• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
दोहा (कतार) , भदौ १२ ।

नवराज विक
तीन वर्ष अगाडि कतार आएका लुम्ले–२ कास्कीका भवानीशङ्कर चापागार्इं यतिखेर नेपाल फर्किन नपाएर पीडाका दिन झेल्दै छन् ।

हाइ इन्जिनियरिङ कन्ट्रक्सन कम्पनीमा कार्यरत चापागाईं आफ्नी आमाको निधन भएको अवस्थामा समेत कम्पनीले घर नपठाउँदा उनी समस्यामा परेका हन् । यतिखेर उनका पितासमेत पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा नाजुक अवस्थामा उपचारार्थ छन् ।


पीडित चापागाईँले भन्नुभयो, “घरको तनाब एकतिर हुँदाहुँदै पनि अहिले कम्पनीले न त तलबै दिन्छ, न त घर जान बिदा नै दिन्छ, काम गरेको राम्रोसँग तलब नदिएको छ महिना भइसकेको छ भने दुई महिनादेखि न काम न दाम खाली हात बस्नुपरेको छ ।”

घर जान पटक पटक प्रयास गर्दा समेत उनी कार्यरत कम्पनीले बेवास्ता गरिदिँदा उनी दूतावासमा आफ्नो समस्या लिएर गएका थिए । दूतावासले श्रम अदालतलाई पत्र लेखिदिएको थियो तर अदालतले कम्पनीको मालिकलाई बोलाउँदा उनी नगएपछि उनको काम कहीँ कतै टुङ्गोमा पुग्न सकेको छैन ।

“कम्पनीका मालिक पाकिस्तानी हुन्, तिमीलाई नेपाल पठाउँदि, जे गर्न सक्छौ गर” भन्दै मलाई धम्काउने गर्छन्” पीडितले भने ।

भिडियो हेर्न तलको बाकस थिच्नुहोस
भाद्र १२, २०७२- कञ्चनपुरको झलारी पिपलाडी नगरपालिका ९ की मन्धरा विष्ट ५ दिनदेखि अर्धचेत अवस्थामा छिन् । घरमा कोही नयाँ व्यक्ति आएको देख्नेबित्तिकै डाको छोडेर रुन्छिन् । केही छिनपछि ओछ्यानमा ढल्छिन् । गत सोमबार टीकापुरमा भएको हिंसात्मक झडपमा परी श्रीमान् (प्रहरी निरीक्षक बलराम विष्ट) को मृत्यु भएको खबर सुनेदेखि उनी पटकपटक अर्धबेहोस भइन् । प्रहरी निरीक्षक बलरामकी आमा ८० वर्षीया वृद्धा बेलुदेवीको पनि अवस्था उस्तै छ । उनी पनि बेलाबेलामा डाको छोडेर रुन्छिन् र छोरा आउने बाटो हेरेर बस्छिन् । उनलाई त छोराको मृत्यु ठट्टाजस्तै लागेको छ । छोराले कति बेला कहाँबाट बोलाउँछ पनि भइरहेको छ । ‘उसको ठाउँमा मैले गइदिएको भए हुन्थ्यो,’ रुँदै कराउँदै उनले भनिन्, ‘अब यी केटाकेटी कसले हेर्ने ?’

मृतक विष्टका ३ छोरी र १ छोरा छन् । जेठी छोरी वसन्तीले स्टाप नर्स भ्याएकी छन् । माइली छोरी १२ र कान्छी ६ मा पढिरहेकी छन् । छोरा गोविन्द ९ कक्षामा छन् । उनीहरू सबै धनगढीमै बसेर पढिरहेका थिए । जेठी छोरी वसन्तीलाई पनि बुवाको मृत्युको घटना पत्याउनै नसकिने भएको छ । ‘हामीलाई अरू केही चाहिँदैन,’ उनले भनिन्, ‘हाम्रो बुवालाई मार्नेमाथि कारबाही होस् ।’ उनले प्रहरीहरूलाई नै अमानवीय ढंगले मार्नेमाथि कारबाही गर्न नसके अन्यले न्यायको आशा गर्न नसक्ने बताइन् ।
विष्टका परिवारले घटनाका दोषीहरूलाई कानुनी कारबाही हुनुपर्ने माग गरेका छन् । ‘हामीले आफ्ना परिवारको सदस्य मात्रै गुमाएनांै एउटा अभिभावक पनि गुमाएका छौं,’ मृतकका भाइ धर्मसिंह विष्टले भने, ‘ड्युटीमै खटिएका सुरक्षाकर्मीलाई यति क्रुर ढंगले मार्नेलाई कारबाही नगरी छाड्नु हँुदैन ।’ उनी प्रहरीका सई हुन् । ‘जुनसुकै युद्धमा पनि नियम हुन्छ, हतियार नभएको तथा शरणमा गएको सिपाहीलाई संरक्षण दिनुपर्छ,’ उनले भने, ‘तर टीकापुर घटनामा ज्यानको भिक माग्नेलाई पनि छाडिएन ।’
घटना भएको दिन उनी कञ्चनपुरको ब्रह्मदेव प्रहरी चौकीमै कार्यरत थिए । उनकै स्टाफले टीकापुरमा झडप भएको र केही प्रहरीसमेत हताहत भएको सुनाएपछि उनी झस्किए । तर उनलाई जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत आफ्नै दाजु त्यसरी मारिएलान् भन्ने लागेको थिएन । ‘तैपनि एकपटक दाइसँग कुरा गर्न खोजे तर दुइटै फोन स्विच अफ थिए,’ उनले भने, ‘त्यसपछि भने मलाई डर लाग्न थाल्यो, खोजी गर्दै जाँदा दाइको पनि मृत्यु भएको खबर पाएँ ।’ उनले जिल्ला प्रशासन कार्यालयले आन्दोलनमा खटिने सुरक्षाकर्मीले हतियार नबोक्ने निर्णय गरेका कारण पनि ठूलो क्षति बेहोर्नुपरेको बताए ।
मृतक विष्टका अर्का भाइ भरत सशस्त्र प्रहरीका सई हुन् । उनी डडेलधुराको जोगबुढामा कार्यरत छन् । तीनै जना भाइको भेट साउन १५ मा भएको थियो । झलारी पिपलाडी नगरपालिकाकै कलुवारपुरमा बनाएको नयाँ घरका पूजापाठ भएकाले उनीहरू सबै त्यही दिन घरमा आएका थिए । ‘त्यही बेला दाइले तलाई एउटा काम दिन्छु त्यो गर्नुपर्छ भनेका थिए,’ भरतले भने, ‘भदौ २ गते पनि हाम्रो फोनमा कुरा भएको थियो, त्यति बेला पनि २/४ दिनमा घर आएर काम दिन्छु भनेका थिए, त्यो काम के रहेछ भन्ने पनि थाहा पाइएन ।’ उनले सबै भाइ सुरक्षा निकायमै कार्यरत भएकाले घरमा पनि दाइकै अनुशासनमा चल्ने गरेको बताए । २०४५ मा असईमा भर्ना भएका विष्ट २०६४ मा प्रहरी निरीक्षक भएका थिए । उनी सेवा अवधिका कारण साढे ३ वर्षपछि अवकाश पाउँदै थिए । उनको परिवार २०५० मा बैतडीको रौलेश्वर गाविस ९ कारिकोटबाट झलारीमा बसाइ सरेको हो ।
नेगी परिवार पनि उस्तै
गत सोमबार टीकापुरको झडपमा परी वरिष्ठ प्रहरी उपरीक्षकसहित ८ सुरक्षाकर्मी र २ वर्षे बालकको समेत मृत्यु भएको थियो । प्रहरी हवल्दार जनक नेगीबाहेक बाँकी सबैको घटनास्थलमै मृत्यु भएको थियो । कञ्चनपुरकै झलारी पिपलाडी नगरपालिका ६ कसरौलका नेगीको बुधबार साँझ उपचारका क्रममा मृत्यु भएको थियो । उनको बिहीबार महाकाली नदीमै अन्तिम संस्कार गरिएको छ । नेगी घाइते भएको खबर सुनेदेखि बिरामी भएका उनका बुवा वीर सिंह थला परेका छन् । विपन्न परिवार भएकाले उनीहरूलाई अझ बढी समस्या भएको छ । ‘घटना भएको दोस्रो दिन मैले
कुरा गरेको थिएँ,’ मृतकका काका राज नेगीले भने, ‘त्यति बेला
ठीकै छ, निको भइहाल्छ भन्दै
थियो तर बिहीबार बिहान फोन आउँदा त मृत्यु भइसक्यो भन्ने खबर पायौं ।’
जनककी श्रीमती २ छोरी र १ छोरा छन् । एक भाइ रोजगारीका लागि मलेसियामा पुगेका छन् । विष्ट र नेगी दुवै जना मिलनसार र सहयोगी भएकाले उनीहरूको परिवारसँगै गाउँ नै शोकमा डुबेको छ । दुवै जना एउटा नगरपालिकाकै भएका कारण पनि अझ बढी पीडा थपिएको स्थानीयवासी बताउँछन् ।


सोमबार टीकापुर घटनामा मृत्यु भएका प्रहरी निरीक्षक बलराम विष्टकी ८० वर्षीया शोकाकुल आमा बेलुदेवी । तस्बिर : भवानी/कान्तिपुर   kantipur.ekantipur.com
१२ भदौ, एजेन्सी ।

अफ्रिकी मुलुक चाडमा बोको हरामका दश जना सदस्यलाई बिस्फोटमा संलग्न भएको भन्दै मृत्युदण्डको सजाय सुनाइएको छ । तीन दिनसम्मको बहसपछि अदालतले मृत्युदण्डको सजायँ सुनाइएको हो ।

जून महिनामा निजामेयमा ३८ जना मारिने गरी गराइएको आक्रमणमा दोषी ठहर गर्दै यो सजायँ सुनाइएको हो । नाइजेरियामा सक्रिय बोको हरामले चाडमा गरेको यो पहिलो आक्रमण थियो ।


फाइल तस्विर
बोको हरामको आतंकले नाइजेरियासँग सीमा जोडिएका अरु देश पनि प्रताडित हुन थालेपछि क्षेत्रीय सेना नै बनाएर कारवाही थालिएको छ ।
काठमाडौं, भदौ १२ । प्रहरी आक्रामक भएपछि अधिकांश गुन्डाका नाइके दलको छहारीमा छन् । केही डन मारिएपछि ठूला नेताको संरक्षणमा रहेका डनहरूले असुरक्षित महसुस गर्न थालेका छन् । प्रहरी कारबाहीबाट जोगिन पछिल्लो समय सबैजसो गुन्डाका नाइके र तिनका सहयोगी विभिन्न पार्टीभित्र छिरेका थिए । ठूला नेताकै संरक्षणमा गुन्डागर्दी गर्दै आएका दिनेश अधिकारी चरी र कुमार घैँटे भनिने कुमार श्रेष्ठ प्रहरी इन्काउन्टरमा मारिएपछि गुन्डागर्दीका नाइकेहरू तर्सिएका हुन् । गुन्डागर्दीमा संलग्न केही विदेशसमेत भाग्न थालेका छन् ।

कांग्रेसका नेताहरूसँग निकट रहेका घैँटे ३ भदौमा मारिएका थिए । कांग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसी, कांग्रेस सभासद् जगदीश्वरनरसिंह केसी, नेताहरू भीमसेनदास प्रधान, धनराज गुरुङलगायतसँग उनको राम्रो सम्बन्ध थियो । आफूलाई प्रहरीले पछ्याएको सूचना पाएपछि घैँटेले राष्ट्रिय मानवअधिकार आयोगमा आफ्नो सुरक्षाका लागि भन्दै उजुरी हालेका थिए । तर पनि प्रहरी मुठभेडमा उनी मारिएपछि अरू गुन्डाका नाइके तर्सिएका हुन् । घैँटेपछि अरू गुन्डाका नाइकेमाथि प्रहरीले निगरानी थालेको छ । प्रहरीले निगरानी बढाएकाले सबैजसोले राजधानी छाडिसकेका छन् । घैँटेका सहयोगी सबै भागिसकेका छन् । उनको समूहमा रहेका समीरमानसिंह बस्नेत भारत जाने भन्दै नेपालगन्जस्थित आफन्तको घरमा लुक्न गएका छन् ।

