• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
काठमाडौं, पुस ४ । नेकपा एमालेका नेता माधवकुमार नेपालले राष्ट्रपति बिद्यादेवी भण्डारीमाथि जनकपुरमा गरिएको व्यवहार निन्दनीय भएको बताएका छन् ।
प्रेस चौतारी नेपालले शनिबार राजधानीमा गरेको कार्यक्रममा एमाले नेता नेपालले घटनाको जति निन्दा गरे पनि कम हुने बताए ।
उनले संसद्बाटै सबै समस्या सामधान हुने भन्दै मधेसी मोर्चाले आन्दोलन गर्नुको कुनै औचित्य नभएको बताए । आन्दोलन छाडेर वार्तामा फर्कन पनि मधेसी दलहरुलाई उनको आग्रह थियो । कार्यक्रममा नेता नेपालले प्रेस चौतारी नेपालमा आबद्ध विभिन्न सञ्चारकर्मीहरुलाई सम्मान गरे ।
imagekhabar
इलाम, ४ पुस । नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनालले संसद्बाट पुनःनिर्माण विधेयक पारित भइसकेकाले पुनःनिर्माण प्राधिकरण चाँडै गठन हुने बताउनुभएको छ ।
आज बिहान इलाममा रासस सम्वाददातासँग सङ्क्षिप्त कुराकानी गर्दै नेता खनालले भूकम्प र नाकाबन्दीले देश जर्जर स्थितिमा पुगेकाले प्राधिकरण गठन गरेर तत्काल काम अघि बढाउने बताउनुभयो ।
मधेसवादी दलले राखेका मागका विषयमा सरकार गम्भीर भएको बताउँदै उहाँले भन्नुभयो, “संविधान संशोधनको विषयमा मधेसवादी दलबीच कुरा भइरहेको छ, अझै त्यसलाई टुङ्गोमा पु¥याउन गृहकार्य भइरहेको छ ।”
अहिलेको चुनौतीयुक्त परिस्थितिमा सबै दल एकताबद्ध हुन जरूरी छ भन्दै उहाँले वर्तमान संविधानले सबै क्षेत्र, समुदायको प्रतिनिधित्व गरेकाले विश्वमै उदाहरणीय संविधान बनेको जिकिर गर्नुभयो ।
संविधानले सबैको समस्याको ढोका खोलेको बताउँदै उहाँले भन्नुभयो, “चित्त नबुझेको कुरा संसद्बाटै समाधान गर्नुपर्ने र नाकामा बसेर मुलुकलाई अप्ठ्यारो पार्नु हुँदैन् ।”
भूकम्प र नाकाबन्दीको मौका छोपी देशमा कालोबजारी बढिरहेकाले त्यसप्रति नेपाली नागरिक सचेत हुनुपर्ने धारणासमेत राख्नुभयो ।
आफ्नो एक हप्ता लामो जिल्ला बसाइँमा उहाँले जिल्लामा सञ्चालित विभिन्न विकास निर्माणका गतिविधिको निरीक्षण तथा आफूले लगानी गरेका विकास निर्माणको समेत अनुगमन गर्ने बताइएको छ ।
dainiknepal
वाशिंगटन डिसी, ४ पुस । अमेरिकामा एक नेपाली पुरुषले खतरनाक लुटेराहरु समात्नमा अमूल्य सहयोग गरेका छन् । जसका कारण उनलाई अमेरिकी प्रहरीले सम्मान गरेको छ ।
वाशिंगटन डिसी अत्यधिक अपराधिक गतिबिधिमा पहिलो १० औ स्थानमा पर्दैन । नपरेपनि अमेरिकाको अपराधिक गतिबिधि हुने महानगरीमा २९ औ स्थानमा पर्दछ । यसक्षेत्रमा बिबिध प्रकारका अपराध हुने गर्दछ । अधिकाशं अफ्रिकन अमेरिकन (अस्वेत–काला) यस्ता क्रियाकलापमा संलग्न देखिन्छ ।
नेपाली मुलका नागरिक कैयौं पटक यस्ता गतिबिधिका सिकार भएका छन् । यस्तै शिकारबाट मुश्किलले बाच्न सफल भएका डिसी महानगर क्षेत्रमा बसोबास गर्ने काठमाडौँ कालिमाटीमा जन्मिएर बानेश्वरमा हुर्केका १० खेलमा १० वटा पदक जित्ने कीर्तिमानी भूतपूर्व कराते खेलाडी उज्ज्वल ठकुरीलाई डिसी महानगर क्षेत्रको आर्लिंगटन प्रहरी बिभागले सम्मान गरेको छ ।
उनले पटक पटक अदम्य साहस, आँट तथा बहादुरी देखाई डिसी महानगर क्षेत्रमा रहेका अस्वेत जातिका लुटेराहरुलाईलाई प्रहरी समक्ष बयान, भीडन्त तथा अदालतमा उपस्थिति भै अन्य जानकारी दिएकोले उनलाई सम्मान पत्र दिइएको हो ।
ठकुरी देशको नाम राख्ने खेलाडी मात्र नभई उनको बहादुरीको चर्चा परिचर्चा अमेरिकाको डिसी महानगर क्षेत्रको प्रहरी विभागमा पनि हुन् थालेको छ । नेपालीहरु पनि बहादुर हुन्छन भन्ने छाप ठकुरीले अमेरिकी प्रहरीको मस्तिष्कमा राख्न सफल भएका छन् । उनि एक कुसल कराते खेलाडी हुन् । उनले नेपालीहरु पनि साहसी, आँटी तथा बहादुर हुँदा रहेछन भनि अमेरिकामा प्रमाणित गरिदिएका छन् ।
उनले ५ बर्ष अगाडी सन् २०१० मा भर्जिनियामा एक महिलाले संचार उपकरण लिएर हिडी रहेको समयमा ३ जना अफ्रिकन अमेरिकन गाडीबाट उत्री आक्रमण गरि समान लुटेर जाने क्रममा संयोग बस सितारियो खेलाडी ठकुरी त्यहि नजिक भएकोले उनको मनले अन्याय सहन सकेन् । हात बाधेर चुप लागेर बसेनन । तुरुन्त प्रहरीलाई खबर गरि प्रहरीको पछि लागि ति लुटेराहरु समातिए ।
यस्तै गरि दोस्रो पटक सन् २०१२ फेब्रुअरी झन्डै मध्य रातमा डिसीमा एक आइमाईलाई लुटियो । कराते खेलाडी ठकुरीले बहादुरीका साथ प्रहरीलाई खबर गर्दै लुटेरालाई पछ्याउदै प्रहरीलाई सहयोग गरि दोस्रो लुटेरा पनि पक्राउ पर्न सफल भयो ।
तेस्रो खतरनाक आक्रमण जुलाई २०१४ मा आफूसंग घट्न गएको बताउदै खुला ठाउँमा भए आफूले उनीहरुलाई ढाल्न सक्थे ठकुरीले भने । घटना डिसीको युनियन स्टेसनमा रातिको समयमा घटेको बताए । उनको गाडीमा बस्न २ जना काला जातिका लुटेराले सांघातिक हमला गर्दा झन्डै ज्यान जानबाट बच्यो ठकुरीले भने । दुई जना लुटेरा मध्ये एउटाले पछाडीबाट चालक बस्ने ठाउँमा आफुले बाधेको पेटीले घाँटी थिच्यो । र अर्को अगाडिकोले चक्कु प्रहार गर्दा आफूले समातेपछि लाग्न नपाएको बताए ।
आफूसंग भएको थोरै रकम दिएपछि लुटेरा भागे तर एकै छिनमा प्रहरी आएकोले आफूसंग घटेको घटनालाई आफुले नछोड्ने प्रतिबद्धतासहित लुटेरालाई चिनी प्रहरीलाई सहयोग ठकुरीले गरे ।
आफूलाई लुट्ने २ लुटेरा मध्ये १ जनाको १४ वटा मुद्धाहरु अदालतमा दायर भएको अपराधी रहेको बताए । लुटपाटको ३ वटा मुद्धाहरु त्यो लुटेराको रहेको र प्रहरीको व्यापक खोजीमा रहेको लुटेरालाई पहिचान ठकुरीले गरिदिए ।
अमेरिकामा अधिकांस पीडित/लुटिएका मानिस अदालतमा गएर किन बयान दिदैनन ?
ujwalलुटिएपछि आफ्नो ज्यानको सुरक्षाको कारण अधिकांश पीडितहरु अदालत जान अप्ठ्यारो मान्ने गरेको देखिएको छ । अपराधी गतिबिधिका मुद्दा मामलामा धेरैजसो अगाडि बढ्न चाहदैनन् किनभने समय कम, काममा व्यस्तको साथै जीवनभर दुश्मनी मोल्नु भन्दा मुद्धा नै दायर गर्नतर्फ लाग्दैनन् । अदालतमा बयान गर्न जाने तरखर गर्दा धेरैको हत्या लुटेराले गर्ने गरेका छन् । टेक्सासमा केहि बर्ष अगाडी एक बिद्यार्थीले पनि अदालतमा बयान दिन जाने तयार भएपछि उनलाई गोली हानि हत्या गरिएको थियो । प्रत्यक्षदर्शी भएपनि नदेखेको गरि हिडने गर्दछन । नदुखेको टाउको दुखाउन मानिस चाहदैनन् ।
यस्तो अवस्थामा प्रवासीहरु झन् संलग्न हुन् चाहदैनन् । तर आँटी र साहसी उज्ज्वल ठकुरी अपबाद बने । ठूलो मुद्धा मामला भएकोले प्रहरीले ठकुरीलाई २ पटक सोधेको बताए । यस्तो मामलामा अदालतमा आउने र बयान दिने लाई लुटेराले दागा धर्ने र हत्या समेत गर्ने भएकोले २ पटक सोच्न मौका दिएको बताए ।
र राम्रोसंग सोचेपछि ठकुरीले प्रहरीलाई भने– मारे राम्रो काम गरेर मरिन्छ । म नेपाली हु र नेपालको नाम राखेर मर्छु तर त्यो अपराधीलाई छोडिदैन ठकुरीले प्रहरीलाई जवाफ लगाए । ठकुरीको अदालतमा गएको सहयोगले २ वटा अपराधी समातिए । एक जनालाई १५ र अर्कोलाई २० बर्ष कैद गरि सकेको छ ।
ठकुरीले यस्तो सहयोग गरेको कारण प्रहरीले सम्मान गरेको हो । ठकुरीले भने आफू अदालतमा जाने भएपछि अरु पीडितहरु पनि अदालतमा उपस्थित भएको बताए । यस्तो मुद्धामा धेरै सबुत, प्रमाण संकलन गर्नुपर्ने र जिन्दगीभर खतरा मोल्नुपर्ने हुनाले तै चुप मै चुप पनि मानिस गर्ने गर्दछन भनि ठकुरीले बताए ।
म खेलाडी पनि हु मैले यस्तो गर्दा अमेरिकामा खेलाडी प्रति सकारात्मक सोच हुने र बिश्व भर खेलाडीको सम्मान पनि हुने बताए ।
dainiknepal
काठमाडौं, पुस ४ । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्माले राष्ट्रिय स्वाधिनताका बिषयमा कसैसंग सम्झौता नगर्ने बताएका छन् ।
शनिबार बालुवाटारमा गति प्रकाशन समूहले आयोजना गरेको साइकल र्‍यालीलाई स्वागत गर्दै उनले यस्तो बताएका हुन ।
ओलीले अघोषित नाकाबन्दीका कारण जनताले दुःख भोग्नुपरेको भन्दै यो छिटै अन्त्य हुने बिश्वास पनि व्यक्त गरे । प्रधानमन्त्री ओलीले मुलुक आत्मनिर्भर भए कसैबाट पनि डराउनु नपर्ने समेत उल्लेख गरे ।
कार्यक्रममा बिज्ञान प्रविधी तथा वाताबरण मन्त्री बिश्वेन्द्र पासवानले बातावरण जोगाउनका लागी बिद्युतीय परिवहनलाई प्राथमिकता दिनुपर्ने बताए । काठमाडौको सुकेधाराबाट सुरु भएको साईकल र्याली प्रधानमन्त्री निवास वालुवाटार पुगी पुनः सुकेधारामा पुगी समापन भएको थियो ।
imagekhabar
पुस ४, २०७२- भारतीय नाकाबन्दी र तराई आन्दोलनसागै चुलिएको देशको मानवीय संकट झन्डै चार महिना पुग्न लागिसक्दा पनि उही अवस्थामा छ । नाकाबन्दी कहिले खुल्ला र सन्तोषको सास फेर्न पाइएला भन्ने प्रतीक्षामा छन् सिङ्गो देशवासी ।



नेपाल–भारत सीमाका अरू नाकाजस्तै मेची भन्सारको दैनिकी पनि फेरिएको छ । राजमार्गको आसपास होस् या चोक, गल्ली सबै प्राय: हाटबजारजस्तो देखिन्छ । ठूलो संख्यामा मोटरबाइक, रिक्सा, जिप, ट्रक, स्कुटर होस् या निजी कार सबै इन्धन ओसार्न प्रयोग भएका छन् ।



यत्रतत्र इन्धनको मोलमोलाई गर्नेको भीड बाक्लै देखिन्छ । पूर्व–पश्चिम सडक खण्डमा चल्ने प्राय: सवारीसाधन इन्धनको प्रतीक्षामा देखिन्छन् ।
 छिनछिनमा भारतीय नम्बर प्लेटका निजी सवारीहरू सीमा वारपार गरिरहकेका हुन्छन् । त्यस्तै भारततर्फ ठूलो संख्यामा नेपाली नम्बर प्लेटका इन्धन गाडी लाइनमै अड्केका देखिन्छन् ।kantipur.ekantipur

