• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
दमक, १८ मङ्सिर । झापाको काँकडभिट्टा नाकाबाट अढाई महिना अवधिमा साढे ८४ लाख लिटर इन्धन भित्रिएको छ ।
भित्रिएको इन्धन र ग्यासबाट रु १४ करोड ८३ लाख ४५ हजार राजस्व उठेको मेची भन्सार कार्यालय काँकडभिट्टाले जनाएको छ । भित्रिएको इन्धनमा २४ लाख ३४ हजार लिटर पेट्रोल, ५० लाख ३९ हजार लिटर डिजेल, सात लाख २० हजार लिटर हवाई इन्धन र दुई लाख ९२ हजार लिटर मट्टितेल रहेको छ ।
मेची भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत भिम अधिकारीका अनुसार सो नाकाबाट नाकाबन्दीपछि खाना पकाउने एलपी ग्यास १४ लाख ८७ हजार ९४६ किलो भित्रिएको छ । गत असोज ६ गतेदेखि भारतले अघोषित रुपमा नाकाबन्दी लगाएको हो ।
dainiknepal
काठमाडौं, १८ मंसिर । भारतको तमिलनाडू राज्यमा भीषण बाढीपछिको अवस्था अवलोकन गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विहीबार त्यहाँ पुगे ।
उनले हेलिकप्टरबाट त्यहाँको अवलोकन गरे । यहीबेला सरकारी सूचनाले जनतालाई ढाटेपछि भारमै मोदीको बेइज्जत भयो । भयो के भन्दा सरकारको प्रेस इन्फरमेशन ब्यूरोले आफ्नो वेबसाइट र ट्विटमा मोदीले हेलिकप्टरबाट चेन्नईको बाढी प्रभावित इलाकाको
\एकदमै नजिकबाट अवलोकन गरिरहेको देखाइएको छ तर, सामाजिक सञ्जालमा यो तस्वीर सार्वजनिक भएपछि यसको विश्वसनियतामाथि प्रश्न उठ्यो र तस्वीर सार्वजनिक गर्ने पीआईबीको पनि जमेरै आलोचना भयो ।
यो तस्वीरलाई फोटोसपबाट सफा गरेर बाढी प्रभावित क्षेत्रको केही यस्तो ठाउँ देखाइएको छ कि टाढाको गाउँलाई पनि एकदमै नजिक देखाइएको छ जो सम्भव नै छैन् । सामाजिक सञ्जालमा यो तस्वीरलाइ लिएर मोदीको जमेरै आलोचना भएको छ । आफ्नो आलोचना भएपछि मोदीले आफ्नो ट्विटर ह्याण्डलमा वास्तविक तस्वीर शेयर गरे ।
आफ्नै देशका जनतालाई ढाटेपछि भारतमै मोदीको बेइज्जत भएको छ । विपक्षीहरुले समेत जमेरै मोदीविरुद्ध आफ्नो धारणा सार्वजनिक गरेका छन् । वास्तविक तस्वीर शेयर गरेपछि मोदीका फ्लोर्सहरुले गाली र झुटको खेती गरेको आरोप लगाएका छन् ।
dainiknepal
पथरी (मोरङ), १८ मङ्सिर । भारतको जोगवनी हुँदै बिहीबार बेलुकासम्ममा ३९ ट्याङ्कर इन्धन नेपाल भित्रिएको छ ।
विराटनगर भन्सार कार्यालयका अधिकृत राजेन्द्र ढुङ्गानाका अनुसार बिहीबार बिहानदेखि रातिसम्ममा २७ ट्याङ्कर डिजेल, १२ ट्याङ्कर पेट्रोल भित्रिएको छ ।
विभिन्न औद्योगिक कच्चा पदार्थ बोकेका १४९ मालबाहक सवारी साधन भित्रिएको जानकारी उहाँले दिनुभयो ।dainiknepal
काठमाडौं, १८ मंसिर । भारतीय राजदूत रञ्जीतले रेले आफ्नो पदीय मर्यादा नाघ्दै प्रधानमन्त्री केपी शर्मा ओलीको अपमान गरेका छन् ।
राजदूतले रेले प्रधानमन्त्री ओलीसँगको भेटवार्ताका क्रममा उपरखुट्टी लगाएर गफ गरेको फोटो सार्वजनिक भएको छ । जहाँ उनले मर्यादा क्रम मिचेको देखिन्छ । यसले प्रधानमन्त्री ओलीको मात्रै नभएरै नेपालकै बेइज्जत भएको छ । राजदूत रे क्यारियर डिप्लोम्याट नै हुन । तर, पनि उनले एक सार्वभौम सम्पन्न राष्ट्रका सरकार प्रमुखसँग प्रस्तुत हुँदा सीमा नाघे । मर्यादा उल्लघन गरे ।
उसो त राजदूत रे पछिल्लो समय मधेस आन्दोलनका प्रवक्ता नै बनेको सुनिन्छ । बेला बेला नेपालविरुद्ध बोलेर उनी विवादमा समेत आउने गर्छन् । यसरी भारती राजदूतले सीमा नाघेपछि नेपाली जनताले नेताहरुको खुलेरै आलोचना गरेका छन् । राजदूतलाई सीमाभित्र राख्न नसकेको भन्दै आक्रोश पोखिएको छ भने भारतीय राजदूत रेलाई देश निकाला गर्न सर्वसाधारण जनताले माग गरेका छन् ।
एनआरएनका जीवा लामिछाने लेख्छन्-
सोभियत संघमा अध्ययन गर्ने बिदेशी विद्यार्थीहरुले झन्डै १ बर्ष रुसी भाषा सिक्नु पर्थ्यो । एसिया, अफ्रिका, ल्याटिन अमेरिका लगायत बिकाशोन्मुख मुलुकबाट अध्ययन गर्न आउने प्रायः टिनेजर बिद्यार्थीहरुलाई त्यो एक बर्षमा रुसी भाषा मात्र नभएर जीवनजगतका यावत बिषयहरुमा ब्यबहारिक ज्ञान दिने गरिन्थ्यो । यसरी दिईने तालिममा मानिससँग गरिने ब्यबहार, सभ्य भएर बोल्ने, लुगा लगाउने तरिका, कुरा गर्दा कसरि शरीरलाई प्रस्तुत गर्ने लगायत अति सामान्य कुराहरु, जस्तो खाना खाँदा काँटा कसरि प्रयोग गर्ने आदि समेत सिकाइन्थ्यो । मैले त्यो एक बर्षको अध्ययन अबधिमा जीवनजगतका ब्यबहारिक बिषयमा सर्वाधिक कुराहरु सिक्न सकें कि जस्तो लाग्छ ।
डिप्लोम्यासीमा सबैभन्दा महत्वपूर्ण कुरा प्रोटोकल र एट्टीकेटलाई मानिन्छ । भारतीय राजदूत रञ्जीत रे त झन् क्यारियर डिप्लोम्याट नै हुन । एक सार्वभौम सम्पन्न राष्ट्रका सरकार प्रमुखसँग प्रस्तुत हुनुपर्ने म्यानर यीनलाई थाहा नहुने कुरै भएन । कुनै जमानामा बिहारी जमिन्दार र नेहरुका मित्र तत्कालिन भारतीय राजदूत चन्द्रेश्वर प्रसाद नारायण सिंहको हेपाहा प्रवृतिबाट आजित भएर बिपी कोइरालाले ‘नेपाललाई बिहारको एक जिल्ला नसम्झ, यो एक सार्बभौम सम्पन्न मुलुक हो’ भनेर झपारेको प्रसंग कतै पढेको थिएँ । तर यी रे साहबलाई सामान्य सिष्टाचार पालन गर्नुपर्ने कुरा त परै जाओस अहिलेको नाकाबन्दी र नेपालका बिषयमा जति पनि झुट बोल्ने छुट हामीले नै दियौं कि जस्तो लाग्छ ।
dainiknepal
काठमाडौं, १८ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ बोलाएको त्रिपक्षीय वार्तामा आन्दोलनरत मधेसवादी दलका शीर्ष नेताहरु सहभागी हुने भएका छन् ।
त्यसका लागि मधेस झरेका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका दुई नेता विहबारै राजधानी आइसकेका छन् । मधेस झरेका संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर राजधानी फर्किएका हुन् ।
सद्भावना पार्टीका महासचिव मनीष सूमनले आजको वार्तामा मोर्चाका शीर्ष नेताहरु सहभागी हुने जनाए । वार्तामा मोर्चाको आधिकारिक धारणा बनाउन मोर्चाका शीर्ष नेताहरु अहिले आन्तरिक गृहकार्यमा छन् । यसअघि बसेको त्रिपक्षीय वार्तामा मोर्चाका शीर्ष नेता सहभागी नभएर मधेर झरेका थिए ।
dainiknepal
१८ मंसिर , काठमाडौं ।

नेपालको राजनीतिक समस्याबारे अध्ययन गर्न भारतले सर्वदलीय प्रतिनिधिमण्डल नेपाल पठाउने भएको छ । भारतीय विदेशमन्त्री सुष्मा स्वराजले बिहीबार राज्यसभामा बोल्न तयार पारेको लिखित भाषणमा प्रस्ताव उल्लेख छ ।



नेपालको राजनीतिक समस्या सामाधानका चाँडो हुनेछ भन्नेबारे यसले हामीलाई आशावादी बनाएको छ,’ स्वराजको लिखित भाषणमा भनिएको छ ।

स्वराजले भारतमा नेपाल नीतिका सन्दर्भमा एकरूपता आउनुपर्ने कुरामा जोड दिँदै अमेरिका, बेलायत र युएनले समेत नेपालमा समावेशी संविधान निर्माणमा जोड दिएको दाबी गरेकी छिन् ।
 नयाँ पत्रिका दैनिकमा खबर छ ।nepaliheadlines



काठमाडौं: भारतको माथिल्लो सदन राज्यसभामा नेपालमा मधेस आन्दोलनका कारण उत्पन्न राजनीतिक संकट, भारतीय नाकाबन्दी र दुई देशको बिग्रँदो सम्बन्धबारे बहस सुरु भएको छ।

'नेपालको अवस्था तथा भारत-नेपाल सम्बन्धको स्थिति'का बारेमा सभासद्ले प्रश्न उठाएपछि राज्यसभामा बहस सुरु भएको हो। भारतीय जनता पार्टीका सभासद् पवनकुमार शर्माले नेपालसम्बन्धी ध्यानाकर्षण प्रस्ताव दर्ता गराएका हुन्।


नेपालबारे बहस हुने बैठकमा राज्यसभाका उपसभापतिले प्रत्येक सदस्यलाई तीन मिनेटमा नेपालबारे आफ्ना भनाइ टुंग्याउन भनेपछि विवाद भएको थियो। सभासद्ले कम्तीमा ७ मिनेट बोल्न दिन माग गरेका थिए।नेपालबारे राज्यसभाका एघारजना सदस्यले धारणा राख्न चाहेको बताएका थिए।

नेपालबारे तीन मिनेटभन्दा बढी समय सदस्यलाई बोल्न दिए चेन्नईमा गएको बाढी समस्याबारे छलफल हुन समय अभाव हुने सभापतिले बताएका थिए। विदेशमन्त्री सुष्मा स्वराज र केही सभासद्को प्रस्तावअनुसार नेपाल संकटबारे अर्को बैठक डाक्ने राज्यसभाको निर्णय उपसभापतिले सुनाएका छन्।

