दसैं नसकिँदै मधेसी माेर्चाले उग्र अान्दोलन गर्न थालेपछि सिरहाको लहानमा गस्तीमा निस्केका सुरक्षाकर्मी
आवासीय भवन निर्माण गर्न २५० वर्गमिटरसम्म क्षेत्रफलको घडेरीलाई ७० प्रतिशत र त्यसभन्दा बढीलाई ६० प्रतिशत उपभोग गर्न स्वीकृति दिइनेछभने सरकारी, अर्धसरकारी वा सार्वजनिक भवनलाई ५० प्रतिशतभन्दा बढी नहुने गरी मात्र स्वीकृति दिइनेछ कार्तिक ८, २०७२- सरकारले योजना तथा भवन निर्माणसम्बन्धी आधारभूत निर्माण मापदण्डलाई समेट्दै ‘बस्ती विकास, सहरी योजना तथा भवन निर्माणसम्बन्धी आधारभूत निर्माण मापदण्ड २०७२’ ल्याएको छ। सहरी विकास मन्त्रालयले तयार पारी मापदण्डलाई मन्त्रिपरिषद्को आर्थिक तथा पूर्वाधार समितिको असोज १३ को निर्णयले स्वीकृत गरेको मापदण्डमा भूकम्पपछिको पुनर्निर्माण र आवश्यक पर्ने खुला स्थानलाई महत्त्व दिइएको छ। खुला क्षेत्रसम्बन्धी व्यवस्था, पूर्वनिर्मित भवन नियमित गर्न सक्ने, भवन निर्माणसम्बन्धी नमुना मापदण्डका आधारमा निर्माण अनुमति दिनुपर्नेजस्ता विषयलाई समेटिएका छन्। ‘स्वीकृत भएलगत्तै यो मापदण्ड लागू भएको छ,’ सहरी विकास मन्त्रालयका सहसचिव तथा प्रवक्ता पदम मैनालीले भने। योजना तथा भवन निर्माणसम्बन्धी आधारभूत निर्माण मापदण्ड सम्बन्धमा जग्गाको खण्डीकरण, प्रस्तावित भौतिक योजनाहरूमा बाटोको व्यवस्था, भवनको उचाइ र सेटब्याक (दुई भवनबीचको दूरी) को अनुपान, जग्गा उपयोग प्रतिशत, भुईं क्षेत्रको अनुपात, स्थानीय सडकको क्षेत्राधिकार लगायतलाई प्रस्ट पारिएको छ। जग्गा खण्डीकरण सम्बन्धमा जग्गा एकीकरण पद्धतिद्वारा वा ठूला कित्तालाई (एक वा धेरै) कित्ताबाट गरी जग्गाको कारोबार, सामूहिक आवास वा सार्वजनिक भवन निर्माणजस्ता भौतिक योजना कार्यान्वयन गर्नुपर्दा विकास प्राधिकरण वा नगर विकास समिति भएकोमा सो र नभएकोमा प्राविधिक समितिको सिफारिसमा स्थानीय निकायले मापदण्डकै प्रतिकूल नहुने गरी योजना कार्यान्वयन स्वीकृति दिने उल्लेख छ। यस्तै, एक मिटरभन्दा गहिरो माटो पुरेर तयार गर्ने भौतिक विकास वा जग्गा खण्डीकरण योजना प्रस्ताव गर्दा उक्त जमिन कति भारवहन क्षमताका लागि हिसाब गरिएको हो त्यसको प्रतिवेदनसमेत योजना स्वीकृतिका लागि पेस गर्ने निवेदनसाथ संलग्न गर्नुपर्ने भनिएको छ। जमिन भारवहन क्षमता नखुलेको योजना प्रस्ताव स्वीकृत गरेमा संलग्न अधिकारीहरूलाई कानुनी कारबाही गरिने मापदण्डमा उल्लेख छ। मापदण्डमा आवासीय प्रयोजनका लागि प्रस्तावित भौतिक योजना क्षेत्रको हकमा पहिलो प्रस्तावित घडेरीको क्षेत्रफल भूमिसम्बन्धी नियमहरू २०२१ को तोकेभन्दा कम कित्ताकाट नहुने गरी योजना प्रस्ताव गर्नु पर्नेछ। र, दोस्रो एउटै उचाइका अधिकतम ३ तले भवनहरू भएको खण्डमा मात्र जोडिएका भवनहरू निर्माण गर्न दिइनेछ। जोडिएका भवनहरू निर्माण गर्दा पछि भवनको मर्मत गर्नुपर्दाको अवस्थामा भवन स्वामित्वकर्ताहरूमा पर्न आउने दायित्वसमेत भवन निर्माण स्वीकृतिका लागि पेस गरिने निवेदनसाथ संलग्न हुनुपर्ने भनिएको छ। यस्तै, सार्वजनिक प्रयोजनको लागि गरिने जग्गा विकास वा भवन एकीकरण योजना प्रस्ताव गर्दा भवनहरूको गुरु योजनासहित पेश हुनु पर्नेछ र प्राविधिक समितिको सिफारिसमा स्थानीय निकायले त्यस्तो योजना स्वीकृत गर्नेछ। भौतिक योजना कार्यान्वयन अनुमति दिँदा योजना प्रस्ताव गरिएको कुल जग्गाको (क) कम्तीमा १५ प्रतिशत बाटोको लागि र (ख) कम्तीमा ५ प्रतिशत खुला क्षेत्रको लागि छुट्याइएको हुनुपर्नेछ। साथै, यस्तो खुला क्षेत्रको क्षेत्रफल ८० वर्गमिटरभन्दा कम र चौडाइ ८ मिटरभन्दा कम हुनु हुँदैन र यस्तो खुला क्षेत्रले प्रस्तावित भौतिक योजना क्षेत्रको बाहिरी साँध वा सिमाना छोएको नहुने मापदण्ड मा भनिएको छ। प्रस्तावित भौतिक योजनाहरूमा बाटोको व्यवस्थाको सम्बन्धमा सार्वजनिक भौतिक योजनाको हकमा विद्यमान सार्वजनिक सडकसँग जोडिने प्रस्तावित योजनाको मूल सडकको चौडाइ कम्तीमा ८ मिटर हुनुपर्नेछ। विद्यमान घना बस्तीलाई भवन एकीकृत योजनाद्वारा पुन: निर्माण गर्ने स्वीकृति माग भएको अवस्थामा मापदण्डअनुसार स्वीकृति दिइनेछ। यस्तै, नियन्त्रित भौतिक योजनाको हकमा विद्यामान सार्वजनिक मूल सडकसँग जोडिने प्रस्तावित योजनाको प्रत्येक सकडमा उक्त सार्वजनिक सडकदेखि २० मिटर भित्रसम्म चारपाङ्ग्रे गाडी छिर्ने र निस्कने बेग्लाबेग्लै ढोका तथा बाटो हुनुपर्नेछ। ६ मिटरसम्म चौडा सार्वजनिक बाटोले छोएको जग्गामा १० मिटरसम्म अग्लो आवासीय प्रयोजनका लागि प्रस्तावित योजनालाई मात्र स्वीकृति दिइने छ। मापदण्डअनुसार ८ मिटर वा त्यसभन्दा बढी चौडा सार्वजनिक सडकले छोएको जग्गामा मात्र १० मिटरभन्दा अग्ला आवासीय/सार्वजनिक भवन निर्माण गर्न प्रस्तावित योजनालाई स्वीकृति दिइनेछ। यस्तै, कुनै पनि बाटो घुम्ती वा मोडको न्यूनतम अर्धव्यास ३.५ मिटरभन्दा बढी हुनुपर्नेछ। ढल तथा बाटो निर्माण सम्पन्न गर्ने दायित्व योजना प्रस्ताव गर्ने संस्थाको नै हुनेछ र बाटो तथा खुला क्षेत्रको स्वामित्व त्यस भौतिक योजनाबाट लाभान्वित हुने भवन/जग्गा खरिदकर्ताहरूमा संयुक्त रूपमा रहने कानुनी व्यवस्था खरिदकर्ताहरूले नगरी योजना प्रस्ताव गर्ने संस्थाले नै गर्ने मापदण्डमा भनिएको छ। भवनको उचाइ र सेटब्याकको अनुपातको सम्बन्धमा १० मिटरसम्म अग्ला भवनहरूको सँधियार तर्फको न्यूनतम सेटब्याक (दुई घर बीचको दूरी) १.५ मिटर हुनुपर्नेछ। झ्याल–ढोका तथा भेन्टिलेटर नराख्ने भए सँधियारतर्फ तथा एउटै कित्ताको जग्गामा स्वीकृति प्राप्त गरी बनिसकेको घर भए सो तर्फ भवन संहिता २०६० को प्रतिकूल नहुने गरी टाँसिएको भवन बनाउन दिइनेछ। १० मिटरभन्दा बढी तर १७ मिटरसम्म अग्ला भवनहरूको हकमा सार्वजनिक भवनहरूको सँधियार तर्फको सेटब्याक न्यूनतम ३ मिटर र अन्य भवनहरूको सँधियारतर्फको सेटब्याक न्यूनतम २ मिटर हुने गरी स्वीकृति दिइनेछ। १७ मिटरभन्दा अग्ला जुनसुकै भवनहरूको उचाइ र सँधियारतर्फको सेटब्याकको अनुपात ४:१ हुने गरी तर न्यूनतम सेटब्याक ५ मिटरभन्दा कम नहुने गरी स्वीकृति दिइनेछ। एउटै कित्ता वा धेरै कित्ता मिलेर बनेको घडेरीमा एकभन्दा बढी भवनहरू निर्माण गर्न स्वीकृति दिँदा वा घरबाटो सिफारिस दिँदा दुई भवनहरू बीचको दूरी मापदण्डअनुसार हुने गरी स्वीकृति दिइने भनिएको छ। मूलसडक किनारमा भवन निर्माण गर्न स्वीकृति दिँदा बाटोको चौडाइमा सडकको दुवैतर्फको सेटब्याक जोड्दा जति योगफल हुन्छ, सोको २ गुणाभन्दा अग्लो हुने गरी (लाइट–प्लेनलाई छेक्ने गरी) स्वीकृति दिइने छैन। यस्तै, स्थानीय निकायको क्षेत्रभित्र पर्ने लोकमार्गहरूको छेउमा भवन निर्माण गर्न प्रचलित ऐन नियमहरूको अधीनमा र नगरपालिका क्षेत्रमा स्वीकृत नगर यातायात मास्टर प्लान समेत अधीनमा भवन निर्माण स्वीकृति दिइनेछ। जग्गा उपयोग प्रतिशतसम्बन्धमा मापदण्डमा आवासीय भवन निर्माण गर्न २ सय ५० मिटर सम्म क्षेत्रफल भएको घडेरीलाई ७० प्रतिशत र सोभन्दा बढीकोलाई ६० प्रतिशत बढी नहुने गरी जग्गा उपयोग प्रतिशत स्वीकृति दिइनेछ। यस्तै, सरकारी, अर्ध सरकारी वा सार्वजनिक भवनहरूलाई निर्माण स्वीकृति दिँदा जग्गा उपयोग प्रतिशत ५० प्रतिशतभन्दा बढी नहुने गरी स्वीकृति दिइनेछ। भुईं क्षेत्रको अनुपातका सम्बन्धमा मापदण्डमा स्थानीय निकायको परिषद्ले आफ्नो क्षेत्राधिकार भित्र मापदण्ड स्वीकृत गरी लागू गर्दा तोकिएको प्राविधिक समितिको सिफारिसमा भुईं क्षेत्र अनुपात कायम गर्न सक्नेछन्। यस्तै, हाल नेपाल सरकारको स्वीकृति प्राप्त गरि मापदण्ड लागू गरिरहेका स्थानीय निकाय तथा विकास प्राधिकरणहरूले सोही मापदण्ड बमोजिम भुईं क्षेत्रको अनुपात कायम गर्न सक्नेछन्। स्थानीय सडकको क्षेत्राधिकार सम्बन्धमा नयाँ निर्माण हुने सडकको क्षेत्राधिकार सो सडकको केन्द्र रेखाबाट न्यूनतम ३ मिटर कायम गर्नुपर्ने उल्लेख छ। तर प्राविधिक प्राविधिक समितिको सिफारिसमा जटिल भौगोलिक क्षेत्रमा सडकको चौडाइ केन्द्र रेखाबाट न्यूनतम २ मिटर कायम गर्न सकिनेछ। यस्ता नयाँ निर्माण हुने सडक छेउमा भवन निर्माण गर्न स्वीकृति दिँदा सडकतर्फको न्यूनतम सेटब्याक १.५ मिटर कायम गर्न गरिनेछ। यो मापदण्ड लागू हुनुअगावै कायम रहेका र स्वीकृति प्राप्त गरी भवनहरू निर्माण भइसकेका ५० मिटरभन्दा छोटो बाटोको क्षेत्राधिकार सो बाटोको केन्द्ररेखाबाट न्यूनतम १.५ मिटर कायम गरिनेछ। स्वीकृति प्राप्त गरी भवनहरू निर्माण भइसकेका ४ मिटरभन्दा कम चौडा सार्वजनिक सडकहरूको क्षेत्राधिकार सो सडकको केन्द्ररेखाबाट २ मिटर कायम गरिनेछ। कुनै पनि बाटोको घुम्ती वा मोडको न्यूनतम अर्धव्यास ३.५ कायम गरिएको छ। सीमा पर्खाल निर्माण गर्न स्वीकृति दिँदा साधारणतया १.२ मिटर अग्लो गारो र सोमाथि ०.६ मिटर अग्लो जाली राख्ने गरी मापदण्ड बनाइएको छ। ०.६ मिटरभन्दा अग्लो जाली राखी निर्माण स्वीकृति लिन चाहेमा सम्पूर्ण पर्खालको स्ट्रक्चरल डिजाइन समेत निवेदनसाथ पेस गर्नुपर्नेछ। सरकारी वा कूटनीतिक निकायले सुरक्षाको कारण अग्लो पर्खाल लगाउनुपर्ने भएमा गृह मन्त्रालयको सिफारिससहित सोको स्ट्रक्चरल डिजाइनसहित निवेदन पेस गरेमा स्थानीय निकायले यस्तो पर्खाल लगाउन स्वीकृति मिल्नेछ। यस्तै, न्यूनतम एक तलाको निर्माण सम्पन्न प्रमाणपत्र (आंशिक वा पूर्ण) लिएको भवनलाई मात्र स्थानीय निकायले पानी, बिजुली आदि सार्वजनिक आधारभूत सेवाहरू जडान गर्न सिफारिस दिइनेछ। भवन संहिता २०६० अनुसारको ‘ग’ वर्गको भवन निर्माण गर्दा जग्गाको साँधसिमानाबाट न्यूनतम १ मिटर छोडेर मात्र भवनको पिलर वा भारवहन गारो निर्माण गर्न दिइनेछ। मापदण्डअनुसार भवन निर्माण गर्न बन्देज भने लगाइने छैन। स्थानीय निकायहरूले आफ्नो क्षेत्रमा रहेका सार्वजनिक जग्गाहरू तथा खुला क्षेत्रहरूको संरक्षण गर्ने, आफ्नो क्षेत्रमा रहेका सार्वजनिक जग्गाहरूलाई खुला क्षेत्रको रूपमा घोषणा गरी सो क्षेत्रलाई सार्वजनिक हरियाली उद्यानहरूमा रूपान्तरण गर्ने छन् र सार्वजनिक, ऐलानी र पर्ती जग्गाहरूलाई नेपाल सरकार (मन्त्रिपरिषद्) को निर्णय बिनाहकभोग हस्तान्तरण गर्न तथा लिज वा भाडामा नदिइने भनिएको छ। पूर्वनिर्मित भवन नियमित गर्न सक्ने सम्बन्धमा आंशिक रूपमा नक्सा पास गरेको १७ मिटरभन्दा कम उचाइको भवनले स्थानीय निकायद्वारा लागू गरिएको भवन निर्माण मापदण्ड, भवनसंहिता तथा सडक ऐन अनुशरण गरेको, सार्वजनिक वा सरकारी जग्गा अतिक्रमण नगरेको अवस्थामा यो आधारभूत निर्माण मापदण्ड लागू भएको मितिले एक वर्षको समय दिई नक्सा पास गर्न आह्वान गर्दा भवन स्वामित्वकर्ताले उक्त भवन तत्कालीन मापदण्डअनुसार रहेको भन्ने प्राविधिक प्रतिवेदनसहित निवेदन दिएमा स्थानीय निकायले तोकेको प्रक्रिया पुर्याई नक्सा पास गरिदिने छ। यस्तै, निर्माण भइसकेको १७ मिटरभन्दा अग्ला भवनलाई माथिको प्रावधानअनुसार नियमित गर्दा सहरी विकास कार्यालयको सिफारिसमा नक्सा पास गरिदिइने छ। आधारभूत निर्माण मापदण्ड लागू हुन पूर्व भवन संहिता लागू नभएका स्थानीय निकायहरूमा भवन संहिता अनुशरण नगरी तर स्थानीय निकायको स्वीकृति प्राप्त गरी निर्माण भएका भवनहरू यो आधारभूत निर्माण मापदण्ड लागू भएको एक वर्षभित्र स्थानीय निकायले तोकेको प्रक्रियाअनुसार स्थानीय निकायको अभिलेखमा दर्ता गराउनुपर्नेछ। साथै, अभिलेखीकरण नगरिएका भवनहरूलाई सरकारी, अर्धसरकारी वा संस्थाहरूले भाडामा लिन नपाउने भनिएको छ। भवन निर्माणसम्बन्धी नमुना मापदण्डका आधारमा निर्माण अनुमति दिनैपर्ने सम्बन्धमा यो मापदण्डभन्दा न्यून मापदण्ड लागू गरेका स्थानीय निकायहरूले यस मापदण्डमा उल्लेख भएको विषयमा यसै बमोजिम र यसमा उल्लेख नभएकोमा सहरी विकास मन्त्तालयबाट तयार गरिएको ‘भवन निर्माणको नमुना मापदण्ड, २०७१’ को आधारमा मापदण्ड बनाई आफ्नो परिषद्बाट ६ महिनाभित्र अनुमोदन गराई कार्यान्वयनमा ल्याउने छन्। काठमाडौं उपत्यकाभित्रका स्थानीय निकायहरूले यस मापदण्डमा उल्लेख भएकोमा बाहेक अन्य विषयमा ‘काठमाडौं उपत्यकाभित्रका नगरपालिका र नगरोन्मुख गाविसमा गरिने निर्माण सम्बन्धी मापदण्ड, २०६४’ का प्रावधानअनुसार मापदण्ड परिषद्बाट ६ महिनाभित्र अनुमोदन गराई कार्यान्वयनमा ल्याउने भनिएको छ। भवन निर्माणस्थलमा निर्माण अनुमतिपत्र राख्नुपर्ने सम्बन्धमा भवनको स्वामित्वकर्ताले भवन निर्माण अवधिसम्म आवश्यक विवरणहरू खुल्ने गरी स्थानीय निकायले दिएको निर्माण अनुमतिपत्र र स्वीकृत नक्साको साइट प्लान निर्माणस्थलमा सर्वसाधारणले प्रस्ट देख्ने गरी राख्नुपर्ने उल्लेख छ।
kantipur.ekantipur.com
kantipur.ekantipur.com
सिरहा : संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले पूर्वपश्चिम लोकमार्ग अन्तर्गत सिरहाको लहानमा दुई मोटरसाइकलमा आगजनी गरेका छन् ।
बिहानैदेखि टायर बालेर प्रदर्शन गरिरहेका प्रदर्शनकारीले मोटरसाइकल चालकलाई कुटपिट गर्दै उनीहरुको मोटरसाइकलसमेत जलाएका हुन् ।
लहानको अस्पताल चोकमा बा ३६ प ८५८२ र बा ४१ प ४६०० नम्वरको मोटरसाइकलमा आगजनी गरिएको छ । दुवै मोटरसाइकल पूर्वबाट पश्चिम गइरहेको थियो ।
आन्दोलनरत संयुक्त लोकतान्त्रिक मोर्चाका कार्यकर्ता बिहानैदेखि पूर्व पश्चिम लोकमार्गमा टायर बालेर प्रदर्शन गरिरहेका छन् ।
यसैबीच सिरहाकै नयाँ चोहर्वा, मिर्चैया लागाएतका स्थानमा आन्दोलनकारीले एकदर्जन मोटरसाइकल तोडफोड गरेका छन् ।
आन्दोलनकारीले हिजैबाट मोटरसाइकल चल्न रोक लागाएको भएपनि आज पूनः मोटरसाइकल चलाएकोले उनीहरुको मोटरसाइकलमा क्षेति पुर्याएको जनाएको छ ।
यस अघिसम्म मोटरसाइकल संचालनमा रोक नलगाएको भएपनि आजबाट मोटरसाइकल समेत चल्न नदिने भन्दै जलाउन थालेका हुन् । शनिवार दिउँसो आन्दोलनकारीले मोटरसाइकल सञ्चालनमा रोक लागाएको थियो
www.annapurnapost.com
इटहरी: सुनसरी जिल्लाको दुई अलग–अलग स्थानमा भएका सवारी दुर्घटनामा परेर दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । शनिबार अपराह्न भएका ती सवारी दुर्घटनामा अर्को एकजना घाइते भएको पनि प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार जिल्लाको धार्मिक तीर्थस्थल बराहक्षेत्रको चतराबाट धरानतिर आइरहेको को१ख ४१४४ नंको बसले धरान– १७ निवासी ४८ वर्षीय सुन्दर खड्कालाई ठक्कर दिँदा उनको घटनास्थलमा नै मृत्यु भएको थियो ।
मृतक खड्काको शव परीक्षणका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ । बसका चालक रोशनरजक श्रेष्ठलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि इलाका प्रहरी कार्यालय धरानले नियन्त्रणमा लिएको छ ।
यसैगरी जिल्लाको महेन्द्रनगर गाविस– ७ पर्ने सुनसरी–मोरङ सिँचाइ नहरमा अन्दाजी ५५ वर्षीय पहाडे समुदायका एक पुरुष मृत अवस्थामा फेला परेको पनि प्रहरीले जानकारी दिँदै उनको सनाखत हुन नसकेको बताएको छ । नहरमा डुबेर मृत अवस्थामा फेला परेका ती पुरुषको शव पनि परीक्षणका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ ।
यता इटहरी उपमहानगरपालिका– १७ स्थित पूर्वपश्चिम राजमार्गमा को१३प ७४४० नंको मोटरसाइकलले को१प ५७१० नंको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा इटहरी उपमहानगरपालिका– १७ का ५० वर्षीय हेम श्रेष्ठ घाइते भएका छन् । उनको इटहरीस्थित सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । ठक्कर दिने मोटरसाइकल र चालकलाई कारबाहीका लागि इलाका प्रहरी कार्यालय पकलीले नियन्त्रणमा लिएको बताइएको छ ।
annapurnapost.com

