• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
काठमाडौं, ३० कात्तिक । बिहार विधानसभा चुनावमा भारी बहुमतले जितेका नीतिशकुमारले यही महिनाको २० तारिखमा मुख्यमन्त्री पदको सपथ लिने भएका छन् ।
शनिबार नीतिश-लालु महागठबन्धनका विधायक दलका नेता चुनिएका नीतिशकुमारले नोभेम्बर २० तारिख दिउँसो २ बजे पटनास्थित गान्धी मैदानमा मुख्यमन्त्री पदको सपथ लिने कार्यक्रम तय भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन ।
उनको नयाँ मन्त्रिमण्डलमा तीन दलका विधायक सहभागी हुनेछन् । यस्तै, बिहारमा नीतिशले सपथ लिएसँगै नेपाल-भारतको मुख्य रक्सौल-बीरगञ्ज नाका खुकुलो हुने टिप्पणी गरिएको छ ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी भारतीय जनता पार्टीलाई नराम्रोसँग पराजित गरेको महागठबन्धन सरकारले नेपालसँग मित्रता बढाउने र मोदी नेतृत्वको केन्द्र सरकारको नीति नमान्ने समाचार टिप्पणीमा उल्लेख छ ।
किनकि मोदी र नीतिश-लालु महागठबन्धनको तालमेल राम्रो छैन् । जून चुनावको प्रचारप्रसारका समयमा लगाइएका गम्भीर आरोपबाटै प्रष्ट छ । मोदीका एक नेताले नीतिशकुमार जित्यो भने पाकिस्तान हास्ने छ भनेर खिल्ली समेत उठाएका थिए । जसका कारण विहारमा नयाँ आउने सरकारले मोदी सरकारको नीति नमान्ने समाचारमा जनाइएको छ ।
बिहारसँग जोडिएको र भारतबाट ७० प्रतिशत आयात हुने नाका बीरगञ्ज भएकाले पनि नीतिशकुमारले सो नाका भारतीय पक्षबाट खोलिदिने अनुमान गरिएको छ । यसअघि पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको टेलिफोन सम्पर्कमा समेत नीतिशकुमारले सीमा समस्या हटाउन आफूले पुरै पहल गर्ने बताएका थिए । (एजेन्सीको सहयोगमा)
ainiknepal
नेपाली सांगीतिक क्षेत्रमा सफल गायिकाको पर्यायवाची नाम हो, अञ्जु पन्त। २०५३ सालमा शिला पन्तको शब्द एवं स्व. कृष्णमान डंगोलको संगीतमा ‘मनवा मन नै योगी बनाऊ' बोलको भजन रेकर्ड गराई गायन क्षेत्रमा प्रवेश गरेकी उनले लगभग ६ हजार गीतमा स्वर दिइसकेकी छन्।

अमेरिका, बेलायत, अस्ट्रेलिया, जापान, मलेसिया, हङकङ, कोरिया, कतार, साउदी, कुबेतलगायतका विभिन्न मुलुकमा सांगीतिक प्रस्तुति दिइसकेकी अञ्जु सर्वाधिक अवार्ड पाउने गायिका पनि हुन्। समकालीन गायिकामा मेलोडी क्विनका रूपमा चिनिएकी अञ्जु पन्त र अशोकप्यासी राईबीच भएको कुराकानीको मुख्य अंश:


अहिले दैनिकी कसरी चल्दैछ?    
गायनमै व्यस्त छु। पछिल्लो समय सक्रियताका साथ संगीतमा लागेको छु। दैनिक एकदुईवटा गीत रेकर्ड भइरहेको छ।

गायनमा सफलता चुमिरहेका बेला एक्कासि ब्रेक लाग्यो नि?    
त्यो समय मेरो जीवनकै कठिन क्षण थियो। स्वस्थ्यका कारण शारीरिकमात्रै होइन पारिवारिक समस्या पनि एकैसाथ सामना गर्नुपर्‍यो। रातदिन रोएर बस्थेँ।

त्यो क्षण अहिले सम्झँदा कस्तो लाग्छ?    
त्यो समयमा धन्न ढलेनछु। त्यो नै ठूलो कुरा हो । जे हुन्छ राम्रोकै लागि हुन्छ । अनकन्टार रातपछि बिहानी हुन्छ।

अहिले मलाई जीवनमा त्यही बिहानी आए जस्तो लागिरहेको छ । त्यसबेला मलाई सम्हाल्ने धेरै हात छन् । सबैप्रति मनदेखि म आभारी छु ।

जीवनको भोगाइ जस्तै प्रायः वियोगान्त गीत बढी गाउनुभएको छ?    
वियोगान्त गीतले सबैको मन छुन्छ। जीवन्त हुन्छ । सुख त जीवनको पाहुनामात्रै हो।

जीवनमा दुःख र संघर्ष नै बढी हुन्छ। मलाई पनि पीडादायी भावका गीत बढी मनपर्छ।

गुनगुनाई राख्न मन लाग्ने गीत?    
धेरै छन्। आफैंले गाएका गीतको कुरा गर्दा ‘जिन्दगी यो फूलैफूलको थुँगो हुँदैन', 'माया एउटासँग विवाह अर्कैसँग', ‘तिमी कसको हुने होला', 'खै के होला र औषधि कुँडिएको मनको' आदि।

आफ्नो स्वरमा रेकर्ड भएका गीत कति जति भयो होला ?    
६ हजारको हाराहारीमा हुनुपर्छ।

स्वरले जीवन सानदार बनाइदियो है?    
स्वरले मलाई जीवनमा धेरै दिएको छ  बचाउन सकिन होला तर गाएरै धेरै रुपैयाँ कमाएकी छु। आफ्नै कमाइले कपनमा घर बनाएँ।

अफर आएकामध्ये कति जति गीत आविष्कार गर्नुभएको होला?    
धेरै गीत छाडेकी छु। कहिले समय मिल्दैन । कुनै शब्द त कुनै ट्युन मन पर्दैन। आफूलाई सम्झेर आएपछि सकभर यसो गरौं भन्छु मानेनन् भने छाडिदिन्छु।

गीत अस्वीकार गरेपछिको प्रतिक्रिया?
व्यावसायिक रूपमा लागेकाले सामान्य रूपमा लिन्छन्। सबैको सोच र चाहना एउटै हुँदैन। कतिपयले मनमा ईख लिन्छन् होला तर समय आएपछि आफैं रिलाइज गर्छन्।
  अनकन्टार रातपछि बिहानी हुन्छ।अहिले मलाई जीवनमा त्‍यही बिहानी आएजस्तो लागिरहेको छ। दु:खमा मलाई सम्‍हाल्‍ने धेरै हात छन्। सबैप्रति मनदेखि आभारी छु।
कतिपय संगीतकार ट्युनमा जिद्दी गर्छन् नि ?    
त्यस्तो हुन्छ। वास्तवमा संगीतकारले गीतको ज्यान तयार पार्छन् भने त्यसमा आत्मा भर्ने काम गायकगायिकाले गर्छन्।

के कुराले तपाईंलाई संगीतमा आकर्षित गरिरहन्छ?
मेरो लागि संगीत सबैथोक भने पनि हुन्छ। जब स्टेजमा श्रोता/दर्शकका अगाडि उभिन्छु मलाई परिवारका साथमा रहे जस्तो अनुभूति हुन्छ।

मेरो मन अनि स्वर खुल्छ। धेरै कुरा भन्न मन लाग्छ। कतिपय दर्शक त मेरो कुरा सुनेर हलभित्र रोइरहेको पनि देखेको छु।

नेपाली संगीतमा सिनियर र जुनियरबीच ग्याप छ है?    
त्यस्तो देखिन्छ। म संगीत क्षेत्रमा संघर्ष गर्दैगर्दा चलेका कलाकारले राम्रो बोलिदिए मात्रै पनि कति खुसी लाग्थ्यो।

त्यही सम्झेर नयाँ कलाकारलाई हौसला दिन्छु। सम्मान गर्छु। आजका नयाँले भोलि उद्योग हाँक्ने हुन्।

संगीत क्षेत्रमा लाग्दाको क्षण सम्झँदा कस्तो लाग्छ?    
त्यो समय निकै कष्टकर थियो। गाउन सक्छु भन्ने आत्मविश्वास भए पनि यतिको सफलता पाइएला भन्ने कल्पना गरेकी थिइनँ।

नयाँ एल्बमको तयारी ?
साँच्चिकै भन्ने हो भने अहिलेसम्म मैले चाहेजस्तो एल्बम निकाल्नै पाएको छैन। अरूको गीत, संगीत, लगानीमा गायो उनीहरूले चाहे जस्तो गीत हुन्छ।

सम्भव भयो भने आफ्नै शब्द संगीतमा मेरो मनले चाहेजस्तो गीत समेटेर एल्बम निकाल्ने योजना छ तर व्यस्तताका कारण समय मिलेको छैन।

