• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
एमाले अध्यक्ष केपी ओली उखान, टुक्‍का र खरो बोलीमा मुलुकको परिस्थितिबारे आफ्ना अभिव्यक्ति दिन पछि पर्दैनन्। कतिपय त्यसलाई मन पराउँदैनन्, खासगरी उनीहरू जो उनको व्यंग्यवाणको निशाना बनेका हुन्छन्। तर, अहिले परिस्थिति बिग्रँदै जाँदा, अर्थात् मुलुकका विभिन्न भाग आगोको लपेटामा जल्दा उनका अभिव्यक्तिहरूमा हाँस्न रुचाउनेहरू पनि हाँस्न सक्ने अवस्थामा छैनन्।


मुलुकको एकात्मता भनेकै त्यही हो नि ! एक ठाउँमा जुनसुकै कारणले र जोसुकैले गर्दा नेपालीहरू मरे पनि त्यसको पीडा सबैतिरका नेपालीले अनुभूति गरिरहेका छन्। सत्ताको मात्र राजनीति गर्ने नेताहरूले मुलुकलाई विविध खालका विभाजन र साम्प्रदायिकतामा धकेले पनि नेपाली एकात्मकताको जीवन्तता नेपाली राष्ट्रियताको गौरवशाली विरासत हो।


अहिले विभिन्‍न ठाउँहरूमा आन्दोलन भइरहेका छन्। मागहरू स्पष्ट छैनन्। तर चार राजनीतिक 'अमीन' ले प्रान्त सीमांकनका नाममा गरेको एकपक्षीय कित्ताकाटको विरोधमा उत्रेका छन् उनीहरू। त्यो प्रक्रियामा वीरगन्ज र कलैयामा गरी ६ जनाको ज्यान गएको छ।


टीकापुर, सिराहा, सुर्खेत र जुम्लाका घाउ आलै छन्। तर पनि जनता संयमित छन्, पूर्व र पश्चिमका प्रतिकूल परिस्थिति अनि त्यसले मुलुकको अखण्डता र सामाजिक सद्भावमा पार्नै प्रतिकूल असरबारे उनीहरू सचेत छन्। अनि वर्तमान नेतृत्वप्रति अविश्वासका साथ विगत नौ वर्षका उनीहरूका अक्षमताका लागि उनीहरूलाई धिक्कारिरहेका छन्।

वीरगन्जमा प्रदर्शनकारीहरूले २०६२-६३ ले आन्दोलनका 'सर्वमान्य' नेता गिरिजप्रसादको सालिक ढालेका छन्। अर्थात् उनको नेतृत्वले ल्याएको परिवर्तन व्यवस्थित हुन नसकेको र वर्तमान अनिश्चितता तथा अस्थिरताका लागि उनलाई दोष दिन थालिसकेका छन्, सचेत र आक्रोशित जनताले।


त्यो आक्रोशको तारो सुशील कोइराला, अनि सत्ता साझेदार कांग्रेस र एमाले बनिसकेका छन्। गिरिजाप्रसादको सालिकजसरी नै विभिन्न आन्दोलन प्रभावित क्षेत्रमा ती पार्टीहरूका कार्यालयमा तोडफोड र आगजनी हुनुले के देखाउँछ? 'नायकहरू' नौ वर्षभित्रै अपवादबिना ‘खलनायक’ मा रूपान्तरण हुन थालेको यो दुर्लभ घटनाचक्र हो विश्व इतिहासमा।

एमाओवादी नेता पुष्पकमल दाहाल र बाबुराम भट्टराईले पटक-पटक गिरिजाप्रसादलाई महान् नेता भन्दै ०६३ यता राष्ट्रिय स्वाभिमान तथा आन्तरिक मामिलामा देखा परेका बाह्य हस्तक्षेपलाई अनुमोदन गरिरहेका छन्। एक किसिमले अहिले प्रान्तीय सीमांकनविरुद्ध, खासगरी वीरगन्जमा देखिएको आक्रोशले त्यो हस्तक्षेपलाई चुनौती दिएको त हैन ? त्यो हो भने कांग्रेस एमाओवादी, एमाले र मधेसकेन्द्रित दलका नेताहरू सबै त्यो आक्रोशमा पर्नेछन्।

ओलीको उखान-टुक्कामा हाँस्न नसकेका नेपालीको नहाँस्नुको पछाडिका विवशताहरू केलाउन ज्यादा जरुरी छ, संविधान लेखनभन्दा। अर्को शब्दमा, सुवास नेम्बाङको हठअनुसार संविधान जारी गर्नु मुलुकलाई आगोको लपेटामा धकेल्नु हो। के इनाम पाउलान्, नेम्बाङले मुलुकमा संविधानका नाममा सामाजिक सद्भाव बिथोलेबापत?

सरकारको निरीहता र चार नेताहरूको जमिनदारीबाट जनता मात्र त्रस्त भएका छैनन्, सरकारका संवदेनशील सुरक्षा निकायहरू पनि द्विविधाग्रस्त बनेका छन्। हालै टीकापुर भीडद्वारा प्रहरीको हत्यापछि प्रधानमन्त्री सुशील कोइरालाले कामु प्रधानसेनापतिबाट राखेको अपेक्षाले त्यो द्विविधा स्पष्ट हुन्छ।

कोइरालाले किन सेनाले सहयोग नगरेको भन्ने खालका जिज्ञासा राखे ? कुन आधार र आदेश, प्रक्रियाअन्तर्गत सेनाको सहयोग खोजिएको हो? त्यसबारे कोइराला स्पष्ट थिएनन्। तर कोइराला, कांग्रेस, एमाले, एमाओवादी र मधेसकेन्द्रित सबै दलहरूले जनताको प्रश्नको जबाफ दिनुपर्ने हुन्छ। सेना अहिले कसको खटनमा छ। उसका परमाधिपति रामवरण यादव आफैँ रोइरहेका छन् ‘सरकारले सेना परिचालनमा मलाई बाइपास गर्‍यो' भन्दै।

०६२-६३ को आन्दोलन उत्कर्षमा छँदै ओलीले एउटा अत्यन्त व्यावहारिक, राजनीतिक दूरदर्शिता र राजनेता त्यस्तो अभिव्यक्ति दिएका थिए, ‘बयलगाढा चढेर अमेरिका पुगिँदैन।' 'गणतन्त्र' का पर्याय थियो, उनको अभिव्यक्तिको अमेरिका। राष्ट्रपति पाउने लोभमा र श्याम शरणलगायतको उक्साहटमा कोइराला त्यो बयलगाढामा चढे। त्यो गन्तव्यमा उनी पुग्न सकेनन् । तर, आश्चर्य ओली अहिले प्रतीक्षारत छन् त्यही बयलगाढामा सवार हुन।
अराजकताको पृष्ठभूमि बनिरहेको अवस्थामा सेना आउनुपर्ने मागसमेत हुन थाल्नुले राम्रो संकेत दिइरहेको छैन। जबर्जस्ती या सुवास नेम्बाङ शैलीमा संविधान जारी हुनुले ती मागको पक्षमा आवाज उठाउनेहरूको संख्यामा अनायास बढोत्तरी हुनेछ।
मुलुकमा एकतर्फी र जनतालाई सामेल नगरी प्रक्रियाविहीन तरिकाबाट ल्याइएको गणतन्त्र, अपरिभाषित संघीयता र धर्म परिवर्तनको अधिकारसहितको धर्म निरपेक्षतालाई नेम्बाङ शैलीमा 'संस्थागत' गर्ने संविधान तत्काल जारी गरेर, अथवा ती समग्र विषयलाई सभ्य अनि संविधान निर्माणका मान्य र स्थापित शैलीमा छिनोफानो गर्ने? नेतृत्व वर्ग जनताको नजरमा ‘भ्रष्ट’ मात्र छैन, उनीहरूको राष्ट्रप्रति बफादारीसमेत प्रश्नको घेरामा छ।

खासगरी मुलुकमा साम्प्रदायिक सद्भावमा व्यवधान पुर्‍याउन या टीकापुरमा दंगा भड्काउन खुलेआम भूमिका खेल्नेहरूसमक्ष प्रधानमन्त्री नतमस्तक भएपछि अनि थप अनुसन्धानका नाममा सभामुखले उनीहरूलाई उन्मुक्ति दिएपछि संविधान लेखनमा हतार गर्ने 'महान् व्यक्तित्वहरूको राष्ट्रद्रोहसँग साँठगाँठ त छैन?' भन्ने प्रश्नसमेत उठेको छ।

सुशील कोइराला यो कुरा बुझ्दैनन्। उनमा बुझ्ने क्षमता छैन। तर ओलीले पनि यो बुझ्ने कोसिस गरेनन् भने त्यो दुर्भाग्य हुनेछ मुलुकका लागि।
अहिले मुलुकमा विभिन्न भागमा भइरहेका आन्दोलनको आक्रोस सीमांकनविरुद्ध लक्षित छ। उनीहरूले आफ्ना माग स्पष्ट पारेका छैनन्।

संघीयता र प्रान्तीय सीमाका कुनै पनि आंशिक माग संघीयतासम्बन्धी अवधारणा र समग्र सहमतिबिना हुन सक्तैनन्। त्यस्तै पहिचानका आधारका कुरा गर्दा, अझ स्पष्ट रूपमा उनीहरूका भाषा, रीतिरिवाज, धर्म, संस्कृति, लिपि आदिमा सम्बन्धित क्षेत्र, समुदाय र जातिको भूमिका तथा कर्तव्य के हुन्छ संवद्र्धनमा, अनि राज्यको दायित्व के ? यसबारे बहसै भएको छैन।

'पहिचान' र 'सामर्थ्‍य को शाब्दिक खेलमा र दाताहरूबाट उक्साइएका 'जातीय राजनीतिका विशिष्ट वर्ग (एलिट)’ ले नै सामाजिक उन्मादको वातावरण बनाइरहेका छन्। एक सय पाँच जाति, जनजाति, लिपि, अक्षर सबैलाई कसरी ‘नेपाली पहिचान’ को हिस्सा बनाउने भन्नेबारे बहसै नगरी ‘संविधान रोकिँदैन अब’ भन्ने नेम्बाङको भनाइको अर्थ बुझ्नु पनि जरुरी छ।