दैलेख: ल्याटिबिन्द्रासैनी गाविसको पाल्तडा देखि आधा घन्टा माथि कर्णाली नदी हुँदै अछामबाट दैलेखतिर आउँदै गरेको डुङ्गा पल्टिँदा एक महिलाको ज्यान गएको छ ।
शनिबार डुङ्गा पल्टिँदा दुई महिला बगेका थिए । एक महिलाको उद्धारसकुशल भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक पुस्करबहादुर चन्दले बताए ।
कर्णालीले बगाएर ल्याटिबिन्द्रासैनीका ४५ वर्षीया रुपा शाही मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।
त्यस्तै उद्धार हुनेमा ल्याटिबिन्द्रासैनीकै अमृता शाही हुन् । उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
पाल्तडा प्रहरी चौकीबाट प्रहरी नायब निरीक्षक लोकबहादुर बुढाको नेतृत्वमा डुङ्गा दुर्घटनामा हराएकी महिलाको शव पत्ता लगाएका थिए । उक्त डुङ्गामा तीनजना सवार थिए । डुङ्गा चालक भैरवस्थान काभ्रे अछामका टेकबहादुर बुढाले दुवै महिलालाई बचाउन खोज्दा एकजना बेपत्ता भई मृत अवस्थामा फेला परेको उनले बताए ।
प्रहरीले अछामबाट कर्णाली तरेर डुङ्गा बगर नजिक रोक्न लाग्दा दुर्घटना भएको बताए ।
annapurnapost.com
। साउदी अरबमा एक महिलाले आफ्ना पतिलाई घरमा काम गर्ने महिलासँग यौनसम्पर्क राख्ने गरेको शंका लागेपछि गोप्य क्यामराले सो तथ्य पत्ता लगाएकी छिन् ।
क्यामराको पिक्चरअनुसार पतिले घरमा काम गर्ने महिलासँग भान्सा कोठामा यौनसम्पर्क गर्ने गरेका छन् ।
समाचारमा जनाइएअनुसार आफ्ना श्रीमानको कार्यबाट हैरानी भएकी ती महिलाले आफ्नो घरभित्रका केही स्थानमा गोप्य क्यामरा फिट गरेकी थिइन् ।
साउदी अरबको कानुनअनुसार श्रीमानको गल्ती पकड्नका लागि राखिएको गोप्य क्यामराको विषयले ती महिला नै फस्ने व्यवस्था छ । कानुनअनुसार ती महिलालाई जेलसम्म हुन सक्छ ।
आफ्ना श्रीमानलाई घरमा काम गर्ने महिलासँग यौनसम्पर्क गर्न लागेको भिडियो गोप्य क्यामरामार्फत खिँचेपछि ती महिलाले सामाजिक सञ्जालबाट तस्बिर र भिडियो सार्वजनिक गरिदिएको डेली मेलले जनाएको छ ।
dainiknepal.com
। भारतको असममा एक जना स्टप नर्सले आफू गर्भवती भएको झुठ्ठो आरोपमा पटक पटक ठगी गरेर रकम असुलेको अभियोगमा स्थानीय पुलिसले पक्राउ गरी कारबाही गरेको छ ।
असमको सरकारी अस्पतालमा काम गर्दै आएकी लिली बेगम सरकार नाम गरेकी नर्सले ८५ पटक गर्भवती भएको झूठो बयान दिएर सुविधान लिइपछि कारबाही गरिएको समाचारमा उल्लेख छ ।
झूठो बयान र प्रमाणका आधारमा लिलीले ४२ हजार ५ सय रुपियाँ मातृत्व सुविधान वाफत दिइने सरकारी सहयोग लिएको जनाइएको छ ।
पैसाको लोभमा लिलीले गरेको कार्यबाट दिक्क भएको असम सरकारले कारबाही गरेको उल्लेख गरेको छ ।
लिलीले मातृत्वका नाममा दिइएको सुविधा लिनका लागि ८५ पटक गर्भवती भएको प्रमाण अस्पताल प्रशासन समक्ष राखेकी हुन् ।
तर अस्पताललाई शंका लागेर अनुसन्धान गरेपछि लिलीले सरकारी सुविधान लिनका लागि ८५ पटक गर्भवती भएको प्रमाण पेश गरेको समाचारमा उल्लेख छ ।

