• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
काठमाडौँस्थित अमेरिकन दुतावासमा ‘ब्रोडकास्ट एण्ड सोसल मिडिया असिस्टेन्ट’ पदमा जागिर खुलेको छ।

इच्छुक आवेदकहरुले दुतावासको यो लिंकमा क्लिक गरेर पुरा जानकारी लिन र आवेदनको प्रक्रिया सुरु गर्न सक्नेछन्।

यहाँका राजनीतिक विश्लेषकका अनुसार दुवै मोर्चाबीच आन्दोलनको नेतृत्व कसले लिने भन्ने होडबाजीका कारण वीरगन्ज तनावग्रस्त बनेको हो।
भाद्र २२, २०७२- वीरगन्जमा दुई मधेसी मोर्चाबीच टकरावका कारण आन्दोलन अराजक भएको निष्कर्ष स्थानीयले निकालेका छन्। दुई मोर्चाबीच आन्दोलन चर्काउने होडबाजी भएपछि स्थिति हिंसात्मक हुन पुगेको हो। सुरु भएको १६ दिनसम्म शान्तिपूर्ण रहेको आन्दोलन एक साताअघि हिंसात्मक भएर पाँच जनाको ज्यान गएको थियो।


यहाँका राजनीतिक विश्लेषकका अनुसार दुवै मोर्चाबीच आन्दोलनको नेतृत्व कसले लिने भन्ने होडबाजीका कारण वीरगन्ज तनावग्रस्त बनेको हो। आन्दोलन सुरु भएयता दलका स्थानीय नेता–कार्यकर्ता प्रदर्शनमा सहभागी हुने गरेका थिए। बिहान टायर बाल्ने, नाराबाजीसहित सहर परिक्रमा गर्थे। प्रत्येक दिन साँझ घण्टाघरमा कोणसभा गरी घर फर्कन्थे। बैंक तथा वित्तीय संस्था खुलेकाले आर्थिक कारोबार चलेकै थियो। राति भन्सारबाट निर्बाध रूपमा इन्धन बोकेका ट्यांकर, एलपीजी ग्यासका बुलेट, औद्योगिक कच्चा पदार्थ र मालवाहक गाडी भित्रिरहेका थिए। अधिकांश उद्योग सञ्चालनमा थिए। भदौ १३ गते साँझ वीरगन्जको नगवाबाट सुरु भएको झडप, तोडफोड पुरै सहरभरि फैलियो। स्थिति नियन्त्रणमा नआएपछि प्रशासनले भदौ १५ गते अपराह्न साढे २ बजेदेखि वीरगन्जलाई दंगाग्रस्त क्षेत्र घोषणा गर्‍यो।

संयुक्त लोकतान्त्रिक मोर्चामा आबद्ध संघीय समाजवादी फोरमका प्रदीप यादव, संघीय समाजवादी मोर्चामा आबद्ध राजेशमान सिंह, शशिकपुर मियाँबीचमा स्थानीय स्तरमा राजनीतिक र युवा परिचालनमा प्रतिस्पर्धा हुँदै आएको थियो। यसअघि उद्योगीसँग आर्थिक सहयोग लिएर बन्दको क्रममा उद्योग चलाउन दिएको, प्रहरी प्रमुखसँग मिलेर आन्दोलन नचर्काएको आरोप संघीय समावेशी मोर्चाले संयुक्त लोकतान्त्रिक मोर्चाका नेतामाथि आरोप लगाउँदै आएका थिए। संघीय मोर्चाका संयोजक सरिफ मियाँले आर्थिक सहयोग लिएर आन्दोलन चर्काएको आरोप घण्टाघर मञ्चबाटै लगाएपछि संयुक्त लोकतान्त्रिकका प्रदीपसँग चर्काचर्की भएको थियो। दुवै पक्षबीच हात हालाहालको स्थिति सिर्जना भएको थियो।

दुवै मोर्चाका माग एउटै भए पनि वीरगन्जमा विभिन्न मधेस केन्द्रित दलहरू संयुक्त लोकतान्त्रिक मोर्चा र संघीय समावेशी मोर्चामा विभाजित भएर आन्दोनरत थिए। संघीय समाजवादी फोरम, तमलोपा, सद्भावना, तमसपा संयुक्त मोर्चामा आबद्ध थिए। अनिल झाको सद्भावना, मात्रिका यादवको माओवादीलगायत ११ दल संघीय समावेशी मोर्चामा गोलबद्ध थिए। दुवै मोर्चाले घण्टाघर चोकमा छुट्टाछुट्टै मञ्च बनाएर आन्दोलन हाँकिरहेका थिए।

शान्तिपूर्ण आन्दोलनमा घुसपैठ गरी प्रहरीलाई ढुंगा हिर्काएको भन्दै गत भदौ ६ गते संयुक्त मोर्चामा आबद्ध रहेको संघीय समाजवादी फोरमका प्रदीपले १ प्रदर्शनकारीलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए। १६ बुँदे समझदारीको एक हस्ताक्षरकर्ता दल फोरम लोकतान्त्रिकले आन्दोलनमा जाने निर्णय गरेपछि स्थानीय नेतृत्वले संघीय समावेशी मोर्चामा सहभागी भएर आन्दोलन गर्ने निर्णय गर्‍यो। शरतसिंह भण्डारीको पार्टी राष्ट्रिय मधेस समाजवादी पार्टीले सोही मोर्चामार्फत आन्दोलनमा होमियो। उसले संयुक्त मोर्चाभन्दा कडा आन्दोलन गर्ने भन्दै खुल्ला रहेका उद्योग बन्द गराउने र प्रहरीले इन्धन, मालवाहक सवारी एस्कर्टिङ गर्ने बाइपास सडकमा धर्ना दिने गर्न थाल्यो। बन्दको १६ औं दिन साँझ समावेशी मोर्चाले नगवास्थित बाइपास सडकमा टेन्ट गाडेर विरोधसभा आयोजन गर्‍यो। सभा सम्पन्न भएपछि सुरक्षाकर्मीले टेन्टमा रहेका नेता/कार्यकर्तालाई हटाउन खोज्दा तनाव सुरु भयो। फोरम लोकतान्त्रिकका मियाँ र  फोरम नेपालका जिल्ला अध्यक्ष प्रदीपले भने होडबाजीले आन्दोलन अराजक भएको अस्वीकार गरे ।kantipur.ekantipur.com
गजुरी (धादिङ), २२ भदौ । भीमढुङ्गा–लामिडाँडा सडकअन्तर्गत धादिङ जिल्लाको जीवनपुर गाविस–५ चिउरीबोट नजिकै सोमबार भएको दुर्घटनामा मृत्यु हुने सबै छ जनाकै सनाखत भएको छ ।

इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी निरीक्षक प्रेमबन्धु पोखरेलका अनुसार जीवनपुर गाविस–५ का प्रताप तिमिल्सिना, ५५ वर्षीया ठुली तामाङ र ४० वर्षीया प्रमिला ढुङ्गानाको घटनास्थलमै मृत्युभएको हो ।

यसैगरी उपचारको क्रममा काठमाडौँका ट्रमा सेन्टरमा १५ वर्षीया अन्जु तामाङ, आर्य हस्पिटल छाउनीमा ८५ वर्षीया कान्छी रेग्मी, सिटीसेन्टर कलङ्कीमा १९ वर्षीया रन्जीता ढुङ्गानाको मृत्यु भएको हो ।

चालीस जना यात्रुमध्ये ३४ जना घाइते भएका छन् । घाइतेमध्ये सिटी सेन्टरमा तीन, वीर अस्पतालमा १३, न्यूरो अस्पतालमा पाँच, बिएन्डबीमा पाँच, स्टार अस्पतालमा एक जनाको उपचार भइरहेका छन् ।

गोदावरीमा १२ वर्षे मेला भरेर फर्किएका तीर्थालु चढेको बा२ख २३२१ नम्बरको यात्रुबाहक बस दुर्घटना भएको थियो ।

