• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
भक्तपुर : खलासीले चलाएको निसान ट्रकको ठक्करबाट भक्तपुरमा बुधबार एक पैदलयात्रीको मृत्यु भएको छ ।

इँटा बोकेको बा३ख ७७ नम्बरको निसान ट्रकको ठक्करबाट पैदल यात्री सिस्नेरी-८, ओखलढुङ्गा घर भई भक्तपुर जगाती बस्ने २६ वर्षीय विनोद राईको मृत्यु भएको हो ।

ठक्कर दिएलगत्तै उपचारका लागि मध्यपुर अस्पतालमा लगिएकापछि उपचारका क्रममा उनको मृत्यु भएको महानगरीय प्रहरी वृत्त जगाती प्रमुख प्रहरी नायब उपरीक्षक देवेन्द्र पालले जानकारी दिए ।

ट्रक चलाउने नुवाकोट बेतिनी घर भई भक्तपुर बस्ने १९ वर्षीय खलासी दावा तामाङ र ट्रकलाई नियन्त्रणमा लिई आवश्यक कारबाही अगाडि बढाएको उनले बताए । रासस annapurnapost.com
१६ भदौ, काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष के पी ओली र एकीकृत माओवादीका अध्यक्ष प्रचण्डबीच भेटवार्ता भएको छ ।

प्रचण्ड निवास लाजिम्पाटमा भएको भेटमा प्रदेशको सिमांकान प्रति असन्तुष्टि जनाएर आन्दोलन गरिरहेका दलहरुसँगको वार्ता, उनीहरुलाई सहमतीमा ल्याउन अपनाउन सकिने लचकताका विषयमा छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ ।

उहाँहरुबीच अधिवेशन गर्न नसकेर संकटमा पर्न लागेको कांग्रेसका लागि संविधान संसोधन लगायत विषयमा पनि छलफल भएको छ ।nepaliheadlines.com
मानिस जन्मेपछि उसले भोग्ने जीवनका सबै कुरा हातका रेखाले निर्धारण गर्ने हस्त रेखा विज्ञानको दावी छ । मानिसको विवाह देखि हरेक कुरा हातका रेखाले नै निर्धारण गर्ने समेत यो विज्ञानको दावी छ ।

कतिपय ब्यक्तिको जीवनमा बिबाहको योग नै नहुने र कतिपयको रेखाकै कारण विवाह सफल नहुने योग हुने हस्तरेखा विज्ञानको भनाइ छ ।

बैबाहिक जीवन प्रभावित पार्ने रेखा कुन कुन हुन् ?

विवाह रेखा हत्केलाको सबै भन्दा सानो औंला अर्थात कान्छी औंला नजिक हुन्छ । यो रेखा हृदय रेखा तर्फ अघी बढेको देखिन्छ । कतिपयको हातमा अगाडी गएर यो रेखा तीन भागमा बाँडिएको जस्तो देखिन्छ । यदि यो रेखा विभाजित भएको छ भने बैबाहिक जीवन सफल हुँदैन ।


बिबाह रेखा बाँढिएको छ भने यस्ता ब्यक्तिको बैबाहिक जीवन सुखी हुन सक्दैन । यस्तो रेखा हुने ब्यक्तिको जीवनमा बैबाहिक सम्बन्धमा असमझदारी हुने र प्रेमको अभाव हुने हुन्छ ।

समुद्रशास्त्रका अनुसार जुन ब्यक्तिको हत्केलामा हृदय रेखातर्फ विवाह रेखा बढी ढल्किएको हुन्छ त्यस्ता ब्यक्तिको बैबाहिक जीवन कष्टकर हुन्छ ।

यदि यस्तो रेखा केटीको हातमा छ भने त त्यस्ता स्त्री विवाह गर्नासाथ विधवा बन्ने खतरा समेत हुन्छ । केटाको हातमा यस्ता रेखा भए पत्निको साथ मिल्दैन ।

अझै विवाह रेखा कान्छी औंला सम्म नै पुगेको छ भने त यो निक्कै अशुभ मानिन्छ । यस्ता रेखा कमै मान्छेको हातमा हुने गर्छ । कतिपय यस्तो रेखा हुने ब्यक्तिको त विवाह नै नहुने समेत हुन सक्छ । विवाह गर्न नचाहने वा चाहेर पनि नहुने समस्या देखिन सक्छ ।
काठमाण्डु, १६ भदौ– टीकापुर घटनामा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपाने मारिंदा साथमै रहेको सशस्त्र प्रहरीले किन फायर खोलेन ? सशस्त्र प्रहरीकै गाडीमा त्यहाँ पुगेका सरकारका प्रथम श्रेणीका प्रहरी अधिकृतको ज्यान जाँदा पनि सशस्त्र मौन रहेको भन्दै प्रश्न उठाएको बेला गृहमन्त्रालयले त्यसको छानविन सुरु गरेको छ ।
एकातिर गृहमन्त्री बामदेव गौतममाथि सशस्त्र प्रहरीलाई पक्राउ अधिकार दिएर दुई संगठनबीच विवाद बढाएको आरोप लाग्नु अनि अर्को तिर नेपाल प्रहरीका अधिकारीको ज्यान जाँदा पनि सशस्त्र मौन बस्नुले स्वयं गौतम नै तनावमा परेको स्रोतको दाबी छ ।
गृहमन्त्री गौतमले यसबारेमा सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वस्तसँग विस्तृत विवरण माग गरेको स्रोतले जानकारी दिएको छ । सोमबार बसेको एमाले स्थायी समितिको बैठकमा पनि गृहमन्त्री गौतमले सशस्त्र प्रहरीको भूमिकाका बारेमा लामै असन्तुष्टी जाहेर गरेका थिए । स्थायी समितिका एक सदस्यले उनको भनाइ उदधृत गर्दै भने, ‘नेपाल प्रहरीका त्यति उच्च अधिकारीमाथि आन्दोलनकारीका तर्फबाट आक्रमण हुँदा सशस्त्र प्रहरीले किन गोली चलाएन ? मैले छानविन थालेको छु ।’
उक्त घटना हुँदा सशस्त्र प्रहरीका डिआइजी खडानन्द चौधरी त्यहाँका इन्चार्ज थिए । गृहलाई प्राप्त अर्को सूचनाअनुसार त्यसदिनको प्रदर्शन सुरु हुनुपूर्व थरुहट संघर्ष समितिका संयोजक रेशम चौधरीले ‘सशस्त्रले गोली चलाउँदैन, तिनीहरुमाथि आक्रमण नगर्नु, नेपाल प्रहरीलाई टार्गेट गरे हुन्छ’ भनेका थिए । विजय गच्छदारको नजिकका नातासमेत पर्ने डिआइजी चौधरीको भूमिकामाथि विशेष शंका गरिएको छ ।
–बुधबार साप्ताहिकबाट
kathmandutoday.com
सिडिओ भन्छन्, ‘मलाइ थाहा छैन’
वीरगन्ज : मंगलबार प्रहरीको गोली लागेर पाँचजनाको ज्यान गएपछि वीरगन्जमा बुधबार बिहानदेखि नेपाली सेना परिचालन भएको छ ।

हतियारसहितका सेनाले नगरका विभिन्न स्थानमा बिहानैदेखि गस्ती गरिरहेका छन् । यस्तै सेनाको एक टुकडीले बुधबार बिहान वीरगन्ज नगरक्षेत्रमा मार्चपाससमेत गरेको छ ।

पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले भने सेना परिचालनबारे आफुलाई थाहा नभएको बताए ।

‘सेना परिचालनको औपचारिक निर्णय भएको छैन, शायद गाडी स्कर्टिङका लागि सेनाले गस्ती गरेको होला’, घिमिरेले बुधबार बिहान अन्नपूर्ण पोस्ट्सँग उनले भने ।

