राशी अनुसार पनि भाग्योदयको फल ।
मेष राशि हुनेहरुका लागि १६, २२, २८, ३२ र ३६ बर्षमा भाग्योदय हुन्छ ।
वृष राशि हुनेहरुका लागि २५, २८, ३६ वा ४२ बर्षमा भाग्य चम्किने हुन्छ ।
मिथुन राशि हुनेहरुका लागि २२, ३२, ३५, ३६ र ४२ औं बर्ष शुभ मानिन्छ ।
कर्कट राशि हुनेहरुका लागि १६, २२, २४, २५, २८ र ३२ बर्षमा भाग्योदय हुन्छ ।
सिंह राशि हुनेहरुका लागि १६, २२, २४, २६, २८ र ३२ औं बर्षहरु शुभ मानिन्छन् ।
कन्या राशि हुनेहरुका लागि १६, २२, २५, ३२, ३३, ३५ र ३६ औं बर्षहरुमा भाग्योदय हुन्छ ।
तुला राशि हुनेहरुका लागि २४ बर्षमा भाग्यादय हुन्छ । यदी २४ बर्षको उमेरमा नभए २५, ३२, ३३ वा ३५ बर्षलाई शुभ मानिन्छ ।
वृश्चिक राशि हुनेहरुका लागि २२, २४, २८ वा ३२ बर्षमा भाग्योदय हुन्छ ।
धनु राशि हुनेहरुका लागि १६, २२ वा ३२ औं बर्षमा भाग्योदय हुनेछ ।
मकर राशि हुनेहरुका लागि २५, ३३, ३५ वा ३६ बर्षमा भाग्योदय हुनसक्छ ।
कुम्भ राशि हुनेहरुका लागि २५, २८, ३७ वा ४२ बर्ष शुभ मानिन्छ ।
मीन राशि हुनेहरुका लागि १६, २२, २८ र ३३ बर्षमा भाग्योदय हुन्छ ।
नोटः कुण्डली अनुसार ग्रहको चाल बदलिएमा यो फलादेश पनि परिवर्तन हुनसक्छ ।

पाँचथर, २ माघ । पाँचथरको पञ्चमीमा एक बालिकामाथि जबर्जस्ती करणी भएको छ ।
बालिकालाई खेताला जाँदा जबर्जस्ती करणी गरेको भन्दै पीडित बालिकाकी आमाले जिल्ला प्रहरी कार्यालय पाँचथरमा जाहेरी दिएकी छिन् ।
बालिकामाथि मोरङका हेमराज अधिकारीले पुस २३ गते जबर्जस्ती करणी गरेको आरोप छ । सो दिन खेताला जाँदा ९ बजेदेखि बेलुकी ७ बजेसम्म बन्धक बनाइएको र जबर्जस्ती करणी गरिएको आमाले बताएकी छिन् ।
खेताला बोलाउने घरका धनी नरबहादुर योङहाङलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । बारम्बार गएर बालिकालाई खेताला बोलाउने योङहाङका छोरा विक्रम र विजय रहेको भन्दै उनीहरु विरुद्ध किटानी जाहेरी परेको हो ।
अहिले जबर्जस्ती करणीको अभियोग लागेका अधिकारीसँगै सहयोगी भूमिका खेलेका भनिएका योङहाङका दुवै छोरा फरार रहेका छन् । तर प्रहरीले भने यस विषयमा केही अस्पष्टता रहेकाले तत्काल भन्न नसकिएको र अनुसन्धान भइरहेको जनाएको छ ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण पनि पुस २८ गते गरिएको छ । प्रतिवेदनले जबर्जस्ती करणी भएको पुष्टि गरेको जिल्ला स्वास्थ्य कार्यालय पाँचथरले जनाएको छ । तर घटनालाई मिलाउन जिल्लास्थित केही राजनीतिक दलका नेताले प्रयास गरिरहेका छन् । रु दुई लाख पीडित पक्षलाई दिएर मिलाउने पक्षमा केही दलका नेता तथा कार्यकर्ताले बल गरिरहेका पीडित बालिकाकी आमाले बताएकी छिन् ।
आफूलाई जिल्ला प्रहरी कार्यालय परिसरमै ‘रु दुई लाख अहिले दिन्छौँ, मिल’ भन्दै चर्को दबाब दिएको उनले बताइन् । उनले छोरीको इज्जत पैसासँग नसाट्ने बताएकी छिन् ।
dainiknepal

काठमाडौं । सीमामा रहेका नेपाली सुरक्षाकर्मीलाई गढीमाई दर्शन गर्ने भन्दै झुक्याएर नेपाल प्रवेश गरेका भारतीय प्रहरीले बारा कलैयाबाट एक व्यापारीलाई नियन्त्रणमा लिन गरेको प्रयास स्थानीयको प्रतिकारमा असफल भएको छ ।
गढीमाई दर्शन गर्न भन्दै बाराको मटिअर्वा नाकाबाट सादा पोसाकमा नेपाल प्रवेश गरेका सातजना भारतीय प्रहरीको टोलीले कलैयामा किराना पसल सञ्चालन गर्दै आएका भारत सीतामढीका पप्पु साहलाई नियन्त्रणमा लिन प्रयास गरेको थियो ।
बिनाजानकारी कलैया-५ मा रहेको साहको किराना पसललाई घेरा हालेर उनलाई नियन्त्रणमा लिने प्रयास गरेपछि कलैया बजार क्षेत्र विहीवार साँझ तनावपूर्ण बनेको थियो ।
अपहरण र हत्याको अभियोगमा साहलाई पक्राउ गर्न कलैया आएका भारतीय प्रहरीले आफ्नो परिचय नै नदिई उनलाई नियन्त्रणमा लिने प्रयास गरेका थिए । त्यसपछि प्रतिकारमा उत्रिएका स्थानीयले भारतीय प्रहरीलाई त्यहाँबाट लखेटेर सीमा कटाइदिए । अन्नपूर्ण पोष्टमा समाचार छ ।

काठमाडौं: सहज इन्धन आपूर्ति, भन्सार छूटलगायत प्रक्रियामा ढिलाइजस्ता मुख्य बाधा रहेनन् भने मुलुकको विद्युत् प्रणालीमा चालू आर्थिक वर्षको अन्त्यसम्ममा भारतबाट थप आयात हुने विद्युत्सहित मुस्किलले दुई सय पाँच मेगावाट थपिनेछ ।
यो थपिँदा प्रणालीमा अर्को वर्ष आठ सय १४ मेगावाट बिजुली हुनेछ, जब कि माग भने न्यूनतम एक हजार चार सय ४० मेगावाट हुनेछ । यी दुई तथ्यांकले आगामी वर्ष ६ सय २६ मेगावाटको बिजुली अपुग भई लोडसेडिङ दैनिक न्यूनतम ११ घन्टा हुनेछ । अझ हिउँदयाममा आधाभन्दा बढी उत्पादन घट्ने हुनाले लोडसेडिङ कहालीलाग्दो हुने चित्रण प्राधिकरणले गरेको छ ।
जलविद्युत् व्यवसायीहरूले दैनिक १३ हजार लिटर इन्धन आपूर्ति र भन्सार छुटाउन विलम्ब नहुने भएमा मात्र आपूmहरूले एक सय ३० मेगावाट विद्युत् २०७३ साल असार मसान्तसम्म उत्पादन गर्नसक्ने सर्त सरकारसमक्ष राखेका छन् । यही वर्ष नेपाल–भारत ढल्केबर–मुजफ्फरपुर ४०० केभी प्रसारण लाइनको पहिलो खण्ड निर्माण भएमा त्यसबाट ७५ मेगावाट विद्युत् आउने प्रक्षेपण प्राधिकरणले गरेको छ ।
‘स्वदेशका निजी क्षेत्र र थप भारतीय विद्युत् गरी सबै कुराले साथ दिएमा यो वर्षको अन्त्यमा जम्मा दुई सय मेगावाट बिजुली थप हुनेछ’, विद्युत् प्राधिकरणको प्रणाली योजना विभागका एक अधिकारीले अन्नपूर्णसित भने ।
यो वर्षकै उच्चतम माग गत पुस २७ गतेको तथ्यांकअनुसार एक हजार तीन सय नौ मेगावाट थियो । कुल मागमध्ये प्राधिकरण, निजी क्षेत्र र भारतबाट आयातसमेत गरी ६ सय ९ मेगावाट आपूर्ति भएको थियो । प्राधिकरणले हाल करिब ७ सय मेगावाटबराबरको बिजुली कटौती गर्नुपर्दा लोडसेडिङ दैनिक १३ घन्टा कायम छ । ‘यो माग बत्ती बाल्नेमात्र हो । उद्योगव्यापारको मागसमेत गणना गर्ने हो भने यसको तेब्बर हुन आउँछ’, ती अधिकारीले भने, ‘प्रसारण लाइन अभावका कारण उत्पादित बिजुली खेर फाल्नुपर्ने भएकाले मात्र माग छैन भनिएको हो ।’
विद्युत् विकास विभागका महानिर्देशक दिनेशकुमार घिमिरेले निजी क्षेत्रका प्रवद्र्धकहरूले चालू आर्थिक वर्षको अन्त्यसम्म दुई सय पाँच मेगावाट उत्पादन हुने तथ्यांकको प्रतिवेदन बुझाएको बताए । निजी प्रवद्र्धकहरूले आफ्ना आयोजनामा भएका प्रगति प्रतिवेदन विभागलाई नियमित रूपमा बुझाउनुपर्ने प्रावधान छ ।
‘उनीहरूले सरकारले दैनिक खपत हुने इन्धन (दैनिक १३ हजार लिटर) नियमित रूपमा आपूर्ति हुनुपर्ने र भन्सार छूटलगायत प्रक्रिया शीघ्र भएमा त्यो परिमाणको विद्युत् उत्पादन हुने जानकारी दिएका छन्’, घिमिरेले शुक्रबार अन्नपूर्णसँग भने, ‘२०७३ को अन्त्यमा भने ८ सय ४८ मेगावाट उत्पादन हुने लक्ष्य छ ।’
प्राधिकरणको विद्युत् व्यापार विभागका एक अधिकारीका अनुसार सबै पक्षले साथ दिएमा निजी क्षेत्रबाट यो वर्षभित्र एक सय ३० मेगावाटमात्र उत्पादन हुने लक्षण देखिएको छ । आयल निगमले नियमित इन्धन आपूर्ति गरेमा चारपाँच महिनाभित्र पूरा हुने आयोजनामध्ये सबैभन्दा ठूलो चिनियाँ कम्पनी सिनो हाइड्रोको माथिल्लो मस्र्याङ्दी ए (५० मेगावाट), अपर चाकु (२२ मेगावाट), हेवा खोला ए (१४.९ मेगावाट), सानिमा माई क्यासकेड (७.५ मेगावाट), दरौंदी खोला (६ मेगावाट), पिखुवा (२.५ मेगावाट) र ढुंगेजिरी (६ सय किलोवाट) छन् । ‘निजी क्षेत्रबाट योभन्दा बढी (कुल एक सय ३० मेगावाट) कुनै हालतमा उत्पादन हुने छाँटकाँट छैन’, ती अधिकारीले भने ।
निजीबाहेक सार्वजनिक क्षेत्रतर्पm विद्युत् प्राधिकरणले सात वर्षदेखि निर्माण गरिरहेको कुलेखानी तेस्रो (१४ मेगावाट), माथिल्लो त्रिशूली थ्रीए (६० मेगावाट), चमेलिया (३० मेगावाट) र राहुघाट (३२ मेगावाट) यो वर्षको अन्त्यसम्म पूरा हुँदैनन् । त्यस्तै बहुचर्चित ४५६ मेगावाटको माथिल्लो तामाकोसी, चिलिमेका सहायक कम्पनीअन्तर्गतका सान्जेन (४२ मेगावाट), माथिल्लो सान्जेन (१४.८ मेगावाट), रसुवागढी (१११ मेगावाट) र मध्यभोटेकोसी (१०२ मेगावाट) पनि भूकम्प र भारतीय नाकाबन्दीका कारण न्यूनतम दुई वर्ष पर धकेलिएका छन् ।
अर्काेतर्पm सरकारले यो वर्ष देशभर चार हजार घरमा छानामाथि सौर्य पाता (रुफ टप) जडान गरी सौर्य ऊर्जाबाट बत्ती बाल्ने कार्यक्रम सञ्चालन गरेको छ । विज्ञान मन्त्रालयअन्तर्गतको वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारीनिर्देशक रामप्रसाद धितालका अनुसार हालसम्म सरकारले चार हजार रुफ टपका लागि बजेट विनियोजन गरेको छ । केन्द्रबाट अनुदान प्राप्त दुई सय २७ घरले सौर्य ऊर्जा जडान गरेका छन् । उपत्यकामा मात्र ६ लाख घरधुरी छन् । ‘हामी एक लाख घरमा सौर्य ऊर्जा जडान गर्ने अभियानमा छौं’, उनले भने ।
annapurnapost

विश्वभरी करिब १.४ बिलियन प्रयोगकर्ता रहेको फेसबुक लगाएतका सामाजिक सञ्जाल नचलाई बस्न नसकिएला, तर यसले पार्ने प्रभाव भोग्दा भोग्दै पनि वेवास्ता गर्ने गरिएको छ। आफुलाई मनलागेको कुरा व्यक्त गर्ने राम्रो थलो हो फेसबुक। आफ्ना साथीभाइका गतिविधि एउटै स्क्रिनबाट हेर्नमिल्ने यो प्रविधिले भने प्रेम गर्ने जोडी अनि विवाहित मानिसहरुलाई नसोचेको वेफाइदा गर्दै छ।
आफ्नो प्रेमी,प्रेमिका श्रीमान वा श्रीमतीको फेसबुक गतिविधिले राम्रो भन्दा नराम्रो नै प्रभाव पार्ने गर्छ। सञ्चारको दृश्टीले छिटो, छरितो र सजिलो पक्का छ, फाइदाजनक पनि छ तर फेसबुकमा गरिने अन्य गतिविधिको जानकारीले भने सोचेजस्तो फाइदा दिदैन। तपाईको आफ्नो मान्छेलाई नभेटि उसको हेरेक गतिविधि फेसबुकबाटै थाह पाउनुहुन्छ भने भेटेपछि कुरा गर्ने अनि एकअर्काको नयाँ कुरा जान्ने वातावरण कसरी बन्छ? के नै रहन्छ कुरा गर्न अनि संगै समय बिताउन?
सामाजिक सञ्जालले मानिसलाई असामाजिक बनाएको यथार्थ हो। स्वीकार्न नखोजिने यो सत्यले सम्बन्धलाई भने निकै बिगार्दै छ।
कसरी बचाउने सम्बन्ध?
फेसबुकमा आफ्नो प्रेमी, प्रेमिका, श्रीमान वा श्रीमतिलाई अनफ्रेन्ड गर्नुहोस्। अनफ्रेन्डको कुरा सुनेर पारो तात्न सक्ला तर यो नसोचेको उपयोगि हुन्छ। अनफ्रेन्ड गर्दा एकअर्काको गतिविधि फेसबुक वालमा देखिदैन। च्याट गर्न भने मिलिहाल्छ। म्यासेज गर्न मिल्ने त भयो नै अनि एक अर्काको फेसबुक गतिविधि हेरेर चित्त दुखाउने ठाउँ पनि रहने भएन।
यस्तो गर्दा सम्बन्धमा वादविवाद कम हुने हुन्छ। किनकी वादविवाद गर्नु अघि एकअर्काको गतिविधि थाह पाउनु पर्छ। अनफ्रेन्ड गरेपछि फेसबुकबाट त थाहा पाउने कुरै भएन। फोन गर्दा अनि प्रत्यक्ष भेट्दा भन्न बाँकी कुरा टन्न हुनेछन्। जसले धेरै पछि भेटेको झै अनुभव गराउँछ, सम्बन्ध अझै प्रगाढ बनाउन मद्धत गर्छ।
सम्बन्धमा केही रहस्य हुँदा बढी रोचक हुने हुन्छ। सबैकुरा थाहा भइसकेपछि नौलोपन रहँदैन। परिवर्तनमा रमाउने मानिसको गुण हो। सधै एकै थरी खानाले दिक्क बनाएझै सम्बन्धमा पनि नौलोपन आएन भने वादविवाद अनि झगडा बढ्छ। यो कुरा समाधान गर्ने एउटै उपाय छ। अनावश्यक जानकारी फेसबुकबाट एकअर्कोलाई किन देखाउने?nepaliheadlines

भीमदत्तनगर–कञ्चनपुरको दक्षिण क्षेत्रमा पर्ने नेपाल– भारतको सीमा क्षेत्रको दसहीमा शुक्रबार दुई देशबीचका फुटबल खेलाडीबीच कुटाकुट भएको छ ।
कञ्चनपुरको बेलौरी नगरपालिका–१ स्थित महाकाली युवा क्लब र भारतको लखिमपुर, दसहीका खेलाडीबीच फुटबल चलिरहँदा भएको विवादले उग्ररुप लिएपछि झडपको स्थिति सर्जना भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
“खेल गराउँदै गरेका एम्पायरको निर्णयका विषयलाई लिएर दुई पक्षका खेलाडीबीच विवाद भएको हो,” जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक पदम थापाले भने – “सोही विषयलाई लिएर सामान्य हातपात भयो ।”
कुटपिटबाट दुवैतर्फका खेलाडीलाई सामान्य चोट लागेको प्रहरीले जनाएको छ । घटनाबारे जानकारी पाएपछि बेलौरीस्थित इलाका प्रहरी, त्रिभुवनबस्ती इलाका प्रहरी र भारतीय प्रहरी घटनास्थल पुगेर विवाद साम्य पारेको थियो ।
ratopati