तीर्थयात्राका निम्ति चक्रपथमा गुड्ने बस रिजर्भ गरेर गाउँभरिका मानिस जम्मा भएर गोदावरी पुगेका थिए । चालकलाई बाटोको ज्ञान नहुँदा साँघुरो बाटोमा तीव्र गतिमा गुडेको बस अनियन्त्रित भई पल्टिएको स्थानीयवासी बताउँछन् । रासस
www.etajakhabar.com
काठमाडौं भदौ २२ ।  रोजगार अनुमति प्रणाली  (इपिएस) मार्फत दक्षिण कोरियामा कार्यरत नेपालीले हुन्डीमार्फत रकम पठाए पुनः अर्कोपटक कोरिया जान नपाउने भएका छन् । कोरियाबाट गैरबैंकिङमाध्यम (हुन्डी) मार्फत बढी रेमिट्यान्स भित्रिन थालेपछि सरकारले यस्तो व्यवस्था ल्याउन लागेको हो ।

इपिएस कोरिया शाखाका निर्देशक डिल्लीराम बाँस्तोलाले इपिएसमार्फत गएका कामदारलाई बैकिङ च्यानल प्रयोग गर्न यस्तो बाध्यात्मक व्यवस्था गर्न लागिएको जानकारी दिए ।

‘कोरियामा रहेका धेरैजसो नेपालीले अत्यधिक जोखिम मोल्दै हुन्डीमार्फत कारोबार गरिरहेका छन्,’ उनले भने,‘कोरियाबाट जति रकम आउनुपर्ने थियो, त्यसको १० प्रतिशत पनि बैंकमार्फत भित्रिएको देखिएन, हुन्डी कारोबार कामदारकै लागि पनि जोखिम छ र यसले राज्यको अर्थतन्त्रमा पनि नोक्सानी भइरहेको छ ।’ आजको कारोबार दैनिकमा खबर छ ।
www.etajakhabar.com
काठमाडौँ, २२ भदौ । अन्तर्राष्ट्रिय साक्षरता तथा ३६ औँ राष्ट्रिय शिक्षा दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ । ‘शिक्षाको उज्यालो घामबाट कुनै पनि बालबालिकाले वञ्चित हुन् नपरोस्’ भन्ने आदर्श वाक्य (नारा) का साथ विसं २०३१ बाट मनाउन थालिएको राष्ट्रिय शिक्षा दिवसको यस पटकको नारा ‘दिगो विकासका लागि गुणस्तरीय शिक्षा, सबैका लागि सुरक्षित शिक्षण संस्था’ रहेको छ ।

संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन ९युनेस्को० ले आठ सेप्टेम्बरलाई अन्तर्राष्ट्रिय साक्षरता मनाउँदै आएको छ । युनेस्कोले यस वर्षको नारा ‘साक्षरता र दिगोपना’ तय गरेको छ । युनेस्को मुख्यालयमा दुईदिने विशेष उत्सवसहित अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइनेछ ।

नेपालमा पछिल्ला दशकमा दुवै दिवसलाई एकै दिन मनाउन थालिएको हो । दिवसका अवसरमा आज बिहान राष्ट्रपति डा रामवरण यादवले नेपाल विद्याभूषण प्राप्त गर्ने विद्यार्थीलाई पदक वितरण गर्नुभयो भने दिउँसो सांस्कृतिक गतिविधिसहित उत्कृष्ट विद्यालय, सामुदायिक अध्ययन केन्द्र, शिक्षाकर्मी र विद्यार्थी पुरस्कृत गरिने कार्यक्रम छ ।

दिवस मनाउन शिक्षामन्त्री चित्रलेखा यादवको अध्यक्षतामा १११ सदस्यीय मूल समिति गठन गरिएको छ । दिवसका अवसरमा साक्षरता निबन्ध प्रतियोगिता, टेलिभिजन संवाद, रेडियो सन्देश, चियापनजस्ता गतिविधि पनि गरिनेछन् ।

विसं २०६८ को जनगणनामा ६५ प्रतिशत साक्षरता दर रहेकामा हाल ९२ प्रतिशत पुगेको सरकारी तथ्याङ्क छ ।

रुपन्देही, भदौ २२ ।  रुपन्देहीकी एक साहाशी युवतीले ३ जना लुटेराको एक्लै प्रतिकार गरेकी छिन् ।

घरमा युवतीलाई मात्रै देखेर लुटपाट मच्याउन थालेका लुटाराको असैह्य प्रवृत्तिलाई हेर्न नसकेपछि १८ वर्षकी रोशनी पौडेलले एक्लै सामना गर्ने आँट गरिन् । तर लुटेराको चक्कुप्रहारबाट उनी घाइते बन्न पुगिन् ।

उनको दुबै हातमा चोट लागेको छ । लुटेराले गरगहना सहित नगद लुट्ने प्रयास भने उनले असफल पिारिन् । लुटेराले ३० हजार रुपैयाँ भने चोरेर लगेका छन् । उनीहरुको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।
www.etajakhabar.com
हेल्लो शुभप्रभात आज वि.सं. २०७२ भाद्र २२ गते मङ्गलबार तदनुसार ई. सं. २०१५ सेप्टेम्बर ०८ तारिख भाद्रपद कृष्ण दशमी, पुनर्वसु नक्षत्र, मिथुन राशिको चन्द्रमा, व्यतिपात योग, बालब करण आजको व्रत/पर्व : शिक्षा तथा साक्षरता दिवस, निजामती सेवा दिवस भोलिको व्रत/पर्व : अजा एकादशी व्रत, भोलिको मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), अग्निवास(होमादि),

आजको राशिफल

Aries Rashifal  मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

नजिकका मित्रबाट विशेष सहयोग र सुख प्राप्त हुने देखिन्छ । भाइबहिनीका तर्फबाट खुसीको खबर प्राप्त हुनेछ । भोजभतेर खानपिन जस्ता सामाजिक कार्यमा सहभागी हुनु पर्नेछ । दीघकालिक फाइदाका लागि गरिएको प्रयास सार्थक हुनेछ । बन्दव्यापारबाट लाभ मिल्नेछ र स्वास्थ्यमा कुनै समस्या देखिने छैन । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सरस्वत्यै नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

Taurus Rashifal बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

दैनिक आम्दानीका मार्गमा बृद्धि हुनेछ, तर मानप्रतिष्ठा र ख्यातिमा आँच आउने सम्भावना छ । घुमघाम र भेटघाटका लागि मन लालायित हुनेछ, तर समय निकाल्न धौधौ हुनेछ । छरछिमेकी, कुटुम्ब वा नातागोताको काममा संलग्न हुनुपर्ने छ, तर सरसहयोग गरे पनि असन्तुष्टि बढ्न सक्छ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गुरवे नमः यस मन्त्रको कम्तीमा २४ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

 Gemini Rashifal मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

नयाँ कामको लागि नयाँ अवसर आउनेछ । निर्माण तथा व्यवहारिक क्षेत्रमा मन आकर्षित हुनेछ । मन त्यसैत्यसै फुरुङ्ग हुने समय छ । दैनिक कामकाज सजिलै सम्पन्न हुनेछन् । आफन्त र मित्रहरूसँग भेटघाट र रमाइलो गरिने छ । घरपरिवारमा राम्रो छ । बन्दव्यापार र रोजगारीका क्षेत्रमा लाभ मिल्नेछ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग सेतो वा घिउरङ्ग हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमः शिवाय यस मन्त्रको कम्तीमा २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

 Cancer Rashifalकर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

खर्च बृद्धि हुने समय चल्दैछ । नकारात्मक र निराशाजनक भावनाले दुखित भइने छ । चिन्ता, शंका र छट्पटीले मानसिक तनाव हुनसक्छ । अशुभ समाचार सुन्नु पर्ने हुन्छ । नयाँ कामका निम्ति शरीरमा उत्साह आउने छैन, निर्णय क्षमतामा कमी भएको अनुभूति हुनेछ, मनमा दोधारको अवस्था सिर्जना हुनेछ । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शं शनैश्चराय नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

 Leo Rashifal सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । काममा तल्लीनता दिन सकेमा सफल भइने छ । धार्मिक तथा आध्यात्मिक क्षेत्रतर्फको काममा सहभागी बन्नु पर्ला । नोकरी गर्नेले मानसम्मान पाउने छन् । प्रशासनिक र राज्यपक्षबाट हुनुपर्ने काममा सफलता प्राप्त हुनेछ । पठनपाठन र प्राज्ञिक क्षेत्रबाट लाभ लिन सकिने छ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सफा र चम्किलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शुं शुक्राय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

