• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
काठमाडौं, ८ पुस । प्रमुख पक्षी दल नेपाली कांग्रेसले मुलुकमा बढ्दै गएको कालोबजारी र इन्धनको असहजतालाई लिएर संसदमा जोडदार आवाज उठाएको छ ।
कांग्रेसले मुलुकमा भइरहेको कालोबजारी र भ्रष्टाचार तत्काल अन्त्य गरी दोषीहरूलाई कारबाहीको माग गरेको हो ।

संसदको आज (बुधबार)को बैठकमा सभामुखसँग समय लिएर बोल्दै कांग्रेसका सांसद रामहरि खतिवडाले नाकाबन्दीको नाममा सरकारमा बसेका दल र मन्त्रीहरूले पेट्रोलियम पदार्थ तथा खाना पकाउने ग्यासमा कालोबजारी गरेको आरोप लगाउनुभयो ।
‘नाकाबन्दीका नाममा तेल र ग्यासमा कालोबजारी बढेको छ’, उहाँले भन्नुभयो, ‘सरकारले कालोबजारीलाई संरक्षण गरेको छ । भ्रष्टाचार र कालोबजारी गर्नेहरूलाई संरक्षण होइन कारबाही गर्नुपर्छ ।’
कांग्रेस सांसद खतिवडाले तत्काल कालोबजारी गर्नेलाई कारबाही गर्न माग गर्नुभयो ।
‘मन्त्रालयबाट आफ्ना मान्छेका पेट्रोलपम्महरूलाई तेल दिन्छन् । एउटा पेट्रोल पम्मबाट दैनिक १५ हजार कमिशन लिने गरिएको प्रमाण भेटिएको छ’, सांसद खतिवडाले भन्नुभयो, ‘ती पेट्रोल पम्पहरूबाट मासिक ४५ लाख रकम लिने गरेको तथ्य हामीसँग छ । अहिलेसम्म ५ करोड ४५ लाख कमिशनको पैसा लिएको पाएका छौँ ।’
उहाँले इन्धनमा भएको कालोबजारी नियन्त्रण गरी जनतालाई सहजताका साथ तेल र ग्यास उपलब्ध गराउन सरकारसँग माग गर्नुभयो ।
सशस्त्र प्रहरीका निलम्बित महानिरीक्षक कोषराज वन्तले अख्तियारमा कसरी एकै दिनमा दस करोड धरौटी राखेर रिहाइ भए भन्दै त्यस विषयमा छानविन गर्न सांसद खतिवडाले माग गर्नुभयो ।
‘भ्रष्टचारको आरोपमा अख्तियारमा बयान दिँदै गरेका सशस्त्र प्रहरीका निलम्बित महानिरीक्षकले कहाँबाट दस करोड रुपियाँ ल्याएर धरौटी बुझाए त्यसको खोजविन र छानविन हुनुपर्छ’, उहाँले भन्नुभयो ।
dainiknepal भिडियो हेर्न तलको बाकस थिच्नुहोस
काठमाडौँ, ८ पुष । भनिन्छ संसारमा नै सबैभन्दा ठूलो सुख हो सन्तान सुख । यस्तो खुशीयाली मनाउने हरेकका आ आफ्ना तरिका हुन्छ । जसमध्ये फेसबुकका सिइओ मार्क जुकरबर्गले आफ्नो छोरी म्याक्स जन्मिएको खुसियालीमा करोडौंको अफर ल्याएका छन् ।


छोरीको जन्मपश्चात फेसबुक प्रयोगकर्तालाई ‘फेसबुक’ विश्वकै शक्तिशाली सञ्चार माध्यम बनेको भन्दै प्रयोगकर्तालाई धन्यवाद दिएको आफ्नो पोष्ट शेयर गरेबापत मार्क जुकुरवर्गले भाग्यशाली हजार जनालाई लाखौँ डलर दिने विषय अहिले सामाजिक सञ्जाल फेसबुकमा भाइरल बनेको छ ।


आफ्नो उक्त पोष्ट शेयर गरेबापत हजार जना भाग्यशाली प्रयोगकर्तालाई ४।५ मिलियन डलर दिइने जुकरबर्गले आफ्नो पोष्टबाट घोषणा गरेका । मार्कले यो सुचना आफ्नो फेसबुक मार्फत जानकारी गराएका छन् ।
etajakhabar भिडियो हेर्न तलको बाकस थिच्नुहोस
काठमाडौं । भारत विहारको सोनवर्षामा जन्मेका राजेन्द्र महतोले नेपाली नागरिकता उनका बाबुले भन्दा पनि पहिले कसरी लिए भन्ने बहश चलिरहेको छ । २०२७ सालमा नेपाली नागरिकता लिएका महतोका बाबुले २०२९ सालमा मात्रै नागरिकता लिएको खुल्न आएको छ ।


भारत विहारको सोनवर्षामा जन्मेर हुर्केर २०२७ सालमा नेपालको नागरिकता लिएपछि उनका बाबुले २ वर्षपछि नागरिकता पाएका राजेन्द्र महतो दोस्रो संविधानसभाको चुनावमा हारेपछि बडो क्रान्तिकारी भएर निक्लिएका छन् । भारत र नेपाल दुवैतिरको नागरिकता बोकेर बसेका राजेन्द्र महतो भोलि भारतका निम्ति पनि अभिसाप हुन सक्छन् । भारतसँग पुरानो नेपाल फिर्ता गर को नारा दिन सक्छन् ।

दिव्यचक्षु साप्ताहिक अगाडि लेख्छ, भारतबाट नेपाल छिरेका राजेन्द्र महतो चार दशकमै चार पटक साँसद भैसकेका र तीन पटक स्वास्थ्य, आपूर्ति र वाणिज्य मन्त्री भए । अब यी महतो कस्ता भैसकेका छन् भने तराई उनकै बाबुको बपौती र आमाको दाइजो जस्तो गरेर सङ्घीयताका नाममा सिङ्गै तराई माग्न लागेका छन् । भोलि यसैगरी उनले भारतसँग पुरानो नेपाल फिर्ता गर भनेर साम्राज्यवादी फिरङ्गीहरुको आडमा भारतलाई तर्साउने छन् ।

राजेन्द्र महतोको किर्ते नागरिकताका बारेमा गृह मन्त्रालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजूरी परेपछि छानविन हुँदै थियो । २०६२/६३ को आन्दोलन र त्यसपछि तराई आन्दोलनले यस कुरालाई छायाँमा पा¥यो । तराई आन्दोलनका समयमा आफूले नागरिकता लिएको सिडिओ कार्यालयमा आगो झोसेर आफ्नो नक्कली नागरिकताको ढड्डा नै डढी सक्यो । के को छानविन गर्छ ? कसरी छानविन गर्छ ? भनेर राजेन्द्र महतो फूर्ति गर्दै हिँडेका छन् । यो उनको फूर्ति छानविनको प्रक्रिया अगाडि नबढुञ्जेलको मात्रै हो ।

यस्तो छानविन गरिए एकजना महन्थ र अर्को महेन्द्र पनि फेला पर्ने छन् । केन्द्रीय स्तरमै तीन जना रेड्ह्याण्ड फेला पर्छन् भने जिल्ला र स्थानीय तहमा यिनीहरुको चपेटा कति होलान् ? सक्कली नेपालीलाई तराई फुटाउनु परेको छैन । तराई फुटाउन खोज्नेहरु घुसपैठवादी नेताहरु हुन् । सङ्घीयता उनीहरुकै योजना हो । जुन नेपालको हितमा छैन ।
sajhapatrika भिडियो हेर्न तलको बाकस थिच्नुहोस

ठगी धन्दा गर्ने मानिसहरुले राम्रै सम्पत्ति थुपार्ने कुरामा शंका छैन । तर ठगले यतिधेरै सम्म चिजहरु थुपार्दोरहेछ भन्ने कुरा थाहा पाउँदा झनै अचम्म लाग्छ । भारतमा एकजना यस्तो ठग फेला परेको छ जसले ३ हजार ७८ वटा त बैंक खाता नै खोलेको छ । उसको नाममा जमिन मात्रै ७ सय एक्कड छ भने डेढसय वटा कार छन् ।

यस्तो धनाढ्य ठगको नाम हो गौतम कुन्डु । रोज भ्याली ग्रुप नामको कम्पनीका प्रमुख रहेका गौतमले बैंक खाता तथा सम्पत्ति लगायतका बारेमा जाँचबुझ गर्दा इन्फोर्समेन्ट निर्देशनालयले यस्तो तथ्य पत्ता लगाएको हो । अहिले ठगीका विभिन्न मामिलामा गौतममाथि छानविन भैरहेको छ र उनी जेलमा छन् ।
गएको हप्तामात्रै सर्वोच्च अदालतमा आफुलाई जमानतमा रिहा गर्नका लागि उनले दिएको निवेदन भारतको सर्वोच्च अदालतले खारेज गरिदियो । उनी कुख्यात मुद्रा निर्मलीकरणका अपराधी रहेको र उनको विषय देशको अर्थतन्त्र र राष्ट्रिय स्वार्थ सँग जोडिएको अदालतले जनाएको छ । उनी गएको मार्च महिनामा पक्राउ परेका थिए ।
भारतका विभिन्न १२ वटा राज्यमा उनको सम्पत्ति रहेको खुलेको छ । उनका विभिन्न ठाउँमा गरी २३ वटा होटल समेत छन् । उनका डेढसय कारमध्ये कतिपय त विदेशबाट मगाएका लग्जरी महंगा कार छन् । अहिलेसम्मको अनुसन्धानले उनको नाममा ७ सय एक्कड जमिन रहेको कुरा खुलेपनि उनीसँग १ हजार एक्कडसम्म जमिन रहेको अनुमान गरिएको छ ।
उनको कम्पनी रोज भ्याली ग्रुपले पछिल्ला केही वर्षमा मात्रै १५ खर्ब ४० अर्ब सम्पत्ति कमाएको थियो ।
onlinekhabar भिडियो हेर्न तलको बाकस थिच्नुहोस



पुस ८, २०७२- जडीबुटीको पैसा नदिएर व्यापारी भाग्न थालेपछि जिल्लाका जडीबुटी संकलक ठगिएका छन् । यहाँका डेढ सयभन्दा बढी संकलकबाट झन्डै १ करोड बराबरको जडीबुटीको पैसा नतिरी व्यापारीहरू फरार भएका छन् ।

कैलास गाविसका महेशबहादुर सिंह, सुमनबहादुर सिंह र सुन्ते शाही गत जेठमा यार्सा टिपेर घर फर्किंदै थिए । बाटोमा पर्ने सेती नदी तर्नको लागि साँघु बनाउँदै गर्दा एक्कासि सेतीमा आएको बाढीले तीनै जनालाई बगायो । उनीहरू हालसम्म बेपत्ता छन् । साथीलाई बचाउन नसके पनि उनीहरूले टिपेको यार्सा भने सँगै गएका गाउँलेले ल्याएर उनका परिवारलाई बुझाइदिए । हुम्लाको ह्याप्का गाविस घर बताउने नर लामाले केही दिनभित्रै पैसा दिने गरी बेपत्ताका परिवारसहित कैलासका १८ जनाले टिपेको १६ लाख बराबरको यार्सा खरिद गरे । २ लाख तत्कालै दिएर बाँकी रकम १५ दिनमा दिने भन्दै यार्सा काठमाडौं लगेर गएका लामा त्यसपछि कहिल्यै फर्केनन् ।

कलिलै उमेरमा परिवारको संरक्षक गुमाएकी रमला सिंह श्रीमान्ले टिपेको यार्साको रकमबाट २ नाबालक छोरा र आफ्नो केही दिनको छाक टार्ने आसमा थिइन् । तर, व्यापारीले १ लाख ८० हजार बराबरको यार्सा लगेर फरार भएपछि उनलाइ शोकमाथि शोक थपिएको छ । ‘दैव दशा लागेपछि एकै चोटी लाग्दो रैछ,’ उनले भनिन्, ‘अब त्यो ठगलाइ खोज्न कहाँ जाने ?’

