• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
विद्युत अवरुद्ध, २५ परिवारको उद्धार
धनगढी : दुई हप्तासम्म चर्को घाम लागेको सुदूरपश्चिममा शनिबार रातिदेखिको अविरल वर्षाले कैलाली सदरमुकाम धनगढी पुरै डुबानमा परेको छ ।

धनगढीको विशालनगर, एलएनचोक, हसनपुर र शिबनगरक्षेत्र सबैभन्दा बढी डुबानमा परेका छन् । शिबनगरबाट २० परिवारलाई नेपाल प्रहरी र शसस्त्र प्रहरीले उद्धार गरेर सुरक्षित स्थानमा ल्याएको कैलालीका प्रहरी उपरीक्षक विक्रमबहादुर चन्दले जानकारी दिए ।

यस्तै धनगढी नगरपालिका-३ विशालनगरमा पनि पाँच परिवारको उद्धार गरिएको छ । नेपाल प्रहरी, शसस्त्र प्रहरी र रेडक्रसकर्मीहरुले उनीहरुको उद्धार गरेका हुन् । सो क्षेत्रमा ठुलो डुबान भएपछि स्थानीय त्रसित भएको स्थानीय टेकराज जोशीले बताए ।

निकासको ब्यवस्था नभएपछि धनगढीको मुटु मानिने एलएनचोकमा पनि चार फिटबढी डुबान भएको छ । त्यहाँ दुई दर्जन पसलमा पानी पसेको छ । एलएनचोकमा मोटरसाईकल चलाउन गाह्रो भएको छ ।


दैलेखबाट धनगढीका लागि तरकारी ल्याएको मिनी टाटा बस धनगढी नगरपालिका–४ को कैलाली नालाले बगाएको छ । पानीको सतह बढी भएका बेला राष्ट्र बैंक नजिकैको खोलामा गाडी हालेपछि बगाएको वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक मनोहर प्रसाद भट्टले जानकारी दिए ।

नगरक्षेत्रमा रहेका खोलाहरुमा अतिक्रण भएकाले पानीले निकास नपाउँदा नगरक्षेत्र डुबानमा परेको नगरबासीले बताएका छन । नगरविकास समितिले खोला नालाको छेउछाउ भू–माफियाहरुलाई विक्री गरेपछि खोलाको पानी ओभरफ्लो भएर नगरक्षेत्र डुबानमा परेको कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी उदयबहादुर सिहले बताए ।

उनले नगरक्षेत्रमा नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाल रेडक्रस सोसाईटीको टोली उद्धारमा खटिएको बताए । पानी परिरहँदा डुबानको खतरा अझै बढी हुने भएकाले नेपाली सेनाको टोली तयारी अवस्थामा बसेको सहायक प्रमुख जिल्ला अधिकारी सिंहले बताए ।

नगरक्षेत्र पुरै डुबानमा परेपनि मानवीय क्षति भएको छैन । नगरक्षेत्रका खोलाको पानी ओझरफ्लो हुन थालेपछि धनगढी नगरपालिकाले डोजर लगाएर खोलाको निकास खोल्न लागिरहेको छ ।

जल तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालय अत्तरियाले, विहान ८ बजेसम्म ५८.२ मिलिमिटर मात्रै पानी परेको जनाएको छ । थोरै पानी पर्दा पनि नगरक्षेत्र तलाउ हुनुमा खोला नाला अतिक्रमण भएको धनगढी–२ सन्तोषिटोलका स्थानीयव भोजराज जोशीले बताए ।

लगातारको वर्षातका कारण आइतबार बिहान विहान ८ बजेदेखि नगर क्षेत्रको विद्युत सेवा पनि अवरुद्ध भएको छ ।
www.annapurnapost.com
फेसबुकले मानिसलाई धेरै सजिलो बनाइदिएको छ । मानिसहरुले यसको सही हिसाबले पनि प्रयोग गरेका छन् र दुरुपयोग पनि गरिरहेका छन् ।फेसबुक ट्वीटरमा जे पायो त्यही पोष्ट गर्ने वा सन्देश पठाउने मानिसहरु सावधान हुन जरुरी छ । सामाजिक सञ्जालका प्रयोगकर्ता बढेका र अपराध पनि बढ्दै गएकाले यसबारे विभिन्न कानुन बन्दै गएका छन् । केही समय पहिले भन्दा अहिले मानिसहरु सचेत पनि भएका देखिन्छन् । नक्कली अकाण्ट बनाउने, भद्दा र अश्लिल कमेन्ट गर्ने, आपत्तिजनक पोष्ट गर्ने, अनलाइनबाटै मानिसहरुलाई धम्काउने वा सताउने गर्छन् कतिपय मानिसले । आफ्नो फेसबुक हो भन्दैमा जे गर्न पनि पाइन्छ भन्ने ठान्नु भएको छ भने समस्यामा पर्नु होला । भविष्य नै बरवाद समेत हुन सक्छ
।

पासवर्ड बाढ्ने काम नगर्नुहोस :
आफ्नो फेसबुकको पासवर्ड सधै गोप्य राख्नु पर्छ। कसैल्ले पनि तपाई संग फेसबुकको पासवर्ड मागेमा नदिनुहोला ।पासवर्ड कै कारणले गर्दा धेरै मानिसहरुले ठुलो समस्या झेल्नु परेको हुन्छ । त्यसैल्ले आफ्नो फेसबुकको पासवर्ड सधै गोप्य राख्नुहोस ।

जोशमा होश नगुमाउनुस् :
कुनै पनि सामाजिक सञ्जालमा साम्प्रदायिक भड्काव ल्याउने वा अफवाह फैलाउने ब्यक्ति पनि कानूनी कारवाहीको दायरामा पर्छन् । यस्ता ब्यक्तिलाई पनि सार्वजनिक अपराधकै मुद्धामा सजाय हन सक्छ ।

नक्कली अकाण्टबाट बँच्नुस् :
कुनै पनि ब्यक्तिले नक्कली अकाण्ट बनाउनु र त्यसको प्रयोग वा दुरुपयोग गर्नु कानूनी कारवाहीको दायरमा पर्छ । यसो गर्दा तपाइँ प्रहरीको फन्दामा पर्न सक्नु हुन्छ । कुनै पनि ब्यक्तिको अकाण्टबाट अरुलाई घोंचपेच वा दुरुपयोग गर्नेलाई पनि सजाय हुन सक्छ ।

अनावश्यक लिंकहरु क्लिक नगर्नुहोस :
आजकल फेसबुक ह्याकरहरुले फेसबुकमा अनावश्यक लिंक हरु फैल्याई रहेका हुन्छन ।यस्ता लिंक हरुलाई झुक्किएर पनि क्लिक गर्नुहुदैन ।यस्ता लिंक हरुमा क्लिक गर्नाले तपाइको फेसबुक अकाउन्ट ह्याक हुन पनि सक्छ ।त्यसैले सधै यस्ता लिंकहरु बाट टाढा रहनुहोस ।
जनचेतनाका लागि साभार गरिएको

