• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL

काठमाण्डु, ३ माघ– मधेस आन्दोलनका क्रममा प्रहरीसँग भएको झडपमा परी घाइते भएका सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो अइतबार १ बजे काठमाण्डु फर्किदे छन् ।

काठमाण्डुको त्रिभुवन विमानस्थलमा ओर्लिए लगत्तै महतोले मधेस आन्दोलन र आफ्नो स्वास्थ्य अवस्थाबारे पत्रकार सम्मेलन गरेर जानकारी दिने कार्यक्रम रहेको छ ।
महतोले काठमाण्डुमा आइतबार साँझनै प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्नेछन् । त्यस्तै, सोमबार अन्य प्रमुख दलका नेतालाई भेट्ने कार्यक्रम समेत रहेको स्रोत बताउँछ ।
मधेसी मोर्चा र सरकारबीच सहमति हुन लागेको बेला महतोको काठमाण्डु आगमनलाई विशेष रुपमा हेरिएको छ । उनले यसअघि मधेसको समस्या समाधान नहुँदासम्म काठमाण्डु नटेक्ने बताउादै आएता पनि भारतको दबाब र कार्यकर्ताको मधेस आन्दोलनप्रति देखिएको वितृष्णाका कारण महतो पनि लचिलो हुन खाजेको बताइन्छ ।
उता, महतोले यसअघि आफू नेपाल आए लगत्तै फेरि नाकामा धर्ना बस्ने र मधेस आन्दोलनलाई अझ बलियो पार्ने बताएता पनि यसबारे अझै पुष्टि भइसकेको छैन ।
उनी काठमाण्डु बस्दासम्म राजनीतिक घेटघाटमा व्यस्त रहनेछन् ।
kathmandutoday
एजेन्सी । शिकारपुर थाना क्षेत्रको कोटकला निवासी एक महिलाले शनिवार दिउँसो एसएसपी अनन्त देव तिवारीलाई एक प्रार्थना पत्र बुझाउँदै न्यायका लागि गुहारेकी छिन् ।
पत्रमा उल्लेख भएअनुसार उनको विवाह आहार थाना क्षेत्रको गाउँ कोटा निवासी यशपाल सिंहसँग भएको थियो । विहेपछि कुनै न कुनै वहानामा श्रीमान उनलाई कुटपीट गरिरहेका छन् र मानसिक यातना पनि दिइरहेका छन् । यति मात्रै होइन् आफ्ना ४ साथीबाट उनको इज्जत लुटाउँथे । आफ्ना साथीलाई खुसी पार्न भन्दै उनी आफ्नै श्रीमतीलाई पालैपालो यौनसम्पर्क राख्न पठाउथे ।
यसको विरोध गर्दा सासु ससुराले नै मारिदिने धम्की दिन थाले र चपु लागेर बस्न भन्न थाले । उनी करिब २ वर्षसम्म यस्तो हर्कतको सिकार भइन् । अन्तिममा धर्यताको बाध टुटेपछि शनिबार उनी न्याय माग्न प्रहरीका एसएसपी तिवारीको शरणमा गएकी हुन् ।
पीडित महिलाले आफ्ना कथित श्रीमानलाई नपुंसकताको आरोप पनि लगाएकी छिन् । उनको गुहार सुनेपछि एसएसपी तिवारीले घटनाको छानविन गरेर आरोपीविरुद्ध कारवाही प्रक्रिया अगाडि बढाउन मातहत निकायलाई निर्देशन दिएका छन् ।
पीडित महिलालाई महिला सेफ हाउसमा राखिएको समाचारमा जनाइएको छ ।
dainiknepal
एजेन्सी ।

अहिले सामाजिक सञ्जालमा एक तस्विर भाइरल बनिरहेको छ । अश्लिल जस्तो झल्को दिने यो तस्विर खासमा अश्लिल भने होइन ।
बाबुले आफ्नो बच्चालाई चुम्बन गरिरहेको यो तस्विरको केही अंशलाई कतिपयले दृष्टिभ्रमका कारण पनि शेयर गरेका छन् ।


यो तस्विरमा रहेको वालकको शरीरलाई स्त्रीको पछाडिको नग्न भाग ठानेर धेरै झुक्किएका हुन् ।

मा शेयर भएको यो तस्विर ट्वीटरमा मात्र हजारौं पटक  रिट्वीट भएको छ । फेसबुक र अन्य सामाजिक सञ्जालमा समेत यो तस्विर भाइरल बनिरहेको छ । अश्लिल र भद्दा भन्दै मानिसहरुले यो तस्विरको वास्तविकता नबुझेरै शेयर भैरहेको छ ।nepaliheadlines
आइतबार, ३ माघ
भक्तपुर । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१ लायकुका ग्यास लिक भएर गएराती आगलागी भएको छ ।
एलपी ग्यास लिक भएर आगलागी हुँदा भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१ लायकुका कान्छा सिपाइको ज्यान गएको प्रहरीले जनाएको छ ।
भान्सा कोठामा रहेको ग्यास लिक भइरहेको समयमा सिपाइले ग्यास बाल्न थाल्दा ग्यासबाट कोठाभरी आगलागी भएको थियो । आगलागी हुदा उनको भान्सा कोठामै ज्यान गएको प्रहरीले जनाएको छ ।
घटनाको सम्बन्धमा थप अनुन्धान भइरहेको प्रहरीले जनाएको छ ।
nepalsandesh
काठमाडौं, ३ माघ । गोप्य रुपमा राजधानी आएका नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले जनयुद्ध दिवस भव्य रुपमा काठमाडौंमा मनाउन नेता तथा कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् ।
काठमाडौंको वनस्थलीमा शनिबार उपत्यकाका तीन जिल्लाका जिल्लास्तरीय नेता तथा अगुवा कार्यकर्तालाई जम्मा गरेर ‘विप्लव’ले फागुन १ गतेको जनयुद्ध दिवस राजधानीमा भव्य रुपमा मनाउन निर्देशन दिएको स्रोतले जनाएको छ । फागुन १ गते ‘विप्लव’ माओवादीले सबैको मन र मस्तिष्कमा ‘धक्का’ दिने गरेर तयारी गरेको छ ।
गोप्य प्रशिक्षणमा सहभागी एक केन्द्रीय नेताका अनुसार जनयुद्धका कारण माओवादी पार्टीले ठूलो जित हासिल गरेको बताएका ‘विप्लव’ले विभाजित माओवादी आन्दोलनलाई आफूहरूले संगठिन बनाउन सक्ने क्षमता रहेको बताए ।
‘ठूलो जित हासिल गर्दागर्दै पनि केही केन्द्रीय नेतृत्वहरूको असक्षमता र पलायनवादी सोँचका कारण माओवादी आन्दोलन विभाजित भएको छ’, महासचिव ‘विप्लव’ले भने, ‘अबफेरि माओवादी आन्दोलनलाई उचाइँमा पुगाउने दायित्व तपाई/हामीमा थपिएको छ ।’
महासचिव ‘विप्लव’ले अगाडि भनका छन्, ‘माओवादी आन्दोलनको नेतृत्व कर्ता नेकपा माओवादी हो । हामी मुल खोला हौँ । प्रचण्ड र किरणले नेतृत्व गरेको माओवादी सहायक खोला हुन् । ती खोला अन्त्यमा हाम्रो मुल खोलामा आफै आएर मिसिने छन् । हामी त्यहाँ गएर कदापि मिसिन सक्दैनौँ ।’
‘विप्लव’ले सांगठनिक विषयलाई सबैले महत्व दिनुपर्ने प्रशिक्षणका क्रममा नेताहरूलाई निर्देशन दिएका थिए । आफू सोही अभियानका क्रममा मुलुकका विभिन्न जिल्लाहरूमा सक्रिय रुपमा लागेको भन्दै उनले भने, ‘म भूमिगत भएको छैन । जनताका माझमा छु । मैले खुल्ला रुपमा सांगठनिक कार्य गर्दै आएको छु ।’
प्रशिक्षणमा अधिकांश जिल्लाहरूमा जनपरिषद् गठन भइसकेको जानकारी दिइएको थियो । जनपरिषदमार्फत ‘विप्लव’ माओवादीले आफ्नो संगठनलाई सशक्त रुपमा अगाडि बढाउने रणनीति बनाएको छ ।
प्रशिक्षणमा राजधानीमा रहेका अधिकांश केन्द्रीय नेताहरूको पनि सहभागिता रहेको थियो ।
dainiknepal
३ माघ, काठमाण्डौं ।
पछिल्लो समय केपी शर्मा ओली नेतृत्वको सरकारलाई गरेको समर्थन र आफ्नै पार्टीका मन्त्रीका कारण एकीकृत नेकपा (माओवादी) अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) अप्ठ्यारोमा परेका छन् ।

पार्टीबाट सरकारमा प्रतिनिधित्व गरेका मन्त्रीहरुले राम्रो काम नगर्नुका साथै प्रधानमन्त्री ओलीले आफ्नै अनुकुल निर्णय गर्दै अघि बढेको भन्दै सरकारको समर्थन फिर्ता गर्न र नभए मन्त्रीहरुलाई फिर्ता बोलाउन दबाब बढेपछि दाहाल अप्ठ्यारोमा परेका हुन् ।

केही सातादेखि सरकारको कामप्रति असन्तुष्टि व्यक्त गर्दै आएका दाहालले ओली सरकारलाई गरेको समर्थन फिर्ता लिन सक्ने संकेत समेत दिइसकेको छ । तर यद्यपी दाहालले समर्थन फिर्ता लिन सक्ने घुमाउरो संकेतबाट प्रधानमन्त्री ओलीलाई धम्की र घुर्की देखाए पनि समर्थन फिर्ता लिने अवस्थामा एमाओवादी नरहेको स्रोतले बतायो ।

