• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
काठमाडौं : राष्ट्रपति कार्यलयले संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई वार्ता र सहमतिका आधारमा संविधान निर्माण गर्न लेखेको पत्र राष्ट्रपति कार्यलयले सोमबार सार्वजनिक गरेको छ ।

राष्ट्रपति यादवले भदौ २५ गते पठाएको पत्र शितलनिवासले सोमबार सार्वजनिक गरेको हो । उनले सबै पक्षलाई समेटेर सबैले स्वामित्व ग्रहण गर्ने खालको संविधान जारी गर्नुपर्ने सुझाव दिएका छन् । राष्ट्रपति यादवले पठाएको पत्र यहाजस्ताको तस्तै प्रस्तुत गरिएको छ ।

सम्माननीय अध्यक्ष
संविधान सभा, नेपाल

(१)विगत सात दशकदेखि नेपालका राजनीतिक दलहरूले लोकतन्त्र र विधिको शासन स्थापनाका निम्ति अनवरत रूपले सङ्घर्ष गर्दै आएका हुन् । फलस्वरूप आज संविधान सभाले नयाँ संविधान निर्माणको अन्तिम चरणमा प्रवेश गरेको छ ।

हामी सबै नेपालीको लागि यो ऐतिहासिक क्षण र गर्वको विषय हुनुपर्ने कुरामा कुनै शङ्का छैन । यही पृष्ठभूमिमा सम्पूर्ण नेपालीले आफ्नो भाग्य रेखा आफै कोर्ने मूल उद्देश्य लिएर जननिर्वाचित संविधान सभाबाट नेपालको नयाँ संविधान तर्जुमा गर्ने निधो गरेका हुन् । यस्तो ऐतिहासिक र महत्वपूर्ण संविधान सभालाई राष्ट्रिय एकता, सामाजिक सु–सम्बन्ध र आपसी सम्वाद सुदृढ पार्ने अवसरका रूपमा उपयोग गर्न सक्नुपरेको छ । वर्तमान संविधान सभाबाट प्रत्येक नागरिकले आफ्नो स्वामित्व बोध गर्न सक्ने संविधान प्राप्त हुने अपेक्षा राखेका छन् ।


(२)नेपालको राजनीतिक इतिहासमा लोकतन्त्रको लागि नेपाली जनताले पटक–पटक सङ्घर्ष र बलिदान गरेका छन् । तर लोकतान्त्रिक उपलब्धिलाई संस्थागत गर्न र व्यवहारमा उतार्न नसकेको तितो यथार्थ हाम्रो सामु रहेको छ । यो यथार्थलाई गम्भीरतापूर्वक मनन गरी जारी हुन लागेको संविधानले “लोकतन्त्रको दियो कहिल्यै ननिभ्ने, र कसैले पनि निभाउन नसक्ने गरी संस्थागत गरोस्, जसले सबैलाई समान रूपमा उज्यालो दिन सकोस्” भन्ने हामी सबैको अभीष्ट रहेको छ । सयौँ शहीदहरूको बलिदान यसकै निम्ति भएको थियो ।

(३)संविधान सभा देशको एकता र अखण्डता तथा सामाजिक सद्भाव मजबुत पार्ने एउटा राष्ट्रिय अवसर पनि हो । साथै संविधानलाई राष्ट्रिय एकता र सम्वादका नयाँ कडीहरु पहिल्याउने थलोको रुपमा समेत हामीले उपयोग गर्न सक्नुपर्छ । नेपालको स्वतन्त्रता र भौगोलिक अखण्डताको संरक्षण गरी सम्पूर्ण नेपालीहरूलाई एकताको सूत्रमा आबद्ध गर्दै सार्वभौमिकता, स्वतन्त्रता र समानताको आधारमा न्यायपूर्ण समाजको सिर्जना गर्नु नेपालका लागि अपरिहार्य एवम् शाश्वत आवश्यकता बनेको छ । यसका लागि सङ्घीय लोकतान्त्रिक–गणतान्त्रिक शासन व्यवस्थालाई बलियो पार्दै शक्ति पृथकीकरण तथा सन्तुलन, संविधानवाद र कानूनी राज्यको मान्यतालाई आत्मसात् गरी नागरिकको आधारभूत मानवअधिकार संरक्षण गर्दै स्वतन्त्र र सक्षम न्यायपालिकाको प्रत्याभूति गरी समावेशी राज्य संरचनाको निर्माण गर्न नयाँ संविधान सक्षम हुनुपर्दछ भन्ने मेरो मान्यता रहेको छ । यहाँ हामी सबैले स्मरण गर्नुपर्ने तथ्य के भने, संविधानको निर्माण अरु कसैको निम्ति नभई देश र जनताको निम्ति हो।

(४)संविधान सभाद्वारा संविधान निर्माण गर्ने राष्ट्रको ठूलो जिम्मेवारीपूर्ण ऐतिहासिक भूमिका निष्कर्षमा पुर्‍याउने निर्णायक चरणमा संविधान सभा प्रवेश गरिसकेको छ । यस्तो बेलामा मुलुक, समाज र संविधानसभामा भइरहेका गतिविधिबारे सूचित रहनुलाई मैले पदीय दायित्वका रूपमा ग्रहण गरेको छु । हरेक राजनीतिक दल, पदाधिकारी तथा नागरिकहरू पनि यो महत्वपूर्ण घडीमा संविधान सभाको विधि र प्रक्रियालाई धैर्यका साथ नजिकबाट नियालिरहेका छन् ।
 
