• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
बसपार्कमा बस आगजनी

आइतबार ३ असोज, २०७२
प्रशान्त लामिछाने



काठमाडौं—बन्दकर्ताको समूहले काठमाडौंको पुरानो बसपार्कमा एउटा बसमा आगजनी गरेको छ।



 पर्किङ गरिएको अवस्थामा ना ३ ख २९०९ नम्बरको बस आगजनी भएको उपत्यका ट्राफिक प्रहरी कन्ट्रोलले जनाएको छ। भिडियो हेर्न तलको बाकस थिच्नुहोस
बेलायतमा गोर्खाली सेनाले सेवा गर्न थालेको २ सय वर्ष पूरा भएको अवसरमा गोर्खा सैनिकको बहादुरीको वर्णनले बेलायती अखबारहरु भरिए । ती मध्ये केहीले गोर्खा सैनिक कति भयानक हुन्छन् भन्ने बुझ्न केही घटनाहरु उल्लेख गरेका छन् । घटनामध्ये पनि ८ घटना यस्ता पनि छन् जसले गोर्खा सैनिकको बहादुरीका अगाडि जो कोही झुक्न बाध्य हुन्छ ।

सन १८१५ मा बेलायती सेनाले नेपालमाथि धावा बोल्यो । तर बेलायतीहरु गोर्खालीबाट सजिलै पराजित भए । त्यसपछि बेलायती सेनाका अधिकारीहरुले सोचे कि यदि गोर्खालीलो पराजित गर्न सकिदैन भने उनीहरुलाई आफ्नो सेनामा सामेल गर्न अवश्य सकिन्छ । त्यसपछि नेपाल र बेलायतबीच भएको शान्ति सम्झौतामा नेपाल गोर्खालीलाई बेलायती शाही सेनामा भर्ति हुने स्वीकृति दियो । त्यसपछि पहिलो र दोस्रोसहित गोर्खाली सेनाले कैयन युद्ध लडे । त्यस मध्येको फकल्याण्ड युद्ध त बेलायतीहरुले जीवनभर नबिर्सने युद्ध गोर्खालीले लडिदिए । अहिले गोर्खाली सेना यो ग्रहकै सबैभन्दा भयानक हुन्छन् भन्ने प्रमाणित भएको छ ।

गोर्खाली सेनाका केही बहादुरीपूर्ण घटनाहरु यस्ता छन्ः

Gurkha 8१. सन २०१० मा अफगानिस्तानमा गोर्खाली सैनिक दिपप्रसाद पुन एक्लैले ३० तालिबानी लडाकुको एक चिहान बनाए । उनी चेकपोइन्टको छतमा बसेर ड्युटी गरिरहेका थिए । ठीक त्यहीबेला तालिबानीले एके फोर्टी सेभेन, ग्रिनेड जस्ता घातक हतियारसहित चारैतिरबाट धावा बोले । दिपप्रसादलाई मार्न तालिबानीहरु छतमा चढ्न खोजे । तर उनले आफूसँग भएको १७ ग्रिनेड, ४ सय राउन्ड गोलीले ३० जना तालिबानीलाई एक एक गरी भूँईमा बजारी दिए । पुनको बहादुरीलाई बेलायतमा उच्च बहादुरीका लागि दिइने भिक्टोरिया क्रसबाट सम्मान गरियो ।

Gurkha 2२. सन् २००८ मा गोर्खा सैनिकको एक टोली अफगानिस्तानमा एम्बुसमा पर्यो । घटनामा युवराज राई नराम्ररी घाइते भए । क्याप्टेन गजेन्द्र आङदाम्बे, राइफलम्यान धन गुरुङ र मञ्जु गुरुङले युवराजलाई ३२५ फिट माथि खुला स्थानमा बोकेर पुर्याए । टोलीका एक गोर्खाली भने घाइते युवराजको र आफ्नो राइफल बोकेर सत्रुसँग लड्न फर्किए ।

Gurkha 4३. सन १९४५ मा राइफल म्यान लक्ष्मण गुरुङ आफ्ना दुई साथीहरुसँग आफ्नो मोर्चामा थिए । त्यहीबेला २०० जापानी सेनाले फायर खोलिदियो । गुरुङका दुवै साथीहरु नराम्रोसँग घाइते भए । जापानी सेनाले गुरुङको सानो समूहमा ग्रिनेड फ्याक्न थाल्यो । गुरुङले सुरुका दुईवटा ग्रिनेड जापानी सेनाकै समूहमा फर्काइदिए । तर जब तेस्रो ग्रिनेड फकाउन खोजे त्यो गुरुङको दाहिने हातमा विष्फोट भयो । विष्फोटमा गुरुङका औलाहरु, दाहिने पाखुरा र अनुहारमा गहिरो चोट लाग्यो । त्यसपछि जापानी सेना गुरुङकै शिविरमा अघि बढ्यो । तर गुरुङले देब्रे हातले राइफल चलाएर ३१ जापानीलाई मृत्युको घाटमा पुर्याइदिए । त्यसपछि बाँकी जापानीले अघि बढ्ने हिम्मत गरेनन् । सो युद्धमा गुरुङको विजयी भयो । उनले पछि भिक्टोरिया क्रस प्राप्त गरे ।

Japan४. भानुभक्त गुरुङ एक त्यस्ता योद्धा थिए जसले दोस्रो विश्वयुद्धमा एक्लैले बर्मामा जापानी सेनालाई हायलकायल पारेका थिए । जापानी सेनाको सबैजसो बंकर एक्लैले कब्जा गर्ने भानुभक्तलाई पनि भिक्टोरिया क्रसबाट सम्मान गरिएको थियो । भानुभक्तको प्लाटुनमा जब १० जनामात्रै थिए, त्यहीबेला जापानी सेनासँग घमासान युद्ध भयो । भानुभक्तको प्लाटुनलाई जापानीहरुले राइफल, ग्रिनेड, मोर्टारले प्रहार हुन थाल्यो । केही लुकेर प्रहार गर्नेहरुले पनि गरे । भानुभक्तले पनि एक रुखमा लुकेर जापानी सेनाको बंकरमा गोलाबारुद वर्षाउन थाले । आफ्ना अन्य साथीहरुकै अगाडि उनी बंकरमा अगाडि बढे । दुईवटा ग्रिनेड प्रहार गरेर जापानीको हौसलामा क्षतविक्षत पारिदिए । आफ्नो खुकुरीले दुई जापानी सत्रुको गर्दन छिनाए । अर्को एकलाई ढुंगाले हिकाएर समाप्त पारिदिए । फेरि आक्रमणमा उत्रेका तीन जापानीलाई उनले गोलीको निसाना बनाए ।

