• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
दिल्ली: भारतीय सीमा सुरक्षा बलले प्रयोग गरिरहेको एउटा विमान मंगलबार दुर्घटनामा परेको छ।

विमानमा रहेका १० जनाको मृत्यु भएको भारतीय न्यूज एजेन्सीले जनाएका छन्।

दिल्लीको एयरपोर्ट नजिकै उक्त दुर्घटना भएको हो।  विमानले धावन मार्ग छोडेको पाँच मिनेटमै अाकाशमै जलेर बजारिएको थियो।
काठमाडौँ, ७ पुस । एकीकृत नेकपा(माओवादी)ले सङ्घीय गणतन्त्र नेपालको सङ्घीय संरचनाअनुसार नै पार्टीको संरचना बनाउने भएको छ ।
अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा बसेको स्थायी समितिको बैठकले पार्टीको नयाँ संरचना बनाउने जिम्मा पदाधिकारीलाई दिएको छ । नेपालको संविधानमा सात सङ्घीय राज्यको व्यवस्था गरिएको छ । सोही व्यवस्थानुसार पार्टीगत संरचना बनाउने निर्णय आइतबारको केन्द्रीय समितिको बैठकले गरेको थियो ।
स्थायी समिति बैठकले सात प्रदेशमा स्थापित नेताको नेतृत्वमा नै पार्टीको संरचना निर्माण गर्ने निर्णय गरेको छ । सकेसम्म स्थायी समिति सदस्य वा वरिष्ठ पोलिटब्युरो सदस्यको नेतृत्वमा पार्टीको सङ्घीय संरचना बनाइने विषयमा छलफल भएको बुझिएको छ ।
समानुपातिक तथा समावेशी प्रतिनिधि बढाउने, महिला, आदिवासी, जनजाति तथा विगतमा गरेको त्याग, योगदानलाई आधार बनाएर सङ्घीय संरचना बनाइने एमाओवादीले तयारी गरेको छ ।
एमाओवादी अध्यक्ष दाहालका प्रमुख स्वकीय सचिव चूडामणि खड्काले स्थायी समिति बैठकले सङ्घीय संरचनानुसार पार्टीको संरचना बनाउने भनी गरेको विषयमा मङ्गलबार बस्ने पदाधिकारी बैठकले टुङ्गो लगाउनेछ । उहाँले बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था, तराई मधेसको आन्दोलनलाई सम्बोधन गर्ने र भारतले जारी राखेको अघोषित नाकाबन्दी लगायत विषयमा छलफल भएको जानकारी दिनुभयो ।
बैठकले राजनीतिक विषयलाई राजनीतिक तवरले नै सम्बोधन गर्न र वार्ता प्रक्रियालाई सार्थक निष्कर्षमा पु¥याउन सरकारलाई आग्रह गरेको छ ।
बैठकमा एमाओवादीका तर्फबाट सरकारमा सहभागी मन्त्रीको कामकारबाहीका विषयमा समीक्षा गर्नाका साथै जनताका पक्षमा अधिकभन्दा अधिक काम गर्न र जनताको विश्वास जित्न मन्त्रीहरुलाई निर्देशन दिएको छ ।
dainiknepal
 मंगलबार, ७ पुष
एजेन्सी । “भारत भगत सिंह ,आशाफाकुल्लाह खान ,वीर अब्दुल हमिदको देश हो । यो सुभाष चन्द्र बोस र चन्द्रशेखर आजादको देश हो । यो महात्मा गान्धीको देश हो । यसलाई गोड्सेको देश बनाउन दिंदैनौ ।”
यो विचार आचार्य प्रमोदकृष्णन को हो । भारतको उत्तरप्रदेशको अमरोहामा पछील्लो हप्ता अल इण्डिया मुस्लिम पर्सनल बोर्डले आयोजना गरेको सम्मेलनमा आफ्नो विचार राख्दै हिन्दु र इस्लाम धर्मको नामबाट भएको हिँसाको निन्दा गरेका छन् ।
” भगत सिंहलाई कुनै मुस्लिमले फाँसी दिएको थिएन ,गान्धीको हत्या कुनै मुसलमानले गरेको थिएन । इन्दिरा गान्धी ,राजीव गान्धीलाई कुनै मुसलमानले मारेको थिएन । तव कसले भनिरहेको छ मुसलमान आतंकवादी भयो भनेर ? ” आचार्य प्रमोदले प्रतिप्रश्न गरे
मोदीको अतिवादी नीतिलाई इन्कार गर्दै उनि भन्छन् ,” दया हिन्दुत्व हो । माफी हिन्दुत्व हो  । प्रेम हिन्दुत्व हो । साम्प्रदायिक सद्भाव हिन्दुत्व हो । निहत्था मानिसहरुको हत्या गर्नु हिन्दुत्व होईन । हाम्रो देश खतरामा छ । हामी सबै मिलेर हाम्रो देशलाई बचाउनु पर्छ ।”
nepalsandesh
काठमाडौं, ७ पुस । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोसँग भिड्न युवा संघ नेपालका अध्यक्ष राजीव पहारी मैदानमा उत्रिएका छन् ।
मधेस सम्वाद तथा जागरण अभियानका लागि मधेस उत्रिएका पहारीले महतोलाई काउन्टर दिँदै परास्त गर्ने तयारी गरेका हुन् ।
‘हामी लडेर होइन्, विचारको लडाइले महतोलाई परास्त पार्छाै’ उहाँले दैनिक नेपालसँग भन्नुभयो- ‘भारतको गुलामी गर्नेलाई नेपालमा अधिकार माग्ने कुनै अधिकार छैन् ।’
युवा संघको अभियानले मधेसमा सकारात्मक प्रभाव परेको भन्दै उहाँले विखण्डन र साम्रदायिकता नाममा भइरहेको मधेस आन्दोलन र मुख्य नाइके राजेन्द्र महतो परास्त हुने दाबी गर्नुभयो ।
हाल मधेसमै केन्द्रीय कार्यालय सारेको सद्भावना पार्टीका अध्यक्ष महतो वीरगञ्जमा बसेर आन्दोलनको नेतृत्व गरिरहेको छन् । केही दिनमै जागरण अभियान लिएर पहारी पनि पर्सा पुग्दैछन् ।
‘हामीसँग सहि विचार छ । हामी मुलुकलाई समृद्ध, शान्त, स्थिर र विकसित नेपाल निर्माण गर्न चाहन्छौं । राजेन्द्र महतोहरु यो मुलुकलाई विखण्डन गर्ने, साम्रदायिकताको नाम वैदेशिक शक्तिलाई भित्र्याएर अफगानिस्तान र इराक बनाउन चाहन्छ,’ उहाँले भन्नुभयो– ‘मधेसी जनताको नाममा आन्दोलन गरेर सत्तामा पुग्ने, काठमाडौंमा करौडौंको सम्पत्ति थुपार्ने उनीहरुको चाहनालाई हामी परास्त गरेरै छाड्छौं ।’
मधेसको विकास, समृद्धि र समग्र नेपाललाई आफ्नै खुट्टामा उभ्याउन आफूहरुले चाँहेको भन्दै उहाँले भन्नुभयो– ‘हामी बलभद्र कुँवर र भक्ति थापा बन्न चाहन्छौं तर, उनीहरु लेन्डुलम दोर्जे बन्न चाहन्छन् । त्यसकारण हामी विजयी हुन्छौं ।’
मधेसका विभिन्न जिल्लामा पुगिसकेका पहारी स्थानीय पहिरन र भाषामा प्रस्तुत भएर मधेसी जनताको मन जित्न सफल हुनुभएको छ । उहाँले मधेसका नागरिकसँग मित समेत लगाउनुभएको छ ।
मधेसी मोर्चाका शीर्ष चार नेतालाई सुरक्षा फिर्ता बोलाउन सरकारसँग माग गर्दै उहाँले चारै नेतालाई आजिवन जेल हाल्नुपर्ने धारणा राख्नुभयो ।
सार्वजनिक कार्यक्रममा भारतीय झण्डाको खाँदा ओढेर मधेसको हित गर्छु भन्ने महतोले भारतलाई शिरमा राखेर आन्दोलन गरेको भन्दै भारतको हित हेर्ने महतोलाई पराजित गरेरै छाड्ने पहारीले ठोकुवा गर्नुभयो ।
युवा संघको जागरण अभियानले मधेस आन्दोलन कमजोर भइसकेको टिप्पणी गर्दै उहाँले २० दिनभित्र मधेसलाई शान्त र बन्द हड्ताल र चक्काजामबाट मुक्ति दिने बताउनुभयो । जागरण अभियान लिएर युवा दुई महिनासम्मका लागि मधेसमा खटिएको छ ।
dainiknepal

जतिबेला उत्कृष्ट न-नायिका विधाका लागि ५ मनोनयनको नाम स्त्रिmनमा घन्कदै थियो, नायिका शिल्पा पोख्रेलमा छटपटी देखियो । शिल्पाले यो बर्ष नेपालमा आयोजना भएका कुनै पनि अवार्ड कार्यक्रममा उत्कृष्ट नव-नायिकाको अवार्ड पाइनन् । जबकी, उनले गतबर्ष लगातार २ चलचित्र आफ्नो काँधमा बोकिनन् मात्र, सफल पनि बनाइन् । यसैले पनि होला शिल्पाका लागि अवार्ड पाउने आश मरिसकेको थियो ।
तर, सोमबार बेलुकी काठमाण्डौमा आयोजना भएको ‘एलजी डी सिने अवार्ड’मा शिल्पा पोख्रेलको मरेको आश व्यूतियो ।
अवार्ड पाउनु अघि दुबै हात जोडेर उनी भगवान्लाई प्रार्थना गरिरहेकी थिइन् । जब, उद्घोषकले शिल्पालाई उत्कृष्ट नव-नायिका भएको घोषणा गरे, उनी भावूक बनिन् । स्टेजमा पुगेर अवार्ड थापेपछि शिल्पाको आँखाबाट आँशु झर्‍यो । उनले माइकमा भनिन्-‘डी सिने अवार्डले मलाई व्यूताएको छ । मन त मेरो मरिसकेको थियो । तर, आफ्नै नशा छाम्दा कता कता होसमै छु जस्तो लागेको थियो ।’

शिल्पाले यती भन्दै गर्दा उनको गहभरि आँशु छचल्कियो । उनले निर्माता छविराज ओझालाई ‘छवि बा’ भन्दै धन्यवाद दिइन् । चलचित्र ‘लज्जा’का निर्देशक नवल नेपाल र नायक आर्यन सिग्देललाई पनि उनले धन्यावद दिइन् । शिल्पालाई अवार्ड नदिएर यस अगाडि आयोजना भएका विभिन्न अवार्डका आयोजकले अन्याय गरेको भन्दै आलोचना पनि भएको थियो । सायद, अब शिल्पाको मरेको आश बाँच्यो होला । उनीबाट दर्शकले अझ उत्कृष्ट कामको आशा गर्न सक्छन् ।
onlinekhabar
काठमाडौं, पुस ७ । आज(मंगलबार) वर्षकै छोटो दिन हो । खगोलशास्त्र अनुसार सुर्य परीक्रमा गर्दा आज दिन छोटो र रात लामो हुने गर्दछ । आजबाट सुर्य उत्तरायण हुने हुनाले आजको दिन वर्षकै सबैभन्दा छोटो हुन्छ भने रात वर्षकै लामो हुन्छ ।
सुर्य पृथ्वीको उत्तरी गोलार्धतर्फ लाग्दा दिन छोटो हुन्छ भने दक्षिणी गोलार्धतर्फ लाग्दा दिन लामो हुन्छ । भोलिबाट क्रमशः दिन लामो हुँदै जाने र २१ जुनको दिन सबैभन्दा लामो हुने ज्योतिशास्त्री डा. सुनिल सिटौलाले जानकारी दिए ।
डा. सुनिलका अनुसार पृथ्बीले सूर्यलाई परिक्रमा गर्ने क्रममा सूर्यको प्रकाश मार्च २१ देखि सेप्टेम्बर २३ सम्म उत्तरी गोलार्द्ध माथि केन्द्रीत हुन्छ। अनि सेप्टेम्बर २४ देखि अर्को बर्षको मार्च २० सम्म दक्षिणी गोलार्द्धमा केन्द्रीत हुन्छ। मार्च र सेप्टेम्बरको बीचमा पर्ने जुन २१ तारिक उत्तरी गोलार्द्धको सबैभन्दा लामो दिन हो भने दक्षिणी गोलार्द्धका निम्ति सबैभन्दा छोटो हुन्छ ।
अनि सेप्टेम्बर र मार्चको बीचमा पर्ने डिसेम्बर २२ तारिक उत्तरी गोलार्द्धको सबैभन्दा छोटो दिन हुन्छ भने दक्षिणी गोलार्द्धको सबैभन्दा लामो दिन हो । उत्तरी गोलार्द्धमा पर्ने एसिया, युरोप, उत्तर अमेरिका लागि आज सबैभन्दा छोटो दिन हो। अनि दक्षिणी गोलार्द्धमा पर्ने अष्ट्रेलिया, अफ्रिका र दक्षिण अमेरिकाको सबैभन्दा लामो दिन हुन्छ ।
अफ्रिका महादेशलाई भुमध्य रेखाले बीचमा चिरेर दुई भाग लगाएको छ। तरपनि अफ्रिकाका ठूला एवं महत्वपूर्ण शहरहरु दक्षिणी गोलार्द्धमै पर्छन।
imagekhabar
मंगलबार, ७ पुष

