• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
काठमाडौं - गायिका ज्योती मगरले अभिनय गरेको तीज गीत ‘ढाडे बिरालो’का बिषयमा सामाजिक संजालमा तिब्र आलोचना भइरहेका बेला लोक तथा दोहोरीगीत प्रतिष्ठानले पनि त्यसमा चासो देखाएको छ । चल्तीका गायकहरु कार्यसमितिमा रहेको लोक तथा दोहोरीगीत प्रतिष्ठानले एक बक्तब्य जारी गर्दै अश्लिल गीत तथा भिडियोहरु सार्वजनिक नगर्न ज्योती मगरलाई सचेत गराएको छ ।
‘ढाडे विरालोसँग सम्बन्धित समाचार र टिकाटीपप्पणीबाट संघ गम्भीर भएको छ’ बक्तब्यमा भनिएको छ- ‘सामाजिक मर्यादामा आँच आउने शब्द भएका गीत सार्वजनिक नगर्न नगराउन र लोकगीतमा अश्लिलता झल्किने अभिनय नगर्न नगराउन बिज्ञप्तिमार्फत् सचेत गराउँछौं ।’ साथै संघले यसअघि सार्वजनिक भइसकेका भद्दा र अमर्यादित लाग्ने गीतहरुलाई प्रोत्साहन नगर्न संचारमाध्यमसहित सवै कलाकार र दशर्कलाईसमेत अनुरोध गरिएको छ । संस्थाका जिम्मेवारी पदाधिकारीले नै यस्ता गीतहरु सार्वजनिक गर्नु संस्थाको आदर्श विपरित हुने भन्दै त्यस्तो क्रियाकलापमा संलग्न नहुन सवै सदस्यलाई संघले निर्देशन दिएको छ । तीज गीत ढाडे बिरालोमा गरिएको अभिनय र शब्दप्रति अहिले सामाजिक संजालमा तिब्र असन्तुष्टी फैलिएको छ । गायक रामप्रसाद खनाल लगायतले सो गीतका कारण अश्लिलता फैलिएको भन्दै आपत्ति जनाएका थिए ।www.newspana.com
पोखरा, साउन ३१ – कास्की प्रहरीले कास्की कांग्रेसका नेता रामजी पौडेल ‘बादल’को हत्या प्रकरणका मूख्य योजनाकार राजेन्द्रमणी लामिछानेलाई शनिवार साँझ पक्राउ गरेको छ । लेखनाथनगर सभापतिसमेत रहेका लामिछानेलाई परिवारको तर्फबाट शनिवार जिल्ला प्रहरी कार्यालय कास्कीमा किटानी जाहेरी परेपछि प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।
लामिछानेले नाताले भान्जा पर्ने विश्वास गौतमलगायतका युवालाई प्रयोग गरि नेता पौडेलको हत्या गरेको कांग्रेसहरुले बताएका छन् । हत्या लगत्तै तरुण दलका राजु रानाभाटलाई पक्राउ गरेको प्रहरीले किटानी जाहेरीपछि मूख्य योजनाकार लामिछानेलाई पक्राउ गरेको हो ।
हत्यामा संलग्न विश्वास गौतम, प्रकाश गुरुङ र रवीन केसी फरार रहेकोले उनीहरुको खोजी कार्य जारी रहेको कास्कीका प्रहरी प्रमुख हरिवहादुर पालले बताएका छन् ।
कास्की लेखनाथको गगन गौडा घर भएका ५२ वर्षीय कांग्रेस नेता रामजी पौडेल ‘बादल’को विहिवार मध्यरातमा आफ्नै घर नजिकै छुरी प्रहार गरी हत्या गरिएको थियो ।
www.ratopati.com
गायिका ज्योती मगरलाई ‘ब्लु फिल्म’ अर्थात् निलो चलचित्र खेल्न सुझाव दिएकोमा सर्वप्रथम रामप्रसाद ज्यूलाई धन्यबाद । हुन त यो मेरो विषयको कुरा होइन तै पनि तपाईको अभिव्यक्ति  पढ्दा मन थाम्न सकिन अनि केही भन्न मन लाग्यो । सायद तपाईलाई थाहा नै छ यो संसारमा रहेका जुनसुकै प्राणीले पनि आफुलाई जिवित राख्नको लागि समयलाई चिनेर समय अनुसार आफुलाई पनि परिवर्तन गर्दै जानुपर्छ । नत्र आफ्नो अस्तित्व गुमाएर यो संसारबाट नै लोप हुनुपर्छ ।

   अहिलेको समय अनि दर्शक श्रोताको माग त्यहि छ अनि त्यहि चाहन्छन् र उनको परिवारलाई केही आपत्ति छैन भने तपाईलाई यसमा के को आपत्ती ? यदि तपाईलाई मनपर्दैन परिवारसँग साथ बसेर हेर्न सक्दैन जस्तो लाग्छ भने तपाई नहेर्नुस नत ? अनि ज्योती पहिलेबाट नै यसरी छाडा भएर लोकदोहोरी क्षेत्रमा जन्मेकी पक्कै होइन होला यो त हाम्रै समाजले बनाएको त हो नि होइन र ?  

मलाई राम्रोसँग थाहा छ हजुर पनि कुनै समय लोकदोहोरी क्षेत्रकै वरिष्ठ गायक हो अनि नेपाल टेलिभिजनको कर्मचारी पनि । अहिले अमेरिकामा हुनुहुन्छ । तपाईले समय अनुसार लोकदोहोरी क्षेत्रमा आफुलाई परिवर्तन गर्न नसक्नु भएको हो ? यदि होइन भने किन अमेरिकामा गएर कुनै गीत ल्याउन सक्नु भएन ? के तपाई अरुको प्रगतिप्रति डाह लागेकै हो त ? यदि सक्नुहुन्छ भने तपाई आफु पनि प्रगति गरेर देखाउनुस नत्र अरुको प्रगतिमा गिद्धे दृष्टि नलगाउनुस् ।  

रामप्रसाद खनालज्यु तपाइ जस्तो व्यक्तिको पनि यति तल्लो स्तरको सोच देखेर मात्र केही भन्न मन लागेको हो अन्यथा नसोच्नु होला । तपाईको समयमा तपाइका दर्शकश्रोता त्यस्तै प्रकृतिका थिए अहिले ज्योतीका दर्शक श्रोता त्यस्तै छन् हामीले कुनै टिप्णी गर्नुपर्ने कारण छैन । अहिले विभिन्न संचार माध्यम र सामाजिक संजालहरुमा जताततै ज्योति मगरको विषयलाई लिएर राम्रा नराम्रा चर्चा परिचर्चा भइरहेका छन् । लोकदोहोरी गायिका ज्योति मगरलाई जुन किसिमको प्रसंग उठेको छ देखाउदै हिडयो भनेर तर जहाँसम्म मलाई लाग्छ भएर पो देखायो त नभएको भए किन देखाउनु पथ्र्यो र ? यो दुनियाँ अहिले २१ औं शताब्दीमा छ । देमा गणतन्त्र आइ सकेको छ स्वतन्त्र रुपमा आफ्नो अधिकार प्रयोग किन नपाउने ?ज्योति मगर नाङगै त हिडेको छैन नि । छोटो कपडा लगाउनु ज्योतिको दोस् हो त ? नेपाली चलचित्रका नायिकाहरु पनि त छोटो पहिरण लगाउछन् । यदि यस्तै कुरा गर्ने हो भने सबै भन्दा पहिले बाटोमा नाङगै हिडने जोगीहरुलाई रोकेर देखाउ नत्र भने अरुलाई जे पायो त्यहि नभनौं ।  

 आज अमेरिकामा बस्दैमा नेपाली छोरीलाई निलो फिल्म खेल्न अडर दिने अधिकार छैन तपाइलाई । खुब गीत संगीतको पारखी रे… लाज लाग्दैन ??  मुख छापेर हिंड्नुस् । दम छ र लोकगीतको पारखी नै भए नेपाल आएर गीत संगीततिर लाग्नु र अनि अडर गर्नुस् । तीज नेपाली महिलाको पवित्र पर्व भन्ने सबैलाई थाहा छ । तपाइले सिकाइ रहनु र सम्झाउनु पर्दैन । पहिले पहिलोका महिलाहरुले तीजमा दश हजारको साडी लगाउथे अहिले २०, ३० हजारको साडीले पुग्दैन । गीत संगीतमा नि अलि जमाना अनुसार अलि फरक मात्र हो । रामप्रसाद ज्यु अमेरिका जस्तो स्वतन्त्र मुलुकमा बसेर घृणित सोच नबनाउनुस् ।
मुम्बई, श्रावण ३१ । भारतको जेलमा रहेका अन्डरवर्ल्ड डन अबू सालेमलाई जेल प्रशासनले आत्महत्याका लागि दबाब दिएको छ ।
अबू सालेमका वकिलले विशेष टाडा अदालतमा यसबारेमा उजुरी दायर गरेका छन् ।
सालेमका वकिल सबा कुरैशीका अनुसार जेल अधिक्षक हिरालाल जाधवले सालेममाथि आत्महत्याका लागि दबाब दिएका हुन् । सालेमलाई पछिल्ला दिनमा व्यापक मानसिक यातना दिने गरिएको पनि उजुरीमा उल्लेख छ ।
सालेम मुम्बई नजिकैको तलोजा जेलमा छन् ।
यसअघि जेल प्रशासनले सालेममाथि जेलभित्र दुर्व्यवहार, अनुशासनहीनताको आरोपमा उजुरी दायर गरेको थियो ।
सालेमका वकिल कुरैशीका अनुसार कारागारका अधिक्षकले सालेमलाई थुनिएको ‘अण्डा सेल’ बाहिर दुई सिपाही तैनाथ गरेका छन् । उनीहरुले सालेममाथि चौबिसै घण्टा निगरानी गर्ने र शरीरका सबै वस्त्र फुकालेर बेलाबखत खानतलासी गर्दै आएका छन् ।
खानतलासीका क्रममा सालेमको जीवनीमा आधारित पुस्तक ‘माइ नेम ईज अबू सालेम’ फेला परेपछि उनीमाथि मानसिक यातना दिने क्रम बढेको पनि वकिल कुरैशीले जनाएका छन् ।
उजुरीमा जनाइएअनुसार कारागार अधिक्षकले सालेमलाई भनेका थिए– ‘तँ किताबी डन होस् तर म वास्तविक डन हुँ, तँलाई म पागल बनाइदिन्छु या आत्महत्या गर्न बाध्य हुनेछस् ।’
जेल अधिक्षकले जेलभित्र आफूले दुई हमलाकारीलाई समेत राखेको भन्दै सालेमलाई मानसिक यातना दिएको पनि उजुरीमा उल्लेख छ ।
उल्लेखनीय छ, सन् १९९३ मा मुम्बईमा भएको बम काण्डमा सामेल भएको बारेमा सालेममाथि टाडा अदालतमा सुनुवाई जारी छ । नक्कली राहदानी राखेको आरोपमा उनलाई अदालतले यसअघि नै दोषी ठहर गरिसकेको छ । (एजेन्सी)
imagekhabar.com
भक्तपुर, ३१ साउन । उद्योगमन्त्री महेश बस्नेत अचानक पेट दुखेपछि आज बिहान अस्पताल भर्ना गरिनुभएको छ ।