(५)सङ्घीयता नेपालको सन्दर्भमा नौलो प्रयोग हुने भएकाले यसमा केही कठिनाइ र असहजता देखिनु स्वाभाविक हो । त्यसैले हाम्रो राष्ट्रिय एकता बलियो बनाउन विभिन्न जातजाति र समुदायको पहिचानलाई सम्मान गर्दै सामाजिक सद्भाव र एकता जस्ता सङ्घीयताका आधारभूत एवं सुन्दर पक्षहरूलाई नेपालले अँगाल्न सक्नुपर्दछ । यसका निम्ति सङ्घीयताको स्वरूप निर्धारण यथासम्भव सामाजिक एवम् आर्थिक न्यायका हिसाबले प्राकृतिक स्रोत साधनको सन्तुलित र उचित वितरण एवम् उपयोग सम्भव हुने गरी हुनुपर्दछ । प्रदेशहरूको सीमाङ्कन गर्दा सम्बन्धित विज्ञहरूको सल्लाहका साथै निश्चित वैज्ञानिक आधारहरू समेत लिई जनतालाई विश्वास दिलाउनेतर्फ संविधान सभाले विशेष ध्यान दिनुपर्छ कि भन्ने मेरो बुझाइ छ ।

(६)संविधान निर्माणको प्रक्रियाबाट सकेसम्म देशका कुनै पनि समूह, समुदाय र भूखण्डहरू बाहिर नपरुन भन्नेतर्फ ध्यान जानु पनि आज त्यतिकै जरुरी देखिएको छ । यस निम्ति अझ पनि समय ढल्किसकेको छैन। संविधान सभाको प्रक्रिया र संविधान सभामा प्रतिनिधित्व गर्ने सबै साना–ठूला दलहरूको सहभागिताको महत्वलाई हृदयङ्गम गरी संविधानलाई राष्ट्रिय एकताको दस्तावेज र राष्ट्रलाई समुन्नतितर्फ उन्मुख गराउने समावेशी तथा अभिप्रेरक सर्वोच्च कानुनी दस्तावेजका रूपमा उभ्याउन हामीले अन्तिम क्षणसम्म सक्दो प्रयास गर्नु जरुरी हुन्छ । संविधान निर्माण प्रक्रियालाई समुदाय, क्षेत्र, जातीयता आदि सबैलाई एकताको सूत्रमा बाँध्ने सर्वोच्च वैधानिक विधिहरुको रूपमा विश्वमै सबैले मान्यता दिएका छन् । यो नेपालले जुराएको पहिलो ऐतिहासिक अवसरलाई सबै नेपालीलाई एकताको सूत्रमा बाँध्ने लोकतान्त्रिक दस्तावेजको रूपमा संविधान जारी हुने स्थिति सृजना गरौँ, भनी सम्मानित सभाका सभासदहरूसँग सम्माननीय अध्यक्ष मार्फत् सादर आग्रह गर्दछु ।

(७)संविधानको मस्यौदा (विधेयक) हेर्दा आफूलाई लागेका विचार र आफ्ना सुझावहरू अनौपचारिक रूपमा संविधान सभाका अध्यक्ष, सम्वाद समिति तथा मस्यौदा समितिका सभापतिहरू र संविधान सभामा रहेका प्रमुख चार दलका शीर्षनेताहरूलाई यस अघि नै उपलब्ध गराइसकेको छु । सम्मानित संविधान सभाको जानकारी र प्रयोजनका निम्ति उक्त सुझावको एकप्रति यसै साथ संलग्न गरेको व्यहोरा पनि अवगत गराउँछु ।
मितिः २०७२ भाद्र २५, शुक्रबार
annapurnapost.com
परासी : संयुक्त मधेसी मोर्चाका कार्यकर्ताहरुले गएराति परासीको बैरिहवा चोकमा एक स्कुल बसमा आगजनी गरेका छन् ।

प्रहरीका अनुसार मोर्चाका कार्यकर्ताहरुले राती १ बजेको समयमा परासीस्थित लिटिल एन्जेल्स उच्च माविको बसमा आगजनी गरेका हुन ।

परासीका अधिकांश निजी विद्यालयहरुले विद्यार्थी ओसारपसार गर्न ग्रामीण क्षेत्रमा बस पठाउने गरेका छन् ।

त्यसरी पठाइएका बस राति गाउँमा नै बसेर विहान विद्यार्थीलाई स्कुल लिएर आउने गरेका छन् ।

बन्दका कारण एक महिनादेखि कुस्मा गाउँमा राखिएको उक्त बस रातको समयमा ल्याउने क्रममा मोर्चाका कार्यकर्ताहरुले आगजनी गरेको बताइएको छ ।

तर स्कुलमा प्राचार्य सूमनगोपाल आचार्यले भने गाउँमा एक महिनादेखि रोकी राखेको बसमा आगजनी गरेको बताएका छन् ।

संविधानको प्रकृया अघि बढेसँगै नवलपरासीका मधेस केन्द्रीत दलले आफ्नो आन्दोलनलाई कडा बनाउन थालेका छन् ।

