• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
२२ कात्तिक- केही दिन यता सुनको भाउ लगातार घट्न थालेको छ । गतसाताको तुलनामा आज सुनको भाउ १५ सय रुपैयाँले घटेर ४९ हजार रुपैयाँमा कारोबार भैरहेको छ ।
यसअघि शुक्रबार तोलामा ४९ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनत्यसअघि पनि घटेको थियो । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ घटेकाले नेपाली बजारमा पनि घटेको सुनचाँदी व्यवसायीले बताएका छन् । सुनको धेरै खपत हुने चीन, भारत, दक्षिण कोरियामा आर्थिक मन्दी लागेकाले पनि सुनको भाउ घटेको हो । यस्तै, चाँदीको भाउ पनि आज २५ रुपैयाँ घटेर ७ सय रुपैयाँमा कारोबार भैरहेको छ । www.etajakhabar.com
आइतबार, २२ कार्तिक

काठमाण्डौं । । सबैका कुनै न कुनै सपना हुन्छन्, लक्ष्य हुन्छन् । प्रधानमन्त्री केपी ओलीले पनि आफ्ना केही सपनाहरु एक कार्यक्रममा सार्वजनिक गरेकाछन् ।
उनले सोही कार्यक्रममा आफूलाई फेरी चुनाव लड्ने ईच्छा नभएको पनि वताएकाछन् । उनी सर्वोच्च कार्यकारी पद प्रधानमन्त्रीमा पुगी सकेकाछन् । यो सबै राजनीतिकर्मीहरुको व्यक्तिगत सपना हुने गर्दछ ।
उनले शायद आफ्नो स्वास्थ्य र पार्टी भित्र अरु नेताहरु संग आफुले गरेका सम्झौताहरुलाई ख्याल गरेर अर्को चुनावमा उठ्ने ईच्छा नभएको वताएको हुन सक्दछ र चुनावमा उठ्नै परे त्यसवेला राष्ट्रपति जस्तो निश्क्रिय पार्टी जीवन विताउन पर्ने मानार्थ पदको लागि मात्र आफूलाई अहिले देखि तयार पार्न थालेको हुन सक्दछ ।
तर अहिले ओली तरवारको धारमा हिंडिरहेकाछन् र देश गम्भीर संकटमा परेको बेला कार्यकारी प्रमुख बनेकाछन् । उनले त्यस कार्यक्रमलाई उपयोग गर्दै आफूले बुनेका नेपाली सपनाहरुको सूची पेश गरेकाछन् ।
उनले अर्को वर्षको तिहारमा नेपालवाट लोडशेडिङ मुक्त गर्ने सपना सुनाएकाछन् । उनलाई यो कठिन काम हो भनेछन् सरकारका अरु मन्त्री र कर्मचारीहरुले । तर उनले भनेछन् कि कठिन काम भएकोले नै गर्नु पर्दछ । यसको अर्थ हो उनलाई यो काम कठिन छ भन्ने थाहा छ तर यो नभई नहुने र नगरी नहुने काम हो भन्ने दिलै देखि लागेको छ ।
नेपालमा धेरै मन्त्री, सचीव, विज्ञहरु र पहिलेका प्रधानमन्त्रीहरुले पनि विभिन्न मितिहरु तोकेर लोडशेडिङ अन्त्य गर्ने कुरा गरेको धेरै भैसक्यो । तर काम भएन ।
अहिले ओलीले यो काम एक वर्ष भित्र गर्ने आँट गर्नु र सपना देख्नु राम्रो हो तर उनले सबै सरकारी सत्ता संयन्त्रलाई यस महान काममा लगाएर कसरी यो सपनालाई यथार्थ विपनामा रुपान्तरण गर्नेछन् भन्ने कुरा आगामी केही महिनामा उनले यसको शुरुवात कसरी गर्छन् भन्ने कुरावाट प्रष्ट हुनेछ ।
यत्ति काम मात्र ओलीले गर्न सकेपनि उनलाई नेपाली जनताले वास्तविक जननेताको सम्मान दिनेछन् भन्ने कुरा प्रधानमन्त्री ओलीले विर्सन हुदैन ।
उनको उत्तरी नाका सबै खुलाउने सपना कार्यान्वयन भएमा नेपाल केवल भारत माथि मात्र अति निर्भर बनेको अहिलेको विषम स्थितिको अन्त हुनेछ । यसले भारत माथिको आर्थिक निर्भरता संगै राजनैतिक निर्भरता पनि घटाउनेछ । यसको शुरुवात ओलीले आँट र साहसका साथ गरेका छन् ।
यसलाई आगामी दिनमा व्यवस्थित योजना सहित सम्पन्न गर्न चीन संग बृहत व्यापारिक र पारवहन सम्झौता गर्न पर्नेछ । यो पनि असम्भव काम होइन । ओलीले यो काम गर्न सके भने उनलाई नेपाली जनताले ठुलो सम्मान अवश्य पनि दिनेछन् ।
प्रधानमन्त्री ओलीले यसपटक भनेका सडक र मेट्रो रेल निर्माण तथा विद्युतीय गाडिहरुको व्यापक प्रयोग, विद्युतीय चुलोहरुको व्यापक प्रयोग र ट्रलिवसको पुनस्थापना पनि असम्भव काम हैनन् । यी कामहरुको व्यवस्थित योजना र नीति निर्माण तथा अहिले नै शुरुवात गर्न सके ओलीको ठुलो सफलता हुनेछ ।
सबभन्दा मुख्य कुरा प्रधानमन्त्रीले कृषि तथा पशुपालनको आधुनिकीकरण र नेपालको आत्मनिर्भर औद्योगीकरणको सपना सुनाएकाछन् । यो नै देशको आत्मनिर्भर अर्थतन्त्रको विकासको लागि मुख्य कुरा हो ।
यदि ओलीले यी कामको व्यवस्थित शुरुवात आफ्नो छोटो कार्यकालमा गर्न सके वा गराउन सके भने उनी नेपाली जनता माझ वास्तविक हिरो बन्नेछन् । तर सकेनन् भने उनको पनि इतिहास विगतका प्रधानमन्त्रीहरुको जस्तै केवल सिंहदरवारमा एक थान फोटो झुण्ड्याउने मात्र हुनेछ ।
यस्तो संकटको वेला पनि जनताले दुख सहेर सरकारले केही गर्नेछ भनेर वसेकाछन् र सरकारको अपीलमा दिनरात मेहनत गर्न पनि तयार भएर वसेकाछन् । आवश्यकता यो हो कि जनता र सरकार संग भएको धनशक्ति, जनशक्ति, प्राकृतिक शक्ति सबैको व्यवस्थित प्रयोगको सरकारी योजना र त्यसको कार्यान्वयनको शुरुवात ।
www.nepalsandesh.com
कार्तिक २२, २०७२- नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री सुशील कोइरालाले भारतको अघोषित नाकाबन्दी गलत रहेको टिप्पणी गरेका छन् । स्वास्थ्य उपचारको क्रममा शनिबार अपरान्ह यहाँ आइपुगेका कोइरालाले जोन अफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा संक्षिप्त कुरा गर्दै भारतको कदम गलत रहेको प्रतिक्रिया दिए । विवेक प्रयोग गर्दै कुटनीतिक निकायबाट नै दुई देशबीच देखिएको समस्या समाधान गर्नुपर्ने तर्क कोइरालाको थियो ।

एक अर्काे जिज्ञासामा उनले पार्टीको निर्णयअनुसार आफू प्रधानमन्त्री उम्मेदवार बनेको दाबीसमेत गरे । ‘म कसैको ईशारामा उम्मेदवार बनेको होइन,’ उनले भने ।

कांग्रेस कार्यकर्ताहरु सहित राष्ट्रसंघीय नेपाली नियोगका कर्मचारीहरुले विमानस्थलमा कोइरालाको स्वागत गरेका थिए । करिब तीन साता न्युयोर्कमा रहने कोइरालाको सोमबार मेमोरियल स्लोन केटरिङ क्यान्सर सेन्टरमा प्रारम्भिक उपचार हुने कार्यक्रम छ । अमेरिका बसाईको क्रममा कोइरालाले राष्ट्रसंघका महासचिव वान कि मुन तथा अमेरिकी विदेश मन्त्रालयका अधिकारीहरुलाई भेट्ने कार्यक्रम छ । यसका लागि राष्ट्रसंघीय नेपाली नियोग र वासिङटन डिसीस्थित नेपाली दुतावासले पहल गरिरहेका छन् ।

त्यसैगरि कोइरालाको सम्मानमा नेपाली डायस्पोरा सँग न्युयोर्कमा एक बृहत कार्यक्रमको आयोजना गरिने जनसम्पर्क समितीका महासचिव मुनेन्द्र नेम्वाङले कान्तिपुर लाई बताए ।
kantipur.ekantipur.com
२२ कात्तिक, काठमाडौं ।

व्यवस्थापिका संसदको बैठक आज बस्दै छ । आजको बैठकमा महिला बालबालिका समितिको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसुचि छ ।

भुकम्पपछिको पुर्ननिर्माण विधयेक पनि संसदमा पेश गर्ने तयारी छ । पुनर्निर्माण प्राधिकरण सम्वन्धी विधेयकलाई अन्तिम रुप दिन विधायन समितिको वैठक बसिरहेको छ । भूकम्प गएको ७ महिनापछि पनि विधेयक संसदमा पेश हुन नसक्दा पीडितलाई राहत तथा पुनर्निर्माण कार्य अघि वढ्न सकेको छैन ।

यसअघि सरकारले अध्यादेश मार्फत योजना आयोगका निवर्तमान उपाध्यक्ष गोविन्दराज पोख्रेलको संयोजकत्वमा प्राधिकरण गठन गरेपनि राजनीतिक सहमति हुन नसक्दा विधेयक संसदमा पेश हुन सकेको थिएन ।

व्यवस्थापिका संसदको आज बस्ने वैठकमा सरकारले पुर्ननिर्माण सम्वन्धी विधेयक पेस गर्ने कार्यसुची छ । यद्यपी दलीय सहमति जुटिनसकेकाले विधेयक पेश हुने निश्चित भने छैन । असोज १५ गतेबाट सुरु भएको संसदको हिउँदे अधिवेशन अन्तर्गत आज बस्ने बैठकमा ८४ दिनदेखि तराईमा आन्दोलनरत मधेसी मोर्चा आबद्ध दलका सभासद पनि सहभागी हुने भएका छन् ।

मोर्चाले आफुले उठाएका माग संसदबाट पुरा गराउन संसदलाई उपयोग गर्ने रणनीति लिएको हो । गत आईतबार सरकारलाई ११ बुँदे माग बुझाएको मधेसी मोर्चाले ति माग पुरा गराउनका लागि लोकतान्त्रिक प्रक्रियामा सहभागी हुन लागेको मोर्चा आवद्ध दलले जनाएका छन् ।

यसैबीच प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मधेसका मुद्दा सम्बोधनका लागि संविधान संसोधन गर्न सरकारमाथि दबाब दिने भएको छ ।

