• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL

२१ मंसिर, काठमाडौं । बलिउड नायिकाहरुको छाला प्रत्यारोपणका लागि समेत नेपाली किशोरीहरुको बेचबिखन हुन थालेको आशंका गरिएको छ ।
केही भारतीय पत्रकारहरुले बेचबिखनविरुद्ध क्रियाशिल नेपाली अधिकारकर्मीहरुसँग यसबारेमा जिज्ञासा राखेपछि नेपाली चेलीहरुको छाला बाहृय मुलुकमा सर्जरीका लागि प्रयोग हुन थालेको आशंका गरिएको हो ।
‘हामीले अहिलेसम्म यस्तो घटना फेला पारेका छैनौं तर केही भारतीय पत्रकारले हामीलाई यसबारे चासो राखेर सोधेपछि हामी गम्भिर भएका छौं,’ मावन बेचबिखनविरुद्ध क्रियाशिल शक्ति समूहकी अध्यक्ष सुनिता दनुवारले भनिन्, ‘यसको आधिकारिक पुष्टि हुन बाँकी छ ।’
बलिउड नायिकाहरुको स्कीन सर्जरी र प्रत्यारोपणको प्रयोजनका लागि समेत दलालहरुले नेपाली चेलीहरुलाई बिभिन्न प्रलोभनमा पारेर दोस्रो मुलुक लैजाने गरेको हुनसक्ने दनुवारले बताइन् ।
किशोरीहरुको छाला कोमल र राम्रो हुने भएकाले धनाड्य महिलाले आफूलाई सधैं सुन्दर देखाउन यस्ता प्रयोग गर्ने गरेको विज्ञहरुले पनि बताएका छन् । ‘कतिपय ठाउँमा यस्तो स्कीन सर्जरी गरेको पाइएको छ,’ छालारोग विशेषज्ञ डा. निलम ठाकुरले भनिन् ।

सुनिता दनुवार
शक्ति समूहका अनुसार पछिल्लो समय महिला बेचबिखनको शैली फेरिएकाले बेचबिखन नियन्त्रण अभियान झनै चुनौतिपूर्ण बनेको छ । सोमवार काठमाडौंमा आयोजित कार्यक्रममा शक्ति समूहकी अध्यक्ष दनुवारले भनिन्, ‘विदेशीसँग विहे, गोवा, तेस्रा मुलुकका क्यासिनो तथा बार, सेरोगेसी मदर जस्ता प्रक्रिया र ठाउँ बेचबिखनका नयाँ गन्तव्य बनेका छन् ।
पछिल्लो समय काठमाडौंका डान्स बार र क्याबिनबाट हराइरहेका किशोरी तथा युवतीहरु भारतको गोवाका क्यासिनो तथा डान्सबारहरुमा भेटिएका छन् । त्यहाँ उनीहरुलाई यौन बजारमा बेचिएको छ ।
त्यस्तै भूकम्प अगाडि चीनको खासा र ल्हासामा पनि नेपाली चेलीहरु पुर्‍याइएका थिए । ‘उनीहरुलाई त्यहाँ यौन प्रयोजनका लागि दलालले लगेका हुन्,’ शक्ति समूहले भनेको छ ।
म्यारिज व्यूरोहरुमार्फत कोरियन तथा चिनियासँग बिहे गराएर लैजाने र उता लगेपछि हिंसामा पार्ने अन्तर्राष्ट्रिय गिरोह पनि नेपालमा बलियो बन्दै गएको प्रहरीको अपराध अनुसन्धान व्यूरोले जनाएको छ ।
बेचबिखनका नयाँ शैलीको अध्ययन गरिरहेकी दनुवारले भनिन्, ‘अहिले ठमेल चेलिबेटी बेचबिखनको ट्रान्जिट बनेको छ । त्यहाँ लगेर केही महिना डान्स सिकाउने र त्यसपछि पर्यटक भिसामा तेस्रो मुलुकका डान्स बार तथा मसाज सेन्टरमा पुर्‍याउने ठूलो गिरोह छ । वास्तवमा महिला बेचबिखन अहिले नेटवर्क बिजनेशका रुपमा फस्टाएको छ ।’
भूकम्प प्रभावित जिल्लाका ७ सय किशोरीहरु बेचबिखनको जोखिममा रहेको तथ्यांक समेत शक्ति समूहले सार्वजनिक गरेको छ । ‘यसका लागि मिडियाले चेतना जगाउनुको विकल्प छैन,’ शक्ति समूहले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
onlinekhabar
मुगु: दोस्रो विवाह गर्न छोराछोरी बाधक भएपछि हत्या गरेको आरोपितले स्वीकारेका छन्।

मंसिर ९ गते आफ्नै चारजना छोराछोरीलाई जिउँदै एउटै खाल्डोमा पुरेका आरोपितले दोस्रो विवाह गर्नकै लागि छोराछोरीको हत्या गरेको स्वीकारेका हुन्। सदरमुकामदेखि दुई दिन टाढा पर्ने ह्याँग्लु गाविस ६ रिगाका २४ वर्षीय नन्दकृष्ण रोकायाले डोटीकी एक युवतीसँग प्रेमजालमा परेपछि युवतीलाई विवाह गर्न आफ्ना चार सन्तान बाधक बनेपछि उनीहरूको हत्या गरेको स्वीकारेका छन्।

उनले आफ्नै खेतको आलीमा खाल्डो खनेर छोराछोरीलाई जिउँदै गाडेको जिल्ला प्रहरी कार्यालयले आरोपितलाई आइतबार सार्वजनिक गर्ने क्रममा बताएका हुन्।
१५ वर्षमै गाउँकी बाँचु भण्डारीसँग विवाह गरेका नन्द बेलाबेला कामको खोजीमा भारत जाने गरेका थिए।

उनी केही महिनाअगाडि खाडी मुलुकमा कामको खोजीमा जाने तरखरमा काठमाडौं गई घर फिर्ता भएका थिए। त्यसपछि सुदूरपश्चिमको डोटी गएका बेला त्यहींकी एक युवतीको प्रेममा फसेका रोकायाले युवतीलाई आफ्नो विवाह नभएको बताएका थिए।

युवतीलाई झूट बोलेर विवाहको योजना बनाएको भए पनि घरमा चारवटा सन्तान भएकाले तिनै बाधक हुने देखेर आफूले जिउँदै खाल्डोमा हालेर चारैजनालाई कोदालोले हिर्काएर पुरेको उनले सञ्चारकर्मी सामु खुलेरै बताए।जिल्ला प्रहरी कार्यालयका प्रहरी नायबउपरीक्षक सोम थापाका अनुसार ९ गतेदेखि हराएका भनिएका चारैजना बालबालिकालाई १३ गते खाल्डोमा पुरिएको अवस्थामा भेटिएपछि त्यही दिन प्रहरीले नन्दलाई नियन्त्रणमा लिएको थियो।

१३ गतेदेखि सात दिनको म्याद थप गरेको र १९ गते म्याद सकिएपछि २० गतेदेखि थप १० दिनको म्याद जिल्ला अदालतबाट थप गरेर अनुसन्धान थालिएको हो।चारैजना छोराछोरीलाई हत्या गर्न उनले दुई दिनअगाडि योजना बनाएका थिए।

सानै उमेरमा विवाह गरेकाले घरमा अशिक्षित पत्नी र चारचार छोराछोरी भएपछि उनी बेलाबेला जिल्लाबाहिर जाँदा राम्री युवती खोजी गर्ने गरेको स्वीकार्छन् । प्रहरीले रोकायाको साथमा रहेको मोबाइल नियन्त्रणमा लिएर थप अनुसन्धान थालेको जनाएको छ।

युवतीसँग आफ्नो फोनवार्ता हुने गरेको र ऊसँग विवाह गर्छु भनेको भने पनि केटीको नाम भने बिर्सेको रोकायाले बताए। उनले केटीको ठेगाना पनि अस्पष्ट रूपमा डोटीको पाटन बताएका छन्।
annapurnapost
परासी : भारतबाट मोटरसाइकलमा इन्धन बोकेर ल्याउँदै गरेका एक व्यक्तिमाथि  नवलपरासीको पाल्ही गाउँ विकास समिति–७ ब्रहमपुरवाँमा सोमबार बिहान गोली प्रहार भएको छ ।

सीमानाकामा भएको गोली प्रहारबाट भारतको बर्गदवा थाना अन्तर्गत पर्ने पिपरहवा पञ्चायतका २८ वर्षीय सन्दीप रौनियार घाइते भएका छन् ।

गोली लागेर घाइते रौनियार भारततर्फ लागेको प्रत्यक्षदर्शीले बताएका छन् । घटनास्थलबाट भूमिगत समूह राजन प्रताप अध्यक्ष लेखिएको मधेसी मुक्ति टाइगर्स (तराई) को पर्चा फेला परेको छ । घटनास्थल भारतको बर्गदवा बजारदेखि करिब २ किमीको दुरीमा छ ।

स्थानीयका अनुसार एक सय लिटर डिजेल लिएर आउँदै गरेका रौनियारसँग केही व्यक्तिले मागेको रकम नदिँदा उनलाई गोली हानिएको हो ।

उनीमाथि दुईवटा गोली प्रहार भएको छ । घाइते रौनियारको पाखुरा र छातीमा गोली लागेको छ । उनलाई निचलौलमा उपचार हुन नसकेपछि गोरखपुर मेडिकल कलेजमा पठाइएको बर्गदवाका पत्रकारहरुले जानकारी दिए । नाकाबन्दीपछि रौनियारले भारतबाट इन्धन ल्याएर बिक्री गर्दै आएका थिए ।

घटनाबारे जिल्ला प्रहरी कार्यालयले अनुसन्धान भइरहेको बताएको छ । प्रहरी नायब उपरीक्षक अर्जुन रानाभाटका अनुसार गोली प्रहार भएको  भन्ने खबर आएपनि पुष्टि हुन सकेको छैन । घाइते भारत गएकाले सोबारे अनुसन्धान भइरहेको रानाभाटले बताए ।

