• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
काठमाडौँ, ८ भदौ । निर्वाचन आयोगले पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपाल पार्टीलाई राजनीतिक दलको मान्यता दिएको छ । दल दर्ताका लागि आयोगमा परेको निवेदनमाथि छलफल भई उक्त
पार्टीलाई राजनीतिक दलको मान्यता दिइएको आयोगद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ । आयोगले सो पार्टीलाई राजनीतिक दलसम्बन्धी ऐन, २०५८ तथा अन्य प्रचलित कानुनबमोजिम आयोगमा बुझाउनुपर्ने विवरण तोकिएकै म्यादभित्र बुझाउन पनि अनुरोध गरेको छ । रासस dainiknepal
काठमाडौं, ८ भदौ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संविधान जारी भएको असोज ३ गतेलाई कालो दिवसका रुपमा मनाउने निर्णय गरेको छ । काठमाडौंको बिजुलीबजारस्थित तराई मधेस लोकतान्त्रिक पार्टीको मुख्यालयमा बुधबार बसेको मधेसी मोर्चाको बैठकले असोज ३ गतेलाई कालो दिवसका रुपमा मनाइ ब्ल्याक आउट गर्ने निर्णय गरेको राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव एवम् प्रवक्ता केशव झाले जानकारी
दिनुभयो । ‘नयाँ संविधानले मधेसी, जनजाति र आदिवासीका मागलाई सम्बोधन गरेको छैन’, उहाँले भन्नुभयो, ‘संविधानमा हाम्रो असहमति रहेकाले संविधान जारी भएको दिन आसोज ३ गतेलाई कालो दिवसका रुपमा मनाउने निर्णय भएको छ ।’ भदौको अन्त्यसम्म संविधान संशोधनका लागि सरकारले तयारी गरिरहेका बेला मधेसी मोर्चाको यस्तो निर्णयले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई झट्का लाग्न सक्नेछ । मधेसी मोर्चाले तीन बुँदे सहमति कार्यान्वयनका लागि दबाब दिने निर्णय गरेको छ । त्यसका लागि प्रधानमन्त्री दाहालसँग मधेसी मोर्चाका शीर्ष नेताहरूले बिहीबार वा शुक्रबार भेट गरेर संविधान संशोधनको प्रस्तावलाई अगाडि बढाउन दबाब दिने छन् । रामसपाका महासचिव झाका अनुसार तीन बुँदेको दोस्रो बुँदामा रहेका शहीद घोषणा हुन बाँकी, घाइतेको उपचार खर्च, क्षतिपूर्ति, न्यायिक आयोगको पूर्णता, राजनीतिक मुद्दा फिर्ताका लागि मधेसी मोर्चाका तर्फबाट २/३ जना सदस्य पठाएर फाइल आफै अगाडि बढाउने निर्णय पनि भएको छ । त्यसका लागि गृहमन्त्रीसँग बिहीबार नै कुरा गर्ने झाले बताउनुभयो ।dainiknepal
काठमाडौँ, ८ भदौ । नेकपा (एमाले) ले सरकारले संविधान संशोधन जस्तो आन्तरिक मामिलामा अवाञ्छित बाह्य चासो निम्त्याउने त्रूटिपूर्ण कार्य गरेको आरोप लगाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले विशेष दूत पठाई संविधान संशोधनबारे छिमेकी भारतलाई पत्र समेत पठाइएको चर्चा सार्वजनिक भएकामा चिन्ता व्यक्त गर्दै एमालेले नेपालको स्वाधीनता र स्वतन्त्र निर्णय गर्ने हैसियतमा आँच पु¥याउने तथा मुलुकको शिर निहुरिने अवस्था आउने कुनै किसिमका काम नगर्ने सरकारलाई सचेत गराएको छ । एमालेको आज सम्पन्न स्थायी समितिको ४३औँ बैठकका निर्णय सार्वजनिक गर्न पार्टीको केन्द्रीय कार्यालय धुम्मबाराहीमा आज आयोजित पत्रकार सम्मेलनमा सरकारको पूर्णता नपाउँदै र परराष्ट्रमन्त्री रिक्त रहेका अवस्थामा कूटनीतिक अभ्यासमा गलत अर्थ लाग्ने गरी चीन र भारतमा प्रधानमन्त्रीद्वारा विशेष दूत खटाउने कार्य भएकामा एमालेले आलोचना गरेको हो ।
“संविधान एउटा गतिशील दस्तावेज हो । यसलाई समयसापेक्ष बनाइरहनुपर्छ तर अहिले जे आधारमा र जुन ठाउँमा संविधान संशोधनका लागि चर्चा चलाइएको छ, यो आपत्तिजनक र निरर्थक छ ।” एमालेको निर्णयमा भनिएको छ, “संविधान संशोधन हाम्रो देशको आन्तरिक विषय हो र यहाँका राजनीतिक दलले महसुस गर्ने आवश्यकतामा यो निर्भर रहन्छ । कुनै देशको अतिरिक्त चासोका आधारमा देशको मूल कानुन संशोधन हुन सक्दैन । यसले समस्यालाई बल्झाउने काम मात्र गर्छ ।” देशभित्र कुनै छलफल नै नभएर विदेशी भूमिमा गएर छलफल गरिनु आपत्तिजनक भएको भन्दै एमालेले प्रधानमन्त्रीबाट भारतलाई पठाइएको भनिएको पत्र सार्वजनिक गर्न माग गरेको छ । एमालेको बैठक गत साउन ३० गते सुरु भई यही भदौ ७ गते सम्पन्न भएको थियो । बैठकले जटिल परिस्थितिमा गठन भएको पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार मुलुकको विकास र जनपक्षका आधारमा युगान्तकारी भएको, तीनै तहको निर्वाचन संविधानले तोकेको समयमा गर्न र संविधान कार्यान्वयनको कार्ययोजना अघि सार्न सफल भएको ठहर गरेको छ । लोकतन्त्रको आधार र वैधता निर्वाचनबाहेक अरु हुन नसक्ने भन्दै एमालेले स्थानीय तहको पुनःसंरचना गर्दा जनभावनालाई ध्यानमा राख्दै संविधानले व्यवस्था गरेका अधिकारको अभ्यास गर्नसक्ने गरी उपर्युक्त सङ्ख्यामा स्थानीय तह निर्धारण हुनुपर्ने अडान राखेको छ । पत्रकार सम्मेलनमा सामान्य अस्वस्थ्यताका कारण पार्टी अध्यक्ष ओली अनुपस्थित हुनुभएको जानकारी दिइएको थियो । महासचिव ईश्वर पोखरेलले देश र जनताको स्वार्थलाई ध्यानमा राखेर साझा कार्यसूचीका आधारमा एमालेले आगामी दिनमा सहकार्य र प्रतिस्पर्धाका आधारमा आफ्नो भूमिका निर्वाह गर्ने बताउनुभयो । पछिल्लो राजनीतिक परिस्थिति र पार्टी कामकाबारेमा आवश्यक छलफल गर्न एमाले केन्द्रीय कमिटीको सातौँ बैठक २०७३ असोज ५ मा बोलाइएको पार्टीका सचिव योगेश भट्टराईले बताउनुभयो । रासस dainiknepal
भदौ ८