०६२/६३ को दोस्रो जनआन्दोलनताका लडाकु विद्यार्थी नेत्रीको छवि बनाएकी रामकुमारी झाँक्री अहिले एमाले केन्द्रीय सदस्य छिन् । अनेरास्ववियुको पहिलो महिला अध्यक्ष बनेकी उनले अध्यक्ष भएकै वेला सरकारी सेवामा कार्यरत पशुपतिबाबु पुरीसँग बिहे गरिन् । झाँक्रीका बानी र स्वभावबारे पति पशुपतिसँग खगेन्द्र पन्तले १०१ प्रश्न सोधेका छन्:
१. तपाईंहरूको बिहे कहिले भएको ?
०६६ सालमा हो बिहे गरेको ।
२. प्रेम विवाह कि मागी विवाह ?
प्रेम विवाह हो, तर पछि घरमै कुरा गरेर गरेका हौँ ।
३. पहिलोपल्ट दुईजनाको भेट कहाँ भएको थियो ?
त्यो त अहिले त ठ्याक्कै सम्झना भएन त ।
४. कसले पहिला प्रस्ताव गर्नुभयो ?
प्रेम प्रस्ताव राख्ने नै हुनुपर्छ र ? ‘म तिमीलाई माया गर्छु, म तिमीलाई मन पराउँछु’ भन्नैपर्छजस्तो त लाग्दैन मलाई ।
५. भनेपछि व्यक्त नगरीकनै दुवैको मनमा प्रेम पलायो ?
त्यही भन्नुपर्यो । आज भेट्यो, भोलि भेट्यो । हुँदा–हुँदा मुखले भन्नैपरेन ।
६. कुनै न कुनै माध्यम त थियो होला नि ?
अरू माध्यमबाट कुरा हुन्थ्यो । मेरो साथीकी श्रीमती उनकी साथी थिइन् । धेरै हेलमेल हुन्थ्यो ।
७. बिहेअघि डेटिङ कत्तिको गर्नुहुन्थ्यो ?
डेटिङ त त्यति हुँदैनथ्यो । म ०६३ सालदेखि धेरै काठमाडौं बाहिर–बाहिरै बसेँ । उनी कार्यक्रममा त्यता जाँदा भेट हुन्थ्यो । उनीसँग साथी हुन्थे । हामी दुईजना मात्रै भेट्ने भनेर योजनाबद्ध रूपमा भेट भएन । टेलिफोनको जमानामा कुराकानी नै गर्न नपाएको त होइन ।
८. डेटिङ गर्न नपाएकोमा अचेल पछुतो त लाग्दैन ?
लाग्दैन त्यस्तो त । हाम्रो जेनेरेसनका कारण पनि होला । गाउँमा म दिदीसँगै पढेको, घरबाट हिँडेपछि दिदीसँग बोचचाल नै हुँदैनथ्यो । स्कुलमा पनि केटाकेटी छुट्टै बेन्चमा बस्थे । काठमाडौं आएर आरआरमा भर्ना भएपछि केटाकेटी एउटै बेन्चमा बसेको देख्दा अचम्म लाग्यो । ‘क्लोज सोसाइटी’बाट आएको हुनाले डेटिङमा त्यति ध्यान गएन ।
९. घरमा कति पछि थाहा पाए ?
पछि बतायौँ ।
१०. बिहे गर्न घरबाट रोकटोक त भएन ?
भएन त्यस्तो । मेरो उमेर पनि ३६ वर्ष भइसकेको थियो, ‘अफिसर’ तहमै जागिर खाएकै धेरै भइसकेको थियो । घरमा पनि सबै बुझ्ने नै हुनुहुन्छ । बुबा शिक्षक हुनुहुन्थ्यो, दाइभाउजूहरू सबै जागिरे हुनुहुन्थ्यो । खासै समस्या भएन ।
११. बिहानको खाजामा के रुचाउनुहुन्छ ?
बिहानमा हामी प्राय: खाजा खाँदैनौँ । म अफिस जानुपर्छ, बाबु स्कुल जान्छ, उनी पनि कार्यक्रममा हिँड्नुपर्ने हुन्छ । त्यसैले साढे आठ बजे खाना नै खान्छौँ ।
१२. खानामा के मन पराउनुहुन्छ ?
सामान्य खाना खाइन्छ, दाल, भात तरकारी हो ।
१३. घरमा माछामासु कत्तिको पाक्छ ?
हाम्रोमा मासु त्यति पाक्दैन । म शाकाहारी बनेको छु, एकजना नानी छिन्, यसले पनि त्यति रुचाउँदिन । अब एकजनाका लागि के पकाउनु ? बाहिर खाँदा पनि भयो ।
१४. दिउँसो खाजा के खानुहुन्छ ?
दिउँसोको खाजाको टुंगो नै हुँदैन । प्राय: दिउँसो घर भइँदैन ।
१५. रातिको खानामा के रुचाउनुहुन्छ ?
राति पनि दालभात नै हो । उनलाई रोटी खान पनि मन पर्छ, तर त्यति पाक्दैन ।
१६. खानामा कमेन्ट गर्ने स्वभाव कत्तिको छ ?
त्यस्तो त छैन । जस्तो पाकेको छ, त्यस्तैमा चित्त बुझाएर खाने हो ।
१७. खाना आफैँ पकाउनुहुन्छ कि अरूले पकाउँछ ?
कलेज पढ्ने नुवाकोटतिरकी एउटी नानी छिन्, प्राय: उनले नै पकाउँछिन् । फुर्सद हुँदा उनले (रामकुमारी)ले पनि पकाउँछिन्।
१८. तपाईं आफूचाहिँ कत्तिको पकाउनुहुन्छ ?
म पनि फुर्सद भएका वेला पकाउँछु । पकाउन त मलाई जाँगर चल्छ ।
१९. उहाँले पकाएको तपाईंलाई एकदमै मीठो लाग्ने परिकार के हो ?
यो मीठो भन्ने नै छैन । जे पाकेको छ, त्यो खान्छु । मन परेको छैन भने बरु नखाने । ‘मीठो भएन’ भनेर किन भन्ने बेकारमा ? मीठो भएन भन्दा पकाउने मान्छे ‘ह्यारेस’ हुन्छ, त्यति दु:ख गरेर पकाएका हुन्छन् ।
२०. तपाईंले पकाएको कुन परिकार उहाँले मीठो मान्नुहुन्छ ?
दालभात, तरकारी ।
२१. बिहान कति बजे उठ्नुहुन्छ ?
साढे पाँचदेखि ६ बजेसम्म उठिसक्छिन् ।
२२. चिया/कफी के रुचाउनुहुन्छ ?
अचेल बिहान सकभर चिया–कफी नखाने भन्ने छ । उठ्नेबित्तिकै मनतातो पानी खान्छिन् ।
२३. एक्सरसाइज गर्नुहुन्छ कि गर्नुहुन्न ?
खासै एक्सरसाइज गर्दिनन् । छोरो सानो छ । कहिले के भन्छ, कहिले के भन्छ, त्यसमै एक्सरसाइज हुन्छ ।
२४. योगा पनि गर्नुहुन्न ?
योगा पनि गर्दिनन् ।
२५. राति कतिखेर सुत्नुहुन्छ ?
सामान्यतया १०–११ बजे सुतिसक्छौँ ।
२६. सुत्नुअघि केही खाने बानी छ ?
छैन, त्यस्तो बानी छ ।
२७. घरमा बस्दा कस्ता लुगा लगाउन मन पराउनुहुन्छ ?
घरमा बस्दा प्राय: कुर्ता–सलवार नै लगाउँछिन् ।
२८. पत्रपत्रिका कत्तिको पढ्नुहुन्छ ?
पढ्छिन् पत्रपत्रिका त । बिहान सरसर्ती हेर्छिन् ।
२९. टेलिभिजनमा समाचार कतिको हेर्नुहुन्छ ?
बत्ती नै हुँदैन, बत्ती भएका वेला हेर्छिन् ।
३०. आफ्नोबारेमा आएका समाचार हेरेपछि कस्तो प्रतिक्रिया जनाउनुहुन्छ ?
खासै हुुन्न । राम्रो आएको रहेछ भने ठिकै भयो । नराम्रो आएको रहेछ भने पनि सहज रूपमा लिन्छिन् । मान्छे भएपछि राम्रा–नराम्रा दुवै पक्ष भइहाल्छन् । कमजोरीबाट पाठ सिक्नुपर्छ भन्ने मान्यता छ ।
३१. दुईजना भएर खाजा/खाना खान रेस्टुरेन्ट कत्तिको जानुहुन्छ ?
अचेल त बाबुका कारण पनि गइन्छ । कहिले कता जाऔँ भन्छ, कहिले कता भन्छ । दुईजना मात्रै त खासै गइएन । म बाहिर–बाहिर भएका कारणले पनि होला । के मिलेन, के मिलेनजस्तो भयो । दुईजना बाहिर नै खाने भएर त गइएको छैन ।
३२. किन नि त्यस्तो ?
परिवेश पनि भएन होला । वातावरण पनि बन्नुपर्यो नि ।
३३. दुईजना तयार भए त केको वातावरण बन्नुपर्यो र ?
मनै नलागेको पनि हुन सक्छ नि (हाँसो) । खासै खाइएन नि बाहिर ।
३४. उहाँले गुनासो पनि गर्नुभएन ?
छैन गुनासो गरेको । चासो नै भएन, खै, के भयो, के भयो ?
३५. चासो उहाँले देखाउनुभएन कि तपाईंले ?
दुईजनाकै नभएर होला । एकजनालाई मात्रै त किन भन्नु ? रेस्टुरेन्टमा मैले खानेभन्दा नखाने परिकार धेरै हुन्छन् । शाकाहारी छु । म:म, चाउमिन केही खान्नँ । चिल्लो–पिरो कम खान्छु । दालभात, रोटी खान रेस्टुरेन्ट नै के गइरहनु भन्ने पनि हो ।
३६. तपाईंले नखाए पनि उहाँले त खानुहुन्थ्यो होला नि ?
उनको पनि थोरै हो । खसीको मासु खाँदिनन् । अरू चिज पनि थोरै मात्र हो खाने ।
३७. सिनेमा हेर्न कत्तिको मन पराउनुहुन्छ ?
कहिलेकाहीँ हेर्न त हेरिन्छ । तर, खासै धेरै रुचि मानेजस्तो लाग्दैन ।
३८. कस्ता फिल्म रुचाउनुहुन्छ ?
नेपाली, हिन्दी ।
३९. टेलिभिजनमा हेर्नुहुन्छ कि हलमा ?
समय पनि हुँदैन । खासै हेर्दिनन् । बाबुलाई कार्टुन हेर्नै फुर्सद हुँदैन ।
४०. तपार्इंलाई चाहिँ कति छ सिनेमामा रुचि ?
पहिला–पहिला अलि–अलि हेरिन्थ्यो, अचेल त जाँगर नै हुँदैन ।
४१. दुईजना सँगै हलमा पुगेर सिनेमा हेर्नुभएको छ कि छैन ?
हेरेका छौँ, पहिला नै ।
४२. कुन सिनेमा हेर्नुभएको ?
कागबेनी हेरेका हौँ ।
४३. गीत–संगीतमा कत्तिको रुचि छ ?
सामान्य रुचि छ । गीत–संगीतमा त हरेक मान्छेको रुचि हुन्छ, कसले पो मन नपराउला र ।
४४. कस्ता गीत रुचाउनुहुन्छ ?
लोकगीत, आधुनिक गीत मन पराउँछिन् । राष्ट्रिय भावनाले ओतप्रोत भएका गीत पनि मन पर्छन् ।
४५. आफूले लगाउने लुगामा कत्तिको सचेत हुनुहुन्छ ?
सचेतै छिन् । हरेक मान्छे आफूले लगाउने लुगामा सचेत नै हुन्छ ।
४६. कस्ता लुगा लगाउन रुचाउनुहुन्छ ?
कार्यक्रम हेरेर हुन्छ । फर्मल कार्यक्रम छन् भने साडी हुन्छ । कहिले कुर्ता–सलवार, कहिले पाइन्ट–टिसर्ट लगाउँछिन् ।
४७. तपाईंले चाहिँ उहाँलाई कस्तो लुगामा राम्री देख्नुहुन्छ ?
ब्लाउज–साडी नै हो नि राम्रो त । युनिक छ नि ।
४८. लुगामा आइरन गर्न जान्नुहुन्छ कि जान्नुहुन्न ?
जान्दछिन् ।
४९. आफ्नो लुगामा आफैँ गर्नुहुन्छ कि अरूले गरिदिन्छ ?
आफ्नो लुगामा आफैँ गर्छिन् ।
५०. तपाईं आफ्नो लुगामा आफैँ आइरन गर्नुहुन्छ ?
म त मेरो लुगामा आफैँ गर्छु ।
५१. रहर कि उहाँले नगरिदिएर ?
(हाँसो) दुइटै होला । धेरै पछिसम्म आफ्नो लुगा पनि आफैँ धुन्थेँ । अचेल अलि नभ्याएर मात्रै हो । राम्रो खालका कपडा त अहिले पनि आफैँ धुन्छु ।
५२. तपाईंको लुगा पनि उहाँले धोइदिनुहुन्न ?
फुर्सद हुँदा त धोइदिन्छिन् ।
५२. तपाईंको फुर्सद हुँदा उहाँको लुगामा पनि आइरन गरिदिने, धोइदिने कत्तिको गर्नुहुन्छ ?
त्यो पनि खासै गर्नुपरेको छैन । सामान्यतया आफ्नो काम आफैँ गर्नुपर्छ ।
५३. आफ्नो लुगा आफैँ किन्नुहुन्छ कि तपाईंले ल्याइदिनुहुन्छ ?
आफैँले किन्ने हो । बजार निस्केपछि आ–आफ्नो लुगा आफैँले रोजेर किनिन्छ ।
५४. कुन ब्रान्डका लुगा लगाउनुहुन्छ ?
महिलाको लुगा यही ब्रान्ड भन्ने त मलाई थाहा छैन । तर, महँगो किन्छिन्, त्यसैले ब्रान्डेड नै होला ।
५५. लुगामा कति खर्च गर्नुहुन्छ ?
यति नै भन्ने छैन । आवश्यकताअनुसार खर्च हुन्छ ।
५६. लुगामा उहाँको बढी खर्च हुन्छ कि तपाईंको ?
मेरो पनि खासै हुँदैन । उनलाई कहिलेकाहीँ साथीभाइहरूले पनि उपहार दिने, किनिदिने पनि गरिरहेका हुन्छन् । कति खर्च हुन्छ, हिसाब–किताब नै गरिँदैन ।
५७. आफ्नो तलब आफैँ राख्नुहुन्छ कि उहाँलाई दिनुहुन्छ ?
यसलाई दिने, यसले राख्ने भन्ने हुँदैन । तलब ल्याएर दराजमा राखिन्छ, आवश्यकताअनुसार दुईजनाले खर्च गर्ने हो । यसैले राख्ने भन्ने जिम्मेवारी तोकिएको छैन ।
५८. दराजको साँचो कसले राख्छ त ?
दराजको साँचो दराजमै हुन्छ, कसैले बोक्दैनौँ । घरको ढोकाको चाबी त यतै राखेर जान्छौँ ।
५९. किन त्यसो गर्नुभएको ? पैसा त एकजनाले राखे पनि हुने नि ?
होइन, यो विश्वास पनि हो । ‘किन चाहियो, के किन्ने, केमा खर्च गर्ने ?’ यी तमाम सोधखोज गर्नु पनि परेन । अनि, कतिवेला को घर नहुन सक्छ, त्यतिवेला पैसा चाहिन सक्छ । त्यसैले दराजमा छ भने दुवैले आवश्यकताअनुसार खर्च गर्न सकियो ।
६०. पैसाका बारेमा दुईजनाबीच कहिले किचलो भएको छ कि छैन ?
छैन त्यस्तो भएको त । सामान्यता घर चलेकै छ । किन किचलो हुनु ?
६१. परिवारलाई कति समय दिनुहुन्छ ?
हामी सबैले सबैको जिम्मेवारी बुझेका छौँ । अहिले त बाबु पनि अलि–अलि बुझ्ने भइसक्यो । ‘मामु खोइ’ भनेर सोध्यो भने ‘मिटिङ’मा भन्छ । त्यो भएर इच्छा त कसको हुँदैन र परिवारसँग बस्ने, कुरा गर्ने ? समयले भ्याइएन भने त्यसलाई समयले दिएन भन्नुहुँदैन ।
६२. भनेपछि व्यस्तताका कारण धेरै समय दिन पाउनुभएको छैन ?
हो । हामी दुवैको त्यस्तै हो । उनले पनि बाहिर गएका वेला मात्रै समय कम पाउने । नत्र त बिहान खाना खाएर कार्यक्रममा जाने, बेलुका फर्किने हुन्छ ।
६३. परिवारसँग बसेका वेला कस्ता कुराकानी गर्नुहुन्छ ?
सबै खालका गफ हुन्छन् ।
६४. राजनीतिक गफ कति गर्नुहुन्छ ?
हुन्छन् नि ।
६५. समग्र राजनीतिको हुन्छ कि आफ्नो पार्टीको मात्रै ?
सबै पार्टीका हुन्छन् । हामीजत्तिका मान्छेले त सबैतिरका कुराकानी गर्नुपर्यो नि ।
६६. आफूले थाहा पाएका राजनीतिक कुरा तपार्इंलाई कत्तिको खुलेर बताउनुहुन्छ ?
बताउँछिन् । एमालेका कतिपय भन्न नमिल्ने कुरा बताउँदिनन् होला । तर, अहिलेको जमानामा सबै कुरा बाहिर आइसक्छन् । बैठकमा बोलेका कुरा, तत्कालै बाहिर आइसकेका हुन्छन् । कतिपय कुरा उनले थाहा नपाउँदै मैले पनि थाहा
पाइसकेको हुन्छु ।
६७. रिसाउने बानी कति छ ?
अलि–अलि छ रिसाउने बानी ।
६८. कस्ता कुरामा रिसाउनुहुन्छ ?
आफूलाई मन नपरेका कुरा छन्, नहुने कुरामा अरूले ढिपी गर्यो भने रिसाउँछिन् ।
६९. रिसाएपछि के गर्नुहुन्छ ?
एकछिन कराउने गर्छिन् । म रिसाएँ भने बोल्दिनँ । एकछिन नबोलिदिए त शान्त हुन्छ नि । आफूले पनि जोडका तोड गर्यो भने त बढिहाल्छ ।
७०. रिसाएपछि कसले पहिला फकाउँछ ?
फकाउने गरी रिसाउँदै रिसाउँदैनौँ । तीनजना छौँ, ती पनि धुम्धुम्ती भएर कसरी बस्नु ?
७१. बोलचाल भएन भने कसैले त सुरु गर्नुपर्ला नि ?
रिस सकिइसकेपछि आवश्यकताअनुसार नयाँ कुरा आउँदा बोलिहालिन्छ । जसको काम पहिला पर्छ, उही बोलिहाल्छ नि ।
७२. बाहिरको रिस घरमा कत्तिको ‘रिफल्याक्ट’ हुन्छ ?
त्यस्तो त हुँदैन ।
७३. परिवारका सदस्यलाई गाली कति गर्नुहुन्छ ?
त्यो पनि हुँदैन । छोरोलाई कतिखेर सामान्य हकार्ने त होला, तर साह्रो नै हुँदैन ।
७४. रिसले वा मायाले कहिल्यै पिट्नुभएको छ ?
छैन । हाम्रो झगडा नै हुँदैन ।
७५. माया गरेर तपाईंले उहाँलाई के भनेर बोलाउनुहुन्छ ?
त्यस्तो स्पेसल नाम त केही छैन । रामकुमारी भनेरै बोलाउँछु ।
७६. चुरोट खानुहुन्छ कि खानुुहुन्न ?
खाँदिनन् । चुरोट त कहिल्यै खाइनन्जस्तो लाग्छ ।
७७. रक्सी नि ?
रक्सी पनि खाँदिनन् । कहिलेकाहीँ पार्टीमा वाइन चाहिँ खाएकी छिन् । तर, त्यस्तो खाने होइन, उनलाई ‘माइग्रेन’को समस्या छ, अल्कोहल खानुहुँदैन । यसको अर्थ खाँदै नखाएको पनि होइन, खाने बानी नै भएको पनि होइन ।
७८. तपार्इं खानुहुन्छ कि खानुहुन्न ?
४२ वर्षको भएँ, अहिलेसम्म चाखेको पनि छैन । मैले नखाने भएर पनि उनले पनि नखाएको ।
७९. कहिलेकाहीँ खाउँजस्तो लाग्दैन ?
लाग्दैन । मेरो घरमा बुबा, दाइ कसैले पनि खानुहुन्न ।
८०. जिद्दी गर्ने स्वभाव कत्तिको छ ?
जिद्दी गर्ने बानी त छ । अलि–अलि गर्छिन् ।
८१. कस्ता कुरामा जिद्दी गर्नुहुन्छ ?
आफूलाई सही लागेका कुरामा जिद्दी गर्छिन् ।
८२. जिद्दी गरेपछि कसले सम्झाउँदा मान्नुहुन्छ ?
हाम्रो फिल्ड अलि फरक छ । सैद्धान्तिक कुरा अलि कम थाहा पाउँछु । त्यस्तो विषयमा जिद्दी गर्दा म बोल्दिनँ ।
८३. तपाईंलाई उपहार कत्तिको दिनुहुन्छ ?
मलाई त दिन्छिन् वेला–वेलामा । बरु, मैले चाहिँ दिएको छैन ।
८४. कस्ता चिजहरू दिनुहुन्छ ?
घडी, सनग्लास, ल्याइदिन्छिन् ।
८५. विदेशबाट आउँदा केही ल्याइदिनुहुन्छ कि हुन्न ?
बाहिरबाट आउँदा केही न केही ल्याइरहेकै हुन्छिन् ।
८६. जन्मदिन, म्यारिज एनिभर्सरीमा विस गर्नुहुन्छ कि बिर्सनुहुन्छ ?
विस त गर्छिन् । त्यस्तोमा उपहार भने दिइँदैन ।
८७. तपाईंले उपहार नदिँदा चित्त दुखाउनुहुन्न ?
दुखाउँदिनन् । मेरो बानी नै भएन । बाहिरबाट आउँदा पनि प्राय: ल्याउँदिनँ । बरु, पैसा दिएर मन परेको सामान किन भन्ने हो । पैसा हाल्यो भने त काठमाडौंमै पनि एकसे एक सामान पाइहाल्छ नि ।
८८. उहाँले ल्याइदिएको तपार्इंलाई सबैभन्दा मन परेको उपहार के हो ?
एकपल्ट जापानबाट फर्किंदा घडी ल्याइदिएकी थिइन्, त्यो अहिले पनि लगाइरहेको छु । युरोपबाट सनग्लास ल्याइदिएकी थिइन्, त्यो पनि छ ।
८९. कस्ता कुरामा खुसी हुनुहुन्छ ?
आफूले सोचेका काम पूरा भए भने खुसी मान्छिन् । सबैलाई त्यही त होला नि ।
९०. कस्ता घटनामा धेरै दु:खी हुनुहुन्छ ?
घरमा केही नराम्रो भयो, सोचेको काम पूरा भएन, पार्टीभित्र नराम्रो भयो भने नराम्रो मान्छिन् ।
९१. सामाजिक सञ्जालमा कति रमाउनुहुन्छ ?
चलाउँछिन् । फेसबुक, ट्विटर चलाउँछिन् ।
९२. अपडेट कत्तिको गर्नुहुन्छ ?
गर्छिन् वेला–वेलामा ।
९३. मोबाइलमा कत्तिको गफ गर्नुहुन्छ ?
गर्छिन् नि । आएका फोनको रेस्पोन्स गर्नैपर्यो । त्यसै त फोन उठेन भन्ने गुनासो छ ।
९४. मोबाइलमा मासिक कति खर्च गर्नुहुन्छ ?
दुईवटा मोबाइलमा गरेर तीन हजारजति मासिक खर्च हुन्छ होला ।
९५. रोमान्टिक कत्तिको हुनुहुन्छ ?
रोमान्टिक नै छिन् । जिस्किने, रमाइलो गर्ने भइरहन्छ ।
९६. गीत कत्तिको गुनगुनाउनुहुन्छ ?
एक्लै भएका वेला गुनगुनाउँछिन् ।
९७. कसले राम्रो गाउँछ ?
मेरो भन्दा त उनले नै राम्रो गाउँछिन् हो ।
९८. पुस्तक पढ्ने बानी कत्तिको छ ?
पढ्छिन् फुर्सद भएका वेला ।
९९. कस्ता पुस्तक पढ्न रुचाउनुहुन्छ ?
दर्शनका पुस्तक, बायोग्राफी पढ्न रुचाउँछिन् ।
१००. जुझारु/लडाकु नेतृको छवि थियो, घरमा कत्तिको महसुस गर्नुहुन्छ ?
एक्टिभ त छिन् । तर, म्याचुरिटी बढ्दै जाँदा लडाकुपन त घट्दै जान्छ, मान्छे कम्प्रोमाइजमा पनि जान्छ । देश सम्झाउन हिँडेका माओवादी त अहिले कस्ता भइसके, घटिसके ।
१०१. कहिलेकाहीँ ठाकठुक पर्छ कि पर्दैन ?
खसै पर्दैन हो, हाम्रो फिल्ड नै फरक भएकाले । कर्मचारीको कुरा हुँदा ‘हो त्यस्तै होला’ भनेर उनी चुप लाग्छिन् । राजनीतिको कुरा हुँदा म चुप लाग्छु । राजनीतिमा स्थापित हुन महिलाका आफ्नै दु:ख छन् ।
नयाँ पत्रिकाबाट

