• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
काठमाडौं, १५ असोज । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी विश्वकै बेवकुफ (मूर्ख) प्रधानमन्त्री बनेका छन् ।
गूगल सर्च इमेजमा मोदी सबैभन्दा मूर्ख प्रधानमन्त्री देखिएका हुन् । गूगलको इमेज सर्चमा (मा सर्च गर्दा विश्वकै मुर्ख प्रधानमन्त्रीका रुपमा नरेन्द्र मोदीको तस्वीर देखाउँछ ।
यो भन्दा पहिला पनि मोदी यस्तै विवादमा आइसकेका छन् । गूगलले मोदीलाई विश्वकै मूर्ख प्रधानमन्त्री बनाएपछि मोदीको विश्वभरी आलोचना र विरोध भइरहेको छ ।
नेपालमा अघोषित नाकाबन्दी गर्नु, अमेरिका भ्रमणका बेला शिख पटेल समुदायले मोदीविरुद्ध विरोध प्रदर्शन गर्नु, नेपालमा पुत्ला जलाउनु जस्ता कार्यले मोदी गुगलको नजरमा विश्वकै खराब(मूर्ख) प्रधानमन्त्री देखिएका छन् ।
उसो त मोदीले अमेरिका भ्रमणका क्रममा डिजिटल इण्डिया प्राजेक्टका लागि गूगलका सीईओ सुंदर पिचाईसँग भेटवार्ता समेत गरेका थिए । मोदीलाई भेटेको दिनदेखि नै गगुलले उनलाई विश्वकै खराब प्रधानमन्त्री देखाएको हो ।
ainiknepal.com
सूर्यचन्द्र बस्नेत
न्युयोर्क (अमेरिका), १५ असोज । उपप्रधानमन्त्री प्रकाशमान सिंहले भूपरिवेष्टित विकासोन्मुख मुलुकलाई मालसामानको निर्वाध प्रवाह सुनिश्चितता हुनुपर्नेमा जोड दिँदै कुनै पनि बहानामा वस्तु र सेवा प्रवाहलाई अवरोध गर्न नहुने बताउनुभएको छ ।
संयुक्त राष्ट्रसङ्घको ७०औँ महासभालाई आज यहाँ सम्बोधन गर्दै नेपाली प्रतिनिधिमण्डला नेता उहाँले भूपरिवेष्टित विकासोन्मुख मुलुकका ४५ करोड जनताको जीवन परिवर्तन गर्ने भिएना कार्ययोजनाको प्रभावकारी कार्यान्वयन अपरिहार्य भएको बताउनुभयो ।
“भूपरिवेष्टित विकासोन्मुख मुलुकको बिना व्यवधान समुद्रसम्मको पहुँच विश्व समुदायले सुनिश्चित गर्नुपर्ने र ती मुलुकको पारवहन अधिकार कुण्ठित गर्नुहुँदैन, भूपरिवेष्टित राष्ट्रका पारवहन अधिकार सम्बन्धित मुलुकले निःशर्त पालना गर्नुपर्छ” – भिएना कार्ययोजनाको स्मरण गराउँदै उहाँले भन्नुभयो ।
महासभाको ‘राष्ट्रसङ्घका ७० वर्ष ः शान्ति, सुरक्षा र मानव अधिकारका निम्ति भावी मार्ग’ विषयले शान्ति, सुरक्षा र मानव अधिकारप्रतिको साझा चाहनालाई प्रतिबिम्बित गरेको बताउँदै उहाँले तिनै विषयलाई राष्ट्रिय प्राथमिकता, क्षेत्रीय प्रयास र अन्तर्राष्ट्रिय तहमा हामी सबैको ध्यान केन्द्रित भइरहेको उल्लेख गर्नुभयो ।
करिब आठ वर्षको अथक समावेशी, पारदर्शी एवम् सहभागितामूलक लोकतान्त्रिक अभ्यासबाट नेपालले यही असोज ३ गते समावेशी एवम् लोकतान्त्रिक संविधान जारी गरेको जानकारी गराउँदै नेपाली प्रतिनिधिमण्डलका नेता सिंहले उक्त संविधान ९० प्रतिशतभन्दा बढी सभासद्ले अनुमोदन गरेको बताउनुभयो ।
“छ सय एक सदस्यीय संविधानसभाले संविधान जारी गरेसँगै शान्ति प्रक्रिया निष्कर्षमा पुगेको छ र देशको राजनीतिक सङ्क्रमणको पनि अन्त्य भएको छ । यसले नेपालको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन पद्धतिलाई संस्थागत गरेको छ” – उहाँले भन्नुभयो ।
भगवान् गौतमबुद्धका उपदेशबाट अभिप्रेरित शान्ति र अहिंसाको विजय भएको दृष्टान्त जारी संविधानबाट प्रस्तुत भएको बताउँदै नेता सिंहले त्यसबाट लोकतान्त्रिक मूल्य मान्यता र सिद्धान्त प्रतिबिम्बित भएका र सताब्दीऔँदेखिको मुलुकको विशाल विविधता र सामाजिक मेलमिलाप र सहिष्णुता प्रवद्र्धनमा लाभ मिलेको धारणा व्यक्त गर्नुभयो ।
“विकासको मूलधारमा समाहित हुन नसकेका महिला, थारु, मधेसी, आदिवासी, मुस्लिम, दलितलगायत समुदायको सशक्तीकरण, प्रगति र सुखका लागि संविधानले नयाँ अवसर खोल्नाका साथै समतामूलक समाज निर्माण तथा सबै किसिमका विभेदको अन्त्य गरेको छ” – संविधानका विशेषताबारे प्रस्ट्याउँदै उपप्रधानमन्त्री सिंहले भन्नुभयो ।
नेपालको ऐतिहासिक राजनीतिक रुपान्तरणमा साथ र सहयोग उपलब्ध गराएका छिमेकी, अन्तर्राष्ट्रिय समुदायका मित्र तथा शुभचिन्तकप्रति उहाँले हार्दिक आभार व्यक्त गर्नुभयो ।
संयुक्त राष्ट्रसङ्घको सिद्धान्त र बडापत्रका उद्देश्यप्रति नेपालको पूर्ण प्रतिबद्धता दोहो¥याउँदै उपप्रधानमन्त्री सिंहले उक्त विश्व संस्था आशा र विश्वासको सुदृढ संस्था र अन्तर्राष्ट्रिय पद्धतिको केन्द्र भएको बताउनुभयो ।
संयुक्त राष्ट्रसङ्घले बितेका ७० वर्षमा व्यापक उपलब्धि हासिल गरे पनि अन्तर्राष्ट्रिय शान्ति, सुरक्षा, आर्थिक तथा सामाजिक विकासको प्रवद्र्धनका निम्ति धेरै चुनौतीको सामना गरिरहनुपरेको वास्तविकता उजागर गर्दै उहाँले राष्ट्रसङ्घलाई अझ सुदृढ एवम् सक्षम बनाउनुपर्ने नेपालको धारणा प्रस्तुत गर्नुभयो ।
सार्वभौमिकताका सिद्धान्तको परिपालना, क्षेत्रीय अखण्डता, राजनीतिक स्वतन्त्रता, अहस्तक्षेप, शान्ति, न्याय, समानता, स्वतन्त्रता र मानव प्रतिष्ठाको जगेर्ना पनि उत्तिकै अपरिहार्य भएकामा उपप्रधानमन्त्रीले जोड दिनुभयो ।
विश्वव्यापी रुपमा बढिरहेका जटिल एवम् गहन चुनौतीको सामना गर्न राष्ट्रसङ्घलाई अझ सुदृढ एवम् त्यसका कामकारबाहीलाई अझ सशक्त तुल्याउन सुधार आवश्यक भएको भन्दै उहाँले ती सुधार छिमेकसँगको असल सम्बन्ध प्रवद्र्धन, अन्तर्राष्ट्रिय शान्ति सुरक्षा कायम गर्नेतर्फ केन्द्रित हुनुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो – “बडापत्रका उद्देश्य र सिद्धान्तको परिपालना, विश्व समुदायको आर्थिक एवम् सामाजिक विकासको मूलधारमा नपरेका वर्गको उन्नति र जटिल परिस्थिति झेल्न बाध्य समुदायको आशा र विश्वास जागृत गर्नेतर्फ सुधार केन्द्रित हुनुपर्छ ।”
राष्ट्रसङ्घीय शान्ति स्थापना कार्यमा छ दशकदेखि नेपालले योगदान गर्दै आएको र हालसम्म एक लाख २० हजार शान्ति सैन्यले विश्वका ४० वटा ‘मिसन’मा विशिष्ट व्यावसायिकताका साथ सेवा गरिरहेका जानकारी दिँदै उपप्रधानमन्त्री सिंहले त्यस क्रममा ७० जनाले सहादत प्राप्त गरेका बताउनुभयो । उहाँले राष्ट्रसङ्घीय शान्ति सेनामा योगदान गर्ने प्रमुख मुलुक नेपाल अन्तर्राष्ट्रिय शान्ति सुरक्षाप्रति दृढ प्रतिबद्ध रहेको पनि स्पष्ट गर्नुभयो ।
कर्तव्य निर्वाहका क्रममा ज्यान गुमाउने र घाइते हुने अवस्थाको अन्त्यका लागि सुदृढ एवम् सुरक्षित व्यवस्थालाई आत्मसात् गर्न सके शान्ति सेनाको दक्षता र आत्मविश्वास वृद्धि हुने विश्वास व्यक्त गर्दै उहाँले शान्ति सेनामा योगदान गर्ने मुलुकलाई शान्ति सैन्यको उच्च नेतृत्वमा स्थान दिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
उपप्रधानमन्त्री सिंहले भन्नुभयो – “प्रधान कार्यालय र कार्यस्थलमा लामो अनुभव भएका नेपालीलाई उच्च तहको नेतृत्वमा अवसर दिनुपर्छ भन्ने नेपालको मान्यता छ ।”
शान्ति, सुरक्षा र विकासका निम्ति आतङ्कवाद सबैभन्दा ठूलो जोखिम भएको भन्दै उहाँले हिंसात्मक अतिवाद, धार्मिक अतिवादजस्ता अनेकौँ आतङ्कवादी समूहको प्रादुर्भावले विश्वलाई नै चकित एवम् चिन्तित तुल्याएको बताउनुभयो ।
“नेपाल आतङ्कवादका सबै स्वरुप र प्रस्तुतिको स्पष्ट रुपमा भत्र्सना गर्छ, यसका मूल कारणको सम्बोधन र समाधानका लागि राष्ट्र–राष्ट्रबीच बृहत् एकता, ऐक्यबद्धता र घनिभूत सहकार्य आवश्यक छ” – संयुक्त राष्ट्रसङ्घको तत्वावधानमा आतङ्कवाद अन्त्य गर्न सकिने धारणा व्यक्त गर्दै उहाँले भन्नुभयो ।
आमविनासका हातहतियारको पूर्ण निःशस्त्रीकरण, गैरकानुनी रुपमा गरिने साना तथा हलुका हातहतियारको ओसारपसारको विपक्षमा नेपाल रहेको स्पष्ट गर्दै उपप्रधानमन्त्री सिंहले हातहतियारमा खर्च हुने स्रोत र साधन जनताका विकासका आकांक्षा पूरा गर्नेतर्फ उपयोग हुनुपर्ने चाहना राख्छ भन्नुभयो ।
अमेरिका र क्युवाबीचको सम्बन्ध सामान्यीकरण तथा इरानसँगको आणविक सम्झौताले अन्तर्राष्ट्रिय शान्ति सुरक्षामा सकारात्मक प्रभाव पारेको बताउँदै उपप्रधानमन्त्री सिंहले मध्यपूर्वमा न्यायपूर्ण, दिगो तथा विस्तृत शान्तिको पक्षमा नेपाल रहेको बताउनुभयो ।
उहाँले संयुक्त राष्ट्रसङ्घीय प्रावधानअनुरुप प्यालेस्टिनी जनताको विधिसम्मत अधिकार र स्वतन्त्र राज्यको चाहनालाई नेपाल स्वीकार गर्छ भन्दै विश्वका सबै राष्ट्रमा शान्ति सुरक्षा हुनुपर्नेमा नेपाल दृढ विश्वस्त रहेको स्पष्ट गर्नुभयो ।
विसं २०२८ मा वर्गीकरण भएका २५ वटा अल्पविकसित मुलुकको सङ्ख्या आज ४८ पुगेको तर चारवटाले मात्र विकासशील राष्ट्रमा स्तरोन्नति गरेका बताउँदै उहाँले विकास र समृद्धिका लागि ती मुलुक निरन्तर सङ्घर्षरत छन् भन्नुभयो ।
अल्पविकसित मुलुकका विकासका चुनौती सम्बोधन गर्न सहयोग र सहकार्यको अभिवृद्धि अत्यावश्यक भएको उल्लेख गर्दै उपप्रधानमन्त्री सिंहले गत असारमा अदिस अबाबा कार्यसूची अनुमोदन गरिएकामा त्यसको स्वागत गर्नुभयो ।
विश्वको सर्वोच्च शिखरसँगै कमजोर पहाडयुक्त नेपालले पहाडी मुलुकका समृद्धिका लागि ती मुलुक निरन्तर सङ्घर्षरत छन् भन्नुभयो ।
अल्पविकसित मुलुकका विकासका चुनौती सम्बोधन गर्न सहयोग र सहकार्यको अभिवृद्धि अत्यावश्यक भएको उल्लेख गर्दै उपप्रधानमन्त्री सिंहले गत असारमा अदिस अबाबा कार्यसूची अनुमोदन गरिएकामा त्यसको स्वागत गर्नुभयो ।

