• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
बुधबार, १५ पुष
काठमाडौं । भारतको भोजिपुरा रेल्वे स्टेशनमा एक नेपाली महिलाले रेलको ट्वाइलेटमा बच्चा जन्माएकी छन् ।
तर, उनले जन्माएको बच्चा रेलको लिकमा खसेर बाँच्न सफल भइन् । रेलको लिकबाट उद्दार गरिएकी बच्चीलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।
टंकपुर इज्जतनगरबाट रेल छुटेको केही समयमा रेलको शौचालयमा महिलाको चिच्याहट सुिनएपछि अन्य यात्रुहरुले ढोका खोलेर हेर्दा उनले बच्चा जन्मिएर रक्तश्राव भइरहेको भेट्टाएका थिए ।
उनले अन्य यात्रुहरुलाईं रेल रोकिदिन आग्रह गरेपछि अलार्म चेन तानेर रेल रोकिदिएका थिए । तर, उनले जन्माएकी सानी बच्ची चिप्लेर शौचालयको प्यानबाट रेलको लिकमा खस्न पुगिन ।
त्यसपछि तत्कालै रेल्वे प्रहरीलाई बोलाएर खोजी गर्दा बालिका जिवित फेला परेकी टाइम्स अफ इण्डियाले जनाएको छ । त्यसलगत्तै आमा र बच्चा दुवैलाई अस्पताल लगिएको थियो ।
रेलमा नै बच्चा जन्माउने ती महिला नेपालको कञ्चनपुर माेहननगर भगतपुर घर भएकी पुष्पादेवी भएको पुष्टि भारतीय रेल्वे प्रहरीले गरेको छ । उनी आँखाको उपचारका क्रममा भारतको बरेली गएका बेला यस्तो घटना घटेको हो ।
nepalsandesh
काठमाडौं । महानगरीय प्रहरी अपराध महाशाखा टेकुका प्रमुख सर्वेन्द्रनाथ खनालले पीडित महिला टीकामाया गोलेको पीडा सुनेपछि गत भदौ २८ गते नै कृषि विकास बैंक पुतलीसडकका तत्कालीन उपप्रमुख थानेश्वर पन्थी र ड्राइभर भाइचा महर्जनलाई पक्राउ गरी सौदाबाजीपछि रेकर्डमा नराखी छाडिदिएको खुलासा भएको छ ।
त्यसको दुई दिन अघिसम्म एसएसपी खनालले उनीहरुविरुद्द लिखित उजुरी लेऊ तुरुन्तै समातेर कारबाही गर्छु भन्ने गरेका खनालले उनीहरुसँगको सौदाबाजी पछि उजुरी लिनै नमानेको पीडित टीकामाया गोलेको आरोप छ । त्यसअघि एसएसपी खनालले टीकामायामाथि भएको अन्यायबारे अनुसन्धान गर्न र स्थलगत निरीक्षण गर्न प्रहरी निरीक्षक सुदीप पाठकलाई खटाएका थिए । आजको कारोबार दैनिकमा खबर छ ।
dainiknepal
काठमाडौं । सन् १९९६ को ओलम्पिक खेलको उद्घाटन समारोहमा एकजना त्यस्तो ब्यक्तिप्रति पनि भावपूर्ण श्रद्धान्जली दिईएको थियो जो एटलान्टामा जन्मेका अमेरिकाका प्रख्यात विश्वब्यक्ति थिए । उनी नागरिक अधिकारवादी नेतामात्रै नभई अमेरिकाको स्वतन्त्रता, समानता र सम्मानका लागि लड्दा लड्दै मरेका ब्यक्ति थिए । उनी अर्थात्– डा. मार्टिन लुथर किंग ।
अमेरिकी समाजमा सामाजिक क्रान्तिको बिगुल फुक्ने डा. मार्टिन लुथर किंग त्यस्ता ब्यक्ति हुन् जो भारतका महात्मा गान्धी जस्तै उत्तर अमेरिका र ल्याटिन अमेरिकाभर अहिंस्रक क्रान्तिकारीको रुपमा विश्वमा प्रख्यात छन् । उनी सक्रिय छँदा उनको एउटा आह्वानमा एटलान्टादेखि वाशिङ्टन डीसीसम्म लाखौंलाख न्यायप्रेमीहरुको जनसमुद्रको लहर उठ्थ्यो । उनी अमेरिकी सरकारलाई थर्काउन समेत सफल थिए । डा. मार्टिन लुथर किंगको हत्या भएपछि एक लाखभन्दा बढी अमेरिकी जनताले जुलुस प्रदर्शन गरेर उनलाई श्रद्धान्जली दिएका थिए । उनको निरन्तर संघर्ष र शहादतलाई ध्यानमा राखी उनकै पारिवारिक घर भएको एटलान्टाको एउटा जिल्लाको नामाकरण समेत उनकै नामबाट गरिएको छ । प्रत्येक बर्ष १५ जनवरीका दिन अमेरिकामा देशब्यापी रुपमा उनको स्मृतिमा त्यसै जिल्लामा स्थापित अहिंस्रक सामाजिक आन्दोलनका लागि मार्टिन लुथर किंग सेन्टरको भब्य संग्रहालय हेर्न प्रत्येक बर्ष ३५ लाख मानिसहरु त्यहाँ जाने गर्छन् । काला अमेरिकीहरुको संघर्षलाई नेतृत्व प्रदान गरेर डा. मार्टिन लुथर किंगले नोबेल शान्ति पुरस्कार समेत पाएका थिए । उनको जीवन संघर्ष र शहादतसँग शताब्दी ओलम्पिकको निकै नजिकको सम्बन्ध छ । त्यसैले यही सोचेर डा मार्टिन लुथर किंगलाई भावपूर्ण श्रद्धान्जली दिने क्रममा एटलान्टाको सिंगो स्टेडियमको प्रकाश मधुरो पारियो र त्यही मधुरो प्रकाशमा उनको छायाँ बिस्तारै बिस्तारै विशाल भिडियोको स्क्रिनमा देखाइयोे । र, अन्तमा सन् १९६३ मा वाशिङ्टनमा भएको ऐतिहासिक विरोेध प्रदर्शनलाई सम्बोधन गर्दै उनले बोलेको भाषणको अडियो टेप गुञ्जाइयो– आइ हेभ अ ड्रिम ।
डा मार्टिन लुथर किंगले आजभन्दा ६४ बर्ष अगाडि सामाजिक क्रान्तिको सपना देखेका थिए । उनको सपनाभित्र अमेरिकाको जरोसम्म गाडिएर रहेको जातीय विभाजन र भेदभावको अन्त, उत्पीडित कालाहरुले पनि गोराहरुले जतिकै समानता, स्वतन्त्रता, र सम्मान पाउने ब्यवस्थाको सिर्जना र हिंस्रक युद्धबाट मुक्तिका कुराहरु थिए । यही सपना साकार पार्न मार्टिन लुथर किंगले अमेरिकामा गोरो र कालो छालाको रंग हेरेर गरिने बर्णभेदका बिरुद्ध अहिंसात्मक आन्दोलन चलाएका थिए । उनले अहिंसात्मक ढंगले एउटा नयाँ सामाजिक क्रान्तिको बिगुल फुकेका थिए ।
नागरिक आन्दोलनको पुरानो केन्द्र एटलान्टामा जन्मेका, हुर्केका मर्टिन आफ्नो किशोर अवस्थादेखि नै संघर्षमा लागिपरेका थिए । सन् १९२९ जनवरी १५ मा एटलान्टामा जन्मेका किंगले मोर हाउस कलेज र कोजर थियोलोजिकल सेमिनरी एवम् बोस्टन बिश्वबिद्यालयबाट पी.एच.डी को औपचारिक डिग्री लिएका थिए । अध्ययनकै क्रममा उनी वर्णभेद बिरोधी संघर्षमा पनि दीक्षित हुन थालेका थिए । कालो र गोरो रंगको आधारमा सबै कुरामा भेदभाव गरिने अमेरिकामा त्यतिखेर रंगको आधारमा शिक्षामा पनि भेदभाव गरिन्थ्यो । वर्णभेद विरोधी संघर्षको कारणले पछि त्यहाँको सर्वोच्च अदालतले सार्वजनिक शिक्षामा यो वर्णभेदको अन्त्य गर्ने फैसला सुनायो । फैसलापछि सन् १९५५ मा देशभरि वर्णभेद विरोधी लहर उठ्यो । यसै क्रममा मोन्ट गोमेरीमा सार्वजनिक यातायातमा गरिने वर्णभेदको विरोधमा ३ सय ८१ दिने बस बहिष्कार संघर्ष समेत भएको थियो । जसको नेतृत्व मार्टिन लुथरले नै गरेका थिए । त्यतिमात्र होइन, उनले अमेरिकाको बर्मिघम, अलास्का, लगायत अन्य थुप्रै शहरहरुमा नागरिक अधिकार आन्दोलन सञ्चालन गरे र ती आन्दोलनलाई नेतृत्व प्रदान गरे । अमेरिकी सरकारले गरेको पटक पटकको गिरफ्तारी, जेल नेल र यातनालाई चिर्दै उनले अगष्ट २८ सन् १९६३ मा वाशिङ्टनमा एउटा ऐतिहासिक विरोध प्रदर्शनको आयोजना गरे । उक्त विरोध प्रदर्शनमा लाखौं लाख नागरिक अधिकारवादी अमेरिकी जनताले उनको ‘आइ हेभ अ ड्रिम’ नामक चर्चित भाषण सुनेका थिए ।
सन् १९६४ मा नोबेल शान्ति पुरस्कार प्राप्त गरेपछि उनी विश्वभर नै चर्चित भए । यसै क्रममा उनले अमेरिकी सरकारले प्रयोग गरिरहेका हरेक खालका हिंसाहरुको विरोध गर्न थाले । उनले अमेरिकी सरकारको त्यतिखेर भियतनामी जनतामाथि थोपरेको एक दशकभन्दा लामो युद्धको विरोधमा सन् १९६७ देखि आवाज उठाउन थाले । साथसाथै गरिब र मजदुरहरुको पक्षमा उनले आवाज बुलन्द पार्दै गए । यसै क्रममा उनले सम्पूर्ण गरिब जनतालाई गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य र जीउनका लागि आवश्यक काम र कामको उचित रकम पाउने नैतिक अधिकार छ भनी घोषणा समेत गरे । उनको यो ब्यबहार देखेर अमेरिकी सरकारमात्र नभई कुक्लस क्लान नामक समूह र धनी कालाहरु समेत रिसाउन थाले । यी समूह तानाशाह हिटलरलाई पूजा गर्ने गोराहरुको समूह थियो । अन्ततः उनीदेखि रिसाएका हिटलर समर्थक गोराहरुले सन् १९६८ अप्रिल ३ का दिन सफाई मजदुरहरुको हडतालमा सहभागी भएर फर्किरहेको बेला उनको हत्या गरे । भनिन्छ, मार्टिन लुथर किंगको शहादतपछि पनि उनको सपनाको मृत्यु भएको छैन । (एजेन्सीको सहयोगमा)
imagekhabar भिडियो हेर्न तलको बाकस थिच्नुहोस
काठमाण्डु, १५ पुस– प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो पहिलो औपचारिक विदेश भ्रमणका लागि चीन जान लागेकोे भन्दै भारतमा सनसनी मच्चिएको छ । नेपाल र चीनको विषयमा निकै चासो राख्ने भारतीय मिडियाले नेपालमा नयाँ प्रधानमन्त्री भएपछि भारत भ्रमण गर्ने परम्परालाई तोड्दै ओली चीन भ्रमणमा जान लागेका विषयलाई उच्च स्थान दिएका छन् ।


नेपाल र चीनको सम्बन्धलाई लिएर केही सानो कुरा पाएपनि लेखिहाल्ने र सकेसम्म त्यसलाई बङ्याएर उल्टो भ्रामकर समाचार सम्प्रेषण गर्ने भारतीय मिडियाले प्रधानमन्त्रीको चीन भ्रमणलाई लिएर निकै सनसनी फैलाइरहेका हुन् ।
भारतको एक चर्चित मिडिया नवभारत टाइम्स लेख्छ, ‘मधेसीको विषयमा भारत–नेपाल गतिरोधका बीच नेपालका प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो पहिलो विदेश भ्रमणका लागि छिट्टै नै चीन जाने भएका छन् । परम्परागत रुपमा त्यहाँका प्रधानमन्त्री सबैभन्दा पहिले भारतको भ्रमण गर्ने गर्थे ।’
ओलीको सो भ्रमण नेपालको नयाँ प्रधानमन्त्रीले पालना गर्ने परम्पराको उल्टो भएको समेत समाचारमा जनाइएको छ । नेपालको प्रधानमन्त्री बनेपछि पुष्प कमल दाहाल ‘प्रचण्ड’ ले मात्र पहिलो पटक चीन भ्रमण गरेको प्रशंग जोड्दै भारतीय मिडियाले भारतले प्रचण्डलाई नेपाललाई चीनको नजिक लाग्न खोज्ने व्यक्तिको रुपमा लिने गरेको बताएका छन् ।

नेपाल र चीनबीच इन्धन सम्झौतामा हस्ताक्षर गर्न ओली २०१६ मा भारत भ्रमण जाने बताउँदै भारतीय मिडियाले सो क्रममा दुई देशबीच विविध विषयमा सम्झौता हुने लेखेका छन् ।
मंगलबार चीनको एक हप्ते भ्रमण सकेर उपप्रधानमन्त्री कमल थापा लगायतको टोली नेपाल फर्किएको प्रशंग उठाउँदै थापाले चीन भ्रमणका क्रममा विभिन्न प्रस्तावहरु पेश गरेको र प्रधानमन्त्रीको भ्रमणको क्रममा त्यसमा हस्ताक्षर हुने भारतीय मिडियाले लेखेका छन् ।
समाचारमा भारतसँग नजिक भएका मधेसीले लामो समयदेखि तराई मसमा नाकाबन्दी गरेको उल्लेख छ । साथै चीनले नेपाललाई १४ करोड लिटर तेल सित्तैमा दिन लागेको समेत मिडियाले लेखेका छन् ।
athmandutoday
काठमाडौं, १५ पुस । मंगलबार मात्रै पूर्व राजा विरेन्द्र शाहको जन्मोत्सव मनाइएको थियो । विरेन्द्र नेपालका राजाहरुको इतिहासमा जनप्रेमी मानिन्थे । तर, उनको हत्यापछि राजगद्दी सम्हालेका ज्ञानेन्द्र शाहले भने आफ्नै कारणले गद्दी त्याग्नुपरेको थियो ।
बढ्दो माओवादी आन्दोलन र ज्ञानेन्द्रको ‘कु’ ले राजसंस्थाकै अन्त्य भएको थियो ।
यस्ता छन् ज्ञानेन्द्र गद्दी त्याग्नु र राजसंस्था अन्त्य हुनुका कारणः
१. पूर्व राजा श्री ५ ज्ञानेन्द्र शाहले को आफ्ना हुन् र को पराया हुन् भन्ने नागरिकहरुको सही पहिचान गर्न सक्नु पर्दथ्यो । यस्तो संवेदनशील विषयमा राजा स्वयं चनाखो हुनु पर्दथ्यो ।
२. सही र साँचो कुराहरु राख्न, बोल्न सक्ने र खुबी भएका पूर्वराजा श्री ५ ज्ञानेन्द्र शाहका शुभ चिन्तकहरुलाई अवसरवादी सल्लाहकार र मध्यस्थकर्ताहरुले भेट नै नगराउने परम्परा ।
३. निजी सचिव सागर प्रसाद तिमिल्सिना जस्ता अवसरवादी मध्यस्थकर्ता र सल्लाहकारहरुको कारणले राजसंस्था गएको हो ।
४. अवसरवादी मध्यस्थकर्ता (सचिव) र सल्लाहकारहरुलाई को को आम नागरिकहरु आफ्ना हुन् र आफ्ना पक्षमा बोल्छन् तथा खाँटि राजा पक्षधर को को हुन भन्ने पनि थाहा हुन्छ त्यसकारण मध्यस्थकर्ता र सल्लाहकारहरुले आफ्ना पक्षका (सपोर्टर) हरुलाई मात्र भेट गराउँदछन् ।
५. पूर्वराजा श्री ५ ज्ञानेन्द्र शाहका वास्तविक शुभचिन्तक वफादारहरुले मध्यस्थकर्ता र सल्लाहकारहरुको पोल खोलि देलान्, राज दरबारबाट खाइ पिइ आएको सुविधा, मोज मस्ती आदि आदि जस्ता कार्यहरुमा मध्यस्थकर्ताहरुले प्रश्न चिन्ह खडा गर्छन भनेर नै भेट नगराउने प्रथा ।
६. मध्यस्थकर्ता र सल्लाहकारहरुको सोच आम नागरिकहरुले आफ्नो सधँैभरि चाकरी, गुलामी गरिरहोस् भन्ने उद्देश्यले चाकरी र गुलामी नगर्नेहरुलाई भेटघाट नगराउने पन्छाउने रुढीवादी परम्परा रहेको पाइन्छ ।
७. कतिपय मध्यस्थकर्ता र सल्लाहकारहरु राम्रा पनि होलान् तर फटाही र धुत्र्याँई गर्ने अवसरवादीहरुको सामुन्ने सज्जनहरुको केही जोड (सीप) चल्दैन । ओझेल र अल्पमतमा पर्छन् ।
८. पूर्वराजा ज्ञानेन्द्र शाहका केही मध्यस्थकर्ता र सल्लाहकारहरु दोहोरो चरित्र भएका ताक परे तिवारी नत्र गोतामे जस्ता अवसरवादीहरुले राजालाई फसाए ।
९. एक्कासी कार्यभार आफ्नो हातमा लिनु र नेपाल राष्ट्र नै चाहिँदैन भन्ने तुलसी गिरीलाई सल्लाहकारको रुपमा ल्याउनु ।
१०. राजा स्वयंलाई अवसरवादीहरुले अध्यक्ष बन्न लगाउनु ।
११. पूर्वराजा ज्ञानेन्द्र शाह अवसरवादी मध्यस्थकर्ता र सल्लाहकारहरु भरमा मात्र विश्वस्त हुनु हुँदैनथ्यो । बेला मौकामा राष्ट्रको गतिविधि तथा आम नागरिकहरुको चाहना र माँगलाई बुझ्नु पर्दथ्यो । केही आफ्नो जिद्दी र हठ का कारण पनि सत्ताबाट हात धुनु परेको हो ।
१२. एक्काइसौँ शताब्दीमा पूर्वराजा ज्ञानेन्द्र शाहको देश दौडहा वा मन्दिर दर्शन वा उद्घाटनमा जनमानसको भिड, माओवादीका प्रचण्डको देश दौडहा, आमसभामा जनमानसको भिड, नेकपा एमाले माधव कुमार नेपालको आमसभामा जनमानसको भिड, काँग्रसको सुशील प्रसाद कोइरालाको आमसभामा जनमानसको भिड तर ती नागरिकहरु राजाका हुन् की ? माओवादीका हुन् की ? एमालेका हुन् की ? काँग्रेसका हुन् की ? कसका हुन् भन्ने केही थाहा हुँदैन ।
भन्न खोजेको के हो भने आम नागरिकहरुको आवश्यकता के हो त्यसलाई कसरी परिपूर्ति गर्ने सोच जस्तै शिक्षामा सुधार, स्वास्थ्यमा सुधार, कृषिमा सुधार, रोजगारीको व्यवस्था आदि आदि जस्ता कुरहरुमा ध्यान पु¥याउन पर्दथ्यो । तथा राष्ट्रलाई विकसित अन्तर्राष्ट्रिय मुलुकहरुको तुलनामा कसरी अगाडी लिएर जाने सोच बनाई दिएको भए आजको यो अवस्था आउँदैन थियो ।
स्वतन्त्र नेपाली नागरिक