राष्ट्रिय पहिचान र सबैलाई आत्मसात गर्ने राष्ट्रिय क्षमता निर्माण आजको चुनौती र साझा दायित्व हो। त्यसमा सबै दलहरूसँगै पारम्परिक, अनुदारवादी, क्षेत्रीय र राष्ट्रियताका वाहक शक्तिहरूको संलग्नता आवश्यक छ। पहिचानको खोजीमा आन्दोलनका नेतृत्वको संलग्नता त्यत्तिकै आवश्यक छ राष्ट्रियताको दायराभित्र।

त्यसलाई राष्ट्रिय मेलमिलापलाई संक्रमण र संविधान लेखनको असफलताको पृष्ठभूमिमा परिभाषित गर्नैपर्छ। आवश्यकता संविधान हैन अहिलेको । आवश्यकता राष्ट्र जोगाउनु हो, सामाजिक सद्भाव कायम राख्‍नु हो। राष्ट्रियबारेको स्पष्टता र त्यसप्रतिको प्रतिबद्धता अनि मेलमिलापमा आधारित सहकार्यबाट मात्र त्यो हासिल गर्न सकिन्छ।

संविधानसभाले असफलता स्वीकार गर्नैपर्छ र त्यसको निलम्बनबिना संविधान लेखनका स्वीकार्य विकल्पका मार्गप्रशस्त हुन सक्तैनन्। विज्ञहरूको आयोगले संविधान लेख्न सक्छ, तर यो संविधानसभाको अराजक या दासत्वपूर्ण अस्तित्व रहेसम्म आयोग गठन हुन सक्तैन।

अर्को प्रश्न उठ्छ-मेलमिलाप आयोग, संविधान आयोगको गठन अनि संविधानसभाको निलम्बनको अवस्थामा सरकारको नेतृत्व र त्यसको बनावट कस्तो हुनुपर्छ? सरकार प्रमुख निश्चय पनि राजनीतिक व्यक्तित्व हुनुपर्छ, जो दलीय नियन्त्रण र संलग्नताबाट मुक्त अनि भविष्यमा कुनै पद नखोज्ने व्यक्ति हुनुपर्छ।

मन्त्रीहरू ‘टेक्नोक्रेट’ या विविध क्षेत्रका विज्ञ तर दलीय बन्धनबाट मुक्त राष्ट्रवादीहरू हुनुपर्छ, सार्वजनिक जीवनमा निष्कलंक। त्यसो भएमा वर्तमानमा जनताको विश्वसनीयता गुमाएका दलहरूसमेतले सुध्रिने र छवि सुधार्ने अवसर पाउनेछन्, संविधान निर्माणपछिको चरणमा।

अन्यथा अराजकताको पृष्ठभूमि बनिरहेको अवस्थामा सेना आउनुपर्ने मागसमेत हुन थाल्नुले राम्रो संकेत दिइरहेको छैन । जबर्जस्ती या सुवास नेम्बाङ शैलीमा संविधान जारी हुनुले ती मागको पक्षमा आवाज उठाउनेहरूको संख्यामा अनायास बढोत्तरी हुनेछ।

वार्ताबाट सुरु भएको शान्तिप्रक्रिया वार्ताविहीनतामा असफल बन्नु हुँदैन। यो सम्भावनालाई चार दलका मुखियाहरूले, खासगरी विवेक र साहस नगुमाएका ओलीले सकारात्मक रूपमा लिँदै संविधानसभाका गतिविधि तत्काल स्थगन गर्नुपर्दछ।
annapurnapost.com
१८ भदौ, काठमाडौं ।

देशकै सबैभन्दा ठूलो दुर सञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले आफ्ना ग्राहकहरुलाई सहज बनाउन अनलाइनमै रिचार्जको सुविधा दिएको छ । केही समय अघि मात्र Nepal Telecom APP ल्याएको टेलिकमले अनलाइन रिचार्ज शुरु गरेको हो ।

नेपाल टेलिकमले ग्राहकको सुविधाका लागि ल्याएको नयाँ NT Recharge कार्डबाट अब सबै सेवामा कम्पनीको वेबसाइटबाटै अनलाइन रिचार्ज गर्न सकिने भएको छ ।

यसका लागि बजारमा उपलब्ध रिचार्ज कार्ड किनेर http://webrecharge.ntc.net.np वेबसाइट खोलेर दिएको निर्देशन अनुसार गर्न टेलिकमले अनुरोध गरेको छ ।nepaliheadlines.com
एक सार्वजनिक कार्यमक्रमै बलीउड अभिनेत्री सनी लियोनको कन्डमको विज्ञापनको कारण भारतमा बलात्कारको घट्नामा वृद्धि भएको भन्दै आरोप लगाएका सीपीआईका एक वरिष्ठ नेता अतुल अंजानले माफी मागेका छन् ।

माफी माग्दै अंजानले सनीलाई समर्थन र आफ्नो विरोध गर्ने अश्लिलताका पक्षधर रहेको भन्दै आरोप पनि लगाएका छन् । अतुल अंजानले सनीको विषयमा सार्वजनिक कार्यक्रममै यस्तो बोलेपछि सनीले ट्वीटरमा ‘यो दुःखको कुरा हो । सत्तामा बस्नेरु गरीब जतनालाई मद्दत गर्न छाडेर मेरो आलोचनामा समय र इनर्जी खर्च गर्दैछन्’ भन्दै लेखेकी थिइन ।



अंजानले सनीको विषयमा बोल्दै भनेका थिए ‘प्रचारको नाममा भएको नराम्रो विकृतीले यूवाहरुमा सेन्ससबिलिटी सकिँदै गएको छ र सनी लियोनले अभिनय गरेको कन्डम कम्पनीको विज्ञापनका कारण देशमा बलात्कारको घट्ना बढिरहेको छ ।’ यसरी सार्वजनिक कार्यक्रममै यस्तो अभिव्यक्ति दिएपछि अंजान राम्रैसँग चर्चा र विवादमा तानिएका थिए ।

भारतमा अंजानले मात्र होइन यस अघि श्री राम सेनाका नेता नेता प्रमोद मुथालिकले पनि सनीका कारण भारतमा बलात्कारको घट्ना बढ्दै गएको भन्दै आरोप लगाएका थिए ।

भाद्र १८, २०७२- बर्दियाको मैनापोखरमा बन्दकर्तासँगको झडपमा घाइते भएका प्रहरी हवल्दार देवबहादुर पाण्डेको उपचारको लागि नेपालगञ्ज ल्याउने क्रममा मृत्यु भएको छ ।

बाँके प्रहरी उपरीक्षक बसन्त पन्तले पाण्डेको बाटोमा मृत्यु भएको बताए । पन्तका अनुसार पाण्डेलाई धारिलो हतियारले प्रहार गरिएको थियो ।

झडप भएको स्थानमा अत्याधिक रक्तश्राम भएपछि उनलाई उपचारको लागि नेपालगञ्ज ल्याइदै थियो । उनको घूँडामा चोट लागेको यिथो । उनको शव नेपालगञ्ज मेडिकल कलेजमा राखिएको छ ।
बन्दकर्ताले नियन्त्रणमा लिएको दुईवटा यात्रुबस छुटाउने क्रममा प्रहरी र बन्दकर्ताबीच आज बिहान झडप भएको हो ।

बर्दियाका प्रमुख जिल्ला अधिकारी बिनोदबहादुर कुँवरले बन्दकर्ताले गोली चलाएको दाबी गरे ।/kantipur.ekantipur.com
रामप्रसाद ढुंगेल

दुबई । पछिल्लो समय चर्चामा आएकी ग्ल्यामरस लोकगायिका ज्योति मगरले यूएर्इको दुबर्इमा बबाल मच्चाउने भएकी छन् ।  गत जुलाई ३१ मा सम्पन्न भएको फिस्टेल कन्सर्टको सफलतापछि करिब दुर्इ महिनाको अन्तरालमा फेरि हुन लागेको सांगीतिक कन्सर्टमा ज्योतिको बबाल प्रस्तुती रहने फिस्टेल कन्सर्टका आयोजक बिक्रान्त कार्कीले बताए ।

फिस्टेल कन्सर्टका आयोजक बिक्रान्त कार्कीले समिम खानको सहकार्यमा आगामी अक्टोबर २ तारिखमा फिस्टेल कन्सर्ट–२ आयोजना हुँदैछ ।

आफ्नो पहिरन तथा फरक प्रस्तुतिका कारण धेरै युवाहरुको रोजाइमा पर्न सफल ज्योतिले यूएईको देरामा रहेको एसियाना होटलको नाइट क्लबमा धमाका मच्चाउने आयोजक समिम खानले दाबी गरेका छन् ।

पछिल्लो समय तीज गीत ढाडे बिरालोमा ज्योतिको उत्तेजक नृत्यले निकै चर्चा बटुलेको छ । तीजको अवसरमा हुन लागेको कन्सर्टमा ज्योतिको हट पहिरनमा हट नृत्य देख्न पाइने छ ।

ज्योति मगरको साथमा नेपाली सुगम संगीतमा चर्चित गायक शिव परियारले यूएईबासी नेपालीहरुलाई मनोरन्जन दिनेछन् । त्यसरी नै अस्टेलियाबाट पपगायिका स्मृति पोखरेलले आफ्ना लोकप्रिय गीतहरु यूएईबासी नेपालीहरुमाझ पस्कनेछिन् ।

नेपाली पपगायनको क्षेत्रमा चर्चाको शिखर चढ्दै गएका गायक बादल प्रसाई पनि कन्सर्टको सफलताका लागि नेपालबाट आउने भएका छन् । उद्घोषकका रुपमा फिस्टेलको पहिलो कन्सर्टमा स्टेज तताउन सफल आरजे सुशील नेपाल दोहोरिने आयोजक कार्कीले बताए ।

देराको पाँच तारे एसियाना होटल साँझ ४ बजेदेखि ९ बजेसम्म चल्तीका नेपाली कलाकारलाई भेला पार्न कस्सिएका विक्रान्त कार्कीले पहिलो कन्सर्टमा भएका कमजोरीहरुलाई सुधार गरी दोस्रो श्रृंखलालाई भव्य, सभ्य र पूर्ण मनोरन्जनात्मक बताउने दाबी गरेका छन् ।