माघ २, २०७२- आजभूकम्प सुरक्षा दिवस । विगत १८ वर्षदेखि हामीले विसं १९९० (सन् १९३४) माघ २ गतेको महाभूकम्पको सम्झनास्वरूप जनचेतना फैलाउने उद्देश्यले यो दिवस मनाउँदै आएका छौं । विनाशकारी गोरखा भूकम्पले यसको महत्त्वलाई अझ उजागर गरेको छ ।
तर, हाम्रो सामाजिक एवं आर्थिक अवस्थासँग नमिल्ने आयातित पूर्वतयारी एवं जनचेतनाको उपायहरूले जनधनको क्षतिलाई अप्रत्यासित रूपमा वृद्धि गर्छ भन्ने तथ्यलाई भूकम्पमा खाटमुनि लुकेर ज्यान जोगाउँछु भन्ने सयौं बालबालिकाको मृत्युले प्रमाणित गरेको छ ।
असंवेदनशील राजनीति तथा सरकारी उदासीनताका कारण कठयांग्रिने चिसोमा मृत्युसँग लडिरहेका हजारौं भूकम्पपीडितको अवस्थाले विपत्पछिको जोखिमको गुरुत्वलाई छर्लंग पारेको छ ।
अत: विनाशकारी गोरखा भूकम्पपश्चात नेपालमा भूकम्पीय प्रकोप एवं जोखिम तथा विपत् व्यवस्थापनको अवस्थालाई बुझ्न हामीले निम्न गहन प्रश्नको जवाफ खोज्न जरुरी छ ।
क) के छ त नेपालमा भूकम्पीय दरारको अवस्था ?
ख) ऐतिहासिक भूकम्पहरूले के इंगित गर्छन् ?
ग) के महाभूकम्पले सञ्चित तनाव/शक्तिलाई पूर्ण रूपमा प्रवाह गर्छन् ?
घ) के विनाशकारी भूकम्पको अझै सम्भावना छ ?
ङ) अबको बाटो कता ?
भूकम्पीय दरारहरूको अवस्था
करिब ५ करोड वर्षपहिले भारतीय र तिब्बती प्लेटहरूको संघातबाट हिमालय पर्वत शृंखलाको उत्पत्ति भएको हो । यस क्रममा हिमालय क्षेत्रमा पूर्व–पश्चिम दिशामा चिरा परी दरारहरू (फल्ट) बनेका छन् ।
यी दरारमध्ये क्रमश: उत्तरतर्फबाट, मेन सेन्ट्रल थ्रस्ट, मेन बाउन्ड्री थ्रस्ट र मेन फ्रन्टल थ्रस्ट मुख्य हुन् । यी फल्टहरू हिमालयमुनि रहेका दुई प्लेटहरूको बीचको मेन हिमालयन थ्रस्टसँग मिल्छन् जुन भूकम्पीय हिसाबले सक्रिय मानिन्छ ।
यसका अतिरिक्त चित्रमा देखाएझैं यी दरारहरूसँग एउटै दिशामा सक्रिय दरारहरू फैलिएका छन् जसलाई मेन सेन्ट्रल फल्ट, मेन बाउन्ड्री फल्ट र मेन फ्रन्टल फल्टमा विभाजन गरिएको छ । यसका साथै काठमाडौं उपत्यका वरिपरि कुलेखानी, कोल्फु खोला र झिखु खोलामा दरारहरू छन् ।
यी दरारहरूको उत्पत्ति विगतमा गएका ठूला भूकम्पका कारण जमिनमा धाँजा फाटेर विस्थापित हुँदा भएको हो । यी दरारमा अन्तरभूकम्पीय अवधिमा भारतीय र तिब्बती प्लेटहरूको संसृतिबाट तनाव सञ्चिति हुने गर्छ । अत: भविष्यमा दरारहरूले विनाशकारी भूकम्पहरू उत्पन्न गर्न सक्दछन् ।
भूकम्पीय दृष्टिकोणले दक्षिणतर्फ अवस्थित मेन फ्रन्टल फल्ट बढी सक्रिय मानिन्छ किनभने हिमालय क्षेत्रमा महाभूकम्पहरू जाँदा शक्तिको प्रवाह यो दरारबाट दक्षिणतर्फ हुने गर्छ । तसर्थ भूकम्पका अवशेष बनेर रहेका यी सक्रिय दरारहरूको अध्ययन–अनुसन्धान गरी विनाशकारी भूकम्पहरूको पुनरावृत्ति अवधि पत्ता लगाउनु जरुरी छ ।
ऐतिहासिक भूकम्पहरू
नेपालमा भूकम्प मापनको इतिहास ज्यादै छोटो छ । बितेका तीन दशकका केही तथ्यांकहरू हामीसँग छन् जुन वैज्ञानिक हिसाबले अपर्याप्त मानिन्छ ।
इतिहासका विभिन्न दस्तावेज एवं सक्रिय दरारहरूको उत्खननबाट प्राप्त तथ्यांकअनुसार हिमालयमा मुख्यत: सन् ११००, १२५५, १३४४, १४०३, १५०५, १८०३, १८३३ र १९३४ मा ठूला तथा महाभूकम्पहरू गएको पाइन्छ ।
दरारहरूको उत्खननबाट सन् ११००, १२५५, १५०५, र १९३४ मा जमिन करिब ३ देखि १८ मिटरसम्म सर्न गई ८.१ देखि ८.८ म्याग्नेच्युटसम्मका भूकम्प नेपाललाई केन्द्रविन्दु बनाएर गएको पाइन्छ ।
सन् १८३३ को भूकम्प भने करिब ७.६ म्याग्नेच्युटको थियो जसको कारण जमिन करिब २ देखि ४ मिटरसम्म सरेको अनुमान गरिएको छ । ऐतिहासिक भूकम्पहरूको अध्ययन/अनुसन्धान भूकम्पीय प्रकोप, जोखिम मूल्यांकन तथा भूकम्पको पुनरावृत्ति अवधि पत्ता लगाउन महत्त्वपूर्ण मानिन्छ ।
यस सन्दर्भमा हिमालय क्षेत्रमा थोरै तर महत्त्वपूर्ण अनुसन्धान भएका छन् । जसअनुसार उत्तर–पश्चिम हिमालयमा करिब ६५० वर्षको अन्तरालमा ठूला भूकम्प गएको तथ्य फेला परेको छ ।
त्यसरी नै नेपालको बर्दिबास क्षेत्र वरिपरि गरिएको उत्खननबाट भने नेपालको मध्य भागमा भूकम्पको पुनरावृत्ति अवधि करिब ७५० देखि ८६० वर्षको हुनसक्ने तथ्यहरू छन् ।
तर, पूर्वी हिमालयको सन्दर्भमा भने पुनरावृत्ति अवधि यकिन हुन सकेको छैन । यी तथ्यहरूले हिमालय क्षेत्रमा महाभूकम्पहरूको पुनरावृत्ति अवधि एकैनासको नरहेको स्पष्ट पार्छन् ।
सञ्चित तनाव/शक्तिको प्रवाह
हिमालय क्षेत्रमा गएका विनाशकारी भूकम्पहरूको समय, प्रकार, दरारको क्षेत्र, आकार, विस्थापित जमिनको मात्रा र पुनरावृत्ति अवधिको गहन विश्लेषण गर्ने हो भने हामी भूकम्पविद्हरूबीच एउटा गहन प्रश्न तेर्सिन्छ । के हिमालय क्षेत्रका महाभूकम्पहरूले भारतीय र तिब्बती प्लेटबीचको संघातबाट दरारमा सञ्चित तनाव/शक्तिलाई पूर्ण रूपमा प्रवाह गर्छन् ?
यो प्रश्नको जवाफ सोझै यस क्षेत्रको भूकम्पीय प्रकोप/जोखिमसँग जोडिएको छ । उदाहरणका लागि पूर्वी नेपाललाई केन्द्रविन्दु बनाएर सन् १९३४ मा गएको महाभूकम्पमा जमिन तीन मिटरभन्दा बढी सरेको थियो जबकि सोही क्षेत्रमा सन् १८३३ को भूकम्पपश्चात्, प्रतिवर्ष दुई सेन्टिमिटरका दरले भारतीय प्लेट उत्तरतर्फ सर्दा, एक सय वर्षको अवधिमा विस्थापित हुन बाँकी स्लिप दुई मिटरमात्र रहन्छ ।
अत: सन् १९३४ को महाभूकम्पमा सन् १८३३ को महाभूकम्पले प्रवाह गर्न नसकेको सञ्चित तनाव/शक्ति प्रवाह भएको देखिन्छ । यसकारण हिमालय क्षेत्रमा महाभूकम्पहरूले अन्तरभूकम्पीय अवधिमा सञ्चित तनाव/शक्तिलाई पूर्ण रूपले प्रवाह गर्न नसक्दा ‘भूकम्पीय चक्र’ अनियमित रहेको पाइन्छ ।
भविष्यमा विनाशकारी भूकम्पको सम्भावना
विनाशकारी गोरखा भूकम्पपश्चात् सबैलाई एउटा प्रश्नले सताइरहेको छ । के भविष्यमा फेरि विनाशकारी भूकम्प आउला त ? अहिले सबैको चासो पश्चिम नेपालतर्फ छ । वैज्ञानिक अनुसन्धानहरूले पश्चिम नेपालमा विनाशकारी भूकम्प जाने संकेत गरेका छन् ।
विशेषत: ग्लोबल पोजिसनिङ सिस्टमका तथ्यांकहरूले यस क्षेत्रमा दरार करिब १० मिटर सर्न (स्लिप हुन) बाँकी रहेकाले विनाशकारी भूकम्प जाने प्रवल सम्भावना देखाएका छन् ।
साथै दरारहरूको उत्खननबाट प्राप्त तथ्यांकहरूले पनि सन् १५०५ मा करिब १८ मिटर विस्थापित भई ८.१ म्याग्नेच्युटको भूकम्प पश्चिम नेपालको आसपासमा गएको र तत्पश्चात त्यस क्षेत्रमा महाभूकम्प गएको वैज्ञानिक तथ्यहरू फेला नपरेकाले लगातार तनाव/शक्ति सञ्चित भइरहेको देखिन्छ ।
यसका अतिरिक्त पूर्वी नेपालमा जस्तै सन् १२५५ को महाभूकम्पअघिको तनाव पनि बाँकी रहनु, पुनरावृत्ति अवधि एकनास नहुनु साथै अनियमित ‘भूकम्पीय चक्र’ को कारण कुनै पनि समयमा यस क्षेत्रमा विनाशकारी भूकम्प जान सक्ने सम्भावना देखिन्छ ।
अबको बाटो
हिमालय क्षेत्रका भौगर्भिक, भू–भौतिक, भू–गणितीय एवं भूकम्पीय तथ्यांकहरूलाई वैज्ञानिक विश्लेषण गर्दा नेपाल उच्च भूकम्पीय जोखिम भएको क्षेत्रमा पर्छ । अत: यस क्षेत्रमा निहित प्रकोप एवं जोखिम मूल्यांकन तथा न्यूनीकरण गर्न सक्रिय दरारहरूको उत्खनन गरी ऐतिहासिक महाभूकम्पहरूको पुनरावृत्ति अवधि पत्ता लगाउनु जरुरी छ ।
यसका साथै भूकम्पमापन प्रणालीलाई सुदृढ गरी प्राप्त तथ्यांकहरूको प्रयोगबाट भवन निर्माण आचारसंहितामा व्यापक परिमार्जन गरी त्यसलाई कडाइका साथ लागू गर्नु जरुरी छ । साथै समाज सुहाउँदो पूर्वतयारीतर्फ उन्मुख जनचेतना एवं अध्ययन अनुसन्धानका कार्यक्रमहरूलाई प्राथमिकता साथ अघि बढाउनुपर्छ ।
हाल प्रचलनमा रहेको विभिन्न तहका समितिमा आधारित विपत् व्यवस्थापन संरचनाले राजनीतिक भागबन्डाको चपेटामा परेर प्रभावकारी रूपमा कार्य सम्पादन गर्न सकेको छैन साथै हरेक तहमा मौलाइरहेको भ्रष्टाचारले यसलाई पनि अछुतो राख्न सकेको छैन । यसबाट उन्मुक्ति पाउन सरकारले दिगो विपत् व्यवस्थापन हेतु स्थायी संस्थागत संरचनाको विकास गर्नु आवश्यक देखिन्छ ।
अत: विचाराधीन विपत् व्यवस्थापन विधेयकलाई जति सक्दो छिटो पास गरी समितिमा आधारित विपत् व्यवस्थापन प्रणालीलाई संस्थागत प्रणालीले विस्थापित गरी उत्थानशील समाजको विकास गर्न हामी अग्रसर हुनुपर्छ । विनाशकारी गोरखा भूकम्पले दिएको शिक्षा नै यही हो ।
(भूकम्पविद् डा. चम्लागाईं त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक हुन्)
kantipur.ekantipur.