पार्टी पुर्ननिर्माणको क्रममा तराईका जिल्ला पुगी बास समेत बसेका दाहाललाई कार्यकर्ताले समेत पार्टीबाट सरकारमा सहभागी भएका मन्त्रीले भ्रष्टचार गरेको, घुस खाएको र प्रभावकारी काम गर्न नसकेकाले चाँडोभन्दा चाँडो फिर्ता बोलाउन दबाब दिएपछि दाहाल अप्ठयारोमा छन् ।

गृहमन्त्री शक्ति बस्नेत, आपूर्तिमन्त्री गणेशमान पुन, सामान्य प्रशासन मन्त्री रेखा शर्माको कार्यशैलीप्रति कार्यकर्ता र पदाधिकारीले नै असन्तुष्ट व्यक्त गर्दै केही सातादेखि फिर्ता बोलाउन दबाब बढेको छ ।



गृहमन्त्री बस्नेत दाहालको विश्वास पात्रका आधारमा उनले बस्नेतलाई फिर्ता बोलाउने सम्भावना कम छ । त्यसैगरी आपूर्तिमन्त्री पुन र सामान्य प्रशासनमन्त्री शर्मालाई पनि प्रचण्ड आप्mनै निर्णयमा पठाएको हुनाले उनलाई फिर्ता बोलाउने कि नबोलाउने भन्ने दोधार परेको छ ।

कार्यकर्ता जोगाउन र पार्टीभित्रको असन्तुष्टिलाई सम्बोधन गर्न जुनसुकै बेला मन्त्रीलाई फिर्ता बोलाउन सक्ने भन्दै दाहालले अभिव्यक्ति दिए पनि यथार्थमा भने दाहाल फिर्ता बोलाउने विषयले अप्ठ्यारोमा परेको बताइएको छ ।

ओली सरकारलाई गरेको समर्थन फिर्ता लिइएको खण्डमा प्रतिपक्षी बाहेकका ठाउँ नदेखेपछि दाहालले तत्काल समर्थन फिर्ता नलिने मनसाय बनाएको र त्यही निर्णय असन्तुष्टि पक्षलाई जानकारी दिएको प्रचण्ड निकट स्रोतले बतायो । स्रोतका अनुसार दाहालले केही मन्त्रीलाई भने फिर्ता बोलाउने तयारी गरेको छ ।

एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ (प्रकाश) ले प्रधानमन्त्री ओली आफ्नै खुशी अगाडि बढेको खण्डमा एमाओवादीले समर्थन फिर्ता लिने बताए । ‘पछिल्लो समय प्रधानमन्त्री ओली आफ्नै अनुकुल निर्णय गर्दै अगाडि बढिरहनुभएको छ’ कमाण्डर पोष्टसँग उनले भने–‘ओलीले जे गरे पनि समर्थन गर्छ भन्ने सोच्नु गलत हो ।’

प्रभावकारी ढंगले काम गर्न नसक्ने मन्त्रीलाई पार्टीले फिर्ता बोलाउने बताए । कुन–कुन मन्त्रीलाई कहिलेसम्म फिर्ता बोलाइन्छ भन्ने विषयमा भने उनले केही खुलाउन चाहेनन् । कमाण्डर पोष्ट दैनिकमा खबर छ ।nepaliheadlines
काठमाडौं, ७ माघ । भारतको राजधानी नयाँदिल्लीमा रहनुभएका सद्भावना पार्टीका अध्यक्ष तथा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता राजेन्द्र महतो आज काठमाडौं आउँदै हुनुहुन्छ ।
उपचारका लागि नयाँदिल्ली जानुभएका अध्यक्ष महतो आज मध्यान्ह साढे १२ बजे काठमाडौं आइपुग्ने सद्भावना पार्टीका महासचिव मनीष सुमनले जानकारी दिनुभयो । ‘अध्यक्ष राजेन्द्र महतो ज्यू मध्यान्ह साढे १२ बजे काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने कार्यक्रम छ’, उहाँले भन्नुभयो, ‘आजै बेलुका सात बजे बालुवाटारमा प्रधानमन्त्री केपी ओली र अध्यक्ष महतोबीच भेटवार्ता पनि हुँदैछ ।’
विराटनगरको रानी भन्सार नाका अबरोध गर्न जाने क्रममा सुरक्षाकर्मीसँग भएको झडपमा चोट लागेर घाइते अध्यक्ष महतोलाई उपचारका लागि भारतको राजधानी नयाँदिल्ली लगिएको थियो ।
नयाँदिल्लीमा रहँदा भारतीय राष्ट्रपति प्रणव मुखर्जीका साथै उच्च राजनीतिक भेटवार्ता गर्नुभएका अध्यक्ष महतोले सो विषयमा पनि प्रधानमन्त्री ओलीसँग छलफल गर्ने महासचिव सुमनले बताउनुभयो ।
प्रधानमन्त्री ओलीले नयाँदिल्लीमा रहेका बेला अध्यक्ष महतोलाई फोन गरेर सहमतिमा आउन आग्रह गरेदेखि ओली र महतोबीच सम्बन्ध सुध्रिएको छ । सम्बन्धी सुध्रिएकै कारण सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्ण कार्यदलको बैठकमा जान थाल्नुभएको छ ।
dainiknepal
दमौली–तनहुँका एक मुस्लिम युवकको स्वाइन् फ्लुका कारण मृत्यु भएको छ ।

ब्यास–२ डाङ्ग्रेखोल्सी निवासी ४१ वर्षीय युसुफ मियाँको स्वाइन् फ्लुका कारण मुत्यु भएको छिमेकी गोरा मियाँले बताए । दुई हप्ताअघिदेखि ज्वरोले थलिएका युसुफलाई गत शनिबार मणिपाल शिक्षण अस्पताल लगिएकामा त्यहाँ उपचार हुन नसकेपछि मङ्गलबार हेलिकप्टरबाट ग्रान्डी अस्पताल काठमाडौँ लगिएको थियो ।

ग्राण्डीबाट पनि टिचिङ अस्पताल लगी भाईको उपचार भइरहेको थियो दाजु याकुब मियाँले भने– “उक्त अस्पतालले शुक्रबार बिहान मृत घोषणा गरी उनलाई स्वाइन फ्लु पोजेटिभ देखिएको पुष्टि गरेको छ ।”

ग्राण्डी अस्पतालले थाइल्यान्ड पठाएको रिपोर्टमा समेत ती युवकमा स्वाइन् फ्लु पोजेटिभ देखिएको चिकित्सकलाई उद्धृत गर्दै मृतकका आफन्तले बताए । मृतक ती युवकको शव आफन्तले आजै बुझेर ब्यास–११ स्थित कव्रस्थानमा दफन गरेको बताइएको छ ।