मकवानपुर हेटौंडा उपमहानगरपालिका–२
dainiknepal
चीन र पाकिस्तानलाई लिएर भारत नेपालप्रति किन सधैँ सशंकित देखिन्छ ?

नेपाल दुई ठूला मुलुक चीन र भारतको बीचमा छ । यसैले पृथ्वीनारायण शाहले भनेका हुन सक्छन् दुई ढुगांबीचको तरुल हो नेपाल । यी दुई देशसँग नेपालको ऐतिहासिक सम्बन्ध रहेको र रहँदै आएको छ । यद्यपि भारत र चीनबीचमा एउटा युद्ध भएको थियो, सीमाको समस्यालाई लिएर । त्यति बेलादेखि भारत र चीनको राम्रो सम्बन्ध छैन । चीनले पाकिस्तानलाई सहयोग गरिरहेको छ, जब कि पाकिस्तान भारतको दुश्मन हो । यसरी पाकिस्तान, चीन र भारतबीच त्रिकोणीय सम्बन्ध छ । भारतका लागि जुन सुरक्षा चासोको कुरा छ, यसमा नेपाल पनि जोडिएर आएको बुझिन्छ । चीनले नेपालमा गरेका गतिविधिबाट भारत असन्तुष्ट आउँछ । चीनसँग सीमा जोडिएकाले पनि भारतले नेपाललाई विशेष नजरले हेरेको पाइन्छ । यता, नेपालमा चीनको चासो बढ्दै गएको छ । नयाँ–नयाँ कुराको प्रवेश नेपालमा गराउँदै छ । खासगरी दशवर्षे जनयुद्ध ताकादेखि नै चीनले नेपालमा आर्थिक गतिविधि बढाएको छ । ३० भन्दा बढी चिनियाँ सेन्टर, ठमेलमा चिनियाँ रेस्टुरेन्टलगायत थुप्रै सञ्जाल नेपालमा रहेका छन् । यस्ता गतिविधिका कारण भारत नेपालप्रति सशंकित देखिएको छ ।

भारतले नेपालमा आफ्ना गतिविधि गर्न पाउने तर चीनले किन नपाउने ?

मैले गतिविधि गर्न पाइँदैन भनेको होइन । तर, नेपालले यो कुराको ख्याल गर्नुपर्छ कि चीनको गतविधिका कारण भारत असुरक्षित नहोस् । नेपालमा चीनको गतिविधिले भारतको सुरक्षामा असर नपरोस् । भारतमा जति पनि आतंककारी गतिविधि हुनेका गरेका छन्, यस्तोमा नेपाललाई नै माध्यम बनाएका हुन्छन् । चाहे कास्मिरी आतंकवादी होस्, पाकिस्तानी आतंकवादी होस्, या भारतीय जालीनोटको कारोबार होस्, सबैमा नेपाललाई सेन्टर प्वाइन्ट बनाइएको हुन्छ । पाकिस्तानी आतंकवादीले नेपालबाट भारतको प्लेन हाइज्याक (अपहरण) गरेकै हो नि । चीनले नेपालमा डेभलपमेन्टको नाममा आफ्नो ठाउँ बनाउँदै छ । ठाउँ बनाइसकेपछि उसले के गर्छ, सबैलाई थाह छ । चीनले पटकपटक नेपाललाई भन्दै आएको छ कि नेपालको पोलिटिक्समा हाम्रो केही इन्ट्रेस्ट छैन । तर हेर्नुस्, नेपालको पोलिटिक्समा चीनको कस्तो प्रभाव छ, छर्लंग देखिन्छ । राजा महेन्द्रको समयमा चीनले तराई मधेसमा कुनै पनि प्रोजेक्ट तथा अन्य कुनै पनि गतिविधि गर्न नपाउने भनी नेपाल र भारतको बीचमा सम्झौता भएको थियो । तर, अहिले हेर्नुस्, उनीहरू तराईमा छिरेर त्यहाँ एयरपोर्टहरू बनाउन थालेका छन्, बाटो बनाउन थालेका छन् । चाइना सेन्टर खुलेका छन् ।


यी त विकासका काम भए, भारत किन तर्सिनुपर्यो ?

चीन त हाम्रो दुश्मन हो नि, ऊसँग हामीले युद्ध लडेको हो । एक–अर्कालाई हामी त्यही नजरले हेरिरहेका छौँ । उसको मान्छे तराईमा आयो भने त्यो त भारत पसेजस्तो भयो नि । त्यसैले मेरो विचारमा चीनका लागि नेपालमा गतिविधि गर्ने रेडलाइन (सीमा) हुनुपर्छ, उसले यहाँसम्म मात्र काम गर्न पाउनुपर्छ भन्ने । त्यो रेडलाइन भन्दा अगाडि जान पाउँदैन । पूर्व–पश्चिम राजमार्ग बन्दाखेरि चीनले कोहलपुर सडकको काम पाएको थियो तर राजा महेन्द्रले चीनलाई नदिएर भारतलाई दिएका थिए ।

तपाईंले भनेजस्तो रेडलाइन कहाँदेखि कहाँसम्म हुनुपर्छ ?

त्यो त नेपालले विचार गर्नुपर्ने कुरा हो । चीनका लागि भारत कति संवदेनशील हो भन्ने कुरा नेपालले बुझ्नुपर्ने हो । नेपाल आफैँमा स्वतन्त्र देश हो । चीनलाई जहाँ पनि काम गर्न दिन सकिन्छ तर त्यसले अरुलाई कति असर गर्छ÷गर्दैनन्, त्यो कुराको ख्याल गर्ने जिम्मेवारी नेपालको नै हो । चीनले काठमाडौंसम्म रेल ल्याउने कुरा गर्दै छ । त्यसको आवश्यकता किन पर्यो ? आज काठमाडौंसम्म ल्याउने कुरा मात्र हुँदै छ भोलि तराईसम्म जाला । अनि त्यसले भारतको अवस्था के होला ? नेपालले एकपटक पनि विचार गरेको छ ? के ती रेलमा चिनियाँ टुरिस्ट मात्रै आउने हो त ? डेभलपमेन्टका लागि त्यो राम्रो हुन सक्छ । तर, म मिलिट्रीको मान्छे, त्यो नजरले हेर्दिनँ । सुरक्षाका दृष्टिकोणले हेर्छु । विकासको नाममा सुरक्षा गर्ने भनी चीनका सुरक्षाकर्मी नेपाल आउँछन् । त्यसपछि सेना आउँछ । सेनालाई सुरक्षा दिन इन्टलिजेन्स आउँछ, सादा पोसाकका सुरक्षाकर्मी आउँछन् । यसरी विभिन्न किसिमका सुरक्षाकर्मीहरू नेपालमा आउँछन्, पछि यसले भारतलाई च्यालेन्ज गर्छ ।

भारतले नेपाललाई स्वतन्त्र देश पनि भन्छ । तर, यो गर त्यो नगर पनि भन्छ । के नेपाललाई सुरक्षाका दृष्टिले अर्को भुटान बनाउन खोजिएको हो ?

त्यस्तो होइन, नेपालको हित चाहनेमध्ये एक भारत पनि हो । भुटान बनाउने कुरा कहाँबाट आयो ? मोदीले पनि नेपाल आएर पटकपटक नेपाल स्वतन्त्र देश हो भन्नुभएको छ । भारतले मात्र यो चाहन्छ कि अरु कुनै देशले नेपाललाई प्रयोग गरेर गलत गतिविधि नगरोस् । नेपाल त्यसमा सचेत रहोस् । यदि नेपाल श्रीलंकाको ठाउँमा भएको भए हामीलाई कुनै चासो हुँदैन्थ्यो । तर चीन हाम्रो दुश्मन भएका कारण उसको गतिविधि नेपालमा बढ्यो । भारत र नेपालबीच खुला सिमाना भएका कारण मात्र हाम्रो चासो बढेको हो । नत्र श्रीलंकाको ठाउँमा भएको भए यति सारो चासो हुने थिएन ।

तपाईं नेपालका कारण भारतलाई सुरक्षाको चुनौती बढेको भन्नुहुन्छ, तर नेपालले त ठुल्ठूला अपराधीलाई समातेर भारतलाई बुझाएकै छ त ?

हो, ठीक भन्नुभयो । अहिले आएर त्यस्तो भएको छ । पहिला त्यस्तो थिएन । पहिला नेपाल आइएसआईको जड थियो । कर्णाली होटलमा आइएसआईको अखडा नै थियो । अप्रेसन टोफेल यहीँबाट खेलिरहेको थियो । हवाईजहाज यहीँबाट हाइज्याक भएको हो । जालीनोटको कारोबार यहीबाट हुन्थ्यो । अहिले आएर पाकिस्तानलाई लिएर नेपालले भारतसँग राम्रो सहकार्य गरेको छ । चीनका लागि पनि त्यस्तै होस् भन्ने चाहन्छ ।



तपाईंको विचारमा भारतको विरुद्धमा गतिविधि गर्न चीन र पाकिस्तानलाई नेपालले सहयोग गरिरहेको हो ?

मैले त्यस्तो भनेको होइन । चीनले तिब्बतको कुरा गर्दाखेरी नेपाल एकदम एलर्ट हुन्छ । दलाई लामाका अफिसहरू बन्द गराउँछ । दलाई लामाका मान्छेलाई समाउँछ । उसको गतिविधिमा रोक लगाउँछ । तर, भारतले चीनबारे पटकपटक भन्दा पनि कुनै वास्ता गर्दैन । यसो किन हुन्छ ? हाम्रो चासो यति हो । सन् १९७७ मा खम्पा विद्रोह हुँदा चीनले त्यसलाई रोक भन्दा नेपालले रोकेको हो नि । तिमीले रोकेनौ भने हामी आएर रोक्छौं भनेर चीनले भनेकै हो । तपाईं नै भन्नुस्, भारतले त्यस्तो भन्न पाउँछ कि पाउँदैन ? नेपालले चीनका गतिविधिमा सहयोग गरेको छ भनेर भारतले भनेको छैन । तर गतिविधिमाथि निगरानी राख्नुपर्छ भनेको हो ।

चीन र पाकिस्तानका कारण भारतले नेपालसँँग कस्तो सम्बन्ध राख्न चाहन्छ ?

नेपाल स्वतन्त्र देश हो, स्वतन्त्र रहनुपर्छ । भारत यही चाहन्छ । तर, चीनले यहाँ के गरिरहेको छ ? पाकिस्तानले के गरिरहेको छ ? त्यो भारतको हितअनुकूल छ कि छैन ? भारतको चासो यसैमा हो ।

भारतले नेपाललाई चीनसँग नमिल भन्छ, उसको गतिविधिमा निगरानी राख भन्छ । तर, आफू भने चीनसँग मिलेर नेपालको लिपुलेक लिन्छ । नेपाल चीनसँग मिल्न नहुने यस्तो किन ?

यहाँ लिपुलेक लिनुको सवाल होइन । चीन र हामीबीच व्यापार भइरहेको छ । लिपुलेकबाट व्यापार गर्ने कुरा मात्र हो । नाथुला नाकाबाट पनि हाम्रो व्यापार भइरहेको छ । यस्ता थुप्रै नाका छन्, जहाँबाट हामी चीनसँग व्यापार गरिरहेका छौँ ।

नाथुल्ला त भारतको भूभाग भयो, त्यसलाई भारतले व्यापारिक नाकाको रूपमा प्रयोग गर्न पायो । नेपाली भू–भाग लिपुलेकबाट पाउँछ र ?

लिपुलेक पनि नेपालको भूभाग होइन ।

अहिले त भारतले लिपुलेकमा कब्जा जमायो । स्वयं भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लिपुलेकलाई विवादित क्षेत्रको रूपमा स्वीकार गरेका छन् नि ?

यो क्षेत्र अहिले नेपालका लागि मात्र विवादित हो । यो विवाद त धेरै पहिले समाधान भइसकेको हो । यस विषयलाई ‘राजनीतिक भकुन्डो’ मात्र बनाउन खोजिएको हो । नत्र तपाईं आफैँ भन्नुस्, किन लिपुलेकको विषयमा नेपालका कम्युनिस्ट पार्टीले मात्र कुरा उठाउँछन् र नेपाली कांग्रेसले यसलाई उठाउँदैन । किन नेकपा (एमाले) वा नेकपा (माओवादी) मात्र लिपुलेक पहाड चढ्न खोज्छ ? पहिले वामदेव गौतमहरूले यो कुरा उठाए, अहिले आएर फेरि मोहन वैद्यको पार्टी त्यहाँ जान खोजिरहेको छ ।

तपाईंको मतलब नेपाली कांग्रेस भारत भारत निकट र अन्य कम्युनिस्ट पार्टी चीन निकट भन्ने हो ?

यो पनि राम्रो प्रश्न हो । यस विषयमा अध्ययन गर्न सकिन्छ ।

फरक प्रसंगमा, नेपालमा अहिले ६ प्रदेशसहितको संघीय संरचना बनाउन दलहरूबीच सम्झौता भएको छ । रोचक कुरा, यो सम्झौता नेपालका दुई पूर्वप्रधानमन्त्रीको भारत भ्रमणपछि सम्भव भयो । के अहिलेको संघीय संरचनाले भारतको चासोलाई सम्बोधन गरेको हो ?

