• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
कार्तिक १९, २०७२- नेपालस्थित अमेरिकी दूतावासले नेपाल–भारतमा पैदा भएको राजनीतिक समस्याका कारण सृजना भएको इन्धन लगायत औषधि र खाद्यान्नको अभावले गम्भिर मानवीय संकट पैदा हुनसक्ने भन्दै गहिरो चासो व्यक्त गरेको छ ।



सीमामा जारी समस्याका कारण भूकम्प पीडितहरुलाई राहत पुर्‍याउन निकै कठिन हुन थालेको बताउँदै दूतावसद्वारा जारी प्रेस विज्ञप्तीमा यसको छिठो भन्दा छिठो समाधान खाेजिनुपर्ने बताइएको छ । ‘जाडो महिना सुरु भएको छ र भूकम्प पीडितलाई राहत पुर्‍याउन सकिएको छैन,’ विज्ञप्तीमा उल्लेख छ, ‘यसले गहिरो मानवीय संकट निम्त्याउन सक्छ । त्यसैले यो गतीरोधमा संलग्न सबै पक्षले आ–आफ्नो तर्फबाट गर्दै आइरहेको समाधानको प्रयासलाई दुई गुणा बढाउनु पर्छ ।’

उक्त विज्ञप्तीमा सबै पक्षको योगदानबाट मात्रै राजनीतिक वार्ताको सकारात्मक वातावरण निर्माण हुने र नयाँ संविधानमा सबैको भावना समेटिने उल्लेख गरिएको छ । यस्तै अमेरिका सदैव नेपालको प्रजातान्त्रिक अभ्यासको बाटोमा साथ दिने तथा पुनर्निमाणलाई सक्रियताका साथ सहघाउने बताएको छ ।kantipur.ekantipur.com


तपाईंले मेरो देशलाई नाकाबन्दी लगाएको कारण आज मेरो चित्ता दुखेको छ, मन फाटेको छ र आँसु झरेको छ । मोदीलाई जम्मु काश्मिरबाट एक भारतिय गोर्खा सैनिकको खुला पत्र
संग्राम किराती
प्रधानमन्त्री नरेन्द्र मोदी साहेब
म भारतीय सेनाको नवौ गोरखा राइफल्समा कार्यरत भारतीय गोर्खा सैनिक हुँ । म अहिले ड्युटीको क्रममा भारत(पाकिस्तानको सीमा क्षेत्र जम्मु काश्मिरको लेकमा छुु । भारतीय भूमिमा उभिएको छु । मेरो हातमा भारत सरकारको राइफल छ । यदि कसैले यो सीमामा भारतविरुद्ध तलमाथि गर्यो भने मैले उसलाई खत्तम पार्नु छ । पार्न सक्छुु । मेरो अहिलेको जिम्मेवारी यही हो । मैले भारत सरकारको बन्दुुक बोकेको आगामी मंसिरबाट १० वर्ष पुग्दै छ । भारतीय माटोमा मैले जीवन बिताएको पनि १० वर्ष नै भयो ।

म भारतीय माटोमा उभिएको छुु, मेरो हातमा भारतीय बन्दुुक छ, तर मेरो मन उतै नेपालमा छ, जहाँ मैले मेरा १९ वर्ष बिताएको छुु । फेरि पनि जानुु पर्नेछ त्यहीँ । मेरो बाल्यकाल जहाँ बित्यो, त्यहीँ बित्नेछ बुढेसकाल पनि । मेरो दिमाग, मेरो हृदय सबै सबै उतै छन् । सम्झिरहेको छुु, पूर्वी नेपाल भोजपुरको उही पिखुवा र इरखुुवाको चिसो पानी र असला माछा । सम्झिरहेको छुु, उही मैयुङ र सिलिचुुङ । मेरो भोजपुर, पिखुुवा, इरखुुवा सबै मेरा आकांक्षा हुन् । तर, यो जम्मु काश्मिर केवल जागिर हो मेरो । सिमानामा हामी छौ र तपार्इंहरू दिल्लीमा निर्धक्क सुतेर मीठो सपना देख्नुहुन्छ । हामी जम्मु काश्मिर र लद्दाखमा अनिदो भएकै कारण तपाईंहरू दिल्लीमा निदाउन सक्नुभएको छ ।

मलाई माफ गर्नुहोस्

तपाईंलाई सलाम गर्ने यो हातले आज कलम समात्यो । तपाईंले दिनुुभएको राइफलले तपाईंका दुश्मन विरुद्ध गोली निकाल्ने औँलाले अक्षर लेख्यो । म फेरि पनि माफी चहान्छुु, मैले भारतीय सेनाको नवौ गोर्खा राइफल्समा भर्ना हुँदा खाएको कसम केही छिनलाई भुुलेको छुु । मलाई थाहा छ, मैले सैनिक पेशामा रहँदा यस्तो लेख्नुु हुँदैन ।

मलाई यो पनि थाहा छ, यो सैनिक अनुशासन विपरीत हो । अझ मलाई यो पनि थाहा छ, मैले मेरो कर्तव्य भुल्दै छुु । कहिलेकाहीँ यस्तो पनि हुँदो रहेछ कि, अनुशासन र कर्तव्यभन्दा अरू नै बलशाली भएर आउँदा रहेछन् । हो, यसबेला मलाई भारतीय सेनाको कर्तव्य र अनुशासन भन्दा मैले १९ वर्ष बिताएको र अब धेरै वर्ष बिताउनुुपर्ने मातृभूमिको माया बलशाली भएर आएको छ । म जुन देशको सेवामा छुु, त्यही देशले आफ्नो देश माथि नाकाबन्दी गर्दा बहुतै चित्त दुख्दो रहेछ । मन फाट्दो रहेछ । आँशुु आउँदो रहेछ ।

यति सम्झिदिनुहोला, यो कुनै सैनिक विद्रोह होइन । यो त आँशुुको सचेतता हो । यति सोचिदिनुुभए पुग्छ, तपाईंको एउटा सैनिकले यत्रो पत्र लेख्ने हिम्मत कसरी जुटायो होला रु यति सम्झिदिनुहोला, यो कुनै सैनिक विद्रोह होइन । यो त आँशुुको सचेतता हो । यति सोचिदिनुुभए पुग्छ, तपाईंको एउटा सैनिकले यत्रो पत्र लेख्ने हिम्मत कसरी जुटायो होला रु हामी हजारौ नेपाली तपाईंको सेवामा छौ । हामी सबै गोर्खाली आज बेचैन छौ, किनभने तपाईंले हाम्रो देशमाथि नाकाबन्दी गर्नुभएको छ । मेरा आफन्ता, परिवार, साथीभाइ र मेरा देशवासीले तपाईंको नाकाबन्दीका कारण अत्यन्त कष्टकर जीवन बिताइरहेका छन् ।
यस कारण हजुरलाई यो पत्र लेख्ने धृष्टता गरेको हुँ । यति लेख्दालेख्दै मलाई थाहा छ, मेरा देशका केही मधेशी, थारू, मूलवासीहरू असन्तुष्ट छन् । उनीहरूको जायज मागको पक्षमा म पनि छु । तर, देशभित्रका असन्तुष्टि माथि खेलेर तपाईंहरूले सन्तुष्टि लिइरहनुुभएको छ । हो, मेरो असन्तुष्टि तपाईंहरूको त्यही सन्तुष्टिको विरोधमा हो ।

प्रधानमन्त्री साहेब

इतिहास लामो छ । कहानी धेरै छन् । दुई सय वर्ष पुग्यो, हामी गोर्खा सैनिकहरूले तपाईंहरूको भूमिको रक्षा गरेको । मेरो पुर्खाले भारतीय माटोका लागि रगत र पसिना बगाएका छन् । यो दुई सय वर्षमा लाखौँलाख नेपाली युवाले भारतीय माटोको रक्षाका लागि बेहिसाब खुन(पसिना दिएका छन् । हाल करिब ६५ हजारभन्दा बढी गोर्खाली सातवटा रेजिमेन्टमा कार्यरत छन् । हामीलाई थाहा छ, यी सातवटा रेजिमेन्टका ६५ हजारभन्दा बढी गोर्खाली भारतको सबैभन्दा ठूलो सम्पत्ति हुन् । जसले आबश्यक परे संसार हल्लाइदिन्छ । हल्लाएको पनि थियो । संसार हल्लाउनेले भारत हल्लाउँदैन र रु

इतिहासलाई फर्केर हेर्नुहोस्, साहेब

करिब एक वर्षअघि तपाईं हाम्रो देश नेपाल भ्रमणमा जानुभएको बेला हामीलाई असाध्यै खुशी लागेको थियो । हामीले हाम्रो पल्टनमा नम्बरी साथीहरूसँग खुशी मनाएका थियौँ । अझ तपाईंले जब नेपालको संविसानसभामा हामी गोर्खा सैनिकका बारेमा बोल्नुुभयो, त्यसले त हामीलाई झनै गर्व लागेको थियो । हामीले गरिरहेको सेवाको सार्थकता महसुस भएको थियो । तपाईंले नेपालको संसदमा भन्नुुभएको थियो, ‘भारत निर्माणमा गोर्खालीहरूको ठूलो बलिदान र योगदान छ । भारतले लडेको यस्तो कुनै पनि युद्ध छैन, जहाँ गोर्खालीको रगत नबगेको होस् ।’

हो, सत्य त यही हो । आज हामी गोर्खालीहरू जम्मु काश्मिरमा छौँ, लद्दाखमा छौँ । जहाँ(जहाँ भारतीय सिमाना छन्, त्यहाँ(त्यहाँ छौँ । भारतलाई सबैभन्दा बढी खतरा जहाँबाट छ, हामी त्यहीँ छौँ । सिमानामा हामी छौ र तपार्इंहरू दिल्लीमा निर्धक्क सुतेर मीठो सपना देख्नुहुन्छ । हामी जम्मु काश्मिर र लद्दाखमा अनिदो भएकै कारण तपाईंहरू दिल्लीमा निदाउन सक्नुभएको छ ।

यति भनिसकेपछि म तपार्इंलाई इतिहासको सम्झना गराउन चाहन्छुु । भारतको सैनिक इतिहास एकपटक पल्टाएर हेर्न अनुरोध गर्दछुु । हामी नेपाली युवाले तपाईंको देशका लागि कति युद्धका मोर्चाहरू सम्हालेका छौ । तपाईंलाई थाहा छ, समृद्धिको पहिलो शर्त शान्ति(सुरक्षा हो । शान्तिविना समृद्धि सम्भव नै छैन । हामी भारतको समृद्धिको पहिलो कारण हौ, किनभने भारतको शान्ति र सुरक्षामा गोर्खालीहरूको ठूलो हात छ । देशभित्रको आन्तरिक व्रिदोह र विदेशीसँगको युद्धमा गोर्खा सैनिकले कति योगदान गरेका छन् रु संसार भलिभाँती जानकार छ ।

सम्झौता पढ्नुहोस्

हामी कसैले प्रचार गरिएजस्तो भाडाका सिपाही कदापि होइनौ । ७ नोभेम्बर १९४७ मा ब्रिटेन, भारत र नेपालबीच भएको त्रिपक्षीय सम्झौताको आधारमा हामी भारतीय सेनामा भर्ती भएका हौ । कसैलाई लागेको होला, गोर्खालीहरू भाडाका सैनिक हुन्, जसले नुन दिएको छ उसकैको सोझो गर्नुपर्छ । हामी सबै मोर्चामा भारतको नुनको सोझो गरौँला, तर नेपाल र भारतको बीचमा झगडा भयो भने हामी नुनको सोझो गर्न बाध्य छैनौ ।

सम्झौताको ८ बुँदामा प्रस्ट लेखिएको छ, ‘नेपाल आफैँ युद्धमा संग्लन रहेको स्थितिमा ब्रिटिस तथा भारतीय सेनामा रहेका सबै गोर्खा सैनिकहरूलाई फिर्ता बोलाउने अधिकार नेपालसँग सुरिक्षत रहेको छ ।’ यस कारण हामी भाडाका सिपाही होइनौ । देशलाई संकट पर्दा हामी देशको पक्षमा गएर बढो ढुक्कका साथ लड्न सक्छौ । सम्झौताले यही भनेको छ ।

होला, नेपालले भारतसँग जोरी खोज्न सक्दैन, फेरि ६५ हजारभन्दा बढी नेपालीहरू आफ्नो सेनामा राखेर भारतले पनि त नेपालसँग निहुँ खोज्न त कसरी सक्ला र रु मैले भारत र नेपालबीच युद्ध हुन्छ भन्न खोजेको कदापि होइन । यो कुनै उत्तेजना पनि होइन । यतिबेला युद्ध कल्पनाको विषय पनि होइन । तर, यी तथ्य र सम्झौताहरू पनि तपाईं(हामीले सम्झिरहँदा राम्रो हुन्छ भन्ने हो । हामी भारत र नेपाल यस्तरी आपसमा बाँधिएका छौ कि चाहेर पनि भारतले नेपालविरुद्ध लड्न असाध्यै गाह्रो हुनजान्छ । यी सबै तथ्यलाई ध्यानमा राखेर दुवै देशले असल छिमेकी बनिरहनुभन्दा अर्को विकल्प छैन । होला, नेपालले भारतसँग जोरी खोज्न सक्दैन, फेरि ६५ हजारभन्दा बढी नेपालीहरू आफ्नो सेनामा राखेर भारतले पनि त नेपालसँग निहुँ खोज्न त कसरी सक्ला र रु तपार्इंहरूले गोरो चम्किलो अनुहारमा मात्रै देशको सुन्दर भबिष्य हेर्न छोडिदिनुहोस् । कालो अनुहारमा पनि सुन्दर देशको प्रतिविम्ब खोज्नुहोस् । चिम्सा आँखाभित्र पनि देशको उज्यालो खोज्नुहोस् । देश यसै बन्छ ।

अन्त्यमा नेपालका नेताहरूलाई

नेपाल माथिको भारतीय नाकाबन्दी गलत हो । तर, नेपालका नेताज्यूहरूले पनि आफ्नो आन्तरिक समस्या आफैँ समधान गर्न नसक्नुु कमजोरी हो । कही न कही कमजोरी भएकै कारण त आज नेपालमा भारत पस्यो । मेरो विचारमा मधेशी, थारु, अन्य उत्पीडित समुदायको जायज मुद्दालाई पनि भारतसँग जोडिदिनुु नेपालका लागि घातक हुन्छ । नेपालका मधेशी, थारू लगायतलाई एकातिर राख्नुहोस् । भारतलाई अर्कोतिर राख्नुहोस् । समस्या समधान हुन्छ । बाहिरकासँग लड्न सजिलो होला, सकिएला तर घरभित्रै झगडा अरूले खेले गाह्रो हुन्छ । हामीले जानेको युद्धको नियमले पनि यही भन्छ । तपार्इंहरूले गोरो चम्किलो अनुहारमा मात्रै देशको सुन्दर भबिष्य हेर्न छोडिदिनुहोस् । कालो अनुहारमा पनि सुन्दर देशको प्रतिविम्ब खोज्नुहोस् । चिम्सा आँखाभित्र पनि देशको उज्यालो खोज्नुहोस् । देश यसै बन्छ ।