विश्वको सर्वोच्च शिखरसँगै कमजोर पहाडयुक्त नेपालले पहाडी मुलुकका समस्या राम्ररी बुझेको बताउँदै पहाडी क्षेत्रको पारिस्थितिक पद्धति संरक्षण गर्न अन्तर्राष्ट्रिय सहयोग अभिवृद्धि पनि उत्तिकै आवश्यक भएको उहाँले उल्लेख गर्नुभयो ।
जलवायु परिवर्तन विकासको सबैभन्दा ठूलो चुनौतीका रुपमा रहेको र नेपालजस्तो अल्पविकसित राष्ट्रका लागि विकासको लागत बढेको भन्दै उहाँले अल्पविकसित मुलुकका विकासका क्षमता बढाउन अन्तर्राष्ट्रिय सहयोग आवश्यक भएको बताउनुभयो ।
“मानव अधिकार, समानता, मानव प्रतिष्ठा एवम् आत्मसम्मान संयुक्त राष्ट्रसङ्घको आधारभूत उद्देश्य भएको उल्लेख गर्दै लोकतन्त्र, मानव अधिकार र विकासका साथै राजनीतिक, सांस्कृतिक, सामाजिक, समृद्धि लोकतन्त्रमा नै हुन्छ” – उहाँले भन्नुभयो ।
शान्ति, सुरक्षा, मानव अधिकारजस्ता विषय शरणार्थी समस्यासँग सम्बन्धित भएकाले तिनलाई गम्भीर रुपमा सम्बोधन गर्नुपर्ने भन्दै उहाँले मानव गतिशीलता आप्रवासी समस्यालाई पनि उत्तिकै प्राथमिकताका साथ सम्बोधन गर्न जरुरी भएको बताउनुभयो ।
गत वैशाखमा गएको भूकम्पपछि राष्ट्रसङ्घ, अन्तर्राष्ट्रिय समुदायबाट तत्काल प्राप्त मानवीय सहयोग एवम् ऐक्यबद्धताप्रति भारत–चीन, दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का सदस्य मुलुकका साथै अन्तर्राष्ट्रिय समुदायलाई उहाँले नेपाल सरकारका तर्फबाट आभार व्यक्त गर्नुभयो । अब हुने पुनर्निर्माण एवम् पुनःस्थापनाका काममा पनि त्यस्तै सहयोगको अपेक्षा नेपालले गरेको उपप्रधानमन्त्री सिंहले बताउनुभयो ।
राष्ट्रसङ्घ स्थापनाको ७०औँ वार्षिकोत्सवको ऐतिहासिक अवसर पारेर आगामी १५ वर्षका लागि निर्धारण गरिएका दिगो विकासका कार्यसूची अनुमोदन भएबाट विश्वभर उज्ज्वल भविष्यको आशा जागृत भएको बताउँदै नेपाली प्रतिनिधिमण्डलका नेता सिंहले उक्त कार्यसूचीको समग्रतामा कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।
राष्ट्रको १५औँ महासभालाई नेपालका जननिर्वाचित प्रथम प्रधानमन्त्री विपी कोइरालाले गरेको सम्बोधनको अंश उद्धृत गर्दै उपप्रधानमन्त्री सिंहले भन्नुभयो – “जब हामी विश्वलाई हेर्छौं जतासुकै आर्थिक असमानता छ, राष्ट्र–राष्ट्रबीच पनि त्यस्तै छ, एउटै राष्ट्रमा पनि धनी र गरिबबीच असमानता छ, जुन द्वन्द्व र तनावको कारण हो ।”
आर्थिक असमानताले अहिले पनि विश्वलाई घोरिएर हेरिरहेको भन्दै उहाँले दिगो समावेशी एवम् समतामूलक विकासका लागि विश्व समुदाय एक भई काम गर्नुपर्ने बताउनुभयो ।
उहाँले संयुक्त राष्ट्रसङ्घका महासचिव वान कि मुन, महासभाका अध्यक्ष मोगेन्स लेकेटोफ्ट र ६९औँ महासभाका अध्यक्ष साम कुटेसाप्रति आभार पनि व्यक्त गर्नुभयो । रासस
dainiknepal.com
काठमाडौं: युनिलिभर इन्डियाले गत वर्ष नेपालबाट ६० करोड रुपैयाँ लाभांश लग्यो। सूर्य नेपालले भारतीय कम्पनी इन्डियन टोब्याको (आईसीटी) लाई रोयल्टीबापत वार्षिक २४ करोड रुपैयाँ तिर्छ।

संविधान निर्माणपछि असन्तुष्टि जनाएको भारतले नेपालमा नाकाबन्दी गरेका कारण त्यसको असर भारतीय लगानीका कम्पनी र उद्योगमा बढी पर्ने देखिएको छ।

सुर्खेतमा रहेको जीएमआरको कार्यालयमा स्थानीय बासिन्दाले तालाबन्दी गरेका छन्। माथिल्लो कर्णालीको निर्माण गर्ने जिम्मा जीमएमआरले पाएको छ।

नेपालमा सञ्चालन भएका विदेशी लगानीका उद्योग र प्रष्ठिानमा भारतीय लगानीको हिस्सा बढी छ। नेपालमा आएको कुल वैदेशिक लगानीमा एक तिहाइ हिस्सा भारतको छ।

उद्योग विभागका अनुसार आर्थिक वर्ष २०७०÷०७१ सम्म दर्ता भएका दुई हजार नौ सय ५९ वटा विदेशी लगानीका उद्योगमध्ये भारतीय लगानीमा पाँच सय ८८ वटा उद्योग छन्। नेपालमा कुल विदेशी लगानी एक खर्ब १५ अर्ब रुपैयाँमध्ये भारतले ४४ अर्ब रुपैयाँ लगानी गर्ने प्रतिबद्धता जनाएको छ।

उद्योग विभागको तथ्यांकले पनि अन्य मुलुकको तुलनामा नेपालमा भारतीय लगानी बढी भएको देखाउँछ।लगानीसँगै भारतीय कम्पनीले लग्ने मुनाफा पनि आकर्षक छ। उदाहरणका रूपमा युनिलिभिरमा चुक्ता पुँजी १० करोड रुपैयाँ छ।

यसमा ८० प्रतिशत लगानी युनिलिभिर इन्डियाको रहेको छ। २० प्रतिशत लगानी नेपाली लगानीकर्ताको छ। यसका आधारमा युनिलिभिरले नेपालमा आठ करोड लगानीबाट अघिल्लो वर्ष ६० करोड लगेको थियो।

यो वर्ष युनिलिभर इन्डियाले ७२ करोड लाभांश लैजाने देखिन्छ। अघिल्लो वर्ष युनिलिभरले एक अर्ब मुनाफा कमाएको थियो।नेपाल स्टक एक्सचेन्जमा सूचीकृत कम्पनीमा सबैभन्दा बढी सेयरको मूल्य पनि युनिलिभरको छ।
नेपालमा सञ्चालन भएका विदेशी लगानीका उद्योग र प्रष्ठिानमा भारतीय लगानीको हिस्सा बढी छ। नेपालमा आएको कुल वैदेशिक लगानीमा एक तिहाइ हिस्सा भारतको छ।
यसको सेयर प्रतिकित्ता ३० हजार पर्छ भने सबैभन्दा बढी लाभांश दिने कम्पनी पनि युनिलिभर नै हो।यस्तै एभरेस्ट बैंकमा भारतीय पन्जाब नेसलन बैंकको २० प्रतिशत लगानी छ । नेपाल एसबीआई बैंकमा ५५ प्रतिशत स्वामित्व स्टेट बैंक अफ इन्डियाको छ।

पन्जाब नेसनल बैंकले र स्टेट बैंक अफ इन्डियाले पनि नेपालबाट धेरै लाभांश भारत लगेका छन्। यो वर्ष चुक्ता पुँजी बढाउने राष्ट्रबैंकको नीतिले लाभांश लैजान नपाए पनि अघिल्लो वर्षसम्म आकर्षक मुनाफा भारत लगेका थिए।

अर्थविद डा. विश्वम्भर प्याकुरेले भारतले लगाएको नाकाबन्दीको असर दीर्घकालीन रूपमा भारतीय कम्पनीलाई नै पर्ने बताउँछन्। 'नेपालमा भारतीय लगानीको विषयमा जहिले पनि आंशका रहँदै आएको छ,' उनले भने, 'खासगरी जलविद्युत्को भारतीय लगानीमा अहिलेको नाकाबन्दीले ठूलो असर पर्न सक्छ।'

दुईवटा ठूला जलविद्युत् आयोजना माथिल्लो कर्णाली र अरुण तेस्रो निर्माण गर्ने जिम्मा भारतीय कम्पनीले पाएका छन्।नाकाबन्दीले नेपालमा भारतीय लगानीको पक्षधर भनिएकालाई पनि भारत विरोधी बनाएको छ।

यसको असर नेपालमा लगानी गरेका भारतीय लगानीकर्ताले भोग्नुपर्ने हुन्छ। अर्थविद् प्याकुरेल नाकाबन्दीबाट स्वाधिन अर्थतन्त्र निर्माणमा लाग्नेगरी नीति बन्नुपर्ने बताउँछन्।

'२०४५ सालमा नाकाबन्दी लागेपछि स्वाधिन अर्थतन्त्रको बारेमा छलफल भए पनि पछि हरायो' , उनले भने, '२०४५ सालमा पेट्रोलियम पदार्थमा रहेको परनिर्भरता अहिले कृषि तथा खाद्यान्नमा समेत पुगेको छ।'

नेपालमा लगानी भएका डाबर नेपाल प्रालि बाहेक अन्य डिस्टिलरी उद्योगले पनि रोयल्टी वापत ठूलो रकम भारत लाने गरेका छन्। हिमालयन डिस्टिलरीले वार्षिक दुई करोड रुपैयाँ रोयल्टी भारतीय कम्पनीलाई तिर्ने गर्छ।

यस्तै नेपाल डिस्टिलरीबाट गत वर्ष एक करोड ६१ लाख रुपैयाँ लाभांश भारत गएको थियो। रोयल्टीवापत दुई करोड जाने गरेको छ। युनाइटेड स्पिरिडले पनि वार्षिक सात करोडभन्दा बढी रकम रोयल्टीमार्फत लैजाने गरेको छ।

नाकाबन्दीको असर नेपाली उद्योगले पनि भोगेका छन्। नेपालका उद्योगले तेस्रो मुलुकबाट भित्र्याएको कच्चा पदार्थ पनि अहिले भारतमा रोकिएको छ। नेपाल उद्योग परिसंघका वरिष्ठ उपाध्यक्ष हरिभक्त शर्मा नाकाबन्दी खुलाउने विषयमा कुटनीतिक माध्यमबाट सरकारले पहल गर्नुपर्ने बताउँछन्।

'यसले नेपालमा लगानीको वातावरण बनाउने होइन बिगार्ने प्रष्ट छ,' उनले भने,'नेपालमा भएका स्वदेशी विदेशी सबै उद्योग प्रतिष्ठान नाकाबन्दीको कारण सञ्चालन हुन सक्दैनन्।'
annapurnapost.com
काठमाडौं । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तीन दलीय सहमति अनुसार एमाले अध्ययक्ष केपी ओलीलाई प्रधानमन्त्री बनाउन प्रस्ताव गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको कांग्रेस, एमाले र एमाओवादीको बैठकमा प्रचण्डले ओलीको नाम प्रस्ताव गरेका हुन् । संविधानसभाबाट संविधान जारी गर्नुभन्दा कार्यान्वयन चुनौतिपूर्ण रहेको जनाउँदै प्रचण्डले तीन दलीय बैठकमा भने, ‘संविधान बनाउनका लागि मात्र भनेर हाम्रो सहमति भएको होइन । यसको कार्यान्वयन पनि संगै मिलेर गर्ने भन्ने हो ।’
विभिन्न शक्तिकेन्द्र प्रमुख दलका शीर्ष नेतालाई प्रधानमन्त्री बाड्दै हिड्दै गरेको बताउदै प्रचण्डले उनीहरुको आश्वासनमा विगतको सहमतिकालाई लत्याउन नहुने पनि तर्क गरे । ‘हामीलाई विभिन्न शक्तिले प्रधानमन्त्री कसलाई बनाउने भनेर प्रस्ताव गर्दै हिडेका छन्’ प्रचण्डले भने, ‘पूर्व सहमति अनुसार ओलीजीलाई प्रधानमन्त्री बनाउँ ।’ आजको नागरिक दैनिकमा खबर छ ।

संविधानसभाबाट संविधान जारी भएपछि व्यवस्थापिका संसदको पहिलो अधिवेशन शुक्रबार अपरान्ह सुरु हुदैँ छ | बैठक सुरु हुन साथ नयाँ सरकार गठन हुने विषय चलिरहदा प्रधानमन्त्री सुशील कोइरालाले भने तत्कालै राजीनामा नदिने घोषणा गरेका छन् |

उनले आज बस्ने संसद बैठकमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ | शुक्रबार बस्ने बैठकमा उनले तराई र विभिन्न भागमा भईरहेको आन्दोलनको समस्यालाई समाधान नगरी आफु राजीनामा दिन तयार नरहेको प्रधानमन्त्रीको निकट स्रोतले जनाएको छ |

असोज ३ गते जारी भएको नेपालको संविधान अनुसार संसद अधिवेशन सुरु भएको सात दिनभित्र नयाँ सरकार गठन गर्ने प्रावधान रहेको छ | एमालेले प्रम लाई राजीनामा दिन दबाब दिए भए पनि नेपालको परिस्थिति अनुकुल नभए सम्म आफु राजीनामा दिन तयार नरहेको पक्षमा छन् | प्रधानमन्त्रीले संसदमा गर्ने सम्बोधनको बिषयमा छलफलका लागि आज ११ बजे मन्त्रिपरिषद्को बैठक बस्दैछ |



www.nepaljapan.com
काठमाडौं: राष्ट्रपति डा. रामवरण यादवले असोज ३ गते संविधानसभाबाट संविधान घोषणा गरेलगत्तै प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी ओली, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, मस्यौदा समितिका सभापति कृष्ण सिटौलालगायत नेता तथा सभासद् एकआपसमा बधाई साटासाट गर्दै रात्रीभोजमा सहभागी भइरहेका थिए।

