• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
काठमाडौं । गत वर्ष दिनेश अधिकारी चरी इन्काउन्टरपछि नै गुन्डाहरूको सातो गएको थियो । केही समयपछि राजनीतिक आवरणमा फेरि सक्रिय हुन थालेका उनीहरू घैँटे मारिएपछि भने बेस्सरी तर्सिएका छन् । तैपनि टोले गुन्डाहरूले वेलावेला व्यवसायीलाई दु:ख दिँदै आएका छन् । त्यस्ता समूहलाई पनि पक्राउ गर्दै कारबाही हुँदै आएको काठमाडौं प्रहरी प्रमुख एसएसपी विक्रमसिंह थापाले बताए । ‘सुरुमा पक्राउ गरेर कारबाही गर्दै आएका छौँ, छुटेपछि पनि सुध्रिएनन् भने प्रहरीले त्यही रूपमा एक्सन लिन्छ,’ एसएसपी थापाले भने । गुन्डागर्दीसम्बन्धी कानुन नभएकाले गुन्डाहरू पक्राउ परेलगत्तै छुट्ने गरेका छन् । अदालतले गुन्डाहरूलाई छाड्न थालेपछि प्रहरीले पनि गोली हान्न थालेको थियो ।
प्रहरीले आक्रामक कारबाही थालेपछि गुन्डागर्दीलाई व्यवसाय बनाएकाहरूले पेसा बदलेका छन् । गुन्डानाइकेमध्ये केही जेलमा छन् भने जेलबाहिर रहेकाहरू व्यवसाय र राजनीतिमा लागेका छन् । रमेश बाहुन भनिने सुजन पौडेल र अभिषेक गिरी जेलमा छन् । पौडेल लागुऔषध र हातहतियार मुद्दा तथा गिरी अपहरण मुद्दामा जेल परेका हुन् । धादिङका राधे भण्डारी, भक्तपुरका सगुन श्रेष्ठ, घैँटेकै समूहका साजन गुरुङ, राज तामाङ, पञ्चे तामाङलगायत जेलमा छन् । अर्का डन गणेश लामा अपहरण मुद्दामै फरार छन् । लेनदेन विवादमा लामाले ललितपुरका एक सर्वसाधारणलाई आफ्नो घरमा बन्धक बनाई कागज गराएको उजुरी परेपछि ललितपुर जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ । दीपक मनाङे ठमेल क्षेत्रकै व्यवसायमा छन् । चक्रपथ क्षेत्रका पुराना गुन्डानाइके चक्रे मिलन भनिने मिलन गुरुङको भने वेला–वेला उजुरी आउने गरेको छ । उनका सहयोगीहरूले स्थानीयलाई धम्क्याउने गरेका छन् । राजु गोर्खाली रेस्टुरेन्ट र अस्पतालको व्यवसायमा आबद्ध भएका छन् । ललितपुरका मीनकृष्ण महर्जन, समीर केसीलगायत पनि ठेक्कापट्टा र राजनीतिमा लागेका छन् ।
रोज राणा फिल्म क्षेत्रमा लागेका छन् । कलंकी क्षेत्रका विश्वक्रान्ति सिंह ६ महिनाअघि दरबारमार्गमा झगडा गर्दा पक्राउ परेका थिए । स्वयम्भूका बाघे, बालाजु क्षेत्रका माइला लामालगायत पनि प्रहरी निगरानीमा छन् । सामाखुसी क्षेत्रका साजन महर्जनलाई प्रहरीले तीन महिनाअघि पक्राउ गरी सार्वजनिक अपराध मुद्दा चलाएको थियो । प्रहरीले पक्राउ गर्दा गोली नहान्न भन्दै उनी रोएका थिए । काभ्रेली समूहका दावा लामा लागुऔषध मुद्दामा सफाइ पाएर गत महिना छुटेका छन् । काभ्रेली समूह नै लागेर उनलाई छुटाएको थियो । लागुऔषध, ज्यान मार्ने उद्योग तथा अपहरणजस्ता मुद्दामा अदालतले उनलाई सफाइ दिएपछि प्रहरीसमेत चकित भएको थियो । काभ्रेली समूह राजनीतिक संरक्षणमा टेन्डरको गतिविधिमा सक्रिय रहेको सूचना प्रहरीसँग छ । विष्णु लामा, सञ्जीव स्याललगायत पनि खुलेर हिँड्न सकेका छैनन् । नयाँ पत्रिका दैनिकमा खबर छ ।
dainiknepal
एजेन्सी । सुस्तता र थकाईलाई टाढा राख्ने यी हुन् १० बस्तु । जसलाई दैनिक खानासँग मिलाएर खादा निकै फाइदाजनक हुनेछ ।
– म्यानिशियम र प्रोटीनले भरिएको ब्राउन राइसले दिनभरी शरीरमा शक्ति (एनर्जी) दिन्छ । त्यसकारण ब्राउन राईसलाई नास्ता र खाना दुबैमा मिसाउनुस् र फूर्तिवान बन्नुस् ।
– शकरकन्द(कन्दमुल)मा रहेको कार्बाेहाइड्रेट र भिटा कैरोटिनले दिनमा हुने थकाईलाई कम गर्छ । त्यसैले बालबालिकालाई दिनमा शकरकन्द उमालेर वा फेरि हल्का फ्राइ गरेर खुवाउनुस् ।
– एक चम्चा महलाई कुनै तरल पदार्थ (ड्रिंक)मा मिलाएर पिउनुस् । तुरुन्त शरीरमा ताकत महसुस हुनेछ ।
– फलफूलको कुरा गर्ने हो भन्ने केरामा ग्लोकोज र फकाइबर हुन्छ जसले तुरुन्त शरीरलाई ताकत दिन्छ ।
– यसका अलावा यो गुण स्याउ र सुन्तलामा पनि हुन्छ ।
– पालुङको तरकारीमा एकदमै धेरै आयरन हुन्छ । दिनमा एकपटक यो खादा शरीरमा ताकत महसुस गर्न सकिनेछ ।
– बदाममा प्रोटीन, म्यानेशियम र कपुरको मात्रा निकै बढी हुन्छ । यसलाई आफ्नो झोलामा राख्ने बानी गर्नुस् र काम गर्ने क्रममा बीच बीचमा खानुस् ।
– माछालाई खानासँग मिलाएर खानुस्, यसले शरीरमा चाँडै फूर्ती दिन्छ ।
– दिनमा खानासँग यदि एक चम्चा दही खानुभयो भने तुरुन्तै एनर्जी पाउन सकिन्छ ।
– अण्डालाई कुनै पनि रुपमा खानुस्, विहान नास्तामा खानुस् ताकत मिल्नेछ ।
dainiknepal
बिहीबार, ३० पुष
जापान । जापानको होक्काइडोमा शक्तिशाली भूकम्पको गएको छ ।
आज बिहान १२:३० मा ६ दशमलब ७ रेक्टर स्केल भूकम्प गएको समाचार संस्था एपीले जनाएको छ ।
भूकम्पका कारण सुनामी भने नआउने जापानको मौसम बिभागले जनाएको छ ।
यसैगरी भूकम्प प्रभावित क्षेत्रमा उच्च सतर्कता अपनाउन सबैलाई सूचित गरिएको छ ।
भौतिक र मानविय क्षतीको बिवरण भने अहिले सम्म आएको छ ।
nepalsandesh
काठमाडौं, पुस ३० । आन्दोलनरत मधेसी मोर्चाका मागबारे साझा धारणा बनाउन प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक आज(बिहीबार) बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले र एकीकृत माओवादीका शीर्ष नेता सहभागी हुनेछन् ।
शीर्ष नेताहरुबीच छलफल भएपछि आजै कार्यदलको बैठक बस्ने तयारी छ । राजनीतिक संयन्त्रमार्फत् एक महिनाभित्र सिमांकन विवाद सुल्झाउनेबारे कार्यदलमा छलफल भए पनि मोर्चाले संयन्त्रको वैधानिकता, क्षेत्राधिकार र कार्यविधि प्रष्ट पार्न माग गर्दै आएको छ ।
मार्चाको यही मागमा साझा धारण बनाउन शिर्ष नेताहरुविच आज छलफल हुन लागेको हो । स्रोतका अन्ुसार राजनीतिक संयन्त्रलाई संसदबाट अन्ुमोदन गराउने गरी सहमती निकाल्ने पक्षमा शिर्ष दलहरु रहेका छन् ।
imagekhabar
गौशाला, पुस ३० । विगत पाँच महिनादेखि बन्द रहेका महोत्तरीका सीमा नाका सञ्चालनमा आएका छन् ।
जिल्लाको मूल नाका भिट्ठामोड र मटिहानीमा आन्दोलनकारी धर्ना बस्न छाडेका हुन् । हाल दुबै नाका निर्वाधरुपमा सञ्चालन भइरहेको छ ।
शनिबार राति भिट्ठामोड सीमा नाकाबाट लाखौँ रुपैयाँको चलखेल गरी मोर्चाका नेताले एकैसाथ ६ वटा ट्रक पास गराएपछि कार्यकर्ताहरु रिसाएर सीमा नाकामा आउन छाडेका हुने । मोर्चाका कार्यकर्ताहरु धर्ना छोडेर हिँडेपछि ती नाका सुनसान भएका छन् ।
मोर्चाका नेताले मधेसी जनता, मधेस आन्दोलन र आन्दोलनकारीको भावनासँग खेलवाड गरेको भन्दै कार्यकर्ताहरु नाकामा बस्न छाडेका हुन् ।
एक/दुई दिन राति–राति मात्रै भारतीय सामान आउने गरेकामा अहिले दिउँसै दर्जनौँ ट्र्याक्टरमा मालसामान नेपाल भित्रिन थालेका छन् ।
सयौँको सङ्ख्यामा रातदिन महोत्तरीका भिट्ठामोड, मटिहानी र सम्सीमा धर्ना बस्दै आएका आन्दोलनकारी कार्यकर्ताहरु सीमा नाकामा बस्न छाडेपछि महोत्तरीमा मधेस आन्दोलन शिथिल भएको देखिन्छ ।
जिल्लाका सबै हाट, बजार, कलकारखाना, उद्योगधन्दा, स्कुल कलेज सबै पूर्णरुपमा सञ्चालनमा आएका छन् ।
imagekhabar
बिहीबार, ३० पुष
काठमाडौ । सर्वस्वसहित जन्मकैद पाएका एकीकृत माओवादीका नेता बालकृष्ण ढुंगेलको खोजीमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो खटिएको छ।
सरकारले दिएको आममाफी सर्वोच्च अदालतले खारेज गरेपछि ब्युरोको प्रहरीले अदालतको फैसला कार्यान्वयन महानिर्देशनालयसँगको सहकार्यका ढुंगेलको खोजी सुरु गरेको हो।
ब्युरो स्रोतका अनुसार अदालतबाट आममाफी नदिन सरकारका नाममा आदेश जारी गर्दै फैसला तत्काल कार्यान्वयनमा ल्याउन निर्देशन दिएपछि उनको खोजी सुरु गरे पनि उनी सीमा कटेर भारत पुगेका छन्।
अदालतले दण्ड सजाय सुनाएका तर, पक्राउ नपरी फैसला कार्यान्वयन हुन नसकेको मुद्दा कार्यान्वयनका लागि ब्युरोले डिएसपी नेतृत्वमा टोली नै गठन गरी फरार पक्राउ गर्दै आएको छ।
’अदालतको आदेशअनुसार फैसला कार्यान्वयनका लागि उनको खोजी गर्दा आदेश आउनुअगाडि नै उनले नेपाली सीमा पार गरिसकेको देखियो,’ ब्युरो स्रोतले भन्यो, ’उनी भारत पुगिसकेको सूचनाका आधारमा भारतीय पक्षसँग सहकार्यको प्रयास भइरहेको छ।’
ओखलढुंगाका उज्जन श्रेष्ठ हत्यामा संलग्न रहेको भन्दै सर्वोच्चले बालकृष्ण र पुष्कर गौतमलाई सर्वस्वसहित जन्मकैदको फैसला गरेको थियो।
बाबुराम भट्टराईको प्रधानमन्त्रीकालमा सरकारले ढुंगेललाई आममाफी सिफारिस गरेको थियो। प्रहरीले पुष्करलाई भने यसअगाडि नै पक्राउ गरी फैसलाअनुसार कैद भुक्तानका लागि कारागार पठाइसकेको छ। आजको नागरिकमा समाचार छ ।
nepalsandesh
बिहीबार, ३० पुष
काठमाडौ । सरकारले नेपाल–भारत सम्बन्धका समग्र पक्षमा विचार विमर्श गरी दुई देशबीचको बहुआयामिक सम्बन्धलाई थप विस्तार गर्न नेपालका तर्फबाट विशिष्ट व्यक्ति सम्मिलित समिति गठन गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको सकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री शेरधन राईले बताए ।
विसं. २०५१ साउनमा काठमाडौँमा सम्पन्न नेपाल–भारत परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको बैठकले दुई देशबीच रहीआएको सम्बन्धलाई थप विस्तार एवम् गहन तुल्याउनका लागि सुझाव दिन दुई वर्षको कार्यकाल रहनेगरी सो समिति गठन गर्ने निर्णय गरेको थियो।
सोही निर्णयअनुसार पूर्वपरराष्ट्रमन्त्री डा भेषबहादुर थापा, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त सूर्यनाथ उपाध्याय, संयुक्त राष्ट्रसङ्घका पूर्व उपमहासचिव कुलचन्द्र गौतम र सांसद डा राजन भट्टराईलाई नेपालका तर्फबाट मनोनयन गर्ने सम्बन्धमा आजको बैठकमा छलफल भएको सञ्चारमन्त्री राईले बताए ।
ती नामका सम्बन्धमा मन्त्रिपरिषद्को अर्को बैठकमा निर्णय हुने बताइएको छ । बैठकले निजामती कर्मचारी युनियनहरूको आधिकारिक ट्रेड युनियनको निर्वाचनका लागि आगामी चैत २८ गतेको मिति तोकेको छ ।
बैठकले गोरखाको लाप्राक गाविस–६ र ७ का भूकम्पपीडितलाई सोही गाविसको गुप्सीपाखामा रहेको भूमेमुन्टली सार्वजनिक वन क्षेत्र र सोही वन क्षेत्रसँग जोडिएको राष्ट्रिय वनको करिब १८.३२ हेक्टर क्षेत्रफलमा योजनाबद्ध वस्ती विकास गरी स्थानान्तरण गर्न राष्ट्रिय पुनःनिर्माण प्राधिकरणसँग आवश्यक प्रक्रिया अगाडि बढाउन सहरी विकास मन्त्रालयलाई स्वीकृत दिने निर्णय गरेको छ ।
भैरहवास्थित गौतमबुद्ध अन्तर्रा्ष्ट्रिय विमानस्थलको चरणबद्ध विकास र स्तरोन्नतिका लागि त्यसको चारकिल्लाबमोजिमका १४० बिघा जग्गा र सो जग्गामा रहेका घरटहरा कानुनबमोजिम अधिग्रहण गरी प्राप्त गर्नका लागि स्वीकृति दिने निर्णय गरेको छ ।
बैठकले सहरी विकास मन्त्रालयको त्रिपाल खरिद प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कारबाहीका लागि परिपत्र गरेका मन्त्रालयका तत्कालीन सचिव अर्जुनबहादुर कार्कीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।
त्यस्तै आयुर्वेद विभागमा कार्यरत महानिर्देशक डा देवकला भण्डारीले दिएको राजीनामा बैठकले स्वीकृत गरेको छ । बैठकले डा प्रेम दङ्गाललाई युवा तथा साना स्वरोजगार कोषको उपाध्यक्षमा नियुक्त गरेको छ ।
साथै १२ औँ दक्षिण एरियाली खेलकुदका लागि रु छ करोड आठ लाख निकासा दिने निर्णय गरेको सञ्चारमन्त्री राईले बताए । बैठकले नेपाली सेनाको रिक्त प्राविधिक सहायकरथीमा डा भरतप्रसाद सिंहलाई पदोन्नति गरी सैनिक पुनःस्थापना केन्द्रमा पदस्थापन गरेको छ ।
साथै रिक्त उपरथी दर्जामा सहायकरथी शमशेर ठकुराठीलाई पदोन्नति गरी सैनिक समाचार निर्देशनालयको महानिर्देशकमा पदस्थापन गरेको छ ।
सरकारले २७ सैनिक अधिकृत र १४ जना सहसचिवको सरुवासमेत गरेको छ ।बैठकले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम र निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्र्गतको बजेटको चौमासिक कार्यक्रम पेस गर्न आगामी माघ मसान्तसम्मका लागि समय थप गर्ने निर्णय गरेको छ ।
बैठकले विद्यालय क्षेत्र सुधार कार्यक्रममा शिक्षाका लागि विशेष साझेदारी कोष र रिच एमडिटिएफबाट प्राप्त हुने रु छ अर्ब ७० करोड ४७ लाख बराबरको सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।
साथै दिगो तथा प्रोत्साहनमुखी रोजगारीका लागि सीप अभिवृद्धि आयोजना कार्यान्वयन गर्न स्वीस सरकारबाट प्राप्त हुने करिब रु एक अर्ब ४० करोड आठ लाख बराबरको सहयोग रकम स्वीकार गर्ने निर्णय गरेको प्रवक्ता राईले बताए ।
nepalsandesh
३० पुस, गौशाला।
विगत पाँच महिनादेखि बन्द रहेका महोत्तरीका भारतीय सीमा नाका सञ्चालनमा आएका छन् ।

