• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
भैरहवा, २० कात्तिक । मधेस आन्दोलनका नाममा गाडीमा ढुंगामुढा गर्ने सदभावना पार्टीका महासचिव हरिशचन्द्र सिंहलाई प्रहरीले पक्राउ गरेको छ ।
अनिल झा नेतृत्वको सदभावना पार्टीका केन्द्रीय महासचिव सिंहलाई गाडीमा ढुगांमुढा गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
तराईमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बन्दको क्रममा विहीबार प्रहरीले भैरहवा–लुम्बिनी सडकखण्ड गोनाहा ६ बनगाईस्थित गाडी स्कोटिङ गरेर लैजाने क्रममा गाडीमाथि ढुंगामुढा प्रहार भएको थियो ।
ढुंगामुढामा संलग्न महासचिव सिंहलाई प्रहरीले पक्राउ गरेर सार्वजनिक मुद्दा लगाउने तयारी समेत गरेको छ । भर्खरै मात्र सरकारले बाटो अवरोध गर्ने र सवारी तोडफोड गर्ने सिधै सार्वजनिक मुद्दा लगाउन मातहत निकायलाई निर्देशन दिएको थियो ।
यता महासचिव सिंह पक्राउ परेको विरोधमा सो क्षेत्रमा प्रहरी प्रशासनविरुद्ध आन्दोलनकारीले नाराबाजी गरिरहेका छन् ।
dainiknepal.com
काठमाडौं । नेपालमाथि नाकाबन्दी गरेर गरेर हाहाकार सिर्जना गराएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल नीतिको भारतभित्रै चर्को विरोध हुन थालेको छ ।
भारतीय सञ्चारमाध्यमहरुले नेपालसँगको सम्बन्ध सुधार गर्न सम्पादकीय लेखेको केही दिनमा भारतीय कम्युनिष्ट पार्टी माक्र्सवादीले नेपाललाई नधम्क्याउन चेतावनी दिएको छ ।
नेपालमा अत्यावश्यक सामग्रीको अभाव हुन थालेको भन्दै सो पार्टीले नाकाबन्दी अन्त्य गर्न र सीमामा जारी अवरोध सहज बनाउन दबाब दिएको हो ।
भारतीय कम्युनिष्ट पार्टी माक्र्सवादीको मुखपत्र ‘पिपुल्स डेमोक्रेसी’ को सम्पादकीयमा भनिएको छ, ‘मोदी सरकारले नेपाललाई डर देखाउने, धम्क्याउने नीति त्याग्नु पर्दछ । नेपाल सरकारसँग सल्लाह गरेर सीमामा देखिएको अवरोधलाई हटाउन भारत सरकारले पहल गर्नु जरुरी छ ।’
नेपालसँगको विवाद गर्ने मोदी सरकारको नीतिले दुई देशबीचको सम्बन्धमा अपूर्व फाटो आएको उल्लेख गर्दै नेपालमा जारी संविधानप्रति नकारात्मक दृष्टिकोण राखेपछि भाजपा सरकारले तनावलाई अझ बढाउने काम गरेको उल्लेख गरिएको छ ।
मधेसमा जारी आन्दोलनलाई मोदी सरकारले समर्थन गरेको सम्पादकीयमा मधेसी अवरोधको बहाना बनाएपनि कुनै अवरोध नभएका नाकाहरुमा समेत अवरोध गरेको उल्लेख गरिएको छ ।
सो पार्टीले नेपालमाथि भारतले नै नाकाबन्दी गरेको पनि जनाएको छ । नेपालमा रहेको असन्तोषको समाधान गर्ने जिम्मा नेपालकै भएको भन्दै नेपालमाथि हस्तक्षेप गर्ने भारतीय नीति प्रभुत्ववादी सोच भएको उल्लेख गरिएको छ ।
www.nepalsandesh.com
भारत सरकारले गरेको नाकाबन्दी सामान्य कुरा अब रहेन । यसको परिणाम स्वरुप नेपाल र नेपाली जनतालाई भएको क्षति भारतको मुम्बईमा भएको आतंककारी हमला भन्दा पनि ज्यादै धेरै भैरहेको विज्ञहरुले बताएका छन् । नेपाल सरकारका परराष्ट्र मन्त्रीले भारतीय नाकावन्दी शब्द उच्चारण गर्न पनि हिम्मत गरिरहेका छैनन् ।
कुटनीतिमा नरम र शालिन भाषा प्रयोग गर्ने नाममा अत्यन्तै कमजोर तरिकावाट भारतीय नाकाबन्दीको विरोध नेपाल सरकारले गरिरहेको छ । भारत सरकारले भने अहिलेसम्म पनि नाकावन्दी नै होइन भनेर सफेद झुठ बोलिरहेको छ ।
भारतको मुम्बईमा सन् २००८ नोभेम्बर २६ देखि २९ सम्म आतंककारी हमला भएको थियो । त्यसवेला भएको आतंककारी हमलामा मुम्बईका अनेक स्थानमा एकसाथ आतंककारीहरुले हमला गरेका थिए । मुम्बईको प्रसिद्ध ताज होटल र ओवेराय होटलमा पनि ती आतंककारीहरुले हमला गरेका थिए । ताज होटलमा भएको आक्रमणवाट भएको भीषण आगलागी टेलिभिजन च्यानलहरुले प्रत्यक्ष प्रशारण गरेका थिए । ती आक्रमणहरुमा भएको क्षतिपुर्ति स्वरुप ती होटलहरुले विमा वापत पछि २ अर्व ९४ करोड रुपैयाँ पाएका थिए ।
नेपालमा भने भारतीय नाकाबन्दीको परिणाम स्वरुप दैनिक न्युनतम पाँच अर्ब बराबर क्षति भइरहेको विज्ञहरुले बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघले उद्योग क्षेत्रमा करिब दुई अर्व बराबरको घाटा दैनिक रुपमा व्यहोरीरहेको बताएको छ । कृषि, पर्यटन, शिक्षा, साना व्यापार आदि सबै क्षेत्रको हिसाब गर्ने हो भने दैनिक न्युनतम पाँच अर्ब बराबरको क्षति भैरहेको विज्ञहरुले बताएका छन् ।
यस अर्थमा अहिलेको नाकावन्दी भारतको मुम्बईमा भएको आतंककारी हमला भन्दा पनि ठूलो आतंककारी हमला भएको विश्लेषकहरुले बताउन थालेका छन् । यस नाकाबन्दीले भूकम्पले क्षतविक्षत बनाएको नेपाली अर्थतन्त्रलाई थप गम्भीर नोक्सान गर्दै नेपालको अर्थतन्त्र नै ध्वंस गर्ने नियत राखेको प्रष्ट हुँदैछ । यसवाट सबभन्दा प्रभावित गरिव र निम्न मध्यम वर्गका नेपाली हुने र नेपाली जनताको समग्र जीवन स्तर ध्वंस गर्दै अप्ठेरोमा पारेर भारतीय सत्ताले नेपालका नदि नाला कब्जा गर्ने निकृष्ट उद्देश्य बोकेको रहस्य खुल्दैछ ।
यस्तो आतंककारी हमला विरुद्ध सशक्त आवाज उठाउनुको सट्टा रुन्चे स्वरमा मात्रै विरोध गर्नु र नाकाबन्दी शब्द उच्चारण पनि गर्न तर्सने नेपाल सरकारको दास मानसिकताले नेपाललाई कता पुर्‍याउँछ भन्ने प्रश्न उठ्न थालेको छ । नेपाल सरकारका नयाँ प्रधानमन्त्री तथा सबै दलहरुका नेताहरुले सर्बदलीय बैठक वसेर संयुक्त विरोध वक्तव्य सम्म पनि जारी नगर्नु तथा नयाँ प्रधानमन्त्रीले जनतालाई अपीलसम्म पनि नगर्नुले ठूला नेताहरु विरुद्ध जनतामा आशंका उब्जन थालेको देखिन्छ ।
www.nepalsandesh.com
पहिलो सहवास महिलाको लागि शारीरिक रुपमा पीडादायी मात्र होइन मानसिक तथा भावनात्मक रुपमा पनि निकै कठीन हुन्छ । पहिलो सम्भोगको विषयलाई लिएर महिलाहरुको मनमा विभिन्न खालका डरहरुले बास गरेको हुन्छ । त्यसैले कौमार्य भंग गर्ने विषय महिलाको लागि निकै कठीन कुरा हुन्छ । पहिलो सहवासलाई लिएर महिलाको मनमा पलाउने डर यस्ता छन् : यदि मैले दुखाइ सहन सकिन भने ? साथीसँगीहरुका अनुभव, बजार हल्ला तथा फिल्म र किताबहरुमा सुने, पढेका कुराहरुका कारण उनीहरुमा यो कुराको डर अझै बढेको हुन्छ । थाहा छैन कति ब्लिडिंग हुन्छ, यदि धेरै रगत बग्यो भने के गर्ने ?
यो डरले उनीहरुलाई निकै बढि सताएको हुन्छ । अझ रगत देख्दै रिंगटा लाग्ने अर्थात् डराउने महिलाका लागि यस विषयको डरले निकै डेरा जमाएको हुन्छ । यदि म गर्भवती भएँ भने ? सुरक्षित सेक्सका अनेक तरिकाहरुको बारेमा जानकारी हुनुका बाबजुत पनि केटीहरुको मनमा यो कुराको डर रहिरहेको हुन्छ । चाहे पहिलोपटकको सेक्स होस् वा नियमित सेक्स नै किन नहोस्, अनिच्छित गर्भ रहने डरले महिलाको सम्भोगको आनन्दलाई नै खल्बलाएको हुन्छ । ब्वायफ्रेण्डले छोड्यो भने ? यो डर प्रेम सम्बन्धमा रहेका अविवाहित युवतीहरुमा हुने सबैभन्दा ठूलो डर हो । कतिपयले त यहीँ डरकै कारण प्रेमीको चित्त बुझाउनकै लागि नचाहँदा नचाहँदै सेक्समा संलग्न हुन बाध्य हुन्छन् । सेक्स नगरेमा ब्वायफ्रेण्ड आफुलाई छोड्नसक्ने डर हुन्छ उनीहरुमा । अर्कोतर्फ एकपटक सेक्सको मज्जा लिएपछि ब्वायफ्रेण्डले आफुबाट पाउनुपर्ने सबै चिज पाउने र त्यसपछि आफुलाई मतलब नगर्ने खतरा समेत हुने डर उनीहरुमा हुन्छ । सम्भोगमा मेरो पर्फमेन्स राम्रो भएन भने ? आम रुपमा यो डर पुरुषमा बढि हुन्छ । सोही कारण पुरुषहरु सेक्सपछि पार्टनरसँग गफ गर्न अनकनाउँछन् । तर यो डर महिलामा पनि हुन्छ । यद्यपि उनीहरुले यो कुरा लुकाउँछन् । मेले सहवास गरेको अरुले थाहा पाए भने ? सम्भोगको कुरालाई लिएर अविवाहित युवतीहरुमा सबैभन्दा ठूलो नैतिक संकट हो यो । कुनै पुरुषसँग आफुले सेक्स गरेको कुरा परिवार तथा समाजले थाहा पायो भने आफ्नो हालत के होला ? भन्ने डर हुनु स्वभाविकै हो । रोग पो लाग्ने हो की ? जर्मोफोबिक अर्थात् किटाणुदेखि डराउने मानिसहरु अन्य मान्छेसँग हात मिलाउन समेत डराउँछन् । कतै संक्रमण सर्छ की भन्ने डर हुन्छ उनीहरुमा । यस्ता मानिसहरुका लागि सेक्स भन्ने कुरा त परेको चिज भयो । त्यसैले कतिपय महिलाहरु आफ्नो पहिलो सम्भोगमा रोगको संक्रमण, खासगरी यौनरोगको स.क्रमणको डरले सताइएका हुन्छन् । भलै उनीहरुले सुरक्षित रुपमा सम्भोग गरेका किन नहोउन् । कतै म नपुंशक त होइन ? सम्भोगपछि मात्र मानिसले आफुलाई यौनिक रुपमा सक्षम प्रमाणित गर्दछ । तर एकपटक पनि सम्भोग नगरेको मानिसमा म कतै यौनिक रुपमा असक्षम पो छु की ? भन्ने डर हुन्छ । पहिलो सहवासमा आफु असक्षम ठहरिएमा आफ्नो एसेक्सुअल भएको कुरा पत्ता लाग्ने डर पनि मनमा कताकता हुन्छ । www.onlinekhabar.com
काठमाडौं । भारतको अघोषित नाकाबन्दीकाबीच अन्तर्राष्ट्रिय दातृ निकायहरुले पनि नेपाललाई कडा चेतावनी दिएका छन् ।
दातृ निकायका प्रतिनिधि तथा युरोपेली मुलुकका राजदूतले नेपालमा इन्धन संकट अझै दुई महिना कायम रहे नेपाललाई वाचा गरेको सहयोग रकम मानवीय संकट झेलिरहेका विश्वका अन्य मुलुकमा ‘डाइभर्ट’ हुनसक्ने वा सम्बन्धित मुलुकमै फिर्ता जानसक्ने चेतावनी दिएका छन् ।
प्रधानमन्त्री केपी ओलीलाई बिहीबार सामूहिक रूपमा भेटी उनीहरूले भूकम्पपछिका ८ महिनासम्म पनि पुनर्निर्माण अघि नबढाएको भन्दै असन्तुष्टि पोखेका थिए। नेपालमा विद्यमान इन्धन अभावले भूकम्पपछिको पुनर्निर्माणका लागि विगतमा आफूहरूले वाचा गरेअनुसार रकम खर्च गर्न नपाउने अवस्था उत्पन्न हुन लागेको भन्दै विदेशी कूटनीतिज्ञले सरकारमाथि दबाब दिएका हुन्।
भूकम्पपीडितका लागि स्थायी बसोबास, खानेपानी, विद्यालय निर्माण, भत्केका संरचना पुनर्निर्माण निजी कम्पनीलाई ठेक्कापट्टा दिनेलगायत काम अंग्रेजी नयाँ वर्षको अन्तिमसम्म अर्थात् डिसेम्बर महिनाअघि नै टुंगो लगाउनुपर्ने बाध्यता आफूहरूलाई रहेको पनि उनीहरूले सुनाए।
‘डिसेम्बर अन्तिमसम्म ती कामको ठेक्कापट्टालगायत प्रक्रिया नेपालमा सुरु भइसकेकोबारे हामीले हाम्रा मुलुक र माथिल्ला निकायलाई जानकारी गराउनैपर्ने अवस्था छ । तर, विद्यमान इनधन अभावले गर्दा पुननिर्माण सम्बन्धी यस्ता काम रोकिन गएका छन्,’ उनीहरुले प्रधानमन्त्रीसँग भनेका थिए । अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।
dainiknepal.com
सुरुङ्गा (झापा), २० कात्तिक । पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको तोपगाछीमा गएराति मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा तोपगाछी– ३ निवासी ६० वर्षीया डम्बरकुमारी कार्की रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।