तर संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराई भने संविधानसभा निर्वाचन बहिष्कार गरेका नेकपा—माओवादीका अध्यक्ष मोहन वैद्यलाई भेटेर संविधान जारी भएकोमा पश्चाताप र आत्मग्लानि गर्न आतुर थिए।संविधान घोषणालगत्तै संविधानसभा भवनपरिसरमा आतिसबाजी र मुलुकभर दीपावली गरेर खुसीयाली मनाइरहेका बेला भट्टराई वैद्यको धापासीस्थित निवासमा पुगेर आफूबाट गल्ती भएको गुनासो पोखिरहेका थिए।


‘मलाई खुसीयाली मनाउन, दीपावली गर्न, रमाइलो गर्न र रात्रीभोजमा सहभागी हुन मन लागेन। संविधानसभाबाट बाहिर निस्कनेबित्तिकै तपाईंलाई फोन गरें। फोन लागिहाल्यो अनि म सीधै तपाईंकोमा आएको हुँ', भट्टराईले वैद्यसँग भने।

संविधानसभामार्फत लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न आफूसँग पार्टीभित्र संघर्ष गर्दै आएका भट्टराईको अभिव्यक्ति सुनेपछि वैद्य चकित खाए । ‘तपाईंको लाइन त संवैधानिक रूपमा पास गराउनुभएको छ, तपाईं बेखुसी हुनुपर्ने के रह्यो र? ' वैद्यले भट्टराईलाई सोधे।

भट्टराईले जबाफ दिए, ‘खै, हुनत हो तर मलाई चित्त बुझेको छैन । बहुमत अल्पमतमा संविधान बनाउने कुरा चित्त बुझेन।' उनले कम्तीमा पनि मधेसी र थारूका समानुपातिक र समावेशीको मुद्दालाई सम्बोधन गरेर समेट्नुपथ्र्यो भन्दै पश्चिममा शेरबहादुर देउवा र भीम रावल, पूर्वमा केपी ओली र कृष्ण सिटौलाले अहंकार प्रदर्शन गरेर विखण्डनको स्थिति उत्पन्न गराएको आरोप लगाएका थिए।

नेकपा-माओवादीका सचिव देव गुरुङका अनुसार झापा, मोरङ र सुनसरीलाई मधेस प्रदेशमा ओली र सिटौलाले राख्न नदिएको र कैलाली कञ्चनपुरलाई थारू क्लस्टर क्षेत्रमा समेट्न देउवा र रावलले नदिएको भट्टराईले बताएका थिए। 'त्यसो भए अब तपाईंको विकल्प के हो त?'

वैद्यले प्रश्न राख्दा भट्टराईले भने, 'तत्कालका लागि नयाँ ढंगले सोचेर रूपान्तरित संसद्बाट यही संविधान संशोधन गर्ने अभियान थाल्छु । दीर्घकालीन रूपमा पार्टीको लाइनलाई पुनर्विचार गर्नु पर्नेछ। नयाँ विचार, नयाँ नीति र नयाँ संगठनका बारेमा नयाँ ढंगले सोच्नु पर्नेछ । त्यसका लागि सबैसँग छलफल गर्नुपर्ने भएको छ।'

वैद्यले फेरि सोधे, ‘एमाओवादीमै बसेर कि?' भट्टराईले जबाफ दिए, ‘लामो समय त्यहाँ पनि बसिएलाजस्तो लाग्दैन।' वैद्यसँग त्यसो भनेको एक साता नपुग्दै भट्टराईले एमाओवादी पार्टी परित्याग गरेको घोषणा गरेका थिए। 'कसरी यस्तो अवस्था आयो?' वैद्यको जिज्ञासामा भट्टराईले आत्मग्लानियुक्त स्वरमा भनेका थिए, ‘संविधान त लेखियो, अन्तिम समयमा पुग्दा बेठीक गरियो। हस्ताक्षर पनि गरिहालियो।'

वैद्यले फेरि सोधे, 'तपाईं आफैं सहमति जुटाउने समितिको सभापति हुनुहुन्थ्यो। तपाईंले मस्यौदा समितिबाट पनि त प्रस्ताव फर्काउन सक्नुहुन्थ्यो । कसरी त्यस्तो भयो त?' भट्टराईले भने, ‘त्यही त अलिकति गल्ती भयो।

तीन दलका नेतालाई छोड्दै आइयो। उनीहरूप्रति नै भर परियो। अन्तिम चरणमा मैले नयाँ ढंगले सोचौं, मस्यौदा पुनरावलोकन गरौं भनेको, तीन दलका नेताले पटक्कै मानेनन्। दुईचार दिन त परै जाओस, दुई घन्टा पनि संविधानसभाको प्रक्रिया रोक्न तयार भएनन् । उनीहरूको भनाइ र व्यवहार देखेर मैले दंग खाएँ।'

त्यस दिन भट्टराईले वैद्य निवासमा करिब ढेढ घन्टा बिताएका थिए। वैद्यले आफूसँग भट्टराईले पोखेका आत्मग्लानि र पश्चातापयुक्त गुनासालाई आफ्नो पार्टीका पदाधिकारीलाई सविस्तार सुनाए।

उक्त पार्टीका सचिव देव गुरुङले अन्नपूर्णसँग भने, ‘संविधानसभाबाट घोषणा भएको संविधानप्रतिको असहमति व्यक्त गर्न हाम्रो अध्यक्षलाई भेट्नुभएको रहेछ।' वैद्यसँग सहकार्यका लागि भट्टराईले कुनै प्रस्ताव नराखेको पनि गुरुङले बताए। उनले भने,'सहमति र सहकार्यको कुरा गर्नुभएनछ। नितान्त नयाँ ढंगले सोच्नुपर्‍यो भन्‍नुभएछ। विषयवस्तुलाई मूर्त रूपमा राख्नुभएनछ।'

भट्टराईका स्वकीय सचिव विश्वदीप पाण्डेले वैद्यसँग माओवादी आन्दोलनको समीक्षा भएको बताए। ‘खासै नयाँ कुरा त भएन। लामो समयसम्म भेट भएको थिएन। उहाँ आफैंले फोन गरेर भेट्न जानुभएको थियो। दुई नेताबीच आन्दोलनको समीक्षा भएको हो', पाण्डेले भने।

पाण्डेका अनुसार भट्टराईले अहिले सबै पक्षका रायसल्लाह लिन भेटघाट तीव्र बनाएका छन्। भट्टराई शनिबार एक साताका लागि काठमाडौंबाहिर जाने तयारीमा रहेको पनि पाण्डेले बताए।
annapurnapost.com
काठमाडौ । अमेरिकाको ओरेगन राज्यको ग्रामीण क्षेत्रमा रहेको एउटा क्याम्पसमा एकजना बन्दुकधारीले गोली चलाउँदा कम्तीमा १० जना मारिएको प्रहरीले बताएको छ।

युम्पकुवा कम्युनिटि कलेजमा २६ वर्षीय बन्दुकधारीले गरेको उक्त आक्रमणमा अन्य ७ जना घाइते भएका छन्। प्रहरीसँग गोली हानाहान हुँदा बन्दुकधारी पनि मारिएका छन्। ओरेगनका महान्यायाधिवक्ताले १३ जनाको मृत्यु भएको बताएपनि प्रहरीले मृत्यु हुनेको संख्या ७ देखि १० को बीचमा रहेको जनाएको छ।

निराश देखिएका राष्ट्रपति बराक ओबामाले बन्दुक नियन्त्रणसम्बन्धी कडा कानुन ल्याउनुपर्नेमा जोड दिए। ओबामाले ‘प्रार्थना मात्र पर्याप्त’ नभएको बताए। त्यस्ता गोलीकाण्ड र त्यसप्रतिको आफ्नै प्रतिक्रिया नियमित जस्तो भएको भन्दै उनले निराशालाई लुकाउन नसकेको उल्लेख गरे।

ओबामाले भने, “यो पृथ्वीमा हाम्रो मात्र देश होइन, जहाँ मानसिक रोगी वा एकअर्कालाई हानी पुर्याउने मानिसहरु बस्छन् तर हरेक केही महिनाभित्र धेरैजनाको ज्यान जानेगरी गोलीकाण्ड हुने देश हाम्रो मात्र हो।”

बन्दुक नियन्त्रणबारे बीबीसीलाई आफूले दिएको एउटा अन्तरवार्तालाई उद्धृत गर्दै ओबामाले ब्रिटेन र अष्ट्रेलिया जस्ता मुलुकले त्यसबारे प्रभावकारी कानुन सम्भव भएको प्रमाणित गरिसकेको बताए।

क्याम्पसमा ती बन्दुकधारीले गोली चलाउनुको कारण थाहा हुन सकेको छैन तर उनले सामाजिक सञ्जालमार्फत त्यस्तो गर्न सक्ने धम्की दिएकोबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

उक्त क्याम्पसको विपरीत दिशामा रहेको एउटा घरमा बस्ने लोरी एन्ड्रिव्जले पटाका पड्केको जस्तो आवाज सुनेको र बाहिर निस्किंदा विद्यार्थीहरु चिच्याउँदै भागिरहेको आफूले देखेको बताइन। –बीबीसी

काठमाडौँ,: सरकारले मधेसकेन्द्रित राजनीतिक दललाई वार्ताको वातावरण बनाउन उनीहरूको मागबमोजिम अघि बढ्न सकिने स्पष्ट गर्दै भन्सार र राजमार्गमा अवरोध गर्नेलगायत बन्दका सम्पूर्ण कार्यक्रम फिर्ता लिन आग्रह गरेको छ ।

मन्त्रिपरिषद्को बिहीबार रातिको बैठकले आन्दोलनरत पक्षको मागअनुसार सुरक्षाकर्मीलाई सामान्य जिम्मेवारीमा फर्काउन सकिने तथा गम्भीर अपराधमा संलग्न भएकाबाहेकको मुद्दा फिर्ता लिन र पक्राउ परेकाहरूलाई रिहा गर्न सकिने बताउँदै त्यसका लागि आन्दोलनरत दलले बन्दहडताल र सीमा नाकामा अवरोध तत्काल रोक्नुपर्नेमा जोड दिएको छ ।

मुलुक र मुलुकवासीको जीवन सामान्य भएको अवस्थामा मात्रै आन्दोलनमा उत्रेका दलका माग पूरा हुन सक्ने ठहर बैठकले गरेको छ । राष्ट्रको स्वार्थलाई केन्द्रमा राखेर जनजीवन सामान्य बनाउनेतर्फ लाग्न आन्दोलनमा लागेका दललाई बैठकले आग्रह गरेको छ ।

अत्यावश्यक वस्तुको आपूर्ति सहज बनाउनेमा बैठक केन्द्रित रहेको जानकारी दिँदै सरकारका प्रवक्ता डा मीनेन्द्र रिजालले आन्दोलनरत दलका माग पूरा गर्ने प्रक्रिया सरकारले थाल्ने र आन्दोलनकारीले पनि जनजीवन सहज बनाउन आन्दोलनका सबै कार्यक्रम फिर्ता गर्नुपर्ने बताए ।

बैठकमा वन तथा भूसंरक्षणमन्त्री महेश आचार्यले मधेसकेन्द्रित राजनीतिक दलसँग प्रमुख तीन राजनीतिक दलले वार्ता गरिरहेको र त्यस बारेमा भएका प्रगतिको जानकारी दिनुभएको थियो ।

भारत भ्रमण सकेर फर्किनुभएका वाणिज्य तथा आपूर्तिमन्त्री सुनिलबहादुर थापाले पेट्रोलियम पदार्थको सहज आपूर्तिका सम्बन्धमा भएका प्रयासबारे बैठकलाई अवगत गराउनुभएको सूचना तथा सञ्चार प्रविधिमन्त्री डा रिजालले बताए ।

पेट्रोलियम पदार्थ र अन्य दैनिक उपभोग्य सामग्रीको सहज आपूर्तिका लागि कूटनीतिक रुपमा पहल गर्नाका साथै वैकल्पिक उपाय अपनाएर वर्तमान असहज परिस्थितिको अन्त्य गर्ने सम्बन्धमा पनि बैठकमा छलफल भएको जानकारी दिए ।

'वार्ताको सहज वातावरण बनाउन आन्दोलनकारीको माग बमोजिम वीरगन्ज अस्पतालमा उपचारार्थ कलावतीदेवी र उषा श्रीवास्तवको उपचारको प्रबन्ध मिलाउन स्वास्थ्य र गृह मन्त्रालयलाई निर्देशन दिइएको छ ', डा रिजालले भने ।

त्यसैगरी बैठकले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका १७ जनाको उपचार खर्च निकासा गर्ने निर्णय गर्नाका साथै आन्दोलनका क्रममा ज्यान गुमाएकाका परिवारलाई राहतस्वरुप जनही रु १० लाख दिने निर्णय भएको जानकारी पनि मन्त्री डा रिजालले दिए  ।

सरकारका प्रवक्ता डा रिजालका अनुसार सरकारी सवारी साधनलाई मितव्ययी रुपमा सञ्चालन गर्न आवश्यकताभन्दा बढी इन्धनको व्यवस्था नगर्ने र सम्भव भएसम्म सार्वजनिक सवारी साधनलाई सहज ढङ्गले इन्धन आपूर्तिको व्यवस्था गर्ने निर्णय भएको छ ।

बैठकले सुदूरपश्चिम विश्व्विद्यालयलाई द्वारिकादेवी ठकुरानी विश्वविद्यालय नामकरण गर्ने र शिक्षक सेवा आयोगका अध्यक्षमा ताना गौतमलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव शान्तराज सुवेदीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिवमा र आयोगका सचिव श्रीधर सापकोटालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरेको छ ।