प्रहरी र सेनाको सहयोगमा स्थानीय प्रशासनले बुधबार बिहान वीरगन्ज नाकाबाट झण्डै दुई सय मालबाहक सवारी साधन विभिन्न गन्तब्यमा पठाएको छ ।

सडकमा हतियारसहित निस्किएका सेनाले गस्ती र मार्च पास गर्न थालेपछि नगरवासी झन त्रसित बनेका छन् ।

वीरगन्जमा सोेमबारदेखि अनिश्चितकालीन कफर्यू जारी छ । मंगलबार दिउँसोदेखि वीरगन्जलाई दंगाग्रस्त क्षेत्र घोषणा गरिएको छ ।

वीरगन्जमा सोमबार र मंगलबार भएको झडपका क्रममा प्रहरीको गोली लागेर पाँचजना प्रदर्शनकारी र सर्वसाधरणको मृत्यु भइसकेको छ ।

गोली लागेर २५ जना भन्दा बढि घाइते भएका छन् । गम्भीर घाइते तीनजनाको काठमाडाैंमा उपचार भइरहेको छ ।

यस्तै मंगलबार भएको झडपमा नेपाल प्रहरी र सशस्त्र प्रहरी गरि २० जना भन्दा बढी सुरक्षाकर्मी पनि घाइते भएको प्रजिअ घिमिरेले बताए ।
annapurnapost.com
शुभप्रभात

आज वि.सं. २०७२ भाद्र १६ गते बुधबार तदनुसार ई. सं. २०१५ सेप्टेम्बर ०२ तारिख

भाद्रपद कृष्ण चतुर्थी, रेवती नक्षत्र, मीन राशिको चन्द्रमा, गण्ड योग, बालब करण

भोलिको व्रत/पर्व : बिरुडा पञ्चमी (सुदुर पश्चिम),

भोलिको मूहुर्त : अन्नप्राशन(पास्नी),

आजको राशिफल

Aries Rashifal मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

दिउँसोबाट तपाईंका असन्तुष्टि समाप्त हुनेछन् । अधुरा कामहरू पूर्ण हुन थाल्नेछन् । स्वास्थ्यमा क्रमिक रूपमा सुधार हुनेछ । आध्यात्मिक र सामाजिक काममा सक्रिय बन्नु पर्नेछ । वादविवादमा विजय प्राप्त हुनेछ । परोपकारका क्षेत्रमा आकर्षण बढ्ने छ । बन्दव्यापारमा देखिएका समस्या हल हुनेछन् । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ अं अङ्गारकाय नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

Taurus Rashifal बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

बिहानको समयमा निराशा हुनसक्छ, कामधन्दामा समय दिन मन लाग्दैन, अल्छीपन र आलस्य जाग्नसक्छ । मध्याह्नको सुरुवातसँगै अझ नराम्रो हुनेछ । अनावश्यक र झुठो आरोप आइलाग्ने सम्भावना छ । दिन छिप्पिदै जाँदा असन्तुष्टि, चिडचिडेपना आदि बढ्न थाल्नेछ । कसैसँग व्यर्थमा वादविवाद गर्नु पर्ला । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सफा र चम्किलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शुं शुक्राय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

Gemini Rashifal मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

धार्मिक/सामाजिक र सांस्कृतिक क्रियाकलापमा सक्रिय भइनेछ । आमाबुवाको आशीर्वचन प्राप्त भएमा गरेका काममा सफलता र साख पाइने छ । चिन्तनमूलक र बौद्धिक काममा समय निकाल्न सकिंदैन, तर कर्मप्राप्ति र व्यवसायिक उन्नतिका लागि गरिएका प्रयास सफल हुनेछन् । प्रेममा सफलता मिल्नेछ । आजका लागि शुभअङ्क ८ र शुभरङ्ग ध्वाँसे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ रां राहवे नमः यस मन्त्रको कम्तीमा १८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

Cancer Rashifal कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

बन्दव्यापार र कामधन्धाका क्षेत्रमा खट्ने समय आएको छ । लामो दूरीको यात्राका लागि अनुकूल समय छ । दिनभरि लाभमूलक परिणाम प्राप्त भएपनि दिउँसोका तुलनामा बिहान राम्रो छ । दाम्पत्यसुख, प्रेमसम्बन्ध तथा पारिवारिक स्थितिमा सुधार आउने छ । दीर्घकालीन व्यवस्थापनका क्षेत्रमा आर्थिक लगानी हुनेछ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गुरवे नमः यस मन्त्रको कम्तीमा २४ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

Leo Rashifal सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

दिनको सुरुमा चन्द्रमा अनिष्ट भए पनि एकाबिहानै सुखद समाचार सुन्ने अनुकूलता प्राप्त हुनेछ । परोपकार र धार्मिक क्षेत्रमा मन आकर्षित बन्नसक्छ । गरेका प्रयासमा ढिलै भए पनि सफलता आर्जन गर्न सकिने छ । सानो प्रयासले अड्डाअदालत वा प्रशासनका क्षेत्रमा रोकिएका काम अघि बढ्नेछन् । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग बैजनी वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमो भगवते वासुदेवाय यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

Virgo Rashifal कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

व्यापार व्यवसायबाट राम्रो प्रतिफल प्राप्त हुने छ । बौद्धिक क्षेत्रमा समेत राम्रो छ । गरेका काममा ढिलो भए पनि उपलब्धीमूलक सफलता मिल्नेछ । दिनभरि पारिवारिक सम्बन्ध सामान्य रूपले अगाडि वढ्ने छ, तर बेलुका घरायसी मामिलामा समय दिन नसक्नाले केही धमिलोपन आउन सक्छ । सचेत रहनु होला । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शं शनैश्चराय नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

Libra Rashifal तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

किसिमकिसिमका कल्पना र भावनामा केन्द्रित हुनाले मानसिक अशान्ति र छटपटी व्याप्त हुने छ । विपरीतलिङ्गीप्रति आकर्षण बढ्नेछ र भोगविलासमा तिर्सना जाग्नसक्छ । दिन ढल्दै जाँदा मायाप्रेम र पारिवारिक सुखको लागि अनुकूलता बन्नसक्छ, रसरङ्ग र घुमघामका लागि समय र धनको जोहो हुनेछ । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बुं बुधाय नमः यस मन्त्रको कम्तीमा ८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

Scorpio Rashifal बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

बौद्धिक र चिन्तनमूलक क्रियाकलाप दिन बित्नेछ, घरपरिवार र सन्ततिपक्षको सहयोग मिल्नेछ । तर साँझदेखि प्रतिकूल समय सुरु हुनसक्छ । आर्थिक समस्याले सङ्कट उत्पन्न गर्न सक्छ । खर्च बढ्न सक्छ । रिसको कारणले असर पुर्याउने सम्भावना समेत छ । आत्मबल र संयमता गुमाउनु हुँदैन ।  आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सरस्वत्यै नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

Sagittarius Rashifal धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

अशुभ चन्द्रमाउपर शुभ ग्रहको दृष्टि हुनाले सुरुमा मनमा नैराश्य र वैराग्यका भाव सञ्चरण भए पनि गरेको प्रयासबाट सार्थक फल प्राप्त हुनेछ । डुबेको धन अप्रत्याशित ढङ्गले फिर्ता आउन सक्छ । परिवारका सदस्यहरूमा खुसी, उमङ्ग र हर्षको सञ्चार हुनेछ । बेलुकी पठनपाठनमा मन जानेछ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग हलुका रातो वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कुलदेवताभ्यो नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

Capricorn Rashifal मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

आज नयाँ कामधन्दा वा व्यवसाय सुरु गर्ने अवसर आएको छ । रोकिएका कामहरू बन्न सक्छन् । तर अरुमाथि भर नपर्नुहोला, सानातिना कुरामा अल्मलिने समय छैन, ठूलो आशा देखाउनेहरूले धोका दिन सक्छन् । कामको चाप र दायित्व बढ्नेछ । अरुका जिम्मेवारी समेत वहन गर्नुपर्ने योग छ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गं गणपतये नमः यस मन्त्रको कम्तीमा २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