बर्दिया, १७ साउन– बर्दियामा एक व्यक्तिले श्रीमतीसँग अनैतिक सम्बन्ध राखेको आरोपमा छिमेकीको हत्या गरेका छन् ।
गोला–७ का श्याम केसीले कुखुरी प्रहार गरी छिमेकी ३५ वर्षीय गंगाधार चोलागाईंको शनिबार राति हत्या गरेका हुन् ।
चौलागाईंको शव घर नजिकै बाटोमा फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख एसपी गोविन्दराम परियारले जानकारी दिए । घटनापछि फरार केसीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीले घटनास्थलबाट केसीले प्रहरीलाई सम्बोधन गरी लेखेको पत्र फेला पारेको छ ।
केसीले पत्रमा वैदेशिक रोजगारीमा रहेका बेला चौलागाईंले आफ्नी श्रीमतीसँग अनैतिक सम्बन्ध राखेको र विदेशबाट पठाएको रकमसमेत लिएकाले हत्या गरेको उल्लेख गरेका छन् ।
यस्तै पत्रमा केसीले आफ्नो खोजी नगर्न आग्रह गर्दै आफैं प्रहरीमा उपस्थित हुने जानकारी गराएका छन् । प्रहरीका अनुसार वैदेशिक रोजगारीका सिलसिलामा कतार गएका केसी चार दिनअघि मात्र घर फर्केका थिए ।
kathmandutoday.com
काठमाडौं । अभिनेत्री रेखा थापा अचेल बिहान पाँच बजे उठिसक्छिन् । साढे चार बजे आँखा खुल्ने भए पनि आधा घन्टा भने उनी गहिरो सोचमा डुब्ने गर्छिन् रे । ‘आज कहाँकहाँ केके काम गर्ने भन्नेबारे योजना बनाउँछु,’ उनी भन्छिन्, ‘योजना माइन्डमा सेट गरेपछि मात्रै ओछ्यान छोड्छु ।’ फ्रेस भएपछि उनी एक ठूलो ग्लास मनतातो पानी पिउँदिरहिछिन् ।
त्यसपछि सुरु हुन्छ उनको यात्रा । यात्रा, तर कहाँको रु मर्निङवाक रु ‘होइन, म जिम गर्न जान्छु,’ उनी भन्छिन्, ‘गौशालाको इन्द्रेणी फिटनेस सेन्टरमा जिम गर्न जान्छु ।’ खासमा रेखाले रामप्यारी फिल्मका लागि बिहानै उठेर जिम जाने गरेको बताइन् । ‘रामप्यारीको क्यारेक्टरअनुसार फिट हुन मैले जिम सुरु गरेकी हुँ,’ उनले खुलाइन्, ‘रामप्यारीका लागि मेरो डेली रुटिन बदलिएको छ । नत्र म त्यति सबेरै उठ्ने गर्दिनँ ।’ पाँच बजे उठ्ने बानी रामप्यारीका लागि मात्र भएको बताउने रेखा अरू वेलामा भने सात बजे मात्रै उठ्ने गर्छिन् । ‘अरू वेलामा यो रुटिन लागू हुन्न,’ उनले भनिन्, ‘अहिले खानपिन, एक्सरसाइज, निद्रा सबैमा सन्तुलन मिलाएकी छु ।’
भूकम्पअघि उनले घरमै योगा टिचर राखेर योगा सिक्ने, गर्ने गरेकी रहिछिन् । तर, भूकम्पपछि भने उनी करिब दुई महिना अमेरिका बसिन् । गत सोमबार मात्रै स्वदेश फर्किएकी उनी अचेल भने जिम सकेर आएपछि मात्रै आफैँ एक घन्टा योगा गर्ने गर्छिन् । ‘पहिला गुरुले सिकाएअनुसार आफैँ योगा गर्ने गरेकी छु,’ उनले भनिन् । अमेरिकामा रहँदा पनि नियमित रूपमा योगा र जिम गरेको उनले दाबी गरिन् । ‘त्यहाँ पनि मैले योगा र जिम गरेँ । किनभने, मलाई रामप्यारीका लागि अलिकति मोटाइ घटाउनु थियो,’ अमेरिका बसाइका क्रममा आफैँ पाँच किलो तौल घटाएको बताउँदै उनले भनिन्, ‘अहिले म ५७ किलो छु । मलाई मेरो तौलभन्दा पनि मोटोपन अलि कम गर्ने इच्छा छ ।’ उनी दैनिक करिब साढे दुई घन्टा जिम गर्ने गरेको बताउँछिन् । जिमपछि भने प्रोटिनयुक्त खानेकुरा खाने गर्छिन् ।
सधैँ फिट र फुर्तिलो रहन एक्सरसाइज गर्ने गरेको बताउने रेखा आफ्नो अनुहारको चमकलाई भने ‘गड गिफ्टेड’ भन्छिन् । ‘यो सारा सृष्टि नै सुन्दर छ,’ दार्शनिक पारा ल्याइन् उनले, ‘यहाँका हरेक वस्तु, जीव सुन्दर छन् । सबैको आ–आफ्नै विशेषतायुक्त सुन्दरता छ । तर, यो सब हेर्ने नजरमा भर पर्छ ।’ आफूचाहिँ सानैदेखि सुन्दर भएको दाबी गर्दै उनले भनिन्, ‘बच्चामा उस्तै टाइपको, किशोर अवस्थामा आफ्नै टाइपको र अहिले मेरो आफ्नै पाराको सुन्दरता कायम छ भन्ने लाग्छ ।’ रेखा आफू तनभन्दा मनको सुन्दरताको पक्षमा रहेको बताउँछिन् । ‘तनभन्दा मन सुन्दर हुनुपर्छ । जसको मन सुन्दर छैन, ऊ सधैँ दुस्खी र असन्तुष्ट हुन्छ । त्यो कुरा उसको अनुहारमा देखिन्छ । त्यसैले तनभन्दा मनको सुन्दरता निखार्नमा ध्यान दिनुपर्छ ।’
कसरी निखारिँदोरहेछ त मनको सुन्दरता रु ‘सकारात्मक सोच, कर्म र सर्कल,’ एक सासमा उनले भनिन्, ‘सधैँ सकारात्मक सोच्ने, सत्कर्म गर्ने र सकारात्मक सोचधारीको सर्कलमा रहने गर्नाले मनको सुन्दरता अटोम्याटिक रूपमा निखारिँदै जान्छ । ’ आफू तनको मात्र होइन, मनको पनि उत्तिकै सुन्दर रहेको दाबी उनको छ । ‘म कसैको निन्दा गर्दिनँ, कसैलाई दुर्वचन लगाउँदिनँ, असहाय, अशक्तको सेवामा गर्छु । अन्याय सहँदिनँ, अन्याय हुन पनि दिन्नँ,’ उनी भन्दै जान्छिन्, ‘म सधैँ सत्यको मार्गमा छु । सधैँ सत्कर्म गर्छु । त्यसैले म सधैँ खुसी र सुखी छु ।’ कस्मेटिक प्रोडक्टप्रति उनको लगाव छैन रे । त्यसैले प्रायस् उनी मेकअपविनै हिँड्ने गर्छिन् । ‘म नेचुरल ब्युटीमा विश्वास गर्छु । सौन्दर्य प्रसाधन प्रयोग गरेर सुन्दरी भइन्छ भन्ने मलाई लाग्दैन ।
फिल्मबाहेक बाहिर म प्रायस् विनामेकअपमै हिँड्ने गरेकी छु ।’ गाजल भने उनलाई मन पर्दोरहेछ । त्यसैले प्रायस् गाजल लगाउने गरेको उनले बताइन् । राति भने उनी नौ बजे सुतिसक्दिरहिछिन् । ‘बिहान छिट्टै उठ्नुपर्ने भएकाले राति भने म नौ बजे नै सुतिसक्छु,’ उनले भनिन्, ‘निद्रा पर्याप्त भएन भने शरीरमा फुर्ती आउँदैन । अनेक रोग लाग्न सक्छ । त्यसकारण समयमै सुत्ने र बिहानै उठ्ने गर्नुपर्छ ।’ टिभी हेर्न उनलाई उत्ति साह्रो मन लाग्दोरहेनछ । किताब भने निकै पढ्ने गरेकी छिन् । फिल्मचाहिँ मायाप्रेमजन्य निर्माण, अभिनय गर्ने गरेको भए पनि जीवनोपयोगी, क्रान्तिकारी तथा दर्शनका किताबमा आफ्नो विशेष लगाव रहेको उनी बताउँछिन्। अनुहार चम्किन्छ भनेर सकिनसकी पानी पिउने बानी छैन रे उनको । ‘अनुहारको चमकका लागि कतिपयले पेटमै नअटाउने गरी पानी पिउने गरेको देखेकी छु । तर, शरीरले मागेको भन्दा बढी पानी पिउनु हानिकारक हुन्छ, यो कुरामा म सजग छु ।’ उनी दिनमा बढीमा दुई लिटरसम्म पानी पिउने गर्दिरहिछिन् । ‘तिर्खा लागे मात्र पानी पिउँछु, नलागे त किन पिउनु रु’ उनी भन्छिन् । नयाँ पत्रिकामा खबर छ ।
dainiknepal.com
एजेन्सी । सलमान खानकी बहिनी अर्पिताको बर्थडे पार्टी प्रहरी सलमानको घर पुग्दा पार्टीनै खलबलिएको छ ।
धुमधाम सँग मनाई रहेको बर्थ डे पार्टीमा प्रहरी पुगी पार्टीने बन्द गराएको थियो ।
प्रहरीले सलमानको बहिनीको बर्थडे पार्टी बन्द गराउनुको कारण थियो अवेर राति सम्म पार्टी सञ्चालन गर्नु नियम बिपरीत हो ।
त्यस समय सलमानको घरमा अरबाज खान, सोनाक्षी सिन्हा लगायता सेलिब्रेटिहरु थिए ।

आज वि.सं. २०७२ श्रावण १७ गते आइतबार तदनुसार ई. सं. २०१५ अगस्ट ०२ तारिख
श्रावण कृष्ण द्वितीया, धनिष्ठा नक्षत्र, कुम्भ राशिको चन्द्रमा, सौभाग्य योग, गर करण
आजको व्रत/पर्व : द्विपुष्कर योग बिहानको ८ बजेर ३२ मिनेट सम्म,
आजको मूहुर्त : अग्निवास(होमादि), गृहारम्भ, वास्तुमुहूर्त, द्रव्यप्रयोग वा लगानी, दीक्षाग्रहण,
भोलिको मूहुर्त : अन्नप्राशन(पास्नी),

आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
बन्धुबान्धव र दाजुभाइले तपाईंका कामधन्धामा सहयोग पुर्याउने छन् । साथीभाइको राम्रो सल्लाह र सद्भावना प्राप्त हुनेछ । अपूरा कार्य पूर्ण हुनेछन् । रोकिएका सरकारी काम सुल्झाउने राम्रो समय छ । धार्मिक तथा आध्यात्मिक गतिविधिमा सहभागी बन्नु पर्नेछ र त्यसबाट प्रशंसित हुने अवसर प्राप्त हुनेछ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग गाढा रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमश्चण्डिकायै यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
सानातिना र झिनामसिना काममा तल्लीन हुनुपर्ने भएकाले आज तपाईंले दिन बितेको पत्तो पाउनु हुन्न, तर सोचेजस्तो लाभ प्राप्त गर्न अनुभवीको राय लिनु पर्नेछ । श्रमिक, पशुपालक र कृषकले आज कामबाट फुर्सद नपाउनाले बढी थाकेको अनुभूति गर्नेछन् । बेलुकाको वास वा खानपीनमा तलबितल पर्नसक्छ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग सेतो वा घिउरङ्ग हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमः शिवाय यस मन्त्रको कम्तीमा २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
आजको दिन पारिवारिक समस्या हल गर्ने दिन हो । घरबाहिर हुनुहुन्छ भने पनि जीवनसाथी वा बालबच्चासँग कुराकानी गरी व्यवहारिक जानकारी लिनु असल हुनेछ । आज आफूमुनिका नातेदारसित राम्रो व्यवहार गर्नुहोला । आफ्ना व्यक्तिगत महत्वाकांक्षा र चाहना थाती राखी काम गरेमा भाग्यबृद्धि हुनसक्छ । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग बैजनी वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमो भगवते वासुदेवाय यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
पुराना समस्या, चुनौती र सम्झनाका कारण तनाव झेल्नुपर्छ । सानातिना काम र घरेलु समस्यामै अल्मलिएर आजको दिन व्यतीत हुनेछ । यात्राका क्रममा सचेत हुनुपर्छ । परिवारका सदस्य अस्वस्थ हुनसक्छन् । आठौं चन्द्रमा छ, आवेगमा आउनु ठीक हुँदैन । शीघ्र निर्णय र क्रोध आजका शत्रु हुन् । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गं गणपतये नमः यस मन्त्रको कम्तीमा २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
सोच्दै नसोचेका कामहरू सजिलै सम्पन्न हुनेछन् । पराक्रम बढ्नुका साथै शरीर फुर्तिलो रहने छ । प्रेमसम्बन्ध र दाम्पत्य जीवन सुखमय रहनेछ । साझेदारी वा पार्टनरसीपमा कुनै काम गर्ने योजना बनाउनु भएको छ भने त्यसका लागि आज अनुकूल छ । घरायसी सुखका वस्तुको किनमेल हुनसक्छ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग छिर्केमिर्के बुट्टे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कें केतवे नमः यस मन्त्रको कम्तीमा ७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
साथीभाइ टाढिने र व्यवहार पनि शत्रुतापूर्ण हुने सम्भावना छ । विवादले अझ धेरै तनावको सिर्जना हुनसक्छ । मुद्दामामिला र अड्डाअदालतको काममा बिलम्ब हुने सम्भावना छ । प्रतियोगिताबाट निराशा हात लाग्नेछ । तार्किक र बौद्धिक क्षेत्रबाट सफलता लिन सकिंदैन, पढाइलेखाइमा ध्यानकेन्द्रित हुँदैन । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ मृत्युञ्जयाय नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
आज बौद्धिक क्रियाकलाप, दर्शन र चिन्तनप्रति जसरी भएपनि समय निकाल्न सके राम्रो हुन्छ । अध्ययन, अध्यापन र लेखनकार्यमा आज गरिएको मिहिनेतले पछि काम गर्नसक्छ । व्यावहारिक र प्राविधिक काममा ठूलो सफलता नमिल्न सक्छ । भाइबहिनी र छोराछोरीका समस्यामा केन्द्रित हुने दिन छ । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शं शनैश्चराय नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
महत्वाकाङ्क्षी योजना कार्यान्वयन गर्दै हुनुहुन्छ भने गोप्य राखेमा मात्र सफलता पाउनुहुनेछ, अन्यथा नयाँ काममा हात हाल्नु श्रेयस्कर हुँदैन । आफूमुनिका परिवारजनसँगको आत्मीयतामा कमी आउनसक्छ । मित्र र सहयोगीको साथ पाउन सकिंदैन । पारिवारिक समस्यामा समय र धन खर्च हुनसक्छ । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बृं बृहस्पतये नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
धार्मिक, सामाजिक काम वा परोपकारका क्षेत्रमा समय र धन खर्च गर्ने समय आएको छ । उपहार पुरस्कार आदि मिल्नेछ । बन्दव्यापारका क्षेत्रमा नयाँ काम गर्ने सोच बनाउनु भएको छ भने आज त्यसका लागि अनुकूल समय आएको छ । भाइबहिनीका तर्फबाट खुसीको खबर प्राप्त हुने सम्भावना समेत छ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग सिन्दुरे रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ हं हनुमते नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
मनमा कौतूहलता र छटपटी भए पनि आजको दिन आर्थिक रूपमा सामान्यतया लाभ प्राप्त हुनेछ । परिवारमा कलह, विवाद र झगडाको वातावरण सिर्जना हुनसक्छ । मित्र र सहयोगीले सहयोग गर्न सक्ने छैनन् । समग्रमा धैर्य, संयम र सचेत भई बस्नु जायज हुनेछ । दिनदुःखीलाई गरेको सहयोगले भाग्य बढ्ने छ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सफा र चम्किलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शुं शुक्राय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
मित्र र सहयोगीले तपाईंको सहायता गर्नेछन् । तपाईंका महत्वाकाङ्क्षा र इच्छाहरू पूर्ण हुनेछन् । कुनै लाभदायक वस्तुको किनमेल र कारोबार गरिने छ । लामो दूरीको लाभदायक यात्राको सम्भावना छ । घरायसी वातावरण पनि तपाईंको पक्षमा रहनेछ । समग्रतामा अत्यन्त राम्रो परिणाम प्राप्त हुनेछ । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बुं बुधाय नमः यस मन्त्रको कम्तीमा ८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
खर्चालु समय छ, चिताउँदै नचिताएको कुनै क्षेत्रमा खर्च बढ्ने सम्भावना छ । शरीरमा आलस्य र थकानको अनुभव हुनेछ । गरेका काममा साथसहयोग वा सद्भाव मिल्न कठिन छ । मनमा अशान्ति र छटपटी व्याप्त हुने छ । गरेका काममा छिट्टै सफलता प्राप्त नहुँदा दिक्क लाग्नेछ । साथीभाइ टाढिने छन् । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग हलुका रातो वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कुलदेवताभ्यो नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । (ज्योतिष कृष्णप्रसाद कोइराला बाट)