यूएईको नेपाली समुदायमा छोटो समयमा सफल अर्गनाइजरको छवि बनाएका कार्कीले कतारमा विभिन्न सांगीतिक कार्यक्रमको सफल आयोजना तथा चलचित्र प्रदर्शनमा राम्रो अनुभव हासिल गरिसकेका छन् । ट्राभलको क्षेत्रमा लामो अनुभव संगालेका कार्की विगत ७ महिनादेखि दुबईको फिस्टेल ट्राभलमा आबद्ध छन् । यस कन्सर्टको मुख्य स्पोन्सर फिस्टेल ट्राभल नै रहेको छ ।

पछिल्लो समयमा यूएईको नेपाली समुदायमा भव्य सांगीतिक कार्यक्रमहरु हुँदै आएका छन् । तीजको अवसरमा त साप्ताहिक रुपमा नेपालका चर्चित कलाकारहरुले तात्तिदै गएको यहाँको वातावरणलाई नियमित तताइरहेका छन् । यूएईमा नेपाली सुगम संगीत, चलचित्र, लोक तथा पप संगीतको क्षेत्रका चर्चित कलाकारहरुको ओइरो लाग्न थालेको छ ।www.onlinekhabar.com
सप्तरी: अनिश्चितकालीन आमहडतालको घोषणा गरेको संयुक्त मधेसी मोर्चाको कार्यकर्ताले आज बिहान सप्तरीको भारदह-१ स्थित पूर्व-पश्चिम राजमार्गमा पर्ने इलाका प्रहरी कार्यालय भारदहको मूलगेटमै रोकिराखेको बसमा आगजनी गरेको छ।

सयौँको सङ्ख्यामा आएको प्रदर्शनकारीले ना४ख ४२६६ नम्बरको बसमा आगजनी गरेको प्रहरीले जनाएको छ।

आगो लगाइएको बस एक हप्ताअगाडि प्रदर्शनकारीले ढुङ्गामुढा गरेर पल्टेको बस भएको र सो बसलाई इलाका प्रहरी कार्यालयअगाडि ल्याएर राखेको थियो। रासस
annapurnapost.com
पहिलो र दोस्रो एनसेल र नेपाल दूरसञ्‍चार  कम्‍पनी
काठमाडौं: कर बढी तिर्नेमा बितेको आर्थिक वर्ष पनि सेवा क्षेत्रकै दबदबा जारी रह्यो । सबैभन्दा बढी कर तिर्ने पहिलो र दोस्रो स्थान टेलिकम कम्पनी एनसेल र नेपाल दूरसञ्चार कम्पनी भएका छन्।


नविल बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक, कृषि विकास बैंक, एभरेस्ट बैंक र हिमालयन बैंक पनि बढी कर तिर्ने १० वटाको सूचीमा अटाए। उत्पादनमूलक क्षेत्रका सूर्य नेपाल र गोर्खा ब्रुअरी दुई कम्पनी मात्र तेस्रो र चौथो नम्बरमा रहेर बढी कर तिर्ने १० वटाको सूचीमा परेका थिए।


सूचीमा नेपाल टेलिकमलगायत सातौं स्थानको कृषि विकास बैंक र आठौं स्थानको नेपाल नागरिक उड्डयन प्राधिकरण मात्र सरकारी लगानीका हुन्।एनसेलले १७ अर्ब पाँच करोड २० लाख रुपैया“ तिरेको थियो । यसमा आयकर ११ अर्ब ३० करोड दुई लाख रुपैयाँ दाखिला गरेको छ।

मूल्य अभिवृद्धि कर (भ्याट) तर्फ उसले दुई अर्ब आठ करोड १३ लाख ४९ हजार रुपैयाँको योगदान गरेको छ। अन्य कर तीन अर्ब ६७ करोड चार लाख ४२ रुपैयाँ दाखिला गरेको थियो।

नेपाल दूरसञ्चार कम्पनीले ११ अर्ब ७५ करोड ८७ लाख ९९ हजार रुपैयाँ कर बुझाएको थियो। यसले पाँच अर्ब २५ करोड ८२ लाख ८३ हजार रुपैयाँ आयकर दाखिला गरेको थियो।


'उत्पादनमूलक उद्योगको प्रतिस्पर्धी क्षमता झन ह्रास हुदै गएको अवस्थामा सेवा क्षेत्रको वर्चश्व स्वभाविक हो, ' राष्ट्रिय योजना आयोग सदस्य डा.स्वर्णिम वाग्ले भन्छन्। उनका अनुसार ऊर्जा, श्रम,यातायातका कारण उत्पादनमूलक क्षेत्रको प्रतिस्पर्धी क्षमता घट्दो छ।

निर्यातले उत्पादनमूलक क्षेत्रलाई प्रतिस्थापन गरिरहेका छन्। तर, सेवा क्षेत्रमा त्यस्तो प्रतिस्पर्धा छैन। टेलिकम क्षेत्रमा स्थानीय प्रतिस्पर्धा पनि खासै नभएको र तिनको मुनाफा उच्च भएकाले बढी कर तिर्नेमा अग्रस्थान हासिल गरेको उनी बताउँछन्।

सूर्य नेपाल प्राइभेट लिमिटेडले पाँच अर्ब १२ करोड २८ लाख ४२ हजार तीन सय १८ रुपैयाँ कर तिर्दा आयकर तीन अर्ब पाँच करोड ८४ हजार लाख चार हजार एक सय ७३ रुपैयाँ भ्याट दाखिला गरेको थियो।
 सबैभन्‍दा बढी कर तिर्ने पहिलो र दोस्रो टेलिकम कम्‍पनी एनसेल र नेपाल दूरसञ्‍चार कम्‍पनी भएका छन्।
गोर्खा ब्रुअरीले दुई अर्ब ४५ करोड पाँच लाख ७४ हजार एक सय ५८ करमा आयकर तथा एक अर्ब २३ करोड ७७ लाख २७ हजार १५ रुपैयाँ भ्याट तिरेको थियो। 'चुरोट÷मदिरामा घरेलु उत्पादककै बजार अंश ठूलो भएकाले ति बढी कर तिर्न सक्ने भएका हुन,' अर्थ मन्त्रालयको राजस्व महाशाखा प्रमुख लक्ष्मण अर्यालले टिप्पणी गरे।

नत्र कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा औद्योगिक उत्पादनको अंश १४ प्रतिशतबाट ६ प्रतिशतमा झरेको छ। सेवा क्षेत्रको योगदान झण्डै ५० प्रतिशत पुगेको छ।

पाँचौ स्थानको नविल बैंकले एक अर्ब ३८ करोड ६२ लाख १४ हजार सात सय ४४ रुपैयाँ तिर्दा आयकर एक अर्ब ३६ करोड ४७ लाख १९ हजार आठ सय १६ रुपैयाँ र ५४ करोड ४० लाख आठ हजार पाँच सय ४५ रुपैयाँ भ्याट दाखिला गर्‍यो।

नेपाल इन्भेस्टमेन्ट बैंकले एक अर्ब ३२ करोड ४५ लाख ४८ हजार चार सय ७९ रुपैयाँ कर तिरर छैटौं स्थानमा रह्यो। उसको आयकरतर्फ योगदान एक अर्ब ३१ करोड ८४ लाख ९८ हजार आठ १४ रुपैयाँ र भ्याट ६० करोड ४९ लाख ६६ हजार पाँच १७ रुपैयाँ योगदान गरेको थियो।

सातौ स्थानको कृषि विकास बैंकले एक अर्ब ३१ करोड ५६ लाख ५६ हजार तीन सय २९ रुपैयाँ कर तिर्‍यो। यसमा एक अर्ब ३१ करोड ५५ लाख ८४ हजार ६ सय ३३ रुपैया“ आयकर र ७१ ह्जार ६ सय ९६ रुपैयाँ भ्याट तिर्‍यो।

नेपाल नागरिक उड्डयन प्राधिकरणले एक अर्ब १२ करोड ९९ लाख सात हजार तीन सय ९२ रुपैयाँ कर तिर्दा ७३ करोड चार लाख १४ हजार आठ सय ६७ रुपैयाँ र भ्याट ३९ करोड ९४ लाख ९२ हजार पाँच सय २४ रुपैयाँ कर तिरेको थियो।

एभरेस्ट बैंकले एक अर्ब दुई करोड दुई लाख ९६ हजार २३ रुपैयाँ कुल करमा आयकर एक अर्ब दुई करोड एक लाख ४२ हजार पाँच सय ९३ रुपैयाँ र भ्याट एक लाख ५३ हजार चार सय ३० रुपैयाँ दाखिला गरेको थियो। दसौं स्थानको हिमालयन बैंकले ९२ करोड तीन लाख ६७ हजार सात सय ७२ रुपैयाँ कर बुझाएको थियो।

उसले आयकर ९० करोड ५१ लख ५४ हजार दुई सय ६ रुपैयाँ र भ्याट एक करोड ५२ लाख १३ हजार पाँच सय ६६ रुपैयाँ दाखिला गर्‍यो।कच्चा पदार्थ आयात गरेर महँगो बिजुली प्रयोग गरी कम उत्पादकत्व भएको श्रमशक्ति भएको उत्पादनमूलक क्षेत्रबाट तत्काल धेरै अपेक्षा गर्न नसकिने अर्याल बताउँछन्। तर, समग्र राजस्व तथा बढी कर तिर्नेले बुझाएको करमा आयकरको अंश उच्च हुनु सन्तोषजनक रहेको उनले बताए।
www.annapurnapost.com
शुभप्रभात

आज वि.सं. २०७२ भाद्र १८ गते शुक्रबार तदनुसार ई. सं. २०१५ सेप्टेम्बर ०४ तारिख

भाद्रपद कृष्ण षष्ठी, भरिणी नक्षत्र, मेष राशिको चन्द्रमा, व्याघात योग, बब करण

आजको व्रत/पर्व : अमुक्ताभरण सप्तमी, गौरा सप्तमी

भोलिको व्रत/पर्व : अष्टमी व्रत, श्री कृष्णजन्माष्टमी व्रत, दुर्वाष्टमी व्रत, सुदुर पश्चिममा गौरा पर्व, मोह रात्री, गोरखकाली पूजा, मन्वादि, त्रिपुष्कर योगको समाप्ति बिहान ६ बजेर २१ मिनेटमा, अगस्त्योदय बिहान ०९ बजेर २९ मिनेटमा