काठमाडौं । नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालले मधेसी मोर्चाका ४ शीर्ष नेताहरुलाई राज्यद्रोहको मुद्दा लगाउन माग गरेको छ ।
राज्य विरुद्ध गतिविधि गरेको तथा राज्यलाई कमजोर बनाउने खेल खेलेको भन्दै युवा संघले राजद्रोहको मुद्दा लगाएर कारबाही गर्न माग गरेको हो ।
आन्दोलनका नाममा भएका अराजक गतिविधिले सीमा नाघेको भन्दै युवा संघले संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, तमलोपा अध्यक्ष महन्थ ठाकुर, सद्भावना अध्यक्ष राजेन्द्र महतो र तमसपा अध्यक्ष महेन्द्र राय यादवलाई कारबाही गर्न माग गरेको हो ।
युवा संघका अध्यक्ष राजीव पहारीले मधेस आन्दोलन मधेसकै विरुद्ध रहेको र सिंगो राज्यविरुद्ध केन्द्रित रहेकोले उनीहरुलाई राज्यद्रोहको मुद्धा लगाउनु पर्ने जिकिर गरे ।
यस्तै युवा संघले संविधानका विषयमा मधेसमा फैलाइएको भ्रम चिर्नका लागि मधेस जागरण अभियान चलाउने समेत जनाएको छ ।
nepalsandesh
काठमाडौं, ७ पुस । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँगको वार्तालाई आज पनि निरन्तरता दिएको छ ।
महाराजगञ्जस्थित कांग्रेस सभापति सुशील कोइरालाको निवासमा जारी वार्ता समग्र राजनीतिक विषयमा छलफल भइरहेको छ ।
वार्तामा संसदमा पेश भएको संविधान संशोधनसम्बन्धी विधेयक र मधेस आन्दोलनको सफेल ल्यान्डिङका विषयमा छलफल हुने बुझिएको छ ।
बैठकमा विशेष गरेर मुलुकलाई राजनीतिक निकास दिने विषयमा छलफल केन्द्रित हुने जनाइएको छ । यसअघि हिजो राति भएको कांग्रेस र मधेसी मोर्चाको वार्तामा ठोस सहमति हुन सकेको थिएन । सहमति नभएपछि वार्ता आजका लागि बोलाइएको थियो ।
यसअघि कांग्रेसले यसैसाताभित्र दुई पटक मधेसी मोर्चासँग महाराजगञ्जमा परामर्श गरिसकेको छ । छलफलहरू सकारात्मक हुँदै आएको जनाइएको छ ।
dainiknepal
जाजरकोट, ७ पुस । विद्यालयको रकम हिनामिना भएको भन्दै जाजरकोटको एक विद्यालयमा अनिश्चितकालका लागि तालबन्दी गरिएको छ ।
जिल्लाको पुन्मास्थित विजय माध्यमिक विद्यालय काफलचौरमा अभिभावक र विद्यार्थीले सोमबार प्रधानाध्यापकले रकम हिनामिना गरेको भन्दै अनिश्चितकालीन तालाबन्दी गरेका हुन् । तालाबन्दीपछि विद्यालयको पठनपाठन ठप्प भएको छ ।
आन्दोलनमा उत्रिएका अभिभावक र विद्यार्थीले प्रधानाध्यापक नरबहादुर घर्तीलाई एक घन्टासम्म कोठामा थुनेका थिए । विद्यालयको रकम हिनामिना गरेको, पाठ्यपुस्तक वितरण नगरेको, रु २४ लाख लागतको चारकोठे भवन समयमा पूरा गर्न नसकेको, गणित, विज्ञान शिक्षकको विज्ञापनको सूचना विद्यालयमा टाँस नगरी सूचना लुकाएको, नियमित पठनपाठन हुनुपर्ने, विद्यालयको आन्तरिक आयव्ययको विवरण प्रस्तुत गर्नुपर्नेलगायतका माग पूरा नभएसम्म विद्यालयमा लगाइएको ताला नखोल्ने विद्यार्थी भीमराज गौतमले बताए ।
प्रअ घर्तीले विद्यालयमा चरम लापरबाही गरेको भन्दै आन्दोलन गर्नुपरेको अभिभावक चक्रबहादुर मल्लले बताउनुभयो । तर प्रधानाध्यापक घर्तीले आफ्नो गल्ती नभए पनि पूर्वाग्रही भएर विद्यार्थी र अभिभावकले तालाबन्दी गरेको दाबी गर्नुभयो ।
विद्यालयको चारकोठे भवन निर्माणको विषयलाई लिएर गत एक वर्षदेखि उक्त विद्यालयमा अभिभावक र विद्यालय प्रशासनबीच विवाद हुँदै आएको छ । यसबारे जिल्ला शिक्षा कार्यालयले पनि छानबिन गरिरहेको बताएको छ ।
dainiknepal
काठमाडौं, पुस ७ – सबैले महशुस गरेका छन् यसवर्ष विगतका वर्षको तुलनामा अत्यधिक चिसो बढेको कुरा ।

तर धेरैलाई कारण थाहा नहुन सक्छ । विगतका वर्षहरुमा भन्दा यस वर्ष अत्यधिक चिसो बढ्नको कारण उच्च वायु मण्डलमा वायुको गति बढ्नु रहेको जानकारहरु बताउँछन् ।

बरिष्ठ मौसमविद्ध बरुण पौडेलका अनुसार भारतको उत्तराखण्डको सतहमा देखिएको उच्च चापिय क्षेत्रको प्रभावका कारण उत्तर पश्चिमबाट नेपाल आउने वायु झन् चिसो भएको हो ।

चिसो बढ्नुको अर्को कारण हो वायु प्रदुषण । वायुको गति कम नभएसम्म चिसो कम नहुने मौसम पुर्वानुमान महाशाखाको दाबी छ ।

मंगलबार, ७ पुष
दमौली । तनहुँको व्यास नगरपालिका–८ स्थित रामवाण गुल्मले पहिलो चरणअन्तर्गत भूकम्पबाट पीडित भएका बहालवाला र भूपू सैनिकका लागि रु तीन करोड ९६ लाख ७५ हजार राहत रकम वितरण गरेको छ ।
तनहु जिल्लाभित्रका पूर्ण र आंशिक रुपमा घर क्षति भएका एक हजार ३३६ जना सैनिकलाई उक्त राहत रकम वितरण गरिएको हो ।

सैनिक कल्याणकारी योजना निर्देशनालय सैनिक जङ्गीअड्डाबाट उपलब्ध भएको उक्त राहत रकम ती सैनिकलाई वितरण गरिएको गुल्मपति दुर्गाबहादुर थापाले बताए ।
भूकम्पले घर पूर्णरुपमा क्षतिग्रस्त भएकालाई रु ५० हजार र आंशिक रुपमा घर क्षति ग्रस्त भएका सैनिकलाई रु २५ हजारका दरले राहत रकम बाँडिएको हो ।
दोस्रो चरणअन्तर्गत समेत पूर्णरुपमा घर क्षतिग्रस्त भएका ५७ जना र आंशिक रुपमा क्षति भएका १६५ जना सैनिकलाई रु ७१ लाख २५ हजार राहत रकम वितरण गरिसकेको जानकारी गुल्मका लेखा प्रमुख प्रेम पाण्डेले दिए ।
nepalsandesh
मंगलबार, ७ पुष
दमौली । तनहुँको व्यास नगरपालिका–८ स्थित रामवाण गुल्मले पहिलो चरणअन्तर्गत भूकम्पबाट पीडित भएका बहालवाला र भूपू सैनिकका लागि रु तीन करोड ९६ लाख ७५ हजार राहत रकम वितरण गरेको छ ।
तनहु जिल्लाभित्रका पूर्ण र आंशिक रुपमा घर क्षति भएका एक हजार ३३६ जना सैनिकलाई उक्त राहत रकम वितरण गरिएको हो ।
सैनिक कल्याणकारी योजना निर्देशनालय सैनिक जङ्गीअड्डाबाट उपलब्ध भएको उक्त राहत रकम ती सैनिकलाई वितरण गरिएको गुल्मपति दुर्गाबहादुर थापाले बताए ।
भूकम्पले घर पूर्णरुपमा क्षतिग्रस्त भएकालाई रु ५० हजार र आंशिक रुपमा घर क्षति ग्रस्त भएका सैनिकलाई रु २५ हजारका दरले राहत रकम बाँडिएको हो ।
दोस्रो चरणअन्तर्गत समेत पूर्णरुपमा घर क्षतिग्रस्त भएका ५७ जना र आंशिक रुपमा क्षति भएका १६५ जना सैनिकलाई रु ७१ लाख २५ हजार राहत रकम वितरण गरिसकेको जानकारी गुल्मका लेखा प्रमुख प्रेम पाण्डेले दिए ।
nepalsandesh
काठमाडौं, ७ पुस । उपप्रधान एवम् रक्षामन्त्री भीम रावलले मुलुकको राजनीति सहजतातर्फ उन्मुख भएको भन्दै छिट्टै नाकाबन्दी लगायत आपूर्ति व्यवस्था सहज हुने बताउनुभएको छ । उहाँले सबैतिरबाट कुरा मिल्दै आएको संकेत गर्नुभयो ।
नेपालवाणी रेडियो नेटवर्कमा आज बिहान पत्रकार ऋषि धमलासँग कुरागर्दै मन्त्री रावलले पछिल्ला राजनीतिक वार्ता र सम्वाद सकारात्मक रुपमा अगाडि बढेको बताउनुभयो ।
‘नाकाबन्दी र यो आपूर्ति असहजता छिट्टै हट्छ’, उहाँले भन्नुभयो, ‘वार्ता र सम्वादहरू सकारात्मक रुपमा अगाडि बढेको छ । सरकार मुलुकलाई राजनीतिक निकास दिन सधै क्रियाशील छ ।’
भारतले तीन बुँदे सरकारी निर्णयको स्वागत गरेकोमा धन्यावाद दिनुभएका उपप्रधानमन्त्री रावलले राजनीतिक विषयलाई नेपालभित्रै समाधान खोजिने बताउनुभयो । भारतले नेपालप्रति देखाएको चासोलाई उहाँले छिमेकीको सदासयता मात्रै भएको बताउनुभयो ।
तराईका पाँच जिल्लाका विषयमा उहाँले अहिले पनि पुरानै अडान दोहराउनुभएको छ । ‘झापा, मोरङ, सुनसरी, कैलाली र कञ्चनपुरको सीमाङ्कनमा हेरफेर हुँदैन’, उहाँले भन्नुभयो, ‘त्यहाँको जनता मिलेर बस्न चाहन्छन् भने अरुलाई किन टाउको दुःखाइ ?’
dainiknepal
भैरहवा – असोजदेखि अघोषित नाकाबन्दी रहेको सुनौली नाका सहज भएको छ । संसद्मा संविधान संशोधन विधयेक दर्ता भएसँगै सीमावर्ती भारतीय अधिकारीले त्यसको स्वागत गर्दै नाकामा रोकिएका मालवाहक ट्रक, इन्धन तथा ग्यासका बुलेट सोमबारदेखि पठाउन थालेका हुन् ।