खानामा हुने क्याल्सियम तथा फोस्फोरस आन्द्रामा शोषित हुने वा गराउने कार्यमा भिटामिन डीले ज्यादै ठूलो भूमिका निर्वाह गर्छ ।
हाम्रो शरीरलाई आवश्यक पर्नेमध्ये करीब ८० देखि ९० प्रतिशत भिटामिन डी हामीले सूर्यको किरणबाट प्राप्त गर्दछौं भने करीब १० देखि २० प्रतिशतमात्रै हामीले खाने खाना वा अन्य पौष्टिक तत्वबाट प्राप्त हुन्छन् । भिटामिन डी शरीरले शोषण गरेपछि एक प्रकारको हार्माेनमा परिणत हुन्छ । हाम्रो शरीरमा सक्रिय रूपमा रहने भिटामिन डीको स्वरूप अर्थात् हार्मोनलाई ‘क्याल्सिट्रिवल’ भनिन्छ ।

क्याल्सिट्रिवलले खानाबाट प्राप्त हुने क्याल्सियम र फोस्फोरसलाई आन्द्रामा शोषण गर्ने/गराउने र तिनलाई पुनः मिर्गौलामा ग्रहण गराई शरीरको रक्तसञ्चार प्रणालीमा प्रवाहित गराउन मद्दत गर्दछ । समाजमा भिटामिन डी कमी भई समस्याग्रस्त हुने धेरै व्यक्ति वा समूह छन् । तल उल्लेख गरिएका मानिसमा भिटामिन डी कमी हुने बढी सम्भावना रहन्छ ।
–    गोरो छाला हुने व्यक्तिको दाँजोमा कालो छाला हुने व्यक्तिलाई सूर्यको किरणबाट भिटामिन डी प्राप्त गर्न धेरैबेर घाममा बस्नुपर्ने हुन्छ । त्यसकारण नेपालीहरू जो पश्चिमा झैं पूरै निख्खर छाला हुनुको साँटो गहुँगोरो वा कालो वर्णका हुन्छन्, तिनीहरूमा भिटामिन डी कमी हुने बढी सम्भावना रहन्छ ।
–    वयष्क मानिसको छाला जवान मानिसको भन्दा पातलो हुने हुँदा तिनीहरूको शरीरले जवान वा कम उमेरका मानिसको दाँजोमा कम भिटामिन डी उत्पादन गर्ने हुन्छ ।

–    दिनभर नै कपडाले ढाकेर वा सनस्क्रिन लगाएर आफ्नो छाला ढाकिरहने व्यक्तिमा पनि सूर्यको किरण प्रत्यक्ष रुपमा पर्न नपाई भिटामिन डी कमी हुने गर्छ ।
–    दिनमा बढी समय घरभित्रै बिताउने, रात्रिकालीन जागिर गर्ने वा हस्पिटलभित्र लामो समयसम्म काम गर्नेमा पनि भिटामिन डी कमी हुने गर्दछ ।
–    त्यस्तै पृथ्वीको भूमध्य रेखाभन्दा टाढाको भौगोलिक क्षेत्रमा बसोबास गर्ने मानिसमा सूर्यको किरण पर्ने समय निकै कम हुन्छ । खासगरी, अमेरिकाको उत्तरी भू–भाग र क्यानडामा बसोबास गर्ने मानिसमा सूर्यको किरण कम पर्छ ।
–    यदि स्तनपान गराउने महिलाले थप भिटामिन डी तथा क्याल्सियम लिँदैनन् भने तिनीहरूमा भिटामिन डीको कमी हुने सम्भावना रहन्छ ।
–    अस्वाभाविक रूपमा बढी तौल भएका व्यक्तिमा भिटामिन डीको कमी रहन्छ ।
–    छालामा सूर्यको किरण परेपछि भिटामिन डी बन्ने गर्दछ । त्यससपछि भिटामिन डीलाई शरीरले उपभोग गर्नसक्ने तुल्याउन थुप्रै रासायनिक प्रक्रिया हुने गर्दछन् । उत्पादित भिटामिनलाई कलेजोमा पठाउने काम हुन्छ ।
यदि हामीले थप भिटामिन डी वा भिटामिन डीयुक्त खाना खान्छौं भने पनि हाम्रो आन्द्राले त्यसलाई ग्रहण गरी कलेजो मै पठाउछ । कलेजोले उक्त भिटामिनलाई २५ (ओएच) डीमा परिणत गर्दछ । चिकित्सकले रगतमा भिटामिन डीको जाँच गर्न सल्लाह दिएमा जाँचिने तत्व नै २५ (ओ एच) डी हो । यही तत्वलाई रक्तसञ्चार माध्यमबाट मिर्गौलालगायत शरीरका सम्पूर्ण भागमा पु¥याउने काम हुन्छ । मिर्गौलाले उक्त तत्वलाई भिटामिन डीको सक्रिय रूपमा परिणत गर्छ र त्यही रूपको भिटामिन डीले हाम्रो शरीरमा आवश्यक क्रियाकलाप गर्ने गर्छ । शरीरमा भिटामिन डी कमी हुँदा ज्यादै थकाई लाग्ने, शरीर दुख्ने, कम्मर दुख्ने आदि हुन्छन् । तर कोहीकोहीमा भने कुनै पनि लक्षण नै नदेखिने पनि हुनसक्छ ।
भिटामिन कम भई जटिल अवस्थामा शरीरका हड्डी नै दुख्ने, ज्यादा कमजोर महसुस हुने र बिरामीलाई हिड्डुल गर्नसमेत अप्ठेरो पर्न सक्ने हुन्छ । कसै–कसैलाई चाहिँ शरीरमा बारम्बार किटाणुको संक्रमण भइरहने पनि हुन सक्छन् ।
धेरैजसो मानिसहरू आफूलाई कुनै समस्या नहुँदा पनि थप भिटामिन डीको मात्रा लिने गर्छन् । यदि ज्यादा मात्रामा भिटामिन डी खाएमा त्यसले शरीरमा विषादीकै जस्तो असर गरी हानी पु¥याउन सक्छ । यदि हामीले प्रतिदिन ४०,००० आइयुको मात्रामा भिटामिन डी लिई केही महिनासम्म लिने वा एकैपटक लिए पनि सोभन्दा बढी मात्रामा लियौ भने हानी गर्दछ ।
भिटामिन डी चिल्लो पदार्थमा घुलनशील हुने हुँदा यो हाम्रो शरीरबाट सजिलै हटेर जाँदैन । त्यसकारण हाम्रो रगतमा भिटामिन डीको मात्रा बढी हुन्छ र त्यसले रगतमा क्याल्सियमको मात्रा पनि बढाउछ । रगतमा आवश्यकभन्दा बढी क्याल्सियम हुने अवस्थालाई ‘हाइपरक्याल्सिमिया’ भनिन्छ । यस्तो हुँदा निम्न लक्षण देखा पर्दछन् :
–    अत्याधिक थकाई लाग्ने
–    दिग्भ्रमित हुने वा अलमलमा पर्ने
–    बारम्बार पिसाब फेर्न मन लाग्ने
–    पेट दुख्ने
–    मांशपेशी कमजोर भएको महसुस हुने ।
–    दिसा गोटा पर्ने (कब्जियत हुने) वा पखाला लाग्ने
–    तिर्खाएको महसुस हुने ।
–    खाना अरूची हुने वा खाना खान मनै नलाग्ने ।
– हाइपर क्याल्सिमियाको जोखिम कम गर्न वा त्यसलाई नियन्त्रण गर्न बिरामीले चिकित्सकसँग परामर्श लिनुपर्छ । साथै थप भिटामिन डीको सेवन सुरु गर्दा वा पुनः सुचारू गर्दासमेत चिकित्सकको सल्लाह अनिवार्य हुन्छ ।
काल्पनिकता र वास्तविकता
संसारमा हालै गरिएका विभिन्न अनुसन्धानले के देखाएका छ भने माथि उल्लेखित जोखिमलाई न्यूनिकरण गर्न भिटामिन डीको कुनै महत्वपूर्ण भूमिका हुँदैन । तर हामीले हाम्रो अनुभव र अनुसन्धानबाट के पत्ता लगाएका छौं भने भिटामिन डीको कमी भएका व्यक्तिलाई उपयुक्त उपचार वा भिटामिन डी सेवनले यसबाट उत्पन्न विभिन्न समस्या निर्मूल पार्न सकिन्छ ।