लामाले नदीमा बेपत्ता भएका महेश सिंहको २ लाख, सुन्ते शाहीको १ लाखलगायत सोही गाउँका १८ जनाबाट १६ लाख बरावरको यार्सा लिएका थिए । अहिले उनी सम्पर्कमा छैनन् । ‘कागज पनि बनाएको छ तर कागजले मात्रै के गर्नु इन्डिया गइसक्यो भन्छन्,’ ठगिएका मध्येका मनबहादुर सिंहले भने । लामाले सबैभन्दा बढी मनबहादुरको २ लाख ५० हजार बराबर यार्सा खरिद गरेका थिए । ३ वर्षअघि देखि जिल्लामा जडीबुटीको व्यापार गर्दै आएका लामाको विश्वासमा उधारो यार्सा दिएको संकलकहरू बताउँछन् ।

वर्षभरि परिवार पाल्ने आशमा ५ हजार मिटर उचाइमा जोखिम मोलेर टिपेको यार्साको रकम नदिएर व्यापारी बेपत्ता हुँदा रिलु गाविसका २७ र कैलासका अन्य ६ जना संकलक पनि ठगिएका छन् । हुम्लाको गोठी गाविस ७ का मोहन शाही, नरबहादुर सिंह र जाजरकोट घर भई हाल कोहलपुर चप्परगौडी बस्ने वीरबहादुर सिंहले यार्सा संकलन क्षेत्र काँडाको राईढुंगी भन्ने ठाउँमै गएर उनीहरूको यार्सा लिएका थिए । उनले केही रकम सदरमुकाम चैनपुरमा दिने र बाँकी एक हप्ताभित्रै भुक्तानी गर्ने भन्दै २० लाख मोल तोकेर करिब २ किलो यार्सा खरिद गरे ।

‘चैनपुर पुगेपछि नरबहादुर सिंह यतै बस्छन् हामी काठमाडौं पुगेर नरलाई पैसा पठाउँछौ भनेर उनीहरू गए,’ रिलुका संकलक केश बोहराले भने, ‘तीन महिनासम्म माल बेचिएको छैन भनेर नरले झुलायो, पछि रातारात उनी पनि भागे ।’ चैनपुरको शाही कर्णाली होटलमा ३ महिनासम्म कोठा लिई बसेका नरबहादुरले होटलको ७५ हजारको बिलसमेत नतिरेर भागेको सञ्चालक धनबहादुर शाहीले बताए । उनले होटल नजिकै रहेको राम खड्काको पसलको समेत १२ हजारको उधारो तिर्न बाँकी रहेको खड्काले बताए ।

मोहन शाहीले सुनिकोट गाविसका १० जनाले संकलन गरेको ९ लाख बराबरको यार्साको पैसा पनि नदिएर भागेको संकलकहरू बताउँछन् । स्थानीय कृष्ण ऐडीमार्फत लिएको यार्साको पैसा नतिरेपछि संकलकहरूले कृष्णलाई कुटपिटसमेत गरेका थिए ।

kantipur.ekantipur
काठमाडौँ, ८ पुस । सार्वजनिक यातायातमा विद्यार्थी सहुलियत नदिएको भन्दै त्रिचन्द्र क्याम्पसका विद्यार्थीले कालोबजारिया नियन्त्रणको माग गर्दै बिहानैदेखि जुलुस प्रदर्शन गरेका छन् ।

सार्वजनिक यातायातमा विद्यार्थी सहुलियत माग्दा सहयोगीले रडले प्रहार गर्न खोजेपछि प्रदर्शनमा उत्रन बाध्य हुनु परेकोे नेपाल विद्यार्थी सङ्घ त्रिचन्द्र बहुमुखी क्याम्पसका इकाई अध्यक्ष विष्णु पौडेलले जानकारी दिनुभयो ।

सहुलियत नदिने सवारीको सिसा आक्रोशित विद्यार्थीले फुटाइदिएको महानगरीय प्रहरी वृत्त दरबारमार्गका प्रहरी सहायक निरीक्षक रामसिंह विष्टले जानकारी दिनुभयो । बौद्ध जोरपाटी रुटमा चल्ने बा१ज ८२८४ नम्बरको माइक्रोबस नियन्त्रणमा लिई कारबाहीको प्रक्रिया अगाडि बढाएको उहाँले बताउनुभयो ।

“सहुलियत नदिने सवारीलाई कारबाही नगरेसम्म आन्दोलन जारी रहनेछ, राज्यले दिएको सहुलियत कायम नभएसम्म विद्यार्थी चुप लाग्दैनन्, कालोबजारियाका नाममा पम्पबाट डिजेल हाली यात्रु ठग्ने काम भएको छ, यसको अन्त्य नभएसम्म विद्यार्थी आन्दोलन चलिरहन्छ”–उहाँले भन्नुभयो ।

etajakhabar

काठमाडौं, ८ पुस । प्रधानमन्त्री केपी ओलीले व्यवस्थापिका संसदको बैठक चलाउनका लागि सरकारले सबै प्रकारको सहयोग गर्ने आश्वासन दिनुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान सभामुख ओनसरी घर्तीसँग भएको भेटवार्ताका क्रममा ओलीले सदनलाई कसैले पनि अबरोध गर्न नहुने बताउनुभएको हो ।
‘संसद अबरोध गर्नु हुँदैन । संसदमा धेरै महत्वपूर्ण विषय पारित गरेर जानुपर्ने अवस्था छ’, प्रधानमन्त्री ओलीको भनाइ उदृत गर्दै सभामुख घर्तीका प्रेस सल्लाहकार बबिन शर्माले भन्नुभयो, ‘सरकारले अगाडि बढाउन चाहेका कानुन र ऐनसम्बन्धी विधेयकमा सबैको सहयोगका विषयमा छलफल भएको हो ।’
सभामुख घर्तीले पनि मधेसी मोर्चाको संसद अबरोधका विषयमा प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराउनुभएको थियो ।
जवाफमा ओलीले मधेसी मोर्चासँग औपचारिक र अनौपचारिक कुराकानी हुँदै आएको भन्दै छिट्टै मुलुकले निकास पाउने उल्लेख गर्नुभएको थियो ।
dainiknepal
काठमाडौं: नेपाल क्रिकेट संघ (क्यान) को नयाँ कार्यसमितिका पदाधिकारीले राष्ट्रिय खेलकुद परिषद (राखेप) लाई आफूहरूलाई खारेज गरेर देखाउन चुनौती दिएका छन्।

'हामीलाई खारेज पनि नगर्ने अनि अर्को समिति पनि नबनाउने, राष्ट्रिय खेलकुद परिषद्ले गर्न खोजेको के हो', मंगलबार आयोजित पत्रकार सम्मेलनमा क्यानका महासचिव अशोकनाथ प्याकुरेलले प्रश्न गरे।राखेपले नै नेपाली क्रिकेटमा अन्योल थपिदिएको आरोप पनि उनले लगाए।


'हामी अवैध हौं भने खारेज गरे हुन्छ, नगर्नुस् भन्दैनौं। त्यसले अन्योल अन्त्य गर्ने बाटो खोल्छ। हामीलाई पनि कानुनी रूपमा अघि बढ्ने बाटो खुल्छ। को वैधानिक हो, त्यसपछि प्रस्ट होला', प्याकुरेलले भने। उनले क्यानको नयाँ समिति जुनसुकै चुनौतीको सामना गर्न पनि तयार रहेको बताए।

राखेपले आफ्नो निर्देशनविपरीत चुनाव गरेको भन्दै क्यानको नयाँ कार्यसमितिलाई मान्यता दिएको छैन। राखेपले क्यानकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) भावना घिमिरेलाई आफूसँग समन्वय गरेर काम गर्न निर्देशन दिएको भोलिपल्टै चतुरबहादुर चन्द अध्यक्ष रहेको नयाँ कार्यसमितिले पत्रकार सम्मेलन गरेको हो।

'क्यानको सीईओ राखेपको कर्मचारी हो र, त्यो गर यो नगर भन्न। हाम्रो कर्मचारीलाई हामीले निर्देशन दिने हो, राखेपले हैन। सीईओले हाम्रो विधानअनुसार चल्नुपर्छ। विधानबाट बाहिर गए हामी पनि त्यहीअनुसार कदम चाल्न बाध्य हुन्छौं', प्याकुरेलले भने।

क्यानका नवनिर्वाचित अध्यक्ष चन्दले भने आफूहरूले राखेपको सम्पूर्ण निर्देशन मानेको दाबी गरे।'राखेपले भनेका सम्पूर्ण निर्देशन मानेका छौं। तर हामी आफ्नो विधानअनुसार चल्छौं भन्दा त्यसरी नचल भने कस्ले मान्छ ?', अध्यक्ष चन्दको दाबी थियो।

महासचिव प्याकुरेलले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) सँग पनि कुराकानी भइरहेको बताए।'आईसीसीसँग कुरा भइरहेको छ। उनीहरूले हामीलाई अवैध पनि भनेको छैन। आईसीसीको आगामी बैठकमा नेपालबारे निर्णय हुने जानकारी पाएका छौं', उनले भने।

सरकारले क्रिकेट बोर्डको व्यवस्था गरे आफ्नो समितिले त्यसलाई स्वीकार गर्ने प्याकुरेलले बताए। 'बोर्ड गठन गर्ने कुरा त्यति सजिलो छैन। यसका लागि व्यवस्थापिका संसद्को बैठकले नियम बनाउनुपर्छ। त्यसो भयो भने, देशको कानुनलाई हामीले पनि मान्नुपर्छ', उनले भने।
annapurnapost
बुधबार, ८ पुष

काठमाण्डौं । एमाओवादीको केन्द्रिय समितिको वैठकले आफ्नो प्रदेश इन्चार्ज तोकेको छ ।
जस अनुसार १ नम्वरमा राम कार्की, २ मा विश्वनाथ साह, ३ मा कृष्ण वहादुर महरा, ४ मा डिलाराम आचार्य, ५ मा चक्रपाणि खनाल, ६ मा जनार्दन शर्मा, ७ मा लेखराज भट्ट छन् ।
प्रचण्डले पेश गरेको सो प्रस्तावमा जनजाति महिला थारु जस्ता उत्पीडित जातिवाट एक जना पनि परेका छैनन् ।
प्रचण्डको राजनैतिक प्रस्ताव केही थपघट सहित पारित गरिएको जनाइएको छ जसमा पार्टी पुननिर्माणमा विशेष जोड दिइएको छ ।
बैठकले उपराष्ट्रपति नन्द वहादुर पुन र सभामुख ओनसरी घर्तीले दिएको राजीनामा स्वीकृत गरेको छ ।
वावुरामको नयाँ शक्ति अभियानमा लागेका नेताहरुलाई सो वैठकले पार्टीवाट निष्काशन गरेको छ ।
वावुराम पक्षका सांसद प्रभु साहलाई बैठकले अन्तिम स्पष्टिकरण सोध्ने र कारवाही गर्ने प्रकृयामा लग्ने निर्णय गरेको छ । साहले संविधान जारी गर्ने मतदान प्रकृया वहिष्कार गरेका थिए ।
nepalsandesh
पुस ८, २०७२- पदले उनी हुन् विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालयका सहसचिव । गुणस्तर तथा नापतौल विभागमा निर्देशक, उपमहानिर्देशक र महानिर्देशक हुँदा रामआधार साहको काम थियो गुणस्तरमा वैज्ञानिक प्रविधि प्रयोग गरी उपभोक्तालाई सजिलो पार्नु ।

तर, प्रहरीले गरेको अनुसन्धान र फेला पारेको प्रमाणले भन्छ– उनले वर्षौंदेखि पदीय हैसियतको ठीक विपरीत काम गर्दै आएका छन् ।

नापतौल विभागमा महानिर्देशक छँदा साहले राजधानीका पेट्रोल पम्पहरूमा डिजिटल प्रविधि जडान गर्न लगाएको र कम परिमाणमा तेल दिन लगाई लाखौं उपभोक्तालाई ठगी गरे/गराएको तथ्य वर्षौंसम्म गुपचुप रह्यो ।

यसरी ठगी गरेबापत पम्पहरूबाट उनले महिनाबारी पैसा असुल्ने गरेको पनि कसैलाई पत्तो भएन । तर जब प्रहरीले भारतीय नागरिक अयुब आलमलाई ठगी गर्ने उपकरणसहित पक्राउ गर्‍यो, तब साहको पोल खुल्यो ।

एक सय लिटर पेट्रोल बेच्दा ९६ लिटर मात्रै उपभोक्ताले पाउने गरी उपकरण फिट गर्ने यी मिस्त्रीलाई भारतबाट झिकाएका रहेछन् उनै साहले । ‘सहसचिव जस्तो मान्छेले यस्तो ठगी गर्लान् भन्ने पत्याउन पनि गाह्रो थियो,’ उनलाई पक्रने महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनाल भन्छन्, ‘तर अनुसन्धान अघि बढाउँदै जाँदा वर्षौंदेखि उनले आरामसँग ठगीको गिरोह नै चलाएको खुल्न आयो ।’