Virgo Rashifal कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

स्वास्थ्यस्थिति राम्रो रहनुका साथै काम गर्ने जाँगर बढ्ने छ । पारिवारिक सुखसम्मृद्धिमा बृद्धि हुनेछ । काममा सोचेजस्तै सफलता मिल्नुका साथै उन्नति गर्ने अवसर प्राप्त हुने योग छ । नवीन रोजगारीको सम्भावना छ । प्रतिस्पर्धीहरूमाथि विजय प्राप्त हुने छ । आज धैर्यधारण गरी परिश्रम गर्ने दिन हो । आजका लागि शुभअङ्क २ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सों सोमाय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

 Libra Rashifal तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

संयमताका साथमा समय यापन गर्नु श्रेयस्कर हुनेछ, आजको दिन भाग्यमा रहेको चन्द्रमा कमजोर छ । अर्काको भर पर्नुभन्दा पनि आफ्नै प्रयासमा गरिएका कामले फाइदा हुनेछ । धार्मिक, सामाजिक र पारमार्थिक काममा खटिनु पर्नेछ, तर विवादबाट टाढा रहनु होला । साँझपख शुभ समाचार आउन सक्छ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ अं अङ्गारकाय नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

Scorpio Rashifal  बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

आज चोटपटकको भय हुनेछ । बिनापत्ताको आरोप व्यहोर्नु पर्छ । बोलीको प्रतिकूल एवं विपरीत अर्थ लाग्ने हुँदा सचेतता एवं संयमता अपनाउनु अत्यावश्यक छ । पछाडि कुरा काट्नेहरूले षड्यन्त्रको तानाबुना रच्ने प्रयास गर्नेछन् । नजिकैका मित्रले समेत तपाईंको भावनालाई बुझ्न सक्दैनन् । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग हलुका रातो वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कुलदेवताभ्यो नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

Sagittarius Rashifal धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

स्वास्थ्यस्थितिमा अनुकूलता आउनेछ । काम गर्न जाँगर चल्नेछ, उत्साहवर्द्धक समय छ, आम्दानी बढ्न सक्छ । घुमघाम, भेटघाट र मनोरञ्जनमा दिन बित्नेछ । मेजमानीको अनुकूलता प्राप्त हुनेछ । दाम्पत्यसम्बन्ध सुखद रहनेछ । प्रेमको बन्धनमा बाँधिने बेला छ । परोपकारकारका क्षेत्रमा मन आकर्षित हुनेछ । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग बैजनी वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमो भगवते वासुदेवाय यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

Capricorn Rashifal मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

लामो समयदेखि रोकिएका कामहरू बन्न सक्ने मौका छ । आकस्मिक निम्तोमा सहभागी हुने सम्भावना छ । मिष्ठान्न भोजनको अवसर आउने छ, तर आहारविहारमा विशेष सतर्क रहनु राम्रो हुन्छ । शारीरिक प्रतिस्पर्धा र तर्क, विवाद वा न्याय सम्पादनका सिलसिलामा लाभ प्राप्त गर्न सक्नुहुनेछ । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ मृत्युञ्जयाय नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

Aquarius Rashifal कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

सन्ततिका क्रियाकलापमा सामान्य समस्या देखिन सक्छन् । जानकार व्यक्ति वा गुरुजनले सहयोग गर्नाले आत्मबल बढ्ने छ । बन्दव्यापारबाट लाभ नै हुनेछ । पठनपाठन र चिन्तनमननमा ध्यान केन्द्रित हुनसक्छ । पारिवारिक सहयोग र सद्भावमा कमी आए पनि आफैंले गरेको निर्णय फलदायी हुनेछ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग सिन्दुरे रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ हं हनुमते नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

 Pisces Rashifal मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

घरगृहस्थीमा धेरै समय खर्चनु पर्ने योग छ । वैदेशिक रोजगारी गर्नेेहरूले आज घरायसी कुरा सम्झेर दिन बिताउने छन् । आकस्मिक रूपमा स्वास्थ्यमा समस्या आउनसक्छ । छोराछोरीको स्वास्थ्य एवं पढाइप्रति जिम्मेवारी बोध हुनेछ । मातापितासँगको सम्बन्धमा समेत निराशा भाव आउनसक्छ । आजका लागि शुभअङ्क १ र शुभरङ्ग कलेजी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ घृणि सूर्याय नमः यस मन्त्रको कम्तीमा ७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । (द्रष्टव्य : आज उल्लेख गरिएको राशिफल असल वा खराब जेजस्तो भए पनि तपाईंले आफ्नो कामप्रति निष्ठा जनाउनु पर्दछ, कर्तव्यपालना गर्नु पर्दछ र परोपकारी/सामाजिक भावना राख्नु पर्दछ, यसो गर्नुभएमा अनिष्ट नाश हुन्छ वा न्यूनीकरण हुनेछ र राम्रो राशिफल छ भने अझ धेरै शुभफल प्राप्त हुनेछ ।

तपाईको औँलाको लम्वाइले तपाईको व्यक्तित्व झलकाउँछ ।

सायद थाहा थिएन होला कि तपाईको औँलाको लम्वाइले तपाईको व्यक्तित्व झल्काउँछ ? चोर औँला र औँठी लाउने आँँलाको लम्वाई तुलना गर्नुहोस् र आफ्नो स्वभाव मेल खान्छ कि खाँदैन हेर्नुहोस् ।

उल्लेखित औँलाको आकृतिमा तीन प्रकारका औँलाहरुको लम्वाईका बारेमा जानकारी गराइएको छ । अव आफ्नो औलाको परिक्षण गर्नुहोस् र अर्थ तथा स्वभाव पत्ता लगाउँनुहोस् ।


A.  चोर औला भन्दा औँठी लाउने औँला ठूलो भएका मानिसहरु हेर्दा अति सुन्दर देखिने हुन्छन् । यस्ता मानिसहरुको सुन्दरता प्रति जोकोही पनि आकर्शित हुने गर्छन् । त्यस्ता मानिसहरु आक्रमक स्वभावका हुने गर्छन् र यिनीहरु रिस्क मोल्न पनि पछि पर्दैनन् । यस्ता मानिसहरु सेना, सिपाही, इन्जिनियर, चेस खेलाडी र क्रसवर्ड समस्या समाधानगर्न पनि सिपालु हुन्छन् । बैज्ञानिकहरका अनुसार, औँठी लगाउने औँला ठूलो हुने मानिसहरुको आर्थिक आर्जन औँठी लगाउने औँला स्यानो हुनेहरुको भन्दा बढी हुन्छ ।

B.  चोर औँला भन्दा औँठी लाउने औँला सानो हुने मानिसहरुमा आत्मविश्वास बलियो हुन्छ र उनीहरु आफूमा केन्द्रीत हुन्छन र आक्रमक पनि हुन्छन् । उनीहरु एक्लै बस्न मन पराउँछन् र उनीहरुको फुर्सदको समयमा अरुले बाधा नपुर्याओस भन्ने चाहना हुन्छ । नातासंबन्ध कायम गरि राख्नुपर्छ भन्ने अवस्था आएको खण्डमा उनीहरु अगाडी बढी हाल्दैनन् । तर आफूलाई भने अरुले प्रसंसा, सम्मान र आदर गरोस भन्ने चाहना उनीहरुमा हुन्छ ।

C.  चोर औँला र औठी लाउने औँला बराबर हुने मानिसहरु शान्त स्वभावका हुन्छन् र उनीहरुलाई शान्त वातावरण मनपर्छ । झैझगडा तथा बिबाद सामना गर्नुपर्यो भने यस्ता मानिसहरु आफू असुरक्षित महशुस गर्छन् । यस्ता मानिसहरु पूर्ण संगठित हुन्छन् र अरहरुपनि त्यस्तै होस भन्ने चाहना राख्दछन् । यस्ता मानिसहरु आफ्ना श्रीमान वा श्रीमति प्रति बफादार तथा विश्वासिला हुन्छन् र संबन्ध कायम राख्न कटिबद्ध हुन्छन् ।
विश्वभरी करिब १.४ बिलियन प्रयोगकर्ता रहेको फेसबुक लगाएतका सामाजिक सञ्जाल नचलाई बस्न नसकिएला, तर यसले पार्ने प्रभाव भोग्दा भोग्दै पनि वेवास्ता गर्ने गरिएको छ। आफुलाई मनलागेको कुरा व्यक्त गर्ने राम्रो थलो हो फेसबुक। आफ्ना साथीभाइका गतिविधि एउटै स्क्रिनबाट हेर्नमिल्ने यो प्रविधिले भने प्रेम गर्ने जोडी अनि विवाहित मानिसहरुलाई नसोचेको वेफाइदा गर्दै छ।