सीमावर्ती अधिकारीले मधेसी मोर्चाका कार्यकर्ताले पनि आफ्नो भूमि तथा दसगजामा बसेर आन्दोलन तथा धर्ना गर्न नदिएपछि सुनौली नाकाबाट सोमबार दिउँसो इन्धनसहित करिब पाँच सय गाडी नेपालमा भित्रिएका छन् । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।ratopati भिडियो हेर्न तलको बाकस थिच्नुहोस
रौतहट, पुस ७ । रौतहटको गौरमा स्थानीय प्रशासनले सोमबार बिहान सांढे १० बजेदेखि लगाएको कर्फ्यु मंगलबार ६ बजेदेखि बिहान १० बजेसम्मको लागि हटाएको छ ।
कर्फ्यु हटेसंगै बाक्लो हुस्सु र चीसोकै बीच मोर्चाका कार्यकर्ताहरुले प्रदर्शन सुरु गरेका छन् । रौतहटमा प्रहरीको गोली लागेर आइतबार मृत्यु भएका तेजापाकड गाविस १ का १८ बर्षिय शेख तरबेजलाई शहीद घोषणा, पीडित परिबारलाई क्षतिपूर्ती, घटनको न्यायिक छानबीन र दोषी प्रहरीलाई कार्बाहीको माग गर्दै बिहानैदेखि प्रदर्शन गरेका हुन् ।
मोर्चाका कार्यकर्ताले गौरका ठाउं ठाउंमा टायर बालेर प्रदर्शन गरिरहेपनि प्रहरीले भने हस्तक्षेप गरेको छैन । उता,कर्फ्यु खुलेसंगै सर्वसाधारणको बजारमा सामान किन्न भिड लागेको छ ।
यसैबीच, सोमबार पनि कर्फ्युकै बीच मोर्चाका कार्यकर्ताले प्रहरीको आंखा छलेर सदरमुकाम गौर आसपासका कटहरिया, गंगापिपरिया, बंकुल, जुनखुरुवा, अजगैबि, गरुडालगायतका स्थानमा बिरोध प्रदर्शन गरेका थिए । यता, मोर्चाका कार्यकर्ताले चार बुंदे माग पूरा नभएसम्म मृतकको शव नबुझन अडान लिएका छन् ।
imagekhabar
मंगलबार, ७ पुष
वीरगन्ज । मधेसका माग पूरा गराउन सरकार र प्रमुख तीन दललाई ‘अन्तिम धक्का’ दिने भन्दै मधेसी दलले चर्काएको आन्दोलत तीन दिन बित्न नपाउँदै फितलो भएको छ ।
मधेसी दलको प्रदर्शनका कारण शुक्रबारदेखि बन्द रहेका वीरगन्जका बजार र पसल सोमबारदेखि खुलेका छन् । ठूला सवारी साधन नचले पनि मोटरसाइकल, रिक्सा, टाँगा, टेम्पो, इरिक्सालगायत साना साधन चलेपछि बजारमा चहलपहल बढेको छ ।
सोमबार बिहान मधेसी दलले वीरगन्जमा लाठी जुलुस प्रदर्शन गरे पनि त्यसको कुनै असर परेन । जुलुस प्रदर्शन सकिएलगत्तै व्यापारीले बजार र पसल खोले । बजार खुलेपछि वीरगन्जमा सर्वसाधारणको चहलपहल पनि बाक्लिएको छ । आजको अन्नपूर्ण पोस्टमा समाचार छ ।
nepalsandesh
काठमाडौं, ७ पुस । सद्भावना पार्टीका अध्यक्ष एवम् संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता राजेन्द्र महतोले सरकारले औपचारिक रुपमा आफूले उठाएका माग स्वीकार गरेको भन्दै वार्तालाई निरन्तरता दिनुपर्ने बताउनुभएको छ ।
वीरगञ्जमा रहनुभएका अध्यक्ष महताले आज बिहान दैनिक नेपाल डटकमसँग कुरागर्दै पछिल्लो पटक देखिएको राजनीतिक सम्वाद र वार्ताले केही हदसम्म सकारात्मक संकेत गरेको बताउनुभयो ।
‘सरकारले हिजोसम्म स्वीकार नगरेको विषयलाई अहिले स्वीकार गर्नु सकारात्मक हो’, उहाँले भन्नुभयो, ‘सीमाङ्कन, नागरिकतासहितका विषयलाई प्याकेजमा सहमति भइ संविधान संशोधन भए तराई मधेसको आन्दोलन रोकिन्छ । होइन भने आन्दोलन जारी रहन्छ ।’
भारतको बिदेश मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्तलाई सकारात्मक रहेको बताउनुभएका अध्यक्ष महताले भन्नुभयो, ‘सरकारले निर्णय गरेको तीन बुँदे निर्णयको भारतले स्वागत गर्नु सकारात्मक हो । त्यसलाई छिमेकी राष्ट्रले देखाएको चासोलाई अन्यथा लिनु हुँदैन ।’
सरकारले आइतबार राति जनसंख्या र भूगोलका आधारमा निर्वाचन क्षेत्र बनाउने, सीमाङ्कन राजनीतिक सहमतिमा टुङ्गो लगाउनेलगायतका तीन बुँदे निर्णय गरेपछि मधेस आन्दोलनको सफेल ल्यान्डिङको तयारी भएको छ ।
बिगत चार महिनादेखि आन्दोलन गरिरहेको मधेसी मोर्चाले तीन दिनयता आफ्नो आन्दोलनलाई फेरि चर्काउने प्रयास गरेको छ ।
आन्दोलनकै क्रममा आइतबार रौतहटको गौरमा एक जना आन्दोलनकारीको मृत्यु भएको थियो ।
dainiknepal
काठमाडौं: मधेस आन्दोलनप्रति भारतीय राजदूत रञ्जित रेको टोनमा अचानक परिवर्तन आएको देखिएको छ।

मधेसी मोर्चाका नेतासँग सोमबार बिहान भएको ब्रेकफास्ट भेटमा राजदूत रेले चार महिनाभन्दा लामो मधेस आन्दोलनले निम्त्याएको अभावले आमजनतामा निराशा व्याप्त भएको भन्दै यसले आन्दोलनरत पक्ष, नेपाल र भारत सरकार कसैको पनि हित नगर्नेतर्फ गम्भीरतापूर्वक सोच्न मोर्चालाई आग्रह गरेका थिए।


बैठकमा सहभागी मोर्चाका नेता तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र रायका अनुसार राजदूत रेले मधेस आन्दोलनबारे चिन्ता व्यक्त गर्दै चाँडोभन्दा चाँडो सहमति गरी मुलुकलाई निकास दिन आग्रह गरेका थिए। लैनचौरस्थित दूतावासमा भएको ब्रेकफास्ट बैठकमा मोर्चाको जारी आन्दोलन, सरकार र मोर्चाबीचको वार्ता र उनीहरूको प्रतिक्रियाबारे परामर्श गर्दै चाँडोभन्दा चाँडो आन्दोलनलाई निकास दिन रेले जोड दिएका थिए।

बैठकमा तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, तमसपाका अध्यक्ष महेन्द्रप्रसाद यादव र सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्ण सहभागी थिए।उपप्रधानमन्त्री कमल थापाले बेलायत भ्रमणकै क्रममा भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग भएको परामर्शबारे मोर्चालाई जानकारी दिनु 'ब्रेकफास्ट' बैठकको मुख्य उद्देश्य रहेको फोरम नेपालका अध्यक्ष यादवले बताए।

उनले भने, 'उपप्रधानमन्त्री थापाले लन्डनबाटै भारतीय विदेशमन्त्री स्वराजसँग गरेको टेलिफोन वार्ताको जानकारी राजदूत रेले दिए।' यादवले यो सरकारले मुलुकलाई निकास दिन नसक्ने निष्कर्षमा आफू रहेको बताए।'मन्त्रिपरिषद्को तीनबुँदे निर्णय स्वीकार्न सक्दैनौं', उनले भने।

मोर्चाका एक नेताका अनुसार राजदूत रेले मोर्चाको ११ बुँदे मागमा सरकारले निश्चित समय किटान गरी पूरा गर्ने प्रतिबद्धता जनाउने र त्यसमा मोर्चाले स्वागत गर्ने विषयमा समेत परामर्श गरे।परराष्ट्रमन्त्री थापाले लन्डनबाटै आफू काठमाडौं फर्केपछि नागरिकता, सीमांकन र निर्वाचन क्षेत्रका विषयमा मोर्चाको ११ बुँदे अवधारणालाई सम्मान गर्ने गरी सरकारको आधिकारिक निर्णय सार्वजनिक गर्ने प्रतिबद्धता व्यक्त गरेको जानकारी दूतावास स्रोतले दिएको छ।

स्रोतले भन्यो, 'सरकार र मोर्चाबीच जारी छलफललाई निष्कर्षमा पुर्‍याउन र मधेसमा जारी आन्दोलनका विषयमा परामर्श भएको छ।' तमसपा अध्यक्ष रायले आफूहरूले सिंहदरबारमा बसेको बैठकमा सरकार गम्भीर नरहेको, १५ औं पटक बैठक बस्दासमेत केही नभएको जानकारी रेलाई दिएको बताए।

मोर्चाका नेताहरूसँग उपप्रधानमन्त्री थापाले सोमबार दिउँसो भेटेर मन्त्रिपरिषद्को आइतबार बसेको बैठकको तीनबुँदे निर्णय मोर्चालाई दिँदै आन्दोलन फिर्ता लिन आग्रह गरेका थिए। थापाले मन्त्रिपरिषद् निर्णयको सम्मान गर्दै आन्दोलन फिर्ता लिन आग्रह गरेको वार्ता समितिका सदस्य तमसपाका उपाध्यक्ष रामनरेश रायले बताए।

सीमांकनमा ठोस धारणा नआएसम्म आन्दोलन फिर्ता नहुने मोर्चाका नेताहरूले थापासँग बताएका थिए। स्रोतका अनुसार थापाले संविधान संशोधनका पक्षमा आवश्यक गृहकार्य गर्न कानुन तथा न्यायमन्त्री अग्निप्रसाद खरेल र लक्ष्मणलाल कर्ण रहेको दुई सदस्यीय कार्यदल गठनको प्रस्ताव राखेका थिए।


यस्तो छ तीनबुँदे
पहिलो-राज्यका निकायहरूमा समानुपातिक समावेशी सहभागिता सुनिश्चित गर्ने तथा संविधान प्रारम्भ हुँदा कायम रहेको प्रत्येक जिल्लामा कम्तीमा एक निर्वाचन क्षेत्र निर्धारण प्रयोजनका लागि संविधान संशोधनका निमित्त संसद्मा पेस भएको विधेयक पारित गर्न प्रक्रिया अघि बढाइनेछ।

दोस्रो-प्रदेश सीमांकनका सम्बन्धमा आन्दोलनरत दलहरूले उठाएका मागलाई समेत दृष्टिगत गर्दै राजनीतिक सहमतिअनुरूप संविधानमा उपयुक्त व्यवस्था गरिनेछ। यस्तो राजनीतिक सहमतिका लागि एक राजनीतिक संयन्त्र गठन गरिनेछ। उक्त संयन्त्रले ३ महिनाभित्र सुझावसहतिको प्रतिवेदन दिनेछ।

तेस्रो-नागरिकतालगायत अन्य मागहरूमा समेत वार्ता र सहमतिका आधारमा उचित समाधान खोज्न सकिनेछ।
annapurnapost