यसअघि पनि घटनास्थल नजिक रहेको सनई गाउँमा एक हप्ताअघि इन्धनको विषयमा विवाद हुँदा एक यूवकमाथि पेट्रोल छर्केर जिउँदै जलाउने प्रयास गरिएको थियो । सो घटनामा तीनजना माथि प्रहरी अनुसन्धान भइरहेको छ ।
www.annapurnapost
सोमबार, २१ मंसिर
काठमाडौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आन्दोलनकारीलाई उचाल्नेगरि गतिविधि गरेको खुलासा भएको छ ।
भारत भ्रमणमा रहेका आन्दोलनरत मधेसी मोर्चाका नेताहरलाई भेट दिएर उनले नेपाल सरकारलाई भन्दा मधेसी मोर्चालाई प्राथमिकता दिन लागेका हुन् ।
कुटनीतिक पहल स्वरुप भारत पुगेका उपप्रधानमन्त्री कमल थापालाई भेट नदिएका मोदीले मोर्चाका नेतालाई समय दिनुलाई निकै चासो र भारतको हेपाहा प्रवृत्तिका रुपमा हेरिएको छ ।
मोदीले कमल थापालाई कुराएर भेट नदिएको प्रसंग ताजै रहेका बेला भारत पुगेका मोर्चाका नेताहरुलाई भने उच्च प्राथमिकता दिनुलाई मोदिको साम्प्रदायीक भड्काब प्रष्ट भएको कुटनीतिज्ञहरु बताउँछन्।
मोदीको यस्तो रबैकाको भारतीय विपक्षी दलहरुले समेत विरोध गरेका छन् । मोदी जसरी पनि नेपालमा विवाद कायम गरिराख्ने र विवादबीच आफु खेलीरहने नीति लिएका छन् ।
मोदीको यो कामले आम नेपाली जनताको भावनामाथि खेलवाड गरेको देखिन्छ । मोदीले प्रधानमन्त्री भएदेखिनै नेपालमा यस्तै खाले नीति अवलम्वन गरिरहेका छन् ।
मोदीको यो नीतिलाई नशाको शुरमा झुमेको जड्याहाको व्यावहार भन्दै भारतमै विरोध हुनुले उनी एक्लीन लागेको संकेत गर्दछ ।
www.nepalsandesh
२१ मंसिर, काठमाडौं ।

एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले बनेको संविधान अहिले सम्मको प्रगतिशील र अत्याधिक अधिकार सहितको संविधान बनेको भन्दै उनले कसैले पनि संविधानबाट अधिकार नपाएको अनुभव गर्न नपर्ने बताएका छन् ।

राजधानीमा आयोजित ‘नेपालको संविधानः जनताको संविधान, जनताको संविधान जनताकै हातमा’ भन्ने प्रचारात्मक कार्यक्रममा उनले अहिले संविधानका सकारात्मक कुरा प्रचार गर्ने बेला रहेको आफ्ना मुद्धा बाँढ्दै हिँड्ने बेला नभएको बताए ।

मधेशी जनताहरुलाई विशेष अनुरोध गर्दै उनले यो संविधानले मधेशी सहित सबै उत्पीडित र पछाडी परेका समुदायका लागि सबै भन्दा प्रगतिशील संविधान रहेको बताए ।

दक्षिण एसिया र विश्वका सबै संविधान मध्ये तुलनात्मकरुपमा सबैभन्दा प्रगतिशील संविधान रहेको दावी गर्दै उनले कतिपय मानिसहरुलाई गलत सूचना दिइएको समेत उनले बताए ।

संविधानको विषयमा गरिएका गलत कुराको खण्डन गर्ने र जायज चिन्ता र चासोलाई संवोधन गरेर अघि बढ्नु पर्ने उनको भनाइ छ ।

नेताहरुलाई पाठ

प्रचण्डले संविधानका सकारात्मक कुरा प्रचार गर्ने समयमा नेताहरुले आफ्ना एजेण्डा बाँढ्न थालेको भन्दै असन्तुष्टि जनाए । संविधानको सरकात्मक पक्षका विषयमा प्रचार प्रसार गर्न आयोजित कार्यक्रममा नेताहरुले धर्म निरपेक्षताको मुद्धालाई बहस गर्न खोजेको भन्दै उनले असन्तुष्टि ब्यक्त गरेका छन् ।

उनले राप्रपा नेपालबाहेक कसैले पनि हिन्दु राष्ट्रको माग नगरेको भन्दै अहिले आएर धर्म निरपेक्षता गलत थियो भन्दै हिड्ने नैतिकता नेताहरुसँग नभएको बताए ।

आयोजकसँग असन्तुष्टि

एउटा समय दिएर लामो समय सम्म भाषण गर्दै कार्यक्रम महत्वहिन बनाइएको भन्दै उनले आफू मुख्य नेताहरुको बैठकमा जान नपाएको र समय मिलाउन नसकेरै नेपालमा समस्या भएको बताए ।

समय नमिलाएकोमा प्रचण्डले कार्यक्रम आयोजकप्रति असन्तुष्टि पोख्दै भने, ‘सायद यो समस्याको चुरो यहीँ छ’ ।

समय मिलाउन नसक्ने यस्ता प्रवृत्तिबाट सिक्नु पर्ने समेत उनले बताए ।nepaliheadlines
काठमाण्डु, २१ मंसिर– सरकारले बहुमत गुमाउने अवस्था सिर्जना हुँदै गएपछि प्रधानमन्त्री खड्गप्रसाद ओलीले राप्रपालाई उपप्रधानमन्त्रीसहित तीनवटा मन्त्रालय दिने प्रस्ताव गरेका छन् । कम्युनिस्ट नेतृत्वको सरकारमा सामेल हुन नहुने मत राप्रपाभित्र प्रभावशाली बन्दै गएपछि प्रधानमन्त्री ओली आत्तिएका हुन् ।

खासगरी सूर्यबहादुर थापाका छोरा सुनिल थापा समूह सरकारमा सहभागी हुन नहुने विषयमा लबिङमै जुटेको छ । भारतीय इसारामा थापा यसरी लबिङमा जुटेको प्रधानमन्त्री ओलीले राप्रपाका अर्को लबीका नेताहरुलाई बताएका छन् । सरकारमा सामेल हुन आग्रह गर्दै प्रधानमन्त्री ओलीले राप्रपाका तीनवटै समूहसँग छुट्टाछुट्टै वार्ता गरेका छन् ।
उनले गत मंगलबार लोकेन्द्रबहादुर चन्द र पशुपतिशमशेर राणासँग छुट्टाछुट्टै वार्ता गरेका थिए भने बुधबार डा।प्रकाशचन्द्र लोहनी, हरिबहादुर बस्नेत, नजवराज सुवेदी, बालाराम घर्तीमगर, ध्रुबबहादुर प्रधान, पर्शुराम खापुङलगायतका नेताहरुसँग सामूहिक भेटघाट गरेका थिए ।
समाचार स्रोतका अनुसार तीनवटै समूहसँगको भेटघाटमा ओलीले भारतीय इसारामा सुनिल थापाले राप्रपालार्य सरकारमा सामेल हुन नदिइरहेको सूचना आफूले पाएको भन्दै यसबारे जिज्ञासा राखेका थिए । उनले राप्रपाभित्र स्पष्ट रुपमा तीनवटा समूह रहेको भन्दै तीन समूहबाट एक–एकजनालाई मन्त्री बनाइदिने र यसमध्ये सिनियरलाई उपप्रधानमन्त्री बनाइदिने आश्वासन दिएका थिए । तरुण साप्ताहिकबाट
kathmandutoday

काठमाडौं–एमाओवादी अध्यक्ष प्रचण्ड र कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवामाथि भारतीय नेतासँग भएको कुराकानीका विषयमा गम्भिर प्रश्न उठाइएपनि दुवै नेताले यसबारे कुनै प्रतिक्रिया दिएका छैनन् । नयाँ शक्ति अभियानका संयोजक डा.बाबुराम भट्टराई र एमाले सचिव प्रदीप ज्ञवालीले प्रश्न उठाएपनि पूर्वप्रधानमन्त्रीद्धय प्रचण्ड र देउवा मौन बस्दै आएका छन् ।
मंसिर १७ गते काठमाडौंमा भएको एक कार्यक्रममा भट्टराईले ‘भारतीय शासकवर्गलाई के आश्वासन दिइएको थियो ? संविधान जारी हुनुअघि दिल्ली जानेहरुले जवाफ दिनुपर्ने’ भन्दै प्रचण्ड र देउवामाथि हमला गरेका थिए । काठमाडौंमा भएको तराई–मधेस, आदिवासी जनजाति, थरुहट/थारुवान, लिम्बूवान, दलित तथा मुस्लिम राष्ट्रिय आन्दोलनमा नागरिक ऐक्यबद्धता सभालाई सम्बोधन गर्दै भट्टराईले प्रचण्ड र देउवाले दिल्ली गएर दिएको आश्वासन जनतालाई बताइदिन माग गरेका थिए ।

बाबुरामले देउवा र प्रचण्डको गतिविधि अदृश्य रहेको समेत दावी गरेका थिए । ‘पटक–पटक अखबारहरुमा आएको छ यहा“का नेताहरुले दिल्लीका शासकहरुलाई विभिन्न प्रकारका आश्वासन दिनुभएको थियो भनेर । त्यसो भए उहा“हरुले भन्नुप¥यो जनतालाई । जो आफूलाई राष्ट्रवादी भनिराख्नुभएको छ र हाम्रो देशभक्तिमाथि प्रश्न उठाइराख्नुभएको छ, उहा“हरुले जवाफ दिनुप¥यो । दिल्लीमा गएर उहाँहरुले के आश्वासन दिएर आउनुभएको थियो ।’ भट्टराईले भनेका थिए, ‘खासगरी संविधान जारी गर्ने अन्तिम बेलामा शेरबहादुर देउवा दिल्ली गएर के आश्वासन दिनुभएको थियो ? कमरेड प्रचण्डजीले दिल्ली गएर के आश्वासन दिनुभएको थियो भारतीय शासक वर्गलाई ? नेपाली जनतालाई बताइदिनुप¥यो । उहाँहरुको देशभक्तिमाथि प्रश्न उठेको छ हाम्रो होइन । हाम्रो जीवन खुल्ला छ, कसैलाई कुनै आश्वासन दिइएको छैन । हामीले प्रमाणित गर्नुपर्ने केही पनि छैन । सबै प्रमाणित छन् । तर अदृश्य कुराहरु उहाँहरुको छ ।’