तराई मधेसबाट प्रतिनिधित्व गर्ने कांग्रेसका सभासदले संविधान संसोधन प्रस्ताव अघि बढाउनका लागि संसद अबरुद्ध गर्नेसम्मको तयारी गरेको छ । त्यसबारे छलफल गर्न काग्रेस संसदीय दलको बैठक बानेश्वरस्थित संसद भवनमा बसिरहेको छ ।nepaliheadlines.com
काठमाडौं, २२ कार्तिक । भारतको विहार विद्यानसभा निर्वाचनमा नीतिश–लालु गठबन्धन बिजयी हुने संकेत देखिएको छ ।
नीतिश–लालु गठबन्धनले विहार विद्यानसभा निर्वाचनमा स्पष्ट बहुमत ल्याउने संकेत देखिएको छ । भारतीय जनता पार्टीको गठबन्धन पराजित हुने भएको छ ।  मोदी गठबन्धनमा कुबाह, पासवान र माझी थिए । नीतिश–लालु, राहुल गठबन्धनले स्पष्ट बहुमत ल्याउने प्रारम्भीक तथ्याङकले देखाएको छ ।
२४३ सिटमा नीतिश गठबन्धनको बहुमत सिटमा अग्रता देखिएको छ ।  विहारमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लोकप्रियता कमजोर भएको छ ।yeskathmandu.com
मनोजले समुदायलाई फुटेर होइन जुटेर अघि बढ्न अनुरोध समेत गर्दै भने- ‘एउटा नेपाली भए कवि बन्छ, दुई नेपाली भेट भए अनलाइन चलाउँछ, तीन नेपाली भेट भए संस्था खोल्छन्, चार जना भए त्यो संस्था फुटाएर दुईटा बनाउँछन् !’
एक वर्षअघि काठमाडौंको वानेश्वरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मोटरबाट निस्केर नेपालीसँग हात मिलाउन जाँदा जयजयकारको नारा लगाईएको थियो । तर, त्यस विपरित मोदी दुरुस्त देखिने हाउभाउमा मञ्चमा चर्चित हाँस्य कलाकार मनोज गजुरेल जाँदा समेत मुर्दावादको नारा लाग्यो।
नेपालमा लगाएको नाकाबन्दीको विरोधमा अमेरिका बासी नेपालीले मोदीकै भेसमा आएका हाँस्यकलाकार मनोज गजुरेललाई देख्ने वित्तिकै मुर्दावादको नारा लगाएका थिए।
विभिन्न चर्चित व्यक्तिको हाउभाउलाई सर्लक्क टिपेर प्रस्तुती दिन खप्पिस मनोजले टेक्सासको ड्यालसमा झण्डै ४५ मिनेट मोदीलाई कटाक्ष गरेर व्यंग गर्दा दर्शकहरु तालि बजाई उत्साह थपिरहेका थिए। नयाँ संविधान आफ्नो अनुकुल नभएको भन्दै भारतले नेपालमाथि अघोषित नाकावन्दी लगाईरहेको छ। यो नाकावन्दीले काठमाडौं लगायत देशका विभिन्न सहरमा ग्याँस तेल औषधि लगायत अत्यावश्यक समाग्रीको अभाव छ।
मोदी अवतारमा मञ्चमा आएका मनोजले मोदीकै शैलीमा केही समय प्रचवन दिएका थिए। उनको मोदी प्रहसनमा पत्रकारका रूपमा प्रश्न सोधी कालाकार शंकर वाग्लेले साथ दिएका थिए। उनको पहिलो प्रश्न थियो, ‘मोदीज्यु आप अमेरिकामा आएर एउटा कुरा गर्ते हे नेपालमा पुगेर दुसरा दोसरा कुरा दर्तेहे, इन्डियामा पुगेर  फाल्तु फाल्तु कुरा करते हे, आपका जिव्रो कति हे?’
यो नाका बन्दी होइन चाकाबन्दी हो भन्दै यहीबाट मनोजले मोदीमाथि व्यंग शुरु गरेका थिए । यसले सहभागी दर्शकलाई निकै हसाएको थियो।
कार्यक्रमका बिच विचमा लोक गायक भीम थापा लगाएत स्थानीय कलाकारहरुले गीत र नृत्य प्रस्तुत गरेका थिए। दोस्रो भागमा मनोजले नेपाल र विश्वका चर्चित राजनीतिक नेताको हाउभाउमा व्यग्य प्रस्तुत गरेका थिए। यस क्रममा उनले नेपाली समुदायसँग जोडिएको केही समाजिक विषयमा समेत व्यंग्य गरेर दर्शकलाई हसाएका थिए।
कार्यक्रममा हाउस फुल दर्शक उपस्थित थिए। मनोजले समुदायलाई फुटेर होइन जुटेर अघि बढ्न अनुरोध समेत गर्दै भने-  ‘एउटा नेपाली भए कवि बन्छ, दुई नेपाली भेट भए अनलाइन चलाउँछ, तीन नेपाली भेट भए संस्था खोल्छन्, चार जना भए त्यो संस्था फुटाएर दुईटा बनाउँछन् !’
शुक्रबार साँझ इर्विंगको रमाइलो रेण्टुरेण्ड गरेको उक्त कार्यक्रम  टेक्सास नेपाल परोपकारी  समिति ड्यालसले आयोजना तथा नेपाली समाजको सहयोगमा कार्यक्रमको संचालन समाजसेबी कृष्ण लामिछानेले गरेका थिए।.setopati.com
काठमाडौं, २२ कात्तिक । नेपालमा नाकाबन्दी लगाएर आलोचित भइरहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अर्काे कर्तुत खुलेको छ ।
यसअघि चुनावमा झुटो प्रमाणपत्र पेश गरेका मोदीले अहिले आफ्नै श्रीमती जशोदाबेन मोदीलाई बाह्य देश जाने पासपोर्ट दिन अस्वीकार गरेको खुलासा भएको हो ।
उनले आफ्ना अधिकारीमार्फत श्रीमती बेनलाई पासपोर्ट दिन अस्वीकार गरेको बीबीसी हिन्दीले जनाएको छ । समाचार अनुसार पूर्व शिक्षिका समेत रहेकी बेनले गत महिना पासपोर्टका लागि अहमदावाद प्रशासन कार्यालयमा निवेदन दिएकी थिइन, तर मोदीका कर्मचारीले उनलाई विवाहको प्रमाणपत्र माग्दै पासपोर्ट नदिएका हुन् ।
अहमदावाद क्षेत्रीय पार्सपोर्ट अधिकारी जेडए खान बेनको निवेदनमा आवश्यक कागजात नपुगेकाले उनलाई पासपोर्ट नदिएको जानकारी दिए । विदेशमा बस्ने आफन्तहरुलाई भेट्न जानका लागि पासपोर्टको निवेदन दिएकी बेनलाई विवाह दर्ता प्रमाणपत्रको कारण देखाएर मोदी सरकारका कर्मचारीले दिन नसकिने जवाफ दिएको बेनका भाइ अशोकले बताए ।
प्रधानमन्त्री मोदीले सन् २०१४ मा सार्वजनिक रुपमै बेनलाई आफ्नी पत्नी भएको स्वीकार गरेका थिए । राजनीतिमा लागेपछि मोदीले बेनसँग सम्बन्ध विच्छेद गरेका थिए ।
नेपालस्थित उनका आलोचकले आफ्नै श्रीमतीलाई समेत पासपोर्ट नदिएपछि स्वार्थी भन्न थालेका छन् । उनीहरुले मोदीले नाकाबन्दी नखोल्ने चिन्ता पनि व्यक्त गरेका छन् ।
dainiknepal.com
काठमाडौं – नेकपा–माओवादीका पोलिटव्यूरो सदस्यहरुले एकीकृत माओवादीसहितका शक्तिसँग एकता गर्ने शर्तमा मात्र अन्य दलहरुसँगको एकता प्रक्रिया अगाडि बढाउन पार्टी नेतत्वलाई दवाव दिएका छन् । परि थापा नेतृत्वको नेकपा एकीकृतसँग एकता गर्ने निर्णयपछि शनिवार बसेको सो पार्टीको पोलिटव्यूरो वैठकमा यस्तो दवाव दिएका हुन ।

पोलिटव्यूरो वैठकले एकीकृतसँग एकता गर्ने पार्टी पदाधिकारीको वैठकलाई अनुमोदन गरेपछि पार्टी नाम र संगठनात्मक बाँडफाँडका विषयमा भने विवाद कायमै छ । एकीकृत पार्टीको नाम नेकपा क्रान्तिकारी माओवादी राख्ने गरी छलफल भएको थियो । विहान ११ बजे वैद्य माओवादीको केन्द्रीय समिति वैठक बस्दैछ । त्यसपछि दिउसो एक बजे एकता अधिवेशन गर्ने तयारी भएको छ । हाल वैद्य माओवादीको एक सय २५ र एकीकृतको २९ सदस्यीय केन्द्रीय समिति छ । संयुक्त अधिवेशन दुवै पाटीका केन्द्रीय सदस्यको वैठकमा रुपमा हुँनेछ ।

सो पार्टीका एक पोलिटव्यूरो सदस्यका अनुसार एकीकृत माओवादीसँगको एकतालाई समेत बाटो खोल्नेगरि एकीकृतसँग एकता गर्न शीर्ष नेतृत्वमाथि दवाव परेको थियो । आज विहान ११ बजेदेखि पार्टीको केन्द्रीय समिति वैठक बस्दैछ । स्रोतका अनुसार केन्द्रीय समिति वैठकमा पनि नेताहरुले थापा नेतृत्वको एकीकृतसँग मात्र एकता गर्नुको औचित्य नहुँने भन्दै यसलाई शुरुवात मानेर एकीकृत माओवादीसँग पनि एकता गर्न शीर्ष नेतालाई दवाव दिने तयार गरेका छन् ।

यस अघि गत असोज तेस्रो साता बसेको सो पार्टीको केन्द्रीय समिति वैठकले माओवादी–माओविचारधारा मान्ने शक्तिसँगको एकतालाई अगाडि बढाउन पहल गर्ने निर्णय लिएको थियो । सो निर्णयका आधारमा थापा नेतृत्वको एकीकृतसँग एकता हुन थालेको हो । संविधानसभाबाट संविधान जारीभएपछि आएको यस्तो निर्णयले एकीकृत माओवादीसँगको एकताका लागि वैद्य माओवादीले बाटो खुला गरेको रुपमा लिइएको थियो । यस अघि उनीहरुवीच एकता लागि एजेन्डा र बार्ता समिति बनेको थियो । एकीकृत माओवादीले १६ बुँदे सहमतिग।ेपछि एकताका लागि भएका सवै प्रक्रिया र वार्ताहरु रोकिएका थिए ।

www.ratopati.com
काठमाडौं । नेपाली गुगल ब्वाईका रुपमा चिनिदै आएका ५ वर्षिय बालक आदित्य दाहाललेले प्रधानमन्त्री सुशील कोइरालाकै अगाडि बसेर लेखिदिए,‘ अनिष्ट केही समयमा नै हट्ने छ । संसारका अनेक जटिल प्रश्नहरुको उत्तर भएका बोल्न र हिँड्डुल गर्न नसक्ने ,कहिल्यै विद्यालय नगएको यी बालक बसी–बसी हरेक प्रश्नको जवाफ कलमले लेखेर दिन्छन । भूत,भविष्य वा वर्तमान,सबै कुरा उसको कलिलो मस्तिष्कमा अटेको छ । विगत,वर्तमान र भविष्यका जुन सुकै विषयमा सही तथ्य लेखेर आदित्यले सबैलाई चकित पार्दै आएका छन् । उनको अद्भूत क्षमताका कारण देख्ने जान्ने सबैले उनी यो धर्तीका लागि आश्चर्य र अध्ययनको विषय भएको बताउने गरेका छन् ।



बालज्ञानी गुरु आदित्यको नाममा स्थापित आदित्य संरक्षण प्रतिष्ठानको तर्फबाट प्रधानमन्त्री राहत कोषमा दुई लाख सात हजार नगद जम्मा गरिएको छ । सोही राहत जम्मा गर्न प्रधानमन्त्री निवास बालुवाटार लगिएका समयमा आदित्यले प्रधानमन्त्री कोइरालाकै सामुन्यमा बसेर अनिष्ट केही समयमा हट्ने लेखेका हुन् । उनले लेखेको पुरा वाक्य यस्तो छ,‘ नआत्तिनु यो अनिष्ट केही समयमा हट्नेछ । देशले काँंचुली फेर्ने छ,पीए ज्यू हजूरको इच्छा पुरा हुन्छ । ’ गत बैशाख १२ गतेको महाभुकम्पपछि अद्भुत ज्ञानका सागर आदित्यले अर्को ठूलो भुकम्पको खतरा छ भनेर भविष्यवाणी गरेको भनि प्रचार भएको थियो ।
आदित्य संरक्षण प्रतिष्ठानले त्यस्तो प्रचारमा कुनै सत्यता नभएको र समाजमा त्रास फैलाउन चाहनेहरुको दुष्प्रचार मात्र भएको भनी खण्डन गरेको छ । आदित्यले यो अनिष्ट हट्ने मुलुकले काँंचुली फेर्ने कुरा यस विचमा पटक पटक बताइसकेका छन् । आदित्यले जेठ १ गते आफ्नै निवासमा आयोजित सत्संग कार्यक्रममा सन्देश दिदै लेखेका थिए,‘ धर्तीमातासँंग एकतासहितको शान्ति स्थापना गर्नेछौ भनी सपथ खाउँं,प्रतिज्ञा गरौं,अवश्य यो अनिष्ट टर्नेछ,त्रास हट्नेछ,ताण्डव रोकिनेछ ।’
आदित्य निवासमा हरेक शुक्रबार सत्संग कार्यक्रम हुने गर्छ,त्यही क्रममा उनले सन्देश दिने गर्छन । भुकम्प गएको छ दिनपछि १८ गते शुक्रबार आयोजित कार्यक्रमपछि साढे चार वर्षिय बालज्ञानी गुरु आदित्यले लेखे,‘ मानव सेवा नै सबैभन्दा ठूलो सेवा हो–धर्म हो । जिम्मेवारी सम्झि पिडितको सेवामा सर्मपित भई लागौ,जुटौं र सहयोग गरौं ।canadanppost भिडियो हेर्न तलको बाकस थिच्नुहोस
आइतबार, २२ कार्तिक
एजेन्सी । साउदी अरब नेतृत्वको सहयोगमा सरकार पक्षद्वारा गरिएको कारबाहीमा १९ जनाको विद्रोही समहुको मृत्यु भएको छ ।
सरकारी सेनाले विद्रोहीको गाडीलाई लक्षित गरी गरेको आक्रमणमा प्रान्तको मध्यभागमा ११ विद्रोहीको मृत्यु भएको हो ।
त्यस्तै कारबाहीका क्रममा सरकारी सेनातर्फ आठजनाको ज्यान गएको छ ।
www.nepalsandesh.com
२२ कात्तिक, काठमाडौं ।
सरकारले नयाँ घर निर्माणका लागि मापदण्ड पारित गरेको छ । मापदण्ड नआउँदासम्म सरकारले वैशाखको भूकम्पयता घर बनाउन रोक लगाएको थियो ।