वि.सं. २०७२ साल पुस ७ गते। मंगलबार। इश्वी सन् २०१५ डिसेम्बर २२ तारिख। नेपाल संवत् ११३६ थिंलाथ्व। मार्गशीर्ष शुक्लपक्ष। तिथि– द्वादशी, २१:२९ बजेउप्रान्त त्रयोदशी।उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइने योग छ। प्रतिष्ठित काम गर्ने मौका छ। आत्म–विश्वास बढ्नेछ। विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ। पारिवारिक जमघटमा मन रमाउनेछ। स्वादिष्ट भोजनको आनन्द समेत पाइएला। कामबाट फुर्सद मिल्नेछ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
खर्च लागे पनि दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ । प्रयत्न गर्दा टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ । वैदेशिक क्षेत्रबाट लाभ उठाउने मौका छ। चुनौतीहरू पन्छाउँदै रोकिएका काम बनाउन सकिनेछ। धैर्यले काम लिने समय छ। छर–छिमेकमा केही असमझदारी बढ्ने योग देखिए पनि प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
समय उत्साहवर्द्धक रहला। आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। पितृधन समेत लाभ होला। नयाँ ज्ञान प्राप्त हुने योग छ। कृषि तथा पशुपालनमा भने सोचेको लाभ नहोला। तापनि व्यापारमा प्रशस्त फाइदा हुने योग छ। दाम, नाम, इनाम हात पर्ने बेला छ। श्रमको उचित मूल्यांंकन होला। पढाइमा पनि राम्रै प्रगति हुनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
उत्साहमा अलि कमी आउला। अरूको विश्वास जिते पनि आफन्तबाट धोका हुन सक्छ, सचेत रहनुहोस्। तापनि प्रतिष्ठित काम गर्ने मौका छ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक कामको दायित्व बढ्नेछ। काममा मातापिताको सहयोग प्राप्त होला। तर, अनावश्यक ठाउँमा खर्च हुन सक्छ, सचेत रहनुहोला।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
सहयोगीहरू जुटिदिनाले चिताएका कामहरू सजिलै बन्नेछन्। भाग्यले नसोचेको फाइदा समेत दिलाउन सक्छ। चुनौतीहरू स्वतः हट्नेछन् भने कर्मयोग र आम्दानीले पछ्याउनेछन्। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। धेरैले तपाईंका कामको तारिफ गर्नेछन्। कामले अरूको मन लोभ्याउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुनेछन्। सहयोगीहरूको मद्दतले केही काम बन्नेछन्। तर पहिलेका समस्या दोहोरिन सक्छन्। सानातिना घरेलु काममै अल्झनुपर्ला। सवारीमा समेत सावधानी अपनाउनुपर्नेछ। स्वास्थ्यमा कमजोरी र उपचारमा खर्च हुने योग छ। विद्यामा कमजोरी र लेनदेनमा विवाद हुने सम्भावना छ। इष्टदेवको पूजा–उपासना गर्दा फाइदा होला।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
बाध्यताले मन खिन्न बनाउन सक्छ। तापनि पुरुषार्थले दिन उत्साहपूर्ण बनाउन सकिनेछ। नयाँ ज्ञान सिक्ने अवसर प्राप्त हुनेछ। पढाइमा प्रगति हुनेछ। व्यवसायका लागि यात्रा सम्भावना छ। दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्नेछ। आम्दानी पनि राम्रै हुनेछ। नयाँ सवारी साधन प्राप्तिको योग छ। आतिथ्यपूर्ण सम्मान पाइएला। प्रेम र मित्रताको बन्धन कसिन सक्छ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
केही चुनौतीहरू देखा पर्न सक्छन्। अप्ठ्यारा परिस्थिति पनि सामना गर्नुपर्ला। गरी आएका काम र व्यापार–व्यवसायमा सामान्य फाइदा हुनेछ। अधिकार सुरक्षा गर्न जुट्नुपर्नेछ। टाढाको यात्रा व्यवस्थापनमा खर्च बढ्नेछ। शोख पूरा गर्नमा खर्च हुनेछ। तापनि, मौकाको फाइदा लिन सकिनेछ। शत्रु र रोगबाट छुटकारा मिल्नेछ। मुद्दा–मामिलामा विजयी भइएला।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
Sagittariusलगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ। प्रयत्न गरेका काम बिस्तारै भए पनि सम्पादन हुनेछन्। पढाइलेखाइमा सामान्य प्रगति हुनेछ। सेवामूलक कामबाट धनलाभ हुनेछ। पेटको खराबीले स्वास्थ्य भने कमजोर रहला। व्यावसायिक काम बीचमा अवरुद्ध बन्न सक्छ। ठूला व्यक्तिबाट काममा बाधा हुनेछ भने सन्तान वा सहयोगीका माध्यमबाट काम बन्ने देखिन्छ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
परिवारजन तथा बन्धु–बान्धवबीच आत्मीय भाव बढ्नेछ। भूमि तथा मातृधनबाट लाभ लिने समय छ। बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्न मौका छ। महत्वाकांक्षी योजना फलीभूत होलान्। काममा मातापिताको सहयोग प्राप्त होला। कृषि–चौपायाबाट लाभ मिल्नेछ। नयाँ काममा हात हाल्ने समय छ। स्थायी सम्पत्ति जोड्ने समय छ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
अनुकूल समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ। गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। कृषि–चौपायामा केही समस्या देखिए पनि प्रशस्त धन आर्जन गर्ने मौका छ। बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
सजिलै काम बन्नाले उत्साह जाग्नेछ। सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ। सहयोगीहरूले काममा साथ दिनेछन्। विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ। रोकिएका काम सम्पादन हुनेछन्। पठन–पाठनमा प्रगति हुनेछ। विशेष सभा–समारोहमा सहभागी बन्ने मौका छ।

हामी सबैलाई थाहा भएकै कुरा हो कि, हामीले सँधै पिउने चिया हाम्रो आफ्नै इलामको चिया बगानबाट उत्पादन भएको हो। तर के तपाईँलाई थाहा छ, चिया किन कालो हुन्छ? अनि चिया पिएपछि किन शरीरमा स्फूर्ती आएजस्तो अनि शरीर तातेजस्तो हुन्छ? अहिलेको यस्तो जाडोको बेलामा सबैलाई चिया पिउन पाए अमृतपान गरेसरह नै हुन्छ। हामीले पिउने ‘कालो चिया’को बारेमा केहि कुराहरू जानिराखौँ।

झाडीको रूपमा पाइने चियाको बोटलाई वैज्ञानिक भाषामा ‘क्यामेलिया सिनेन्सिस’ (Camellia sinensis) भनिन्छ। चियाको इतिहासलाई पल्टाएर हेर्ने हो भने, करीब ४७०० वर्ष पहिले चीनमा पहिलो पटक चिया बनाइएको थियो। चीनका सम्राट ‘सेन्नङ्ग’ले ‘क्यामेलिया सिनेन्सिस’बाट बन्ने चिया विभिन्न किसिमका रोगहरूको उपचारको लागि प्रयोग गर्न सकिने पनि दाबी गरेका थिए।Camellia-sinensis

अक्सिडेसन (Oxidation) प्रक्रियाले गर्दा चियाको हरियो पातलाई गाढा खैरो र कालो रङ्गमा परिवर्तन गराउँदछ। अक्सिडेसन भनेको कुनै पनि वस्तुलाई अक्सिजनले भरिएको हावासँग मिलाउनु हो। जति धेरै अक्सिडेसन भयो, चियाको रङ्ग त्यति नै गाढा हुने गर्दछ। ‘कालो चिया’ भनेको पूर्ण रूपमा अक्सिडेसन भएको अवस्था हो भने, ‘हरियो चिया’ भनेको अक्सिडेसन नभएको अवस्था हो।

मानिसहरूले ‘कालो चिया’ किन पिउँछन्?

हाम्रो बानी भैसक्यो, बिहान उठेपछि सबैभन्दा पहिले चिया पिउने। तर धेरैजसो मानिसहरूले भने शरीर तताउन र स्फूर्ती ल्याउन चिया पान गर्ने गरेको पाइन्छ। विज्ञानले पनि यसलाई पुष्टि गरिसकेको छ। कालो चियामा ‘क्याफिन’ (Caffeine) नामक तत्व धेरै मात्रामा पाइन्छ। यसमा केहि मात्रामा स्टिमुलेटिङ्ग पदार्थ ‘थियोफाइलिन’ (Theophylline) पनि पाइन्छ। यी दुवै पदार्थहरूले मुटुको धड्कन बढाउन मद्दत गर्दछ र हामीलाई केही बढी शक्ति आएको महसुस गराउँछ।

कालो चियामा ‘पोलिफेनल’ (Polyphenol) नामक स्वस्थ पदार्थपनि टन्नै पाइन्छ। यो यस्तो पदार्थ हो, जसले हाम्रो शरीरको कोषहरूलाई क्षति हुनबाट बचाउँदछ। कतिपय वैज्ञानिकहरूको के विश्वास रहेको छ भन्दा, चियामा पाइने पोलिफेनलले केहि किसिमको क्यान्सरलाई समेत हटाउन सक्छ। उदाहरणको लागि हेर्नुपर्दा, नियमित कालो चिया पान गर्ने महिलाहरूमा भन्दा चिया नपिउने महिलाहरूमा डिम्बाशयको क्यान्सर हुने खतरा बढी भएको अनुसन्धानबाट पाइएको छ।black tea

तर पनि यसको बारेमा धेरै अनुसन्धान हुन बाँकी छ। तथापी, कालो चियाले स्तन क्यान्सर, पेटको क्यान्सर वा मलाशयको क्यान्सरको खतरालाई कम गराउँदैन भन्ने अनुसन्धानबाट पाइएको छ। अझै ठूलो चित्र हेर्ने हो भने, हृदयघात हुनबाट पनि कालो चियाले धेरै नै बचाउने गर्दछ।

नियमित रूपमा कालो चिया पिउनाले यी विभिन्न समस्याहरू हुनबाट बच्न सकिन्छः

मधुमेह
उच्च कोलेस्ट्रोल
मृगौलाको पत्थरी
फोक्सोको क्यान्सर
के हामीले चिया बनाउने तरिका ठीक छ?

सफा पिउने पानी नपाइने भू-भागहरूमा पानी उमालेर चिया बनाउनु उचित देखिन्छ। यसरी उमाल्दा पानीबाट फैलिने किटाणु र जीवाणुहरूबाट पनि मुक्त हुन सकिन्छ।

तर हालै, धेरै वैज्ञानिकहरूको के चासो छ भन्दा, के यसरी धेरै पानी उमालेर चिया बनाउनु उचित छ? उनीहरू भन्छन् कि चिया धेरै उमाल्दा त्यसमा लेउ लाग्ने गर्दछ, जसलाई ‘डिकक्सन’ (decoction) भनिन्छ, जसमा हामीले सोँचेभन्दा बढी परजिवीहरू पाइन्छन्।



कालो चियाको बारेमा धेरै भन्दा धेरै अनुसन्धान हुँदै आइरहेको भएतापनि विभिन्न रोगहरूको निर्मुल पार्न चियालाई कसरी प्रयोग गर्न सकिन्छ भन्ने बारेमा भने २०१५ सम्ममा पनि कुनै नतिजा निस्किन सकेको छैन।

कालो चिया पिउँदा शरीरमा के-कस्ता असरहरू हुने गर्छन्?

सामान्य मात्रामा कालो चिया पिउँदा (दिनमा ४ कप जति) रक्तचापमा थोरै वृद्धि हुने देखिएतापनि यसको असर भने धेरै समयसम्म नरहने पाइएको छ। लामो समयसम्म हुने उच्च रक्तचाप र चिया पिउने मात्रामा कुनै सम्बन्ध नरहेको पनि वैज्ञानिकहरूले प्रमाणित गरिसकेका छन्।

केहि वर्षअघि गरिएको प्रारम्भिक खोजले के बताउँछ भन्दा कालो चिया पिउनाले मानिसको पाचनप्रक्रिया छिटो हुने गर्दछ र रगतको चापलाई पनि हलुका बढाउँदछ, जसले गर्दा शरीरमा स्फूर्ती आउँदछ। रगतको चापमा परिवर्तन गराउने कुरामा ध्यान दिनु जरुरी भएतापनि रिँगटा लाग्ने र कम रक्तचाप भएका व्यक्तिहरूले कालो चियाको प्रयोग गरेमा उनीहरूको स्वास्थ्य स्थितीमा धेरै नै सुधार आउने अनुसन्धानकर्ताहरूको दाबी रहेको छ।

तर धेरै मात्रामा कालो चिया पिउनाले मानव शरीरमा ‘आल्मुनियम’को मात्रा पनि बढ्ने गर्दछ। शरीरमा उचित मात्रामा आल्मुनियम हुनु ठीकै हो तर आल्मुनियमले ‘अल्जाइमर रोग’ निम्त्याउन सक्ने पनि प्रष्टै देखिन्छ। हालै भएको सर्वेक्षणबाट के देखिएको छ भन्दा, विशेष गरी चीनमा पाइने चियामा ‘लिड’ (lead) र भारतीय क्षेत्रमा पाइने चियामा ‘आल्मुनियम’ (Aluminium) बढी हुने गर्दछ। तर यस विषयमा भने थप अनुसन्धान हुन बाँकी नै छ।

कालो चिया पिउँदा देखिने साइड-इफेक्टहरू के-के हुन्?