जिल्लाको मूल नाका भिट्ठामोड र मटिहानीमा आन्दोलनकारी धर्ना बस्न छाडेपछि अब दुवै नाका निर्वाधरुपमा सञ्चालनमा आएका हुन् ।

शनिबार राति भिट्ठामोड सीमा नाकाबाट लाखौँ रुपैयाँको चलखेल गरी मोर्चाका नेताले एकैसाथ छवटा ट्रक पास गराएपछि कार्यकर्ताहरु रिसाएर सीमा नाका छाडेदेखि ती नाका सुनसान भएका छन् ।

मोर्चाका नेताले मधेसी जनता, मधेस आन्दोलन र आन्दोलनकारीको भावनासँग खेलवाड गरेको भन्दै कार्यकर्ताहरु नाकामा बस्न छाडेका छन् भने अब ती दुवै नाकाबाट निर्वाधरुपमा मालसामान नेपाल भित्रिन थालेका छन् ।

एक÷दुई दिन राति राति मात्रै भारतीय सामान आउने गरेकामा अहिले दिउँसै दर्जनौँ ट्र्याक्टरमा मालसामान नेपाल भित्रिन थालेका छन् ।

सयौँको सङ्ख्यामा रातदिन महोत्तरीका भिट्ठामोड, मटिहानी र सम्सीमा धर्ना बस्दै आएका आन्दोलनकारी कार्यकर्ताहरु सीमा नाकामा बस्न छाडेपछि महोत्तरीमा मधेस आन्दोलन शिथिल भएको देखिन्छ ।



जिल्लाका सबै हाट, बजार, कलकारखाना, उद्योगधन्दा, स्कुल कलेज सबै पूर्णरुपमा सञ्चालनमा आएका छन् ।nepaliheadlines
३० पुस, काठमाडौं ।

सरकारले प्रधानमन्त्री केपी ओलीको ‘जम्बो’ सल्लाहकार समूह र स्वकीय सचिवालयका पदाधिारीहरूलाई कानुनविपरीत राज्यको ढुकुटीबाट अस्वभाविक रूपमा आकर्षक सुविधा दिएको छ ।

यतिखेर राज्यको ढुकुटीबाट मासिक सबैभन्दा बढी रकम बुझ्नेमा प्रधानमन्त्रीका सल्लाहकार र स्वकीय सचिवालयका पदाधिकारी छन् ।

ओलीको प्रस्तावमा मन्त्रिपरिषदको निर्णयबाट मन्त्रीसरहका सल्लाहकारलाई १ लाख ३४ हजार ४ सय ७० देखि सबभन्दा तल्लो तहका स्वकीय सचिवलाई ८० हजार ८ सय २० रुपैयाँ मासिक तलब सुविधा दिन थालिएको छ ।

प्रमुख सल्लाहकार र सल्लाहकार, विज्ञ र प्रमुख स्वकीय सचिवले पाएको मासिक रकम राष्ट्रपति र उपराष्ट्रपतिले पाउने मासिक तलबभत्ताभन्दा बढी हो । राष्ट्रपतिले मासिक १ लाख २० हजार ३ सय ६० तथा उपराष्ट्रपतिले ८६ हजार ४ सय २० तलबसुविधा पाउँछन् ।



उनीहरूलाई सरकारी सवारीको सट्टा आफैंले गाडी व्यवस्था गरी चढ्नका लागि भन्दै सरकारले मासिक सवारी साधनबापत तह हेरी ५० हजारदेखि ३२ हजार, सवारी चालकबापत १४ हजार ७ सय र इन्धनबापत मासिक २१ हजारदेखि ९ हजार रुपैयाँ दिन थालेको छ ।

यसअघि सल्लाहकार र स्वकीयसचिवालयका पदाधिकारीहरूलाई तहअनुसारको तलब र चालकसहितको कार सुविधामात्र पाउँथे ।

सल्लाहकार र स्वकीय सचिवालयमा नियुक्त पदाधिकारीहरूलाई गाडी सुविधाबापतमात्र मासिक ७५ हजार ७ सयदेखि ४८ हजार ७ सय रुपैयाँ दिइएको छ, जबकि स्तरीय कार नै चालकसहित मासिक ३० देखि ३५ हजार रुपैयाँमा भाडामा लिन सकिने सरकारी अधिकारी नै बताउँछन् ।

प्रधानमन्त्रीका सल्लाहकार र स्वकीय सचिवालयका पदाधिकारीहरूलाई आकर्षक सुविधा दिने निर्णयलाई नजिर बनाई अरू मन्त्रीका सल्लाहकारले समेत यस्तै सुविधा लिने बाटो खुलेको छ । यसले गर्दा मुलुकको राज्यको ढुकुटीबाट सल्लाहकारका नाममा वर्षेनि ठूलो रकम खर्च हुनेछ । कान्तिपुर दैनिकमा खबर छ ।nepaliheadlines
एजेन्सी / पहिलो र दोश्रो विश्व युद्धका कारण विश्वले निकै क्षति व्यहोर्नु पर्यो । युद्धले उचित परिणाम नदिएपछि विश्वका शक्तिशाली राष्ट्रले शान्ति मिसन चलाउँदै विश्व विकासमा लागे । तरपनि आफ्नो शक्ति बलियो भएको देखाउन ती देशहरु लागिपरेका छन् । पछिल्लो समय उत्तर कोरियाले गरेको हाइड्रोजन बमको परीक्षण पनि त्यसको एउटा गतिलो उदाहरण हो ।
यही सन्दर्शमा यदी तेश्रो विश्व भयो भने के हुन्छ त ?, कसले जित्ला ? यस विषयमा राहुल मिश्रले इण्डिया टुडेमा आफ्ना नीजि विचारहरु राखेका छन् । उनक अनुसार यदी तेश्रो विश्व युद्ध भएमा अमेरिका र रुस आपने सामने हुनेछन् । दुवै देश न्यूक्लिएर बममा विश्वको सवैभन्दा शक्तिशाली देश हुन् । यदी त्यस्तो भएमा न्यूक्लिएर हमला नै जितको निर्णायक बिन्दु बन्नेछ । त्यसपछि यी पाँच कारणले रुसले अमेरिकालाई हराउनेछ ।
१. रुससँग १,६४३ न्यूक्लिएर मिसाइल तयार छन् जब कि अमेरिकासँग १,६४२ छन् ।
२. रुसको सबैभन्दा शक्तिशाली मिसाइल एसएस–१८ हो । यसको एक झट्काले पुरै न्यूओर्क राज्यलाई धोस्त पार्न सक्छ । नाटोले यस मिसाइलको नाम सैटेन दिएको छ किन कि यो १० न्यूक्लिएर बमबाट बनेको छ र यसको धोस्त पार्ने क्षमता हिरोसिमामा झरेको बमभन्दा डेढ हजार गुणा बढी छ ।
३. अमेरिकाको ८० प्रतिशत जनसंख्या देशको देशको पूर्व र पश्चिम क्षेत्रमा छन् । यस क्षेत्रलाई निशाना बनाएर हानिएका मिसाइलले केही क्षणमै त्यहाँ नरसंहार मच्याउन सक्छन् । रुसको जनसंख्या अमेरिकाको भन्दा कम भएता पनि त्यो पुरै देशमा फैलिएको छ । त्यसैले रुस पहिलो र दोश्रो न्यूक्लिएर हमला पछि पनि बच्ने छ ।
४.युद्धमा दुस्मनको मस्तिष्कको अवस्थालाई पढ्ने कलामा रुसले महाभारत बनाएको छ । रुसका जासुस विश्वभर हमेरिकाको भन्दा धेरै चुस्त छन् । युद्धको समयमा यिनको भूमिकाले रुसको जीतलाई सुनिस्चित पार्ने छ ।
५. अमेरिकाको तयारीका बारेमा उनीहरु अन्दा यसरी लगाउँछन् कि अहिलेसम्म दुई अमेरिकी राष्ट्रपति बिल क्लिन्टन र जिमि कार्टर न्यूक्लिएर हमला गर्नका लागि कोर्ड कार्ड हराइसकेका छन् । क्लिन्टनले त कैयौँ महिनौँसम्म कार्डलाई सुटसँगै ड्राई क्लिनिङका लागि दिएका थिए । र कमान्डो सम्हाल्ने अमेरिकी कमान्डर रक्सीको नशामा पाइएका छन् र वोदका उनको मनपर्ने रक्सी हो ।
साभार : काठमाण्डु टुडेबाट

३० पुस, काठमाडौं ।

गत वर्ष दिनेश अधिकारी चरी इन्काउन्टरपछि नै गुन्डाहरूको सातो गएको थियो । केही समयपछि राजनीतिक आवरणमा फेरि सक्रिय हुन थालेका उनीहरू घैँटे मारिएपछि भने बेस्सरी तर्सिएका छन् ।

तैपनि टोले गुन्डाहरूले वेलावेला व्यवसायीलाई दु:ख दिँदै आएका छन् । त्यस्ता समूहलाई पनि पक्राउ गर्दै कारबाही हुँदै आएको काठमाडौं प्रहरी प्रमुख एसएसपी विक्रमसिंह थापाले बताए ।

‘सुरुमा पक्राउ गरेर कारबाही गर्दै आएका छौँ, छुटेपछि पनि सुध्रिएनन् भने प्रहरीले त्यही रूपमा एक्सन लिन्छ,’ एसएसपी थापाले भने । गुन्डागर्दीसम्बन्धी कानुन नभएकाले गुन्डाहरू पक्राउ परेलगत्तै छुट्ने गरेका छन् । अदालतले गुन्डाहरूलाई छाड्न थालेपछि प्रहरीले पनि गोली हान्न थालेको थियो ।

प्रहरीले आक्रामक कारबाही थालेपछि गुन्डागर्दीलाई व्यवसाय बनाएकाहरूले पेसा बदलेका छन् । गुन्डानाइकेमध्ये केही जेलमा छन् भने जेलबाहिर रहेकाहरू व्यवसाय र राजनीतिमा लागेका छन् ।

रमेश बाहुन भनिने सुजन पौडेल र अभिषेक गिरी जेलमा छन् । पौडेल लागुऔषध र हातहतियार मुद्दा तथा गिरी अपहरण मुद्दामा जेल परेका हुन् । धादिङका राधे भण्डारी, भक्तपुरका सगुन श्रेष्ठ, घैँटेकै समूहका साजन गुरुङ, राज तामाङ, पञ्चे तामाङलगायत जेलमा छन् । अर्का डन गणेश लामा अपहरण मुद्दामै फरार छन् ।

लेनदेन विवादमा लामाले ललितपुरका एक सर्वसाधारणलाई आफ्नो घरमा बन्धक बनाई कागज गराएको उजुरी परेपछि ललितपुर जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ । दीपक मनाङे ठमेल क्षेत्रकै व्यवसायमा छन् ।

चक्रपथ क्षेत्रका पुराना गुन्डानाइके चक्रे मिलन भनिने मिलन गुरुङको भने वेला–वेला उजुरी आउने गरेको छ । उनका सहयोगीहरूले स्थानीयलाई धम्क्याउने गरेका छन् । राजु गोर्खाली रेस्टुरेन्ट र अस्पतालको व्यवसायमा आबद्ध भएका छन् ।

ललितपुरका मीनकृष्ण महर्जन, समीर केसीलगायत पनि ठेक्कापट्टा र राजनीतिमा लागेका छन् । रोज राणा फिल्म क्षेत्रमा लागेका छन् । कलंकी क्षेत्रका विश्वक्रान्ति सिंह ६ महिनाअघि दरबारमार्गमा झगडा गर्दा पक्राउ परेका थिए ।

स्वयम्भूका बाघे, बालाजु क्षेत्रका माइला लामालगायत पनि प्रहरी निगरानीमा छन् । सामाखुसी क्षेत्रका साजन महर्जनलाई प्रहरीले तीन महिनाअघि पक्राउ गरी सार्वजनिक अपराध मुद्दा चलाएको थियो ।

प्रहरीले पक्राउ गर्दा गोली नहान्न भन्दै उनी रोएका थिए । काभ्रेली समूहका दावा लामा लागुऔषध मुद्दामा सफाइ पाएर गत महिना छुटेका छन् । काभ्रेली समूह नै लागेर उनलाई छुटाएको थियो । लागुऔषध, ज्यान मार्ने उद्योग तथा अपहरणजस्ता मुद्दामा अदालतले उनलाई सफाइ दिएपछि प्रहरीसमेत चकित भएको थियो ।