काठमाडौँ । गायिका ज्योती मगरले तेश्रो पटक पुर्वेली गीत गाएकी छिन् । गायक शिव कार्कीसँग मिलेर उनले गाएको ‘देखिन्छ नानी नाचेको छेकिन्न छेकेर’ बोलको गीत सार्वजनिक भएको हो ।
शिखरजंग श्रेष्ठको शब्द र संगीत रहेको यो गीतमा ज्योती र शिवविचको दोहोरो संवाद सुन्न सकिन्छ । गीतमा ज्योतीले पुर्वेली भुमिका निवार्ह गरेकी छिन् छिने शिवले पोखरीलीको । ज्योतीले ‘पोखरेली’लाई ‘फसाउन माहिर’भन्दा शिवले ‘वचनको पक्का हुन्छन् रे पुर्वेली’ भन्दै ज्योतीलाई फकाउन खोजेका छन् । गीतले ‘पोखरेली’ र ‘पुर्वेली’विचको प्रेम देखाउन खोजिएको छ ।
गीतलाई पुष्कर सुनुवारले एरेन्ज गरेका छन् । ‘यसपाली अलि फरक गीत गाउने कोशिष गरेकी छु । पुर्वेली गीत त्यती गाएकी छैन् । यो तेश्रो पटक हो’, गायिका ज्योती दर्शकले मनपराउनेमा ढृुक्क छिन् । ‘पहिलोपटक पुर्वेली गीत गाउने कोशिष गरेको छु । आशा छ दर्शकले मनपराउनुहुनेछ’, गायक शिवले भने ।
dainiknepal
काठमाडौं, ४ पुस । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच सकारात्मक वार्ता भएको छ ।
कांग्रेस सभापति सुशील कोइराला निवास महाराजगञ्जमा भएको वार्तामा संविधान संशोधन र पछिल्लो राजनीतिक अवस्थाबारे छलफल भएको उपसभापति रामचन्द्र पोडेलले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो– वार्ता सकारात्मक भयो, अन्य दलहरुसँग छलफल परामर्श गरेर संविधान संशोधन विधेयकलाई थप परिमार्जन गरी अगाडि बढाउँछौं । जसबाट मधेस आन्दोलनका माग सम्बोधन हुनेछन् ।
उपसभापति पौडेलले संशोधन विधेयक परिमार्जन गरे मधेसी मोर्चाले सहमतिमा आउने संकेत गरेको बताउनुभयो ।
dainiknepal
काठमाडौं, पुस ४ । नेपाली कांग्रेसका शीर्ष नेता र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताबीच छलफल भइरहेको छ ।
कांग्रेस सभापति सुशील कोइराला निवास महाराजगञ्जमा जारी वार्तामा कांग्रेस सभापतिसहित पदाधिकारीहरु र मधेसी मोर्चाको तर्फबाट तमलोपा अध्यक्ष महन्थ ठाकुर, फोरम अध्यक्ष उपेन्द्र यादवसहितका नेता रहेका छन् ।
संविधान संसोधन विधेयकको विरुद्धमा रहेको मोर्चाको आग्रह विपरित नेपाली कांग्रेसले दवावमा संविधान संशोधन विधेयक संसदमा पेस गरेपछि रुष्ट बनेको मोर्चाबीच यसै विषयमा विस्तृतमा छलफल हुन लागेको हो ।
मोर्चालाई संविधान संशोधन विधेयकको भाषासहितका ब्यवस्थामा मनाउन र उनीहरुको भावना अनुसार संशोधन दर्ता गराउने बारेमा छलफल केन्द्रित छ । आफ्नो सहमति बिनै संविधान संशोधन विधेयक अगाडि बढाएको भन्दै मधेसी मोर्चाले आन्दोलन घोषणा गरेको छ ।
imagekhabar
पुस ४, २०७२- प्राकृतिक रूपमा पृथ्वीको गर्भभित्र निर्माण हुने कच्चा पेट्रोलियम पदार्थ जैविक वा अजैविक कुन स्रोत/प्रक्रियाबाट बन्छ भन्नेमा अनुसन्धानकर्ताहरूको फरक धारणा छ । व्यापारिक दृष्टिकोणले लाभदायक मानिने ठूलाठूला कच्चा तेल तथा ग्यासका भण्डारहरू जैविक प्रक्रियाको उपज हुन् भन्नेमा अधिकांश वैज्ञानिकको मतैक्यता पाइन्छ । हालसम्म स्थापित मान्यताका आधारमा पेट्रोलियम पदार्थ (कच्चा तेल तथा ग्यास) बन्न आवश्यक प्रमुख स्रोत प्राणी र वनस्पति हुन् । पृथ्वीको सतहमा रहेका गहिरा भागहरू विशेषगरी समुद्री भूभागमा खोलानाला तथा नदीहरूले बगाएर ल्याएका जैविक पदार्थहरू सहितका माटो, बालुवाजस्ता स—साना कणहरू संकलन भई थुप्रने गर्छन् । समुद्री सूक्ष्म जीवाणुहरूले यसरी संकलन भएका र समुद्री वातावरणमा उपलब्ध जैविक पदार्थहरूलाई थप टुक्र्याउने र गलाउने कार्यमा सहयोग पुर्‍याउँछन् ।

विभिन्न माध्यमबाट प्राप्त अन्य पदार्थहरू सहितको जैविक पदार्थहरू संकलित हुने र पुरिँदै जाने क्रम एउटा नियमित प्राकृतिक प्रक्रिया भएकाले यस्तो क्रम लामो समयसम्म (लाखौं/करोडौं वर्ष) चल्दै जान्छ । पृथ्वीको सतहभित्र निश्चित गहिराइमा पुरिएर बनेका चट्टानमा संकलित जैविक पदार्थ अनुकूल वातावरण (५० देखि १७५ डिग्री सेल्सियस तापक्रम) मा जैविक तथा रासायनिक प्रतिक्रियास्वरूप पेट्रोलियम पदार्थमा परिणत हुनजान्छ । जैविक पदार्थहरू संकलन भई पेट्रोलियम पदार्थमा परिणत गराउने चट्टानलाई स्रोत चट्टान भनिन्छ । स्रोत चट्टानमा बनेको पेट्रोलियम पदार्थ (तेल वा ग्यास) को हलुका गुणका कारण उचित बहावको माध्यमबाट अन्यत्र बगेर वा उडेर जान सक्छ । पृथ्वीको गर्भभित्रको स्रोत चट्टानमा बनेको पेट्रोलियम पदार्थ स्थानान्तरण भएर जाँदा त्यसलाई थुनेर राख्नसक्ने गुणयुक्त ढकनी वा आवरण चट्टान पाएमा मात्र संरक्षित हुन्छ । अन्यथा यसको हलुका भौतिक गुणका कारण उडेर वा बगेर खेर जान्छ ।

पेट्रोलियमको सम्भावना
कुनै पनि स्थानमा पेट्रोलियम भण्डारको सम्भाब्यता अध्ययन गर्दा त्यस क्षेत्रको प्रागऐतिहासिक, भौगर्भिक तथा वातावरणीय अवस्थितिबारे लेखाजोखा हुनु जरुरी हुन्छ । अर्को शब्दमा भन्नुपर्दा सम्बन्धित क्षेत्रमा प्राकृतिक रूपमा कच्चा पेट्रोलियम बन्नसक्ने वातावरण थियो वा थिएन, यकिन गर्नुपर्ने हुन्छ । नेपालमा पेट्रोलियम बन्नसक्ने वातावरणको लेखाजोखा गर्ने क्रममा यस सम्पूर्ण हिमालय क्षेत्रको भौगर्भिक इतिहास तथा भौगोलिक अवस्थितिको अध्ययन एवं मूल्याङ्कन अपरिहार्य हुनआउँछ । यस सन्दर्भमा, हालसम्म भएका भौगर्भिक अध्ययन तथा अनुसन्धानका आधारमा करिब ५ करोड वर्ष अघिसम्म भारतीय भूखण्ड र एसियन भूखण्ड बीचमा रहेको हालको नेपाल तथा सम्पूर्ण हिमालय क्षेत्रले ओगटेको स्थानमा टेथिस नामको सागर रहेको विश्वास गरिन्छ ।

टेथिस सागरले ओगटेका विभिन्न स्थानहरूमा ठूला—ठूला सेडिमेन्टरी बेसिनहरू (ढुङ्गा, माटो, मृत प्राणी तथा वनस्पति र अन्य वस्तु थुप्रने गहिरो क्षेत्र) विकसित भई पेट्रोलियम बन्न अनुकूल वातावरण सिर्जना भएको विश्वास छ । विगतमा अस्तित्वमा रहेका यस्ता बेसिनहरू वर्तमानका पेट्रोलियम अन्वेषणका लागि लक्षित स्थानहरूमा पर्छन् । नेपालको पूर्वतिर अवस्थित भारतको आसाम र पश्चिमतिर पाकिस्तानको पोतवार भौगर्भिक इतिहास बोकेका बेसिनहरू हुन्, जहाँ तेल तथा ग्यासका भण्डारहरू पाइएका छन् । आसाम र पोतवार बेसिनसँग मिल्दोजुल्दो भौगर्भिक बनावट भएको गङ्गा बेसिनको भूभाग नेपालको तराई र चुरे क्षेत्रमा पनि पर्ने भएकाले र हालसम्म भएका विभिन्न अध्ययन, अनुसन्धानले यस क्षेत्रमा तेल तथा ग्यास पाइने सम्भावना देखाउँछ ।

विभिन्न दातृ निकायको सहयोग र नेपाल सरकारको सक्रियतामा विगतमा भएका भौगर्भिक अध्ययनबाट पेट्रोलियम बन्नसक्ने स्रोत चट्टान, त्यसलाई भण्डारण गर्नसक्ने भण्डार चट्टान र बगेर वा उडेर खेर जान नदिने ढकनी चट्टान नेपालमा पाइएको छ । साथै विभिन्न समयमा समग्र तराई तथा चुरे क्षेत्र समेट्नेगरी सञ्चालित भू—भौतिक सर्वेक्षणले यस क्षेत्रको सतहमुनि कच्चा पेट्रोलियमलाई भण्डारण गरी सुरक्षित राख्न आवश्यक पर्ने भौगर्भिक संरचना पनि रहेको पुष्टि गरेको छ ।

दैलेखको पादुकास्थान, श्रीस्थान, नाभिस्थान र आसपासका क्षेत्रमा करिब १४ किमिको दूरीमा ४५ वटा ग्यास चुहावट स्थलहरू भेटिनुले नेपालमा पेट्रोलियम भण्डारको सम्भावनालाई थप बल प्रदान गरेको छ । हालसम्म भएका प्रयासहरूबाट नेपालमा पेट्रोलियमको भण्डार हुनसक्ने प्रबल सम्भावना देखिए पनि विस्तृत भौगर्भिक, भूरासायनिक र भूभौतिक अध्ययनपश्चात मात्र सम्पूर्ण रूपमा पुष्टि हुनसक्छ । नेपालको भूपरिवेष्टित अवस्थिति, विकट भौगोलिक बनावट, विषयसँग सम्बन्धित उच्च प्रविधि र दक्ष जनशक्तिको अभाव लगायत कारण यहाँ हुने अन्वेषणको कार्य तुलनात्मक दृष्टिकोणले जटिल तथा महँगो हुन्छ ।

अन्वेषणको विगत र वर्तमान
विश्व बैंकको सहयोगमा २०३५—०३६ सालतिर नेपालको पूर्वदेखि पश्चिमसम्म तराई र चुरे क्षेत्र समेट्नेगरी करिब ४८ हजार वर्गकिमि क्षेत्रमा पेट्रोलियम पदार्थको हवाइ चुम्बकीय सर्वेक्षण गरिएको थियो । त्यस अध्ययनबाट उत्साहजनक नतिजा प्राप्त भएकाले नेपालमा पेट्रोलियम प्रबद्र्धन तथा नियमन गर्ने उद्देश्यले २०३९ सालमा ‘पेट्रोलियम अन्वेषण प्रबद्र्धन परियोजना’ स्थापना गरियो । त्यसपछि पेट्रोलियमको सम्भावना मानिएका तराई र चुरेका भूभागलाई पूर्वदेखि पश्चिमसम्म दस अन्वेषण खण्डमा विभाजन गरियो । त्यसै सन्दर्भमा सरकारले ‘नेपाल पेट्रोलियम ऐन, २०४०’ र ‘पेट्रोलियम नियमावली, २०४१’ जारी गर्‍यो ।

परियोजनाको पहलमा हालसम्म तराई तथा चुरेको सम्पूर्ण क्षेत्रलाई समेट्नेगरी करिब ६० हजार वर्गकिमि फोटो जियोलोजिकल अध्ययन, विगतमा विभिन्न समयमा सम्भावित क्षेत्रहरूको समग्र मूल्याङ्कनका लागि सञ्चालित भौगर्भिक, भूरासायनिक र भूभौतिक अध्ययनहरूबाट प्राप्त तथ्याङ्कहरूले नेपालमा पेट्रोलियम पाइने सम्भावनालाई थप आधारहरू प्रस्तुत गरेका थिए । पेट्रोलियमको अन्वेषण, विकास र उत्पादनमा लगानी गर्न इच्छुक अन्तर्राष्ट्रिय तेल तथा ग्यास कम्पनीहरूलाई हालसम्म भएका अध्ययन तथा अनुसन्धानका सूचना, तथ्याङ्क तथा प्रारम्भिक विश्लेषण सहितका प्रतिवेदन संलग्न भएका २१ वटा डाटा प्याकेजहरू उपलब्ध गराउन परियोजना अन्तर्गत छुट्टै तथ्याङ्क केन्द्र पनि खडा गरियो ।

त्यही क्रममा अन्तर्राष्ट्रिय बोलपत्रका माध्यमबाट तेल तथा ग्यास कम्पनीहरूलाई नेपालमा लगानीका लागि आह्वान गरियो । नेपाल सरकारसँग पेट्रोलियम सम्झौता गरी सन् १९८६ देखि १९९० सम्म नेदरल्यान्ड र अमेरिकाको सेल/ट्राइटन कम्पनीको संयुक्त लगानीमा पूर्वी नेपालको अन्वेषण खण्ड १० (विराटनगर) मा अनुसन्धानसमेत गरियो । तत्कालीन समयमा चलिरहेको जनआन्दोलन र त्यसबाट सिर्जित राजनीतिक अस्थिरता र नाकाबन्दीको स्थितिले गर्दा उक्त कम्पनीले अन्वेषण कार्यलाई निरन्तरता दिन सकेन । एक प्रकारले निष्कर्षविहीन अवस्थामै अन्वेषण परित्याग गर्‍यो । अर्कातिर नेपालको राजनीतिक अस्थिरता र शान्ति सुरक्षाको कारण देखाई अन्वेषण कार्य सुरु नै नगर्ने तर अन्वेषण खण्डहरू ओगटेर मात्र बस्ने प्रवृत्ति बढ्यो । त्यसलाई निरुत्साहित गर्न नेपाल सरकारले हालै त्यस्ता सम्पूर्ण कम्पनीहरूसँगको सम्झौता रद्द गरी अन्वेषणको नयाँ प्रक्रिया सुरु गर्ने निर्णय लिएको छ ।

अब पेट्रोलियम अन्वेषणलाई राष्ट्रिय प्राथमिकतामा राखी अधिकारसम्पन्न स्वायत्त निकायमार्फत अगाडी बढाएमा केही वर्षभित्रै निष्कर्षमा पुग्न सक्छ । पेट्रोलियम खोजी कार्यको अन्तर्राष्ट्रिय प्रचलन (अभ्यास) अनुसार
उक्त निकायलाई राज्यका तर्फबाट अन्तर्राष्ट्रिय तेल कम्पनीसँग सम्झौता गर्ने तथा सम्झौता कार्यान्वयन गराउने जिम्मेवारीसमेत प्रदान गर्न सकिन्छ । साथै राज्यको स्वामित्वमा राज्यद्वारा नियन्त्रित तेल कम्पनी स्थापना गरी सो
कम्पनीलाई अन्तर्राष्ट्रिय कम्पनीद्वारा गरिने पेट्रोलियम कार्यको हिस्सेदारका रूपमा प्रत्यक्ष संलग्न गराई प्रविधि हस्तान्तरणको माध्यमबाट छुट्टै स्वतन्त्र कम्पनीका रूपमा पनि विकास गर्न सकिन्छ ।kantipur.ekantipur

२०७२ पौष ४ शनिबार

काठमाडौं: कांग्रेसमा सबा दुई लाख नयाँ क्रियाशील सदस्य थपिएपछि सभापति सुशील कोइराला पार्टी आफ्नो हातबाट फुत्कने अनुमान गर्दै त्यसको विरोधमा उत्रिएका छन्।

पार्टी केन्द्रीय समितिले गठन गरेको कोइराला निकट नेता नरहरि आचार्यको संयोजकत्वको क्रियाशील सदस्यता छानबिन समितिको प्रतिवेदनमा सबा दुई लाख नयाँ सदस्य थपिएको उल्लेख छ। नयाँ सदस्य थपिएपछि आसन्न पार्टीको तेह्रौं महाधिवेशनमा वरिष्ठ नेता शेरबहादुर देउवा पक्षको पकड हुने अनुमान गर्दै कोइरालाले नयाँ सदस्यहरूलाई मताधिकार दिन नहुने धारणा आफू निकट सदस्यमार्फत केन्द्रीय समितिमा प्रवेश गराएका हुन्।


बिहीबार र शुक्रबार बसेको केन्द्रीय समिति बैठकमा उनी निकट सदस्यहरूले छानबिन समितिको प्रतिवेदन पूर्वाग्रही भएको तर्क गर्दै नयाँ सदस्यहरूलाई आगामी महाधिवेशनमा मतदान गर्न दिन नहुने धारणा राखेका छन्। केन्द्रीय सदस्यहरु दिलेन्द्रप्रसाद बडू, फरमुल्लाह मन्सुर, राजन पन्तलगायतले नयाँ सदस्यलाई महाधिवेशनमा सहभागी गराउन नहुने धारणा बैठकमा राखेका छन्।