आलमको बयानका आधारमा प्रहरीले उनलाई मंसिर २७ गते तिलगंगाबाट पक्राउ गरेको थियो । साहले गुणस्तर तथा नापतौलको तालिम लिने क्रममा भारत गएका बखत ठगी गर्ने डिजिटल प्रविधि र त्यसको मिस्त्रीसमेतलाई नेपाल भित्र्याएको प्रहरीको भनाइ छ ।

 उनले भारतीय नागरिकहरू नसिम सिद्धिकी,, हमिद हुसेन, फनहरा मोहम्मद र रौतहटका सेख इम्तिहाज अबरारलाई पनि यो गिरोहमा सामेल गराएको प्रहरी अनुसन्धानले देखाएको छ ।

यी चारै मिस्त्रीहरूबाट प्रहरीले तेल चोरी गर्ने उपकरणहरू रिमोट रिसिभर, पल्सर एसेम्ली र पल्सर कार्ड रिमोट रिसिभर बरामद गरेको छ । साहकै निर्देशनमा उनीहरूले यस्ता उपकरण गायत्रीदेवी आयल स्टोर्स एकान्तकुना, महालक्ष्मी विश्वकर्मा ट्रेडर्स चापागाउँ, त्रिशक्ति फ्युल सेन्टर सानेपा, क्रिस्टल फ्युल सप्लायर्स बालाजु, भक्तपुर फ्युल सेन्टर आदर्श चोक, न्यु बंगलामुखी आयल स्टोर्स सानोभर्‍याङ, बागमती पेट्रोलियम डिलर्स, राजधानी आयल, पूजाकोठी आयल स्टोर्स, दिव्या सप्लायर्स सामाखुसी, प्रवीन आयल स्टोर्स, कामाख्या आयल स्टोर्स र न्यु पुष्पाञ्जलि आयल ट्रेडर्स जय बागेश्वरीमा जडान गरेका थिए ।

यसरी जडान गरेबापत केही हजार रुपैयाँ आफूले पाउने गरेको मिस्त्रीहरूले स्वीकारेका छन् । ठूलो परिमाणमा तेल ठगेर आएकोमध्ये निश्चित रकम साहलाई महिनैपिच्छे दिने गरेको पम्प सञ्चालकहरूले बयानमा खुलाएका पनि छन् । साह नापतौल विभागको क्षेत्रीय निर्देशक हुँदा नै पेट्रोल पम्पहरूमा डिजिटल प्रविधि सुरु भएको थियो ।

ट्याक्सीहरूमा डिजिटल मिटर जडान गर्ने काम पनि उनकै सक्रियतामा भएको देखिएको प्रहरीले जनाएको छ ।

यसरी योजनाबद्ध ठगीको मुख्य नाइके मानिएका उनीविरुद्ध प्रहरीले ठगी र कालोबजारीका चार छुट्टाछुट्टै मुद्दा दायर गरेको छ यसबारे बुधबार सुनुवाइ हुँदै छ । यसरी प्रविधिको सहाराले पेट्रोल ठग्ने गिरोहका अर्का मुख्य साझेदार आयल निगमका थानकोट डिपो प्रमुख रविन शर्मा पनि भएको प्रहरीले उल्लेख गरेको छ ।

उनीसँग काठमाडौं जिल्ला अदालतले मंगलबार बयान लिने काम सकेको छ । उनीविरुद्ध पनि बुधबार नै सुनुवाइ हुने काठमाडौं जिल्ला अदालतका स्रेस्तेदार ध्रुव उप्रेतीले जनाए ।


kantipur.ekantipur
८ पुस, काठमाण्डौं ।
नयाँ संविधानले व्यवस्था गरे अनुसार संघीय प्रदेशको संचरनामै पार्टीको संरचना निर्माण गर्ने निर्णयमा पुगेका एमाओवादी केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले केपी ओली नेतृत्वको वर्तमान सरकार ढाल्ने खेल भइरहेको खुलासा गरेका छन् ।

प्रचण्डले वर्तमान सत्ता गठबन्धले र सरकारबाट आप्mनो स्सवार्थ पूरा हुन नसकेकाले उतातिरको शक्ति (भारत) को ध्यान अब सरकार गिराउनुमा गएको बताए । पेरिसडाँडामा आइतबार करिब ४ घण्टा बोलेका उनले मंगलबार बिहान पदाधिकारी बैठकमै पनि आपूmलाई प्रधानमन्त्रीको प्रस्ताव बोकेर भारतीय दूतले भेटेको प्रसंग उठाए ।


केन्द्रीय समितिमा प्रचण्डले केपी ओली नेतृत्वको सरकारमा कामकारबाहीबाट सन्तुष्ट हुने अवस्था नभए पनि अहिले यो सरकार गिराएर प्रधानमन्त्री बन्ने लोभमा फस्नु भनेको जानीजानी आत्महत्याको बाटो रोज्नु भएको बताए ।

सोतका अनुसार शक्तिकेन्द्रको योजना तोडेर बडो कठिनतासाथ याये गठबन्धन बेको भन्दै उनले आपूmले प्रधानमन्त्रीमा लोभ नदेखाएपछि अहिले कमल थापा, विज गच्छदारदेखि आन्दोलन गरिरहेका उपेन्द्र रप्रतिपक्षी कांग्रेसका पनि चार चार ना नेतालाई प्रधानमन्त्री बनाइदिने आश्वसन आएको सुनेको बताए । जनआस्था साप्ताहिकमा खबर छ ।
nepaliheadlines
काठमाडौं, ८ पुस । भारतीय नाकाबन्दीबीच छिटपुट नेपाल छिरेको खाना पकाउने एलपी ग्यास स्थानीय प्रशासन र प्रहरीकै मिलेमतोमा चरम कालोबजारी भइरहेको भेटिएको छ ।
राजधानी भित्रने प्रमुख नाका जिल्ला चितवन र धादिङ जिल्ला प्रशासन कार्यालयले यसरी आएका ग्यास उद्योगबाटै ‘लुट्न’ थालेको खुलासा भएको हो ।
राजधानीलाई प्रमुख बजार बनाउँदै ग्यास बिक्री गरिरहेका करिब एक दर्जन ग्यास कम्पनीले ल्याएका ग्यास तथा दुई जिल्लाका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखको ठाडो आदेशमा रिफिल सेन्टरबाटै लुट्न थालिएको समाचार नागरिक दैनिकले छापेको छ ।
‘चितवन र धादिङ सिडिओ कार्यालयले प्रत्येक साता ८ सय सिलिन्डर नदिए ग्यास काठमाडौं लानै नदिने भनेका छन्’, असुरक्षाका कारण आफ्नो नाम उल्लेख नगर्ने सर्तमा एक उद्योगीले भने, ‘एउटा उद्योगबाट ८ सयष्का दरले सिडिओलाई किन ग्यास चाहियो ?’
उद्योगीका अनुसार हाल श्रीकृष्ण, साइबाबा, बाबा, नारायणी, ओम, एभरेस्ट, सुगम, राजधानी, श्रीराम, भानुलगायत ग्यास उद्योग चितवन र धादिङमा छन् ।
dainiknepal
काठमाण्डु, ८ पुस– ‘यो भारतको आदेश कति दिन मान्ने ? लोकमान को हो ? राजा हो ? ऊ सुपर क्याबिनेट र हामीचाहिँ मिनी क्याबिनेट हो ? सार्वभौम राष्ट्र होइनौँ हामी ? सबैतिर अस्तव्यस्त बनाएर अर्को खिलराज जन्माउने तयारी हुँदैछ यहाँ ।
’ बिहीबार राति बालुवाटार पुगेका प्रचण्ड आधा घण्टासम्म पहिलो तलामा प्रधानमन्त्रीसँग यसरी पड्किए । भन्दै थिए,‘ लोकमानले भारतको आदेशअनुसार निर्णय गर्ने अनि हामीले त्यसलाई कार्यान्वयन गर्नुपर्ने ? लौ, त्यसको पत्रलाई पाँच दिन थन्क्याऊँ र एक हप्तासम्म केही निर्णय नगरी बसौँ ।’ एकछिनपछि त्यहाँ झुल्किएका सशस्त्र प्रहरी प्रमुख कोषराज वन्तलाई, ‘मेरो पिएमसँग कुरा भइसक्यो, अब तपाईँ आफ्नो भनाइ राख्नुस्,’ भन्दै प्रचण्ड त्यहाँबाट निस्किएका थिए ।
संयोगवश त्यही दिन अख्तियारले भ्रष्टाचारको अभियोगमा कोषराजलाई कारबाही गर्न सरकारलाई पत्र पठाइएको थियो । त्यही विषयमा छलफल गर्न दुई कम्युनिस्ट घटकका अध्यक्षहरू जुटेका हुन् । गृहमन्त्री शक्ति बस्नेतकै सामु प्रचण्डले केपी ओलीलाई गरेको ब्रिफिङअनुसार मधेस आन्दोलन चर्किएको यही मौका छोपेर फौजको मनोबल गिराउने र बाबुराम या लोकमानलाई सत्तामा हावी गराउने दक्षिणी ग्रान्ड डिजाइनअन्तर्गत हठात निर्णय गरिएको हो । जनआस्था साप्ताहिकबाट
kathmandutoday
काठमाडौं: एमाओवादीले आफ्नो पार्टीको विधान संशोधन गरी सांगठनिक संरचनालाई संवैधानिक व्यवस्थाअनुसार प्रादेशिक रूपमा रूपान्तरित गरेको छ।

पार्टीको दुई साता लामो केन्द्रीय समिति बैठकपछि वरिष्ठ नेताहरूलाई सात प्रदेशका इन्चार्जको जिम्मेवारी तोकिएको हो।यसअघि एमाओवादीले पार्टीको अवधारणाअनुसार १३ वटा राज्य समिति बनाएर नेताहरूलाई जिम्मेवारी दिँदै आएको थियो।

एमाओवादीको संशोधित विधानअनुसार केन्द्रीय समिति, प्रादेशिक समिति र गाउँ वा नगर समितिलाई कार्यकारी र जिल्ला समितिलाई समन्वयात्मक बनाउने निर्णय पार्टीले गरेको छ। ती सातवटा प्रादेशिक समितिको इन्चार्जको जिम्मेवारी एमाओवादीले स्थायी समिति वा सरहको हैसियत भएका नेतालाई दिएको छ।

पार्टीले एक नम्बर प्रदेशको इन्चार्जमा राम कार्की, दुई नम्बर प्रदेशको इन्चार्जमा विश्वनाथ साह, तीन नम्बर प्रदेशको इन्चार्जमा कृष्णबहादुर महरा, चार नम्बर प्रदेशको इन्चार्जमा डिलाराम आचार्य, पाँच नम्बर प्रदेशको इन्चार्जमा चक्रपाणि खनाल, ६ नम्बर प्रदेशको इन्चार्जमा जनार्दन शर्मा र सात नम्बर प्रदेशको इन्चार्जमा लेखराज भट्टलाई तोकेको हो।

केन्द्रीय समितिले मंगलबार अध्यक्ष पुष्पकमल दाहालको राजनीतिक प्रतिवेदन पारित गर्दै उक्त प्रतिवेदनअनुसारको प्रादेशिक सांगठनिक संरचना बनाएको हो। प्रवक्ता दिनानाथ शर्माका अनुसार दाहालको प्रतिवेदनमाथि एक सय १७ जना नेताले सुझाव, टिप्पणी, आलोचना र फरक मत राखेपछि परिमार्जनसहित पारित भएको हो।

दाहालको राजनीतिक प्रतिवेदनले व्यवस्था गरेअनुसारको संगठनात्मक संरचना बनाउन विधान संशोधन गर्नुपरेको शर्माले बताए। प्रादेशिक सांगठनिक संरचना बनाउन एमाओवादीले पार्टी विधानको धारा २८, धारा ४४ र धारा ४७ लाई केन्द्रीय समितिमार्फत परिवर्तन गरेको हो।

बैठकले केन्द्रीय उत्पादन विभागको इन्चार्जमा लोकेन्द्र बिष्टमगरलाई तोकेको छ। मुखपत्र प्रकाशनको इन्चार्जमा अध्यक्ष दाहाल स्वयं छन् भने त्यसको सम्पादक मण्डलमा गोपाल किराँती, दिनानाथ शर्मा, विश्वभक्त दुलाल र उर्मिला अर्याल छन्।