मधेशीलाई पनि आफ्नै भन्नुहोस् । थारुलाई पनि आफ्नै सम्झिनुहोस् । सबै जातिलाई पनि आफ्नै भन्नुहोस् । तपाईंहरूले आफ्नो नभने अरू कसैले स्वार्थका लागि मेरो भनिदिन्छन् । मधेशी समृद्ध भए, थारू धनी भए, मूलवासी धनी भए, भारत धनी हुँदैन, नेपाल नै धनी हुने हो । बस यति भनौ । हिजो के थियो रु कसले के गर्यो रु त्यो मधेशी, थारु र मूलवासीले खोजिहिँड्ने विषय हुँदै होइन । फेरि हिजोकै जस्तो हुनुपर्छ भनेर तपाईंहरूले रोजिहिँड्ने कुरो पनि होइन । हिजोलाई समीक्षा गरेर भोलिका लागि आज काम गर्ने हो सबैले । इतिहास र पुर्खालाई गाली गलेर देश बन्दैन । पुर्खाले जस्तै चलाउन खोजेर पनि देश बन्दैन ।timenepal भिडियो हेर्न तलको बाकस थिच्नुहोस
आदरणीय कमरेड बाबुराम भट्टराई ‘लालध्वज’,
बिगत तीस बर्षदेखि अध्यक्ष कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सहकार्य गर्नुभयो र त्यो अबधिमा हजुरहरुले सधै ‘नयाँ शक्ति नयाँ बिचार’को प्रयोग गर्नुभएकै हो । त्यो अबधिमा कहिले रक्षात्मक परिस्थितिमा ‘नयाँ बिचार नयाँ शक्ति’को प्रयोगले शक्ति सन्तुलनमा पुगेकै हो, शक्ति सन्तुलनको परिस्थितिबाट पनि ‘नयाँ बिचार, नयाँ शक्ति र नयाँ उर्जा’ सहित रणनैतिक प्रत्याक्रमणमा पनि पुगेकै हो । ‘नयाँ बिचार नयाँ शक्ति’सहित बार्तामा पनि पटक पटक गएकै हो ।
‘नयाँ बिचार नयाँ शक्ति’सहित चुनावमा पनि गएकै हो, ‘नयाँ बिचार नयाँ शक्ति’को बिजय पनि भएकै हो, ‘नयाँ शक्ति नयाँ बिचार’सहित पालै पालो सरकार सञ्चालन गर्ने जिम्मा पनि अध्यक्ष प्रचण्ड र हजुरले पाउनु भएकै हो । ‘नयाँ शक्ति नयाँ बिचार’सहित पटक पटक अन्य राजनीतिक पार्टीलाई पनि सदुपयोग गरेकै हो । ‘नयाँ बिचार नयाँ शक्ति’सहित कहिले कसैलाई पछाडी पनि पार्नु भो, कहिले कसैको पछाडी परेको जस्तो गरेर अरुलाई सदुपयोग पनि गर्नु भएकै हो । फेरि पनि दोस्रोपटक ‘नयाँ शक्ति नयाँ बिचार लिएर चुनावी मैदानमा होमिनु भो नतिजा शक्ति सन्तुलन भन्दा पनि अझै नाजुक स्थिति मा पुग्नुभो, र पनि अध्यक्ष कमरेड प्रचण्डसँग हजुरको सहकार्यले ‘नयाँ शक्ति नयाँ बिचार’ले दुई ठूला पार्टीलाई घुमाइदिनु भएकै हो । संघीयता गणतन्त्र धर्मनिरपेक्षता सहितको संविधान ल्याउन हजुरहरुको ‘नयाँ बिचार नयाँ शक्ति’ले काम गरेकै हो । शक्ति सन्तुलनको स्थितिमा यति धेरै उपलब्धि पाउनु पनि ठूलो कुरा नै थियो जुन अहिले प्राप्त भएको छ ।
तपाईले नयाँ शक्तिको नाममा प्राप्त उपलब्धिलाई धोका दिनु भएको छ, यो धोकासहित माक्र्सवाद लेनिनवाद र माओवादको बिचार र प्रयोगले जसरी तपाइलाई यो हाइटमा पुर्याएको थियो अब अर्को माक्र्स नजन्मिदासम्म तपाईको राजनीतिक अस्तित्व पतनतिर जाँदै गरेको देखिरहेको छु ।
अध्यक्ष कमरेड प्रचण्डसँग हजुरको ३० बर्षे सहकार्यमा सधै ‘नयाँ बिचार नयाँ शक्ति र नयाँ प्रयोग’ गर्नुभयो र आज देशको संविधानमा केही नयाँ कुराहरु थपिएका छन् । शक्ति सन्तुलनको परिस्थितिमा पनि लगभग प्रमुख मुद्दाहरु एमाओबादी कै स्थापित भएको छ । जुन कुराहरु स्थापित गर्न हजुरहरुको महत्वपूर्ण भुमिका छ, हजुरहरुको नयाँ प्रयोगले सम्भव भएको हो ।
अब यी प्राप्त उपलब्धिलाई कार्यान्वयन गर्न र बाँकी उपलब्धिको लागि ‘नयाँ शक्ति नया बिचार र नयाँ प्रयोग’ गर्ने समय आएको थियो तर तपाईं अरु छुट्टै खालको ‘नयाँ शक्ति’ खोज्दै भौतारिदै हुनुहुन्छ । हिजो भुमिगत कालदेखि सार्बजनिक कालसम्म हजुरहरुले सधैं नयाँ बिचार दिनुभयो, नयाँ प्रयोगको अवधारणा ल्याउनुभयो, जसलाई हजुरको कयौं सहपाठीसहित फिल्डमा हामीले साथ दियौ र यो उपलब्धि हासिल भयो । तर, फेरि तपाईं आज यो उपलब्धिलाई संस्थागत गर्नुको साटो यसलाई मान्दैन भन्दै बाहिर बाहिरका केही ठूलाठालुसँग कुम जोड्दै अर्को कुन खालको नयाँ शक्तिको खोजीमा हुनुहुन्छ ? तपाईंको नयाँ बिचार नयाँ प्रयोग सधै पार्टीमा प्रयोग गर्नु भएकै थियो । अझै यो भन्दा पनि छुट्टै खालको नयाँ बिचार तपाइको दिमागमा आएको थियो भने पार्टीमा तपाईले प्रयोग गर्न सक्नुहुन्थ्यो, तपाईंलाई अध्यक्षसहित तमाम सहपाठीहरुले साथ दिन्थे, तर तपाईंले आफ्ना पूराना सहपाठीहरुलाई विश्वास गर्नुभएन, बाहिर बाहिर बिश्वासपात्रहरु खोज्दै हिड्नु भएको छ । तपाईले नयाँ शक्तिको नाममा प्राप्त उपलब्धिलाई धोका दिनु भएको छ, यो धोकासहित माक्र्सवाद लेनिनवाद र माओवादको बिचार र प्रयोगले जसरी तपाइलाई यो हाइटमा पुर्याएको थियो अब अर्को माक्र्स नजन्मिदासम्म तपाईको राजनीतिक अस्तित्व पतनतिर जाँदै गरेको देखिरहेको छु ।
dainiknepal.com
जेनेभा, १९ कात्तिक । मधेसमा संविधान जलाई वितण्डा मचाई रहेका सदभावना पार्टीका सहमहासचिव देवेन्द्र यादवले जेनेभामा नेपालको संविधान जलाएर राष्ट्रकै बेईज्जती गरेका छन् ।
जेनेभामा जारी अन्तर्राष्ट्रिय मानवाधिकार सम्मेलनमा सहभागी हुन पुगेका सदभावना नेता यादवले मानवअधिकार उच्चायोगको मुख्यालय अगाडि नै आफ्नै देशको संविधान जलाएका छन ।
मधेसमा सरकारको तर्फबाट आन्दोलनकारीहरूमाथि दमन भई रहेको प्रतिवेदन समेत पेस गरेको छ । नेपालमा भारतद्वारा गरिएको अघोषित नाकाबन्दीलाई अन्तर्राष्ट्रियकरण गरिनुपर्ने माग उठिरहेको बेला मधेसी नेताले नेपाल सरकारकै खिलाफ आफ्नो मुद्दाको अन्तर्राष्ट्रियकरण गर्न जेनेभा पुगेका थिए ।
नेपाल सरकारले आफ्नो शान्तिपूर्ण आन्दोलनमाथि दमन गरेको र आफ्नो मुद्दालाई नयां संविधानमा नसमेटिएको भन्दै सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले आफ्ना एक पदाधिकारी पार्टीका सहमहासचिवलाई जिनेभा पठाएका थिए ।
जनकपुरमा गत साता भएको मधेसी मोर्चाको बैठकमा सहभागी देवेन्द्र यादवलाई बैठक नसकिंदै जेनेभा उड्न लगाएका थिए ।
यही आईतबार दोहाको कतार हुँदै जेनेभा पुगेका देवेन्द्र यादवले थर्ड एलायन्सका दीपेन्द्र झासंगै जेनेभामा मधेसमा भएको मानवअधिकार उल्लंघनको भिडियो र राष्ट्रिय मानवअधिकार आयोग, एमनेष्टी इंटरनेशनल तथा ह्यूमन राईट वाच डगको प्रतिवेदन प्रस्तुत गरेका छन् ।
dainiknepal.com
कार्तिक १९, २०७२- भारतले पहिलोपटक नेपालमा गठित सत्य निरुपण तथा मेलमिलाप आयोगको प्रभावकारितामाथि प्रश्न उठाउादै द्वन्द्वकालमा भएका गैर न्यायिक तथा हिंसात्मक घटनामा जिम्मेवार रहेका पदाधिकारीमाथिको कारवाहीमा भैरहेको प्रकृयागत छानविनमा चासो राखेको छ ।

जेनेभास्थित राष्ट्रसंघीय नियोगमा जारी विश्वव्यापी आवधिक समीक्षा(युपिआर)का क्रममा बुधबार राति भारत सरकारका तर्फबाट स्थायी प्रतिनिधिले ‘नेपाल सरकारलाई सुझाव’ भन्दै बिभिन्न ५ बुँदामा सरोकार राखेका थिए । बिशेषत दुइ साताअघि एमाले अध्यक्ष केपी शर्मा ओली सरकारको गठन भएपछि ओली मन्त्रीमण्डल सदस्यका रुपमा एमाओवादीका अग्नी सापकोटा वनमन्त्री नियुक्त हुनासाथ सापकोटाको नाममा दिल्लीले ‘असन्तुष्टी जनाएको’ सूचना बाहिर आएको थियो । सापकोटा माओवादी पार्टीको शसश्त्र द्वन्द्वकालमा व्यक्तिहत्याको अभियोगमा मुछिएका नेताका रुपमा मानवअधिकार संघ/संगठन र बिभिन्न अधिकारवादी निकायले चिनाउँदै आएका छन् । अहिले ओली सरकारको मन्त्री रहेका सापकोटाको नियुक्तीले सत्य निरुपणको आम–सिद्धान्तमा प्रश्न उठाएको भन्दै भारतले जेनेभा मञ्चमा आयोगको प्रभावकारितामा संकेतमा सरोकार राखेको छ ।

यसैगरी, जेनेभा मञ्चमा उभिएर भारतले राष्ट्रिय मानव अधिकार आयोगको स्वतन्त्र अस्तित्व र आर्थिक स्वायत्ताबारे पनि चासो राखेको छ । भारतले महिला तथा बालबच्चाका लागि एक स्वतन्त्र आयोग गठन गर्न पनि नेपाललाई सुझाव दिएको छ । यो सुझाव दिने क्रममा उसले नेपालमा रहेको महिला अधिकार आयोगबारे ‘जानकारी नभएको’ संकेत गरेको छ ।    

भारतले जारी राखेको ‘अघोषित नाकाबन्दी’ले नेपाली समाजमा उत्पन्न गराएको राजनीतिक र आर्थिक संकटका बारे ध्यानाकर्षण गराउन संयुक्त राष्ट्र संघको जेनेभा बैठकमा पुगेका परराष्ट्र मन्त्री कमल थापाको भनाइमा प्रतिवाद गर्दै भारतले ‘नेपाली धर्नाकारीकै कारण निर्वाध ढुवानीमा अवरोध आएको’ पुरानै जवाफ दोहोर्‍याएको छ ।

जेनेभास्थित राष्ट्रसंघीय नियोगका भारतीय स्थायी प्रतिनिधि बीएन रेड्डीले मन्त्री थापाको भनाइमा तत्काल प्रतिवाद मन्तव्य राख्दै ‘नेपालमा राजनीतिक विकासक्रम हुन नसकेको र हिंसा, गैरन्यायिक हत्या तथा जातीय विभेदको स्थिति बढ्दो रहेको’ टिप्पणी गरेका छन् । बुधबार राति जेनेभाको राष्ट्रसंघीय मञ्चमा २३ औं विश्वव्यापी आवधिक समीक्षा(युपीआर) जारी रहेका बेला विश्वका ७९ देशले भाग लिएका थिए ।

नेपालमा संविधान जारी भएलगत्तै बिभिन्न घटनामा ४५ सर्वसाधारणको मृत्यु भएको सन्दर्भ उल्लेख गर्दै स्थायी प्रतिनिधि रेड्डीले ‘यी घटनाको सत्यतथ्य अनुसन्धान गर्न र यी प्रकृतिका गैरन्यायिक घटना फेरि नदोहोरिने विश्वस्त आधार पहिल्याउन’ नेपाल सरकारलाई आग्रह गरेका छन् । ‘नेपालमा देखिएको समस्या राजनीतिक प्रकृतिका हुन् र यिनलाई कुनै शक्ति वा सुरक्षा बलको पहुँच आधारमा समाधान गर्न सकिन्न,’रेड्डीले भने । ‘नेपाल सरकारलाई सुझाव’ भन्दै भारत सरकारका प्रतिनिधि रेड्डीले ‘संविधान निर्माण तथा लोकतान्त्रिकरण पद्धतीमा नेपालका सबै वर्ग र समुदायले स्वामित्व र सहभागिता जनाउन सक्ने स्थिति निर्धारण गर्न’ बुँदागत उपाय सुझाएका छन् ।

जेनेभा मञ्चमा भारतले नेपालमाथि जारी राखेको नाकाबन्दीबारे अन्र्तराष्ट्रिय मञ्चको ध्यानाकर्षण हुने गरी नेपालको भनाइ राख्न गएका परराष्ट्र मन्त्री कमल थापाले कुटनीतिक लवजमा ‘नाकाबन्दी’को साटो ‘अवरोध’ शब्द राखेर स्थितिबारे जानकारी गराएका थिए । उनले ‘सीमा नाकाहरुमा अत्यावश्यक बस्तुहरुको आपुर्तीमा अवरोध भएको’ भन्दै संकेतमा भारतले एउटा भुपरिबेष्ठित राष्ट्र नेपालको अन्र्तराष्ट्रिय कानुन अनुसारको अधिकार र स्वतन्त्रता खोस्ने काम गरेको आवाज उठाएका थिए । ‘हाम्रो क्षेत्रीय र अन्र्तराष्ट्रिय ब्यापार रोकिएको अवस्था छ, उद्योग–कलकारखाना धरासायी हुने अवस्थामा छन्,’मन्त्री थापाले भने, ‘हामी एकदमैं असहज अवस्थामाझ गुज्रिरहेका छौं ।’

मन्त्री थापाले नेपालको आन्तरिक राजनीतिक समस्या हल गर्न नेपाल आफैं सक्षम रहेको भन्दै भारतले गरेको नाकाबन्दी र संविधान निर्माण क्रममा राखिएका अनावश्यक अडान तथा शर्तमाथि ‘संकेतमा प्रश्न गर्दै’ भनेका थिए, ‘के नेपाललाई आफ्नो संविधान आफैं घोषणा गर्ने अधिकार छैन ?’