भट्टराईले राष्ट्रियताको खोक्रा कुरा गरेर जनतालाई दुख दिनेहरुले सत्ताका लागि भारत जानेले जवाफ दिन पनि माग गरेका थिए । ‘सत्ताको निम्ति दिल्लीमा गएर, भन्न हुने/नहुने, गर्न हुने/नहुने कामहरु गर्ने अनि यहाँ आएर राष्ट्रवादका खोक्रा नारा लगाउने मानिसहरुले जवाफ दिनुपर्छ । भारतसँगको के कुराले यो अप्रीय ढंगले नाकाबन्दी भयो त्यो भन्नुप¥यो उहाँहरुले । उहाँहरुले के भन्नुभएको थियो र भारतीय शासक किन रिसायो उहाँहरुसँग ? ’ भट्टराईको भनाई थियो, ‘उहाँहरुसँगको रीसको कारणले गर्दा नेपाली जनताले दुःख पाउनुपर्ने ? तपाईं–हामीले तेल र ग्यास नपाएर भोक–भोकै हाम्रा बच्चाहरु बस्नुपर्ने ? हाम्रा छोरा–छोरीहरुका चार–चार महिनासम्म स्कुल बन्द हुनुपर्ने ? केही मान्छेका स्वार्थका कारणले गर्दा । अनि अहिले उनीहरुले नै अहिले राष्ट्रियताका खोक्रा नारा लगाएर हामीमाथि हिलो छ्याप्ने र जनतालाई भ्रम दिने ? यो कुरालाई उहाँहरुले प्रष्ट पार्नुपर्छ ।’
त्यसैबीच आइतवार एक म्यागजिनमा प्रकाशित आफ्नो अन्तर्वार्तामा एमाले सचिव ज्ञवालीले प्रचण्ड र देउवाले उनीहरुमाथि उठेको प्रश्नको जवाफ दिनुपर्ने माग गरेका छन् । ‘प्रचण्ड र शेरबहादुर देउवाले ती कुराहरु सार्वजनिक गनुपर्छ । बोल्नुभएको थियो भने पनि त्यो के थियो भनेर सार्वजनिक गर्नुपर्छ । नबोल्नुभएको भए त्यसको खण्डन गर्नुपर्छ ।’ ज्ञवालीले अन्तर्वार्तामा भनेका छन्, ‘अहिले सम्रग भारतीय जनता पार्टी त्यसलाई ब्याकअप दिने राष्ट्रिय स्वयंसेवक दल र भारतमा बढ्दै गएको हिन्दुमाथिको दक्षिणपन्थी राजनीतिक प्रभावका आधारमा भन्दा नेपालको संविधान कहीँ न कहीँ हिन्दुत्वलाई पछ्याओस र धर्मनिरपेक्षता हटाईदिओस भन्ने नै चाहन्थ्यो भनेर अनुमान गर्न सकिन्छ ।’
आफ्नो अन्तर्वार्तामा ज्ञवालीले भारत मधेश र हिन्दुको विषयमा द्धिविधामा रहेको पनि दावी गरेका छन् । ‘मधेको आन्दोलन, त्यो समुदायस“गको सांस्कृतिक निकटता र आन्दोलनका कारण हुनसक्ने सुरक्षाका प्रश्नहरु प्रकटमा देखिन्छन् । तर, दिल्लीमा आरएसएसको समूहमा भने हिन्दुत्वको सवाल पनि प्रत्यक्ष रुपमा छलफलमा आउने गरेको छ । त्यसैले दिल्ली द्धिविधामा रहेको र त्यहाँ परस्पर विरोधी विचार सोच प्रकट भएको देखिन्छ ।’ ज्ञवालीले ओली प्रधानमन्त्री भएपछि दुईपटक दिल्ली भ्रमण गरेका छन् । एकपटक उनी प्रधानमन्त्रीको विशेष दूतका रुपमा र एक पटक भारतीय कम्युनिष्ट पार्टी माक्र्सवादीको निमन्त्रणामा उनी दिल्ली गएका थिए ।
प्रचण्ड र देउवाले संविधानसभाको निर्वाचनपूर्व भारत सरकारको निमन्त्राणमा दिल्ली भ्रमण गरेका थिए । उक्त भ्रमणका बेला उनीहरु दुवैले हिन्दु राष्ट्रको विषयमा आफुहरु लचिलो बन्न सक्ने आश्वासन भारतीय नेताहरुलाई दिएको दावी गरिएको छ । यहि विषयमा अहिले प्रश्न उठेको हो । तर, प्रचण्ड र देउवा दुवैले यो विषयमा केही बताएका छैनन् । भारतीय संस्थापन पक्षले भित्र–भित्र नेपालको नया“ संविधानमा धर्मनिरपेक्षता शब्द हटाउन सुझाव दि“दै आएको छ । भारत भ्रमण सकेर नेपाल आएपछि उपप्रधानमन्त्री एव्म परराष्ट्रमन्त्री कमल थापाले यस विषयमा प्रधानमन्त्री ओलीलाई बिफ्रिङ गरेको स्रोतको भनाई छ । मन्त्री थापाको दिल्ली भ्रमणस“गै प्रचण्ड र देउवाको आश्वसनको विषय पुन : सतहमा आएको छ । स्रोतका अनुसार भारतीय गुप्तचर एजेन्सीहरुले मधेस आन्दोलनमा हिन्दु राज्यको माग भित्र्याउने रोडम्यापमा काम गरिरहेका छन् । मधेसवादी दलको माग सम्बोधन हुने गरि हुने गरिने संविधान संसोधनमा धर्मनिरपेक्षता शब्द हटाउन मिल्ने गरि हिन्दुवादी आन्दोलनलाई सहयोग पु¥याउन सकिने ति एजेन्सीहरुको बिफ्रिङ रहेको उच्च राजनीतिक स्रोतहरु बताउ“छन् । भारतीय विदेशमन्त्री सुष्मा स्वराजले त नेपालका नेताहरुबाट आफुहरुलाई धोका भएको समेत बताएकी थिइन् ।

ratopati
काठमाडौं – भारतीय नाकाबन्दी खोल्ने संकेत गरेको खबर प्रकाशमा आइरहेका वेला नेपाली कांग्रेसमा सभासद् अमरेशकुमार सिंहले भने भारतीय नाका पूर्णरुपमा खुल्न अझै तीन महिना लाग्ने बताएका छन् । भारतनिकट नेताको रुपमा चिनिने सिंहले आजको एक दैनिक पत्रिकासँग कुराकानी गर्दै तीन महिनापछि मात्रै शतप्रतिशत नाकाबन्दी खुल्ने बताएका हुन् ।

‘भारतसँग बुझ्दा अहिले सरकार मोर्चासँग छलफल गर्दा शतप्रतिशत नाका खुल्छ भन्ने मलाई लाग्दैन,’ सिंहले भने, ‘सत्तरी प्रतिशत खुल्ला तर तीन महिनापछि शतप्रतिशत नाका खुल्छ ।’ उनले सीमांकन विवाद मिल्न तीन महिना लाग्ने भएकाले नाका खुल्न पनि त्यति नै लाग्ने दाबी गरे ।

सिंहले मोर्चाका नेताहरुलाई भारतले मधेसमा जारी आन्दोलन कसरी समाधान गर्न सकिन्छ भनेर सल्लाह गर्न बोलाएको बताए । ‘तराई मधेसमा जारी आन्दोलन समाधान गर्न सकिन्छ भनेर बोलाइएको हो,’ सिंहले भनेका छन्, ‘सरकारपक्षको कुरा बुझिसकेपछि मोर्चाको धारणा बुझ्न बोलाइएको हो ।’ भारतल सरकारले आन्दोलनकारी र सरकारबीचमा मध्यस्थता गर्न चाहेको सिंहको तर्क छ ।

ratopati
काठमाडौं – भारतको संस्थापन पक्षले नेपालको संविधानबाट धर्म निरपेक्ष शब्द हटाउने र प्रदेशका सीमांकनमा मधेसी मोर्चाको माग अनुसार हुनुपर्ने शर्तलाई कसिलो ढंगले उठाएको छ । भारत भ्रमणबाट फर्किएका परराष्ट्रमन्त्री कमल थापाले यो कुरा प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रस्टै शब्दमा राखिदिए । त्यसलगत्तै कांग्रेस र एमाओवादीका शीर्ष नेतासँगको बैठकमा ओलीले भारतको चाहना यस्तो रहेछ भनेपछि नेताहरु छाँगाबाट खसेजस्तो भएको उच्च स्रोतले जनाएको छ । कमल थापाको दोस्रो दिल्ली भ्रमणसँगै एमाओवादी अध्यक्ष प्रचण्ड र कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले संविधान जारी हुनुभन्दा केही समयअघि नयाँ दिल्लीमा गएर के आश्वासन दिएका थिए भन्ने प्रश्न पनि सतहमा आएको छ ।


त्यसवेला दिल्लीले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पनि दिल्ली बोलाएको थियो । तर, दिल्लीको अनावश्यक दबाब थेग्नुपर्ने बुझेर ओलीले संविधान जारी भएपछिमात्र भारत भ्रमण गर्ने सन्देश पठाएको उच्च स्रोतले जनाएको छ । त्यो भ्रमण भारतीय पक्षले तत्कालीन प्रधानमन्त्री सुशील कोइरालासँग परामर्श गरेरै तय भएको चर्चा समेत चलेको छ ।

भारतले संविधान जारी गर्ने प्रक्रिया केही समय लम्ब्याउन नेपाली नेताहरुलाई आग्रह गरेको थियो । कम्तीमा विहारको निर्वाचनपछि नेपालको संविधान जारी होस् भन्ने भारतको चाहना थियो । त्यो चाहनाअनुसार कोइराला तयार भए पनि एमाले, एमाओवादी र कांग्रेसकै देउवा पक्ष तयार नभएपछि ओली, देउवा र प्रचण्डलाई दिल्लीले निम्ता दिएको थियो । त्यसबेला देउवा र प्रचण्ड दिल्ली गए तर ओली गएनन् ।

स्रोतका अनुसार भारतीय पक्षले त्यसबेला देउवा र प्रचण्डलाई मुख्यतः दुई कुरा प्रष्ट शब्दमा राखेको थियो । पहिलो, संविधानमा हिन्दू राज्य सुनिश्चित गर्न वा त्यसो गर्न नसके पनि धर्म निरपेक्ष भन्ने शब्द हटाउन । दोस्रो, संविधान जारी गर्ने मिति केही पर सार्न । यी दुई कुरा दिल्लीका बटमलाइन थिए भन्ने कमल थापाले पछिल्लो समय दिल्ली आएर सुनाएका थिए । तर, दिल्लीका यी दुवै बुँदा पालना भएनन् । आजको साँघु साप्ताहिकमा खबर छ ।

ratopati
सोमबार, २१ मंसिर
काठमाडौं । भारत सरकारको निमन्त्रणमा भारत भएका समुक्त मधेसी मार्चाका शिर्ष नेताले आज भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीसंग भेटवार्ता गर्ने भएका छन् ।
भेटमा उनीहरुले संविधान जारी भएपछि मधेशमा भएको आन्दोलनको विषयमा माेदी संग छलफल गर्ने भएका छन् ।