त्यसैगरी स्कुलिङ विभागको इन्चार्जमा उपाध्यक्ष नारायणकाजी   श्रेष्ठ तोकिएका छन् । विभागको सचिवमा विश्वभक्त दुलाल तोकिएका छन्। उक्त विभागमा धर्मदत्त देवकोटा, ध्रुव पराजुली र शशी श्रेष्ठ पनि छन्।

बैठकले सन्तकुमार चौधरी, गौरीशंकर चौधरी, हरिराम चौधरी, विजय कायस्थ, तपेश्वर चौधरी, मानपुर चौधरीलाई केन्द्रीय समितिमा बढुवा गरेको छ। शर्माका अनुसार केन्द्रीय समितिमा थारू समुदायका केही प्रतिनिधि थप्नेबाहेक अन्य पदपूर्ति अहिले नगर्ने निर्णय गरिएको छ।

अहिलेका जिल्ला समितिलाई भंग गर्ने, अन्तरिम कालको समन्वयका लागि जिल्ला संगठन समिति बनाउने निर्णय गरिएको प्रवक्ता शर्माले बताए।केन्द्रीय समितिको बैठक रोकेर सोमबार दिनभर अध्यक्ष दाहालको निवास लाजिम्पाटमा बसेको वरिष्ठ नेताहरूको बैठकले स्थायी समिति सदस्य वा सोसरहका नेताहरूलाई प्रदेश इन्चार्जको जिम्मेवारी दिने निष्कर्ष निकालेको थियो।

ती नेताहरूको सुझावका आधारमा मंगलबार पदाधिकारीले तयार पारेको प्रादेशिक संरचनाको जिम्मेवारी बाँडफाँट गर्ने प्रस्ताव केन्द्रीय समिति बैठकमा पेस गरिएको थियो।

२३ नेता कारबाहीमा, दुईको राजीनामा स्वीकृत
बाबुराम भट्टराईले नेतृत्व गरेको नयाँ शक्ति अभियानमा लागेका नेता देवेन्द्र पौडेल, हिसिला यमी, गंगा श्रेष्ठ, रामचन्द्र झा, महेन्द्र पासवान, भक्तबहादुर शाह, नवराज सुवेदी, रामकुमार शर्मा, चिनक कुर्मी, बलावती शर्मा, देवेन्द्र पराजुली, खिमलाल देवकोटा, कुमार पौडेल, कल्पना धमलालगायत २२ जना नेतालाई एमाओवादीले कारबाही गरेको छ।'उहाँहरु पार्टी अनुशासन उल्लंघन गरेर नयाँ शक्ति अभियानमा जानुभएको छ। उहाँहरूलाई साधारण सदस्यतासमेत नरहने गरी कारबाही गरिएको छ,' प्रवक्ता शर्माले भने।

त्यसैगरी पार्टीले पोलिटब्युरो सदस्य हेमन्तप्रकाश वलीलाई पनि ६ महिनाका लागि साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरेको छ।'सांस्कृतिक विचलन र गम्भीर कमीकमजोरी गरेकाले' वलीलाई कारबाही गर्नुपरेको प्रवक्ता शर्माले बताए।

उनका अनुसार संविधानसभाबाट संविधान जारी गर्ने प्रक्रियामा मतदानमा सहभागी नभएका पोलिटब्युरो सदस्य प्रभु साहलाई अन्तिम पटक स्पष्टीकरण सोध्ने निर्णय गरिएको छ। शर्माले भने, 'प्रभु साह संविधानसभामा संविधानको मतदान प्रक्रियामा सामेल हुनु भएन। केन्द्रीय समिति बैठकमा उपस्थित हुनु भएन। स्पष्टीकरणको जबाफ पनि दिनु भएन, पार्टीले जारी गरेको ह्विप उल्लंघन गर्नुभयो। त्यसैले अन्तिम स्पष्टीकरण लिने र त्यसका आधारमा कारबाही गर्ने निर्णय गरियो।'

उपराष्ट्रपति निर्वाचित भएपछि स्थायी समिति सदस्यबाट राजीनामा दिएका नन्दबहादुर पुनको राजीनामा र सभामुखमा निर्वाचित भएपछि पोलिटब्युरो सदस्य ओनसरी घर्तीले पार्टीबाट दिएको राजीनामा स्वीकृत गरिएको प्रवक्ता शर्माले बताए। उनले भने,'पदाधिकारी, स्थायी समिति, पोलिटब्युरो, केन्द्रीय समिति, केन्द्रीय परिषद्मा अहिले नथप्ने निर्णय गरिएको छ।'annapurnapost


वि.सं. २०७२ साल पुस ८ गते। बुधबार। इश्वी सन् २०१५ डिसेम्बर २३ तारिख। नेपाल संवत् ११३६ थिंलाथ्व। मार्गशीर्ष शुक्लपक्ष। तिथि– त्रयोदशी, १९:३५ बजेउप्रान्त चतुर्दशी।उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
बोलीको गलत अर्थ लाग्नाले अप्ठ्यारोमा परिएला। मान–सम्मानमा पनि आघात पुग्न सक्छ। विचार सम्प्रेषण गर्न केही समय पर्खनु बुद्धिमानी हुनेछ। तापनि, सहयोगीहरूले काममा साथ दिनेछन्। बिस्तारै फाइदा उठ्ने योग छ। विगतमा सम्पादित कामबाट लाभ हुनेछ। पठन–पाठनमा बिस्तारै प्रगति हुन सक्छ। अनावश्यक वादविवादबाट टाढै रहने चेष्टा गर्नुहोला।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
आँटले काम लिन नसक्दा पछि परिनेछ। योजनाअनुसार अघि बढ्न नसकिए पनि नियमित काम भने सम्पादन हुनेछन्। खानपानको अनियमितताले स्वास्थ्यमा समस्या देखिएला। सहयोगीहरू कमै भेटिनेछन् भने फुर्सदिलाहरूले अलमल्याउन सक्छन्। थोरै आर्जनमा चित्त बुझाउनुपर्ला। अध्ययनमा सामान्य ज्ञान नसुझ्नाले बढी मेहनत गर्नुपर्ने समय छ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
खर्च लागे पनि दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ। चुनौतीहरू पन्छाउँदै रोकिएका काम बनाउन सकिनेछ। धैर्यले काम लिने समय छ। छर–छिमेकमा केही असमझदारी बढ्ने योग देखिए पनि प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ। प्रयत्न गर्दा टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्नेछ। वैदेशिक क्षेत्रबाट लाभ उठाउने अवसर प्राप्त हुनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
लाभ हुने काम प्रारम्भ गर्ने समय छ। साझेदारीमा पनि फाइदा हुनेछ। आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि बढी नै फाइदा हुनेछ। आम्दानी बढढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन्। दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ। गरिएका कामको राम्रै मूल्यांकन हुनेछ। विभिन्न भौतिक साधनहरू जुट्नेछन् र प्रसन्नता पनि मिल्नेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। अरूको विश्वासमा पर्दा अन्त्यमा धोका पाइएला। केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ। तापनि समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिनेछ। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ। विभिन्न अवसर जुटे पनि अरूलाई वचन दिने बानीले दुःख पाइनेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
भाग्यले नसोचेको फाइदा दिलाउन सक्छ। चुनौतीहरू स्वतः हट्नेछन् भने कर्मयोग र आम्दानीले पछ्याउनेछन्। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। धेरैले तपाईंका कामको तारिफ गर्नेछन्। कामले अरूको मन लोभ्याउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सहयोगीहरू जुटिदिनाले ढिलै भए पनि चिताएका कामहरू सम्पादन हुने समय छ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
विविध चुनौती सामना गर्नुपर्दा चिन्ता बढ्न सक्छ। बाध्यतामा अलमलिनुपर्दा मन खिन्न रहनेछ। श्रमपूर्वक समर्पित हुँदा पनि कामको मूल्य नपाइने परिस्थिति देखिन्छ। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने पहिलेका सहयोगीहरू पछि हट्न सक्छन्। धैर्यसाथ कर्तव्यपरायण बन्ने प्रयत्न गर्नुहोला, श्रमको उपलब्धि हात पार्न सकिनेछ। गोपनीयतामा ध्यान पुर्याउनुहोला।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
विभिन्न अवसर प्राप्त हुनेछन् तर केही अप्ठ्यारा परिस्थिति समेत सामना गर्नुपर्ने समय छ। आफन्तसँग असमझदारी बढ्न सक्छ। बाध्यताका काममा अलमलिनुपर्ला। पतिपत्नीमा पनि अविश्वास बढ्ने योग छ। रमाइलो क्षणमा अचानक खिन्नता बढ्ने समय छ। व्यवसायमा फाइदै हुनेछ। सामान्य आम्दानी भइरहनेछ। यात्रामा धनमाल हराउन सक्छ, सचेत रहनुहोला।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
अप्ठ्यारा परिस्थितिको सामना गर्नुपर्ला। केही चुनौतीहरू देखिनेछन्। अधिकार सुरक्षा गर्न जुट्नुपर्नेछ। गरी आएका काम र व्यापार–व्यवसायमा फाइदा उठाउन नसकिएला। शत्रुहरू बढ्नाले समस्या थपिएलान्। आँटेका काममा बाधा पुर्याउनेहरू प्रशस्तै हुनेछन्। फजुल खर्च पनि बढ्नेछ। सहयोगका नाममा ठगीमा परिने योग भएकाले होसियार रहनुहोला।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
व्यावसायिक यात्रा सम्भावना छ। सुखद समाचारले अझ उत्साह बढ्नेछ। नयाँ ज्ञान सिक्ने मौका छ। व्यापार–व्यवसायमा विशेष लाभ लिने समय छ। दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ। आम्दानी प्रशस्तै बढ्नेछ। नयाँ सवारी साधन प्राप्तिको योग छ। आतिथ्यपूर्ण सम्मान पाइएला। बोलीकै भरमा विशेष काम सम्पादन हुन सक्छ, क्रियाशील रहनुहोला।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
परिवारजन तथा बन्धु–बान्धवबीच आत्मीय भाव बढ्नेछ। भूमि तथा मातृधनबाट लाभ लिने समय छ। बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्ने अवसर प्राप्त हुनेछ। महत्वाकांक्षी योजना फलीभूत हुनेछन्। काममा राम्रै सहयोग जुट्न सक्छ। कृषि–चौपायाबाट लाभ मिल्नेछ। नयाँ काममा हात हाल्ने समय छ। प्रयत्न गर्दा स्थायी सम्पत्ति जोड्न सकिनेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
परिस्थितिअनुसार चल्न नसक्ता दुःख पाइनेछ। सहयोगीहरूले पनि विपक्षीलाई साथ दिन सक्छन्। यसले अलि अप्ठ्यारोमा परिनेछ। आर्जित धन खर्च हुन सक्छ। पुरानो समस्याले केही झमेला आइलाग्ने सम्भावना छ। दाम्पत्यमा शंका र असमझदारी बढ्न सक्छ। कृषि तथा पशुपालनमा खर्च बढ्नेछ। काममा चुनौती देखिएलान्। आफ्नै प्रयासले काममा लाभ मिल्नेछ।