उनलाई पूर्वबाट पश्चिमतर्फ गइरहेको मे७प २१०० नंको मोटरसाइकलले ठक्कर दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी प्रमुख रोशन आचार्यले बताउनुभयो ।
मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी उनको उपचारका क्रममा विराटनगरस्थित न्युरो अस्पतालमा गएराति मृत्यु भएको हो ।
तीव्र गतिमा रहेको मोटरसाइकलले कार्कीलाई गएराति १० बजे बाटो काट्ने क्रममा ठक्कर दिएको बताइएको छ । रासस
dainiknepal.com
मुम्बई । पूर्व पोर्नस्टार तथा बलिउड अभिनेत्री सन्नी लियोनीले यौन सम्बन्धबारे आफ्नो धारणा स्पष्ट पारेकी छिन् ।
हिन्दुस्तान टाइम्सका अनुसार, पोर्नस्टार भएको नाताले सन्नीलाई सोधिएको थियो कि शारीरिक सम्बन्धका बारेमा के सोच्छिन् के उनी सेक्सलाई सही मान्छिन् ?
यी प्रश्नको जवाफ दिँदै सन्नीले भनेकी छिन्– यदी कुनै युवतीलाई बच्चा चाहिएको छैन् भने उनलाई औषधिको प्रयोग गर्न सुझाव दिइन् । केहीले यो कुरालाई गलत भन्ने गरेको सन्नीको गुनासो थियो । तर, उनले यदि कुनै दम्पत्ती बच्चाको तयार छैन् भने यो उपाय अपनाउनु उत्तम हुने बताईन् ।
उनी सुरक्षित शारीरिक सम्बन्धलाई समर्थन गर्छिन् । उनले भनिन्– शारीरिक सम्बन्धको समयमा केही महत्वपूर्ण कुरामा ध्यान दिनुपर्छ जसले भविष्यमा कुनै किसिमको समस्या नआओस् । उनले बच्चादेखि बुढोसम्मले पनि सेक्स गर्न सक्ने भन्दै तर, त्यो सुरक्षित हुनुपर्ने धारणा राखिन् ।
विहेपछि मात्रै सेक्स गर्ने परम्पराको विरोध गर्दै उनले भनिन्–जसले जतिबेला चाँह्यो आफ्नो इच्छा पुरा गर्न सक्छ । तर त्यो सुरक्षित हुनुपर्छ ।सन्नीले आफ्नो विगत नकोट्याउन आग्रह गरिन् । उनले भनिन्– मेरो विगत कोट्याउँदा म भन्दा मेरो पति डेनियललाई बढी दुःख लाग्छ ।
dainiknepal.com
योगेन्द्र चौधरी, मुख्य सचेतक, मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) नेपाल
थारु र मधेसी समुदायको अधिकारका लागि लामो संघर्ष भइरहेका बेला एमाले नेतृत्वको वर्तमान सरकारमा सहभागी मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले सरकारमार्फत माग पूरा गराउने उद्देश्य लिएको छ । आफ्ना मागलाई सडकबाट भन्दा सत्ताबाट पूरा गराउन सहज देखेर सत्तामा पुगेको फोरम लोकतान्त्रिकले उत्पीडित समुदायलाई अधिकारबाट बञ्चित हुन नदिने दाबी गरेको छ । आन्दोलन तुहाएको आरोप लागेको फोरम लोकतान्त्रिकले यस विषयलाई अस्वीकार गर्ने गरेको छ । यसै सन्दर्भमा फोरम लोकतान्त्रिकका मुख्य सचेतक योगेन्द्र चौधरीसँग विमल योगीले गरेको कुराकानी :
– थारु आन्दोलन कता पुग्यो ?
थारु आन्दोलन जुन विन्दुबाट पुगेका थियो । गन्तव्यमा नपुगेर मझधारमा आएर उभिएको छ । अब कुन बाटोबाट अगाडि बढ्ने भन्ने कुरामा एकमत हुन नसकिरहेको अवस्था हो । थारु आन्दोलन यहि छाड्नु पर्छ भन्ने कसैको मत छैन । आन्दोलनलाई निर्णायक बनाउनु पर्छ भन्ने सबैको साझा दृष्टिकोण छ । यसका निम्ति साझा दृष्टिकोण कसरी बनाउन सकिन्छ भन्नेमा हामी लागिरहेका छौँ ।
– तपाईहरू सत्तामा गइसक्नु भएको छ । कहिले बन्छ त साझा दृष्टिकोण ?
हामीले सरुवात देखिनै भन्दै आएका थियौँ । हामी सत्तामा आँखा चिम्लिएर आएका होइनौ । थरुहट आन्दोलनले उठाएका मागका सम्बन्धमा खास गरी एमाले र एमाओवदीसँग आठ बुँदे सहमति गर्‍यौँ । त्यो सहमतिमा संविधान संशोधन गर्नेदेखि लिएर आन्दोलनका क्रममा ज्यान गुमाएका, अनाहकमा मुद्दा लगाएकाहरूको मुद्दा खारेजी, सम्पत्तिमा आगजनी भएका, घाइते भएकाहरूको उचित क्षतिपूर्ति दिने सहमति भएको छ । हामीसँग भएको आठ बुँदे सहमतिबाट समाधान खोज्ने प्रयत्न हुन्छ । यदि आठ बुँदे सहमतिमा वेवास्ता गरी सरकारमा सहभागी दलहरू अगाडि बढेमा हामीले सरकारलाई दिएको समर्थनको सन्दर्भमा समीक्षा गरी आगामी बाटो के हुने भन्ने पुनःविचार गर्छौँ ।
– तपाईहरूको नयाँ प्रयोग के हो ?
नयाँ प्रयोग भनेको सरकारमा बस्नेहरू जनताका मुद्दा बोक्दैनन् भन्ने बुझइ छ । त्यो नै लगत छ । अरु समय जस्तो सामान्य अवस्थामा बसेको यो सरकार होइन । नयाँ संविधान बनि सकेपछिको यो पहिलो सरकार हो । र सबै नेपालीले बुझेको सत्य के हो भने संविधान संशोधन नभइकन मुलुकले स्थायी शान्ति तथा आर्थिक समृद्धि तिर लम्किन सकिँदैन । त्यसैले हामीले सडक, सदन र सरकार तीन ठाउँबाट जनताका मागहरूलाई सम्बोधन गराउनका निम्ति संघर्ष गरिरहेका छौँ । यही मुताविक यो समयलाई अधिकतम रुपमा सदुपयोग गर्ने भन्ने बुझइका साथ हामी सरकारमा सहभागी भएका हौँ ।
– तपाईहरूले नेपालको संविधान २०७२ लाई त मान्नु भएको छैन नी ?
हामीले कहिल्यै पनि नेपालको संविधानलाई मान्दैनौ भनेका छैनौँ । र कसैले भन्नु पनि हुँदैन । तर हामीले सुरुदेखि भन्दै आएका हौँ । यो संविधानमा धेरै त्रुटीहरू छन् । संशोधन गर्नुपर्ने धेरै विषयहरू छन् । मधेसी, थारुहरूले अपनत्व महशुस गर्न सकेका छैनन् । त्यसैले यो संविधानमा संशोधन गरेर सबैले मान्ने संविधान बनाउनेतर्फ सबैको रचनात्मक सहयोग हुन जरुरी छ । यसले देशमा देखिएको द्वन्द्वको समाधान र कमजोर भएको नेपाली राष्ट्रियतालाई बलियो बनाउँछ ।
– नेपालको संविधान २०७२ मा तपाईहरूको हस्ताक्षर छैन नी ?
हामीले संविधानमा हस्ताक्षर नगर्नुको मुख्य कारण संविधान सबैको हुन सकेन । खास गरी सिमाङ्कन, समानुपातिक प्रतिनिधित्वलगायतका विषयहरूमा थारु र मधेसीहरूको असहमति छ । जबसम्म यी समुदायहरूले उठाएका विषयहरूलाई संविधानले संशोधनमार्फत सम्बोधन गर्न सक्दैन, तबसम्म हामीले पनि पूर्णरुपमा स्वीकार गर्ने अवस्था रहँदैन । त्यसैले यी मुलभूत विषयहरूमा हाम्रो असहमति हो । असहमति भएर हस्ताक्षर गर्ने अवस्थामा हामी पुगेनौँ । यद्यपि, हामीलाई पनि दुःख लागेको छ । यो ऐतिहाँसिक दस्तावेजमा हाम्रो हस्ताक्षर गर्ने अवस्थाको सृजना हुन सकेन ।
– संविधानमा हस्ताक्षर नगर्ने ? तर त्यही संविधानअनुसार सरकारमा गएर लाभ लिन पाइन्छ ?
हामीले संविधान नमान्ने भनेर पहिलादेखि नै भनेका छैनौँ । तर संविधानभित्रका कही धाराहरूप्रतिको हाम्रो अहिले पनि विमति हो । सिमाङ्कन, समानुपातिक र सहभागिताको विषय जबसम्म संशोधनमार्फत पूर्णता दिइँदैन तबसम्म यो संविधान हाम्रो निम्ति आलोचनात्मक रुपमा मात्र समर्थन हुन्छ । लाभ लिने प्रश्नै आउँदैन अधिकारका लागि सरकारलाई दवाव दिन हामी ससर्त सरकारमा सहभागी भएका छौँ । माग पूरा भएन भने सरकारलाई दिएको समर्थनका बारेमा पुनःविचार गर्न बाध्य हुने छौँ ।
– मन्त्री बन्न चाहीँ संविधान मान्ने ? अरु बेला भने आलोचनात्मक समर्थन गर्ने है ?
मन्त्री बन्नु मात्र हाम्रो मुख्य उद्देश्य होइन । माथि पनि भनि सकेँ । सरकारमा बसेर पनि संघर्ष गर्न सकिन्छ । यो नयाँ प्रयोग पनि हामीले गरिरहेका छौँ । सरकारमा बसेर सुविधा मात्रै भोग गर्नेभन्दा पनि हामी आफैँ आन्दोलनकारी हुनुको नाताले थारुले के चाहेका छन् ? मधेसीले के चाहेका छन् ? र समाधान कसरी हुन सक्छ भन्ने कुरा अहिलेको सरकारलाई हामीले त्यहाँ बसेर विशेष सहयोग पुर्‍याउन सक्छौँ । र द्वन्द्वलाई समाधान गर्नु हाम्रो उद्देय हो ।
त्यासो भए संविधान संशोधनमा सत्तारुढ दलहरूको दुईतिहाई बहुमत पुग्छ ?
सरकार एक्लैले चाहेर मात्र संविधान संशोधन हुन सक्दैन । संविधान संशोधन हुनका निम्ति दुईतिहाई बहुमत चाहिन्छ । जटिलता यहाँनिर थपिएको छ । किन की नेपाली कांग्रेस सत्तागठबन्धनबाट बाहिरिएको छ । त्यसैले सरकारको चुनौति जनताका मागलाई संशोधनमार्फत गर्नुपर्ने प्रावधानमा दुईतिहाई पुर्‍याउन समस्या आएको हो । हामी त्यसलाई सहज वातावरण बनाउनका निम्ति सबै राजनीतिक दलहरूसँग पहल गरिरहेका छौँ ।
– कांग्रेसले तपाईहरूलाई संविधान संशोधन गर्न किन सहोग गर्ने ?
यो समस्या, नयाँ समस्या होइन । नेपाली कांग्रेसको नेतृत्वमा सरकार हुँदाका बखत नै संविधान जारी भएको हो । कांग्रेसकै नेतृत्वमा सरकार रहँदा नै आन्दोलन सरु भएको थियो । त्यसैले नेपाली कांग्रेस यो समस्याबाट पन्छिन मिल्दैन । समस्या समाधान गर्नका निम्ति तत्कालीन सरकारले पनि आन्दोलनरत पक्षसँग वार्ता गर्नका निम्ति वार्ता टोली बनाएको थियो । आन्दोलन गरिरहेका थारु र मधेसीहरू, के नेपाली कांग्रेसलाई भोट दिएर जिताएका जनता होइनन् ? त्यसैले यो समस्या कुनै दल, जाति विशेषको मात्रै समस्या होइन । संविधान जारी गर्ने पक्षहरू सबै जिम्मेवारी पूर्वक संविधानमा सम्बोधन हुन नसकेका विषयहरूलाई संशोधनमार्फत पूर्णतादिइ संविधानलाई सर्वस्वीकार्य बनाउनु सबैको दायित्वभित्र पर्छ । मलाई विश्वास छ, यो जिम्मेवारीबाट नेपाली कांग्रेस पन्छिदैन ।
– तपाईहरू आन्दोलनकारी की सत्तारुढ दलका नेता ?
राजनीतिक दलको हिसावले म सत्तारुढ दलको नेता हो । तर सामुदायिक हिसावले म आन्दोलनरत पक्षको प्रतिनिधि हुँ ।
– सरकारमा पनि बस्ने, मन्त्रीको नेतृत्वमा माग पूरा गर भनेर नेताहरूको घरघर जान मिल्छ ?
मैले माथि नै भनिसकेँ । हामी सत्तारुढ पनि हो । थारु र मधेसीको तथा अन्य उत्पीडित समुदायको प्रतिनिधि पनि हौँ । राजनीतिक सहमति र दवावका लागि मन्त्रीले पनि पहल गर्नु सकारात्मक पक्ष हो । यसलाई अन्यथा लिनु हुँदैन ।
dainiknepal.com
काठमाडौं, २० कात्तिक । वीरगञ्जस्थित दशगजा क्षेत्रमा रहेको मितेरी पुलमा धर्ना बसेर नाकाबन्दी लगाउँदै आएका मधेसी मोर्चाका नेता तथा कार्यकर्ताहरूलाई बल प्रयोग गरेर प्रहरीले हटाएपछि आक्रोशित बनेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संघर्षलाई झन् कडा बनाउने संकेत गरेको छ ।
मोर्चाले आन्दोलन कडा बनाउने संकेत गरेपछि भारतीय पक्षले पनि आपूर्ति व्यवस्थालाई कडाइ गरेको छ । भारतीय पक्षको नाकाबन्दीका कराण दुःख पाइरहेका नेपाली जनताले अझै दुःख पाउने जानकारहरूको बुझइ छ ।
मधेसी मोर्चालाई देखाएर नाकाबन्दी लगाउँदै आएको भारतले नेपालभित्रको राजनीतिक अवस्था सहज नहुँदासम्म आपूर्ति गर्न नसकिने जनाइ सकेको छ ।
यता, मधेसी मोर्चाका नेताहरूले सरकारी पक्षबाट आफूहरूका माग पूरा गर्नेतर्फ ध्यान नदिएको भन्दै आक्रोश जनाएको छ । मधेसी मोर्चाले सरकारले माग पूरा गरे नाकाबन्दीको कार्यक्रम फिर्ता हुने अन्यथा आन्दोलन कडा बनाउने जनाएको छ ।