Aquarius Rashifal कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

व्यवसायिक क्षेत्रबाट राम्रै लाभ प्राप्त हुनेछ । आम्दानीका नयाँनयाँ मार्ग पत्ता लाग्नेछन् । पारिवारिक सुख मिल्नेछ । मातापिता वा अभिभावकवर्गबाट आवश्यक सहयोग र सल्लाह प्राप्त हुनेछ । सामाजिक क्षेत्रबाट सम्मानित हुने अवसर पाइने छ । स्वास्थ्यमा सकारात्मक संकेत देखिने छ ।  आजका लागि शुभअङ्क ५ र शुभरङ्ग पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बृं बृहस्पतये नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

Pisces Rashifal मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

मध्यम खाले समय छ । नयाँ काममा हात हाल्नु बलियो समय होइन । आर्थिक पक्षमा मन्दी भए पनि बेफाइदा नै हुने छैन, तर कृषि तथा कृषिजन्य व्यवसायमा संलग्नहरूले भने निराशाको अनुभूति गर्नेछन् । सामाजिक र पारिवारिक सम्बन्धमा चिसोपन देखिन सक्छ । मन भावुक र उत्ताउलो बन्नेछ । आजका लागि शुभअङ्क १ र शुभरङ्ग कलेजी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ घृणि सूर्याय नमः यस मन्त्रको कम्तीमा ७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
(द्रष्टव्य : आज उल्लेख गरिएको राशिफल असल वा खराब जेजस्तो भए पनि तपाईंले आफ्नो कामप्रति निष्ठा जनाउनु पर्दछ, कर्तव्यपालना गर्नु पर्दछ र परोपकारी/सामाजिक भावना राख्नु पर्दछ, यसो गर्नुभएमा अनिष्ट नाश हुन्छ वा न्यूनीकरण हुनेछ र राम्रो राशिफल छ भने अझ धेरै शुभफल प्राप्त हुनेछ ।)

असार १२ गते सामान्यतया पहिले नै बनाएको खाना फेरि खानका लागि ताजा बनाउनु प¥यो भने तताउने गरिन्छ । तर, चिसो भइसकेका कतिपय खानेकुरा फेरि तताएर खानु स्वास्थ्यका लागि निकै हानिकारक हुन सक्छन् ।

खानालाई पटक–पटक तताउँदा त्यसमा रहेको पौष्टिक तत्वको नाश मात्रै हुने नभइ कतिपय अवस्थामा रसायनिक प्रतिक्रिया समेत भएर हानिकारक तत्वमा बदलिन सक्छन् ।
पालक– पालकमा नाइट्रेट नामक तत्व हुन्छ ।  जुन तताउँदा विषाक्त तत्वका रुपमा बदलिन सक्छ ।
सलगम– यसमा नाइट्रेटको मात्रै धेरै हुन्छ । जुन शरीरका लागि राम्रो मानिन्छ । तर, यसलाई फेरि तताउँदा यो हानिकारक तत्वमा बदलिने संभावना हुन्छ ।
अण्डा– अण्डालाई धेरै तापक्रममा ततायो भने विषालु पदार्थ भइदिन सक्छ । त्यसैले एकपल्ट गरम पानीमा उमालेको अण्डालाई फेरि ततोपानीमा उमालेर तताउनु हुँदैन । यसरी खाँदा पेट बिग्रिने संभावना अधिक रहन्छ ।
मसरुम– मसरुम लामो समय चिसोमा राखेको खाँदै नखाँदा राम्रो हुन्छ । यो धेरै सेन्सेटिभ तरकारी हो । यसमा प्रोटिनको मात्रा उच्च हुन्छ । जुन चिसो भइसकेर फेरि तताउँदा बिग्रिने डर असाध्यै धेरै हुन्छ ।
चिकेन– मान्छेहरु चिकेन फेरि तताएर खान खुब रुचाउछन् तर, यसमा प्रोटिनको मात्रा धेरै हुने भएकाले चिसोबाट फेरि गरम बनाउँदा प्रोटिन टक्सिस नामक तत्वमा बदलिन सक्छ ।
आलु– आलु स्वास्थ्यका लागि असाध्यै राम्रो मानिन्छ । तर, यसलाई पकाएर लामो समय फ्रिजमा राखेर फेरि तताउँदा भने हानिकारक हुन सक्छ ।  किनभने यसमा रहेको पोषक तत्व विषाक्त तत्वका रुपमा बदलिन सक्छ ।भिडियो हेर्न तल क्लिक गर्नुहोस :
जहाँ प्रेम छ त्यहा जीवन छ’  यो यथार्थ हो ! वैरीलाई मित्र बनाउन सक्ने एउटै शक्ति प्रेम हो प्रेमले सफल जीवन जिउन मद्दत गर्छ भने यसले

जीवनशैली परिवर्तन गर्न समेत उत्तिकै महत्त्वपूर्ण
भूमिका निर्वाह गरेको हुन्छ। नेपालीमा पनि एउटा भनाइ प्रचलित छ- प्रेममै सबै
समस्याको समाधान छ। फूल र सुगन्धले वातावरणलाई मादक बनाउँछ। कोठालाई फूलले सजाउनुहोस् र उनलाई मनपर्ने
परफ्युमले आफू र कोठालाई सुगन्धित बनाउनुहोस यसमा पनि प़ेम को अनुभुति हुनेछ !
मानिसको जीवनमा निकै उताव चडाप ल्याउने काम प़ेमले नै गर्छ ! साएद संसारमा प़ेम हुदैनथियो भने संसार उहिले नै ध्वस्थ हुने थियो ! संसार नै माया मा अडियको छ यो सत्य कुरा हो! जुन सुकै प़ाणी किन नहोस प़ेम सबैमा हुन्छ ! फल प्रेमले समस्याको समाधान पहिल्याउँछ, शान्ति र सन्तुष्टि दिन्छ भने असफल प्रेमले
दुर्घटना निम्त्याउँछ जुन हामी सबैले देखेका, सुनेका र भोगेका कुरा हुन्।
प्रेममा द्विपक्षीय विश्वासको जग बलियो भयो भने अमृततुल्य हुन्छ तर बेमतलब
र अविश्वासले कहिलेकाहीं त्यो विष पनि बन्छ। माया र प्रेमबिना न शान्ति मिल्छ न सन्तुष्टि।
एक-अर्काको गल्ती देखिनेबित्तिक्कै खुलस्त भन्नुपर्छ र कमजोरीलाई सुधार्नतर्फ लाग्नु बेस हुन्छ। गल्ती गरेकोमा सजाय दिनु र एउटगल्तीलाई पटक- पटक भनेर होच्याउने काम गर्नुहुँदैन। किनभने
गल्ती मानवीय स्वभाव हो।
सोही प्रकृतिको गल्ती भने दोहोरिन दिनु हुँदैन। गल्ती गर्ने, काम बिगार्ने जस्ता अपि्रय काम भए माफी माग्ने र दिनवानीको विकास गर्नु राम्रो मानिन्छ।गल्ती गर्ने, काम बिगार्ने जस्ता अपि्रय काम भए माफी माग्ने र
माफी दिने बानीको विकास गर्नुपर्छ।
आफ्ना प्रेमी/प्रेमिकाको जन्मदिन, विशेष अवसर, चाडपर्व जस्ता अवसरमा गिफ्टतथा शुभकामना दिन बिर्सन हुँदैन।
एक-अर्काको दुःखमा सहानुभूति दिनुका साथै सहयोगका लागि तत्पर रहनुपर्छ, जसलेप्रेमसम्बन्धलाई अझ प्रगाढ बनाउँछ। त्यसैले विशेष समयमा मात्र भेटघाट गर्नु राम्रो हुन्छ।
दुवैको प्रेम स्वार्थहीन हुनुपर्छ। अचेल यौनआनन्द प्राप्तिका लागि प्रेमको नाटक गर्ने युवा-युवतीहरू पनि उत्तिकै छन्। यस्तो प्रेम यौन आनन्द प्राप्ति पछि टुङ्गनि सक्छ।
यदि कसैले एकोहोरो माया गर्न थालेको छ तर आफूलाई मन पर्दैन भने सुरुमै चटक्क छाड्नुपर्छ। यस्तो मायामा फसेपछिको नतिजा राम्रो हुँदैन।कसैको सम्पत्ति, शरीर र पारिवारीक अवस्था हेरेर प्रेम गर्नु
राम्रो होइन। जसको नतिजा घातक हुने सम्भावना रहन्छ। यसका साथै पैसा असुल्ने किसिमले
प्रेम गर्नेहरूबाट पनि सावधान रहनुपर्छ। डेटिङ संस्कार फस्टाएको छ। डेटिङमा जाँदा दुवैले खर्च गर्ने बानीको विकास गर्नुपर्छ नत्र नकारात्मक भावनाको विकास हुन सक्छ।dearsansaarr.blogspot.co.il/