त्यस्तै नेपाल प्रहरी तर्फका कर्मचारीलाई बिमा कोष सिर्जना गरी निजामती कर्मचारीसरह सुविधा उपलब्ध गराउने निर्णय भएको छ । यसैगरी उखु किसानलाई राहतस्वरुप ६ प्रतिशत व्याज दरमा ऋण दिने तथा प्रवद्र्धन खर्चबापत प्रतिक्विन्टल रु २५ उपलब्ध गराउने निर्णय भएको छ । रासस annapurnapost.com
वि.सं. २०७२ साल असोज १५ गते। शुक्रबार। इश्वी सन् २०१५ अक्टोबर २ तारिख। नेपाल संवत् ११३५ ञला गा। आश्विन कृष्णपक्ष। तिथि– पञ्चमी, २२:०७ बजेउप्रान्त षष्ठी।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
मान–सम्मानमा आघात पर्ने देखिन्छ। काममा विघ्नबाधा उपस्थित हुन सक्छन्। आर्थिक क्रियाकलापमा सोचेको फाइदा नउठ्न सक्छ। अनावश्यक वादविवादमा परिएला, विचारलाई तौलेर मात्र व्यक्त गर्न बुद्धिमानी हुनेछ। पहिलेका प्रशंसकहरूले पनि आलोचना गर्न सक्छन्। तापनि, प्रयत्न गर्दा व्यावसायिक काममा सामान्य फाइदा उठाउन सकिनेछ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
आँटले काम लिन नसक्दा पछि परिनेछ। योजनाअनुसार अघि बढ्न नसकिए पनि नियमित काम भने सम्पादन हुनेछन्। खानपानको अनियमितताले स्वास्थ्यमा समस्या देखिएला। सहयोगीहरू कमै भेटिनेछन् भने फुर्सदिलाहरूले अलमल्याउन सक्छन्। थोरै आर्जनमा चित्त बुझाउनुपर्ला। अध्ययनमा सामान्य विषयको ज्ञान लिन निकै मेहनत गर्नुपर्ने समय छ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
खर्च लागे पनि दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ । चुनौतीहरू पन्छाउँदै रोकिएका काम बनाउन सकिनेछ। धैर्यले काम लिने समय छ। छर–छिमेकमा केही असमझदारी बढ्ने योग देखिए पनि प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ। प्रयत्न गर्दा टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्नेछ । वैदेशिक क्षेत्रबाट लाभ उठाउने मौका छ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। गरेका कामबाट प्रशस्त लाभ हुनेछ। श्रमको उचित मूल्यांकन होला। नयाँ ज्ञान प्राप्त हुने योग छ। पढाइमा प्रगति हुनेछ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा प्रशस्त फाइदा हुने योग छ। पितृधनको उपयोगबाट विशेष फाइदा उठाउन सकिनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। अरूको विश्वासमा पर्दा अन्त्यमा धोका पाइएला। केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ। तापनि समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिनेछ। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ। विभिन्न अवसर जुटे पनि अरूलाई वचन दिने बानीले दुःख पाइनेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
भाग्यले नसोचेको फाइदा दिलाउन सक्छ। चुनौतीहरू स्वतः हट्नेछन् भने कर्मयोग र आम्दानीले पछ्याउनेछन्। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। धेरैले तपाईंका कामको तारिफ गर्नेछन्। कामले अरूको मन लोभ्याउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सहयोगीहरू जुटिदिनाले ढिलै भए पनि चिताएका कामहरू सम्पादन हुने समय छ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
काममा केही चुनौती देखिए पनि प्रयत्न गर्दा समयको सदुपयोग हुनेछ। सहयोगीहरूले सहयोगका लागि तत्परता देखाउनेछन्। गोप्य रहस्य पत्ता लगाउन सकिनेछ। नसोचेको धन लाभ हुन सक्छ। तर, सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ने समय छ। स्वास्थ्यमा पनि अलि कमजोरी अनुभूति हुनेछ, इष्टदेवको पूजा–उपासनाले लाभ मिल्नेछ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ। नयाँ ज्ञान सिक्ने मौका छ। व्यापार–व्यवसायमा लाभ हुनेछ। व्यावसायिक यात्रा सम्भावना छ। दाम्पत्य जीवन रमाइलो रहनेछ। आम्दानी प्रशस्तै बढ्नेछ। विभिन्न भौतिक साधन जुट्नेछन्। आतिथ्यपूर्ण सम्मान पाइएला। मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ। धेरैको मन लोभ्याउने उपलब्धि हासिल हुनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
अप्ठ्यारा परिस्थितिको सामना गर्नुपर्ला। केही चुनौतीहरू देखिनेछन्। अधिकार सुरक्षा गर्न जुट्नुपर्नेछ। गरी आएका काम र व्यापार–व्यवसायमा फाइदा उठाउन नसकिएला। शत्रुहरू बढ्नाले समस्या थपिएलान्। आँटेका काममा बाधा पुर्याउनेहरू प्रशस्तै हुनेछन्। फजुल खर्च पनि बढ्नेछ। सहयोगका नाममा ठगीमा परिने योग भएकाले होसियार रहनुहोला।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
दिन उत्साहपूर्ण रहला। सुखद समाचार सुन्न पाइनेछ। स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ। व्यापारमा भने कम मात्र फाइदा होला। पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ। पढाइलेखाइमा प्रगति हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन्।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
ढिलासुस्तीले काम रोकिनुका साथै मौका गुम्ने भयले सताउनेछ। स्थायी सम्पत्तिमा पनि केही विवाद आउला। परिवारजन तथा बन्धु–बान्धवबीच आत्मीयतामा कमी आउन सक्छ। तापनि, प्रयत्न गर्दा बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्न सकिनेछ। महत्वाकांक्षी योजना बिस्तारै फलदायी हुनेछन्। पशु, भूमि र मातृधनबाट सामान्य लाभ मिल्नेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
परिस्थितिअनुसार चल्न नसक्ता दुःख पाइनेछ। सहयोगीहरूले पनि विपक्षीलाई साथ दिन सक्छन्। यसले अलि अप्ठ्यारोमा परिनेछ। आर्जित धन खर्च हुन सक्छ। पुरानो समस्याले केही झमेला आइलाग्ला। दाम्पत्यमा शंका र असमझदारी बढ्न सक्छ। कृषि तथा पशुपालनमा खर्च बढ्नेछ। काममा चुनौती देखिएलान्। आफ्नै प्रयासले काममा लाभ मिल्नेछ।

काठमाडौं, अघिल्लो शनिबारको महाभूकम्पबाट आहत नेपालीलाई उद्धार र राहत सहयोग पर्याउने उद्देश्यले चिनिया सशस्त्र प्रहरीको टोली नेपाल पसेको छ। नेपाल सरकारको अनुरोधमा खासाको नाका हुँदै आइतबार चिनिया सशस्त्र प्रहरी सिन्धुपाल्चोकबाट पहिलो पटक नेपाल पसेको हो। एक्स्काभेटरसहित आएका चिनिया प्रहरीहलाई सीमा क्षेत्रमा नेपाल प्रहरीको टोलीले स्वागत गरेको थियो ।


 भूकम्पका कारण पहिरो गएर अवरुद्ध तोतोपानी–बाह्रबिसे सडक खोल्न सो टोली आइतबारै परिचालित भएको छ। शनिबारको महाभूकम्पले ल्हासाबाट काठमाडौँ आउने सडकमार्गअन्तर्गत नेपाल–तिब्बत क्षेत्र समेत क्षतिग्रस्त गराएको थियो । तिब्बत क्षेत्रको ८ सय २९ किलोमिटर खण्डको क्षतिग्रस्त भाग शुक्रबार खोलेपछि आइतबार चिनिया टोली नेपाल पसेको हो । रसुवागढी–केरुङ नाका खुला गरिए पनि अहिलेसम्म तातोपानी–खासा नाका नै नेपाल–चीन ब्यापारको प्रमुख नाका रहँदै आएकोमा महभूकम्पदेखि नेपाल–चीन व्यापार पूरै ठप्प छ । आइतबार आएको टोलीमा चिनिया सशस्त्र प्रहरीका करिब ५ सय अधिकारीसहित इन्जिनियरिङ विभागका १ सय ८० युनिट चार समूहमा विभाजित भई सडक खोल्न परिचालन गरिने ब्रिगेडका एक कमान्डर फु लिङले बताएका छन् । चिनिया प्रहरीले नेपालको कानुन–नियमभित्र रहेर, स्थानीयको धार्मिक विश्वासलाई सम्मान गर्दै भूकम्पपीडितलाई राहत सहायता उपलब्ध गराउनेु उनले बताएका छन् ।
शम्भु यादव, लहान । जनकपुरमा एकै ठाँउमा गाडिएको अवस्थामा केही शंकास्पद शवहरु फेला परेका छन् ।
स्थानीय पत्रकार राजन सिंहका अनुसार अहिले सम्ममा ७ वटा बोरामा राखि गाडिएको १७ वटा शव भेटिएको छ । अझै केही शबहरु भएको आशंका गरिएपनि साँझ परेका कारण उत्खनन कार्य रोकिएको छ ।
जनकपुरको वडा नं. २१ विसविटी स्थित दुध नदीको छेऊमा शव गाडिएको अवस्थामा स्थानीयहरुले पत्ता लगाएका हुन् । बिहीबार मात्रै एक जना डोमले तीन वटा शब फाल्न लगेको अवस्थामा मानव साङ्गलोमा सहभागीहरुले ती डोमलाई पक्राउ गरेको छ ।
शबसहित अक्षय डुम पक्राउ परेका छन् र उनले अहिलेसम्म ३५ वटाभन्दा अधिक शब फालेको बताएका छन् । उनले ती शव अस्पतालबाट ल्याउने गरेको बताएपनि अस्पतालको नाम खुलाएका छैनन् ।
डोमले ३५ वटा लास गाडेको बताएपनि अहिलेसम्म बालबालिका सहित एक करिब १७ वटा शब भेटिएको छ । केही शबको शरीरमा गोली लागेको छ । केही शबको टाउकोमा कालो पट्टी बाँधिएको छ ।
शब कुहिन थालेका कारण दुर्गन्ध फैलिएपछि उत्खनन कार्यमा समेत कठिनाई उत्पन्न भएको छ । शव उत्खन्न गर्न थालेपछि घटना स्थलमा मानिसहरुको घुँइचो लागेको छ ।
धनुषा प्रहरीलाई उदृत गर्दै पत्रकार सिंहलेका अनुसार बेवारिसे शवहरुलाई त्यहाँ गाडिएको भनिएको छ । घटनाबारे थप जानकारी आउन बाँकी छ ।
ww.nepalsandesh.com
पोखरा : मोटरसाइकलमा पेट्रोल भर्न घरबाट निस्किएका ३७ वर्षीय निरज बराल पोखरा–२६ स्थित लब्ली डाँडामा बिहीबार दिउँसो मृत फेला परेका छन ।

पोखराको बगालेटोलमा दाना पसल चलाउँदै आएका आर्वाविजय घर भएका बराल बिहान डेरावाट निस्किएका आफन्तले प्रहरीलाई बताएका छन् ।

टाउकोमा गम्भीर चोट लागेको अवस्थामा भीरमुनि भेटिएका उनको हत्या वा दुर्घटना भएकोबारे अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

शव पोष्टमार्टका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा लगिएको छ । दाना व्यवसाय गर्दै आएका उनकी श्रीमति, छोरा र छोरी छन् ।annapurnapost.com
बिहीबार, १४ असोज
काठमाडौं । संविधान संशोधन गर्ने की नगर्ने भन्ने विषयमा एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति एवं प्रधानमन्त्री सुशील कोइरालाबीच भनाभन भउको छ ।
प्रमुख तीन दलको बैठकको अन्त्यमा ओलीले भावि सरकारका बारेमा कुरा उठाएका थिए । ओलीले कुरा उठाउने वित्तिकै प्रधानमन्त्री कोइरालाले संविधान स.शोधन गर्नुपर्ने बताएका थिए ।
संविधानमा संसद आह्वान भएको सात दिन भित्र नयाँ सरकार गठन गर्नुपर्ने बाध्यकारी व्यवस्था छ । तर, कोइरालाले यो व्यवस्था संशोधन गर्नुपर्ने बताएपछि भनाभन भएको स्रोतले बतायो ।
www.nepalsandesh.com
बिहीबार, १४ असोज