जेनेभा बैठक क्रममा प्रधानमन्त्री कार्यालयका सचिव कमलशाली घिमिरे, जेनेभास्थित नियोगका स्थायी प्रतिनिधि दीपक धितालसहितको उपस्थिति थियो । बैठक चलिरहेका बेला संयुक्त राष्ट्र संघको कार्यालय अगाडी युरोपस्थित नेपाली समुदायले भारतीय नाकाबन्दीविरुद्ध शान्तिपूर्ण प्रदर्शन गरेका थिए । जेनेभास्थित पत्रकार ददी सापकोटाका अनुसार राष्ट्रसंघीय नियोगका नेपाल प्रतिनिधि, कानून ब्यवसायी तथा नेपालबाट गएका प्रतिनिधिसहितको परामर्शमा आयोजित प्रदर्शनीले एउटा भुपरिबेष्ठीत र अन्र्तराष्ट्रिय कानून/सन्धीमा बाँधिएको मुलुकले पाउनुपर्ने निशर्त हक–अधिकारका पक्षमा सरोकार उठाएको थियो ।

kantipur.ekantipur.com
काठमाडौँ, १९ कात्तिक । सरकारमा सहभागी दलका शीर्ष नेतासँगको छलफलपछि मात्रै मन्त्रिमण्डल विस्तार हुने भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो दल नेकपा एमाले र अन्य दलकातर्फबाट बुधबार थप मन्त्री नियुक्ति गर्ने बताइए पनि अन्य दलसँगको छलफल बाँकी रहेकाले विस्तार हुन सकेन ।
एमाले स्थायी समितिको मङ्गलबारको बैठकले आफ्नो भागमा पर्ने मन्त्रीको चयनका लागि पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री ओलीलाई जिम्मा दिएको थियो ।
एमाले स्थायी समितिका सदस्य शङ्कर पोखरेलले गठबन्धनमा सहभागी दलका नेतासँगको छलफल सकिएपछि मन्त्रिपरिषद्ले पूर्णता पाउने बताउनुभयो ।
एमाओवादीले पाउने मन्त्रालयमा मन्त्री नियुक्ति भइसके पनि एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, मधेसी जनाधिकार फोरम लोकतान्त्रिक, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा माले, राष्ट्रिय जनमोर्चा, नेकपा संयुक्त लगायत दललाई दिइने मन्त्रालय र ती दलबाट आउने नामसहितका आधारमा मन्त्रिमण्डल विस्तार हुनेछ ।
तराई मधेसको आन्दोलनलाई वार्ताबाट समाधान गर्न तथा पेट्रोलियम पदार्थको अभावबारे राजनीतिक छलफल चलेको तथा राप्रपाका अध्यक्ष एवम् उपप्रधानमन्त्री÷परराष्ट्र मन्त्री कमल थापा विदेशमा रहनुभएकाले सरकारको पूर्णतामा ढिलाइ भएको हो । नेकपा संयुक्तले सरकारमा जानेबारेमा छलफल गर्न यही कात्तिक २० गते आफ्नो पोलिटब्युरो बैठक राखेको छ ।
स्थानीय विकास मन्त्रालय राप्रपा नेपालले पाउने निश्चित भए पनि अन्य साना दलको मन्त्रालय टुङ्गो लागेको छैन । एमालेले पाउने भनिएका अर्थ, रक्षा, सञ्चार आदि मन्त्रीमा योग्यता, क्षमता, प्रत्यक्षमा निर्वाचित, भूगोल, जाति, जनजाति, महिला, पुरुष, दलित आदि पक्षलाई ध्यान दिई निर्णय गर्न प्रधानमन्त्री ओलीलाई जिम्मा दिइएको छ ।
आकाङ्क्षी बढेका बेला एमालेभित्र आन्तरिक एकता सुदृढ बनाएर समावेशीताका आधारमा मन्त्री चयन गर्नु प्रधानमन्त्री ओलीका लागि चुनौतीपूर्ण देखिए पनि अब चाँडै पूर्णता पाउने एमाले नेताले जनाएका छन् । रासस
dainiknepal.com
काठमाडौं, १९ कात्तिक । भारतको अघोषित नाकाबन्दीकाबीच इन्धन आपूर्तिमा सघाइरहेको चीनले पनि अब नेपालमा नाकाबन्दी गर्ने दाबी गरिएको छ ।
भारतको नाकाबन्दीमा सीमामा धर्ना बसेर सहयोग गरिरहेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले अब चीनले पनि नेपालमा नाकाबन्दी गर्ने दाबी गरेको हो । यहाँ आयोजित पत्रकार सम्मेलनमा बोल्दै मोर्चामा आबद्ध सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले उत्तरी छिमेकी चीनले मधेस आन्दोलनलाई समर्थन जनाउँदै केही समयभित्रै नाकाबन्दी गर्ने दाबी गरे ।
महताले नाकाबन्दीलाई ‘बाध्यात्मक’ परिस्थितिसँग तुलना गर्दै मधेस आन्दोलनमा चीनले पनि ऐक्यबद्धता जनाइसकेको दाबी गरे । उनले भने- ‘संबिधानसभामा चुनावमा जान अन्तरराष्ट्रिय समुदायले दबाव दिएपछि २०६४ फागुन १६ मा हामीले सरकारसंग ८ बुँदे सम्झैता गरेर त्यतिबेलाको मधेस आन्दोलन रोक्यौं । माधव नेपाल र पुष्पकमल दहाललाई साक्षी राखेर गिरिजाप्रसादले सरकारको तर्फबाट गरेको सम्झैता यतिखेर सरकारले नमानेकोले अन्तराष्ट्रिय जगत यतिखेर हामीलाई साथ दिनुपर्छ ।’ कुटनीतिक निकायहरुका लागि यो नैतिक प्रश्न भएको उनले दाबी गरे ।
मधेस आन्दोलनमा सरकारले मानव अधिकारको गम्भीर उलंघन गरेको भन्दै उनले नेपाललाई गोली गट्ठा र इन्धन लगायत आपूर्ति रोक्नुपर्ने उनको धारणा थियो ।
dainiknepal.com
१९ कात्तिक, काठमाडौं । नेपालका अघोषित नाकाबन्दी गरेको भारतले संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदमा नेपालका माओवादीलाई निशाना बनाएको छ ।
स्वीटजरल्याण्डको जेनेभामा नेपालको मानवअधिकारसम्वन्धी छलफलमा भारतले यहाँका माओवादीलाई लक्षित गरेर द्वन्द्वकालीन घटनाको विषय उठाएको छ ।
भारतले अन्तराष्ट्रिय फोरममा नेपालको द्वन्द्वकालीन विषयलाई मानवअधिकारसँग जोडेर प्रश्न उठाएको सम्भवतः यो पहिलोपटक हो ।
यसअघि पश्चिमा देशहरुले मात्रै द्वन्द्वकालीन घटनामा आममाफी नदिन लबिङ गर्दै आएका थिए । भारत यस विषयमा मौन बस्दै आएको थियो ।
जेनेभामा भएको छलफललाई सम्बोधन गर्दै नेपालका उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले सीमानामा भएको अवरोधका कारण नेपालमा मानवीय संकटको खतरा रहेको बताए । यद्यपि मन्त्री थापाले नेपालमा भारतले नाकाबन्दी गरेको भन्न सकेनन् ।
तर, भारतचाँहि कडारुपमा प्रस्तुत भएको छ । नेपालमा नयाँ संविधान जारी भएपछि ४५ जनाको मृत्यु भएको दाबी गरेको छ । साथै उसले द्वन्द्वकालीन घटनालाई उठाएको छ । उसले कमल थापालाई जवाफ दिँदै भनेको छ- ‘त्यो अवरोधको कारण नेपालका आन्दोलनकारीहरु हुन् ।’
भारतीय वक्तव्यमा माओवादीको नाम लिइएको छैन, तर द्वन्द्वकालीन घटनाको छानविनका लागि गठित सत्य निरुपण तथा मेलमिलाप आयोगको चर्चा गरिएको छ । भारतले नेपालमा सत्य निरुपण तथा मेलमिलाप आयोग प्रभावकारी हुनुपर्ने र हिंसात्मक घटनाका जिम्मेवार व्यक्तिलाई कानूनी कठघरामा उभ्याउने सिफारिस कार्यान्वयन सुनिश्चित हुनुपर्ने अन्तरराष्ट्रिय फोरममा उठाएको छ ।
नेपालका माओवादीबारे लामो समयसम्म मौन बसेको भारतले अहिले आएर त्यो विषय उठाउनुको उद्देश्य नयाँ संविधान घोषणा र ओली सरकार गठनमा निणर्ायक भूमिका खेलेको एमाओवादी नेतृत्वलाई दबाव दिनु हुन सक्ने विश्लेषण गरिएको छ ।
भारतले नेपालमा जारी हिंसा, गैरन्यायिक हत्या तथा जातीय विभेदका घटनाको छानविन गर्न र त्यस्ता घटना पुनः घट्न नदिन आवश्यक उपाय अपनाउनुपर्ने बताएको छ ।
नेपालमा नयाँ संविधान घोषणासँगै राजनीतिक अवस्था बिग्रिँदै गएको, ४५ जनाको ज्यान गएको र मर्नेमा अधिकांश सर्वसाधारण रहेको भन्दै भारतले राजनीतिक समस्या समाधानमा प्रगति नभएकोमा आफ्नो चासो रहेको उल्लेख गरेको छ ।
नेपालको समस्या राजनीतिक प्रकृतिको रहेको र बल प्रयोग गरेर वा सैन्य विधिबाट यसको समाधान नहुने भारतले प्रष्ट पारेको छ । साथै संविधानमा सबै क्षेत्रलाई समेट्न तथा फराकिलो अपनत्व र सहभागिता जुटाउन पनि भारतले सुझाव दिएको छ ।
भारतले नेपालको मानव अधिकार आयोगको स्वतन्त्रता तथा वित्तीय स्वायत्तताका साथै महिला तथा बालवालिकाका लागि स्वतन्त्र आयोग गठन हुनुपर्ने पनि बताएको छ ।
www.onlinekhabar.com
काठमाडौं, १९ कात्तिक । तीन महिना अघि प्रहरी भिडन्तमा मारिएका राजधानीका डन कुमार श्रेष्ठ ‘घैंटे’ को दाहासंस्कार रोक्न नेता र डनहरु नै लागि परेका छन् ।
घैंटेका व्यवसायिक साझेदार एवम् कांग्रेस सभासद् जगदिश नरसिंह केसी र बाफलका डन समिरमान बस्नेतले दाहासस्कार रोक्न घैंटेको परिवारको सदस्यलाई धम्की दिने गरेको रहस्य खुलेको यूनाइटेड पोष्ट साप्ताहिकले छापेको छ ।
घैंटेको इन्काउन्टरपछि प्रहरीले बस्नेतको अबैध धन्दामाथि निगरानी बढाएपछि उनी फरार भई दिल्ली पुगेका छन् ।
बस्नेत र केसीले मकाउबाट शब बुझ्न आएकी घैंटेकी श्रीमती पिंकी शेर्पालाई शब नजलाउन धम्की दिंदै आएका छन् ।
बस्नेतले आफ्नो श्रीमती मार्फत घैंटेको श्रीमतीलाई शब नबुझ्न दबाब दिएका थिए । प्रहरी मुठभेडमा घैंटे मारिनु भन्दा एक महिना अघिमात्र पिंकी रोजगारका लागि मकाउ पुगेकी थिईन् ।
घटना भएको दुई महिना पछि उनी दाहासंस्कारको लागि काठमाडौंमा आइपुगेकी हुन् । तर, घैंटेका आफन्त र रानीवारीका छिमेकीले उनलाई सहयोग गरेपनी घैंटेका दाजु दाबी गर्ने राजु श्रेष्ठले पनि शब नबुझ्न दबाब दिने गरेको स्रोत बताउँछ ।
पिंकी बिगत तिन बर्षदेखी घैंटेसँगै रानीवारीकै घरमा बस्दै आएको स्थानिय बासिन्दा बताउँछन् । घैंटेको सम्पत्तिमा आँखा लगाउँदै आएका केही गुण्डा र उनका आफन्त तथा नेताले भने घैंटेको लाशमाथि राजनीति गर्दै आएका छन् ।
घैंटेकी श्रीमती पिंकीले शब बुझेर दाहासंस्कार गर्छु भन्दा पनि नेता केसीले शव नजलाउन सबैभन्दा बढी दबाब दिन गरेको स्रोत बताउँछ ।
बाफलका डन एवम् घैंटेका उत्तराधिकारी बस्नेतले आफ्नी श्रीमती मार्फत घैंटेका परिवारलाई शबको दाहासंस्कार नर्गन धम्की दिने गरेको सूचना पाएपछि महानगरीय प्रहरी परिसर काठमाडौंले बस्नेतकी श्रीमतीलाई पक्राउ गरी सोधपुछ गरेको परिसर स्रोतले बताएको छ ।
दाहासंस्कार गर्न नपाएको भन्दै पिंकी प्रहरीमा पुगेपछि यो घटना बाहिर आएको हो । घैंटेको दाहासंस्कार नर्गन कांग्रेसका केही नेताले आफूलाई धम्क्याउने गरेको गुनासो उनले प्रहरी समक्ष बताएकी थिइन् ।
घैंटेको मृत्युपछि सभासद् केसीलगायतका आधा दर्जन नेताले न्यायिक छानबिनको माग गर्दै आएका थिए । तर सरकारले प्रहरीसँग भएको दोहोरो भिडन्तमै घैंटेको मृत्यु भएको जानकारी गराएपछि उनीहरुले घैंटको लासमाथि राजनीति गर्दै आएका हुन् ।
dainiknepal.com
परासी, १९ कात्तिक । मधेसी मोर्चाले नवलपरासीमा बन्दलाई केही खुकुलो पारेपछि जिल्लाको सदरमुकाम परासीमा चहलपहल सुरु भएको छ ।
चाडपर्वलाई लक्षित गरी मोर्चाले बन्दलाई केही खुकुलो पारेसँगै बजार सञ्चालनमा आएपछि सर्वसाधारणले केही भए पनि राहतको महसुस गरेका छन्
बन्द खुकुलो भएपछि खुलेका पसलमा दैनिक उपभोग्य सामान लिन उपभोक्ताको भीड लागेको छ । लामो समयसम्म भएको बन्दको फाइदा उठाउँदै बजारमा बिक्री हुने दैनिक उपभोग्य सामानमा कालोबजारी हुँदै गरेको उपभोक्ताले बताएका छन् ।
खाद्यान्नलगायतका दैनिक उपभोग्य सामानको कृत्रिम अभाव देखाउँदै अन्य समयको तुलनामा महँगोमा बिक्री वितरण हुँदै आए पनि प्रशासन भने मौन रहेको स्थानीयवासीले गुनासो गरेका छन् । रासस
dainiknepal.com
काठमाडौं । नेपाली कांग्रसले मधेसी मोर्चासँग वार्ता गर्न गठित सरकारी वार्ता टोलीमा बस्न अस्विकार गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति सुशील कोइरालाबीच भएको भेटवार्तामा कोइरालाले ओलीको प्रस्ताव अस्विकार गरेका हुन् ।
ओलीसँगको भेटमा कोइरालाले सरकार सञ्चालनका लागि एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको उच्चस्तरीय राजनीतिक समन्वय समिति र सरकारी वार्ता टोलीले बोलाएको बैठकमा सहभागी हुन नसकिने जानकारी दिए ।
कांग्रेस सभापति कोइरालाले मधेसी मोर्चासँग वार्ता गर्न प्रमुख दलका नेता सम्मिलित सर्वदलीय या संसदीय समिति बनाउन प्रस्ताव गरेको बताइएको छ ।
त्यस क्रममा सभापति कोइरालाले कांग्रेस नेतृत्वको सरकारले ल्याएको संविधान संशोधनको विधेयकलाई अघि नबढाइएकोमा प्रधानमन्त्रीसँग असन्तुष्टिसमेत जनाएका थिए ।
www.nepalsandesh.com
काठमाडाैं, कात्तिक १९ । तपाईं खाली सिलिन्डर बोकेर ग्यासको लाइनमा जान खोज्दै हुनुहुन्छ र ग्यास कहाँ पाइन्छ भन्ने जान्न चाहनुहुन्छ भने आयल निगमले सञ्चालनमा ल्याएको ०१–४२६२५८६ मा फोन गर्नुस् ।

तपाईंको नजिकै कुन डिपोबाट कुन ब्रान्डको ग्यास वितरण भइरहेको छ भन्ने जानकारी पाउनुहुन्छ । आयल निगमका वितरण विभाग निर्देशक मुकुन्द घिमिरेले मुलुकभित्र पसिसकेका ग्यास बुलेटदेखि डिलरमार्फत वितरण हुने सिलिन्डरसम्मको जानकारी दिन ‘कन्ट्रोल रुम’ को व्यवस्था गरिएको बताए ।

सोही कन्ट्रोल रुममा रहेको फोन नम्बरबाट सर्वसाधारणले उपत्यकामा वितरण हुने ग्यासका बारेमा जानकारी लिन सक्ने उनले बताए । ‘हामीले ग्यास वितरणबारे सर्वसाधारणलाई जानकारी दिन ०१–४२६२५८६ नम्बरको टेलिफोन जडान गरेका छौँ । सो नम्बरमा सर्वसाधारणले फोन गरे कुन–कुन डिलरमा कुन कम्पनीको ग्यास वितरण भइरहेको छ भन्ने जानकारी दिनेछौँ,’ निर्देशक घिमिरेले भने । कन्ट्रोल रुममा विवरण संकलन गर्न उद्योगी र विक्रेताले पनि सघाइरहेका छन् ।