काभ्रेली समूह राजनीतिक संरक्षणमा टेन्डरको गतिविधिमा सक्रिय रहेको सूचना प्रहरीसँग छ । विष्णु लामा, सञ्जीव स्याललगायत पनि खुलेर हिँड्न सकेका छैनन् । नयाँ पत्रिका दैनिकमा खबर छ ।nepaliheadlines
काठमाडौं, ३० पुस । नेपाली कांग्रेसको महाधिवेशन फेरि स्थगित हुने हो कि भनेर चर्चा सुरू हुन थालेको छ ।
पार्टी सभापति सुशील कोइराला र उनको गुटका केही नेताहरूले सकिन्छ भने १३औँ महाधिवेशन स्थगित गर्ने दुलो खोजी रहेका छन् । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ । फागुनको २०देखि २३ गतेसम्म कांग्रेसको महाधिवेशन काठमाडौंमा गर्ने तिथी तय भइसकेको छ ।
वरिष्ठ नेता शेरबहादुर देउवा समूहले सभापति कोइरालालाई पेलेरै जान खोजेपछि संस्थापन समूह महाधिवेशन स्थगित गर्ने दुलो खोज्न थालेको हो ।
विशेष गरेर कोइरालाको किचन क्याबिनेट भनेर चिनिने नरहरि आचार्य, महेश आचार्य, मीनेन्द्र रिजाल, दिलेन्द्र बडू, आनन्दप्रसाद ढुङ्गानासहितको समूहले कोइरालालाई महाधिवेशन सार्न कानुनी बाटो खोज्न सुल्लाह दिने गरेको बुझिएको छ ।
संवैधानिक व्यवस्थाअनुसार कांग्रेसले फागुनमहिनाभित्र महाधिवेशन गराइसक्नुपर्ने हुन्छ । अन्यथा उसको संवैधानिक र कानुनी विषयमा प्रश्न उठ्नेछ । त्यति मात्रै होइन कांग्रेसले तोकिएको समयमा १३औँ महाधिवेशन गरेन भने चुनाव चिन्ह ‘रुख’समेत खोसिने अवस्था आउन सक्छ ।
नयाँ संविधानअनुसार कांग्रेसले अरु एक वर्ष महाधिवेशन सार्न सक्ने कानुनका जानकारहरूले बताएका छन् । अधिवक्ता शेरबहादुर केसीले नयाँ संविधानको व्यवस्थाअनुसार कांग्रेसले आफ्नो कार्यकाल अरु एक वर्ष थप्न सक्ने बताए ।
पुरानो अड्डामा देउवाको चहलपहल
सभापति कोइराला निकट नेता तथा कार्यकर्ता तान्ने दौडमा लागेका वरिष्ठ नेता शेरबहादुर देउवाले नयाँबानेश्वरस्थित प्रजातान्त्रिक कांग्रेसको पुरानो कार्यालयमा अड्डा जमाएर बसेका छन् । देउवाले दैनिक सरह सोही अड्डाबाट नेता तथा कार्यकर्ता भेट्नुका साथै आफ्नो पक्षमा माहोल बनाउने गरेको एक केन्द्रीय सदस्यले बताए । देउवाले कोइराला निकट केन्द्रीय सदस्यका साथै पदाधिकारीलाई आफ्नो पक्षमा तान्ने कोशिस गरेको बताइन्छ ।
नेता देउवाको अवस्था अहिले पनि कमजोर रहेको उनी निकटका नेताहरूले बताउने गरेका छन् । देउवा सूदुरपश्चिमका जिल्लामा केही बलियो अवस्थामा छन् । तर बाँकेदेखि पूर्व सभापति कोइराला नै बलियो रहेको दुबै पक्षका नेताहरूको भनाइ छ ।
देउवा समूह, कोइरालाको विरुद्ध प्रचारवाजीमा
देउवा समूह सभापति कोइरालालाई बद्नाम गर्न पेटिकोट फुकालेर लागेको छ । देउवा समूहले आफू निकटका पत्रकारहरूलाई आजकाल नयाँबानेश्वरतिरका रेष्टरेन्टहरूमा बोलाइएर रक्सी र सेकुवा खुवान सुरू गरिसकेको छ । ती पत्रकारहरूले कोइरालाका विरुद्ध नकारात्मक प्रचार गर्ने र देउवाका पक्षमा लविङ गरेर समाचार लेख्ने गरेको आरोप लागेको छ ।
तराईमा समस्या
महाधिवेशन निजिकिए पनि कांग्रेसका सांसद र नेताहरू तराईका जिल्ला जाने अवस्था नरहेको जनाइएको छ । मधेसी मोर्चाका साथै सीके राउत र गोइत समूहले कांग्रेसका नेताहरूलाई निशासाना बनाउन थालेपछि कांग्रेसलाई तराईका जिल्लामा महाधिवेशन गर्न कठिनाइ भएको छ । स्रोतका अनुसार एक मात्रै बिकल्प भनेको महाधिवेशन रोकेर सहज अवस्था भएपछि महाधिवेशन गर्न पनि मधेसी नेताहरूले दबाव दिन थालेको बुझिएको छ ।
dainiknepal
अमेरिका, पुस ३० । नर्थ क्यारोलेनास्थित एक बिग जोन टोब्यागो स्टोरमा पुगेकी एक बृद्धा महिलाले आफुलाई चिट्ठा परे विश्व भ्रमण गर्ने बताईन । उनले संगै उभिएका अर्का पुरुषले ५० पावरबल वटा चिट्ठा किनेको देखेर जिव्रो टोक्दै भनिन, ‘भाग्य भए एकै टिकटमा पर्छ किन यत्रो किन्नु ?’
त्यसैले मलाई एक मात्रै दुई डलरको पावर बल दिन अनुरोध गरिन । विश्व शक्ति सम्पन्न राष्टमा पनि चिट्ठामा यतिधेरै विश्वास छ की उनिहरु पसलमा लाईन लागेर चिट्ठा किन्दै भगवानले एक दिन पुर्याउँछ भन्छन ।
हुन पनि विश्व शक्ति सम्पन्न राज्य अमेरिकामा खोलन लागेको १ दशमलव ५ विलियन डलर धनरासीको चिट्ठाको बारेमा विश्वभर चर्चा छ ।
हरेक राज्यमा रहेका नेपालीहरुले पनि यो चिट्ठा उत्साहका साथ किनिरहेका छन र भनिरहेका छन चिट्ठा परे भुकम्प पीडितका लागि सहयोग गर्थे । कतिपयले आफुले किनेको चिट्ठा फेसबुकमा समेत राखेर पैचारप्रसार गरी रहेका छन । यसै क्रममा भेटिएका पत्रकार शिव विष्टले आफुले पनि छोरीको नाममा थुपै्र टिकट किनेको बताए ।
अमेरिकी समय अनुसार बुधबार रातीको १२ बजे (नेपाली समय अनुसार अपरान्ह सबा १ बजे) यो चिट्ठा खोलिने छ । निकै चर्चामा रहेकोे यो चिट्ठा किन्न साँझसम्म सान देखि ठुला पसलहरुमा हुल नै देखिएको थियो ।
हरेक जसो मानिस भेट हुने वित्तिकै पहिलो गफ हुन्छ हेलो अब विलिनियर हुने होईन त ? धेरै जसोको उत्तर हुन्छ हुने भनेरै किनियो नी आखिर हामी जस्तै एक जनालाई पर्ने कुरा हामीलाई किन पर्दैन त भन्दै सबैको चासो केन्द्रित बनाएको छ यो चिट्ठाले ।
पावर बल नामको सो चिट्ठा २ डलरमा र ३ डलरमा एउटा किन्न पाईन्छ । त्यो भन्दा माथी नम्बरका आधारमा जति पनि किन्न पाईन्छ । प्राय जसो अमेरिकन मात्रै होईन की सबै व्यक्तिले एकदेखि हजारौसम्म किनेको पाईन्छ ।
गत शनिबार खुलेको सो चिट्ठा ९० करोड डलरको थियो तर त्यस दिन त्यो कसैलाई नपरेपछि मंगलबार विहानसम्म त्यसको मुल्य बढेर १.४ विलियन डलर पुगेको पावरबलको सो चिट्ठा बुधबार १. ५ विलियन पुगेको हो ।
शनिवार कसैले जित्न नसकेपछि चिठ्ठा पुनः बुधवार खुल्ने भएको हो । शनिबार रातीको ड्रमा ३२, १६, १९, ५७, ३४ र पावरबल नम्बर १३ रहेको थियो । यी छवटै नम्बर मिलाउनेले ९० करोड डलर प्राप्त गर्नेमा कसैको पनि नम्बर यसमा मिल्न सकेन ।
अमेरिकाको हकमा जारी भएका चिठ्ठा कार्यक्रममा यसरी प्राप्त रकममा अमेरिका केन्द्र सरकारले करिब २५ प्रतिशत आयकर लगाउने गर्दछ । नेपालीहरूले समेत चिठ्ठा किनेर आफ्नो भाग्य परीक्षा गरिरहेका छन् । दुई चार डलरमा खरिद गरिएको चिठ्ठाले आफ्नो जीवनमा आमूल परिवर्तन ल्याउन सक्ने हुँदा आफूले केही बढी नै किनेको अमेरिकाका विभिन्न राज्यमा रहेका नेपालीहरूले बताएका छन् ।
अमेरिकाको हरेक शहरमा यतिखेर सबै भन्दा बढी मानिसहरुले आफ्नो खाजा खर्च कटाएरै भए पनि चिट्ठा किनिरहेका छन । प्राय जसो पसलमा छिर्ने हरेक व्यक्तिले एक न एक पावर बल किनेकै हुन्छ । चिठ्ठा किन्नेको लाइनले गर्दा अन्य व्यापार समेत राम्रोसँग बढेको जानकारी प्राप्त भएका छन् । यो चिट्ठा अमेरिकाको ४४ वटा राज्यहरुमा कानुनी रुपमा खेलाईने गरिएको छ ।
imagekhabar

श्रीसूर्य दक्षिणायन, हेमन्त ऋतु, कीलकनाम संवत्सर, शाके १९३७, विक्रमसम्वत २०७२ साल पुष ३० गते बिहीवार नेपाल सम्वत् ११३६ पोहेलाथ्व,सन् २०१६ जनवरी १४ तारिक शुक्लपक्ष पञ्चमी तिथि । सूर्य मकर राशीमा, चन्द्रमा मीन राशीमा ।

तपाईको आजको राशिफल

मेषः–

7सोच विचारले  काम गर्नु होला । अरुले धोका दिन सक्छन् चनाखो रहनु होला । इज्जत प्रतिष्ठा गिराउन खोज्ने छन् । आफ्ना कामले भन्दा अरुका कामले प्राथमिकता पाउने छ ।

वृषः–

8समय प्रतिकुल छ । काम गरेर उपलब्धि हात लाग्यो शून्य होला । व्यापार व्यवसायमा आएको मन्दि काय रहन सक्छ । स्वास्थ्यमा असर पर्ने छ । आर्थिक संकट आर्ई लाग्न सक्छ ।

मिथुनः–

10आकश्मिक आम्दानीको योग देखिन्छ । बक्यौता रकम पनि उठाउन सकिने छ । घर परिवारबाट सुख शान्ति मिल्नेछ । नोकरीमा अवसर तथा राजनीतिमा विजय यात्रा शुरु हुने छ ।

कर्कटः–

11मनोवञ्छित कार्य सफलताले मनमा उमङ्ग बढ्ने छ । नाकरी तथा राजनीतिमा नयाँ अवसर प्राप्त हुन सक्छ । स्वदेश मात्र होइन वैदेशिक कामबाट पनि लाभान्वित भइने छ ।

सिंहः–

12कार्य क्षमता घट्ने छैन । आर्थिक राहतका कार्यक्रम अगाडि बढ्ने छन् । सवैलाई आफन्त र सवैलाई पराई नसंझनु होला । व्यवहार गर्दा चिनेर मात्रै काम गर्नु होला ।

कन्याः–

9परिवारिक सुख मिल्ने छ । काम गर्ने जोश जागर भने घट्न सक्छ । विलासिता तिर मन आकर्षित हुने छ । नयाँ काममा हात नहाल्नु होला । व्यापार व्यवसायबाट कम लाभ होला ।

तुलाः–

4संचित धन बढ्ने छ । आफन्तबाट सहयोग सहनुभूति मिल्ने छ । वोलिका कारण टाढाका पनि नजिक हुने छन् ।आर्थिक कारोवार गर्दा बढि चनाखो रहनु आवश्यक छ ।

वृश्चिकः–

3उच्च मनोबलका साथ काम गर्नु होला । स्वाथ्यमा सुधार आउने छ । प्रतिश्पर्धामा अगाडि हुनुहुने छ । इच्छाशक्ति बढ्ने छ । व्यापार व्यवसायबाट आय आर्जन बढ्ने छ ।

धनुः–

2प्रेममा सफल हुनुहुनेछ । जीवन साथिबाट सहयोग पाईने छ । व्यापारबाट आय आर्जन राम्रो हुने छ, उपेक्षा गरेर काम नगर्नु होला । हरेक काम गर्दा संवेदनशिल हुनु आवश्यक छ ।

मकरः–

1अन्योलमा नपरि काम गर्नु होला । पढाई लेखाईमा प्रगति हुने छ । समयको गति सँग हिड्न सकिएन भने पछि परिने छ,आफुले लिने ठाँउ अरुले लिने छन् । व्यापारबाट सन्तुष्टि मिल्ने छैन ।

कुम्भः–

6दिन सामान्य देखिन्छ । खर्चको मात्रा बढ्न सक्छ । आफन्तसँगको भेटघाटमा समय र धन बढि खर्र्च हुने देखिन्छ । व्यापार व्यवसायबाट आशातित लाभ लिन सकिने छैन ।

मिनः–

5उच्च आकाँक्षाका साथ काममा लागिने छ र सफलता पनि मिल्ने देखिन्छ । काम गरे प्रशस्त पैसा कमाउन सकिने छ । लगानीका क्षेत्रमा हात नहाल्नुहोला पछि पश्चाताप हुृनेछ ।