घैँटेका एक व्यावसायिक साझेदार राजेश कार्कीलाई प्रहरीको अपराध महाशाखाले पक्राउ गरिसकेको छ । अर्का पार्टनर अभिमानसिंह बस्नेत, शान्ता महर्जन, सानुभाइ भन्ने युवराज गुरुङ र प्रतीक हवल्दार भन्ने प्रतीक श्रेष्ठ घरमा बस्न छाडेका छन् । घैँटेको समूहका मात्र नभई अन्य समूहको पनि भागाभाग सुरु भएको छ । फोरम लोकतान्त्रिकका गणेश लामाले भाडामा चलाउँदै आएको माउन्टेन होटेल छाडेका छन् । दीपक मनाङे मनाङतिर छन् भने चक्रे मिलनले पनि राजधानी छाडेका छन् । चक्रेका भाइ तेजेन्द्र गुरुङ पनि बाहिर हिँड्न छाडेका छन् । कांग्रेस महासमिति सदस्यसमेत रहेका ललितपुरका डन मीनकृष्ण महर्जन पनि भूमिगत छन् ।

एमाले नेता प्रदीप नेपालसँग उनको पारिवारिक सम्बन्धसमेत छ । नेपालकी श्रीमतीसँग चक्रेले भाइटीका लगाउँदै आएका छन् । ललितपुरका मीनकृष्ण महर्जन पनि राजनीतिक रूपमा बलिया छन् । उनको कांग्रेस नेता शंकर भण्डारीसँग निकट सम्बन्ध छ भने अर्का नेता रामचन्द्र पौडेलले पनि उनलाई संरक्षण गर्दै आएका छन् । ललितपुरमा महर्जनका विरोधी समीर केसीको सभासद् उदयशमशेर राणासँग राम्रो सम्बन्ध छ ।

नयाँबजार क्षेत्रका डन भनिने साजन महर्जनको एमाले नेताहरूसँगै राम्रो सम्बन्ध छ । उनी एमाले सचिव योगेश भट्टराई तथा अनेरास्ववियुका नेताहरूसँग निकट छन् । उनी तीन वर्षअघि मात्र एमाले प्रवेश गरेका थिए । हाल जेलमा रहेका भक्तपुरका ठूलो सगुन भनिने सगुन श्रेष्ठको कांग्रेस सभासद् मोहन बस्नेतसँग निकटता छ । पहिला गणेश लामाकै निकट रहेका मनोज आचार्य तराई मधेस लोकतान्त्रिक पार्टीका नेता महेन्द्र यादवको निकट छन् । प्रहरीको गुन्डागर्दीको सूचीमा फिल्म निर्माता मधु श्रेष्ठसमेत छन् । उनको कांग्रेस नेता मीनेन्द्र रिजालसँग राम्रो सम्बन्ध छ । धादिङका राधे भण्डारीको समूहलाई पनि कांग्रेस नेताहरूको संरक्षण छ ।  नयाँ पत्रिका दैनिकबाट

१२ भदौ, काठमाडौं । उपचारका लागि अमेरिका पुर्‍याइएका बालक आदित्य दाहालको स्वास्थ्यमा झिनो सुधार आएको छ ।

क्यालिफोर्नियाको स्ट्याण्डफोर्ड अस्पतालका फिजियोथेरापी गरिरहेका आदित्यले कैलालीको टीकापुरमा भएको हिंसात्मक घटनालाई ‘पर्दा पछाडीको खेल’ भनेका छन् ।
केहि दिनयता उनी हात माथि लैजान र सुत्दापल्टिन सक्ने भएको आदित्य संरक्षण प्रतिष्ठानका उपाध्यक्ष लक्ष्मीप्रसाद प्रसाईले बताए । आदित्यका बुवाआमासित नियमित सम्पर्कमा रहेका उनले भने- ‘तर अहिलेसम्म शारीरिक दुर्बलताको कारण पहिचान हुन सकेको छैन । डाक्टरहरुले कुनै औषधी चलाएका पनि छैनन् ।’
हालसम्म गरिएका सबै परिक्षणका रिपोर्टहरु सामान्य छन् । छाति र घाँटीको इन्डोस्कोपी गर्दा कुनै खराबी देखिएन । यद्यपी केहि महत्वपूर्ण परिक्षणहरुको रिपोर्ट आउन बाँकी छ । सबै रिपोर्टहरु आएपछि मात्रै निस्कर्षमा पुग्ने र औषधी सिफारिस गर्ने उनीहरुको भनाइ छ । डाक्टरहरुले पोषण नपुगेको भन्दै ‘ब्यालेन्स डाइट’ सुरु गरेका छन् ।

आदित्यका परिबार हाल अमेरिकामा एक आफन्तको घरमा बसिरहेका छन् । उनलाई दैनिक थेरापीका लागि अस्पताल लैजाने गरिएको छ । सधैं हाँसिरहने स्वभावका कारण आदित्यलाई डाक्टरहरुले ‘ह्याप्पि व्वाई’ को संज्ञा दिएका छन् ।
राजदूतले भेटे
अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुन कार्कीले स्ट्याण्डफोर्ड अस्पताल पुगेर आदित्यलाई भेटेका छन् । उनले आदित्यलाई हेरिरहेका डाक्टरहरुसित परामर्श समेत गरेका थिए । उनले बालकको उपचारमा कुनै पनि कसर नछाड्न डाक्टरहरुलाई आग्रह गरे ।
आदित्यका बुवा शेषराज दाहालसितको कुराकानीमा उनले उपचारका लागि सरकारले सहयोग जारी राख्ने बताए । राजदूत हुनुपुर्व शहरी विकासको सचिव छँदा आदित्यको घरमै गएर उनलाई भेटेका थिए । कार्कीलाई देखेपछि आदित्यले कपी मागेर लेखेका थिए- ‘अर्जुन सर, सहर सफा राखौं ।’
कैलाली घटनाबारे आदित्य
अमेरिका बसाईका क्रममा पनि आदित्यले सन्देशमुलक टिप्पणीहरु लेख्ने क्रम जारी राखेका छन् । केहि दिनअघि कैलालीमा भएको हिंसात्मक घटनाका विषयमा पनि उनले लेखेका छन् । सो घटनामा पर्दापछाडीबाट मनोबल दिने काम भएको उनको टिप्पणी छ ।

आदित्यले ७ भदौमा लेखेको सन्देश यस्तो छ-‘देशमा द्वन्द्व, हत्या, हिंसा फेरि मौलाउँदैछ । आमूल परिवर्तनको आकांक्षा खरानी बनि उड्ने पो हुन् कि ? सद्भावपूर्ण सहमतिको खाँचो छ । हिंसा फैलाउन अरुलाई मनोबल दिने र निर्दोषको हत्या गराउने कार्य पर्दा पछाडीबाट भएको छ । उचित किसिमको न्यायिक सर्वमान्य सहमति गरी देशलाई रक्तक्रान्तिको भूमिमा फेरि परिणत हुन नदिनु नै हाम्रो र हामी आम राष्ट्रसेवकको दायित्व बनेको छ ।’
www.onlinekhabar.com
रामशरण महत, अर्थमन्त्री

काठमाडौं, १२ भदौ । सरकारले सवारीसाधन सञ्चालन तथा मर्मतको नाममा सचिव र सहसचिवलाई अथाह सुविधा दिने भएको छ ।

धानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सवारीसाधन (सञ्चालन तथा मर्मत) निर्देशिका, ०७२ जारी गरेको हो । निर्देशिका राजपत्रमा समेत प्रकाशित गरी कार्यान्वयनमा ल्याइएको छ ।
निर्देशिकाअनुसार अब आफैँ सवारीसाधन चलाउने सचिव–सहसचिवले चालकले पाउने १८ हजार पाँच सय रुपैयाँ तलबसँगै पाउने भएका छन् ।
निर्देशिकामा सचिव–सहसचिवलाई सुरुमा नयाँ गाडी दिने, सो गाडी जहाँसुकै सरुवा भए पनि लिएर जान पाउने सुविधा थप गरिएको समाचार नयाँ पत्रिका दैनिकले छापेको छ ।
आफ्नो तलब तथा चालकलाई दिने तलब र अन्य सवारी सुविधासहित अब सचिव तथा सहसचिवले मासिक ८० हजारदेखि एक लाख रुपैयाँसम्म बुझ्ने भएका छन् ।
हाल सचिव र सहसचिवको तलब ३५ देखि ४० हजार रुपैयाँसम्म छ । निर्देशिकाअनुसार नयाँ गाडी पाउने सचिव तथा सहसचिवलाई गाडी नै नबिग्रिए पनि मर्मत खर्चका नाममा मासिक पाँच हजार रुपैयाँ दिइने भएको छ।
कसैले तीन वर्षसम्म पुरानो गाडी प्रयोग गरेको भएमा मासिक मर्मत खर्च १० हजार रुपैयाँ दिइनेछ ।
सचिवलाई मासिक एक सय २५ लिटर पेट्रोल र सहसचिवलाई मासिक सय लिटर पेट्रोलबराबरको रकम पनि तलबसँगै भुक्तानी दिइने भएको छ ।
सचिव र सहसचिवले आवश्यकताअनुसार थप पेट्रोल आफ्नै कार्यालयबाट समेत पाउनेछन् । सचिव र सहसचिवले गाडीमा डिजेल, पेट्रोल, लुब्रिकेट्स, चालक खर्च, मर्मत खर्चलगायतका कुनै पनि बिल पेस गर्नुनपर्ने निर्देशिकामा उल्लेख छ ।
निर्देशिकाअनुसार सचिवलाई कार भएमा कम्तीमा १३ सय सिसी वा जिप भएमा कम्तीमा दुई हजार सिसी क्षमताको सवारीसाधन उपलब्ध गराइनेछ ।
सहसचिवलाई कार भएमा एक हजार सिसी र जिप भएमा दुई हजार सिसी क्षमताको उपलब्ध गराइने निर्देशिकामा छ ।
निर्देशिकामा सचिव–सहसचिवहरूले आफैँ गाडी चलाएमा सुविधा दिने उल्लेख छ । तर, उनीहरूले चाहेमा आंशिक रूपमा चालक राख्न पाउने व्यवस्थासमेत गरिएको छ।
स्थायी चालक दरबन्दी रिक्त भएमा सो पद स्वतस् खारेज हुने व्यवस्था गरिएको छ । सचिव र सहसचिवलाई आफैँ गाडी चलाउन आवश्यक पर्ने तालिम शुल्क पनि सरकार आफैँले व्यहोर्ने निर्देशिकामा उल्लेख छ ।
गाडीको ब्लुबुक नवीकरणलगायतका सबै खर्च सम्बन्धित कार्यालयले नै व्यहोर्नेछन् । विभिन्न काम लिएर जिल्लामा जानुपर्ने अवस्थामा आवश्यक सबै खर्च सरकारले नै व्यहोर्ने निर्देशिकामा उल्लेख छ।
दैनिक नेपाल

भिडियो हेर्न तलको बाकस थिच्नुहोस
काठमाण्डु, १२ भदौ– प्रधानमन्त्रीज्यू, मेरो निहत्था बाबालाई चरम यातना दिएर किन मारियो ? जवाफमा प्रधानमन्त्री सुशील कोइरालाले भने,‘घटनाले मलाई धेरै मर्माहत बनाएको छ ।

