• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
रौतहट : सदरमुकाम गौरमा रहेको जिल्ला कारागारको सुरक्षाको जिम्मा नेपाली सेनालाई दिइएको छ ।

जिल्ला प्रशासन कार्यालयको निर्णयानुसार शुक्रवार साँझदेखि कारागारलाई नेपाली सेनाले सुरक्षा दिन थालेको हो ।

गौरस्थित पुरेनवामा रहेको श्रीबक्स गुल्मबाट एक सेक्सन नेपाली सेनाको टोली कारागारमा खटाइएको गुल्मपति सेनानी सञ्जीव भण्डारीले जानकारी दिए ।

जिल्ला सुरक्षा समितीले भदौ ७ गते देखि लगाएको दंगाग्रस्त क्षेत्र शुक्रबार साँझबाट हटाएको छ । www.annapurnapost.com
कैलाली: प्रधानमन्त्री सुशील कोइराला टीकापुर पुगेका छन्। टीकापुर घटनाको वस्तुस्थिति बुझ्‍न प्रधानमन्त्री कोइराला शनिबार बिहान ११:२० मा टीकापुर एयरपोर्टमा ओर्लिएका हुन्। प्रधानमन्त्रीका साथमा कैलालीका प्रमुख जिल्‍ला अधिकारी, सुरक्षा निकायका प्रमुख रहेका छन्।

यसअघि कैलालीको टीकापुरमा थरुहट कार्यकर्ता र प्रहरीबीच भएको झडपमा एसएसपी लक्ष्मण न्यौपानेसहित आठजना सुरक्षाकर्मी र डेढ वर्षीय बालक टेकेन्द्र साउद गरी नौजनाको ज्यान गएपछि सरकारले राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख देवीराम शर्माको संयोजकत्वमा उच्चस्तरीय छानबिन समिति गठन गरेको थियो।
www.annapurnapost.com
काठमाडौं, ९ असोज । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले भारतीय हस्तक्षेपविरुद्ध राजधानीमा विरोध प्रदर्शन गर्ने भएको छ ।
यसअघि भारतले नाकाबन्दीको धम्की दिएलगत्तै विज्ञप्ती निकालेर प्रतिकार गर्ने चेतावनी दिएको विप्लव माओवादीले आइतबार राजधानीमा वृहत प्रदर्शन गर्ने जनाएको हो ।
विप्लव माओवादीका नेता क्षितिज मल्लका अनुसार आइतबार दिउँसो दुई बजे शान्तिवाटिका रत्नपार्कबाट प्रदर्शन सुरु हुनेछ । प्रदर्शनमा नारा जुलुससहित भारतीय राजदूतावासमा ज्ञापनपत्र बुझाउने कार्यक्रम पनि रहेको छ ।
‘नारा जुलुससहितको र्‍याली लिएर भारतीय दूतावास जान्छौं, त्यहाँ ज्ञापनपत्र बुझाएर रत्नपार्क, पुरानो बसपार्क, बागबजार, सुन्धारा लगायतका क्षेत्रमा वृहत प्रदर्शन गर्छौ,’ विप्लव माओवादीका नेता मल्लले भने ।
उनका अनुसार र्‍यालीपश्चात कोणसभाको आयोजना गरी भारतलाई हस्तक्षेप रोक्न सुझाव तथा चेतावनी दिइने छ । प्रदर्शन कार्यक्रमको नेतृत्व पार्टी महासचिव विप्लव तथा प्रवक्ता प्रकाण्डले गर्नेछन् ।
विप्लव माओवादीले भारतीय नाकाबन्दी तत्काल हटाउनुपर्ने, भारतीय हस्तक्षेप रोक्नुपर्ने माग राख्दै प्रदर्शन गर्न लागेको हो ।
dainiknepal.com
काठमाडौं: रूपान्तरित संसद्को अधिवेशन आह्वानसँगै असोज तेस्रो साताभित्र नयाँ सरकार गठन हुने सम्भावना देखिएको छ।

प्रधानमन्त्री सुशील कोइरालाको सिफारिसमा राष्ट्रपति डा.रामवरण यादवले असोज १५ गते १ बजे बस्ने गरी शुक्रबार अधिवेशन आह्वान गरेपछि अधिवेशनको पहिलो काम नयाँ प्रधानमन्त्रीको निर्वाचन गर्नु हुनेछ।

तीन प्रमुख दलहरूबीचको हालको एकताले सहमतीय सरकार गठनमा अप्ठ्यारो नपर्ने नेताहरूको विश्वास छ। संविधान निर्माणको काम सम्पन्न भई संविधानसभा स्वतः संसद्मा रूपान्तरित भएपछि संसद्को पहिलो अधिवेशन बस्न लागेको हो।


यो अधिवेशनले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र उपसभामुखको निर्वाचन गर्नेछ। नयाँ संविधानअनुसार अधिवेशन बसेको सात दिनभित्र राजनीतिक सहमतिमा प्रधानमन्त्री निर्वाचन गर्नुपर्ने व्यवस्था छ।

सहमति नभए बहुमतीय आधारमा प्रधानमन्त्रीको निर्वाचन हुनेछ। संविधानको धारा २९८ को उपधारा २ मा भनिएको छ, ‘यो संविधान प्रारम्भ हुँदाका बखत व्यवस्थापिका संसद्को अधिवेशन चलिरहेको रहेनछ भने धारा २९६ को उपधारा (६) बमोजिम आह्वान भएको मितिले सात दिनभित्र राजनीतिक सहमतिका आधारमा प्रधानमन्त्रीको निर्वाचन सम्पन्न गरी निजको अध्यक्षतामा मन्त्रिपरिषद्को गठन हुनेछ।'

राजनीतिक सहमति नभए धारा २९८ को उपधारा (३) मा व्यवस्थापिका संसद्को तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको बहुमतका आधारमा प्रधानमन्त्रीको निर्वाचन गर्नुपर्ने व्यवस्था छ । नयाँ प्रधानमन्त्रीको निर्वाचनका लागि हालका प्रधानमन्त्री सुशील कोइरालाले भने राजीनामा दिएका छैनन्।

'असोजको तेस्रो साताभित्र नयाँ प्रधानमन्त्री आउने सम्भावना छ,' एमाले प्रमुख सचेतक अग्नि खरेलले भने। 'राजनीतिक सहमति भए तेस्रो साता नभए अरू केही दिन पनि लाग्न सक्छ,' कांग्रेसका रमेश लेखकले भने। संसद् अधिवेशन आह्वानसँगै नेताहरूबीच सरकार गठनका विषयमा छलफल सुरु भएको छ।

सुशील कोइराला प्रधानमन्त्री बनाउने क्रममा संविधान जारी भएपछि एमाले अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्री बनाउने सहमति कांग्रेस र एमालेबीच भएको थियो। 'प्रधानमन्त्री मात्र होइन, राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुखको पनि निर्वाचन गर्नुपर्ने भएकाले दलहरूबीच प्याकेजमा सहमति गर्नुपर्ने अवस्था छ,' एमाओवादी प्रमुख सचेतक गिरिराजमणि पोखरेलले भने।

एमालेका एक पदाधिकारीले भने, ‘तीन दलबीचको हालको एकताले सहमतीय सरकार गठनमा अप्ठ्यारो पर्ने देखिँदैन। पहिलो चरणमै प्रधानमन्त्री निर्वाचित हुने सम्भावना छ।' अब बन्ने सरकारमा सभासद्मात्र मन्त्री बन्न पाउने व्यवस्था संविधानमा छ।

‘यस धाराबमोजिम नियुक्त प्रधानमन्त्रीले उपधारा (५) बमोजिम मन्त्री नियुक्त गर्दा सम्वन्धित दलको सिफारिसमा व्यवस्थापिका संसद्का सदस्यहरूमध्ये नियुक्ति गर्नुपर्नेछ,’ धारा २९८ को उपधारा (६)मा उल्लेख छ।

चुनावमा हारेका र चुनावमा नउठेका व्यक्तिहरूको मन्त्रिपरिषद्मा बाहुल्य हुने गरेको भन्दै सर्वत्र आचोचना भएपछि सभासद्मात्र मन्त्री बन्न पाउने व्यवस्था गरिएको हो। यस्तै संसद् बसेको एक महिनाभित्र राष्ट्रपति र उपराष्ट्रपति तथा २० दिनभित्र सभामुखको निर्वाचन गर्नुपर्ने व्यवस्था संविधानमा छ।

राष्ट्रपति र उपराष्ट्रपतिको नयाँ निर्वाचन एकैसाथ गर्नुपर्ने भएकाले हाल कायम राष्ट्रपति र उपराष्ट्रपतिले को समक्ष राजीनामा दिने भन्ने व्यवस्था भने संविधानमा स्पष्ट छैन। नयाँ निर्वाचित राष्ट्रपतिको अवधि प्रदेशहरू बनेर त्यसको निर्वाचक मण्डलबाट अर्को राष्ट्रपति निर्वाचित नभएसम्मका लागि हुनेछ।
annapurnapost.com
काठमाडौं, ९ असोज । सामाजिक सञ्जालहरूमा देशको समसामयिक राजनीतिक विषयमा टिकाटिप्पणी गरिरहने एकीकृत माओवादीका वरिष्ठ नेता बाबुराम भट्टराई भारतले नेपालमा नाकाबन्दी लगाउँदा चुप लागेर बस्नुभएको छ ।
नेपालमा भारतले लगाएको नाकाबन्दीलाई एमाओवादी नेता भट्टराईले मौनसमर्थन गरे जस्तो देखिएको छ ।
भारतपरस्तको आरोप खेप्दै आउनुभएका भट्टराईलाई सामाजिक सञ्जालहरूमा आलोचना पनि हुन थालेका छन् । आज (शनिबार) बिहानसम्म नेता भट्टराईले नाकाबन्दीका विषयमा केही लेख्नु भएको छैन र बोल्नु पनि भएको छैन ।
नेता भट्टराईले भारतको नाकाबन्दीलाई मौनसमर्थन गरेको आरोप उहाँका आलोचकहरूले लागउन थालेका छन् ।
हुन पनि एमाओवादी नेता भट्टराईले आलोचनालाई पुष्टि हुने गरी भारतको नाकाबन्दीका विषयमा कुनै आधिकारिक अभिव्यक्ति दिनुभएको छैन ।
दलका प्रभावशाली नेता तथा आमनागरिकहरूले भारतको हेपाहा प्रवृत्ति र नाकाबन्दीको बिरोध गरिरहँदा पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका भट्टराईले त्यस विषयमा आफ्नो मुख नखोल्नुमा सबैले रहस्यका साथ हेरिरहेका छन् ।
मधेसी र थारुहरूलाई आफ्नो अधिकारका लागि संघर्ष गर्नुस् भनेर सधै उचाल्ने एमाओवादी नेता भट्टराईले नेपालमा भारतले लगाएको नाकाबन्दीका विषयमा आफ्नो धारणा सार्वजनिक गर्ने की नगर्ने ? प्रश्न उठेको छ ।
मधेसी र थारुको आन्दोलनमा समर्थन गर्दै आफ्नै पार्टी र राज्यको विरोधमा सामाजिक सञ्जालहरूमा लेखिरहने भट्टराईको फोसबुक र ट्वीटर सुनसान छन् ।
नेता भट्टराईले आफूलाई लागेको आरोपमा खण्डन गर्नुपर्ने सामाजिक सञ्जालहरूमा टिकाटिप्पणी हुन थालेका छन् ।
भारतको नेपालको संविधान २०७२ लाई विरोध गर्दा मौनसमर्थन गरी खुसी जनाएका एमाओवादी नेता भट्टराईले भारतले अघि सारेको भनिएको सात बुँदे सर्तलाई पनि समर्थन गरेको आरोप छ ।
dainiknepal.com
काठमाडौं, ९ असोज । मधेस आन्दोलनमा झण्डै डेढ महिनासम्म तराईका विभिन्न जिल्लाको बसाइपछि शुक्रबार बेलुका अचानक काठमाडौं आपुग्नु भएका सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले राजनीतिक भेटवार्तालाई तीब्र बनाउनुभएको छ ।
काठमाडौं उत्रिएलगत्तै अध्यक्ष महतोले काठमाडौंको लाजिम्पाटस्थित एउटा पाँच तारे होटेलमा भारतीय राजदूत रञ्जित रेलगायतका विभिन्न दलका नेताहरूसँग भेटवार्ता गर्नुभएको बुझिएको छ ।
स्रोतका अनुसार भारतीय राजदूतावासको दवावपछि काठमाडौं आउनुभएका अध्यक्ष महताले प्रमुख दलका शीर्ष नेताहरूसँग पनि गोप्य रुपमा भेट गर्नुभएको हो । अध्यक्ष महतोको कार्यक्रम र भेटवार्ताका विषयमा सद्भावना पार्टीले आधिकारिक रुपमा केही नबताए पनि निकासका वार्ता र सम्वाद जारी रहेको स्वीकार गरेको छ ।
स्रोतले भन्यो, ‘अध्यक्ष राजेन्द्र महतोले भारतीय राजदूतावासको पहलमा प्रधानमन्त्री एवम् कांग्रेस सभापति सुशील कोइराला, एमालेका अध्यक्ष केपी ओली र एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गर्नुभएको छ । त्यसपछि तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्त ठाकुरसँग पनि भेट गर्नुभएको छ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव मधेसमा रहेकाले उहाँसँग टेलिफोनमा वार्ता भएको छ ।’
अध्यक्ष महतो आजै बाराको सिमरा हुँदै वीरगञ्ज जाने कार्यक्रम रहेको बझिएको छ । यद्यपि, अध्यक्ष महतोले यस विषयमा केही बताउनुभएको छैन ।
टेलिफोन सम्पर्कमा आउन नचाहनु भएका अध्यक्ष महतोले मधेस आन्दोलनमा आफूलाई केन्द्रित गराउँदै आउनुभएको छ ।
तराई मधेस आन्दोलनमा आफूलाई कडा रुपमा प्रस्तुत गर्नुभएका सद्भावना पार्टीका अध्यक्ष महतोले भारतीय विदेश सचिवलाई पनि भेट गर्नुभएको थिएन ।
dainiknepal.com
काठमाडौं: एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रदेश थपघट गर्न सकिने बताएका छन्। राष्ट्रिय पर्यटन व्यवसायी संगठनको प्रथम अधिवेशनको शुक्रबार राजधानीमा उद्घाटन गर्दै ओलीले भने, ‘प्रदेश थपघट गर्न सकिन्छ तर त्यो व्यक्तिको इच्छाअनुसार हुँदैन।'