काठमाडौँ, ७ पुस । उपराष्ट्रपति नन्दबहादुर पुनसग नेपालका लागि भारतीय राजदूत रणजीत रायले शिष्टाचार भेट गर्नुभएको छ ।
उपराष्ट्रपति कार्यालय बहादुर भवनमा आज भएको भेटमा भारतीय राजदूत रायले दुई देशबीच रोटी र बेटीको समेत सम्बन्ध रहेको धारणा राख्दै भारत नेपालसँगको सम्बन्ध अझै सुदृढ गर्ने पक्षमा रहेको बताउनुभएको थियो । उहाले भारतको चाहना नेपालमा शान्ति, समृद्धि र स्थायित्व भएको दोहो¥याउनुभयो ।
जवाफमा उपराष्ट्रपति पुनले नेपाल–भारतबीचको सम्बन्ध निकै पुरानो भएको बताउनुहु“दै जनस्तरसम्म रहेको सांस्कृतिक सम्बन्धलाई अझै सुदृढ गर्न दुवै मुलुकका लागि आवश्यक छ भन्नुभयो ।
नेपाली जनताको सात दकश पहिलेदेखिको संविधानसभाबाट संविधान जारी गर्ने चाहना पूरा भएको बताउनुहुदै उहाले नेपालको अबको गन्तव्य समृद्ध नेपाल निर्माण भएको बताउनुभएको उपराष्ट्रपति पुनको सचिवालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यस्तै उपराष्ट्रपतिसग आजै नेपालका लागि म्यानमारका नवनियुक्त राजदूत यु ल्विन उले पनि भेट गरी नेपाल–म्यानमारका सम्बन्ध धेरै पुरानो भएको बताउनुभयो । म्यानमार सरकार र विद्रोही समूहबीच शान्ति प्रक्रिया जारी रहेको बताउनुहुदै उहाले नेपालको शान्तिप्रक्रियास“ग आफूहरुको शान्ति प्रक्रिया मिल्दो रहेको बताउनुभयो ।
उपराष्ट्रपति पुनले नेपाल–म्यानमारबीचको औपचारिक सम्बन्ध सन् १९६० देखि सुरु भएपनि दुई देशबीचको सम्बन्ध धेरै पुरानो भएको बताउनुभयो । उहाले दुई देशबीचको सम्बन्धलाई जनस्तरसम्म विकास गर्नुपर्ने बताउनुभएको थियो ।
dainiknepal
२०७२ पुष ७
काठमाडौ, ७ पुष । उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले बुधवारबाट हुने आफ्नो मित्र राष्ट्र चीनको भ्रमणले नेपालको आर्थिक विकासको लािग चीन र नेपाल दुबै मुलुकलाई फाईदा हुने गरी आर्थिक खाँकाको विषयमा सैद्धान्तिक आधार बनाउने दाबी गरेका छन् ।
मुलुकको संकट समाधानको लागि ध्यानआर्कषित गर्ने उद्देश्यले रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले बुझाएको ज्ञापन पत्र बुझ्दै उनले भने- ‘मेरो चीन भ्रमणले दुई देशबीचको आर्थिक साझेदारीको दिर्घकालिन फ्रेमवर्क बनाउँछ ।’
उपप्रधानमन्त्री थापाले संविधान निर्माणपछि अब नेपालको प्राथमिक कार्यभार आर्थिक समृद्धि भएकोले संसारकै दोस्रो आर्थिक शक्ति चीनसँगको सम्बन्धलाई आर्थिक विकास र समृद्धिमा केन्द्रीत गर्ने गरी आफ्नो भ्रमणमा कुराकानी हुने जानकारी दिदै चीनसँग आर्थिक, ब्यापारिक सम्बन्ध सुदृढीकरण, लगानी र पर्यटन अभिबृद्धि गर्ने, चिनियाँ सहयोगमा सञ्चालित आयोजनाको निरन्तरता, थप पूर्वाधार विकासको विषयमा छलफल हुने बताए ।
उनले नेपालले अहिले मुलुकको हितकोलागि ब्यापार विविधीकरणको सिद्धान्त लिएकाले सोही अनुसार चीनबाट ईन्धन आपूर्ति ब्यापारिक ढंगले अघि बढाउनमा रहेका कठिनाईहरुलाई भ्रमणको क्रममा हटाउने बताए ।
उपप्रधानमन्त्री थापाले भने– ‘अहिले नै सबै कुरा भन्नु उपयूक्त हुँदैन तर मेरो भ्रमणले चीनसँगको भावी सम्बन्धको आधार तय गर्ने आशा र विश्वास छ । यो नियमित भ्रमण हो । भ्रमणअघि सबै कुरा मलाई भन्न नलगाउनुस । कुटनीतिक एजेण्डा मिडियाबाट भन्दा उपयुक्त हुँदैन । तर सबै विषय बस्तुमा कुरा हुन्छ । संविधान जारी भएपछि म चीन भ्रमणमा जाँदैछु । त्यसैले पनि यो फलदायी हुन्छ ।’
संविधान निर्माणपछि मुलुक आर्थिक समृद्धको यूगमा प्रवेश गरेकोले आफूले दुई पटकको भारत र बेलायत भ्रमणबाट सद्भाव जुटाएको र चीन भ्रमणबाट समेत यो अघि बढ्ने भन्दै भ्रमणको क्रममा नयाँ सरकार, नयाँ परिस्थिति सरकारको प्राथमिकता बताउने नियमित भ्रमण भएको बताए ।
नेपाल भारत सम्बन्धको बहुआयामिक पक्ष भएकोले यसलाई सुमधुर बनाएर लिएर जानुपर्छ भन्ने पक्षमा आफूले पहल गरिरहेको बताउँदै आर्थिक र सामाजिक विकासमा महत्वपूर्ण सहयोग रहेको स्मरण गरे ।
उनले मित्र राष्ट्र भारतसँगको असमझदारीहरु पछिल्लो प्रयासमा हटेको दावी गर्दै भारतीय विदेश मन्त्री शुष्मा स्वराजको विज्ञप्तिले सकारात्मक रुपमा संकट समाधानमा उत्साह थपेको बताए । थापाले भने– ‘सरकारको निर्णयलाई भारतले समर्थन गरेको छ । यसलाई म स्वागत गर्छु । यसले दुई देशवीचको सम्बन्धमा नयाँ आयाम थपेको छ ।’
उपप्रधानमन्त्री थापाले मधेसी मोर्चाको अधिकांश माग पुरा गर्ने प्रतिबद्धता सरकारले ब्यक्त गरिसकेको र बाँकी पनि बार्ताबाटै गर्न सकिने स्पष्ट पारिसकेकोले यसलाई सकारात्मक रुपमा लिएर मोर्चाले आन्दोलन फिर्ता लिएर बार्तामा आउनुपर्ने धारणा राखे । उनले भने– ‘अब आन्दोलनको औचित्य छैन । बार्ताबाटै समस्या समाधान गरेर जानुपर्छ ।’
dainiknepal भिडियो हेर्न तलको बाकस थिच्नुहोस
धनगढी, ७ पुस । नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले राष्ट्रहितका नाममा औचित्यहीन कठोरताले समस्याको समाधान नहुने बताएका छन् ।
उपसभापति पौडेलले मधेसमा जारी आन्दोलनले परिवर्तनका उपलब्धी पनि गुम्ने खतरा बढेको बताए । उनले प्रधानमन्त्री ओलीले प्रदर्शन गरिरहेको कठोरताले पनि मुलुकको हित नगर्ने बताए ।
नेपाल प्रेस युनियन, कैलालीले मंगलबार कैलालीको गेटा विमानस्थलमा गरेको पत्रकार सम्मेलनमा नेता पौडेलले नेपाली जनताले प्राप्त गरेका उपलब्धीको रक्षाका लागि सरकार तथा आन्दोलनकारी दुवै पक्ष लचिलो बन्न आग्रह गरे ।
मधेसवादी दलका केही नेताले प्रधानमन्त्री ओलीको राजीनामा मागिरहेको सन्दर्भमा प्रमुख प्रतिपक्षी दल कांग्रेसका उपसभापति पौडेलले भने– अहिले नै सरकार परिवर्तनकशब्द समेत उच्चारण गर्ने बेला भएको छैन ।
उपसभापति पौडेलले नेपाली काँग्रेसले मधेसमा जारी आन्दोलनले सिर्जना गरेको गतिरोध अन्त्यका लागि निरन्तर प्रयास गरिरहेको बताए । उनले दुईचार दिनभित्रै मुलुकमा विद्यमान गतिरोध समाप्त हुने विश्वास व्यक्त गरे ।
पत्रकारहरूको एक जिज्ञासामा नेता पौडेलले प्रदेशको सिमांकनमा हेरफेर गरिए मुलुक पुन भयानक द्वन्द्वमा फस्ने बताए । ‘सात प्रदेशको सिमांकनमा कुनै पनि हालतमा हेरफेर हुनसक्दैन’ उनले भने– वार्ताबाट चाढै नै समस्या समाधान हुने बताए । उनले मधेसवादी दलहरू पनि नाकाबन्दी लम्ब्याउने पक्षमा नरहेको दाबी गरे ।
dainiknepal
काठमाडौं, ७ पुस । मधेश आन्दोलनको मागलाई सम्बोधन गर्न सरकारले पारित गरेको प्रस्ताव भारतद्वारा स्वागत गरिएपनि संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले विरोध गर्दै त्यसलाई अस्वीकार गरेको छ ।
मंगलवार साँझ संघीय समाजवादी फोरम नेपालको कार्यालयमा बसेको मोर्चाको बैठकमा त्यसलाई अस्वीकार गरेको हो । बैठकपछि जारी विज्ञप्तिमा मोर्चाले सरकारको प्रस्तावलाई अपूर्ण, अमूर्त, अस्पष्ट र दृष्टिकोणविहीन बताउँदै त्यसको विरोध गरेको छ । साथै मोर्चाले सरकारमाथि वार्तालाई लिएर गम्भीर र इमानदार नभएको पनि आरोप लगाएको छ ।
मोर्चाको यस ताजा निर्णयले भारत सकसमा परेको छ । ओली सरकारको मन्त्रिपरिषदले आइतबार राति तीन बुँदे प्रस्ताव पारित गर्दै मधेश आन्दोलनलाई सम्बोधन गर्ने निर्णय गरेको थियो । सरकारले गरेको यस निर्णय लगत्तै भारतीय विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै स्वागत गरेको थियो ।
भारतीय राजदूत रञ्जीत रेले पनि मधेशी मोर्चाका शीर्ष नेताहरूलाई दूतावासमै बोलाएर सरकारको निर्णय माथि गम्भीरताले विचार गर्न र सकारात्मक रूपमा अघि बढ्दै सहमतिको नजिक पुग्न दबाब दिएका थिए । तर, मोर्चाले आज विज्ञप्ति जारी गर्दै भारतलाई समेत नटेरी सरकारको निर्णयको विरोध गरेको छ ।
यता भारतीय राजदूत रञ्जीत रे सरकारको निर्णयअनुसार भोलीको संसद बैठकमा मधेसवादी दललाई पेलेरै संविधान संशोधन विधेयक अगाडि बढाउन दबाब दिइरहेका छन् ।
‘जून थालमा खायो, त्यही थालमा चुठेको’ जस्तै गरी मधेसी मोर्चाले टेर्न छाडेपछि उनीहरुलाई आफ्नो शक्ति देखाउँन भारतले आफ्ना राजदूतलाई खटाएको हो । यसैबीच मंगलबारै भारतीय राजदूत रेले सभामुख ओनसरी घर्तीसँग भेटवार्ता गरी संविधान संशोधन विधेयक अगाडि बढाउन सुझाव दिएका छन् । अर्काेतर्फ उपराष्ट्रपति परमानन्द झालाई समेत भेटेर रेले संशोधन विधेयक अगाडि बढाउन सरकारलाई सुझाव दिन आग्रह गरेका छन् ।
भोली बस्ने संसद बैठकले कांग्रेसद्धारा प्रस्तुत संविधान संशोधन विधेयक पारित गर्ने तयारी गरेको छ । भारतीय राजदूतसँगको भेटमा सभामुख घर्तीले पनि संशोधन प्रस्ताव कुनै हालतमा नरोक्ने बताएकी थिईन् । उक्त प्रस्तावमा मधेस आन्दोलनले उठाएको समानुपातिक समावेशीता र जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण गरी दुई वटा महत्वपूर्ण माग समेटिएका छन् ।
dainiknepal
काठमाडौँ, ७ पुस । भनिन्छ मानिसको जिवनमा दिनको जति महत्व हुन्छ रातको पनि त्यति नै हुन्छ । अर्थात दिन र रात मिलेर मानिसको सम्पुर्ण दिनचर्यामा जिवन चलेको हुन्छ । दिनभरको काम र दौडधुपका कारण थकीत शरिरलाई आरामको जरुरी हुने हुनाले मानिसलाई कम्तीमा पनि सात घन्टाको निद्रा जरुरी हुने चिकित्सक बताउँछन् । निद्रा नपुग्दा पाचन प्रणालीदेखि लिएर सौन्दर्यमा समेत ह्रास आउछ । त्यति मात्र होइन, निद्रा पुगेन भने मानसिक तथा शारीरिक ‘स्ट्रेस’ पनि बढ्छ । यदि तपार्इंलाई निद्रा लाग्दैन भने सुत्ने समय भएपछि यि कुरा भुलेर पनि गर्नु हुँदैन ।

रातीमा गम्भीर अध्ययन नर्गनुहोस्
दिन भरीको थकानले रातीको अध्ययन प्रभावित त हुन्छ नै । त्यसैले पनि राती पढ्नु भनेको त्यति लाभदायक हुँदैन ।
राति सुत्नुअघि गम्भीर पुस्तक पढ्नु भन्दा सामान्य फिक्सन पढ्नु उचित हुन्छ । जसले छिटो निन्द्रा ल्याउँछ । र आनन्द मिल्छ ।