Gurkha 6५. बेलायती सेनामा गजे घलेको ठूलो ख्याती छ । सन १९४३ मा बर्माकै लडाइमा जापानी र बमेली सेनाको अखडा कब्जा गर्न दुई पटक गोर्खा सैनिक असफल भइसकेको थियो । तेस्रो पटकका लागि घलेलाई जिम्मेवारी दिइयो । तर घले आफै घाइते थिए । उनको पाखुरा र खुट्टामा चोट थियो । तर पनि उनले आफ्ना दुश्मनहरुलाई एक एक गरी सिध्याए । त्यो बहादुरी स्वरुप बेलायतले गजे घलेलाई भिक्टोरिया क्रसले सम्मान गर्यो ।

Gurkha 11६. गोर्खालीको बहादुरी देखेर बेलायतका एक कर्णेल नै एक पटक कायल भएका थिए । सन १९४३ मा जर्मन सेनाविरुद्ध ट्युनिसियामा युद्ध छेडियो त्यसबेला गोर्खाली सेनाको नेतृत्व कर्णेल जोन पिटरले गरेका थिए । युद्ध चर्किदै गयो । दोहोरो हानाहानमा गोर्खाली सेना खुकुरी लिएर मेसिनगन चलाइरहेका जर्मन सेनामाथि जाइलागे । युद्धमा कर्णेल जोन पनि घाइते भए । तर युद्ध नजिति उपचार गर्दीन भनेर अडान लिए । अन्ततः युद्ध जिते । कर्णेल जोनले पनि ठूलो सम्मान पाए ।

Gurkhaa 5७. सन २०११ मा ३५ वर्षका रिटायर्ट गोर्खा सैनिक बिष्णु श्रेष्ठ भारतमा रेल यात्रा गरिरहेका थिए । डाकाहरुले रेल बाटो मै कब्जा गरे । त्यसपछि डाकाहरुले यात्रुका सबै रुपैयाँ, गहना लुट्न थाले । विष्णु निहत्था थिए तर उनको साथमा एउटा खुकुरी चाहिँ थियो । विष्णुले आफ्नो खुकुरी झिकेर डाकाहरुमाथि एक्लै जाइलागे । उनले तीन भारतीय डाकालाई मुला काटे झै काटेर सिध्याइदिए । आठ जनालाई उठ्नै नसक्ने गरी मुर्छीत पारे । जबकी डाकाहरुसँग खुडा, तरबार र पेस्तोलसमेत थियो । तीन जनालाई काटे पछि बाँकी डाका भागे । त्यो घटनामा रेलका महिलाहरुलाई बलात्कारबाट समेत विष्णुले जोगाए । त्यसबेला विष्णुको बहादुरीको प्रशंसा भारतीय मिडियामा धेरै भएको थियो ।

Gurkha 10८. इन्डोनेसियाको बोर्नेओमा सन १९६५ मा तनाव बढिरहँदा क्याटेन रामबहादुर लिम्बुले तीन पटक सत्रुको किल्लामा आक्रमण गरे । पहिलो आक्रमणमा धेरै गोलाबारी भयो । सो क्रममा दुई गोर्खाली सैनिकलाई गोली लाग्यो । एकको मृत्यु नै भयो । धेरै घाइते भए । सत्रुपक्षले फाइदा लिनु अघि नै लिम्बुले ग्रिनेड प्रहार गरे । उनी एक्लैले ग्रिनेड प्रहार गर्दै सत्रुहरुलाई युद्धमैदानबाट १०० यार्ड पर धकलिदिए । त्यसपछि लिम्बुले आफना घाइते साथीहरुलाई गोलाबारीबीच बोकेर १०० यार्ड वर सुरक्षित स्थानमा ल्याए । उनको त्यो साहसलाई बेलायतले भिक्टोरिया क्रस दियो ।kathmandutoday.com
काठमाडौँ, असोज ३ । लामो संघर्ष र प्रयास पछि आज मुलुकले संविधान प्राप्त गर्दैछ । यो संविधान शीर्ष ३ दलको मात्रै कि अन्य दल र समुहदायको पनि भन्ने प्रश्न उठीरहेका बेला तराइमा संर्घषरत दलहरु पनि संविधान लेखन प्रक्रियामा समावेश हुन संकेत देखिएको छ ।

भिन्न भिन्न माग राखेर आन्दोलनको आगो चर्काइरहेका तराई मधेस केन्द्रित दलहरु संलग्न मोर्चा अहिले शीर्ष ३ दलसँग वार्ता गर्दैछन् । स्रोतका अनुसार शीर्ष ३ दलले उनीहरु बिच गोप्य ३ सम्झौता गरेसँगै उनीहरु वार्ताका माध्मबाट संविधानसभामा आउन राजी हुने संकेत देखिएको छ ।
www.etajakhabar.com
पहिलो दिन २२ हजार ६ सय सहभागी, १७ नक्‍कली परीक्षार्थी पक्राउ
काठमाडौं: कोरियाली भाषा परीक्षामा शनिबार २२ हजार ६ सय ११ परीक्षार्थी सहभागी भएका छन्। पहिलो दिन परीक्षा दिनुपर्ने कुल परीक्षार्थीमध्ये करिब तीन हजार जना अनुपस्थित भएका छन्।


शनिबार कुल २५ हजार पाँच सय ७० जनाले परीक्षा दिने व्यवस्था मिलाइएको थियो। परीक्षा आइतबार सकिनेछ। ईपीएस कार्यालयले दुवै दिन दुई-दुई सिफ्टमा परीक्षा सञ्चालन गरिरहेको छ।


रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कामदार कोरिया पठाउन लिइएको यो छैटौं परीक्षा हो। शनिबार अर्काको नाममा परीक्षा दिन आएका १७ जन नक्कली परीक्षार्थी पक्राउ परेका छन्।

ईपीएस कार्यालयले प्रहरीको सहयोगमा नक्कली परिक्षार्थी पत्ता लगाई पक्राउ गरेको जानकारी दिएको छ। उपत्यकाअन्तर्गत लिटिलएन्जल्स् स्कुल, भीएस निकेतन कलेज, ईपीएस कलेज, एलआरआई स्कुल, ह्वाइटहाउस स्कुल अफ टेक्नोलजीलगायतका परीक्षा केन्द्रबाट नक्कली परिक्षार्थी पक्राउ परेका हुन्।

पोखरा केन्द्रमा भने नक्कली परीक्षार्थी फेला नपरेको ईपीएसले जनाएको छ। पहिलोपटक उपत्यकाबाहिर पोखराबाट पनि ईपीएस परीक्षा दिन पाउने व्यवस्था गरिएको हो।


