद त्रिपाठीले उद्योगीले उद्योगबाटै ग्यास वितरण गर्न थालेपछि सो व्यवस्था गरिएको जानकारी दिनुभयो ।
खाना पकाउने ग्यासको अनियमितता भएको, उद्योगबाटै ग्यास सिलिन्डर बिक्री गरिएको, बिक्रेता तथा बिक्री केन्द्रले नपाएको, समानुपातिक वितरण नभएको पाइएपछि सरकारले उच्चस्तरीय संयन्त्र खडा गरिएको उहाँले बताउनुभयो ।
न्यून मात्रामा उपलब्ध भएको खाना पकाउने ग्यासलाई पारदर्शी तवरले वितरण गर्न र मर्कामा परेका उपभोक्तालाई सहजरुपमा उपलब्ध गराउन सो व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ ।
यस्तै, सरकारले वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागका निर्देशकको संयोजकत्वमा छ सदस्यीय इन्धन व्यवस्थापन संयन्त्र तयार गरेर उपलब्ध इन्धनको न्यायोचित वितरण गर्न लागेको छ । सो संयन्त्रमा नेपाल प्रहरीको प्रतिनिधि सदस्य रहनेछन् । इन्धनको खोजीमा पेट्रोल पम्प र एलपी ग्यास उद्योग अगाडि हजाराँैको लाइन लागेपछि त्यसखालको संयन्त्र बनाइएको हो ।
सवारी साधनको वर्गीकरण अनुसार इन्धन उपलब्ध गराइने
यस्तै आयल निगमले तोकिएको वर्गीकरण अनुसारका सवारी साधनलाई इन्धन उपलब्ध गराउने भएको छ । मोटरसाइकल, कार, जीपलगायतका निजी सवारी साधनलाई तिहार र छठ पर्वलाई ध्यानमा राखेर इन्धन उपलब्ध गराउन लागिएको हो । निगमले यही कात्तिक १९ गते बा १ प देखि बा ३० पसम्म, मोटरकार र जीप बा १ च देखि बा ५ चसम्म इन्धन उपलब्ध गराइनेछ ।
यस्तै, कात्तिक २० गते बा ३१ पदेखि बा ५० पसम्म र मोटरकार र जीपका हकमा बा ६ च देखि बा ८ चसम्म इन्धन उपलब्ध गराइनेछ । कात्तिक २१ गते बा ५१ प माथिका सबै मोटरसाइकललाई इन्धन उपलब्ध गराउने योजना अगाडि सारेको छ भने सोही दिन बा ९ चदेखि माथिका सबै मोटरकारलाई इन्धन उपलब्ध गराइनेछ ।
काठमाडौँ उपत्यकाका सबै पेट्रोल पम्पबाट इन्धन उपलब्ध गराइने निगमका प्रवक्ता दीपक बरालले जानकारी दिनुभयो ।
निगमका निर्देशक मुकुन्द घिमिरेले इन्धनको न्यायोचित वितरणका लागि संयन्त्र गठन गरिएको र त्यसले आजैदेखि काम सुरु गरेको जानकारी दिनुभयो । निगमले यही कात्तिक २० गतेदेखि ग्यास बिक्रेताकहाँ ग्यास पुगेको जानकारी सार्वजनिक सूचनामार्फत नै जानकारी गराइने उहाँले बताउनुभयो ।
राजधानीमा उपभोक्ताले सहजरुपमा इन्धन नपाएको र लामो लाम लाग्दासमेत हैरानी मात्रै पाएको गुनासो आएपछि सार्वजनिक सूचनामार्फत नै जानकारी दिन लागिएको निगमले जनाएको छ ।
ग्यास उद्योगले रिफिल गरी तयार भएका ग्यासका सिलिण्डर सोही उद्योगबाट बिक्री वितरण भएको गुनासो आएपछि उद्योगले बिक्री वितरण नगरी वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागबाट प्रमाणित भएका डिलरमार्फत बिक्री गर्न सो व्यवस्था गरिएको हो ।
नेपाल एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष शिवप्रसाद घिमिरेले मुलुकभर ५३ वटा ग्यास उद्योग रहेका र ती उद्योगले आयात गरेका ग्यासको परिमाण सरकारलाई जानकारी गराएर बिक्री केन्द्रबाटै वितरण गरिने बताउनुभयो ।
सङ्घले सरकारले गरेको नयाँ व्यवस्थाबारे सबै ग्यास उद्योगीलाई जानकारी गराइसकेको उहाँले जानकारी दिनुभयो । ग्यास बिक्रेता महासङ्घका महासचिव चन्द्र थापाले सरकारले गरेको व्यवस्थाले दूरदराजका उपभोक्ताले राहत पाउने विश्वास व्यक्त गर्नुभयो ।
काठमाडौँ उपत्यकामा हाल छ हजारभन्दा बढी ग्यास बिक्री गर्ने डिलर रहेका छन् । मुलुकभर करिब ६२ लाख सिलिण्डर प्रचलनमा रहेका छन् । मासिक २० लाख सिलिण्डर ग्यासको खपत हुने गरेको छ ।
विगत दुई महिनादेखि तराईमा जारी आन्दोलन र एक महिनाभन्दा बढी समय लम्बिएको अघोषित नाकाबन्दीका कारण मुलुकमा खाना पकाउने ग्यासको चरम अभाव रहँदै आएको छ । राजधानीमा दैनिक ५० हजार सिलिण्डर ग्यासको माग रहेको छ
dainiknepal.com
काठमाडौं, १७ कात्तिक । चर्को इन्धन अभाव झेलिरहेको राजधानीमा कार्यरत पत्रकारलाई सरकारले आज तीन हजार लि पेट्रोल वितरण गरेको छ ।