केन्द्रको निर्देशन भन्दै उनीहरुले आईतवार रातिदेखिनै बन्द हड्ताललाई कडा बनाउने योजना अनुसार आफ्ना गतिविधिलाई अघि बढाएका छन् । annapurnapost.com
पोखरा, २८ भदौ । पोखराको अमरसिंहचोकमा माइक्रो बसको ठक्करबाट एक युवतीको मृत्यु भएको छ ।
लेखनाथबाट पोखरातर्फ आइरहेको ना५ख ३४० नम्बरको माइक्रो बसले पोखराको छिनेडाँडाबाट पृथ्वीचोकततर्फ
आइरहेको ग१० प७४४ नम्बरको स्कुटरलाई पछाडिबाट ठक्कर दिँदा सिमलचौर निवासी २३ वर्षीया जमुना पहारी अर्यालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
स्कुटरको पछाडि बस्ने २० वर्षीया एलिसा बराल सामान्य घाइते भएकी छिन् । मृतक जमुना छिनेडाँडामा आफ्नी दिदीको घरमा दर खाएर घर फर्कदै गर्दा आइतबार साँझ सो दुर्घटना भएको प्रहरीले जनाएको छ ।
प्रहरीले माइक्रो बस चालक लेखनाथका २४ वर्षीय मीनबहादुर सुनारलाई पक्राउ गरेको छ
dainiknepal.com
काठमाडौं, २८ भदौ । संघीय प्रदेशको सिमाङ्कनमा असन्तुष्टि जनाएर सडकमा आन्दोलनमा गएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले नयाँ रणनीति बनाउने योजनामा पुगेको छ ।
प्रमुख दलहरू कांग्रेस, एमाले र एकीकृत माओवादीसहितका दलहरू मिलेर संविधानसभाबाट नयाँ संविधान जारी गर्ने पक्षमा दृढताका साथ प्रक्रियामा गएपछि मधेसी मोर्चाले थप नयाँ रणनीति बनाउने पक्षमा पुगेको हो । मोर्चाले त्यसको तयारी पनि सुरु गरेको जनाएको छ ।
दैनिक नेपालसँग कुरा गर्दै सद्भावना पार्टीका महासचिव मनीष सुमनले प्रमुख तीन दलले मधेसी दलहरूका मागलाई वेवास्ता गर्दै संविधान निर्माणको प्रक्रिया अगाडि बढाएकाले अब आफूहरूले पनि आन्दोलनलाई त्यही ढङ्गले अगाडि बढाउने बताउनुभयो । ‘मधेसी दलका मागको सुनुवाई भएन’, उहाँले भन्नुभयो, ‘ठूला तीन दलले गम्भीर धोका दिएका छन् ।’
उता, संघीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले आदिवासी जनजातिका मागलाई सम्बोधन नगरेर ल्याइने संविधानको औचित्य नरहेको बताउनुभएको छ । ‘संविधानका लािग एक थान संविधान निर्माणको कार्य भएको छ’, सहअध्यक्ष श्रेष्ठले भन्नुभयो, ‘सेना परिचालन गरेर युद्धकालीन अवस्थामा जस्तो गरी जारी गरिने संविधान टिकाउन हुँदैन ।’
उहाँले सबै उत्पीडित समुदायका अधिकार सुनिश्चित हुने पर्ने माग गर्नुभयो । ‘आन्दोलन जारी रहन्छ’, सहअध्यक्ष श्रेष्ठले भन्नुभयो, ‘अधिकार विहीन संविधान मान्ने पक्षमा छैनौ ।’
मधेसी मोर्चाले संविधान जारी भएको अर्को दिन त्यसको प्रति जालउने योजना बनाएको छ । सद्भावनाका महासचिव सुमनले मधेसीको अधिकार विना आउने संविधान जलाउने चेतावनी दिनुभयो ।
dainiknepal.com
काठमाडौं, २८ भदौ । राजधानीमा केही समय यता सामान्य रहेको तरकारीको मूल्य ह्वात्तै आकाशिएको छ । शनिबार र आइतबारको तुलनामा सोमबार मात्रै तरकारी १५ देखि २० प्रतिशतले बढेको छ ।

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार सोमबार अधिकांश तरकारीको भाउ बढेको छ । जसमध्ये काउली र गोलभेंडाको भाउ ह्वात्तै आकाशिएको छ ।


काउली किलोको ८० रुपैयाँ छ भने गोलभेंडा ४० रुपैयाँमा कारोबार भैप्याज भने किलो ९५ रुपैयाँमा  कारोबार भइरहेको समीतिले जनाएको छ ।

त्यस्तै खुर्सानी किलोको ५५ देखि ६०, काँक्रो ५५, बोडी ४० देखि ४२ मा कारोबार भइरहेको छ । त्यस्तै सुन जस्तै महगों भनीएको प्याज किलोको ९६ रुपैयाँँ थोक मूल्य छ ।  बन्दा ४० देखि ४५, रातो नेपाली आलु ३९, रातो आलु २६ रुपैयाँमा  कारोबार भइरहेको समीतिले जनाएको छ ।

हेल्लो शुभप्रभात आज वि.सं. २०७२ भाद्र २८ गते सोमबार तदनुसार ई. सं. २०१५ सेप्टेम्बर १४ तारिख
भाद्रपद शुक्ल प्रतिपदा, उत्तराफाल्गुनी नक्षत्र, कन्या राशिको चन्द्रमा, शुभ योग, बब करण
आजको व्रत/पर्व : चन्द्रोदय, गूँलाधर्मको समाप्ति,
आजको मूहुर्त : अग्निवास(होमादि),
भोलिको व्रत/पर्व : दर खाने दिन, बाल दिवस,
भोलिको मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा),

आजको राशिफल



Aries Rashifal  मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
काम गर्दा आर्थिक, सामाजिक, व्यावहारिक आदि विभिन्न उपलब्धीहरू हासिल हुनेछन् । देख्दा झिनामसिना र सानातिना काम भए पनि आजको कामले दीर्घकालिक उपलब्धी हासिल हुनेछ । कुनै झैझगडा, विवाद वा तर्कवितर्कमा सरिक भई निर्णय दिन बाध्य हुनु पर्नेछ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग गाढा रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमश्चण्डिकायै यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

Taurus Rashifalबृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
विद्यार्थीहरूले आफ्नो क्षमता प्रदर्शन गरी स्याबासी पाउन सक्नेछन् र अन्य सबैले ज्ञानगुन, अध्यात्म र दर्शनका विषयमा आकर्षण देखाउने छन् । कुनै दीर्घकालिक योजनालाई मूर्त बनाउन आजको चिन्तन र उपाय महत्त्वपूर्ण बन्न सक्छ । भाइबहिनी र छोराछोरीका क्रियाकलापबाट सन्तुष्टि मिल्नेछ । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग बैजनी वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमो भगवते वासुदेवाय यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