अर्को महत्वपूर्ण कुरा पनि के देखिएको छ भने हाम्रो देशका पहाडि भेगका मानिसमा रगतमा हुने भिटामिन डीको मात्रा तराई वा शहरमा बस्ने मानिसभन्दा बढी देखिन्छ । अर्को कुरा, नेपालीको शरीरमा सामान्य जोखिममुक्त भिटामिन डीको मात्रा अरू देशका मानिसभन्दा कम पनि हुन सक्दछ । यसका लागि वृहत राष्ट्रिय अनुसन्धान जरूरी छ ।
भिटामिन डी प्रशस्त पाइने खाना
हामीले खाने खानाबाट भिटामिन डी प्राप्त गर्नु भनेको अत्यन्तै गाह्रो काम हो । भिटामिन डी हाम्रो खानामध्ये एकदमै थोरै प्रकारका खानामा मात्रै पाइन्छ ।
 भिटामिन डीयुक्त खानामध्येका केही निम्न बमोजिमका छनः
– टुना, म्याकरेल र साल्मोनजस्ता बोसोयुक्त माछा
–    थप भिटामिन डीद्वारा प्रबद्र्धित खाना जस्तै, दुग्धजन्य पदार्थ (चिज), सुन्तलाको जुस, सोया मिल्क (भटमासको दूध) र गेडागुडी
–    कलेजो
–    चिज
–    अण्डाको पहेँलो भाग
हाम्रो खानाबाट मात्रै हामीलाई चाहिने जति भिटामिन डी प्राप्त गर्न सजिलो छैन । अध्ययनहरूले के देखाएका छन् भने हामीलाई आवश्यक पर्ने मात्रामध्ये केवल २० प्रतिशत मात्रै भिटामिन डी हामीले खाने खानाबाट प्राप्त हुन्छ ।
तर जब हामी घाममा हिंड्छौ, हाम्रो शरीरको कपडाले नढाकिएका छालाले सूर्यको किरणबाटै आफूलाई चाहिने जति भिटामिन डी प्राप्त गर्छन् र प्राकृतिक रूपमै हामी भिटामिन डी उपभोग गर्न पाउँछौं ।
(डा. नेपाल आर्थोपेडिक्स सर्जन हुन् । उनी नर्भिक इन्टरनेशनल हस्पिटलमा कार्यरत छन् ) स्वास्थ्य खबरपत्रिकाबाट साभार

तपाईं आफ्नो प्रेमीलाई असाध्यै माया गर्नुहुन्छ होला। तर, हरेक कुरा उनको लागि मात्र नभई केही आफ्नो लागि पनि गर्नुपर्छ। शरीर र मस्तिष्कलाई आफ्नै नियन्त्रणमा राख्नुपर्छ।

कुनै पनि काम प्रेमीलाई खुसी पारेर उनको प्रेम पाउनका लागि मात्र गर्नुहुँदैन। यदि प्रेमी खुसी बनाउन चाहनुहुन्छ भने निम्न कुरामा ध्यान दिनुहोस्:
नियमित व्यायाम
स्वास्थ्यवद्र्धक खाना र व्यायाम दैनिक जीवनमा अत्यन्त महत्त्वपूर्ण हुन्छ, तर यसलाई नियमितता दिनुपर्छ। आफैंबाट राम्रो अनुभव गर्न र स्वस्थ जीवन बिताउन व्यायाम गर्नुपर्छ। यदि प्रेमीको लागि मात्र व्यायाम गर्दै हुनुहुन्छ भने समयको खेर फाल्नुमात्र हुन्छ। तपाईंको व्यक्तित्वको कारण तपाईं उनको रोजाइमा पर्नुपर्छ।
सेभ गर्ने
कुनै प्रेमी शरीरका विभिन्न भागमा रौं नभएको प्रेमिका भएको मन पराउँछन्। त्यसैले तपाईं आफ्ना प्रेमीलाई खुसी राख्न चाहनुहुन्छ भने आफ्ना शरीरमा रहेका रौंहरू हटाउनुपर्छ। यसले तपाईंको व्यक्तित्वमा निखार ल्याउँछ।
मन परेको कपडा किन्ने
तपाईं असहज महसुस गर्नुहुन्छ भने नाइटी वा अन्य अर्धवस्त्र किन्नु जरुरी छैन। शरीर ढाक्ने कपडा लगाउन मन पराउनुहुन्छ भने केवल प्रेमीकै लागि भनेर छोटा कपडा किन्न हुँदैन। जे लगाउन चाहनुहुन्छ त्यहि लगाउनुस्। तपाईंको प्रेमीले साँच्चै प्रेम गर्छन् भने जस्तोसुकै पोसाकमा पनि तपाईंलाई राम्रै देख्छन्।
किस गर्ने
आफ्नो अन्तरंग सम्बन्ध बनाउन चाहनु राम्रो कुरा हो। तर प्रेमीलाई सहानुभूति दिन मात्र यस्तो नगर्नुस्। प्रेमीले कुनै कुरा गर्नको लागि दबाब दिए भने त्यसलाई वास्तै नगर्नुस् वा नाइँ भन्नुस्। तपाईंलाई बुझ्न नसक्ने व्यक्ति तपाईंको प्रेमको लायक हुँदैन। सहज वातावरण छ भने प्रेमीलाई किस गर्नुस्।
हरेक इच्छा बाँड्ने
प्रेमीलाई मन पर्ने टीभी शो हेर्नु राम्रै कुरा हो तर यसमा आफूलाई बाध्य बनाउनु हुँदैन। उनको साथमा नहुँदा पनि उनलाई मन पर्ने कार्यक्रममात्र हेरेर बस्ने बानी गर्नुहुँदैन। यस्तो गर्दा तपाईंको प्रेमीले आफूलाई जे मन पर्छ तपाईंलाई पनि त्यही मन पर्छ भन्ने सोच्न सक्छन्। त्यसैले इच्छाहरू बाँड्ने गर्नुस्। – एजेन्सीको सहयोगमा

मानिसको जन्मको समयमा नै उक्त मानिसको धन, जीवनसाथी, भाग्य र समय-समयमा हुने रोग र मृत्युको कारण पनि लेखिएको हुने बताइन्छ । ईश्वरले मानिसको जन्मसँगै यी सबै विषयको तय भइसकेको हुन्छ ।
मानिसको जन्मका आधारमा बनाइएको जन्मकुण्डली पढेर पनि उक्त मानिसको धन, जीवनसाथी, भाग्य र समय-समयमा हुने रोग र मृत्युका कारणबारे ज्ञान हासिल गर्न सकिन्छ । जन्मकुण्डली हेरेर यो पनि अन्दाज लगाउन सकिन्छ की कुनै व्यक्तिलाई कुनै गम्भिर रोग जस्तै क्यान्सर या एड्स रोग लाग्छ या लाग्दैन ।

ज्योतिषशास्त्रका अनुसार जसको कुण्डलीमा आठौ घर मंगल, शनि, शुक्र र राहुको प्रभाव हुने गर्छ, उनीहरूलाई एड्स हुने सम्भावना पनि बढी नै हुने गर्छ । जन्मुण्डलीको आठौ स्थानलाई रोगको घर समेत मान्ने गरिन्छ । आठौ घरका मुख्य ग्रह र उक्त घरमा जुन ग्रहको दृष्टी परेको हुन्छ, ती शुभ अवस्थामा हुँदैनन् । यसका अलावा शुक्र, मंगल र शनी आठौ घरमा रहेको देखिए एड्स हुने सम्भावना अर्थात् योग बन्ने गर्छ ।स्रोतः नेपालीहेडलाइन्स्

यूरिक एसिड बडेर हुने जोर्नी दुखाईलाई साधारण भाषामा बाथ रोग भनेर बुझ्ने गरिन्छ । यो उपापचय संग सम्बंधित रोग हो, जुन खाने कुरासँग सम्बन्धित हुन्छ। खानेकुरा खाए पश्चात् शरीरमा यूरीक एसिड बन्छ तर बनेको यूरिक एसिड यूरियामा परिवर्तन हुन नसक्दा यूरिक एसिड को मात्रा बड्छ र बाथ जन्मिन्छ ।




 प्रोटिनयुक्त खाना बढी, अल्कोहल, पेय पदार्थ, रातो मासु बढी खाने गरेमा यूरीक एसिडबाट हुने बाथ बढ्ने सम्भावना हुन्छ। यूरिक एसिड जस्तो शरीरभित्र बाटै उत्पन्न हुने बाथलाई समयमै पहिचान गर्न सकेमा यसबाट बचाउन र निर्मुल गर्न पनि सकिन्छ ।
हाम्रो धर्म संस्कारमा केही जीवन उपयोगी नीति छन् । जसको अनुसरण गरेमा हाम्रो जीवनमा सहज हुन्छ ।

शास्त्रमा ऋषि मुनीहरुले भनेका कतिपय कुराहरु असाध्यै ब्यवहारिक र बैज्ञानिक लाग्छन् ।


नीति शास्त्रमा भनेको छः



ऋणकर्ता पिता शत्रुर्माता च व्यभिचारिणी।
भार्या रूपवती शत्रु: पुत्र: शत्रुरपण्डित:।।

ऋणमा डुवाएर छोड्ने बाबु र विचार ब्यविचारिणी अर्थात परपुरुषसँग प्रेम गर्ने आमा तथा मुर्ख छोरो शत्रु बराबर हुन् ।

धन्यो बहुभि: पुत्रै: कुशूलापूरणाढकै:।
वरमेक: कुलालम्बी यत्रविश्रयूते पिता।।

यसको अर्थ हुन्छ खरानीले भरिएको भाँडो जस्तै मुर्ख सन्तानबाट पनि कुनै कुरा प्राप्त हुँदैन । बरु कुलको ख्याल गरेर सबैलाई सम्मान गर्न जान्ने ब्यवहारिक पुत्रले शान्ति दिन्छ एवं कुलको इज्जत पनि राख्छ ।

अवश्यम्भाविनो भावा भवन्ति महतामपि।
नग्नत्वं नीलकण्ठस्य महाहिशयनं हरे:।।

यसको अर्थ हो कि प्रतापी, वैभवशाली र महान ब्यक्तिले पनि संसारका अनेक दुःखको सामना गर्नु पर्छ । भगवानका पनि भगवान भनिएका शिवले समेत वस्त्रविहिन दिगम्बरकोरुप धारण गर्नु पर्‍यो । यस कारण कुनै समस्या आउँदैमा आत्तिने र सुख पर्दैमा मात्तिने गर्नु हुँदैन । जीवनमा सुख र दुःख आउने जाने भैरहन्छ ।

न संशयमनारूह्य नरो भद्राणि पश्यति।
संशयं पुनरारूह्य यदि जीवति, पश्यति।।

यसको अर्थ हो जीवनमा जोखिम लिन नसक्ने ब्यक्तिले सुख र सौभाग्यको उपभोग पनि गर्न पाउँदैन । कुनै पनि सकारात्मक कुरामा जोखिम उठाइसकेपछि त्यसको अन्त्य सुखद हुने निश्चित छ ।



माता शत्रु: पिता वैरी येन बालो न पाठित:।
न शोभते सभामध्ये हंसमध्ये बको यथा।।

यसको अर्थ हुन्छः आफ्ना सन्तानलाई विद्या ज्ञान नदिने बाबुआमा शत्रु समान हुन् । अशिक्षित ब्यक्ति विद्वानका माझमा केवल हाँसकोबीचमा बकुल्ला जस्तै मानिन्छ ।
समीर लामा 
टिचिङ अस्पतालको इमर्जेन्सी कक्ष। बिहानको  साढे  चार बजे पनि बिरामीको भीड छ। धेरैजसो चुपचाप अचेत अवस्थामा सुतिरहेका छन्। ग्रीन एरियामा थोरै आवतजावत र चहलपहल छ।  यलो र रेड एरियामा सबै चुपचाप छन्, मनिटरहरु कराएको मात्र सुनिन्छ। सबैको हातमा क्यानुला लागेको छ, कसैको सलाइन जोडिएको छ।

स्टाफहरु आफ्नै काममा व्यस्त छन्, कोही बिरामी र उनीहरुका आफन्तसँग कुरा गरिरहेका छन्,  सिस्टरहरु विरामीलाई औषधी दिन, विरामीको रगत जाँचको लागि पठाउन व्यस्त छन्। कोही स्टेसनमा बसेर लेखिरहेका छन् कोही भने रातभरीको व्यस्तताले हो कि झुलीरहेका देखिन्छन्। बाहिर निस्कने बाटो छेउको एउटा कुनामा एकजना डक्टर मोबाइलमा कुरा गरिरहेका छन्। लामबाउले सेतो एप्रोन, घाटीमा स्टेथेस्कोप भिरेका उनी चिन्तित मु›ामा एकहातले चस्मा मिलाउँदै अर्को हातले समातेको मोबाइलमा भनिरहेका छन्– तिमी कस्तो मेरो कुरा बु‰दैनौ, म अहिले ड्युटीमा छु के। तिम्रो अन्तिम डिसिजन त्यही हो त? म तिम्लाई मेरो ड्युटीपछि भेट्छु नि, हुन्छ?