नेपालको शिर्ष दलसंग पटक पटक भएको वार्ता निष्कर्षमा पुग्न नसकेपछि भारतको सल्लाहको लागि नयाँ दिल्ली पुगेका मोर्चाका शीर्ष नेताहरुले आइतबारदेखि बिभिन्न राजिनितक दलका नेतासंग राजनीतिक भेटवार्ता गरेका छन् ।
उनीहरूले आइतबार भारतीय परराष्ट्रमन्त्री सुष्मा स्वराज, जनता दल युनाइटेडका अध्यक्ष शरद यादवसग आइबार भेटवार्ता गरिसकेका छन्।
भेटवार्ताका मधेशमा भइरहेको आन्दोलन र यसका निकासबारे छलफल भएको थियो । छलफलमा भारतका नेताहरुले यो नेपालको अन्तरिक मामला भएको भन्दै दलहरुसंग छलफल गरी समधान खोज्नु पर्ने बताएका थिए ।
भेटमा भारतीय विदेशमन्त्री सुष्मा स्वारजले नेपालमा जारी मधेस आन्दोलन सम्बोधन भए मात्र नेपाल भारतबीच अहिले देखिएको परिस्थित सहज हुने बताएकी थिइन् ।
दिल्ली पुगको मोर्चाका नेता महन्थ ठाकुर, राजेन्द्र महतो, उपेन्द्र यादव र महेन्द्र यादवलाई स्वराजले नयाँदिल्लीस्थित हैदराबाद हाउसमा रात्रिभोज पनि दिएकी थिइन ।
त्यस क्रममा उनले नेपालको संविधान बृहत अपनत्वसहितको हुनुपर्ने, मधेस आन्दोलनको तत्काल राजनीतिक समाधान हुनुपर्ने र त्यसैका आधारमा परिस्थिति सहज हुने बताएकी थिइन् ।
nepalsandesh
काठमाडाैं मंसिर २१-  आर्थिक रुपमा कुनै पनि विवादमा नमुछिएका गृहमन्त्री शक्ति बस्नेतलाई घरकी गृहमन्त्री र भतिजाले हुने नहुने काम लगाएर छिट्टै बद्नाम गर्ने भए भन्ने रिपोर्ट लाजिम्पाट पुगको छ । गृहमन्त्रीले पत्नी सत्या पहाडी र भतिजा मुक्ति बस्नेतलाई व्यापारी, बदनाम व्यवसायी, माफियालाई नभेट्नु भने पनि भतिजा बस्नेत र पहाडीको उठबस भने साँझ बिहान नै बद्नाम व्यापारीसँग हुने गरेको उजुरी परेको छ ।

पत्नी पहाडीले ठूलाठूला व्यापारीलाई निवासमै बोलाएर भेट्ने र सीधै आइजिपी र मन्त्रालयका सचिवलाई फोन गरेर आफूले भनेको काम गर्न आदेश दिने गरेकी छन् । पार्टीले दिएका कामलाई गर्छु भन्ने तर, माखो नमार्ने भएपछि एमाओवादी अध्यक्ष प्रचण्ड पनि गृहमन्त्री बस्नेतसँग सन्तुष्ट नभएको स्रोत बताउँछ । प्रचण्डले आफूनिकटकालाई शक्ति बस्नेतलाई गृहमन्त्रीभन्दा अरु नै मन्त्रालय दिएको भए हुने थियो कि भन्दै उनको भूमिकाप्रति असन्तुष्टि जनाउने गरेका छन् । मन्त्री बस्नेतका व्यक्तिगत सबै कुरा थाहा भएका बिए पाससमेत हुन नसकेका आलाकाँचा भतिजा मुक्तिले त्यही कमजोरी पत्ता लगाएर मन्त्रीलाई घुमाएको चर्चा पनि यतिबेला पेरिस डाँडामा छ ।

यस्तै, मन्त्री बस्नेतका भतिज मुक्ति बस्नेतको आजभोलि बास नै आइजिपी वन्तकोमा हुने गरेको सशस्त्र प्रहरी स्रोत बताउँछ । मुक्तिले हिजो माओवादी कमजोर हुँदा सहयोग गर्ने वन्त नै भएको र वन्त जस्तो राम्रो मान्छे कोही नभएको भन्दै पार्टीका नेता र मन्त्रीलाई सुनाउने गरेको माओवादी वृत्तमा चर्चा छ । आरआरमा पढिरहेका मन्त्री बस्नेतका भतिज मुक्ति गृहमन्त्रीमा शक्ति बस्नेतको नियुक्तिसँगै उनको आर्थिक हेसियत बलियो भएको चर्चा लाजिमपाटमा गर्न थालिएको छ । मुक्ति आजभोलि भाटभटेनी सुपरमार्केटतिर बजार गर्नमा व्यस्त हुने गरेको चर्चा पनि छ । उनी महँगा मोबाइल सेटहरु बोकेर हिँड्ने गर्छन् । मुक्ति बस्नेतले दाइलगायतलाई उपहार पाएको मोबाइल बाँड्न थालेको चर्चा पनि छ । गृहमन्त्रीमा शक्ति बस्नेत हुन भन्दा अगाडि दैनिक खर्च धान्न धौ धौ हुने मुक्तिको फुर्तिफार्ती देखेर साथीभाइहरु समेत जिब्रो टोक्न थालेका छन् ।

मुक्ति जाजरकोटमा आफन्तले चुनावमा सहयोग नगरेको भन्दै उनीहरुका काम नगर्न पनि मन्त्री बस्नेतलाई कुरा लगाउने गरेपछि शक्तिका आफन्त पनि उनीसँग चिढिएको बताइन्छ । यति एयर लाइन्सका मालिक आङछिरिङलाई सूर्य गुरुङले मन्त्री र मन्त्री पत्नीनिकट पुर्याएर कमिसनको खेतीपातीमा हात बढाएको रिपोर्ट पनि लाजिम्पाटमा पुगेको बताइन्छ । एमाओवादीमा राम्रो भविष्य भएका नेताका रुपमा हेरिएका बस्नेतलाई आफ्नै आफन्तले बदनाम बनाउने काम गरिरहेका छन्, आजको साँघु साप्ताहिकमा खबर छ ।