Gemini Rashifal मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
महत्वाकाङ्क्षी योजना कार्यान्वयन गर्दै हुनुहुन्छ भने गोप्य राखेमा मात्र सफलता पाउनुहुनेछ, अन्यथा नयाँ काममा हात हाल्नु श्रेयस्कर हुँदैन । आफूमुनिका परिवारजनसँगको आत्मीयतामा कमी आउनसक्छ । मित्र र सहयोगीको साथ पाउन सकिंदैन । पारिवारिक समस्यामा समय र धन खर्च हुनसक्छ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग छिर्केमिर्के बुट्टे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कें केतवे नमः यस मन्त्रको कम्तीमा ७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

Cancer Rashifal कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
धार्मिक, सामाजिक काम वा परोपकारका क्षेत्रमा समय र धन खर्च गर्ने समय आएको छ । उपहार पुरस्कार आदि मिल्नेछ । बन्दव्यापारका क्षेत्रमा नयाँ काम गर्ने सोच बनाउनु भएको छ भने आज त्यसका लागि अनुकूल समय आएको छ । भाइबहिनीका तर्फबाट खुसीको खबर प्राप्त हुने सम्भावना समेत छ । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शं शनैश्चराय नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

Leo Rashifal सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
आर्थिक दृष्टिले राम्रो दिन छ । नोकरी र व्यवसायिक क्षेत्रमा आज तपाईंको बोलीको कदर हुने दिन हो । तपाईंको वाणि र व्यवहारप्रति विपरीतलिङ्गीको आकर्षण बढ्नेछ । सुनचाँदी जस्ता धातुको कारोवारबाट धेरथोर लाभ मिल्नेछ । भौतिक सम्पत्तिको जोहो हुनसक्छ । दिदीबहिनीको सहयोग पाइने छ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग सिन्दुरे रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ हं हनुमते नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

Virgo Rashifal कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
मित्र र सहयोगीले तपाईंको सहायता गर्नेछन् । तपाईंका महत्वाकाङ्क्षा र इच्छाहरू पूर्ण हुनेछन् । कुनै लाभदायक वस्तुको किनमेल र कारोबार गरिने छ । लामो दूरीको लाभदायक यात्राको सम्भावना छ । घरायसी वातावरण पनि तपाईंको पक्षमा रहनेछ । समग्रतामा अत्यन्त राम्रो परिणाम प्राप्त हुनेछ । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बुं बुधाय नमः यस मन्त्रको कम्तीमा ८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

Libra Rashifal तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
खर्चालु समय छ, चिताउँदै नचिताएको कुनै क्षेत्रमा खर्च बढ्ने सम्भावना छ । शरीरमा आलस्य र थकानको अनुभव हुनेछ । गरेका काममा साथसहयोग वा सद्भाव मिल्न कठिन छ । मनमा अशान्ति र छटपटी व्याप्त हुने छ । गरेका काममा छिट्टै सफलता प्राप्त नहुँदा दिक्क लाग्नेछ । साथीभाइ टाढिने छन् । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बृं बृहस्पतये नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

Scorpio Rashifal बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
बन्धुबान्धव र दाजुभाइले तपाईंका कामधन्धामा सहयोग पुर्याउने छन् । साथीभाइको राम्रो सल्लाह र सद्भावना प्राप्त हुनेछ । अपूरा कार्य पूर्ण हुनेछन् । रोकिएका सरकारी काम सुल्झाउने राम्रो समय छ । धार्मिक तथा आध्यात्मिक गतिविधिमा सहभागी बन्नु पर्नेछ र त्यसबाट प्रशंसित हुने अवसर प्राप्त हुनेछ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सफा र चम्किलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शुं शुक्राय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

Sagittarius Rashifal धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
व्यवसायिक र सामाजिक सम्बन्ध सुदृढ हुनेछ, तर चिन्तनमूलक काममा समय दिने फुर्सत पाउनु हुन्न । प्रेमसम्बन्ध र दाम्पत्य जीवनका लागि समय निकाल्न नसक्नाले थोरै तर सम्हाल्न सकिने नमिठोपना आउने सङ्केत भने देखिन्छ । आर्थिकपक्ष कमजोर छैन, कर्मसिद्धिको समय छ, जेगरे पनि फाइदा नै छ । आजका लागि शुभअङ्क १ र शुभरङ्ग कलेजी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ घृणि सूर्याय नमः यस मन्त्रको कम्तीमा ७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

Capricorn Rashifal मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
लामो दूरीको यात्रामा निस्कन वा यातायातको साधन किन्न आजको दिन अनुकूल छ । धार्मिक तथा सामाजिक कार्यमा महत्वपूर्ण भुमिका रहनेछ । टाढा रहेका आफन्तजनको उन्नति र प्रगतिको समाचार सुन्न पाउनु हुनेछ । मान्यजनको आशीर्वाद पाउनु हुनेछ । धार्मिक/सांस्कृतिक गतिविधिमा संलग्न हुनु पर्नेछ । आजका लागि शुभअङ्क ८ र शुभरङ्ग ध्वाँसे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ रां राहवे नमः यस मन्त्रको कम्तीमा १८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

Aquarius Rashifal कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
पुराना समस्या, चुनौती र सम्झनाका कारण तनाव झेल्नुपर्छ । सानातिना काम र घरेलु समस्यामै अल्मलिएर आजको दिन व्यतीत हुनेछ । यात्राका क्रममा सचेत हुनुपर्छ । परिवारका सदस्य अस्वस्थ हुनसक्छन् । आठौं चन्द्रमा छ, आवेगमा आउनु ठीक हुँदैन । शीघ्र निर्णय र क्रोध आजका शत्रु हुन् । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ अं अङ्गारकाय नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