जे भयो, दुःखद भयो । म सबै कुराको दायित्व लिन्छु । तपाईहरुका माग तथा भनाइ के छन् सबै भन्नुस्, राज्यले आफ्नो दायित्व पूरा गर्छ ।’ टीकापुरमा हत्या गरिएका वरिष्ठ प्रहरी उपरीक्षक ( एसएसपी) लक्ष्मण न्यौपानेको परिवारलाई समवेदना दिन शुक्रबार साँझ सिनामंगलस्थ्ति न्यौपाने निवास पुग्दा प्रधानमन्त्री सुशील कोइरालालाई बाबुको किरियामा बसेका छोरा सन्देशले यस्तो प्रश्न गरेका हुन् ।
‘प्राणरक्षाका लागि कसैको घरमा शरण लिएर बस्दासमेत आन्दोलनकारीले किन लखेटी लखेटी मारे ? राष्ट्रसेवकको हैसियतमा आन्दोलनलाई साम्य पार्न सम्झाउँदै गर्दा बाबामाथि जाइलाग्ने आपराधिक समूहलाई उकास्ने मधेसवादी दलका नेतालाई किन काबाही हुँदैन ? ’ किरियामा बसेका सन्देशको प्रश्नले प्रधानमन्त्री भावुक बने ।
–गोरखापत्र दैनिकबाट भिडियो हेर्न तलको बाकस थिच्नुहोस
टीकापुर हत्याकाण्ड
काठमाडौं: नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपाने, दुईजना प्रहरी निरीक्षकसहित आठजना सुरक्षाकर्मी र आन्दोलनकारीतर्फ तीनजना मारिने गरी गत सोमबार टीकापुरमा मच्चिएको हिंसात्मक घटनाप्रति चिन्ता प्रकट हुनु स्वाभाविकै हो।

यस्तो बेलामा पनि प्रहरी र सशस्त्र प्रहरीले किन गोली चलाएन भन्ने प्रश्न सबैको मनमा उब्जने गरेको छ। सिनियर प्रहरी अधिकृत एसएसपीले गोली किन चलाएनन् ? उनी एक्लै गएका थिए ? हतियार लिएर कोही प्रहरी थिएनन् ? प्रहरीले गोली नचलाउनुको रहस्य भने अर्कै रहेछ।


प्रहरी मुख्यालयको कार्य महाशाखाले भदौ २ मा देशभरका प्रहरी कार्यालयमा सञ्चार (सूचना) जारी गरेको थियो। महाशाखाले पठाएको सञ्चारको सिरियल नम्बर ३५७८ मा 'प्रहरी जवानलाई लाठी, अ श्रुग्यासबाहेक हतियार बोक्न नदिनू, जुनियर प्रहरी अधिकृतले मात्रै हतियार बोक्नू, तर चलाउनै परे त्यसको औचित्य पुष्टि हुने गरी मात्रै चलाउनू' भन्ने उल्लेख थियो।

'प्रस्तावित नेपालको संविधान २०७२ मा समावेश गरिने सीमांकनका विषयलाई लिएर देशका विभिन्न भागमा असन्तुष्ट पक्षबाट गरिँदै आएको विरोध प्रदर्शन तथा अराजक गतिविधिबाट विषम् परिस्थिति उत्पन्न भई बल प्रयोग गर्नुपर्ने अवस्था आए प्रहरी जवानले लाठी र अ श्रुग्यास मात्र प्रयोग गर्न, जुनियर प्रहरी अधिकृतले हतियार प्रयोग गर्नुपर्ने अवस्था आए कमान्डरको प्रत्यक्ष निर्देशन र निगरानीमा भीड नियन्त्रणको सिद्धान्तअनुसार पुस्ट्याइँ हुने ढंगबाट बल प्रयोग गर्न गराउनू' महाशाखाबाट जारी सञ्चारको व्यहोरामा उल्लेख छ।

कार्य महाशाखाको यही सञ्चारका आधारमा क्षेत्रीय प्रहरी कार्यालय दिपायलले मातहतका कार्यालयमा निर्देशन दियो। त्यसको प्रभाव टीकापुर घटनामा देखियो। जहाँ एसएसपी न्यौपानेसहित प्रहरी निरीक्षकद्वय बलराम बिष्ट र केशव बोहरासँंगै आठजना प्रहरीले ज्यान गुमाए।


कार्यस्थलमा एसएसपीका अंगरक्षकले मात्रै हतियार बोकेका थिए । प्रहरी निरीक्षक बिष्ट र बोहोरा निःशस्त्र भीड नियन्त्रणमा लागि गएका थिए। महाशाखाबाट जारी सञ्चारमा औचित्य पुष्टि गर्ने प्रमाण संकलन गर्नुपर्ने प्रावधान बल प्रयोग गर्नुअगाडि र भइसकेपछिको प्रमाणका लागि तस्बिर र भिडियो खिचेर राख्नुपर्ने हुन्छ।

प्रहरीका एक उच्च अधिकारीले भने, 'सञ्चार कार्य महाशाखाको निर्देशन नै टीकापुरमा प्रहरीमाथि आक्रमण गर्न आक्रमणकारीका लागि शस्त्र बन्यो।'
कार्य विभागका प्रमुख एआईजी गणेश राई भन्छन्, 'भीड नियन्त्रणको सिद्धान्तअनुसार तल्लो दर्जाले लाठी, अ श्रुग्याँस बोक्ने हो।

हतियार जुनियर प्रहरी अधिकृतले मात्रै बोक्ने हो। अहिलेको आन्दोलन लडाइँ होइन। सुनियोजित र पूर्वतयारीअनुसार प्रहरीमाथि आक्रमण गरिएको थियो। प्रत्येक जवानसँँग अटोमेटिक बन्दुक बोक्नैपर्ने हामी सेना पनि होइनौं।'

सशस्त्र प्रहरीले हतियार नचलाएको प्रति इंगित गर्दै राईले भने, 'सशस्त्रका एसपीको गाडीमा प्रहरीका एसएसपी गएका थिए। हतियार चल्न कमान्डरको आदेश चाहिन्छ । सशस्त्रले किन हतियार चलाएन? त्यो खोजीको विषय हो।'

प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले ‘हतियारको प्रयोग जिम्मेवारी ढंगबाट गर्नु' भनिएको बताए। उनले यस्तो अवस्थामा सुरक्षा निकाय संयमित भएर समन्वयात्मक भूमिकामा चल्नुपर्ने औंल्याएका छन्।

सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी पुष्पराम केसीले टीकापुर घटनामा सशस्त्रले हतियार चलाए-नचलाएका बारेमा सरकारले बनाएको उच्चस्तरीय छानबिन समितिले पत्ता लगाउने जनाएका छन्।'टीकापुर सशस्त्रले हतियार नचलाएको भए प्रहरीतर्फ झन् क्षति हुने रिपोर्ट हामीलाई आएको छ। त्यो फिल्डमा गएर बुझ्दा हुन्छ', उनले भने।
/annapurnapost.com
आज वि.सं. २०७२ भाद्र १२ गते शनिबार तदनुसार ई. सं. २०१५ अगस्ट २९ तारिख,

आजको व्रत/पर्व : पूर्णिमा व्रत, ऋषि तर्पणी, रक्षा बन्धन, जनै पूर्णिमा, क्वाँटी खाने दिन, नेवारी पर्व ब्याँजानके गूँपुन्हि, हयग्रीवोत्पत्ति, कृष्ण प्रणामीले मनाउने श्री प्राणनाथ छत्रशाल मिलाप, मुक्तिनाथ यार्तोङ

श्रावण शुक्लपक्षको पूर्णिमा तिथि, दिउँसो १२:४४ बजेसम्म, त्यसपछि प्रतिपदा तिथि,
धनिष्ठा नक्षत्र, दिउँसो ०४:४८ बजेसम्म, त्यसपछि शतभिषा नक्षत्र,
चन्द्रमा कुम्भ राशिमा (अहोरात्र व्याप्त),
अतिगण्ड योग, बेलुका ०८:२५ बजेसम्म, त्यसपछि सुकर्मा योग,
विष्टि (भद्रा) करण, दिउँसो ०१:५१ बजेसम्म त्यसपछि बब करण,

काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान ०५:४० बजे र सूर्यास्त : साँझ ०६:२८ बजे

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
कामधन्धामा आफन्तको सहयोग, सल्लाह र सद्भावना प्राप्त हुने, अपूरा कार्य पूर्ण हुने, रोकिएका सरकारी काम सुल्झाउने समय, धार्मिक/आध्यात्मिक गतिविधिमा सहभागिता ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
सानातिना र झिनामसिना काममा तल्लीन हुनुपर्ने, कामबाट ढिलो सफलता, लाभ प्राप्त गर्न अनुभवीको राय लिनु पर्ने, खानपीनमा तलबितल, पेसा/व्यवसायमा मन्दी ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
लामो दूरीको यात्रामा निस्कन वा यातायातको साधन किन्न अनुकूल, धार्मिक/सामाजिक कार्यमा सक्रियता, आफन्तजनको उन्नति र प्रगतिको समाचार सुन्न पाउने ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
पुराना समस्या, चुनौती र सम्झनाका कारण तनाव झेल्नुपर्ने, सानातिना घरेलु समस्यामा अल्मलिएर दिन व्यतीत हुने, यात्राबाट नैराश्यता झेल्नुपर्ने, आवेगबाट बेफाइदा ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
सोच्दै नसोचेका कामहरू सजिलै सम्पन्न हुने, पराक्रम बढ्नुका साथै शरीर फुर्तिलो रहने, प्रेमसम्बन्ध र दाम्पत्य जीवन सुखमय रहने, साझेदारी वा पार्टनरसीपमा मुनाफा ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
प्रतिष्ठा प्राप्त हुने, बन्धुवान्धव र साथीभाइले सहयोग पुर्याउने, बिर्सिसकेको साथीसँग भेट हुने, पुख्र्यौली सम्पत्तिको विवादलाई निराकरण गर्ने दिन, सफलता हात पर्ने ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
आजको सोच र चिन्तनबाट फाइदा लिन सकिने, बौद्धिक, साहित्यिक र सिर्जनात्मक क्षेत्रमा समययापन हुन, सृजनात्मक सफलता मिल्ने, छोराछोरीको पढाइप्रति जिम्मेवारी बोध हुने ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
सुरुवातमा सामाजिक र परोपकारका क्षेत्र केही समय व्यतीत हुने, दिउँसोबाट असहज परिस्थिति सिर्जना हुने, खर्च वृद्धि हुने, प्रेम र प्रणयसम्बन्धमा तिक्तता आउने ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
परिवारका समस्या हल गर्ने वातावरण प्राप्त हुने, मेवामिष्ठान्न प्राप्त हुने, मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि, परोपकार र दानपुण्यका क्षेत्रमा मन जाने ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
डुब्न लागेको धन फिर्ता आउने, लामो समयदेखि रोकिएको काम बन्ने, बोलीमा मिठास, दिदीबहिनी र करकुटुम्बको साथ, विभिन्न सामाग्री किनमेलका लागि अनुकूल दिन ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
निराशा र खिन्नताको समाप्ति, दुःखसुख, आयव्यय, सफलता–असफलता उस्तैउस्तै, नयाँ व्यापार वा व्यवसायतर्फ आकर्षण, गरेको कामको अन्त्यमा सफलता ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

खर्चालु समय, चिताउँदै नचिताएको कुनै क्षेत्रमा खर्च बढ्ने, शरीरमा आलस्य र थकानको अनुभव, गरेका काममा साथसहयोग वा सद्भाव मिल्न कठिन, अशान्ति र छटपटी ।

भाद्र , २०७२

जनै पुर्णिमा

हिन्द धर्ममा जनैको विशेष स्थान छ तर अब यसका वैज्ञानिक कारणबारे पनि खोज अनुसन्धान गरिएको छ।हिन्दु धर्मालम्बीहरुमा ब्रतबन्ध सस्कार गरिसकेका पुरुषहरुले काधमा लगाउने गरेको धागोलाई जनै भनेर भन्ने गरिन्छ,देख्दा धागो जस्तो भएता पनि यसभित्र बैदिक बिधान अनुरुप प्रतिष्ठा गरेर शक्तिशाली बनाइएको हुन्छ,धागोमा बिभिन्न देवताहरुको आराधना गरेर अभिमंत्रण गरि सकेपछी त्यो जनै वा यज्ञोपवित बन्दछ।
शुध्द व्यक्तिले काटेको कपासको धागोलाई बिधान पुर्बक बाटेर छुट्टै किसिमले गाठो पारिएको हुन्छ,त्यस गाठोलाई शिखा भन्ने गरिन्छ,एउटा जनै वा यज्ञोपवितमा ३ डोरा हुन्छ, त्यो ३ दोरा भित्र पनि प्रत्यक डोरामा ९ वटा धागो हुन्छ जुन बेस्सरी बाटिएको हुदा सजिलै नदेखिन पनि सक्छ,यसलाई बिस्तारै केलाएर हेरेमा मात्र देखिन्छ,जसलाई तन्तु भनिन्छ,यसरि निर्माण गरिएको २ वटा जनै भए पछी १ जोर या न कि १ जनै बन्छ र त्यसलाई जनै पुर्णिमाको दिनमा बिधि पुर्बक अभिमंत्रण गरेर तन्तु देवता र शिखामा ब्रम्हा बिष्णु र महेश्वरको पूजा गरि ब्रम्ह सुत्र बनाइन्छ र धारण गरिन्छ, बिधिपूर्बक ब्रम्हसुत्र धारण गर्ने र ब्रम्ह कर्म गर्ने भएकोले पहिले देखिने ब्राह्मण भनेर नामकरण गरिएको हो ।