मापदण्ड तय नहुँदासम्म नागरिकले ६ महिनासम्म घर बनाउन पाएका थिएनन् । निजीस्तरबाट पुननिर्माणका कामसमेत हुन सकेका थिएनन् । सरकार आफैंले पनि पुननिर्माण प्राधिकरण गठन नगर्दा यससम्बन्धी काम अलपत्र छन् । ‘वस्ती विकास, सहरी योजना तथा भवन निर्माणसम्बन्धी आधारभूत निर्माण मापदण्ड ०७२’ मन्त्रिपरिषद्बाट पारित भएपछि निर्माणका लागि बाटो खुलेको हो । नमुनाका आधारमा निर्माण अनुमति दिने मापदण्ड छ ।

‘आंशिक रुपमा नक्सा पास भएको, १.७ मिटरभन्दा कम उचाइको भवनले स्थानीय निकायद्वारा लागू गरिएको भवन निर्माण मापदण्ड तथा संहिताअनुसार प्राविधिक प्रतिवेदनसहित निवेदन दिए नक्सा पास गरिनेछ,’ मापदण्डमा भनिएको छ ।

भवन निर्माणस्थलमै अनुमतिपत्र राख्नुपर्ने, भूउपयोगसम्बन्धी नीति कार्यान्वयनजस्ता व्यवस्था पनि राखिएका छन् । आवासीय प्रयोजनका लागि निर्माण हुने भवनमा सटर तथा पसल राख्न पाइनेछैन । ३ तलाभन्दा अग्ला सबै आवासीय र धेरै भीड हुने सपिङ मल, सुपरमार्केट, स्कुल, कलेज, अस्पताल, नर्सिङहोमलगायत भवन निर्माण गर्दा अनिवार्य रुपमा माटो परीक्षण गर्नुपर्ने समेत उल्लेख छ ।

त्यस्तै १७ मिटरभन्दा अग्ला भवनको नक्सा पासका लागि थप भौगर्भिक परीक्षण, भूकम्पीय जोखिम विश्लेषण र सोको प्रतिवेदन पनि बुझाउनुपर्नेछ । आजको कारोबारमा खबर छ ।nepaliheadlines.com
आइतबार, २२ कार्तिक
काठमाडौ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले मधेस आन्दोलनका सम्पूर्ण विषयवस्तु आज व्यवस्थापिका–संसद राख्ने भएको छ ।
तराई मधेस आन्दोलनलाई सरकारले बेवास्ता गरेको र उठाइएका मागलाई सम्बोधन गर्न कुनै पहल नगरेर मुलुकलाई कठिन परिस्थितिमा पारेको आरोप मोर्चाले लगाउँदै आएको छ ।
संसद्को आइतबार बस्ने बैठकमा मधेस आन्दोलनको सम्पूर्ण विषयवस्तु राखेपछि माग पूरा गराउन दबाब दिन रोस्टम घेराउ गर्ने मोर्चा आबद्ध दलहरुबीच सहमति भएको सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले बताए ।
मोर्चामा सङ्घीय समाजवादी फोरम नेपाल, तराई मधेस लोकतान्त्रिक पार्टी, तराई मधेस सद्भावना पार्टी र सद्भावना पार्टी आबद्ध छन् ।
यसअघि मोर्चा प्रधानमन्त्री निर्वाचनमा सहभागी भएको थियो भने त्यसपछिका कुनै पनि संसदीय प्रक्रियामा सहभागिता जनाएको थिएन ।
www.nepalsandesh.com
आइतबार, २२ कार्तिक
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अदृश्य शक्तिले नेपालको स्थिति भड्काइरहेको बताएका छन् ।
ओलीले अहिलेको स्थिति सिर्जना गर्न पैसा बाँडिएको पनि दाबी गरेका छन् ।पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको नागरिक अगुवाहरूको टोलीसँग शनिबार भएको भेटमा ओलीले प्रधानमन्त्री निर्वाचनमा बालुवाटारबाटै पैसा बाँडिएको दाबी गरेका हुन् ।
‘हामी कञ्चनजंघा हलमा बसिरहेका थियौँ । प्रधानमन्त्री त्यहीँ आउनुभयो,’ भेटमा सहभागी जनजाति महासंघका उपाध्यक्ष दण्डु शेर्पाले ओलीको भनाइ उद्धृत गर्दै भने, ‘कुराकानीका क्रममा उहाँले यो स्थिति सिर्जना गर्न उतापट्टिको रुममा (औँलाले देखाउँदै) बसेर हिन्दीमा बोल्ने, नेपाली बोल्न नजान्नेले सुटकेसका सुटकेस ल्याएर पैसा बाँडे भन्नुभयो ।’
प्रधानमन्त्री ओलीले बाह्य शक्तिले स्थिति प्रतिकूल बनाउन खोजेको पनि बताएका थिए ।‘अदृश्य शक्तिले स्थिति भाँडिरहेको छ,’ ओलीको भनाइ उद्धृत गर्दै शेर्पाले भने, ‘नेपाली जनताभन्दा पनि बाहिरका शक्तिले भाँडेको देखिन्छ ।’
प्रधानमन्त्री ओलीले नयाँ संविधानको पूरै भारतले विरोध नगरेको पनि बताए । भारतमा विभिन्न पक्ष रहेको र धेरैजसोले समर्थन गरिरहेको उनको भनाइ थियो । आजकोनयाँ पत्रिकामा समाचार छ ।
www.nepalsandesh.com
वि.सं. २०७२ साल कात्तिक २२ गते। आइतबार। इश्वी सन् २०१५ नोभेम्बर ८ तारिख। नेपाल संवत् ११३५ कौला गा। कार्तिक कृष्णपक्ष। तिथि– द्वादशी, १६:३७ बजेउप्रान्त त्रयोदशी।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
व्यापार तथा उद्योगतर्फ फाइदाको योग छ। अधिकारका लागि भने अलि संघर्ष गर्नुपर्ला। शत्रु तथा प्रतिस्पर्धीहरूको चलखेल बढ्नाले केही चुनौती सामना गर्नुपर्ने देखिन्छ। तापनि, प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनेछन् र फाइदा लिन सकिनेछ। यात्रामा विशेष लाभ होला। शत्रु र रोगबाट छुटकारा मिल्ने समय छ। मुद्दा–मामिलामा पनि विजयी भइनेछ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
समयको गतिलाई पछ्याउन नसक्दा अलि दुःख पाइएला। भौतिक साधन बिग्रनाले पनि लक्ष्य प्राप्त गर्न नसकिएला। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहन सक्छ। गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ। प्रतिस्पर्धाले पुरुषार्थी काम गर्ने हिम्मत पलाउनेछ। संगत र खानपानमा निकै नै सावधान रहनुपर्ने समय छ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
विगतका निर्णयले काम बिग्रन सक्छ। बेसुरमा वचन दिने बानीले दुःख पाइनेछ। मान्यजनको सुझावप्रति विश्वास नलाग्न सक्छ। महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ। काम बिग्रने डरले पनि सताइरहनेछ। पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ। परिवारमा आमाको सहयोगबाट काम सम्पादन हुन सक्छ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
अनुकूल समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ। गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। कृषि–चौपायामा केही समस्या देखिए पनि प्रशस्त धन आर्जन गर्ने मौका छ। बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
आर्थिक क्रियाकलापमा सोचेको फाइदा नउठ्न सक्छ। अनावश्यक वादविवादमा परिएला, विचारलाई तौलेर मात्र व्यक्त गर्न बुद्धिमानी हुनेछ। प्रशंसकहरूले पनि आलोचना गर्नसक्छन्। मान–सम्मानमा आघात पर्ने देखिन्छ। आँटेका काममा विघ्नबाधा उपस्थित हुने सम्भावना छ। तापनि, प्रयत्न गर्दा व्यावसायिक काममा सामान्य फाइदा उठाउन सकिनेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
प्रयत्न गरेको काम छोटै समयमा पूरा हुनाले समय फुर्सदिलो रहनेछ। इच्छाशक्ति बढ्नेछ भने रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ। परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिनेछ। साथ दिनेहरू बढ्नेछन्। प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ। स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। परिवारजनसँग आत्मीयता बढ्नेछ। प्रेम र मित्रताको बन्धन कसिएर जाला।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
काममा आलस्य जाग्ने र खर्चको मात्रा बढ्ने देखिन्छ। व्यवसायमा लगानी बढाउनुपर्ने समय छ। आफ्नै कमजोरीले विवादमा परिने योग छ, सचेत रहनुहोस्। प्रतिस्पर्धामा पनि केही कमजोर सावित भइएला। आफन्तबाट समेत टाढिनुपर्ने समय छ। वैदेशिक क्षेत्रबाट भने सामान्य लाभ लिन सकिनेछ। स्थानान्तरण र टाढाको यात्रा पनि सम्भावना छ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। गरेका कामबाट प्रशस्त लाभ हुनेछ। श्रमको उचित मूल्यांकन होला। नयाँ ज्ञान प्राप्त हुने योग छ। पढाइमा प्रगति हुनेछ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा प्रशस्त फाइदा हुने योग छ। पितृधनको उपयोगबाट विशेष फाइदा उठाउन सकिनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोगबाट प्रशस्त लाभ उठाउन सकिनेछ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ। काममा मातापिताको सहयोग प्राप्त होला। अरूलाई प्रभावित पारेर काम लिन सकिनेछ। कीर्तिमानी काम सम्पादन होला। तर, विभिन्न अवसर आए पनि प्रलोभनले अप्ठ्यारोमा पार्न सक्छ। यसले तपाईंको स्वतन्त्रतामा बाधा पुग्ने सम्भावना देखिन्छ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
स्वास्थ्य कमजोर रहनाले काम गर्न नसकिएला। तर, जिम्मेवारी भने बढिरहनेछन्। बाध्यतापूर्ण काममै समय बित्न सक्छ। सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइएला। व्यावसायिक काममा खर्च बढ्नेछ। अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ। समयमा काम पूरा नहुनाले खिन्नता बढ्ला। सेवामूलक कामबाट प्रतिष्ठा मिल्ने समय छ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
आश्वासन दिएर झुक्याउनेहरूले सताउन सक्छन्। बन्ने निश्चय भएको काम अचानक बिग्रन सक्छ। लगानी, दौडधुप, श्रम र प्रयत्नको उचित मूल्य नपाइने समय छ। न्यून उपलब्धिका लागि निकै मिहिनेत गर्नुपर्ने समय छ। नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ। बदनाम व्यक्तिहरूले मात्र सहयोगको तत्परता देखाउनेछन्, सजग रहनुहोला।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
व्यापार–व्यवसायमा लाभ हुनेछ। व्यावसाय विस्तारका लागि यात्रा पनि हुनेछ। सोखका लागि खर्च बढ्ला। दाम्पत्य सम्बन्धमा रमाउने समय छ। प्रेमको बन्धन कसिने बेला छ। दिन मनोरञ्जनपूर्ण रहनेछ। नयाँ ज्ञान सिक्ने मौका छ। आम्दानी प्रशस्तै बढ्नेछ। नयाँ सवारी साधन प्राप्तिको योग छ। आतिथ्यपूर्ण सम्मान पाइएला। पठनपाठनमा पनि राम्रै प्रगति हुनेछ।