दिनको एउटा स्याउ खानुहोस्, डाक्टर टाढा राख्नुहोस्’ यो भनाई हामीले धेरै सुन्दै आएका हौं । तर अहिले आएर स्याउले मानिसलाई स्वास्थ मात्र होइन यसले महिलामा यौन सन्तुष्टि बढाउन पनि मद्दत गर्दछ । हालै

एक अध्ययनले महिलाले दिनहुँ स्याउ खाँदा उनीहरुको यौन क्षमतालाई स्वस्थ बनाउने र यौन सन्तुष्टि पाउन मद्दत गर्ने देखाएको छ ।स्याउमा पाइने पोलीफेनल र एन्टीअक्सिडेन्टले यौन अंगमा रगतको बहावलाई बढाउने र त्यसले महिलामा यौन क्षमता बढाउने र उत्तेजित हुन सहयोग गर्ने देखाएको छ । यस परिक्षणका लागि अध्ययनकर्ताहरुले इटाली ७३१ महिलाहरुलाई सहभागी गराएका थिए । उनीहरुको उमेर १८ देखि ४३ वर्षसम्मको थियो । यसबाट अध्ययनकर्ताहरुले दिनमा एक वा दुईवटा स्याउ खाने महिलाको यौनाङमा चिल्लोपना राम्रो हुने र समग्र यौन क्रियालकलाप राम्रो हुने देखाएको थियो । स्याउमा पाइने फ्लोरिजिनले पनि महिलाको सेक्स हर्मोनलाई स्वस्थ राख्न मद्दत गर्ने बताइएको छ । भिडियो हेर्न तलको बाकस थिच्नुहोस

काठमाडौं । खास गरी टिन एजका युवा युवतीमा अनुहारमा अनावश्यक गन्डीफोर आउने, काला दागहरु बस्ने समस्याले सताउने गरेको छ भने उमेर बढ्दै जाँदा छाला चाउरिने र अनुहारभरी दाग बस्ने समस्या प्रौढहरुमा देखिने गरेको छ ।
तपाईं पनि अनुहर कुरुप भयो भनेर चिन्तामा हुनुहुन्छ भने अब चिन्ता छाड्नुहोस् र अनुहारको दाग हटाउने उपाय गर्नुहोस् । यसकालागि तपाईंले ठुलो रकम खर्च गर्नुपर्दैन ।
अनुहारका दाग हटाउन मानिसले के के गर्दैन होला ? डन्डिफोर एउटा आएपछि हुरुरु आउन थाल्छ र एउटा विसो हुन कम्तीमा हप्ता दिन लाग्छ भने गहिरो दागहरु बसिरहेका हुन्छन् ।
यस्ता दागले टिनएजर्सहरुमा निराशा छाउने गर्दछ । यो उमेरमा युवा युवतीमा केहि परिवर्तन देखिन्छन् । यो उमेरमा रित, आवेग र चन्नलता बढी हुने हुँदा शरीरमा तेलीय पदार्थको उत्पादन धेरै हुने र यस्तो पदार्थले अनुहारमा दागहरु आउने गर्दछ ।
छालाका छिद्रहरु टालीदा अनुहारमा डन्डीफोर झनै बढी आउने भएकाले तपाईंले सवैभन्दा पहिले सरसफाईमा ध्यान दिनुपर्दछ । तर, अनुहार धुँदा धेरै रगेट्ने काम भने नगर्नुस् ।
हलुका तरीकाबाट अनुहारको सफाई गर्नुहोस । कपालमा तेल लगाउनुभएको छ भने अनुहारसम्म आउन नदिनुहोस् । तेतका कारण डन्डीफोर थप मौलाउने भएकाले कपाललाई रवरले बाँधेर राख्नुहोस ।
अनुहारमा बेला बेलामा हात लाने बानी छोड्नुहोस । हातको ब्याक्टेरियाले अनुहारमा भएको डन्डीफोरमा थप संक्रमण फैलाएर दाग बढाउँछ । अनुहास धुँदा सफा र हल्का तौलियाको मात्र प्रयोग गर्नुहोस् ।
धेरै पटक प्रयोग गरिएको तौलीयामा ब्याक्टेरीयाहरु हुन सक्छन् । पानीको बाफले अनुहार सफा गर्ने र सुख्खा राख्ने खालको क्रिम प्रयोग गर्नुस् । जथाभावि औषधिको प्रयोग नगर्नुस् । यती गर्नुभयो भने डन्डीफोरको संक्रमण हुने छैन । र तपाईंको अनुहार सफा र सुन्दर हुने छ ।
www.nepalsandesh.com भिडियो तल छ

मह खानका लागि मात्र राम्रो नभएर तपाईंको छालाको लागि पनि राम्रो हुने विभिन्न अध्ययनले देखाएको छ । यसको प्रयोग गर्नाले तपाईंको छालालाई चमक दिनको साथै त्यसलाई युवाहरुको जस्तै अवस्थामा कायम राख्न मद्दत गर्छ । यसमा एन्टि अक्सिडेन्टको साथै एन्टि ब्याक्टेरिया विशेषता पनि हुन्छन् ।
महलाई हरेक दिन छालामा यसरी प्रयोग गर्न सकिन्छः

यदी तपाईंको छालामा डन्डीफोर आएको छ भने त्यसलाई महको मद्दतले हटाउन सकिन्छ । डन्डीफोर आउन लागेको स्थानमा मह दल्नुपर्छ । यसमा चियापत्ति वा ल्याभेन्डरको तेल मिसाएर पनि प्रयोग गर्न सकिन्छ ।
मह र नरिवल वा जोजोबाको तेल प्रयोग गरेर छाला सफा गर्न प्रयोग गर्न सकिन्छ । यसले मेकअप हटाउनको साथै छालामा मोइस्चराइजरको रुपमा पनि काम गर्छ ।
सुख्खा छालाका लागि महसँग बनस्पती तेल र कागतीको रस मिसाएर छालामा लगाउने, त्यसलाई १० मिनेटसम्म त्यतिकै छाड्ने र धुने ।
www.ratopati.com

महिलाहरूको यौन अङ्ग विशेष गरेर अलि भित्र तिर हुने भएको हुनाले होला कतिपय महिलाहरूले पुरुषको दाँजोमा आफ्ना यौन अङ्गहरूलाई राम्ररी नियालेर हेरेका हुँदैनन्। आफ्नै अङ्गहरूका बारेमा आधारभूत जानकारी राख्नु आवश्यक कुरा हो। हस्तमैथुनको थालनी आफ्नो शरीरबारे, त्यसमा पनि विशेषगरी यौनअङ्गबारे जानकारी पाउने कार्यमा सहयोगी हुन सक्छ। विशेष गरेर किशोरावस्थामा यौन चाहना तीव्र हुँदा हस्तमैथुन यौनेच्छा  शान्त पार्ने एक राम्रो विकल्प हो।