पेट दुखेपछि बिहान ३ बजे नै भक्तपुरको गठ्ठाघरस्थित नागरिक कम्युनिटी अस्पतालमा उहाँलाई भर्ना गरिएको उहाँको अतिसघन उपचार कक्षमा राखेर उपचार भइरहेको अस्पतालका निर्देशक गोपीकृष्ण न्यौपानेले जानकारी दिनुभयो ।

निर्देशक न्यौपानेले भन्नुभयो, “बिहानैदेखि आइसियुमा राखेर उपचार गरिरहेका छौँ, उहाँको मुख्य समस्या एपेन्डिक्सको बिहान १० बजे शल्यक्रिया गरिनेछ, त्यसका साथै अन्य रोग भए नभएको परीक्षण पनि भइरहेको छ ।”

www.etajakhabar.com
काठमाडौ : चर्चा सुरु भएको १८ वर्षपछि भारतको रक्सौलदेखि नेपालको अमलेखगन्जसम्म पेट्रोलियम पाइपलाइन बनाउने विषय टुंगिएको छ । भारतको मन्त्रिपरिषद्ले गत बिहीबार पाइपलाइन बनाउने निर्णय गरेको हो ।

वाणिज्य तथा आपूर्तिमन्त्री सुनिलवहादुर थापाले भारतको मन्त्रिपरिषद्को बैठकले पाइपलाइन निर्माण गरिदिने निर्णय गरेपछि २०५४ सालदेखि नेपालले उठाउँदै आएको माग सम्बोधन भएको बताए ।


‘सरकारको निरन्तर प्रयासपछि पाइपलाइन आफ्नो खर्चमा बनाउन भारत सरकार तयार भएको छ’ ,मन्त्री थापाले शनिबार अन्नपूर्णसँग भने,‘ रक्सौलदेखि अमलेखगन्जसम्म ४१ किलोमिटर पाइपलाइन भारत सरकारले बनाइदिनेछ ।’

अमलेखगन्जस्थित नेपाल आयल निगमको डिपोलाई स्तरउन्नति गर्न ७५ करोड रुपैयाँ नेपाल सरकारले खर्च गर्नेछ । पाइपलाइन निर्माणका लागि दुई अर्ब भारतीय रुपैयाँ ९तीन अर्ब २० करोड नेपाली रुपैयाँ० भारत सरकारले खर्च गर्नेछ ।

भारत सरकारले निर्णयमा गरेको ढिलाइका कारण पाइपलाइनको निर्माण कार्य पछि सरेको हो । यसभन्दा अगाडि नेपाल आयल निगम र भारतीय आयल निगमले पाइपलाइनको विषयमा सम्झौता गरिसकेका थिए ।

पेट्रोलियम पाइपलाइन निर्माण गर्ने विषयमा भारतको मन्त्रिपरिषद्ले निर्णय गरेपछि भारत सरकारका पेट्रोलियम मन्त्री धमेन्द्र प्रधान आगामी भदौ ६ गते नेपाल भ्रमणमा आउने भएका छन् । भदौ ७ गते भारतीय पेट्रोलियमन्त्री प्रधान र वाणिज्यमन्त्री थापाबीच पाइपलाइन निर्माणको विषयमा सम्झौत हुनेछ ।

‘ भारतीय पेट्रोलियम मन्त्री सम्झौताका लागि नेपाल भ्रमणमा आउने जानकारी आएको छ’ ,वाणिज्यमन्त्री थापाले भने,‘ भारतीय पेट्रोलियममन्त्रीसँग सम्झौता भएपछि पेट्रोलियम पाइपलाइन निर्माणको काम अगाडि बढ्छ ।’

रक्यौलदेखि अमलेखगन्जसम्म ४१ किलोमिटर लामो पाइपलाइनमा नेपालको भूभागमा ३९ किलोमिटर पर्छ । भारत सरकारले आफ्नो खर्चमा पाइपलाइन बनाइदिएपछि नेपालले भारतीय आयल निगम १५ वर्षसम्म पेट्रोलियम पदार्थ खरिद गर्नुपर्ने हुन्छ । अहिले पनि नेपालले भारतीय आयल निगमसँगको पेट्रोलियम पदार्थको आयात गर्ने गरेको छ ।

गतवर्ष नेपाल भ्रमणमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लामो समयदेखि अड्केर बसेको पाइपलाइन निर्माण गरिदिने प्रतिबद्धता व्यक्त गरेका थिए । नेपालले भारतसँग हुने हरेक द्विपक्षीय वार्तामा पाइपलाइनको विषय उठाउने गरेको थियो ।

वाणिज्यमन्त्री थापाले भारत सरकार पाइपलाइन निर्माण गर्न सहमत भएपछि नेपालको पेट्रोलियम पदार्थ आयातको ठूलो समस्या हटेको बताए । ‘पाइपलाइन निर्माणपछि पेट्रोलियम पदार्थको आयातका लागि लाग्ने ठूलो खर्च जोगिनेछ’ ,उनले भने,‘ पाइपलाइन निर्माण गर्ने क्षेत्रमा जग्गाको समस्या छैन । पाइपलाइन दुईवर्षभित्रमा पूरा हुन्छ ।’
 

नेपालले वार्षिक पेट्रोलिमय पदार्थको आयातका लागि एक खर्बभन्दा बढी रकम खर्च गर्ने गरेको छ । नेपाल आउने ७० प्रतिशत पेट्रोलियम पदार्थ रक्सौल नाका हुँदै आउने गरेको छ । कोटपाइपलाइन निर्माणपछि पेट्रोलियम पदार्थको आयातका लागि लाग्ने ठूलो खर्च जोगिनेछ । पाइपलाइन निर्माण गर्ने क्षेत्रमा जग्गाको समस्या छैन । निर्माण दुईवर्षभित्रमा पूरा हुन्छ ।
annapurnapost.com
काठमाडौं, साउन ३१ । पत्रकार ऋषि धमलामाथि बन्दकर्ताले आक्रमण गरेका छन्। नेपाल वाणी नेटवर्कमा बाणी बहस कार्यक्रम चलाएर फर्कदै गरेका पत्रकार धमलामाथि काठमाडौँको वीर अस्पताल अगाडि बन्दकर्ताले आक्रमण गरेका हुन्।
उनि चढेको बा ५ च ४७७८ नम्बरको गाडीमा पनि आक्रमण भएको छ । बन्दका कारण लामो तथा छोटो दूरीका सवारी साधन चल्न सकेका छैनन् भने कलकारखाना, उद्योग, बजार पसल, शिक्षण संस्थासमेत बन्द छन् । www.etajakhabar.com
काठामाडौँ : गए राति ११ बजेर ५६ मिनेट जाँदा दोलखाको सुस्पा क्षमावती केन्द्रविन्दु भएको ४.८ रिक्टर स्केलको परकम्प गएको छ ।


‘गोरखा भूकम्प’ पछि हालसम्म चार रेक्टर स्केल वा त्यसमाथिका ३७९ परकम्प गइसकेको खानी तथा भूगर्भ विभाग, भूकम्प मापन केन्द्रले जनाएको छ ।

आज वि.सं. २०७२ श्रावण ३१ गते आइतबार तदनुसार ई. सं. २०१५ अगस्ट १६ तारिख
श्रावण शुक्ल द्वितीया, पूर्वाफाल्गुनी नक्षत्र, सिंह राशिको चन्द्रमा, परिघ योग, तैतिल करण
आजको व्रत/पर्व : चन्द्रोदय
भोलिको व्रत/पर्व : बराह जयन्ती

आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
व्यवसायिक क्षेत्रबाट राम्रो लाभ प्राप्त हुनेछ । छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । दाजुभाइको प्रगतिको समाचार सुन्न पाइएला । पारिवारिक जीवन सन्तोषप्रद रहने छ । साथीहरूसित मनोरञ्जन गर्ने अवसर जुर्नेछ । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । ज्ञानगुनका क्षेत्रमा सक्रिय भइने छ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग गाढा रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमश्चण्डिकायै यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
घरायसी वातावरणमा केही धमिलोपन आउने छ । सामान्य कुराले पनि मन पिरोल्नेछ । मानसिक अशान्ति र बेचैनी हुने योग छ । पढाइलेखाइमा जाँगर चल्दैन । विश्वास गरेका व्यक्तिबाट नै विश्वासघात हुने सम्भावना छ । जस कसैलाई मन पेट खोलेर नदिनु होला । प्रेमसम्बन्धमा तिक्तता आउनसक्छ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग सेतो वा घिउरङ्ग हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमः शिवाय यस मन्त्रको कम्तीमा २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
सामाजिक कार्यमा नेतृत्वदायी भूमिका वहन गर्नु पर्नेछ, जसबाट सम्मान प्राप्त हुनेछ । बोलीको प्रभाव रहनाले काम बन्ने छ समयलाई पर्खिनु होला । रोजगारी र व्यापारव्यवसायमा आजको दिन विशेष महत्वको दिन हुनेछ । चेलीबेटी वा कुटुम्बका तर्फबाट खुसीको खबर प्राप्त हुने सम्भावना समेत छ । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग बैजनी वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमो भगवते वासुदेवाय यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
मनमा बसाइ सर्ने, सरुवा हुने, स्थान परिवर्तन अथवा व्यवसाय वा पेसामा परिवर्तनको धारणा उत्पन्न हुन सक्छ । नयाँ काममा हात हाल्ने समय भएकाले आफ्ना विचारलाई कार्यान्वयन गर्दा राम्रो हुन्छ । प्रशस्त धन आर्जन गर्ने अवसर पाउनुहुनेछ । प्रतियोगितात्मक क्रियाकलापमा सफल हुनुहुने छ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गं गणपतये नमः यस मन्त्रको कम्तीमा २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
साथीभाइ र परिवारका सदस्यहरूले सहयोग गर्नेछन् । सन्तति र भाइबहिनीका पक्षबाट सन्तोष मिल्नेछ । व्यवसायिक क्षेत्र लाभप्रद रहने छ । भौतिक साधनको जोहो हुनाका साथै मनोरञ्जनात्मक क्रियाकलापमा सक्रिय हुने अवसर जुट्ने छ । तर मनमा कताकता दोधारको स्थिति भने आउनसक्छ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग छिर्केमिर्के बुट्टे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कें केतवे नमः यस मन्त्रको कम्तीमा ७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
घरपरिवार वा छरछिमेकीका सानातिना जिम्मेबारी आइलाग्न सक्छन् तर शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । धनसङ्ग्रहका क्षेत्रमा बाधा छ, अझ श्रममूलक काम र कृषि तथा पशुपालनका क्षेत्रमा लाभ हुनेछैन । दैनिकीमा खर्च बढ्ने छ । दिक्क र झर्कोलाग्दो यात्राको योग छ । परपाहुनाको चाप बढ्नसक्छ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सों सोमाय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
आत्मबल बढ्ने छ । शत्रुहरू पराजित हुनेछन् । मातापिता र अभिभावक वर्गको आशीर्वचन प्राप्त हुनेछ । समाजसेवाका कामबाट लाभ हुनेछ । सुखसुविधा र विलासिताका लागि समय र धनको जोहो हुनसक्छ । राज्यपक्षबाट लाभ प्राप्त हुनेछ । बन्दव्यापार, पेसा र रोजगारीका क्षेत्रबाट फाइदा लिन सकिने छ । आजका लागि शुभअङ्क ८ र शुभरङ्ग ध्वाँसे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ रां राहवे नमः यस मन्त्रको कम्तीमा १८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
कर्मक्षेत्रमा चन्द्रमा भएपनि समय अनुकूल छैन, तर मिहिनेत र दौडधूप गरेको काममा सफलता प्राप्त भई छाड्ने छ । सामाजिक कार्यभार बहन गर्नु पर्नेछ । खानपानको समयमा तलबितल पर्नसक्छ । जग्गाजमिनको कारोबारबाट सानोतिनो फाइदा नै हुनेछ । नयाँ काममा लगानी बढाउन अनुकूल छैन । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सरस्वत्यै नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
पुराना साथीभाइसित भेटघाट हुने र आकस्मिक लाभ मिल्ने दिन छ । कर्मसिद्धिको समय छ । सामूहिक नेतृत्व सम्हाल्ने मौका मिल्नेछ । बन्दव्यापारमा लाभ मिल्नेछ । प्रतिभाको कदर हुनेछ । नयाँ ज्ञान प्राप्त हुनेछ । घरपरिवारमा खुसीको वातावरण सिर्जना हुनेछ । अभिभावकको आशीर्वादले काम गर्न सक्छ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ अं अङ्गारकाय नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
आठौं घरमा चन्द्रमा रहेको छ, यद्यपि तपाईंको राशिमा शुभग्रहको दृष्टि रहेकाले आज गरिएको कामबाट राम्रो आर्थिक लाभ हुने सम्भावना छ । त्यसैले दीर्घकालिक योजना कार्यान्वयन गर्न वा दूरगामी प्रतिफल प्राप्त हुने क्षेत्रमा लगानी गर्नु राम्रो हुन्छ । छात्रछात्राले चाहेको उपलब्धी प्राप्त गर्न सक्नेछन् । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग पहेंलो वा गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ महालक्ष्म्यै नमः यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
जीवनसाथी वा विपरीतलिंगी मित्रसँग मन फुकाएर आफ्ना कुरा राख्न सकिने छ । घरमा माङ्गलिक कृत्य सम्पादन गर्ने वातावरण बन्नेछ । अध्ययन, अध्यापन र लेखनमा खास अभिरुचि हुनेछैन, तर स्वास्थ्यस्थिति र आर्थिक पक्ष बलियो भएर आएको छ । उमङ्ग र स्फूर्तिका कारण शरीर हलुको र फुरुङ्ग हुनेछ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गुरवे नमः यस मन्त्रको कम्तीमा २४ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
आर्थिक र व्यवसायिक समस्या समाधान हुनेछन् । तर्कवितर्क, चिन्तन आदिका क्षेत्रमा उल्लेखनीय लाभ हुनेछ । आफन्तले तपाईंका विचार र तर्कको सराहना गर्नेछन् । स्वास्थ्य सबल रहने छ, दैनिक कामकाज सजिलै सम्पन्न हुनेछन् । कल्पना र भावुकतामा रमाउँदा रमाउँदै दिन गएको पत्तो पाउनुहुन्न । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग हलुका रातो वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कुलदेवताभ्यो नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

डा. क्षितिज बराकोटी
नाक बन्द भैरहने, टाउको दुख्ने, हाच्छयूँ आउने, सिंगान बग्ने वा नाक एकदमै सुख्खा हुने, वासना । (सुघ्ने शक्ति) हराउने, आँखा धमिलो हुने वा दुख्ने, जीउँ भारी हुने, छिटोछिटो रुघा लाग्ने,घाटी खसखस हुने, कान चिलाउने आदि लक्षणहरु पिनासमा देखा पर्छन । पिनासको उपचार समयमै नगरेमा त्यो डरलाग्दो बन्दछ र भयावह अवस्थाहरु जस्तै ः नाक भित्र रगत पिप जमेर नाकको हड्डी कुहिने, नाक झर्ने, नाकबाट बढि रगत बग्ने, नाक भित्र किरा पर्न, मासु बढ्ने आँखा निस्कने, जिभ्रो माथिको मुखको भाग, तालु प्वाल पर्ने । कान बिग्रने लगायत मष्तिस्कसम्म संक्रमण भई रोगीको मृत्यू समेत हुन अदि समस्याहरु आईपर्न सक्दछ । त्यसैले रुघा, एलर्जी र पिनासलाई समयमै उपचार गरी ठिक पार्नु पर्छ ।


पिनास हुँदा खान नहुने कुराहरु पिनासको रोग लाग्दा दही, दुध माछा, मासु र अण्डा खानु हुँदैन । यसरी नै चिल्लो र चिसो पनि पूर्ण रुपले वार्नु पर्छ । तरकारी हरुमा तामा, फर्सी, गोलभोडा,पिडालु, मूला, तीतेकरेला, बकुल्ला र तोरीको सागले असर पर्दछ । मासको दाल पनि खानु हुँदैन ।

अति नै सादा भोजन गर्नु पर्छ । यसबाहेक रोगीको लक्षण र समस्याकहो गम्भीरता अनुरुप खाना वार्नु पर्ने भएकोले चिकित्सकको सल्लाह लिएर गर्नु पर्छ । नाकमा रगत बगिरहने र पिनासको कारणले नाथ्रो फुट्ने ब्यक्तिले बढी तातो र गरम मसला युक्त खानेकुरा खानु हुँदैन । यसबेला मरिच, अदुवा, दालचिनी खानु हुँदैन ।

पिनास हुँदा खानु पर्नेे कुराहरु पिनास भएका ब्यक्तिले पानी जाहिले पनि तातो वा मनतातो पिउनुपर्छ र प्राय चिल्लो रहित उसिनेको खाना वा अति नै कम चिल्लो भएको खाना खादै उपचार गराउमा रोगीमा शिग्र लाभ मिल्दछ । पिनासमा सिंगान बगिरहदा तातो पानीमा अदुवा÷पिप्ला आदि मिश्रीत गरी पिउन सकिन्छ । हाच्छयूँ बढी आएमा चिकित्सकको सल्लाहमा विभिन्न उपचारहरु अपनाउदै सहन सक्ने तातो पानीमा तुलसीको पात, अदुवा र मह मिश्रीत गरु चिया जस्तो बनाई पिएमा लाभ मल्दछ ।

