• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
काठमाडौं, ५ कात्तिक । प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले नेपाल प्रहरीले परम्परागतदेखि मनाउँदै आएको बडादसैँ कार्यक्रमअन्तर्गत बडादसैँ २०७२ का अवसरमा प्रहरी प्रधान कार्यालय सशस्त्र प्रहरी गण नम्वर १ नक्सालमा मौलोमा पूजाअर्चना तथा सङकल्प पूजा गर्नुभएको छ ।
प्रहरी महानिरीक्षक अर्यालले आज (बिहीबार) बिहान मौलोमा पूजा विसर्जनका लागि राँगो तथा बोकाको सङ्कल्प पूजाअर्चना, मौलो पूजा र निसानमा पञ्जा छाप लगाउनुका साथै मौलो परिक्रमासमेत गरेको समाचार कक्षद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
महानिरीक्षक अर्यालले मौलोपूजाका अवसरमा विशेष कार्य गर्ने प्रहरी सहायक निरीक्षक भवानी चन्द र प्रहरी जवान जितेन्द्र खाँ थारुलाई पगरी तथा पुरस्कार प्रदान गर्नुभएको थियो ।
प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायब महानिरीक्षक, वरिष्ठ प्रहरी अधिकृतहरूलगायतका अधिकृत तथा जवानहरूको समेत उपस्थिति रहेको उक्त अवसरमा प्रहरी अधिकृत तथा जवानहरूबीच विजया दशमीको शुभकामना आदान प्रदानसमेत गरिएको थियो ।
dainiknepal.com


पाकिस्तान विश्वको पाँचौ बलियो परमाणु शक्ति बन्दै


न्यूकिलयर रिपोर्टमा उल्लेख भएअनुसार परमाणु हतियारबारेमा पाकिस्तानका विदेश सचिव एजाज चौधरीको वक्तब्यको भोलिपल्ट 'बुलेटिन अफ द एटमिक साइन्टिस्ट्स' को ताजा न्युक्लियर नोटबुकको रिपोर्टका अनुसार पाकिस्तानसँग ११० देखि १३० सम्म परमाणु हतियराको स्टक रहेको छ ।

सन् २०११ मा पाकिस्तानसँग ९० देखि ११० परमाणु हतियार रहेका थिए । रिपोर्टमा उल्लेख भएअनुसार सन् २०२५ सम्ममा पाकिस्तान विश्वकै पाँचौ शक्तिशाली परमाणुयुक्त देश बन्नेछ ।

रिपोर्टमा उल्लेख भए अनुसार पाकिस्तानले निरन्तर आफ्नो परमाणु हतियारको संख्यामा वृद्धि गर्दै लगेको छ । चर्चित न्युक्लियर विज्ञ ह्यान्स क्रिस्टेन्सन र रोबर्ट नरिसले आफ्नो रिपोर्टमा पनि पाकिस्तान छोटो दुरीका परमाणु मिसाइल बनाउने काममा जुटिरहेको छ ।

पाकिस्तानले भारतीय सेनाले कुनै पनि बेला गर्न सक्ने हमलाको जबाफी कारबाहीका क्रममा भारतमाथि हाबी हुने गरी परमाणु हतियार बनाइरहेको उनीहरुको रिपोर्टमा उल्लेख छ ।

टाइम्स अफ इन्डियाका अनुसार अमेरिकामा बिहीबार प्रकाशित हुन लागेको रिपोर्टमा पाकिस्तानको परमाणु हतियारको स्टकमा विवादास्पद नयाँ परमाणु सक्षम मिसाइलमा एनएएसआर (एचएटीए-९) पनि सामेल रहेको छ ।

यो एक एक छोटो दुरीको शक्तिशाली फ्यूल मिसाइल हो । जसले केबल ६० किलोमीटर (३७ माइल) सम्म क्षति गर्ने क्षमता राख्छ । यो मिसाइललार्इ भारतसँग युद्धको अवस्थामा प्रयोग गर्नका लागि बनाइएको हो ।

भारतीय सुरक्षा अधिकारीका अनुसार 'पाकिस्तान यी मिसाइलका प्रयोग भारतविरुद्ध छोटो समयको लडाइँमा हाबी हुनका लागि प्रयोग गर्न सक्नेछ ।

मंगलबार पाकिस्तानले पहिलो पटक घोषितरुपमै भनेको थियो, उसले भारतको हमलाको सामना गर्न छोटो परमाणु हतियार तयार गरेको छ ।

तर यी हतियारको प्रयोग पाकिस्तानको भूमिमा आतंकवाद विरोधी अभियानविरुद्ध प्रयोग गर्ने सम्भावना रहेको छैन ।

न्युक्लियर विज्ञ ह्यान्स क्रिस्टेन्सनले बताए अनुसार दुबै देशबीचमा आतंकवादविरुद्ध थालिने छोटो भन्दा छोटो युद्धले पनि ठूलो रुप लिन सक्ने अवस्था छ । यो लडाइँ अघि बढेर परमाणु हतियारसम्म पनि पुग्न सक्ने चिन्ता उनले जनाएका छन् ।


रिपोर्टमा जनाइए अनुसार परमाणु हतियार बनाउने दिशामा यदि पाकिस्तान यही गतिमा अघि बढ्यो भने सन् २०२५ सम्ममा पाकिस्तानसँग २२०‌-२५० सम्म परमाणु हतियारको स्टक जम्मा हुनेछ । यदि यसो भएमा पाकिस्तान परमाणु हतियारले युक्त विश्वको पाँचौ शक्तिशाली देश बन्ने करिब पक्कापक्की छ ।
 annapurnapost.com
धरान, ५ कार्तिक : गोविन्द बस्नेत – दशैको टिकाको माहोलमा रमाउनुपर्ने समयमा धरान २३ पानमाराका गाउबासीको भने दशैको रौनक नै हराएको छ । स्थानीय १९ बर्षीय नविन पौडेलको गएराति १२ बजेको समयमा आफ्नै साथी भारतको कोलकत्ता घर भएका र विगत १० बर्षदेखि सोही स्थानमा सुकुम्बासीमा घर बनाई बस्दै आएका विकास रायले सामान्य विवादकै कारण कत्ति प्रहार गरी हत्या गरेपछि अहिले गाउँ नै शोकमग्न बनेको हो ।

हत्यापश्चात पूरै गाउ शोकमग्न त छदैछ, दशैमा रमाइलो गर्ने सोच बोकेका परिवारका आफन्तहरु आफूले नसोचेको बज्रपात भएको महसुस गरेका छन् । हत्यामा संलग्न विकास रायलाई प्रहरीले पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको छ।

s (1) साभार श्रोत :-पूर्वेली न्युज

हत्या गरी फरार हुनलागेका रायलाई धरान प्रहरीले पक्राउ समेत गरेको छ । दशैको समयमा धरान उपमहानगरपालिकामा सुरक्षालाई मतबुत बनाउने हवला दिर्दै आएको धरान प्रहरीले उसले गरेको हवाला हवलामै सीमित भएको छ । प्रशासनले सुरक्षालाई मजबुत बनाएको भनेपनि मादक पदार्थ सेवन गरी होहल्ला गरेर हिड्नेको संख्यामा कुनै कमी भने आएको छैन ।
साविकको पाचकन्या गाविसका पूर्व अध्यक्ष रमेश बस्नेतले चाडवाडका समयमा यस्ता घट्नाले पश्रय पाउदै गरेको बताउनुभयो । उहाले यसभन्दा अगाडि २०५८ सालमा पनि दुई जनाको यस्तै प्रश्रयको हत्या भएको भन्दै अन्य समयमाभन्दा चाडपर्वका समयमा सुरक्षालाई मतबुत बनाउने आवश्यकता भइसकेको बताउनुभयो ।

यता इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी सुदमकुमार सिजापतिले चाडपर्वको समयमा यस्ताघट्नामा बढावा हुने गरेपनि प्रहरीले सक्रियता बढाउदा बढाउदै पनि एकआद्य यस्ता घट्ना घट्ने गरेको बताउनुभयो । उहाले प्रहरीले सक्रियता बढाएकै कारण हत्यामा संलग्नलाई पक्राउ गर्न सफल भएको दाबी गर्नुभयो । पक्राउ परेका रायको सम्बन्धमा थप अनुसन्धान भइरहेको समेत उहाले जानकारी दिनुभयो ।

www.etajakhabar.com


काठमाडौं: दसैंका बेला एकैपटक धेरै मासु खानाले मुटु कमजोर हुँदै जाने र अन्य दीर्घरोगले पनि च्याप्दै जाने भन्दै चिकित्सकले सकेसम्म कम र ताजा मासु खान सुझाव दिएका छन्।

एकैपटक पकाएको मासु बासी राखेर धेरै खाएमा ततकाल फुड प्वाइजन, झाडापखाला, हैजा हुन सक्ने र बिस्तारै मुटुजस्ता संवेदनशील अंगमा हानि गर्ने चिकित्सकको भनाइ छ।‘दसैं भन्नेबित्तिकै धेरै मासु र रक्सी खाएर रमाइलो गर्ने चलन छ, तर एकैछिनको रमाइलोले निरोगी जीवन रोगीमा परिणत हुन धेरै बेर लाग्दैन,' थापाथलीस्थित नर्भिक इन्टरनेसल हस्पिटलका मुटुरोग विशेषज्ञ डा. भारत रावतले अन्नपूर्णसँग भने, 'दसैंका बेला अधिकांशको घरमा मासुका विभिन्न परिवार बनाई खाइरहने चलन छ।


फलफूल या तरकारी भए पनि घरमा आउने पाहुनालाई समेत मासुकै परिकार खान कर गरिन्छ। मासुले रोगमात्र निम्त्याउँछ।' उनले दसैंका बेला कम मासु खरिद गर्न र खान सुझाव दिए।

मधेस आन्दोलनका कारण उपत्यकामा आवश्यकताअनुसार खसीबोका ल्याउन नसकिएकाले दसैंमा बासी मासु बिक्री गर्ने सम्भावना धेरै रहेको भन्दै त्यसप्रति सचेत रहन पनि चिकित्सकले आग्रह गरेका छन्। झिँगा भन्किरहेको मासुपसलबाट मासु खरिद गरी खाँदा त्यसले पनि रोग निम्त्याउने उनीहरूको भनाइ छ।


‘यसपटक बासी मासु बिक्री हुने धेरै सम्भानवा छ। बासी मासुले स्वास्थ्यमा नराम्रो असर पर्छ,' वीर अस्पतालका पेट रोग विशेषज्ञ डा. भूपेन्द्र बस्नेतले भने, ‘त्यसैले ताजा र सफा मासु र स्वच्छ खानेकुरामै जोड दिनुपर्छ।' अत्यावश्यक पौष्टिक तत्वका रूपमा मासुलाई लिने गरे पनि पछिल्लो समय स्वस्थकर मासु बिक्री हुन छाडेकाले यसको प्रयोगमा पनि त्यत्तिकै ध्यान दिनुपर्ने चिकित्सक बताउँछन्।

दसैंका बेला हतारमा काँचो मासुसमेत खाने चलन छन। काँचो मासु खाँदा टेनियासिस, हाइडाटिडोसिस, सिस्टिसकौसिस, ट्राइचुनेलोसिस, इकानोकोकोसिस र नाम्ले जुकाले सताउन सक्छ। वीर अस्पतालका चिकित्सक डा. सुरेन्द्र श्रेष्ठका अनुसार मासु डिफ्रिजमा राखी प्रयोग गर्नुपर्ने हुन्छ।

ग्रान्डी इन्टरनेसल हस्पिटलका मुटुरोग विशेषज्ञ डा. ओममूर्ति अनिलले दसैंका बेला ज्यादा चिल्लो पिरो र मसलादार खाना खाँदा रोगको सिकार हुने सम्भाना धेरै रहेको बताए।

'मासु खानु हुँदैन भनेको होइन, धेरै र अस्वस्थकर मासु खाँदा जीवन जोखिममा पर्छ भनेको मात्र हो,' डा. मूर्तिले भने, 'ताजा मासुका पिससँग खानामा सागपात, सलादजस्ता वस्तु पनि समावेश गर्दा सबैभन्दा फाइदा हुन्छ।' उनका अनुसार डिफ्रिजमा राखिएको मात्र खरिद गर्नुपर्छ।
annapurnapost.com


कपिलवस्तु : जुवाडेसहित जुवाको खालबाट नियन्त्रणमा लिएको रकम प्रहरीले लुकाएको खुलासा भएको छ ।

सोमबार राति कपिलवस्तु नगरपालिका–४ स्थित राजेश धोवीको घरबाट २१ जना जुवाडे पक्राउ गर्दा जुवा खालबाट प्रहरीले करिब रु ५० हजार रकम लिएर गएको भएपनि खालबाट २१ हजार मात्रै बरामद भएको प्रहरीले जनाएको थियो ।


तास खेलेको आरोपमा पक्राउ परेर एक रात थुनामा रही बाहिर निस्केका २१ जनामध्येका अधिकांशले खालमा करिब रु ५० हजार रहेको सञ्चारकर्मीलाई बताएपछि प्रहरीले रकम लुकाएको खुलासा भएको हो ।

नाम नबताउने शर्तमा एकजनाले प्रहरीले करिब रु ३० हजार लुकाएको दाबी गरे । 'हाम्रो खल्तीमा रहेको सबै रकम हामीले फिर्ता पायौँ,' उनले भने, 'तर खालको रकम भने प्रहरीले कम देखायो । मेरो अगाडिको खालमा मात्रै २५ हजारभन्दा बढी रकम थियो । अन्य साथीहरुको अगाडि पनि करिब २०-२५ हजार रुपैयाँ जति थियो ।'

पक्राउ परेकाहरुलाई प्रहरीले मादकपदार्थ सेवन गरेर कुटपिटसमेत गरेको उनीहरुले बताएका छन् । जुवा खालबाट रकम नपाएपछि छापा मारिएको आरोप प्रहरीमाथि लगाइएको छ ।

जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुले भने खालबाट उठेको रकम हिनामिना नभएको बताएको छ । रासस
www.annapurnapost.com

कञ्चनपुर : सीमाक्षेत्रमा हुने आपराधिक क्रियाकलाप नियन्त्रण गर्न नेपाल र भारतका सुरक्षाकर्मीले कञ्चनपुरको दोधारा चाँदनी क्षेत्रमा संयुक्त गस्ती गरिरहेका छन् ।


दुवै देशका सुरक्षाकर्मीले सीमा क्षेत्रमा हुने नक्कली नोटको कारोबार, अवैध हातहतियार ओसारपसार, लागुऔषध, मानवबेचबिखन र लुटपाटका घटना न्यून गर्न संयुक्त गस्तीको कार्य गर्दै आएका हुन् ।