महिलाहरूले हस्तमैथुन गर्दैनन् भन्ने ठान्नेहरू पनि छन् तर महिलाहरूले पनि हस्तमैथुन गर्ने गर्छन्। किन्सेले गरेको अध्ययनमा सोधिएकामध्ये ९२ प्रतिशत पुरुषले हस्तमैथुन गरेको कुरा बताएका थिए भने ६२ प्रतिशत महिलाहरूले, तर पछि गरिएका अध्ययनमा ८२ प्रतिशत महिलाले हस्तमैथुन गरेको अनुभव भएको बताएको छन्।

महिलाले कसरी हस्तमैथुन गर्न सक्छन् ?
महिलामा प्रत्यक्ष रूपमा योनिलाई नै यौनअङ्ग ठानिन्छ। महिलाहरूमा योनिबाहेक अन्य विभिन्न अङ्गहरू पनि यौनको दृष्टिकोणले संवेदनशील हुन्छन्। जस्तै कि भगक्षेत्र, ठूलो तथा सानो भगोष्ठ, भगाङ्कुर, स्तन। त्यसदेखि बाहेक मुख तथा अधर, नितम्ब, गुदद्वार, मलाशय, चर्म ९छाला० लाई हामीले यौन अङ्गका रूपमा लिने नगरे पनि हामीले पाउने धेरैजसो यौन सुख यही अङ्गबाट प्राप्त गरिरहेका हुन्छौं। जाँध, तिघ्राको भित्री भाग, धाँटी, काखी यौन संवेदनशील हुनसक्छन्। स्पर्शको अनुभूति विभिन्न किसिमको हुन सक्छन् जस्तै कि मर्दन, हल्का स्पर्स, सुम्सुम्याइ आदि।

पुरुषको भन्दा महिलाहरूको हस्तमैथुन गर्ने तरिकामा विविधता बढी हुन्छ। महिलाहरूले विभिन्न यौनअङ्गहरूलाई प्रयोगमा ल्याई हस्तमैथुन गर्ने देखिएको छ। हस्तमैथुन गर्दा यौन परिकल्पना एक महत्वपूर्ण पक्ष हो। हस्तमैथुन गर्दा आफूले चाहेअनुरूप यौन क्रियाकलापमा संलग्न व्यक्ति, स्थान अनि आसनको कल्पना गर्न सकिन्छ र यसमा मानसिक पक्ष सबल रूपमा जोडिएर आनन्द झन् थपिन्छ।

भगाङ्कुर चलाउनुः भगाङ्कुर चलाउनु वा यसको घर्षण नै महिला चरमसुखमा पुग्ने सबैभन्दा महत्वपूर्ण यौन क्रियाकलाप हो। यस्तै ९० प्रतिशत महिलामा यौन संवेदनशीलताको केन्द्रका रूपमा यो नै हुन्छ। आफूलाई सजिलो लाग्ने वा मन पर्ने कुराले यसलाई चलाउन सकिन्छ। चलाउने वा घर्षण गर्नेदेखि बाहेक दबाब दिने, विस्तारै हल्लाउने वा जोडले हल्लाउने वा यसलाई कुनै वस्तुमाथि थिच्ने जस्ता अनेक उपाय गर्न सक्नुहुन्छ। पानीको हल्का फोहराको प्रयोगलाई पनि कतिपय महिलाहरूले विशेष उत्तेजना प्रदान गर्ने कुराको रूपमा लिएका छन्।

योनिमा केही पसाउनुः योनिमा केही पसाएर यौन आनन्द लिन सकिन्छ। यसो गर्दा योनिमा पर्याप्त मात्रामा रस आइसकेको हुनुपर्छ र यौन उत्तेजना हुँदा यो स्वाभाविक रूपमा नै हुन्छ। यस्तो नभएको स्थितिमा अन्य कुनै चिप्लो पदार्थको प्रयोग भने बिर्सनुहुँदैन। यस्तो पसाउने कुरा सफा भएको कुरा सुनिश्चित गर्नुपर्ने हुन्छ।

यौन प्रसाधनको प्रयोगः भगाङ्कुर होस वा योनि, हस्तमैथुनमा औंलाको प्रयोग नै महत्वपूर्ण हुन्छ। औंला बहुउपयोगी हुने भएको हुनाले नै चाहेअनुरूप दबाब, गति, तरिकामा प्रयोग गर्न सकिन्छ जसले आनन्द थप्छ नै। यीदेखि बाहेका महिला शरीरको अन्य अङ्गहरूको स्पर्श, मर्दन वा सुम्सुम्याई यौन आनन्द पाउने कुरामा सहायक नै हुन्छन्।

अचेल यसरी यौन आनन्द लिने क्रममा महिलाहरूले यौन प्रसाधन वा वस्तुहरू पनि प्रयोग गर्न सक्छन्। कतिपयले पुरुषको लिङ्ग आकारको कृत्रिम वा प्राकृतिक वस्तु पनि प्रयोग गर्ने गर्छन्। अंग्रेजीमा ९भ्राइबेटर० भनिने यौन प्रसाधन विभिन्न किसिमको आकार तथा प्रकारमा पाइन्छन्। तुलनात्मक रूपमा यसको प्रयोगले यौन आनन्द प्राप्त गर्न सजिलो भएको हुनाले पनि यसलाई कयौं महिलाहरूले मन पराएका पनि छन्।

केही असर गर्छ कि ?
हस्तमैथुन एक स्वाभाविक प्रक्रिया हो त्यसैले यसले हानी गर्दैन। हस्तमैथुन गर्दा कौमार्य भङ्ग हुन्छ भन्ने कुरा सत्य होइन। योनिमार्गको द्वारमा हुने एक पातलो छालाको झिल्ली ९योनिच्छद, जसलाई अंग्रेजीमा हाइमेन भनिन्छ० च्यातिनुलाई नै कुमारित्व भङ्ग भएको ठानिन्छ, तर योनिच्छद छ वा छैन भन्ने आधारमा पहिले जस्तो कुमारित्वु  कायम भए नभएको कुराको मापन गर्ने जमाना अब रहेन। वास्तविक रूपमा कुमारित्व भङ्ग हुनु वा नहुनु भनेको कुनै व्यक्तिसँग यौन सम्पर्क भएको छ वा छैन भन्ने आधारलाई मान्दा हस्तमैथुन गर्नुलाई कुमारित्व भङ्ग हुने कारकको परिभाषामा राख्नै मिल्दैन। हस्तमैथुनले कतै योनि खुकुलो हुन्छ कि भन्ने चासो हुने भए पनि त्यसमा  सत्यता छैन।
फाइदा ?
सर्वप्रथम त हस्तमैथुनले यौनइच्छाको दमनबाट हुने तनावबाट मुक्ति दिलाउँछ। तनावबाट मुक्त मानिस बढी सकारात्मक रुपमा सिर्जनशील हुन सक्छ। यसरी यौन चाहना शान्त पार्न मद्दत पुर्‍याउने भएकाले कतिपय यौन अपराधलाई कम गर्न सहयोग पुग्छ भन्नेहरू पनि थुप्रै छन्। यस्तै हस्तमैथुनले अनावश्यक गर्भधारण, अन्य व्यक्तिसँगको यौनसम्बन्ध, यस्ता क्रियाकलापमा खर्च हुने धन तथा समयको दुरुपयोगबाट पनि बचाउँछ। अर्को व्यक्तिसँग यौन सम्पर्क नै नहुने भएकाले अहिले चर्चामा रहेका एचआईभीरएड्स वा अन्य यौनरोगहरू लाग्नबाट पनि बचाउने नै भयो। विवाहपछि पनि श्रीमान् श्रीमती दुवैजना मिलेर कसरी यौन आनन्द बढी लिन सकिन्छ भन्ने कुरामा कुराकानी वा छलफल गरेर विभिन्न प्रयोगहरूद्वारा दुवै जनालाई आनन्ददायी हुने उपायको खोजी र अबलम्बन गर्न सक्नु हुन्छ
www.etajakhabar.com
जाइफलको बासना नबोलेनि हाँसिराखन… । यो गीतमा झैं पक्कै तपाईँलाई पनि मायालुले हाँसिरहन भन्छन्÷/भन्छिन् होला । त्यसो भए कन्जुस्याई किन ? जब कि मुस्कानले मायालुलाई मात्र खुशी राख्दैन, यो आफैंमा प्राकृतिक दर्द निरोधक पनि हो ।