ratopati
काठमाडौं, ३ माघ । नेपालमा धेरै अमेरिकन अवैध रुपमा बस्दै आएको तथ्य खुलेको छ । एक वर्षमा ३६ जना अमेरिकी गैरकानुनी रुपमा नेपाल बस्दै आएको पाइएको समाचार नयाँ पत्रिका दैनिकले छापेको छ ।
सन् २०१५ मा नेपालमा अवैध रुपमा बस्दै आएका ३६ जना विदेशीलाई नेपाल सरकारले कारबाही गरी निष्कासन गरेको छ ।
अध्यागमन ऐनविपरीत नेपालमा विभिन्न काम गरेर बस्ने अमेरिकी नागरिकलाई निष्कासन गरिएको हो ।
अमेरिकासहित अन्य ३२ देशका नागरिक नेपालमा गैरकानुनी रुपमा बस्दै आएपछि सरकारले निष्कासन गरेको हो ।
dainiknepal
काठमाडौं, ३ माघ । सिंहदरबारमा शनिबार बेलुका भएको तीन दल र मोर्चा कार्यदलको वार्तामा सीमांकन विवाद मिलाउन राजनीतिक संयन्त्र गठन गर्ने र संसद्बाट अनुमोदन गराउने सहमति भएको छ ।
‘राजनीतिक संयन्त्र गठन गर्ने सहमति भयो,’ मोर्चाका तर्फबाट कार्यदल बैठकमा सहभागी मंगलसिद्धि मानन्धरले भने, ‘तर, क्षेत्राधिकारलगायतका प्राविधिक विषयमा टुंगो लाग्न बाँकी छ ।’
कार्यदल सदस्य महेश आचार्यले क्षेत्राधिकार टुंग्याउन आइतबार थप छलफल हुने बताएको समाचार नयाँ पत्रिका दैनिकले छापेको छ ।
सीमांकन टुंग्याउन पाँचबुँदे प्रस्ताव
प्रदेशको सीमांकन विवाद टुंगो लगाउन तीन दलले पाँचबुँदे प्रस्ताव तयार गरेका छन् । राजनीतिक संयन्त्र गठन गर्ने, संयन्त्रले तीन महिनासम्ममा काम सक्ने, सीमांकनबारे अध्ययन गर्दा विगतका सहमति र संविधानसभाको राज्य पुनर्संरचना समितिको सैद्धान्तिक आधारलाई आत्मसात् गर्ने र संयन्त्रलाई संसद्बाट अनुमोदन गराउने अनौपचारिक सहमति तीन दलको छ । यो प्रस्ताव २३ पुसको वार्तामा कार्यदल सदस्य महेश आचार्यले राखेका थिए ।
परियार आयोगजस्तै मोडालिटी
मोर्चा तत्कालीन संविधानसभाले गठन गरेको डा। मदन परियार नेतृत्वको राज्य पुनर्संरचना आयोगलाई तोकिएको टिओआरझैँ राजनीतिक संयन्त्रको क्षेत्राधिकार तोकिएमा सहमति हुन सक्ने मोर्चाका एक नेताले बताए । उनका अनुसार परियार आयोगकै टिओआरको मोडालिटीमा छलफल भइरहेको छ । अनौपचारिक छलफलमा सोही मोडालिटीमा तीन दल र मोर्चा सहमतिनजिक पुगेको ती नेताको दाबी छ ।
सद्भावना पनि वार्तामा बस्यो
तीन दलसँगको वार्ता बहिष्कार गर्दै आएको मधेसी मोर्चाको एक घटक सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्ण पनि शनिबारको वार्तामा सहभागी भए । सद्भावना अध्यक्ष राजेन्द्र महतो पनि आइतबार साढे १२ बजे दिल्लीबाट काठमाडौं आउँदै छन् ।
‘वार्ता निकै सकारात्मक दिशामा अगाडि बढेको छ, प्याकेजमै सहमति खोज्ने प्रयास पनि भइरहेको छ,’ मोर्चाको कार्यदल सदस्य रामनरेश रायले नयाँ पत्रिकासँग भने, ‘संयन्त्रको क्षेत्राधिकारको प्राविधिक विषय अर्को वार्तामा छलफल हुनेछ ।’
dainiknepal
आइतबार, ३ माघ
काठमाडौ । २०६८ जेठ ८ गते मोहन बैद्य पक्षीय एमाओवादी कार्यकर्ताले माथिल्लो कर्णाली जलविद्युत आयोजनाको प्रवर्द्धक भारतीय कम्पनी जिएमआरको दैलेख, पाल्तडास्थित फिल्ड कार्यालयमा आगजनी गरे ।
पार्टी विभाजनपछि पनि वैद्य नेतृत्वको नेकपा(माओवादीले आयोजनामाथि भौतिक तथा मानसिक हस्तक्षेप गरिरहेको छ ।
घटनायता फिल्डमा काम गर्ने उपयुक्त वातावरण छैन कम्पनीका इन्जिनियर प्रदिप नेपाल भन्दछन ‘सरकारको तर्फबाट प्रक्रियागत ढिलासुस्ति हुदाँ समयमै ओयाजना सम्पन्न हुनेमा झन आंशका छ  । ‘
९ सय मेगावाट माथिल्लो कार्णलीमाथि बैद्य नेतृत्वको माओवादीले मात्र होइन नेमकिपा, नेकपा मलास लगायत केही साना दलले पनि निरन्तर खनिइरहेका छन । आजको नागरिकमा समाचार छ ।
nepalsandesh
काठमाडौं, ३ माघ । ३३ दलीय मोर्चा बनाएर दोस्रो संविधानसभा निर्वाचन अबरोधको प्रयाससहित बहिष्कार गरेको मोहन बैद्य नेतृत्वको माओवादीले अहिले नयाँ संविधानबमोजिम हुने निर्वाचनमा भाग लिने निष्कर्षमा पुगेको छ ।
परी थापा नेतृत्वको नेकपा एकीकृतसँगको एकतापछि बनेको क्रान्तिकारी माओवादीले पहिलो चरणमा स्थानीय निर्वाचनमा भाग लिने भएको नयाँ पत्रिका दैनिकले समाचार छापेको ।
‘हाम्रो ताकतले न संविधानसभा भत्काउन सकियो, न त संविधान रोक्न । अब के गर्ने भन्ने पार्टीमा बहस छ । स्थानीय निर्वाचनमा जानुपर्छ कि भन्ने मत पार्टीमा छ’, संविधान जारी भएको पाँचौ दिन ८ असोजमा पार्टीको नेवाः राज्य कार्यालय कुपन्डोलमा आयोजित कार्यक्रता प्रशिक्षणमा बैद्यले पहिलोपटक कार्यकर्तामाझ स्थानीय चुनावमा जान सकिने संकेत गरेका थिए ।
माओवादी नेताहरुमा कार्यनीतिक नाराका रुपमा चुनावलाई उपयोग गर्नुपर्छ भन्ने मत अधिक छ ।
dainiknepal
नेपालमा हुने घटनाक्रमका बारेमा विश्लेषण गर्दै आएका गुगल ब्वाइ आदित्य दाहालले फेरि अर्को भविष्यवाणी गरेका छन् ।

केही समयअघि अमेरिकामा उपचार गराएर आएका आदित्यले राजनीतिको फोहरी खेलका कारण नेपाल र नेपालीले अर्को देशसँग आफ्नो आत्मसम्मान बेच्न बाध्य भएको बताएका छन् ।
आदित्यले अब मुलुकलाई नयाँ पीढिको खाँचो रहेको बचाउँदै उनीहरुले मात्र अब गुमेको आतमसम्मान फिर्ता ल्याउन सक्ने उल्लखे गरेका छन् ।

उनले दिएको सन्देशले पछिल्लो समय देशको राजनीतिक अवस्था र त्यसले पारेको प्रभाव, देशले भोगेको संकटलाई उदृढ गर्न खोजेको बुझिन्छ ।

जसको समाधान अब नयाँ ढङ्गले, नयाँ नेतृत्व र नयाँ सोचले मात्र गर्न आदित्यले आफ्नो सन्देशमा संकेत गरेका छन् । उनले यसअघि गरेका भविष्यवाणी हालसम्म प्रयासजसो मिल्दे आएका छन् ।

उनी अमेरिका जानुअघि केही महिनामै देशमा संकट आउने बताएका थिए । त्यसपछि मधेस आन्दोलन र भारतीय नाकाबन्दी भएको थियो ।

newspati
रामकुमारीजी, तपार्इंले ‘महँगो भए पनि टन्न धेरै भट्ट्मास खाएर पेटमा ग्याँस बनाउने र पेटमा जम्मा भएको बायु मार्फत प्रधानमन्त्रीको योजना सफल बनाइदिने’ फेसबुक स्टाटस राखेको देख्द्दा तपाईंप्रति टिठ लागेर आयो।

तपार्इँले त बरु प्रधानमन्त्रीज्यू अहिलेको प्राथमिकता घरघरमा ग्याँसपाइप लाइन होइन्, तपार्इँप्रति दुर दराजमा गाउँमा बस्ने गरिब, सुकुम्बासी र मेहनतकस जनताले गरेको आशा र बिश्वास फरक छ, गाउँका निमुखा जनताहरुको लागि तपाईले यो–यो सुबिधा दिनुपर्छ भनेर प्रधानमन्त्रीलाई युवाहरुको नेतृत्व गर्दै सरकारले गर्ने कामको लागि अल्पकालीन र दिर्घकालिन योजना दिन सक्नुपर्थ्यो, सरकारमा पुगेपछि नेताहरुले जनताको अप्ठ्यारो भुल्ने तरिकाप्रति सरकारलाई झकझकाउन सक्नुपर्थ्यो, शहरको जनता त दुःखसुख साथ बाँचेको छ, ग्याँस पाइपलाइनको सट्टा गाउँमा सस्तोमा मट्टितेल देऊ, वायोग्याँस र सोलर देऊ भन्नुपर्थ्यो। तपाई गाउमै जन्मे हुर्केर राजनीतिमा बामे सरेको मान्छेले न गाउँप्रतिको माया देखाउन सक्नुभयो, न अहिले आफू बसेको शहरी इलाकामा ग्याँसको पाइप जोड्ने कुराको वकालत गर्नुभयो।
प्रधानमन्त्रीले यो बकबास मात्र गरेका होइनन् र निकट भबिष्यमा यो काम सबैले देख्ने गरी गर्दैछन्, यो काम गर्न सरकारले खास लगानी पनि गर्नुपर्दैन र नीजि क्षेत्रको सहयोगमा यो काम हुन सक्छ । शहरमा अर्कोको घरमा डेरा गरेर बस्ने मान्छेले दाउरामा खाना पकाउन पाउँदैन, उसले ग्यास किन्नै पर्छ, बिजुली नभए टुकी मैनवत्ती बाल्ला, शुध्द पानी नपाए फिल्टर गरेर खाला । तर ग्यास त बाल्नैपर्छ, किन्नैपर्छ । सरकारले नीजि र उपभोक्ताहरुसंगको साझेदारीमा २ बर्षभित्र घना बस्ती भएको शहरी इलाकामा यो काम सजिलो गरी गराउन, गर्न सक्छ। यस्तो साफ सपाट प्रधानमन्त्रीको योजनालाई तपार्इंले पेटबाट निस्कने बायुसंग तुलना गर्नु तपाईँले नेकपा एमालेले गरेका ९ महिने सरकारको पालाका कामको अवमुल्यन गर्नुभयो । एमालेले त्यसबेला गर्न थालेका जनपक्षीय कामलाई बिरोधीहरुले अहिले तपार्इंले गरेका बिरोध जस्तै बोलेका थिए, कनिका छर्यो भन्थे गाउँमा ५ लाख पैसा पठाउँदा ।