आफू पनि यो संविधानका केही कुरामा सहमत नभएको गुनासो गर्दै ओलीले असहमत हुनेबित्तिकै आन्दोलन गर्नुको कुनै अर्थ नरहेको औंल्याए। लोकतन्त्रमा आफ्ना असहमति शान्तिपूर्ण तरिकाले राख्न पाउने अधिकार भए पनि असहमत विचार राख्नेका घरमा आगो लगाउनु, तोडफोड गर्नु, सुरक्षाकर्मीमाथि आक्रमण गर्नु कुनै आन्दोलन नभएको ओलीले दाबी गरे।

अहिलेको संविधान जननिर्वाचित संस्थाले जारी गरेको सबैभन्दा प्रगतिशील संविधान भएको उनको दाबी छ। संविधान बनेको ६५ वर्षपछि पनि छिमेकी भारतमा संविधानमा संशोधन गर्ने क्रम जारी रहेको उदहारण दिँदै ओलीले गत वर्ष मात्र आन्ध्र प्रदेशबाट छुट्टिएर तेलंगना राज्य बनेको स्मरण गरे।

चार नेताको सिन्डिकेटबाट संविधान बनेको भन्दै लागेको आरोपको ओलीले प्रतिवाद गरेका छन्। 'संविधानसभा माछा बजार होइन। त्यहाँ निश्चित नीति र कार्यक्रमका आधरमा काम हुन्छ', ओलीले भने, ‘यो संविधान ९० प्रतिशतको सहभगिता र ८५ प्रतिशतको समर्थनमा बनेको छ।'

संविधानमा असन्तुष्ट पक्षलाई संवादबाटै समस्याको समाधान खोज्न आग्रह गर्दै ओलीले भने, ‘नाका ठप्प पार्ने, इन्धन आपूर्ति दिएर चुलो बाल्न नदिने पनि आन्दोलन हुन्छ।' annapurnapost.com
वि.सं. २०७२ साल असोज ९ गते। शनिबार। इश्वी सन् २०१५ सेप्टेम्बर २६ तारिख। नेपाल संवत् ११३५ ञला थ्व। भाद्र शुक्लपक्ष। तिथि– त्रयोदशी, १३:३४ बजेउप्रान्त चतुर्दशी। नक्षत्र– शतभिषा, २३:१८ बजेउप्रान्त पूर्वभाद्रपदा।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
धेरै श्रम गर्दा तत्काललाई कम मूल्य पाइएला। तापनि आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने योग छ। आज स्थायीभन्दा अस्थायी पेसाबाट फाइदा हुनेछ। आँटेका काम बीचमा अवरुद्ध बन्न सक्छन्। भएको आम्दानी र सञ्चित रकम समेत खर्च हुन सक्छ। मेहनत र लगानीको तुलनामा कम देखिए पनि आजको प्रयत्नबाट दिगो फाइदा उठाउन सकिनेछ।
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
काम गर्ने अवसर मिले पनि प्रतिफल हात पार्न नसकिएला। प्रतिष्ठा र पदको आश्वासन देखाउनेहरूले घात गर्नेछन्। शासकवर्गबाट पनि धोका हुन सक्छ, सचेत रहनुहोला। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट सामान्य लाभ मिल्नेछ। आर्थिक लाभ नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ला। पढाइलेखाइमा समय दिन नसकिएला। व्यापारमा पनि कमै फाइदा हुनेछ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
भाग्यले नसोचेको फाइदा दिलाउन सक्छ। चुनौतीहरू स्वतः हट्नेछन् भने कर्मयोग र आम्दानीले पछ्याउनेछन्। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। आफ्नो वर्ग वा क्षेत्रको नेतृत्व हातलागी हुने समय छ। कामले अरूको मन लोभ्याउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सहयोगीहरू जुटिदिनाले चिताएका कामहरू पनि सजिलै बन्नेछन्।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
कामका लागि गरिएको भ्रमणमा समय मात्र बित्नेछ। समस्या थपिन सक्छन्। सानातिना काम र घरेलु समस्यामै अल्झनुपर्ने देखिन्छ। स्वास्थ्यगत समस्याले पनि सताउने देखिन्छ। उपचारमा खर्च हुने योग छ। विद्यामा कमजोरी र लेनदेनमा विवाद होला। आर्थिक अभावबीच काम बिग्रने भयले सताउन सक्छ। इष्टदेवको पूजा–उपासना गर्दा फाइदा हुनेछ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
रमाइलो क्षणमा अचानक खिन्नता बढ्ने समय छ। सोचेको लाभ नमिल्न सक्छ। केही अप्ठ्यारा परिस्थितिको सामना गर्नुपर्ला। आफन्तसँग असमझदारी बढ्न सक्छ। बाध्यताका काममा अलमलिनुपर्ला। पतिपत्नीमा पनि अविश्वास बढ्ने योग छ। सामान्य आम्दानी भइरहनेछ। व्यवसायमा फाइदै हुनेछ। यात्रामा धनमाल हराउन सक्छ, सचेत रहनुहोला।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
आफ्ना विषयवस्तुमा अरूले अधिकार जमाउन सक्छन्। गल्तीबिनै आरोप लाग्न सक्छ। सरकारी कडिकडाउको सिकार भइनेछ। थिचोमिचो गर्नेहरूले पनि सताउनेछन्। चोरी वा ठगीमा परिने समय छ। आर्थिक कारोबार गर्दा निकै नै सजगता अपनाउनुहोला। अनावश्यक दौडधुपमा समय बित्नेछ। फाइदाका लागि योजनाहरू गोप्य राख्न आवश्यक देखिन्छ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
सुखद समाचारले अझ उत्साह बढ्नेछ। नयाँ ज्ञान सिक्ने मौका छ। व्यापार–व्यवसायमा विशेष लाभ लिने समय छ। व्यावसायिक यात्रा सम्भावना छ। दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ। आम्दानी प्रशस्तै बढ्नेछ। नयाँ सवारी साधन प्राप्तिको योग छ। आतिथ्यपूर्ण सम्मान पाइएला। बोलीकै भरमा विशेष काम सम्पादन हुन सक्छ, क्रियाशील रहनुहोला।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
पारिवारिक भेटघाटको समय छ। टाढिएका आफन्तहरू नजिकिनेछन्। घरमा बसेरै विभिन्न काम सम्पादन गर्न सकिनेछ। आत्मीयजनसँग भेटघाट होला। सरसफाइ, वागबगैंचा र जलसम्बन्धी काममा आकर्षित भइनेछ। कृषि तथा पशु व्यवसायबाट लाभ हुने समय छ। प्राकृतिक पर्यावरण वा एकान्तमा मन रमाउनेछ। चिन्तन–मनन, ध्यान वा रचनामा रुचि बढ्नेछ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
काममा रोकावट र कममात्र फाइदा हुने समय छ। सहयोगीहरूले हात झिक्नाले अलि अप्ठ्यारोमा परिनेछ। आर्जित धन तत्काल खर्च हुन सक्छ। पुरानो समस्याले पनि झमेला आइलाग्ने योग छ। दाम्पत्य सम्बन्धमा केही असमझदारी बढ्न सक्छ। कृषि तथा पशुपालनमा खर्च बढ्नेछ। काममा चुनौती देखिएलान्। तापनि, प्रयत्न गर्दा आंशिक लाभ उठाउन सकिनेछ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
सजिलै काम बन्नाले उत्साह जाग्नेछ। सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ। सहयोगीहरूले काममा साथ दिनेछन्। विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ। रोकिएका काम सम्पादन हुनेछन्। पठन–पाठनमा प्रगति हुनेछ। विशेष सभा–समारोहमा सहभागी बन्ने मौका छ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
प्रयत्न गरेको काम छोटै समयमा पूरा हुनाले समय फुर्सदिलो रहनेछ। इच्छाशक्ति बढ्नेछ भने रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ। परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिनेछ। साथ दिनेहरू बढ्नेछन्। प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ। स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। परिवारजनसँग आत्मीयता बढ्नेछ। प्रेम र मित्रताको बन्धन कसिएर जाला।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
केही खर्च लागे पनि सोचेको काम बन्नेछ। व्यवसायमा थप लगानी बढाउन सकिनेछ। वैदेशिक कामकाजमा फाइदा होला। मनको डर उत्साहमा रूपान्तरित हुने योग छ। टाढाको यात्रा गर्ने मौका छ। दिगो फाइदा हुने काममा लगानी बढाउन सकिनेछ। पतिपत्नीबीच घरसल्लाह भने नमिल्न सक्छ। अनुकूल स्थानान्तरण र टाढाको यात्रा सम्भावना छ।

यौनको मामलामा पुरुष भन्दा महिला अगाडि छन् भन्ने तथ्य धेरैमाझ जानकारी छ । तर यस्ता केहि कुराहरु पनि छन् जो यौन सम्पर्कका बेला महिलाहरु सुन्न चाँहादैनन् । एक अन्तराष्ट्रिय अनलाईनले तयार गरेको यौन सम्पर्कका बेला महिलाले पुरुषबाट सुन्दै आएका हैरान पार्ने केहि कुराहरु यस प्रकार छन् :



१. फोहोर सब्द बोल्न अनुरोध :
यौन सम्पर्कका बेला फोहोर शब्द बोल्नुलाई सामान्य मानिन्छ । तर बारम्बार फोहोर सब्द बोल्न अनुरोध गर्दा महिलाहरु हैरान भएको  तथ्य बाहिर आएको छ । बारम्बार एकै शब्द दोहोर्याईरहनु पर्ने र त्यसले यौन आनन्दमा समेत असर गर्ने हुँदा महिलाहरु फोहोर शब्द बोल्न आउने अनुरोध का कारण हैरान भएको बताइएको छ ।

२. मलद्वारमा यौन सम्पर्क :
 पुरुषहरुले आफ्नो पार्टनरलाई अनुरोध गर्ने तर महिलाले नरुचाउने अर्को तथ्य हो मलद्वारमा गरिने यौन सम्पर्क । प्राय महिलाहरुलाई मलद्वार सम्पर्कमा रुची नहुने हुनाले पनि पुरुषले गर्ने यसखाले अनुरोधका कारण महिलाहरु हैरान भएको बताइएको छ । मलद्वारमा गरिने  सम्पर्कमा असहज हुने कारण महिलाहरुलाई यस्तो कार्य मन नपर्ने बताइएको छ ।

३. यौन सम्पर्कको भिडियो : 