आमसञ्चार क्षेत्रका व्यक्तिका कठिनाइलाई दृष्टिगत गरी वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेसनल ट्रेडिङ लिमिटेडको कालिमाटीस्थित पम्पबाट उक्त परिमाणको पेट्रोल वितरण गरेको हो ।
“सञ्चारकर्मीलाई सूचना विभागले जारी गरेको प्रेस पासका आधारमा दुईपाङ्ग्रे सवारीलाई रु ५०० को र चारपाङ्ग्रे सवारी साधनलाई रु एक हजार ५००को पेट्रोल वितरण ग¥यौँ”, लिमिटेडका सूचना अधिकृत गीता निरौलाले भन्नुभयो ।
बिहान ११ नबज्दै दरबन्दीको पेट्रोल बिक्री वितरण भइसकेकाले धेरै पत्रकारले पेट्रोल नपाएको उहाँले बताउनुभयो । सञ्चारकर्मीलाई सहज रुपमा पेट्रोल उपलब्ध गराउने निर्णय अनुरुप पुनः इन्धन वितरण गर्न साल्ट ट्रेडिङलाई निर्देशन नभएको जानकारी दिँदै निरौलाले सरकारबाट अर्को निर्णय नभएसम्म पत्रकारलाई इन्धन बिक्री गर्न नसकिने स्पष्ट पार्नुभयो ।
dainiknepal.com
विराटनगर, १७ कात्तिक । नेपाली काँग्रेसकी नेत्री सुजाता कोइरालाले पार्टीका तीनै जना शीर्षस्थ नेताले पार्टीमा अभिभावकत्वको भूमिका निर्वाह गर्नुपर्ने धारणा प्रकट गर्नुभएको छ ।
विमानस्थलमा आज सञ्चारकर्मीसँगको कुराकानीमा उहाँले पार्टीलाई नयाँ सोच र गतिका साथ अगाडि बढाउनाका लागि आगामी महाधिवेशनबाट नयाँ पुस्तालाई नेतृत्वको जिम्मेवारी दिनुपर्नेमा जोड दिनुभयो ।
‘भारतले अहिले नेपालमा नाकाबन्दी नै गरेको हो’। नेतृ कोइरालाले भन्नुभयो- ‘यसलाई संयुक्त राष्ट्रसंघलगायत अन्य अन्तर्राष्ट्रिय  निकायमा लगेर भन्दा दुई देश सँगै बसेर छलफल गरी समाधान गरिनुपर्छ ।’
“नेपाली काँग्रेसले प्रधानमन्त्रीमा उम्मेद्वारी दिनुहुँदैन थियो ” एक प्रश्नको जवाफमा उहाँले भन्नुभयो, “तराईको समस्याको समाधानका साथै मुलुकलाई विकासको गतिमा अगाडि बढाउन लागि एमालेसँगको गठबन्धन तोड्नु ठूलो भूल भएको हो ।”
सञ्चारकर्मीको जिज्ञासामा उहाँले भारतले नाकाबन्दी गरेको बताउँदै यसलाई मधेसकेन्द्रित दलले सघाइरहेको प्रस्ट पार्नुभयो । राष्ट्रियतालाई ख्याल गरी भारतसँग सम्बन्ध सुधार गर्नुपर्ने विषयमा जोड दिँदै उहाँले भारत र चीनसँग पनि सम्बन्ध राम्रो राख्नु पर्दछ भन्नुभयो ।
नेतृ कोइरालाले फरक प्रसंगमा भारतले नेपालमा अघोषित नभइ घोषित नै नाकाबन्दी गरिसकेको बताउनुभयो । ‘भारतले अहिले नेपालमा नाकाबन्दी नै गरेको हो’। उहाँले भन्नुभयो- ‘यसलाई संयुक्त राष्ट्रसंघ र अन्य अन्तर्राष्ट्रिय निकायमा लगेर भन्दा दुई देश सँगै बसेर छलफल गरी समाधान गरिनुपर्छ ।’
नेत्री कोइरालाले मधेसमा जनाधार गुमाइसकेका मधेसकेन्द्रित दलका पाँच नेताले मधेसको नाममा फाइदा उठाइरहेको आरोप समेत लगाउनुभयो ।
dainiknepal.com