etajakhabar
काठमाडौं, मंसिर २१ । इराक र टर्कीबीचको तिक्त सम्बन्ध उत्कर्षमा पुगेको छ । इराकको मोशुल शहरमा टर्कीले आफ्ना सेना उतारेपछि दुई देशबीच सम्बन्ध बिग्रेको हो ।
टर्कीको हर्कतबाट क्रूद्ध इराकले ४८ घण्टभित्र मोशुलबाट सेना फिर्ता लैजान टर्कीलाई चेतावनी दिएको छ । ४८ घण्टाभित्र उत्तरी शहर मोशुलमा रहेका सेना टर्कीले फिर्ता नलगे टर्कीविरुद्ध संयुक्त राष्ट्रसंघमा जाने चेतावनी इराकले दिएको हो ।
इराकका प्रधानमन्त्री हैदर अल अवादीले ४८ घण्टाभित्र सेना फिर्ता नलगे टर्कीविरुद्ध राष्ट्रसंघीय सुरक्षा परिषदमा उजुरी दिने चेतावनी दिए ।
आफूहरुसँग सहकार्य नगरी मोशुलमा सेना उतारेर टर्कीले आफ्नो राष्ट्रिय संप्रभुताको उल्लंघन भएको इराकले जनाएको छ । टर्कीले भने सेना पूर्व सहमति अनुसार नै रहेको बताउँदै आएको छ ।
मोशुल शहर भने गत वर्षदेखि नै इस्लामिक अतिवादी संगठन आईएसको नियन्त्रणमा छ । टर्कीको सेनाले मोशुलमा रहेका कुर्द समुदायलाई सहयोग गर्दै आएको छ भने इराकी सेनाले मोशुल शहरबाट आइएसलाई हटाउने प्रयास गरिरहेको छ । (एजेन्सी)
imagekhabar
काठमाडौं, मंसिर २१ । भारतीय विदेश मन्त्री सुष्मा स्वराज र दिल्ली भ्रमणमा रहेका मधेसी मोर्चाका नेताबीच आइतबार साँझ भेटवार्ता भएको छ ।
मधेसी नेताका लागि आयोजित रात्रीभोजमा विदेश मन्त्री स्वराजले मोर्चाका नेताहरूलाई समावेशी नेपाल बनाउन भारतको सधैं सहयोग रहने बचन दिए ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरुपका अनुसार भेटमा स्वराजले संविधानमा सबैको अपनत्व हुनुपर्ने र राजनीतिक समाधानमा पुगी स्थितिलाई सामान्यीकरण गर्न सुझाव दिएकी हुन ।
प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र एमाओवादीले मधेस आन्दोलनबारे तयार पारेको तीन बुँदे साझा प्रस्ताव अस्वीकार गर्दै दिल्ली लागेका मोर्चाका नेताले आइतबार दिनभर भारतका अरु विभिन्न दलका नेतालाई पनि भेटेका थिए ।
मोर्चाका नेताहरुले भने मधेस आन्दोलन नेपालको आन्तरिक मामला भएको र भारतको तर्फबाट कुनै नाकाबन्दी नगरेको बताएका छन् । दिल्लीमा सञ्चारमाध्यमलाई फोरम अध्यक्ष उपेन्द्र यादवले नेपाली राज्यले रङ र भाषाका आधारमा आफूहरुलाई अन्याय गरेको बताए भने सद्भावना अध्यक्ष राजेन्द्र महतोले नेपालमा अहिले भारतविरोधी राष्ट्रवाद हाबी भएको बताएका थिए ।
मधेसी मोर्चासँग करिब अढाइ घन्टा लामो दुईचरणको छलफलपछि भारतले मधेसीहरुको मागमा सहमति जनाएको थियो । तर सिमा अवरोध हटाउन भने एकसाथ अनुरोध गरेको छ । नयाँदिल्लीमा कुटनितीक स्रोतहरुले बताएअनुसार विदेशमन्त्री सुष्मा स्वराजले नेपालका प्रमुख दल र मधेसी मोर्चाबीच ‘विन–विन’ हुने गरी सम्झौता गर्नुपर्ने भारत सरकारको सुझाव रहेको खबर नयाँपत्रिकाले प्रकाशित गरेको छ ।
मोर्चाका नेताहरुले सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेट गर्ने बताइएको छ ।
imagekhabar
काठमाडौं, २१ मंसिर । मुलुकमा राजतन्त्र फर्काउने हल्ला चलेको बेला पूर्व राजपरिवार थाइल्याड भ्रमणमा जाने भएको छ ।
पूर्व युवराज्ञी हिमानी शाह जाडो बिदा मनाउन थाइल्याण्ड जान लागेकी हुन् । नेपाल समाचार पत्र दैनिकले छापेको छ ।
मंसिर अन्तिम साता हिमानीले छोरीद्वय पूर्णिका, कीर्तिका र छोरा ह्रदयेन्द्रलाई लिएर थाइल्याड जान लागेकी हुन् ।
उनी गएको केहीदिनपछि पूर्व महारानी कोमलसमेत जाने बताइएको छ ।
पूर्वराज ज्ञानेन्द्र शाहपनि पुसको अन्तिमसाता वा माघमा थाइल्याण्ड जाने संभावना छ ।
dainiknepal
आजको राशिफल
 ariesमेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
लामोसमयदेखि देखिएका उल्झन सुल्झाउने महत्वपूर्र्ण दिन हो । पेसा वा व्यवसायका असजिला पक्षको निराकरणका लागि गरिएको प्रयास सफल हुन सक्छ । तर्कवितर्क, वादविवाद, छलफल र पढाइलेखाइका क्षेत्रमा सक्रिय भइने छ । दिन भाग्यशाली भएर देखा पर्नेछ । प्रणयसुखका लागि अनुकूल समय छ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग सेतो वा घिउरङ्ग हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमः शिवाय यस मन्त्रको कम्तीमा २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
taurus
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
बौद्धिक क्षेत्र राम्रो देखिन्छ । बिहान ज्ञानगुनका क्षेत्रमा मन आकर्षित भएपनि दिउँसोबाट प्रतिकूल समय सुरु हुनेछ । कसैसँग व्यर्थमा तर्क, बहस र वादविवाद गर्नु पर्ला । प्रेममा धोका हुने सम्भावना छ । आर्थिक तथा शारीरिक शक्तिमा ह्रास आउने छ । छटपटी र असन्तुष्टि बढ्ने छ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गं गणपतये नमः यस मन्त्रको कम्तीमा २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
gemini
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
एकाबिहानै ज्ञानगुन र दार्शनिक विषयमा आकर्षित भइने छ, कल्पना र भावुकतालाई व्यवहारमा उतार्न आजको दिन अनुकूल हुनेछ । केही महत्वपूर्ण घरायसी काममा समय व्यतीत गर्नु पर्नेछ, जसबाट भविष्यमा राम्रो फाइदा पुग्नेछ । दिउँसोबाट आत्मबलमा अझ बृद्धि हुनाले सन्तुष्टि प्राप्त हुनेछ । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ मृत्युञ्जयाय नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
cancer
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
सुखभावमा बसेको चन्द्रमाका कारण आज कुनै नयाँ काममा हात हाल्नु श्रेयस्कर हुँदैन । व्यापार व्यवसायबाट पनि भनेजस्तो फाइदा लिन सकिंदैन । शरीरमा आलस्यले डेरा जमाउने छ । घरायसी समस्यामा समय बित्नसक्छ । मानसिक तनाव र उल्झनलाई झेल्नुपर्ने छ । कामको अनावश्यक चाप बढ्ने छ ।  आजका लागि शुभअङ्क ५ र शुभरङ्ग पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बृं बृहस्पतये नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
leo
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
आत्मीयजनहरूसँग भेटघाट हुनेछ । चाहनाबमोजिम कार्य सम्पन्न गर्न सकिने छ । मन अध्यात्म र दर्शनतर्फ आकर्षित बन्नेछ । साथीभाइ र बन्धुबान्धवले सहयोग गर्नेछन् । यात्रा सम्पन्न र सफलतम सिद्ध हुनेछ । सामाजिक काममा दौडधूप हुनसक्छ, मान पाइने छ, राज्यपक्षबाट सम्मानित हुने अवसर पाइने छ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सफा र चम्किलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शुं शुक्राय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
gemini
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
आज गरेको लेनदेनको कारोबारमा भनेजस्तो लाभ नमिल्न सक्छ । छिट्टै प्रतिफल आउने लगानीले फाइदा हुनसक्छ । भर्खर चिनजान भएको व्यक्तिउपर ठूलो भरोसा नराख्नु राम्रो हुन्छ, नयाँ मित्रले धोका दिन सक्छ । बोलीमा उत्ताउलोपन हुने भएकाले संयमता अपनाउनु राम्रो हुन्छ । चिसो चिजबिज खानपान नगर्नु बेस हुनेछ । आजका लागि शुभअङ्क १ र शुभरङ्ग कलेजी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ घृणि सूर्याय नमः यस मन्त्रको कम्तीमा ७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
libra
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
तपाईंको खराब र दिक्क लाग्दो समयको समाप्ति हुँदैछ, अब हाँसखेल र मनोरञ्जनका लागि मन आकर्षित हुनेछ । धेरै दिनपछि आज साँझ पारिवारिक रमझमका लागि समय र धनको जोहो हुनेछ । अध्ययन—अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । पेसा र व्यवसायबाट लाभ हुनेछ । आजका लागि शुभअङ्क ८ र शुभरङ्ग ध्वाँसे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ रां राहवे नमः यस मन्त्रको कम्तीमा १८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
scorpio
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
अशुभ समाचारको आगमनले मनमा उदासी छाउने छ । सामाजिक सभासमारोहमा समय खर्च हुनाले केही गर्नैपर्ने काम रोकिन सक्छन् । राजनैतिक वातावरणले निराशा हुनेछ । खानपिनमा तलबितल पर्नसक्छ । राज्यपक्ष वा प्रशासनिक काममा ढिलासुस्ती हुने योग छ । झैझगडाभन्दा टाढा रहनु राम्रो हुन्छ । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बुं बुधाय नमः यस मन्त्रको कम्तीमा ८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
sagittarius
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
चिताउँदै नचिताएको कुनै महत्वपूर्ण कार्य सिद्धि हुने छ । विपरीतलिङ्गीसँग विनम्र भावले व्यवहार गर्दा राम्रो हुनेछ । रोकिएका सरकारी काम सुल्झाउने राम्रो समय छ । समाजसेवाबाट वा साथीभाइको विचारलाई अनुसरण गर्दा लाभ हुनेछ । भाइबहिनी वा सन्ततिका कारण खुसीको वातावरण बन्नसक्छ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सों सोमाय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
capricorn
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
आत्मविश्वासमा अभिबृद्धि हुनेछ । मातापिता र अभिभावक वर्गसँग राम्रो सम्बन्ध रहने र महत्त्वपूर्ण सल्लाह र सुझाव प्राप्त हुनेछ । कर्मचारीले प्रशंसा पाउने छन् । घरायसी काममा दिलचस्पी बढ्ने छ । कर्मसिद्धिको समय छ । कर्मप्राप्तिका लागि गरिएका प्रयास सफल हुनेछन् । आम्दानीमा कमी आउने छैन । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सरस्वत्यै नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
aquarius
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
आज बिग्रिनै लागेको कुनै काम बन्न सक्छ, किनभने भाग्यभावमा चन्द्रमाको उपस्थिति रहेको छ । मनमा आध्यात्मिक र वैराग्यका भावना सञ्चरण हुन सक्छन् । पारमार्थिक कामप्रति चासो बढ्ने छ । गरेको परिश्रमको ढिलो गरी प्रतिफल आउने छ । मानप्रतिष्ठा र सामाजिक मर्यादाप्रति सजग रहनु राम्रो हो । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग पहेंलो वा गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ महालक्ष्म्यै नमः यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
pisces
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
आठौं घरमा चन्द्रमा रहेकाले सवारीसाधन चलाउँदा र बाटो काट्दा होस राख्नुहोला ।घरायसी कामधन्दामा केन्द्रित हुनुपर्छ । पारिवारिक जीवनमा समेत सन्तुष्टि हुँदैन । व्यक्तिगत स्वास्थ्यले चिन्तित तुल्याउने छ । विवाद, झैझगडामा समय र धन नष्ट हुनेछ, तर वैदेशिक क्षेत्रबाट लाभ मिल्नसक्छ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग हलुका रातो वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कुलदेवताभ्यो नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

२१ मंसिर, नयाँदिल्ली ।

भारतीय विदेशमन्त्री सुष्मा स्वराजले नेपालमा जारी मधेस आन्दोलन सम्बोधन भएमात्र नेपाल–भारतबीच अहिले देखिएको परिस्थिति सहज हुने बताएकी छन्।

भारतको निमन्त्रणामा नयाँदिल्ली आइपुगेका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेतासँग आइतबार भएको भेटमा स्वराजले त्यस्तो धारणा व्यक्त गरेकी हुन्। दिल्ली आएका मोर्चाका नेता महन्थ ठाकुर, राजेन्द्र महतो, उपेन्द्र यादव र महेन्द्र यादवलाई स्वराजले नयाँदिल्लीस्थित हैदराबाद हाउसमा रात्रिभोज पनि दिएकी थिइन्।
त्यस क्रममा स्वराजले नेपालको संविधान बृहत् अपनत्वसहितको हुनुपर्ने, मधेस आन्दोलनको तत्काल राजनीतिक समाधान हुनुपर्ने र त्यसैका आधारमा परिस्थिति सहज हुने बताएको भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरूपले जनाएका छन्। स्वरूपले स्वराजको भनाइ उद्धृत गर्दै ट्विट गरेका छन्, ‘नेपालको संविधान समावेशी हुनुपर्नेमा भारतले जोड दिँदै आएको छ।’