काठमाडौँ, २९ पुस । केटीको नाममा नक्कली फेसबुक बनाई एक व्यापारीसँग रकम असुली गर्ने दुईजनालाई प्रहरीले मङ्गलबार पक्राउ गरेको छ ।
भारत घर भइ हाल काठमाडौँ जिल्ला महाबौद्धमा कपडा पसल सञ्चालन गर्दै आएका रोशन गुप्तासँग दैलेख बङलम्जि गाविस–७ कोइराला गाउँका विक्रम ज्ञवाली र काठमाडौँ धापासीका केविन केसीले केटीको नाममा फेसबुक आइडी बनाइ तिम्रो मायाले गर्दा हाम्रो बहिनीले हात काटी उपचारार्थ अस्पतालमा भर्ना भएकी छिन् ।
उनको उपचारको लागि रु पचपन्न हजार रकम दिनु, नदिएमा पुलिस केस गरिदिन्छौँ भन्दै धम्की देखाई रकम अशुली गरेको प्रहरीले जनाएको छ ।
त्यसपछिसमेत ज्ञवाली र केसीले पीडितको पसलमा गई हामी सुवास्ना गौतमको दाजु हो उपचारको लागि रकम दे नदिएमा जे पनि हुन सक्छ भन्दै पटकपटक गरी पीडितबाट रु चार लाख सत्र हजार असुल गरेको प्रहरीले जनाएको छ ।
उनीहरुले बारम्बार फोन गरी थप दुई लाख रकम माग गरेपछि पीडितले प्रहरी महाशाखामा दिएको जाहेरीका आधारमा महाराजगन्जस्थित भाटभटेनीबाट उनीहरुलाई पक्राउ गरिएको महाशाखाले आज जनाएको छ ।
dainiknepal
यस्ता खानेकुराहरु पनि छन् जुन सेक्स गर्नुअघि खानै हुँदैन । यिनीहरुले सेक्सको वातावरण नै खराब बनाइ दिनसक्छन् । त्यसकारण यी खानेकुरा सेक्स गर्नुअघि सेवन गर्दै नगर्नुहोस् ।

गेडागुडी : गेडागुडी फाइबर र प्रोटिनको राम्रो स्रोत हो । तर यसमा एक प्रकारको गुलियो तत्व हुन्छ जुन चाँडै पच्दैन र पेटमा ग्याँस पैदा गर्दछ । ग्याँस भएको पेट लिएर सेक्स गर्न कति उचित होला ? आफै बिचार गर्नुहोस् ।
लसुन: लसुनले खानको स्वाद राम्रो बनाएपनि यसलाई सेक्सअघि सकेसम्म नखाए राम्रो हुन्छ । यसले मुख गनाउनेदेखि लिएर पेटमा ग्याँससमेत पैदा गर्न सक्छ । यसको सेक्सको लागि राम्रो वातावरण बनाउँदैन ।

चिज: चिजको बासना पनि लसुन जस्तै कडा हुन्छ । यसले लामो समयसम्म तपाईंको मुख गनाउने हुन्छ । यसले तपाईंको पार्टनरको मुड बिगार्दिन सक्छ । त्यसैले सेक्सअघि चिज पनि नखाए बेस हुन्छ ।

रातो मासु: मासु भन्ने बित्तिकै हामी मध्ये धेरैको मुखमा पानी आउँछ । यो आफ्नो दिन अन्त्य गर्ने सबैभन्दा उत्तम तरिका पनि हुनसक्छ । तर रातो मासु पच्नलाई निकै समय लाग्छ । यसले तपाईंलाई अल्छी र सुताहा बनाउन सक्छ । त्यसैले यसले सेक्सको दौरान तपाईंको प्रस्तुतीमा नकारात्मक असर पुग्न सक्छ ।

फ्रेन्च फ्राई: फ्रेन्च फ्राईमा बोसो हुनेहुँदा यसले टेस्टोस्टेरोनको मात्रा र रगतको संचारलाई घटाउन सक्छ । यसमा नुनको मात्रा पनि धेरै हुँदा उच्च रक्तचाप भएका मानिसहरुलाई लिंग उत्तेजित राख्न गाह्रो पर्न सक्छ ।

पुदिना: पुदिना खाएपछि त झन् स्वासमा भएको दूर्गन्ध हटाएर सेक्समा सहयोग पुग्नुपर्ने होइन र ? तर पुदिनामा पनि टेस्टोस्टेरोनको मात्रा घटाउने तत्व हुने हुँदा यसले सेक्सको दौरान तपाईंको प्रस्तुतीमा नकारात्मक असर पुग्न सक्छ ।
काठमाडौँ–भूकम्पबाट भत्किएका संरचनाको पुनःनिर्माणसम्बन्धी योजना र बजेटलाई निर्देशित गर्ने सबैभन्दा शक्तिशाली समितिको रुपमा रहेको राष्ट्रिय पुनःनिर्माण परामर्श परिषद्ले पूर्णता पाएको घोषणा गरिएको छ ।

समितिका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले समिति गठनलाई पूर्णता दिएको बारेमा प्रस्तुत गरेको प्रस्तावलाई परामर्श समितिको पहिलोपटक आज बसेको बैठकले अनुमोदन गरेको हो ।

भूकम्पबाट बढी प्रभावित १४ जिल्लाबाट एक/एक जना सांसदलाई मनोनयन गर्ने नीतिगत व्यवस्था भएअनुरुप प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेससँग परामर्श गरेर समितिमा रहने सदस्यको नाम समावेश गर्ने जिम्मेवारी अध्यक्षलाई बैठकले प्रदान गरेको छ । परिषद् ९७ सदस्यीय हुने व्यवस्था गरिएको छ ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको संस्थागत संरचना राष्ट्रिय पुनःनिर्माण परिषद्, निर्देशक समिति र कार्यकारी समिति गरी तीन तहको रहेको छ ।

चार चरणको तीनमहिने कार्ययोजना प्रस्तुत

बैठकमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले अहिलेसम्मको प्रगति तथा माघ २ गतेदेखि आगामी वैशाख १२ गतेसम्मका लागि चार चरणमा गर्ने गरी तयार तीनमहिने तात्कालिक कार्ययोजनाको खाका प्रस्तुत गर्दै सदस्यबाट त्यसमाथि सुझाव मागे ।

पहिलो चरणमा सङ्गठन संरचना तयार गरी आवश्यक न्यूनतम जनशक्तिको परिचालन गर्ने, कार्यालय व्यवस्थापन र बजेट व्यवस्था मिलाउने, भूकम्प सुरक्षा दिवसको अवसर पारेर माघ २ गते राष्ट्रिय पुनःनिर्माण महाअभियानको प्रारम्भ गर्ने र जिल्ला समन्वय समितिको गठन तथा सचिवालयको स्थापना गर्ने कार्य हुनेछ ।

पुनःनिर्माणसम्बन्धी नीति, नियमावली तथा कार्यविधिको कार्यान्वयन, अवधारणा सार्वजनिकीकरण, सातवटा क्षेत्रीय कार्यालयको स्थापना, प्रत्येक जिल्लामा सरकारी कार्यालयद्वारा पुनःनिर्माण इकाइ स्थापना र सञ्चार केन्द्रको स्थापनालाई प्राधिकरणले दोस्रो चरणमा राखेको छ ।

सबै जिल्लामा भवन तथा जनसाङ्खिक सर्भेक्षण सुरुवात गरिसक्ने र कम्तीमा पाँच वटा जिल्लामा नमुना आवास भवनको निर्माण सुरुवात गर्ने कार्य तेस्रो चरणमा परेको छ ।

सबै जिल्लामा विस्तृत भवन तथा जनसाङ्ख्यिक सर्भेक्षण सम्पन्न गरिसक्ने, कम्तीमा प्रत्येक जिल्लामा पाँच वटा गाविस र नगरपालिकामा व्यक्तिगत आवास निर्माण आरम्भ गरिसक्ने, दुई स्थानमा स्रोत केन्द्र स्थापना गर्नेलगायतका काम प्राधिकरणले चौँथो चरणका लागि प्रस्ताव गरेको छ ।

बैठकमा प्रस्तुत गरेको कार्ययोजनाको खाकामा विभिन्न ६० वटाभन्दा बढी राष्ट्रिय, अन्तर्राष्ट्रिय गैरसरकारी सङ्घसंस्थाले आवासलगायतका पुनःनिर्माणका लागि कार्य गर्ने तयारी गरेको तथा करिब २० अर्ब रुपैयाँभन्दा बढी स्रोतको परिचालन गर्न सकिने अवस्था रहेको प्राधिकरणले जनाएको छ ।

एक महिनाभित्र इन्जिनियर गाउँगाउँ पठाउने तयारी

प्राधिकरणले भवन क्षति सर्भेक्षणका लागि आगामी १० दिनभित्र ५०० जना र एक महिनाभित्रमा एक हजार ५०० जना इन्जिनियरलाई गाउँगाउँमा पठाउने तयारी भइरहेको छ ।

गत वैशाख १२ को भूकम्प र त्यसपछिको परकम्पबाट भत्किएका संरचनाको पुनःनिर्माण र नवनिर्माणका लागि अन्तर्राष्ट्रिय समुदायले आर्थिक सहयोग र सहुलियत दरको ऋण सहायता गरी रु चार खर्ब १० अर्बको प्रतिबद्धता जनाएको थियो ।

त्यसमध्ये तीन खर्ब बराबरको सहायताको कार्यक्रम आउन बाँकी रहेको प्राधिकरणले जनाएको छ । भूकम्पमा परेर आठ हजार ८९१ जना व्यक्तिको मृत्यु हुनुका साथै २२ हजार २०० व्यक्ति घाइते भएका थिए । त्यस्तै छ लाख आठ हजार १५५ घर पूर्ण तथा दुई लाख ९८ हजार ९९८ हजार घरगोठ आंशिक रुपमा क्षति भएका थिए ।

विद्यालय, अस्पताल, स्वास्थ्य चौकीसमेत गरी दुई हजार ६८७ सरकारी भवन पूर्ण तथा तीन हजार ७७६ कार्यालयमा आंशिक क्षति पुगेको थियो । परिषद्लाई पुनःनिर्माणको आवश्यकता यकिन गरी प्राथमिकता निर्धारण गर्ने, नीति, बजेट तथा कार्यक्रम र आयोजना स्वीकृत गर्ने, कार्यविधि बनाइ पुनःनिर्माणका लागि आवश्यक जग्गाप्राप्ति गर्ने तथा पुनःनिर्माणको कामलाई आर्थिक पुनःस्थापनासँग जोडेर लैजान सक्ने अधिकार प्रदान गरिएको छ ।

पुनःनिर्माणका लागि प्राधिकरणको छुट्टै कोष हुने व्यवस्था छ ।

सरकारले बजेटमा विनियोजन गरेको रकममध्ये मन्त्रालयगत रुपमा प्राधिकरणले ४९ अर्ब बजेट बराबरको कार्यक्रम सुरु भइसकेको जनाएको छ ।

राहतको गृह र पुनःनिर्माणको प्राधिकरणबाट काम हुने प्रधानमन्त्रीको स्पष्टोक्ति

बैठकमा प्रधानमन्त्री ओलीले पीडित जनतालाई सेवा पु¥याउनु र पुनःनिर्माणलाई प्रभावकारी बनाउनु नै पहिलो प्राथमिकता भएको बताए । प्रधानमन्त्रीले भने– “राहत पु¥याउने काम गृहमन्त्रालयबाट र पुनःनिर्माणको काम प्राधिकरणबाट हुने हो । यो कुरामा अन्योल हुनुहुँदैन । दाताले कबुल गरेअनुरुपको योजना बनाउने र कार्यान्वयनका लागि अघि बढाउने काम जनताको सहभागितामा तीव्र होस् भन्नेमा हाम्रो ध्यान छ ।”

भूकम्पबाट भएको क्षतिले हिमाली भेगको जनजीवन अघिपछि भन्दा थप कष्टकर बन्न पुगेको हुँदा प्राधिकरणको अभियानलाई सबैले सघाउनुपर्ने धारणा उनले व्यक्त गरे ।

प्राधिकरणसम्बन्धी विधेयक पारित भई कानुन आइसकेकाले अब व्यवस्थित रुपमा अघि बढ्न बाटो खुलेको प्रधानमन्त्रीको भनाइ थियो ।

वर्षायामअघि नै न्यूनतम आवासको व्यवस्था गर्न आग्रह

यसअघि प्राधिकरणले तयार गरेको कार्ययोजनाको खाकामाथि टिप्पणी गर्दै पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले भूकम्पबाट बढी प्रभावित जिल्लामा आगामी वर्षायामअघि नै न्यूनतम आवासको व्यवस्था गर्ने विषयलाई ध्यान दिएर प्रस्ताव परिमार्जन गर्न सुझाव दिए ।

उनले भने– “वैशाखसम्ममा नमुना आवास बनाउनमात्रै सीमित हुँदा समग्र पुनःनिर्माणको काममा ढिलाइ हुन्छ । गोरखालगायतका उच्च भेगका जनता कष्टकर र जोखिममा रहेकाले त्यस्ता भेगलाई प्राथमिकता दिन आवश्यक छ ।”

सो अवसरमा मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी, खानेपानी तथा सरसफाइ मन्त्री प्रेमबहादुर सिंह, समितिका सदस्य हरिचरण साह, प्रेम सुवाल, शर्मिला कार्की, भवानी राणा, लोकमणि ढकाल, रामकुमार राईलगायतले वर्षायाममा पानी, बाढीपहिरो तथा हिउँदमा हिउँसँग सङ्घर्ष गरिरहेका घरबारविहीन जनतालाई अनुदान र ऋण दिने व्यवस्थालाई सरल बनाउन आवश्यक रहेको सुझाव दिएका थिए ।

ratopati
काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्पत्ती सम्पत्ती विवरण नबुझाएको भन्दै २४ बढी कर्मचारीलाई कारबाही गर्ने भएको छ
गत आर्थिक वर्षको सम्पत्ती विवरण समयमा नबुझाएको भन्दै आयोगले २४ हजार ३ सय ७६ कर्मचारीलाई रु ५ हजारको दरले जरिवाना गर्ने निर्णय गरेको हो ।
उक्त संख्यामा केहि पूर्वमन्त्री, सांसदहरु, शिक्षक तथा अन्य सरकारी कर्मचारी समेत रहेको अख्तियारले जनाएको छ ।