लेखकः टेकराज पौडेल
बरु तपाइले भन्न सक्नुपर्थ्यो– प्रमज्यू ! शहरमा ग्यास लाइन बाड्ने मात्र होइन्, गाउँमा जनतालाई गर्ने बिकासका अरु योजना के छन् ? तपाईका अब आगामी २ बर्षको सम्पन्न गर्ने दीर्घकालीन र बीचमा सम्पन्न हुने अल्पकालीन योजना के छन् ?’ तर तपाइँले भन्नुभएन । बरु प्रधानमन्त्री र आफू केन्द्रीय सदस्य भएको पार्टीको अध्यक्षले आफूले गर्नसक्छु भनेर गरेको प्रतिबद्दताप्रति तपार्इंले अपानवायु (पेटबाट निस्कने ग्यास) सँग तुलना गर्नुभयो । के तपाईंको चाहना एमालेले नेतृत्व गरेको सरकारले चलते चलाते हिसाबमा मात्र चलोस, कुनै जनताको हितको लागि कुनै राम्रो र नयाँ काम नगरोस भन्ने हो ? यस्तो कुरा त बिरोधी पार्टीले मात्र गर्छन् । तपाई एमाले पार्टीकै कार्यकर्ताले कसरी यो हिम्मत गर्नुभयो, म अचम्म परेको छु ।
धेरै युबा जमातले प्रम केपी ओलीले जनताको घरघरमा ग्यास पाइप लाइन जोड्ने कुरालाई पत्त्याएनन् । ग्यासको सिलिन्डर नपाएर हैरान परेको बेला पाइपलाइनको कुरा उनीहरुलाई चित्त नबुझ्नु स्वभाबिक हो । जनताले आलोचना, गाली, बिरोध गर्न अधिकार छ, तर एमाले पार्टीभित्र तपार्इंले गरेको यो बिरोधको तरिका ठिक भएन। पार्टी कमिटीभित्र प्रधानमन्त्रीजी यो काम कसरी ,कहिले र किन गर्दै हुनुहुन्छ, सरकारले यस कामको लागि निर्णय गरेर प्रधानमन्त्री बोल्नु भएको हो कि आफुखुशी भनि प्रश्न उठाउन सक्नु हुन्थ्यो । मधेसमा भड्किएको अराजकताबिरुद्द युवा संघको अध्यक्षले छाती थापेर प्रतिकार गर्दा तपाईले उनलाई हौसला पो दिनुपर्थ्यो। तपार्इंलार्इं लाग्यो होला, केपी ओलीलाई धेरै मान्छेहरुले बोलेको कुरालाई हावामा उडाए, मौका यही हो म पनि युबाजमातको प्यारो हुन यही बेला बोली हालौं – के समाजका अरु खुला मान्छे जस्तै तपाइँ फुक्काफाल हुनुहुन्छ ? तपाइँलाइ जस्तै हामीलाई पनि पार्टीको केन्द्रीय समिति, पार्टी केन्द्रका बडेबडेमान नेताप्रति आकोश छ, आलोचना छ । के हामी पनि तपार्इंहरुको काम क्रियाकलापप्रति खुला बहस गरौ ? हामी अझै त्यो हदसम्म पुग्दैनौँ । भोलि तपाइँ हामी बसेर हाम्रो पार्टीमा अहिलेसम्म गर्दै गरिदै आएका परम्परा ठिकै या गलत जे भए पनि भयो, अब हामी नेतालाई बिरोधीहरुले जस्तै लखेट्ने छौँ, हामीमा बिगतदेखि परिकल्पना गरिएको लक्ष्य उद्देश्यप्रति कुनै जिम्मेवारी छैन, हामी बुर्जुवा भन्दा पनि अगाडि निस्क्यौ भनेर यौटा छिनोफानो गरौला, घोषणा गरेरै गर्दा इमान्दार भईन्छ ? तपार्इंले गरे जस्तै सबै मान्छेहरुले गर्दै जाने हो भने यो पार्टी बच्ला ? कि तपाइले भन्नु पर्यो– मेरो र यो पार्टीमा काम गर्ने अरुको बिचमा फरक छ । फरक केमा छ भने म हिजो ६२–६३ को आन्दोलनमा टाउकोबाट रगत बगेको छ ’ मलाई पार्टीले एउटा सभासद् पनि बनाएन । म अखिलको सभापति भएँ, अरु महिला हुन सकेनन।’
हो ’ तपार्इंलार्इ सभासद बनाउनुपर्थ्यो, त्यसमा कमजोरी यसकारण देखियो कि तपाइँ भन्दा कम योगदान रहेको मान्छे सभासद बने । तर नेत्रीज्यु ! एमालेको सांसद हुने अन्तिम समय तपाइँहरुले नै नबिगार्ने हो भने अन्तिम होइन डेढ बर्षभित्रै फेरि आउँदैछ । फेरि त्यति बेला पार्टीमा योगदान दिएको तर सभासद नभएको मान्छे तपाइँ एक्लो भने होइन्, तपाइँ भन्दा सयौ गुणा बढी योगदान दिएका मान्छे पनि छुटेका छन्।
हुन त राजनीतिमा लागेको जोगी हुन होइन भन्ने नयाँ सुत्र एमालेमा पनि शुरु भएको छ ,मान्छेले मैले राजनीतिमा लागेर देश र जनतालाई के दिएँ भन्ने होइन कि मैले यति बर्ष पार्टीमा काम गरेर के पाएँ ? भन्नेमा छलफल हुन् थालेको छ । मैले आन्दोलनमा टाउको फुटालेँ तर मलाइ पार्टीले मन्त्री, सांसद केही बनाएन भन्ने मात्र एकातिर सुनिन थालेको छ भने अर्कोतिर नेताहरुले दुख पाएको पार्टीमा योगदान पुर्याएको कार्यकर्ता भन्दा पनि आफ्नो आफन्त नातेदारहरुको कुरो सुन्ने र आफूलाई हाइ हाइ गराउने कार्यकर्ताको खोजी हुन थालेको छ । कार्यकर्ता पनि नेताको गलत कृयाकलापको बिरोध आलोचना गर्नु भन्दा पनि एउटा नेतालाई बोकेर हिड्ने , आफ्नो स्वतन्त्र र बिशिष्ट क्षमता नचिन्ने र नेताको गोटी बन्ने मात्र बाटोमा अग्रसर हुने गरिएको छ । तथापि गलत कामहरु जहिले र जस्तो सुकै परिस्थितिमा गलत नै हुन्छन्, गलत बाटो पक्रेर कहिल्यै पनि गन्तव्यमा पुग्न सकिन्न । तथापि एउटा आन्दोलन र प्रक्रियाबाट आएको एउटा जिम्मेवार मान्छेले आउने पुस्तालाई पनि त्यो बाटोमा लाग्ने प्रेरणा दिनुको सट्टा अझ गैरजिम्मेवार तिरको यात्रामा धकेलीदिने प्रयास गर्नु भएकोमा दुःख लागेर यो सानो चिट्ठी लेखेको हूँ। कृपया अन्यथा नसोचिदिनुहोला । तपाईं पार्टीको होनाहार भविष्य बोकेको नेतामात्र होइन, एउटा चेलीको नाताले पनि शुभचिन्तक पनि हुँ ।
(शिकागो, अमेरिका)
dainiknepal
 आइतबार, ३ माघ
काठमाडौ । नेपाल आयल निगमले भारतीय आयन कर्पाेरसनबाट मागेजती गयास आइरहेको दाबी गरेपनि उद्योगीले प्रयाप्त ग्यास नपाएको जनाएका छन ।
नेपालले ग्यास आयात गर्दै आएको आइओसीको हल्दिया ,बरौनी, मथुरा र पानीपथ रिफाइमा शनिबार साझ सम्ममा करिब डेढ सय बुलेट लाइनमा बसेको उद्योगीले जनाएका छन ।
ग्यास उद्योगसंघ का अनुसार हल्दियामा ४० , बरौनीमा ६० मथुरामा २५ र ािनीपत रिफाइनमान ८ बुलेट लाइनमा छन ।
ती बुलेटलाई आइओसी आधिाकारीहरुले नेपालले मागेजती होइन, खटाइ दटाइ ग्यास भर्ने गरेको उद्योगीले बताएका छन । आजको नयाँ पत्रिकामा समाचार छ ।,
nepalsandesh

आजको पञ्चाङ्ग:
श्रीसूर्य उत्तरायण शिशिर ऋतु,कीलकनाम संवत्सर, शाके १९३७, विक्रमसम्वत २०७२ साल माघ ३ गते रविवार नेपाल सम्बत ११३६ पोहेलाथ्व,सन् २०१६ जनवरी १७ तारिक शुक्लपक्ष अष्टमी तिथि अपरान्ह ५/१४ वजेसम्म, अश्विनी नक्षत्र राती १/२३ वजेसम्म, सिद्धियोग अपरान्ह ३/४५ वजेसम्म, बवकरण अपरान्ह ५/१४ वजेसम्म, आनन्दादियोग आनन्द, सूर्य मकर राशीमा,चन्द्रमा मेष राशीमा ।

आजको राशिफल:
मेषः–

7अनावश्यक खर्चमा नियन्त्रण आउनेछ । भौतिक सुखमा वृद्धि हुनेछ । पढाई लेखाईमा प्रगति हुनेछ । काम गरेर नाम कमाउन सकिनेछ । सामाजिक काममा अभिरुची बढ्नेछ ।

वृषः–

8मनमा पिर पर्नेछ । धनमाल हराउन सक्छ होशियार रहनु होला । अनावस्यक खर्च बढ्नेछ । विश्वास गरेकाले घात गर्नेछन् । व्यापार व्यवसायबाट मुनाफा लिन सकिने छैन ।

मिथुनः–

10 घर परिवारमा सुख शान्ति मिल्नेछ । व्यापार व्यवसायबाट आय आर्जन राम्रै हुनेछ । काम गर्ने जोश जागर बढ्नेछ । आर्थिक उन्नतिका सम्भावना देखिने छन् ।

कर्कटः–

11समग्रमा दिन राम्रै देखिन्छ । आफन्तजनको सहयोगमा महत्वपूर्ण काम बन्नेछन् । आर्थिक कारोवारमा सुधार आउनेछ । व्यापार व्यवसायमा उन्नति प्रगति हुनेछ ।

सिंहः–

12मनोवल उच्च गरी काममा लाग्नु होला अवश्य सफल हुनुहुनेछ । घर परिवार थोरै सकरात्मक हुनेछन् । हतारमा काम नगर्नु होला आफैलाई घाटा हुनेछ ।