मोर्चाका नेताले विदेशमन्त्री स्वराजसहित विभिन्न दलका नेतालाई भेटी मधेस आन्दोलनबारे अवगत गराएका थिए। मोर्चाका नेताले भारतको प्रतिपक्षी दल कांग्रेस आईका वरिष्ठ नेता करण सिंह, नेसनलिस्ट कांग्रेस पार्टीका महासचिव डीपी त्रिपाठी र जनता दल युनाइटेडका अध्यक्ष शरद यादवसँग पनि छुट्टाछुट्टै भेटवार्ता गरेका छन्। आजको अन्नपूर्ण पोस्टमा खबर छ ।
आइतबार, २० मंसिर
काठमाडौं । चीनबाट तेल ल्याउने तयारी गरेको नेपाल आयल निगमलाई पेट्रो चाइनाले इन्धनको मूल्यसूची  पठाएको छ । न पेट्रो चाइनाले ल्हासाको खुद्रा मूल्य निगमलाई उपलब्ध गराएको हो ।
ल्हासाको मूल्यसूचीअनुसार राजधानीमा करसहित प्रतिलिटर पेट्रोलको मूल्य एक सय ८० र डिजेलको मूल्य एक सय ५५ रुपैयाँ प्रतिलिटर पर्छ ।
करबाहेक भने केरुङ्गमा पेट्रोल ८८ रुपैयाँ प्रतिलिटरमा भित्र्याउन सकिने निगमले जनाएको छ । यसैगरी करबाहेक डिजेल करिब ८४ सम्ममा केरुङ्गमा उपलब्ध हुन सक्छ ।
व्यवस्थापिका संसदको उद्योग बाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले आइतबार डाकेको इन्धन आपूर्तिसम्बन्धी बैठकमा निगमका निमित्त निर्देशक दिपक बरालले यस्तो जानकारी दिएका हुन् ।
केही दिनअघि मूल्य, कर र अन्य प्राविधिक बिषयको बारेमा निगमको दुई सदस्यीय प्राविधिक टोली चीन गएको थियो । उक्त टोलीमा बराल पनि सहभागी भएका थिए ।
‘कर छुट गरेर अन्तर्रा्ष्ट्रिय मूल्यमा कारोबार गरौं भनेर हामीले दुई पटकसम्म चीनियाँ पक्षसँग छलफल गर्यौं । तर उनीहरुले आफु तल्लो निकाय भएकाले केही गर्न नसकिने बताए’, उनले भने, ‘अन्तर्रा्ष्ट्रिय मूल्य र कर छुटबारे नेपाल सरकार र चीन सरकार बसेर उच्चस्तरमा कुराकानी गरेपछि मात्रै मूल्य र कर छुटको बिषयमा कुनै विकल्प आउनसक्ने पेट्रो चाइनाका अधिकारीहरुले जानकारी दिए ।’
उनका अनुसार चीनमा पेट्रो चाइनाले नेपाल आयल निगमजस्तो इन्धनको मूल्य तय गर्दैन । चीनको नेशनल डेभलपमेन्ट प्लानिङ्ग एण्ड रिफर्म कमिशनले मूल्य निर्धारण गरेपछि सोही मूल्यअनुसार पेट्रो चाइनासहित अन्य व्यवसायीले इन्धन बिक्रि गर्न पाउँछन् ।
नेपाल आयल निगमले अहिले भारतसँग रक्सौलको मूल्यअनुसार कर छुटमा प्रति लिटर पेट्रोल ४५ रुपैयाँ ४७ पैसामा खरिद गर्दै आएको छ । बरालकाअनुसार पेट्रो चाइनाले उपलब्ध गराएको अहिलेको करसहितको पेट्रोलको मूल्य एक सय १८ मा केरुङ्गसम्म ढुवानी गर्दा एक सय ३५ रुपैयाँ पर्न आउँछ ।
केरुङ्गबाट नेपाल ल्याउँदा भन्सार शुल्क, प्रज्ञापन पत्र शुल्क, सडक सुधार शुल्क, मूल्य अभिबृद्धि शुल्क र ढुवानी शुल्क गरेर प्रति लिटर एक सय ८० रुपैयाँ पर्न आउँछ ।
पेट्रो चाइनाले उपलब्ध गराएको मूल्यअनुसार ल्हासामा मात्रै पेट्रोलतर्फ ६७ प्रतिशत र डिजलतर्फ ५१ प्रतिशत करवापत रकम बुझाउनु पर्छ ।
nepalsandesh
काठमाडौं, २० मंसिर । नेपालको संविधानमा असन्तुष्टि जनाउँदै अघोषित नाकाबन्दी गरिरहेको भारतविरुद्ध भारतकै राजधानी नयाँ दिल्लीमा विशाल प्रदर्शन गरिएको छ ।
‘भारतीय हस्तक्षेप तथा अघोषित नाकाबन्दीका विरोध करें, राष्ट्रियताका रक्षा करें’ भन्ने नारासहितको विरोध प्रदर्शनमा भारतका नेताहरुले समेत साथ दिएका छन् । भारतस्थित नेपालीहरुको संगठन अखिल भारत नेपाली एकता समाज, प्रवासी नेपाली संघ तथा भारत नेपाली एकता मञ्चको आयोजनामा दिल्लीको जन्तरमन्तरमा विरोध प्रदर्शन भएको हो ।
नेपाली एकता समाजका धनवीर पुनले सभामा केही भारतीय कम्युनिष्ट नेता पनि सहभागी भएर मोदी सरकारविरुद्ध प्रदर्शन गरेको दिल्लीबाट जानकारी दिए । उनका अनुसार दिल्ली प्रशासनले अनुमति नदिएपनि ठूलो सहभागितामा नेपालीहरुले प्रदर्शन तथा सभा गरेर दिल्लीमै नाकाबन्दीको विरोध गरे ।
dainiknepal
बनेपा, २० मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको वर्तमान समस्या समाधान गर्न नयाँ प्रस्ताव अघि सार्नुभएको छ । उहाँले मुलुकको समस्या समाधान गर्ने शिक्षा अहिलेको आवश्यकता भएको बताउनुभएको हो ।
काठमाडौँ विश्वविद्यालय(केयु) धुलिखेलको एक्काइसौँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै विश्वविद्यालयका कुलपतिसमेत रहनुभएका प्रधानमन्त्री ओलीले विश्वविद्यालयको शिक्षाको मापन पोसाक वा शुल्कका आधारमा हुन नहुने बताउनुभयो । प्रधानमन्त्री ओलीले विश्वविद्यालयबाट उत्पादित जनशक्ति गुणवान् हुनुपर्नेमा जोड दिनुभयो ।
सिउल नेसनल युनिभर्सिटीका प्रा सङ नाक इनले दीक्षित विद्यार्थीलाई आत्मीयतासहितको नेता बन्न तथा समर्पण र स्वयम्सेवी भावना लिएर काम गर्न आग्रह गर्नुभयो ।
विश्वविद्यालयका उपकुलपति डा रामकण्ठ मकाजुले अहिलेको सक्रिय पुस्ता लज्जास्पद अवस्थामा रहेको टिप्पणी गर्नुभयो ।
कार्यक्रममा स्नातक तहमा एमबिबिएस, बिडिएस, बिएस्सी नर्सिङ, बिएनएस, बिपिटीसहित पाँच विधामा तथा स्नातकोत्तर तहमा एमडी एमएस, एमएस्सी, डिएम, एमसिएचका दुई विधा गरी आठ विधाका स्नातक दीक्षित भएका छन् ।
दीक्षित भएकामा एक हजार २४४ छन् त्यसमध्ये छात्र ५५३, छात्रा ६९१ । तिनमा विदेशी विद्यार्थी एक सय छन् । सन् २०१५ सम्ममा केयुबाट नौ हजार ५७० मेडिकल ग्राजुएट उत्पादन भएका छन् । तीमध्ये सात हजार ५६५ एमबिबिएस, ६३९ बिएस्सी नर्सिङ, १०५बिएनएस, ९९ बिडीएस, १३विपिटी र एक हजार २४९ पिजी तहका छन् ।
dainiknepal
आइतबार, २० मंसिर
एजेन्सी । इन्डोनेसियाको राजधानी जकार्तामा आइतबार भएको रेल दुर्घटनामा १३ जनाको ज्यान गएको छ । एउटा यात्रुबाहक रेल अर्काे एक सार्वजनिक यातायातसँग ठोक्किन पुग्दा भएको दुर्घटनामा परी ती व्यक्ति मारिएका हुन् ।
राजधानी जकार्ताको पश्चिमी भागमा सो दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । उक्त रेलमा एक सार्वजनिक मिनीबस ठोकिएको थियो ।
रेलमार्गमा यसरी अर्काे सवारी ठोकिएको यो दुर्लभ घटना भएको इन्डोनेसियाली अधिकारीहरुले जनाएका छन् । उनीहरुले आफ्नो लिगबाटै गुडिरहेको रेलमा अर्काे एउटा मिनिबस ठोकिन पुगेको बताएका छन् । बसमा रहेका यात्रुको ज्यान गएको अधिकारीहरुले जनाएका छन् ।
यस घटनाको उद्वार र अनुसन्धान जारी रहेको समाचारमा जनाइएको छ । प्रहरीले यसको विस्तृत विवरण केही समयपछि दिने बताएको छ ।
nepalsandesh
आइतबार, २० मंसिर
काठमाडौँ । बृटिश–गोर्खा भूतपूर्व सैनिक सङ्घले आफूहरुलाई असमान पेन्सन, अमानवीय व्यवहारजस्ता विषयमा पुनः सङ्घर्षका कार्यक्रम गर्ने भएको छ ।
बृटिश–गोर्खा भूतपूर्व सैनिकले खाइपाइ आएको मासिक रु दुई अर्बभन्दा बढीको पेन्सन बेलायतमै राख्नका लागि आफ्ना परिवारलाई जबर्जस्ती बेलायतमै बसोबास गर्न बाध्य बनाइएकाले सङ्घर्ष गर्नुपरेको आज यहाँ आयोजित पत्रकार भेटघाटमा जानकारी दिइयो ।
बेलायती सरकारले त्यहाँ बसोबास गरिरहेका गोर्खाली एक महिनाभन्दा बढी अन्यन्त्रै बसे उनीहरूले पाउने मासिक आवासीय भत्ता तथा पेन्सन सुविधाबाट समेत वञ्चित हुनेगरी नयाँ नीति बनाउन लागेकाले आफ्नै मातृभूमिमा समेत आउने, बस्ने र फर्किने स्वतन्त्रताबाट वञ्चित हुने स्थिति आएको सङ्घका महासचिव कल्पना आङ्बुहाङ्गले बताए ।
उनले बृटिश गोर्खालीलाई बेलायती सेनासरह समान पेन्सन र सुविधाको घोषणा गर्न, जहाँ रहे पनि खाइपाइ आएको सेवा र सुविधामा कटौती नगर्न, भेदभावका व्यवहार अन्त्य गर्न, सन् १९४७ को सम्झौतालाई समयानुकूल परिवर्तन गर्न र राजनीतिक अधिकारसहितको दोहोरो नागरिकता प्रदान गर्न नेपाल सरकारका तर्फबाट समेत पहल हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा सङ्घका तर्फबाट कानुनी सहयोग गर्दै आउनुभएका अधिवक्ता डा गोपालकृष्ण सिवाकोटीले जहाँ रहे पनि समान सुविधा पाउनुपर्ने कानुनी आधार रहेको प्रष्ट पारे ।
nepalsandesh
आइतबार, २० मंसिर
काठमाडौं । प्रमुख राजनीतिक दलहरुसँगको वार्ता छाडेर भारतीय नेताहरुसँग मधेसी मोर्चाका नेताहरु भारत भ्रमणमा रहेका छन् ।

