• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
यतिबेला बलिउड सिनेमा क्षेत्रमा सलमान खानको फ्लिम ‘बजरंगी भाइजान’ ले राम्रै संग बजार तताई रहेको छ ।
धेरै दर्शकहरुले सलमानको फ्लिम ‘बजरंगी भाइजान’लाई सलमानको करियर कै सबै भन्दा उत्कृष्ट फ्लिमका रुपमा लिएका छन् । तर बलिउड सम्बन्धि न्युज अपडेट गराउने चर्चित वेभसाइटले गरेको सर्वेक्षणमा भारतीय सिनेमा क्षेत्रका दर्शकहरुले सलमानको ‘बजरंगी भाइजान’ को भूमिका भन्दा बलिउडका बादशाहा भनेर चिनेने अर्का नायक शारुख खानले ‘माइ नेम इज खान’ मा गरेको भूमिका लाई भारतीय दर्शक हरुले अत्याधिक रुपमा मन पर्याएको पाइएको छ । उक्त सर्वेक्षणमा सलमानको ‘बजरंगी भाइजान’ को रोल लाई ३६.१७% भोट मिलिरहदा शारुख खानको ‘माइ नेम इज खान’ को रोल लाई ५३.७६% भोट मिलेको थियो, जुन तपाईहरुले देखाइएको फोटोमा समेत हेर्न सक्नुहुन्छ । आमिर खानले ‘पीके’मा निर्वाहा गरेको रोललाई भने जम्मा १०.०६% भोट मिलेको छ ।
पेट दुख्ने, पोल्ने, अम्लपित्त बढ्ने आदि लक्षणयुक्त समस्याको चिकित्सकीय नाम ग्यास्ट्राइटिस हो। छाती र पेटको बीचको खाल्टो वरिपरि दुख्नु, पेट पोल्नु, भोक हराउनु, अम्लपित बढ्नु, मुख बिग्रिनु, पेट भारी हुनु, आपन वायु बढ्नु, रिंगटा लाग्नु, टाउको दुख्नु, पेट फुल्नु गयास्ट्रिकका लक्षण हुन्। त्यसैगरी ग्यास्ट्रिकमा वाकवाकी लाग्ने, वान्ता हुने, ढ्याउ-ढ्याउ आउनु, वान्तामा रगत देखिने, कालो दिसा आउने, खाना नपच्ने, पेट हुडेल्ने, तौल कम हुने लक्षण देखिन्छ।
आमाशयका भित्तामा भएको इन्फ्लायिसन (सुन्निएर रातो तातो भएर दुख्ने समस्या) भने आमाशयका भित्ताको श्लेष्म झिल्ली च्यातिएर घाउ भएको अवस्थालाई भने ग्यास्ट्रिक अल्सर भनिन्छ। ग्यास्ट्रिकको प्रारम्भिक अवस्था हो भने अल्सर त्यसैको विकराल रूप हो।
ग्यास्ट्राइटिसलाई तीव्र तथा दीर्घ /जीर्ण गरेर दुई समूहमा बाँडिएको छ। तीव्र ग्यास्ट्राइटिस पेटका भित्ताहरूमा भएका कोषहरूका लागी हानी गर्ने पदार्थहरूको सेवनले गर्दा हुन्छ। यी पदार्थहरूमा, दुखाइ कम गर्ने औषधी (एस्पि्रन, बु्रफेन, निम्स, नेप्प्रोक्सिन) जस्ता औषधी, विषसेवन, मसला, खुर्सानी र नुन ज्यादा हालेको खानेकुरा, जाँड-रक्सी, कोकिनजस्ता मादकपदार्थ पर्दछ। आमाशयमा एच. पाइलोरिक लगायत अन्य ब्याक्ट्रेरिया, भाइरस, कृमि वा फंगसको संक्रमणले पनि हुने गर्छ।

जीर्ण ग्यास्ट्राइटिस रोग हाम्रो जीवनशैली खानपान, शैली मानसिकता र शरीरको प्रकृतिसँग जोडिएको छ। जथाभावी खानपानले पनि ग्यास्ट्रिक बढाउँछ।
अनियमित जीवनशैली जस्तै भोक लागेको बेलामा नखाने, भोकभन्दा ज्यादा खाने, खाना निश्चित समयमा नखाने, पचाउन कठिन हुने खाना खाएपछि तत्कालै सुत्ने र शारीरिक श्रम गरेलगत्तै खानेहरूमा यो रोग ज्यादा देखिएको छ। व्यस्तता र भागदौडले भरिएको जीवन ज्यूँनेहरू, मानसिक तनावको चपेटामा परेकाहरू,

मनोरञ्जन नगर्नेहरू, भय, चिन्ता, शोक उदासिनता र अनिद्राका रोगी, शारीरिक श्रम वा व्यायाम नगर्नेहरू पनि यो रोगका सिकार हुन्छन्। लामो समयसम्म जँाड-रक्सी, चिया, कफी,कार्बनिक पेय कोक, पेप्सी आदि खानेहरूमा पनि यो रोग ज्यादा देखिएको छ। ग्यास्ट्राइटिस आत्मघाती प्रतिरक्षा प्रणालीको कारणले पनि यो रोग हुने गर्छ। यसैगरी पेटको अपरेसन कलेजो, मिर्गौला, फियो तथा आन्द्राका रोग, एचआइभी/एड्स र विशेष मानसिक रोगावस्थामा पनि देखा पर्छ।
जटिलताहरूः
– यो रोगको समयमा नै उपचार नभए ग्यास्ट्रिक अल्सर तथा क्यान्सर हुन सक्छ। अल्सर हुँदा बारम्बार रक्तस्रावले गर्दा रक्तअल्पताका समस्या देखा पर्छ। यसैगरी भिटामिन बी-१२ को अवशोषणमा चाहिने तत्वहरूको उत्पादन हुन नसक्दा परनिसियस रक्तअल्पता, स्नायु तथा नाडीहरूको क्षय, अन्ननली सुन्निनु, दम बड्ने, मुखमा घाउखटिरा आइरहने, आन्द्रामा घाउ हुने, खानाको पाचन र अवशोषण सुचारु नहुने र मल निष्कासनमा जटिलता आई कब्जियतका लक्षण देखा पर्न सक्छन।
उपचारः
– ग्यास्ट्राइटिस धेरै कारणले हुने रोग हो। तीव्र ग्यास्ट्राइटिस समयमै उपचार हुन सके रोग जीर्ण हुनबाट बचाई यसका अन्य जोखिम निवारण गर्न सकिन्छ। तसर्थः चिकित्सकको निगरानीमा रोगको निदा तथा उपचार गर्नतिर लागौं। दीर्घ/जीर्ण ग्यास्ट्राइटिसको ठूलो हिस्सा जीवनशैलीसँग सम्बन्धित भएकाले जीवनशैली परिवर्तन गर्न नितान्त जरुरी छ। जीवनशैली परिवर्तन भनेको भोजन, व्यायाम, विश्राम, विचार र व्यवहारलाई स्वस्थमैत्री हुने गरी समायोजन गर्नु हो।