भारतको नाकाबन्दीपछि गत शुक्रबारबाट मात्रै मागभन्दा अन्यन्त कम परिमाणमा ग्यास आइरहेका छन् । उपत्यकामा दैनिक ३० बुलेट (३७ हजार ५ सय सिलिन्डर) माग भए पनि हाल औसतमा दैनिक ५ बुलेट (६ हजार २ सय ५० सिलिन्डर) मात्रै आयात भइरहेको निगमले जनाएको छ । काठमाडौं भित्रिएकै ग्याससमेत उद्योगीले होटेल, रेस्टुरेन्ट र नेताका घरमा पुर्‍याउँदा सर्वसाधारणले पाउन सकेका छैनन् । बिहीबारबाट राजधानीका लागि ग्यास भित्रिए पनि उद्योगीले उद्योग परिसर र गोदामबाट ग्यास बिक्री गरेपछि सर्वसाधारणले सास्ती खेपेका थिए । उद्योग परिसरमा टाढा–टाढाबाट ग्यास लिन उपभोक्ता पुग्न थालेपछि सरकारले सोमबार डिलर (पसल) मार्फत नै ग्यास बिक्री गर्न कडाइ गरेको थियो ।

त्यसपछि डिलरलाई ग्यास उपलब्ध गराउन राजी भएका उद्योगीकै सहयोगमा निगमले कन्ट्रोल रुम राखेको थियो । सो कन्ट्रोल रुममा उद्योगीले कुन–कुन कम्पनीका ग्यास आए र कति सिलिन्डर भरेर कुन–कुन डिलरमा पठाइएको छ भनेर डिलरको नाम र स्थानसहितको विवरण निगमलाई पठाउन थालेका छन् । सर्वसाधारणले ग्यासबारे जिज्ञासा राखे निगमले उद्योगीबाट प्राप्त गरेको विवरण जानकारी गराइदिनेछन् । उपभोक्ताले कहाँबाट फोन गरेको हो त्यसबारे जानकारी गराएपछि निगमले सो क्षेत्रबाट नजिक कहाँनेर कुन कम्पनीको ग्यास सिलिन्डर बिक्री भइरहेको छ भन्ने जानकारी गराउँछ ।नयाँ पत्रिका दैनिकमा खबर छ ।

काठमाडौं – भारतीय संस्थापननिकट मानिने पत्रिका नवभारत टाइम्सले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतीय प्रधानमन्त्रीलाई थर्काउने पहिो प्रधानमन्त्रीका रुपमा चित्रित गरेको छ । नेपाल–भारतबीचको अमूल्य सम्बन्ध जोगाउनै पर्ने वकालत गर्दै नवभारत टाइम्सले सम्पादकीयमार्फत ओलीलाई भारतीय संस्थापनसमक्ष कडा रुपमा प्रस्तुत हुने नेपालको पहिलो प्रधानमन्त्रीका रुपमा चित्रित गरेको हो

सो पत्रिकाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गलत नीतिका कारण नेपालले पहिलोपटक भारतभन्दा अर्को मुलुकबाट इन्धन आपूर्ति गरेको किटानीसमेत गरेको छ । आजको राजधानी दैनिककमा खबर छ ।

www.ratopati.com
काठमाडौं, १९ कात्तिक । पूर्व यूवराज पारस शाह विगतमाझैं डिस्को र रेष्टुरेन्ट गएर झगडा गर्न थालेका छन् ।
थाइल्याण्डमा रेटुरेन्ट तोडफोड गर्दा पक्राउ परेका उनले केही दिनअघि काठमाडौंमा पनि एक रेष्टुरेन्टमा तोडफोडको प्रयास गरेको यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।
गत शनिबार बेलुका लाजिम्पाटको त्रिसरा रेष्टुरेन्टमा उनले बियरको बोतल फुटाएर रेष्टुरेन्टकै मालिकसँग झगडा गरेका हुन् ।
रेष्टुरेन्टको भित्री कोठामा गएर बसेका उनले मदिरा पिएर आफ्नै साथीहरुसँग झगडा गरेका हुन् । रेष्टुरेन्टका मालिकलाई समेत घाँटी थिचेर उनले कुट्ने प्रयास गरेका थिए ।
पछि झगडा भएको खबर प्रहरीले पाएपछि महानगरीय प्रहरी वृत्त दरबारमार्गका डिएसपी रमेश बस्नेतले रेष्टुरेन्टमा प्रहरी टोली पठाएका थिए ।
त्यतीबेला झगडा साम्य भइसकेको थियो । रेष्टुरेन्टमा मदिरा पिएर बसेको खबर पाएपछि प्रहरी भने हस्तक्षेप नगरी पार्किङमा बसेको थियो ।
बेलुका करिब साढे १० बजे उनी फर्किएपछि प्रहरी पनि फर्किएको थियो । बा ११ च ४११५ नम्बरको गाडी चढेर उनी फर्किएका थिए ।
खराब आचरणकै कारण उनलाई पूर्वराजा ज्ञानेन्द्रले निर्मल निवासमा छिर्न दिएका छैनन् । काका धीरेन्द्रका छोरीको परिवारसँग उनी बस्दै आएको स्रोत बताउँछ ।
लागूऔषध सेवन गर्ने तथा रेष्टुरेन्टमा झगडा गरेकै कारण पारस थाइल्याण्डमा जेल नै बस्नुपरेको थियो ।
करिब ६ महिना अघि नेपाल आएका उनी उनी सुरुमा घरभित्रै मदिरा र लागूऔषधमा रमाएपनि पछिल्लो समय डिस्को र रेष्टुरेन्ट धाउन थालेका छन् ।
थाइल्याण्डमा केही महिना जेल बसेपछि उनी धरौटीमा छुटेलगत्तै नेपाल आएका हुन् । पछिल्लो समय पूर्वयूवराज्ञी हिमानीले समेत उनको वास्ता गर्न छाडेकी छिन् ।
बैंककमा थाई प्रेमिका कन्निकासँग बस्दै आएको थाहा पाएपछि हिमानीले पारसको वास्ता गर्न छाडेकी हुन् ।
बैंककमा हुुँदा गम्भीर किमिसको हृदयघातबाट पनि उनी बच्न सफल भएका थिए । मदिरा र लागूऔषध सेवन नगर्न उनलाई चिकित्सकले कडा चेतावनी दिएपनि उनले छाडेका छैनन् । नर्भिक अस्पतालमा उनी नियमित चेकिङमा जाने गरेका छन् ।
dainiknepal.com
नयाँदिल्ली: भारतका विपक्षी दलहरूले नरेन्द्र मोदी नेतृत्वको सरकारको नेपाल नीतिप्रति तीव्र आक्रोश पोखेका छन्।

भारतीय कांग्रेस आईका प्रवक्ता मनीष तिवारीले अन्नपूर्णसँग कुरा गर्दै मोदी सरकारले नेपालको आन्तरिक मामिलामा तीव्र हस्तक्षेप गरेकै कारण नेपालसँग अब चीनको साथ खोज्नुको विकल्प नदेखिएको टिप्पणी गरे।


‘नेपालले संविधान जारी गर्ने अन्तिम तयारी गरिरहेका बखत प्रतिनिधि पठाएर भारत सरकारले मुडेबल देखाएर हस्तक्षेप गर्नु बाञ्छनीय थिएन। पक्कै पनि भारतका आफ्नै रणनीतिक स्वार्थहरू छन्। तर संविधान जारी गर्दा भएको भारतको हस्तक्षेपबाट भारत नेपालमा अलोकप्रिय बनेको छ,' उनले भने।

प्रवक्ता तिवारीले भारतले नेपालप्रतिको आफ्नो पोजिसन पुनर्विचार गर्नुपर्ने पनि सुझाव दिए। उनले भारतको हस्तक्षेप बढेपछि नेपालले चीनको साथ र सहयोग खोज्नु बाध्यतात्मक रूपमा निर्विकल्प भएको बताए।'हामीले नेपालसँगको सम्बन्ध ह्यान्डल गर्न नसक्दा ऊ चीनतिर धकेलिनु भारतका लागि अत्यन्तै दुर्भाग्यपूर्ण छ,' उनले भने।

तिवारीले भारतीय जनता पार्टीले राष्ट्रिय स्वयंसेवक संघलाई खुसी पार्नकै लागि नेपालमा हिन्दु राष्ट्रको एजेन्डा प्रवद्र्धन गरिरहेको बताए। 'बीजेपी अहिले संविधानबाट अलग पारिएका (मधेसी) हरूको मुद्दामा होइन कि धर्म निरपेक्ष बनाइएकोमा होइन कि धर्मनिरपेक्ष बनाइएकोमा नेपालसँग बढी रुष्ट भएको हो,' उनले भने।

प्रवक्ता तिवारीले नेपाललाई संविधानमार्फत हिन्दु राष्ट्र घोषणा गर्नका लागि दबाब दिन भारतीय प्रधानमन्त्री मोदीले विदेशसचिव एस जयशंकरलाई संविधान जारी हुने अन्तिम समयमा नेपाल पठाएको बताए।उनले भारतले नेपालमा प्रभाव राख्न सक्नुपर्ने बताउँदै बीजेपीलाई मुडेबलका आधारमा त्यसो नगर्न सुझाए।

नेपालले अहिलेको आफ्नो मुद्दा आफैं समाधान खोज्नुपर्ने र भारतले त्यसमा सहयोगी संवादकर्ताको भूमिकामा सघाउनुपर्ने बताए। 'चीनतिर हुनेगरी बीजेपीले जबजरस्ती नेपाललाई धकेल्नु उचित भएन,' उनले भने।

भारतीय नेसनलिस्ट कंग्रेसका महासचिव डीपी त्रिपाठीले भारतीय नागरिक मधेस आन्दोलनमा मारिनु दुर्भाग्यपूर्ण रहेको बताए। उनले मधेस आन्दोलन नेपाल आफैंले समाधान गर्नुपर्ने पनि बताए।

उता भारतीय कम्युनिस्ट पार्टी माक्र्सवादीका नेता योगेन्द्र शर्माले भारतको विदेश नीति नेपाल मामिलामा फेल भएको बताए। उनले पाकिस्तान र नेपाललगायत सबैतिर मोदीको विदेश नीति फेल भएको बताए।

नेपालको संविधान स्वागत नगरेर भारतले गल्ती गरेको उनको भनाइ थियो। 'भारतको अहिलेको नेपाल नीति भारत आफैंलाई घातक छ,' उनले भने।
annapurnapost.com

वि.सं. २०७२ साल कात्तिक १९ गते। बिहीबार। इश्वी सन् २०१५ नोभेम्बर ५ तारिख। नेपाल संवत् ११३५ कौला गा। कार्तिक कृष्णपक्ष। तिथि– नवमी, ११:०७ बजेउप्रान्त दशमी।उपप्रा. लक्ष्मीप्रसाद बराल