Pisces Rashifal मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

सोच्दै नसोचेका कामहरू सजिलै सम्पन्न हुनेछन् । पराक्रम बढ्नुका साथै शरीर फुर्तिलो रहने छ । प्रेमसम्बन्ध र दाम्पत्य जीवन सुखमय रहनेछ । साझेदारी वा पार्टनरसीपमा कुनै काम गर्ने योजना बनाउनु भएको छ भने त्यसका लागि आज अनुकूल छ । घरायसी सुखका वस्तुको किनमेल हुनसक्छ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गुरवे नमः यस मन्त्रको कम्तीमा २४ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
(द्रष्टव्य : आज उल्लेख गरिएको राशिफल असल वा खराब जेजस्तो भए पनि तपाईंले आफ्नो कामप्रति निष्ठा जनाउनु पर्दछ, कर्तव्यपालना गर्नु पर्दछ र परोपकारी/सामाजिक भावना राख्नु पर्दछ, यसो गर्नुभएमा अनिष्ट नाश हुन्छ वा न्यूनीकरण हुनेछ र राम्रो राशिफल छ भने अझ धेरै शुभफल प्राप्त हुनेछ ।):

गोलबजार : मधेस अान्दोलन चर्किरहेका बेला सिरहा नगरपालिका–७ स्थित नेपाली कांग्रेस पार्टी कार्यालय जाने बाटोमा आइतबार दिउँसो भेटिएको शक्तिशाली प्रेसर कुकर बम नेपाली सेनाले निष्क्रिय गरेको छ ।

स्थानीय रन्जित यादवको घर अगाडि भेटिएको बम नेपाली सेनाको नयाँ गोरखगण चोहर्बाको बम डिस्पोजल टोलीले निष्क्रिय गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक रामकृपाल साहले जानकारी दिए । उनका अनुसार बम शक्तिशाली थियो ।

बमलाई जिल्ला कृषि विकास कार्यालय सिरहा परिसरमा लगेर डिस्पोज गर्दा ठूलो आवाज आएको थियो ।

बम कसले र किन राखेको भन्ने विषयमा केही नखुलेपनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस www.annapurnapost.com
कतिपय मानिसको नङ टोक्ने बानी हुन्छ । तर यो बानी बैज्ञानिक दृष्टीले त नराम्रो मानिन्छ नै धार्मिक दृष्टीले समेत अशुभ मानिन्छ । धर्म ग्रन्थले मानिसको आयु १०० वर्ष भन्दा पनि बढी हुने तर हाम्रा आनी बानीका कारण कम हुँदै गएको उल्लेख गरेका छन् । यस्तै अशुभ र आयु घटाउने बानी मध्ये मानिन्छ नङ टोक्ने बानी ।
यहाँ आयु घटाउने भनेर धर्म ग्रन्थमा उल्लेख गरिएका केही ब्यवहारको चर्चा गरिएको छ ।

१ जुन मानिस अस्थिर छ र नङ टोक्छ उसको मन अशुद्ध हुन्छ र चंचल हुने धार्मिक ग्रन्थमा उल्लेख छ । यस्ता ब्यक्तिको मृत्यु पनि छिटो हुने उल्लेख छ । यस्ता ब्यक्तिको अल्पायुमै मृत्यु हुन्छ ।
२ क्रोधहिन सत्य बोल्ने र हिंसा नगर्ने ब्यक्तिको आयु मात्र १०० वर्ष वा त्यस भन्दा बढी हुन्छ । तर हिँसा गर्ने र अन्य मानिसलाई समेत दुर्ब्यवहार गर्ने परपुरुष वा परस्त्रीको संगत गर्ने मानिसको आयु छोंटो हुने शास्त्रमा उल्लेख छ ।

३ रातिको समयमा कपाल कोर्ने, आँखामा गाजल लगाउने, दाँत माझ्ने काम अशुभ मानिन्छ । यी काम रातिमा गर्ने ब्यक्तिको पनि आयु छोंटो हुने शास्त्रमा उल्लेख छ ।

४ औंशी पूर्णिमाको दिन वा रातमा पनि यौन कार्यमा संलग्न हुने ब्यक्तिको पनि अल्पायुमा निधन हुने धर्मग्रन्थमा उल्लेख छ ।

५ गर्भवती स्त्री, कमजोर र अपाङ्गलाई बाटो नछोड्ने उल्टै धक्क्याएर हिँड्ने ब्यक्तिको समेत अल्पायुमा निधन हुने शास्त्रमा उल्लेख छ ।


यी ५ काम भुलेर पनि नगर्नुस् ।
nepaliheadlines.com
कालिकोट : मोबाइल फोन चार्ज गर्ने क्रममा कालिकोटमा दुर्इजना बालकको ज्यान गएको छ ।

मोबाइल चार्ज गर्ने क्रममा ब्याट्री पड्कँदा जिल्लाको मेहलमुडी-२ जोगीबारा निवासी पदमनाथ योगीका छोरा १४ वर्षीय चनेसनाथ योगी र सोही ठाउँ बस्ने हरिनाथ योगीका छोरा १३ वर्षीय माननाथ योगीको शनिबार घटनास्थलमै मृत्यु भएको हो ।

स्थानीयबासीले शुरुमा मेहलमुडी–२ जोगीमारामा सकेट बमजस्तो देखिने बस्तु बिष्फोट हुँदा २ बालकको मृत्यु भएको खबर प्रहरीलार्इ दिएका थिए ।

खवर प्राप्त भएपछि गएको प्रहरीले बुझ्दा पदमनाथ योगीको घरमा अन्य मानिस नभएको अवस्थामा १२ भोल्टको ब्याट्रीमा मोवाइल चार्ज गर्दा ती बालकको ज्यान गएको पत्ता लागेको हो ।