काठमाडौँ, १७ कात्तिक । सदिऔनदेखि आफुहरुलाई माओवादी भन्न रुचाउने एमाओवादीमा आवद्ध करिब ५० जना प्रभावशाली नेताहरुले एमाओवादी परित्याग गरेसँगै मुलुक फेरी एक पटक यो खबरले तरंगीत बनेको छ । हुनत तत्कालीन समयमा नै बाबुरामले यो संकेत पहीले नै दिइसके पनि यति छिटै यो कदम चाल्लान् भन्नेमा धेरैले आँकलन भने गरेका थिएनन् ।

एमाओवादी सम्बद्ध करिब ५० नेताहरु देबेन्द्र पौडेल सुनिल, हिसिला यमी, खिमलाल देवकोटाले बाबुराम भट्टराईको नयाँ शक्तिमा समर्थन जताउँदै प्रचण्डलाई असहमति पत्र लेखेका छन् । पार्टीसँग अहसमतिका विषय समेटिएको लामो पत्रमा पार्टीको भूमिकाले देशको संकटको हल निकाल्न नसक्ने भनिएको छ । पार्टीको भूमिकाबाट कुनै आशा राख्न नसकिएकोले संकटको बिन्दुबाट नयाँ वैकल्पिक नयाँ शक्ति निमार्णको अभियानमा लाग्नु कर्तव्य ठान्दै सो को जानकारी गराउँदछौ भनिएको पत्रमा राजीनामा भन्ने शब्द भने प्रयोग गरिएको छैन ।

यस्तो छ उनीहरुले लेखेको असहमती पत्रको पूर्णपाठ ।

हाम्रो पार्टीको इतिहास क्रान्ति, परिवर्तन र विकल्पको इतिहास हो । राजतन्त्र, जहानिय राणा शासन, निरकुंश पञ्चायती ब्यवस्थाको बिरुद्धमा जीवन मरणको संघर्ष गर्ने महान योद्धाहरुको त्याग बलिदान र समपर्णले हाम्रो पार्टीको ऐतिहासीक जीवन औशत क्रान्तिकारी हुन पुग्यो । विभिन्न काल खण्डमा टुट्नेरफुुट्ने र एकीकरण हुँदै अगाडी बढ्ने क्रममा कैयौं क्रान्तिकारीहरु कहिले छुट्ने र कहिले पुन सामेल हुने चक्रिय क्रममा हामी अगाडी बढ्यौ ।