भविष्यको योजना?
जीवन सोचेजस्तो हुन्न रहेछ तापनि केही समय गायनलाई नै निरन्तता दिनेछु। भविष्यमा राम्रो रेकर्डिङ स्टुडियो बनाएर प्रतिभावान् कलाकारलाई गीत रेकर्डको अवसर दिने, संगीत स्कुल खोलेर एउटा घराना तयार गर्ने सोच छ।
annapurnapost
काठमाडौं, ३० कात्तिक । आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा गरेको सम्बोधनमा भारतको खुलेरै विरोध गरेका थिए । भारतले नाकाबन्दी गरेर अमानवीय व्यवहार गरेको आरोप लगाएका थिए ।
तर, यो दुःखको घडीमा नेपाललाई भौगलिक विकटताका बाबजुद पनि अनुदानमा तेल दिएर सहयोग गरेको भन्दै चीनलाई धन्यवाद दिएका छन् । आफ्नो सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले चीनको प्रशंसा गरेका थिए ।
आफ्नो विरोध र चीनको प्रशंसा नेपालमा भएपछि भारतमा हंगामा मच्चिएको छ । खासगरी केन्द्रीय राजधानी दिल्लीमा राजनीतिक दलका नेताहरु चीनको प्रशंसा भएपछि अचम्मा परेका छन् । उनीहरुले अब नेपालमा आफ्नो एकाधिकार र जे भन्यो त्यो नचल्ने निष्कर्ष पनि निकालेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
भारतीय च्यानल आजतकले लेखेको छ– ‘नेपालले भारतको विरोध गरेर चीनको प्रशंसा गरेको छ । यो पहिलोपटक हो । अब नेपालमा भारतको प्रभाव विस्तारै कम हुने देखिएको छ ।’
यस्तो छ आजतकले लेखेको समाचार, जस्ताको तेस्तैः
नेपाल के प्रधानमंत्री ओली ने फिर भारत को कोसा, चीन को सराहा
नेपाल ने प्रधानमंत्री केपी ओली ने एक बार फिर भारत को देश में आए संकट के लिए जिम्मेदार माना है और तेल समेत दूसरी अन्य सहायता के लिए चीन की प्रशंसा की है. ओली ने रविवार को कहा कि सीमा पर भारत की ओर से अघोषित नाकाबंदी ने राष्ट्र में मानवीय संकट की स्थिति उत्पन्न कर दी है और ऐसे हालात ने दोनों देशों के बीच ऐतिहासिक संबंधों के महत्व को कम करने का काम किया है.
नेपाल में टीवी पर अपने पहले संबोधन में ओली ने कहा, ‘नाकाबंदी का दंश जिन लोगों को सबसे अधि‍क भोगना पड़ रहा है, उनमें गर्भवती महिलाएं, स्कूल जाने वाले बच्चे और वे लोग भी शामिल हैं, जिन्हें तत्काल चिकित्सीय सहायता की जरूरत है.’ उन्होंने आगे कहा कि सीमा पर नाकाबंदी के कारण लोगों के दिलो-दिमाग में अपने एक महत्वपूर्ण पड़ोसी को लेकर नकारात्मक छवि बनी है.
‘चीन के साथ व्यापार का करेंगे विस्तार’
दूसरी ओर, अपने एक अन्य पड़ोसी चीन की प्रशंसा करते हुए प्रधानमंत्री केपी ओली ने कहा, ‘हम चीन के साथ अपने व्यापार को न सिर्फ बढ़ाएंगे बल्कि‍ उसका विस्तार भी करेंगे.’ उन्होंने कहा कि मौजूदा संकट एक सबक है और यह देश के लिए आत्मनिर्भरता और तपस्या की ओर बढ़ने का समय है.
भारतीय नेताओं और प्रमुखों द्वारा पनबिजली परियोजनाओं की बहाली के लिए पिछले साल की गई उच्च स्तरीय यात्राओं को याद करते हुए ओली ने कहा, ‘नेपाल जिस युद्ध जैसी स्थि‍ति का सामना कर रहा है उसकी पृष्ठभूमि में वही प्रगति के कार्य हैं.’
‘संविधान का मसौदा हमारा आतंरिक मामला’
प्रधानमंत्री के संबोधन से इतर नेपाल ने भारत और अन्य देशों को अपने मामलों में हस्तक्षेप नहीं करने की सलाह दी है. उसने स्पष्ट किया है कि संविधान का मसौदा तैयार करना उसका अंदरूनी मामला है और वह खुद अपने मुद्दों से निपटने में सक्षम है. नेपाल विदेश मंत्रालय के प्रवक्ता द्वारा जारी एक बयान में कहा गया, ‘नेपाल शांति, स्थिरता और समृद्धि के लिए अंतरराष्ट्रीय समुदाय द्वारा दिए गए सहयोग व शुभकामनाओं का सम्मान करता है.’
नेपाल की यह प्रतिक्रिया 13 नवंबर को जारी एक संयुक्त बयान के जवाब में आई है, जिसमें प्रधानमंत्री नरेंद्र मोदी की लंदन यात्रा के दौरान भारत और ब्रिटेन ने नेपाल में स्थाई एवं समावेशी संवैधानिक समाधान के महत्व पर जोर दिया था. संयुक्त बयान के मुताबिक, इससे चिंता के अन्य क्षेत्रों का समाधान होगा और राजनीतिक स्थिरिता एवं आर्थिक विकास को बढ़ावा मिलेगा.
नेपाल में भारतीय मूल के मधेशी लोगों द्वारा विरोध स्वरूप की जा रही नाकेबंदी के कारण ईंधन की भारी किल्लत हो गई है. मधेशी लोग नए संविधान के तहत देश को सात प्रांतों में बांटे जाने का कड़ा विरोध कर रहे हैं.
dainiknepal
काठमाडौं ।
ओलीलाई छोडेर आफूलाई साथ दिन सुशील कोइरालाले राखेको आकर्षक प्रस्ताव प्रचण्डले ठाडै अस्वीकार गरेको धेरै भएको छैन । कोइरालाले प्रचण्डलाई आफूलाइ साथ दिए उपराष्ट्रपति सहित सभामुख र आकर्षक मन्त्रालय दिन तयार रहेको बताएका थिए । तर राष्ट्रियताको सवाल भन्दै प्रचण्डले कोइरालाको प्रस्ताव ठाडै अस्वीकार गरे ।

आगामी चुनावमा समेत एमाओवादीलाई फाइदा हुने भन्दै ओलीको साथ नदिन प्रचण्डलाई आग्रह गरेका थिए । तर प्रचण्डले भने तीन दलबीचको सहमति टुटाएर देशको भलो नहुने भन्दै विगतको भद्र सहमति अनुसार नै अगाडी बढ्न जवाफ दिएका थिए । ‌ओलीलाई प्रधानमन्त्री बनाउन संसदमा प्रस्तावक बसेका प्रचण्डले सुशील कोइरालालाई मलिन अनुहार बनाउने गरी भाषण गरेर कठोर टिप्पणी समेत गरे ।

राष्ट्रवादी मोर्चा बनाएर ओलीलाई प्रधानन्त्री बनाएका ओलीले अव आएर ओलीको रबैयाप्रति असन्तुष्टि जनाउन थालेका छन् । सरकार बनेको एक महिना वितिसक्दा पनि भारतले नाकाबन्दी नखोल्ने बरु कँसिलो बनाउँदै जाने संकेतकाबीच प्रचण्ड र ओलीकोबीचमा दरार पैदा हुने संकेत देखिएको छ । ओली सरकार बनाउन र उनकै सुविधाजनक राष्ट्रपति देखि मन्त्रीहरु सम्म बनाउन पनि सघाएका ओलीप्रति प्रचण्डको मोह भंग भएको संकेत उनको पछिल्लो ब्यवहारले गरेको छ ।

ओली आफ्नो अडानबाट टसमस नहुने तर मधेश समस्याका नाममा भारतले नाकबन्दी पनि लम्ब्याउँदै जाने परिस्थिति देखिएपछि ओलीको सार्वजनिक आलोचना गर्ने अवस्थामा आएका छन् । शनिबार मधेशी मोर्चाका नेतासँग प्रचण्डले भनेका थिए, ‘तपार्इंहरूका मुद्दालाई सम्बोधन गरौं भने यति छिट्टै कसरी सरकार गिराउनु ? नगरौं भने मुलुकको एकतामै अप्ठ्यारो परिसक्यो।’ प्रचण्डले ओलीको मधेश विरोधी ब्यवहारबाट आफू पनि आजित भएको समेत मधेशी नेताहरुले बताएका थिए । प्रचण्डलाई उद्धृत गर्दै ती नेताले भने, ‘ओलीको उग्र मधेसविरोधी नीतिप्रति तपाईंहरू मात्र नभएर म पनि असहमत छु। मैले पटकपटक उग्र मधेसविरोधी नीति त्याग्न प्रधानमन्त्रीलाई आग्रह गरिसकेको छु।’

उपराष्ट्रपतिको विषयमा झण्डै आमने सामने भएको ओली र प्रचण्डको इगो मधेशको मुद्धालाई लिएर टकरावहुँदै सम्बन्ध विच्छेदसम्म पुग्न सक्ने केही विश्लेषकहरुले बताएका छन् । उपराष्ट्रपतिको चुनाव अघि एमालेले पासाङलाई अस्वीकार गरे सरकारमा सहभागिताबारे समेत पुनर्विचार गर्ने चेतावनी एमाओवादी नेतृत्वले एमालेलाई दिएको थियो ।

१२ बैशाखको भूकम्प जानु अघी सम्म आक्रमक देखिएका प्रचण्ड भूकम्पपछिको राजनीतिक अवस्थामा निक्कै नरम र सम्झौता गर्ने मुडमा प्रस्तुत भए । यहीबीचमा उनी र उनले उठान गर्दै आएका मुद्धामा अति अनुदार मानिने एमाले अध्यक्ष केपी शर्मा ओलीसँग अनौठो मेल हुन पुग्यो र त्यही पृष्ठभूमिमा प्रमुख ४ दलबीच ८ प्रदेशको संघीयता बनाउने सहमति सहितको १६ बुँदे सहमतिमा हस्ताक्षर हुन पुग्यो ।

संघीयताका प्रदेशकै विषयमा अघिल्लो संविधानसभा विघटन गर्न तयार भएका प्रचण्डले दोश्रो संविधानसभामा आफ्नो कमजोर उपस्थितिलाई पनि अर्थपूर्ण पार्न सफल भएको दावी ८ प्रदेशको संघीयतामा निक्कै बलिया मानिएका कांग्रेस एमालेलाई सहमत गराएपछि गरे । तर उनले गरेको सहमतिले उनीसँगै आन्दोलनमा रहेका उनका सहकर्मी मधेशी नेताहरु भने रिसाएर सम्बन्ध विच्छेद गर्न पुगे । प्रचण्डको सोही निर्णयपछि उनी मधेशलाई ढाँट्ने र छल्ने नेताकोरुपमा चित्रित समेत भएका छन् । मधेशी नेताहरुले प्रचण्डले किन ब्यवहार बदले भनेर प्रश्न गर्ने गर्छन् ।