वरिष्ठ नेता देउवापक्षीय र केही कोइराला निकटका केन्द्रीय सदस्यहरूले पनि नयाँ सदस्यलाई महाधिवेशनमा सहभागी नगराउने गरी मताधिकार नदिने हो भने पार्टी अत्यन्त कमजोर हुने धारणा राखेका छन्।शुक्रबार अपराह्न पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकमा केन्द्रीय सदस्य प्रकाशशरण महतले पार्टी बलियो बनाउन नयाँ सदस्यलाई जिम्मेवारी दिनुपर्ने धारणा राखेका थिए।

उनले प्रतिवेदनमा कहींकतै त्रुटि भए त्यसलाई परिमार्जन वा संशोधन गर्ने अधिकार पनि छानबिन समितिलाई नै दिनुपर्ने धारणा बैठकमा राखेका थिए । ‘साढे पाँच वर्ष सदस्यता नपाएर बल्ल सदस्य बनेकालाई मतदानमा भाग लिन दिनुहुन्न भन्ने तर्क कुनै पनि कोणबाट उपयुक्त होइन’, महतले अन्नपूर्णसँग भने, ‘केही कमजोरी छन् भने सुधार गर्न सकिन्छ तर त्यो सुधार समितिले नै गर्नुपर्छ।'


सबा दुई लाख नयाँ सदस्य थपिएको उल्लेख छ। नयाँ सदस्य थपिएपछि पार्टीको तेह्रांै महाधिवेशनमा वरिष्ठ नेता शेरबहादुर देउवा पक्षको पकड हुने अनुमान गर्दै कोइरालाले नयाँ सदस्यहरूलाई मताधिकार दिन नहुने धारणा आफू निकट सदस्यमार्फत केन्द्रीय समितिमा प्रवेश गराएका हुन् ।


महतले पार्टीको संगठन संरचनालाई बढी प्रभावकारी बनाउन आयोग बनाएर नामावली प्रकाशनलगायतका काम गर्ने विधानतः व्यवस्था गरेर सधैंजसो आउने क्रियाशील सदस्यता विवाद समाधान गर्न सकिने धारणा पनि बैठकमा राखेका थिए।केन्द्रीय सदस्य गोविन्द भट्टराईले कांग्रेसको सिद्धान्त सबैले अनुसरण गर्ने खालको भएकाले पार्टीको महाधिवेशन विवादरहित सम्पन्न गर्नुपर्ने धारणा राखेका थिए।

'कांग्रेसका एउटा कार्यकर्ताको सदस्यता काटिँदा उसले के सोच्ला?' भट्टराईले बैठकमा भने, 'नयाँ सदस्य बन्न चाहने सबैलाई हार्दिकताका साथ स्वागत गर्न पार्टी तयार हुनुपर्छ।' भट्टराईले जनसम्पर्क समिति अस्ट्रेलियाको सदस्यता रकम आइनपुगेका कारण सदस्यता बदर गर्ने प्रतिवेदनमा उल्लेख गरिएको विषय गलत भएको भन्दै उनीहरूको सदस्यता सदर गर्नुपर्ने सुझाव दिएका थिए।

केन्द्रीय सदस्य शेखर कोइरालाले मधेसमा आन्दोलन जारी रहेका बेला त्यहाँ कांग्रेसले क्रियाशील सदस्यता वितरण नगर्ने र लिएकालाई पनि मतदान गर्न नदिँदा उनीहरूले पार्टी छोड्ने भन्दै महोत्तरी र धनुषामा देखिएको विवाद खोलेर सदस्यता अनुमोदन गर्नुपर्ने धारणा राखेका थिए।

'मधेस आन्दोलनले जलिरहेका बेला महोत्तरी र धनुषामा सदस्यता रोक्यौं भने ती मान्छे हाम्रो पार्टीमा रोकिन्छन् भन्ने छैन', कोइरालाले बैठकमा भने, 'नयाँ सदस्यलाई कायम गराउनुपर्छ।' अर्का केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीले कांग्रेसका बागी उम्मेदवारबाट निर्वाचन जितेका स्वतन्त्र सभासद् अतहर कमल मुसलमानमाथिको कारबाही फुकुवा गरेर पार्टीमा ल्याउनुपर्ने धारणा राखेका थिए। बैठक आइतबार पनि बस्नेछ।
annapurnapost
शनिबार, ४ पुष
देशभरका ३२७६ गाविसहरु मध्ये ४५० भन्दा बढी गाविसहरुमा सचिव पद नै रिक्त रहेको स्थानीय विकास मन्त्रालयका एक अधिकारीले जानकारी गराएका छन् । यी गाविसहरुमा भूकम्प पीडित गाविसहरु पनि रहेको बताइन्छ ।
गाविसमा हुने सबै सरकारी कामहरु गाविस सचिव बिना ठप्प हुन्छन् । तर यति धेरै गाविसहरुमा सचिव नहुदा पनि सरकारका मन्त्री र ठूला कर्मचारीहरुलाई कुनै मतलव नै नभए जस्तो भइरहेको छ ।
भूकम्प प्रभावित कयौं गाविसहरुमा सचिव नहुँदा सरकारले वितरण गर्ने भनिएको न्यानो कपडा किन्न प्रति परिवार १० हजार रकम पनि वितरण भएको छैन । जाडो भने निकै बढी सकेको छ ।
सरकारको गाउँमा प्रतिनिधि भनेको नै गाविस सचिव हो । एक गाविस सचिवको भरमा गाविस भित्रका हजारौं जनतालाई सरकारी सेवा दिन पनि सम्भव छैन ।
तर त्यहि एक जना गाविस सचिव पनि नहुँदा सबै कामहरु रोकिएका छन् । तर सरकारका मन्त्रीहरु भने यस्तो लापरवाही बारे समेत पनि वेखवर छन् र आफ्नै धन्धामा लागेका छन् ।
गाविस सचिवहरुको व्यवस्थापन गर्ने जिम्मेवारी स्थानीय विकास मन्त्री र सामान्य प्रशासन मन्त्रीको हुने गर्दछ ।
nepalsandesh
काठमाण्डु, ४ पुस– ‘पुरुषले महिलालाई गर्ने हिंसालाई मात्रै महिला हिंसा भनिन्न महामहिम राजदूतज्यू,’ साना तथा घरेलु उद्योग महासंघकी उपाध्यक्ष अञ्जना ताम्राकारले प्रश्न गरिन्, ‘पेट्रोल छैन । ग्यास छैन । ग्यास नभएर हरेक घरका महिलाले दुःख पाएका छन् । यो महिला हिंसा हैन र ?’
उनले नेपालीमा यस्तो प्रश्न गरिरहँदा भारतीय राजदूत रणजित राय सुनि मात्र रहे । मञ्चमै रहेका नेपाल चेम्बर अफ कर्मसका पूर्वमहासचिव सुरेन्द्रवीर महाकारले हिन्दी या अंग्रेजीमा उल्था गर्न खोज्दा उनले ‘म बुझ्छु’ भन्ने संकेत गरेका थिए ।
सानो सभाहलमा आयोजित कार्यक्रममा महिलाले बोल्दै गर्दा केहीले ताली बजाउन थाले । राय गम्भीर बनेर ताम्राकारको आवाज बुझ्ने प्रयास गरिरहे । ‘भारतले अहिले नेपालमा गरेको व्यवहारले महिला हिंसा मात्रै छैन । एउटा गरिब मुलुकलाई धनी मुलुकले गरेको अर्को हिंसा पनि हो,’ उनले भनिन्, ‘पशुपतिनाथको श्राप लाग्छ । नाकाबन्दी खोलेर धर्म कमाउनु  । पुलको काम गर्नुस् । तपाईलाई धर्म हुन्छ । नेपालमा तपाई नाम पनि कमाउनुस् ।’
आफू एक साना तथा घरेलु उद्योगीसमेत रहेकाले कच्चा पदार्थ आयात ठप्प भएर रोजीरोटी गुम्न लागेकोतर्फ पनि उनले राजदूतलाई ध्यानाकर्षण गराइन् । ‘नाकाबन्दीपछि आज मलाई तपाईको अगाडि खुलस्त बोल्न पाउँदा निकै हलुका भएको छ,’ उनले भनिन्, ‘घाउ लागेको छ । औषधि दिनुस् । चक्लेट दिएर घाउ निको हुँदैन ।’ नेपाल भारत आर्थिक सम्बन्ध विषयक अन्तरक्रिया कार्यक्रममा ताम्राकार बोलिरहेकी थिइन् । उनीसँगै बोल्ने अधिकांश व्यवसायी तथा अर्थविद्ले रायलाई नाकाबन्दी खोल्न आग्रह गरे ।
kathmandutoday
काठमाडौं, ४ पुस । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आन्दोलनले झण्डै चार महिना पूरा गर्दैगर्दा मोर्चाभित्र केही खटपटका गन्ध बाहिर आउन थालेका छन् । ती गन्धहरू ठूला राजनीतिक मुद्दामा भन्दा पनि व्यक्तिगत र आफ्नो बडप्पनमा हुने गरेको खुलासा भएको छ ।
शुक्रबार काठमाडौंको बिजुलीबजारस्थित तराई मधेस लोकतान्त्रिक पार्टीको केन्द्रीय कार्यालयमा बसेको मधेसी मोर्चाको बैठकमा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव आउनु भएन । बिहीबारको बैठकमा उपस्थित भएका अध्यक्ष यादव बैठकमा नआउनुको कारण खोज्दै जाँदा हैरान बनाउने खालको विषय फेला परेका छन् ।
मधेसी मोर्चामा आबद्ध चार राजनीतिक दलका चार शीर्ष नेताहरूले संयुक्त रुपमा चलाएको आन्दोलनको जस कसले लिने भन्ने विषयमै खटपट भएको स्रोतले जनाएको छ । यतिसम्मकि बैठकका जानकारी पत्रकारहरूलाई दिइएको विषयमा पनि अध्यक्ष यादवले आपत्ति जनाउन थाल्नुभएको छ ।
उहाँले मिडियालाई समाचार दिँदा आफूले मात्रै दिन पाउनुपर्ने भन्दै बैठकमै कुरा राखेको स्रोतको भनाइ छ । ‘बैठकका निर्णयहरू तत्काल सार्वजनिक हुने हो भने के को बैठक र पत्रकार सम्मेलन गर्ने ?’, बैठक स्रोतले भन्यो, ‘म बैठकमा आउँदिन । किन पत्रकार सम्मेलन गर्ने । सबै निर्णय त सार्वजनिक भइसकेका छन् ।’
मधेसी मोर्चाको बिहीबार रातिसम्म बसेको बैठकका निर्णय बाहिर सार्वजनिक भएको विषयलाई लिएर संघीय समाजवादी फोरम नेपालका अध्यक्ष यादवले असन्तुष्टि जनाएर शुक्रबारको बैठक र पत्रकार सम्मेलनमा अनुपस्थित भएको स्रोतले उल्लेख गरेको छ ।
शुक्रबारको बैठकमा यादव नआएपछि तमलोपाका नेता बृषेशचन्द्र लालसहितका दोस्रो तहका नेताहरू संघीय फोरमको तिनकुनेस्थित केन्द्रीय कार्यालयमा पुगेर प्रेस विज्ञप्तिमा हस्ताक्षर गराइ पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको थियो ।
विज्ञप्तिको भाषामा पनि अध्यक्ष यादवले आपत्ति जनाउनु भएको स्रोतको भनाइ छ । मधेस आन्दोलनका क्रममा गरिएको नाकाबन्दी र सडक अबरोधका कार्यक्रमलगायतका शब्दावली राख्न अध्यक्ष यादवले नदिएको स्रोतको आरोप छ ।
ती शब्दावली नरहँदा कार्यक्रम फिर्ता भएको अनुमानसहितका समचार सार्वजनिक भएपछि मधेसी मोर्चाका केही नेताहरू चिन्तित बनेका छन् ।
dainiknepal
धनगढी – प्रधानमन्त्री केपी शर्मा ओलीले मधेसकेन्द्रित दलहरुले रुवान्डामा जस्तै नेपालमा पनि जातीय युद्ध निम्त्याउन खोजेको आरोप लगाएका छन् । एमालेले शुक्रबार कैलालीको अत्तरियामा आमसभामा पार्टी
अध्यक्षसमेत रहेका ओलीले भने, ‘कैलालीको टीकापुर घटना नेपाललाई रुवान्डाको जस्तै जातीय युद्धमा हाल्ने खेल थियो । रुवान्डामा पनि १० लाख मानिस मारिएका थिए । नेपालमा पनि यस्तै गर्न खोजिएको थियो, तर कैलालीका जनताको एकताले कसैको त्यो मनसाय पूरा भएन ।’ संविधानका बारेमा छरिएका भ्रम निवारण गर्न र जनतालाई नयाँ संविधानको जानकारी दिने उद्देयले आयोजित सुदूरपश्चिमस्तरीय आमसभामा प्रधानमन्त्री ओलीले नेपालीलाई सकस दिने आन्दोलन कसका लागि हो भनेर आफूले पनि नबुझेको बताए, आजको कान्तिपुर दैनिकमा खबर छ    
ratopati
काठमाडौं, ४ पुस । व्यवस्थापिका संसदको विकास समितिका सभपाति रविन्द्र अधिकारीले नाकाबन्दीका बेला तातोपानी भन्सार नाका खोल्न चसो नदिएको भन्दै चीनप्रति गम्भीर आरोप लगाउनुभएको छ ।
सामाजिक सञ्जाल ट्वीटरमार्फत आफ्नो सन्देश लेखेर एमाले नेता अधिकारीले चीनले नेपालप्रति पछिल्लो पटक देखाएको व्यबहारबाट चिन्ता जनाउनु भएको हो ।
‘यदि तातोपानी नाका खुल्दैन । नेपाली दुःखमा रमाएर चीन बर्गेनिङ गर्छ भने भारत जस्तै चीनपनि नेपालमाथी अघोषित नाकाबन्दी गर्दैछ बुझौँ’, अधिकारीले ट्वीटरमा लेख्नुभएको छ ।
एमालेका युवा नेतासमेत रहनुभएका सभापति अधिकारीले चीनले बार्गेनिङ गरेको आरोप लगाउनुभएको छ । चीनले नेपालसँग के विषयमा बार्गेनिङ गरेको छ सो विषयमा उहाँले आफ्नो ट्वीटमा केही उल्लेख गर्नुभएको छैन ।
चीनसँग जोडिएका सीमानाका खोल्नुपर्ने भन्दै विकास समितिको तर्फबाट ती नाकाहरूको स्थलगत भ्रमण गर्नुभएका सभापति अधिकारीले चीनको पछिल्लो रबैयाप्रति चिन्ता जनाउनुभएको हो । अधिकारीको चिन्तासँगै चीनप्रति बिभिन्न आशंका उब्जिएका छन् ।
उहाँले नेपालका दुई छिमेकी राष्ट्र भारत र चीनसँग समान रुपमा आर्थिक व्यापार गर्नुपर्ने बताउँदै आउनुभएको छ ।
मधेसी मोर्चाको आन्दोलनलाई समथर्न गर्दै भारतले नेपालमा अघोषित नाकाबन्दी लगाएको छ । यस्तो अवस्थामा चीनले तातोपानी नाका खोल्न चासो देखाएको छैन ।
तातोपानी नाका खोल्नका लागि कुटनीतिक पहल हुन नसकेको आरोप लागिरहेका बेला संसदीय समितिका सभापति अधिकारीको ट्वीटले चीनप्रति गम्भीर आशंका उब्जाएको छ ।
कुटनीतिक जानकारहरूका अनुसार चीनले भारतलाई चिडाएर नेपाललाई तत्काल सहयोग गर्दैन भन्दै आएका छन् । सोही अभिव्यक्तिलाई सहयोग मिल्ने गरी अधिकारीले चीनले पनि नाकाबन्दी लगाएको आशंका गर्नुभएको छ ।
भूकम्पका बेलादेखि बन्द रहेको तातोपानी नाका अहिलेसम्म चीनले खोलेको छैन । नेपालतर्फबाट सबै तयारी पूरा भएका छन् । तर चीनले बिभिन्न बहानादेखाएर तातोपानी नाका खोल्न मानिरहेको छैन ।
dainiknepal
पुस ४, २०७२- जुम्ला खलंगामा रहेको कर्णाली स्वास्थ्य विज्ञान शिक्षण अस्पतालमा आगलागी भएको छ । राति साढे २ बजेबाट आगो लागेको लागेको थियो । आगलागीले कराडौंको क्षति भएको छ ।