नाक सुख्खा हुने र सिंगान नझर्ने ब्यक्तिहरुलाई भने कागती पानीको सर्वतले फाईदा गर्दछ । रगत आउने एवं अन्य विभिध समस्या र लक्षण भएका पिनासहरुमा भने चिकित्सककै सल्लाह अनुरुप सादा तथा बढी गर्मी उत्पन्न नहुने सामान्य सर्दी प्रकृतिका खानाहरु खाँदा लाभ मिल्दछ ।

विशेष ः पिनासको उपचारका लागि योसास क्लिनिक डा. बराकोटीब्दय – लगनखेल, ललितपुरको बिशेष उपचार विधिहरुबाट हजारौ पिनासका रोगीले पूर्ण लाभ प्राप्त गरेका छन् । दीर्घ एवं पुराना रोगीहरुमा पनि राम्ररी खाना बारेर िबशेष उपचार गराउदा पूर्ण ठीक भएका छन् । त्येसैले खानपान जथाभावि नगरी नियमित भै उपचार गराउनु अति नैं लाभदायक हुन्छ ।
अदुवाको सेवन हाम्रो स्वास्थ्यका लागि लाभदायक हुन्छ । यसले कतिपय पेटका रोगबाट छुटकारा दिलाउँछ । तर आवश्यकता भन्दा बढि अदुवा खानाले हाम्रो स्वास्थ्यमा नकारात्मक असर पूराउने कुरा हामीलाई थाहा नहुन सक्छ । विज्ञहरुका अनुसार धेरै अदुवाको सेवनले मानिसमा विभिन्न खाले स्वास्थ्य समस्या सिर्जना गर्दछ ।

गर्भावस्थाको समयमा महिलाले धेरै अदुवा सेवन गर्नाले पाठेघरमा विकशित भैरहेको भ्रुणको सेक्स हर्मोनमा असर पूराउँछ । निकै धेरै अदुवा खानाले गर्भपातको जोखिम समेत हुने बताइन्छ । साथै बढि अदुवा खानाले गर्भवती महिलामा सुत्केरी हुने समयमा धेरै रगत बग्ने जोखिम निम्त्याउन सक्ने विज्ञहरु बताउँछन् ।
यद्यपि गर्भवती महिलाले थोरै मात्रामा अदुवा चपाउनु फाइदाजनक नै हुन्छ र यसले बिहानीपख हुने वाकवाकी रोक्न मद्दत गर्दछ ।
 तर सुत्केरी हुने समय नजिकिएपछि गर्भवती महिलाले अदुवाको सेवन नगर्नु नै राम्रो हुने विज्ञहरुको सल्लाह छ ।
अदुवामा हुने तत्वले रगत जम्ने अर्थात् ब्लड क्लटिङको क्रियालाई धीमा बनाइदिन्छ । साथै यसले रगतमा ग्लुकोजको मात्रालाई समेत कम गरिदिन्छ ।
 औषधि सेवन गरिरहेका मधुमेहका रोगीले अदुवाको सेवन गर्नु लाभदायक मानिँदैन । अदुवाले उनीहरुको रगतको ग्लुकोजको मात्रा अस्वभाविक रुपमा निकै कम गरिदिने खतरा हुन्छ ।
धेरै अदुवाको सेवन गर्नाले मानिसमा अनिद्राको समस्या समेत उत्पन्न हुनसक्छ । महिनावारीको समयमा धेरै रगत बग्ने समस्या भएका महिलाहरुले तरकारी वा अचारमा अदुवाको मात्रा घटाउनु आवश्यक हुन्छ । धेरै अदुवाको सेवनले सरीरमा अम्लपनाको मात्रा समेत बढ्ने बताइन्छ ।
अदुवाको सन्तुलित मात्रा भने सरीरका लागि लाभदायक नै हुन्छ । विज्ञहरुका अनुसार दैनिक २ ग्राम जति अदुवा खानु स्वास्थ्यका लागि सुरक्षित तथा लाभदायक हुन्छ ।-एजेन्सी
बिहान सबेरै उठ्नु
आफ्नो बिहानी राम्रो बनाउने हो भने बिहान सबेरै उठ्नुपर्छ । अफिस जानु १५ मिनेटअघि उठेर केही पनि गर्न सकिँदैन । बिहान चाडो उठ्ने मानिस धेरै स्वस्थ हुने गर्छन ।

पानी पिउनु
हामि साधारणतया ६ देखि ८ घन्टासम्म सुतिन्छ । त्यसैले उक्त समयमा पानी पिइएको हुँदैन । लामो अन्तरालको बीचमा जब बिहान उठिन्छ । सबैभन्दा पहिले पानी पिउनुपर्छ । त्यसले शरीरको अनावश्यक कुरा पनि बाहिर निकाल्छ । खाली पेटमा पानि पिउदा ग्यास्ट्रिक बाट बच्न सकिन्छ ।

बिहानै नुहाउनु
आलस्य हटाई फ्रेस महसुस गर्न बिहानै नुहाउनुपर्छ । जुनसुकै समयमा पनि नुहाउन सकिन्छ तर फ्रेस महसुस गर्न बिहानै नुहाउनु उपयुक्त हुन्छ । बिहानै उनाउने मानिस धेरै स्वस्थ हुन्छन ।

योग गर्नुपर्छ
योग स्वस्थ जीवनका लागि एक नभई नहुने कुरो हो । बिहान योग गर्दा फिट रहने मात्र नभै मोटोपन पनि घट्छ । ध्यान तथा लामो समयसम्म सास लिने आसन गरे पूरै दिन ऊर्जामय रहन्छ ।

खुसि रहनुस
‘मर्निङ्ग शो द डे’ भन्ने गरिन्छ तेसैए बिहान पख सधै खुशी रहन अति आवस्यक हुन्छ । बिहान बिहानै धेरै रिसाउदा वा दुखि हुदा दिउस पख पनि मुड अफ हुन्छ सक्छ । त्यसैले बिहान पख सदै खुसि रहन आवस्यक हुन्छ ।

के तपाई सानोसानो कुरा भुल्नुहुन्छ ? कहिल्यै यस्तो भएको छ कि कुनै जरुरी काम नै भुलिएको होस । जसको बिर्सने बानी हुन्छ र पछि कुनै कुरा याद आएमा ओ हो यस्तो जरुरी कुरा भुलेछु भन्ने लाग्छ ? यहाँ यस्तै दिमागको लागि छाहिने महत्वपूर्ण खानाको बारेमा चर्चा हुदैछ जुन खानाले तपाई अल्जाइमरबाट टाढा रहनुहुन्छ साथै दिमागको तागत पनि बढाउछ ।

गोलभेडा
गोलभेडामा प्रोटिन, भिटामिन पाइन्छ । यसमा कार्ब्रोहाईड्रेडको मात्रा कम हुन्छ । गोलभेडामा लाइकोपीन हुन्छ जसले शरीरको फ्रि रेडिकल्सको रक्षा गर्छ र साथमा दिमागको सेल्सलाई बिग्रनबाट बचाउछ र दिमाग स्वस्थ बनाउछ ।
जैतुन
जैतु केबल तपाईको शरीरको लागि नभइ अनुहारको लागि पनि लाभदायक हुन्छ । जैतुनमा धेरैमा मात्रामा फ्याट पाइन्छ । जसले कुनै पनि कुरा सम्झिन सहयोग गर्छ । अर्थात सम्झने शक्ति बढाउछ ।
दही
दहीमा क्याल्सियम, प्रोटिन, कार्बोहाइड्रेड, खनिज, लबण र फोस्फोरस पर्याप्त मात्रामा पाइन्छ । दहीको नियमित सेवनले सम्झने शक्ति बढाउछ । यसमा अमिनो एसिड पाइन्छ जसले दिमागी तनावलाई भगाउन मद्दत गर्छ ।
जाईफल
जाईफल विशेष स्वादको लागि हामी बढी प्रयोग गर्छौं । तर यसमा यस्तो तत्व हुन्छ जसले दिमागलाई स्वस्थ राख्न मद्दत गर्दछ । जसले सम्झिने शक्तिलाई बढाउछ ।
तुलसी
हिन्दु धर्ममा तुलसीलाई देवीको रुप मानिन्छ । यसको उपयोग मसलाको रुपमा पनि हुने गर्छ । यसलाई कयौं रोगको औषधी को रुपमा प्रयोग गरिन्छ । दिनहुँ २-४ पत्ताको सेवनले बिर्सने रोगबाट पनि छुट्कारा पाउन सकिन्छ ।
बेसार
बेसार दिमागको लागि महत्वपूर्ण औषधी हो । यसले खानामा स्वाद ल्याउनुहो साथसाथै दिमागलाई पनि स्वस्थ राख्न सहयोग गर्दछ । यसको नियमित सेवनले अल्जाइमर रोग लाग्न सक्दैन ।
मरिच
कालो मरिचमा पेपरिन नामको रसायन पाइन्छ । यो रसायनले दिमागको कोशिकालाई आराम राख्न मद्दत गर्दछ । डिप्रेशनलाई यसले जादुको काम गर्ने बताइन्छ ।

दालचिनी
अल्जाइमरको लागि दालचिनी एक महत्वपुर्ण औषधी हो । यसको नियमित सेवनले सम्झिने शक्ति बढ्छ र दिमाग स्वस्थ रहन्छ ।
मृगौला हाम्रो शरीरको निक्कै संवेदनशील अंग हो । यो अंगमा खरावी आयो भने ज्यान नै जाने खतरा पनि हुन्छ । कैयौं मानिसले किड्नी फेल अर्थात मृगौलाले काम गर्न छोडेर ज्यान गुमाउँछन् । यहाँ मृगौला स्वस्थ राख्न खानै पर्ने ७ खानाको विषयमा चर्चा गरिएको छ ।

मृगौला जोगाउन के खाने ?