काठमाडौं । विभिन्न युवतीसँग नाम जोडिएर समय समयमा चर्चामा आउने गरेका पुराना अभिनेता भुवन केसीले आफ्नो निर्देशनमा ‘ड्रिम्स’ नामक फिल्म ल्याएका छन् । उनको फिल्म फागुन २१ गतेदेखि रिलिजको तयारीमा छ ।
भुवनले आफ्नो फिल्मी करियरमा पहिलो पटक ‘ड्रिम्स’लाई निर्देशन गरेका हुन् । उनको यो डेब्यु निर्देशन फिल्म हो । भुवनले फिल्मको ट्रेलर र गीत सार्वजनिक पनि गरेका छन् ।
भुवनले दर्शकले आफेनो निर्देशनलाई पनि रुचाउनेमा विश्वास व्यक्त गरेका छन् । ‘मैले यो फिल्ममा ३० वर्षको फिल्मी अनुभवसँगै नयाँ पुस्तासँग पहिलो पटक काम गरेको अनुभव पनि जोडेको छु’, उनले भने, ‘अघिल्ला फिल्ममा जस्तो यो फिल्ममा पनि दर्शकले मेरो छोरा अनमोलको कामलाई रुचाउनुहुनेछ ।’
भुवनले आफूले बलिउड र हलिउडका फिल्मसँग प्रतिष्पर्धा गर्ने किसिमको फिल्म बनाएको दाबी गरे ।
अभिनेता अनमोल केसीले फिल्मले प्रेमकथालाई प्रस्तुत गरेकाले आफू अभिनित अघिल्लो फिल्म ‘जेरी’भन्दा ड्रिम्सको कथाबस्तु राम्रो भएको बताए ।
फिल्मबाट नायिका रुपमा प्रवेश गरेकी साम्राज्ञीराज्य लक्ष्मी शाहले पहिलो फिल्ममा काम गर्दा डर लागे पनि भूवन र अनमोलको सहयोगले त्यो डर हटेको बताईन् ।
सुपरकाजल फिल्मस् प्रालिको व्यानरमा निर्माण भएको फिल्ममा भुवनसँगै डा. कपिल रिजाल र भानु फुँयालको लगानी छ भने उनीहरुलाई लगानीमा सत्यनारायण केयल र कृष्ण पाण्डेले सहयोग गरेका छन् ।
दिवाकर भट्टराईको एसोसिएट निर्देशन रहेको फिल्ममा अनमोल र साम्राज्ञीसँगै दर्शना केसी, सन्ध्या केसी, अमित श्रेष्ठ र न्यान्सी थापालगायतको पनि अभिनय छ ।
सामिप्यराज तिमल्सेनाको पटकथा र संवाद रहेको फिल्ममा वनिष शाह र मिलन श्रेष्ठको सम्पादन, विशेष, रोधित र हरकुलिश बस्नेतको संगीत, कविराज गहतराजको नृत्य, चन्द्र पन्तको द्वन्द्व र पुरुषोत्तम प्रधान तथा सञ्जय लामाको छायांकन छ ।

२ माघ, काठमाडौं ।
‘मैले त ओलीजीलाई ठट्टैठट्टामा भन्दिएको छु : तपाईंहरूसँग पछिल्ला चुनावमा दोस्रो, तेस्रो दल भएको अनुभव छ । हामी त एकपल्ट पहिलो भएर देखाइसक्यौं । त्यही नजिरका आधारमा अब स्थानीय चुनाव गरौं, त्यसमा ५०–५० प्रतिशत साझेदारी हुने गरी उम्मेदवारी घोषणा गरौं ।’
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले बिहीबार राजधानीमा अकस्मात यो प्रसंग खुलाउँदा प्रदेश नम्बर ३ का कार्यकर्ता छक्क परे ।
प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीसँग केही दिनअघि भएको यो छलफलको सन्दर्भ पार्टी एकताको जिज्ञासा समाधान क्रममा उप्किएको थियो । एमालेसँग तत्काल पार्टी एकताको सम्भावना नरहेको, तर अबको कार्यभार समाजवादी क्रान्ति भएको भन्दै दाहालले विचार मिल्नेसँग कार्यगत एकता, मोर्चाबन्दी गर्ने क्रममा एमालेको सन्दर्भ उठाएका थिए ।
ओलीले के जवाफ दिए, दाहालले खुलाएनन् । तर एमालेसँग दीर्घकालीन सम्बन्ध सुरु भएको, स्थानीय चुनाव त्यसको अर्को बिसौनी भएको छनक भने राम्रै गरी दिए । दोस्रो संविधानसभालगत्तै कांग्रेस र एमालेले सत्तासमीकरण गर्दा ६ महिनाभित्र स्थानीय चुनाव गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
सबभन्दा ठूलो पार्टीबाट तेस्रो स्थानमा पुगेको एमाओवादीले नचाहेका कारण कांग्रेस र एमालेले चाहे पनि स्थानीय चुनाव हुन सकेन । एमालेसित सत्तासमीकरण गरेको एमाओवादीले नै चाहेपछि जनप्रतिनिधिविहीन भएको १३ वर्षपछि अब स्थानीय निकायमा चुनाव गराउने वातावरण बन्नेछ ।
गत वर्ष माघ ८ को आसपासमा कटु सम्बन्ध निर्माण गर्न पुगेका एमाओवादी र एमाले नेतृत्वबीच कसरी यति निकटता सम्भव भयो ? जानकारको दाबीअनुसार १६ बुँदे समझदारी हुनुअघि ओलीको बालकोट निवासमा दाहाल, तत्कालीन एमाओवादी वरिष्ठ नेता बाबुराम भट्टराईबीच रणनीतिक मुद्दाहरूमा दीर्घकालीन साझेदारी गर्ने भद्रसमझदारी भएको थियो ।
त्यस भेटका क्रममा संविधान निर्माण, त्यसपछि ओली नेतृत्वमा संयुक्त सरकार हुँदै स्थानीय चुनावसम्म सहकार्य गर्ने छलफल भएको एमाओवादी उच्च स्रोत जिकिर गर्छ ।
एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठका अनुसार स्थानीय चुनावसम्मै सँगै जाने ठोस समझदारी त्यस बेला बनिसकेको थिएन । तर भर्खरै संविधान जारी भए पनि त्यसअन्तर्गत पहिले संघीय प्रदेशको चुनाव हुनुपर्नेमा जारी तनावका कारण प्रादेशिक चुनाव सट्टा स्थानीय चुनाव दलीय प्राथमिकतामा पर्ने सम्भावना छ ।
‘शीर्ष नेतृत्वबीच अहिल्यै स्थानीय चुनावबारे विस्तृत कुराकानी भएको छैन,’ श्रेष्ठले भने, ‘तर संविधान बनिसकेको अवस्थामा अबको प्राथमिकता के हुने भन्ने छलफल सुरु हुन सक्छ ।’
संविधानसभा चुनाव भएको ६ महिनाभित्र स्थानीय चुनाव गर्ने दलहरूबीच पुरानो सहमति भए पनि एमाओवादीले विभिन्न कारण देखाएर पन्छाउँदै आएको थियो । देशभरिका ३ हजार १ सय १७ गाविस र २ सय १७ नगरपालिका, ७५ जिल्ला विकास समिति १३ वर्षयता जनप्रतिनिधिविहीन छन् ।
यसबीचमा स्थानीय निकायमा निर्वाचित प्रतिनिधि हुनुपर्ने माग उठिरहेका बेला संघीय प्रदेशको अभ्यास सुरु नहुन्जेल पुरानै संरचनामा स्थानीय चुनाव गर्न नहुने अडान एमाओवादीले लिँदै आएको थियो । कान्तिपुर दैनिकमा खबर छ ।nepaliheadlines

नेपालको वन तथा जैविक विविधताको संरक्षण र विकासका विषयमा आधारित नेपाल र चिनियाँ अधिकारीबीच सम्पन्न उच्चस्तरीय बैठकमा चीनले वन्यजन्तु र वातावरणका क्षेत्रमा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।
नेपालका तर्फबाट वन तथा भूसंरक्षणमन्त्री अग्निप्रसाद सापकोटा र चिनियाँ समकक्षी झाङ जिनलोङबीच चीनमा भएको भेटवार्तामा चिनियाँ पक्षले नेपाललाई सहयोग गर्न सहमति जनाएको हो । त्यसक्रममा नेपाल र चीनबीच विभिन्न विषयमा १२ बुँदे सहमतिसमेत भएको छ ।
वन तथा भूसंरक्षण मन्त्रालयका अनुसार चीनले काठमाडौं उपत्यकामा स्थापना गरिने प्राणी उद्यानका लागि आर्थिक तथा प्राविधिक सहयोग गर्ने, वन्यजन्तुको अनुसन्धान कार्यलाई सहयोग पुर्याउन स्थापना गरिने विधि विज्ञान प्रयोगशालाका लागि आर्थिक तथा प्राविधिक सहयोग गर्ने, नेपालमा सामुदायिक वन र अन्तर्राष्ट्रिय केन्द्र स्थापना गर्न सहयोग गर्ने भएको छ ।
यस्तै, तातोपानी खासा र रसुवागढी केरुङ सडकखण्ड स्तरोन्नति गर्ने क्रममा पर्ने वातावरणीय प्रभावलाई मध्यनजर गर्दै ग्रिन इकोनोमिक कोरिडोर स्थापना गर्न प्राविधिक टिम गठन गर्न सहयोग गर्ने प्रतिबद्धता पनि जनाएको छ ।
यसैबीच, वनमन्त्री सापकोटाले चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका उपमन्त्री छन फङसियानसँग पनि भेटवार्ता गरेका छन् । सो भेटघाटका क्रममा उपमन्त्री छनले चीनले नेपालको पुनर्निर्माण तथा नवनिर्माणमा सक्दो सहयोग गर्ने बताएका थिए ।
उपमन्त्री छनले मुख्यतया नेपालको शिक्षा, स्वास्थ्य, सामुदायिक पूर्वाधार निर्माणमा गुणात्मक लगानी बढाउन चीन तयार रहेको जनाएको वनमन्त्री सापकोटाको निजी सचिवालयले जनाएको छ । नयाँ पत्रिका दैनिकमा खबर छ ।nepaliheadlines

शनिबार, २ माघ
एजेन्सी । अफ्रिकी मुलुक बुर्किना फासोको राजधानी उगादोगुमा रहेको पश्चिमा मुलुकका बिदेशी पर्यटक बस्ने एक प्रसिद्ध होटलमा आतकंवादी आक्रमण भएको छ ।
आक्रमणबाट कम्तीमा २० जनाको पाहुनाको ज्यान गएको छ ।
समाचार अनुसार होटलका पाहुनाहरुलाई अझै आक्रमणकरीले बन्धन बनाएर राखेको बताइएको छ ।
स्थायिन समय साढे सात बजे आक्रमणकारीले इस्प्लेन्डीड होटल बाहिर दुईवटा कार वम विष्फोट गराएपछि अन्धाधुन्द गोली प्रहार गर्दै चार जना आक्रमणकारी होटलमा प्रबेश गरेको बिबिसीले जनाएको छ ।
उक्त होटल समुक्त राष्ट्रका कर्मचारीहरुको लागि प्रगोग गरिने समेत जनाइएको छ ।उगादोगुको अस्पतालका निर्देशक रोबर्ट सागारेका अनुसार अहिले सम्म २० जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन ।
बुर्किना फासोका विदेशमन्त्री अल्फा ब्यारीले बन्दुकधारीविरुद्ध सुरक्षा कारवाही जारी रहेको हुनाले आक्रमणरीको बन्धकमा रहेका पाहुनाहरुलाई मुक्त गराउने प्रसास जारी रहेको बताएका छन ।
nepalsandesh

काठमाडौं, २ माघ । मधेसी मोर्चाले तयार पारेको २६ घाइतेको उपचार खर्च विवरणअनुसार दुई लाख ४० हजार रुपैयाँ एम्बुलेन्समा खर्च भएको छ ।
दुई लाख ६० हजार बिरामी र आफन्तको खानामा खर्च भएको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ । त्यसैगरी, गाडी भाडामा ४० हजार, औषधि र मेडिसिन ल्याबमा ३९ लाख ३६ हजार तीन सय ४० रुपैयाँ खर्च भएको छ ।
सद्भावना पार्टी अध्यक्ष राजेन्द्र महतोलाई दिल्ली उपचारमा लैजाने क्रममा हेलिकोप्टर भाडा मात्रै साढे दुई लाख रुपैयाँ खर्च भएको छ ।
महामन्त्री मनीष सुमनका अनुसार धरानबाट काठमाडौंमा ल्याउँदा हेलिकोप्टरको भाडा पार्टीले तिरेको हो ।