काठमाडौं, २२ कात्तिक । सशस्त्र प्रहरी बलका २ उच्चपदस्थ अधिकारी आधा दर्जन सहयोगीकै माझ एक अर्कालाई अपशब्द प्रयोग गरी गाली गलौजमा उत्रेका छन् ।
सशस्त्र प्रहरी मुख्यालयमा शनिबार बिहान आइजीपी कोषराज वन्तले सशस्त्र प्रहरी दिवसको रिहर्सलका लागि बोलाएको कार्यक्रमपछि भएको कल्याणकारी कोष बैठकमा वन्त र एआइजी जीवनकुमार थापाबीच विवाद हुदाँ झन्डै हात हालाहाल भएको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।
सशस्त्र प्रहरी दिवस कात्तिक ७ गते भएपनि इन्टरपोल बैठकका लागि वन्त अमेरिका गएपछि सोमबार दिवस मनाउने योजना बनेको थियो ।
सशस्त्रले धुमधाम सशस्त्र प्रहरी दिवस मनाउन लागेको भन्दै संगठनभित्र आलोचना भइरहेको छ ।
वन्तले तल्लो स्तरमा गएर सबैले काम गर्नुपर्ने, सबै काममा आफू लाग्नुपर्ने, कसैले केही काम गर्दैनन्, मन्त्री र नेताको ढोकाढोका कुद्दै हिड्छन् भनेर पटक पटक अश्लील शब्द प्रयोग गरेका थिए ।
वन्तले यसो भनेपछि २ महिनापछि अवकाशमा जान लागेका एआएजी थापाले आफ्नो धारणा राख्न १० मिनेट मागेका थिए । वन्तले नदिएपछि उनीहरुबीच बिवाद भएको हो ।
dainiknepal.com
आइतबार, २२ कार्तिक
काठमाडौ । अढाई महिनाभन्दा बढी समयदेखि आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आबद्ध चारवटै दलहरू आइतबारदेखि व्यवस्थापिका संसद् बैठकमा सहभागी हुने भएका छन् ।
संसद् बैठक आठ दिनपछि आइतबार बस्दैछ । मधेसमा जारी आमहडताल, सीमामा नाकाबन्दीलगायत जारी आन्दोलनलाई संसद्बाट समेत बल र्पुयाउने उद्देश्यले मोर्चा संसद् बैठकमा भाग लिने निर्णयमा पुगेको मोर्चामा सहभागी पार्टी सद्भावनाका महासचिव मनीषकुमार सुमनले बताए ।
मोर्चाले मधेस आन्दोलनका सम्पूर्ण विषयवस्तु संसद्मा राख्ने नेताहरूले बताएका छन् ।
संसद् बैठकमा मधेस आन्दोलनको सम्पूर्ण विषयवस्तु राखेपछि माग पूरा गराउन दबाब दिन रोस्टम घेराउ गर्ने मोर्चा आबद्ध दलहरूबीच सहमति भएको छ,’ सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले भने ।
तराई मधेस आन्दोलनलाई सरकारले बेवास्ता गरेको र उठाइएका मागलाई सम्बोधन गर्न कुनै पहल नगरेर मुलुकलाई कठिन परिस्थितिमा पारेको आरोप मोर्चाले लगाउँदै आएको छ । ’हामी प्रधानमन्त्री चुनावमा भाग लिएर संसद्मा प्रवेश गरिसकेका छौं,’ महासचिव सुमनले भने, ’हाम्रा मागका लागि संविधान संशोधन गराउन पनि संसद्मा जानैपर्ने हुँदा आइतबारदेखि नै संसद् सहभागी हुने निर्णय लिएका हौं ।’ आजको कान्तिपुरमा समाचार छ ।
www.nepalsandesh.com
ज्ञानेन्द्रलाई तयार भएर रहन सन्देश
काठमाडौ, २१ कार्तिक । मुलुकमा भारतले लामो अघोषित नाकाबन्दी लगाएको विषयमा अहिले चुसम्म नबोलका पूर्व राजा ज्ञानेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीवीच टेलिफोन संबाद भएको छ ।
मोदी आफैले टेलिफोन गरेर पूर्व राजा ज्ञानेन्द्रलाई अघि बढ्न सुझाव दिदै कुनै बेलाको लागि तयार भए बस्न सन्देश दिएका थिए । स्रोतका अनुसार मोदीले दलहरुको पछिल्लो ब्यवहार र अभिब्यक्तिप्रति रुष्टता प्रकट गरेका थिए ।