हुन त नेपालमा धेरैले कालो चिया पिउने गर्छन्, तर कतिपय मानिसहरूले कालो चिया मन पराउँदैनन्। किनभने, कुनै-कुनै व्यक्तिहरूमा कालो चियाले विभिन्न किसिमका साइड-इफेक्टहरू पैदा गराउँदछ, जस्तैः

तनाव बढ्ने र सुत्न अप्ठ्यारो हुने
छोटो स्वास आउने
टाउको दुख्ने
मुत्रविसर्जन प्रक्रिया बढ्ने
मुटुको धड्कनमा अनियमितता आउने
रिँगटा लाग्ने र वान्ता हुने
चिन्ता र थकान बढ्ने
कानमा केहि बजेजस्तो हुने
शरीरमा कम्पन पैदा गर्ने
“खान पायो भन्दैमा क्वाप्प नखानु” भन्ने त उखान नै छ नि! त्यसैले चिया पिउँदा पानि उमाल्ने समय र चियाको गुणस्तर हेर्नु धेरै महत्वपूर्ण हुन आउँछ। चिया पिउँदा आफ्नो शरीरमा कस्तो किसिमको फरक आउँछ, त्यसलाई विचार गरेर चिकित्सकको सल्लाह लिनु पनि आवश्यक हुन आउँछ। धेरै चिसो मौसमको बेला चिया पनि सामान्यभन्दा बढी नै उमाल्नुपर्दछ, तर गर्मी मौसममा चिया धेरै उमाल्दा माथि भनेजस्तै ‘डिकक्सन’ हुने गर्दछ, जसले झन् धेरै किटाणुहरू बोकेको हुन्छ।
इटहरी, ६ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले देश विखण्डित गर्ने, आगो लगाउने र मुलुकलाई जातीय र क्षेत्रीय विभाजनमा पारेर अर्काको आडभरोसामा आन्दोलन गर्नेले कानुनी कठघरामा एक दिन उभिनैपर्ने बताउनुभएको छ ।
नेकपा (एमाले)का अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले आज यहाँ आयोजित एमाले सुनसरीको दोस्रो जिल्लापरिषद् बैठकको उद्घाटन गर्दै तोडफोड गर्ने, एम्बुलेन्सबाट घाइते बिरामी ओरालेर मार्ने तथा चल्दै गरेको सवारी साधनमा आगो लगाउने जस्ता अमानवीय कार्य गर्नेले कहीँ कहिल्यै क्षमा पाउँदैनन् भन्नुभयो ।
“झुक्याएर कर्तव्य पालनामा रहेका प्रहरीलाई मार्ने कार्य गर्न हुने अनि प्रहरीले विध्वंस मच्चाउने कार्य रोक्दा सरकारको दमन हुने भन्ने कुरा कहाँसम्मको राजनीतिक इमान्दारी हो ?” उहाँले प्रश्न गर्नुभयो ।
संविधानसभाबाट संविधान जारी भइसकेर देश आर्थिक क्रान्तितिर अघि बढेको बताउँदै उहाँले नेपाली काँग्रेस र मधेसकेन्द्रित दललाई पनि सरकारमा सहभागी भई सरकारको अभियानमा सामेल हुन आग्रह गर्नुभयो ।
प्रधानमन्त्री ओलीले महिलाले विभिन्न क्षेत्रमा ३३ प्रतिशत आरक्षण पाउने व्यवस्था विश्वको अरु कुनै मुलुकको संविधानमा समेत उल्लेख नभएको बताउनुभयो । प्रधानमन्त्रीले वर्तमान संविधान जारी भएपछि मात्र भारतबाट विवाह भई आएका चार हजार ५९६ बुहारीले नेपाली अङ्गीकृत नागरिकता पाइसकेको बताउँदै अङ्गीकृत नागरिकता पाउने व्यवस्था नै नगरेको भनेर भ्रम छर्ने मधेसकेन्द्रित दलका नेतामा संविधान पढ्न सक्ने ज्ञानै नभएको टिप्पणी गर्नुभयो ।
पूर्वी पहाडी जिल्लामा यातायातको सुगमता थपिने
उहाँले हुलाकी राजमार्ग र मेचीकाली राजमार्गको स्तरोन्नति हुने तथा कोसी राजमार्गको वसन्तपुरसम्मको सडकलाई स्तरोन्नति गरेर पूर्वी पहाडी जिल्लामा यातायातको सुगमता थप्ने विषयमा सरकारको ध्यान केन्द्रित रहेको जनाउँदै जोगबनी–किमाथाङ्का दुई लेनको कालोपत्रे सडक दुई वर्षभित्र बनिसक्ने विश्वास दिलाउनुभयो ।
एमालेलाई विभाजित गर्न र एकापसमा फुटाउन हरेक कोणबाट षड्यन्त्र भइरहेको बताउँदै उहाँले एमाले जनताको मझेरीमा हुर्किबढेको पार्टी भएकाले नेताहरू सितिमिति विभाजित नहुने जिकिर गर्नुभयो ।
परिषद् बैठकमा एमाले सुनसरीद्वारा प्रधानमन्त्रीलाई अभिनन्दन गरिएको थियो । सो अवसरमा लामो समयदेखि सुनसरीमा रहेर सञ्चार क्षेत्रका धरोहर बन्नुभएका डम्बरबहादुर थापा, कृष्णविनोद लम्साल र याम प्रधान, उद्योगी बलराम आचार्य, सुनिल अग्रवाल, मोती अग्रवाल, भीम पौडेल, जनसेवक भण्डारी, नीलम बस्नेत, विमल पौडेल, मानमोहन श्रेष्ठ, राज्यलक्ष्मी गोल्छा, मोती दुगड, प्रा डा बिपी दास, प्रा डा सञ्जीव शर्मालगायतलाई सम्मान गरिएको थियो । साथै मलैक्षी चौधरी, प्रमोद श्रेष्ठ, कुददीप पेस्कर, लीला श्रेष्ठ सुब्बा, दलबहादुर पौडेल, चम्पाकर राई, सन्तलाल राईलगायतलाई मरणोपरान्त सम्मान गरिएको थियो ।
परिषद् बैठक उद्घाटन समारोहमा एमाले कोसी अञ्चल इन्चार्ज जीवन घिमिरे, मोरङ अध्यक्ष महेश रेग्मी, झापा अध्यक्ष चिन्तन पाठक र उदयपुर अध्यक्ष ईश्वरमणि राउतलगायतले सफलताका लागि शुभकामना व्यक्त गर्नुभएको थियो ।
dainiknepal
काठमाडौं, ६ पुस । सशस्त्र प्रहरीको सामान ढुवानी प्रकरणमा भ्रष्टाचारको अभियोग लागेका सशस्त्र प्रहरी बलका निवर्तमान महानिरीक्षक कोषराज वन्तले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई १० करोड धरौटी बुझाएका छन् ।
भ्रष्टाचारकै अभियोगमा निलम्बनमा परेका वन्तलाई अख्तियारले सोमबार वयानका लागि बोलाएको थियो । वयान नसकिएको भन्दै बन्तलाई अख्तियारले थुना राख्न खोजेपछि वन्तले थुनामा नबस्ने तर जति चाँहियो त्यती धरौटी बुझाउन तयार रहेको बताएका थिए ।
अख्तियारका अधिकारीले प्रचलित कानुन बमोजिम वन्तसँग १० करोड धरौटी मागेका थिए । वन्तले उक्त रकम धरौटी बुझाएको अख्तियार स्रोतले जनायो ।
‘सोमबार बयान नसकिने भएपछि हामीले १० करोड धरौटी मागेका थियौं, उहाँले थुनामा नबस्ने तर, धरौटी दिन्छु भन्नुभयो,’ अख्तियारका एक अधिकारीले भने ।
ढुवानी अनियमिततामा संलग्न भेटिएपछि अख्तियारको पत्रका आधारमा चार दिनअघि सरकारले शसस्त्र प्रहरीका महानिरिक्षक बन्तलाई निलम्बन गरेको थियो । वन्तमाथि ७ करोड रुपैयाँ बराबरको भ्रष्टाचार गरेको अभियोग छ ।
dainiknepal
काठमाडौं, पुस ६ । भारतले नेपालमाथिको नाकाबन्दी खोल्ने संकेत गरेको छ । भारतीय विदेशमन्त्रालयले सोमबार नेपालको राजनीतिक समस्याका सम्बन्धमा केन्द्रीत रही प्रेस विज्ञप्ति जारी गर्दै दुई देशबीचको व्यापार सहज हुने विश्वास व्यक्त गरेको हो ।
मधेस आन्दोलनको निकास खोज्ने सन्दर्भमा नेपालको मन्त्रिपरिषदबाट पारित प्रस्तावको भारतीय विदेश मन्त्रालयले स्वागत गरेको छ ।
मन्त्रिपरिषदले गरेको निर्णय उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापाले भारतीय विदेशमन्त्री सुष्मा स्वराजलाई जानकारी गराएको उल्लेख गर्दै भारतीय विदेश मन्त्रालयको विज्ञप्तिमा जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारणका लागि संविधानमा संशोधन गर्ने लगायतका सुधारका काम हुन लागेको उल्लेख छ ।
प्रदेशको सीमांकन आम राजनीतिक सहमतिका आधारमा संविधानमा एक उपयुक्त व्यवस्थाका माध्यमबाट सम्बोधन गर्ने प्रतिबद्धता पनि सरकारले जनाएको सो विज्ञप्तिमा उल्लेख छ ।
‘यसैगरी नागरिकतासहित अन्य विषयमा वार्ताका माध्यमबाट आम सहमति जुटाएर समाधान खोजिने भनिएको छ,’ भारतीय विदेशमन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ, ‘भारत सरकार नेपामा मौजुदा गतिरोध समाधानका लागि आधार निर्माण गर्ने सकारात्मक कदमको रुपमा यी घटनालाई स्वागत गर्दछ ।’

सोमबार परराष्ट्रमन्त्री कमल थापा र भारतीय विदेशमन्त्री सुष्मा स्वराजबीच करिब आधा घण्टा टेलिफोन सम्वाद भएको बताइन्छ । सोही वार्तापछि भारतीय विदेशमन्त्रालयले विज्ञप्ति जारी गरेको हो ।
परराष्ट्रमन्त्री थापाले भारतीय विदेशमन्त्रालयको विज्ञप्तिलाई ‘संकट अन्त्यका लागि उत्प्रेरक र सकारात्मक’ भनेका छन् ।
imagekhabar
सोमबार, ६ पुष

काठमाडौं । भारतीय राजदुत रणजित रायले आन्दोलनरत मधेसी मोर्चालाई चारबुँदे रोडम्यापमा सहमति खोजन आग्रह गरेका छन् ।
उनले सधैं आन्दोलन गरिरहने भए भारतले मोर्चालाई थेग्न नसक्ने भन्दै चेतावनी समेत दिएका छन् । भारतीय राजदुतले मोर्चाका नेताहरुलाई लैनचौरस्थित दुतावासमा बोलाएर सहमति गर्न दवाव दिएका हुन् ।
मोर्चाका नेताहरुलाई राजदूत रायले सहमतिबाट अगाडि बढ्न आग्रह गर्दा मोर्चाका नेताहरुले आनाकानी गरेपछि उनी रिसाउँदै अब चपाईहरुजस्तो कुरा नबुझ्नेहरुलाई हामी बोक्न सक्दैनौं जानुस् भन्दै रिसाएका थिए ।
राजदुत रायले अनावश्यक बखेडा झिकेर आन्दोलन गरिरहदा आन्दोलनकारी, सरकार वा भारत कसैलाई पनि फाइदा नहुने भएकाले कुरा बुझेर सुझबुझपुर्ण रुपमामा लाग्न आग्रह समेत गरेको स्रोतको दाबी छ ।
उपेन्द्र यादव, महन्थ ठाकुर, लक्ष्मणलाल कर्ण र महेन्द्र रायलाई बोलाएर रायले सरकार निकै लचिलो भएर मन्त्रिपरिषद्बाटै प्स्ताव पारित गरेकाले सोहै अनुसार अघि बढ्न आग्रह गरेका थिए ।
मोर्चाका नेताहरुले आनाकानी गरेपछि रायले उसोभए भोलीबाटे विरगञ्ज नाका खोल्न लगाइदिन्छु भनेर धम्की समेत दिएको स्रोतको दाबी छ ।
nepalsandesh
वीरगन्जः मधेसका माग पुरा गराउन सरकार र प्रमुख तीन दललाई अन्तिम धक्का दिने बताएका मधेसी दलहरुले चर्काएको आन्दोलन तीन दिन बित्न नपाउदै फेरि फितलो भएको छ ।