के हो सी माला ?
काठमाडौं, २ माघ । सी माला एक जीवको अस्थिपञ्चरबाट बनाइने माला हो । पुरातत्त्व ऐनअनुसार सी मालाको कारोबार अवैध छ ।
बौद्ध धर्मावलम्बीमा यस्तो माला लगाएमा सधैँ राम्रो हुने र जे चाह्यो त्यही पुग्ने विश्वास छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
सोही कारण एउटै मालाको करोडौँमा कारोबार हुने गरेको छ । काठमाडौंको बौद्ध क्षेत्रमा अवैध रूपमा सी मालाको कारोबार हुँदै आएको छ । कारोबारमा तिब्बतीयन, भुटानी तथा भारतीयसमेत संलग्न छन् ।
चक्कुले घाँटी रेटेर हत्या
सी माला लुट्न बिहीबार साँझ चक्कुले घाँटी रेटेर बौद्ध टुसालका ६० वर्षीय थेपाङ शेर्पाको हत्या भएको छ ।
हत्यापछि उनले घाँटीमा लगाएको एक करोडभन्दा धेरै पर्ने सी माला लुटपाट भएको प्रहरीले जनाएको छ । सेफको सी माला र पैसा भने चोरिएको छैन ।
शंकास्पद केही व्यक्ति पक्राउ परेको हत्यामा संलग्नको पहिचान भइरहेको महानगरीय प्रहरी वृत्त बौद्धका डिएसपी नरहरी रेग्मीले बताए ।
सी मालाले बढायो अपराध
डेरामा एक्लै रहेको वेला थेपाङको हत्या भएको हो । प्रहरीका अनुसार बिहीबार साँझ उनकी श्रीमती गुम्बामा गएका वेला हत्या भएको थियो ।
फर्किंदा श्रीमान्लाई मृत अवस्थामा देखेपछि उनले प्रहरीलाई खबर गरेकी थिइन् । मृतक शेर्पा सी मालाको कारोबारमा संलग्न रहेको खुलेको छ ।
बौद्ध धर्मावलम्बीमा बहुमूल्य र पवित्र मानिने सी मालाको कारोबारले बौद्ध क्षेत्रमा अपराध बढाएको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार सी मालालगायत प्राचीन बहुमूल्य पदार्थको बौद्धमा ठूलो मात्रामा अवैध कारोबार हुने गरेको छ ।
एउटै सी मालाको करोडौँमा कारोबार हुने भएकाले लुटपाट र हत्याका घटना बढेका हुन् । अवैध कारोबार भएकाले कतिपय घटनाबारे प्रहरीकोमा खबर हुँदैन ।
तीन महिनामा पनि खुलेन
निमादोर्जे हत्याको रहस्य सिन्धुपाल्चोक हेलम्बु घर घई बौद्धको तिनचुली बस्ने ८५ वर्षीय निमादोर्जे शेर्पाको २६ कात्तिकमा घाँटी र टाउकोमा धारिलो हतियार प्रयोग गरी हत्या भएको थियो ।
तिहारमा घरमा कोही नभएको अवस्थामा दोर्जेको हत्या भएको थियो । उनको पनि सी मालालगायतको सम्पत्ति लुट्न हत्या भएको अनुसन्धानमा खुलेको थियो । तर, हत्या गर्नेहरू पक्राउ परेका छैनन् ।
माला लुटेर भाग्दाभाग्दै पाँच पक्राउ
बौद्धमा २५ भदौमा पनि करोडौँको सी माला लुटपाट भएको थियो । लुटेर भाग्दाभाग्दै प्रहरीले मकवानपुरको भिमफेदीबाट पाँचजनालाई पक्राउ गरेको थियो ।
बौद्धस्तुपानजिकै छेर्तेन होटेलमा सी माला किन्न भन्दै भेट्न पुगेका उनीहरूले होटेलमा रहेका उपेन्द्र लामिछानेलाई हातखुट्टा बाँधेर करिब दुई करोड पर्ने सी माला लुटपाट गरेका थिए ।
लुटपाटमा संलग्न भुटानका डी दोर्जे लामा, छिरिङ लामा, भारतीय नागरिक आसित सैबो, नहिर अली र सरोज गुरुङलाई प्रहरीले पक्राउ गरेको थियो ।

आजको पञ्चाङ्ग
श्रीसूर्य उत्तरायण शिशिर ऋतु, कीलकनाम संवत्सर, शाके १९३७, विक्रमसम्वत २०७२ साल माघ २ गते शनिवार नेपाल सम्बत ११३६ पोहेलाथ्व,सन् २०१६ जनवरी १६ तारिक शुक्लपक्ष सप्तमी तिथि राती ७ वजेर ३६ मिनेटसम्म, रेवती नक्षत्र राती ३ वजेर २ मिनेटसम्म, शिवयोग साँझ ६ वजेर ५४ मिनेटसम्म, गरकरण विहान ८ वजेर ४७ मिनेटसम्म, आनन्दादियोग धाता, सूर्य मकर राशीमा,चन्द्रमा राती ३ वजेर २ मिनेटसम्म मीन उप्रान्त मेष राशीमा । मेषः–
7समयमा काम हुने छैनन । वाहिरी काममा धेरै समय खर्च हुने छ । यात्राबाट पनि खासै उपलब्धि हासिल हुने छैन । काम गरेर जश पाईने छैन । व्यापारबाट उपलब्धि लिन सकिने छैन ।
वृषः–
8आम्दानीका नयाँ स्रोत फेला पर्ने छन् । व्यापार व्यवासयबाट पनि आम्दानी आफुले सोचे भन्दा राम्रो हुनेछ । घरमा मंगलिक कार्य हुन सक्ने कुरालाई नकार्न सकिन्न । सुख,शान्ति मिल्ने छ ।
मिथुनः–
10 आज काम सरल तरिकाले बन्ने छन् । गरेका कामबाट नाम र दाम दुवै प्राप्त हुने छ । काम गर्ने जोश जागर पनि बढ्ने छ । बोलिको प्रभाव बढ्ने छ । आय आर्जन पनि बढ्ला ।
कर्कटः–
11अरुको काममा बढि व्यस्त हुदा आफ्ना कामले गति लिने छैन । बोल्यो कि पोल्यो भन्ने जान्नु होला । धार्मिक कार्यमा अभिरुची बढ्ने छ । आर्थिक कारोवारमा ध्यान दिनु होला ।
सिंहः–
12सोचाईको विपरित काम हुने छन् । अनावस्यक काम बढि हुनेछन् । व्यापार व्यवसायमा मन्दि आउने छ । स्वास्थ्य कामजोर हुनेछ । परिवारमा पनि मनमुटाव बढ्ने छ ।
कन्याः–
9कुनै कामको टुङ्गो लगाउनु छ भने समयमा नै लगाउनु होला । ढिला सुस्ति गर्दा आफेैलाई घाटा हुने छ । नयाँ जीवन प्रवेशको सम्भावना देखिन्छ । आय आर्जन पनि बढ्नेछ ।
तुलाः–
4 विारोधीले काममा अवरोध पु¥याउन सक्छन । गोपनियता अप्नाई काम गर्नु होला । काममा प्रतिश्पर्धा गरेर भए पनि अगाडि बढ्नु होला । आम्दानीका नयाँ स्रोत फेला पर्ने छन् ।
वृश्चिकः–
3 आफुमा भएको उर्जालाई सदुपयोग गर्न सकेमा सफलताका सिढि चढ्न सजिलो हुने छ । अरुको भर विश्वासमा परेर काम नगर्नु होला । घरमा भन्दा घर बाहिर सजिलो हुनेछ ।
धनुः–
2 घरयासी समस्याबाट टाढा बस्न पाईने छैन । खर्चका शिर्षक बढ्ने छन् । लेन कारोवारले सताउन छ । व्यापार व्यवसायमा पनि खासै प्रगति हुने छैन । आलस्यता पनि बढ्ने छ ।
मकरः–
1काम गर्न सके कमाई राम्रै हुने छ । उद्योग धन्दा बन्द व्यापारमा पनि प्रगति हुने छ । साना तिना काम गर्न लाई कुनै कठिनाई हुने छैन । काममा ढिला सुस्ति गर्दा अरुलाई फाइदा हुनेछ ।
कुम्भः–
6 दिन त्यति अनुकुल नबन्न सक्छ । हरेक काम गर्दा विचार पु¥याउनु होला साना गल्तिले ठुलो क्षति हुने छ । मिलेर गरेका काम सफल हुने छैनन । स्वतन्त्रण कामबाट थोरै लाभ होला ।
मिनः–
5समयले साथ दिने अवसरको पूर्ण सदुपयोग गर्नु होला । काम गर्ने उत्साहा घट्ने छैन । व्यापार व्यवसायबाट पनि आय आर्जन बढ्ने नै छ । उत्तम भोजन र आसन प्राप्तिको योग छ ।
१ माघ, काठमाडौं । मधेसका गरीव एवं उत्पीडित जनतालाई पहाडे समुदाय र काठमाडौंविरुद्ध भड्काउँदै हिँडेका सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले काठमाडौंमा कति जग्गाजमीन जोडेका होलान् ? तथ्य थाहा पाउने हो भने मधेसमा आन्दोलनरत उनकै दलका कार्यकर्ता छक्क पर्न सक्छन् ।
विमानस्थलमा लोडरको जागिर खाइरहेका भए महतोले काठमाडौंमा घर र करोडौंको जमीन किन्न शायदै सम्भव थियो । तर, राज्यले हेपेको तर्क गर्दै पटक-पटक मन्त्री बनेका महतोका लागि मधेसको राजनीति आर्थिकरुपमा फलीफापपूर्ण देखिएको छ । महतोले काठमाडौंका विभिन्न ठाउँमा ३ रोपनीभन्दा बढी जमीन किनेको तथ्य भेटिएको छ ।
सार्वजनिक भाषणहरुमा काठमाडौंले मधेसलाई शोषण गरेको बताउने महतोले मधेसी जनताको सपनालाई रामै्रसित भने दोहन गरेका छन् । पहिलो मधेस आन्दोलनमा सहिद र घाइते बनेका जनतालाई बेवास्ता गर्दै आफ्नै श्रीमती शैल कुमारी देवीलाई उनले सांसद बनाएको विषय पुरानो भइसकेको छ । राज्यले मधेसी जनतालाई हेरेन भन्ने महतो आफूले चाँहि राज्यका निकायमा अवसर पाउनासाथ कार्यकर्ताको साटो आफ्नै पत्नी र परिवारलाई रोज्ने गरेको कसैसँग छिपेको छैन ।
सदभावना अध्यक्ष महतो र उनको परिवारले काठमाडौंमा कति जग्गाजमीन जोडिसकेका छन् भन्ने तथ्य सदभावना पार्टीकै कार्यकर्तालाई थाहा छैन ।
काठमाडौंमा कति छ जग्गा ?
काठमाडौंको भीमसेनगोलामा राजेन्द्र महतोको घर रहेको सबैले थाहा पाइसकेकै विषय हो । तर, त्यसबाहेक उपत्याकाका कुनाकाप्चीमा समेत महतोले आफू र पत्नीका नाममा करोडौं मूल्य पर्ने जग्गा जोडेका छन्, जसको स्रोत स्पष्ट छैन ।
काठमाडौंको मच्छेगाउँ-२ मा महतोपत्नी एवं सांसद शैल कुमारी देवीका नाममा १ रोपनी ६ आना २ पैसा जग्गा छ । त्यसैगरी काठमाडौंकै वार्डभञ्ज्याङ-३ मा महतोले २ रोपनी ९ आना जग्गा किनेका छन् । यो जग्गा पत्नीको नाममा नभएर महतोले आफ्नै नाममा राखेका छन् ।
काठमाडौं महानगरपालिका वटा नम्बर ९, प्रयागमार्गमा रहेको ५ आना जग्गाचाँहि महतोपत्नी तथा सांसद शैल कुमारी महतोकै नाममा छ ।
महतो परिवारले घर बहालबाट समेत नियमित आम्दानी गर्दै आएको छ ।
मधेसमा कति छ जमिन ?
मधेसका जनताको हितका लागि लागेको बताउने तर सत्तामा गएपछि कमाएको पैसाले उपत्यकामा जमिन जोड्ने महतो परिवारको मधेसमा पनि जग्गा जमीन छ ।
नागरिकता अनुसार महतोको स्थायी ठेगाना सर्लाहीको बबरगञ्ज गाविस वडा नम्बर ८ मा पर्छ । पूर्वमन्त्री समेत रहेका महतोले स्थायी लेखा नम्बर पनि लिएका छन् । उनको स्थायी लेखा नम्बर १००३६२१०९ हो ।
सर्लाही बबरगञ्जका महतोको विष्णुपुर- ६ मा एक कठ्ठा १८ धुर जग्गा छ । यो घडेरी सांसद शैल कुमारीका नाममा छ ।
बबरगञ्ज- ८ मा महतोको ४ बिघा १२ धुर जमीन छ । यो जमिन राजेन्द्र महतोकै नाममा छ ।
सर्लाहीकै नेला गाविसमा महतोका नाममा १४ कठ्ठा जमिन छ ।
धनुषाको बेगासीपु-६ मा महतोपत्नी शैलकुमारीका नाममा १ विघा १३ कठ्ठा १८ धुर जग्गा छ ।
सुन ९५ तोला, चाँदी ३ किलो
महतोले मन्त्री एवं पार्टी अध्यक्ष हुँदा कमाएको सम्पत्ति जग्गा जमीनमा मात्रै होइन, सुन चाँदीमासमेत लगानी गरेका छन् । महतोसँग ९५ तोला सुन र ३ किलो चाँदी रहेको तथ्य अनलाइनखबरले फेला पारेको छ ।
तीनवटा बैंकमा खाता
काठमाडौं, नयाँ बानेश्वरस्थित एभरेष्ट बैंकमा राजेन्द्र महताको खाता छ, जसमा घरभाडा उठेको रकम जम्मा गर्ने गरिएको छ । विगतमा सभासद र मन्त्री हुँदा उनको पारिश्रमिक यही बैंकमा जम्मा हुन्थ्यो ।
महतोको अर्को बैंक खाता सर्लाही मलंगवाको नेपाल बैंक लिमिटेडमा छ । त्यहाँ पनि उनले नगद जम्मा पारेका छन् ।
त्यसैगरी कृषि विकास बैंक गौशालामा महतोपत्नी शैल कुमारी देवीको खाता छ । सांसद बनेपछि एभरेष्ट बैंकमा पनि उनले खाता खोलेकी छिन् ।
onlinekhabar

काठमाण्डु, १ माघ– राजनीतिक रुपमा समेत बलियो पहुँच भएका गुण्डा नाइके गणेश लामा हाल फरार छन् ।
विभिन्न अपराधिक क्रियाकलापमा संलग्न भएर प्रहरीको मोस्ट वान्टेड सूचीमा समेत परिसकेका लामाले पछिल्लो समय जग्गा लेनदेन विवादमा ललितपुर भैंसेपाटीका कैलाश बास्कोटालाई आफ्नै घरमा बन्धक बनाएर ४० लाख रुपैयाँ कागज गरेका थिए ।
अर्का गुण्डा नाइके कुमार घैंटे गत असोजमा प्रहरी इन्काउन्टरमा मारिएपछि लामा फरार भएको प्रहरी बताउँछ । महानगरीय अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सर्वेन्द्र खनालले प्रहरीले सबै गुण्डा नाइकेको निगरानी गरिरहेको र आपराधिक क्रियाकलापमा संलग्न हुने जो कोहीलाई पनि कानूनी दायरामा ल्याउने बताए ।
‘ललितपुर घटनापछि गणेश लामा फरार छन् । उनी हाल नेपालबाहिर रहेको सुनिएको छ । प्रहरीले आफ्नो ठाउँबाट गर्नुपर्ने काम गरिरहेको छ, खनालले काठमाण्डु टुडेसँग उनले भने, ‘अपराध गर्ने जो कोहीलाई पनि कानूनी कठघरामा उभ्याउने हाम्रो जिम्मेवारी हो ।’
स्रोतले काठमाण्डु टुडेलाई दिएको जानकारी अनुसार उनी अहिले कहिले दुवै त कहिले श्रीलंकाको राजधानी कोलम्बो गर्दै प्रहरीबाट लुकिरहेका छन् ।
को हुन् गणेश लामा ?
पछिल्लो समय गुण्डागर्दीको आडमा ठेक्कापट्टा कब्जा गर्ने काममा गणेश लामा प्रभावशाली देखिएका थिए । काभ्रेका स्थायी बासिन्दा लामा विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य ह्न् ।
सुरुसुरुमा दीपक मनांगेको सहयोगीका रुपमा विभिन्न आपराधिक क्रियाकलापमा लागेका लामाले पछि छुट्टै समूह बनाई गुण्डागर्दी सुरु गरे । उनले ठमेल र दरबारमार्गमा डान्सबारदेखि सिन्धुपाल्चोकको तातोपानी नाकासम्म सञ्जाल बिस्तार गरेका थिए ।
गैरकानूनी रुपमा अकुत सम्पत्ति जम्मा गरेको आरोपमा सम्पत्ति शुद्धीकरण विभागले उनीविरुद्ध मुद्धासमेत हाल्यो । तर, लामा केही समय जेल बसेपछि दोसो संविधानसभामा उम्मेदवारी दिएको भोलिपल्ट नै विशेष अदालतमा ३ करोड धरौटी बुझाएर छुटे ।
कम्पनी खोलेर ठेक्कापट्टा गर्दै आएका छन् । गुण्डागर्दीबाट आर्जन गरेको पैसाले उनको ललितपुरको ग्वार्को, जडिबुटी र ललितपुरमा गरी करिब ३० आना जग्गा, सिन्धुपाल्चोकको सिमाघाट मेलम्ची र सिरुवा कन्सट्रक्सनमा ७५ प्रतिशत लगानी गरेका छन् ।
kathmandutoday