घटनाबारे जिल्ला प्रहरी कार्यालय कालिकोटले थप अनुसन्धान गरिरहेको जनाएको छ ।annapurnapost.com
रौतहट : स्थानीय प्रशासनले लगाएको कर्फ्यू तोडेर गौरमा प्रर्दशन गर्न खोज्दा प्रहरीले चलाएको गोली लागी दुइ जना प्रर्दशनकारी गम्भीर घाइते भएका छन् ।

आइतवार दिउँसो गौरस्थित कविर चौकमा भएको झडपमा प्रहरीको गोली लागेर गौर नगरपालिका–६ का लालबाबु पटेल र अकोलवा गाविस–७ का ३९ शेष मैरुद्धिन गम्भीर घाइते भएका छन् ।

उनीहरुको जिल्ला अस्पताल गौरमा उपचार भैरहेको छ । निषेधित क्षेत्रमा प्रवेश गरी प्रर्दशन र सुरक्षाकर्मीलाई ढुंगा हान्न थालेपछि झडप भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

स्थानीय प्रशासनले गौर नगरपालिका क्षेत्रभित्र अर्को सूचना जारी नहुँदा सम्म दिउँसो १२ बजे देखि कर्फ्यू जारी गरेको थियो ।

गौर नगरपालिकाको बरहवा पुल, पश्चिममा टिकुलिया, उत्तरमा नयाँ बसपार्क गढवा र दक्षिणमा गौर भन्सार कार्यालयसम्मको क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको प्रमुख जिल्ला अधिकारी मदन भुजेलले जानकारी दिए ।

गौर बजार छिर्ने नाकाहरुमा सुरक्षाकर्मीले निषेधित क्षेत्र घोषणा गरेको सूचना टाँसेको थियो ।

मधेसी मोर्चा र राष्ट्रिय मुस्लिम संघर्ष समितिको गठबन्धनले गौरमा आइतवार बृहत्त जुलुस प्रर्दशन गर्ने कार्यक्रम राखेपछि प्रशासनले कफ्र्यू लगाएको थियो । annapurnapost.com
महोत्तरी, २७ भदौ ।  महोत्तरीको बर्दिबासमा आज दिउँसो स्वावलम्बन लघु वित्त सहकारी बैंकको तीन लाख लुटिएको छ । पाटु गाउँबाट बैंकको समूहबाट रकम सङ्कलन गरी मोटरसाइकलमा फर्किरहेका बैंकका कर्मचारी नवीन न्यौपानेबाट लुटेराको समूहले रकम लुटेको बैंकले जनाएको छ ।

चार÷पाँचजनाको सङ्ख्यामा रहेका लुटेराको समूहले बर्दिबास–४ स्थित स्मृति चौकमा न्यौपानेलाई कुटपिट गरी रकम लुटेर जङ्गलतर्फ फरार भएका थिए ।


घटना घट्ने बित्तिकै इलाका प्रहरी कार्यालय बर्दिबासले कर्मचारी न्यौपानेलाई नियन्त्रणमा लिई छानबिन सुरु गरेको प्रहरी नायब उपरीक्षक रमेश पण्डितले बताए ।

www.etajakhabar.com
पोखरा, २७ भदौ । तनहुँको दमौलीमा भएको प्रदर्शनका क्रममा थप एकजनाको ज्यान गएको छ । बुधबार साँझ दमौली अस्पतालमा घेराउ गर्दा प्रहरीले चलाएको अश्रुग्यासले सख्त घाइते भएकी ७८ वर्षीया सुनिमाया श्रेष्ठको पोखरास्थित मणिपाल अस्पतालमा उपचारका क्रममा शनिबार राति मृत्यु भएको हो ।

दमौलीस्थित महर्षि वेदव्यास संस्कृत माध्यमिक विद्यालयमा अध्ययनरत पूर्णबहादुर आलेको गत आइतबार शङ्कास्पद अवस्थामा शव भेटिएपछि आन्दोलनले उग्ररुप लिएको हो ।
यसअघि गोली लागी उपचारकै क्रममा शुक्रबार राति मृत्यु भएका व्यास– १ भादगाउँ निवासी १८ वर्षीय रोशन दुरालाई शनिबार साँझ बसेको सर्वपक्षीय भेलाले सहिद घोषणा र मृतकका परिवारलाई रु १० लाख दिनेलगायतका सहमति गरे पनि आन्दोलन साम्य बनेको छैन ।

मृतक पूर्णबहादुर आलेका आफन्तजनले पनि पुनः मेडिकल रिपोर्ट नआएसम्म शव नबुझ्ने अडान राख्दै आएका छन् । दमौली बजार क्षेत्रमा बसिरहेका मानिसमाथि प्रहरीले आज बिहान अन्धाधुन्ध ढुङ्गा प्रहार गर्नुका साथै दुव्र्यवहारसमेत गरेको भन्दै पुनः आन्दोलनकारी आक्रोशित बनेका छन् ।
www.etajakhabar.com
काठमाडौं, २७ भदौ । आइतबार दिउँसो मेक्सीकोमा शक्तिशाली भूकम्प गएको छ ।

दिउँसो १ बजेर ५९ मिनेटमा लोस मोचिस र सिनालो प्रान्तलाई केन्द्रविन्दु बनाएर ६.६ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक संस्थाले जनाएको छ ।
भूकम्पबाट भौतिक संरचनाहरु ध्वस्त भएको प्रारम्भिक सामाचार प्राप्त भएको छ । क्षतिको विस्तृत विवरण आउन बाँकी छ । यसअघि सोही क्षेत्रमा १० किलोमिटर गहिराइमा ५.२ रेक्टर स्केलको अर्काे भूकम्प पनि गएको थियो ।
dainiknepal.com
रुपन्देही : भैरहवाबाट सुनौलीतर्फ जाँदै गरेको युपी५३पी ८३०९ नम्बरको भारतीय ट्रकले शनिबार राति ठक्कर दिँदा तीनजानको ज्यान गएको छ ।