बिहीबारको बैठकमा विपक्षी कांग्रेस आईका सभासद् करण सिंह, राज्यसभामा विपक्षी दलका उपनेता आनन्द शर्मालगायतले नेपालमा उत्पन्न समस्याबारे विशेष बैठक बोलाउन माग गरेका थिए।बैठकमा राज्यसभा सदस्यले नेपालमा भारतविरोधी जनमत बढेको, नेपालमा खाद्यान्न र इन्धन संकट भएको भन्दै गम्भीर हुन सरकारलाई आग्रह गरेका थिए।

उनीहरूको मागअनुसार आगामी सोमबार राज्यसभामा नेपालबारे विशेष बहस हुने भएको छ।राज्यसभाको बिहीबारको बैठकमा नेपाल मामिलामा मन्तव्य दिँदै विदेशमन्त्री स्वराजले नयाँ संविधान संशोधन गर्न अहिलेको सरकार उदासीन रहेको आरोप लगाएकी छन्।

विदेशमन्त्री स्वराजले सुशील कोइराला नेतृत्वको सरकारले जनसंख्याका आधारमा निर्वाचन क्षेत्र, समावेशीजस्ता दुईवटा संशोधन मन्त्रिपरिष्दबाट पास गरेको बताउँदै अहिलेको सरकारले त्यसलाई अघि बढाउन उदासीनता देखाएको आरोप लगाइन्।उनले नेपालको अवस्था बुझ्न राज्यसभालाई एक सर्वदलीय प्रतिनिधिमण्डल नेपाल भ्रमणमा पठाउनसमेत प्रस्ताव गरेकी छन्।

उनले भारतले नेपालमाथि नाकाबन्दी नगरेको र इन्धन तथा ग्यास आपूर्तिमा सहजीकरण गरिरहेको दाबी गरिन्।स्वराजले नेपाल र भारतबीच सदियांै पुरानो भूगोल, इतिहास, संस्कृति, भाषा तथा धर्ममा आधारित सभ्यतागत अद्वितीय सम्बन्ध रहिआएको बताइन्।

उनले दुई देशबीच घनिष्ठ राजनीतिक, बृहत् आर्थिक तथा गहिरो जनस्तरको सम्बन्ध रहिआएको उल्लेख गरेकी छन्।स्वास्थ्य, जलस्रोत, कृषि, सिँचाइ, शिक्षा, संस्कृति तथा ग्रामीण एवं सामुदायिक विकासमा भारतले नेपाललाई फराकिलो सहयोग प्रदान गर्दै आएको उनले बताइन्।

'हामीबीचको १९५० को मैत्री सन्धिले खुला सिमाना, स्वतन्त्र आवतजावत, नेपाली नागरिकलाई भारतमा शिक्षा र रोजगारसहित सेना तथा निजामती सेवामा समेत भारतीय नागरिकसरह प्रतिस्पर्धा गर्नसक्ने अधिकार सुनिश्चित गरेको छ', स्वराजले भनिन्।स्वराजले एक दशक लामो अस्थिरता र हिंसापछि नेपालमा जारी शान्तिप्रक्रियाको शान्तिपूर्ण निष्कर्षका पक्षमा भारत सदैव उभिएको बताइन्।
'दुखका साथ भन्‍नुपर्छ, हाम्रो सल्‍लाहलाई बेवास्ता गरियो' -भारतीय विदेशमन्त्री, सुष्मा स्वराज
'नेपालमा संविधान जारी गर्ने प्रक्रियाभर शान्त, स्थिर तथा संवैधानिक लोकतन्त्र स्थापना गर्ने प्रयासमा सक्दो नैतिक तथा भौतिक सहयोग प्रदान गर्ने कुरामा भारतमा पनि राजनीतिक समझदारी थियो', स्वराजले भनिन्, 'नेपालको जारी राजनीतिक संक्रमणमा हामी नजिकबाट सहभागी भै सर्वसम्मत, समावेशी तथा दीर्घकालीन संविधान सक्दो छिटो निर्माण गर्ने दिशामा निरन्तर सहयोग गर्दै आएका यियौं।'

‘नेपाली जनताको भावनाअनुरूप नेपालको शान्ति, स्थायित्व र सामाजिक-आर्थिक विकासमा सम्पूर्ण सहयोग प्रदान गर्न भारत निरन्तर लागिरहनेछ। हाम्रो उत्तरी छिमेकीप्रतिको रेखदेख, चासो तथा हार्दिक मित्रताप्रति कसैले पनि शंका गर्नै पर्दैन', स्वराजले भनिन्।

एमालेकी तत्कालीन उपाध्यक्ष विद्यादेवी भण्डारी, एमाओवादी तत्कालीन नेता बाबुराम भट्टराई, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवाको भ्रमणमा समेत भारतले सबैलाई समेटेर संविधान बनाउन सुझाव दिएको उनले उल्लेख गरिन्।'जुन २०१५ मा भएको मेरो भ्रमणमा समेत मैले हाम्रो सल्लाह राखेकी थिएँ भने प्रधानमन्त्रीले २०१५ अगस्टमा समकक्षी सुशील कोइरालासँग गर्नुभएको टेलिफोन संवादमा समेत सोही कुरा दोहोरिएको थियो।

यस विषयमा काठमाडौंस्थित हाम्रा राजदूतसमेत नेपाली दलसँग निरन्तर सम्पर्कमा रहनुभएको थियो। तसर्थ हाम्रा धारणा प्रस्ट भएनन् वा घनीभूत सम्पर्क गरिएन भन्ने भनाइमा कुनै आधार छैन', उनले भनिन्।नेपालका कयौं समुदाय खासगरी तराईका जनताले यो संविधान समावेशी भएन भन्दै अगस्टको मध्यदेखि विरोध प्रदर्शन गर्दै आएको उनले बताइन्।

निर्वाचन क्षेत्र निर्धारण, आवश्यक क्षेत्रलाई समावेशिता, प्रादेशिक सीमाजस्ता महत्वपूर्ण विषयमा कयौं विवादास्पद प्रावधान रहेका र ती कतिपय घनीभूत छलफलबिना अन्तिम घडीमा घुसाइएका, अन्तरिम संविधानका महत्वपूर्ण प्रावधानसमेत हटाएर नेपालमा संविधान जारी भएकोमा उनले असन्तुष्टि जनाइन्।

नेपालमा सबैको भावनाअनुसार संविधान जारी नभए संकट आउनसक्ने भएकाले भारतीय विदेशसचिव एस जयशंकरले नेपाल भ्रमणमा नेपाली राजनीतिक दललाई सहमतिका लागि घनीभूत छलफल गर्न केही समय थप्न आग्रह गरेको उनले सुनाइन्।

नेपालका असन्तुष्ट समुदायमा तिनका गुनासा सम्बोधन गर्न सकिने खालको सकारात्मक सन्देश प्रवाह गर्ने र तराईको राजनीतिक समस्यालाई राजनीतिक रूपमा सम्बोधन नगरिए आन्दोलन चर्किनसक्ने र तराई तथा भारत-नेपाल सीमामा अवस्था अझ बिग्रन दिन नहुने सल्लाह दिए पनि नेपालका नेताले नसुनेको उनले बताइन् । ‘दुःखका साथ भन्नुपर्छ, यी सल्लाहलाई बेवास्ता गरियो', उनले भनिन्।

परिणामस्वरूप नयाँ संविधानलाई नेपालको ठूलो जनसंख्याले असमावेशी तथा आदिवासी समूहले २००७ देखिका उपलब्धिसमेत हरण गरिएको रूपमा चित्रण गरेको उनले बताइन्।'आन्दोलनले भारत-नेपाल सिमानामा मालवाहक ट्रकसमेत आवतजावतमा रोकेको छ भने यसका कारण भारतबाट नेपालतर्फ हुने इन्धन तथा अन्य अत्यावश्यकीय सामानको आपूर्तिमा समेत प्रभाव पारेको छ', उनले भनिन्।

जारी आन्दोलनले नेपाली असन्तुष्ट समुदायमा घृणाको भाव विकास गरेको र भारत सीमा हुने कयौं भूभागमा आन्दोलन चर्किएको उनले बताइन्। उनले उत्तराञ्चल, उत्तरप्रदेश, बिहार, पश्चिमबंगाल र सिक्किमसहितको भारतसँग रहेको १७५ किमि लामो खुला सीमा तराईमा भएको आन्दोलनले प्रभावित भएको बताइन्।

'रक्सौल-वीरगन्ज रुटमा प्रदर्शनकारीलाई जबर्जस्ती हटाउन २ नोभेम्बर तथा २२ नोभेम्बरमा सप्तरीमा प्रदर्शनकारीविरुद्ध दुर्भाग्यपूर्ण बल प्रयोग गरिएकोमा वातावरण बिग्रनुका साथै एकजना भारतीय नागरिकसमेत मारिएकोमा हामीले मृत्युको अनुसन्धान माग गरेका छौं', उनले भनिन्।
annapurnapost
काठमाडौं: नेपाल विद्युत प्राधिकरणले नेपालीको घरमा अब साढे ९ घण्टासम्म लोडसेडिङ गर्ने नयाँ तालिका सार्वजनिक गरेको छ।

उसले शुक्रबारदेखि दैनिक रुपमा लागु हुनेगरी लोडसेडिङको नयाँ तालिका सार्वजनिक गरेको हो।  नेपालमा आएको विनाशकारी भूकम्‍पले भत्‍किएका जलविद्युत गृह चलाउन कठिन भएको तथा नदीमा पानीको वहाव घटेको कारण देखाउँदै विद्युत कटौती गर्नुपरेको प्राधिकरणले जनाएको छ।


प्राधिकरणका अनुसार अब हप्तामा नेपालीले ५७ घण्टाभन्दा बढी विद्युत कटौती मार खेप्‍नुपर्ने हुन्छ। यसअघि प्राधिकरणले हप्तामा ४४ घण्टा लोडसेडिङ गर्दै आएको थियो।

यता, नेपालमा भारतले लगाएको नाकाबन्दीले राजधानीसहित देशभर खाना पकाउने ग्यास, डिजेल र पेट्रोलको चरम अभाव भएकाले नेपालीले थप मारमा पर्ने भएका छन्।
annapurnapost
काठमाडौं – ललितपुरको हिमालय होटलको स्वीटमा सामान्य नेपाली नागरिक बस्न सक्लान् । नाकाबन्दीको मारमा परेको विद्यमान अवस्थामा त सामान्य नागरिकले त त्यो कल्पना समेत गर्न सक्दैन । तर नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्का हिमालय होटलको स्वीटमा बसेर मलाई कसैले केही गर्न नसक्ने भन्दै वाणिज्य तथा आपूर्ति मन्त्री गणेशमान पुन, वाणिज्य सचिव ङइन्द्रप्रसाद उपाध्यायलाई नै हटाइदिने धम्की दिने गरेका छन् ।

तत्कालीन वाणिज्य मन्त्री सुनिलबहादुर थापामार्फत आयल निगमको प्रमुख हुन पुगेका खड्का यसअघि सडक विभागको महानिर्देशक थिए । विभागमा हुँदा काठमाडौं उपत्यकाको सडक विस्तारका क्रममा करोडौं कमाएको आरोप लागे पनि अख्तियार दाहिना भएपछि केही नलाग्दो रहेछ । अख्तियार प्रम्ुख लोकमान सिंह कार्कीको आफन्त भएकै नाम बिकाएर खड्काले सडक विभागबाट कुम्ल्याएको करोडौं रकम मध्ये रु.४ करोड राप्रपा संसदीय दलका नेता दीपक बोहरालाई बुझाएर आयल निगमको प्रमुख बन्न भ्याएका थिए ।
मुलुक भारतको नाकाबन्दीका कारण तवाही भएको छ । इन्धन आयात हुन नसक्दा जनजीवन नराम्ररी प्रभावित भएको छ । वीरगञ्ज नाका ठप्पप्रायः छ । अन्य नाकाबाट आएको इन्धन पनि समानुपातिक तवरले वितरण हुनसकेको छैन । तर निगमका प्रमुख खड्का हिमालयन होटलमा मलाई यो मुलुकमा कोही कसैले केही गर्न नसक्ने भन्दै गफ दिएर बस्ने गरेका छन् ।आजको जनआह्वान साप्ताहिकमा खबर छ ।

ratopati
काठमाडौं : प्रमुख तीन दल नेपाली कांग्रेस, एमाले र एमाओवादीले आन्दोलनरत मधेसी मोर्चाले राखेका मागहरुको सम्बन्धमा साझा अवधारणा बनाएका छन्। तीन दल र मधेसी मोर्चाबीच संभवतः शुक्रबार नै निर्णायक वार्ता गरेर असहज अवस्था टुंगिने वातावरण बनेको छ।