‘डाक्टर आदर्श, डाक्टर आदर्श, रेड एरियामा पेसेन्ट, तुरुन्त आउनुस्।‘ एकजना नर्स उनी भएतिर दौडेर आइपुगिन्। ‘पेसेन्ट असिस्टोल (मुटुको चाल बन्द भएको अवस्था) मा छ, सीपीआर (बन्द भएको मुटुलाई छाती थिचेर रक्तसंचार गराउने उपचार प्रकृया) हुँदैछ, छिट्टो आउनुस्।‘

‘ल, बिरामी आयो, म गएँ है, सि यु।‘ कल इन्ड पनि नगरी एप्रोनको खल्तीमा मोबाइल हालेर उनी रेड एरिया तिर दौडे।

रेड एरिया पुग्दा सीपीआर भइरहेको रहेछ, डा. विश्वास छाती थिचिरहेका थिए भने डा. सुशिल (इन्टर्न) बिरामीको मुखमा मास्क समाई अक्सिजन दिइरहेका थिए। आदर्श डाक्टरले जाने बित्तिकै कमान्ड सम्हाले –हिस्ट्री भन त विश्वास।

डाक्टर विश्वासले भने– वीरबहादुर गुरुङ, नन केस अफ हाइपरटेन्सन, डायबिटिज, सीओपीडी, अस्तिदेखी कफ, फिभर, सर्ट नेस अफ ब्रेथ (पहिलेदेखी उच्च रक्तचाप, मधुमेह, दमको रोगी, अस्तिदेखी खोकी, ज्वरो, सास फेर्न गाह्रो) थियो रे, आज बिहान बेहोस जस्तो हुनुभो रे, एम्बुलेन्समा बोलिराख्नु भाथ्यो रे, एम्बुलेन्सबाट ओलारेपछि पूरै बेहोस् हुनुभो रे।

डा. विश्वास बोल्दै पनि थिए, बिरामीको छाती पनि थिच्दै थिए। निशा सिस्टरले एकै सासमा भनिन्– यहाँ हाम्ले हेर्दा चै पल्स फिबल मात्रै थियो, बीपी रेकर्डेबल थिएन (नाडीको चाल एकदमै सुस्त, नाप्दा बीपी थिएन), मनिटरमा जोड्दाजोड्दै असिस्टोल(मुटुको धड्कन बन्द हुनु) देखायो, अनि वहाँहरु आएर सीपीआर शुरु गरेको।

‘ओके, तिमीहरु दुईजना मिलेर चेस्ट कम्प्रेसन कन्टिन्यु गर, म इन्टुबेसन (मुखबाट पाइप हालेर कृत्रिम श्वास दिने प्रकृया)गर्छु।‘ डाक्टर आदर्शले भने ‘सिस्टर, इन्टुबेसनलाई सब रेडी छ नि? ट्युब ७ को, केटामिन १०० एमजी, सक्स १०० एमजी है, अनि सक्सन रेडी छ नि है।‘

उनी बिरामीको उपचारमा जुटे। अरु डाक्टर र नर्स अह्राए।

फेरि मोबाइलमा घन्टी बज्न थाल्यो। ‘फोनलाई नि यै बेला आउनुपर्छ‘ उनी झर्किए।

घाटीको स्टेथ झिकेर बिरामीको छातीमा लगाइसकेपछि उनले भने – ठीक छ दाइ।

“फिक्स गर्दिम् सिस्टर“ “एड्रेनालिन पाउनु भा हो?“

‘एक साइकल पाउनुभो डक्टर।‘ फोनको घन्टी एकछिनमा बन्द भयो। डाक्टर आदर्शको टोलीको प्रयासले बिरामी श्वास फेर्न थालेका थिए।

 एकजना ३० वर्षका  युवक बिरामी नजिक आए।

‘वहाँ तपाईंको को हो?‘

‘मेरो बुवा।‘

‘ए, म डाक्टर आदर्श हुँ, अहिले बुवाको अवस्था निकै चिन्ताजनक छ, अघि उहाँको मुटुले काम गर्न छोडेर हामीले बाहिरबाट छाती थिचेर, औषधी गरेर मुटु फेरि चल्न थालेको छ, उहाँले आफंैले सास फेर्न नसक्नुभएकोले मुखबाट यो पाइप हालेर फोक्सोसम्म पुर्‍याई अक्सिजन दिइरहेका छांै। पहिलेदेखिको दमको रोग, त्यो अहिले बढेको अनि सुगर पनि एकदमै कम भएकोले यस्तो भएको हुनसक्छ।‘ उनले ती युवकलाई सान्तवना दिए। मनिटर लगातार टुट टुट टुट गरेर बजिरहेको छ, इमर्जेन्सीमा भिड र हल्लामा त्यो आवाज हराउँदै जान्छ।

***
नाइट ड्युटी सकेर खाना खाइ सुतेको उनी एकैपटक बेलुका ब्युझे। मोबाइलमा १० वटा मिस्डकल थिए, मेसेज नि आएको रहेछ– आइ वान्ट टु मिट यु, प्लिज कल मी। ४ घण्टाअघि रियाले  पठाएको मेसेज रहेछ, मिस्ड कल पनि रियाका नै थिए। डाक्टर आदर्श बिस्तराबाट उठे–  हत्तेरिका, कस्तोसँग सुतिएछ त।

उनले कलब्याक गरे। ‘हेल्लो रिया,  सरी म पोस्ट ड्युटी सुतिरहेको थिएँ, तिम्रो कल मेसेज सबै मिस भो।‘

‘यु नो, तिमीलाई हाम्रो रिलेसनको मतलब नै छैन।‘ रियाले झर्केर जवाफ दिइन्।

‘त्यस्तो हैन, ड्युटी बीजी भएको थ्यो, निन्›ा लाग्यो सुतियो, के गर्नु त।‘ उनले सम्झाउन कोशिश गरे।

‘ओके, म फर्दर स्टडीको लागि अस्ट्रेलिया जादैछु, भेट्ने हो कि हैन?‘

‘के रे?‘ रियाको  कुराले उनी आश्चार्यमा परे।

‘या‘

‘अनि म? हाम्रो रिलेसन?‘ अक्कमक्क पर्दै उनले सोधे।

‘लेट्स सी ह्वाट फ्युचर हेज फर अस्।‘

‘तेसो भए भेट्ने चाहीँ किन नि? भविष्य नभएको सम्बन्धमा झुण्डिएर बस्न म चाहन्नँ। त्यसैले भेट्नुभन्दा नभेट्नु नै बेस्। गुड बाई।“ उनले फोन काटिदिए।

उनको टाउको भारी भयो, फेरि बेडमा पल्टिए। आँखामा रियासँग बिताएका पलहरु एकपछि अर्को गरेर आउँदै हराउँदै गए। आदर्श र रिया एमबीबीएस पढ्ताताकाका साथी थिए। शुरुवातका दिनदेखि नै नजिक थिए, कसरी कहिले त्यो मित्रतामा प्रेम पलाउन थाल्यो दुवैलाई पत्तो नै भएन। साथीहरुले जिस्काउन थालेपछि बल्ल दुबैलाई त्यो आकर्षण महसुस भयो। त्यो लेक्चर हल, त्यो ल्याब रुम, क्लिनिकल पोस्टिङका पलहरु, त्यो चिया पसल, ती इभिनिङ वाकहरु, सबैसबै एउटा फिल्म जसरी आदर्शको आँखामा आए। एमबिबिएस सकिएपछि आदर्शले टिचिङ अस्पतालमा काम गर्न थाले, रिया भने बाहिर जाने तयारीमा लागिन्। रियालाई नेपाल बस्न मनै थिएन, आदर्शलाई नेपाल छोड्न मनै थिएन। यसै कुरालाई लिएर दुबैबीच धेरैपल्ट झगडा पनि परिसकेको थियो।
***

सधैंझे आफूले भर्ना गरेको बिरामी भेट्न उनी वार्डतिर गएको थियो। एनेक्स २ को बेड नं. ६०४ मा थिए, वीरबहादुर गुरुङ, उही इमर्जेन्सीमा ४ दिनअघि डाक्टर आदर्शले हेरेको बिरामी। ढोकामा नक गरेर उनी भित्र छिरे। मुस्कुराउँदै उनले भने– नमस्ते, सञ्चै हुनुहुन्छ बुवा?

छोराले नमस्ते फर्काउँदै भने– ए डा‘साब पो आउनुभएछ, हजुर अहिले त अली राम्रो भ'को छ। तीन दिनमै आइसीयुबाट यता सार्न सकियो, राम्रो सुधार भइर‘को छ।

वरीपरी परिवारका मान्छे थिए, कसैलाई उनले अस्ति इमर्जेन्सीमा देखेको थिए भने कोइ नयाँ पनि थिए।

‘बुवा उहाँले नै अस्ति इमर्जेन्सीमा पहिलो पटक हजुरलाई हेर्नुभएको थियो, उहाँको मेहेनतले नै हजुरको ज्यान जोगाउन सफल भका हौं।‘ छोराले बिरामी बुवालाई डाक्टर आदर्शको  परिचय दिए।

बिरामीले हात जोडेर नमस्ते गर्न खोजे। डाक्टर आदर्शले मुस्काएर भने– पर्दैन बुवा, बिरामी उपचार गर्ने त हाम्रो काम नै हो नि। ‘मुटुको धड्कन नै बन्द भइसकेपछि फर्कने सम्भावना एकदम कम हुन्छ, हामीले प्रयास गर्यौं भगवानले साथ दिनुभो। धेरै सुधार भएको रहेछ, अब छिट्टै नै डिस्चार्ज पनि हुनुहुन्छ होला। हस् म अहिले लाग्छु, हजुरलाई हेरिरहेको डक्टरसँग नि एक पटक हजुरबारे बु‰छु, अनि मिल्यो भने फेरी भेटौंला नि त है।‘ नमस्ते गरेर उनी कोठा बाहिर निस्कन्छन्। आफूले हेरेको बिरामी तंग्रिएको देखेर आदर्शलाई निक्कै खुसी भइरहेको थियो।