आगलागीका कारण शिक्षण अस्पतालको अन्तरंग भवन पुरै जलेर नष्ट भएको छ । अन्तरंग भवन भित्र रहेको ल्याव, टेन्डल, रेडियोलोजी, एक्सरे, अल्ट्रासाउण्ड, लगायतका महत्वपूर्ण उपकरणहरु सबै जलेर नष्ट भएका छन् ।
आगलागी कसरी भयो भन्ने थाहा हुन सकेको छैन । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयबासी र अस्पतालका कर्मचारीहरुले बिहान ६ बजे आगो नियन्त्रणमा लिएका छन् ।
अगालागी भएपछि सबै वार्डका विरामीहरुलाई खुल्ला चौरमा राखिएको छ । जुम्लाको तापक्रम माइनस ७ पुगेकाले चिसोका कारण खुल्ला चौरमा रहेका करिव दुई दर्जन विरामीहरुको बिचल्ली भएको छ ।kantipur.ekantipur


काठमाडौं, पुस ४ । संयुक्त मधेसी मोर्चाले पाँच चरणका नयाँ आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गर्दै सिमा नाका र राजमार्गको अवरोध हटन सक्ने संकेत गरेको छ । शनिबारको नयाँ पत्रिका दैनिकले ‘नाका र राजमार्गको अवरोध हटने’ विषयमा समाचार लेखेको छ ।
नयाँ चरणका कार्यक्रमहरु अनुसार संविधान संशोधनको प्रस्ताव जलाउने, जिल्ला सदरमुकाममा विरोधसभा गर्ने, विभिन्न दल तथा संगठनसँग कार्यगत एकता गर्ने लगायतका आन्दोलनका कार्यक्रमहरु छन् । तर, नाकामा धर्ना बस्ने तथा राजमार्ग बन्द गर्ने कार्यक्रम उल्लेख छैन । ‘अब नाका सहज हुन्छ, संघीय समाजवादी फोरमका बरिष्ठ नेता अशोक राईले भने ।
यद्यपी, आन्दोलनका कार्यक्रम मत्थर बनाए पनि मधेसी मोर्चा सरकारप्रति नरम छैन । मधेस आन्दोलनका विपक्षमा हुने गतिविधि र कार्यक्रमको प्रतिरोध गर्ने मोर्चाका नेताहरुको चेतावनी छ ।
उनीहरुले स्थानीय विकास मन्त्रालयले संचालन गरेको संविधानको जानकारी दिन जारी गरेको कार्यक्रम विथोल्ने घोषणा गरेका छन् । ‘मन्त्री, सांसद र सरकारी प्रतिनिधि सहभागी हुने सरकारी कार्यक्रम विथोलिने छ,’मोर्चाले भनेको छ ।
यता ७५ जिल्लालाई कायम राखेर गरिने निर्वाचन क्षेत्र निर्धारणसम्बन्धी व्यवस्था मान्न नसकिने मार्चाको निष्कर्ष छ । सरकारले जनसंख्या र भौगोलिक अनुकुलता र विशिष्टताका आधारमा निर्बाचन क्षेत्र निर्धारण गर्ने गरी संविधानमा संशोधन प्रस्ता गरेको छ ।
मोर्चाले सरकारसँग बार्ता गर्न नसकिने उल्लेख गर्दै यदि मधेसका माघ सम्बोधन गर्न सकिने प्रष्ट धारणा सरकारको आए मधेसमै बार्ता गर्ने बताएको छ ।
- imagekhabar
धनगढी: प्रधानमन्त्री केपी शर्मा ओलीले मधेस केन्द्रित दलहरूले रुवान्डामा जस्तै नेपालमा पनि जातीय युद्ध निम्त्याउन खोजेको आरोप लगाएका छन।

एमालेले शुक्रबार कैलालीको अत्तरियामा आमसभामा पार्टी अध्यक्षसमेत रहेको ओलीले भने, 'कैलालीको टीकापुर घटना नेपाललाई रुवान्डाको जस्तै जातीय युद्धमा हाल्ने खेल थियो। रुवान्डामा तीन महिनामा १० लाख मानिस मारिएका थिए । नेपालमा पनि यस्तै गर्न खोजिएको थियो तर कैलालीका जनताको एकताले कसैको त्यो मनसाय पूरा भएन।'


संविधानका बारेमा छरिएको भ्रम निवारण गर्न र जनतालाई नयाँ संविधानको जानकारी दिने उद्देश्यले आयोजित सुदूरपश्चिमस्तरीय आमसभामा प्रधानमन्त्री ओलीले नेपालीलाई सकस दिने आन्दोलन कसका लागि हो भनेर आफूले पनि नबुझेको बताए।'किसानको तरकारी बारिमै कुहिएको छ, गाईभैंसीको दूध फाल्नुपरेको छ।

छोराछोरी बम्बई देहरादुन र विदेशमा पढाउनेले गरिबका छोराछोरी पढ्ने विद्यालय बन्द गराएका छन। उद्योगधन्दा रोकिएको छ। आन्दोलन कसका लागि हो मैले बुझ्न सकेको छैन', प्रधानमन्त्री ओलीले भने।उनले मधेसको आन्दोलन जनताविरोधी भएको आरोप लगाए।

प्रधानमन्त्री ओलीले संविधानमा सबै जातजातिका अधिकार समान भएकाले भ्रममा नपर्न सबैलाई आग्रह गरे।उपप्रधान तथा रक्षामन्त्री भीम रावलले सुदूरपश्चिमबाट सुरु भएको अखण्डताको नाराले नेपालको राष्ट्रियता र सार्वभौमसत्ता जोगाउन सहयोग पुर्‍याएको बताए।

प्रधानमन्त्रीको सुरक्षाका लागि धनगढीदेखि अत्तरियासम्म झन्डै १३ सयको संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएका थिए।
annapurnapost
काठमाडौं, ४ पुस । नेपाल प्रहरीले गत असोजमा विज्ञपान खोली असोजमा सञ्चालन गरेको प्रहरी जवानको लिखित परीक्षाको नतिजा प्रकाशित गरेको छ ।
प्रहरी प्रधान कार्यालयले गत असोज १६ गते पाँचै विकासक्षेत्रका क्षेत्रीय प्रहरी कार्यालयमा लिएको प्रहरी जवान र जुनियर प्रहरी अधिकृतको नतिजा शुक्रबार प्रकाशित गरेको हो ।
(नतिजा हेर्न यो लिङ्कमा क्लिक गर्नुस्)
लिखित परीक्षामा उत्तीर्ण जुनियर प्रहरी अधिकृतहरुको महानगरीय प्रहरी शिक्षालय महाराजगंज र जवानहरुको सम्बन्धित क्षेत्रीय प्रहरी तालिम केन्द्रहरुमा पुस १२ देखि १४ गतेसम्म अन्तर्वार्ता हुने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
dainiknepal
शनिबार, ४ पुष
काठमाडाैं । उपप्रधानमन्त्रीको चीन भ्रमणमा इन्धन खरिद सम्झौता टुंगो लाग्ने दाबी एक अधिकारीले गरे । तर, त्यसको मोडालिटी भने उच्च स्तरको छलफलमै तय हुने भएको छ ।
छिंगाई प्रान्तमा रहेको पेट्रो चाइनाको रिफाइनरीबाट ल्हासासम्म आएको इन्धनको पाइपलाइनबाटै नेपालले इन्धन लिने सहमति जुट्ने भएको छ । नेपालको सीमाबाट १८ सय ५० किलोमिटर टाढा रहेको रिफाइनरीबाट ल्हासासम्म पाइपलाइन र त्यहाँबाट रेलमा सिगात्सेसम्म आएको इन्धन तातोपानी र रसुवागढी नाकाबाट भित्र्याउने गरी सहमति गर्ने तयारी नेपालको छ ।
सबै प्रकारको इन्धन ल्याउन सक्ने भए पनि ग्यास भने चीनले तत्काल दिन नसक्ने जानकारी दिइसकेको छ । इन्धन साधारण तवरले खरिद गर्दा पनि नेपालले हाल खरिद गरेको मूल्यभन्दा खासै महँगो नपर्ने भएकाले त्यसमा काम भइरहेको छ । बाहिर धेरै प्रकारको हल्ला आएकाले अहिले सम्झौता गरेर कर छुटदेखि सबै मिलाउने तयारी भएको हो ।
इन्धन सम्झौतापछि कर छुटको प्रसंग आउने हुनाले त्यसमा अहिले हल्ला गरेजस्तो अवस्था नरहेको बताइएको छ । बेइजिङमा रहेका नेपाली इकोनोमिक मिनिस्टर विनोद आचार्य नेतृत्व टोलीले स्थलगत निरीक्षणसमेत गरेर यसको प्रतिवेदन दिइसकेको र उनी काठमाडौं आएरसमेत छलफल गरिसकेकाले अब धेरै विषय निर्णयमा पुग्ने अधिकारीले बताएका छन् ।
सरकारको विशेष म्यान्डेट लिएर चीन जान लागेका थापाले विशेष अधिकार नै प्रयोग गर्दै सहमति गर्न सक्नेछन् । बेलायत भ्रमणमा रहेका उनी आइतबार काठमाडौं र्फकदै छन् । अाजको कान्तिपुरमा समाचार छ ।
nepalsandesh
०७२ पौष ४ शनिबार

काठमाडौं: शिक्षक सेवा आयोगले शिक्षक बन्न चाहनेलाई प्रदान गर्दै आएको शिक्षण अनुुमतिपत्र (लाइसेन्स) शिक्षकले पढाउने विषयअनुसार वितरण गर्ने तयारी गरेको छ।

आयोगका अध्यक्ष ताना गौतमका अनुसार आयोगका सदस्यबीच यस विषयमा सैद्धान्तिक सहमति भइसकेको छ। उनका अनुसार एक साताभित्रमा यस विषयमा निर्णय गरेर शिक्षामन्त्रीसमक्ष पेस गरिनेछ। आयोगले अहिले जुन विषय पढाउने शिक्षकलाई पनि लाइसेन्सको परीक्षामा एकै प्रकारको प्रश्न सोध्ने गरेको छ।

विषगत रूपमा फरकफरक रुचि भएका व्यक्तिलाई एकै प्रकारको प्रश्न सोधेर लाइसेन्स वितरण गरिँदा गुुणस्तरीय शिक्षण गर्न नसकिएको निक्र्योलसहित आयोगले नयाँ व्यवस्था गर्न लागेको हो । अध्यक्ष गौतमले भने, ‘बढ्दो प्रतिस्पर्धाको जमानामा एकैथरी प्रश्न सोधेर लाइसेन्स वितरण गरिनुु वैज्ञानिक देखिएन। पुरानो प्रणाली सुधार गर्न नयाँ व्यवस्था गर्न लागेका हौं।'

पहिलो चरणमा विषयगत रूपमा विज्ञान, अंग्रेजी र गणित विषयमा लाइसेन्स वितरण गरिनेछ । शिक्षक बनेर यी तीनबाहेक अन्य विषय पढाउन चाहने व्यक्तिका लागि भने एकै प्रकारको परीक्षा सञ्चालन गरिनेछ।

प्रवेशिका (एसएलसी) परीक्षामा पनि यी तीन विषयमा धेरै विद्यार्थी अनुत्तीर्ण हुने गरेको तथ्यांकका आधारमा पहिलो चरणमा विषयगत लाइसेन्स वितरण गर्न लागिएको हो। विषयगत रूपमा लाइसेन्सको परीक्षा सञ्चालन गरिँदा प्रश्न पनि विषयगत रूपमा सोधिनेछ।

विषयगत रूपमा परीक्षामा बस्न चाहने व्यक्तिहरूले परीक्षाको तयारी गर्दा पनि आफ्नो विषयसँग सम्बन्धित सामग्रीमात्र पढे पनि पुग्नेछ। 'हाम्रो मुख्य उद्देश्य शिक्षकहरूलाई विषयगत रूपमा दक्ष बनाउनु हो । शिक्षक दक्ष भए भने उनीहरूले पढाएका विद्यार्थी पनि दक्ष हुन्छन्। जसले मुलुकको समग्र शिक्षाको स्तर उकास्न सहयोग पुर्‍याउनेछ।'

शिक्षण पेसा प्रतिस्पर्धी र गुणस्तरीय बनाउन आयोगले गत वर्षदेखि शिक्षण लाइसेन्स परीक्षाको उत्तीर्णांक पनि ४० बाट ५० पुर्‍याएको छ। आयोगले शिक्षण लाइसेन्स लिएका हरेक व्यक्तिले पाँच वर्षको अन्तरालमा लाइसेन्स नवीकरण गर्नुपर्ने व्यवस्था पनि गर्न लागेको छ।

अध्यक्ष गौतमका अनुसार आयोगले गरेको यो प्रस्ताव कार्यान्वयन भएमा सेवा प्रवेश गरिसकेका व्यक्तिलाई भने यो नियम लागू हुनेछैन।'अहिले सवारीसाधनको लाइसेन्स नवीकरण गर्नुपर्ने व्यवस्था छ। राहदानी पनि नवीकरण गर्नुपर्ने व्यवस्था छ भने शिक्षण लाइसेन्स पनि नवीकरण गर्नुपर्छ भन्ने आयोगको भनाइ हो', गौतमले भने,'हरेक व्यक्तिलाई रिफ्रेस गराउन पनि लाइसेन्स नवीकरण गराउनु जरुरी छ।'

अहिले आयोगबाट विभिन्न तहका गरेर करिब सात लाखले शिक्षण लाइसेन्स लिइसकेका छन्। आयोगको प्रस्ताव कार्यान्वयन हुन शिक्षा मन्त्रालयले निर्णय गरेर शिक्षा नियमावलीमा समावेश गरिनुपर्छ।annapurnapost
४ पुस, काठमाडौं ।

भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नाकाबन्दी खुल्यो भनेर एक पटक भन्दिए नाकाबन्दी खुल्ने बताएका छन् ।
नयाँ पत्रिकासँगको कुराकानीमा उपाध्यायले भने-‘मोदीजीले नै एक पटक बोलेर यो मामिला समाधान भयो भनिदिनुपर्छ । म उहाँलाई भेटेर कुारकानी गर्ने पक्षमा छु, म प्रतीपक्षमा छु ।’

सार्थक परिणाम नभएकाले प्रधानमन्त्री तहमा कुराकानी गर्न गाह्रो रहेको भन्दै उपाध्यायले भने-‘अहिले नेपाल र भारतका प्रधानमन्त्रीको तहमा कुराकानी गर्न पनि गाह्रो अवस्था छ
, किनभने सार्थक परिणाम आएको छैन् । परिणामबिहीन वार्ताको बीचमा के गर्ने भन्नेमा प्रधानमन्त्री मोदीजी बच्न खोज्नुभएको हो कि भन्ने मैले बुझेको छु ।’

उपाध्यायले नाकाबन्दी कहिले खुल्ने भनेर दिन तोक्न नसकेपनि समाधानका लागि प्रक्रिया सुरु भएको बताए । नेपाल र भारत दुवैले महसुस गरेको भन्दै उनले भने
‘हामीले नेपालभित्र आन्तरिक समस्या जति छिटो समाधानका लागि पहल गछौं, भारतबाट त्यति नै छिटो अवरोध हट्ने कुरामा म विश्वस्त छु ।’nepaliheadlines
२०७२ पौष ४ शनिबार
जनकपुरधाम: मिथिलाकी छोरी सीताको विवाहको दिन ‘बिधुवा महिला’ राष्ट्रपति विद्यादेवी भण्डारी प्रवेश गरी जानकी मन्दिर अपवित्र बनाएको भन्दै मधेसी मोर्चाका कार्यकर्ताले शुक्रबार गंगासागरको पोखरीबाट जल ल्याएर मन्दिरमा सेचन गरेका छन्।


मोर्चाका कार्यकर्ताले गंगासागरबाट ल्याएको जल छर्केपछि पवित्र बनाउन भन्दै मन्दिर धोएका थिए। 'बिधुवा प्रवेश गरेको' दोष कट्टी गर्न उनीहरूले साँझ मन्दिरमा दीप प्रज्ज्वलनसमेत गरे।मधेसी युवाको एक समूहले बिहीबार पनि 'बिधुवा प्रवेश गरेको' भन्दै मन्दिरपरिसर पानीले पखाली विरोध जनाएको थियो।  (राष्ट्रपतिको आगमनले बिथोलियो विवाह महोत्सव)

मधेसी मोर्चाका कार्यकर्ताले बिहीबारदेखि नै ‘बिधुवा राष्ट्रपति मन्दिर प्रवेश गरी अपवित्र बनाएको' भन्दै स्थानीय एफएम रेडियोहरूमा अन्तर्वार्ता दिएका थिए भने जनकपुरका विभिन्न ठाउँमा कोणसभा गरी भाषणसमेत गरेका थिए।'बिधुवा' राष्ट्रपति भण्डारीलाई मन्दिरमा विशेष सम्मान गरिएको भन्दै आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरूले विरोध जनाएका थिए।

राष्ट्रपति भण्डारी बिधुवा रहेको र उनी बिहेको उत्सवमा सहभागी हुँदा सम्पूर्ण विवाहस्थल नै अशुद्ध भएको आन्दोलनकारीले बताए। जनकपुरका बुद्धिजीवी वर्ग र अधिकारकर्मीले भने महिलालाई अपमानित गर्ने अभिव्यक्ति र कार्यको निन्दा गरेका छन्।

महिलाअधिकारकर्मी अधिवक्ता रेखा झाले राजनीतिक रूपमा कसैलाई विरोध वा प्रतिकार गर्नु उचित भए पनि कसैको व्यक्तिगत जीवनलाई असर पुग्ने खालको उक्त कार्य अति नै निन्दनीय रहेको बताइन्।एकल महिला, बिधुवा महिला, नारी समानता र पहिचानका लागि आन्दोलन गरिरहेको अवस्थामा बिहेमा बिधुवा जाँदा विवाह अपवित्र भएको भन्नु अति नै मूर्खतापूर्ण रहेको झाले बताइन्। (किन बिथोलियो विवाह महोत्सव ?)