भारतले संविधान संशोधनको विधेयकलाई अघि बढाउने र मधेसले राखेका मागलाई राजनीतिक तहबाट सम्बोधन गर्ने प्रतिवद्धता आएमा नाकाबन्दी खुल्ने संकेत दिएपछि तीन दल निर्णायक वार्ताका लागि गहन गृहकार्यमा जुटेका हुन् ।

तीनै दलका नेताहरु शुक्रबार बिहानदेखि नै आन्तरिक, दुईपक्षीय र बहुपक्षीय छलफलमा जुटेका छन्। एमाले स्थायी समितिको बैठक शनिबार बिहान बस्दैछ । त्यसैगरी कांगेस सभापति सुशील कोइरालाको निवासमा पनि शुक्रबार बिहान पदाधिकारीको परामर्श बैठक बस्दैछ। एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले पनि शुक्रबार बिहान पार्टीका वरिष्ठ नेताहरुसँग आन्तरिक परामर्श गर्दैछन् ।

तीन दलका नेताहरुबीच बिहीबार बालुवाटारमा भएको बैठकमा कांग्रेस नेतृत्वको सरकार छँदा दर्ता भएको संविधान संशोधनको विधेयक अघि बढाउने र सिमांकनको विषयलाई उच्चस्तरीय राजनीतिक संयन्त्र तथा संसदीय समितिमार्फत निश्चित समय अवधिभित्र टुंगाउने विषयमा साझा अवधारणा बनाएका छन्। त्यही आधारमा मधेसी मोर्चासँग निर्णायक वार्ताको तयारी भइरहेको छ।

संशोधन विधेयकमा जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण र समानुपातिक समावेश प्रतिनिधित्वसम्बन्धी व्यवस्था छ। मधेसी मोर्चाले सिमांकनलाई बटमलाइनको रुपमा प्रस्तुत गरेको छ।

सहमति जुटाउन तीन दलबीचको आन्तरिक छलफलमा क्रियाशिल कांग्रेसका महामन्त्री कृष्ण सिटौलाले निर्णायक वार्ताका लागि सकारात्मक वातावरण बन्दै गरेको बताए। उपप्रधानमन्त्री तथा रक्षामन्त्री भीम रावलले पनि मधेसी मोर्चासँग अब हुने वार्ताबाट निश्कर्ष आउने विश्वास व्यक्त गरे। त्यसैगरी एमाओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सहमति नजिक पुगेकोले असहज अवस्था छिटै अन्त्य हुने बताए।

तीन दलले साझा अवधारणा बनाएपछि आन्दोलनरत मधेसी मोर्चा पनि वार्ताको गृहकार्य र रणनीतिमा जुटेका छन् । सर्लाहीको नवलपुरमा भएको आमसभा छाडेर मधेसी दलका दुई शीर्ष नेताहरु महन्थ ठाकुर र उपेन्द्र यादव बिहीबार अपरान्ह नै काठमाडौं फर्केका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय विदेशीबीचको विशेष टेलिफोन सम्वाद तथा उपप्रधानमन्त्री कमल थापाको अनौपचारिक भारत भ्रमणपछि निर्णायक वार्ताका लागि सकारात्मक वातावरण बनेको हो।
annapurnapost
नयाँदिल्ली,  मंसिर १८ । मधेसकेन्द्रित राजनीतिक दलहरुको माग अनुसार संविधान संशोधनको प्रक्रिया अघि बढेर विश्वासको वातावरण तय भए पारवहन तथा आपूर्तिको स्थिति सहज हुने भारत सरकारले प्रतिबद्धता जनाएको छ ।
भारत सरकारले नेपालका उपप्रधान एवम परराष्ट्रमन्त्रीसँग दोहोरो विश्वास र प्रतिबद्धताको अडान मात्रै दोहोर्‍याए को छ, २ महिनाअघि नेपालको स्रसदमा पेस भएको संशोधन प्रस्तावको अहिलेको स्थितिबारे जिज्ञासा राखेको छ, परराष्ट्रमन्त्री थापा र भारतीय विदेशमन्त्री सुष्मा स्वराजबीच बुधबार दिल्लीमा भेटवार्तामा सहभागी विदेश मन्त्रालयका एक अधिकारीले भने, अहिलेको अवस्थामा संविधान संशोधन र सीमांकन मामिलामा चित्तबुझ्दो राजनीतिक सहमति देखिनु जरुरी छ । अाजकाे कान्तिपुर दैनिकमा खबर रहेकाे छ ।

purbelinews
काडमाढौं, १८ मंसिर । कात्तिक दोस्रो साता एमाओवादी केन्द्रीय समिति परित्याग गरेका तीन नेता आत्मालोचना गर्दै पार्टीमा फर्केका छन् ।
असोज ९ गते पार्टी परित्याग गरेका वरिष्ठ नेता बाबुराम भट्टराईले थालेको नयाँ शक्ति अभियानमा सहभागी हुने भन्दै पार्टी त्यागेका उनीहरु फेरि फर्केका हुन् ।
बिहीबार केन्द्रीय समिति बैठकमा सहभागी हुँदै पोलिटब्युरो सदस्य शशि शेरचन स्वनाम साथी, घनश्याम यादव र उपेन्द्र साहले महासचिव कृष्णबहादुर महरालाई आत्मालोचना पत्र बुझाएको समाचार कान्तिपुर दैनिकले छापेको छ ।
उनीहरुसहित २१ केन्द्रीय सदस्यलगायत ४५ नेता एमाओवादी परित्याग गरेका थिए ।
‘भट्टराईले नयाँ शक्ति निर्माण क्रममा मार्क्सवाद छाडेको बताएकाले’ आफूहरु फर्केको उनीहरुको प्रष्टिकरण छ ।
dainiknepal
शुक्रबार, १८ मंसिर
काठमाडौ । प्रमुख तिन दलले तत्कालिन सुलिल कोइराला नेतृत्वको सरकारले संसदमा दर्ता गराएको संविधान संसोधन विधेकलाई तत्काल परित गर्ने र संघिय सिमाको परिर्वतनको मुद्धालाई राजनितिक वा संसदिय समिति मार्फत टुंगाउने साझा धारणा बनाएका छन् ।
यो धारण सम्भबत आज हुने मधेसी मोर्चाको वार्ता प्रस्तुत गरिने भएको छ ।
प्रमुख तीन दल काग्रेश एमादे र एमाआवादी बीच बिहिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले साझा धारण तय गरेको हो । आजको कान्तिपुरमा समाचार छ ।
nepalsandesh
शुक्रबार, १८ मंसिर
नयाँदिल्ली । मधेसकेन्द्रित राजनीतिक दलहरुको माग अनुसार संविधान संशोधनको प्रक्रिया अघि बढेर ‘विश्वासको वातावरण तय भए’ पारवहन तथा आपूर्तिको स्थिति सहज हुने भारत सरकारले प्रतिबद्धता जनाएको छ ।
भारत सरकारले नेपालका उपप्रधान एवं परराष्ट्रमन्त्रीसँग दोहोरो विश्वास र प्रतिबद्धताको अडान मात्रै दोर्होयाएको छ।
दुइ  महिनाअघि नेपालको संसदमा पेस भएको संशोधन प्रस्तावको अहिलेको स्थितिबारे जिज्ञासा राखेको छ, परराष्ट्रमन्त्री थापा र भारतीय विदेशमन्त्री सुष्मा स्वराजबीच बुधबार दिल्लीमा भेटवार्तामा सहभागी विदेश मन्त्रालयका एक अधिकारीले भने, अहिलेको अवस्थामा संविधान संशोधन र सीमांकन मामिलामा चित्तबुझ्दो राजनीतिक सहमति देखिनु जरुरी छ ।
यसमा दिल्लीले राख्ने सरोकार भन्दा आन्दोलनरत मधेसी दलहरु सहमत हुनुपर्छ । आजको कान्तिपुरमा समाचार छ ।
nepalsandesh
हेल्लो शुभ बिहानी सबैलाई आज वि .सं. २०७२ साल मंसिर १८ गते। शुक्रबार। इश्वी सन् २०१५ डिसेम्बर ४ तारिख। नेपाल संवत् ११३६ कछला गा। मार्गशीर्ष कृष्णपक्ष। तिथि– नवमी, २९:४० बजेउप्रान्त दशमी हेर्नुहोस आजको राशिफल ।
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
Ariesअस्वस्थताले काममा ढिलासुस्ती हुन सक्छ। अप्रिय समाचारले दुःखी बनाउला। पढाइलेखाइमा पनि प्रगति गर्न नसकिने र व्यापार व्यवसायमा समेत सोचेको फाइदा नउठ्ने देखिन्छ। नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला। आफूलाई कमजोर भएको अनुभूति हुनेछ। निराश नहुनुहोस्, केही समय पर्खंदा स्थितिमा सुधार आई अवश्यै उन्नति हुनेछ।
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
Taurusविगतका निर्णयले काम बिग्रन सक्छ। बेसुरमा वचन दिने बानीले दुःख पाइनेछ। मान्यजनको सुझावप्रति विश्वास नलाग्न सक्छ। काम बिग्रने डरले पनि सताइरहनेछ। पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ। परिवारमा आमाको सहयोगबाट काम सम्पादन हुन सक्छ। महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नुहोला, बिस्तारै फाइदा उठाउन सकिनेछ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
Geminiसहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदाको योग छ। शत्रुहरू परास्त हुनेछन् र प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ। आम्दानी बढ्नेछ। विगतका कर्मको उचित प्रतिफल पाइनेछ। कृषिमा सामान्य र व्यवसायमा राम्रो फाइदा उठाउन सकिनेछ। प्रशस्त धन आर्जन गर्ने अवसर प्राप्त हुनेछ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
Cancerकाम र पठन–पाठनमा लगनशील बन्न नसक्ता अरूले आलोचना गर्नसक्छन्। आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ, सचेत रहनुहोला। काम रोकिनुका साथै मानसम्मानमा आघात पुग्न सक्छ। फाइदा कममात्र हुनेछ। बोलीको गलत अर्थ लाग्नाले सहयोगीहरू टाढिन सक्छन् । लेनदेनमा पनि विवाद बढ्ने सम्भावना छ। विगतको श्रमबाट भने लाभ हुनेछ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
Leoपरिवारजनसँग आत्मीयता बढ्नेछ। प्रेम र मित्रताको गाँठो कसिएर जाला। कामबाट पनि सजिलै फुर्सद पाइनेछ। इच्छाशक्ति बढ्नुका साथै प्रयत्न गरेको काम छोटै समयमा पूरा हुन सक्छ। परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिनेछ। प्रशंसकहरू बढ्नेछन्। विशेष समारोहबीच प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ। स्वादिष्ट भोजनको आनन्द मिल्नेछ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
Virgoसमयमा होश नपुग्नाले खर्च मात्र हुनेछ। प्रलोभन देखाउनेहरूले फसाउन सक्छन्। खर्च गरेर पनि त्यति फाइदा उठाउन नसकिएला। ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्नेछ। शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ। परिवारजनबाट टाढिनुपर्ला। आफ्नै कमजोरीले विवादमा परिनेछ भने सद्विचारले अभिप्रेरित हुनेहरूलाई फाइदा हुनेछ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
Libraव्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ। साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ। नयाँ जिम्मेवारी पाइएला। लामो समयदेखि रोकिएको काम बन्नुका साथै आम्दानीको स्रोत समेत बढ्नेछ। पारिवारिक आवश्यकता पूर्ति होला। श्रमको उचित मूल्यांकन हुनेछ। पितृधनको उपयोगबाट विशेष फाइदा होला। सोचेभन्दा बढी नै लाभ हुने योग छ।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
Scorpioसामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुनेछ। भूमि र पैत्रिक सम्पत्तिको उपयोगबाट प्रशस्त लाभ उठाउन सकिनेछ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ। काममा मातापिताको सहयोग प्राप्त होला। प्रतिष्ठित काम गर्ने मौका छ। अरूलाई प्रभावित पारेर काम लिन सकिनेछ। कीर्तिमानी काम सम्पादन होला। दाम, इनाम र प्रतिष्ठा आर्जन गर्ने अवसर प्राप्त हुनेछ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
Sagittariusस्वास्थ्य कमजोर रहनाले महत्वाकांक्षी योजना अघि बढाउन नसकिएला। जिम्मेवारी भने बढिरहनेछन्। बाध्यताले अवरोध निम्त्याउन सक्छ। सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइएला। व्यावसायिक काममा खर्च बढ्नेछ। अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ। समयमा काम पूरा नहुनाले खिन्नता बढ्ला। सेवामूलक कामबाट प्रतिष्ठा मिल्ने समय छ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
Capricornकाममा केही चुनौती देखिए पनि प्रयत्न गर्दा सकारात्मक संकेत प्राप्त हुने देखिन्छ। सहयोगीहरूले अप्ठ्यारो समयमा साथ दिनाले चुनौतीहरूलाई पार लगाउन सकिनेछ। गोप्य रहस्य पत्ता लाग्नेछन् भने नसोचेको धन लाभ हुन सक्छ। तापनि, सानातिना समस्याले अप्ठ्यारो परिस्थिति सिर्जना हुने देखिन्छ। स्वास्थ्यमा पनि अलि कमजोरी अनुभूति हुन सक्छ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
Aquariusदिन मनोरञ्जनपूर्ण रहनेछ। नयाँ ज्ञान सिक्ने मौका छ। तर व्यापार–व्यवसायमा सोचेको लाभ नमिल्न सक्छ। यात्रामा केही समस्या आउलान्। अलि बाध्यताका काममा जुट्नुपर्ने योग छ। दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ। आम्दानी प्रशस्तै बढ्नेछ। नयाँ सवारी साधन प्राप्तिको योग छ। आतिथ्यपूर्ण सम्मान पाइएला। प्रेमको बन्धन कसिने बेला छ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
Piscesप्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ। यात्रामा विशेष लाभ होला। शत्रु र रोगबाट छुटकारा मिल्ने समय छ। मुद्दा–मामिलामा पनि विजयी भइनेछ। व्यापार तथा उद्योगतर्फ सामान्य फाइदाको योग छ। अधिकारका लागि केही संघर्ष पनि हुन सक्छ। प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गर्नेछन्। परिस्थितिले अरूको हातमा गइसकेको धन फिर्ता दिलाउनेछ।