। फ्रान्सको राजधानी पेरिसमा एक व्यक्तिले आफ्नी पत्नीलाई वेश्यावृत्तिमा लगाएर महिनामा स्थानीय मुद्रा करोडौँ रुपियाँ कमाइ गरेको रहस्य खुलेको छ ।
ती व्यक्तिले पत्नीलाई जबरजस्ती वेश्यावृत्तिमा लगाएर महिनामा फ्रान्सेली रुपियाँ ३ लाख ६० हजारसम्म कमाइ गर्ने गरेको खुलेको हो ।
५४ वर्षीय ती व्यक्तिको पत्नीको उमेर ४५ वर्ष थियो । उनीहरूका पाँच वर्षीय छोरा पनि छन् । दबावमा परेर चार वर्षसम्म पत्नीले वेश्यावृत्ति गरेर पैसा कमाइ गरेकी हुन् ।
घटना सार्वजनिक भएपछि पेरिसको स्थानीय पुलिसले ती व्यक्तिलाई पक्राउ गरी जेल चलान गरेको छ ।
पक्राउ परेका ती व्यक्तिविरुद्ध अदालतमा चलेको सुनुवाईका क्रममा पत्नीलाई वेश्यावृत्तिमा लगाएको खुलेको समाचारमा जनाइएको छ ।
चार वर्षमा ती महिलाले २ हजार ७ सय ४२ जनासँग यौनसम्पर्क राखेको अदालतमा दिइएको बयानमा उल्लेख छ ।
ती व्यक्तिले आफ्नी पत्नीलाई घर मै वेश्यावृत्ति गराउने गरेका थिए । उनले आफैँले घरमा आउने ग्राहकलाई सेवा गर्नुका साथै ग्राहक खोज्ने काम गर्ने गरेको समचारमा उल्लेख छ ।

कार्तिक ८, २०७२- चीनले तिब्बतकै सबैभन्दा ठूलो जलविद्युत् आयोजनाबाट बिजुली निकाल्न सुरु गरेको छ।
ब्रम्हपुत्र नदीमा विभिन्न युनिटमार्फत १० दिनअघि बिजुली निकाल्न सुरु गरिएको हो। ब्रम्हपुत्र नदीमा ड्याम बनाएर ज्याग्मु जलविद्युत् आयोजनाले विद्युत् उत्पादन सुरु गरेको हो। नदीको बहावमा आधारित (रन अफ रिभर) मोडलमा बनेको उक्त आयोजनाको क्षमता ५ सय १० मेगावाट छ। नेपालबाट करिब साढे ८ सय किलोमिटर दूरीमा बनेको उक्त आयोजनाले बढी भएको बिजुली बेच्ने चिनियाँ सञ्चारमाध्यममा उल्लेख छ। विज्ञहरूका अनुसार तिब्बत अब जलविद्युत्को स्रोतसमेत बन्न सक्ने देखिएको छ। बिजुलीसहित सबै इन्धनमा भारत निर्भर मुलुकका लागि चीनबाट बिजुली आयातको सम्भावनासमेत बढेको विज्ञहरूको भनाइ छ। भारतले लगाएको नाकाबन्दीका कारण पेट्रोलियम पदार्थका हाहाकार भएको छ। यही बीचमा चीनले अनुदान स्वरूप हजार टन इन्धन उपलब्ध गराउने आश्वासन दिएको छ। यसैगरी ग्यास पनि चीनबाट ल्याउने सम्भावना खोज्न व्यवसायी र सरकारी टोली चीन गएको थियो। भारतले इन्धन र सामान कटौती गरे पनि बिजुली दिन भने बन्द गरेको छैन। भारतबाट करिब २ सय ५० मेगावाट बिजुली आयात भइरहेको छ। हिउँदमा नेपालको विद्युत्को माग करिब १३ सय मेगावाट पुग्ने गरेको छ। जब कि स्वदेशको उत्पादन २ सय ५० मेगावाटको हाराहारी मात्रै हुने गरेको छ। भारतले दिँदै आएको बिजुली कटौती गर्ने हो भने यसको विकल्प थिएन। ब्रम्हपुत्रमा बनेको विद्युत् वैकल्पिक स्रोत बन्ने विश्लेषण गरिएको हो। ब्रम्हपुत्र नदीबाट बिजुली निकाल्न चीनले करिब डेढ अर्ब डलर (करिब डेढ खर्ब रुपैयाँ) खर्चेको छ। यो ड्याम विश्वकै सबैभन्दा उचाइ बनेको छ। ब्रम्हपुत्र नदीमा चीनले बनाएको ड्याम भारतका लागि ठूलो चासोको विषय हो। भारतको बारम्बारको खबरदारीपछि पनि चीनले उक्त आयोजना बनाएको हो। बदलामा पानीको बहावबारे मेदेखि अक्टोबरसम्म पानीको बहावको जानकारी भारतलाई दिने आश्वासन चीनले दिएको छ। ब्रम्हपुत्रलाई चिनियाँ भाषामा ज्याम्बो नदी भन्ने गरिन्छ। यही नदी भारतमा पुग्दा ब्रम्हपुत्र र त्यसपछि मेघनाको नामबाट बंगलादेश हँुदै बंगालको खाडीमा मिसिन्छ। चीनले सन् १९७२ मा गरेको अध्ययनअनुसार ब्रम्हपुत्र नदी बेसिनमा १ लाख १४ हजार मेगावाट बिजुली उत्पादन हुन सक्ने क्षमता छ। मुख्य नदीमा मात्रै करिब ८० हजार मेगावाट क्षमता भएको अध्ययनले देखाएको छ। चीनले करिब २८ ठाउँमा ड्याम बनाएर बिजुली निकाल्न सकिने सम्भावना देखाएको छ। यो नदी चीनले तीव्र रूपमा विकास गर्न खोजिरहेको तिब्बतको ऊर्जाको माग पूरा गर्ने मुख्य स्रोत हो। सन् २०१३ मा चीनले अन्य ३ ठाउँमा ड्याम बनाएर बिजुली निकाल्ने योजना केन्द्रीय योजनामा समावेश गरिसकेको छ। यसले आगामी दिनमा चीन ब्रम्हपुत्रबाट बढीभन्दा बढी बिजुली निकाल्न जुटने देखिन्छ। जसले भारत र चीनबीचको सम्बन्धमा चिसोपन आउने सम्भावना छ। भारतको पकड भएको भुटानका प्राय: सबै नदी ब्रम्हपुत्रमा गएर मिसिन्छन्। त्यसैल ब्रम्हपुत्र नदी बेसिनमा भारत आफ्नो बढी आधिपत्य खोजिरहेको छ। तर ऊर्जाको ठूलो मागका कारण चीनले बिजुली निकाल्न बन्द गर्ने सम्भावना भने कम छ। चीनको बिजुली उत्पादन सुरु भएपछि भारतीय मिडियाले त्यसलाई नजिकबाट नियाल्नुपर्ने भन्दै त्यहाको सरकारको ध्यानाकर्षण गराउन खोजेको छ।

