• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
चीनले नेपालको शान्ति र राजनीतिक स्थायित्वका लागि राजनीतिक शक्तिहरूले मिलेर काम गर्नुपर्नेमा जोड दिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालको विशेष दूतका रूपमा उत्तरी छिमेकी चीन भ्रमणमा रहेका उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरासँग मंगलबार भएको भेटमा चिनियाँ विदेशमन्त्री वाङ यीले भने, ‘हामी चाहन्छौं नेपालका राजनीतिक शक्तिहरू देशको शान्ति, राजनीतिक स्थायित्व र विकास प्रक्रियामा संयुक्त रूपमा मिलेर काम गरून् ।’
चिनियाँ विदेश मन्त्रालयको विज्ञप्तिअनुसार उपप्रधानमन्त्री महराले नेपालको शान्ति, स्थायित्व र संविधान कार्यान्वयनमा चीनबाट महत्त्वपूर्ण सहयोगको अपेक्षा लिएको बताएका थिए ।
नेपालमा नयाँ सरकार बनेकोमा स्वागत गर्दै वाङले सरकार परिवर्तनका कारण दुई देशबीचको मित्रवत् सम्बन्ध, पारस्परिक विश्वास र लाभदायी सहकार्यमा कुनै परिवर्तन नआउने अपेक्षा व्यक्त गरे ।

अहिलेको सरकारलाई राष्ट्रिय सहमतिको सरकार बनाउने पक्षमा आफूहरू रहेको महराले बताए । नेपालमा भएको हालैको सत्ता परिवर्तनका कारण चीनसँगको सम्बन्ध र विदेश नीतिमा कुनै परिवर्तन नआउने महराले प्रस्ट पार्ने कोसिस गरेका थिए ।
बेइजिङस्थित विदेश मन्त्रालयमा भएको एक घन्टा लामो भेटमा चिनियाँ विदेशमन्त्रीले नयाँ सरकारसँग विगतमा भएका द्विपक्षीय सहमति तथा सम्झौताहरू कार्यान्वयनका लागि मिलेर काम गर्न तयार रहेको बताए ।
‘विगतमा हाम्रा दुई देशका शीर्ष नेतृत्वबीच पारवहन, यातायात, स्वतन्त्र व्यापार, पुनर्निर्माण, ऊर्जालगायत क्षेत्रमा भएका सहमति र सम्झौता कार्यान्वयन गर्दै सम्बन्धलाई अझै गहिरो बनाउन नेपालको वर्तमान सरकारले काम गर्नेछ भन्नेमा चीन आशावादी छ’, भेटमा चिनियाँ विदेशमन्त्रीले भने ।
‘चीनसँगको हाम्रो परम्परागत र मित्रवत् सम्बन्ध निरन्तर अघि बढ्नेछ । पूर्ववर्ती सरकार र चीनबीच भएका सहमति र सम्झौताको भावनाअनुसार द्विपक्षीय सम्बन्धलाई अझै नयाँ उचाइमा उठाउन हामी प्रतिबद्ध छौं’, महराले भेटमा भने ।

पूर्ववर्ती ओली सरकारको पालामा भएको पारवहन सम्झौतालगायत ऐतिहासिक सम्झौता दाहाल सरकारले कार्यान्वयन नगर्ने हो कि भन्ने आशंका व्याप्त भइरहेका बेला चिनियाँ विदेशमन्त्रीले सत्ता परिवर्तनका कारण विगतका सहमति र सम्झौता कार्यान्वयनमा समस्या नआउने अपेक्षा राखेका हुन् । मन्त्री महराले एक चीन नीतिप्रति नेपाल दृढ रहेको बताए ।
मन्त्री महराले चिनियाँ विदेशमन्त्रीमार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल र राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ समकक्षीहरूलाई नेपाल भ्रमण गर्न दिएको निमन्त्रणापत्र हस्तान्तरण गरेको बेइजिङस्थित नेपाली दूतावासले विज्ञप्तिमा जनाएको छ ।

‘चीनबाट नेपालमा उच्चस्तरीय भ्रमण हुनेछ भन्नेमा नेपाल सरकार विश्वस्त छ । हामी भ्रमणको व्यग्र प्रतीक्षामा छौं’, मन्त्री महराले भने । चिनियाँ विदेशमन्त्रीले चीनबाट नेपालमा उच्चस्तरीय भ्रमण हुने बताए । भेटमा सहभागी अधिकारीहरूका अनुसार वाङले चिनियाँ राष्ट्रपति वा प्रधानमन्त्री कुन तहमा भ्रमण हुन्छ भन्ने खुलाएनन् ।
‘चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणका लागि माहोल बनेको छ । विदेशमन्त्री वाङसँगको भेटवार्ता निकै सकारात्मक र फलदायी भएको छ’, बैठकमा सहभागी परराष्ट्र मन्त्रालयका सहसचिव झविन्द्र अर्यालले टेलिफोनमा अन्नपूर्णसँग भने । उपप्रधानमन्त्री महराले सरकारले शान्तिप्रक्रियाका बाँकी रहेका काम पूरा गर्ने, संविधान कार्यान्वयन गर्ने, पुनर्निर्माणलाई गति दिनेलगायत विषयलाई प्राथमिकतामा राखेको बताए ।
चिनियाँ प्रधानमन्त्रीसँग आज भेट्ने
मन्त्री महराले चिनियाँ प्रधानमन्त्री ली खछ्याङसँग बुधबार भेट्ने तय भएको छ । स्थानीय समयअनुसार बिहान १०ः३० बजे चिनियाँ प्रधानमन्त्रीसँग महराको भेट हुनेछ । तीन साताअघि दाहाल नेतृत्वमा कांग्रेस—माओवादी गठबन्धन सरकार बनेयता नेपालका तर्फबाट उत्तरी छिमेकी चीनमा भएको यो नै पहिलो उच्चस्तरीय सरकारी भ्रमण हो । – अन्नपुर्ण पोष्ट news24nepaltv
भदौ १

काठमाडौं–प्रधानमन्त्री प्रचण्डले आफ्नो पहिलो महिनाको तलब धुर्मुस–सुन्तली फाउण्डेसनलाई सहयोग गर्ने घोषणा गरेका छन् । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा धुर्मुस–सुन्तलीसँगको भेटमा प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् ।

भेटमा प्रधानमन्त्रीले भने, ‘भूकम्पपछि आएको मानवीय विपत्तिलाई राहत दिन तपाईहरुले चलाएको अभियान प्रशंसनीय छ । यसले देशैभरि सकारात्मक सन्देश गएको छ, यसले एउटा संस्कारकै रुपमा विकास गर्दैछ । म तपाईहरुको अभियानमा सँगै छु । अहिले तत्कालका लागि मेरो पहिलो महिनाको व्यक्तिगत तलव तपाईहरुको फाउण्डेसनलाई सहयोग गर्नेछु ।’

भेटमा धुर्मुस–सुन्तलीले निर्माण गरेको एकीकृत नमुना बस्तीलाई सरकारले प्राथमिकतामा राखेर काम गर्ने प्रतिवद्धता पनि व्यक्त गरेका छन् ।

प्रधानमन्त्रीले थपे, ‘तपाईहरुको नेतृत्वमा निर्माण भएको नमुना बस्तीको सडक निर्माणलगायतका क्षेत्रमा सरकारले सहयोग गर्नेछ । कुनै समस्या र सहयोग चाहिए भन्नुहोला, सरकार सधैं खुल्ला हृदयले सहयोग गर्न तयार छ ।’

प्रधानमन्त्रीले आफू अहिले केही गरेर देखाउने सोंचमा रहेको भन्दै सरकार र नागरिक मिलेर पूनर्निर्माणलाई उत्साहवद्र्धक बनाउने बताए ।

भेटमा धुर्मुस–सुन्तलीले आफूहरुलाई सरकारले सरसफाई दुत नियुक्त गरे पनि सामाजिक अभियानमा गर्नसक्ने सहयोगका लागि पर्याप्त अधिकार नभएको, पूनर्निर्माणले तिब्रता नपाएको भन्दै नयाँ सरकारले यसमा संवेदनशील भएर काम गर्ने आशा लिएको बताएका थिए ।

ratopati
   
बुधवार, भदौ १,
गोरखा: विनाशकारी भूकम्पपछि राहत र उद्धारको बहानामा गोरखामा आएको क्याथोलिक रिलिफ सर्भिस (सीआरएस) नामको आईएनजीओले भूकम्पपीडितका नाममा अर्बौं रुपैयाँ बजेट आफ्नै विलासितामा मात्रै खर्च गर्ने गरेकोमा क्रान्तिकारी माओवादीले आपत्ति जनाएको छ ।
गोरखा पुनर्निर्माणको काममा कुनै पनि ध्यान नदिएको र खालि होटेल, हल भाडा र सवारीसाधनमा मात्र खर्च गर्दै आएकोमा माओवादीले सोमबार प्रेस वक्तव्य जारी गरी ध्यानाकर्षण भएको जनाएको छ ।
जिल्ला संयोजक नारायण अधिकारीद्वारा हस्ताक्षरित वक्तव्यमा सीआरएसले जिल्लाको स्थानीय प्रशासनसँग समन्वय नगरी दादागिरी मच्चाइरहेको उल्लेख छ । यो दादागिरी सच्याउँदै सबै पक्षसँग समन्वय गरी अगाडि बढ्न चेतावनी दिइएको छ । साथै यस गतिविधिप्रति राज्य पक्ष निरीह र उदासीन देखिनुले आफूहरूलाई थप चिन्तित बनाएको उल्लेख गरिएको छ ।
साथै सीआरएस वर्ल्डभिजनलगायत आईएनजीओको दादागिरी अन्त्य गर्न स्थानीयबासीले सचेत गराएका छन् ।

भूकम्पपीडितलाई राहत तथा उद्धारका लागि आएका आईएनजीओहरूले गाउँमा सानातिना काम गरेर अर्बौ बजेट सिध्याइरहेको गुनासो गोरखा नगरपालिका ३ का मोहनलाल श्रेष्ठले गरे । साथै उनले हात धुन, मीठो बोल्न सिकाउन पनि सरकारले अथाह आईएनजीओलाई अनुमति दिने गरेकोमा आपत्ति जनाए ।
'हात धुन सिकाउने, सामान्य जनचेतना जगाउने, झैझगडा मिलाउने जस्ता काम गरेर आईएनजीओहरूले करोडौं, अर्बौ रुपैयाँ उडाइरहेका छन्', नगर सुधार समितिका अध्यक्षसमेत रहेका श्रेष्ठले भने, 'त्यस्तो काम गर्न पनि सरकारले स्वीकृति दिइरहेको छ । यस्ता बग्रेल्ती आईएनजीओका कारण अहिले बग्रेल्ती समस्या उब्जेका छन् । सरकारले कसरी समाल्न सक्छ ? '
पीडितका लागि आईएनजीओ भन्दा पनि आईएनजीओका लागि पीडित बरदान साबित भएको मकैसिङ २ का बिलबहादुर चेपाङको तर्क छ । '