खानापछि चिया–कफी पिउनु हानिकारक
तपाईको शरीरले आराम खोजीरहेको छ तर तपाईले बाहिरी आनन्द खोज्दै खानापछि चिया–कफी पिउनु भयो भने तपाईको निन्द्रा हराउँछ । चिया कफीमा पाइने क्याफिनको असर सीधै निद्रामा पर्ने हुनाले रातीको खाना पछि कफी पिउने बानी अत्यन्त नराम्रो हो । त्यसले कैयौँ घन्टासम्म निद्रा लाग्दैन ।

राती फिल्म हेर्नु हानिकारक
साँझ खाना खाइसकेपछि टिभी हेर्ने वा फिल्म हेर्ने बानीले सुत्ने समयमा गडबडी ल्याउँछ । जसका कारण रातीको बाक्लो निन्द्रा हरण हुन्छ । र स्वास्थ्य बिग्रन सक्छ ।

इन्टरनेट पनि सकभर नचलाएको वेश
रातीमा इन्छरनेट चलाउन मन लागेपछि राती ढल्कीएको पत्तै हुँदैन । यसले आँखामा दबाब पार्छ र निद्रा हटाउँछ ।

परिवारसँग गम्भिर छलफल नर्गदा राम्रो
रातपरेपछि परिवारसँग छलफल गर्नुलाई पनि त्यति राम्रो मानिँदैन । गम्भीर विषयमा साँझमा छलफल पनि गर्न हुन्न भन्ने पनि छ । साँझ खानापछि परिवारसँग रमाइलो कुरा गर्नु राम्रो मानिन्छ । यसले निद्रामा पनि सहयोग गर्छ ।

मंगलबार, ७ पुष
काठमाडौँ । उपप्रधानमन्त्री एवम् परराष्ट्र मन्त्री कमल थापाले भोलिबाट हुने आफ्नो चीन भ्रमणले दुई देशबीचको भावी सम्बन्धको आधार तयार गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास गरेका छन् ।
वर्तमान सङ्कट समाधानका लागि आवश्यक पहल गर्न रिपोर्टर्स क्लब नेपालले दिएको ज्ञापन ग्रहण गर्दै उनले भने, “नयाँ राजनीतिक परिस्थिति र नयाँ सरकार गठनपछि चीनका नेतासँग सम्बन्ध विस्तार गर्ने र हाम्रा प्राथमिकताबारे जानकारी गराउने सन्दर्भमा नियमित र औपचारिक भ्रमणमा म चीन जाँदैछु ।’’
नेपाल र चीनबीचमा आर्थिक र व्यापारिक सम्बन्धलाई सुदृढ तुल्याउने तथा लगानी र पर्यटनलाई अभिवृद्धि गर्ने तथा चिनियाँ सहयोगमा नेपालमा सञ्चालन भइरहेको योजनाको निरन्तरता र थप पूर्वाधार विकाससम्बन्धी आयोजना अघि बढाउने विषयमा पनि छलफल हुने परराष्ट्र मन्त्री थापाले जानकारी दिए ।
‘‘इन्धनलगायतका अत्यावश्यक वस्तुको व्यापारलाई विविधीकरण गर्ने सरकारको नीतिअनुरुप चीनबाट पनि इन्धन आपूर्ति गर्ने सिलसिलामा भएका सहमतिलाई व्यापारिक ढङ्गबाट अघि बढाउने सन्दर्भमा देखिएका कठिनाइलाई भ्रमणका अवसरमा हटाउन प्रयत्न हुनेछ’’– उनले भने ।
नेपालको अहिलेको प्राथमिकता भनेको संविधान निर्माणसँगै आर्थिक विकास र समृद्धिको लक्ष्य हासिल गर्नु रहेको बताउँदै परराष्ट्र मन्त्री थापाले भने, “चीन विश्वमै दोस्रो आर्थिक शक्तिको रुपमा तीव्र गतिमा विकास गरिरहेको छ, विकास र समृद्धि हासिल गर्ने सन्दर्भमा हामीले त्यसलाई कसरी उपयोग गर्न सकिन्छ भन्नेमा भ्रमण केन्द्रित रहेको छ ।”
अबको नयाँ चरणको गन्तव्य र प्राथमिकता भनेको आर्थिक र समृद्धि हो भन्ने पहिचान भइसकेपछि त्यो लक्ष्य प्राप्त गर्ने सिलसिलामा अन्तर्राष्ट्रिय समुदायबाट सहयोग र सद्भाव जुटाउने कार्यमा आफू प्रयत्नशील रहेको मन्त्री थापाले बताए ।
नेपाल र चीन दौँत्य सम्बन्ध स्थापना भएको ६०औँ वर्षगाठ मनाइरहेको बेलामा परराष्ट्र मन्त्री थापाको यो भ्रमणलाई महत्वका साथ हेरिएको छ । रासस
nepalsandesh
मंगलबार, ७ पुष
काठमाडौं । भारतीय नाकाबन्दीका कारण देशले चरम उर्जा संकटको सामना गरिरहेका बेला सरकारले निजी तथा आवासीय भवन निर्माण गर्दा अनिवार्य रुपमा सौर्य उर्जा जडान गर्नुपर्ने नियम ल्याएको छ ।
स्थानीय विकास मन्त्रालयले मंगलबार पत्रकार सम्मेलन गरि व्यापारीक भवन, अस्पताल, बोर्डिङ स्कुल लगायतका भवन निर्माण गर्दा अनिवार्य रुपमा सौर्य उर्जा जडान गुर्नपर्ने नियम लागु भएको घोषणा गरेको हो ।
पछिल्लो समयमा देश नै उर्जा संकटबाट गुज्रिरहेका बेला सरकारले उर्जा खपतको २५ प्रतिशत सौर्य उर्जा हुनुपर्ने भन्दै यस्तो नियम लागु गरेको हो ।
पत्रकार सम्मेलनमा स्थानीय विकास राज्यमन्त्री कुन्ती शाहीले अबदेखि नक्सा पाससंगै घरमा सौर्य उर्जा जडानसम्वन्धी डिजाइन पनि तयार गर्नुपर्ने नियम लागु भएको बताइन् ।
nepalsandesh
काठमाडौँ, ७ पुस । नेपाली सेनाले सडक छेउछाउ भेटिएका बम निष्क्रीय गर्न सक्ने ‘बम डिस्पोजल रोबोट’ खरिद गरेको छ ।
विसं. २०७० चैत २६ गते नेपाली सेनाको आदर्श विकास टोलीले आयोजना गरेको मिलिटरी साइन्स एन्ड टेक्नोलोजी कम्पिटिसनमा प्रथम स्थान हासिल गर्न सफल भएको बम डिस्पोजल रोबोटलाई मिलिटरी भर्सनमा अपग्रेड गरी सेनाले खरिद गरेको हो ।

प्रधान सेनापति राजेन्द्र क्षत्रीको प्रमुख आतिथ्यतामा जङ्गीअड्डा परिसरमा आज एक विशेष समारोहबीच नेपाली सेनाले खरिद गरेको रोबोटको निर्माणकर्ता गणेश विक्रम सिंहको टोली र सेनाबीच खरिद सम्झौता भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
समारोहमा टीम लिडर सिंहले रोबोटको साँचो प्रधानसेनापति क्षत्रीलाई हस्तान्तरण गर्नुभएको थियो भने प्रधानसेनापतिले चेक हस्तान्तरण गर्नुभएको थियो ।
यस किसिमको बम डिस्पोजल रोबोट खरिदबाट नेपाली उत्पादकलाई प्रोत्साहन मिल्नुका साथै सानातिना झाडी/बुट्यान, सडक छेउछाऊ तथा घरको भुइतल्लामा राखिएका बम सुरक्षित तवरले निष्क्रीय गर्न मद्दत पुग्ने सेनाले जनाएको छ । रासस
dainiknepal भिडियो हेर्न तलको बाकस थिच्नुहोस
७ पुस, काठमाडौं ।
उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले चीनको भ्रमणले नेपालको आर्थिक विकासको लागि चीन र नेपाल दुबै मुलुकलाई फाईदा हुने गरी आर्थिक खाकाको विषयमा सैद्धान्तिक आधार बनाउने बताएका छन् । उनले चीन भ्रमणले दुई देशबीचको आर्थिक साझेदारीको दिर्घकालिन फ्रेमबर्क बनाउने बताएका हुन् ।



रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले बुझाएको ज्ञापन पत्र बुझ्दै उनले भने,’संविधान निर्माणपछि अब नेपालको प्राथमिक कार्यभार आर्थिक समृद्धि भएकोले संसारकै दोस्रो आर्थिक शक्ति चीनसँगको सम्बन्धलाई आर्थिक विकास र समृद्धिमा केन्द्रीत गर्ने गरी कुराकानी हुन्छ ।’ चीनसँग आर्थिक, ब्यापारिक सम्बन्ध सुदृढीकरण, लगानी र पर्यटन अभिबृद्धि गर्ने, चीनीया सहयोगमा सञ्चालित आयोजनाको निरन्तरता, थप पूर्वाधार विकासको विषयमा छलफल हुने उपप्रधानमन्त्री थापाले जानकारी दिए ।

नेपालले अहिले मुलुकको हितको लागि ब्यापार विविधीकरणको सिद्धान्त लिएकाले सोही अनुसार चीनबाट ईन्धन आपूर्ति ब्यापारिक ढंगले अघि बढाउनमा रहेका कठिनाईहरुलाई भ्रमणको क्रममा हटाउने बताउंदै उनले भने, भने,‘अहिले नै सबै कुरा भन्नु उपयुक्त हुँदैन तर मेरो भ्रमणले चीनसँगको भावी सम्बन्धको आधार तय गर्ने आशा र विश्वास छ ।’ यो नियमित भ्रमण हो । भ्रमण अघि सबै कुरा मलाई भन्न नलगाउनुस । कुटनीतिक एजेण्डा मिडियाबाट भन्दा उपयूक्त हुँदैन । तर सबै विषय बस्तुमा कुरा हुन्छ । संविधान जारी भएपछि म चीन भ्रमणमा जाँदैछु । त्यसैले पनि यो फलदायी हुन्छ, उनले भने ।

संविधान निर्माणपछि मुलुक आर्थिक समृद्धको यूगमा प्रवेश गरेकोले आफूले दुई पटकको भारत र बेलायत भ्रमणबाट सद्भाव जुटाएको र चीन भ्रमणबाट समेत यो अघि बढ्ने भन्दै भ्रमणको क्रममा नयाँ सरकार, नयाँ परिस्थिति सरकारको प्राथमिकता बताउने नियमित भ्रमण भएको बताए ।

नेपाल भारत सम्बन्धको बहुआयामिक पक्ष भएकोले यसलाई सुमधुर बनाएर लिएर जानु पर्छ भन्ने पक्षमा आफूले पहल गरिरहेको बताउँदै आर्थिक र सामाजिक विकासमा महत्वपूर्ण सहयोग रहेको स्मरण गरे ।

उनले मित्र राष्ट्र भारतसँगको असमझदारीहरु पछिल्लो प्रयासमा हटेको दावी गर्दै भारतीय विदेश मन्त्री शुष्मा स्वराजको विज्ञप्तिले सकारात्मक रुपमा संकट समाधानमा उत्साह थपेको बताए । थापाले भने,‘ सरकारको निर्णयलाई भारतले समर्थन गरेको छ । यसलाई म स्वागत गर्छु । यसले दुई देशवीचको सम्बन्धमा नयाँ आयाम थपेको छ ।’