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
समयको गतिलाई पछ्याउन नसक्दा अलि दुःख पाइएला। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहन सक्छ। गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ। आफ्नो प्रतिभा अरूलाई देखाउन सकिनेछ। लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ। प्रयत्न गरेका काम ढिलै सम्पादन भए पनि उपलब्धि राम्रै पाइनेछ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
विगतका निर्णयले काम बिग्रन सक्छ। बेसुरमा वचन दिने बानीले दुःख पाइनेछ। मान्यजनको सुझावप्रति विश्वास नलाग्न सक्छ। महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ। काम बिग्रने डरले पनि सताइरहनेछ। पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ। परिवारमा आमाको सहयोगबाट काम सम्पादन हुन सक्छ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
विभिन्न उपहार प्राप्त हुने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ। गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। कृषिमा कामको चाप र चौपायामा केही समस्या देखिए पनि प्रशस्त धन आर्जन हुने समय छ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
बोलीको गलत अर्थ लाग्नाले मान–सम्मानमा पनि आघात पुग्न सक्छ। विचार सम्प्रेषण गर्न केही समय पर्खनु बुद्धिमानी हुनेछ। बिस्तारै फाइदा उठ्ने योग छ। विगतमा सम्पादित कामबाट धन लाभ हुनेछ। पठन–पाठनमा बिस्तारै प्रगति हुनेछ। समस्या दर्साउँदा शुभचिन्तकहरूले साथ दिनेछन्। अनावश्यक वादविवादमा परिने समय भएकाले सजग रहनुपर्नेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
इच्छाशक्ति बढ्नुका साथै प्रयत्न गरेको काम छोटै समयमा पूरा हुन सक्छ। परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिनेछ। प्रशंसकहरू बढ्नेछन्। विशेष समारोहबीच मान–सम्मान, प्रतिष्ठा आदि पाइनेछ। स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। परिवारजनसँग आत्मीयता बढ्नेछ। प्रेम र मित्रताको गाँठो कसिनेछ। फुर्सद नमिले पनि प्रतिष्ठित काम गर्ने अवसर जुट्नेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
समयमा होश नपुग्नाले खर्च मात्र हुनेछ। प्रलोभन देखाउनेहरूले फसाउन सक्छन्। मेहनत गर्दागर्दै पनि उपलब्धि प्राप्त गर्न मुस्किलै पर्ने समय छ। शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्नाले पनि दुःख पाइनेछ। परिवारजनबाट टाढिनुपर्ला। आफ्नै कमजोरीले काममा बाधा हुने सम्भावना देखिन्छ। सद्विचारले अभिप्रेरित हुनेहरूलाई भने फाइदै हुनेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। काम देखाएर लाभ उठाउने समय छ। श्रमको उचित मूल्यांकन हुनेछ। पढाइमा प्रगति हुनेछ। नयाँ ज्ञान सिक्ने मौका छ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि तथा पशुपालनमा सामान्य र नोकरी तथा व्यापारमा प्रशस्त लाभ हुने योग छ। पितृधनको उपयोगबाट पनि विशेष फाइदा मिल्नेछ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ। कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ। व्यापार–व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुनेछ। रुचिका विषयमा लगानी बढाउने समय छ। विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
धर्ममा श्रद्धा र परोपकारमा मन जानेछ। स्वास्थ्यमा भने कमजोरी अनुभव हुनेछ। सानातिना काममा अल्झनुपर्दा आफ्ना योजना समयमा सम्पादन नहुन सक्छन्। आशा देखाउनेहरूको भरपर्दा धोका पाइनेछ। चुनौतीपूर्ण कामको दायित्वले कठोर निर्णय गराउन सक्छ। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्ला। सफलता भने न्यून मात्र हातलागी हुनेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
Capricornअप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन्। शुभचिन्तकहरूले काममा सहयोगको तत्परता देखाउनेछन्। दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ। आस मारेको फल पुनः प्राप्त हुन सक्छ। गोप्य रहस्य पत्ता लगाउन सकिनेछ। तर, सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ला। स्वास्थ्यमा पनि अलि कमजोरी अनुभूति हुनेछ। कठिन चुनौती सामना गर्नुपर्ला।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
दिन मनोरञ्जनपूर्ण रहनेछ। नयाँ ज्ञान सिक्ने मौका छ। तर व्यापार–व्यवसायमा सोचेको लाभ नमिल्न सक्छ। यात्रामा केही समस्या आउलान्। अलि बाध्यताका काममा जुट्नुपर्ने योग छ। दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ। आम्दानी प्रशस्तै बढ्नेछ। नयाँ सवारी साधन प्राप्तिको योग छ। आतिथ्यपूर्ण सम्मान पाइएला। प्रेमको बन्धन कसिने बेला छ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। यात्रामा विशेष लाभ होला। शत्रु र रोगबाट छुटकारा मिल्ने समय छ। मुद्दा–मामिलामा पनि विजयी भइनेछ। व्यापार तथा उद्योगतर्फ सामान्य फाइदाको योग छ। अधिकारका लागि केही संघर्ष पनि हुन सक्छ। प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गर्नेछन्। परिस्थितिसँग सम्झौता गर्नुपरे पनि प्रतिष्ठा जोगाउन सकिनेछ।
www.etajakhabar.com
बाली (इन्डोनेसिया), १८ कात्तिक । इन्डोनेसियामा ज्वालामुखी विस्फोटपछि ज्वालामुखीबाट निस्केको खरानी र धुलो यहाँको ठूलो क्षेत्रमा फैलिएपछि तीन विमानस्थलमा सेवा अवरुद्ध भएको छ ।
लम्बक टापुको रिन्जानी पर्वतमा ज्वालामुखी विस्फोट हुँदा यसको अवशेष ३,५०० मिटर माथिसम्म पुगेको थियो । ज्वालामुखीबाट निस्केको खरानी र धुलोले टापु वरपरको १३५ किलोमिटर भूभाग आगटेको बताइएको छ ।
ज्वालामुखीका कारण आकाश क्षेत्र धुलो र धुवाँले भरिएपछि राजधानी बालीस्थित निगुराह राई अन्तर्राष्ट्रिय विमानस्थल, मप्टारमस्थित सेलापाराङ विमानस्थल र वान्युवाङगीस्थित ब्लिमविङसारी विमानस्थलका उडान सेवा अवरुद्ध भएको यहाँको यातायात मन्त्रालयले जनाएको छ ।
ज्वालामुखीका कारण अन्तर्राष्ट्रिय तथा घरेलु गरी जम्मा ६९२ उडान प्रभावित भएको मन्त्रालयले जनाएको छ ।
सरकारले स्वदेशी तथा विदेशी उडान गर्दा लम्बक टापु वरपरको पर्वतीय हवाई बाटोलाई प्रयोग नगर्न सम्बन्धित सबैलाई निर्देशन दिएको र प्रभावित क्षेत्रमा पुनः उडान सुरु गर्ने नगर्ने सम्बन्धमा बिहीबार बिहानसम्ममा सूचना जारी गर्ने बताइएको छ ।
रिन्जानी इलाका इन्डोनेसियाको १३० सक्रिय ज्वालामुखीका तरङ्ग उत्पादन हुने पहाडमध्येको एक हो ।
dainiknepal.com
काठमाडौं, १८ कात्तिक । स्वीजरल्याण्डको जेनेभामा आजदेखि सुरु भएको अन्तर्राष्ट्रिय मानवअधिकार सम्मेलनमा नेपालले भारतको नाकाबन्दीबारे स्पष्ट धारणा राख्न सकेन् ।
नेपालको प्रतिनिधित्व गर्दै जेनेभास्थित सयुक्त राष्ट्रसंघको मुख्यालयमा भएको सम्मेलनलाई सुरुमै सम्बोधन गर्दै उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले भारतको नामै नलिएरै नेपालमा नाका अवरोध रहेको मात्र बताए ।
विश्व समाचार संस्था बीबीसीका अनुसार सम्मेलनमा परराष्ट्रमन्त्री थापाले सीमा क्षेत्रमा भइरहेको अवरोधले विद्यालय र विरामी प्रभावित भएको बताए । उनले मधेस आन्दोलनतर्फ संकेत गर्दै नाका अवरोध र आन्दोलनले १० लाख विद्यार्थीको मानवअधिकार हनन भएको भन्दै भविष्य अन्यौलमा परेको समेत बताए ।
आन्तरिक समस्या समाधान गर्न नेपालले प्रयास गरेपनि विभिन्न वहाना बनाएर बाह्य तत्वले हस्तक्षेप गरेर सफल हुन नदिएको कुरा थापाले राष्ट्रसंघको मानवअधिकार सम्मेलनमा बताएका छन् । ‘जब हामी राजनीतिक तवरबाट समस्या समाधान गर्ने प्रयास गर्छाै, तब बाह्य हस्तक्षेप आउँछ’ भारततर्फ संकेत गर्दै थापाले भने-‘तर पनि हामी आफ्नै प्रयासमा सहमतिबाट शान्ति खोज्न सफल हुनेमा विश्वस्त छौं ।’
आफ्नो मन्तव्यको अन्त्यमा मन्त्री थापाले नाका अवरोधबाट नेपालले पाउने पारवाहनसम्बन्धी अन्तर्राष्ट्रिय अधिकार कटौती भएको बताए । तर, उनले आफ्नो मन्तव्यका क्रममा एकपटक भारतले अघोषित वा घोषित नाकाबन्दी गरेको भनेर बोलेनन् ।
बीबीसीका अनुसार नेपालको प्रतिनिधित्व गर्दै अर्काे टोली पनि जेनेभा पुगेको छ । सरकारी मधेसी मोर्चाका तर्फबाट मधेसका मागलाई अन्तर्राष्ट्रियकरण गर्न सद्भावना पार्टीका सहमहासचिव देवेन्द्र यादवसहितको टोली जेनेभा पुगेको हो । मधेसी मोर्चाले उठाएका जायज मागका विषयमा सरकारले नसुनेपछि त्यसलाई अन्तर्राष्ट्रिय जगतमा पनि जानकारी गराउने उद्देश्यले यादवसहितको टोली जेनेभा पुगेको हो ।
शान्तिपूर्ण मधेस आन्दोलन दमन गर्न राज्य पक्षबाट भएको अधिक बल प्रयोग र मानवअधिकारहननका विषयमा सहमहासचिव यादवले कुरा उठाउने कार्यक्रम छ ।
मधेस आन्दोलनका विषयमा कुरा उठाउन कै लागि थर्ड एलाइन्सका तर्फबाट अधिवक्ता दीपेन्द्र झा पनि जेनेभा पुगेका छन् । झाले पनि मधेसी मोर्चाका माग र मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्न सहयोग गर्नेछन् । समाचार अनुसार यो टोलीले भोली सम्मेलनमा भाग लिँदैछ ।
dainiknepal.com
रसुवाको राम्चे गाविस–३ ग्राङ भीरमा हिजो भएको बस दुर्घटनामा परी मृत्यु भएका महिला यात्रुको शव । सबै शव आज सङ्कलन गरिएको हो ।

मोटरसाइल माग्दा राष्ट्रपति भन्नुहुन्थ्यो, ‘साइकल चढ्नुस् स्वास्थ्यका लागि फाइदा हुन्छ ।’
गणतन्त्र नेपालका पहिलो राष्ट्रपति डाक्टर रामवरण यादवले शपथ लिनुअघिसम्म म निजी टेलिभिजनमा क्यामेरा पर्सनका रुपमा कार्यरत थिएँ । उहाँ राष्ट्रपतिमा चयन हुनुअगावै मैले कांग्रेस महामन्त्रीका रूपमा उहाँको अन्तर्वार्ता क्यामेरामा कैद गर्ने मौका पाइसकेको थिएँ । आफैँले अन्तर्वार्ता रेकर्ड गरेको व्यक्ति गणतन्त्र नेपालको प्रथम राष्ट्रपति हुँदा नै म निकै खुसी थिएँ । राष्ट्रपति चयन हुनुभएको केही हप्ताभित्रै मैले उहाँलाई राष्ट्रपतिको निजी निवासमा भेटेर बधाइ अनि कार्यकालको सफलताको शुभकामना दिएँ । मलाई भेट्नासाथ निकै खुसी हुनुभएका उहाँले तत्कालै जागिरका लागि प्रस्ताव गर्नुभयो । नसोचेको प्रस्ताव आउँदा म छक्क थिएँ । उहाँले भन्नुभयो, ‘तत्काल बायोडाटा टाइप गर्नुस् । बाँकी प्रक्रिया पछि ।’ भेटघाटको झन्डै दुई सातापछि मलाई राष्ट्रपति कार्यालयबाट फोन आयो । राष्ट्रपतिको अफिसमै गएँ र उहाँलाई भेटेँ । त्यसै दिनबाट मेरो जागिर राष्ट्रपतिको निजी फोटोग्राफरका रुपमा सुरु भयो । व्यावसायिक पत्रकारिता गर्दै थुप्रै विवादास्पद फोटोहरू खिच्ने बानी परे पनि त्यहाँ सुरक्षा व्यवस्था निकै कडा भएकाले मैले औपचारिक तस्बिर मात्रै खिच्नुपर्ने थियो । मलाई एक वर्ष त्यहाँको कठीन सुरक्षा व्यवस्था र औपचारिक फोटो मात्रै खिच्नुपर्ने प्रावधानले निकै गाह्रो भयो । सुरुवातमा राष्ट्रपतिका लागि निजी फोटोग्राफरको व्यवस्था नभए पनि उहाँले फोटोग्राफरको आवश्यकता मनन गरेर मन्त्रिपरिषद्मार्फत निर्णय गराउँदै मलाई यो जिम्मेवारीमा तय गर्नुभएको रहेछ ।
देशका लागि राष्ट्रपति पद नै नौलो भएको अवस्थामा कर्मचारीका लागि आवश्यक नीति–नियम बनिसकेको थिएन । राष्ट्रपतिको निजी फोटोग्राफरका रुपमा म नियुक्त भए पनि राष्ट्रपति कार्यालयको बेग्लै क्यामेरा समेत थिएन । सुरुवाती दिनमा सानो डिजिटल क्यामेरा मागेरै काम चलाएँ । सौभाग्यवश, त्यतिबेलासम्म ठूला कार्यक्रम पनि आयोजना भएका थिएनन् । राष्ट्रपतिले गणतन्त्र नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झा, प्रधानमन्त्री प्रचण्ड र सभामुख सुवास नेम्वाङलाई शपथ गराउँदासम्म म यस पदमा थिइनँ । राष्ट्रपति कार्यालयमा मैले जिम्मेवारी सम्हालेपछिको पहिलो ठूलो कार्यक्रम ०६५ सालको दशैँ रह्यो । तर दशैँमा पनि राष्ट्रपति कार्यालयले मलाई क्यामेरा दिएको थिएन । दशैँमा मैले क्यामेरा भाडामा लिएर उपराष्ट्रपतिदेखि सर्वसाधारणसम्मले राष्ट्रपतिबाट टीका ग्रहण गरेका तस्बिर कैद गरेँ ।
मैले फिल्म खिच्ने उद्देश्य लिएको थिएँ, तर राष्ट्रपतिको निजी फोटोग्राफर हुन्छु भन्ने सपना समेत देखेको थिइनँ । फिल्ममा क्यामेरा चलाउने प्रशिक्षण लिन मुम्बईसम्म पुगेको थिएँ । त्यसैले भिडियोग्राफीबाट फोटोग्राफीमा प्रवेश गर्दाका सुरुवाती दिन केही कठीन र चुनौतीपूर्ण थिएँ । त्यसमाथि राष्ट्रपति कार्यालयमा फोटो खिच्नु चानचुने विषय होइन, यहाँ अनेक मर्यादा र नीति–नियमलाई ख्याल गर्दै देशको सर्वोच्च निकायको इज्जत राख्नुपर्ने चुनौती हरबखत रहन्छ । फोटोग्राफरले कुनै गल्ती गर्दा केवल राष्ट्रपति वा कुनै संस्था मात्रै नभएर सम्पूर्ण देशकै बद्नाम हुने त्रास रहन्छ ।
राष्ट्रपति कार्यालयमा मैले फोटोग्राफरको मात्रै काम गरिनँ । अरु साथीको अनुपस्थितिमा उहाँको स्वकीय सचिवालयमा पिएको जिम्मेवारी समेत सम्हालेँ । राष्ट्रपतिका लागि फोन उठाउँदा प्रधानमन्त्रीदेखि सर्वसाधारणसम्मको फोन आउँथ्यो । त्यसको जानकारी राष्ट्रपतिलाई दिनुपथ्र्यो । प्रायः बिहान ९ बजेदेखि ११ बजेसम्म राष्ट्रपतिको सर्वसाधारणसँग भेट गर्ने कार्यतालिका थियो । त्यतिबेला आउने सबैले राष्ट्रपतिसँग फोटो खिच्ने इच्छा राख्थे । कामको दबाब निकै हुन्थ्यो । त्यसपछि ११ बजेदेखि शीतलनिवासमा कार्यतालिका अनुसार देशका विशिष्ट व्यक्तिको भेटघाट र औपचारिक कार्यक्रमहरूमा राष्ट्रपति सरिक हुने कार्यक्रम रहन्थ्यो । कहिलेकाहीँ राष्ट्रपति स्वयंलाई क्यामेराका फ्ल्यास धेरै चलेको मन पर्दैनथ्यो । हास्दैँ उहाँ भन्नुहुन्थ्यो, ‘ रेडी नभनीकनै फोटो खिच्नुहुन्छ । तपाईं कस्तो फोटोग्राफर ! रेडी भन्नुस् ।’
बिहान घरबाट कार्यक्रमस्थलमा पुग्न मलाई मोटरसाइकल जरुरी थियो । मैले आफ्नो आवश्यकता सीधै राष्ट्रपतिसामु व्यक्त गरे । उहाँले हाँस्दै जवाफ फर्काउनुभयो, ‘मोटरसाइकल होइन, साइकलमा हिँड्नुस् । स्वास्थ्यका लागि त्यो फाइदाजनक छ ।
उहाँले यस्तो बताए पनि पछि राष्ट्रपति कार्यालयले कामको महत्त्व हेरेर मोटरसाइकल उपलब्ध गरायो । मेरो बुझाइमा राष्ट्रपति देशको ढुकुटीको सधैँ सदुपयोग गर्नुपर्छ भन्नेमा सचेत हुनुहुन्थ्यो । संवेदनशील र देशकै सर्वोच्च व्यक्तिको निवास भएका कारण राष्ट्रपति कार्यालयको सुरक्षा व्यवस्था सधैँ कडा हुनु स्वाभाविक थियो । सात वर्षसम्म उहाँसँग नजिक रहँदा मैले कहिल्यै उहाँ रिसाएको देखिनँ । कहिलेकाहीँ कुरा गर्ने मौका मिल्दा उहाँले कामका लागि ऊर्जा दिनुहुन्थ्यो । सुरुवातमा मलाई नियुक्त गर्दा एकदेखि दुई वर्षसम्म मेरो कार्यकाल छ । संविधान बनेपछि तपाईंले पनि छुट्टी पाउनुहुन्छ अनि स्टुडियो खोल्नुस् भन्नुहुन्थ्यो । सुरक्षाकर्मीले फोटो खिच्न नदिँदा कैयौँपटक उहाँ भन्नुहुन्थ्यो, ‘उहाँको काम नै यही हो । खिच्न दिनुहोस् ।’
निजी मिडिया हाउसमा काम गर्दा र राष्ट्रपतिको निजी फोटोग्राफर हुँदा नेताहरूले गर्ने रेस्पोन्समा मैले निकै फरक पाएँ । राष्ट्रपतिको निजी फोटोग्राफर भएपछि सबै दलका नेतासँग नजिक हुने मौका मिल्यो । सेडुयलअनुसार मात्रै औपचारिक फोटो खिच्नु मेरो पेसाभन्दा फरक विषय थियो । तर, राष्ट्रपति कार्यालयमा काम गर्न पाएको हुँदा त्यस्ता प्रत्येक फोटोको महत्त्व बेग्लै हुन्थ्यो, अहिले पनि ती औपचारिक क्षण मिस गर्छु । निवासमा रहँदा प्रचण्ड, झलनाथ, माधव नेपाललगायत पूर्वप्रधानमन्त्रीसहित विभिन्न दलका शीर्ष नेताको आवतजावतलाई प्रत्यक्ष नियाल्न र कहिलेकाहीँ औपचारिक कार्यक्रमका दौरान लेन्समा कैद गर्न समेत पाइन्थ्यो ।
राष्ट्रपति कार्यालयमा मैले खिचेका यी तस्बिर सधैँ सम्झनामा रहनेछन्
राउटेदेखि एचआइभी एड्स लागेका बालबालिकासँग देशकै सर्वोच्च व्यक्तिले अँगालो मारेको तस्बिर क्यामेरामा कैद गर्न पाउनु चानचुने कुरा थिएन । यस्ता तस्बिर खिच्न पाउँदा मलाई अहिले पनि गर्व लाग्छ । जनआन्दोलनका घाइतेदेखि अपांग तथा विभिन्न स्कुलेविद्यार्थी समेत राष्ट्रपतिलाई भेट्न आउँथ्ये र मैले तस्बिर लिने गरेको थिएँ । मुलुककै प्रथम महिला राष्ट्रपति तथा दोस्रो राष्ट्रपति विद्यादेवी भण्डारीको शपथ ग्रहणका तस्बिर कैद गर्न पाउनु मेरा लागि गर्वको विषय हो । डाक्टर रामवरण यादव राष्ट्रपति छँदा प्रधानमन्त्री बनेका माधवकुमार नेपाल, झलनाथ खनाल, डाक्टर बाबुराम भट्राई, खिलराज रेग्मी, सुशील कोइराला र केपी ओलीसम्मको शपथ ग्रहणको तस्बिर कैद गरेँ । यी तस्बिरलाई दुलर्भ तस्बिरका रुपमा मैले लिएको छु । पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ र वर्तमान सभामुख ओनसरी घर्तीमगरदेखि प्रधानसेनापति तथा विभिन्न देशका आवासीय तथा गैरआवासीय राजदूतहरूले ओहोदाको प्रमाणपत्र पेस गर्दाका तस्बिर कैद गरेँ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण आफैँमा ठूलो विषय थियो । लामो अन्तरालपछि भारतका प्रधानमन्त्री नेपाल आएका थिए । त्यतिबेला राष्ट्रपति कार्यालयमा दिवाभोज आयोजना गरियो । दिवाभोजपछि पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सामूहिक फोटोको प्रस्ताव राख्नुभयो । मैले फोटो खिचेँ । गणतन्त्र नेपालका प्रथम राष्ट्रपति रामवरण यादवसहित भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, पूर्वप्रधानमन्त्री, प्रमुख दलका शीर्ष नेता र अन्य विशिष्ट अतिथिसहितको यो तस्बिरको माग धेरै भयो । राष्ट्रपति कार्यालयबाटै हामीले थुप्रै फोटो छापेर वितरण गर्यौँ । तत्कालीन श्रीलंकाली राष्ट्रपति महेन्द्रा राजपाक्षे दुईपटक नेपाल भ्रमणमा आउँदा उहाँसँग पनि यस्तै ऐतिहासिक तस्बिर कैद गर्ने मौका मिल्यो । नेपाल भ्रमणमा आएका विश्वचर्चित व्यक्तित्वहरू फिफा अध्यक्ष सेप ब्लाटर, कतारका राजकुमार अल वालेद विन तलाल, भारतीय क्रिकेट कप्तान महेन्द्रसिंह धोनी, कलाकार गोविन्दा, अमोल पालेकर लगायत विश्वचर्चित खेलाडी तथा कलाकारले राष्ट्रपतिसँग खिचाएका तस्बिर कैद गरेँ ।