भारतले केही समयदेखि गरेको नाकाबन्दीले यतिबेला नेपाली अर्थतन्त्र ठप्पप्राय बनेको छ । लामो समयदेखिको तराई बन्द र भारतको अघोषित नाकाबन्दीका कारण मुलुक संकटमा परेको छ । नेपालमा लामो समयदेखि आर्थिक क्रान्ति र स्वावलम्बी अर्थप्रणाली विकासको चर्चा गरिएपनि अहिले भारतले केहीदिन देखि गरेको नाकाबन्दीले धर्मराउने अवस्था सिर्जना भएको छ ।
हामीले यसै सन्दर्भमा नेपालका एक वरिष्ठ अर्थशास्त्री, पूर्वगर्भनर तथा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्रीसँग यही विषयमा कुराकानी गरेका छौं । क्षेत्रीसँग गरिएको कुराकानीको सारसंक्षेपः
१. हामी आर्थिक विकासतर्फ लम्कने कुरा गरिरहेका छौं । तर, भारतले सात दिन पेट्रोल नपठाउँदा धर्मराउने हाम्रो यो अर्थतन्त्र कस्तो हो ?
हाम्रो अर्थतन्त्र प्रत्यक्ष रुपमा राजनीति प्रभावित छ । विक्रम सम्वत २००७ साल देखि नै नेपालमा भारतीय पक्ष हावी भएको उदाहरणहरु छन् । मोहन शम्सेरलाई प्रधानमन्त्री बनाउने की नबनाउने भन्ने विषयमा पनि भारत हावी भएकै हो ।
त्यसपछि २०१५, १९, २७, ३७, ०४६ मा पनि भारत हावी भएकै हो । पटक पटक नेपालमाथि ऊ हावी हुँदै आएको उदाहरणहरु छन् । यस पटक भारतले गरेको नाकाबन्दी अघोषित भन्नै मिल्दैन । दशगजामा आन्दोलनकारी जान्छन्, भारतले प्रोटेक्ट गर्छ ।
भन्सारले जाँच गरेर पठाएका गाडीहरु प्रहरीले रोक्छ । पाँच वर्षलाई गरिएको आइओसीसँगको सम्झौताको ठाडो उल्लंघन गर्दै एउटा व्यापारिक संस्थाले पहिला तिम्रो राजनीति मिलाउ, तराईको आन्दोलन मिलाउ अनि मात्र यताको मिल्छ, अनि तेल दिन्छु भन्छ भने यो नाकाबन्दी होइन भने के हो त ? भारतले नाकाबन्दी नै गरेको हो र यो घोषित नै हो ।
अर्को कुरा उत्तरी छिमेकी चीनले आधारभुत उद्योग डोनर गरेको थियो । जस्तै छाला जुत्ता, चिनी मिल, ट्रलीबस लगायतका । ती सबै चिज हामीले निजी क्षेत्रलाई कुचा पत्रका दरले दियौं । व्यवस्थापन गर्नै सकेनौं । बाँसबारी छाला जुत्ताको मेसिन त भारतको कानपुरमा अझै चल्दैछरे । कसले बेच्यो । यस्तो नीति भएको राजनीतिक अस्थिरता मौलाएको स्थानमा अर्थतन्त्र कसरी बलियो बन्छ ? अस्ती भर्खर २० वर्षका लागि सम्झौता गरिएको संस्थाले राजनीति भाष बोलेर तेल रोक्न मिल्छ ?
अर्कोतर्फ हामी कृषि प्रदान देशका मानिस, देश कृषिमा चलेको भन्ने अनि त्यही भारतसँग २५ अर्बको धान किन्नुपर्ने, गहुँ किन्नुपर्ने । भारतले किसानलाई सहुलियत दिएको छ । पानी तान्ने पम्प देखि चलाउन विजुलीसम्म सहुलियत छ ।
नेपालमा पनि पहिला यो कुरा चलेकै हो । तर, राजनीतिले सबै खाइदियो । हामीले उनीहरुसँग प्रतिस्पर्धा गर्न सकेनौं । नुन देखि सुन सम्म, बाँच्ने चामल देखि मात्ने रक्सीसम्म परनिर्भर छौं । यसकारण पनि हाम्रो अर्थतन्त्र धर्मराएको हो ।
२. परनिर्भरता पनि भारतसँग बढी देखियो, भारतले नाका बन्द गर्दैमा चाँहि किन हामी यसरी फस्न पुग्यौं ?
पहिलो कुरा त सीमा यथावत रहोस भन्ने चाहना भारतले राख्नु एउटा कारण हो । संस्कृति परम्परा भन्दै सीमा बन्द गर्न नदिने रणनीति लिएको छ । यो सब राजनीति अरु केही नभएर पानीका लागि गरिएको राजनीति हो । भारतले प्रोइण्डियनको संख्या बढाउने चाहना राखेको छ ।
जनसंख्याका आधारमा निर्वाचन क्षेत्र कायम गर भन्नेका कारण पनि त्यही हो । उसले नेपाललाई सिक्किमीकरण गर्न खोजे पनि त्यो सम्भव नहुने भएपछि फिजीकरण गर्न खोजेको छ । मौरिसस र फिजीमा पनि भारतीयहरु उखु रोप्न र बेच्न गएका हुन् । अन्तिममा यस्तैगरी अंगकिृत नागरिकताको बाध्यकारी अवस्था बनाउन लगाएर सत्ता नै कब्जा भएको थियो ।
भारत अझै चार दिन नेपालमा बन्द गराएर जनतालाई सरकार विरोधी बनाउने र उचाल्ने रणनीतिमा छ जस्तो लाग्छ । हाम्रा कतिपय नीतिगत निर्णयहरु पनि कमजोर भएका छन् । डलरमा सामान किनेर एक्सपोर्ट गर्ने तरिकाले हामी समस्यामा परेका छौं ।
डलर किनेर भारतसँग व्यापार गर्नाले पनि समस्या भएको हो । हाम्रा उद्योग धन्दाका कच्चा पदार्थहरु भारतले नपठाएपछि उत्पादन रोकिने अवस्था आउने नै भयो । अझ व्यापारका लागि उसैको बाटोमा निर्भर रहनुपर्दा पनि समस्या भयो ।
३. के उसोभए विगतमा हामीले अंगिकार गरेका आर्थिक नीतिहरुमा कमजोरी नै थिए त ? अब सुधारका लागि के गर्नुपर्ने हो हामीले ?
सुत्केरी भएकी श्रीमतीले श्रीमानलाई गाली गरे जस्तै अवस्था हो अहिले । यातायात नपाउँदा ट्रलिबस सम्झने, बाँसबारी छाला जुत्ता सम्झने काम गर्नु अर्को गल्ती हुनेछ । किनकी त्यो विगत भैसक्यो । अब एउटा कोर टिम बनाएर अर्थतन्त्रका सवल र दुर्वल पक्ष पहिल्याउनुपर्ने पहिलो आवश्यकता छ ।
कृषि क्षेत्रलाई बलियो बनाउनेतर्फ ध्यान दिनुपर्छ । हाम्रो अर्थतन्त्रको सवल पक्ष कृषि हो भने जग्गाको व्यवस्थापनमा जोड दिन पर्दैन ? भुमिसुधारको कुरा नारामा मात्रै सीमित भयो । कम्युनिष्टहरुले त यो कुरालाई ध्यान दिएनन् भने कांग्रेस र मधेसवादी भनिएकाहरुको त झनै यसमा मतलब छैन ।
यी मधेसवादी भनिएकाहरु त भुमिसुधारको कुरा सुन्ने वित्तिकै बैठक नै छाडेर भाग्छन् । उनीहरुलाई डर त्यसैमा छ । हामी कृषिमा आत्मनिर्भर हुने हो भने १२ महिना नै सिचाईं हुने वातावरण बन्नुपर्छ नी । पानी भएन भने कसरी उत्पादन हुन्छ । अनि प्राविधिकहरुको उत्पादन गर्नुपर्ने कुरा छन् ।
त्यसपछि हामी कृषिलाई प्रविधिसँग मिसाउन पनि लाग्नुपर्छ । कृषकलाई खेतीमै निर्भर बनाउनका लागि लाग्नुपर्छ । उनीहरुलाई राज्यले सम्मान गर्नुपर्छ । जस्तो अमेरिकामा तीन प्रतिशत ३ प्रतिशत मात्र कृषकहरु रहेका छन् । तर, अमेरिकामा उत्पादित गहँ विश्वकै सबैभन्दा उत्कृष्ट मध्येमा पर्छ । किनकी त्यहाँ किसानलाई सरकारले सम्मान गर्छ ।
जापानमा २० वर्षदेखि चामलको भाउ एउटै छ । यसकारण आफ्नो उत्पादनलाई प्रोत्सहान गरौं । त्यसका लागि राजनीतिक स्थिायित्व र प्रतिवद्धता आवश्यक छ ।
४. यी त भए अब नेपालले अंगिकार गर्नुपर्ने कुरा । तर, जनता तत्कालका लागि मारमा परेका छन् । के अहिले तत्काल चीनसँगको व्यापारलाई अघि बढाएर परेको संकट टार्न सम्भव छ त ?
हेर्नुहोस्, हामीले २०४५ सालमा पनि चीनलाई गुहारेका हौं । मन, वचन र कर्मले चिनियाँले सहयोग गर्छन् । यो सत्य हो । उनीहरु स्वार्थरहीत राजनीति गर्छन् । भूकम्पले दुःख पाएको, कोदारी र केरुङ नाका दुवै अहिले काम नलाग्ने अवस्थामा छन् । हेभी धेरै लोड बोकेका गाडीहरु गुड्नसक्ने अवस्था पनि छैन । भौतिक संरचना निकै कमजोर भएका छन् । अहिले खास समस्या पनि त्यही नै हो ।
हामीकोमा राजनीतिक परिवर्तन भएपछि सुनको अण्डा नै फल्छ भनेझैं गर्ने चलन छ । चीनतर्फको निर्भरता पनि त्यस्तै हो । चीनले आफ्नो गच्छेले भ्याएसम्म सहयोग गर्छ । दुईमत छैन । अमेरिकामा चिनियाँ राष्ट्रपति सि जिनपिङको भाषणले पनि त्यही पुष्टी गर्छ ।
हाम्रा सामान्य आवश्यकताका सामग्रीहरु, जस्तै लत्ता कपडा, जुत्ता, लसुन, प्याज यस्ता चिज त सधैं आएकै त हो । अहिले पनि नाका बन्द भएपछि भारत हुँदै ल्याईंदै थियो नी । अब हामीमा पनि परिवर्तनको आवश्यकता छ । खानपानमा परिवर्तन गर्नुपर्ने भएको छ । यस्तै हाम्रो काममा पनि परिवर्तनको आवश्यकता छ ।
यहाँ त काम गर्नेलाई गोठालो भनिदिन्छन् । यस्तो प्रवृत्तिको अन्त्य हुनै पर्छ । राज्यले वस्तु उत्पादनको स्थान तोक्ने र दस्ता तयार पार्ने काम गर्नुपर्ने जरुरी छ । अहिले पनि उन र पश्मिना बाहिरबाट ल्याउँछौं । हाम्रो वन नीति पनि कमजोर छ । यस कारण जुम्लाका भेडा अहिले हराए ।
खाद्यान्न, पशुपंक्षी, फलफूल भारतबाटै ल्याउँछौं । सजितो भो अहिले । आइहाल्छ नी भन्ने सरकारी बानीले अहिले डुबायो नी । भारतबाट हामी ३ अर्ब ७० करोडको फलफूल, एक अर्ब ९५ करोडको पशुपंक्षी, २५ अर्बको चामल र ८ अर्बको तरकारी ल्याउँछौं । यसकारण पनि समस्या नै हो । अब, हामीले पुर्वाधारलाई विकास गर्दै तत्कालको गर्जो टार्न लाग्नुपर्छ ।
५. हैन अहिले जुन किसिमले तेलको समस्या देखिएको छ, यो त भयानक बन्ने देखिन्छ नी । दशैं, तिहार, छठ जस्ता पर्वहरु आउँदैछन् । यातायातको समस्या हुने देखिन्छ । यसको तत्कालीन समाधान चाँही के हुनसक्छ ?
हामीकहाँ अभाव छ है भन्ने सुन्न नभ्याउँदै चाहिने भन्दा बढी लाने प्रवृत्ति छ । यस्तो अवस्थामा चाँहि जनताले पनि राज्यलाई सहयोग गर्नुपर्छ । वैकल्पिक उत्पादनलाई प्रोत्साहन गर्नुपर्छ । तत्काललाई सोलार पावरको प्रयोग गर्नुपर्छ । तर, यो, समाधान भने होइन । भारतले घुँडा टेकाउन खोजेकाले राजनैतिक समाधान खोज्नुपर्छ ।
अब हामीले जनतादेखि जनतासम्म पहल गर्नुपर्छ । आफूले चिनेका भारतीय साथीहरुलाई लौन तिम्रो सरकारले त हामीलाई मार्न आँट्यो, पहल गर्नुप¥यो भन्ने । सम्बन्ध भएकाहरुलाई पनि भन्ने गरौं । भारतबाट पनि दबाब भैरहेको छ । सिताराम यचुरीले पनि दबाब दिए । भारतका व्यापारीलाई पनि घाटा भएको छ । उनीहरुले पनि दबाब दिएका छन् ।
भारतलाई पनि व्यापार घाटा भएको छ । यसकारण भारत सरकारलाई चौतर्फी प्रेसर दिन सक्नुपर्छ । चीनतिर पनि धेरै आशावादी बन्न हुँदैन । २०४६ सालमा पनि भारतसँग हरेक सम्बन्ध निकट भएकाले भारतलाई मनाउ भनेको चीनले अहिले पनि त्यसो नभन्ला भन्न सकिदैन । चिनियाँलाई तिब्वत जोगाउन मात्र अहिले चिन्ता छ ।
त्यसो त, चीनले कुनै उद्देश्य नराखी बनाइदिएको उद्योगबारे सोध्यो भने सरकारले के जवाफ दिने ? नेपालीलाई विभाजित गर्न खोजिएको अवस्था छ अहिले । आत्मसुद्धितिर लागौं । मितब्ययी हुनै नसक्ने भयौं त हामी ? मागको तुलनामा आपुर्ति पुरा हुँदैन । लिपुलेकका बारेमा पनि त चीन नबोलेकै हो नी ।
चीनसँगको सम्बन्ध निकट पनि छैन र टाढा पनि भएको छैन । चिनियाँहरु नेपालीको पारा देखेर चिढिएकै हुन् । भूकम्पका बेलामा विदेशीले दिन्छु भनेको ४४० खर्व खर्च गर्ने कुरो खोई ? पुनः निर्माणको बहस कहाँ पुग्यो ? खर्च गर्न नसक्ने हामी कसरी देश चलाउँछौं । तेलको समस्या समाधानका लागि अहिले पहल गरौं ।
दुवै तर्फ, भारतले सम्झौता नै गरेको छ । आइओसीले बेइमान गर्न मिल्दैन । हैन भने क्षतिपुर्तिका कुरापनि त्यसमा आउँछन् । सरकारले पहल गर्नुपर्छ । नेपालमा त, नेताहरु पनि विकास निर्माण रोक्न लागि पर्दछन् । सीपी गजुरेलले सिन्धुलीमा ८ वटा टावर बनाउन नदिँदा २० मेघावट विद्युत घाटा लागिरहेको छ ।
कोरियाका एकजना शासकले ४ सय किमी बाटो निर्माण गर्दा सारा विरोध भयो । उनले बाटो बनाउँदा अवरोध गर्नेलाई सिधै गोली हान्ने आदेश दिए । करिब ५ सय मारिए पनि । तर अहिले त्यही बाटो कोरिया विकासको मेरुदण्ड भएको छ । विकास विरोधीलाई त सिधै सुट गर्ने कानुन चाहिन्छ । नेपालमा पनि बाबुरामले बढाएको बाटोले काम गरेको छ नी । त्यसबेला त निकै विरोध भएकै हो ।
७.तपाईं पनि गर्भनर र राष्ट्रिय योजना आयोगको उपाध्यक्ष हुनुभयो । तपाईको कार्यकालमा देशलाई आत्मनिर्भर गराउनका लागि गरेका महत्वपूर्ण कामहरु के के हुन् ?
मैले केही राम्रा काम गरेको छु । जसका कारण अर्थतन्त्रलाई बलियो बनाउन योगदान पुगेको छ । पहिलो त, स्रोतको पहुँच नभएका, स्रोत सम्बन्धित इलाकासम्म लान नसकेकाहरुको लाइसेन्स खारेजी गर्ने निर्णय गर्ने हिम्मत गर्ने म नै हुँ । नेपाल विकास बैंकको खारेजी गराएर एउटा महत्वपूर्ण निर्णय गरेको हुँ ।
अर्को नेपाली रुपैयाँबाटै अन्तर्राष्ट्रिय उडानका टिकट किन्ने व्यवस्था मेरै पालादेखि भएको हो । तेस्रो, क्यापिटल मार्केटमा, कुन संस्थाको सेयर के हुन्छ भन्ने हाम्रा कर्मचारीलाई पहिल्यै थाहा हुने । यस कारण मैले नै राष्ट्र बैंकका कर्मचारीले सेयरमा लगानी गर्न नपाउने निर्णय गराए । मेरो आफ्नो नेचरका कारण मैले धेरै बैरी बनाएको छु ।
तर, देशका लागि धेरै फाइदाजनक काम गराएको छ । हामी ५ वर्षमा भारतलाई जित्न सक्छौं । जलस्रोतको उपयोग गर्न सक्यौं भने, उर्जाबाट हामी विश्वकै धनी बन्ने ल्याकत राख्छौं । पूर्व पश्चिम ट्रलीबस चलाएर, इलेक्ट्रिक कार चलाएर हामी उर्जामा निर्भर बन्छौं ।
हामी पानीको व्यापार गरेर विश्वको धनी बन्न सक्छौं । यसो भन्दा भाषण भन्नुहोला, यो सम्भव छ, हुन्छ । हेर्दै जानुस्, राम्रो शासक आयो भने उस्ले गर्ने पनि त्यही हो ।
९. एमाओवादी छाडेर गएका नेता बाबुराम भट्टराई अर्थमन्त्री हुँदा तपाई गर्भनर र प्रधानमन्त्री हुँदा योजना आयोगको उपाध्यक्ष हुनुभयो । उहाँ अहिले पार्टी छाडेर नयाँ शक्तिको कुरा गर्दै हुनुहुन्छ । व्यक्तिगत रुपमा उहाँलाई तपाई कसरी मुल्यांकन गर्नुहुन्छ ?
उहाँ बाबुराम माक्सवादी चिन्तन भएको मान्छे हो । यो बेलामा यस्तो नीति लिदा ठिक हुन्छ भन्ने निर्णय गर्नसक्ने पार्टीबाट आएको मान्छे हो । गणतन्त्र, संघीयता जस्ता कुराहरु उनले पहिला नेतृत्व गरेकै पार्टीका कारण आएको हो नी ।
अघिल्लो संविधानसभामा ११ प्रदेशको सहमति बन्दा उनीहरुकै पार्टीका वैद्यहरुले नमानेका हुन् नी । संघीयता र गणतन्त्र गुम्ने डरले संविधानमा सहमति गराएको उनकै मुखबाट आएको हो नी । अब संविधान लागु गराउन पनि उनको भुमिका रहन्छ ।
यस्तो बेलामा संसद र पार्टीबाट राजीनामा दिएका छन् । यसकारण उहाँको कुरा बुझ्न भने समस्या भइरहेको छ । नयाँ शक्तिको कुरा गरेकाले त्यसतर्फ पो लाग्नुभएको हो की ? रविन्द्र श्रेष्ठहरुले नै बाबुराम बेठीक छन् है भनेर चुनवाङ बैडकमा भनेकै हुन् नी । जीवन नै खतरामा राखेर हिँडेका बाबुराम अहिले आएर त्यही पार्टी किन छाडे भन्ने मा छु म ।
उनी प्रधानमन्त्री भएका बेला पनि मधेसवादी दलहरुले बत्तीको प्याला बनाए । उनी नाकामजस्तै बने । अहिलेको चर्चालाई हेर्दा अनिल शाह, रविन्द्र मिश्र लगायतका व्यक्तिहरुसँग मिलेर पार्टी बनाउँदै छन् भन्ने कुरा आएको छ । पुरानो घर छाडें भन्नुको कारण पनि यही हो की जस्तो लाग्छ । मैले लामो समयदेखि उहाँलाई भेटेको भने छैन । कुराकानी पनि भएको छैन ।
www.nepalsandesh.com
बिहीबार, १४ असोज
iपश्चिबंगाल । भारतको पश्चिम बंगालको सत्तारुढ दल तृणमुल कांग्रेसले नेपाल भाषी भारतीय नागरिकहरुलाई भारत छाडेर नेपाल जान धम्की दिएका छन ।
जारी स्थानीय निर्वाचनमा नेपाल भाषीहरुले असहयोग गर्ने भएपछि उनीहरुले धम्क्याउन थालेका हुन् । भारतको सिलगुडी, नक्सलबासीका नेपालीभाषी समुदायका भारतीय नागरिकहरुलाई तृणमुल कांग्रेसका कार्यकर्ताले घर घरमै गएर धम्क्याउन थालेका हुन् ।
उनीहरुलाई धम्क्याइएकोमा भारतमा चौतर्फी विरोध भएको छ । सिलगुडी महकुमा स्थानीय परिषद् र पञ्चायतका विभिन्न पदहरुमा निर्वाचन हुँदै छ ।
नेपाली भाषीलाई पक्राउ गर्ने, कुट्ने, धम्क्याउने लगायतका हर्कत भैरहेको भन्दै कम्युनिष्ट पार्टीले भने चर्को विरोध गरेको छ । चुनावमा सत्तारुढ तृणमुल र प्रतिपक्षी माक्सवादी दलका बीच चर्को प्रतिश्पर्धा हुने पक्का छ ।
दार्जिलिङको तराई भेगमा पर्ने नक्सलवडी र सिलगुडीमा नेपाली मुलका भारतीयहरुको बाहुल्यता रहेको छ । चुनावको नतिजा उनीहरुमा भर पर्ने भएको र उनीहरु कम्युनिष्ट समर्थक भएकाले उनीहरुलाई धम्क्याइएको हो ।
उनीहरुलाई धम्क्याइएको बारे हिमालय दर्पणले पनि पुष्टि गरेको छ । पत्रिकाले नेपालभाषीलाई नेपाल जान भन्दै जारी गरिएको उर्दीले भारतकै खील्ली उडाएको उल्लेख गरेको छ ।
पत्रिकाले त्यहाँका नेपालीलाई ध्रैय र शान्तसँग बस्न आग्रह समेत गरेको छ । कम्युनिष्ट पार्टीले पनि त्यस्तै आग्रह गरेको छ ।
www.nepalsandesh.com