कन्याः–

9आम्दानीका क्षेत्रमा धमिरा लाग्नेछन् । अनावश्यक काममा खर्च हुनेछ । व्यापार व्यवसायमा मन्दि आउनेछ । अहार विहारका कारण स्वास्थ्य कमजोर बन्नेछ ।

तुलाः–

4 अवसर आउनेछ पूर्ण सदुपयोग गर्नु होला । आज गरेका अधिकाँश काम सफल हुनेछन् । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । यात्राको अवसर आउन सक्छ ।

वृश्चिकः–

3 काम गर्दा शत्रु बढ्ने देखिन्छ । अरुको काम गरेर जश पाईने छैन । परिश्रम अनुसारको प्रतिफल पाईनेछ । व्यापार व्यवसायमा विस्तारै प्रगति हुनेछ ।

धनुः–

2काम गर्ने विश्वासिलो बातावरण बन्ने छैन । यात्रामा कठिनाई उत्पन्न हुनेछ । समयमा निर्णय नलिदा अवसर गुम्नेछ । पढाईमा ध्यान जाने छैन । प्रेमिकाबाट धोका हुनसक्छ ।

मकरः–

1समयको ख्याल राखेर काम गर्नु होला । हतारमा गरेका काम विग्रिन सक्छन् । लेनदेनमा विवाद पर्न सक्छ । संचित धनको नोक्सान हुनेछ । चिन्ताले छोड्ने छैन ।

कुम्भः–

6 काम गर्ने जोश जागर घट्ने छैन । अधिकाँश काम आफ्नै बाहुबलबाट सम्पादन हुनेछन् । आएको अवसरलाई सदुपयोग गर्नु होला । व्यापारबाट आम्दानी बढ्नेछ ।

मिनः–

5आफन्तका कारण धन डुब्न सक्छ होशियार हुनुहोला । व्यापारमा मन्दि आउनेछ भने सुख शान्तिमा कमि आउनेछ । अहार विहारका कारण स्वास्थ्य कमजोर बन्नेछ ।

शनिबार, २ माघ
काठमाडौं । पूर्वमुमा बडामहारानी रत्न राज्यलक्ष्मी शाहको नागरिकता नभएको खुलेको छ । खानेपानीको लाइन कटेपछि आफ्नो नाममा निवेदन दिँदा पूर्वमुमाबडामहारानी रत्नले आफूसँग नागरिकता नभएको बताएको नेपाल समाचारपत्रमा खबर छ । ‘म त सबैकी रानी भएकाले किन नागरिकता बनाउने ?’ भन्दै रत्नले आफ्नै कर्मचारीलाई प्रश्न गरेकी थिइन् ।
८८ वर्ष उमेर पुगेकी रत्नको हालसम्म नागरिकता नभएपछि महेन्द्र मञ्जिलमा आफ्नै नाममा बत्ती, पानी र टेलिफोनको लाइन जोड्न समस्या भएको हो ।
तत्कालीन राजन महेन्द्रले आफ्नो परिवारका सदस्य १६ वर्ष पुग्नासाथ दरबारमै गएर नागरिकता बनाउने प्रचलन थियो । सबै राजपरिवारका सदस्यको नागरिकता बनाउँदा काठमाडौंका प्रमुख जिल्ला अधिकारी दरबारमै जाने चलन थियो ।
नागरिकताको प्रसंग चल्दा रत्नले आफूले नागरिकता बनाउन कहिल्यै स्वीकार गरिनन । झन्डै ९ दशक पुगेकी रतनलाई आफूले नागरिकता नबनाएको विषयमा कुनै सुर्ता नभएको बताएकी छन् । अधिकांश काम गर्दा विश्वासिलो कर्मचारी र परिवारको सदस्यको नागरिकता प्रयोग गर्ने गरेको उनले बताएकी छन् ।
रत्नको निवासमा धारा काटिएको ६ वर्ष भएको छ भने विद्युतको बक्यौता ३३ लाख पुगेको छ ।
nepalsandesh
शनिबार, २ माघ
विराटनगर । उपप्रधानमन्त्री एवम् नेकपा एमालेका उपाध्यक्ष भीम रावलले मुलुकको संविधान प्रगतिशील र अग्रगामी रहनुका साथै दक्षिण एसियाका कुनै मुलुकको संविधानभन्दा कम अधिकार सम्पन्न नरहेको बताएका छन् ।
नेकपा एमाले मोरङद्वारा आज विराटनगरमा आयोजित ‘संविधानको घोषणा ऐतिहासिक उपलब्धि, अबको अभिभारा राष्ट्रिय एकता, सुदृढीकरण र समृद्धि’ कार्यक्रमको उद्घाटन गर्दै सो कुरा बताएका हुन् ।
मुलुकका सबै वर्ग, समुदाय, धर्म, संस्कृतिका सभासद्को सहभागितामा बनाइएको यो संविधानमा सबैको भावना समेटिएको स्पष्ट पार्दै उनले दलित, मधेसी, आदिवासी, जानजाति, उत्पीडित, महिला र पिछडिएको क्षेत्रका लागि आयोगको व्यवस्था गरिएको बताए ।
संविधान संशोधनको प्रस्तावलाई अझ बढी लम्ब्याउन नहुने भएकाले यस विषयमा नेपाली काँग्रेससँग वार्ता भइसकेको र मधेसी मोर्चालाई समेत प्रस्ताव पारित गराउन भूमिका निर्वाहका लागि आग्रह गरिएको उनले बताए ।
पार्टीका उपाध्यक्षसमेत हेका उपप्रधान र रक्षामन्त्री रावलले विभिन्न समुदायको प्रतिनिधित्व गरिएको संविधानसभाका करिब ९० प्रतिशत सभासद्को समर्थनमा जारी भएका संविधानको विषयमा भ्रम फैलाइएकाले यसलाई चिर्न पार्टीका कार्यकर्ताहरुलाई घरदैलो अभियानलाई सफलताका साथ सम्पन्न गर्न जोड दिए ।
मधेसी मोर्चासँग वार्ताका लागि गठित कार्यदलका सदस्यसमेत रहेका उनले सरकार निरन्तर रुपले मधेसको समस्या समाधान गर्नका लागिपरेको भए पनि बरु मधेसी मोर्चा नै गम्भीर नदेखिएको विचार व्यक्त गरे ।
उनले संसारको कुनै पनि मुलुकमा सेना र सुरक्षा निकायमा समावेशीको नाउँमा सामूहिक रुपमा भर्ना नभएको अवस्थामा यस्ता अनर्गल माग राखेर जनतालाई मधेसी मोर्चाले भ्रमित गर्ने कार्य गरेको टिप्पणी गरे ।
सोही अवसरमा उहाँले संविधानका साथै पार्टीको सङ्गठनको सम्बन्धमा जानकारी गराउनका लागि मोरङको नौवटै संसदीय क्षेत्रमा पठाइएका कार्यकर्ताको टोलीलाई झोला हस्तान्तरण गरे ।
nepalsandesh
भ्रष्टाचार र अनियमितता सहँदैनौ : प्रधानमन्त्री
काठमाडौँ : सरकारले वैशाख १२ को ‘गोरखा भूकम्प’बाट भत्किएका संरचनाको पुनःनिर्माण तथा नवनिर्माणको महाअभियान आजदेखि सुरु गरेको छ ।


भूकम्प गएको नौ महिनापछि राष्ट्रपति विद्यादेवी भण्डारीले पुनःनिर्माण तथा नवनिर्माणको आज रानीपोखरीको पुनःनिर्माण शिलान्यास गरेर तथा बेलुन उडाएर आरम्भ गरे ।

सरकारले १९ औं भूकम्प सुरक्षा दिवस २०७२ को अवसर तथा विसं १९९० माघ २ गते गएको महाभूकम्पको दिन पारेर राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पबाट भत्किएका संरचनाको पुनःनिर्माण महाअभियान सुरु गरेको हो ।

रानीपोखरी परिसर शान्ति बाटिकामा आयोजित महाअभियानको सुरुआतको विशेष कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, उपप्रधानमन्त्री, मन्त्री, संवैधानिक निकायका प्रमुख, मुख्यसचिव, प्रधानसेनापति एवम् कूटनीतिक नियोगका प्रमुख लगायतको उपस्थिति थियो ।

कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले पुनःनिर्माणको महाअभियानमा सबै राजनीतिक दल, सरकारी एवम् गैरसरकारी निकाय एकताबद्ध भएर अगाडि बढ्नुपर्ने बताए ।

'सबै राजनीतिक दल र सबै निकाय एकताबद्ध भएर पुनःनिर्माणको महाअभियान सुरु भएको छ', उनले भने, 'सबैका तर्फबाट एकताबद्ध भएर अगाडि बढ्छौँ भन्ने प्रतिबद्धता आएको छ, यो ज्यादै खुसीको कुरा हो ।'

राजनीतिक दलबाट आएको प्रतिबद्धतालाई राष्ट्रसेवक कर्मचारीले अभियानकै रुपमा कार्यान्वयन गर्ने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री ओलीले तीव्रताका साथ अभियानलाई अगाडि बढाउन निर्देशन दिए ।

पुनःनिर्माण तथा नवनिर्माणको अभियानमा आइपर्ने अप्ठ्यारालाई निराकरण गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै उनले जनताका कठिनाइ सम्बोधन गर्न अन्तर्राष्ट्रिय समुदाय, सञ्चार क्षेत्र एवम् अन्य सबै निकायलाई नेपालीको महाअभियानमा सहयोग गर्न आग्रह गरे ।

पुनःनिर्माणको अभियान भनेको आठ लाख परिवार घरबारविहीनलाई घरबास बनाउने वातावरण दिलाउनु पनि हो भन्दै प्रधानमन्त्री ओलीले यस्तो अवस्थामा कसैले व्यक्तिगत लाभ लिने अवस्था आउन नदिइने बताए ।