संविधानको दोश्रो निर्वचनपछि नै एमाओवादी र मधेशवादी दलका मागप्रति अति कठोर र अनुदार अभिब्यक्ति दिँदै आएका ओलीसँग भूकम्पपछि एका एक साँगठगाँठ गरेका प्रचण्ड अव आएर ओलीको त्यही अनुदार चरित्रका कारण प्रचण्डलाई ओलीसँग डिल गर्न कठिनाइ परेको छ । संविधान बनाउनु पूर्व भारत गएर आएका प्रचण्डले भारतले चाहेको जस्तै हिन्दु राष्ट्रको शब्दावली राख्ने र मधेशको आन्दोलनका मुद्धा समाधान गरेर मात्र संविधान जारी गर्ने प्रतिबद्धता जनाएको बताइन्छ । तर संविधान जारी हुने मिति तय भएपछि त्यसलाई रोक्न काठमाडौं आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विशेष दुतलाई प्रचण्ड र ओलीले प्रयोग गरेको भाषा र ब्यवहारले दिल्ली ठुस्किएको छ ।

विगतमा प्रचण्डका अति निकट मानिने राजनीतिक विश्लेषक तथा साहित्यकार खगेन्द्र संग्रौला र पत्रकार किशोर नेपाल सम्मले मधेश आन्दोलन चर्किनुमा प्रधानमन्त्री केपी ओली र एमाओवादी अध्यक्ष प्रचण्को हात रहेको टिप्पणी गर्न थालेपछि प्रचण्ड तनावमा छन् । मधेशकै कारण देखाएर भारतीय नाकाबन्दी लम्बिने र मधेशीहरुको पराया बनिरहनु परेको अवस्थामा ओलीका कारण मधेश समस्या समाधानमा समेत ठोस कदम चाल्न नसक्ने अवस्था आएपछि ओलीसँगको सम्बन्धबारे गम्भिर समीक्षा गर्ने चरणमा पुगेको उनी निकट एक नेताले नेपाली हेडलाइन्सलाई बताए ।

प्रचण्डले ओली सरकार ढले पनि ढलोस् भन्ने स्टाइलमा नयाँ निर्णय लिएर मधेश मुद्धा सम्बोधन गर्ने र भारतीय नाकाबन्दी पनि खुलाउने रणनीति अघि सारेमा ओली सरकार ढल्ने मात्र होइन देशकै राजनीतिमा फरक किसिमले उथल पुथल पनि हुन सक्छ ।
sajhaonlinepatrika भिडियो हेर्न तलको बाकस थिच्नुहोस
३० कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र एकीकत नेकपा माओवादीका अध्यक्ष प्रचण्डबीच अहिले छलफल भइरहेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा जारी वार्तामा मधेसी मोर्चासाग आइतबार भएको वार्ताको समिक्षा भइरहेको छ ।
प्रमुख दलका शीर्ष नेता र मधेसी मोर्चाबीच आइतबार भएको वार्ता विना निष्कर्ष टुंगिएको थियो ।
onlinekhabar
सरकार र मोर्चा सहमती कहिले ?

३० कात्तिक, काठमाडौं ।

आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सरकारले गठन गरेको वार्ता टोलीलाई निर्णय गर्ने म्याण्डेड नभएको भन्दै वार्ता गर्न नसक्ने बताएपछि सरकारले शिर्ष नेता रहेको वार्ता टोली गठन गर्यो । सरकार सञ्चालनका लागि बनेको उच्च स्तरिय राजनीतिक समन्यव समितिका अधयक्ष प्रचण्डलाई वार्ता गर्ने जिम्मा दिए पनि तत्काल सहमती हुने सम्भावना देखिएको छैन ।

विभिन्न पार्टीका नेताहरुले सरकार र मधेसी मोर्चाबीच तत्काल सहमती हुने सम्भावना नरहेको बताएका छन् । दुबै पक्ष आ–आफ्नै अडानमा रहेकाले सहमती भइहाल्ने अवस्था नरहेको नेताहरुको भनाई छ । सरकारी वार्ता टोलीका सदस्य एवं स्वास्थ्य मन्त्री रामजनम चौधरीले प्रदेशको सिमांकनमा कांग्रेस एमाले सहमत नभएसम्म सहमतीको सम्भावना नरहेको बताए ।


तर अहिलेसम्म प्रधानमन्त्री केपी शर्मा ओली केही सकारात्मक भएपनि माधव कुमार नेपाल र झलनाथ खनाल तथा नेपाली कांग्रेस सिमांकनमा तयार नरहेको उनको आरोप छ । त्यस्तो अवस्थामा नाकावन्दी फागुन सम्म लम्बिन सक्ने आफूले थाहा पाएकोे मन्त्री चौधरीले बताए ।

एकीकृत माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पनि तत्काल मिल्ने संकेत नदेखिएको भएपनि छलफल जारी रहेको बताए । कांग्रेस एमालेसँग थप छलफल गरेपछि मोर्चासँग वार्ताको मिति तय हुने उनको भनाई छ ।

मोर्चाले भने सरकारले सहमतीभन्दा पनि आपूति सहज बनाउने तिर मात्र ध्यान दिएको आरोप लगाएको छ । मोर्चाका नेता एवं तराई मधेस लोकतान्त्रिक पार्टीका उपाध्यक्ष हृदयेश त्रिपाठीले सिमांकन सम्बन्धि माग पूरा नभए आफूहरुले आत्म समपर्ण गर्न नसक्ने र आन्दोलनलाई निरन्तरता दिँदै छठपछि थप शसक्त बनाउने बताए ।

सरकार दमन गरेर मुठभेड निम्त्याउन लागि परेको उनको आरोप छ । हिजो शिर्ष तहमा भएको वार्तामा समस्या समाधान गर्ने गरी प्रदेशको सिमांकन समबन्धी प्रस्ताव ल्याउन भने पनि मोर्चाले भने यसअघि राज्य पुर्नसंरचना आयोगले तयार पारेको प्रस्तावलाई नै आधार बनाइनु पर्ने बताएको छ । मोर्चाका नेता एवं संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले अहिलेसम्म वार्ता बारे कुनै जानकारी नआएको बताए ।

nepaliheadlines
कार्तिक ३०, २०७२- सरकारले मुलुकमा हिउँद र सुक्खायाममा लोडसेडिङ बढ्न नदिन भारतबाट आगामी पुस तेस्रो सातादेखि थप ९० मेगावाट बिजुली आयात गर्ने भएको छ। दुवै देशका पावर ट्रान्समिसन कम्पनीले निर्माण गरिरहेको नेपाल–भारत अन्तरदेशीय प्रसारण लाइनको काम अन्तिम चरणमा पुगेको र आगामी जनवरीसम्ममा सम्पन्न भई विद्युत् प्राधिकरणले त्यसैबाट थप बिजुली आयात गर्ने तयारी भएको जानकारी ऊर्जा सचिव राजेन्द्रकिशोर क्षेत्रीले दिए।

नेपाल र भारतले संयुक्त रूपमा निर्माण गरिरहेको ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनको काम तराई–मधेसको आन्दोलन र स्थानीय अवरोधका कारण केही समय अवरुद्ध भए पनि पछिल्लो दिनमा काम सुचारु छ। यसबीचमा कुनै अवरोध नआए प्रसारण लाइन निर्माणकार्य आगामी पुस १५ सम्ममा करिब–करिब सम्पन्न हुने जानकारी ऊर्जा मन्त्रालयका अधिकारीले दिए।

अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्न नेपाल र भारतबीच २०६४ सालमा भएको सम्झौतामा उक्त प्रसारण लाइनबाट कम्तीमा डेढ सय मेगावाट बिजुली आयात या निर्यात गर्नुपर्ने उल्लेख छ। पुस १५ सम्ममा उक्त प्रसारण लाइनमा ठूलो क्षमताको ट्रान्सफर्मर जडान
गर्ने लगायतका थोरै काम मात्र बाँकी रहनेछ। ती कार्य सम्पन्न नभएसम्म बनिसकेको ठाउँमा अन्तरदेशीय प्रसारण लाइनबाट र बन्न बाँकी ठाउँमा १ सय ३३ केभीको प्रसारण लाइनबाट आगामी पुस १५ (जनवरी) देखि ९० बिजुली आयात गरिने जानकारी ऊर्जा सचिव क्षेत्रीले दिए।

उनका अनुसार १ सय ५० मेगावाट बिजुली आयात गर्ने सहमति भए पनि १ सय ३३ केभीको प्रसारण लाइनबाट ९० मेगावाट मात्र ल्याउन सकिन्छ। हाल भारतबाट प्राधिकरणले १ सय ८० देखि १ सय ९० मेगावाट बिजुली आयात गरिरहेको छ। नेपालले भारतबाट आवश्यकताअनुसार बढीमा २ सय २६ मेगावाटसम्म बिजुली आयात गर्ने गरेको छ। ९० मेगावाट थपिएपछि भारतबाट आयात हुने बिजुली ३ सय मेगावाटभन्दा बढी पुग्नेछ।

हिउँदमा दैनिक १२ घण्टाभन्दा बढी लोडसेडिङ हुने प्राधिकरणको आँकलन थियो। भारतबाट थप बिजुली आयात भएपछि मुलुकमा लोडसेडिङ दैनिक १० घण्टाभन्दा बढ्ने छैन। नेपालले भारतबाट व्यापारिक मूल्यमा बिजुली आयात गरिरहेको छ। व्यापारिक मूल्यमा किन्दा प्रतियुनिट करिब ९ रुपैयाँ पर्ने गरेको छ।