खिच्न नपाएका तस्बिर
भूकम्पपछि राष्ट्रपति कार्यालय नराम्ररी हल्लियो । कार्यालयभित्र कोही बस्न सक्ने अवस्था थिएन । एउटा फोटोग्राफरका नाताले यी तस्बिर महत्त्वपूर्ण हुन सक्थे । तर, राष्ट्रपति कार्यालयको कर्मचारी भएका कारण देशको प्रतिष्ठाका लागि यस्ता तस्बिर खिच्न र सार्वजनिक गर्न राम्रो हुने थिएन । त्यसैले यी तस्बिर खिचिनँ । दुई महिनाजति राष्ट्रपति टेन्ट बाहिरै बस्नुभयो । यो समाचार प्रमुख अखबारका हेडलाइन्स समेत बने । तर, राष्ट्रपति टेन्टमा बसेको तस्बिर खिच्न मिल्दैनथ्यो । देश भूकम्पले आक्रान्त बनेका बेला सस्तो फोटो खिचेर प्रचारबाजी गर्नु न व्यक्तिगत रुपमा मेरा लागि राम्रो हुने थियो, न त राष्ट्रपति कार्यालयको कर्मचारी भएका नाताले मैले संस्थाको प्रतिष्ठा र मर्यादा भुलेर यस्तो काम गर्न सक्थें । राष्ट्रपति कार्यालयमा खाना खाएको र अन्य सामान्य क्रियाकलापका तस्बिर खिच्न मिल्दैन । संवदेनशील र सम्मानित स्थान भएका कारण यो संस्थाको गरिमा राख्न पनि औपचारिक तस्बिरहरू मात्रै खिच्नुपर्ने हुन्छ ।

मिसन सफल भएपछि अझै खुसी लाग्यो
राष्ट्रपतिले एक वा दुई वर्षमै कार्यकाल सकिन्छ र फोटो स्टुडियो चलाउनुस् भनेको कुरा अझै सम्झन्छु । तर विभिन्न घटनाक्रमका कारण राष्ट्रपतिको कार्यकाल सात वर्षसम्म लम्बियो । ढिलै भए पनि संविधान जारी भएपछि राष्ट्रपति आफ्नो जिम्मेवारीबाट मुक्त हुनुभयो । राष्ट्रपतिको सहयोगी बनेर कार्यरत हामी सबै कर्मचारी निकै खुसी भयौँ । नेपाली कांग्रेसको महामन्त्री हुँदादेखि मैले चिनेको डाक्टर रामवरण यादव अब इतिहासमै सम्मानित सफल राष्ट्रपति बन्नुभएको छ । संविधान जारी गर्दाको श्रेय उहाँले पाउनुभएको छ । त्यसबीच उहाँले निभाएका जिम्मेवारीलाई क्यामेराको लेन्समा कैद गर्न पाउनु मेरा लागि जीवनकै सबैभन्दा सुखद क्षण हो ।

लेखक निवर्तमान राष्ट्रपति डा. रामवरण यादवका निजी फोटोग्राफर थिए ।
www.ratopati.com

वीरगन्ज : वीरगन्जमा जारी मधेस आन्दोलनका क्रममा मारिएका भारतीय युवक आशीष कुमार रामलाई शहिद घोषणा गर्न आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा पर्साले माग गरेको छ ।

भारतको बिहार दरभंगा घर भइ रक्सौलस्थित मामाघर आएका बेला २४ वर्षीय आशीष गत सोमबार वीरगन्जको शंकराचार्य प्रवेशद्वारमा प्रहरी र प्रदर्शनकारीबीचको झडका क्रममा प्रहरीको गोलीबाट मारिएका थिए ।

बुधबार विज्ञप्ति जारी गरेर मधेसी मोर्चाले आशीषलाई शहिद घोषणा गर्नुका साथै उनको परिवारलाई उचित राहत उपलब्ध गराउन सरकारसंग माग गरेको छ ।

सरकारले मृतक भारतीय युवक आन्दोलनकारी भएको दाबी गर्दै आए पनि मधेसी मोर्चाले भने उनी आन्दोलनकारी नभएको बताएको छ ।

मधेस आन्दोलनलाई दबाउनका लागि प्रहरीबाट चलाइएको गोलीबाट निर्दोष भारतीय युवक आशीष मारिएको मधेसी मोर्चाको विज्ञप्तिमा उल्लेख छ ।

‘नेपालमा यसअघि २००७, २०४६ र ६२-६३ को जनआन्दोलनका क्रममा मारिएका भारतीय नागरिकलाई सरकारले शहीद घोषण गरी क्षतिपुर्ति प्रदान गरेको पृष्ठभूमीमा हामीले मधेस आन्दोलनका क्रममा गत सोमबार वीरगन्जमा प्रहरीको गोलीबाट मारिएका आशीषलाइ पनि त्यही सम्मान गर्दै उनका परिवारजनलाई उचित क्षतिपुर्ति तथा शहीद घोषणा गर्नका निम्ति जोडदार माग गर्दछौँ’, मोर्चाको विज्ञप्तिमा भनिएको छ ।

भारतीय युवक आशीष आन्दोलनकारी नभएपनि नेपाल प्रहरीले उनको हत्या आन्दोलनकै क्रममा गरेकाले नेपाल सरकारले उनलाई शहिद घोषणा गर्नुपर्ने मोर्चाका नेता एंव संघीय समाजवादी फोरम नेपाल पर्साका अध्यक्ष प्रदीप यादवले बताए ।

मोर्चाको विज्ञप्तिमा फोरम नेपालका अध्यक्ष यादवसँगै तमलोपाका अध्यक्ष पुरुषोत्तम झा, सदभावना पार्टीका केन्द्रिय सदस्य निजामुदिन समानी र तराई–मधेस सदभावना पार्टीका अध्यक्ष प्रेम चन्द्र कुशवाहाले हस्ताक्षर गरेका छन् ।

आशीषलाई शहिद घोषणा गर्न महतोको पनि माग
यस्तै सदभावना पार्टीका केन्द्रिय अध्यक्ष राजेन्द्र महत्तोले पनि मृतक भारतीय युवक आशीषलाई शहिद घोषणा गर्न सरकारसँग माग गरेका छन् ।

बुधबार बाराको सिमरामा सन्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष महत्तोले  मधेस आन्दोलनका क्रममा वीरगन्जमा मारिएका भारतीय युकव आशीषलाई शहिद घोषणा गर्न माग गरे ।

‘यसअघिको मधेस आन्दोलनमा पनि एकजना भारतीय नागरिक मारिएको र उनलाई पनि सरकारले शहिद घोषणा गरको थियो’, महतोले भने, ‘अब आशीषलाई पनि सरकारले शहिद घोषणा गरेर उचित क्षतिपुर्ति उपलब्ध गराउनु पर्छ ।’

गत सोमबार वीरगन्जको शंकराचार्य प्रवेशद्वारमा मधेशी मोर्चाका कार्यकर्ता र प्रहरी बिच भएको झडपका क्रममा प्रहरीले चलाएको गोली लागेर भारतीय युवक आशीषको घटनास्थलमै मृत्यु भएको थियो । उनको शवको मंगलबार वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा मृत्यु भएको थियो ।