एनजीओ, आईएनजीओले गाउँको र जनताको आवश्यकता पहिचान नगरी जथाभाबी कनिका छरेझैं काम गरेका छन्', नेपाल चेपाङ संघका केन्द्रीय उपाध्यक्ष रहेका उनले भने, 'अहिले गाउँ गएका आईएनजीओको गतिविधि हेर्दा पीडितका लागि आईएनजीओ हैन, आइएनजीओका लागि पीडित जस्तो भएको छ ।'
पैसा बाँडेर गाउँलेलाई परनिर्भरता बढाएको र अल्छी बनाएको उनको धारणा छ । साथै उनले आईएनजीओ गाउँमा पसेपछि मौलिक परम्परा र संस्कृति नष्ट हुँदै गएको भन्दै उनले चिन्ता व्यक्त गरे । खोप्लाङका कृष्ण परियारले गरिब, विपन्न र निमुखाका लागि भन्दै गाउँ गएका आईएनजीओले हुनेखाने, ठूलाबडा र पहुँच हुनेहरूको इशारामा काम गर्ने गरेको गुनासो गरे ।
'दलित, गरिब, अपांग, एकल महिला, विपन्नका नाममा गाउँ गएका आईएनजीओ गाउँमा पुगेपछि हुनेखाने, सुकिलामुकिलासँग संगत गर्ने, लाभग्राहीको नाम टिप्दा पनि उनीहरूकै इशारामा टिप्ने गर्छन्', उनले भने, 'आईएनजीओ गरिबका लागि भन्दा पनि धनीका लागिमात्र जस्तो देखिएको छ ।'

गोरखाको गैरसरकारी संस्था महासंघले पनि आईएनजीओको ठाँटबाँटको विरोध गरेको छ । हालै सम्पन्न जिल्ला अधिवेशनपछि जारी प्रेस वक्तव्यमा आईएनजीओको रबाफको विरोध गरिएको छ । स्थानीय सामाजिक वातावरणमा नपच्ने गरी आईएनजीओहरूले तडकभडक देखाउने गरेको भन्दै त्यस्तो गतिविधि रोक्न सचेत गराइएको छ । अध्यक्ष सीताराम श्रेष्ठले आईनजीओहरूको गतिविधिका कारण गैरसरकारी संस्थाप्रति नै जनमत घट्न थालेको टिप्पणी गर्दै आईएनजीओहरू सच्चिन जरुरी रहेको बताए ।
सरकारले आईएनजीओहरूको अनुगमन गर्नुपर्नेमा उनको जोड थियो । पत्रकार महासंघका अध्यक्ष भीमलाल श्रेष्ठले पनि आईएनजीओहरू लाभग्राहीप्रति जबाफदेही नभएकोमा आक्रोश पोखे । आईएनजीओको क्रियाकलापले आईएनजीओ आएर पीडितलाई राहत हुनुभन्दा पनि पीडितका कारण आईएनजीओलाई राहत भएको तर्क गरे । उनले सीआरएसलगायत आईएनजीओले कत्ति पनि सूचना नदिएको भन्दै आपत्ति जनाए ।annapurnapost
राशिफल
बुधवार, भदौ १, २०७३ मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
सम्मान प्राप्त हुनेछ । भेटघाटमा मन रमाउनेछ । अरूको मन जित्न सकिनेछ ।
 वृष
इ उ ए ओ वा वी वु वे वो
बोलीको प्रभाव बढ्नेछ । आफन्तसँगको सम्बन्धमा सुधार आउनेछ । विश्वास गरेकाले धोका दिनेछन् ।
 मिथुन
का कि कु घ ङ छ के को हा
शारीरिक कमजोरी रहनेछ । मानसिक चञ्चलता बढ्नेछ । न्यायिक तथा सामाजिक कार्यमा सफलता मिल्नेछ ।
 कर्कट
ही हु हे हो डा डि डु डे डो
अध्ययनमा आंशिक सुधार हुनेछ । स्वास्थ्यमा सुधार आउनेछ । सञ्चार क्षेत्रमा सफलता मिल्नेछ ।
 सिंह
मा मि मू मे मो टा टी टु टे
धनआर्जनमा अवरोध आउने देखिन्छ । शुभ समाचार प्राप्त हुनेछ । सोच्ने शक्ति बढ्नेछ ।
 कन्या
टो प पी पु ष ण ठ पे मो
शारीरिक सौन्दर्य वृद्धि हुनेछ । पारिवारिक सद्भाव कायम रहनेछ । व्यापारबाट सफलता मिल्नेछ । अनावश्यक खर्च नियन्त्रण हुनेछ ।
 तुला
र री रु रे रो ता ती तू ते
व्यावसायिक प्रतिस्पर्धा बढ्नेछ । व्यक्तित्व विकास हुनेछ । कुरा काट्नेहरू प्रसंशा गर्न थाल्नेछन् ।
 वृश्चिक
तो ना नी नू ने नो या यि यु
उत्साह बढ्नेछ । न्यायिक कार्यमा अल्झन आउनेछ । भाग्य कमजोर रहेको हुँदा कार्य अधुरा रहनेछन् ।
 धनु
य यो भा भी भू ध फा ढ भे
आध्यात्मिक कार्य हुनेछन् । नयाँ मित्र बन्नेछन् । अनावश्यक समस्याले सताउनेछ ।
 मकर
जो जा जी खी खू खे खो गा गी
अधुरा कार्य पूरा हुनेछन् । नवीन कार्यको थालनी हुनेछ । मानसिक अस्थिरता रहनेछ ।
 कुम्भ
गू गे गो सा सी सु से सो द
विद्या प्राप्ति हुनेछ । अग्निभयको सम्भावना रहनेछ । राजनीतिक परिवर्तन हुनेछ ।
 मीन
दि दू थ भ ञ दे दो चा ची
रोजगारको अवसर प्राप्त हुनेछ । अध्ययनमा सफलता मिल्नेछ । कार्यमा सुधार आउनेछ ।
१ भदौ, काठमाडौं

‘म चीनबाट फर्कनासाथ प्रचण्डलाई दिल्लीले बोलाएको बोलायै गर्न थाल्यो। उहाँले जाऊँ कि नजाऊँ भनेर सोध्नु पनि भयो। तपाई जाँदा शंका हुन्छ। आफै निर्णय गर्नस् भने। त्यहिबेला देखि उहाँलाई सिंगार पटार गर्न थालेका हुन्। कांग्रेसले त सरकार बदल्न खोज्थ्यो नै, स्वभाविक कुरा हो। तर यहाँ त हाम्रै साथीहरुले कुरा नबुझेजस्तो देखियो। शक्ति र मन्त्री बाँडफाँड कसरी गर्ने? पद हस्तान्तरण कसरी गर्ने भनेर असार २७ गते कमल थापा, विजय गच्छदारसहित राखेर उहाँसंग कुराकानी गरिएको हो। सरकार परिवर्तनको तपाईको मोडालिटी के हो ल्याउनुहोस् पनि भनेकै हो। जवाफमा साथीहरुसंग सल्लाह गरेर भोलि भन्छु भनेको मान्छे रातारात फेरिनु भो, यसमा मेरो के लाग्छ?’ आइतबार एमाले स्थायी समिति बैठकमा अध्यक्ष केपी ओलीले गरेको ब्रिफिङ हो यो।

‘भारतसामु दह्रो अडान राखेको, चीनसंग सम्झौता गरेकोमा मैले राम्रो मान्दै महेन्द्रपछिको राष्ट्रवादी भनेकै हुँ। सरकार जोगाउने काम गरेकै हुँ। तर, धन्यवादको एक शब्द पनि पोख्नुभएन। प्रतिवेदनमा केही उल्लेख गर्नुभएन। तैपनि, यसमा मेरो गुनासो छैन। तर यदि भन्नुभएको भए सि जिनपिङ आउञ्जेसम्म तपाइको सरकार जोगाइदिने थिएँ। प्रचण्डसंग मेरो संगत राम्रो हुनुको मतलब म तपाईलाई हटाएर उनलाई प्रधानमन्त्री बनाउनतिर लाग्नु हो? ममाथि यस्तो घटिया आरोप लगाउने अपराधीहरु तपाई वरपर छन्। प्रचण्डलाई नर्कतिर नजाजू भनेर फेर्काउने मान्छे म हुँ। तर, तपाईले त सारा पृथ्वी एक्लै थामेको छु जस्तो गर्नुहुन्छ।’ बामदेवले बैठकमा यसरी तीतो पोखे। आजको जनआस्था साप्ताहिकमा खबर छापिएको छ।nepaliheadlines
भदौ १,
 काभ्रेको दुर्घटनामा अर्ध बेहोस हुँदै उद्धारमा खटिएकी कोपिला
काभ्रेको बिर्तादेउरालीमा सोमबार दुर्घटनामा परेको बसकी घाईते कोपिला गौतम मंगलबार राजधानीस्थित ट्रमा सेन्टरमा बुबा लक्ष्मण गौतमका साथ ।
'भयानक दुर्घटना सपनाजस्त लाग्छ'

काठमाडौं: अस्पतालको शय्यामा चार दिन बिताएर आराम खोज्दै घर फर्कंदै गरेकी काभ्रे ज्यामिरेकी २१ वर्षीया कोपिला गौतमले २४ घन्टामै अर्को अस्पतालको शय्यामा पुग्नुपर्‌यो एउटा भयानक दुर्घटनामा नयाँ जीवन पाएर र जीवनको याचना गरिरहेका धेरैलाई बचाएर । काभ्रेको बिर्तादेउराली, खहरेखोलामा सोमबार भएको दुर्घटनाकी साक्षी कोपिलाको राष्ट्रिय ट्रमा सेन्टरको आकस्मिक विभागमा उपचार भइरहेको छ ।

अनमीकी विद्यार्थी कोपिलाले आफ्नो घाइते शरीर घिसार्दै शक्ति रहुन्जेल दुर्घटनाका अन्य घाइतेलाई बचाउने कोसिस गरिन् । मंगलबार उनलाई भेट्न ट्रमा सेन्टर पुग्दा वरिपरि आफन्त र साथीभाइको भीड थियो ।
भीरबाट बस गुल्टिँदा आफू उछिट्टिएर पछारिँदा ढाड, घाँटी र हातमा चोट लागे पनि उनी आफू बाँचेकोमा खुसी छिन् । उनले सिट छोडिदिएका छिमेकी दुई वृद्धा आमाहरूको भने दुर्घटनामा ज्यान गयो