आफ्नो प्रेमी,प्रेमिका श्रीमान वा श्रीमतीको फेसबुक गतिविधिले राम्रो भन्दा नराम्रो नै प्रभाव पार्ने गर्छ। सञ्चारको दृश्टीले छिटो, छरितो र सजिलो पक्का छ, फाइदाजनक पनि छ तर फेसबुकमा गरिने अन्य गतिविधिको जानकारीले भने सोचेजस्तो फाइदा दिदैन। तपाईको आफ्नो मान्छेलाई नभेटि उसको हेरेक गतिविधि फेसबुकबाटै थाह पाउनुहुन्छ भने भेटेपछि कुरा गर्ने अनि एकअर्काको नयाँ कुरा जान्ने वातावरण कसरी बन्छ? के नै रहन्छ कुरा गर्न अनि संगै समय बिताउन?

सामाजिक सञ्जालले मानिसलाई असामाजिक बनाएको यथार्थ हो। स्वीकार्न नखोजिने यो सत्यले सम्बन्धलाई भने निकै बिगार्दै छ।

कसरी बचाउने सम्बन्ध?
फेसबुकमा आफ्नो प्रेमी, प्रेमिका, श्रीमान वा श्रीमतिलाई अनफ्रेन्ड गर्नुहोस्। अनफ्रेन्डको कुरा सुनेर पारो तात्न सक्ला तर यो नसोचेको उपयोगि हुन्छ। अनफ्रेन्ड गर्दा एकअर्काको गतिविधि फेसबुक वालमा देखिदैन। च्याट गर्न भने मिलिहाल्छ। म्यासेज गर्न मिल्ने त भयो नै अनि एक अर्काको फेसबुक गतिविधि हेरेर चित्त दुखाउने ठाउँ पनि रहने भएन।

यस्तो गर्दा सम्बन्धमा वादविवाद कम हुने हुन्छ। किनकी वादविवाद गर्नु अघि एकअर्काको गतिविधि थाह पाउनु पर्छ। अनफ्रेन्ड गरेपछि फेसबुकबाट त थाहा पाउने कुरै भएन। फोन गर्दा अनि प्रत्यक्ष भेट्दा भन्न बाँकी कुरा टन्न हुनेछन्। जसले धेरै पछि भेटेको झै अनुभव गराउँछ, सम्बन्ध अझै प्रगाढ बनाउन मद्धत गर्छ।

सम्बन्धमा केही रहस्य हुँदा बढी रोचक हुने हुन्छ। सबैकुरा थाहा भइसकेपछि नौलोपन रहँदैन। परिवर्तनमा रमाउने मानिसको गुण हो। सधै एकै थरी खानाले दिक्क बनाएझै सम्बन्धमा पनि नौलोपन आएन भने वादविवाद अनि झगडा बढ्छ। यो कुरा समाधान गर्ने एउटै उपाय छ। अनावश्यक जानकारी फेसबुकबाट एकअर्कोलाई किन देखाउने?nepaliheadlines.com
काठमाण्डौं । नेपाल चलचित्र प्राविधिक संघले हाँस्य कलाकारद्धय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई सम्मान गर्ने भएको छ । कतारमा आयोजना हुन लागेको ‘आठौ नेफ्टा फिल्म अवार्ड’को अवसर पारेर संघले मह जोडीलाई ‘कला रत्न’ उपाधी प्रदान गर्ने भएको हो ।
संघले हरेक वर्ष एकजना फिल्मकर्मीलाई विशेष सम्मान प्रदान गर्दै आएको थियो । यसअघि अभिनेता राजेश हमाललाई ‘महानायक’, निर शाहलाई ‘अभिनय शिरोमणी र करिश्मा मानन्धरलाई ‘सदावहार अभिनेत्री’ का उपमा दिँदै सम्मान गरेको संघले यो पटक महजोडीलाई सम्मान गर्न लागेको संघका अध्यक्ष मनोज केसीले बताए ।
यो बर्षको अवार्ड समारोहमा मह जोडीसँगै करिब ८० जना फिल्मीकर्मी कतार जादैछन् । अन्तरराष्ट्रिय कलाकार मञ्च, कतारसँग सहकार्य गर्दै नेफ्टाले अवार्डको आयोजना गर्न लागेको हो । कला रत्न उपाधीबाट सम्मानित हुने भएपछि मह जोडीले पनि खुशी व्यक्त गरेका छन् । पर्दा पछाडि रहेर काम गर्ने प्राविधिकहरुकै कारणले आफूहरु आज एउटा उचाइमा पुगेको भन्दै मह जोडीले तिनै प्राविधिकहरुबाट सम्मानित हुन पाउँदा गर्व लागेको बताए ।

www.etajakhabar.com
२१ भदौ, गुलरिया (बर्दिया) ।

थरुहट/थारूवान् संयुक्त सङ्घर्ष समिति बर्दियाले यही भदौ २२ देखि २६ गतेसम्म पाँच दिनका लागि बन्द फिर्ता लिएको छ ।

उक्त दिनको अवधिमा यातायात, शिक्षण संस्था र बजार खुला रहने समितिका संयोजक गोविन्दप्रसाद थारूले बताए ।

जनभावनाको कदर गर्दै आन्दोलनको स्वरुपमा केही परिवर्तन गरिएको आज आयोजित पत्रकार सम्मेलनमा थारूले जानकारी दिए। बर्दियामा बन्द आह्वान गरिएको आज २८ दिन पुगेको छ ।
काठमाडौं : गोदावरीमा लागेको १२ बर्षे मेला भरेर फर्किएको बस धादिङको जीवनपुरमा दुर्घटना हुँदा चारजनाको ज्यान गएको छ ।

गोदावरीमा आएका तीर्थालुले खचाखच भरिएको बा २ ख २३२१ नम्बरको  बस धादिङको जीवनपुर–५ चिउरीमोडमा दुर्घटना हुँदा चारजनाको घटनास्थलमै ज्यान गएको हो ।

दुर्घटनामा ३५ जना यात्रु घाइते भएका छन् । जसमध्ये केहीको अवस्था गम्भीर छ। दुर्घटनापछि धादिङको खानीखोला र काठमाडौंबाट उद्धारका लागि प्रहरी टोली परिचालित भएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ । annapurnapost.comf

जनकपुर । बिगत तीन दिनदेखि शान्त रहेको जनकपुर सोमबार फेरि हिंसात्मक बनेको छ । जनकपुरमा आन्दोलनकारीहरुले सोमबार सहयोगि विकास बैंकको केन्द्रीय कार्यालयमा आगजनी गरेका हुन् ।