मंगलवार साँझ नै उनका आफन्तले शव भारत लगेका थिए । उनको मंगलवार राति नै रक्सौलमा अन्त्येष्टि गरिएको फोरम नेपाल पर्साका अध्यक्ष यादवले बताए ।
www.annapurnapost.com
काठमाडौं, १५ कात्तिक । नेपालमा अघोषित नाकाबन्दी गरी निकै आलोचना खेपिरहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमै अर्काे धक्का खाएका छन् ।
नेपालको मधेससँग जोडिएको भारतको बिहार राज्यमा भइरहेको निर्वाचनका क्रममा मोदीले धक्का आएका हुन् । निर्वाचनमा नितिशकुमारको जनता दल यूनाइटेड (जेडियू)सहितको मोर्चा र मोदीको एक्लो भारतीय जनता पार्टी प्रतिस्पर्धामा छ ।
सोही निर्वाचनमा बीजेपीको प्रचारप्रसारका लागि भाग लिन नेपालको मधेससँग जोडिएको भारतको विहार राज्य आएका मोदी मैदानबाटै गायब भएका छन् । बीजेपीले आयोजना गरेको सभामा अपेक्षा गरिएअनुसार जनसहभागिता नभएपछि प्रचार प्रसारको मैदानबाट मोदी दिल्ली गएका हुन् ।
उक्त समयमा प्रतिस्पर्धी गठबन्ध जेडियू मोर्चाले पनि समारोहको आयोजना गरेको थियो । अधिकांश जनता उक्त कार्यक्रममा गएका थिए । मोदी विहारबाट दिल्ली गएपछि विपक्षी गठबन्धनले भागेको आरोप लगाएका छन् ।
उनीहरुले चुनावी मैदानबाट मोदी भागेको आरोप लगाएका हुन् । यो विषयलाई प्रतिस्पर्धी मोर्चाले ठूलो मुद्दा बनाएको छ । विहारका मूख्यमन्त्री नितिशकुमारले समेत मैदानको सामना गर्न मोदी डराएको प्रतिक्रिया दिए । हाल विहारमा चौथो चरणको निर्वाचन भइरहेको छ । जहाँ मोदीको बीजेपीले हार्ने अनुमान गरिएको छ ।
एक समय निकै चर्चामा आएका मोदीलाई भेट्न मानिसहरुको लाइन लाग्थ्यो । तर, अहिले विभिन्न कारणले विश्वभरका मोदीका समर्थक कट्टर आलोचक बनेका छन् । यो घटनाले भारतमै समेत मोदीको लोकप्रियता घटेको देखाउँछ । (एजेन्सीको सहयोगमा)
dainiknepal.com
काठमाडौं । नेपाल आयल निगमले इन्धन अभाव टार्नकालागि विभिन्न ११ वटा निजी कम्पनीहरुलाई स्विकृति प्रदान गरेको छ । नीगमले ११ वटा कम्पनीलाई जिम्मेवारी दिएको भए पनि अधिकांशले सम्पर्कमा आउन चाहेका छैनन् ।
अनुमति पाए पनि ती कम्पनीहरुले तेल ल्याउने प्रकृया भने थालेका छैनन् । विगत डेढ महिनादेखि भारतको अघोषित नाकाबन्दीका कारण देशमा इन्धनको चरम अभाव छ ।
यस्तोमा पुर्ववर्ती सरकारकै पालामा इन्धन ल्याउन निजी कम्पनीहरुसँग बोलपत्र आह्वान गरिएको थियो । तत्कालीन सरकारले अर्को व्यवस्था नभएसम्म विदेशबाट पेट्रोलियम पदार्थ खरिद तथा पैठारी गरी ल्याउन सक्ने निर्णय गरेको थियो ।
सरकारको उक्त निर्णय पश्चात् आपूर्ति सहज बनाउन भन्दै निगमले हालै ११ वटा कम्पनीलाई अनुमति दिएको छ । असोज २१ गते आयल निगमले ग्लोबल टेण्डर आह्वान गर्दै नेपालमा १५ दिनका लागि पेट्रोलियम पदार्थको आयातका लागि प्रस्ताव पेश गर्न आह्वान गरेको थियो ।
निगमको आह्वान पश्चात् विभिन्न २२ वटा कम्पनीहरुले तेल नेपाल ल्याउन इच्छा देखाएका थिए । त्यसमध्ये आर्थिक अवस्था र पहुँच बलियो भएका ११ वटा कम्पनीलाई तेल ल्याउन स्विकृति दिइएको थियो ।
निगमले बिराट पेट्रोलियम प्रालि, पेट्रोलिम्याक्स, शेर्पा आउटडोर, अरेन्ज ट्रेड, ओटेक्स, साईराम सप्लायर्स, हिमानलयन ग्यास एण्ड पेट्रोलियम, ओमशिव पेट्रो, ल्यास वर्ल्ड ट्रेडिङ, ब्लु लोटस र ग्लोबल एलाइन्स प्रालीलाई पेट्रोलियम पदार्थ आयात गर्न अनुमति दिदै तत्काल इन्धन आपुर्ति थाल्न आग्रह गरेको थियो ।
उनीहरुले भारत, बंगलादेश र चीनबाट ग्यास, इन्धन र हवाई इन्धन ल्याउने दाबी गरेका थिए । उनीहरुले नेपालमा हाल कायम भन्दा दोब्बर बढीमा इन्धन ल्याउने प्रस्ताव गरेका थिए भने निगमले पनि आपत्कालकालागि भन्दै स्विकृत गरेको थियो ।
अनुमति पाएका मध्ये केही सम्पकर्म आएका छैनन् भने केहीले इन्धन ल्याउन आलटाल गरिरहेका छन् । बिराट पेट्रो नामक कम्पनीले भने इन्धन ल्याउने काम सुरु गर्ने जनाए पनि कहाँबाट र कहिलेदेखि ल्याउने उल्लेख गरेको छैन ।
त्यस्तै पेट्रोलिम्याक्सले भारतबाट ल्याउने प्रस्ताव गरेपनि भारतमा प्राविधिक कुरा नमिलेकाले बंगलादेशबाट तेल ल्याउने तयारी गरिरहेको अनौपचारिक जानकारी निगमलाई दिएको बताइएको छ ।
त्यस्तै ओम शिब वेट्रोले चीन र अरेन्ज ट्रेडले बंगलादेशबाट ग्यास ल्याउने प्रस्ताव गरेको र काम थाल्ने तयारी गरेको जनाएका छन् । ती कम्पनीहरुले इन्धन ल्याए निगमले आफ्नो भण्डारलाई व्यवस्थीत गरि ढुवानी र वितरणको व्यवस्था निगमले नै मिलाउने तयारी गरेको छ ।
www.nepalsandesh.com
काठमाडौं, १८ कात्तिक । आपूर्तिमन्त्री गणेशमान पुनले मित्रराष्ट्र चीनसँग व्यापारिक रुपमा इन्धनको आयात गर्ने कार्य औपचारिक रुपमा सुरु भएको जानकारी दिनुभएको छ ।
संसदीय मामिला पत्रकार समाजको टोलीसँग सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा आज (बुधबार) मन्त्री पुनले मंगलबार चिनियाँ पक्षलाई पत्र पठाइ इन्धन आपूर्तिमा नेपालले व्यावसायिक रुपमा काम गर्न चाहेको जानकारी गराएको बताउनुभयो ।
‘हिजो (मंगलबार)देखि हामीले मित्रराष्ट्र चीनसँग पेट्रोलियम पदार्थ (इन्धन) आपूर्तिका लागि औपचारिक रुपमा पहल थालेका छौँ’, उहाँले भन्नुभयो, ‘छिट्टै चीन सरकारको सम्बन्धित निकायसँग व्यापारिक सम्झौता गर्ने छौँ ।’
चीनसहित अन्य मुलुकहरूसँग पनि इन्धन आपूर्तिका लागि पहल भइरहेको मन्त्री पुनको भनाइ छ । ‘तत्काल भारतसँग भएको परिमाणमा जति आपूर्ति गर्न सकिँदैन’, उहाँले भन्नुभयो, ‘तर पेट्रोलिय पदार्थको आपूर्तिका लागि दीघकालीन अवस्थालाई ध्यानमा राखेर काम अगाडि बढाइ रहेका छौँ ।’
उहाँले नेपाल अब भारतको मात्रै इन्धनमा भर नपर्ने उल्लेख गर्नुभयो । सरकारले मट्टीतेल अलि धेरै ल्याएर वितरणको तयारी गरिरहेको बताउनु भएका आपूर्तिमन्त्री पुनले भन्नुभयो, ‘इन्धनको आपूर्तिलाई कम गर्न सरकारले मट्टीतेल सबैको घरमा पुग्ने वातावरण बनाउँदैछ । मन्त्रिपरिषदले पनि त्यसलाई अलि धेरै ध्यान दिएको छ ।’
बिहान र बेलुकाको समयमा विद्युत् कटौती नगर्न उर्जा मन्त्रालयलाई आग्रह गरिएको पनि उहाँले बताउनुभयो । ‘खाना पकाउन समस्या नहोस् भनेर उर्जा र अन्य समबन्धित मन्त्रालयसँग समन्वय तथा आग्रहसहित काम गरिरहेका छौँ’, आपूर्ति मन्त्री पुनले भन्नुभयो, ‘वन मन्त्रालयलाई दाउरा, उर्जालाई विद्युत् तथा बैकल्पीक उर्जाका लागि पनि भनिरहेका छौँ ।’
अत्यावसेक सेवा अस्पताल, विद्यालय, एम्बुलेन्स, चिकित्सक, पत्रकार आदिलाई पनि पेट्रोलिय पदार्थ उपलब्ध गराइ रहेको मन्त्री पुनले बताउनुभयो ।
सरकारले आफ्नो स्रोत साधनले भ्याएसम्म सर्वसाधारणलाई इन्धन आपूर्ति गराइरहेको बताउनुभएका आपूर्तिमन्त्री पुनले भन्नुभयो, ‘सुरुवाती दिनमा वितरणमा केही समस्या र भद्रगोल भयो । तर अब त्यसलाई अलि व्यवस्थित बनाउँदै आएका छौँ । सबै जनतालाई समानुपातिक रुपमा इन्धन आपूर्ति हुन्छ ।’
सरकारले निजी क्षेत्रलाई पनि इन्धन आपूर्ति गरेर बिक्री वितरण गर्न अनुमति दिइसकेको उहाँले बताउनुभयो ।
निजी क्षेत्रले ल्याउने इन्धनको मूल्यमा केही तलमाथि हुने उल्लेख गर्नुभएका आपूर्तिमन्त्री पुनले भन्नुभयो, ‘कालोबजारी र बढी मूल्य लिने गरेको गुनासो आइरहेको छ । सरकारले आफ्ना संयन्त्रहरू प्रयोग गरेर कारबाही सुरु गरिसकेको छ ।’
dainiknepal.com
काठमाडौं, १८ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘कन्भिन्स’ गर्न नसकेपछि नेपालका लागि भारतीय राजदूत रञ्जीत रे नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको दैलोमा पुगेका छन् ।
पूर्वप्रधानमन्त्री समेत रहेका नेपाललाई भेट्न राजदूत रे बुधबार नेपाल निवास कोटेश्वर पुगेका हुन् । भेटवार्तामा राजदूत रेले पछिल्लो समय नेपाल-भारत सम्बन्धमा देखिएको समस्या र नेपालमा भारत विरोधी भावना विकास भएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
उनले नेपालको आन्तरिक समस्या समाधान गर्नका लागि नेतृत्वदायी भुमिका खेल्न नेता नेपालसमक्ष आग्रह गरेका छन् । प्रधानमन्त्री ओलीले मधेसका मुद्दा समाधान गर्न गम्भीर नभएको संकेत गर्दै राजदूत रेले समस्या समाधान गरी असहज परिस्थितीलाई सहज बनाउन पूर्वप्रधानमन्त्रीलाई आग्रह गरेको नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए ।
जवाफमा पूर्वप्रधानमन्त्री नेपालले नेपालको आन्तरिक समस्या सकेसम्म सर्वसम्मत र नसके पनि अधिकतम सहमतिका आधारमा समाधान गर्न दलहरु प्रतिवद्ध रहेको राजदूतलाई बताएका थिए । आपूर्ति समस्याका कारण नेपाली जनताले पाइरहेको कष्टप्रति संवेदनशील हुन राजदूत मार्फत भारत सरकारसँग नेता नेपालले आग्रह गरे ।
नेता नेपालले मधेस आन्दोलनमा भारतीय सहयोग के हो भनेर राजदूतसँग प्रश्न समेत गरेका थिए ।  जवाफमा राजदूत रेले मधेसी मोर्चाको आन्दोलनमा भारतको समर्थन नरहेको दाबी गरे । भारतले नाकाबन्दी नगरेको र आन्दोलनलाई समर्थन पनि नगरेको उनको जवाफ थियो ।
पछिल्लो समय प्रधानमन्त्री ओली मधेस आन्दोलन र भारतप्रति कडा रुपमा प्रस्तुत हुँदै आएका छन् । जसले भारत झन बढी रुष्ट बन्दै गएको छ ।
dainiknepal.com
काठमाडौँ । औषधिको नियमित प्रयोग गर्ने एचआईभी सङ्क्रमित गर्भवती महिलाबाट जन्मने नवजात शिशुमा सो रोग कम सरेको पाइएको छ ।
राष्ट्रिय एड्स तथा यौन रोग महाशाखाको आव २०७१/७२ को तथ्याङ्कअनुसार एक लाख ४४ हजार ७ गर्भवती महिलामा एचआईभी परीक्षण गरिएकामा ६८ मा सङ्क्रमण देखिएकामा भाइरस प्रतिरोधात्मक उपचारका कारण उनीहरुबाट जन्मेका शिशुमा सङ्क्रमण न्यून देखिएको हो ।
सन् २००४ बाट सुरु गरिएको (एन्टी रेट्रो भाइरस ट्रिटमेन्ट) एचआईभी सङ्क्रमण प्रतिरोधात्मक उपचारका कारण सङ्क्रमित गर्भवती महिलामा सकारात्मक प्रभावका कारण सङ्क्रमणितरहित शिशु जन्मने सम्भावना बढेर गएको महाशाखाको तथ्याङ्कले देखाएको छ ।
राष्ट्रिय एड्स तथा यौन रोग महाशाखाका निर्देशक डा दिपेन्द्ररमण सिंहका अनुसार उपचारको प्रभाव राम्रो परेका कारण नयाँ सङ्क्रमित कम पाइएका र मृत्यु हुनेको सङ्ख्यामा पनि कमी आएको छ ।
उहाँले करिब २८ जिल्लामा यो उपचार सजिलै भइरहेको र बाँकी जिल्लाको जिल्ला अस्पतालमा मात्र रहेकाले जिल्लाको सबै भागमा उपचार पु¥याउने लक्ष्य रहेको जानकारी दिनुभयो ।
गर्भवती महिलाको स्वास्थ्य परीक्षण गर्दा एचआईभी सङ्क्रमणको पनि सँगै परीक्षण गरी सङ्क्रमित पाइएमा उपचार सुरु गरी जन्मने शिशुलाई सङ्क्रमणबाट जोगाउन सकिने निर्देशक सिंहको भनाइ छ ।
नेपालमा चालु आवमा ३९ हजार २४९ अनुमानित सङ्क्रमित रहेकामा एक हजार ९६८ शिशु सङ्क्रमित पाइएको राष्ट्रिय एड्स तथा यौन रोग महाशाखाका सूचना अधिकृत वीरबहादुर रावलले जानकारी दिनुभयो ।
सङ्क्रमितमध्ये २५ हजार ४४९ पुरुष र १३ हजार ८०० महिला रहेका छन् । यसैगरी ४९८ गर्भवती महिलालाई उपचारको आवश्यकता रहेको पाइएको छ भने दुई हजार ५७६ जनाको एचआईभी/एड्सका कारण मृत्यु भएको छ ।
सरकारले सन् २०२० सम्ममा अनुमानित सङ्क्रमितमध्ये ३६ हजारको परीक्षण गरी ३२ हजारलाई उपचार गर्ने र तीमध्ये २८ हजारमा उपचारको सकारात्मक नतिजा निकाल्ने लक्ष्य राखेको सूचना अधिकृत रावलले बताउनुभयो ।
यस्तै सरकारले सन् २०३० सम्ममा एचआईभी सङ्क्रमण पूर्णरुपमा नियन्त्रण गर्ने लक्ष्य राखेकामा अहिलेकै अवस्था रहे लक्ष्य पूरा गर्न सकिने रावलको तर्क छ ।
dainiknepal.com
चालीस दिनदेखि अवरुद्ध वीरगन्ज–रक्सौल नाका खोल्न खोज्दा सोमबार यहाँ व्यापक तनाव भएको छ । सुरक्षाकर्मीले मितेरी पुलमा जारी धर्ना हस्तक्षेप गरी हटाएको विरोधमा सीमा प्रहरी चौकी इनर्वामा आक्रमण गर्न आएका प्रदर्शनकारीमाथि प्रहरीले गोली प्रहार गर्दा एक भारतीयको मृत्यु भएको छ । मितेरी पुलमा प्रहरीले

बल प्रयोग गरी धर्नाकारीलाई हटाएको विरोधमा बिहानैदेखि वीरगन्जको छपकैया, नगवा, मुर्ली, घण्टाघर, पावरहाउस चोकमा टायर बालेर प्रदर्शन गर्नुका साथै बाँस र लाठी प्रयोग गरी सडक अवरोध गरेका थिए । मितेरी पुलबाट करिब ४ सय मिटर उत्तरमा रहेको शंकराचार्य गेटसम्म प्रदर्शनकारीले ढुंगा प्रहार गर्दै सुरक्षाकर्मीलाई लखेटेका थिए । गेट छेउमा रहेको सीमा प्रहरी चौकी इनर्वामा सुरक्षाकर्मी पसिसक्दा पनि ढुंगा प्रहार रोकिएको थिएन । चौकी आक्रमण गर्न आउने प्रदर्शनकारीमाथि गोली प्रहार गर्दा एकको मृत्यु भएको पर्सा प्रहरीले जनाएको छ । सीमावर्ती रक्सौल नागा रोड निवासी अशोक रामका १९ वर्षीय छोरा ‘सोनु’ भनिने आशिष रामको मृत्यु भएको हो । घटनास्थलमै मृत्यु भएका उनको शव नारायणी उपक्षेत्रीय अस्पतालमा राखिएको छ । अस्पतालमा उनका आफन्तले शव पहिचान गरेका हुन् । प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठले सीमा प्रहरी चौकीमा आक्रमण गर्न आएका आन्दोलनकारीलाई तितरबितर पार्न हवाई फायर गरिएको बताए । ‘ढुंगा प्रहार गर्ने एक प्रदर्शनकारीको मृत्यु भएको हो,’ उनले भने, ‘ढुंगा प्रहारबाट २ सईसहित ८ प्रहरी घाइते भएका छन् ।’ उक्त क्षेत्रमा प्रदर्शनकारीले पेट्रोल बम र एसिड प्रहार गरेको प्रत्यक्षदर्शीले बताए । अन्तिम अवस्थासम्मै संयम अपनाएको प्रहरीले चौकीसम्मै प्रदर्शनकारी आएपछि गोली चलाएको एसपी श्रेष्ठले बताए । संघीय समावेशी मधेसी मोर्चाका राजेशमान सिंहले भने शान्तिपूर्ण धर्नामा प्रहरीले दमन गरी आतंक सिर्जना गरेको आरोप लगाए । ‘सरकारसँगको वार्ता सकारात्मक रूपले अगाडि बढिरहेको अवस्थामा बिहान धर्नाकारीको संख्या कम देखेर लाठीचार्ज गरी आगोमा घिउ  छर्कने काम प्रहरीले गरेको छ,’ उनले भने । अपराहन नगवा र घण्टाघरमा भएको झडपमा ८ प्रदर्शनकारीलाई रबरको गोली लागेको थियो । उनीहरूको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । थप क्षति हुन नदिन स्थानीय प्रशासनले अपराहन ३ बजेदेखि वीरगन्ज बजार क्षेत्रमा अनिश्चितकालका लागि कफ्र्यु जारी गरेको प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले बताए । ३ बजेबाट कफ्र्यु जारी भए पनि साँझ ६ बजेसम्म प्रदर्शनकारीले सहरका विभिन्न ठाउँमा प्रदर्शन गरिरहेका थिए । धर्नामा भारतीय बिहान ५ बजे मितेरी पुलबाट आन्दोलनकारीलाई सुरक्षाकर्मीले हस्तक्षेप गरी हटाएको थियो । त्यसक्रममा धर्नामा बसेका २ भारतीय नागरिकसहित ५ जनालाई पक्राउ गरेको थियो । भारत मोतीहारीका मो.जमरुद्दिन, समद अन्सारी, रौतहटका हरेन्द्र राना, बाराका वीरबहादुर महतो र वीरगन्जका जगत पटेललाई प्रहरीले धर्नास्थलबाट नियन्त्रणमा लिएको थियो । अवरोध हटेपछि वीरगन्ज नाकामा रोकिएका ४ सयभन्दा बढी खाली भारतीय गाडी रक्सौल गएका थिए । धर्नाका कारण ती गाडी नाकामा अडकिएका थिए । एक साताअघिदेखि भारतीय चालकले घर फिर्ताको वातावरण बनाइदिन वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावास अगाडि धर्नामा बस्दै आएका थिए । भारतीय नम्बरका सवारी साधन रक्सौल कस्टम पास नहुँदासम्म भारतीय प्रहरीले धर्नाकारीलाई हटाउन नेपाल प्रहरीलाई सघाएका थिए । पुलमाथिको अवरोध हटेपछि रक्सौल कस्टमका सुपरिटेन्डेन्ट अरुण कुमार रजक सहयोगीसाथ

भिडियो हेर्न तलको बाकस थिच्नुहोस
बुधबार, १८ कार्तिक
एजेन्सी । इन्डोनेसियामा शक्तिशाली भूकम्पको धक्का गएको छ ।
भुकम्प अलोर टापुको केन्द्रविन्दू भएर गएको भूकम्प ६.३ म्याग्निच्युडको भएको रोयटर्सले जनाएको छ।भूकम्पबाट घर तथा व्यापारिक भवनहरुमा क्षती भएको बताइएको छ ।
छिमेकी पूर्वी टिमोरमा समेत अनुभव गरिएको सो भूकम्पबाट भएको क्षतिको पूर्ण विवरण आउन बाँकी छ। प्रारम्भिक रिपोर्टहरुमा मानवीय क्षति र भौतिक क्षती विवरण आउन बाकि रहेको रोयटर्सले जनाएको छ।
www.nepalsandesh.com
काठमाडौं । मोदी सरकारका कारण देशमा असहिष्णुता बढ्दै गएको भन्दै भारतका प्रतिष्ठित लेखक तथा फिल्मकर्मीले सरकारी सम्मान फिर्ता गर्ने क्रम बढिरहेका बेला बलिउड हस्ती शाहरूख खानले पनि आवश्यक परेमा आफूले पनि सम्मान फर्काउन सक्ने चेतावनी दिएका छन् ।