वर्गीय, जातीय, क्षेत्रीय, लैङ्गकि, भाषिक र सांस्कृतिक आदि क्षेत्रमा हुने गरेका अन्याय, अत्याचारका बिरुद्ध निरन्तर संर्घष गर्दै जाँदा हामी आफै एउटा बलियो बैकल्पिक धारा र शक्तिको रुपमा देशमा उपस्थित भयौ । यस क्रममा सबै खाले न्यायपूर्ण आन्दोलनहरु ऐतिहासिक जनयुद्ध, जनआन्दोलन, मधेस थरुहट आन्दोलन एंव कैयोैं उत्पीडित वर्ग र समुदायले चलाएका आन्दोलनहरुमा साहदत्व प्राप्त गर्नुहुने महान शहिदहरु प्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै महान् शहिद परिवार वेपत्ता एवं घाईते परिवार प्रति हार्दिक ऐक्यवद्धता प्रकट गर्दछौं ।

भनिन्छ इतिहासले भविष्यमा गल्ती गर्ने बाट सिकाउँदछ भने भविष्यको सहि दृष्टिकोणले वर्तमानलाई दिशानिर्देश गर्छ । तर दुर्भाग्य हाम्रो पार्टीको इतिहासले वर्तमानमा गल्ती गर्नबाट कहिल्यै रोक्न सकेन । “काग कराउँदैछ पिनास सुक्दैछ” भन्ने नेपाली उखान जस्तै एकातिर हामी मालेमावादी सिद्धान्तहरुको विकाश गर्ने र त्यसैलाई सार्वभौमिकता सम्म पुर्याउने ठुलो कुरा उठायौ भने अर्कातिर हामी निरन्तर स(साना आफ्नै गल्तीहरुबाट बच्न सकेनौ ऐतिहासिक जनयुद्ध र जनआन्दोलन पछि देशका अन्य सबै खाले जनविरोधी र यथास्थितिवादी धाराहरुको विकल्पमा नँया शक्तिको रुपमा स्थापित भएको पार्टी आज आएर संगठनात्मक र वैचारिक दुवै दृष्टिले कमजोर हुन पुग्यो । विगत संविधान सभाको दोस्रो निवार्चन त्यसैको भरपर्दो उदाहरण हो ।

आस्था, आर्दश र उदान्त उद्देश्यप्रति समर्पित कार्यकर्ता र जनताको ठूलो पङ्तिले गरेको त्याग र वलिदान तथा हामीले लिएको कार्यनीती गोलमेच सम्मेलन, अन्तरिम सरकार, संविधानसभाको निवार्चन र गणतन्त्रको एजेन्डाले राष्ट्रिय रुपमा नै प्रभाव पार्दा पनि त्यसको स्वामित्व सापेक्षित रुपमा लिन सकेनौ । अन्ततः “घुमिफिरी रुम्जाटार” भन्ने उखान जस्तै एमाले र कांग्रेसकै संघीय मोडलमा हाम्रो पार्टीले सहमती जनाउन बाध्य हुनु हाम्रो जीत होइन ।

यसका बावजुत पनि मोटो रुपमा भए पनि गणतन्त्र, संघियता, धर्मनिरपेक्षता, समावेशी र समानुपातिक विषय कमजोर रुपमा भए पनि संविधानमा जीवित रहनु सकरात्मक विषय हो । तर पनि जुन स्पिरिट र मोडलमा हामीले देशको अग्रगामी पुर्नसंरचना गर्ने भनेर आम जनतालाई अपील गरेर संघर्षमा उतारिएका थियौं त्यसको अन्तरवस्तु संविधानमा लिपिबद्ध हुन सकेन । सायद यहि कारणले गर्दा आज देशको अर्थतन्त्र इतिहासकै नकरात्मक पटाक्षका रुपमा खाडलमा परेको छ ।