मलाई के लाग्छ भने दुई पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल र शेरबहादुर देउवाको भारत भ्रमण र ६ प्रदेशमा भएको सहमतिबीच कुनै सम्बन्ध छैन । किनभने, दलहरूबीच संविधान जारी गर्ने विषयमा सोह्रबुँदे सम्झौता त उहाँहरूको भारत भ्रमणअघि २५ जेठमै भइसकेको थियो ।

तर, त्यतिबेला त आठ प्रदेशमा सहमति भएको थियो । ६ प्रदेश त उहाँहरूको भारत भ्रमणपछि सम्भव भयो नि ?

६ प्रदेशको खाका भारतको चासोभन्दा नेपालको आन्तरिक मामिला हो । यो त चार दलका शीर्ष नेताले गरेको निर्णय हो । यसमा भारतको केही भूमिका म देख्दिनँ ।

नेपाल ६ प्रदेशमा जाने भएपछि भारतको सुरक्षाबारे चासो के छ ?

यो विषयमा अहिले नै टिप्पणी गर्नु हतार हुनेछ । अझै हेर्न बाँकी छ । किनभने अहिले ६ प्रदेशको विरोध सुरु भइसकेको छ । दलहरूले गरेको संघीय सीमांकनबारे विभिन्न सुझाव आइरहेका छन् । यसमा परिवर्तन पनि हुन सक्छ, त्यो भविष्यको कुरा भयो । तर अहिले तत्काललाई भन्ने हो भने नेपाल ६ प्रदेशमा जाँदा भारतलाई कुनै सुरक्षा थ्रेट छैन ।


भनेपछि भारत ६ प्रदेशको संघीय सीमांकनबाट खुसी छ ?

भारतले नेपालको कुनै पनि निर्णयको समर्थन गर्छ । म के भन्छु भने नेपालमा जति ठूला राज्य भए त्यति राम्रो, किनभने नेपाल देश सानो छ । जति कम राज्य भए, तिनीहरूको व्यवस्थापन गर्न त्यति सजिलो हुनेछ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘नेपालमा सहमतिमै संविधान बन्नुपर्छ’ भन्ने खालको कुरा दोहोराइराख्नुहुन्थ्यो । उहाँको चासो विशेषगरी मधेसी दलहरूप्रति रहेको बुझिन्थ्यो । तर सोह्रबुँदे सहमतिपछि उनीहरू विरोधमा छन् । अब के होला ?

मेरो विचारमा प्रधानमन्त्री मोदीले ‘सहमति’ भनेर गलत गर्नुभयो । उहाँले यस विषयमा ‘नेपालको राज्य पुनर्संरचनामा भाग लिइरहेका दलहरूले नै निर्णय गर्ने हो, सहमति भए राम्रो’ भनेको भए हुन्थ्यो । सहमतिबाट मात्रै संविधान जारी गर्नुपर्छ भन्ने मोदीको गलत सुझाव हो ।

सहमतिमा संविधान जारी नहुने भएपछि दिल्लीको आगामी कदम के होला ?

दिल्लीले के गर्ला र ? अहिले नै नेपालमै ६ प्रदेशको विरोध सुरु भएको छ । यहाँका नेताले जनताको मागलाई सम्बोधन गर्छौं भनेका छन् । मैले बिहीबार प्रधानमन्त्री सुशील कोइरालालाई भेट्दा उहाँले पनि सकेसम्म महिला, जनजाति, दलित सबैको चासो सम्बोधन हुने कुरा भन्नुभएको छ । यहाँ के कुरा प्रस्ट हुनुपर्छ भने संविधानको पहिलो ब्लुप्रिन्टले सबैको चित्त बुझाउन सकिन्न । भारतले जब संविधान बनायो, त्यतिबेलाका धाराभन्दा अहिले संशोधन बढी भएका छन् । यदि सबैको चित्त बुझाएर मात्र संविधान बनाउँछु भन्न थालियो भने कहिल्यै संविधान नै बन्दैन । त्यसै पनि संविधानका लागि २० वर्ष गुमाइसक्यो नेपालले, १० वर्ष सशस्त्र विद्रोह र झन्डै १० वर्ष संविधान लेखनमा । अब सबैको चित्त बुझाउन अझ कति पर्खने ? त्यही भएर अहिलेको सहमति अहिलेका लागि उत्तम छ । शतप्रतिशत राम्रो बनाउन सकिन्न, सकेसम्म राम्रो बनाउने हो । बिस्तारै त्यो समयसँग परिमार्जित हुँदै जानेछ ।

नेपाल हिन्दू राष्ट्र भएमा भारतका लागि राम्रो हुने हो ? हिन्दू राष्ट्रको मागमा भारतीय लगानी पनि छ भन्ने नेपाली मिडियामा आएका छन् नि ?

त्यो बिल्कुल गलत हो । मिडिया आफ्नो कुरा लेख्न स्वतन्त्र छ तर मिडिया सरकार होइन । सरकारले कहिल्यै यस्तो कुरा गर्दैन ।

तर, नेपालमा हिन्दूवादी आन्दोलनको केन्द्र बनिरहेको इटहरी क्षेत्रको नजिक विराटनगरमा ‘रअ’ का मान्छे भेटिनु, पैसा बाँडेको खबर आउनु, त्यो शंकास्पद भएन र ?

‘रअ’को काम भनेकै त्यस्ता गतिविधिमाथि नजर राख्नु हो । उसले त्यहाँ बसेर नियालिरहेको होला । तर, यत्तिमै भारतले हिन्दू राज्यको वकालत गर्छ भन्ने प्रमाणित हुँदैन ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकै संस्था राष्ट्रसेवक संघ (आरएसएस) का नेता अहिले काठमाडौंका विभिन्न होटलमा बसेका छन् । उनीहरू हिन्दूवादीको कार्यक्रममा पनि भाग लिन्छन्, यसलाई कसरी बुझ्ने ?

मोदीसँग नजिक भनिएका आरएसएस, विश्व हिन्दू परिषद्लगायत अन्य दल सरकार होइनन् । मोदी सरकार र ती संस्थाबीच कुराकानी हुन्छ तर आरएसएसले भनेको कुरा सरकारको कुरा कदापि होइन । मैले अहिलेसम्म कुनै पनि केन्द्रीय तहका नेताले नेपाल हिन्दू राष्ट्र हुनुपर्छ भनेको सुनेको छैन ।

भनेका छन् नि, बिजेपीकै नेता विजय जोलीले खुला रूपमा नेपाल हिन्दू राष्ट्र हुनुपर्छ भनेका छन् त ?

विजय जोली को हुन् र ? कोही पनि होइनन् । उनी त मजस्तै सामान्य भारतीय नागरिक हुन् । मैले पो नेपाललाई बुझेको चिनेको छु, जोलीले त नेपाललाई बुझेका छैनन् । यहाँ आउँछन्, के के बोलेर जान्छन् । अहिले नेपालमा मात्र होइन, श्रीलंकामा पनि यस्ता धेरै नेता छन्, जो आफूलाई मोदीको विशेष दूत भन्दै घुम्छन् ।

नेपाल संघीयतामा जाँदै छ, तपाईं त भारतको मेजर जनरल भइसकेको मान्छे, नेपालको प्रदेश सुरक्षाबारे तपाईंको सुझाव के छ ?

नेपाललाई बाह्य सुरक्षा थ्रेट त्यति छैन । किनभने भारत वा चीनले नेपाललाई कहिल्यै आक्रमण गर्दैनन् । नेपालको प्रमुख चुनौती भनेको आन्तरिक सुरक्षा नै हो । अझै पनि एमाओवादीबाट टुक्रिएर रहेका मोहन वैद्य र नेत्र विक्रम चन्द राजनीतिक प्रक्रियाबाट बाहिर रहेका छन् । यो चुनौतीको विषय हो ।

अब प्रदेश गठनपछि प्रदेश सुरक्षाको जिम्मा त्यहाँको प्रदेश सरकारको चुनौती हुनेछ । त्यही भएर विभिन्न प्रदेशमा आन्तरिक सुरक्षाका दृष्टिले कति संख्यामा सेना, प्रहरी, सशस्त्र प्रहरी र गुप्तचर निर्धारण गर्ने हो, त्यो ख्याल गर्नुपर्छ ।

नेपालको सेना समावेशी नभएकोमा पनि भारतको चासो हो कि ?

सेना समावेशी भएको राम्रो । नेपाली सेना समावेशी नै नभएको होइन तर जति हुनुपर्ने हो त्यति नभएको मात्र हो । मधेसी जनताले कुरा उठाएका थिए कि उनीहरुको पनि सेनामा पहुँच हुनुपर्यो । अहिले नेपाली सेनामा गुरुङ, मगरलगायतको छुट्टै बटालियन छ । मधेसी जनताको जनसंख्याका आधारमा सेनामा प्रवेश पाएको राम्रो ।
तर, भारतीय सेनाले पनि गोर्खा सैनिकमा मधेसीलाई लिँदैनन् त । किन गुरुङ, मगर आदिलाई मात्र लिन्छन् ?
यो कुरा त्यहाँ पनि उठेको छ । यस विषयमा विचार भइराखेको छ होला त्यहाँ पनि ।

ratopati
झापा, १५ पुस । भूमिसुधार तथा व्यवस्था मन्त्री रामकुमार सुब्बाले भारतसँगको सीमा विवाद अन्त्य गर्न राष्ट्रको चार किल्ला कायम गरिनुपर्ने बताउनुभएको छ ।
राप्रपा नेपाल जिल्ला कार्यसमिति झापाले बिर्तामोडमा गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । पार्टीका संसदीय दलका उपनेतासमेत रहनुभएका मन्त्री सुब्बाले भारतले साबिक सिमानाभन्दा उत्तर ‘रेडलाइन’ तोकेको छ भन्नुभयो ।
मधेसवादी दलले उठाएको सीमाङ्कनको विवाद मिलिसकेपछि भारतसँगको सीमा विवाद मिलाइने उहाँको भनाइ थियो । उहाँले भूमिसम्बन्धी जेलिएको समस्या नीतिगत रुपमा नै फुकाउनुपर्छ भन्नुभयो ।
dainiknepal
नेपालको वीरगञ्ज र भारतको रक्सौल जोड्ने मितेरी पुल । फाइल तस्वीर
१५ पुस, पर्सा । वीरगञ्ज-रक्सौल नाका ठप्प पार्न भन्दै मितेरी पुलमा धर्नामा बसेका मधेसी मोर्चाका कार्यकर्ताहरुलाई लखेटेर व्यापारीहरुले सामानहरु नेपाल भित्राएका छन् ।
आन्दोलनकारी धर्नामा बसेका कारण सामानहरु भित्राउन नपाएको भन्दै व्यापारीहरुले गएराति लखेटेका हुन् । धर्नामा बसेकाहरु भागेपछि व्यापरीहरुले रिक्सा, टाँगा र मोटरसाइकलमा सामानहरु नेपाल भित्राएका छन् ।
‘धर्नामा बस्दै आएका आन्दोलनकारीहरुको संख्या अत्यन्त न्यून छ । आजभोलि ५-१० जना मात्रै धर्नामा बस्छन्,’ स्थानीय एक व्यक्तिले भने, ‘ठूलो संख्यामा आएका व्यापारीहरुको अगाडि उनीहरुको केहि चल्दैन ।’
गएराति धर्नामा बसेका संघीय समावेसी युवा गठबन्धन पर्साका संयोजक ईश्वर यादव लगायतको स्कुटर र मोटरसाइकलमा व्यापारीहरुले तोडफोड गरेका छन् । मुखमा मास्क लगाएका करिब डेढ सय जनाको समूहले घरेलु हतियारले समेत आक्रमण गरेको यादवले बताए ।
धर्नामा बसेका आन्दोलनकारीहरुले ‘तस्कर’हरुले आफूहरुलाई आक्रमण गरेको र सामान नेपाल भित्राएर महंगो मूल्यमा बेच्ने गरेको दाबी गर्छन् । ति ‘तस्कर’हरुलाई नेपाल र भारतका सुरक्षाकर्मीहरुले पनि साथ दिएको आन्दोलनकारीको आरोप छ ।
नेपाल र भारतका व्यापारीहरु मिलेर धर्नामा बसेकाहरुलाई लखेट्छन् । यो क्रम एक साता अघिदेखि नै जारी छ । तर, आन्दोलनकारीको संख्या कम भएकाले व्यापारीहरुको प्रतिकार गर्न सक्दैनन् । सामान पास गरेर नसकुन्जेल चुपचाप हेरिरहन्छन् र सामान भित्राइसकेपछि पुनः धर्नामा बस्छन् ।
onlinekhabar
आज काठमाडौं उपत्यकाका २९ डिपोबाट २ हजार १ सय ७० सिलिण्डर नेपाल ग्यास वितरण हुने भएको छ।


नेपाल ग्यास उद्योगले ७ दशमलव १ केजीको ग्यास वितरणका लागि विभिन्न २९ डिपोहरुमा पठाइन लागेको जानकारी दिएको छ। उद्योगका अनुसार प्रतिडिपो ७० देखि २ सय १० सिलिण्डरसम्म ग्यास वितरण हुनेछ।

ग्यास वितरण हुने खवर पाएसँगै डिपोहरुमा सर्वसाधारणको भीड लागेको छ। भिडियो हेर्न तलको बाकस थिच्नुहोस
कास्की: पोखरा उपमहानगरपालिका-१४ चौथेको प्रगती टोलमा मंगलबार राति मानबहादुर रानाको घरमा आगलागी हुँदा चार जनाको मृत्‍यु भएको छ।

कोठाभित्र राखेको सोफामा आगो लागेपछि सुतिरहेका उनीहरुको निस्सासिएर मृत्‍यु भएको डिएसपी गजुरसिद्धि बज्राचार्यले जानकारी दिए।


मृत्‍यु हुनेमा मानबहादुरकी ३५ वर्षीया श्रीमती सीता राना, ११ वर्षीय छोरा हेमन्त राना, पाहुना आएकी २२ वर्षीय वसन्ती राना र मानबहादुरको ७५ वर्षीय आमा गंगा कुमारी रानाको मृत्‍यु भएको हो।

बुधबार बिहान अबेरसम्‍म नउठेपछि छिमेकीले प्रहरीमा खबर गरेका थिए। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
annapurnapost
बुधबार, १५ पुष
एजेन्सी ।सडक दुर्घटनामा परि उत्तर कोरियाका एक शीर्ष नेताको मृत्यु भएको छ ।
उत्तार कोरीयाको सत्तारुड वर्कस पार्टीका सचिव एवं राष्ट्रपति किम जोन उनका निकट सहयोगी याङ गोनको सवारी दुर्घटनामा मृत्यु भएको हो ।
७३ वर्षीय गोन दक्षीण कोरियासँगको सम्बन्ध सुधार गर्ने शुत्रका रुपमा काम गरिरहेका थिए । उनकै पहलमा दुई कोरियाबीच चिसिएको सम्बन्ध सुधारको क्रममा थियो ।
उनको मृत्यु भएसँगै राष्ट्रपति उनलाई राजनीतिक सहयोगिको अभाव भएको छ ।
nepalsandesh
काठमाडौं, १५ पुस-
जागिर लगाउने प्रलोभनमा राजधानीमा एक युवतीलाई बलात्कार प्रयास भएको छ । बिबिएसमा अध्ययनरत मैतीदेवी बस्ने युवतीलाई कंलकी बस्ने अमनराज श्रेष्ठले बलात्कार प्रयास गरेका हुन् । श्रेष्ठलाई प्रहरीले पक्राउ गरी मुद्दा प्रक्रिया अघि बढाएको छ ।

गत १७ कात्तिकमा सेतोगुम्बानजिकै एक होटलमा युवतीमाथि बलात्कार प्रयास गरेका श्रेष्ठ फरार थिए । उनलाई प्रहरीले ३ पुसमा कलंकीबाट पक्राउ गरेको थियो । श्रेष्ठलाई महानगरीय प्रहरी वृत्त अनागनगरले थुनामा राखी जबर्जस्ती करणी उद्योग मुद्दामा कारबाही अघि बढाएको छ ।

etajakhabar
काठमाडौं – कांग्रेस सभापति सुशील कोइराला भूतपूर्व या पूर्व शब्द देख्ने–सुन्नेबित्तिकै कति इरिटेड हुन्छन् भन्ने जानकारी धेरैलाई नहुन सक्छ । कोइराला भूतपूर्व शब्द सुन्नासाथ चिढिन्छन् भन्ने जानकारी कांग्रेसकै अधिकांश नेता कार्यकर्तालाई छैन ।