शुक्रबार, १ माघ
एजेन्सी । मानिस जीव जन्तुमध्ये सबैभन्दा चेतनशिल प्राणी हो । मानिसलाई आफु अरुभन्दा सुन्दर र राम्रो हुन मन लाग्नु पनि स्वभाविक हो ।
तर, आफु कती सुन्दर वा कुरुप भन्ने कुराको बारेमा जानकारी पाउनकालागि मानिसले कुनै उपाय गर्न सक्दैन ।
केवल अरुले भनेर मात्रै यो कुराका बारेमा जानकारी पाउने हो । तर, अब एउटा यस्तो वेभसाइट विकास भएको छm जस्ले ३० सेकेण्डमै तपाईंको सुन्दरता मापन गर्ने छ ।
उक्त वेभसाइटले तपाईं सुन्दर कती हो भन्ने कुरा बताइदिनेछ । हाउ हट डट आइओ नामक वेभसाइटले यस्तो व्यवस्था गरिदिएको हो ।
अब तपाईले उक्त वेभसाइटमा आफ्नो फोटो अपलोड गरेर ३० सेकेण्ड भित्रै नतीजा पाउनु हुनेछ । एक पटक जाँच्ने की आफुलाई ? यसकालागि तपाईंले मोबाइलमा पनि एप डाउनलोड गर्न सक्नुहुनेछ ।

काठमाडौं: दोलखा केन्द्रबिन्दु भएर शुक्रबार साँझ भूकम्पको धक्का गएको छ ।
साँझ ६:५० बजे दोलखा केन्द्रविन्दु भएर ४.१ म्याग्निच्यूड क्षमताको धक्का गएको राष्ट्रिय भूकम्प मापन केन्द्रको बेवसाइटमा उल्लेख छ ।
बैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको भूकम्पपछि ४ म्याग्निच्यूडमाथिका ४ सय २३ धक्काहरु गइसकेका छन् ।

काठमाडौँ – पछिल्लो समय हावादारी प्रतिबद्धता गरेको भन्दै आलोचित बनिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि नयाँ प्रतिबद्धता जनाएका छन् । शुक्रबार थारु कल्याणकारिणी सभा उपत्यका समितिको आयोजनामा रङ्गशालाको माघी महोत्सवलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी ओलीले केही समयभित्रै काठमाडौँमा विद्युतीय रेल सञ्चालन गर्ने घोषणा गरेका हुन् ।
‘विद्युतीय बस चलाउन अभियान ल्याउँछु भनेपछि केही मानिस आत्तिएक छन्,’ प्रधानमन्त्री ओलीले भने ‘केही समयभित्रै काठमाडौँमा विद्युतीय रेल सञ्चालन गरिनेछ ।’
आजै आयोजित अर्को एक कायृक्रममा प्रधानमन्त्री ओलीले चुलोचुलोमा ग्यासको पाइपलाइन जडान, एक वर्षभित्र विद्युत् कटौतीको समाप्ति, हावाबाट ऊर्जा उत्पादन तथा उपत्यकाभित्र विद्युतीय सवारीसाधन सञ्चालनमा ल्याउन आफू प्रतिबद्ध भएको दोहोराएका थिए।
माघी महोत्सवलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संविधानले सबैलाई समान अधिकार र अवसर दिएको बताए । उनले भने, “थारु समुदायलाई संविधानले कुनै पनि विभेद् गरेको छैन, अब थारु जनताको विकास, उन्नतिका लागि सरकारले सक्दो सहयोग गर्नेछ ।”
नेपाल र नेपालीले कसैलाई अन्याय नगर्दा पनि नाकाबन्दीका कारण इन्धनलगायतका अभाव झेल्नु परेको बताउँदै प्रधानमन्त्री ओलीले यो कठिनाइको अवस्था लामो समय नरहने उल्लेख गरे ।
उन्ले विकासको रफ्तारलाई कसैले पनि रोक्न नसक्ने बताउँदै पूर्व–पश्चिम राजमार्गलाई चौडा गर्ने, द्रुत मार्गलाई चाँडै पूरा गर्ने, मध्यपहाडी राजमार्गको निर्माण कार्यलाई पूर्णता दिने बताए ।
आरोप प्रत्यारोप लगाउनेभन्दा पनि केही गरेर देखाउने समय आएको बताउँदै प्रधानमन्त्री ओलीले एकताबद्ध भएर देशलाई विकासको बाटोमा लैजानुपर्नेमा जोड दिए ।
काम गरेर देशलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्दै प्रधानमन्त्री ओलीले लोकतान्त्रिक प्रणालीमा जनता निराश हुन नपर्ने बनाए ।
पुनःनिर्माणका अभियानलाई चाँडै अघि बढाइने बताउँदै उनले भूकम्पपीडित जनतालाई राहत तथा न्यानो कपडा दिन गाउँगाउँमा पुग्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा थारु नेताले थारुको पहिचान र संस्कृतिलाई स्मरण गर्ने दिन माघीका अवसरमा शुभकामना व्यक्त गरे भने थारु समुदायका झाँकी, नृत्य एवम् खानाका परिकार प्रदर्शन गरिएको थियो । रासस

एजेन्सी । पृथ्वीमा मानव जीवन सुरक्षित हुनुको प्रमुख कारण वातावरण मानव अनुकुल हुनु हो।स्वच्छ वातावरण र पानी उपलब्ध हुनुको कारण पनि पृथ्वी विभिन्न प्राणीहरु बस्न लायक भएको हो।
सौर्यमण्डलमा पृथ्वी बाहेक अन्य बस्न लायक ग्रहहरु पनि हुन् सक्छन् भन्ने बारे लामो समय देखि अनुसन्धान पनि भैरहेको छ।भविष्यद्रष्टाहरुले १९ औं शताब्दिमा चन्द्रमामा जीवित प्राणी रहेको आशंका गरेका थिए।
तर वैज्ञानिकहरुले खोज अनुसन्धान गरेर चन्द्रमामा कुनै जीवित प्राणी नरहेको घोषणा गरेका थिए।उनीहरुले चन्द्रमामा वायुमण्डल र पानी नरहेको प्रमाणित गरेका थिए ।
आज सम्म पनि वैज्ञानिकहरु त्यो तथ्यमा अडिक छन्।वैज्ञानिकहरुले सुर्य र चन्द्रमामा बाहेक अन्य कुनै ग्रहमा भने मानिस बस्न अनुकुल वातावरण हुन सक्ने भन्दै अनुसन्धान थालेका छन्।
यो अनुसन्धानमा वैज्ञानिकहरु शनि ग्रह स्याटेलाइट टिटान र बृहस्पति ग्रह स्याटेलाइट युरोपामा अनुसन्धान गर्दा त्यहाँ जीवन रहेको हुन सक्ने आशंका गरेका छन्।ती मध्य टिटानमा जीवन रहेको हुन सक्ने सम्भावना बढी रहेको जनाएका छन्।
हामी अहिले पृथ्वीमा बसेको जस्तो जीवन त त्यहाँ छैन तर वैज्ञानिकहरुले ती ग्रहहरुमा जीवन भने रहेको दावा गरेका छन्।वैज्ञानिकहरुले भनेका छन् ,” मानिस या ठुला जीवहरु जस्ता जीवन त्यहाँ नहुन सक्छ तर साना साना किरा ,भाईरस र व्याक्टेरियाहरु भने त्यहाँ अवश्य छन्। “

१ माघ, राइपुर।
मध्यभारतीय राज्य छत्तीसगढमा शुक्रबार प्रहरी कारबाहीमा परी चारजना माओवादी कार्यकर्ता मारिएका छन् ।
सुरक्षाकर्मीसँगको दोहोरो गोली हानाहानमा ती माओवादी मारिएको समाचारमा जनाइएको छ । छत्तीसगढको जङ्गलमा सो भिडन्त भएको थियो ।
उक्त राज्यको सदरमुकाम राइपुरबाट ४७० किलोमीटर टाढा रहेको बिजापुर जङ्गलमा सो भिडन्त भएको अधिकारीहरुले जनाएका छन् ।
शुक्रबार बिहानै प्रहरीसँग भिडन्त भएको थियो । भिडन्तपछि जङ्गलमा एक महिला र तीनजना पुरुषको शव भेटिएको प्रहरीले जनाएको छ ।
सो स्थलमा केही हतियार पनि फेला परेको प्रहरीले जनाएको छ । बिजापुरका प्रहरी प्रमुख कन्यैला लाल ध्रुबले सो भिडन्तमा प्रहरीतर्फ भने कोही पनि हताहत नभएको जनाएका एएफपीले बताएको छ ।
गएको करिब दुई दशकदेखि सो क्षेत्रमा माओवादीको प्रभाव रहेको बताइन्छ । पिछडिएको राज्यमा माओवादीले संगठन विस्तार गरिरहेको बताइन्छ ।nepaliheadlines

काठमाडौं । यतीबेला संसदमा संविधान संशोधन विधेयक विचाराधीन अवस्थामा छ । छिमेकी मुलुक भारतले यो विधेयक मधेसी मोर्चाको समेत सहमतिमा शिध्राति शिध्रा पारित नगरिए यसको परिणाम भयंकर हुने चेतावनी दिएको छ ।
कुटनीतिक तवरबाट प्रधानमन्त्री ओलीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यस्तो सन्देश पठाइरहेका छन् । भारतले वीरगञ्ज लगायतका सबै नाका सहज रुपमा खोलेर ढुवानी व्यवस्था राम्रो नबनाएसम्म भारत नजाने बचन दिएका ओलीमाथि मोदीले कडा चेतावनी पठाएको बताइन्छ ।
मंगलबार साँझ मोदीले सुरक्षा सल्लाहकार अजित डेभल सहितको आफ्ना खास कोटरीका सल्लाहकारहरुसँग यो विषयमा परामर्श गरेर ओलीलाई सन्देश पठाएको बताइन्छ । बुधबार भारतीय राजदुतको गोप्य दौड र बिहीबार प्रधानमन्त्रीसँगको छलफलमा यो सन्देश सुनाएको बताइएको छ ।
भारतले पठाएको सन्देशमा मोर्चाको सहमतिमा संविधान संशोधन विधेयक अब बस्ने संसदबाट पारित नगरिए सम्बन्ध बिग्रनसक्ने उल्लेख गरिएको छ भारतीय प्रधानमन्त्रीले यो विषयमा विदेशमन्त्री सुष्मा स्वराज, सचिव एस जयशंकर र नेपालकालागि भारतीय राजदुत रणजित रायलाई पनि जानकारी गराइसकेका छन् र राय यही विजष्षय लिएर काठमाडौंमा दौडिरहेका छन् । मोदीकै आग्रहमा उनीहरुले दिल्लीमा रहेका सद्भावना अध्यक्ष राजेन्द्र महतोसँग भेटवार्ता गरेका थिए ।
भारतका लागि नेपाली राजदुत दिपकुमार उपाध्याय मार्फत् भारतले संविधान संशोधन विधेयक छिटो पारित गर्नकालागि सन्देश समेत पठाएको थियो । महतोलाई भेटेपछि भारतीय संस्थापन पक्षले मधेसी मोर्चाका सहि माग पुरा गर्न र गलतलाई गलत भनेर जान पनि ओली सरकारलाई सन्देश पठाएको छ ।
भारतले वीरगञ्ज नाकामा आन्दोलनकारी नहुँदा समेत सामान ढुवानीमा असहयोग गरिरहेको छ । यसको एक मात्रै कारण विधेयक पारित होस् भन्ने नै रहेको बताइएको छ । तर, भारतमा रहेका महतो र भारत जान लागेका महन्थ ठाकुरहरुका कारण माहौल बिग्रन सक्ने पनि आंकलन गरिएको छ ।
यस्तो बेला भारतले ठाकुरको पनि कुरा सुन्न चाहेको र उनी उपचारको बाहनामा भारत जान लागेको बताइन्छ । भारतले मोर्चाको माग अनुसार संविधान संशोधन अघि नबढाए अरु नाका पनि कडाई गर्ने तयारी गरिरहेको भारतीय सञ्चार माध्यमहरुले समेत समाचार लेखिरहेका छन् ।
आफैंले लगाएको नाकाबन्दीका कारण संकटमा परेको मोदी सरकारले संविधान संशोधनको बाहनामा मोर्चालाई नाका छाड्न लगाउने र ढुवानी नियमित गराउने दाउ खोज्दा पनि राजनीतिक सहमति बन्न सकेको छैन । यस्तो अवस्थामा मोदीको झड्कामुलक सन्देशले प्रधानमन्त्री ओलीलाई आपत् पारेको छ भने सहमतिकालागि ओलीको सक्रियता बढेको छ ।

काठमाण्डु, १ माघ– नेपालमा गत वैशाख १२ गते गएको भूकम्पका कारण करिब १४ जिल्लाहरु नराम्रोसँग प्रभावित भए । त्यसमा बाक्लो जनघनत्व भएको काठमाण्डु उपत्यकामा समेत नराम्रो प्रभाव पर्न गयो । गोरखा, नुवाकोट, सिन्धुपाल्चोक र दोलखा लगायतका जिल्लाहरु त ध्वस्त नै भए । विशेषगरी पहाडी इलाकालाई नराम्रोसँग प्रभावित पारेको यो भूकम्पपछि काठमाण्डु उपत्यकाको स्थितिचाहि अहिले कस्तो छ त ? भूगर्भविदहरुले यसको निरन्तर खोज र अनुसन्धान गरिरहेका छन् ।
वास्तवमा काठमाण्डु उपत्यका भूकम्पको उच्च जोखिममा रहेका संसारकै जोखिमयुक्त शहरहरुमध्ये एक भएको भूगर्भविदहरुले यसअघि पनि दाबी गर्दै आइरहेका छन् । वैशाखमा गएको विनाशकारी गोरखा भूकम्पपछि पनि काठमाण्डु उपत्यकामा जोखिम कायमै रहेको बताइएको छ ।
कुनै पनि स्थानमा एकपटक भयानक भूकम्प गएको एक शताब्दीसम्म त्यसको जोखिम टर्ने गरेको बताइएपनि काठमाण्डु उपत्यकाको सवालमा भने उक्त सैद्धाान्तिक विज्ञान लागू नहुने अनुसन्धानहरुले औंल्याएका छन् । काठमाण्डु उपत्यकाको सवालमा भने ठूलो भूकम्प गएको एकदेखि दशवर्षभित्र निकै ठूलो भूकम्प जाने भूगर्भविदहरुले बताएका छन् । केही दिनअघि अन्तर्राष्ट्रिय सञ्चारमाध्याम एएफपीले ‘नेचर जिओसाइन्स’ नामको जर्नलमा प्रकाशित एक महत्वपूर्ण रिपोर्टलाई आधार मानेर काठमाण्डु उपत्यकामुनिको चट्टान अझै पनि स्थिर नभइसकेकोले त्यहाँ ठूलो भूकम्पको जोखिम कायमै रहेको दाबी गरेको छ । उपत्यकाको जमिनमूनिको भाग निरन्तर दबाबमा रहेकोले यो जोखिम कायमै रहेको बताइएको छ ।
यस्तो छ, काठमाण्डु उपत्यकामूनिको जमिनको स्थितिः
प्राचीन इतिहासमा काठमाण्डु उपत्यका आफैमा एक तलाउ हो । यहाँको माटो उर्वरायुक्त छ र जमिनको सतहपनि तलाउले खियाएर बनेको छ । भूकम्पका कारण जमिनमाथिको सतहमा कुनै प्रभाव नपर्ने भएतापनि वैशाखमा गएको भूकम्पपछि जमिनमूनिको फल्टाइन फुट्दा त्यसको असर माथिसम्म पुग्न नसकेको अक्सफोर्ड विश्वविद्यालयका प्रोफेसर भूगर्भविद इलियटले जिसोसाइन्समा उल्लेख गरेका छन् ।
उनले भनेका छन्, ‘वैशाखमा गएको भूकम्पका कारण काठमाण्डु उपत्यकामूनिको चट्टान फुट्दा उपत्यकाको सतहबाट ११ किलोमिटर मुनीसम्म मात्रै चिरा परेको थियो । अघिल्लो पटक नफुटेको भाग अहिले निरन्तर दबाबमा छ । यो सतहबाट धेरै नजिक भएकोले भविष्यमा एकैचोटी फुट्यो भने काठमाण्डुमा पहिले भन्दा धेरै ठूलो हलचलको जाखिम देखिन सक्छ ।’
उनले अर्को भूकम्प कहिले जाने भनेर किटान भने गरेका छैनन् । यो जोखिमबाट सतर्कता अप्नाउनु नै सबैभन्दा ठूलो कुरा हो, उनले भनेका छन् ।
पछिल्लो समयमा भूउपग्रहबाट खिचिएका हाइ रिजोलुसनयुक्त तस्वीरहरुले भूकम्पको सानो परिमाणमात्र सतहसम्म पुगेको देखाएको छ । यसअघि पनि जियोसाइन्सकै एक प्रतिवेदनले वैशाख र जेठमा गएको भूकम्पले सो फल्टलाइन जम्मा भएको दवाव आंशिक रुपमा मात्र निस्किएको भनेर चेतावनी दिएको थियो ।
विशाल जनघनत्व भएको काठमाण्डु उपत्यका र यसको वरिपरि केन्द्र बनाएर वैशाखमा गएको भूकम्पभन्दा ठूलो भूकम्प गएमा ठूलो जनधनको क्षति हुनसक्ने भएकाले यसतर्फ बेलैमा सचेतता अप्नाउन जरुरी देखिन्छ ।