ओलीले भारतले नेपालमा गरेको नाकाबन्दी गर्नै नहुँने काम भनी टिप्पणी गरेका छन् । उनले देशको लागि लिइएको अडानबाट पछि नहट्ने बताए ।
आश्विन १४, २०७२- एमाले अध्यक्ष केपी अाेलीले गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भएको बेला चीनसँग तेल ल्याउने सहमति भए पनि भारतीय राजदूतले धम्क्याएपछि सहमति कार्यान्वयनमा नआएको दाबी गरेका छन् ।

‘गिरिजाप्रसाद कोइरालाको पालामा चीनसँग ५ वर्षका लागि तातोपानी नाकाबाटै नेपाललाई पेट्रोलियम पदार्थ दिनेबारेमा सहमति भएको थियो’, उनले भने, ‘लगत्तै भारतीय राजदूतले कोइरालालाई धम्क्याएपछि त्यो सहमति कार्यान्वयन भएन, अब त्यो सहमति कार्यान्वयनमा ल्याउन चीनसँग पहल गर्नुपर्छ ।’

नेपाल मजदुर किसान पार्टी अध्यक्ष नारायणमान बिजुक्छेसँगको वार्तापछि ओलीले यस्तो प्रतिक्रिया दिएका हुन् । बिजुक्छेसँग आफूले यही सहमति कार्यान्वयन गर्नुपर्नेबारे छलफल गरेको ओलीले बताए । बिछुक्छेंलाई भेट्न ओली उनको निवास कमलविनायक पुगेका थिए ।

ओलीले भारतले नेपालमा गरेको नाकाबन्दी गर्नै नहुँने काम भनी टिप्पणी गरेका छन् । उनले देशको लागि लिइएको अडानबाट पछि नहट्ने बताए ।

बिजुक्छेंसँग संविधानको कार्यान्वयन, देशको राजनीतिक अवस्था र भूकम्पले भत्काएको संरचनाको पूर्ननिर्माण कसरी गर्ने बिषयमा छलफल भएको ओलीले बताए ।
भारतले गरेको अघोषित नाकाबन्दीका कारण देशमा केही दिन यतादेखि पेट्रोलियम पदार्थको अभाव भएपछि आज असोज १४ गते नेपाल सरकारका मुख्यसचिव डा सोमलाल सुवेदीको अध्यक्षतामा बसेको 'पेट्रोलियम पदार्थ अभाव' विषयक बैठक सम्पन्न भएको छ।

बैठकले देहाय बमोजिमका निर्णयहरु गरेको प्रेस विज्ञप्तीमा उल्लेख गरेको छ।

विभिन्न कारणले पेट्रोलियम पदार्थको आपूर्तिमा अवरोध भई सृजित समस्या सामाधानका लागि लागत, समय, गुणस्तर र दिगोपना लगायतका विषयमा विश्ले षण गरी आगामी तीन महिनाको लागि पेट्रोलियम पदार्थको मागको आकंलन गरी आपूर्तिको भरपर्दो बैकल्पिक उपायहरु समेत खुलाई गृह मन्त्रालय, वाणिज्य र अर्थ मन्त्रालयले ठोस प्रस्ताव तयार गरी कार्यान्वयन यथाशीघ्र अघि बढाउने।
गृह सचिवको संयोजकत्वमा रक्षा सचिव, अर्थ सचिव, वाणिज्य तथा आपूर्ति सचिव र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव सदस्य रहने समिति गठन गरी आपूर्ति व्यवस्थाको निरन्तर सहजीकरण गरी राय सुझाव पेश गर्ने ।
सेवा प्रवाहका लागि अग्रपङ्तीमा खडा भएका भन्सार सुरक्षा निकाय र अन्य वस्तु र सेवा आपूर्ति गर्ने कार्यमा संलग्न भएका निकायहरुलाई नेपालीहरुको महान चाड दशै, दिपावली, छठ लगायतका चाडहरु नजिक आईरहेको अवस्थालाई समेत मध्यनजर गरी आपूर्ति व्यवस्था सहजका लागि प्रभावकारी व्यवस्था गर्न सम्बन्धित निकायहरुलाई निर्देशन दिने तथा जिल्लामा यस कार्यको समन्वय प्रमुख जिल्ला अधिकारीले गर्ने व्यवस्था मिलाउन गृह मन्त्रालयले निर्देशन दिने ।
नेपालीहरुको महान चाडमा काठमाडौंबाट बाहिर जाने र आउने यात्रीहरुको लागि भरपर्दो स्थलमार्गको सार्वजनिक यातायात व्यवस्था भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, हवाई मार्गको यातायात व्यवस्था संस्कृत्ति, पर्यटन तथा नागरिक उड्डोयन मन्त्रालयले मिलाउने, सवारी साधनको सुरक्षा व्यवस्था गृह मन्त्रालयले र इन्धनको व्यवस्था वाणिज्य तथा आपूर्ति मन्त्रालयले मिलाउने। kinmel.setopati.com
काठमाडौँ, १४ असोज । चीनले आफ्नो सिचुआन प्रान्तको इमिसान सहरमा भएको ‘दोस्रो सिचुआन अन्तर्राष्ट्रिय ट्राभल एक्स्पो-२०१५’मा नेपालको पर्यटनको प्रवद्र्धनका लागि प्रचारप्रसार गरिदिएको छ  ।
नेपाल–चाइना चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजको सहकार्यमा नेपाल पर्यटन बोर्डले असोज ८ देखि १३ गतेसम्म सो प्रदर्शनीमा आफ्नो कक्ष राखेको बोर्डले जानकारी दिएको छ ।
नेपालको प्यागोडा शैली, विभिन्न क्षेत्रको पर्यटन आकर्षण, नेपाली हस्तकला लगायतका सामग्री प्रदर्शनीमा राखिएको थियो । बाह्र नेपाली हस्तकला संस्थाले त्यहाँ आफ्नो हस्तकलाको प्रचार गरेका थिए ।
प्रदर्शनीमा श्रव्य र दृश्य माध्यमबाट नेपालको पर्यटनबारे सूचना दिनुका साथै नेपालबारे जानकारीसहितको पुस्तिका नेपाली कक्षमा आएका चिनियाँ आगन्तुकलाई वितरण गरिएको थियो ।
कार्यक्रममा प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)का अध्यक्ष केभिन बी. मुर्फेले नेपाली कक्षमा उपस्थित भई भूकम्पपछिको नेपाली पर्यटनको पुनः उत्थानका लागि आफ्नो संस्थाले सहयोग गर्ने जानकारी दिनुभयो ।
प्रदर्शनीमा करिब एक लाख पचास हजार आगन्तुकले अवलोकन गरेका थिए । चीनको दु्रत आर्थिक वृद्धिसँगै त्यहाँका जनतामा देखिएको घुम्ने संस्कृतिको विकासको फाइदा लिन आवश्यक छ । सिचुआन प्रान्तको छेन्दुदेखि काठमाडौँसम्मको सिधा हवाई उडान रहेकामा यसले नेपालको पर्यटन विस्तारको विशाल सम्भावन बढाउने अपेक्षा लिइएको छ । रासस
dainiknepal.com
मोर्चाका कार्यकर्ता लखेट्दै प्रहरी
भैरहवा, १४ असोज । मधेसी मोर्चाले विगत सात दिन देखि भन्सार नाकालाई बन्द गर्ने उद्देश्यका साथ यस भन्सार नाकामा आन्दोलन गरेपनि मङ्गलबारदेखि उनीहरु नाका बन्द गर्न असफल भएका छन् ।
मङ्गलबार, बुधबार र बिहीबार आंशिक रुपमा भारतीय सीमाक्षेत्रबाट बेलहिया नाका हुँदै मालवाहक गाडीहरु भित्रने क्रम जारी छ ।
सो नाकाबाट आज ६ वटा पेट्रोल ट्याङ्कर, दुई वटा ग्यास बुलेट र अन्य विभिन्न सामान बोकेका २२ वटा ट्रक भैरहवा भन्सार कार्यालयमा भित्रिएको भैरहवा भन्सार कार्यालयले जनाएको छ । रासस
dainiknepal.com
काठमाडौं, असोज १४ । युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले पदबाट राजीनामा दिएका छन् ।