तर, गत साता एक स्मरणपत्र लिएर सुशील कोइरालासमक्ष पुगेका केही कांग्रेस नेताहरुले भने यस कुराको जानकारी राम्रैसँग पाएका छन् । कांग्रेसले हिन्दूराष्ट्रको एजेन्डा बोक्नुपर्छ र संविधान संशोधन गराएर देशलाई सनातन हिन्दूराष्ट्रको पहिचान दिनुपर्छ भन्ने माग लिएर नेपाली कांग्रेस हिन्दूराष्ट्र स्थापना महाअभियानका नेताहरु गत साता सुशील कोइरालासमक्ष एक ज्ञापनपत्रसहित पुगेका थिए कांग्रेस नेताहरु तारानाथ रानाभाट, लक्ष्मणप्रसाद घिमिरे, चिरञ्जिवी वाग्ले, शिवराज जोशी, लोकेश ढकाल र कृष्ण लामालगायतले सुशील कोइरालालाई भेटी ज्ञापनपत्र बुझाए । ज्ञापनपत्रको सुरुमा कोइरालालाई सम्बोधन गरी पूर्वप्रधानमन्त्री एवं सभापती सम्माननीय सुशील कोइरालाज्यू भनी लेखिएको थियो । पत्रमा त्यसरी पूर्वप्रधानमन्त्री लेखिएको व्यहोरा सुन्नेबित्तिकै कोइराला आक्रोसित भए र रातो अनुहार बनाउँदै उनले प्रतिनिधिमण्डलतिर हेरेर भने, ‘यो पूर्वप्रधानमन्त्री भनेर किन लेखेको ? यो तुरुन्त हटाइहाल्नुस, सब हटाउनुस् । आजको घटना र विचार साप्ताहिकले खबर लेखेको छ ।

ratopati
बलका नाममा सरकारी ढुकुटीबाट आएको करोडौं रकममाथि गिद्ध्नजर गाडेपछि अख्तियारमा १० करोड धरौटी राखेर उम्किएको सशस्त्र प्रहरी बलका प्रमुख कोषराज वन्तले म तीन महिनामा घर जान लागिहाले, पौने चार वर्ष चलखेल गर्दा त कसैले लछारपाटो लगाउन सकेन भने अब के नै होला र भन्दै ७ करोडभन्दा बढी मुल्यको जग्गा खरिद गरेको प्रमाण भेटिएको छ ।
विगतदेखि नै उजुरी परेको र अख्तियारले अनुसन्धान गरिरहेको जानकारीमा भए पनि उनले गत महिनाको पहिलो हप्ता आम्दानीको स्रोत नखुलाईकन राजधानीमा ७ करोड पर्ने ४ रोपनी जग्गा आफ्नै नाममा जोडेका हुन् ।

काठमाडौ जिल्ला तरकेश्वर नगरपालिका अन्तर्गत जितपूर–३ ख, साविक १६५ कित्ता नम्बरको ७ रोपनी १४ आना जग्गामध्य चारपाटा मिलाएर पूर्व दक्षिणको ४ रोपनी जग्गा वन्तले लिएको जनआस्थाले पत्ता लगाएको छ । आजको जनआस्था साप्ताहिकमा खबर छnepaliheadlines
काठमाडौं, पुस १५ । पूर्व अर्थमन्त्रीहरुले नेपालको आन्तरिक समस्यालाई कारण देखाएर नाकाबन्दी गर्नु द्विपक्षीय व्यापार सन्धीको विरुद्धमा रहेको भन्दै तत्काल नाकाबन्दी हटाउन भारत सरकारसँग आग्रह गरेका छन् ।
एआईडीआईएले मंगलवार काठमाडौंमा आयोजना गरेको अन्तक्र्रियामा पूर्वअर्थमन्त्री डा. रामशरण महत मधेसवादी दलहरुको आन्दोलनलाई कारण देखाएर भारतले नाकाबन्दीलाई निरन्तरता दिनु दुई देशको हित विपरित रहेको बताए ।
उनले मधेस आन्दोलन नेपालको आन्तरिक समस्या भएको र आन्दोलन सम्बोधनका लागि दलहरु छलफलमा व्यस्त रहेको भन्दै आन्दोलनलाई देखाएर नाकाबन्दीलाई निरन्तरता नदिन आग्रह गरेका छन् ।
कार्यक्रममा पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीले भारतले नाकाबन्दी लगाएको होइन भने पनि सबैभन्दा ठूलो वीरगञ्ज भन्सार नाका तीन महिनादेखि ठप्प हुनु तथा अन्य नाकाबाट पनि सबै किसिमका सामान सहजरुपमा नआउनुले आफूहरु नाकाबन्दी नै लगाइएको भन्न वाध्य भएको बताए ।
उनले भारतले दशगजा क्षेत्रमा नेपालका आन्दोलनकारीलाई धर्ना बस्न दिन नहुने समेत उल्लेख गरे । कार्यक्रममा भारतीय राजदूत रञ्जित रेले भने भारतले नेपालमा नाकाबन्दी नै नलगाएको दाबी गरे ।
उनले आन्दोलनकारी धर्ना नबसेका नाकाबाट मालवाहक ट्रक र इन्धनका ट्यांकर निर्वाधरुपमा भित्रिरहेको भन्दै भारतलाई दोष दिनभन्दा आन्तरिक समस्या मिलाउनका लागि ध्यान दिन पूर्वअर्थमन्त्रीद्वयलाई आग्रह गरेका थिए ।
आन्दोलन सम्बोधन गर्ने सम्बन्धमा सरकारको पछिल्लो निर्णय निकै सकारात्मक रहेको भन्दै उनले केही दिनभित्रै आन्दोलनकारी र प्रमुख दलहरुबीच सहमति हुनेमा आफू आशावादी रहेको बताए ।
भारतीय राजदूत रेले भारत जहिले पनि नेपालमा शान्ति, स्थिरता र समृद्धि होस् भन्ने पक्षमा रहेको भन्दै दुई देशको सम्बन्धलाई कसरी अगाडि बढाउने सम्बन्धमा राजनीतिक तहमा छलफलको आवश्यकता रहेको बताए ।
imagekhabar
काठमाडौं, १५ पुस । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आज तराईका २२ जिल्लामा लाठी जुलुस प्रदर्शन गर्दैछ ।
दिउँसो हुने लाठी जुलुस प्रदर्शनमा उल्लेख्य नेता तथा कार्यकर्ताको सहभागिता रहने सद्भावना पार्टीका महासचिव मनीष सुमनले जानकारी दिनुभयो ।
सरकारले मधेसी मोर्चाले उठाएका माग पूरा गर्ने विषयमा ध्यान नदिएपछि आन्दोलनलाई जारी राख्नु परेको महासचिव सुमनले बताउनुभयो । उहाँले आन्दोलनलाई सशक्त बनाउन जिल्लाहरुलाई निर्देशन दिइएको बताउनुभयो ।
उता, धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराई रहनुभएका सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको स्वास्थ्य अवस्था सुधार भइरहेको छ । महासचिव सुमनका अनुसार अध्यक्ष महतोका स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ ।
यसैबीच, अध्यक्ष महतोका स्वास्थ्य लाभको कामना गर्दै समर्थक र पार्टीका कार्यकर्ताले तराई मधेसका जिल्लामा मन्दिरहरुमा पूजाअर्चना गरेको सुमनले उल्लेख गर्नुभयो ।
dainiknepal
बुधबार, १५ पुष
एजेन्सी । अमेरिका नेतृृत्वको गठबन्धन सेनाले इराक र सिरियामा गरेको हवाई आक्रमणको क्रममा बिद्रोही संगठन इस्लामिक स्टेट आइएसका १० जना कमाण्डर मारिएको जनाएको छ ।
हमलामा पेरिस हमालका कमाण्डर शराफ अल मुदानसमेत मारिएका छन्  ।
उनी डिसेम्बर २४ मा भएको हमलामा मारिएको अमेरिकी सेनाले जनाएको छ ।
सेनाका अनुसार पछिल्लो एक महिनामा भएको हवाइ हमालामा इस्लामिक स्टेटका १० जना शिर्ष नेताहरु मारिएको जनाएको हो ।
nepalsandesh
काठमाडौं – भ्रष्टाचार नियन्त्रणका निम्ति अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आक्रामक कारबाही सुरु गरेपछि प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई ज्यान मार्नेसम्मका धम्की आउन थालेको छ ।
कार्कीलाई उनको सचिवालयका कतिपय कर्मचारी तथा उनका निकटस्थ भनी चिनिएका व्यक्तिहरुको टेलिफोनमार्फत धम्की आउन थालेको र सशस्त्र प्रहरीका बहालवाला तथा अवकाशप्राप्त प्रमुखहरुलाई कारबाहीको दायरामा ल्याएपछि यो क्रम बढेको बुझिएको छ ।

त्यसअघि अकुत सम्पत्ति आर्जन गरेको आशंकामा उच्च राजनीतिक एवम् प्रशासनिक तहका उनन्तीस व्यक्तिहरुलाई अनुसन्धानको सीमामा ल्याउन अख्तियारले पत्र काटेदेखि नै कार्कीलाई धम्की आउने क्रम सुरु भएको थियो । सशस्त्र प्रहरी बलका तत्कालीन प्रमुख कोषराज वन्त तथा पूर्वप्रमुखहरु सनतबहादुर बस्नेत, वासुदेव ओली र शैलेन्द्र श्रेष्ठलगायतले भ्रष्टाचार गरेको प्रमाण फेलापरेपछि अख्तियारले उनीहरुविरुद्द कारबाही सुरु गरेको थियो । कारबाहीमा परेपछि कोषराज वन्त अलिक बढी आक्रोसित बनेको र उनले लोकमानविरुद्द जथाभावी बोल्दै हिँडेको सूचना अख्तियारले प्राप्त गरेको छ । आजको घटना र विचार साप्ताहिकमा खबर छ । ratopati
काठमाडौं, पुस १५ । भारतको पुणेमा एक युवती बलात्कारको शिकार बनेकी छन् । बलात्कारमा संलग्न रहेको आरोपमा दुई जना पक्राउ परेका छन् ।
भारतको महाराष्ट्रको पुणेमा रहेको क्यान्टिनामा काम गर्ने महिलालाई बलात्कार गरेको अभियोगमा सोही स्थानका दुई अभियुक्त पक्राउ परेका हुन् ।
अभियुक्तहरुले बलात्कारको दृश्य छायाँकन गरी घटना सार्वजनिक गरेमा उक्त भिडियो सामाजिक सञ्जालमा हाल्ने चेतावनी समेत दिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
imagekhabar
आजको राशिफल
ariesमेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
बौद्धिक र लेखनकार्यमा सफलता प्राप्त हुने योग छ । सन्तति पक्ष र भाइबहिनीले खुसीको वातावरण सिर्जना गर्नेछन् । साथीभाइ र बन्धुबान्धवले आवश्यक गर्नेछन् । खानपान र मनोरञ्जनका लागि राम्रै दिन छ । बन्दव्यापार र पेसागत जीवनमा असन्तुष्टि देखापर्ने छैन । विचारको कदर हुनेछ । आजका लागि शुभअङ्क १ र शुभरङ्ग कलेजी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ घृणि सूर्याय नमः यस मन्त्रको कम्तीमा ७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
taurus
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
घरगृहस्थी र पारिवारिक रमझममा समय व्यतीत हुनेछ । वैदेशिक रोजगारी गर्ने र प्रवास वा परदेशमा रहनेहरूले आज घरायसी कुरा सम्झेर दिन बिताउने छन् । आकस्मिक रूपमा धनप्राप्तिको सम्भावना छ । चौथो चन्द्रमाले स्वास्थ्यसम्बद्ध समस्या ल्याउनसक्छ, तर डराई हाल्ने परिस्थिति छैन । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ अं अङ्गारकाय नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
gemini
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । विगतमा भएका राम्रा क्रियाकलापको स्मरण हुनेछ । दार्शनिक र आध्यात्मिक विषयवस्तुप्रति आकर्षित भइनेछ । भाइबहिनीका तर्फबाट खुसीको खबर प्राप्त हुने सम्भावना छ । व्यावहारिक र सामाजिक जिम्मेबारी थपिनेछ । बन्दव्यापार र क्रयविक्रयबाट लाभ मिल्नेछ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग गाढा रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमश्चण्डिकायै यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
cancer
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
आर्थिक क्षेत्रबाट ठूलो लाभ लिन सकिने छैन, तर दैनिकीमा खासै असर पर्दैन । स्वास्थ्यमा चिसो र घाँटीको सामान्य समस्या देखिन सक्छ । कार्यमा बिलम्ब हुनेछ । मनोरञ्जनात्मक क्रियाकलापमा धनखर्च गर्न मन हौसिने छ । दिदीबहिनी वा भान्जाभान्जीका चाहना पूरा नहुनाले ठाकठुक पर्नसक्छ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग छिर्केमिर्के बुट्टे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कें केतवे नमः यस मन्त्रको कम्तीमा ७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
leo
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
आज गरिएको क्रियाकलाप दीर्घकालसम्म अडिलो नबन्न सक्छ, त्यसैले तुरुन्त पूरा हुने काममा हात हाल्नु राम्रो हुन्छ । बुद्धि र विवेकको सकेसम्म प्रयोग गर्नु राम्रो हुन्छ, हतारमा गरेको क्रियाकलापले पछि निर्णय फेर्नु पर्ने बाध्यता बन्नसक्छ । अरूअरुले सहयोग गर्न सक्दैनन् । बोल्दा विचार पुर्याउनु राम्रो हो, नत्र अपमानित भइने छ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग सिन्दुरे रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ हं हनुमते नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
virgo
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
लगानीमा रहेका धनको उचित प्रतिफल नआउनाले दिक्क लाग्नेछ । प्रणयसम्बन्धमा चिसोपन आउने छ । बन्दव्यापार र व्यवसायमा समय दिन सकिंदैन र सोचेबमोजिम काम नबन्न सक्छ । धैर्यले काम लिने समय छ । छर–छिमेकमा भने केही असमझदारी बढ्ने योग छ । प्रतिस्पर्धामा पराजय ब्यहोर्नु पर्छ । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग बैजनी वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमो भगवते वासुदेवाय यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
libra
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । कृषि तथा पशुपालनमा कम र व्यापारमा प्रशस्त फाइदा हुने योग छ । गरेका कामबाट राम्रै लाभ हुनेछ । रोकिएका सरकारी काम सुल्झाउने राम्रो समय छ । श्रमको उचित मूल्याङ्कन होला । पढाइमा प्रगति हुनेछ । समय उत्साहवद्र्धक रहला । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शं शनैश्चराय नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
scorpio
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
नचाहेको क्षेत्रमा विभिन्न जिम्मेवारी वहन गर्दै दौडधूप पनि गर्नु पर्ने दिन छ । सुरुमा दिक्क र झर्को लाग्दो महसुस भए पनि अन्त्यमा सफलता नै मिल्नेछ । तर सचेत रहनु होला, सामान हराउने वा प्रतिफल नआउने क्षेत्रमा धनखर्च हुनसक्छ । दिन राम्रै भए पनि आफन्तहरूबाट भनेजस्तो सहयोग प्राप्त हुन सक्दैन । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बुं बुधाय नमः यस मन्त्रको कम्तीमा ८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
sagittarius
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
नवौं भावमा चन्द्रमा रहेकाले सुखसुविधा र आनन्द प्राप्तिका लागि मन लालायित बन्नसक्छ । तर आज धार्मिक, सामाजिक वा सांस्कृतिक क्रियाकलापमा सहभागी बन्नु राम्रो हुन्छ । व्यक्तिगत मानसम्मानको रक्षाका लागि प्रयास हुनेछन् । रोकिएका काम ढिलो गरी बन्नेछन्, साँझपख शुभ कुराको सङ्केत मिल्नेछ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सरस्वत्यै नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
capricorn
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
आठौं घरमा रहेको चन्द्रमाको प्रभावले किसिमकिसिमका समस्याहरू निम्त्याउनसक्छ, झैझगडा र मुद्दामामिलाभन्दा टाढै बस्नु उचित हुनेछ । यात्रा घातक बन्न सक्छ, आम्दानीका मार्ग अवरुद्ध हुनेछन् । भनेको कुराले विपरीत अर्थ प्रदान गर्न सक्छ । स्वास्थ्यप्रति सचेत हुनुहोला । प्रेमसम्बन्धमा समेत निरसता छ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग हलुका रातो वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कुलदेवताभ्यो नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
gemini
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
प्रणयसम्बन्ध र रतिरागका लागि समय निकाल्न सकिने छ । घरपरिवारमा हर्षको वातावरण हुनेछ । आनन्द र रमणीयताका लागि समय र धन खर्च हुन सक्छ । व्यवसाय र पेसाबाट राम्रै प्रतिफल प्राप्त हुनेछ । कृषि, पशुपालन र दुग्धजन्य पेसामा संलग्न व्यक्तिहरूले आज राम्रो आर्थिक लाभ गर्नेछन् । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गं गणपतये नमः यस मन्त्रको कम्तीमा २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
pisces
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
विशेष ठाउँमा तपाईंको निर्णयको कदर हुनेछ । तर्क, बहस र वादविवादमा जीत हुनेछ । सहयोगीहरूले साथ दिनेछन् । कुनै कुरामा विचलित नभई लक्ष्यप्राप्ति तर्फ उन्मुख हुनु राम्रो हुन्छ । कार्यक्षेत्रमा अरुले गरेभनेका कुरामा चित्त नबुझ्न सक्छ, संयमता अपनाउनु राम्रो हुनेछ । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बृं बृहस्पतये नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बुधबार, १५ पुष
राजविराज । बिराटनगरको रानी भन्सार नाकाअबरोध गर्ने क्रममा प्रहरीको लाठी प्रहारबाट घाइते भइ उपचाररत सद्भावना अध्यक्ष राजेन्द्र महतोको जीवन रक्षाकालागि मृत्युञ्जय पाठ आयोजना भएको छ ।
धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत महतोको अवस्था सामान्यामुख भए पनि उनका कार्यकर्ताहरुले मृत्युञ्जय पाठ गरेका हुन् ।
मधेशी मोर्चाका नेता कार्यकर्ताहरुको व्यापक उपस्थितिमा पण्डीतद्धारा विधीपूर्वक स्थानीय शिब मन्दिरमा मृत्युञ्जय पाठ गरीएको हो भने उनको स्थास्थ्यलाभको कामना गर्दै विशेष पूजापाठ समेत गरिएको छ ।
यस्तो पुजाको नेतृत्व आचार्य अमोद झाले गरेका थिए । सद्भावनाका नेता दिपेन्द्र चौधरी र जिल्ला अध्यक्ष सुनिल झा कर्ताका रुपमा काम गरेका थिए । मृत्युको मुखमा पुगेका हरुलई बचाउनकालागि भगवानसँग विधिपुर्वक आग्रह गर्नकालागि यस्तो पुजा गरिन्छ ।
तर, महतोको अवस्था सामान्य भए पनि उनका कार्यकर्ताहरुले यस्तो गर्दा नकारात्मक सन्देश जाने भन्दै आलोचना समेत भएको छ ।
nepalsandesh.com