सशस्त्र प्रहरी सीमा सुरक्षा बल बोर्डर आउटपोस्ट दोधारा र भारतीय सीमा सुरक्षा बल नौजलिया पोस्टका सुरक्षाकर्मीले नियमित गस्तीको कार्य गर्दैआएको पोस्टका सशस्त्र प्रहरी नायब निरीक्षक नवराज खड्काले बताए ।

'नियमित संयुक्त गस्तीको कार्यले सीमावर्ती क्षेत्रका नेपालीमाथि गरिने दुर्व्यबहार, सीमा अतिक्रमण विवाद र चोरी तस्करीका घटनामा कमी आएको पाएका छौँ', उनले भने ।

दसैँलगायतका चाडपर्वका बेला सीमा क्षेत्रमा अप्रिय घटना हुन नदिन गस्तीलाई बढाइएको उनले बताए ।

हरेक महिनाको दुई पटक र आवश्यक परे जुनसुकै बेला संयुक्त गस्ती गर्ने गरी नेपाल र भारत सीमा सम्बन्धलाई मजबुत बनाएको भारतीय सीमासुरक्षा बल (एसएसबी) नौजलियाका कमाण्डर बलवीर सिंहले बताए ।

सिंहले भने, 'गस्तीका क्रममा सीमास्तम्भको नियमित अनुगमनसमेत गर्दै आएका छौँ ।' रासस
annapurnapost.com


मलेखु (धादिङ) : धादिङ सदरमुकामस्थित सुगम टोलमा बुधबार पिङबाट लडेर  एक बालिकाको मृत्यु भयो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार नीलकण्ठ नगरपालिका-३ सुगमटोलमा पिङमा खेल्दै गरेकी नौ वर्षीया सरिता तामाङ लडेर घाइते भएकी थिइन् ।


उनको उपचारका लागि काठमाडौँ लैजाँदै गर्दा बीच बाटोमै मृत्यु भएको हो । सरितालार्इ उनकी आमाले पिङमा चढाइदिएकी थिइन् ।

मृतकका बुबा वैदेशिक रोजगारीमा गएका छन् । बालिकाको मृत्युपछि उनको घर शोकमा डुबेको छ । रासस
.annapurnapost.com

फलेवास (पर्वत) : दसैँ अगावै सामाजिक सुरक्षा भत्ता बुझ्न नपाएपछि पर्वतका वृद्धवृद्धा र एकल महिलाको दसैँ खल्लो भएको छ ।

बैंकले दसैँअगावै सामाजिक सुरक्षा भत्ताको रकम निकासा नदिँदा उनीहरु चाडबाड मनाउनबाट विमुख बनेका हुन् ।


पैसाको अभावमा चाडबाडका बेला राम्रो लुगाफाटो किन्ने र छोरी, ज्वाइँ, नातिनातिनालगायतलाई टीकाटालो गर्ने र घरायसी सामान किन्ने इच्छा पूरा गर्न सकस भएको वृद्धवृद्धाले गुनासो गरेका छन् ।

जिल्ला विकास समितिले असोजको तेस्रो सातानै बैंकलाई भत्ता वितरणका लागि निकासा दिएको भएपनि बैंकले वितरण गर्न नसकेका हुन् ।

नेपाल बैंकमार्फत निजी बैंकको खातामा रकम ट्रान्र्सफर गर्न ढिलाइ भएकाले दसैँअघि भत्ता वितरण गर्न नसकिएको गरिमा विकास बैंक कुश्मा शाखाका प्रबन्धक सुन्दर भण्डारीले जानकारी दिए ।

उनका अनुसार दसैंलगत्तै सबै क्षेत्रका वृद्धवृद्धाले भत्ता पाउने भएका छन् । पर्वत जिल्लामा गत आर्थिक वर्षदेखि पाँच वटा गाविसबाहेक सबै गाविसका बासिन्दालाई बैंकमार्फत नै सामाजिक सुरक्षा भत्ता वितरण हुँदैआएको छ । रासस
www.annapurnapost.com


धनगढी : सशस्त्र प्रहरी बलको अत्तरिया नगरपालिकास्थित पेट्रोल पम्पमा गएराति ढुङ्गामुढा गरिएपछि स्थिति नियन्त्रणमा लिन प्रहरी तीन राउण्ड हवाई फायर गर्न बाध्य भयो ।

मादक पदार्थ खाएर आएका स्थानीय केही व्यक्तिले पेट्रोल नदिएको भन्दै पम्पमा रोकी राखिएका गाडीमा ढुङ्गा प्रहार गर्न थालेपछि सुरक्षार्थ खटिएका प्रहरीले हवाई फायर गरेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजेन्द्र विष्टले बताए ।


घटनामा संलग्न भएको भन्दै प्रहरीले सोही ठाउँका सुभाष भट्ट, सुरेश बूढा र गगन गिरीलाई पक्राउ गरेको छ । रासस
www.annapurnapost.com
चितवन, ५ कात्तिक । जिल्ला ट्राफिक प्रहरी कार्यालय, चितवनले आज सवारी नियम उल्लङ्घन गर्ने २२ जना चालकलाई कारबाही गरेको छ ।
रातिदेखि आज बिहान गरेको जाँचका क्रममा नियम उल्लङ्घन गर्ने चालकलाई कारबाही गरी कुल रु १३ हजार २०० राजस्व सङ्कलन गरेको प्रहरी हवल्दार निरबहादुर बुढाथोकीले जानकारी दिनुभयो । कारबाहीमा एकजना मापसे गर्नेसमेत परेका छन् ।
सबैभन्दा बढी सवारी नियम उल्लङ्घन गर्नेमा मोटरसाइकल रहेका छन् । त्यसपछि ट्रकले नियम उल्लङ्घन गरेको भेटिएको उहाँले बताउनुभयो ।
चाडबाडका बेला सवारी नियम उल्लङ्घनका घटना बढ्न सक्ने भएकाले कडा निगरानी थालिएको प्रहरीले जनाएको छ । जिल्लामा इन्धन अभावले सवारी गुड्ने क्रम न्यून भएपनि सवारी नियम उल्लङ्घन गरेर गाडी चलाउने क्रम भने रोकिएको छैन ।
मोटरसाइकल चालकले हेल्मेट नलगाउने, चालक अनुमतिपत्र नबोक्ने, नवीकरण नगर्ने, तीन जना चढेर हिँड्नेहरु कारबाहीमा परेका छन् ।
प्रहरीले सवारी कारबाही तीव्र पारेकाले गएको वर्ष अघिल्लो वर्षको तुलनामा दोब्बर भन्दा बढी राजस्व सङ्कलन गर्न सफल भएको थियो ।
प्रहरीले गएको वर्ष कुल रु दुई करोड ४९ लाख ९१ हजार राजस्व सङ्कलन गरेको थियो । रासस
dainiknepal.com
वालिङ, ५ कात्तिक । स्याङजाको खिलुङ देउराली गाविस–६ चिउरीखर्कमा भएको जीप दुर्घटनामा तीनजनाको ज्यान गएको छ ।
खिलुङ कालिका मन्दिरको दर्शन गरेर फर्कने क्रममा बुधबार ग १ ज ५९८५ नम्बरको जीप दुर्घटना भएको हो ।
वडा प्रहरी कार्यालय वालिङका प्रहरी निरीक्षक विजयराज पण्डितका अनुसार दुर्घटनामा ज्यान गुमाउनेमा खिलुङ देउराली–३ का हुमबहादुर रोका, स्वरेक–७ का मनिषा रोका र दार्सिङ दहथुम गाविस–९ का तुल्सी केसी रहेका छन् ।
जीपमा १० जना सवारमध्ये तीनजना सामान्य घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको छ । कच्ची सडकमा ब्रेक फेल भएर उक्त दुर्घटना भएको वडा प्रहरी कार्यालयले जनाएको छ ।
dainiknepal.com

सर्लाही, कात्तिक । सर्लाही जिल्लासँग सीमा जोडिएको नेपाल–भारत सिमानाको दशगजा क्षेत्रमा नेपाल प्रहरीमाथि सांघातिक आक्रमण भएको छ ।
अर्नाहा–३ स्थित सिमानास्थित दशगजा क्षेत्रमा चन्दा संकलन गरिरहेको समूहले हँसिया, खुर्पा र लाठी प्रहार गरेर प्रहरीका दुई जनालाई गम्भीर घाइते बनाएको प्रहरीले जनाएको छ ।
दशगजा क्षेत्रमा भएको आक्रमणमा परेर प्रहरी चौकी अर्नाहामा कार्यरत प्रहरी सहायक निरीक्षक गौरीशंकर साह र प्रहरी जवान सुशीलकुमार साह घाइते भएका हुन् ।
दशगजा क्षेत्रमा मंगलबार जबरजस्ती चन्द उठाइ रहेको सो समूहलाई सम्झाई बुझाई गर्नेक्रममा प्रहरीमाथि एक्कासि हतियार प्रहार गरेको थियो ।
आक्रमण हुन थालेपछि प्रहरीले हवाई फायर गरी तत्काल स्थितिलाई नियन्त्रणमा लिएको जनाएको छ ।
घटनामा संलग्न शंकास्पद अर्नाहा–३ बस्ने ७३ वर्षीय सोनफ राय र ३२ वर्षीय नथ्थु रायलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
dainiknepal.com




साउदी: नेपालीहरुको महान् पर्व विजयादशमीको अवसर पारेर साउदी अरबमा दशैं विशेष साँस्कृतिक कार्यक्रम हुने भएको छ । सगरमाथा समूह साउदी अरबको आयोजनामा रियादको एक्जीट एटीनस्थित सुलाइमा दसैँ शुभकामना आदानप्रदान तथा विविध साँस्कृतिक कार्यक्रम हुने भएको हो ।

यही कात्तिक ६ गते शुक्रबारका दिन हुने कार्यक्रममा साउदीमा रहेका नेपाली कलाकारहरु लोकगायक रबिन सुब्बा, सुमन थापा र मिलन सिंहलगायत दर्जनभन्दा बढी स्थानीय कलाकारको प्रस्तुति रहने आयोजकले जनाएका छन् । साथै कार्यक्रममा सृजना साँस्कृतिक समूहको विशेष सांगितिक प्रस्तुति पनि रहने बताइएको छ ।


साउदीमा रहेका नेपालीहरु एकै ठाउँमा भेला भएर सामूहिकरुपमा नाचगान गरेर हर्षोउल्लासका साथ दसैँ पर्व मनाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको समूहका संयोजक परशुराम मिश्रले जानकारी दिए ।

नेपाली मौलिक लोकसंस्कृति झल्कने खालका प्रस्तुती रहने कार्यक्रममा सहभागी हुन साउदीमा रहेका सबै नेपाली समुदायलाई आयोजकले आग्रहसमेत गरेको छ । कार्यक्रममा सहभागी हुने सबै दर्शकका लागि खाना तथा खाजाको व्यवस्था गरिएको आयोजकले जनाएको छ । कार्यक्रम हलमा प्रवेशका लागि साउदी रियल २५ निर्धारण गरिएको संयोजक मिश्रले बताए ।
annapurnapost.com


चितवन : नेपालीले दसैँमा बढी मासु खाने गर्छन् । मासुका विभिन्न परिकार बनाउने क्रममा धेरै पोलेको र भुटेको मासु रुचाउने गरिन्छ । त्यस्ता मासुबाट क्यान्सरको खतरा हुने चिकित्सकले बताएका छन् ।

मासु पोल्दा र सुख्खा हुने गरी भुट्दा प्रयोग हुने दाउरा र ग्यासबाट हाइड्रोकार्बन उत्पन्न हुन्छ । त्यसले पेट र छालामा क्यान्सर हुन सक्ने बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका मेडिकल अङ्कोलोजी विभागका विशेषज्ञ चिकित्सक डा गुरुशरण साहले बताए ।


उहाँका अनुसार मासु पोल्दा मासुमा गुलियो पदार्थ र प्रोटिन हुने हुँदा बढी पाक्दा त्यसमा एक्रिल्यामिडिएस उत्पन्न हुन्छ, जुन क्यान्सरका लागि सहयोगी बन्छ । बढी पोलेको मासु प्रयोग गर्ने जापानीमा यो समस्या धेरै रहेको साहले बताए । सो विषयमा जापानमा थप अनुसन्धान पनि भइरहेको उनको भनाइ छ ।

युवावस्थाका यस्ता बिरामी बढी आउने गरेको अस्पतालका मेडिकल अङ्कोलोजी विभाग प्रमुख डा भोलाप्रसाद रौनियारको भनाइ छ । भुटेको र पोलेको मासुबाट ठूलो आन्द्राको क्यान्सर अरु बढी हुने गरेको बताइएको छ ।

पटक पटक पातलो दिसा, पेट काट्ने र कटक्क दुख्ने गरेमा परीक्षण गर्न पनि उनले सुझाव दिए । यस्ता खाले क्यान्सर भएका बिरामीका परिवारका अन्य सदस्यलाई पनि परीक्षणको लागि उनको सुझाव छ ।

उहाँका अनुसार मासु पोल्दा छोपेर पोलेमा अरु बढी हानिकारक हुने गर्छ । दसैँका बेलामा मासु प्रयोग गर्दा राँगा, खसी, बोकाको भन्दा कुखुरा र माछाको मासु प्रयोग गर्न चिकित्सकले सुझाएका छन् । उनीहरुको भनाइमा ती मासु उमालेर खाएमा अरु बढी स्वास्थ्यवर्धक हुने गर्छ ।

यसैबीच भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा सन् २०१४ मा एक लाख १२ हजार ४७६ जनाले क्यान्सर रोगको परीक्षण गराएका छन् । तीमध्ये २६ हजार ४३ जना नयाँ रहेको अस्पतालले जनाएको छ । नयाँ बिरामीमध्ये महिलाको सङ्ख्या १६ हजार ६३९ छ ।