धार्मिक दृष्टिकोणबाट जनै धारण गर्नाले शरीर शुद्ध र पवित्र हुने मानिन्छ,जनै धारण गरेको व्यक्तिलाई कुनै पनि आसुरी शक्तिले आक्रमण गर्न सक्दैन। जुनसुकै धार्मिक कार्य गर्दा पनि पुरुषले जनै अनिबार्य धारण गरेको हुनु पर्दछ,बिना जनै गरिएको काम पुरा नहुने मात्र होइन बिपरित फल समेत दिन सक्ने हुन्छ। यसलाई हिन्दु धर्मको एउटा अनुशासनको कडी मान्न पनि सकिन्छ।

वैज्ञानिक दृष्टिबाट पनि जनै लगाउदा मानिस झनै स्वस्थ रहने पत्ता लागेको छ,यसले हृदय रोगको सम्भावनालाई कम गर्छ, चिकित्सा विज्ञानका अनुसार दाँया कानको नशा अण्डकोष र गुप्तेन्द्रिय सँग जोडिएको हुन्छ । पिसाब फेर्ने समयमा दाँया कानमा जनै राख्नाले शुक्रकिटको रक्षा हुनुको साथै बाया काधमा जनै राखेर सुतेमा नराम्रो सपना देख्ने समस्याबाट मुक्ति मिल्दछ भने निन्द्रामा भुत प्रेत आदि बाट हुने ऐठन आदिको भयबाट पनि मुक्ति मिल्छ । काधमा जनै लगाउनाले पेट सम्वन्धि रोग तथा रक्तचापको समस्याबाट बच्न सकिन्छ । यो पनि मानिन्छ कि शरीरको मध्यभागबाट पिठ्युमा जाने एक प्राकृतिक रेखाले विद्युत प्रवाहको काम गर्छ । यो रेखा दाँया काँधबाट कम्मरसम्म फैलिएको हुन्छ,त्यसैले जनै लगाउनाले विद्युत प्रवाह नियन्त्रित हुन्छ। जसको कारण काम-क्रोधमा नियन्त्रण राख्न सजिलो हुन्छ।
हिन्दु दर्शनअनुसार जनैलाई ब्रह्मसूत्र अर्थात ज्ञानको धागो पनि भनिन्छ। जनैका दुई शिखामध्ये एउटा शिखामा रहेका तीन डोरालाई ब्रह्मा, विष्णु र महेश्वर तथा अर्को शिखाको डोरालाई कर्म, उपासना र ज्ञानको प्रतिक मानिन्छ, सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी जोगाएका तथा वामन अवतार विष्णुले राजा बलिलाई डोरो बाँधी वचनबद्ध गराएर तीनै लोक लिएको धार्मिक किम्वदन्तीसँग पनि रक्षाबन्धनको सम्बन्ध जोडिएको छ। यसैगरी यस दिन तन,मन,बचन र भाब शुद्ध गरी देवता,मनुष्य, सप्तऋषि (कश्यप, अत्रि, भारद्वाज, गौतम, जमदग्नि, वशिष्ठ र विश्वामित्र) तथा पितृहरूको नाममा तिल, कुशसहित तर्पण गरिने भएकाले यस पर्वलाई ऋषितर्पणीका नामले पनि चिनिन्छ । ज्ञान र सफल जीवन मार्गको शिक्षा दिक्षा गर्ने ऋषीहरूको सम्मानमा ऋषि तर्पणी गरि अभिमन्त्रित जनै धारण गरेर धार्मिक तथा पवित्र कार्य सम्पादन गरिन्छ,यज्ञोपवित धारण बैदिक बिधान द्वारा सस्कारित द्विजहरुले गर्ने गर्दछन भने अन्य सबै नारि पुरुषले डोरो वा रक्षाबन्धन धारण गर्ने गर्दछन,रक्षा बन्धनको धारणले व्यक्तिलाई बिबिध किसिमका अफ्ठ्यारो परेको बेलामा पनि रक्षा गर्नेछ भन्ने धार्मिक मान्यता र किम्बदन्तीहरु पाइन्छन। रक्षाबन्धन अभिमंत्रित गरेर बाध्ने बेलामा पढिने मन्त्र यस प्रकार छ।


येनबद्धो बलिराजा दानवेन्द्रो महाबल।
तेनत्वं प्रतिवध्नामी रक्षेमा चलमा चल।।
नेपालि भाषामा
“सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी अत्यन्त बलशाली दानवराज बलि बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन,विचलित नहोऊ”
जनैमा प्रयुक्त हुने डोराग्रन्थ र शिखाले ज्ञान र जीवनबारे सही मार्गमा लैजान सहयोग गर्छन। यी कर्महरू गर्ने व्यक्ति, देवऋण, ऋषीऋण (मनुष्य ऋण) र पितृऋणबाट मुक्त हुने धार्मिक विश्वास छ। दानवी शक्तिबाट रक्षीत हुनका लागि आजै रक्षा बन्धन धारण गर्ने गरिन्छ। जनैपूणिर्माको दिन बांधिएको रक्षाबन्धन गाइतिहारका दिन गाईको पुच्छरमा बांधि दिएमा मृत्युपछि वैतरणी नदी पार हुने जन विश्वास छ ।

काठमाडौं उपत्यका र यसको प्रभाब परेका क्षेत्रमा बसोबास गर्ने नेवार समुदायमा भने यस पर्वलाई ‘गुन्हु पुन्ही’ भनी मास, भट्मास, मुूग, ठूलो केराउ, सानो केराउ, चना, सीमी, र बोडी गरी नौ प्रकारको गेडागुडी मिसाई पकाएको क्वाटी खाएर मनाउने गर्दछन् । यस दिन रसुवा जिल्लामा पर्ने लाङ्टाङ्ग हिमालयको काखमा रहेको गोसाईकुण्डमा ठूलो मेला लाग्दछ। साथै गोसाइकुण्डबाटै पानी आइराखेको जनविश्वास रहेको पाटनको कुम्भेश्वरमा पनि ठूलो मेला लाग्दछ।

रक्षाबन्धन धारणको बिषयमा शास्त्र र ब्यबहारमा केहि फरक मत देखिन्छ,शास्त्रको निर्णय अनुसार पुरुषले दाया हातमा र महिलाले बाया हातमा धारण गर्नु पर्दछ भनिएको छ,तर अहिले समानताको नाममा वा प्रसाद त दाया हातमा लगाउनु पर्दछ भन्ने मान्यता र यस्तै बिबिध मत मतान्तरको आधारमा सबैले दाया हातमा धारण गरेता पनि शास्त्रको निर्णय अबलम्बन गर्ने हो भने पुरुषले दाया र महिलाले बाया हातमा नै धारण गर्ने हो। केहि कारणले जनै पूर्णिमा मा अभिमंत्रण गर्न सकिएन जनै र रक्षा बन्धन धारण गर्न बिध्न पर्यो भने अनन्त चतुर्दशीको दिनमा पनि गर्न सकिन्छ ।हाम्रो धार्मिक कार्यहरु सबै ब्यबहारिक र बिज्ञान सम्मत छन् त्यसलाई हामीले बुझ्न र प्रयोग गर्न सक्नुपर्दछ।

भिडियो हेर्न तलको बाकस थिच्नुहोस

(एजेन्सी) शरीरमा रगत र सुगरको परिणामलाई नियन्त्रण गर्न स्वस्थ्य र ठीक खाना आवश्यक पर्छ । डायवेटिज नियन्त्रणका लागि आवश्यक १० उत्कृष्ट सागपात भने यस्ता छन् । डायवेटिजका बिरामीहरुले लिने तरकारीमा फिब्र, भिटामिन ए, पोटासियन, म्याग्नेसियन र क्याल्सियम पर्याप्त मात्रामा हुनु जरुरी छ ।


सिमी–गेडागुडी
गेडागुडीमा क्यालोरी कम हुन्छ । यसमा प्रोटिनको मात्रा बढी हुन्छ र फाइब्र, पोटासियम र म्याग्नेशियम धेरै हुन्छ ।
फ्याट– फ्रि डेरी
फ्याट नभएका दुग्ध उत्पादन पनि डायवेटिजका बिरामीका लागि राम्रो भोजन हो । दुग्ध उत्पादनमा भिटामिन डि धेरै हुन्छ । यसले हड्डी तथा दाँत समेत बलियो बनाउँछ ।
गहुँ
गहुँमा फाइबर धेरै हुन्छ । यसमा ओमेगा ३, फोलेट, म्याग्नेसियम, पोटासियम र कोरोमियम प्रशस्तै पाइन्छ ।
गोलभेडा
विभिन्न रोगसँग लड्नका लागि गोलभेडा महत्वपूर्ण मानिन्छ । आईरन, भिटामिन सी, ई र केका लागि गोलभेडा महत्वपूर्ण माध्यम हो ।
सखरखण्डा
यसमा भिटामिन एको मात्रा धेरै हुन्छ । त्यसैले यसको सेवन गर्दा राम्रो ।
बदाम
ओमेगा थ्रीको मात्र बढी हुन्छ । आवश्यक फ्याट यसले प्रदान गर्छ र मुटुका लागि समेत यो राम्रो हुन्छ ।
हरियो सागपात
इन्सुलिन घटाउन यसले महत्वपूर्ण भूमिका खेल्छ । यसमा पोटासियम बढी हुन्छ र क्यालोरी कम हुन्छ । आईरनका लागि यो महत्वपूर्ण मानिन्छ । ब्रोकाउली, पालुङगो र बन्दा डायवेटिजका बिरामीका लागि उपयुक्त हुन्छ ।
बेल पेपर
यसमा भिटामिन ए र सि, पोटासियम, क्यान्सियम र फ्राइब्रको मात्रा बढी हुन्छ ।
च्याउ
च्याउमा चिनीको मात्रा हुदैँन । यसमा भिटामिन डि हुन्छ । यो चिल्लो समेत हुदैँन र यसले कोलेस्टोरोल घटाउन चाहनेका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्छ ।
भन्टा
यसले डायवेटिजको संभावना घटाउँछ । त्यस्तै कोलेस्टेरोल हटाउन समेत यो महत्वपूर्ण मानिन्छ ।

भिडियो हेर्न तलको बाकस थिच्नुहोस

११ भदौ, भियाना ।

आप्रवासीहरु रहेको भनिएको एक ट्रकमा अष्ट्रियामा कम्तीमा पनि ७० वटा शव भेटिएको बताइएको छ । प्राप्त समाचारअनुसार सुरुमा उक्त ट्रकमा आप्रवासीका २० देखि ३० वटा मात्र शव रहेको अनुमान गरिएको थियो ।

तर पनि शुक्रबार बिहान त्यसमा रहेका शवको सङ्ख्या ७० रहेको पाइएको छ । अष्ट्रियाको एक मोटरबाटोमा उक्त ट्रक पाइएको थियो ।



अष्ट्रियाको सरकारले शुक्रबार बिहान दिएको जानकारीअनुसार राजमार्गमा अलपत्र छोडिएको सो ट्रकमा ती शव भेटिएका हुन् ।