स्वीडेन र मेक्सिककोका बैज्ञानिकहरुले सौर्य मण्डलमा पृथ्वी भन्दा ठूलो आकारको ग्रह पत्ता लगाएको दावी गरेका छन् ।

सौर्य मण्डलको छेउँमा उक्त विशाल पिण्ड यस अघि कहिले पनि नदेखिएको उनीहरुको दावी छ ।

अल्फा सेन्टाउरी तारा पुञ्ज नजिकै उक्त ग्रह अवस्थित रहेको हुन सक्ने उनीहरुको भनाइ छ ।

प्रारम्भिक अनुसन्धन पछि बैज्ञानिकहरुले सार्वजनिक गरेको कागजातले अल्फा सेन्टाउरी तारा पुञ्ज नजिकै पृथ्वी भन्दा ठूलो आकारको पिण्ड देखा परेको र यस अघि यो नदेखिएको उल्लेख गरेका छन् ।

यो पिण्ड सौर्य प्रणालीकै अंग भएको उनीहरुको भनाइ छ ।nepaliheadlines
जाडोबाट कठ्याङ्रिएकालाई सहयोग गर्न अपिल
गत वर्ष निधन भएका अभिनेता स्व. श्रीकृष्ण श्रेष्ठको जन्मदिनको दिन श्रीपत्नी एवम् अभिनेत्री श्वेता खड्काले चण्डोल स्थित 'घर-आँगन नेपाल' आश्रममा रहेका अनाथ बालबालिकाको साथमा बिताएर मनाइन्। आश्रमका बालबालिकाहरुलाई आवश्यक जाडोका लुगा, ब्ल्याङ्केट, बेड कभर एवम् अन्य आवश्यक सामग्रीहरु प्रदान गरिन्।

श्वेताले श्रीले उनी जीवित छँदा आफ्नो जन्मदिनमा यस्तै काम गर्ने गरेको र त्यो आफूलाई पनि मनपर्ने भएकाले उनको जन्मदिनमा हरेक वर्ष गरिने कामलाई निरन्तरता दिएको बताइन्। उनका अनुसार यस्ता कामलाई आगामी दिनमा पनि जारी रहनेछ। उनले आश्रमले मागे अनुसारको सामग्री सहयोग स्वरूप उपलब्ध गराएकी हुन्।
श्वेताले जाडोका कारण मानिसहरु मरिरहेको अवश्थामा सबैलाई ठूलोसानो जस्तो सहयोग गर्नसकिन्छ गर्न पनि आग्रह गरेकी छन्। 'घरआँगन नेपाल' आश्रममा ११ जना बालबालिका र ४ जना दृष्टिविहिन तथा अशक्तहरुले आश्रय लिइरहेका छन्। साढे ३ वर्ष अगाडीबाट संचालनमा आएको संस्थालाई दिपक सिलवालले आफ्नै खर्चमा चलाइरहेका छन्।setopati भिडियो हेर्न तलको बाकस थिच्नुहोस
प्रधानमन्त्री, सभामुख, अर्थमन्त्री सहित अन्य केही मन्त्रीहरु एसएलसी मात्रै पास,
१० प्रतिशत सांसद एसएलसी समेत पास नगरेका

पूर्व मन्त्री समेत रहेका संविधानविद् निलाम्बर आचार्यले शुक्रबार विहान ट्विट गरे – कम्तीमा एक विदेशी भाषा जानेको हुनुपर्छ । पुस्तक पढ्ने गरेको हुनुपर्छ । लेख्ने बानी बसेको हुनुपर्छ । र अरू धेरै कुरा हुनुपर्छ २१औं शदीको नेतामा ।

निकै पहिले देखि जारी मन्त्रीको शैक्षिक योग्यताको बहस बिहीबार मन्त्रीमण्डल विस्तार भएसँगै झन् तातेको छ । नेता तथा मन्त्रीको शैक्षिक योग्यताका बारेमा सामाजिक सञ्जालमा ब्यापक बहस भईरहेको छ ।
‘नेता ज्यू तपाई पनि नपढ्ने अनि हामीलाई पनि पढ्न नदिने ?’ पहेँलो कागजमा लेखिएको वाक्य सहितको अर्को फोटो यतिखेर फेसबुकमा भाइरल नै भएको छ ।

उच्च शिक्षा अध्ययन गर्ने नेताहरु न्यून भएकोले नाकाबन्दी र आन्दोलनले महिनौदेखि ठप्प रहेका शैक्षिक संस्था खुलाउन पहल नभएको तर्फ उक्त शन्देश केन्द्रित गरिएको छ ।
भक्तपुर दधिकोटको अरनिको उच्च माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर खड्का घरबाट विद्यालय जाँदै थिए । बाटो छेउमा भेला भएका सर्वसाधरणको कुरा उनको कानमा ठोक्कियो, ‘अब त धेरै पढाएर पनि के गर्नु ? धेरै पढ्दा माथिल्लो तहमा पनि नपुग्ला भन्ने चिन्ता भयो । देशका माथिल्लो ओहोदामा बसेकाहरु स्नातक भन्दा बढी छैनन् ।’
आफ्नै विद्यालयमा पढ्ने विद्यार्थीका अभिभावकहरु यस्ता गफ गरेको सुनेर कसैसंग बोल्दै नबोली उनी फटाफट अघि बढे । ‘यो कुराको प्रतिबाद नै गरिन, मुलुकमा भएकै यही छ’ उनी भन्छन्, ‘यस्तो कुरा गर्नु हुँदैन भनेर कसरी भन्नु ?’
मुलुकका प्रधानमन्त्री, सभामुख, अर्थमन्त्री सहित अन्य केही मन्त्रीहरु एसएलसी मात्रै पास छन् । प्रविणता प्रमाणपत्र तह तथा प्लस टु गर्नेको संख्या पनि उल्लेख्य छ । राष्ट्रपति विद्यादेवी भण्डारीले स्नातक तहसम्म मात्रै पढेकी छिन् । उपराष्ट्रपति नन्दबहादुर पुनले राजनीति शास्त्रमा स्नताक गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले एसएलसी भन्दा बढी पढेका छैनन् । झापा क्षेत्र नम्बर ७ का केपी शर्मा ओलीले एसएलसी सकाएर विराटनगरमा आइए अध्ययन गर्न भर्ना गरेपनि परीक्षा दिएनन् ।
माओवादी विद्रोहदेखि नै राजनीतिमा होमिएकी सभामुख ओन्सारी घर्ती दोस्रो संविधानसभामा रोल्पा– २ बाट निर्वाचित् भएकी थिइन् । एमाओवादीमा प्रत्यक्ष निर्वाचित उनी एक्ली महिला हुन् । २०३४ साल कात्तिक २८ गते जन्मिएकी घर्तीको शैक्षिक योग्यता एसएलसी हो । उपसभामुख गंगाप्रसाद यादवले प्रमाणपत्र तहसम्म मात्रै अध्ययन गरेका छन् ।
मधेश आन्दोलनबाट अलग भएर सरकारमा आएका बिजय गच्छदार उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री भए । सुनसरी दुहबी भलुवा ८ जन्मिएका गच्छदारले स्नातक सम्म अध्ययन गरेका छन् ।
जेनेभा बैठकमा भारतले लगाएको नाकाबन्दीले पारेको असरबारे खुलेर बोल्न सफल भन्दै चर्चा कमाएका अर्का उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कमल थापाले भने राजनीति शास्त्रमा स्नातककोत्तर गरेका छन् । माओवादीको कोटामा उपप्रधानमन्त्री एवं उर्जा मन्त्री भएका टोपबहादुर रायमाझीले स्नातकसम्म अध्ययन गरेका छन् ।

जनमोर्चाबाट उपप्रधानमन्त्री भएका चित्रबहादुर केसीले संसद सदस्य परिचयमा आफ्नो शैक्षिक योग्यता खुलाएका छैनन् । अर्का उपप्रधानमन्त्री ताप्लेजुङ फुलबारीका मालेका महासचिव सीपी मैनालीले स्नातक सम्म अध्ययन गरेका छन् ।
त्यस्तै एमाले कोटाबाट उपप्रधानमन्त्री एवं रक्षा मन्त्री भएका भीम रावलले स्नातककोत्तर गरेका छन् । अछाम साँफेबगरका उनले बीएल पनि गरेका छन् । उनले विद्यावारिधि गरिरहेका छन् ।
वन तथा भूसंक्षण मन्त्री अग्नी सापकोटाले समाजशास्त्रमा स्नातकोत्तर गरेका छन् । प्रधानाध्यापकको समेत उनलाई अनुभव छ । सिन्धुपाल्चोक २ बाट प्रत्यक्ष निर्वाचित उनी २०३५ देखि राजनीतिमा आबद्ध छन् ।
एमालेकै कोटाबाट अर्थमन्त्री भएका बिष्णु पौडेलले संसद सदस्य परिचय पुस्तिकामा आफ्नो शैक्षिक योग्यता उल्लेख गरेका छैनन् । तर, उनले एसएलसी मात्रै उतिर्ण गरेका छन् ।

पर्यटन मन्त्री आनन्द पोखरेलले स्नातककोत्तर अध्ययन गरेका छन् । उनले बीएल र बीएस्सी पनि गरेका छन् । एमालेकै कोटाबाट बिना बिभागीय मन्त्री भएकी शान्ता मानवीले सदस्य परिचय पुस्तिकामा आफ्नो शैक्षिक योग्यता खुलाएकी छैनन् ।
शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले व्यवस्थापनमा स्नातकोत्तर तथा कानूनमा स्नातकसम्म अध्ययन गरेका छन् । गृहमन्त्री शक्तिबहादुर बस्नेतले राजनीति शास्त्रमा स्नातक गरेका छन् । ताप्लेजुङ थेचम्बु ५ मा जन्मिएका कानुन मन्त्री अग्नि खरेलले कानूनमा स्नातक गरेका छन् । उनी बरिष्ठ अधिवक्ता समेत हुन् ।
त्यस्तै भोजपुर थिदिंखाका शेरधन राईले समाजशास्त्रमा स्नातककोत्तर पुरा गरेका छन् । उद्योगमन्त्री सोमप्रसाद पाण्डे, कृषि मन्त्री हरिबोल गजुरेल, सामान्य प्रशासन मन्त्री रेखा शर्मा, बिना विभागीय मन्त्री रामकुमार सुब्बा, रामजनम चौधरी, विश्वेन्द्र पासवान, मेघराज नेपाली निषाद्ले स्नातकसम्म अध्ययन गरेका छन् ।
त्यस्तै बाणिज्य तथा आपूर्ति मन्त्री गणेशमान पुन, सिञ्चाई मन्त्री उमेशकुमार यादवले प्रमाणपत्र तहसम्म अध्ययन गरेका छन् । बिना विभागीय मन्त्री मोहम्मद मुस्ताक आलाम, सत्यनारायण मण्डलको शैक्षिक योग्यता एसएलसी मात्रै हो ।
१० प्रतिशत सांसदले एसएलसी समेत पास गरेका छैनन् । संविधानसभा व्यवस्थापिका संसद सदस्य संक्षिप्त परिचयमा ५ सय ९८ सांसदको व्यक्तिगत बिवरण राखिएको छ । यस अनुसार एसएलसी उतिर्ण नै नहुने ५८ जना छन् । त्यस्तै एसएलसी पास गर्ने ५४ जना छन् । प्रमाणपत्र तह अथवा प्लस टु गर्ने ९७ जना, स्नातक तह उतिर्ण एक सय ९७ जना छन् ।
स्नातकोत्तर तह उतिर्ण एक सय ३९ जना छन् । त्यस्तै विद्यावारिधि गर्ने १६ जना छन् । त्यस्तै ३७ जना सांसदले संसदमा आफ्नो शैक्षिक योग्यता समेत उल्लेख नगरी बिवरण उपलब्ध गराएका छन् । विवरण बुझाएका कतिपय सांसदले आफ्नो योग्यता पनि गलत बुझाएको सचिवालय श्रोतले जनाएको छ । ‘शैक्षिक प्रमाणपत्र माग्ने चलन छैन, उहाँहरुले जे भन्नुहुन्छ त्यहि लेख्ने हो, तर नेताले नै ढाँट्छन् हामी के गर्ने ?’ उक्त श्रोत भन्छ ।
एसएलसी पनि पास नभएका सांसदहरु
एसएलसी पनि पास नभएका सांसदमा तराई मुलका धेरै छन् । त्यसमा पनि महिला सांसद धेरै छन् ।

अमरसिंह पुन, अमेरिका कुमारी, अमृत बोहरा, इन्द्र झा, उषा गुरुङ, कमला देवी महत्तो, कमला दोङ, कल्पना सोब, चन्द्रबहादुर गुरुङ, जन्नतन निसा धुनिया, दिलशोभा धुनिया, दुर्गा खुना, देवकरण कलावार, धना पहरी, पुनाराम थापा प्रमिला देवी दास, फुलझिरी देवी, महेन्द्र कुमार लिम्बु, राजकुमारी गदेरिया, रामअवतार पासवान, राममाया बोगटी, रेशमबहादुर बोगटी, ललितजंग शाही छन् । त्यस्तै लक्ष्मी देवी भण्डारी, लिला कोइराला, बिचारी यादव, शान्तीदेवी चौधरी, साबित्री चौधरी, सुवर्ण ज्वारचन, सोनिया यादव, श्रीकान्त पासी, ज्ञानकुमारी छन्त्याल, ज्ञानबहादुर भुजेल, ज्ञानुदेवी गैरे लगायत सांसद एसएलसी पनि उत्तीर्ण छैनन् ।
तथ्याङ्कमा सांसदको शैक्षिक योग्यता
५९८ सांसद मध्ये
एसएलसी भन्दा कम ५८
एसएलसी ५४
प्रमाणपत्र तह ९७
स्नातक १ सय ९७
स्नातकोत्तर १ सय ३९
विद्यावारिधि १६
उल्लेख नभएको ३७
onlinebhaktapurnews भिडियो हेर्न तलको बाकस थिच्नुहोस
Why does Nepal offer Chinese free visas?