राष्ट्रिय स्वयम सेवक संघ (आरएसएस) र भारतीय जनता पार्टीका प्रभावशाली नेताहरुवीच आज नयाँ दिल्लीमा भएको छलफल हिन्दु धर्म र राजसस्थाको पुर्नस्थापनाको विषयमा कुुरा भएको थियो । छलफलमा अगाडि के भन्नेमा भने एक मत बन्न नसकेको बताईएको छ ।
स्रोतका अनुसार आरएसएस पहिला हिन्दु धर्म हुनु पर्ने पक्षमा उभिएको छ । छलफलमा नेपालको संविधानबाट धर्म निरपेक्ष हटाएर अहिले धार्मिक स्वतन्त्रता राख्ने विषयमा सहमति भए नाकाबन्दी खोल्नु पर्ने कुराकानी भएको थियो ।
नाकाबन्दीको विषयमा कुरा गर्न दिल्ली गएका उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापासँग पनि भाजपाका नेताहरुसँग धर्मको विषयमा कुराकानी भएको स्रोतको दावी छ । त्यसबेला नै थापालाई पूर्व राजा ज्ञानेन्द्रसँग कुुराकानी गर्ने जिम्मेवारी भाजपा नेताहरुले दिएका थिए ।
भारतीय जनता पार्टीको सरकार बनिसकेपछि दुई पटक नयाँ दिल्ली पुगेका ज्ञानेन्द्रसँग पनि त्यहाँ यस विषयमा कुराकानी भएको थियो । भारत ज्ञानेन्द्रलाई नै पुर्नस्थापना गर्न नसकेपनि नाती हृदयेन्द्रलाई ल्याउने योजनामा छ ।
दिल्लीको कुराकानी अनुसार नै मधेस आन्दोलनको विषयमा विज्ञप्ति निकालेर आफ्नो मुख खोलेका ज्ञानेन्द्रले डेढ महिना लामो नाकाबन्दीले मुलुक र जनताको जीवन तहस नहस भईरहेको बेला पनि मुख खोलेका छैन ।reportersnepal. भिडियो हेर्न तलको बाकस थिच्नुहोस
कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको परिस्थितिमा सामाजिक सद्भावका साथ राष्ट्रिय एकता कायम गर्न जरुरी रहेको बताउनुभएको छ ।
हिमशिखर टेलिभिजनको काठमाडौँ कर्पोरेट अफिसको आज यहाँ उद्घाटन गर्दै उहाँले नयाँ संविधानले पनि सामाजिक असमानता र विभेद अन्त्य गरी समान अवसर प्रदान गर्ने व्यवस्था गरेको भन्दै त्यसलाई व्यवहारमा लागू गर्न सबैको भूमिका चाहिने बताउनुभयो ।
प्रधानमन्त्री ओलीले विविधतायुक्त मुलुकमा जुन जाति या भाषी जहाँ बसे पनि हामी सबै नेपाली भएकाले अहिलेको समस्या साझा समस्या हो भन्दै प्राकृतिक सम्पदा र विविधताले भरिएको मुलुक नेपालको संवृद्धिका लागि एकजुट भएर लाग्नुपर्ने बताउनुभयो ।
अब मुलुकलाई सकेसम्म आत्मनिर्भर बनाउने बाटोतर्फ अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले एक वर्षभित्र नेपाललाई विद्युत्भार कटौती मुक्त बनाउने उद्घोष गर्नुभयो ।
“अब धेरै समय छैन, त्यसैकारण छिटो गर्नुपर्छ, स्वर्ग जाने भ¥याङ बनाउने हैन, नेपाल फेर्ने बाटो चाहिँ बनाएरै छोड्छु । छोटो समयमा हामी केही गर्छौं । कृषिको आधुनिकीकरण र व्यवसायीकरण, पशुजन्य व्यवसाय वृद्धि, कपडाका लागि कपासको खेती, टेक्सटायल उद्योग स्थापनालगायतका कामलाई अघि बढाई औद्योगिकीकरण र आधुनिकीकरण गरी मुलुकलाई आत्मनिर्भर बनाउँदै जान्छौँ” –उहाँले भन्नुभयो ।
प्रधानमन्त्रीले अब हामीले ग्यासका चुलाभन्दा पनि बिजुलीका चुलातर्फ लाग्नुपर्छ, भन्दै मुलुकलाई एक वर्षभित्र विद्युत्भार कटौती मुक्त बनाएरै छाड्ने प्रतिबद्धता जनाउनुभयो ।
उहाँले भन्नुभयो – “इन्धनको विकल्पमा काठमाडौँ उपत्यकामा भरपर्दो ढङ्गले अध्ययन गरी मेट्रो रेल, ट्रली बस, विद्युतीय सवारीसाधन सञ्चालन गर्नुपर्छ । हामी अब पूर्व–पश्चिम राजमार्गलाई चौडा गरी छ लेनको सडक बनाउँछौँ, चतरादेखि सिन्धुलीसम्म अर्को सडक बनाउँछौँ, फिल्मसिटी, आइटी सिटी र मोडर्न सिटी मस्र्याङ्दी, तनहुँ र लमजुङको आसपास बनाउँछौँ, त्यतिमात्र होइन उत्तरी क्षेत्रका सबै नाका खुलाउँछौँ ।”
प्रधानमन्त्री ओलीले मध्यपहाडी राजमार्गलाई बढाई काठमाडौँ आसपासका जिल्लामा तरकारी खेतीको पकेट क्षेत्रका रुपमा विकास गरी, फलफूल खेती र नयाँ बस्तीको विकास गर्नेतर्फ उन्मुख हुने पनि बताउनुभयो ।
नेकपा (एमाले) का अध्यक्ष पनि रहनु भएका प्रधानमन्त्री ओलीले अहिले अर्कै प्रकारको परिस्थिति रहेको र यो कठिनाइपूर्ण अवस्थामा नेपाली जनताले देखाएको देशभक्तिप्रति आभार प्रकट गर्दै जनताले पाएको दुःखकष्टबाट आफू मर्माहत भएको बताउनुभयो ।
“हामी भारत विरोधी होइनौँ, नेपाल भारत विरोधी होइन, सरकार भारतको विरोधी होइन त्यस्तो सोच्न पनि सकिन्न । म भारतीय सरकारलाई आग्रह गर्न चाहन्छु, यति आत्मीय र मैत्रीपूर्ण भावना राख्ने नेपाली जनताको मर्मलाई तपार्इंहरुले बुझिदिनुस्, नेपाललाई ग्यास र इन्धन उपलब्ध गराइदिनुस् । भारतीय बुद्धिजीवी र त्यहाँका सञ्चार माध्यमलाई धन्यवाद दिन्छु, जसले नेपालीको पीडाप्रति सद्भाव देखाएर मानवीय भावना देखाउनुभएको छ” – उहाँले भन्नुभयो ।
प्रधानमन्त्री ओलीले तराईको नाकाबन्दीले मुलुकको अर्थतन्त्रलाई बर्बाद बनाएको र यसले कसैलाई पनि फाइदा नहुने भन्दै आन्दोलनकारीका जायज मागलाई सम्बोधन गर्न सरकार लचिलो रहेकाले सहमतिमा आउन आग्रह गर्नुभयो ।
उहाँले अहिले मुलुकमा देखिएको समस्या समाधान गर्न तीन प्रमुख राजनीतिक दल मिलेर अघि बढ्नुको विकल्प नरहेको पनि बताउनुभयो ।
एक फरक प्रसङ्गमा प्रधानमन्त्री ओलीले प्रेस तथा प्रकाशन स्वतन्त्रताको हकको प्रयोग गरी सञ्चारमाध्यमले स्वतन्त्र, सुरक्षित र जिम्मेवार पत्रकारिताको भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा सूचना तथा सञ्चार प्रविधि मन्त्री शेरधन राईले नयाँ संविधानले सबै जाति, समुदाय र वर्गको हक अधिकारलाई सम्बोधन गरेकाले यसको पूर्ण कार्यान्वयनका लागि सबै एकताबद्ध भएर लाग्नुपर्ने खाँचो औँल्याउनुभयो ।
“हाम्रो संविधान नमुना संविधान हो, संविधानसभाको अत्यधिक ठूलो समर्थन पाएको र संसारले समर्थन गरेको संविधान जारी भएको छ, यसलाई अक्षरशः कार्यान्वयन गरेर परिवर्तनको फल जनतालाई चखाउने महत्वपूर्ण घडीमा छौँ, अर्थात देशलाई विकास र समृद्धिको गतिमा लगेर जनतालाई सम्पन्न बनाउने महत्वपूर्ण समयमा हामी छौँ ”, मन्त्री राईले भन्नुभयो ।
“म सञ्चारकर्मीलाई आग्रह गर्न चाहन्छु, संविधानको गुदी, मर्मलाई बुझी आत्मसात् गरेर राष्ट्रिय एकता, सामाजिक सद्भाव र मुलुकको सार्वभौमिकतालाई अक्षुण्ण राख्दै छिटफुट रुपमा देखापरेका गलत भावना, विचार र भड्काउवादी चिन्तनलाई निर्ममतापूर्वक प्रहार गरी जनताको सपनालाई साकार पार्नेगरी सञ्चारमाध्यमले भूमिका खेल्नुपर्छ” – उहाँले भन्नुभयो ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीले संविधान जारी गर्न सहमति गरेका राजनीतिक शक्तिहरु फेरि पनि एक ठाउँमा उभिएर संविधानको व्यावहारिक कार्यान्वयनतर्फ एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।
टेलिभिजनका अध्यक्ष ध्रुव न्यौपाने र प्रबन्ध निर्देशक रामकुमार बस्नेतले हिमशिखर टेलिभिजन विविध चुनौतीलाई पार गर्दै राष्ट्रिय प्रसारणको पहँुचमा पुगेको भन्दै अझ जिम्मेवारीका साथ अघि बढ्ने बताउनुभयो ।
कार्यक्रममा कानुनमन्त्री अग्निप्रसाद खरेल, विज्ञान प्रविधि तथा वातावरणमन्त्री विश्वेन्द्र पासवानको पनि उपस्थिति रहेको थियो ।
विसं २०६७ कात्तिक १९ गते आफ्नो प्रसारण शुभारम्भ गरेको हिमशिखर टेलिभिजनले २०७१ फागुन १८ गतेदेखि राष्ट्रव्यापी प्रसारण सुरु गरेको थियो । रासस
www.nepalsandesh.com
कात्तिक । मधेस केन्द्रित दलले गरेको आन्दोलन तथा भारतले गरेको अघोषित नाकाबन्दीको कारण नेपालका लागि आयात गरिएका तीनसय ट्रकभन्दा बढी औषधि सीमास्थित भारतको रक्सौलमा थन्किएका छन् ।
वीरगन्जको मितेरी पुलमा मोर्चाका नेता कार्यकर्ताले गरेको धर्ना र अघोषित नाकाबन्दीका कारण नेपालका लागि आयात गरिएका तीनसयभन्दा बढी ट्रक औषधि र औषधि उत्पादनमा प्रयोग हुने कच्चा पदार्थ विगत दुई महिनादेखि सीमाक्षेत्रमा थन्किएको हो ।
युद्धकालीन अवस्थामा समेत उपचार तथा औषधिलाई रोक्न नपाइने अन्तर्राष्ट्रिय कानुन भएपनि सो कानुनलाई उल्लङ्घन गर्दै भारतले नेपालका लागि आयात गरिएको औषधि रक्सौल नाकामा थन्काई राखेको नेपालका आयातकर्ताले बताएका छन् ।
नेपाल औषधि व्यवसायी महासङ्घका उपाध्यक्ष प्रकाश खण्डेलवालले भारतको रक्सौल नाकामा नेपालका लागि आयात गरिएका तीनसयभन्दा बढी ट्रक थन्किएको जानकारी दिनुभयो ।
उहाँले थन्किएका ट्रकहरुको रुट परिवर्तन गरी भैरहवा लैजाँदासमेत भारतले आलु प्याज नेपाल भित्रिन दिएपनि अति आवश्यकीय वस्तुको रुपमा रहेको औषधिलाई भारतमै थन्काएको आरोप लगाउनुभयो ।
रक्सौलमा महिनौदेखि थन्किएका औषधि बिग्रने सम्भावना रहेका कारण केही औषधि ट्रकबाट झारेर रक्सौलकै गोदाममा राख्नुपरेको उपाध्यक्ष खन्डेलवालले जानकारी दिनुभयो । यस्तै ट्रकमै औषधि राख्दा ट्रकको विलम्ब शुल्क (जरीवाना) तिर्नुपर्ने भएकाले केही औषधि ट्रकबाट खन्याएर रक्सौलमा गोदाम भाडामा लिएर राख्नुपरेको उहाँले बताउनुभयो ।
भारतबाट आयात गरिएका औषधिका कच्चा पदार्थ बोकेका ट्रक सिमापारी नै थन्किएपछि वीरगन्ज–पथलैया औद्योगिक कोरिडोरमा रहेका करिब एक दर्जनभन्दा बढी औषधिजन्य उद्योग बन्द हुने अवस्थामा पुगेको उपाध्यक्ष खन्डेलवालले जानकारी दिनुभयो ।
नेपालका लागि आयात गरिएको औषधिलाई नियम कानुन र सम्बन्धसमेतलाई मिचेर भारतले देखाएको दादागिरीबाट अन्तर्राष्ट्रिय क्षेत्रमा भारतमाथि नकारात्मक प्रभाव पार्ने नागरिक समाजका अगुवा डा दीपक शाक्यले बताउनुभयो । उहाँले भारतले नेपाललाई असल छिमेकी मान्छ भने उसको सिमाक्षेत्रमा रोकिएका अतिआश्यकीय वस्तु औषधि लगायतलाई यथाशीघ्र नेपाल पठाउनुपर्ने धारणा व्यक्त गर्नुभयो ।
करिब तीन महिनादेखिको बन्द हडताल र नाकाबन्दीका कारण दशँैभर औषधिको अभाव हुँदै जाँदा सर्वसाधारणको ज्यान नै जोखिम्मा पर्न थालेको छ ।
नेपालका लागि आवश्यक ६० प्रतिशत औषधि वीरगन्ज नाकाबाटै आयात हँुदै आउने गरेको छ । रासस
www.nepalsandesh.com
कात्तिक । कञ्चनपुरको भीमदत्तनगरमा शनिबार सम्पन्न एक दिवसीय मैत्रीपूर्ण इण्डो–नेपाल कवड्डीको उपाधि नेपाली टिमले जितेको छ ।
प्रतियोगितामा भारतको हरियाणा राज्यको टिमलाई कञ्चनपुर कवड्डीको टिमले ४२–२० अङ्कले पछि पार्दै उपाधि जित्न सफल भएको हो ।
कञ्चनपुर कवड्डी सङ्घले आयोजना गरेको प्रतियोगितामा विजयी टिमलाई नेपाली काँग्रेसका नेता नारायणप्रकाश साउदले पुरस्कृत गर्नुभएको थियो ।
यसअघि आजै बिहान भएको प्रतियोगिताको उद्घाटन नेता साउदले गर्नुभएको थियो भने कांग्रेस कञ्चनपुरका सभापति बहादुरसिंह थापा, नेकपा (एमाले)का अध्यक्ष तारा लामातामाङ, कञ्चनपुर खेलकुद समितिका अध्यक्ष शेरबहादुर चन्द, कञ्चनपुर निर्माण व्यवसायी सङ्घका अध्यक्ष गजेन्द्र बहादुर चन्दलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । रासस
dainiknepal.com
कात्तिक । भारतले नेपालमा अघोेषित नाकाबन्दी लगाइरहेका बेला मधेस आएर किर्ते गरेर नागरिकता बनाउन लागेका भारतीय नागरिकसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।
कीर्ते गरी नेपाली नागरिकता बनाउने एक गिरोहका पाँचजनालाई सप्तरी प्रहरीले पक्राउ गरी आज साँझ सार्वजनिक गरेको हो ।
राजविराज–४ स्थित दीप साजन लजमा नागरिकता लिने र नागरिकता बनाउने व्यक्तिहरुबीच कुराकानी भइरहेको विशेष सूचनाका आधारमा उनीहरुलाई सोही लजबाट पक्राउ गरिएको प्रहरी उपरीक्षक भीम ढकालले आज साँझ जिल्ला प्रहरी कार्यालय सप्तरीमा पत्रकार समेलन गरी सार्वजनिक गर्दै बताउनुभएको छ ।
उनीहरुका साथबाट नेपाली नागरिकता बनाउन प्रयोग हुने कार्ड, जिल्ला प्रशासन कार्यालय सप्तरीको छाप, प्रशासकीय अधिकृतको छाप, रजिस्टरलगायतका कागजात तथा सामग्रीसहित पक्राउ गरिएको बताइएको छ ।
पक्राउ पर्नेमा राजविराज– ५ बस्ने ५२ वर्षीय वकिल झा, कुसहा गाविस–९ बस्ने ५९ वर्षीय राजेन्द्रप्रसाद चौधरी, तिलाठी गाविस–३ बस्ने ५५ वर्षीय चादुचन्द्र मिश्रा, भारतको उत्तर प्रदेश घर भई हाल बुटवल– १३ बस्ने २२ वर्षीय सञ्जीव मियाँ र भारतको उत्तर प्रदेश सिद्वार्थनगर घर भई बुटवल–३ बस्ने अकबर साह छन् ।
प्रहरीले भारतीय नागरिक अकबर साहको नागरिकता झा, चौधरी र मिश्राले बनाइरहेको अवस्थामा उनीहरु रङ्गेहात पक्राउ परेको प्रहरीले जनाएको छ ।
सञ्जीव मियाँले यसअघि २०७० सालमै आफ्नोसहित भाइ जमशेर मियाँको नाममा यही गिरोहबाट रु ५० हजार तिरेर नागरिकता लिएको खुलेको प्रहरी उपरीक्षक ढकालले बताउनुभयो । सञ्जीवकै साथ लागेर अकबर नागरिकता बनाउन राजविराज आएको र रु ६० हजारमा कुरा भई रु १५ हजार वकिल झालाई दिएको प्रहरीले जनाएको छ ।
यस्तो कीर्ते नागरिकता बनाउने प्रमुख व्यक्तिको पहिचान भइसकेको र उनको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ ।
पत्रकार सम्मेलनमा प्रहरी नायब उपरीक्षक नारायण चिमरियाले अभियुक्तहरुले गरेको कार्य कीर्ते नागरिकता, ठगी तथा सरकारी छाप दस्तखत कीर्ते आकर्षित हुने हुँदा सोही मुद्दामा थप अनुसन्धान कार्य सुरु गरिएको बताउँदै यो कार्यमा सरकारी कर्मचारीको पनि संलग्नता भएको हुनसक्ने भन्दै छानबिन सुरु गरिएको बताउनुभयो । रासस
dainiknepal.com
कार्तिक २१, २०७२- प्रधानमन्त्री केपी शर्मा ओलीले केही समयमै चीनका सबै नाका खुल्ने स्पष्ट पारेका छन् । उनले संकट टार्न सरकारले सबै उपाय अबलम्बन गर्ने जानकारी दिए ।

भारतको नाकाबन्दीप्रति तीब्र असन्तुष्टि जनाउँदै प्रधानमन्त्रीले जनताको पीडाले आफूलाई आहत बनाएको बताए । ‘नेपाली जनतामाथि आएको अकल्पनिय पीडाले मलाई आहत र चिन्तित बनाएको छ,’ काठमाडौंमा शनिबारदेखि सुरु भएको हिमशिखर टेलिभिजनको कर्पोरेट कार्यालय उदघाटन गर्दै उनले भने, ‘कसैले चित्त नदुखाउनु राम्रो हुन्छ, अबका केही दिनमै उत्तरका सबै नाका खुल्दैछन् ।’