भर्‍‍याङबाट ओर्लदै गर्दा मोबाइलको  घण्टी बज्न थाल्यो। उनले निकालेर हेरे –रिया कलिङ। फोन उठाऊ कि नउठाऊ भनेर अन्योलमा प‍रे। एकछिनमै रिसिभ बटन थिचे। ‘हेल्लो आदर्श, म एयरपोर्टमा छु, अस्ट्रेलिया उड्न लागेको।‘ उताबाट रियाले भनिन्।

‘ए...‘ उनीसँग यो बाहेक भन्नुपर्ने अरु कुनै शब्द थिएन्।

‘बाई भन्नलाई फोन गरेको।‘

‘ओके बाई, गुड लक फर योर फ्युचर‘ भनेर आदर्शले फोन काटिदिए। हिँड्दाहिँडदै उनी टक्क अडिएर एकछिन सोचमग्न भए। केहीबेरमै फोन खल्तीमा राखेर मुसुक्क हाँसेर अघी बढे। खै किन हो उनको अघिको खुसीमा खासै कमी आएको थिएन। बाहिर आकाश खुलेको थियो, चिसो हावाको स्पर्शले उनलाई रोमाञ्चित बनायो। भिडियो हेर्न तलको बाकस थिच्नुहोस
नेपाली नै नेपालीको काल बने
सोल : शंखु–४ काभ्रेका सुदिप राउत परिवारका जेठो छोरा थिए । नेपाली समाजमा जेठो सन्तानको परिवारमा दायित्व बढी हुनु स्वाभाविकै हो ।

आर्थिक हैसियत कमजोर भएपछि उनले अध्ययनलाई निरन्तरता दिन सकेनन । परिवारलाई आर्थिक समस्याबाट मुक्त गर्न उनले गाउँमै व्यापार व्यवसाय सुरु गरे । व्यवसायले उनलाई धोका दियो, व्यापारमा घाटा लाग्यो । ऋण तिर्न सकेनन्, ब्याज बढ्दै गयो ।

चुलिँदै गएको ऋणबाट मुक्त हुने उपाय भेटेपछि उनले व्यापार छाडे । गाउँघरबाट कोरिया पुगेका साथीहरुको आर्थिक हैसियतले उनलाई लोभ्यायो । रोजगार अनुमति प्रणालीको फर्म भरे, एकै पटकमा पास गरे ।

आफूसँगै परीक्षा दिएका साथीहरु कोरिया पुगे, तर उनको कामदार कन्ट्याक आएन । साथी भाइसँग निराशा पोखे । धेरै समय कुरेपछि बल्लतल्ल कामदार कन्ट्याक आयो । केही दिनमा सिसिभिआई (भिसा अनुमतिपत्र) मा हस्ताक्षर गरेपछि आएको फ्लाईट डेटले उनलाई खुसी पनि ल्यायो ।

दुई छोरी र एक छोराका बाबु सुदिप सन्तानलाई उच्च शिक्षा दिलाउने बाटो खुलेकोमा प्रसन्न भए । ऋणबाट मुक्ति हुने आशमा उनी कम्ता खुसी थिएनन् । (कोरियामा नेपालीबाट नेपालीकै हत्या)

परिवारलाई सुख र छोरछोरीलाई उच्च शिक्षा दिने सपना बोकेर उनी १७ दिनअघि कोरियाको इन्छन एयरपोर्ट उत्रिए । त्यहाँबाट उनी ट्रेनिङ सेन्टरमा अभिमुखीकरण कक्षमा सहभागी भएर उनी कम्पनी मालिकसँगै ख्यंगिदो ग्वाङजुको फर्निचर सजावट गर्ने वोनबाइन कम्पनीमा काम थाल्न पुगे ।

दस जोड दुई सकेकी छोरी र उनी भन्दा मुनिका दुई छोराछोरीको भविष्य उज्यालो पार्नका लागि कोरियामा पसिना बगाउन थाले ।

कम्पनीम एक्लो नेपाली उनले गाउँकै भाइपर्ने हरिकृष्ण अधिकारीलाई फोन गरी न्यास्रो हटाउने प्रयास गरे । सम्पर्क गर्नका लागि हरिकृष्णले उनलाई मोबाइल किनेर पठाइदिए । दुईबीच पारिवारिक गफगाफ र कोरियाको कामबारे कुरा भइरहे ।

उनी आएको एक हप्तामा अर्का नेपाली भोजपुरका पर्शुराम राई कम्पनीमा प्रवेश गरे । पर्शुराम आएपछि सुदिपले साथीभाइसँग नेपाली साथी आएको खुसी बाँडे । तर, त्यही नेपाली साथी उनको मृत्यु बोकेर आएको उनलाई के थाहा ?

सुदिपले बिहीबार कम्पनीमा काम सके । कोठामा सुदिपले नै खाना बनाए । दुबै जनाले सँगै खाना खाएर सुते । यौनजन्य रोगबाट पीडित राईले औषधि सेवन गरिरहेका थिए ।

खाना खाएपछि राईले सुदिपलाई पेट दुखेको कुरा सुनाए । अर्को दिन उपचार गर्न जाने सल्लाह गरी दुबै सुते । तर, सुतिसकेका राईले आफ्नो खानामा बिष मिसाइदिएको गलत शंका गरी सुदिपसँग निहुँ खोज्न थाले ।

हुँदै नभएको कुरामा शंका गरेका राईले गहिरो निद्रामा रहेका सुदिपमाथि मध्यराति उठेर चिर्पट प्रहार गरे । निदाएको व्यक्तिले प्रतिरक्षा गर्न सकेनन उनको त्यहीँ मृत्यु भयो ।

शुक्रबार बिहान पाँच बजे घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान सुरु गर्यो । सहकर्मी नेपाली साथी पर्शुरामलाई नियन्त्रणमा लियो । राईले हत्या गरेको स्वीकारे ।

कोरियास्थित नेपाली दूतावासलाई प्राप्त अनुसन्धान रिपोर्ट भन्छ, ‘चिर्पट हानेपछि कन्चटमा रगत जमेर राउतको निधन भयो ।’

पैसा कमाएर परिवारलाई सुख दिने सपना पालेर कोरिया गएका सुदिपले नेपालीकै हातमा मृत्युवरण गर्नुप¥यो । सुदिपको मृत्युसँगै उनका सारा सपना कोरियामै बिलाए ।

सुदिप सदाका लागि निदाए । परिवारको भरोसा ढलेको खबरले सुदिपको घरमा रुवाबासी चलिरहेको छ । एक नेपालीले अर्का नेपालीको जीवनसँगै उनमा आश्रित परिवारको सपनाको समेत घाँटी निमोठे ।
www.annapurnapost.com
बाथरुमको सानो झ्यालबाट चुहिएर बाहिरिएका आँखा पारिपट्टिको घरको एउटा झ्यालमा अचेल नराम्ररी ठोक्किने गरेका छन्। आँखा के ठोक्किनु, झ्यालमा देखिने दृश्यमा आँखा अडिने गरेका छन् भनौं।

निद्रा खुलेपछि महसुस हुने मानसिक हल्कापनले बिहानै बाथरुम जाँदाको मन अक्सर निर्विचार हुने गर्थ्‍यो। तर, आजभोलि बाथरुम छिर्नुुअघि नै पारिपट्टिको झ्यालमा देखिने दृश्य हेर्न मन एक किसिमले हतारिएको हुन्छ।


भूकम्पले हल्लाएको मन पुरानै ठेगानामा फर्किएपछि मैले पहिलोपटक बाथरुमबाट छिमेकी झ्यालमा एक वृद्धालाई देखेको थिएँ। काष्ठमण्डपको पुुरानो शिल्पकारले काठ जोडजाड गरेर बनाएजस्तै लाग्ने उनका दुई पाखुराको गोलाकार घेराभित्र एउटा धुतुमुने बालक थियो।

गहिरा आँखा तिखारेर उनी बालकलाई क्षितिजतिर औंल्याउँदै देखाइरहेकी थिइन्। बालक झटारिन खोज्दा उनी ढल्नढल्न लागेको रूखजस्तै देखिन्थिन् तर, एकदमै दृढतासाथ बालकलाई सम्हाल्थिन्। नजाने, बालक केही माग गर्थ्यो, त्यसबेला वृद्धा र बालक बाहिरबाट नदेखिनेगरी कोठभित्रै हराउँथे।

वियोगान्त सिनेमा उत्कर्षमा पुग्ने बेला झ्याप्प बिजुली गएर बेचैन बनेका गृहिणी दर्शकझैं म रन्थनिएर बाथरुमबाहिर निस्कन्थेँ। देशमा ठूलो भूकम्प गएपछि छिमेकी झ्यालमा बिहानै देखिन थालेको त्यो दृश्य हेर्ने र त्यसबारे मनमा नानाथरी काल्पनिक घटना घटाएर घायल हुने अम्मली बनिसकेको अहिले आएर मात्रै थाहा पाइरहेको छ
भूकम्प जानुअघि कहाँ थिइन् ती वृद्धा? बालक कहाँ थियो? परिवारमा को को छन्? कतै पहाडतिरको घर भत्केर यता टाउको लुकाउने ठाउँ फेला पारेर बसेका पो हुन् कि? बालकका आमा-बाबु कता होलान्? मनमा प्रश्‍नहरू आउँथे, मनले नै फरक-फरक वनावटी उत्तर दिन्थ्यो।

मनोगत उत्तरहरूबाट कहिले घायल र कहिले सन्तुष्टिले तृप्त हुँदै म आफ्नो कामतिर लाग्थेँ। वैशाख १२ गते काठमाडौंमा भूकम्प जानुअघि त्यो झ्यालतिर फर्केर हेरेको रहेनछु। कहिलेकाहीँ आँखा त्यता जान्थे।

मसिनो हावाले झ्यालको पर्दा थर्थराएको देख्थेँ। आक्कलझुक्कल पर्दा च्यातेर बाहिर चिहाउँदै गरेकी तन्नेरीको टाउकोबाट कपाल गुडेर तल्तिर बगेको देख्थेँ। हरेकजसो झ्याल र बरण्डामा सुलभ त्यो दृश्यले मलाई तान्न सकेको थिएन।

पराकम्प सधैंजसो आउँथ्यो। त्यस्तै सानो एउटा पराकम्पले सधैंझैं काठमाडौं हल्लायो। साँझको समयमा खुुरुरु घरबाट निस्कने मान्छेको हुलमा बालक च्यापेर वृद्धा पनि मिसिइन्।

‘बाँकीलाई पनि मार्छ कि क्या हो?' भित्रैदेखि कामेको उनको स्वरमा वेदना थियो।
‘तपाईंको घरमा अरू कोही छैन? ' मैले सोधेँ।
‘छ’ एक अक्षरको उनको छोटो उत्तर।

आफैं प्रश्न गर्ने र आफैं उत्तर दिएर व्यथित हुनबाट मुक्त हुन मौका छोपेर वृद्धालाई प्रश्न सोधेको थिएँ। तर, उनले आफूलाई भित्रैदेखि उदांगो पार्न रुचि राखिनन्।

बल गरेर उनलाई कोट्याउन खोजेँ, ‘को को हुनुहुन्छ?'
'सबै छौं।'
'सबै भनेको? '
'नाति।'
वृद्धाले भन्न मन गरिनन्, म अवाक् भएँ। अक्सर अचेल मान्छे सुख दुःख बाँड्न चाहँदैनन्। बाँडेर दुःख बाँडिने पनि होइन। त्यसपछिको अर्को परकम्पनमा बाहिर निस्केर फर्कंदा थाहा पाएँ, उनको 'सबै' नातिमात्रै हो।