व्यस्त जिन्दगी, गरिवी, शोेषण, महँगी, बेरोजगारी, रोग र भोकले विश्वका एक चौथाई मानिस तनावमा छन् । हाम्रो समाजमा ७५ प्रतिशत मानिस विभिन्न रोगलगायतका कारणले यस्तो समस्या झेल्छन्् । यस्ता रोगहरू अव्यवस्थित र प्रकृृति विरोधी आहारविहार र शरीरका अंग अंगमा चाहिने अक्सिजन नपुग्नाले लाग्ने गर्छ ।

भित्री हाँसोले रक्तसञ्चार प्रणाली सक्रिय हुन्छ र प्रत्येक अंगमा अक्सिजन पुग्छ । गहिरो हाँसोलाई मानव जीवनको एक अमुल्य रत्नको मान्यता दिएर पछिल्लो समय विश्व मुस्कान दिवस (वल्र्ड लाफिङ्ग डे) समेत मनाउन थालिएको छ । हाँस्ने बेलामा शरीरमा एन्डर्फिन्स नामक हर्मोन बहन्छ । जसले पिडा कम गर्छ । हाँस्ने प्रक्रिया र मानसिक शान्तिकाबीच अटुट सम्बन्ध हुन्छ । गहिरो हाँसोले तनाव, प्रेसर, टाउको दुख्ने, हाड तथा नशाको दुखाई र क्यान्सरलगायतका रोगसँगको प्रतिरोधात्मक क्षमता विकास हुन्छ । मानिसलाई खुसि राख्ने अक्सिटोसिन हर्मोन बृद्धि हुन्छ । यसले आत्म विश्वास र निर्णय क्षमतासमेत बढाउँछ ।

उस्तै विचारका मानिस समूहवद्ध भई प्रत्येक दिन हाँस्नाले उक्त क्षेत्रमा इलेट्रोमैग्नेटिक लहर उत्पन्न हुन्छ । जसले त्यस स्थानलाई नकारात्मक शक्तिको प्रभावबाट जोगाउँदछ ।
त्यसैले किन दिल दुखाउनु ? किन रुनु ? आजैबाट दिल खोलेर हासौं र लाखौं पिडा र रोगबाट टाढै बसौं । एजेन्सि
www.etajakhabar.com
काठमाडौँ, भदौ १५ । थरुहट तराइ पार्टीका सभासद गोपाल दहितले कैलालीमा सुक्षाकर्मीले महिलाहरु माथि दुव्र्यबहार गरेको बताएका छन् । आन्दोलनका कारण पुरुषहरू घरमा नभएको अवस्था छोपी सुरक्षाकर्मीले राति महिलामाथि दुर्व्यव्यबहार गरेको भन्दै सभासद दहितले त्यस्ता दुश्कर्म तत्काल रोक्न माग गरेका छन्।

मंगलबार संसदमा बोल्दै दहितले विगतमा भएका सहमति विपरित केही नेताहरुले आफ्नो निर्वाचन क्षेत्र सुरक्षित गर्न गरेको सीमांकनका कारण तराई मधेस र थारुहरु आन्दोलित भएको बताए। उनले सरकारले फौजी शासनबाट नभई राजनीतिक तवरबाट समस्याको निकास खोज्न पनि सरकारलाई सुझाव दिए ।

www.etajakhabar.com
बैंकक :  बैंककमा केही समयअघि भएको बम विस्फोटनका मुख्य योजनाकारलाई प्रहरीले पक्राउ गरेको छ । स्थानीय समाचार माध्यमहरुले दिएको जानकारीअनुसार बैंककको सा काय प्रान्तमा ती योजनाकार पक्राउ परेका हुन् ।

प्रहरीकाअनुसार यसअघि पनि सो घटनामा सम्लग्न एक विदेशीलाई पक्राउ गरेको छ र मुख्य योजनाकारको खोजीका क्रममा मङ्गलबार ती व्यक्ति पक्राउ परेका हुन् ।


सो घटनामा विदेशीको हात रहेको बताउँदै आएको प्रहरीले आज पक्राउ परेका व्यक्तिको पहिचान भने खुलाएको छैन ।  दुई हप्ताअघि भएको सो बम हमलामा परी २१ जनाको ज्यान गएको थियो । सो आक्रमणमा परी दर्जनौँ व्यक्ति घाइते भएका थिए ।
annapurnapost.com
काठमाडौं । महोत्रीको जलेश्वरमा प्रहरीमाथि आक्रमण भएको छ ।आन्दोलनकारीले हिंस्राक गतिविधि गर्न थालेपछि रोक्न गएका प्रहरीमाथि आक्रमणकारीले आक्रमण गरेका हुन् ।
आन्दोलनकारीको आक्रमणमापरि आधा दर्जन प्रहरी घाइते भएका छन् भने दर्जन बढी आन्दोलनकारी पनि घाइते भएका छन् । प्रहरीले अवस्था नियन्त्रणमा लिन अश्रु ग्याँस प्रहार गरेको थियो । यता, वीरगञ्ज र बारामा भएको झडपका क्रममा प्रहरीले हानेको गोली लागी मृत्यु हुनेको संख्या पाँच पुगेको छ ।
वीरगञ्जमा भएको झडपमा परि भोला साह, सुमन कलवार, धर्मराज सिंह र दिनानाग साहको मृत्यु भएको छ । वीरगञ्जको नगवा चोक र राधेमाइ टोलमा भएको झडपमा उनीहरुको मृत्यु भएको हो ।
झडपमापरि घाइतेभएकाहरुको नेशनल मेडिकल कलेजमा उपचार भैरहेको छ भने गम्भिर अवस्थामा रहेका दुई जनालाई चिन्ताजनक अवस्थामा हेलिकोप्टर मार्फत् काठमाडौं ल्याइएको छ । यता बारामा पनि एक जना प्रदर्शनकारीको मृत्यु भएको छ ।
www.nepalsandesh.com
वीरगञ्ज, १५ भदौ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले वीरगञ्जका प्रहरी चौकीमा बम हानेका छन् ।
सोमबारदेखि तनावग्रस्त वीरगञ्जमा आन्दोलनकारीले सोमबार साँझ र मंगलबार स्थानीय प्रहरी चौकी र विटमा पेट्रोल र सुतली बम हानेको प्रहरीले जनाएको छ । आन्दोलनकारीको पेट्रोल र सुतली बम प्रहारबाट श्रीपुर र नगवा प्रहरी चौकीमा क्षति भएको छ । बम आक्रमणमा केही प्रहरी सामान्य घाइते भएका छन् ।
सोमबार स्थानीय प्रशासनले लगाएको कर्फ्यू तोड्दै प्रदर्शनमा उत्रिएका बन्दकर्ताले प्रहरी चौकीमा पेट्रोल र सुतली बम प्रहार गरेका हुन् । पर्साका प्रहरी उपरीक्षक दिवेश लोहनीने श्रीपुरमा प्रहरीमाथि हाते बम फालिएको र केही प्रहरी सामान्य घाइते भएको जानकारी दिनुभयो । ‘प्रदर्शनकारीहरु घरेलु हतियारसहित आक्रमणमा उत्रिएका छन्,’ उहाँले भन्नुभयो ।
चार प्रदर्शनकारीको मृत्यु
स्थानीय प्रशासनले लगाएको कर्फ्यू तोड्दै प्रदर्शनमा उत्रिएका मोर्चाका ४ आन्दोलनकारीको प्रहरीको हवाई फायरमा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख एसपी दिवेश लोहनीले कर्फ्यू तोड्ने क्रममा वीरगञ्जमा चार जना आन्दोलनकारीको मृत्यु भएको जानकारी दिनुभयो ।
प्रहरीको गोली लागेर मृत्यु हुनेमा पर्सा मनरियाका धर्मराज सिंह, दिनानाथ साह, सोहन साह कलवार र भोला साह कानु रहेका छन् । झडपमा घाइते केहीको अहिले उपचार भइरहेको छ ।
यसअघि सोमबार पनि वीरगञ्जमा प्रहरीको गोली लागेर दिलिप सिंह चौरसियाको मृत्यु भएको थियो ।
dainiknepal.com
काठमाडौं : राप्रपा नेपालका अध्यक्ष कमल थापाले हिन्दुराष्ट्र पुन:स्थापनाका लागि सबै पक्षसँग बृहद सहकार्यको लागि आव्हान गरेका छन्।