काठमाडौंको यातायात सहज बनाउन विद्युतीय सवारीको अवधारणा ल्याइने जानकारी दिए । ‘भरपर्दो अध्ययन गरेर बिजुलीबाट चल्ने कार, मेट्रो, ट्रली बस चलाइनेछ, बनेपादेखि थानकोट र बुढानिलकण्ठदेखि दक्षिणकालीसम्म मेट्रो चलाइनेछ,’ उनले भने, ‘भित्रका बाटाहरुमा व्याट्रीबाट चल्ने र सोलारबाट चल्ने सवारी चलाइनेछ, ग्यासका चुलाबाट बिजुलीका चुलातर्फ लाग्नुपर्छ  ।’

प्रधानमन्त्री ओलीले भारतबाट आयात हुने इन्धनको विकल्प तयार गर्ने गृहकार्य भइरहेको जानकारी दिए । उनले एक वर्षभित्र लोडसेडिङ अन्त्य गर्ने दाबी पनि दोहोर्‍याए । ‘साथीहरु एक वर्षभित्र लोडसेडिङ कसरी अन्त्य हुन्छ, गाह्रो छ भन्छन्, त्यही गाह्रो भएकैले सम्भव छ,’ उनले घोषणा गरे, ‘अर्को वर्षको तिहारमा लोडसेडिङ हुनेछैन ।’

प्रधानमन्त्रीले असहज अवस्था अन्त्यका लागि केही विकल्पबारे चर्चा गरे । उनले पूर्वपश्चिम राजमार्ग चौडा बनाएर ६ लेनको बनाउने, सिन्धुली–चतरा राजमार्ग बनाउने, फिल्म सिटी, आईटी सिटी, मोडर्न सिटी बनाउनेलगायतको योजना सुनाए ।

प्रधानमन्त्रीले भूकम्पपीडितका लागि सामूहिक आवासको योजना सरकारले बनाइरहेको बताए । ‘म यस्तो बेलामा प्रधानमन्त्री भएँ, ८ लाखको घर भत्किएको छ, नयाँ घर बनाएर न सरकारले दिन सक्छ, न आफूले बनाउने अवस्था छ,’ उनले भने, ‘अहिलेको जाडोबाट जोगाउन सामूहिक बसोबासको व्यवस्था मिलाइनेछ ।’
प्रधानमन्त्रीले अप्ठ्यारो अवस्थामा नेपाली जनताले देखाएको समझदारीप्रति उच्च प्रसंसा गरेका छन् ।

नाका खुल्ने आशा थियो
प्रधानमन्त्रीले आफू आउनुअघि नै अहिलेको सबै अवस्था सुरु भएको उल्लेख गरे । ‘म प्रधानमन्त्री बन्नुभन्दा अगाडि नै नाकाबन्दी पनि भइसकेको थियो, मधेस आन्दोलन पनि भइसकेको थियो, भन्सारमा बस्ने काम पनि भइसकेको थियो, मैले सोचेको थिएँ म प्रधानमन्त्री भएपछि सबै खुल्ला,’ उनको भनाइ थियो, ‘के भो के भो खुलेन, साँचो मिलेन कि के मिलेन, खुलेन ।’

प्रधानमन्त्रीले आफूले काम सुरु गर्नैलाग्दा वरिपरि किला गाडेर हातखुट्टा बाँध्ने षड्यन्त्र भएको उल्लेख गरे ।

भारतविरोधी होइन
प्रधानमन्त्रीले नेपाली जनता र नेपाल सरकार भारतविरोधी नभएको दोहोर्‍याए । ‘हामी भारतविरोधी होइनौं, भारतको विरोधमा केही सोच्दा पनि सोच्दैनौं,’ उनको भारतीय सरकारलाई आग्रह थियो, ‘यस्तो हुँदा तपाईं भारतीय सरकारले हामीलाई ग्यास, इन्धन सप्लाई गर्नुपर्छ, मेरो आग्रह छ ।’
नेपालको पीडामा भारतीय बुद्धिजीवी र सञ्चारमाध्यमले सकारात्मक सहयोग गरेकोमा आभार व्यक्त गरे ।

धेरै सत्तामा बस्ने सोच छैन
प्रधानमन्त्रीले आफू लामो समय सत्तामा बस्न र आराम गर्न सरकारमा नआएको स्पष्ट पारे । ‘म १०, २० वर्ष होइन, पाँच वर्ष पनि मलाई चाहिएको छैन,’ उनले भने, ‘जति समय सरकारमा रहन्छु, जनताका लागि काम गर्छु, आराम गर्न आएको होइन ।’ उनले सरकारको आयुबारे आफूलाई कुनै चासो नभएको पनि बताए ।

मधेसबाट चुनाव लड्न तयार छु
प्रधानमन्त्रीले आफू अब चुनाव लड्ने मनस्थितिमा नभए पनि कसैले चुनौति दिए मधेसका जुनसुकै क्षेत्रबाट चुनाव लड्ने चेतावनी दिए । ‘मलाई मधेसविरोधी भनेर अफवाह फैलाइएको छ, मलाई चुनाव लड्न मन छैन,’ उनले भने, ‘साँच्चै कसैले चुनौति दिन्छ भने मधेसका जुन क्षेत्रमा गएर पनि चुनाव लड्न तयार छु ।’

ओलीले आफू ५४ वर्ष मधेसमै हुर्किएको र मधेसका जनताको पीडा राम्रोसँग बुझेको बताए । उनले भने, ‘म मधेसको मित्र हुँ, साथी हुँ, मधेसविरोधी भावना छैन ।’
प्रधानमन्त्रीले मधेसका विद्यार्थीको पढाइ रोकेर, उद्योग कलकारखाना महिनौं ठप्प पारेर, स्वदेशमा आउने इन्धन रोकेर गर्ने आन्दोलन राजनीतिक प्रकृतिको नभएको जिकिर गरे । उनले मधेसका जायज मागलाई सम्बोधन गर्ने प्रतिबद्धता जनाए ।

kantipur.ekantipur.com
सान्टियागो, २१ कात्तिक । चिलीमा शनिबार बिहान सबेरै शक्तिशाली भूकम्प गएको समाचार छ । सो भूकम्प ६.८ रिक्टर स्केल मानप गरिएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाले जानकारी दिएको छ ।
चिलीको भूशास्त्र अध्ययन संस्थाका अनुसार भूकम्पछि सुनामी चेतावनी भने दिएको छैन । प्रशान्तमहासागरिय सुनामी चेतावनी केन्द्र सुनामीको चेतावनी जारी नगरेको बताइएको छ ।
भूकम्पको केन्द्रविन्दु सान्टियागो सहरबाट ३ सय किलोमिटर उत्तरमा पर्ने इलाकामा ३६ किलोमिटर गहिराइमा रहेका पनि सो संस्थाले बताएको छ ।
गत सेप्टेम्बरमा पनि सोही क्षेत्रमा ८.३ रिक्टर स्केलको शक्तिशाली भूकम्प गएको थियो । सो भूकम्पमा परी १५ व्यक्तिको मृत्यु हुनुको साथै १६ हजार भन्दा बढी घरवारविहिन भएका थिए । रासस ÷एएफपी
dainiknepal.com
गुजरात दंगामा सत्य बोलेपछि जसको जागिर गुम्यो

काठमाडाैं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बहुआयामिक नेतृत्व हुन् भन्नेमा अब शंका रहेन । हिन्दु धर्मका कट्टर पक्षपाति मोदीले नेपालमा नाकाबन्दी गर्नुभन्दा ठीक केही समय अघि उनी ६ महिने महाव्रत बसेका थिए । ६ महिना लामो व्रत्त बस्दा ठूलो मोक्ष प्राप्त हुने धार्मिक विश्वाससहित व्रतबसेपछि उनले अन्ततः नेपालमाथि नाकाबन्दी गरेर त्यो मोक्ष प्राप्त गरे ।

नेपालका धेरै नेताहरु मोदीको बहुआयामिक क्षमताप्रति अनविज्ञ भएपनि भारतका जनताले भने उनलाई राम्रैसँग चिन्दछन् । तेस्रो विश्व त्यसमा पनि दक्षिण एसियाको तरल राजनीतिको फाइदा उठाएर उनी भारतको प्रधानमन्त्री बने । तर २००२ मा गुजरातमा भएको नरसंहार भोगेका जनताले भने अझ ती दिन बिर्सेका छैनन्, बिर्सेका छैनन् महामहिम नरेन्द्र मोदीलाई ।


त्यही नरसंहारमा नरेन्द्र मोदी मुख्यमन्त्री हुँदा पुलिस अफिसर थिए संजीव भट्ट । सन् १९८८ मा इन्डियन पुलिस सर्भिसबाट नोकरी शुरु गरेका उनको १९९० मा गुजरातको जामनगर जिल्लामा नियुक्ति भएको थियो । जहाँ उनले दंगा भड्काएको आरोपमा १५० जनालाई गिरफ्तार गरे । जसमध्ये प्रभुदास नाम गरेका कैदीको किड्नीमा देखिएको समस्याको कारण कारण मृत्यु भयो । मृतकको भाईले संजीव भट्टविरुद्ध उजुरी जाहेर दिए ।
त्यसपछि उनलाई खुफिया ब्यूरोको पदबाट हटाएर साबरमती केन्द्रीय कारागारमा सुपरिटेन्डेटमा सरुवा गरियो । त्यहाँ पनि कैदीहरुसँग मिलनसार भएको, उनीहरुसँग मिलेको आरोप लगाई अन्तै सरुवा गरियो । २००२ को घटनालाई लिएर मार्च २००८ मा भारतको सुप्रीम कार्टले एउटा विशेष छानविन समिति (एसआईटी) गठन गर्‍यो ।

 त्यसको प्रमुखमा सीबीआईको पूर्व प्रमुख आर.के. राघवनलाई राखियो । यो समितिले २००२ को दंगासँग जोडिएको विभिन्न मामलाको छानविन गर्‍यो । सन् २००९ मा अदालतले एसआईटीलाई नरेन्द्र मोदीसहित अरु ६२ जनामाथि छानविन गर्नु भनि निर्देशन दियो । यो समितिलाई संजीव भट्टले पनि बयान दिएका थिए ।
दंगा भड्किएको ९ वर्षपछि १४ अप्रिल २०११ म संजीव भट्टले सुप्रिम कोर्टमा एउटा मुद्दा दायर गरे । उनका अनुसार मोदीले २७ फरवरी २००२ को एउटा मिटिङमा बरिष्ठ पुलिस अधिकारीहरुलाई भनेका थिए ‘हिन्दुओं का गुस्सा निकल जाने दें’ ।

भट्टले एसआईटीमाथि नै घटनालाई लुकाउन खोजेको आरोप लगाए । उनले यस नरसंहार घटनाको छानविन गर्न स्वतन्त्र कमिटी बनाउनु पर्ने अथवा गुजरातभन्दा बाहिरको मानिसहरु संलग्न गराई स्वतन्त्र छानविन गर्नुपर्ने भनि सुप्रिम कोर्टमा माग राखे । त्यसको केही समयपश्चात ८ अगष्ट २०११ मा गुजरात सरकारले भट्टलाई ड्यूटीमा नआएको भनि निलम्बन गरिदियो । गुजरात सरकारले प्रभुदासको हत्यामा संलग्न भनि आफैंले बन्द गरेको मुुद्दा फेरि ब्यँुताएर भट्टलाई पक्राउ पुर्जी थमाए । ३० सेप्टेम्बर २०११ मा भट्टलाई गिरफ्तार गर्यो ।
त्यस घटनाको चौतर्फी विरोध भयो । जनता सडकमा उत्रिए । गुजरात अफिसर्स एसोसियशन लगायतका संस्थाहरुले ऐक्यवद्धता जनाए । चौतर्फी विरोधपछि १७ अक्टोबर २०११ मा अहमदावादको एउटा अदालत उनलाई जमानतमा रिहा गर्न बाध्य भयो । रिहाको विषयलाई लिएर मोदी सरकारले विरोध गर्यो । तमाम दवाव र धम्कीको बाबजुद उनले गुजरात नरसंहारको अभियुक्तहरुको नाम पर्दाफास गर्न संर्घर्ष गरिरहे ।
१७ अक्टोबर २०११ को इण्डियन एक्सप्रेसमा प्रकाशित समाचारका अनुसार उनले भनेका थिए ‘नरेन्द्र मोदी २००२ को गुजरात नरसंहारको एक अपराधी हो । उसलाई एक सामान्य अपराधी जस्तो व्यवहार गरिनुपर्छ ।’ अन्ततः संजीव भट्ट १३ अगष्ट २०१५ मा नोकरीबाट निकालिए । स्रोतः समकालीन ‘तीसरी दुनियाँ’/खबरडबली
- internetsamachar.com बाट साभार
काठमाडौँ, २१ कात्तिक । उपप्रधान तथा रक्षामन्त्री भीम रावलले संविधान जारी भएसँगै भारतले अघोषित रूपमा गरेको नाकाबन्दीको समस्यालाई जतिसक्दो चाँडो समाधान गरी सरकार संविधान कार्यान्वयनको बाटोमा अगाडि बढ्ने बताउनुभएको छ ।