अष्ट्रियाको गृहमन्त्रालयका प्रवक्ता अलेक्जेण्डर मार्काभित्सले सो सङ्ख्याको पुष्टि गर्नुभएको हो । उहाँले एएफपीका समाचारदातालाई दिएको समाचारअनुसार उक्त ट्रकमा ७० वटा शव रहेका छन् ।
ती आप्रवासीको पहिचानका बारेमा कुनै पनि समाचार दिइएको छैन । उनीहरुको देश एवम् लिङ्गका बारेमा पनि कुनै नबताइएको समाचारमा उल्लेख गरिएको छ ।

तर शुक्रबारै अष्ट्रियाको गृह मन्त्रालयले पत्रकार सम्मेलनको आयोजना गरेकोले सो विषयमा सूचना उपलब्ध गराउने अपेक्षा गरिएको छ ।

उक्त क्षेत्र हङ्गेरीको सीमा नजिकै रहेकोले हङ्गेरी र अष्ट्रियाको प्रहरीले सामुहिक रुपमा अनुसन्धान जारी राखेका छन् ।

उता जर्मन चान्सलर एन्जेला मार्केल अष्ट्रियामा रहनुभएको छ । उहाँले आप्रवासी एवम् शरणार्थीहरुको कानुन निर्माणका लागि पहल गरिरहेका बेला आप्रवासीहरुको यो समस्या आएको छ ।

मार्केलले यो घटनाबाट पाठ सिकेर आप्रवासीहरुको कानुन निर्माण र उनीहरुको व्यवस्थापनका लागि गम्भीर रहन सबैसँग आग्रह पनि गर्नुभएको छ । भिडियो हेर्न तलको बाकस थिच्नुहोस
काठमाडौँ, भदौ ११ । टिकापुर घटनापछि केही शान्त देखिएका थरुहट र थारुवान संयुक्त संघर्ष समितिका कार्यकर्ताले प्रधानमन्त्री सुशिल कोइरालाई पत्र काटेरै वार्ताको वातावरण बनाउन माग गरेका छन् ।

सरकारले वार्ताका लागि पत्र पठाएको भन्दै आफुहरुले प्रधानमन्त्रीलाई बार्ताको वातावरण बनाउन पत्र तयार पारेको र छिट्टै वार्तामा बस्ने वातावरण बनाउन समेत आग्रह गरेको समितीले जनाएको छ ।


मधेशी जनाधिकार फोरम लोकतान्त्रिकका महासचिव रामजनम चौधरीले मधेशमा जारी कर्फ्यू फिर्ता लिनुपर्ने, दंगाग्रस्त क्षेत्र हटाउनुपर्ने, आन्दोलनकारीमाथिको धरपकड रोक्नुपर्ने, झुटा मुद्दा फिर्ता लिनुपर्ने लगायत आफ्ना माग सरकारले पुरा गर्नेपर्ने विकल्प राखे ।

गत सोमबार कैलालीमा एसएसपी लक्ष्मण न्यौपानेसहित ७ जना सुरक्षाकर्मी, १ नावालक मारिएपछि सरकारले तराईका जिल्लाहरुमा दंगाग्रस्त क्षेत्र घोषणा गर्दै कफ्र्यू पनी जारी राखेको छ । तर आन्दोलनकारीले पनि कुनै न कुनै रुपमा आफ्नो प्रर्दशनलाई निरन्तरता दिएका छन् ।
etajakhabar भिडियो हेर्न तलको बाकस थिच्नुहोस
भाद्र ११, २०७२- अदालतको कठघरामा उभ्याइदासम्म उनी निकै डराएकी थिइन् । होचो कद र पातलो शरीरकी उनको अनुहारलाई बुर्काले ढाकेको थियो । आँखा मात्रै देखिन्थ्यो । न्यायाधीशले बयान लिन अनुमति दिएपछि दोभाषे बाराका केदारनाथ खरेल अगाडि गएर उभिए ।
'तिमीलाई बलात्कार भयो भनेर प्रहरीले मुद्दा दायर गरेको छ,' कुबेती वकिलले भनेपछि अरबी भाषालाई नेपालीमा अनुवाद गर्दे खरेलले उनलाई प्रश्न गरे, 'बलात्कार कसरी हुन गयो ?'
२७ बर्षीया युवतीले तुरुन्तै जवाफ दिइन् । जब उनले जवाफ दिन थालिन् उनका आँखाबाट आँशुका ढिक्का खस्न थाले । अदालतभरी उनको सुँक्क सुँक्क आवाजमात्रै सुनियो । टाउको छोपेको सलले उनले आँखा र मुख छोप्न थालिन् । तर, पीडालाई लुकाउन सकिनन् । उनको रुवाईको आवाज झन् बढ्यो । उनको रुवाईले अदालत स्तब्ध भयो ।
केहीबेरका लागि अदालती सुनुवाई पनि प्रभावित भयो । न्यायाधीशदेखि अन्य उपस्थित ब्यक्तिहरु स्तब्ध थिए । निकैबेर अदालतमा उनको सुक्क सुक्क मात्रै सुनियो । बाँकी अदालत मौन रह्यो । मौनता चिर्दै फेरि खरेल बोले, 'बहिनी डराउनु पर्दैन । तिम्रो साथमा हामी छौं । साँचो कुरा बताइदेऊ ।'

उनले आँशु पुछिन् । 'दिनभरिको कामले थाकेर चल्न पनि नसक्ने भएर म सुतिरहेको थिएँ,' बल्ल उनको ओठ चल्यो, 'केही गहुँगो बस्तु आएर थिचेजस्तो लाग्यो ।' त्यो गहु्रङगो वस्तु उनले काम गर्ने घरको मालिक्निको छोरा थियो । 'म चिच्याउन खोजें, उसले मेरो घाँटी थिच्यो,' यति भनेर उनी फेरि रोइन् । उसले उनलाई कराए मारिदिने धम्की दियो । 'म ऊसामु आत्मसमपर्ण गर्न बाध्य भएँ,' उनले भनिन् ।

खरेलले उनको बयानलाई जस्ताको तस्तै अरबीमा न्यायाधीश सामु बताइदिए । उनलाई पटकपटक ज्यान मार्ने धम्की दिएर बलत्कार गरिएको थियो । दुई तले घरको छतमा उनको कोठा थियो । कोठामा चुकुल थिएन । मालिक्नीका अरु पनि छोरा थिए । केही पहिले अर्को छोराले पनि उनको कोठामा छिर्ने प्रयास गरेको थियो । त्यतिबेला मालिक्नीले थाहा पाएर छोरालाई गाली गर्दै लगेकी थिइन् ।

घरेलु कामदारका रुपमा सात महिना अघि मात्रै उनी कुबेत आइपुगेकी थिइन् । श्रीमानले दोश्रो बिबाह गरेपछि दुई छोराछोरीलाई पाल्न उनी हाउसमेड बनेकी थिइन् । त्यस घरमा आठ भाई छोरा, एक छोरी र बुढाबुढी थिए । बलात्कार हुनेबित्तिकै प्रहरीमा उनको मुद्दा दर्ता भएको थिएन । बिरामी भएर परिक्षण गर्न जाँदा गर्भवती भएपछि अस्पताल प्रशासनले प्रहरीको जिम्मा लगाएको थियो । त्यही उनले प्रहरीलाई आफ्नो बलत्कार भएको बताएकी थिइन् ।
तीन दिनसम्म सुनुवाई भएपछि अदालतले सुनुवाईको अर्को तारिख दिएको छ । बलात्कृत नेपाली युवतीलाई प्रहरीको जिम्मा लगाइएको छ । बलत्कारी कुबेती युवालाई अनुसन्धानको लागि प्रहरीले थुनेको छ ।
कुबेतस्थित नेपाली दुताबासले कुबेत प्रहरीले नै मुद्दा हेरेकोले पीडित आफुहरुको सम्र्पकमा नआएको जनाएको छ । 'थप बुझेर पीडितलाई न्याय दिलाउने काम हामी गर्नेछौं,' कुबेतका लागि नेपाली राजदुत यज्ञबहादुर हमालले भने ।antipur.ekantipur.com
देउवाको प्रश्‍न : यस्तो झुट बोल्ने बाबुराम कसरी डाक्टर भए ?
काठमाडौँ : कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले थारु र पहाडीका बीचमा मेलमिलाप हुन नदिने तत्व सक्रिय रहेकाले सचेत हुन आग्रह गरेका छन्।


सिन्धुपाल्चोक कांग्रेसले शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले भने,“थारु र पहाडी आपसमा मिलेर बस्दै आएका छन्। तर अहिले फुट ल्याउने तत्व सक्रिय भएका छन्।' उनले थारु–पहाडी–जनजातिलगायतका समुदाय मिलेर नबसे नेपालको अस्तित्व नै खतरामा पर्ने भएकाले आपसी सद्भाव कायम गरी फरक मत शान्तिपूर्ण रुपमा राखिनुपर्ने बताए।


उनले सम्वाद समितिका सभापति बाबुराम भट्टराईले आफूलाई थारु विरोधी नेताको भनेकोमा कडा आपत्ति जनाए। उनले भने, को हो त्यो बाबुराम मलाई थारु विरोधी भन्ने। यस्ता झुटा कुरा गर्ने। देउवा आक्राशित हुँदै भने, यस्ता झुटो बोल्ने बाबुराम कसरी डाक्टर भए, उनले कसरी पिएचडी गरे ?

देउवाले आफू कहिल्यै पनि थारु विरोधी हुन नसक्ने बताउँदै भने, जो व्यक्ति कमैया मुक्ति र थारु अधिकारका लागि सधै लडिरह्यो, उ कसरी थारु विरोधी हुनसक्छ ? उनले थारु समुदायको अधिकार अवसर र सम्मानका लागि आफू सधै लडिरहने बताएका थिए।

चार दलको शीर्ष बैठकमा कैलाली र कञ्चनपुरको एक इन्च जमिन थारुलाई नदिने भनेर देउवाले अडान राखेको भन्दै प्रचार गरिएपछि देउवा आक्रोशित भएका हुन्। बाबुराम भट्टराईले पनि देउवालाई लक्षित गर्दै सामाजिक सञ्जालमा केही सन्देश राखेका थिए।


कांग्रेस नेता गोपालमान श्रेष्ठले आपसी मेलमिलाप र सद्भाव कायम गरेर जतिसक्दो छिटो संविधान जारी गरिनुपर्नेमा जोड दिए। कार्यक्रममा सिँचाइमन्त्री नारायणप्रकाश साउदले हिमाल, पहाड र तराईका नेपाली आपसमा मिलेर बसेकामा भेद ल्याउने समूहका पछाडि नलाग्न आह्वान गर्दै संविधान जारी हुने तयारी अन्तिम चरणमा पुगेका बेला संविधान ल्याउनै नदिन जातीय विद्वेष फैल्याउने समूह सक्रिय भएकाले सचेत हुनुपर्ने बताए।

सभासद् एवम् काँग्रेस सिन्धुपाल्चोकका सभापति मोहनबहादुर बस्नेतले भूकम्पले चिरा परेको पार्टी केन्द्रीय कार्यालय पुनःनिर्माणका लागि जिल्ला कार्यसमितिकातर्फबाट रु पाँच लाख दिने घोषणा गरेका छन्।
annapurnapost.com
भूकम्पमा बाँचेका दम्पतीलाई पहिरोले लग्यो
त्रिशूली (नुवाकोट) : ‘हुने हार दैव नटार’ भने झैं कहिलेकाहीँ आउने विपत्तिले जीवनभरका लागि नमेटिने घाउ छाडेर जान्छन् । जो कसैको इच्छा हुन्छ, त्यस्तो विपत्ति नआइदेओस्, दैवले टारेर लैजाओस् ।

तर मान्छेले चालेजस्तो कहाँ हुन्छ र ? लेखन्तले लेखेको कुरा कहिल्यै मेटिन्न, पुरा भएरै छाड्छ । शुक्रबार विहान साढे एक बजे नुवाकोटको दुर्गम गोस्र्याङ गाविसका कलिला नानीबाबुलाई जीवनभर नभुल्ने पीडा बोकेर आयो ।