उनीहरुले बैंकको साइनबोर्ड सडकमा लगेर जलाइदिएका थिए भने बैंकको कार्यालयमा पनि आगजनी गरेका छन् । बैकले आक्रमणबाट लाखौंको क्षती भएको जनाएको छ ।
आजै उनीहरुले नेपाली कांग्रेसको पार्टी कार्यालय पुर्ण रुपमा जलाइदिएका थिए । यस्तै नेकपा एमालेको पार्टी कार्यालय पनि जलाइदिएका छन् । आन्दोलनकारीको आगजनीका कारण करोडौंको सम्पत्ती क्षती भएको छ ।
www.nepalsandesh.com
विदेशबाट नेपाल फर्किनेहरुले पहिले टन्नै सामान घरायासी प्रयोगका लागि भन्दै ब्यागमा कोचेर लान पाउँथे । तर अब त्यसो गर्न नपाइने भएको छ । आइतबारदेखि भन्सार विभागले सबै स्थल नाकामा र हवाई नाकामा समेत सय रुपैयाँभन्दा बढीका सामान ल्याउने सबैलाई कर तिर्नुपर्ने व्यवस्था कडाइका साथ लागू गरेको छ । विदेशमा बसेर आउनेले सय रुपैयाँभन्दा माथिका कुनै न कुनै सामान ल्याइहाल्छन् भनेर एयरपोर्टमा नेपाल भित्रिने सबै यात्रुलाई संक्षिप्त प्रज्ञापनपत्र भर्न अनिवार्य गरिएको छ । तपाईं सामान ल्याउनु्स् वा नल्याउनुस्, फाराम भर्नैपर्छ, भर्दिन भन्न पाइन्न । कस्तो हुन्छ त यो फाराम ? हेर्न भित्र आउनुस्- संक्षिप्त प्रज्ञापन पत्रको नमूना । ठूलो पारेर हेर्न फोटोमा क्लिक गरे हुन्छ
अनि त्यसो भए के सबै सामानको कर तिर्नुपर्छ त ?
हैन, सबैको तिर्नुपर्दैन । भन्सार विभागका महानिर्देशक टंकमणि शर्माका अनुसार निजी गुन्टा झिटी भारीको सुविधा खारेज गरिएको छैन । त्यो भनेको के भनेर अचम्ममा पर्नु भो ? एक सय ८० दिन विदेशमा बस्ने नेपालीले आफूले प्रयोग गरेको एकसरो सामान कर नतिरी ल्याउन पाउँछन् । के कस्ता सामान ल्याउन पाउने हुन् त ? हेर्नुस् सूचि-बिदेशबाट फर्केका नेपाली यात्रुका सम्वन्धमाः

 (१) नेपालमा स्थायी बसोबास गर्ने नेपाली नागरिक विदेशमा गई नेपाल फर्कदा व्यक्तिगत प्रयोगका देहायमा उल्लिखित सबै वा कुनै मालसामान ल्याउँदा भन्सार महसुल पूर्ण छुट हुनेछः

(क) लुगाफाटा, बरबिर्छ्यौना, घर गृहस्थीका पुराना सामानहरु,

(ख) औषधी उपचार गराई फर्केका विरामीले ल्याएका औषधीहरु,

(ग) शारीरिक अशक्त यात्रुले सहाराको रुपमा प्रयोग गरेका सामान,

(घ) सुन तथा सुनको गहना पचास ग्रामसम्म, चाँदी तथा चाँदीको गहना पाँचसय ग्रामसम्म र तीस हजार
रुपैयाँ मूल्यसम्मको जवाहरात जडित साथमा ल्याएको गहना गुरिया,

(ङ) घडी, स्टिल क्यामरा, भिडियो क्यामरा, सेलुलर मोवाइल फोन, पेन ड्राइभ एक एक थान,

(च) बच्चा राख्ने पेराम्बुलेटर र ट्राइसाइकल एक एक थान,

(छ) पेशागत यात्रुले प्रयोग गरी ल्याएको सामान्य प्रकारका सामानहरु एक एक थान
(जस्तैः डाक्टरका लागि ब्लड प्रेसर नाप्ने सामान्य यन्त्र, स्टेथेस्कोप, खेलाडीको खेलकुद सम्बन्धी सामान जस्तै फुटबल, भलिबल, बैडमिन्टन सेट, गवैयाको सामान्य बाजा जस्तै– गितार हार्मोनियम, तबला, जस्ता सामानहरु)।

(ज) चार किलोग्रामसम्म खाद्य परिकार ।

(झ) मदिरा १.१५ लिटरसम्मको बोतल एक ।
तर यात्रुले ल्याउन पाउने आफ्नो निजी व्यवहारका खण्ड

 (झ) मा उल्लिखित सामान बाहेक यस उपदफामा उल्लिखित अन्य सामानहरु कुनै यात्रुले माथि लेखिएभन्दा बढी संख्या वा परिमाणमा ल्याएमा त्यस्ता यात्रुको अवस्था, परिवार संख्या, बसेको मुलुक र समयावधि समेतलाई ध्यानमा राखी भन्सार कार्यालयका प्रमुखले औचित्य हेरी स्वीकृति दिन सक्नेछ।

 खण्ड

(झ) मा उल्लिखित मदिरा तोकिएभन्दा वढी परिमाणमा ल्याएमा वढी परिमाण जति जफत हुनेछ।
व्यक्तिगत प्रयोजनका लागि ल्याउने कुन कुन सामानका भन्सार (कर) लाग्छ ?
नेपालमा स्थायी बसोबास गर्ने नेपाली नागरिक विदेशमा गई नेपाल फर्कदा व्यक्तिगत प्रयोजनका देहायमा उल्लिखित सबै वा कुनै मालसामान प्रचलित आर्थिक ऐन बमोजिम समदरमा लाग्ने महसुल तिरी ल्याउन पाउने छन्। यस्ता मालसामान आफू आउनु अघि वा पछि चलान गरेको भएमा आफू नेपाल प्रवेश गरेको मितिले तीन महिनाभित्र भन्सार गोदाममा दाखिल भैसकेको हुनु पर्नेछ।

(क) टेलिभिजन, म्यूजिक सिष्टम, रेफ्रिजरेटर, वासिङ्ग मेशिन, पंखा, रेडियो, सि.डि. प्लेयर, भि.सि.डि. प्लेयर, डि.भि.डी. प्लेयर, भिडियो क्यामरा र कम्प्युटर एक एक सेट।

(ख) शरीरमा लगाउने लुगाफाटा, जुत्ता, कष्मेटिक्स आदि बढीमा पन्ध्र थान।

(ग) घरायसी प्रयोगका सामान्य किसिमका उपकरण (मिक्सर, जुसर, सिलाइ मेशिन, ग्यासटेबुल, इस्त्री, राइस कुकर जस्ता) दुई/दुई थान।

(घ) दश किलोग्राम सम्म खाद्य परिकार।

(ङ) व्यवसायिक पेशामा लागेका (डाक्टर, इन्जिनियर जस्ता) यात्रुको दक्षता वृद्धिको लागि आवश्यक पर्ने सामान दुई/दुई थान।
(च) खण्ड
(क) देखि (ङ)
 सम्मका सामान बाहेक नितान्त घर व्यवहारमा आवश्यक पर्ने सामान बढीमा दुई दुई थान।तर यात्रुले ल्याउन पाउने आफ्नो निजी व्यवहारका यस उपदफामा उल्लिखित सामानहरु कुनै यात्रुले माथि लेखिएभन्दा बढी संख्या वा परिमाणमा ल्याएमा त्यस्ता यात्रुको अवस्था, परिवार संख्या, बसेको मुलुक र समयावधि समेतलाई ध्यानमा राखी भन्सार कार्यालयका प्रमुखले औचित्य हेरी लाग्ने समदरको महसुल लिई जाँचपास गर्ने स्वीकृति दिन सक्नेछ।

(३) उपदफा

(२) मा जुनसुकै कुरा लेखिएको भए तापनि विदेशमा छ महिनाभन्दा बढी अवधि बिताई फर्केका यात्रुले आफू पुगेको ठाउँबाट उपदफा

 (२) बमोजिमका सामान आफूसाथ ल्याएमा वा आफू आउनुभन्दा अघि वा पछि पठाएमा निम्न बमोजिमको मूल्यसम्ममा लाग्ने भन्सार महसुल पूर्ण रुपमा छुट दिइनेछ र त्यस्तो मालसामानको प्रज्ञापनपत्र नभराई छुट्टै अभिलेख राखी जाँचपास गर्न सकिनेछ। छुट सीमाभन्दा बढी मूल्यको सामान भएमा बढी मूल्यमा प्रचलित आर्थिक ऐन बमोजिम समदरमा भन्सार महसुल लाग्नेछ।

(क) छ महिनाभन्दा बढी एक वर्षसम्म विदेशमा बसी फर्केमा पाँच हजार रुपैयाँसम्म,

(ख) एक वर्षभन्दा बढी जतिसुकै अवधि विदेशमा बसी फर्केमा दश हजार रुपैयाँसम्म,

(४) सोह्र वर्षभन्दा कम उमेरका यात्रुले उपदफा

 (३) बमोजिमको छुट सीमाको पचास प्रतिशत मात्र सुविधा पाउनेछ।

(५) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भएतापनि देहायको कुरामा देहाय वमोजिम हुनेछः