The Nepal government is all set to provide free visas to Chinese tourists in an attempt to lure tourists back to the Himalayan nation. China was one of the few countries that issued warnings to its citizens to stay away from Nepal following two deadly earthquakes that claimed 9,000 lives in April 2015, according to The Mint.
Eight months after the earthquake, Nepal on Friday issued a green signal for its National Reconstruction Agency to begin work, and also appointed a chief, reported Reuters. After India, China is the second-largest source of tourists to the Himalayan country.
On Friday, the Nepalese and Chinese foreign ministers met and held talks in Beijing. China lifted its warning after the talks.”This will help increase the number of Chinese tourists and boost economy,” Mint quoted Shredhan Rai, Nepal’s IT minister, as saying. Nepal had also recently asked for China’s help to beat the acute fuel shortage after Madhesi protestors blocked India’s border crossing points, according to Reuters.
Tourism accounts for 4% of Nepal’s economy, Mint reportedAccording to statistics, Nepal, house of Mount Everest, received 8 lakh tourists annually. Of these, 1.35 lakh were from India and 1.23 lakh from China.Citizens from India, Pakistan, Bhutan, Sri Lanka, the Maldives, Bangladesh and Nepal together constitute the South Asian Association for Regional Cooperation (SAARC). Nationals of these countries do not require a visa to visit Nepal. भिडियो हेर्न तलको बाकस थिच्नुहोस
पेटको अल्सर कस्तो रोग हो ? पाचन प्रणालीसँग जोडिएको यो एउटा खास रोग हो । यसमा आमाशय, खाने नली या सानो आन्द्राको सुरुको भाग अर्थात डयुडिनम मा घाउ वा प्वाल हुन्छ ।पेटको अल्सर का कारणहरु के के हुन्?

१. धेरै मानसिक तनाव, चिन्ता, क्रोधमा रहनु, अनियन्त्रित खाना खानु । धेरै रक्सी पिउनु, खाली पेटमा दुखाइ हटाउने दबाइ खाने जस्ता बानीले आमाशयमाा घाउ हुन्छ जसलाई हामी अल्सर भनेर चिन्छौं ।
२. पेटको अल्सर का लक्षणहरु के के हुन्?
यो रोगमा छाती वा नाभीको माथिपटिको भाग दुःखछ । खाली पेट वा खाना खाइसकेपछि पनि दुःख्छ, पोल्छ, बेचेनी हुन्छ, उल्टी गर्ने इच्छा हुन्छ, उल्टी भएपछि आराम मिल्छ, रगत छादनु, आन्तरिक रक्तश्राव हुनुको साथै कालो रंगको दिसा आउँछ
३.पेटको अल्सर लागिसकेपछि के के खाने ?
खाना ५-६ पटक थोरै थोरै गरेर खाने । चिसो दुध एक पटकमा एक कप गरेर पटक पटक दिनमा ७-८ पटक खाने । खानामा दुध, दाल, विस्कुट, टोस्ट, भात, मुंगको दाल, साबुदाना, जाउलो, आरारोट,मक्खन खाने । अंगुर, पाकेको केरा, स्याउ, गाँजर खाने । प्रोटिनयुक्त पदार्थ, अण्डा पनिर, दाल आदि खाने ।
४. पेटको अल्सर लागि सकेपछि के के नखाने ?
अत्याधिक तातो, चिसो खानाबाट टाढै बस्ने । खाना एक दुइ पटक मात्र धेरै नखाने । थोरै थोरै बारम्बार खाने कुरा खाइरहने । तातो खाना छिटो छिटो नखाने । पिरो, मसालेदार, चटपटे तरकारी, अमिलो मही र छाछ धेरै नखाने । रक्सी, गाढा रंग हालेको चिया कफी धेरै नखाने । एक पटकमा धेरै दुध नखाने । तारेको भुटेको खाना धेरै नखाने ।
५. रोग निवारणमा सहायक उपाय पेटको अल्सर लागिसकेपछि के के गर्ने ?
खाना निश्चिन्त भएर विस्तारै चपाइ चपाई खाने । शारीरिक र मानसिक रुपमा आराम गर्ने बानी बसाउने । तनाव र चिन्ताा हटाउने र हास्नर खुशी रहन सिक्ने घर बाहिर काम गर्दा गर्दै पेट पोल्न थाल्यो भने २-४ वटा विस्कुट खाने । शरीरिक एवम् मानसिक शिथिलताको लागि शवासन गर्ने पेटको अल्सर लागिसकेपछि के के नगर्ने ? धेरै बेर भोकै बस्नुपर्ने मौका आउन नदिने । व्रतलिन छाडिदिने । मानसिक तनाव र चिन्तामा डुबेर बस्न छोडिदिने राती धेरैबेरसम्म नबस्ने । दुखाइ हटाउने दबाइ आफू खुशी नखाने । दिउँसो सुत्ने बानी नबसाउने । कालो चियाको प्रयोग विल्कुलै नगर्ने ।

खाना खाने कुरामा मानिसहरुको आ-आफ्नै बानि हुन्छन् । कतिपय मानिसलाई साँझ नपर्दै खान मन पर्छ भने कतिलाई राति ढिलो खान मन लाग्छ । शरीरमा पनि यो बानिको असर परिरहेको हुन्छ । रातिमा खाएको खानाको असर निद्रामा समेत पर्छ ।

रातिमा सुत्नु अघि खाना खानु राम्रो कुरा होइन । यसको नकारात्मक असरले तपाइँलाई गहिरो निद्रा नपर्ने समस्या हुन्छ ।
आयुर्वेदमा सुत्नु भन्दा २ घण्टा अघि नै खाना खाइसकेको हुनु पर्ने उल्लेख छ । खाना खाने वित्तिकै सुत्ने बानिले मोटोपन बढाउँछ । त्यतिमात्र होइन यसले गर्दा पाँचन प्रणालीमा समेत असर गर्छ ।
यहाँ रातिको समयमा खान नहुने १० खानाको चर्चा गरिएको छ ।
पास्ताः पास्ता निक्कै छिट्टो तयार हुने ब्यञ्जन मध्ये एक हो । मानिसहरु सजिलो हुने भएका कारण रातिमा पास्ता बनाएर खान्छन् । तर यसमा हुने अत्याधिक कार्वोहाइड्रेटको मात्राले शरीरमा पाचन प्रणालीमा असर पर्छ । रातिमा गरिने आरामको समयमा सहजै नपच्ने तत्व हुने हुँदा पास्ता रातिमा खानु राम्रो हुँदैन । यसले एसिडिटी बढाउन सक्छ ।
मसलेदार खानाः
रातिको समयमा मसलेदार खाना उपयुक्त हुँदैन । यसले शरीरमा पित्तको मात्रा बढाउँछ । मरिच र अन्य यस्तै मसला भने स्वास्थ्यका लागि राम्रै मानिन्छन् । तर अत्याधिक मसलेदार खाना रातिमा परहेज गर्नु नै उपयुक्त हुन्छ ।
मिठाइः
रातिको समयमा मिठाइ खानु पनि राम्रो होइन । यसले दाँतमा असर गर्छ र मोटो पन पनि बढाउँछ । शरीरमा नकारात्मक प्रभाव पनि पर्छ ।
चाउचाउ वा चाउमिनः
चाउचाउ वा चाउमिन पनि हाइ क्यालोरी हुने खाने कुरा हुन् । तसर्थ रातिको समयमा चाउचाउ र चाउमिन खानु राम्रो हुँदैन । सुत्नु अघि चाउचाउ र चाउमिन जस्ता खानेकुरा खाँधा पेटमा अनेक समस्या आउन सक्छ । तसर्थ सुत्नु अघि यी खानेकुरा नखानुस् ।
मासु माछाः
रातिको समयमा अत्याधिक मात्रमा माछा मासुको सेवन गर्नु राम्रो होइन् । यसो गर्दा शरीरमा प्रोटिनको मात्रा एकै पटक बढ्ने र आराम लिने समयमा पेटमा समस्या हुँदा सुत्न अहसज हुने हुन्छ ।
काउली र प्याजः
काउली वा प्याज अत्याधिक मात्रामा रेसादार खानेकुरा हुन् । बन्दाकोभी पनि रेसादार हुन्छ । तसर्थ अत्याधिक रेशादार यस्ता खानेकुरा सेवन गर्नु हुँदैन । यस्ता खानाले पनि पेट फुल्ने समस्या हुन सक्छ ।
पनिर वर्गरः
पनिर वर्गरमा अत्याधिक मात्रामा चिल्लो पदार्थ हुन्छ । यसले रातिको खाना अघि यो खानु उपयुक्त हुँदैन । रातिको समयमा पच्न गाह्रो हुने पनिर वर्गर पनि खानु उपयुक्त हुँदैन । यसले पनि पेट सम्बन्धि समस्या ल्याउन सक्छ ।
चिप्सः
चिप्स जस्ता मसलेदार र तारेका खानेकुरा पनि रातिमा खानु उपयुक्त हुँदैन । यसमा मोनोसोडियम ग्लूटाडियम ग्लूटामेट हुने हुँदा रातिमा खाँदा निद नलाग्ने र अन्य समस्या आउन सक्छ ।
चकलेटः
सुत्नु अघि डार्क चकलेट खानु हुँदैन । डार्क चकलेटमा क्याफिन र अन्य घातक तत्वहरु हुन्छन् । यसले मुटुको समस्या बढाउँछ र निद्रा नलाग्ने समस्या हुन्छ ।
पिज्जाः
पिज्जा पनि रातिको समयमा खान नहुने खानमा पर्छ । यो पनि पचाउन मुस्किल हुने खाना हो र विश्रामको समयमा खान हुँदैन । यसले पाचन प्रणालिमै असर गर्न सक्छ ।
एजेन्सी । भोक सबैलाई लाग्छ तर, केही मानिसलाई भने विशेष समयमा मात्रै भोक लाग्छ । जान्नुस् कुन समय हो त्यो जतिबेला सबैभन्दा धेरै भोक लाग्छ ।

एउटा त सामान्य प्रकारको भोक हुन्छ त्यो बेला टाउकोमा दुःखाई, थकान वा पेटमा गुड़गुड़ी हुन्छ ।
तर, केही मानिस टेलिभिजन हेर्ने बेला धेरै भोकाएका हुन्छन् । यसलाई ईटिंग ऐमनेसिया भनिन्छ । यस्तो बेला जब तपाई टेलिभिजन हेरिरहनु भएको छ र ध्यान एकोहोरो हुन्छ तब सबैभन्दा बढी भोक लाग्छ ।
केही मानिसलाई त्यो समयमा सबैभन्दा बढी भोक लाग्छ जब उनीहरु केही गरिरहेका हुँदैनन् । अर्थात खाली हुन्छ, टेन्सनमा हुन्छन् । यस्तो बेलामा मानिसको तौल सबैभन्दा तीव्र गतिमा बढ्छ ।
केही मानिस रिस उठेको बेला धेरै खाना खान्छन् । दिउँसोको लञ्चपछि केही मानिसलाई सबैभन्दा धेरै भोक लाग्छ । कैयौं मानिस त टेन्सनका बेला धेरै खान्छन् ।
केही महिलालाई रजस्वला भएको बेला सबैभन्दा धेरै भोक लाग्छ भने कुनै कुनैलाई खानेकुरा देख्यो कि सबैभन्दा बढी भोक लाग्छ ।
मेष राशिका जोडीकोबीचमा समस्या आइरहन्छ तर कुनै पक्षले अलिकति मात्र समझदारी पुर्‍याएमा भने समस्या समाधान हुन समय लाग्दैन ।


वृष राशि
यो राशिका जोडीलाई विवाह बचाउँन मुस्किल पर्छ । खासगरी यो राशिका पुरुष कतिबेला प्रेमी बन्ने कि जीवनसाथी भन्ने अलमलमै जीवन विताउँछन् ।

मिथुन राशि
मिथुन राशिका ब्यक्ति आपसी समझदारी कायम राख्न सबै भन्दा उत्कृष्ठ मानिन्छन् । यो राशिका ब्यक्तिले प्रेमी प्रेमिकालाई साथ पनि दिन्छन् ।

कर्कट राशि
कर्कट राशिका ब्यक्तिलाई प्रेममा समस्या आइरहन्छ । खासगरी स्वास्थ्य समस्या हुने भएका कारण यो राशिका ब्यक्ति कम बोल्ने हुन्छन् । जसले सम्बन्धमा समस्या आइरहन्छ ।

सिंह राशि
सिंह राशिका ब्यक्तिको प्रेम निकटतामा मात्र सम्भव हुन्छ । टाढा हुने वित्तिकै यिनीहरुसँग सम्बन्धमा समस्या आउँछ । यो राशिका ब्यक्ति प्रेमी प्रेमीकासँग नछुट्टिनु बुद्धिमानी हुन्छ ।

कन्या राशि
कन्या राशिका ब्यक्तिको प्रेममा धेरै उतार चढाव आउँदैन । यिनीहरुको सम्बन्ध निक्कै बलियो हुने हुँदा चाहेर पनि छुटाउन सकिँदैन । तर यो राशिका ब्यक्ति प्रेम ब्यक्त गर्न र परिवारमा भन्न भने डराउँछन् ।

तुला राशि
तुला राशिका ब्यक्ति प्रेमलाई भन्दा प्रतिष्ठालाई महत्व दिन्छन् । यसले कहिले काँहि प्रेम सम्बन्धमा समस्या ल्याउन सक्छ । कहिले काँहि यिनीहरुको घमण्डले प्रेम नै टुक्रिन सक्छ । तर कहिले भने अत्याधिक झुक्ने बानी समेत यिनीहरुमा हुन्छ ।

वृश्चिक राशि
यो राशिका ब्यक्ति प्रेमको विषयमा निक्कै धेरै सोंच्छन् । सोंच्ने बढी र प्रेम ब्यक्त कम गर्ने समस्या यो राशिका ब्यक्तिमा हुन्छ । यो राशिका ब्यक्तिको प्रेममा उतार चढाव आइरहन्छ ।

धनु राशि
धनु राशिका ब्यक्तिको प्रेममा समस्या आइरहन्छ । प्रेम, जीवन, निजी जीवन तथा कार्यक्षेत्रमा सन्तुलन मिलाउन नसक्दा यिनीहरुले प्रेममा झन्झटको सामना गर्छन् ।

मकर राशि
मकर राशिका ब्यक्तिले अहंकार देखाउने भएका कारण प्रेममा झन्झट ब्यहोर्छन् । यो राशिका ब्यक्तिले प्रेमी प्रेमीकासँग रवाफ देखाउँछन् । यसका कारण प्रेम सम्बन्धमा मधुरता समाप्त हुँदै जान्छ ।

कुम्भ राशि
कुम्भ राशिका ब्यक्तिको जीवनमा सामान्य सामान्य कुराले पनि प्रेम सम्बन्ध गाढा हुने र सामान्य कुराले सम्बन्ध टुट्ने हुन्छ । यो राशिका ब्यक्ति प्रेममा नयाँ पन ल्याउने प्रयास गरिरहन्छन् जुन कहिलेकाँहि प्रेम टुट्ने कारण नै बनिदिन्छ ।

मीन राशि
मीन राशिका ब्यक्तिले प्रेमलाई अत्याधिक महत्व दिन्छन् । अनावश्यक महत्व दिने भएका कारण यो राशिका ब्यक्ति प्रेममा दुःखी भैरहन्छन् । आफ्नो निजी जिन्दगी र प्रेम तथा कार्यालय वा ब्यापारको बिचमा दुरी कायम राख्न सक्दैनन् । अनि समस्या परिरहन्छ ।


nepaliheadlines.com
विज्ञान अधिकारी/पहिलोपोस्ट -
काठमाडौं : भारतबाट रक्सौल नाकाबाहेक सहज रुपमा पेट्रोलियम पदार्थ आउन थालेपछि नेपाल आयल निगमले बजारमा आपूर्ति बढाउने भएको छ।

भारतको अघोषित नाकाबन्दीपछि पछिल्लो दुई दिनदेखि रक्सौल बाहेकका नाकाबाट सहज रुपमा पेट्रोलियम पदार्थ आउन थालेपछि निगमले बजारमा आपूर्ति बढाउने तयारी गरेको हो।
‘भारतबाट आउने पेट्रोलियम पदार्थको मात्रा बढेकोे छ। डिजेलको आपूर्ति राम्रोसँग भइरहेको छ,’ आयल निगमका वितरण विभाग प्रमुख एवं प्रवक्ता मुकुन्दप्रसाद घिमिरेले पहिलोपोस्टसँग भने, ‘केही दिनभित्रै बजारमा पेट्रोलियम पदार्थको आपूर्ति बढाउँछौं।’

उनका अनुसार केही दिनभित्रै काठमाडौं बाहिर डिजेलको वितरण बढाउने योजना निगमले बनाएको छ। काठमाडौंभित्र अर्को साता नै चार पांग्रे सवारी साधनलाई पेट्रोल दिइने उनले बताए।