हानिकारक मानिएका खाना छाडेर रेसा र चोकरयुक्त खस्रामोटा खानेकुराहरू, साग-सब्जी, सलाद-फलफूल र अंकुरित अन्न, फलको रस, ताजा मोही, लस्सीको सेवन ग्यास्ट्राइटिसमा उपयोगी छ। त्यसैगरी फ्लेवेनाइडयुक्त पदार्थहरू जस्तैः स्याऊ, स्ट्रबेरी, मेवा, लसुन, प्याज, हिङ, जीराजस्ता खाद्य पदार्थलाई भोजनमा समावेश गरौं। पानी प्रशस्त पिउनुपर्छ, यसो गर्दा ग्यास्ट्रिक एसिडले आमाशयलाई हानी पुर्या उन पाउँदैन।
व्यायाम तथा प्राकृतिक उपचारः
१) अंग व्यायाम, रिढ व्यायाम, शिथिलीकरण व्यायाम, प्रातः भ्रमण, दौडिने, कुद्ने, योगाभ्यास, सूर्य नमस्कार जस्ता व्यायाम ग्यास्ट्राइटिसमा उपयोगी हुन्छन्।
२) बज्रासन, पवनमुक्ताशन, सर्वांङआसन, मत्स्यन्द्र, भुजंग, उदारकर्श र धनुराशन, ताडाशन, त्रियकताडाशन जस्ता आसनविधि, अनुलोमविलोम, शीतली, सित्करी, वामनासिका श्वासन जस्ता विधिले पनि यस रोगमा फाइदा पुर्यााउँछन्, तर रोगको अवस्था गम्भीर छ भने यी विधिहरू पालना गर्नुसट्टा चिकित्सकको परामर्श लिनुपर्छ।
३) जलनेती (नाकको सफाइ) कुन्जल (पेटको सफाइ), एनिमा (ठूलो आन्द्राको सफाइ), शंखप्रक्षालन (सम्पूर्ण पाचन प्रणालीको सफाइ) जस्ता उपचार पद्धतिले ग्यास्ट्राइटिस समनमा ठूलो सहयोग पुर्यापउँछ।
४) पेटको मालिस, माटोको पट्टी, ग्यास्ट्रो-हेपेटिकप्याक, नौली तथा गणेश क्रियाको अभ्यास, अकुपन्चर तथा अकुप्रेशर जस्ता उपचार विधिले पनि ग्यास्ट्राइटिसमा राम्रो गर्छ।
विश्राम व्यवस्थापनः
१) ग्यास्ट्राइटिस तनावपूर्ण जीवन ज्यूँनेहरूलाई डर चिन्ता, खिन्नता, उदासिनता र अनिद्राका रोगीलाई हुने रोग हो। तसर्थ, तनाव व्यवस्थापन ग्यास्ट्राइटिस निवारणको कडी हो।
२) शारीरिक तथा मानसिक रूपले विश्राम लिनका लागि योगासन, योगनिद्रा, माइन्ड साउन्ड टेक्निक, ध्यान विधिको अभ्यास गर्नुपर्छ। सकारात्मक चिन्तनलाई जीवनको अभिन्न अंग बनाउनुपर्छ । ३) सातामा एकपटक सम्पूर्ण शरीरको मालिस तेल अभ्यंग, बाष्पस्नान, सउना, फोहरा स्नान, तैरनु, पौडनु र प्राकृतिक दृश्यमा रम्ने बानी बसालौं।
सावधानीहरुः
१) माथि उल्लेख भएका जीवनशैलीमा बाँच्ने कोशिस गरौं।
२) दुखाइ कम गर्ने तथा अन्य दबाइहरू चिकित्सकको परामर्शमा मात्र लिने गरौं।
३) माथि बताइएका लक्षण देखा पर्न गए चिकित्सकसँग परामर्श लिऔं
४) ग्यास्ट्रिकको उपचार गर्दा चिकित्सकले दिएको औषधी पूर्ण रूपले खाने गरौं।
५) कलेजो, मिर्गौला, फियो र आन्द्राका रोग भएकाहरूले रोगको उपचारमा सावधानी अपनाऔं।
६) पेट तथा छातीको अपरेसन गर्दा ग्यास्ट्रिक हुने सम्भावना ज्यादा रहने भएकाले सावधानी अपनाऔं।
यो समाचार जनचेतनाका लागि शेयर गरिएको हो ।

काठमाडौँ १५ साउन ।  एक ब्रिटिस जोडी टेलिफोन बुथमै यौन क्रियामा संलग्न भएको तस्वीर भाइरल बनेको छ । ३० वर्षीय गाभिन वाइन तथा ४१ वर्षीया लिसा कार्लेको जोडी त्यस्तो अवस्थामा भेटिएको हो ।

गाभिनले बताए अनुसार उनीहरु बजारमा बियर किन्न जान लागेका थिए । ‘त्यो एकदमै गर्मी दिन थियो’ गाभिनले भने, ‘हामी जोक भन्दै हाँस्दै बाटो काटिरहेका थियौं ।’ त्यसैक्रममा दुवै जनाको सहमतिमा उनीहरुले सम्बन्ध राखेका थिए ।

यद्यपी बटुवाहरुले उक्त क्रियाकलापको भिडियो रेकर्डिङ गर्ने, तस्वीर खिच्ने काम गरे जुन कुरा जोडीले पत्तै पाएन । जब तस्वीर र भिडियो भाइरल भयो तब मात्र उनीहरुले त्यसको जानकारी पाए । ‘हामीले कसैले ख्याल गर्ला भनेर सोचेनौं ।’ गाभिनको भनाई उद्यृत गर्दै हफिङटन पोष्टमा प्रकाशित समाचारमा उल्लेख छ । साप्ताहिक
१५ साउन, काठमाडौं ।
गगन थापा नेपाली काँग्रेसका युवा नेता । उनको भाषण र तर्ककला देखेर नै होला अधिकाशं नेपाली युवा उनका प्रशंसक छन् । तर गगनका कमै प्रशंसकलाई थाहा छ कि उनी अहिले संविधान बनाउने निर्णायक घडिमा नेपाल छैनन् । उनको बिदेश भ्रमण झलनाथ खनालको जस्तो उपचार बहाना होइन कि उनी काँग्रेसका एक संगठनको कार्यक्रममा भाग लिन जर्मनी पुगेका छन् ।
गगन काँग्रेसका बुढा नेताहरुले पक्ष लिंदै आएको परम्परागत असफल शासकीय स्वरुपको विपक्षमा छन् । अर्थात् काँग्रेस संसदबाट निर्वाचित प्रधानमन्त्रीको पक्षमा छन् । संविधानको पहिलो मस्यौदामाथि राय सुझाव दिनेमध्ये अधिकांशले वडादेखि केन्द्रसम्म प्रत्यक्ष निर्वाचित कार्यकारीका पक्षमा मत जाहेर गरे ।

तै पनि काँग्रेसको मुख्य नेतृत्वले संसदीय व्यवस्थाको विकल्प खोज्न आवश्यक ठानेन । जनमतलाई जनमत संग्रह मान्न नसकिने तर्क गरेर ऊ पन्छियो ।

तर जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको वकालत गर्दै आएका गगन भने आफूले समेत समर्थन जनाउँदै आएको मुद्धामा बहस चर्केका बेला स्वदेशमा छैनन् ।

पार्टी सम्वद्ध नेपाली जनसम्पर्क समितिको कार्यक्रमको सिलसिलामा जर्मनीमा छन् ।

मुलुकमा संविधान लेखनकार्य अन्तिम चरणमा पुगेका बेला आफ्नो जिम्मेवारी छाडेर गगन थापा बर्लिनका सहरहरुमा साइकलिङ र फोटो सुटमा व्यस्त छन् ।
पूर्वीय सभ्यता र संस्कृतिको विशालताभित्र फल्ने र फुल्ने अवसर पाएको हिन्दु धर्म र दर्शनले अभिव्यक्त गरेको सांस्कृतिक आयाममा विश्वबन्धुत्वको भावना, आपसी भाइचारा, श्रद्धा-समर्पण र शिष्टाचार अनि प्रकृतिप्रतिको गहन उपासना र विश्वब्रह्माण्ड नै हाम्रो साझा घर हो भन्ने मानवतावादी भावनालाई आत्मसात गरेको पाइन्छ।

हिन्दु धर्म, दर्शन र संस्कृतिको निर्देशन र मार्गदर्शनमै यस सभ्यताको समाज राजनीति, राष्ट्र र राष्ट्रियताको निश्चित संरचनामा संरचित भएको पाइन्छ। जीवन, जगत् र विश्वब्रह्माण्डप्रति हेर्ने दृष्टिकोण र चिन्तन प्रणालीमा हिन्दु आध्यात्मिक परम्परा प्रवाहित भएको पाइन्छ।


सनातन हिन्दु धर्ममा मानव जीवनलाई विशेष महत्‍वको साथ हेर्ने गरिएको पाइन्छ। कैयन् कठिन साधना, तप र तपस्या तथा मानव कल्याणकारी कार्यबाट मानवले जन्म र मोक्ष प्राप्त गर्दछ भन्ने आध्यात्मिक तथा धार्मिक मूल्य र मान्यता छ।

यसै धार्मिक मान्यताका आधारमा मानव जीवनले धार्मिक संस्कार र अनुष्ठानको आधारमा आफूलाई समाजीकरण गराउँछ। देश, काल र पर्यावरण तथा उमेरअनुकूल सम्पन्न गरिने विभिन्न संस्कारको अनुष्ठानले नै मानव जीवन परिस्कृत र संस्कारित हुन्छ, जसले गर्दा राष्ट्रले योग्य नागरिक प्राप्त गर्दछ।

यसै मान्यतामा नै पूर्वीय सभ्यतामा परिस्कृत भएका र हुर्केका अन्य धर्म, संस्कृति, जनजाति र तिनका संस्कृतिमा हिन्दु संस्कृति समाविष्ट भएको छ। भनिन्छ- मानवको जन्म दुईपटक हुन्छ-प्रथमपटक आमाको गर्भबाट र दोस्रोपटक गुरुको शिक्षा र दीक्षाबाट।

आमाको गर्भबाट जीवित मांशपिण्डको रूपमा जन्मिएको बालकलाई प्राणप्रतिष्ठा गर्ने कार्य गुरुबाट गरिन्छ, यसैले नै बालकको दोस्रो जन्म गुरुबाट हुन्छ भनिएको हो।हिन्दु सनातनी परम्परामा गुरु-शिष्यको अटुट सम्बन्ध रहेको पाइन्छ।

गुरुले असल शिष्य र शिष्यले असल गुरु प्राप्त गर्न पूर्वजन्मको कमाइ हुनुपर्छ भनिन्छ। गुरुले मानव मस्तिष्कमा रहेको अज्ञानता, अविद्या, अहंकार, राग, द्वेषरूपी अन्धकार हटाई वेद अर्थात् ज्ञानरूपी प्रकाशको उज्यालो छरेर मानव जीवनलाई पूर्णता प्रदान गर्दछन्। त्यसैले भनिएको हो-