भूकम्प पछिको अवस्थामा देशमा पैदा भएको नव निमार्णको संकल्प, राष्ट्रिय सहमतिको आवश्यकता, आन्दोलनरत पक्षलाई संवोधन गर्दै संविभान निमार्णमा सापेक्षित सहमति कायम गर्ने प्रतिबद्धता, देशको राष्ट्रिय अखण्डता र सार्वभौमिकताको रक्षा गर्दै परिपक्क र प्रगतिशिल कुटनीतिक सन्तुलन मिलाउने पहलकदमी आदि जस्ता विषयहरुमा प्रमुख पार्टीको नेतृत्वले सापेक्षित र परिपक्कता पूर्वक ध्यान नपुर्याउँदा देश गंभीर रुपमा अभाव र महंगीको कहरमा बाच्नु परेको छ ।

अघोषित रुपमा लगाइएको नाकावन्दीको मारमा आम नेपाली जनता पिल्सिनु परेको छ । यस्तो अवस्था समग्र देश र जनताको पक्षमा आफ्नो भूमिका कसरी निवार्ह गर्ने भन्ने तिर भन्दा पनि जोसंग मिलेर पनि, जसरी पनि पार्टीको शीर्ष नेतृत्वको टिम नै पदको निम्ति लुछाचुँडी गर्नु विचलन र विघटनको पराकाष्ठा बाहेक अरु केही पनि हुन सक्दैन । इतिहासका सबै प्रकारका जनपक्षीय र जायज आन्दोलनमा प्रतिगमनकारी दमनको बाटो लिनेहरुलाई पद प्राप्ती गर्नका लागि मित्र ठान्दै सहकार्य गर्नु र इतिहासका सबै प्रकारका न्यायपूर्ण आन्दोलनका सहयात्रीहरुलाई कपोकल्पीत आरोप लगाउनु र वदनाम गर्नु कदापी क्रान्तिकारी हुन सक्दैन् । यसको जवाफ इतिहासले अवस्य पनि खोज्ने छ ।

पछिल्लो समयमा आइपुग्दा हाम्रो पार्टीको रणनीति र कार्यनीतिमा कुनै तादाम्यता छैन् । सिद्धान्त र विचारमा हाम्रो पार्टी नराम्रोसंग सारसंग्रहवादमा फसेको छ । सारसंग्रहवादले कुनै कुरालाई सहि देखाउदैन् र पुष्टि गर्दैन । सायद हामीले एमाले पार्टीलाई केही समय पहिले यही भन्ने गरेका थियौ । आज प्रकारान्तरले त्यही कुरा हाम्रो लागि फर्किएको छ । संगठनात्मक प्रणाली र पद्धतिका दृष्टिले हाम्रो पार्टी द्वन्दवादी तरिकाले होइन कि एकाधिकारवादी तरिकाले चल्ने गरेको छ ।

कुनै पनि गतिशिल एवं जीवित वस्तु प्रणालीमा चल्ने गर्छ । आफ्नो अनुकुलता र स्वार्थमा प्रणालीको खोजी गर्नु, तर त्यो प्राप्त नगर्दै अर्कोमा विचरण गर्ने बानी र आदत पार्टीमा हावी भैसकेको छ । जसका कारणले संगठनात्मक सिद्धान्तका विषयमा हाम्रो पार्टी अस्पस्टता, तदर्थवाद र अराजकतामा फसेको छ । ब्यवहारत यसको अभिब्यक्ति पार्टी केही निश्चित “अभिजात” हरुको मौजा जस्तो र अरु मोही जस्ता वन्नु पर्ने, सबै पार्टी तह जनवर्गीय संंगठनको र मोर्चाहरुको नेतृत्वमा सदावहार रुपमा आदेशित र निर्देशित ब्यक्तिहरुको मात्रै छनौट हुनु पर्ने अन्यथा उसको सम्पूर्ण राजनैतिक जीवन समाप्त हुने जस्ता प्रवृति हावी हुनुले संगठनात्मक जीवन सुन्य प्राय जस्तो बनेको छ ।

कुनै पनि क्रान्तिकारीको त्याग र लगानीको मापन र मूल्याङकन उसको इतिहास र भूमिकाका आधारमा होइन कि कसैको निरपेक्ष समर्थन गर्छ कि गर्दैन भनेर हुने गर्दछ । जसका कारणले गर्दा विभिन्न अन्तरसंघर्षहरुबाट कैयौं इमान्दार क्रान्तिकारीहरु पनि बाहिरिने, निस्कृय हुने क्रम बढ्नु राम्रो संकेत होइन । सामन्तवादी जमिन्दारी प्रणालीमा त खेत जोतेपछि मोहियानी हक लाग्ने कानुन बनाइएको थियो भने हाम्रो पार्टीमा त्यति पनि हुन नसक्नु पार्टी परिचालन गर्ने द्वन्दवादी प्रणालीको दुःखद पटाक्षय र मजाक बाहेक अरु केही होइन ।