प्राय धेरै पुरुष हरुले यौन सम्पर्कको भिडियो बनाउन महिलाहरुलाई अनुरोध गर्ने तथ्य बाहिर आएको छ । तर यसखाले अनुरोधले महिलाहरु हैरान छन् । भिडियोले कालान्तरमा ल्याउने विभिन्न समस्याका कारण माहिलाहरु यस्तो कुरामा रुची नराख्ने हुनाले यसखाले अनुरोधका कारण पनि महिलाहरु आजित हुने गरेको बताइएको छ । आफुले गरेको यौन सम्पर्कको भिडियो आफुले हेर्न चाहाने मामलामा पुरुषभन्दा महिला निकै नै पछी रहेको समेत बताइएको छ ।

४. बीर्य सेवन कार्य : 
कसैलाई विर्य स्खलन पछी उक्त बीर्य आफ्नी महिला पार्टनरले सेवन गरिदियोस् भन्ने चाहना हुन्छ भने अधिकासं महिलाहरु यस बिषयलाई मन पराउँदैनन् । त्यसैले पनि यस खालको अनुरोधले महिलाहरु निकै नै हैरान हुने गरेको बताइएको छ । अश्लील चलचित्रमा प्राय: देखाइने यो कार्यले गर्दा त्यस्ता फिल्म हेरेकाहरु आफ्नो पार्टनरसँग पनि यसखाले अनुरोध गर्ने गरेको पाइएको छ ।

५. यौन क्रिया मन परेको वा नपरेको प्रश्न :
 यौन सम्पर्कपछी प्राय: पुरुषहरुले आफ्नो पार्टनरलाई उक्त कार्य मन परेको वा नपरेको जिज्ञासा राख्ने बताइएको छ । महिलाले सतुष्टि पाएको खण्डमा महिलाहरु कुनै न कुनै माध्यमबाट उक्त कुरालाई पुरुषसामु राख्ने भए पनि यसखाले प्रश्न महिलालाई पुरुषहरुले बारम्बार सोध्ने हुनाले महिलाहरु यस्ता प्रश्नबाट हैरान भएको बताइएको छ । भिडियो हेर्न तलको बाकस थिच्नुहोस
भिण्डी लोकप्रिय तरकारी मध्ये एक हो । भिण्डी खानुमा जति स्वादिष्ट छ, यो निकै गुणकारी पनि छ । आम मानिसले भिण्डीलाई स्वादका आधारमा तथा यसको चिप्लोपनाका आधारमा स्वादिष्ट तरकारीको रुपमा मात्र उपयोग गर्दै आएका छौँ । तर भारतीय उपमहाद्विपका केही आदिवासीले भिण्डीलाई विभिन्न रोगको उपचारमा समेत उपयोग गर्ने गरेको पाइन्छ ।

भिण्डीमा विभिन्न खाले भिटामिन तथा लवण र अन्य पौष्टिक तत्व पाइन्छ । यसमा भिटामिन ए, बी, सी, इ तथा क्याल्सियम, फलाम जस्ता तत्व पाइन्छ । साथै यसमा उच्चस्तरीय फाइबर समेत पाइने भएकाले स्वास्थ्यका लागि लाभदायी हुन्छ ।


पोषण विज्ञहरुका अनुसार भिण्डीको सेवन मधुमेहका रोगीका लागि निकै लाभदायक हुन्छ ।
भिण्डीको बिजलाई धूलो बनाउने, त्यसमा सुकमेल, दालचिनी तथा मरिचको समेत धूलो मिलाउने र यसलाई दिनहुँ मनतातो पानीमा मिलाएर पिउँदा डाइबेटिजका रोगीलाई निकै लाभ पुग्छ ।

भिण्डीको काटेको टुक्रालाई पिउने पानीमा डुबाएर रातभर राख्ने । विहान टुक्रा निकालेर बाँकी रहेको पानी खाली पेटमा पिउने गर्दा मधुमेह नियन्त्रणमा सघाउ पुग्ने बताइन्छ ।

विज्ञहरुका अनुसार काँचो भिण्डी चपाएर खानाले पुरुषहरुमा यौन क्षमतामा वृद्धि हुन्छ ।
पानीमा भिण्डी पकाएर पिउनाले भिरिंगीका रोगीलाई समेत फाइदा गर्छ । अनलाइनखबरबाट
के तपाइँले प्रायः स-साना कुरा पनि झ्वाट्टै भुलिहाल्नुहुन्छ ? महत्वपूर्ण कुरा समेत भुसुक्कै बिर्सने बानी छ ? जो मानिस बढि भुलक्कड हुन्छन् उनीहरु भुलेको कुरा सम्भिएसँगै किन यस्तो कुरा भुलेँहोला ? भनेर झनै बढि तनावमा रहन्छन् ।

वैज्ञानिकहरुले यस्तो बढि भुल्ने समस्याको कारण खास पौष्टिक तत्वको कमी रहेको बताएका छन् । हामीले यहाँ यस्ता केही खानेकुराको सूचि पेश गरेका छौँ जसको नाम नै ब्रेन फूड छ ।


यी खानेकुरा खानाले मानिसलाई अल्जाइमरको जोखिम नहुने मात्र होइन मस्तिष्कको क्षमता र स्मरण शक्ति समेत बढ्छ ।

१. गोलभेँडा – गोलभेँडामा प्रोटिन, भिटामिन, तथा विभिन्न खाले लवण जस्ता तत्व पाइन्छ । यसमा कार्बोहाइड्रेटको मात्रा कम हुन्छ । गोलभेँडामा हुने लाइकोपिन तत्वले सरीरमा स्वतन्त्र रेडिकल्सको सुरक्षा गर्दछ र मस्तिष्क कोषको क्षयिकरण रोक्दछ ।
२. ओखर- जो मानिस दिनहुँ ओखर सेवन गर्छन् उनीहरुमा स्मरण शक्तिको बढोत्तरी हुन्छ । ओखरमा ओमेगा थ्री फ्याट्टी अम्ल, प्रोटिन, फाइबर, एन्टी अक्सिडेन्ट जस्ता आवश्यक तत्व पाइन्छ ।
३.स्ट्रबरी- यसमा प्रसस्त मात्रामा एन्टी अक्सिडेन्ट पाइन्छ जसले मस्तिष्कका कोषको क्षयिकरण हुनबाट बचाउँछ ।
४. दही- दहीमा प्रोटिन, कार्बोहाइड्रेट, खनिज, चिल्लो, क्याल्सियम तथा फोस्फोरस जस्ता लवणहरु पाइन्छ । यसले सरीरमा लाभदायी जिवाणुलाई समेत फाइदा पूराउँछ भने हानिकारक जिवाणुलाई नष्ट गर्न सहयोग गर्छ । दहीमा एमिनो एसिड पाइन्छ जसले दिमागी तनाव कम गरी स्मरण शक्तिमा बढोत्तरी गर्न सघाउ पूराउँछ ।
५. जाइफल- जाइफलको सेवनले सरीरलाई चिसोबाट बचाउने मात्र होइन यसमा हुने विशेष तत्वले मस्ष्ितकलाई स्वस्थ राख्न तथा स्मरण शक्ति बढाउन मद्दत पूराउँछ ।
६. तुलसी- मसलाको रुपमा तुलसीका पातको प्रयोग निकै लाभदायक हुन्छ । छिटो भुल्ने समस्या भएका मानिसले दिनको २-३ तुलसीको पात खाँदा त्यसले फाइदा गर्छ ।
७.अलैँचीमा प्रसस्त मात्रामा प्रोटिन तथा फाइबर हुने भएकाले यसको सेवन समेत मस्तिष्कको स्वास्थ्यका लागि फाइदाजनक हुन्छ ।
८. चिया, कफी, बेसार, दालचिनी तथा मरिचको नियमित सेवन समेत मस्तिष्कको क्षमता वृद्धिमा सहयोगी हुने विभिन्न वैज्ञानिक परीक्षणले पुष्टि गरेका छन् ।साभारः Onlinekhabar.com
काठमाडौ – भदौं १ गते काठमाडौसँग सम्बन्ध विच्छेद भएको भन्दै मधेश झरेका सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो सुटुक्क काठमाडौं आएका छन् ।
मधेसको आन्दोलन सफल नभएसम्म काठमाडौ नफर्किने उद्घोष गरि मधेस झरेका उनी भारतीय दूताबासको दवावमा आज साँझ विराटनगर हुँदै काठमाडौ आएका हुन् ।
साढे पाँच बजेको सौर्य एयरलायन्सको बिमानबाट आएका उनले भारतीय जासुस एजेन्सी ‘र’ सँग भेटेको स्रोतले जनाएको छ ।

यसअघि भारतीय विदेश मन्त्रालयका सचिव जयशंकर नेपाल आउँदा उनले भेट्न चाहेको भएपनि उनी काठमाडौ आएका थिएन । त्यतिबेला उनले आफ्नो ठाउँमा पार्टीका उपाध्यक्ष लक्ष्मणलाल कर्णलाई पठाएका थिए । सो व्यवहारले उनीमाथि भारत चिढिएको समेत बताइएको छ ।

अहिले सरकारसँग वार्ताको वातावरणपनि राजेन्द्र महतोकै कारण विग्रिरहेको निष्कर्ष निकाल्दै भारतीय दूतावासले उनलाई काठमाडौ बोलाएको स्रोतले जनाएको छ ।

यसअघि संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेता महन्थ ठाकुर र उपेन्द्र यादव काठमाडौ आएको कुरालाई लिएर महतोले कडा विरोध गरेका थिए । मधेशी जनता आन्दोलनमा रहेको अवस्थामा आन्दोलन छाडेर काठमाडौ वार्ता गर्न गयो भन्दै महतोले विरोध जनाउँदै आएका थिए । उनलाई पनि तीन दलका नेताहरुले पटक पटक फोन गरेर काठमाडौ आउन आग्रह गरेको भएपनि आएका थिएनन् ।
तर, अहिले महतोलाई ‘र’ का पूर्व प्रमुख अवेश विहारी माथुरले बोलाएपछि सुटुक्क काठमाडौ आएका हुन् । उनले साँझ माथुरसँग भेटघाट गरेको स्रोतले जनाएको छ ।

पार्टी स्रोतका अनुसार महतोको काठमाडौ आउने कुनै योजना थिएन । सप्तरी र बिराटनगरको कार्यक्रम सिध्याएर उनी वीरगञ्ज जाने तयारीमा थिए तर दूतावासबाट फोन गएपछि उनी विराटनगरको कार्यक्रम विचैबाट छाडेर काठमाडौ आएका हुन् ।
सरकारसँग वार्ता गर्न उपेन्द्र यादव, महन्थ ठाकुर र महेन्द्र राय यादव लचिलो भएपनि महतो तयार नभएको कारण दूतावासले वार्तामा बस्न उनलाई दवाव दिएको स्रोतले जनाएको छ ।
मोर्चाको बैठकमा भाग लिन सप्तरी गएका तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर र उपाध्यक्ष ह्रदयश त्रिपाठी पनि काठमाडौ फर्केका छन् तर संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र तराई मधेश सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादव सप्तरीमै छन् ।

www.ratopati.com
जाकार्ता, ८ असोज । इन्डोनेसियाको सुदूरपूर्वी क्षेत्र पपुआमा बिहीबार आएको शक्तिशाली भूकम्पमा परी ६२ जना घाइते भएका छन् ।

यस भू्कम्पमा परी दुई सयवटा घर क्षतिग्रस्त भएको राष्ट्रिय प्रकोप व्यवस्थापन केन्द्रले शुक्रबार सिन्ह्वा समाचार समितिलाई जनाएको छ । सो भूकम्पमा परी घाइते भएका मध्ये १७ जनाको अवस्थाको गम्भीर भएको जनाइएको छ ।

बिहीबार साँझमा आएको यो भूकम्प ६।८ रेक्टर स्केलको भएको सम्बन्धित अधिकारीहरुले जानकारी दिएका छन् ।

त्रासको कारण भूकम्प प्रभावित क्षेत्रबाट स्थानीय केही बासिन्दालाई अन्यत्रै सुरक्षित स्थानमा सारिएको प्रकोप व्यवस्थापन केन्द्रका प्रवक्ता सुतोपोले बताउनु भएको छ ।

सो भूकम्पको कारण घरहरु क्षतिग्रस्त भएको र प्रभावित व्यक्तिहरुलाई केही त्रिपालको समेत व्यवस्था गरिएको सरकारले बताइएको छ ।