आजको राशिफल

Aries Rashifal मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

पारिवारिक सहयोग बढ्ने छ । मित्रवर्ग र बन्धुवान्धवले राम्रो सहयोग प्रदान गर्नेछन् । स्वादिष्ट भोजनको अनुकूलता प्राप्त हुनेछ । अब पछाडि बसेर तपाईंका कुरा काट्नेहरू चुप लाग्नेछन् । कुनै भौतिक सामान खरिद गर्नका लागि आज राम्रो दिन छ । धनागमका नयाँनयाँ मार्ग पत्ता लाग्नेछन् । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग पहेंलो वा गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ महालक्ष्म्यै नमः यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

Taurus Rashifal बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

दिउँसोसम्म विभिन्न समस्याले मन खिन्न हुनेछ । त्यसपछि शरीरमा उत्साह देखिन सक्छ, राम्रो प्रतिफल प्राप्त गर्न सकिंदैन । साँझपख रमाइलोपन र विलासितातर्फ मन आकर्षित हुनेछ, व्यक्तिगत खर्च बढ्ने छ । प्रतिस्पर्धी र शत्रुले उकास्न सक्छन् । परपाहुनाको स्वागत सत्कार गर्नुपर्छ । बन्दव्यापार फाइदा छैन । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बृं बृहस्पतये नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

Gemini Rashifal मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

पठनपाठन र प्राज्ञिक क्षेत्रबाट लाभ लिन सकिने छ । पशुपालन र कृषिव्यवसायमा सफलता प्राप्ति हुनेछ । तर बेलुकाबाट चिन्तनमूलक कार्य र दार्शनिक गतिविधिमा सक्रियता बढ्ने छ । पेसा वा बन्दव्यापारमा ध्यानकेन्द्रित हुँदैन, बरु आनन्दप्राप्ति र भोगविलासतर्फ मन केन्द्रित हुनेछ । खर्च गर्न मन हौसिने छ । आजका लागि शुभअङ्क ८ र शुभरङ्ग ध्वाँसे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ रां राहवे नमः यस मन्त्रको कम्तीमा १८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

Cancer Rashifal कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

सामाजिक क्षेत्रमा काम गर्नेका लागि वर्चस्व स्थापना गर्न सकिने दिन छ । साथीभाइ, बन्धुवान्धव र इष्टमित्रबाट राम्रो सहयोग जुटाउन सकिन्छ । बन्धुबान्धव र सन्ततिपक्षबाट सहयोग प्राप्त हुनेछ । अविवाहितहरूमा विपरीतलिङ्गीबाट सहयोग प्राप्त हुनेछ । परिश्रमका माध्यमबाट आम्दानी बढ्ने छ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग गाढा रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमश्चण्डिकायै यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

Leo Rashifal सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

ठूलाबडाको साथसहयोग पाइनेछ । नयाँ ठाउँमा निवेशको वातावरण बन्नेछ । मान्यजनको आशीर्वचन प्राप्त हुनेछ । भाग्यबलमा अभिबृद्धि हुनेछ । धार्मिक वा दार्शनिक गतिविधिमा आकर्षण बढ्नेछ । रोकिएका काम सम्पादन गर्न मद्दत पाइने छ । लगानीमा रहेको रकम उठाउन गरिएको प्रयास सफल हुनेछ । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शं शनैश्चराय नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

Virgo Rashifal कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

उदयकालमा आयुक्षेत्रमा चन्द्रमा भए पनि डराइहाल्नु पर्ने दिन छैन । परोपकार र धार्मिक क्षेत्रका क्रियाकलापमा ध्यानकेन्द्रित हुनसक्छ । सृजनात्मक कामबाट आत्मसन्तुष्टि प्राप्त हुनेछ । साँझ परिवारमा रमाइलो जमघट हुनेछ । दिन छिप्पिंदै जाँदा हाँकेका ताकेका काममा सफलता मिल्दै जानेछ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सों सोमाय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

Libra Rashifal तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

पारिवारिक जीवनमा सामान्य किचलो र विवाद हुने सम्भावना छ । दिनभरि तनावले मन रुमल्लिने समय छ । साँझमा केही सकारात्मकता देखिनसक्छ, त्यसैले धैर्यता र संयमता अपनाउनु राम्रो हुन्छ । घरायसी समस्याका कारण बेलुकाको बास घरबाहिर हुने सम्भावना समेत छ । रामरमाइलो गर्न मन हौसिने योग छ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग हलुका रातो वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कुलदेवताभ्यो नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

Scorpio Rashifal बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

मनमा उल्लास, हर्ष र आनन्दको वातावरण प्राप्त हुनेछ । पाचनप्रणाली र नसासम्बद्ध रोगीले आज रोगनिदानको उपाय प्राप्त गर्नेछन् । अझ साँझबाट सबैखालका झैझमेला र अनिष्टहरू मत्थर हुन थाल्नेछन् । लामो दूरीको यात्राको योजना छ भने बेलुकीपख अनुकूल हुनसक्छ । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ मृत्युञ्जयाय नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

Sagittarius Rashifal धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

बेलुकाका तुलनामा बिहानको समय लाभदायक छ । बिहानको चिन्तन र सोचले समग्रमा फाइदा नै हुनेछ । छोराछोरीले खुसी तुल्याउने छन् ।  अपराह्नपछि अशान्ति र अराजकताका समाचार सुन्नु पर्ने हुनसक्छ । शरीरमा अचानक आलस्यपना देखापर्ने छ । निराशा र वैराग्यका भाव मँडारिन थाल्नेछन । आजका लागि शुभअङ्क १ र शुभरङ्ग कलेजी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ घृणि सूर्याय नमः यस मन्त्रको कम्तीमा ७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

Capricorn Rashifal मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

घरपरिवारमा खुसीको वातावरण आउने छ । बन्धुवान्धव र छर–छिमेकीले सहयोग पुर्याउने छन् । प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ । वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ । घरपरिवार र नातेदारमा सुमधुर सम्बन्ध कायम हुनेछ । बेलुकी दार्शनिक र आध्यात्मिक महत्त्वको जानकारी पाइने छ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गुरवे नमः यस मन्त्रको कम्तीमा २४ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

Aquarius Rashifal कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

राम्रोनराम्रो दुबैखाले समाचार सुन्न पाउनु हुनेछ । यात्राको सम्भावना छ । बेलुका घरायसी समस्याहरू देखापर्न सक्छन् । पतिपत्नी वा प्रेमी/प्रेमिकाका बीचमा मनोमालिन्य हुनसक्छ । मातापिता वा परिवारको ज्येष्ठ सदस्यको स्वास्थ्य चिन्ताको विषय बन्नसक्छ, तर डराउनु पर्दैन, समय तपाईंको पक्षमा देखिन्छ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग छिर्केमिर्के बुट्टे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कें केतवे नमः यस मन्त्रको कम्तीमा ७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

Pisces Rashifal मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

वित्तीय पक्ष राम्रो छ । सभा–समारोहमा सहभागी हुनु पर्ने वा सामाजिक काममा खट्नु पर्ने दिन छ, तर आलोचकहरू बढ्ने सम्भावना छ त्यसैले सचेत रहनु होला । सहयोगीहरू पनि टाढिन सक्छन् । मिहिनेतबाट सोचेजस्तो लाभ नमिल्नाले दिक्क लाग्नेछ यद्यपि रोकिएका छुटपुट काम सम्पादनका लागि राम्रो छ । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बुं बुधाय नमः यस मन्त्रको कम्तीमा ८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
(द्रष्टव्य : आज उल्लेख गरिएको राशिफल असल वा खराब जेजस्तो भए पनि तपाईंले आफ्नो कामप्रति निष्ठा जनाउनु पर्दछ, कर्तव्यपालना गर्नु पर्दछ र परोपकारी/सामाजिक भावना राख्नु पर्दछ, यसो गर्नुभएमा अनिष्ट नाश हुन्छ वा न्यूनीकरण हुनेछ र राम्रो राशिफल छ भने अझ धेरै शुभफल प्राप्त हुनेछ ।):

साथीभाइसँग बसेर वियर पिउने बानी छ र लत बस्यो भनेर चिन्ता लागेको छ भने पिर नगर्नुस् । अव वियर पिउन तपाइँलाई अर्को बाहाना भेटिएको छ ।

वियर सेवनले पुरुषलाई धेरै नै फाइदा पुर्‍याउने एक अध्यनले देखाएको छ ।

डेली मेलमा प्रकाशित शोध अनुसार वियर पिउँदै बिलियर्ड खेलने पुरुषको आयु लामो हुन्छ ।

यूनिवर्सिटी अफ कोपेनहेगेनका शोधकर्ताहरुले अध्ययनका क्रममा वियर पिउँदै विभिन्न काम गर्ने पुरुष अन्य पुरुषको तुलनामा सक्रिय हुने र उनीहरुको सामाजिक जीवन समेत राम्रो हुने हुँदा यसको सकारात्मक असर आयुमा नै पर्ने निष्कर्ष निकालेका हुन् ।


शोधकर्ताहरुले पुल वा विलियर्ड खेल्दै वियर पिउने पुरुषलाई तनाम कम हुने र उनीहरुलाई रोग पनि कम लाग्ने समेत देखिएको छ ।

वियर नपिउने र एकान्तमा रमाउने पुरुष रोगी हुने र उनीहरुको आयु समेत छोंटो हुने शोधकर्ताको दावी छ ।

स्लिम र आकर्षक हुन खान खान छोड्नुपर्छ भन्ने होइन । केही कुरामा ध्यान दिए शरिरलाई ‘फिट एन्ड फाइन’ राख्न सकिन्छ ।

थोरै–थोरै खाइरहने—तपाई छिनछिनमा खाइरहनुहुन्छ भने दिमागमा भोक लागेको कुरा आउँदैन र क्यालोरियुक्त खानेकुराको चाहना हुँदैन ।

बिस्तारै–बिस्तारै खाने—स्वाद लिएर बिस्तारैबिस्तारै खाना खानुभयो भने तपाईले पेट भरिएको महसुस गर्नुहुनेछ । छिटोछिटो खाने गरियो भने यस्तो अनुभव गर्न सकिन्न ।