बेलुकीको परकम्पन थामिएपछि ओच्छ्यानमा पल्टेका बेला भूकम्पभन्दा वृद्धा र उनको नाति घुम्न थाले मनमा।पीडा देखाएर लाभान्वित हुने आजको मनोवृत्तमाथि प्रहार गरिन् उनले। र म ब्युँझेँ। अनि आफ्नो मनोवृत्ति चिन्न बाध्य पार्ने अर्को एउटा घटनामाथि मन दौडिन थाल्यो।


दाहिने काखीमा च्यापेको छालाको ठूलो ब्यागबाट एक मुठो कागजपत्र झिकेर सात्तो फुजिकोले हाम्रा अघिल्तिर फिँजारिन्। मैलिएर पुराना भइसकेका कागजमा सिकारुले लेखेजस्ता लाग्ने नेपाली अक्षर टाँसिएका थिए। केही कागजमा सिसाकलमले कोरेका चित्रमा रङ पोतिएका थिए।

सेतै फुलेको उनको कपाल ज्यादै अररो देखिन्थ्यो। कपाल टाउकोमा उम्रिएको थिएन, बरु कपालको सहारामा टाउको अडेको हो कि झैं लाग्नेगरी घना थियो। उमेर ८३ वर्ष पुगिसक्दा पनि छालामा चाउरी थिएन बरु आँखामुुनि गाला सोहोरिएर पुक्क उठेका कसिला लुंदाले युवतीको संग्रेलो मेटाउँथ्यो।

गालाको सेतो छालामा टिठ लगाएर हेर्दामात्रै देखिने मसिनामसिना नीला दाग थिए। हिरोसिमा नजिकैको रेल स्टेसनबाट हामीलाई पछि पार्दै लौरो बिना नै रेस्टुरेन्टसम्म हिडेर पुग्दा उनमा प्रेमीसँगको डेटिङमा आतुर युवतीमा जस्तै लाक्षणिक आतुरता देखिएको थियो।

दोभासेको मद्दतमा उनलाई मैले एउटा प्रश्न सोधेँ, ‘कागजको यति ठूलो मुठो किन बोकेर हिँड्नुभएको?' ‘छोरीहरूले पठाएका चिठी हुन्, एकदमै मायालु छन् र हलुका पनि छन्।'
‘छोरीहरू कहाँ छन् तपाईंका? '
'तिम्रै देशमा।'
'नेपालमा? '
'हो नेपालमा।उनीहरूले नै पठाएका चिठी हुन्।'

संवादपछि उनले कागजको मुठो फुकाइन्। अक्षरहरू एकदमै बांगाटिंगा थिए, दाहिने हातले लेख्ने आदत बसेको मानिसले देब्रे हातले लेखेजस्ता।

पुुरानिएर पहेँलो भइसकेको एउटा पानामा लेखिएको थियो, 'आमा! पढ्न एकदम नै मन छ। तपाईंको साथ पाएर चिठी लेख्न सक्ने भएकी छु। अर्कोपटक तपाईं नेपाल आउँदा कथा र कविता पनि सुनाउन सक्छु। तर, तपाईंको मायाँ पाइरहौं!'

यत्तिमै टुंगिएको थियो, लामो थिएन चिठी। रेस्टुरेन्टमा हामी पलेँटी कसेर बसेका थियौं। उनी मेरो छेउमै भएकाले सामूहिक बसाइमा पनि छुट्टै कुरा गर्न मलाई सजिलो थियो। सात्तोले हाम्रा लागि सुसी (जापानमा प्रसिद्ध खाना) अर्डर गरेकी थिइन्।

सुसीको प्रतीक्षा गर्दै हामी उनका चिठी पढ्दै थियौं। दोभाषेले चिठीमा लेखिएको अर्थ फुकाएपछि उनका आँखाका छेउ रसिला देखिए। त्यसपछि उति साह्रो बोलिनन्। मौन सुरु भयो। मौन संवादको संवेदनशीलता मनभित्र स्वाट्टै पस्दो रहेछ। केही नभने पनि धेरै बुझिने।

मौनता तोड्दै मैले प्रश्न गरेँ, ‘कस्तो लाग्यो चिठी?'
एउटा कर्मीले पालैपालो मन्दिरका टुँडालमा प्राचीन मुद्रासन कुँद्छ र उही कर्मी ओम मेने पेमे हुँ भन्दै स्तूपामा प्रार्थना गर्छ। मन्दिरको शंखनाद तिम्रा सहरका हरेक गुम्बा र मस्जिदहरूमा सुनिन्छ। स्वयम्भूको थुम्कोबाट आउने धोद्रो आवाजको प्रार्थनाले मन्दिरका पथिकहरू वशीभूत हुन्छन्। देवालयमा कैद धर्मको तिमीहरूलाई वास्ता छैन', सात्तो फुजिकोको अनुहारमा मुस्कान दौडियो।
अझै बोलिनन् सात्तो।
'बालिकाहरूले चिठीमा पोखेको वेदनावाट दु:ख लाग्यो? '
'होइन।'
‘बोल्नुभएन त? '
'खुसीले बोल्ने कुरा हरायो।'
दुःख वा खुसी चित्तको दशा रहेछ। जब त्यो हृदयबाटै आउँछ, तब शब्दहरू सबै नाकाम हुन्छन्। गहिरो दुःखलाई शब्दले बोक्न नसकेरै मान्छेका आँखाबाट आँसु झर्छन्। नत्र मान्छे शब्दबाटै हरेक दुःखलाई सम्बोधन गरेर काटिदिन्थ्यो।

खुसीको पनि यही दशा हो। हाँस्नु केबल मुखको अभ्यास र रुनु केवल आँखाको अभ्यास साबित भएका बेला हा“सो र मुुस्कानबीचको भिन्नता बुुझेँ मैले । उनी बोल्न सकिनन्, भावदशावाट पराजित शब्दहरू उनी भित्रै अड्किए।

‘यो कस्तो खुसी हो?' फेरि मेरो प्रश्न सात्तोलाई।
'खुसी शब्दमा भन्न सकिँदैन।'
'तुलना गरेर भन्न सक्नुहुन्न?'

‘प्रसूतिपछि आमाले पाउने सुखजस्तै', सरल मुद्रामा फर्केर उनले प्रष्ट्याइन्।
तर, सात्तोले भनेजस्तो प्रसव सुखको अनुभव मसँग छैन। र सोधेँ, 'खुसीको यो अनुभूति कहिलेसम्म रहन्छ? '

'जतिबेला अर्को दुःखको तयारी पूरा हुँदैन', बडो दार्शनिक पाराले उत्तर दिइन् उनले।हरेक दु:खबाटै सुखको ढोका खुल्छ र सुख फेरि अर्को दुःखको तयारी हो।

साधनामा बसेको तपस्वीले तत्‍वबोध गरेजस्तै भएँ म एकछिन् । त्यसो भए सात्तोलाई हृदय थर्थराउने यो खुसीमा पुर्‍याउने दुःख कुन थियो? मेरो मनमा प्रश्न उब्जियो।

सोधेँ, 'कुन दुःखले तपाईंलाई यो खुसीसम्म पुर्‍यायो?' 'दुःखले मलाई तिम्रो देश र अहिलेको यो खुसीसम्म एकैपटक पुर्‍यायो।'

उनको रहस्यमय दुःखमा पस्ने रुचि ममा जाग्यो र सोधेँ, 'त्यो रहस्यमय दुःखबारे भनिदिन सक्नुहुन्छ?' उनी भन्न थालिन्-'रियोको फुजिको २५ वर्षकी थिई।ऊ मैले जन्माएकी छोरी हो। उसलाई जन्माउँदाको प्रसव सम्झेर म अहिले भावविह्वल भएकी हुँ।

उसले जन्म लिएका बेला जब म होसमा फर्केकी थिएँ, काखमा मेरा दुई हातको घेराभित्र ऊ सुनौला खुट्टा हल्लाउँदै थिई। २५ वर्षभन्दा अगाडि ऊ जान सकिन।'

यसोभन्दा सात्तोका आँखा बाटुला देखिएका थिए। लालीमा हराएर अनुहार फुस्रो बन्दै गएको थियो। बितेका दिन बताउँदा मान्छेको रङ यस्तै फुस्रो हुन्छ। हिँड्दै गएको बाटो नरोकिएसम्म मान्छे पछि फर्केर हेर्दैन।बाटो रोकिएपछि मान्छेले काटिसकेको बाटोतिर आँखा फर्काउँछ। सात्तो आफूले हिँडिसकेको बाटो देखाइदिँदै थिइन्।

अर्को एक च्याप्टरमा उनले छोरीबारे बताइन्, 'जवान भएपछि रियोको पत्रकारिता गर्न चीनतिर लागी। पत्रकारिता कति गाह्रो काम हो मलाई थाहा छैन।पत्रकार जीवन बिताउँदा चीनमा उसको ज्यान गयो।मरेको शरीर नदेखेसम्म ऊ जिउँदै छ भन्ने लागिरहँदो रहेछ।'
अनि के गरिन् सात्तोले?  
   
'वियोगको नशाबाट मुक्त हुन म तिम्रो हिमाली देशमा गएँ।'
'त्यसपछि !'
'त्यसपछि कोख बाहिरबाटै छोरी पाएँ, जुन छोरीले लेखेको चिठी भर्खरै तिमीले पढ्यौ।' भक्तपुरमा बालगृह खोलेर असहाय बालबालिकालाई पढ्न सहयोग गरेकी रहिछन् उनले। धेरैजसो चिठी र बेलाबेला उनी आफैं नेपाल-जापान ओहोरदोहोर गर्दिंरहिछन्।

नेपालका हिमालहरूले चोटको दर्द भुल्न सात्तोलाई मद्दत गरे?      
'हिमाल मात्र होइन।'
'के रहेछ हाम्रो देशमा? '
'धर्म।'
'कुन धर्म? '
'मान्छेभित्रको धर्म।'
'कहाँ पाइन्छ त्यस्तो धर्म?'
'मन्दिर, गुम्बा, मस्जिद र चर्चबाहिर, तिम्रो देशका पाखा कन्दरामा त्यस्तो धर्म पाइन्छ।'
'कसरी अनुभूत गर्नुहुन्छ त्यस्तो धर्मलाई?'