उनले आफूले पहिलादेखि नै नाका सहज हुन्छ भन्दै आएको दोहोर्याउँदै नाका सहज भए नभएको विषय पत्रकारहरुले अनुगमन गर्नु पर्ने बताए । उपप्रधानमन्त्री थापाले मधेसी मोर्चाको अधिकांश माग पुरा गर्ने प्रतिबद्धता सरकारले ब्यक्त गरिसकेको र बाँकी पनि बार्ताबाटै गर्न सकिने स्पष्ट पारिसकेकोले यसलाई सकारात्मक रुपमा लिएर मोर्चाले आन्दोलन फिर्ता लिएर बार्तामा आउनु पर्ने धारणा राखे । उनले भने,‘अब आन्दोलनको औचित्य छैन । बार्ताबाटै समस्या समाधान गरेर जानु पर्छ ।’sajhapatrika भिडियो हेर्न तलको बाकस थिच्नुहोस
मंगलबार, ७ पुष
काठमाडौं । देश संकटमा परेका बेला मुकदर्शक बनेको भन्दै नेकपा संयुक्तले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
पार्टीको केन्द्रिय समितिको बैठकले केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।
नेकपा संयुक्तका संसदीय दलका नेता जयदेव जोशीले सरकारले मुलुकको समस्या सम्बोधन गर्न नसकेको तथा कालोबजारीमा सरकारकै संलग्नता देखिएकाले समर्थन फिर्ता लिएको बताए ।
उनले भारतीय नाकाबन्दीको कारण देश नै संकटमा परेका बेला सरकार रमिते बनेको आरोप समेत लगाए ।
नेकपा संयुक्तले सरकार गठनका बेला राखेको ६ बुँदे माग समेत सम्बोधन गर्न पहल नगरेको जनाएको छ । संसदमा नेकपा संयुक्तका तीन सभासद रहेका छन् ।
nepalsandesh
काठमाडौं, ७ पुस । कीर्तिपुरको चाल्नाखेलमा रहेको एभरेष्ट ग्यास उद्योगमा झडप हुँदा प्रहरीको हतियार हराएको छ ।
ग्यास नपाएको झोकमा स्थानीयवासीले प्रहरीमाथि गरेको आक्रमणपछि झडप भएको थियो । झडपमा स्थानीयवासीले ग्यास उद्योग नै तोडफोड गरेका छन् ।
स्थानीयले उद्योगमा तोडफोड गरेपछि प्रहरीले केही सेल अश्रुग्यास हानेको थियो । दिउँसो ४ बजे भएको घटनामा स्थानीयले प्रहरीको हतियार र सञ्चार सेट समेत लुटेर लगेको काठमाडौं प्रहरी प्रमुख विक्रमसिंह थापाले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो- ‘डिएसपी टीका केसीको पेस्तोल हराएको छ । त्यसमा ७ राउण्ड गोली लोड थियो । प्रहरीमाथि ढुंगामुढा गरी घाइते बनाइएको छ ।’ उहाँका अनुसार अहिलेसम्म पेस्तोल फेला पर्न सकेको छैन् । घटनामा दुई डीएसपीसहित पाँच प्रहरी घाइते भएका छन् ।
dainiknepal
काठमाडौं, पुस ७ । प्रधानमन्त्री केपी ओलीले एक वर्षमा लोडसेडिङ अन्त्य गर्ने योजनालाई सफल बनाउने दाबी गरेका छन् ।
संसदको कृषि तथा जलश्रोत समितिको आज बसेको बैठकमा प्रधानमन्त्री ओलीले लोडसेडिङ अन्त्य गर्ने कुरा धेरैलाई विश्वास नलागे पनि सरकारले काम गरेर देखाउने बताए ।
लोडसेडिङ अन्त्यका लागि चालिने काममा अवरोध गर्ने जोसुकैलाई नछाड्ने उनको चेतावनी थियो ।
निर्माणाधीन आयोजनाहरुलाई द्रुत गतिमा अघि बढाउने भन्दै प्रधानमन्त्री ओलीले अन्य वैकल्पिक व्यवस्थाहरुलाई पनि अघि बढाउने योजना सुनाए । सिंहदरबार क्षेत्रलाई सोलारबाट आत्मनिर्भर बनाउने, सुरक्षा निकाय र विद्यालयहरुमा पनि सोलार जोड्ने उनको भनाई थियो ।
समितिको बैठकमा समितिका सभापति गगन थापाले आयोजनाहरु रोकिनुका कारणहरु सहितको प्रतिवेदन पेश गरेका थिए । एउटा आयोजनाका लागि ७ वटा मन्त्रालय, २३ वटा विभाग र ३६ वटा कानुनमा टेक्नुपर्ने झण्झटका कारण काम ढिलो हुने गरेको थापाको प्रतिवेदनमा उल्लेख छ ।
imagekhabar
७ पुस, काठमाडौं ।

सरकारले तीन बुँदे प्रस्तावलाई सहमति स्वीकार गरेर वार्तालाई निर्णायक बनाउनको लागि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठक तीनकुनेस्थित संघीय समाजवादी फोरम नेपालका कार्यालयमा जारी छ ।

सहमति निर्माणको लागि सक्रियता देखाएको मोर्चाले सरकारसंग हुने वार्तालाई निर्णायक बनाउने विषयमा बैठक बस्न लागेको तराई मधेस सदभावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवले
नेपाली हेडलाइन्सलाई बताए । उनले भने,‘सबैसंग वार्ता सकारात्मक भएको छ, भावी धारणा तय गर्नको लागि हामी छलफल गर्न लागेका हौ ।’

प्रमुख तीन दलले अगाडि सारेको तीन बुँदे प्रस्तावलाई मन्त्रिपरिषदले औपचारिकता दिएपछि आन्दोलन घोषणा गरेको मोर्चा पुनः छलफलमा सक्रिय भएको छ । सहमति निर्माणको लागि मोर्चाले प्रमुख
 विपक्षी दल कांग्रेससंग निरन्तर रुपमा छलफल गरी रहेको छ । सोमवार मोर्चाका नेताहरुले आकास्मिक रुपमा सरकारी वार्ता टोलीका संयोजक कमल थापासंग वार्ता गरेका थिए ।nepaliheadlines
ताप्लेजुङ, ७ पुस । प्रधानन्यायाधीश कल्याण श्रेष्ठले दृढ सङ्कल्प र अठोटका साथ नयाँ संविधानको कार्यान्वयनमा सबै पक्षले ध्यान दिन आवश्यक भएको बताउनुभएको छ ।
संविधानले सबै पक्षको न्याय र अधिकारलाई समेटेकाले संविधानको कार्यान्वयनमा साथ दिँदै यसैको परिधिबाट जटिलताको अन्य गर्नुपर्ने उहाँले बताउनुभयो ।
ताप्लेजुङ जिल्ला अदालतको नवनिर्मित भवनको उद्घाटन गर्न ताप्लेजुङ आइपुग्नुभएका श्रेष्ठले उद्घाटन समारोहलाई सम्बोधन गर्दै संविधान आफैंमा न्याय र अधिकारको हतियार भएकाले संविधानलाई लिएर असन्तुष्टिको लडाइँ गर्नुभन्दा पनि कसरी कार्यान्वयनमा सहयोग पु¥याउन सकिन्छ भन्ने विषयमा चासो राख्न आवश्यक भएको बताउनुभयो ।
मुलुकको विकास र समृद्धिसँगै आवश्यकताअनुसार संविधानले रुप फेर्ने उहाँको भनाइ थियो ।
संविधानको कार्यान्वयन भएको खण्डमा संसारका कुनै पनि संविधानले नदिएको लाभ नेपालको संविधानले दिनसक्ने भन्दै उहाँले यसभित्र नै नेपाल र नेपाली जनताको उज्ज्वल भविष्य रहेको दाबी गर्नुभयो ।
एक फरक प्रसंगमा उहाँले सबै नेपाली जनतालाई न्यायको पहुँचमा पु¥याउन आफूले सक्दौ काम गर्ने वचनबद्धता प्रकट गर्नुभयो ।
जिल्ला अदालतको नवनिर्मित भवन करिब रु साढे चार करोडमा २०७० सालमा निर्माण भएको थियो । यसअघि विभिन्न कारणले भवन उद्घाटन कार्यक्रम स्थगित हुँदै आएको थियो ।
dainiknepal
पुस ७, २०७२- नेकपा संयुक्तले केपी शर्मा ओली नेतृत्वको संयुक्त सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

पार्टी केन्द्रीय समितिको बैठकले अढाई महिनाअघि भएको प्रधानमन्त्री निर्वाचनमा ओलीलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।

बैठकपछि संयुक्तका अध्यक्ष गणेश शाहले कान्तिपुरसित भने, ‘सरकारले मुलुकको समस्याहरु सम्बोधन गर्न नसकेको, मन्त्रिमण्डलको गतिविधि सन्तोषजनक नभएको, कालाबजारीमा सरकारकै संलग्नता देखिएकोले समर्थन फिर्ता लिने निर्णय गर्‍यौं ।’

संसदमा संयुक्तका तीन सांसद् छन् ।

असोज २४ गते कांग्रेस सभापति सुशील कोइरालालाई हराउँदै ओली निर्वाचित भएका थिए । संसदमा उपस्थित ५८७ जनामध्ये ओलीले ३३८ मत पाएका थिए ।kantipur.ekantipur


धादिङ: अबैध रुपमा बीच बाटोमा तेल बेचेको आरोपमा आज पृथ्वीराजमार्ग अन्तरगत धादिङ जिल्लाको धार्केबाट ७ वटा डिजेल बोकेको ट्याङकर प्रहरीले नियन्त्रणमा लिएको छ ।

ट्याङकरको  शिल तोडी राजमार्गका होटल साहुहरुलाई तेल बेचेको आरोपमा ट्याङकर नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यलय धादिङले जनाएको छ ।

१२ हजार लिटर डिजेल बोक्ने क्षमताको ७ वटा ट्याङकर  र चालकलाई  नियन्त्रणमा लिई प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

ट्याङकरको शिल तोडी  कति परिमाणमा तेल बेचेको हो भन्ने अहिलै सम्म यकिन हुन सकेको छैन ।annapurnapost
काठमाडौं । राजु रिजालको कप्तानीमा १५ सदस्यीय आईसीसी यू-१९ विश्वकप क्रिकेट टोलीको घोषणा भएको छ ।
टीममा सन्दिप सुनार, सुनिल धमला, दिपेन्द्र ऐरी, सौरभ खनाल, प्रेम तामाङ्ग, सुशील कँडेल, दिपेश श्रेष्ठ, राजविर सिंह, योगेन्द्र कार्की, सन्दिप लामीछाने, हिमान्सु दत्त, शंकर राना र ईशान पाण्डे छन् ।
कुशल भुर्तेल, ईर्साद अहमद, ललित नारायण राजवशी र नन्दन यादव बैकल्पिक खेलाडीमा छन् ।
टोलीको उपकप्तानमा आरिफ शेखलाई राखिएको छ ।
nepalsandesh
इटहरी, पुस ७ । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले नेपाल–भारत बीचका असमान सन्धी सम्झौताहरु खारेज गर्नुपर्ने बताएका छन् ।
सुनसरीको इटहरीमा प्रेस चौतारीले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले विगतमा गरिएका असमान सन्धी सम्झौताले देशको हित नगर्ने भन्दै ती सन्धी सम्झौताहरुको समयानुकुल परिवर्तन गर्नुपर्ने खाँचो औंल्याए ।
नेपालको संविधानका बारेमा विदेशीहरुले टाउको दुखाइरहन जरुरी नरहेको उनले बताए । ‘हामीले संविधान चीनका लागि जारी गरेको होइन, भारतको लागि जारी गरेको होइन, अमेरिकाका लागि जारी गरेको होइन,’ उनले भने, ‘हामीले त हाम्रोलागि जारी गरेको हो ।’
संविधान जारी गर्दा कुनै मित्रदेशप्रति कहीँ–कतै एक शब्द बैरभाव नराखेको उल्लेख गर्दै उनले नेपाल र नेपालीका लागि जारी गरेको संविधानमा अन्य मुलुकले टाउको दुखाइरहन जरुरी नरहेको प्रष्ट पारे ।
imagekhabar
धादिङ, पुस ७ । धादिङको धार्केमा माईक्रोबस दुर्घटना हुँदा एकजनाको घट्नास्थलमै मृत्यु भएको छ भने २२ जना घाईते भएका छन् ।
काठमाडौंबाट चितवनतर्फ जाँदै गरेको बा२ख ३८७ नम्बरको माईक्रोबस रुखमा ठोक्किएर दुर्घटना भएको ईलाका प्रहरी कार्यलय खानीखोलाले जानकारी दिएको छ ।
मृतकको सनाखत हुन सकेको छैन ।
">घाईतेहरुलाई उपचारका लागि स्थानीय अस्पताल लगिएको छ भने गम्भीर अवस्थाका घाइतेहरुलाई काठमाडौं पठाइएको छ ।
imagekhabar
पुस ७, २०७२- आन्दोलन सम्बोधन गर्न सरकारले ल्याएको तीनबुँदे प्रस्तावबारे धारणा बनाउन संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठक बस्ने भएको छ ।