काठमाडौँ- आगलागी नियन्त्रणमा सहयोग पु-याउन भारतले आज नेपाललाई १७ वटा दमकल उपहारस्वरुप प्रदान गरेको छ ।
सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डेलाई भारतीय राजदूत रणजीत रायले यहाँ आयोजित कार्यक्रममा ती दमकलको साँचो हस्तान्तरण गरे ।
त्यस अवसरमा मन्त्री पाण्डेले एउटा दमकलको साँचो काठमाडौँ महानगरपालिकाका निमित्त प्रमुख कार्यकारी अधिकृत सनतकुमार थापालाई हस्तान्तरण गरे ।
मन्त्री पाण्डेले आगलागी नियन्त्रण गर्न भारत सरकारबाट प्राप्त दमकलले थप सहयोग पु¥याउने बताए ।
राजदूत रायले आगलागीबाट हुने क्षति न्यूनीकरणका लागि दमकलकै भर पर्नुपर्ने उल्लेख गर्दै ती दमकलले प्रयोगले यस्ता कामकामा मद्दत मिल्ने विश्वास व्यक्त गरे ।
हाल २१७ नगरपालिकामध्ये ७१ नगरपालिकामा १०१ बटा दमकल रहेको उक्त मन्त्रालयका सहसचिव गोपीकृष्ण खनालले जानकारी दिए ।