१ रातो खुर्सानी
रातो खुर्सानीमा पोटासियम, फस्फोरस, भिटामिन सी, फाइबर, फोलिक एसिड र भिटामिन बी 6 उच्च मात्रामा हुन्छ । यसले मृगौलालालाई फाइदा गर्छ ।

२ बन्दा गोभी
बन्दा गोभीमा उच्च मात्रामा सोडियम, पोटासियम, फस्पोरसको मात्रा हुन्छ । मृगौलाका लागि यी तत्वको निक्कै जरुरत हुन्छ । यसको सकारात्मक पक्ष भनेको बन्दा गोभीमा फाइवर र भिटामिन सी समेत उच्च मात्रामा हुन्छ ।

३ फूल गोभी 
फूल गोभीमा पनि सोडियम, पोटासियम, फस्पोरसको मात्रा प्रयाप्त हुन्छ । त्यसैगरी यसमा भिटामिन सी, फाइवर पनि हुन्छ यसले मृगौलामा हुने समस्याबाट बचाउँछ ।

४ लसुन
एक केस्रा लसुनमा १ मिलिग्राम सोडियम, १२ मिलीग्राम पोटासियम र ४ मिलीग्राम फोस्फोरस हुन्छ । यसले मृगौलालाई मात्र फाइदा गर्दैन कोलेस्ट्रोल समेत नियन्त्रण गर्छ । त्यस्तै लसुन क्यान्सरबाट बँच्नका लागि पनि फाइदाजनक हुन्छ ।


५ स्याउ 
सामान्य आकारको स्याउमा पनि १५८ मिलिग्राम पोटासियम, १० मिलिग्राम फस्पोरस हुन्छ । मृगौलालाई त यसले फाइदा गर्छ नै अन्य विभिन्न रोगबाट समेत स्याउ सेवन फाइदाजनक मानिन्छ ।


६ स्ट्रबेरी 
आधा कप स्ट्रबेरीमा १ मिलिग्राम सोडियम, १२० मिलिग्राम पोटासियम र १३ मिलिग्राम फस्पोरस हुन्छ । यसमा उच्च मात्रामा एन्टीअक्सीडेन्ट पनि हुन्छ जसले मृगौलालाई कुनै समस्या हुनबाट बचाउँछ ।

७ अण्डाको सेतो भाग
अण्डाको सेतो भाग पनि मृगौलाका लागि निक्कै फाइदाजनक मानिन्छ । अण्डाको सेतो भागमा २ ग्राम प्रोटिन, ११० मिलिग्राम पोटासियम र १० मिलिग्राम फस्पोरस हुन्छ । यसमा रहेको एमिनो एसिड मृगौलाको लागि राम्रो हुन्छ भने सामान्य स्वास्थ्यका लागि पनि राम्रो हुन्छ ।
*क्समा लीन हुनअघि लसुन खानु हु“दैन । यसले मुख र श्वासलाई दुर्गन्धित बनाउँछ, साथै पेट पनि फुलाउँछ । फुलेको पेट र दुर्गन्धित श्वासले सेक्सलाई आनन्ददायक बनाउन सक्दैन ।

* पनिर धेरैजनाको मनपर्ने खान्कीमा पर्छ । तर, सेक्सअघि यो पनि भरसक खानु हुँदैन । पनिरको स्वाद र गन्ध मुखमा लामो समयसम्म रहन्छ । यसले यौन उत्तेजनालाई शान्त गर्छ । त्यसैले सेक्सअघि पनिर खानु त्यति राम्रो मानि“दैन ।

*रातो मासु हेभी डाइट हो । रातो मासु खाएपछि पच्न लामो समय लाग्छ । रेड मिट खाएपछि निन्द्रा लाग्छ, शरीर आलस्य हुन्छ । यस्तो अवस्थामा सेक्स गर्नु त्यति आनन्ददायक हु“दैन ।

*चिज पनि पच्न समय लाग्छ । यसले ग्यास बनाउने र पेट ढुस्स बनाउने गर्छ । यस्तो पेट सेक्समा लिन हुन उपयोगी हुँदैन ।

*चुइङ्गम खानाले मुख फ्रेस हुन्छ र यसले चुम्बनलाई भव्य बनाउन सहयोग गर्छ । तर, सेक्सका लागि चुइङ्गम चपाउनु राम्रो मानिँदैन । मायो क्लिनिकले गरेको एउटा अध्ययनले चुइङ्गम चपाउँदा निलिने हावाले ग्यास फर्मेसन गराउने र यसबाट सेक्सको मुड कम हुने तथ्य पत्ता लगाएको थियो ।

* पुदिनाले मुखलाई वासनादार बनाए पनि यसले उत्तेजना घटाउने काम गर्छ । पुदिना खानाले शरीरमा टेस्टोस्टोरोन हर्मोनको मात्रा घट्छ । टेस्टोस्टोरोन पुरुषको यौन हर्मोन भएकाले यसको मात्रा घटनाले दुवैले यौनको चरम आनन्द प्राप्त गर्नबाट वञ्चित हुन्छन् ।
जनाचेतानाका लागी साभार गरिएको ।

www.etajakhabar.com

नारायण पंगेनी 
३० साउन, काठमाडौं । एघार महिने कृषि तालिममा इजरायल पुगेका नेपाली युवाहरुले त्यहाँ पुगेपछि बल्ल काम र समयको महत्व बुझे । तर, यस्तो कृषि तालिम इजरायलमा नभई आफ्नै देशमा सञ्चालन गर्न उनीहरुले नेपाल सरकारसँग आग्रह गरेका छन् ।
मेनपावर कम्पनीहरुले कामदारसँग मनपरि पैसा असुलेर ठगी गरेको भन्दै इजरायलले कामदार लिन बन्द गरेपछि चार वर्षदेखि नेपालीहरुका लागि इजरायल बैदेशिक रोजगार बन्द भएको थियो ।
तर, इजरायलले नेपाली कामदार लिन बन्द गरे पनि साना किसान विकास बैंकले तीन वर्षअघिदेखि प्रशिक्षार्थी कामदारका रुपमा नेपाली युवा युवतीहरुलाई इजरायल पठाउँदै आएको छ ।

इजरायलले एक्कासी नेपाली कामदार लिन बन्द गरेपछि इजरायल जाने तयारीमा रहेका ४ सय नेपाली अलपत्र परेका थिए । तर, साना किसान बैंकले ११ महिने कृषि तालिमका लागि भन्दै आफ्ना बैंकका सदस्यहरु मध्येबाट छनोट गरी युवाहरुलाई इजरायल लैजाँदै आएको छ ।

अहिलेसम्म बैंकले ५ सय १५ जना युवाहरुलाई तालिमका लागि इजरायल लगिसकेको छ । उसले तेस्रोपटक प्रशिक्षार्थी कामदारका रुपमा युवाहरुलाई लैजाने तयारी गरिरहेको छ भने उताबाट तालिम सकेर फर्कने तयारी पनि भइरहेको छ ।
यसैवीच सरकारले नै सम्झौता गरेर ३ सय महिलालाई घरेलु कामदारका रुपमा इजरायल लैजान भर्खरै अर्को सहमति भइसकेको छ । पहिलो चरणमा ५० महिला इजरायल लैजाने तयारी हुँदैछ ।
न्युनतम मासिक तलब १ हजार डलरभन्दा बढी हुने भनिएपछि इजरायल जान नेपाली महिलाहरुले तयारी थालिसकेका छन् । सम्झौता अनुसार एसएलसी उतीर्ण तथा अंग्रेजी भाषामा इन्टरमिडियट गरेको हुनुपर्ने भनिए पनि युवतीहरु धमाधम हिब्रु भाषासमेत पढ्न थालिसकेका छन् ।
पहिलो चरणमा ५० जना महिला कामदार ‘केयर गिभर’ का लागि जान पाउने भएका छन् । उनीहरुसँग टिकट खर्चबाहेक १० हजार मात्रै खर्च लाग्ने र त्यहाँ गएर आकर्षक तलब पाउने श्रम मन्त्रालयले जनाएको छ ।
११ महिने तालिमको दुःख
साना किसान बैंकबाट प्रशिक्षार्थी कामदारका रुपमा ११ महिनाका लागि इजरायल गएका युुवाहरुको अनुभव चाँहि निकै तीतो छ ।
तालिमका लागि गएका युवाहरु सातामा एक दिन कलेज गएर पढ्छन् । बाँकी ६ दिन उनीहरु दैनिक ८ घण्टादेखि १८ घण्टा सम्म कृषि फार्ममा श्रम गर्छन् । ‘कृषि तालिममा आएको भनिए पनि सातामा एक दिन मात्रै कलेज आएको महसुस हुन्छ’, बाँके कोहलपुर चप्परगौढीका शिब लम्सालले भाइबरमा अनलाइनखबरसँग भने, ‘बाँकी ६ दिन गधाले जस्तै काममा जोतिनुपर्छ ।’