ईपीएस कोरिया शाखाका प्रमुख डिल्ली बास्तोलाले उपत्यकाका केही केन्द्रबाट १७ जना नक्कली परीक्षार्थी पक्राउ परेका जानकारी दिए। ‘परीक्षा निकै शान्तपूर्ण वातावरण भयो । फारम भरकामध्ये शनिबार झन्डै तीन हजार परीक्षार्थी अनुपस्थित भए', उनले भने।

 यसपटकको परीक्षामा सहभागी हुन कुल ५१ हजार एक सय ३७ जनाले आवेदन फारम भरेका छन्। यसमध्ये पोखराबाट चार हजारले फारम भरेका हुन् भने बाँकी सबै परीक्षार्थीले काठमाडौं उपत्यकाबाट परीक्षा दिँदैछन्।

ईपीएसले पोखरामा तीन र काठमाडौंमा १५ वटा गरी कुल १८ वटा परीक्षा केन्द्र तोकेको छ। पहिलो सिफ्टको परीक्षा ८:३० देखि ११:१० सम्म र दोस्रो सिफ्ट १:०० देखि ३:४० मा सकिने व्यवस्था मिलाइएको छ।

परीक्षा सञ्चालन गर्न एचआरडी कोरियाका उपाध्यक्षको नेतृत्वमा ५२ जनाको टोली आएको छ। टोली काठमाडौं र पोखरामा परिचालित भएको छ। दक्षिण कोरिया नेपाली कामदारका लागि रोजगारीको आकर्षक गन्तव्य हो।

त्यहाँ मासिक न्यूनतम एक लाख नौ हजार रूपैयाँ कमाइ हुन्छ। हाल करिब २८ हजार नेपालीले कोरियामा काम गरिरहेका छन्। कृषि र उद्योगमा नेपालीले काम गरेका छन्।

ईपीएसमा दुवै देशले सरकारी तवरमा कामदार पठाउने र लिने गर्दैआएका छन्। कोरियाले नेपालसहित विभिन्न १५ वटा मुलुकबाट विदेशी कामदार लिने गरेको छ।

विगतमा गएका कामदारको कार्यशैलीबाट रोजगारदाता सन्तुष्ट भएका छन्। पछिल्लो समय अवधि सकिएपछि पनि बस्नेक्रम बढेकाले त्यहाँ अवैध नेपालीको संख्या भने बढ्दोक्रममा छ।
www.annapurnapost.com
प्रकाश ढुंगाना ललितपुर, असोज ३


  रविभवन,महालक्ष्मीस्थान र पूल्चोकमा भेटिएको बम डिस्पोज
एकाबिहानै ललितपुरका २ स्थानमा बम भेटिए।  संविधान जारी हुने दिन बिहानै ललितपुरको महालक्ष्मीस्थान र पूल्चोकमा बम भेटिए। महालक्ष्मीस्थानबाट सातदोबाटो जाने बाटोमा र पूल्चोकको सुजुकी सोरुम अघि बम भेटिएको थियो ।  जुन बाटो हुँदै  नेपाली सेनाका प्रधानसेनापतिको सरकारी निवास पुगिन्छ ।

बम भेटिएपछि प्रहरीले सेनाको बम डिस्पोजल टोलीलाई खबर गरेको थियो । पूल्चोकमा भेटिएको बम डिस्पोज गर्ने बेलामा २ पटक ठूलो रुपमा आवाज आएको थियो  भने महालक्ष्मीस्थानको एक पटकमात्र। पूल्चोकमा पहिलो पटक प्रयास गर्दा डिस्पोज नभएको र पुन दोस्रो पटक प्रयास गरेर डिस्पोज गरेको ललितपुरका एसएसपी पिताम्बर अधिकारीले जानकारी दिए।


महालक्ष्मी स्थानमा भेटिएको बम चिया पकाउने किल्टीभित्र रहेको डिएसपी किसनसिंह थापाले जानकारी दिए।पूल्चोकमा भेटिएको बम भने बाकस भित्र ग्ल्याल्डिनमा राखिएको थियो। बम भेटिएको स्थानबाट प्रहरीले नेकपा माओवादी लेखिएको २०७१ साल पुषको पर्चा र झन्डा बरामद गरेको छ।

ललितपुरका एसएसपी अधिकारीले तर्साउने मनसायले बम राखेको बताए। 'मानिसहरुमा डर त्रास छर्न बम राखिएको पाइयोे,' उनले सेतोपाटीसँग भने। उनले ललितपुरको सुरक्षा व्यवस्था निकै चुस्त दुरुस्त भएको पनि दाबी गरे ।

डिएसपी किसन सिंह थापाले पनि महालक्ष्मीस्थानमा भेटिएको बम सर्वसाधारण तर्साउने उद्धेश्य बाहेक अन्य कुनै हेतुले नभएको बताए। संविधान जारी गर्ने दिन असन्तुष्ट समूहले बम राखेको हुन सक्ने उनले बताए।
 दुवै स्थानमा डिस्पोज भएको बम पेट्रोलिङ बम भएको प्रहरीको अनुमान छ।

ललितपुरका २ स्थानमा बम भेटेपछि ललितपुर प्रहरीले अन्य क्षेत्रमा पनि बम राखेको आंशकामा खोजीकार्य गरिरहेको छ। यसैगरी काठमाडौ रविभवनमा राखिएको बम पनि सेनाकाे डिस्पोजल टाेलीले डिस्पाेज गरेकाे छ ।
setopat

भिडियो हेर्न तलको बाकस थिच्नुहोस
नयाँ संविधान आजदेखि

नरेन्द्र साउद |
२०७२ आस्विन ३ आईतवार



राष्ट्रपतिलाई फकाउने अन्तिम प्रयास

काठमाडौं: संविधान हर्षोल्लाससाथ जारी तयारी भइरहेका बेला सरकारले प्रक्रियाप्रति असन्तुष्टि जनाएका राष्ट्रपति तथा बहिष्कार गरेका सभासद् र मधेसकेन्द्रित दलहरूलाई फकाउने अन्तिम प्रयास गरेको छ। राष्ट्रपति डा.रामवरण यादवले आइतबार साँझ ५ बजे संविधानसभामा हुने औपचारिक कार्यक्रममार्फत संविधान लागू भएको घोषणा गर्नेछन्

संविधान राष्ट्रपतिमार्फत घोषणा गर्ने पूर्वनिर्धारित कार्यक्रममा केही फेरबदल गरी राष्ट्रपतिलाई मन्त्रिपरिषद्द्वारा अनुमोदित सम्बोधनको अवसर दिइनेछ भने बहिष्कार गरेका सभासद्हरूलाई आइतबार चार बजेभित्र हस्ताक्षर गर्ने अवसर दिइने सभाध्यक्ष सुवासचन्द्र नेम्वाङले जानकारी दिएका छन्।