मधेसी दलको प्रदर्शनका कारण शुक्रबारदेखि बन्द रहेको वीरगन्जको बजार र पसलहरु सोमबारदेखि खुलेका छन् ।

ठुला सवारी सधानहरु नचलेपनि मोटरसाइकल, रिक्सा, टाँगा, टेम्पु, इ-रिक्सा लगायतका सानासवारी साधानहरु सोमबार देखि सहज रुपमा चल्न थालेका छन् ।

सोमबार बिहान मधेसी दलले वीरगन्जमा लठ्ठी जुलुश प्रदर्शन गरेपनि त्यसको असर परेन । जुलुश प्रदर्शन सकिए लगत्तै व्यपारीहरुले बजार र पसल खोलेका हुन् ।

बजार र पसल खुलेपछि वीरगन्जमा सर्वसाधरणको चहल पहल पनि बढेको छ । सोमबार बिहान जिल्ला प्रशासन कार्यालयमा आन्देलनरत दलका नेताहरु र जिल्लाका सुरक्षा निकायका प्रमुखहरुबिच अनौपचारिक छलफल भएको थियो ।

छलफलमा प्रहरी प्रमुखले प्रदर्शन र तोडफोड गरे हिरासतमा लिने चेतावनी दिएपछि वीरगन्जमा सोमबार मधेसी दलका कार्यकर्ताहरुले बिहान टायर बाल्नु बाहेक अन्य कुनै प्रदर्शन गरेनन् ।

सोमबार प्रदर्शन नभएकै कारण वीरगन्जको जनजीवन सामान्य बनेको हो । तीन दिन देखि तनावग्रस्त बनेको वीरगन्ज सोमबारदेखि शान्त बनेपछि यहाका सर्वसाधरण र व्यपारीहरुले राहत महसुस गरेका छन् ।

'नेताहरु वार्ता गर्न भनेर काठमाण्डौमा मोज गरिरहेका छन्', वीरगन्ज रानीघाटका नन्दु गुप्ताले भने 'यहाँ  भने बिना कामको तोडफोड र झडप मात्रै भएको छ, अब त अति नै भइसक्यो, यो सब रोक्नुपर्छ, आन्दोलनकारी संयमित बन्नु जरुरी छ ।'  
annapurnapost
फोटो :एमाले सुनसरीको जिल्ला परिषद् बैठकलार्इ सम्बोधन गर्दै प्रधानमन्त्री ओली । तस्बिर : रत्नप्रसाद आचार्य
सुनसरी : प्रधानमन्त्री केपी शर्मा ओलीले सुनसरी, मोरङ र झापालाई कुनै पनि हालतमा विभाजन नगरिने बताएका छन् ।

इटहरीमा सोमबार शुरु एमाले सुनसरीको जिल्ला परिषद् भेलालाई सम्बोधन गर्दै एमालेका अध्यक्ष समेत रहेको ओलीले तिनै जिल्लाको भूगोल एक नम्बर प्रदेशबाट दायाँ बायाँ नहुने बताएका हुन् ।

‘मेची, कोशी र सगरमाथाका एउटा वडा पनि तलमाथि हुँदैनन्’, उनले भने, ‘जनकपुरमा बसेर सुनसरी, मोरङ र झापा भूगोल माग्नु नाजायज हो ।’

प्रधानमन्त्री ओलीले मधेस आन्दोलनका नाममा भइरहेको हिंसा र अराजकता सरकारले धेरै सहेको बताउँदै अब सरकार चुप लागेर नबस्ने उद्घोष गरे ।

‘मधेस आन्दोलनमा नाममा भइरहेको अराजकता अब सरकारले सहेर बस्दैन’, उनले भने, ‘सरकारी कार्यालयमा आगो लगाउने अनि प्रहरीले रोक्न खोज्दा दमन भयो भन्नु यो कुन् तरिका हो ?’

मधेसी दलहरुप्रति कडारुपमा प्रस्तुत भएका प्रम ओलीले मधेसी दलहरुको माग सम्बोधन गर्न सरकारले हरप्रयास गर्दा पनि नसकेकाले अब सहेर बस्न नसक्ने बताएका हुन् ।

‘नयाँ संविधान विश्वकै उत्कृष्ट र जनताको अधिकार समेटिएको संविधान हो’, उनले भने, ‘महिलालाई ३३ प्रतिशत हिस्सा ग्यारेन्टी गरेको छ । पछाडि पारिएकाहरुलाई ४५ प्रतिशत आरक्षण ग्यारेन्टी गरेको छ । यति हुँदा हुँदै पनि अधिकार भएन भन्नेले अन्तै गएर कराए हुन्छ ।’annapurnapost भिडियो हेर्न तलको बाकस थिच्नुहोस
सोमबार, ६ पुष
तीन जिल्लाको एक चिम्टी माटो पनि दिन्न
सुनसरी । प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनका नाममा हुने अराजक गतिविधि सहेर नबस्ने बताएका छन् ।
सुनसरीमा एमाले जिल्ला कमिटि परिषद्को कार्यक्रममा पुगेका प्रधानमन्त्री ओलीले आन्दोलनका नाममा जनतालाई दुख दिने, अनावश्यक तोडफोड गर्ने र देशका विरुद्ध अभिव्यक्ति दिनेहरुलाई नछाड्ने बताएका हुन् ।
ओलीले देशका विरुद्ध बोल्नेहरुले धेरै बोलेको भन्दै अब सहन नसक्ने बताए ।
प्रहरीमाथि आक्रमण गर्ने, प्रहरीलाई बम हान्ने चौकी आगजनी गर्नेकाम कसरी शान्तिपुर्ण आन्दोलन भन्दै ओलीले अब आइन्दा यसतो गर्नेलाई कडा कानुनी कारबाही गर्ने बताए ।
प्रधानमन्त्री ओलीले झापा, मोरङ र सुनसरीलाई प्रदेश एक बाट दायाँ बायाँ गर्न नसक्ने बताए ।
nepalsandesh
काठमाडौं, ६ पुस । सोमबार दिउँसो सरकार र आन्दोलनरत मधेसी मोर्चाबीच अनौपचारिक रुपमा आकस्मिक वार्ता भएको छ ।
परराष्ट्र मन्त्रालयमा भएको वार्तामा मधेस आन्दोलनबारे आइतबार सरकारले गरेका निर्णयमा छलफल भएको छ । सरकारी वार्ता टोली संयोजक उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले आइतबार मन्त्रिपरिषद्ले गरेको निर्णय मोर्चालाई जानकारी गराउनुभयो ।
यसैगरी आगामी वार्ता कसरी निर्णायक बनाउने भन्नेबारे दुवै पक्षबीच अनौपचारिक छलफल भएको परराष्ट्रमन्त्री थापाले बताउनुभयो । ‘सकारात्मक वार्ता भएको छ । अबको अर्काे वार्ता निर्णायक हुन्छ’ उहाँले भन्नुभयो ।
वार्तामा मोर्चा नेताहरु सर्वेन्द्रनाथ शुक्ल, लक्ष्मणलाल कर्ण लगायत सहभागी थिए । सरकारका तर्फबाट परराष्ट्रमन्त्री सहभागी थिए । यसअघि हिजो सरकारले मधेस आन्दोलनका माग सम्बोधन गर्न चारवटा निर्णय गरेको थियो ।
dainiknepal
६ पुस, काठमाडौं । सत्तारुढ नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालले मधेसी मोर्चामा आवद्ध चार दलका चार शीर्ष नेतालाई राज्यद्रोहको अभियोगमा आजिवन जेलमा राख्न माग गरेको छ ।
युवा संघले सोमबार काठमाडौमा पत्रकार सम्मेलन गरी राष्ट्रविरुद्ध अपराध गरेको आरोप लगाउँदै आजिवन काराबासको माग गरेको हो । संघका अध्यक्ष राजिव पहारीले भने-‘उनीहरुका माग मधेसी जनताबाटै अस्वीकृत भइसकेका छन् । तर, उनीहरु सत्ता स्वार्थका लागि राज्य विरुद्ध अपराध गर्दैछन् ।’
संविधानको संरक्षक रहेकी राष्ट्रपति विद्या भण्डारीको अपमान गरेको भन्दै युवा संघले संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र यादवविरुद्ध आक्रोश व्यक्त गरेको छ ।
संघका अध्यक्ष पहारीले राष्ट्रपतिमाथि भएको व्यवहार कुनै पनि हिसाबले क्षम्य नभएको बताए । जनकपुर काण्डका दोषीलाई पक्राउ नगरिए संघले पक्रेर बुझाउने उनले बताए ।
साथै उनले मधेसवादी दलका शीर्ष नेताहरु मुलुकलाई टुक्र्याउने अभियानमा लागेको भन्दै तत्काल गिरफ्तार गरेर राज्यद्रोहको अभियोग लगाइनुपर्ने माग गरे ।
संघले मधेशवादी दलले गरेको आन्दोलनका कारण मधेसका जनताको दैनिकी निकै कष्टकर बनेको भन्दै मधेसका जिल्लामा दुई महिने जागरण अभियान संचालन गरिने बनाएको छ । १८ जिल्लामा सन्चालन हुने माधेस जागरण तथा संवाद अभियानको नेतृत्व पदाधिकारी र स्थायी कमिटी सदस्यहरुले गरेका छन् ।
अभियान अन्तर्गत अध्यक्ष पहारी पर्सामा खटिनेछन् भने उपाध्यक्ष दिलु पन्त धनुषामा खटिने संघले जनाएको छ । त्यस्तै अर्का उपाध्यक्ष रमेश पौडेल सिराहा, चन्द्र लामा रुपन्देही, गोविन्द थापा झापा, महासचिव किरण पौडेल सप्तरीमा खटिनेछन् ।
सचिव मन्जु यादव महोत्तरी, नरेश शाही सुनसरी, परशुराम बस्नेत मोरङ र क्रान्ति बुर्लाकोटी नवलपरासीमा खटिनेछिन् ।
onlinekhabar भिडियो हेर्न तलको बाकस थिच्नुहोस
काठमाडौं—काभ्रेको पहरेवस्तीमा २० वटा नमूना घर बनाएर भूकम्प पीडितलाई सहयोग गरेका हाँस्यकलाकार धुर्मस—सुन्तलीको जोडीले फेरी दोलखामा सिरक बाँडेका छन् ।
सरसफाइ अभियानका साथ दोलखा पुगेका उनीहरुले दोलखाको भीरकोट गाविसस्थित माझी गाउँका ७५ घर भूकम्प पीडित परिवारलाई एकएक थान सिरक बाँडेका हुन् ।
चिसोबाट जोगाउन प्रति घर एकएक थान सिरक बाँडेको धुर्मुसले बताए । भूकम्प गएको ८ महिना बितिसक्दा पनि यहाँका स्थानीयवासी अस्थायी टहरामा छन् । रातोपाटीसँग कुरा गर्दै धुर्मुसले भने, ‘पहिलेदेखि नै आर्थिक अवस्था कमजोर, त्यसमाथि भूकम्प पीडित चिसोबाट बचाउन पर्यो भनेर सिरक बाँडेको हौँ ।’