पेटको क्यान्सरका बिरामी एक सय ६१ जनाले उपचार गराएकामा महिला ६२ जना मात्रै छन् भने पुरुषको सङ्ख्या ९९ छ । यो तथ्याङ्कले खानपिनका कारण पेटको क्यान्सर बढी हुने गरेको देखाउँछ ।
annapurnapost.com
काठमाडौं, ५ कात्तिक । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले बिजया दशमीले सबै नेपालीलाई साँस्कृतिक एकताको सूत्रमा आबद्ध गरेर नेपालको राष्ट्रियतालाई झन सबल बनाउन सघाउँदै आएको जनाएको छ ।
कांग्रेस सभापति सुशील कोइरालाले बडादसैँका अबसरमा आज शुभकामना सन्देश दिँदै हाम्रा साँस्कृतिक चाड पर्वहरूले कायम गरेको राष्ट्रिय एकतालाई अक्षुण्ण राख्न सबै नेपालीले बुद्धिमता र विवेकपूर्ण ढंगले काम गर्न जरुरी रहेको बताउनुभएको छ ।
‘अहिले हामी एक ऐतिहासिक मोडमा उभिएका छौं’, सन्देशमा कोइरालाले भन्नुभएको छ, ‘प्रजातन्त्रको स्थापना, पुनःस्थापना र संस्थागत विकासकालागि नेपाली जनताले झण्डै एक शताब्दी अगाडिदेखि गरेको आन्दोलन र संघर्षका उपलब्धिहरूलाई संस्थागत गरी नेपाल र नेपालीको भविष्य सुरक्षित गर्ने संविधान जारी गर्ने ऐतिहासिक जिम्मेवारी समस्त नेपालीको साथ र सहयोगमा सम्पन्न भएको छ ।’
कांग्रेसले राष्ट्रिय चाड पर्वमा पनि नेपालको तराई मधेसमा चलेको आन्दोलन र त्यसका कारण छिमेकी मित्र राष्ट्र भारतसँग जोडिएका नाकामा सिर्जना भएको अवरोधले मुुलुकको आपूर्ति व्यवस्थामा आएको असहज परिस्थितिले नेपालीहरूको दैनिक जीवनलाई प्रभावित गरेको उल्लेख गरेको छ ।
‘संविधानका केही विषयमा असहमति देखाउदै आन्दोलनमा रहनु भएका राजनीतिक दलहरूलाई शान्तिपूर्ण वार्ताको माध्यमबाट समस्याको समाधान खोज्न मेरो नेतृत्वमा रहेको पूर्ववर्ती सरकारले संसदमा संविधान संशोधन विधेयक दर्ता गर्नुको साथै आन्दोलनरत दलहरूलाई वार्तामा ल्याउन गरिएको प्रयासलाई सार्थक बनाउनु परेको छ’, कोइरालाले भन्नुभएको छ ।
वर्तमान सरकारले त्यसलाई परिणाममा पुराउने आफूले विश्वास लिएको कोइरालाले बताउनुभएको छ ।
‘नागरिकलाई सर्वाधिकार सम्पन्न बनाएको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको अभ्यास र विकासमा पनि राजनीतिक दलहरुको बीचमा आपसी सहमति, सहकार्य, एकता र मेलमिलाप कायम राख्न सम्बद्ध सबै पक्ष उत्तिकै जिम्मेवार बनेर नेपाललाई सबल राष्ट्र्रमा रुपान्तरण गर्न मन बचन र कर्मले समर्पित बन्न भवानी दुर्गाले सबैलाई आर्शीवाद प्रदान गरुन्’, शुभकामना सन्देशमा कोइरालाले भन्नुभएको छ ।
dainiknepal.com
वि.सं. २०७२ कार्तिक ०५ गते बिहीबार तदनुसार ई. सं. २०१५ अक्टोबर २२ तारिख,
किलक नामक संवत्सर, शाके :— १९३७, सूर्य दक्षिणायन, शरद् ऋतु, ने.सं. :— ११३५, (कौलाथ्व)
 इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:५९ बजे र सूर्यास्त : साँझ ०५:२० बजे
काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान ०६:०८ बजे र सूर्यास्त : साँझ ०५:२७ बजे
पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०६:१४ बजे र सूर्यास्त : साँझ ०५:३२ बजे
 आश्विन शुक्लपक्षको नवमी तिथि, बिहान ०७:२२ बजेसम्म, त्यसपछि दशमी तिथि,
श्रवण नक्षत्र, बिहान १०:१९ बजेसम्म, त्यसपछि धनिष्ठा नक्षत्र, चन्द्रमा मकर राशिमा, बेलुका ०९:४३ बजेसम्म, त्यसपछि कुम्भ राशिमा,
शूल योग, दिउँसो ०३:०१ बजेसम्म, त्यसपछि गण्ड योग,
गर करण, साँझ ०६:२४ बजेसम्म त्यसपछि वणिज करण,
आनन्दादि योग : ध्वाङ्क्ष, चन्द्रवर्ण : कालो, चन्द्रदिशा : दक्षिण, योगिनीदिशा : पूर्व, वारशूल : दक्षिण,
 आजको व्रत÷पर्व : नवरात्रअन्तर्गत सिद्धिदात्री भगवतीको पूजा, महानवमी, विजया दशमी, दशैंको टीका, खड्गयात्रा, देवीविसर्जन, मन्वादि, शमीपूजन, नेवारी पर्व स्याक्वट्वाक्व, चालँ, बौद्धावतार,
आजको मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), अग्निवास(होमादि), वास्तुमुहूर्त,
आगामी ३ दिनभित्र पर्ने व्रत÷पर्व तथा शुभ मूहुर्त :
भोलिको व्रत÷पर्व : स्मार्तहरुले लिने पापाङ्कुशा एकादशी व्रत, अन्नपूर्ण यात्रा, नेवारी असचालँ,
भोलिको मूहुर्त : गृहारम्भ, वास्तुमुहूर्त, पुरानो घर वा डेरा सर्ने, दीक्षाग्रहण,
०७ गते : वैष्णवहरुले लिने पापाङ्कुशा एकादशी व्रत, संयुक्त राष्ट्र संघ दिवस, त्रिपुष्कर योग बिहान ०७ बजेर २६ मिनेटपछि मध्यरात्री १२ बजेर ०५ मिनेटसम्म, रुद्राभिषेक(रुद्रीपूजा), अग्निवास(होमादि), गृहारम्भ, वास्तुमुहूर्त, द्रव्यप्रयोग वा लगानी,
०८ गते : प्रदोष व्रत, रुद्राभिषेक(रुद्रीपूजा), अग्निवास(होमादि), गृहारम्भ, वास्तुमुहूर्त,
आजको राशिफल
 ariesमेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
स्वास्थ्यस्थिति राम्रो रहनुका साथै काम गर्ने जाँगर बढ्ने छ । पारिवारिक सुखसम्मृद्धिमा बृद्धि हुनेछ । काममा सोचेजस्तै सफलता मिल्नुका साथै उन्नति गर्ने अवसर प्राप्त हुने योग छ । नवीन रोजगारीको सम्भावना छ । प्रतिस्पर्धीहरूमाथि विजय प्राप्त हुने छ । आज धैर्यधारण गरी परिश्रम गर्ने दिन हो । आजका लागि शुभअङ्क २ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सों सोमाय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
taurus
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
संयमताका साथमा समय यापन गर्नु श्रेयस्कर हुनेछ, आजको दिन भाग्यमा रहेको चन्द्रमा कमजोर छ । अर्काको भर पर्नुभन्दा पनि आफ्नै प्रयासमा गरिएका कामले फाइदा हुनेछ । धार्मिक, सामाजिक र पारमार्थिक काममा खटिनु पर्नेछ, तर विवादबाट टाढा रहनु होला । साँझपख शुभ समाचार आउन सक्छ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गुरवे नमः यस मन्त्रको कम्तीमा २४ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
gemini
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
आज चोटपटकको भय हुनेछ । बिनापत्ताको आरोप व्यहोर्नु पर्छ । बोलीको प्रतिकूल एवं विपरीत अर्थ लाग्ने हुँदा सचेतता एवं संयमता अपनाउनु अत्यावश्यक छ । पछाडि कुरा काट्नेहरूले षड्यन्त्रको तानाबुना रच्ने प्रयास गर्नेछन् । नजिकैका मित्रले समेत तपाईंको भावनालाई बुझ्न सक्दैनन् । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गं गणपतये नमः यस मन्त्रको कम्तीमा २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
cancer
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
अभिभावकवर्ग वा विशिष्ट व्यक्तिको सहयोग प्राप्त हुनाले ढिलो गरी कुनै काम बन्न सक्छ । मानप्रतिष्ठा र सामाजिक मर्यादाको रक्षाका लागि प्रयास हुनेछन् । घरायसी काममा समय र धन खर्च हुनेछ । आम्दानीमा कमी त हुने छैन, तर बन्दव्यापारको दौडधूपले पारिवारिक जीवनमा निरसता आउने छ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग सिन्दुरे रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ हं हनुमते नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
leo
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
आजको दिन चुनौती र परीक्षणका रूपमा देखा परेको छ । वादविवाद, मुद्दामामिला र दैनिक काममा चुनौतीको सामना गर्नुपर्ला । बन्दव्यापार र उद्योगधन्दामा बेफाइदा हुनेछ । अध्ययन, अध्यापन र लेखनको कार्यमा खासै तत्परता देखिँदैन । वैदेशिक यात्राका लागि गरिएको प्रयास सार्थक हुनेछैन । आजका लागि शुभअङ्क ८ र शुभरङ्ग ध्वाँसे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ रां राहवे नमः यस मन्त्रको कम्तीमा १८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
gemini
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
शैक्षिक प्रगतिका लागि अनुकूल समय आएको छ, पठनपाठनमा ध्यान दिनु बेस हुनेछ । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । गुरुजन, अभिभावक र साथीभाइले उपयोगी र आवश्यक सहयोग प्रदान गर्नेछन् । छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । बन्दव्यापारबाट लाभ मिल्नेछ । मित्रले प्रशंसा गर्नेछन् । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग हलुका रातो वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कुलदेवताभ्यो नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
libra
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
घरगृहस्थीमा धेरै समय खर्चनु पर्ने योग छ । वैदेशिक रोजगारी गर्नेेहरूले आज घरायसी कुरा सम्झेर दिन बिताउने छन् । आकस्मिक रूपमा स्वास्थ्यमा समस्या आउनसक्छ । छोराछोरीको स्वास्थ्य एवं पढाइप्रति जिम्मेवारी बोध हुनेछ । मातापितासँगको सम्बन्धमा समेत निराशा भाव आउनसक्छ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग छिर्केमिर्के बुट्टे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कें केतवे नमः यस मन्त्रको कम्तीमा ७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
scorpio
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
नजिकका मित्रबाट विशेष सहयोग र सुख प्राप्त हुने देखिन्छ । भाइबहिनीका तर्फबाट खुसीको खबर प्राप्त हुनेछ । भोजभतेर खानपिन जस्ता सामाजिक कार्यमा सहभागी हुनु पर्नेछ । दीघकालिक फाइदाका लागि गरिएको प्रयास सार्थक हुनेछ । बन्दव्यापारबाट लाभ मिल्नेछ र स्वास्थ्यमा कुनै समस्या देखिने छैन । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सफा र चम्किलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शुं शुक्राय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
sagittarius
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
मिष्ठान्न भोजन मिल्नेछ । बोलीको प्रभाव बढ्नेछ, आफन्तले प्रशंसा गर्नेछन्, जाँगर बढ्नेछ । चेलीबेटी र कुटुम्बपक्षका काममा समय दिनुपर्नेछ । बन्दव्यापार राम्रो छ । आर्थिक लगानी बढाउन अनुकूल छ । नयाँ ठाउँमा निवेश र लगानीको वातावरण बन्नेछ, कारोबारमा सुधार आउने योग छ ।  आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सरस्वत्यै नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
capricorn
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
अप्रिय र मन नमानेको काम वा घटनामा सरिक हुनु पर्नेछ । व्यापारिक वा दैनिक कामहरूबाट सामान्यतया लाभ हुने संकेत नै छ, तर सोचेजस्तो नहुन सक्छ । खानपिनको समयमा फेरबदल हुनसक्छ । रामरमाइलो र मनोरञ्जनात्मक क्षेत्रमा समय निकाल्न सकिंदैन, सामाजिक र घरायसी काममा दौडधूप गर्नुपर्ने देखिन्छ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग गाढा रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमश्चण्डिकायै यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
aquarius
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
यात्राको योग छ । बाह्रौं चन्द्रमा भएकाले यात्राका क्रममा होस राख्नु राम्रो हुन्छ । खानपानमा नियन्त्रण गर्नु बेस हुनेछ । काममा बाधा देखिए पनि अत्तालिइ हाल्नु पर्दैन । बेलाबेलामा अशान्ति र छटपटी हुनसक्छ । कुनै गोप्य योजना कार्यान्वयन गर्न आजको दिन अनुकूल छ । बन्दव्यापारमा बेफाइदा छैन । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग बैजनी वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमो भगवते वासुदेवाय यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
pisces
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
हाँसखेल र मनोरञ्जनका लागि समय निकाल्न सकिंदैन । नियमित भोजनको अनुकूलता मिल्दैन । अरुले तपार्इंका क्रियाकलापको चियोचर्चो गर्नेछन् । बोल्दा ख्याल गर्नुहोला, गतल सन्देश जानसक्छ । पापबुद्धि र भ्रष्टमतिको उदय हुनाले बढुवा वा जिम्मेवारीका अवसर गुम्न सक्छन्, सचेत रहनु बेस । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बृं बृहस्पतये नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
(द्रष्टव्य : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि इटहरी, सुनसरी, नेपालको अक्षांश : २६:३९:४७ उत्तर तथा देशान्तर : ८७:१६:२८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ )

काठमाडौँ:  राष्ट्रपति डा रामवरण यादवले नयाँ संविधान निर्माणसँगै मुलुकमा आर्थिक एवम् सामाजिक विकासतर्फ केन्द्रित गर्ने बाटो खुलेको बताएका छन् ।

बडादसैं २०७२ का अवसरमा राष्ट्रपति डा यादवले आज दिएको शुभकामना सन्देशमा देश–विदेशमा रहनु भएका सम्पूर्ण नेपालीलाई सुख, शान्ति र समृद्धिका लागि हार्दिक एवम् मङ्गलमय शुभकामना व्यक्त गर्दै प्रमुख राजनीतिक मुद्दा निरुपण भएको पृष्ठभूमिमा अब सम्पूर्ण सोच र शक्ति आर्थिक क्रान्तिका लागि साझा राष्ट्रिय लक्ष्यमा लाग्नुपर्ने जनाएका छन् ।


‘‘जननिर्वाचित प्रतिनिधिबाट संविधान बनाउने हाम्रो झण्डै सात दशक पुरानो राष्ट्रिय सपना भर्खरै साकार भएको छ । संविधानसभाबाट नेपालको संविधान जारी भएको सुअवसरमा पुनः हार्दिक बधाई ज्ञापन गर्दछु’’ उनले सन्देशमा भनेका छन् , ‘‘नयाँ संविधानको कार्यान्वयनसँगै झण्डै एक दशकअघि सुरु गरिएको शान्ति प्रक्रिया टुङ्गिएको छ भने जनआन्दोलनका उपलब्धि बनेका लोकतान्त्रिक गणतन्त्र, सङ्घीयता, समावेशीताले संस्थागत स्वरुप प्राप्त गरेका छन् ।’’