राष्ट्रपतिले मधेस केन्द्रित दलहरूको असन्तुष्टिलाई सम्बोधन गरेरमात्र संविधान जारी गर्न प्रधानमन्त्री तथा प्रमुख दलहरूका नेता र संविधानसभाका अध्यक्षलाई दबाब दिँदै आएका थिए र उनको कुरा नसुनिएकामा सार्वजनिक रूपमा मात्र होइन, भारतीय प्रधानमन्त्रीका विशेष दूतका रूपमा आएका एस जयशंकरलाई समेत आफ्नो असन्तुष्टि अवगत गराएका थिए।


 बहिस्कार गरेका सभासद्‌लाई आइतबार चार बजेभित्र हस्ताक्षर गरन सभाध्‍यक्षले आग्रह गर्ने छन्।

'संवैधानिक राष्ट्रपतिको प्रमुख सल्लाहकार मन्त्रिपरिषद् हो। मन्त्रिपरिषद्कै नाममा राष्ट्रपतिले काम गर्ने भएपछि मन्त्रिपरिषद्ले पारित गरेको वक्तव्य राष्ट्रपतिले घोषणासभामा दुईतीन मिनेट पढ्नुहुन्छ,' स्रोतले भन्यो।



मन्त्रिपरिषद्ले पारित गरेको वक्तव्य पढ्न दिने तयारीप्रति राष्ट्रपति भने असन्तुष्ट छन्। 'मन्त्रिपरिषद्ले बनाउने वक्तव्यप्रति राष्ट्रपतिको चित्त नबुझे अरू कुनै फोरममार्फत एकदुई दिनमा राष्ट्रपतिको धारणा सार्वजनिक हुन्छ,' राष्ट्रपति कार्यालय स्रोतले भन्यो।

 संसद् सचिवालयले संविधान जारी हुने घोषणासभाका सबै औपचारिक तयारी पूरा भएको उल्लेख गरेको छ। संविधान जारी गर्न बेहुली झैं सिंगारियो संविधानसभा (फोटो फिचर)





नयाँ संविधान लागू भएसँगै ०६३ सालदेखि क्रियाशील अन्तरिम संविधान स्वतः खारेज हुनेछ।संविधानसभा सचिवालयले घोषणासभा भव्य बनाउन शनिबार पूर्वाभ्यास (रिहर्सल) गरेको थियो। नक्‍कली राष्ट्रपति बनाएर राष्ट्रपतिको सम्मान कसरी गर्ने, राष्ट्रपतिले कसरी संविधान जारी गर्ने पूर्वाभ्यास संविधानसभा भवनमा शनिबार भएको थियो।



संविधानसभाको अन्तिम बैठकमा राष्ट्रपतिले बोलेपछि संविधानको प्रतिमा हस्ताक्षर गरी लागू भएको घोषणा गर्नेछन्। घोषणासभामा विभिन्न देशका राजदूत, कूटनीतिक नियोगका प्रमुख र विघटित संविधानसभाका सदस्यलाई पनि आमन्त्रण गरिएको छ।



घोषणासभापछि सभाध्यक्ष नेम्बाङले पाहुनाका लागि संविधानसभा भवनमै रात्रिभोज दिँदैछन्। 'संविधान जारी गर्ने समारोहका लागि सबै औपचारिकता पूरा भएका छन्', सभाध्यक्ष नेम्बाङले भने, 'नयाँ संविधान लागू भएको हेर्न आमजनता उत्सुकतापूर्वक पर्खेर बसेका छन्।'



सभाध्यक्ष नेम्बाङले संविधान निर्माण प्रक्रिया बहिष्कार गरेका दलहरूलाई आइतबार ४ बजेसम्म संविधानमा हस्ताक्षर गर्न आग्रहसमेत गरेका छन्।

 'संविधान निर्माणको अन्तिम चरणमा अनुपस्थित भएका दल र सभासद्हरूलाई संविधानमा हस्ताक्षर गरेर स्वामित्व लिन आग्रह गर्छु,' सभाध्यक्ष नेम्बाङले सञ्चारकर्मीसँग भने, 'संविधानका एकएक धारा र वाक्यांश हेर्दा जो बाहिर जानुभयो, उहाँहरूको भूमिका झल्किन्छ।  संविधानका केही विषयमा असहमतिका नाममा सिंगो संविधानको स्वामित्व ग्रहण नै नगर्नेतिर नजानुहोला।'



संविधानको प्रक्रियामा भाग नलिएका दलहरूको मेहनत र संघर्षको पसिना नयाँ संविधानमा परेको भन्दै नेम्बाङले भने, 'यही संविधानको जगमा उभिएर कतिपय असन्तुष्टि सम्बोधन गर्नेतिर लाग्नुहोस्।'



नयाँ संविधानमा पाँच सय ३७ सभासद्ले हस्ताक्षर गरेका छन्। संविधानको विपक्षमा मतदान गरेको राप्रपा नेपालले पनि संविधानमा हस्ताक्षर गरेको छ। सभाध्यक्ष नेम्बाङले शुक्रबार संविधान प्रमाणित गरेका थिए।
annapurnapost भिडियो हेर्न तलको बाकस थिच्नुहोस
संविधान जारी गर्ने साइत अशुभ, अनिष्ट हुन सक्छ: ज्योतिषाचार्य डा. सिटौला