सम्पत्ती विवरण नबुझाउने तथा ढिला गरि बुझाउनेमा बहालवाला मन्त्री नै चारजना रहेका छन् । जसमध्ये एकनाथ ढकाल, कुन्तीकुमार शाही, विराज विष्ट र दिनेश श्रेष्ठ रहेका छन् । विष्ट र श्रेष्ठले सम्पत्ती विवरण ढिला गरि बुझाएका थिए भने शाही र ढकालले हालसम्म पनि विवरण बुझाएका छैनन् ।
यस्तै जरिवानामा पर्नेमा पूर्वमन्त्री रामशरण महत पनि परेका छन् । उनले मन्त्री हुँदा सम्पत्ती विवरण बुझाउँदै बुझाएनन् । यस्तै पूर्वमन्त्री राधा ज्ञवाली र निलम केशीपनि ढिलागरि सम्पत्री विवरण बुझाएकाले जरिवानामा परेको अख्तियारको सूचिमा उल्लेख छ ।
यस्तै ढिलागरि सम्पत्ती विवरण बुझाएवापत अख्तियारको कारबाहीमा पर्नेमा सांसदमा अइन्द्र सुन्दर नेम्वाङ, उषा यादव, चन्द्रकान्त भण्डारी, चन्द्र महर्जन, पूर्णबहादुर खड्का, बृजेशकुमार गुप्ता, मनमोहन भट्टराई, महेन्द्र राय यादव, श्यामकुमार श्रेष्ठ , सुरेन्द्र प्रसाद यादव, हरिचरण शाह, उर्मिलादेबी शाह रहेका छन् ।
यस्तै सम्पत्ती विवरण हालसम्म पनि नबुझाएर सांसदहरु अनिका कुमार रुम्गटा, अभिशेक प्रताप शाह, आङटावा शेर्पा, आनन्दप्रसाद ढुंगाना, उपेन्द्र यादव कर्णबहादुर बिक, कञ्जनचन्द्र बादे, कमलेश्वर पुरी गोस्वामी, कुमारी लग्मी राई, गणेश प्रसाद विमली, जनकबहादुर बुढा बझाङ, जगिंलाल राय , दिनेशप्रसाद शाह, दिलिप खवास गच्चदार , धर्मेन्द्र केमार शाह, प्रदीप गिरी, रञ्जित कर्ण, लक्ष्मणलाल कर्णलगायत ३७ जना अख्तियारको कारबाहीमा परेका छन् ।

ratopati
भीमदत्तनगर, पुस २९ । आफूलाई धामी–झाँक्री बताउँदै भूत भगाउने निहुँमा किशोरीमाथि बलात्कार प्रयास गर्ने एक युवक प्रहरी नियन्त्रणमा परेका छन् ।

कन्चनपुरको झलारीपिपलाडी नगरपालिका–१ का स्थानीय ३१ वर्षीय गणेश नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

नेपालीले सोही नगरपालिका–७ की युवतीलाई भूत लागेको र निको गरिदिने भन्दै स्यालीनदी पारी शुक्लाफाँटा वन्यजन्तु आरक्षमा लगेर बलात्कार प्रयास गरेको किशोरीका आफन्तले जानकारी दिएका छन् ।

‘टाउको दुख्ने, रिंगाटा लाग्ने भएर झाँक्रीमा पुग्यौं’–पीडित किशोरीका आफन्तले भने–‘भूत भगाउँछु भन्दै जंगलमा लगेर जबर्जस्ती गर्न खोजेछ ।’

जंगलमा लगेर किशोरीलाई यौन दुर्ब्यबहार गर्न थालेपछि किशोरी भाग्न सफल भएकी थिइन् । उनले घरमा आफन्तसँग घटनाबारे जानकारी गराएपछि आफन्तले इलाका प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

सोही उजुरीका आधारमा प्रहरी नियन्त्रणमा परेका नेपालीलाई थप कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय कन्चनपुर पुर्‍याइएको छ ।

अभियुक्त नेपालीमाथि जबर्जस्ती करणी उद्योगमा मुद्दा दायर गरिने प्रहरीले जनाएको छ । imagekhabar
वीरगंज–भारतीय नाकाबन्दीले वीरगंज पारि रोकिएका ३ सय २० बुलेट ग्यास 'रिरुट' गरी नेपाल भित्र्याउने तयारी भएको छ। नेपाल आयल निगमको पहल पर्खेर बसेका ग्यास 'बोटलिङ' गर्ने उद्योगका संचालकले आफैं पहल गरेपछि ४ महिनापछि रक्सोलस्थित भारतीय 'कस्टम'बाट 'रि–रुट'को लागि कागजात फुकुवा भएको हो।

सीमावर्ती सहर रक्सोललाई जोड्ने भारतीय राजमार्गमा थन्किएका करिब २ सय ५० बुटेलको ग्यास आयातका लागि भारतीय 'कस्टम'मा कागजात बुझाइ सकिएका कारण फिर्ता लैजान सकिएको थिएन। भारतीय 'कस्टम'का अधिकारीहरुका अनुसार कागजातको दाखिला फुकुवा भएपछि ग्यास निर्यात गर्ने डिपोबाट नयाँ 'रुट' तोकी अरु (सुनौली वा जोगबनी) नाकाबाट भित्र्याउन बाटो खुलेको हो।

'कस्टम'मा कागजात दाखिला नगरेका ७० वटा बुलेट पनि 'रिरुट' भित्र्याउने तयारी भएको छ। पहिलो चरणमा 'कस्टम'मा कागजात दाखिला नगरेका यी बुलेट 'आइओसी'ले अर्को नाकाबाट पठाउने भएको नेपाल पठाउने तयारी गरेको हो। बाँकी बुलेटको 'रिरुट' हुने जानकारी आएको ग्यास उद्योगका एक जना संचालकले बताए। १८ मेट्रिक टन ग्यास बोक्ने एउटा बुलेटबाट १ हजार दुई सय ६० वटा सिलिण्डर भरिन्छ। 'रिरुट' भएर आउने सबै ३२० बुलेट भित्रिएपछि ४ लाख ३ हजार २ सय वटा सिलिण्डर पूरा भरिने छ।

नेपाल आयल निगमले जनाए अनुसार नेपालका लागि करिब ५ सयको संख्यामा बुलेटले ग्यास ल्याउने गरेका छन्। कस्टम दाखिला र 'रुट' निर्धारणले ३ सयभन्दा बढी बुलेट अल्झिएपछि नेपालको लागि ग्यास बोकेर आउने साधन आधाभन्दा कममा सिमित भएको थियो। 'यो समस्या निगमले र नेपाल सरकारले सबभन्दा बढी प्राथमिकतासाथ सामाधान गर्नु पर्ने थियो,' एक ग्यास उद्योगका अधिकृतले भने, 'त्यसो नगरिँदा ग्यास भाँडो (बुलेट) अभाव भयो र ग्यासको हाहाकार भयो। रुट फेरिएर सबै ५ सय बुलेट चल्न पाएको भए वीरगन्ज नाका अवरोध भए पनि बढीमा एक हप्ता ढिलो हुन्थ्यो, यस्तो हाहाकार हुने थिएन्।'

इण्डियन आयल कर्पोरेशन (आइओसी)को बरौनी, हल्दिया र मथुरास्थित रिफाइनरीका डिपोबाट नेपालका लागि ग्यास आयात हुने गरेको छ। भारतीय प्रान्त पश्चिम बंगालको हल्दिया, बिहारको बरौनी र उत्तरप्रदेशको मथुराबाट आयात गरिएका ग्यासका कागजात ती डिपोहरुमा 'रिरुट'को लागि फिर्ता गरिएको भारतीय अधिकारीले जनाएका छन्। रक्सोलमा थन्किएका साढे २ सय ग्यास बुलेटमध्ये आधा बरौनीबाट र बाँकी आधा हल्दिया र मथुराबाट आएका हुन्।

ग्यास उद्योगका संचालक नाकामा थन्किएका साढे २ सय र रुट निर्धारित भएका कारण अरु नाकाबाट ल्याउन नसकेर आइओसीका बरौनी, हल्दिया र मथुरा रिफाइनरीमा थन्किएका बुलेट छुटाउन लागातार पहलमा थिए। उनीहरु निगम, वीरगन्जस्थित भारतीय माहाबाणिज्य दुतावास र त्यहाँका अधिकारीहरुको पहलमा भारतीय कस्टम र आइओसी धाइरहेका थिए। वीरगन्जस्थित निगमको क्षेत्रीय कार्यालयका प्रमुख अभिषेख ठाकुर ग्यास बुलेटको 'रि–रुट' गराउन पश्चिम बंगालको हल्दियास्थित आइओसीको रिफाइनरी पुगेका छन्।

'अहिले 'रिरुट' भएर ग्यास भित्रिने भएपछि ग्यासको माग गर्दै परेको दबाव कम हुने बिश्वास छ,' वीरगन्जमा सबभन्दा बढी उपभोक्ता भएको मनोज ग्यासका संचालक मनोज दासले भने, 'महिनाको ३५ देखि ४० बुलेट ग्यास खपत गर्ने हामी कहाँ पछिल्लो ३ महिनामा ६ वटा मात्र बुलेट आउन सकेको छ।' थन्किएको बुलेटको ग्यास भित्रिएसँगै सबैजसो ५ सय बुलेटले ढुवानी गर्न पाए अर्को केही हप्ताभित्र ग्यास आपूर्ती सहज बन्ने उनले बिश्वास जनाए ।
nagariknews
२९ पुस, काठमाडौं ।
सरकार र मोर्चाको अडानले सारा नेपालीले दुःख पाएका छन् । अडान छोडेर सहमति गर्ने पक्षमा सरकार मोर्चा तयार देखिएका छैनन् । मधेसी मोर्चाको आन्दोलन उत्कर्षमा पुग्दा वार्ताको लागि आफै कस्सिएका प्रधानमन्त्री केपी ओलीले सहमति गर्न जिम्मेवारी कार्यदललाई दिएका छन् ।

बन्द भएको नाका अब खुल्छः प्रचण्ड

मधेसी मोर्चाका आन्दोलन कमजोर बन्दै गएको र भारतले पनि आपूर्ति व्यवस्था सहज बनाउदै गएकाले सरकारले मोर्चाको आन्दोलनलाई वास्ता नै गर्न छाडेको छ । तीन दल र मधेसी मोर्चका नेता सहभागी कार्यदलमा सात पटकसम्म भएको वार्तामा पनि कुनै सहमति जुटन सकेन ।


वार्तामा तीन दलका नेताहरुले चासो नेखाउदा मधेसी मोर्चा तनाबमा परेको छ । आन्दोलन चर्काउन जनता सहभागी नहुने, वार्ता मार्फत सहमति गरौ सरकार तयार नहुने भएपछि मोर्चा चर्को दबामा परेको हो । उद्यारोमा सीमाकंनको विषय टुंगो लगाउदा मधेसमा राजनीतिक आधार गुग्ने, नगरौ आन्दोलनको औचित्य पुष्टि गर्न नसकिने अपठ्यारो मोर्चालाई परेको छ ।

यतिसम्मकी मोर्चाका नेताहरुलाई बैठकमा बोलाएर समेत तीन दलका नेताहरुले फर्काउनेसम्मका क्रियाकलाप भएका छन् । वार्तामा आइदिनु पर्यो, वार्तामा बसिदिनु पर्यो भन्ने सरकार र प्रमुख तीन दलका नेताहरुले मोर्चासंगको छलफललाई अहिले प्राथमिकता नै दिएका छैनन । वीरगन्ज बाहेक अन्य नाका खुलेपछि सरकारले मोर्चालाई आफ्नो माग नै मान्न बाध्य पार्ने रणनीति लिएको बताइएको छ ।

भएन सरकारको भर,भुकम्प पीडितले आफै बनाए नयाँ घर (फोटो फिचर)

मंगलवारको वार्तामा पनि कुनै सहमति हुन सकेन । आज पनि प्रमुख तीन दलको तर्फबाट कार्यदलका सदस्यहरुले पार्टीका शीर्ष नेताहरुसंग आन्तरिक गृहकार्य गरेर विहिवारको बस्ने वार्तालाई निर्णायक बनाउने भनेपनि अहिलेसम्म छलफल हुन सकेको छैन् ।
 प्रधानमन्त्री निवासका अनुसार सहमति निर्माणको लागि ओलीसंग अझैसम्म कार्यदलका सदस्यहरुले छलफल गरेका छैनन ।

कांग्रेसका नेता महेश आचार्यले आज सभापति सुशील कोइरालासंग भोली हुने बैठकको लागि छलफल हुने बताए । उनले भने,‘सबै दललका नेताहरुले शीर्ष नेतृत्वसंग छलफल गरेर सहमतिको आधार पेश गर्ने तयारी भएको छ ।’



एमाओवादीका अध्यक्ष प्रचण्ड पार्टी कामको लागि दैश दौडाहमा लागेका छन् । कार्यदलमा सहमतिको आधार तय भए पुनः शीर्ष नेताहरु बसेर सहमति हुनेछ ।

कार्यदलको बैठक पनि सकारात्मक हुन नसकेपछि बुधवार मोर्चाका शीर्ष नेताहरुले पनि छलफल गरेका छन् । छलफलमा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्त ठाकुर, तराई मधेस सदभावना पार्टीका अध्यक्ष महेन्द्र राय यादव र सदभावना पार्टीका सह अध्यक्ष लक्ष्मणलाल कर्ण सहभागी भएका छन् । मोर्चाले नाकाबन्दी लगायतका कार्यक्रमलाई यथावत राख्ने निर्णय गरेपनि वीरगन्ज बाहेका अन्य नाका सहज रुपमा सञ्चालनमा आएका छन् ।
 सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो भने उपचारको लागि दिल्लीमा रहेका छन् ।nepaliheadlines
काठमाण्डु, २९ पुस– बंगलादेशमा जारी बंगबन्धु गोल्डकप अन्तरगत बुधबार भएको खेलमा नेपालले श्रीलंकालाई १–० गोल अन्तरले हराउको छ ।

खेल सुरु भएको दुई मिनेटमै नेपालका लागि विमल घर्ती मगरले श्रीलंकाको पोस्टमा गोल छिराएका थिए । त्यसपछि दुवै टीमले गोल गर्न नसकेपछि नेपाल विजयी भएको हो । खेलमा नेपालले गोल गर्ने राम अवसर गुमाएको थियो । जितसँगै नेपाल ४ अंकका साथ समूह ए को पहिलो स्थानमा उक्लिएको छ ।
यसअघि पहिलो खेलमा नेपाल मेसियासँग बराबरी खेलेको थियो । नेपालले अर्को खेल शुक्रबार आयोजक बंगलादेशसँग खेल्ने छ ।
जितसँगै नेपालले साफ च्याम्पियनसिपमा हारको बदला लिएको छ । भारतमा भएको खेलमा अन्तिम समयमा श्रीलंकाले नेपालको पोस्टमा गोल छिराएको थियो ।
/kathmandutoday
काठमाडौं, पुस २९ । शिक्षा मन्त्रालयले शिक्षा क्षेत्रको सुधारका लागि १० खर्ब रुपैयाँ बराबरको योजना ल्याउन लागेको छ ।

विद्यालय क्षेत्र विकास योजना (एसएसडीपी) नामको सो योजनाको अवधि सात वर्षे हुने शिक्षा मन्त्रालले जनाएको छ ।

योजनामा विद्यालय सुधार कार्यक्रम, गुणस्तरीय शिक्षा, परीक्षा प्रणलीमा सुधार, कक्षा १ देखि ८ सम्म आधारभूत तह, ९ कक्षा देखि १२ सम्म माध्यामिक तह बनाइने छ ।

त्यस्तै, राष्ट्रिय परीक्षा बोर्ड स्थापना गर्ने, कक्षा ८, १० र १२ को अन्त्यमा तीन तहमा राष्ट्रिय परिक्षा सन्चालन गर्ने, सबै शैक्षिक प्रमाणपत्रमा अक्षरांकन पद्दति अवलम्वन गर्ने जस्ता योजनाहरु अघि सारिएको छ ।