सन्देशमा संविधान निर्माण आफैँमा एउटा निरन्तर प्रक्रिया भएको र यसको अभ्यास तथा कार्यान्वयन गर्दै अघि बढ्दा यो थप परिष्कृत, समावेशी र न्यायपूर्ण हुँदै जाने भन्दै नेपालको नयाँ संविधान देशमा संविधानवाद र लोकतन्त्रका आधारभूत मान्यता स्थापित गर्दै नेपालबाट सबै प्रकारका विभेद, अन्याय र शोषणलाई अन्त्य गर्न सफल हुने विश्वास व्यक्त गरिएको छ ।

संविधानले हिमाल, पहाड, तराई, मधेश या पूर्व–पश्चिममा बसोबास गर्ने भिन्नभिन्न जातजाति, वर्ण, भाषा, धर्म र सामाजिक एवम् सांस्कृतिक पहिचान बोकेका सबै नेपालीको लागि समान अवसरको ढोका खोली राष्ट्रिय एकता सुदृढ पार्न र सामाजिक सद्भाव एवम् क्षेत्र, जातजाति र समुदायबीच आपसी भाइचारा कायम गर्न उल्लेख्य योगदान दिन सफल रहोस् भन्ने कामना राष्ट्रपतिको रहेको छ ।

‘‘चाडपर्व नेपाली समाजका गहना हुन् । हरेक ऋतु परिवर्तनसँगै आइरहने चाडपर्वले हाम्रो भौगोलिक, धार्मिक, सांस्कृतिक, जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्भाव, राष्ट्रिय एकता र साझा नेपाली पहिचान कायम गर्नमा महत्वपूर्ण योगदान गरेका छन्’’ सन्देशमा भनिएको छ, ‘‘विभिन्न जात–जाति, समुदाय, भूगोल र धर्माबलम्वीका विशिष्ट परम्परा हाम्रो राष्ट्रिय एकताको मियोका रुपमा रहेका छन् ।’’

उनले दसैं, तिहार, छठ, ल्होसारजस्ता पर्वलाई साझा सांस्कृतिक उत्सवका रुपमा विस्तार र विकास गर्नेतर्फ ध्यान दिनु समायोचित हुने पनि बताएका छन् ।

विनाशकारी भूकम्पले फैल्याएको सन्त्रास र क्षतिबाट मुलुकको ठूलो भू–भाग अद्यापि आक्रान्त रहिरहेकै अवस्थामा देशको केही भू–भाग, विशेषतः तराई, मधेश आन्दोलित र अशान्त हुन पुगेको तथा निरन्तरको बन्द, हड्ताल र असुरक्षाले तराई, मधेशका जनताको जीवनयापन अत्यन्त कष्टकर हुँदै गइरहेको स्मरण गराउँदै उहाँले लाखौँ बालबालिकाको पढाइ बर्बाद भएको, सिङ्गो मुलुककै उद्योग, कलकारखाना, बैंक–वित्तीय प्रणाली र राष्ट्रिय अर्थतन्त्रमा समेत प्रतिकूल असर पार्न थालेकामा राष्ट्रपतिले चिन्ता व्यक्त गरेका छन् ।

सन्देशमा भनिएको छ, ‘‘लोकतन्त्रमा विरोध, हड्ताल र आन्दोलनलाई स्वभाविक प्रक्रियाका रुपमा लिइन्छ । विरोध र आन्दोलनको स्वरुप भने सधैंँ लोकतान्त्रिक र शान्तिपूर्ण हुनुपर्ने हुन्छ । आन्दोलनकारीप्रति राज्यका व्यवहार पनि संयमित र सहिष्णु हुनु अति जरुरी हुन्छ ।’’

लोकतान्त्रिक पद्धतिको सीमाभित्र रहेर उठाइने विरोधका आवाज र आन्दोलनका मागलाई गम्भीर र संवेदनशील ढङ्गबाट ग्रहण गरी वार्ता, छलफल आदिको माध्यमबाट संवोधन गर्नु लोकतान्त्रिक सरकारहरुको कर्तव्य हुन आउने तथा परिवर्तन र लोकतन्त्रको सङ्घर्षमा सधैंँ अग्रपङ्तिमा रहँदै आएका तराई, मधेशका जनताको आवाज सुन्न र त्यहाँको समस्याको समाधान पहिल्याउन अरु ढिलाइ नगर्न संवद्ध सबै पक्षसँग राष्ट्रपतिले आग्रह पनि गरेका छन् ।
annapurnapost.com
काठमाडौं, ४ कात्तिक । भारतको अघोषित नाकाबन्दीकाबीच अन्ततः छिमेकी देश चीनबाट नेपालमा ग्यास आउने भएको छ ।
प्रधानमन्त्री केपी ओलीको उपस्थितिमा उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीनबाट इन्धन ल्याउने निर्णय गरेपछि नेपाली अधिकारीहरु बुधबार ग्यास ल्याउन चीन पुगेका छन् ।
चीनबाट ग्यास ल्याउन नेपाल आयल निगमका उच्च अधिकारीसहितको टोली तिब्बतको सिगात्से पुगेको हो । त्यहाँ नेपाली टोलीले चिनियाँ पेट्रोलियम कम्पनीका डिलरसँग वार्ता सुरु गरेको छ । ग्यास आपूर्तिका लागि नेपालसँग रहेका विकल्प (नेपालको सिलिन्डर चीन पु¥याएर त्यसमा ग्यास भरिदिने हो वा स्थल मार्गबाटै आफ्नै सिलिन्डर नेपाल पठाउने)मा छलफल हुने बताइएको छ ।
नेपाली टोलीको नेतृत्व नेपाल आयल निगमका निमित्त उपमहाप्रबन्धक सुशील भट्टराईले गरेका छन् । टोलीमा निगमकै उच्च अधिकारीसहित ग्यास विक्रेता महासंघ नेपालका निवर्तमान अध्यक्ष ज्ञानेश्वर अर्याल र नेपाल ग्यास उद्योग संघका अध्यक्ष शिव घिमिरे र गोकुल भण्डारीसमेत सहभागी छन् ।
उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापाको भारत भ्रमणले नाका अवरोध समस्या समाधान नभएपछि सरकारले चीनबाट पेट्रोलियम पदार्थ ल्याउन पहल सुरु गरेको हो । चीनबाट इन्धन ल्याउन प्रधानमन्त्री ओलीले समेत निगमका उच्च अधिकारीहरुलाई निर्देशन दिइसकेका छन् ।
उपप्रधानमन्त्री पठाउँदा समेत भारतले नाका खोल्न नमानेपछि नेपालको विकल्प चीन बनेको हो । यसैबीच चीनबाट ग्यास ल्याउन आयल निगमले केही कम्पनीलाई आयातको लागि अनुमति दिइसकेको छ ।
 http://dainiknepal.com
4सन् १९५२ देखी आफ्नो औलाको नंग नकाटेका एक व्यक्तिलाई अन्ततः गिनिज बुक अफ वल्र्ड रेकर्डसले प्रमाणपत्र दिएको छ । उनले यति लामो समयसम्म नंग पाल्दाको मूल्य ठूलो चुकाउनुपरेको बताएका छन् ।
एउटै हातमा विश्वकै सबैभन्दा लामो नंग रहेको मानिसका रुपमा अब गिनिज बुकमा उनको नाम दर्ज भएको छ । उनका सबै औलाहरुको नंग जोड्दा ९ सय ९ दशमलव ६ सेन्टिमिटर लामो हुन्छ । सबैभन्दा लामो नंग भएको औलाँको नंगको लम्बाई २ मिटर छ । गिनिज बुकमा नाम लेखाएपछि श्रीधरले आफ्नो जीवनको लक्ष्य पुरा भएको बताएका छन् । उनको नंगलाई अब संग्रहालयमा राखिनेछ । अहिले ७८ वर्ष पुगिसकेका श्रीधरले नंगले जवानीमा समस्या दिएको बताएका छन् । भन्छन्, विवाहका लागि मात्रै झन्डै १ दर्जन केटी हेरेँ, तर कोही मसँग विहे गर्न तयार भएनन् । यदी विहेका लागि केटी तयार भए उनका बाबु आमाले अस्विकार गर्ने , बाबुआमा तयार भए छोरी यस्तो फोहोरीसँग विहे गर्दिन भन्ने ।

भारतमा छदाँ एकपटक अन्जानवस आफ्नै शिक्षकको लामो नंग भाँचिदिएपछि श्रीधर र उनका साथिले नराम्रो कुटाई भेटेका थिए । त्यसपछि उनलाई नंग पाल्ने सौख पलायो । हाम्रो परिवारका सदस्यले मानेनन् । स्कुलमा शिक्षकहरुले थर्काए । तर मैलेँ त्यसपछि नंग फालिन । श्रीधर भन्छन् ।
सुरुआतमा दैनिक जीवनमा समेत कठिनाई देखा परेको उनको भनाई छ । मेरो परिवारमा कसैले मन पराएनन । उनीहरु मेरो कपडा धोइदिन समेत तयार थिएनन । मैले आफैँ कपडा धोएँ । उनले नंग पालेकै कारण जागिर पाउन समेत कठिनाई भएको बताए ।

www.ratopati.com





वालिङ: स्याङजाको खिलुङ देउराली गाविस–६ चिउरीखर्कमा आज भएको जीप दुर्घटनामा तीनजनाको ज्यान गएको छ । खिलुङ कालिका मन्दिरको दर्शन गरेर फर्कने क्रममा ग १ ज ५९८५ नम्बरको जीप दुर्घटना भएको हो ।

वडा प्रहरी कार्यालय वालिङका प्रहरी निरीक्षक विजयराज पण्डितका अनुसार दुर्घटनामा ज्यान गुमाउनेमा खिलुङ देउराली–३ का हुमबहादुर रोका, स्वरेक–७ का मनिषा रोका र दार्सिङ दहथुम गाविस–९ का तुल्सी केसी रहेका छन् ।


जीपमा १० जना सवारमध्ये तीनजना सामान्य घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको छ । कच्ची सडकमा ब्रेक फेल भएर उक्त दुर्घटना भएको वडा प्रहरी कार्यालयले जनाएको छ ।
annapurnapost.com
विर्तामोडः प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई गृह जिल्ला झापामा बृहद अभिनन्दन गरिएको छ । बुधबार विर्तामोडमा आयोजित भब्य कार्यक्रमका बीच प्रधानमन्त्री ओलीलाई अभिनन्दन गरिएको हो ।

नेकपा एमाले जिल्ला कमिटि झापाले आयोजना गरेको अभिनन्दन समारोहमा दुई दर्जन भन्दा बढी संघ संस्थाहरुले प्रधानमन्त्री ओलीलाई अभिनन्दन पत्रले अभिनन्दित गरेका थिए ।

अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाल भारत सीमामा भइरहेको अवरोध केही दिनमा हल हुने बताए । प्रधानमन्त्री निर्वाचित भएपछि पहिलो पल्ट गृह जिल्ला झापा आइपुगेका ओलीले केही समय दुःख भोग्नुपरे पनि चाँडै उक्त समस्या समाधान हुने बताए ।

प्रधानमन्त्री ओलीले स्वाभिमान नगुमाइ अहिले सीमा नाकामा भइरहेको अवरोधको समाधान गरिने बताए । गृह जिल्ला झापा आएका प्रधानमन्त्री ओलीले केही दिनमै उक्त समस्या समाधान हुने विश्वास दिलाए ।

उनले भने, 'हामी समस्याहरुको समाधान गर्दै जान्छौं । केही समय दुःख परेको छ । ति समस्याहरुको समाधान केही दिनमै हुन्छ । म तपाईंहरुलाई विश्वास दिलाउन चाहन्छु ।' तर उनले समस्या समाधानको समय सीमा भने तोकेनन् । प्रधानमन्त्री ओलीले अहिलेको सरकारमा सबै किसिमका दलहरुको प्रतिनिधित्व रहेकाले नेपाली कांग्रेसलाई समेत सरकारमा ल्याउने बताए ।

ओलीले भने, 'यो सरकार अहिलेसम्म नबनेको संरचनामा बनेको छ । सबैखाले दल सरकारमा छन् । कांग्रेसले समेत निहुँ खोजे तुरुन्त सरकारमा सामेल गराउँछौं ।'

सरकारमा पुगेपछि केही नेताहरु भ्रस्टाचारमा मुछिने गरेको प्रसंग कोट्याउँदै प्रधानमन्त्री ओलीले आफ्नो पुरानै ठट्यौली पारामा भने, 'तपाईंहरुले मलाई प्रधानमन्त्री बनाइदिनुभएको छ । भगवानका कृपाले मेरा छोरा छोरी छैनन् । मैले कसका लागि कमाउनु छ र । मैले कमाएर अरुले रजाईं गर्ने काम म बाट हुँदैन ।'

उनले एक बर्षभित्रमा लोडसेडिङ अन्त्य गर्ने, दुई बर्ष भित्रमा शतप्रतिशत जनतालाई शिक्षा दिलाउने, दुई बर्षभित्र सबैलाई बस्ने घरको व्यवस्था गरिदिने लगायतका सरकारका महत्वाकंक्षी योजना सुनाएका थिए । उनले देश विकासका लागि आफ्नो काममा साथ दिन सरकार बाहिर रहेका राजनीतिक दलहरुलाई आग्रह समेत गरेका थिए । annapurnapost.com
काठमाडौं, ४ कात्तिक । सरकार र आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच भएको वार्ता लचकतासका साथ अगाडि बढेको नेताहरूले बताएका छन् । तर वार्ता तत्काल सहमतिमा पुग्ने कुनै संकेत देखिएको छैन ।
नयाँ सरकार आएपछि बनेको सरकारी वार्ता टोली र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच आज (बुधबार) काठमाडौंको बिजुलीबजारस्थित तराई मधेस लोकतान्त्रिक पार्टीको कार्यालयमा भएको वार्ता सकारात्मकतर्फ उन्मुख भएको दाबी गरिएको छ ।
बैठकपछि जानकारी दिँदै तराई मधेस लोकतान्त्रिक पार्टीका महामन्त्री सर्वेन्द्रनाथ शुक्लाले मधेसी मोर्चाले राख्दै आएका विषयहरू आज पनि सरकारी वार्ता टोली समक्ष राखिएको बताउनुभयो । उहाँले अन्य दिनको तुलनामा दुबै पक्ष केही लचक देखिएको अनुभूति आफूले पाएको बताउनुभयो ।
‘हामी लामो सयदेखि आन्दोलनमा छौँ’, उहाँले भन्नुभयो, ‘सबैभन्दा ठूलो समस्या सिमाङ्कनमा देखिएको छ । यदि यस विषयमा सरकारी प्रतिवद्धता आयो भने कुरा मिल्न सक्छ ।’
वार्तामा सरकारी पक्षले नेपालीहरूको ठूलो पर्व दसैँका बेला पनि नाकाबन्दी गरेर आन्दोलन गरेको भन्दै मधेसी मोर्चालाई आन्दोलनको स्वरुप परिवर्तन गर्न आग्रह गरेको थियो । तर मोर्चाले आन्दोलनप्रति जनसमर्थन बढेको भन्दै यथाअवस्थामा आन्दोलनको स्वरुप परिवर्तन गर्न नसकिने जनाएको थियो ।
वार्तामा मधेसी मोर्चाले प्रदेश सीमाङ्कनबारे स्पष्ट र ठोस दृष्टीकोणसहित आउन सरकारी वार्ता टोलीलाई आग्रह गरेको छ । यस विषयमा अन्य दलसँग छलफल गरी धारणा सार्वजनिक गर्ने जवाफ सरकारी वार्ता टोलीले दिएको महामन्त्री शुक्लाले बताउनुभयो ।
सरकारी वार्ता टोलीका संयोजक एवं उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले वार्ता सकारात्मक भएको भन्दै मधेसी मोर्चालाई लचकता अपनाउन आग्रह गरेको जानकारी दिनुभयो ।
उहाँले सहमतिका लागि दुबै पक्षबीच लचकता आवश्यक रहेको र विगतको सरकारले मोर्चासँग गरेका सहमतिअनुसार अघि बढ्ने बताउनुभयो ।
वार्तामा सरकारका तर्फबाट संयोजक थापाका साथै सामान्य प्रशासनमन्त्री रेखा शर्मा, विना विभागीय मन्त्री रामजनम चौधरी तथा मधेसी मोर्चाका तर्फबाट महन्थ ठाकुर, हृदयेश त्रिपाठी, सर्वेन्द्रनाथ शुक्ललगायतको सहभागी थिए । अर्को वार्ता आइतबार दिउँसो एक बजे परराष्ट्र मन्त्रालयमा हुनेछ ।
 http://dainiknepal.