मधेसी जनता जुन उद्देश्य साथ आन्दोलित भएका छन्, न त्यो सही रुपमा राज्यसम्म पुग्न सकेको छ, न त राज्यले मधेसी जनताको मागलाई सही ढंगले बुझ्ने प्रयास गरेको छ । यसको मुख्य कारण भनेको राजनीतिक दलको आवरणमा काम गर्ने बिचौलियाहरू हुन् ।
मूलधारका राजनीतिक दलहरू विगत लामो समयदेखि गैरमधेसीलाई केन्द्रमा राखेर शासन–प्रशासन गर्दै आएका छन् भने मधेसकेन्द्रित पार्टी नेतृत्वको उद्देश्य र कार्यशैलीबीचको आकाश जमिनको भिन्नता रहेको छ । जसकारण मधेसी जनता सधैँ प्रयोग र बहिष्कारको राजनीतिको बीच बाँच्न बाध्य छन् । मधेसी जनता पटक—पटक ठगिएका छन् । ०६३ सालअघि नेपाली कांग्रेस र नेकपा एमालेलगायत पार्टीबाट मधेसी जनता ठगिएका थिए भने, ०६३ को परिवर्तनपछि मधेसकेन्द्रित पार्टीहरूबाटै ठगिए । पहिलो मधेस आन्दोलनमा ५४ जनाले सहादत दिएपछि मधेसकेन्द्रित पार्टीहरूले ५६ वटा मन्त्रालय त पाए, तर मधेसी जनताको माग पूरा गर्ने वा उनीहरूलाई गर्व गर्न सक्ने कुनै पनि काम गर्न सकेनन् । अर्थात्, सधैँ मधेसी जनताको मागलाई थाती राख्दै त्यसैमा टेकेर सिंहदरबारसँग नजिक रहने मात्र उद्देश्य मधेसी नेताहरूले राखे । यसले गर्दा मधेसी जनता थप दमन र विभेदमा परे ।
असोज ४ गते दोस्रो संविधानसभाबाट संविधान आयो, तर संविधानमा मधेसी जनताका लागि के छ भन्ने कुरा राज्यले बुझाउनैसकेन । संविधानमा के छैन भन्ने कुरालाई लिएर मात्र मधेसी जनतालाई उचाल्ने काम गरियो । नयाँ संविधानबाट आफूमाथि भइरहेको विभेद अन्त्य गर्ने सपना बोकेका जनतालाई यसले झन् आक्रोशित बनायो र ‘अभी नही तो कभी नही’ भन्ने भावनाका साथ आन्दोलन सुरु भयो । मधेस आन्दोलन सुरु भएको आज एक सय ५३ दिन पुगिसक्यो भने सीमा अवरोध हुन थालेको एक सय १४ दिन भइसक्यो । यसबीच आन्दोलनरत मधेसी मोर्चा र राज्यबीच करिब २४ पटक बैठक बसिसक्यो, तर अझै निष्कर्ष केही आउन सकेको छैन । यसले बिस्तारै जनताको राज्य र राज्यका प्रतिनिधिप्रतिको विश्वास हराउँदै गएको छ भने राजनीतिक नेतृत्वप्रति घृणा बढाउँदै गएको छ । त्यसमा पनि व्याप्त हत्या र हिंसाले जनताको आक्रोश बढ्दै गएको छ । यसरी बिस्तारै संघीयता र गणतन्त्रप्रति जनताको विश्वास हराउँदै जाने डर पनि पैदा भएको छ । समानता र समन्यायको चाहना राखेर आन्दोलनमा उत्रेका मधेसी जनतामाथि हत्या र हिंसा मच्याएर राज्यले आफ्नो एक प्रकारको उद्देश्य पूर्ति गर्ने र मधेसकेन्द्रित दलहरूले पनि त्यही लास गनेर सिंहदरबार नजिक पुग्ने उद्देश्य राखेको ०६२/६३ को आन्दोलनपछिका घटनाक्रमले नै पुष्टि गरिसकेको छ । राज्य र मधेसी मोर्चा दुवैको उद्देश्य मधेसको समस्या समाधान नगर्ने भएको हुँदा आजको समस्या यति विकराल बनेको हो ।
के हो मधेसी जनताको माग ?
मधेसी जनता र मधेसी नेतृत्वको मागमा एकरूपता देखिएको छैन । जस्तो, अंगीकृत नागरिकताले राज्यको प्रमुख अंगमा प्रतिनिधित्व गर्न पाउनुपर्छ, वा तीनवटा जिल्ला (सुनसरी, मोरङ र झापा) प्रदेश नम्बर २ मा मिलाइदेऊ भन्ने माग मधेसी जनताको होइन । क्षेत्र बढ्दैमा घट्दैमा केही हुने होइन, तर मधेसी नेतृत्वले पदीय संरचनाहरू बढाउनका लागि यस्तो माग अघि सारेका छन् । मधेसी मोर्चाले जतिवटा जिल्ला पाएका छन्, त्यही जिल्लामा सुशासन कायम गरेर र विकास गरेर देखाउन सक्नुपर्छ । प्रदेश नम्बर २ लाई नेपालका अन्य प्रदेशको तुलनामा उत्कृष्ट प्रदेश बनाउने हो भने अन्य प्रदेशका birgunj madhesh protest (6)नागरिकहरू स्वतः प्रदेश नम्बर २ मा आउनका लागि आकर्षित र आन्दोलित हुनेछन् । त्यहाँ आएर जग्गा किन्नेछन्, त्यहाँ बसोबास गर्नेछन् र गौरवान्वित महसुस गर्नेछन् । पाएको प्रदेशलाई समृद्ध बनाउन छाडेर मलाई अर्को तीनवटा जिल्ला दे भनेर यहाँ माग्नु मुलुकलाई द्वन्द्वरत राखिराख्ने चाहना मात्र हो । यो आममधेसी जनताको माग हुँदै होइन । यो नेताका माग मात्र हुन् । कुनै तेस्रो शक्तिलाई स्थापित गराउन यस्तो माग अघि सारिँदै छ कि भन्ने आशंका पैदा हुन थालेको छ । मधेसी मोर्चाका नेतालाई उनीहरूको वास्तविक शक्ति कति छ भनेर थाहा छ । त्यही भएर उनीहरू अहिले द्वन्द्वलाई लम्बाएर मधेसमा अझै धेरै लासको संख्या बढाएर र अलगावको भावनालाई बढाएर अर्को चुनावमा बढी मत ल्याउने रणनीतिमा रहेको देखिन्छ । मधेसमा द्वन्द्व लम्बाएर भारत र चीनबाहेकका शक्तिलाई मधेसमा स्थान दिन खोजिएको पनि हुन सक्छ । त्यस्तै देशलाई अशान्त र आक्रान्त राखेर अहिलेको व्यवस्थाभन्दा पहिलेकै व्यवस्था ठीक भन्ने भावना बढाउन यस्तो गरिएको हुन सक्छ ।
मधेसको नेतृत्व र आन्दोलनको भविष्य
मधेसमा अहिले चार प्रकारका राजनीतिक नेतृत्व सक्रिय छन्, जसमा मधेसकेन्द्रित ब्यानरभित्र तीन किसिमका र त्यसभन्दा बाहिर एक किसिमका राजनीतिक नेतृत्व रहेका छन् । मधेसकेन्द्रित ब्यानरभित्र पहिलो समर्पणवादी, दोस्रो संशोधनवादी र तेस्रो अलगाववादी राजनीतिक नेतृत्व रहेको छ । समर्पणवादी राजनीतिक नेतृत्व जुनसुकै उद्देश्यका साथ भए पनि सरकारमा नै बसिरहन चाहन्छ, चाहे त्यो मधेसमाथि दमन गरेर होस् या आफ्नै सरकारलाई ज्ञापनपत्र बुझाएर होस् । अर्को संशोधनवादी राजनीतिक नेतृत्व छ, जो पटकपटक सम्झौता गर्छ, सरकारमा जान्छ र पछि आफूले नै गरेको सम्झौता बिर्सन्छ । तर, जनतालाई भने राज्यले गरेको सम्झौता सम्झाइराख्छ । यहाँ के बुझ्न जरुरी छ भने, हालसम्म दुई थरीका सम्झौता भएका छन्, एउटा सरकारले मधेसी नेताहरूसँग गरेको र अर्को मधेसी नेताले पहाडी नेताहरूसँग गरेको । उदाहरणका लागि संयुक्त लोकतान्त्रिक मोर्चा एमाओवादी अध्यक्ष प्रचण्डसँग सम्झौता गरेर सरकारमा गयो । पछि त्यस्तै सम्झौता मोर्चाका दलहरूले एमालेका नेता माधव नेपाल र झलनाथ खनालसँग गर्यो र अन्तिममा डा. बाबुराम भट्टराईसँग गर्यो । ती नेताहरूसँग गरेको सम्झौता मोर्चाका नेतालाई याद छैन, उहाँहरूलाई याद छ त केवल राज्यसँग गरेको आठबुँदे र २२ बुँदे सम्झौता । यस्ता संशोधनवादी राजनीतिक नेतृत्वको अन्तिम उद्देश्य पनि सत्ता हुन्छ । त्यसैगरी अलगाबवादी राजनीतिक नेतृत्व यो राज्यमा मधेसी जनताले आफ्नो अधिकार पाउन सक्दैनन् र सधैँ बलिदानी मात्र दिइराख्नुपर्छ भन्ने ठान्छन् र पृथकधारबाट अघि बढ्न खोज्छन् । यसमा पनि एउटा सशस्त्र रूपमा र अर्को हतियारबिना अघि बढिरहेको छ । गोइतलगायतहरू सशस्त्र संघर्ष गर्दै छन् भने सिके राउतहरू वैचारिक संघर्ष अघि बढाउँदै छन् ।
morchaयसमा चौथो राजनीतिक नेतृत्व भनेको प्रयोगवादी रहेको छ, जसमा कांग्रेस, एमाले, माओवादी, राप्रपा आदि दलहरू पर्छन् । उनीहरू निर्वाचनमा मतका लागि मधेसी जनतालाई प्रयोग गर्छन् । एक दिनका लागि मधेसी जनताको घर दैलो चहार्छन्, नेपाली बनाउँछन् र जब चुनाव जितेर जान्छन्, उनीहरूका लागि मधेसी जनताको मुद्दा सरोकारको विषय हुँदैन । यी प्रयोगवादी राजनीतिक नेतृत्वको बुझाइमा मधेसको समस्या मधेसी दलको समस्या हो । दोस्रो संविधानसभाको निर्वाचनलाई नै हेर्ने हो भने मधेसका २२ जिल्लाका एक सय २३ सिटमध्ये ५५ स्थानमा नेपाली कांग्रेसले, ४० मा नेकपा एमालेले, १२ मा माओवादीले र सबै मधेसकेन्द्रित दलहरू मिलेर १२ स्थानमा चुनाव जितेका छन् । जसले मधेसबाट सबैभन्दा बढी मत ल्यायो, त्यो पार्टी मधेसप्रति सबैभन्दा बढी जिम्मेवार हुनपर्ने होइन र ? तर, मधेसका जनता मारिँदा, मधेसका जनता अप्ठेरोमा पर्दा कांग्रेस, एमाले, माओवादीलाई कुनै सरोकार हुँदैन । यसले यिनीहरूको मधेसी जनतासँगको सम्बन्ध मतसम्म मात्र सीमित रहेछ भन्ने प्रस्ट हुन्छ । यी चार प्रकारका राजनीतिक नेतृत्वको चंगुलमा मधेसी जनता फसेका छन् ।
यसले गर्दा मधेसमा आक्रोश बढ्दो छ, जुन राष्ट्रको हितका लागि शुभसंकेत होइन । जब कुनै व्यक्तिले आफ्नो जात र सामुदायको आधारमा विभेदमा परेको अनुभूति गर्छ, त्यसले राष्ट्रको अखण्डता कमजोर पार्छ । आज राज्यले संविधानबारे बुझाउन करोडौं रुपैयाँ खर्च गरिरहेको छ । तर, मधेसी जनताले त्यसलाई पत्याइरहेका छैनन् । संविधानको दस्तावेजमा लेखिएको कुरा पनि उनीहरूलाई विश्वास गर्न गाह्रो भइरहेको छ । किनभने, मधेसी जनताको राज्यमाथि विश्वास हराउँदै गएको छ । मधेसमा बिस्तारै नश्लवाद सुरु भइसकेको छ । अहिले नेता, बुद्धिजीवी, पत्रकार आदि भन्नुभन्दा पनि पहिले उनीहरू पहाडका हुन्, या मधेसका हुन् भनेर छुट्याइन्छ । उनीहरूको विचारभन्दा पनि उनीहरूको थरको आधारमा सोच बनाउने स्थिति निर्माण भइसकेको छ । नेताहरूले हामीलाई समुदायका हिसाबले बाँडिसकेका छन् । मधेस र पहाडबीच लामो द्वन्द्वको बिऊ रोपिसकिएको छ ।
मधेसी नेतृत्व आफ्नो उद्देश्य र रणनीतिबारे स्पष्ट नै छैनन् । अहिले मोर्चाले गरेकोजस्तै सीमा अवरोध पहिले राजाहरूको पालामा हुन्थ्यो, जहाँ एउटा राजाले अर्को राजासँग युद्ध गर्दा पानीको मुहानसम्म बन्द गर्थे । ताकि त्यहाँका नागरिक पानीसम्म खान नपाएर मरोस् र राजा बाध्य भएर झुक्न बाध्य होस् । मधेसमा अहिले त्यही भइरहेको छ, त्यो आन्दोलन नभएर अघोषित युद्ध हो । यहाँ पहाडे र मधेसी समुदाय दुवैसँग नेपालका नेताहरूले युद्ध गरिरहेका छन् ।
मधेसी नेतृत्व : पैसा, पावर र परिवार
नेपालमै रहेर पनि मधेसका जनताले नेपालीसरह समान अवसर र सम्मान पाएनन् भनेर २००८ सालमा नै तराई कांग्रेस पार्टी खुल्यो । त्यसपछि २०१५ मा मधेस जनक्रान्तिकारी दल खुल्यो भने अहिले २० वटा दल मधेसको नाममा सक्रिय रहेको छ । विडम्बना मधेसी जनता समानता र समन्यायका लागि सधैँ आन्दोलित भइरहने र सहादत दिइराख्ने तर मधेसी नेतृत्वको चाहना र माग भने फरक हुने देखियो । ०६२/६३ पछि मधेसी नेतृत्वको उद्देश्य र कार्यशैली तीनवटा कुरामा टिकेको देखियो— पैसा, पावर र परिवार । मधेसी जनताले पहिलो संविधानसभामा मधेसी नेतृत्वलाई मत दिए, तर त्यो मत श्रीमती, छोराछोरी र आफन्तको नाममा खर्च गरियो । त्यही भएर दोस्रो संविधानसभाको निर्वाचनसम्म पुग्दा मधेसी जनताले मधेसी नेतृत्वलाई नपत्याएकै हो । ५२ वटा सिट जितेको मधेसी जनअधिकार फोरम एकाएक प्रत्यक्षमा दुई सिटमा झर्यो, सद्भावनाजस्तो पुरानो पार्टीले पनि जम्मा दुई सिट ल्यायो । मधेसी जनताको मुद्दा र राजनीतिक नेतृत्वको मुद्दामा भिन्नता रहेछ भन्ने प्रस्ट देखियो ।
अझै पनि काठमाडौंमा रहेका मधेसी दल केही पार्टी र दूतावासको ढोकाभन्दा बाहिर आउन सकेका छैनन् । यदि उनीहरूले सीमानाका बन्द गर्न आह्वान गरेका हुन् भने उनीहरू विभिन्न नाकामा गएर किन बस्दैनन् ? उनीहरू त केवल सेल्फी खिचाउनका लागि नाका पुग्छन् । तस्बिर खिच्छन्, समाजिक सञ्जालमा हाल्छन्, त्यही कुरा समाचारमा दिन्छन् र हिँडिहाल्छन् । पूरै मधेस हाम्रो हो भन्ने नेताहरू वीरगन्जबाहेकका नाकामा किन छैनन् ? २० वटा दलहरू छन्, मोर्चाभित्रै चारवटा पार्टीहरू छन् । किन एक–एकजना अध्यक्ष चारवटा नाकामा बस्दैनन् ? अधिकांश मधेसी नेताका परिवार काठमाडौंमा छन्, त्यही भएर उनीहरूलाई मधेसमा स्कुल बन्द हुँदा, अस्पतालमा औषधि सकिँदा, यातायात बन्द हुँदा केही असर गर्दैन । मधेसी नेता जनताका साथमा छैनन्, जनताको मुद्दासँग छैनन्, संघर्षसँग छैनन् । सत्तामा नपुगुन्जेल मात्र हो, नत्र मधेसी नेतृत्व सत्तामा पुग्नेबित्तिकै मधेसको माटोलाई चटक्कै बिर्सन्छन् । बोलीमा मधेसको कुरा गरे पनि यिनीहरूको कार्यशैली मधेसमुखी छैनन् । त्यही भएर मधेसका जनतालाई अझै यो नेतृत्वप्रति विश्वास छैन ।
आन्दोलन होइन, अघोषित युद्ध
मधेसका सामान्य आफ्ना नेताबाट तीनवटा कुरा चाहन्छन्, प्रष्टता, निष्पक्षता र विश्वसनिता । जुन अहिलेको नेतृत्वमा देखिएको छैन । यिनीहरूका वर्ग शत्रु को हुन् भन्ने कुराको प्रष्टता छैन । यदी मधेसमाथि भइरहेको विभेदको मुख्य कारक राज्य हो भने मधेसी मोर्चा र पार्टीहरूको आन्दोलन सिंहदरबार र संविधानसभा भवनकेन्द्रित हुनुपथ्र्यो । यदि मधेसमाथि शोषण पहाडी नेता र दलहरूले गरेका birgunj madhesh protest (19)हुन् भने उनीहरूको आन्दोलन कांग्रेस–एमालेलगायत पार्टी कार्यालयमा हुनुपथ्र्यो । यदि मधेसका शोषक काठमाडौं लगायत जुम्ला, हुम्ला र सिन्धुपाल्चोकका पहाडे हुन् भने उनीहरूले गरेको सीमा अवरोध सही हो । तर, यहाँ मधेसी नेतृत्व आफ्नो उद्देश्य र रणनीतिबारे स्पष्ट नै छैनन् । अहिले मोर्चाले गरेकोजस्तै सीमा अवरोध पहिले राजाहरूको पालामा हुन्थ्यो, जहाँ एउटा राजाले अर्को राजासँग युद्ध गर्दा पानीको मुहानसम्म बन्द गर्थे । ताकि त्यहाँका नागरिक पानीसम्म खान नपाएर मरोस् र राजा बाध्य भएर झुक्न बाध्य होस् । मधेसमा अहिले त्यही भइरहेको छ, त्यो आन्दोलन नभएर अघोषित युद्ध हो । यहाँ पहाडे र मधेसी समुदाय दुवैसँग नेपालका नेताहरूले युद्ध गरिरहेका छन् । जनताको चुलो थुनेर राजनीति गर्छु भन्नु सरासर नाजायज कुरा हो । हाम्रो शत्रु भनेको पहाडी समुदाय होइन, हाम्रो शत्रु भनेको राज्यसत्ता हो । यसविरुद्ध सिंहदरबार र संविधानसभा अवरुद्ध पार्नुपर्ने हो । तर, यहाँ मधेसको शिक्षा, स्वास्थ्य, यातायात बन्द गरेर मधेसकै जनताको जनजीवन नर्क बनाउने काम भइरहेको छ, इन्धन अवरुद्ध गरेर पहाडी/मधेसी दुवै समुदायको जनजीवन नर्क बनाउने काम भइरहेको छ । यो गलत र निन्दनीय छ ।
राज्य अमूर्त हुँदैन
०६४ सालमा राज्यले गरेको आठ बुँदे र २२ बुँदे नमानेको कारण मधेसी नेतृत्व आन्दोलनमा होमिएका हुन् भने उनीहरूले ०६५ सालमा नै सरकार छाडिदिनुपथ्र्यो । तर, उहाँहरूले कहिले पनि सत्ता छाड्नुभएन । कुनै न कुनै मधेसी पार्टी सत्तामा रहँदै आइरहेको छ । राज्यसँग जे–जति सम्झौताहरू गरेका छन्, त्यो पूरा गराउने हरेक मन्त्रालय मधेसी नेताहरूले पाएका छन् । राज्य भनेको अर्मूत हुँदैन । राज्य भनेको सरकार हो, सरकारमा रहेका मन्त्रीहरू हुन्, राज्यका विभिन्न निकायमा रहेका व्यक्तिहरू हुन् । आफैँ राज्यको अंग बनेर सरकारमा रहँदा केही नगर्ने अनि राज्यले विभेद गर्यो भन्ने मिल्छ ? जस्तो, राज्यले मधेसमा सडक विस्तार गरेन भन्ने तर आफैं भौतिक योजनामन्त्री हुँदा किन काम गरिएन ? मधेसमा शिक्षा छैन भन्नेहरू आफैं शिक्षामन्त्री हुँदा किन केही काम गरेनन् ?
मधेसमा जति पनि गैरमधेसी नागरिकहरू छन्, उनीहरूका मुद्दा पनि मधेसी नेतृत्वले उठान गर्न सक्नुपथ्र्यो । त्यो हुन सकेको छैन । मधेस आन्दोलनले मधेसी समुदायले त अधिकार प्राप्त गर्लान् । तर, भोलि यही मधेसी नेतृत्वविरुद्ध गैरमधेसीहरू आन्दोलनमा उत्रने सम्भावना रहन्छ । अहिले विभेदको विरुद्ध लड्नेहरू आफैं विभेद गर्दै छन् । यसले अर्को युद्धको बीउ मात्र रोप्ने काम गर्दै छ ।
अहिले आठबुँदे र २२ बुँदे सम्झौताको मात्र कुरा हुन्छ । सम्झौताकै कुरा गर्ने हो भने ०५० पुस ५ गते श्री ५ को सरकार र सद्भावना पार्टीबीच चारबुँदे सम्झौता भएको छ । ०५५ कात्तिक २६ गते श्री ५ को सरकार र सद्भावना पार्टीबीच तीनबुँदे सम्झौता भएको छ । मन्त्री भएर पनि ती सम्झौता लागू गराउन नसक्ने हो भने त्यतिबेला नै सत्ता छाड्न सक्नुपथ्र्यो । उहाँहरूले न सम्झौता लागू गर्नुभयो, न त सत्ता नै छाड्नु भयो । तर, यहाँ केसम्म गरियो भने, नेपाली सेना मधेसी समुदायको सामूहिक प्रवेश गराउने गरी सम्झौताअनुरूप तत्कालीन रक्षामन्त्री शरतसिंह भण्डारीले प्रयास गर्दा मधेसी मोर्चाकै नेताहरू असहयोग गरेका थिए । जसले गर्दा उहाँले सत्ता छाड्नुपर्यो । जुन सशस्त्र समूहको अप्रत्यक्ष सहयोगका कारण मधेसी मोर्चाले पहिलो संविधानसभामा ठूलो मत ल्याएको थियो । पछि, सरकारमा गएपछि उहाँहरूले विशेष सुरक्षा नीति लागू गराएर मधेसमा दुई सय ८१ जना मधेसी युवाको हत्या गराइयो । यसरी सत्तामा जाँदा ५४ वटा हत्या, सत्तामा गइसकेपछि दुई सय ८१ वटा हत्या र सत्ता छाडेपछि अहिले ५२ जनाको हत्या भइसकेको छ । यति भइसकेपछि यदि उहाँहरूले अझै पनि सरकारमाथि मात्र प्रश्न उठाउनुहुन्छ भने यो उहाँहरूको नैतिकतामाथि नै प्रश्न हो ।
मधेसमा गैरमधेसीहरूको प्रश्न
मधेसमा जति पनि गैरमधेसी नागरिकहरू छन्, उनीहरूका मुद्दा पनि मधेसी नेतृत्वले उठान गर्न सक्नुपथ्र्यो । त्यो हुन सकेको छैन । मधेस आन्दोलनले मधेसी समुदायले त अधिकार प्राप्त गर्लान् । तर, भोलि यही मधेसी नेतृत्वविरुद्ध गैरमधेसीहरू आन्दोलनमा उत्रने सम्भावना रहन्छ । अहिले विभेदको विरुद्ध लड्नेहरू आफैं विभेद गर्दै छन् । यसले अर्को युद्धको बीउ मात्र रोप्ने काम गर्दै छ । मधेसी मोर्चाको जति पनि वार्ता समितिहरू गठन भएका छन्, त्यसमा गैरमधेसी मूलका पात्र हुँदैनन्, महिला हुँदैनन् । जब कि मधेसमा ५० प्रतिशतभन्दा बढी महिला रहेका छन् । यसले के देखाउँछ भने मधेसी नेतृत्वको सोच आफैं विभेदकारी रहेको छ । अधिकांश नेताहरूको सोच सामन्ती प्रवृत्तिको रहेको छ । यो आन्दोलन कुनै पार्टी विशेषको नभएर समग्र मधेसको हो । त्यही भएर मधेसी नेतृत्वले मधेसमा रहेका हरेक वर्ग र समुदायसँग छलफल गरेर उनीहरूको एकीकृत मागलाई सरकारसम्म लानुपथ्र्यो । तर, यहाँ चारजना नेता बस्छन्, एक प्रकारको माग तयार गर्छन् र सरकारलाई बुझाउँछन् । उहाँहरू जुन कुरामा कांग्रेस–एमाले–माओवादी सच्चियोस् भन्ने चाहनुहुन्छ, त्यो कुरा आफैंमा भने लागू गर्नुहुन्न । तीनवटा जिल्ला प्रदेश नम्बर दुईमा मिसिन चाहन्छन् वा चाहँदैनन् भनेर त्यहाँका जनतालाई सोध्नुहुँदैन । दुई नम्बर प्रदेशका जनतालाई झापा, मोरङ र सुनसरी चाहिएको छ वा छैन भनेर सोध्नुहुँदैन । यस्तो संवदेनशील विषयमा जनतालाई सोध्नुपर्दैन ?
मधेस आन्दोलनको निकास
सबैभन्दा पहिला सरकारले देशका ७५ जिल्लाका नागरिक नेपाली हुन् भनेर सोच्नुपर्छ । अहिले केपी ओली सरकारकै कुरा गर्दा उहाँ आफू मधेसप्रति संवदेनशील छु, भन्नुहुन्छ, तर उहाँले गरेका नियुक्तिमा दुई प्रतिशत पनि मधेसी छैनन् । उहाँको आफ्नै सल्लाहकार टोलीमा मधेसीहरू कतिजना छन् ? विचार एउटा तर प्रयोग अर्को भयो भने त्यसले द्वन्द्व नै निम्ताउँछ ।
अहिलेको समस्या साँच्चै नै समाधान गर्ने हो भने सरकारले मधेसी दलहरूसँग गरिएका तमाम सम्झौताहरू एउटा टेबलमा राखेर लागू भएका बुँदा, लागू गर्न सकिने बुँदा र पूरा गर्न नसकिने बुँदा स्पष्ट पार्नुपर्छ, कारणसहित । सरकारले आफ्नो नागरिकलाई यो कुरा प्रस्टताका साथ भन्न सक्नुपर्छ, कि हामीले यो माग यस कारण लागू सक्दैनौं । राष्ट्रिय एकता, अण्डता, साझा विकास या सामथ्र्यमा असर morcha bartaपर्ने वा अरु जुनसुकै जायज कारण भए पनि आफ्ना नागरिकलाई बुझाउन सक्नुपर्छ । किनभने, मधेसी जनता भनेका नेपाल बाहिरका नागरिक होइनन् ।
त्यस्तै, बौद्धिक समुदाय, मिडियालगायतले सरकार र मधेसी नेतृत्वले गरेको राम्रा काम र कमजोरी दुवै पारदर्शी रूपमा बाहिर ल्याइदिनुपर्छ । यहाँ के भएको छ भने, मधेस आन्दोलनलाई विखण्डकारी भनेर आरोप लगाउने र प्रमाणित गर्ने काम मात्र भएको छ । समस्याको जडलाई पहिचान नगरी आन्दोलनलाई भारतसँग जोड्ने काम मात्र भइरहेको छ, जुन गलत छ । यो देशभित्रको आन्दोलन हो र यसलाई हामी नेपालीले नै समाधान गर्नुपर्छ । जबसम्म हामी द्वन्द्वरत रहन्छौं, तेस्रो शक्तिले यहाँ खेल्ने अवसर पाइरहन्छ ।
राज्यले आफ्नो नागरिकलाई केही कुरा दिनका लागि बिचौलिया खोजिराख्नुपर्दैन । किनभने, राज्यसँग हरेक जिल्लामा त्यस्ता संयन्त्रहरू पहिले नै छन् । होइन, नेताहरूकै माध्यमबाट त्यो अधिकार दिन खोजेको हो भने मधेसमा आन्दोलनमा रहेका र आन्दोलन गर्न सक्ने सम्भावना बोकेका सबै पात्रलाई एउटै राउन्ड टेबलमा राखेर वार्ता गर्नुपर्छ । पटक–पटक वार्ता र एक अर्कासँग बाझिने सम्झौता गर्ने होइन । त्यही टेबुलबाट चीरकालका लागि समाधान खोज्ने प्रयास गरिनुपर्छ । मधेसी मोर्चाले पनि आफ्नो उद्देश्य र कार्यशैलीबीचको भिन्नता अन्त्य गर्नुपर्छ । आफ्नो मुद्दामा प्रस्ट हुनुपर्छ र साँचिक्कै जनताको हक र हित सोचेर आफ्नो कदम चाल्नुपर्छ । समानता र समन्याय दिन सक्ने हो भने मात्र मुलुक साझा, शान्त र समृद्ध हुन सक्छ ।