आस्था, मूल्य, मान्यताको राजनीतिमा संस्कार संस्कृति र आचरण हुन्छ । ब्यक्तिगत रुपमामा कसैले कसैलाई आक्षेप लगाउने र आरोपित गर्ने भन्दा पनि समग्रमा हाम्रो आन्दोलमा फरक पहिचानको बिम्ब हुनुपर्दथ्यो । पछिल्ला केही वर्षहरुमा आम जनताले त्यो महसुश गर्न नसक्नु र संस्थागत रुपमा उहि संसदीय पार्टीभन्दा कहि कतै पनि भिन्न नहुनु विचलनको अर्को नमूना हो । जनताको सेवामा सेवक भएर भन्दा पदलोलुपता, महत्वकाक्षां र अवसरको निम्ति जो संग पनि लम्पसार पर्ने हाम्रो शैली बन्न थाल्यो । ब्यवस्थापन, उत्पादन र सृर्जनामा अनुकरण गर्न सक्ने हामीसँग केही नहुनु दुःखद विषय हो । यही अवस्थामा अरुलाई प्रशिक्षण दिने कुरा गर्नु भनेको खोक्रो उपदेश बाहेक अरु केही हुन सक्दैन ।

पार्टी भनेको जनताको परिवर्तन र मुक्तिको निम्ति साध्य होइन साधन बन्नुपर्छ । कुनै खास उद्देश्य, प्रयोजन र लक्ष्य प्राप्तिको निम्ति पार्टीले साधनको भूमिका खेल्नुपर्दछ । कैयौं आरोहरअवरोहका बीच हाम्रो पार्टीले नेपालमा संघिय गणतन्त्र ल्याउनका लागी निवार्ह गरेको भूमिका महत्वपूर्ण छ । अव देशको परिस्थिति फेरिएको छ । देशको चक्र अर्को अध्यायमा प्रवेश गरेको छ । सूचना, संचार र प्रविधिको तीब्र विकासले पुँजीवादको चक्र पनि अर्को अध्याय कर्पोरेट पुँजीवादमा प्रवेश गरेको छ ।

अबको राजनीतिक क्रान्ति पनि अभिन्न रुपले आर्थीक क्रान्तिसँग जोडिएको छ । संसारका महाशक्तीहरु हिजोको उपनिवेशिक, अर्ध उपनिवेशिक चरणमा हाम्रो भूगोलबाट धेरै टाढा थिए र तर अबका केही वर्षमा संसारका उल्लेख्य आर्थिक केन्द्र र महाशक्तिहरु हाम्रै सिमानामा हुदैछन् । हामीले यो परिस्थितिलाई ठीक ढंगले मुल्याङ्कन र विश्लेषण गर्दै आफ्नो रणनीति र कार्यनीतिलाई बदल्न सकेनौ र राजनीतिक क्रान्ति, आर्थिक क्रान्ति र सामाजिक क्रान्तिलाई सँगसँगै लैजान सकेनौ भने हामीसँग असन्तुष्टि, आक्रोस, निरासा संगरसंगै पराधिनता बाहेक केही बाँकी रहने छैन ।

यस्तो जटिल परिस्थितिमा समग्र देशका समस्याहरुको हल गर्न तिर हाम्रो ध्यान जान सकेन । झन्डै आधा जनसंख्या भएको मधेश तराई आन्दोलनमा होमिएको करिवरकरिव तीन महिना हुन लाग्यो । कैयौं मगरात लगायत उत्पीडित जातीरजनजाती र संविधान निमार्णका क्रममा आफ्नो अपनत्व र स्वामित्व छुटेको महसुश गर्दा पनि उनिहरुलाई सहभागी बनाउने कुनै सार्थक पहल भइरहेको छैन ।