मंसिर । भनिन्छ जसले अन्याय गर्छ त्यसको विनाश अवश्य हुन्छ । यो भनाईको अहिले भारतसँग ठ्याक्कै मिल्न पुगेको छ । अर्काे भनाई ‘पाप धुरिबाट कराउछ’ले पनि ठ्याक्कै मेल खाएको छ ।
आन्तरिक मामिलामा हस्तक्षेप गर्न नेपालमा नाकाबन्दी लगाइरहेको भारतले त्यसको सजायँ भोगेको भन्न थालिएको छ । हाल भारतमा देखिएको विपत्ति र संकट हेर्दा पशुपतिनाथले नाकाबन्दीको सजायँ दिएको धेरैले भनेका छन् ।
दुई महिनादेखिको नाकाबन्दीले नेपाली जनताले कष्टकर जनजीवन भोगिरहेका बेला भारतमा पनि विपत्तिले नेपालजस्तै कष्टकर जीवन बनाइदिएको छ । चेन्नईमा भीषण वर्षापछिको बाढीले दुई सय मानिसले ज्यान गुमाएका छन् भने दिल्लीमा आतंकवादीको डर बढेको छ ।
भीषण बाढीले चेन्नईमा करिब ५० लाख मानिस घरबाहिर बसिरहेका छन् । जनजीवन ठप्प बनेको छ । समाचार संस्था रोयटर्सका अनुसार रेल र हवाई सेवा बन्द गरिएका छन् । यातायात विस्थापित भएको छ । लाखौं जनता विद्यतुबाट बञ्चित छन् ।

उद्दारका लागि सेना परिचालन गरिएको छ । चेन्नईका प्रहरी प्रमुख जेके त्रिपाठीका अनुसार अस्पतालभित्र पानी पसेर विरामीको समेत विजोग भएको छ । नेपालले भूकम्पका बेला भोगेको कष्ट भन्दा ठूलो संकट चेन्नईमा देखिएको छ ।
यस्तै, नेपालमा नाकाबन्दी गरेर विश्व नेताको दौडमा लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारलाई आतंकवादी संगठन इश्लामिक स्टेटले चुनौति दिन थालेको छ अर्थात धम्की दिएर डराउन थालेको छ । आईएस मात्रै अन्य संगठनले पनि भारतमाथि आँखा गाडेका छन् । विश्वमा भएका सम्मेलनमा गएर आतंकवादविरुद्ध लड्नु भारतको पहिलो प्राथमिकता भएको बताउने मोदीलाई आफ्नो देशमा हुनसक्ने आतंकवादी हमलाको त्रास छ ।

भारतीय च्यानल एबीपी न्यूजका अनुसार दिल्लीमा आईएसका केही लडाकू प्रवेश गरिसकेका छन् । उनीहरुले हवाई स्थल, प्रधानमन्त्री निवास र राजधानीलाई केन्द्र बनाएर हमलाको योजना बनाइरहेको बताइएको छ । केही समाचारमा आतंकवादी लडाकू नेपालको बाटो भएर दिल्ली पुगेको अनुमान समेत गरिएको छ । यसक्रममा दिल्लीबाट दुई पाकिस्तानी जासुसलाई समेत पक्राउ गरिएको छ ।

एबीपीको समाचारमा भनिएको छ– ‘पहिला पेरिस र त्यसपछि अफ्रीकी देश मालीमा भएको आतंकवादी हमलापछि देशको राजधानी दिल्लीमा पनि टेरर(आतंकवादी)–अलर्ट जारी गरिएको छ । यहाँ सम्भावित आतंकवादी हमलाको सम्भावना बढेको छ । आईएसका केही लडाकूहरु पाकिस्तान र नेपालको बाटो भएर दिल्ली छिरेको अनुमान गरिएको छ । दिल्ली एयरपोर्टमा एउटा खास कमाण्डो खटाइएको छ । यसको जिम्मा दिल्ली पुलिसका डीसीपी डी के गुप्तालाई दिइएको छ ।’

दिल्लीमा आईएसदेखि डराएर मोदी सरकारले महत्वपूर्ण स्थानमा सुरक्षा बढाएको हो । यसका बीच यदि कुनै घटना भइहाले भारतमा आतंकवादको थप डर पैदा हुनेछ । अनि मोदीको चेत खुल्नेछ छिमेकीको महत्व के हुन्छ भनेर । नेपालसँग सहकार्य गरेर गए भारतलाई आतंकवादसँग राहत मिल्नेछ । किनभने नेपाल भारतबीच खुला सीमाना छन् । अधिकांश आतंकवादीको रुट नेपालबाटै हुने गरेको यसअघिका घटनाले समेत देखाइसकेका छन् ।
त्यसकारण नेपालमाथिको नाकाबन्दी खोलेर मोदीले नेपालसँग माफी माग्नुमै भलाई हुने धेरै नेपालीहरुको सुझाव छ ।
dainiknepal
काठमाडौँ, १७मंसिर । बढी मुल्यमा पेट्रोलियम पदार्थ विक्री गर्ने काठमाडौँ महानगरपालिका–१४ बल्खु स्थित ओम नमशिवाय वर्कशपका संचालक भारत रक्सौल घर भएका २२ बर्षीय बालेश्वर शाहलाई प्रहरीले ३ सय ४० लिटर डिजेल सहित पक्राउ गरेको छ ।