‘हामीले बेतालपुरबाट बढी पेट्रोल लोड गराउन भनेको छौं। त्यहाँबाट धेरै परिमाणमा पेट्रोल लोड भएको छ,’ घिमिरेले भने, ‘यसले निरन्तरता पाए चार पाङ्ग्रेलाई दिनेबित्तिकै दुई पाङ्ग्रे सवारी साधनलाई समेत दिन थाल्छौं।’

भारतले अघोषित नाकाबन्दी लगाएपछि आइओसीले विगतको तुलनामा २५ प्रतिशतमात्रै पेट्रोलियम पदार्थ दिएको थियो। यो मध्ये पनि पेट्रोल भने न्यून मात्रै दिने गरेको थियो।

भारतीय नाकाबन्दीपछि डिजेलको आपूर्ति बढी गरेर पेट्रोल न्यून परिमाणमा आएपछि निजी सवारी साधनलाई तीन पटक मात्रै पेट्रोल वितरण गरिएको थियो।

निगमले बिहीबार नयाँ आपूर्ति सचिव विष्णु लम्सालसँग छलफल गरेर पेट्रोलियम पदार्थ वितरण सहजीकरण गर्ने तयारी गरेको छ। वाणिज्य र आपूर्ति मन्त्रालय फुटाएपछि नयाँ आपूर्ति सचिवको रुपमा लम्साल आएका छन्।

कार्यकक्ष नहुँदा सचिव लम्साल सिंहदरवार आएका छैनन्। उनी कार्यालय नआउँदा पेट्रोलियम पदार्थ वितरणलाई खुकुलो बनाउने निर्णय हुन नसकेको आपूर्ति मन्त्रालय स्रोतले बतायो।

निगम स्रोतका अनुसार इन्डियन आयल कर्पोरेशन (आइओसी) ले आफ्नो डिपोमा गएको सबै ट्यांकरलाई तेल लोड गरेर पठाउन थालेको छ । निगमले बरौनी र बेतालपुरबाट धेरै तेल लोड गरेर नेपाल भित्र्याउने रणनीति अख्तियार गरेको छ।

यही रणनीति अनुसार सोमबार बेतालपुरमा एक सय ट्यांकर पेट्रोल लोड भएको निगमले जनाएको छ। स्रोतका अनुसार आइओसीले रक्सौल बाहेकका डिपोबाट चाहेजति पेट्रोलियम पदार्थ दिने प्रतिवद्धता जनाएकोे छ।

निगमका अनुसार देशभरको डिपोमा १२ हजार किलोलिटर डिजेल भण्डारण रहेको छ। काठमाडौंको थानकोट डिपोमा मात्रै ३३ सय किलोलिटर (३३ लाख लिटर) डिजेल छ। थानकोट डिपोमा पेट्रोल भने १३ लाख लिटर रहेको छ।
-pahilopost भिडियो हेर्न तलको बाकस थिच्नुहोस

काठमाडौँ, १४ पुष । मंगलबार दिनभरीको झडपमा प्रहरी सहित मोर्चाका डेढ सय कार्यकर्ता घाइते भएका छन् । आज दिनभर जसो नै भएको झडपमा ४५ प्हरी सहित १ सय भन्दा बढी प्रर्दशनकारी घाइते भएका छन् । जानकी चौकीलाई लक्षित गरी प्रदर्शनकारीहरुले ढुंगामुढा गरेपछि, सुरक्षाकर्मीहरुले पनि लाठी चार्ज एवं अश्रुग्यासका गोला प्रहार गरे लगत्तै दोहोरो झडप हुन पुग्यो ।

सद्भावना अध्यक्ष राजेन्द्र महतो विराटनगरको झडपमा घाइते भएयता संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आन्दोलन उग्र बन्दै गएको प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए । पराजुलीका अनुसार आन्दोलनकारीको ढुंगामुढा तथा पेट्रोल बम प्रहारबाट ४५ जना सुरक्षाकर्मी घाइते भएका छन् ।

etajakhabar
सामान्यतः हामीले खानालाई दोश्रो पटक तताएर खाने गर्छौं । हरेक प्रकारको खानेकुरा तताएर खाने हाम्रो बानी हुन्छ ।
तर यस्तो बानी छ भने अव सावधान हुनुस् । अध्यनले कतिपय खाना दोश्रो पटक तताउनु घातक हुने देखाएको छ ।

तताउँदा यस्ता खाने कुरामा रहेको पोषक तत्व नष्ट हुने गर्छ । त्यस्तै दोश्रो पटक तताउँदा खानेकुरामा विषाक्ता बढ्ने समेत खतरा हुन्छ ।

थाहा पाइ राख्नुस् दोश्रो पटक तताउन नहुने खाने कुरा के के

१. भात

भातलाई दोश्रो पटक तताउँदा विषाक्त हुन सक्छ । यसबाट फुड पोइजनिङको खतरा हुन्छ ।


२. आलुको परिकार

आलुको परिकार पनि दोश्रो पटक तताउँदा विषाक्त हुन सक्छ । आलु पकाउने सबैभन्दा राम्रो तरिका उमाल्नु हो ।


३. पालक
पालकको साग पनि एक पटक पकाइसकेपछि पुन तताउनु हुँदैन । यसलाई तताउँदा यसमा क्यान्सर बनाउने तत्व पैदा हुन्छ ।

४. कुखुराको मासु
कुखुराको मासु प्रोटिनयुक्त खाना हो । यसलाई दोश्रो पटक तताउँदा पाचन सम्बन्धि समस्या आउन सक्छ । रहेको कुखुराको मासुलाई सलाद वा अन्य कुरासँग मिसाएर नतताइ खाने गर्नुस् ।


५. मशरुम
च्याउ पनि तताए खान नहुने खानेकुरमा पर्छ । दोश्रो पटक तताउँदा च्याउमा रहेको प्रोटिन नष्ट हुन्छ ।
मंगलबार, १४ पुष
चीनले किन पत्याएन कमल थापालाई_

विजय केसी । चीन भ्रमणमा गएका नेपालका परराष्ट्र मन्त्री कमल थापालाई चीन सरकारले पत्याएन ।
कमल थापा आफै चीन संगको सबै सम्झौतामा अन्तिम निर्णय गरी हस्ताक्षर गरेर फर्कने तयारी साथ गएका थिए । तर चीन सरकारले कमल थापालाई सम्झौता गर्न नेपालका प्रधानमन्त्री पठाइ देउ भनेको छ ।
कमल थापा नेपाल र चीन विच इन्धन व्यापार सम्झौतामा हस्ताक्षर गर्न चाहन्थे । तर चीनले नेपाललाई अहिले गम्भीर संकट परेको इन्धन व्यापार सम्झौता गर्न पनि नेपालका प्रधानमन्त्री नै चीन आओस् भन्ने जवाफ दियो ।
कमल थापाले स्वतन्त्र व्यापार सम्झौता, द्विपक्षीय लगानी तथा सुरक्षण सम्झौता (विप्पा) र पारवहन तथा व्यापार सम्झौता पनि गर्ने तयारी सहित चीन गएका थिए । तर यी सबै सम्झौता प्रधानमन्त्री स्तरमा मात्रै गर्ने भन्दै चीनले कमल थापालाई जवाफ दिए पछि उनी लुरु लुरु फर्कदैं छन् ।
भू परिवेष्ठित देशको अधिकार स्वरुप समुद्र सम्म पुग्ने वाटो छिमेकी देशले दिनु पर्ने अन्तराष्ट्रिय नियम अनुरुप नेपालले अहिले सम्म भारत वाट मात्र अन्तराष्ट्रिय व्यापार गर्दै आएकोमा अहिले चीन संग पनि त्यो अधिकार र सुविधा दिन माग गर्दै पारवहन सम्झौता गर्ने प्रस्ताव नेपालको थियो ।
कमल थापालाई चीनले अविस्वास गर्नुमा पहिलो कारण यस्ता दिर्घकालीन र गम्भीर प्रकृतिका सम्झौताहरु चीनले प्रधानमन्त्री स्तरमा नै गर्न चाहनु हो ।
दोश्रो कारण, ओलीलाई परम्परा तोडेर पहिलो विदेश भ्रमण चीन मा गराउनु पनि हो भन्ने आशंका पर्यवेक्षकहरुको छ । अहिले सम्म नेपालका वहुसंख्यक प्रधानमन्त्रीहरु पहिला भारत भ्रमण गरे पछि मात्र चीन जाने भारत भक्त चलन छ ।
तेश्रो कारण, कमल थापालाई चीन हिरो वनाउन चाहँदैन भन्ने एक थरी पर्यवेक्षकहरु अनुमान गर्छन् ।
चौथो कारण, ओली सरकारले भारत संग निहु खोज्न मात्र चीन संग सम्झौता  गर्न चाहेका हुन कि भन्ने आसंका चीन सरकारलाई छ । चीन सरकार भारत विरुद्ध कार्डको रुपमा प्रयोग हुन चाहँदैन ।
पाँचौं कारण, चीन सरकार नेपाल चीन विचको सम्झौताहरु कुनै दवाव वा वाध्यता नभएर राजी खुशी होस भन्ने चाहँन्छ ।
छैठौं कारण चीन सरकार नेपाल चीन विच हुन गैरहेको यस्तो गम्भीर सम्झौतामा राष्ट्रिय सहमति भए राम्रो भन्ने ठान्छ ।
सातौं कारण, नेपाल संग भन्दा चीन को भारत संगको व्यापार सयौं गुणा छ र चीन भारतलाई चिड्याउन चाहँदैन ।
यी कारणहरु भैकन पनि यदि प्रधानमन्त्री ओली यथाशीघ्र चीन गएमा सबै सम्झौताहरु भएर चीन वाट इन्धन आउने कुरा पक्का हुनेछ भन्ने विश्लेषकहरु वताउँछन् ।
तर ओली स्वयम् सके सम्म भारत संग समझदारी वनोस र नाकावन्दी हटोस र भारतवाटै इन्धन ल्याऔं भन्ने चाहना राख्छन् भनिन्छ ।
nepalsandesh
वीरगञ्ज, १४ पुस– नयाँ संविधानमा मधेसी जनताको अधिकार खोसिएको भन्दै चार महिनादेखि आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका अगुवालाई वीरगञ्जवासीले संविधानका त्रुटिको सूची लिएर जनतामाझ आउने आग्रह गरेका छन् ।
सरकारले संविधान बुझाउन अभियान नै चलाएको बेला आन्दोलनका अगुवाले पनि त्यसको कमी कमजोरीबारे जनतालाई जानकारी गराउनु पर्ने उनीहरुको माग छ ।
‘सरकारले संविधान पढाउने, बुझाउने कार्यक्रम ल्याएको छ ’ पोखरियाका सुरेशकुमार चौरसियाले भने, ‘यस्तो बेला त्यही संविधानको विरोध गर्दैै आन्दोलन गर्नेले कुन कुन बुँदामा त्रुटि छ, कहाँ कहाँ हाम्रा अधिकार खोसिएका छन् भन्नेबारे पनि दफावार जानकारी दिनुप¥यो । ’
नागरिक दैनिकबाट
kathmandutoday
रौतहट, १४ पुस । रौतहटमा मधेसी मोर्चाका एक नेता कुटिएका छन् ।
जिल्लाकै ठूलो व्यापारिक केन्द्र गरुडामा स्थानीय व्यापारी राम अयोध्या साह र उनका भाइ विनोद साहले जिल्ला नेता कौशल खानलाई कुटपीट गरेका हुन् ।
राति आफ्ना दुई ट्रकको आगो लगाएर सम्पत्ति नष्ट गरेको आक्रोशमा व्यापारी दाजुभाईले केही सर्वसाधारणको सहयोगमा मोर्चा नेता खानलाई कुटपिट गरेका हुन् । स्थानीय नेता कौशल खानले व्यापारी दाजुभाइ र सर्वसाधारणको लात्ती प्रहार खाए र मुक्का खाए ।
dainiknepal
काठमाडौं–संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले गरेको नाकाबन्दीमा उपस्थिति कम हुन थालेपछि नाकाबन्दी खोल्ने तयारीमा मोर्चा पुगेको छ । मोर्चाको बसेको आइतवारको बैठकमा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले नाकाबन्दी खोल्ने प्रस्ताव ल्याएको मोर्चाका एक नेताले बताए । नाकामा आन्दोलनकारीको संख्या कम भएपछि मोर्चाले किसानको बहाना बनाएको छ । मोर्चामा देखिएको आन्तरिक द्धन्द्वले गर्दा नेताहरु मधेस जान छाडेका छन् र त्यसले गर्दा आन्दोलनकारीमा निराशा उत्पन्न भएको छ । नाकाबन्दीका कारण किसानलाई आफ्नो उखु मिलसम्म पुर्याउन समस्या भएकोले आन्दोलनको स्वरुप परिवर्तन गरि नाकाबन्दी खुलाउनुपर्ने प्रस्ताव उनले बैठकमा राखेका थिए ।
यतिबेला नाकाबन्दीको असर सिधै किसानमा परेको छ, यदि उनीहरुको उखु समयमा मिलसम्म पुग्न सकेन भने उल्टो प्रतिकृया आउन सक्ने सम्भावना रहेकाले यसमा विचार गर्नैपर्ने कुरा राखेको बैठकमा सहभागि एक नेताले बताए । नाकाबन्दी खुलाउनुपर्ने कुरा जिल्ला जिल्लाबाट पनि आइरहेको छ, अन्य जिल्लाका साथीहरुसँग यस विषयमा कुरा गरेर निर्णय गर्नुपर्ने सुझाव उनले बैठकमा दिएका थिए । उपेन्द्र यादवको प्रस्तावप्रति तमलोपका अध्यक्ष महन्थ ठाकुर सकारात्मक देखिएको छ । सरकार वार्ताप्रति अलि लचिलो हुँदै गएको छ, मधेसी मोर्चासँग सकारात्मक वार्ता गर्ने भनि तीन दलले निर्णय गरेको छ, पुसभरि नाकाबन्दी खुलाउनु पर्छ भनि प्रस्ताव सद्भावना पार्टीबाट आएको थियो । त्यसमा अध्यक्ष उपेन्द्र यादव पनि सकारात्मक देखिएको छ । उनले पनि पुसमासान्तसम्म सरकारको क्रियाकलाप हेर्नुपर्छ माघमा गएर आन्दोलनको स्वरुप परिवर्तन गर्नुपर्छ भनि धारणा राखेको बताए । आजै तमलोपाका अध्यक्ष ठाकुरलाई रिर्पोटर्स क्लबले बुझाएको ज्ञापनपत्र बुझ्दै आगामि पुस १९ गतेपछि बस्ने संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठकमा नाकाबन्दी अन्त्य गर्नेसहितको विषयमा छलफल हुने धारणा राखेका छन् । मोर्चाले समय समयमा आन्दोलनको स्वरुप परिवर्तन गर्दै आएको छ । अहिले पुष १९ गतेसम्मको कार्यक्रम चलिरहेको छ । त्यसपछि बस्ने मोर्चाको बैठकमा नाकाबन्दी अन्त्यसहितका एजेण्डाहरुमा छलफल हुने उनले बताए ।’ratopati
पुस । नेपाली सेनाले सरकारले तोकेको कुनै पनि जिम्मेवारी वहन गर्न तयार रहेको जनाएको छ । सेनाले देशको विद्यमान परिस्थितिप्रति आफू पूर्ण रूपमा सचेत रहेको र उत्पन्न परिस्थितिको नजिकबाट अध्ययन गरिरहेकोसमेत प्रस्ट पारेको छ ।