कार्तिक ८, २०७२- चीनका विभिन्न राज्यबाट ग्यास आयात गर्न दुई देशबीच सम्झौता आवश्यक भएको छ
। ग्यास आयातको सम्भावना खोज्न चीन पुगेका व्यवसायीले सम्झौताका लागि सरकारसँग आग्रह गरिसकेका छन्। चीन सरकारसँग व्यापारिक सम्झौता नहुँदा तत्काल ग्यास ल्याउन सम्भव नभएको उनीहरूको भनाइ छ। सिगात्सेबाट ग्यास र गोरबाबाट पेट्रोल डिजेल ल्याउन सकिने सम्भावना रहेको व्यवसायी बताउँछन्। ‘ग्यासको हाहाकार अन्त गर्न चीनका विभिन्न प्रान्तबाट आयात गर्न सकिन्छ,’ एलपीजी ग्यास उद्योग संघका अध्यक्ष शिव घिमिरेले भने, ‘तर, नेपाल र चीन सरकारबीच व्यापारिक सम्झौता नहुँदा ल्याउन सकिँदैन।’ घिमिरेका अनुसार छिन्दाई प्रान्तको गोरबा भन्ने ठाउँमा ठूलो रिफाइनरी छ। ती रिफाइनरीबाट तिब्बतका लागि इन्धन बितरण हुन्छ। ति रिफाइनेरी नेपाली बोर्डरबाट २७ सय किलो मिटर टाढा छ। गोरबाबाट पाइपलाइनबाट ल्हासासम्म पेट्रोल र डिजेल आउँछ। ल्हासाबाट पेट्रोल र डिजेल उपत्यका भित्र्याउन सकिने व्यवसायीहरूको बुझाइ छ। ग्यासको लागि भने सिगाछेबाट ल्याउनुपर्छ। सिगाछेबाट अनुमति भयो भने ग्यास बुलेट नेपाल भित्र्याउन सकिन्छ। संघका अनुसार तातोपानी नाका हुँदै १८ टनसम्मका बुलेट ल्याउन सकिन्छ। तर, सिगाछेमा २८ र १४ टनको मात्रै बुलेट रहेको घिमिरेले बताए। भारतबाट १८ टनको बुलेट आउँछ। यस्तै, न्यालमबाट पनि सिलिन्डरबाट ग्यास ल्याउन सकिन्छ। तर, ती ठाउँबाट आयात गरिएको सिलिन्डर महँगो पर्ने संघले जनाएको छ। ‘अध्ययनबाट सिगाछे नै उत्तम देखिएकाले थप जानकारीका लागि सोमबार जाने तयारी गरेका छौं,’ उनले भने। यसअघि आयल निगमका निमित नायब कार्यकारी निर्देशक सुशील भट्टराई, संघका अध्यक्ष शिव घिमिरे र ग्यास बिक्रेता महासंघका पूर्व अध्यक्ष ज्ञानेश्वर अर्यालको टोली केरुङ हुँदै न्यालम हिँडेको थियो। तर केरुङनजिकै पहिरो गएकोले टोली त्यहींबाट फर्किएको थियो। ‘प्रधानमन्त्रीको आदेशमा फूलपातीको दिन केरुङ गएका थियौं,’ पूर्व अध्यक्ष अर्यालले भने, ‘पहिराले बाटो अवरुद्ध भएकाले जान सकेनौं।’ उनले डिजेल/पेट्रोल आउन सक्ने सम्भावना भएकाले नेपाल र चीन सरकारबीच तत्काल छलफलको प्रक्रिया अघि बढाउनुपर्ने बताए। यस्तै, नेपालतर्फको सडक करिब ८ किलो मिटर बिग्रेकाले त्यसलाई तत्काल मर्मत गर्न सुझाव दिएको उनले बताए। महासंघले आवश्यकताअनुसार ल्याउने तयारी गरेको उनले बताए। ‘तातोपानीबाट ३० किलोमिटर नजिक कति भन्ने ठाउँबाट ल्याउने हाम्रो योजना छ,’ उनले भने। ग्यास आयात गर्नका लागि सबैलाई खुला गरिएको अर्यालको भनाइ छ। निजी क्षेत्रले आयात गर्दा भने केही महँगो पर्छ। एक सिलिन्डर ग्यासको मूल्य २२ सय ५० रुपैयाँ (बिनाकर) पर्ने महासंघले जनाएको छ। सरकारले नै आयात गर्दा भने केही सस्तो पर्ने अर्यालको भनाइ छ। ‘निगमले आयात गर्दा सरकार र सरकारबीच सहमति हुन्छ। जसले गर्दा एउटा सिलिन्डरलाई १६/१७ सय रुपैयाँ मात्रै पर्छ,’ उनले भने। नेपालमा एलपी ग्यासका ५३ वटा उद्योग छन्। तिनले ६२ लाख सिलिन्डर उत्पादन गरेका छन्। देशभर मासिक सरदर २० लाख सिलिन्डर खपत हुन्छन्। सरकारसँग ग्यास भण्डारण छैन। सामान्य अवस्थामा समेत मागकै बराबर आपूर्ति गर्ने, सिलिन्डरमा भर्ने र बजारमा पठाइहाल्ने प्रचलन छ। त्यही भएकाले जसले धेरैवटा सिलिन्डर भरेर उपभोक्ताले घरमै जगेडा राख्छ। भारतसँगका ६ वटा नाका धनगढी, नेपालगन्ज, भैरहवा, वीरगन्ज, विराटनगर र काँकडभिट्टाबाट ग्यास भित्रिन्छ। त्यसका लागि भारततर्फ ४ वटा रिफाइनरी सेन्टर (करनाल, मथुरा, बरौनी र हल्दिया) छन्। अध्यक्ष घिमिरेका अनुसार सामान्य अवस्थामा ६ नाकाबाट दैनिक सरदर ६६ बुलेट ग्यास नेपाल छिर्छन्। एउटा बुलेटमा १२ सय ५० सिलिन्डर हुन्छ। तर, अहिले फाट्टफुट्ट मात्रै नेपाल भित्रिएको छ। उपत्यकामा भने भित्रिन सकेको छैन।

लहान: जिल्ला प्रशासन कार्यालय सिरहाले शनिबार राति ९ बजेदेखि लागू हुनेगरी जिल्लाको पूर्व–पश्चिम सडकको दायाँबायाँ ५०० मिटर क्षेत्रमा फेरि निषेधाज्ञा लगाएको छ ।
जिल्ला प्रशासन कार्यालयले साँझ सार्वजनिक सूचना जारी गर्दै चाडपर्वलाई मध्यनजर गर्दै कात्तिक २ गतेदेखि हटाएको निषेधाज्ञा अर्को आदेश नभएसम्मका लागि पुनः लगाइएको जनाएको छ ।
सूचनामा राति ९ बजेदेखि बिहान ७ बजे सम्म लगाइएको निषेधाज्ञाको अवधिमा निषेधित क्षेत्रमा सभा, जुलुस, धर्नालगायत कुनै किसिमको अवरोधको कार्यक्रम गर्न नपाइने जनाइएको छ ।
सङ्घीयताको सीमाङ्कन र संविधानको विरोध गर्दै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आह्वानमा पछिल्लो दुई महिनाभन्दा बढी लामो आन्दोलन दसैँपर्व सुरु भएलगत्तै केही मत्थर भएपछि स्थानीय प्रशासनले भदौ २३ गतेदेखि लगाएको निषेधाज्ञा कात्तिक २ गते हटाएको थियो ।
मोर्चाले फेरि शुक्रबारदेखि सिरहाको लहान, गोलबजार, मिर्चैया, सिरहा सदरमुकामलगायतका ठाउँमा बजार पसल बन्द गराउनुका साथै शनिबारदेखि मोटरसाइकलसमेत चल्न रोक लगाएपछि आन्दोलनलाई हिंसात्मक बन्न नदिन स्थानीय प्रशासनले राति ९ बजेदेखि बिहान ७ बजेसम्मका लागि फेरि निषेधाज्ञा लगाएको सिरहाका प्रमुख जिल्ला अधिकारी डा मानबहादुर विकले बताए ।
काठमाडौं, ८ कात्तिक । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन प्रक्रियामा आफूहरूले उम्मेदवारी नदिने जनाएको छ ।
सद्भावना पार्टीका महासचिव मनीष सुमनका अनुसार मधेसी जनताका अधिकार संविधान संशोधन गरेर नसमेटिँदासम्म मधेसी मोर्चा कुनै पनि सरकारी पदमा उम्मेदवारी नदिने बताउनुभयो ।
‘मधेसी मोर्चा राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा सहभागी हुँदैन’, सप्तरीमा रहेका महासचिव सुमनले भन्नुभयो, ‘तत्काल कुनै पनि सरकार उच्च पदमा जाने कुनै योजना छैन ।’
राष्ट्रपति र उपराष्ट्रपतिका लागि शनिबार निर्वाचन कार्यक्रम सार्वजनिक भइ सकेको छ । राष्ट्रपतिमा कांग्रेस र एमालेले दाबी गरेका छन् ।
सरकारसँग आज (आइतबार) हुने वार्तालाई मधेसी मोर्चाले महत्वका साथ हेरिरहेको बताउनुभएका सुमनले वार्ताले सकारात्मक सन्देश दिएन भने आन्दोलनलाई थप शसक्त बनाउने चेतावनी दिनुभयो ।
संघीय राज्यको सिमाङ्कन, नागरिकतालगायतका विषयमा माग राखेर मधेसी मोर्चाले साढे दुई महिनादेखि तराई मधेसमा आन्दोलन गर्दै आएको छ । माग पूरा गराउन दवाव दिने उद्देश्यले मधेसी मोर्चाले नाकाबन्दी गर्दै आएको छ ।
मधेसी मोर्चाको नाकाबन्दी मुलुकमा पेट्रोलियम पदार्थको चरम अभाव भएको छ । राज्यलाई करौडौँ रुपियाँ राजश्वको नोक्सानी भएको छ ।

काठमाडौं, ८ कात्तिक । मुलुकमा नाकाबन्दी लगाएर दैनिक जीवन अस्तव्यस्त बनाएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग सरकारी वार्ता टोलीले आज वार्ता गर्दैछ ।
सिंहदरबारस्थित परराष्ट्रमन्त्रालयमा दिउँसो एक बजेपछि हुने वार्तामा मधेसी मोर्चाले राखेका नागरिकता, जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण, सिमाङ्कनलगायतका विषयमा छलफल हुनेछ ।
मधेसी मोर्चाले आफूले उठाएका माग सम्बोधन नभएसम्म नाकाबन्दीको कार्यक्रम यथावत राख्ने जनाएको छ । मधेसी मोर्चाको आन्दोलनलाई देखाएर भारत अघोषित रुपमा नाकाबन्दी लगाएको छ ।
नाकाबन्दीलाई हटाउन नेपाल सरकारले भारतसँग कुटनीतिक र राजनीतिकमाध्यमबाट पटक पटक गरेको आग्रहलाई भारतले सुनेको छैन ।

काठमाडौँ: नेकपा एमालेले पार्टीका तर्फबाट राष्ट्रपतिको उम्मेदवारी दिने भएको छ ।
गएराति सम्पन्न पार्टीको स्थायी समितिको बैठकले सहमतिको प्रक्रियाबाट राष्ट्रपति निर्वाचनको निम्ति आफ्नो उम्मेदवार अघि सार्ने निर्णय गरेको सो पार्टीका सचिव योगेश भट्टराईले जानकारी दिए, यद्यपि पार्टीले उम्मेदवारको नाम तय गरेको छैन ।
बैठकले राष्ट्रिय सहमतिको यात्रामा सँगसँगै अघि बढ्न नेपाली काँग्रेसलगायत सबै राजनीतिक दललाई आह्वान गर्ने निर्णय गरेको छ ।
राष्ट्रपति निर्वाचनलगायत आगामी दिनमा आउने विभिन्न घटनाक्रममा सहमतिका साथ अघि बढ्नुपर्नेमा बैठकले जोड दिएको छ । काँग्रेसले पनि राष्ट्रपति र उपराष्ट्रपतिमा उम्मेदवारी दिने निर्णय शनिबार गरेको थियो ।
सो विषयमा छलफल गर्न आज बिहान ११ बजे एमाले संसदीय दलको बैठक बस्नेछ ।
पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले मुलुकले सामना गरिरहेको राष्ट्रिय सङ्कट, संविधानको सफल कार्यान्वयन, लोकतन्त्रको स्थायित्व, राष्ट्रिय एकताको संवद्र्धन, सामाजिक सद्भाव, भौगोलिक एकता, मुलुकको राष्ट्रिय स्वाधीनता र स्वतन्त्रताका लागि अहिले पनि राष्ट्रिय सहमतिको आवश्यकता रहेको निष्कर्ष निकालेको छ ।
सबै राजनीतिक दल, नागरिक समाज, मुलुकका सबै सङ्घसंस्था र आमजनताको एकताको उच्च प्रयत्नबाट नै वर्तमान समस्याको समाधान निकाल्नुपर्नेमा बैठकले जोड दिएको छ ।
दक्षिणी सिमानामा भारतले गरेको अघोषित नाकाबन्दीका कारण उत्पन्न असहज परिस्थितिको बारेमा बैठकमा गम्भीरताका साथ छलफल भई देशको जनजीवनलाई सहज बनाउनका लागि बहुपक्षीय विकल्पको निम्ति ठोस ढङ्गले प्रयत्न गर्न र छिटोभन्दा छिटो आपूर्ति व्यवस्थालाई सहज बनाउन र यसका लागि हरसम्भव उपाय अपनाउन सरकारको गम्भीर ध्यानाकर्षण गराउने निर्णय गरेको सचिव भट्टराईले बताए ।
annapurnapost.com
एजेन्सी– इन्डोनेसियामा महिलालाई सरकारी फौजमा प्रवेश गर्नुअघि अनिवार्य रुपमा कुमारित्व परीक्षण (भर्जिनिटी टेस्ट ) गरिन्छ । उच्च शिक्षा पास गरेका १८ देखि २० वर्ष उमेरका महिलालाइ सुरक्षा फौजमा भर्ती हुनुपूर्व इन्डोनेसियमा बर्षौंदेखि महिलाको कुमारित्व जाँच्ने गरिन्छ । यस्तो परीक्षण हवाई फोर्स, सेना र नौसेनामा भर्ना हुने अधिकृतहरुमा अनिवार्य गरिएको छ । स्थानीय सरकार र सार्वजनिक सेवामा पनि यस्तो परीक्षणलाई सरकारले विस्तार गर्दैछ ।
कथित ‘भर्जिनिटी टेस्ट’ को मानवअधिकाबादी संघ संस्था र कार्यकर्ताले बिरोध गरेका छन् । अवैज्ञानिक र रुढीबादी यस परीक्षणलाई विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले निन्दा गरेको छ । ‘वर्तमान युगमा भर्जिन टेस्टको कुनै स्थान छैन । परीक्षण आफैँमा विभेदकारी छ । महिलाको क्षमता कुमारित्वले जाँच्न सक्दैन,’ डब्लुएचओले भनेको छ ।
कसरी हुन्छ परीक्षण ?
‘दुई औलाको परीक्षण’ दिएको यस परम्परागत परीक्षणमा चिकित्सकहरुले महिलाको योनिच्छेद र त्यसको आकारको साथै योनीको शिथिलताबारे गहन अध्ययन गर्छन् । यस आधारमा उनीहरुले यौन सम्बन्ध राखे नराखेको खुलासा हुने दाबी गरिन्छ । तर यस परीक्षणबारे नै चिकित्सकहरुबीच मतभेद देखिन्छ । केही चिकित्सकहरुका अनुसार योनिच्छेदको अवस्थाले भर्जिन टेस्टको जिज्ञासालाई खासै सम्बोधन नगर्ने र योनिच्छेदको आकार महिलाअनुसार फरक फरक हुने गर्छ ।
स्वास्थका नाममा गरिने यस परीक्षणले महिलाको मानव अधिकारको हनन भएको ह्युमन राईट वाचले जनाएको छ । वाचले कुमारित्व परीक्षण गरिएका ११ जना इन्डोनेसियाली महिलाको अनुभव समेत सार्वजनिक गरेको छ ।
वाचका एन्ड्रिज हारसोनका अनुसार महिला चिकित्सकहरुले आफ्ना दुई ओटा औला भर्ति हुन चाहने उम्मेदावरको योनिकोद्वार खोल्न प्रयोग गरेका थिए, अर्को एउटा औलालाई मलद्वारमा राखिएको थियो । आफूलाई गरिएको परीक्षणबारे महिला यति लज्ज्ति देखिन्थे कि आफ्नो परीक्षण सुनाउँदा अन्य महिला भाग्थे ।
एन्ड्रिजका अनुसार परीक्षणलाई धेरै जना महिलाले आफूहरुमाथिको अपमान बताए । केहीले मानसिक आधात महशुस गरेका थिए । भर्जिन टेस्ट गरेर भर्ति हुन साथीलाई सुझाब नदिने सहभागी एक महिला बताउँछिन् । ‘वास्तवमै यो एउटा घृणित कार्य हो र यातान पनि । कोही पनि यस्तो परीक्षण नगरोस्,’ उनी भन्छिन् ।
purbelinews.com