निद्रा पुर्याउने—केही शोधले निद्राको कमी तौल बढ्नुको कारण बताएका छन् । अनिद्रामा तपाई तनाव महसुस गर्नुहुन्छ  तनावसँग सम्बन्धित हार्मोनले शरिरमा अत्याधिक मात्रामा पानि बढाइदिने गर्छ । यसले तपाईको तौल बढ्न सक्छ ।

अल्कोहालबाट टाढै बस्ने —फिट रहन चानुहुन्छ भने मदिरापानबाट टाढा रहनुहोला रक्सी सेवनले पनि मोटोपन बढाउन सक्छ ।

बाहिर नखाने— बाहिर रेष्टुरेन्टमा गएर खानुभन्दा घरको खाना खानु स्वस्थ्यका लागि राम्रो हुन्छ । घरको खाना ताजा र स्वस्थ्यवद्र्धक हुन्छ । बाहिरको खानामा क्यालोरीको मात्रा बढी हुने गर्दछ ।

शाकाहारी खाना खाने—मांसाहारी भोजनमा पोषक तत्व बढी हुने हुन्छन्, जसले मोटोपनलाई सघाउँछन्  । हरियो सागसब्जी, गेडागुडी आदीले शरीरलाई स्वस्थ्य र फिट राख्न मद्दत गर्छन् ।

सही मात्रामा खाना खाने— खाना नै नखाई डाइट्रि गर्नुभन्दा खाइरहेको खानाको मात्रा कम गर्नु राम्रो हुन्छ  सानो प्लेट या थालमा खाना खानु राम्रो हुन्छ ।

स–साना काम गर्ने —शरीरलई फिट र फुर्तिलो राख्न स–साना घरायासी काम गर्नुपर्छ । यस्ता कामले तपाईको शरीरको ‘एक्स्ट्रा क्यालोरी’ कम गर्छन् । सरसफाइ, फुलबारीमा गोडमेल आदी पनि राम्रा शारीरिक अभ्यास हुन् ।

केही अतिरिक्त टिप्स

तीन चम्चा कागतीको रस, एक चियाचम्चा मरिचको धुलो र एक चियाचम्चा मह मिसाएर पानी पिउने ।
दिनहुँ एक ग्लास गाजरको जुस पिउने ।
सलाद धेरै खाने, सलादमा बन्दाको मात्रा बढाउने ।
चिन्ता, तनाव या थकान भएको बेलामा खाना नखानु बेस । फलफुल खानु राम्रो ।
चियाको सट्टा ग्रिन टी खानु राम्रो ।
नुन कम खाने । गुलियो कम खाने ।

(शुक्रबार साप्ताहिकबाट)

१७ भदौ, दाङ ।

बुधबार बिहान घरबाट माइती जान हिंडेकी महिलासहित उनका तीन छोराछोरी आज साँझ मृत फेला परेका छन् ।

रोल्पाको राँक गाविस–७ स्यालापाखाको जङ्गलमा एकै परिवारका चारजना मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

राँक–२ की करिब ३७ वर्षीया पवित्रा राना, छोरी प्यूली राना, छोराहरु भीमबहादुर राना र गणेश राना मृत अवस्थामा फेला परेको जानकारी पाएपछि त्यसतर्फ प्रहरी टोली पठाइएको रोल्पाका प्रहरी नायब उपरीक्षक रमेश थापाले जानकारी दिए ।

स्थानीयवासीले प्रहरीलाई दिएको जानकारीअनुसार घटनास्थलमा विषका भाडाँसमेत भेट्टिएकाले उनीहरुले आत्महत्या गरेको हुनसक्ने आशङ्का गरिएको छ । उक्त स्थानमा पुग्न पाछावाङ प्रहरी चौकीबाट छ घण्टा लाग्ने जनाइएको छ । nepaliheadlines.com

टर्की, सिरिया, लिबिया लगायतका देशबाट युरोप प्रवेश गर्नेहरुको समाचार आइरहन्छ । तर, कहिल्यै यति खलबली मच्चिएको थिएन ।
युरोपका देशमा यति खुलेर कहिल्यै बहस भएन, जति यो तस्वीर सार्वजनिक भएपछि भएको छ । फ्रान्स, इंग्ल्याण्ड र जर्मनी जस्ता देशमा अवैध रुपमा शरण लिन जानेहरुलाई रोकिएको छ ।
तर, यो तस्वीर सार्वजनिक भएपछि बहसले नयाँ रुप लिएको छ ।
यो तस्वीर एक सानो बच्चाको शवको हो, जसलाई टर्कीको न्यूज एजेन्सीले सार्वजनिक गरेको छ । यो तस्वीर समाजिक सञ्जालमा भइरल भएको छ ।

समुन्द्रको तटमा आधा मुख जोतिएको यो बच्चाको मृत्यु भइसकेको छ । यो तस्वीइरले अवैध रुपमा युरोप प्रवेश गर्नेहरुको संकटलाई अन्तराष्ट्रिय स्तरमा नै नोटिस गराएको छ ।
सातो टीसर्ट र निलो हाफ पाइन्ट लगाएको बच्चाको शव टर्कीको बोडरम समुन्द्र तटमा भेटिएको थियो । राती यो ठाउँबाट मानिसहरु गि्रस प्रवेश गर्ने प्रयासमा थिए । तर, ढुंगा दुर्घटना भयो ।
दुर्घटनामा १२ जनाको मृत्यु भयो । उनीहरु सबै सिरियाको भएको अनुमान गरिएको छ ।
बच्चाको पहिचान तीन वषर्ीय अयलानका रुपमा गरिएको छ । उनका पाँच वर्षका दाइ र आमा रिहान पनि दुर्घटनामा समुन्द्रमा डुबे । उनका बुबा अब्दुल्ला कुर्दी मात्र यो घटनामा बाँचेका छन् ।
www.onlinekhabar.com
काठमाडौं, १७ भदौ । उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले आन्दोलनका नाममा सुरक्षाकर्मीमाथि आक्रमण गर्नेलाई कारवाही हुने बताउनुभएको छ ।
शीर्ष चार दलको बैठकबाट बाहिरिँदै गृहमन्त्री गौतमले आन्दोलनका जायज माग पुरा गर्न सरकार तयार रहेको बताउँदै आन्दोलनका नाममा सुरक्षाकर्मीमाथि आक्रमण गर्नेलाई सरकार टुलुटुलु हेरेर चुपचाप नबस्ने बताउनुभएको हो ।
उहाँले भन्नुभयो-‘आन्दोलनरत पक्षका मागहरु पूरा गर्न सरकार तयार छ, वार्ताका लागि टेबुलमा आउनुप¥यो, सडकमा उत्रिएर आन्दोलनका नाममा सुरक्षाकर्मीमाथि आक्रमण गरेर हुँदैन्, त्यस्तो कार्य गर्दा सरकार चुप लागेर बस्दैन् ।’
गृहमन्त्री गौतमले तराईमा केही तत्वले प्रहरीमाथि नियोजित रुपमा आक्रमण गर्ने योजना बनाएको भन्दै त्यसको सूचना आफूलाई प्राप्त भएको बताउनुभयो । ‘तराईमा केही समुहले प्रहरीमाथि आक्रमण गर्ने योजना बनाएका छन् तर, अब सरकार चुप लागेर बस्दैन् ।’
उहाँले तराईको सुरक्षाका लागि सरकारले विशेष ध्यान दिएको समेत बताउनुभयो । आन्दोलनका नाममा सुरक्षाकर्मीमाथि आक्रमण गर्ने एक/दुई जनाले मुडभेडमा ज्यान गुमाएको बताउँदै त्यस्तो गतिविधी गर्ने जोसुकैलाई पनि सुरक्षाकर्मीले कारवाही गर्ने चेतावनी दिनुभयो । उहाँले मधेसी मोर्चाका मागहरु पुरा भइसकेको र कार्यान्वयन हुन मात्रै बाँकी रहेको बताउनुभयो ।
जनताको रगतमा संविधान बनाउने भन्ने सञ्चारकर्मीको प्रश्नमा गृहमन्त्री गौतमले भन्नुभयो-‘जनताको रगतबाट होइन्, आन्दोलनको रवाफले हैन, जनताको पसिनाबाट संविधान बन्छ ।’
dainiknepal.com
विराटनगर : विराटनगर–१४ को घाँसचौकमा बिहीबार साँझ प्रहरी र आन्दोलनकारीबीचे झडप भइरहेको छ । करिव साढे चार बजेबाट सुरु भएको झडप अहिलेपनि जारी छ ।

झडपका कारण त्यहाँको स्थिती तनावपूर्ण बनेको छ भने जनजीवन त्रासपूर्ण बनेको छ । आतंकित स्थानीय बासिन्दा घरको ढोका बन्द गरेर बसेका छन् ।

एक्कासी झडप पर्न थालेपछि सडकमा विभिन्न सामान विक्री गरिरहेका व्यापारीहरु सामान त्यत्तिकै छाडेर भागेका थिए ।

प्रहरीले आन्दोलनकारीमाथि लाट्ठी प्रहार गरिरहेको छ भने घरमाथि लुकेर बसेका र चारैतिर रहेका आन्दोलनकारीले प्रहरीमाथि ढुँगा बर्साइरहेका छन् ।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आब्हान गरेको बन्दका क्रममा सडकमा बालिएको टायर निभाउने क्रममा झडप भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी प्रमोदकुमार खरेलले बताए ।

स्थिति नियन्त्रण बाहिर जाने अवस्था उत्पन्न भएपछि झडप स्थलमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

‘आन्दोलनकारीहरुले चारैतिरबाट प्रहरीमाथि ढुंगा प्रहार गरिरहेका छन्,’ खरेलले भने, ‘तर प्रहरीले संयममता अपनाएको छ । सामान्य बल प्रयोग मात्र गरेको छ ।’

उनका अनुसार अहिले सम्म झडपमा परेर कोही घाइते भएका छैनन् । प्रहरीमाथि ढुंगा प्रहार गर्ने तीन आन्दोलनकारीलाई पक्राउ गरिएको जानकारी उनले दिए ।