साहले प्रति लिटर २ सय ३० मा डिजेल विक्री वितरण गरिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त कालिमाटीवाट खटिएको टोलीले उक्त डिजेल सहित सोमबार साहलाई पक्राउ गरेको हो ।
यसैगरी किर्तिपुर नगरपालिका–३ स्थित किर्तिपुर मोटर ड्राइभिङ सेन्टरबाट बढी मूल्यमा पेट्रोल बिक्री गरिरहेका झापा बाहुनडाँगी–८ घर भएका २२ बर्षीय मनोज गुरागाईलाई प्रहरीले सोमबार ३ सय ५ लिटर पेट्रोल सहित पक्राउ गरेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
dainiknepal भिडियो हेर्न तलको बाकस थिच्नुहोस
बिहीबार, १७ मंसिर
काठमाडौं । सामान्यतया व्यञ्जनलाई चखिलो र स्वादिष्ट बनाउ रातो खुर्सानीको उपयोग गरिन्छ ।
दैनिक रुपमा हामीले प्रयोग गर्दै आइरहेको खुर्सानीको फाइदाको विषयमा तपाई हामी बेखबर हुन सक्छौं ।
तर पनि निरन्तर प्रयोग गरिरहेका छौं । अझ यसलाई तरिका मिलाएर प्रयोग गरेमा झन बढी लाभदायी हुने अनुसन्धानकर्ताको भनाइ छ ।
खुर्सानीमा भने अनेक फाइदाहरु हुने अनुसन्धानकर्ताले जनाएका छन् । उनीहरले लामो परिक्षण पछि सुर्खानीको अनेक फाइदाका विषयमा विभिन्न तथ्यहरु फेला पारेका हुन् ।
खुर्सानी भिटामिन सी को ठूलो स्रोत मात्र नभई यसमा पाइने यौगिट क्यान्सर र आर्थराइटिस (जोर्नीमा दुआई वा गठिया) जस्तो रोगको रोकथाममा समेत प्रभावकारी हुन्छ ।
ब्रिटिस न्युट्रिसन फाउन्डेसनका बिग्रेट बेनेलमका अनुसार सुन्तला वा अन्य रसिलो फल (साइट्रस) को दाँजोमा रोतो खुर्सानीमा भिटामिन सी तीन गुणा बढी मात्रामा पाइन्छ ।
यसबाहेका यसमा वनस्पति रसायन लाइकोपिन, बिटा क्यारोटिन र जिजेन्थिनजास्ता पिगमेन्टसमेत पाइन्छ । यसमा फोलिक एसिड, पोटासियम र फलाम पनि प्रसस्थ मात्रामा हुन्छ । रातो खुर्सानीमा प्रशस्त मात्रामा रहेको बिटा क्यारोटिन र लाइकोपिन नाम गरेको रसायनले क्यान्सर रोकथाम गर्न सहयोगी हुन्छ ।
बेलायती अनुसन्धानकर्ताहरुले प्रशस्त मात्रामा लाइकोपिन भएको भोजन गर्ने २१ व्यक्तिमा गरेको अध्ययनबाट खुर्सानीमा पाइने अनेक फाइदाको विषयमा नयाँ तथ्यहरु फेला पारेका हुन् । रातो खुर्सानी खाने व्यक्तिहरुमा प्रोस्टेट क्यान्सरको खतरा ११ देखि १९ प्रतिशतसम्म कम पाइएको थियो ।
म्यानचेस्टरका अनुसन्धाताका अनुसार रातो खुर्सानीमा पाइने भिटामीन सी तथा बिटा क्रिप्टोजेथिन बिटा क्यारोटिन नाम गरेको एन्टिआचक्सिडेन्ट गठियाको रोकथाममा सहयोगी हुन्छ ।
आर्थराइटिस पीडित व्यक्तिले यी यौगिक लिएपछि उनीहअरुको रोगमा ४० प्रतिशतसम्म कमी देखियो । सरे विश्वविद्यालयका अनुसन्धानकर्ता डा. मोर्गरेट रेमनका अनुसार रातो खुर्सानीमा प्रचुर मात्रामा बिटा क्यारेटिन हुन्छ । यही बिटा क्यारोटिनलाई हाम्रो शरीरले भिटामिन ‘ए’मा परिवर्तित गर्छ ।
भिटामिन ‘ए’ प्रजननतन्त्रलाई बलियो बनानुको साथै सेक्स हर्मोन (टेस्टोस्टेरन र प्रोजेस्ट्रोन)को निर्माणमा सहयोगी हुन्छ । कोलेस्ट्रोललाई मुटु रोगको जरो मानिन्छ । रातो खुर्सानीमा भएको पिगमेन्ट बिटा क्यारोटिन र लाइकोपिन कालेस्ट्रोलको स्तर ५.९ प्रतिशतसम्म कम गर्न सहयोगी हुन्छ ।
यस बाहेक यो पिगमेन्ट खराब कोलेस्ट्रोलको स्तर १२.९ प्रतिशतसम्म कमी ल्याउँछन् । रातो खुर्सानीमा पाइने भिटामिन सी बाहेक रातो र पहेलो पिगमेन्ट अन्धोपना रोक्न सहयोगी हुन्छ । अनुसन्धान अनुसार भेडे खुर्सानी खानेहरुमा बुढेसकालमा आँखाको क्षति हुने घटनामा कम हुने पाइएको छ ।तर सुर्खानीको फाइदा मात्र हेरेर हुँदैन ।यसका धेरै वेफाइदा पनि छन् ।
चिकित्सकका अनुसार खुर्सानी धेरैमात्रामा खानु राम्रो मानिदैन । तर पनि नियमित ठिक मात्रमा खुसानी खानुपर्छ जसले प्रजनन तन्त्रलाई बलियो, सेक्स हर्मोन उत्पादन, क्यान्सर रोकथाम, अन्धोपना रोक्न, कालेस्ट्रोल मात्रा न्यून गर्न, खाना खान मन नलाग्ने अवस्था छ भने खानाको रुची बढाउने लगायत अनगिन्ति फाइदा रातो खुर्सानीको प्रयोगबाट हुने अनुसन्धानकर्ताहरुले जनाएका हुन्
nepalsandesh
ललितपुर, १७ मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिणी सीमा नाकामा जारी अघोषित नाकाबन्दीका कारण गम्भीर मानवीय चुनौती उत्पन्न भएकाले तत्काल त्यसको निःसर्त अन्त्य हुनुपर्नेमा जोड दिनुभएको छ ।
नेपालले संयुक्त राष्ट्र सङ्घको सदस्यता हासिल गरेको ६०औँ वार्षिकोत्सवका अवसरमा आज यहाँस्थित राष्ट्रसङ्घीय कार्यालयमा आयोजित कार्यक्रममा उहाँले नेपालको स्वतन्त्र पारवहन अधिकार कुण्ठित भएको उल्लेख गर्दै नेपालको कठिन परिस्थितिको शीघ्र अन्त्य हुनुपर्नेमा जोड दिनुभएको हो । उहाँले नेपालमा अत्यावश्यक सामग्रीको आपूर्तिमा उत्पन्न अवरोधका कारण मानवीय सहायताका कार्य सञ्चालनमा परेको असर र सबै खालका अवरोध हटाउन राष्ट्र सङ्घका महासचिवले चासो देखाउनुभएकामा कृतज्ञता व्यक्त गर्नुभयो ।
राष्ट्र सङ्घको सहयोगमा शान्ति प्रक्रिया टुङ्गोमा पुगी नयाँ समावेशी संविधान जारी भएको र प्रजातन्त्रका उपलब्धिलाई संस्थागत गर्दै सामाजिक–आर्थिक रुपान्तरणमा महासचिवबाट प्राप्त साथ र सहयोग अविष्मरणीय रहेको बताउँदै उहाँले राष्ट्र राष्ट्रबीचको सहकार्य र अन्तर्राष्ट्रिय सम्बन्धलाई निर्देश गर्ने एक मात्र विश्व संस्था राष्ट «सङ्घप्रति नेपालको अटुट आस्था रहेको र ऊसँग सधैँ सहकार्य गरिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
भूपरिवेष्टित एवम् अतिकम विकसित सानो मुलुक नेपालसहित अन्य देशले सामना गरिरहनु परेका चुनौतीलाई सम्बोधन गर्न अन्तर्राष्ट्रिय समुदायबाट बृहत् ऐक्यबद्धता एवम् सहयोग प्राप्त हुने अपेक्षा गरेको बताउँदै प्रधानमन्त्रीले तटस्थता र निष्पक्षताका सिद्धान्तलाई आत्मसात् गर्दै राष्ट्र सङ्घले अङ्गीकार गरेको नीतिको परिपालना गर्नुपर्छ भन्नेमा नेपाल दृढ रहेकामा जोड दिनुभयो ।
सन् २०१५ अन्तर्राष्ट्रिय समुदायका लागि दिगो विकाससम्बन्धी अदिस अबाबा कार्यसूची अनुमोदन तथा आगामी १५ वर्षका निम्ति दिगो विकास र जलवायु परिवर्तनसम्बन्धी जारी सम्मेलनका कारण उल्लेख्य वर्षका रुपमा रहेको बताउँदै प्रधानमन्त्री ओलीले राष्ट्र सङ्घको प्रतिष्ठा र विश्वसनीयता विश्वभर मुखरित भएको बताउनुभयो ।
चुनौतीपूर्ण घडीमा नेपालले राष्ट्र सङ्घबाट साथ सहयोग र समर्थन पाएको र भूकम्पपछिका दिनमा नेपालका मानवीय आवश्यकताका निम्ति तत्काल प्राप्त सहयोग र अन्तर्राष्ट्रिय समुदायलाई समन्वय गरेकामा प्रधानमन्त्रीले आभार व्यक्त गर्नुभयो । पुनःस्थापना तथा पुनःनिर्माणलाई आगाडि बढाउन अन्तर्राष्ट्रिय समुदायबाट सहायता जुटाउन व्यक्त प्रतिबद्धताबाट नेपाल उत्साहित भएको बताउँदै उहाँले भविष्यमा पनि त्यस्तो सहयोग निरन्तरता पाउने त्यसको अपेक्षा व्यक्त गर्नुभयो ।
नेपालका लागि राष्ट्र सङ्घका आवासीय मानवीय समन्वयकर्ता जेमी म्याकगोल्डरिकले नेपालमा सन् १९५६ मा पहिलो विकास योजना लागू भएदेखि हालसम्म आर्थिक समृद्धि, शान्ति, सुशासन, भेदभाव र असमानताको अन्त्य, वैधानिक, सांस्कृतिक, भाषिक, धार्मिक, लैङ्गिक एवम् समस्त विषयलाई समावेश गर्दै तेस्रो वार्षिक योजना लागू गरिरहेको र बितेका छ वर्षमा राष्ट्« सङ्घसँगको सहकार्यमा उल्लेख्य प्रगति गरेको बताउनुभयो ।
नेपालमा आफ्नो कार्यकाल पूरागरी सोही पदमा यमन प्रस्थान गर्न लाग्नुभएका उहाँले राष्ट्रसङ्घीय शान्ति सेनामा परिचालित भई नेपालले विश्व शान्ति स्थापनामा अतुलनीय योगदान गरेको र त्यस क्रममा ७१ जनाले वीरगति प्राप्त गरेको जानकारी दिनुभयो ।
नेपाली जनताले हाल भोग्नुपरेका असहज अवस्थाप्रति राष्ट्र सङ्घको ऐक्यबद्धता प्रकट गर्दै उहाँले नेपाल सरकार र यहाँको नागरिक समाजसँग मिलेर न्यायपूर्ण एवम् दिगो समावेशी नेपालका निम्ति निरन्तर सहयोग भइरहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
dainiknepal
बिहीबार, १७ मंसिर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तराष्ट्रिय समुदायलाई नाकाबन्दीका कारण उत्पन्न समस्या समाधान गरिदिन आग्रह गरेका छन् ।
नेपाल र संयुक्त राष्ट्रसंघबीच संबन्ध स्थापित भएको ६० औं बर्षगांठका अवसरमा बिहीबार संयुक्त राष्ट्रसंघीय भवन ललितपुरमा आयोजित समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले भूपरिबेष्ठित देशले पाउने सुविधाको भारतले ठाडो हनन गरेको भन्दै अन्र्तराष्ट्रिय समुदायबाट नेपालका पक्षमा समर्थनको अपेक्षा गरेको बताए ।
नेपाल संयुक्त राष्ट्रसंघको सदस्य बनेको ६० बर्ष पार गरेको छ । सन् १९५५ मा नेपालले राष्ट्रसंघको सदस्यता पाएको थियो ।‘नेपालजस्ता साना, अतिकमविकसित र भूपरिबेष्ठित मुलुक जसले नेपालले अहिले भोगेजस्तो समस्या बेहोरेका छन् ।
उनीहरुले अन्र्तराष्ट्रिय समुदायसमक्ष हार्दिकतापूर्वक सहयोग र ऐक्यबद्दताको अपेक्षा गर्ने गर्छन’ प्रधानमन्त्री ओलीले भने । प्रधानमन्त्रीले दक्षिणी नाकाहरुमा जारी अघोषित नाकाबन्दीका कारण देशका समग्र जनताले अत्यन्तै जटिल मानवीय संकट उत्पन्न बेहोर्नुपरेको बताए । ‘यो अघोषित नाकाबन्दी विनासर्त तत्कालै अन्त्य हुनुपर्छ’ उनले भने ।
सरकारले भारतले लगाएको नाकाबन्दीको अन्तर्राष्ट्रिय करण गर्न नसकेको आरोप लागिरहेको बेला प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसंघको कार्यलयमा उपस्थित भएर नाकावन्दी विरुद्ध आफ्नो स्पष्ट धारणा सार्वजनिक गरेका हुन् ।
संयुक्त राष्ट्रसंघका महासचिव वान कि मुनले आपूर्ति बन्द भइ मानवीय कार्यहरुमा लगातार परेको प्रत्यक्ष प्रभावप्रति गहिरो चिन्ता राख्दै नेपालको स्वतन्त्र पारवहन अधिकारबारे ब्यक्त गरेका भनाईप्रति नेपाल अनुग्रहीत रहेको बताए ।
उनले लोकतान्त्रिक प्रक्रियाबाट बनेको नेपालको संबिधानलाई राष्ट्रसंघीय महासचिवले प्रशंशा गरी महत्वपूर्ण कोसेढुंगा भनेकोमा पनि वानको प्रशंशा गरे ।
भूकम्प पछिको विपत्तिका क्रममा संयुक्त राष्ट्रसंघीय निकायहरुबाट भएको सहयोगको प्रधानमन्त्रीले मुक्तकण्ठले प्रशशा गरे । संयुक्त राष्ट्रसंघको वडापत्रलाई नेपालको बिदेश नीतिले अंगिकार गरेको बताउंदै प्रधानमन्त्रीले प्रजातन्त्र र मानवअधिकारको संरक्षण गर्न नेपाल सदैव प्रतिबद्द रहिआएको बताए ।
संयुक्त राष्ट्रसंघीय शान्ति सेनामा नेपालको महत्वपूर्ण योगदान रहेको बताउंदै प्रधानमन्त्रीले आगामी दिनमा पनि राष्ट्रसंघसंग नेपालको सहकार्य जारी रहने बताए । नेपालको शान्ति प्रक्रियामा राष्ट्रसंघले खेलेको भूमिकाको प्रधानमन्त्रीले प्रशंशा पनि गरे ।
nepalsandesh
काठमाडौं, १७ मंसिर । मुलुकले नाकाबन्दीको सामना गरिरहेका बेला उपप्रधान एवम् परराष्ट्रमन्त्री कमल थापाले दोस्रो पटक भारत भ्रमण सकेर स्वदेश फर्कनुभएको छ ।
पहिलो भ्रमणभन्दा दोस्रो भ्रमण सकारात्मक र फलदायी भएको थापाको भनाइ छ । यस पटक मन्त्री थापासँग भारतीय पक्षले तितामिठा सबै कुराकानी गरेको स्रोतको भनाइ छ ।
भारतले नाकाबन्दी लगाउनुको आफ्नो बाध्यता र अब नाकाबन्दी कसरी खोल्न सकिन्छ भन्ने विषयमा परराष्ट्रमन्त्री थापासँग परामर्श गरेको छ । स्रोतका अनुसार नाकाबन्दी खोल्नका लागि भारतले नेपाली पक्षसँग ‘जस्टिफिकेशन’ खोजेको छ ।
भारतको ‘जस्टिफिकेशन’ के हुन सक्छ सार्वजनिक रुपमा बाहिर नआए पनि पत्रपत्रिकामा आएका विषयलाई नै भारतले अगाडि सारेको अनुमान गर्न सकिन्छ । मधेसी मोर्चाको मागलाई पूरा गर्नुपर्ने दबाव दिँदै आएको भारतले संविधान संशोधन गर्नुस् भन्ने पुरानै कुरा सारेको छ ।
‘संविधान संशोधन गर्नुस्’ भन्ने भारतको भनाइमा के अर्थ लुकेको छ त्यो भने पछि नै थाहा होला । तर मधेसी मोर्चाका मागलाई जसरी हुन्छ पूरा गर्नै पर्ने भारतको चाहना छ ।
यसपटक अलि नरम देखिएको भारतीय पक्षले परराष्ट्रमन्त्री थापालाई छिटो समस्याको समाधान खोज्नका लागि पनि सुझाव दिएको छ । नेपाल–भारतबीचको समबन्ध बिग्रिएकोमा भारतीय पक्ष पनि खुसी छैन ।
लामो इतिहाँस बोकेको नेपाल–भारतसम्बन्ध यो हदसम्म बिग्रिनुको पछाडिको कारण खोज्नुपर्ने समय आएको परराष्ट्रमामिलाका जानकारहरूको भनाइ छ ।
भारतले नेपालमा भारत विरोधी भावना बढ्दै गएकोमा पनि परराष्ट्रमन्त्री थापासँग गुनासो गरेको छ । ‘मन्त्रिपरिषद्का सदस्यहरू र नेताहरूको अभिव्यक्तिबाट हामी चिन्तित छौँ’, परराष्ट्रमन्त्री थापासँग भारतीय पक्षले गरेको गुनासोलाई उदृत गर्दै स्रोतले भन्यो, ‘दुई मुलुकको बिग्रदोसम्बन्धबाट भारतीय पक्ष नेपालभन्दापनि धेरै चिन्तत भएको छ ।’
यसअघि बिमानस्थलमा उपप्रधान एवम् परराष्ट्रमन्त्री थापाले मुलुकको वर्तमान स्थितिमा चाँडै नै सुधार आउने अपेक्षा आफूले गरेको बताउनुभएको छ । थापाले दुई देशका बीच कायम असमझदारी हटाउन यस पटकको आफ्नो भारत भ्रमणले सघाउ पुगेको भन्दै खुसी व्यक्त गर्नुभएको थियो ।
भ्रमणका क्रममा भारतीय विदेशमन्त्री सुष्मा स्वराजलगायत भारतीय नेता तथा पदाधिकारीसँग द्विपक्षीय सम्बन्धबारे थापाले कुरा गर्नुभएको थियो ।
उपप्रधानमन्त्री थापाले अत्यन्तै संवेदनशील र जटिल परिस्थिति भएकाले कतिपय विषयलाई अहिले नै चर्चामा ल्याएर परिस्थिति बिगार्नुको सट्टा मुलुकको स्वाधीनताको रक्षा गर्दै समस्या समाधान गर्ने क्रममा आफूले निरन्तर प्रयास गरिरहेको बताउनुभएको छ ।
dainiknepal
सर्लाही, मंसिर १७ । चुरेभावर पार्टीले सर्लाहीमा विहीबार मधेसी मार्चाको विरोधसभा बिथोलिदिएको छ ।