छत्तीसगढ, कार्तिक ८ । भारतको छतीसगढमा माओवादीले सडक निर्माणमा प्रयोग भइरहेका २१ वटा गाडीमा आगजनी गर्नुका साथै ठाउँ ठाउँमा बिस्फोट गरेका छन् ।
सयौंको संख्यामा गएका माओवादी कार्यकर्ताहरुले छत्तीसगढको बीजापुर जिल्लामा सडक निर्माण कार्यमा प्रयोग भइरहेका सवारीसाधनमाथि शनिबार साँझ आगजनी गरेका हुन् । आगजनीका कारण २१ वटै गाडी ध्वस्त भएको छ ।
सो जिल्लामा गत वर्षदेखि सडक निर्माण कार्य भइरहेकोमा माओवादीले उक्त कार्य रोक्न बारम्बार चेतावनी दिंदै आएको थियो ।
शनिबार बिहानै स्थानीय प्रहरीले ८ माओवादी नेता तथा कार्यकर्तालाई गिरफ्तार गरेको थियो । गिरफ्तार गरिएकामध्ये दुई जना मोस्ट वान्टेड सूचीमा रहेका नेतासमेत छन् । उनीहरुको बारे सूचना दिने व्यक्तिलाई पाँच लाख पुरस्कार दिइने घोषणासमेत गरिएको थियो । (एजेन्सी)
www.imagekhabar.com

कञ्चनपुर: बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा कञ्चनपुरको बेलौरी नगरपालिका– ९ का बिन्दर रानालाई प्रहरीले शनिबार साँझ पक्राउ गरेको छ ।
बालिकाका आफन्तले इलाका प्रहरी कार्यालय बेलौरीमा रानाविरुद्ध उजुरी दिएपछि पक्राउ गरिएको हो । शुक्रबार राति रानाले बालिकालाई ललाइफकाई जबर्जस्ती करणी गरेको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक युवराज भण्डारीले बताए। उजुरीका आधारमा रानालाई पक्राउ गरी आवश्यक अनुसन्धानको कार्य भइरहेको उनले बताए ।
पीडित बालिकाको महाकाली अञ्चल अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ । स्वास्थ्य परीक्षणको विवरण आएपछि रानामाथि थप अनुसन्धान गरिने बताइएको छ ।

फेसबुक एकाउण्ट ह्याक हुन नदिन यसो गर्नुस्
घर र इन्टरनेट उस्तै उस्तै हो । घरभित्र र इन्टरनेट दुवै ठाउमा मानिस गोपनियता चाहन्छ । घरमा सुत्दै गर्दा ढोका लगाउन बिर्सियो भने जो कोही पनि चिहाएर हेर्न सक्छ उस्तै ताल परे भित्रै पसेर सामान चोरी गर्न पनि भ्याउछ । ठिक यस्तै इन्टरनेट प्रयोग गर्दैगर्दा सुरक्षामा ध्यान दिइएन भने जो कोहीले पनि गोपनियता थाहा पाउन सक्छन् र निजी विषय सार्बजनिक हुने खतरा बढेर जान्छ ।
नेपालमा फेसुबकको दुरुपयोगको विषयलाई लिएर दैनिकजसो समाचार आइरहेका छन् । प्रयोगकर्ताले पनि आधारभुत सुरक्षामा ध्यान नदिदा त्यस्तो बदमासी भइरहेको छ । फेसुबक र गुगलको प्रयोग गर्दैगर्दा पासवर्ड ह्याक नहोस् भनेर आफ्ना युजरलाई दोहोरो सुरक्षा विधी अर्थात ‘टु स्टेप भेरिफिकेशन’को सुविधा उपलब्ध गराउदै आएको छ । कमै मात्र प्रयोगकर्ताले यो सुविधा प्रयोग गर्ने गरेको पाइएको छ । कारण :
थाहा नै नभएर ।
थाहा पाएपनि झन्झटिलो लागेर ।
इन्टरनेट विशेषतः फेसबुकमा हुने गरेका गतिविधीलाई गोप्य नै राख्न दोहोरो सुरक्षा विधी प्रयोग गर्न जरुरी छ । प्रक्रियामा केही झन्झटिलो भएपनि यो फिचरको काम भनेको पासवर्ड सुरक्षित राख्नु हो । सो सुविधाको छनोटले फेसबुक एकाउण्ट ह्याक हुने सम्भावना न्युन भएर जान्छ । यदी कसैले पासवर्ड थाहा पाएर बदमासी गर्दैछ भने पनि कहाँ कुन ठाउँबाट कसले बदमासी गर्दैछ सजिलै थाहा पाउन सकिन्छ र थप नोक्सानी हुन नदिन तत्कालै सचेत बनाउने काम गर्दछ ।
फेसबुक एकाउण्टलाई मोबाइलसगँ जोड्नुस् :
फेसबुकलाई मोबाइलमा जोड्नु भयो भने मेरो फेसबुकको पासवर्ड यो हो चाहिन्छ ! भन्दै हिडेपनि केही फरक पदैन । भन्न खोजिएको यो हो की फेसबुकको पासवर्ड दिएपनि अरु कसैले लगइन गर्न सक्दैनन्। फेसबुक लगइन गर्न पासवर्ड राखिसकेपछि मोबाइलमा प्राप्त हुने ६ अकंको ‘लगइन एप्रोभल्स कोड’ अनिबार्य हुन्छ । लगइन एप्रोभल कोर्डको प्रयोगपछि मात्रै फेसबुक खोल्न सकिन्छ ।

काठमाडौं, ८ कात्तिक । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका विषयमा छलफल गर्न सरकारमा सहभागी दलहरूको बैठक बालुवाटारमा बस्दैछ ।
प्रधानमन्त्री निवास बालुवाटारमा अहिले केही समयपछि बस्ने बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्थाका साथै राष्ट्रपति निर्वाचनका विषयमा छलफल हुनेछ ।
राष्ट्रपतिमा आफैले उम्मेदवारी दिने निर्णय गरेको एमालेले समर्थन जुटाउन सत्तारुढ दलहरूको बैठक बोलाएको हो ।
बैठकमा राष्ट्रपतिमा एमालेले आफ्ना उम्मेदवारलाई मतदान गर्न आग्रह गर्ने बुझिएको छ । बैठक नौ बजेपछि बालुवाटारमा बस्नेछ ।

काठमाडौं, ८ कात्तिक । प्रमुख सत्तारुढ दल नेकपा (एमाले)ले आफ्नो तर्फबाट राष्ट्रपतिमा उम्मेदवारी दिने निर्णय गर्दै उम्मेदवारलाई सहयोग गर्न आग्रह गरेको छ ।
बालुवाटारमा शनिबार राति साढे दश बजेसम्म बसेको स्थायी समितिको बैठकले आफ्ना तर्फबाट राष्ट्रपतिमा उम्मेदवार अघि सार्ने निर्णय गरेको हो ।
‘सहमतिको प्रक्रियाबाट नै राष्ट्रपति निर्वाचनको निम्ति एमालेले आफ्नो उम्मेदवार अघि सार्ने निर्णय गरेको छ’, एमालेको केन्द्रीय प्रचार विभाग प्रमुख सचिव योगेश भट्टराईद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘एमालेले प्रस्तुत गर्ने राष्ट्रपतिको उम्मेदवारलाई सहयोग गर्न सम्पूर्ण राजनीतिक दल र सांसदहरूलाई आग्रह गर्ने निर्णय समेत बैठकले गरेको छ ।’
‘सबै राजनीतिक दल सहमतिको साथ अगाडि बढ्नुपर्दछ भन्ने आमजनताको चाहना र भावनालाई कदर गर्दै, विगतमा खेलेका भूमिकाहरुको पुनः स्मरण गर्दै वर्तमान चुनौतीहरूको सामना गर्न मुलुकुको एकतालाई अक्षुण राख्नुपर्नेमा बैठकको जोड छ’, एमालेले भनेको छ ।
संविधानको कार्यान्यवन गर्दै राष्ट्रको अग्रगतिका लागि सहमतिको यात्रा निरन्तर रुपमा अगाडि बढाउनुपर्ने ऐतिहासिक आवश्यकतालाई बोध गर्दै राष्ट्रिय सहमतिको यात्रामा सँग–सँगै अघि बढ्न नेपाली कांग्रेसलगायत सबै राजनीतिक दललाई एमालेले आह्वान गरेको छ ।
एमालेले दक्षिणी सिमानामा भारतले गरेको आघोषित नाकाबन्दीको कारण उत्पन्न असहज परिस्थितिको बारेमा बैठकमा गम्भीरताको साथ छलफल गरेको छ ।
बैठकले मुलुकको जनजीवनलाई सहज बनाउनका लागि बहुपक्षीय विकल्पको निम्ति ठोस ढंगले प्रयत्न गर्न र छिटोभन्दा छिटो आपूर्ति व्याबस्थालाई सहज बनाउन र यसका लागि हरसम्भव उपाय अपनाउन सरकारको गम्भीर ध्यानाकर्षण गर्ने निर्णय गरेको एमाले प्रचार विभाग प्रमुख भट्टराईले बताउनुभएको छ ।