'यस अवस्थामा कसैले अनुचित लाभ लिन खोज्छ भने यो भन्दा सहन नसक्ने कुरा केही हुँदैन', उनले भने, 'भ्रष्टाचार हुने अवस्था आउँदैन ।'

पुनःनिर्माणको अभियान पूर्ण रुपमा पारदर्शी हुने विश्वास दिलाउँदै प्रधानमन्त्री ओलीले राजनीतिक दलका नेता एवम् अन्तर्राष्ट्रिय दातृ निकायलाई यसबारे विश्वस्त हुन आग्रह गरे ।

सो अवसरमा उपप्रधानमन्त्री विजयकुमार गच्छदारले सबै राजनीतिक दल एकताबद्ध अगाडि बढ्नुपर्ने बताए ।

'एकताको सन्देश दिएर मुलुकभर पुनःनिर्माण तथा नवनिर्माणको अभियान सुरु गर्नुपर्छ', भौतिक पूर्वाधार तथा यातायात मन्त्री गच्छदारले भने, 'त्यसका लागि सबै राजनीतिक दल एवम् अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गर्न चाहन्छु ।'

 उपप्रधानमन्त्री गच्छदारले आउने दुई-तीन वर्ष एकताबद्ध भएर पुनःनिर्माणको अभियानमा जुट्न आग्रह गरे ।

उपप्रधानमन्त्री कमल थापाले मुलुकको भूभाग भूकम्पीय जोखिमका दृष्टिले अत्यन्त संवेदनशील अवस्थामा रहेकाले भूकम्प प्रतिरोधात्मक आवास निर्माणमा विशेष ध्यान दिइने बताए ।

सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयमन्त्री थापाले आफ्नो मन्त्रालयले विपद् जोखिम न्यूनीकरणका कार्यलाई स्थानीयस्तरसम्म पुर्‍याएको जानकारी दिँदै नवनिर्माण एवम् पुनःनिर्माणमा आफू र आफ्नो पार्टी राप्रपा नेपालले पूर्णरुपमा मन, वचन र कर्मले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

विपक्षी दलका नेता एवम् पूर्वप्रधानमन्त्री सुशील कोइरालाले पुनःनिर्माणको अभियानलाई पारदर्शी एवम् जिम्मेवारीका साथ अगाडि बढाउनुपर्नेमा जोड दिए ।

उनले राष्ट्रिय स्वार्थ र अखण्डतामा कुनै असर नपर्ने गरी तराईका समस्या सम्बोधन गर्न सरकार प्रतिबद्ध हुने विश्वास व्यक्त गर्दै राम्रा कार्यका लागि प्रतिपक्ष दलले सहयोग गर्ने स्पष्ट पारे ।
नेपाली कांग्रेसका कोइरालाले पुनःनिर्माणको महाअभियानलाई आफू र आफ्नो पार्टीले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले पुनःनिर्माणका लागि सबै राजनीतिक दल एवम् अन्तर्राष्ट्रिय समुदाय एकताबद्ध भएर अगाडि बढ्नुपर्ने बताए ।

विगतमा भूकम्पका लागि राहत भनेर आएका सामानमा अनियमितता भएको खबर आउनु दुःखद् भएको उल्लेख गर्दै उनले पुनःनिर्माणको महाअभियानलाई पूर्णरुपमा पारदर्शी एवम् नैतिकताका साथ कार्यान्वयन गर्नुपर्ने बताए ।

नेता दाहालले आफू र आफ्नो पार्टीले भूकम्पपछिको अघिल्लो सरकारलाई पनि प्रतिपक्ष नभइकन सघाएको स्मरण गर्दै अब पनि प्रतिबद्ध भएर पूर्ण निर्माण अभियानमा लाग्ने बताए ।

उन्नाइसौँ भूकम्प सुरक्षा दिवस, २०७२ मूल समारोह समितिका संयोजक एवम् गृहमन्त्री शक्तिबहादुर बस्नेतले पुनःनिर्माणको अभियानलाई मुलुकको आर्थिक समृद्धिको मुख्य हिस्सा बनाएर राष्ट्रिय सङ्कल्पका साथ अगाडि बढ्ने विश्वास व्यक्त गरे ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुनःनिर्माण कार्यलाई आउँदो वर्षाभित्र सक्न कठिनाइ भए पनि गाउँ गाउँमा महाअभियानलाई पुर्‍याएर जनतालाई राहत दिइने प्रतिबद्धता व्यक्त गरे ।

संयुक्त राष्ट्र सङ्घका आवासीय प्रनिनिधि रेनौड मेयरले भूकम्पपछिको पुनःनिर्माण अभियान सुरु गर्नु सुखद भएको बताउँदै यस कार्यका लागि आवश्यक सहयोग निरन्तर उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गरे ।

भूकम्प सुरक्षा दिवस आयोजना उपसमितिका संयोजक एवम् काठमाडौँ महानगरपालिका कार्यकारी अधिकृत रुद्रसिंह तमाङ र भूकम्प प्रविधि राष्ट्रिय समाज नेपालका कार्यकारी निर्देशक आमोदमणि दीक्षितले भूकम्प प्रतिरोधी संरचना निर्माण नै भूकम्पबाट बच्ने उत्तम उपाय भएकाले त्यस विषयमा सबै क्षेत्रको ध्यान जानुपर्नेमा जोड दिए ।
annapurnapost
शनिबार, २ माघ
काठमाडौं । नेपालीमा एउटा उखान छ ‘श्रीमान् श्रीमतीको झगडा परालको आगो’ अर्थात पति पत्नीबीच हुने झगडा एकैछिनमा ठीक भइहाल्छ ।
तर कतिपय कुराहरुले उनीहरुको सम्बन्धमा नकारात्मक प्रभाव पारिरहेको हुन्छ । कहिलेकाँही हुने सामान्य कुराकानीले पनि दुईजनाबीच झगडाको अवस्थामा पुर्‍याउँछ ।
एउटा खुसी परिवारका लागि पति पत्नीबीचको समझदारी पहिलो सर्त हो । कस्ता कुराले दुई जनाबीचको सम्बन्ध मजबुत बन्छ भन्ने कुरा श्रीमतीका लागि जति आवश्यक छ श्रीमानका लागि पनि उत्तिकै आवश्यक छ ।
यस्ता ५ कुराहरु छन् जसले श्रीमतीहरुलाई धेरै चिढ्याउँछन् ।
१.तिमी राम्री हौ तर मेरी आमा जस्ती सुन्दरचाही होइन । तपाई उनको प्रशंसा गर्दै हुनुहुन्छ भने यसमा ज्यादै सतर्क हुनुहोस । यस्तो बेलामा अरुलाई बिचमा नल्याएकै राम्रो हुन्छ ।
२. के तपाईलाई थाहा छ जब तपाई आफ्नो साथीको पत्नीको तारिफ गर्दै हुनुहुन्छ भने उनको मनमा के लाग्ला ? यदी तपाईले श्रीमतीसँगको कुराकानीमा अरु साथीका श्रीमतीको तारिफ गर्नुभयो भने यसलाई महिलाहरुले नकारात्मक रुपमा लिन्छन् । अझ भनौ तपाईको मुखबाट श्रीमतीहरुले अर्की महिलाको तारिफ सुन्न चाँहदैनन् ।
३. यदी तपाई अफिसबाट घर पुग्नेवित्तिकै टिभीको रिमोट लिएर बस्नुभयो र श्रीमतीले हेरिरहेको कुनै सिरियल वा च्यानल बन्द गरिदिनुभयो भने यसले तपाईकी श्रीमतीलाई धेरै नै चिढ्याउन सक्छ ।
४.अधिकांश पुरुषहरुमा सामान व्यवस्थित गर्ने बानी हुँदैन । चिसो तौलिया ओछ्यानमा, गन्हाएका मोजा सोफा मुनी राख्ने लगायतका काम गर्नुभयो भने घर सजाएर राख्ने श्रीमतीलाई हैरानीमा पार्छ र उनीहरु रिसाउँछन् ।
५.गल्ती स्वीकार नगर्दा पनि श्रीमतीहरु रिसाउँछन् । तपाईलाई थाहा छ मैले गल्ती गरे भन्ने तर पनि स्वीकार गर्ने बानी छैन भने समस्यामा पार्न सक्छ । त्यसकारण तपाईले गल्ती गर्नुभएको छ भने स्वीकार गर्दा राम्रो हुन्छ । गल्ती स्वीकार नगर्ने श्रीमान् देखि श्रीमतीहरु हैरानीमा पर्न सक्छन् र यसले विस्तारै सम्बन्धमा नकारात्मक प्रभाव पार्न सक्छ ।
nepalsandesh
शनिबार, २ माघ
काठमाडौं । चीनको बेइजिङमा जारी एसियाली पूर्वाधार विकास बैंकको सम्मेलनमा नेपाल पनि सञ्चालक समिति सदस्य बनेको छ । चिनियाँ राष्ट्रपति सि जिनपीङको विशेष चाहनाका कारण नेपाल सञ्चालक समितिमा छानीएको हो ।
चीनले बैंकमा आफ्नो छिमेकी मुलुक नेपाललाई प्राथमिकतामा राख्न चाहेको थियो । सञ्चालक समितिमा एसियाका नौ र एसिया बाहेकका दुई गरि ११ देश सञ्चालक समितिमा रहेका छन् ।