भूकम्पबाट भत्किएका विद्यालयको पुनःनिर्माण, समग्र शिक्षा क्षेत्रलाई संविधानअनुरुप अभिमुख र पुनर्संरचना गर्ने पनि योजना रहेको छ ।

बुधबार राजधानीका गीरएको काक्रमका सहभागीहरुले यसअघि पनि शिक्षा मन्त्रालयले विद्यालय क्षेत्र सुधार योजनाको ५ वर्षे कार्यक्रम सन्चालन गरेपनि ऐन–नियमको अभावले सुधार प्रभावकारी हुन नसकेको बताए ।

अभिभाव संघका अध्यक्ष सुप्रभात भण्डारीले ‘विभेदकारी शिक्षा दिने प्रणालीका कारण यो योजनाको औचित्य छैन’–भने ।

कार्यक्रममा शिक्षा मन्त्राललयका प्रवक्ता डा. हरि लम्सालले शिक्षामा कार्यक्रम र बजेट मात्र पास भएको तर राम्रो योजनाको अभावमा शिक्षा क्षेत्रको विकास हुन नसकेको बताए ।

योजना कार्यान्यन गराउन ऐन–नियम बन्नुपर्नेमा उनले जोड् दिए । imagekhabar
काठमाडौं, पुस २९ । विभिन्न राजनीतिक दलका नेताहरुले मधेसी मोर्चाका मागलाइ संविधान संशोधनमार्फत् सम्बोधन गरी देशलाई निकास दिनुपर्नेमा जोड दिएका छन् ।

बुधबार राजधानीमा आयोजित साक्षात्कारमा उनीहरुले देशमा व्याप्त संकट समाधानका लागि एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले मधेसी मोर्चालाई लचक हुन आग्रह गर्दै प्रदेश सीमांकनमा पहाड–मधेसबीच अन्तर सम्बन्ध भएका क्षेत्र जोड्नुपर्ने बताए ।

यस्तै, एमाले सचिव योगेश भट्टराईले आन्दोलनकारीका माग सम्बोधन गर्न गठित राजनीतिक संयन्त्रलाई संसदबाट बैधानिकता दिनुपर्ने बताए ।

यस्तै, सद्भावना पार्टीका नेता लक्ष्मणलाल कर्णले अहिलेसम्म कुनैपनि विषयमा निष्कर्ष नआएको भन्दै सरकार वार्ताप्रति गम्भीर नरहेको आरोप लगाए ।

यस्तै, तपसपाका नेता रामनरेश यादवले मोर्चाको ११ बुँदे मागमध्ये कुनैपनि विषयमा कुरा नमिलेको बताए । imagekhabar
सोलुखुम्बु, २९ पुस । हिउँदमा सुख्खा र चिसो बढ्दै गर्दा देशभर विद्युत् कटौतीको समय थपिँदै गएपनि सोलुखुम्बुको पर्यटकीय बजार नाम्चे, खुम्जुङ भ्याली, स्याङबोचेलगायत स्थानमा कहिल्यै विद्युत्भार कटौती हुँदैन ।

यस वर्ष भारतीय नाकामा उत्पन्न समस्याका कारण देशैभर इन्धन अभाव भइरहेको बेला पनि नाम्चेमा कहिल्यै बिजुली निभेको छैन । तेह्र वर्षअघि खुम्बु विद्युत् कम्पनीबाट सेवा सुरु भएदेखि हालसम्म त्यहाँ विद्युत्भार कटौतीको समस्या नभएको हो ।

पर्यटकको बाक्लो चाप भएको समयमा हिटरलगायत विद्युतीय उपकरण प्रयोग गर्दा पनि त्यहाँ विद्युत्को समस्या हुँदैन । ८५० भन्दा बढी घरपरिवारका लागि सेवा दिइरहेको सो विद्युत्बाट पर्यटकीय क्षेत्रमा निकै सहज भएको छ । काठमाडौँबाट व्यवसाय गर्न चार वर्षअघि नाम्चे आएका राजेन्द्र देसारलाई यहाँको प्राकृतिक मनोरमतासँगै चौबिसै घण्टा उज्यालो दिने बिजुलीले पनि लोभ्याएको छ ।


राजधानी काठमाडौँ पुग्नासाथ विद्युत्भार कटौतीको मार सहनुपर्ने देसारले नाम्चेको विद्युत्बाट निकै खुसी भएको बताउनुभयो । तेह्र वर्षअगाडि अस्ट्रियाको सहयोगमा करिब रु १८ करोड लगानी गरी निर्माण गरिएको खुम्बु बिजुली कम्पनीले अहिले नाम्चे तथा खुम्जुङको स्याङबोचे, खुन्दे, खुम्जुङ भ्यालीलगायत बासिन्दालाई विद्युत् सेवा उपलब्ध गराइरहेको छ ।

कहिल्यै अवरुद्ध नहुने विद्युत्का कारण व्यवसायमा सहजता भएको खुम्बु कम्युनिकेसन साइबरका युवास तामाङ बताउनुहुन्छ । गत जेठदेखि भदौसम्म मर्मतका लागि विद्युत् बन्द गरिएको थियो अन्यथा सो कम्पनी सुरु भएपछि कुनै पनि दिन विद्युत् अवरुद्ध नभएको र विद्युत् कटौती गर्न नपर्ने नाम्चेका ग्याल्जेन शेर्पाले बताउनुभयो । अहिले ६३० किलोवाट विद्युत् उत्पादन भइरहेको खुम्बु विद्युत् कम्पनीबाट ८५० भन्दा बढी घुरधुरीले सेवा लिइरहेका छन् ।
etajakhabar
२९ पुस, सुर्खेत ।

एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगत चार महिनादेखि भारतले गरेको नाकाबन्दी अब खुल्ने बताएका छन् ।

उनले नेपालमा हुने समस्याले नाकाबन्दी हुन नपर्ने भएपनि भारतले गरेको नाकाबन्दी अब खुल्ने बताएका हुन् । प्रचण्डले भने,‘सरकारको तर्फबाट कुटनैतिक पहल भईरहेको छ । यो समस्या छिट्टै हल हुन्छ, अब नाका खुल्छ ।’


उनले अहिले सरकार बनाउने र गिराउने होइन संविधान निर्माण, नाकाबन्दी लगायतका समस्या हल गर्न राष्ट्रिय सहमति जुटाउन पहल गर्नुपर्ने बताए । ६ नं. प्रदेशको प्रशिक्षण र बैठकको सिलसिलामा बुधवार क्रान्तिकारी पत्रकार संघ सुर्खेतले आयोजना गरेको कार्यक्रममा प्रचण्डले भने,‘सरकारको काम जति प्रभावकारी ढंगले हुनु पर्दथ्यो हुन सकेको छैन । सरकारलाई प्रभावकारी बनाउन बारेमा समिक्षा गर्दैछौं । त्यस्तै प्रधानमन्त्रीजीसँग पनि छलफल हुन्छ ।’

उनले सदनमा दुई वटा विधयक दर्ता भएकाले अब सबै समस्याहरु छिट्टै टुङ्गिने दावी गरे।nepaliheadlines
काठमाडौं, २९ पुस । प्रधानमन्त्री केपी ओलीसँग कांग्रेस निकट लोकतान्त्रिक प्राध्यापक संघका पदाधिकारीहरूले भेट गरी विश्वद्यिालयहरूमा गरिने नियुक्तिमा आफूहरूको समेत प्रतिनिधित्व हुनुपर्ने माग गरेका छन् ।
बालुवाटारमा आज बिहान संघका अध्यक्ष डा. उदय किशोर तिवारीको नेतृत्वको प्रतिनिधि मण्डलले विभिन्न विश्वविद्यालयहरू तथा विश्वविद्यालय अनुदान आयोगमा क्षमता र दक्षताका आधारमा पारदर्शी रुपमा पदाधिकारी नियुक्ति गर्न आग्रह गरेको हो ।
स्वच्छ रुपमा प्राज्ञिक तथा शैक्षिक कार्यक्रम सञ्चालन गर्न आवश्यक कानुनी व्यबस्था मिलाउन संघले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ ।
प्रधानमन्त्री ओलीले ज्ञापनपत्र बुझ्दै विश्वविद्यालयहरू राजनीतिक भागबण्डाका आधारमा नभइ निश्पक्षता र प्राज्ञिक आधारमा सञ्चालन हुनुपर्ने पक्षमा आफू रहेको बताउनुभयो ।
ओलीले योग्यता, क्षमता र योगदानका आधारमा विश्वविद्यालयहरूमा नियुक्ति हुने विश्वास दिलाउँदै समान योग्यता हुनेहरूबीच पक्षपात नगरिने बताउनुृ भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘हाम्रो शिक्षा र हाम्रा शिक्षण संस्थाहरू गुणस्तरीय हुनुपर्छ । जायज मागहरु पूरा हुन्छन् तर शिक्षण संस्थाहरू र अस्पताल जस्ता संस्थाहरूमा माग पूरा गराउने नाममा तालाबन्दी र बन्द हडताल जस्ता काम गर्न हुँदैन । त्यस्ता काम सरकारलाई सैह्य हुँदैन ।’
dainiknepal
काठमाडौं, २९ पुस । नेपालमा एकपटक फेरि शक्तिशाली भूकम्प आउने समाचारले तरंग ल्याइदिएको छ ।
सबैको मनमा त्रास सिर्जना भएको छ । मंगलबार मात्रै बेलायतबाट प्रकाशित एक अध्ययनले नेपालमा फेरि विनाशकारी भूकम्पको सम्भावना रहेको औल्याएको थियो ।
यसबारे नेपालका वैज्ञानिकबाट कुनै अनुसन्धान हुन सकेको छैन् तर, ज्योतिषहरुले भने तत्कालै भूकम्प आउने सम्भावना नरहेको बताउँछन् ।
चर्चित युवा ज्योतिष डा. सुनिल सिटौला भन्छन्- तत्कालै भूकम्प आउने योग देखिदैँन् । २०७५ साल अर्थात सन् २०१९ सम्ममा भूकम्प आउनसक्ने बताउँछन् ।
उनी भन्छन्- नेपालमा ठूलो भुइचालो आउने भन्ने समाचारले फेरी एकपटक आतंक फैलाएको छ । जन सर्वसाधारण भयभित छन । तिथी मिती नभएको समाचरदेखि किन डराउने ? हाम्रो ज्योतिष गणनामा तत्कालको लागि त्यस्तो ठूलो भूकम्पको योग छैन, तर २०७५ सालतिर चाँही पर्छ ।’
यसअघि ज्योतिष सुनिलले वैशाख २९ गतेको दोस्रो भूकम्पको भविष्यवाणी गरेका थिए । जून ठ्याक्कै मिलेको थियो तर, प्रहरीले उनलाई भविष्यवाणी नगर्न भनेको थियो ।
dainiknepal
२९ पुस, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले साढे १० वर्षभन्दा नागार्जुन दरवारको विद्युत महशुल बुझाएका छैनन् । नेपाल विद्युत प्राधिकरणले पटक-पटक ताकेता गर्दा पनि पूर्वराजा ज्ञानेन्द्रले विद्युत महशुल बुझाएको पाइएको छ ।
प्राधिकरणका आन्तरिक लेखापरीक्षण विभागका सहायक निर्देशक मुकुन्दमान चित्रकारका अनुसार बक्यौता महशुलका लागि नागार्जुन बंगलामा सम्पर्क गर्दा त्यहाँका कर्मचारीले प्राधिकरणको पत्र नै बुझ्न अस्वीकार गरेका छन् ।
कर्मचारीले पत्र बुझ्न अस्वीकार गरेपछि प्राधिकरणका कर्मचारीहरु पूर्वराजा बस्दै आएको निर्मल निवास पुगेका थिए । तर, पूर्वराजा ज्ञानेन्द्रका निजी सचिव सागर तिमिल्सिनाले नागार्जुन दरबारको महशुल निर्मल निवासले नभई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले तिर्ने जवाफ दिएर फर्काएको सहायक निर्देशक चित्रकारले बताए ।
पूर्वराजा ज्ञानेन्द्रले नागार्जुन बंगलाको विद्युत महशुल १ सय २७ महिना अर्थात १० वर्ष ७ महिनादेखि तिर्नुभएको छैन । पूर्वराजाले यो वर्षको साउन १२ गतेसम्म तिर्नुपर्ने विद्युत महशुलको बक्यौता ६६ लाख ८१ हजार ७ सय ३४ रुपैयाँ छ । बक्यौतामा २५ प्रतिशत जरिवाना लाग्ने भएकाले त्यो रकम बढेर करिब ७० लाख रुपैयाँ पुगेको छ ।
प्राधिकरणको विद्युत वितरण नियमावलीमा निरन्तर दुई महिना महशुल नबुझाउनेको लाइन काटिदिने तथा लाइन काटेको ६ महिना वित्दा पनि बक्यौता नबुझाए मालपोत कार्यालयलाई पत्राचार गरेर घरजग्गा विक्रि रोक्का गर्ने व्यवस्था छ । यस्तै बक्यौता नबुझाउनेको तीन पुस्तेलाई नयाँ लाइन नदिने नयमावलीमामा उल्लेख छ ।
नागार्जुन दरवारको हकमा किन कार्यान्वयन नगरेको भन्ने प्रश्नमा प्राधिकरणका सहायक निर्देशक चित्रकारले पूर्वराजा ज्ञानेन्द्र सम्मानित व्यक्ति भएकाले प्राधिकरणले लाइन काट्न भन्दा बक्यौता उठाउनतिर ध्यान दिएको बताए ।
पूर्वराजाका सहयोगीहरुले सुरुमा नागार्जुन बंगला सरकारको स्वामित्वमा रहेको भन्दै सरकारसँग नै महशुल उठाउन भनेका थिए । तर, नेपाल ट्रष्टको कार्यालयले गत असोज १३ गते नागार्जुन बंगला सरकारको स्वामित्वमा नरहेको पत्र पठाएको थियो ।
प्राधिकरणले अब नागार्जुन बंगलाको विद्युत महशुलको विषयलाई लिएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्र लेख्ने भएको छ ।
onlinekhabar
काठमाडौं, पुस २९ । राष्ट्रिय पुनःर्निर्माण प्राधिकरणले भूकम्प प्रभावित संरचनाहरुको पुनःनिर्माणका लागि बुधबार तीन महिने योजना सार्वजनिक गरेको छ ।



यही माघ २ गते भूकम्प सुरक्षा दिवसको अवसर पारेर प्राधिकरणले पुनःनिर्माण महाअभियान सन्चालन गर्न लागेको छ ।

तीन महिने योजनामा गत वैशाख १२ गतेको विनाशकारी भूकम्पले ध्वस्त बनाएका भवन तथा भूकम्पबाट प्रभावित मानिसहरुको सर्वेक्षण गरिसक्ने कार्यक्रम रहेको छ ।

यस्तै, प्रत्येक जिल्लाका कम्तिमा पाँचओटा गाविस वा नगरपालिकामा व्यक्तिगत आवास निर्माणको काम पनि प्रारम्भ गरिसक्ने पनि योजना पनि रहेको छ ।