मन्दिरमा जान पाउने अधिकार सबैको रहेकाले राष्ट्रपति भण्डारी मन्दिर जाँदा राजनीतिक रूपमा विरोध गर्नु आफ्नो ठाउँमा रहे पनि उनलाई महिला भएको कारण अपमान गर्नु अति नै अशोभनीय रहेको झाको जिकिर छ। मानवअधिकारकर्मी विजय दत्त मोर्चाले राष्ट्रपतिलाई बिधुवा भनेर अपमान गर्नुलाई विकृत मानसिकताको उपजका रूपमा विश्लेषण गर्छन्।

बुधबार जानकी मन्दिर दर्शन गर्न जनकपुर पुगेकी राष्ट्रपति विद्यादेवी भण्डारी । तस्बिर : मनिका झा
एउटा पुरुष श्रीमती नभएको अवस्थामा सबै ठाउँमा टाउको ठाडो पारेर जानसक्ने तर एक महिलालाई श्रीमान् नहुँदा यसप्रकार सामाजिक अपहेलना गर्नु असमानताको पराकाष्ठा रहेको दत्तले बताए।'यो देशमा सबैको आफ्नो धार्मिक तथा सामाजिक स्वतन्त्रता रहेकाले राष्ट्रपति भण्डारी मन्दिर आउनुलाई ठूलो विषय बनाउनु हुँदैन', दत्तले भने।

मिथिलामा अतिथि देवो भवः को संस्कार रहे पनि राष्ट्रपतिलाई अपहेलित गरेर बिदा गर्नु मिथिलाको संस्कारविपरीत भएको दत्तले बताए।पूर्वमेयर किशोरी साहले भने राष्ट्रपतिको जनकपुर भ्रमणलाई अति नै अपरिपक्व र गैरजिम्मेवारपूर्ण निर्णयको संज्ञा दिए।

राष्ट्रप्रमुख आलंकारिक पद रहेकाले त्यहाँ पुगेका व्यक्तिले आफूलाई अभिभावक ठानी कसरी जनताको भलो हुन्छ भन्ने सोचाइ राख्नुपर्ने साहले बताए। मधेसको अधिकार सुनिश्चित नभएको ठानिएको संविधान जारी गर्ने कार्यमा हस्ताक्षर गर्ने कुनै पनि नेतालाई मधेसमा प्रवेश निषेध घोषणा गरिएको अवस्थामा राष्ट्रपतिले आफ्नो पदको दुरुपयोग गर्दै शक्ति प्रदर्शन गरी जनकपुर आउनु पदीय गरिमाविपरीत रहेको साहको जिकिर छ।

समाजसेवी तथा व्यापारी श्याम साह पनि राष्ट्रपतिको जनकपुर आगमनलाई सही निर्णय नभएको ठान्छन्। मधेस जलिराख्दा जुन पार्टीबाट उनी राष्ट्रप्रमुख भएकी हुन्, त्यसको कडा विरोध भइरहेको अवस्थामा मधेसीको घाउमा नुन छर्कन उनी जनकपुर आएको टिप्पणी साहको छ।

जानकी मन्दिर दर्शन गर्न साँच्चिकै इच्छा भएको भए उनी अवस्था सामान्य हुँदा यहाँ आउनसक्ने भए पनि यस क्षेत्रको प्रमुख उत्सवलाई नै बिथोल्ने प्रयासस्वरूप जनकपुर आएको साहको दाबी छ।
annapurnapost
काठमाडौं – संयुक्त मधेसी मोर्चाले आन्दोलनको स्वरुप परिवर्तन गर्ने भएको छ । शुक्रबार घोषित आन्दोलनका कार्यक्रममा नाकामा धर्ना दिने र राजमार्ग अवरुद्द गर्ने उल्लेख छैन ।
मोर्चाको बिहीबार र शुक्रबार बसेको बैठकले ५ देखि १५ पुससम्म ११ दिने आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । ती कार्यक्रममा नाका र राजमार्ग अवरोध गर्नेबारे कुनै उल्लेख छैन ।

मोर्चाका नेताले पनि नाका र राजमार्गको आन्दोलन कम हुने र नाका सहज हुने बताएका छन् । मोर्चाको घटक संघीय समाजवादी फोरमका वरिष्ठ नेता अशोक राईले नाका सहज हुने जानकारी दिए । ‘अब नाका सहज हुन्छ,’ राईले भने ।

ratopati
पुस ४ ,काठमाडौं । बाजुरामा ५ दशमलव ५ रेक्टर स्केलको भूकम्प धक्का महसुस गरिएको छ । शनिवार बिहान ४ बजेर २ मिनेटमा बाजुराको जगननाथ आसपास केन्द्रविन्दु भएर भुकम्प गएको हो । ५ दशमलव ५ रेक्टर स्केलको यो भुकम्प पराकम्प नभएको र वैशाख १२ गते बाह्रपाक केन्द्र गरेर गएको ७.८ रेक्टर स्केलको भुकम्पसंग कुनै सम्वन्ध नरहेको राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएको छ ।



भुकम्पको धक्का अ सुदुरपश्चिम र मध्य पश्चिमसहित कास्की, गुल्मी, बाग्लुङ, पाल्पा लगायतका पश्चिमका जिल्लामा यसको धक्का महशुस गरिएको छ । भूकम्पपछि साना पराकम्प गइरहेको केन्द्रले जनाएको छ ।

भुकम्पबाट क्षति भएको नभएको बारे कुनै जानकारी प्राप्त भएको छैन्।nepaliheadlines
हेल्लो शुभ बिहानी सबैलाई वि.सं. २०७२ साल पुस ४ गते। शनिबार। इश्वी सन् २०१५ डिसेम्बर १९ तारिख। नेपाल संवत् ११३६ थिंला थ्व। मार्गशीर्ष शुक्लपक्ष। तिथि– नवमी, २८:१५ बजेउप्रान्त दशमी हेर्नुहोस आजको राशिफल ।
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
Ariesप्रयत्न गर्दा टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ। वैदेशिक क्षेत्रबाट लाभ उठाउने मौका छ। खर्च लागे पनि दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ। चुनौतीहरू पन्छाउँदै रोकिएका काम बनाउन सकिनेछ। धैर्यले काम लिने समय छ। छर–छिमेकमा केही असमझदारी बढ्ने योग देखिए पनि प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ।
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
Taurusधेरै श्रमपछि तत्काललाई कम मूल्य पाइएला। तापनि आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने योग छ। आज स्थायीभन्दा अस्थायी पेसाबाट फाइदा हुनेछ। आँटेका काम बीचमा अवरुद्ध बन्न सक्छन्। भएको आम्दानी र सञ्चित रकम समेत खर्च हुन सक्छ। लगानीको तुलनामा कम देखिए पनि आजको प्रयत्नबाट दिगो फाइदा उठ्ने सम्भावना देखिन्छ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
Geminiआश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। अरूको विश्वासमा पर्दा अन्त्यमा धोका पाइएला। केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ। तापनि समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिनेछ। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ। विभिन्न अवसर जुटे पनि अरूलाई वचन दिने बानीले दुःख पाइनेछ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
Cancerआस मारेको काम बन्नाले उत्साह जाग्नेछ। सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ। गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ। सामाजिक काममा रुचि बढ्नेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। विशेष योजनाहरू बन्नेछन्। धार्मिक अनुष्ठान र मंगलमय कृत्य सम्पादन हुन सक्छन्। सहयोगीहरूले साथ दिनेछन्। आँटेका काम पनि सजिलै बन्नेछन्।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
Leoपहिलेका समस्या दोहोरिन सक्छन्। स्वास्थ्यमा कमजोरी र उपचारमा खर्च हुने योग छ। मुख्य काममा बाधा हुने देखिन्छ। सानातिना घरेलु काममै अल्झनुपर्दा मन खिन्न रहनेछ। सवारीमा सावधानी अपनाउनुहोला। लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ। पढाइलेखाइमा पनि समय दिन नसकिएला सहयोगीहरूको भरपर्दा सबै काम नबन्न सक्छन्, सजग रहनुहोला।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
Virgoव्यापार–व्यवसायमा लाभ हुनेछ। व्यावसाय विस्तारका लागि यात्रा पनि हुनेछ। सोख पूर्तिका लागि खर्च बढ्ला। दाम्पत्य सम्बन्धमा रमाउने समय छ। प्रेमको बन्धन कसिने बेला छ। दिन मनोरञ्जनपूर्ण रहनेछ। नयाँ ज्ञान सिक्ने मौका छ। आम्दानी प्रशस्तै बढ्नेछ। नयाँ सवारी साधन प्राप्तिको योग छ। आतिथ्यपूर्ण सम्मान पाइएला। पठनपाठनमा पनि राम्रै प्रगति हुनेछ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
Libraआफ्ना विषयवस्तुमा अरूले अधिकार जमाउन सक्छन्। गल्तीबिनै आरोप आइलाग्न सक्छ। सरकारी कडिकडाउको सिकार भइनेछ। थिचोमिचो गर्नेहरूले पनि सताउनेछन्। चोरी वा ठगीमा परिने समय छ। आर्थिक कारोबार गर्दा निकै नै सजगता अपनाउनुहोला। अनावश्यक दौडधुपमा समय बित्नेछ। फाइदाका लागि योजनाहरू गोप्य राख्न आवश्यक देखिन्छ।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
Scorpioसुखद समाचारले अझ उत्साह बढ्नेछ। नयाँ ज्ञान सिक्ने मौका छ। व्यापार–व्यवसायमा विशेष लाभ लिने समय छ। व्यावसायिक यात्रा सम्भावना छ। दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ। आम्दानी प्रशस्तै बढ्नेछ। नयाँ सवारी साधन प्राप्तिको योग छ। आतिथ्यपूर्ण सम्मान पाइएला। बोलीकै भरमा विशेष काम सम्पादन हुन सक्छ, क्रियाशील रहनुहोला।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
Sagittariusपारिवारिक भेटघाटको समय छ। टाढिएका आफन्तहरू नजिकिनेछन्। घरमा बसेरै विभिन्न काम सम्पादन गर्न सकिनेछ। आत्मीयजनसँग भेटघाट होला। सरसफाइ, वागबगैंचा र जलसम्बन्धी काममा आकर्षित भइनेछ। कृषि तथा पशु व्यवसायबाट लाभ हुने समय छ। प्राकृतिक पर्यावरण वा एकान्तमा मन रमाउनेछ। चिन्तन–मनन, ध्यान वा रचनामा रुचि बढ्नेछ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
Capricornपरिस्थितिले सोचेभन्दा फरक मोड लिन सक्छ। सहयोगीहरूले समेत हात झिक्नाले केही अप्ठ्यारोमा परिनेछ। सञ्चित रकम खर्च गर्नुपर्ने आवश्यकता पर्न सक्छ। कृषि तथा पशुपालनमा खर्च बढ्नेछ। पारिवारिक असमझदारीले पनि काममा अप्ठ्यारो पर्न सक्छ। तापनि, मेहनत गर्दा फाइदै हुनेछ। परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन भने खिन्न रहनेछ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
Aquariusमान–सम्मान बढ्नेछ। बोलीको भरमा काम सम्पादन हुने योग छ। विचारले धेरैलाई आकर्षण गर्ने समय छ। प्रशंसकहरू बढ्नेछन् भने सहयोगीहरूले काममा साथ दिनेछन्। राम्रै फाइदा हुने योग छ। विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ। रोकिएका काम सम्पादन हुनेछन्। पठन–पाठनमा प्रगति हुनेछ। विशेष सभा–समारोहमा सहभागी बन्ने मौका छ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
Piscesरचनात्मक काम सुरु गर्ने समय छ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला। विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ। नयाँ कामको प्रस्ताव आउनेछ। अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन्। मनग्य धन आर्जन होला। विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने मौका छ।उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)
etajakhabar
जनकपुरधाम, ३ पुस । सीताराम विवाह महोत्सवका दिन जानकी मन्दिरमा भएको तोडफोडका घटनाले जानकी मन्दिरको अस्तित्वप्रति चिन्ता व्यक्त गरिएको छ ।
बुद्धिजीवी, राजनीतिकर्मी र आस्थावान्ले मन्दिरमा भएको घटनाले यसको प्रवद्र्धनको भविष्य अन्योलमा पर्नाका साथै मन्दिरलाई विश्व सम्पदामा सूचीकृत गराउने अभियान पनि प्रभावित हुन सक्ने चिन्ता व्यक्त गर्नुभएको छ ।
महोत्सवका दिन बुधबार प्रहरी र आन्दोलनकारीबीच भएको झडपमा आक्रोशित भिडले मन्दिरको परिसरको पण्डालमा आगजनी, आस्थाका सामग्रीमा खुट्टाको प्रहार, महोत्सवका लागि निर्माण गरिएको मञ्च नजिक राखिएको कुर्सी तोडफोड गरी मन्दिरको महत्वलाई अभद्र व्यवहार गरिएको जनाइएको छ ।
नेपाल र भारतका भक्तजनका लागि गौरव र गरिमाका रुपमा रहेको सो मन्दिर आरम्भदेखि नै आस्था र विश्वासको प्रतीक रहेको छ । सो मन्दिर नौलखा, जानकी भवन, जानकी मन्दिर, शीशमहल आदि नामले प्रख्यात छ ।
प्रा महेन्द्रनारायण मिश्र बेलाबखत उच्च पदाधिकारीको जानकी मन्दिरमा पूजाअर्चना, अवलोकन र भ्रमणलाई लिएर विवाद सिर्जना र अप्रिय घटनाले मन्दिरको अस्तित्वमाथि नै सङ्कट उत्पन्न गरेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ– “यसले मन्दिरको परम्परा, गरिमा र विकासमा गतिरोध उत्पन्न भई यसको आस्थामा समेत ह्रास आउन सक्ने सम्भावना छ ।”
पञ्चयायती व्यवस्थामा राजाको भ्रमण हुँदा श्रद्धालुलाई कष्ट हुने गरेको र लोकतन्त्र आएपछि मन्दिरको गरिमा नै घटाउने क्रियाकलाप हुनु यसको भविष्यसँग खेलबाड हो –प्रा डा पशुपतिनाथ झाको भनाइ छ ।
मन्दिरका कावा महन्त रोशन दासले मन्दिरमा उच्च पदाधिकारीको भ्रमण हुँदा परम्परा बमोजिम स्वागत गर्ने गरिएकामा यस पटक पनि सोही परम्परालाई निरन्तरता दिइएकामा आक्रोशित भिडले दुव्र्यवहार गरेको बताउनुभयो । गौ संरक्षण मञ्चका अध्यक्ष जगदीश महासेठ मन्दिरमा तोडफोडका घटनाले नकारात्मक सन्देश गएकामा चिन्ता व्यक्त गर्नुहुन्छ ।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका शेषनारायण यादव, परमेश्वर साह, सञ्जय सिंह, रुपनारायण मण्डल, इजरायल अहमद, धर्मेन्द्र साह, सरोज मिश्र र लवकुमार झाले विज्ञप्ति जारी गर्दै मन्दिरमा तोडफोड गर्ने तत्वको पहिचान गरी दोषीमाथि कारबाहीको माग गर्नुभएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीको भ्रमणका सन्दर्भलाई लिएर उक्त दिन आक्रोशित भिडले मन्दिरमा तोडफोड गरेको थियो । मोर्चाले सो घटनाको छानबिन गर्न मोर्चाका संयोजक शेषनारायण यादवको संयोजकत्वमा समिति पनि गठन गरेको छ ।
dainiknepal
ललितपुर:  सरकारले भूकम्पपीडितलाई अनुदान स्वरुप  १० हजारका दरले आजदेखि बाँड्न सुरु गरेको छ ।