गुरुर्ब्रह्मा गुरुर्विष्णु गुरुर्देवो महेश्वरः
गुरुः साक्षात् परब्रह्म तस्मै श्री गरवे नमः

हिन्दु सामाजिक आधारहरूमध्ये चार पुरुषार्थमा धर्म, अर्थ, काम, मोक्षलाई समेटिएको छ। मानव जीवनका चार आ श्रमहरू ब्रह्मचर्य आ श्रम, गृहस्थ आ श्रम, वानप्रस्थ आ श्रम र सन्न्यास आ श्रममध्ये ब्रह्मचर्य आ श्रममा रहेर बालकले अध्ययन गर्दछ।
गुरुले मानव मस्तिष्कमा रहेको अज्ञानता, अविद्या, अहंकार, राग, द्वेषरूपी अन्धकार हटाई वेद अर्थात् ज्ञानरूपी प्रकाशको उज्यालो छरेर मानव जीवनलाई पूर्णता प्रदान गर्दछन्। त्यसैले गुरुपूर्णिमालाई हिन्दु धर्मको मात्र नभएर सबै धर्मको साझा पूर्णिमा भनिएको हो।
मानवले जिन्दगीमा तिर्नुपर्ने प्राकृतिक र शाश्वत त्रिऋणमध्ये गुरुको समीपमा रही गुरुको मार्गदर्शनमा रहेर अध्ययन गरी दीक्षित भएपछि ऋषिऋणको चुक्ता गरिन्छ। दीक्षान्त समारोहमा दीक्षित भएर गृहस्थ आ श्रममा रहेर देवऋण र पितृऋण चुक्ता गरिन्छ । साथै यसै गृहस्थ आ श्रममा रहेर अन्य पञ्चमहायज्ञहरूको अनुष्ठान गरिन्छ।

गुरुले नै मानव जीवनलाई पूर्णतातर्फ डोर्‍याउने भएकाले गुरुलाई दोस्रो पिता भनिएको हो। गुरु आ श्रममा रहेर अध्ययनबाट प्राप्त गरेको ज्ञानले नै राष्ट्रलाई समृद्धितिर डोर्‍याउँछ। यस अर्थमा आज पनि गुरुपूर्णिमा उत्तिकै सान्दर्भिक लाग्छ।

पूर्वीय संस्कृतिको बौद्धिक भण्डारलाई भर्ने प्राचीन ऋषिमुनि, साधुसन्त, दार्शनिक, कवि, पण्डित र योगीहरूको सम्झनामा मनाइने गुरुपूर्णिमा गुरुहरूप्रतिको असीम भक्ति र समर्पण हो।

ब्रह्मचर्य आ श्रमको समाप्तिमा अर्थात दीक्षान्त समारोहमा गुरुबाट शिष्यहरूलाई शपथ ग्रहण गराइन्छ। शपथ ग्रहण गर्नुको अर्थ गुरुबाट प्राप्त हुने ज्ञानलाई अनुकरण गर्दै सत्यको बाटोमा हिँड्ने प्रण गर्नु हो।

गुरुबाट प्राप्त हुने सत्य वद, धर्मम् चर, मातृदेवो भव, पितृदेवो भव, आचार्य देवो भव, अतिथि देवो भव अर्थात् सत्य र धर्ममा रहु, माता, पिता, गुरु र पाहुनालाई देवता समान मान भन्ने संकल्प वाक्य र आप्त वचनले मानव जीवनलाई सुखी, सहज र संस्कारित एवं परिस्कृत गराउँछ । यसर्थ व्यक्तिको असल चरित्र विकास गराउन, नैतिक भावना र आध्यात्मिक चेतना जागृत गराउन गुरुको गरिमामय भूमिका हुन्छ।

आजको बदलिँदो समाज र संस्कृतिमा सिकाइ प्रक्रियामा फरक आएको छ। एकातिर गुरुबिना नै पनि ज्ञान आर्जन गर्न सकिन्छ भन्ने मान्यता स्थापित भएको छ भने अर्कोतिर हामीले पढ्ने पाठ्यक्रमहरूमा नास्तिकता र भौतिकताले प्र श्रय पाएको देखिन्छ, जसको कारण समाजमा व्यापक विसंगति र अनैतिकता छाएको छ।

मानव नैतिकता नै संकटमा पर्न थालेको यस समाजमा आध्यात्मिक बीजारोपण गर्नु जरुरी छ। आध्यात्मिकताले कुनै धर्म र संस्कृतिप्रति विभेद गर्दैन। जुनसुकै धर्मका गुरु, पण्डित र दार्शनिकहरूले गुरुपूर्णिमा मान्न, मनाउन र यसको महत्‍व स्वीकार गर्न सक्नु हुन्छ।
   ?


गुरुपूर्णिमा हिन्दु धर्मको मात्र नभएर सबै धर्मको साझा पूर्णिमा हो। कलुषितरहित समाज निर्माण गर्न ज्ञान दिनु नै गुरुपूर्णिमाको परिभाषामा समाविष्ट भएको पाइन्छ।
annapurnapost.com
काठमाडौँ । लामो जेलजीवनपछि पूर्वयुवराज पारस शाह नेपाल आएका छन् । नेपाल आउनुअघि उनले दरबार हत्याकाण्डबारे नयाँ खुलासा गरेको भन्ने समाचारले अहिले चर्चा पाउदैछ । थाईल्याण्डको लुङ्खाई सुधार गृहबाट मुक्त गरिएका पूर्वयुवराज शाहबाट दरबार हत्याकाण्ड विदेशी शक्ति केन्द्र र केही नेपाली नेताहरुको सहयोगमा घटाइएको समाचारमा उल्लेख छ ।

घुमाएर ‘रअ’तिर संकेत
समाचारमा उनले नेपाली राजनीतिज्ञ र विदेशी शक्तिको बारेमा स्पष्ट पार्न नचाहेको र घुमाउरो शैलीमा भारतीय गुप्तचर संस्था ‘रअ’तर्फ लक्षित गर्दै उनको परिवार भिक्टिम (शिकार) मात्र भएको जिकिर गरिएको छ ।’ श्रोत भन्छ ‘उनको परिवारलाई आरोप लगाउनेलाई पाप लाग्छ ।’ दरबार हत्याकाण्डबारे उनको परिवारलाई लगाइने आरोपबारे उनले दुःख व्यक्त गरेका छन् ।

हिमानीले भेटेकी थिइन् पारसलाई
केही समयअघि थाइल्याण्ड गएकी हिमानी शाहले पारसलाई भेटेको बारेमा विभिन्न अड्कलबाजीहरु गरिए । तर लुङ्खाईमा महिलालाई बुधबार मात्र भेट्न दिइने भएकोले हिमानीले बुधबार नै समय मिलाएर पारसलाई भेटेको समाचारमा दावी गरिएको छ । चाङमाईबाट लुङ्घाईसम्म हिमानीलाई पुर्‍याउन सहयोग गरेका उनका सहयोगी हरुले भने, ‘नेपाली मिडियाहरु हचुवाको भरमा समाचार बनाउँछन् ।’
मन परेको छैन पूर्वराजाको कार्यशैली
पूर्वयुवराज पारसले थाइल्याण्डमा आफ्ना निकटस्थसँगको भेटघाटमा आफूले परिवारको सहयोग नपाएको गुनासो गर्ने गरेका छन् । परिवारले सहयोग गरेको भए आफ्नो यो अवस्था नहुने उनको दुःखेसो रहने गरेको छ । उनले खुलेरै भन्ने गरेका छन्, ‘बुवा महाराजको कार्यशैलीले नै हामीलाई यहाँसम्म ल्याइपुर्‍यायो।’
सम्बन्ध छैन थाई प्रेमिकासँग