काठमाडौँ : मलेसियामा जारी आइसिसी विश्वकप छनोट क्रिकेट प्रतियोगितामा नेपालले आयरल्यान्डमाथि ८ विकेटको शानदार जित दर्ता गराएको छ ।

मलेसियाको क्वालालम्पुरस्थित किनररा एकेडेमी ओभल खेल मैदानमा बुधबार आयरल्यान्डले पुरै ५० ओभर खेल्दै ७ विकेटको क्षतिमा दिएको १८५ रनको लक्ष्य नेपाली टिमले ४२.५ ओभरमै भेट्टाउन सफल भयो ।


आयरल्यान्डले दिएको गतिलो लक्ष्य पछ्याएको नेपालले ४८ बल बाँकी रहेको अवस्थामा २ विकेट गुमाउँदै १९० रन बनाएपछि ८ विकेटको सानदार जित दर्ता गर्न सफल भएको हो ।

नेपालको विजययात्रा जारी राख्ने क्रममा आयरल्यान्डविरुद्द्ध सन्दिप सुनार र सुनिल धमलाले विस्फोटक पारी खेले ।

ओपनर सुनिल धमलाले १२१ बलको सामाना गर्दै ७५ रन बनाउन सफल भए। उनीसँगै क्रिजमा जमेका सन्दिप सुनारले ११९ बलको सामना गर्दै नेपालका लागि सर्वाधिक ८५ रनको स्कोर गर्न सफल भए।

ओपनरहरु जम्न सफल भएपछि नेपाली किशोरहरुले आयरल्यान्डको गतिलो लक्ष्य पनि पार गर्न सफल भए ।

नेपालका लागि नटआउट रहेका राजु रिजालले १६ र योगेन्द्रसिंह कार्कीले ४ रन जोड्न भ्याए । आयरल्यान्डका लागि रोरी एन्डर्सले एक विकेट लिन सफल भए ।

यसअघि पहिले ब्याटिङ गरेको आयरल्यान्डका लागि एरोन जिलेस्पीले आयरल्यान्डका लागि नटआउट रहँदै ९१ बलमा सर्वाधिक ५८ रन जोडे । त्यसैगरी ज्याक टेक्टरले ५३ बलमा ४६ रन बनाउन सके ।

टोम स्टन्टनले ३०, ग्यारी म्याकक्लिन्टकले २७ र एन्ड्रयु अस्टिनले १३ रन जोड्न सफल भए ।

नेपालका लागि प्रेम तामाङले सर्वाधिक ४ विकेट लिए । त्यसैगरी ललित राजवंशीले २ विकेट र सुशील कँडेलले एक विकेट लिए ।

यसअघि सोमबार भएको खेलमा नेपालले अमेरिकालाई ६ विकेटले पराजित गर्न सफल भएको थियो ।

आजको खेलमा आयरल्यान्डलार्इ पराजित गरेपछि नेपालले ८ अङ्क जोडेको छ । नेपालले पहिलो खेलमा पपुवा न्युगिनीलाई ९ विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा युगान्डामाथि १७१ रनको फराकिलो जित निकालेको थियो ।
- /annapurnapost.


प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताले आफूप्रति देखाएको विश्वास गुम्न नदिने बताए छन ।

नेकपा (एमाले) जिल्ला कार्यसमिति झापाद्वारा आज बिर्तामोडमा आयोजित अभिनन्दन एवम् शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले अगामी दुई वर्षभित्र देशभरिका तुइन हटाउने र एक वर्षभित्र देशलाई विद्युत्भार कटौतीबाट मुक्त गराउने प्रतिबद्धता जनाए ।

नेकपा (एमाले) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले मुलुकलाई भ्रष्टाचारमुक्त गराई दुई वर्षको अवधिमा प्रत्येक नेपालीको आफ्नो घरको सुनिश्चितताका लागि आफू क्रियाशील रहने कुरामा जोड दिए


उनले देशमा अमनचयन, सुशासन र शान्ति कायम गरी सम्बृद्ध नेपाल निर्माण गर्न सबैले आ–आफ्नो ठाउँबाट अग्रसरता देखाउनुपर्ने विचार व्यक्त गरे ।

कृषिलाई आधुनिकीकरण र व्यावसायिक बनाउने उद्घोष गर्दै प्रधानमन्त्री ओलीले उद्योग स्थापना गराउन लगानीमैत्री वातावरण सिर्जना गर्ने सङ्कल्प गरे ।
लोकतान्त्रिक विधि र प्रक्रिया पूरा गरेर नयाँ संविधान जारी भएको भन्दै प्रधानमन्त्री ओलीले यसको कार्यान्वयनका लागि सबैको साथ र सहयोगको जरुरत रहेको बताए ।

नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले संविधानले नेपाली जनताको शिर ठाडो बनाई स्वाभिमानी बनाएको बताए ।

उनले कठिन परिस्थितिमा पनि वर्तमान सरकारलाई एमालेले हरतरहले सफल बनाउने बताउँदै निठर भएर देश र जनताको भलाइमा काम गर्न प्रधानमन्त्रीलाई आग्रह गरे ।

कार्यक्रममा नेपाली काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले भर्खरै जारी भएको नेपालको संविधानले मुलुकमा दिगो शान्ति, सम्बृद्धि ल्याउने विश्वास व्यक्त गरे ।

उनले आफ्नो पार्टीले वर्तमान सरकारलाई गुण र दोषको आधारमा सहयोग गर्ने बताए ।

नेकपा (माले)का महासचिव सिपी मैनालीले मधेश आन्दोलनले देश र जनताको स्वाधीनतामा आँच पु-याएको र जनजीविकालाई कष्टकर गराएकाले तत्काल वार्तामा आउन आन्दोलनरत मधेशी मोर्चालाई आग्रह गरे ।

कार्यक्रममा नेकपा (एमाले) जिल्ला कार्यसमिति र जिल्लाका विभिन्न सङ्घसंस्थाका तर्फबाट प्रधानमन्त्री ओलीलाई अभिनन्दन गरिएको थियो । त्यसैगरी कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री अग्नि खरेल, एमाले महासचिव पोखरेल,
 काँग्रेस महामन्त्री सिटौला र माले महासचिव मैनालीलाई पनि अभिनन्दन पनि गरिएको थियो ।

रुपन्देही, ४ कात्तिक । दुई जना भारतीय नागरिक सीमा नाका बेलहियामा नेपाली युवकको कुटपिटबाट घाइते भएपछि केही दिनयता सुचारु रुपन्देहीको नेपाल भारत सीमानाका बेलहिया बिहानैदेखि बन्द भएको छ । बेलहियाको सेरे पञ्जाब होटलमा मदिरा सेवन गरिरहेको अवस्थामा बेलहियाका सचिन थैव, सुनील रानाले भारतीय नागरिक अजय सिंह राजकोट, कृष्ण मुरारी मधेसीयालाई कुटपिट गरेको विषयलाई लिएर बेलहिया नाका बन्द भएको हो ।

कुटपिटबाट भारतीय नागरिक घाइते भएपछि मङ्गलबार रातिदेखि नै असहज बनेको बेलहिया नाकामा भारतीय पक्षले अहिलेसम्म कुनै पनि गाडी नेपाल प्रवेश गर्न दिएको छैन । घाइते राजकोटको चिउडोमा चोट लोगेको छ भने मधेसीयाको हातमा सामान्य चोट लागेको र उनीहरुको मेडिकल कलेज भैरहवामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

भारतीय पक्षले नेपालतर्फ मालबहाक तथा सवारीसाधन आउन रोक लगाएपछि बेलहिया नाकाबाट भारतबाट रोजगारी गरी फर्कने नेपाली मात्रै आएका छन् । मङ्गलबार साँझको उक्त घटना पछि दुवै देशका सुरक्षा अधिकारीले बेलहिया नाकामा सुरक्षा व्यवस्था कडा पारेको जनाएको छ । नेपालका तर्फबाट पनि बेलहिया नाकामा यसअघिभन्दा केही बढी सुरक्षाकर्मी खटाएको रुपन्देही प्रहरीले जनाएको छ ।

भारतीय पक्षले मालबहाक तथा सवारीसाधन नेपाल आउन रोक लगाएपछि नेपालबाट भारततर्फ जाने गाडी पनि भारत जानबाट रोक लगाइएको छ । कुटपिट गर्ने फरार रहेको र खोजी कार्य जारी राखेको रुपन्देहीका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए । रासस
internetkhabar.com


सुदूरपश्चिमको कैलाली भन्सार नाकाबाट भित्रिएको पेट्रोलियम पदार्थ नेपाल आयल निगम क्षेत्रीय कार्यालय धनगढीमार्फत आज काठमाडौँ पठाउन सुरु गरिएको छ ।



कार्यालयका प्रमुख शरद पौडेलले सात ट्याङ्कर डिजेल र एक ट्याङ्कर हवाई इन्धन आज काठमाडौँ पठाइएको जानकारी दिए ।



काठमाडौं पठाइएका सात ट्याङ्करमा एक लाख ४० हजार लिटर डिजेल र अर्को एक ट्याङ्करमा २० हजार लिटर हवाइ इन्धन रहेको बताइएको छ ।

सुदूरपश्चिममा डिजेल तथा पेट्रोलको अभाव कायमै रहेको अवस्थामा आयल निगमले इन्धन आज काठमाडौं पठाएको हो ।
रमादी : इराकको पश्चिमी प्रान्त अन्बारमा आईएस लडाकूले गरेको दुईवटा आत्मघाती आक्रमणमा परी मङ्गलबार ११ जनाको मृत्यु भएको छ ।

प्रान्तीय सुरक्षा स्रोतले सो जानकारी दिएको छ । इराकी सैनिकको एक शिविरलाई लक्ष्यगरी दुईवटा आत्मघाती भीषण आक्रमण भएको जनाइएको छ ।

इराकको राजधानी बग्दाददेखि ५० किलोमिटर पश्चिममा पर्ने फालुजाह सहरमा भएको आक्रमणममा केही सैनिक र अन्य विद्रोहीहरू मारिएका जनाइएको छ ।

भीषण विस्फोटन र आईएस लडाकू र सुरक्षाबलबीचको झडपको कारण अज्ञात सङ्ख्यामा आईएस लडाकू मारिनुको साथै घाइते भएका सो स्रोतले जानकारी दिएको छ ।

यस आक्रमणमा मारिएका लडाकूको सङ्ख्या धेरै रहेको बताइएको छ । तर सैनिक भने के कतिको हताहति भयो भन्ने बारेमा केही बताइएको छैन । एजेन्सी
annapurnapost.com
ओलीको नेतृत्वमा समस्या सुल्झने विश्वास
तनहुँ : भारतीय जनता पार्टीका वरिष्ठ नेता विजय जोलीले केपी शर्मा ओलीको नेतृत्वमा नेपाल र भारतबीच देखिएको समस्याको समाधान निस्कने विश्वास व्यक्त गरेका छन् ।

नाकाबन्दीका कारण नेपाल–भारत सम्बन्ध चिसो भएको प्रसंगमा अन्नपूर्णको जिज्ञासाको जवाफ ईमेलमार्फत फर्काउँदै जोलीले नेपालमै र दुई देशको सम्बन्धमा आएको समस्याको समाधान निस्कने अपेक्षा गरे ।
भारतले घोषित वा अघोषित कुनै पनि हिसाबले नाकाबन्दी नगरेको जिकिर गरेका नेता जोलीले घुमाउरो भाषामा नाकाबन्दीको समस्या उच्चतहको वार्ताले समाधान गर्ने विश्वास व्यक्त गरेका छन् ।

उनले नेपाली भूमिमा भएको नाका छेक्ने आन्दोलनका कारण उत्पन्न असुरक्षाले गर्दा इन्धन र तरकारीसहितका उपभोग्य वस्तुका ट्रक नेपाल पस्न नसकेको भारतीय संस्थापन पक्षको अडान दोहोर्याए ।
‘नेपालभित्रको समस्या भएकाले सम्बद्ध सबै पक्षसँग वार्ता गरेर समाधान निकाल्नु पर्छ’, उनले भनेका छन्, ‘नेपालमा रहेका भारतविरोधी शक्तिहरुले दुई देशबीचको सम्बन्धमा खलल ल्याउने अवस्था श्रृजना गरिरहेका छन् ।’

भारतमा ६५ लाख भन्दा बढी नेपाली भारतीय समाजसँग निकट भएर रहेको प्रसंग कोट्याउँदै उनले आफुहरु नेपालको शान्ति र स्थायित्वका लागि सधैं सघाउन तत्पर रहेको बताए ।
www.annapurnapost.com
डेढ वर्षअघि भारतीय जनता पार्टी अत्यधिक बहुमतसाथ भारतको लोकसभा निर्वाचन जित्न सफल भयो। नरेन्द्र मोदी प्रधानमन्त्रीका रूपमा आए । त्यसलगत्तै उनले शपथग्रहण गर्दा छिमेकी देशका राज्य र सरकारप्रमुखलाई बोलाए।