। बसयात्राका क्रममा तेस्रोपटक सिट छोडिदिएकी गाउँकी अर्की महिलाको गम्भीर अवस्थामा त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
अचानक बढेको ज्वरो र टन्सिलाइटिसका कारण सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचार गरी आइतबार डिस्चार्ज भएकी कोपिलाले आराम गर्ने र बुबाआमासँग भेट गर्ने योजना बनाउँदै सोमबार घर जान टिकट बुक गरेकी थिइन् । बिहान साढे सात बजे उनी कोटेश्वर पुगेर बस चढ्न खोज्दा भित्र ठेलमठेल यात्रु देखेर आश्चर्यमा परिन् ।
उनले बुक गरेको सिटमा एक बिरामी आमा बसेको देखेपछि उनी चुपचाप उभिइन् । आफूलाई सन्चो नभएको र उभिएर घरसम्म जान नसक्ने भनी पटकपटक अनुरोध गरेपछि बसका स्टाफले उनलाई बल्लतल्ल सिट मिलाइदिए । त्यो सिटमा बस्नुपहिल्यै उनका आँखा नजिकै सकिनसकी उभिइरहेकी वृद्धा आमातिर मोडिए र तत्कालै उनलाई सिट छोडिदिइन् ।
दोलालघाटमा खाना खाएर बस चढ्दा उनलाई फेरि अर्को सिट मिलेको थियो । फेरि उनका आँखा भाँचिएको हातका साथ सिट नपाएर कष्ट बेहोर्दै गरेकी अर्की महिलामा गयो । उनलाई सिट दिँदै चामलको बोरामाथि बसिन् कोपिला ।
दोलालघाटमा चालकले बस स्टार्ट गर्न खोज्दा भएन । केही सीप नलागेपछि उनले यात्रुलाई बोलाएर बस ठेल्न लगाए ।

केहीबेरको यात्रापछि खहरेखोलाबाट देउरालीको उकालो लाग्दै गर्दा बसको ब्रेक फेल भयो र सोच्ने समय नपाउँदै बस भीरबाट गुल्टियो । कोपिला बसबाट उछिट्टिएर पछारिन पुग्दा केहीबेर उनका आँखामा अँध्यारो छायो ।
घाइतेहरूको कोलाहलले उनका आँखा खुले । आँखाअघि कोही टाउको नभएका, कोही हात नभएका, कोही रगताम्मे शरीर भएकाहरू थिए । नजिकै चामलको बोराले थिचिएकी उनकी गाउँले साथी प्रतीक्षा चौलागाईं 'मलाई बचाऊ कोपिला' भन्दै रोइरहेकी थिइन् । कोपिला उठ्न खोजिन् । पछारिएको शरीर उठाउन उनलाई पनि कठिन थियो । आफ्ना हातखुट्टा सद्दे नै भएको पाएपछि उनले आफूअघिका शवहरू छिचोल्दै प्रतीक्षामाथि थुप्रिएको चामलको बोरा उठाइन् ।
प्रतीक्षालाई उठाउन नपाउँदै कोपिलाका ठूलोबुबाका छोरा सुदर्शन गौतम चोटले कराइरहेको देखिन् र सकिनसकी दाइलाई पनि तानेर सजिलो ठाउँमा पुर्‌याइन् । असरल्ल परेको आफ्नो ब्यागमा भेटिएको ब्यान्डेज लगेर रगत बगिरहेकाहरूको शरीरमा बाँधिदिइन् । उनीहरूको अहिले धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।
बचाउन खोजे पनि फुपूको छोरा उमेशलाई उनले गुमाइन् । आफन्तहरूलाई उद्धार गरिसकेपछि उनको ध्यान आफूले सिट छाडेका आमाहरूमा गयो । उनीहरूको ज्यान गइसकेको थियो । चिच्याइरहेका अन्य घाइतेलाई पनि उनले सकिनसकी सजिलो ठाउँमा लगेर राखिन् । हस्याङफस्याङ गर्दै घाउँलेहरू घेरिए तर वास्तवमै उद्धार गर्ने मानिसहरू कम थिए ।
आफ्नो चोटको परबाह नगरी अर्धबेहोस अवस्थामा उद्धारमा खटिएका गाउँलेसँग मिलेर घाइतेलाई सहज बनाउँदै गरेको कोपिलालाई सम्झना छ । त्यसपछि उनलाई पनि अन्य घाइतेसँगै हेलिकोप्टरमा काठमाडौं ल्याइएको थियो । अस्पतालमा ल्याएको केही समयपछि बल्ल उनी पूर्ण होसमा आएकी थिइन् ।

'त्यो दुर्घटना सपनाजस्तै लागिरहेको छ । म थिइनँजस्तो लाग्छ त्यो घटनामा', कोपिलाले अन्नपूर्णसँग भनिन्, 'सम्झियो भने पनि शरीर काँप्न थाल्छ ।' उनी त्यस्तो कहालीलाग्दो दुर्घटनामा आफू बाँच्नुमा बुबाआमालाई कारक मान्छिन् । भनिन्, 'म भाग्यमानी रहेछु । मेरा बुबाआमाले राम्रो काम गर्नुभएको थियो होला । सायद त्यसैले आज म यहाँ छु । अरूका छोराछोरी पनि बाँचेका भए कति खुसी हुन्थे होलान् ।' कोपिलाको भनाइ सुनेर नजिकै बसिरहेका उनका बुबा पनि मुस्काए र उनको हात समात्न पुगे ।
बाल्यकालदेखि बिरामीको सेवा गर्ने रहर पलाएपछि उनी काठमाडौं बसेर बबरमहलस्थित जनशक्ति विकास अनुसन्धान संस्थानमा अनमी अध्ययन गर्दै थिइन् । उनले पढाइ पूरा गर्न पाँच महिना बाँकी थियो । आफूले कुनै बेला चाहिएला भन्दै झोलामा राखेको ब्यान्डेज र गज आफूसँग यात्रा गरिरहेका घाइतेमा प्रयोग भएकोमा उनलाई सन्तुष्टि प्राप्त भएको छ ।
उनलाई दुःख छ ठेलमठेल गरेर बस चढ्नु परेको र बिग्रिएको बस जबर्जस्ती चलाएकामा । 'हाम्रो त बाध्यता हो त्यसैगरी घर जाने र आउने । बाटो त्यस्तै डरलाग्दो छ । बिग्रिएको बस हो भन्ने जानेर पनि हामीले बीच बाटोमा ओर्लने आँट गर्न सकेनौं । हामीसँग अर्को विकल्प पनि थिएन', उनले भनिन् । पटकपटक बिग्रने गरेको बसमा पैसाका लागि जबर्जस्ती यात्रु बसाउने र सकीनसकी बसभित्र कोचिने यात्रु स्वयंको पनि गल्ती भएको कोपिलाको अनुभव छ ।annapurnapost
काठमाडौं, १ भदौ । सरकारको नेतृत्व नेकपा माओवादी केन्द्रको छ । केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नै प्रधानमन्त्री छन् । जोकोहीलाई लाग्छ, पार्टीकै नेतृत्वमा सरकार बनेकाले माओवादी केन्द्रका नेता कार्यकर्ताबाटै सिंहदरवार र बालुवाटारमा भीडभाड बढेको छ, उनीहरु सहजै प्रवेश पाइरहेका छन् । राजधानी दैनिकले समाचार छापेको छ । तपाईले यस्तो सोँचिरहनु भएको छ भने पूर्णतः गलत हुनुपर्छ ।
विभिन्न १० माओवादी घटकबीचको एकतापछि बनेको माओवादी केन्द्रको ३३ सदस्यीय हेडक्वार्टर सदस्यमध्ये मुख्य नेताहरुले नै अहिलेसम्म बालुवाटार र सिंहदरवारमा प्रवेश पाएका छैनन् । आफ्नै पार्टीका मन्त्रीलाई भेटेर सल्लाह सुझाव दिन त परै जावस्, मूल गेटबाटै पस्नसमेत पाएका छैनन् । बालुवाटार र सिंहदरवारमा प्रवेश नपाउनेमा सामान्य नेतामात्रै नभएर पूर्वमन्त्रीसमेत छन् । पूर्व वन मन्त्री मातृकाप्रसाद यादव प्रधानमन्त्री तथा पार्टी अध्यक्ष दाहाललाई भेट्न साउन अन्तिम साता बालुवाटार गए, त्यो दिन उनी गेटबाट भित्र पस्नसमेत पाएनन् । बालुवाटार र सिंहदरवारमा प्रवेश नपाउनेमा यादवमात्र होइन, एकता प्रक्रियामा पार्टीको नेतृत्व नै गरेर आएका नेता मणि थापा, तिलक परियार, जयपुरी घर्ती तथा प्रधानमन्त्रीको राजनीतिक सल्लाहकारको लाइनमा रहेका नेकपा क्रान्तिकारी माओवादीबाट आएका चर्चित नेता कुलबहादुर केसी लगायतले समेत बालुवाटार र सिंहदरवारमा प्रवेश पाएका छैनन् । एकता प्रक्रियाबाट जो जस्तो पनि मान्छे आएको भन्दै सचेत हुन र सुरक्षामा पनि कडा गर्न भनेर नेतृत्वलाई नै सुझाव दिएको सूचना आएको एक नेताले बताए ।dainiknepal
काठमाडौं, १ भदौँ । सुन्दा अचम्म लाग्न सक्छ । मुलुकको आन्तरिक र बाह्य सुरक्षा गर्ने तथा आवश्यक पर्दा रणनीतिक विकासका आयोजनाहरुलाई अघि बढाउने महत्वपूर्ण भूमिका पाएको नेपाली सेनाले घडेरी बेच्ने काममा पनि लागेको छ । सैनिक कल्याणकारी कोष अन्तर्गत रहेर सेनाले जग्गा खरिद गरेर त्यसलाई प्लटिङ गरी विक्री वितरण गरिरहेको छ । कान्तिपुर दैनिकले समाचार छापेको छ ।
सेनाले घडेरी योजना अन्तर्गत बहालवाला, अबकाश प्राप्त तथा लडाइँमा मृत्यु भएका सैनिकका आश्रित परिवारहरुलाई किस्ताबन्दी र पूरा भुक्तानीमा जग्गा विक्री गरिरहेको छ । यसका लागि सेनाले सुनसरीको इटहरीमा ११ सय ८ वटा, पोखराको फूलबारीमा ७२ र राधाकृष्ण टोलमा १ सय ५१ तथा चितवनको पिठुवामा २ सय ८९ गरी जम्मा १ हजार ६ सय ४४ वटा घडेरी बिक्री गरिसकेको छ । सेनाले सस्तोमा ठूलो परिणामको जग्गा किन्ने र त्यसलाई प्लटिङ गरी महंगोमा बिक्री गर्दै आइरहेको छ । dainiknepal
भदौ १
काठमाडौं–एकदिने पासको व्यवस्था नहुँनदा चीनको केरुङ जानबाट वञ्चित व्यवसायीलाई भिषामार्फत प्रवेश पास दिन केरुङका अधिकारी सहमत भएका छन् ।

चीनसँगको प्रमुख व्यपारिक मार्ग सिन्धुपाल्चोकको तातोपानी नाका बन्द भएपछि रसुवागढीबाट सामान आयात–निर्यात हुने थाले पनि चीनले रसुवाबाहेक अन्यत्रका व्यापारीलाई प्रवेश पास दिएको थिएन ।

‘हामीले व्यापारीको आवातजावात सहज बनाउन प्रवेश पाससँगै भिषाको व्यवस्था गर्न सिफारिस दिन लागेका छौं,’ रसुवाका प्रजिअ कृष्णप्रसाद अधिकारीले भने, ‘व्यापारीको गुनासो बढेपछि भिषाका लागि चीनसँग आग्ह गरका छौं ।’