साथै, प्रत्येक गाविसमा एकजना इन्जिनियर, एकजना सामाजिक परिचालक र एकजना तालिम प्राप्त निर्माणकर्मी खटाउने र प्रत्येक जिल्लाका दुई स्थानमा स्रोत केन्द्र पनि स्थापना गरिनेछ ।

राष्ट्रिय पुनःनिर्माण परामर्श परिषदको बुधबार बसेको पहिलो बैठकमा बोल्दै प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञावलीले पुनःनिर्माणकार्यको पञ्चवर्षीय कार्ययोजना तयार पारी कार्यान्वयनमा ल्याउने जानकारी पनि दिए ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्राधिकरणले आफ्नो कामलाई द्रुत गतिमा अघि बढाउन निर्देशन दिएका थिए । imagekhabar
विराटनगर, २९ पुस । उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री विजय गच्छदारले तराईमा दुई प्रदेश हुनै नसक्ने बताउनुभएको छ ।
बुधबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उपप्रधानमन्त्री गच्छदारले तराई दुई प्रदेश हुनुपर्ने मधेसी मोर्चाको माग कहिल्यै पुरा नहुने बताउनुभयो ।
उहाँले भन्नुभयो- ‘तराईमा २ प्रदेशको माग अतिवादी भएकाले व्यवहारिक हुन मधेशवादी दलहरूलाई आग्रह गर्दछु । त्यो माग कहिल्यै पुरा हुन्न् र हुनपनि दिन्न् ।’
तराईमा आन्दोलनरत मधेसी मोर्चाले झापा, मोरङ र सुनसरी प्रदेश नम्बर २ मा गाभ्नुपर्ने माग राख्दै आएको छ । यो मागबारे आफ्नो धारणा राख्दै गच्छदारले भन्नुभयो– यहाँका जनता प्रदेश २ मा मिसिनै चाहँदैनन् । कसैको जवर्जस्तीले हुँदैन । त्यो कहिल्यै पुरा पनि हुँदैन् ।’
उहाँले प्रमुख ठूला दल र आन्दोलनरत मधेसी मोर्चाले तराईमा तीन प्रदेशको विकल्प नमानेसम्म तराईमा देखिएको समस्या समाधान नहुने ठोकुवा गर्नुभयो । विराटनगरलाई राजधानी बनाउनेगरी आठौं प्रदेश बनाउने विषयमा सहमति गर्न मधेसीदलहरू र प्रमुख दलहरूलाई गच्छदारले आग्रह पनि गर्नुभयो ।
dainiknepal
काठमाडौं : अफगानिस्तानमा बुधबार बिहान फेरि शक्तिशाली भुकम्प गएको छ ।

दक्षिणी अफगानिस्तानको जारमलाई केन्द्रबिन्दु बनाएर ५ दशमलब ६ म्याग्निच्युटको भूकम्प गएको अमेरिकी भुगर्ब विभागले जनाएको छ ।

भूकम्पको धक्का राजधानी काबुल र अफगानिस्तानका अन्य क्षेत्रलगायत पाकिस्तानका केही भूभागमा महसुस गरिएको छ ।

भूकम्पका कारण त्यहाँ ठूलो क्षति नभएपनि दर्जनौ घरहरुमा क्षति पुगेको अफगान अधिकारीलाई उदृत गर्दै अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

यसअघि गत सातामात्रै अफगानिस्तान र पाकिस्तानको सिमानामा केनद्रबिन्दु बनाएर ६ दशमलब ४ म्याग्निच्युटको भूकम्प गएको थियो ।  annapurnapost
५ पटकबुधबार, २९ पुष
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वविद्यालयमा क्षमता र दक्षताका आधारमा पारदर्शी रुपमा पदाधिकारी नियुक्ति गरिने बताएका छन्  ।
लोकतान्त्रिक प्राध्यापक सङ्घका पदाधिकारीले आज प्रधानमन्त्री निवास बालुवाटारमा बुझाएको ध्यानाकर्षणपत्र ग्रहण गर्दै उनले विश्वविद्यालय राजनीतिक भागबण्डाका आधारमा नभई प्राज्ञिक आधारमा सञ्चालन हुनुपर्ने पक्षमा आफू रहेको बताउनुभएको प्रम ओलीका प्रेस सल्लाहकार प्रमोद दाहालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
सङ्घका अध्यक्ष डा उदय किशोर तिवारीको नेतृत्वमा गएको सो प्रतिनिधिमण्डलले विभिन्न विश्वविद्यालय तथा विश्वविद्यालय अनुदान आयोगमा क्षमता र दक्षताका आधारमा पारदर्शीरुपमा पदाधिकारी नियुक्ति गर्न तथा स्वच्छरुपमा प्राज्ञिक तथा शैक्षिक कार्यक्रम सञ्चालन गर्न आवश्यक कानुनी व्यवस्था मिलाउन प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएको थियो ।
प्रधानमन्त्री ओलीले योग्यता, क्षमता र योगदानका आधारमा विश्वविद्यालयमा नियुक्ति हुने विश्वास दिलाउँदै समान योग्यता हुनेबीच पक्षपात नगरिने बताईएको विज्ञप्तिमा जनाइएको छ ।
प्रधानमन्त्री ओलीले भने, “हाम्रो शिक्षा र हाम्रा शिक्षण संस्थाहरु गुणस्तरीय हुनुपर्छ ।” उहाँले शिक्षण संस्था र अस्पताल जस्ता संस्थामा माग पूरा गराउने नाममा तालाबन्दी र बन्द हडताल जस्ता कामहरु गर्न नहुने र त्यस्ता कामहरु सरकारलाई सह्य नहुने पनि बताएको विज्ञप्तिमा जनाइएको छ ।
nepalsandesh
कुनै पनि मानिसको मृत्यु कति समयपछि हुन्छ भन्ने पत्ता लगाउने सजिलो विधी पत्ता लगाएको दावी बैज्ञानिकहरुले गरेका छन् । मुखबाट निस्किने र्‍याल (थुक) बाट मान्छेको आयुबारे अनुमान गर्न सकिने उनीहरुको भनाइ छ ।

बैज्ञानिकहरुले हालै गरेको शोधमा मानिसको जीवन र मृत्युको बारेमा थुकबाट भन्न सकिने पत्ता लागेको हो । मानिसको आयु कम हुँदै जाँदा शरीरमा एन्टीबडी घटिरहेको हुन्छ । थुकबाटै मानिसको स्वास्थ्य अवस्था र सम्भावित मृत्युबारे समेत भविष्यवाणी गर्न सकिने बैज्ञानिकहरुको भनाइ छ ।



]

करिव ७०० जना बयस्क मानिसहरुमाझ गरिएको यो अध्यन सन् १९९५ मा शुरु भएर १९ वर्ष पछि सकिएको थियो । अध्यन गरिएका मानिसहरुमा मृत्यु हुने समयमा एन्टीबडीको स्तर घटिरहेको पाइयो ।

बेलायतको बर्मिङ्घम विश्वविद्यालयका डाक्टर फिलिप्सले बताए अनुसार शरीरमा जति बढी एन्टीबढी उत्पादन हुन्छ र यसलाई कायम राख्न सकिन्छ त्यसबाट मानिसको स्वास्थ्य र आयु समेत निर्धारित हुन्छ । य
स्ता कुरामा पुरै नियन्त्रण गर्न नसकिएपनि तनाव, भोजन, शारीरिक अभ्यास, मदिरा सेवन जस्ता कुराले शरीरमा एन्टीबडीको निर्माणमा असर पर्ने बताइन्छ ।nepaliheadlines

काठमाडौं, २९ पुस । राजसंस्था र हिन्दू धर्म पुनःस्थापनाको माग गर्दै आन्दोलन गरिरहेको राष्ट्रिय जनसंघर्ष मोर्चाले केपी ओली नेतृत्वको सरकार ढाल्ने चेतावनी दिएको छ ।
उसले सोमबार पृथ्वीनारायण शाहको जन्म जयन्तीका अवसरमा शान्तिपूर्ण जुलुसमा वर्तमान गणतन्त्रवादी सरकारले अमानवीय लज्जास्पद एवं कारयतापूर्ण प्रहरी हस्तक्षेप गरेको भन्दै अबको आनदोलन ओली सरकारलाई टक्कर दिनेखालको कडा हुने बताएको छ ।
मंगलबार एक विज्ञप्ति जारी गरी मोर्चाका संयोजक श्याम प्रसाद तिमिल्सनाले राजसंस्था र हिन्दूधर्म फर्काउन ज्यानको बलिदानी समेत दिन तयार रहेको घोषणा गरेका छन् । उनले भनेका छन्- ‘मोर्चाको तेस्रो चरणको आन्दोलन यो सरकारलाई टक्कर दिने हुनेछ । हामीले अब हामी शान्तिपूर्ण मात्र होइन दमनको प्रंतिकार गर्ने शक्ति सहित तेस्रो चरणको आन्दोलन गर्ने छौं । यसबाट पनि हाम्रो माग पुरा नभए र दमन गरिए शसस्त्र आन्दोलनमा समेत उत्रने घोषणा गर्दछौं ।’
यस्तो छ मोर्चाद्धारा जारी विज्ञप्ति जस्ताको तेस्तैः
पुष २७ गतेश्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको २९४ औं जन्मजयन्तिमा राष्टिय जनसंघर्ष मोर्चाबाट आयोजित सांस्कृतिक झाँकी सहितको शान्तिपुर्ण जुलुसमा वर्तमान गणतन्त्रवादी सरकारबाट भएको अमानवीय लज्जास्पद एवं कारयतापुर्ण प्रहरी हस्तक्षेप भएको छ । शान्तिबाटीमा भेलाई साधुसन्त पंचेबाजा र काठको १०८ तरवार सहित राष्टनिर्माताको जन्मदिनमा श्रद्धासुमन अर्पण निस्केको शान्तिपुर्ण जुलुसमा माथिको आदेश भन्दै रोक्न प्रयास गरेपछि ठाउँ ठाउँमा झडप भएको थियो । यस झडपमा मोर्चाका सहसंयोजकहरु लगायत १४ जना घाइते भएका छन् ।

वर्तमान गणतन्त्रवादी सरकारको यो कायरतापुर्ण कार्यको यो मोर्चा घोर भत्सना एवं निन्दा गर्दछ । काठमाडौं जिल्ला प्रशासन कार्यालयमा पत्र बुझाई गरिएको शान्तिपुर्ण कार्यमा समेत प्रहरी हस्तक्षेप मात्र होइन राष्टिय भण्डा र बडामहाराजाधिराजको फोटो समेत बोक्न पाइदैन भनेर रोक्नुले यो राष्टनिर्माताको मात्र अपमान नभएर समग्र राष्टकै अपमान भएको छ । राष्टिय एकताको दिन तथा राष्टनिर्माताको जन्मजयन्तिको दिन सरकारबाट भएको यो अमानवीय, लज्जास्पद र कायरता पुर्ण कार्यको भोर निन्दा एवं भत्सना गर्दै यो सरकार विरुद्ध कडा प्रतिकार उत्रने मोर्चाले निर्णय गरेको छ ।
बडामहाराजाधिराज पृथ्वी नारायण शाहको प्रतिक स्वरुप सानो काठको तरवार देखेर यति त्रसित हुने कायर गणतन्त्रवादीहरु साँचचै कै तरवार लिए आए यी गणतन्त्रवादीहरुको हर्ट अटेक नै हुने थियो । यस्ता कायर, गणतन्त्रवादी सरकारको अन्त अत्यन्त आवश्यक भइसकेको छ ।
हामीवर्तमान संविधानको खारेजी, राजसंसथाको पुनस्थापना, भुकम्प पिडीतलाई गाँस बाँस र कपासको व्यवस्था र पेटोल ग्यास जस्ता जनताको अत्यावश्यक बस्तु शुलभ गर भन्ने माग सहित सडक आन्दोलनमा गइरहेकोमा पुष २७ गतेको कायरतापुर्ण कार्य सरकारबाट भएकोले वर्तमान सरकारको खारेजी पनि अब छैठौं मागमा राख्ने निर्णय भएको छ ।
अरुबेला निषेधित क्षेत्र भए पनि पृथ्वी जयन्तिका दिन सबैलाइृ खुल्ला गरिने ससमयमा अरु सबैलाई जान दिने तर हामीलाई मात्र निषेध गर्नुले वर्तमान सरकार यस मोर्चाबाट त्रसित भएको स्पष्ट देखिन्छ । आजको यस कायरता पुर्ण कार्यले हामीलाई हाम्रो आन्दोलनलाई सफल बनाउन थप मिलेको छ ।

हम्रो मागहरुलाई पुरा गर्न अहिले सम्म हामीले दुइ चरणको सडक आन्दोलन सम्पन्न गरिसकेका छौं । पहिलो चरणको आन्दोलन भोटाहिटीमा ५ दिने धर्ना कार्यक्रम रहेको थियो भने दोश्रो चरणको आन्दोलनमा हामीले ६ दिन सम्म काठमाडौंका विभिन्न भागहरुमा विरोध जुलुस र्याली सम्पन्न गरिसकेका छौं ।
तेश्रो चरणको आन्दोलनलाई सफल बनाउन हामीले गत पुष १९ र२० गते विभिन्न ब्यक्तित्व तथा दल एवं संघसस्थाहरुसंग बसेर दुई दिने बिचार गोष्ठि ललितपुरमा सम्पन्न गरिसकेका छौं ।
यसै बिच यही पुष २७ गते राष्ट निर्माता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको २९४ औं जन्मजयन्ति परेकोले यस दिनलाई हामीले आन्दोलनलाई निर्णयक तहमा नपुगे सम्म विश्राम नलिने र यसकोलागी बलिदान समेत दिन तयार हुने कसम खाने दिनको रुपमा मनाउने क्रममा थियो ।तर सरकारबाट भएको दमनले हामीलाई हाम्रो अडान र प्रतिबद्धतामाथप बल मिलेको छ ।
त्यसैले अब केही दिनपछि बस्ने यस मोर्चाको बैठकले वर्तमान सरकार खारेजी माग सहित आफ्नो तेश्रो चरणको आन्दोलनको घोषणा गर्नेछ । जुन आन्दोलन यो सरकारलाई टक्कर दिने हुनेछ । आजको घटनाबाट हामीले अब हामी शान्तिपुर्ण मात्र होइन दमनको प्रंतिकार गर्ने शक्ति सहित तेश्रो चरणको आन्दोलन गर्ने छौं । यसबाट पनि हाम्रो माग पुरा नभए र दमन गरिए शसस्त्र आन्दोलनमा समेत उत्रने घोषणा गर्दछौं ।
dainiknepal
बुधबार, २९ पुष
लोक सेवा अोयोगले राजपत्र अंकित प्रथम श्रेणीका निम्नलिखित सेवा/समूह/उपसमूहका पदहरुका लागि नयाँ विज्ञापन प्रकाशित गरेको छ। देशका क्षेत्रिय कार्यलयहरु काठमाडाैँ, धनकुटा, सुर्खेत, दिपायल र पोखराबाट गरी जम्मा ५१२ जनाको पदका लागि अायोगले विज्ञापन अाह्वान गरेको हो।
१. काठमाडाैँः
खुल्ला: १४१, महिला: ३९ ,आदिवासी/ जनजाति : २८,मधेसी: २६, दलित: १०, अपाङ्ग: ७, पिछडिएको क्षेत्र : ४‍ गरी जम्मा= २५५
२ . धनकुटाः
खुल्ला: ४३, महिला: १०, आदिवासी/ जनजाति : १०, मधेसी: ९, दलित: ४ , अपाङ्ग: २, पिछडिएको क्षेत्र : २ गरी जम्मा‍=८०
३ .सुर्खेतः
खुल्ला: ४१, महिला: ११, आदिवासी/ जनजाति : ९, मधेसी: ७, दलित: २, अपाङ्ग: ३ गरी जम्मा=७३
४. दिपायलः
खुल्ला: २५, महिला: ५, आदिवासी/ जनजाति : ६, मधेसी: ४, दलित: ३, पिछडिएको क्षेत्र: १ गरी जम्मा= ४४
५. पोखराः
खुल्ला: ३२, महिला: ९, आदिवासी/ जनजाति : ८, मधेसी: ६, दलित: ३, अपाङ्ग: १, पिछडिएको क्षेत्र: १ गरी जम्मा= ६०
फारम भर्ने म्याद: २०७२ माघ १९ गते सम्म
दोहोरो दस्तुर तिरेर: २०७२ माघ २६ गते सम्म
आवेदन अन्लाईन मार्फत दिनुपर्नेछ
योग्यता : साविककै
परिक्षा मिति: प्रथम चरण: २०७२ फाल्गुन २२ गते
दोस्रो चरण: २०७३ बैशाख १८ र १९
nepalsandesh
विराटनगर : उपप्रधानमन्त्री विजयकुमार गच्छदारले पूर्वी तराईमा आठौं प्रदेश बनाइ त्यसको राजधानी विराटनगर कायम गरिने बताएका छन् ।