जंगी अड्डामा सोमबार सम्पन्न पृतनापतिहरूको समन्वयात्मक बैठकले तराई आन्दोलनका कारण मुलुकको राष्ट्रिय सुरक्षामा आन्तरिक र बाह्य चुनौती थपिएको निष्कर्ष निकाल्दै सरकारले तोकेको जिम्मेवारी वहन गर्न आफू तयार रहेको जनाएको हो । बैठकमा पृतनापतिहरूले तराईमा राष्ट्रिय सुरक्षा कमजोर भएको भन्दै सेनाले निर्वाह गर्ने भूमिका र आन्दोलनको ‘रेडलाइन’ के हो भन्दै प्रश्न गरेका छन् ।
६ वटै पृतनापति तथा उपत्यकास्थित महानिर्देशनालय र विभागीय प्रमुखसहितको बैठकमा सैनिक जर्नेलहरूले तराईको आन्दोलनलाई राजनीतिक रूपमा सम्बोधन गर्दै अवतरण गर्नुपर्नेमा जोड दिएका थिए । उच्च सैनिक स्रोतका अनुसार पूर्वी, मध्य, पश्चिम र सुदूरपश्चिम पृतनापतिले मुलुकको राष्ट्रिय सुरक्षाका लागि खडा भएको सेनाले कुन अवस्थासम्म चुप लागेर बस्ने र कुन अवस्थामा सक्रिय हुने भन्ने स्पष्ट अवधारणा बनाउनुपर्ने माग गरेका थिए । उनीहरूले राष्ट्रिय सुरक्षाको ‘रेडलाइन’ स्पष्ट पार्नसमेत सरकारसँग माग गरेका छन् ।
तराईमा राष्ट्रिय पार्टीका गतिविधि शून्य रहेको, सरकारी कार्यालय असुरक्षित रहेको र भारततिरबाट आन्दोलनमा सहयोग रहेको उनीहरूको ‘ब्रिफिङ’ थियो । ‘तराईको आन्दोलनमा जनताको उपस्थिति छ, तर त्यो सम्पूर्ण रूपमा स्वत:स्फूर्त होइन, आन्तरिक र बाह्य रूपमा त्यसमा लगानी भएको छ,’ स्रोतका अनुसार पूर्वी र मध्य पृतनापतिको भनाइ थियो, ‘सरकारले यी समस्याको हल कसरी खोज्ने भन्ने अवधारणा बनाउनुपर्छ र हाम्रो भूमिका पनि स्पष्ट हुनुपर्छ । राष्ट्रिय सुरक्षा कमजोर भएको छ, यसकै रक्षाका लागि खटिएको हाम्रो भूमिका केही पनि छैन भन्ने टिप्पणी सुनिरहनुपरेको छ । हाम्रो भूमिका सरकारले स्पष्ट पार्नुपर्छ ।’
स्रोतका अनुसार जिल्ला सदरमुकाममा प्रमुख जिल्ला अधिकारी, सशस्त्र, प्रहरी प्रमुख, सेनाका गणपति रहेको, तर सरकारको स्पष्ट दृष्टिकोण नहुँदा काम गर्न समस्या रहेको उनीहरूको ‘ब्रिफिङ’ थियो । ‘आ–आफ्नो भूमिका निर्वाह गर्न सबै निकाय तयार हुनुपर्छ, सेना तयार छ । तर, भूमिका के हो भन्ने कुरा सरकारले स्पष्ट गरिदिनुपर्‍यो भन्ने अधिकांश पृतनापतिको ब्रिफिङ थियो,’ बैठकमा सहभागी एक पृतनापतिले भने ।
तराई आन्दोलन सम्मानजनक अवतरण नभए विखण्डनवादीले स्थान पाउन सक्ने पनि केहीले व्याख्या गरेका थिए । ‘विखण्डनको अवस्था तत्काललाई निरुत्साहित गर्न सकिन्छ, तर दुई–तीन पुस्तापछि फेरि त्यो मानसिकताले स्पेस लिन्छ । यसमा अहिले नै विचार गर्नुपर्छ,’ अर्का पृतनापतिले भने, ‘तराईको भविष्य सोचेर अहिले नै सरकारले तय गर्नुपर्छ– अमृत रोप्ने कि विष ? किनभने परिस्थिति भड्किँदै छ ।’
सैनिक जनसम्पर्क निर्देशनालयले ‘सबै पृतनापतिले आ–आफ्नो जिम्मेवारी क्षेत्रको कार्यसमीक्षा, वर्तमान वस्तुस्थिति, भविष्यमा आइपर्न सक्ने चुनौती एवं सुझाबको सम्बन्धमा प्रस्तुतीकरण’ गरेको उल्लेख गरेको छ । निर्देशनालयले ‘वर्तमान वस्तुस्थितिबाट उत्पन्न असहज परिस्थिति एवं सुरक्षा चुनौतीका सम्बन्धमा गम्भीर छलफल भएको’ पनि उल्लेख गरेको छ ।
सेनाका अनुसार बैठकले भूकम्पबाट क्षतिग्रस्त संरचनाका लागि अति प्रभावित जिल्लामा नेपाल सरकारले पुनर्निर्माणका लागि जिम्मेवारी दिएमा यथाशीघ्र कार्य गर्न तयार रहने पनि निष्कर्ष निकालेको छ ।
बैठकको सुरुवातमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री भीम रावल र रक्षासचिव जयमुकुन्द खनाललाई पनि बोलाइएको थियो । बैठकलाई सम्बोधन गर्दै रक्षामन्त्री रावलले देश संवेदनशील अवस्थामा रहेको वेला समन्वयात्मक बैठक आयोजना भएकोमा सराहना गरे । ‘राष्ट्र र जनताको सर्वोत्तम हित र सुरक्षाका लागि उत्पन्न हुनसक्ने परिस्थितिको आँकलन गरी जस्तोसुकै चुनौतीको पनि सामना गर्नसक्ने गरी नेपाली सेनालाई आधुनिकीकरण गर्दै साधन र स्रोतसम्पन्न बनाई तयारी हालतमा राख्नुपर्छ,’ मन्त्री रावलले भने ।
विखण्डनकारी हावी हुने चेतावनी
नेपाली सेनाले तराई–मधेस आन्दोलनलाई राजनीतिक रूपमा सम्बोधन गरी सम्मानजनक अवतरण गर्नुपर्ने निष्कर्ष निकालेको छ । सम्मानजनक अवतरण नभए विखण्डनकारी शक्ति हावी हुने र त्यो झन् खतरनाक हुने सेनाको ठहर छ ।

राष्ट्रिय पार्टीको गतिविधि शूून्य
तराई–मधेसमा आन्दोलन सुरु भएयता त्यहाँ कांग्रेस, एमाले, एमाओवादीलगायत ठूला दलको प्रभाव र गतिविधि शून्य देखिएको सेनाको निष्कर्ष छ । राष्ट्रिय पार्टीको गतिविधि नभएकै कारण सरकारी कार्यालय पनि असुरक्षित भएको सेनाको निष्कर्ष छ ।
मधेस आन्दोलनमा भारतीयको सहयोग
मधेस आन्दोलनमा भारतीय नागरिकको पनि सहयोग रहेको पृतनापतिहरूले रिपोर्टिङ गरेका छन् । उनीहरूले भनेका छन्, ‘तराईको आन्दोलनमा जनताको उपस्थिति छ, तर त्यो सम्पूर्ण रूपमा स्वत:स्फूर्त होइन, आन्तरिक र बाह्य रूपमा त्यसमा लगानी भएको छ ।’
सेनाको भूमिका खोजी
तराई–मधेसमा सुरक्षा अवस्था निकै कमजोर रहेकाले आफ्नो भूमिका प्रस्ट हुनुपर्ने पृतनापतिहरूको भनाइ छ । सदरमुकाममा प्रमुख जिल्ला अधिकारी, सेनाका गणपति, सशस्त्र, नेपाल प्रहरी प्रमुख रहे पनि सरकारको स्पष्ट दृष्टिकोण नहुँदा काम गर्न समस्या रहेको उनीहरूको ‘ब्रिफिङ’ छ । नयाँ पत्रिका दैनिकमा पर्शुराम काफ्लेले खबर लेखेका छन् ।
news24nepal भिडियो हेर्न तलको बाकस थिच्नुहोस
काठमाडौँ, १४ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रमा हत्या, हिंसा र तोडफोडजस्ता कार्य सह्य नहुने भएकाले त्यस्ता कार्यलाई सरकारले कानुनबमोजिम कारबाही गर्ने बताउनुभएको छ ।
फे्रडरिक इबर्ट स्टिफ्टुङले आज यहाँ आयोजना गरेको नेपालका पार्टीहरुको लोकतान्त्रीकरणसम्बन्धी अन्तक्र्रियाको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले लोकतन्त्रमाथि विगतमा पनि धावा बोल्न खोजिएको तर दलहरूले आपसी एकता र सहकार्य गरेर यसका उपलब्धिलाई बचाएको बताउनुभयो ।
“लोकतान्त्रिक आन्दोलनका उपलब्धिलाई सिध्याउने खेलका बीच हामी नयाँ संविधान ल्याउन सफल भएका छौँ, यसलाई कार्यान्वयन र पालनामा लाग्नु आजको आवश्यकता हो ।” उहाँले भन्नुभयो – ‘‘तर संविधान जादुको छडी होइन, यसले जे माग्यो त्यही दिँदैन, मुलुकको आर्थिक समृद्धिको यात्रा प्रारम्भ भएपछि जनताका चाहना सम्बोधन हुन्छ ।”
लोकतन्त्र सचेत, आत्मनियन्त्रित, सबोधका साथै उन्नत प्रणाली भएकाले यसको संरक्षणमा सरकार र दलहरू सजग भएको पनि उहाँले बताउनुभयो ।
उहाँले सञ्चारमाध्यमले कतिपय विषयमा अनावश्यक विवाद सिर्जना गरेको गुनासो पनि गर्नुभयो । भूकम्प प्रभावितलाई राहत र पुनःस्थापनाका लागि सरकारले तीव्र मार्गबाट काम गर्ने जनाउँदै उहाँले यसका लागि आइपर्ने कानुनी अड्चनलाई पनि हटाएर काम गरिने बताउनुभयो ।
dainiknepal
मृत्यु दण्ड पाउनै लाग्दा आमालाई यस्तो चिठी, जसले संसार रुवायो
एजेन्सी । मृत्यु दण्ड पाएका एक युवकले आफनो अन्तिम इच्छाको रुपमा आफनो जन्म दिने आमालाई सम्बोधन गरेर चिठी लेखेका छन् । मुत्युदण्ड पाउनै लाग्दा त्यो चिठ्ठी आफ्नो आमालाई भनेर जेलको गार्डलाइ

दिनु भनेर दिए । जुन चिठी संसार मन दुखाउन बाध्य बनाएको छ । यस्तो चिठी थियो आदरणिय आमा ! यदी यो संसारमा यो भन्दा पनि बढी न्याय छ भने, म मात्र नभएर हामी दुवैजनालाई मृत्यु दण्ड दिइनु पर्छ ।
मैले जुन किसिमको जीवन अंगाले,त्यसमा तिम्रो पनि त्यतिकै दोष छ्र मैले एकजना केटाको साइकल चोरेर घरमा ल्याएको तिमीलाई याद छ ? बाबुले नदेखोस् भनेर तिमीले त्यो साइकल लुकाउन मलाई मदत् गरेका थियौ मैले हाम्रो छिमेकिको गोजिबाट पैसा चोरेको तिमीलाई सम्झना छ ? त्यो पैसा लिएर मसंगै तिमी पनि शपिंग मल गएका थियौ मैले बाबुसंग झगडा गरेको पनि तिमीलाई याद होला । उ मलाई सपार्न चाहन्थ्यो, कारण मैले प्रतियोगिताको अन्तिम नतिजा नै चोरेर लगेको थिए र म निष्काषनमा परेको थिए ।
शुरुमा म अरु जस्तै साधारण बच्चो त थिएँ, त्यसपछि म फटाह किशोरमा परिणत भए अहिले म असाध्यै बिक्रित ब्यक्ति भाको छु । आमा, म त त्यतिबेला बच्चै थिए म सप्रिन सक्थें, तर तिमीले मेरो कुक्रित्यमा सहमति जनाउँदै गयौ । जे हुनु भैगयो तिमीलाई माफ दिन्छु संसारभरिकै आमा बाबुहरुको हातमा यो चिट्ठी पुगोस भन्ने म चाहन्छु । साभार नेपाल संदेश बाट
purbelinews भिडियो हेर्न तलको बाकस थिच्नुहोस
काठमाडौं : संसद्को मंगलबारको बैठकमा पनि मधेसी मोर्चाको घेराउ तथा नाराबाजीबीच नै  संविधान संशोधन विधेयकमाथि छलफल अघि बढाइएको छ।

अपरान्ह बैठक सुरु हुनसाथ मोर्चाका सांसदहरुले अवरोधको प्रयास गरे पनि छलफल रोकिएको छैन। नाराबाजीसँगै सांसदहरुले बोल्ने क्रम पनि चलिरहेको छ।

छलफलमा सहभागी सा‌सदहरुले मधेस आन्दोलनलाई सम्बोधन गर्न सरकारले संविधान संशोधन विधेयक ल्याइसकेको अवस्थामा अवरोध तथा आन्दोलन गर्नुको अर्थ नहुने बताएका थिए।

तत्कालीन कांग्रेस नेतृत्वको सरकारले दर्ता गराएको विधेयकलाई वर्तमान सरकारले मधेसी मोर्चाको घेराउ तथा विरोधबीच नै संसद्मा दर्ता र पेस गरेको थियो। संविधान संशोधन गर्ने विधेयकलाई पारित गर्ने प्रतिवद्धतासहित सरकारले तीन बुँदे निर्णय पनि गरिसकेको छ।

विधेयकमा राज्यका निकायमा समानुपातिक समावेशी सहभागिता सुनिश्चित गर्ने तथा जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्ने व्यवस्था उल्लेख छ।
annapurnapost
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Aug 24 (6)
  • Aug 23 (1)
  • Aug 19 (1)
  • Aug 18 (19)
  • Aug 17 (17)
  • Aug 16 (24)
  • Jan 24 (18)
  • Jan 23 (27)
  • Jan 22 (32)
  • Jan 21 (35)
  • Jan 20 (35)
  • Jan 19 (34)
  • Jan 18 (40)
  • Jan 17 (45)
  • Jan 16 (27)
  • Jan 15 (29)
  • Jan 14 (35)
  • Jan 13 (40)
  • Jan 12 (32)
  • Jan 11 (39)
  • Jan 10 (31)
  • Jan 09 (23)
  • Jan 08 (31)
  • Jan 07 (30)
  • Jan 06 (39)
  • Jan 05 (34)
  • Jan 04 (39)
  • Jan 03 (43)
  • Jan 02 (47)
  • Jan 01 (31)
  • Dec 31 (34)
  • Dec 30 (36)
  • Dec 29 (43)
  • Dec 28 (33)
  • Dec 27 (27)
  • Dec 26 (38)
  • Dec 25 (33)
  • Dec 24 (38)
  • Dec 23 (44)
  • Dec 22 (39)
  • Dec 21 (37)
  • Dec 20 (40)
  • Dec 19 (31)
  • Dec 18 (47)
  • Dec 17 (30)
  • Dec 16 (16)
  • Dec 15 (42)
  • Dec 14 (30)
  • Dec 13 (32)
  • Dec 12 (35)
  • Dec 11 (42)
  • Dec 10 (26)
  • Dec 09 (31)
  • Dec 08 (15)
  • Dec 07 (37)
  • Dec 06 (30)
  • Dec 05 (34)
  • Dec 04 (32)
  • Dec 03 (33)
  • Dec 02 (36)
  • Dec 01 (37)
  • Nov 30 (48)
  • Nov 29 (28)
  • Nov 28 (35)
  • Nov 27 (35)
  • Nov 26 (47)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (27)
  • Nov 22 (32)
  • Nov 21 (43)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (22)
  • Nov 17 (29)
  • Nov 16 (32)
  • Nov 15 (25)
  • Nov 14 (28)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (42)
  • Nov 09 (22)
  • Nov 08 (40)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (42)
  • Nov 01 (44)
  • Oct 31 (29)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (47)
  • Oct 27 (32)
  • Oct 26 (39)
  • Oct 25 (35)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (22)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (31)
  • Oct 02 (29)
  • Oct 01 (29)
  • Sep 30 (29)
  • Sep 29 (24)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (26)
  • Sep 25 (27)
  • Sep 24 (18)
  • Sep 23 (15)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (26)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (12)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (19)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (22)
  • Sep 07 (22)
  • Sep 06 (26)
  • Sep 05 (18)
  • Sep 04 (23)
  • Sep 03 (24)
  • Sep 02 (25)
  • Sep 01 (24)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (27)
  • Aug 28 (28)
  • Aug 27 (30)
  • Aug 26 (29)
  • Aug 25 (24)
  • Aug 24 (35)
  • Aug 23 (30)
  • Aug 22 (31)
  • Aug 21 (32)
  • Aug 20 (30)
  • Aug 19 (33)
  • Aug 18 (27)
  • Aug 17 (34)
  • Aug 16 (28)
  • Aug 15 (23)
  • Aug 14 (23)
  • Aug 13 (22)
  • Aug 12 (19)
  • Aug 11 (18)
  • Aug 10 (24)
  • Aug 09 (16)
  • Aug 08 (18)
  • Aug 07 (25)
  • Aug 06 (16)
  • Aug 05 (18)
  • Aug 04 (21)
  • Aug 03 (19)
  • Aug 02 (14)
  • Aug 01 (17)
  • Jul 31 (19)
  • Jul 30 (19)
  • Jul 29 (15)
  • Jul 28 (12)
  • Jul 25 (14)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home