ऊर्जा सचिव क्षेत्रीका अनुसार अन्तरदेशीय प्रसारण लाइन पूर्ण रूपमा बनेपछि भने त्यहाँबाट १ सय ५० मेगावाट बिजुली आयात गरिनेछ। प्राधिकरणका उच्च अधिकारी र भारतीय ऊर्जा दलाल कम्पनी (पीटीसी) बीच केही दिन पहिले भएको द्विपक्षीय वार्तामा तत्काल नेपाललाई ९० मेगावाट बिजुली उपलब्ध गराउने समझदारी भएको थियो। प्राधिकरणको आग्रहमा नै पीटीसीले नेपाललाई तत्काल थप ९० मेगावाट विद्युत् उपलब्ध गराउने सहमति जनाएको हो।

हाल उक्त प्रसारण लाइनको नेपालतर्फ पाँचवटा टावर निर्माण गर्न बाँकी छ। ९.५ किलोमिटर प्रसारण लाइन जोड्न बाँकी छ। भारततर्फ पनि केही टावर निर्माण गर्न बाँकी छ। भारतसित भएको सहमतिअनुसारै ढल्केबरमा १०० एमभीए क्षमताको ट्रान्सफर्मर जडान कामसमेत सुरु भएको छ। त्यो ट्रान्सफर्मरबाट ९० मेगावाट आयात गर्न सकिन्छ। भारत सरकारले अर्को ट्रान्सफर्मर जडान गरेर थप ९० मेगावाट बिजुली दिने आश्वासनसमेत दिएको छ।

भारतसित ०६४ सालमा भएको सम्झौताअनुसार नेपालले आफ्नोतर्फको प्रसारण लाइन निर्माणका लागि पावर ट्रान्समिसन कम्पनी स्थापना गरेको छ। १ सय २९ दशमलव ५ किलोमिटर लामो अन्तरदेशीय प्रसारण लाइन निर्माण डेढ वर्षमा गर्ने लक्ष्य राखिएको थियो।
मधेस आन्दोलन र स्थानीय अवरोधका कारण नेपालतर्फको ४१ दशमलव ५ किलोमिटर लामो प्रसारण लाइन निर्माण कार्यमा केही ढिलाइ भएको हो। निर्माणमा ढिलाइ भएकाले लागत बढ्ने जानकारी प्राधिकरणका अधिकारीले दिए।

नेपालतर्फ १ सय १५ वटा टावर निर्माणकार्य अन्तिम चरणमा पुगेको छ। भारतीय भूमिमा पर्ने ८८ किलोमिटर प्रसारण लाइनको निर्माण भारतको बोर्डर पावर ट्रान्समिसन कम्पनीले गरिरहेको छ। भारततर्फ २ सय ३९ वटा टावर निर्माण भइरहेका छन्।

kantipur.ekantipur
काठमाण्डु, ३० कात्तिक– सीमांकनप्रति असहमति जनाउँदै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आन्दोलन सुरु गरेको तीन महिना पुगेको छ ।

यसबीचमा आन्दोलनकारी दलहरुले खर्चको जोहो कसरी गरे र त्यसको हिसाबकिताब के छ त ? भन्ने गम्भीर प्रश्न बाहिर मात्रै होइन आन्तरिक रुपमा समेत उठ्न थालेका छ । मोर्चामा आबद्ध नेताहरुले जसले जता भेट्यो त्यसै पैसा उठाउने र आफैंले झ्वाम पार्न थालेपछि नेतृत्व पंक्तिमै मनमुटावको अवस्था सिर्जना भएको मोर्चा सम्बद्ध स्रोतले बताएको छ ।
मोर्चाले गरेको आन्दोलनलाई कारण देखाउँदै भारतले दुई महिनादेखि अघोषित नाकाबन्दी कायमै राख्दा जनजीवन थप कष्टकर बन्न पुगेको छ ।
तर मोर्चा र सरकारको अडान यथावत् भएकोले अझै सहमति कायम हुन सकेको छैन । तीन महिना लामो आन्दोलनको क्रममा ४६ जनाको मृत्यु भएको छ ।
–नेपाल समाचारपत्र दैनिक भिडियो हेर्न तलको बाकस थिच्नुहोस
काठमाडौं, ३० कात्तिक । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता एवम् संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकारले वार्ताका नाममा विभिन्न बखेडा गरिरहेको आरोप लगाउनुभएको छ ।
नेपालवाणी रेडियो नेटवर्कमा आज बिहान पत्रकार ऋषि धमलासँग कुरागर्दै अध्यक्ष यादवले मधेसीलाई भारतीय देख्ने सरकारी रबैयाले मुलुकले निकास पाउन नसकेको बतानुभयो ।
‘केपी ओलीको सरकारले कि हामीसँग वार्ता गर्नु पर्‍यो कि भारतसँग वार्ता गर्नु पर्‍यो’, उहाँले भन्नुभयो, ‘सरकार कोसँग वार्ता गर्ने भनेर अलमलमा छ ।’
उहाँले नाकाबन्दी आफूहरूले लगाएको बताउँदै भारतलाई तेल नदिएको भनेर गाली गर्नुको कुनै अर्थ नहुने उल्लेख गर्नुभयो ।
सरकार कुटनीतिक रुपमा असफल भइसकेको बताउनुभएका अध्यक्ष यादवले भन्नुभयो, ‘देश चलाउन कुशलता चाहिन्छ । हास्यव्यङ्ग्य गरेर मुलुक र कुटनीति चल्दैन । भारतसँगको नाकाबन्दी खोल्न कुशल कुटनीतिक पहल चाहिन्छ ।’
सरकार चलाउन प्रधानमन्त्री ओली असफल भइसकेको अध्यक्ष यादवको आरोप थियो ।
अध्यक्ष यादवले भन्नुभयो, ‘प्रधानमन्त्री ओली र उहाँका मन्त्रिमण्डलका सदस्यहरूको अभिव्यक्तिका कारण मुलुकमा समस्या र आपूर्ति व्यवस्था हुन नसकेको हो । परराष्ट्रमामला कुटनीतिक रुपमा समाधान गर्नुपर्छ । भोटेकुकुर भुकेजसरी भुकेर परराष्ट्रमामलाको समस्या समाधान हुँदैन ।
dainiknepal
अन्टाल्या (टर्की), ३० कात्तिक । अमेरिकी राष्ट्रपति बाराक ओबामा जि२० सम्मेलनका लागि आइतबार टर्की पुग्नु भएको छ ।
फ्रान्सको राजधानी पेरिसमा गत शुक्रबार राति भएको भीषण आतङ्ककारी हमलापछि कडा सुरक्षाकोबीच उहाँ अत्टाल्या विमानस्थलमा अवतरण हुनु भएको छ ।
इस्लामिक अतिवादी समूह आईएसले आक्रमणको दावी गरेको यस आक्रमणमा कम्तीमा १२९ जनाको मृत्यु हुनुको साथै ३५२ जना घाइते भएका छन् ।
पेरिसमा भएको यस भीषण आक्रमणको विषयलाई लिएर राष्ट्रिय सुरक्षा परिषदमा छलफल भएको एक दिनपछाडि ओबामा टर्की पुग्नु भएको हो ।
जि२० को सम्मेलन अगाडि नै टर्कीका राष्ट्रपति रेसेप तयिप इर्डोगानसँग ओबामाले भेटवार्ता गर्नु हुने जनाइएको छ ।
यस सम्मेलन विश्वका प्रमुख २० राष्ट्रको राष्ट्रप्रमुखको सहभागीता रहने जनाइएको छ ।
ती मध्ये चिनियाँ र रसियाली राष्ट्रपति जिनपिङ्ग राष्ट्रपति र भ्लादिमरि पुटिन पनि रहनु भएको छ । रासस/एएफपी
dainiknepal
आजको राशिफल
 ariesमेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
प्रेम र भाइचारा जीवन्त तुल्याउने अवसर प्राप्त हुनेछ । मातापिता, अभिभावक र मान्यजनको आशीर्वचन प्राप्त हुनेछ । धार्मिक÷सांस्कृतिक गतिविधिमा संलग्न हुनुपर्ने छ । कुनै खोला वा पोखरीका जलजन्तुलाई खानेकुरा प्रदान गरेमा रोकिएका काम पूरा गर्न विशिष्ट व्यक्तिको सहयोग र सल्लाह प्राप्त हुनेछ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग छिर्केमिर्के बुट्टे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कें केतवे नमः यस मन्त्रको कम्तीमा ७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
taurus
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
मनमा अशान्ति र छटपटी व्याप्त हुने छ । घरायसी वातावरण, दाम्पत्य र प्रणयसम्बन्धमा आज असहजता आउनसक्छ । कसैसँग व्यर्थमा वादविवाद हुनसक्छ । गर्नु नपर्ने कामबाट जोगिनु राम्रो हुन्छ, कुनै महत्वपूर्ण काम गर्न बाँकी भए आजलाई स्थगित गर्नु होला । प्रतिष्ठा प्राप्तिका लागि संघर्ष गर्नुपर्छ । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शं शनैश्चराय नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
gemini
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
अभिभावकवर्ग वा विशिष्ट व्यक्तिको सहयोग प्राप्त हुनाले कार्य सम्पन्न हुनेछ । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । घरायसी काममा समय र धन खर्च हुनेछ । पारिवारिक जीवनमा रमाइलोपना आउने छ । आम्दानीमा कमी हुने छैन । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि राम्रो दिन छ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग सिन्दुरे रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ हं हनुमते नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
cancer
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
आफन्त वा मित्रले आज अप्रत्याशित रूपमा सहयोग गर्नेछन् । जीवनसाथी र बालबच्चासितको सम्बन्धमा देखिएको समस्या समेत निदान हुनेछ ।बन्दव्यापार र साझेदारीबाट राम्रो प्रतिफल प्राप्त हुनेछ । आफ्नै सवारी साधनमा रमाइलो र टाढाको यात्राको सम्भावना समेत देखिन्छ । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बुं बुधाय नमः यस मन्त्रको कम्तीमा ८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
leo
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । इष्टमित्रले प्रशंसा गर्नेछन् । विगतमा गरेको परिश्रमको प्रतिफल प्राप्त हुनेछ, रोकिएका काम बन्ने योग छ । पठनपाठनमा प्रगति हुनेछ । विशेष सभासमारोहमा सहभागी बन्ने मौका छ । आम्दानीका मार्गहरू खुल्ला रहनेछन् । आजको चिन्तन र उपायले काम गर्नसक्छ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सों सोमाय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
gemini
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
परिवारभित्रकै सदस्य वा आफन्तको स्वास्थ्यमा समस्या देखिनाले समय र धन खर्च हुने सम्भावना छ । शरीरमा आलस्य र थकानको अनुभूति हुनेछ । खानपिनमा नियन्त्रण गर्नु बेस हुनेछ, पाचनप्रणालीमा बिग्रन सक्छ । जीवनसाथीसित ठाकठुक पर्नसक्छ । बौद्धिकता र ज्ञानगुनको क्षेत्रमा समेत राम्रो छैन । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सरस्वत्यै नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
libra
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
विद्वान् र प्राज्ञिक व्यक्तिहरूबाट सम्मान र प्रतिष्ठा प्राप्त हुनेछ । विदेश वा दूरदराजमा बसेका व्यक्तिहरूसँग सुमधुर सम्बन्ध कायम हुनेछ । लामो दूरीको लाभदायक यात्राको सम्भावना छ । सामाजिक र सांस्कृतिक क्रियाकलापमा संलग्न हुन मन लाग्नेछ । बन्धुबान्धव र दाजुभाइको सहयोग लिनसकिने छ । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग पहेंलो वा गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ महालक्ष्म्यै नमः यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
scorpio
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
आर्थिक रूपमा राम्रै रहे पनि सामाजिक र व्यक्तिगत प्रतिष्ठा प्राप्त गर्न खट्नु पर्ने दिन छ । पढाइलेखाइको क्षेत्रमा समय दिन सकिने छैन । पारिवारिक तनाव र किचलोका कारण दिक्क लाग्नेछ । नातागोताका व्यक्तिहरू टाढिने छन् । वस्त्र, अलङ्कार आदि खरिद गर्दा महँगोमा पर्ने योग छ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग हलुका रातो वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कुलदेवताभ्यो नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
sagittarius
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । खानपिनका परिकार प्राप्त हुने र भ्रमण, पर्यटन, रमझम तथा सामाजिक काममा सहभागी हुनु पर्नेछ । धार्मिक र सामाजिक काममा मन जान सक्छ । दानपुण्यका क्षेत्रमा लगानी हुन सक्छ । घरपरिवारबाट साथसहयोग प्राप्त हुनेछ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग सेतो वा घिउरङ्ग हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमः शिवाय यस मन्त्रको कम्तीमा २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
capricorn
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
बाह्रौं चन्द्रमा रहेकाले मनमा उदासीनता आउने छ । आम्दानीको बाटो असहज बन्नसक्छ, विश्वास गरेका व्यक्तिबाट नै धोका हुने सम्भावना छ । बन्दव्यापार तथा पेसाव्यवसायमा ध्यानकेन्द्रित हुन सक्दैन र पारिवारिक समस्याले पनि मन खिन्न हुनेछ । दीर्घकालीन लगानी गर्नु उपयुक्त देखिंदैन । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गुरवे नमः यस मन्त्रको कम्तीमा २४ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
aquarius
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
शत्रुमाथि विजय प्राप्त हुनेछ । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । धार्मिक, सामाजिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ । लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिंदैन । राज्यपक्षबाट हुनुपर्ने काममा सफलता प्राप्त हुनेछ । पठनपाठन र प्राज्ञिक क्षेत्रबाट लाभ लिन सकिने छ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग गाढा रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमश्चण्डिकायै यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
pisces
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । साथीभाइसित भेटघाट हुने योग छ । समाजको नेतृत्व बहन गर्नुपर्ने बेला छ । खाद्यान्नका परिकार तथा मेवामिष्ठान्न मिल्ने समय छ । जग्गाजमिनको कारोबारबाट फाइदा लिन सकिने छ । रोकिएका सरकारी काम सुल्झाउने राम्रो समय छ । स्वास्थ्य सबल रहनेछ । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग बैजनी वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमो भगवते वासुदेवाय यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