संविधानसभा घेराउपछिको जनसभालाई सम्बोधन गर्दै थापाले भने, 'अब हिन्दुराष्ट्र नभए कोहि सभासद लोगो लगाएर सडकमा निस्कन सक्ने छैनन्, म अनुरोध गर्छु त्यो अवस्था आउन नदिऊ।'


उनले नेपालको सार्वभौमिकतामाथि भारतीय मन्त्रीले धावा बोलेका बताउँदै प्रश्न गरे, किन हाम्रो सरकारले संसदमा उभिएर यसबारे चुँ सम्म गर्न सक्दैन ? उनले दमन गरेर,पुलिस प्रशासन प्रयोग गरेर संविधान जारी त होला तर त्यो टिक्दैन।

उनले हामी शान्तिपूर्ण प्रदर्शनमा सहभागी राप्रपालाई बल प्रयोग गरेर विकल्प खोज्न बाध्य नपारियोस् भन्ने चेतावनी दिए।'
annapurnapost.com
राजविराज :  बन्द हड्तालका कारण बिहान झिसमिसेमै हिंडेका एक कर्मचारीको मोटरसाइकल दुर्घटनामा मंगबलार मृत्यु भएको छ ।

विराटनगरबाट सिरहातर्फ जाँदै गरेको बा.१ ब ८६१६ नम्बरको मोटरसाइकल दुर्घटनामा परी मोटरसाइकल चालक जिल्ला जनस्वास्थ्य कार्यालयका तथ्यांक सहायक जिवछ पंजियारको मृत्यु भएको हो ।

बन्दकर्ताहरुले सरकारी मोटरसाइकल फेला पारे जलाई दिने डरले बिहान ३ बजे नै विराटनगरबाट निक्लिएका महोत्तरी मटियानी गाविस ३ का ३६ वर्षीय पंजियारको दुर्घटनामा मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।

दुर्घटनाग्रस्त मोटरसाइकलसहित बेहोस अवस्थामा रहेका जिवछलाई सशस्त्र प्रहरीको टोलीले फेला पारेका थियो । गनासिं सगरमाथा अंचल अस्पताल राजविराजमा उपचारको क्रममा उनको मृत्यु भएको अस्पतालले जनाएको छ
annapurnapost.com
रौतहट, १५ भदौ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आह्वानमा जारी आन्दोलनका क्रममा गत भदौ ८ गते प्रहरीको गोली लागि मृत्यु भएका राजकिशोर ठाकुरको शव आज उनका परिवारले बुझी लगेका छन् ।
सदरमुकाम गौरस्थित कवीर चोकमा आन्दोलनका क्रममा दङ्गाग्रस्त घोषित क्षेत्रमा प्रहरीको गोली लागी मठिया गाविस– ६ बस्ने २४ वर्षीय ठाकुरको मृत्यु भएको थियो ।
मृतक ठाकुरलाई भेट्न सद्भावनाका अध्यक्ष राजेन्द्र महतो अस्पताल पुगेका थिए । महतोले मृतक यादवका परिवारलाई कन्भिन्स गराएपछि शव आफन्तले बुझेका हुन् ।
मृतकलाई सहिद घोषणा र परिवारलाई क्षतिपूर्तिको माग राख्दै मोर्चा र मृतकका परिवारले शव बुझ्न नमानेकामा जिल्ला सुरक्षा समन्वय समितिले सहिद घोषणा तथा अन्य प्रक्रिया पूरा गर्न गृहमन्त्रालयमा पत्राचार गरेपछि शव बुझेर अन्तिम सद्गतका लागि लगेको प्रहरी उपरीक्षक प्रद्युन्न कार्कीले बताउनुभयो ।
उहाँका अनुसार जिल्ला सुरक्षा समन्वय समितिको बैठकले मृतक ठाकुरलाई सहिद घोषणाका लागि प्रक्रिया सुरु गरेको छ ।
मृतक ठाकुरलाई सहिद घोषणा, आश्रित परिवारलाई क्षतिपूर्ति तथा परिवारमध्ये एकजनालाई रोजगारीसहित पाँचबुँदे माग मोर्चाले जिल्ला प्रशासन कार्यालयमार्फत सरकारसँग राखेको थियो । केही दिन पहिले मोर्चाले आन्दोलनमा मरे शहिद घोषणा गराउने र ५० लाख क्षतिपूर्ति दिने घोषणा गरेको थियो । रासस
dainiknepal.com
१५ भदौ, काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले बालुवाटार र शीतलनिवास आसवासको थप स्थानलाई निषेधित क्षेत्र घोषणा गरेको छ ।
सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै निषेधित क्षेत्र बढाइएको प्रशासनले जनाएको छ । थप गरिएको निषेधित क्षेत्र सोमबारबाट लागू भएकोछ ।

राष्ट्रपति कार्यालय शीतलनिवास कम्पाउण्डको उत्तरतर्फ ५० मिटर तथा दक्षिणतर्फ पानीपोखरी जाने नेपाल प्रहरीको २ नम्बर गण जाने बाटोसम्म निषेधित तोकिएको छ । उपराष्ट्रपति कार्यालय, प्रधानमन्त्री निवास र सभामुख निवास आसपासमा पनि निषेधित लागू गरिएको छ ।
संविधानसभा भवन बानेश्वरको दक्षिणतर्फ पूर्वी कुना, दक्षिणमा मीनभवन क्याम्पस जाने बाटोको पश्चिम कुनादेखि पश्चिममा बानेश्वर चोकबाट ७५ मिटर पश्चिमको सडकसम्म निषेधित तोकिएको छ ।
पश्चिमतर्फ थापा गाउँ जाने बाटोको दक्षिण किनारादेखि नयाँ बानेश्वर चोकसम्म पनि निषेधित क्षेत्र तोकिएको स्थानीय प्रशासनले जनाएको छ ।
यसैगरी भद्रकाली मन्दिरपूर्व तीनकुने आइल्याण्डको पूर्वी कुनादेखि पूर्व सिंहदरबार मूलगेटसम्म, मूलगेट अगाडिदेखि पद्मोदय माविको मोडसम्म, मूलगेट अगाडिदेखि दक्षिणतर्फ माइतिघर मण्डलासम्म र बबरमहलस्थित जिल्ला अदालत प्रवेश मार्ग हुँदै जिल्ला प्रशासन कार्यालय, हनुमान मन्दिर क्षेत्रमा पनि निषेधित घोषणा गरिएको छ ।
माइतीघर मण्डलादेखि सिंहदरबार दक्षिण गेट हुँदै हनुमानस्थानसम्म पनि निषेधित क्षेत्र तोकिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।
‘निषेधित क्षेत्रमा जुलस, धर्ना, हुलदंगा जस्ता काम गर्न पाइँदैन’ सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखेरलले अनलाइनखबरसँग भने ।
www.onlinekhabar.com
पर्सा: पर्साको वीरगन्जमा आन्दोलनकारीले दुइ वटा सवारी साधनमा आगजनी गरेका छन्। उनीहरुले आन्तरिक राजस्व कार्यालयमा राखिएको बा १ झ २७ २५ नम्बरको सेन्ट्रो कार ना १झ ७९१ नम्बरको बलेरो जीपमाथि आगजनी गरेका हुन्।