मधेसी जनाधिकार फोरम नेपाल, लोकतान्त्रिकले बुधबार विराटनगरमा गरेको पत्रकार भेटघाट कार्यक्रममा उपप्रधानमन्त्री गच्छदारले यसो भनेका हुन् ।


‘पूर्वी तराईमा आठौ प्रदेश बनाएर मात्र मधेशका माग सम्बोधन हुन्छन्’, उनले भने, ‘पश्चिमको कैलाली र कञ्चनपुरलाई तल्लो तथा पाल्पा, गुल्मी र अर्घाखाँचीलाई उत्तरतर्फको प्रदेशमा मिलाउनु पर्छ ।’

आन्दोलनरत मधेशवादी र प्रमुख दलको अतिवादी सोचका कारण पूर्वी तराईका जिल्ला विवादमा तानिएको बताउँदै गच्छदारले तीन जिल्लाका जनताको भावनाअनुसार नै राज्य बन्ने बताउँदै सप्तरी र सिराहको पूर्वी क्षेत्र पनि नयाँ प्रदेशमा समेट्न सकिने बताए ।

उनले भने,‘त्यो पनि हुन्न भने झापा, मोरङ र सुनसरीको अलग्गै प्रदेश बन्छ त्यसको लागि म अभियानको नेतृत्व लिन तयार छु ।’

गच्छदारले व्यवहारिक हिसाबले पनि पूर्वका जनताको भावना समेट्नका लागि आठौं प्रदेश चाहिएको र त्यसका लागि कांग्रेस, एमाले तथा एमाओवादी पनि सकारात्मक बन्दै गएको गच्छदारले दाबी गरे । राजधानीका लागि विराटनगरमा पहिल्यै पूर्वाधार रहेकोले यही क्षेत्र उपयुक्त हुने उनको भनाइ थियो ।

एक अर्को प्रसंगमा पाँच महिनादेखि अवरुद्ध बनेको ड्राइभिङ लाइसेन्स सात दिनभित्र सुरु गरिने भौतिक पूर्वाधार तथा यातायात मन्त्रीसमेत रहेका गच्छदारले जानकारी गराए ।

उनले कार्यक्रम स्थलबाटै मन्त्रालयका सचिवलाई फोन गरेर लाइसेन्स व्यवस्थित गर्न निर्देशन दिए । सरकारले लाइसेन्सको साटो स्मार्ट कार्ड लागू गर्ने तयारी पूरा गरेको छ ।
annapurnapost
०७२ पौष २९ बुधवार


काठमाडौं: जोगबनीस्थित भारतीय भन्सारले चौबीस घन्टाका लागि भन्दै भारत प्रवेश गर्ने नेपाली सवारीसाधनसँग रकम उठाउन थालेको छ।

नयाँ नियमअनुसार भारतीय भन्सारमा नेपाली सवारीसाधनलाई प्रतिमोटरसाइकल ३० रुपैयाँ, सिटीरिक्सा ७० रुपैयाँ, साना चारपांग्रे साधन ८० रुपैयाँ र बसलाई १ सय ५० रुपैयाँ शुल्क लिन थालिएको छ। प्रवेश पास २४ घन्टा वैध रहने भनिएको छ।


औद्योगिक कच्चा पदार्थ, विभिन्न तयारी वस्तु र व्यापारिक सामान बोकेर भारत प्रवेश गर्ने ढुवानीका साधनबाहेक नेपाली नम्बर प्लेटका सवारीसाधनलाई जोगबनी भन्सार कार्यालयले एक दिनको मान्यता पाउने गरी अस्थायी पासको व्यवस्था गरेको छ।

उद्योग वाणिज्य महासंघ पूर्वाञ्चलका महासचिव रवीन दाहालले विगतमा कुनै प्रवेश पासको व्यवस्था नभए पनि अहिले नाकाबन्दी हटाउन लागेका बेला भारतीय पक्षले यस्तो पास व्यवस्था गरेकोप्रति आश्चर्य व्यक्त गरे।

'वीरगन्जबाहेक अन्य सीमानाकाहरू क्रमिक रूपमा सहज हुँदै गइरहेका बेला भारतीय पक्षले जोगबनी नाकामा यो नयाँ नियम किन लगाएको हो, बुझ्न सकिएको छैन', उनले भने।
annapurnapost
इस्लामाबाद, २९ पुस । पाकिस्तानको उत्तरपश्चिमी प्रान्त बलुचिस्तानको क्वेटा सहरमा बुधबार भएको बम विस्फोटमा परी कम्तीमा १५ सुरक्षा अधिकारीको मृत्यु भएको समाचार छ ।
बलुचिस्तानका गृहमन्त्री सरफाज बुग्तीले उक्त विस्फोटमा मारिनेमा १३ जना प्रहरी र अर्का दुईजना अर्धसैन्य बल रहेको जानकारी दिनुभएको छ ।  उहाँले प्रारम्भिक रुपमा हेर्दा सो विस्फोट एकदमै शक्तिशाली देखिएको र यसमा परी अरु १२ जना सुरक्षाकर्मी घाइते भएको पनि जानकारी दिनुभयो ।
स्थानीय सञ्चारमाध्यमहरुले बलुचिस्तानका एकजना प्रहरी निरीक्षकलाई उद्धृतगर्दै सो विस्फोटको समाचार दिएका छन् । तर त्यसमा परी भएको क्षतिको पूर्ण विवरण भने नआइसकेको पनि उनीहरुले जनाएका छन् । बालबालिकाकाको लागि खोलिएको पोलियो केन्द्र नजिकै बम हमला भएको सुरक्षा अधिकारीहरूले जनाएका छन् ।
उक्त विस्फोटको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । विस्फोटमा कम्तीमा पनि ८ किलोमीटर विस्फोटक पदार्थ विस्फोटक पदार्थको प्रयोग भएको र विस्फोट आत्मघाती प्रकृतिको भएको जानकारी पनि प्रहरीले दिएको छ ।
dainiknepal
कसैलाई सल्लाह दिनु पर्‍यो भने हामी तत्काल अघि सर्छौं । तर त्यही कुरा आफूमा लागु गर्न भने हामी चुकिरहेका हुन्छौं । यदि तपाइँ एकान्तमा हुनु हुन्छ भने सँधै केही कुरामा विचार गर्नुस् जसले तपाइँलाई खुसी र सन्तुष्टि दिन सक्छ ।

एकान्तमा बसेर सोंच्नु पर्ने १२ कुरा

१. मेरो साथमा जे छ ती सबै कुराको नियन्त्रण म सँग छैन । तर कुन कुराप्रति कसरी प्रतिक्रिया जनाउने भन्ने कुरा मेरो नियन्त्रणमा छ । समयसँगै हुने कुरा मैले टारेर टार्न सक्दिन । तर मेरो कारणले हुने कुरा नियन्त्रण गर्न सक्छु ।

२. जिन्दगीमा जे आउँछ त्यसलाई सहज लिन्छु । तर आफूले गरेको काम सके सम्म उत्तम बनाउने कोशिस गर्छु ।


३. जव म कुनै कुरामा विजेता बन्छु त्यतिबेला पनि म आफूलाई त्यति राम्रो ठान्दिन जति अरु मलाई ठान्छन् । म अझै राम्रो गर्न सक्छु । जव म असफल हुन्छु त्यतिबेला म कमजोर अनुभव गर्दिन ।

४. म झन्झटको ब्यवस्थापन गर्नु भन्दा दिमागलाई ब्यवस्थापन गर्छु । सकारात्मक सोंच राख्छु ।

५. कठिन परिस्थितिबाट जतिसक्यो त्यति छिटो बाहिर आउँछु । लक्ष्य हासिल गर्न सँधै काम गरिरहन्छु ।



६. बनाबटी असल देखाउनु भन्दा गल्ती गर्नु नै उत्तम हो । गल्तीले जीवनमा पाठ सिकाउँछ । तर म असल छु भन्ने मात्र सोंचाइ राख्दिन ।

७. चुनौती त्यतिबेला मात्र रोकावट बन्छ जव हामी यसमा झुक्छौं । जन्म र मृत्यु मैले चाहेर हुने कुरा होइनन् ।



८. म कुनै पनि डर लुकाउने कोशिस गर्दिन किन भने मलाई थाहा छ कि जीवनमा अझै धेरै राम्रा कुरा आउन बाँकि नै छ ।

९. सँधै आफूलाई असल मानिस बनाउने कोशिस गर्छु ।

१०. आज जे छ भविष्यमा यस्तै हुने छैन । भविष्य विल्कुल फरक पनि हुन सक्छ । मेरो अगाडी सुनौलो भविष्य बाँकि छ ।

११. खुसी त्यतिबेला मात्र आउँछ जव म मन देखि सन्तुष्ट रहन्छु । खुसी मनले पैदा गर्ने विषय पनि हो ।

१२. सानो सानो सफलतामा पनि रमाउँछु । किन भने सफलता भनेको साना साना कुरा जोडिएर बन्ने विषय हो ।nepaliheadlines

Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Aug 24 (6)
  • Aug 23 (1)
  • Aug 19 (1)
  • Aug 18 (19)
  • Aug 17 (17)
  • Aug 16 (24)
  • Jan 24 (18)
  • Jan 23 (27)
  • Jan 22 (32)
  • Jan 21 (35)
  • Jan 20 (35)
  • Jan 19 (34)
  • Jan 18 (40)
  • Jan 17 (45)
  • Jan 16 (27)
  • Jan 15 (29)
  • Jan 14 (35)
  • Jan 13 (40)
  • Jan 12 (32)
  • Jan 11 (39)
  • Jan 10 (31)
  • Jan 09 (23)
  • Jan 08 (31)
  • Jan 07 (30)
  • Jan 06 (39)
  • Jan 05 (34)
  • Jan 04 (39)
  • Jan 03 (43)
  • Jan 02 (47)
  • Jan 01 (31)
  • Dec 31 (34)
  • Dec 30 (36)
  • Dec 29 (43)
  • Dec 28 (33)
  • Dec 27 (27)
  • Dec 26 (38)
  • Dec 25 (33)
  • Dec 24 (38)
  • Dec 23 (44)
  • Dec 22 (39)
  • Dec 21 (37)
  • Dec 20 (40)
  • Dec 19 (31)
  • Dec 18 (47)
  • Dec 17 (30)
  • Dec 16 (16)
  • Dec 15 (42)
  • Dec 14 (30)
  • Dec 13 (32)
  • Dec 12 (35)
  • Dec 11 (42)
  • Dec 10 (26)
  • Dec 09 (31)
  • Dec 08 (15)
  • Dec 07 (37)
  • Dec 06 (30)
  • Dec 05 (34)
  • Dec 04 (32)
  • Dec 03 (33)
  • Dec 02 (36)
  • Dec 01 (37)
  • Nov 30 (48)
  • Nov 29 (28)
  • Nov 28 (35)
  • Nov 27 (35)
  • Nov 26 (47)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (27)
  • Nov 22 (32)
  • Nov 21 (43)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (22)
  • Nov 17 (29)
  • Nov 16 (32)
  • Nov 15 (25)
  • Nov 14 (28)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (42)
  • Nov 09 (22)
  • Nov 08 (40)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (42)
  • Nov 01 (44)
  • Oct 31 (29)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (47)
  • Oct 27 (32)
  • Oct 26 (39)
  • Oct 25 (35)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (22)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (31)
  • Oct 02 (29)
  • Oct 01 (29)
  • Sep 30 (29)
  • Sep 29 (24)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (26)
  • Sep 25 (27)
  • Sep 24 (18)
  • Sep 23 (15)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (26)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (12)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (19)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (22)
  • Sep 07 (22)
  • Sep 06 (26)
  • Sep 05 (18)
  • Sep 04 (23)
  • Sep 03 (24)
  • Sep 02 (25)
  • Sep 01 (24)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (27)
  • Aug 28 (28)
  • Aug 27 (30)
  • Aug 26 (29)
  • Aug 25 (24)
  • Aug 24 (35)
  • Aug 23 (30)
  • Aug 22 (31)
  • Aug 21 (32)
  • Aug 20 (30)
  • Aug 19 (33)
  • Aug 18 (27)
  • Aug 17 (34)
  • Aug 16 (28)
  • Aug 15 (23)
  • Aug 14 (23)
  • Aug 13 (22)
  • Aug 12 (19)
  • Aug 11 (18)
  • Aug 10 (24)
  • Aug 09 (16)
  • Aug 08 (18)
  • Aug 07 (25)
  • Aug 06 (16)
  • Aug 05 (18)
  • Aug 04 (21)
  • Aug 03 (19)
  • Aug 02 (14)
  • Aug 01 (17)
  • Jul 31 (19)
  • Jul 30 (19)
  • Jul 29 (15)
  • Jul 28 (12)
  • Jul 25 (14)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home