काठमाडौं, ३० कात्तिक । व्यवस्थापिका–संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले तराई–मधेसमा भइरहेको आन्दोलन सम्बोधन गर्न अग्रसरता लिने भएको छ ।
कांग्रेस संसदीय दलको कार्यालयमा भएको कांग्रेस पदाधिकारी बैठकमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको माग सम्बोधन गरी तराई–मधेसको समस्या समाधान गर्ने बारेमा छलफल भएको बैठकमा सहभागी केन्द्रीय सदस्य महेश आचार्यले बताएको कान्तिपुर दैनिकले छापेको छ ।
‘तराई–मधेसको समस्या समाधानका लागि संसद्को आगामी बैठकमा संविधान संशोधनको प्रस्ताव अगाडि बढाउने विषयमा वातावरण बनाउन प्रयत्न गछौं’, उनले भने ।
समस्या समाधानका लागि कांग्रेसले शनिबार मधेसी मोर्चामा आबद्ध दलका नेतासँग छलफल गरेको जानकारी गराउँदै उनले आन्दोलनका माग सम्बोधन गर्न कांग्रेस शीर्ष नेताले सत्ता पक्षका नेतासँग पनि औपचारिक– अनौपचारिक छलफल गरिरहेको बताए ।
मोर्चाले उठाएको सीमांकनको विषयसम्बन्धी विषयमा पनि व्यापक राजनीतिक सहमति जुटाउने प्रक्रियाको नेतृत्व कांग्रेसले गर्नुपर्छ भन्ने बारेमा छलफल भएको र त्यसका लागि अन्य पार्टीसँग पनि छलफल गरेर संविधान संशोधनको प्रस्ताव अघि बढाइने केन्द्रीय सदस्य आचार्यको धारणा थियो ।
dainiknepal
काठमाडौं, ३० कात्तिक । अमेरिकामा गम्भीर अपराध गरेर फरार भएका पाँच नेपालीविरुद्ध अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल)ले रेडकर्नर नोटिस जारी गरेको छ ।
विभिन्न मितिमा अपराध गरेका नेपालीविरुद्ध जुनसुकै देशमा पनि पक्राउ गर्नसक्ने गरी रेडकर्नर नोटिस जारी भएको नयाँ पत्रिका दैनिकले छापेको छ ।
पछिल्लो पटक नेपाली युवक उमेश सापकोटाविरुद्ध अमेरिकन प्रहरीको सिफारिसमा रेडकर्नर नोटिस जारी भएको छ ।
एक महिलालाई सहयोग गर्ने बहानामा उनको अपार्टमेन्टमा पुगी महिलाको बच्चालाई एउटा कोठामा थुनेर उनले बलात्कार गरेको प्रहरीको दाबी छ ।
उनी २० मार्च २०१४ मा पक्राउ परेकोमा १० अप्रिल २०१४ मा छुटेका थिए । उनको शरीरमा ट्रयाक गर्न मिल्ने गरी मोनिटर राखिएकोमा उक्त मोनिटर नचल्ने बनाएर उनी फरार भएका हुन् ।
ट्राभिस राज्यको अदालतले ७ मे २०१४ मा उनीविरुद्ध वारेन्ट जारी गरेकोमा २१ जनवरी २०१५ मा रेडकर्नर नोटिस जारी भएको हो ।
त्यस्तै, अन्य चार जना नेपाली पहिलेदेखि नै अमेरिकामा रेडकर्नर नोटिसमा परेका छन् ।
मदिरा पिएर गाडी चलाउँदा दुर्घटनामा परी एकजनाको मृत्यु भएको अपराधमा साजन तिमल्सिना पाँच वर्षदेखि रेडकर्नर नोटिसमा छन् ।
एक महिलालाई चिठ्ठा नपरेको भनेर झुक्याएर उनलाई परेको चिठ्ठाको रकम आफूले लिएर ठगी गर्ने पंकज जोशीविरुद्ध पनि रेडकर्नर नोटिस जारी भएको पाँच वर्ष भइसकेको छ ।
उनको बारेमा नेपालमा समेत अनुसन्धान भएको थियो ।
उनले अमेरिकाबाट पठाएको केही पैसा अहिलेसम्म रोक्का छ ।
बालबालिकालाई यौन दुर्व्यवहार गरेको अपराधमा अभिषेक सिंह तथा लागुऔषध कारोबारमा संलग्न भएको आरोपमा जोन गुरुङलाई पनि अमेरिकन प्रहरीको सिफारिसमा रेडकर्नर नोटिस जारी भएको छ ।
dainiknepal
काठमाडौं, ३० कात्तिक । नेपाल प्रहरीका कर्मचारीले दुई लाख ५० हजार रुपैयाँसम्म सहुलियत ऋण पाउने भएका छन् ।
प्रहरी कल्याण कोषले २५ करोड छुट्याएर आवेदन माग गरेको नयाँ पत्रिका दैनिकले छापेको छ ।
नेपाल प्रहरीले तलवमा कट्टा हुने गरी बिना धितो सात प्रतिशत ब्याजदरमा आफ्ना कर्मचारीलाई मंसिरदेखि कर्जा दिन थालेको हो ।
dainiknepal
आइतबार, २९ कार्तिक
काठमाडौं । प्रमुख तीन दल र आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीचको वार्ता निश्कर्षबिहीन भएको छ ।
केपी ओली नेतृत्वमा नयाँ सरकार गठन भएपछि प्रमुख विपक्षी नेपाली काँग्रेसका शीर्ष नेताहरुसहित मधेसी मोर्चासँग वार्ता भएको थियो ।
वार्ताका क्रममा मधेसी मोर्चाका नेताहरुले यसअघि भएका सहमतिहरु कार्यन्वयन गर्न माग गरेका थिए ।
तीन दलका नेताहरुले भने आन्दोलनका कारण जनजीवन अत्यन्तै कष्टकर बनेको भन्दै आन्दोलन छाडेर वार्ताका माध्यमबाट समस्याको समाधान खोज्न आग्रह गरेका थिए ।
उनीहरुले संविधान संशोधन गरेर असन्तुष्टहरुको माग सम्बोधन गर्न आफूहरु तयार रहेको जवाफ दिएपनि मोर्चाका नेताहरुले सहमतिको ठोस सम्भावना नभएसम्म आन्दोलन नरोक्ने बताएका थिए ।
वार्तापछि संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले तीन दल बिना तयारी वार्तामा आएको आरोप लगाउँदै तत्काल सहमति नभए छठपछि थप कडा आन्दोलन गर्ने चेतावनी दिए ।
तर, उनले आफ्नै देशमा नाकाबन्दी गरेर हाहाकार मच्चाइरहेको बेला यो भन्दा कडा कस्तो आन्दोलन हो भन्ने बारेमा भने केही खुलाएनन् ।
nepalsandesh
कार्तिक २९, २०७२- प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार राष्ट्रका नाममा सम्बोधन गर्दै आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान गरेका छन् । उनले नाकाबन्दीका कारण मुलुकमा गम्भीर मानवीय संकट आइपरेको भन्दै सरकारले यो घटनाबाट पाठ सिक्ने बताए । करिब पौने घण्टा लामो सम्बोधनमा उनले केके भने बुँदागतरुपमा पढ्नुहोस् ।