त्यहाँका आफू काम गर्ने फार्मका मालिकहरु पनि आफूहरुसँगै काममा खटिने गरेको उनीहरुले प्रत्यक्ष देखेका छन् । मरुभूमिजस्तो जमीनमा दैनिक १८ घण्टासम्म जोतिनुपर्दाको दुःख उनीहरुले भोगेका छन् ।
‘प्रशिक्षार्थी भएर आउँदा त यो दुःख छ, अझ कामकै लागि, त्यो पनि घरेलु कामदारको हालत के होला ?’ अनलाइनखबरसँग कुरा गर्दै बर्दिया मैनापोखरका पवन त्रिपाठी भन्छन्, ‘त्यसैले नेपालीहरुलाई विदेश पठाउन पहल गर्नुभन्दा सरकारले नै हामीजस्ता युवाहरुलाई स्वदेशमै आधुनिक कृषि तालिम दिलाउनुपर्छ ।’
नेपालीलाई व्यवसायिक कृषितर्फ आकषिर्त गरी युवाशक्तिलाई विदेश जानबाट रोकिनुपर्ने इजरायल पुगेपछि त्रिपाठीले महसुस गरेका छन् ।
इजरायलको मरुभूमिजस्तो खेतमा तरकारी फलेको देख्दा नेपाली युवाहरुको घैंटोमा घाम लागेको छ ।’ हामीले नै मेहनत गरेर रोपेको टमाटर (गोलभेंडा) को एउटै बोटमा २५ किलोसम्मको फलेको छ,’ बाँकेका शिव लम्सालले भने, ‘गरे के हुँदो रहेनछ र भन्ने शिक्षा पाएका छौं ।’

इजरायल गएर काम गरेपछि बल्ल नेपाली युवाले कामको महत्व बुझेका छन् । साना किसान बैंकबाट इजरायल गएका काठमाडौं असनका प्रवीण डंगोलले आफूले समयलाई बल्ल चिनेको अनलाइनखबरलाई बताए ।
प्रशिक्षार्थी कामदार भई झण्डै १० महिना काम गरिसकेका उनीहरुले डिप्लोमा इन एगि्रकल्चरको प्रमाणपत्र बोकेर स्वदेश आइपुगेपछि नेपालमै कृषिमा काम गर्ने योजना बनाएका छन् ।

स्वदेशमा रोजगारीको अभाकै कारण ठूलो संख्यामा युवाहरु विदेशिन लर्को लागेका छन् । वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार वैदेशिक रोजगारमा जानेको संख्या ३६ लाख पुगिसकेको छ ।
तर, बाहिरबाट काममा आउनेप्रति इजरायलीहरुको दृष्टिकोण राम्रो नहुने भन्दै त्यहाँ पुगेका युवाहरु भने केयर गिभरमा इजरायल जान लागेका महिलाहरुलाई नेपालमै इलम गर्न सुझाव दिन्छन् ।

तर, कृषि तालिमका लागि इजरायल जाने युवाहरुले प्रमाणपत्रका साथमा ८/१० लाख रुपैयाँसमेत कमाएर ल्याउने सम्भावनालाई भने उनीहरुको आशलाग्दो पक्ष हो । तालिममा जाँदा करिब ६०/६५ हजार खर्च हुने र राम्रो कमाइ हुने भएकाले युवाको आकर्षण देखिने गरेको छ ।
www.onlinekhabar.com
सप्तरी, ३० साउन । सप्तरीको कञ्चनरुप नगरपालिका– ५ मा बहुविवाह गरेको आरोपमा एक दम्पतीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउपर्नेमा स्थानीय ३५ वर्षीय राजिवकुमार गुप्ता र उनकी ३२ वर्षीया श्रीमती हीराकुमारी गुप्ता रहेका छन् ।

राजिवको अर्की ३३ वर्षीया श्रीमती रिंकुकुमारी गुप्ताले दिएको उजुरीका आधारमा दुवैजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरियाले बताउनुभयो । आरोपितहरूलाई जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी नियन्त्रणमा राखिएको छ ।
गुप्ताले गत जेठ २५ गते दोस्रो विवाह गरेका थिए । विवाहपछि रिंकुले जिल्ला प्रहरी कार्यालय सप्तरीमा साउन १५ गते उजुरी दिएकी थिइन् । उजुरीका आधारमा ती व्यक्तिलाई पक्राउ गरिएको बताएको छ । गुप्ताले रिंकुसँग गत ०६३ वैशाख २८ गते सामाजिक परम्पराअनुसार विवाह गरेका थिए भने अहिले रिंकुका दुई छोरी रहेको बताइएको छ । भिडियो हेर्न तलको बाकस थिच्नुहोस
एजेन्सी : फ्रान्समा एक युवकले जिउँदै गाडिदिएको आफ्नो घर पालुवा कुकुरलार्इ अर्को कुकुरले बचाएको छ । मरोस भनी खाडलमा गाडिएको कुकुरलार्इ खाडलबाट निकालेर अर्को कुकुरले बचाइदिएको हो ।

खाडलमा पुरेको कुकुरलार्इ अर्को कुकुरले बचाएपछि मालिकको चहाना पुरा हुन सकेन । समाचार अनुसार ती युवकले पालेको दोस्रो कुकुर घरबाट निस्केर नजिकैको फोहोर थुपारेको चौरमा गएको थियो । चौरमा पुगेको समयमा त्यो कुकुरले अर्को कुकुरलार्इ खाडलमा गाड्दै गरेको अवस्थामा देख्यो ।

एक साताअघि भएको यो समाचारमा खाडलमा पुरिएको कुकुलार्इ अर्को कुकुरले निकाल्दै गरेको देखेपछि अर्का युवाले फोटो खिचेर सामाजिक सञ्जालमा हालिदिएका छन् ।

एक कुकुले अर्को कुकुरलार्इ खाडलबाट निकाल्दै गरेको फोटो अहिले फेसबुकमा भाइरल बनेको छ । सामाजिक सञ्जालमा फोटो हालिएपछि कुकुरको पक्षमा मानिसहरुले अभियान नै चलाए ।

फोटोले हल्लीखल्ली भएपछि पुलिसले यो मामिलाको छानबिन शुरु गर्‍यो । सोही क्रममा पुलिसले खाडलमा जिउँदै गाडिएको कुकुरका क्रुर मालिकलार्इ पक्राउ गरेको छ ।

जिउँदै खाडलमा गाड्नुको कारण बताउँदै ती युवाले १० वर्ष भन्दा बढी उमेर भएको कुकुर थला परेपछि मर्नका लागि गाडिदिएको स्पष्टिकरण दिएका छन् ।

पक्राउ परेका २१ वर्षीय युवालार्इ २१ हजार पाउन्ड जरिबाना र जेल सजाय हुने फ्रान्सेली प्रहरीले जनाएको छ ।
www.annapurnapost.com
एजेन्सी– बेलायतकी एक २१ वर्षीया आमाले आफ्नो दुई वर्षको छोरालाई वासीङ मेसिनभित्र राखेर खिचेको

फोटो फेसबुकमा राख्दा उनको परिवारले घर छाड्नु परेको छ ।
यो फोटो हेरेपछि धेरैले उनलाई ‘क्रुर आइमाइ’को संज्ञा दिएका छन् । फोटो अपलोड गर्ने कोर्टनी स्टेवार्टले यस विषयमा प्रतिक्रिया जनाउँदै भनिन्,‘म संसारकै सबै भन्दा घृणित आमा बनेँ ।’ ‘डन सिन्ड्रोम’ नामक रोगबाट पीडित २ वर्षका सलेव ‘वासीङ मेसिनमा चढे । त्यही बेला उनकी आमा स्टेवर्टले ‘मेरो छोरो कति बदमासी गर्छ’ भन्दै फोटो अपलोड गरेकी थिइन् । त्यो फोटो केही दिनमै भाइरल बन्यो । त्यसपछि उनलाई सामाजिक सञ्जालमा गालीको वर्षात सुरु भयो । उनको विषयमा ट्रोल पनि बन्यो । त्यस्ता ट्रोलले स्टेवार्टको परिवारले एर्कसिन, रेनफ्रेस्यरभन्ने स्थानमा रहेको घर छाडेको छ ।  बेनामे एक व्यक्तिले यो फोटो सार्वजनिक भएपछि प्रहरीमा उजुरी गरिदिए ।
1प्रहरी र सामाजिक सेवाका कर्मचारीहरु आएर उनको घरको निरीक्षण गरे । तर उनीहरुले स्टेवार्टले आफ्ना बच्चाहरुको लालनपालनमा कुनै कसर राखेको पाएनन् । उनीहरु बिना कुनै चेतावनी स्टेवार्टको घरबाट फर्के ।  स्ट्रेवार्टले फेसबुकमा फोटो अपलोड गर्नु महाभूल भएको प्रतिक्रिया दिएकी छिन् ।