ललितपुर उपमहानगरपालिका २३ नं वडाबाट उक्त रकम दिन सुरु गरिएको हो । यसभन्दा पहिला असार मसान्तसम्म प्रथम चरणको १५ हजार रुपैयाँका दरले प्रत्येक भूकम्पपीडितलाई वितरण गरिसकिएको छ ।

जाडो महिना सुरु भएकाले पीडितलाई न्यानो कपडा किन्न उक्त रकम उपलब्ध गराइएको प्रमुख जिल्ला अधिकारी ऋषि शर्माले बताए ।

नगरभित्रका सबै ३० वटा वडामा पीडितलाई करिब १० दिनभित्र यो राहत रकम वितरण गरिसक्ने योजना छ ।

नगरक्षेत्रभित्र छ हजार ७६८ भूकम्पपीडित रहेको ललितपुर उपमहानगरपालिकाका कार्यकारी अधिकृत भरतमणि पाण्डेले बताए ।annapurnapost
पुस ३, २०७२- यातायात व्यवस्था विभागले विद्युतीय सवारी चालक अनुमतिपत्र (स्मार्ट कार्ड) शुक्रबारदेखि वितरण सुरु गरेको छ । विभागले पहिलो चरणमा शुक्रबार यातायात व्यवस्था कार्यालय बागमतीबाट वितरण थालेको हो । विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले शुक्रबार स्मार्ट कार्ड वितरण गरे । यातायात व्यवस्था कार्यालय बागमतीका प्रमुख उमेश बस्नेतले स्मार्ट कार्ड पहिलो चरणमा नयाँ सवारी चालकलाई मात्र वितरण गरिने बताए । त्यसपछि विस्तारै अन्यलाई वितरण गरिने उनले जानकारी दिए । पहिलो चरणमा एक लाख ६० हजार र दोस्रो चरणमा ४ लाख चालकलाई स्मार्टकार्ड वितरण गरिनेछ ।
मंसिर दोस्रो साताबाट नै स्मार्ट कार्ड वितरण गर्ने भनिए पनि प्राविधिक कारणले ढिलाई भएको विभागले जनाएको छ । भारतको चेन्नाईमा एक साता अघि परेको भिषण वर्षाका कारण त्यहा अवस्थित स्मार्ट कार्ड उत्पादक कम्पनी मद्रास सेक्युरिटी पि्रन्टर्सको कार्यालय समेेत डुबेको थियो । त्यसपछि काममा ढिलाई भएको विभागको भनाई छ ।
चार पांग्रे सवारी साधनको लाइसेन्स प्रक्रिया सुरु
यातायात व्यवस्था कार्यालय बागमतीले दसैंपछि पहिलोपटक चार पाग्रें सवारी साधनको लाइसेन्सको प्रयोगात्मक परिक्षाको सुरूआत गरेको छ ।
पुष १ बाट नयाँ लाइसेन्स लिनेका लागि परिक्षाको सुरूआत गरिएको कार्यालयका प्रमुख उमेश बस्नेतले जानकारी दिए ।
उनका अनुसार यो लाइसेन्स परिक्षामा यस अघि नै अन्य दुई पाग्रें वा अन्य सवारी साधनको लाइसेन्स लिइसकेका चालकहरुले भने आवेदन दिन पाउने छैनन् ।
 बस्नेतले चाप बढी भएका कारण नयाँका लागि मात्र लक्षित गरेर सुरुआत गरिएको बताए ।kantipur.ekantipur

काठमाडौं, ३ पुस । नेपाल पर्यटन बोर्डका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीले भूकम्पपछि थलिएको मुलुकको पर्यटनलाई पहिलाको अवस्थामा पु¥याउन छ महिनाभित्रै परिणाम देखिने गरी काम गर्ने बताउनुभएको छ ।
झन्डै चार वर्षदेखि रिक्त बोर्डको सिइओमा हिजो बिहिबार नियुक्त हुनभएका जोशीले रासससँग कुरा गर्दै भन्नुभयो– “भूकम्पपछिको पर्यटनलाई पहिलाको अवस्थामा फर्काउने चुनौती छ, म थोरै बोल्ने धेरै काम गरेर देखाउने पक्षमा छु, तीनदेखि छ महिनाभित्र परिणाम पर्यटन क्षेत्रमा देखिनेछ । ”
उहाँले भूकम्प र पछिल्लो नाकाबन्दीका कारण मुलुकमा पर्यटकको सङ्ख्यामा कमी आएको भन्दै आगामी दिनमा पर्यटकको सङ्ख्या वृद्धि गर्न विशेषरुपमा राष्ट्रिय अभियान सुरु गरिने उल्लेख गर्नुभयो ।
“सन् २०१७ वा २०१८ लाई राष्ट्रिय अभियानको रुपमा घोषणा गरी पर्यटक बढाउछौँ, परम्परागत ढाँचाभन्दा फरक ढङ्गले प्रवद्र्धनका कार्यक्रम ल्याउँछौँ त्यसका लागि सञ्चारमाध्यम र सामाजिक सञ्जालको भरपुग उपयोग गरी विदेशमा समेत प्रवद्र्धनात्मक कार्यक्रम लैजान्छौँ ।”
बोर्डका अनुसार सन् १९९८ मा भिजिट नेपाल राष्ट्रिय अभियान चलाएकाले सन् १९९९ मा पाँच लाख पर्यटक पुगेका थिए । सन् २०११ मा नेपाल भ्रमण वर्ष अभियान चलाएर सन् २०१२ मा आठ लाख पर्यटक पुगेका थिए ।
सरकारले सन् २०२० सम्म २० लाख पर्यटक पु¥याउने लक्ष्य लिएको छ । त्यसअनुरुप प्रवद्र्धनात्मक कार्यक्रमलाई व्यापक रुपमा अघि बढाउन बोर्डलाई चुनौती छ ।
मुलुकको पर्यटन प्रवद्र्धनको मेरुदण्डको रुपमा रहेको पर्यटन बोर्डलाई सुस्त पारदर्शी र अन्तर्राष्ट्रिय बजारमुखी बनाउन पनि विशेष अभियान चलाइने सिइओ जोशीको योजना छ । सरकार र निजी क्षेत्रसँग समन्वय गरी पर्यटकीय गन्तव्यको खोजी र प्रवद्र्धनात्मक कार्यलाई प्रथामिकता दिइनेछ ।
उहाँले प्रतिस्पर्धी बजारमा उपयोगी हुने गरी बोर्डको अहिलेको टिमलाई बढाएर दक्ष जनशक्तिको व्यवस्थापनको साथै संस्थाभन्दा बाहिरका विज्ञहरुलाई ल्याएर प्रभावकारी काम गर्ने बताउनुभयो ।
dainiknepaL
काठमाडौं, ३ पुस । सशस्त्र प्रहरीका महानिरीक्षक(आईजीपी) कोषराज वन्तले शुक्रबार राति राजीनामा दिएका छन् ।
विहीबार भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निलम्बन गर्न सरकारलाई सिफारिस गरेपछि वन्तले आज राजीनामा दिएका हुन् । वन्तको राजीनामा पत्र प्रधानमन्त्री कार्यालय पुगिसकेको छ र मन्त्रिपरिषदमा यसबारे छलफल हुने बताइएको छ । यसअघि सरकारले आजै वन्तलाई बर्खास्त गर्ने तयारी गरेको थियो ।
वन्तको राजीनामासँगै आइजीपीका लागि एआइजीहरु जीवन थापा, दुर्जकुमार राई, कृष्णकुमार तामाङमध्ये एक जनालाई छान्न प्रधानमन्त्री ओली र प्रचण्डबीच छलफल भइरहेको छ ।
dainiknepal
काठमाडौं, पुस ३ । भारतसँग जोडिएका केही सीमानाकाहरु पछिल्ला दिन सहज बन्दै गएका छन् । ती नाकाहरुबाट इन्धनसहितका मालबाहक गाडीहरु नेपाल भित्रिरहेका छन् ।

शुक्रबार दिनभरमा काँकडभिट्टा नाकाबाट १४ ट्यांकर डिजेल, १ ट्यांकर पेट्रोल, २ ट्यांकर मट्टीतेल, १ ट्यांकर हवाई इन्धनसहित ६१ ओटा मालबाहक गाडी नेपाल भित्रिएका छन् ।

यस्तै, विराटनगर–जोगबनी नाकाबाट शुक्रबार दिनभरमा १३ ट्यांकर डिजेल, ३ ट्यांकर पेट्रोल, ६ बुलेट ग्यास, ४ ट्रक औषधिसहित १ सय ९५ ओटा मालबाहक गाडी नेपाल प्रवेश गरेको सीमा प्रहरी कार्यालयले जनाएको छ ।

भैरहवा–सुनौली नाकाबाट भने शुक्रबार पनि इन्धनबाहेकका मालबाहक गाडी मात्रै नेपाल भित्रिए ।

यस्तै, नेपालगनज–रुपैडिहा नाकाबाट १८ ट्यांकर डिजेल, २ ट्यांकर पेट्रोल, २ बुलेट ग्याससहित ५० ओटा मालबाहक गाडी नेपाल भित्रिएका जनाइएको छ ।

धनगढीको गौरीफन्टा नाकाबाट भने बिना अवरोध गाडी नेपाल भित्रिरहेका छन् । तर, वीरगन्ज–रक्सौल नाका भने अझै सन्चालनमा आउन सकेको छैन । -
imagekhabar
काठमाडौं, पुस ३ । नेपालका लागि भारतीय राजदूत रणजित रायले नेपालमा हरेक विषयमा राजनीतिकरण हुने गरेको भन्दै सोचको दायरा बढाउनुपर्ने सुझाव दिएका छन् ।

भारतसँगका हरेक सम्झौतामा कर्मचारी प्रशासनदेखि हरेक क्षेत्र संशकित हुने र हिच्किचाउने प्रवृत्ति नेपालको विकासका लागि हितमा नभएको पनि उनले टिप्पणी गरे ।

भारतसँगका हरेक विषयलाई राष्ट्रियतासँगै जोड्ने नेपाली प्रवृत्ति सही नभएको पनि उनले जिकिर गरे ।

नेपाल चेम्बर अफ कमर्सले शुक्रबार काठमाडौंमा गरेको नेपाल–भारत आर्थिक सम्बन्धसम्बन्धी अन्तरक्रियाका अवसरमा उनले दुनियाँ उच्चगतिमा अगाडि बढिरहेको भन्दै दक्षिण एसियाली मुलुक पनि सोचको दायरा बढाएर अघि बढ्नुपर्ने बताएका हुन् ।

कार्यक्रममा सहभागीहरुले नेपाल–भारत आर्थिक सम्बन्धसन्बन्धी छलफलभन्दा पनि भारतले गरेको अघोषित नाकाबन्दी फिर्ता लिन आग्रह गरेका थिए ।

उद्योगी–व्यवसायीहरुले भारतले नाकाबन्दी गरेर अर्थतन्त्र त ध्वस्त भयो नै अमानवीय व्यवहार गरेको भन्दै दुःखेसो पोखेका थिए ।

तर, राजदूत रायले नेपालको आन्तरिक समस्याकै कारण आयातमा अवरोध भएको भनाइ नै दोहोर्‍याए ।

कार्यक्रममा व्यवसायी, अर्थविद्, पूर्वसचिव, सरकारी अधिकारीहरुले जतिसक्दो छिटो नाकाबन्दी खुलाउन पहल गर्न रायलाई आग्रह गरेका थिए ।imagekhabar
काठमाडौं: सवारी साधनमा इन्धन हाल्न लामो समयदेखि पेट्रोल पम्प वा ग्यासको डिपोमा लाइन बसेर पनि इन्धन पाइएन् ? नजिकको कुन् पम्पबाट कहिले र कति परिमाणमा इन्धन पाइन्छ ?

इन्धन वितरणसम्बन्धी यस्ता दर्जनौं समस्यालाई समाधान गर्न नेपाल आयल निगमले निकट समयमै मोबाइल एसएमएस प्रविधी कार्यान्वयनमा ल्याउँदैछ ।

यो प्रविधिको सहयोगमा उपभोक्ताले सजिलै सुलभरुपमा इन्धन लिन सक्षम हुने निगमले दाबी गरेको छ । यो प्रणाली कार्यान्वयनमा आएपछि इन्धन लिन लाइनमा बस्नु नपर्ने निगमले जनाएको छ ।

इन्धन लिन उपभोक्ता लामो समयसम्म लाइनमा बस्नुपरेको र पारदर्शी रुपमा इन्धनको वितरण नभएको गुनासो बढेपछि निगमले वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहकार्यमा ‘एसएमएस क्यु सिस्टम’ प्रणाली कार्यान्वयनमा ल्याउन लागेको हो ।

निगमका प्रवक्ता मुकुन्द घिमिरेका अनुसार एसएमएसबाट इन्धन पाउने दिन, समय, कति नम्बरको पालोमा इन्धन पाइने, इन्धन पाइने पम्पको नाम र स्थानको बारेमा अग्रिमरुपमा उपभोक्तालाई जानकारी उपलब्ध गराउने व्यवस्था गरिएको छ ।

घिमिरेका अनुसार यो प्रणालीमार्फत पहिलो चरणमा निजी क्षेत्रका कार तथा जीपलाई इन्धन वितरण गरिनेछ ।

‘सबै प्राविधिक काम सकेर सकेसम्म आगामी सातादेखि यो प्रणाली कार्यान्वयनमा ल्याउने तयारी छ’, प्रवक्ता घिमिरेले भने,‘निजी क्षेत्रका कार र जीपलाई इन्धन वितरण गरिने तालिका प्रकाशित भएपछि यो प्रणाली पनि कार्यान्वयनमा आउछ ।’

निगमकाअनुसार यो प्रविधिका लागि मन्त्रालयले नेपाल टेलिकमसँग ११११ नम्बर पनि सुरक्षित गरिसकेको छ ।

यो नम्बरमा प्रति एसएमएस गर्दा ६ रुपैयाँ लागे पनि मन्त्रालयले पनि उपभोक्ताका लागि निःशुल्क एसएमएस पठाउने सक्ने सुविधाको तयारी गरिरहेको छ ।

एसएमएस कसरी पठाउने ?