पदको दुरुपयोग गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कारबाहीका लागि सिफारिस गरेका मन्त्री पौडेलले विहीबार बालुवाटार गइ प्रधानमन्त्री सुशील कोइरालासमक्ष राजीनामा दिएका हुन् ।

अख्तियारको कारबाही सिफारिसपछि पनि राजीनामा नदिने अडानमा रहेका मन्त्री पौडेललाई प्रधानमन्त्री कोइरालाले बर्खास्त गर्ने चेतावनी दिएपछि पौडेलले राजिनामा दिएका हुन् ।

अख्तियारको कारबाही सिफारिसमा परेकी उर्जामन्त्री राधा ज्ञवालीले पनि राजिनामा दिने सम्भावना रहेको जनाइएको छ ।
फाइल फोटो imagekhabar.com

 कन्नड अभिनेत्री नयना कृष्णलाई भारतीय प्रहरीले गीरफ्तार गरेको छ । उनिमाथि सेक्स भिडियोवाट ब्यबसायीको ब्ल्याकमेलिङ गरेको आरोप लागेको छ । प्रहरीको भनाई अनुसार नयनाले एक डक्टरसँग सेक्स भिडियो देखाउँदै १ करोड माग गरेकी थिइन् ।
प्रहरीले दिएको जानकारी अनुसार नयनाहरुको एउटा समुह नै छ । पहिला उनिहरु धनीमानीहरुको नम्बर पत्ता लगाएर फोन गर्छन र सेक्सको लागि उक्साउछन् । जब उनिहरु सेक्सका लागि राजी हुन्छन् । आफै आफ्नो सेक्स भिडियो खिच्छन र ब्ल्याकमेलिङ सुरु गर्छन् ।
उनिहरुले यसअघि धेरैलाई यसरी ब्ल्याकमेलिङ गरेपनि प्रहरीमा उजुरी गर्ने हिम्मत गरेका थिएनन् । तर, बैंगलोरका एक डक्टरले प्रहरीमा उजुरी गरेपछि नयना पक्राउ परेकी हुन् । ति डक्टरले पनि २५ लाख बुझाएपछि मात्रै प्रहरीमा उजुरी गरेका थिए ।
www.onlinekhabar.com भिडियो हेर्न तलको बाकस थिच्नुहोस
– अशोक पहाडी
रौतटह १४ असोज । नेकपा एमालेका बरिष्ठ नेता तथा पूर्ब प्रधानमन्त्री माधव कुमार नेपालले घोषित वा अघोषित रुपमा नेपाल माथि नाकाबन्दी गरेर नेपालको आन्तरिक मामिलामा दखल नदिन भारतलाई चेतावनी दिएका छन् ।
गृह जिल्ला रौतहटको चन्द्रनिगाहपुरमा बिहिबार आयोजिता जिल्ला स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दे नेता नेपालले नेपाली जनता अब सरकारको नभई भारतको बिरुद्धमा उत्रन थालेकाले नाकाबन्दी खोलेर नेपाली जनताको मन जित्न भारतलाई आग्रह गरेका छन् ।
मधेसबाट नेकपा एमाले, नेपाली काँग्रेस र एमाओवादीले २५ लाख मत पाएको र पाँच हजार मत पाएका मधेसी दलको ईसारामा भारतले नाकाबन्दी गरेर बहुमतको खिल्ली उडाएको आरोप लगाए । नेपाल भारत सीमामा बसेर आन्दोलन गर्नेलाई आफ्नो देशमा खाना खुवाउनेले नाकाबन्दी गरेको छैन् भन्नु आफैमा हाँस्यस्पद कुरा भएको बताउदै नेता नेपालले उपेन्द्र, महन्थ र राजेन्द्रको उक्साहटमा आन्दोलन गर्नुभन्दा जारी सविधानमा आफ्नो अधिकार उल्लेख छ की छैन भनेर सविधानको पाना पल्टाउन समेत आग्रह गरेका छन् ।
मधेसी दलका नेताले कागले कान लग्यो भने भन्दैमा कागको पछि लाग्नु लाग्नु भन्दा कान छाम्न आग्रह गर्दे उनले संविधान पढन समेत सबै मधेसीलाई आग्रह गरे । नेपालमा संसारको सबै भन्दा उत्कृष्ठ संविधान बनेको बताउदै नेता नेपालले मधेसी दलले तीन ठुला दलले सबै मधेसीलाई अंगिकृत बनायो भन्ने हल्ला चलाएर आन्दोलनको नाममा एमाले, कांग्रेसका पार्टी कार्यालयहरुमा आगजनी, तोडफोड गर्नुका साथै ति दलका स्थानीय नेताको घरमा समेत आगजनी गर्ने क्रम नरोके आफूहरु समेत प्रतिकारमा उत्रने चेतावनी दिए ।
पहिलो संविधानसभाको निर्वाचनमा ८४ वटा सिट ल्याएका मधेसी दलले पछिल्लो संविधानसभाको निर्बाचनमा १२ सिट मात्र पाएपछि बिभिन्न बखेडा झिकेर आन्दोलन गरेको बताउदै नेपालले अहिलेको आन्दोलन रिसाएको बिरालोले रुखको बोक्रा चिथोर्नु जस्तै भएको जिकिर गरे ।
स्थानीय बज्जिका भाषमा भाषण गरेका नेपालले चित्त नबुझेका कुरा अझै पनि राख्न सकिने ठाउ भएकाले बार्ताको माध्यमबाट समस्या समाधान हुने बताउदै आन्दोलनरत पक्षलाई बर्तामा आउन आग्रह गरे । कार्यक्रम एमाले केन्द्रिय सदस्य कल्याणी खड्का, डाक्टर बंशिधर मिश्र, सभासद रामकुमार भट्टराई, लालबाबु यादव लगायतका बक्ताले यो संविधानमा सबैको भावना समेटिएको बताएका थिए ।
dainiknepal.com
काठमाण्डु टुडे डेस्क/काठमाण्डु, १४ असोज– नेपालको संविधानमा असन्तुष्ट जनाउँदै भारतले नेपालमा नाकाबन्दी गरेपछि त्यसको घाटा भारतले नै ब्यहोर्नु परेको छ । नाकाबन्दी भएको दुई हप्ता पुग्दा भारतीय ब्यापारीलाई त्यसको नकारात्मक असर त पुगेको छ नै भारत सरकारले पनि थुप्रै आलोचना खेप्नु परेको छ ।

विश्वमा बलियो राष्ट्रका रुपमा स्थापित हुने सपना बोकेको भारत सुरक्षा परिषदको सदस्य राष्ट्र बन्न नपाउनु त्यसको गतिलो उदाहरण हो । नेपालमा
गरेको नाकाबन्दीका कारण रुस र चीनले भारतलाई समर्थन नगरेपछि भारतको सदस्य बन्ने सपना अधुरै हुने देखिएको हो । यस्तोमा भारतले थप दबाब झेलेको र नेपालको नाकाबन्दी खोल्ने सम्भावना बलियो बनेको देखिन्छ ।
तर, भारत नेपालसँग सजिलै झुकेर नाकाबन्दी खुलाउने पक्षमा भने छैन । ‘म पिटेजस्तो गर्छु त रोएजस्तो गर’ भन्ने उखान जस्तैगरी भारत नेपालले आफ्ना अधिकतम माग पुरा गरेको भन्दै नाकाबन्दी खोल्ने पक्षमा रहेको बताइन्छ ।

यसै विषयमा छलफलप गर्नका लागि मोदी न्युयोर्कबाट भारत फर्किएको जानकारहरुको ठम्याई छ । मोदीको जतिसक्दो छिटो नेपालसँग कुरा मिलाएर नाकाबन्दी खुलाउने र भारतलाई सुरक्षा परिषदको सदस्यको दाबेदारीका रुपमा प्रस्तुत गर्ने योजना रहेको छ । त्यसका लागि मोदीका विशेष ब्यक्ति काठमाण्डुमा रहेको र मधेसी दललाई पनि वार्ताको संकेत आइसकेको चर्चा चल्न थालेको छ ।
यससँगै दलहरुले मधेसका माग पुरा गर्ने भन्दै अभिब्यक्ति दिन थाल्नुले पनि समस्या छिट्टै हल हुने संकेत देखिन्छ । संविधान संशोधन गरेर मधेसका केही माग समेट्ने र त्यसो गर्दा भारतलाई पनि मागको समर्थन भएकाले नाकाबन्दी फिर्ता लिएको भनेर आफ्नो अस्तित्व जोगाउने अवसर मिल्ने जानकारहरु बताउँछन् ।
सोही योजना अनुरुप अहिले नेपाल संविधान संशोधनको तयारीमा लागेको र भारत नेपालमा संविधानको संशोधनपछि नाकाबन्दी खोल्ने शुरमा रहेको स्रोत बताउँछ ।
athmandutoday.com
काठमाण्डु, १४ असोज– भारतले अघोषित नाकाबन्दी गरेपछि चीनको नाका खुलाउनुपर्ने सर्वत्र बहस भैरहेका बेला एनेकपा माओवादीका नेता अग्नि सापकोटाको नेतृत्वमा तातोपानी नाका खुलाउन बिहीबार त्यहाँका सरोकारवाला पक्षसँग छलफल भएको छ ।
स्थलगत निरिक्षणका क्रममा सो पार्टीका भातृसंगठन वाइसिएल र अखिल क्रान्तिकारीका प्रतिनिधी सहित त्यहाँ पुगेका सापकोटाले चीनतर्फका तातोपानी नाकाका सुरक्षा प्रमुखसँग समेत छलफल गरेका थिए । सुरक्षा प्रमुखले सो नाका खुलाउन अबिलम्ब लाग्ने प्रतिबद्धता जनाएको सापकोटाले बताएका छन् । नेपाल सरकारको तदारुकता भए हप्ता दिनभित्र नाका सञ्चालन हुनसक्ने समेत उनले बताए ।
kathmandutoday.com
राष्ट्रपतिबाट ६ वटा विधेयक प्रमाणीकरण
काठमाडौँ, १४ असोज । राष्ट्रपति डा रामवरण यादवले व्यवस्थापिका–संसद्बाट पारित छ वटा विधेयकको आज प्रमाणीकरण गर्नुभएको छ । नयाँ संविधान जारी भएपछि राष्ट्रपति यादवले विधेयक प्रमाणीकरण गर्नुभएको यो पहिलो अवसर हो ।

प्रमाणीकरण भएका विधेयकमा विनियोजन ऐन २०७२, आर्थिक ऐन २०७२, राष्ट्र ऋण उठाउने ऐन २०७२, लैङ्गिक समानता कायम गर्न तथा लैङ्गिक हिंसा अन्त्य गर्न केही नेपाल ऐनलाई संसोधन गर्ने ऐन २०७२, केही नेपाल कानुन संशोधन तथा खारेज गर्ने ऐन २०७२ र भूमिसम्बन्धी (छैटौँ संशोधन) ऐन २०७२ छन् ।
राष्ट्रपति कार्यालयद्वारा आज जारी विज्ञप्तिमा जनाइएअनुसार नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम ती विधेयकको प्रमाणीकरण गरिएको हो ।
- dainiknepal.com
'केपी ओलीकै नेतृत्वमा राष्ट्रिय सरकार बन्ने दाबी'
काठमाडौं, १४ असोज । एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीकै नेतृत्वमा राष्ट्रिय सरकार बन्ने दाबी गर्नुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको प्रमुख तीन दलको बैठकबाट बाहिरिँदै अध्यक्ष प्रचण्डले बैठकमा नयाँ सरकार गठनबारे छलफल भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो- ‘भोलीदेखि संसदको हिउँदे अधिवेशन सुरु हुँदैछ । संविधान कार्यान्वयन सुरु गर्नपर्यो । त्यसका कारण अबको एक हप्ताभित्र नयाँ सरकार गठन हुनुपर्छ । जहाँसम्म नेतृत्वको कुरा छ त्यो १६ बुँदे सहमति अुनसारै हुन्छ ।’