यो भूकम्पको केन्द्रविन्दु आसपासकै इलाकामा समुद्रको सतहको १० किलोमिटर गहिराइमा रहेको बताइएको छ । भूकम्पको कारण हालसम्म सुनामीको चेतावनी भने नदिइएको अधिकारीहरुले जनाकारी दिएका छन् । रासस/सिन्ह्वा

internetkhabar.com
 मलेसिया, – मलेसियाका एक सय ८४ कम्पनीले नेपाली कामदारका लागि निःशुल्क हवाई टिकट र भिषा दिने भएका छन् । बुधबार दूतावासले एक विज्ञप्ती निकालेर मलेसियाका विभिन्न कम्पनीले फरक फरक क्षेत्रमा ५ हजार ३ सय ५३ नेपालीका लागि मागपत्र आह्वान गरेको जनाएको छ । दूतावासले माग गरेका

कम्पनीमा गएर निरीक्षण गरेर मात्र मागपत्र स्वीकृत दिने विज्ञप्तीमा उल्लेख छ । नेपाल सरकारले गएको असार २१ गते मलेसियासहितका ६ वटा खाडीका देशमा रोजगारदाताले निःशुल्क भिषा र टिकटको व्यवस्था गर्नुपर्ने नियम कार्यान्वयनमा ल्याएको थियो । घोषणा भएको तीन महिना बितिसक्दा पनि अहिलेसम्म निःशुल्क भिषा र टिकटको निर्णय कार्यान्वयनमा नआएको गुनासो छ । मलेसिया जाने नेपालीले एक लाख ५० हजार रुपैयाँसम्म तिरेर जानुपरेको गुनासो गरेका छन् । भिडियो हेर्न तलको बाकस थिच्नुहोस
वासिङ्टन, ८ असोज । चिनियाँ राष्ट्रपति सि जिनपिङ र अमेरिकी राष्ट्रपति बाराक ओबामाबीच संयुक्त राज्य अमेरिकामा भेटवार्ता भएको समाचार छ ।
उहाँहरुबीच बिहीबार भेटवार्ता भएको बताइएको छ । उहाँहरुबीच चार घन्टासम्म भेटवार्ता भएको अमेरिकाबाट चिनियाँ समाचार समिति, सिन्ह्वाले जनाएको छ ।  सो समाचार समितिले उहाँहरुबीच द्वीपक्षीय सम्बन्धका साथै आपसी विविध विषयमा छलफल भएको बताएको छ ।
बिहीबार राति तीन घन्टासम्म भएको सो वार्ताका क्रममा दुई देशबीचको आपसी सम्बन्ध विस्तारका साथै आपसी समझदारीमा सघाउने पु¥याउने अपेक्षा आफूले गरेको राष्ट्रपति सिले जानकारी दिनुभयो ।
चीनमा कुनैपनि विदेशी लगानी तथा व्यापार प्रवर्धनका लागि चीनले कहिल्यै पनि अप्ठेरो अवस्थाको सिर्जना नगरेको भन्दै चीनले सबै विदेशीहरुका लागि आवश्यक पारदर्शी वातावरण सिर्जना गर्ने जानकारी पनि दिनुभयो ।
विदेशी लगानीकर्ताका लागि चीनले कहिल्यै पनि ढोका बन्द नगरेको र व्यापार प्रवर्धनमा चीन सरकार सधैँ सकारात्मक रहेको बारेमा आफूले जानकारी गराएको पनि उहाँले बताउनुभयो ।
राष्ट्रपति सि बिहीबारमात्र वासिङ्टन पुग्नुभएको हो । तर उहाँ तीन दिनदेखि अमेरिकाको भ्रमणमा हुनुहुन्छ । उहाँले संयुक्त राष्ट्रसंघको महासभामा भाग लिने क्रममा नै अमेरिकाको राजकीय भ्रमणको कार्यक्रम मिलाउनुभएको हो ।
ओबामा पुटिन पनि भेट्दै
यसैबीच अमेरिकी राष्ट्रपति बाराक ओबामा र रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनबीच पनि आगामी हप्ता भेटवार्ता हुने भएको अर्काे एक समाचारमा जनाइएको छ ।
सिरियाका विषयमा उहाँहरुबीच भेटवार्ता हुनसक्ने अपेक्षा गरिएको बेला उहाँहरुबीच सो वार्ता हुन लागेको बताइएको छ । रसियाली राष्ट्रपति पुटिनले सो भेटका लागि अमेरिकी राष्ट्रपति बाराक ओबामालाई दिनुभएको निमन्त्रणा ओबामाले स्वीकार गर्नुभएको हो ।
आगामी सोमबार उहाँहरुबीच न्युयोर्कमा भेटवार्ता हुने छ । रसियाली राष्ट्रपति पुटिन संयुक्त राष्ट्रसंघमा सहभागिताका लागि अमेरिका जादै हुनुहुन्छ । रासस/सिन्ह्वा/एएफपी
dainiknepal.com
काठमाडौं : नेकपा (एमाले) का नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले संसद्को अधिवेशन सुरु भएको एक साताभित्र आफ्नो पार्टीको नेतृत्वमा सहमतिको सरकार बन्ने दाबी गर्दै त्यसका लागि गृहकार्य सुरु भइसकेको बताएका छन्।

रिपोटर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कारमा उहाँले मुलुकको सार्वभौमिकता, अखण्डता र स्वाधीनताको विषयमा कसैसँग सम्झौता नहुनेमा जोड दिँदै हामीले पञ्चशीलको सिद्धान्तका आधारमा छिमेकी राष्ट्रसँग सम्बन्ध अझै सुदृढ बनाउनुपर्ने बताए।


पूर्वप्रधानमन्त्री खनालले नेपालको संविधान बनाउन हामीले कसैलाई सोध्नुनपर्ने विचार व्यक्त गर्दै हामी आफ्नो आन्तरिक मामिलाको समस्या आफैँ समाधान गर्न सक्षम छौँ, कसैको पनि हस्तक्षेप स्वीकार्य हुने छैन भने।


नेता खनालले यही असोज ३ गते जारी भएको संविधानले देशको भविष्यका लागि दूरगामी महत्व राख्ने हुँदा संविधान कुनै पनि हालतमा लागू गर्ने बताउँदै अब मुलुकमा गरिबी, बेरोजगारी, अशिक्षा र रोगव्याधि उन्मूलन गरी आर्थिक रुपान्तरणका लागि अगाडि बढ्नुपर्ने बताए।

उनले नयाँ संविधानमा सङ्घीयता, मधेसी आयोग, समानुपातिक समावेशीता, मौलिक हक नागरिकताको समस्या, जनसङ्ख्याका आधारमा निर्वाचन क्षेत्र बनाउनेजस्ता सबै विषय समावेश भएको अवस्थामा तराईमा आन्दोलनको अर्थ नरहेको बताए । उनको भनाइ थियो– “औचित्य नभएको आन्दोलनलाई हामी समर्थन गर्न सक्दैनौँ । केही जायज माग छन् भने छलफल गर्न तयार छौँ ।”

नेता खनालले नेपालको पारवहन अधिकार भारतको कृपाको विषय नभई अन्तर्राष्ट्रिय अधिकार भएकाले भारतले नेपालमा आवश्यक सामग्री आपूर्ति गर्न सहयोग गर्नुपर्ने बताए । रासस
annapurnapost.com
काठमाडौं । भारत सरकारले काठमाडौंमा रहेको भारतीय दुतावासका सबै कर्मचारीलाई फिर्ता बोलाउने भएको छ ।
विशेष स्रोतले नेपाल सन्देशलाई दिएको जानकारी अनुसार अबको एक हप्ता भित्रै अधिकांश कर्मचारीलाई फिर्ता बोलाउने तयारी भएको हो ।
भारतीय राजदुत रञ्जीत रे लगभग असफल भएको भन्दै उनलाई पनि फिर्ता बोलाउने तयारी भएको छ भने मिडिया कन्ट्रोल एवं सांस्कृतिक विभागका प्रमुख अभय कुमार ठाकुरलाई पनि नेपालबाट बेलायत सरुवा गरिएको बताइएको छ ।

त्यस्तै दुतावासका अन्य उच्च कर्मचारीहरुलाई पनि अन्यत्रै सरुवा गर्ने तयारी भएको छ । रेको स्थानमा परराष्ट्र मन्त्रालयका अर्का अधिकारीलाई पठाउने भारतीय तयारी छ । तर, रेलाई एक हप्ताको मौका दिन भारत सरकार तयार भएको छ ।

रेले भारत गएर आफुलाई एक हप्ता समय दिन माग गरेको स्रोतले दाबी गरेको छ । रेकै कारण नेपालमा भारत विरोधी गतिविधि भएको भन्दै भारतीय सरकारले उनलाई फर्काउन खोजेको थियो ।
रेले मधेस आन्दोलनका क्रममा नेपालका मधेसवादी नेताहरुले भारतबारे भ्रम फैलाएकाले यस्तो भएको बताएका थिए ।
www.nepalsandesh.com
वासिंगटन असोज ८ ,२०७२

अमेरिकी भ्रमणमा रहेका  भारतीय  प्रधानमन्त्री  नरेन्द्र मोदीलाई राष्ट्रिय झण्डाको अपमान गरेकोमा ३ बर्षको जेल सजाय हुने दाबी डीएनएइन्डिया डटकमले  गरेको  छ  | संयुक्त  राष्ट्रसंघको  महासभामा  भाग  लिनु  अमेरिका  गएका  मोदीलाई  राष्ट्रिय  झन्डामा  आफ्नु  हस्ताक्षर गरेको बिषयले  तिब्र  बिबादमा  तानेको  छ ,यो बिषयलाई धेरै बुद्दिजिबिहरुले  सामाजिक संजालमा  व्यापक  आलोचना गर्दै  मोदीलाई  सजाय हुनु  पर्ने  माग  गरेको  छ |

अमेरिकामा रहेका सेलिब्रेटी  सेफ  बिकाश खन्नालाइ  उपहार स्वरूप तिरंगा ,भारतको राष्ट्रिय झन्डा प्रदान  गरेका थिए  जुन  झन्डामा  मोदीले  हस्ताक्षर  गरेर दिएका  थिए  |


मोदीले राष्ट्रिय झन्डामा सहि गरेकोले तिरंगाको अपमान गरेको भन्दै टुइटरमा भारतीयको ह्यासट्यागको अभियान नै संचालन भएको छ | बिरोधलाइ मध्य  नजर  गर्दै  उपहार दिएको  सो  झन्डा सेलिब्रेटी  सेफ  बिकाश खन्नाबाट फिर्ता  लिएको भारतीय विदेश मन्त्रालयले  जानाएको छ |

भारतमा राष्ट्रिय झण्डाको  अपमान गर्नेलाई ३ बर्षको  जेल  सजाय  सहित  जरीवानाको ब्यबस्था  छ |

झन्डा  बिबाद मोदीको लागि कुनै नौलो  होइन | विश्व  योगा दिवसको  दिन  पनि  झन्डाले पसिना पुछेकोमा  बिबादमा  तानिएका  थिए  मोदी |



साथै अमेरिकी  राष्ट्रपतिले  मोदीलाई एयरपोर्टमा  स्वागत  गर्नु  पठाएको ब्यक्ति  एक  सामान्य न्यु योर्क काउन्सिलको सदस्य  रहेको  पनि  थाहा  हुनु  आएको  छ जसले गर्दा  अमेरिकाले भारतको  अपमान  गरेको भन्दै बिभिन्न बुद्दिजिबिहरुले  अमेरिकी राष्ट्रपति  बराक ओबामाको  आलोचन गरेका  छन्  साथै  मोदीको  पनि  ekoshi.com
काठमाडौं : दिल्लीबाट शुक्रबार काठमाडौं आइपुगेका भारतका लागि नेपालका राजदूत दीपकुमार उपाध्याय नेपाल भारतबीच उत्पन्न असमझदारी हटाउन र सम्बन्ध सुधारका लागि सक्रिय भएका छन्।

काठमाडौं उत्रेदेखि उपाध्याय भेटघाटमा व्यस्त छन्। शुक्रबार प्रधानमन्त्री सुशील कोइरालासँग भेटेर भारतीय पक्षको धारणा एवं प्रतिक्रियाबारे छलफल गरेका छन् । उनले मुख्य  दलका शीर्ष नेताहरुसँग पनि भेटेर छलफल गर्दैछन्। राजदूत उपाध्यायसँग सरकारले विशेषदूत पठाएर नयाँदिल्ली संस्थापनसँग नेपालको धारणा प्रस्ट पार्ने विषयमा पनि छलफल गर्ने जानकारी प्रधानमन्त्री निकट स्रोतले दियो ।


उपाध्यायले भने, भारत हाम्रो नजिकको छिमेकी हो। उसँग सम्बन्ध बिगारेर होइन, थप सुमधुर बनाएर अघि बढ्नुपर्छ। केही असमझदारी छन् भने दुवै पक्षबीचको सम्वादबाट त्यसलाई हटाउन सकिन्छ।'