इन्धन वा ग्यास लिन उपभोक्ताले आफ्नो मोबाइलको म्यासेज बक्समा जानुपर्ने हुन्छ । म्यासेज बक्समा गएर सुरुमा आरइक्यु टाइप गर्नुपर्छ ।

त्यसपछि स्पेस दिएर एफटी अर्थात इन्धनको प्रकार (पेट्रोलको लागि पी, डिजेलको लागि डी र ग्यासको लागि जी) भनेर टाइप गर्नुपर्छ । यसपछि पुनः स्पेश दिनुपर्छ ।

स्पेश पश्चात् बीबीएन अर्थात ब्लु बुक नम्बर उल्लेख गरेर पुनः स्पेश दिने । अब एसटीडी अर्थात जिल्लाको टेलिफोन नम्बरको कोड नम्बर उल्लेख गर्ने ।

यसपछि पुनः स्पेश दिएर इजी अर्थात निर्बाचन क्षेत्र नम्बर उल्लेख गरेर पुनः स्पेश दिने । अब सीसी अर्थात ग्राहकको प्रकार (सानो सवारीका लागि एस, मझौला सवारीका लागि एम र ठूला सवारीका लागि एल) टाइप गरेर ११११ नम्बरमा उक्त तयारी एसएमएस पठाउने ।

म्यासेज पठाएपछि उपभोक्ताले एउटा कोड नम्बर प्राप्त गर्नेछन् । उपभोक्ताले आफ्नो क्यु कहाँ पुग्यो भनेर परीक्षण गर्न मोबाइलको म्यासेज वक्समा पुन: गएर सिएचके अर्थात चेक क्यु नम्बर टाइप गरेर स्पेश दिने ।

त्यसपछि बीबीएन अर्थात ब्लु बुक नम्बर टाइप गरेर स्पेश दिने । अब यस अघि प्राप्त भएको कोड नम्बर टाइप गरेर फेरी ११११ मा म्यासेज पठाउने । म्यासेज पठाएपछि उपभोक्ताको क्यु नम्बर कतिमा पुगेको छ भनेर जानकारी प्राप्त हुन्छ ।annapurnapost
काठमाडौं, ३ पुस । भारतले साथ छाडेपछि आन्दोलन सफल पार्न मधेसी मोर्चाले सहयोगी विकल्प खोज्न सुरु गरेको छ ।
भारतको सहयोगमा गर्दै आएको नाकाबन्दी र आन्दोलन फितलो भएको भन्दै भारतले बन्द रहेको वीरगंज नाका पनि चाँडै खोल्ने संदेश दिएपछि मधेशी मोर्चाका नेताहरू अत्तालिएका छन् ।
आफ्नो एउटा पनि माग पुरा भए बिना नै आन्दोलन समाप्त हुने देखिएपछि राजनीतिक जीवननै धरापमा पर्ने निष्कर्षसहित मोर्चाका शीर्ष नेताहरूले जसरी पनि आन्दोलन जारी राख्न भारतको बिकल्प खोज्नतिर लागेका हुन् ।
भारतले नेपालमा आफ्नो गुमेको साख जोगाउन कुनै पनि बेला मधेशी मोर्चालाई धोका दिन सक्ने संकेत पाउना साथ चिन्तित देखिएका मोर्चाका नेताहरू उत्तरी छिमेकीलाई गुहारेका छन् । यसै मौकाको खोजीमा रहेको चीनले पनि मोर्चाका नेतालाई महत्व दिन थालेको छ ।
मधेशी मोर्चामा भारतप्रति सबैभन्दा बढी बफादार रहेका महन्थ ठाकुरलाई नै प्रयोग गरेर चीनसंगको आफ्नो सम्बन्ध विस्तारमा मोर्चा लागि परेको छ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव पहिलेदेखि नै चिनियाँ सम्पर्कमा रहेको र चीनसँग राम्रो सम्बन्ध रहेका नेता हुन् । मधेशी मोर्चामा भारतभन्दा बढी चीन नजिक रहेकोले यसै सम्पर्क र सम्बन्धको फाइदा उठाउँदै फोरम अध्यक्ष यादवले मोर्चाका संयोजकको हैसियतमा तमलोपा अध्यक्ष महन्थ ठाकुरलाई भेटघाटको अवसर जुटाई दिएका हुन् । आफू मात्र भेटघाट गरे त्यसको नकारात्मक सन्देश जाने र महन्थ ठाकुरले भेटे भारतलाई साईजमा ल्याउन सक्ने आकलन गर्दै उपेन्द्रले महन्थलाई अगाडि सारेका हुन् ।
दिल्ली भ्रमणबाट संगै फर्केका उपेन्द्र र महन्थले काठमाडौ ओर्लिना साथ चीनसँग आफ्नो सम्पर्क र सम्बन्ध बढाउने निष्कर्षमा पुगेका थिए । आफैले गरेको नाकाबन्दीमा फंसेको भारत जसरी भएपनि यसबाट निस्किने उपाय खोज्दै छ । आफ्नो दिल्ली भ्रमणको निचोड नै यही रहेको र आउने दिनमा भारतकै भरोसामा आन्दोलन र नाकाबन्दी हुन नसक्ने निष्कर्ष दुई नेताले निकालेका थिए । महन्थ भन्दा पनि उपेन्द्र यादव भारतीय संस्थापन पक्षसंग असन्तुष्ट रहेको र आफ्नो स्वार्थ सिद्धिका लागि मधेशी मोर्चालाई प्रयोग मात्रै गरिरहेको कुरा उपेन्द्र यादवले आफू नजिकको पार्टीका शीर्ष नेतालाई जानकारी गराएका थिए । त्यही भएर होला दिल्ली भ्रमण सकिएर नेपाल फर्किए लगत्तै मधेशी मोर्चाका नेताहरूको चिन्ता स्पष्ट देखिने गरेका छन् ।
दिन प्रतिदिन आन्दोलन खुकुलो हुंदै गएपछि र नाकाबन्दीको नाममा पनि उपस्थिति शुन्य हुंदै गएपछि भारतले वीरगंज नाका चांडै खोलि दिने कुरा कुटनीतिक च्यानल मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि अवगत गराई सकेको छ । मंगलवार राति नै भारतीय राजदूत रञ्जीत रे बालुवाटार छिरेका थिए ।
त्यसको भोलि पल्ट नै उपेन्द्र यादवले चिनियाँ राजदूत वु चुन्ताई र महन्थ ठाकुर बीच भेटको साईत जुराई दिएका थिए । तमलोपा केन्द्रीय कार्यालय बिजुली बजारमा भएको भेटमा चीनले पहिलो पटक मधेस आन्दोलनप्रति आफ्नो समर्थन जनाएको दाबी गरिएको छ । साथै चीनले आन्दोलनमा आफूले सघाउने संकेत पनि गरेको थियो । भेटवार्ताका क्रममा चिनियाँ राजदूत चुन्ताईले मधेशी नेताहरूको दिल्ली भ्रमणबारे चासो राखेका थिए । भारतले नेपालमा आफ्नो साख गुमाएकोले पुरानो अवस्था ल्याउन मधेससँगको आफ्नो निकटता विस्तारै कम गर्दै लैजाने नीति अख्तियार गरेको छ ।
संसदमा सरकारद्वारा प्रस्तुत गरिएको संविधान संशोधन विधेयक पारित भएकै दिन बीरगंज नाका जसरी पनि खोलाउने आन्तरिक सहमति भारतीय पक्ष र सरकार बीच भएको कुरा मोर्चाका नेताको लागि ठूलो टाउको दुखाई भएको छ ।
dainiknepal
२०७२ पुष ३
संविधान वारे जानकारी दिन नेकपा (एमाले) ले सेती महाकाली अञ्चलद्धारा आयोजित आमसभामा जनतालाई अभिवादन गर्दे प्रधानमन्त्री तथा एमाले केपीशर्मा ओली । तस्वीर : प्रकाश शाह
अत्तरिया (कैलाली), पुस ३ गते । प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकार वार्ता र सहमतिबाटै समाधान खोजिरहेको बताउदै तर देशद्रोह र विखण्डनका नारा लगाउनेलाई कानुनले नछोड्ने बताउनु भएको छ ।
संविधानबारे जानकारी दिन नेकपा (एमाले) ले कैलालीको अत्तरियामा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दे प्रधानमन्त्री ओलीले सरकारले वार्ता गरिरहेको छ त्यसबाट समाधान हुन्छ भन्ने विश्वास छ त्यसो गर्दा पनि भएन भने कानुन कार्यान्वयन गर्ने हिसाबले अघि बढ्छौ भन्नुभयो ।
‘संविधान संशोधनको खास अर्थ छैन तर धेरैले संविधान संशोधन गरिए समाधान हुने बताएकोले सरकार देशलाई नोक्सान नहुने गरेर संविधान संशोधन गर्न लागि रहेको छ’ उहाँले भन्नुभयो ।
नेपालको जस्तो समावेशी र अधिकार सम्पन्न संविधान संसारमा कही छैन । हाम्रो संविधानमा ३३ प्रतिशत महिला र ४५ प्रतिशत पछाडि पारिएका समूदायलाई आरक्षण दिने व्यवस्था गरिएको छ प्रधानमन्त्रीले उदाहरण दिदै भन्नुभयो संसारको कुन संविधानमा यति ठूलो आरक्षण छ ?
dainiknepal
एजेन्सी।अष्ट्रेलियाको एउटा हवाई अड्डामा विदेश मन्त्री जुली विशपको सुरक्षा जाँच गरेको भन्दै एक सुरक्षा अधिकारिलाई जागिरबाट वर्खास्त गरिएको छ ।
सेप्टेम्बर महिनामा जब विदेश मन्त्री न्युयोर्कमा संयुक्त राष्ट्र संघको बैठकमा गईरहेको बेला अधिकारीले मेलवर्नको हवाई अड्डामा सुरक्षा जाँचको लागि रोकेका थिए ।
जागिरबाट निकालिएका ती व्यक्तिलाई केहि समय पछि अतिरिक्त प्रशिक्षण दिएर उनलाई फिर्ता बोलाईएको थियो तर जसले विदेश मन्त्रीको तलासी लिनु भनेको थियो ती व्यक्तिलाई भने जागिरबाट निकालिएको थियो।
nepalsandesh
काठमाडौं, ३ पुस ।

‘न कुनै नाता, न कुनै विशेषज्ञता, न कुनै सरकारी र पार्टीगत ओहोदा, न पीएकै जिम्मेवारी, तैपनि यी युवती प्रधानमन्त्री केपी ओलीको बदनाम हुनेगरी कहिले वैशाख १२ को भूकम्पको केन्द्र गोरखा बार्पाक त कहिले रसुवा पुग्छिन् र भीआईपीसरह माला पहिरिएर थ्याच्च अगाडिकै कुर्सीमा क़ब्ज़ा जमाउँछिन्, के हो यिनको हैसियत, को हुन् यिनी ? नेपालको विदेशस्थित कूटनीतिक नियोगमध्ये सबभन्दा बढी तलव-भत्ता पाइने मुलुक जापानको निम्ति राजदूत बन्छु, भन्दै पनि हिँड्छिन् रे, के हो वास्तविकता ? जान्ने हक छैन राष्ट्रलाई ?’
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमा लेखेको यस्तो स्टाटसमा विनोद न्यौपानेले प्रतिक्रिया दिए, ‘उखानेका अघिपछि लाग्ने राम्री केटी को रहिछन् ? उखाने काकाका त छोरा-छोरी छैनन् ? चिटिक्क परेर सँगसँगै खादामाला लाएर हिँडेकी छन् ? नेपालको कर्मचारीले यिनलाई पनि नमस्कार ठोक्नु पर्ने होला ?’
प्रधानमन्त्रीसँगै हरेक कार्यक्रममा देखिने यी युवतीप्रति सार्वजनिक चासो हुनु स्वभाविकै हो । चमकधमकसहितको पहिरनमा उनी भूकम्पको केन्द्रविन्दु बार्पाक र रसुवामा प्रधानमन्त्री ओलीसँगै देखिइन् ।

 आखिर को हुुन् उनी ?

आजकाल प्रधानमन्त्री ओलीसँगै देखिने यी युवती ओलीकै साली ‘अञ्जान शाक्य’ हुन् । प्रधानमन्त्री ओलीसँगै हरेक कार्यक्रममा पुग्न भ्याउने शाक्य गायिकासमेत हुन् । उनले गाएको ‘यो मन्दिर यो मस्जिद्’ बोलको गीत निकै चर्चित छ । त्यस्तै शिरिष एल्बममा रहेको ‘मैले सम्झेँ त के भो’ बोलको गीत पनि कुनै समय चर्चित बनेको थियो ।
प्रधानमन्त्री कार्यालयमासमेत हैकम जमाउने उनी ओली जाने कार्यक्रमहरु हत्तपत्त छोड्दिनन् । बालुवाटार स्रोतकाअनुसार ओलीले उनलाई जापानका लागि नेपाली राजदूत बनाउने वचन दिएका छन् ।

सोही आश्वासनको आधारमा उनले आफू जापानका लागि राजदूत हुने दावी गर्दै हिँडेकी छन् ।sajhapatrika भिडियो हेर्न तलको बाकस थिच्नुहोस
शुक्रबार, ३ पुष
एजेन्सी । भारती र चीनबीचको सम्बन्धमा थप दरार उत्पन्न हुने देखिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदकिा कारण चीनसँग उस्को सम्बन्ध थप बिग्रने अवस्थामा पुगेको हो ।
भारतले गोप्य रुपमा रसियासँग क्षेप्यास्त्र किन्ने योजना बनाए पनि त्यसको खुलासा भएपछि चीन झस्कीएको हो । भारतीय प्रधानमन्त्री उक्त सम्झौताकालागि यहि डिसेम्बर २३ तारेखका दिन मस्को जादैछन् ।
उक्त सम्झौतापछि भारतले दक्षिण एसियाका साथै चीनसम्म मार हान्न सक्नेछ । भारतीय आकास सुरक्षीग गराउनकालागि भन्दै ल्याउन लागिएको एस ४०० नामक क्षेप्यास्त्र ४ सय किलोमिटर प्रतिघण्टाका दरले मार हान्न सक्ने छ ।
यसका साथै रसियाले भारतलाई चीनसँग लड्न सक्ने क्षमाताको विकास गराउनकालागि भन्दै २७ करोड डलर बराबरको आर्थिक सहायता गर्नेछ । यसका साथै वाषीक रुपमा पाउँदै आएको ३९ करोड डलरको सहायता पनि निरन्तरता पाउने छ ।
आणविक उत्पादनलाई तिब्रता दिएको रसियाले एकाएक भारतलाई साथ दिनु भनेको अमेरिकासँग भारतको सम्बन्धलाई धुमिल पार्नु र चीनलाई भारतको आडमा हेप्न सक्ने वातावरण तयार पार्ने रसियाको रणनीति रहेको देखिन्छ ।
भारतले पनि आफुलाई एसियाको शक्तिशाली र चीनभन्दा पनि बढी दादा देखाउनकालागि यो हस्ताक्षर गर्न हतार गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
यो सम्झौताको चाल पाएको चीनले पनि भारतसँग अर्को सम्झौता गर्ने वा भारतसँगको सम्बन्धलाई कटौती गर्ने भन्नेबारेमा छलफल थालेको छ ।
nepalsandesh
शुक्रबार, ३ पुष
एजेन्सी । तपाईं पनि सामाजिक सञ्जाल फेसबुकमा आवद्ध हुनुहुन्छ होला । अब फेसबुकमा आएका तस्वीरहरु लाइक र कमेन्ट गर्दा सोचेर मात्रै गनुृहोला ।
किनभने थाइल्याण्डमा एउटा फोटो लाइक गरेको नाममा एक जना सर्वसाधारणले ३२ वर्ष जेल सजाय पाएका छन् । घटना अनुसार थाई राजाविरुद्धको एक तस्वीर सेयर  र लाइक गरेको आरोपमा २७ वर्षीय थनकार्न सिरिपाइबूनलाई यती लामो जेल सजाय तोकीएको हो ।
राजा भुमिबोल अदुल्यादेज विरुद्ध व्यंग्य गरिएको फोटो र थाईल्याण्डको भ्रष्टाचार काण्डको ग्राफ फेसबुकमा सेयर गरि हल्ला फैलाएको नाममा उनलाई यस्तो सजाय तोकीएको हो ।
ती युवालाई प्रहरीले घरबाटे गिरफ्तार गरी अदालत लगेका थिए । उनलाई राजसंस्थाको अपमान गरेको आरोपमा राजद्रोहको मुद्दा लगाइउको छ । थाइ कानुन अनुसार राजाको अपमान गर्नेलाई कम्तिमा १५ वर्ष जेल सजाय गर्नसक्ने व्यवस्था छ ।
उनले फेसबुकमा आफ्ना ६ सय बढी साथिहरुलाई पनि सेयर गर्न लगाएकाले ३२ वर्ष जेल सजाय दिइएको हो । ८८ वर्षीय थाइ राजा भुमिबोल लामो समयदेखि बिरामी छन् । उनको स्वास्थ्य अवस्था स्थिर तर जटील रहेको छ ।
nepalsandesh
एजेन्सी : बिजुलीको संकटमा जुधिरहेका नेपाल तथा भारतका बासिन्दाहरुले एक घन्टा साइकल चलाएकै भरमा २४ घन्टा सित्तैमा बिजुली बाल्न सकिने प्रविधि विकास भएको छ ।