शपथग्रहणका क्रममा उनले छिमेकलाई नजिकको दृष्टिकोणबाट हेरेको, सामीप्यको दृष्टिले हेरेको अभिव्यक्त गरे। त्यतिमात्रै होइन, मोदीले आफंै छिमेकी मुलुक घुमेर खासगरी नेपाल आउँदा केही प्रतिबद्धता व्यक्त गरे। उनको सम्बोधनबाट नेपाल-भारत बीचको सम्बन्धमा केही नयाँ आयाम सुरु हुन्छ कि, सहमति र समझदारी अभिवृद्धिमा आधारित दुई देशबीचको सम्बन्ध परिचालन हुन्छ कि भन्ने आभास भएको थियो। नेपाल-भारत सम्बन्धको विगतका घटना हेर्दा कटु अनुभव छन्। यसअघि दुईदुईपटक नाकाबन्दीको अनुभव छ। त्यसको साथसाथै गत वैशाखमा विनाशकारी भूकम्प गएर नेपालमा ठूलो क्षति भएको बेला भारतीय प्रधानमन्त्री मोदी आफैं तदारुक भएर प्रधानमन्त्री सुशील कोइरालासँग सम्पर्क राखे।


भारत सरकारले आफ्नो संयन्त्र परिचालन गर्‍यो, अग्रसरता देखायो, उदारता र सद्भाव देखायो।भारतलाई नजिकबाट हेरेको व्यक्ति र भारतमा लामो अवधि राजदूत भएर बिताएको हैसियतले मोदीको नेपाल भ्रमण र भूकम्पपछि उनले देखाएको सदाशयतापछि विगतको उताचढाव बिर्सेर उत्साहित वातावरणमा नेपाल–भारत सम्बन्ध अघि बढ्छ भन्ने मलाई लागेको थियो।

नेपालले प्रजातन्त्रको स्थायित्वका लागि संविधान निर्माण गरेको बेलामा देशमा नयाँ अपेक्षा थियो। दुई देशको सम्बन्धमा नयाँ अध्याय सुरु हुन्छ भन्ने लागेको थियो। संविधान लेखनको प्रक्रियामा कसले कहाँ कोसँग कस्ता संवाद गर्‍यो, कस्ता आश्वासन दियो, कस्ता समझदारीहरू भए, यसबारे नेपाल सरकारले जनतालाई सुसूचित राखेन।

हाम्रो राज्यसञ्चालनको कमजोरी के रहँदै आएको छ भने जनतालाई सूचनाबाट सधैं बाहिर राख्ने। राज्य आआफू मनोमानी ढंगले सञ्चालन गर्ने परिपाटी छ, जुन ठीक होइन। संविधान जारी गरेपछि नेपालमा कहालीलाग्दो अवस्था सिर्जना भयो, एकातिर आतसबाजी र अर्कोतिर चिता जलाउने काम सँगसँगै भए।

नेपाल-भारत सीमामा संघर्ष गर्ने, आवतजावत र मालसामान ढुवानीमा समेत अवरोध गर्ने काम हाम्रै राजनीतिक दलहरूबाट भएका छन्। सीमामा भएका यी र यस्ता अवरोध भारतीय प्रधानमन्त्री मोदीको निगरानीमा भयो होला भन्ने मलाई लाग्दैन।तर, लामो समय देशको सरकारी भूमिकामा रहँदा मैले नाकाबन्दीदेखि विभिन्न अप्ठ्यारा परिस्थिति भोगेको छु।

नेपाललाई भारतले लगाएको यो तेस्रो नाकाबन्दी हो । यसअघि इन्दिरा गान्धीको प्रधानमन्त्रीत्वकालमा सन् १९६९ मा र अर्कोपटक राजीव गान्धी प्रधानमन्त्री हुँदा सन् १९८९ मा भारतले नेपालमा नाकाबन्दी लगाएको थियो। ती दुवै बेला मैले सरकारी पदमा रहेर त्यस बेलाको अवस्था नियालेको थिएँ। ती दुवै समयमा कुनै न कुनै प्रकारले दुई देशबीचको संवादमा म पनि सरिक भएकाले मैले के सोचेको थिएँ भने अब त्यस खालको नाकाबन्दीको पुनर्उत्थान नेपालमा हुनेछैन।

संविधान भनेको नेपालको आन्तरिक दस्तावेज हो । संविधान नेपालीको आफ्नो विषय हो। संविधानबाट नेपालको राष्ट्रियताको जगेर्ना, संरक्षण र प्रतिबद्धता, नेपालको अखण्डताको सुनिश्चितता, नागरिक-नागरिकबीचको समान पहिचान र समान अवसर सुनिश्चित हुनुपर्छ। कुनै नागरिकबीच भेदभाव नहुने अवस्था हुनुपर्छ।

संविधानमा नेपालको अन्तर्राष्ट्रिय क्षेत्रमा हुने भूमिका सुनिश्चित हुनुपर्छ। संयुक्त राष्ट्रसंघदेखि अन्य अन्तर्राष्ट्रिय मञ्चहरूमा उचित प्रतिनिधित्व हुनुपर्छ। वाङडुङ सम्मेलनदेखि नेपालले अन्तर्राष्ट्रिय क्षेत्रमा सम्बन्ध अघि बढाउन थाल्यो। लुकेर बसेको नेपाल वाङडुङ सम्मेलनपछि विश्व कूटनीतिमा पदार्पण गर्न सफल बन्यो। त्यसपछि नेपालले विश्व मञ्चमा सक्रिय भूमिका खेलेको छ।

अरू ठूलो मुलुकभन्दा कम छैन नेपालको भूमिका पनि । नेपाली सुरक्षाकर्मीले विश्वको शान्ति स्थापनामा महत्वपूर्ण योगदान पुर्‍याएका छन्। म परराष्ट्रमन्त्री छँदा तत्कालीन राष्ट्रसंघीय महासचिवले नेपालको शान्ति मिसनमा भइरहेको योगदानको मुक्तकण्ठले प्रशंसा गरेका थिए। नेपालले शान्ति मिसनमा गरेको सहयोगबाट संयुक्त राष्ट्रसंघले नोबेल शान्ति पुरस्कार पाएकोसम्म उनले उल्लेख गरेका थिए।

सात वर्ष लगाएर बनाउन नसकेको संविधान अहिले नेपाली जनताले पाएका छन्। दोस्रो संविधासभाले संविधान त चाँडै दियो तर जनताको भावना बुझ्न निकै थोरै समयमात्र दिइयो। देशभरिका सम्पूर्ण जनताको धारणा तीन दिनमा मात्रै बुझ्ने काम भयो। संवादको कमी देखियो।

नेपाली-नेपालीबीच संवादको विकल्प छैन। तर, त्यसका लागि जहिले पनि निकै थोरै समयमात्र प्राप्त हुने अवस्था छ।नेपाल संयुक्त राष्ट्रसंघको पुरानो सदस्य हो। राष्ट्रसंघमा नेपालको ठूलो योगदान छ। तर, राष्ट्रसंघले नेपालको संविधानलाई स्वागत गरेन। राष्ट्रसंघले पनि अरू देशको कुरा सुन्यो। हामी कूटनीतिक रूपमा असफल भयौं।

अहिले अप्रत्याशित रूपमा हामीले समस्या बेहोरिरहेका छौं । अहिलेको कठिन अवस्थामा हामी एकबद्ध भएर अघि बढ्नुपर्छ। समस्या समाधानका लागि आफैं वार्ताको माध्यमबाट जानुपर्छ । विश्वलाई पनि हामीले अहिलेको संविधानबारे प्रस्ट रूपमा जानकारी गराउनुपर्छ।पछिल्लो समयमा सबै विषय भारत—नेपाल सम्बन्धमा केन्द्रित भएको छ। नेपाल-भारतबीच जुन समझदारी र सुमधुर सम्बन्ध हुनुपर्ने हो, त्यो छैन। दुई देशबीचको यो पुरानो र दिगो सम्बन्ध पुरानै अवस्था फर्काउन के गर्न सकिन्छ भनेर हामीले सोच्नुपर्छ।

भारतभित्रै पनि कतिपय शक्ति अहिले भारतीय संस्थापनले देखाएको व्यवहारप्रति असन्तुष्टि देखाइरहेका छन्। नेपाली जनतालाई दुःख दिएर राजनीतिक मूल्य हासिल गर्ने रणनीति भारतले अपनाउनु हुँदैन । नेपालको आन्तरिक विभाजनको मुद्दा बोकेर भारतले नेपालको कुनै एउटा आंशिक भूभागलाई सुदृष्टिले हेर्ने र अर्को भागलाई कुदृष्टिले हेर्ने काम गर्नु हुँदैन।

तराई, पहाड र हिमालबीच अन्योन्याश्रित सम्बन्ध छ। संघीयता सुशासनको माध्यम हुनुपर्नेमा विभाजनको बाटो बन्यो भने त्यसले राम्रो हुँदैन । नेपाली प्रजातन्त्रको ६० वर्षको इतिहासमा व्यवस्था राजावादी या बहुदलवादी जुन भए पनि कहिल्यै पनि विकेन्द्रीकरणको नीति लागू हुन सकेन । यसमा राजादेखि लोकतन्त्र सबै चुकेका छन्। संघीयतालाई जातीय विभाजनको बाटोमा अघि लैजाँदा मुलुकलाई फाइदा हुँदैन।

इतिहास हेर्दा नेपालले केही सीमित देशसँग मात्र सम्बन्ध राखेको पाइन्छ । लड्दै जाँदा आफूले कब्जा गर्न सकेको भूभाग कब्जा गर्दै जाने नीति थियो। अंग्रेजसँग हामी त्यसरी लड्यौं। कसरी साम्राज्यवादीहरूबाट बच्ने र सुरक्षित रहने भन्ने नेपालको अघोषित परराष्ट्र नीति थियो त्यो बेला।

२००७ सालपछि बेलायती उपनिवेशबाट मुक्त भएको स्वतन्त्र भारतसँग कसरी कस्तो नीति अख्तियार गरेर नेपाल जाने भन्ने नै हाम्रो नेतृत्वले टुंगो लगाउन सकेन। नेपालले प्रोएक्टिभ भएर भारतलाई कसरी हेर्ने भन्ने नीति अख्तियार नै गर्न सकेन।भारतले सन् १९५० को सन्धि नेपालसँग गर्दा एउटा साम्राज्यवादी मानसिकता राखेको थियो । पाकिस्तान र बंगलादेश अलग देश बनिसकेका थिएनन्।

भारत एउटो सिंगो र मजबुत देश थियो । १९५० को सन्धि गर्दा मोहनशमशेरको शासनलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे या मोहनशमशेरलाई थर्काए या धम्क्याए, तर नेपालमा सन्धिको मसी सुक्न नपाउँदै विरोध सुरु भएको थियो । नेपाली जनताले त्यसलाई मान्यता दिएका थिएनन् । बाध्यताले मात्र १९५० को सन्धि नेपालले स्वीकार गरेको हो।

सात सालपछि संक्रमणको बेला थियो । पूरै प्रजातन्त्र पनि भइसकेको थिएन । संविधानसभा बनाउने कि राजाले संविधान बनाउने भन्ने वादविवाद हुँदाहुँदै राजाकै आग्रहमा कांग्रेस राजाले बनाएको संविधान मान्न तयार भयो। देश एउटा नयाँ प्रक्रियामा प्रवेश गर्‍यो । प्रयोगको बेला थियो थियो । संविधान बनाउने चर्चा पनि थियो । त्यस बेला हामी धरमर अवस्थामा थियौं।

दोधार र द्विविधाको अवस्थामा थियौं। प्रजातान्त्रिक देश भारतका पहिलो प्रधानमन्त्री जवाहरलाल नेहरूले हिमालय हाम्रो सीमा हो भनेर बोले । त्यो बेलामा राजनीतिक परिपक्व सोचाइ भएको र आँट पनि भएको विश्वेश्वरप्रसाद कोइरालाले नेहरूलाई तपाईंले गल्ती गर्नुभयो भनेर विरोध गरे। नेहरूले संसद्मा भाषण गरी क्षमा मागे आफ्नो गल्ती स्वीकार गर्दै। त्यसपछिका कालखण्डमा पनि नेपालले 'एसर्टु' गर्न खोजेको र भारतले धकेल्न खोजेको हाम्रो इतिहास छ। त्यसले अहिलेसम्म निरन्तरता पाइरहेको छ।

प्रशासनमा सचिव हुँदा र पछि मन्त्री हुँदा व्यापार सन्धिबारे भारतसँग कुरा गर्दा होस् या अन्य कुरामा मैले के देखेको छु भने भारतीयहरू तिमीहरू स्वतन्त्र छौ तर हाम्रो सुरक्षा अवधारणालाई बेवास्ता गर्ने तिमीहरूको अधिकार छैन भन्छन् । तिमीहरूको छिमेकीसँग हाम्रो सम्बन्ध ठीक छैन भन्थे उनीहरू । त्यस बेला लडाइँ नै लडे उनीहरूले चीनसँग।

अहिलेको अवस्थामा कुनै पनि एउटा मुलुकले अर्को मुलुकको भूभाग लिन्छ भन्ने होइन । छिमेकमा आफ्नो प्रभाव बढाउन खोज्नुचाहिँ स्वाभाविक देखिन्छ । सात सालदेखि नै जति भारतले हस्तक्षेपको धारणा अघि बढायो त्यति नेपाललाई नियन्त्रणमा राखिरह्यो। अहिले पनि त्यसको निरन्तरता देखिन्छ। तर बीचमा समझदारीका लागि दुई देशबीच पटकपटक संवाद नभएका होइनन्।

नेपालले संयुक्त राष्ट्रसंघमा आबद्धता जनाएर पिस किपिङ फोर्समा सक्रियतापूर्वक भाग लिएको छ । अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालले धेरै छलाङ मारिसक्यो । तर नेपालको प्रगतिलाई भारतको संस्थापनको एउटा पक्षले कत्ति पनि रुचाएको देखिँदैन । उनीहरूले पचाउन पनि सकेका छैनन् । त्यसैले भारतसँगको सम्बन्धमा उतारचढाव देखिन्छ।

भारतमा जवाहरलाल नेहरूपछि लालबहादुर शास्त्री प्रधानमन्त्री भएर आए। राजा महेन्द्रले भनेको मैले नै सुनेको छु, ‘यो प्रधानमन्त्रीसँग त काम गर्न सकिएलाजस्तो छैन।' तर उनी चाँडै बिते। इन्दिरा गान्धीको पालामा चाहे नेपालको सत्ता पञ्चायत होस् या प्रजातान्त्रिक, उनको हरहिसाबमा हामीले चाहेको कुरा नेपालले गर्नुपर्छ भन्ने भावनाले निरन्तरता पायो । दुई देशबीचको सम्बन्ध इन्दिरा गान्धीको पालामा सहज भएन।