चीनले तत्काल सय व्यापारीका लागि मल्टिपल भिषा दिने भनेपछि सोही अनुसारको प्रक्रिया अघि बढाइएको अधिकारीले बताए । परराष्ट्र मन्त्रालयमा सिफारिस भएपछि व्यापारीले भिषाका लागि आवेदन दिन सक्नेछन् । आजको नागरिक दैनिकमा खबर छ ।

ratopati
२९ पटकबुधबार, १ भदौ
काठमाडौं । सरकारको नेतृत्व नेकपा माओवादी केन्द्रको छ । केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नै प्रधानमन्त्री छन् ।
जोकोहीलाई लाग्छ, पार्टीकै नेतृत्वमा सरकार बनेकाले माओवादी केन्द्रका नेता–कार्यकताबाटै सिंहदरबार र बालुवाटारमा भीडभाड बढेको छ । उनीहरू सहजै प्रवेश पाइरहेका छन् । तपार्इंले यस्तो सोचिरहनुभएको छ भने पूर्णतः गलत हुनुपर्छ ।
विभिन्न १० माओवादी घटकबीचको एकतापछि बनेको नेकपा माओवादी केन्द्रका ३३ सदस्यीय हेडक्वार्टर सदस्यमध्ये मुख्य नेताहरूले नै अहिलेसम्म बालुवाटार र सिंहदरबारमा प्रवेश पाएका छैनन् ।
आफ्नै पार्टीका मन्त्रीलाई भेटेर सल्लाह÷सुझाव दिनु त परै जाओस्, मूल गेटबाटै पस्नसमेत पाएका छैनन् । बालुवाटार र सिंहदरबार प्रवेश नपाउनेमा सामान्य नेता मात्रै नभएर पूर्वमन्त्रीसमेत छन् ।
पूर्ववनमन्त्री मातृकाप्रसाद यादव प्रधानमन्त्री तथा पार्टी अध्यक्ष दाहाललाई भेट्न साउन अन्तिम साता बालुवाटार गए, त्यो दिन उनी गेटबाट भित्र पस्नसमेत पाएनन् । प्रधानमन्त्रीको सचिवालयले समेत बेवास्ता गरेपछि यादव प्रधानमन्त्री दाहालसँग निकै रुष्ट बन्दै राजधानी छाडेर मधेस फर्किएका छन् ।
पूर्वमन्त्री यादव मात्रै होइनन्, बालुवाटार र सिंहदरबारमा प्रवेश नपाउनेमा यादव मात्रै होइनन्, एकता प्रक्रियामा पार्टीको नेतृत्व नै गरेर आएका नेता मणि थापा, तिलक परियार, जयपुरी घर्ती तथा प्रधानमन्त्रीको राजनीतिक सल्लाहकारको लाइनमा समेत रहेका नेकपा क्रान्तिकारी माओवादीबाट आएका चर्चित नेता कुलबहादुर केसीलगायतले समेत बालुवाटार र सिंहदरबारमा प्रवेश पाएका छैनन् ।
प्रवेश नपाएपछि अहिलेसम्म प्रधानमन्त्री निवास बालुवाटार र मन्त्री कार्यालय सिंहदरबारमा छिरेर आफ्नै मन्त्रीहरूलाई बधाई तथा सुझावहरूसमेत दिन सकेका छैनन् । नेतृ घर्तीले सिंहदरबारमा आफ्नो पुरानै सभासद्को कार्डका आधारमा छिर्ने गरेको तर बालुवाटार छिर्न भने भित्रबाट सिफारिस आउनुपर्ने नियम भएकाले भित्रबाट नाम आए मात्रै छिर्न पाइने भन्दै आफूले प्रयास नगरेको बताइन् ।
बालुवाटार छिर्न चाहने अन्य नेताहरू भने नेतृत्व र प्रधानमन्त्रीको सचिवालयले बिल्कुलै बेवास्ता गरेको भन्दै आक्रोश पोख्न थालेका छन् । अाजकाे राजधानीमा समाचार छ ।
nepalsandesh
बुधबार, १ भदौ
काठमाडौं । सोमबार काभ्रेको बिर्ता देउरालीमा दुर्घटनाग्रस्त बसचालकको सवारी अनुमतिपत्र (लाइसेन्स)नक्कली भएको तथ्य खुलेको छ ।
भौतिक पूर्वाधार एवं यातायातमन्त्री रमेश लेखकले पछिल्लो समय सडक दुर्घटना बढेपछि सरोकारवाला पक्षलाई मन्त्रालयमै बोलाएर मंगलबार गरेको छलफलमा सो तथ्यको खुलासा भएको हाे  ।
छलफलमा दिएको सूचनाअनुसार सोमबार दुर्घटनामा परेको बसका चालकको लाइसेन्स नक्कली भएको फेला परेको छ ।

बसचालकले प्रयोग गरेको अनुमतिपत्रको नम्बर यातायात व्यवस्था कार्यालयबाट अर्कैको नाममा जारी भएको रेकर्डबाट फेला परेको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो ।
पानी परेको समय, कच्ची उकालो भीरको बाटो भए पनि क्षमताभन्दा तीन दोब्बर भारवहन र चालकको लापर्बाहीकै कारण दुर्घटना निम्तिएको सरोकारवालाको निष्कर्ष छ ।

 बा३ख १०६ नम्बरको यात्रुवाहक बस सोमबार दिउँसो दुर्घटना हुदा २७ जनाको मृत्यु भएको थियो भने ५० भन्दा बढी यात्रु घाइते भएका थिए ।
काठमाडौं बसपार्कबाट १९ यात्रु लिएर हिँडेको सो बसमा बीच बाटोबाट भूकम्पबाट घर भत्किएकाका लागि उपलब्ध गराउने पैसा लिन हिँडेका व्यक्ति धेरै चढेका थिए । क्षमताभन्दा निकै बढी यात्रुलाई चढाएको र चालकको अनुमतिपत्र नक्कली भएको कारण सो दुर्घटना भएको निष्कर्ष छलफलका क्रममा निस्किएको बैठकमा सहभागीहरूको भनाइ छ । यसैबीच, सिट क्षमताभन्दा बढी यात्रु चढाउने गाडीको तत्काल रुट परमिट र चालकको लाइसेन्स खारेज हुने भएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यातायात व्यवस्था विभाग तथा सडक विभागका अधिकारी, यातायात व्यवसायी, नेपाल प्रहरी र ट्राफिक प्रहरी अधिकृतसहित सरोकारवालासित मंगलबार बैठक गरी यस्तो निर्णय गरेको हो । क्षमताभन्दा बढी यात्रु बोकेकै कारण काभ्रेमा सोमबार बस दुर्घटना भएको मन्त्रालयको निष्कर्ष छ ।
बैठकमा भौतिक पूर्वाधार एवं यातायातमन्त्री रमेश लेखकले पछिल्लो समय सडक दुर्घटनाका घटना बढेकोप्रति गम्भीर चासो व्यक्त गरेका छन् । सरोकारवाला पक्षलाई मन्त्रालयमै बोलाएर मन्त्री लेखकले काभ्रेमा भएको सडक दुर्घटनालाई गम्भीर र संवेदनशील घटनाका रूपमा लिएर यातायातसम्बन्धी कानुनलाई कडाइका साथ कार्यान्वयन गर्न मातहत निकायका पदाधिकारीलाई निर्देशनसमेत दिए । अाजकाे राजधानीमा समाचार छ ।
nepalsandesh
३२ साउन, काठमाडौँ।

काभ्रेपलाञ्चोकको बिर्ता देउराली–९ कोसीपारि सडकमा सोमबार भएको बस दुर्घटनामा मृत्यु भएका व्यक्तिका आफन्त र व्यवसायीबीच क्षतिपूर्तिको कुरा नमिल्दा पीडितले शव बुझ्न मानेको छैनन् ।

क्षतिपूर्तिबारे आज दिनभर अरनिको यातायात समितिका पदाधिकारी, जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसद र पीडितपक्षबीच धुलिखेलमा छलफल भए पनि क्षतिपूर्तिको कुरा नमिलेकाले आफन्तले शव बुझ्न र शव परीक्षण गर्न दिएका छैनन् ।

मृतकका आफन्तले तेस्रो पक्ष बिमाबाहेक आफूहरूले समितिको तर्फबाट थप एक÷एक लाख क्षतिपूर्ति पाउनुपर्ने माग राखेपनि समितिले स्पष्ट उत्तर नदिँदा सहमति हुन नसकेको हो । वार्ता भोलि बिहान पुनः बस्ने जनाइएको छ ।

समितिका अध्यक्ष जितबहादुर भारतीले तेस्रो पक्ष बिमाबाहेक समितिको तर्फबाट पीडितलाई थप क्षतिपूर्ति उपलब्ध गराउन नसकिने रासससँग बताए । उनले भने, “मृतक धेरै भएकाले हामीले थप क्षतिपूर्ति दिन सक्दैनौ, अबको हाम्रो लक्ष्य भनेको घाइतेको उपचारमा विशेष ध्यान केन्द्रित गर्नु हो । घाइतेको उपचारमा जति खर्च भए पनि समितिले बेहोर्छ ।”

वार्तामा समितिका सल्लाहकार एवम् वरिष्ठ उपाध्यक्ष केदार क्षेत्री, उपाध्यक्ष नृपध्वज महत, उपाध्यक्ष केशवराज भारती, कोषाध्यक्ष राजकमार बस्नेत र पीडितका तर्फबाट सांसद तीर्थ लामा, विदुर सापकोटालगायत सहभागी थिए।


मृतकका आफन्तले उचित क्षतिपूर्ति पाउनुपर्ने माग गर्दै आज दिउँसो धुलिखेल र बनेपामा सडक अवरुद्ध पारे पनि प्रहरीले बल प्रयोग गरी करिब आधाघण्टापछि बाटो खुलाएको काभ्रेका प्रहरी नायब उपरीक्षक नवीन राईले जानकारी दिए ।

मृतकमध्ये २६ को शव सिरमेमोरियल अस्पताल बनेपा र एकजनाको शव त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा राखिएको छ । दुर्घटनामा घटनास्थलमै २६ र उपचारका क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचारका क्रममा एकजनाको मृत्यु भएको थियो ।

दुर्घटनामा परी मृत्यु भएकाको शव परीक्षण घटनास्थलमै गर्ने तयारी गरिएको भएपनि व्यवसायी र मृतकका आफन्तबीच क्षतिपूर्तिका विषयमा कुरा नमिलेपछि बनेपा ल्याइएको हो ।

यसैबीच दुर्घटना गराउने बसका चलकको चालक अनुमतिपत्रसमेत नक्कली भएको आशङ्का गरिएको छ ।

चालकले काभ्रेको धुलिखेबाट ‘इन्ट्री’ गर्दा प्रहरीलाई टिपाएको चालक अनुमतिपत्र नम्बर र नाम यातायात व्यवस्था कार्यालयको रेकर्डमा भिडाउँदा नमिलेको यातायात व्यवस्था विभागका प्रवक्ता वसन्त अधिकारीले जानकारी दिए ।