। मधेसी मोर्चाको आन्दोलनलाई साथ दिँदै भारतले नेपालमा लगाएको अघोषित नाकाबन्दीको सामना गर्न नेपाल सरकारले चीनबाट पेट्रोलियम पदार्थ ल्याउने भएको छ ।
भारतले झण्डै एक महिनादेखि अघोषित नाकाबन्दी लगाएपछि नेपाल सरकारले छिमेकी राष्ट्र चीनबाट पेट्रोलियम पदार्थ ल्याउने तयारी गरेको हो ।
नेपालको आग्रहमा चीनले तत्कालका लागि एक हजार टन पेट्रोलियम पदार्थ सहयोग स्वरुप दिन लागेको चीनका लागि नेपाली राजदूत महेश मास्केले जानकारी दिनुभयो ।
‘चीनले मंगलबारदेखि पेट्रोलियम पदार्थका सवारी साधन पठाउन सुरु गर्नेछ’, राजदूत मास्केले भन्नुभयो, ‘चीनसँग अब व्यावसायिक रुपमा वार्ता गरेर पेट्रोलिय पदार्थ आयात गर्नुपर्छ ।’
पेट्रोलियप पदार्थ ल्याउन र वार्ता गर्न नेपाली उच्च अधिकारीहरूको टोली आइतबार चीन जाँदैछ ।
नेपाल आयल निगम र चीनको सरकारी स्वामित्वको चाइना नेशनल पेट्रोलियम कर्पोरेसनबीच सम्झौता पनि हुने भएकोछ । सम्झौताका लागि वाणिज्य मन्त्रालयका सहसचिव शम्भु कोइरालासहितको सरकारी टोली वेइजिङ जाँदैछ ।
नेपालले सम्झौतापत्रको ड्राफ्ट समेत तयार गरिसकेको छ । वाणिज्य मन्त्रालय र आयल निगमले तयार पारेको ड्राफ्ट परराष्ट्र मन्त्रालयमा बुझाइसकिएको छ ।
सम्झौंता भएपछि केरुङ नाकाबाट एक हजार टन तेल अनुदानमा चीनले दिने सहमति भइसकेको राजदूत मास्केले बताउनुभयो । सम्झौतापछि चीनबाट पेट्रोलियम पदार्थ र ग्यास ल्याउन बाटो खुल्नेछ ।
सम्झौतापछि आयल निगम वा निजी कम्पनीले पेट्रोलियम पदार्थ ल्याउन सक्नेछन् । अहिले दुई देशबीच सम्झौता नहुँदा पेट्रोलियम पदार्थ ल्याउन सकिएको छैन ।
चीनबाट तेल ल्याएमा भारतको राजनीतिक दबाबलाई झेल्नुपर्ने अवस्था नरहने भएकोले यो विकल्पलाई स्थायी रुपमा अघि बढाउन निगमका अधिकारीले सरकारलाई सुझाव दिँदै आएका छन् ।
चीनबाट तेल ल्याउँदा केही महँगो पर्ने भएपनि विकल्प खोल्दा भारतको दबाब खेप्नुनपर्ने उनीहरूको निश्कर्ष छ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) Aries :
शरीरमा अस्वस्थता छाउनेछ,गरिरहेको काममा रोकावट आउनाले ढिला सुस्ती हुन सकछ,आज आकस्मिक समाचारले दुःखी बनाउला, समयमा उचित निर्णय लिन नस्कदा व्यापार–व्यवसायमा घाटा व्यहोर्नु पर्नेछ, धैर्यता कायम हुन नसक्दा काममा केहि खराबी देखिन सक्छ, आजको लागि शुभ अंक ६,शुभ रंग हरियो हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब लक्ष्मीनारायणको दर्शन पूजा गरेर अगाडी बढे सफलता हात लाग्नेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) Taurus :
ब्यबसायमका लागि साझेदारीमा गरिएको काममा बिशेष लाभ मिल्नेछ,ब्यापार व्यसाय फस्टाउनेछ, बिगत लामो समय देखि रोकिएका कामहरु पुरा गरिनेछन, तपाइले गरेको परिश्रमको आज उचित मुल्यांकन हुनेछ,पैत्रिक सम्पत्तिबाट पनि प्रशस्ति लाभ मिल्ने देखिन्छ,आजको लागि शुभ अंक ४,शुभ रंग हल्का सेतो हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब ॐ नमो भगवते बासुदेबाय मन्त्रको स्मरण गरेर अगाडी बढे सफलता हात लाग्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) Taurus :
भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोगबाट प्रशस्त लाभ उठाउन सकिनेछ, व्यापारमा पनि राम्रै फाइदा हुने देखिन्छ,मातापिताको सहयोग र आशिर्बाद मिल्नेछ, प्रतिष्ठित काम गर्ने मौका पाइनेछ अरूलाई सजिलै प्रभावित पार्न सकिनेछ, दाम, इनाम र प्रतिष्ठा कमाउनको लागि अत्यन्त उत्तम समय रहेकोछ,आजको लागि शुभ अंक ९,शुभ रंग सेतो हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब ॐ देब्यै नम: यो मन्त्र ९ पटक स्मरण गरेर अगाडी बढे सफलता हात लाग्नेछ ।
कर्कट(हि, हु, हे, हो, डा, डि, डु, डे, डो) Cancer :
गरेको काम बिग्रनाले मन खिन्न रहनेछ,आजको दिनमा लगानी र श्रमको उचित मूल्य नपाइएला, व्यक्तिगत स्वास्थ्यमा कमजोरी आउन सक्ने देखिन्छ,अप्ठ्यारो परिस्थितिमा गरिएको पुरुषार्थले फाइदा नै दिलाउनेछ, आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्, सचेत रहनुहोला,आजको लागि शुभ अंक ३,शुभ रंग गुलाबी हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब ॐ नम:शिवाय यो मन्त्र ११ पटक जप गरेर अगाडी बढे सफलता हात लाग्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) Leo :
शरीरमा आलस्यता देखिनेछ,आफ्नै कमि कमजोरीले गर्दा आज बिबादित बनिन सकिन्छ, प्रतिस्पर्धामा खासै सफलता हात पर्न नसक्ने देखिन्छ आफन्त तथा नजिकका व्यक्तिहरुबाट चनाखो रहनुहोला,स्थान परिवर्तनको सम्भाबना पनि देखिन्छआजको लागि शुभ अंक ६,शुभ रंग हरियो हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब लक्ष्मीनारायणको दर्शन पूजा गरेर अगाडी बढे सफलता हात लाग्नेछ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) Virgo :
नया कामको थालनी गरिनेछ,ब्यापार ब्यबसायमा पनि राम्रै सफलता हात लाग्ने समय छ,साथी भाइको सहयोग पाइनेछ,रचनात्मक काममा समय खर्चिने समय छ,रोकिएका कामहरु पुरा हुनेछन, दुख गरे अनुरुप सन्तोषजनक प्रातिफल पनि हात लाग्नेछ,आजको लागि शुभ रंग हल्का रातो,शुभ अंक १ हो भने कामको सुरुवात गर्नु पुर्ब ॐ गं गणपतये नमः मन्त्र जप गरेर अगाडी बढे सफलता मिल्नेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) Libra :
निरन्तरको मेहनतले प्रतिस्पर्धामा जित दिलाउन सक्नेछ,भौतिक शुख सुबिधाका साधनहरु जुट्नेछन,शत्रु पक्ष तपाइको वशमा रहनेछ, जिद्दी गर्ने बानीले केहि समय दुख पाइएला,मनमा सद्विचार लिनेहरूका लागि समय उत्साहजनक रहनेछ,गोपनियता राख्नुहोला,आजको लागि शुभ अंक ४,शुभ रंग हल्का सेतो हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब गणपति भगवानको दर्शन पूजा गरेर अगाडी बढे सफलता हात लाग्नेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) Scorpio :
आफन्त र साथीभाइबाट सहयोग तथा हौसला मिल्नेछ,व्यवसायको उन्नतिको लागि सम्झौता संगै रमाइलो यात्रा हुन सक्छ,सवारी साधन र मेसेनेरी बस्तुको माध्यमबाट अधिक आम्दानी हुनेछ, आतिथ्यपूर्ण सम्मान पाइनुका साथै कामको उचित प्रतिफल पनि मिल्नेछ,प्रेम सम्बंध मिठास पूर्ण रहनेछ,आजको लागि शुभ अंक ४,शुभ रंग हल्का सेतो हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब कुलदेबताको दर्शन पूजा गरेर अगाडी बढे सफलता हात लाग्नेछ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) Sagittarius :
पारिवारिक असमझदारी बढ्नेछ,मान्यजनको सुझाब सल्लाह आज अप्रिय लाग्नेछ,सामाजिक र जनता संग प्रतक्ष सरोकार राख्ने काममा फाइदा मिल्नेछ,माताको स्वास्थ्यामा कमजोरी देखिन सक्छ,कृषि तथा जग्गा जमिनको क्षेत्रमा राम्रै प्रतिफल हात लाग्नेछ,आजको लागि शुभ अंक ५,शुभ रंग खैरो हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब ॐ सों सोमाय नमः मन्त्रको उच्चारण गरेर अगाडी बढे सफलता हात लाग्नेछ ।
मकर (भो,जा,जि,खि,खु,खे,खो,गा,गि) Capricorn:
काममा असफलता हात लाग्न सक्छ,ब्यबसायिक पाटोमा सामान्य रोकावट आउन सक्ने देखिन्छ, बोलीको प्राभाब आज कमजोर हुनेछ भने आर्थिक अबस्था खस्कन सक्ने देखिन्छ,आत्म-सम्मानमा चोट पुग्न सक्छ,यात्रा पनि कष्टकरपूर्ण हुन सक्ने देखिन्छ,आजको लागि शुभ अंक ५,शुभ रंग खैरो हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब ॐ ईष्टदेबको दर्शन पूजा गरेर अगाडी बढे शुभ फल हात लाग्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) Aquarius :
स्वास्थ्यमा कमजोरी आउन सक्नेछ, अरुको कर बल र बाध्यतामा गरिएको काममै समय बित्न सक्छ, आशा देखाउनेहरूबाटै धोका पाइएला,व्यावसायिक काममा खर्च बढ्नेछ,अरूका काममा महत्वपूर्ण समय खर्चिनु पर्ने हुन सक्छ, आथिक कारोबार कमजोर रहनेछ,आजको लागि शुभ अंक ४,शुभ रंग निलो हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब ॐ के.केतवे नम: यो मन्त्र जपेर अगाडी बढे सफलता हात लाग्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) Pisces :
आत्मबल दरिलो बन्ने समय छ,विशिष्ट व्यक्तित्व संगको भेटघाट फलदायी बन्नेछ,मन परेका बस्तु कपडा अलंकार जस्ता चिजहरु हात लाग्नेछन,मिष्ठान्न भोजन गर्ने सु अवसर मिल्नेछ, रोकिएका कामहरु बन्नेछन् भने स्वास्थ्यमा केहि समस्या आउन सक्छ,आजको लागि शुभ अंक ३,शुभ रंग गुलाबी हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब ॐ नम:शिवाय यो मन्त्र ११ पटक जप गरेर अगाडी बढे सफलता हात लाग्नेछ

नयाँदिल्ली, ७ कात्तिक । पाकिस्तान र अमेरिकाबीच बढ्दो सम्बन्धलाई लिएर भारतले असन्तुष्टि जनाएको छ । विशेष गरेर पाकिस्तान शासित कश्मीरमा ड्याम निर्माणको विषयमा भारतले सार्वजनिक रुपमा आफ्नो असन्तुष्टि जनाएको हो ।
अमेरिकाले पाकिस्तान अधिनस्त काश्मीरमा ड्याम निर्माणका लागि अमेरिकाले सहयोग गर्ने आश्वासन दिएको छ ।
नेपाली भूमि कालापानी, लिपुलेक, सुस्तालगायतका स्थानमा अतिक्रमण गरेको भारतलाई आफ्नो भूमिमा पाकिस्तानले दाबी गर्दा विरोध गर्ने गरेको छ । काश्मीरमा पाकिस्तान र भारतले आ–आफ्नो भूमि भएको भन्दै दाबी गर्दै आएका छन् ।
काश्मीरमा सोही विवादका कारण लामो समयदेखि लडाइँ हुँदै आएको छ । अमेरिकाले त्यस विषयलाई ध्यानमा राखेर भारतको विपक्ष र पाकिस्तानको पक्षमा सहयोग गर्ने जनाएको हो ।
पाकिस्तानलाई अमेरिकाले गर्न थालेको सहयोगको विरोधमा भारतले शुक्रबार काश्मीर आफ्नो अभिन्न अंग रहेको दाबी गर्दै प्रतिक्रिया दिएको छ । त्यसैले यस क्षेत्रमा हुने सम्झौता र सहयोगप्रति आफूलाई मान्य नहुने भारतले जनाएको छ ।
अमेरिका र पाकिस्तानबीच हतियार साम्झौताप्रति पनि भारतले आफ्नो ध्यान केन्द्रित गरिरहेको छ
dainiknepal.com
काठमाडौं, ७ कात्तिक । काठमाडौंका विभिन्न स्थानमा केही दिनदेखि फोहर व्यवस्थापन हुन नसक्दा अहिले फोहरको डुङ्गुर थुप्रिएको छ ।
मुख्य सडक तथा भित्री सडकमा फोहरका कारण सडकको सौन्दर्यमा ह्रास आउनाका साथै वातवरण प्रदूषित भएको हो ।
काठमाडौं महानगरपालिकाले फोहर व्यवस्थापनमा कार्यरत आफ्ना कर्मचारीलाई दसैँ बिदा दिएपछि काठमाडौंका फोहर उठ्न सकेको छैन ।
कालीमाटी, भीमसेनस्थान, नयाँसडक, बागबजार, बसपार्क क्षेत्र, पुतलीसडकलगायत स्थानमा लामो समयदेखि फोहर नउठेपछि त्यस आसपासमा दुर्गन्ध बढेको छ । ती क्षेत्रमा व्यापार गर्ने तथा पैदल हिँड्ने बटुवालाई समेत समस्या भएको छ ।
महानगरपालिकाले कतिपय स्थानमा आफैँ त कति स्थानमा विभिन्न निजी क्षेत्रका संस्थालाई फोहर व्यवस्थापनका लागि अनुमति दिएको छ । अहिले भइरहेको इन्धन अभावले समेत फोहर व्यवस्थापनमा केही समस्या आएको छ ।
महानगरपालिका, वातावरण व्यवस्था महाशाखाका प्रमुख अर्जुन सापकोटाले निजी क्षेत्रले जिम्मा लिएको फोहर समयमा उठाउन नसक्दा केही समस्या उत्पन्न भएको जानकारी दिँदै दसैँको समयमा कर्मचारीले बिदा लिएपछि उठ्न नसकेको फोहर अब चाँडो व्यवस्थापन गरिने बताउनुभयो । रासस