सद्भावना पार्टीका महासचिव मनीष सुमनले पनि आफूहरू सरकारसँग वार्ताको पक्षमा रहेको भन्दै सरकारले बेवास्ता गरिरहेको उल्लेख गर्नुभएको छ ।
वीरगञ्जमा भएको मधेसी मोर्चाको प्रदर्शनमा प्रहरीलाई ढुङ्गा प्रहार गर्ने भारतीय नागरिकको मृत्यु भएपछि भारतले नेपालप्रति कडा रवैया अपनाएको छ ।
dainiknepal.com
काठमाडौं, २० कात्तिक । भारतले नेपालमा देखिएको राजनीतिक समस्याको ‘राजनीतिक समाधान’ देखा नपरिउन्जेल सहज रुपमा ढुवानी तथा आपूर्तिको प्रक्रिया अघि बढ्न नसक्ने धारणा दोहोर्‍याएको छ ।
‘नेपालमा उब्जिएको समस्या राजनीतिक हो र, यसको समाधान राजनीतिक रुपमै मात्र हुन सक्छ । नेपालमा यो समस्या सुरु भएको पहिलो दिनदेखि हामी राजनीतिक समाधान पर्खिरहेका छौं’, विदेश मन्त्रालयको नियमित ब्रिफिङमा बिहीबार प्रवक्ता विकास स्वरुपले भने, ‘द्वैदेशीय सीमावर्ती नाकामा मधेसी समुदायले पुर्‍याएको बाधा र अवरोध रहुञ्जेल ढुवानी तथा पारवहनको समस्या सुल्झने स्थिति छैन ।’
भारतले नेपालमाथि कुनै प्रकारको नाकाबन्दी नगरेको पुरानै अडान राख्दै प्रवक्ताले यो मामला जेनेभास्थित राष्ट्रसंघीय मानवअधिकार उच्चायोगमा बहसमा आउनुलाई ‘स्वभाविक’ भनेर टिप्पणी गरे ।
‘यो नेपाल–भारतको द्वैपक्षीय विषय अन्तर्राष्ष्ट्रियकरण भएको होइन, राष्ट्रसंघीय मानव अधिकार आयोगको सदस्य भएका कारण स्वभावत सुझाव र सल्लाह दिने क्रममा यो विषय उठेको हो,’ उनले भने, ‘मानव अधिकारको आद्यवाधिक समीक्षा गर्ने क्रमको ‘सुझाव’ मात्रै सामूमा आएको हो ।’
उनले विगतका नियमित ‘ब्रिफिङ’ झैं नेपाल–भारतका विभिन्न १० व्यापारिक नाकामध्ये ६ नाकामा ६ हजार ९ सय ६ वटा ट्रकरबाहन अड्किएर बसेको तथ्यांक पढेर सुनाएको कान्तिपुर दैनिकले छापेको छ ।
dainiknepal.com
काठमाडौं, २० कात्तिक । नेपाल आयल निगमले प्रतिलिटर एक सय ३९ रुपैयाँ ४० पैसा घाटा हुने गरी पेट्रोल खरिदको सम्झौतासहित पेस्की रकम दिएको छ । निगमले २० करोड रुपैयाँ पेस्की दिइसकेको छ ।
निगमले २० करोड रुपैयाँ पेस्की दिएर इन्धन ल्याउन स्वीकृत दिएको विराट पेट्रो केमिकल्सबाट ठूलो नोक्सानी बेहोर्दै इन्धन खरिद गर्न लागेको समाचार नयाँ पत्रिका दैनिकले छापेको छ ।
आफैंले पेस्की रकम दिएको कम्पनीबाट निगमले पेट्रोल दुई सय ३० रुपैयाँ ७१ पैसा र डिजेल एक सय ९३ रुपैयाँ ८६ पैसा प्रतिलिटर (भन्सासहित) मा खरिद गर्न लागेको छ ।
यो इन्धन हालकै बजार मुल्यमा बिक्री गर्दा निगमले प्रतिलिटर पेट्रोलमा एक सय ३९ रुपैयाँ ४० पैसा र डिजेलमा एक सय २३ रुपैयाँ ९५ पैसा प्रतिलिटर नोक्सान बेहोर्नुपर्नेछ ।
जबकी अहिले भारतबाट खरिद गरिएको पेट्रोलमा १२ रुपैयाँ ६६ पैसा र डिजेलमा ८ रुपैयाँ ५७ पैसा नाफा कमाइरहेको छ ।
dainiknepal.com
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
व्यवसायिक क्षेत्रबाट राम्रो लाभ प्राप्त हुनेछ । छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । दाजुभाइको प्रगतिको समाचार सुन्न पाइएला । पारिवारिक जीवन सन्तोषप्रद रहने छ । साथीहरूसित मनोरञ्जन गर्ने अवसर जुर्नेछ । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । ज्ञानगुनका क्षेत्रमा सक्रिय भइने छ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग हलुका रातो वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कुलदेवताभ्यो नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
taurus
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
घरायसी वातावरणमा केही धमिलोपन आउने छ । सामान्य कुराले पनि मन पिरोल्नेछ । मानसिक अशान्ति र बेचैनी हुने योग छ । पढाइलेखाइमा जाँगर चल्दैन । विश्वास गरेका व्यक्तिबाट नै विश्वासघात हुने सम्भावना छ । जस कसैलाई मन पेट खोलेर नदिनु होला । प्रेमसम्बन्धमा तिक्तता आउनसक्छ । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ मृत्युञ्जयाय नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
gemini
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
सामाजिक कार्यमा नेतृत्वदायी भूमिका वहन गर्नु पर्नेछ, जसबाट सम्मान प्राप्त हुनेछ । बोलीको प्रभाव रहनाले काम बन्ने छ समयलाई पर्खिनु होला । रोजगारी र व्यापारव्यवसायमा आजको दिन विशेष महत्वको दिन हुनेछ । चेलीबेटी वा कुटुम्बका तर्फबाट खुसीको खबर प्राप्त हुने सम्भावना समेत छ । आजका लागि शुभअङ्क १ र शुभरङ्ग कलेजी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ घृणि सूर्याय नमः यस मन्त्रको कम्तीमा ७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
cancer
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
नातागोता, छरछिमेकी वा इष्टमित्रको जिम्मेबारी वहन गर्नु पर्नेछ । प्राविधिक कारणले आएका समस्या निराकरण गर्न धेरै समय खर्चनु पर्नेछ । गरेका काममा सोचेजति सफलता प्राप्त हुने सम्भावना छैन । आत्मसन्तुष्टि नहुनाले दिक्क लाग्नेछ । व्यापार, व्यवसायबाट लाभ मिल्नेछ । दिन मध्यमखालको छ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गुरवे नमः यस मन्त्रको कम्तीमा २४ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
leo
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
साथीभाइ र परिवारका सदस्यहरूले सहयोग गर्नेछन् । सन्तति र भाइबहिनीका पक्षबाट सन्तोष मिल्नेछ । व्यवसायिक क्षेत्र लाभप्रद रहने छ । भौतिक साधनको जोहो हुनाका साथै मनोरञ्जनात्मक क्रियाकलापमा सक्रिय हुने अवसर जुट्ने छ । तर मनमा कताकता दोधारको स्थिति भने आउनसक्छ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग छिर्केमिर्के बुट्टे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कें केतवे नमः यस मन्त्रको कम्तीमा ७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
gemini
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
घरपरिवार वा छरछिमेकीका सानातिना जिम्मेबारी आइलाग्न सक्छन् तर शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । धनसङ्ग्रहका क्षेत्रमा बाधा छ, अझ श्रममूलक काम र कृषि तथा पशुपालनका क्षेत्रमा लाभ हुनेछैन । दैनिकीमा खर्च बढ्ने छ । दिक्क र झर्कोलाग्दो यात्राको योग छ । परपाहुनाको चाप बढ्नसक्छ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सरस्वत्यै नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
libra
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
आत्मबल बढ्ने छ । शत्रुहरू पराजित हुनेछन् । मातापिता र अभिभावक वर्गको आशीर्वचन प्राप्त हुनेछ । समाजसेवाका कामबाट लाभ हुनेछ । सुखसुविधा र विलासिताका लागि समय र धनको जोहो हुनसक्छ । राज्यपक्षबाट लाभ प्राप्त हुनेछ । बन्दव्यापार, पेसा र रोजगारीका क्षेत्रबाट फाइदा लिन सकिने छ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग सेतो वा घिउरङ्ग हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमः शिवाय यस मन्त्रको कम्तीमा २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
scorpio
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
कर्मक्षेत्रमा चन्द्रमा भएपनि समय अनुकूल छैन, तर मिहिनेत र दौडधूप गरेको काममा सफलता प्राप्त भई छाड्ने छ । सामाजिक कार्यभार बहन गर्नु पर्नेछ । खानपानको समयमा तलबितल पर्नसक्छ । जग्गाजमिनको कारोबारबाट सानोतिनो फाइदा नै हुनेछ । नयाँ काममा लगानी बढाउन अनुकूल छैन । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बृं बृहस्पतये नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
sagittarius
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
पुराना साथीभाइसित भेटघाट हुने र आकस्मिक लाभ मिल्ने दिन छ । कर्मसिद्धिको समय छ । सामूहिक नेतृत्व सम्हाल्ने मौका मिल्नेछ । बन्दव्यापारमा लाभ मिल्नेछ । प्रतिभाको कदर हुनेछ । नयाँ ज्ञान प्राप्त हुनेछ । घरपरिवारमा खुसीको वातावरण सिर्जना हुनेछ । अभिभावकको आशीर्वादले काम गर्न सक्छ । आजका लागि शुभअङ्क ८ र शुभरङ्ग ध्वाँसे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ रां राहवे नमः यस मन्त्रको कम्तीमा १८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
capricorn
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
सानातिना काम र घरेलु समस्यामा नै आजको समय व्यतीत हुनेछ । प्रत्येक काममा बाधाअड्चन आउने र ढिलो गरी कार्यसम्पादन हुने दिन छ । सवारी साधन हाँक्दा वा बाटो काट्दा सचेतता अपनाउनु बेस हुनेछ । स्वास्थ्यमा समस्या हुनसक्छ । लेनदेनमा विवाद हुनेछ । घरायसी सुखमा कमी देखिन्छ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग गाढा रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमश्चण्डिकायै यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
aquarius
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
जीवनसाथी वा विपरीतलिंगी मित्रसँग मन फुकाएर आफ्ना कुरा राख्न सकिने छ । घरमा माङ्गलिक कृत्य सम्पादन गर्ने वातावरण बन्नेछ । अध्ययन, अध्यापन र लेखनमा खास अभिरुचि हुनेछैन, तर स्वास्थ्यस्थिति र आर्थिक पक्ष बलियो भएर आएको छ । उमङ्ग र स्फूर्तिका कारण शरीर हलुको र फुरुङ्ग हुनेछ । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शं शनैश्चराय नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
pisces
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
आर्थिक र व्यवसायिक समस्या समाधान हुनेछन् । तर्कवितर्क, चिन्तन आदिका क्षेत्रमा उल्लेखनीय लाभ हुनेछ । आफन्तले तपाईंका विचार र तर्कको सराहना गर्नेछन् । स्वास्थ्य सबल रहने छ, दैनिक कामकाज सजिलै सम्पन्न हुनेछन् । कल्पना र भावुकतामा रमाउँदा रमाउँदै दिन गएको पत्तो पाउनुहुन्न । आजका लागि शुभअङ्क २ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सों सोमाय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
(द्रष्टव्य : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि इटहरी, सुनसरी, नेपालको अक्षांश : २६:३९:४७ उत्तर तथा देशान्तर : ८७:१६:२८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ )

काठमाडौं: अमेरिकाले नेपाल-भारत सीमानाकामा बढ्दो अस्थिर अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ।

 भारत र नेपालबीचको चिसिएको द्विपक्षीय सम्बन्धबारे अमेरिकाले घुमाउरो भाषामा पहिलोपटक बोलेको हो।अमेरिकाले डेढ महिनायता नेपालमा जारी भारतीय नाकाबन्दीबारे भने आफ्नो वक्तव्यमा कतै उल्लेख गरेको छैन।

काठमाडौंस्थित अमेरिकी दूतावासले बिहीबार वक्तव्य जारी गरी अहिले नेपाल-भारत सीमामा देखिएको अवस्थाको परिणामस्वरूप भूकम्प प्रभावित क्षेत्रमा इन्धन, औषधि र खाद्य पदार्थको गम्भीर अभाव उत्पन्न भएको जनाएको हो।

हिउँद सुरु हुन केही सातामात्र बाँकी रहेको अवस्थामा नेपालस्थित अन्तर्राष्ट्रिय समुदायले धेरै जोखिमयुक्त समुदायमा महत्वपूर्ण राहत तथा आवास सामग्री पुर्‍याउन सकिरहेको छैन', वक्तव्यमा उल्लेख छ, 'जनजीवन जोखिममा रहेको छ र यसैका कारण मानवीय संकट आउने हो कि भन्ने हामीलाई चिन्ता छ।'

भारतको नाम नलिई वक्तव्यमा अमेरिकाले अहिलेको संकट समाधान गर्न संलग्न सबै पक्षलाई आफ्ना प्रयत्न पुनः दोब्बर बनाउन आह्वान पनि गरेको छ। सबै नेपालीका आकांक्षालाई संविधानमार्फत सुनिश्चित गर्न अर्थपूर्ण राजनीतिक संवादको सकारात्मक वातावरण बनाउने कार्यमा सबै पक्षले योगदान गर्नुपर्ने अमेरिकाले वक्तव्यमा उल्लेख गरेको छ।

नेपाली जनता र सरकार लोकतान्त्रिक मार्गमा अगाडि बढिरहेको र भूकम्पपछिको पुनर्निर्माणमा जुटेकाले त्यसमा सघाउन अमेरिका तयार रहेको पनि वक्तव्यमा जनाइएको छ।काठमाडौंस्थित संयुक्त राष्ट्रसंघका आवासीय प्रतिनिधि जेमि म्याकगोल्डरिकले अघिल्लो साता वक्तव्य जारी गरी इन्धन अभावका कारण भूकम्पपीडितलाई राहत वितरण गर्न अन्तर्राष्ट्रिय समुदायले नसकिरहेको बताएका थिए।
www.annapurnapost.com
शुक्रबार, २० कार्तिक
बैतडी । देहीमाडौँबाट गिरेगाडा जाँदै गरेको से १ ज ३७३ नंको जिप आज साँझ गल्लेक–२ मा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा गल्लेक–९ का तारादत्त जोशी र दशरथचन्द नगरापालिका–७ की रेखा भट्ट छन् । उनीहरुको उपचारका क्रममा जिल्ला अस्पताल बैतडीमा मृत्यु भएको हो
दुर्घटनामा अन्य १० जना घाइते भएकामा पाँचको अवस्था गम्भीर रहेको र उनीहरुलाई थप उपचारका लागि भारतको पिथौडागढ लगिएको छ।
पाँच जनाको भने जिल्ला अस्पतालमा उपचार भइरहको प्रहरीले जनाएको छ । दुर्घटनापछि जिप चालक गोपाल जोशी फरार छन् ।
www.nepalsandesh.com
काठमाडाैं कात्तिक २०- भारतले नेपालमा देखिएको राजनीतिक समस्याको ‘राजनीतिक समाधान’ देखा नपरिउन्जेल सहज रुपमा ढुवानी तथा आपूर्तीको प्रक्रिया अघि बढ्न नसक्ने धारणा दोहोर्‍याएको छ । कान्तिपुर दैनिकमा समाचार छ ।
‘नेपालमा उब्जिएको समस्या राजनीतिक हो र, यसको समाधान राजनीतिक रुपमै मात्र हुन सक्छ । नेपालमा यो समस्या सुरु भएको पहिलो दिनदेखि हामी राजनीतिक समाधान पर्खिरहेका छौं,’विदेश मन्त्रालयको नियमित ब्रिफिङमा बिहिबार प्रवक्ता विकास स्वरुपले भने, ‘द्वैदेशीय सीमावर्ती नाकामा मधेसी समुदायले पुर्‍याएको बाधा/अवरोध रहुञ्जेल ढुवानी तथा पारवहनको समस्या सुल्झने स्थिति छैन ।’

भारतले नेपालमाथि कुनै प्रकारको नाकाबन्दी नगरेको पुरानै अडान राख्दै प्रवक्ताले यो मामला जेनेभास्थित राष्ट्रसंघीय मानवअधिकार उच्चायोगमा बहसमा आउनुलाई ‘स्वभाविक’ भनेर टिप्पणी गरे ।

‘यो नेपाल–भारतको द्वैपक्षीय विषय अन्तर्राष्ष्ट्रियकरण भएको होइन, राष्ट्रसंघीय मानव अधिकार आयोगको सदस्य भएका कारण स्वभावत सुझाव र सल्लाह दिने क्रममा यो विषय उठेको हो,’ उनले भने, ‘मानव अधिकारको आद्यवाधिक समीक्षा गर्ने क्रमको ‘सुझाव’ मात्रै सामूमा आएको हो ।’

उनले विगतका नियमित ‘ब्रिफिङ’ झैं नेपाल–भारतका विभिन्न १० व्यापारिक नाकामध्ये ६ नाकामा ६ हजार ९ सय ६ वटा ट्रक/बाहन अड्किएर बसेको तथ्यांक पढेर सुनाए ।

www.etajakhabar.com
काठमाडौं: सरकारले भारतको नाकाबन्दीपछि अर्थतन्त्रमा परेको असरको विषयमा स्वेतपत्र जारी गर्ने तयारी गरेको छ।

नवनियुक्त अर्थमन्त्री बिष्णु पौडेलले अर्थतन्त्रको वास्तविक अवस्था बाहिर ल्याउ स्वेतपत्र जारी गर्ने संकेत गरेका छन्। 'जनताले अहिलेको आर्थिक अवस्था बारे जानकारी लिन चाहेका छन्' ,अर्थमन्त्री पौडेलले बिहीबार पदवहालीपछि भने,‘अर्थतन्त्रको अवस्था जटिल रहेकोले हामीले त्यही अनुसार काम गर्नुपर्छ।'


विषयगत ज्ञानको आधारले अर्थतन्त्रमा जानकार नभए पनि प्रधानमन्त्री केपी ओलीको निकटताको आधारमा प्रतिस्पर्धीलाई पछिपार्दै अर्थमन्त्रालयको जिम्मेवारी सम्हालेका पौडेलले समस्या समाधानका लागि पहल गर्ने बताए।'अहिले अर्थतन्त्रले भोग्नु परेको समस्याको आधारभूत जानकारी मलाइ छ',उनले भने,‘नाकामा भएको अवरोधका कारण लक्ष्यअनुसार राजस्व संकलन भएको छैन।

विकास खर्चको अवस्था पनि सन्तोषजनक छैन। लक्ष्य अनुसारको राजस्व संकलन गर्ने गरी हामी लाग्नुपर्छ।' आफ्नो कार्यकालमा करमैत्री वातावरण ल्याउने भन्दै राजस्व प्रशासनमा स्वच्छता ल्याउने उनको दाबी छ।

विगतका अर्थमन्त्रीको सफलता विकास खर्चभन्दा राजस्व उठाएको आधारमा हुने भए पनि नवनियुक्त अर्थमन्त्रीलाई भने लक्ष्यअनुसारको राजस्व उठाउन सबैभन्दा बढी चुनौती छ। सरकारले कात्तिकसम्ममा ६० अर्ब उठाउनुपर्नेमा ३५ अर्बमात्र भन्सार राजस्व संकलन गर्न सकेको छ।

यस्तै अवस्था मूल्य अभिवृद्धि कर र अन्तशुल्कमा पनि देखिनेछ। इन्धन अभावका कारण विकास निर्माणको काम ठप्प हुने अवस्थामा पुगेको छ। यसले गर्दा यो वर्ष नाकाबन्दी लम्बिएमा सरकारलाई साधारण खर्च गर्न पनि कठिन हुनेछ।

अर्थमन्त्री पौडेलले आर्थिक सुधारको विषयलाई प्राथमिकता दिने जानकारी दिएका छन्। पौडेलभन्दा अगाडिका अर्थमन्त्री डा.रामशरण महतले दोस्रो चरणको आर्थिक सुधारभन्दै आर्थिक नियम, कानुन सुधार गर्ने घोषणा गरे पनि राजनीतिक दलको प्राथमिकता नपरेको कारण कार्यन्वयन हुन सकेको थिएन।

अहिले दुई दर्जन आर्थिक विधेयकलाई संसोधन तथा नयाँ निर्माण गर्नुपर्ने अवस्था छ।'संविधान निर्माणपछि सबै राजनीतिक दलको ध्यान अब देश विकास र सम्मृद्धिमा हो' ,अर्थमन्त्री पौडेलले भने,‘संविधान निर्माणपछि राजनीतिक मुद्दा सम्बोधन भएका छन्। अबको सबैको ध्यान विकासमा जान्छ।

सरकारले प्राथमिकता पनि आर्थिक विकास र सम्मृद्धिमा हुनेछ।' पौडेलले भूकम्पपछिको पुनर्निर्माणमा ध्यान दिन नसकिएको स्वीकार गर्दै सबै निकायसँग मिलेर पुनर्निर्माणको काम अगाडि बढाउने बताए। 'जनताले पुनर्निर्माणको काम नभएकोमा सरकारप्रति जनताले अक्रास प्रकट गर्न थालेका छन्', उनले भने, 'सबै पक्षसँग मिलेर पुनर्निर्माणको काम अगाडि बढ्छ।'

निजी क्षेत्रसँगको सहकार्यमा व्यापार तथा पर्यटन क्षेत्रलाई सामान्य अवस्थामा ल्याउन आफूले पहल गर्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन्। मन्त्री परिवर्तनपछि राजनीतिक आस्थाको आधारमा कर्मचारीलाई भेदभाव नहुँने भन्दै पौडेलले काममा भने राजनीतिक नगर्न कर्मचारीलाई निर्देशन दिए।

अर्थमन्त्री पौडेलले स्वागत गर्दै अर्थसचिव सुमनप्रसाद शर्माले अर्थतन्त्र कठिन अवस्थामा पुगेको जानकारी गराए। 'भूकम्पका कारण हाम्रो अर्थतन्त्रमा ३० प्रतिशत नोक्सानी भएको थियो' ,उनले भने,'अहिलेको असहज अवस्थामा भूकम्पभन्दा पनि बढी क्षति हुने देखिन्छ।'
annapurnapost.com
शुक्रबार, २० कार्तिक
काठमाडौं । कांग्रेस सभापति सुशील कोइरालाले ‘परिवन्द’ मा परेर आफूले प्रधानमन्त्रीमा उम्मेदवारी दिएको बताएका छन् । कस्तो परिवन्द भन्नेबारे उनले खुलाएनन् ।
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा उठेका प्रश्नको जबाफ दिदै विहिबार कोइरालाले भने,’उम्मेदवारी दिने अघिल्लो दिनसम्म म राष्ट्रपति पनि हुन्न, प्रधानमन्त्री पनि हुन्न भनेकै थिएँ । तर उठियो, उठाईयो, परिवन्दमा परियो ।’
केन्द्रीय कार्यसमितिको बैठकमा बोल्ने नब्बे प्रतिशत बढीले कोइरालाको उम्मेदवारीलाई गल्ती भन्दै भारतीय दबावमा उम्मेदवारी दिएको धारणा राखेका थिए ।
तर, कोइरालाले परिबन्दमा परेको बताउदै विदेशीको दबाव भने नरहेको बताए । त्यसअघि महामन्त्री कृष्णप्रसाद सिटौलाले अघिल्लो दिनको राती ९ बजेसम्म उम्मेदवारी दिन्न भन्ने कोइरालाले भोलीपल्ट उम्मेदवारी दिने निर्णयबाट आफू आश्चर्य चकित भएको धारणा बैठकमा राखेका थिए । आजको कान्तिपुरमा समाचार छ ।
www.nepalsandesh.com
उच्चस्तरीय राजनीतिक समन्वयको बैठक बालुवाटारमा जारी
काठमाडौं, कार्तिक १२ । मधेसी मोर्चाको आन्दोलनका नेता राजेन्द्र महतोले चीनले काठमाडौंलाई सहयोग गरेर मधेस आन्दोलनविरोधी भएको प्रमाणित गरेको बताएका छन् ।