(क) भारत तथा चीनको स्वशासित क्षेत्र तिव्वत वाहेक अन्य विदेशी मुलुकमा छ महिनाभन्दा बढी अवधि व्यतित गरी फर्केका नेपाली यात्रुले आफ्नो साथमा ल्याएको एक सेट कम्प्युटरमा भन्सार महसुल छुट हुनेछ।

(ख) विदेशमा बसेका नेपाली यात्रुहरुले आफूले प्रयोग गरेका लत्ता कपडाहरु हुलाक पुलिन्दाबाट पठाउँदा त्यस्तो लत्ता कपडामा भन्सार महसुल छुट हुनेछ।

(ग) विदेशमा बसेका व्यक्तिले नेपालस्थित आफन्त वा परिवारका सदस्यलाई उपदफा
(२) बमोजिमका सामानमध्ये अमेरिकी डलर दुईसय पचाससम्मको सामान पठाएमा प्रमाण हेरी लाग्ने समदरमा भन्सार महसुल लगाई जाँचपास गर्न सकिनेछ।

(घ) विदेशमा छ महिना वा सोभन्दा बढी समय बसी फर्किने नेपाली यात्रुलाई तीनसय पचास ग्रामसम्म सुन र एक किलोग्रामसम्म चाँदी (गरगहना समेत) लाग्ने महसुल लिई साथमा ल्याउन दिइनेछ।

(ङ) चुरोट दुइसय खिल्लीसम्म वा सिगार पचास खिल्लीसम्म दरवन्दी बमोजिम लाग्ने महसुल लिई पैठारी गर्न दिइनेछ। यसमा तोकिएको परिमाणभन्दा बढी चुरोट वा सिगार ल्याएमा त्यस्तो बढी परिमाणमा लाग्ने भन्सार महसुलमा शतप्रतिशत थप भन्सार महसुल समेत असुल गरी जाँचपास गर्न सकिनेछ।

(च) कुनै नेपाली नागरिकको विदेशको बसाईमा मृत्यु भएको भन्ने प्रमाणित भएमा निज र निजको परिवारको निजी प्रयोगका पुराना सबै किसिमका सामानहरु (सवारी साधन बाहेक) स्वदेशमा फिर्ता ल्याउँदा सम्पूर्ण महसुल छुट हुनेछ।

(छ) भारतीय सेना वा प्रहरीबाट सेवानिवृत्त भई निवृत्तभरण पाउने गरी स्वदेश फर्कंदा निवृत्त भएको कागजात पेश गरेमा एक पटकको लागि तीस हजाररुपैंयासम्मको निजी प्रयोगका घरायसी सामानहरु (सवारी साधन, हात हतियार, खरखजाना एवं अन्य प्रतिवन्धित सामानहरु बाहेक) ल्याएमा सम्पूर्ण महसुल छुट हुनेछ।

(ज) सेमिनार, अध्ययन, अनुसन्धान तथा शोधकार्यको लागि विदेश ओहोरदोहोर गर्ने नेपाली नागरिकले आफ्नो साथमा ल्याउने लैजाने एक थान कम्प्यूटर आवश्यक प्रमाण हेरी कुनै महसुल नलिई ल्याउन लैजान दिइनेछ।

(झ) वाणिज्य मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी व्यक्तिगत प्रयोजनको लागि पैठारी गर्न पाउने भनी तोकेको तर यस सूचनामा उल्लेख नभएका मालसामानहरु कुनै यात्रुले पैठारी गरेमा लाग्ने महसुल लिई त्यस्तो सामान जाँचपास गरिनेछ। तर त्यस्तो सामानका हकमा दफा १ को उपदफा
 (३) बमोजिम मूल्य छुट सुविधा दिइने छैन।

(ञ) विदेशबाट फर्केका यात्रुले ल्याएको सामान अन्य व्यक्तिको नाममा जम्मा गर्न वा नामसारी गरी छुटाउन पाइने छैन ।

(ट) यो सूचनामा भएको व्यवस्थाका सम्बन्धमा कुनै द्विविधा परेमा भन्सार विभागका महानिर्देशकको निर्णय अन्तिम हुनेछ ।(नेपाल सरकारले भन्सार ऐन, २०६४ को दफा ९ को उपदफा
(३) ले दिएको अधिकार प्रयोग गरी कुनै यात्रुले आफ्नो निजी गुण्टा, झिटी भारीमा आफूसँग ल्याएको वा लगेको (एकम्पनिड) वा आफू आउनुभन्दा अघि वा पछि ल्याएको वा पठाएको (अनएकम्पनिड) माल सामानमा लाग्ने भन्सार महसुल सम्वन्धमा मिति २०६५ साल कार्तिक १ गतेदेखि लागू हुने गरी प्रकाशित “निजी गुण्टा, झिटी भारी” सम्बन्धी सूचनाबाट । यो व्यवस्था आइतबारदेखि कडाइका साथ लागू गरिएको हो । कुनै यात्रुले भन्सारमा घोषणा नगरी कुनै सामान लुकाई छिपाई ल्याएमा वा ल्याउने लैजाने प्रयत्न गरेमा त्यस्ता सामान जफत गरी प्रचलित कानून बमोजिम कारबाही गर्ने चेतावनी दिइएको छ । source khabar
जनकपुरधाम, २१ भदौ । प्रादेशिक सीमाङ्कनको विरोधमा आन्दोलन गरिरहेका मधेसी मोर्चाका कार्यकर्ताले आज दिउँसो ४ बजे जनकपुर उपमहानगरपालिका–४ स्थित नेपाली काँग्रेस जिल्ला कार्यसमिति धनुषाको कार्यालयमा आगजनी गरेका छन् ।
सयौँको सङ्ख्यामा रहेको आन्दोलनकारीले कार्यालयमा पेट्रोल छर्केर आगो लगाइदिएपछि कार्यालय पूर्णरुपमा जलेर ध्वस्त भएको छ ।
यता नेकपा एमाले पार्टी कार्यालय धनुषामा आगजनी गर्न गएका मधेसी मोर्चाका कार्यकर्ता भने लखेटिएका छन् । आन्दोलनकारीको भीडलाई प्रहरीले दर्जनौँ राउन्ड हवाइ फायर र अश्रुग्यास प्रहार गरी लखेटेर कार्यालयलाई आगजनी हुनबाट जोगाएको हो । सो क्षेत्रमा अहिले सुरक्षा व्यवस्था कडा पारिएको छ । रासस
dainiknepal.com
काठमाण्डु, २१ भदौ– जिल्ला प्रशासन कार्यालय काठमाण्डुले लिंगको महलमा अन्य उल्लेख गरेर नागरिकता दिन थालेको छ । यौनिक तथा लैगिंक अल्पसंख्यक समूदायका सदस्यलाई गृहमन्त्रालयको परिपत्र अनुसार लिंगको महलमा अन्य उल्लेख गरेर नागरिकता वितरण गरिएको प्रमूख जिल्ला अधिकारी एकनारायण अर्यालले जानकारी दिए ।

काठमाण्डु नैकापकी तेस्रोलिंगी कैलाश श्रेष्ठ भूमिकाले अन्य उल्लेख गरेर नागरिकता पाइन । गृहमन्त्रालयले २०६९ पुष १७ गते यौनिक तथा लैगिंक अल्पसंख्यक समूदायका सदस्यलाई उनीहरुको पहिचान अनुसार लिंगको महलमा अन्य उल्लेख गरेर नागरिकता वितरण गर्न परिपत्र जारी गरेको थियो ।
नैकापबाट तेस्रोलिंगी कैलाश श्रेष्ठ र भूमिका एकै व्यक्ति भएको कागज पेश गरेपछि यसअघि लिएको नागरिकताको प्रतिलिपि दिदै जिल्ला प्रशासन कार्यालयले अन्य उल्लेख गरेर नागरिकता दिएको हो । यसअघि कैलाश श्रेष्ठको नागरिकतामा लिंग उल्लेख थिएन । केही जिल्ला प्रशासन कार्यालयले पहिलेनै नागरिकता लिएकाको लिंग परिवर्तन गरेर पुन वितरण गर्न नसकिनै वताउँदै आएपनि जिल्ला प्रशासन कार्यालय काठमाण्डुले गृहमन्त्रालयको परिपत्र अनुसार भूमिकालाई पहिचान अनुसारको नागरिकता दिएको हो । प्रशासन कार्यालय काठमाण्डुका प्रशासकीय अधिकृत कुलशेखर अर्यालले लिंगको महलमा अन्य उल्लेख भएको नागरिकतामा हस्ताक्षर गरेका छन् ।
यसअघि जिल्ला प्रशासन कार्यालय कैलालीले मनोज शाही मोनिकालाई लिंगको महलमा अन्य उल्लेख गरेर नागरिकता दिएको थियो । मोनिकाले राहदानी पनि अन्य उल्लेख गरेर लिइसकेकी छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमूख जिल्ला अधिकारी योगराज पाण्डेयले अन्य उल्लेख गरेर नागरिकता दिन सकिने तर पहिलेको नागरिकतामा उल्लेख भएको नाम भने परिवर्तन गर्न नसकिने वताए ।