धुर्मुस–सुन्तलीले बनाएको नमुनाबस्ती हेरेर बाबुराम दंग (फोटोफिचर)
अस्थायी टहरामा बसोबास गर्दै आएका उनीहरुलाई तत्काल सरकारले राहतको व्यवस्था नगरिदिए धनजनको क्षति समेत हुनसक्ने उनले बताए ।
धुर्मुसले शनिबार, आइतबार र सोमबार दोलखाको जिप्रका प्रमुख, जिविस प्रमुख, नगरपालिका प्रमुख, खानेपानीका प्रमुख, शान्ति सुरक्षाका प्रमुख, पत्रकार, नागरिक समाजका उगुवा र त्यहाका विभिन्न क्षेत्रका व्यक्तिवहरुको उपस्थितिमा विभिन्न स्थानमा सरफाइसमेत गरेका छन्।
ratopati भिडियो हेर्न तलको बाकस थिच्नुहोस
सोमबार, ६ पुष
काठमाडौँ । राष्ट्रिय महिला आयोगले विवाह पञ्चमीका दिन जनकपुरस्थित जानकी मन्दिरमा राष्ट्रपति विद्यादेवी भण्डारीमाथि आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताद्वारा गरिएको आक्रमण, दुव्र्यवहार तथा अपमानजनक अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
महिला भएकै कारण उहाँमाथि गरिएको यस प्रकारको विभेदपूर्ण, अमानवीय, अमर्यादित व्यवहारले सम्पूर्ण महिला जगत्को अपमान गरेको आयोगको ठहर छ । आयोगले उक्त कार्यको घोर निन्दा र भत्र्सना गर्दै दोषिमाथि कडा कारबाही गर्न सरकारसमक्ष जोडदार माग गरेको छ ।
आयोगका सदस्य एवम् प्रवक्ता उर्मिलादेवी विश्वकर्माले आज एक विज्ञप्ति जारी गरी राष्ट्रपतिमाथि गरिएको दुव्र्यवहार मानव सभ्यताकै कलङ्कका रुपमा चित्रित हुन पुगको उल्लेख गर्दै आगामी दिनमा यस प्रकारका घटना हुन नदिनेतर्फ विशेष सतर्कता अपनाउन सरकार र आन्दोलनरत पक्षसँग अपिल गरेकी छिन् ।
nepalsandesh
सोमबार, ६ पुष
प्याकेजमै सहमतिका लागि छलफल भैरहेको दाबी
काठमाडौं । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले जानकी मन्दिरमा कुकुर प्रवेश गरेकाले गंगाजल पर्किएको दाबी गरेका छन् ।
उनले राष्ट्रपति विद्यादेवी भण्डारीको भ्रमणका कारण यस्तो नगरिएको दाबी समेत गरे । यादवले आफ्नो दल निकट पत्रकारहरुसँग कुराकानी गर्दै जानकी मन्दिरमा राष्ट्रपति जाँदा कुकुरहरु समेत प्रवेश गरेकाले मात्र गंगाजल छर्किएको दाबी गरेका हुन् ।
विवाह पञ्चमीको अवसरकार राष्ट्रप्रमुख भण्डारी त्यहाँ पुगेकी थिइन् । यादवले विधवा प्रवेश गरेकाले गंगाजल छर्किएको भनेर वाइयात समाचार आएको भन्दै त्यसको खण्डन समेत गरेका छन् ।
उनले कुनै पनि विधवालाई कुनै पनि मन्दिरमा प्रवेश रोक नभएकाले यस्तो समाचार गलत ढंगले आएको बताए । उनले बुट सहितका सेनाले कुकुरलाई मन्दिर सँघाएर अपवित्र बनाइएकाले त्यसपछि सरसफाई गरिएको बताएका हुन् ।
यादवले जारी मधेस आन्दोलन प्याकेजमै समाधानकालागि सत्तारुढ र प्रमुख प्रतिपक्षीसँग छलफल भैरहेको बताए ।
उनले छलफल सकारात्मक भएको र सरकारले चाहने हो भने शुक्रबारसम्म सहमति बन्ने बताए । उनले सरकारले नचाहेसम्म सहमति नहुने पनि बताए ।
nepalsandesh
विराटनगर, ६ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा शान्ति कायम राख्न र साम्प्रदायिक द्वेष फैलिन नदिन सरकार सचेत रहेको बताउनुभएको छ ।
विराटनगर विमानस्थलमा आज पत्रकारसँग सङ्क्षिप्त कुरा गर्दै प्रधानमन्त्री ओलीले सरकार वार्ताद्वारा समस्या समाधान गर्न तयार रहेको प्रस्ट पार्नुभयो ।
उहाँले नेपाली जनताको भावनाअनुसार संविधान जारी भएको बताउँदै मुलुकको स्थायित्व र संविधान कार्यान्वयनका लागि एकजुट भएर अगाडि बढ्नुको विकल्प नरहेको उल्लेख गर्नुभयो ।
प्रधानमन्त्री ओलीले नाकाबन्दी, धर्ना, एम्बुलेन्स तोडफोड गर्नु कुनै बहादुरीको काम नभएको भन्दै आ–आफ्ना कुरा शान्तिपूर्ण ढङ्गले राख्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो– अहिले भइरहेको नाकाबन्दी, धर्ना र एम्बुलेन्स तोडफोड कार्य कायरताको पराकाष्ट हो ।
उहाँले सरकारको दुई महिनाको अवधिमा पुनःनिर्माणसम्बन्धी विधेयक संसद्बाट पारित भएको, सीमा नाकाहरु सहज भएकोलगायतका धेरै काम भएको दाबी गर्नुभयो ।
उहाँ विराटनगर विमानस्थलबाट सुनसरी–इटहरीमा आज आयोजित पार्टीको कार्यक्रममा सहभागी हुन यहाँ आउनुभएको हो ।
dainiknepal
काठमाडौँ, ६ पुस । भारतीय ट्रकको ठक्करबाट राजधानीमा एक जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् ।
चन्द्रागिरी नगरपालिका–८ बलम्बु स्थित दाउरा डिपो नजिक युपी २५ एपि १०१९ नम्वरको भारतीय ट्रकले बा.६३ प १४१७ नम्बरको मोटरसाइकललाई आइतबार ठक्कर दिदाँ गम्भीर घाइते भएका चालक चन्द्रागिरी नगरपालिका–१७ बलम्बु बस्ने २० बर्षीय युगल श्रेष्ठको बीर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
उक्त दुर्घटनामा मोटरसाइकल अनियन्त्रित भई बा.६७ प ८८२९ नम्बरको अर्को मोटरसाइकललाई समेत ठक्कर दिंदा चालक बत्तिसपुतली बस्ने सप्तरी ईनरुवा फुलवरीया–३ घर भएका ३१ बर्षीय रोशन कुमार चौधरी घाइते भएकोले बागेश्वरी अस्पताल सतुंगलमा लगिएको छ । ३ वटै सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिनुका साथै फरार ट्रक चालकको खोजतलास गरिरहेको छ ।
dainiknepal
काठमाडौं–टेलियासोनेरा नेपाली मोवाईल सेवा प्रदायक कम्पनी एनसेलमा रहेको आफ्नो ६० दशमलब ४ प्रतिशत शेयर एसियाकै ठूलो दूरसंचार कम्पनी मध्येको एक एक्सिएटालाई एक अर्ब तीन करोड अमेरिकी डलरमा बिक्री गर्न सहमत भएको छ ।
उक्त कारोबार ऋण रहित तथा नगद आधारमा हुनेछ । साथै, टेलियासोनेराले एनसेलको २० प्रतिशत स्थानीय स्वामित्वमा रहेको आफ्नो वित्तीय स्वार्थ पनि चार करोड असी लाख अमेरिकी डलरमा निसर्ग गर्नेछ । यि दुई कारोबार एक अर्कासँग अन्तरनिर्भर हुनेछन् ।

“टेलियासोनेरालाई नयाँ ढंँगले अगाडि बढाउने रणनीति अनुसार हामीले युरेशिया क्षेत्रका सातवटा स्थानबाट हाम्रो उपस्थितिलाई न्यून गर्दै नोर्डिक तथा बाल्टिक मुलुकका आफ्नो व्यवसायमा केन्द्रित रहने योजनाको सेप्टेम्बरमा उद्घोष गरेका थियौं । टेलियासोनेरालाई अगाडि बढाउने उक्त योजना अनुरुपको पहिलो कदम तथा ठोस प्रमाणको घोषणा गर्न पाउँदा मलाई सारै खुशी लागेको छ । एक्सिएटालाई एउटा नयाँ धनीको रुपमा देख्न पाउँदा पनि मलाई खुशी लागेको छ । यसबाट एनसेललाई अर्को उचाइमा पुरयाउनका लागि हाम्रा समर्पित कर्मचारीहरुले  असल साथ पाउछन् भन्ने कुरामा म विश्वस्त छु”, टेलियासोनेराका प्रेसिडेन्ट तथा कार्यकारी प्रमुख योहान डेनेलिन्डले भने ।

एक्सिएटाको हाल छब्बीस करोडभन्दा धेरै ग्राहक तथा पच्चीस हजार कर्मचारी छन् । एनसेलले एक्सिएटाको हाल मलेसिया, ईन्डोनेसिया, श्रीलंका, बंगलादेश, कम्बोडिया, भारत, सिंगापुर र पाकिस्तान लगायतका एशियाको दुरसंचार क्षेत्रमा रहेको सम्पत्ति पोर्टफोलियोलाई अझ बढाउनेछ । मलेशियाको स्टक एक्सचेन्जमा अनुसूचित एक्सिएटा दक्षिण एशियामा केन्द्रित तथा विशेषज्ञता राख्ने र आफ्नो व्यवसाय रहेको देशको विकास र उन्नितका लागि दिर्घकालीन लगानीकर्ताको रुपमा योगदान पुरयाई रहेको ख्यातीप्राप्त कम्पनी हो ।

सेयर बिक्रीका एकआर्कासँग अन्तरनिर्भर दुई कारोबारहरु रहेका छन् ।

टेलियासोनेराले आफ्नो ६० दशमलब ४ प्रतिशत स्वामित्व एक्सिएटालाई चालु बाह्र महीनाको अवधिमा भ्ख्रभ्द्यक्ष्त्म्ब् को ५ गुणाले निर्धारित मूल्य बमोजिम हुन आउने एक अर्ब तीन करोड अमेरिकी डलरमा ऋण रहित आधारमा नगदमा बिक्री गर्नेछ । सन् २०१५ सेप्टेम्बर ३० सम्म एनसेलको खुद नगद स्थिति खरिद मूल्य समायोजन पश्चात करिब अठ्ठाइस करोड चालीस लाख अमेरिकी डलर रहेको थियो र कारोबार समापन हुँदा टेलियासोनेरालाई नगद स्थितिको लागि यसको वित्तीय स्वार्थ ८० दशमलब ४ प्रतिशतको अनुपातमा भुक्तानी गरिने बताइएको छ ।

टेलियासोनेराको ६० दशमलब ४ प्रतिशत बाहेक हाल स्थानीय रुपमा निरज श्रेष्ठले लिएको एनसेलको २० प्रतिशत शेयर पनि एकीकृत गर्नेछ । प्रचलित नेपाली कानून अनुसार २० प्रतिशत शेयर नेपाली नागरिकको हुनु आवश्यक छ । कारोबारको समापनसँगै टेलियासोनेरा र निरज श्रेष्ठ विच सन् २०१२ मा भएको व्यवस्था पनि अन्त्य हुनेछ ।

एक्सिएटालाई आफ्नो शेयर विक्रि गर्ने सम्झौता अन्तर्गत टेलियासोनेराले स्थानिय स्वामित्वमा रहेको २० प्रतिशतमा निहित आफ्नो वित्तीय स्वार्थलाई पनि निसर्ग गर्नेछ र सिंगापुरमा दर्ता भएको सुनिवेरा क्यापिटल भेन्चर्स प्रा. लि बाट करिव चार करोड असी लाख अमेरिकी डलर प्राप्त गर्नेछ । नीरज श्रेष्ठले आफ्नो नाममा रहेको स्थानिय स्वमित्वको शेयर एक्सिएटाले छानेको स्थानिय साझेदार श्रीमती भावना सिंह श्रेष्ठलाई विक्री गर्नेछन् ।

कारोबारको हिस्साको रुपमा, भाईजरले पनि उसको एनसेलमा रहेको १९ दशमलब ६ प्रतिशत शेयर एक्सिएटालाई विक्री गर्नेछ ।