थाई प्रेमिकासँग सम्बन्ध बाक्लिएपछि हिमानीसँग सम्बन्ध पातलिएको विगत अब विगत मात्रै बनेको छ । अहिले आफ्नो थाई प्रेमिकासँग कुनै सम्बन्ध नरहेको पारस स्वयमले स्वीकार्ने गरेका छन् । यद्यपि आक्कलझुक्कल उनी आफ्नी पूर्व प्रेमिकालाई भेट्न जाने गरेको उनका निकटस्थहरु दावी गर्दछन् ।
फेरिएका छन् सहयोगीहरु
थाइल्याण्डमा व्यावसाय गरिरहेका सुनिल खड्का र सुमन अधिकारीले विगतमा सक्दो सहयोग गरेका थिए पारसलाई । रकम जुटाउनेदेखि खबर आदानप्रदान गर्ने कामसम्म उनीहरुले गरेका थिए । उनका निकटस्थहरुले भन्छन्, ‘तर अहिले उनीहरुको सहयोग पातलिएको छ । यो स्वभाविक पनि हो ।’ स्रोत भन्छ,, ‘अहिले थाइल्याण्ड सिंगापुरबाट कोरिया र जापानसम्म गार्मेन्टका सामान सप्लाई गर्ने एकजना पूर्वी नेपालका घले दाइले पारसलाई राम्रो सहयोग गरिरहेका छन् ।’
साझा पोस्ट लगायत केहि अनलाइनहरुले विभिन्न श्रोतको हवाला दिदै अगाडी लेख्छन उनि  युवासँग मिलेर देश बनाउने सपना पारसले सुधारगृहभित्रैबाट आफ्नो सपना सुनाएक थिए, उनि  नेपाली युवाहरुसँग सहकार्य गरेर अगाडि बढ्न चाहन्छन  ।’ उनले युवाहरुसँग टिम बनाएर राष्ट्रको लागि केही गर्ने योजना बुन्न थालेका छन् । नेपाल फर्कनासाथ यो कामलाई अगाडि बढाइहाल्ने उनको योजना छ ।  ‘देश बनाउन नयाँ पुस्ता अगाडि आउनुपर्छ । देशको उन्नतिको लागि मिलेर अगाडि बढ्दा केही गर्न पक्कै सकिएला भन्ने उनको बिस्वास छ source taja khabar।
१५ साउन, पोखरा ।

आफन्तले मध्यराति मोबाइलमा फोन गरेर ‘बिहानै घर आऊ’ भनेपछि १८ वर्षीया सञ्जिता विक अनिष्टको आशंकाले रातभर सुत्‍न सकिनन्।

कास्कीको ढिकुरपोखरीस्थित मामाको घरमा पढ्न बसेकी उनी सबेरै आफन्तसँगै जन्मथलो पुग्दा चारैतिर भताभुंग भइसकेको थियो।बुबा रामबहादुर साउदीमा र ११ कक्षामा पढ्दै गरेकी उनी मावलीघरमा गएकाले ज्यान जोगिए पनि परिवारमा सर्वस्व लुटिएको छ।

‘अब यो संसारमा मेरो भन्नु को नै छ र? ‘ आफन्तसँग उनी बिलौना पोख्दै थिइन्, ‘परदेशबाट बा आउँदा कसरी मन बुझाउनुहुन्छ । मैले के भनेर सुनाउने ? ‘ उनी बिहीबार बिहान घरमा आइपुग्दा ८४ वर्षीय हजुरबुवा वसन्त, ७० वर्षीया हजुरआमा हिमाउरी, ३२ वर्षीया आमा चिजा, १४ वर्षीया बहिनी सम्झना, १० वर्षीया बहिनी सलिना र नौ वर्षीय भाइ सुनिलको हिलाम्मे शव बारीमा राखेर तन्नाले ढाकिएको थियो।

यसैगरी परिवारका दुईभन्दा बढी सदस्य गुमाउने अरू पनि धेरै छन्। लुम्लेमा सुत्केरी खान आएकी २६ वर्षीया मञ्जु सुनार, तीन महिनाकी छोरी सीमा, ३२ वर्षीया सुनकुमारी जीसी र १० वर्षीय छोरा संगमको मृत्यु भएको छ।
५६ वर्षीय छिरिङ राई, उनकी पत्नी, गुरुदत्त देवकोटा, तिलकुमारी देवकोटा, तुल्सी देवकोटा र ७० वर्षीया पदमी देवकोटाको पनि मृत्यु भएको छ। ढिकुरपोखरीमा पहिरोले पुरेर १९ वर्षीय प्रेमराज दाहाल र १७ वर्षीया अस्मिता दाहालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक देवी पौडेलले बताए। आजको अन्नपूर्ण पोस्टमा खबर छ ।
बदाम खानु शरीरको लागि निकै   फाईदाजनक हुन्छ। बदाम वनस्पतिक प्रोटिनको भरपुर श्रोत पनि हो। सधैं बदाम खानुका धेरै फाईदा छन्। तर यी फाईदाका बारेमा स्वयम् खाने ब्यक्तिहरुलाई पनि थाहा हुँदैन। बदाममा दूध र अण्डाको तुलनामा धेरै प्रोटिन हुन्छ। यसमा आइरन, नियासिन, फोलेट, क्यालसियम, र जिङ्क भरपुर मात्रामा पाइन्छन्। बदाममा भिटामिन ई, भिटामिन के र भिटामिन बी ६ पाइन्छ। यी पोषणहरुको फाइदा लिन प्रत्येक दिन रातो छिल्का भएको कम्तीमा पनि २० दाना बदाम खानुपर्छ।

बदामका अरु फाइदाहरु यसप्रकार रहेका छन्ः

·      बदाममा तेलको अशं हुने भएकाले पेट सम्बन्धी रोगहरु निको पार्छ। यसको दिनहुँ प्रयोगले ग्यास र एसिडीटिको समस्याबाट पनि छुट्कारा पाउन सकिन्छ।

·       यसको नियमित प्रयोगले भोक नलाग्ने समस्याबाट पनि छुट्कारा पाउन सकिन्छ। यसका साथै फोक्सोलाई पनि यसले मजबुत बनाउँछ।

·       गर्भवती महिलाहरुलाई पनि यसले फाइदा पुर्‍याउँछ। यसले गर्भमा रहेको शिशुको विकासमा पनि मदत गर्छ।

·      बदामको प्रयोगले कलेस्ट्रोललाई नियन्त्रण गर्न पनि मदत गर्छ। एक हप्तामा पाँच दिन केही बदाम खानाले मुटुको रोगहरुबाट पनि टाढा रहन सकिन्छ।

·       खाना खाईसके पछि ५० वा १०० ग्राम बदाम खानाले खाना सजिलै पाचन हुन्छ र शरीरमा रगतको कमी पनि हुँदैन।

·       यसको प्रयोगले छाला र हाडलाई पनि फाइदा पुर्‍याउँछ।

·       प्रत्येक दिन केही बदाम खानाले महिला र पुरुषको हर्मोनहरु सन्तुलनमा रहन्छन्।
सेक्सको विषयलाई लिएर अकसर मानिसहरुको मनमा अनेक किसिमका प्रश्नहरु उठिरहेका हुन्छन्। यस्तै प्रश्नमा एक यो पनि हो कि के महिनावारी भएका बेला आफ्नी संगीसंग यौन संपर्क स्थापित गर्न हुन्छ? यदि हुन्छ भने कसरी ? त्यसो त अधिकांश जोडीहरु महिनावारीको बेला रक्तश्राव र अन्य समस्याहरुका कारण सेक्स गर्नबाट बच्छन। तैपनि यदि तपाई महिनावारीको समयमा पनि पार्टनरका साथ सेक्स संपर्क स्थापित गर्न चाहनु हुन्छ भने खतरा धेरै कण्डम आवश्यक पर्छ।
महिनावारीका समय महिलाहरुमा हातखुट्टा र पेट दुख्ने सिकायत रहने गरेको पाईएको छ। त्यस्मा पनि महिनावारीको बेला हुने रक्तश्रावका समय संभोग गर्नाले धेरै समस्याहरु आउन सक्छन् जस्तो कि असमय गर्भधारण हुनु इन्फेक्सन हुनु र एचआइभी एड्सको खतराको संभावनाले मानिसहरु यस समय सहवास गर्नबाट बच्छन्।

र यसका साथ एक अर्को प्राकृतिक समस्यापनि जोडिएको छ। महिलाहरु महिनावारीको समय निकै चांडो उत्तेजित हुन्छन, किनकी उच्च एट्रोजनको प्रतिशत उनिहरुलाई संवेदनशील तुल्याउछ।

यनि उनी उत्तेजित छन भने सेक्स गर्न नाईं भन्न सक्तिनन्। यदि नाई भन्छिन भने पनि उनको पछाडी दुखाई दुर्गन्छ र अन्य कारणहरु हुन्छन्। कुनै महिलाहरु यस अवस्थामा कसरी सेक्स गर्ने र उनी उनको साथीलाई लिएर पनि सतर्क र आशंकित हुन्छिन कि यस अवस्थामा साथीले कस्तो महसूस गर्छ।

यस अवस्थामा तपाईले साथीसंग निर्धक्क कुरा गर्नुपर्छ। महिनावारीका वारेमा तपाईल्ई थाहा नहुन सक्छ तपाइले यसबारेमा सोध्नुस। यसबाट तपाई दुई जनाको शरीरमा सेक्सका सम्वन्धमा निकै महत्वपूर्ण जानकारी मिल्ने छ।

योपनि जानकारी मिल्छकि कुनै शरीर कुनै विशेष परिस्थितिमा कस्तो व्यबहार गर्छ। कुनै मानिस महिनावारीको समय महिलाहरुसंग संभोग गर्न मन पार्दैनन्। यस समस्याको जवाफ हो परस्पर सहमतिबाट कण्डम प्रयोग गरेर र गर्भनिरोधक उपचार प्रविधि अपनाएर सेक्स गरेमा यी समस्याहरुबाट पार पाउन सकिन्छ।