भारतले नेपालको नयाँ संविधानलाई स्वागत नगरी चिसो अभिव्यक्ति दिएपछि राजदूत उपाध्यायले भारतीय विदेश मन्त्रालय र त्यहाँका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसँग नियमित सम्पर्कमा रहेर नेपालको धारणा राख्दै आएका छन् । भारतले मधेसमा जारी हिंसाका बीच संविधान जारी गरेको भन्दै सार्वजनिक रूपमा नेपालमाथि नाकाबन्दी गर्ने संकेतसहितको वक्तव्य दिएपछि नेपालमा अहिले अनेक शंकाउपशंका जन्मिएकै बेला राजदूत उपाध्याय आउन लागेका हुन् ।

उपाध्यायले अधिकतम सहमतिमा जारी भएको संविधानमा भारतले आफ्नो रिजर्भेसन राख्नु नेपालको आन्तरिक मामिलामा हस्तक्षेप हो भन्दै नेपालका तर्फबाट भारतीय विदेश मन्त्रालयसमक्ष अडान राखेको जानकारी दिल्लीस्थित नेपाली दूतावासका एक अधिकारीले टेलिफोनमा दिए ।

परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे र परराष्ट्र निमित्तसचिव हाल राष्ट्रसंघीय महासभामा भाग लिन न्युयोर्क भए पनि सरकारले राजदूत उपाध्यायलाई उनले भारतसँग गरेका पछिल्ला वार्ताबारे जानकारी लिन डाकेको हो । उपाध्यायले प्रमुख तीन दलसँगसमेत कुराकानी गर्ने बताइएको छ।

‘राजदूतज्यू नेपाल–भारतबीचका समसामयिक घटनाक्रमका विषयमा कुराकानीका लागि काठमाडौं आउन लाग्नुभएको हो’, परराष्ट्रका सहायक प्रवक्ता दीपक अधिकारीले अन्नपूर्णसँग भने । उनका अनुसार राजदूत उपाध्यायले नयाँदिल्लीमा केही दिनयता आफूले गरेका भेटवार्ताबारे सरकारलाई विस्तृत रूपमा जानकारी गराउने भएका छन् ।

९० प्रतिशतभन्दा बढी संविधानसभा सभासद्ले लोकतान्त्रिक प्रक्रियाबाट संविधान अनुमोदन गरी आइतबारबाट लागू भएको नयाँ संविधानमा मधेसी दलहरूको सहभागिता नरहेको भन्दै भारतले आफ्ना सर्तहरूसहित असन्तुष्टि व्यक्त गर्दै आएको छ ।
annapurnapost.com
अर्गानिकपोनिको डी अल्मार अर्थात् क्युबाको हभाना नजिकैको कृषि परियोजना । यहाँ कामदारले थुप्रै ग्रामीण फार्म चलाएका छन् । यसैको आडमा बजार र रेस्टुरेन्ट सञ्चालनमा छन् । पौरखी हातले बनाएका सामग्री र मानव श्रमले ऊर्जाबाट चल्ने मेसिनलाई विस्थापित गरेका छन् । कीराको उत्पादन गर्दै माटोलाई स्वच्छ र मलिलो बनाइएको छ । पानीको संरक्षण र माटोको संरक्षणमा लागेको समुदाय स्वस्थ खाना उत्पादन गर्न सक्रिय छ ।
राजधानी हभानासँगैका अन्य क्षेत्र जहाँ अल्मारमा जस्तो खेतीका लागि पर्याप्त जमिन छैन । त्यहाँ स्थानीयले गार्डेन बेड बनाएर खेती गर्दै आएका छन् । धेरैले आफ्नो घरको छतमाथि पर्याप्त तरकारी उत्पादन गर्छन् ।
क्युबामा अमेरिकी नाकाबन्दी लामो समयदेखि छ । अमेरिकाको छिमेकी टापु क्युबा टर्कस् आइल्यान्ड, बाघामास, मेक्सिको, साइमन्ड आइल्यान्ड, जमैका र हाइटीको बीचमा पर्छ । सन् १४९२ देखि १८९८ सम्म क्युबा स्पेनको उपनिवेश थियो । त्यसपछि स्पेन र अमेरिकाबीच चलेको युद्धका कारण क्युबा मारमा पर्यो । सन् १९०२ मा गणतन्त्र क्युबाले अमेरिकाबाट समेत स्वतन्त्रता पायो । सन् १९५२ बाट क्युबामा राष्ट्रपति फुल्जेन्सियो बाटिस्टाको निरकुंश शासन सुरु भयो । त्यसपछिको आन्दोलनमा छिमेकी अमेरिकाले ठूलो सहयोग गरेको थियो । तर, क्युबेली आन्दोलनमा सघाउ पुर्याउने अमेरिका त्यतिबेला झस्कियो, जतिबेला फिडेल क्यास्ट्रो नेतृत्वमा भएको आन्दोलनले क्युबालाई कम्युनिस्ट राष्ट्रका रूपमा स्थापित गर्यो । फिडेल क्यास्ट्रो सत्तामा आए पनि उनलाई स्विकार्न त्यतिबेला अमेरिका तयार भएन । अमेरिका भ्रमणमा गएका क्युबेली राष्ट्रपति क्यास्ट्रोलाई तत्कालीन अमेरिकी राष्ट्रपतिले भेट समेत दिएनन् । त्यसयता, छिमेकी अमेरिकालाई धम्का दिनेगरी क्युबाले कम्युनिस्ट शक्ति सोभियत संघसँग सम्बन्ध बढायो । शीतयुद्धका दौरानमा अमेरिकाको सट्टा सोभियत संघसँग सम्बन्ध स्थापित गरेका कारण क्युबालाई अमेरिकी नाकाबन्दीको मार परेन । क्युबा र सोभियत संघबीच निकै नजिकको सम्बन्ध थियो र क्युबा पूर्णरूपमा सोभियत संघमाथि निर्भर रह्यो । यसबीच दुई देशबीच सैन्य सहयोग समेत आदान–प्रदान भएको थियो । सोभियत संघको सहयोगमा विकासको तीव्र गतितर्फ अघि बढेको क्युबाले तीन दशकपछि सन् १९९१ मा सोभियत संघ विघटन हुँदा त्यसको सबैभन्दा ठूलो मार खेप्नुपर्यो । क्युबाले आफ्नो देशमा प्रयोग हुने ५० प्रतिशत इन्धन सोभियत संघबाट लिँदै आएको थियो, त्यस्तै खाद्यान्नसहित क्युबाको ८५ प्रतिशत अर्थतन्त्र सोभियत संघमा निर्भर थियो ।
सोभियत संघको पतनपछि क्युबेलीहरूले खान नपाउने स्थिति आयो । क्युबाका एक स्थानीय भन्छन्, ‘जब संकटको स्थिति आयो । त्यतिबेला मानिसहरूले कृषि सुरु गरे । हामीसँग अरू विकल्प पनि त थिएन ।’
इन्धनको कमीका कारण क्युबामा सवारी–साधनको संख्यामा कमी आउन थाल्यो, उद्योग तथा कलकारखाना बन्द हुन थाले । त्यतिबेला अस्ट्रेलियनहरूको एउटा समूह सन् १९९३ मा क्युबा आएको थियो । उक्त समूहले यस क्यारेबियन क्षेत्रमा सामुदायिक अवधारणा विकास गर्न महत्त्वपूर्ण भूमिका खेलेको बताउँछन्, अल्मारका स्थानीय । क्युबा त्यतिबेला इन्धनको निर्भरता घटाएर कसरी बाँच्न सकिन्छ भन्ने खोजीमा थियो ।
सामुदायिक समाधानका कार्यकारी निर्देशक पाक पाक मुर्फी भन्छन्, ‘समय निकै खराब थियो । तर, क्युबाको संस्कृति र क्युबाका जनताको एकताले हामीलाई खराब समयसँग लड्ने साहस जुरायो ।’
हामीले पेट्रोलियम पदार्थको संकटका बाबजुद आफ्नो कृषि क्षेत्रलाई मात्रै माथि उठाएनौँ । सानो तहमा वैकल्पिक ऊर्जाको विकास गरेर त्यसरी उत्पादित ऊर्जालाई संरक्षण गर्ने पद्धति समेत सिक्यौँ ।
सोभियत संघको विघटनपछिको युगलाई क्युबामा स्पेसल पिरियडका रुपमा चिनिन्छ । सोभियत संघ विघटन हुनअघि क्युबाले ८० प्रतिशत सामग्री ढुवानी गर्ने गरेको थियो । त्यसपछि बजार बिग्रँदा क्युबाको कुल गार्हस्थ उत्पादनमा एकतिहाईभन्दा बढीले कमी आयो । त्यतिबेलाको अवस्था सम्झँदै क्युबाका अर्थशास्त्री जर्ज मारियो भन्छन्, ‘जब उडिरहेको विमानको इन्जिन बिग्रन्छ । त्यतिबेला के हुन्छ ? आफैँ अनुमान लगाउनुहोस् ।’
अन्तर्राष्ट्रिय विकास तथा सहायता एजेन्सी अक्सफामले त्यतिबेलाको क्युबाको अवस्था चित्रण गर्दै तयार पारेको रिपोर्टमा उल्लेख छ, ‘सहरहरूमा बसहरू गुड्न बन्द भए । जेनेरेटरहरूले विद्युत् उत्पादन बन्द गरे । उद्योग र कलकारखाना शान्त देखिन्थे । धेरैका लागि दैनिक खानाको जोहो गर्नु नै ठूलो उपलब्धि हुन्थ्यो ।
एकातर्फ अमेरिकी नाकाबन्दी र अर्कोतर्फ ध्वस्त भएको विदेशी बजार, क्युबाले पर्याप्त खाद्यान्न समेत ल्याउन सकेन । ठूलो संख्यामा कृषिमा प्रयोग हुने मेसिनरी सामानका कारण कृषिबाट हुने उत्पादनमा एक्कासि कमी आयो । त्यसपछि नै हो, क्युबाका जनता अरूमा भर पर्न छाडेर आफैँ कृषिमा सक्रिय भएको, सानदार गाडी चढ्नेहरूले सडकमा हिँड्न सिकेको र क्युबामा राष्ट्रिय एकता र आपसी सहयोगको वातावरण तयार भएको । क्युबामा रहेको फाउन्डेसन फर नेचर एन्ड ह्युमानिटीका रोबर्ट सान्चेज भन्छन्, ‘ठूला समस्याको साना समाधान पनि हुन्छन् । संकट र परिवर्तनले हामीले आत्मसात गर्नुपर्ने तिनै आधारभूत कुराहरूको स्मरण गराउँछन् ।’

नयाँ कृषिक्रान्ति

क्युबेलीहरूले मेसिनरी सामानको प्रयोग छाडेर आफ्नै श्रमको बलबुतामा खेती सुरु गरे । आज राजधानी हाभानामा प्रयोग हुने तरकारीको ५० प्रतिशत हिस्सा सहरभित्रै उत्पादन हुन्छ । अन्य सहरमा आवश्यक तरकारीको ८० प्रतिशत सहरभित्रै उत्पादन हुन्छ । क्युबा फेरि आधुनिकतातर्फ बढ्दै छ । तर, कृषि पेसालाई धेरैले सधैँका लागि अंगालेका छन् । आफ्नै श्रमले अहिले क्युबेलीहरूले सहर सफा र हराभरा राख्ने गरेका छन् ।