संघीय समाजवादी फोरम, नेपालको कार्यालयमा साँझ बस्ने बैठकले मोर्चाको औपचारिक धारणा सार्वजनिक गर्ने बताइएको छ । बैठकमा मोर्चाका चारमध्ये तीन घटकका अध्यक्ष सहभागी हुनेछन् ।

सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो काठमाडौं बाहिर रहेकाले उनी बैठकमा सहभागी हुने छैनन् । बैठकमा कांग्रेससँग लगातार भएका वार्ता प्रगतिबारे पनि छलफल हुने बताइएको छ ।

मधेसी मोर्चाका ११ बुँदे मागलाई सरकारले पहिलोपटक सम्बोधन गरेको भन्दै मोर्चाले सकारात्मक धारणा बनाउँदै आएको छ ।

दुई दिनअघि बसेको मन्त्रिपरिषद् बैठकले मोर्चाका मागबारे तीनबुँदे विशेष प्रस्ताव पारित गरेको हो । उक्त प्रस्तावलाई सरकारी वार्ता टोलीका संयोजक उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापाले मोर्चाका शीर्ष नेतालाई हस्तान्तरण गरिसकेका छन् ।

सरकारी प्रस्तावप्रति छिमेकी भारतलेसमेत स्वागत गरिसकेकाले वार्ता प्रगतितर्फ उन्मुख भएको सहभागी नेताहरुको विश्लेषण छ ।



kantipur.ekantipur
काठमाडौं । मधेस आन्दोलनप्रति भारतीय राजदूत रन्जित रेको टोनमा अचानक परिवर्तन आएको छ ।
मधेसी मोर्चाका नेताहरुसँग सोमबार बिहान भएको ब्रेकफास्ट भेटमा राजदूत रेले चार महिनाभन्दा लामो मधेस आन्दोलनले निम्त्याएको अभावले आमजनतामा निराशा व्याप्त भएको भन्दै आन्दोलनरत पक्ष, नेपाल र भारत सरकार कसैको पनि हित नगर्नेतर्फ गम्भीरतापूर्वक सोच्न मोर्चालाई आग्रह गरेका थिए ।
बैठकमा सहभागी मोर्चाका नेता तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवका अनुसार राजदूत रेले मधेस आन्दोलनबारे चिन्त ब्यक्त गर्दै चाँडोभन्दा चाँडो सहमति गरी मुलुकलाई निकास दिन आग्रह गरेका थिए ।
लैनचौरस्थित दुतावासमा भएको ब्रेकफास्ट बैठकमा मोर्चाको जारी आन्दोलन, सरकार र मोर्चाबीचको वार्ता र उनीहरुको प्रतिक्रियाबारे परामर्श गदै चाँडोभन्दा चाँडो आन्दोलनलाई निकास दिन रेले जोड दिएका थिए । स्रोतका अनुसार उनले नेपाल सरकारको निर्णय मानेर आन्दोलन फिर्ता लिन भन्दा नमानेपछि हप्काएका थिए । अन्नपूर्ण पोस्टमा समाचार छ ।
dainiknepal
काठमाडौं । नेपालका प्रथम महिला राष्ट्रपति विद्यादेवी भण्डारीलाई विवाद पञ्चमीमा जानकी मन्दिर जाने ठूलो धूलो थियो । बाल्यकालदेखि नै आफ्नी आमा र ठूलीआमा विवाहपंचमीमा जानकी मन्दिर जाने गरेको घटनाले पनि राष्ट्रपति भण्डारीको मनमा त्यो विवाह पंचमी कस्तो होला भन्ने जिज्ञासा थियो ।
हरेक वर्ष धुमधामसँग मनाइने विवाह पंचमीमा जाने धोको राष्ट्रपति भइसकेपछि मात्रै पूरा भयो । सायद राष्ट्रपति बन्नुभन्दा अगाडि त्यहाँ पुगेको भए यत्ति ठूलो इस्यु बन्ने थिएन । मधेसमा आन्दोलनमा चर्किएका बेला राष्ट्रपति त्यहाँ पुगेको घटना र त्यसपछि उत्पन्न प्रतिक्रियाले राष्ट्रपति भावुक बनिन् ।
गत शनिबार शितलनिवासमा बरिष्ठ पत्रकारहरुसँग कुराकानी गर्दै राष्ट्रपतिले भनिन् ‘मेरी आमाको नाम मिथिलादेवी पाण्डे र ठूलीआमाको नाम जानकीदेवी पाण्डे भएकोले पनि जनकपुरसँग मेरो आत्मीय सम्बन्ध थियो । त्यसैले विवाह पंचमीमा जाने अवसर मिल्यो । म त्यहाँ जाँदासम्म त खासै ठूलो विरोध भएको जस्तो लागेको थिएन । पछि फर्किएपछि जे जस्ता समाचार सुर्नें त्यसले मलाई दुःखी बनायो ।
राष्ट्रपतिको कुरा सुनेपछि नारायण वाग्लेले प्रश्न गरे- त्यस घटनालाई कसरी लिनुभएको छ ? राष्ट्रपति फेरि भावुक बनिन् र भनिन् हामीले यति ठूलो राजनीतिक परिवर्तन गरेर पनि समाजको मानसिकता परिवर्तन गर्न सकेका रहेनछौं । राजनीतिले जनताको चेतानास्तर उडाउन सकेको रहेनछ । त्यही कुराको महसुस भयो । दृष्टि साप्ताहिकमा खबर छ ।
dainiknepal
काठमाडौं, ७ पुस । बेपत्ता परिवार छानबिन आयोगका अध्यक्षसहित आयोगका सदस्यहरुले आज प्रधानमन्त्री केपीशर्मा ओलीसँग भेट गर्नुभई आयोगका गतिविधिबारे जानकारी गराउनुभएको छ ।
त्यस अवसरमा प्रधानमन्त्रीले आयोगका कामलाई तिब्रताका साथ अघि बढाउन सुझाव दिनुभयो ।
प्रधानमन्त्रीले शान्तिप्रक्रियाका अन्तिम कडीका रुपमा रहेका बेपत्ता परिवार छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगले विगतको सशस्त्रद्धन्दका असरलाई समाजबाट समाप्त पार्ने गरी काम गर्न आग्रह पनि गर्नुभयो ।
प्रधानमन्त्रीले आयोगको काम पीडितले न्याय पाउन सक्ने गरी हुनुपर्नेमा जोड दिनुभयो ।
dainiknepal
मंगलबार, ७ पुष
काठमाडौं । मधेस आन्दोलनलाई मध्यनजर गर्दै सरकारले तीन बुंदे निर्णय गरिसक्दा पनि मधेस मोर्चाका नेताहरुले माग पूरा नभईन्जेल आन्दोलन नरोकिने प्रतिक्रिया दिएका छन् ।

तर भारतले नेपाल सरकारले मन्त्रिपरिषद्बाट गरेको तीन बुँदे निर्णयबारे औचारिक रुपमै स्वागत गरिसकेको अवस्थामा भारतकै अघोषित समर्थनमा आन्दोलन चर्काइरहेका मधेसी नेताहरु भने अबको आन्दोलनको भविष्य बारे अन्योलमा परेका छन्  ।
मधेसी मोर्चाले भारतको त्यस वक्तव्य बारे औपचारिक धारणा बाहिर नल्याएको अवस्थामा सहमति गर्न चौतर्फी दवाव परेको विश्लेषकहरु बताउँछन्  ।
नेपाल सरकारको तीन बुँदे निर्णयमा दिल्लीले स्वागत गरेपछि मधेसमा पनि त्यसको प्रभाव पर्न थालेको छ  । जसका कारण वीरगञ्ज बाहेकका सीमानाकाहरु धेरै मात्रामा सहज हुन थालेका छन् ।
भारतको विज्ञप्ति संगै रुपन्देही, नेपालगञ्ज, विराटनगर, झापालगायतका सीमानाकाहरु सहज भएको जानकारी प्राप्त भएको छ ।
सामान्यतया चार सय देखि पाँच सय सवारी नेपाल भित्रनेमा सोमबार अबेरसम्म मात्रै ५ सय सवारी साधन भित्रिएका थिए ।
जसमध्य २५ बुलेट ग्यास, ११ ट्यांकर डिजेल र एक ट्यांकर मट्टितेल समेत रहेको भैहरवा भन्सार कार्यालय ले जानकारी दिएको छ । जस अनुसार मंगलबार मात्रै  ८० भन्दाबढी सवारीसाधन नेपाल भित्रिसकेका छन् ।
नेपाल सरकारको निर्णयलाई भारतले स्वागत गरे संगै मधेसका जनतामा अब आन्दोलन रोकिनेछ भन्ने आशा पैदा भएको समाचार स्रोतले जनाएको छ ।
nepalsandesh
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Aug 24 (6)
  • Aug 23 (1)
  • Aug 19 (1)
  • Aug 18 (19)
  • Aug 17 (17)
  • Aug 16 (24)
  • Jan 24 (18)
  • Jan 23 (27)
  • Jan 22 (32)
  • Jan 21 (35)
  • Jan 20 (35)
  • Jan 19 (34)
  • Jan 18 (40)
  • Jan 17 (45)
  • Jan 16 (27)
  • Jan 15 (29)
  • Jan 14 (35)
  • Jan 13 (40)
  • Jan 12 (32)
  • Jan 11 (39)
  • Jan 10 (31)
  • Jan 09 (23)
  • Jan 08 (31)
  • Jan 07 (30)
  • Jan 06 (39)
  • Jan 05 (34)
  • Jan 04 (39)
  • Jan 03 (43)
  • Jan 02 (47)
  • Jan 01 (31)
  • Dec 31 (34)
  • Dec 30 (36)
  • Dec 29 (43)
  • Dec 28 (33)
  • Dec 27 (27)
  • Dec 26 (38)
  • Dec 25 (33)
  • Dec 24 (38)
  • Dec 23 (44)
  • Dec 22 (39)
  • Dec 21 (37)
  • Dec 20 (40)
  • Dec 19 (31)
  • Dec 18 (47)
  • Dec 17 (30)
  • Dec 16 (16)
  • Dec 15 (42)
  • Dec 14 (30)
  • Dec 13 (32)
  • Dec 12 (35)
  • Dec 11 (42)
  • Dec 10 (26)
  • Dec 09 (31)
  • Dec 08 (15)
  • Dec 07 (37)
  • Dec 06 (30)
  • Dec 05 (34)
  • Dec 04 (32)
  • Dec 03 (33)
  • Dec 02 (36)
  • Dec 01 (37)
  • Nov 30 (48)
  • Nov 29 (28)
  • Nov 28 (35)
  • Nov 27 (35)
  • Nov 26 (47)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (27)
  • Nov 22 (32)
  • Nov 21 (43)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (22)
  • Nov 17 (29)
  • Nov 16 (32)
  • Nov 15 (25)
  • Nov 14 (28)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (42)
  • Nov 09 (22)
  • Nov 08 (40)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (42)
  • Nov 01 (44)
  • Oct 31 (29)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (47)
  • Oct 27 (32)
  • Oct 26 (39)
  • Oct 25 (35)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (22)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (31)
  • Oct 02 (29)
  • Oct 01 (29)
  • Sep 30 (29)
  • Sep 29 (24)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (26)
  • Sep 25 (27)
  • Sep 24 (18)
  • Sep 23 (15)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (26)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (12)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (19)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (22)
  • Sep 07 (22)
  • Sep 06 (26)
  • Sep 05 (18)
  • Sep 04 (23)
  • Sep 03 (24)
  • Sep 02 (25)
  • Sep 01 (24)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (27)
  • Aug 28 (28)
  • Aug 27 (30)
  • Aug 26 (29)
  • Aug 25 (24)
  • Aug 24 (35)
  • Aug 23 (30)
  • Aug 22 (31)
  • Aug 21 (32)
  • Aug 20 (30)
  • Aug 19 (33)
  • Aug 18 (27)
  • Aug 17 (34)
  • Aug 16 (28)
  • Aug 15 (23)
  • Aug 14 (23)
  • Aug 13 (22)
  • Aug 12 (19)
  • Aug 11 (18)
  • Aug 10 (24)
  • Aug 09 (16)
  • Aug 08 (18)
  • Aug 07 (25)
  • Aug 06 (16)
  • Aug 05 (18)
  • Aug 04 (21)
  • Aug 03 (19)
  • Aug 02 (14)
  • Aug 01 (17)
  • Jul 31 (19)
  • Jul 30 (19)
  • Jul 29 (15)
  • Jul 28 (12)
  • Jul 25 (14)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home