संविधानले कुनै समुदायलाई विभेद गरेको छ भन्नु सुनियोजित प्रचार ।
आवश्यकता र औचित्यका आधारमा सीमांकन हेरफेर हुन्छ ।
नाकाबन्दीजस्तो अमानवीय कार्य आजको २१ औं शताब्दीमा कल्पनासमेत गर्न सकिने कुरा होइन ।
नाकाबन्दीका कारण भूकम्प भन्दा धेरै गुणा क्षति पुगेको छ ।
नाकाबन्दीका कारण नेपालले गम्भीर मानवीय संकट व्यहोर्नुपरेको छ ।
युद्धको बेलामा समेत हुन नहुंने संकट देखा परेको छ ।
नाकाबन्दीले नेपाल–भारतका जनताको भावनाको अवमूल्यन भएको छ ।
कुनै सुरक्षा चुनौति नभएको नाकाबाट समेत आपूर्ति नहुँदा मलाई विस्मित तुल्याएको छ ।
उद्योग व्यवसायीको समस्याबारे हामी जानकार छौं ।
जुन जनताको लागि भनी आन्दोलन गरिएको छ त्यही समुदायका जनता सबैभन्दा बढी मारमा परेका छन् ।
नाकाबन्दीले सर्वाधिक पीडा भूकम्प पीडितलाई भएको छ ।
नेपालीहरुले जटिल अवस्थामा पनि आन्तरिक समस्याहरु स्वयम समाधान गर्दै आएका छौं ।
नाकाबन्दीका कारण नेपालको विकास यात्रामा ठूलो क्षति हुने देखिएको छ ।
तराई मधेसका बिषयमा नेपालीका साझा बिषय हुन् । सम्बोधन गर्नु नेपाल सरकारको जिम्मेवारी हो ।
चौतर्फी असरबारे गम्भीर हुन आन्दोलनरत पक्षलाई आग्रह ।
तराईको विकासमा गम्भीर असर पार्ने आन्दोलनबारे पुर्नविचार गर्न आग्रह ।
आन्दोलनले तराईका जनतालाई झनै पछाडि धकेलेको छ ।
जनजीवनमा थप कष्ट नपुऱ्याउन, अतिवादले खेल्ने ठाउँ नपाओस भन्दै आन्दोलन स्थगित गरी वार्तामा आउन आह्वान ।
विगतका कतिपय त्रुटि, मित्रराष्ट्रसँगको सम्बन्ध, एउटै नाकामा निर्भरता यो पटक प्रष्ट भएको छ ।
इन्धन सहयोग गरेकोमा चीनलाई धन्यवाद । समायानुकूल व्यापार विस्तार गरिने ।
व्यापार विविधिकरणको निर्णय कुनै देशप्रति लक्षित होइन् । विविधिकरण बनाउने प्रयास हो ।
सरकारको जोड नविकरणीय ऊर्जामा आत्मनिर्भर बन्ने । एक बर्षभित्र लोडसेडिङ अन्त्य गर्ने घोषणा ।
सूर्य ऊर्जाबाट एक बर्षमा कम्तिमा २०० मेगावाट उत्पादन गरी राष्ट्रिय प्रशारणमा जोडिनेछ ।
सरकारले मितव्ययिताको नीति अवलम्बन गर्ने । स्वदेशी उत्पादन प्रयोग गर्न जनतासँग आग्रह ।
२ वर्षभित्र आधारभूत खाद्यान्नमा आत्मनिर्भर बन्ने कार्ययोजना ल्याइने ।
पुर्ननिर्माणलाई प्राथमिकता दिइने ।
नाकाबन्दीका कारण प्रभावित उद्योग, व्यवसाय र पर्यटन क्षेत्रलाई राहत दिन ठोस योजना ल्याइने ।
मुलुक भूगोल र जनसंख्याका आधारमा साना र ठूला हुनसक्छन् तर सार्वभौमसत्ता र स्वाधिनता ठूलो वा सानो हुन्न ।
विगत एक बर्षमा भएका सम्झौताबाट नेपाल भारतसँग कस्तो व्यापारीक साझेदारी चाहन्छ भन्ने देखिइसकेको छ ।
इन्धन आपूर्ति सुचारु गर्न सहयोग पुर्‍याउन भारत सरकारसँग आग्रह । kantipur.ekantipur