काठमाण्डु, ७ कात्तिक– भारतबाट भन्दा चीनबाट आयात गर्ने पेट्रोलियम पदार्थको मूल्य सस्तो पर्ने देखिएको छ ।
उपभोक्ता अधिकारकर्मीहरुका अनुसार ढुवानी खर्च र बिक्रेतालाई दिने नाफा कटाएर पनि चिनियाँ तेल उपभोक्ताले भारतबाट ल्याउने भन्दा सस्तोमा पाउन सक्नेछन् ।
राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल श्रेष्ठले भारतको तुलनामा चीनबाट आयात गरिने पेट्रोलियम निकै सस्तो पर्ने काठमाण्डु टुडेलाई बताए ।
अन्तर्राष्ट्रिय बजार मूल्यअनुसार चीनमा पेट्रोलको मूल्य प्रतिलिटर ४२ रुपैयाँ (नेपाली) पर्र्छ । ढुवानी र बिक्रेतालाई दिने नाफा परल मूल्यको दोब्बर भएको अवस्थामा समेत पेट्रोलको मूल्य प्रतिलिटर ८४ रुपैयाँभन्दा बढी नपर्ने दाबी उनको छ ।
‘विश्वमा इन्धनको बजार अमेरिका र ओपेक हो । चीनले ओपेकबाट इन्धन ल्यउने गरेको छ । ओपेकको मूल्यअनुसार पेट्रोलको मूल्य ४२ रुपैयाँ प्रतिलिटर हुन आउँछ’, ‘महर्जनले काठमाण्डु टुडेसँग भने, ‘परल मूल्यको शतप्रतिशत नै बढाएर उपभोक्तालाई दिँदासमेत ८४ रुपैयाँप्रतिलिटर भन्दा बढी पर्दैैन ।’
हाल भारतबाट आयत गरिने पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर १ सय ४ रुपैयाँ छ । नेपाल आयल निगमको पहलमा नभई राजनीतिक र कुटनीतिक पहलबाट सिधै तेल आयात गर्न लागिएकाले चीनले अन्तर्राष्ट्रिय मूल्यमा समेत घटाएर अनुदानमा तेल दिन सक्ने सम्भावना रहेको उनले औंल्याए ।
महर्जनले विगत १७ वर्षको दौरानमा भारतको इन्डियन आयल कर्पोरशेनले जहिले पनि अन्तर्राष्ट्रिय बजार मूल्यको तुलनामा नेपालसँग बढी रकम लिँदै आएको बताए । त्यसमा पनि भारतका विभिन्न राज्य हुँदै आयात गर्दा ती ठाउँमा तिर्नुपर्ने राजश्वका कारण पेट्रोलियमको मूल्य बढी पर्न गएको तर्क महर्जनको छ ।
आयल निगमको दाबी झुठ
महर्जनले भारतबाहेक अन्य मुलुकबाट आयात गर्दा पेट्रोलियम पदार्थको मूल्य दोब्बर पर्ने आयल निगमका अधिकारीहरुको दाबी ससासर झुठो भएको आरोप लगाए ।
निगम अधिकारीहरुले इन्धनमा भारतीय एकाधिकार कायमै राख्ने नियतका साथ जनतामा गलत प्रचार गरेको उनको भनाइ छ ।
‘आयल निगमका मानिसहरुको अकर्मण्यता, अल्छीपना, अदुरदर्शिता र लोभी प्रवृत्तिको शिकार बारम्बार उपभोक्ता हुँदै आएका छन्’, महर्जनले भने, ‘बाहिरबाट तेल ल्याउँदा महंगो पर्ने हल्ला फैलाएर उनीहरु भारतीय एकाधिकार कायमै गर्ने नियतमा देखिन्छन् ।’
कमिसनको चक्करमा लागेर कर्मचारीले गलत सूचना प्रवाह गरेको आरोप महर्जनले लगाए ।
kathmandutoday.com

काठमाडौं, ७ कात्तिक । उच्चस्तरीय राजनीतिक संयन्त्रले सरकारको न्यूनतम साँझा कार्यक्रमको मस्यौदा तयार पार्न पाँच सदस्यीय समितिको गठन गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको संयन्त्रको बैठकले पाँच सदस्यीय समिति बनाउने निर्णय गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार प्रमोद दाहालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
समितिमा एमालेका तर्फबाट उपाध्यक्ष भीम रावल र स्थायी समिति सदस्य शंकर पोखरेल, एकीकृत माओवादीका स्थायी समिति सदस्य वर्षमान पुन, मधेसी जनाधिकार फोरम(लोकतान्त्रिक)का उपाध्यक्ष जितेन्द्र देव र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका केन्द्रीय सदस्य सुरेश आचार्य रहनुभएको छ ।
बैठकमा आपूर्ति व्यवस्थामा देखिएको असहजता, बैकल्पीक व्यवस्था, मधेसी मोर्चासँगको वार्ता र मागलगायतका विषयमा पनि छलफल भएको थियो ।
संयन्त्रका संयोजकसमेत रहनुभएका एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा बसेको बैठकमा प्रधानमन्त्री के.पी. ओलीलगायतका नेताहरूको पनि सहभागिता रहेको थियो ।
बैठकमा प्रधानमन्त्री ओली र संयोजक दाहालले न्यूनतम साँझा कार्यक्रमका बारेमा मस्यौदा समितिलाई नीतिगत निर्देशन दिनुभएको प्रेस सल्लाहाकार दाहालले बताउनुभयो ।
उहाँहरूको निर्देशन अनुसार मस्यौदा समितिले कार्यक्रमको मस्यौदा तयार पारी बैठकमा प्रस्तुत गर्नेछ ।
मस्यौदा समितिको बैठक भोलि आइतबार बिहान साढे ११ बजे सिंहदरबारमा बस्नेछ ।

काठमाडौं, ७ कात्तिक । राष्ट्रपति डा.रामवरण यादव आज अचानक काभ्रेको धुलिखेल पुग्नुभएको छ ।
दिउँसो करिव २ बजेर ४० मिनटमा डा.यादव धुलिखेल पुग्नु भएको हो ।
काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति डा.सुरेशराज शर्माको निवासमा अचान पुग्नु भएका डा.यादवको धुलिखेल भ्रमणका विषयमा केही बताइएको छैन ।
हुन त डा. शर्मा राष्ट्रपति डा.यादवका सहपाठी हुनुहुन्छ ।
स्रोतका अनुसार डा.यादवले डा.शर्माको निवासमा उच्च राजनीतिक विषयमा परामर्श गर्न सक्ने जनाइएको छ ।
सडकमार्ग हुँदै धुलिखेल पुग्नु भएका डा.यादवले चिकित्सा क्षेत्रमा देखिएको समस्या र आन्दोलन लगायतका विषयमा डा.शर्मासँग जानकारी लिनु हुने बुझिएको छ । यद्यपि यस विषयमा दुबै पक्षले केही बताएको छैन ।
राष्ट्रपति पदबाट विदाइ हुन केही घण्टा बाँकी रहँदा राष्ट्रपति डा.यादव धुलिखेल जानु भएको छ ।

: दसैँको अवधिमा यहाँ नियम उल्लङ्घन गरेर सवारी चलाउने २५० चालक कारबाहीमा परेका छन् ।
उनीहरुबाट रु डेढ लाख बढी राजस्व सङ्कलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । घटस्थापनादेखि आजसम्म उनीहरुलाई कारबाही गरी एक लाख ५२ हजार राजस्व सङ्कलन गरिएको हो ।
आज मात्रै सवारी नियम उल्लङ्घन गर्ने २० चालकलाई कारबाही गरिएको कार्यालयले जनाएको छ । ट्राफिक प्रहरीले चाडबाडमा हुन सक्ने आपराधिक क्रियाकलाप र सवारी दुर्घटनालाई दृष्टिगत गरेर कारबाहीलाई तीव्रता दिएको छ ।
सबैभन्दा बढी सवारी नियम उल्लङ्घन गर्नेमा मोटरसाइकल र ट्रक छन् । चाडबाडका बेला सवारी नियम उल्लङ्घनका घटना बढ्न सक्ने भएकाले कडा निगरानी थालिएको प्रहरीले जनाएको छ ।
मोटरसाइकलमा हेल्मेट नलगाउने, सवारी अनुमतिपत्र र नवीकरण नभएको तथा तीनजना चढेरहरु कारबाहीमा परेका छन् ।
ट्राफिक प्रमुख रमेशराज भेटवालले जिल्लामा दसैँका बेला ठूला दुर्घटना नहुनु उपलब्धिपूर्ण भएको बताए । नेपाल प्रहरीले समेत दुर्घटना न्यूनीकरणका लागि विशेष सुरक्षा योजना नै बनाएर काम गरेको थियो । रासस
www.annapurnapost.com
चितवन : युवा सङ्घका अध्यक्ष राजिब पहारीले बाम र लोकतान्त्रिक शक्ति मिलाउने काममा आफ्नो नेतृत्वले भूमिका खेल्ने बताएका छन् ।
युवा सङ्घ चितवनले शनिबार आयोजना गरेको पत्रकार भेटघाटमा अध्यक्ष पहारीले आन्दोलनमा सङ्गठित भए झै विकास निर्माणमा पनि कम्युनिष्ट पार्टीबीचमा कार्यगत एकताका लागि दबाब दिने बताए ।
आफूले सङ्घको नेतृत्व लिएलगत्तै यसका लागि पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली र एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालसँग भेट गरिसकेको भन्दै उहाँले अब अन्य कम्युनिष्ट घटकका नेतृत्वसँग भेटघाट गरी एकताको पक्षमा पहल गर्ने उल्लेख गरे ।
विगतका आन्दोलनमा एक जुट भएझै आउदो दश वर्षसम्म देश विकासका लागि एक जुट हुन आफूले नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवालाई समेत भेटेर आग्रह गरेको उनले बताए ।
भारतीय नाकाबन्दीको आलोचना गर्दै उनले राष्ट्रिय स्वाधिनतालाई तेल र फास्टट्र्याकसँग सम्झौता नगर्न सरकारलाई खवरदारी गर्दै युवा सङ्घले यसको विरुद्धमा चार लाख हस्ताक्षर सङ्कलन गरिसकेको बताए ।
परनिर्भरतालाई अन्त्य गर्दै आत्म निर्भरतालाई प्रश्रय दिनुपर्ने भन्दै उनले युवा शक्ति उत्पादनमूलक कार्यमा लाग्नुपर्नेमा जोड दिए ।रासस
www.annapurnapost.com
विराटनगर : मोरङमा शुक्रबार साँझ दुई वटा मोटरसाइकल जुध्दा दुई जनाको मृत्यु भएको छ ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत बाहुनीमा भएको सो दुर्घटनामा धरान–८ बस्ने ४० वर्षीय इन्द्र तामाङ र ३८ वर्षीय बोधराज राईको मृत्यु भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
मे४प २७११ नंको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेका को१९प ३९०५ नंको मोटरसाइकल ठोकिएपछि दुवै मोटरसाइकलका चालक गम्भीर घाइते भएका थिए । दुवै जनाको बिपी कोइराला विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो । रासस