बास्तवमा महिनावारीको समय शरीरमा हुने हार्मोनल परिवर्तनले संभोग गर्ने ईच्छा अपेक्षाकृत बढ्छ। अर्को यस दौरान संभोग गर्नुलाई पूर्णत प्राकृतिक मानिएको छ। खासगरी तपाईलाई महिलाको जननांगबाट हुने रक्तश्राव र पसिनाबाट कुनै अप्ठारो पर्दैन। तैपनि ती व्यक्तिहरु, कुनैपनि परिस्थितिमा संभोग नगरी छोड्दैनन् उनका निम्ति केहि सल्लाह यहां दिईएको छ जस्लाई अपनाएर संभोगलाई आनन्ददायी बनाउन सक्छन्।

-संभोगका अवसरमा साथमा रुमाल राख्नु जरुरी हुन्छ।
-यस अवसरमा तपाईले सर्वावल क्याप राख्नु राम्रो हुन्छ। जस्ले संभोगका बेला हुने अतिरिक्त रक्तश्रावलाई रोक्न सकोस।

-सेक्सका बेला यदि युवती माथी भए धेरै रक्तश्राव र महिनावारीका वेला हुने पीडा धेरै हदसम्म कम हुन सक्छ। एजेन्सी।
 फेसबुकका प्रयोगकर्ताहरुलाई खुसीको खवर छ । अव तपाइँको फ्रेण्डलिष्टमा रहेकाहरु एकाएक हराए भने त्यसको रहस्य थाहा हुने भएको छ । फेसबुकले नयाँ एप लञ्च गर्दै तपाइँलाई फेसबुकबाट कसले हटायो थाहा दिने सुविधा दिएको छ ।
फेसबुकले लञ्च गरेको यो एपले तपाइँलाई अरुले फेसबुकबाट हटाएको जानकारी दिन्छ । ‘हू डिलिटेड मी अन फेसबुक’ नामक यो एप आईओएस र एण्ड्ररोइड दुवै फोनमा काम गर्छ ।


ट्वीटरमा पनि हु अनफलोड मी भन्ने फिचर छ जसमा तपाइँलाई कसले हटायो भन्ने थाहा हुन्छ ।
फेसबुकको यो एपले तपाइँलाई यस अघि हटाएका साथीको बारेमा भने जानकारी दिँदैन । यो डाउनलोड भएपछि हटाएकाहरुको विषयमा भने यसले सबै जानकारी दिन्छ ।

यसले तपाइँका नयाँ साथीको बारेमा र तपाइँलाई ब्लक गरेका साथीको बारेमा समेत जानकारी दिन्छ ।

यो एप सोसल नेटवर्किङ साइटमा उपलब्ध भएपनि गत एप्रिल महिना देखि नियम भने बदलिएको छ ।
वि.सं.२०७२ साल श्रावण १५ गते शुक्रबार,
इ स २०१५ जुलाई ३१ तारिख,
नेपाल संवत् ११३५ दिल्लाथ्व,
आषाढ शुक्लपक्षको पूर्णिमा तिथि दिवा ०४: ४३ बजेसम्म उप्रान्त प्रतिपदा,
उत्तरषाढा नक्षत्र बिहान १०:५६ बजेसम्म उप्रान्त श्रवण,
प्रिती योग दिवा ०४:४१ बजेसम्म उप्रान्त आयुष्मान,
भद्रा करण बिहान ०५:३४ बजेसम्म,बब ०४:४३ बजेसम्म उप्रान्त बालब,
आनन्दादियोगमा आनन्द योग,
चन्द्रमा मकर राशिमा,
काठमाडौंमा सूर्योदय ५:२७ बजे, सूर्यास्त ६:४८ बजे,
दिनमान ३३ घडी ३४ पला
राहुकाल दिउसो १०:२८ देखि १२:०८ सम्म ।
                                         
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) Aries :
 ब्यबसायिक पाटो सबल रहनेछ,लामो यात्राको आरम्भ हुनेछ,सहयोगको आदान प्रदान  गरिनेछ,  देश बाहिरका व्यक्ति हरुबाट सहायतामा वृद्धि हुनेछ,प्रतिष्ठित व्यक्ति सग भेटघाटको  अवसर  मिल्नेछ सामाजिक र राजनैतिक रुपमा सफलता हात लाग्नेछ,आजको लागि शुभ अंक ४,शुभ रंग  निलो हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब ॐ के.केतवे नम: यो मन्त्र जपेर अगाडी बढे सफलता  हात लाग्नेछ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) Taurus :
धर्म कर्ममा समय व्यतित हुनेछ,व्यक्तिगत भन्दा सामाजिक समस्याको चिन्ताले सताउनेछ, मान्यजनको सहयोग र सद्भावमा बढोत्तरी हुनेछ,मुद्दामामिला बाट छुटकारा मिल्नेछ, लामो र रमाइलो यात्रा गर्ने अवसर मिल्न सक्छ,आजको लागि शुभ अंक ९,शुभ रंग सेतो हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब ॐ देब्यै नम: यो मन्त्र स्मरण गरेर अगाडी बढे सफलता हात लाग्नेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) Taurus :
दुर्घटना हुन सक्ने सम्भावाना ज्यादा देखिन्छ,सकभर लामो यात्रामा ननिस्कनु बुद्धिमानी हुनेछ, रिस बढ्ने हुदा असहज परिस्थितिको सिर्जना हुन सक्छ,आफन्तको सहयोगमा कमि आउनेछ, समय केहि खराब देखिएकोले गणेश भगवानको दर्शन पूजा गरेरमात्र अगाडी बढ्नु होला,
आजको लागि शुभ अंक ८,शुभ रंग रातो हो।

कर्कट(हि, हु, हे, हो, डा, डि, डु, डे, डो) Cancer :
पारिवारिक सम्बन्धमा सुधारको संकेत देखिनेछ,पढाइ लेखाइ तथा शैक्षिक कार्यक्रममा कमि आउनेछ, बैदेशिक तथा लामो यात्राको सम्भाबना देखिन्छ,नंया सवारी साधनको प्राप्ति हुन सक्नेछ, प्रेम प्रशंगमा मिथासता थपिनेछन,आजको लागि शुभ अंक ६,शुभ रंग पहेलो  हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब ॐ शम् शनिश्चराय नम: यो मन्त्र सम्झेर अगाडी बढे सफलता हात लाग्नेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) Leo :
तपाइको परिश्रमको उचित मुल्यांकन हुनेछ,उपहार तथा पुरस्कार पाउने समय छ,स्वास्थ्यमा सुधार आउनेछ, शत्रु पक्ष बलियो रहेता पनि मुकाबिला गर्ने शक्ति बढ्नाले खासै नोक्सानी गर्न सक्ने छैनन्,मावली संगको सम्बन्धमा भने केहि तिक्तता आउनसक्ने देखिन्छ,आजको लागि शुभ अंक १,शुभ रंग कलेजी हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब भगवतीको दर्शन पूजा गरेर अगाडी बढे सफलता हात लाग्नेछ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) Virgo :
कलाकारिता र खेलकुद क्षेत्रमा पदक र प्रतिष्ठा मिल्नेछ,सन्तानको प्रगतिले मनमा बिशेष सुखको अनुभूति हुनेछ,नोकर तथा सहयोगीको साथमा परिपक्कता आउनेछ, खानपानमा खराबी आउनाले पेट सम्बन्धि समस्याले सताउन सक्छ,सन्तान सुख मिल्नेछ,आजको लागि शुभ अंक ५,शुभ रंग खैरो हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब ॐ नमो भगवते वासुदेबाय योमन्त्र जप गरेर अगाडी बढे सफलता हात लाग्नेछ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) Libra :  
मानसिक चिन्ता बढ्नेछ भने भौतिक तथा आध्यात्मिक सुखमा कमि आउनेछ,स्वास्थ्यमा प्रतिकुलता आउन सक्ने देखिन्छ, निर्णय शक्तिमा कमजोरी देखिनुको साथै आफन्त संग मनमुटाब हुन सक्ने देखिन्छ,सफलता प्राप्तिको लागि गोपनियता आबस्यक देखिन्छ,आजको लागि शुभ अंक ७,शुभ रंग हरियो हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब लक्ष्मी नारायणको दर्शन पूजा गरेर अगाडी बढे सफलता हात लाग्नेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) Scorpio :
आम्दानि भन्दा खर्चको मात्रा बढ्नाले असंतुलता आउनेछ,बहुमुल्य बस्तु हराउन सक्छ,मनमा खराब बिचारले जरा गाढ्नाले प्रतिकुल अबस्था आउन सक्छ,बोलीको शक्ति बढे संगै मनग्य फाइदा उठाउन सक्ने देखिन्छ,आजको लागि शुभ रंग हल्का रातो,शुभ अंक १ हो भने कामको सुरुवात गर्नु पुर्ब गणेश भगवानको दर्शन गरेर अगाडी बढे सफलता मिल्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) Sagittarius :
साथिभाइ संगको भेटघाटमा समय बित्नेछ,उपहार तथा पुरस्कार पाइनेछ,बहुमुल्य बस्तुको प्राप्तिले मन प्रफुल्लित रहनेछ,भोज भतेर र मनोरन्जनात्मक भेटघाटको अवसर मिल्नेछ,पढाइ लेखाइमा सामान्य प्रगति हुने देखिन्छ,आजको लागि शुभ अंक ५,शुभ रंग खैरो हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब देबीको दर्शन पूजा गरेर अगाडी बढे सफलता हात लाग्नेछ।
   मकर (भो,जा,जि,खि,खु,खे,खो,गा,गि) Capricorn:
रमाइलो दिन रहनेछ,मन पारेका बस्तु उपभोग गर्न पाइनेछ,सामाजिक मान प्रतिष्ठामा वृद्धि हुनेछ,रमाइलो यात्रा गर्ने अवसर मिल्नेछ,महत्वाकांक्षी सोच बढ्नाले पुरा गर्न भने केहि कठिनाइ हुनेछ मिष्ठान्न भोजनको सु-अवसर पनि प्राप्त हुनेछ,आजको लागि शुभ अंक ६,शुभ रंग हरियो हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब लक्ष्मीनारायणको दर्शन पूजा गरेर अगाडी बढे सफलता हात लाग्नेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) Aquarius :
पारिवारिक स्वास्थ्यमा खर्च बढ्नेछ,दाम्पत्य सम्बन्धमा नि:रसता छाउन सक्छ,निर्णय क्षमतामा ह्रास आउनाले निर्णयहरु बिबादित हुन सक्छन्,बाहन तथा मेसेनेरी बस्तुबाट चोट-पटकको भय देखिन्छ, निकै साबधानी अपनाउनु होला,आजको लागि शुभ अंक ४,शुभ रंग हल्का सेतो हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब शिब पार्बतिको दर्शन पूजा गरेर अगाडी बढे सफलता हात लाग्नेछ
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) Pisces :
शरीरमा स्फूर्ति बढ्नेछ,नंया ठाउमा घुमघाम गर्ने अवसर मिल्नेछ,धनार्जन गर्ने अवसर मिल्नुका साथै नंया मित्र संगको भेटघाटमा समय बित्नेछ,नोकरीमा आएको अनाबस्यक तनाब बिस्तारै घट्नेछन्,मन प्रशन्नता बढ्नेछ,आजको लागि शुभ अंक ३,शुभ रंग गुलाबी हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब ॐ नम:शिवाय यो मन्त्र ११ पटक जप गरेर अगाडी बढे सफलता हात लाग्नेछ।
काठमाडौं: दोलखा केन्द्रविन्दु भएर आजराती भूकम्पको धक्का गएको छ ।