इन्धनको समाधान

विदेशबाट आयात गरिएको पेट्रोलमा विद्युत् निर्भर रहने भएका कारण सोभियत संघको पतनपछि क्युबामा जहाँतहीँ अन्धकार थियो । धेरै वर्षसम्म घोषित लोडसेडिङ जारी रह्यो । फ्रिज चलाउन नपाउँदा खाना सडेर जाने गरेको थियो । पंखा चलाउन नपाउँदा गर्मीले देश आक्रान्त थियो । आर्थिक रूपमा टाट पल्टिएका बेला ऊर्जा शक्तिमा लगानी गर्ने हैसियत समेत क्युबासँग थिए । त्यति नै बेला साना वैकल्पिक योजना सुरु भए र इन्धनको फजुल खर्चमा कमी ल्याइयो । इकोसोल सोलार र क्युबा सोलार अहिले क्युबामा चलेका दुई वैकल्पिक ऊर्जा उत्पादन गर्ने संस्था हुन् । यी संस्थाले वैकल्पिक ऊर्जाको बजार विस्तार गर्ने, सिस्टम जडान गर्ने, अनुसन्धान गर्ने तथा पुस्तकहरू प्रकाशित गर्ने गर्छन् । सोलार फोटो भोल्टिकको १.२ मेघावाट दुवै साना सिस्टम (दुई सय वाट क्षमता) तथा ठूला सिस्टम (१५ देखि ५० किलोवाट क्षमता) इस्कोल सोलारले जडान गरेको छ । अमेरिकामा यति नै मेघावाट विद्युत्ले एक हजार घरलाई मात्रै धान्न सक्छ, तर क्युबामा यति विद्युत्ले त्योभन्दा धेरै घटनामा पुग्छ । मानिसहरू सानो घरमा बस्छन् र ऊर्जाको प्रयोगमा सकेसम्म कमी ल्याउँछन् । इस्कोल सोलारले ६० प्रतिशत सेवा सामाजिक परियोजना विद्यालय, अस्पताल तथा ग्रामीण क्युबामा रहेका सामुदायिक केन्द्रमा पुर्याउँदै आएको छ । दक्षिण–पश्चिम हभानाको ग्रामीण क्षेत्रमा अहिले प्रत्येक घरमा साना सोलार प्यानल जडान गरिएको छ । एउटा सानो बत्ती र रेडियो सुन्ने शक्ति त्यसले दिन्छ । ठूला सिस्टमले स्कुल, अस्पताल र सामुदायिक कोठामा विद्युत् प्रवाह गर्छन् । त्यस्ता केन्द्रमा राउन्ड टेबल नामक कार्यक्रम हेर्न स्थानीयहरू प्रत्येक साँझ भेला हुने गरेका छन् । पहिला जानकारी दिएर खोलिने टेलिभिजन रुमले सबैलाई एकै ठाउँमा उभ्याउन समेत भूमिका खेल्ने गरेको छ । क्युबा सोलारका निर्देशक ब्रुनो बेरिस भन्छन्, ‘सूर्यले संसारमा लाखौँ वर्षदेखि जीवन छर्दै आएको छ । जब हामीले आफ्नो ढंंगबाट प्रकाशको प्रयोग गर्न थाल्यौँ, त्यसपछि हामीलाई सौर्यऊर्जा कम लाग्न थालेको हो । त्यसैले समस्या हाम्रो समाजमा हो । ऊर्जा नामक शब्दमा होइन ।

यातायात मिलेर चढ्ने सिस्टम

इन्धनको कमीपछि क्युबाले सामना गरेको अर्को ठूलो समस्या यातायात सञ्चालन थियो । आदिवासी क्युबेलीबाट यसको समाधान निस्कियो । क्युबामा एउटा भनाइ निकै लोकप्रिय छ, ‘आवश्यकता नै आविष्कारको आमा हो । थोरै पैसा र इन्धनका बाबजुद अहिले क्युबाको हभानामा व्यस्त समयमा पनि थुप्रै मानिस सहज आवागमन गर्छन् । सानो वा ठूलो दुवै यातायातका साधनमा धेरैभन्दा धेरै मानिस बस्ने गर्छन् । मानिसले यातायातका लागि रिक्सा, साइकल तथा जनावरको पर्याप्त प्रयोग गर्ने गरेका छन् । ट्रयाक्टरले कुदाउने एउटा विशेष सवारी, जसलाई हभानामा क्यामेल भनिन्छ, त्यसमा मात्रै तीन सय जना अट्छन् । दुईजना अट्ने रिक्सा तथा साइकल पनि हभानाका लोकप्रिय सवारी हुन् । त्यसबाहेक घोडाले कुदाउने बग्गी र पुराना ट्रकहरू ग्रामीण क्षेत्रमा गुड्ने गर्छन् ।

शिक्षा र स्वास्थ्य

शिक्षा र स्वास्थ्य क्युबामा सरकारको प्राथमिकतामा पर्छ । दुबै निःशुल्क उपलब्ध छन् । प्रत्येक घरमा नियमित चेकजाँचका लागि डाक्टर उपलब्ध हुन्छन् । गरिब देश भए पनि क्युबाको सारक्षता ९७ प्रतिशत छ । अमेरिकाको तुलनामा क्युबेलीहरूको औसत आयु बढी छ । त्यस्तै बाल मृत्युदर क्युबामा कम छ । संकटका बाबजुद क्युबाले निःशुल्क स्वास्थ्यलाई कायम राख्दै थयो । क्युबेली क्रान्तिअघि यस देशमा दुई हजार व्यक्तिका लागि एक डाक्टर उपलब्ध थिए । अहिले एक सय ६७ व्यक्तिका लागि एक डाक्टर उपलब्ध छन् । क्युबाका डाक्टरले आफ्नो देशमा मात्रै नभएर गरिब देशमा समेत सेवा निःशुल्क सेवा उपलब्ध गराउँदै आएका छन् । प्रत्येक वर्ष २० हजार क्युबेली डाक्टर यसरी गरिब देशमा सेवा गर्न जान्छन् । सन् १९९५ मा मासुको संकट हुन थालेपछि क्युबेलीहरूले कम फ्याट भएको स्वस्थ तरकारी खान थाले । अहिले साइकलमा सवारी र स्वस्थ फलफूल तथा तरकारीको प्रयोग क्युबेलीको विशेषता मानिन्छ । फाउन्डेसन फर नेचर एन्ड ह्युमानिटीका रोर्बट सान्चेज भन्छन्, ‘पहिलो भात र सुँगुरको मासु यहाँको आधारभूत खाद्यान्न थियो । अहिले स्वस्थ तरकारी सबैको रोजाइमा पर्छ ।
डाक्टर र नर्सहरू समुदायभित्रै बस्छन् र उनीहरू सधैँ स्थानीयवासीको समस्यासँग परिचित रहन्छन् । समुदायमा तीनतले भवन लोकप्रिय छ । पहिलो तलामा कार्यालय, दोस्रोमा डाक्टर र तेस्रोमा नर्सका लागि आवास । क्युबामा ६० प्रतिशत चिकित्सक महिला छन् । रोगको उपचार गर्नेभन्दा रोग नै लाग्न नदिने नीति क्युबा सरकारले लिएको छ ।
शिक्षा क्युबाको सबैभन्दा ठूलो सामाजिक क्रियाकलाप मानिन्छ । क्रान्तिअघि क्युबामा तीन हजार जनताका लागि एक शिक्षक उपलब्ध थिए । अहिले ४२ जनताका लागि एक शिक्षक उपलब्ध छन् । १६ विद्यार्थी बराबर एक शिक्षकको औसत आँकडा छ । ल्याटिन अमेरिकाको कुल जनसंख्याको दुई प्रतिशत मात्रै क्युबाको जनसंख्या छ । तर क्युबामा ल्याटिन अमेरिकाका ११ प्रतिशत वैज्ञानिक छन् । ग्रामीण क्षेत्रलाई बलियो बनाउने गरी स्पेसल पिरियडमा क्युबाले आफ्ना सबै प्रान्तमा शिक्षालाई मजबुत बनाएको थियो । संकटको समयअघि क्युबामा जम्मा उच्च शिक्षाका लागि तीन विश्वविद्यालय थिए भने अहिले ५० कलेज तथा विश्वविद्यालय छन् । सातवटा त राजधानी हभानामा मात्रै छन् ।

समुदायको शक्ति

क्युबेली जनता सधैँ आशावादी रहन्छन् र उनीहरू बारम्बार आफ्नै भाषामा भन्ने गर्छन्– सीसी पिउडी अर्थात् हामी गर्न सक्छौँ । उनीहरूमा समस्यासँग जुध्न सक्ने जबर्जस्त बानी छ । सन् १९६० देखि नै अमेरिकी नाकाबन्दी सहर पनि क्युबेलीहरू कहिल्यै कमजोर देखिएका छैनन् । कम्युनिटी सोलुसनका कर्मचारीहरू क्युबेलीबाट अन्य विकासशील तथा कम विकसित देशहरूले धेरै सिक्न सक्ने बताउँछन् । अहिले विकसित देशहरूमा समेत ऊर्जासंकट देखिएको छ । यस्तो अवस्थामा ऊर्जाको खपतमा कमी ल्याउनु नै समस्याको समाधान रहेको क्युबेलीको बुझाइ छ ।
नयाँ ढंगले अघि बढ्दै गरेको क्युबेली सरकारले अहिले आफ्नो नारालाई समेत परिवर्तन गरेको छ । कुनै बेला क्युबामा नारा थियो, समाजवाद वा मृत्यु । अहिले नारा बनेको छ, राम्रो विश्व सम्भव छ । अहिले निजी व्यापारी तथा कृषकहरूलाई सार्वजनिक जग्गा पर्ने गर्ने तथा आफ्नो उत्पादन बेच्ने अधिकार क्युबा सरकारले दिएको छ । निर्णय गर्ने क्षमता तल्लो तहलाई छ । सामुदायिक समाधानको पक्षबाट हेर्दा आफ्नो आदर्श र केन्द्रीकृत अर्थतन्त्रका बाबजुद क्युबाले आत्मनिर्भर हुनका लागि जे गर्न सक्थ्यो, त्यो गरेको छ । इन्धनको संकटका बाबजुद क्युबेलीहरूले एक भएर आफ्ना विचार र आदर्श थाँती राख्दै जुन विकास गरेका छन्, के यस्तै परिस्थितिमा अमेरिकाजस्ता शक्ति राष्ट्रले यस्तो धैर्यता देखाउन सक्छन् । के क्युबेलीझैँ समुदायका लागि अमेरिकीहरू एक ढिक्का हुन सक्छन् र उनीहरूले त्याग र आपसी सहयोगका साथ अघि बढ्ने हिम्मत राख्छन् । क्युबा सोलाका बेरिस भन्छन्, यो जलवायु परिवर्तन हो । तेल र इन्धन अभावको मूल्य हो । हामीले के याद गर्नुपर्छ भने विश्व परिवर्तनशील छ र हामीले विश्वलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्न आवश्यक छ ।

क्युवाको अर्को कथा  पनि पढ्नुहोस्

एउटा देश जहाँ सारा जनतालाई निःशुल्क उपचार गरिन्छ
www.ratopati.com
काठमाडौं, ८ असोज । भारतीय हस्तक्षेपविरुद्ध प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुले भारतलाई कडा सुझाव दिएका छन् ।
शुक्रबार कञ्चनपुरका ६ विद्यार्थी संगठनहरुले संयुक्त रुपमा प्रदर्शन गर्दै नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न भारतलाई चेतावनीसहितको सुझाव दिएका हुन् ।
कांग्रेस निकट नेविसंघ, एमाले निकट अनेरास्ववियु, एमाओवादी निकट अखिल क्रान्तिकारी, वैद्य/विप्लव निकट क्रान्तिकारी र राष्ट्रिय जनमोर्चा निकट अखिल छैटौंले नेपालको स्वाभिमानमा भारतले पटकपटक हस्तक्षेप गरेको भन्दै विरोध प्रदर्शन गरेका हुन् ।
अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य नवराज ऐरीले नेपाल कसैको पनि गुलाम नहुने जिकिर गरे । ‘नेपालको एक इन्च भूमि दिन तयार छैनौं, बरु मधेशका अराष्ट्रियता भएका नेताहरुलाई दिन तयार छौँ’, उनले भने-‘टिकट हामी काटिदिन्छौँ उपेन्द्र, राजेन्द्र महन्थ, अमशेसलाई फिर्ता लैजाउ ।’ आफ्नो देशको राष्ट्रियताका लागि नेपालीहरु टाउकोमा कफ्न बाँधेर युद्ध लडन तयार रहेको उनको भनाई थियो ।
विद्यार्थी नेताहरुले नेपालको आन्तरिक मामिलामा जथाभावी नबोल्न समेत भारतलाई आग्रह गरेका छन् । उनीहरुले नाकाबन्दी गर्न चुनौति समेत दिए । अखिल छैटौंका अध्यक्ष महेश जोशीले भारतीय हस्तक्षेप अघि बढे नेपालीहरु त्यसको सामना गर्न तयार रहेको चेतावनी दिए ।
dainiknepal.com
एजेन्सी : चिनियाँ सेनाले दुबै देशको सीमाक्षेत्रमा गडबडी नगर्न भारतलार्इ चेतावनी दिएको छ ।

विवादास्पद भूमि लद्दाखस्थित सीमानामा आफूले राखेका सीसी क्यामेरासहितका अस्थायी संरचना भारतीय सेनाले हटाइएदिएपछि चिनियाँ सेनाले सीमामा गडबडी नगर्न भारतलार्इ चेतावनी दिएको हो ।

लद्दाख क्षेत्रमा चीनले बनाएका अस्थायी ढाँचाका संरचना भारतीय सेनाका जवानले केही दिनअघि हटाइदिएपछि चीनले बिहीबार त्यसबारेमा कडा प्रतिक्रिया दिएको हो ।