उनले भने, “चालकले प्रयोग गरेको अनुमति पत्रको नम्बर अर्कैको नाममा जारी भएको रेकर्डबाट फेला परेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।”

यस विषयमा काभ्रे प्रहरीले भने अनुसन्धानपछि मात्रै सत्यतथ्य बाहिर आउने जनाएको छ । काभ्रेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजेशनाथ बाँस्तोताले भने, “बुधबार यसबारे पुष्टि गछौँ ।” रासस
nepaliheadlines
अमेरिकी सेनाका प्रमुखले यसै हप्ता दक्षिण कोरियाको भ्रमण गर्नुहुने भएको छ । अमेरिकाको रक्षामन्त्रालयले मङ्गलबार सो जानकारी दिएको छ ।

अमेरिकी सेनाका प्रमुख जनरल मार्क मिलरी भोलि बुधबार दक्षिण कोरिया भ्रमणका लागि जान लाग्नुभएको छ ।उहाँले दक्षिण कोरियाको तीन दिने भ्रमण गर्न लाग्नुभएको दक्षिण कोरियाका सैनिक अधिकारीले मङ्गलबार पत्रकार सम्मेलनका क्रममा जानकारी दिएका छन् ।केही समय यतादेखि उत्तर र दक्षिण कोरियाबीचको सम्बन्ध थप तनावपूर्ण बन्दै गएको छ । तनावकै यस बीचमा अमेरिकी सेनाका प्रमुखले दक्षिणको भ्रमण गर्न लाग्नुभएको छ ।

उत्तर कोरियाले यस वर्ष धेरै पटकसम्म आणविक परीक्षण गरिरहेको छ । जसका कारण यस कोरियाली प्रायद्वीपमा तनाव बढेको छ ।उत्तरको सो परीक्षणको विरुद्धमा दक्षिण कोरिया र अमेरिका मिलेर दक्षिण कोरियाली सीमाभित्र उक्त परीक्षणको निरीक्षण गर्ने एक गुप्तचर प्रणाली राख्ने निर्णय गरेका छन् ।

सो प्रविधिका लागि यस पटकको अमेरिकी सैन्य प्रमुखको भ्रमण भएको हुनसक्ने अनुमान गरिएको छ ।यस विषयमा अमेरिकी रक्षा मन्त्रालयले भने केही बताएको छैन । रासस÷सिन्ह्वा  news24nepaltv
मौसमी विमारीले धेरै मानिसलाई सताईरहेको हुन्छ । यो प्रायः जहिले पनि मानिसलाई सताईरहने हुनाले मानिसहरु मौसमी विमारीलाई खासै वास्ता गर्दैनन् । तर मौसमी विरामीलाई पनि समयमै चिन्न सकिएन भने यसले मानिसको ज्यानै पनि जान सक्छ ।


भइरल फिवरको छुट्टै लक्षण हुन्छ जसलाई मानिसहरुले सामान्य हो भनि वेवास्ता गरेमा यसले ज्यानै पनि जान सक्छ । भाइरल ज्वरोको समयमै पहिचान गर्न जरुरी छ । समयमै रोग पत्ता लगाए यसको नियमित औषधी सेवन गर्न सकिन्छ ।

मानिसलाई अध्याधिक थकाई महशुस हुने भाइरल ज्वरोको सबभन्दा ठूलो लक्षण हो । बढी थकान तथा ज्वरो पनि आउने गर्छ । शरीर दुख्ने, शरीरको तापक्रम बढ्दै जाने गर्छ । शरीरको तापक्रम १०४ डिगी से.सम्म पुग्नु भनेको मानिसलाई खतराको संकेत हो ।

त्यसमा अझ खोकी लाग्नु तथा नाकबाट पातलो सिंगान बग्न थाल्यो भने हाच्छ्यु आउन थाल्यो भने भाइरलले समायो भन्ने बुझ्नु पर्छ । यसलाई लापर्वाही ग¥यो भने यो अत्याधिक मात्रामा फैलिन सक्छ ।
शरीरमा दुखाई, ज्वरो, खोकी तथा हाच्छ्युसँगै टाउँको अत्याधिक दुख्न थाल्यो भने यो भाइरल ज्वरोको लक्षण हो भन्ने जान्नु पर्छ । यसलाई वेवास्ता गरी घरमा बसीरहनु हुँदैन । यसलाई सामान्य सोच्नु पनि हुँदैन । तुरुन्तै अस्पताल जानुपर्छ र औषधी खानुपर्छ।
काठमाडौं, ३२ साउन । नेविसंघको अध्यक्षसहितका सबै पदमा उम्मेदवारी दिएका उम्मेदवारको नाम सार्वजनिक भएको छ ।
बेलुका छ बजे सार्वजनिक भएको नामावलीमा अध्यक्ष पदका लागि मनोजमणि आचार्य, नैनसिं महरसहित आठ जनाको उम्मेदवारी परेको छ ।
नेपाल विद्यार्थी संघ
११ औँ महाधिवेशन—२०७३

उम्मेदवारको नामावली (पहिलो)
अध्यक्षः (पद संख्या १ का लागि)
क्र.स. नाम
1 आनन्द राज त्रिपाठी
2 नगेन सिंह ठकुरी
3 नैनसिंह महर
4 पदमराज पन्त
5 बचन कार्की (मुसा)
6 मनोजमणी आचार्य
7 लक्ष्मण आचार्य
8 शुभराम वस्नेत

उपाध्यक्षः प्रदेश नं. १
(प्रदेश भित्रका मतदाताहरुबाट पद संख्या १ का लागि)
क्र.स. नाम
1 खेमराज पौडेल
2 गोपाल सेडाई
3 तिर्थ प्रसाद गौतम
4 नारायण गिरी
5 विकास के.सी (खत्रि)
6 विष्णु कार्की
7 सुभाष भण्डारी

उपाध्यक्षः प्रदेश नं. २
(प्रदेश भित्रका मतदाताहरुबाट पद संख्या १ का लागि)
क्र.स. नाम
1 खगेन्द्र कर्ण
2 प्रवेश कुमार चौधरी
3 राम प्रगास यादव
4 संजय कुमार यादव
5 संजय कुमार यादव

उपाध्यक्षः प्रदेश नं. ३
(प्रदेश भित्रका मतदाताहरुबाट पद संख्या १ का लागि)
क्र.स. नाम
1 भरत खड्का
2 रबि सुदन थापा
3 राम प्रसाद अधिकारी
4 लोक वहादुर कार्की
5 विनयराम भट्ट
6 विष्णु पौडेल
7 श्रीधर घिमिरे (सनत)

उपाध्यक्षः प्रदेश नं. ४
(प्रदेश भित्रका मतदाताहरुबाट पद संख्या १ का लागि)
क्र.स. नाम
1 चन्द्रा अधिकारी
2 डिल्लीराम सुवेदी
3 पवन नेपाल
4 पुष्पा तिवारी
5 मित्र भट्टराई
6 लक्ष्मी प्रसाद पौडेल
7 लक्ष्मी भक्त खनाल
8 सुवास कोइराला

उपाध्यक्षः प्रदेश नं. ५
(प्रदेश भित्रका मतदाताहरुबाट पद संख्या १ का लागि)
क्र.स. नाम
1 अजय रावल
2 अमृत कुमार पन्थी
3 एकराज खड्का
4 टंक प्रसाद पाण्डे
5 दिपक भण्डारी
6 धर्मराज खनाल
7 पूर्ण के.सी.
8 प्रचण्ड विक्रम न्यौपाने (गुन्टु)
9 मुक्ति राज पौडेल
10 श्रीप्रकाश राना
11 सुमन खड्का
12 हरिष चन्द्र भण्डारी

उपाध्यक्षः प्रदेश नं. ६
(प्रदेश भित्रका मतदाताहरुबाट पद संख्या १ का लागि)
क्र.स. नाम
1 कृष्ण प्रसाद जैसी
2 केशर वहादुर शाही
3 खड्क बहादुर डाँगी
4 राजीव कुमार के.सी.
उपाध्यक्षः प्रदेश नं. ७
(प्रदेश भित्रका मतदाताहरुबाट पद संख्या १ का लागि)
क्र.स. नाम
1 ईश्वर मल्ल
2 पुष्प कुमार शाही
3 मिन ब. सिंह
4 राजन कुँवर
5 सरोज न्यौपाने
6 सोपान सिंह बोहरा

उपाध्यक्षः छात्रातर्फ
(पद संख्या १ का लागि)
क्र.स. नाम
1 महेश्वरी कुवर
2 कृष्णकुमारी बस्नेत
3 उर्मिला थपलिया
उपाध्यक्षः मधेशीतर्फ
(पद संख्या १ का लागि)
क्र.स. नाम
1 परमेश्वर साह
2 पवन यादव
3 प्रभुनाथ राउत
4 मो. अजिद अरसद (ओ.जी.)

उपाध्यक्षः जनजाती आदिवासी तर्फ
(पद संख्या १ का लागि)
क्र.स. नाम
1 अमृत कुमार श्रेष्ठ
2 खड्ग बहादुर सुव्वा
3 टेकेन्द्र काम्वाङ्ग
4 धन बहादुर छन्त्याल
5 नविन राई
6 पूर्ण कुमार तुम्बापो
7 प्रेम बहादुर छन्त्याल
8 राजेश श्रेष्ठ
9 रीसा श्रेष्ठ (ऋषा)
10 रेनुका काउचा मगर
11 हिरा थापा

उपाध्यक्षः दलिततर्फ
(पद संख्या १ का लागि)
क्र.स. नाम
1 ई.डम्बर बहादुर सुनार
2 पदम वहादुर नेपाली
3 राम नेपाली
4 सागर परियार

महामन्त्रीः (पद संख्या २ का लागि)
क्र.स. नाम
1 राजेश ज्ञवाली
2 सरोज थापा
3 कुन्दन राज काफ्ले
4 दिपक भट्टराई
5 हिमाल दत्त श्रेष्ठ
6 शंकर पौडेल

कोषाध्यक्षः (पद संख्या १ का लागि)
क्र.स. नाम
1 अन्जना अर्याल
2 उमेश भट्टराई
3 कमला न्यौपाने
4 केदार खनाल
5 टीका श्रेष्ठ
6 निमा गिरी
7 विश्वामित्र रिजाल
8 शिव रिमाल
सहमहामन्त्रीः प्रदेश नं. १
(प्रदेश भित्रका मतदाताहरुबाट पद संख्या १ का लागि)
क्र.स. नाम
1 अश्विन वावु थापा
2 आशिष कार्की (भुल बहादुर)
3 कृष्ण कार्की
4 डेकेन्द्र कुमार तामाङ
5 धनकाजी खत्रि
6 निर्मल प्रसाद ओझा
7 राम कुमार थापा
8 लवराज अधिकारी (लक्ष्मीराज)