बिहानीपखको निद्रामा बिलिन भइरहेका बेला धर्ती नै कपाउँदै झरेको पहिरो बालक सुमन तामाङ र उनका भाइबहिनीका लागि जीवनभरको पीडाको कारण बन्यो ।

राति उनी मस्त निदाइरहेको थिए, भूकम्प आएजसरी उनी सुतेको खाट र जमिन हल्लियो । जमिन हल्लिएपछि उनी तत्कालै ब्युँझिए । आँखा खोलेर हेर्दा चारैतिर अध्याँरो, क्षणभरमै हिलोमाटोकोे गन्ध फैलियो । बत्ती गएका बेला गर्जिरहेको आकाशसँगै चम्किएको बिजुलीको उज्यालोमा चिह्याउँदा उनी सुतेको टहरोको चिनोबानो थिएन ।

पहिरोले पुरिसकेको टहरोबाट उनले आफू, भाइ र बहिनीलाई तानेर बचाउन सफल भए । तर, टहरोको पूर्वतर्फ भित्तामा सुतिरहेका बाबुआमालाई बचाउन सकेनन्, दैव पनि कति निष्ठुरी आफ्नै आँखा अगाडि बाबुआमालाई पहिरोले निल्यो ।

उठेर दौडँदै उनी ढोकामा पुग्दा ढोका पनि भाँचिइसकेको रहेछ । ढोकाबाट निस्केर भाग्न खोज्दा बहिनी मनिषा चिच्याइन् । बहिनीलाई लिएर भाग्न खोज्दा भाइ अशोक पनि चिच्याए । दुबै जनाको हातमा तानेर बाहिर लगे । जमिन अझै हल्लिरहेको थियो । त्यसपछि बुुवा सोमबहादुर र आमा फुुर्कुमायातर्फ नजर लगाए । बुवालाई त पहिरोले किचेर अघि नै प्राण लिइसकेछ, जीवनको भीख मागिरहेकी   आमालाई गुहार लगाउँदै ताने ।

भूकम्प गएका बेला त भागेर वाँचेका उनका बाबुआमा पहिरो पनि दिउँसो झरेको भए बुवाआमा पनि सँगै भाग्न सक्थे होलान् । छिमेकी भाइ ६ वर्षीय पूर्ण त अझै भेटिएकै छैन ।

‘पहिरो सम्झिँदा अहिले पनि मुटु हल्लिरहेको छ’, सुमनले त्रिशुली अस्पतालमा आएकाहरुसँग सुनाइरहेका छन्, ‘पढ्न पाए हुन्थ्यो । सँगै खेल्ने अर्का छिमेकी भाइ १२ वर्षीय केशव पनि बिते । भगवानले दया गरिदिएको भए हुने ।’

पहिरो झरेपछि गाउँका छिमेकी आए । आमालाई पानी खुवाए । ‘पानी खाँदाखाँदै मेरै काखमा संसारबाट विदा भइन्, मेरी आमा’, सुमनले रुँदै भने, ‘मलाई र भाइ बहिनीलाई अब कसले पाल्छ ?’

ज्याला मजदुरीबाट सातजनाको परिवार पाल्दै आएका सोमवहादुर र श्रीमती फुर्कुमायाको पहिरोमा परेर  मृत्यु भएपछि टुहुरा भएका बालक सुमनको त्रिशुली अस्पतालमा उपचार भइरहेको छ ।

दिदी अस्मिता पनि पहिरोमा परेर घाइते भएकी छिन् । उनको विवाह भइसकेको छ । उनीसँगै उनको परिवारमा दुई भाइ र दुई बहिनी घाइते भएका छन् । अब परिवारको बोझ अस्मिता र भाइ सुुमनको काँधमा आएको छ । अस्मिताले गाउँकै चौतारीडाँडामा रहेको चक्रेदेवी प्राबिबाट पांँच कक्षा पढेपछि तुलवहादुरसँग विवाह गरेकी थिइन् ।

तुलबहादुर तीन वर्षदेखि मलेसियामा रोजगारीमा रहेका छन् । सुमन घरदेखि आधा घण्टा दुरीको शंखादेवी उच्च माविमा अध्ययन गर्दै यस वर्ष टेष्ट परिक्षाको तयारी गर्दै थिए । अब उनी आफु, भाइ र बहिनीको पढाईको चिन्तामा परेका छन् ।

भाइ अशोक र बहिनी सञ्जुमाया गाउँकै चक्रेदेवी प्राविको कक्षा २ तथा अर्की बहिनी मनिषा कक्षा ५ मा अध्ययनरत छिन् । गम्भीर घाइते सञ्जुमायासहित उनका छिमेकी सुन्दरबहादुरलाई सेनाको हेलिकप्टरवाट शुक्रबारै काठमाडौ लगियो ।

‘बहिनीको  अवस्था गाह्रो थियो, सुधार भएको छ भन्ने सुनेको छु’, नुवाकोट जिल्ला अस्पताल त्रिशूलीको आकस्मिक कक्षमा उपचार गराइरहेका सुमनका आँखा रसाइसकेका थिए ।

अविरल वर्षातसँगै आएको पहिरोले घर पुरिँदा नुवाकोटको दुई छुट्टाछुट्टै स्थानमा तीन महिलासहित पाँच जनाको मृत्यु भएको छ । एकजना वेपत्ता छन् भने ६ जना घाइते भएका छन् । जसमध्ये तीनजनाको अवस्था गम्भीर रहेको छ ।

सदरमुकाम विदुरदेखि २५ किलोमिटर पश्चिममा रहेको गोस्र्याङ गाविस–२ स्थित काप्रेको तामाङबस्ती सिरान टोलमा रहेको उनीहरुको र छिमेकी घर पहिरोले पुर्‍यो । सुमनले आफु, भाइ र बहिनीलाई बचाएर गुहार मागे । छिमेकीहरु आए, घाइते आमा र दिदीलाई निकाले तर आमाको भने १५ मिनेटपछि मृत्यु भयो ।

‘पहिरोमा बाबुआमा एकैसाथ गुमायौं, बेसहारा बन्यौं’, उनले भने, ‘हामीलाई अब सरकारले बस्ने र पढ्ने व्यवस्था गरिदिए गुण लाग्ने थियो । मेरो, भाइ र बहिनीहरुको पढाई नबिग्रिए राम्रो हुन्थ्यो ।’

उनले अस्पतालमा पुगेकी जिल्ला वाल कल्याण संघ नुवाकोटकी वाल कल्याण अधिकारी अनीता थापासँग सहयोगको हात पसरेका छन् । थापाले बालकका आफन्त र उनीहरुको आवश्यकता अनुसार सकेको सहयोग गरिने बताइन् ।
www.annapurnapost.com

महोत्तरी, सप्तरी, भदौ ११ । महोत्तरी सदरमुकाम जलेश्वरमा शुक्रबार युवाहरुले खबरदारी जुलुस निकालेका छन ।
नगरपालिका चोकबाट सुरु भएको जुलुस नगरको विभिन्न भागमा परिक्रममा गर्दै दुर्गाचोकमा पुगेर कोणसभामा पारिणत भएको हो ।
जुलुसमा सहभागी युवाहरुले मधेसीको माग पूरा गर, मधेसी एकता जिन्दावादसहितका नारा लगाएका थिए ।

उता, संयुक्त मधेसी मोर्चाको अगुवाइमा सप्तरीको राजविराजमा शुक्रबार लठ्ठी जुलुस प्रदर्शन गरिएको छ ।

स्थानिय शिव मन्दिरको प्रांगणबाट निस्केको लठ्ठी जुलुसले नगरको विभिन्न भाग परिक्रमा गरी स्थानीय दशन चौकमा कोणसभा गरिएको थियो ।

कोणसभामा बोल्दै नेताहरुले स्वायत मधेस प्रदेशको घोषणा नभएसम्म आन्दोलन नरोकिन बताए ।

भिडियो हेर्न तलको बाकस थिच्नुहोस
चलचित्र 'कान्छी'को गीतमा भनिएको छ, 'परदेशीसँग बिर्सेर पनि पिरती लाउनु हुँदैन'। केही कलाकारले परदेसिएका नेपालीसँग पिरती लाए भने केहीले विदेशीसँगै पिरती गाँसेर घरजम गरेका छन्।

निजी क्षेत्रबाट बनेको नेपालको पहिलो चलचित्र 'माइतीघर'का अभिनेता सीपी लोहनीबाटै परदेशीसँग पिरती लाएर घरजम गर्ने चलन सुरु भएको हो। यसपछि चलचित्र 'कुमारी' की नायिका चैत्यदेवीले पनि विदेशीसँग विवाह गरिन्।


पछिल्लो पुस्ताका कलाकारमा पनि विदेशीसँग विवाह गर्ने धेरै छन्। अभिनेत्री कृष्टि मैनाली, पूजा चन्द, सारंगा श्रेष्ठ, सज्जा मैनाली, रेजिना उप्रेती, जल शाहलगायतका अभिनेत्रीले परदेसिएका नेपालीसँग विवाह गरेर परदेशमै घरजम गरेका छन्।


अभिनेता तथा निर्देशक आकाश अधिकारीले विदेशी महिलासँग विवाह गरेर पनि नेपालमै स्थापित छन् । केही अभिनेत्री विदेशी नागरिकसँग विवाह गरेर त्यतै लागेका छन्।

सीपी लोहनी र माला सिन्हा
नेपाली चलचित्र इतिहासको प्रारम्भिक कालखण्डको चलचित्र हो 'माइतीघर'। भारतकी चर्चित अभिनेत्री माला सिन्हा चलचित्रकी नायिका थिइन्। चलचित्रका नायक थिए सीपी (चिदम्बरप्रसाद) लोहनी।

माइतीघरमा अभिनय गर्न आएकी मालाले सीपीसँग विवाह गरेर नेपाललाई 'ससुराल' बनाइन्। माइतीघर प्रदर्शन भएको दुई वर्षमा उनीहरूको विवाह भयो।

विवाहपछि पनि मालाले भारतीय चलचित्रमा आफ्नो अभिनय यात्रालाई निरन्तरता दिइरहिन् भने सीपीले आफ्नो व्यवसायलाई। उनीहरूकी छोरी प्रतिभा सिन्हाले पनि केही भारतीय चलचित्रमा अभिनय गरेकी छन्। पछिल्लो समय यो जोडी मुम्बईमै बसोबास गरिरहेको छ।

झरना वज्राचार्य र राहुल अग्रवाल
कुनै समयकी चर्चित अभिनेत्री तथा पूर्वमिस नेपाल झरना बज्राचार्यले पनि विदेशीसँग विवाह गरेकी छन्। उनले भारतीय मूलका मलेसियन व्यवसायी राहुल अग्रवालसँग गत वर्ष विवाह गरेकी हुन्। झरनाका पति राहुल मलेसियामा रेस्टुरेन्ट व्यवसायमा छन्।

सन् १९९७ मा १६ वर्षकै उमेरमा मिस नेपालको उपाधि जितेकी झरना मिस वल्र्डमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने पहिलो नेपाली प्रतिस्पर्धी पनि हुन्। झरना र राहुलको भेट चलचित्र 'सेफ ल्यान्डिङ'को निर्माणका क्रममा भएको थियो।

राहुल यो चलचित्रका निर्माता हुन्। यसअघि बेलायती नागरिक करार हिलसँग उनको इन्गेजमेन्ट भएको थियो । पछि उनीहरूको ब्रेकअप भएपछि झरनाले राहुलसँग विवाह गरेकी हुन्।

विपना थापा र आशुतोष भारद्वाज
नेपाली रजतपटकी अर्की नायिका विपना थापा पनि विदेशीसँग विवाह गर्ने कलाकार हुन्। उनले २०६३ मा भारतीय नागरिक आशुतोष भारद्वाजसँग विवाह गरेपछि भारतकै मथुरामा बसोबास गर्दै आएकी छन्। विपनाले भारतको राजनीतिमा सक्रिय परिवारसँग नाता गाँसिन्।

उनका पति आशुतोष भारतीय राष्ट्रिय कांग्रेसका नेता हुन्। विपना र आशुतोषको भेट चलचित्र निर्माणकै क्रममा भएको हो । चलचित्र ‘वरमाला’का लगानीकर्तासमेत रहेका आशुतोषसँग नायिका विपना नजिकिइन् र प्रेमसम्बन्धपछि विवाह गरेकी हुन्।