बैंक स्थापना गर्नकालागि योगदान दिएको आधारमा नेपाल प्राथमिकतामा परेको हो भने भारतलाई पनि समितिमा राखिएको छ । एसियाली मुलुकहरु चीन, इन्डोनेसिया, यूएई,, अष्ट्रेलिया, भारत, दक्षिण कोरिया, रसिया, र टर्की सञ्चालक समितिमा छन् ।
यस्तै जर्मनी र बेलायत एसिया बाहेक बाट सञ्चालक समितिमा परेका छन् । बैंकको संस्थापक सदस्यहरुमा ५७ देश रहेका छन् ।
सम्मेलनको उद्घाटन ५७ वटै देशका प्रतिनिधिले स्विच खोलेर गरेका थिए भने चिनियाँ राष्ट्रपति सि जिनपीङले व्यानर अनावरण गरेका थिए । सम्मेलनमा नेपालका तर्फबाट अर्थमन्त्री विष्णु पौडेलले सहभागिता जनाएका छन् ।
nepalsandesh
शनिबार, २ माघ

काठमाडौं । सद्भावना अध्यक्ष राजेन्द्र महतो आइतबार काठमाडौ आउने भएका छन् । दिल्लीमा उपचाररत महतोले भारतीय विदेश र गृह मन्त्रीका साथै भारतीय प्रमुख प्रतिपक्षी कांग्रेस आइका उपाध्यक्ष लगायत शीर्ष नेताहरुसँग पछिल्लो राजनीतिक अवस्थाका बारेमा कुराकानी गरेका थिए ।
महतोलाई उनीहरुले सरकारले बुझाएको चार बुँदे कार्ययोजना अनुसार नै सहमति गर्न सुझाव दिएका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सहमतिकालागि काठमाडौं आउन आग्रह गर्दै टेलिफोन गरेका थिए ।
सद्भावना महासचिव मनिषकुमार सुमनले नियमित उपचार सकिएपछि महतो स्वदेश फर्कन लागेको बताए । उनले उपचार सकिएकाले मात्रै महतो आउन लागेको बताए ।
तर, कार्यदल स्तरमा मधेसी मोर्चा र प्रमुख तीन दलका बीचमा लगभग सहमति बनेको र आइतबार साँझसम्ममा लिखित सम्झौताको तयारी भएपछि महतो स्वदेश आउन लागेको स्रोतको दाबी छ ।
nepalsandesh
काठमाण्डाै  २ माघ । सदभावना पार्टीका अध्यक्ष चाहिने भन्दा बढी क्रान्तिकारी हुन खोज्दा अहिले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबाट पनि पाखा लाग्ने अवस्थामा पुगेका छन् । गैरमधेसीबीचमा मात्रै होइन महतोको आलोचना मधेसी समुदायमै हुन थालेको छ ।
आफूलाई मधेसको भूमिपुत्र ठान्ने तर साँठगाँठ विदेश तिर गर्ने भएपछि महतो मधेसीबाटै एक्लिने अवस्थामा पुगेको अनुमान गरिन्छ । महतोबारे धेरै चर्चा र आलोचना हुने पनि गर्छ । महतोबारे उनका अनुयायी वा सच्चा मधेसीले जान्नै पर्ने केही विषय भने छन् ।

उस्तै झन्डाः सद्भावना पार्टीको झन्डा तीन रङको छ । भारतको पनि तीन रङको छ । सद्भावनाको झन्डा माथिबाट क्रमशः रातो, सेतो र हरियो छ । भारतको झन्डा पनि माथिबाट क्रमशः रातो, सेता र हरियो छ । फरक यति छ कि सद्भावनाको झन्डाको बीचमा तिर छ, भारतकोमा चक्र छ ।
पार्टीको नाममा ‘नेपाल’ छैनः हरेक राजनीतिक दलले पार्टीको नाम राख्दा आफ्नो राष्ट्रको नाम छुटाउँदैनन् । तर सद्भावना पार्टीमा ‘नेपाल’ भन्ने नै छैन । मधेसी जनअधिकार फोरम नेपाल अशोक राईको पार्टीसँग एकता हुँदा पनि सो पार्टीले आफ्नो पुरानो नामको अन्तिममा रहेको नेपाल छाडेन र बन्यो– ‘संघीय समाजवादी फोरम नेपाल’ । भारतले नै गठन गरिदिएको भन्ने आरोप खेप्दै आएको तराई मधेस लोकतान्त्रिक पार्टीमा पनि ‘नेपाल’ छैन ।
अध्यक्षकै नागरिकता शंकास्पदः सदभावनाका अध्यक्ष राजेन्द्र महतोको नागरिकतामा धेरैले शंका व्यक्त गरेका छन् । राजेन्द्र महतोले सर्लाहीबाट २०२७ सालमा किर्ते गरी नागरिकता लिएको र उनका बाबुले २८ सालमा नागरिकता लिएको दावी गरिन्छ । उनको नागरिकता छानविन हुनु पर्ने उजुरी अख्तियारदेखि गृहमन्त्रालयसम्म पुगेको छ । तर ६२ सालमा माओवादीले सर्लाही प्रशासनमा आगो लगाएपछि महतोले नागरिकता लिन पेश गरेको कागजपत्र जलेको बताइन्छ ।
भारत प्यारो, काठमाण्डु दुश्मनः मधेस आन्दोलन सुरु भएपछि सदभावनाका अध्यक्ष राजेन्द्र महतोले एक पटक भारतीय मिडियालाई भने, ‘मधेसको मामिलामा भारतले जे ठीक भन्छ, त्यही ठीक हुन्छ ।’ आन्दोलन अहिले पनि जारी छ । महतो अझै काठमाण्डु आएका छैनन् ।
उनले यसबीच नेपालमा आन्दोलन गर्न भारतमा भात खाने, जन्ति झै भारतबाट आन्दोलनकारी लिएर नेपाल छिर्ने, भारतीय झन्डा ओढेर फोटो खिचाउँने, चीनको झन्डा जलाउँनेलाई समर्थन जस्ता हर्कत गरे । जुन आम मधेसीका लागि पनि जायज लागेन ।
महतोकै पार्टी एकल जातीयः महतोको मान्यता नेपालमा सबै जातजातिको समानुपातिक समावेशी प्रतिनिधित्व हुनु पर्छ भन्ने हो । तर महतोकै पार्टी सद्भावनामा एकल जातिको वर्चस्व छ । उनको पार्टीमा धेरैजसो मधेसी छन् ।
दलित, मुस्लिम, पहाडी छैनन् । उनको पार्टीले महिलालाई दोस्रो दर्जाको मानिस ठान्छ भन्ने प्रमाण राष्ट्रपति जनकपुर जाँदा उनका कार्यकर्ताले गंगाजल छर्केर पवित्र पारेको घटनाले पुष्टि गर्छ । महिलालाई अवसर दिँदा सबैभन्दा पहिले अध्यक्ष महतोले आफ्नै पत्नी सहीलदेवी महतोलाई सभासद बनाए ।
मधेसवादी महतोका काठमाण्डुमा तीनवटा घरः मधेस र मधेसीप्रति माया देखाउनु अध्यक्ष राजेन्द्र महतोको देखावटी मात्रै हो भन्ने उनको स्वाङमात्रै हो भन्ने काठमाण्डुमा रहेका उनका आलिसान महलहरुले नै पुष्टि गर्छ । मधेसवादी भनेर प्रमाणित गर्न उनी आन्दोलनपछि काठमाण्डु आएका छैनन् । तर उनले सम्पत्ति भने काठमाण्डुमै जोडेका छन् ।
उनको वा उनको अधिकार भएका तीन वटा आलिसान महल काठमाण्डुमा रहेको दावी जानकारहरु गर्छन् । उनको आधिकारिक घर तस्बिरमा भएकै हो । पहाडे शोषक वर्गले पेलेको निरिह मधेसीको यो घरबाटै प्रष्ट हुन्छ, महतो वास्तवमा कति अपहेलित र शोषित छन् भन्ने ।
पटक–पटक मन्त्रीः मधेसीका लागि सिन्को भाँचेनन्ः नेपालको इतिहासमा पटक पटक मन्त्री हुने अवसर पाउनेमा जनजाति नेताहरु खोज्ने हो भने बिरलै भेटिन्छन् । बलबहादुर राई चार पटक मन्त्री भए । अन्य कुनै पनि जनजाति नेताले यो सौभाग्य पाएका छैनन् ।
तर मधेसीको कुरा गर्दा गजेन्द्र नारायण सिंह पाँच पटक, शरतसिंह भण्डारी चार पटक, जेपी गुप्ता चार पटक र राजेन्द्र महतो पनि चार पटक मन्त्री भएका छन् । थारुमा विजय गच्छदार ८ पटक मन्त्री भएका छन् ।
पटक पटक मन्त्री भएर पनि मधेसीले केही पाएनौ भन्ने महन्थ ठाकुर पनि छ पटक मन्त्री भएका छन् । तर यीनले पटक पटक मन्त्री हुँदा गरेको कुनै एउटा राम्रो काम खोज्न मुस्किल हुन्छ । महन्थ ठाकुर, राजेन्द्र महतो, महिन्द्रराय यादवको गृह जिल्ला सर्लाही हो ।
भलै यीनीहरुले देशका लागि केही गरेनन्, कम्तिमा आफ्नो जिल्ला, आफ्नो निर्वाचन क्षेत्रका लागि केही गरेकी ? भनेर खोज्ने हो भने पनि केही पाइदैन । सर्लाही अहिले पनि मधेसको पिछडिएकै जिल्लामा पर्छ ।