आन्दोलनकारी विराटनगरको महेन्द्र चौक छेउबाट शिवमन्दिरसम्म एकै पटक टायर बालेर प्रदर्शनमा उत्रिएका थिए । स्थिति नियन्त्रणमा लिन सशस्त्र प्रहरीले दुई सेल अश्रुग्यास प्रहार गरेको छ ।www.annapurnapost.com
पहिचानविरोधीलाई छानीछानी गोली ठोक्ने चेतावनी
धरान : आदिवासी जनजाति नेताहरुले एकल जातीय पहिचानविनाको संविधान र संघीयता नमान्ने बताएका छन् ।

बिहीबार सुनसरीको धरानमा आयोजित किरात याक्थुम चुम्लुङको १७ औं स्थापना दिवसको अवसरमा आयोजित खवरदारी सभामा बोल्दै अधिकांश आदिवासी नेताहरुले उक्त कुरा बताएका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि कांग्रेसका पुर्व सदस्य तथा प्रजातन्त्र सेनानी भुविक्रम नेम्वाङले जातीय पहिचानबिनाको संघीय संविधान र संघीयता लिम्बुवानका जनताले मान्न नसकिने बताए ।

उनले पहिचान र अधिकारको मुद्धालाई कांग्रेसले समाप्त बनाएको र एमालेले सर्मथन गरेको आरोप लगाए । उनले पृथ्वी नारायण शाहका पालामा खोसिएका जनजातिका हकअधिकार शान्तिपूर्ण आन्दोलनको माध्यमबाट प्राप्त गर्न सबैलाई आग्रह गरेका छन् ।

स्वर्गीय बीपी कोइरालाका सहयात्रीसमेत रहेका नेम्वाङले काग्रेसले आदिवासी जनजाति समुदायलाई होच्याएर थिचोमिचो गरेकै कारण आफुले कांग्रेस छाडेको बताएका छन् ।

कार्यक्रममा संघीय लिमबुवान पार्टी नेपालका अध्यक्ष कुमार लिङ्देनले अरुण पूर्वका नौ जिल्लाई ऐसिहासिकताका आधारमा लिमबुवान राज्य घोषणा गर्नुपर्ने बताए ।

उनले लिम्बुवान राज्य जातीय नभएर सबैको साझा घर भएको पनि बताए । ‘हामीले लिम्बुवान जातीय हिसावले मागेका छैनौ’, लिङ्देनले भने, लिम्बुवान घर हो भने नेपाल हाम्रो देश हो ।’

आदिवासी जनजाति महासंघका अध्यक्ष तथा सभासद नरेन्द्र कुमालले पनि पहिचानसहितको संविधान र संघीयता जारी जर्न माग गरे ।

आदिवासी जनजाति महासंघका पूर्वअध्यक्ष पासाङ शेर्पाले पहिचानसहितको संविधान जारी नगरे पहिचान विरोधिहरुलाई छानीछानी गाली ठेक्ने चेतावनी दिएका छन् ।

कार्यक्रममा आदिवासी जनजाति अगुवा मल्लके सुन्दर, संघीय समाजवादी फोरमका नेता रकम चेम्जोङ, लिम्बुवान मुक्ति मोर्चाका महासचिव मुक्साहाङ मेन्याङबो लगायतले पहिचानसहितको संविधान र संघीयता नभए देशमा अर्को जनआन्दोलन चर्काउने चेतावनी दिएका छन् ।
www.annapurnapost.com
टर्की, १७ भदौ । टर्कीको उत्तरपश्चिमी भागमा कुर्दिस वर्करस् पार्टी (पिकेके) बिहीबार प्रहरीको एक सवारी साधनलाई लक्ष्यगरी गरेको बम आक्रमणमा परी कम्तीमा चार टर्किज प्रहरीको मृत्यु भएको समाचार छ । सो बम आक्रमणको पिकेक समूहले जिम्मा लिएका छन् ।

मर्दिन प्रान्तको दरजेसिट जिल्लामा आतङ्ककारीले राखेको सडक किनारको बम दूरनियन्त्रित यन्त्रद्वारा विस्फोटन गराउँदा एक स्थानीय प्रहरी प्रमुख र तीन अन्य प्रहरी अधिकारीहरुको मृत्यु भएको सुरक्षा स्रोतले जानकारी दिएको छ ।

प्रहरीको सो समूह एक विद्यालयमा भएको आगलागी नियन्त्रणका लागि सो बाटो भएर गइरहेका अवस्थामा उक्त बम आक्रमण भएको पनि सो स्रोतले जनाएको छ ।

टर्की दुई वर्षसम्म लागू भएको युद्धबिराम गत जुलाइमा तोडिएपछि पिकेके समूह र टर्किज सुरक्षाबलबीच दैनिक रुपमा दोहोरो गोली हानाहान सुरु भएको जनाइएको छ । गत जुलाइदेखि नै टर्किज सरकारले कुर्दिस आतङ्ककारीविरुद्ध हवाई आक्रमणलगायत भीषण कारबाही सुरु गरेको छ ।

पिकेकेको बलियो प्रभाव रहेका दक्षिणपूर्वी टर्की र उत्तरी इराकमा सो समूहविरुद्ध टर्किज सैनिकले हवाई आक्रमण र अन्य कारबाही गर्दै आएका छन् ।

यद्यपि यस अवधिमा ७० जना सुरक्षा अधिकारीको मृत्यु भएको पिकेके समूहले दाबी गरेका छन् । टर्कीमा पिकेकेले ३० वर्षसम्म जारी रहेको यस द्वन्द्वका क्रममा लाखौँ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ । रासस/एएफपी

१७ भदौ, एजेन्सी।

भारतको बंगलरु मा एक २६ वर्षिया फेसन डिजाइनरले तीन दिन पहिले गरेको आत्महत्याको सनसनीपूर्ण कारण थाह हुन आएको छ। ती फेसन डिजाइनरले आत्महत्या गर्न गुगलको सहायता लिएको, गुगलबाटै सर्च गरि आत्महत्या गर्ने तरिका खोजी आत्महत्या गरेको खुलासा भएको छ।

आत्महत्याको कारण खोज गर्ने क्रममा अधिकारिहरुले उनको स्मार्टफोन जाँच गरेका थिए। यसैक्रमाम उनले गुगलमा सर्च गरि उपाय खोजेर आत्महत्याको बाटो रोजेको थाह हुन आएको हो।

आत्महत्या कसरि गर्ने अनि सबैभन्दा उपयुक्त उपाय कुन हो भनि सर्च गरिएको ब्राउजर हिस्ट्री उनको मोबाइलमा भेटिएको थियो। भवनको १३ औं तलाबाट हाम फालेर उनले आत्महत्या गरेकी थिइन।

आत्महत्या गर्ने इशा हांडाको स्मार्टफोन प्रहरीले ४८ घण्टासम्म जाँच गरेको थियो। आत्महत्याको उपाय खोज्नको लागि इशाले ८९ वेबसाइट पढेको रहस्य खुलेको थियो।

इन्टरनेट, कुनै पनि कुरा पढ्न, सुन्न वा हेर्न निकै सजियो माध्यम हो। करौडौं वेबसाइट अनि खर्बौं जानकरी पाइने इन्टरनेटलाई मानिसले बुद्धिमानी ढ्ङगले जीवनउपयोगी कार्यको लागि उपयोग गरे व्यक्तिगत अनि व्यावसायिक लाभ लिन सकिन्छ। तर यसको दुरुपयोग गर्दा हुने हानीको लागि भने आफै तयार हुनुपर्ने देखिन्छ। सारा संसार मोबाइल वा कम्प्युटरको अगाडी आउँछ भन्ने राम्रो कामको लागि किन प्रयोग नगर्ने?nepaliheadlines.com
काठमाडौँ , भदौ १७ । बुधबार प्रतिबन्धित लागूऔषध सहित पक्राउ परेका दुई युवतीलाई प्रहरीले बिहिबार सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा झापाकी २२ वर्षिया लिलिमा चौधरी र २२ वर्षिया पुजना लिम्बु रहेका छन्।

उनीहरुलाइृ प्रतिबन्धि लागूपर्दाथ सहित कोठाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट डाईजापाम एकसय १६ एम्पुल, लुपिजेसिक एकसय ८ एम्पुल र फेनारगन एकसय १८ एम्पुल बरामद् गरेको प्रहरीले जनाएको छ । उनीहरुका विषयमा थप अनुसन्धान भइरहेको झापा प्रहरीले जनाएको छ ।
www.etajakhabar.comf
क्वाललम्पुर:  मलेसियाको एक अन्तर्राष्ट्रिय विमानमा सामान्य गडबडी देखिएपछि बिहीबार भारतमा अकस्मात् अवतरण गरेको छ ।

आम्स्र्टडमबाट क्वाललम्पुरका लागि उडेको सो विमान भारतको चेन्नइमा आकस्मिक अवतरण गरेको थियो । तर पछि उक्त विमान बिहीबारै विहान सकुशल मलेसिया पुगेको छ ।



प्राप्त पछिल्लो समाचारअनुसार उक्त विमानमा सामान्य खराबी देखिएको र त्यसपछि भारतको चेन्नइमा लगी अवतरण गराइएको थियो ।


मलेसियाको समाचार समिति बर्नामाले दिएको जानकारीअनुसार मलेसिया एयरलाइन्सको उडान नं एमएच १९ बिहीबारै सकुशल क्वालालम्पुर पुगेको छ ।
annapurnapost.com
“यसो हेर्दा त, मङ्गलबासीको विमान जस्तै लाग्छ”

-कुशल श्रेष्ठ

नासाको ‘मार्स क्युरियोसिटी रोभर’ले जहिले पनि अजिव किसिमको आकार भएका तस्विरहरू मंगलग्रहबाट पृथ्वीमा पठाइरहेको हुन्छ। मङ्गल ग्रहका ती पत्थरहरूमा “पिरामिड” देखि “कफिन”, “ठूलो जातको छेपारो” र “बाराक ओबामाको अनुहार” समेत देखिने निकै विवादास्पद तस्बिहरु सो रोभरले पठाइसकेको छ। हालै, एक अनुसन्धान टोलीले नासाको उक्त मिसनबाट आएको तस्विरमा “तैरिएको चम्चा” देखेको दाबी गरेका छन्।