पूर्व पश्चिम राजमार्गअन्तर्गत् सर्लाहीको नवलपुरमा दिउँसो मधेसी मोर्चाले विरोधसभा गर्न लागेकोमा चुरेभावरका कार्यकर्ताले बिथोलिदिएका हुन् ।

त्यसपछि मधेसी मोर्चाका कार्यकर्ताले नवलपुरमा टायर बालेर प्रदर्शन गरेका थिए । उक्तक्रममा दुबै पक्षका कार्यकर्ताबीच झडपसमेत भएको थियो । तनावको स्थिति आएपछि प्रहरीले बल प्रयोग गरेको थियो ।

त्यसक्रममा प्रहरीले ३५ राउन्ड हवाई फायर, ५४ राउन्ड अश्रुग्यास र २७ राउन्ड रबरको गोली चलाएर मधेसी मोर्चा र चुरेभावरका कार्यकर्तालाई हटाएको जनाइएको छ ।

प्रहरीले चलाएको गोलीको छर्रा लागेर मधेसी मोर्चाका ७ जना तथा चुरेभावरका ११ जना कार्यकर्ता घाइते भएका छन् । स्थितिलाई नियन्त्रणमा लिन खोज्दा ५ जना प्रहरीसमेत घाइते भएका छन् ।

सभा गर्न नसकेपछि मोर्चाका केन्द्रीयस्तरका नेताहरु नवलपुर आउन नपाएको बताइएको छ ।

यसैबीच, आक्रोशित मधेसी मोर्चाका कार्यकर्ताले आन्दोलनको अनुगमन गर्न आएको राष्ट्रिय मानवअधिकार आयोगको बा७च ७४७६ नम्बरको गाडीमासमेत आगजनी गरेका छन् ।

आगजनीबाट गाडी पूर्णरुपमा जलेको सर्लाहीका प्रहरी प्रवक्ता डीएसपी रमेशकुमार खड्काले जानकारी दिए ।

यता, चुरेभावरका कार्यकर्ताले पनि लालबन्दी बजारमा दुईओटा भारतीय नम्बर प्लेटका मोटरसाइकल र बागवानी जंगलमा नेपाली नम्बर प्लेट भएको एउटा मोटरसाइकलमा आगजनी गरेका छन् ।

मधेसी मोर्चाले जुटपानी स्कुलमा गर्ने भनेको कार्यक्रम फेरि नवलपुर चोकमा गर्न खोजेपछि झडपको अवस्था सिर्जना भएको हो ।

विरोधसभामा मोर्चाका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको थियो ।imagekhabar
काठमाडौं, १७ मंसिर । भारतीय नाकाबन्दीपछि पहिलोपटक निजी कम्पनीले नेपालमा इन्धन आपूर्ति गरेको छ ।
सरकारले जारी गरेको ग्लोबल टेण्डर पाएको निजी कम्पनी पेट्रोलिमेक्सले पहिलोपटक ब्यापारिक रुपमा ४२ हजार लिटर हवाइ इन्धन नेपाल ल्याएको हो ।
नेपाल आयल निगमका प्रवक्ता मुकुन्द घिमिरेका अनुसार पेट्रोलिमेक्सले भारतबाट जोडर्न एयरलाइन्सको बोइङ ७६७ वाइडबडी बिमानमा एयरलिफ्ट गरेर इन्धन ल्याएको हो । अब पेट्रोलिमेक्सले नियमित रुपमा हवाइ इन्धन ल्याउनेछ ।
यसअघि चीनले नेपाललाई लाखौं लिटर तेल अनुदानमा दिएको थियो । नाकाबन्दी लगाएको दुई महिनापछि फेरि भारतबाटै तेल ल्याइएको हो ।
dainiknepal
१७ मंसिर, काठमाडौं ।

परराष्ट्रमन्त्री कमल थापा भारतबाट फर्किएपछि एकाएक सहमति र नाकाबन्दीको संकेत देखिएको छ ।

भारतले मधेशका माग पुरा गर्नेगरी सहमति भएमा नाकाबन्दी खोल्ने संकेत गरेपछि काठमाडौंमा वार्ताको सरगर्मी पनि बढेको छ ।

प्रधानमन्त्री ओलीले बोलाएको वार्तामा सहभागि हुन २ पटक सम्म नमानेका संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र तराई–मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर समेत काठमाडौं
 आएपछि माहौल बदलिएको विश्लेषण गरिएको छ ।

प्रधानमन्त्री ओलीलाई सुष्मा स्वराजको फोन, नाकाबन्दी खोल्न २ शर्त

तत्कालै वार्ता हुने र सहमतिका सम्भावना देखिइसकेको दावी कतिपय नेताले गरेका छन् । आजै साँझ वा राति सर्वपक्षीय वार्ता भएर कुनै ठोस सहमति हुन सक्ने संकेत समेत बालुवाटारबाट आएको छ ।