राज्य प्रयोग गर्दै दमन गरेर जाने केही पुराना संसदीय सामाजिक फासीवादीहरुकै लहैलहैमा कुर्सीको निम्ति दौडधुप गर्ने र समस्याको राजनैतिक समाधान तिर ध्यान नजानाले गंभीर रुपमा सामाजिक सद्भाव भड्किने खतरा देखा पर्दै गइरहेको छ । तीन विशेषता भएको भौगोलिक अवस्थिति हिमाल, पहाड, मधेसका भावनाहरुलाई राष्ट्रिय एकतामा जोड्न पहल गर्नुको साटो आरोप प्रत्यारोपमा मुछिनु जिम्मेवारीबाट भाग्नु हो ।

वर्तमान सरकारको समीकरण पनि इतिहासकै मजाकका रुपमा बनेको छ र यो सरकारले थारुवानरथारुहट, मधेस, मगरात, तमुवान, किंरात, कोचिला, महिला, दलित, मुस्लिम र जनजाती लगायत अन्य सम्पूर्ण न्याय प्रेमी जनताका समस्याहरु हल गर्दै महंगी, अभाव र जनताका दैनिकीहरुको सहजीकरण गर्ने कुनै संभावना देखिदैन् । भुकम्प पछिको पुनःर्निमार्ण र नवनिर्माण कुरा त धेरै नै पछाडी परेको छ । हामी आफैले संविधान बनाउँदा राखेको नोट अफ डिसेन्ट ९विमतीहरु० लाई वेवास्ता गर्दै दीपावलीमा रमाउनुले पनि हाम्रो पहलकदमी गुमेको कुरा स्वतः स्पष्ट छ ।

वर्गीय, जातीय, क्षेत्रीय, लैङ्गकि, भाषिक र सांस्कृतिक उत्पीडनको अन्त्य गरी समावेशी, समानुपातीक र सहभागीतामुलक जनमुखी लोकतन्त्र तिर देशलाई डोर्याउँदै समृद्धि, सुशासन र समाजवादमा पुर्याउने लक्षमा दृढता पूर्वक अगाडी बढ्नुपर्छ । यस्तो विसम परिस्थितिमा आफ्नौ छुट्टै पहिचान, अलग वैकल्पिक धार र स्वतन्त्र पहलदकदमी हनुपर्दथ्यो । वामपन्थी ध्रुवीकरणका नाममा पुरानै संसदीय संस्कारको फोहोरी कुण्डमा पस्नु सैद्धान्तिक गल्ती हुनेछ ।

त्यसैले सुधारिएको संसदीय व्यवस्थाको फेरो भित्र गोलचक्कर मार्ने कार्यनीतिले हाम्रो स्वतन्त्र वैकल्पिक राजनीतिक अस्तित्व समाप्त हुदैछ । यस्तो तरिकालाई सर्मथन गर्न सकिदैन । सिद्धान्त र विचारमा नयाँ संकल्प, राजनीति र कार्यक्रममा नयांँ योजना, संगठनात्मक प्रणालीमा नयाँ पहल संस्कार, संस्कृति र आचरणमा नयाँ शैली सहितको विकल्प देशमा आवश्यक छ । एक्काइसौ शताब्दीमा जनवादको विकास लगायतका विषयहरु र गत केन्द्रीय समितिमा २५ बुदें प्रस्ताव पेश गर्दा केही आशाहरु अवश्य जागेका थिए ।

तर वर्षौसम्म संसारको कुनै पार्टीमा पनि नदेखेको नबुझेको कुरा हाम्रो पार्टीले कुनै ऐजेन्डालाई टुगाेंमा पुराउँदैन । त्यो त्यसै हराउँछ । आधारभूत रुपमा यी विषयहरुको विकल्प दिन विद्यमान पार्टी नेतृत्व तयार नभएको र बारम्बार विभिन्न रुपमा विषयहरु उठाउँदा र उठाउन खोज्दा पनि कुनै ध्यान नदिएकाले पार्टी निरन्तर विघटनको दुःखद चरणमा गएको अवस्थाप्रति मुकदर्शक भएर बस्न सकिँदैन तसर्थ यस ऐतिहासिक संकटको बिन्दुबाट नयाँ वैकल्पिक नयाँ शक्ति निमार्णको अभियानमा लाग्नु कर्तव्य ठान्दै सो को जानकारी गराउँदछौ ।