राती ८:१८ बजे ४.५ म्याग्निच्यूड क्षमताको धक्का गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।


दुईदिन अघि सिन्धुपाल्चोक केन्द्रविन्दु भएर १ र  दोलखा केन्द्रविन्दु भएर २ पटक भूकम्पको धक्का गएको थियो ।

बैशाख १२ गते गोरखा केन्द्रविन्दु भएर गएको भूकम्पपछि ४ म्याग्निच्यूड र सो भन्दा माथीका धक्काहरु ४ सय भन्दा बढी पटक गइसकेको भूकम्प मापन केन्द्रको बेवसाइटले जनाएको छ ।
annapurnapost.com
भ्यान्टियाने:  लाओसमा यहाँको एक सैनिक हेलिकोप्टर दुर्घटनाग्रस्त हुँदा त्यसमा परी हराइरहेका मध्ये २३ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

उक्त हेलिकोप्टर खराब मौसमका कारण हराएको बताइएको थियो । लाओसको सेनाको एम आई १७ हेलिकोप्टर गत शनिबार हराएको जानकारी दिइएको थियो ।


लाओसको उत्तरपूर्वी प्रान्त सिन्जाकुङ्तर्फ लागिरहेको सो हेलिकोप्टर दुर्घटनाग्रस्त भएको हो । उक्त प्रान्तको हाउफान भन्ने स्थानमा सो हेलिकोप्टर खसेको थियो ।

लाओसको सेनाको सो हेलिकोप्टर दुर्घटना भएको स्थानमा सेना पुगेको र उद्वार गरेको थियो । उद्वारका क्रममा हराइरहेका मध्ये २३ जना अर्थात सबैको निधन भएको पुष्टि भएको हो ।

लाओसको सरकारी समाचार समिति केपिएलले दिएको समाचार अनुसार सो हेलिकोप्टर गत सोमबार दुर्घटनामा परेको हो ।  सो हेलिकोप्टरको सम्पर्क विच्छेद भएपछि त्यसमा रहेका १९ जना यात्रु र चालक दलका चारजना सदस्य हराइरहेका थिए । लाओसको रक्षा मन्त्रालयले दिएको जानकारीअनुसार त्यसमा रहेका सबै जनाको ज्यान गइसकेको छ ।

उक्त दुर्घटना विकट स्थानमा भएको र सोमबारदेखि लगत्तै भारी वर्षा जारी रहेकोले मौसमी कठिनाइका कारण उद्वारको काम हुन नसकिरहेको जानकारी सेनाले दिएको थियो ।
annapurnapost.com
सुन सस्तिएको कारण धेरै मानिसहरुले सुनका गहना खरिद गर्न खोजिरहेका छन् । तर सुन खरिद गर्दा हचुवाका भरमा खरिद गर्नुहुँदैन। सुन खरिद गर्दा यी छ कुरामा ख्याल पुर्‍याउनुपर्छ।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ सस्तिएसँगै नेपालमा पनि यसको मूल्य घटेको छ। बिहिबार सुनको मूल्य प्रतितोला ४८ हजार रुपैयाँमा कारोबार भएको छ। सुन खरिद गर्दा शुद्धता र यसका ज्यालामा समेत ख्याल गर्नुपर्दछ।

सुन खरिद गर्दा विशेष गरी यी ५ कुरामा ध्यान पुर्‍याउनुपर्छ।

१. ज्याला खर्च कम भएको गहना खरिद गरौँः
गहनाको प्रकृति अनुसार यसको ज्याला पनि भिन्न भिन्न तोकिएको हुन्छ। साथै नेपालमा एकै खालको गहनाको समेत फरक फरक पसलमा फरक फरक ज्याला तोकिएको हुन्छ। यसलै ज्याला सस्तो भएको गहना खरिद गर्नु उपयुक्त हुन्छ। त्यस्तै धेरै डिजाइन भएको भन्दा साधारण किसिमको गहना किन्नु राम्रो हुन्छ। डिजाइन धेरै भए ज्याला महंगो पर्ने र महंगो ज्याला तिरेर बनाएको गहनाको शुद्धता समेत कम हुने पाइएको छ।
२.ज्याला खर्चको ट्यागः
बजारमा गहना निर्माण गर्ने प्रतिस्पर्धा बढ्दै गएपछि केहीले ज्याला खर्च समेत गहनामा ट्याग गरेका हुन्छन्। यसलै यो ट्यागको हेरेर कम ज्याला खर्च ट्याग गरिएको गहना किन्नु फाइदाजनक हुन्छ।

३.सुनको शुद्धताः
सुन खरिद गर्दा यसको शुद्धतामा प्रमुख ध्यान पुर्‍याउनुपर्छ। खरिद गर्दा उक्त गहनाको सु्न कति शुद्ध छ र यसलाई बेच्न चाहेमा के कति पैसा फिर्ता हुन्छ भनेर बुझ्न जरुरी छ।

४.हलमार्क चार्जः
छापावाल सुनमा हलमार्क चार्ज लाग्ने हुनाले छापावाल गहना खरिद गर्दा केही महंगो पर्न जान्छ। छापावाल सुनको गहनामा पनि फरक फरक पसलले आफ्ना आफ्ना मूल्य तोकेका हुन्छन्। त्यसैले धेरै पसलमा बुझेर छापावाल सुनको गहना खरिद गर्न जरुरी हुन्छ ।

५.वेस्टेड चार्जः
गहना बेचेर नयाँ गहना खरिद गर्दा यसको वेस्टेड चार्जमा पनि ख्याल पुर्‍याउनुपर्छ । कसैले धेरै कसैले थारै वेस्टेड चार्ज लिन सक्दछन् । त्यसैले गहना बेच्दा वेस्टेड चार्ज कम काटेको पसलमा गहना बेचेर नयाँ गहना खरिद गर्नुपर्दछ।
प्रकाशित मिति: बिहीबार, साउन १४, २०७२ १७:५८:५९
डोल्पा, १४ साउन-दुई हप्ता अगाडि जुम्लाबाट डोल्पा आएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको टोलीले पहिलोपटक यहाँ शल्यक्रिया सेवा दिएको छ ।