नेपाल- भारत सम्बन्धबारे सुष्माको १४ बुँदे जवाफ     nepaliheadlines
सर्लाही, १७ मंसिर । आन्दोलनरत मधेसी मोर्चा नेता एवं सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो सर्लाही आइपुगेको सूचना पाएपछि चुरे भावर राष्ट्रिय एकता पार्टीका कार्यकर्ताले प्रतिकार गरेका छन् ।
चुरेभावरको प्रतिकारपछि सर्लाहीको नवलपुरमा मोर्चाले आयोजना गरेको आमसभास्थलमै झडप भएको छ । झडपलाई नियन्त्रणमा प्रहरी हवाई फायर समेत गरेको छ । प्रहरीको गोली लागेर चार जना घाइते समेत भएका छन् । चुरेभावरले प्रतिकार गर्दा भएको झडपलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएपछि राजेन्द्र महतो बाटोबाटै फर्किएका छन् ।
मोर्चाको आमसभास्थल सर्लाहीको नवलपुरलाई चुरेभावरले कब्जामा लिएको छ । चुरे भावर राष्ट्रिय एकता पार्टीका केन्द्रीय उपाध्यक्ष एवम् आन्दोलन परिचालन समितिका कमान्डर दीपमान लोप्चनले प्रहरीले गोली चलाउँदा राजेन्द्र महतो बाटोबाटै फरार भएको बताए । उनले भने- ‘मञ्चमा उनको(राजेन्द्र महतो) नाम लिनेवित्तिकै प्रहरीको घेरा तोडेर हामी प्रतिकार उत्रियौ । दुबै पक्षबीच झडप भयो । त्यसपछि हामीले गोलीको आवाज सुन्यौ । प्रहरी घेरामा रहेका राजेन्द्र महतो माथिबाटै भागे ।’
गोली चलेपछि प्रदर्शनकारीबीच भागाभाग भएको थियो । सर्लाहीका प्रमुख जिल्ला अधिकारी मेघनाथ काफ्लेले नवलपुरमा गोली चलेको बताए । यता राजेन्द्र महतोले भने विरोधसभामा प्रहरीले गोली चलाएको आरोप लगाएका छन् ।
यसअघि मोर्चाले राजमार्गमा नै विरोध सभा गर्ने तयारी गरेको थियो । चुरेभावर राष्ट्रिय पार्टीले राजमार्ग अवरुद्ध नगर्न चेतावनी दिएपछि मोर्चाले नवलपुरमा विरोध सभामा सारेको थियो । गोली चलेपछि मोर्चाका कार्यकर्ता तितरबितर भएका छन् । नवलपुरलाई चुरेभावरका कार्यकर्ताले कब्जा गरेर प्रदर्शन गरिरहेका छन् ।
मोर्चाले आमसभा गरेको क्षेत्र चुरेमा पर्छ । चुरेभावर पार्टी चुरेभावर प्रदेश माग्दै आन्दोलन गरिरहेको छ । र उसले चुरेभावर प्रदेशभित्रको क्षेत्रमा नारा, जुलुस, विरोधसभा, बन्द, हड्ताल गर्न रोक लगाएको छ ।
dainiknepal
काठमाडों । राजनीति न हो, राजनेताहरुको मनमा कहिले खुसी, कहिले पीडा । यस्तै भएको छ बालुवाटारमा अहिले । प्रधानमन्त्री केपी शर्मा ओली निकै होसिएका छन् ।
उपप्रधान एवं परराष्ट्र मन्त्री कमल थापाले दिल्लीबाट नाकाबन्दी खुल्ने सकारात्मक सन्देश लिएर आएपछि ओली निकै उत्साही भएका हुन् । त्यसो त, मधेसी मोर्चाका शीर्ष नेताहरु पनि आमसभा नै छाडेर काठमाडौं आउनु चानचुने कुरा होइन ।
कमल थापालाई भारतीय विदेश मन्त्री सुष्मा स्वराजले दुई पटक भेटीन् भने भारतीय प्रधानमन्त्रीका सुरक्षा सल्लाहकारले पनि केही संकेत दिए । यसको छनक बिहान तीन दलको बैठकमै देखिएको थियो ।
यस लगत्तै ओलीले मधेसी मोर्चाको माग प्याकेजमै समाधान गर्ने बताएका थिए भने सीमांकनका विषयमा उच्चस्तरीय समितिले निर्णय गर्ने बताएका थिए ।
थापा काठमाडौं झरे लगत्तै ओलीनिवास आएर जानकारी गराए । अनि मन्त्रीपरिषद्को बैठक पनि डाकीयो । यसरी सकारात्मक बनेको माहौलमा अझै सकारात्मक कदम बन्यो सुष्मा स्वराजको फोन ।
प्रधानमन्त्री ओलीलाई फोन गरि गो अ हेड भन्ने संकेत गरेकी स्वराजको फोनमा नाकाखुल्ने संकेत देखिएपछि औली थप हौसिए । अब मधेसवादी दलहरुसँग वार्ता गरि चाँडै समस्याको समाधान निस्कने विश्वास बालुवाटारले लिएको छ ।
nepalsandesh
बिहीबार, १७ मंसिर
काठमाडौं । भारतको माथिल्लो सदन राज्यसभामा नेपाल(भारत सम्बन्धबारे बहस सुरु भएलगत्तै रोकीएको छ । बहसकालागि छुट्याइएको समय कम भएको भन्दै भारतको माथिल्लो सदन राज्यसभाका सांसदहरुले आपत्ती जनाए लगत्तै बैठक रोकीएको हो ।
सांसदहरुले कम्तिमा तीन घण्टा नेपालबारे बहसकालागि छुट्याउन माग गरेका थिए । बहसको सुरुमा विदेशमन्त्री सुष्मा स्वरोजले लिखित मन्तब्य राखेकी थिइन् ।
उनले मन्तब्य पढ्दैगर्दा सभाको सभापतित्व गरिरहेका उपसभापतिले रोकेका थिए । उनले लिखित मन्तब्य बढ्नुनपर्ने बताएपछि स्वराजले उनको भनाइलाई प्रतिवाद गर्न खोजेकी थिइन् ।
उनले आफुलाई पढ्न नदिएकोमा आक्रोशित हुँदै लौ पढेसरह भयो सभापतिज्यु भन्दै बसिन् । ध्यानाकर्षण पत्र दर्ता गराएका साँसद पवनकुमार बर्माले नेपालमा संविधान जारी हुँदा भारतीय सरकारको टाउको दुखाई किन भन्दै प्रश्न उपाए ।
उनले संविधान जारी हुनुभन्दा केहीदिन पहिला विशेष दुतका नाममा नेपालमा खेल्न खोजिएको आरोप लगाए । उनी बोल्दाबोल्दै तीन मिनेटको समय सकिएपछि उनले समय अपुग भएको भन्दै विवाद निकाले ।
उनले समय थप गर्न माग गरे । लगत्तै विदेशमन्त्री स्वराजले यो विषयकालागि तीन चार घण्टा समय चाहिने बताइन् । सांसदहरुले निकै गम्भिर बहस गर्नुपर्ने बताएपछि स्वराजले सोमबार चार घण्टा बहस गर्ने र आफुले जवाफ दिने बताएकी छिन ।
nepalsandesh
भारतले दाउद इब्राहिकमा सहयोगीहरुलाई नेपालबाट गिरफ्तार गरेको जनाएको छ। भारतको सेन्ट्रल इन्टेलिजेन्स एजेन्सीहरुले नेपालको सहयोगमा भारतले प्रमुख दुश्मन मानेका मध्ये एक दाउद इब्राहिमका दुई सहयोगीलई पक्राउ गरेको भारतीय सञ्चारमाध्यमहरुले लेखेका छन्।

यसरी पक्राउ पर्ने व्यक्त अब्दिल पटेल र अब्दुल सतार भएको बताइएको छ।दुबै माथि भारतीय जनताका पार्टीका दुइ नेता मारेको समेत आरोप छ।
यो पक्राउलाई भारतमा निकै महत्वपुर्ण मानिएको छ ।

उनिहरु भारतबाट नेपाल छिर्दै गर्दा नेपाली सुरक्षा संयन्त्रको सहयोगमा  बुधवार पक्राउ परेका‍ि उच्च भारतीय अधिकारीले पुष्टी गरेको सञ्चारमााध्यमहरुले जनाएका छन्। पक्राउ परेका मध्ये पटेल जाभेज चिक्नाको भाइ समेत भएको बताइएको छ। जाभेद दाउद इब्राहिमका खास मानिन्छन्न।

दाउद इब्राहिम भारतले सर्वाधिक खोजी गरेका व्यक्ति हुन् । हाल पाकिस्तानमा रहेको विश्वास गरिएका उनिमाथि सन१९९३ भएको मुम्बई विष्फोट गराएको आरोप छ।

इब्राहिमा इन्टरपोलको खोजि गरिएका व्यक्तिको सुचिमा समेत छन्। दाउद इब्राहिक भारतको एक मुख्य राजनैतिक मुद्धा समेत हुन। उनलाई जुनसुकै हालत भारत ल्याएर मुद्दा चलाउने र त्यसका लागि कुनै कसर बाँकी नराख्ने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बारम्बार बताउने गरेका छन्।

भारतको अघोषित नाकाबन्दीका कारण दुइ देश बीचको सम्वन्ध असहज बनिरहँदा पनि नेपालको सुरक्षा संयन्त्रले भारतलाई सहयोग गरेको देखिएको छ।nepaliheadlines
बिहीबार, १७ मंसिर
काठमाडौं । भारत भ्रमणमा गएका उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले नेपाल र भारतबीच देखिएको असहज परिस्थिति केही दिनमा हट्ने बताएका छन् ।
उनले भारतसंग सकारात्मक छलफल भएको भन्दै केही दिनमा यसको परिणाम देखा पर्ने बताए ।
त्रिभुवन अन्तर्राट्रिय विमानस्थलमा पत्रकार समक्ष आफनो भारत भ्रमण सकरात्मक भएको भन्दै अब केही दिनै नाकाबन्दी खुल्ले संकेत गरेका छन् । थापाले बुधबार भारतीय विदेशमन्त्री सुष्मा स्वराज र प्रधानमन्त्रीका सुरक्षा सल्लाहकार अजित डोभलसँग भेटवार्ता गरेका थिए ।
यसै गरी प्रधानमन्त्री नरेन्द्र मोदीसंग भेट्ने भनिएपनि बिहिबार भेट्ने समय नपाएपछि उनी आज काठमाडौ फर्केका हुन् ।
थापा संगैै नेपालका लागि भारतिय राजदुत दिप कुमार उपाध्याय पनि नेपाल पर्केका छन्
nepalsandesh
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय विदेशमन्त्री सुष्मा स्वराजबीच बिहीबार टेलिफोनमा विशेष सम्वाद भएको छ।

प्रमुख तीन दलको बैठक जारी रहेको अवस्थामा भएको विशेष टेलिफोन सम्वादमा तराई मधेसमा आन्दोलनरत मधेसी मोर्चाले राखेका मागलाई सम्बोधन गरेर अहिलेको असहज अवस्थालाई छिटै अन्त्य गर्ने समझदारी भएको छ। त्यही समझदारीअनुसार अब मधेसी मोर्चासँग निर्णायक वार्ता हुनेछ ।


मधेसमा आन्दोलनरत पक्षले राखेका मागहरुलाई राजनीतिक रुपमा सम्बोधन गरेर नाकामा देखिएको अवरोध हटाउने समझदारी भएको छ । ओलीले सिमांकनको विषयलाई एउटा उच्चस्तरीय राजनीतिक संयन्त्र बनाएर तीन महिनाभित्र टुंगो लगाउने, जनसंख्याको आधारमा क्षेत्र निर्धारण तथा समावेशी समानुपातिक प्रतिनिधित्वको मुद्दालाई पनि क्रमशः समाधान गर्ने प्रतिवद्धता जनाएपछि भारतीय विदेशमन्त्री स्वराजले छिटै नाकाबन्दी खुल्ने संकेत दिएकी छिन् ।