काठमाडौं,३ असोज । ज्योतिषहरुले आइतबारको साइतलाई अशुभ भन्दै नयाँ संविधानले देशमा झन् अनिष्ट हुन सक्ने भविष्यवाणी गरेका छन् ।
 असोज ३ गते आइतबार शनि र चन्द्रमाको युतीबाट बन्न जाने पुनर्फू योग नै प्रबल अनिस्ट्कारी देखिएको ज्योतिषाचार्य डा. सुनिल सिटौलाको दाबी छ। आफ्नो आधिकारिक पेज ज्योतिषम्याजजिन डटकममा डा. सुनिल लेख्छन्- ‘सामान्यतया कुनै पनि कामकारबाही गर्दा मुहुर्त हेर्ने प्रचलन छ। यसरी मुहुर्त हेर्दा जहिले पनि चन्द्रमाको अवस्थालाई विचार गर्ने ज्योतिषिय संस्कार छ। कार्य गर्ने दिन चन्द्रमा पापक्रन्त एवम् पाप कर्तरीमा पर्नु हुँदैन भन्ने छ। तर असोज ३ गते चन्द्रमा शनिग्रह सँग युतीहुनुलाई मुहुर्त ज्योतिषले अशुभ मान्दछ। जस्को फल्स्वरुप त्यस दिन सर्वजनिक गरिएको संबिधानले यथास्थितिमा पूर्णता पाउने हुँदैन र पछि पछि धेरै नै संसोधन हुँदै जानेछ।’
 टेलिभिजनमा समेत ज्योतिष विज्ञानसम्बन्धी कार्यक्रम चलाउँदै आएका डा. सिटौला समसामायिक घटनाक्रममा भविष्यवाणी गर्न माहिर मानिन्छन् ।ephilokhabar भिडियो हेर्न तलको बाकस थिच्नुहोस
काठमाडौं, ३ असोज । दोलखा जिल्लालाई केन्द्र विन्दु बनाई भूकम्पको धक्का महशुस गरिएको छ ।
दोलखाको गौरीशंकर संरक्षण क्षेत्रलाई केन्द्र विन्दु बनाइ आज बिहान ४ बजेर ५ मिटनमा ४ म्याग्नेच्युडको भूकम्पको पराकम्पन गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
चार दिनअघि भूकम्पको धक्का महशुस गरिएको थियो । भूकम्प दोलखालाई केन्द्र विन्दु बनाइ आएको थियो ।
वैशाख १२ गतेको भूकम्पको पराकम्पन अहिले पनि आउने क्रम जारी छ ।
dainiknepal.com
वि.सं. २०७२ साल असोज ३ गते। आइतबार। इश्वी सन् २०१५ सेप्टेम्बर २० तारिख। नेपाल संवत् ११३५ ञला थ्व। भाद्र शुक्लपक्ष। तिथि– सप्तमी, २१:०५ बजेउप्रान्त अष्टमी। नक्षत्र– ज्येष्ठा, २७:१५ बजेउप्रान्त मूल। मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) Ariesआँटेको काम समयमा गर्न नसकिएला। अरूका काममा समय बित्न सक्छ। तापनि, प्रयत्न गर्दा केही काम बन्नेछन्। सहयोगीहरूले साथ दिनेछन् र आंशिक सफलता मिल्नेछ। आस मारेको काम बन्नाले उत्साह जाग्नेछ। धेरैलाई फाइदा हुने काम सम्पादन गर्न सकिनेछ। अस्वस्थताका बाबजुद जिम्मेवारी भने थपिनेछन्। व्यावसायमा खर्च बढ्नेछ।

 बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) Taurus

समस्या दोहोरिन सक्छन्। सानातिना घरेलु काममै अल्झनुपर्ला। सवारीमा समेत सावधानी अपनाउनुपर्नेछ। स्वास्थ्यमा कमजोरी र उपचारमा खर्च हुने योग छ। विद्यामा कमजोरी र लेनदेनमा विवाद हुने सम्भावना छ। प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुनेछन्। सहयोगीहरूको मद्दतले केही काम बन्नेछन्। इष्टदेवको पूजा–उपासना गर्दा फाइदा होला।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) Geminiअलि बाध्यताका काममा जुट्नुपर्ला। केही विवादमा समेत परिने योग छ, सचेत रहनुहोस्। तापनि, दिन मनोरञ्जनपूर्ण रहनेछ। व्यावसायिक यात्रा सम्भावना छ। आम्दानी प्रशस्तै बढ्नेछ। आतिथ्यपूर्ण सम्मान पाइएला। प्रेमको बन्धन कसिने बेला छ। दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ। सवारी साधन उपयोग गर्दा अलि सावधानी अपनाउनुहोला।

 कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) Cancerकेही चुनौतीहरू देखिनेछन्। अधिकार सुरक्षा गर्न जुट्नुपर्नेछ। अप्ठ्यारा परिस्थितिको सामना गर्नुपर्ला। गरी आएका काम र व्यापार–व्यवसायमा फाइदा उठाउन नसकिएला। शत्रुहरू बढ्नाले समस्या थपिएलान्। आँटेका काममा बाधा पुर्याउनेहरू प्रशस्तै हुनेछन्। फजुल खर्च पनि बढ्नेछ। चोरी वा ठगीमा परिने योग भएकाले होसियार रहनुपर्ने समय छ। सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) Leoसमयको गतिलाई पछ्याउन नसक्दा अलि दुःख पाइएला। भौतिक साधन बिग्रनाले पनि लक्ष्य प्राप्त गर्न नसकिएला। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहन सक्छ। गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ। प्रतिस्पर्धाले पुरुषार्थी काम गर्ने हिम्मत पलाउनेछ। संगत र खानपानमा अलि सावधान रहनुपर्ला। कन्या

 – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) Virgoचिन्तन–मनन, ध्यान वा रचनामा रुचि बढ्नेछ। प्राकृतिक पर्यावरण वा एकान्तमा मन रमाउनेछ। पारिवारिक भेटघाटको समय छ। टाढिएका आफन्तहरू नजिकिनेछन्। घरमा बसेरै विभिन्न काम सम्पादन गर्न सकिनेछ। आत्मीयजनसँग भेटघाट होला। सरसफाइ, वागबगैंचा र जलसम्बन्धी काममा आकर्षित भइनेछ। कृषि तथा पशु व्यवसायबाट लाभ हुनेछ। तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) Libraकाममा रोकावट र कममात्र फाइदा हुने समय छ। सहयोगीहरू पछि हट्नाले अप्ठ्यारोमा परिनेछ। आर्जित धन तत्काल खर्च हुन सक्छ। पुरानो समस्याले पनि झमेला आइलाग्ने योग छ। दाम्पत्य सम्बन्धमा केही असमझदारी बढ्न सक्छ। कृषि तथा पशुपालनमा खर्च बढ्नेछ। काममा चुनौती देखिएलान्। आफ्नै प्रयासले गरेका काममा भने लाभ मिल्नेछ। बृश्चिक –

 तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) Scorpioमान–सम्मान बढ्नेछ। बोलीको भरमा काम सम्पादन हुने योग छ। विचारले धेरैलाई आकर्षण गर्ने समय छ। प्रशंसकहरू बढ्नेछन्। सहयोगीहरूले काममा साथ दिनेछन्। राम्रै फाइदाको योग छ। विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ। रोकिएका काम सम्पादन हुनेछन्। पठन–पाठनमा प्रगति हुनेछ। विशेष सभा–समारोहमा सहभागी बन्ने मौका छ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) Sagittariusप्रतिष्ठित काम गर्ने मौका छ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ। आत्म–विश्वास बढ्नेछ। विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ। पारिवारिक जमघटमा मन रमाउनेछ। मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइने योग छ। स्वादिष्ट भोजनको आनन्द समेत पाइएला। कामबाट फुर्सद पनि मिल्नेछ। मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) Capricorn