प्रतिष्ठानको घुम्ती टोलीले बुधबार दिउँसो डोल्पा जिल्लाको एकमात्र सरकारी जिल्ला अस्पतालमा ६१ वर्षीया महिलाको ट्युमरको सफल शल्यक्रिया गरेको छ ।

करिब एक घन्टाको शल्यक्रियापछि ती महिलाको पेटबाट चार किलो बराबरको ट्युमर झिकिएका डा निरेश थापाले जानकारी दिए ।

लिकु गाविस–३ चँकी जमुना रोकायको शल्यक्रिया गरिएको हो ।

दश वर्ष अगाडि श्रीमान् गुमाएकी ६१ वर्षीया रोकाय गाउँलेले अरुको गर्भ बोकेको भन्दै कुरा काट्न थालेपछि स्वास्थ्य जाँचका लागि अस्पताल आएकी हुन् ।

अस्पतालमा आएर भिडियो एक्सरे गरेपछि पेटभित्र ट्युमर भएको पत्ता लाग्यो ।
जिल्ला बाहिर लगिए दुई लाखसम्म खर्च लाग्थ्यो तर उनको निःशुल्क उपचार सम्भव भयो । आफू जस्तै आर्थिक अवस्था कमजोर भएका विपन्न सर्वसाधारणलाई प्रतिष्ठानको टोलीले ठूलो सहयोग पु¥याइररहेको उनले बताइन् ।

उक्त टोलीले आएको दुई हप्ता नपुग्दै पाँचवटा शल्यक्रिया सम्पन्न गरिसकेको छ ।

शल्यक्रियापछि रोकायको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । रासस
kathmandutoday.com
काठमाडौं, १४ साउन । उपचारका लागि अमेरिका पुगेका ‘गुगल व्वाई’ अदित्य दाहालको मंगलबारदेखि स्ट्याण्डफोर्ड अस्पतालमा उपचार शुरु गरिएको छ । तर, आदित्यको क्षमताबारे उनको उपचारमा खटिएका चिकित्सकलाई भने जानकारी दिइएको छैन् ।
आदित्यकै आग्रहअनुसार उनको क्षमताबारे चिकित्सकलाई जानकारी नगराइएको हो । क्यालिफोर्नियास्थित स्ट्याण्डफोर्ड अस्पताल भर्ना गरिएको अदित्यमाथि चिकित्सकको टोलीले अनुसन्धान थालिसकेको छ । उनको रगत तथा पिसाबको प्रारम्भिक परीक्षणहरुमा केही खराबी नदेखिएको आदित्य संरक्षण प्रतिष्ठानका उपाध्यक्ष लक्ष्मीप्रसाद प्रसाईंले जानकारी दिए ।
शुक्रवार उनको एमआरआई गरिने पनि उनले बताए । अस्पतालमा आदित्य निकै खुशी रहेको बताईएको छ ।
सोमबार सामान्य स्वास्थ्य परिक्षण गरिएको आदित्यलाई मंगलबारमात्र अस्पताल भर्ना गरिएको थियो । अस्पतालमा आदित्यलाई भेट्न थुप्रै नेपालीभाषी पुगे पनि उनको बाबुआमा बाहेक अरुलाई भेट्न अनुमति दिएको छैन ।
dainiknepal.com
नेपाल वायू सेवा निगममा १४८ जनाकाे लागि जागिर खुलाएको छ । विभिन्न पदहरुमा १४८ जनाकाे लागि जागिर खुलाएको हो । प्रशासनतर्फको शाखा अधिकृत छैठो तहमा २४ जना, वरिष्ठ सहायक पाँचौँ तहमा १८ जना र सहायक पद चौथो तहमा ५६ जना, लेखा अधिकृत छैठौँ तहमा २३ जना, वरिष्ठ लेखा सहायक पाँचौ तहमा ६ जना र लेखा सहायक चौथो तहमा २१ जना गरी १४८ जनाको दरखास्त निगमले आव्हान गरेको छ ।
दरखास्त फारम निगमको संशाधन विभागबाट १०० रुपैयाँ तिरेर लिन सकिने बताइएको छ। उपयुक्त पदहरुका लागि : १. उमेरः अधिकृत स्तरको लागि २१ वर्ष र सहायक स्तरका लागि १८ वर्ष उमेर पुरा भएको हुनु पर्नेछ । पुरुष उम्मेदवारको हकमा ३५ वर्ष र महिला उम्मेदवारहरुको हकमा ४० वर्ष ननाघेकोको हुनुपर्ने छ । २.तलव स्केलः कम्पनीको प्रचलित तलव स्केल बमोजिम हुनेछ । ३.नागरिकताः नेपाली नागरिक हुनुपर्ने। ४‍. परीक्षण कालः निगमको नियमअनुसार। ५. दरखास्त दिने अन्तिम मितिः प्रथमपटक प्रकाशित मितिले २१ औँ दिन। सो दिन विदा परे त्यसको भोलिपल्ट, सो म्याद समाप्त भएको मितिले सात दिनभित्र दोब्बर दस्तुर तिरी दरखास्त दिन सकिनेछ। ६.काम गर्नुपर्ने स्थानः निगमको केन्द्रिय कार्यलय वा अन्तर्गतका कार्यलयहरु। ७. छनोट प्रक्रियाः लिखित परिक्षा, कम्प्यूटरसम्बन्धी प्रयोगात्मक परिक्षा र अन्तर्वार्ता। यो सुचना सम्बन्धि थप जानकारीका लागि निगमको वेवसाइट नेपाल एयरलाइन्स डट्कम डट एनपीमा हेर्न सक्नुहुनेछ ।
एजेन्सी । माइक्रोसफ्टले बुधबारबाट आफ्नो नयाँ अपरेटिङ सिस्टम विण्डोज–१० प्रयोगमा ल्याएको छ । प्रयोगकर्ताहरु लामो समयदेखि यसको प्रतिक्षा गरिरहेका थिए, किनकी यसले कम्प्युटिङको दुनियामा नयाँ बदलावको अपेक्षा सबैमा थियो ।
माइक्रोसफ्टले सन् १९७५ मा स्थापना भएपछि ४० वर्षको यात्रामा प्रविधिमा ठूलो विकास गरिसकेको छ । सूचना प्रविधिको क्रान्तिमा यस कम्पनीका विण्डोज–९५, विण्डोज–९८, एक्सपी र विण्डोज–७ ले सफलता पाए ।
कम्पनीले यसअघि नै विण्डोज–१० को लुक सार्वजनिक गर्दै यसले प्रयोगकर्तामा थप क्षमता हुने बताएको थियो । माइक्रोसफ्टका संस्थापक ५९ वर्षीय बिल गेट्सका बारेमा धेरैलाई धेरै कुरा थाहा नहुन सक्छ ।
स्कुल पड्न छोडेर पनि उनले संसारकै धनी व्यक्तिको रुपमा लामो यात्रा गरे । यसको श्रेय माइक्रोसफ्टलाई नै जान्छ । यस्तै उनको जीवनमा जोडिएका केही रोचक तथ्य छन्, जो धेरै मानिसहरुलाई थाहा छैन ।
१.  १७ वर्षको उमेरमा नै बिलव गेट्सलाई मेक्सिको प्रहरीले बिना लाइसेन्स गाडी चलाएको र ट्राफिक संकेत तोडेको आरोपमा पक्राउ गरेको थियो ।

२. बिल गेट्सको कथा करिबबाट धनी होइन । उनी पहिलेदेखि नै धनी परिवारका व्यक्ति हुन् । उनका बाबु विलियम एच.गेट्स नामी वकिल थिए । गेट्सका हजुरबा बैंकका मालिक थिए । उनीपछि बैंकको कामकाज हजुरआमाले सम्हालिन । हजुरआमाले अरबौंको सम्पत्ति बिल गेट्सको नाममा गरिदिएकी थिइन् ।
३. ३० वर्षको उमेरमा करोडपति बन्ने उनको सपना थियो । तर उनी ३१ वर्षको उमेरमा नै अरबपति बने ।
४. बिल गेट्सले हरेक वर्ष १ मिलियन डलर अर्थात १० करोड २४ भन्दा बढि रकम सम्पत्ति ट्याक्सको रुपमा तिर्ने गर्छन ।
५. उनका अनुसार सन् २०३५ सम्ममा कुनै देश गरिब रहँदैन ।
६. बिल गेट्स सँग यति सम्पत्ति छ कि उनले १ मिलियन डलर अर्थात करिब १० करोड २४ लाख रुपैयाँ एक दिनमा खर्च गर्ने हो भने पनि उनको सबै पैसा खर्च गर्नका लागि २१८ वर्ष लाग्छ ।
७. बिल गेट्सले खाना खाएर आफ्नो प्लेट आफै माझ्ने गर्छन । उनी भन्छन् अर्कोले यही काम राम्रोसँग गर्छ भने म पनि गर्न सक्छु ।
८. कारका शौखिन गेट्सले एक दिन माइक्रोसफ्टको कार पार्किङमा एक कर्मचारीलाई ठक्कर दिए । उनले ती कर्मचारीलाई आफ्नो बिजनेस कार्ड दिए र बनाउँनका लागि चाहिएजति पैसा निकाल्न दिए ।
९. गेट्स आफ्नो जीवनमा १०० बिलियन डलर दान गर्न चाहन्छन् । अहिले पनि उनले हरेक वर्ष अरबौं रुपैया दान गर्ने गर्छन ।
१०. माइक्रो सफ्टको सबैभन्दा धेरै शेयर स्टीभ बाल्मरसँग छ । बिल गेट्सले हरेक बर्ष आफ्नो शेयरको केही हिस्सा बेच्ने गर्छन । यसैकारण सन् २०१४ मा बाल्मर कम्पनीका सबैभन्दा ठूला शेयर होल्डर भए ।
www.nepalsandesh.com
हालै विबाह बन्धनमा बाँधिएकी गायिका रजिना रिमाललाई सानैदेखि गीतसंगीतमा रुचि थियो। आफ्ना संगीतकार ठूलोबाबा राजन रिमाल र बाबा रविन रिमालको संगीतप्रतिको लगावका कारण उनले आठ वर्षकै उमेरदेखि सारेगमप अलाप्न थालेकी हुन्।