चीनको सेनाले भारतीय सेनालार्इ सीमावर्ती इलाका स्थिरता र शान्ति खलबलिने कुनै पनि किसिमको 'एकतर्फी कारबाही' नगर्न भनेको हो ।

चिनियाँ सेनाले भारतको एकतर्फी कारबाहीका कारण युद्धको अवस्था निम्तने भन्दै त्यस्ता कार्य कुनै हालतमा नगर्न चेतावनी दिएको हो ।

चीनको रक्षा मन्त्रालयका प्रवक्ता कर्णेल वु कियानले भने, 'भारतीय सेनाले सीमानामा रहेका हाम्रा भौतिक संरचना भत्काइदिने काम दुबै पक्षबीचको समझौता र सहमतिको भावना भन्दा प्रतिकुल रहेको छ ।'

लद्दाखको बर्तसे इलाकामा भारतीय सेनाले चिनियाँ सेनाबाट निर्मित क्यामेराजडित अस्थायी संरचना भत्काइदिएपछि चीनको रक्षा मन्त्रालयका प्रवक्ता वु कियानले त्यसबारे चीनको तर्फबाट पहिलो र कडा प्रतिक्रिया दिएका हुन् ।

चिनियाँ जनमुक्ति सेनाको प्रवक्ताको जिम्मेवारी हालै सम्हालेका युले दुबै देशका सरकारले गरेको सहमति अनुसार सीमाक्षेत्रमा शान्ति कायम गर्नु दुबै देशका सेनाको दायित्व रहेको उल्लेख गरे ।

'भारत-चीन सीमामा संयुक्तरूपमा शान्ति र सौहार्द कायम राख्ने एक अहम सहमति हो', उनले भनेका छन् 'जो दुबै देशको नेतृत्वबीच बनेको छ। जसलार्इ दुबै देशका सरकार र सेनाले पालना गर्ने प्रतिबद्धता जनाएका छन् ।'

उले भारतीय सेनालार्इ लक्षित गर्दै इमान्दारीपूर्वक दुबै देशले गरेको सहमति पालना गर्न पनि आग्रह गरे ।

'दुबै देशबीच भएको सहमतिको इमान्दारपूर्वक भारतीय सेनाले पालना गरोस', उनले भनेका छन्, 'त्यो सहमति तोड्ने कुनै पनि किसिमको एकतर्फी कारबाही भारतीय पक्षबाट नहोस् ।'

सीमावर्ती इलाकाको अहिलेको शान्ति सु-व्यवस्था खलबलिन नदिन दुबै देशको दायित्व रहेको चिनियाँ सेनाले सम्झाएको छ ।

'दुबै देशका सेना चीन-भारत सीमावर्ती इलाकामा संयुक्तरूपमा शान्ति र स्थिरता कायम राख्नका लागि मिलेर काम गर्नु जरुरी छ', प्रवक्ता वुले भनेका छन्, 'जसले गर्दा सीमानामा तनाव बढ्ने गतिविधि रोक्न सकियोस ।' www.annapurnapost.comf
काठमाडौं, ८ असोज । नेपालका लागि भारतीय राजदूत रञ्जीत रेले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।
ओली निवास बालकोटमा शुक्रबार भएको गोप्य भेटवार्तामा करिब एक घण्टा छलफल भएको थियो । भारतले नाकाबन्दी गरेको विषयमा नेपाल सरकारले स्पष्टिकरण सोध्ने तयारी गरिरहँदा भारतीय राजदूत रेले अध्यक्ष ओलीलाई भेटेका हुन् ।

भेटमा ओलीले भारतले सीमानामा नाकाबन्दी गरेकोबारे राजदूतसँग चासो राखेको बालकोट स्रोतले जनाएको छ । जवाफमा भारतीय राजदूत रेले नेपालकै तर्फबाट सीमानाकामा अवरोध भएको भन्दै राजनीतिक समस्या भएकाले राजनीतिक नेतृत्वले यसलाई समाधान गर्नुपर्ने बताए । राजदूतको जवाफपछि अध्यक्ष ओलीले भारतले नाकाबन्दी गरिहाल्नुपर्ने गरी हामीले कुनै गलत काम नगरेको बताएका थिए ।
भावी प्रधानमन्त्रीका रुपमा हेरिएका ओलीलाई भेट्न भारतीय राजदूत राय शुक्रबार बिहान ओली निवास पुगेका थिए । नेपालमा संविधान जारी भएपछि भारत असन्तुष्ट छ ।
dainiknepal.com

पल्पसा डंगोल ‘चम्सुरी’ अहिलेकी चर्चित हास्यकलाकार हुन् । हाँस्य टेलिश्रृङ्खला मेरी बास्सैमा चम्सुरीको भुमिका निर्वाह गर्दै आएकी पल्पसा स्टेज कार्यक्रममा पनि सक्रिय छिन् । टेलिचलचित्र, टेलिभिजन कार्यक्रम, फिचर फिल्म र स्टेजमा समेत उनको उपस्थिती देखिन्छ । अनलाइनखबरको ‘सेलीब्रेटी फेशन’ स्तम्भ अन्र्तगत उनीसँग गरिएको कुराकानीः
तपाईं कत्तिको फेसनेबल हो ?
आफुलाई कुन ठाउँमा कसरी प्रस्तुत गर्नुपर्छ त्यो बुझेर फेसन गर्छु । मलाई फेसनेवल भन्दा हुन्छ । कलाकार भएपछि फेसनेवल हुनैपर्छ ।
मन पर्ने पहिरन के-के हुन् ?
टिसर्ट र पाइन्ट नै मनपर्छ ।
मन नपर्ने पनि छ ?
मलाई कुर्ता, सुरुवाल, टप्स पटक्कै मन पर्दैन । कुर्ता सुरुवाल प्रेग्नेन्ट भएको बेला मात्रै लगाएँ । त्यो पनि ठूलो भुँडी नदेखियोस् भन्नका लागि । मलाई साथीहरुले पनि कुर्ता सुहाउदैन भन्छन् ।
लुगा किन्दा के-के कुरामा ध्यान दिनुहुन्छ ?
कलरमा ध्यान दिन्छु । ब्राण्ड पनि हेर्छु तर, ब्राण्ड बिनाका लुगा किन्दै नकिन्ने चाँही होइन । आफुलाई कस्तो लुगा सुहाउछ त्यसैमा ध्यान दिन्छु । डिजाइन पनि राम्रो लाग्नुपर्‍यो ।

बजारमा आएका नयाँ-नयाँ फेसनबारे कसरी जानकारी लिनुहुन्छ ?
यस्ता डिजाइनहरु धेरैजसो कुर्ता र टप्सको आउने हो । मलाई त्यो चाहिँदै चाहिँदैन । पाइन्ट र टिसर्ट त कसैले लगाएको मनपर्‍यो भने किन्न गइहाल्छु ।
विदेशी सेलिबि्रटीको फेसन कत्तिको नक्कल गर्नुहुन्छ ?
विदेशी सेलीब्रेटी र हाम्रो शरीरको आकारप्रकार नै फरक हुन्छ । त्यसकारण उनीहरुको नक्कल गरे पनि हामीलाई सुहाउदैन । अर्को कुरा हामीलाई त्यसरी नक्कल गर्नुपर्ने जरुरी नै छैन ।
तपाईंलाई कस्तो रंगको लुगा सुहाउछ ?
मेरो स्पेशन कलर ब्ल्याक हो । ९० प्रतिशत भन्दा धेरै लुगा कालै छ ।
तपाईसँग अहिले लुगा कति जोर होला ?
खै कति छ कति । ठूल्ठूला तीनवटा दराज लुगैलुगाले भरिएको छ ।
सारी लगाउन कत्तिको मन पर्छ ?
मन पर्छ । तर, सँधै लगाउदिन । सारी लाउन त्यस्तै खालका कार्यक्रम हुनुपर्छ ।
मिनिस्कर्ट लगाउनु भएको छ ?
लगाएको छु । अस्ती भर्खर एउटा प्रोग्राममा लगाएकी थिएँ । छोरीले राम्रो देखिएको कुरा गरेकी थिई । मिनीस्कर्ट भन्दा पनि स्कर्ट बेलाबखत लगाउँछु ।
आफ्नो डे्रसको वारेमा कोसँग सल्लाह लिनुहुन्छ ?
ठुली छोरीसँग । कुनै पनि डे्रस लगाइसकेपछि यो कस्तो देखियो भनेर सोध्छु । उसले सही मुल्याङ्कन गर्छे ।
लुगाको सपिङ प्राय कहाँ गर्नुहुन्छ ?
पहिला-पहिला कुमारीपाटीतिरै गर्थें । अहिले पिपल्स प्लाजातिर जान्छु ।
लुगा किन्दा कतिसम्म बार्गेनिङ गर्नुहुन्छ ?
अलि-अलि त गर्नु परिहाल्छ । तर, अहिले धेरैजसो ठाउँमा फिक्स्ड प्राइस हुन्छ, के किचकिच गर्नु ।
बजारमा लुगा छनोट गर्न कति समय लाग्छ ?
लाग्छ नि । हेर्नु पर्‍यो । छान्नु पर्‍यो । १०/१५ मिनेटदेखि आधा घण्टासम्म पनि लाग्न सक्छ ।
लुगा किन्न एक्लै जानुहुन्छ कि अरुलाई पनि लैजानुहुन्छ ?
कहिले एक्लै जान्छु । कहिले श्रीमानलाई लैजान्छु ।
आफूलाई बाहेक अरु कसका लागि लुगा किनिदिनुहुन्छ ?
मलाई भन्दा पहिला छोरीहरुका लागि किनिदिन्छु ।

तपाईंको नजरमा केटीहरुले लगाउने सबैभन्दा सेक्सी लुगा के हो ?
सबैभन्दा सेक्सी ड्रेस सारी नै हो ।
लुगा आइरन आफैं गर्नुहुन्छ कि अरुले गर्छन् ?
लुगा धुने र आइरन गर्ने काम म आफैं गर्छु । तर, म प्राय आइरन गर्न नपर्ने लुगा मात्रै किन्छु ।
विदेशमा जाँदा कस्ता लुगा किन्नुहुन्छ ? कुन देशमा लुगा किन्न मन पर्छ ?
विदेश जाँदा मैले ल्याउने भनेकै लुगा हो । यो ठिक यो बेठिक भन्ने छैन । आफुलाई मन पर्ने छ भने जहाँ जाँदा पनि कपडा नै लिएर आउछु ।
जुत्ता र ड्रेसअपको सेट कसरी मिलाउनुहुन्छ ?
मैले प्राय कालो डे्रस लगाउने भएकाले खासै समस्या छैन ।
तपाईंसँग कति जोडी जुत्ता छन् ?
होला २० जोर भन्दा बढी ।
घर बस्दा के लगाउनुहुन्छ ?
वानपीस, ट्राउजर वा अरु जे सजिलो हुन्छ त्यहि ।
www.onlinekhabar.com
काठमाडौँ, असोज ८ । आफ्नै रफ्तारमा चलीरहेको दुनिया र विश्वमा नै शक्तिशाली, समृद्ध बनेको चीन र उसको सेनाले बिरलै मात्र आफ्ना भनाई सार्वजनिक गर्ने गर्दछन् । शुक्रबार त्यही दुर्लभ खबर मध्येको एक चेतावनी शैलीमा चिनिया जनमुक्ति सेनाले भारतका विरुद्ध बोल्यो त्यो पनि नेपालको पक्षमा ।



चिनिया जनमुक्ति सेनाले नेपाली सीमानामा भारतीय गतिविधिको कडा बिरोध गर्दे त्यसो नगर्न चेतावनि दिएको छ । सीमा क्षेत्र लद्दाखमा चीन द्वारा निर्माण गरिएको अस्थायी पोष्ट भारतीय जवानले हटाएको केहि दिन पछि चीनको यस्तो प्रतिक्रिया सार्वजनिक हुनुलाई गम्भिरतापूर्वक हेरिएको छ ।

एक विज्ञप्ति जारी गर्दे चिनिया सेनाले भारतीय सेनाले सीमा क्षेत्रमा रहेको स्थिरता खलल पुग्ने कुनै पनि काम नगरोस् भनीएको छ । चीनको रक्षा मन्त्रालयका प्रवक्त वू कियानले जारी गरेको विज्ञप्तिमा भारतीय सेनाको पछिल्ल्ला गतिविधि दुई पक्षबीच भएको सम्झौताको भावना अनुरुप नभएको उल्लेख छ ।

www.etajakhabar.com
विराटनगरमा महावाणिज्य दूतावास राख्न भारतीय दबाब
काठमाडौं: चीनले पोखरामा महावाणिज्य दूतावास खोल्न नेपालसमक्ष पुनः प्रस्ताव गरेको छ।दुई देशबीचको बढ्दो व्यापारलाई ध्यानमा राखी उत्तरी छिमेकी चीनले पोखरामा महावाणिज्य दूतावास खोल्न चाहेको बताइएको छ।