भारतीय ट्रकले विपरीत दिशाबाट आउँदै गरेको लु१०प २५२३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा तीनजनाको मृत्यु भएको हो ।

ठक्करबाट मोटरसाइकल चालक पाल्पा सोमादी गाविस–१ का ३२ वर्षीय वीरबहादुर बर्मजा, मोटरसाइकलमा सवार अर्घाखाँचीको किमडाँडा गाविस-१ की ३७ वर्षीया मधु राना र उनकी तीन वर्षीया छोरी सिमरनको मृत्यु भएको हो ।

तीनैजनाको घटनास्थलमै मृत्यु भएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलले जानकारी दिएको छ ।

फरार ट्रक चालकको खोजी भइरहेको पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी उपरीक्षक हरिराज वाग्लेले जानकारी दिए । रासस  www.annapurnapost.com
काठमाडौं : संविधान निर्माण अन्तिम चरणमा पुगेका बेला थारुवान आन्दोलनका नेता र प्रधानमन्त्री सुशील कोइरालाबीच बालुवाटारमा भेटवार्ता भएको छ ।

आइतबार दिउँसो भएको भेटवार्तामा प्रधानमन्त्री कोइरालाले थारुवानका नेतालाई आन्दोलन छाडेर संविधान निर्माणमा संलग्न हुन आग्रह गरेका थिए ।

प्रम कोइरालाले संविधान निर्माणपछि पनि आदिवासी जनजातिका मागहरुलाई सम्बोधन गर्दै जान सकिने बताएका थिए ।

थारुवान संघर्ष समितिक नेता तथा वार्ता टोलीका सदस्य राजकुमार लेखीले आफूहरुसँग विगतमा भएका सहमतिको कार्यान्वय तथा थरुहट स्वयत्त राज्यको माग पूरा हुनुपर्ने अडान राखेको बताए ।

सरकारसँग वार्ताका लागि थारुवान संघर्ष समितिले शनिबार राजकुमार लेखी, अमनलाल मोदी र मिनराज चौधरी सदस्य रहेको वार्ता टोली गठन गरेको थियो । annapurnapost.com
तनहुँ, २७ भदौ । मृतक पूर्णबहादुर आलेका आफन्तजनले मेडिकल रिपोर्ट नआएसम्म शव नबुझ्ने अडान राख्दै गत बुधबार साँझ दमौली अस्पतालमा घेराउ गर्दा प्रहरीले चलाएको अश्रुग्यासले सख्त घाइते भएकी एक वृद्धाको शनिबार राति मृत्यु भएको छ ।

आक्रोशित भीडलाई नियन्त्रण गर्न प्रहरीले हानेको अश्रुग्यासले सडकमा हिँडिरहेकी जामुने गाविस वडा नं ८ घर भई हाल व्यासनगरपालिका वडा नं २ बस्दै आएकी ७८ वर्षीया सुनिमाया श्रेष्ठको पोखरास्थित मणिपाल अस्पतालमा उपचारका क्रममा गएराति मृत्यु भएको हो ।

दमको रोगी रहेकी वृद्धा श्रेष्ठको दमौलीमा सामान्य उपचारपछि थप उपचारका लागि सोही दिन पोखरा पठाइएको थियो ।प्रहरीले उक्त दिन उत्तेजित भीड नियन्त्रण गर्न दुई राउन्ड अश्रुग्यास प्रहार गरेको जनाएको छ ।

प्रहरीको गोली लागी घाइते भएकाहरुको एकाएक उपचारका क्रममा मृत्यु हुँदै गएपछि दमौली बजार यतिबेला तनावग्रस्त हुदै गएको छ ।त्यसैगरी प्रहरीको गोली लागी उपचारकै क्रममा शुक्रबार राति मृत्यु भएका व्यास– १ भादगाउँ निवासी १८ वर्षीय रोशन दुरालाई शनिबार साँझ बसेको सर्वपक्षीय भेलाले सहिद घोषणा र मृतकका परिवारलाई रु १० लाख दिनेलगायतका सहमति गरे पनि आन्दोलन साम्य बनेको छैन ।

दमौली बजार क्षेत्रमा बसिरहेका मानिसमाथि प्रहरीले आज बिहान अन्धाधुन्ध ढुङ्गा प्रहार गर्नुका साथै दुव्र्यवहारसमेत गरेको भन्दै पुनः आन्दोलनकारी आक्रोशित बनेका छन् ।

तनहुँ उद्योग वाणिज्य सङ्घ र दमौली बजार एकाइले शान्तिपूर्ण आन्दोलन गर्ने भनेर आइतबार बिहान माइकिङ गर्दै बजार परिक्रमा गरे पनि आक्रोशित युवाले पृथ्वीराजमार्ग अवरुद्ध गर्नुका साथै बजारसमेत बन्द गराएका छन् ।

उक्त बन्दका कारण दमौली बजार आसपास क्षेत्रका विद्यालयमा पठनपाठनसमेत बन्द गरिएको छ ।

दमौलीस्थित महर्षि वेदव्यास संस्कृत माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत पूर्णबहादुर आलेको गत आइतबार भएको मृत्यु शङ्कास्पद भएको भन्दै आन्दोलनकारी आन्दोलनमा उत्रिएका हुन् ।

मृतक आलेको शव पुनः परीक्षणका लागि शनिबार बिहानै काठमाडौँ पठाइएको थियो ।

काठमाडौं : संविधानसभामा नयाँ संविधान जारी गर्ने प्रक्रिया अब निर्णायक चरणमा प्रवेश गरेको छ। आजैदेखि मतदानको प्रक्रिया सुरु हुने भएको छ।