तेस्रोलिंगी भूमिकाले कैलाश श्रेष्ठ नाम परिवर्तन गरी भूमिका श्रेष्ठकै नामबाट नागरिकता पाउनु पर्ने माग गरे पनि नाम परिवर्तन गर्न सकिने निर्देशिका र परिपत्र केही नआएकाले त्यो सम्भव नहुने पाण्डेयले वताए । अन्य उल्लेख गरेर नागरिकता दिन सकिन्छ सहायक प्रजिअ पाण्डेयले भने, तर नाम नै परिवर्तन भने गर्न सकिदैन । काठमाडौंबाट पहिलो पटक अन्य उल्लेख गरेर नागरिकता पाउने कैलाश श्रेष्ठ भूमिकालाई नील हिरा समाजकी अध्यक्ष पिंकी गुरुङ, कार्यकारी निर्देशक मनिषा ढकाल, अधिवक्ता प्रेम वहादुर थापा, सुजन पन्त, यौनिक तथा लैगिंक अल्पसंख्यकहरुको महासंघ नेपालकी राष्ट्रिय कार्यक्रम संयोजक सिमरन शेरचन र नर्वेजियन परियोजनाका कार्यक्रम अधिकृत विश्वराज अधिकारीले बधाई दिएका छन् ।
भूमिकाले अब राहदानी पनि अन्य उल्लेख भएको लिने वताएकी छन् । समाजकी अध्यक्ष गुरुङ र कार्यकारी निर्देशक ढकालले पनि लिंगको महलमा अन्य उल्लेख भएको नागरिकता लिने वताए ।
kathmandutoday.com
सोमबार, २१ भदौ
काठमाडौं । जोरपाटी एरियामा होहल्ला गर्दै आतंक मच्चाएको र गोली हानाहानमा समेत संलग्न भएको आरोपमा प्रहरीले दोलखाका तेन्जिङ शेर्पालाई प्रक्राउ गरेको छ ।
अमेरिकी पेस्तोल र त्यसमा लाग्ने गोली चार राउण्डल र एक थान म्यागेजिन सहित उनलाई प्रहरीले हेलम्बु बस बिसौनी जोरपाटीबाट पक्राउ गरेको थियो ।
उनलाई सोमबार सार्वजनिक गरिएको हो । दोलखाको विगु गाविसका शेर्पाले आइतबार बेलुका जोरपाटी बसपार्कमा रहेको एउटा होटलमा रक्सी खाएर गोली प्रहार गरेका थिए ।
बौद्ध प्रहरी वृत्तका प्रहरी नायब उपरीक्षक नरहरि रेग्मीले शेर्पाले आफु डन भएको देखाउन गोली प्रहार गरेको बताए । उनलाई हातहतियार तथा खरखजाना र ज्यान मार्ने उद्योग अन्र्तगत मद्दा चलाइने रेग्मीले बताए ।
www.nepalsandesh.com
तनहुँ, २१ भदौ-
तनहुँको व्यास नगरपालिका विज्ञानटार स्थित आदिकवि भानुभक्त क्याम्पसको हाताभित्रै एक विद्यार्थीको शव भेटिएको छ । सोमबार दिउँसो क्याम्पस परिसरमै मानहुँ घर भई व्यास १ भादगाउँ बस्दै आएका १६ बर्षीय पूर्णबहादुर आलेको शव भेटिएको हो ।

उनी दमौलीको महर्षि सँस्कृत विद्यालयमा कक्षा १० मा अध्यनरत थिए । गत शनिबार बिहान देखि बेपत्ता भएका आलेको शव सलले रुखमा झुण्ड्याईएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

मृतक आलेका आफन्तले आलेले आत्महत्या गरेको नभई अरु कसैले मारेर रुखमा झुण्ड्याएको हुनसक्ने भन्दै घटनाको सत्यतथ्य पत्ता लगाई दोषीलाई कार्वाही गर्न प्रहरीलाई आग्रह गरेका छन् ।

www.etajakhabar.com
काठमाडौँ– संविधानसभा सचिवालले आगामी असोज ४ गते नयाँ संविधान जारी गर्ने गरि कार्यतालिका तयार गरेको छ । नयाँ बन्ने संविधाननमा आफ्नो माग सम्बोधन हुनुपर्ने माग राख्दै देशभर विभिन्न पक्षको आन्दोलन चलिरहेको अवस्थामा सचिवालले असोज ४ गते एक विशेष समारोहमार्फत् राष्ट्रपतिले संविधान घोषणा गर्ने प्रस्ताव सहितको आन्तरिक कार्यतालिका तय गरि सभाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई बुझाएको हो

यही भदौ १३ गतेदेखि अनिश्चितकालका लागि स्थगित भएको संविधानसभाको बैठक मङ्गलबारका लागि बोलाइएको छ ।

बिहान ११ बजे बस्ने उक्त बैठक संशोधन प्रस्ताव पेस गर्ने अवधि समाप्त भएकाले संविधानको विधेयकलाई संविधानमा बदल्ने काममा केन्द्रित हुने बताइएको छ ।

विधेयकमाथि एक सातासम्म दफावार छलफल हुनेछ भने त्यसमा उठेमा प्रश्नमाथि मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौलाले जवाफ जवाफ दिने बताइएको छ ।
सिटौलाको जवाफपछि संशोधन प्रस्ताव फिर्ता नभएको खण्डमा मतदानमार्फत टुंगो लगाउने प्रक्रिया अवलम्वन गरिने सचिवालका एक अधिकारीले बताए ।

www.ratopati.com
एजेन्सी । पछिल्लो समय सहर बढ्दै गएका अपराधहरुमा यौन अपराध प्रमुख अपराधको रुपमा चिनिँदै गएको छ । भर्खरैमात्र जागिरको प्रलोभन देखाएर एक युवतीलाई २४ घण्टामा २७ जनाले बलात्कार गरेको घटना सार्वजनिक भएको छ ।
भारतको राजस्थानस्थित जयपुर शहरमा जागिरको प्रलोभन देखाएर एक १७ वर्षीय किशोरीको २४ घण्टासम्म लगातार बलात्कार भएको हो । खबर अनुसार पीडित किशोरी आफ्ना परिवारसँग जयपुरकै मंगोलपुरीमा बस्दै आएका थिए । घरको गरिबीका कारण उनी जागिरको खोजीमा थिइन् । किशोरीले बताएअनुसार आइतबार जयपुरका रक्की र उनका पत्नीले उनलाई जागिर दिने आश्वासन दिएर आफूसँगै जयपुर लगेर गए । त्यहाँ उनलाई एक होटलमा लगियो ।
उनलाई होटलमा राखेर रक्की श्रीमतीका साथ बहाना बनाएर बाहिर गए । त्यसपछि होटलका कर्मचारी मुकेश, अनिल, अर्जुन र एक जना अर्का कर्मचारीले उनको लगातार इज्जत लुटे । पीडित युवतीका अनुसार २४ घण्टामा उनलाई २७ जनाले पालैपालो बलात्कार गरेका थिए । उनलाई २४ घण्टासम्म केही पनि खानेकुरा दिइएको थिएन् तर, दोस्रो दिन उनी त्यहाँबाट जोखिम मोलेर भाग्न सफल भइन् र बस चढेर दिल्ली पुगिन् । दिल्ली पुगेर उनले मंगोलपुरी थानामा आफूसँग भएको शोषणको बारेमा पुलिसलाई बताइन् ।
पुलिसले पीड़ित युवतीको स्वास्थ्य परीक्षणमा बलात्कार भएको पुष्टि भएको जनाएको छ । बलात्कार भएको पुष्टि भएपछि अपहरण र सामुहिक बलात्कार ऐनअनुसार मुद्दा दर्ता गरिएको छ । पुलिसका अनुसार पीडित युवतीलाई होटलमा पु¥याउने श्रीमान श्रीमती र होटलका ४ कर्मचारीलाई पक्राउ गरिएको छ । अन्य अभियुक्तहरुको खोजी भइरहेको पुलिसले जनाएको छ ।
dainiknepal.com
काठमाडौँ, भदौ २१ ।  सुनको भाउ सोमबार तोलामा १ सय रुपैयाँ बढेको छ । आइतबार ५० हजार ४ सयमा कारोबार भएको सुन आज तोलामा आज ५० हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुन चाँदी व्यबसायी महासंघले जनाएको छ । त्यस्त्ै चाँदी भने हिजोकै भाउमा ६ सय ८५ रुपैयाँ कारोबार भइरहेको छ ।