सहमहामन्त्रीः प्रदेश नं. २
(प्रदेश भित्रका मतदाताहरुबाट पद संख्या १ का लागि)
क्र.स. नाम
1 घनश्याम साह
2 मनोज यादव
3 राजेश कुमार रौनियार
सहमहामन्त्रीः प्रदेश नं. ३
क्र.स. नाम
1 अनिल अधिकारी
2 अमृत अधिकारी
3 ओम बहादुर वस्नेत
4 धर्म राज पौडेल
5 प्रदिप लामा
6 माधब प्रसाद ढकाल
7 राकेश श्रेष्ठ
8 संजिब न्यौपाने
सहमहामन्त्रीः प्रदेश नं. ४
(प्रदेश भित्रका मतदाताहरुबाट पद संख्या १ का लागि)
क्र.स. नाम
1 पशुपति भट्टराई
2 मोहन आचार्य
3 विवेक न्यौपाने
4 हरिहर शर्मा
सहमहामन्त्रीः प्रदेश नं. ५
(प्रदेश भित्रका मतदाताहरुबाट पद संख्या १ का लागि)
क्र.स. नाम
1 अमृत कुमार पन्थी
2 कमल रेग्मी
3 तिलक लम्साल
4 दिपक प्रसाद लेखक
5 प्रकाश घिमिरे
6 रमेश पाण्डे
7 रवि खनाल
8 लोक प्रसाद खरेल
9 विष्णु पोख्रेल
सहमहामन्त्रीः प्रदेश नं. ६
(प्रदेश भित्रका मतदाताहरुबाट पद संख्या १ का लागि)
क्र.स. नाम
1 अवराज कार्की
2 ईश्वर वहादुर विष्ट
3 प्रकाश के.सी.
4 रविन्द शाह
5 विवेक आचार्य

सहमहामन्त्रीः प्रदेश नं. ७
(प्रदेश भित्रका मतदाताहरुबाट पद संख्या १ का लागि)
क्र.स. नाम
1 अच्युत राज कलौनी
2 तर्क राज भट्ट
3 राजन कुँवर
4 लक्ष्मण ब.शाही


सहमहामन्त्रीः छात्रातर्फ
(पद संख्या १ का लागि)
क्र.स. नाम
1 महेश्वरी कुँवर
2 माया पुन मगर
3 रक्षा महरा
4 संचिता कुईकेल
5 सम्झना खत्री
6 साधना घिमिरे
7 सीता गौतम
8 सुनिता पोख्रेल
सहमहामन्त्रीः मधेशीतर्फ
(पद संख्या १ का लागि)
क्र.स. नाम
१ परमेश्वार शाह
सहमहामन्त्रीः आदिवासी जनजाती  तर्फ
(पद संख्या १ का लागि)
क्र.स. नाम
1 खड्ग वहादुर सुब्वा
2 गणेशमान तामाङ
3 चेतन राना
4 दिपेन राई (बान्तवा)
5 दुजाङ शेर्पा
6 मदन थापा
7 रिषिनि थापा मगर
8 विनय लामा

सहमहामन्त्रीः दलिततर्फ
(पद संख्या १ का लागि)
क्र.स. नाम
1 पुजन गन्धर्व
2 ललिता सुनार
3 विकल वि.क.
4 वीर वहादुर वि.क. (कमल)
5 हेमराज शिवाकोटी (उमेश)
सहमहामन्त्रीः  (पिछडिएका क्षेत्रका ९ जिल्लाका मतदाताहरुबाट निर्वाचित हुने पद संख्या १ का लागि)
क्र.स. नाम
1 अम्बिका चलाउने
2 उत्तम बहादुर रोकाय
3 जनक ब. शाही
4 नारायण हमाल
5 लिलाराज रोकाय
6 सुरेन्द्र वहादुर सिंह
सहमहामन्त्रीः (उपत्यकाञ्चलका मतदाताहरुबाट निर्वाचित हुने  पद संख्या १ का लागि)
क्र.स. नाम
1 ओमजंग रावल
2 कृष्ण भण्डारी
3 गापी कुमार शिवाकोटी
4 निरञ्जन थापा
5 प्रेमराज जोशी
6 बामदेव अधिकारी
7 बिजय गोपाल श्रेष्ठ
8 रामकृष्ण लामिछाने
9 विपिन्द्र अधिकारी (विपिन)
10 सागर भट्टराई
11 सुदिप शर्मा
12 सुशिल तिमल्सेना

सदस्यः प्रदेशभित्रका मतदाताबाट निर्वाचित हुने पद संख्या २ का लागि छात्रातर्फ (प्रदेश नं. १)
क्र.स. नाम
1 गिता फयल
2 प्रेमीका राना मगर
3 ममता राई
4 रेखा कुमारी चौहान
5 सुजाता कोइराला
सदस्यः प्रदेशभित्रका मतदाताबाट निर्वाचित हुने पद संख्या २ का लागि छात्रातर्फ (प्रदेश नं. २)
क्र.स. नाम
1 अमृता यादव
2 दुर्गा कुमारी कोइराला
3 भिक्षु शर्मा
4 मेघा शाही
सदस्यः प्रदेशभित्रका मतदाताबाट निर्वाचित हुने
पद संख्या २ का लागि छात्रातर्फ (प्रदेश नं. ३)
क्र.स. नाम
1 कल्पना ढकाल
2 कल्पना पौडेल
3 छायाँ ढुंगाना
4 ज्ञानु तिमल्सिना
5 तारा थपलिया
6 यसोधा के.सी. (खत्री)
7 सदिक्षा चित्रकार
सदस्यः प्रदेशभित्रका मतदाताबाट निर्वाचित हुने पद संख्या २ का लागि छात्रातर्फ (प्रदेश नं. ४)
क्र.स. नाम
1 जानुका पन्त
2 पुनम भट्ट
3 सप्रिया जोशी
4 सुमित्रा बास्तोला (उषा)
5 सुवेच्छा गुरुङ्ग

सदस्यः प्रदेशभित्रका मतदाताबाट निर्वाचित हुने पद संख्या २ का लागि छात्रातर्फ (प्रदेश नं. ५)
क्र.स. नाम
1 अञ्जु रेग्मी
2 अप्सरा अधिकारी
3 अर्चना रेग्मी
4 शुसिला वेल्वासे
5 सरस्वती वेल्वासे
सदस्यः प्रदेशभित्रका मतदाताबाट निर्वाचित हुने पद संख्या २ का लागि छात्रातर्फ (प्रदेश नं. ६)
क्र.स. नाम
1 ज्योती कुमारी कटुवाल
2 यमुना कुमारी सापकोटा
3 रमा थापा
4 सुशिला गिरी
सदस्यः प्रदेशभित्रका मतदाताबाट निर्वाचित हुने पद संख्या २ का लागि छात्रातर्फ (प्रदेश नं. ७)
क्र.स. नाम
1 ईश्वरी बम
2 कौशिला कु.भट्ट
3 धनेश्वरी भट्ट
4 पुजा उपाध्याय
5 माया सेठी
6 सम्झना खत्री
सदस्यः प्रदेशभित्रका मतदाताबाट निर्वाचित हुने पद संख्या ४ का लागि (प्रदेश नं. १)
क्र.स. नाम
1 अनिलबाबु कार्की
2 एक राज बस्नेत
3 कुमारसिंह नाल्वो
4 केवल मादेन
5 केशव वाववु खतिवडा
6 गोकुल खत्री
7 चन्द्र सुन्दर खेबाङ्ग
8 चित्र कुमार कार्की
9 डिल्ली राम भट्टराई
10 तिर्थ राज राई
11 दिनानाथ आचार्य
12 देवेन्द्र सुवेदी
13 धन सिंह नेम्बाङ्ग
14 नवीन श्रीपाली
15 पर्शुराम निरौला (प्रशान्त)
16 प्रफुल थापा
17 बिजय प्रसाद ढकाल
18 भरत काफ्ले
19 भिमकुमार गौतम
20 भोज राज बस्नेत
21 रमण राई
22 राज कुमार नेपाल
23 लक्ष्मण चौलागाई
24 वालनन्द दाहाल
25 विवश जमरकट्टेल (पूर्ण चन्द्र जमरकट्टेल)
26 विष्णु भुर्तेल
27 संदिप निरौला
28 सन्तोष उप्रेती
29 सागर प्रसाई
सदस्यः प्रदेशभित्रका मतदाताबाट निर्वाचित हुने पद संख्या ४ का लागि (प्रदेश नं. २)
क्र.स. नाम
1 अनिल कुमार यादव
2 अशोक कुमार यादव
3 धर्मेन्द्र कुमार मिश्र
4 नवराज देवकोटा
5 भैरो लाल महतो
6 रघुवीर कार्की
7 राकेश कुमार यादव
8 राजाबाबु प्रसाद
9 राजिव कुमार झा
10 रामचन्द्र यादव
11 रोहित कुमार चौधरी
12 लोकहरी पौडेल
13 विमल ढुंगेल
14 विष्णु हरी खड्का
15 सुधिर पटेल
16 सुरेन्द्र चौधरी



सदस्यः प्रदेशभित्रका मतदाताबाट निर्वाचित हुने पद संख्या ४ का लागि (प्रदेश नं. ३)
क्र.स. नाम
1 उत्तम पौडेल
2 कैलाश थापा
3 गणेश पौडेल
4 जय श्रेष्ठ
5 जयराम दाहाल
6 डम्बर वहादुर कार्की
7 तेज बहादुर बानियाँ
8 दाताराम घिमिरे
9 दिनेश भुर्तेल
10 दिपक फुँयाल
11 दिपेन्द्र खड्का
12 दिलिप कुमार दाहाल
13 फिदा उदिन हुसेन
14 बोधविक्रम थापा
15 भिषण ठकुरी
16 भोला नेपाल
17 युधिर पौड्याल
18 रत्नहरि ढुंगेल
19 राजेश तिमल्सिना
20 वादलमान श्रेष्ठ
21 विजय अधिकारी
22 विशाल कार्की
23 विष्णुहरि थापा
24 शंकर पाण्डे
25 सन्तोष लम्साल
26 सालीकराम घिमिरे
27 सीताराम कार्की
28 सुजन पौड्याल
29 सुरज खड्का
30 सुरेश सुवेदी