हर्षिका श्रेष्ठ र प्रसुन झुनझुनवाला
म्युजिक भिडियो एवं विज्ञापन हुँदै चलचित्र क्षेत्रमा आएकी अभिनेत्री हर्षिका श्रेष्ठ अभिनयमार्फत आफ्नो पहिचान बनाउने तरखरमा थिइन्। केही चलचित्रमा अभिनय गरे पनि उनको नाममा सफल चलचित्र दरिन सकेको थिएन।

चलचित्र क्षेत्रमा संघर्षकै क्रममा उनले पनि गत जेठमा विदेशीसँगै विवाह गरेर नेपाललाई माइती बनाइन्। उनले कोलकाताका व्यवसायी प्रसुन झुनझुनवालासँग विवाह गरेकी हुन्।

भारतीय मारवाडी समुदायका झुनझुनवालासँग विवाह गरेकी हर्षिकाले विवाहपछि पनि नेपाली चलचित्रमा निरन्तरता दिने बताएकी छन् तर विवाहपछि उनका नयाँ प्रोजेक्ट सार्वजनिक भएका छैनन्।

आकाश अधिकारी र क्लाउडिया फाजिओ
विदेशी महिलालाई दुलहीका रूपमा भित्र्याउने अभिनेता तथा निर्देशक हुन्, आकाश अधिकारी। उनकी श्रीमती क्लाउडिया फाजिओ अधिकारी इटालियन हुन्।

१३ वर्षअघि चलचित्र 'दाग'को छायांकन गर्दा क्लाउडिया र आकाशको भेट भएको थियो। विश्व भाषा क्याम्पसमा अध्ययनरत क्लाउडियालाई चलचित्रको क्यामेरापछाडिको काममा रुचि थियो।

यसै क्रममा उनीहरू नजिकिए र केही समयपछि दुवै घरपरिवारको सल्लाहमा विवाहबन्धनमा बाँधिए। आकाश आफूहरूको विवाहलाई लभपछि एरेन्ज भन्न रुचाउँछन्।

नेपाली भाषा, रहनसहन र संस्कृतिमा भिजिसकेकी क्लाउडियाले अहिले आकाशलाई पारिवारिक र व्यावसायिक दुवै क्षेत्रमा साथ दिइरहेकी छन्।
www.annapurnapost.com
काठमाडौं : हिंसाग्रस्त क्षेत्रमा नेपाली सेनालार्इ परिचालन गर्ने सरकारी निर्णयविरुद्ध परेको रिटलार्इ सर्वोच्च अदालतले खारेज गरिदिएको छ ।

सरकारको निर्णय कानून सम्मत भएको निष्कर्श निकाल्दै सर्वोच्चले रिट खारेज गरेको हो । प्रधान न्यायाधीश कल्याण श्रेष्ठको इजलासले सेना खटाउने सरकारी निर्णयविरुद्ध कुनै सुनुवाइ गर्नु नपर्ने जनाउँदै रिट खारेज गरिदिएको हो ।

कैलाली लगायतका क्षेत्रलार्इ दंगाग्रस्त क्षेत्र घोषणा गरी सेना खटाउने निर्णय खारेजीको माग गर्दै सर्वोच्चमा बिहीबार रिट परेको थियो ।

सेना खटाउने सरकारी निर्णयप्रति राष्ट्रपति डा. रामवरण यादवले पनि असन्तुष्टी व्यक्त गरिरहेका बेला सर्वोच्चले यो निर्णय सुनाएको हो ।

सेना परिचाल गैह्र कानुनी भएको दाबी गर्दै अधिवक्ताहरु रोशन झा र यामकुमार योञ्जनले बिहीबार रिट दायर गरेका थिए । उनीहरुले प्रधानमन्त्री तथा मन्त्रि परिषद्को कार्यालय, नेपाली सेना र रक्षा मन्त्रालयलार्इ विपक्षी बनाउँदै रिट दायर गरेका थिए ।

राष्ट्रपति यादवले सेना परिचालन गर्ने सरकारी निर्णय गलत रहेको जनाउँदै प्रधानमन्त्री सुशील कोइरालासँग पनि असन्तुष्टी व्यक्त गरेका थिए ।

गत ७ गते कैलालीको टीकापुरमा थरुहटका कार्यकर्ताको आक्रमणमा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपाने र एक बालकसहित नौ जना मारिएपछि सरकारले दंगाग्रस्त क्षेत्रमा सेना खटाएको हो ।

सरकारले कैलाली, रौतहट र सर्लाहीसहितका जिल्लामा हिंसा भड्किन नदिन स्थानीय प्रशासन एेन वमोजिम जनपथ र सशस्त्र प्रहरीलार्इ सघाउने गरी सेना परिचालन गरेको थियो ।www.annapurnapost.comf
ताजाखबर, काठमाण्डौ। छायांकन सुरु हुँदा देखी नै दर्शकहरुको प्रतिक्षामा रहेको नेपाली चलचित्र ‘भैरव’लाई शुक्रबार बिहान देखी नै दर्शकहरुले साथ दिएका छन् । पहिलो शो हेर्न गोपिकृष्ण हलदेखी राजधानीका विभिन्न हलमा चाहारेका निखिलाई हलभित्र जान सम्म मुस्किल पर्‍यो ।


दर्शकहरुसँग चलचित्र हेर्न निखिलसहित चलचित्रका केहि कलाकारहरु राजधानीका विभिन्न हलहरुमा पुगेका थिए । भैरवको शुक्रबार बिहानको शो राजधानी देखी राजधानी बाहिर सबै हलहरुमा हाउसफुल रहेको बताईएको छ ।

निखिलको निर्माण, निर्देशन र अभिनयमा निर्माण भएको चलचित्र भैरवले तराईमा हुने विभिन्न विषयलाई गम्भिर तरिकाले उठाएको छ । भैरवमा निखिलको अलवा अनु शाह, मुरलीधर, जयकिसन बस्नेत, नागेन्द्र रिजाल, रविन सेनलगायतले अभिनय गरेका छन् ।

चलचित्रको छायाँकान नवराजकृष्ण थापाले गरेका छन् भने चलचित्रको द्वन्द्व निर्देशन हिमाल केसीले गरेका हुन । संगीतमा सुरेश अधिकारी, नृत्यमा रामजी लामिछानेको निर्देशन रहेको छ ।

भिडियो हेर्न तलको बाकस थिच्नुहोस
विराटनगर, ११ भदौ-थारु कल्याणकारिणीसभाका पूर्वअध्यक्ष राजकुमार लेखीले दाङदेखि कञ्चनपुरसम्म र बढीमा चुरे क्षेत्र मिलाएर थरुहट प्रदेश निर्माण हुनुपर्ने आफुहरुको माग रहेको बातएका छन् ।


थारु समाजद्वारा शुक्रबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा कुनै जाति, समुदाय, क्षेत्र र भूगोलको विरुद्ध नभई एकात्मक शासकविरुद्धको लडाइँ रहेको उल्लेख गरे ।

सरकारसँग वार्ता तत्काल हुन नसक्ने उल्लेख गर्दै उनले भने, ‘थुनामा रहेका थारुको रिहाइ, सेना परिचालन फिर्ता हुनुपर्ने, कफ्र्यु र निषेधाज्ञा हटाउनुपर्छ ।’ भिडियो हेर्न तलको बाकस थिच्नुहोस
मलेसिया । वैदेशिक रोजगारीका लागि मलेसिया पुगेकी एक नेपाली चेलीले आत्महत्या गरेकी छन् ।
१० महिना अगाडि रोजगारीका लागि मलेसिया पुगेकी पाँचथरको भारपा- ७ की २७ वर्षीय निलम पन्धाकले बुधबार बिहानै आफू बस्ने होस्टलको ट्वाइलेटमा आत्महत्या गरेकी हुन् । डोरीको पासो घाटीमा लगाइएको अवस्थामा उनी मृत भेटिएकी थिईन् । आत्महत्याको कारण खुल्न सकेको छैन् ।
निलम मलेसियाको मेरुमा रहेको टप ग्लोव कम्पनीमा कार्यरत निलमको शवलाई पोस्टमार्टमका लागि केलाङ अस्पताल लगिएको छ । पोस्टमार्टपछि शव नेपाल पठाइने नेपाली दूतावासले जनाएको छ । लिलमका श्रीमान र एक छोरा रहेका छन् ।
dainiknepal.com
सामान्य प्रशासन मन्त्रालयद्वारा भौतिक पूर्वाधार मन्त्रालयलाई पत्राचार

कपिल ज्ञवाली
११ भदौ, बुटवल । साउन २९ देखि भदौ २४ सम्मका लागि घरबिदा लिएर आन्दोलनमा होमिएका सडक डिभिजन कार्यालय बुटवलका इन्जिनियर धनीराम चौधरीलाई कारबाही हुने भएको छ ।


अनलाइनखबरको समाचार पछि सामान्य प्रशासन मन्त्रालयले उनलाई कारबाहीका लागि भौतिक पूर्वाधार मन्त्रालयलाई लिखित निर्देशन दिएको सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले बताएका छन् ।
हेर्नुस् समाचार : सरकारी अड्डामा घरविदा लिएर आन्दोलनको कमाण्डर
कानुनविपरीत राजनीतिक आन्दोलनमा सरिक हुँदै आएकाले चौधरीलाई कारबाही गर्न निर्देशन दिएको मन्त्रालयले जनाएको छ ।
‘बिहिबार पत्र नै पठाएर सत्य तथ्य बुझेर कारबाहीका निम्ति प्रकृया अघि बढाउन भनिएको छ,’ सामान्य प्रशासन मन्त्री लालबाबुका स्वकीय सचिव बसिम आलमले अनलाइनखबरसँग भने । उनले प्राविधिक कर्मचारी भौतिक योजनाले हेर्ने भएकाले उसैले कारवाही गर्ने जानकारी दिए ।
धनिराम चौधरीको हाजिरी रजिष्टर । भदौ महिना पूरै उनले विदा लिएका छन् ।
धनिराम चौधरीको हाजिरी रजिष्टर । भदौ महिना पूरै उनले विदा लिएका छन् ।
चौधरी करिब एक वर्षअघि थारू कल्याणकारी सभाको अध्यक्ष बनेका हुन् । उनी सरकारी काममा घरबिदा लिएर आन्दोलनको कमाण्डर बनेका थिए ।
सामान्य प्रशासन मन्त्रालयले निजामती सेवा ऐन विपरीत चौधरी थारू कल्याणकारी सभाको अध्यक्ष भइ थरुहट प्रदेशको माग गर्दै सरकार विरोधी आन्दोलनमा होमिएको प्रमाण भेटेपछि कारवाहीका लागि भौतिक पूर्वाधार मन्त्रालयलाई लिखित निर्देशन दिएको हो ।
उनी थारू सभासदहरूको मोर्चासहित ४ संगठनको संयुक्त आन्दोलन परिचालन समितिका संयोजक पनि हुन् ।

भिडियो हेर्न तलको बाकस थिच्नुहोस
काठमाडौं : उच्च माध्यमिक शिक्षा परिषद्ले गत बैशाखमा सञ्चालन गरेको १२ कक्षाको विज्ञान विषयको परीक्षाफल प्रकाशित गरेको छ ।

शुक्रबार प्रकाशित गरिएको नतिजाअनुसार नियमिततर्फ ७१.६३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । त्यसैगरी आंशिकतर्फ ४४.३० प्रतिशत विद्यार्थी उत्र्तीण भएका जानकारी उच्च माध्यमिक शिक्षा परिषद्ले दिएको छ ।
annapurnapost.com
'तीन दलले अरुलाई बाइपास गर्न खोजे '
काठमाडौं : राष्ट्रपति डा. रामवरण यादवले संविधान निर्माण प्रक्रियामा असन्तुष्ट भएका मधेस केन्द्रित तथा अन्य दलको नेताहरुसँग सामूहिक रुपमा छलफल गरेका छन् ।