पछिल्लो समय मुलुकमा देखिएको अस्थिर राजनीतिका कारण सुनचाँदी व्यबसाय प्रभावित हुन पुगेको व्यबसायीहरु बताउँछन् । ठुला चाडपर्व सुरु हुन लाग्दा पनि व्यबसाय सुरु हुन नसकेको व्यासायीको गुनासो छ ।
www.etajakhabar.com
काठमाडौं – एमाले नेता राजेन्द्र पाण्डेले डा.गोविन्द केसीलाई अर्को अनशनको तयारी गर्न सुझाव दिएका छन् । त्रिवि शिक्षण अस्पतालका डा.केसीले सरकारसँग ११ बुँदे सहमति गरेर १४ दिन लामो अनसन तोडेको भोली पल्टै एमाले नेता पाण्डेले सम्झौता कार्यान्वन गर्न नदिने चेतानवी दिएका छन् । कुराकानीलाई आधार मानेर एसकाठमाडौं डटकमले डा.केसीलाई फेरी अनसन बस्ने तयारी गर्न पाण्डेले सुझाव दिएको  समाचार प्रकाशित गरेको छ   ।
नेता पाण्डेले डा.केसी विदेशी मेडिकलहरुको प्रभावमा परेर देशभित्रका मेडिकल कलेजहरुलाई ध्वस्त पार्न थालेको आरोप पनि लगाएका छन् । ‘डा.केसीका कतिपय अब्यवहारीक माग र गरिएको सम्झौतामा कार्यान्वयन हुँदैन र हुन पनि सक्दैनन्,’ एमाले नेता पाण्डेले भने ‘केसी फेरी अनसन बस्न सुरु गरे हुन्छ ।’ नेपालमा स्वास्थ्यकर्मी उत्पादन गर्न नदिन देशी विदेशी गिरोह सक्रिय भएको दावी गर्दै पाण्डेले डा।केसी त्यसको मोहरा बनेको बताएका छन् । डा।केसी स्वास्थ्य क्षेत्रमा भएको बिकृति अन्त्य गर्न भन्दापनि एमालेका पूर्व अध्यक्ष तथा पहिलो कम्यूनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको नामप्रति पूर्वाग्रही भएको बताएका छन् । नेता पाण्डेले भने ‘ जहिले पनि केसी अनसनका उदेश्य दुई वटा हुन्छन् । पहिलो डाक्टर पढ्न चाहने बिद्यार्थीलाई देश बाहिर पठाउनु, दोस्रो मनमोहन नामबाट मेडिकल कलेज खोल्न नदिनु नै हो ।’ ‘जुम्लामा डाक्टर अभावले नागरिक मर्दैछन् काठमाडौमा केसी डाक्टर उत्पादन गर्नै हुँदैन भनेर ६ पटक अनसन बसीसके’ पाण्डेले भने ‘एउटा केसी भन्दा लाखौ नागरिकको ज्यान मुल्यबान छ । उहाँलाई मनमोहनप्रति मात्र डाह छ, अन्य कुरा गिरोहबाट सञ्चालित हुनुहुन्छ’ पाण्डेलाई उदृत गर्दे एसकाठमाडौं डटकमले लेखेको छ, ‘यो अहिले आरोप होला, भोली छानविन गर्दै जाँदा प्रमाणित हुन्छ ।’ www.ratopati.com
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Aug 24 (6)
  • Aug 23 (1)
  • Aug 19 (1)
  • Aug 18 (19)
  • Aug 17 (17)
  • Aug 16 (24)
  • Jan 24 (18)
  • Jan 23 (27)
  • Jan 22 (32)
  • Jan 21 (35)
  • Jan 20 (35)
  • Jan 19 (34)
  • Jan 18 (40)
  • Jan 17 (45)
  • Jan 16 (27)
  • Jan 15 (29)
  • Jan 14 (35)
  • Jan 13 (40)
  • Jan 12 (32)
  • Jan 11 (39)
  • Jan 10 (31)
  • Jan 09 (23)
  • Jan 08 (31)
  • Jan 07 (30)
  • Jan 06 (39)
  • Jan 05 (34)
  • Jan 04 (39)
  • Jan 03 (43)
  • Jan 02 (47)
  • Jan 01 (31)
  • Dec 31 (34)
  • Dec 30 (36)
  • Dec 29 (43)
  • Dec 28 (33)
  • Dec 27 (27)
  • Dec 26 (38)
  • Dec 25 (33)
  • Dec 24 (38)
  • Dec 23 (44)
  • Dec 22 (39)
  • Dec 21 (37)
  • Dec 20 (40)
  • Dec 19 (31)
  • Dec 18 (47)
  • Dec 17 (30)
  • Dec 16 (16)
  • Dec 15 (42)
  • Dec 14 (30)
  • Dec 13 (32)
  • Dec 12 (35)
  • Dec 11 (42)
  • Dec 10 (26)
  • Dec 09 (31)
  • Dec 08 (15)
  • Dec 07 (37)
  • Dec 06 (30)
  • Dec 05 (34)
  • Dec 04 (32)
  • Dec 03 (33)
  • Dec 02 (36)
  • Dec 01 (37)
  • Nov 30 (48)
  • Nov 29 (28)
  • Nov 28 (35)
  • Nov 27 (35)
  • Nov 26 (47)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (27)
  • Nov 22 (32)
  • Nov 21 (43)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (22)
  • Nov 17 (29)
  • Nov 16 (32)
  • Nov 15 (25)
  • Nov 14 (28)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (42)
  • Nov 09 (22)
  • Nov 08 (40)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (42)
  • Nov 01 (44)
  • Oct 31 (29)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (47)
  • Oct 27 (32)
  • Oct 26 (39)
  • Oct 25 (35)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (22)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (31)
  • Oct 02 (29)
  • Oct 01 (29)
  • Sep 30 (29)
  • Sep 29 (24)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (26)
  • Sep 25 (27)
  • Sep 24 (18)
  • Sep 23 (15)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (26)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (12)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (19)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (22)
  • Sep 07 (22)
  • Sep 06 (26)
  • Sep 05 (18)
  • Sep 04 (23)
  • Sep 03 (24)
  • Sep 02 (25)
  • Sep 01 (24)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (27)
  • Aug 28 (28)
  • Aug 27 (30)
  • Aug 26 (29)
  • Aug 25 (24)
  • Aug 24 (35)
  • Aug 23 (30)
  • Aug 22 (31)
  • Aug 21 (32)
  • Aug 20 (30)
  • Aug 19 (33)
  • Aug 18 (27)
  • Aug 17 (34)
  • Aug 16 (28)
  • Aug 15 (23)
  • Aug 14 (23)
  • Aug 13 (22)
  • Aug 12 (19)
  • Aug 11 (18)
  • Aug 10 (24)
  • Aug 09 (16)
  • Aug 08 (18)
  • Aug 07 (25)
  • Aug 06 (16)
  • Aug 05 (18)
  • Aug 04 (21)
  • Aug 03 (19)
  • Aug 02 (14)
  • Aug 01 (17)
  • Jul 31 (19)
  • Jul 30 (19)
  • Jul 29 (15)
  • Jul 28 (12)
  • Jul 25 (14)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home