खर्च लागे पनि दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ । चुनौतीहरू पन्छाउँदै रोकिएका काम बनाउन सकिनेछ। धैर्यले काम लिनुहोला। छर–छिमेकमा केही असमझदारी बढ्ने योग देखिए पनि प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ। प्रयत्न गर्दा टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ । वैदेशिक क्षेत्रबाट लाभ उठाउने मौका छ। कुम्भ

– गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) Aquariusधेरै श्रमपछि तत्काललाई कम मूल्य पाइएला। तापनि आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने योग छ। आज स्थायीभन्दा अस्थायी पेसाबाट फाइदा हुनेछ। आँटेका काम बीचमा अवरुद्ध बन्न सक्छन्। भएको आम्दानी र सञ्चित रकम समेत खर्च हुन सक्छ। लगानीको तुलनामा कम देखिए पनि आजको प्रयत्नबाट दिगो फाइदा उठाउन सकिनेछ।
 मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) Piscesआश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। अरूको विश्वासमा पर्दा अन्त्यमा धोका पाइएला। केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ। तापनि समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिनेछ। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ। विभिन्न अवसर जुटे पनि अरूलाई वचन दिने बानीले दुःख पाइनेछ।
एजेन्सी : विश्वमा सबैभन्दा बढी मुस्लिम धर्मावलम्बीको बसोबास रहेको इन्डोनेसियामा बिहेअघि यौनसम्बन्ध राखेको आरोपमा एक महिलालार्इ कोर्रा बर्साइएको छ ।

बिहेअघि नै एक पुरुषसँग यौनसम्बन्ध राखेको भन्दै इन्डोनेसियाको बन्दा अकेह प्रान्तमा सार्वजनिकस्थलमा ल्याएर ती महिलामाथि कोर्रा हानिएको हो ।

सरिया कानुनको हवाला दिँदै ती महिलालार्इ सयौं मानिसहरुका अगाडि कोर्रा हानेर सजाय दिइएको हो ।

माथिको तस्बिरमा एक महिला सेतो कपडा पहिरिएर घुँडा टेकी शिर झुकाएर बसेको देखिन्छिन् । उनीमाथि सयौं मानिसको बीचमा सुरक्षाकर्मीकै अगाडि कोर्रा हानिएको हो ।

जुम्मेको नमाजपछि एक मस्जिद बाहिर यौन अपराध र खेलका क्रममा बाजी थापेको आरोपमा ३ महिला र १४ पुरुषलार्इ कोर्रा हानेर सजाय दिइएको हो ।

सबैभन्दा मुस्लिम बसोबास गर्ने इन्डोनेसिस्थित बन्दा अकेह यस्तो एकमात्र प्रान्त हो, जहाँ सरिया कानुन लागू गर्ने कानुन सरकारले दिएको छ ।

यसभन्दा अघि गत जुनमा पनि महिला र केही पुरुषमाथि सार्वजनिक स्थामा कोर्रा हानेको तस्बिर बाहिरए आएको थियो ।

त्यो बेला तीन जोडीलार्इ सँगै बसेको भनेर कोर्रा हानिएको थियो । अनम्यारिड विश्वविद्यालयका विद्यार्थीहरुलार्इ एक साथ समय बिताएको भन्दै कोर्रा हानिएको थियो ।

समचार अनुसार इन्डोनेसियाको बन्दा अकेह प्रान्तमा सन् २००१ देखि समलिंगी सम्ब्नध, बाजी लाउन र रक्सी पिएको पाइएमा सरिया कानुन अनुसार कोर्रा हान्ने सजायको व्यवस्था गरिएको छ ।

video तलको बाकसको बीचमा क्लिकगरेर हेर्नुसः
काठमाडौँ : ‘अघिअघि रिसल्ला, कारगेड संविधानसभा परिसर प्रवेश गर्यो, संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङ, कानुन, न्याय संविधानसभा तथा संसदीय मामिला मन्त्री नरहरि आचार्य, सभासद्, सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईलगायत अधिकारी एकाएक सर्तक भए । नेपाली सेनाको विशेष टुकडीले राष्ट्रिय धुन बजायो र सलामी अर्पण गर्यो । सभाध्यक्ष नेम्बाङलगायतले उनको स्वागत गरे ।'

यो कुनै यथार्थ घटना भने थिएन, ‘नेपालको संविधान, २०७२’ जारी गर्ने ऐतिहासिक समारोहमा राष्ट्रपति डा रामवरण यादवको सवारीलाई कसरी अगाडि बढाउने भन्ने विषयमा गरिएको पूर्वाभ्यास थियो ।

राष्ट्रपतिको उपस्थिति पनि भएको थिएन, एक जना नेपाली सेनाका अधिकृतलाई राष्ट्रपतिको सवारी तयारी कसरी गर्ने विषयको पूर्व अभ्यासमा सहभागी गराइएको थियो त्यो । सभाध्यक्ष, संविधानसभाका महासचिव, कर्मचारी, सभासद् भने उही नै थिए तर राष्ट्रपति भने थिएनन्  ।

संविधानसभाले पारित गरेको र सभाध्यक्ष नेम्बाङले प्रमाणित गर्नुभएको संविधान आइतबार साँझ ५ बजे विशेष समारोहको आयोजना गरेर सार्वजनिक गरिदैंछ । सो समारोहमा राष्ट्रपति डा यादवले नेपालको संविधान जारी भएको घोषणा गर्नेछन् ।

समारोहलाई भव्य बनाउन सचिवालयले संविधानसभा भवनलाई सिँगारेर चिटिक्क पारिएको छ भने विभिन्न रङका बत्तीले सजाइएको छ ।

नेपालको झण्डा लहरै भवनको अघिल्लो लहरमा फहराइएको छ भने ध्वजापतकाले भवनलाई बेहुली जस्तै चिटिक्क बनाइएको छ । सुरक्षाको पाटोलाई ध्यान दिँदै नेपाल प्रहरी, सशस्त्र प्रहरी बलको तैनाथी गरिएको छ ।

संविधान घोषणा समारोहलाई व्यवस्थित बनाउन सबै तयारी पूरा भएको सभाध्यक्ष नेम्बाङले जानकारी दिनुभयो । विशेष समारोहमा सहभागी हुने विशिष्ठ पाहुनाका लागि विशेष प्रवेश पासको व्यवस्था गरिएको छ । पूर्व सभासद् तथा अति विशिष्ठ व्यक्तित्वलाई निम्त्याइएको छ ।