बिहान १० बजेदेखि ११ बजेसम्म शितल निवासमा राष्ट्रपति यादवले संघीय समाजवादी फोरम नेपालका नेता अशोक राईलगायतका अन्सन्तुष्ट मधेसी तथा अन्य दलका नेताहरुसँग छलफल गरेका थिए। भेटमा असन्तुष्ट दलका नेताहरुले सेना परिचालन गर्ने निर्णय, संविधान निर्माण प्रक्रियालगायतका विषयमा आफ्ना भनाइ राखेका थिए ।


भेटमा सहभागी राईका अनुसार राष्ट्रपति सेना परिचालनको निर्णय गलत भएकोले आफूले सच्चाउन प्रधानमन्त्रीलाई भनिसकेको र त्रुटी भएकोमा प्रधानमन्त्रीले नै माफी मागेको बताएका थिए । राजनीतिक समस्याको समाधान राजनीतिक ढंगबाट खोजिनुपर्ने र यसमा सेनालाई मुछ्न नहुने भनाइ राष्ट्रपतिले राखेका थिए ।

संविधान निर्माण प्रक्रियामा असन्तुष्ट दलहरुलाई समेट्नका लागि आफूले सक्दो पहल गरिरहेको राष्ट्रपति यादवले बताएका थिए। राष्ट्रपतिले प्रधानमन्त्री तथा मुख्य दलका शीर्ष नेताहरुलाई थोरै ढिला भए पनि सबैलाई समेटेर संविधान ल्याउन सुझाव दिएको बताए। उनले तीन दलले मात्रै संविधान ल्याएर ठीक नहुने बताउँदै सबैलाई समेट्नुपर्ने धारणा राखेका थिए।

राष्ट्रपतिको भनाइ उधृत गर्दै राईले अन्नपूर्ण पोस्ट्सँग भने, 'तीन दलले अरुलाई बाइपास गर्न खोजेका छन् । यो ठीक हुँदैन । यसबारेमा मैले प्रधानमन्त्री र मुख्य दलका नेताहरुलाई भनिसेको छु ।'


राष्ट्रपतिसँगको भेटमा नेपाल सद्भावना पार्टीका उपेन्द्र महतो, तराई मधेस सद्भावना पार्टीका रामनरेश यादव, संघीय थारुवान पार्टीका भानु चौधरी, तमलोपाका गोविन्द चौधरी, संघीय लोकतान्त्रिक पार्टीका कुमार राई लगायत थिए ।
annapurnapost.com
प्युठान, ११ भदौ । जबरजस्ती करणी गरेको अभियोगमा प्युठान नगरपालिका–१५ दम्ति बस्ने २० बर्षीय विक्रम कुमाललाई प्रहरीले पक्राउ गरेको छ ।
कुमालले विहीबार सोही नगरपालिका–१४ खप्रिङखोला घर भई गुरीगाईमा रहेको माइती घरतर्फ जाँदै गरेकी २० बर्षीया महिलालाई प्युठान नगरपालिका–१६ कोलछाप्नामा जबरजस्ती करणी गरेको बताइएको छ ।
जबरजस्ती करणी गरी फरार रहेका कुमाललाई प्रहरी चौकी मरन्ठानाबाट खटिएको प्रहरी टोलीले चिउरीखोला भन्ने स्थानबाट पक्राउ गरेको हो । प्रहरीले पीडक तथा पीडित महिलाको स्वास्थ्य परिक्षणको लागि जिल्ला अस्पतालमा पठाउनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
dainiknepal.com
जोतिन बलियो बन, तिमीलाई मेरो शुभकामना’
काठमाडौं : रियल मड्रिडका पोर्चुगिज फुटबलर क्रिस्टियानो रोनाल्डोका विश्वभर करोडौं फ्यान रहेका छन् ।

मड्रिडबाट ७ नम्बर जर्सीमा मैदानमा उत्रने उनी र उनका क्लबले जितेको हेर्न चहाने फ्यानको नेपालमै पनि कमी छैन ।

आफ्नो फुटबल कलाले विश्वभरका फुटबल प्रेमीको मन र मुटुमा बस्न सफल उनी मैदान बाहिर पनि बेला बेला अनौठा काम गरेर चर्चामा आइरहन्छन् ।

सामाजिक काममा समेत उत्तिकै चाख राख्ने उनले गत वैशाखको भूकम्पपीडित नेपालीका लागि करोडौं डलर दिएको समाचारले विश्वभर हल्लीखल्ली भयो । तर, अन्त्यमा त्यो खबर झुठो सावित भयो ।


रोनाल्डो फेरि एक पटक नेपालसँग जोडिन पुगेका छन् । नेपालका एक भूकम्पपीडित बालकलाई आफूले हस्ताक्षर गरेको रियल मड्रिडबाट लाउने आफ्नो ७ नम्बरको टिसर्ट पठाएर उनी पुनः चर्चामा आएका हुन् ।

बनेपा नगरपालिका निवासी रोनाल्डोका फ्यान १३ वर्षीय जोतिनलाई उनले स्पेनबाट आफ्नो टिसर्ट पठाइदिएका हुन् । जतिनलार्इ टि-सर्ट ल्याइदिएर उनका प्रतिनिधि बनेपामै पुगेका थिए ।

रोनाल्डोले पठाइदिएको टिसर्टको प्याकेट आफ्ना सहपाठीहरुसँग खोल्दै जोतिन खुसी मुद्रामा देखिएका छन् । जोतिनले आफू कुशल फुटबल बन्न चाहेको बताउँदै भवष्यिमा रियल मड्रिडबाट खेल्ने इच्छा व्यक्त गरे ।

'मलार्इ क्रिस्टियानो रोनाल्डो मन पर्छ, रियल मड्रिडलार्इ पनि म उत्तिकै माया गर्छु,' जोतिने भने, 'एक दिन म मेरो मन पर्ने क्लब रियल मड्रिडबाट फुटबल खेल्न चाहन्छु किन कि म फुटबललार्इ माया गर्छु ।'

वैशाख १२ को भूकम्प आउँदा जोतिन बनेपामै फुटबल खेलिरहेका थिए । शनिबारको दिन फुटबल खेल्दाखेल्दै भूकम्पले हल्लाएपछि उनी केही बेर रोकिए । र, फेरि फुटबल खेल्न थाले ।


जोतिनको फुटबल मोहबारेमा फोटो पत्रकार ओमार हभाना र पोर्चुगलका पत्रकार मार्गिडा मोटाले थाहा पाएर यो खबर रोनाल्डोलाई सुनाइदिएका थिए ।

जोतिनको खबर दुबैजनाले रोनाल्डोका एजेन्ट जोर्जे मेन्डेसलाई सुनाइदिएपछि उनको पहलमा शुभकामनासहितका आफ्नो टिसर्ट रोनाल्डोले गत साता पठाइदिएका हुन् ।

‘जोतिन बलियो बन, तिमीलाई मेरो शुभकामना’, रोनाल्डोले जोतिनलाई पठाइदिएको टि–सर्टमा लेखेका छन् ।

एजेन्सीको सहयोगमा ज्ञानेन्द्र खड्का
annapurnapost.com
काठमाडौं । कुमार घैंटेको इन्काउन्टरपछि चर्चामा आएका एसएसपी सवेन्द्र खनालले टोले गुण्डाहरु डन नभएको भन्दै प्रहरी नै असली डन भएको बताएका छन् ।


आजको साप्ताहिकसँग कुराकानी गर्दै खनालले भनेका छन्, ‘डन भन्ने शब्द सकारात्मक रुपमा पनि बुझिन्छ, यस अर्थमा ती टोेले गुण्डालाई डन नभनेकै राम्रो ।
सकारात्मक रुपमा बुझ्ने हो भने समाजका डन हामी हौं, जसले विना स्वार्थ नागरिकको सुरक्षाको जिम्मेवारी लिएका हुन्छौं ।
होटल हस्पिटल, स्कूले, कलेज, ट्राभल र तरकारी बजारमा समेत जवर्जस्ती पैसा उठाउनेहरुाई डन भन्ने ? प्रहरी यस्ता गुण्डालाई तह लगाउन सक्षम छ तर, त्यसका लागि सबैको सहयोगचाँहि आवश्यक हुन्छ ।
ephilokhabar.blogspot भिडियो हेर्न तलको बाकस थिच्नुहोस
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Aug 24 (6)
  • Aug 23 (1)
  • Aug 19 (1)
  • Aug 18 (19)
  • Aug 17 (17)
  • Aug 16 (24)
  • Jan 24 (18)
  • Jan 23 (27)
  • Jan 22 (32)
  • Jan 21 (35)
  • Jan 20 (35)
  • Jan 19 (34)
  • Jan 18 (40)
  • Jan 17 (45)
  • Jan 16 (27)
  • Jan 15 (29)
  • Jan 14 (35)
  • Jan 13 (40)
  • Jan 12 (32)
  • Jan 11 (39)
  • Jan 10 (31)
  • Jan 09 (23)
  • Jan 08 (31)
  • Jan 07 (30)
  • Jan 06 (39)
  • Jan 05 (34)
  • Jan 04 (39)
  • Jan 03 (43)
  • Jan 02 (47)
  • Jan 01 (31)
  • Dec 31 (34)
  • Dec 30 (36)
  • Dec 29 (43)
  • Dec 28 (33)
  • Dec 27 (27)
  • Dec 26 (38)
  • Dec 25 (33)
  • Dec 24 (38)
  • Dec 23 (44)
  • Dec 22 (39)
  • Dec 21 (37)
  • Dec 20 (40)
  • Dec 19 (31)
  • Dec 18 (47)
  • Dec 17 (30)
  • Dec 16 (16)
  • Dec 15 (42)
  • Dec 14 (30)
  • Dec 13 (32)
  • Dec 12 (35)
  • Dec 11 (42)
  • Dec 10 (26)
  • Dec 09 (31)
  • Dec 08 (15)
  • Dec 07 (37)
  • Dec 06 (30)
  • Dec 05 (34)
  • Dec 04 (32)
  • Dec 03 (33)
  • Dec 02 (36)
  • Dec 01 (37)
  • Nov 30 (48)
  • Nov 29 (28)
  • Nov 28 (35)
  • Nov 27 (35)
  • Nov 26 (47)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (27)
  • Nov 22 (32)
  • Nov 21 (43)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (22)
  • Nov 17 (29)
  • Nov 16 (32)
  • Nov 15 (25)
  • Nov 14 (28)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (42)
  • Nov 09 (22)
  • Nov 08 (40)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (42)
  • Nov 01 (44)
  • Oct 31 (29)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (47)
  • Oct 27 (32)
  • Oct 26 (39)
  • Oct 25 (35)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (22)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (31)
  • Oct 02 (29)
  • Oct 01 (29)
  • Sep 30 (29)
  • Sep 29 (24)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (26)
  • Sep 25 (27)
  • Sep 24 (18)
  • Sep 23 (15)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (26)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (12)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (19)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (22)
  • Sep 07 (22)
  • Sep 06 (26)
  • Sep 05 (18)
  • Sep 04 (23)
  • Sep 03 (24)
  • Sep 02 (25)
  • Sep 01 (24)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (27)
  • Aug 28 (28)
  • Aug 27 (30)
  • Aug 26 (29)
  • Aug 25 (24)
  • Aug 24 (35)
  • Aug 23 (30)
  • Aug 22 (31)
  • Aug 21 (32)
  • Aug 20 (30)
  • Aug 19 (33)
  • Aug 18 (27)
  • Aug 17 (34)
  • Aug 16 (28)
  • Aug 15 (23)
  • Aug 14 (23)
  • Aug 13 (22)
  • Aug 12 (19)
  • Aug 11 (18)
  • Aug 10 (24)
  • Aug 09 (16)
  • Aug 08 (18)
  • Aug 07 (25)
  • Aug 06 (16)
  • Aug 05 (18)
  • Aug 04 (21)
  • Aug 03 (19)
  • Aug 02 (14)
  • Aug 01 (17)
  • Jul 31 (19)
  • Jul 30 (19)
  • Jul 29 (15)
  • Jul 28 (12)
  • Jul 25 (14)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home