आइतबार, २९ कार्तिक
आवश्यकताका आधारमा संघीयताको सीमा परिवर्तन
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताले आफ्नै प्रतिनिधिबाट संविधान जारी गर्दा नाकाबन्दीको सामना गर्नु निकै दुःखपुर्ण  रहेको बताएका छन् । देशबासीको नाममा विशेष सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले एउटा छिमेकीले अर्को छिमेकमा लोकतान्त्रिक संविधान बनाउँदा यस्तो नाकाबन्दी गर्नु निकै खेदपुर्ण रहेको बताए ।
ओलीले विभिन्न बाहनामा नेपाल भारत सीमानामा आयात निर्यात बन्द गरिंदा नेपालमा चरम मानविय संकट पैदा भएको बताए । उनले भारततर्फ रोकीएका औषधि नेपाल नआउँदा नेपालमा आम मानविय संकट आउन लागेको बताए ।
भूकम्पपछिको पुनः निर्माणमा लाग्ने बेलामा आइपरेको यस्तो संकटले देश नै तहस नहस भएको बताए । ओलीले युद्धका बेला समेत नहुने संकट भारतले नेपालमाथि दिएको बताए ।
उनले भारतले गरेको सबै काम अमानविय भएको बताए । उनले स्वतन्त्र राष्ट्रको सम्मान गर्न भारतले नचाहेको बताए । राष्ट्रसंघको बडापत्र, सार्कको अवधारण र भारत नेपालबीच भएको पारबहन सन्धी र भारत र नेपाली जनताको पुरातन सम्झौता विपरित भारत लागेको बताए ।
उनले भारतीय आयल निगमले अग्रिम भुक्तानी रोकेर व्यापार विरोधी काम गरेको बताए । उनले नेपाल र भारतबीचको सम्बन्ध विगार्न भारत नै लागिपरेको बताए । उनले दुई देशको समझदारीबाट समस्या समाधान हुने बताए । उनले आम नेपालीको समस्यालाई लिएर विदेशीहरुले अनावश्यक चासो देखाउन नहुने बताए ।
प्रधानमन्त्री ओलीले नेपालका किसान, मजदुर, विद्यार्थी लगायत आम जनसमुदाय प्रभावित भएको बताए । उनले जुन समुदायकालागि आन्दोलन भएको हो, त्यही समुदायका जनता सबैभन्दा मारमा परेको बताए ।
प्रधानमन्त्री ओलीले बुद्ध जन्मेको देश नेपालले विश्वभर शान्तिको सन्देश फैलाइरहेका बेला आइपरेको अहिलेको संकट आम नेपाली मीलेर पार लाग्ने बताए ।
प्रधानमन्त्री ओलीले नियतीलाई स्वाधिनतामा बदल्दै अघि बढ्नुपर्ने बताए । उनले चरम अभावका कारण एक देशसँग सिमित नाकाहरुमा भर पर्दा आजको अवस्था आएकाले अब आँखा खुलेको बताए ।
उनले चीनसँगको आयात बढाउनकालागि नाकाहरुमा जाने बाटो राम्रो बनाउने बताए । उनले भुपरिवेष्ठित मुलुकले पाउने हक, समुद्रसम्म पुग्ने बाटो नछेक्न भारतलाई आग्रह समेत गरे । उनले नविकरणीय उर्जामा आत्मनिर्भर बन्नकालागि आफुहरु लागिपरेको बताए ।
भूकम्प पीडित नेपालीहरु मारमा परेकाले उनीहरुकालागि सुरक्षीत र व्यवस्थीत आवास निर्माणमा लाग्ने सरकारको योजना नाकाबन्दीले असर पारेको बताए ।
तराई मधेसको समस्या आम नेपालीको साझा विषय भएको भन्दै सरकारले तराईको समस्या समाधान गर्ने बताए । प्रधानमन्त्री ओलीले तराई मधेसका जनताको देशभक्तीले आफु भावपुर्ण भएको बताउँदै आन्दोलनरत पक्षलाई विशेष ध्यान दिन आग्रह गरे ।
ओलीले आम नेपालीको अधिकारकालागि सर्बोत्कृष्ट संविधान जारी गरिएको दाबी समेत गरेका छन् । सोमबार देशबासीका नाममा विशेष सम्बोधन गर्दै आदिवासी, जनजाती, मधेसी, मुस्लीम लगायत सबै वर्ग र समुदायको हितमा संविधान जारी गरिएको बताए ।
प्रधानमन्त्री ओलीले संविधान परिवर्तनशील भएकाले जनताको आवश्यकता अनुसार संशोधन गर्न सकिने बताए । प्रधानमन्त्री ओलीले मधेसी मोर्चाको माग अनुसार संघीयताको सीमांकन परिवर्तन गर्नकालागि सरकार तयार रहेको बताए । उनले संविधान जारी गर्न मुख्य भुमिका खेल्ने दलहरुका बीचमा एकता आवश्यकता रहेको बताए ।
nepalsandesh
काठमाडौँ, २९ कात्तिक । सरकारले संविधान लेखन प्रक्रिया नेपालको आन्तरिक विषय भएको र आफ्नो घरेलु मामिला आफैँले समाधान गर्न सक्ने स्पष्ट गरेको छ ।
बेलायत र भारतबीच हालैको संयुक्त वक्तव्यबारे आफ्नो प्रतिक्रिया दिँदै परराष्ट्र मन्त्रालयले नेपालले नेपालको शान्ति, स्थिरता र समृद्धिका लागि अन्तर्राष्ट्रिय समुदायले गरेको समर्थन र सद्भावको सदैव सम्मान गर्ने जनाएको छ ।
बेलायत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र बेलायती प्रधानमन्त्री डेबिड क्यामरुनले शनिबार एक संयुक्त विज्ञप्ति प्रकाशित गर्नुभएको थियो ।
भारतीय प्रधानमन्त्री मोदीको बेलायत भ्रमणका क्रममा यही नोभेम्बर १२ मा जारी गरिएको संयुक्त वक्तव्यमा दीर्घकालसम्मको समावेशी र संवैधानिक प्रक्रियालाई अगाडि बढाउन सम्बद्ध चासो र सरोकारलाई नेपालले सम्मान गर्नुपर्नेमा जोड दिइएको थियो ।
“नेपालले निर्वाचित संविधानसभाका माध्यमबाट निरन्तरको प्रजातान्त्रिक अभ्यासबाट आठ वर्ष लगाई लोकतान्त्रिक र समावेशी संविधान लागू गरेको छ ।
यसले सन् २००६ देखि आन्तरिक रुपले उत्प्ररित भई सुरु भएको शान्ति प्रक्रियाको निष्कर्ष भएको देखाउँछ, यसले सङ्घीयता र गणतन्त्रात्मक प्रणालीसहित उल्लेखनीय प्रजातान्त्रिक उपलब्धि र जनताको आकाङ्क्षालाई संस्थागत गरेको छ”– परराष्ट्रको विज्ञप्तिमा उल्लेख छ । रासस
dainiknepal
एजेन्सी : लिबियामा अमेरिकाले गरेको एक हवाई हमलामा इस्लामिक स्टेटका एक शीर्ष नेता मारिएका छन् । पेन्टागनस्थित अमेरिकी रक्षामन्त्रालयले आइतबार यो कुराको पुष्टि गरेको हो ।

पेन्टागनका प्रेस सचिव पिटर कुकले बताए अनुसार १३ नोभेम्बरमा अमेरिकी सेनाले लिबियामा अबु नाबिल अर्थात विसाम नज्म अब्द जाएद अल जुबायदीलार्इ लक्षित गरी हवार्इ हमला गरेको थियो ।


हवार्इ हमलामा मारिउका यी इराकी नागरिक लामो समयसम्म अल कायदासँग आवद्ध थिए । उनी पछिल्लो समय लिबियामा आईएसआईएसका एक वरिष्ठ नेता रहेका थिए ।

कुकले जनाए अनुसार अनुसार नाबिल फेब्रुअरी २०१५ मा एक ईसाईको हत्या गरिएको भिडियोमा प्रवक्ता रहेका थिए ।

'नाबिलको मृत्युबाट लिबियामा आईएसआईएसको योजना पूरा गर्न कठिन हुनेछ', कुकले भने, 'उनीहरुको योजनामा आईएसआईएसका नयाँ सदस्यको भर्ती, लिबियामा बेसको स्थापना र अमेरिकामा हमलाको योजना पनि सामेल रहेका छन् ।'

उनले बताए अनुसार लिबियामा आतंकवादीविरुद्ध यो पहिलो अमेरिकी हमला होइन । तर लिबियामा कुनै आईएसआईएसका नेताविरुद्ध भने यो पहिलो अमेरिकी हमला हो ।

उनले यो हमलाले आईएसआईएसका नेता जहाँ लुकेपनि अमेरिकी सेना त्यहीँ पुगेर धावा बोल्ने चेतावनी दिएका छन् । कुकले बताए अनुसार यो हमला पेरिसमा आतंकवादी हमला हुनुभन्दा पहिले नै थालिएको थियो ।
nnapurnapost
आइतबार, २९ कार्तिक
एजेन्सी । छुट्टै स्लामिक राज्यको माग गर्दै सशस्त्र आन्दोलनरत अतिवादी संगठन स्लामिक स्टेट (आइएस)ले भारतलाई पनि नियन्त्रणमा लिने धम्की सहितको भिडियो सार्वजनिक गरेपछि भारतमा हंगामा मच्चीएको छ ।
फ्रान्सको राजधानी पेरिसमा सांघातीक हमला गर्न सफल भएको आइएसले फ्रान्समा आफुहरु सफल भएको र विश्वलाई नै हल्लाएको निश्कर्ष सहित अब भारतमा हमला गर्ने तयारी गरेको दाबी गरेको छ ।
आइएसले भारतमा रहेका मुस्लीमलाई वर्तमान सरकारले अधिकार दिनुको साटो थप पीडा दिएको आरोप समेत लगाएको छ ।
आइएसले भारतीय प्रधानमन्त्रीको हेपाहा नीतिका कारण भारतमा रहेका मुस्लीमहरु अन्यायमा परेको भन्दै भारतको केन्द्रीय सत्तामाथि आक्रमण गर्ने धम्की दिएको हो ।
आइएसको धम्कीपुर्ण भिडियो सन्देश आएपछि दिल्लीमा खैलाबैला मच्चीएको छ । केन्द्रीय सुरक्षा निकायहरुको निरन्तर गोप्य बैठक बसिरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
nepalsandesh
धुन्चे (रसुवा), २९ कात्तिक । नेपाल र चीनका अधिकारीबीच सीमा क्षेत्रका गतिविधिका बारे यथेष्ट सुरक्षा व्यवस्था मिलाउन आज उत्तरी रसुवाको स्याफ्रुबेँसीमा छलफल सम्पन्न भएको छ ।
सीमाक्षेत्रमा रहेका दुवै देशका सुरक्षा निकायले अवैध कारोबार पूर्ण रुपमा रोक्ने र नेपाल आयात हुने सामान लिन केरङ जाने कन्टेनरका चालकलाई स्थायी अनुमतिपत्र र घुमफिरका लागि केरुङ जाने नेपालीका लागि एकदिने अनुमतिपत्र दिने व्यवस्था हुन नेपाली अधिकारीले चिनियाँ पक्षसँग आग्रह गरेको बताइएको छ ।
रसुवा जिल्लाभन्दा बाहिर जिल्लाका चालकहरू रसुवागढी नाकाबाट केरुङ जान नपाई स्थानीय चालक खोजेर कन्टेनर केरुङ पठाइदिनुपर्दा सवारीधनीलाई बढी व्ययभार भएको गुनासो ध्यानमा राख्दै स्थानीय प्रशासनको पहलमा दुई देशका अधिकारीबीच आज छलफल भएको प्रजिअ शिवराम गेलालले जानकारी दिनुभयो ।
छलफलमा नेपालका तर्फबाट नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, सीमा सुरक्षा बल र राष्ट्रिय अनुसन्धान विभागका प्रतिनिधि तथा चिनियाँ पक्षबाट सीमाक्षेत्र हेर्ने उच्च अधिकारी सहभागी रहनुभएको थियो । रासस
dainiknepal
फ्रान्सको पेरिसमा आतंकवादी हमला भएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षामा खतरा बढेको छ । उनको सुरक्षा व्यवस्थाको विषयमा व्यापक छलफल समेत भएको भारतीय मिडियाले जनाएका छन् ।