www.etajakhabar.com
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Aug 24 (6)
  • Aug 23 (1)
  • Aug 19 (1)
  • Aug 18 (19)
  • Aug 17 (17)
  • Aug 16 (24)
  • Jan 24 (18)
  • Jan 23 (27)
  • Jan 22 (32)
  • Jan 21 (35)
  • Jan 20 (35)
  • Jan 19 (34)
  • Jan 18 (40)
  • Jan 17 (45)
  • Jan 16 (27)
  • Jan 15 (29)
  • Jan 14 (35)
  • Jan 13 (40)
  • Jan 12 (32)
  • Jan 11 (39)
  • Jan 10 (31)
  • Jan 09 (23)
  • Jan 08 (31)
  • Jan 07 (30)
  • Jan 06 (39)
  • Jan 05 (34)
  • Jan 04 (39)
  • Jan 03 (43)
  • Jan 02 (47)
  • Jan 01 (31)
  • Dec 31 (34)
  • Dec 30 (36)
  • Dec 29 (43)
  • Dec 28 (33)
  • Dec 27 (27)
  • Dec 26 (38)
  • Dec 25 (33)
  • Dec 24 (38)
  • Dec 23 (44)
  • Dec 22 (39)
  • Dec 21 (37)
  • Dec 20 (40)
  • Dec 19 (31)
  • Dec 18 (47)
  • Dec 17 (30)
  • Dec 16 (16)
  • Dec 15 (42)
  • Dec 14 (30)
  • Dec 13 (32)
  • Dec 12 (35)
  • Dec 11 (42)
  • Dec 10 (26)
  • Dec 09 (31)
  • Dec 08 (15)
  • Dec 07 (37)
  • Dec 06 (30)
  • Dec 05 (34)
  • Dec 04 (32)
  • Dec 03 (33)
  • Dec 02 (36)
  • Dec 01 (37)
  • Nov 30 (48)
  • Nov 29 (28)
  • Nov 28 (35)
  • Nov 27 (35)
  • Nov 26 (47)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (27)
  • Nov 22 (32)
  • Nov 21 (43)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (22)
  • Nov 17 (29)
  • Nov 16 (32)
  • Nov 15 (25)
  • Nov 14 (28)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (42)
  • Nov 09 (22)
  • Nov 08 (40)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (42)
  • Nov 01 (44)
  • Oct 31 (29)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (47)
  • Oct 27 (32)
  • Oct 26 (39)
  • Oct 25 (35)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (22)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (31)
  • Oct 02 (29)
  • Oct 01 (29)
  • Sep 30 (29)
  • Sep 29 (24)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (26)
  • Sep 25 (27)
  • Sep 24 (18)
  • Sep 23 (15)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (26)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (12)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (19)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (22)
  • Sep 07 (22)
  • Sep 06 (26)
  • Sep 05 (18)
  • Sep 04 (23)
  • Sep 03 (24)
  • Sep 02 (25)
  • Sep 01 (24)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (27)
  • Aug 28 (28)
  • Aug 27 (30)
  • Aug 26 (29)
  • Aug 25 (24)
  • Aug 24 (35)
  • Aug 23 (30)
  • Aug 22 (31)
  • Aug 21 (32)
  • Aug 20 (30)
  • Aug 19 (33)
  • Aug 18 (27)
  • Aug 17 (34)
  • Aug 16 (28)
  • Aug 15 (23)
  • Aug 14 (23)
  • Aug 13 (22)
  • Aug 12 (19)
  • Aug 11 (18)
  • Aug 10 (24)
  • Aug 09 (16)
  • Aug 08 (18)
  • Aug 07 (25)
  • Aug 06 (16)
  • Aug 05 (18)
  • Aug 04 (21)
  • Aug 03 (19)
  • Aug 02 (14)
  • Aug 01 (17)
  • Jul 31 (19)
  • Jul 30 (19)
  • Jul 29 (15)
  • Jul 28 (12)
  • Jul 25 (14)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home