ratopati
काठमाडौं, ८ भदौ । नेपाली कांग्रेसले पार्टीका तर्फबाट जान बाँकी ९ जना नेताहरूको नाम मन्त्रीका लागि सिफारिस गरेको छ । सभापति शेरबहादुर देउवाले अर्जुननरसिंह केसी, बालकृष्ण खाँड, डा. प्रकाशशरण महत र जीवनबहादुर शाहीलाई मन्त्रीमा सिफारिस गरेको स्रोतले जनाएको छ ।
यी चार जना देउवा निकटका मानिन्छन् । केसीलाई शिक्षा, खाँडलाई रक्षा, डा. महतलाई परराष्ट्र र शाहीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी दिन सिफारिस गरिएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेलले कोषाध्यक्ष सीतादेवी यादव, केन्द्रीय सदस्य नवीन्द्रराज जोशी, बलबहादुर केसी र दीपक गिरीलाई मन्त्री बनाउन सिफारिस गरेका छन् । कोषाध्यक्ष यादव र जोशी मन्त्री हुने निश्चित भएपनि केसी र गिरीमध्ये कसलाई कुन मन्त्रालयको जिम्मेवारी दिने टुंगोमा देउवा पुगेका छैनन् । कोषाध्यक्ष यादव र जोशीमध्ये एकलाई शान्ति तथा पुनर्निर्माण र ढुंगानालाई सामान्य प्रशासन मन्त्रालय दिने तयारी भएको बुढानिलकण्ठ स्रोतले बतायो । नेता कृष्णप्रसाद सिटौलाको सिफारिसमा केन्द्रीय सदस्य गगन थापा मन्त्री हुने पक्का छ । थापालाई शहरी विकास मन्त्रालयको जिम्मेवारी दिने तयारी छ । प्रभावशाली नेता खुमबहादुर खड्काको सिफारिस शंकर भण्डारीलाई भएपनि उनलाई आजै सपथ खुवाउने वा नखुवाउने भन्ने निश्चित भएको छैन् । dainiknepal
काठमाडौं, भदौ ८ । म्यानमारमा बुधबार शक्तिशाली भूकम्प गएको छ ।

नेपाली समयअनुसार बुधबार दिउँसो ४ बजेर १९ मिनेटमा म्यानमार केन्द्रबिन्दू भएर ६.८ म्याग्निच्यूडको भूकम्प गएको अमेरिकी भूगर्भीय सर्वेक्षण (युएसजीएस)ले जनाएको छ ।

त्यसको धक्का बंगलादेश, भारतका विभिन्न स्थान हुँदै काठमाडौंसम्म महसुस गरिएको छ ।

भूकम्पबाट भएको कुनैपनि क्षतिको विवरण भने प्राप्त भइसकेको छैन । विस्तृत विवरण आउन बाँकी छ ।