सदस्यः प्रदेशभित्रका मतदाताबाट निर्वाचित हुने पद संख्या ४ का लागि (प्रदेश नं. ४)
क्र.स. नाम
1 अनन्त कंडेल
2 ई. यामकृष्ण पौडेल
3 कुलराज पोख्रेल
4 खिमनाथ धरेल (कृष्ण)
5 चित्र प्रसाद भट्ट
6 चित्रध्वज जि.सी.
7 दिनेश आचार्य
8 दिनेश प्रसाद शर्मा
9 दिनेशराज पौडेल
10 दिपक प्रसाद न्यौपाने
11 दिपक हमाल
12 दिपेश गौतम
13 दीपक अम्गाई
14 दीपेन्द्र पाण्डे (कपील)
15 देवकृष्ण पराजुली
16 पर्शुराम बस्नेत
17 बिमल वावु न्यौपाने
18 भरत बहादुर रकाल
19 भानु भक्त ढकाल
20 भुवन न्यौपाने
21 मोहन गिरी
22 रवि मिश्र
23 राम चन्द्र भट्टराई आर.सी
24 रामचन्द्र तिवारी
25 विक्रम बोगटी
26 विश्व भट्ट
27 शंकर राज घिमिरे
28 सागर रेग्मी
29 हिरा बहादुर भण्डारी
सदस्यः प्रदेशभित्रका मतदाताबाट निर्वाचित हुने पद संख्या ४ का लागि (प्रदेश नं. ५)
क्र.स. नाम
1 अविनाश रेग्मी
2 ओम प्रकाश वस्याल
3 गिरिजा गैरे
4 गुरुदेव पौडेल
5 चक्र वहादुर थापा (अमित)
6 चन्द्रकान्त खनाल
7 छायाँ पोख्रेल
8 जाहेन्द्र प्र. शेरचन (विक्रम शेरचन)
9 टिका भण्डारी
10 दैवज्ञराज जोशी (डीके)
11 निर्मल बि.क.
12 भेषराज डाँगी
13 भोलानाथ शर्मा
14 माधब चापागाई
15 मोहन जोशी
16 मोहराज गौतम
17 यज्ञ वहादुर महरा
18 रमेश उपाध्याय
19 रविन्द्र सापकोटा
20 राजकुमार धिताल
21 लेखनाथ भट्टराई
22 लोक प्रसाद शर्मा
23 विष्णु प्रसाद सुवेदी
24 शिव पाण्डे
25 शिव भट्टराई
26 सरोज शाह
27 सुदर्शन खनाल
28 सुरेन्द्र भट्टराई
29 स्थानेश्वर सिग्देल
30 हरिवोल भट्टराई
सदस्यः प्रदेशभित्रका मतदाताबाट निर्वाचित हुने पद संख्या ४ का लागि (प्रदेश नं. ६)
क्र.स. नाम
1 अर्जुन सिंह कठायत (गोल्डेन)
2 किशोर बहादुर मल्ल
3 खडग वहादुर वुढा
4 घन श्याम थापा
5 छवि पन्त
6 जयनन्द उपाध्याय
7 तारक प्रतिभा के.सी.
8 तेज वहादुर शाही
9 तोपेन्द्र अधिकारी
10 नवराज डाँगी
11 पूर्ण ब.शाही
12 प्रकाश कुमार शाही
13 प्रकाश के.सी.
14 बखत बहादुर शाही
15 भरत वहादुर मल्ल
16 महेन्द्र कार्की
17 मुकुन्द खडका
18 यज्ञ बहादुर बटाला
19 रमेश के.सी.
20 लोकेन्द्र ब.शाही
21 सविन हमाल
22 हरि प्रसाद शर्मा
23 हरिचन्द्र खनाल
सदस्यः प्रदेशभित्रका मतदाताबाट निर्वाचित हुने पद संख्या ४ का लागि (प्रदेश नं. ७)
क्र.स. नाम
1 ईश्वर दत्त बडू
2 ईश्वर दत्त भट्ट
3 कृष्ण वहादुर कुँवर
4 गणेश भट्ट
5 गोविन्द राज बोहरा
6 चक्र राज जोशी
7 चक्र वहादुर देउवा
8 जगन्नाथ जोशी
9 ज्योति प्रकाश जोशी
10 झलक बहादुर कठायत
11 तपेन खडका
12 तेज बहादुर खड्का
13 दिनेश कुमार स्वार
14 दिपेन्द्र चन्द
15 देव राज जोशी
16 धर्मदेव फुलारा
17 नरेश ओझा
18 प्रकाश चन्द
19 प्रदीप बहादुर बिष्ट
20 बिरेन्द्र गिरी
21 बुद्धराज सुबेदी
22 भरत बटाला
23 महेश सिंह बडाल
24 माधव साउँद
25 मानबहादुर कडायत
26 योगेश भट्ट
27 रविन्द पनेरु
28 वलदेव भट्ट
29 विकास बम (बिनेश)
30 विजयराज ओझा
31 शेर सिंह बिष्ट
32 सुमन के.सी.
33 सुरज कुमार बिष्ट
34 सुरेन्द्र बहादुर चन्द
35 सुर्य प्रकाश जोशी
सदस्यः आदीवासी÷जनजाति छात्रा (पद संख्या ३ का लागि)
क्र.स. नाम
1 गिता गुरुङ्ग
2 निर्मा श्रीस
3 पुनम लामा
4 सारदा लामा तामाङ
सदस्यः आदीवासी जनजातिः (पद संख्या ६ का लागि)
क्र.स. नाम
1 अजित चौधरी
2 आशिक गुरुङ्ग
3 उमेश थापा मगर
4 किरण कुमार माझी
5 कोकिल अस्तानी मगर
6 गोपाल गुरुङ्ग
7 गोपी पुन मगर
8 चेत बहादुर मगर (चेतन)
9 जय कुमार लामा (तामाङ)
10 जुगराम चौधरी
11 जोक लाल बुढा
12 दिपेन्द्र कुमार चौधरी
13 दिपेश राजभण्डारी
14 दिवस राज भण्डारी
15 दुर्गा घलान
16 धर्मनाथ मंडल
17 पेम्वा शेर्पा
18 प्रकाश श्रेष्ठ
19 प्रविण ब.भडेल
20 मदन थापा
21 महेन्द्रदीप (राज) राई
22 मिलन आले
23 मिलन कु. राई (थुलुङ)
24 मौसम राई
25 याम भुजेल
26 युबराज श्रेष्ठ
27 युवराज लामा
28 राजकुमार राई
29 राजेन्द्र कुमार घर्ती
30 राम बहादुर थापा
31 विक्रम लिम्बु
32 विजयहाङ आङ्देम्वे
33 विनय लामा
34 सरोज राई
35 सुरोत कुमार लामा
36 सेतेमान तामाङ
37 हेमन्त गुरुङ्ग
सदस्यः मधेशी छात्रा (पद संख्या २ का लागि)
क्र.स. नाम
1 अस्मीता बर्मा
2 पुजा पासवान
3 ममता कुमारी महत्तो
4 सुर्यमति यादव
सदस्यः मधेशी  (पद संख्या ५ का लागि)
क्र.स. नाम
1 अनिष कुमार यादव
2 कपिलदेव कुमार यादव
3 कृष्ण यादव
4 दिनेश शाह
5 देवेन्द्र कुमार यादव
6 निरज अग्रवाल
7 प्रभाशकर यादव
8 मनकुमार शर्मा
9 मो.अखतर अली
10 मोहन पाण्डेय
11 रोशन कुमार शाह
12 विजय राय
13 विशाल गुप्ता
14 शिवशंकर कुमार गोइत (साधु)
15 संजीव कुमार साह
16 सोमन्त यादव


सदस्यः दलित छात्रा (पद संख्या २ का लागि)
क्र.स. नाम
1 पम्फा गान्धारी
2 रेखा परियार
3 रोजी परियार
4 विनिता विश्वकर्मा
सदस्यः दलित तर्फ (पद संख्या ३ का लागि)
क्र.स. नाम
1 चन्द्र बिश्वकर्मा
2 टेक बहादुर दुव्राकोटी
3 तपेन्द्र भुषाल (भुल)
4 देबराज टमाटा
5 पवन नेपाली
6 पवन नेपाली
7 पुजन गन्धर्व
8 राम कुमार नेपाली (सुन्दास)
9 शत्रुधन रजक
10 शिमा लोहागुन वि.क.
11 हेमराज शिवाकोटी (उमेश)
12 होम ब.रसाइली
सदस्यः थारु छात्रा तर्फ (पद संख्या १ का लागि)
क्र.स. नाम
१ नमिता चौधरी
२ सुनिता राना
सदस्य थारुतर्फ (पद संख्या १ का लागि)
क्र.स. नाम
1 अशोक कुमार चौधरी
2 झग्गु प्रसाद चौधरी
3 नागेन्द्र प्रसाद दास (थारु)
4 प्रेम शंकर प्रसाद मुखिया (थारु)
सदस्यः मुस्लिम छात्रातर्फ (पद संख्या १ का लागि)
क्र.स. नाम
१ सितारा वानु




सदस्यः मुस्लिमतर्फ (पद संख्या १ का लागि)
क्र.स. नाम
1 अफ्तर हुसेन
2 नेजामुदिन अन्सारी
3 मो. फिरोज आलम
4 मो. वसिम अख्तर
सदस्यः अपाङ्ग छात्रातर्फ (पद संख्या १ का लागि)
क्र.स. नाम
१ कल्पना खड्का
सदस्यः अपाङ्ग (पद संख्या १ का लागि)
क्र.स. नाम
1 कृष्ण बहादुर वुढा
2 दिपेन्द्र खड्का
3 निरेन्द्र रायमाझि (निराजन)
4 पदम राज ओझा
5 भोजराज पाण्डे
6 लोकेन्द्र बहादुर शाही
सदस्यः उपत्यका अञ्चल छात्रातर्फ
(उपत्यकाका मतदाताहरुबाट निर्वाचित हुनेः पद संख्या २ का लागि)
क्र.स. नाम
1 अर्पणा खड्का
2 एलिजा ढकाल
3 गिता चौहान
4 रुपा पोखरेल
5 लक्ष्मी पौडेल
6 शमिमा आचार्य
7 शोभा खनाल
8 शोभा देवी भण्डारी
9 संगिता थापा
10 सिता खनाल
11 सुजाता के.सी.
12 सृजना भट्ट




सदस्यः उपत्यका अञ्चलतर्फ (उपत्यकाका मतदाताहरुबाट निर्वाचित हुनेः पद संख्या ४ का लागि)
क्र.स. नाम
1 उद्धव खड्का
2 उद्धव दाहाल
3 कमल रिमाल
4 कमल वुढा
5 कृष्ण प्रसाद विष्ट
6 क्रान्ति डल्लाकोटी
7 गंगा बहादुर कार्की
8 गोपाल चौलागाई
9 चन्द्र वहादुर रोका
10 जयन्द्र व. स्वार
11 ज्ञानेन्द्र खड्का
12 टेकराज भट्ट
13 डम्बर राज जोशी
14 दिनेश धजु
15 दिपेन्द्र क्षेत्री
16 दिपेन्द्र विक्रम वुढाथोकी
17 दिवाकर अर्याल
18 नारायण श्रेष्ठ
19 निरञ्जन थापा
20 निराजन लुईटेल
21 निरोज महर्जन
22 पोषकुमार वास्तोला (पुस्कर)
23 प्रेम राज जोशी
24 मन्जील खड्का
25 महेन्द्र भट्टराई
26 माधव दुलाल
27 मुकेश सापकोटा
28 रमेश रिजाल
29 रवि खनाल
30 राजन सुवाल
31 रेशम रेग्मी
32 रोजन राज बानिया
33 लिला भट्टराई
34 श्रीवहादुर योगी
35 सन्तोष भण्डारी
36 सन्तोष राज के.सी.
37 सरोज तिवारी
38 सान्त शिवाकोटी
39 सुभाष पौडेल
40 सुमन राज पाण्डे
41 सुरज तिमल्सीना
42 सुवास कार्की
43 सुशिल भट्ट
सदस्यः प्राविधिक छात्रातर्फ (पद संख्या १ का लागि)
क्र.स. नाम
1 निरिमा थापा
2 मेली शाह
सदस्यः प्राविधिक (पद संख्या २ का लागि)
क्र.स. नाम
1 अनिल बस्नेत
2 आकाश उप्रेती
3 ई.कुल राज खनाल
4 कुमार दुलाल
5 टेक पाण्डेय
6 डा.मदन भण्डारी
7 दिपेन्द्र क्षेत्री
8 नरेश रिजाल
9 निरजबाबु भट्ट
10 पुष्पराज वस्नेत
11 पुस्कर मल्ल
12 प्रतिमा भट्ट
13 प्रदिप शर्मा
14 प्रदिपराज पौडेल
15 भुवन राज भट्ट
16 विजेन्द्र विक्रम राणा
17 विशुराम थापा
18 सन्तोष दाहाल
19 सागर पाण्डे
20 सिजन दाहाल
21 सुदर्शन शर्मा
22 सुमधुर बराल
23 हुकुम बहादुर बुढा