'तिम्रो देशका भन्ज्याङ चौतारीहरूमा गाडिएका माटोका घ्याम्पामा एकाबिहानै तिम्रा दाजुभाइ र दिदीबहिनी पानी भरेर फर्कन्छन्।दिउँसो टन्टलापुर घाममा बटुवा आई कलकल पानी खाँदा तिमीहरू आफू स्वर्ग पुगेको अनुभूत गर्छौ।'

‘विभिन्न धर्मका मन्दिरहरू पनि देख्‍नुभएन?' 'मन्दिर, स्तूपा, मस्जिदहरू पनि देखेँ तर, मन्दिरभित्रको धर्ममा तिमीहरू अल्झेका छैनौं। एउटा कर्मीले पालैपालो मन्दिरका टुँडालमा प्राचीन मुद्रासन कुँद्छ र उही कर्मी ओम मेने पेमे हुँ भन्दै स्तूपामा प्रार्थना गर्छ।

मन्दिरको शंखनाद तिम्रा सहरका हरेक गुम्बा र मस्जिदहरूमा सुनिन्छ। स्वयम्भूको थुम्कोबाट आउने धोद्रो आवाजको प्रार्थनाले मन्दिरका पथिकहरू वशीभूत हुन्छन्। देवालयमा कैद धर्मको तिमीहरूलाई वास्ता छैन।'

भन्न मन लागेको थियो सात्तोलाई, 'सात्तो! धर्मको हाम्रो देशमा अभाव छैन। अहिले त चर्च, मस्जिद, मन्दिर र गुम्बा मान्छेका घरघरमै आइपुग्छन् र मानिसलाई तिनीहरूभित्र निर्मित स्वार्थमा कैद गर्न खोज्छन्।' तर, भनिनँ, मौन बसेँ।

आफ्ना प्रतिक्रियामाथिको मेरो मौनताले उनी खुम्चिइन्। भनिन्, 'तिम्रो समाजसँग दुःख सुख निर्धक्क बाँड्ने क्षमता छ। जहाँ हजुरबा हजुरआमादेखि नातिपनातिसम्मको पुस्ता एउटै छानामुनि खुसी भएर बस्न सक्छन्।'

ओहो ! सात्तोले वर्णन गरेको हाम्रो समाजको दृश्य त समयको माटोले पुरिँदै छोपिँदै र थिचिँदै गइसक्यो। बाथरुमको झ्यालबाट देखिएकी ती वृद्धा आफ्नो वेदना र कष्टसँगै जोडिएको घरमा बस्नेसँग बाँड्न सक्दिनन्।
 ?
भुइँचालोपछि गाउँबाट बालबालिका हराएका र किशोरीहरू सिमानापारि पुगेका अखबारी खबर ती वृद्धाले पनि सुनेकी थिइन् कि! आफूलाई सम्भावित दलाल कल्पना गर्दै म आधा रातमा निदाएँ।
www.annapurnapost.com
एजेन्सी : साउदी अरबको एक निजी विमान बेलायतमा दुर्घटनामा पर्दा आतंकवादी संगठन अलकायदाका दिवंगत प्रमुख ओसामा बिन लादेनका परिवारका तीन सदस्य मारिए ।

फेनम ३०० जेट विमान बेलायतको ह्यान्पसायरको ब्ल्याकबुस एयरपोर्टमा अवतरण गर्ने क्रममा अकाष्मत खस्दा लादेनको परिवारका तीन सदस्यसहित चारजना मारिएका हुन् ।

जहाज अवतरणका क्रममा विमानस्थलमै कारमा बजारिन पुगेपछि दुर्घटनाग्रस्त हुँदा लादेनकी सौतेनी आमा र दिदी पनि मारिए ।

पुलिस र बेलायतस्थित साउदी दूतावासले पनि घटनाको पुष्टि गरेका छन् । समाचार अनुसार कारमा ठोक्किएपछि दुबै साधनमा आगो लागेको थियो ।

समाचार अनुसार घटनापछि घटनास्थलमा कालो धुवाँले भरिएको थियो । दुर्घटनास्थलमा अन्य कारमा पनि आगो लागेपछि बारुण यन्त्रले निभाएको थियो ।

सुरक्षा एजेन्सीले कुनै पनि प्रकारको आतंकवादी गतिविधिको भने खण्डन गरेको छ । विमानले आफ्नो नियन्त्रण गुमाएपछि ३ हजार फिट प्रति मिनेटका दरले आकाशबाट जमिनमा झरेको थियो । जमिनमा झर्नेवित्तिकै कारसँग ठोकिएर जहाज ध्वस्त भयो । annapurnapost.comf
रौतहट । रौतहटको पतौरामा १० वर्षीया वालिका बलात्कृत भएकी छिन् ।
शुक्रबार दिउसो घासका काट्न उखुबारी गएकी बालिकालाई स्थानिय १७ वर्षीय युवक राधेश्याम पटेलले उखुबारीमै बलत्कार गरेको प्रहरीले जनाएको छ ।
बलात्कारी पटेल बलत्कार गरी फरार भएको र उसको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
बालिकालाई साझ सम्म नआएपछि खोजी गर्दा अर्धचेत अवस्थामा उखुवारीमा भेटेपछि स्थानियले नजिकैको अस्पतालमा लगेका थिए।
उनको अवस्था गम्भिर हुदै गएपछि उनलाई विरगञ्जको एक अस्पतालमका उपचार भइरहेको छ ।
अहिले सम्म बालिकाको अर्धचेत अबस्थामा रहेको अस्पतालले जनाएको छ ।
www.nepalsandesh.com
विराटनगर, १६ साउन । मोरङमा नक्कली सुनको गहना बन्धकी राखेर ठगी गर्ने गिरोहका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बाहुनी–६ की २५ वर्षीया हेमकुमारी चौधरी र सुन्दरदुलारी–४ का २७ वर्षीय कर्णबहादुर विकलाई पक्राउ गरिएको क्षेत्रीय प्रहरी कार्यालय, विराटनगरले जनाएको छ । कोसीहरैंचा नगरपालिका–४ विराटचोकका मीनबहादुर गहतराजको सुन पसलमा बन्धकी राख्नका लागि ल्याएका सुनको बालालाई पसलेले जाँच गर्दा चाँदीको गहनामा सुनको जलप लगाएको थाहा पाएपछि उनीहरु गहना छाडेर फरार भएका थिए ।

उनीहरुले सुनका चार पसलमा चाँदीका गहनामा सुनको जलप लगाएर सुन पसलमा बन्धकी राखी ठगी गरेको अनुसन्धानबाट खुलेको छ । यसअघि उनीहरुले पथरीस्थित सुनका दुई पसलमा प्रतिबाला रु ४५ हजारका दरले रु एक लाख ३५ हजार र बेलबारी–२ स्थित रायमाझी सुन पसलबाट एक थाना बाला बन्धकी राखेर रु ४५ हजार ठगी गरेको अभियोग लगाइएको छ ।

त्यसैगरी कोसीहरैंचा –६ स्थित विवाह ज्वेलर्समा एक थान चुरा राखेर रु ४५ हजार र बेलबारी–३ स्थित न्यु बराह ज्वेलर्समा एक थान नक्कली सुनको चुरा राखेर रु ४५ हजार ठगी गरेको अनुसन्धानबाट खुलेको छ ।

उक्त ठगीमा बाहुनी–६ का ३४ वर्षीय वीरबहादुर विक र कोसीहरैंचास्थित पञ्चकन्या ज्वेलर्सका सञ्चालक मनोज विकको पनि संलग्नता रहेको प्रहरीले जनाएको छ । अभियुक्तहरु फरार छन् ।

सुरुङ्गा ९झापा–एक हजार रुपैयाँको नक्कली भारु नोटसहित एक व्यक्ति झापाको काँकडभिट्टाबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेचीनगर नगरपालिका– ६ निवासी २५ वर्षीय सुवास श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनलाई आज बिहान मेनपा– ५ स्थित फरम टोलमा सञ्चालित एक किराना पसलमा सामान किन्दै गर्दा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता विश्वमणि पोखरेलले जानकारी दिए।

यसअघि प्रहरीले ठूलो परिमाणको नक्कली नोटसहित झापाको राजगढबाट तीन जनालाई पक्राउ गरेको थियो । रासस

Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Aug 24 (6)
  • Aug 23 (1)
  • Aug 19 (1)
  • Aug 18 (19)
  • Aug 17 (17)
  • Aug 16 (24)
  • Jan 24 (18)
  • Jan 23 (27)
  • Jan 22 (32)
  • Jan 21 (35)
  • Jan 20 (35)
  • Jan 19 (34)
  • Jan 18 (40)
  • Jan 17 (45)
  • Jan 16 (27)
  • Jan 15 (29)
  • Jan 14 (35)
  • Jan 13 (40)
  • Jan 12 (32)
  • Jan 11 (39)
  • Jan 10 (31)
  • Jan 09 (23)
  • Jan 08 (31)
  • Jan 07 (30)
  • Jan 06 (39)
  • Jan 05 (34)
  • Jan 04 (39)
  • Jan 03 (43)
  • Jan 02 (47)
  • Jan 01 (31)
  • Dec 31 (34)
  • Dec 30 (36)
  • Dec 29 (43)
  • Dec 28 (33)
  • Dec 27 (27)
  • Dec 26 (38)
  • Dec 25 (33)
  • Dec 24 (38)
  • Dec 23 (44)
  • Dec 22 (39)
  • Dec 21 (37)
  • Dec 20 (40)
  • Dec 19 (31)
  • Dec 18 (47)
  • Dec 17 (30)
  • Dec 16 (16)
  • Dec 15 (42)
  • Dec 14 (30)
  • Dec 13 (32)
  • Dec 12 (35)
  • Dec 11 (42)
  • Dec 10 (26)
  • Dec 09 (31)
  • Dec 08 (15)
  • Dec 07 (37)
  • Dec 06 (30)
  • Dec 05 (34)
  • Dec 04 (32)
  • Dec 03 (33)
  • Dec 02 (36)
  • Dec 01 (37)
  • Nov 30 (48)
  • Nov 29 (28)
  • Nov 28 (35)
  • Nov 27 (35)
  • Nov 26 (47)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (27)
  • Nov 22 (32)
  • Nov 21 (43)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (22)
  • Nov 17 (29)
  • Nov 16 (32)
  • Nov 15 (25)
  • Nov 14 (28)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (42)
  • Nov 09 (22)
  • Nov 08 (40)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (42)
  • Nov 01 (44)
  • Oct 31 (29)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (47)
  • Oct 27 (32)
  • Oct 26 (39)
  • Oct 25 (35)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (22)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (31)
  • Oct 02 (29)
  • Oct 01 (29)
  • Sep 30 (29)
  • Sep 29 (24)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (26)
  • Sep 25 (27)
  • Sep 24 (18)
  • Sep 23 (15)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (26)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (12)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (19)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (22)
  • Sep 07 (22)
  • Sep 06 (26)
  • Sep 05 (18)
  • Sep 04 (23)
  • Sep 03 (24)
  • Sep 02 (25)
  • Sep 01 (24)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (27)
  • Aug 28 (28)
  • Aug 27 (30)
  • Aug 26 (29)
  • Aug 25 (24)
  • Aug 24 (35)
  • Aug 23 (30)
  • Aug 22 (31)
  • Aug 21 (32)
  • Aug 20 (30)
  • Aug 19 (33)
  • Aug 18 (27)
  • Aug 17 (34)
  • Aug 16 (28)
  • Aug 15 (23)
  • Aug 14 (23)
  • Aug 13 (22)
  • Aug 12 (19)
  • Aug 11 (18)
  • Aug 10 (24)
  • Aug 09 (16)
  • Aug 08 (18)
  • Aug 07 (25)
  • Aug 06 (16)
  • Aug 05 (18)
  • Aug 04 (21)
  • Aug 03 (19)
  • Aug 02 (14)
  • Aug 01 (17)
  • Jul 31 (19)
  • Jul 30 (19)
  • Jul 29 (15)
  • Jul 28 (12)
  • Jul 25 (14)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home