उनीहरुले भारतमा विभिन्न पार्टीका शिर्ष नेतृत्वसँग नेपालमा देखिएको समस्याका बारेमा ब्रिफिङ समेत गरिरहेका छन् । भारत पुगेका संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालमा नाकाबन्दी नभएको दावी गरेका छन् ।
तीन दलले ल्याएको साझा धारण अस्वीकार गर्दै भारत पुगेका यादवले भारतीय नेतासँगको भेटपछि पत्रकारसित कुरा गर्दै आफूहरुले नाकाबन्दी नगरेको दावी गरे । उनले भारतले नकाबन्दी नगरेर आफूहरुले अवरोध गरेको भारतीय सञ्चार माध्यमसँग बताए ।
जनता दल युनाइटेडका अध्यक्ष शरद पवारसँग भेटेर फर्केपछि पत्रकारले नकाबन्दी बारे प्रश्न गर्दा उनले भारतले नेपालमा नाकाबन्दी नगरेको दावी गर्न छाडेनन् । उनले आफूहरुले समेत नाकाबन्दी नभई सीमा नाकामा अवरोधमात्र गरेको उल्लेख गरे ।
त्यस्तै अर्का नेता सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले मधेषमा भइरहेको आन्दोलन मधेसी जनताको माग भएको उल्लेख गरे ।
उनले नेपालका राजनीतिक दलहरुले समस्या समाधान गर्न नखोजेको र सस्तो लोकप्रियताको लागि समस्यालाई नाकाबन्दीसँग जोडेको आरोप लगाए ।
nepalsandesh
आइतबार, २० मंसिर
काठमाडौं । मधेस आन्दोलनका बारेमा सरकारले भारत गएर गलत भ्रम फैलाएकाले मोर्चाका नेताहरु भ्रम चिर्न भारत गएको तमलोपाका महामन्त्री जितेन्द्र सोनलले दाबी गरेका छन् ।
बाराको कलैयामा पत्रकार सम्मेलन गर्दै सोनलले भारतीय प्रधानमन्त्रीले निमन्त्रणा गएर गएको भन्ने भ्रम फैलाइएको बताउँदै आफुहरु भारतमा रहेको भ्रम अन्त्य गर्न भारत गएको बताए ।
उनले मधेसी मोर्चाका अध्यक्षहरुको भारत बसाई एक दुई दिन लम्बीने सम्भावना रहेको पनि बताए ।
भारतबाट फर्के लगत्तै एक टोली युरोप सम्म पुग्न सक्ने उनले बताए । उनले युरोपमा पनि नेपालको मधेसमा जारी आन्दोलनबारे भ्रम रहेको बताए ।
nepalsandesh
आइतबार, २० मंसिर
काठमाडौं । मधेस आन्दोलनको समाधानकालागि भन्दै सरकारले आह्वान गरेको वार्तालाई अस्विकार गर्दै दिल्ली दौडमा निस्कीएका मधेसवादी दलका नेताहरुको डिनर तालीका सार्वजनिक भएको छ ।
आज दिउँसो दिल्ली उत्रीएका चार मधेसवादी दलका अध्यक्षहरुले आजै जनता दलका अध्यक्ष शरद यादवलाई उनकै घरमा भेट गरिसकेका छन् ।
त्यस्तै कांग्रेस नेता करण सिंहलाई पनि उनीहरुले भेटघाट गरेका छन् । आजै साँझ भारतीय विदशे मन्त्री सुष्मा स्वराजले उनीहरुसँग डिनर गर्ने कार्यतालीका छ ।
मोर्चाका नेताहरुलाई भारत सरकारकै पहल र भारतकै लगानीमा ताजमानसिंह होटलमा राखिएको छ । मोर्चाका नेताहरुलाई दिल्लीस्थित विमानस्थलमा भारतीय विदेश मन्त्रालयका नेपाल मामला हेर्ने सहसचिव अभय ठाकुरले स्वागत गरेका थिए ।
उनलाई मधेसी मोर्चाका नेताहरुको स्वागतकालागि विदेश मन्त्री स्वराजले विमानस्थल पठाएकी थिइन् ।
आन्दोलनरत मधेसी मोर्चामा आवद्ध उपेन्द्र यादव, महन्थ ठाकुर, राजेन्द्र महतो र महेन्द्र यादव दिल्ली दौडमा छन् ।
nepalsandesh
तुलसीपुर : पछिल्लो समयमा केही सुस्ताएको थारु आन्दोलनलाई निर्णायक बनाउनका लागि थारु युवाले ‘थारु युवा स्वंयसेवक’दस्ता बनाएका छन्। अमेरिकाबाट फर्केका युवकको कमान्डमा थारु दस्ता गठन भएको छ।

देशभरबाट जुटेका थारु युवाहरुले दाङको एउटा गाउँमा तीन दिनसम्म भेला गरेर यस्तो दस्ता बनाएका हुन्। दस्ताको संयोजकमा महाबीर चौधरी छन्। उनी अमेरिका बस्दै आएका थिए । थारु कल्याण कारिणीको उनी अमेरिका संयोजक पनि हुन् । थारु आन्दोलनमा सबै थारु युवा पुस्ताहरुलाई एकीकृत गर्ने जिम्मा भेलाले उनलाई दिएको छ । उनको संयोजकत्वमा गठन भएको ११ सदस्यीय दस्ताको प्रारम्भिक कमिटीले देशभर त्यस्ता गठन र परिचालन गर्नेछ।

‘थारु आन्दोलनका मुद्दाहरुमा सत्तासँग सम्झौता हुन थालेको छ तर, हामी त्यसो गर्न दिन्नौँ’दस्ताका संयोजक चौधरीले भने ‘त्यसैले अब देशका थारु युवाहरुलाई भेला गरेर आन्दोलनलाई अझैं उचाइँमा पुर्‍याउने निर्णय भएको छ ।’ तीन दिनसम्म चलेको भेलापछि आइतबार पत्रकार सम्मेलन गरेर उनीहरुले ८ बुँदे घोषणापत्र पनि सार्वजनिक गरेका छन् ।

भेलाले आन्दोलनलाई अझैं सशक्त र प्रभावकारी बनाउनका लागि देशभर युवाहरुलाई परिचालन गर्ने निर्णय गरेको छ । त्यसका लागि थारुवान÷थरुहट आन्दोलनलाई अघि बढाउनका भन्दै उनीहरुले ‘एक गाउँ सय युवा जाउँ’ भन्ने अभियान पनि सुरु गर्ने भएका छन् । अबको थारु आन्दोलनमा प्रत्येक गाउँमा सय जना युवा अनिवार्य आन्दोलनमा आउनुपर्नेछ ।

भेलाले थारुका मुद्दामा थारुका अधिकार कुण्ठित हुनेगरी सम्झौता गर्नेहरुको भन्डाफोर गर्ने र उनीहरुलाई सामाजिक बहिष्कार गर्दै थारुहट भूमिमा प्रवेश निषेध गर्ने निर्णय पनि गरेका छन् ।

उनीहरुले थारु आन्दोलनलाई सिथिल बनाउनका लागि केही तत्वहरु सरकारमा गएर थारु आन्दोलनलाई सत्तासँग सम्झौता गरेको भन्दै आक्रोश पनि पोखेका थिए । विजयकुमार गच्छदारको पार्टी फोरम लोकतान्त्रिक अहिले सरकारमा छ । त्यो दलका संसदीय दलका प्रमुख सचेतक योगेन्द्र थारु पनि पहिला थरुहट आन्दोलनमा सक्रिय थिए ।

भेलाले थारु आन्दोलनमा सबै पार्टीका थारु सांसदहरुलाई अनिवार्य उपस्थिति गराउने पनि निर्णय गरेको छ ।‘थारुहरुको साझा मुद्दा, सवालमा सम्पूर्ण राजनैतिक दलका थारु सभासद एंव नेताहरुलाई एकतावद्ध भएर सामूहिक संघर्षको लागि गोलवद्ध गर्ने निर्णय गरियो’ उनीहरुको घोषणापत्रमा भनिएको छ । त्यस्तै उनीहरुले आमहड्तालको क्रममा कालोबजारी गर्ने जोकोहीलाई पनि कडा कारबाही गर्ने चेतावनी दिएका छन् ।

थारु आन्दोलनका घटकहरु नयाँ सरकार गठनपछि कोही सडक र कोही सरकारमा भएपछि यो आन्दोलन सेलाएको छ। कैलाली घटनापछि आन्दोलनका संयोजक धनीराम चौधरी वेपत्ता भएपछि पूरै सिथिल भएको यो आन्दोलनको जिम्मेवारी केही दिनअघि होरिलाल चौधरीलाई दिइएको थियो । आन्दोलनको नेतृत्वको लागि अहिले थारु आन्दोलनका घटकहरु नै विवादित छन्।
annapurnapost
२० मंसिर, काठमाडौं । नेपालभित्रको प्रदेश सीमांकन मुद्दा सुल्झाउन मधेसी नेताहरुलाई निम्तो दिएको दिल्लीले आफ्नै देशभित्रको पहिचानको मामिला भने अहिलेसम्म सुल्झाउन सकेको छैन ।
गोर्खाल्याण्डको माग गर्दै विगत लामो समयदेखि चलिरहेको संघर्ष फेरि चर्काउने तयारी दार्जीलिङका नेपाली भाषीहरुले गरेका छन् ।

नेपालका मधेसवादी नेताहरु दिल्ली जाँदै गर्दा शनिबार गोर्खाल्याण्डको माग राख्दै गोर्खाल्याण्ड पार्वत्य परिषदका विमल गुरुङ केन्द्रीय गृहमन्त्री राजनाथ सिंहसित कडिकडाउ वार्ता गरिरहेका थिए । वार्तामा आफूले दिल्लीमा आएर गोर्खालीहरुले सामुहिक आत्मदाह गर्ने चेतावनी दिएको गुरुङले भारतीय सञ्चारमाध्यमलाई बताएका छन् ।
‘मैले गृहमन्त्रीलाई भनेँ कि अब पनि तर्पांहरुले गोर्खालाई न्याय दिनुहुन्न भने दिल्लीमा हजारौं गोर्खाले आत्मदाह गर्नेछन् । मैले त्यसो भन्दा गृहमन्त्री घोरिए,’ गुङको भनाइ उद्वृत गर्दै भारतीय पत्रिका हिमालय दर्पणले लेखेको छ ।
गुरुङले गोर्खाल्याण्डको आन्दोलनलाई फेरि जिरोबाट सुरु गरेको उल्लेख गर्दै अब गोर्खाल्याण्डमा हस्ताक्षर गरेर मात्रै यसलाई बिसाउने प्रतिवद्धता जनाएका छन् ।
बंगालीले आफूहरुलाई कहिल्यै राम्रो नजरले नहेर्ने र गोर्खाले राम्रो गरेको देखिनसहने भएकाले आफूहरु पश्चिम बंगालअन्तरगत रहेर बस्न नसक्ने गुरुङले गृहमन्त्री राजनाथलाई बताएका छन् । आफ्नो मागप्रति गृहमन्त्री गम्भीर रहेको गुरुङको भनाइ छ ।
onlinekhabar भिडियो हेर्न तलको बाकस थिच्नुहोस
मंसिर २०, २०७२- भारतले नेपालमाथि लगाएको अघोषित नाकाबन्दीको विरोधमा भारतकै राजधानी नयाँ दिल्लीमा विरोध सभा प्रदर्शन गरिएको छ । भारतस्थित नेपालीहरुको संगठन मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, प्रवासी नेपाली संघ तथा भारत नेपाली एकता मञ्चको आयोजनामा दिल्लीको जन्तरमन्तरमा विरोध सभा भएको हो । सभामा केही भारतीय कम्युनिष्ट नेता पनि सहभागी छन् ।