काठमाडौं, माघ १ । प्रधानमन्त्री केपी शर्मा ओलीले उपत्यकाका ‘घरघरमा ग्यास’ जोड्ने प्रतिबद्धता व्यक्त गरेसँगै खानी तथा भूगर्भ विभागले उपत्यकाका २० हजार परिवारलाई ‘घरघरमा ग्यास’ जडान गर्ने योजना बनाएको छ। राजधानी दैनिकमा समाचार छ।
विभागले उपत्यकाको प्राकृतिक ग्यास संकलन गरी वितरण गर्ने तयारी गरेको हो। भान्सामै ग्यास पाइप लाइन ल्याइदिने प्रधानमन्त्रीको प्रतिबद्धता पूरा गर्न खानी तथा भूगर्भ विभागले उपत्यकाका तिन स्थानका २० हजार परिवारलाई दुई महिनाभित्रै ग्यास पाइप जोड्न सक्ने योजना तयारी गरिरहेको छ।
सुरु भएको एक महिनामा नै उपत्यकाका तीन स्थानमा १४ ग्यास कुवाबाट ग्यास निकालिनेछ भने त्यसको एक महिनाभित्रै त्यस आसपासको जनतालाई घरघरमा ग्यास पाइप जोड्ने योजना छ।
internetkhabar

काठमाडौं, माघ १ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सोच र कार्यशैलीमा परिर्वतन गरेमात्र नयाँ नेपाल सम्भव हुने बताएका छन् ।
नवगठित ‘सम्भव छ नेपाल’ संस्थालाई शुक्रबार राजधानीमा शुभकामना दिँदै उनले नेताहरुलाई पुग्ने कुरामात्र गर्न र नपुग्ने हावादारी कुरा नगर्न सुझाव दिए ।
उनले जागरण र अवसर समृद्धिको लागि नयाँ शक्तिको आवश्यकता रहेको भन्दै समृद्ध नेपालका लागि सही नेतृत्व आवश्यक भएकोमा जोड दिए ।
राज्य सन्चालन गर्ने नेतृत्वको दृष्टिकोण सही हुनुपर्ने भन्दै भट्टराईले पुरानो विचारले परिवर्तन सम्भव नहुने पनि बताए ।imagekhabar

नेपाल आयल निगमका अनुसार ५० वटा ग्यास बुलेट रि-रुट भइसकेका छन् । बाँकी दुई सय पाँच बुलेट रि–रुटका लागि कागजात मिलाउन सुरु भइसकेको छ ।
केही दिनमा ती ग्यास बेलुटले पनि रि–रुट अनुमति पाउने स्रोतले दाबी गरेको छ ।
१५ दिनभित्र सो परिमाणमा ग्यास बुलेट राजधानी काठमाडौं भित्रिएपछि साढे दुई लाख परिवारले ग्यास पाउने आयल निगमको दावी छ । रि–रुट भएर आउने ग्यासले कुल मागको २५ प्रतिशत पूरा गर्ने बताइएको छ ।
नेपालले काठमाडौंका लागि वीरगञ्ज नाकाबाट भारतीय बुलेटमार्फत ग्यास ल्याउने गरेको छ । वीरगञ्ज-रक्सौल नाकामा भारतीय नाकाबन्दी र मधेसी मोर्चाको धर्नाका कारण तीन सय बढी बुलेट रोकिएका थिए । annapurnapost