सदस्यः नेपाल संस्कृत विश्वविद्यालय (पद संख्या २ का लागि)
क्र.स. नाम
1 अच्युत लम्साल
2 ईश्वरी प्रसाद अर्याल
3 धर्मराज पाण्डे
4 निरज मिश्र
5 प्रताप भट्टराई
6 बिजय पण्डित
7 रविन्द्र बराकोटी
8 रामशरण दाहाल
9 लक्ष्मण पन्थी
10 विजय गौतम
11 शिवप्रसाद पौडेल
12 श्याम प्रसाद रेग्मी
13 समुन्द्र घिमिरे
सदस्यः पूर्वाञ्चल विश्वविद्यालय (पद संख्या २ का लागि)
क्र.स. नाम
1 इश्वर जंग कार्की
2 उज्ज्वलराम घिमिरे
3 जितेन्द्र धिताल
4 डा.केदार सुवेदी
5 त्रिभुषण यज्ञराज गिरी
6 बिप्लव खड्का
7 रन्जन चौलागाई
8 विक्रम तिवारी
9 सुधिर यादव
10 सुनिल बाबु अर्याल
11 सुवास कठायत
सदस्यः पोखरा विश्वविद्यालय (पद संख्या १ का लागि)
क्र.स. नाम
1 आनन्द श्री न्यौपाने
2 ई.दिपेन्द्र प्रसाद भट्ट
3 जितेन्द्र श्रेष्ठ
4 दिनेश शर्मा
5 दुर्गा प्र.जोशी
6 नवराज त्रिपाठी
7 संस्कार सुवेदी
8 होमराज गिरी


सदस्यः मध्य पश्चिमाञ्चल विश्वविद्यालय (पद संख्या १ का लागि)
क्र.स. नाम
1 अनिल बहादुर शाही
2 झलक भण्डारी
सदस्यः सुदुर पश्चिमाञ्चल (पद संख्या १ का लागि)
क्र.स. नाम
1 कैलाश चन्द
2 प्रकाश थापा
3 प्रोहित कुमार वडू
सदस्यः त्रि.वि. केन्द्रीय क्याम्पस (पद संख्या १ का लागि)
क्र.स. नाम
1 कुमार लौडारी
2 टंक प्रसाद गैह्रे
3 नारायण तिमिल्सीना
4 मुकुन्द गौतम
5 सन्तोष पौडेल
सदस्यः त्रि.वि. छात्रातर्फ (पद संख्या १ का लागि)
क्र.स. नाम
1 शोभा देवी भण्डारी
2 सीता गौतम
सदस्य (त्रि. वि. आंगिक क्याम्पस) (पद संख्या २ का लागि)
क्र.स. नाम
1 कमल बहादुर लामा
2 प्रकाश सेढाई
3 राजिव लामिछाने
4 राजु के.सी.
5 लक्ष्मण भट्टराई
6 लिला प्र. भट्टराई
7 शैलेन्द्र शर्मा गौडेल
8 सुनिता पेखरेल



सदस्य (कृषि तथा वन विज्ञान विश्व विद्यालय) (पद संख्या १ का लागि)
क्र.स. नाम
१ सरोज रेग्मी
सदस्य (काठमाण्डौ विश्व विद्यालय) (पद संख्या १ का लागि)
क्र.स. नाम
1 अर्जुन थापा
2 क्षितिज गौतम
3 डा.चन्दन रमण
4 डा.रितेश चिमोरिया
5 समीर ढोडरी
सदस्य (सामुदायीक क्याम्पस छात्रा) (पद संख्या १ का लागि)
क्र.स. नाम
 

सदस्यः सामुदायीक क्याम्पस (पद संख्या २ का लागि)
क्र.स. नाम
1 अचुत राज महन्त गिरी
2 अच्युत कोइराला
3 अनुज चापागाई
4 उपेन्द्र मिश्र
5 किरण भट्ट
6 गणेश राज पाण्डे
7 दिपक शर्मा
8 नारायण पाण्डेय
9 परोपकार अधिकारी
10 प्रेम वहादुर शाही
11 रविन्द शाही
12 रामप्रसाद अधिकारी

सदस्यः पिछडिएको क्षेत्र छात्रा (पद संख्या १ का लागि)
क्र.स. नाम
  सुमित्रा शाही
सदस्यः पिछडिएको क्षेत्र (पद संख्या २ का लागि)
क्र.स. नाम
1 ईश्वर धामी
2 जनक बहादुर शाही
3 धर्मराज जोशी
4 नेत्र प्रसाद देवकोटा
5 बिकल जंग शाही
6 रवि प्रकाश सिंह
7 रविन्द्र रोकाय
8 लोकेन्द्र बहादुर शाही
सदस्यः विदेश क्षेत्र खुला (पद संख्या १ का लागि)
क्र.स. नाम
1 अनिल शर्मा
2 अम्बिका प्रसाद जोशी
3 उमेश भण्डारी
4 खेम राज उप्रेती
5 तारा प्रसाद वञ्जाडे
6 पदम भट्टराई
7 पितृ राज घिमिरे (कुशल घिमिरे)
8 भुपेन्द्र गिरी
9 मदन भण्डारी
10 विवेक गौतम
सदस्यः विदेश क्षेत्र (भारत पद संख्या १ का लागि)
क्र.स. नाम
 
सदस्य (सि.टि.इ.भि.टि, CTEVT (पद संख्या २ का लागि)
क्र.स. नाम
1 अर्जुन बम
2 कर्ण वहादुर ओलि
3 खिमानन्द भट्ट
4 दिर्घ बहादुर बोगटी
5 नरेन्द्र शर्मा
6 नविन कटुवाल
7 नारायण कु.धोकर
8 प्रदिप सुवेदी
9 बिवश पौडेल
10 राजेश के.सी.
11 लक्ष्मण पाण्डे
12 सुशील खड्का
13 सूरेश कटेल

पद नखुलेको
क्र.स. नाम
1 अशोक पाण्डे
2 केदार सुवेदी
3 दुर्गा प्रसाद कापडी
4 प्रकाश सापकोटा
5 युवराज डिसी
6 लिखितेन्द्र श्रेष्ठ
7 विविका शर्मा

ainiknepal
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Aug 24 (6)
  • Aug 23 (1)
  • Aug 19 (1)
  • Aug 18 (19)
  • Aug 17 (17)
  • Aug 16 (24)
  • Jan 24 (18)
  • Jan 23 (27)
  • Jan 22 (32)
  • Jan 21 (35)
  • Jan 20 (35)
  • Jan 19 (34)
  • Jan 18 (40)
  • Jan 17 (45)
  • Jan 16 (27)
  • Jan 15 (29)
  • Jan 14 (35)
  • Jan 13 (40)
  • Jan 12 (32)
  • Jan 11 (39)
  • Jan 10 (31)
  • Jan 09 (23)
  • Jan 08 (31)
  • Jan 07 (30)
  • Jan 06 (39)
  • Jan 05 (34)
  • Jan 04 (39)
  • Jan 03 (43)
  • Jan 02 (47)
  • Jan 01 (31)
  • Dec 31 (34)
  • Dec 30 (36)
  • Dec 29 (43)
  • Dec 28 (33)
  • Dec 27 (27)
  • Dec 26 (38)
  • Dec 25 (33)
  • Dec 24 (38)
  • Dec 23 (44)
  • Dec 22 (39)
  • Dec 21 (37)
  • Dec 20 (40)
  • Dec 19 (31)
  • Dec 18 (47)
  • Dec 17 (30)
  • Dec 16 (16)
  • Dec 15 (42)
  • Dec 14 (30)
  • Dec 13 (32)
  • Dec 12 (35)
  • Dec 11 (42)
  • Dec 10 (26)
  • Dec 09 (31)
  • Dec 08 (15)
  • Dec 07 (37)
  • Dec 06 (30)
  • Dec 05 (34)
  • Dec 04 (32)
  • Dec 03 (33)
  • Dec 02 (36)
  • Dec 01 (37)
  • Nov 30 (48)
  • Nov 29 (28)
  • Nov 28 (35)
  • Nov 27 (35)
  • Nov 26 (47)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (27)
  • Nov 22 (32)
  • Nov 21 (43)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (22)
  • Nov 17 (29)
  • Nov 16 (32)
  • Nov 15 (25)
  • Nov 14 (28)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (42)
  • Nov 09 (22)
  • Nov 08 (40)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (42)
  • Nov 01 (44)
  • Oct 31 (29)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (47)
  • Oct 27 (32)
  • Oct 26 (39)
  • Oct 25 (35)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (22)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (31)
  • Oct 02 (29)
  • Oct 01 (29)
  • Sep 30 (29)
  • Sep 29 (24)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (26)
  • Sep 25 (27)
  • Sep 24 (18)
  • Sep 23 (15)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (26)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (12)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (19)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (22)
  • Sep 07 (22)
  • Sep 06 (26)
  • Sep 05 (18)
  • Sep 04 (23)
  • Sep 03 (24)
  • Sep 02 (25)
  • Sep 01 (24)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (27)
  • Aug 28 (28)
  • Aug 27 (30)
  • Aug 26 (29)
  • Aug 25 (24)
  • Aug 24 (35)
  • Aug 23 (30)
  • Aug 22 (31)
  • Aug 21 (32)
  • Aug 20 (30)
  • Aug 19 (33)
  • Aug 18 (27)
  • Aug 17 (34)
  • Aug 16 (28)
  • Aug 15 (23)
  • Aug 14 (23)
  • Aug 13 (22)
  • Aug 12 (19)
  • Aug 11 (18)
  • Aug 10 (24)
  • Aug 09 (16)
  • Aug 08 (18)
  • Aug 07 (25)
  • Aug 06 (16)
  • Aug 05 (18)
  • Aug 04 (21)
  • Aug 03 (19)
  • Aug 02 (14)
  • Aug 01 (17)
  • Jul 31 (19)
  • Jul 30 (19)
  • Jul 29 (15)
  • Jul 28 (12)
  • Jul 25 (14)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home