मंगलमा महिला देखिएकी हुन र? नाशाको तस्बिरको सबैतिर चर्चा

यो ‘चम्चा’ जस्तो आकार ‘अनम्यान्डस्पेसफ्लाइट डट कम’ (UnmannedSpaceflight.com) फोरमका सदस्यहरूले पत्ता लगाएका हुन्, र वैज्ञानिकहरूले यसलाई साधारण भ्रम, ‘परेइडोलिया’ (Pareidolia) को उदाहरण हो भनेका छन्। यो यस्तो मनोवैज्ञानिक अवस्था हो, जहाँ हामीले अपरिचित ठाउँमा पनि परिचित वस्तु देख्ने गर्छौँ।


Martian_rover_Curiosity_using_ChemCam_Msl20111115_PIA14760_MSL_PIcture-3-br2
नाशाले मंगलग्रहमा खोजको लागि पठाएको क्युरियोसिटी रोभर
मानिसको आँखाले आफ्नो वरिपरिको वातावरणमा अरू मानिसको अनुहार सजिलै चिन्न सक्छ। जसले गर्दा जस्तो सुकै हुलमुलमा पनि आफ्नो साथीलाई चिन्न सकिन्छ। त्यसै गरी, कुनै अजीव आकारलाई देखेर त्यसलाई हामीले चिनेकै वस्तुसँग तुलना पनि गर्ने गर्छौ। यो एक साधारण प्रक्रिया हो, जसलाई मनोवैज्ञानिक भाषामा ‘परेइडोलिया’ भनिन्छ। जस्तै बादलमा जनावरको आकार देख्नु पनि परेइडोलियाको राम्रो उदाहरण हो। यसलाई साधारण किसिमको भ्रम भन्दा पनि फरक नपर्ला!

मङ्गल ग्रहमा पठाइएको ‘क्युरियोसिटी’ यन्त्रले पृथ्वीमा पठाएका तस्विरहरूलाई नियालेर हेर्दै गर्दा ‘विल फरार’ले एक तस्विरमा ‘कफिन’रूपी पत्थर देखेका थिए। (तलको तस्विरको  ठुलो गोलाकारभित्रको तस्विर एडिट गरिएको हो।)Coffin

तर, मानिसहरूमा प्रतिक्रियाको बहाव ल्याउनुको साथसाथै, यो ‘चम्चा’ले मङ्गल ग्रहको शान्त वातावरणमा पनि यस्तो अनौठो भौगोलिक विशेषतालाई झल्काएको छ। पृथ्वीमा साधारणतया, हावाको घर्षणले गर्दा पत्थरहरूको आकार अलि खस्रो र अनियमित हुने गर्दछ।

तर, मङ्गल ग्रहको पातलो वायुमण्डल र कमजोर गुरुत्व बललाई मध्यनजर गर्ने हो भने, यसरी तैरिएको जस्तो आकार बन्नुमा अझै बढी रहस्यमय तथ्य हुन सक्छ भन्ने नासाका वैज्ञानिकहरूको विश्वास रहेको छ।Iguaras 1

यध्यपी, मङ्गल ग्रहको यस्तो असामान्य विशेषता देखेर खोजकर्ताहरूले ‘रहस्यमय’ बताएपनि, वैज्ञानिकहरू भने यसमा त्यस्तो ‘रहस्यमय’ केही नभएको प्रष्ट पारेका छन्।

मंगलग्रहमा अहिले सम्म तरल पानी भेेटिएको छैन। बरफको रुपमा भने पानी रहेको भएपनि त्यहाँ कुनै जीवको अस्तित्व छ वा छैन अहिलेसम्म पत्ता लागिसकेको छैन। लाखौ वर्ष पहिले मंगल ग्रहमा पनि पृृथ्वीमा झै जीवत प्राणीहरु रहेका र मौसमको अप्रात्यासित फेरबदलले त्यहाँको प्राणी विनास भएको हुनसक्ने अनुमान अझै पनि लगाइन्छ।nepaliheadlines.com
काठमाडौं: नेपाल नागरिक उड्डयन प्राधिकरणले दीर्घकालीन महत्वको विमानस्थल योजनालाई पछि पार्दै अल्पकालीन योजनाको विमानस्थल विस्तारमा तीन अर्बभन्दा बढी रकम खर्चिने निर्णय गरेको छ।

प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई थप एक सय ४० रोपनी जग्गा अधिग्रहण गर्ने निर्णय गरेको छ।प्राधिकरणले यो विमानस्थललाई अन्तर्राष्ट्रिय मापदण्डअनुसारको बनाउन थप जग्गा अधिग्रहण गर्ने निर्णय भएको प्राधिकरण सञ्चालक समितिले बताएको छ।

प्राधिकरण सञ्चालक समितिले यो विमानस्थललाई अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) को मापदण्डअनुसार बनाउन जडीबुटीबाट पेप्सीकोला जाने बाटोको पश्चिमतर्फ २५ रोपनी सरकारी र एक सय १५ रोपनी निजी जग्गा अधिग्रहण गर्ने निर्णय गरेको प्राधिकरणले जानकारी दिएको छ।


प्राधिकरणले यो जग्गा पेरिमिटर तथा ढल निकासको व्यवस्थाका लागि आवश्यक भएको दाबी गरेको छ। विमानस्थलवरपरको यो जग्गामा भविष्यमा कुनै भौतिक संरचना नबनोस् भनेर पनि अधिग्रहण गर्नुपरेको प्राधिकरणले औंल्याएको छ।

जग्गा अधिग्रहण गर्न प्राधिकरणले पर्यटन मन्त्रालयमार्फत मन्त्रिपरिषद्सँग अनुमति मागेको छ। यो जग्गा थप हुँदा पनि त्रिभुवन विमानस्थलको क्षमता बढ्ने नभएर अन्तर्राष्ट्रिय मापदण्डमात्रै पूरा हुने पर्यटन मन्त्रालयका प्रवक्ता मोहन सापकोटाले बताए। तत्कालका लागि उक्त जग्गा आवश्यक भएकाले अधिग्रहणको निर्णय गरिएको उनको भनाइ छ।
प्राधिकरणले निजगढमा निर्माण हुने अन्तर्राष्ट्रिय विमानस्थलको मोडालिटी तयार भइनसकेको अवस्थामा अहिलेको आवश्यकताका आधारमा त्रिभुवन विमानस्थलमा लगानी गर्नुपर्ने भएको जनाएको छ।
यो जग्गा अधिग्रहण गर्दा कम्तीमा तीन अर्ब रुपैयाँ खर्च हुन्छ। २०३६ सालमा नै विमानस्थलवरपरको निश्चित दूरी तोकेर पूर्वाधार निर्माण गर्न रोकिएको थियो। पछि २०६४ मा विमानस्थलका लागि आवश्यक पर्ने जग्गा धावनमार्गबाट एक सय ५० मिटरसम्म मात्रै भएको निर्णय गरियो। त्यसपछि विमानस्थलवरपर एक सय ५० मिटर छोडेर भौतिक संरचना बनाउन पाइने व्यवस्था भएको मन्त्रालयका एक अधिकारीले बताए।

प्राधिकरणले अहिले अधिग्रहण गर्ने भनेको जग्गा विमानस्थलको हालको सीमाबाट एक सय ८० देखि दुई सय सात मिटरभित्र पर्छ। कतै धेरै र कतै थोरै जग्गा लिने गरी प्राधिकरणले निर्णय गरेको छ।

अधिग्रहण गर्न लागिएको जग्गामा एक सय ५० वटा निजी घर छन् । २०६४ सालमा प्रतिआना १० लाख पर्ने जग्गालाई सरकारले पाँच लाख ६० हजारमा अधिग्रहण गरेको थियो। अहिले थप अधिग्रहण गर्ने जग्गाको मूल्य प्रतिआना १९ लाख रुपैयाँ पुगेको छ।

प्राधिकरणले यो जग्गा अधिग्रहणका लागि चालू आवमा एक अर्ब ५० करोड रुपैयाँ विनियोजन भएको जानकारी दिएको छ। यो रकम कुल लागतको ३५ प्रतिशतमात्रै भएको प्राधिकरणले जनाएको छ। यो जग्गा अधिग्रहण गर्दा ७० प्रतिशत प्राधिकरण तथा सरकारले बेहोर्ने र बाँकी ३० प्रतिशत स्थानीयले बेहोर्नुपर्ने प्राधिकरणले मन्त्रालयमा पठाएको प्रस्तावमा उल्लेख छ।

प्राधिकरणले निजगढमा निर्माण हुने अन्तर्राष्ट्रिय विमानस्थलको मोडालिटी तयार भइनसकेको अवस्थामा अहिलेको आवश्यकताका आधारमा त्रिभुवन विमानस्थलमा नै लगानी गर्नुपर्ने भएको जनाएको छ। त्रिभुवन विमानस्थलमा अहिले तीन हजार ५० मिटरको धावनमार्ग छ। थप तीन सय मिटर धावनमार्ग विस्तारको काम भइरहेको छ।

विमानस्थलवरपर भौतिक संरचना नबनोस् भनेर थप जग्गा अधिग्रहण गर्नुपरेको प्राधिकरणको भनाइ छ।अधिग्रहण गर्ने क्षेत्रमा घर भएका बासिन्दाले आफ्नो आवास अधिकार नखोस्न सरकारलाई आग्रह गरेका छन्।

आफूहरूलाई स्थानान्तरण नगरी जग्गा अधिग्रहण नगर्न उनीहरूले सहरी विकास मन्त्रालयमा पत्र पठाएका छन्। स्थानीयले सरकारले दिने मुआब्जा नयाँ आवास बनाउन नपुग्ने भएकाले घर बनाएरै स्थानान्तरण गराएर मात्रै जग्गा अधिग्रहण गर्न माग गरेका छन्।
annapurnapost.com
२० दिनदेखिको बन्दले औषधि पनि अभाव
गौशाला : महोत्तरी सदरमुकाम जलेश्वरमा बिहीबार बिहानैदेखि आन्दोलनरत मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबी झडप भइरहेको छ ।

बुधबार राति ८ बजेसम्म भएको झडपमा १० जनाभन्दा बढी सर्वसाधारण घाइते भएका थिए । आज पनि बिहानैदेखि जलेश्वरको अवस्था तनावग्रस्त बनेको छ ।