भारतीय नाकाबन्दी तथा मधेसी मोर्चाको आन्दोलनका कारण नेपालमा व्याप्त इन्धनको संकटलाई हल गर्न चीनले तेल अनुदान दिने तथा भविष्यमा इन्धन खरीदसम्बन्धी नेपालसँग गरेको सम्झौताको बिरोध गर्दै महतोले चीनले चीनले मधेस आन्दोलनसँग शत्रुतापूर्ण व्यवहार गरेको आरोप लगाए ।

भारतीय पत्रिका हिन्दुस्तानटाइम्ससँग कुरा गर्दै महतोले काठमाडौंलाई असहयोग गर्न आफूहरुले दुई महिना भन्दा बढी समयदेखि नाकाबन्दी गर्दै आएको बेला चीनले नेपाललाई सहयोग गर्ने सम्झौता गर्नु मधेस आन्दोलनसँग धोका गरेको बताएका हुन । “हामीले गतमहिनादेखि हाम्रा माग पुरा गराउन नाकाबन्दी गर्दै आएका छौं । यस्तो बेला, चीनले काठमाडौंलाई सहयाग गर्नुको अर्थ उनीहरु मधेस आन्दोलनको विपक्षमा रहेको स्पष्ट हुन्छ । सामान्य अवस्था भएको भए यो सम्झौताको हामी विरोध गर्ने थिएनौं तर अहिलेको सन्दर्भमा चीनले शत्रुतापूर्ण कार्य गरेको छ ।” उनले भनेका छन् ।

मधेसी मोर्चाको आन्दोलनमा चीनविरोधी नाराबाजी गरिनुका साथै झण्डा समेत जलाइएको थियो । नेता महतोले चीनविरोधी विरोध प्रदर्शन जारी रहने समेत उक्त पत्रिकालाई बताएका छन् । चीनले नेपालको एकतिहाई हिस्सालाई उपेक्षा गरेको छ, चीनविरुद्ध हाम्रो प्रदर्शन जारी रहनेछ ।’ महतोको भनाई प्रकाशित छ ।everestdainik भिडियो हेर्न तलको बाकस थिच्नुहोस
काठमाडौं । भारतले आफ्ना नागरिकको मृत्यु भएको वीरगञ्ज घटनाबारे अनुसन्धान रिपोर्ट नेपाल सरकारसँग मागेको छ । साथै मृतकले प्रहरीलाई ढुंगा हानेको भनेर आएको भिडियोबारे पनि अनुसन्धान हुने उसले बताएको छ ।
सोमबार वीरगञ्जमा भएको झडपमा प्रहरीको गोली लागी भारतीय नागरिक अशिष रामको मृत्यु भएको थियो ।

प्रहरी र स्थानीय प्रशासनले प्रहरी चौकीमा भएको आगजनी र ढुंगामुढाका क्रममा जवाफी कारवाही गर्दा रामको मृत्यु भएको बताउँदै आएको छ । तर, मधेसी मोर्चा र मृतकका आफन्तले भने मामा घरमा आएको र आन्दोलन गर्ने क्रममा गोली लागेको बताएको छ ।
तर, प्रहरीलाई ढुंगा हान्दै गरेको अवस्थामा गोली लागेको भिडियो फुटेजसमेत सार्वजनिक भएको छ ।
भिडियो फुटेजबारे सोधिएको प्रश्नमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरुपले भने- ‘हाम्रो नेपालस्थित दूतावासले नेपाल सरकारसँग अनुसन्धान रिपोर्ट मागेको छ, त्यो नआउँदासम्म पर्खौं, । भिडियो पनि अनुसन्धानको भाग हुनसक्छ ।’
भारतीय विदेश मन्त्रालयका नियमित पत्रकार सम्मेलनका क्रममा प्रवक्तास्वरुपले नेपालको अहिलेको समस्या राजनीतिक भएको र त्यसको समाधान राजनीतिकरुपमा नै खोज्नुपर्ने दोहोर्‍याएका छन् ।
संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदमा नेपालले नाकाबन्दीको कुरा उठाएकाले अब दुईको देशको विषय अन्तराष्ट्रियकरण भएको र भारतको धारणामा कुनै परिर्वतन भएको हो भन्ने प्रश्नमा प्रवक्ताले अस्वीकार गरे ।
भारतले कुनै नाकाबन्दी नगरेको भन्दै उनले आफ्नो तर्फबाट सवारी साधनहरु पठाउन पहल भइरहेको बताए ।
विदेश मन्त्रालयका प्रवक्ता स्वरुपले नेपालका प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणबारे कुनै प्रगति नभएको बताए । प्रधानमन्त्रीमा निर्वाचित भएपछि आफ्नो राजदूतसँगको भेटमा ओलीले भारत भ्रमणको इच्छा देखाएको तर, यसमा कुनै ठोस प्रगति नभएको उनले बताए ।onlinekhabar भिडियो हेर्न तलको बाकस थिच्नुहोस
कार्तिक १९, २०७२- कांग्रेस सभापति सुशील कोइरालाले 'परिवन्द' मा परेर आफूले प्रधानमन्त्रीमा उम्मेदवारी दिएको बताएका छन् । कस्तो परिवन्द भन्नेबारे उनले खुलाएनन् । कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा उठेका प्रश्नको जबाफ दिदै विहिबार कोइरालाले भने,'उम्मेदवारी दिने अघिल्लो दिनसम्म म राष्ट्रपति पनि हुन्न,  प्रधानमन्त्री पनि हुन्न भनेकै थिएँ । तर उठियो, उठाईयो, परिवन्दमा परियो ।'
केन्द्रीय कार्यसमितिको बैठकमा बोल्ने नब्बे प्रतिशत बढीले कोइरालाको उम्मेदवारीलाई गल्ती भन्दै भारतीय दबावमा उम्मेदवारी दिएको धारणा राखेका थिए । तर, कोइरालाले परिबन्दमा परेको बताउदै विदेशीको दबाव भने नरहेको बताए । त्यसअघि महामन्त्री कृष्णप्रसाद सिटौलाले अघिल्लो दिनको राती ९ बजेसम्म उम्मेदवारी दिन्न भन्ने कोइरालाले भोलीपल्ट उम्मेदवारी दिने निर्णयबाट आफू आश्चर्य चकित भएको धारणा बैठकमा राखेका थिए ।
'यो भयानक गल्ती थियो । कम्तिमा पार्टी सभापति र संविधान जारी गरेको प्रधानमन्त्रीलाई उम्मेदवारी रोक्न सकेको भए यति ठुलो क्षती हुन्थेन' सिटौलाको भनाई उत्धृत गर्दै स्रोतले भन्यो,'अब यो गल्तीबाट पाठ सिकेर अघि बढ्नुको विकल्प हामीसंग छैन ।' महामन्त्री प्रकाशमान सिंहले पनि कोइरालाको उम्मेदवारीलाई गल्ती नै भएको बताए । 'अहिलेको संविधान नै त्रिशंकु संस्कृतिको छ । भोली हुने सरकारपनि गठबन्धनबाटै हुने हो । यसलाइ बुझेर राजनीतिक विश्वास कायम गर्न सक्नुपथ्र्यो' सिंहको भनाई थियो,'तर सभापतिजीले नै शेरवहादुरजी र रामचन्द्रजीले मलाई छाड्नु भयो भनेर भनेपछि निर्णय उल्टाउने सकिने अवस्था भएन ।'
बैठकमा बोल्ने सवैजसोले उम्मेदवारी दिनुलाई गल्ती ठहर गरेपनि उपसभापति रामचन्द्र पौडेलले भने सहि निर्णय भएको बताए । 'पार्टीले उम्मेदवारी दिनुपर्दथ्यो, उम्मेदवारी दिएर राम्रो भएको छ' पौडेलको भनाई थियो । पौडेलले पार्टीकै निर्णयबाट उम्मेदवारी दिईएको भनी माईन्यूटमा लेख्ने प्रस्ताव गर्दा केन्द्रीय सदस्यहरुले होहल्ला गर्दै विरोध गरेका थिए । उनीहरुले प्रधानमन्त्रीको उम्मेदवारी बनाउने निर्णय पार्टी केन्द्रीय कार्यसमितिबाट नभएर तीन नेताबाट भएको बताएका थिए । केन्द्रीय सदस्यहरुको विरोधपछि पार्टीको निर्णयबाट उम्मेदवार बनाईएको भन्ने भाषा हटाईएको थियो ।
केन्द्रीय कार्यसमितिको निर्णयमा एमालेसंग विमति बढै गएकाले उम्मेदवारी दिन बाध्य भएको जनाईएको छ । 'संविधान निर्माण क्रममा सहकार्य गर्दै आए पनि तराई मधेसलाई हेर्ने दृष्टिकोण र भूकम्पबाट क्षतिग्रस्त संरचनाहरुको पुर्ननिर्माण प्राधिकरण लगायत महत्वपूर्ण विषयहरुमा एमाले पार्टीसाग हाम्रा विमती रहदै आएको सिलसिलामा कांग्रेस पार्टीले प्रधानमन्त्री, राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा प्रतिस्पर्धा गरेको हो' कांग्रेसले निर्णयमा भनेको छ ।
चुनावी प्रतिस्पर्धालाई स्वाभाविक रुपमा लिईएको बताउदै कांग्रेसले आफ्ना  कार्यकर्ता र शुभ चिन्तकलाई कुनै पनि अफवाहबाट प्रभावित नभई उच्च मनोबलका साथ अघि बढ्न आहृवान समेत गरेको छ । जबाफ दिने क्रममा देउवाले भने प्रधानमन्त्रीको उम्मेदवारीका बिषयमा बोलेनन । उनले आफूले सरकारलाई पुर्ण रुपमा सहयोग गर्दापनि पार्टी सभापति कोइराला इमानदार नभएको बताएका थिए । कोइराला निकट केन्द्रीय सदस्य महेश आचार्यले  पनि प्रधानमन्त्रीको उम्मेदवारीलाई गम्भिर गल्तीको रुपमा लिदै यसबाट पाठ सिकेर अघि बढ्नुपर्ने बताएका थिए ।
 विधेयक अघि नबढाईए रोष्ट्रम घेराउ गरिने
कांग्रेसले तत्कालिन सरकारले संसदमा दर्ता गराएको समानुपातिक समावेशी प्रतिनिधित्व सुनिश्चित गर्ने तथा निर्वाचन क्षेत्र निर्धारण सम्बन्धि संविधान संशोधनको प्रस्ताव अविलम्व पारित गर्न प्रकृया अघि नबढाए २२ गतेदेखि नै संसदको रोष्टम घेराउ गर्ने जनाएको छ । त्यसअघि मधेशी सांसद र केन्द्रीय सदस्यहरुले तत्काल संशोधन विधेयक पारित गर्न रोष्टम घेराउ गर्नु पर्ने दबाव दिएका थिए । पार्टीले निर्णय नगरे आफूहरुले रोष्टम घेराउ गर्ने मधेश केन्दि्रत सांसदहरुले चेतावनी दिएपछि कांग्रेसले २२ गतेकै बैठकबाट विरोधका कार्यक्रम सुरु गर्ने तयारीमा लागेको हो । 'संविधान संशोधन विधेयक पारित गराउन संसद भित्र र बाहिर प्रभावकारी र दवावमूलक भूमिका खेल्ने निर्णय गर्दछ' पार्टीको निर्णयमा भनिएको छ ।
मधेश केन्द्रीत दलहरुको आन्दोलनलाई सम्बोधन गर्न गम्भीर ढंगबाट वार्ता प्रक्रियालाई निर्णयमा पुर्‍याउन कांग्रेसले सरकारसंग आग्रह गरेको छ । 'कांग्रेस संसद भित्र र बाहिर सर्वदलीय सहमति खोज्ने निर्णय गर्दछ । साथै, आन्दोलनरत दलहरुलाई वार्ताको माध्यमबाट संविधानलाई अझ समृद्ध बनाई समस्या समाधान गर्न अपील गर्दछ' कांग्रेसले निर्णयमा भनेको छ । बैठक चलीरहेकै बेला कांग्रेसका मधेश केन्दि्रत सासंदहरुले संसदमा प्रस्तुत संविधान संशोधनका दुई विधेयक पारितका लागि पार्टीले अग्रसरता लिनुपर्ने माग राख्दै ज्ञापन बुझाएका थिए । तत्कालिन कांग्रेस नेतृत्वको सरकारले ल्याएको संविधान संशोधन विधेयकलाई अघि नबढाई वर्तमान सरकारले अन्य विधेयकलाई प्राथमिकतामा राखेको भन्दै मधेस केन्दि्रत सांसदले २२ गतेको बैठकदेखि नै संसदको रोष्टम घेराउ गर्नुपर्ने माग गरेका छन् ।
'कात्तिक २२ देखि सुरु हुने संसदको बैठकबाट विधेयक पारित गराउनका लागि सरकारलाई बाध्य पार्न रोष्ट्रम घेराउ लगायत कार्यक्रमका लागि पार्टीको निर्णय र निर्देशनका लागि निवेदन गर्दछौ'ज्ञापनमा भनिएको छ,'सरकारले आन्दोलनमा रहेका मधेसी मोर्चासंग वार्ताको नाममा नाटक मात्रै गरीरहेकाले पनि तत्काल विधेयक पारित गर्नुपर्छ ।' टोलीका सहभागि सांसद रामकृष्ण यादवले संसदमा प्रस्तुत भएको दुई विधेयक पारित गरी सीमांकनको बिषयमा संसदीय समिति बनाएर बार्ताबाट हल खोज्नुपर्ने आफूहरुको माग रहेको बताए ।
'प्रदेशको सीमाकंन अवैज्ञानिक भएकाले प्राकृतिक स्रोत, साधान र सामथ्र्यलाई समेत ध्यान दिई पुनरावालोकन गरिनुपर्छ भन्ने हाम्रो जोड छ' यादवले कान्तिपुृरसंग भने,'यसका लागि संसदीय वार्ता टोली बनाई राजनीतिक सहमतिका आधारमा समाधान खोजिनुपर्छ भन्ने हाम्रो माग हो ।' ज्ञापन बुझाउन पार्टी केन्द्रीय कार्यलय सानेपामा एक दर्जन बढी सांसद पुगेका थिए । कांग्रेसले संविधान संशोधनको प्रस्तावका पक्षमा जनमत निर्माण गर्न पार्टीका सबै जिल्ला, क्षेत्र, गाउा र नगर समितिलाई जनमत निर्माण अभियान संचालन गर्न निर्देश दिएको छ ।
 सुरुमा एमालेसंग दुरी बढ्यो
कांग्रेसले संविधान संशोधन विधेयक र भूकम्प प्रभावित क्षेत्रमा पुर्ननिर्माण प्रयोजनका लागि तत्कालिन  कांग्रेस नेतृत्वको सरकारद्वारा प्रस्तावित प्राधिकरण गठन सम्बन्धी विधेयकको बिषयमा एमालेसंग दुरी बढेको कांग्रेस नेताहरुले बताएका छन । यी दुई विधेयक अल्मल्याउने षडयन्त्र भएको बताउदै कांग्रेसको निर्णयमा भनिएको छ,'यो विधेयकलाई तत्काल पारित गरी भूकम्प प्रभावित क्षेत्रमा राहत र पुर्ननिर्माणलाई प्रभावकारी बनाउन सरकारसाग माग गर्दछ ।'
 ६ जना उपप्रधानमन्त्री बनाएकोमा खेद
कांग्रेस बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले ६ जना उपप्रधानमन्त्री बनाएको प्रति खेद प्रकट गरेको छ ।  'देश कठिन अवस्थाबाट गुजि्ररहेको र जनता महंगी, अभावबाट आहत भएको बेला वर्तमान सरकारले ६ जना उपप्रधानमन्त्री नियुक्ति गर्ने, स्वेच्छाचारी ढंगले मन्त्रालय टुक्र्याउने र सत्ताको व्यापक दुरुपयोग गर्न थालेको छ' कांग्रेसले निर्णयमा भनेको छ,'यस प्रति हामी खेद प्रकट गर्दछौा ।'  कांग्रेसले भारतको नाकाबन्दीले सवै क्षेत्र अस्तव्यस्त भएको बताउदै मित्रराष्ट्र भारतसाग तत्काल आवश्यक कुटनीतिक पहल गरी जन-जीवन सामान्य बनाउन सरकारसाग माग गरेको छ । सार्वभौम राष्ट्रको निर्वाध पारवहन अधिकार विपरीत भारत सीमामा भैरहेको व्यापारिक अवरोध एवं अघोषित नाकावन्दीबाट औषधी, इन्धन लगायत अत्यावश्यकीय सामानहरुको आपूर्तिमा बाधा पर्न गई हिमाल, पहाड, तराई सर्वत्र रहेका जनतामा मानवीय जीवन यापनको असहनीय कठिनाई भैरहेको कांग्रेसले उल्लेख गरेको छ । 'यसले शिक्षण संस्था, उद्योगधन्दा, पर्यटन र यातायात बन्द हुादैछन् । नेपालको अर्थतन्त्रमा गम्भीर नकारात्मक असर परेको छ र मुलुकको विकास निर्माणका कार्यहरु पुरै अवरुद्ध हुनुको साथै संचार गृह, अस्पताल लगायतका अति संवेदनशील निकायहरुमा प्रतिकूल असर परिरहेको छ' कांग्रेसको निर्णयमा उल्लेख छ,'सरकारले भारतसाग तत्काल आवश्यक कुटनीतिक पहल गरी जन-जीवन सामान्य बनाउन  सरकारसाग माग गर्दछौ ।'