राष्ट्रिय सुरक्षा सल्लाहकार अजीत डेभाल र खुफिया प्रमुख शनिबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षा व्यवस्थाको समिक्षा गरेका थिए । ब्रिटेन र टर्कीको भ्रमणमा गएका मोदीको आइतबार हुने जी ट्वान्टी सम्मेलनमा हुने कुनैपनि संकट मोचनको विषयमा छलपल भएको थियो । सम्मेलेनका लागि मोदीको लागि विशेष सुरक्षा योजना लागुभएको छ ।
विदेश भ्रमणको बेला मोदीको सुरक्षा योजनामा पहिलो पटक परिवर्तन गरिएको छ । १० अक्टोबरमा टर्कीको अंकरामा भएको बम विष्पोट र शुक्रवार पेरिसमा भएको आतंककारी हमलापछि सुरक्षा अधिकारीले नयाँ योजना लागुगरेका छन् । एक स्पेशल स्क्वायड पनि गठन गरेको छ । जसमा विदेशी मुलका एजेन्ट पनि सामेल छन् । यो अनुमान गरिएको छ की , यी एजेन्ट मोसाद (इजरायल सेक्रेट सर्भिस) अथवा, एमआइ फाइभ ‘ब्रिटिश सेक्रेट सर्भिस’लाई टर्कीको राजधानी अंकरामा हुने जी ट्वान्टी सम्मेलनको लागि पठाइएको छ ।
विदेशी एजेन्टर भारतीय एजेन्ट मिलेर मोदीको सुरक्षा गर्ने बताइएको छ । टर्की र सीरियाका स्थानिय एजेन्ट पनि यो सम्मेलनमा रहनेछ ।
टर्कीमा हमलाको संभावना समेत बढेको छ । सम्मेलन स्थलमा समेत हवाई हमलाको संभावना रहेको बताइएको छ । मोदीलाई जस्तो अवस्थामा पनि बचाउनको लागि सुरक्षा योजना बनेको छ । टर्कीमा मोदीको लागि सबै सुरक्षा जडित एक एयरक्राफ्ट स्ट्यान्डबाइ रहनेछ । जी–२० सम्मेलनमा १२ हजार प्रतिनिधि आउने छन् । जसमा मोदीको लागि मात्रै १ हजार सुरक्षा कर्मिको सुरक्षा घेरा रहनेछ । भारतीय खफिया एजेन्सी ‘रअ’ र आइबीका विदेशी युनिटले मोदी जाने सम्मेलन स्थलबारे सुचना संकलन गरिसकेका छन् ।
एमआइ फाइभ र सिआइएका परामर्शदाताले टर्कीको हुनसक्ने जुनसुकै घटनाको समाधान गर्ने योजना बनाएको छ । सबै एजेन्टस् सम्मेलन स्थलमा एकअर्काप्रति सम्पर्कमा रहने जनाइएको छ ।
e-dainikkhabar भिडियो हेर्न तलको बाकस थिच्नुहोस
काठमाडौँ २९, कार्तिक  ।

नेपालगन्जको खजुरा रोडस्थित टायर रिसोलिङ सेन्टरमा आइतबार मध्यान्ह आगलागी हुँदा एक जनाको जलेर मृत्यु भएको छ ।


शव जलेको अवस्थामा भेटिएकाले सनाखत हुन सकेको छैन । उक्त ग्यारेज पसलमा खुला रुपमा पेट्रोल राखिएको र त्यसैबाट आगो सल्किएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । आगलागीबाट झण्डै आठ लाख बराबरको क्षति पुगेको प्रहरीको अनुमान छ । प्रहरीले ग्यारेजका संचालक रिजवान हल्वाईलाई सोधपुछका लागि पक्राउ गरेको छ ।

पेट्रोलको बोतलबाट सुरु भएको आगलागी नियन्त्रणमा लिन सुरक्षाकर्मीलाई हम्मे परेको थियो । नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीले झण्डै ४५ मिनेट लगाएर आगलागी नियन्त्रणमा लिएको बाँके प्रहरी प्रमुख एसपी बसन्त पन्तले बताए ।
आइतबार, २९ कार्तिक
पेरिस । पेरिस हमलामा संलग्न सबैभन्दा ठुलो अपराधीको खुलासा भएको छ।
पहिलो पटक पेरिसमा हमलाको योजना बनाउने आतंककारीको तस्विर सार्वजनिक भएको छ।
सलिम बेन्गहैलेम नै त्यो आतंककारीको नाम हो । फ्रान्सको एक नागरिकलाई यहि आतंककारीले ट्रेनिङ दिएको बताईन्छ।
पेरिसमा भएको हमलामा यहि अभियुक्तको प्रमुख भूमिका रहेको हुन सक्ने भन्ने फ्रान्सको पुलिसलाई आशंका भएको हो ।
आतंककारी  सलिम को पछिल्लो सालको शार्ली हेब्दो संचार माध्यममा भएको हमलामा पनि हात रहेको थियो ।
३५  वर्ष उमेरका सलिमको खोजीमा फ्रान्स पुलिस लागिरहेको छ | सलीम बेन्गहैलेमले सिरियाबाट आएका आतंककारिहरुलाई पनि ट्रेनिङ दिने गरेको खुलासा भएको छ ।
सलिमको बारेमा अमेरिका र फ्रान्सका सुरक्षा एजेन्सीहरुलाई पहिले देखि नै उनले आतंकारीहरु संग सम्बन्ध राख्दै आएको बारेमा जानकारी रहेको जनाएका छन्  ।३५  सालका सलीम बेन्गहैलेम पेरिसमा नै हुर्केका हुन् ।
उनी  पेरिसको ह बुटेस काउमोंट नेटवर्कसंग जोडिदै आएका थिए।
यो नेटवर्कले इराकमा रहेका अमेरिकी सेनाहरु संग लड्न तालिम प्राप्त आतंककारीहरु पठाउने पनि खुलासा भएको छ ।
फ्रेंच सेनाको अखडामा आतंकारिहरुले पछिल्लो महिनामा गरेको हवाई हमलामा सलिम बच्न सफल भएका थिए ।
सलीमले २००१  मा हत्याको आरोपमा फ्रान्स छोडेका थिए ।  त्यसपछि सलिम २००२ मा फेरी फर्केर फ्रान्स आए र त्यसपछि उनलाई हत्याको आरोपमा ११ सालको जेल सजाय भयो  । तर राम्रो व्यवहारको कारण २०१० मा सलिमलाई रिहा गरिएको थियो ।
nepalsandesh
विराटनगर, २९ कात्तिक । चार दिनमा भारतको जोगवनी नाका भएर एक सय पचासी वटा इन्धनका गाडी भित्रिएका छन् ।
जोगवनी नाका भएर विराटनगर भन्सार कार्यालयको परिसरमा आज बिहान १८ वटा डिजेल र पाँच वटा पेट्रोलको ट्यांकरका साथै चार वटा ग्यास बुलेट भित्रिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । रासस
dainiknepal
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Aug 24 (6)
  • Aug 23 (1)
  • Aug 19 (1)
  • Aug 18 (19)
  • Aug 17 (17)
  • Aug 16 (24)
  • Jan 24 (18)
  • Jan 23 (27)
  • Jan 22 (32)
  • Jan 21 (35)
  • Jan 20 (35)
  • Jan 19 (34)
  • Jan 18 (40)
  • Jan 17 (45)
  • Jan 16 (27)
  • Jan 15 (29)
  • Jan 14 (35)
  • Jan 13 (40)
  • Jan 12 (32)
  • Jan 11 (39)
  • Jan 10 (31)
  • Jan 09 (23)
  • Jan 08 (31)
  • Jan 07 (30)
  • Jan 06 (39)
  • Jan 05 (34)
  • Jan 04 (39)
  • Jan 03 (43)
  • Jan 02 (47)
  • Jan 01 (31)
  • Dec 31 (34)
  • Dec 30 (36)
  • Dec 29 (43)
  • Dec 28 (33)
  • Dec 27 (27)
  • Dec 26 (38)
  • Dec 25 (33)
  • Dec 24 (38)
  • Dec 23 (44)
  • Dec 22 (39)
  • Dec 21 (37)
  • Dec 20 (40)
  • Dec 19 (31)
  • Dec 18 (47)
  • Dec 17 (30)
  • Dec 16 (16)
  • Dec 15 (42)
  • Dec 14 (30)
  • Dec 13 (32)
  • Dec 12 (35)
  • Dec 11 (42)
  • Dec 10 (26)
  • Dec 09 (31)
  • Dec 08 (15)
  • Dec 07 (37)
  • Dec 06 (30)
  • Dec 05 (34)
  • Dec 04 (32)
  • Dec 03 (33)
  • Dec 02 (36)
  • Dec 01 (37)
  • Nov 30 (48)
  • Nov 29 (28)
  • Nov 28 (35)
  • Nov 27 (35)
  • Nov 26 (47)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (27)
  • Nov 22 (32)
  • Nov 21 (43)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (22)
  • Nov 17 (29)
  • Nov 16 (32)
  • Nov 15 (25)
  • Nov 14 (28)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (42)
  • Nov 09 (22)
  • Nov 08 (40)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (42)
  • Nov 01 (44)
  • Oct 31 (29)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (47)
  • Oct 27 (32)
  • Oct 26 (39)
  • Oct 25 (35)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (22)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (31)
  • Oct 02 (29)
  • Oct 01 (29)
  • Sep 30 (29)
  • Sep 29 (24)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (26)
  • Sep 25 (27)
  • Sep 24 (18)
  • Sep 23 (15)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (26)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (12)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (19)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (22)
  • Sep 07 (22)
  • Sep 06 (26)
  • Sep 05 (18)
  • Sep 04 (23)
  • Sep 03 (24)
  • Sep 02 (25)
  • Sep 01 (24)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (27)
  • Aug 28 (28)
  • Aug 27 (30)
  • Aug 26 (29)
  • Aug 25 (24)
  • Aug 24 (35)
  • Aug 23 (30)
  • Aug 22 (31)
  • Aug 21 (32)
  • Aug 20 (30)
  • Aug 19 (33)
  • Aug 18 (27)
  • Aug 17 (34)
  • Aug 16 (28)
  • Aug 15 (23)
  • Aug 14 (23)
  • Aug 13 (22)
  • Aug 12 (19)
  • Aug 11 (18)
  • Aug 10 (24)
  • Aug 09 (16)
  • Aug 08 (18)
  • Aug 07 (25)
  • Aug 06 (16)
  • Aug 05 (18)
  • Aug 04 (21)
  • Aug 03 (19)
  • Aug 02 (14)
  • Aug 01 (17)
  • Jul 31 (19)
  • Jul 30 (19)
  • Jul 29 (15)
  • Jul 28 (12)
  • Jul 25 (14)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home