हिजो मात्र ५० वर्ष पुरा गरेका शाहरूखले देशमा पछिल्लो समय असहिष्णुता बढ्दै गएको र मानिसहरुले बिना सोचविचार जे पनि बोल्ने गरेको भन्दै दुःख व्यक्त गरेका छन् । आफ्नो ५० औं जन्मदिनको दिन ट्वीटरबाट प्रशंसकसँग साक्षात्कार गर्दै शाहरूखले भनेका छन्, ‘ हो, प्रतिकात्मक सन्देश दिनको लागि म पनि सम्मान फर्काउँछु। देशमा असहिष्णुता बढिरहेको छ। यो चरम विन्दुमा पुगिसकेको छ।’शाहरूखले सबै धर्मका मानिसहरु बराबर रहेको बताउँदै धर्म निरेपक्षता नचाहनु राम्रो कुरा नभएको पनि बताए। त्यस्तै उनले सरकारी सम्मान फर्काइ रहिएको प्रति लक्षित गर्दै भने, ‘म पुरस्कार फर्काउने स्थितिमै त छैन् तर म ती व्यक्तिहरुको सम्मान गर्छु ।’ उनले यसो गर्दा परिस्थितमा परिवर्तन आँउछ भनेर जसरले सम्मान फिर्ता गरिरहेका छन् छन्त्य त्यो एउटा इमान्दारीता बहादुरीले भरिएको काम भएको बताएका छन् ।sansanipurnakhabar भिडियो हेर्न तलको बाकस थिच्नुहोस
बुधबार, १८ कार्तिक
गोपालप्रसाद बराल बर्दिवास । विदेश गएको छोराले कमाएर पैसा पठाउँछ भन्ने आस सङ्गालेको महोत्तरी भङ्गाहा–४ को एउटा मुस्लिम परिवारमा मृत छोराको शव घर आएपछि शोक छाएको छ ।
सात महिना पहिले पैसा कमाएर पठाउँछु भनेर कतार गएको २३ वर्षीय छोरा रहमत शेषको शव घर आएपछि आमा इन्द्रा शेषसहित परिवारजन शोकमा मुच्र्छित भएका छन् ।
‘‘पति मुस्तकिम शेष घरमा आफुसहित छोरालाई छाडेर १५ बर्ष अघि घर छाडेर बेपत्ता भए’’, मृतककी आमा इन्द्राले हिजो मङ्गलबार घर पुगेका सञ्चारकर्मीसँग बलिन्द्रधारा आँसु काढ्दै भनिन् ‘‘छोरालाई हेरेर ती दुखः बिर्सन खोजेकी थिएँ, उसको पनि यो हाल भयो !’’
पति मुस्तकिमले छाडेर गएपछि भर्खर आठ वर्ष उमेरको छोरालाई बनीबुतो गरेर हुर्काउँदै बिहेदान गरिदिएर काखमा नाति खेलाउन पाउँदा केही सन्तोस हुनै लागेका बेला यो बज्रपात सहनु परेको इन्द्राको बिलौना छ ।
गाउँमा दुई धुर जग्गामा बनेको सानो झुप्रोमा गुजारा चलाई रहेको इन्द्राको परिवारमा बुहारी अमना शेष र क्रमशः दुई बर्ष र सात महिनाका गरी दुई नाति रहेका छन् ।
घरको लालनपालनको सबै अभिभारा बोकेको छोरा रहमतको विदेश मै भएको मृत्युले अब जीवनको सबै आस टुटेको इन्द्राले बताए ।
एक महिना २८ दिनअघि कतारमा बिजुलीको करेण्ट लागेर मृत्यु भएका रहमतको शव उनको घर आइपुग्दा वस्तीका सबैका आँखा रसाएका देखिन्थे ।
‘‘बुहारी मुच्र्छाबाट उठेकी छैन, सानु सात महिने नाति भोक लागेर रुँदै आमाको दुधको मुन्टा खोजेको देख्छु’’ इन्द्राले भनिन् ‘‘अर्को ठूलो नाति हजुरआमा खान दिनोस् भन्छ, म के गरौँ ?’’
सम्पत्तिका नाउँमा दुई धुर घडेरीमा रहेको पराले झुप्रोमात्र रहेको यो परिवारकी मुली इन्द्रामाथि अब बुहारी अमना, दुई नातिहरु, बर्कत शेष र हशरत शेषको प्रतिपालमात्र नभएर छोरो विदेश जाँदा साहुसँग लिएको रु एकलाख २५ हजार ऋणको भारीसमेत थपिएको छ ।
जीवनप्रति अब निराश भइसकेपनि साना नातिहरुको मायाले आफ्नो सास अल्झेको इन्द्राको भनाइ छ ।बुहारी अमना दिनमा कैयौँ पटक मुच्र्छित हुने गरेकीले साना नाति उसलाई जिम्मा लगाउन पनि आपूले बाँच्नु परेको इन्द्राले रुँदै बताइन् ।
‘मैले विदेश नगएर आफ्नै गाउँठाउँमा काम गर्न बारबार उसलाई भन्ने गरेकी थिएँ’’, इन्द्राले सञ्चारकर्मीसँग भनिन् ‘‘बाबु, तपाइँहरु राम्रोसित सबै युवालाई सम्झाएर समाचार बनाई दिनोस कुनै युवा अब विदेश नजाउन् ।’’
छोरा रहमत निक्कै कमाएर आफूलाई सुखसँग पाल्छु भनेर विदेश गएको इन्द्राले बताइन् । यो गाउँमा विदेश गएर उतै जोखिमपूर्ण काम गर्दा मर्ने रहमत पहिला भने होइनन् ।
यसअघि यो बर्ष्भित्रै गाउँका २५ वर्षीय इजरायल अन्सारी र सीताराम महराको पनि विदेशमै मृत्यु भएर शव घर आएको थियो । ती दुबैका परिवारसमेत साना नानीको प्रतिपाल र साहुको ऋणबाट बौरिन नसकेका सोही बस्तीका युवा सामाजिक कार्यकर्ता २२ वर्षीय रामईश्वर ठाकुरले बताए ।
www.nepalsandesh.com
सिमरा : सद्भावना पार्टिका अध्यक्ष राजेन्द्र महतोले छिमेकी मुलुकसहित सबै देशले नेपालमा नाकाबन्दी गर्न जरुरी रहेको बताएका छन्।

प्रहरी नियन्त्रणमा रहेका सद्भावना पार्टिका गढीमाई नगर कमिटि अध्यक्ष रामबाबु कलवारलाई भेट्न बुधवार सिमरास्थित ईलाका प्रहरी कार्यलय आएका महतोले सञ्चारकर्मीसंग कुरा गर्दै मधेसी मोर्चाले मात्र नसकेकाले अब सबै देशले नेपालमा नाकाबन्दी गर्न जरुरी रहेको बताए ।


तीन महिनादेखी जारी आन्दोलन र एक महिना भन्दा बढी समयदेखि भईरहेको नाकाबन्दीलाई सरकारले वास्ता नगरेका कारण नेपाली जनता पीडित हुनु परेको भन्दै महतोले सरकारलाई दवाव दिन भारत र चिनसहित सबै देशले नाकाबन्दी गर्नुपर्ने बताए ।

‘मधेसी मोर्चाले मात्र सकेन । अब भारत र चिनसहित सबै देशले नेपालमा नाकाबन्दी गर्नुपर्छ । हामीलाई सबै देशको सहयोग चाहिएको छ’ महतोले भने ‘सबै देशले नाकाबन्दी गरेपछि सरकार मोर्चाको माग पुरा गर्न बाध्य हुनेछ । ’

प्रहरी कार्यलयबाट निस्किएलगत्तै सडकमा प्रतिक्रिया दिएका महतोले सबै देशले नाकाबन्दी गर्नुपर्छ भनिररदा स्थानियको भिड्ले आक्रोश पोखेका थिए । सडकको विचमा सञ्चारकर्मीसंग प्रतिक्रिया दिन थालेलगत्तै स्थानियको भिड् लागेको थियो । लामो समयदेखीको नाकाबन्दीबाट आजित बनेका सर्वसाधारणले ‘कहिले खुल्छ नाकाबन्दी’ भन्दै भन्दै महतोलाई प्रश्न तेर्साइरहेका थिए ।

सर्वसाधारणले आक्रोश पोख्न थालेपछि प्रहरीले महतोलाई सुरक्षा घेरा भित्र राखेको थियो । सुरक्षा घेरा भित्रबाट सञ्चारकर्मीसंग कुरा गर्दै महतोले आन्दोलनलाई लम्ब्याएर नेपाली जनतालाई पीडामा राख्ने काम सरकारले गरिरहेको बताएका थिए । आन्दोलनकारी माथी बन्दुक चलाएर सरकारले वार्ताको वातावरण विथोलेको बताउदै महतोले पुनः वार्ताको वातावरण बनाउने काम पनि सरकारको नै रहेको बताए ।

‘आन्दोलनकारीमाथी बन्दुक चलाएर वार्ताको वातावरण हुदैन् । वीरगन्जको घटनाले सफल हुन लागेको वार्ता बिथोलिएको छ । ’ महतोले भने ‘अब वातावरण बनाउने काम पनि सरकारको नै हो । वार्ताको टेबुल छोडेका छैनौ, फेरी पनि वार्ता बस्न तयार छौ,  । ’

रक्सौलबासीले धर्नामा बसेका मोर्चाका नेताकार्यकर्तामाथीको आक्रमणलाई महतोले सामान्य आक्रोशको रुपमा लिएका छन् । आन्दोलनका क्रममा भारतिय नागरिकको मृत्यु भएपछि रक्सौलबासीले आक्रोश पोख्नु स्वभाविक रहेको महतोको भनाई थियो । महतोले वीरगन्ज–रक्सौल बिचको मितेरीपुलमा नाकाबन्दी जारी रहेको र कुनै समस्या नरहेको पनि बताए ।  ‘उनिहरुको देशको मान्छे मरेपछि आक्रोश पोख्नु स्वभाविक हो । नाकामा कुनै समस्या छैन, धर्ना जारी छ’ महतोले भने ।

महतोले झडपका क्रममा मारिएका भारतिय ब्यक्ति निर्दोश रहेको बताएका छन् । आन्दोलनका क्रममा मारिएकाले उनलाई सहिद घोषणाको माग राख्नुलाई अन्यथा रुपमा लिन नहुने उनको भनाई थियो । ‘आन्दोलनमा मारिएकाले उनी जुन देशको भएपनि फरक पर्दैन’ महतोले भने ‘सहिद घोषणाको मागलाई अन्यथा लिनुहुदैन्, यो स्वभाविक हो ।’

सडकको बिचमा बसेर प्रतिक्रिया दिईरहेका महतोलाई कार्यकर्ताले कुरा छोट्याउन आग्रह गर्दै तानिरहेका थिए । करिब १५ मिनेटसम्म प्रतिक्रिया दिएका उनि मोटरसाईकल चढेर पुनः वीरगन्ज फर्किएका छन् । फर्किने क्रममा बन्दमा किन मोटरसाईकल चलाएको भन्दै स्थानियले उनि चढेको मोटरसाईकलको चाबी खोसेका थिए । प्रहरीले सुरक्षा दिएर उनलाई वीरगन्जतर्फ पठाएको थियो ।

यसअघि महतो ईलाका प्रहरी कार्यलयभित्र प्रवेश गरेलगत्तै बाहिर बसेका मोर्चाका कार्यकर्ताले नारा लगाएका थिए । कार्यलय अगाडी नारा लगाएपछि प्रहरी निरिक्षक पुरुषोत्तम खड्काको टोलीले बल प्रयोग गर्दै भिड्लाई तितरवितर पारेको थियो । प्रहरीले सञ्चारकर्मीलाई समेत कार्यलय भित्र प्रवेशमा रोक लगाएका थिए ।

annapurnapost.com
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Aug 24 (6)
  • Aug 23 (1)
  • Aug 19 (1)
  • Aug 18 (19)
  • Aug 17 (17)
  • Aug 16 (24)
  • Jan 24 (18)
  • Jan 23 (27)
  • Jan 22 (32)
  • Jan 21 (35)
  • Jan 20 (35)
  • Jan 19 (34)
  • Jan 18 (40)
  • Jan 17 (45)
  • Jan 16 (27)
  • Jan 15 (29)
  • Jan 14 (35)
  • Jan 13 (40)
  • Jan 12 (32)
  • Jan 11 (39)
  • Jan 10 (31)
  • Jan 09 (23)
  • Jan 08 (31)
  • Jan 07 (30)
  • Jan 06 (39)
  • Jan 05 (34)
  • Jan 04 (39)
  • Jan 03 (43)
  • Jan 02 (47)
  • Jan 01 (31)
  • Dec 31 (34)
  • Dec 30 (36)
  • Dec 29 (43)
  • Dec 28 (33)
  • Dec 27 (27)
  • Dec 26 (38)
  • Dec 25 (33)
  • Dec 24 (38)
  • Dec 23 (44)
  • Dec 22 (39)
  • Dec 21 (37)
  • Dec 20 (40)
  • Dec 19 (31)
  • Dec 18 (47)
  • Dec 17 (30)
  • Dec 16 (16)
  • Dec 15 (42)
  • Dec 14 (30)
  • Dec 13 (32)
  • Dec 12 (35)
  • Dec 11 (42)
  • Dec 10 (26)
  • Dec 09 (31)
  • Dec 08 (15)
  • Dec 07 (37)
  • Dec 06 (30)
  • Dec 05 (34)
  • Dec 04 (32)
  • Dec 03 (33)
  • Dec 02 (36)
  • Dec 01 (37)
  • Nov 30 (48)
  • Nov 29 (28)
  • Nov 28 (35)
  • Nov 27 (35)
  • Nov 26 (47)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (27)
  • Nov 22 (32)
  • Nov 21 (43)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (22)
  • Nov 17 (29)
  • Nov 16 (32)
  • Nov 15 (25)
  • Nov 14 (28)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (42)
  • Nov 09 (22)
  • Nov 08 (40)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (42)
  • Nov 01 (44)
  • Oct 31 (29)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (47)
  • Oct 27 (32)
  • Oct 26 (39)
  • Oct 25 (35)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (22)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (31)
  • Oct 02 (29)
  • Oct 01 (29)
  • Sep 30 (29)
  • Sep 29 (24)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (26)
  • Sep 25 (27)
  • Sep 24 (18)
  • Sep 23 (15)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (26)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (12)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (19)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (22)
  • Sep 07 (22)
  • Sep 06 (26)
  • Sep 05 (18)
  • Sep 04 (23)
  • Sep 03 (24)
  • Sep 02 (25)
  • Sep 01 (24)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (27)
  • Aug 28 (28)
  • Aug 27 (30)
  • Aug 26 (29)
  • Aug 25 (24)
  • Aug 24 (35)
  • Aug 23 (30)
  • Aug 22 (31)
  • Aug 21 (32)
  • Aug 20 (30)
  • Aug 19 (33)
  • Aug 18 (27)
  • Aug 17 (34)
  • Aug 16 (28)
  • Aug 15 (23)
  • Aug 14 (23)
  • Aug 13 (22)
  • Aug 12 (19)
  • Aug 11 (18)
  • Aug 10 (24)
  • Aug 09 (16)
  • Aug 08 (18)
  • Aug 07 (25)
  • Aug 06 (16)
  • Aug 05 (18)
  • Aug 04 (21)
  • Aug 03 (19)
  • Aug 02 (14)
  • Aug 01 (17)
  • Jul 31 (19)
  • Jul 30 (19)
  • Jul 29 (15)
  • Jul 28 (12)
  • Jul 25 (14)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home