सुमन जंग । यतिबेला उर्खरमाउँलो गर्मीले धेरैलाई छट्पटाहट बनाइरहेको छ । मानिसहरु शीतलताका खोजीमा छन् । यस्तै हिजोआज सामाज देखि सामाजिक सञ्जालसम्मलाई लोक गायिका ज्योती मगरको प्रशंगले गर्माएको छ ।
हुन त ज्योतिले केहि महिनादेखि मिडियामा कब्जा जमाईरहेकी छिन् । टेलिभिजन अन्र्तवार्ताको प्रसंगबाट सुरु भएको उनको विवादित चर्चा यात्रा ‘ढाडे बिरालो’ सम्म आइपुगेको छ ।
यहाँ आउँदा भने ज्योतिलाई हिजो भन्दा बढी आलोचना सहनु पर्‍यो । देश विदेशबाट गालीका वर्षा पर्‍यो। अति नै तुच्छ शब्दमा तथानाम भनियो । उनका समर्थनमा पनि आवाजहरु सुनिएका छन् । तर, तुलनात्मक रुपमा कम मात्र ।
प्रकाश कटुवाल र श्रीदेवी देवकोटाको ‘ढाडे बिरालो’ तीजको गीतमा ज्योतीलाई अभिनय गराउने निर्देशक भने शंकर बिसी हुन् । केहिले बिसीलाई प्रमुख दोषी मानेका छन् त कतिले गायक प्रकाश कटुवाललाई । कटुवालको शब्द संगीतमा गीत तयार पारिएको हो । गीतमा शब्द पनि छाडा भएको आरोप छ ।
अहिलेसम्म लोक गीतको पहिचान र मौलिकतालाई आत्मसाथ गर्दै आफ्नो सृजनालाई दर्शक/श्रोतामाझ पुर्‍याउँदै आएका अग्रज दुई लोकस्रष्टा बिमा कुमारी दुरा र खड्क गर्बुजाले ज्योति मगरको पछिल्ला हल्लका बारेमा के भन्छन् त ?
लोक गायकः खड्क गर्बुजा
नेपाली लोकसंगीत भनेको एउटा देशको गरिमा र प्रतिष्ठासँग जोडिएको कुरा हो । यसका आफ्नै खाले मूल्य मान्यता मर्यादा गरिमा र अनुशासन छ । अन्य पप गीत, र्‍याप गीत, आधुनिक गीत जस्ताको रुपमा हामीले लोक गीतलाई हेर्न हुँदैन भन्ने मान्यता हो । भनेको, मनोरञ्जनको साधन मात्र होइन् । यो भनेको राष्ट्रको पहिचान बोकेको एउटा मौलिक संगीत हो,सम्पदा हो । यसलाई चाँही अनुशासित रुपमा मर्यादित रुपमा बचाईराख्नु कलाकार लगायत सम्पूर्ण देशभक्त सन्तान र नागरिकको कर्तव्य हो ।
यदि ज्योति मगरले जुन खालको प्रस्तुति यो गीतमा दिएको थियो, त्यो प्रस्तुति लोक गीतमा नभइकन अरु पप गीत र्‍याप गीतमा दिएको भए आलोचना गर्ने ठाउँ रहने थिएन् । अब एउटा पहिचान बोकेको मौलिकता भित्र पर्ने लोकसंगीतमा त्यस्तो खालको प्रस्तुति दिएकाले बढि आलोचित भएको हो । मेरो विचारमा चाहिँ त्यहि लाग्छ ।
हुनत अहिलेको २१ औं शताब्दीमा मान्छेहरुले आफूलाई मन लागेको लुगा लगाउन पाउनुपर्छ । खानेकुरा खान पाउनुपर्छ । आफूले जे गर्न मन लाग्छ गर्न पाउँछ । स्वतन्त्र छ । तर पनि सबै कुरालाई एउटा स्वतन्त्रता भित्र राखेर हेर्नु हुँदैन् । आफूले नियमभित्र बाँधिनुपर्ने कुरा पनि हुन्छन् ।
कि ज्योति मगरले खेलेको त्यो गीतलाई चाहिँ लोक गीतको नाम नदिएर अर्कै खालको नाम दिँदा राम्रो हुन्छ । लोक गीत पनि भन्ने उच्छृङखल र अश्लील खालका गतिविधि नेपाली लोक संगीतमा अलिक सुहाउँदैन कि भन्ने मत छ मेरो पनि । गबुर्जाले ज्योतिको मात्रै दोष नभएर गायक गायिका देखि निर्देशक सम्म उतिनै दोषीको भागिदार भएको बताए ।
लोक गायिकाः बिमा कुमारी दुरा
लोक गायिका विमा कुमारी दुराले ज्योती मगर को हो ? के हो, भन्ने बारेमा आफूलाई अहिलेसम्म पनि थाह नभएको बताइन् । हामीले लोक गायिका ज्योति मगरलाई चिन्नुहुन्छ ? भन्ने प्रश्नमा दुराले आफू लोक गायिकाको हिसाबले भन्नुपर्दा उनलाइ कति पनि नचिनेको तर, व्यक्तिगत रुपमा भने चिनजान भएको कुटनीतिक जवाफ दिइन् ।
ज्योतीको पहिरन र अन्य गतिविधिले लोकसंस्कृतिको बेइज्जत गराएको भन्दै तिव्र आक्रोश व्यक्त गरिन् । दुराले यस विषयमा लोकदोहोरीको विकास गर्छौ भनेर खोलिएका संघसंस्थाहरुले आवाज उठाउन पर्ने बताइन् । ब्यक्ति बोल्नु भन्दा पनि संस्था अघि बढेर यस्ता किसिमका गीत र कलाकारलाई कारबाहीको घेरामा ल्याउन सक्नुपर्ने आश्य ब्यक्त गरिन् । यस्ता गीतसंगीत उत्पादन हुनुमा संस्था पनि जिम्मेवार भएको आरोप लगाइन् ।
समाजले ज्योतीको गतिविधिलाई पचाउन नसक्ने भन्दै उनले बाउबाजेको बेईज्जत हुने गरि नभई इज्जत ल्याउने गरि गीतसंगीतमा अघि बढ्नुपर्ने सुझाव दिइन् । खासै नबोल्ने दुराले पोहोर तीजमा बाग्लुङ जाँदाको प्रसंग जोड्दै भनिन्, ‘माईक्रोमा कार्यक्रमका लागि बाग्लुङ जाँदै थिए त्यतिकैमा ड्राईभरले ‘कनाईदेउन बाई’ गीत बजायो । मैले के गीत बजाको यस्तो भने, तर, उसले तपाईहरु नै यस्तो गीत गाउनुहुन्छ नबजाएर के गर्ने ? ‘उसको जवाफले मलाई लज्जित बनयो’ दुराले सुनाइन् । दुराले भनेको यस गीत पनि ‘ढाडे बिरालोका’ प्रकाश कटुवाल र श्रीदेवी देवकोटाको नै हो ।
एउटाको गल्तीका कारण सबैले दोष बोक्नु पर्ने हुँदा सस्तो लोकप्रियताका पछि नलाग्न विनम्र अनुरोध गरिन् । लोक गीत भनेको अनुशासनहिन भडकिलोपन नभइ स्वच्छ मनोरञ्जन दिने र देशको पहिचान दिलाउने भएकाले सोहि अनुसार गीतसंगीतमा लाग्न सक्नुपर्ने धारणा ब्यक्त गरिन् ।
अबका दिनमा ज्योती मगर मात्र नभइ लोकसँगीतमा लाग्ने हरेकले आफू को हो ? के गर्दैछु र कहाँ छु ? भन्ने कुराको ख्याल राख्न सक्नुपर्ने अन्य लोक सर्जकहरुको पनि मत रहेको छ । लोकसंगीतमा लागेर यो गर्न पाइने त्यो नपाइने भन्ने कहिँ कतै उल्लेख गरिएको छैन् । तर, यसका आफ्नै मौलिक मान्यताहरु छन् । यसलाई आत्मसाथ गरी अघि बढेमा मात्र लोकसंस्कृतिको विकास हुन सक्नेमा उनीहरुको एकमत छ ।
www.nepalsandesh.com
चर्चित हास्यकलाकार दीपकराज गिरीले केही समय बढदै गएको बन्द हडताल प्रति व्यंग्य गर्दे सामाजिक सञ्जालमा चोटिलो स्टाटस लेखेका छन्। टेलिभिजनका कार्यक्रम देखी फसबुकसम्म निरन्तर खबरदारी गर्ने गरेका उनले कतिवात्मक शैलीमा बन्द हडताल गर्नेहरुको उछितो काढ्दै लेखेका हुन्।

उनि लेख्छन्, साथि हो मट्टितेल तैयार गर आगो बाल्नु पर्छ लाठि पनि नछुटोस टाउको फोर्नु पर्छ टोल टोल बन्द गर चोक चोक बन्द गर खरानी नभए सम्म आगो दन्काउनु पर्छ वरपर हेर त मृत्यु पनि शोक गीत गाउदैछ हो साथि हो… संबिधान आउदैछ यहि हो मौका देशमा शक्ति देखाउने लालपूर्जामा आफ्नो आफ्नो नाम लेखाउने खन्ड आए तिमी उफ्रिनु,अखन्ड आए हामी उफ्रिन्छौ किनकि यत्रो बर्ष पछि गोरू ब्याउदैछ हो साथि हो…. संबिधान आउदैछ एक इन्च उता लानु हुन्न, किनकि संघि यता छ अरूको जे सुकै होस हाम्रो त छुट्टै कथा छ संधि “यता” मिलायौ भने , धर्म उता बिगारेरै छाडछौ जसो गरे नि देश रगतमा नुहाउदै छ हो साथि हो….. संबिधान आउदैछ।

कलाकार गिरी टेलिभिजनमा तितो सत्य नामक हास्य शृंखलामा देखिन्छन् भने उनले अभिनय गरेको चलचित्र ‘वडा नम्वर ६’ छिट्टै सार्वजनिक हुँदैछ।nepaliheadlines.com
३० साउन, काठमाडौं ।

अन्तरिम संविधानमा समावेश गरिएको धर्म निरपेक्षता नयाँ बन्ने संविधानले संस्थागत गरेर अगाडि बढ्नु पर्ने विभिन्न धार्मिक संघ संस्थाले माग गरेका छन् । सरकारले अनुमोदन गरेको विभिन्न अन्तर्राष्ट्रिय सहमति उल्लघंन हुने भन्दै उनीहरुले धर्म निरपेक्षता नै राख्नुपर्ने माग गरेका हुन् ।