यहाँस्थित कूटनीतिक नियोगका प्रमुख, नागरिक समाजका अगुवा, वरिष्ठ सञ्चारकर्मी, उद्योगी तथा व्यवसायीलाई निमन्त्रणा गरिएको सचिवालयका प्रवक्ता डा भरतराज गौतमले जानकारी दिए ।


समारोहमा यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिलाई पनि सहभागिताका निमन्त्रणा पठाइसकिएको छ । प्रवक्ता गौतमका अनुसार दुई हजार ५०० भन्दा बढीको सहभागिता हुने अनुमान गरिएको छ ।

मुलुकै पहिलोपटक जनताका प्रतिनिधिले निर्माण गरेको संविधानको घोषणा सभालाई बढीभन्दा बढी भव्य र सभ्य बनाउन सबै प्रकारको तयारी गरिएको उनले जानकारी दिए ।
annapurnapost.com
बैतडी, २ असोज । बैतडीमा विद्यालय गएका छात्रालाई भुत लागेपछि हंगामा मच्चिएको छ ।
१० दिनको अवधिमा २१ छात्रा भुत लागेर विरामी भएको विद्यालयले जनाएको छ । यसलाई केही सामाजिक अन्धविश्वासको रुपमा पनि लिएका छन् । तर, यहाँका बासिन्दा भुतलाई भगाउन तल्लोसोराड क्षेत्रमा पर्ने सलेना गाविसमा रहेको श्री धर्मघर उच्च माविको शौचालय भत्काउने निर्णयमा पुगेका छन् ।
उक्त विद्यालयमा अध्ययनरत छात्राहरुमा एक्कासी काँप्ने, चिच्याउने र अनियन्त्रीत भाषा प्रयोग गरी अनावश्यक बोल्ने समस्या देखिएपछि धामी झाँक्रिको सल्लाहअनुसार अभिभावकहरु शौचालय भत्काउने निर्णयमा पुगेका हुन् ।

विगत १० दिन यता देखि २१ जना छात्राहरुमा यस्तो समस्या देखिएको भएपनि जिल्ला स्वास्थ्य कार्यालयबाट अहिलेसम्म पहल नभएको धर्मघर उमाविका प्रधानाध्यापक केशवराज जोशीले बताए । प्रधानाध्यापक जोशीका अनुसार विगत ४/५ दिन यतादेखि स्थानीयको दबावमा विद्यालयमा रहेको चार कोठे शौचालयमा ताला लगाईएको छ ।

शौचालयमा यसरी ताला लगाईदा विद्यार्थीहरु खुल्ला रुपमा शौच गर्न बाध्य भएको र त्यसले विद्यालय वरीपरीको वातावरण समेत दुर्गन्धित भएको स्थानीय दिपक चन्दले बताए ।  उहाँका अनुसार स्थानीयले पनि धामी झाँक्रिको विश्वासमा परी चार कोठे शौचालय भत्काउन दबाब दिईरहेका छन् । केही स्थानीयले धामी झाँक्रिकै भरमा परी शौचालय भत्काउने तयारी गरेपछि युवाहरुले भने विद्यालयमा जोडिएको संम्पत्ति अन्धविश्वासमा भत्काउन नदिन र छात्राहरुमा देखिएको उक्त रोगको यथाशिघ्र उपचार गरिदन सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।

यता जिल्ला स्वास्थ्य कार्यालय बैतडीले भने हिजो मात्रै त्यसको आधिकारिक जानकारी आएको र आइतबार त्यहाँ स्वास्थ्यकर्मीको टोली पठाउने जनाएको छ । जिल्ला स्वास्थ्य कार्यालय बैतडीका जनस्वास्थ्य अधिकृत जीवन भट्टले यस्तो समस्या मास स्टोरिया भएका व्यक्तिलाई हुने र त्यसको छिट्टै नै उपचार हुने हुँदा नआत्तिन समेत सबैलाई आग्रह गरेका छन् ।

अहिलेको युगमा धामी झाँक्रिको परेर नभई उपचार गरेर रोगहरु निको हुने भएकाले अन्धविश्वासमा नपर्न स्थानीय प्रशासनले आग्रह गरेको छ । विद्यालयमा निर्माण भएका संरचनाहरु भत्काउने कसैलाई पनि अधिकार नभएकाले त्यस्तो कार्य नगर्न प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले स्थानीयलाई आग्रह समेत गरे । रोगको उपचार गर्ने निकाय हुँदाहुँदै सामाजिक अन्धविश्वासको पछि लागि यदि कसैले पनि गैरकानुनी कार्य गरे कानुन बमोजिम कारवाही हुने प्रजिअ अधिकारीले बताए ।

त्यहाँका धामी झाँक्रिले भने शौचालय भत्काएपछि छात्राहरुलाई निको हुने बताएको स्थानीय दिपक चन्दले बताए । -dainikNepal
video तलको बक्समा क्लिकगरेर हेर्नुसः
महिनावारी भएको समयमा संभोग गर्दा हुने फाइदा/वेफाइदाका बारेमा थाहाँ पाउनुहोस्!
सेक्सको विषयलाई लिएर अकसर मानिसहरुको मनमा अनेक किसिमका प्रश्नहरु उठिरहेका हुन्छन्। यस्तै प्रश्नमा एक यो पनि हो कि के महिनावारी भएका बेला आफ्नी संगीसंग यौन संपर्क स्थापित गर्न हुन्छ? यदि हुन्छ भने कसरी ? त्यसो त अधिकांश जोडीहरु महिनावारीको बेला रक्तश्राव र अन्य समस्याहरुका कारण सेक्स गर्नबाट बच्छन। तैपनि यदि तपाई महिनावारीको समयमा पनि पार्टनरका साथ सेक्स संपर्क स्थापित गर्न चाहनु हुन्छ भने खतरा धेरै कण्डम आवश्यक पर्छ।
महिनावारीका समय महिलाहरुमा हातखुट्टा र पेट दुख्ने सिकायत रहने गरेको पाईएको छ। त्यस्मा पनि महिनावारीको बेला हुने रक्तश्रावका समय संभोग गर्नाले धेरै समस्याहरु आउन सक्छन् जस्तो कि असमय गर्भधारण हुनु इन्फेक्सन हुनु र एचआइभी एड्सको खतराको संभावनाले मानिसहरु यस समय सहवास गर्नबाट बच्छन्। र यसका साथ एक अर्को प्राकृतिक समस्यापनि जोडिएको छ। महिलाहरु महिनावारीको समय निकै चांडो उत्तेजित हुन्छन, किनकी उच्च एट्रोजनको प्रतिशत उनिहरुलाई संवेदनशील तुल्याउछ। यनि उनी उत्तेजित छन भने सेक्स गर्न नाईं भन्न सक्तिनन्। यदि नाई भन्छिन भने पनि उनको पछाडी दुखाई दुर्गन्छ र अन्य कारणहरु हुन्छन्। कुनै महिलाहरु यस अवस्थामा कसरी सेक्स गर्ने र उनी उनको साथीलाई लिएर पनि सतर्क र आशंकित हुन्छिन कि यस अवस्थामा साथीले कस्तो महसूस गर्छ।
यस अवस्थामा तपाईले साथीसंग निर्धक्क कुरा गर्नुपर्छ। महिनावारीका वारेमा तपाईल्ई थाहा नहुन सक्छ तपाइले यसबारेमा सोध्नुस। यसबाट तपाई दुई जनाको शरीरमा सेक्सका सम्वन्धमा निकै महत्वपूर्ण जानकारी मिल्ने छ। योपनि जानकारी मिल्छकि कुनै शरीर कुनै विशेष परिस्थितिमा कस्तो व्यबहार गर्छ। कुनै मानिस महिनावारीको समय महिलाहरुसंग संभोग गर्न मन पार्दैनन्। यस समस्याको जवाफ हो परस्पर सहमतिबाट कण्डम प्रयोग गरेर र गर्भनिरोधक उपचार प्रविधि अपनाएर सेक्स गरेमा यी समस्याहरुबाट पार पाउन सकिन्छ। बास्तवमा महिनावारीको समय शरीरमा हुने हार्मोनल परिवर्तनले संभोग गर्ने ईच्छा अपेक्षाकृत बढ्छ। अर्को यस दौरान संभोग गर्नुलाई पूर्णत प्राकृतिक मानिएको छ।