तर जब आईके गुजराल प्रधानमन्त्री भए, उनले छिमेकीहरूको सम्बन्धमा 'नन-रेसिप्रोसिटी'को रणनीति लिए । भारत ठूलो मुलुक भएकाले साना मुलुकलाई उसले दिनुपर्छ, लिने होइन, सहयोग गर्नुपर्छ भन्ने मान्यता राख्ने भारतीय प्रधानमन्त्री थिए उनी। उनले गुजराल डक्ट्रिन निकाले। त्यहीअनुसार नेपाल-भारत व्यापार सन्धि पनि भयो। उनले देखाएको उदारताका कारण नेपालीमा ठूलो छिमेकीबाट केही हुन्छ कि भन्ने एउटा आशाको किरण पलाएको थियो।

नेपाली धारणा उनीप्रति सकारात्मक थियो । तर उनी पनि धेरै टिक्न सकेनन् । राजीव गान्धीको प्रधानमन्त्रीत्वकालमा दोस्रो नाकाबन्दी सन् १९८९ मा नेपालले बेहोर्‍यो। नेपालले सन् १९५० को सन्धिमा भएको व्यवस्थाविपरीत भारतको अनुमति नलिई अर्को मुलुकबाट हतियार लियो भन्ने भारतको आरोप थियो।

चीनबाट हतियार ल्याउँदा सन् १९५० को सन्धि उल्लंघन भएको भनेर भारतीय पक्षले कुरा गरेपछि भारतले नेपालमाथि नाकाबन्दी लगाएको थियो त्यति बेला। १८ महिनासम्म नराम्ररी नाकाबन्दी भयो । त्यसले गर्दा नेपालको राजनीतिक संरचना नै परिवर्तन भयो।सन् १९६९ को नाकाबन्दीको मुख्य कारण चीनसँग सीमा जोडिएका नेपालका उत्तरी भेगमा रहेका भारतीय चेकपोस्टहरू हटाइयो भन्ने थियो।

राजा महेन्द्रले खटाएअनुसार 'एम्बासाडर एट लार्ज' अर्थात् विशेष दूतका रूपमा मैले त्यति बेला भारतीय विदेश मन्त्रालय र उच्च अधिकारीहरूसँग संवाद गरेको थिएँ । त्यस्तै नेपालसँग भारतका व्यापार र अन्य विभिन्न पक्षसँग सम्बन्धित असन्तुष्टिहरू पनि त्यस बेलाको नाकाबन्दीका कारण थिए । संवादका क्रममा मैले उनीहरूको अन्तिम लक्ष्य के हो भन्ने बुझेँ।

राजा महेन्द्रले हरेक च्यानल प्रयोग गरेर नाकाबन्दी हटाए । उनले अन्तर्राष्ट्रिय रूपमा समेत पहल गरे । म राजाले त्यति बेला भनेको सम्झिन्छु, ‘कसैले हिर्कायो भने ऐय्या भन्न त पाउनुपर्‍यो नि।'नाकाबन्दीजस्तो असहज अवस्थामा त बाँकी विश्वलाई पनि हामीले गुहार्नुपर्छ। त्यो बेला अर्को छिमेकी चीनसँग पनि कुराकानी गरेका थियौं।

अहिले त्यो छिमेकी निकै शक्तिशाली भएर आएको छ । जनता-जनताबीचको असहज परिस्थिति निराकरण गरेर जानैपर्छ । हाम्रो विदेशनीतिको ध्येय यस्तो अवस्थामा त्यही हुनुपर्छ। त्यति बेला भारतले नेपाली जनताले नाकाबन्दीका कारण ज्यादै दुःख पाएको देखेको थियो। भारतले ठीक गरेको या नगरेको भनेर बहस भए।

अहिले पनि जनताले त्यही खालको दुःख भोगेका छन् । भारतीय विपक्षी दल कंग्रेसले भारतीय संस्थापनको विरोध गर्दै यसलाई भारतीय कूटनीतिको असफलता भनेको छ। भारतीयहरूको आन्तरिक प्रक्रियामा हामीले बोल्ने होइन। तर अहिले नेपाली जनताले दुःख पाए भन्ने भारतले बुझ्नुपर्छ। भारत र नेपाल मिलेर अहिलेको समस्या हल गर्नुपर्छ। त्यति बेलाको राजनीतिक दृढता के थियो भने आफूले गल्ती नगरेसम्म झुकेर समाधान खोज्ने बाटोमा नेपालको राज्यसत्ता लागेको थिएन।

विदेशमन्त्री र उनको मन्त्रालय एवं दूतावास सक्रिय हुने यस्तै नाकाबन्दीको बेला अझै बढी हो। नाकाबन्दी हुँदै छ कि छैन भनेर बुझ्ने काम दूतावासले गर्ने हो । कसैलाई चिढ्याएर हामी यति बेला जाने होइन । सभ्य र कूटनीतिक माध्यमबाट जानुपर्छ। अहिले नेपाली जनता परिचालन गर्ने बेला हो।

ठाउँठाउँमा सभा गर्ने बेला अहिले नै हो, जसले जनस्तरबाट भारतलाई दबाब दिन सकियोस् । तर केही भएको छैन । हामीले पनि बुझ्नुपर्ने के छ भने नेपालभित्रबाट भारतविरोधी गतिविधि हुन दिनु भएन। तर भारतको दबाब आइरहन्छ भन्ने धारणा राखेर आफ्नो निर्णयबाट नेपाल पछि हट्नु पनि राम्रो भएन। राजा र भारतीय प्रधानमन्त्रीका बीच 'प्रोटोकल'का समस्याहरू पनि सन् १९८९ को नाकाबन्दीको कारणका रूपमा देखिए । भारतको पनि त्यति बेला 'मिसएडभेन्चर' थियो।

अहिलेको नेपाल-भारत सम्बन्धको चिसोपनालाई चाहिँ परिभाषा लगाएर नाकाबन्दी भनेर बुझ्ने कि वास्तविकतामा बुझ्ने हेर्नुपर्छ । वास्तविकता नाकाबन्दी नै छ। तर परिभाषा खोज्ने हो भने उनीहरूले औपचारिक रूपमा नाकाबन्दी भनेका छैनन्। अब त्यो मुद्दा कहाँ गएर छिन्ने ? आखिर दुःख त नेपाली जनताले पाए नि ?

आन्दोलनरत राजनीतिक समूहले पनि नेपाल र भारतबीच सम्बन्ध बिग्रन लागेको महसुस गर्नुपर्‍यो। त्यसैले वार्ताको सम्भावना फेरि आएको छ। कसले कहाँ के कति गल्ती गर्‍यो र सम्बन्धको सुधार कहाँ कुन ढंगले गर्ने भन्ने हामीले गम्भीर भएर सोचेर तत्काल समस्या हल गर्नुपर्छ।

अहिलेको ‘स्ट्याटस्को’बाट सहज अवस्थातिर कसरी लिएर आउने भन्ने हामीले गहिरिएर सोच्नुपर्छ । हाम्रो आन्तरिक राजनीतिक अधिकारको विषयमा सबै वर्ग र जातिलाई समान अवसर दिइनुपर्छ। तर पहिलो कुरा मुलुकको भौगोलिक अखण्डता र राष्ट्रियतालाई अघि राख्नुपर्छ।

ऐतिहासिक अवस्था हेर्नुपर्छ। विगतमा एउटा समूहले अपहेलित गर्‍यो, अब अर्को समूहले त्यसको बदलामा पुरानो समूहलाई अपहेलित गर्नुपर्छ भन्ने धारणा गलत छ।

(पूर्वमन्त्री, सचिव एवं भारतका लागि नेपाली राजदूत)
प्रस्तुति: सन्तोष घिमिरे
annapurnapost.com
काठमाडौं । पाकिस्तानले भारतसँग लड्नका लागि छोटो आणविक हतियार निर्माण गरेको दाबी गरेको छ । भारतीय रबैयाको निन्दा गर्दै पाकिस्तानले छोटो तर शक्तिशाली आणविक हतियार बनाएको दाबी गरेको हो ।
पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफसँग अमेरिकी भ्रमणमा रहेका विदेश सचिव एजाज चौधरीले भारतलार्इ जबाफ दिनका लागि साना तर शक्तिशाली एटमी हतियार बनाएको पुष्टि गरेका हुन् ।
मंगलबार वासिंगटनमा पत्रकारसँग कुरा गर्दै उनले भने, ‘भारतको कोल्ड-स्टार्ट डक्ट्रिन र हमलाको खतरासँग जुध्न हामीले साना तर शक्तिशाली एटमी हतियार बनाएका छौं ।’
समाचार अनुसार यसअघि पनि पाकिस्तानका पुर्व राष्ट्रपति परवेज मुसर्रफ र सेना प्रमुख राहिल सरिफ जस्ता पाकिस्तानका राजनीतिक र सैन्य नेतृत्वले भारतविरुद्ध कडा टिप्पणी गर्दै आएका थिए ।
सन‍् २०१० मा भारतीय स‍ंसदमा भएको हमलापछि भारतीय सेनाले ‘पराक्रम’ अपरेशन थालेको थियो । पाकिस्तानी सीमामा यसका लागि विशेष योजना बनाइएको थियो । यसअघि सन् २००८ मा मुम्बर्इमा हमला भएको थियो ।
त्यसपछि भविष्यमा पाकिस्तानको भूमिबाट कुनै पनि षड्यन्त्रपू्र्ण हमला रोक्नका लागि भारतीय सेनाले नयाँ रणनीति तय गरेको थियो ।
यो ‘कोल्ड स्टार्ट’ पोलिसीका अनुसार भारतीय सेनाले ‘स्विफ्ट रिएक्सन’ (तुरुन्त जवाफी कारबाही) को रणनीति बनाएको थियो ।
पाकिस्तानले भारतविरुद्ध लड्न आणविक हतियार बनाएको बताए पनि उसले अहिलेसम्म अमेरिकासँग कुनै किसिमको न्यूक्लियर सम्झौता भने गरेको छैन ।
पाकिस्तानी आर्मीले अगस्त अन्तिममा  आफ्नो मुलुकको संसदीय समितिमा बताए अनुसार उसका लागि देश बाहिर भारतका अलावा कुनै अरु खतरा छैन।
भारतले पछिल्लो केही वर्षमा १ सय बिलियन अमेरिकन डलरको हतियार किनिसकेको छ । समाचारपत्र डनका अनुसार भारतले ८० प्रतिशत हतियार  पाकिस्तानसँग भिड्नका लागि खरिद गरेको हो ।
पछिल्लो १० वर्षमा भारतल आफ्नो सेनाका लागि बजेट दुर्इ गुणा बढाएको छ । यो वर्ष भारतले रक्षा बजेट २.४६ लाख करोड रुपैयाँ  अर्थात ४०.०७ बिलियन अमेरिकी डलर राखेको छ ।
यो बजेट पाकिस्तानको भन्दा तीन गुणा धेरै हो । पाकिस्तानको रक्षा बजेट ७८ हजार करोड भारतीय रुपैयाँ रहेको छ । पाकिस्तान सन् १९४७, १९६५ र १९७१ मा तथा १९९९ मा कारगिल लडाइँमा भारतसँग भिडन्त गरिसेकको छ ।
बुलेटिन अफ द एटोमिक साइन्टिस्टले मार्चमा जारी  गरेको आफ्नो रिपोर्टमा बताए अनुसार पाकिस्तानसँग ११० न्यूक्लियर बम रहेका छन् । भारतसँग १००  न्यूक्लियर बम रहेका छन् ।  तर यो आँकडा सन् २०१२ मा बनाइएको हो ।
तीन साल यता यी दुर्इ देशले कतिय आणबिक हतियार वृद्धि गरे भन्ने तथ्यांक भने खुलाइएको छैन । अन्नपूर्ण पोष्टमा समाचार छ ।
dainiknepal.com
ग्यास ल्याउन निजी कम्पनीलाई समेत अनुमति
काठमाडौं, ४ कात्तिक । भारतको अघोषित नाकाबन्दीकाबीच अन्ततः छिमेकी देश चीनबाट नेपालमा ग्यास आउने भएको छ ।

प्रधानमन्त्री केपी ओलीको उपस्थितिमा उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीनबाट इन्धन ल्याउने निर्णय गरेपछि नेपाली अधिकारीहरु बुधबार ग्यास ल्याउन चीन पुगेका छन् ।
चीनबाट ग्यास ल्याउन नेपाल आयल निगमका उच्च अधिकारीसहितको टोली तिब्बतको सिगात्से पुगेको हो । त्यहाँ नेपाली टोलीले चिनियाँ पेट्रोलियम कम्पनीका डिलरसँग वार्ता सुरु गरेको छ । ग्यास आपूर्तिका लागि नेपालसँग रहेका विकल्प (नेपालको सिलिन्डर चीन पु¥याएर त्यसमा ग्यास भरिदिने हो वा स्थल मार्गबाटै आफ्नै सिलिन्डर नेपाल पठाउने)मा छलफल हुने बताइएको छ ।

नेपाली टोलीको नेतृत्व नेपाल आयल निगमका निमित्त उपमहाप्रबन्धक सुशील भट्टराईले गरेका छन् । टोलीमा निगमकै उच्च अधिकारीसहित ग्यास विक्रेता महासंघ नेपालका निवर्तमान अध्यक्ष ज्ञानेश्वर अर्याल र नेपाल ग्यास उद्योग संघका अध्यक्ष शिव घिमिरे र गोकुल भण्डारीसमेत सहभागी छन् ।
उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापाको भारत भ्रमणले नाका अवरोध समस्या समाधान नभएपछि सरकारले चीनबाट पेट्रोलियम पदार्थ ल्याउन पहल सुरु गरेको हो । चीनबाट इन्धन ल्याउन प्रधानमन्त्री ओलीले समेत निगमका उच्च अधिकारीहरुलाई निर्देशन दिइसकेका छन् ।