संविधानको प्रारम्भिक मस्यौदाको धारा ३१(३) ले कसैको धर्म परिवर्तन गर्ने गराउने कार्यलाई अपराधिकरण गरेको छ । कुनै एक धर्मबाट अर्को धर्म परिवर्तन गर्नको लागि तेस्रो व्यक्तिको संलग्नता बिना असम्भवप्राय हुने बताउंदै धार्मिक चौतारी नेपालका कार्यक्रम संयोजक सरल श्रेष्ठल उक्त धाराले आफ्नो धर्मको प्रचार गर्ने, धर्म परिवर्तन गर्ने तथा धर्म छान्न पाउने स्वतन्त्रतालाई समाप्त पार्ने बताए ।

मस्यौदाले व्यक्तिको आफ्नो धर्म छान्न पाउने तथा धर्म परिवर्तन गर्ने स्वतन्त्रतालाई नकारेको उल्लेख गर्दे श्रेष्ठले धारा ३१(३) ले नेपालमा धार्मिक स्वतन्त्रतालाई गम्भिर रुपमा संकुचित गरेको बताए । धारा ३१ (३) ले मानवअधिकारको विश्वव्यापी घोषणापत्रको धारा १८ को समेत उल्लघंन गरेको ठहर धार्मिक चौतारीले गरेको छ ।

नेपालले राजनीतिक तथा नागरिक अधिकार सम्बन्धि प्रतिज्ञापत्र पनि अनुमोदन गरेको उल्लेख गर्दै कार्यक्रम संयोजक श्रेष्ठले व्यक्तिगत रुपमा वा अरुसँग मिलेर तथा सार्वजनिक वा निजी रुपमा पूजाआजा, नियम, अभ्यास तथा शिक्षणमा आफ्नो धर्म वा आस्था प्रकट गर्न पाउने स्वतन्त्रतालाई अधिकारको रुपमा व्यवस्था गरीएको बताए । आफ्नो धर्म प्रचार गर्ने, छान्ने, तथा परिवर्तन गर्ने स्वतन्त्रता व्यक्तिको मौलिक हकहरु मध्ये एक भएको उनले बताए ।

सबै जाजजाति र धर्मालम्बीहरुको माग सम्बोधन गर्नको लागि अन्तरिम संविधानमा उल्लेख गरिएको धर्म निरपेक्षता नै नयाँ संविधानमा पनि कायमै राख्न र संस्थागत गरेर अगाडि बढ्न नेपालले संविधानसभा समक्ष आग्रह गरेको छ ।
– विमल विष्ट
डोटी, ३० साउन । डोटीमा एक युवतीमाथि एम्बुलेन्सभित्रै बलात्कारको प्रयास भएको छ ।
सेती प्राविधिक शिक्षालय दिपायलमा अनमी छात्रबृतिका लागि बाबुसँगै परीक्षा दिन आएकी एक युवतीमाथि दिपायल सिलगढी नगरपालिकाको एम्बुलेन्सभित्रै बलात्कारको प्रयास भएको हो । शनिबार विहान १ बजे सुदूरपश्चिमको हिमाली जिल्ला बझाङबाट बाबुसँग दिपायल आउने क्रममा १९ बर्षिया युवतीमाथि बलात्कारको प्रयास गरिएको हो ।
दिपायल सिलगढी नगरपालिकाको एम्बुलेन्सभित्र चालक राम बहादुर खड्काले बलात्कारको प्रयास गरेको पीडितले प्रहरीलाई जानकारी गराएकी छिन् । पीडित युवती आफ्ना बुवासंग शुक्रबार बेलुकी बझाङबाट डडेल्धुराको स्याउलेसम्म बस चढेर आएकी थिइन् । स्याउलेमा अबेर राति १२ बजे पुगेका बाबुछोरीलाई प्रहरीले नै एम्बुलेन्समा लगि दिन चालक खड्कालाई आग्रह गरेका थिए ।
छोरीसंगै आएका बुवालाईबीच बाटोमा एम्बुलेन्स बिग्रेको भन्दै बाहिर निस्केर हेर्न चालक खड्काले बहाना बनाएका थिए । पीडित युवतीका बुवाले भने ‘म बाहिर निस्कने बित्तिकै ढोका बन्द गरेर एम्बुलेन्स कुदायो । मलाई त्यही छोडेर छोरीलाई दुब्र्यबहार ग¥यो ।’ पीडित युवतीले मदिरा खाएर अनियन्त्रित भएका चालकले आफूसंग २० मिनेटसम्म जबरजस्ती बलात्कारको प्रयास गरेको आरोप लगाएकी छिन् । ‘२० मिनेटसम्म चालक संग लडाई भयो, लात्ताले हानेर म ढोका खोली भाग्न सफल भए’, रुँदै पीडितले भनिन् ‘अध्यारो रातमा खाली खुट्टा रोडमा आधा घण्टासम्म दगुरे, उ पनि पछि पछि दगुर्दै आयो, मलाई छोप्न सकेन ।’
उनले करिब आधा घण्टापछि बुवा संग भेट हुँदा पनि चालक खड्का फेरि एम्बुलेन्स फर्काएर आएको बताउनुभयो । पीडित युवती आज शनिबार बिहान ८ बजे बाट भएको परीक्षामा सहभागी भएर जिल्ला प्रहरी कार्यालय सिलगढीमा घटनाबारे उजुरी दिएकी छिन् ।
उता चालक खड्का भने नगपालिकामा एम्बुलेन्स राखेर राति नै फरार रहेको नगरपालिकाका सामाजिक बिकास अधिकृत रमेश जोशीले बताउनुभयो । उहाँले भन्नुभयो ‘राति नै चालकले एम्बुलेन्स राखेर साँचो छोडी गएको रहेछ अहिले कार्यालय आउँदा त खबर यस्तो सुनियो ।’
dainiknepal.com
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Aug 24 (6)
  • Aug 23 (1)
  • Aug 19 (1)
  • Aug 18 (19)
  • Aug 17 (17)
  • Aug 16 (24)
  • Jan 24 (18)
  • Jan 23 (27)
  • Jan 22 (32)
  • Jan 21 (35)
  • Jan 20 (35)
  • Jan 19 (34)
  • Jan 18 (40)
  • Jan 17 (45)
  • Jan 16 (27)
  • Jan 15 (29)
  • Jan 14 (35)
  • Jan 13 (40)
  • Jan 12 (32)
  • Jan 11 (39)
  • Jan 10 (31)
  • Jan 09 (23)
  • Jan 08 (31)
  • Jan 07 (30)
  • Jan 06 (39)
  • Jan 05 (34)
  • Jan 04 (39)
  • Jan 03 (43)
  • Jan 02 (47)
  • Jan 01 (31)
  • Dec 31 (34)
  • Dec 30 (36)
  • Dec 29 (43)
  • Dec 28 (33)
  • Dec 27 (27)
  • Dec 26 (38)
  • Dec 25 (33)
  • Dec 24 (38)
  • Dec 23 (44)
  • Dec 22 (39)
  • Dec 21 (37)
  • Dec 20 (40)
  • Dec 19 (31)
  • Dec 18 (47)
  • Dec 17 (30)
  • Dec 16 (16)
  • Dec 15 (42)
  • Dec 14 (30)
  • Dec 13 (32)
  • Dec 12 (35)
  • Dec 11 (42)
  • Dec 10 (26)
  • Dec 09 (31)
  • Dec 08 (15)
  • Dec 07 (37)
  • Dec 06 (30)
  • Dec 05 (34)
  • Dec 04 (32)
  • Dec 03 (33)
  • Dec 02 (36)
  • Dec 01 (37)
  • Nov 30 (48)
  • Nov 29 (28)
  • Nov 28 (35)
  • Nov 27 (35)
  • Nov 26 (47)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (27)
  • Nov 22 (32)
  • Nov 21 (43)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (22)
  • Nov 17 (29)
  • Nov 16 (32)
  • Nov 15 (25)
  • Nov 14 (28)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (42)
  • Nov 09 (22)
  • Nov 08 (40)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (42)
  • Nov 01 (44)
  • Oct 31 (29)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (47)
  • Oct 27 (32)
  • Oct 26 (39)
  • Oct 25 (35)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (22)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (31)
  • Oct 02 (29)
  • Oct 01 (29)
  • Sep 30 (29)
  • Sep 29 (24)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (26)
  • Sep 25 (27)
  • Sep 24 (18)
  • Sep 23 (15)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (26)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (12)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (19)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (22)
  • Sep 07 (22)
  • Sep 06 (26)
  • Sep 05 (18)
  • Sep 04 (23)
  • Sep 03 (24)
  • Sep 02 (25)
  • Sep 01 (24)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (27)
  • Aug 28 (28)
  • Aug 27 (30)
  • Aug 26 (29)
  • Aug 25 (24)
  • Aug 24 (35)
  • Aug 23 (30)
  • Aug 22 (31)
  • Aug 21 (32)
  • Aug 20 (30)
  • Aug 19 (33)
  • Aug 18 (27)
  • Aug 17 (34)
  • Aug 16 (28)
  • Aug 15 (23)
  • Aug 14 (23)
  • Aug 13 (22)
  • Aug 12 (19)
  • Aug 11 (18)
  • Aug 10 (24)
  • Aug 09 (16)
  • Aug 08 (18)
  • Aug 07 (25)
  • Aug 06 (16)
  • Aug 05 (18)
  • Aug 04 (21)
  • Aug 03 (19)
  • Aug 02 (14)
  • Aug 01 (17)
  • Jul 31 (19)
  • Jul 30 (19)
  • Jul 29 (15)
  • Jul 28 (12)
  • Jul 25 (14)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home