घट्टेकुलोस्थित सूर्योदय आवासीय माविबाट एसएलसी दिएकी रजिनाले १२ वर्षको उमेरमा पहिलो पटक 'दुःख चिन्ताले' बोलको गीत रेकर्ड गराएकी हुन्। पछिल्लो समयका चर्चित गीत ‘पानीको फोका' , ‘पागल म बन्न सक्छु', 'मर्ने कसैलाई रहर हुँदैन', ‘तिमीसँग जिउने मर्ने' लगायत थुप्रै चर्चित गीतकी गायिका रजिना भएको कुराकनीको मुख्य अंश:

पढाइ कहाँ पुग्यो?
मैले गोल्डेन गेट कलेजबाट अंग्रेजी र अर्थशास्त्रमा स्नातक पूरा गरेँ। अब स्नातकोत्तर पढ्ने तयारीमा छु।

चलचित्रमा कहिलेदेखि गाउन थाल्नुभयो?
१३ वर्षको उमेरमा मैले चलचित्रमा प्लेब्याक सिंगरका रूपमा काम गर्ने मौका पाएँ। चलचित्र 'सपूत' मेरो पहिलो चलचित्र हो। त्यसपछि मिस्टर मंगले, मेरो एउटा साथी छ हुँदै हालसम्म निरन्तर गाइरहेकी छु।

पहिलो हिट गीत नि ?
चलचित्र ‘नाइँ नभन्‍नु ल'को शीर्ष गीतसहित अन्य सबै गीत श्रोतामाझ निकै लोकप्रिय भएको थियो।

नयाँ एल्बम ननिकाल्ने ?
अहिले म नयाँ एल्बमको तयारीमा छु। प्रायः सबै गीत तयार नै छन्। एल्बममा विभिन्न खाले गीत रहने छन्।

मन पर्ने गायकगायिका ?      
मलाई नारायणगोपाल, भक्तराज आचार्य, सुक्मित गुरुङलगायतका गायकगायिकाको स्वर बढी मन पर्छ।

साउन कत्तिको लागेको छ?      
यही वर्ष विवाह भएकाले साउन त लागेकै छ । वैशाख १७ गते विवाह भए पनि जेठ १७ गतेमात्रै सबैलाई बोलाएर पार्टी भयो।

व्रत पनि बस्नुभएकै होला ?
यसपालि पहिलोपटक साउने सोमबारको व्रत बसेकी हुँ। तीजमा चाहिँ पहिलेदेखि नै बस्ने गर्थें।

तीजमा शिवजीसँग मागेजस्तै वर पाउनुभयो त ?
फल पाउनुभन्दा पनि मलाई इच्छा लागेकाले मात्रै व्रत बस्ने गरेको हुँ।

अहिलेचाहिँ शिवजीसँग के वरदान माग्नुहुन्छ त ?      
अहिले त अवश्य पनि पतिकै सुस्वास्थ्य र दीर्घायुको कामना गर्छु।

व्रतको दिनमा के खानुहुन्छ?      
बिहान फलफूल र दूध खान्छु। बेलुका खानै खाने गरेकी छु।

पूजा गर्न कहाँ जानुहुन्छ?      
म चाबहिलमा बस्ने भएकाले घरसँगैको चाबहिल गणेशस्थानमा जान्छु। पशुपतिमा धेरै भीड हुने भएकाले जान सकेको छैन।

मेहेन्दी कहाँ लगाउनुभयो त?      
पहिलो सोमबार व्रत बस्दा हामी चलचित्र 'बजरंगी भाइजान' हेर्न केएल टावर गएका थियौं। त्यहाँ सबैले लगाएको देखेर मलाई पनि लगाउन मन लाग्यो।

हरियो पोसाक र चुरापोते लगाउन कत्तिको रुचि छ?
पहिलो सोमबार हरियो चुरा लगाए पनि लुगा रातै लगाएको थिएँ। म्याचिङ लगाउने विषयमा म त्यति सचेत छैन।
annapurnapost.com
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Aug 24 (6)
  • Aug 23 (1)
  • Aug 19 (1)
  • Aug 18 (19)
  • Aug 17 (17)
  • Aug 16 (24)
  • Jan 24 (18)
  • Jan 23 (27)
  • Jan 22 (32)
  • Jan 21 (35)
  • Jan 20 (35)
  • Jan 19 (34)
  • Jan 18 (40)
  • Jan 17 (45)
  • Jan 16 (27)
  • Jan 15 (29)
  • Jan 14 (35)
  • Jan 13 (40)
  • Jan 12 (32)
  • Jan 11 (39)
  • Jan 10 (31)
  • Jan 09 (23)
  • Jan 08 (31)
  • Jan 07 (30)
  • Jan 06 (39)
  • Jan 05 (34)
  • Jan 04 (39)
  • Jan 03 (43)
  • Jan 02 (47)
  • Jan 01 (31)
  • Dec 31 (34)
  • Dec 30 (36)
  • Dec 29 (43)
  • Dec 28 (33)
  • Dec 27 (27)
  • Dec 26 (38)
  • Dec 25 (33)
  • Dec 24 (38)
  • Dec 23 (44)
  • Dec 22 (39)
  • Dec 21 (37)
  • Dec 20 (40)
  • Dec 19 (31)
  • Dec 18 (47)
  • Dec 17 (30)
  • Dec 16 (16)
  • Dec 15 (42)
  • Dec 14 (30)
  • Dec 13 (32)
  • Dec 12 (35)
  • Dec 11 (42)
  • Dec 10 (26)
  • Dec 09 (31)
  • Dec 08 (15)
  • Dec 07 (37)
  • Dec 06 (30)
  • Dec 05 (34)
  • Dec 04 (32)
  • Dec 03 (33)
  • Dec 02 (36)
  • Dec 01 (37)
  • Nov 30 (48)
  • Nov 29 (28)
  • Nov 28 (35)
  • Nov 27 (35)
  • Nov 26 (47)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (27)
  • Nov 22 (32)
  • Nov 21 (43)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (22)
  • Nov 17 (29)
  • Nov 16 (32)
  • Nov 15 (25)
  • Nov 14 (28)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (42)
  • Nov 09 (22)
  • Nov 08 (40)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (42)
  • Nov 01 (44)
  • Oct 31 (29)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (47)
  • Oct 27 (32)
  • Oct 26 (39)
  • Oct 25 (35)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (22)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (31)
  • Oct 02 (29)
  • Oct 01 (29)
  • Sep 30 (29)
  • Sep 29 (24)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (26)
  • Sep 25 (27)
  • Sep 24 (18)
  • Sep 23 (15)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (26)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (12)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (19)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (22)
  • Sep 07 (22)
  • Sep 06 (26)
  • Sep 05 (18)
  • Sep 04 (23)
  • Sep 03 (24)
  • Sep 02 (25)
  • Sep 01 (24)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (27)
  • Aug 28 (28)
  • Aug 27 (30)
  • Aug 26 (29)
  • Aug 25 (24)
  • Aug 24 (35)
  • Aug 23 (30)
  • Aug 22 (31)
  • Aug 21 (32)
  • Aug 20 (30)
  • Aug 19 (33)
  • Aug 18 (27)
  • Aug 17 (34)
  • Aug 16 (28)
  • Aug 15 (23)
  • Aug 14 (23)
  • Aug 13 (22)
  • Aug 12 (19)
  • Aug 11 (18)
  • Aug 10 (24)
  • Aug 09 (16)
  • Aug 08 (18)
  • Aug 07 (25)
  • Aug 06 (16)
  • Aug 05 (18)
  • Aug 04 (21)
  • Aug 03 (19)
  • Aug 02 (14)
  • Aug 01 (17)
  • Jul 31 (19)
  • Jul 30 (19)
  • Jul 29 (15)
  • Jul 28 (12)
  • Jul 25 (14)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home