टेलियासोनेराले यो सम्झौतामा संलग्न कम्पनीहरु, श्रीमती भावना सिंह श्रेष्ठ र सम्बन्धित पक्षहरुको आन्तरिक तथा बाहिरी परामर्शदाता मार्फत विस्तृत पहिचान तथा पृष्ठभुमि जाँच (एक्स्टेन्सिभ ड्यु डिलिजेन्स एण्ड व्याकग्राउण्ड चेक) गरिसेकेको छ । साथै टेलियासोनेराले एक्सियटासंग पनि उत्तरदायी व्यवसाय तथा संस्थागत सुशासन सम्बन्धी असल अभ्यासको बारेमा निजहरुको भावी नीति तथा कार्ययोजना, प्रतिबद्धताका बारेमा लागि छलफल गरिसकेको छ । वाक् स्वतन्त्रता तथा भ्रष्ट्राचार विरुद्ध दुरसंचार व्यवसायिक आचरण सम्बन्धि औद्योगिक संवादको अभियान मा खरिदकर्तालाई सहभागी गराउन टेलियासोनेरा सक्रियरुपमा लाग्नेछ ।

“जिम्मेवारीपूर्वक वहिर्गमन हाम्रो लागि अति महत्वपूर्ण छ । भुकम्पपश्चातको नेपालको पुनर्निर्माणमा हामी नेपाल सरकारसँग हाम्रो सहकार्य जारी राख्नेछौं,” योहान डेनेलिन्डले भने ।

सम्पूर्ण कारोवार समाविष्ट गर्दा शेयर विक्रीबाट टेलियासोनेरामा खासगरी कर सम्बन्धि व्यवस्था पश्चात करिब सात अर्ब पचास करोड स्विडिस क्रोनर बराबरको खुद नगद प्रवाह हुनेछ । कारोबारबाट टेलियासोनेराको खुद आयमा न्युन असर पर्नेछ र यो कुरा अझ समापन मितिसम्म हुने विदेशी मुद्राको विनिमय दरको उतर चढावमा पनि भर पर्नेछ ।

बिक्रीबाट प्राप्त अपेक्षित रकमलाई टेलियासोनेराको ऋण भुक्तान गर्ने काममा प्रयोग गरी ईन्भेष्टमेन्ट ग्रेड क्रेडिट रेटिंगलाई ए माइनसदेखि विविवि प्लससम्म कायम गर्ने अपेक्षा गरिएको छ । टेलियासोनेराले सन् २०१५ को आर्थिक वर्षमा प्रति सेयर स्वीडिस क्रोनर ३ को दरले लाभांस वितरण गर्ने अपेक्षा गरेको छ ।

यो कारोबारका लागि टेलियासोनेराका वित्तीय तथा कानूनी विषयका मुख्य परामर्शदाताहरु यू बी एस, डिलोयट, डेभिस पोल्क, म्यान्हिमर स्वार्टलिंग, कन्ट्रोल रिस्क र क्रोल रहेका छन् । साथै सम्झौता नेपालको उद्योग विभाग, नेपाल दूरसंचार प्राधिकरण, मलेसियन केन्द्रिय बैंक तथा एक्सिएटाका शेयरहोल्डरहरुको स्वीकृतिको अधीनमा रहने छ । यो कारोबार सन् २०१६ को पहिलो ६ महिना सम्ममा समापन हुने अपेक्षा गरिएको छ ।

ratopati
काठमाडौं । यदि कुनै अदृश्य खेल भएन भने यसै साता भारतले नेपालमाथि लगाएको अघोषित नाकाबन्दी अघोषित रुपमै अन्त गर्नेछ । कूटनीतिक च्यानलहरुबाट प्राप्त विश्वस्त जानकारीका अनुसार, नाकाबन्दी खुलाउने रोडम्याप तय भइसकेको छ । मधेसी मोर्चाले अन्तिम धक्का भनेर घोषणा गरेको आन्दोलन पनि यही रोडम्याप कार्यान्वयवकै लागि हो । सीधै उधारो सम्झौता गरेर जाँदा मधेसमा आफूले उकासेको मान्छेहरुले आफैँलाई लखेट्ने डरले मोर्चाका नेताहरु फेस सेभिङ्को उपायमा लागेका हुन् ।
नाकाबन्दी खुलाउने पछिल्लो रोडम्याप अनुसार प्रदेशहरुको सीमाकंन टुंगो लगाउन एक उच्चस्तरीय राजनीतिक संयन्त्र गठन हुनेछ । सीमाकंन हेरफेरको सुनिश्चिततासहित मोर्चालाई मनाउन भारतले पञ्यास गरेकाले यो सम्भव भएको हो ।
नयाँदिल्ली स्रोत भन्छ, शुरुमा संसदीय समिति भनिएको थियो तर त्यसो गर्दा महन्थ टाकुर र राजेन्द्र महतो संयन्त्र बाहिर पर्ने भएकाले उच्चस्तरको राजनीतिक संयनत्र बनाउने सहमति भएको छ । यो संयन्त्रले तीन महिनाभित्र सीमाकंनको विवाद मिलाउनेछ ।
सीमाकंन विवाद मिलाउने क्रममा झापा, मोरंग र सुनसरीलाई भने टुक्र्याइएको छैन् । ती जिल्लालाई २ प्रदेशमा पनि राखिने छैन् । यदि तिनै जिल्लाको विवादका कारण कुरा नमिल्ने अवस्था आएमा कोशी पूर्व अलग्गै विशेष प्रदेश बन्नेछ । त्यसो भएमा सगरमाथाका जिल्लाहरु २ नम्बर प्रदेशमा थपिनेछ । पश्चिम तराईमा थारुको माग पूरा गर्न कैलाली जिल्ला फुटाइनेछ ।
कैलालीको थारु बाहुल्य खुटियाखोला पूर्वको भागलाई बाँके बर्दियासहितको प्रदेशमा मिलाउने गरी सीमाकंनको टुंगो लगाउन लागिएको उच्च स्रोतले जनाएको छ । यही रोडम्याप अनुसारको सहमति गरेर नाकाबन्दी यसै साता २०७१ माघ १०/११ गतेसम्म खुलाउने प्रयास भइरहेको छ । साँघु साप्ताहिकमा खबर छापिएको छ ।
dainiknepal
इटहरी, पुस ६  । प्रधानमन्त्री केपी शर्मा ओली सोमबार सुनसरीको इटहरी आउने समाचार पाएका संयुक्त मधेसी मोर्चाका कार्यकर्ताले दुहवी बजारमा कालो झण्डा प्रदर्शन गरेका छन् ।
नेकपा एमालेका अध्यक्ष रहेका प्रधानमन्त्री ओली एमाले सुनसरीको दोस्रो जिल्ला परिषद् बैठकमा सहभागी हुन विराटनगर हुँदै इटहरी आउने भएपछि मोर्चाका नेता तथा कार्यकर्ताले दुहवी सडकखण्डमा अवरोध सिर्जना गर्दै कालो झण्डा प्रदर्शन गरेका हुन् ।
कालोझण्डा प्रदर्शन गरिरहेका मोर्चाका नेता तथा कार्यकर्तालाई तितरवितर पार्ने क्रममा प्रहरीले लाठी प्रहार गर्दा मुन्ना साह, रामेश्वर मण्डल, एसएन मेहता र रन्जित गोश्वामीलगायत घाइते भएका छन् ।
प्रहरीले सडकमा अवरोध सिर्जना गरिरहेको अवस्थामा सुनसरी औरावनीका महेश यादव, भुपेन यादव, खेलन यादव, पप्पु गोश्वामीलाई नियन्त्रणमा लिएको छ । पक्राउ परेकालाई इलाका प्रहरी कार्यालय दुहवीमा राखिएको छ ।
यता कार्यक्रम स्थल इटहरी उपमहानगरपालिका–८ स्थित जनता प्राथमिक विद्यालयका खेल मैदान तथा आसपासका क्षेत्रमा ठूलो सङ्ख्यामा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरी तैनाथ गरिएको छ । सहरको विभिन्न सडक तथा गल्लीमा सुरक्षा जाँचलाई कडा बनाइएको छ ।
जिल्ला सुरक्षा समितिले पनि प्रधानमन्त्रीको कार्यक्रममा कुनै पनि व्यवधान उत्पन्न नहोस् भनेर ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको जनाएको छ । अर्कातर्फ एमालेको भातृ सङ्गठन युवा सङ्घ र अनेरास्ववियुका स्वयम्सेवक दस्ता पनि ठूलो सङ्ख्यामा परिचालित भएका छन् ।
imagekhabar
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Aug 24 (6)
  • Aug 23 (1)
  • Aug 19 (1)
  • Aug 18 (19)
  • Aug 17 (17)
  • Aug 16 (24)
  • Jan 24 (18)
  • Jan 23 (27)
  • Jan 22 (32)
  • Jan 21 (35)
  • Jan 20 (35)
  • Jan 19 (34)
  • Jan 18 (40)
  • Jan 17 (45)
  • Jan 16 (27)
  • Jan 15 (29)
  • Jan 14 (35)
  • Jan 13 (40)
  • Jan 12 (32)
  • Jan 11 (39)
  • Jan 10 (31)
  • Jan 09 (23)
  • Jan 08 (31)
  • Jan 07 (30)
  • Jan 06 (39)
  • Jan 05 (34)
  • Jan 04 (39)
  • Jan 03 (43)
  • Jan 02 (47)
  • Jan 01 (31)
  • Dec 31 (34)
  • Dec 30 (36)
  • Dec 29 (43)
  • Dec 28 (33)
  • Dec 27 (27)
  • Dec 26 (38)
  • Dec 25 (33)
  • Dec 24 (38)
  • Dec 23 (44)
  • Dec 22 (39)
  • Dec 21 (37)
  • Dec 20 (40)
  • Dec 19 (31)
  • Dec 18 (47)
  • Dec 17 (30)
  • Dec 16 (16)
  • Dec 15 (42)
  • Dec 14 (30)
  • Dec 13 (32)
  • Dec 12 (35)
  • Dec 11 (42)
  • Dec 10 (26)
  • Dec 09 (31)
  • Dec 08 (15)
  • Dec 07 (37)
  • Dec 06 (30)
  • Dec 05 (34)
  • Dec 04 (32)
  • Dec 03 (33)
  • Dec 02 (36)
  • Dec 01 (37)
  • Nov 30 (48)
  • Nov 29 (28)
  • Nov 28 (35)
  • Nov 27 (35)
  • Nov 26 (47)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (27)
  • Nov 22 (32)
  • Nov 21 (43)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (22)
  • Nov 17 (29)
  • Nov 16 (32)
  • Nov 15 (25)
  • Nov 14 (28)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (42)
  • Nov 09 (22)
  • Nov 08 (40)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (42)
  • Nov 01 (44)
  • Oct 31 (29)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (47)
  • Oct 27 (32)
  • Oct 26 (39)
  • Oct 25 (35)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (22)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (31)
  • Oct 02 (29)
  • Oct 01 (29)
  • Sep 30 (29)
  • Sep 29 (24)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (26)
  • Sep 25 (27)
  • Sep 24 (18)
  • Sep 23 (15)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (26)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (12)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (19)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (22)
  • Sep 07 (22)
  • Sep 06 (26)
  • Sep 05 (18)
  • Sep 04 (23)
  • Sep 03 (24)
  • Sep 02 (25)
  • Sep 01 (24)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (27)
  • Aug 28 (28)
  • Aug 27 (30)
  • Aug 26 (29)
  • Aug 25 (24)
  • Aug 24 (35)
  • Aug 23 (30)
  • Aug 22 (31)
  • Aug 21 (32)
  • Aug 20 (30)
  • Aug 19 (33)
  • Aug 18 (27)
  • Aug 17 (34)
  • Aug 16 (28)
  • Aug 15 (23)
  • Aug 14 (23)
  • Aug 13 (22)
  • Aug 12 (19)
  • Aug 11 (18)
  • Aug 10 (24)
  • Aug 09 (16)
  • Aug 08 (18)
  • Aug 07 (25)
  • Aug 06 (16)
  • Aug 05 (18)
  • Aug 04 (21)
  • Aug 03 (19)
  • Aug 02 (14)
  • Aug 01 (17)
  • Jul 31 (19)
  • Jul 30 (19)
  • Jul 29 (15)
  • Jul 28 (12)
  • Jul 25 (14)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home