तीन दलबीच भएको १६ बुँदे सहमतिमा संविधान निर्माणपछिको सरकारको नेतृत्व एमालेले पाउने उल्लेख छ । त्यसैअुनसार प्रचण्डले एमाले अध्यक्ष ओलीकै नेतृत्वमा राष्ट्रिय सरकार बन्ने दाबी गर्नुभएको हो ।
अहिलेको संविधान कार्यान्वयन गर्न राष्ट्रिय सरकारमा अधिकमत दलहरुको सहभागिता रहने प्रचण्डको भनाई छ । ‘संविधान कार्यान्वयनको मूख्य जिम्मेवारी अहिले हाम्रो काधँमा छ’ उहाँले भन्नुभयो-‘त्यसलाई कार्यान्वयन गर्न सरकारमा प्रमुख तीन दलकै सहभागिता हुन्छ । साथसाथै कमल थापा, विजय गच्छदार जो-जोलाई ‘कन्भिन्स’ गर्न सकिन्छ उहाँहरुलाई पनि समावेश गर्छाै ।’
राष्ट्रिय सरकारमा आफ्नो भने कुनै पनि पदमा भूमिका नहुने प्रचण्डले स्पष्ट पार्नुभयो ।
- dainiknepal.com
काठमाडौं, १४ असोज । भारत र पाकिस्तानको दुश्मनी संयुक्त राष्ट्रसंघको महासभामा समेत छर्लङ भएको छ ।
विवादित राज्य जम्भू काश्मिरको मुद्दा र नेपालमाथि लगाएको नाकाबन्दी मुद्दामा पाकिस्तानले राष्ट्रसंघमै भारतमाथि आक्रोश पोखेको हो । महासभालाई सम्बोधन गर्दै पाकिस्तानी प्रधानमन्त्री नवाज शरीफले कुनै पनि प्रकारको बलको धम्की दिएर छिमेकीलाई नतर्साउन भारतलाई चेतावनी दिनुभयो ।
प्रधानमन्त्री शरीफले आफ्नो छिमेकीले पाकिस्तानमा अस्थिरता निम्त्याउन लागिपरेको आरोप लगाउनुभयो । पाकिस्तानले आतंकवादसँग जुधिरहेको र दक्षिण एशियामा शान्ति सुव्यवस्था कायम गर्न प्रयत्नरत रहेको शरीफले बताउनुभयो ।
गरीबी र शस्त्रीकरण भारत र पाकिस्तानका साझा समस्या भएकाले तिनीहरुसँग मिलेर जुध्न आग्रह गर्दै प्रधानमन्त्री नवाजले आफ्नो छिमेकीलाई कुनै पनि प्रकारको बल प्रयोग गरेर वा बल प्रयोग गर्ने धम्की दिएर नतर्साउन भारतसँग आग्रह गर्नुभयो ।
उनले नेपालको नाकाबन्दीको संयुक्त राष्ट्रसंघमा सांकेतिक उदाहरण प्रस्तुत गर्दै आफूलाई शक्तिशाली देखाउन साना देशको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न भारतलाई चेतावनी दिनुभएको हो । आफ्नो सम्बोधनका क्रममा शरिफले विवादित काश्मिर मुद्दालाई समेत राष्ट्रसंघ महासभामा जोर तोरका साथ उठाउँदै भारतविरुद्ध बोल्नुभएको थियो ।
ainiknepal.com
पछिल्लो समय काँचको पर्दामा श्रीमान-श्रीमतीका रुपमा देखिदै आएका छन् केदार घिमिरे ‘माग्ने बुढा’ र सुनीता गौतम ‘मैयाँ’ । उनीहरु दम्पित्तिका रुपमा देखिन थालेको एक दशक भइसक्यो ।
हाँस्य टेलिश्रृङखला ‘मेरी बास्सै’ मा माग्ने र मैयाँ बनेर खेलेका उनीहरुले केही म्युजिक भिडियोमा समेत अभिनय गरेका छन् । ठेट गाउँले भूमिकामा देखिने यो जोडीलाई दर्शकले निकै मन पराउछन् । माग्नेबुढासितको आफ्नो यात्रालाई मैयाँले यसरी वर्णन गरिन् :
केदार दाईसँग मेरो पहिलो भेट १० वर्ष अगाडी कलंकीमा भएको थियो । त्यतिबेला निशान बजगाईसँग मेरो भर्खर ‘लभ’ सुरु भएको थियो । हामी  डेटिङका लागि कलंकी पुगेका थियौं । घर जानका लागि बस चढ्ने तयारी गरिरहेका बेला श्रीमानले भन्नु भयो-‘एकपटक केदार दाईलाई भेटेर जाउँ ।’ उहाँको केदार दाईसित पुरानो चिनजान रहेछ ।
कलंकीमा केदार दाईको एउटा क्यासेट पसल रहेछ । त्यही सिताराम कट्टेल दाई पनि हुनुहुँदो रहेछ । कुराकानी भयो । उहाँहरु त्यतिखेर ‘जीरे खुर्सानी’मा अभिनय गर्नुहुन्थ्यो । मेरो श्रीमान्ले केदार दाईसँग कुरा गर्दै भन्नु भयो, ‘यो मेरो गर्लफ्रेण्ड हो । अभिनयप्रति असाध्यै रुची राख्छे । यसलाई पनि खेलाउनुपर्‍यो ।’
केदार दाईले हुन्छ, पछि काम गरौंला भन्नु भयो । उहाँहरुले नयाँ कमेडी सिरियल बनाउने योजना बनाएको पनि त्यतिवेलै सुनाउनु भएको थियो । त्यसको केही दिनपछि ‘मेरी बास्सै’को सुटिङ भयो । केदार दाईले मलाई बोलाउनु भयो, गएँ । सुरुमा मैले थापा काजीको श्रीमतीको भुमिका निर्वाह गरेकी थिएँ । केही भागसम्म मैले थापा काजीकी श्रीमती भएरै काम गरे ।
अभिनयकै क्रममा केदार दाईले थापाकाजीको श्रीमतीलाई माग्नेले भगाएको सिचुएसन बनाउनु भयो । माग्नेले मैयाँलाई भगाएको दृष्य दर्शकले निकै रुचाए । त्यसपछि म माग्नेकै बुढी भएर बसें ।
पोखरीमा धकेलिदिए माग्नेले
दश वर्ष भयो केदार दाईसँग काम गरेको । उहाँको मिहेनत असाध्यै लोभलाग्दो छ । काम गर्दा पटक्कै अल्छी गर्नुहुन्न । सुटिङ सुरु गरेपछि पानी परोस्, घाम चर्कोस् वा अरु जेसुकै होस् काम नसकेसम्म दायाँबायाँ गर्नु नै हुन्न ।
रुख चढ्ने, कुस्ती खेल्ने, हाम फाल्ने, दगुर्ने जस्ता दृष्य उहाँ जहिल्यै रियल गर्नुहुन्छ । कहिल्यै चिटिङ गर्नुहुन्न । उहाँ त रुख चढ्न र पौडी खेल्न धेरै सिपालु हुनुहन्छ । जस्तोसुकै अप्ठयारो ठाउँमा पनि जानसक्नु हुन्छ ।
तर, म त्यस्तो काम गर्न सक्दिन । त्यस्तो वेला भने जोड गर्नुहुन्छ । गरेपछि सकिहालिन्छ नि भनेर । एउटा सिन रहेछ पौडी खेल्न पर्ने । मलाई त पौडी खेल्न पटक्कै आउदैन थियो । उहाँले सकिहाल्छ्यौ नि भन्दै जर्बजस्ती पोखरीमा धकेलिदिनु भयो । मेरो त सात्तो गयो ।
www.onlinekhabar.com
आश्विन १४, २०७२- संविधानसभा व्यवस्थापिका संसद्‌मा रुपान्तरित भएपछिको पहिलो अधिवेशन शुक्रबार सुरु हुँदैछ । संसद अधिवेशन प्रारम्भ भएको सात दिनभित्र प्रधानमन्त्री चयन गर्नुपर्ने संविधानमा व्यवस्था छ ।

प्रधानमन्त्री सुशील कोइराला निकट एक मन्त्रीका अनुसार संविधान कार्यान्वयनको लागि भोलि शुक्रबार नै प्रधानमन्त्रीले राजीनामा गर्ने सम्भावना छ । शुक्रबार बस्ने संसद बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्रीले राजीनामा गर्ने सम्भावना रहेको स्रोतले बताएको छ ।

संविधानको संक्रमणकालीन व्यवस्थामा नै अधिवेशन सुरु भएको एक साताभित्र राजनीतिक सहमतिको सरकार गठन गर्ने र त्यसो हुन नसकेमा संसदको बहुमतले प्रधानमन्त्री चयन गर्ने व्यवस्था छ । संविधानको उक्त व्यवस्था कार्यान्वयनका लागि प्रधानमन्त्रीले राजीनामा गर्न लागेको ती मन्त्रीले बताए ।

‘प्रधानमन्त्रीले सदनलाई सम्बोधन गरी राजीनामा दिए लगत्तै राष्ट्रपतिले सात दिनभित्र सहमतिको सरकार गठनको आह्वान गर्नेछन्,’ स्रोतले भन्यो, ‘संविधानमा नै सात दिनमा सहमतिको सरकार गठन हुन नसकेमा बहुमतीय प्रक्रिया सुरु हुने संक्रमणकालीन व्यवस्था भएकाले विगतमा जस्तो सहमतीय सरकारका लागि म्याद थप हुने सम्भावना छैन ।’

सबै दलको समर्थनबिना सहमतिको सरकार गठन नहुने भएकाले संसद्ले असोज २२ देखि बहुमतका आधारमा प्रधानमन्त्री चयनको प्रक्रिया प्रारम्भ गर्ने सम्भावना छ ।

अन्तरिम कार्यविधिमार्फत प्रधानमन्त्री चयनको प्रक्रियाअघि बढाउन सकिने निष्कर्षसहित संसद् सचिवालयले राष्ट्रपति निर्वाचनको कार्यविधि सहितको पूर्ण नियमावली मस्यौदाको गृहकार्य सुरु गरेको छ ।antipur.ekantipur.com
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Aug 24 (6)
  • Aug 23 (1)
  • Aug 19 (1)
  • Aug 18 (19)
  • Aug 17 (17)
  • Aug 16 (24)
  • Jan 24 (18)
  • Jan 23 (27)
  • Jan 22 (32)
  • Jan 21 (35)
  • Jan 20 (35)
  • Jan 19 (34)
  • Jan 18 (40)
  • Jan 17 (45)
  • Jan 16 (27)
  • Jan 15 (29)
  • Jan 14 (35)
  • Jan 13 (40)
  • Jan 12 (32)
  • Jan 11 (39)
  • Jan 10 (31)
  • Jan 09 (23)
  • Jan 08 (31)
  • Jan 07 (30)
  • Jan 06 (39)
  • Jan 05 (34)
  • Jan 04 (39)
  • Jan 03 (43)
  • Jan 02 (47)
  • Jan 01 (31)
  • Dec 31 (34)
  • Dec 30 (36)
  • Dec 29 (43)
  • Dec 28 (33)
  • Dec 27 (27)
  • Dec 26 (38)
  • Dec 25 (33)
  • Dec 24 (38)
  • Dec 23 (44)
  • Dec 22 (39)
  • Dec 21 (37)
  • Dec 20 (40)
  • Dec 19 (31)
  • Dec 18 (47)
  • Dec 17 (30)
  • Dec 16 (16)
  • Dec 15 (42)
  • Dec 14 (30)
  • Dec 13 (32)
  • Dec 12 (35)
  • Dec 11 (42)
  • Dec 10 (26)
  • Dec 09 (31)
  • Dec 08 (15)
  • Dec 07 (37)
  • Dec 06 (30)
  • Dec 05 (34)
  • Dec 04 (32)
  • Dec 03 (33)
  • Dec 02 (36)
  • Dec 01 (37)
  • Nov 30 (48)
  • Nov 29 (28)
  • Nov 28 (35)
  • Nov 27 (35)
  • Nov 26 (47)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (27)
  • Nov 22 (32)
  • Nov 21 (43)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (22)
  • Nov 17 (29)
  • Nov 16 (32)
  • Nov 15 (25)
  • Nov 14 (28)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (42)
  • Nov 09 (22)
  • Nov 08 (40)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (42)
  • Nov 01 (44)
  • Oct 31 (29)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (47)
  • Oct 27 (32)
  • Oct 26 (39)
  • Oct 25 (35)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (22)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (31)
  • Oct 02 (29)
  • Oct 01 (29)
  • Sep 30 (29)
  • Sep 29 (24)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (26)
  • Sep 25 (27)
  • Sep 24 (18)
  • Sep 23 (15)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (26)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (12)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (19)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (22)
  • Sep 07 (22)
  • Sep 06 (26)
  • Sep 05 (18)
  • Sep 04 (23)
  • Sep 03 (24)
  • Sep 02 (25)
  • Sep 01 (24)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (27)
  • Aug 28 (28)
  • Aug 27 (30)
  • Aug 26 (29)
  • Aug 25 (24)
  • Aug 24 (35)
  • Aug 23 (30)
  • Aug 22 (31)
  • Aug 21 (32)
  • Aug 20 (30)
  • Aug 19 (33)
  • Aug 18 (27)
  • Aug 17 (34)
  • Aug 16 (28)
  • Aug 15 (23)
  • Aug 14 (23)
  • Aug 13 (22)
  • Aug 12 (19)
  • Aug 11 (18)
  • Aug 10 (24)
  • Aug 09 (16)
  • Aug 08 (18)
  • Aug 07 (25)
  • Aug 06 (16)
  • Aug 05 (18)
  • Aug 04 (21)
  • Aug 03 (19)
  • Aug 02 (14)
  • Aug 01 (17)
  • Jul 31 (19)
  • Jul 30 (19)
  • Jul 29 (15)
  • Jul 28 (12)
  • Jul 25 (14)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home