साभार – काठमाणडु टुडेबाट

काठमाडौं, २ माघ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता एवम् सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो नयाँदिल्लीको उपचारपछि भोलि आइतबार काठमाडौं आउँदै हुनुहुन्छ ।
नाकामा धर्ना बसेर नाकाबन्दी लगाइ तराईका जिल्लामा आन्दोलन चर्काउन प्रमुख भूमिका खेल्नुभएका अध्यक्ष महतो आइतबार मध्यान्ह सवा १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम छ । सद्भावना पार्टीका महासचिव मनीष सुमनका अनुसार अध्यक्ष महतोलाई अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागतको तयारी गरिएको छ ।
विराटनगरको रानी भन्सार नाका अबरोध गर्ने क्रममा प्रहरीसँगको झडपमा अध्यक्ष महतो घाइते हुनुभएको थियो ।
उहाँको विराटनगर र धरानमा उपचार भएको थियो । तर अध्यक्ष महतोलाई दुई साताअघि थप उपचार गराउनेभन्दै नयाँदिल्ली लगिएको थियो ।
भारतमा रहँदा विभिन्न राजनीतिक दलका नेताहरूसँग भेटवार्ता गर्नुभएका अध्यक्ष महतोले तराईका जिल्लामा आन्दोलन चर्काउने अभिव्यक्ति दिँदै आउनुभएको छ ।
dainiknepal
काठमाडौं – भूकम्पले भत्काएको संरचनाहरुको पुनर्निर्माण गर्न महाअभियानको उद्घाटन कार्यक्रम रानीपोखरीमा तामझामका साथ शनिवार शुरु हुँदै थियो । कार्यक्रममा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, विभिन्न पार्टीका नेताहरु कुटनीतिक नियोगका पाहुना, सुरक्षा अंगका प्रमुखलगायत देशविदेशका गन्यमान्य व्यक्तित्वहरु निम्त्यिाइएको थियो । राष्ट्रपति विद्या भण्डारीले बेलुन उडाएर भव्य रुपमा कार्यक्रम शुभारम्भ गरिन् । रानीपोखरीपरिसरको पुनर्निर्माण लागि शिलान्यास कार्यक्रम पनि राखिएको थियो ।
राष्ट्रपति भण्डारीलगायत उपराष्ट्रपति, प्रधानमन्त्री, उपप्रधानमन्त्रीलगायत विशिष्ट पाहुना रानीपोखरी किनारमा रहेको शिलान्यास कार्यक्रममा सरिक भए । शिलान्यास हिन्दु परम्परा अनुसार वैदिक विधिबाट गरिँदै थियो । कार्यक्रममा सहभागी ब्राम्हण मन्त्र पढेर राष्ट्रपति भण्डारीलाई पूजाआजा गराउँदै थिए । उता प्रधानमन्त्री केपी ओली भने बेला–बेलामा घडी हेरेर हतारिरहेका थिए । ब्राम्हणको कर्मकाण्डी पूजाआजा लामो थियो । प्रधानमन्त्री केपी ओलीले बीचैमा भने, ‘अलि चाँडो गरौं न’ । औपचारिक कार्यक्रममा सहभागी विशिष्ट व्यक्तीहरुकै माझ राष्ट्रपति भण्डारीले जवाफ फर्काइन्, ‘अघि आउदा चाँही ढिला आउने अहिले जान चाँही हतार ?’ राष्ट्रपतिको जवाफपछि प्रधानमन्त्री केपी ओलीले भने कही जवाफ दिएनन् । तर, औपचारिक कार्यक्रममै राष्ट्रपतिबाटै प्रधानमन्त्रीलाई जवाफ फर्काउँदा सहभागी सबैलाई असजिलो महसुस भइरहेको देखिन्थ्यो । ratopati
काठमाडौं, २ माघ । प्रमुख तीन दलले सीमांकन तीन महिनाभित्र टुंग्याउने सहमति गरेका छन् ।
शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेपाली कांग्रेस, एमाले र एमाओवादीका शीर्ष नेताको बैठकले आन्दोलनरत मधेसी मोर्चाको सहमतिमा राजनीतिक संयन्त्र गठन गरेर तीन महिनाभित्र सीमांकन टुंग्याउने निर्णय भएको कांग्रेस उपभापति रामचन्द्र पौडेलले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो- ‘राजनीतिक संयन्त्रलाई संवैधानिक हैसियत दिएर गठन गर्ने र तीन महिनाभित्र सीमांकन टुंग्याउने निर्णय भएको छ । मोर्चाकै सहमतिमा संविधान संशोधन विधेयक पारित हुन्छ ।’
उहाँका अनुसार माघ ५ गते बस्ने संसद बैठकबाट मधेसी मोर्चालाई विश्वासमा लिएर संविधान संशोधन गर्ने निर्णय समेत भएको छ । कार्यदलमा रहेका सदस्यहरुले मधेसी मोर्चाको पछिल्लो माग बारे आजको बैठकमा जानकारी गराएपछि यस्तो निर्णय लिइएको हो ।
प्रमुख तीन दल-मोर्चा कार्यदलको बैठक आज दिउँसो ३ बजे बस्दै छ ।
dainiknepal
शनिदेवलाई खुसी बनाउन चाहनु हुन्छ बने शनिबार खाने कुरामा सावधानी अपनाउनु पर्छ। धर्मशास्त्रको अनुसार शनिबार यी खानेकुरा खाँदा शनि बेखुसी हुने बताइन्छ।



के-के हुन ती खानेकुरा जुन शनिबार नखाँदा नै बेस हुन्छ:

सादा दुध वा दहिको सेवन शनिबार राम्रो मानिदैन। तर दुधमा मह वा चिनी मिसाएर भने खान सकिन्छ।
काँचो आपको अचार खान बाट बच्नुहोस्।
रातो खुर्सानीको प्रयोग शनिबारको दिन नगर्न बताइन्छ।
माछा मासु पनि शनिबार नखादाँनै राम्रो मानिन्छ। अझ शनिको दशा चलेको बेलामा माछा मासुमा विशेष ध्यानपुर्योउनु पर्नेहुन्छ।
शनिबार रक्सी सेवन गर्नाले शनि राम्रो भएको बेलामा पनि अशुभ फल मिल्छ। दुर्घटनाको आंशका बढ्ने हुन्छ।
शनिबारको दिन चना र मासको दाल खान सकिन्छ तर मसुरोको दाल भने नखादाँ नै राम्रो हुन्छ।
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Aug 24 (6)
  • Aug 23 (1)
  • Aug 19 (1)
  • Aug 18 (19)
  • Aug 17 (17)
  • Aug 16 (24)
  • Jan 24 (18)
  • Jan 23 (27)
  • Jan 22 (32)
  • Jan 21 (35)
  • Jan 20 (35)
  • Jan 19 (34)
  • Jan 18 (40)
  • Jan 17 (45)
  • Jan 16 (27)
  • Jan 15 (29)
  • Jan 14 (35)
  • Jan 13 (40)
  • Jan 12 (32)
  • Jan 11 (39)
  • Jan 10 (31)
  • Jan 09 (23)
  • Jan 08 (31)
  • Jan 07 (30)
  • Jan 06 (39)
  • Jan 05 (34)
  • Jan 04 (39)
  • Jan 03 (43)
  • Jan 02 (47)
  • Jan 01 (31)
  • Dec 31 (34)
  • Dec 30 (36)
  • Dec 29 (43)
  • Dec 28 (33)
  • Dec 27 (27)
  • Dec 26 (38)
  • Dec 25 (33)
  • Dec 24 (38)
  • Dec 23 (44)
  • Dec 22 (39)
  • Dec 21 (37)
  • Dec 20 (40)
  • Dec 19 (31)
  • Dec 18 (47)
  • Dec 17 (30)
  • Dec 16 (16)
  • Dec 15 (42)
  • Dec 14 (30)
  • Dec 13 (32)
  • Dec 12 (35)
  • Dec 11 (42)
  • Dec 10 (26)
  • Dec 09 (31)
  • Dec 08 (15)
  • Dec 07 (37)
  • Dec 06 (30)
  • Dec 05 (34)
  • Dec 04 (32)
  • Dec 03 (33)
  • Dec 02 (36)
  • Dec 01 (37)
  • Nov 30 (48)
  • Nov 29 (28)
  • Nov 28 (35)
  • Nov 27 (35)
  • Nov 26 (47)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (27)
  • Nov 22 (32)
  • Nov 21 (43)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (22)
  • Nov 17 (29)
  • Nov 16 (32)
  • Nov 15 (25)
  • Nov 14 (28)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (42)
  • Nov 09 (22)
  • Nov 08 (40)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (42)
  • Nov 01 (44)
  • Oct 31 (29)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (47)
  • Oct 27 (32)
  • Oct 26 (39)
  • Oct 25 (35)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (22)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (31)
  • Oct 02 (29)
  • Oct 01 (29)
  • Sep 30 (29)
  • Sep 29 (24)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (26)
  • Sep 25 (27)
  • Sep 24 (18)
  • Sep 23 (15)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (26)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (12)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (19)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (22)
  • Sep 07 (22)
  • Sep 06 (26)
  • Sep 05 (18)
  • Sep 04 (23)
  • Sep 03 (24)
  • Sep 02 (25)
  • Sep 01 (24)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (27)
  • Aug 28 (28)
  • Aug 27 (30)
  • Aug 26 (29)
  • Aug 25 (24)
  • Aug 24 (35)
  • Aug 23 (30)
  • Aug 22 (31)
  • Aug 21 (32)
  • Aug 20 (30)
  • Aug 19 (33)
  • Aug 18 (27)
  • Aug 17 (34)
  • Aug 16 (28)
  • Aug 15 (23)
  • Aug 14 (23)
  • Aug 13 (22)
  • Aug 12 (19)
  • Aug 11 (18)
  • Aug 10 (24)
  • Aug 09 (16)
  • Aug 08 (18)
  • Aug 07 (25)
  • Aug 06 (16)
  • Aug 05 (18)
  • Aug 04 (21)
  • Aug 03 (19)
  • Aug 02 (14)
  • Aug 01 (17)
  • Jul 31 (19)
  • Jul 30 (19)
  • Jul 29 (15)
  • Jul 28 (12)
  • Jul 25 (14)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home