चीनले यसअघि सन् २०१३ मा पहिलोपटक पोखरामा महावाणिज्य दूतावास खोल्न प्रस्ताव गरे पनि नेपालले त्यसमा निर्णय लिन सकेको थिएन।एक महिनाअघि चीनका तर्फबाट पुनः महावाणिज्य दूतावास खोल्न अनुरोध आएको जानकारी एक उच्च सरकारी अधिकारीले अन्नपूर्णलाई दिए।


उनका अनुसार सरकारले चीनको निर्णयमा सहमति दिनेबारे कुनै निर्णय भने दिएको छैन।काठमाडौंस्थित चिनियाँ दूतावास स्रोतले चीनको महावाणिज्य दूतावास खोल्ने विषय 'नेगोसिएसन' कै चरणमा रहेको जानकारी दियो।

'हाम्रातर्फबाट प्रस्ताव भएको छ तर नेपाल सरकारबाट सहमति पाइसकेको छैन', दूतावास स्रोतले भन्यो। केही वर्षयता नेपाल भ्रमणमा आउने चिनियाँ पर्यटकको प्रमुख गन्तव्य पोखरा रहँदै आएको छ। चीनको प्रस्तावअनुसार पोखरामा महावाणिज्य दूतावास स्थापना भएमा यो नै नेपालमा चीनको पहिलो महावाणिज्य दूतावास हुनेछ।

राजधानी बेइजिङमा दूतावास तथा चीनको स्वाशासित क्षेत्र तिब्बत र विशेष प्रशासनिक क्षेत्र हङकङमा दुईवटा महावाणिज्य दूतावास गरी हाल चीनमा नेपालका तीनवटा कूटनीतिक नियोग छन्। नेपालले दुई वर्षअघि चीनको व्यापारिक सहर ग्वान्जाओमा महावाणिज्य दूतावास खोल्ने मौखिक अनुमति चीन सरकारबाट पाए पनि हालसम्म नेपालले त्यसका लागि प्रक्रिया अघि बढाउन सकेको छैन।

दुई वर्षअघि चीनको ग्वान्जाओ तथा साउदी अरेबियाको जेद्दामा महावाणिज्य दूतावास खोल्ने निर्णय गरेअनुसार जेद्दामा महावाणिज्य दूतावास स्थापना भई सञ्चालनमा आइसकेको छ। तर परराष्ट्र मन्त्रालयले ग्वान्जाओमा महावाणिज्य दूतावास खोल्न दुई वर्षअघि नै संगठन तथा सर्वेक्षण प्रतिवेदन (ओएन्डएम) मा समेटे पनि हालसम्म कुनै ठोस प्रक्रिया बढ्न नसकेको जानकारी मन्त्रालय स्रोतले अन्नपूर्णलाई दियो।

ग्वान्जाओमा रहेका नेपाली व्यापारीले महावाणिज्य दूतावास खोल्न सरकारलाई लामो समयदेखि आग्रह गर्दै आएका छन्। ग्वान्जाओमा रहेका नेपालीलाई भिसा, राहदानी बनाउनेलगायत अन्य भैपरी आउने समस्याका लागि बेइजिङ वा ल्हासा जाँदा टाढा पर्ने हुँदा सहजताका लागि ग्वान्जाओमै महावाणिज्य दूतावास खोलिदिन आग्रह गर्दै आएका छन्।

नेपाली व्यापारीले चिनियाँ सामान ग्वान्जाओबाट ल्हासा हुँदै कन्टेनरलगायत सवारीसाधनबाट तातोपानी नाका हुँदै नेपाल भित्र्याउँदै आएका छन्। तर वैशाख १२ को भूकम्पबाट तातोपानी नाकामा समस्या देखिएको भए पनि केही समयभित्रै यो नाकालाई पूर्ण रूपमा सञ्चालनमा ल्याउन गृहकार्य भइरहेको अधिकारीहरू बताउँछन्।

 भारतीय महावाणिज्‍यदूतावास खोल्‍नेबारे सरकार अनिर्णीत
यसैबीच अर्को छिमेकी भारतले केही महिनाअघि विराटनगरस्थित आफ्नो 'फिल्ड अफिस' लाई महावाणिज्य दूतावासमा स्तरोन्नति गर्न राखेको प्रस्तावमा सरकारले कुनै निर्णय लिन सकेको छैन। उच्च सरकारी स्रोतले भारतको उक्त प्रस्तावमा थप छलफल नभएको जानकारी दियो।

पूर्वपरराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको कार्यकालमा परराष्ट्रले भारतलाई उक्त फिल्ड अफिस बन्द गर्न पटकपटक लिखित आग्रह गरे पनि भारतीय विदेश मन्त्रालय मौन थियो। सन् २००८ मा कोसीमा आएको बाढीले पूर्वपश्चिम राजमार्गको १७ किलोमिटर सडकखण्ड बिगारेपछि नेपालले भारतीय फिल्ड अफिसलाई अस्थायी रूपमा स्थापनाका लागि अनुमति दिएको थियो।

उक्त सडकखण्ड पूर्ववत् रूपमा सञ्चालनमा आएसँगै नेपालले फिल्ड अफिस हटाउन आग्रह गरेको थियो। तर नेपालको अनुरोधविपरीत भारतले नेपालको प्रस्तावलाई अस्वीकार गरी दीर्घकालीन रूपमै महावाणिज्य दूतावास खोल्ने प्रस्ताव राखेको हो। उक्त फिल्ड अफिसमा भारतीय झन्डा राखेर त्यसवरपरका नेपाली विद्यार्थीलाई छात्रवृत्ति दिने र अन्य गोप्य गतिविधिसमेत भारतले सञ्चालन गर्दै आएको सरकारी अधिकारीहरू बताउँछन्।

एकाएक केही महिनाअघि भारतीय विदेश मन्त्रालयले उक्त फिल्ड अफिस दुई देशीय व्यापार प्रवर्द्धनलगायत विभिन्न कारणले जरुरी रहेको भन्दै महावाणिज्य दूतावासका रूपमा स्तरोन्नति गर्न प्रस्ताव राखेपछि सरकार अन्योलमा परेको एक उच्च सरकारी अधिकारीले बताए।

भारतको हाल काठमाडौंमा दूतावास र वीरगन्जमा महावाणिज्य दूतावास सक्रिय छन्। परराष्ट्र मन्त्रालयको पनि वीरगन्जमा सम्पर्क कार्यालय छ। भारतले विराटनगरका अलावा नेपालगन्जमा समेत महावाणिज्य दूतावास खोल्न प्रस्ताव गरे पनि सरकारले अस्वीकार गरिसकेको छ।
annapurnapost.com
काठमाडौं :  भारतले नेपाल -भारत बीचको नाकाहरुमा भइरहेको अवरोधमा भारतको कुनै हात नरहेको स्पष्ट पारेको छ।

काठमाडौंस्थित भारतीय दूतावासले शुक्रबार चौथो पटक जारी गरेको विज्ञप्तीमा नेपाल भारतबीचको सिमामा भारतीय पक्षबाट कुनै अवरोध नगरिएको उल्लेख छ।


नेपाल भारत नाकाका विभिन्न् ठाँउमा  ढुवानीमा भइरहेको समस्या तथा अवरोध भारत नीति अनुरुप नभएको उसले स्पष्ट गरेको छ।असन्तुष्ट नेपाली पक्षको प्रदर्शन र आन्दोलनका कारण यस्तो अवस्था आएको उसले बताएको छ।


‘हामी फेरी आग्रह गर्दछौं, तराईमा देखिएको समस्या पूर्णतया राजनीतिक समस्या हो यसको सम्बोधन गरियोस् ’विज्ञप्तीमा भनिएको छ। उसले सिमा क्षेत्रमा देखिएको समस्या छिटै अन्त्य हुने अपेक्षा व्यक्त गरेको छ।

तराई आन्दोलन हिंसात्मक बन्दै गएकाले असुरक्षाको कारण देखाउँदै ढुवानीकर्ताले भारतीय पक्षसँग बारम्बार गुनासो गरेको विज्ञप्तिमा उल्लेख छ। नेपालमा संविधान जारी भएपछि भारतले निकालेको यो चौथो विज्ञप्ती हो।  भारतले यसअघि तीनवटा विज्ञप्ति निकालेर असन्तुष्टी जनाइसकेको छ।

शुक्रबार जारी भएको विज्ञप्ती यस्तो छ :
annapurnapost.com
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Aug 24 (6)
  • Aug 23 (1)
  • Aug 19 (1)
  • Aug 18 (19)
  • Aug 17 (17)
  • Aug 16 (24)
  • Jan 24 (18)
  • Jan 23 (27)
  • Jan 22 (32)
  • Jan 21 (35)
  • Jan 20 (35)
  • Jan 19 (34)
  • Jan 18 (40)
  • Jan 17 (45)
  • Jan 16 (27)
  • Jan 15 (29)
  • Jan 14 (35)
  • Jan 13 (40)
  • Jan 12 (32)
  • Jan 11 (39)
  • Jan 10 (31)
  • Jan 09 (23)
  • Jan 08 (31)
  • Jan 07 (30)
  • Jan 06 (39)
  • Jan 05 (34)
  • Jan 04 (39)
  • Jan 03 (43)
  • Jan 02 (47)
  • Jan 01 (31)
  • Dec 31 (34)
  • Dec 30 (36)
  • Dec 29 (43)
  • Dec 28 (33)
  • Dec 27 (27)
  • Dec 26 (38)
  • Dec 25 (33)
  • Dec 24 (38)
  • Dec 23 (44)
  • Dec 22 (39)
  • Dec 21 (37)
  • Dec 20 (40)
  • Dec 19 (31)
  • Dec 18 (47)
  • Dec 17 (30)
  • Dec 16 (16)
  • Dec 15 (42)
  • Dec 14 (30)
  • Dec 13 (32)
  • Dec 12 (35)
  • Dec 11 (42)
  • Dec 10 (26)
  • Dec 09 (31)
  • Dec 08 (15)
  • Dec 07 (37)
  • Dec 06 (30)
  • Dec 05 (34)
  • Dec 04 (32)
  • Dec 03 (33)
  • Dec 02 (36)
  • Dec 01 (37)
  • Nov 30 (48)
  • Nov 29 (28)
  • Nov 28 (35)
  • Nov 27 (35)
  • Nov 26 (47)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (27)
  • Nov 22 (32)
  • Nov 21 (43)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (22)
  • Nov 17 (29)
  • Nov 16 (32)
  • Nov 15 (25)
  • Nov 14 (28)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (42)
  • Nov 09 (22)
  • Nov 08 (40)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (42)
  • Nov 01 (44)
  • Oct 31 (29)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (47)
  • Oct 27 (32)
  • Oct 26 (39)
  • Oct 25 (35)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (22)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (31)
  • Oct 02 (29)
  • Oct 01 (29)
  • Sep 30 (29)
  • Sep 29 (24)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (26)
  • Sep 25 (27)
  • Sep 24 (18)
  • Sep 23 (15)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (26)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (12)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (19)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (22)
  • Sep 07 (22)
  • Sep 06 (26)
  • Sep 05 (18)
  • Sep 04 (23)
  • Sep 03 (24)
  • Sep 02 (25)
  • Sep 01 (24)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (27)
  • Aug 28 (28)
  • Aug 27 (30)
  • Aug 26 (29)
  • Aug 25 (24)
  • Aug 24 (35)
  • Aug 23 (30)
  • Aug 22 (31)
  • Aug 21 (32)
  • Aug 20 (30)
  • Aug 19 (33)
  • Aug 18 (27)
  • Aug 17 (34)
  • Aug 16 (28)
  • Aug 15 (23)
  • Aug 14 (23)
  • Aug 13 (22)
  • Aug 12 (19)
  • Aug 11 (18)
  • Aug 10 (24)
  • Aug 09 (16)
  • Aug 08 (18)
  • Aug 07 (25)
  • Aug 06 (16)
  • Aug 05 (18)
  • Aug 04 (21)
  • Aug 03 (19)
  • Aug 02 (14)
  • Aug 01 (17)
  • Jul 31 (19)
  • Jul 30 (19)
  • Jul 29 (15)
  • Jul 28 (12)
  • Jul 25 (14)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home