तुलसीपुर, (दाङ), कात्तिक
। सरकारले गर्भपतनलाई कानुनी मान्यता दिएपछि राप्ती अञ्चल अस्पताल तुलसीपुरमा सुरक्षित गर्भपतन गराउनेहरुको सङ्ख्यामा वृद्धि भएको छ ।
यस आर्थिक वर्षको तीन महिनामा ६५ जना महिलाले उक्त सेवा लिएको अस्पतालले जनाएको छ । गर्भपतन गराउन आउनेहरुमा २० देखि ४० वर्षसम्मका महिला रहेको अस्पतालले जनाएको छ । अस्पतालमा आएकामध्ये केही अविवाहिता पनि रहेका छन् ।
विसं २०६५ मा जनस्तरबाट स्थापित सो अस्पतालले दुई वर्षअघि मात्र सुरक्षित गर्भपतनको लागि कानुनी मान्यता पाएको थियो । यसअघि जिल्लामा राप्ती उपक्षेत्रीय अस्पताल घोराही, मेरी स्टोप्स सेन्टर तुलसीपुर र परिवार नियोजन सङ्घ दाङले मात्र उक्त सेवाको कानुनी मान्यता पाएका थिए ।
अस्पतालले सुरक्षित गर्भपतन गराएबापत रु एक हजार शुल्क लिने गरेको छ । अस्पतालका चिकित्सक निसा राई गर्भपतन गराउनुभन्दा परिवार नियोजनका साधनको प्रयोग गर्नु स्वास्थ्यका लागि पनि राम्रो हुने बताउनुहुन्छ ।
अस्पतालमा गर्भपतन गराउन आउँदा आफूलाई चिन्ने डरले कतिपय महिलाले कानुनी मान्यता नदिएको ठाउँमा गएर धेरै पैसा खर्च गरी असुरक्षित ढङ्गबाट गर्भपतन गराउने गरेको पाइएको छ । यसले महिलाको ज्यान जोखिममा पु¥याउने डा राई बताउनुहुन्छ । उहाँका अनुसार अन्यत्र गर्भपतन गराएर असफल भएपछि पेटमा आधा बच्चा लिएर चार÷पाँचजना महिला अस्पतालमा आउने गरेको उहाँको भनाइ छ । रासस

भारतले विगत एक महिना देखि नेपालमा लगाएको अघोषित नकाबन्दीका कारण नेपालीहरुको दैनिक जनजीवन निकै कष्टकर बनिरहेको छ । विशेष गरी यहाँ इन्धन समस्याले सबैलाई त्राहीमाम् बनाएको छ । पूर्व नाका काँकडभिट्टा वरपरका व्यापारी तथा सर्वसाधारणले यही समस्यालाई गरी खाने बाटो बनाएका छन् । शुक्रबार दिउँसो मेची पुल पुग्दा पुल कै बीचमा केही भारतीय नम्बर प्लेटका मोटरसाइकल रोकेर मानिसहरु धमाधम पेट्रोल झिक्दै नेपाली नम्बर प्लेट भएको मोटरसाइकलमा हाल्दै थिए । यसरी नेपाली मोटरसाइकलमा हालेपछि उक्त पेट्रोल नेपाल प्रवेश गर्छ र उच्च मुल्यमा बिक्री गरिन्छ । अहिले नाका वरपरका पेट्रोल पम्पभन्दा फुटपाथमा धेरै पेट्रोल पाइन्छ ।
kantipur.ekantipur.com
kantipur.ekantipur.com
काठमाण्डु, ७ कात्तिक– सरकारले तराई–मधेसमा आन्दोलनरत पक्षसँग वार्ता गर्न उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाको नेतृत्वमा वार्ता टोली गठन गरेको छ ।
राप्रपा नेपालका अध्यक्षसमेत रहेका थापा संघीयताविरोधी अभियानका प्रखर व्यक्तित्व हुन् । तर सरकारले उनैलाई त्यससम्बन्धमा वार्ता गर्ने जिम्मेवारी दिएकामा धेरैलाई आश्चर्य लागेको छ ।
अरुलाई आश्चर्य लाग्नुलाई त अस्वभाविक मान्न सकिएन । तर थापा आफैं आश्चर्यमा परेका रहेछन् । केही दिनअघि मधेसी मोर्चासँग भएको वार्ताका क्रममा थापाले सिमांकन विवाद टुंगाउने जिम्मेवारीसहित प्रधानमन्त्री केपी शर्मा ओलीले वार्ता टोली संयोजक बनाएकामा आश्चर्य प्रकट गरेका हुन् ।
‘तपाईंहरुलाई जानकारी छँदैछ म संघीयताको विरोधमा छु’, थापाको भनाइ उद्धृत गर्दै तमलोपा सह–अध्यक्ष हृदयेश त्रिपाठीले काठमाण्डु टुडेसँग भने, ‘म आफैं आश्चर्यमा परेको छु, के गर्नु जिम्मेवारी त पुरा गर्नैप¥यो ।’
थापाको अभिव्यक्तिले आफूहरु आश्चर्यचकित हुनुका साथै मधेसको मागबारे सरकार गम्भीर छैन भन्ने पुष्टि भएको त्रिपाठीको भनाइ छ ।
हालै अनिल झा नेतृत्वको संघीय सदभावना पार्टी परित्याग गरेकी नेतृ सरिता गिरी पनि संघीयताको उपहास गर्न र मधेस मुद्धालाई अपमान गर्न सरकारले संघीयताविरोधी व्यक्तिको नेतृत्वमा वार्ता टोली बनाएको बताउँछिन् । गिरीले थापाको नेतृत्वमा हुने वार्ताले निकास नदिने दाबीसमेत गरिन् ।
‘सबैलाई थाहा भएकै कुरा हो, कमल थापा संघीयताको कुरै सुन्न नचाहने मानिस हुन्’, गिरीले भनिन्, ‘उनैलाई वार्ता टोली संयोजक बनाएर सरकारले संघीयता पक्षधरलाई गिज्याउने काम गरेको छ ।’
kathmandutoday.com
नुवाकोट: नुवाकोटको विदुरमा जुवाको खालबाट दुई महिलासहित नौ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
विदुर नगरपालिका वडा नं. ३ स्थित एक घरमा जुवा खोलाइरहेको अवस्थामा शुक्रवार राती प्रहरीले ५७ हजार ४ सय १० रुपैयाँ नगदसहित नौ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायव उपरिक्षक सिद्धिबिक्रम शाहले जानकारी दिए ।
स्थानीय सिर्जना श्रेष्ठको डेरामा जुवा खेलिरहेको अवस्थामा प्रहरी निरिक्षक राजाराम खड्काको नेतृत्वमा गएको प्रहरी टोलीले श्रेष्ठसहित नौ जनालाई नगदसहित पक्राउ गरेर जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेको छ ।
पक्राउ गरेकाहरुमा विदुर नगरपालिका वडा नं. ३ की ३९ वर्षिया सिर्जना श्रेष्ठ, सोही स्थानकी २० वर्षिया सविना केसी, १९ वर्षिय आशिष तामाङ, ५३ वर्षिय रामकृष्ण गिरी, २२ वर्षिय राजकुमार खड्का, ३२ वर्षिय प्रकाश पण्डित, २९ वर्षिय दिलीप थापा, ५३ वर्षिय गोविन्द पौडेल र ४१ वर्षिय सुक्रमान श्रेष्ठ रहेका छन् ।
प्रहरीले एकै पटक यति ठुलो नगदसहित धेरै जना पक्राउ गरेको यो पहिलो घटना हो । उनिहरुलाई कारबाहीको लागि आवश्यक प्रक्रिया सुरु गरिसकेको प्रहरीले जनाएको छ ।

कार्तिक ७, २०७२- अहिलेसम्मकै सबैभन्दा ठूलो मानिएको समुद्री आँधी ‘प्याट्रिका’ केही घन्टा अघि मेक्सिकोको प्यासिफिक कोस्टमा प्रवेश गरेको छ । मेक्सिको प्रवेश गरेसँगै यसको गति केही कम भएपनि यसले ठूलो विनाश पुर्याउन सक्ने मौसमविदहरूले पूर्वानुमान गरेका छन् । अहिले आँधीको गति २१० किलोमिटर प्रति घन्टा रहेपनि सुरुमा प्रवेश गर्दा यसको रफ्तार लगभग ३२२ किलोमिटर प्रति घन्टाको रहेको बताइएको थियो । आँधीका कारण हालसम्म कुनै हताहतीको समाचार नआएको पनि समाचार एजेन्सीहरुले दाबि गरेका छन् । ‘प्याट्रिका’ मेक्सिकोको प्रसिद्ध पर्यटकिय सहर प्योर्तो वालार्तामा सबैभन्दा पहिला प्रवेश गरेको हो । त्यहाँबाट १५ हजार पर्यटकलाई सुरक्षित ठाउँमा सारिएको छ । आँधीकै कारण भएको भीषण वर्षाका कारण केही ठाउँ जलमग्न भएको छ । मौसमविदहरूले यो आँधीलाई सन् २०१३ मा फिलिपिन्समा आएको ‘हायान’सँग तुलना गरेका छन् । फिलिपिन्समा उक्त आँधीका कारण ५ हजार बढीको ज्यान गएको थियो ।
kantipur.ekantipur.com
kantipur.ekantipur.com
काठमाडौँ, ७ कात्तिक । अन्ततः छिमेकी मुलुक चीनले नेपाललाई इन्धन दिने भएको छ।
नेपाल सरकारको औपचारिक आग्रहपछि छिमेकी चीनले केरुङ नाकाबाट इन्धन पठाउन लागेको हो । चीनले अनुदान सहयोगस्वरुप हजार मेट्रिक टन पेट्रोलियम पदार्थ केरुङ नाकाबाट पठाउन लागेको स्रोतले दैनिक नेपाललाई बतायो ।
तेल मंगलबार नेपाल आइपुग्ने भएको छ। चीनले इन्धन दिनेपछि नेपाली टोली पेट्रोलियम सम्झौताका लागि सोमबार बेइजिङ जाने भएको छ। टोलीमा अर्थ, वाणिज्य आपूर्ति र परराष्ट्रको सरकारी टोली सहभागी हुने बताइएको छ ।
छिमेकी भारतले दुई महिनादेखि नेपालमा अघोषित नाकाबन्दी गरिरहेको छ । जसका कारण इन्धनको हाहाकार नै मच्चिएको छ । चीनले इन्धन दिने भएपछि केही समयका लागि समस्या समाधान हुने देखिएको छ ।

काठमाडौँ : नेपाली कांग्रेसको पदाधिकारी बैठकले राष्ट्रपति र उपराष्ट्रपतिमा उम्मेदवारी दिने प्रस्ताव केन्द्रीय कार्यसमिति बैठकमा प्रस्तुत गर्ने निर्णय गरेको छ ।
पार्टी सभापति सुशील कोइरालाको निवासमा शनिबार बिहान बसेको बैठकले संसद्मा प्रतिनिधित्व गरेका सबै राजनीतिक दलसँग सघन परामर्श गर्दै दुवै पदमा पार्टीका उम्मेदवारलाई विजयी गराउन अन्य दलसँग छलफल थाल्ने निर्णय गरेको हो ।
कांग्रेसले पार्टीका उम्मेदवारलार्इ जिताउने रणनीतिका साथ उम्मेदवारी प्रस्ताव आज अपराह्न बस्ने केन्द्रीय कार्यसमितिमा प्रस्तुत गरिने पार्टी उपसभापति रामचन्द्र पौडेलले बताए । केन्द्रीय कार्य समितिले उम्मेदवारी र उम्मेदवारबारे निर्णय गर्नेछ ।
यसैबीच पार्टीका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले सभामुख र उपसभामुख निर्वाचनमा नेपाली काँग्रेसले सहमतीय प्रक्रियामा जोड दिँदै त्यसनिम्ति वातावरण तयार गरेकाले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन पनि सहमतिमा नै हुनुपर्ने निष्कर्षमा पार्टी रहेको बताए । रासस
अन्नपूर्ण पोस्ट्को मा जोडिनुस् । मोबाइलका लागि
www.annapurnapost.com