kantipur.ekantipur.com

काठमाण्डु, १९ कात्तिक– प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिपरिषद विस्तार गरे ।

एमालेले पाएकामध्ये बाँकी पाँच मन्त्रालयका लागि मन्त्री छान्ने अन्तिम अधिकार स्थायी समितिले पार्टी अध्यक्षसमेत रहेका ओलीलाई दिएको थियो ।
तथापि उनले शुक्रबार बिहानै वरिष्ठ नेता माधवकुमार नेपाललाई बालुवाटार बोलाएर मन्त्रीको अन्तिम नामावली तयार पारेका हुन् । ओलीको मन्त्री हुने सूचीमा नेपाल पक्षका दुई नेताको नाम थियो ।
उपाध्यक्षद्वय भीम रावल र अष्टलक्ष्मी शाक्य । रावल उपप्रधानसहित रक्षा र शाक्य श्रम तथा वैदेशिक रोजगार मन्त्रीका लागि छानिए ।
प्रधानमन्त्री कार्यालयले अपराह्न चार बजे मन्त्रीहरुको सपथका लागि राष्ट्रपति कार्यालयसँग समय माग्यो ।
नवनियुक्त मन्त्रीहरुलाई टेलिफोनमार्फत सपथका लागि तयार भएर आउन बालुवाटारले सूचना दियो ।
सबै मन्त्री राजीखुसीका साथ दौरा सुरुवाल लगाएर तयार भए । तर मन्त्रीमा नाम चयन भएकी शाक्य सम्पर्कमै आइनन् । शाक्यसँग सम्पर्क नभएपछि ओली तनावमा परे ।
मन्त्रीले फोन उठाएनन्, मन्त्रीका श्रीमानले उल्टै हप्काए
शाक्यलाई पटकपटक ओलीका स्वकीय सचिव रमेश बज्राचार्यले टेलिफोन गरे । तर उनको फोन उठेन ।
शाक्यको फोन नउठेपछि उनका श्रीमानसमेत रहेका एमाले अनुशासन आयोग प्रमुख अमृतकुमार बोहारालाई खबर गरियो ।
‘अष्टलक्ष्मी कमरेड मन्त्रीका लागि छनोट हुनुभएको छ । सपथका लागि ४ बजे शीतलनिवास आउनुपर्छ । जसरी भए पनि खोज्नुप¥यो ।’
बोहराले शाक्यले मन्त्री पद नलिने जवाफ दिए । ‘उहाँले पहिल्यै पनि भनिसक्नुभएको छ। मन्त्री खाने कुनै इच्छा छैन । पार्टीमा योगदान गरेका अरु कसैलाई मन्त्री बनाए हुन्छ, उहाँलाई खोज्नु पर्दैन ।
बोहराले शाक्य आफ्नो पनि सम्पर्कमा नरहेको जानकारी गराए ।
भएको रहेछ यस्तो
उपाध्यक्ष शाक्य भूकम्पबाट भएको क्षति पुननिर्माण सम्बन्धी विधेयकमाथिको छलफलका लागि विधायन समितिअन्तर्गतको उपसमिति बैठकमा सहभागी हुन सिंहदरबार पुगेकी थिइन् ।
बैठक सकिएपछि केहीबेर सिंहदरबारमै रहेको पार्टी संसदीय दलको कार्यालयमा पसिन् ।
केहीबेर सभासद् र पार्टी कार्यकर्तासँग छलफल गरेपछि उनी सिधै निवास फर्किइन् ।
जतिबेला बालुवाटारबाट मन्त्रीका लागि फोन आएको थियो । त्यतिबेला उनी सार्वजनिक गाडीमा ठेलमठेल गरेर यात्रा गर्दै थिइन् ।
‘गाडीमा भीडभाड थियो, फोन आएकै थाहा भएनछ’, शाक्यले काठमाण्डु टुडेसँग भनिन्, ‘घर आएपछि पनि रमेशजीले फोन गर्नुभयो, प्रधानमन्त्रीज्यू बोल्नुभएको थियो । मैले मन्त्री पद चाहिएको छैन भन्ने जवाफ दिएँ ।’
शाक्यले अस्वीकार गरेपछि ओलीले नेतृ शान्ता मानवीलाई श्रम तथा वैदेशिक रोजगार मन्त्री बनाए ।
kathmandutoday.com
लण्डन, १९ कात्तिक । गत शनिबार इजिप्टको सिनाई टापुमा दुर्घटना भएको रसियाली विमानमा इस्लामिक स्टेट (आइएस) लडाकूले बमद्वारा विमान खसालेको हुनुपर्ने संयुक्त राज्य अमेरिका र बेलायतले बताएको छ ।
शनिबार इजिप्टको सराम अल सेख विमानस्थलबाट रसियाको सेन्ट पिटसबर्गका लागि उडेको सो विमान चालक दलका सात सदस्यसहित २२४ जना लिएर रसिया जाँदै गरेको र विमान उडेको २३ मिनेटपछि सम्पर्क विच्छेद भएको थियो । विमान दुर्घटनामा ती सवार सबैको निधन भएको थियो ।
रसियाली विमान सेवा कोगालिमावियाको ए३२१ नम्बरको सो एयरबस स्थानीय समयअनुसार गत शनिबार बिहान ५.५१ बजे उडेको थियो ।
आतङ्ककारी समूह आइएसले नै सो विमान बमद्वारा खसालेको उच्च सम्भावना रहेको अमेरिकी एक अधिकारीले एएफपी समाचार समितिलाई बताउनु भएको छ ।
त्यसैगरी बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनको कार्यालयद्वारा प्रकाशित एक विज्ञप्तिमा सो विमानलाई विस्फोटक पदार्थको सहयोगबाट विस्फोट गराइएको सुचनाहरु प्रकाशमा आएको हुनाले यस विषयलाई लिएर बढी चिन्तित भएको बताइएको छ ।
इजिप्टेलि राष्ट्रपति अब्देल फताह अल–सिसी र प्रधानमन्त्री क्यामरुनबीच बेलायतमा बिहीबार भएको भेटवार्तापछि सो चिन्ता व्यक्त गरिएको हो ।
इजिप्टका पूर्व राष्ट्रपति मोहमद मोर्सीलाई अपदस्थगरी सेनाआवद्ध सिसी इजिप्टको राष्ट्रपति हुनु भएपछि उहाँको बेलायत भ्रमण यो पहिलो हो ।
यसअघि रसिया र इजिप्टका अधिकारीहरूले यस विमान दुर्घटनामा आइएसको हात रहेको अस्विकार गर्दै आएका थिए ।
विमान दुर्घटनामा कुनै समूहको हात नभै यो विमानमा एक्कासी देखिएको प्राविधिक गढबढीका कारण भएको बताउँदै आएका थिए ।
सिरिया, इराक र इजिप्टमा पनि आतङ्ककारी गतिविधि सञ्चालन गर्दै आएका आइएस समूहले सो जहाज दुर्घटना गराउनमा आफ्नो हात रहेको गत शनिबारनै दावी गरेका थिए ।
आइएस समूहले विमान आफ्नो योजनाअनुसार दुर्घटना गराएको र यसमा कोही जीवित नरहेकोे ट्वीट गरी जनाएका थिए । रासस÷एएफपी
dainiknepal.com
काठमाडौं, १९ कात्तिक । नेपाल प्रहरीका एसएसपी र एक बालकसहित ९ जनाको ज्यान जानेगरी भएको टीकापुर हिंसात्मक घटनाका ‘योजनाकार’ रामजनम चौधरी नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेका छन् ।
थारु आन्दोलनका अगुवा समेत रहेका मन्त्री चौधरीले प्रधानमन्त्री केपी शर्मा ओलीसँगै सपथ लिएको भएपनि आज मात्रै स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएका हुन् । यसअघि उनी विनाविभागीय मन्त्री थिए ।
थारु आन्दोलनका लागि जस्तोसुकै कदम उठाउन पनि पछि नपर्ने चौधरी कैलालीबाट निर्वाचित सांसद तथा फोरम लोकतान्त्रिकका महासचिव पनि हुन् । कैलालीको टीकापुरस्थित उनैको घरमा आन्दोलनकारीले प्रहरीमाथि आक्रमण गर्ने योजना बनाएको टीकापुर स्थानीयले नै खुलासा गरिसकेका छन् ।
थारु आन्दोलनकारीको आक्रमणबाट एसएसपी लक्ष्मण न्यौपाने र एक डेढ वर्षीय नाबालकसहित ९ जना प्रहरी कर्मचारी मारिएका थिए । अन्य देशमा हिंसात्मक घटनाका ‘योजनाकार’को आरोप लागेपछि पक्राउ गरेर अनुसन्धान गर्ने परिपार्टी भएपनि नेपालमा भने सत्ता र शक्तिको खेलमा उल्टै संरक्षण गरेर मन्त्रीसम्म बनाइएको छ ।
उसो त मन्त्री भएपछि पनि चौधरी आन्दोलनकारी बनेर प्रचण्डलाई आफ्ना माग सुनाउन केही दिन अगाडि लाजिम्पाट पुगेका थिए ।
dainiknepal.com
काठमाडौँ, १९ कात्तिक । स्व राजा वीरेन्द्र शाहको देशभर हालसम्म २१ हजार ५१८ रोपनी जग्गा फेला परेको छ ।
स्व राजा वीरेन्द्र, पूर्वरानी ऐश्वर्य र उनीहरूको परिवारको देहावसान हुँदाका बखतको सम्पत्ति हालसम्म देशभरका काठमाडौँ, भक्तपुर, काभ्रेपलाञ्चोक, धनकुटा, कास्की, नुवाकोट, धादिङ, चितवन, सुर्खेत र धनकुटा भेटिएको छ ।
सम्पत्ति पत्ता लगाउन स्थापना भएको ट्रष्टको तथ्याङ्कअनुसार गत आवमा नुवाकोट र धादिङमा थप जग्गा फेला परेको हो । गत आवमा फेला परेको जग्गा १५ हजार २७३ रोपनी रहेको छ ।
विसं २०६४ मङ्सिरमा स्थापना भएको ट्रष्टले सुरुको आवमा ८३६ रोपनी जग्गा फेला पारेको थियो तर पछि छानबिन हुँदै जाँदा थप जग्गा फेला परेको ट्रष्टका कार्यकारी सचिव भीमप्रसाद उपाध्याय बताउनुहुन्छ ।
उहाँका अनुसार थप सम्पत्ति पत्ता लगाउन देशभर झापा, मोरङ, सुनसरी, बारा, रुपन्देही, नवलपरासी, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरलगायतका दश जिल्लामा ट्रष्टले छानबिन टोली पठाउने तयारी गरेको छ ।
सचिव उपाध्यायले भन्नुभयो, “ट्रष्टले प्रत्येक जिल्लाको नापी कार्यालय गएर पूर्व राजाको सम्पत्ति छानबिन गर्न लागेका हौँ ।”
हालसम्म ट्रष्टको बैंक खातामा पूर्वराजपरिवारको नाममा रहेको चल सम्पत्तिमा २९ करोड ७९ लाख हजार नेपाली रुपैयाँ, ४७ हजार ६५६ पाउण्ड, एक लाख ३७ हजार १४ अमेरिकन डलर रहेको छ ।
पूर्वराजपरिवारको नाममा जम्मा भएको रकम नेपाल ट्रष्ट ऐन २०६४ अनुसार सार्वजनिक हितका लागि शिक्षा र स्वास्थ्यमा लगानी गर्न सकिने व्यवस्था ट्रष्टका सहसचिव एवम् प्रवक्ता पर्शुराम अर्यालले जानकारी दिनुभयो ।
अर्यालले ट्रष्टको स्वामित्वमा रहेको होटल सोल्टीमा रहेको क्यासिनोले प्रयोग गर्दै आएको जग्गा छाड्न बारम्बार ताकेता गरे पनि नछाडेको गुनासो गर्नुभयो । उहाँले सल्लाघारीमा रहेको चौर ट्रष्टको नाममा रहेकाले बारवन्देज गर्न लागे पनि नगरपालिकाले अवरोध पु¥याएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “पूर्वराजपरिवारको नाममा रहेका जग्गा उपयोग गर्नेले भाडा पनि नदिने र उपयोग गरेको जग्गा पनि नछोड्ने गरेकाले समस्यामा परेका छौँ ।”
ट्रष्टले सङ्कलन गरेको रकम हालसम्म खर्च नभएकाले त्यसको खर्चका लागि कार्यविधि बनाएर अगाडि बढ्ने ट्रष्टले जनाएको छ । कार्यविधि बनेपछि तोकिएका जनहितका काममा कोषको उपयोग गर्नेछ शाखा अधिकृत भक्तबहादुर गुरुङले भन्नुभयो ।
गुरुङले पूर्वराजपरिवारको नाममा विदेशमा रहेको सम्पत्ति छानबिनका लागि विभिन्न देशको राजदूतावासबाट कूटनीतिक पहल भइरहेकोसमेत जानकारी दिनुभयो । रासस
dainiknepal.com
काठमाडौं, १९ कात्तिक । नेपालमा बढ्दो संकटमा संयुक्त राज्य अमेरिकाले चिन्ता जनाएको छ । विहीबार एक विज्ञप्ति जारी गर्दै काठमाडौंस्थित अमेरिकी राजदूतावासले नेपाल भारत सीमामा भइरहेको अवरोध र त्यसले निम्त्याएको समस्याबारे चासो र चिन्ता ब्यक्त गरेको हो ।
सीमाको अस्थिर अवस्थाले वैशाखको विनाशकारी भूकम्पका कारण प्रभावित क्षेत्रहरूमा लगायत इन्धन, औषधि र खाद्य सामाग्रीको गम्भीर अभावले संकट झन झन बढ्दै गइरहेको विज्ञप्तिमा उल्लेख छ ।
अमेरिकाले नेपालमा संकट गहिरिँदै गएको बेलामा सबैलाई सहयोग गर्न आह्वान समेत गरेको छ । विज्ञप्तिमा भनिएको छ- नेपालको जनजीवन जोखिममा रहेको छ र मानवीय संकट आउने हो कि भन्ने चिन्ता हामीलाई छ । यस संकटलाई समाधान गर्नका लागि संलग्न सबैलाई आफ्ना प्रयासहरु पुनः दोब्बर बनाउन संयुक्त राज्य अमेरिका आह्वान गर्दछ ।’
उसले सबै नेपालीका आकांक्षाहरूलाई संविधानले समेट्नेगरी अर्थपूर्ण राजनीतिक संवादको सकारात्मक वातावरण बनाउने कार्यमा सबैले योगदान गर्न आग्रह गरेको छ । नेपाली जनता र नेपाल सरकार आफ्नो लोकतान्त्रिक मार्गमा अगाडि बढिरहेको र विनाशकारी भूकम्पपछि पुनर्निर्माणमा जुटेको यस घडीमा आफू उनीहरूलाई सहयोग गर्न तयार रहेको कुरा अमेरिकाले विज्ञप्तिमा भनेको छ ।
dainiknepal.com
काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीलाई मलेसियाका प्रधानमन्त्री दातो सिरी मोहद नाजिब बिन तुन अब्दुल रजाकले बधाई सन्देशका साथ सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेका छन् ।