सबै नेताहरु एघार बजे नै संविधानसभा भवन नयाँ बानेश्वरमा आइपुगेका छन्। पार्टीको आन्तरिक छलफल, दुई पक्षीय वार्तामा नेताहरु व्यस्त छन्। एघार बजे बस्ने भनिएको बैठक साढे १२ बजेसम्म सुरु भएको छैन। तीन दलबीच औपचारिक बैठक बसेर संविधानसभाको बैठक सुरु गर्ने तयारी छ ।

यसका लागि समध्यक्ष सुवास नेम्वाङले शीर्ष नेताहरुसँग निरन्तर समन्वय र सम्पर्क गरिरहेका छन् । कांग्रेस एमालेले प्रक्रिया अघि बढाउने निर्णय गर्दै ह्वीप जारी गरिसकेका छन् भने एमाओवादी पनि आन्तरिक छलफलमा छन्।

एमाओवादीका नेताहरु बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ प्रक्रिया स्थगन गरेर वार्ता गर्नुपर्ने पक्षमा क्रियाशिल देखिएका छन्। तर प्रचण्डलगायतका अरु सबैजसो नेताहरु प्रक्रिया रोक्न नहुने पक्षमा दरो रुपमा उभिएका छन्।

सुरुमा संविधानका विभिन्न धारामाथि मतदान हुनेछ र धाराहरुको अनुमोदनपछि सम्पूर्ण विधेयक संविधानको रुपमा पारित हुने छ। संविधान जारी गर्ने मतदानको तालिका र कार्यसूची संविधानसभा सचिवालयले तयार गरिसकेको छ। दुई दिन प्रक्रिया रोकेर आन्दोलनकारीलाई वार्तामा प्रतिक्षा गर्दा पनि उनीहरु वार्तामा नआएपछि आइतबारदेखि मतदान गर्न लागिएको हो।
annapurnapost.com
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Aug 24 (6)
  • Aug 23 (1)
  • Aug 19 (1)
  • Aug 18 (19)
  • Aug 17 (17)
  • Aug 16 (24)
  • Jan 24 (18)
  • Jan 23 (27)
  • Jan 22 (32)
  • Jan 21 (35)
  • Jan 20 (35)
  • Jan 19 (34)
  • Jan 18 (40)
  • Jan 17 (45)
  • Jan 16 (27)
  • Jan 15 (29)
  • Jan 14 (35)
  • Jan 13 (40)
  • Jan 12 (32)
  • Jan 11 (39)
  • Jan 10 (31)
  • Jan 09 (23)
  • Jan 08 (31)
  • Jan 07 (30)
  • Jan 06 (39)
  • Jan 05 (34)
  • Jan 04 (39)
  • Jan 03 (43)
  • Jan 02 (47)
  • Jan 01 (31)
  • Dec 31 (34)
  • Dec 30 (36)
  • Dec 29 (43)
  • Dec 28 (33)
  • Dec 27 (27)
  • Dec 26 (38)
  • Dec 25 (33)
  • Dec 24 (38)
  • Dec 23 (44)
  • Dec 22 (39)
  • Dec 21 (37)
  • Dec 20 (40)
  • Dec 19 (31)
  • Dec 18 (47)
  • Dec 17 (30)
  • Dec 16 (16)
  • Dec 15 (42)
  • Dec 14 (30)
  • Dec 13 (32)
  • Dec 12 (35)
  • Dec 11 (42)
  • Dec 10 (26)
  • Dec 09 (31)
  • Dec 08 (15)
  • Dec 07 (37)
  • Dec 06 (30)
  • Dec 05 (34)
  • Dec 04 (32)
  • Dec 03 (33)
  • Dec 02 (36)
  • Dec 01 (37)
  • Nov 30 (48)
  • Nov 29 (28)
  • Nov 28 (35)
  • Nov 27 (35)
  • Nov 26 (47)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (27)
  • Nov 22 (32)
  • Nov 21 (43)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (22)
  • Nov 17 (29)
  • Nov 16 (32)
  • Nov 15 (25)
  • Nov 14 (28)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (42)
  • Nov 09 (22)
  • Nov 08 (40)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (42)
  • Nov 01 (44)
  • Oct 31 (29)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (47)
  • Oct 27 (32)
  • Oct 26 (39)
  • Oct 25 (35)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (22)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (31)
  • Oct 02 (29)
  • Oct 01 (29)
  • Sep 30 (29)
  • Sep 29 (24)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (26)
  • Sep 25 (27)
  • Sep 24 (18)
  • Sep 23 (15)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (26)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (12)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (19)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (22)
  • Sep 07 (22)
  • Sep 06 (26)
  • Sep 05 (18)
  • Sep 04 (23)
  • Sep 03 (24)
  • Sep 02 (25)
  • Sep 01 (24)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (27)
  • Aug 28 (28)
  • Aug 27 (30)
  • Aug 26 (29)
  • Aug 25 (24)
  • Aug 24 (35)
  • Aug 23 (30)
  • Aug 22 (31)
  • Aug 21 (32)
  • Aug 20 (30)
  • Aug 19 (33)
  • Aug 18 (27)
  • Aug 17 (34)
  • Aug 16 (28)
  • Aug 15 (23)
  • Aug 14 (23)
  • Aug 13 (22)
  • Aug 12 (19)
  • Aug 11 (18)
  • Aug 10 (24)
  • Aug 09 (16)
  • Aug 08 (18)
  • Aug 07 (25)
  • Aug 06 (16)
  • Aug 05 (18)
  • Aug 04 (21)
  • Aug 03 (19)
  • Aug 02 (14)
  • Aug 01 (17)
  • Jul 31 (19)
  • Jul 30 (19)
  • Jul 29 (15)
  • Jul 28 (12)
  • Jul 25 (14)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home