विजयादशमी, दीपावली, नेपाल संवत्, इदलगायत नेपाली पर्वहरूको अवसरमा नेकपा (एमाले) निकट युवा सङ्घ नेपाल उपत्यका समन्वय समितिद्वारा यहाँ आज आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा उपप्रधानमन्त्री रावलले संविधान जारी गर्नुभन्दा पनि कार्यान्वयनको पाटो चुनौतीपूर्ण हुने भन्दै कार्यान्वयनका लागि सरकार, बाहिर रहेका सबै दलको उत्तिकै भूमिका हुने बताउनुभयो ।
“मुलुक परिवर्तनको क्रममा विभिन्न चरणमा भएका सङ्घर्षबाट प्राप्त गणतन्त्र, लोकतन्त्र, समावेशीता र युगौँदेखि उत्पीडनमा पारिएको दलित, महिला, आदिवासी जनजाति र अन्य उत्पीडित समुदायको अधिकारलाई सुनिश्चित गरी संविधान बनेको छ, यसलाई कार्यान्वयन गर्न सबैले आ–आफ्नो ठाउँबाट सहयोगी भूमिका निर्वाह गर्नुपर्छ’–उपप्रधानमन्त्री रावलले भन्नुभयो ।
उहाँले तराईमा आन्दोलनरत मधेसी दललाई आन्दोलन फिर्ता लिएर वार्ता र सहमतिका आधारमा समाधान खोज्न आग्रह गर्दै नेपालमा संविधान जारी हुँदा संसारले खुसी व्यक्त गरिरहँदा छिमेकी मुलुक भारतले अघोषित रूपमा नाकाबन्दी गर्नु मानवता विरोधी भएको टिप्पणी गर्नुभयो ।
सूचना तथा सञ्चार प्रविधि मन्त्री शेरधन राईले ९५ प्रतिशत जनताको समर्थनमा ६५ वर्षदेखिको नेपाली जनताको नयाँ संविधान पाउने सपना पूरा भएको भन्दै राष्ट्रपति र सभामुखको निर्वाचनसँगै संविधान कार्यान्वयन प्रक्रिया सुरु भएको बताउनुभयो ।
आन्दोलनरत दलले उठाउँदै आएको जायज मागलाई सरकारले वार्ता र सहमतिको आधारमा समाधान गर्दै नेपाली जनताले भोग्दै आएको सङ्कटलाई समाधान गरी संविधान कार्यान्वयनसँगै मुलुकलाई विकासको बाटोमा अगाडि बढाउनेमा जोड दिनुभयो ।
उहाँले वैशाख १२ गते गएको विनाशकारी भूकम्पपछिको पुनःनिर्माण कार्यमा सहभागी हुन युवालाई आग्रह गर्नुभयो ।
पूर्वमन्त्री तथा युवा सङ्घ नेपालका पूर्व अध्यक्ष महेश बस्नेतले नेपालीले भागिरहेको वर्तमान सङ्कटलाई चिर्दै नेपाललाई अब आत्मनिर्भर मुलुकका रूपमा विकास गर्नुपर्ने बताउनुभयो । रासस
dainiknepal.com
साहित्य/कथा
सामान्य दिनहरु भन्दा उनको याद आज अलि धेरै नै आइरहेको थियो ।
ठ्याक्कै चार बर्ष अगाडि आजकै दिन त भेट भएको थियो उनीसंग । भित्तामा उनको मन्द मुस्कान सहितको उज्यालो अनुहारको फोटो झुन्डिरहेको छ । हाम्रो  मायाको चिनो यहि  एउटा फोटो मात्र छ म संग ।
यदि त्यो फोटोमा आत्मा हुँदो हो त  उनको फोटो अगाडि बसेर उनी संगको बिछोड पछिको मेरो तड्पाँइ , उनलाँइ सम्झेर रोएका हरेक पलहरु देखेर म प्रति गहिरो सहानुभुति प्रकट गर्थ्यो होला त्यो तस्बीरले ।
फोटोको बाहिरी  फ्रेममा  अलिअलि धुँलो लागेछ । उठेर धुलो पुछ्न हात नजिकै लम्काए तर फोटोमा छुने हिम्म्त गर्न सकिन ।
जब उनले मेरो प्रेम प्रस्ताब स्विकारीन् र मलाँइ पहिलो पटक उनको  शरीर छुन अनुमति दिए पश्चात मैले उनको अनुहारमा हल्का हातले स्पर्श गरेको थिए । त्यो क्षण बिर्सन मैले आफैलाँइ भुल्न पर्छ । त्यो फोटोमा छोएर  बिछोडको पिडाँ झन् बल्झाउँने हिम्मत गर्न सकिन ।
नजिकै सोफामा थचक्क बसे र फल्यास ब्याकमा गए ।
उनि बिछट्टै राम्री र म पनि हेरिनसक्नु सुन्दर भएर एकले अर्कालाइ मन पराएका थिएनौ । मलाँइ त पुरुष भन्दा नारि सधै राम्री लाग्छिन् , उनी पनि अबश्य नै म भन्दा धेरै राम्री थिइन् । तर मेरो हेराँइमा आकर्षण थिएन । स्वार्थी र मतलबि माया सायदै गरिएन ।
lovers-angalo-marneमैले अहिले सम्म प्रेमको सर्बमान्य परिभाषा भेटेको छैन , फरक- फरक मान्छे र ब्यक्तिहरु बिच प्रेमको फरक- फरक सकारात्मक र नकारात्मक परिभाषाहरु परिभाषित छन् ।
प्रेम जिबन जिउँने बाटो हो ।
प्रेम निस्वार्थ हुन्छ ।
प्रेममा स्वार्थ लुकेको हुन्छ ।
प्रेम नपाउँदा सम्म अमुल्य हुन्छ , पाइसकेपछि त्यो बेकारको चिज बन्छ ।
प्रेमको सर्बमान्य परिभाषा स्थापित हुन नसक्नुको कारण पनि प्रेमि- प्रेमिका बिच माया गर्ने ,माया दर्शाउने तौर, तरिका फरक भएर होला । मेरो लागि चाँहि माया- प्रेमको परिभाषा संसारकै सबैभन्दा सुन्दर बहुमुल्य चिज । यो बिना जिबन र जगतको अस्तित्व असम्भब छ । प्रेममा , त्याग हुन्छ , तपस्या हुन्छ । स्वार्थ हुँदैन । प्रेम निश्चल र कोमल हुन्छ । प्रेम शक्ति हो उर्जा हो ।
अनि यो संसारको सुन्दर चिज प्रेम आफैमा सुन्दर छ , मैले हामी दुइ बिचको मायाँ लाँइ सिंगार्न मात्रै खोजे , मायाले सिंगारे , रिस उठेको बेलामा मौनताले सिंगारे , आपसी असमझदारी बढ्दा बल्झाउन नलागि सल्टाउन तिर लागेर सिंगारे । अबिश्वास र शंका लाँइ हाम्रो वरिपरि पनि आउँन नदिइकन सिंगारे । प्रेम जिबन्त राख्न मैले आफुँले सक्ने जति सबै कुराँ गरे ।
त्यसो त उनले पनि कम गरिनन् मलाँइ खुशी पार्न । उनी भन्थिन् तिम्रो खुशी भन्दा पर मेरो लागि अरु कुनै स्वार्थ छैन । तिम्रो अंगालोमा म आफुँलाइ संसारको सबैभन्दा भाग्यमानी नारी ठान्छु । म तिमिबाट यत्ती चाहाँन्छु मलाँइ गर्ने मायाँ कहिल्यै कम नहोस् ।
एक तमासले बिगत सम्झिदा हामी दुबै एकले – अर्कालाइ खुशि राख्नै तल्लिन रह्यौ र त कुनै दिन पनि हाम्रो माया -प्रेममा दरार आएन । सधैभरि सुमधुर सम्बन्ध रह्यो ।
हामी दुबै प्रेमको महासागरमा कहिल्यै उत्रन नसक्ने गरेर डुबेका थियौ ।
अहिले पनि ति पुराना रमाँइला दिनहरु सम्झेर मन रोमान्चित हुन्छ । मन भित्र एकैचोटि प्रेमका ज्वारभाट हरु उठ्न थाल्छन् । जिउ पुरै प्रेममय भएर समुन्द्रमा सुनामि गए जस्तै मनभित्र प्रेमका छालहरु उफ्रिन थाल्छन् ।
दिनहरु रमाँइलो संग  बितिरहेकै थिए । खुशीहरु हाम्रो आँगनभरि ढकमक्क फुलिरहेका थिए ।
खै हाम्रो मायाँमा कसैको आखाँ लाग्यो या मेरो भाग्यमा जिबनभरी उनको साथ नलेखेको भएर हो एकदिन उसले अचानक आएर अब हाम्रो सम्बन्ध टुंगाउ भनिन् , मैले मजाक नगरभने , उनले साचो हो अब हामी हिड्ने बाटो अलग भयो , सक्छौ भने माफ गर भनिन् । मैले कारण सोधे , उनले बाँध्यता भनिन् , तर कस्तो बाँध्यता खुलाउँन चाहिनन् ।
एकछिन निशब्द भए । म बोल्न सकिन मौन भए  मेरो मौनता उनले म देखि छुटकाराको स्विकारोक्ती सम्झिइन् होला । म बाट कुनै प्रतिक्रियाको आशै गरिनन् ।
हामी बिचको सम्बन्धलाँइ मिठो सपनाँ सम्झेर भुल्न र सम्बन्धको उतारचढाब र मिलन बिछोडलाँइ स्वीकार गर्दै नयाँ जिबनको शुरुवात गर्न सल्लाह दिइन् ।
मेरो आखाँमा आशु टिलपिल थियो , छुट्ने बेलामा उनको हात समाए । अन्तिममा एकचोटि आफ्नै हातले मेरो आखाँको आशु पुछिदेलिन्  भन्ने सोचेको थिए , त्यसो गरिनन् । सरासर आफ्नो बाटो लागिन् ! मैले धेरै टाडा उनी ओझेल नपरुन्जेल हेरिरहे तर उनले फर्केर सम्म हेरिनन् ।
भनेको सुनेको थिए,  समय बित्दै जाँदा मनभित्रका ठुलाठुला पिडाका खाँडलहरु आफसेआफ भरिन्छन् , खै त बिछोडको लामो समय भइसक्दा पनि मेरो पिडा घट्नुको सट्टा झन्झन् बल्झिदै पो छ । उनको याँद धमिलो हुँदै जानुको सट्टा झन्झन् चम्किदै गइराखेको छ ।
सायद मैले उनलाँइ धेरै चोखो र साचो माया गरेछु ।
हाल -: इजरायल , तेलअभिब !
dainiknepal.com
काठमाडौं, २१ कात्तिक । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालविरुद्ध नाकाबन्दी लगाएका विषयमा भारतीय सञ्चारमाध्यमले धेरै महत्व नदिएपछि पछिल्लो पटक भने नेपालका सानासाना गतिविधि पनि समाचारका रुपमा दिन थालेका छन् ।
विशेष गरेर नाकाबन्दीविरुद्ध नेपाली पक्षको अभिव्यक्ति र मधेस आन्दोलनका विषयमा उनीहरूले समाचार बनाउन थालेका हुन् ।
नवभारत टाईम्सको अनलाइन संस्करणले भारतीय मुलका नेपालीहरूको आन्दोलनको समर्थन गर्दै समाचार सम्प्रेषण गरेको छ ।
अधिकारका लागि मधेसीले गरेको आन्दोलनलाई भारतले समर्थन गरेर नाकाबन्दी गर्दा चीनले नेपाललाई सहयोग गरेको समाचारमा उल्लेख छ ।
समाचारका अनुसार प्रधानमन्त्री केपी ओलीले भारतीय नाकाबन्दीका कारण नेपालहरूको राष्ट्रियता एक पटकफेरि मजबुत भएको जनाइएको छ ।
ओलीले भारतीय नाकाबन्दी र मधेसको आन्दोलनमा भएको हिंसाबाट आफू दुखित भएको पनि नवभारत टाईम्सले आफ्नो समाचारमा उल्लेख गरेको छ ।
समाचारका अनुसार भारतले नाकाबन्दी लगाएपछि चीनले समर्थन गर्दैन भन्ने अपेक्षा लिएकोमा चीनले नेपाललाई गरेको सहयोगप्रति पनि भारतले चिन्ता जनाएको छ ।
भारतीय टिभी च्यानल आजतकले भारतकै कारण नेपालसँगको सम्बन्ध विग्रिएको टिप्पणी गरेको छ । भारतले लगाएको नाकाबन्दीले दुई देशबीचको सम्बन्ध विग्रिएको उल्लेख गरिएको छ ।
समाचारअनुसार नेपाललाई चीनले गरेको सहयोगप्रति चिन्ता जनाइएको छ ।
भारतको नाकाबन्दीले चीनले नेपालमा आफ्नो लक्ष्य पूरा गर्ने योजनामा लम्कीरहेको आजतकले उल्लेख गरेको छ ।
dainiknepal.com
२१ कात्तिक, भारत।