भारतीय अमेरिकी अर्बपति मनोज भार्गवले एकै स्थानमा राखेर चलाउन सकिने साइकल सार्वजनिक गरेका छन् । जुन साइकलले बिजुली उत्पादन गर्न सक्छ । यो साइकल भागर्वले सन् २०१६ को मार्चबाट भारतका गरिब नागरिकबीच पुर्‍याउने भएका छन् ।



यसलार्इ बिजुलीको अभाव झेलिरहेका ग्रामीण बासिन्दाले प्रयोग गरेर राहत पाउन सक्ने भएका छन् । यस साइकललार्इ एक घन्टासम्म चलाउँदा एक गाउँले परिवारलार्इ २४ घन्टासम्मका लागि बिजुली बाल्न पुग्छ ।

मूल्य २० देखि २५ हजारसम्म
मनोज भार्गवले यस साइकललार्इ सार्वजनिक गर्दै बिजुली बालेर देखाएका छन् । यो साइकलको प्याडल फ्लाई व्हील बन्छ । यो प्याडलले यहाँ जडित जेनरेटरलार्इ घुमाएपछि यसमा राखिएको ब्याट्री चार्ज गरी २४ घन्टासम्म बिजुली आपूर्ति गर्न सकिन्छ ।

यो साइकलबाट उत्पादित बिजुलीले बत्ती बाल्न सकिन्छ । एउटा फ्यान चलाउन सकिन्छ भने मोबाइल फोन पनि चार्ज गर्न सकिन्छ ।

यसो गर्दा बिजुलीको बिल तिर्नुपर्ने छैन । एक पटक साइकल खरिद गरे पुग्छ । यो चलाउँदा न त इन्धन नै खर्च हुन्छ न त प्रदूषण नै बढ्ने चिन्त

भार्गभले बताए अनुसार यो उत्पादनबारेमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग एक वर्षअघि नै कुरा भइसकेको छ ।

उनले बताए अनुसार यो उत्पादनको बिक्री सबैभन्दा पहिले नेपालको सुदूरपश्चिमसँग जोडिएको उत्तराखण्डमा थाल्नेछन् । त्यसपछि यो साइकललार्इ भारतीय बजारमा पठाइने योजना उनले बनाएका छन् ।

भार्गवका अनुसार यसको शुरुवाती डिजाइन र म्यानुफ्याक्चरिङ अमेरिकामै गरिनेछ । तर, यसको मूल्य घटाउनका लागि भारतमा पनि यसलार्इ बनाउने योजना उनले बुनेका छन् ।

उनले भारतपछि यो साइकललार्इ अफ्रिकी महाद्वीप र मध्य-पूर्व क्षेत्रसहितका ५० देशमा प्रोजेक्ट शुरु गर्ने योजना उनले बनाइसकेका छन् ।
-annapurnapos भिडियो हेर्न तलको बाकस थिच्नुहोस

पुस ३, २०७२- आन्दोलनरत मधेसी मोर्चाका नेता तथा तमलोपाका अध्यक्ष महन्थ ठाकुर प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिको आलोचना गरेका छन् । मोर्चाको बैठकपछि आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै ठाकुरले प्रधानमन्त्रीको नाम नलिइ उनको बोली ‘मान्छेको जस्तो नभएको’ बताए ।

ओलीले हिजो गोरखाको बारपाकमा बोल्दै मोर्चाको आन्दोलनलाई जनवार प्रवृत्तिको बताएका थिए । kantipur.ekantipur

एजेन्सी : बिजुलीको संकटमा जुधिरहेका नेपाल तथा भारतका बासिन्दाहरुले एक घन्टा साइकल चलाएकै भरमा २४ घन्टा सित्तैमा बिजुली बाल्न सकिने प्रविधि विकास भएको छ ।

भारतीय अमेरिकी अर्बपति मनोज भार्गवले एकै स्थानमा राखेर चलाउन सकिने साइकल सार्वजनिक गरेका छन् । जुन साइकलले बिजुली उत्पादन गर्न सक्छ । यो साइकल भागर्वले सन् २०१६ को मार्चबाट भारतका गरिब नागरिकबीच पुर्‍याउने भएका छन् ।

यसलार्इ बिजुलीको अभाव झेलिरहेका ग्रामीण बासिन्दाले प्रयोग गरेर राहत पाउन सक्ने भएका छन् । यस साइकललार्इ एक घन्टासम्म चलाउँदा एक गाउँले परिवारलार्इ २४ घन्टासम्मका लागि बिजुली बाल्न पुग्छ ।

मूल्य २० देखि २५ हजारसम्म
मनोज भार्गवले यस साइकललार्इ सार्वजनिक गर्दै बिजुली बालेर देखाएका छन् । यो साइकलको प्याडल फ्लाई व्हील बन्छ । यो प्याडलले यहाँ जडित जेनरेटरलार्इ घुमाएपछि यसमा राखिएको ब्याट्री चार्ज गरी २४ घन्टासम्म बिजुली आपूर्ति गर्न सकिन्छ ।

यो साइकलबाट उत्पादित बिजुलीले बत्ती बाल्न सकिन्छ । एउटा फ्यान चलाउन सकिन्छ भने मोबाइल फोन पनि चार्ज गर्न सकिन्छ ।

यसो गर्दा बिजुलीको बिल तिर्नुपर्ने छैन । एक पटक साइकल खरिद गरे पुग्छ । यो चलाउँदा न त इन्धन नै खर्च हुन्छ न त प्रदूषण नै बढ्ने चिन्त

भार्गभले बताए अनुसार यो उत्पादनबारेमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग एक वर्षअघि नै कुरा भइसकेको छ ।

उनले बताए अनुसार यो उत्पादनको बिक्री सबैभन्दा पहिले नेपालको सुदूरपश्चिमसँग जोडिएको उत्तराखण्डमा थाल्नेछन् । त्यसपछि यो साइकललार्इ भारतीय बजारमा पठाइने योजना उनले बनाएका छन् ।

भार्गवका अनुसार यसको शुरुवाती डिजाइन र म्यानुफ्याक्चरिङ अमेरिकामै गरिनेछ । तर, यसको मूल्य घटाउनका लागि भारतमा पनि यसलार्इ बनाउने योजना उनले बुनेका छन् ।

उनले भारतपछि यो साइकललार्इ अफ्रिकी महाद्वीप र मध्य-पूर्व क्षेत्रसहितका ५० देशमा प्रोजेक्ट शुरु गर्ने योजना उनले बनाइसकेका छन् ।
annapurnapost
वीरगञ्ज– संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताहरुले वीरगञ्जमा चालकसहितको मोटरसाइकल जलाएका छन् । मोर्चाका कार्यकर्ताहरुले पेट्रोल ओसारपसार गरेको आरोप लगाउँदै घण्टाघरमा ना १९प १९६९ नम्बरको मोटरसाइकल जलाएका हुन् । सो क्रममा मोटर साइकल चालक परवानीपुरका राजेन्द्र पासवान घाइते भएका छन् । उनको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।
काठमाडौं, ३ पुस । आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आन्दोलनका नयाँ कार्यक्रम घोषणा गरेको छ ।
मोर्चाले शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरेर १३ दिने आन्दोलनको नयाँ कार्यक्रम घोषणा गरेको हो । मोर्चाले अब सरकारसँग मधेसमै वार्ता गर्ने निर्णय समेत सुनाएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले वार्ताका लागि सरकार गम्भीर नभएकाले बाध्य भएर फेरि आन्दोलनमा जानुपरेको बताउनुभयो । उहाँले भन्नुभयो– मोर्चाका सबै शीर्ष नेताहरु मधेस जान्छौं । अब वार्ता पनि मधेसबाटै हुन्छ ।’
यस्ता छन् आन्दोलनका कार्यक्रमः
पत्रकार सम्मेलनमा पुस ५ देखि १५ गतेसम्म आन्दोलनका विभिन्न कार्यक्रम गरिनेछ । जसअनुसार मन्त्री, सरकारका प्रतिनिधि र सांसदहरुलाई जिल्ला प्रवेशमा रोक लगाउने, जनप्रतिरोध गर्ने, सदरमुकाममा लाठी जुलुस प्रदर्शन गर्ने, संविधान संशोधन विधेयकको प्रति जलाउने लगायत रहेका कार्यक्रम रहेका छन् ।
dainiknepal
काठमाडौं, ३ पुस । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्तावलाई अमेरिकाले अस्वीकार गरेको छ ।
मोदीले बुधबार अमेरिकी राष्ट्रपति बराक ओबामासँग फोनवार्ता गरी भीसा रेट नबढाउन गरेको आग्रह अमेरिकाले अस्वीकार गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
भीसा रेट बढेसँगै भारतीय कम्पनी मारमा परेका छन् । यसअघि उक्त कदम अघि बढाउने संकेत अमेरिकाले दिएपछि भारतले चिन्ता व्यक्त गरेको थियो ।
अब अमेरिकाको लोकप्रिय एच–१बी र एल–१ भीसाका लागि शुल्क दोब्बर भएको छ ।यसका लागि अब ४५ सय डलरसम्म खर्च गर्नुपर्नेछ । यो कदमले भारतीय आईटी कम्पनिहरुमा असर परेको छ । यसअघि वर्ष २०१० देखि भीसा शुल्क २ हजार रुपैयाँ थियो ।
शुल्क बढाउँदा अब अमेरिकालाई वार्षिक एक अरब डलर फाइदा हुनेछ । जून रकम भिसा व्यवस्थित पार्न खर्च गरिनेछ ।
dainiknepal
काठमाडौं, ३ पुस । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्तावलाई अमेरिकाले अस्वीकार गरेको छ ।
मोदीले बुधबार अमेरिकी राष्ट्रपति बराक ओबामासँग फोनवार्ता गरी भीसा रेट नबढाउन गरेको आग्रह अमेरिकाले अस्वीकार गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
भीसा रेट बढेसँगै भारतीय कम्पनी मारमा परेका छन् । यसअघि उक्त कदम अघि बढाउने संकेत अमेरिकाले दिएपछि भारतले चिन्ता व्यक्त गरेको थियो ।
अब अमेरिकाको लोकप्रिय एच–१बी र एल–१ भीसाका लागि शुल्क दोब्बर भएको छ ।यसका लागि अब ४५ सय डलरसम्म खर्च गर्नुपर्नेछ । यो कदमले भारतीय आईटी कम्पनिहरुमा असर परेको छ । यसअघि वर्ष २०१० देखि भीसा शुल्क २ हजार रुपैयाँ थियो ।
शुल्क बढाउँदा अब अमेरिकालाई वार्षिक एक अरब डलर फाइदा हुनेछ । जून रकम भिसा व्यवस्थित पार्न खर्च गरिनेछ ।
dainiknepal
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Aug 24 (6)
  • Aug 23 (1)
  • Aug 19 (1)
  • Aug 18 (19)
  • Aug 17 (17)
  • Aug 16 (24)
  • Jan 24 (18)
  • Jan 23 (27)
  • Jan 22 (32)
  • Jan 21 (35)
  • Jan 20 (35)
  • Jan 19 (34)
  • Jan 18 (40)
  • Jan 17 (45)
  • Jan 16 (27)
  • Jan 15 (29)
  • Jan 14 (35)
  • Jan 13 (40)
  • Jan 12 (32)
  • Jan 11 (39)
  • Jan 10 (31)
  • Jan 09 (23)
  • Jan 08 (31)
  • Jan 07 (30)
  • Jan 06 (39)
  • Jan 05 (34)
  • Jan 04 (39)
  • Jan 03 (43)
  • Jan 02 (47)
  • Jan 01 (31)
  • Dec 31 (34)
  • Dec 30 (36)
  • Dec 29 (43)
  • Dec 28 (33)
  • Dec 27 (27)
  • Dec 26 (38)
  • Dec 25 (33)
  • Dec 24 (38)
  • Dec 23 (44)
  • Dec 22 (39)
  • Dec 21 (37)
  • Dec 20 (40)
  • Dec 19 (31)
  • Dec 18 (47)
  • Dec 17 (30)
  • Dec 16 (16)
  • Dec 15 (42)
  • Dec 14 (30)
  • Dec 13 (32)
  • Dec 12 (35)
  • Dec 11 (42)
  • Dec 10 (26)
  • Dec 09 (31)
  • Dec 08 (15)
  • Dec 07 (37)
  • Dec 06 (30)
  • Dec 05 (34)
  • Dec 04 (32)
  • Dec 03 (33)
  • Dec 02 (36)
  • Dec 01 (37)
  • Nov 30 (48)
  • Nov 29 (28)
  • Nov 28 (35)
  • Nov 27 (35)
  • Nov 26 (47)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (27)
  • Nov 22 (32)
  • Nov 21 (43)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (22)
  • Nov 17 (29)
  • Nov 16 (32)
  • Nov 15 (25)
  • Nov 14 (28)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (42)
  • Nov 09 (22)
  • Nov 08 (40)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (42)
  • Nov 01 (44)
  • Oct 31 (29)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (47)
  • Oct 27 (32)
  • Oct 26 (39)
  • Oct 25 (35)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (22)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (31)
  • Oct 02 (29)
  • Oct 01 (29)
  • Sep 30 (29)
  • Sep 29 (24)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (26)
  • Sep 25 (27)
  • Sep 24 (18)
  • Sep 23 (15)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (26)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (12)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (19)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (22)
  • Sep 07 (22)
  • Sep 06 (26)
  • Sep 05 (18)
  • Sep 04 (23)
  • Sep 03 (24)
  • Sep 02 (25)
  • Sep 01 (24)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (27)
  • Aug 28 (28)
  • Aug 27 (30)
  • Aug 26 (29)
  • Aug 25 (24)
  • Aug 24 (35)
  • Aug 23 (30)
  • Aug 22 (31)
  • Aug 21 (32)
  • Aug 20 (30)
  • Aug 19 (33)
  • Aug 18 (27)
  • Aug 17 (34)
  • Aug 16 (28)
  • Aug 15 (23)
  • Aug 14 (23)
  • Aug 13 (22)
  • Aug 12 (19)
  • Aug 11 (18)
  • Aug 10 (24)
  • Aug 09 (16)
  • Aug 08 (18)
  • Aug 07 (25)
  • Aug 06 (16)
  • Aug 05 (18)
  • Aug 04 (21)
  • Aug 03 (19)
  • Aug 02 (14)
  • Aug 01 (17)
  • Jul 31 (19)
  • Jul 30 (19)
  • Jul 29 (15)
  • Jul 28 (12)
  • Jul 25 (14)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home