उपप्रधानमन्त्री पठाउँदा समेत भारतले नाका खोल्न नमानेपछि नेपालको विकल्प चीन बनेको हो । यसैबीच चीनबाट ग्यास ल्याउन आयल निगमले केही कम्पनीलाई आयातको लागि अनुमति दिइसकेको छ ।
 dainik nepal
काठमाडौँ, ४ कात्तिक । नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ६० औँ वर्ष प्रवेशसँगै दुवै मुलुकले पारस्परिक मैत्रीलाई उच्च प्राथमिकतामा राखेर कूटनीति सञ्चालन गरिरहेका छन् । शताब्दीऔँदेखिको दुई मुलुकबीचको धार्मिक, सांस्कृतिक, आर्थिक, सामाजिक एवम् राजनीतिक सम्बन्ध कूटनीतिक तहमा मात्र नभई पछिल्ला दिनमा जनस्तरमा पनि निरन्तर झाङ्गिदै गएको छ ।
शान्तिका प्रवर्तक भगवान् गौतमबुद्धको जन्मभूमिमा आएर जलाशयका रुपमा रहेको काठमाडौँलाई बस्तीयोग्य तुल्याउने महामञ्जुश्री, आधुनिक कूटनीतिक अभ्यासको थालनी हुनु अगावै शान्ति, मैत्री र आपसी सहयोग बढाउन नेपालकी राजकुमारी भृकुटी र तिब्बतका राजा स्रङ्चङ गम्पोको विवाह तथा सांस्कृतिक प्रवद्र्धनमा वास्तुकलाका माध्यमबाट आपसी सम्बन्ध विस्तार गर्न कलाकार अरनिकोले खडा गरेको जगमा टेकेर प्रगाढ भएको दौत्य सम्बन्ध वर्तमानमा अझ सुमधुर बन्दै भएको छ ।
समस्यारहित नेपाल–चीन बहुआयामिक सम्बन्ध पछिल्ला दिनमा सहयोगात्मक एवम् परस्परका चासो र संवेदनालाई ख्याल राख्दै नयाँ उचाइ प्राप्त गर्ने दिशामा अविरल अघि बढिरहेको छ भने दुवै मुलुकका शीर्ष नेतृत्वले पारस्परिक सम्बन्धलाई सरकारीस्तरमा मात्र नभई जनस्तरमा पनि उत्तिकै महत्वका साथ प्रवद्र्धन गरिरहेका छन् ।
इतिहासदेखि वर्तमानसम्मको द्विपक्षीय सम्बन्धलाई विश्लेषण गर्दा चीनको आत्मीयता, उसले नेपाली जनताप्रति गरेको विश्वास, दैवी विपत्ति होस् वा अन्य कारणले उत्पन्न कठिन परिस्थिति, बेइजिङले फैलाएका सहयोगी हात र निरन्तर प्राप्त सहयोग एवम् सद्भावले उसको छिमेकप्रतिको असल नियत र नीति स्पष्ट हुन्छ ।
नेपाल-चीन अध्ययन केन्द्रका अध्यक्ष मदन रेग्मी सुखदुःखको भरपर्दो मित्र मुलुक चीनले भूकम्पका बेला उद्धार, राहत र पुनःस्थापनामा पु¥याएको सहयोग र पुनर्निर्माणका लागि ठूलो धनराशी प्रदान गर्ने सार्वजनिक घोषणाले नेपालप्रतिको चीनको प्राथमिकता र मैत्रीलाई प्रतिबिम्बित गरेको बताउनुहुन्छ ।
संयुक्त राष्ट्रसङ्घका लागि पूर्व स्थायी प्रतिनिधि प्रा डा जयराज आचार्य चीनले हासिल गरेको अद्वितीय औद्योगिक एवम् आर्थिक विकासबाट नेपालले सक्दो फाइदा लिनुपर्ने विचार व्यक्त गर्नुहुन्छ । चीनसँगको बढ्दो व्यापार असन्तुलन कम गर्नेतर्फ केद्रित रहेर नेपालले काम गर्नुपर्नेमा उहाँ जोड दिनुहुन्छ । “त्यसनिम्ति लगानीमैत्री वातावरण निर्माण र राजनीतिक स्थायित्व उत्तिकै आवश्यक छ,” प्रा आचार्य भन्नुहुन्छ । बेइजिङका सुरक्षा संवेदनशीलता र चासोलाई गम्भीर रुपमा नेपालले लिएको र ‘एक चीन नीति’प्रतिको अटल अडानले दुवै देशलाई अझ निकट ल्याएको उहाँको अभिमत छ ।
चीनले अनन्त कालसम्म दिगो रहने बृहत् साझेदारीयुक्त सहयोगात्मक सम्बन्ध आफ्नो प्राथमिकता भएको प्रस्ट्याउँदै नेपालको आर्थिक, सामाजिक, शैक्षिक विकासमा निरन्तर सहयोग र समर्थन गरिरहने प्रतिबद्धता व्यक्त गर्दै आएको छ ।
चीनले आफ्नो छिमेक नीतिमा नेपाललाई उच्च प्राथमिकता दिएको र उसको चासो नेपालको राजनीतिक स्थायित्व एवम् विकास भएको बताउनुहुन्छ, पूर्व परराष्ट्र सचिव मधुरमण आचार्य । साठी वर्ष लामो दुई मुलुकबीचको कूटनीतिक सहयात्राको परिणामस्वरुप चीन सबैभन्दा धेरै लगानी गर्ने तथा आर्थिक एवम् भौतिक सहयोग उपलब्ध गराउने मुलुक हुनुले नेपालप्रतिको चिनियाँ चासो र महत्व प्रष्ट हुने उहाँको अभिमत छ ।
नेपालको सामाजिक एवम् आर्थिक विकासमा भरथेग गर्न वार्षिक रुपमा १५ करोड चिनियाँ युआन उपलब्ध गराउँदै आएको चीनले ८० करोड युआन पु¥याउनु तथा भूकम्पबाट तहसनहस भएका भौतिक संरचना पुनःनिर्माणका निम्ति वैदेशिक सहायता जुटाउन गत असार १० गते यहाँ सम्पन्न ‘नेपालको पुनःनिर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलन’मा रु ७७ अर्ब ७० करोड अनुदान उपलब्ध गराउने घोषणा गर्नुले उसको नेपालप्रतिको अगाध सद्भाव प्रष्टिने उहाँ बताउनुहुन्छ ।
चीनले व्यापार, लगानी, पूर्वाधार, कृषि, पर्यटन, विज्ञान तथा प्रविधि, ऊर्जा, क्षमता अभिवृद्धि र सुरक्षा तथा कानुन कार्यान्वयनमा नेपाललाई हरसम्भव सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै त्यस निम्ति द्विपक्षीय, क्षेत्रीय र सहयोगसम्बन्धी परियोजना विकास गरेर अघि बढ्ने सार्वजनिक अभिव्यक्ति दिनुलाई सकारात्मक मान्नुपर्छ ।
नेपालको चौतर्फी उन्नयनका मार्ग प्रशस्त गर्ने ती नौ क्षेत्रमा चीनको स्वशासित क्षेत्र तिब्बत, त्यहाँको सरकार, स्थानीय कूटनीतिक नियोग र राष्ट्रिय तहबाट पनि सहयोग गर्ने चिनियाँ प्रतिबद्धता पनि मननीय छ ।
अघिल्लो दशकसम्म खुलापन र प्रचारप्रसारबाट धेरै टाढा रहेको चीन विगत केही वर्षयता खुला रुपमा प्रस्तुत हुँदै राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री ली खछ्याङले नेतृत्व सम्हालेदेखि नेपालमात्र नभई विश्वलाई हेर्ने चिनियाँ दृष्टिकोणमै ठूलो परिवर्तन आएको छ । प्रजातन्त्र र मानवअधिकारका चर्का विषय उठाउने पश्चिमा जगत् पनि चीनप्रतिको आफ्नो हेराइमा पुनरावलोकन गर्न बाध्य भएका छन् । विश्व शक्ति राष्ट्रका रुपमा उदीयमान चीनले नेपाललाई आफ्नो छिमेक नीतिमा महत्व दिनु नेपालका निम्ति राष्ट्रिय गौरव र गरिमाको विषय हो ।
उत्तर र दक्षिणका छिमेकी राष्ट्रले छोटो समयमै हासिल गरेको अकल्पनीय आर्थिक विकासलाई मुलुकको हितमा उपयोग गर्न त्रि–देशीय सहकार्यका परियोजना निर्माण तथा कार्यान्वयनमा लाग्न अब विलम्ब गर्न हुँदैन । नेपाललाई आर्थिक समृद्धिको मार्गमा अग्रसर गराउन चीन र भारतले चाहेका छन् । त्यसका लागि नेपाली जनता आफैं अग्रसर हुनुपर्छ – ठोस योजना र कार्यक्रम लिएर । पछिल्ला दिनमा चीन र भारतसँगको सम्बन्ध सकारात्मक ढङ्गले अघि बढिरहेको तथा त्यो थप मजबुत एवम् घनीभूत हुँदै गएको बताउँदै चीन–भारत रणनीतिक, सहयोगात्मक र सहकार्ययुक्त सम्बन्धले भविष्यमा नयाँ उचाइ लिने विश्वास सचिवस्तरमा व्यक्त गर्नु नेपालका लागि सुखद विषय हो । यसअघि चिनियाँ विदेशमन्त्रीले पनि संयुक्त पत्रकार सम्मेलन गरेर त्यस्तै अभिव्यक्ति दिनुभएको थियो ।
तीन प्रतिशतको आर्थिक वृद्धिदरमा खुम्चिएको मुलुकको अर्थतन्त्र उकास्न तथा भूकम्पबाट क्षतविक्षत भएका भौतिक संरचनाको पुनःनिर्माण, पुनःस्थापना, पुनर्वास र नवनिर्माणका चुनौतीपूर्ण काम पूरागर्न चीनको साथ र सहयोग अझ समन्वयात्मक एवम् प्रभावकारी बनाउन अपरिहार्य भएको छ । विश्व बजारमा बलियो स्थान बनाइसकेको चीनसँगको बढ्दो व्यापार असन्तुलन घटाउन पनि नेपालले गुणस्तरीय औद्योगिक उत्पादन, तुलनात्मक लाभका वस्तु तथा सेवाको विस्तार एवम् विविधिकरण गर्नैपर्छ ।
कृषि उत्पादनका दृष्टिले अत्यन्त कमजोर तिब्बतमा नेपाली खाद्यान्न र मासुमात्र निर्यात गर्न सके मुलुकको व्यापार घाटा कम गर्न सकिन्छ । तिब्बतको बजारलाई केन्द्रमा राखेर कृषि उत्पादन बढाउने तथा त्यस निम्ति निजी क्षेत्रलाई प्रोत्साहन गर्दै सशक्त सहजकर्ताको भूमिका निर्वाह गर्ने आफ्नो दायित्वलाई अब सरकारले विना आनाकानी पूरा गर्नैपर्छ । झण्डै रु एक खर्बको चीनसँगको व्यापार घाटा कम गर्ने यो उत्तम उपाय बन्न सक्ने यथार्थलाई सम्बद्ध निकायले बिर्सन हुँदैन ।
समकालीन विश्वलाई चकित पार्दै आर्थिक समृद्धिको बाटोमा द्रुतगतिमा अघि बढिरहेको चीनबाट मुलुकले विज्ञान, प्रविधि, कृषि, उद्योग, जलस्रोत र पर्यटनका क्षेत्रमा केन्द्रित रहेर चिनियाँ लगानी भित्र्याउने विश्वसनीय वातावरण बनाउन पनि उत्तिकै जरुरी भएको छ । नेपालको विकासका निम्ति भरपर्दो साझेदार चीनको सुरक्षा चासोलाई नेपालले पनि उच्च महत्वका साथ सम्बोधन गर्नैैपर्छ । रासस
dainiknepal.com
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Aug 24 (6)
  • Aug 23 (1)
  • Aug 19 (1)
  • Aug 18 (19)
  • Aug 17 (17)
  • Aug 16 (24)
  • Jan 24 (18)
  • Jan 23 (27)
  • Jan 22 (32)
  • Jan 21 (35)
  • Jan 20 (35)
  • Jan 19 (34)
  • Jan 18 (40)
  • Jan 17 (45)
  • Jan 16 (27)
  • Jan 15 (29)
  • Jan 14 (35)
  • Jan 13 (40)
  • Jan 12 (32)
  • Jan 11 (39)
  • Jan 10 (31)
  • Jan 09 (23)
  • Jan 08 (31)
  • Jan 07 (30)
  • Jan 06 (39)
  • Jan 05 (34)
  • Jan 04 (39)
  • Jan 03 (43)
  • Jan 02 (47)
  • Jan 01 (31)
  • Dec 31 (34)
  • Dec 30 (36)
  • Dec 29 (43)
  • Dec 28 (33)
  • Dec 27 (27)
  • Dec 26 (38)
  • Dec 25 (33)
  • Dec 24 (38)
  • Dec 23 (44)
  • Dec 22 (39)
  • Dec 21 (37)
  • Dec 20 (40)
  • Dec 19 (31)
  • Dec 18 (47)
  • Dec 17 (30)
  • Dec 16 (16)
  • Dec 15 (42)
  • Dec 14 (30)
  • Dec 13 (32)
  • Dec 12 (35)
  • Dec 11 (42)
  • Dec 10 (26)
  • Dec 09 (31)
  • Dec 08 (15)
  • Dec 07 (37)
  • Dec 06 (30)
  • Dec 05 (34)
  • Dec 04 (32)
  • Dec 03 (33)
  • Dec 02 (36)
  • Dec 01 (37)
  • Nov 30 (48)
  • Nov 29 (28)
  • Nov 28 (35)
  • Nov 27 (35)
  • Nov 26 (47)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (27)
  • Nov 22 (32)
  • Nov 21 (43)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (22)
  • Nov 17 (29)
  • Nov 16 (32)
  • Nov 15 (25)
  • Nov 14 (28)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (42)
  • Nov 09 (22)
  • Nov 08 (40)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (42)
  • Nov 01 (44)
  • Oct 31 (29)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (47)
  • Oct 27 (32)
  • Oct 26 (39)
  • Oct 25 (35)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (22)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (31)
  • Oct 02 (29)
  • Oct 01 (29)
  • Sep 30 (29)
  • Sep 29 (24)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (26)
  • Sep 25 (27)
  • Sep 24 (18)
  • Sep 23 (15)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (26)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (12)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (19)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (22)
  • Sep 07 (22)
  • Sep 06 (26)
  • Sep 05 (18)
  • Sep 04 (23)
  • Sep 03 (24)
  • Sep 02 (25)
  • Sep 01 (24)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (27)
  • Aug 28 (28)
  • Aug 27 (30)
  • Aug 26 (29)
  • Aug 25 (24)
  • Aug 24 (35)
  • Aug 23 (30)
  • Aug 22 (31)
  • Aug 21 (32)
  • Aug 20 (30)
  • Aug 19 (33)
  • Aug 18 (27)
  • Aug 17 (34)
  • Aug 16 (28)
  • Aug 15 (23)
  • Aug 14 (23)
  • Aug 13 (22)
  • Aug 12 (19)
  • Aug 11 (18)
  • Aug 10 (24)
  • Aug 09 (16)
  • Aug 08 (18)
  • Aug 07 (25)
  • Aug 06 (16)
  • Aug 05 (18)
  • Aug 04 (21)
  • Aug 03 (19)
  • Aug 02 (14)
  • Aug 01 (17)
  • Jul 31 (19)
  • Jul 30 (19)
  • Jul 29 (15)
  • Jul 28 (12)
  • Jul 25 (14)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home