सन्देशमा उनले संविधानसभाबाट नेपालको संविधान जारी भएसँगै नेपाल सरकार र नेपाली जनता नयाँ क्षितिजमा प्रवेश गरेको उल्लेख गरेको क्वालालम्पुरस्थित नेपाली राजदूतावासले आज जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।


सन्देशमा मलेसियाली प्रधानमन्त्रीले मलेसिया र नेपालबीचको न्यानो एवम् मैत्रीपूर्ण सम्बन्धप्रति खुसी व्यक्त गर्दै आगामी दिनमा पारस्परिक हितका लागि आपसमा मिलेर सहयोगका क्षेत्र प्रवद्र्धन गर्नुपर्नेमा जोड दिएका छन् ।
www.annapurnapost.com
काठमाडौं, १९ कात्तिक । आन्दोलनमा मारिएका भारतीय नागरिकको विषयलाई लिएर संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका एक नेता अनौठो खुलासा गरेका छन् ।
रफत सञ्चार क्लवले बिहिबार आयोजना गरेको साक्षात्कारमा बोल्दै मोर्चामा आवद्ध सदभावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले वीरगञ्जमा मारिएका भारतीय नागरिक आन्दोलनमा आबद्ध नभएको दाबी गरे ।
कर्णले मामाको घर पुगेर आन्दोलनको रमिता हेर्ने क्रममा उनको मृत्यु भएको दाबी गरे । मधेसको आन्दोलनलाई भारतीय सहयोगको बिल्ला भिराएर मधेसकै नेपालीको अपमान गर्ने काम सरकारले गरेको उनको आरोप छ । उनले भने– ‘मधेस आन्दोलनलाई बदनाम गर्न भारतीय नागरिकलाई ताकेर गोलि हानियो ।’
अर्काे प्रसंगमा उनले अब सरकासँग मधेसी मोर्चाले वार्ता नगर्ने बताए । ‘सरकारले एकातर्फ वार्ता गर्ने र अर्कोतर्फ आन्दोलनकारी मार्ने दोहोरो चरित्र देखाएको छ’ कर्ण भने- ‘यस्तो अवस्थामा हामीले कसरी वार्ता गर्ने ?’ मधेसको आन्दोलनका नाममा सरकारले बारम्बार नेपालीसँग झुट बोलेको उनको आरोप छ ।dainiknepal भिडियो हेर्न तलको बाकस थिच्नुहोस
भैरहवा, १९ कात्तिक । अघोषित नाकाबन्दीको मारमा परेका नेपालीलाई अहिले सीमा क्षेत्रका भारतीय नागरिकले सक्दो सहयोग गरिरहेका छन् ।
अत्यावश्यकीयदेखि दैनिक उपभोग्य वस्तुसमेत भारतबाट आउन नसकेको अवस्थामा सीमाक्षेत्रका भारतीय नागरिकबाट सहयोग भने निरन्तर भइरहेको छ । मुख्य नाका वीरगन्जमा आन्दोलनकारीको अवरोध छ भने अन्य नाकाबाट आपूर्ति अवरोध भइरहेको छ ।
चाडबाडको अवसरमा पनि भारतीय नागरिकले नेपालीलाई सकेको सहयोग गरेको देखिन्छ । सीमा क्षेत्रमा जनस्तरमा आत्मीयता र भाइचारा देखिएको छ ।
मुख्य नाकामा भारतीय सुरक्षाकर्मीले विभिन्न बहाना बनाएर मालवाहक सवारी साधन नेपाल प्रवेशमा रोक लगाउँदा सीमापारिका स्थानीय जनताले भने नेपालीलाई चाहिने इन्धनलगायतका अत्यावश्यक सामान खेतको बाटो हुँदै नेपालीलाई पु¥याइदिने गरेको दृश्य सीमाक्षेत्र बेलहिया आसपास प्रशस्तै देख्न सकिन्छ ।
लुम्बिनी अञ्चलका सबै जिल्लामा अहिले नाकाबन्दी हुँदा पनि इन्धन सङ्कट खासै देखिँदैन । भारतमा रहेका आफन्त, इष्टमित्र र साथीभाइको सहयोगले गर्दा यहाँ प्रभाव कम परेको जानकारहरु बताउँछन् ।
सीमाक्षेत्रमा रहेर डेढ दशकदेखि पत्रकारिता गर्दै आउनुभएका पत्रकार मनोरञ्जन शर्माले नेपाल–भारतबीच सरकारी स्तरमा जे–जस्तो समस्या आएपनि जनस्तरमा यसको प्रभाव नहुने भन्दै अहिले भारत सरकारले नेपालमा कम मात्रै इन्धन आपूर्ति गरेपनि भारतीय जनताले दैनिक हजाराँै लिटर पेट्रोल, डिजेल र अन्य सामान खेतको बाटो बोकेरै नेपालीसमक्ष पु¥याउँदै आएको बताउनुभयो ।
बेलहिया गाउँ समाजका निवर्तमान अध्यक्ष तथा स्थानीय समाजसेवी सुरेन्द्र क्षेत्रीले पनि भारत सरकारले नेपालमा पार्न खोजेको इन्धन सङ्कट भारतीय जनताबाट तोडिएको बताउनुभयो । भन्सार आसपासका दशगजा क्षेत्रमा भारतका पेट्रोल पम्पबाट ग्यालेनमा इन्धन भरी भारतीय जनताले नै नेपालसम्म पु¥याइदिने गरेको उहाँ बताउनुहुन्छ ।
भारतको नौतनवाका स्थानीय व्यापारी अहमद खानले सीमाक्षेत्रमा रहेका नेपाली साथीभाइका लागि दैनिक एक हजार २०० देखि एक हजार ५०० लि सम्म पेट्रोल र डिजल खेतको मेडी हुँदै कहिले बोकेर र कहिले मोटरसाइकल राखेर पु¥याइदिने गरेको बताउनुहन्छ ।
उहाँले भन्नुहुन्छ, “मेरा भारतमा जति साथीभाइ, आफन्त छन् नेपालमा पनि उत्तिनै छन् । उनीहरुको समस्यामा सहयोग गर्नु मेरो कर्तव्य हो । मैले मात्र नभएर भारतको सीमाक्षेत्रमा रहेका अधिकांशले नेपालमा रहेका इष्टमित्रका लागि चाहिने इन्धनदेखि खाद्यान्न र औषधिसमेत पु¥याइदिने गरेका छन् ।
इन्धन अभावका कारण नेपालमा सञ्चालन रहेका ठूला उद्योग र बहुप्रतिष्ठित परियोजना सहजरुपमा सञ्चालन गर्न समस्या छ । रासस
dainiknepal.com
काठमाडौं । भारतले नेपालमाथि लगाएको नाकाबन्दी थप कडा बनाइरहेका बेला चीनसँग थप ७ वटा नाका भन्सार खोलेर व्यापार गर्ने सहमति भएको छ ।
नेपाल र चिनियाँ अधिकारीबीच मंगलबारदेखि सुरु भएको दुई देशीय वार्ताका क्रममा थप ७ वटा नाका खोलेर व्यापारिक रुपमा सुरु गर्ने सहमति भएको हो ।
नेपालमा भ्रमणमा रहेको ल्हासा भन्सारका उपमहानिर्देशक लोङ चुङ वोई नेतृत्वको टोलीसँग तीन दिनसम्म भन्सार विभागले गरेको छलफलमा संखुवासभाको किमाथाङका, मुस्ताङको कोरला, ताप्लेजुङको ओलाङचुङगोला, गोरखाको लार्के, हुम्लाको यारिङ, दोलखाको लामाबगर र मुगु नाकामा भन्सार स्थापना गर्ने सहमति भएको जनाइएको छ ।
यस विषयमा बिहीबार साँझ एक कार्यक्रमबीच हस्ताक्षर गर्ने तयारी छ । छलफलका क्रममा गत बैशाख १२ गते गएको विनाशकारी भूकम्पपछि बन्द गरेको तातोपानी नाकालाई पनि पुरानै अवस्थामा सञ्चालनमा ल्याउने सहमति भएको छ ।
www.nepalsandesh.com
भक्तपुर – लामो समय लाइनमा बसेपनि अन्तिम समयमा आएर तेल नपाउने जानकारी पाएपछि आक्रोशित सर्वसाधारणले भक्तपुरमा सडक अवरुद्ध गर्दै प्रदर्शन गरेका छन् । tanab
आज बिहान लाइन बसेकाहरुलाई शस्शत्र प्रहरीबल गुह्ेश्वरी फ्युलले सबैलाई तेल दिन नसक्ने बताएपछि आक्रोशित सर्वसाधारणले अरनिको राजमार्गस्थित राधे राधेमा सडक अवरुद्व गर्दै प्रदर्शन गरेका हुन् । प्रदर्शनका कारण केहिबेर तनाव समेत भएको थियो ।