विश्वस्त स्रोतका अनुसार बिहीबार भएको टेलिफोन सम्वादबाट प्रधानमन्त्री असहज अवस्था छिटै अन्त्य हुनेमा धेरै आशावादी देखिएका छन् । त्यसको संकेत उनले तीन दलको शीर्ष नेतृत्वलाई पनि दिएका छन् ।
annapurnapost
काठमाडौं, १७ मंसिर । मुश्लीम समुदायको अधिकारका लागि लडिरहेको इश्लामिक अतिवादी संगठन इश्लामिक स्टेट (आईएस)को घोषणा पत्र सार्वजनिक भएको छ ।
सिरिया र इराकको केही भाग कब्जामा लिएर पश्चिमा मुलुकमा आतंक मच्चाइरहेको आईएसले मंगलबार सार्वजनिक गरेको घोषणापत्रमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ‘हिन्दु अतिवादी’को आरोप लगाएको छ । उसले अबको युद्ध भारतमा केन्द्रित हुने धम्की समेत दिएको छ ।
भर्खरै फ्रान्सको राजधानी पेरिसमा आक्रमण गरी १३२ जनाको ज्यान लिएको आइएसले आफ्नो घोषणापत्रमा भनेको छ- ‘अब यो अभियान भारत, पाकिस्तान, बंगलादेश र अफगानिस्तान लगायतका मुलुकमा विस्तार हुनेछ । हाम्रो पहिलो आक्रमण भारतबाट सुरु हुनेछ ।’
घोषणापत्रमा भारतको राजनीतिक अवस्थाको विश्लेषण गर्दै आईएसले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई अतिवादीको संज्ञा दिएको छ । ‘भारतमा हिन्दुहरुको गतिविधि निकै बढेको छ, जसले गाई खाएको अभियोगमा मुस्लिमहरुलाई मारिरहेका छन्’ आइएसको घोषणापत्रमा भनिएको छ ।
भारतमा मुस्लिममाथि ज्यादती भएका कारण त्यहाँ आइएसको गतिविधि बढाउनुपरेको घोषणापत्रमा बताइएको छ । आगामी दिनमा हरेक देशमा आइएसले युद्ध गर्ने भन्दै उसले विश्वभर रहेका डेढ अर्ब मुस्लिमलाई आफ्नो शक्तिका रुपमा ब्याख्या गरेको छ ।
यसअघि पनि आईएसले एक भिडियो जारी गर्दै भारतलाई धम्की दिएको थियो ।dainiknepal
सर्लाही, १७ मंसिर । मधेसमा चुरे प्रदेशको माग गर्दै आन्दोलन गरिरहेको चुरे भावर राष्ट्रिय एकता पार्टीका कार्यकर्ताले सर्लाहीमा दुई वटा भारतीय नम्बर प्लेटका मोटरसाइकलमा आजगनी गरेका छन् ।
विहीबार नवलपुरमा आयोजना गरेको विरोधसभामा सहभागी हुन् आएका मोर्चाका जिल्ला नेता चढेको मोटरसाइकल चुरेभावरका कार्यकर्ताले जलाएका हुन् ।
मोर्चालाई निषेधित गरिएको क्षेत्रमा खुलेयाम भारतीय गाडी चलाएकाले कार्यकर्ताले आगजनी गरेको चुरे भावर राष्ट्रिय एकता पार्टीका केन्द्रीय उपाध्यक्ष एवम् आन्दोलन परिचालन समितिका कमान्डर दीपमान लोप्चनले बताए ।
उनले भने– हाम्रा कार्यर्काले भारतीय नम्बर प्लेटको मोटरसाइकल जलाएकै हो । त्यसमा मधेसी मोर्चाका जिल्ला नेताहरु चढेको सुनिएको छ । को चढेको ठ्याक्कै नाम थाहा भएन् ।
यसबारेमा जिल्ला प्रहरी कार्यालय सर्लाहीले भने अहिलेसम्म कुनै जानकारी नआएको जनाएको छ ।
dainiknepal
बिहीबार, १७ मंसिर

भारत नेपाल भन्दा २२ गुण ठुलो देश हो, क्षेत्रफलका हिसाबले । सार्वभौमिकताको हिसावले भारत र नेपालको हैसियत समान छ ।
संयुक्त राष्ट्रसंघमा पनि नेपाल र भारतले पाउने हैसियत बराबर हो । बरु राष्ट्रसंघको सुरक्षा परिषद्मा नेपाल अस्थायी सदस्य भैसकेको छ ।
भारतले नेपालको हैसियत माथि देखिसकेको छ । तर, त्यही भारत अहिले नेपालमाथि राज गर्न खोजिरहेको छ ।
भदौ २७ मा दिल्लीबाट त्रिभुवन विमानस्थलमा झरेका भारतीय राजदुत रणजित राय सिधै हाम्रा तत्कालिन प्रधानमन्त्री सुशील कोइराला निवास पुगे र उनले नेपालको संविधानमा यी यी विषय थप गर्नु र यी विषय हटाउनु भन्दै भारतीय मोदीको सन्देश भन्दै चेतावनी दिए ।

अनि हाम्रा प्रधानमन्त्रीको बेडरुममै पुगेर फर्कीए । तर, त्यही राजदुर रायको देशले भने हाम्रो उपप्रधान एवं परराष्ट्र मन्त्री कमल थापामाथि मात्रै हैन नेपाली जनतामाथि ने अपमान गरेको छ ।
भारत भ्रमणमा रहेका थापालाई भेट दिन पहिला त विदेश मन्त्री सुष्मा स्वराजले नै आलटाल गरिन् ।बल्ल बल्ल भेट दिएर दादागिरी देखाइन् । नेपाली जनतालाई अर्ति र उपदेश दिइन् ।
धार्मीक अतिवादी आरएसएसको बलमा चुनाव जितेर सत्तामा पुगेको भारतीय जनता पार्टीको दादागिरी यतीमा सिमित भएन। नेपाली जनताको मतबाट सांसद बनेर उपप्रधानमन्त्री बनेका थापालाई अपमान गर्नु भनेको नेपाललाई अपमान गर्नु हो ।
भारतीय प्रधानमन्त्री मोदीका सुरक्षा सल्लाहकार अजित देभलले मोदीले बिहबिार बिहान भेट्न चाहनुभएको छ भन्दै थापालाई दिल्लीमै रोके। तर, बिहीबार बिहान मोदीले यस बारेमा अनविज्ञता प्रकट मात्रै गरेनन् थापासँग कुनै हालतमा नभेट्ने बताए । उनै देभलले अन्तिममा सरि भनेपछि थापा निराश भएर फर्कीए ।
नेपाल र नेपालको सरकारलाई मामुली सोचेर हाम्रा प्रधानमन्त्री, राष्ट्रपतिको चुलो चोकोसम्म पुगेर आन्द्राभँडी पत्तालगाउने हैसियत उस्का राजदुतलाई हुँदा हाम्रा उपप्रधानमन्त्रीलाई भेट दिएर पनि नभेट्ने अधिकार मोदीलाई कस्ले दियो ?
के मोदीको मनमा मानवता भन्ने शब्द छैन । नेपाली जनताकालागि जनताका प्रतिनिधिले जारी गरेको संविधानलाई बहाना बनाएर आयात ठप्प पार्ने अनि अमानविय नाकाबन्दी लगाएर दिल्लीमा बसेर रमाउने अधिकार उनलाई छ?
अनि समस्याको गाँठो फुकाउनकालागि नेपाल सरकारबाट भएको उच्चस्तरीय पहललाई कमजोरी ठानेर हेपाहा प्रवृत्ति देखाउने अधिकार दिल्ली दरबारलाई छ ?
निकै उत्साहीत हुँदै दिल्ली पुगेका थापालाइ रोकेर मोदीले उनको बेइज्जत मात्र गरेका छैनन्, नेपालीमाथिको अविश्वास पनि हो यो ।
यो प्रकरणले नेपालले पनि कुटनीतिक मर्यादालाई थप बलियो बनाउनुपनेृ आवश्यकता देखाएको छ ।
दिल्ली दरबारले समय अभाव भन्दै हाम्रा प्रमुखलाई नभेट्दा अब भने हाम्रा कुटनीतिक नियोगले पनि यसबारेमा सोच्ने बेला भएको छ ।
अझ उनै थापाले नेतृत्व गरेको मन्त्रालयले यो विषयमा बलियो कानुन बनाउनु पर्छ अनि हाम्रा नेताहर पनि भारतीय दुतले जहाँ जहिले र जसरी भेट्न बोलायो, त्यही लुखुर लुखुर जानु हुदैन ।
अब भारतले जसरी नेपालमाथि बेइज्जत गरेको छ, त्यसको बदला लिदनै पर्छ । थापाले नेपाल आएलगत्तै भारतका दुतलाई पनि अब बाक्लो भेटघाट रोक्ने नीति र आचारसंहिता बनाउन सक्नुपर्छ ।
nepalsandesh
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Aug 24 (6)
  • Aug 23 (1)
  • Aug 19 (1)
  • Aug 18 (19)
  • Aug 17 (17)
  • Aug 16 (24)
  • Jan 24 (18)
  • Jan 23 (27)
  • Jan 22 (32)
  • Jan 21 (35)
  • Jan 20 (35)
  • Jan 19 (34)
  • Jan 18 (40)
  • Jan 17 (45)
  • Jan 16 (27)
  • Jan 15 (29)
  • Jan 14 (35)
  • Jan 13 (40)
  • Jan 12 (32)
  • Jan 11 (39)
  • Jan 10 (31)
  • Jan 09 (23)
  • Jan 08 (31)
  • Jan 07 (30)
  • Jan 06 (39)
  • Jan 05 (34)
  • Jan 04 (39)
  • Jan 03 (43)
  • Jan 02 (47)
  • Jan 01 (31)
  • Dec 31 (34)
  • Dec 30 (36)
  • Dec 29 (43)
  • Dec 28 (33)
  • Dec 27 (27)
  • Dec 26 (38)
  • Dec 25 (33)
  • Dec 24 (38)
  • Dec 23 (44)
  • Dec 22 (39)
  • Dec 21 (37)
  • Dec 20 (40)
  • Dec 19 (31)
  • Dec 18 (47)
  • Dec 17 (30)
  • Dec 16 (16)
  • Dec 15 (42)
  • Dec 14 (30)
  • Dec 13 (32)
  • Dec 12 (35)
  • Dec 11 (42)
  • Dec 10 (26)
  • Dec 09 (31)
  • Dec 08 (15)
  • Dec 07 (37)
  • Dec 06 (30)
  • Dec 05 (34)
  • Dec 04 (32)
  • Dec 03 (33)
  • Dec 02 (36)
  • Dec 01 (37)
  • Nov 30 (48)
  • Nov 29 (28)
  • Nov 28 (35)
  • Nov 27 (35)
  • Nov 26 (47)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (27)
  • Nov 22 (32)
  • Nov 21 (43)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (22)
  • Nov 17 (29)
  • Nov 16 (32)
  • Nov 15 (25)
  • Nov 14 (28)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (42)
  • Nov 09 (22)
  • Nov 08 (40)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (42)
  • Nov 01 (44)
  • Oct 31 (29)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (47)
  • Oct 27 (32)
  • Oct 26 (39)
  • Oct 25 (35)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (22)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (31)
  • Oct 02 (29)
  • Oct 01 (29)
  • Sep 30 (29)
  • Sep 29 (24)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (26)
  • Sep 25 (27)
  • Sep 24 (18)
  • Sep 23 (15)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (26)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (12)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (19)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (22)
  • Sep 07 (22)
  • Sep 06 (26)
  • Sep 05 (18)
  • Sep 04 (23)
  • Sep 03 (24)
  • Sep 02 (25)
  • Sep 01 (24)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (27)
  • Aug 28 (28)
  • Aug 27 (30)
  • Aug 26 (29)
  • Aug 25 (24)
  • Aug 24 (35)
  • Aug 23 (30)
  • Aug 22 (31)
  • Aug 21 (32)
  • Aug 20 (30)
  • Aug 19 (33)
  • Aug 18 (27)
  • Aug 17 (34)
  • Aug 16 (28)
  • Aug 15 (23)
  • Aug 14 (23)
  • Aug 13 (22)
  • Aug 12 (19)
  • Aug 11 (18)
  • Aug 10 (24)
  • Aug 09 (16)
  • Aug 08 (18)
  • Aug 07 (25)
  • Aug 06 (16)
  • Aug 05 (18)
  • Aug 04 (21)
  • Aug 03 (19)
  • Aug 02 (14)
  • Aug 01 (17)
  • Jul 31 (19)
  • Jul 30 (19)
  • Jul 29 (15)
  • Jul 28 (12)
  • Jul 25 (14)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home