बुधबारै बिहान इटालीमा ६.२ म्याग्निच्यूडको भूकम्प गएको थियो ।

imagekhabar
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Aug 24 (6)
  • Aug 23 (1)
  • Aug 19 (1)
  • Aug 18 (19)
  • Aug 17 (17)
  • Aug 16 (24)
  • Jan 24 (18)
  • Jan 23 (27)
  • Jan 22 (32)
  • Jan 21 (35)
  • Jan 20 (35)
  • Jan 19 (34)
  • Jan 18 (40)
  • Jan 17 (45)
  • Jan 16 (27)
  • Jan 15 (29)
  • Jan 14 (35)
  • Jan 13 (40)
  • Jan 12 (32)
  • Jan 11 (39)
  • Jan 10 (31)
  • Jan 09 (23)
  • Jan 08 (31)
  • Jan 07 (30)
  • Jan 06 (39)
  • Jan 05 (34)
  • Jan 04 (39)
  • Jan 03 (43)
  • Jan 02 (47)
  • Jan 01 (31)
  • Dec 31 (34)
  • Dec 30 (36)
  • Dec 29 (43)
  • Dec 28 (33)
  • Dec 27 (27)
  • Dec 26 (38)
  • Dec 25 (33)
  • Dec 24 (38)
  • Dec 23 (44)
  • Dec 22 (39)
  • Dec 21 (37)
  • Dec 20 (40)
  • Dec 19 (31)
  • Dec 18 (47)
  • Dec 17 (30)
  • Dec 16 (16)
  • Dec 15 (42)
  • Dec 14 (30)
  • Dec 13 (32)
  • Dec 12 (35)
  • Dec 11 (42)
  • Dec 10 (26)
  • Dec 09 (31)
  • Dec 08 (15)
  • Dec 07 (37)
  • Dec 06 (30)
  • Dec 05 (34)
  • Dec 04 (32)
  • Dec 03 (33)
  • Dec 02 (36)
  • Dec 01 (37)
  • Nov 30 (48)
  • Nov 29 (28)
  • Nov 28 (35)
  • Nov 27 (35)
  • Nov 26 (47)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (27)
  • Nov 22 (32)
  • Nov 21 (43)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (22)
  • Nov 17 (29)
  • Nov 16 (32)
  • Nov 15 (25)
  • Nov 14 (28)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (42)
  • Nov 09 (22)
  • Nov 08 (40)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (42)
  • Nov 01 (44)
  • Oct 31 (29)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (47)
  • Oct 27 (32)
  • Oct 26 (39)
  • Oct 25 (35)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (22)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (31)
  • Oct 02 (29)
  • Oct 01 (29)
  • Sep 30 (29)
  • Sep 29 (24)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (26)
  • Sep 25 (27)
  • Sep 24 (18)
  • Sep 23 (15)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (26)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (12)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (19)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (22)
  • Sep 07 (22)
  • Sep 06 (26)
  • Sep 05 (18)
  • Sep 04 (23)
  • Sep 03 (24)
  • Sep 02 (25)
  • Sep 01 (24)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (27)
  • Aug 28 (28)
  • Aug 27 (30)
  • Aug 26 (29)
  • Aug 25 (24)
  • Aug 24 (35)
  • Aug 23 (30)
  • Aug 22 (31)
  • Aug 21 (32)
  • Aug 20 (30)
  • Aug 19 (33)
  • Aug 18 (27)
  • Aug 17 (34)
  • Aug 16 (28)
  • Aug 15 (23)
  • Aug 14 (23)
  • Aug 13 (22)
  • Aug 12 (19)
  • Aug 11 (18)
  • Aug 10 (24)
  • Aug 09 (16)
  • Aug 08 (18)
  • Aug 07 (25)
  • Aug 06 (16)
  • Aug 05 (18)
  • Aug 04 (21)
  • Aug 03 (19)
  • Aug 02 (14)
  • Aug 01 (17)
  • Jul 31 (19)
  • Jul 30 (19)
  • Jul 29 (15)
  • Jul 28 (12)
  • Jul 25 (14)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home