निगमले ३० लट सम्मलाई तेल दिने भनेको तर सशस्त्रले दुई पांग्रेलाई ४ हजार ८ सय लिटर र चार पांग्रे सवारीलाई २ हजार लिटर भन्दा बढी दिन नसक्ने भनेपछि तनाव भएको हो ।

निजि पम्पहरुले ४ सय ५० सवारीलाई कुपन दिएको भएपनि प्रहरीबलको गुह्ेश्वरी फ्युलले भने १ हजार मोटरसाइकल र २ सय कार, ट्याक्सीलाई कुपन दिएको थियो ।
एक हजारले मात्र कुपन पाएपछि केही मोटरसाइकल धनीले उक्त पम्प नजिकै ३० मिनेट भन्दा धेरै समय अरनिको राजमार्ग अवरुद्ध पारेका थिए ।
तर अन्य पम्पहरुमा भन्दा शस्शत्र प्रहरीको पम्पमा २ हजार भन्दा धेरै मोटरसाईकल लाइनमा बसेका थिए ।
विहान ६ बजे नै कुपन बाढ्ने भने पनि प्राय पम्पवालाहरुले ९ बजे सम्म कुपन बिक्रि नगरेकोले राति देखि लाइनका बस्ने झनै आक्रोशीत भएका थिए ।
मनोमानी तेल वितरणहरुले र पहुचँवालाले मात्र पाउने व्यापक जन गुनासो आएपछि महानगरीय प्रहरी परिसर भक्तपुरले सबै पम्म संचालकहरुसंग बुधबारनै छलफल गरेको थियो ।
डिजेल तथा पेट्रोलको दिने अधिकाश पम्म अरनिको राजमार्ग संगै भएकाले सवारी साधन संचालनमा निकै समस्या भएको प्रहरीले जानकारी दिएको छ ।
भक्तपुरमा आठ वटा पेट्रोल पम्प रहेका छन् ।

www.ratopati.com
बिहीबार, १९ कार्तिक
काठमाडौं । भारतीय चाहना विपरित केपी शर्मा ओली प्रधानमन्त्री भएपछि भारतले नेपालमा नाकाबन्दी थप कडा पारीरहेको छ । यस बीचमा चिनसँग इन्धन आपुर्तिकालागि नेपालले तयारी समेत गरेको छ । यस्तोमा सबैभन्दा बढी मारमा आम सर्वसाधारण परेका छन् ।
कालो बजारीको सामना आम जनताले गर्नुपरेको छ । अनि उद्योगि व्यवसायकिो अर्बोंको लगानी डुब्न लागेको छ । बिहीबार बिहान प्धानमन्त्रीसँग आफ्ना समस्या सुनाउन पुगेका उद्योगी व्यवसायीहरुसँग प्रधानमन्त्री ओलीले भारतले अझै नाकाबन्दी लम्व्याउन खोजेको संकेत गरेका छन् ।
उनले नाकाबन्दी लम्व्याउन भारतले विभिन्न चालबाजी गरिरहेको बताए । नेपाल उद्योग बाणिज्य महाससंघका प्रतिनिधिहरुसँग सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको भेटमा प्रधानमन्त्री ओलीले राष्ट्रिय एकता मजबुद बनाएर नाकाबन्दीको सामना गर्न सबै एक हुनुपर्ने बताए ।
महासंघका अध्यक्ष पशुपति मुरारकाको नेतृत्वमा पुगेको टोलिले नाका नखुल्दा अर्बों डुब्ने अवस्थामा आएको भन्दै गुनासो गरेका थिए । प्रधानमन्त्री ओलीले मधेसवादी दलहरुसँग वार्ता भैरहेकाले आन्तरिक समस्या समाधान गर्न आफुले पहल गरिरहेको बताएको उद्योगिहरुले बताए ।
उनले विदेशीहरुले यसो गर र उसो गर भन्दैमा आफु नझुक्ने बताएका थिए । उनले राष्ट्रिय एकताकालागि उद्योगिहरुको पनि सहयोग मागेका थिए ।
www.nepalsandesh.com
एजेन्सी । भारतमा बढ्दो असहिष्णूतालाई लिएर विवाद बढीरहेका बेला योगगुरू बाबा रामदेवले पनि मुख खोलेका छन् ।
उनले बलिउड बादशाह शाहरूख खानलाई देशमा असहिष्णुता बढेको लागेको भए शाहरुखले पद्श्रीसँगै आफ्ना फिल्मबाट कमाएको सबै पैसा सरकारलाई फिर्ता गर्नुपर्ने बताएका छन् ।
भारतीय प्रधानमन्त्री मोदीलाई समर्थन गर्दै आएका रामदेवले शाहरुखलाई पैसा फिर्ता गर्न चुनौति दिएका हुन् ।
रामदेवले दिल्लीमा आयोजित एक कार्यक्रममा सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै भने- शाहरूख खानले ती पैसाको एक बैंक ड्राफ्ट बनाउनुपर्छ र त्यसलाई प्रधानमन्त्री राहत कोष वा कुनै अन्य कोषमा जम्मा गरिदिनुपर्छ तब हामी मान्नेछौ की उनी दुःखी छन् ।
उनले शाहरूखले एक राजनीतिक दलको नजिक भएकाले पद्श्री पुरस्कार पाएको बताउँदै अहिले त्यो सत्तामा नभएकाले असहिष्णूताको मुद्दा बनाएको आरोप लगाए । शाहरूख खानले आफ्नो ५०औं जन्मदिनका अवसरमा देशमा असहिष्णुता बढेको र समय आएपछि सरकारले दिएको अवार्ड फिर्ता गर्न पछि नपर्ने बताएका थिए ।
यो बयानलाई लिएर थुप्रै वीजेपी नेताहरुले शाहरूखको जमेर आलोचना गरेका थिए ।
dainiknepal.com
बिहीबार, १९ कार्तिक
काठमाडौ । प्रधानमन्त्री केपी ओलीले आज नयाँ मन्त्रीहरुको सपथ ग्रहण गराउने तयारी गर्न निर्देशन दिएका छन्
मन्त्रिपरिषद् विस्तारका विषयमा प्रधानमन्त्री निवास बालुवाटारमा आज प्रधानमन्त्री ओली र एमाले नेता माधवकुमार नेपालबीच छलफल भएको छ ।
एमाले स्थायी समितिको बैठकले सरकारमा सहभागी हुने मन्त्रीका विषयमा अन्तिम टुङ्गो लगाउने जिम्मा पार्टी अध्यक्षलाई दिएको थियो ।
प्रधानमन्त्री निर्वाचित भएको लामो समय भइसक्दा पनि सरकारको विस्तार हुन नसकेर विभिन्न मन्त्रालयको काम प्रभावित हुँदै आएको छ।
प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओलीले आज मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भएको एमाले केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले बताए । श्रेष्ठका अनुसार साँझसम्म मन्त्रिपरिषद विस्तार हुने बताए ।
बुधबार बसेको एमाले शीर्षनेताहरुको बैठकले सत्तारूढ दलसँग छलफल गरेर सरकारको विस्तार गर्ने निर्णय गरेको थियो ।
www.nepalsandesh.com
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Aug 24 (6)
  • Aug 23 (1)
  • Aug 19 (1)
  • Aug 18 (19)
  • Aug 17 (17)
  • Aug 16 (24)
  • Jan 24 (18)
  • Jan 23 (27)
  • Jan 22 (32)
  • Jan 21 (35)
  • Jan 20 (35)
  • Jan 19 (34)
  • Jan 18 (40)
  • Jan 17 (45)
  • Jan 16 (27)
  • Jan 15 (29)
  • Jan 14 (35)
  • Jan 13 (40)
  • Jan 12 (32)
  • Jan 11 (39)
  • Jan 10 (31)
  • Jan 09 (23)
  • Jan 08 (31)
  • Jan 07 (30)
  • Jan 06 (39)
  • Jan 05 (34)
  • Jan 04 (39)
  • Jan 03 (43)
  • Jan 02 (47)
  • Jan 01 (31)
  • Dec 31 (34)
  • Dec 30 (36)
  • Dec 29 (43)
  • Dec 28 (33)
  • Dec 27 (27)
  • Dec 26 (38)
  • Dec 25 (33)
  • Dec 24 (38)
  • Dec 23 (44)
  • Dec 22 (39)
  • Dec 21 (37)
  • Dec 20 (40)
  • Dec 19 (31)
  • Dec 18 (47)
  • Dec 17 (30)
  • Dec 16 (16)
  • Dec 15 (42)
  • Dec 14 (30)
  • Dec 13 (32)
  • Dec 12 (35)
  • Dec 11 (42)
  • Dec 10 (26)
  • Dec 09 (31)
  • Dec 08 (15)
  • Dec 07 (37)
  • Dec 06 (30)
  • Dec 05 (34)
  • Dec 04 (32)
  • Dec 03 (33)
  • Dec 02 (36)
  • Dec 01 (37)
  • Nov 30 (48)
  • Nov 29 (28)
  • Nov 28 (35)
  • Nov 27 (35)
  • Nov 26 (47)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (27)
  • Nov 22 (32)
  • Nov 21 (43)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (22)
  • Nov 17 (29)
  • Nov 16 (32)
  • Nov 15 (25)
  • Nov 14 (28)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (42)
  • Nov 09 (22)
  • Nov 08 (40)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (42)
  • Nov 01 (44)
  • Oct 31 (29)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (47)
  • Oct 27 (32)
  • Oct 26 (39)
  • Oct 25 (35)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (22)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (31)
  • Oct 02 (29)
  • Oct 01 (29)
  • Sep 30 (29)
  • Sep 29 (24)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (26)
  • Sep 25 (27)
  • Sep 24 (18)
  • Sep 23 (15)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (26)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (12)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (19)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (22)
  • Sep 07 (22)
  • Sep 06 (26)
  • Sep 05 (18)
  • Sep 04 (23)
  • Sep 03 (24)
  • Sep 02 (25)
  • Sep 01 (24)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (27)
  • Aug 28 (28)
  • Aug 27 (30)
  • Aug 26 (29)
  • Aug 25 (24)
  • Aug 24 (35)
  • Aug 23 (30)
  • Aug 22 (31)
  • Aug 21 (32)
  • Aug 20 (30)
  • Aug 19 (33)
  • Aug 18 (27)
  • Aug 17 (34)
  • Aug 16 (28)
  • Aug 15 (23)
  • Aug 14 (23)
  • Aug 13 (22)
  • Aug 12 (19)
  • Aug 11 (18)
  • Aug 10 (24)
  • Aug 09 (16)
  • Aug 08 (18)
  • Aug 07 (25)
  • Aug 06 (16)
  • Aug 05 (18)
  • Aug 04 (21)
  • Aug 03 (19)
  • Aug 02 (14)
  • Aug 01 (17)
  • Jul 31 (19)
  • Jul 30 (19)
  • Jul 29 (15)
  • Jul 28 (12)
  • Jul 25 (14)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home