खासगरी तपाईलाई महिलाको जननांगबाट हुने रक्तश्राव र पसिनाबाट कुनै अप्ठारो पर्दैन। तैपनि ती व्यक्तिहरु, कुनैपनि परिस्थितिमा संभोग नगरी छोड्दैनन् उनका निम्ति केहि सल्लाह यहां दिईएको छ जस्लाई अपनाएर संभोगलाई आनन्ददायी बनाउन सक्छन्।
-संभोगका अवसरमा साथमा रुमाल राख्नु जरुरी हुन्छ।
-यस अवसरमा तपाईले सर्वावल क्याप राख्नु राम्रो हुन्छ। जस्ले संभोगका बेला हुने अतिरिक्त रक्तश्रावलाई रोक्न सकोस।
-सेक्सका बेला यदि युवती माथी भए धेरै रक्तश्राव र महिनावारीका वेला हुने पीडा धेरै हदसम्म कम हुन सक्छ। एजेन्सी।

www.etajakhabar.com
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Aug 24 (6)
  • Aug 23 (1)
  • Aug 19 (1)
  • Aug 18 (19)
  • Aug 17 (17)
  • Aug 16 (24)
  • Jan 24 (18)
  • Jan 23 (27)
  • Jan 22 (32)
  • Jan 21 (35)
  • Jan 20 (35)
  • Jan 19 (34)
  • Jan 18 (40)
  • Jan 17 (45)
  • Jan 16 (27)
  • Jan 15 (29)
  • Jan 14 (35)
  • Jan 13 (40)
  • Jan 12 (32)
  • Jan 11 (39)
  • Jan 10 (31)
  • Jan 09 (23)
  • Jan 08 (31)
  • Jan 07 (30)
  • Jan 06 (39)
  • Jan 05 (34)
  • Jan 04 (39)
  • Jan 03 (43)
  • Jan 02 (47)
  • Jan 01 (31)
  • Dec 31 (34)
  • Dec 30 (36)
  • Dec 29 (43)
  • Dec 28 (33)
  • Dec 27 (27)
  • Dec 26 (38)
  • Dec 25 (33)
  • Dec 24 (38)
  • Dec 23 (44)
  • Dec 22 (39)
  • Dec 21 (37)
  • Dec 20 (40)
  • Dec 19 (31)
  • Dec 18 (47)
  • Dec 17 (30)
  • Dec 16 (16)
  • Dec 15 (42)
  • Dec 14 (30)
  • Dec 13 (32)
  • Dec 12 (35)
  • Dec 11 (42)
  • Dec 10 (26)
  • Dec 09 (31)
  • Dec 08 (15)
  • Dec 07 (37)
  • Dec 06 (30)
  • Dec 05 (34)
  • Dec 04 (32)
  • Dec 03 (33)
  • Dec 02 (36)
  • Dec 01 (37)
  • Nov 30 (48)
  • Nov 29 (28)
  • Nov 28 (35)
  • Nov 27 (35)
  • Nov 26 (47)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (27)
  • Nov 22 (32)
  • Nov 21 (43)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (22)
  • Nov 17 (29)
  • Nov 16 (32)
  • Nov 15 (25)
  • Nov 14 (28)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (42)
  • Nov 09 (22)
  • Nov 08 (40)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (42)
  • Nov 01 (44)
  • Oct 31 (29)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (47)
  • Oct 27 (32)
  • Oct 26 (39)
  • Oct 25 (35)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (22)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (31)
  • Oct 02 (29)
  • Oct 01 (29)
  • Sep 30 (29)
  • Sep 29 (24)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (26)
  • Sep 25 (27)
  • Sep 24 (18)
  • Sep 23 (15)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (26)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (12)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (19)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (22)
  • Sep 07 (22)
  • Sep 06 (26)
  • Sep 05 (18)
  • Sep 04 (23)
  • Sep 03 (24)
  • Sep 02 (25)
  • Sep 01 (24)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (27)
  • Aug 28 (28)
  • Aug 27 (30)
  • Aug 26 (29)
  • Aug 25 (24)
  • Aug 24 (35)
  • Aug 23 (30)
  • Aug 22 (31)
  • Aug 21 (32)
  • Aug 20 (30)
  • Aug 19 (33)
  • Aug 18 (27)
  • Aug 17 (34)
  • Aug 16 (28)
  • Aug 15 (23)
  • Aug 14 (23)
  • Aug 13 (22)
  • Aug 12 (19)
  • Aug 11 (18)
  • Aug 10 (24)
  • Aug 09 (16)
  • Aug 08 (18)
  • Aug 07 (25)
  • Aug 06 (16)
  • Aug 05 (18)
  • Aug 04 (21)
  • Aug 03 (19)
  • Aug 02 (14)
  • Aug 01 (17)
  • Jul 31 (19)
  • Jul 30 (19)
  • Jul 29 (15)
  • Jul 28 (12)
  • Jul 25 (14)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home