आन्दोलनकारीले बिहीबार बिहानैदेखि प्रहरीसँग झडप सुरु गरेका छन् । प्रदर्शनकारीले जलेश्वरको सिनेमाहल चोकमा टायर बालेर प्रहरीसँग झडप सुरु गरेका हुन् । जलेश्वरको दुर्गाचोक, शङ्कर चोक र नगरपालिका चोकमा पनि स्थानीयले प्रहरीलाई घेरा हालेर झडपको स्थिति सिर्जना गरेका छन् ।

प्रादेशिक सीमाङ्कनविरुद्ध २० दिनदेखि अनिश्चितकालीन मधेस बन्दको घोषणा गर्दै आन्दोलित मधेसी मोर्चाका कार्यकर्ता जलेश्वरको दुर्गाचोक, बुद्धिजीवी चोक, अस्पताल चोक, र शङ्कर चोकमा जम्मा भएर प्रहरीलाई चेतावनी दिइरहेका छन् ।

बुधबार राति झडपमा प्रहरीको लाठीचार्जबाट सिनेमाहल चोकमा १२ जना बढी आन्दोलनकारी घाइते भएका थिए । घटनामा एक जना प्रहरी पनि घाइते भएका छन् ।

प्रहरीले बुधबार राति करिब १५ राउन्ड अश्रुग्यास र पाँच राउन्ड रबरको गोली प्रहार गरी आन्दोलनकारीलाई घाइते बनाएका थिए । आन्दोलनकारीले ढुङ्गामुढा प्रहार गरी प्रहरीलाई पनि घाइते बनाएका थिए ।

२० दिनदेखि जारी अनिश्चितकालीन मधेस बन्दको कारण महोत्तरीको जनजीवन अत्यन्तै कष्टकर बनेको छ । महोत्तरीमा बन्दको कारण दैनिक उपभोगका खाद्यवस्तु, पेट्रोलियम पदार्थ र औषधि अभावसमेत सिर्जना भएको छ ।

जिल्लामा छोटो तथा लामो दूरीका सवारीसाधन पूर्णरुपमा ठप्प रहेका छन् । जिल्लाका हाटबजार, कलकारखाना, उद्योगधन्दा, बैंक तथा वित्तीय संस्था, शैक्षिक संस्था, सरकारी तथा गैरसरकारी कार्यालय सबै प्रभावित भएका छन् । रासस
annapurnapost.com
इस्लामाबाद:  पाकिस्तानको उत्तरी वजिरिस्तान आदिवासी क्षेत्रमा मङ्गलबार अबेर राति गरिएको एक अमेरिकी चालकरहित विमान आक्रमणको पाकिस्तानले निन्दा गरेको छ । सो आक्रमणमा परी कम्तीमा ६ व्यक्तिको मृत्यु भएको छ ।

‘पाकिस्तान यस प्रकारको आक्रमणको निन्दा गर्छ किनकि यस्ता आक्रमणले हाम्रो राष्ट्रियता र अन्तर्राष्ट्रिय कानूनको अपमान गर्छ’ पाकिस्तानी विदेशमन्त्रीद्धारा जारी एक विज्ञप्तिमा जनाइएको छ ।


यस आक्रमणबाट उत्तरी वजिरिस्तानमा नागारिक हताहत भएका छन । समाचारदाताहरुका अनुसार दत्ता खेल तेसीलको कर्वान्दा क्षेत्रमा अमेरिकी चालकरहित विमानद्धारा दुई वटा क्षेप्यास्त्र आक्रमण गरिएको थियो । यो आक्रमण एक महिना भित्र गरिएको दोस्रो आक्रमण भएको पनि बताइएको छ ।


यसअघि अगस्त ६ मा उत्तरी वजिरिस्तानको दत्ता खेल क्षेत्रमा नै गरिएको अमेरिकी चालकरहित विमान आक्रमण परी कम्तीमा सात सदिग्ध आतङ्ककारी मारिएका थिए ।
annapurnapost.com
परासी :  सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले महन्थ ठाकुर र उपेन्द्र यादव चाकडी गर्न काठमाडौं गएको आरोप लगाएका छन् ।

बिहीबार परासीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष महतोले नेताद्वयलाई काठमाडौंको मोह त्याग्न पनि आग्रह गरे ।

सरकारसँग तराईमै वार्ता हुने अभिव्यक्ति दिँदै आएका संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका शीर्ष नेता मध्येका महतोले तराईमा आन्दोलन चलिरहँदा ठाकुर र यादव काठमाडौं जानुलाई चाकडी सिवाय अरु केही नुहने जिकिर गरे ।

संविधानसभाबाट बाहिरिएको घोषणा गरेका महतोले सत्ता र भत्ताको मोह त्यागेर तराईको आन्दोलनमा फर्कन मधेसी सभासद्लाई आव्हान गरे ।

‘महन्त र उपेन्द्र के का लागि काठमाडौं गएका हुन्’ भन्ने पत्रकारको जिज्ञासमा उनले भने, ‘त्यो कुरा उनीहरुले नै जानुन्, तराईमा आन्दोलन चलिरहेको छ । जनता ज्यानको बलिदान दिइरहेका छन्, उनीहरु किन काठमाडौं जानु प¥यो?’

उनले मधेस र पहाडलाई तोडेर सरकारले नै सद्भाव बिगार्न खोजेको भन्दै मधेस प्रदेश नभएसम्म आन्दोलन जारी रहने बताए ।

‘कम क्षतिमै माग पुरा होस् भन्ने हाम्रो चाहना हो’ महतोले भने, ‘बन्द हड्तालको आन्दोलनलाई कमजोर ठाने तराईमा नाकाबन्दीदेखि सरकारी कार्यालय कब्जा गरेर आन्दोलनलाई सशक्त बनाइने छ ।’

आफूहरुले राखेका न्यूनतम् चार शर्तहरु पुरा नभएसम्म वार्ताको वातावरण नहुने भन्दै महतोले काठमाडौंमा भएका धेरै वार्ताबाट धोका भएकाले अबको वार्ता तराईमा हुने कुरा पुनः दोहोर्‍याए ।

विजयकुमार गच्छदारको मोर्चा गठनप्रति महतोले भने, ‘हामी १६ बुँदे सहमति विरुद्धमा छौं गच्छदारले तीन दलको इशारामा त्यसैलाई मलजल गर्न मोर्चा बनाएका हुन् । त्यसको कुनै औचित्य छैन ।’ www.annapurnapost.com
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Aug 24 (6)
  • Aug 23 (1)
  • Aug 19 (1)
  • Aug 18 (19)
  • Aug 17 (17)
  • Aug 16 (24)
  • Jan 24 (18)
  • Jan 23 (27)
  • Jan 22 (32)
  • Jan 21 (35)
  • Jan 20 (35)
  • Jan 19 (34)
  • Jan 18 (40)
  • Jan 17 (45)
  • Jan 16 (27)
  • Jan 15 (29)
  • Jan 14 (35)
  • Jan 13 (40)
  • Jan 12 (32)
  • Jan 11 (39)
  • Jan 10 (31)
  • Jan 09 (23)
  • Jan 08 (31)
  • Jan 07 (30)
  • Jan 06 (39)
  • Jan 05 (34)
  • Jan 04 (39)
  • Jan 03 (43)
  • Jan 02 (47)
  • Jan 01 (31)
  • Dec 31 (34)
  • Dec 30 (36)
  • Dec 29 (43)
  • Dec 28 (33)
  • Dec 27 (27)
  • Dec 26 (38)
  • Dec 25 (33)
  • Dec 24 (38)
  • Dec 23 (44)
  • Dec 22 (39)
  • Dec 21 (37)
  • Dec 20 (40)
  • Dec 19 (31)
  • Dec 18 (47)
  • Dec 17 (30)
  • Dec 16 (16)
  • Dec 15 (42)
  • Dec 14 (30)
  • Dec 13 (32)
  • Dec 12 (35)
  • Dec 11 (42)
  • Dec 10 (26)
  • Dec 09 (31)
  • Dec 08 (15)
  • Dec 07 (37)
  • Dec 06 (30)
  • Dec 05 (34)
  • Dec 04 (32)
  • Dec 03 (33)
  • Dec 02 (36)
  • Dec 01 (37)
  • Nov 30 (48)
  • Nov 29 (28)
  • Nov 28 (35)
  • Nov 27 (35)
  • Nov 26 (47)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (27)
  • Nov 22 (32)
  • Nov 21 (43)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (22)
  • Nov 17 (29)
  • Nov 16 (32)
  • Nov 15 (25)
  • Nov 14 (28)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (42)
  • Nov 09 (22)
  • Nov 08 (40)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (42)
  • Nov 01 (44)
  • Oct 31 (29)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (47)
  • Oct 27 (32)
  • Oct 26 (39)
  • Oct 25 (35)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (22)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (31)
  • Oct 02 (29)
  • Oct 01 (29)
  • Sep 30 (29)
  • Sep 29 (24)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (26)
  • Sep 25 (27)
  • Sep 24 (18)
  • Sep 23 (15)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (26)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (12)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (19)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (22)
  • Sep 07 (22)
  • Sep 06 (26)
  • Sep 05 (18)
  • Sep 04 (23)
  • Sep 03 (24)
  • Sep 02 (25)
  • Sep 01 (24)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (27)
  • Aug 28 (28)
  • Aug 27 (30)
  • Aug 26 (29)
  • Aug 25 (24)
  • Aug 24 (35)
  • Aug 23 (30)
  • Aug 22 (31)
  • Aug 21 (32)
  • Aug 20 (30)
  • Aug 19 (33)
  • Aug 18 (27)
  • Aug 17 (34)
  • Aug 16 (28)
  • Aug 15 (23)
  • Aug 14 (23)
  • Aug 13 (22)
  • Aug 12 (19)
  • Aug 11 (18)
  • Aug 10 (24)
  • Aug 09 (16)
  • Aug 08 (18)
  • Aug 07 (25)
  • Aug 06 (16)
  • Aug 05 (18)
  • Aug 04 (21)
  • Aug 03 (19)
  • Aug 02 (14)
  • Aug 01 (17)
  • Jul 31 (19)
  • Jul 30 (19)
  • Jul 29 (15)
  • Jul 28 (12)
  • Jul 25 (14)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home