आन्दोलनकारीले बिहानैदेखि कर्फ्यु आदेश उल्लंघन गर्दै प्रदर्शन गरिरहेका छन्। सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै स्थानीय प्रशासनले वीरगञ्ज उपमहानगरपालिका र आसपासका क्षेत्रमा सोमबार दिउँसो ४ बजेबाट नै अनिश्‍चितकालिन लगाएको कर्फ्यु लगाए पनि आन्दोलनकारीले भने कर्फ्युको उल्लंघन गर्दै पर्साको लक्ष्मणवा चोक, गण्डक, मुर्ली, छपकैंयालगायतका स्थानमा प्रदर्शन गरिरहरेका छन्।


प्रहरी र आन्दोलनकारीबीचको झडपमा परी मंगलबार १५ जना आन्दोलनकारी घाइते भएका छन्। यसअघि सोमबार भएको प्रदर्शनमा एक जनाको मृत्यु भएको थियो भने ३५ जना घाइते भएका थिए।
www.annapurnapost.com
काठमाडौँ, १५ भदौ । अब तपाइले बसमा यात्रा गर्दा दिसा पिसाबका लागी बिच बाटोमा रोकिनु नपर्ने भएको छ । अब बसभित्रै शौचालयको सुविधा भएको स्तरीय पर्यटकीय बस नेपाली बजारमा  पनि संचालनमा आएको छ ।

विगत छ वर्षदेखि पर्यटक बस सञ्चालन गर्दै आएको डेविट टुर्स एन्ड ट्राभल्सले दुईवटा आधुनिक सेवासहितको बस भदौको दोश्रो हप्तादेखि सञ्चालनमा ल्याएको हो । तीसजना यात्रु क्षमता भएको बस हाल पृथ्वी राजमार्गअन्तर्गत काठमाडौँ–पोखरा रुटमा चलेको ट्राभल्सका सञ्चालक दीपक भट्टराईले जानकारी दिनुभयो ।

हालसम्म काठमाडौँ–पोखरा बाटोमा चल्ने सामान्यखालका पर्यटकीय सवारी साधन चले पनि यो बसमा शौचालयका लागि बाहिर जान झन्झट गर्न नपर्ने सञ्चालक भट्टराई बताउँछन् । उनले भने “निःशुल्क वाइफाई, पानी, पत्रपत्रिका र फोल्डिङ सिट रहेकाले आरामदायी यात्रा गर्न सकिन्छ । स्विस प्रविधिबाट निर्माण गरिएका ती बस भारतबाट खरिद गरेर नेपाल भित्र्याएको उनले बताए ।

www.etajakhabar.com
काठमाडौं: राप्रपा नेपालले मंगलबार शक्ति प्रदर्शनसहित स‌ंविधानसभा घेराउ गर्दैछ। पार्टीका सहप्रवक्ता मोहन श्रेष्ठका अनुसार दिनको १२.०० बजे दशरथ रंगशाला जम्मा भएर अध्यक्ष कमल थापाको नेतृत्वको जुलुस संविधानसभा घेराउ गर्न नयाँ बानेश्वर आउने कार्यक्रम छ।

यस क्षेत्रमा सुरक्षा व्यवस्था कडा तुल्लाइएको छ। यसअघि पनि राप्रपाले संविधानसभा घेराउ गर्ने क्रममा झडप भएको थियो।हिन्दु राज्यको स्थापना र राजसंस्थालाई संविधानमा उल्लेख गर्नुपर्ने माग राख्दै राप्रपाले शक्ति प्रदर्शन गर्न लागेको हो।
annapurnapost.com
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Aug 24 (6)
  • Aug 23 (1)
  • Aug 19 (1)
  • Aug 18 (19)
  • Aug 17 (17)
  • Aug 16 (24)
  • Jan 24 (18)
  • Jan 23 (27)
  • Jan 22 (32)
  • Jan 21 (35)
  • Jan 20 (35)
  • Jan 19 (34)
  • Jan 18 (40)
  • Jan 17 (45)
  • Jan 16 (27)
  • Jan 15 (29)
  • Jan 14 (35)
  • Jan 13 (40)
  • Jan 12 (32)
  • Jan 11 (39)
  • Jan 10 (31)
  • Jan 09 (23)
  • Jan 08 (31)
  • Jan 07 (30)
  • Jan 06 (39)
  • Jan 05 (34)
  • Jan 04 (39)
  • Jan 03 (43)
  • Jan 02 (47)
  • Jan 01 (31)
  • Dec 31 (34)
  • Dec 30 (36)
  • Dec 29 (43)
  • Dec 28 (33)
  • Dec 27 (27)
  • Dec 26 (38)
  • Dec 25 (33)
  • Dec 24 (38)
  • Dec 23 (44)
  • Dec 22 (39)
  • Dec 21 (37)
  • Dec 20 (40)
  • Dec 19 (31)
  • Dec 18 (47)
  • Dec 17 (30)
  • Dec 16 (16)
  • Dec 15 (42)
  • Dec 14 (30)
  • Dec 13 (32)
  • Dec 12 (35)
  • Dec 11 (42)
  • Dec 10 (26)
  • Dec 09 (31)
  • Dec 08 (15)
  • Dec 07 (37)
  • Dec 06 (30)
  • Dec 05 (34)
  • Dec 04 (32)
  • Dec 03 (33)
  • Dec 02 (36)
  • Dec 01 (37)
  • Nov 30 (48)
  • Nov 29 (28)
  • Nov 28 (35)
  • Nov 27 (35)
  • Nov 26 (47)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (27)
  • Nov 22 (32)
  • Nov 21 (43)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (22)
  • Nov 17 (29)
  • Nov 16 (32)
  • Nov 15 (25)
  • Nov 14 (28)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (42)
  • Nov 09 (22)
  • Nov 08 (40)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (42)
  • Nov 01 (44)
  • Oct 31 (29)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (47)
  • Oct 27 (32)
  • Oct 26 (39)
  • Oct 25 (35)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (22)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (31)
  • Oct 02 (29)
  • Oct 01 (29)
  • Sep 30 (29)
  • Sep 29 (24)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (26)
  • Sep 25 (27)
  • Sep 24 (18)
  • Sep 23 (15)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (26)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (12)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (19)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (22)
  • Sep 07 (22)
  • Sep 06 (26)
  • Sep 05 (18)
  • Sep 04 (23)
  • Sep 03 (24)
  • Sep 02 (25)
  • Sep 01 (24)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (27)
  • Aug 28 (28)
  • Aug 27 (30)
  • Aug 26 (29)
  • Aug 25 (24)
  • Aug 24 (35)
  • Aug 23 (30)
  • Aug 22 (31)
  • Aug 21 (32)
  • Aug 20 (30)
  • Aug 19 (33)
  • Aug 18 (27)
  • Aug 17 (34)
  • Aug 16 (28)
  • Aug 15 (23)
  • Aug 14 (23)
  • Aug 13 (22)
  • Aug 12 (19)
  • Aug 11 (18)
  • Aug 10 (24)
  • Aug 09 (16)
  • Aug 08 (18)
  • Aug 07 (25)
  • Aug 06 (16)
  • Aug 05 (18)
  • Aug 04 (21)
  • Aug 03 (19)
  • Aug 02 (14)
  • Aug 01 (17)
  • Jul 31 (19)
  • Jul 30 (19)
  • Jul 29 (15)
  • Jul 28 (12)
  • Jul 25 (14)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home