दिल्ली प्रशासनले सभा गर्ने अनुमति नदिएको भए पनि ठूलो सहभागीतामा सभा भइरहेको छ । ‘भारतीय हस्तक्षेप तथा अघोषित नाकाबन्दीका विरोध करें, राष्ट्रियताका रक्षा करें’ भन्ने नारा लेखिएको ब्यानर टाँगेर सभा गरिएको छ ।

kantipur.ekantipur
काठमाडौं : सरकारले संविधान संशोधन विधेयक आइतबार नै  संसद्मा पेस गर्ने तयारी गरेको छ।

संसद्को आइतबारको बैठकको कार्यसूचमा संविधान संशोधन विधेयक पेस गर्ने कार्यक्रम राखिएको छ। तर आज पनि मधेसी मोर्चाका सा‌ंसदहरुले संसद्‍मा अवरोध गर्ने तयारी रहेकोले विधेयक हुनसक्ने अवस्था छैन।

आइतबार दिउँसो एक बजे बोलाइएको संसद्को बैठक अहिलेसम्म चल्न सकेको छैन।  मधेसी मोर्चाका सांसदहरुको घेराउ तथा नाराबाजीका कारण संसद्‍को बैठक  निरन्तर अवरुद्ध हुँदै आएको छ।


मधेसी मोर्चासँगको निर्णायक वार्ताका लागि सकारात्मक वातावरण बनाउन सरकारले कांग्रेस नेतृत्वको सरकारका बेला दर्ता भएको विधेयकलाई पेस गर्न लागेको हो। यसमा समानुपातिक समावेशी सहभागिता र जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारणसम्बन्धी व्यवस्था छ ।

सुरुमा एमाले विधेयक पेस गर्न तयार नभए पनि उपप्रधानमन्त्री कमल थापाको भारत भ्रमण र प्रधानमन्त्री र भारतीय विदेशमन्त्रीबीचको टेलिफोन सम्वादपछि एमाले विधेयक अघि बढाउन तयार भएको हो।

तर मधेसी मोर्चाका नेताहरुले भने विधेयकले आफूहरुको माग सम्बोधन नगर्ने भन्दै यसलाई झारा टार्ने प्रयास मात्रै भनेका छन् ।
annapurnapost
आइतबार, २० मंसिर
नयाँदिल्ली । भारत सरकारको निमन्त्रणमा दिल्ली पुगेको मधेसी मार्चाका शिर्ष नेताहरु दिल्ली पुगेका छन् ।
दिल्ली पुगे लगत्तै भारतिय दुतावासले उपलब्ध गराएको एक होटलमा ब्रेकफान्सको कार्यक्रम चलिरहेको छ ।
केही समयपछि मोर्चाका नेताहरुले समुक्त रुपमा जनता दलका अध्यक्ष शरद यादवसँग भेटवार्ता गर्ने छन भने अपरान्न ४ बजे कंग्रेस आईका नेता करन सिंहसँग र नेश्नलिष्ट कांग्रेसका नेता डिपी त्रिपाठीसँग तराई आन्दोलन र आफनो मागको सम्बन्धमा भारतको धारणा दिने छन् ।
यसपछि साझ ८ बजे विदेशमन्त्री शुष्मा स्वराजसंग भेटवार्ताको कार्यक्रम रहेको छ ।भने भेट सकिए लगत्तै साझ प्रमुख विपक्षी दल भारतीय राष्ट्रिय काँग्रेसका नेता सोनिया गान्धी, विदेशमन्त्री सुष्मा स्वराज, नेताहरु डिपी त्रिपाठी, सीताराम यचुरीलगायत नेताहरुबिच डिनर पार्टीको आयोजना हुने छ ।
यसैगरी मोर्चाका नेताहरुले सोमबार प्रधानमन्त्री मोदीसँग भटेने कार्यक्रम तय गरिएको छ ।
भेटमा तराईमा चलिरहेको आन्दोलको विषयमा बालुवाटारमा सरकार संग पटक पटक भएको वार्ताबाट निष्कर्ष नआएको विषयमा छलफल हुने मधेसी मार्चाका एक नेताले बताए ।
मोर्चाको आन्दोलन र नाकाबन्दीको कारण विश्वबाट बाट नै दवाव सिर्जना भएपछि दिल्लीकै अगुवाइमा नेपालको समस्या समाधानको लागि प्रधानमन्त्री मोदीको सल्लाह र सुझाब अनुसार बुधबार दिल्लीबाटै सिधै काठमाडौ आउने कार्यक्रम रहेको छ ।
nepalsandesh
भैरहवा, २० मंसिर । आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका चार नेता र दुई कार्यकर्तालाई प्रहरीले भैरहवाबाट पक्राउ गरेको छ ।
नेपाल-भारत सीमामा पर्ने भैरहवाको बेलहिया नाकामा धर्ना दिन आएका चार नेतासहित ६ जनालाई पक्राउ गरिएको रुपन्देहीका प्रहरी प्रमुख एसपी बुद्धि गुरुङले जानकारी दिनुभयो ।
पक्राउ पर्नेमा संघीय समाजवादी फोरम नेपालका रुपन्देही जिल्ला अध्यक्ष महेन्द्र यादव, तराई मधेस लोकतान्त्रिक पार्टीका जिल्ला अध्यक्ष अजय वर्मा, सदभावना राजेन्द्र महतो पक्षका केन्द्रीय उपाध्यक्ष ओमप्रकाश यादव (गुल्जारी) र तमसपाका रुपन्देही जिल्ला अध्यक्ष श्रीनिवास यादव रहेका छन् ।
एसपी गुरुङका अनुसार धर्ना दिन बसेका कार्यकर्ताहरु गणेश पाल र राजकुमार सिंह पनि पक्राउ परेका छन् । उनीहरुलाई हिरासतमा राखिएको छ ।
dainiknepal
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Aug 24 (6)
  • Aug 23 (1)
  • Aug 19 (1)
  • Aug 18 (19)
  • Aug 17 (17)
  • Aug 16 (24)
  • Jan 24 (18)
  • Jan 23 (27)
  • Jan 22 (32)
  • Jan 21 (35)
  • Jan 20 (35)
  • Jan 19 (34)
  • Jan 18 (40)
  • Jan 17 (45)
  • Jan 16 (27)
  • Jan 15 (29)
  • Jan 14 (35)
  • Jan 13 (40)
  • Jan 12 (32)
  • Jan 11 (39)
  • Jan 10 (31)
  • Jan 09 (23)
  • Jan 08 (31)
  • Jan 07 (30)
  • Jan 06 (39)
  • Jan 05 (34)
  • Jan 04 (39)
  • Jan 03 (43)
  • Jan 02 (47)
  • Jan 01 (31)
  • Dec 31 (34)
  • Dec 30 (36)
  • Dec 29 (43)
  • Dec 28 (33)
  • Dec 27 (27)
  • Dec 26 (38)
  • Dec 25 (33)
  • Dec 24 (38)
  • Dec 23 (44)
  • Dec 22 (39)
  • Dec 21 (37)
  • Dec 20 (40)
  • Dec 19 (31)
  • Dec 18 (47)
  • Dec 17 (30)
  • Dec 16 (16)
  • Dec 15 (42)
  • Dec 14 (30)
  • Dec 13 (32)
  • Dec 12 (35)
  • Dec 11 (42)
  • Dec 10 (26)
  • Dec 09 (31)
  • Dec 08 (15)
  • Dec 07 (37)
  • Dec 06 (30)
  • Dec 05 (34)
  • Dec 04 (32)
  • Dec 03 (33)
  • Dec 02 (36)
  • Dec 01 (37)
  • Nov 30 (48)
  • Nov 29 (28)
  • Nov 28 (35)
  • Nov 27 (35)
  • Nov 26 (47)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (27)
  • Nov 22 (32)
  • Nov 21 (43)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (22)
  • Nov 17 (29)
  • Nov 16 (32)
  • Nov 15 (25)
  • Nov 14 (28)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (42)
  • Nov 09 (22)
  • Nov 08 (40)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (42)
  • Nov 01 (44)
  • Oct 31 (29)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (47)
  • Oct 27 (32)
  • Oct 26 (39)
  • Oct 25 (35)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (22)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (31)
  • Oct 02 (29)
  • Oct 01 (29)
  • Sep 30 (29)
  • Sep 29 (24)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (26)
  • Sep 25 (27)
  • Sep 24 (18)
  • Sep 23 (15)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (26)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (12)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (19)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (22)
  • Sep 07 (22)
  • Sep 06 (26)
  • Sep 05 (18)
  • Sep 04 (23)
  • Sep 03 (24)
  • Sep 02 (25)
  • Sep 01 (24)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (27)
  • Aug 28 (28)
  • Aug 27 (30)
  • Aug 26 (29)
  • Aug 25 (24)
  • Aug 24 (35)
  • Aug 23 (30)
  • Aug 22 (31)
  • Aug 21 (32)
  • Aug 20 (30)
  • Aug 19 (33)
  • Aug 18 (27)
  • Aug 17 (34)
  • Aug 16 (28)
  • Aug 15 (23)
  • Aug 14 (23)
  • Aug 13 (22)
  • Aug 12 (19)
  • Aug 11 (18)
  • Aug 10 (24)
  • Aug 09 (16)
  • Aug 08 (18)
  • Aug 07 (25)
  • Aug 06 (16)
  • Aug 05 (18)
  • Aug 04 (21)
  • Aug 03 (19)
  • Aug 02 (14)
  • Aug 01 (17)
  • Jul 31 (19)
  • Jul 30 (19)
  • Jul 29 (15)
  • Jul 28 (12)
  • Jul 25 (14)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home