बलिउडका अभिनेता शाहरुख खानले ट्वीटरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पछारेका छन्। माइक्रो ब्लगिङ प्ल्याटफर्म ‘ट्वीटर’ मा निकै सक्रिय शाहरुख खान मोदीलाई तेस्रो स्थानमा धकेल्दै भारतमा सबैभन्दा बढी ‘फलोअर’ भएका दोस्रो व्यक्ति बनेका हुन।

शाहरुखको अहिले १ करोड ६० लाख भन्दा फलोअर छन्।

तेस्रो स्थानमा धकेलिएका नरेन्द्र मोदीको ट्वीटरमा १ करोड ५८ लाख भन्दा बढी फलोअर छन्।



भारतमा सबैभन्दा बढी ट्वीटर फलोअर भएका व्यक्ति हुन ७० वर्षिय अभिनेता अमिताभ बच्चन। अमिताभको १ करोड ७६ लाख भन्द बढी ट्वीटर फलोअर छन्।

केही दिनयता मोदीकै पार्टी भाजपाको तारो बनेका शाहरुख खान र मोदीको ट्वीटरमा भएको प्रतिस्पर्धालाई अर्थपुर्ण रुपमा हेरिएको छ। मोदीकै पार्टी भाजपाका महासचिव विजयवर्गीयले शाहरुख खानलाई भारतमा बसेर पाकिस्तानी मन राखेको भन्दै गाली गलौजमा उत्रेका थिए। शाहरुखले देशमा असहिष्णुता बढेको प्रतिक्रिया दिएपछि उनी माथी भाजपाका नेताहरु खनिएका हुन। साथै भाजपाकै कार्यकर्ताहरुले ठाउँ-ठाउँमा शाहरुखको पुत्ला समेत दहन गरेका थिए।

यो विषयमा मोदीले भने कुनै प्रतिक्रिया दिएका छैन।nepaliheadlines भिडियो हेर्न तलको बाकस थिच्नुहोस
काठमाडौं, २१ कात्तिक । नेपाली कांग्रेसका महामन्त्री प्रकाशमान सिंहले कांग्रेसलाई भारतीय दलाल देख्नेहरूको बाढी आएको देखेर आफू अचम्ममा परेको बताउनुभएको छ ।
सुनसरी जिल्लाको धरानमा नगर समितिले आज (शनिबार) आयोजना गरेको कायक्रममा बोल्दै महामन्त्री सिंहले यति बेला आफूलाई राष्ट्रवादी ठान्नेहरूको व्यापार ह्वात्तै बढेको बताउनुभयो । उहाँले राष्ट्र र जनताका लागि कांग्रेसले गरेको योगदानको कदर गर्नुको साटो केही दलहरूले अनावश्यक र झुठो आरोप लगाएर बद्नाम गरेको उल्लेख गर्नुभयो ।
‘यति बेला कांग्रेसलाई भारतीय दलाल देखाएर आफू राष्ट्रवादी बन्नेहरूको बाढी आएको छ’, उहाँले भन्नुभयो, ‘के कांग्रेस भारतीय दलाल रहेको भए मुलुकले संविधान पाउँथ्यो त ?’ उहाँले यस विषयमा इमान्दार भइ गम्भीरताका साथ सबैलाई बुझन आग्रह गर्नुभयो ।
कांग्रेस सरकारलाई असहयोग गर्नेहरूले मुलुकमा संविधान बनाउन नदिन विभिन्न खेल खेलेको आरोप लगाउनुभएका महामन्त्री सिंहले भन्नुभयो, ‘त्यति बेलाबाट नै असहयोग गरको कुरा संविधान जारी गर्ने अन्तिम समयमा भएका दबावका बीच कांग्रेसले लिएको अडानले संविधान आएको हो ।’
उहाँले कांग्रेसको अडान र नेतृत्वमा ल्याइएको संविधानको विषयलाई कमजोर बनाएर प्रचार बाजीको कुनै तुक नहुने उल्लेख गर्नुभयो । ‘यति बेला कांग्रेस हारेको छ’, सिंहले भन्नुभयो, ‘मुलुक र जनताको जित भएको छ ।’ उहाँले सबै नेपाली जनतालाई कति पनि नआत्तिन अपील पनि गर्नुभएको छ ।
तराई मधेसको समस्या समाधानका लागि आफ्नै नेतृत्वमा तत्काल कांग्रेसले पहल गर्ने भन्दै भारतीय नाकाबन्दीको अन्त्यका लागि कुटनीतिक पहलको आवश्यक्ता रहेको उल्लेख गर्नुभयो । ‘सरकारले नाकाबन्दी खोल्नका लागि भारतसँग कुटनीतिक पहल गर्नुपर्छ’, उहाँले भन्नुभयो ।
महामन्त्री सिंहले कांगे्रसलाई बेवास्ता गरेर एमाले एक्लै हिँड्न चाहेको बताउनुभयो । ‘एमाले सहमति र सहकार्यअनुरुप अगाडि बढ्न चाहेको छैन’, उहाँले आरोप लगाउनुभयो, ‘आजको परिस्थिति आउनुमा एमालेको प्रमुख दोष छ ।’
dainiknepal.com
२१ कार्तिक,एजेन्सी।   केही वर्ष यता तीब्र विवादमा रहेका देश चीन र ताईवानका राष्ट्रपतिले एक अर्कासंग हात मिलाएका छन् । ६६ वर्षपछि दुई देशका राष्ट्रपतिहरुको हात मिलान संभव भएको हो। सन १९४९ मा छु्ट्टिए यता दुइ देशबीचको सम्वन्ध सहज छैन् ।

चीनका राष्ट्रपति शि जिनपिङ र ताइवानका राष्ट्रपति मा यिङ ज्युले सिंगापुरमा एक दुर्लभ तथा महत्वपुर्ण वार्ता अघि हात मिलाएका हुन्।

चीनले ताईवानलाई सधै आफ्नो अभिन्न अंग मान्दै आएको परिपृक्ष्य भएको दुइ देशको भेट वार्तालाई अर्थपुर्ण रुपमा हेरिएको छ।

सिंगापुरमा एक होटलमा हुँदै गरेको वार्तामा कुनै सहमतिमा भने हस्ताक्षर नहुने र वार्ता मुलत सम्वन्ध सुधारको संकेतका रुपमा हुन लागेको बताइको छ।

वार्ताअघि ताइवानमा भने केही व्यक्ति दुइ देशबीचको वार्ताको विरोध गरेका छन्। उनिहरुले ताइवान चीनको भाग बन्न लागेको संकेत यो वार्ता भएको भन्दै विरोध प्रदर्शन गरेका हुन्।

वार्ता अघि ताइवानका राष्ट्रपति माले भने चिनियाँ राष्ट्रपतिसंग भेट्नु ठुलो अवसर भएको र यसलाई खेर जान दिन नहुने प्रतिक्रिया दिएका छन्।

उनले गएराति आफु चाँडै नै ओछ्यानमा गएको र कुनै किसिमको ‘नर्भस’ अनुभव नगरेको प्रतिक्रिया पनि उनले दिएका थिए । nepaliheadlines.com
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Aug 24 (6)
  • Aug 23 (1)
  • Aug 19 (1)
  • Aug 18 (19)
  • Aug 17 (17)
  • Aug 16 (24)
  • Jan 24 (18)
  • Jan 23 (27)
  • Jan 22 (32)
  • Jan 21 (35)
  • Jan 20 (35)
  • Jan 19 (34)
  • Jan 18 (40)
  • Jan 17 (45)
  • Jan 16 (27)
  • Jan 15 (29)
  • Jan 14 (35)
  • Jan 13 (40)
  • Jan 12 (32)
  • Jan 11 (39)
  • Jan 10 (31)
  • Jan 09 (23)
  • Jan 08 (31)
  • Jan 07 (30)
  • Jan 06 (39)
  • Jan 05 (34)
  • Jan 04 (39)
  • Jan 03 (43)
  • Jan 02 (47)
  • Jan 01 (31)
  • Dec 31 (34)
  • Dec 30 (36)
  • Dec 29 (43)
  • Dec 28 (33)
  • Dec 27 (27)
  • Dec 26 (38)
  • Dec 25 (33)
  • Dec 24 (38)
  • Dec 23 (44)
  • Dec 22 (39)
  • Dec 21 (37)
  • Dec 20 (40)
  • Dec 19 (31)
  • Dec 18 (47)
  • Dec 17 (30)
  • Dec 16 (16)
  • Dec 15 (42)
  • Dec 14 (30)
  • Dec 13 (32)
  • Dec 12 (35)
  • Dec 11 (42)
  • Dec 10 (26)
  • Dec 09 (31)
  • Dec 08 (15)
  • Dec 07 (37)
  • Dec 06 (30)
  • Dec 05 (34)
  • Dec 04 (32)
  • Dec 03 (33)
  • Dec 02 (36)
  • Dec 01 (37)
  • Nov 30 (48)
  • Nov 29 (28)
  • Nov 28 (35)
  • Nov 27 (35)
  • Nov 26 (47)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (27)
  • Nov 22 (32)
  • Nov 21 (43)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (22)
  • Nov 17 (29)
  • Nov 16 (32)
  • Nov 15 (25)
  • Nov 14 (28)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (42)
  • Nov 09 (22)
  • Nov 08 (40)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (42)
  • Nov 01 (44)
  • Oct 31 (29)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (47)
  • Oct 27 (32)
  • Oct 26 (39)
  • Oct 25 (35)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (22)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (31)
  • Oct 02 (29)
  • Oct 01 (29)
  • Sep 30 (29)
  • Sep 29 (24)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (26)
  • Sep 25 (27)
  • Sep 24 (18)
  • Sep 23 (15)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (26)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (12)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (19)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (22)
  • Sep 07 (22)
  • Sep 06 (26)
  • Sep 05 (18)
  • Sep 04 (23)
  • Sep 03 (24)
  • Sep 02 (25)
  • Sep 01 (24)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (27)
  • Aug 28 (28)
  • Aug 27 (30)
  • Aug 26 (29)
  • Aug 25 (24)
  • Aug 24 (35)
  • Aug 23 (30)
  • Aug 22 (31)
  • Aug 21 (32)
  • Aug 20 (30)
  • Aug 19 (33)
  • Aug 18 (27)
  • Aug 17 (34)
  • Aug 16 (28)
  • Aug 15 (23)
  • Aug 14 (23)
  • Aug 13 (22)
  • Aug 12 (19)
  • Aug 11 (18)
  • Aug 10 (24)
  • Aug 09 (16)
  • Aug 08 (18)
  • Aug 07 (25)
  • Aug 06 (16)
  • Aug 05 (18)
  • Aug 04 (21)
  • Aug 03 (19)
  • Aug 02 (14)
  • Aug 01 (17)
  • Jul 31 (19)
  • Jul 30 (19)
  • Jul 29 (15)
  • Jul 28 (12)
  • Jul 25 (14)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home